सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

2022-07-01

नेपाली सिने जगतबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभल ''कान्स '' को रेड कार्पेटमा हिडेर चर्चित बनेकी नायिका सुरक्षा पन्त र नायक नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति बारे जानकारी दिएको हो ।

फिल्ममा अभिनेत्री सुरक्षा र नरेनसँगै अर्का अभिनेता विराज विष्टले समेत अभिनय गरेका छन्।

नेपाली समाजको मौलिक कथामा आधारित रहेर बनाइएको चलचित्र नेपालको हिमाली जिल्ला डोल्पामा छायाँकन गरिएको हो। पोस्टरमा सुरक्षाले डोको बोकेकी छिन भने अभिनेताद्धय खड्का र बिष्ट पनि गाउँले लूक्समा प्रस्तुत छन् ।

‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । राजबहादुर सानेको कथा, राजबहादुरसँगै निर्देशक सुनार, निर्मल पौडेल र विराज बिष्टको पटकथा तथा संवाद रहेको चलचित्रको निर्माता टोपेन्द्र बिष्ट हुन् ।

अभिनेता नरेनले कतिपय कथाहरु पढ्दै जाँदा मनमा गएर बस्ने बताउँदै त्यहीमध्येको एउटा कथा ‘बुलाकी’ रहेको बताएका छन् । शिव ढकालको छायाँकन रहेको ‘बुलाकी’ चलचित्रमा सम्पादनको जिम्मेवारी अर्जुन जि.सी.ले पाएका छन् ।

नरेन खड्का अभिनित भोजपुरी चलचित्र 'रण' असार १७ यानेकि आजबाट नेपालमा प्रदर्शनमा आएको छ। भोजपुरी चलचित्रको नेपालमा भन्दा भारतमा राम्रो अझ बजार रहेको छ।

’रण’ काठमाडौं र उपत्यका बाहिर गरेर ४० बढी हलमा रिलिज भएको छ । नेपाली फिल्म हलमा पहिलो पटक कुनैपनि भोजपुरी फिल्म यति धेरै हलमा लाग्न लागेको हो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ