स्काभेटरले ठक्कर लागेपछि घाइते महिलालाई जिउँदै पुरेर चालक फरार

काठमाडौं - धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यान्टारमा एक महिलालाई जिउँदै पुरेर स्काभेटर अपरेटर फरार भएका छन् । सल्यानटारकी ४५ वर्षीया महिला सरस्वती कुमाललाई मृत अवस्थामा खाल्टो खनेर निकालिएपछि सो कुरा बाहिर आएको धादिङका एसपी महेन्द्र खड्काले नेपाल लाइभलाई जानकारी दिए। बाटो खन्ने क्रममा सुरुमा स्काभेटरले ठक्कर दिएर घाइते बनाएको र पछि खाल्टो खनेर पुरेको स्थानीयको आरोप रहेको एसपी खड्काले बताए । देख्ने मान्छे कोही नभएको र अपरेटरसमेत फरार रहेकाले घटना कसरी भयो भन्नेबारे प्रष्ट भइनसकेको एसपी खड्काको भनाइ छ । जिउँदै महिलालाई पुरेको घटना बाहिरिएपछि हिजो सो क्षेत्र ...


बालबालिका फकाउँदै कानको मुन्द्रा लुट्ने महिला पक्राउ, पिडित १६ जना प्रहरीकोमा

काठमाडौं - खेलिरहेका बालबालिकालाई लोभमा पारेर कानको मुन्द्रा लुट्ने महिलालाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले म्याग्दी घर भएकी सन्दिपा खत्रीलाई जोरपाटीबाट पक्राउ गरेको हो । नेपालटार बस्ने खत्रिले बालाजु, सोह्रखुट्टे, कपन, काँडाघारी र कोटेश्वर क्षेत्रमा ‘मुन्द्रा लुटपाट आतंक’ मच्चाएकी थिइन् । पछिल्लो २ महिना यता काठमाडौं उपत्यकामा मुन्द्रा लुट्ने नयाँ शैलीको ‘अपराध ट्रेण्ड’ देखिएपछि अपराध महाशाखाले लुटपाटमा संलग्नलाई पक्राउ गर्न ‘एम्बुसिङ’ गरेको थियो । लुटेको मुन्द्रा किन्ने काभ्रे रोशी गाउँपालिका घर भएका ३० वर्षीय मुरली बिकलाई पनि प्रहरीले पक्राउ गरेको ...


गोंगबु हत्याकाण्ड : विष खुवाएर हम्मरले अण्डकोषमा हानेर मारिन, अनि शरीर टुक्राइन

काठमाडौंं - टोखा नगरपालिका १० गोंगबुमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्याको कारण अझै खुल्न सकेको छैन । हत्या आरोपमा चितवनबाट पक्राउ परेकी महिला कल्पना शाहीले बोहराले आफूलाई 'सेक्सुअल ह्यारेसमेन्ट' गरेकाले सहन नसकेर हत्या गर्न बाध्य भएको बयान दिएकी छिन्। यधपी 'सेक्सुअल ह्यारेसमेन्ट' कै कारण त्यो खालको बिभत्स हत्या गर्ने अवस्थामा उनि पुगिन भनेर पत्याई हाल्न चाही गारो पर्छ। 'सेक्सुअल ह्यारेसमेन्ट'कै कारण उक्त बिभत्स हत्या भएको हो भने यस्लाई सपोर्ट गर्ने तथ्यहरु पक्कै हुनुपर्छ। त्यो प्रहरीको अनुसन्धानले पछि देखाउला पनि। विष खुवाएर हम्मरले अण्डकोषमा हानेर हत्याशाहीले बोहरालाई सुरुमा ...


नाजायज सम्बन्ध खुल्ने डरले आमाको हत्या गर्ने छोरी सहित ४ जनालाई जन्मकैदको फैसला

काठमाडौं - भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीमा बस्दै आएकी ६१ वर्षीया सावित्री भट्टराईको हत्यामा संलग्न उनकै छोरी इश्वरीसहित चारै जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत भक्तपुरका न्यायाधीश डा प्रकाश उप्रेतीको इजलासले पक्राउ परेका सावित्रीकी छोरी इश्वरी, उनका प्रेमी मोहम्मद नौसाद, हत्यामा संलग्न भारतीय नागरिक भोला कुमार र भारतकै मोहम्मद रहिशलाई बिहीबार जन्मकैदको फैसला सुनाएको हो । गत असार १५ गते सावित्रीको हत्या भएको थियो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ घर भई भक्तपुरको चाँगुनारायण–७, बाँसबारीस्थित छोरी इश्वरी भट्टराईको घरमा आमा सावित्री बस्दै आएकी थिइन् । सोही बेला ...


तातोपानी भन्सारका प्रमुखसँग साढे १० करोड गैरकानुनी सम्पत्ति, यसरी तह लगाउथे घुषबाट कमाएको पैसा !

काठमाडौ - २०४५ सालमा शाखा अधिकृतबाट जागिर सुरु गरेका एक भन्सार अधिकृतले ३१ वर्षमा २० करोडभन्दा धेरैको सम्पत्ति आर्जन गरेको पाइएको छ। राजश्वको कर्मचारी भएको तीन दशकमा उनले १ करोड ७८ लाख २० हजार ९ सय ७५ रुपैयाँमात्र वैध आय हुन सक्नेमा उनले दश गुणा धेरै रकम गैरकानुनी रुपमा आर्जन गरेका थिए। भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले जागिरको अवधिमा १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ अवैध आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। हाल तातोपानी भन्सारमा अधिकृत रहेका उनले क्यारिङ व्यवसाय गर्ने व्यापारीहरुसँग घुस लिने ...


घुस खाने ज्वाईं, लगानी गर्ने जेठान !

काठमाडौ - विराटनगर भन्सार कार्यालय मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार बस्नेतले विदेशबाट समान आयात गर्न घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए। अख्तियारले बस्नेतसँगै उनका जेठानलाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारको अनुसन्धानमा ज्वाईं सेवाग्राहीसँग घुस खाने र जेठान त्यसलाई वैधानिक बनाउन अन्य व्यवसायमा लगानी गर्ने गरेको तथ्य खुलेको छ। अख्तियारको टोलीले बस्नेतले विदेशबाट सामान आयात निर्यात गर्ने क्यारिङ व्यवसायीसँग आयात गरिएका सामानहरु भन्सारबाट छुटाउने प्रयोजनको लागि १७ लाख घुससहित पक्राउ परेका थिए। ...


निर्माणाधिन मन्दिरबाट नोट छाप्ने मेसिन सहित जाली नाेट बरामद, साधु पक्राउ

एजेन्सी - भारतकाे गुजरात पुलिसले आइतबार खेडा जिल्लास्थित आश्रमको निर्माणाधिन मन्दिरमा छापा मारेर जाली नाेट बरामद गरेकाे छ। प्रहरीले ७० लाख भारतीय रुपैयाँ बराबरका २ हजार दरका जाली नोटहरू बरामद गरेको हाे। प्रहरीले एक भिक्षुसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा राधारमण स्वामी रहेका छन्। सूरत पुलिसको अपराध शाखाले खेडा जिल्लाको मुवाडीमा आश्रममा छापा मारेको हाे। चार बर्षदेखि निर्माण भइरहेकाे मन्दिरमा विगत दुई महिनादेखि मानिसहरुकाे आवतजावत बढेकाे थियाे। आवतजावत बढेपछि गैरकानूनी काम भएकाे हुन सक्ने शंका लागेर प्रहरीले छापा मारेकाे जनाएकाे छ। प्रहरीले आश्रममा नोट छाप्ने मेसिन, कलर ...


नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् । बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा सांसद आलमलाई रौतहट प्रहरीले आज पक्राउ गरेको हो । उनलाई यतिवेला जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ । सांसद आलममाथि २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । पछि मृतकका आफन्तले हालेको रिट निवेदनमा सुनुवाइ गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ ...


सिरियल किलर जसले ३५ वर्षमा ९० जना भन्दा बढी महिलाको हत्या गरे

वासिङटन - एउटै व्यक्तिले ९० जना भन्दा बढीको शृंखलाबद्ध हत्या। पत्याउनै गाह्रो पर्ने यो खबर सत्य हो। हाल जेलमा रहेका सामुएल लिटल नामका व्यक्ति अमेरिकी इतिहासमै सबैभन्दा खतरनाक 'सिरियल किलर' रहेको अमेरिकी अनुसन्धान संस्था एफबीआईले जनाएको छ। एफबीआईका अनुसार एक सिरियल किलरले ९० जनाभन्दा बढी महिलाको हत्या गरेका छन्। सामुएल लिटल नाम गरेका ती सिरियल किलरले सन् १९७० देखि २००५ भित्र महिलाको हत्या गरेको बताइएको छ। आइतबार विज्ञप्ति प्रकाशित गर्दै एफबीआईले सामुएलले गरेको हत्या कबुल विश्वसनीय रहेको बताएको छ। यसबीच ५० जनाको हत्या उनैले गरेको पुष्टि भइसकेको ...


कांग्रेस नेता मोहनबहादुर बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

काठमाडौं - राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको रकम भेटिएको छ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व सञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको हो। विभागले सो रकम झिक्न नमिल्ने बनाएर अनुसन्धान थालेको छ। बस्नेतले कर छलीको रकम सहकारीमा जम्मा गरेको विभागको आशंका छ। सहकारीमा जम्मा गरेको रकमको स्रोत नभेटिएको भन्दै विभागले अध्ययन थालेको हो। सहकारीमा बस्नेतको गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति देखिएको भन्दै विभागले बयानका लागि बस्नेतलाई बोलाउने तयारी गरेको छ। ...





ट्रेन्डिङ