मंसिर ३ गते बस्ने गरि सकियो नेकपा सचिवालय बैठक

काठमाडौं- नेकपा सचिवालय कमिटीको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा करिब १ घण्टा बसेको बैठक सकिएको हो। पार्टी सचिवालयको अर्को बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्ने भएको छ।  गत असोज १९ पछि शुक्रबार पहिलो पटक बसेको बैठकमा अध्यक्षद्वयबीच आदानप्रदान भएका पत्रहरू सबै सचिवायलय सदस्यहरूलाई वितरण गरिएको छ। पार्टीभित्रको विवाद, भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको भेट, कर्णाली विद्रोह, पर्सामा कार्यकर्ता हत्या र यसअघिको स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनका विषयमा समीक्षा गर्ने एजेन्डा तय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।बैठक पुनः मंसिर ३ मा ...


नेकपाको सचिवालय बैठक शुक्रबार राख्न ओली सहमत

काठमाडौं - अन्ततः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक तय भएको एक सचिवालय सदस्यले जानकारी दिए। नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा सचिवालय बैठक बोलाउन माग बढ्दै गएको थियो। गत शनिबार सचिवालयका बहुमत सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले लिखित पत्र बुझाएर ओलीलाई बैठकका लागि सहमति दिन आग्रह गरेका थिए। बहुमत सचिवालय सदस्यले अनौपचारिक बैठक भने बस्दै आएका थिए। उनीहरुले अब पनि औपचारिक बैठक नबसालिएर आफूहरुले नै औपचारिक बैठक ...


ओली सहमत नभए बिहीबार सचिवालयको औपचारिक बैठक बोलाउने प्रचण्डको तयारी

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित बहुमत सचिवालय सदस्यहरुले बिहीबार सचिवालयको औपचारिक बैठक बस्ने तयारी गरेका छन्। त्यसका लागि बिहीबार बिहान छलफल गरी धारणा तय गर्नेछन्। ‘सायद बिहीबार सचिवालयको औपचारिक बैठक बस्छ होला’, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यदि प्रधानमन्त्रीज्यू बैठकमा बस्न मान्नु भएन भने बिहीबार बिहान छलफल गरी एउटा निष्कर्षमा पुग्छौं।’ प्रचण्डले बोलाउने बैठकमा केपी ओली पक्षका नेताहरु उपस्थित नभए पनि केही निर्णयहरु गरेरै अघि बढ्ने तयारी बहुमत पक्षको छ। तर प्रधानमन्त्री ओली पक्षका स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका ...


धुम्बाराहीमा बहुमत नेकपा सचिवालय सदस्यको बैठक सुरु

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयका बहुमत सदस्यको बैठक धुम्बाराहीमा सुरु भएको छ। सचिवालयका पाँच सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठ उपस्थित भएका छन्। बैठकमा अध्यक्ष केपी ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल तथा विष्णु पौडेल भने उपस्थित छैनन्। गत शनिबार पनि पाँच सदस्यको अनौपचारिक बैठक बसेको थियो। उपस्थित सदस्यहरुले आइतबार ओलीलाई भेटेर सचिवालय बैठकको लागि आग्रह गर्ने निर्णय गरेका थिए। सोही अनुसार आइतबार ओलीलाई दुई पृष्ठको पत्र बुझाइएको थियो। आजको बैठकपछि प्रचण्डले सचिवालय बैठक बोलाउने आकलन गरिएको छ। ...


प्रधानमन्त्री ओलीले भने : प्रधानमन्त्री र सभामुख पद भागबन्डा भएको हो

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अर्का अध्यक्षसँग आधा-आधा स्वीकार्न जरुरी नभएपनि त्यसो गरेको बताएका छन्। एपी १ टेलिभिजनसँगको कुराकानीमा उनले आफूलाई प्रधानमन्त्री पाएको बदलामा तत्कालीन माओवादी केन्द्रले सभामुख पाएको बताएका छन्। उनले भने, ‘शक्ति सन्तुलन र बाँडफाँड तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच समुचित रुपमा भएको थियो। प्रधानमन्त्री एउटाले लिने र अर्काले सभामुख लिने भनिएको थियो। मैले नै उदारताका साथ आधा–आधा समय चलाउन सकिन्छ भनेको हुँ।’ यही क्रममा राष्ट्रपति र उपराष्ट्रपति आदि पनि मिलाइएको उनको भनाइ थियो। प्रचण्ड आफैंले उक्त जिम्मेवारी फिर्ता गरेको बताए। पार्टी ...


नेकपा सचिवालयको निर्णय : बैठकका लागि ओलीलाई सामूहिक आग्रह गर्ने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई सचिवालय बैठकका लागि आग्रह गर्ने भएका छन्। सचिवालयका ५ सदस्यहरुले आज ओलीलाई भेटेर सचिवालय बैठकका लागि आग्रह गर्ने भएका हुन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बोलाएको सचिवालय बैठकले अर्का अध्यक्ष ओलीसँग भेट गरी बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो। शुक्रबारको बैठकमा प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम सहभागी थिए। प्रवक्ता श्रेष्ठले अध्यक्ष ओलीलाई सामूहिक रुपमा भेटेर पार्टी संकट समाधान गर्न, सकारात्मक ढंगले पार्टीलाई अगाडि ...


के नेकपा फुटको संघारमा पुगेकै हो त ?

काठमाडौं - सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।’ पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता गराउन अग्रसर हुँदै आएका महासचिव पौडेलले सँगसँगै यो पनि लेखेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन।’ दुई अध्यक्षबीच भइरहने झगडाका कारण के नेकपा फुटको संघारमा पुगेकै हो त ? त्यो परिस्थितिलाई महासचिवको फेसबुक स्टाटसले मात्र होइन, प्रधानमन्त्रीको भनाइले पनि संकेत गरेको छ। बैठकको माग राख्दै शनिबार भेट्न पुगेका अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्ष एवं ...


देउवाले डाके शीर्ष नेताको बैठक, पार्टीभित्रको विवादबारे छलफल हुने

काठमाडौं - पार्टीभित्रको विवादमा समाधान पहिल्याउन कांग्रेस सभापति शेरबहादुर देउवाले आज शीर्ष तहका नेताको बैठक डाकेका छन्। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सरकारविरुद्द सडक प्रदर्शन, संसदको विशेष अधिवेशन मागलगायतका विषयमा छलफल हुने बताइएको छ। यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज १२ मा बुझाएको विरोधपत्रका सन्दर्भमा छलफल हुने जनाइएको छ। पौडेल पक्षले विभाग, क्रियाशील सदस्यता वितरण, मनोनित केन्द्रीय सदस्य, भ्रातृ संस्थाको पदावधि लगायतका विषयमा आपत्ति जनाउँदै आएको छ। सभापति देउवाले एकतर्फी गरेका निर्णय खारेज हुनुपर्ने पौडेल पक्षको माग छ। देउवापक्ष पूर्वनिर्णयबाट पछि हट्ने देखिएको ...


प्रदेश राजधानीको प्रस्तावमा देउखुरी र बर्दिया  काँग्रेसबाट स्वागत

देउखुरी समाचारदाता देउखुरी, असोज । प्रदेश ५ को नाम लुम्बीनी स्थान दाङको भालुवाङ प्रस्ताव गरिएको नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले स्वागत एवं समर्थन गरेको छ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ क्षेत्रीय सभापती भेषराज पाण्डेले प्रेस बिज्ञप्पती जारी गर्दै बुशलता पुर्वक राजधानीको नाम र ठाउँ प्रस्ताव गरिएकोमा स्वागत एवं सम्मान गछौ, भनिएको छ । बिज्ञप्तीमा आफ्नो क्षेत्र र भेग तर्फ राजधानी हुनुपर्छ भनेर माग गर्नु सामान्य मानिएपनि प्रदेश ५ को राजधानी भौगोलिक हिसावले प्रस्तावीत ठाउँलाई कुशलता पूर्वक यकिन गरी निर्णयार्थ संसदमा दर्ता गरिएको कार्यलाई ...


नेकपा सचिवालय बैठक शनिवार

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' को छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको छ। बैठक शनिबार बेलुका ४ बजे बस्नेछ। प्रधानमन्त्रीले पार्टीसँग सल्लाह नगरी राजदूतहरू नियुक्त गरेको विषयले नेकपामा असन्तुष्टि सिर्जना गरेको छ। साथै, मन्त्रिपरिषद् पुनर्गठनको विषय पनि चर्चामा छ। ...





ट्रेन्डिङ