नेकपाका दुई इन्जिनियरिङ संगठन बिच आज एकता हुँदै

2018-07-29

काठमाडौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट भ्रातृ सङ्गठन इन्जिनियरिङतर्फको एकता आज हुने भएको छ । नेकपाका २२ जनवर्गीय सङ्गठनमध्ये इन्जिनियरतर्फको एकता सबैभन्दा पहिला हुने भएको हो । तत्कालीन एमालेको पेसागत तथा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल र तत्कालीन माओवादी केन्द्रको नेपाल राष्ट्रिय इन्जिनियरिङ सङ्गठनलाई आज एकीकृत गर्न लागिएको हो ।

नयाँ सङ्गठनको नाम प्रगतिशील इन्जिनियरिङ एसोसियसन नेपाल बनाएको महासविच हरि पराजुलीले बताए। एकतापछि एसोसिएसन नेपालको अध्यक्षमा शम्भुबहादुर श्रेष्ठ र महासचिवमा पराजुली रहने सहमति भएको छ ।

एसोसिएसनमा २१ जना सचिवालय सदस्य र ९५ जना केन्द्रीय सदस्य रहनेछन् । आज दिउँसो २ बजे प्रधानमन्त्री एवं नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्गठन एकताको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ