
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेतामा बालेन्द्र शाह (बालेन)लाई मनोनीत गरेको छ ।
समितिको बैठकले असारको महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई नै सचिवालयमा राख्ने निर्णय गरेको छ। बालेन शाहकाे टिमबाट सदस्यमा नाम नआएको, अरु आकांक्षीको संख्या थपिएको अवस्थामा सभापति रवि लामिछानेले हाललाई सभापति, उपसभापतिहरू, महामन्त्री, सहमहामन्त्री रहेको टिमलाई सचिवालयको मान्यता दिने प्रस्ताव राखेका थिए । बैठकले उक्त प्रस्ताव पारित गरेको छ ।
चितवनमा सम्पन्न प्रथम महाधिवेशनले सभापतिमा रवि लामिछाने, उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य, तीन सहमहामन्त्रीमा असीम शाह, हरि ढकाल र निशा डाँगी गरी सात जना पदाधिकारी निर्वाचित गरेको थियो ।
रास्वपाले क्याबिनेट सदस्यहरूले हरेक महिना पार्टीमा आफ्ना कामबारे ब्रिफिङ गर्नुपर्ने निर्णय पनि गरेको छ । तर क्याबिनेट बैठकका कारण यो निर्णय हुने बेलामा अधिकांश मन्त्री र स्वयं प्नधानमन्त्री बालेन शाह बैठकमा सहभागी थिएनन् ।




