वाशिङटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विधिवत रुपमा नै जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्। आफ्ना समर्थकहरुले संसद भवनमा आक्रमण गरेको एक दिनपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। ट्वीटरमा पोस्ट गरिएको भिडियोमार्फत् सम्बोधन गर्दै उनले बुधबारको आक्रमणलाई ‘घृणित’ भनी टिप्पणी गरे। उनले अब सहज र विधिवत रुपमा शक्ति हस्तान्तरण गर्न आफू केन्द्रित रहने पनि उल्लेख गरेका छन्। तर उनले आफ्ना समर्थकहरुको प्रशंसा गर्न भने चुकेनन्। उनले प्रतिबद्धता जनाउँदै भनेका छन्, ‘हाम्रो अभूतपूर्व यात्रा मात्र सुरुवात हो।’ कानुनी मतमात्र गणना गरिएको सुनिश्चित गर्न आफ्नो लडाइँ जारी राख्ने ...
टोकियो - कोरोना संक्रमण तीव्र भएपछि जापानको राजधानी टोकियो र त्यसवरपरका क्षेत्रमा आपतकाल घोषणा गरिएको छ। टोकियो र छिमेकी तीन वटा प्रिफेक्चरहरु चिवा, साइतामा र कानागावामा आपतकाल लगाइएको हो। यो प्रावधान आगामी फेब्रुअरी ७ सम्म लागू हुने जनाइएको छ। प्रधानमन्त्री याोशिहिदे सुगाले सबै कार्यालयहरुलाई कर्मचारी उपस्थिति ७० प्रतिशत घटाउने गरी घरबाटै काम गर्न निर्देशन दिएका छन्। आपतकाल लागू भएका क्षेत्रमा अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन निर्देशन दिइएको छ। रेष्टुँराहरुलाई ८ बजे बन्द गर्न र खेल गतिविधिलाई निश्चित संख्यामा दर्शक रहने गरी सञ्चालन गर्न निर्देशन दिइएको छ। प्रधानमन्त्री ...
वाशिङटन - अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गरेका छन्। हिंसात्मक झडप हुने क्रममा गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । कर्फ्यु स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहानसम्म लागू गरिएको छ। ट्रम्प समर्थकहरुले बुधबार क्यापिटल बिल्डिङमा प्रवेश गरेर हिंसा सुरु गरेका थिए। इलेक्टोरल मतगणना गरेर जो बाइडेनको जीत औपचारिक रुपमा घोषणा गर्न संसदको बैठक बसिरहेका बेला यो हिंसा भएको हो। संसदमा बहस चलिरहेका बेला अचानक ट्रम्पसमर्थक भवनभित्र प्रवेश गरेका थिए। सोहीकारण बहस रोकिएको ...
न्युयोर्क - अमेरिकी माथिल्लो सदन सिनेटले रक्षा खर्च विधेयकमाथि राष्ट्रपति डोनाल्ड ट्रम्पको भिटो अस्वीकार गरेको छ। संसदबाट भारी बहुमतले पारित भएपनि पनि ट्रम्पले भिटो प्रयोग गरेर फिर्ता पठाएको विधेयकको भिटोलाई अस्वीकार गर्दै रिपब्लिकनको बहुमत भएको सिनेटबाट पनि पारित भएको हो। सिनेटमा विधेयकको पक्षमा ८१ मत परेको थियो भने विपक्षमा १३ मत परेको थियो। राष्ट्रपतिको भिटो अस्वीकार गर्न दुई तिहाई मत आवश्यक पर्छ। यसअघि तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले पनि ट्रम्पको भिटो अस्वीकार गर्दै पारित गरिसकेको छ। अब यो विधेयक ट्रम्पको समर्थनविना नै कार्यान्वयनमा आउने छ। अमेरिकामा राष्ट्रपतिले ...
पेरिस - फ्रान्समा विवादास्पद सुरक्षा कानुन मस्यौदाको विरोधमा जारी प्रदर्शन हिंसात्मक भएको छ। राजधानी पेरिसमा प्रदर्शनकारीले दर्जनौं सवारीसाधनमा आगजनी तथा पसल तोडफोड गरेपछि प्रहरीले टियर ग्यास प्रहार गरेको छ। उक्त कानुनका विरोधमा शनिबार फ्रान्सभर करिब १ सय प्रदर्शन भएका थिए। प्रहरीले २२ प्रदर्शनकारीलाई हिरासतमा लिएको छ। गलत उद्धेश्य भएका प्रहरीको फोटो खिच्नु गैरकानुनी हुने गरी तयार पारिएको उक्त कानुनको विरोधमा देशव्यापी प्रदर्शन भएको हो। उक्त कानुन प्रेस स्वतन्त्रताविरोधी भएको भन्दै आलोचना पनि भइरहेको छ। कानुन उल्लंघन गर्नेलाई १ वर्ष जेल र ५४ हजार डलरसम्म जरिवानाको प्रस्ताव गरिएको ...
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमालियाबाट अमेरिकी सेना फिर्ता हुन आदेश दिएका छन्। अमेरिकी रक्षा मन्त्रालयका अनुसार ट्रम्पले १५ जनवरीसम्ममा सेना फिर्ता हुन आदेश दिएका हुन्। सोमालियामा अमेरिकाका करिब ७ सय सैनिक छन्। उनीहरु अल शबाब तथा इस्लामिक स्टेटविरुद्धको लडाइँमा स्थानीय सुरक्षाफौजलाई सहयोग गर्न तैनाथ भएका हुन्। अमेरिकी अधिकारीका अनुसार सोमालियाबाट फिर्ता बोलाइएका सैनिकलाई सोमालियाको छिमेकी देश पठाइनेछ । हालै ट्रम्पले इराक र अफगानिस्तानबाट पनि सैनिक फिर्ता गर्न आदेश दिएका थिए। विदेशमा लामो समयदेखि अमेरिकी सेनाको तैनाथी खर्चिलो र अप्रभावी भएको भन्दै उनले आलोचना गर्दै आएका छन्। ...
एजेन्सी - अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को धक्का दिएको छ। निर्वाचनमा विजयी भएका जोन बाइडेनको पक्षमा भएको मत गैरकानुनी भएको भन्दै दायर गरेको ट्रम्पको निवेदन अदालतले खारेज गरिदिएको हो। पेन्सिलभेनियाको मतगणना गलत भएको दावी शनिबार अदालतले खारेज गरिदिएको हो। ‘संविधान उल्लंघन गर्ने अधिकार अदालतलाई छैन, न्यायाधीश म्याथ्यु ब्रेयनको आदेशमा भनिएको छ, ‘ट्रम्प पक्षको चुनावी अभियानले गरेको दावी पुष्टी हुने आधार देखिँदैन।’ यो राज्यमा बाइडेनले जित हात पारेका थिए र अधिकारीहरुले सोमबार परिणाम घोषणा गर्दै छन् । बाइडेनले ८१ हजारको अन्तरले उक्त क्षेत्रमा निर्वाचन जितेका थिए। ...
एजेन्सी - जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति चुनिएपछि पहिलो पटक भाषण दिइरहेका छन् । उक्त भाषणमा उनले भने, ‘तपाईंहरुले ममा जति विश्वास देखाउनुभएको छ, त्यो देखेर म निकै खुसी छु । म यस्तो राष्ट्रपति बन्ने बचन दिनेछु जसले तोड्नुको साटो जोड्ने काम गर्नेछ । जसले रातो रङको राज्य र निलो रङको राज्य होइन, संयुक्त राज्य अमेरिका देख्नेछ । तपाईंहरु सबैको विश्वास जित्नका लागि म मनैदेखि कोसिस गर्नेछु ।’ बाइडेनले अफ्रिकी अमेरिकी मतदातालाई विशेष रुपमा धन्यवाद दिए जसका कारण उनको प्रचारमा वृद्धि भयो । सुरुवाती प्रतिस्पर्धामा ...
वाशिंटन डिसी (अमेरिका)- कमला ह्यारिस अमेरिकी इतिहासकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति बनेकी छन्। ह्यारिसले सन् २०१७ देखि सिनेटरको रूपमा क्यालिफोर्नियाको नेतृत्व गर्दै आएकी थिइन्। उनी जमैकन र भारतीय आप्रवासीकी सन्तान हुन्। ह्यारिस अमेरिकी इतिहासमा प्रथम इन्डियन-अमेरिकी र दोस्रो अश्वेत महिला सिनेटरसमेत हुन्। उपराष्ट्रपति पदका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक पनि माइक पेन्सलाई नै अघि सारेका थिए भने पूर्वउपराष्ट्रपति जो बाइडनले भारतीय-जमैकन मूलकी कमला ह्यारिसलाई अघि सारेका थिए। ५५ वर्षअघि ओकल्यान्डमा जन्मिएकी कमला सान् फ्रान्सिस्को र वासिङ्टनमा बसोबास गर्दै आएकी छन्। सन् २०१६ मा सिनेटमा निर्वाचित ...
एजेन्सी - ग्वाटेमालाको मध्यक्षेत्र अल्टा भेरापाजको दुर्गम क्वेजमा आँधीपछि आएको भीषण वर्षाका कारण पहिरो जाँदा १ सय जनाको मृत्यु भएको आशंका गरिएको छ। खराब मौसमका कारण उक्त क्षेत्रमा उद्धार गर्न समस्या भइरहेको र सडक अवरुद्ध रहेको जनाइएको छ। अधिकारीहरुले ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन्। राष्ट्रपति अलेजान्ड्रो जियाम्मटेईले कम्तीमा पनि १ सय जनाको मृत्यु भएको अनुमान गरिएको बताए। राष्ट्रपतिले एउटामात्र हेलिकोप्टर भएका कारण उद्धारमा समस्या भएको बताए। ग्वाटेमालाका धेरै राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ। क्वेजा क्षेत्रको अवस्था चिन्ताजनक भएको उल्लेख गर्दै राष्ट्रपति त्यहाँ एउटा शव पनि ...