पत्रकार महासंघ दाङमा थपियो पुरस्कार कोष

देउखुरी समाचारदातादेउखुरी, अशौज । नेपाल पत्रकार महासंघम दाङमा थप एकवटा पुरस्कार अक्षकोष थपिएको छ । गत बर्ष मोटर साइकल दुर्घटनाबाट मृत्यु भएका लमही नगरपालिका १ कौडीयाका दिपक भट्टराईको सम्झनामा परिवारको तर्फबाट एकलाख रुपियाँको अक्षयकोष स्थापना गरिएको स्वर्गिय भट्टराइको पिता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ का सल्हाकार चन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । छोराको सडक दुर्घटनामा मृत्य्ु भएका कारण विशेषगरी सडक दुर्घटना न्युनिकरण सम्बन्धि कलम चलाउने पत्रकारलाई अक्षयकोषबाट प्राप्त व्याजबाट पुरस्कृत गर्ने उदेश्यले एकलाख रुपियाँको चेक महासंघकी उपाध्यक्ष लिला शाहालाई हस्तान्तरण गरिएको छ ।


जखेरामा सामाजिक विकास समुह गठन

उमेश बन्जाडेदेउखुरी, फागुनप्रदेश पाँचको पर्यटकिय दृस्ठिकोणले प्रख्यत देउखुरीको जखेरा टोलमा जखेरा सामाजिक विकास समुह गठन गरिएको छ । शनिबार एक कार्यक्रमका बिच जखेरा ताल एवं त्यस टोलको विकासमा भइरहेका पर्यटन आकर्षणका गतिविधिमा सधैं खटिरहेका उपभोक्ताहरु द्वारा थप सक्रियताका साथ ताल एवं टोल विकासमा टेवा पुर्‍याउने उदेश्यले समूह गठन गरिएको हो । जखेरा टोल विकास समुहका जेष्ठ सदस्य छविलाल के सि ९ महरा० को अध्यक्षतामा आयोजित समूह गठन कार्यक्रमले रविध्वज थापाको अध्यक्षतामा १९ सदस्यीय समुह गठन गरेको हो । समुहले आउँदा दिनमा जखेरा ताल ...


लर्डवुद्द एकेडेमीको दशौं वाषिर्कोत्सव सम्पन्न

उमेश बन्जाडेदेउखुरी १७ फागुन, देउखुरीको फल्कापुरमा अवस्थित लर्डवुद्द एकेडेमी बोर्डिङ स्कुलको दशौं वाषिर्कोत्सव शनिबार सम्पन्न भएको छ। पुर्व अध्यक्ष भैरव रावलको अध्यक्षता एवं वरिष्ठ शिक्षा परामर्श दाता पूर्ण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पान्न समारोहमा विद्यालयले संचालन गरेका विभिन्न प्रतियोगिता सहभागि भएर उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। विद्यालयमा अध्यनरत छात्राहरुको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा विद्यालयका प्रीनसिपल प्रकाश अधिकारी, सँस्थापक अभिभावक रविध्वज थापा, राम प्रसाद पाण्डे, दुर्गा बहादुर अधिकारी, कृष्णा गिरी, सकुन्तला गिरी, मानबहादुर अधिकारी, मायदेवी पौडेल, तुलसा केसि र रेडियो राप्ती तथा राप्ती टेलिभिजनका ...


ऐन प्यासनले जुरायो अभिभावकको भेला
शिक्षा क्षेत्रमा गुणात्मक सुधारको खाँचो

देउखुरी समाचारदातादेउखुरी, चैत । देउखुरीका ऐन प्यासनमा आवद्ध विद्यालयका अभिभावक लाई एकै ठाउँमा जम्मा गरेर अभिभावक केन्द्रित शिक्षा प्रर्दान गरिएको छ । एन प्याब्सन दाङ देउखुरीले आयोजना गरेको वृहत निजी विद्यालय अभिभावक तालिमको लमहीमा उद्घाटन प्रदेश सभा सदस्य रेवतीरमण शर्माले गर्नुभयो । उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले सरकारले आवश्यकताको आधारमा प्राविधिक जनशक्ति उत्पादन गर्न शिक्षा क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा गुणात्मक सुधारको खाँचो रहेको भन्दै उहाँले शिक्षक, विद्यार्थी, अभिभावक, सरोकार राख्ने निकाय सबै जिम्मेवार हुनुपर्ने बताउनु भयो । देउखुरीदेउखुरी क्षेत्रमा रहेका ११ ...


अभिभावकलाई योग तथा आयुबेर्द शिक्षा

दिवाकर पोख्रेलदेउखुरी, फागुन । घरमै पाइने जडिबुटीलाई औषधिको रुपमा प्रयोग नगरेर महङगो शुल्कमा अलोपेथिक औषधि प्रयोग गर्नुपर्ने बाध्यतालाई हटाउने दाङको एक संस्थागत विद्यालयले अभिभावकलाई योगाशिक्षा र आयुबेर्द शिक्षाको बारेमा जानकारी गराएको छ । पतन्जली योग समितिका आयुवेर्द परार्शदाता र योग शिक्षक मार्फत विद्यालयका अभिभावकलाई ज्ञान दिलाएपछि अभिभावक पनि खुसी भएका छन् । विद्यालयले भावादीत ज्ञान,संस्कारयुक्त शिक्षा दिलाउदै आएको थियो, विद्यालयमै बोलाएर आयुबेर्दको रुपमा जानकारी गराउँदा खुसी लाग्यो,अभिभावक राधा खनालले भन्नुभयो । दाङको लमही स्थित ज्योतिस्मती बिद्यापीठ लमहीले आफ्ना अभिभावक र विद्यार्थीलाई योगाशिक्षा र आयुर्वेदिक ...


अब निजीमा पढेकाले सरकारी जागिरमा समावेशी कोटा नपाउने

काठमाडौं - अब निजामती सेवामा समावेशी (आरक्षण) सुविधा लिन सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गरेकै हुनुपर्ने गरी सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदा बनाउने गृहकार्य थालेको छ। विभिन्न सरोकारवाला निकाय र सरकारद्वारा गठित प्रशासनिक समितिको सुझावका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बोर्डिङ स्कुलमा पढेकालाई आरक्षण कोटामा बन्देज लगाउने गरी कानुनको मस्यौदा अघि बढाउने तयारी गरेको हो। संघीय मामिला मन्त्रालयका सहसचिव सुरेश अधिकारीले विभिन्न सुझावका आधारमा समावेशी र आरक्षण कोटामा पुनर्विचार गर्ने गरी संघीय निजामती ऐनको मस्यौदा बनाउने गृहकार्य थालिएको जानकारी दिए। अब बन्ने मस्यौदाअनुसार ...


आजदेखि कक्षा १२ को परीक्षा  सुरु

काठमाडौँ - माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसिई) कक्षा १२ को परीक्षा शुक्रबारदेखि सुरु हुँदै छ । साथै ३० वैशाखदेखि हुने कक्षा ११ को परीक्षाको पनि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गा अर्यालले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुने बताए । यस वर्षको परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेट वृद्धि एवं आंशिकतर्फको परीक्षाका लागि देशभरका एक हजार ५१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । ...


सरकारी विद्यालयमा कक्षा १२ सम्मै अंग्रेजीमा पढाइ

तम्घास - गुल्मीको छत्रकोट गाउँपालिका ४ स्थित दिगाममा रहेको आदर्श माध्यमिक विद्यालयले १२ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरेको छ। सदरमुकामबाहिर माथिल्लो कक्षासम्म अंग्रेजी पढाउने यो पहिलो विद्यालय हो। माथिल्लो कक्षासम्म गाउँघरमै अंग्रेजीमा पढाइ हुनथालेपछि स्थानीय अभिभावकले समेत साथ दिएका छन्। विद्यालयले २०६० सालमा कक्षा १ मा मात्र अंग्रेजीमा पढाइ सुरु गरेको थियो। क्रमशः बर्सेनि कक्षा थप्दै लगिएको प्रधानाध्यापक गुणाकर ज्ञवालीले जानकारी गराए। अभिभावकहरूको सहयोगले नै आफूहरूलाई थप हौसला मिलेको उनको भनाइ छ। ‘अभिभावक भेलाबाट अंग्रेजी पढाउने विषयमा निर्णय भएको हो’, उनले भने, ‘सहयोग जुटाउन साथ ...


अपांगता भएकाले पढ्न नपाउने ? जसलाई प्रधानमन्त्री र मन्त्रीले नै सकेनन भर्ना गराउन

काठमाडौं - प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उच्च अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस वर्षको भर्ना अभियान सुरु गरे । शिक्षा कार्यालय मुगुले १६ बालबालिका (नौ छात्र र सात छात्रा) लाई भर्ना गराउन राराताल किनारमा भेला पारेको थियो । तीमध्ये एक थिए, छायानाथ धारा नगरपालिका–६ का अपांगता भएका सात वर्षीय पुन्नबहादुर कुलाल । प्रधानमन्त्री र मन्त्रीले १५ जनालाई पायक पर्ने विद्यालयमा भर्ना गराए । ६ वर्षीया थिल्नेसाङ तामाङलाई प्रधानमन्त्री ओलीले बुद्ध माविमा भर्ना गरे । छात्राको अभिभावकत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गर्दै उनले तामाङलाई पोसाक र पुस्तकसमेत प्रदान ...


प्रधानमन्त्रीदेखि कलाकारसम्मले गराए विद्यार्थी भर्ना , कसले कसलाई पढाउने जिम्मा लिए ?

काठमाडौं - विद्यालयबाहिर रहेकालाई विद्यार्थीलाई विद्यालय ल्याउने अभियानमा प्रधानमन्त्री केपी ओली नै सक्रिय भएका छन् । विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउन प्रधानमन्त्रीदेखि मन्त्री, सांसदसम्मले एक–एक विद्यार्थी पढाउने जिम्मेवारी लिएका छन् । प्रधानमन्त्री ओलीले मुगुका ठिन्लेसाँबु लामाको स्वेच्छिक अभिभावकत्व ग्रहण गरेका छन् । आर्थिक र अन्य अवस्था कमजोर रहेका बालबालिका विद्यालयबाहिर रहेकाले प्रधानमन्त्री र मन्त्रीहरूले अभिभावकत्व ग्रहण गरेका हुन् । बालबालिकालाई विद्यालय ल्याउन प्रधानमन्त्रीको नेतृत्वमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानका क्रममा मन्त्रीहरूले समेत अभिभावकत्व ग्रहण गरेका हुन् । १ वैशाखमा प्रधानमन्त्री तथा मन्त्रीहरूले विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिकालाई ...





ट्रेन्डिङ