श्रीलंकाको संसदमा कुटाकुट

2018-11-17

कोलम्बो - श्रीलंकाको संसदमा शुक्रबार सांसदहरूले अर्कातिर खुर्सानीको धुलो र फर्निचर फ्याँकेका छन् । राष्ट्रपति सिरिसेनाले संसद्को अधिवेशन डाकेपछि बिहिबार संसदभित्र कुटाकुट भएपछि संसद स्थगित भएको थियो ।

संसद सदस्यहरू हिंसामा उत्रिएपछि सभामुख कारु जयसूर्याले प्रहरी बोलाएका थिए । हाल संसद सोमवारसम्मका लागि पुनः स्थगित भएको छ ।

बहालवाला प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रपति पदका लागि आफूसँग पराजित भएका महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकामा असहज राजनैतिक गतिरोध सिर्जना भएको छ ।

लामो संघर्षपछि राष्ट्रपति सिरिसेनाले संसदमा शक्ति परीक्षण गराउन सहमति दिएपछि भएको विश्वासको मत लिने निर्वाचनमा राजापाक्षेको परजय भएको थियो । बिहिबार त्यसै प्रक्रियालाई दोहोर्याउने प्रयास हुँदा हिँसा भड्किएको थियो । आज त्यसै विश्वासको मत प्रक्रियालाई दोहोर्याइने योजना रहेको थियो ।

खास गरि संसदमा महिन्दा राजापाक्षेको पराजयबारे बोल्दै सभामुख जयासूर्याले देशमा कुनै पनि प्रधानमन्त्री या सर्कार्नारहेको अभिव्यक्ति दिएपछि उक्त बितण्डा सुरु भएको थियो ।

अधिकारीहरूकानुसार राजापाक्षे पक्षीय सांसदहरू सभामुखको आसनमा बसेको र उनीहरूले सभामुखको राजीनामाको माग समेत गरेका थिए । कोलम्बो गजेटले राजापाक्षे पक्षीय सांसदहरूलाई विपक्षी सांसद र प्रहरीलाई लक्षित गर्दै खुर्सानीको धुलो फ्याँकिरहेको देखिएको थियो ।

लगभग ४५ मिनेटको हङ्गामा पछि प्रहरीलाई बोलाएको बताइएको छ । यसैबीच एक जना सांसद सभामुखको कुर्सीमा बसेको र अरू सांसदहरूले उनलाई घेरा हालेका थिए । उक्त घटनामा भएको ठेलमठेलमा एक जना वरिष्ठ राजनेता जैमिनी जयविक्रम परेरा घाइते भएका छन् ।

राष्ट्रपति सिरिसेनाले कुनै पनि हालतमा संसद्को कारवाही नरोकिने भन्दै ट्वीट गरेका छन् ।

एजेन्सी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ