प्रियंका र निकको बिहे मिति तय गर्न निक परिवार मुम्बइ आउने

काठमाडौं - बलिउडकी बोल्ड अभिनेत्री प्रियंकाको इन्गेजमेन्टको क्रममा भेटघाट राम्रोसँग नभएको भन्दै निक तथा उनको परिवार भारत आउँदै छ । भारतीय सञ्चार माध्यमका अनुसार यही अगष्ट १८ तारिखमा प्रियंका चोपडाले इन्गेजमेन्टको खुशियालीमा भब्य पार्टीको आयोजना गर्न लागेकी छिन् । यही पार्टीमा प्रियंका र निकका परिवारले उनीहरुको विवाहको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । केही दिन अगाडि अभिनेत्री रविना टण्डनले निकले प्रियंकालाई इन्गेजमेन्टमा लगाइदिएको औंठी सहितको फोटो शेयर गरेकी थिइन् । उक्त औंठीको मुल्य २ करोड रुपैयाँ बराबरको रहेको बताइएको छ । प्रियंका भारतीय परम्परा अनुसार नै ...


सलमान खानलाई ‘घुँडा टेकाउने’ त्यो समुदाय

एजेन्सी - बियाबान मरूभूमिमा उनीहरू वन्यजन्तु र बोटबिरूवाका रक्षक हुन्। बिश्नोइ समुदायका मानिसहरू वन्यजन्तु र बोटबिरूवाका लागि ज्यान दिन पनि तयार हुन्छन्। बलिवूड चलचित्र अभिनेता सलमान खानले कृष्णसार मारेको विवरण बाहिर आएपछि उनीहरू सडकमा उत्रिए। बिश्नोइ समाजका मानिसहरू आफ्ना आराध्य गुरू जम्भेश्वरले भनेका २९ वटा नियमहरूको पालना गर्दछन्। त्यसमध्ये एउटा नियम वन्यजन्तु र बोटबिरूवाको रक्षासँग सम्बन्धित छ। बिश्नोइ समाजका मानिसहरू मरूभूमिसम्म मात्रै सीमित छैनन्। उनीहरू राजस्थानबाहेक हरियाणा, पञ्जाब, उत्तर प्रदेश र मध्यप्रदेशमा पनि बस्छन्। जोधपुरबाट निर्वाचित पूर्वसांसद जसवन्त ...


सलमान खानका फ्यानहरुलाई आयो यस्तो खुसीको खबर !

भारत - कालो हिरण ( कृष्णसार) मारेको मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका बलिउड अभिनेता सलमान खान दुई दिनमा जमानतमा रिहा भएका छन् । सलमान खान ५० हजार भारतीय रुपैया जमानत राखेर रिहा भएका हुन । अदालतले पाँच वर्ष कैद फैसला गरेपछि उनका कानून व्यवसायीले गरेको अपीलमा शनिवार अन्तिम सुनुवाई गर्दै जोधपुर सेशन कोर्टले वकिलहरको बहसपछि जमानतमा रिहा गर्ने फैसला गरेको हो । २० वर्ष पहिला कालो हरिण ( कृष्णसार) मारेको अभियोगमा सलमान खानलाई गएको बिहीबार जोधपुर अदालतले पाँच वर्ष कैद र १० हजार रुपैया जरिवानाको फैसला ...


सलमान जेल गएपछि निर्माताको ६ सय करोड जोखिममा

काठमाडौँ - कालो हरिणको सिकार मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका बलिउडका भाइजान सलमान खानले शुक्रबारको रात पनि जेलमै बिताएका छन् । सलमानको जमानत याचिकामाथि शुक्रबार सुनुवाइ गर्दै जोधपुरको सेसन कोर्टले आफ्नो फैसला शनिबारसम्मका लागि सुरक्षित राखेको छ । जमानतमाथिको फैसला शनिबार दिउँसो सुनाइने भएको छ । जोधपुर जेलमा सलमान कैदी नम्बर १०७ हुन् । उनलाई २ नम्बर ब्यारेकमा राखिएको छ । जेलमा उनलाई दाल, रोटी दिइएको थियो तर उनले खाएनन् । करोडौं फस्ने सम्भावना बालिउडका सफल कलाकार सलमानमाथि अहिले फिल्म निर्माताको करिब ६ सय करोड रुपैयाँ लगानी ...


सलमान खान : कैदी नम्बर १०६

मुम्बई - कालो हरिण शिकारको अभियोगमा पाँच वर्ष जेल सजाय पाएका बलिउड नायक सलमान खानले पहिलो रात जेलमा बिताएका छन् । जोधपुर जेलमा राखिएका सलमान बनेका छन्, कैदी नम्बर १०६ । सलमानलाई जेलको दोस्रो खण्डमा राखिएको छ । सलमानले पाँच बर्षको जेल सजाय मात्र पाएका छैनन्, १० हजार जरिवाना पनि तिर्नुपर्ने भएको छ । अन्य आरोपी सेफ अलि खान, तब्बु, सोनाली बेन्द्रे र निलमलाई अदालतले सफाइ दिएको छ । जोधपुरका जुडिसियल मेजिस्ट्रेटमा सजायमाथि भएको बहसमा सरकारी वकिलले धेरै सजाय हुनुपर्ने माग गरेका थिए भने सलमानका वकिलले सबैभन्दा कम सजायको ...


सलमान खान जेल जाँदै गर्दा कसको कति पैसा डुब्यो ?

एजेन्सी - भारतको जोधपुर अदालतले कालो हरिण शिकार मामिलामा बलिउडका सुपरस्टार सलमान खानलाई दोषी ठहर गर्दै पाँचवर्षको जेल सजाय सुनाएको छ । सलमान खानले तोकिएको सजायअनुसार पाँचवर्ष जेलमा कटाउनुपरे बलिउड फिल्म इन्डष्ट्रिजलाई करोडौं रुपैयाँ बराबरको नोक्सान ब्यहोर्नुपर्नेछ । सन् १९९९ मा प्रदर्शित फिल्म ‘हम साथ साथ हैं’ को छायांकनका दौरान कालो हरिण मारेको आरोपमा सलमान खानलाई दोषी ठहर गरिएको हो । १५० करोडको फिल्म रेस–३ अहिले सलमान खानको आगामी फिÞल्म ‘रेस ३’ को छायांकन चलिरहेको छ । सलमान खानको मुख्य भूमिका रहेको यो फिल्मको कुल ...





ट्रेन्डिङ