काठमाडौं - सन्दीप लामिछाने र करण केसीको सानदार बलिङमा नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानविरुद्ध ७ विकेटको जित निकालेको छ। ओमानले दिएको १२१ रनको सामान्य लक्ष्य नेपालले १८.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। यस जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिङ गरे। उनी ४६ बलमा ४ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे। ज्ञानेन्द्रको यो कीर्तिमानी अर्धशतक हो। ज्ञानेन्द्र नेपालबाट ओडिआईमा चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्। ज्ञानेन्द्रपछि ओडिआईमा रोहित कुमार पौडेलले ...
काठमाडौं - पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो-२०२० फुटबलको सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन्। आइतबार सम्पन्न युरोकपमा सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट जितेका हुन्। प्रिक्वार्टरफाइनलमा बेल्जियमसँग १–० ले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो। ४ वटा मात्रै खेल खेलेका रोनाल्डोले ५ गोल र १ असिस्ट गरेका थिए। चार संस्करणको युरोकप खेलेका रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन्। रोनाल्डोले हंगेरीविरुद्ध २, जर्मनीविरुद्ध १ र फ्रान्सविरुद्ध २ गोल गरेका थिए। रोनाल्डोले अन्तर्राष्ट्रिय प्रतियोगितामा अली देइको १०९ गोलको रेकर्डसँग पनि बराबरी गरेका छन्। युरोकपको उपाधि भने इटालीले जितेको छ। ...
एजेन्सी - इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउंदै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो । ५३ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो । सन् १९६८ मा युरोकप जितेको इटलीले २००० र २०१२ मा पनि युरो फाइनल खेलेको थियो । तर उपविजेतामै सीमित भएको थियो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ ...
काठमाडाैं - कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। अर्जेन्टिनाले ब्राजिललाई १-० गोलले पराजित गर्दै उपाधि हात पारेको हो। अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो । अर्जेन्टिनाले खेलको पहिलो हाफमा एक गोल गरेको थियो, जुन उपाधि रक्षाका लागि पर्याप्त बन्यो। एन्जल डी मारियाले २२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए । दोस्रो हाफमा दुवै टिमले थप गोल गर्न नसक्दा खेल १-० कै अवस्थामा ...
एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार परिमार्जन गर्दै जारी गरेको नयाँ ढाँचाअनुसार नेपालले चीनमा आयोजना हुने एसियन कप–२०२३ कप छनोटका लागि सिधै तेस्रो चरणको खेल खेल्ने मौका पाएको छ । एएफसीले जारी गरेको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले ८ खेलबाट ६ अंक जोडेर चौंथो स्थानमा रहेको थियो । चौथो स्थानमा रहँदै लिगका खेल समापन गर्दा नेपालको कतार विश्वकप यात्रा समाप्त भएको हो । परिमार्जन गरेको मापदण्डअनुसार यसअघि छनोटको चौंथो स्थानमा ...
काठमाडौं - स्पानिस कोपा डेल रेको फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गर्दै उपाधि जितेको हो । जितका लागि कप्तान मेसीले दुई गोल गरे भने एन्टोनी ग्रीज्मन र फ्रेन्की डे जोङले एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको बार्सिलोनाले १२ मिनेटभित्र चार गोल गरेको थियो । खेलको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै फ्रेन्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ६८ औं मिनेटमा मेस्सीले ...
पोखरा - आहा रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एशोसिएसनलाई टाइब्रेकरमा ४–० गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो । यसअघि निर्धारित र थपिएको ३० मिनेटको खेल बराबरीमा टुंगिएको थियो । ...
काठमाडौं - थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपाल र बंगलादेशबीच खेल सुरु भएको छ। दशरथ रंगशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको हो। नेपालले ४-५-१ को फर्मेसनमा खेल्न लागेको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कीर्गिस्तानको यु-२३ टिमसँग खेलेको सुरुवाती एघार नै बंगलादेशविरुद्धको खेलमा पनि मैदानमा उतारेका छन्। कप्तान किरण चेम्जोङसँगै रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, रविशंकर पासवान, अन्जन विष्ट र अभिषेक रिजाल छन्। नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्जोक राई र त्रिदेव गुरुङले डेब्यु गरेका छन्। ...
काठमाडौं - म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रुमलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको हो। सिटीको जितमा इल्के गुन्डगनले दुई गोल गर्दा जोआओ क्यानसेलो, रियाद महरेज र रहिम स्टर्लिङले गोल गरे। खेलको पहिलो हाफसम्म चार गोल गरेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको छैटौं मिनेटमा नै गुन्डगनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता बनाएका थिए। २० औं मिनेटमा क्यानसेलोले गोल गर्दै सिटीलाई २–० गोलको अग्रता ...
काठमाडौं - जारी सिजनमा निकै खराब प्रदर्शन गरिरहेको आर्सनलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। मंगलबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। आर्सनलको जितमा निकोलस पेपे, बुकायो साका र एलेक्सन्ड्रे लेकाजेटले गोल गरे। साउह्याम्पटनका स्टुआर्ट अर्मस्ट्रङले गोल गरे। खेलको तेस्रो मिनेटमा नै स्टुआर्टले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए। साउथह्याम्पटनको यो अग्रता धेरै बेर टिक्न सकेन। खेलको आठौं मिनेटमा नै पेपेले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरी दिलाए। खेलको ३९ औं मिनेटमा साकाले गोल गर्दा आर्सनलले पहिलो हाफसम्म २–१ गोलको अग्रता लियो। ७२ औं ...