२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

2017-10-12

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने समयसीमा तोकेको छ । लोकतान्त्रिक गठबन्धनमा जोडिने भनिएका नेपाली कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक बन्दसूचीका उम्मेदवारको नाम टुङ्गो लगाउने तयारीमा जुटेका कारण घोषणा हुन नसकेको हो । ‘२९ पछि व्यग्रताका साथ गठबन्धन निर्माणका आधारमा छलफल गरी घोषणा हुनेछ । अहिले समानुपातिकको नाम छान्नुपर्ने कारणले अघि बढ्न नसकेको हो’, नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले भने,‘घोषणा ढिलो हुँदा केही प्रभावित भएपनि समयसीमालाई ध्यानमा राखेका छौं ।’ कांग्रेसको आन्तरिक व्यस्तताले गर्दा उसँग गठबन्धनको गृहकार्यमा रहेका तराई केन्द्रित दल पनि अनिर्णित रहेको बीबीसी नेपालीले उल्लेख गरेको छ । संघीय समाजवादी फोरमका नेता राम सहाय यादवले कांग्रेसकै कारण द्वीपक्षीय कार्यदलको काम प्रभावित भएको बताए । उनले भने, ‘उहाँहरू अहिले समानुपातिक तर्फको सूची तयारीमा ब्यस्त हुनुहुन्छ। त्यस कारणले हाम्रो कार्यदलको बीचमा छलफल शुरू भएकै छैन । जुन प्रस्ताव हामीले कार्यदलका सामु प्रस्तुत गर्यौं र अब कार्यदलका सदस्यहरूले शिर्ष तहमा छलफल गरेर अनिमात्र हाम्रो बैठक अगाडि बढ्छ ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...

u title

u sub title
u title

   uu details ...




ट्रेन्डिङ