काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन, २०७४ र सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकमा सरोकारवालाहरूबाट राय, सुझाव तथा टिप्पणी माग गरेको छ।
मन्त्रालयको निर्णय बमोजिम दुवै ऐनलाई सामयिक संशोधन गरी थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले उक्त विधेयकहरू सार्वजनिक गर्दै छलफलका लागि खुला गरिएको हो।
सार्वजनिक गरिएका दुवै संशोधन विधेयकका सम्बन्धमा कुनै राय, सुझाव वा सुधारका टिप्पणीहरू भए तोकिएको ढाँचामा तयार गरी आगामी ७ दिनभित्र (अर्थात् मिति २०८३ साउन २५ गतेसम्म) पठाउन मन्त्रालयले अनुरोध गरेको छ।
इच्छुक व्यक्ति, विज्ञ तथा सरोकारवाला निकायले आफ्ना राय–सुझाव मन्त्रालयको कानुन शाखाको आधिकारिक इमेल ठेगानामा पठाउन सक्नेछन्।







