नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको चौथो परिषद बैठक गोदावरीमा सम्पन्न

भदौ १०, काठमाडौ । नेपाल आयल निगममा कृयाशील रहेको नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको चौथो परिषद् बैठक गोदावरीमा सम्पन्न भएको छ । शनिबार सम्पन्न परिषद् बैठकले निगमका कर्मचारीको हकहित, वृत्ति विकास र आयल निगमको संस्थागत विकास सन्दर्भमा विभिन्न निर्णयहरु गरेको छ । परिषद्को उदघाटन नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय अध्यक्ष योगेन्द्र कुमार कुँवरले गर्नु भएको थियो । उहाँले श्रमिक कर्मचारीहरुको हकहित संरक्षण गर्दै रोजगारदाता संस्थाको संस्थागत विकास एवं आर्थिक अनुशासनको पक्षमा आवाज उठाउनु नै ट्रेड युनियनको धर्म रहने बताउनु भयो । यसैगरी ट्रेड युनियन कांग्रेसको अबको ...


आजको मौसम : पहाडमा वर्षा, तराईमा हावाहुरी

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले कोशी,मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। त्यस्तै कोशी प्रदेशका केही स्थान तथा मधेश र  बागमती प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।  महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको ...


सामाजिक सद्भावको पक्षमा उभिन धरानबासीलाई प्रधानमन्त्रीको अपिल

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीलाई अपील गरेका छन् ।  शनिबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले धरानबासीलाई यो अपिल गरको हुन् । उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् । केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे पनिसरकार गम्भीर रहेको उनले प्रष्ट पारेका छन् ।  हरेक समस्याको संवाद र सहमतिको बलबाटै समाधान गर्न सकिने भन्दै उनले धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ ...


शरणार्थी ठगी प्रकरण : उजुरीकर्ताको सङ्ख्या बढ्दै, लेनदेनको अडियो प्रहरीमा

काठमाडौँ - नक्कली परिचयपत्र बनाएर अमेरिका जान पाउने आशामा ठगिनेहरूको सङ्ख्या बढ्दै छ । ठगीमा संलग्न मोरङ घर भएका केशव दुलालसहित ४ जना पक्राउ परेसँगै पीडितहरूले उपत्यका अपराध अनुसन्धान कार्यालयमा धमाधम जाहेरी दिइरहेका छन् । हालसम्म उजुरीकर्ताको सङ्ख्या १ सय ४५ पुगेको छ । शुक्रवार सम्ममा १ सय ४५ जनाले उजुरी दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) डा. मनोज केसीले रातोपाटीलाई जानकारी दिए । डा. केसीले भने, ‘उजुरकर्ता अझै बढ्न सक्छन् ।’ केशव दुलालसहितका आरोपीहरुबिरुद्ध सुरुमा ८१ जनाले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए । ...


नागरिकता विधेयकमाथि परामर्श  गर्दै राष्ट्रपति

काठमाडौं - करिव साढे सात महिनादेखि शीतल निवासमा अलपत्र नागरिकता विधेयकमाथि राष्ट्रपति रामचन्द्र पौडेलले कानूनी परामर्श थालेका छन् । आफ्नो सन्देशसहित एक पटक फर्काएको विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरेर पुनः पेश गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरी छाडेकी थिइन् । त्यही विधेयक अघि बढाउनेबारे राष्ट्रपति पौडेलले छलफल गरेका हुन् । गत असोजदेखि अलपत्र परेको विधेयक अब आएर प्रमाणीकरण गर्न सम्भव हुन्छ कि हुदैन, यदि सम्भव हुदैन भने यो विषयलाई कसरी टुंग्याउन सकिन्छ भन्नेमा राष्ट्रपति पौडेलले त्यसको कानुनी पाटोवारे छलफल थालेका हुन् । राष्ट्रपति कार्यालयका ...


पार्टी नेतृत्व प्रति गगनको आक्रोश : ''अब त अति भयो

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्री छनोटमा आपत्ति जनाएका छन्। कांग्रेसबाट ९ जना मन्त्री बन्दा आफूलाई उपेक्षा गरिएपछि महामन्त्री थापाले असन्तुष्टि जनाएका हुन् । उनले धेरै पटक प्रतिरोध गर्न खोजेको तर पार्टीको जिम्मेवारीमा रहेको सम्झिएर मौन रहेको, पार्टीभित्रै मत र अडान राखेको तर अहिले अति भएको बताए । आइतबार फेसबुकमा उनले लेखेका छन्,"कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा ...


टुकुचा खोला विवाद : उच्च अदालतले दिएको अन्तिम फैसलामा के छ ?

काठमाडौँ - उच्च अदालत पाटनले काठमाडौँको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भए पनि खोलामाथिको सम्पत्ति व्यक्तिगत सम्पत्ति ठहर गरेको छ । न्यायाधीशहरू महेश शर्मा पौड्याल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले गत माघ १८ गते सुनाएको फैसलाको आज सार्वजनिक गरिएको पूर्णपाठमा टुकुचा खोला भएको भए पनि खोलामाथि रहेको घर जग्गा भने व्यक्तिगत सम्पत्ति भएको हुँदा राज्यले हस्तक्षेप गर्न नपाउने उल्लेख छ । फैसलामा भनिएको छ, “टुकुचा (इच्छुमती) खोला र बागमतीको सहायक नदी रहेको र यति लामो बहाव रहेको अवस्थामा यस खोलालाई खोल्सा वा ढल ...


सरकार र चिकित्सक बिच ६ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं - आन्दोलनरत चिकित्सक र सरकारबीच आइतबार ६ बुँदे सहमति भएको छ। सहमतिपछि चिकित्सकले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। माघ २७ गते शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो। चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि आइतबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो। वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, ...


टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो, ५३ लाख घरबारविहीन

काठमाडौं - टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । हजारौं घाइते भएका छन् । टर्कीमा मात्रै २४ हजार ६२७ जना र सिरियामा तीन हजार, ५७५ जनाले ज्यान गुमाएको तथ्यांक छ । मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ । टर्की र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् । टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको ...


भूकम्पको पीडामा रहेको टर्कीमा लुटपाटका घटना बढे

काठमाडौं - भूकम्पको पीडामा रहेको टर्कीमा लुटपाटका घटना बढ्न थालेका छन् । प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै हालसम्म ४८ जनालाई पक्राउ गरेको छ । गत सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प जाँदा टर्की र सिरियामा हालसम्म २८ हजार जनाको मृत्यु भइसकेको छ । समाचार एजेन्सी अनादोलुका अनुसार लुटपाटका घटनाबारे अनुसन्धानका लागि एक कमिटी गठन गरिएको छ । कमिटीको अनुसन्धानपछि आठ अलग-अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको छ । यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए । भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका ...





ट्रेन्डिङ