गोपालचन्द्र राईको गीतमा 'रिल-रियल' जोडीको अभिनय, हेर्नुहोस गित !

काठमाडौँ - गोपालचन्द्र राईको शब्द तथा सागर संसार राईको स्वरमा रहेको “रुँदा रुँदै हाँसेको मान्छे” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। बिक्रम राईको संगीत, आनन्द राईको एरेन्ज र राजु कार्कीको मिक्शिंग रहेको गीतको म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन तथा कलरिङ्ग गरेका हुन्। गीतमा कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराईले जिबन्त अभिनय गरेका छन् । पछिल्लो समय ठुलो सानो पर्दामा नीकै चम्केको यो रंगमंचको जोडी रियलमा समेत जोडी हो भन्ने धेरैलाई थाहा नहुन सक्छ। लामो समय देखि प्रेम सम्बन्धमा रहेको यो अन्तरजातीय ...


जे-जसो गर्दा पनि मायालुको मात्रै झल्को आउने 'पागलप्रेमी'को गित

काठमाडौँ - चलचित्र निर्देशक समेत रहेका जितेन्द्र राजोपाध्यायले आफ्नो आवाजमा 'गाह्रो पर्यो'' बोलको गित बजारमा ल्याएका छन्। राजोपाध्यायको स्वर रहेको गीतको म्युजिक भिडियोमा कोहिनुर राजोपाध्यायले अभिनय गरेकी छन्। गीतको शब्द राजन बिक्रम थापाले लेखेका हुन् भने बिजेन श्रेष्ठले संगीत भरेका हुन्। गीतमा कोहिनुरले दोहरो भूमिका गरेकी छिन। गीतमा मायालुको गहिरो प्रेममा परेको अवस्थालाई चित्रित गरिएको छ। जे-जसो गर्दा पनि मायालुको मात्रै झल्को आउने पागलप्रेमीको अवस्था देखाइएको छ। ...


साम्राज्ञीले मनगणन्ते कुरा गरेर आफ्नो चरित्रहत्या गरेको भन्दै भुवनले दिए उजुरी

काठमाडौँ - अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफूमाथि नभएको आरोप लगाएर चरित्रहत्या गरेको भन्दै चलचित्र कलाकार संघमा उजुरी दिएका छन्। केही हप्तादेखि लगातार रूपमा नायिका शाहले युट्युब‚ इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा मनगढन्ते कुरा गर्दै आफ्नो चरित्रहत्या गरेको भन्दै उनले निवेदन दिएका हुन्। केसीले निवेदनमा साम्राज्ञीले आफूविरूद्ध विभिन्न आक्षेप/आरोपहरू लगाई मनगढन्ते र निराधार चरित्र हत्या हुने कुरा गरेकाले त्यस विषयमा आवश्यक छानविन गर्न संघमा निवेदन दिएको उल्लेख गरेका छन्। केसीको चलचित्र ड्रिम्समा उनलाई अभिनय गराउँदा कुनैपनि किसिमको दुर्व्यवहार नगरेको भन्दै आवश्यक छानविन गर्न आग्रह गरेका ...


बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

एजेन्सी - बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । मुम्बईको बान्द्रास्थिती फ्ल्याटमा उनको शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । उनले किन आत्महत्या गरे भन्ने बारे जानकारी प्राप्त छैन । भारतीय मिडियाका अनुसार अनुसार सुशान्तका सहयोगीले यस घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन् । सुशान्त सिंहको जन्म पटनामा भएकामे थियो । सन् २००० को सुरुवातमा उनको परिवार दिल्लीमा बसेको थियो । सुशान्तका चार दिदी बहिनी छन् । तीमध्ये एक मीतू राज्य स्तरकी क्रिकेट खेलाडी हुन् । सुशान्तले ब्याकअप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका ...


चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

काठमाडौँ - चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्माता तथा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । तिन जना प्रतिस्पर्धीलाई पाखा लगाउंदै दाहाल २ वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त भएका हुन् । उनी वर्तमान चलचित्र विकास बोर्डका सदस्य समेत हुन् । केशव भट्टराईको असामयिक निधनपछि बोर्ड अध्यक्ष खालि थियो । मन्त्री परिषद्मा अभिनेता भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिश भएको थियो । मन्त्रिपरिषद्ले ३ जनामध्ये दयारामलाई बोर्ड अध्यक्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । बोर्ड अध्यक्षका लागि दश जनाले सूचना तथा सञ्चार ...


देशको सिमा मिचिएको आक्रोश गीतमा (भिडियो सहित)

काठमाडौँ - चलचित्र निर्देशक जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको राष्ट्रभक्ति गितको म्युजिक भिडियो सार्वजनिक भएको छ। छिमेकी देश भारतबाट नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी मिचिएको सन्दर्भमा 'हामि भुल्दैनौ सिमाना पुर्खाको रगतले कोरेको' बोलको गित सार्वजनिक भएको हो। गीतमा स्वर र संगीत दुवै संदेश श्रेष्ठको रहेको छ। गीतको सब्द रचना गोबिन्द पौडेलले गरेका हुन्। देव कोइमीको एरेन्ज रहेको गीतको भिडियोलाई जयन कुमार मोक्तानले खिचेका हुन्। गीतको मिक्सिंग बिजेन श्रेष्ठले गरेका हुन्। लूप्स स्टुडियोमा मिक्शिंग गरिएको हो। संदेश श्रेष्ठको राष्ट्रभक्ति तथा माया प्रेमले भरिएका अरु गीतहरु पनि युट्युबमा हेर्न सकिन्छ।


निर्देशक राजोपाध्यायको 'हरर' फिल्म ‘आक्रान्त’ युट्युबमा (हेर्नुहोस फिल्म)

काठमाडौँ - लकडाउनको परिवेश समेटीएको जितेन्द्र राजोपाध्यायद्वारा निर्देशित 'हरर' फिल्म ‘आक्रान्त’ युट्युब मार्फत सार्बजनिक भएको छ । १५ मिनेट लामो फिल्ममा हरि कृष्ण शाही, नेहा अवाले र कोहिनुर राजोपाध्यायले अभिनय गरेका छन् । एउटै घरभित्र फिल्मको सबै दृश्यहरु छायांकन गरिएको निर्देशक राजोपाध्यायले जानकारी दिए । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फिल्मको निर्माण कार्यमा सामाजिक दुरी कायम गरिएको उनले बताए । जयन कुमार मोक्तानको छायांकन रहेको फिल्ममा कथा र सम्पादन निर्देशक राजोपाध्यायकै रहेको छ । फिल्मलाई नेपाली, तामांग र नेवारी गरि ३ भाषामा फरक फरक युट्युब च्यानलबाट ...


अमेरिकन आइडलको उपविजेता बने नेपाली युवा दिवेश

अमेरिका - विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल ‘आर्थर गन’ दोस्रो बनेका छन्। उनले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन्। नेपालीले कलाकारले हासिल गरेको यो ऐतिहासिक उपब्धि हो। पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो। उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए। दिवेश सामसँग पछि परेका हुन्। गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै दिवेशको चर्चा एकाएक चुलिएको थियो। उनी सन् २०१४ मा उच्च शिक्षा अध्ययनका ...


अमेरिकन आइडलको 'टप ७' मा पुगे दिवेश, यसरी गर्नुहोस अमेरिका बाहिर बस्नेले भोट !

काठमाडौं - नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ । आजको एपिसोडमा उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाए । अमेरिकामा ‘मदर्स डे’ मनाइँदै छ । यसै सन्दर्भमा टप फाइभका लागि प्रस्तुतिपछि अर्को ...


रहेनन् इरफान खान, चार दिन अघि मात्र आमा गुमाएका थिए

बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।  उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो।  खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए।  बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ ...





ट्रेन्डिङ