Home / समाचार / परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौँ – परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भट्टराईलाई नियन्त्रणमा लिएको हो । सीआईबीका अनुसार उनीविरुद्ध राहदानी ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

उनी शाखा अधिकृत हुँदा तिब्बती शरणार्थीहरूलाई गैरकानूनीरूपमा यात्रा अनुमति पत्र जारी गरेको आरोप छ ।

नेपालमा रहेका शरणार्थी विदेश भ्रमणमा जान गृह मन्त्रालयको सिफारिससहित निवेदन दिए यात्रा अनुमतिपत्र जारी गर्नसक्ने प्रावधान रहे पनि भट्टराईले भारतीय क्याम्पमा रहेका शरणार्थीलाई फर्जी कागजातका आधारमा अनुमतिपत्र जारी गरेको पाइएपछि उनीविरुद्ध मानव तस्करीलाई सघाएको आरोप लागेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *