कास्की - नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बताएका छन्। नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकाले निकास दिने जिम्मा कांग्रेसको काँधमा आएको बताए। सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उनले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिए। अहिलेको गतिरोध अन्त्य गर्न कांग्रेस नेतृत्वमा सरकार बनाई निर्वाचनमा जानु उत्तम विकल्प हुने उनको भनाइ थियो। सरकारले बिजनेश ...
काठमाडौं- कोभिड-१९ (कोरोना) भाइरस संक्रमणको दोस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनचेतनामूलक अभियान सुरु गरेको छ। महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउन आजदेखि अभियान सुरु गरेको हो। 'ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना' भन्ने मूल नाराका साथ पुरानो बसपार्कबाट उक्त अभियान थालनी गरिएको हो। ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै माहामारीको रूपमा फैलिरहेको कोभिड-१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन यस जनचेतनामूलक अभियान आजदेखि सुरू गरिएको बताए। उनले कोभिड-१९ बाट ...
काठमाडौं - आइतबार मात्र देशभर ३ सय ३ जना कोरोना संक्रमित भेटिए। जसमध्ये आधा संक्रमित काठमाडौं उपत्यकामा पुष्टि भएका संक्रमितहरु हुन्। गत २४ घण्टामा काठमाडौंमा १ सय २८, ललितपुरमा १५ र भक्तपुरमा ११ गरी १ सय ५४ जनामा संक्रमण पुष्टि भयो। यो सँगै नेपालमा हाल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार नाघेको छ। कुनै बेला एक सय तल झरेको संक्रमितको संख्या दैनिक उकालो लाग्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक नियाल्ने हो भने दैनिक ३ सयको हाराहारीमा संक्रमित भेटिन थालेका छन्। जसमध्ये आधाजति संख्या त काठमाडौं उपत्यकामै ...
काठमाडाैं - आज (सोमबार) मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ। आजको बैठकमा सीसीएमसीले गरेको सिफारिस र देशमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै केही निर्णय हुनसक्ने एक मन्त्रीले बताए। उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिबारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। उक्त प्रस्तावमाथि आज मन्त्रिपरिषद्मा छलफल हुने उनले बताए। ...
ऐतिहासिक जन आन्दोलनको उत्कर्ष चैत्र २४ लाई ३१औं जनआन्दोलन दिवसको रुपमा स्मरण गर्दै यही २०७७ चैत्र २४ गते पुष्पलाल अध्ययन समाजको आयोजनामा काठमाडौंको बालुवाटारस्थित नेपाल हाउसमा ६ दर्जनजती देसका सबैजसो पक्षका प्रतिष्ठित व्यक्तित्वहरुको सकृय सहभागितामा एक विमर्श कार्यक्रमका रुपमा जनआन्दोलन दिवस चैत्र २४ मनाइयो ! निरंकुस राजतन्त्र र निर्दलीय पंचायती तानाशाही व्यवस्थाविरोधी देसका सबैजसो राजनीतिक शक्तिहरु, संघसंस्था र संगठनहरु तथा स्वतन्त्र नागरिकहरुद्वारा २०४६ को ऐतिहासिक जन आन्दोलन `प्रहारको निशाना विन्दु एक तर आक्रमणकारी मोर्चा अनेक´ को नीति लिएर सहमतीय, संयुक्त र स्वतन्त्र भएर पनि सशक्त ...
काठमाडौं - कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले स्वास्थ्य मापदण्ड पालना नभएको निष्कर्ष निकालेको छ। शनिबार बसेको सीसीएमसीको बैठकले नेपालमा कोरोनाको दोस्रो लहर प्रवेश गरेपनि स्वास्थ्य मापदण्ड पालना हुन नसकेको निष्कर्ष निकालेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सीसीएमसीको बैठकमा मन्त्रीहरूले यस्तो धारणा राखेका हुन्। कोरोना संक्रमण भित्रभित्रै धेरै बढिसके पनि स्वास्थ्य मापदण्ड कडाईका साथ पालना हुन नसकेको विषयमा चिन्ता व्यक्त गरे। कोरोना संक्रमण उच्च रूपमा बढ्ने देखिएपछि सीसीएमसीका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले शनिबार सबै सरोकारवाला मन्त्रीहरूलाई बोलाएर सिंहदरबारमा छलफल गरेका हुन्। बैठकमा उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री ...
काठमाडौं - आज आइतबार घोडेजात्राका अवसरमा सरकारले काठमाडाैं उपत्यकामा बिदा दिएको छ। तर,सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था (वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनी) भने खुला रहने भएका छन्। राष्ट्र बैंकले दिएको निर्देशनअनुसार वित्तीय संस्था भने बन्द नहुने भएका हुन्। केन्द्रीय बैंकद्वारा २०७५ असारमा जारी निर्देशनमा असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता (२५ गते र सो पछि) मसान्तसम्म शनिबार लगायतका जनसुकै सार्वजनिक बिदा पनि बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्नुपर्ने उल्लेख थियो। सोही अनुसार राजस्व संकलन गर्ने आन्तरिक राजस्व कार्यालय, ...
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा चौथो नम्बरमा पुग्ने पालो केपी शर्मा ओलीको भएको बताएका छन्। शनिबार माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विभिन्न पार्टीहरुबीच मोर्चा बन्ने बताए। 'मोर्चा त बन्छ, बन्छ र बनाउनैपर्छ भन्ने लागेको छ। हामीहरु र नेकपा एमालेभित्रको एउटा पक्षसँग मोर्चा त बनिरहेकै छ। जसपाका नेताहरुसँग हाम्रो 'वेभ लेन्थ' धेरै नै मिल्छ। उहिल्यैदेखि मिल्दै आएको हो। त्यहाँ पनि मोर्चा बन्न सक्छ। नेपाली कांग्रेससँग कम्तीमा सरकारमा सँगै र चुनावमा पनि तालमेल भयो भने ...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गरको छन्। व्यवसायीको पछाडि सिंगो सरकार र आफ्नो साथ रहेको भन्दै ढुक्क भएर काम गर्न आग्रह गरेका हुन्। नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं साधरण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओली सरकारको लक्ष्य विकासभन्दा अरु कुनै स्वार्थ नभएको बताए। ‘सरकार पनि मुलुकको आर्थिक विकासमा केन्द्रीत छ,’ उनले भने,‘ सरकारको विकास बाहेक अर्को कुनै स्वार्थ छैन।’ ५५ औं साधरण सभाको कार्यक्रबाटै महासंघले ‘१० वर्षे भिजन पेपर’ पनि सार्वजनिक गरेको छ। महासंघले अगाडि सारेको भिजन पेपरको कार्यान्वयनमा सरकार ...
चितवन - नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्ने बताएका छन्। शनिबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन्। उनले भने, 'शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ। उहाँकै नेतृत्वमा अब सरकार बन्छ। यस विषयमा अन्य दलसँग छलफल जारी छ।' जनता समाजवादी पार्टीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उनको भनाइ थियो। उनले थपे, 'जसपासँग छलफल भइरहेको छ। उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ।' जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उनले बताए। फरक प्रसङ्गमा उनले ...