इन्धन उर्जा खपतमा विविधीकरण रणनीति: विश्वव्यापी अवस्था र नेपाल आयल निगमको भावी कार्यदिशा
दिपक प्रसाद घिमिरे

विश्वव्यापी तेल उत्पादक राष्ट्रहरुको साझा संस्था ओपेकमा आबद्द रहेका अल्जेरिया र साउदी अरेबिया जस्ता मध्य पूर्व र उत्तर अफ्रिका लगायत धेरै तेल र ग्यास धनी देशहरूले आफ्नो अर्थतन्त्रलाई विविधीकरण गरेर तेलमा निर्भरता घटाउने नीतिहरू घोषणा गरेका छन् वा लागू गरेका छन्। अर्थतन्त्रको संकुचन तथा विश्व भू राजनैतिक तरलता,द्वन्द इत्यादी कारणबाट तेलको मूल्यमा समय समयमा आउने उतारचढाव र विश्वव्यापी वातावरणीय प्रदुषणका कारणले गर्दा विश्व साझा मंचहरुको नीति बहसमा इन्धन उर्जा खपत तथा उत्पादनमा विविधीकरणलाई अग्रस्थानमा राखिएको छ।धेरै जीवाश्म ईन्धन उत्पादक राष्ट्र तथा निर्यातकर्ताहरूले विविधीकरणको ...


भिभिआइपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ : डा. भगवान कोइराला

नेपालमा आम जनमानसमा निकै परिचित र कहलिएका डाक्टरको नाम हो भगवान कोइराला । उनले गरेको उपचारबाट नयाँ जीवन पाएकाहरु त उनलाई साक्षात भगवान् नै मान्दछन् । उनले नेपालमा मुटु रोगको उपचारलाई अत्यन्त विश्वसनीय र भरोसायोग्य बनाइ दिएका कारण पनि आम नेपालीको उनीप्रति अत्यन्त विश्वास र श्रद्धा छ । उनमा विषयगत क्षमता मात्रै होइन, उच्च मानवीय भावना पनि छ । हालसम्म उनी आफैले र आफ्नो प्रत्यक्ष निगरानीमा १४ हजारभन्दा बढी मुटुरोगीको शल्यक्रिया गरिसकेका छन् अर्थात् उनीहरुलाई नयाँ जीवन प्रदान गरेका छन् । केही समयअघि उनले हृदय नामक ...


मेरो मत किन बालेनलाई ?

वैशाख ३० गतेको स्थानीय निकायको चुनावले नेपालमा राजनीतिक माहोल तताएको छ। राजनीतिक दलहरुले गरिरहेका घरदैलो, सामाजिक संजाल र संचार माध्यमहरुमा यसको चर्चाले राजनीतिमा चासो नभएका आम मान्छेले पनि चुनावप्रती चासो दिएको स्थिती छ। अझ सबैले भरतपुर र काठमाडौं महानगरको चुनावी सरगर्मीलाई विशेष चासोका साथ हेरिरहेको देखिन्छ। यसमा आफू पनि एक काठमाडौंबासी भएकाले काठमाडौंको चर्चा गर्न गइरहेको छु। अझ विशेषगरी काठमाडौं उपत्यकाका स्वतन्त्र युवा उम्मेदवार बालेन शाहलाई मत दिने मनस्थितिमा म किन पुगेँ भनी यो लेख मार्फत चर्चा गर्न गइरहेको छु। नेपालको राजधानी सहर र त्यसमाथि सहरको ...


मार्क्स र मार्क्सवादलाई मार्क्सवादी भनिनेहरुबाटै बचाऔं !

"Karl Heinrich Marx was a German philosopher, economist, historian, sociologist, political theorist, journalist and socialist revolutionary. Born in Trier, Germany, Marx studied law and philosophy at university. He married Jenny von Westphalen in 1843. " Wikipedia . सन् १८१८ मा आजकै दिन मई ५ मा जर्मनीको एउटा मध्यम वर्गीय परिवारमा जन्मिएका कार्ल मार्क्सबारेको उपरोक्त चिनारीबाट मात्र पनि उनी एक बहुप्रतिभाशाली विद्वान व्यक्तित्व एवम् समग्र विषयका अध्येता, ज्ञाता र कानूनवेत्ता समेत थिए भन्ने स्पष्ट हुन्छ ! यसका अतिरिक्त उनी एक सच्चा सर्वहारावादी चिन्तक, अन्तर्राष्ट्रियतावादी विचारक, कम्युनिस्ट सिद्धान्तकार, ...


नेपाल-भारत संयुक्त आयोगको आसन्न बैठक : एक गम्भीर जिज्ञासा !
के-के छन् एजेन्डा र के-के गर्लान् सम्झौता ?

सम्भावित एजेन्डा :१. कालापानी लगायतका अतिक्रमित सीमाक्षेत्रका भूमि फिर्ता ल्याउने !२. कोरोना भाइरसको खोप उपलब्ध गर्ने !३. ईपीजी प्रतिवेदन बुझ्ने र सार्वजनिक गर्ने !४. सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने !५. घोषित आर्थिक सहयोग प्राप्त गर्ने !६. द्विपक्षीय व्यापार प्रबर्द्धन गर्ने !७. विभिन्न विकास परियोजनाहरुको शीघ्र कार्यान्वयन गर्ने !८. रेल सञ्जाल निर्माण र संचालन गर्ने !९. ऊर्जा खरिद-बिक्रीको व्यवस्था मिलाउने !१०. सीमाक्षेत्रमा डुबान र बाढी नियन्त्रण गर्ने !११. प्रविधि आदान–प्रदान गर्ने


वर्गसंघर्षको अर्थ र आयाम !

वर्गसंघर्षको अर्थ : कुनै व्यक्ति वा वर्गमा दुई विपरीत वृत्ती, विचार, बोली, विधि र व्यवहार बिचमा विपरीतता, बेमेल, टकराव, द्वन्द वा अन्तर्विरोध हुन्छ । त्यो द्वन्द्व वा अन्तर्विरोध त व्यक्ती र वर्गमा मात्र होइन, वस्तु वा घटनामा समेत अनिवार्य र सार्वभौम रुपमै हुन्छ । यसलाई दार्शनिक भाषामा विपरीतहरुको संघर्ष (struggle of opposits) पनि भनिन्छ । जब यसप्रकारको विपरीतहरुबिचको संघर्ष मानवजाति र तिनका विविध कृयाकलापका सन्दर्भमा देखिन्छ भने त्यो वर्गसंघर्ष हो ! मानवसमाजमा व्यक्तिको मनदेखी परिवार, समुदाय, जाती, देस र सिङ्गो संसारसम्मका आयामहरुमा शोषक र शोषित, उत्पीडक ...


नेकपाका केसका अलग अलग बैठकबारे सही धारणा !

१. एकीकरण गर्दा पर्याप्त वैचारिक राजनीतिक विषयमा छलफल नगरी- नगराई हठात् र बलात् हतार-हतारमा दुई अध्यक्षको चोंचोमोचो मिलाएर पद बाँडफाँड गरी एकता गर्नु नै गलत थियो ! २. नेपालजस्ता कम विकसित अर्धसामन्ती र अर्ध/नवऔपनिवेशिक देसमा सर्वहारा क्रान्तिको मार्गदर्शक सिद्धान्तमा माओका विचारहरु पनि अवलम्बन गर्ने कुरामा त्रुटि भएको छ ! ३. क्रान्तिमा बल प्रयोगको सार्वभौम मान्यतालाई आत्मसात नगर्नु कायरतापूर्ण सैद्धान्तिक विचलन भएको छ । ४. नेपालमा पुँजीवाद आइसकेको वा पुँजीवादी जनवादी क्रान्तिभैसकेको विश्लेषण उपरी प्रकारको रहेको छ ! यो राष्ट्रिय पुँजीवाद नभएर दलाल तथा नोकरशाहीका साथै आसेपासे पुँजीवाद समेत ...


सन्दर्भ भ्रष्टाचार दिवस  : भ्रस्टाचार के हो र कसरी निर्मूल गर्ने ?

लेखक : नारायण शर्मा आज ९ डिसेम्बर ! अन्तर्राष्ट्रिय भ्रस्टाचार विरुद्धको दिवस ! संयुक्त राष्ट्र संघको महासभाले भ्रस्टाचारको भयावहताको बोध र विरोधको लागि तय गरेको विशेष अर्थ र महत्वको दिन ! त्यसैले यससन्दर्भमा सर्वप्रथम भ्रष्टाचार के हो भनेर चिन्नु जरुरी छ ! कुनै चिजलाई के हो, कस्तो हो, किन हो र कसरी हो भन्ने कुरा त्यसको अर्थ, परिभाषा र परीक्षण गरेर स्पष्ट रुपमा चिनिसकेपछी मात्र त्यसबारे के कस्तो धारणा बनाउने र त्यसप्रती के कस्तो व्यवहार किन गर्ने भन्ने निष्कर्षमा पुग्नु ...


हाम्रो प्राचीन पूर्वीय साहित्यमा रहेको माथि शीर्षासीन पदावली/वाक्यको अर्थ स्पष्टै छ कि नेता हुँदै नभएर पनि हुँदैन, नासै हुन्छ; धेरै भएर त झन् हुँदैन, सर्वनासै हुन्छ ! तसर्थ प्रमुख नेता एउटै हुनुपर्दछ ! यस्तै मालेमासम्मत एउटा अर्को भनाइ पनि छ, जो यससन्दर्भमा सान्दर्भिक छ : "प्रतिकृयावादीहरु तबसम्म लड्छन्, जबसम्म उनीहरु स्वयं ध्वस्त हुँदैनन् !" राजनीतिक संघर्षका नाममा आज नेपालमा नेकपाभित्र भैरहेको यो संघर्षमा माथिका संश्लेषणहरु लागू हुने देखिंदैछ ! हुन पनि जनता र देसको क्रान्ति, मुक्ति, प्रगति र समृद्धि अनि न्याय, समानता, स्वतन्त्रता र स्वाभिमानको दुहाई दिंदै, ...


सुरेन्द्र पाण्डेविरुद्धको नाराबाजीबारे !

लेखक : नारायण शर्मा चितवनको लोथरमा भएको हाम्रो सरकारी पार्टी नेपाल कम्युनिस्ट पार्टीको एक कार्यक्रमका प्रमुख अतिथि त्यसै निर्वाचन क्षेत्रका सांसद र पार्टी स्थायी समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, जो हालको पार्टीभित्री गुटगत संघर्षमा माधव-प्रचण्डगुटका हस्ती भनिन्छन्, बोल्दाबोल्दै विपक्षी ओली गुटका नेता-कार्यकर्ताहरुबाट गरे-गराइएको हुटिङ, होहल्ला र हुलहुज्जत एवम् नारावाजी एकातिर नियोजित र प्रायोजित देखिन्छ भने अर्कातिर लोकतन्त्र, पार्टी अनुशासन, नीति र विधिविधान विपरीतको देखिन्छ ! त्यस प्रकारको व्यवहार अलिकति अमर्यादित, अशोभनीय, अवान्छित, अभद्र, अशिष्ट, अपृय र अराजक ...





ट्रेन्डिङ