Home / समाचार / सिन्धुलीमा कार सुनकोशी नदीमा खस्यो, ३ बेपत्ता

सिन्धुलीमा कार सुनकोशी नदीमा खस्यो, ३ बेपत्ता

काठमाडौं – सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुनकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । फिक्कल गाउँपालिका-२ नवलपुरमा काठमाडौंबाट ओलखढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बा. प्र. ०८-००१ ख ०१४४ नम्बरको बसले खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट कार नदीमा बसेको हो । कारको नम्बर खुलेको छैन । बेपत्ता हुनेहरूमा नाम नखुलेका कार चालक, कारमा सवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र नाम नखुलेका एक जना हेल्पर छन् ।

दुर्घटना लगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीय घटनास्थलमा खटिए पनि बाढीका कारण उद्धार प्रभावित भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *