Home / समाचार / विद्युत् महसुल घटाउन समिति गठन गरियो

विद्युत् महसुल घटाउन समिति गठन गरियो

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल पुनरावलोकन गर्न समिति गठन गरेको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विद्युत्को अधिकतम उपयोग बढाउने, घरायसी उपभोक्तालाई सहुलियत उपलब्ध गराउने तथा बढी विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त महसुलमा विद्युत् उपलब्ध गराउने उद्देश्यले अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिका सदस्य अंशु किरण शाहीको संयोजकत्वमा गठित समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका एक प्रतिनिधि, ऊर्जा, उपभोक्ता तथा वित्त क्षेत्रका तीन विज्ञ तथा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य सचिव रहनेछन् । समितिलाई १५ दिनभित्र नयाँ विद्युत् महसुलसम्बन्धी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *