‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

2017-10-15

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन भन्दै डा. गोविन्द केसीले अनशन जारी नै राखेकाले त्यो बाटो रोज्नुपर्ने बाध्यता आइपरेको कानूनमन्त्रीले बताए। प्रमुख प्रतिपक्षी एमाले सरकारले विधेयकमा गर्न खोजेको परिमार्जनको विपक्षमा उभिदै आएको थियो। संसद्‍मा छलफलका लागि पटक-पटक राखिएपनि प्रमुख दलहरुबीच सहमति जुट्न नसकेपछि चिकित्सा शिक्षासम्बन्धी विधेयक अघि बढ्न सकेन। निकास संसद्को अन्तिम कालतिर परिमार्जन गरेर विधेयक पारित गर्ने सरकारको तयारीमा विपक्षी एमाले बाधक बनेपछि सरकार पछि हटेको थियो। डा. केसीका माग सम्बोधन गर्न जिम्मेवार पार्टीहरु एकै ठाउँमा आएर निर्णय नगरी सुखै छैन। त्यसैले अध्यादेशमार्फत हामी उपयुक्त निकास दिन्छौँ। यज्ञबहादुर थापा, कानूनमन्त्री संसद् विघटनसँग सरकार अध्यादेशको बाटोमा अघि बढ्ने कानूनमन्त्री ‍यज्ञबहादुर थापाले बताए। उनले भने, "डा. केसीका माग सम्बोधन गर्न जिम्मेवार पार्टीहरु एकै ठाउँमा आएर निर्णय नगरी सुखै छैन। त्यसैले अध्यादेशमार्फत हामी उपयुक्त निकास दिन्छौँ।" Image caption अनशनरत डा. गोविन्द केसी (फाइल फोटो) आफ्नो माग विपरीत विधेयक पारित गर्न खोजिएको सार्वजनिक भएपछि डा. केसीले १३ औं अनशन थालेको आइतवार ८ दिन पुगेको छ। परिमार्जन शिक्षामन्त्री र डा. केसीका प्रतिनिधिबीचको छलफलपछि विधेयकमा परिमार्जन गर्न सरकार तयार भएको थियो। तर सरकारकै अर्को संयन्त्र र डा. केसीका प्रतिनिधिबीचको छलफल सहमतिमा पुग्न सकेको छैन। डा. केसीका तर्फबाट वार्ता टोलीमा संलग्न सदस्य डा. अभिषेकराज सिंह भन्छन्, "शनिवारसम्म संसद्‍मा यो विधेयक जाने वा नजाने विषय टुंगो नलागेकोले वार्ता टोलीसँग त्यसबारे कुरा भएन। आइतवार पुनः वार्ता हुँदैछ। त्यहाँ हामीले अध्यादेशमार्फत भएपनि कानून ल्याउनुपर्छ भन्ने नै हो। " संसद् नभएको अवस्थामा मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने संवैधानिक व्यवस्था छ।




थप समाचार


२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...

u title

u sub title
u title

   uu details ...





ट्रेन्डिङ


संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडियो बाहिरियो (अडियो सहित)

काठमाडौं - सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस

गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । काँग्रेस प्रवक्ता

अडियो टेपबारे गोकुल बाँस्कोटाले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ - एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि

प्रधानमन्त्रीलाई डेढ महिना पहिले नै पुगेको थियो अडियो क्लिप

काठमाडौँ - स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा

मिश्रले यसकारण लिक गरिदिए गोकुल बाँस्कोटासंगको घुसको अडियो सम्बाद !

काठमाडौँ - सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच कथित रुपमा भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक भएको छ । काभ्रेको

पर्वत बनाइयो अहिलेसम्मकै ठुलो खुकुरी

काठमाडौं - पर्वतको जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन्। तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा

गोकुल बाँस्कोटाको घुसको अडियोबारे  ओली र प्रचण्डबिच छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल

'भ्रष्ट्राचारीको मुख हेर्दिनँ' भन्ने प्रधानमन्त्रीले बोलीलाई व्यवहारमा लागू गरुन : नेविसंघ

काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ। सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका