काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा टि–१० क्रिकेट लिग खेल्ने भएका छन्। बुधबार राति भएको ड्राफ्टबाट तीन फरक टिमले सोमपाल, करण र कुशललाई अनुबन्धित गरेका हुन्। सोमपाललाई मराठा अरेवियन्सले अनुबन्धित गर्दा पुने डेभिल्सले करणलाई र कुशललाई टिम अबुधाबीले अनुबन्धित गरेका हुन्। अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा सोमपालको यो दोस्रो पटक हो। यसअघि सोमपालले ग्लोबल टि–२० क्यानाडा लिग खेलेका थिए। करण र कुशल भने अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा पहिलो पटक अनुबन्धित भएका हुन्। नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट ...
काठमाडौं - फुटबल जगतका बादशाह डिएगो म्याराडोनाको बिहीबार निधन भएको छ। अर्जेन्टिनाका राष्ट्रिय टिमका पूर्व मिडफिल्डर तथा म्यानेजर म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएकाे बिबिसीले जनाएकाे छ। केही दिनअघि मात्र उनको ब्रेन ब्लड क्लटको सर्जरी गरिएको थियो। त्यसपछि उनको अल्कोहल डिपेन्डेन्सीको उपचार भइरहेको बताइएको थियो। म्याराडोनाको कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो। ४ सिजनको विश्वकप खेलेका म्याराडोनाले अर्जेन्टिनाका तर्फबाट ३४ गोल गरेका थिए। उनले विश्वकपका ९१ खेल खेलेका थिए। म्याराडोनाले बार्सिलोना र नापोली क्लबका लागि पनि खेलेका थिए। सन् १९९१ मा लागुपदार्थ सेवन गरेको भन्दै ...
काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपिएल)मा पहिलो पटक फाइनलमा प्रवेश गरेको दिल्ली क्यापिटल्स मंगलबार राति (आज) मुम्बई इन्डियन्ससँग फाइनल उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ। जारी आइपिएलमा दिल्ली कमजोर टिम नभए पनि मुम्बईसँग लगातार तीन खेलमा पराजित भएको छ। प्ले अफको पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको थियो। तर दिल्ली पनि दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै फाइनलमा उपाधिका लागि मुम्बईसँगको भेट पक्का गरेको हो। जारी आइपिएलमा दिल्ली यस्तो टिम हो, जुन दुई सय रन माथिको लक्ष्य तोड्न पनि सक्छ। नराम्ररी पराजित ...
काठमाडौं - दिल्ली क्यापिटल्स पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा पुगेको छ। आइतबार राति भएको प्लेअफको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो। दिल्लीले इतिहास रच्दै पहिलो पटक फाइनल प्रवेश गरेको हो। अब आइपिएलको उपाधिको लागि दिल्लीले मंगलबार राति साविक विजेता मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ। १९० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन मात्रै बनाउन सक्यो। हैदरावादका लागि केन विलियम्सनले उत्कृष्ट प्रदर्शन गरे। उनले ४५ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ...
एजेन्सी - इन्डियन प्रिमियर लिग (आईपीएल) को ५५ औँ खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले पराजित गरेको छ । जीतसँगै दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । अब ५ नोभेम्बरमा हुने पहिलो क्वालिफायरमा उसले मुम्बई इन्डियन्सको सामना गर्नेछ । उता, हारका बावजुद बैंग्लुरुले प्लेअफमा स्थान बनाउन सफल भएको छ । बैंग्लुरु तेस्रो स्थानमा रहेको छ । अबुधाबीमा टस हारेर पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले १५३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो । दिल्लीलाई जीत दिलाउन अजिंका रहाने ...
काठमाडौं - सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ। शुक्रबार राति भएको खेलमा हैदराबादले चेन्नाई सुपर किंग्सलाई ७ रनले पराजित गरेको हो। १६५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाएपछि हैदराबादले रोमाञ्चक जित निकालेको हो। चेन्नाईका लागि कप्तान महेन्द्रसिंह धोनी र रविन्द्र जडेजाले ७२ रनको साझेदारी गरे पनि हारबाट जोगाउन सकेन। जडेजाले ३५ बलमा ५० रन बनाए। त्यस्तै, कप्तान धोनीले अविजित ४७ रन बनाउँदा फाफ डु प्लेसिसले २२ र साम कुरनले १५ रन ...
काठमाडौं - युरोपियन फुटबलको प्रशासकीय निकाय (युइएफए) ले दिने वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जर्मन क्लब बायर्न म्युनिकका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जितेका छन्। उनले इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रायन र बायर्नकै गोलकिपर म्यानुअल नोयरलाई पछि पारेका हुन्। लेवान्डोस्कीले गएको सिजन बायर्न म्युनिकबाट ४७ खेलमा ५५ गोल गरेर युरोपको सर्वाधिक गोलकर्ता बनेका थिए। च्याम्पियन्स लिगमा सर्वाधिक १५ गोल उनकै नाममा रह्यो। बायर्नकै गोलकिपर नोयर पनि वर्षको तीन उपाधिमा टिमका लागि महत्वपूर्ण थिए। यस्तै डि ब्रायनले गएको सिजन प्रिमियर लिगमा २० असिस्ट र १३ गोल गरेका ...
काठमाडौं - युइएफए च्याम्पियन्स लिग समूह चरणमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीले समूह चरणमा नै प्रतिस्पर्धा गर्ने भएका छन्। रोनाल्डोको टिम युभेन्टस र मेस्सीको टिम बार्सिलोनासँगै समूह ‘जी’ मा डायनामो किभ र फेरेनबारोसे छन्। सन् २०२०–२१ को च्याम्पियन्स लिगका लागि युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएमा आबद्ध देशका विभिन्न ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको हो। जसमा गएको सिजनको विजेता बायर्न म्युनिक, एथ्लेटिको मड्रिड, लोकोमोटिभ मस्को र साल्सबर्ग जस्ता टिम रहेको समूह ‘ए’लाई पनि कठिन मानिएको छ। गएको सिजन फाइनलमा पिएसजीलाई हराउँदै बायर्न म्युनिकले च्याम्पियन्स लिग उपाधि जितेको ...
काठमाडौं - कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिगमा दोस्रो जित निकालेको छ। बुधबार राति भएको खेलमा कोलकाताले राजस्थानलाई ३७ रनले पराजित गरेको हो। १७५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो। राजस्थानका लागि टोम कुरनले अविजित ५४ जस बटलरले २१ र राहुल टेवाटियाले १४ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन्। राजस्थानलाई सस्तैमा समेट्न कोलकाताका शिभम मवी, कमलेस नगरकोटी, वरुण चक्रवर्तीले समान २–२ विकेट लिए। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको कोलकाताले निर्धारित ...
काठमाडौं - रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ। सोमबार राति भएको खेलमा बैंग्लोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बैंग्लोरले डिफेन्डिङ च्याम्पियन मुम्बईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको हो। २०२ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २०१ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। सुपर ओभरमा जानुअघि मुम्बईका लागि इशान किशनले उत्कृष्ट प्रदर्शन गर्दै ५८ बलमा ९ छक्का र २ चौका प्रहार गर्दै ९९ रन बनाए। त्यस्तै कइरन ...