काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ५० र ४५० केजीका ग्याँस सिलिण्डर बजारमा बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।
सोमबार बसेको संसदीय समितिको बैठकमा ग्याँस उद्योगहरुले गैरकानुनी रुपमा होटल लगायत औद्योगिक प्रयोजनका लागि ५० केजी र ४५० केजीका सिलिण्डरहरु बिक्री वितरण गर्दै आएकोमा लेखा समितिले त्यसलाई रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा समिति सदस्यहरुले गरेको विविध प्रश्नको जवाफ दिने क्रममा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले, उद्योगीहरुलाई सानो ग्यास सिलिण्डले समस्या आएको गुनासो आएकाले ठूलो ग्यास ...
घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर २ शेयरको अनुपातमा हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको हो।
कम्पनीले यसअघि नै विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्ने अनुमति पाइसकेको थियो।
कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रवर्द्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत शेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रयोजनार्थ हकप्रद निष्काशन गर्न ...
धनुषा । जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।
जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।
आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिनुभयो । उहाँले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताए ।
सञ्चालक रायले भने “हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियौं । मार्टभित्र आगो लागेको थाहा ...
यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेको छ। गत साता १९९०.५९ विन्दुमा बन्द भएको नेप्से, यस साता २.९२ प्रतिशत अर्थात ५८.१४ अंक घटेर १९३२.४५ विन्दुमा झरेको छ।
यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स २.६५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स २.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६९ प्रतिशत घटेको छ।
यस साता नेप्सेको दैनिक ...
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयरका लागि कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ...
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो। अब पेट्रोल प्रति लिटर रु १७० र डिजल तथा मट्टीतेलको बिक्री मूल्य प्रति लिटर रु १५३ कायम गरिएको छ।
नयाँ बिक्री मूल्य शनिबार राती १२ बजे देखि लागू हुने निगमले जनाएको छ।
...काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त क्षेत्रमा थप त्रास उत्पन्न हुने गरी अभिव्यक्ति दिएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको लेखापाल सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकिङ ब्याजदर अझै बढ्न सक्ने अभिव्यक्ति दिएका हुन् ।
गभर्नर अधिकारीले मुलुकमा अझै वित्तीय सन्तुलन कायम भइनसकेको जिकिर गर्दै उनले कर्जा माग बढ्दो क्रममा रहेको तथा निक्षेप घट्दो क्रममा रहेकाले ब्याजदर अझ बढ्न सक्ने बताएका हुन् । उनले त्यसका लागि तयार रहनुपर्ने पनि बताए ।
हाल बैंकिङ क्षेत्रमा व्याप्त तरलता अभावकाबीच लगानीका क्षेत्रहरु खुम्चिएका छन् भने बैंकहरुले ...
काठमाडौं - नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा बोर्डमा आवेदन दिएर बसेका २८ कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन रोकिएको छ। अध्यक्ष नहुँदा बोर्डले आईपीओ निष्कासन गर्न तयारी पूरा गरिसकेका कम्पनीलाई समेत स्वीकृति दिन सकेको छैन। आवेदन दिएका कम्पनीको आईपीओ निष्काशन प्रक्रिया अलमलमा परेसँगै नयाँ आवेदन दिन आउने कम्पनीको संख्या पनि न्यून छ।
सार्वजनिक (पब्लिक) कम्पनीले सर्वसाधारणबाट पुँजी संकलनका लागि आईपीओ निष्कासन गर्दछ। यस्तो सेयरको मूल्य साधारणतया १०० रूपैयाँ प्रतिकित्ता तय गरिएको हुन्छ। आईपीओ खुलेका समय सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्छन्।
यद्यपि, कुनै कम्पनीले प्रिमियम ...
काठमाडौं - नेपालको वैदेशिक व्यापारमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनाको तथ्यांकअनुसार नेपालको निर्यातको अवस्था सुदृढ भएको उल्लेख छ।
चालु आर्थिक वर्षको तीन महिनामा कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भई ६५ अर्ब ५ करोड पुगेको तथ्यांकमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले मात्र वृद्धि भएको थियो।
यो अवधिमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यातसमेत क्रमशः १४७.१ प्रतिशत, १९.४ प्रतिशत र २७.२ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, वस्तुगत आधारमा सोयाविन तेल, पाम ...
दिवाकर पोख्रेल
देउखुरी, अशौज १६ गते । अहिले दाङ सहित आसपासका बजारमा ब्यपारको प्रकृति हेरेर ग्राहक मैत्री योजना आउन थालेका छन् । चाडपर्व नजिकदै गर्दा ब्यपारीहरुले बजारमा बस्तु तथा सेवा खरिद गर्दा सुविधा दिन थालेपछि उपभोक्ताहरु स्थानीय बजार तर्फ आकर्षीत हुन थालेका छन् ।
बजारको विषयमा जानकारहरु बिक्री बढाउँदा नाफा आर्जन गर्न सकिने बताउँछन । बजारका जानकार तथा अर्थशास्त्र विषयका उप प्रध्यापक सुधिर कुमार अधिकारीले बस्तु मुल्य बढाउन माग बढाउन आवश्यक रहेको बताउनुभयो । बस्तुको बिक्री गराउन मानिसको भिडभाड बढाउनु पनि एउटा उपाय ...
काठमाडौं - नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको २ हप्ते रिपो जारी गर्ने भएको छ । बैकिङ प्रणालीमा तरलता कम भएपछि अस्थिर बनेको अन्तरबैंक ब्याजदरलाई नियन्त्रण गर्न राष्ट्र बैंकले रिपो जारी गर्ने भएको हो। आज (बिहीबार) जारी हुने रिपो असोज १४ मा परिपक्व हुनेछ।
बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या हुँदै गएकाले राष्ट्र बैंकले बोलकबोल माध्यमबाट २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेर बैंकिङ प्रणालीमा तरलता प्रवाह गर्न लगेको हो।१४ दिनको अवधि तोकिएको बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले भाग लिन पाउनेछन्।
मौद्रिक तरलता व्यवस्थापनको अल्पकालीन ...
काठमाडौं - सरकारले प्रतिस्थापन विधेयकमार्फत् चालु आर्थिक वर्षको बजेट १४ अर्ब ७४ करोडले घटाएको छ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै चालु आवका लाग १६ खर्ब ३२ अर्ब ८३ करोड बजेट पेस गरेका हुन्।
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गत जेठ १५ मा अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको थियो। सरकार परिवर्तनपछि उक्त बजेट प्रतिस्थापन गर्न सरकारले आज प्रतिस्थापन विधेयक संसद्मा प्रस्तुत गरेको हो।
...हेटौडा - बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।
कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयार पारेको जनाएको छ ।
प्रदेश सरकारले पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ...
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा पेस गरेको वार्षिक बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुट्याइएको छ ।
प्रतिशतका आधारमा चालुतर्फ ४३.६ प्रतिशत र पुँजीगततर्फ ४६.३ प्रतिशत बजेट छुट्याइएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटभन्दा करिब ७ अर्ब कम आकारको बजेट ल्याएको हो । अघिल्लो आर्थिक वर्ष प्रदेश १ सरकारले ...
जनकपुर - प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ । चालूखर्च तर्फ १५ अर्ब ६३ कराेड ३३ लाख ४७ हजार, पुँजीगत तर्फ १८ अर्ब ५ कराेड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोेड बजेट विनियोजन गरिएको छ ।
मंगलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सो बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा स्वास्थ्य क्षेत्र तर्फ कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले २० करोड बजेट छुट्याएको छ ...
बुटवल - लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले मंगलबार ४० अर्ब ९५ करोड १७ लाख बजेट सार्वजनिक गरको छन् ।
जसमा चालुतर्फ २४ अर्ब ९३ करोड ७३ रहेको छ भने पुँजीगत २१ अव १७ करोड रहेको छ । बजेटमा कोरोना महामारी तथा नियन्त्रणका लागि आवश्यक बजेट छुट्याइएको छ भने कृषि र रोजगारीलाई पनि प्राथमिकतामा राखिएको छ ।
बजेटमा लुम्बिनी प्रदेश सरकारले ‘कोभिड फर्स्ट’ नीति लिने भएको छ। मन्त्री चौधरीले कोरोना संक्रमितहरुको निःशुल्क उपचार ...
पोखरा - गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८÷०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६ लाख र वित्तिय व्यवस्थापन तर्फ २४ करोड बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले आगामी वर्षका लागि विनियोजन गरेको ३० अर्व ३ करोड ९४ लाखको बजेट मध्ये नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान ७ अर्व ...
काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा चलखेल गर्ने ५१ कम्पनीको नामावली सार्वजनिक गरेको छ ।
सेयर बजारमा चलखेल गरेर सेयर मूल्य बढाएको भन्दै बोर्डले बैंक, वित्तीय संस्थाहरूसँगै, लगानी, हाइड्रो पावर तथा विविध क्षेत्रका ५१ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ ।
यस्तो छ चलखेल भएका ५१ कम्पनीहरु
...
काठमाडौं- लुम्बिनी प्रदेश सभामा सरकारले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेश सरकारले गत मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरे।
आइतबार नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासामाथि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सदनमा सभामुखले नीति, कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए। प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस् भनि मुख्यमन्त्रीले प्रस्ताव पेश गरेका थिए।
सो प्रस्ताव बहुमतले पारित भएको सभामुखले घोषणा गरेका हुन्। विपक्षी दलहरु नीति तथा कार्यक्रम असफल बनाउने ...
काठमाडाैं - कामचलाउ सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन्।
बजेटमा चालु खर्चका लागि ६ खर्ब ७८ अर्ब, पुँजीगत (विकास) खर्चका लागि ३ खर्ब ४७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
सरकारले बजेट स्रोतको रुपमा आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्वबाट उठाउने लक्ष्य राखेको छ। यस्तै, ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेको छ। तीन खर्ब नाै अर्ब रुपैयाँ वैदेशिक ऋण र दुई खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ...
काठमाडौँ - सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक आय/व्यय विवरण सार्वजनिक गर्दैछ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जानकारी दिएका हुन्।
उनले अनुमानित १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्दैछन्।
...काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षका लागि रेलमार्गमा १० अर्ब ३ करोड रकम बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै काठमाडौं उपत्यकामा मेट्रो रेलदेखि काठमाडौं रक्सौल र केरूङ-पोखरा रेलमार्गका लागि सम्भाव्यता अध्ययन र जोगबनी-विराटनगरमा रेल चलाउने, जनकपुर जयनगरमा रेल चलाउने लगायतका योजना बनाएको छ।
बर्दिवासदेखि निजगढसम्म वित्तीय व्यवस्था गरी निर्माणलाई अगाडि बढाइनेछ।
रक्सौल-काठमाडौं र केरुङ-काठमाडौं रेलको अर्को वर्ष सम्भाव्यता अध्ययन सम्पन्न गरिने मन्त्री पौडेलले बताए। यी कामका लागि १० अर्ब बढि बजेट विनियोजन गरिएको हो।
...काठमाडौँ - सरकारले कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसियू, भेन्टिलेटर, एचडियू बेड र परीक्षण किट खरिदका लागि ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना उपचारका लागि चाहिने पूर्वाधारका लागि आवश्यक बजेको प्रबन्ध गरिएको जनाएको छ।
यस्तै सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिइने भनिएको छ।
साथै कोभिड-१९ महामारी अवधिभर उद्योगहरूलाई अक्सिजन उत्पादन गर्न लाग्ने बिजुली महसुलमा ५० प्रतिशत छुट दिइने पनि जनाइएको छ।
सरकारले कोभिडविरूद्धको औषधि आयात गर्दा लाग्ने भन्सार महशुलमा ...
काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताएका हुन् ।
स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दीगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको पौडेलको भनाइ छ ।
सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गर्ने पनि पौडेलले बताए ।
...काठमाडाैं - सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
यस्तै त्रिभुवन विमानस्थलको स्तरोन्नति गर्न ६ अर्ब, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए। आन्तरिक विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि १ अर्ब ३३ करोड विनियोजन गरिएको छ।
...काठमाडाैं - सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाखको दुर्घटनका बिमाको कार्यक्रम ल्याएको छ।
त्यस्तै सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा पत्रकारले सरकारी अस्पतालमा नि:शुल्क उपचार पाउने व्यवस्था हुने सरकारले घोषणा गरेका छ।
बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पाैडेलले यस्तो घोषणा गरेका हुन् ।
...काठमाडाैं - सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य संशोधन गर्दै चार प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
सरकारले चालु आवको बजेटमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो। तर, केन्द्रीय तथ्यांक विभागले ४.०१ प्रतिशतले वृद्धि हुने संशोधित अनुमान गरेको थियो।
'२०७७/७८ को सुरुदेखि पहिलो चौमासिकसम्म कोभिड संक्रमण दर बढ्दै गएकोमा मंसिरदेखि चैतसम्म क्रमशः नियन्त्रणतर्फ गएको थियो। यद्यपि, पछिल्लो समयमा भारतमा तीव्ररुपमा बढेको कोरोना संक्रमणको प्रत्यक्ष प्रभाव परी नेपालमा पनि २०७८ वैशाखदेखि ...
काठमाडौं - मुलुकको चालु खाता एक खर्ब एक अर्ब ९० करोडले घाटामा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६ अर्बले घाटामा रहेको थियो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको जनाएको छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु सात अर्ब ८३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले कमी आई ...
काठमाडौँ - चालु आर्थिक वर्षको सात महिनामा देशमा ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिको प्रतिवेदनले रेमिट्यान्स आप्रवाह १०.९ प्रतिशतले वृद्धि भएको देखाएको हो । जबकी गत वर्ष यस अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र ...
काठमाडौं - चालु आर्थिक वर्षको सातौँ महिना (माघ)मा आइपुग्दा मूल्यवृद्धि तीन प्रतिशतभन्दा कममा झरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार माघमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि २.७० प्रतिशत रहेको छ।
अघिल्लो वर्षको माघमा मूल्यृद्धि ६.८७ प्रतिशत थियो। माघ महिनामा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ३.०२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.४४ प्रतिशत छ।
राष्ट्र बैंकका अनुसार २०७६ माघको तुलनामा २०७७ माघमा फलफूल, घिउ तथा तेल, दाल तथा गेडागुडी र सुर्तीजन्य वस्तुहरु उपसमूहको मूल्यवृद्धि क्रमशः १८.८४ प्रतिशत, १८.१४ प्रतिशत, १०.४१ प्रतिशत र १०.४१ प्रतिशत रहेको छ।
माघ महिनामा काठमाडौं ...
कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रुपैयाँ बराबरको ब्याज छुट दिएका छन् । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई टाट पल्टिनबाट बचाउन दिएको निर्देशनअनुसार यस्तो छुट दिएका हुन् ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार कोरोना महामारीमा बैंकहरुले छुट दिएका कारण यो वर्ष बैंकहरुको आम्दानी केही घट्न पुग्यो । दुई प्रतिशत ब्याज छुट अन्तरगत वाणिज्य बैंकहरुले नौ अर्ब ६७ करोड, विकास बैंकहरुले ९६ करोड ५० लाख, वित्तीय कम्पनीले १४ करोड ६७ लाख र लघुवित्तले एक अर्ब ४७ करोड रुपैयाँ छुट दिएका छन् ।
वाणिज्य बैंकका एक ...
दिवाकर पोख्रेल
देउखुरी, फागुन । दाङको लमही नगरपालिकाको बजेट खर्च र राजश्व असुलीको अवस्था कमजोर देखिएको छ । हाल सम्म लमही नगरपालिकाले कुल बजेटको १७ प्रतिसत बजेट खर्च हुंदा पुँजीगत खर्च मात्रै ११ प्रतिसत रहेको छ । यस्तै राजश्व संकलनको हिसावले ११ करोड ६२ लाख संकलन गर्ने लक्ष्य राखेको नगरपालिकाले अहिले सम्म दुइ करोड ७० लाख मात्रै राजश्व संकलन गरी लक्ष्यको २३ प्रतिसत मात्रै पूरा गरेको छ ।
नगरपालिकाको मुख्य आम्दानीको श्रोत नदीजन्य पदार्थ हो । जुन अहिले नदीजन्य पदार्थ विक्री गर्न नपाउँदा राजश्व ...
काठमाडौँ - पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक परिसूचक देखापर्दै गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ । पछिल्लो एक सातामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी २७ अर्ब रुपियाँ पुगेको छ ।
नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार फागुन ७ देखि १४ सम्मको अवधिमा २७ वाणिज्य बैङ्कले २७ अर्ब रुपियाँ कर्जा लगानी गरेका हुन् । कोरोना महामारीका बेला लगाइएको बन्दाबन्दी हटाइएयता अर्थतन्त्रले सकारात्मक सूचक देखाउन थालेको हा ।
निर्यातमा बढोत्तरी, महँगीमा कमी र विपे्रषणमा वृद्धिलगायतले अर्थतन्त्र सुधारको दिशामा जान थालेपछि बैङ्कहरूको व्यवसाय विस्तार पुरानै अवस्थामा आएको ...
काठमाडौं - नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओली र विश्व बैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौताअनुसार नेपालले सो रकम प्राप्त गर्नेछ ।
सो सम्झौताअनुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ । यसरी वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ ।
साथै समुदायमा आधारित वन व्यवस्थापन सुधार, ...
काठमाडौं- चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिना अवधिमा मुलुकले ७ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागको तथ्यांकअनुसार माघ मसान्तसम्ममा नेपालले ८ खर्ब ७३ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा सवा ७ खर्बभन्दा बढी घाटा व्यहोरेको देखिएको हो।
विभागको तथ्यांकअनुसार माघ मसान्तसम्ममा ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६९ अर्ब ९१ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ०.०१ प्रतिशतले बढेको छ ...
काठमाडौँ - नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार आज बसेको निगम सञ्चालक समिति बैठकले भारतबाट बढेर आएको मूल्यअनुसार समायोजनको निर्णय गरेको हो। बढेको मूल्य राति १२ बजेदेखि लागू हुनेछ।
प्रवक्ता उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढेको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११२, डिजेल तथा मट्टितेलको ९५ रूपैयाँ पर्नेछ।
त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रूपैयाँले बढेको उनले जानकारी दिए।
अब खाना पकाउने ग्यासको प्रतिसिलिन्डर मूल्य १ हजार ४ ...
काठमाडौं - आउँदो वैशाखमा गर्ने भनिएको निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ।
बजेटको अर्धवार्षिक समीक्षाको क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगको मागअनुसार रकम उपलब्ध गराएको बताएका हुन्।
सरकारले चालू आर्थिक वर्षको सुरुवाती विनियोजनभन्दा १ खर्ब ३० अर्ब रूपैयाँले बजेटको आकार घटाउँदै बजेटको अर्धवार्षिक समीक्षा गरेको छ।
चालू वर्षको सुरुमा १४ खर्ब ७४ अर्ब रूपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखिएकोमा त्यसलाई १३ खर्ब ५५ अर्ब रूपैयाँमा झारिएको छ।
सरकारले सुरूवाती लक्ष्यको तुलनामा ९१ प्रतिशत चालू खर्च, ८० प्रतिशत पूँजीगत खर्च र ८५ प्रतिशत वित्तीय ...
काठमाडौं - सरकारले चालु आर्थिक वर्षको सुरुवाती विनियोजनभन्दा १ खर्ब ३० अर्ब रूपैयाँले बजेटको आकार घटाउँदै बजेटको अर्धवार्षिक समीक्षा गरेको छ।
चालू वर्षको सुरुमा १४ खर्ब ७४ अर्ब रूपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखिएकोमा त्यसलाई १३ खर्ब ५५ अर्ब रूपैयाँमा झारिएको छ।
सरकारले सुरूवाती लक्ष्यको तुलनामा ९१ प्रतिशत चालू खर्च, ८० प्रतिशत पूँजीगत खर्च र ८५ प्रतिशत वित्तीय व्यवस्थातर्फ खर्च हुने अनुमान गरेको छ।
...काठमाडौं - चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर बिक्री तथा निष्काशनको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले शुक्रबार विहान आईपीओ बाँडफाँट गरेको हो ।
आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यसबमा पनि भाग्यमानी २ जनाले भने ११÷११ कित्ता सेयर हात पारेको क्यापिटलले जनाएको छ । १० कित्ताका दरले बाँडफाँट गरेपछि उभ्रिएको २ कित्ता गोलाप्रथाबाट २ जनालाई दिइएको हो ।
कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले ...
काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ। बैंकले सर्वसाधारण समूहतर्फको ८ करोड कित्ता आइपिओ छिटोमा माघ ६ गतेसम्म निष्काशन गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभए दोस्रो चरणमा माघ १६ गतेसम्म निष्काशन गर्ने तयारी गरेको छ।
बैंकले ८ करोड कित्तामध्ये कर्मचारीका लागि एक लाख ६० हजार कित्ता सुरक्षित गरेको छ। त्यस्तै म्युचुअल फण्डहरुलाई ५ प्रतिशत अर्थात् ४० लाख कित्ता बिक्री गरिसकेको छ। कर्मचारी र म्युचुअल फण्डलाई बिक्री गरेर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने ...
काठमाडौं - भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो ।
राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी गराएका छन् ।
...काठमाडौं - अर्को बैंकको एटिमएमबाट पैसा झिक्दा पैसा लाग्ने भएको छ। राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वेदशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा मासिक दुईवटा कारोबारसम्म निःशुल्क गर्न सकिनेगरी व्यवस्था गरेको छ। दुईवटा भन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रतिकारोबार बढिमा २० रुपैयाँसम्म शुल्क लिन सक्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले माघ एक गतेदेखि लागि हुने गरि यस्तो व्यवस्था गरेको हो। यस अगाडि एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वेदशभित्रै अर्को बैंक ...
काठमाडौं - चन्द्रागिरि हिल्सले आज शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारण समूहका लागि छुट्याएको १५ लाख ३४ हजार कित्तामध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको १३ लाख ९६ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको हो।
कम्पनीले कर्मचारीका लागि ६१ हजार ३६४ कित्ता र सामूहिक लगानी कोष म्युचुअल फण्डका लागि ७६ हजार ७०५ कित्ता सुरक्षित गरेको छ। कम्पनीको प्राथमिक सेयरमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।
कम्पनीले छिटोमा पुस २८ गतेसम्म र पहिलो चरणमा ...
काठमाडौं - नेपाल राष्ट्र बैंकले लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा अंकित एक र दुई रुपैयाँको सिक्का छाप्नका लागि बल्ल बोलकबोलका लागि आवश्यक प्रकृया अगाडि बढाएको छ। गत भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले एक र दुई रुपैयाँको सिक्का टकमरी गरी चलन चल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको थियो।
प्रचलनमा ल्याइने सिक्काको मेटेरियल अहिले चलन चल्तिमा भएका सिक्काकै जस्तो हुनेछ। यस सिक्कामा लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा थप हुनेछ। एक रुपैयाँको सिक्का ३० करोड वटा र दुई रुपैयाँको दरका १० करोड वटा छाप्ने तयारी भएको नेपाल राष्ट्र ...
काठमाडौं - आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०७६/०७७ मा धेरै कर तिर्ने करदतालाई सम्मान गरेको छ। विभागले विभिन्न क्षेत्रमा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको हो। मंसिर १ गते कर दिवस मनाएर करदातालाई सम्मान गर्ने प्रचलन रहेकोमा यसपटक तिहारको बिदा परेकाले आइतबार सम्मान गरिएको हो।
विभागका अनुसार व्यक्तिगत आयकरतर्फ विजयबहादुर शाह सम्मानित भएका छन्। लामो समयसम्म सिद्धार्थ राणाले यो सम्मान पाउँदै आएकोमा यसपटक शाले राणालाई उछिनेका हुन्। जाउलाखेल, हिमालयनलगायतका डिस्टिलरीका सञ्चालक उनी गत आर्थिक वर्षमा सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्नेमा पहिलो नम्बरमा परेका हुन्।
विभागका अनुसार ...
काठमाडौं - चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउनदेखि कात्तिकसम्म)को अवधिमा कूल वस्तु आयात १० प्रतिशतले घटेको छ। यो अवधिमा १० प्रतिशतले नै वस्तु निर्यात बढेको भन्सार विभागले जनाएको छ।
विभागको तथ्यांकअनुसार आर्थिक वर्षको पहिलो ४ महिना अवधिमा ४ खर्ब २ अर्ब रूपैयाँको वस्तु आयात भएको छ। जुन गत वर्षको यही अवधिमा ४ खर्ब ५० अर्ब रूपैयाँ बराबरको थियो।
त्यसैगरी यो अवधिमा ४० अर्ब २० करोड रूपैयाँको वस्तु नेपालबाट बाहिर निर्यात भएको छ। गत आर्थिक वर्षको यही अवधिमा कूल ३६ अर्ब २७ करोड रूपैयाँ बराबरको वस्तु निर्यात ...
काठमाडौं - गत आर्थिक वर्ष २०७६/०७७ मा कूल सरकारी खर्चको १.०४ प्रतिशत बेरुजु देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले गरेको आन्तरिक लेखापरीक्षणअनुसार गत वर्ष १० खर्ब ९३ अर्ब रूपैयाँमध्ये ११ अर्ब ३९ करोड रूपैयाँ बेरुजु देखिएको हो।
कार्यालयका अनुसार सबैभन्दा धेरै स्थानीय तहमा बेरुजु देखिएको छ। स्थानीय तहमा ४ अर्ब २२ करोड रूपैयाँ बेरुजु रहेको पाइएको हो। यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १ अर्ब ८४ करोड रूपैयाँ, स्वास्थ्य मन्त्रालयमा ५२ करोड २ लाख, रक्षा मन्त्रालयमा ९८ करोड ९० लाख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा ६० करोड रूपैयाँ ...
काठमाडौं- कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बैंकहरु कात्तिक ७ गतेदेखि ११ गतेसम्म बन्द हुने भएका छन्। दसैँ बिदामा बैंकहरु खुला रहँदै आएकोमा यस वर्ष भने बन्द हुने बैंकर्स संघले जानकारी दिएको छ। विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा ३७ सयभन्दा धेरै बैंकका कर्मचारीमा संक्रमण देखिएको संघले जनाएको छ।
कोरोना भाइरसको संक्रमणबाट बच्न धेरैभन्दा धेरै कममात्रै बैंकिङ कारोबारका लागि शाखा कार्यालयमा जान संघले सुझाएको छ। बैंकमा नोटबाट पनि संक्रमणको जोखिम उच्च हुने भएकाले डिजिटल कारोबारका लागि बैंकहरुले अनुरोध गर्दै आएका छन्। संघले सम्पूर्ण ग्राहकहरुलाई घरबाटै कारोबार ...
काठमाडौं - सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ। दुबै बैंकले शनिवार मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने गरी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।
तिनाउ मिसन डेभलपमेण्ट बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसनका तर्फबाट ...
इलाम - नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखनिय सुधार आएको छ । सरकारले प्रवर्द्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैं चियाको तथ्यांक ऋणात्मक हुने गर्थ्यो । तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्यांक छ ।
गएको आर्थिक वर्ष २०७६/७७ को (साउन–भदौ) मा रु ६४ करोड २३ लाख एक हजार बराबरको चिया निकासी भएकामा यस आव (साउन–भदौ) मा रु एक अर्ब ५८ करोड ६६ लाख ५७ हजार मूल्य बराबरको चिया निकासी भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ...
दिवाकर पोख्रेल
देउखुरी, असोज । दाङको लमही नगरपालिका वडा नम्बर ४ मिना चौधरीले व्यवसायिक रुपमा खेति गर्दै आउनु भएको छ । उहाँले उत्पादन गरेको तरकारी छिटुवामा राखेर बजारमा डुलाएर बिक्री गर्दै आउनु भएको छ । महिला उद्यममा सहयोग पु¥याइरहेको महिला सामुदायिक लघुबित्त बित्तिय संस्थाले साइकल र क्यारेड वितरण गरेपछि मिना जस्तै व्यवसायिक तरकारी खेति गर्ने उद्यमी महिलाहरु खुसी भएका छन् । मिनाले भन्नुभयो, छिुटवामा हिड्दै घरघरै तरकारी डुलाएर बिक्री गर्न अप्ठेरो भएको थियो, अब साइकल पाएपछि धेरै तरकारी पनि ल्याउन सकिने भयो, धेरै सजिलो हुन्छ ...
काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारण तर्फको ३० लाख कित्ता प्राथमिक शेयर असोज १४ गतेसम्म जारी गर्नेछ।
सर्वसाधारण तर्फको ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात् एक लाख २० हजार कित्ता कर्मचारीका लागि छुट्टयाइएको छ। त्यस्तै ५ प्रतिशत अर्थात् एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ। कर्मचारी र सामूहिक लगानी कोषलाई दिएर बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारण नागरिकका लागि जारी गरिएको छ।
प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटल रहेको ...
काठमाडौं - सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो २ महिना (साउन र भदौ) मा ७० अर्ब ८७ करोड ८९ लाख रुपैयाँ बजेट खर्च गरेको छ भने १ खर्ब १६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म चालु आर्थिक वर्षका लागि कुल विनियोजित बजेटको ४ दशमलव ८१ प्रतिशत बजेट खर्च भएको देखिएको हो। यो अवधिसम्ममा सरकारको बजेट खर्चको स्थिति चालुगततर्फ कुल विनियोजित रकमको ६ दशमलव ८२ प्रतिशत अर्थात् ६४ अर्ब ६९ करोड २५ लाख, पुँजीगततर्फ कुल ...
काठमाडौं - चालु आर्थिक वर्षको पहिलो २ महिना (साउन र भदौ)मा १ खर्ब ९९ अर्ब रूपैयाँको वैदेशिक व्यापार भएको छ। भन्सार विभागले तयार गरेको तथ्यांकअनुसार भदौ मसान्तसम्ममा १ खर्ब ७८ अर्ब ८४ करोड रूपैयाँको वस्तु आयात भएको छ भने २० अर्ब ४४ करोड रूपैयाँको निर्यात भएको छ। यो अवधिमा १ खर्ब ५८ अर्ब रूपैयाँ व्यापार घाटा भएको छ। गत आर्थिक वर्षको यही अवधिमा २ खर्ब ११ अर्ब रूपैयाँ व्यापार घाटा भएको थियो।
विभागका अनुसार गत वर्षको यही अवधिमा २ खर्ब ४८ अर्ब रूपैयाँको वैदेशिक व्यापार भएको ...
काठमाडौं - डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटेको छ। नेपाल आयल निगमले बुधबार राती १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको हो।
नयाँ मूल्यअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रूपैयाँ तोकिएको छ।
पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत् नै रहेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। मूल्य समायोजन भएपछि पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको विरगंज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९ रूपैयाँ र डिजेलमा प्रतिलिटर ३७ रूपैयाँले नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ।
...काठमाडौं - व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या २० लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा २० लाख १० हजार १३४ जनाले व्यक्तिगत प्यान लिएका छन्।
चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा ३६ हजार ६८२ जनाले प्यान लिएका थिए। सरकारले गत आर्थिक वर्षबाट भुक्तानीमा अनिवार्यरूपमा प्यान नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था गरेसँगै प्यान लिनेको संख्या बढेको हो।
व्यवसायिकतर्फ १३ लाख ७४ हजार ३५४ प्यान जारी भएको छ। यो साउनमा १५ हजार ५ सय २२ वटा नयाँ प्यान जारी भएको थियो।
गत वर्षको ...
काठमाडौं - वाणिज्य बैंकहरुले भदौ तेस्रो सातामा निक्षेप संकलन ६ अर्ब रुपैयाँले बढाएका छन्। त्यस्तै एक सातामै ५ अर्बले कर्जा विस्तार गरेका छन्।
कोभिड १९ को संक्रमण बढ्दै जाँदा नेपाल सरकारले लकडाउन तथा निषेधाज्ञा जारी गर्ने क्रममा बैंकहरुको निक्षेप तथा कर्जा विस्तार रोकिएको थियो। तर भदौ महिनामा कर्जा विस्तार तथा निक्षेप संकलन पुरानै लयमा फर्किएको छ।
भदौ तेस्रो सातासम्ममा बैंकहरुले ३४ खर्ब ९१ अर्ब रुपैयाँको निक्षेप संकलन गरेका छन्। भदौ एक महिनामा मात्रै बैंकहरुले १२ अर्ब रुपैयाँले निक्षेप बढाएका छन्।
त्यस्तै भदौ तेस्रो सातामा बैंकहरुले ५ अर्ब रुपैयाँले ...
काठमाडौं - बैंकहरुमा भीडभाड बढेपछि बाणिज्य बैंकहरुले थप शाखा सञ्चालनमा ल्याउने भएका छन्। यसअघि उनीहरुले उपत्यकाभित्र दुई/तीन वटा मात्रै शाखा सञ्चालन गर्दै आएका थिए।
थोरै शाखा सञ्चालन गर्दा धेरै भीडभाड भएपछि चाहिए जति शाखा सञ्चालन गर्न सक्ने सहमति भएको नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए। उनले भने, 'नेपाल राष्ट्र बैकसँगको छलफलपछि बैकहरुले उपत्यकाभित्र ७/८ वटासम्म शाखा सञ्चालन गर्न सक्ने छन्।'
बैकहरुले ग्राहकको दबाब हुने स्थानलाई मध्यनजर गर्दै शाखा सञ्चालन गर्न सक्ने भएका हुन्। कर्मचारीले सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रवाह गर्न सक्ने छन्।
उपत्यका भित्रका तीन वटै ...
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो ।
योसंगै पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।
तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
यसअघि साउन ३२ मा डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक-एक रुपैयाँ मूल्य वृद्धि गरिएको थियो ।
काठमाडौं - नेपाल राष्ट्र बैंकले डेविट कार्डको माध्यमबाट एक महिनामा ४ लाख रुपैयाँमात्रै निकाल्न मिल्ने व्यवस्था गरेको छ। विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा तोक्ने क्रममा राष्ट्र बैंकले डेविट कार्डमार्फत एक पटकमा २५ हजार रुपैयाँ, एक दिनमा एक लाख रुपैयाँ र मासिक ४ लाख रुपैयाँसम्म निकाल्न मिल्ने व्यवस्था गरेको हो।
सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइदैन। तर ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म रकम झिक्न पाउने राष्ट्र बैंकले जनाएको छ।
ग्राहकले वस्तु तथा सेवा खरिद गर्ने क्रममा बिलबमोजिमको रकम कार्डमार्फत् सम्बन्धित व्यावसायिक फर्मको ...
काठमाडौं - नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको अवधिमा बैंकमार्फत् हुने विद्युतीय भुक्तानी बढेको छ। बैंकिङ कारोबारका लागि बैंकका कार्यालयमै पुग्नु पर्ने वाध्यता कम गर्न विद्युतीय भुक्तानीमा प्रोत्साहन गर्दा एटीएम, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ बढेको हो।
नेपाल सरकारले पहिलो चरणमा चैत ११ गतेदेखि असार २ गतेसम्म लकडाउन गरेको थियो। असार मसान्तसम्ममा बैंकहरुले एटीएममार्फत् ५४ अर्ब ७६ करोड रुपैयाँको भुक्तानी गरेका छन्। चैतको तुलनामा असारमा दोब्बरले भुक्तानी बढेको हो। एटीएममार्फत् ६३ लाख २ हजार वटा कारोबार भएका छन्।
कनेक्ट आइपीएसमार्फत् लकडाउनकै अवधिमा दोब्बरले भुक्तानी ...
काठमाडौं - रेमिट्यान्स सेवा निषेधाज्ञाको समयमा पनि सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैङ्कले सबै रेमिट्यान्स कम्पनीलाई परिपत्र गर्दै स्थानीय प्रशासनको निषेधाज्ञालाई परिपालना हुनेगरी कारोबार सूचारु राख्न निर्देशन दिएसँगै त्यस्ता कम्पनीहरुले समेत आफ्नो कारोबार बन्द गर्न नपाउने भएका हुन् ।
शुक्रबार राष्ट्र बैङ्क विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले त्यस्तो परिपत्र जारी गरेका हुन् । परिपत्रमा विदेशमा कार्यरत नेपाली नागरिकले नेपाल पठाएको विप्रेषण उनीहरुका आफन्तलाई भुक्तानी गर्न नसक्दा विप्रेषणबाट घरव्यवहार चलाउनुपर्ने नागरिकलाई अप्ठ्यारो पर्नसक्ने देखिएकोले निषेधाज्ञा आदेश अवधिभर विष्रेषणसम्बन्धी सेवा उपलब्ध गराउन भनिएको छ ...
काठमाडौं - आजदेखि बैंक खुलेका छन्। बिहीबार नेपाल प्रहरीले बैंकका कर्मचारीलाई कार्यालय जाने क्रममा अवरोध गरेपछि कार्यालय नखोल्ने निर्णय गरेको नेपाल बैंकर्स संघले शुक्रबारदेखि पुनः बैंकहरु सञ्चालनमा आउने निर्णय गरेको छ।
गृह मन्त्रालयले बैंकका कर्मचारीलाई बैंकको परिचय पत्रकै आधारमा कार्यालय आउन जान दिनू भन्ने परिपत्र गरेपछि शुक्रबार बैंकहरुले शाखा कार्यालयहरु खोलेका हुन् ।
संघले बिहीबार बाध्य भएर बैंकहरु खोल्न नसकेको भन्दै क्षमा माग गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन तथा जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते राती १२ बजेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाअनुसार बैंकिङ सुविधालाई ...
काठमाडौं - उपत्यकाभित्र स्थानीय प्रशासनले निशेधाज्ञा जारी भएको भन्दै कार्यालय हिँडेका बैंकका कर्मचारी समाएर राखेपछि सम्पूर्ण बैंकहरु बन्द भएका छन्। प्रहरीको हस्तक्षेपपछि आज बैंकहरु बन्द गर्ने निर्णय भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए।
सरकारको अर्को कुनै निर्णय नआएसम्म बैंकहरु सञ्चालन नगरिने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए। कार्यालय हिँडेका कर्मचारीलाई कार्यालय जान पनि नदिने तथा घर फर्कन पनि नदिने गरी समाएर राखेपछि काम गर्ने वातावरण नभएको उनले बताए।
उपत्यकाभित्र बुधबार राति १२ बजेदेखि ७ दिनको लागि निशेधाज्ञा जारी गरिएको छ। कोरोना भाइरसको ...
काठमाडौं - गत आर्थिक वर्षमा सुन आयात ६० प्रतिशतले घटेको छ। अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा सुनको आयातमा भारी गिरावट आएको हो।
अर्थका अनुसार गत वर्ष १३ अर्ब ६४ करोड रूपैयाँको सुन आयात भएको छ। अघिल्लो वर्ष ३४ अर्ब ६४ करोड रूपैयाँ बराबरको आयात भएको थियो।
सुनसँगै चाँदीको आयातमा पनि भारी गिरावट आएको छ। गत वर्ष ९ अर्ब ४९ करोड रूपैयाँ बराबरको चाँदी आएको थियो। त्यसअघि आर्थिक वर्ष २०७५/०७६ मा १६ अर्ब ९ करोड रूपैयाँको चाँदी आयात भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ।
डिजेल, पेट्रोल ...
काठमाडौं - बुधबार प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य फेरि बिहीबार प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको छ।
बिहीबारका लागि सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ तय भएको छ।
यसअघि बुधबार मंगलबारको तुलनामा ६ हजार २ रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ थियो भने सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ र आइतबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार ...
काठमाडौं - सुनको मूल्य लगातार घटिरहेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ६५ सय रुपैयाँले घटेको छ। आइतबारबाट घटन थालेको सुन लगातार चौथो दिन पनि घटेको हो।
आइतबार ९ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार २ सय, मंगलबार ८ सय र बुधबार ६५ सय रुपैयाँले घटेको हो।
बुधबारका लागि सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ थियाे। यसअघि सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ थियो भने आइतबार १ लाख २ हजार ...
काठमाडौं - बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीहरूलाई घरबाटै काम लगाउन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले कोभिड १९ को जोखिम बढ्दै गएको भन्दै बैंकका कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि 'वर्क फ्रम होम'को व्यवस्था मिलाई कार्य सम्पादन गराउन निर्देशन दिएको छ।
नेपाल सरकराले देशका विभिन्न स्थानहरूमा लागू गरेको बन्दाबन्दी/निषेधाज्ञाले सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोरबिजोर प्रणालीलगायतका विशेष परिस्थिमा बैंक तथा वित्तीय संस्थाहरूबाट सम्पादन गरिने कार्यलाई निरन्तरता दिनको लागि स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरू कायमै रहने गरी बैंकिङ सेवा सुचारु गर्न राष्ट्र बैंकले अनुरोध गरेको हो।
बैंकहरूले नेपाल सरकारबाट ...
काठमाडौं - आन्तरिक राजस्व विभागले करदाताको खाता अर्थात् खरिद तथा बिक्री खाता प्रमाणित गर्ने म्याद थप गरी पुस मसान्तसम्म पुर्याएको छ।
मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरूले मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा १६ (३) बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनुपर्ने कानूनी प्रावधान रहेको छ। जसअनुसार मासिक कर विवरण पेश गर्ने करदाताले साउन महिनाभित्र तथा चौमासिक कर विवरण पेश गर्ने करदाताले कार्तिक महिनाभित्र खाता प्रमाणित गराइसक्नुपर्छ।
विभागले हरेक वर्ष राजस्व कार्यालयलाई यहि प्रावधानअनुसार परिपत्र गर्ने गरेको थियो। तर हाल विश्वव्यापीरुपमा फैलिएको ...
काठमाडौं - सुनको मूल्य तोलाको १ लाख रूपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको भाउ तोलामा १ लाख १ हजार ४ सय रूपैयाँ तोकिएको छ।
बुधबार एकैदिन सुनको भाउ तोलामा १६ सय रूपैयाँ बढेको छ।
चाँदीको मूल्य पनि तोलामा ६५ रूपैयाँले बढेको छ। चाँदीको प्रतितोला मूल्य १२९५ रूपैयाँ तोकिएको छ ।
काठमाडौँ - नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने छ ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै नेपालमा पनि सोहीअनुसार भाउ बढाएको जनाएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
...काठमाडौं - अर्थ मन्त्रालयले कार्यक्रम संशोधन र रकमान्तरको अधिकार सम्पूर्ण मन्त्रालयलाई दिने तयारी गरेको छ। विनियोजित कूल बजेटमा फरक नपर्ने गरी २५ प्रतिशतसम्म रकमान्तर र कार्यक्रम संशोधनको अधिकार सम्पूर्ण मन्त्रालयलाई दिने तयारी भएको हो।
रकमान्तर र कार्यक्रम संशोधनका लागि अर्थ मन्त्रालयमा सधैं फाइलको चाङ लाग्ने र त्यसमै लामो समय खर्च हुने भएकाले आफ्नो उपशीर्षक (बजेट सब-हेडिङ)भित्रबाट एक चौथाई रकमसम्म रकमान्तर गर्न सक्ने व्यवस्था गर्न लागिएको छ। ‘वार्षिक बजेटमा असर नगर्ने गरी आफ्नो उपशीर्षकभित्र सम्बन्धित मन्त्रालयको सचिवले नै रकमान्तर गर्न सक्ने व्यवस्था गर्न लागिएको हो,’ अर्थ मन्त्रालयको ...
काठमाडाैं - सुनको मूल्य प्रतितोला ३ सयले बढेर ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। मंगलबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ३ सयले बढेर ९८ हजार ५ सय रुपैयाँ पुगेको हाे।
यसैगरी चाँदीको मूल्य भने बुधबार घटेको छ। मंगलबार प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला २० रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा झरेको छ।
...काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनीले नबिकेकाे ८७ हजार ४१२ कित्ता हकप्रद शेयर बोलकबोल लिलामबाट बिक्री गर्ने भएको छ।
कम्पनीले असार १४ देखि साउन ४ गतेसम्म चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद शेयर निस्काशन गरेको थियो। उक्त नबिकेको हकप्रद शेयर सर्वसाधारण तर्फको हो।
उक्त हकप्रद शेयरमा ९७ प्रतिशतभन्दा बढीकाे आवेदन परेको थियो। आवेदन नपरेको उक्त शेयर साउन २१ गतेदेखि २८ गतेसम्मका लागि बोलपत्र आह्वान गरेको छ। लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम माग गरिए बराबरकै लागि आवेदन दिन सक्ने छन्।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाट तथा नेपाल इन्भेष्टमेन्ट बैंकका ...
काठमाडौं - कोभिड-१९ ले कर्जा विस्तार ठप्प हुँदा बैंकहरुमा तरलता थुप्रिरहेको छ। तरलता थुप्रिदा बैंकहरुले ब्याजदर घटेको सूचना सार्वजनिक गरिरहेका छन्। अधिकांश बैंकहरुको आधार ब्याजदर एकल अंकमा झरिसकेको छ। मुद्दति तथा अन्य निक्षेपको ब्याजदर विगत केही महिनादेखि लगातार घटिरहेको छ।
एभरेस्ट बैंकको चैत महिनामा आधार ब्याजदर ८.४३ प्रतिशत थियो। साउन महिनाको लागि उक्त आधार ब्याजदर ८.०५ प्रतिशतमा झरेको छ। बैंकले कर्जा विस्तारका लागि 'फेस्टिभ लोन क्याम्पेन' सुरु गरिसकेको छ। त्यस्तै प्रभु बैंकको चैत महिनामा आधार ब्याजदर ९.९५ प्रतिशत थियो। साउन महिनमा ८.९८ प्रतिशतमा झरिसकेको छ। यसैगरी ...
काठमाडौं - सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।
केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट सिस्टम’हटाउन भनेको छ। उक्त निर्देशनपछि विगतको जस्तै नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा नै सञ्चालन गर्नुपर्ने हुन्छ।
कोरोनाको सङ्क्रमण बढेको भन्दै गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित सङ्ख्याका शाखामात्रै सीमित समयका लागि सञ्चालन गरेका थिए। यस्तै पछिल्ला दिनमा उनीहरुले सिफ्ट ...
काठमाडाैं- एक हजार रुपैयाँको नोटमा अब नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको रु एक हजारको नोटमा जुम्ल्याहा हात्ती राम र लक्ष्मणको तस्बिर रहेको छ।
चितवन राष्ट्रिय निकुञ्जको कसरा हात्तीसारमा लक्ष्मण र सौराहा हात्तीसारमा राम रहेका छन्। हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका स्वदेशी जुम्ल्याहा हात्तीले त्यसलाई विस्थापित गरेका हुन्।
...काठमाडौं - नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै कोभिड–१९ बाट प्रभावित पेशा, उद्यम र व्यवसायको कर्जामा पहुँच अभिवृद्धि गर्दै गर्ने लक्ष्य लिएको छ।
बैंकका गर्भनर महाप्रसाद अधिकारले मौद्रिक नीति सार्वजनिक गर्दै आर्थिक क्रियाकलाप विस्तारका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन र देशका दुर्गमस्थानसम्म कर्जा सुविधा सहज गर्ने उद्देश्यले पुनर्कर्जासम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गर्दै पुनर्कर्जाका लागि उपलब्ध कोषको ५ गुणासम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी गराए।
उनले बैंकबाट प्रदान गरिने कुल पुनर्कर्जामध्ये २० प्रतिशतसम्म ग्राहकअनुसार मूल्याङ्कनका आधारमा प्रदान गर्ने व्यवस्था मिलाइएको जानकारी ...
काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै कोभिड–१९ संक्रमणबाट प्रभावित अर्थतन्त्रलाई पुनरोत्थान गर्न कृषि, ऊर्जा, पर्यटन तथा घरेलु, साना एवम् मझौला उद्योगमा कर्जा लगानी प्रोत्साहित गर्ने नीति अवलम्बन गरेको छ।
चालु आर्थिक वर्ष २०७७/०७८ देखि बैंक तथा वित्तीय संस्थाले तोकिएका प्राथमिकताप्राप्त क्षेत्रमा गर्नुपर्ने कर्जा लगानीसम्बन्धी व्यवस्थामा समेत परिमार्जन गरिएको छ। पुनर्कर्जाको पहुँच विकेन्द्रित गरिएको छ। त्यस्तै सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनर्संरचना गर्दै दायरा फराकिलो बनाइएको छ।
कृषि क्षेत्र
राष्ट्र बैंकले कृषि कर्जामा सहज वातावरणको नीति लिएको छ। कृषि उत्पादनमा आत्मनिर्भर हुँदै ...
काठमाडौं - नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै डिजिटल भुक्तानी सेवाका लागि अनुमति लिएका संस्थाले २०७८ असारसम्म ३ लाख ग्राहक बनाउनै पर्ने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको रुपमा अनुमति पाएका संस्थाले २०७८ असार मसान्तसम्ममा कम्तीमा ३ लाख ग्राहक नपुर्याएमा र मासिक औसत कारोबार संख्या कम्तिमा ६ लाख नपुगेमा त्यस्ता संस्थाको अनुमति खारेज गर्न सकिने व्यवस्था ल्याएको हो।
सबल र सुरक्षित विद्युत्तीय भुक्तानी प्रणालीको विकास गर्दै नगद कारोबार न्यूनीकरण गर्न नेपाल सरकारले कार्यान्वयनमा ल्याएको डिजिटल नेपाल फ्रेमवर्कको मर्मअनुरुप सबै प्रकारका ...
काठमाडौं - नेपाल राष्ट्र बैंकले कोभिड-१९ का कारण प्रभावित ऋण तिर्न समस्यामा परेको पेसा व्यवसायीलाई सम्बोधन गर्नेगरी ऋणको सावा र ब्याज तिर्ने समयमा न्यूनतम ६ महिनासम्म थप गरेको छ।
आज सार्वजनिक गरिएको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो।
मौद्रिक नीतिमा कोभिड-१९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमको कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जनलगायत सबै पेशा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र ब्याज लकडाउनको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरणको नयाँ व्यवस्था गरिएको ...
काठमाडौं - कोरोना भाइरसका कारण संकटग्रस्त अर्थतन्त्रलाई पुनर्स्थापित गर्ने लक्ष्यसहित नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। थलिएका व्यवसायीलाई पुनर्स्थापित गर्नेगरी केन्द्रीय बैंकले ऋण तिर्न सुविधा दिएको छ, ऋण पुनर्तालिकीकरण गर्न सक्ने बाटो खोलिदिएको छ र ऋण लगानी गर्न सक्ने सीमा बढाइदिएको छ।
चालु वर्षको बजेटमार्फत दिने भनिएका सुविधालाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अघि सारेको छ। कोरोनाले थलिएका उद्योगी/व्यवसायीलाई राहत दिने, पुनर्कर्जा सुविधा बढाउने र ब्याजदर एवं ऋणयोग्य रकम बढाउने बजेटको घोषणालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरिएको छ।
कोरोनाको प्रभावलाई तीन भागमा वर्गीकरण गर्दै ...
काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति बैंक तथा वित्तीय संस्थालाई राहत दिने गरी ल्याउने भएको छ। तत्कालका लागि नयाँ कार्यक्रम समावेश नगरी अहिलेलाई बैंक तथा वित्तीय संस्था, ऋणी र निक्षेपकर्तालाई बचाउने गरी राहत प्याकेजको रूपमा मौद्रिक नीतिले संबोधन गरेको राष्ट्र बैंकका एक सञ्चालकले जानकारी दिए।
वित्तीय प्रणाली, ऋणी, निक्षेपकर्ता तथा सबैको हितलाई हेरेर कोभिड १९ ले पुर्याएको असरलाई सहजीकरण गर्ने गरी मौद्रिक नीति तयार गरिएको ती सञ्चालकले बताए। 'बैंकले निक्षेपकर्ताको पैसा चलाउने हो, उनीहरूले माग्न आएमा दिन पर्यो,' ती सञ्चालकले भने, 'लकडाउनले ...
चौतारा - नेपाल-चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सङ्कलन भएको छ ।
सो आर्थिक वर्षमा राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजश्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा सङ्कलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
कोरोना भाइरस सङ्क्रमण फैलिएपछि सो नाका पनि २०७६ माघ १६ गतेदेखि बन्द भई चैत २६ गते मात्र पुनः सुचारु भएको थियो । सो नाका भएर चीनबाट ...
काठमाडौं - व्यक्तिगत रूपमा सुन खरिद गरी कारोबार गर्ने सुनचाँदी व्यवसायीलाई करको दायरामा ल्याउन महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ। बैंकबाट मात्रै सुन खरिद गरी कारोबार गर्नुपर्नेमा सुनचाँदी व्यवसायीले व्यक्तिगत रूपमा सुन किनेर कारोबार गरेको पाइएकाले करको दायरामा ल्याउन महालेखाले भनेको हो।
सुनचाँदीलगायत जवाहरत, धातु र बहुमूल्य वस्तु एवं त्यससम्बन्धी गहनाको निसर्गबाट हुने लाभमा कर लाग्ने व्यवस्था छैन। अन्य मुलुकमा यस्ता सम्पत्तिहरूको हस्तान्तरणबाट हुने लाभमा कर लाग्ने व्यवस्था भए पनि नेपालमा भने कर नलाग्ने महालेखाको प्रतिवेदनमा भनिएको छ।
'ठूला करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय नयाँसडक र ठमेलअन्तर्गतका ...
काठमाडौं - अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ को अन्तिम महिना अर्थात् असारमा मात्रै ९७ अर्ब ७० करोड रूपैयाँ रकमान्तर गरेको भेटिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा आर्थिक कार्यविधि नियमावलीको व्यवस्था विपरित एकै महिनामा उच्च अंकमा रकमान्तर गरेको पाइएको हो।
महालेखापरीक्षकको कार्यालयले आफ्नो ५७ औँ वार्षिक प्रतिवेदनमा सरकारको खर्च प्रणालीमाथि प्रश्न उठाउँदै उच्च अंकमा गैरकानुनी रकमान्तर भएको उल्लेख गरिएको छ। 'कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड रूपैयाँमध्ये वर्ष भरीमा ३ खर्ब ५४ अर्ब ८६ करोड रूपैयाँमध्ये असारमा मात्रै ९७ अर्ब ७० करोड ...
काठमाडौं - गत आर्थिक वर्ष २०७५/७६ मा १० मन्त्रालयमा संघीय सरकारी कार्यालयतर्फको कुल बेरुजू ९०.७९ प्रतिशत देखिएको छ। गत आर्थिक वर्षमा ७१ अर्ब ६ करोड रुपैयाँको बेरुजू देखिएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ।
सबैभन्दा धेरै अर्थमन्त्रालयको मात्रै २६ प्रतिशत देखिएको हो। महालेखा परिक्षकको ५७औं वार्षिक प्रतिवेदनअनुसार अर्थमन्त्रालयको मात्रै १९ अर्ब ६ करोड रुपैयाँ बेरुजू देखिएको छ।
त्यस्तै दोस्रोमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको बेरुजूको हिस्सा २०.६८ प्रतिशत अर्थात् १४ अर्ब ६९ करोड रुपैयाँ छ। त्यस्तैगरी प्रदेश सरकारतर्फ लेखपरिक्षण अंकको तुलनामा ४.०८ प्रतिशत बेरुजू कायम भएकोमा सबैभन्दा बढी ...
काठमाडौं - भोलि देखि अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा थप शुल्क लाग्ने भएको छ। कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एटीएम कार्ड जुनसुकै बैंकको एटिममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।
अब यो बिचमा बिध्यमान ब्यबस्था भोलि बिहीबारबाट हट्ने भएको छ । अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकले नै गर्न पाउने भएका छन् ।
इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।
ग्राहकको ...
काठमाडौं - पछिल्लो समय दोस्रो बजारमा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा दिनदिनै सर्किट लाग्दै आएको छ। बजार सुधार हुने संकेत देखिएसँगै धेरै कमाउने प्रलोभनमा लगानीकर्ताहरु लघुवित्तको शेयर उठाइरहेका छन्। मंगलबार माइक्रोफाइनान्सको सूचक ६४ अंकले सुधार भएको छ। विगत एक महिनादेखि माइक्रोफाइनान्सको सूचकमा सुधार आइरहेको छ।
मंगलबार कारोबार सुरु भएदेखि नै बढ्न सुरु गरेता पनि १२ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म सामान्य घटेको थियो। तर कारोबारको अन्तिम घण्टामा बजार सुधार भएर १३४७.४४ अंकमा रोकिएको छ। डिम्याट खातामा अद्यावधिक शेयर मात्रै अर्डर दिन पाउने व्यवस्थाले पछिल्लो ...
काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकले ज्योति प्रकाश पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा दोहोर्याएकाे छ। असार ३० गते बसेको सञ्चालक समितिको बैठकले थप एक कार्यकालको लागि उनलाई पुनः नियुक्त गरेको हो।
उनलाई चार वर्षको लागि नियुक्त गरिएको हो। पाण्डेको वर्तमान कार्यकाल समाप्त भएपछि साउन एक गतेदेखि लागू हुने गरी अर्को कार्यकालका लागि नियुक्त गरिएको हो।
...काठमाडौं - अर्थ मन्त्रालयले (निकासी-पैठारी संकेत नम्बर) एक्जिम कोड नवीकरणको समय थपिदिएको छ। व्यवसायीको मागपछि भन्सार विभागको सिफारिसमा मन्त्रालयले एक्जिम कोड नवीकरणको समय तीन महिनालाई थपिदिएको हो।
म्याद थपको सूचना राजपत्रमा प्रकाशन हुन भने बाँकी छ। राजपत्रमा सूचना प्रकाशित भएपछि नवीकरणको म्याद ३ महिना थपिने भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए।
केही दिनअघि सवारी साधन आयातकर्ताहरू भन्सार विभाग पुगेरै म्याद थप गरिदिन आग्रह गरेका थिए। अन्य व्यवसायीले पनि नवीकरणको समय थप गर्न आग्रह गरेसँगै ३ महिना अवधि थपिदिएको दाहालले बताए।
एक्जिम कोड नवीकरणका लागि अघिल्लो आर्थिक वर्षको ...
काठमाडौँ - अब १ अर्ब भन्दा बढी कर्जा लिएर कारोबार गर्ने कम्पनी पव्लिक लिमिटेडमा जानुपर्ने भएको छ । संसद्को अर्थ समितिको बैठकले उक्त प्राबधान पारित गरेसंगै यो नियम लागु हुने भएको हो।
समितिले सांसद रामकुमारी झाँक्री संयोजकत्वमा उपसमिति गठन गरि उक्त विषयमा प्रतिवेदन तयार गर्न निर्देश गरेको थियो । उपसमितिले तयार पारेको प्रतिबेदन भएसंगै अब बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ऋण लिइ सञ्चालन हुने कम्पनीहरुलाई पब्लिक लिमिटेडमा अनिवार्य जानुपर्ने कानूनी प्राबधान लागु भएको छ ।
त्यस्तै, प्राकृतिक स्रोतमा लगानी गर्ने कम्पनीलाई पनि पव्लिक लि मा जानुपर्ने ...
काठमाडौं - साउन १ गते देखि बैंकहरूले निक्षेपको ब्याजदर आफै निर्धारण गर्ने भएका छन् । नेपाल बैकर्स संघमा २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृहरूले सो निर्णय गरेका हुन् ।
बैंकिङ प्रणालीमा फालाफाल तरलता भएकोले स्वतफूर्त रुपमा बैंकहरूलाई निक्षेपको ब्याजदर आफै निर्धारण गर्न सकिने सहमति गरिएको नेपाल बैकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए। 'अब ब्याज निर्धारण गर्ने जिम्मा स्वयम् बैंकहरूलाई नै छाडिएको छ' शर्माले भने।
संघको यो निर्णयसँगै दुई वर्षदेखि निक्षेपको ब्याज दरमा गरिएको भद्र सहमति खारेज भएको छ । अब बैंकहरूले आफ्नो अनुकूलताअनुसार साउन ...
काठमाडौं - पेट्रोलियम पदार्थ बिक्री गर्ने सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमले पछिल्लो ५ वर्षकाे अवधिमा विभिन्न ६ र्शीषकबाट सरकारलाई २ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ बराबर राजस्व तिरेको छ। निगमले आर्थिक वर्ष २०७२/७३ मा २३ अर्ब ५४ करोड, २०७३/७४मा ४७ अर्ब ७ करोड, २०७४/७५ मा ५५ अर्ब १ करोड, २०७५/७६ मा ६५ अर्ब ९३ करोड र २०७६/७७ मा अनुमानित ६५ अर्ब रुपैयाँ कर संकलन गरेको हो।
निगमले उठाएको कर विभिन्न शीर्षकमा सरकारी कोषमा जान्छ। यो अवधिमा भन्सार शुल्कमार्फत् ५७ अर्ब ५६ करोड, सडक मर्मत ...
काठमाडौं - कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन्।
नेपाल धितोपत्र बोर्डका अनुसार कूल ५ अर्ब ८४ करोड ९१ लाख ४१ हजार २२० रूपैयाँ बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ। सोअनुसार ५ करोड ८४ लाख ९ हजार ८७१ कित्ता शेयर बिक्री गर्न लागिएको हो। त्यसमा १० जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीका लागि बोर्डसमक्ष अनुमति मागेका छन्। यस्तै चार बीमा कम्पनी, अन्य ...
काठमाडौं- ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतबाट (सिइओ) पर्शुराम कुँवरले दिएको राजिनामा स्वीकृत भएको छ। साउन १ गतेदेखि लागू हुने गरी कुँवरले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरेको हो।
तत्कालीन् जनता बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका कुँवर ग्लोबल र जनता मर्ज भएसँगै बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए।
२०७८ जेठसम्म कार्यकाल भए पनि उनले बीचमै बैंक छोडेका हुन्। क्षेत्रीले स्वास्थ्यको कारण देखाउँदै बैंक छाडेका हुन्।
...काठमाडौं - दुर्गम जिल्लामा ड्रममा डिजल राखेर बिक्री वितरण गर्नका लागि अनुमति लिन नेपाल आयल निगमले बिक्रेतासँग निवेदन माग गरेको छ। नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को व्यवस्थाअनुसार दुर्गम जिल्लाहरुमा ‘प्याक्ड बिक्रेता’ अर्थात ड्रममा राखेर डिजल बेच्न मिल्ने प्रावधान छ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले दुर्गम जिल्लामा डिजलको अभाव हुन नदिन र थोरै लगानीमा संचालन गर्न सकिने प्याक्ड बिक्रेताको अनुमतिका लागि आवेदन मागिएको बताए। सरकारले दुर्गम जिल्ला भनेर तोकेका २१ वटा जिल्लामा प्याक्ड बिक्रेतालाई नयाँ अनुमति पाउने व्यवस्था गर्न लागिएको हो।
‘स्थानियस्तरमा डिजलको अभाव नहोस् ...
काठमाडौं - बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउने भएका छन् । संघीय संसदको अर्थ समिति बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने सम्बन्धमा अध्ययन गर्न गठन गरेको समितिले बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन हुने सुझावसहितको प्रतिवेदन मंगलबार समितिलाई बुझाएको हो । योसँगै एक वर्षअघिदेखि हुँदै आएको विवाद अन्त्य हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डको नीतिगत व्यवस्था अनुसार बैंकहरुले ब्रोकरको काम गर्ने सहायक कम्पनी खोलेर नेप्सेहुँदै नेपाल राष्ट्र बैंकसँग समेत स्वीकृति लिइसकेको अवस्थामा अर्थ समितिले तत्काल लाइसेन्स दिने प्रक्रिया अघि नबढाउन भन्दै नेप्सेलाई निर्देशन दिएको ...
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको हो । मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।
अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ८७ रुपैयाँ पुगेको छ ।
भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४ दशमलव ७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५ दशमलव ८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६ दशमलव ०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ ।
एलपी ग्यास र हवाई ...
काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले ब्याजको पुँजीकरणदेखि ऋणको साँवा भुक्तानीको समय थप गर्ने विषयमा विशेष व्यवस्था गर्ने बताएका छन्। नेपाल उद्योग परिसंघको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले मौद्रिक नीतिबाट आवश्यक सुविधा प्रदान गर्न केन्द्रीय बैंकलाई सुझाव दिइएको बताए।
खतिवडाले कर तिर्ने विषयमा विगतमा जस्तो समस्या अहिले नरहेको पनि उल्लेख गरे। 'कर अनुमानयोग्य हुन्छ, कर प्रणालीले काम गर्छ,' उनले भने, 'अब व्यक्तिले होइन, प्रणालीले काम गर्छ। अहिले तपाईंहरूले कर प्रणालीको विषयमा खासै समस्या देखाउनु भएको छैन, त्यसको कारण यही हुन सक्छ।'
मन्त्री खतिवडाले ...
काठमाडौं - विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ। बुधबार विश्व बैंक र अर्थ मन्त्रालयबीच १० करोड अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) ऋण सहायतासम्बन्धी सम्झौता भएको छ।
सम्झौतामा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल प्रमुख फारिस हदाद जर्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यसअघि विश्व बैंकले २१ जेठमा कोभिड १९ को प्रभाव न्यूनीकरण तथा विद्युत क्षेत्रको सुधारका लागि १० करोड अमेरिकी डलर बराबरको ऋण सहायता उपलब्ध गराएको थियो।
विश्व बैंकले सो रकम डेभलपमेन्ट पोलिसी क्रेडिट (डिपिसी) अन्तर्गत प्राप्त हुने भएको हो। ...
काठमाडौं - विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८को बजेट सार्वजनिक गरेको छ। महानगरले कुल ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट ल्याएको हो। आगामी आर्थिक वर्षका बजेट चालू आवको भन्दा कम रहेका छ।
महानगरपालिकाले कोभिड–१९का कारण स्रोतमा संकुचन आउने प्रक्षेपण सहित बजेटको आकार घटाएको हो। बुधबार बसेको छैठौं नगरसभाले चालू आवको भन्दा आगामी आर्थिक वर्षको लागि २ अर्ब ५२ करोड ९३ लाख भन्दा कम आकारको बजेट ल्याएको हो।
चालू आर्थिक वर्षका लागि महानगरले ५ अर्ब ९० करोड ७४ लाख ४७ हजार ७ सय ५० ...
काठमाडौं - आगामी आर्थिक वर्ष २०७७/७८ का लागि काठमाडौ महानगरपालिकाले १६ अर्ब ४२ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपमेयर हरिप्रभा खड्गीले बुधबार नगरसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन्।
महानगरपालिकाले सबैभन्दा धेरै पूर्वाधार विकास कार्यक्रमका लागि ५ अर्ब ७७ करोड ४५ लाख ८५ हजार रुपैयाँ अर्थात कुल विनियोजित बजेटको ३५ दशमलव १५ प्रतिशत बजेट छुट्याएको छ।
त्यस्तै प्रशासन संचालन तथा चालु खर्चतर्फ महानगरले १ खर्ब ७४ अर्ब ७२ लाख ५० हजार रुपैयाँ अर्थात कुल विनियोजित बजेटको १० दशमलव ६४ प्रतिशत रकम छुट्याइएको ...
काठमाडौं - ललितपुर महानगरपालिकाले आगिमी आर्थिक वर्ष २०७७/०७८ का लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँ बराबरको बजेट ल्याएको छ।
महानगरले बजेट सार्वजनिक गर्दै लकडाउन अवधिको विभिन्न करमा १० प्रतिशत छुट दिने महानगरपालिकाको बजेटमा उल्लेख छ।
आगामी आवको बजेट चालू आर्थिक वर्षको भन्दा करिब ५२ करोड रुपैयाँले कम हो।
चालू आवका लागि ललितपुरले ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको थियो।
...कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट ल्याएको छ ।
अर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेशसभामा आज प्रस्तुत गरेको बजेटमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७२ करोड ८४ लाख रुपयाँको बजेट विनियोजन गरिएको छ ।
...हेटौंडा - बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा आज प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१ दशमलव १२ प्रतिशत विनियोजन गरिएको छ ।
त्यस्तै, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८ दशमलव ८८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
...काठमाडौं- प्रदेश २ सरकारले आगामी आर्थिक २०७७/०७८ को लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सभामा आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन्। बजेटमा पर्यटन पूर्वाधार विकास, कृषि ऋणमा अनुदानजस्ता कार्यक्रम अगाडि सारेको मन्त्री यादवले सभामा जानकारी गराएका थिए।
कुल बजेटमध्ये चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार रुपैयाँ रहेको छ।
यसैगरी वित्तीय व्यवस्थातर्फ १६ करोड र वित्तीय हस्तान्तरणतर्फ २ ...
काठमाडौं - लकडाउन खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउनु भन्ने यस अघिको आदेशविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन (भ्याकेट) सर्वोच्च अदालतले खारेज गरिदिएको छ । उक्त पुनरावलोकन निवेदन खारेज भएसंगै यसअघिको अन्तरिम आदेश नै निरन्तर कायम रहेको छ । ब्यबसायीले लकडाउन पूर्ण रुपमा खुलेको एक महिनाभित्र कर तिरे हुने भएको छ।
गत जेठमा आन्तरिक राजस्व विभागले करदातालाई जेठ २५ गतेभित्र आफूले बुझाउनुपर्ने कर तिर्न सूचना जारी गरेको थियो । तर लकडाउनकै अवधिमा कर तिर्न ताकेता गरिएको भन्दै विरोध भएपछि यो अवधि सारेर असार १५ गतेसम्म ...
काठमाडौं- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ३३ अर्ब ७४ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कुल विनियोजनमध्ये पुँजीगत खर्च १९ अर्ब ६ करोड रूपैयाँ र चालु खर्च ११ अर्ब ६७ करोड रूपैयाँ हुनेछ। कोभिड नियन्त्रण रोकथाम र उपचारका लागि ८७ करोड ४१ लाख, रोजगार तर्फका कार्यक्रममा दुई ५८ करोड र अन्य कार्यक्रम तथा प्रशासनिक खर्च ८ अर्ब ५१ करोड विनियोजन गरेका छन्।
आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च वेहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट ३० करोड ...
काठमाडौं- प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गरेका हुन्।
सो बजेटमा चालूतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६.२९ प्रतिशत र पुँजिगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३.७१ प्रतिशत रहेको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ४ करोड रुपैयाँ रहेको छ।
अन्तरसरकारी वित्तीय हस्तारन्तरणतर्फ २ अर्ब ८८ करोड ८२ ...
काठमाडौं - प्रदेश- ५ ले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड रूपैयाँको बजेट प्रस्तुत गरेको छ। मुख्यमन्त्री एवं प्रदेशका आर्थिक मामिला एवं योजनामन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटमा १२ अर्ब ५९ करोड रूपैयाँ चालु खर्च गर्ने प्रक्षेपण गरिएको छ।
बजेटमार्फत मुख्यमन्त्री पोखरेलले पुँजीगत खर्चतर्फ १८ अर्ब ६१ करोड रूपैयाँ विनियोजन गरेका छन्। वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड रूपैयाँ विनियोजन गरेका छन्। बजेटमार्फत २ अर्ब ३ करोड रूपैयाँ राजस्व उठाउने अनुमान गरिएको छ।
बजेटमार्फत मुख्यमन्त्री ग्रामीण विकास र रोजगार प्रदेश भित्रका सम्पूर्ण स्थानीय तहमा सञ्चालन ...
काठमाडौं - गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि कुल ३४ अर्ब ८४ करोड २१ लख ६० हजारको बजेट ल्याएको छ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सो बजेट घोषणा गरेका हुन्‚ जसमध्ये चालु खर्चतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार (४१ दशमलव २ प्रतिशत) छुट्याइएको छ।
पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार (५७ दशमलव ४ प्रतिशत) रहेको छ।
...काठमाडौं - सडक पूर्वाधार निर्माणमा खर्च गर्ने गरी विश्व बैंकले नेपाललाई ५४ अर्ब २८ करोड रुपैयाँ (४५ करोड अमेरिकी डलर) ऋण सहायता उपलब्ध गराउने भएको छ ।
विभिन्न सडक पूर्वाधारको स्तरोन्नतीबाट सुरक्षित यातायातको विकास, थप रोजगारी सिर्जना र अन्तरदेशीय व्यापारका माध्यमबाट कोभिड १९ले अर्थतन्त्रमा पारेको असर न्यूनिकरणमा यो सहायता उपयोगी हुने विश्वास विश्व बैंकको रहेको छ ।
यो रकम नेपालको रणनीतिक सडक आयोजनामा खर्च हुने भएको छ । विश्व बैंकको बोर्डले ऋण स्वीकृति गरेको हो ।
नागढु्रंगा-नौबिसे-मुग्लिङ सडक सुधार, कमला-ढल्केवर-पथलैया सडक आयोजनाको स्तरोन्नतिमा यो रकम उपयोग गरिने भएको ...
काठमाडौ - कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा संकुचन आइरहेकाबेला सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच रुपैयाँले बढेर ८९ हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य ८८ हजार एक सय ६० रुपैयाँ थियो। चाँदीको मूल्य तोलामा ...
काठमाडौं - सर्वोच्च अदालतले लकडाउन अवधिलाई शून्य समयको व्याख्या गर्दै लकडाउन खुलेको ३० दिनपछिसम्म विना जरिवाना कर तिर्न सकिने व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको छ। सर्वोच्चले देशभरका अदालत र न्यायिक निकायमा रहेका मुद्दाहरुमा लकडाउनको अवधिलाई शून्य समय मान्दै लकडाउन खुलेको ३० दिनभित्र उपस्थित हुन सक्ने व्याख्या (कानुनी अडबडसम्बन्धी व्यवस्था) गरिसकेकाले सोहीअनुसार कर तिर्ने व्यवस्था लागू गराउन सरकारका नाममा आदेश जारी गरेको हो।
बुधबार अधिवक्ताहरु सिर्जना अधिकारी र थानेश्वर गौतमले दायर गरेको रिटमा सुनुवाई गर्दै व्यवसायीले बन्दाबन्दी (लकडाउन) सकिएको ३० दिनभित्र (बाटोको म्याद बाहेक) कर ...
काठमाडौं - सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले बजेट पारित गरेको हो।
कांग्रेस, राजपा र समाजवादीले बजेटको विपक्षमा मतदान गरेका छन्। प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेका थिए। जसमा नेकपाका सांसदहरूले पक्षमा मतदान गरे भने प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका प्रतिपक्षी दलका सांसदहरूले विपक्षमा मत जाहेर गरेका थिए।
अघिल्ला वर्षमा बजेट असारको अन्तिमतिर स्वीकृत हुने भए पनि यसपटक कोरोनाका कारण जेठमै ...
काठमाडौँ - साढे दुई महिनापछि नेपालमा सुनचाँदीको मूल्य तोकिएको छ। लकडाउन लागू भएपछि अर्थात चैत ११ गतेयता आज मात्रै सुनको मूल्य तोकिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन (फाइन गुणस्तर)को मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपालमा यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि चैत १० गते ७७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो।
नेपालमा लकडाउन भइरहँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले नेपालमा आइतबार एक्कासी ठूलो प्रभाव परेको महासंघले जनाएको छ। ...
दिवाकर पोख्रेल
देउखुरी, जेठ १८ । लामो समय लकडाउनको कारण व्यपार व्यवसाय धरासायी हुन थालेको भन्दै दाङको देउखुरी उद्योग बाणिज्य संघले लमही बजार खुला गर्ने निर्णय भएसंगै बजारमा ब्यापक चहलपहल शुरु भएको छ । आज आइतबार खाद्यान्न बाहेकका पसलहरु खुल्ने निर्णय बमोजिम लमहीका पसलमा बिना सावधानी किनबेच चलिरहेको छ । अधिकाश पसलमा भिडभाड बढेपनि पसलमा नत सावुन पानीको व्यवस्था गरिएको छ, नत स्यानेटाइजर नै । सुरक्षा सावधानी विना सामान्य परिस्थिती जस्तै फेन्सी, भाँडा,जुत्ता,कपडा,कस्मेटिक पसलहरुमा भिडभाड बढेको छ ।
देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले ब्यपारीहरुको ...
काठमाडौं - सरकारले आयातित मदिरामा अन्त:शुल्क नबढाएपनि भन्सार भने बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले पेस गरेको आर्थिक ऐनमा भन्सार शूल्क बढाएका हुन्।
विदेशबाट आयातित सबै प्रकारको मदिराको कच्चा पदार्थमा प्रतिलिटर ३ सय रुपैयाँ भन्सार शूल्क बढाएको छ। यसको अर्थ अब विदेशी मदिरा प्रतिलिटर ३ सय रुपैयाँ बढ्ने छ।
सरकारले सूर्तीजन्य पदार्थमा पनि जोखिम कर वृद्धि गरेको छ।
...काठमाडौं - सरकारले चुरोट, बिँडी, सिगार तथा अन्य अम्मलजन्य पदार्थमा लाग्ने स्वास्थ्य जोखिम कर बढाएको छ । बिहीबार संघीय संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले यी वस्तुहरूमा कर वृद्धि गरेको हो ।
अर्थमन्त्रालयका अनुसार अब विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादन हुने बिँडीमा प्रतिखिल्ली २५ पैसा भाउ बढ्ने भएको छ । चुरोट र सिगारमा प्रतिखिल्ली ५० पैसा स्वास्थ्य जोखिम कर बढाइएको छ ।
खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रतिकिलो ४० रुपैयाँका दरले स्वास्थ्य जोखिम कर लगाई असुल गरिने मन्त्रालयले जनाएको छ ।
यस्तो कर पैठारीका ...
काठमाडौं - सबैभन्दा धेरै बजेट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा विनियोजन गरिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा सबैभन्दा धेरै शिक्षा मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब रुपैयाँ छुट्याएका हुन्। शिक्षा मन्त्रालयको बजेट गत वर्षको भन्दा ४.८५ प्रतिशतले बढेको छ।
त्यस्तै सबैभन्दा धेरै गृह मन्त्रालयका लागि एक खर्ब ३८ अर्ब ६२ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्। तेस्रोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लगि एक खर्ब ३८ अर्ब ३० करोड रुपैयाँ छुट्टाइएको छ। अर्थ मन्त्रायल वित्तीय व्यवस्थाका लागि एक खर्ब चार ...
काठमाडौं- कोरोना संक्रमण जोखिमको कारण विश्वव्यापी रूपमा आवागमन अवरुद्ध भई पयर्टन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई मध्यनजर राखी हवाइ सेवा, होटल, ट्राभल, रष्टुरेन्ट, ट्रेकिङ, पवर्तारोहण लगायतका सेवा क्षेत्रको पनरुत्थान गर्न कर, शुल्क, ब्याज लगायतका सुविधाको व्यवस्था गरिएको छ।
एक प्रदेश एक पयर्टकीय गन्तव्य अवधारणा अनरुुप सबै प्रदेशमा ठूला पयर्टकीय पूवार्धार विकास गरिनेछ । निजी क्षेत्र समेतको सहभागितामा हिमाली तथा पहाडी क्षेत्रमा पयर्टनका सम्भावना पहिचान गरी पयर्टक आकषर्ण गर्न मौलिक संस्कृतिको विकास र प्रवद्धर्न गर्न पयर्टन पूवार्धारका लागि रु. १ अर्ब २६ करोड बजेट व्यवस्था गरिएको छ ।
कोरोना ...
काठमाडौं - सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको भएपनि चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट केही कम छ। चालू आर्थिक वर्षका लागि अर्थमन्त्री डा युवराज खतिवडाले १ खर्ब ६३ अर्ब ५२ करोड बजेट विनियोजन गरेका थिए।
तर आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बिहीबार संघीय संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वाधार क्षेत्रलाई १ खर्ब ३८ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेका छन्। चालू आवको तुलनामा आगामी आवका लागि भौतिक पूर्वाधारको क्षेत्रतर्फको बजेट २४ अर्ब ७२ करोड रुपैयाँ घटेको छ।
कोरोना भाइरसका कारण ...
काठमाडौं - सरकारले सुनको भन्सार दर बढाएको छ। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरेका हुन्। सुनसँगै डिजेल, पेट्रोल, मट्टितेलको भन्सार दर समेत फेरिएको छ।
खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनका गरगहनाको भन्सार दर वृद्धि गरिएको छ। यो सँगै अब हवाई इन्धन र एलपी ग्यास बाहेकका पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहना भने महँगो हुने भएको छ ।
यसैगरी सरकारले चुरोट, सिगार, पानमसला, गुट्खाजस्ता वस्तुमा स्वास्थ्य जोखिम कर वृद्धि गरेको छ। ...
काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा कृषि क्षेत्रका लागि ६९ अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ। नेपाली अर्थतन्त्रको भरपर्दो आधारका रुपमा रहेको कृषि क्षेत्रमा कोरोना महामारीका कारण उत्पन्न भएको चुनौतीलाई मध्येनजर गर्दै सरकारले कृषि का लागि ४१ अर्ब ४० करोड तथा सिँचाई क्षेत्रका लागि २७ अर्ब ९६ करोड बजेट गरी जम्मा ६९ अर्ब ३६ करोड बजेट विनियोजन गरेको हो।
कृषि क्रान्तितर्फ उन्मुख हुन कृषि भूमिको अधिकतम उपयोग गर्दै बालीको सम्भावनाको आधारमा सहकारी, सामुदायिक तथा नीजि फर्ममार्फत ठूलो परिमाणमा उत्पादन गर्न प्रोत्साहन गरिने व्यवस्था ...
काठमाडौं - चालु आर्थिक वर्ष २०७६/७७ को १० महिना अवधिमा ४९ दशमलव ६१ प्रतिशत बजेट खर्च भएको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार बैसाख मसान्तसम्ममा ७ खर्ब ६० अर्ब ४७ करोड ९५ लाख रुपैयाँ बराबर बजेट खर्च भएको देखिन्छ। यहि अवधिमा राजश्व संकलन वार्षिक लक्ष्यको ५६ दशमलव ५३ प्रतिशत अर्थात ६ खर्ब ६१ अर्ब ४४ करोड ४८ लाख रुपैयाँ बराबर संकलन भएको छ।
वैसाख मसान्तसम्ममा चालुगततर्फ कुल विनियोजित बजेटको ५९ दशमलव ७९ प्रतिशत अर्थात ५ खर्ब ६८ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ। त्यस्तै पुँजीगततर्फ ...
काठमाडौं - सन् २०२० मा विश्व रेमिट्यान्स २० प्रतिशतले घट्ने विश्व बैंकले अनुमान गरेको छ। कोरोनाभाइरसको महामारी र विश्वबन्दीको अवस्थाका कारण सृजना हुने आर्थिक संकटले रेमिट्यान्समा उच्च गिरावट आउने बैंकले प्रक्षेपण गरेको हो। उक्त अनुमानित गिरावट अहिलेसम्मकै उच्च हुने पनि बैंकले जनाएको छ। आप्रवासी कामदारको रोजगारी र तलबमा हुने कमीले रेमिट्यान्समा प्रभाव पार्नेछ।
रोजगारदाता देशमा आप्रवासी कामदारले काम नपाउने अवस्था आउँदा रेमिट्यान्समा सिधा असर गर्नेछ। विश्व बैंकले न्यून तथा मध्यम आय देशहरुको रेमिट्यान्स १९.७ प्रतिशत अर्थात् ४ खर्ब ४५ अर्ब अमेरिकी डलरले घट्ने जनाएको छ। यस्तो ...
काठमाडौं - चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई थप ३ करोड अमेरिकी डलर दिने घोषणा गरेको छ । अमेरिकाले डब्ल्यूएचओलाई दिने सहयोग रोक्ने निर्णय गरेको केही समयपछि चीनले यस्तो घोषणा गरेको हो । चीनले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँका लागि यो सहयोग लिन लागिएको बताएको छ ।
यसअघि अमेरिकाले डब्ल्यूएचओले यो महामारीलाई नियन्त्रण गर्न उचित कदम चाल्न नसकेको आरोप लगाउँदै उसलाई अहिलेसम्म दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको थियो ।
चिनियाँ विदेशमन्त्री कङ शुआङले यसअघि नै दुई करोड डलर सहयोगमा अहिलेको तीन करोड डलर थप सहयोग दिन लागिएको ...
काठमाडौं - सरकारले विश्व बैंक समूहको आइडिएबाट १० करोड डलरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ। यसका लागि वैशाख ८ गते बसेको मन्त्रिपरिषद बैठकले वार्ता टोली गठन गर्ने निर्णय गरेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
यसैगरी सरकारले विद्युतसम्बन्धी कानुन संशोधन गरी संसदमा पेश गर्न स्वीकृति दिएको छ। बैठकले सडकसम्बन्धी कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिएको छ।
जनस्वास्थ्य सेवा ऐनअन्तर्गत कसुर ठहरिने मुद्दाको अनुसन्धान र तहकिकात गर्ने जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ।
...काठमाडौं - नेपाली रूपैयाँ डलरसँग अहिलेसम्मकै कमजोर भएको छ। कोरोना भाइरस रोग (कोभिड–१९) को प्रभावले डलरको माग बढ्न थालेपछि भारतीय रूपैयाँ डलरसँग कमजोर हुँदा नेपाली रूपैयाँ पनि कमजोर भएको हो।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक डलरको मूल्य १२२ रूपैयाँ ६१ पैसा तोकेको छ। यसअघि एक डलरको मूल्य सर्वाधिक १२२ रुपैयाँ ५० पैसा पुगेको थियो।
नेपाली रूपैयाँ भारतीय रूपैयाँसँग स्थिर विनिमय दर ९पेग० भएका कारण भारतीय रूपैयाँ कमजोर हुँदा नेपाली रूपैयाँ अटोमेटिक रूपमा कमजोर हुने गरेको छ।
‘कोभिड–१९ को संक्रमणमा अर्थतन्त्र बलियो बनाउन अमेरिकाले गरेको प्रयासले अमेरिकी डलरमा ...
काठमाडौं - सन् २०२० नेपालको आर्थिक वृद्धिदरमा व्यापक कमी आउने विश्व बैंकले प्रक्षेपण गरेको छ। आइतबार विश्व बैंकले एक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस वर्षको आर्थिक वृद्धिदर १ दशमलव ५ प्रतिशतदेखि २ दशमलव ८ प्रतिशतसम्ममा सीमित हुने प्रक्षेपण गरेको हो। सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत कायम भएको थियो।
कोरोना भाइरसका कारण नेपालको आर्थिक वृद्धिमा ठूलो नकारात्मक असर पार्ने विश्व बैंकले उल्लेख गरेको हो। रेमिट्यान्समा आउने कमी, व्यापार र पर्यटन उद्योगमा परेको नकारात्मक असर र सीमा क्षेत्रबाट हुने व्यापारमा कमी आउने ...
काठमाडौं - बैंकहरुमा हुने भिडभाडको नियन्त्रण गर्न बैंकहरुले विद्युतीय कारोबार गर्नेहरुलाई छुट प्रदान गर्ने भएका छन्। शाखाहरुमा भिडभाड कम गर्न तथा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेट, मोबाइललगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको हो।
कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने बैंकर एशोसिएनले जनाएको छ। त्यस्तै नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने क्लियरिङ शुल्क पनि निःशुल्क बनाइएको छ।
यी सुविधाहरु अर्को सूचना नआएसम्मका लागि कार्यान्वयन हुने ...
काठमाडौं - अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएको छ। राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालको कार्यकाल सकिएसँगै नयाँ गभर्नर नियुक्त नभएका कारण शिवाकोटीलाई कायममुकायम गभर्नरको जिम्मेवारी दिइएको हो।
नेपाल राष्ट्र बैंकका दुईजना डेपुटी गभर्नरमध्ये शिवाकोटी वरिष्ठ डेपुटी गभर्नर हुन्। मंगलबार बिदा भएका गभर्नर नेपालले शिवाकोटीलाई वरिष्ठ डेपुटी गभर्नर र शिवराज श्रेष्ठलाई कनिष्ठ डेपुटी गभर्नर बनाएका थिए। शिवाकोटी सत्तारुढ नेकपा निकटका हुन्।
राष्ट्र बैंक ऐनको प्रावधानअनुसार सरकारले गभर्नर नियुक्त गर्न नसकेपछि शिवाकोटीलाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले पुष्टि ...
काठमाडौँ - विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आयात–निर्यातमा समेत प्रभाव परेको छ । जसअन्तर्गत विराटनगर नाकाबाट हुने चीनसँगको व्यापार ३२ प्रतिशतले गिरावट आएको छ । कोरोनाको उद्गम चीनबाट आयातमा गिरावट आएपछि भन्सारको राजस्वमा समेत त्यसको असर परेको छ ।
विराटनगर–१८ आइसीपीस्थित भन्सार कार्यालयका अनुसार कोरोनाका कारण चीनबाट आउने सामाग्रीको आयात प्रभावित भएको हो ।
विशेष गरी गार्मेन्ट, खेलौना, स्याउ प्लाष्टिकका सामान, जुत्ता, चप्पललगायतका सामाग्रीको आयात घटेको भन्सार कार्यालयका प्रवक्ता गोपी उप्रेतीले जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा मीनकुमार नवोदितले लेखेका छन् ।
...काठमाडौं - पर्यटक आवागमनमा कमी आएसँगै मुलुकको आन्तरिक तथा बाह्य हवाई उडान प्रभावित बन्न पुगेको छ। आगामी वैशाखसम्म सबै अनअराइभल भिसामा कटौती गरेसँगै हवाई क्षेत्रमा यात्रुको चापमा करिब ५० प्रतिशतले नै कमी आएको वायुसेवा सञ्चालकले बताएका छन्।
पछिल्लो आंकलनअनुसार आन्तरिक उडानमा करिब ८ अर्ब रुपैयाँ घाटा व्यहोर्ने नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए। एकहप्ता अघि मात्रै संघले ४ अर्बको नोक्सानी हुने आंकलन गरेकोमा अहिले ९० प्रतिशतसम्म उडान कटौती हुने प्रक्षेपण गरेको हो। १० प्रतिशत आन्तरिक चहलपहलका कारण उडान हुने अपेक्षा गरिएको छ।
‘अहिले ५० ...
काठमाडौं - आफूसँग भएको सुन बैंक राखे ब्याज पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सुनलाई निक्षेपको रूपमा राख्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको हो। यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमा नै सुनलाई निक्षेपका रुपमा राखी ब्याज दिने व्यवस्था गरिने उल्लेख गरेको थियो।
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा भएको अभ्यासलाई नेपालमा प्रयोग गरेको बैंकर एसोसिएसनका अध्यक्षले भुवन कुमार दाहालले बताए। यसले बैंकमा थप तरलता प्रदान गर्ने उनको भनाइ छ। यसको फाइदा र बेफाइदा भने अबको एक वर्ष पछि मात्र थाहा हुने उनको तर्क थियो।
राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयन ...
काठमाडौं- सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार एकैदिन २ हजार २ सय रुपैयाँले बढेपछि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको छ।
मंगलबार बजारमा सुनको भाउ छापावल प्रतितोला ७८ हजार तीन सय र तेजावी ७८ हजारमा कारोबार भएको थियो । मंगलबार ८६० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य भने बुधबार २० रुपैयाँले बढेर ८८० रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजार तीव्ररुपमा उतारचढावपूर्ण रहँदा सुनको भाउले नयाँ विन्दू टेकेको हो।
...काठमाडौं - शेयर बजार तीव्र उतारचढाव सहित १४.३७ अंकको सुधार सहित रोकिएको छ। आइतबार र सोमबार दुई दिनमा १३६ अंकले घटेको शेयर बजारमा मंगलबार भने सुधार भएको हो। नेप्से सूचक ०.९६ प्रतिशतले सुधार भएर १५०९ अंकमा पुगेको छ।
मंगलबार पनि ब्रोकरहरुको संयुक्त सर्भरमा समस्या आउँदा एक घण्टा कारोबार बन्द भएको थियो। ब्रोकरको डाटा सेन्टर र टिएमएसबीचमा कनेक्सन हुन नसक्दा १२ बजेर ४२ मिनेटदेखि एक बजेर ३५ मिनेटसम्म कारोबार हुन सकेको थिएन।
उक्त समयमा हुन नसकेपछि नेप्सेले थप ५५ मिनेट समय थप गरेको छ। समय थप भएपछि दोस्रो ...
काठमाडौँ - सरकारले करिब २५ खर्ब रुपैयाँका १८ आयोजनालाई पहिलोपटक ‘गेमचेन्जर आयोजना’का रूपमा परिभाषित गर्दै सोमबार १५औँ पञ्चवर्षीय योजना स्वीकृत गरेको छ । बालुवाटारमा सोमबार प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको पूर्ण बैठकले चालू आर्थिक वर्षदेखि कार्यान्वयनमा आएको १५औँ पञ्चवर्षीय योजना (०७६/७७ देखि ०८०/८१) को विस्तृत दस्ताबेजलाई परिमार्जनसहित स्वीकृत गरेको हो ।
दस्ताबेजमा प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, डिजिटल नेपाल, समृद्धिका लागि वन कार्यक्रम, पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति आयोजना, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना जस्ता १८ परियोजनालाई ‘गेमचेन्जर आयोजना’ (रूपान्तरणकारी)मा राखिएको छ ।
यो दस्ताबेज स्वीकृत ...
काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई दुई अर्ब अनुदान पठाएको छ। मन्त्रालयका अनुसार उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ४ अर्ब ८२ करोड ३२ लाख बजेट विनियोजन भएको छ। सोमध्ये २ अर्ब ६२ करोड विश्व बैंकबाट ऋण सहयोग प्राप्त हुने र २ अर्ब २० करोड ३२ लाख आन्तरिक स्रोतबाट व्यहोर्ने गरी बजेट निकासा भएको थियो।
विश्व बैंकको रकम आउने प्रक्रियामा रहेकाले पहिलो चरणमा स्थानीय तहलाई दुई अर्ब रकम पठाइएको बाँकी अन्य रकम केही समयपछि पठाइने मन्त्रालयले जनाएको ...
काठमाडौं - शेयर बजारमा ठूला लगानीकर्ता छिर्दा अर्बौ रुपैयाँको कारोबार हुन थालेको छ। बिहीबार दोस्रो बजारमा इतिहासकै सबैभन्दा धेरै दुई अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ। यति धेरै कारोबार ठूला लगानीकर्ता छिरेरमात्रै सम्भव हुने बजार विश्लेषक निरञ्जन टिवरेवालले बताए।
साना तथा ठूला लगानीकर्ताहरु 'अहिले शेयर नकिने पछि परिन्छ' भन्दै सकेको शेयर उठाउन थालेका छन्। बजारबाट डिप्रेस भएका लगानीकर्ता सुधारको संकेतसँगै पैसा लिएर बजार प्रवेश गरेका छन्। तीन वर्षदेखि रोकिएको बाँध फुट्दा शेयर बजारमा बाढी आयो। यसले अब शेयर बजारको अहिलेसम्मकै अधिकतम विन्दुलाई तोड्ने छ।
हिजोका दिनमा ...
काठमाडौं - नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २-२ रुपैयाँले घटाएको हो।
घटेको मूल्य सोमबार राती १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले जनाएको छ। निगमले यसअघि पनि पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १-१ रुपैयाँ घटाएको थियो।
अब काठमाडौंमा पेट्रोल लिटरको १ सय ८, डिजेल र मट्टितेल ९७ रुपैयाँ कायम भएको छ।
भारतको सरकारी तेल कम्पनी इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन आयात गर्दै आएको छ। आइओसीले हरेक १५ दिनमा निगमलाई नयाँ मूल्य उपलब्ध गराउने भएकाले सोही ...
काठमाडौँ - विनियोजित पुँजीगत बजेट खर्च गर्न नसक्ने समस्या केन्द्रबाट प्रदेश सरकारहरूमा पनि सरेर गएको छ । चालू आर्थिक वर्षको सात महिना बित्दा पनि संघीय सरकारले १८ दशमलव ८५ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ । त्यस्तै, प्रदेशको औसत खर्च पनि १५.५५ प्रतिशत मात्र छ ।
अझ अहिलेसम्म प्रदेश २ मा ४.१५ प्रतिशत र कर्णालीमा ५ प्रतिशत मात्र खर्च, सबैभन्दा धेरै खर्च गर्ने प्रदेश १ मा २५.१९ प्रतिशत र प्रदेश ५ मा २२.५८ प्रतिशत खर्च छ । बागमतीमा १९, गण्डकीमा १९ र सुदूरपश्चिममा १३.९७ प्रतिशत विकास बजेट खर्च भएको ...
काठमाडौं - सरकारले चालु वर्षको खर्च र राजस्वको अनुमान संशोधन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले ०७६÷७७ को बजेटको मध्यावधि समीक्षा गर्दै १५ खर्ब ३२ अर्बमध्ये १३ खर्ब ८५ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको बताए।
कुल बजेटतर्फ विनियोजनको ९० प्रतिशत खर्च भए पनि विकास खर्च ८० प्रतिशत हुने अनुमान छ। सरकारले खर्च गर्ने बजेटको आकार घटाएको छ। विकास निर्माणतर्फ विनियोजित ४ खर्ब ८ अर्ब रुपैयाँबाट २० प्रतिशत बजेट कटौती गर्दा पनि सरकारले उच्च आर्थिक वृद्धिदरको लक्ष्य भने संशोधन गरेको छैन।
अर्थमन्त्री खतिवडाले सरकारले अनुमान गरेको ८.५ ...
काठमाडौं - उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य विद्युतीय उपकरणका माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ।
आन्तरिक राजश्व विभागले निर्माण गरेको प्रणालीको मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गरेका हुन्। विभागबाट तयार गरिएको प्रणालीमा उक्त सेवा उपलब्ध गराउन इच्छुक भई सूचीकृत भएका नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको विद्युतीय भुक्तानी कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केटको त्रिपुरेश्वर शाखा तथा केकेएफसी न्युरोड शाखाबाट कर लाग्ने वस्तु वा सेवा ...
काठमाडाैं - नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ। अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन्। उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन्।
नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको बताए। उनका अनुसार गएको एक वर्षमा रु ५५ लागत पर्ने चल्ला सरदर प्रतिगोटा रु २५ मा बिक्री भएको छ।
देशभरमा सातामा उत्पादन हुने ३५ लाख ब्रोइलर चल्लाबाट प्रतिगोटा रु ३० घाटा सहनुपरेको छ। गएको एक वर्षमध्ये छ हप्ता लागत मूल्यमा ...
दिवाकर पोख्रेल
देउखुरी, माघ । दाङको घोराही र तुलसीपुर र सिहनियाँमा पर्यटन तथा व्यवहारीक महोत्सव भरखरै सकिएको छ । दाङको लमहीमामा पर्यटन तथा ब्यपारीक महोत्सव शुरु भएको छ । प्रत्येक बर्ष दाङ जिल्लाभर साना ठूला गरी दर्जनौ महोत्सव संचालन हुँदै आएका छन् । महोत्सव संचालन गर्दा स्थानीय स्थानीइ व्यवाहर, उद्यम,कला संस्कृति र पर्यटनको उजागर गर्ने भनिएपनि पछिल्लो सबैजसो ठाउँमा लामो समय सम्म आयोजना गरिने महोत्सवले उपलव्धी भन्दा स्थानीय ब्यपारलाई धरासायी पार्न थालेका गुनाशो आउन थालेका छन् ।
केहि बर्ष पहिले आयोजना गरिएका महोत्सव उदेश्य ...
काठमाडौं - नेपाल आयल निगमले पछिल्ला पाँच वर्ष निरन्तर नाफा गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा निगमलाई सात अर्ब ५० करोड रुपैयाँ नाफा भएको छ। काठमाडौंमा शनिबार सम्पन्न निगमको ५०औं वार्षिकोत्सव यो तथ्यांक सार्वजनिक गरिएको हो।
निगम आव ०७१/७२ देखि निरन्तर नाफा कमाउने सरकारी संस्थान बनेको छ। आर्थिक वर्ष २०६५/६६ मा तीन अर्ब ३१ करोड नाफा गरेको निगमले त्यसपछि पाँच आर्थिक वर्षसम्म घाटा व्यहोरेको थियो।
निगमले सबैभन्दा बढी आव २०७२/७३ मा १९ अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको थियो। त्यसपछि आव २०७१/७२ मा १५ अर्ब चार करोड ...
काठमाडौं - भारतले पाम तेल (पाम आयल) आयातमा प्रतिबन्ध लगाएको छ। पाम आयल नेपालको प्रमुख निकासी वस्तु हो। यसको सबै हिस्सा भारतमा निकासी हुँदै आएको छ।
चालू आवको पाँच महिना (साउन–मंसिर) मा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारतमा निकासी गरेको भन्सार विभागले जनाएको छ। कुल निर्यातमा पाम तेलको हिस्सा २४.२५ प्रतिशत थियो। पाम तेलको निकासी गत आवको सोही अवधिमा एक अर्ब ३५ करोड रुपैयाँ थियो।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बुधबार वैदेशिक व्यापार नीतिमा भएको संशोधनका सम्बन्धमा सूचित गरेर पाम आयल आयातमा प्रतिबन्ध लगाएको हो।
नेपालका ...
काठमाडौं - नेपालले पछिल्ला २३ वर्षमा ३४ खर्ब १८ अर्ब रुपैयाँको सुन आयात गरेको छ। यो रकम गत वर्षको नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)बराबर हो। २०५३ साउनदेखि गत कात्तिक मसान्तसम्म नेपालीले सुनमा यति ठूलो खर्च गरेका हुन्। २०६५ पछि सुन आयात ठूलो परिमाणमा बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। यसका अतिरिक्त अनौपचारिक माध्यमबाट पनि ठूलो परिमाणमा सुन भित्रिरहेको छ।
माओवादी द्वन्द्वको समाधानपछि नेपाली मूलतः खाडी र मलेसियामा वैदेशिक रोजगारीमा जाने क्रम बढेको थियो। वैदेशिक रोजगारीको आम्दानीले बहुसंख्यक नेपालीको क्रय क्षमता बढेको र गरिबी दर तीव्रतर खुम्चिएको ...
काठमाडौं - नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।
अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ ।
हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।
...बागलुङ - नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले महासंघको आगामी महाधिवेसनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
बागलुङ उद्योग वाणिज्य संघले शुक्रबारदेखि सुरु गरेको छैठौं बागलुङ महोत्सवको उद्घाटनमा सहभागी हुन गृहजिल्ला आएका ढकालले महासंघको भावी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को महाधिवेशनबाट स्वतः अध्यक्षमा चुनिने भएका कारण पनि वरिष्ठ उपाध्यक्षका लागि निकै प्रतिस्पर्धा हुने गर्छ।
‘म देशका विभीन्न जिल्लाहरुमा पुग्दा साथीहरुले आगामी नेतृत्वकालाई मलाई आग्रह गर्नुभएको छ,’ ढकालले भने,‘यहाँ बागलुङ उद्योग वाणिज्य संघले प्रस्ताव ...
काठमाडाैं - सरकारले दुई वर्षको अन्तरालमा राजश्व छलीमा संलग्न सयौँ व्यक्ति तथा फर्मविरुद्ध मुद्दा चलाउन सफल भएको छ। व्यवसायीहरुले वस्तु तथा सेवामा नक्कली बिजक बनाउने, झुटा विवरण पेश गर्नै अर्कैको नाममा फर्म दर्ता गर्ने, नक्कली फर्म खडा गर्ने तथा विदेशी विनिमय अपचलन गरी अवैध हुण्डीको कारोवार गर्नेलगायत कार्य गरी अर्बाैँ राजश्व छलेको अनुसन्धानमा खुल्न आएको छ।
विसं २०७४ फागुनको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत आएपश्चात राजश्व अनुसन्धान विभाग ललितपुरले कर छलीको कसुरमा आठ सरकारी कर्मचारीसहित ५१५ विरुद्ध मुद्दा चलाएको छ। उनीहरुले झण्डै रु १३ अर्ब बिगोबराबरको ...
काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ। निगमले सोमबार विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरिएको जनाएको हो। ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ तोकिएको छ।
तर हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ।
...काठमाडौँ - बैंकहरूले अब सहुलियत कर्जा पनि अनिवार्य रूपमा जारी गर्नैपर्ने भएको छ । राष्ट्र बैंकले परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले जारी गर्नुपर्ने यस्तो कर्जाको संख्या नै किटान गरेको छ । नयाँ निर्देशनअनुसार वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षभित्र कम्तीमा पनि ५ सयवटा यस्ता कर्जा जारी गरेको हुनुपर्नेछ ।
त्यस्तै, विकास बैंकहरूले कम्तीमा २ सयवटा र वित्त कम्पनीहरूले कम्तीमा १ सय यस्तो कर्जा जारी गरेको हुनुपर्छ । यसरी जारी गरेको कर्जा सहुलियत कर्जाअन्तर्गतको कृषि तथा पशुपक्षी कर्जाबाहेक हुनुपर्नेसमेत निर्देशन छ । हाल कृषिबाहेकका अन्य सहुलियत कर्जामा १ हजार ८ सय ...
काठमाडौं - महानगरीय प्रहरी प्ररीसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरेर कीर्ते हस्ताक्षर गरेर रकम निकाल्ने ६ जनाको समूहलाई सार्वजनिक गर्यो । यो समूहले नक्कली हस्ताक्षर गरेर बैंकहरुबाट चेकबुक र एटीएम कार्ड लिने र उनीहरुको पैसा निकाल्ने गर्दै आएको थियो ।
बैंकमा राखेको रकम समेत चोरी भएको पाइएपछि नेपाल राष्ट्र बैंकले चासो देखाएको छ । र, प्रारम्भिक अनुसन्धानमा बैंक कर्मचारीकै संलग्नता हुनसक्ने आशंका गरेको छ । घटनालाई प्रहरीसँगै आफूले समेत नजिकबाट अनुसन्धान गरिरहेको भन्दै राष्ट्र बैंकले चाडै सत्यतथ्य बाहिर आउने बताएको छ । सम्बन्धित बैंकका शाखाहरुमा राष्ट्र ...
काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) एक वर्षमै पौने २ अर्ब रुपैयाँभन्दा बढी घाटामा गएको छ। गत आर्थिक वर्ष २०७५/०७६ मा मात्रै नेपाल एयरलाइन्सले १ अर्ब ८२ करोड रुपैयाँ भन्दा घाटा ब्यहोरेको हो।
गत आवमा नेपाल एयरलाइन्सले १५ अर्ब १४ करोड ५ लाख ६१ हजार ४ सय १ रुपैयाँ आम्दानी गरेको थियो। तर, निगमले खर्च भने १७ अर्ब रुपैयाँको हाराहारीमा गरेको स्रोतको भनाइ छ। निगमको सबैभन्दा बढी घाटा अपरेशनमा छ।
निगमले गत आवमा अन्तर्राष्ट्रिय उडानबाट १० अर्ब ७० करोड ४ लाख ४५ हजार ३ ...
काठमाडौं - पहिलो त्रैमासिकमा १ अर्ब माथि कमाउनेमा ३ वटा बैंकहरु दरिएका छन् । वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १२ करोड ७५ लाख ३७ हजार कमाएको छ।
नाफा धेरै कमाउने वाणिज्य बैंकको दोश्रो नम्बरमा रहेको नबिल बैंक लिमिटेडले १ अर्ब १२ करोड ३५ लाख ८६ करोड नाफा कमाएको छ भने तेश्रो नम्बरमा रहेको एनआइसी एसिया बैंकले १ अर्ब ९६ लाख रुपैयाँ नाफा कमाएको छ।
सबैभन्दा कम नाफा सिभिल बैंक लिमिटेडको छ। यो बैंकले पहिलो तीन महिनामा १५ करोड ८९ लाख ४८ ...
काठमाडौं - गत आर्थिक वर्ष अपेक्षाकृत विकास (पुँजीगत) खर्च नहुँदा अर्थमन्त्री युवराज खतिवडाले संसद्मा भनेका थिए, ’यो वर्ष छुट दिनुस्, आगामी वर्षको दिनगन्ती सुरु गर्नुस्।’ तर, चालु आर्थिक वर्षको पहिलो चौमासमा गत वर्षको सोही अवधिभन्दा पनि कम पुँजीगत खर्च भएको छ।
विकास कार्यक्रमको ठूलो हिस्सा रहेको पुँजीगत बजेट यस अवधिमा ५ दशमलव ९५ प्रतिशत मात्रै खर्च भएको छ। गत वर्ष सोही अवधिमा पुँजीगत खर्च ८ दशमलव ३० प्रतिशत भएको थियो। चालु आवको चार महिनामा २४ अर्ब ६८ करोड रुपैयाँ मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको ...
काठमाडाैं- आन्तरिक राजस्व विभागले विगतभन्दा यसपालि ठूलो मात्रामा करको दायरा बढाएको छ। गत वर्ष २१ लाख करदाता रहेकामा अहिले दायरा बढाएर विभागले २९ लाख ६५ हजार करदाता पुर्याएको छ।
यो कूल जनसङ्ख्याको करिब छ प्रतिशत हो। विभागको निजी तथा विश्लेषण शाखाका निर्देशक कृष्णबहादुर बोहराले करमा समावेश नभएका करदाता समावेश भएको र कतिपय अवस्थामा स्किमका कारण दायरा बढेको बताए। उनले ‘प्यान फर अल’ भन्ने अभियानले पनि करको दायरा फराकिलो भएको जिकिर गरे।
छुटेकालाई सहभागी गराएर दायरालाई अझै बढाउने योजना विभागको छ। विभागका महानिर्देशक विनोदबहादुर कुँवरले आयातमा आधारित राजस्व ...
काठमाडौं - गैरआवासीय नेपाली संघले वैदेशिक रोजगार क्षेत्रमा समस्या परेका पीडित कामदारलाई सहयोग गर्ने भएको छ। संघको पहिलो बैठकले श्रमिक कल्याणकारी कोषका लागि १ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
वैदेशिक रोजगारीका पीडितहरूलाई सहयोग गर्ने हेतुले स्थापित कोषमा संघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यले सहयोग गर्ने घोषणा गरेका हुन्। वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा ४३ लाखभन्दा बढी श्रमिक छन्। संघले वैदेशिक रोजगारमा समस्यामा परेका कामदारको उद्धार तथा राहतमा पहिलो प्राथमिकता दिने जनाएको छ।
बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका ...
काठमाडौं - कर्मचारीकै संलग्नतामा कृषि विकास बैंक ह्याक गरी ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ लुटिएको प्रकरणमा प्रहरीले सो बैंकको लहान शाखाका लोन प्रमुखलाई पक्राउ गरेको छ। बैंकको लहान शाखाका लोन शाखा प्रमुख सुनीलकुमार साहलाई प्रहरीले अनुसन्धानका लागि लहानबाट आइतबार पक्राउ गरेको हो।
बैंककै कर्मचारीको संलग्नता हुनसक्ने भन्दै उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको स्रोतले जानकारी दियो। कर्मचारीकै युजर आइडीबाट बैंकको रकम लुटिएको पाइएको थियो। लहान शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम ह्याकरले लुटेका थिए।
यसअघि गत शुक्रबार प्रहरीले महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याललाई ...
काठमाडौं - साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६ सय रुपैयाँले सस्तो भएको हो।
शुक्रबार प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ७२ हजार २ सय रुपैयाँ तोकिएको छ। दसैंको पहिलो दिन नेपाली बजारमा सुन सामान्य सस्तो भएको महासंघले जनाएको छ।
सुनको भाउसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। चाँदी प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ शुक्रबार प्रतितोला ८६० रुपैयाँ थियो।
...काठमाडौं - राष्ट्र बैंकले शुक्रबारदेखि नयाँ र सुकिला नोट सटही सुविधा दिने भएको छ। असोज १० देखि १७ गतेसम्म सर्वसाधारणले राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ र सुकिला नोट साट्नसक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।
५, १०, २०, ५० र १०० दरका नोट एक÷एक पाकेट गरी बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिन लागिएको राष्ट्र बैंकले बताएको छ। राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र विराटगनर, जनकपुर, वीरगन्ज, ...
दिवाकर पोख्रेल
देउखुरी, असोज। उदेश्य मिल्ने सहकारीको मर्जको नीति सरकारले अघि सारेसंगै सहकारी संस्थाहरु मर्जको प्रकृया शुरु हुन थालेको छ । सहकारी संस्था मर्ज हुँदा आर्थिक रुपमा पनि सम्पन्न् हुने हुँदा सहकारीले मर्जको प्रकृया थालेका हुन । दाङ देउखुरीमा पनि सहकारी संस्थाहरु मर्ज हुने प्रकृया शुरु भएको छ । विभिन्न उदेश्यका सहकारी संस्था मध्ये लमहीका दुइवटा बचत तथा ऋण सहकारी एक आपसमा मर्ज हुन थालेका छन् ।
लमही नगरपालिका वडा नम्बर ५ मा मुख्य कार्यालय स्थापना गरि गढवा गाउँपालिकाको शाखाबाट समेत बचत ...
काठमाडौं - सरकारले आर्थिक वर्षको पहिलो दुई महिनामै ठूलो परिमाणमा बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयका अनुसार, साउन र भदौ महिनामा मात्र १ अर्ब ३२ करोड रुपैयाँ रकमान्तर भएको छ ।
भदौमा मात्र १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रकमान्तर भएको मन्त्रालय स्रोतले बतायो । यो रकमान्तर आगामी मंसिरमा हुने उपनिर्वाचनको तयारी र नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि गरिएको छ ।
मन्त्रालयको विवरणअनुसार निर्वाचन आयोगले भैपरी आउने खर्चबाट २५ करोड रुपैयाँ साधारण प्रशासनका लागि रकमान्तर निकासा लिएको छ । यो ...
काठमाडौं - नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको हो ।
अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ । मूल्य घटेपछि ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ३ सय ५० रुपैयाँ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटेको छ । सेप्टेम्बर ...
काठमाडौं - साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १.५४ प्रतिशतले घटेको हो ।
यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७९ अंक अर्थात् १.४९ प्रतिशतले घटेको छ । नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोवार रकम समेतमा त्यसको प्रभाव देखिएको छ । कूल १६२ कम्पनीको शेयर २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भयो ।
स्टकका अनुसार कारोवार भएका ११ ...
काठमाडौं - पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटेको छ। नेपाल आयल निगमले मंगलबार दिउँसो १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७ रुपैयाँ, डिजेल र मट्टितेलको बिक्री मूल्य ९५ रुपैयाँ प्रतिलिटर तोकिएको छ।
स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजार मूल्य, मंगलबारबाट सुरु हुने पाइपलाइनबाट ढुवानी हुँदा हुने बचत र मुद्रा विनिमय दरको उतारचढावका कारण मूल्य घटेको निगमले जनाएको छ।
हवाई इन्धन र ग्यास सिलिण्डरको मूल्य भने यथावत छ।
आयल निगमले स्वतः सञ्चालित मूल्य संरचना लागु गरेपछि हालसम्ममा २५ ...
काठमाडौं - चिनियाँ ह्याकरले एटीएमबाट पैसा चोरेपछि नेपाल राष्ट्र बैंकले अब एक दिनमा एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न मिल्ने निर्णय गरेको छ। राष्ट्र बैंकको निर्णयसँगै एटीएमबाट अब एक दिनमा पाँच सयदेखि ६० हजार मात्रै निकाल्न पाइन्छ।
यसअघि एक लाखसम्म निकाल्न मिल्ने व्यवस्था थियो। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले विज्ञप्तिमार्फत् जानकारी गराएका हुन्।
विज्ञप्तिमा उल्लेख भए अनुसार एकपटकमा अधिकतम् २० हजार र एक दिनमा ६० हजार निकाल्न मिल्ने जानकारी गराएका हुन्। यसअघि एक दिनमा चार पटक गरेर २५–२५ हजारका दरले एक ...
काठमाडौं - सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको छ । प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा सञ्चालनमा आएको हो ।
ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटीएम सेवा बन्द गरेको थियो । आइतबार बिहान भने प्रभु र एनआईसी एशियाबाहेकका बैंककाे एटीएम सेवा सञ्चालनमा आएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि २ बाहेकका बैंकको एटीएम सेवा सञ्चालनमा आएको जनाएकाे छ । प्रभु बैंक र एनआईसी एशियाकाे सेवा पूर्ववत अवस्थामा ...
धनगढी - सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका चारवटा नाकाको तथ्यांक हेर्दा व्यापार घाटाको अवस्था डरलाग्दो छ । कैलालीको त्रीनगर भन्सार, कञ्चनपुरको गड्डाचौकी भन्सार, बैतडीको जुलाघाट भन्सार र दार्चुलाको भन्सार नाकाको तथ्यांकअनुसार गत वर्ष आयातको चार प्रतिशत मात्रै निर्यात भएको छ ।
चारवटै भन्सार कार्यालयबाट २३ अर्ब ४८ करोडको आयात भएकोमा निर्यात ९३ करोड मात्रै छ । सुदूरपश्चिमका बैतडी र दार्चुलाका नाकाबाट त निर्यात शून्य छ । प्रदेशको सबैभन्दा ठूलो नाका कैलालीका त्रीनगरबाट २१ अर्ब ७८ करोडको आयात भएकोमा ८३ करोडको मात्रै निर्यात भएको छ ।
सुदूरपश्चिमको भारतसँग जोडिएको ...
काठमाडौं - अघिल्लो साताको तुलनामा यो साता पूँजीबजार साढे १६ अंकले घटेको छ।
यो साताको कारोबार शुरु गर्दा १ हजार २ सय १३ दशमल शून्य ६ अंकमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से परिसूचक) साताको कारोबारको अन्तिम दिनसम्म आइपुग्दा १ हजार १ सय ९६ दशमलव ४१ अंक कायम भएको छ।
यस साता सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६१ अंकले घटेको छ। अघिल्लो बिहीबार २ सय ६३ दशमलव ७० अंकमा रहेको सेन्सेटिभ इन्डेक्स यस बिहीबार २ सय ६१ दशमलव २४ अंक कायम भएको छ।
साताको अन्तिम दिन बिहीबार मात्र नेप्से ...
काठमाडौं - अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक पाँच अर्बभन्दा बढी नाफा गरेको भन्दै आगामी दिनमा नाफामुखीभन्दा सेवामुखी हुन आग्रह गरेका छन्।
बुधबार राजधानीमा राष्ट्रिय वाणिज्य बैंकका १४ वटा शाखा कार्यालयको डिजिटल प्रणालीबाट उद्घाटन गर्दै उनले आगामी दिनमा बैंकले प्राथमिकता क्षेत्र तोकेर लगानी गर्नुपर्ने र वित्तीय पहुँचका लागि वित्तीय साक्षरता अभियानमा जोड दिनुपर्ने सुझाए।
बैंक तथा वित्तीय संस्थाहरुले नाफालाई मात्र जोड दिँदा बचतकर्ता मारमा परेको भन्दै उनले बचतकर्तालाई दिँदै आएको ब्याज प्रतिशत बढाउन र सहज तथा सस्तो कर्जा प्रवाह गर्न आग्रह गरे। वित्तीय संस्थाहरु स्वायत्त, ...
काठमाडौँ - कर्जा खराब भएपछि बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ७१ करोडको पुगेको छ । गत आर्थिक वर्षमा थप १ अर्बबराबरको सम्पत्ति स्विकारेपछि बैंक तथा वित्तीय संस्थाको यस्तो सम्पत्ति करिब ६ अर्ब पुगेको हो । कर्जा असुली नभएमा बैंकहरूले धितो बेचबिखन गरी उठ्न बाँकी साँवा र ब्याज असुल गर्न सक्ने व्यवस्था छ । कर्जा उठाउन बैंकहरूले धितो लिलामी गर्दा बिक्री नभएमा आफैंले सकार्नुपर्छ । यसरी सकारेको धितो नै गैरबैंकिङ सम्पत्ति हो ।
खराब कर्जा घट्दै गैरबैंकिङ सम्पत्ति बढ्दै
२९ वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा अघिल्लो आवमा कुल कर्जाको ...
काठमाडौं - आजबाट काठमाडौंको भृकुटीमण्डपमा सवारी तथा सवारीजन्य वस्तुहरुको ‘कुम्भमेला' 'नाडा अटो शो २०१९' सुरु भएको छ। शोको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गरेका छन्।
अटव शोको उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारको पहिलो प्राथमिकतामा विद्युतीय सवारी र गाडी एसेम्बलिङ उद्योग रहेको बताए। सवारी आयात गर्दा २० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गर्न चाहनेलाई सरकारले अवस्था हेरेर छुट दिँदै जाने उनले व्यवसायीसमक्ष प्रतिबद्धता जनाए।
अटो शो सवारी किन्नेहरुका लागि उपयुक्त स्थान र समय हुँदै हो भने सवारी बिक्रेताहरुका लागि ठूलो उत्सवसमेत रहिआएको छ। अटो शो दसैं सुरु हुनु एक ...
काठमाडौँ - सुनको भाउमा अचाक्ली वृद्धि भएछि नेपाली बजारमा सुन कारोबार ठप्पजस्तै भएको छ । बजारमा सुनको माग नभएपछि आयात गरेको ६ सय ४२ किलो सुन बैंकमै थुप्रिएको छ । ‘बैंकले लिन आऊ भन्छ । तर, बजारमा माग छैन,’ नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।
शुक्रबार र शनिबार सुन प्रतितोला ७१ हजार पाँच सयमा खरिद–बिक्री भयो । दुई सातायता मात्र प्रतितोला साढे ६ हजारले बढेको छ भने दुई महिनायता प्रतितोला १० हजार रुपैयाँले बढिसकेको छ । सुनको भाउ अकासिँदै गर्दा चाडपर्वमा नेपाली उपभोक्ता सुनतर्फ आकर्षित भई खरिदबिक्रीमा उत्साहित देखिने विगतको ...
काठमाडौं - २८ वाणिज्य बैंकले आव ०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। ०७४/७५ को तुलनामा बैंकहरूको खुद नाफा २४.५८ प्रतिशत बढेको हो।०७४/७५ मा बैंकहरूले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए। ०७४/७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएका छन्।
कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफामा उल्लेख्य वृद्धि भएको छ। आव ०७५/७६ मा वाणिज्य बैंकको औसत निक्षेप दर ६.५८ प्रतिशत र कर्जामा ब्याजदर १२.३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत ...
काठमाडौँ - नबिल बैंकले आर्थिक वर्ष २०७५/०७६ मा चार अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा ७.८४ प्रतिशत बढी नाफा कमाएको हो । आर्थिक वर्ष २०७४।७५ मा नविलले तीन अर्ब ९८ करोड १८ लाख खुद मुनाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा भने तीन अर्ब १८ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्ता पुँजी ९ अर्ब एक करोड १८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ९ अर्ब ३३ करोड २३ लाख रुपैयाँ ...
काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले जनताको हितका लागि बैंक तथा वित्तीय संस्थामा संचालक तथा प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोकिएको बताएका छन् । अर्थसमितिको बैठकमा राष्ट्र बैंकका गभर्नर डा. नेपालले सर्बोच्च अदालतको अन्तरिम आदेश औपचारिक नआएको बताए । गभर्नर नेपालले जनताको करबाट तलब खानेको उमेर हद ५८ भएको भन्दै जनताको पैसाबाट चल्ने बैंकका सिइओको उमेर लाई ६५ तोकिएको बताए ।
'क्षमता छ भन्दैमा उमेरहद ९५ मान्न सकिन्न, आराम गर्ने उमेरमा आराम नै गर्नुपर्छ' - उनले भने । गभर्नर नेपालले संसारमा कहीँ नभएको ...
काठमाडौँ - सरकारको समेत स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले सबै भन्दा धेरै नाफा कमाउनुका साथै नाफामा इतिहास रचना गरेको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा बैंकले ४६ प्रतिशतले नाफा बढाएको हो ।
सबैभन्दा बढी नाफा कमाउने बैंकका रुपमा स्थापीत हुँदै आएको राष्ट्रिय बाणिज्य बैंकले नाफामा अत्याधिक छलाङ मारेको छ । बैंकको प्रतिसेयर आम्दानी ५९.१७ रुपैयाँ छ । बैंकले ४.२८ प्रतिशत रहेको खराब कर्जालाई घटाएर २.९० प्रतिशतमा झारेको छ । ...
काठमाडौँ - सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओहरु)को सम्पत्ति छानबिन गर्ने भएको छ । ललिता निवासको सरकारी जग्गा धितो राखेर बैंकहरुले कर्जा दिएको भेटीएपछि विभागले सीइओ र कर्जा शाखामा कार्यरत उच्च कर्मचारीको सम्पत्ति छानबिन गर्ने भएको हो ।
जोखिमपूर्ण क्षेत्रमा कर्जा गरेको, कर्जा प्रवाह गर्दा अनियमितता गरेको तथा सम्पत्ति शुद्धिकरण निवारणमा बैंकका उच्च कर्मचारीको संलग्नता भेटिएपछि विभागले अनुसन्धान थालेको हो ।
...काठमाडौँ - बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को संशोधन प्रस्ताव मन्त्रिपरिषद पुगेको छ । नेपाल राष्ट्र बैंकले पठाएको मस्यौदामा हेरफेर गरि अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपरिषद्मा पेश गरेका हुन् ।
मन्त्रीपरिषद्बाट पास भएपछि अर्थमन्त्रीले ऎनलाई संसदमा पेश गर्नेछन् । संसदमा पेश गरिएको मस्यौदामा आवश्यक भए थप छलफलका लागि संसदीय समितिमा पठाइन्छ । समितिले संसदको पूर्ण सदनमा प्रतिवेदन पेश गरेपछि फेरि संसदमा छलफल हुनेछ । संसदको दुइतिहाइले पारित गरेपछि त्यसलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऎनले कानूनी रुप लिन्छ ।
...काठमाडौं - नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ रुपैयाँ ऋण पुगेको छ। गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो। गत आर्थिक वर्ष प्रत्येक नेपालीलाई चार हजार सात सय २४ रुपैयाँ ऋण थपिएको छ।
महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा सरकारको ऋण १३.६५ प्रतिशत बढेको छ। अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। केन्द्रीय तथ्यांक विभागको सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ रुपैयाँ हुन्छ।
महालेखा नियन्त्रकको कार्यालयका ...
काठमाडौं - नेपाली सेनाको कल्याणकारी कोषमा ३८ अर्ब ५७ करोड ६० लाख रुपैयाँ जम्मा भएको छ। गत आर्थिक वर्षमा ३५ अर्ब ७७ करोड २४ लाख रुपैयाँ रहेको नगद मौज्दात चालू आर्थिक वर्षमा दुई अर्ब ८० करोड रुपैयाँले वृद्धि भएको हो।
२०३२ सालमा संयुक्त राष्ट्रसंघमातहत शान्ति सेनामा सहभागी भएबापत प्राप्त एक करोड २४ लाख एक हजार रुपैयाँबाट सुरु भएको उक्त कोषमार्फत बहालवाला र अवकाश प्राप्त सैनिक तथा तिनका आश्रित परिवारका लागि काम गर्दै आएको सेनाले जनाएको छ। सेनाले कल्याणकारी कोषको रकमबाट बहालवाला र अवकाश प्राप्त सैनिकहरुका लागि ...
काठमाडौं - सरकारी ढुकुटीबाट अनियमित खर्च गर्ने सरकारी संघसंस्था र समितिहरूको बेरुजु १८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। राज्यलाई व्ययभार बढाउने त्यस्ता समितिले कानुन उल्लंघन गरी खर्चिने यो रकमको १७.१८ प्रतिशत मात्रै फस्र्योट गरेका छन्। फर्स्यौट पछि बेरुजु १५ अर्ब ४० करोड रुपैयाँ बाँकी छ।
गत वर्ष असार २० मा मन्त्रिपरिषद्को कार्यालयले राज्यलाई भार बोकाउने त्यस्ता संघ र समितिको खारेज गर्ने निर्णय गरेको थियो। ३२ समिति र संस्थाले राज्यलाई भार पारिरहेको भन्दै खारेज गर्न सुझाव दिइएको थियो। तर सम्बन्धित मन्त्रालय तथा निकाय त्यस्ता समितिको बेरुजु ...
काठमाडाैं - के तपाईँले रु ५० लाखभन्दा बढीको ऋण लिन लाग्नु भएकाे छ? व्यापार व्यवसाय विस्तार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सोच बनाउनुभएको छ? यदि छ भने अब तपाईँसँग स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुनुपर्छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले रु ५० लाख वा सोभन्दा बढी कर्जा लिने भए अनिवार्य रुपमा प्यान लिएको हुनुपर्ने व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाले छुट्टाछुट्टै वा एकमुष्ट गरी रु ५० लाख वा सोभन्दा बढी रकमको ऋण लिनुपरेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा प्यान ...
काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ५० पैसा वृद्धि गरेको हो।
त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँले घटाएर मूल्य समायोजन गरिएको छ।
नयाँ मूल्य अनुसार अब पेट्रोल १०९ रुपैयाँमा पाइने छ। भने डिजेलको मूल्य ९७ रुपैयाँ पुगेको छ। एलपी ग्यासको खुद्रा विक्री मूल्य १३ सय ७५ रुपैयाँ प्रति सिलिण्डर पुगेको छ।
हवाई ईन्धनको मूल्य यथावत राखिएको छ। निगमले आर्थिक वर्ष २०७५/७६ मा एलपी ...
काठमाडौँ - नेपालको वैदेशिक व्यापार घाटा वार्षिक बजेटभन्दा बढी भएको छ । संघीय सरकारले आव ०७५/७६ मा ल्याएको बजेटभन्दा देशले व्यहोरेको व्यापार घाटा बढी भएको हो । सरकारले उक्त आवका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर, सोही आवमा नेपालले कुल १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ । यसलाई आधार मान्दा पनि संघीय सरकारले ल्याएको बजेटभन्दा देशको कुल व्यापार घाटा ६ अर्ब २६ करोडले बढी देखिन्छ । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले मध्यावधि समीक्षामार्फत आव ०७५/७६ को बजेटलाई ...
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी तथा सान्जेन जलविद्युत कम्पनी लिमिटेडबीच सेयर सूचीकरण सम्झौता भएको छ। यो सम्झौतासँगै रसुवागढी हाइड्रो पावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनीले मंगलबारदेखि नै दोश्रो बजारमा सेयर कारोबार गर्ने बाटो खुलेको छ। दुवै कम्पनी र नेपाल स्टक एक्सचेन्जबीच सोमबार दोश्रो बजारमा सेयर सूचीकृत गर्ने सम्बन्धी सम्झौता भएको हो।
सेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र रसुवागढी हाइड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अधिकृत विश्व मल्ल तथा सान्जेन जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी ...
काठमाडौं - बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने सामाग्री नेपाली भाषामा हुनुपर्ने प्रावधान ल्याइएको छ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको 'एकीकृत निर्देशन २०७५'लाई संशोधन गर्दै थप नयाँ व्यवस्था गरेको हो।
बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने सामाग्री २०७६ पुसमसान्तसम्ममा नेपाली भाषामा सार्वजनिक गर्नुपर्ने र अबउप्रान्त सार्वजनिक हुने सामाग्रीहरु समेत नेपाली भाषामा सार्वजनिक गर्नुपर्ने नयाँ व्यवस्था गरेको हो।
साथै बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई प्रदान गर्ने सेवासम्बन्धी जानकारी पनि 'अडियो नोटिस बोर्ड'बाट ...
काठमाडाैं - धितोपत्र बजारमा आज शेयर कारोबारमापक नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अङ्कले घटेर २७१.०१ मा पुगेको छ।
परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको छ। स्टक एक्स्चेन्जका अनुसार आज १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता शेयर ४४ करोड ३२ लाख पाँच हजार ४८१ रुपैयाँमा खरिद बिक्री भयो। कारोबार भएका कुल ११ मध्ये दुई उपसमूहको शेयरमात्र उकालो लागेको छ।
निर्जीवन बीमा ३.४९ र सामूहिक लगानी कोषका शेयर ०.११ अङ्कले बढेको छ। त्यस्तै बैंकिङ २.८३, होटल ३.८६, ...
काठमाडौं - सरकारले कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । बजेटमार्फत १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरिएको थियो । तर नयाँ तलबमान सार्वजनिक भएको थिएन ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको छ । जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एघारौंको ५९ हजार २५ सम्म छ ।
नयाँ तलबमान हेर्न यो url लाई copy गरेर google मा paste गर्नुहोला
https://drive.google.com/file/d/0BzUnR7E8VBh9MEp4c0lpUUhlaWlmOFNIV1VzRjlmaE1fclFj/view
...काठमाडौं- सरकारले पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने विषयमा छलफल सुरु गरेको छ । राजस्वको दायरा विस्तारका क्रममा नयाँ क्षेत्र खोजिरहेको अर्थ मन्त्रालयले सामाजिक सुरक्षाको स्याथी व्यवस्थापनका लागि पैतृक सम्पत्ति हस्तान्तरणमा कर 'इन्हेरिटेन्स ट्याक्स' लगाउने विषय छलफलमा ल्याएको हो।
विद्यमान कानुनी व्यवस्था अनुसार तीन पुस्ताभित्रको पैतृक सम्पत्ति हस्तान्तरणमा कर लाग्दैन। पैतृक सम्पत्ति हस्तान्तरणमा रजिष्ट्रेसन बाहेक अन्य शुल्क तिर्नुपर्दैन। तर सरकारले अब यस्तो सम्पत्तिको हक हस्तान्तरणमा पनि कर लगाउने भएपछी घरमुलि अथवा बाबुले अंशियारलाई पैतृक सम्पत्ति हस्तान्तरण गर्दा कर तिर्नुपर्ने छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार सम्पत्तिको मूल्यांक अनुसार ...
काठमाडौं - नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ। आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। डाइभर्सिटी भिसा (डीभी) का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो।
नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) दिएका कारण उक्त अवधिमा प्रवेशाज्ञा समाप्त भएका नेपालीले बढी समय बस्ने अनुमति पाएका छन्। यो सुविधा अन्तर्गत उनीहरूले सन् २०२० को मार्च २० सम्म अमेरिकामा काम गर्न पाउँछन्। राष्ट्र ...
काठमाडौं - सरकारले दूरसञ्चार नियमावलीमा संशोधन गरेपछि इन्टरनेट सेवा प्रदायकले यसअघि १३ प्रतिशतले बढाएको इन्टरनेटको मूल्य फिर्ता लिएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले दूरसञ्चार (नवौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेपछि बढेको १३ प्रतिशत मूल्य घटाउने निर्णय भएको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले जनाएको छ ।
गएको आर्थिक वर्षको बजेटमार्फत सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शूल्क लगाउने निर्णय गरेपछि सङ्घले अघिल्लो वर्षको साउन १ गते नै मूल्य बढाउने घोषणा गरेको थियो । तर सरकारले तत्काल वार्ता गरी दूरसञ्चार नियमावलीमा ...
काठमाडौँ - काठमाडौंस्थित एक थिंकट्यांक संस्थाका अनुसार सन् २०१९ मा नेपालको वास्तविक कुल गार्हस्थ उत्पादनको वृद्धिदर ६ दशमलव ८१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस)ले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनले कृषि उत्पादन वृद्धि, विद्युत्को विश्वसनीय पहुँच, भूकम्पपछिको पुनर्निर्माणलगायत अन्य निर्माणका कामले प्रक्षेपित वृद्धिदर हासिल गर्न सकिने उल्लेख गरेको छ । यो सन् २०१८ मा आइआइडिएसले प्रक्षेपण गरेको भन्दा शून्य दशमलव ५१ प्रतिशत बिन्दुले धेरै हो । सन् २०१८ मा वास्तविक कुल गार्हस्थ उत्पादन ६ दशमलव ३ प्रतिशत थियो ।
आइआइडिएसका कार्यकारी निर्देशक डा. विष्णुदेव पन्तले ...
काठमाडौं - नेपालका ४ वटा वाणिज्य बैंकहरु ‘एशिया मनि अवार्ड’ बाट पुरस्कृत भएका छन् । युरोपबाट निस्कने पत्रिका ‘युरो मनि’ ले हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ । १२ जुलाईमा हङकङमा आयोजित कार्यक्रममा विभिन्न सात विधामा नेपालका ४ वटा वाणिज्य बैंकहरुले अवार्ड जितेका हुन् ।
विश्वभरका करिब २ हजार बैंकहरु यो अवार्डका लागि नोमिनेसनमा परेका थिए । हरेक देशलाई छुट्टाछुट्टै यो अवार्ड प्रदान गरिन्छ । यसमा नेपाली बैंकहरुलाई पहिलोचोटी समेटिएको हो ।
यूरो मनिले ‘बेष्ट डोमेस्टिक बैंक’सहित दुई अवार्ड नविल बैंकलाई प्रदान गरेको छ । नेपालको ...
काठमाडौं - चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट खर्च गर्ने आधार आउँदो चैत १५ गतेभित्र तयार नहुने निकायको पैसा अर्थ मन्त्रालयले फिर्ता लिने भएको छ।
अर्थले तयार गरेको बजेट कार्यान्वयन कार्ययोजना २०७६/०७७ अनुसार चैत मध्यसम्ममा खर्चको आधार तयार नगर्ने कार्यालयका लागि विनियोजित बजेट अर्थले नदिने भएको हो।
विगतमा पनि अर्थ मन्त्रालयले फागुन मसान्तसम्ममा खर्चको आधार तयार नभएको बजेट सरेन्डर गर्ने नीति अघि सारेको थियो। तर, सम्बन्धित मन्त्रालयको असहयोगका कारण अर्थले आफ्नो निर्णय कार्यान्वयन गराउन सकेको थिएन।
'यसपटक हामी प्रभावकारी रूपमा कार्ययोजना कार्यान्वयन गर्छौं र खर्च नभएको पैसा ...
नेपालगन्ज - सिटिजन्स बैंकको नेपालगन्ज शाखाका प्रबन्धकसहित १३ कर्मचारीले कम सुनको धेरै धितो मूल्याङ्कन गरेर ठगी गरेको रहस्य खुलेको छ। एकजना व्यक्तिको सुन भाखा नाघेर गलाउन खोज्दा धितो राखिएको भन्दा धेरै गुणा कम पाइएपछि घटना पर्दाफास भएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार यसरी ठगी गर्नेमा बैंकका प्रबन्धक विवेक स्वाँर, सहायक प्रबन्धक शंकर जोशी, खजान्ची ज्योति सुनार, सुन धितो राख्ने ईश्वर सुनार, रमेश सुनार, दीपक विश्वकर्मा, दीपेन्द्र विश्वकर्मालगायत १३ जना रहेका छन्।
उनीहरुले परिवारका सदस्य, आफन्तको र आफ्नै नाममा कम सुनलाई धेरै परिणामको ...
काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंकलाई बीमा पोलिसी बेच्न समेत रोक लगाउने भएको छ । बैंकले बुधबार आथिर्क वर्ष २०७६/७७को मौद्रिक नीतिमार्फत पोलिसी बेच्न रोक लगाउने घोषणा गरेको हो ।
बैंकहरुले हाल संस्थागत अभिकर्ताको लाईसेन्स लिएर बैंकहरुले बीमा पोलिसी बेच्दै आएका छन् । बैंकासुरेन्स भन्दै विभिन्न बैंकहरुले बीमा कम्पनीसँग सहकार्य गर्दै आएका छन् । अब यसमा रोक लाग्ने भएको छ ।
यसैगरी लघुवित्तमा क्रस होल्डिङलाई आधार मान्दै राष्ट्र बैंकले मर्जरको नीति लिने भएको छ । लघुवित्तहरुले २५ प्रतिशत लगानी अब कृषी क्षत्रेमा गर्नुपर्ने भएको छ ।
राष्ट्र बैंकका ...
काठमाडौं- नेपाल राष्ट्र बैंकले मर्जमा जाने लघुवित्त वित्तीय संस्थाहरूलाई ५ वटा अफर योजना अगाडि सारेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/०७७ का लागि सार्वजनिक गरेको मौद्रिक निति मार्फत यस्तो अफर दिने भएको छ।
१ एकल ग्राहक कर्जा सीमानाघेको ऋणीको कर्जालाई सीमा भित्र ल्याउन समय थप गर्ने।
२ तोकिएको पुँजी कोष अनुपात पुर्याउनु पर्ने समय थप गर्ने।
३ सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारी अधिकृतपदबाट हटेको कम्तिमा ६ महिना व्यतित नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा सञ्चालक वा अन्य कुनै पनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागू ...
काठमाडौं - नेपाल राष्ट्र बैंकले मर्जरमा जाने वाणिज्य बैंकहरुका लागि सहुलियतपूर्ण योजना ल्याएको छ। राष्ट्र बैंकले आगामी असार मसान्तभित्रमा मर्जरमा गई एकीकृत कारोबार थालिसक्ने बैंकहरुलाई कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा तोकिएको न्यूनतम लगानी पुर्याउनुपर्ने अवधिलाई २०७८ असारसम्म पुर्याउने घोषणा गरेको छ।
चालु वर्षको मौद्रिक नीतिमार्फत गभर्नर डा. चिरञ्जिवी नेपालले यस्ता बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप ब्याजदर अन्तर (स्प्रेड) दर गणना अवधि पनि १ वर्ष थपिने बताएका छन्। स्प्रेड दर ४.४ प्रतिशत कायम गर्नुपर्ने अवधि आउँदो असार मसान्त कायम भए पनि मर्जरमा जानेका लागि २०७८ असारसम्म ...
काठमाडौं - भिजिट नेपाल २०२० लाई लक्षित गरी नेपाल राष्ट्र बैंकले प्रमुख पर्यटकीय गन्तव्यबाटै विदेशी मुद्रा सटहीको सुविधा दिने भएको छ।
आर्थिक वर्ष २०७६/०७७ मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।
तर, विदेशी मुद्राको सहटी सेवा लिन बैंक तथा वित्तीय संस्थाले अलग्गै काउन्टर खोल्नुपर्ने मौद्रिक नीतिमा उल्लेख छ।
...काठमाडौं - राष्ट्र बैंकले वैदेशिक बचतपत्र वर्षैभर बिक्री खुल्ला गर्न आवश्यक समन्वय गर्ने भएको छ।
बैंकले विप्रेषण आप्रवाहलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्न तथा औपचारिक माध्यमको प्रयोगलाई बढावा दिन वैदेशिक रोजगार बचतपत्र तथा नागरिक बचतपत्रको बिक्री वर्षैभरी खुला गर्ने मौद्रिक नीतिमार्फत ब्यबस्था गरेको हो ।
यसअघि निश्चित समयमा मात्र बचपत्रको बिक्री खुला गर्ने गरिएको थियो। आर्थिक वर्ष २०७६/०७७ मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।
...काठमाडौं- मर्जमा जाने बैंक तथा वित्तीय संस्थाहरुले शाखा विस्तार गर्दा राष्ट्र बैंकको अनुमति लिनु नपर्ने व्यवस्था लागू गरिने भएको छ।
आर्थिक वर्ष २०७६/०७७ को मौदिक नीति मार्फत राष्ट्र बैंकले महानगर र उपमहानगरपालिका भित्र बैंकको शाखा विस्तारमा बाहेक लिनुपर्ने स्वीकृतिको व्यवस्था खारेज गर्दै सबै ठाउँमा शाखा विस्तारमा अनुमति लिनु नपर्ने व्यवस्था गरेको हो।
आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीतिमा भने बैंकिङ सेवाको पहुँच थप सरल र सहज बनाउन बैंक तथा वित्तीय संस्थाले शाखा कार्यालय खोल्दा महानगरपालिका र उपमहानगरपालिका हकमा भने राष्ट्र बैंकबाट अनुमति लिनु पर्ने व्यवस्था गरेको थियो।
अब ...
काठमाडौं - नेपाल राष्ट्र बैंकले आथिर्क वर्ष २०७६/७७को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बुधबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
उनले ब्याजदर करिडोर थप कडाइ गरिने नीतिमा उल्लेख गरेका छन् । बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्था गरिने नीतिमा उल्लेख छ ।
विशेष पुनर्कजा यथावत राखिएको छ । ब्याजदर पनि यथावत राखिएको छ । विदेशबाट कर्जा ल्याउन सहज व्यवस्थाहरु गरिएका छन् ।
सुनलाई निक्षेपको रुपमा जम्मा गर्ने नितिगत व्यवस्था गरिने मौदि्रक नीतिमा उल्लेख छ । प्राथमिकता प्राप्त कर्जाको सीमा ...
काठमाडौं - चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति आज बुधबार सार्वजनिक हुने भएको छ ।बुधबार अपराह्न ४ बजे र्याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिबाकोटीले जानकारी दिए ।
‘हाम्रो सञ्चालक समितिबाट मौद्रिक नीति पारित भइसकेको छ’, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘साँझ ४ बजे सार्वजनिक हुने पक्का भइसक्यो ।’
राष्ट्र बैंकले असार मसान्तमै मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको थियो । तर, यसका लागि आवश्यक बोर्ड बैठक बस्न नसक्दा ढिलाइ भएको थियो ।
...काठमाडौं - संघीय सरकारको सञ्चित कोष (ट्रेजरी) ठूलो घाटामा देखिएको छ। महालेखा नियन्त्रकको प्रारम्भिक प्रतिवेदनले आर्थिक वर्ष २०७५÷७६ मा संघीय सरकारको ट्रेजरी अवस्था दुई खर्ब १० अर्ब रुपैयाँ घाटामा छ। सरकारको यथार्थ खर्चमा नगद मौज्दात भए पनि संघीय सरकारबाट तल्लो तहको सरकारमा फन्ड ट्रान्सफर भएपछि संघीय सरकारको खर्चमा देखिन्छ। ‘यो हाम्रो बजेटको लेखा प्रणालीमा समस्या पनि हो।
दोहोरो एकाउन्टिङका कारण संघीय सरकारले तल्लो तहका सरकारमा फन्ड ट्रान्सफर गरेपछि ट्रेजरीमा ठूलो घाटा देखिन्छ’, पूर्व महालेखा नियन्त्रक सुरेश प्रधानले भने, ‘तल्लो तहका सरकारबाट रकम खर्च नभए पनि संघीय ...
काठमाडौँ - माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७५।७६ मा एक अर्ब ७० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७४।७५ मा माछापुच्छ्रेले एक अर्ब २९ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले सेयरधनीलाई बाँड्न मिल्ने नाफा एक अर्ब ३२ करोड आर्जन गरेको जनाएको छ । एक वर्षमा बैंकले ८५ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७१ अर्ब ...
काठमाडौँ - नेपाल राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामिण स्वावलम्बन कोष काठमाडौंको तिनकुनेस्थित साना किसान लघुवित्त वित्तीय संस्थालाई हस्तान्तरण गरेको छ । यससँगै राष्ट्र बैंकको लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभाग ग्रामिण स्वावलम्बन कोषको नामबाट राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता साना किसान लघुवित्तको नामबाट सञ्चालन हुने भएको छ । कोषबाट प्रवाह भएको कर्जाको शर्त, सुविधा, सहुलियत, भुक्तानी भाखा र अन्य ब्यवस्थाहरु कोष नियमावली अनुसार नै हुनेछ ।
सहकारी तथा गैरसरकारी संस्थाहरु मार्फत ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका विपन्न वर्गका जनतालाई आय एवं स्वरोजगारमूलक कर्जा कार्यक्रममा सहयोग पुर्याउनका लागि ...
काठमाडौँ - प्रभु बैंक लिमिटेडले प्रभु वेलकम सेभिङ्स र प्रभु स्यालरी सेभिङ्स खाताहरुमा औषधोपचार र दुर्घटना बीमा सुविधा दिन थालेको छ । साउन १ गतेदेखि सुरु भएको यो सुविधाको माध्यमबाट यी दुई खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बीमा बापत तीन लाख रुपैयाँ र दुर्घटना बीमा बापत १० लाख रुपैयाँसम्मको जोखिम बैंकले वहन गर्नेछ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बीमा सुबिधाले यी दुई बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० ...
काठमाडौं - सरकारले आर्थिक वर्षको अन्तिम तीन दिनमा ७६ अर्ब २१ करोड रुपैयाँ भुक्तानी गरेको छ। महालेखा नियन्त्रक कार्यालयले मंगलबार साँझ ७ बजेसम्म उपलब्ध गराएको तथ्यांकअनुसार आइतबारदेखि तीन दिनमा ४६ हजार वटा चेक काटिएका छन्।
खर्च गर्ने निकायले पठाएको भुक्तानी आदेशका आधारमा रकम भुक्तानी गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयले देशभरबाट सोमबार राति १२ बजेसम्म प्राप्त भुक्तानी आदेशको चेक काट्ने जनाएको छ। एक आर्थिक वर्षमा सिर्जना भएको भुक्तानी दायित्व अर्को आर्थिक वर्षमा सार्दा सरकारले हर्जाना तिर्नुपर्ने भएकाले आर्थिक वर्षको अन्तिममा चेक काट्ने चाप परेको हो।
यस आर्थिक ...
काठमाडौं - नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ। केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी प्रति सेयर १०० अङ्कित दरका १७ लाख २९ हजार ९ सय ८९ कित्ता सेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो।
उक्त सेयर खरिद गर्न इच्छुक बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत सङ्गठित संस्थाले आगामी भदौ २ गतेभित्र बैंकको वित्त व्यवस्थापन विभाग बालुवाटारमा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ।
नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआइडिसी क्यापिटल लिमिटेडको ६.१२ प्रतिशत र धितोपत्र दलाल व्यवसायीको ...
काठमाडौं - व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ। जानाजान वा अन्जानमा तपाईंले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ।
सरकारले पनि हरेक वर्ष व्यक्तिले गर्ने आयआर्जनमा लिने करको दायरा फरक गरिरहेको हुन्छ। व्यक्तिको आयआर्जन कर पनि राज्यले विभिन्न तवरबाट संकलन गर्दै आएको छ।
सोहीअनुरुप सरकारले पनि आर्थिक वर्ष २०७६/०७७ का लागि आयकरको दर निर्धारण गरिसकेको छ। निर्धारण भएको कर साउन १ गतेबाट मात्रै लागू हुनेछ।
'आर्थिक विधेक २०७६' मा व्यवस्था गरिएको आयकरका दर
अविवाहितको हकमा (वार्षिक) लाग्ने आयकरः
४ ...
काठमाडौँ - प्रभु लाइफइन्स्योरेन्स लिमिटेडको दोस्रोे वार्षिक साधारणसभाले वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीको दबारमार्ग स्थीत होटल याक एण्ड यतिमा सम्पन्न दोस्रो साधारणसभाले वार्षिक प्रतिवेदन पारित गरेको हो ।
२०७४/०८/२८ देखि कारोबार संचालनमाआएको कम्पनीका संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालकहरुमा सुभाष अमात्य, नरेश बहादुर मल्ल, रामेश्वर सापकोटा तथा प्रभु बैंकका तर्फबाट प्रतिनिधी संचालक मनिराम पोखरेल रहेका छन् ।
साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरले प्रस्तुत गरेका वार्षिक प्रतिवेदन पारित गरेको छ साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/७५ को वासलात, ...
काठमाडौँ - चालू आर्थिक वर्षको हालसम्म २८ कम्पनीले १८ अर्बभन्दा बढीको प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेका छन् । गत साउनदेखि हालसम्म नेपाल धितोपत्र बोर्डले १८ अर्ब ६५ करोड ८५ लाख ६२ हजार ८ सय रुपैयाँ बराबरको सेयर निष्कासनका लागि अनुमति दिएको हो ।
सेयर निष्काशन अनुमति पाएका २८ कम्पनीमध्ये, १६ वटा हाइड्रोपावर कम्पनी र १२ वटा लघुवित्त कम्पनी रहेका छन् । यीमध्ये २६ वटाको आईपिओ बजारमा आइसकेको छ । हाल हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ जारी रहेको छ भने सबैको लघुवित्त वित्तीय संस्थाले साउन १ गतेदेखि ...
काठमाडौँ - सहकारीमा रहेको दोहोरो सदस्यता हटाउन सहकारी विभागले निर्देशन दिएको छ । सहकारी ऐनले कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने व्यवस्था गरेसँगै विभागले दोहोरो सदस्यता हटाउनका निर्देशन दिँदै सूचना जारी गरेको हो ।
के छ ऐनमा व्यवस्था ?
२०७४ कात्तिक १ गतेदेखि लागू भएको सहकारी ऐन—२०७४ को दफा ३२ मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य हुन नपाउने व्यवस्था छ । यसैगरी ऐन प्रारम्भ हुनुअघि नै एक भन्दा बढी संस्थाको सदस्य रहेका व्यक्तिले ...
काठमाडौँ - नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७६।७७ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आ.ब. २०७४।७५ देखि प्रत्येक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । यस्तो छ, बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रमः
१. नेपालको आर्थिक स्थिति
आव २०७५।७६ मा वाह्य क्षेत्र बाहेक नेपालको समग्र आर्थिक स्थितिमा सुधारका संकेतहरु देखा परेका छन् । पछिल्लो समय आपूर्ति प्रणालीमा आएको सुधार, उर्जा उपलब्धता एवं व्यापार क्षेत्रको विस्तार, निर्माण कार्यले गति लिन थालेको, स्थिर सरकार लगायतका कारण देशको आर्थिक ...
काठमाडौं - सम्पत्तिको स्रोत खुलाउनुपर्ने भएपछि प्रहरीमा चेक बाउन्सका उजुरी घटेको छ। मिटर ब्याज, ढुकुटी र जुवामा लगानी गर्नेहरू पनि आउन थालेपछि त्यसको स्रोत खोज्न थालिएको प्रहरीले जनाएको छ।
यसअघि प्रहरीमा दैनिक ६० देखि ७० वटासम्म उजुरी आउँथे। त्यो क्रम घटेर १५ वटामा सीमित भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। उनका अनुसार १० लाखभन्दा बढी रकमका चेक बाउन्स उजुरीमा प्रहरीले त्यसको स्रोत खोज्छ। ‘१ करोड रुपैयाँसम्मको चेक बाउन्सका उजुरी पर्न थाले। अनुसन्धान गर्दै जाँदा कसैले मिटर ब्याजमा त कसैले ढुकुटीमा लगानी गरेको भेटियो’, ...
काठमाडौ- बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने अधिकार पाएको नेपाल राष्ट्र बैंकको पटक-पटकको दबाबपछि वाणिज्य बैंकहरुले आपसमा गाभिने (मर्जर) प्रतिवद्धता जनाउन थालेका छन्।
मौद्रिक नीतिअघि आफूखुसी गाभिन राष्ट्र बैंकले समयसीमा दिंदै आएको छ। मौद्रिक नीतिपछि राष्ट्र बैंकले जबरजस्ती गाभ्ने प्रकृयामा लैजाने चेतावनी दिँदै आएको थियो।
राष्ट्र बैंकको दबाब र बजारको आवश्यकतालाई हेरेर बैंक तथा वित्तीय संस्था मर्जरमा जाने लिखित प्रतिवद्धता लिएर राष्ट्र बैंक पुग्न थालेका छन्।
राष्ट्र बैंकले मौद्रिक नीति आउनुअघि नै मर्जरको बारेमा ठोस प्रस्ताव ल्याउन बैंकहरुलाई अघिल्लो साता पनि निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार आइतबारसम्म १५ ...
काठमाडौँ - नेपाल राष्ट्र बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्न एनएमबी बैंकलाइ स्वीकृति दिएको छ । गाभ्न सैद्धान्तिक सहमतिसँगै मर्जरको प्रक्रिया अघि बढाउन एनएमबीलाइ बाटो खुलेको छ ।
एनएमबीले प्रति शेयर ७५ रुपैयाँको अनुपातमा ओमलाई गाभ्ने सहमति भएको छ । अहिले एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। ओमको दुई अर्ब ५१ करोड रुपैयाँ छ। स्वाप रेसियो ७५ प्रतिशत हुँदा ओमको शेयर पूँजी एक अर्ब ८८ करोड रुपैयाँमा झर्नेछ। त्यसपछि नयाँ बन्ने बैंकको पूँजी ११ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ।
चालु आर्थिक वर्षको ...
काठमाडौँ - सात वटा ब्रोकरले मार्जिन कारोबार गर्ने अनुमति पाएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दिव्या क्रिष्टल सेक्युरीटीज(५०), कोहिनुर सेक्युरीटिज(३५), भिजन सेक्युरीटीज(३४), सेक्युर्ड सेक्युरीटीज(३६), श्रीकृष्ण सेक्युरीटीज(२८), प्राइमो सेक्युरीटीज(१६), नेपाल स्टक हाउस(१४) लाई मार्जिन कारोबारका लागि अनुमति दिएको हो । यी कम्पनीहरुले मार्जिन कारोबार गर्न राष्ट्र बैंकबाट पनि स्विकृती पाइसकेका छन् ।
कम्तीमा १० हजार सेयरधनी भएको र दुई आर्थिक वर्षमा १० प्रतिशतभन्दा बढी लाभांश, आर्थिक वर्ष सुरु भएको ६ महिना भित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीले मार्जिन सुविधा पाउने व्यवस्था रहेको छ ।
...काठमाडौँ - नेपाल राष्ट्र बैंकको आगामी आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति असार अन्तिम साता मात्रै सार्वजनिक हुने भएको छ । बैंकले हाल तथ्यांक तथा सुझाव संकलन गरिरहेको हुँदा नीति आउन ढिलो हुने जनाएको छ । नेपाल राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आर्थिक बर्षको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आर्थिक बर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।
हाल मौद्रिक नीति आगामी बर्षको बजेटका लक्ष्यलाई सार्थक बनाउने गर्ने गरि निमार्ण प्रकृयामा रहेको हुँदा अषाढ अन्तिममा मात्र ...
काठमाडौँ - मर्जरका लागि पार्टनर खोज्न वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले एक हप्ताको अल्टिमेटम दिएको छ । बैंकले उपयुक्त संस्था छनौट गरी जानकारी गराउन वाणिज्य बैंकहरुलाई एक हप्ताको समय सिमा थपेको हो । २८ वटै बाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिका अध्यक्षहरुलाई डाकेर राष्ट्र बैंकले मर्जरका लागि पार्टनर खोजेर असार १९ गतेसम्ममा जानकारी गराइसक्न निर्देशन दिएको हो ।
कमजोर जोखिम ब्यवस्थापन, तरलता समस्या, समग्र ऋणको बढ्दो जोखिम लगायतका समस्याहरुको समाधानका लागि मर्जरमा जानुपर्ने आवश्यकता रहेको केन्द्रिय बैंकको निष्कर्ष छ । बैंकमा संस्थागत सुशासनमै समस्या देखिएको, ...
काठमाडौँ - काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका जग्गाको अधिकतम मूल्यांकन प्रतिआना ५० लाख रुपैयाँ तोकेको छ । महानगरपालिकाले नगरसभाबाट प्रस्तुत गरेको आर्थिक विधेयक २०७६ मा महानगपालिका क्षेत्रभित्रका जग्गाहरूको सम्पत्ति कर मूल्यांकन प्रयोजनाका लागि मूल्य कायम गरेको छ । महानगरपालिकाले न्यूनतम मूल्य भने प्रतिआना १२ लाख रुपैयाँसम्म तोकेको छ ।
व्यापारिक क्षेत्रका जग्गा प्रतिआना ५० लाखसम्म
काठमाडौं महानगरपालिकाले न्युरोड, जमल, ठमेल, माइतीघर, सिंहदरबार, त्रिपुरेश्वर, रत्नपार्कलगायतका व्यापारिक क्षेत्रमा प्रतिआना ५० लाख रुपैयाँसम्म मूल्यांकन गरेको छ । हनुमानढोकापूर्व नयाँसडक, पुराना महानगरपालिका भवनको दक्षिणचोकबाट जुद्धशमशेरको सालिक हुँदै इन्द्रचोेकसम्म, न्युरोड पीपलबोटदेखि दक्षिण चोकबाट जुद्धशमशेरको सालिक हुँदै ...
काठमाडौं - सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत विदेशमा मुद्रण भई आयात भएका पुस्तकमा १० प्रतिशत भन्सार लगाएपछि यसको पक्ष र विपक्षमा चर्को बहस सुरु भएको छ। विदेशमा मुद्रण भएका र नेपालबाटै बाहिरी मुलुकमा पुस्तक मुद्रण गराएर ल्याउने बिक्रेता यसको विरोधमा छन्।
स्वदेशी मुद्रण उद्योग भने बजेटमार्फत ल्याइएको यो प्रावधानका पक्षमा छन्। मुद्रण सामग्रीको कच्चा वस्तुकारूपमा आयात हुने कागजमा भन्सार लाग्ने तर तयारी मुद्रित पुस्तकमा कर नलाग्ने भएपछि नेपालका पुस्तक प्रकाशकका लागि भारतमा मुद्रण गर्दा सस्तो हुँदा भारतमै छाप्न पठाउने चलन रहेको नेपाली मुद्रण व्यवसायी बताउँछन् ...
काठमाडौं - स्थानीय तहले गाउँसभा तथा नगरसभामा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरेका छन्। अन्तरसरकारी वित्ताीय हस्तान्तरण ऐनको प्रावधानअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्छ। स्थानीय तहको यो तेस्रो बजेट हो।
स्थानीय तहले आन्तरिक राजस्व, संघीय र प्रदेश सञ्चित कोषबाट बाँडफाँट हुने राजस्व, संघीय र प्रदेश सञ्चित कोषबाट हुने वित्ताीय हस्तान्तरण र आन्तरिक ऋण परिचालन गर्ने गरी बजेट ल्याउँछन्। तर स्थानीय सरकारले आन्तरिक ऋण परिचालन गर्दा संघीय सरकारको स्वीकृति लिनुपर्छ। यदि स्थानीय तहले आन्तरिक ऋणबापात उठाएको रकम तिर्न सकेनन् भने संघीय सरकारले अनुदानमार्फत ...
पोखरा - भूगोलका हिसाबले देशकै ठूलो महानगरपालिका पोखराले आर्थिक वर्ष २०७६/७७ का लागि ७ अर्ब ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमेयर मञ्जुदेवी गुरुङले पूर्वाधारमा ठूलो हिस्सा छुट्याएको बजेट मंगलबार सार्वजनिक गरिन् । पुँजीगततर्फको ३६ प्रतिशत बजेट पूर्वाधार निर्माणमा केन्द्रित छ ।
बजेटले आर्थिक, भौतिक र सामाजिक पूर्वाधार विकास, संस्थागत क्षमता विकास गरी सुशासन प्रवद्र्घन, कृषि क्षेत्रको आधुनिकीकरण र पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्य राखेको छ ।
आन्तरिक आय २ अर्ब ५० करोड २९ लाख रुपैयाँ अनुमान गरिएकोमा ६८ करोड ५० लाख रुपैयाँ घाटा बजेट ...
काठमाडौँ - काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि झन्डै साढे १५ अर्बको बजेट ल्याउने भएको छ । मंगलबार दिउँसो तीन बजे राष्ट्रिय सभागृहमा मेयर विद्यासुन्दर शाक्यले बजेट भाषण गर्नेछन् । स्रोतका अनुसार महानगरले करिब १५ अर्ब ४६ करोड ९९ लाख ४८ हजारबराबरको बजेट ल्याउने तयारी गरेको छ । यद्यपि, मंगलबार दिउँसो १ बजे बस्ने नगर कार्यपालिकाले बजेटको आकारलाई अन्तिम रूप दिनेछ ।
बैठकले नगरसभामा प्रस्तुत आर्थिक विधेयकसम्बन्धी प्रस्ताव तयार गर्नेछ । महानगरले चालू आर्थिक वर्षको भन्दा २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको हो । चालू आर्थिक वर्षमा महानगरले १३ अर्ब ...
काठमाडौँ - ७५३ वटै स्थानीय तहले १० असारभित्रै बजेट ल्याउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत शुक्रबार सबै स्थानीय तहलाई १० असारभित्र नगर/गाउँसभामा बजेट पेस गर्न परिपत्र गरेको थियो । गत वर्ष केही स्थानीय तहले समयमा बजेट ल्याउन नसक्दा विकास निर्माणका काम प्रभावित भएका थिए । संविधानको धारा ५९ को उपधारा ३ मा संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो बजेट बनाउने उल्लेख छ ।
प्रदेश र स्थानीय तहले बजेट पेस गर्ने समय संघीय कानुनबमोजिम हुनेछ भन्ने व्यवस्था छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, ०७४ को दफा २१ ...
काठमाडौं - ६ महिनापछि अवैध रूपमा नेपाल भित्रिएका मोबाइल फोन नचल्ने भएको छन्। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन अवैध आयातलाई नियन्त्रण गर्ने प्रणाली ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ जडान र सञ्चालन गर्न कम्पनी छनोट गरेको छ। योसँगै अवैधरूपमा आयात हुने मोबाइल फोन रोकिने भएका हुन्।
प्राधिकरणले अवैध रूपमा नेपाल भित्रिने मोबाइल फोनको नियन्त्रण प्रणाली जडानका लागि न्युमेरा (एम) एसडीएन बीएचडी मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि इन्डिया र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर कम्पनीलाई जिम्मा दिएको छ। सो कम्पनीलाई प्राधिकरणले ७० लाख ६६ हजार आठ सय ...
काठमाडौँ - प्रदेश १ सरकारले आर्थिक वर्ष ०७६/०७७ का लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ। कुल बजेटमध्ये चालुतर्फ ४३.९प्रतिशत र विकास खर्चतर्फ ५५.९ प्रतिशत विनियोजन गरिएका छ। यस्तै, वित्ताीय व्यवस्थातर्फ, ८ करोड अर्थात् शून्य दशमलव २ प्रतिशत बजेट विनियोजन भएको छ।
प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड तथा चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब ६१ करोड अनुमानसहित ...
काठमाडौं- सातै प्रदेशका सरकारले आज आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दैछन्। संघीय सरकारले भने १५ जेठमै बजेट ल्याइसकेको छ। 'अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४' अनुसार संघले १५ जेठ, प्रदेशले १ असार र स्थानीय तहले १० असारमा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ।
संघीय सरकारले ल्याएको बजेटको आकार १५ खर्ब ९ अर्ब बराबरको थियो।
७ वटै प्रदेशका सरकारले संघले छुट्याएको वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट र प्रदेशको आफ्नो आन्तरिक स्रोतलाई समेटेर बजेट ल्याउन लागेका हुन्।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनसंख्या, क्षेत्रफल, मानव विकास सूचकांक, पूर्वाधार एवं खर्च ...
बेइजिङ - चीनको वैदेशिक व्यापार चालु आर्थिक वर्ष वृद्धि भएको छ। चीन–अमेरिका व्यापार द्वन्द्व चर्किरहेकै समयमा चीनको निर्यात र आयात भने गत वर्षको तुलना बढेको छ। चीनको भन्सार ब्युरोले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९ को प्रथम ५ महिना (जनवरी–मे) मा चीनले १२१ खर्ब चिनियाँ युआन बराबर वैदेशिक व्यापार गरेको छ।
यो परिमाण गत वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशत बढी हो। यस अवधिमा चीन र अमेरिकाबीचको व्यापार भने ९.६ प्रतिशत घटेको छ। तर, युरोपेली संघ, आसियान, जापानलगायत मुलुकमा चीनको व्यापार वृद्धि भइरहेको छ। ५ महिनामा चीनको ...
काठमाडौं - दुई तिहाइ बहुमतको सरकारले पनि असारे विकासलाई निरन्तरता दिने भएको छ। चालु आर्थिक वर्ष पनि असारमै विकास लागि छुट्टयाइएको पुँजीगत बजेटकोे ठूलो हिस्सा खर्च हुने देखिएको छ।
आर्थिक वर्षको अन्तिम महिना असार आउनै लाग्दा पुँजीगत खर्च जम्मा ५५ प्रतिशत मात्रै भएको छ। असारमा सरकारले आफ्नो अनुमानअनुसार कुल पुँजीगत बजेटको झन्डै आधा रकम खर्च गर्नुपर्नेछ। यसपालि असारमा कुल पुँजीगत बजेटको ४० प्रतिशतभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु वर्ष विनियोजित पुँजीगत बजेटको बुधबारसम्म ४६.९० प्रतिशत मात्रै खर्च भएको छ। यद्यपि, यस ...
काठमाडौं - आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै दालको मूल्यमा प्रतिकिलो २० रुपैयाँसम्म वृद्धि भएको छ।
सरकारले केही खाद्यवस्तुमा आगामी आर्थिक वर्ष २०७६/७७ बाट लागु हुने गरी मूल्य अभिवृद्धि कर बढाएपछि व्यापारीले अहिलेदेखि नै मूल्य बढाएका हुन। खाद्यवस्तुमा मूल्यवृद्धि हुनुको अर्को कारणका रुपमा कर्मचारीको तलबवृद्धि तथा सामाजिक सुरक्षाभत्तामा भएको वृद्धिलाई पनि मुख्य कारणका रुपमा हेरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्य वस्तुको बजार मूल्यका बारेमा अध्ययन गरेकोमा दालजन्य खाद्यवस्तुको मूल्यमा अत्यधिक वृद्धि भएको देखिन्छ। विभागले बजेट अघि र बजेट पछिको बजारको अवस्था अध्ययन गरेको हो। ...
काठमाडौं - सरकारले औद्योगिक प्रतिष्ठान र होटललाई डिजेल र ग्यास उपयोगमा मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्था हटाएको छ। ०७६÷७७ को आर्थिक ऐनले भ्याट फिर्तासम्बन्धी व्यवस्था हटाएकाले करदाताले भ्याट कट्टा गर्न पाउने छैनन्।
सरकारले विगत वर्षमा उद्योग, व्यवसायलाई डिजेल र एलपी ग्यास उपभोग गर्ने होटललाई उनीहरूले तिर्नुपर्ने भ्याटमा डिजेल र ग्यास खरिदमा तिरेको भ्याट कटाएर फस्र्योट गर्न सक्ने व्यवस्था गरेको थियो। सरकारले भ्याट फिर्ताको व्यवस्था हटाएसँगै डिजेल उपभोग गर्ने उद्योग र एलपी ग्यासका प्रयोगकर्ता होटलको मुनाफामा ह«ास आउन सक्छ। आगामी वर्षदेखि औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति नियमित ...
भक्तपुर - भक्तपुर नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न समस्या परेका विद्यार्थीलाई पाँच लाख रुपैयाँसम्म शैक्षिक ऋण दिने भएको छ । भक्तपुरले एसइईभन्दा माथिल्लो तह अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन लागेको हो । यस्तो ऋण विद्यार्थीले अध्ययन पूरा भएको चार वर्षभित्र फिर्ता गरिसक्नुपर्नेछ । मेयर सुनील प्रजापतिले आइतबार शैक्षिक ऋण वितरण कार्यक्रमको शुभारम्भ गरे । ‘गरिबीकै कारण उच्च शिक्षा पढ्न नपाउने अवस्था नबनोस् भन्ने ध्येय हो । गरिब, दलित र किसान परिवारलाई कार्यक्रमले लाभ मिल्छ,’ उनले भने ।
आफ्नै लगानीमा शैक्षिक संस्थासमेत ...
काठमाडौँ - रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान यस वर्ष ८४ हजार दुई सय १४ जना युवा भाषा परीक्षामा सहभागी भएका छन् । शनिबार र आइतबार काठमाडौंका २१, ललितपुरका सात र पोखराका चार गरी ३२ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । सन् २०२० मा कोरिया जान गत चैतमा ९२ हजार तीन सय ५६ जनाले आवेदन परीक्षाका लागि आवेदन दिएका थिए । तीमध्ये उत्पादनमूलक क्षेत्रमा ६३ हजार तीन सय ७० जना र कृषि तथा पशुपालन क्षेत्रका लागि २८ हजार आठ सय ३४ जनाले आवेदन दिएका थिए । ...
काठमाडौं - मूल्य अभिवृद्धिकर (भ्याट) को बक्यौता बढ्दै गएपछि सरकारले ठेकदारलाई भुक्तानी दिनेले ५० प्रतिशत राजस्व कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ। सरकारी र निजी दुवै खालका ठेक्का तथा वस्तु र सेवाको आपूर्तिमा यो व्यवस्था लागू हुने आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञ ढुंगेलले बताए।
सरकारले भ्याट नियमावलीमा संशोधनमार्फत् यो व्यवस्था गरेको हो। भ्याट उपभोगको अन्तिम बिन्दुमा लाग्ने कर हो। वस्तु तथा सेवा बेच्नेले उपभोक्ताबाट उठाएर कर कार्यालयलाई बुझाउनुपर्ने हो। आपूर्तिकर्ता र निर्माण व्यवसायीले भुक्तानी लिदाँ भ्याट उठाउने तर कर कार्यालयमा दाखिला नगर्ने समस्या भएकाले यो व्यवस्था गरिएको ...
काठमाडौं - अर्थमन्त्री युवराज खतिवडाले संसदमा आर्थिक वर्ष २०७६/०७७ का लागि वार्षिक बजेट पेस गरेका छन् । उनले आगामी वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट पेस गरेका हुन् । त्यमध्ये चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ र पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ गरिएको छ ।
सो बजेटका लागि राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपेयाँ, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ र वैदेशिक ऋणबाट २ खर्ब ९८ ...
काठमाडौं - अर्थमन्त्री युवराज खतिवडाले संसदमा आर्थिक वर्ष २०७६/०७७ का लागि वार्षिक बजेट पेस गरेका छन् । उनले आगामी वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट पेस गरेका हुन् । त्यमध्ये चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ र पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ गरिएको छ ।
सो बजेटका लागि राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपेयाँ, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ र वैदेशिक ऋणबाट २ खर्ब ९८ ...
काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका हुन्।
बजेटमा चालुगततर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ अर्थात् कुल विनियोजित बजेटको ६२ दशमलव ४ प्रतिशत रहेको छ। पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख रुपैया अर्थात् २६ दशमलव ६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ८१ अर्ब ८३ करोड १३ लाख रुपैयाँ रुपैयाँ अर्थात कुल ...
काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ बाट लागु हुनेगरी वृद्ध भत्ता बढाएको छ। हाल २ हजार रुपैयाँ रहेको वृद्धभत्ता एक हजार रुपैयाँले बढर तीन हजार पुगेको हो।
सत्तारुढ पार्टी नेकपाले आफ्नो चुनावी घोषणापत्र मार्फत वृद्धभत्तालगायत अन्य सामाजिक भत्ता बढाएर ५ वर्षमा ५ हजार रुपैयाँ पुर्याउने घोषणा गरेको थियो।
दुई तिहाई सहित नेकपाले सरकार गठन गरेपनि चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षाभत्ताको रकम नबढाईएपछि चुनावी घोषणापत्रले गरेको वाचा पुरा नगरेको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाको पार्टी भित्रै आलोचना भएको थियो।
जसका कारण आगामी आर्थिक वर्षबाट लागुहुनेगरी जुनसुकै हालतमा ...
काठमाडौं - सरकारी कर्मचारीको तलब बढेको छ। सरकारी सेवामा रहेका राजपत्र अनंकित कर्मचारीहरुका लागि २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशतले तलब बढेको हो। महंगीभत्ता र पोशाक भत्ता यथावत राखिएको छ।
कर्मचारी ऐन अनुसार हरेक दुई वर्षमा कर्मचारीको तलब सुविधा समायोजन गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि पछिल्लो तीन वर्षयता तलब सुविधा बढेको थिएन।
यद्यपि, चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले घुमाउरो पाराले महंगी भत्ता २ हजार रुपैयाँ र पोशाकभत्ता ८ हजार बाट १० हजार रुपैयाँ बनाएको थियो।
त्यसैगरी चालु आर्थिक वर्षको बजेटले सबै राष्ट्रसेवक कर्मचारीको २ लाख ...
काठमाडौँ - १४ जेठमा चालू आर्थिक वर्षको बजेट आएको एक वर्ष पुगेको छ । तर, यस अवधिमा जम्मा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । यस वर्ष पुँजीगत शीर्षकमा तीन खर्ब १४ अर्ब विनियोजन भएकोमा १४ जेठसम्म एक खर्ब ३८ अर्ब मात्रै खर्च भएको हो ।
समग्र खर्च पनि यस वर्ष निराशाजनक नै छ । आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी हुँदा जम्मा ५७ प्रतिशत मात्रै बजेट खर्च भएको छ । १४ जेठसम्म कुल बजेटको सात खर्ब ४८ अर्ब ७१ करोड मात्रै खर्च भएको हो । चालू बजेट खर्चको दर ...
काठमाडौँ - सरकारले बुधबार आगामी आर्थिक वर्ष ०७६/७७ को पूर्ण संघीय बजेट ल्याउँदै छ । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को साँझ ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्ष १५ जेठमा राजस्व र व्यय अनुमान प्रस्तुत गर्ने प्रावधान छ । यस वर्ष सरकारले सार्वजनिक गर्ने बजेट दोस्रो पूर्ण संघीय बजेट हो । बजेटको सम्पूर्ण तयारी करिब पूरा भएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए ।
...काठमाडौँ - सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ । पाँच सय ५५ स्थानीय तहबाट माग भएका कर्मचारीको संख्या मन्त्रालयले लोकसेवालाई पठाएको हो । मन्त्रालयको प्रस्तावअनुसार लोकसेवाले आगामी १५ जेठदेखि विभिन्न पदका कर्मचारीको विज्ञापन खुलाउने तयारी गरेको छ । लोकसेवाले कर्मचारी आवेदनको कार्यतालिका नै सार्वजनिक गरिसकेको छ । नवौँ तहका अप्राविधिक–प्राविधिक पदको खुला प्रतिस्पर्धाको परीक्षा भदौमा लिने र असोजमा नतिजा प्रकाशित हुने लोकसेवाले जनाएको छ । अन्तर्वार्ता र सिफारिस भने कात्तिकमा हुनेछ ।
त्यस्तै, छैटौँ तहका अप्राविधिक पदको ...
काठमाडौँ - चालू आर्थिक वर्षको बजेटमा कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता तथा संसद् विकास कोषजस्ता वितरणमुखी कार्यक्रममा बजेट बढाउन नमानेका अर्थमन्त्री डा. युवराज खतिवडा यसपटक भने गलेका छन् । सत्तारूढ दलको घोषणापत्रमा उल्लेख भएअनुसार वृद्धभत्तालगायत विषय सम्बोधन नभएपछि उनको प्रतिपक्षले मात्रै होइन, सत्तारूढ दलकै सांसद र शीर्ष नेतृत्वले समेत आलोचना गरेका थिए । यसपटक भने पार्टीले भनेअनुसार यी सबै विषयलाई सम्बोधन गर्ने गरी बजेट निर्माण गरिरहेका छन् । स्रोतले धानेसम्म राजनीतिक कार्यक्रमलाई स्थान दिने भनेर उनले सार्वजनिक रूपमा बोलेका मात्रै छैनन्, सत्तारूढ दलका अधिकांश सांसदलाई अर्थ मन्त्रालयमै बोलाई ...
आर्थिक सर्वेक्षण २०७५/७६ विशेष
चालू आर्थिक वर्ष (आव) ०७५/७६ को आर्थिक सर्वेक्षणले कुल गार्हस्थ उत्पादन (जिडिपी) ७ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ । यो वृद्धि आव ०७४/७५ मा ६ दशमलव ७ प्रतिशत रहेको थियो । चालू आवको आर्थिक वृद्धिको अनुमान अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ३ प्रतिशत बिन्दुले बढी हो । यो वृद्धि उत्पादक मूल्यका आधारमा तयार गरिएको हो ।
आर्थिक सर्वेक्षणले चालू आर्थिक वर्षमा कृषि क्षेत्रमा मौसम अनुकूलता, सिँचाइ सुविधामा भएको वृद्धि र रासायनिक मल, बिउबिजनको सहज उपलब्धताले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि हुने र लक्षित आर्थिक ...
काठमाडौँ - यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् ।
महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ । तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेका छ । ‘यसपटक असिना पानी ...
काठमाडौँ - आर्थिक वर्षको १० महिनामा नेपाल सरकारले बजेटको आधा अर्थात् ५० प्रतिशत मात्रै खर्च गरेको छ । चालू आर्थिक वर्षको संघीय बजेट १३ खर्ब १५ अर्ब १६ करोडमध्ये वैशाख मसान्तसम्म जम्मा ६ खर्ब ६१ अर्ब ९७ करोड मात्रै खर्च भएको हो । सरकारले मध्यावधि समीक्षामार्फत बजेटमा संशोधन गरी ११ खर्ब ९९ अर्ब १५ करोड २५ लाख रुपैयाँ मात्रै खर्च हुने लक्ष्य तय गरेको छ । आर्थिक वर्षको १० महिनामा त्यसको पनि जम्मा ५५ दशमलव २ प्रतिशत मात्रै खर्च भएको छ । यसको अर्थ चालू आर्थिक वर्ष ०७५/७६ सम्पन्न ...
काठमाडौं - काठमाडौंमा ‘नेपाल–भारत लगानी एक्स्पो’ सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र भारतीय फ्रन्चाईँज कम्पनीको संयुक्त आयोजनामा बुधबारबाट एक्स्पो सुरु गरिएको हो ।
नेपालमा वैदेशिक लगानी भित्रयाउने मुख्य उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । दरबारमार्गस्थित याक एन्ड यति होटलमा आयोजना गरिएको सो एक्स्पोमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
एक्स्पोमा दुवै देशका करिव ६० वटा ब्रान्डेड कम्पनीहरुले भाग लिएका छन । बिहीबार नेपालमा उद्यम विकासको मार्ग चित्र ...
प्रदेश १
१२.६८% बजेट खर्च
विकासतर्फ
बजेट : १८ अर्ब ८७ करोड
खर्च : २ अर्ब १२ करोड
नियमिततर्फ
बजेट : १४ अर्ब ५५ करोड
खर्च : २ अर्ब ४४ करोड
संरचना ढिला बने, खर्च पनि ढिलै भयो
इन्दबहादुर आङ्बो,अर्थमन्त्री
ढिला संरचना बन्दा बजेट खर्च पनि ढिलै सुरु भयो । खरिद ऐन प्रक्रियाको झन्झट, स्थानीय तहसँगको समन्वय र कानुनको अभावले अपेक्षाअनुसार बजेट खर्च हुन सकेन । अबको तीन महिनाभित्र कुल बजेट खर्च ६० प्रतिशत पु-याउँछौँ ।
प्रदेश २
१२.९२% बजेट खर्च
विकासतर्फ
बजेट : १५ अर्ब ३१ करोड
खर्च : १ ...
काठमाडौँ - चर्को ब्याजका कारण उद्योग–व्यवसाय सञ्चालनमा कठिन भएको भन्दै निजी क्षेत्रले कर्जाको ब्याजदर घटाउन आन्दोलन नै ग¥यो । व्यवसायीले ब्याजदर घटाउन सरकारलाई अल्टिमेटमसमेत दिए । सोहीकारण अर्थ मन्त्रालयले ब्याजदरलगायत समस्या समाधान गर्न अध्ययन कमिटी बनाएर त्यसको सुझाब कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन पनि दियो । तर, आर्थिक वर्ष सकिएको ९ महिना बितिसक्दा पनि ब्याजदर घट्न सकेन ।
बैंकहरूले तेस्रो त्रैमासको वित्तीय विवरण धमाधम प्रकाशन गरिरहेका छन् । वित्तीय विवरणले बैंकहरूको आधारदर (बेसरेट) केही बिन्दु प्रतिशतले घटेको देखाउँछ । तर, अपेक्षित रूपमा बेसरेट घट्न नसकेको व्यवसायी बताउँछन् । जसका कारण ब्याजदरसमेत घटेको छैन । ...
काठमाडौं - जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत १ सय ११ मेगावाट उत्पादन क्षमताको रसुवागढी र ४२ दशमलव ५ मेगावाट उत्पादन क्षमताको सान्जेन जलविद्युत आयोजनाले सर्वसाधारणमा जारी गरेको साधारण सेयर (आइपिओ) बाँडफाँड गरेको छ।
रसुवागढी जलविद्युत आयोजनामा १० देखि ४० कित्तासम्म आवेदन दिएका लगानीकर्ताले मागबमोजिमको शेयर पाएका छन्। ४० कित्ताभन्दा बढी शेयरका आवेदन लगानीकर्ताका लागि भने गोलाप्रथाका आधारमा २५ हजार ६ सय ९३ जना आवेदकलाई थप १० कित्ता शेयर बाँडफाँट गरिएको छ।
त्यसैगरी साञ्जेन जलजिद्युत आयोजनामा आवेदन दिएका सबै लगानीकर्ताले न्युनतम १० कित्ता सेयर पाएका छन्। १० देखि २ हजार ...
काठमाडौँ - सरकारले चालू आवमा ‘सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरावलोकन गर्न अध्ययन गरी सुझाब दिन उच्चस्तरीय तलब आयोग’ गठन गर्ने घोषणा गरेको थियो । तर, यो घोषणा कागजमै सीमित हुने भएको छ । अर्थ मन्त्रालयको कार्ययोजनाअनुसार तलब आयोग गत साउनमै गठन भइसक्नुपर्ने थियो । उक्त आयोगले तलब पुनरावलोकन गर्न कात्तिकमा सुझाब दिइसक्ने गरी अर्थले कार्ययोजना बनाएको थियो । तर, आर्थिक वर्ष सकिन साढे दुई महिना मात्र बाँकी रहँदा सरकार भने आगामी आवको बजेटको अन्तिम तयारीमा छ । सोही कारण उच्चस्तरीय तलब आयोग गठनको सम्भावना टरेको अर्थ मन्त्रालय स्रोतको भनाइ ...
काठमाडौं - चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६.८१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको चालु आवको राष्ट्रिय लेखा तथ्यांकअनुसार मुलुकको कुल ग्राहस्थ उत्पादन (जिडिपी) ३४ खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण छ। चालु आवका सातदेखि नौ महिनासम्मका आर्थिक गतिविधिलाई हेरी बाँकी अवधिमा पनि सोही अनुसार हुने अनुमानसहित यो प्रक्षेपण गरिएको हो। विभागले प्रत्येक वर्ष यही प्रक्रियाबाट मुलुकको आर्थिक क्रियाकलापको तथ्यांक प्रक्षेपण गर्दै आएको छ।
विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिदरको प्रक्षेपण चालु बजेटमा राखिएको लक्ष्यभन्दा कम हो। बजेटमा आठ प्रतिशत आर्थिक ...
काठमाडौँ - जनताको जलविद्युत कार्यक्रममा समावेश गरिएको १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत आयोजनाको साधारण शेयर शुक्रबारबाट खुलेको छ । सभामुख कृष्णबहादुर महराले शुक्रबार ऊर्जा मन्त्रालयमा गरिएको विशेष कार्यक्रममा पहिलो सेयर आवेदन दिएर शेयर निष्कासन खुला गरिएको हो । सभामुख महराले रसुवागढीको एक लाख रुपैयाँको बराबरको १००० कित्ता शेयर आवेदन गरेका छन् । त्यस्तै, साञ्जेज जलविद्यु आयोजनामा ५० हजार रुपैयाँ बराबरको ५०० कित्ता शेयर आवेदन गरेका छन् ।
सभामुख महराकी धर्मपत्नी सीता महरा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, ...
काठमाडौं - चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारमा गएका कामदारबाट पाँच खर्ब ८२ अर्ब १९ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। अमेरिकी डलरमा आएको बढ्वासँगै रेमिट्यान्स बढेको राष्ट्र बैंकले जानकारी दिएको छ। गएको आवमा यस्तो आय चार खर्ब ५७ अर्ब ८८ करोडमात्र थियो।
अन्तिम श्रम स्वीकृती संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जानेको संख्यामा समीक्षा अवधिमा ३८.३ प्रतिशतले घटेको छ। यद्यपी आय भने बढेको छ। श्रम स्वीकृतीको आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने यस अवधिमा ४.६ प्रतिशतले बढेको छ। विप्रेषण आम्दानी ...
काठमाडौं - चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुन)मा मुलुकको व्यापार घाटा झन्डै ९ खर्ब पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा २४.५ प्रतिशतले बढेको हो।
आयातको तुलनामा निर्यात वृद्धि नहुँदा चालु आर्थिक वर्षको फागुनसम्म व्यापार घाटा करिब ८ खर्ब ८७ अर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७५÷७६ को आठ महिनामा ९ खर्ब ४९ अर्ब रुपैयाँको वस्तु आयात हुँदा ६१ अर्ब २२ करोड रुपैयाँ मात्र निर्यात भएको छ।
अन्तर्राष्ट्रिय व्यापारको असन्तुलनले चालु वर्षको अन्त्यसम्म बजेटको आकार भन्दा ठूला व्यापार घाटा हुने देखिन्छ।
यसैगरी २०७५÷७६ को आठ ...
लुम्बिनीमा गौतम बुद्ध प्रसूति अस्पताल, दोलखामा फिल्म सिटी, मनाङमा स्की रिसोर्टदेखि निजगढमा विमानस्थल बनाउने आयोजनामा लगानी अपेक्षा
सहरी पूर्वाधार
-हेटौँडा स्मार्ट सिटी हेटौँडा– ३० करोड डलर
-एकीकृत फोहोर व्यवस्थापन धुलिखेल– ४३ लाख डलर
-एकीकृत फोहोर व्यवस्थापन जितपुर–सिमरा– ८३ लाख डलर
-एकीकृत फोहोर व्यवस्थापन रत्ननगर– ५५ लाख डलर
-एकीकृत फोहोर व्यवस्थापन बुटवल– ८५ लाख डलर
-एकीकृत फोहोर व्यवस्थापन जनकपुर– ६४ लाख डलर
-नेपाल इन्टरनेसनल कन्भेन्सन एन्ड एक्स्पो सेन्टर मध्यपुर ठिमी– १ करोड ६० लाख डलर
यातायात पूर्वाधार
-विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल विराटनगर– ३६ करोड ४० लाख डलर
-काठमाडौं चक्रपथमा बस र्यापिड ट्रान्जिट (बिआरटी)– १४ ...
काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि करिब १५ खर्बको बजेट बनाउने तयारी गरेको छ। राष्ट्रिय योजना आयोगले अघिल्ला वर्षहरूको तुलनामा ढिला गरी मन्त्रालयहरूलाई बजेट सिलिङ (सीमा) पठाएको हो। अघिल्ला वर्षहरूमा मंसिर अन्तिम तथा पुस लाग्दानै बजेट सिलिङ पठाउने गरिएपनि यस वर्ष भने फागुन अन्तिममा मन्त्रालयहरूले बजेट सीमा पाएका हुन्।
योजना आयोगले विषयगत मन्त्रालयमा पठाएको बजेट सिलिङमाथि छलफल भएर आएपछि बजेट अंकका वारेमा अर्थमन्त्रालयमा र बजेटमा समावेश गरिने कार्यक्रमहरूको योजना आयोगमा छलफल गरिने छ।
अहिले १५ औं योजनाका वारेमा छलफल भइरहेकोले सम्भवत मध्ये चैतदेखि बजेट ...
काठमाडौँ - सरकारले आगामी २५ वर्षभित्र प्रतिव्यक्ति आय साढे १२ हजार अमेरिकी डलर पुर्याउने लक्ष्य अघि सारेको छ । २५ वर्षसम्मको दीर्घकालीन सोचसहित १५औँ पञ्चवर्षीय योजना ०७६/७७–०८०/८१ तयार गरिरहेको योजना आयोगले यस्तो लक्ष्य निर्धारण गरेको हो ।
योजना आयोगले अहिले एक हजार १२ डलर रहेको प्रतिव्यक्ति आयलाई तीन वर्षभित्र १ हजार ५ सय र वि.सं. ०८७ सम्म ४ हजार १ सय अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । वि.सं.२१०० सम्म प्रतिव्यक्ति आय तीव्र गतिमा बढाएर साढे १२ हजार डलर पुर्याउने दीर्घकालीन लक्ष्य आयोगको छ ।
प्रतिव्यक्ति आयको अवस्था
वि.सं. ०४६ मा ...
काठमाडौं - लगानीकर्ताले वाणिज्य बैंकहरुबाट दैनिक एक अर्ब ३० करोड रुपैयाँ ऋण लिने गरेको पछिल्लो तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा दुई खर्ब ७४ अर्ब ऋण लगानीकर्ताले लिएका छन्।
पोहोर यो अवधिमा दैनिक करिब एक अर्ब रुपैयाँ ऋण लिन्थे। अघिल्लो आर्थिक वर्ष २०७४/७५ को पहिलो सात महिनामा दुई खर्ब १२ अर्ब रुपैयाँ ऋण उनीहरुले लिएका थिए।
गत वर्षको पहिलो सात महिनाभन्दा यस वर्षको उक्त अवधिमा ऋण लगानी उच्च दरले बढेको छ। लगानीको वातावरण बन्दै गएकाले ऋणको माग बढेको बैंकरहरुको भनाइ ...
बुटवल - रूपन्देही तिलोत्तमास्थित सुमधुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले सहकारीको रकममा मनोमानी गरेको गुनासो प्रदेश ५ को कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पुगेको छ। अध्यक्षले नियमविपरीत लगानी गरेको, मनपरी पेस्की लिएको, आफूहरूको बचत असुरक्षित भएको भन्दै उजुरी परेपछि मन्त्रालयले पत्र पठाउँदै हिसाब मिलान गर्न निर्देशन दियो।
सहकारीको विशेष साधारणसभा भयो। तर रकम हिनामिना गर्ने सञ्चालक समितिमाथि कारबाही भएन न त गुनासो गर्नेले न्याय पाए। रकम हिनामिना गर्ने अध्यक्षलाई कारबाही गर्न सकिन्थ्यो तर प्रदेशमा सहकारीसम्बन्धी कानुन नबनेको भन्दै मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाएन। रूपन्देहीमा ...
हेटौंडा - तीन नम्बर प्रदेश सरकारले छिमेकी देश चीनबाट चार हजार गाई ल्याउने घोषणा गरेको छ ।
गरिबी निवारणका लागि दुग्ध विकास परियोजना अन्तरगत प्रदेश सरकारले उन्नत जातको गाई नेपाल भित्र्याउने जनाएको हो । यसका लागि प्रदेश सरकार र चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेसबीच शुक्रबार साँझ हेटौंडामा सम्झौता भएको छ ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव निर्मल गदाल र साइन्सेसका प्रमुख इञ्जिनियर उडिसिङबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतामा गाईसहित दूधजन्य क्षेत्रमा सहयोग गरिने उल्लेख छ ।
पहिलो ...
काठमाडौँ - पाँचथर पावर कम्पनीले यही फागुन १३ गते देखि १७ लाख ५० हजार २५० कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी न्यूनतम १० कित्तादेखि अधिकतम नौ हजार ६२० कित्ता बराबरको आवेदन दिन पाउने जानकारी दिएको छ । प्रतिकित्ता रु १०० अङ्कित दरका सेयर यही फागुन १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
सो अवधिमा सेयर बिक्री नभएमा आगामी चैत १२ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म ...
काठमाडौँ - हाल सञ्चालनमा रहेको २८ वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ३० अर्ब ८१ करोड खुद नाफा आर्जन गरेका छन् । बैंकहरूले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकहरूले आर्जन गरेको मुनाफा गत आवको सोही अवधिको तुलनामा २९ दशमलव ४८ प्रतिशतले बढी हो । गत आवको पुस मसान्तसम्ममा २८ वाणिज्य बैंकहरूको खुद नाफा २३ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।
वितरण मुनाफा २७ अर्ब
चालू आवको दोस्रो त्रैमासमा बैंकहरूको वितरणयोग्य मुनाफा अर्थात् फ्री प्रोफिट २७ अर्ब ११ करोड रहेको छ, जुन ...
काठमाडौँ - नेपाल राष्ट्र बैंकमा रहेको नेपाल सरकारको खातामा २ खर्ब २२ अर्ब रुपैयाँ थुप्रिएको छ । केन्द्रीय सरकारको १ खर्ब ७१ अर्ब रुपैयाँ र स्थानीय तहको ५१ अर्ब रुपैयाँ खर्च नभएर निष्क्रिय भएको राष्ट्र बैंकले जानकारी दिएको छ । स्थानीय तहको खातामा १ खर्ब २ अर्ब रुपैयाँ भए पनि त्यसको आधा बैंक तथा वित्तीय संस्थाले चलाउन पाउँछन् । त्यसको आधा अर्थात् ५१ अर्ब भने निष्क्रिय छ ।
आर्थिक वर्षको पहिलो आधा समयमा पुँजीगत खर्च अत्यन्तै निराशाजनक हुने प्रवृत्ति यस वर्ष पनि कायमै छ । चालू आर्थिक वर्षको १३ खर्ब १५ ...
बैंकमा तरलता अभाव, ब्याजदर
वृद्धि, व्यवसायीको आन्दोलन र विदेशी लगानी तथा अनुदानमा आएको गिरावटबारे अर्थ मन्त्रालयले राष्ट्र बैंक तथा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको पहलमा मंगलबार बसेको आकस्मिक बैठकले समस्या समाधानका लागि गम्भीर छलफल गरेको हो ।
अर्थ मन्त्रालयले मंगलबार बिहानै
नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरद्वय र अन्य पदाधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल बैंकर्स संघका पदाधिकारीलाई बोलाएको थियो । बैठकमा निजी क्षेत्रका प्रतिनिधिसँग सुझाब माग्दै अर्थमन्त्रीले समस्या समाधान ...
काठमाडौं - आज मंगलबार नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ ।
सोमबार बजारमा सुन तोलामा ६२ हजार ५ सय रुपैयाँमा कारोबारमा भएको थियो भने आज फेरि एक सय रुपैंयाँ बढेर सुन तोलामा ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, सोमबार तेजावी सुन तोलामा ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
...काठमाडौँ - अहिले मुलुकको अर्थतन्त्रमा माग तथा आपूर्तिको चक्रसमेत प्रभावित भएको उद्योगीहरू बताउँछन् । अहिले बजारमा थुप्रै उपभोग्य तथा निर्माण सामग्रीको मागसमेत घटेको उद्योगीहरूको भनाइ छ । बजेटले मोबाइललगायत थुप्रै वस्तुले पाउँदै आएको भ्याट फिर्तालाई खारेज गरिदिएको छ । यसले मोबाइल आयात तथा व्यापार प्रभावित भएको व्यापारीहरू बताउँछन् । अटोमोबाइल ऋणमा लगाइएको क्यापका कारण आयात प्रभावित भएको छ । फलामे छड, आल्मुनियमलगायत केही निर्माणजन्य साम्रगीको व्यापारसमेत घटेको छ । ‘अनुकूल व्यावसायिक वातावरण भएका वेला पनि उद्योग–व्यवसाय उत्साहप्रद हुन सकेको छैन,’ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने ।
तरलताको समस्याले बजारको ...
टोकियो - जापानमा गत वर्ष औसत सय जना रोजगारीका लागि एक सय ६१ वटा रोजगार उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठुलो अनुपात हो । विश्वकै तेस्रो ठुलो अर्थतन्त्र रहेको जापनमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको अध्ययनले देखाएकाे छ ।
श्रम मन्त्रालयद्वारा शुक्रबार प्रकाशित पछिल्लो विवरणमा गत डिसेम्बरमा यो अनुपात अझ बढी थियो । हरेक सय जनाका लागि औसतमा एक सय ६३ रोजगार उपलब्ध थिए । धेरै वर्षदेखि जापानको श्रम बजारमा कामदारको अभाव हुन थालेको थियो ।
मुलुकको बेरोजगारी दर ...
बझाङ - चिनिया व्यापारीले किलोमै पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन। बझाङमा संकलन भएको यार्सा किनेर उनीहरू काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्ने गर्छन्।
बझाङमा प्रतिकिलो १५ लाखदेखि १६ लाख परेको यार्सालाई चिनियाँ व्यापारीहरूले १२ लाखमा मात्रै किन्ने भनेपछि नेपाली व्यापारीले बिक्री नगरेका हुन्। सुर्मा गाँउपालिका दौलीचौरका यार्सा व्यापारी उमेश बोहराले काठमाडौं पुर्याएको १५ किलो यार्सा मूल्य घटेकाले बिक्री हुन नसकेको बताए।
‘मैले जिल्लामै प्रतिकिलो १७ देखि २० लाखका दरले खरिद गरेर काठमाडौं लगेको हुँ तर अहिले चिनियाँ व्यापारीहरूले १२ लाखमा मात्रै किन्ने भनेपछि ...
दिवाकर पोख्रेल
देउखुरी, माघ । लमहीमा जारी पाँचौ देउखुरी ब्यापारिक महोत्सवको आज समापन भएको छ । माघ ४ गतेदेखि लमहीको अजम्बरी सामुदायिक वनउपभोत्ता समुहको जैविक विविधता पार्क भित्र संचालन भएको महोत्सव औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।
देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठको अध्यक्षता तथा प्रदेश साँसद रेवतिरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको महोत्सवमा प्रमुख अतिथि शर्माले नेपालको मौलिकता बचाउन सके राष्ट्र बचाउन सकिने बताउनुभयो । महोत्सवमा विविभन्न साँस्कृतिक, मौलिक कला प्रर्दशन गरेर लोपन्मुख मौलिकताको संरक्षणमा टेवा पुगेको भन्दै साँसद शर्माले मौलिकता ...
काठमाडौँ - सरकारले अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा औचित्य पुष्टि हुन नसकेको स्रोतमा साढे ५३ अर्ब रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयबाट भएको वार्षिक आन्तरिक लेखापरीक्षणअनुसार सो आवमा ५३ अर्ब ५८ करोड ८ लाख रुपैयाँ बेरुजु देखिएको छ । सो आवमा सरकारले चालू, पुँजीगत तथा वित्तीय व्यवस्थातर्फ कुल १० खर्ब ८४ अर्ब ६८ करोड २० लाख रुपैयाँ बजेट खर्च गरेको थियो । आन्तरिक लेखापरीक्षणमा कुल बजेट खर्चको ४.९४ प्रतिशत बेरुजु देखिएको छ । नियमअनुसार खर्चको पुष्टि हुन नसके, खर्चको कागजात पेस गर्न नसके, पेस्की फर्स्योट हुन नसकेको ...
काठमाडौँ - नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले उक्त नगद लाभांश प्रस्ताव सर्वसम्मतले पारित गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । लाभांश रकम आजदेखि एनएमबी बैंकमार्फत शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ ।
एकानब्बे प्रतिशतभन्दा बढी शेयरधनीको उपस्थिति रहेको सभाले आव २०७४/७५ का लागि विभिन्न प्रतिवेदन पारित गरेको छ । सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ असार मसान्तको वासलात तथा सोही ...
काठमाडौँ - गत आर्थिक वर्ष ०७४/७५ मा सरकारको विनियोजित बजेट ८० प्रतिशत मात्र खर्च भएको छ । संघ, प्रदेश र स्थानीय तहलाई कुल १२ खर्ब ७९ अर्ब रुपैयाँ विनियोजन गरे पनि १० खर्ब ६७ अर्ब ६१ करोड रुपैयाँ मात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । कार्यालयले सोमबार प्रकाशित गरेको विवरणअनुसार सो आवमा तीनै तहमा गरेर चालू खर्च ५ खर्व ७६ अर्ब ६७ करोड, पुँजीगत खर्च ३ खर्ब ७३ अर्ब ८६ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब १७ अर्ब ८ करोड रुपैयाँ खर्च ...
काठमाडौं - बैंक तथा वित्तीय संस्थामा पछिल्लो समय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा निक्षेप संकलन बढी देखिएको छ। हाल नेपालको जीडीपी ३० खर्ब सात अर्ब छ भने बैंक तथा वित्तीय संस्थामा पुस २६ गतेसम्म ३० खर्ब २५ अर्ब निक्षेप संकलन भएको छ।
मंसिरसम्म लगानीयोग्य पुँजी अभाव खेपिरहेका बैंक तथा वित्तीय संस्थामा बढ्दो निक्षेपले कर्जा प्रवाह गर्न सहज हुने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बताए। उक्त निक्षेपमा वाणिज्य बैंकको कुल निक्षेप २६ खर्ब ४० अर्ब छ भने विकास बैंकको तीन खर्ब २० अर्ब र फाइनान्स कम्पनीको ...
काठमाडौं - नेपालमा अत्यधिक आर्थिक असमानता रहेको र यो दिनानुदिन वृद्धि भइरहेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार १० प्रतिशत धनी नेपालीको आय ४० प्रतिशत गरिब नेपालीको आयभन्दा तीन गुणा बढी छ । सन् २००३/०४ देखि २०१०/११ सम्ममा नेपालको जनसंख्यामध्ये पाँच प्रतिशत धनी मानिसको मात्र आय वृद्धि भएको थियो । अन्यको आय चाहिँ घटेको अध्ययनले देखाएको छ । यसैगरी, नेपालमा बैंकिङ क्षेत्रमा काम गर्ने माथिल्लो तहका प्रबन्धकहरूले औसत कामदारको भन्दा सय गुणा बढी वेतन आर्जन गर्ने गरेको र यही कारण पनि असमानताको खाडल बढिरहेको ...
दिवाकर पोख्रेल
देउखुरी, । देउखुरी उद्योग बाणिज्य संघले लमहीमा आयोजना गर्न थालेको महोत्सव विवादमा परेको छ । अजम्बरी सामुदायिक वनको जैविक विविधता संरक्षण पार्कको लागि छुट्टाएको क्षेत्रमा महोत्सवको लागि तयारी गरिरहदा महोत्सव कहिलेबाट लगाउने र कुन स्थानमा लगाउने भन्ने विषयमा अनिश्चित बनेको छ ।
उद्योग बाणिज्य संघले माघ २ गते देखि महोत्सव संचालन गर्नको लागि भन्दै ८० प्रतिसत काम सम्पन्न गर्दा समेत समय र स्थान बिच समस्या भएको बारम्बार छलफल गरिहनु परेको उद्योग बाणिज्य संघका महासचिव कमल जंग सिंहले जानकारी दिनुभयो । मेला ...
काठमाडौं- सरकारले उद्योगीको माग अनुसार आयातित चिनीमा कडाइ गर्न भन्सार महसुल बढाए पनि चिनी उद्योगीले त्यसको फाइदा उठाउँदै फेरि मूल्य बढाएका छन्। उपभोक्तालाई भार पर्ने गरी चिनी उद्योगीले फ्याक्ट्री मूल्य नै किलोमा सात रुपैयाँ बढाएका हुन्।
नेपाल चिनी उद्योग संघका अनुसार यो वर्ष चिनीको फ्याक्ट्री मूल्य किलोको ७८ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ। गत वर्षको तुलनामा मूल्य ६ रुपैयाँ ९१ पैसा बढी हो। गत वर्ष फ्याक्ट्री मूल्य ७१ रुपैयाँ १९ पैसा थियो।
उपभोक्तासम्म पुग्दा चिनीको मूल्य ८५ देखि ९० रुपैयाँ पर्छ। फ्याक्ट्री मूल्य बढेपछि बजारसम्म पुग्दा ...
काठमाडौं - बन्द रहेका पाँचवटा औद्योगिक संस्थान निजी क्षेत्रलाई सञ्चालन गर्न दिन सरकारले तयारी थालेको छ। भौतिक स्वामित्व सरकारकै हुने गरी निजी क्षेत्रलाई लिजमा दिन अर्थ मन्त्रालयले सहमति दिएको छ। सरकारले पहिलो चरणमा पाँचवटा रुग्ण उद्योग निजी क्षेत्रलाई दिन लागेको हो। अर्थ मन्त्रालयले हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग र वीरगन्ज चिनी उद्योग निजी क्षेत्रलाई सञ्चालन गर्न दिन उद्योग मन्त्रालयलाई सहमति दिइसकेको मन्त्रालय स्रोतले जानकारी दिएको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अहिले कस्तो कार्यविधि बनाएर सञ्चालन गर्न दिने भन्ने ...
रसुवा - सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि सेयर बिक्री गर्न सह–निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता भएको छ ।
नागरिक लगानी कोषमा भएको यस सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।
दोस्रो चरण अन्तर्गत सर्वसाधारणका लागि छुट्टयाइएको ५४ लाख ७५ हजार कित्ता सेयर र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाका लागि छुट्टयाइएको ३६ लाख ५० हजार कित्ता ...
काठमाडौँ - सरकारले चालू सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको मूल्य किसान र उद्योगी दुवैले मागेजति होइन । तर, यो मूल्य पाए उखु बिक्री गर्न किसान भने राजी भएका छन् । उद्योगी भने सरकारले तोकेको मूल्यमा उखु किनेर उद्योग चलाउन नसक्ने पक्षमा छन् । किसानले यो वर्ष ५ सय ४५ रुपैयाँ प्रतिक्विन्टल उखुको मूल्य कायम हुन सके मात्र पोसाउने भन्दै मागपत्र पेस गरेका थिए । उद्योगीले भने प्रतिक्विन्टल ३ सय ८५ रुपैयाँसम्म दिन सक्ने बताउँदै आएका थिए । दुवै ...
काठमाडौं - नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई २२.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश दिने भएको छ। कोषको शुक्रबार सम्पन्न २३औं वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गरेको हो।
कोषको ०७३/७४ को नाफाबाट उक्त बोनस सेयर दिन लागेको हो। आव ०७२/७३ मा कोषको नाफा २३ करोड ७२ लाख रुपैयाँ रहेकोमा आव ०७३/७४ मा २९ करोड २४ लाख रुपैयाँ पुगेको छ। चालु आवको असोज मसान्तसम्म कोषको फन्ड एक खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कोषले एक खर्ब १० अर्ब ...
काठमाडौँ - सरकारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई÷ दुई का दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।
नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर रहेको छ । निगमले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप इण्डियन आयल कर्पोरेशन ९आईओसी०ले नयाँ मूल्य निर्धारण गरेपछि नेपालमा पनि मूल्य समायोजन गरेको उहाँले जानकारी गराउनुभयो ।
यसैगरी निगमले ...
काठमाडौँ - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बिहीबार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा नेपाल आएको आईएमफको टोलीले लामो अध्ययनपछि यस्तो प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।
नेपाल सरकारले प्रक्षेपण गरेको भन्दा यो कम हो । नेपाल सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत रहने अनुमान गरेको छ ।
...
दिवाकर पोख्रेल
देउखुरी, मंसिर । प्रदेश नम्बर पाँचकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले दाङ कृषिको सम्भावना भएको क्षेत्र भएको बताउनु भएको छ । प्रदेश पाँचले अंघि सारेको नमूना कृषि गाउँको स्थलगत अवलोकन गर्दै मन्त्री गिरीले दाङमा कृषि र पशुपालन व्यवसाय फस्टाउन सक्ने सम्भावना रहेको बताउनु भएको हो ।
दाङको लमही नगरपालिका वडा नम्बर ९ को हर्दहवा गाउँमा नमूना कृषि गाउँको बारेमा जानकारी दिने उदेश्यले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएकी मन्त्री पौडेलले प्रदेश सरकाले कृषि क्षेत्रमा देशकै नमुना काम गर्न थालेको ...
दिवाकर पोख्रेल ,देउखुरी, मंसिर । पाँच नम्बर प्रदेश सरकारले कृषि उपजमा बिचौलिया हाबी भएको भन्दै सहकारी बजारको अवधारण ल्याएको छ । पाँच नम्बर प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दाङको लमहीमा सरोकारवालाको बृहत भेला राखेर कृषि बजारको बारेमा जानकारी दिएको हो । पाँच नम्बर प्रदेशका सहकारी संस्था, भूमिअधिकारी कर्मी कृषक प्रतिनिधीहरुको सामुहिक भेलामा प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानले उत्पादन गरेको कृषि उपजको उचित मुल्य निर्धारण र विक्रीको लागि कृर्षि बजारको अबधारण ल्याएको जानकारी दिनुभयो ।
सहकारीमा आवद्ध किसानलले आफै कृर्षि ...
दिवाकर पोख्रेल ,देउखुरी, मंसिर । पाँच नम्बर प्रदेश सरकारले कृषि उपजमा बिचौलिया हाबी भएको भन्दै सहकारी बजारको अवधारण ल्याएको छ । पाँच नम्बर प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दाङको लमहीमा सरोकारवालाको बृहत भेला राखेर कृषि बजारको बारेमा जानकारी दिएको हो । पाँच नम्बर प्रदेशका सहकारी संस्था, भूमिअधिकारी कर्मी कृषक प्रतिनिधीहरुको सामुहिक भेलामा प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानले उत्पादन गरेको कृषि उपजको उचित मुल्य निर्धारण र विक्रीको लागि कृर्षि बजारको अबधारण ल्याएको जानकारी दिनुभयो ।
सहकारीमा आवद्ध किसानलले आफै ...
देउखुरी मङ्सिर । दाङको लमही नगर पालिका अन्तर्गत पशु साखा कार्यालय लमहीको आयोजनामा ३ दिने ब्यबसायिक बाख्रा पालन तालिम आज देखि लमहीमा शुरु भएको छ । उक्त तालिमको लमही नगर पालिकाका प्रमुख कुल बहादुर केसीले उद्घाटन गरेका हुन ।
नेपाल सरकारले नेपाल भर रहेका सबै जिल्लाहरुलाई कुन जिल्ला केका लागि सम्भावित छ भनेर सर्वेक्षण गर्दा दाङ्गको लमही बाख्रा पालनका लागि अति उत्तम भएको भन्दै किसानलाई आत्मनिर्भर हुने गरेर नया प्रबिधि बाट बाख्रा पालनलाई प्राथमिकता दिन आग्रह गरेका छन । तालिमका प्रमुख अतिथि केसीले ...
देउखुरी समाचारदाता देउखुरी, मंसिर । लमहीको मातृभुमी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भोजराज भुसाल निर्वाचित हुनुभएको छ । लमहीमा भएको संस्थाको दशौ साधरणसभा तथा चौथो अधिवेसनबाट भुसालको अध्यक्षतामा सात सदस्यिय नयाँ कार्य समिति सर्बसहमतिमा चयन गरेको हो । जसको उपाध्यक्षमा पार्वता भुसाल,सचिवमा प्रदीप अधिकारी, कोषाध्यक्षमा कमला भुसाल र सदस्यहरुमा होमकुमार श्रेष्ठ,विकास रजौरे,राधिका वली रहनु भएको छ । यसैगरी अधिबेसनबाट भिमबहादुर बस्नेतको अध्यक्षतामा तीन सदस्यीय लेखा समिति गठन गरेको छ ।
संस्थाका अध्यक्ष भिमवहादुर बस्नेतको अध्यक्षता तथा लमही नगरपालिकाकी उप प्रमुख देवका बेल्वासेको ...
देउखुरी, मंसिर । सहकारीको माध्यमवाट दाङ देउखुरीका महिलाहरु बिस्तारै उद्यमी बन्न थालेका छन् । घरको चुलो चौकोमा सिमित महिलाले दाङको लमही नगरपालिका सुन्डवरीमा महिला सहकारी सफल रुपमा संचालन गरि उद्यमतर्फ लागेका हुन् । निलकमल सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिलाले आयआर्जन मार्फत राम्रो आम्दानी गर्न सफल भएका छन् ।
लमही नगरपालिका वडा नम्बर १ की कमला थापा कुमाल सहकारी अन्तरगर्तको महिला समुहमा आवद्ध भइ तालिम लिएपछि अहिले सिलाई उद्यमी बन्नुभएको छ । सिलाइ पेशाबाट कमलाले मासिक ४० हजार सम्म आम्दानी गर्ने गरेको बताउनुभयो । हेफर ...
काठमाडौँ - १५ दिनका लागि साढे ५६ करोड नाफा सुनिश्चित गरेर नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर समान दुई रुपैयाँ घटाएको छ । सोमबार रातिदेखि लागू हुने गरी भएको समायोजनसँगै पेट्रोल एक सय १२ तथा डिजेल र मट्टीतेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
दुई रुपैयाँ घटाएर बेच्दा पनि निगमलाई १५ दिनमा ५६ करोड ५८ लाख नाफा हुनेछ । अहिले दैनिक करिब ५० करोड रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री हुन्छ । यो हिसाबमा दिनमै करिब ४ करोड नाफा हुन्छ । निगमले कम नाफा राखेर समायोजन गरेको भए पेट्रोलियमको ...
काठमाडौं - चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म व्यापार घाटा चुलिँदै गएको पाइएको छ। आर्थिक वर्ष२०७५/७६को पहिलो चार महिनामा भएको वैदेशिक व्यापारको ९४.३ प्रतिशत हिस्सा आयात कै छ। पेट्रोलियम आयतको उच्च बृद्धिले व्यापार घाटा बढाउँदै गएको छ।
नेपालले २९ अर्ब २८ करोड रुपैयाँको मात्र सामान निर्यात गर्न सकेको छ । ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ सामान आयात भएको केन्द्रले जनाएको छ। यस अनुसार देशले चार महिनामा ४ खर्ब ५४ अर्ब ४७ करोड रुपैयाँ व्यापार घाटा बेहोर्नुपरेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक ...
काठमाडौं - सबैभन्दा धेरै कर तिर्ने करदाताले कति कर तिर्छन् ? यो जिज्ञासा आम मानिसमा हुन सक्छ । कर प्रशासनले हरेक वर्ष मंसिर १ गते एक आर्थिक वर्ष अगाडि तिरेको करको आधारमा सबै क्षेत्रलाई समेटेर करदातालाई सम्मान गर्दै आएको छ । तर, बढी कर तिरेर पहिलो १० भित्रपर्ने कम्पनीले तिर्ने करको अन्तर भने ठूलो छ । आर्थिक वर्ष २०७४÷७५ मा सबैभन्दा बढी कर सूर्य नेपालले तिरेको छ । सूर्य नेपालले १८ अर्ब तीन करोड कर बुझाएको छ ।
सूर्य नेपाल निरन्तर बढी कर तिर्ने कम्पनीका रूपमा ...
काठमाडौँ - लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ३५ बिन्दुले घटेर एक हजार १६० दशमलव २८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव ३ बिन्दुले घटेर २४६ दशमलव ७२ बिन्दुमा झरेको छ ।
घटेको बजारमा सोमबार कारोवार रकममा समेत सामान्य सुधार भएको छ । कूल १५५ कम्पनीको नौ लाख ९१ हजार ७३० कित्ता शेयर रु ३० करोड ८४ लाख ९५ हजार ८४ कित्ता ...
काठमाडौं - सरकारलाई सबैभन्दा बढी कर सूर्य नेपालले तिरेको छ। सातौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको सूचीमा सूर्य नेपाल बढी कर तिर्नेको शीर्ष स्थानमा छ। यो कर आर्थिक वर्ष २०७४/०७५ को हो। व्यक्तिगततर्फ सबैभन्दा धेरै कर उद्योगी सिद्धार्थ राणाले तिरेका छन्। उनले लगातार चौथोपटक व्यक्तितर्फ सबैभन्दा बढी आयकर तिरेका हुन्। सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष जबरा सफल व्यवसायी हुन्।
सरकारले धेरै कर तिर्ने १५ संस्था र व्यक्तिलाई सम्मान गरेको छ। विधागत आधारमा गरिएको वर्गीकरणमा सबैभन्दा धेरै कर तिर्ने एक/एक जनालाई सम्मान गरिएको हो। ...
काठमाडौं - चालु अर्थिक वर्षको पहिलो तीन महिनामा अधिकांश बैंकको नाफा उच्च दरले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा चालु आवको सोही अवधिमा बैंकहरुले नाफा बढाएका हुन्। ब्याज आम्दानी र विदेशी मुद्राको कारोबारबाट भएको आम्दानीले नाफा बढाएको हो।
२८ वाणिज्य बैंकमध्ये १९ वटाले वित्तीय विवरण सार्वजनिक गरेका छन् । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नेपाल इन्भेस्टमेन्ट बैंकले नाफा गरेको छ । उसले चालु आवको तीन महिनामा एक अर्ब पाँच करोड नाफा गरेको छ । गत आवको ...
काठमाडौं - पेट्रोल पम्प सञ्चालकले उच्च प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको भेटिएको छ। काठमाडौं सानो भ-याङको बंगलामुखी आयल स्टोर्सले ‘हाइटेक’ प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको हो।
अनुगमनको क्रममा डिजिटल पम्पको मदरबोर्डको सफ्टवेयरमा तेल कम दिने ‘प्रोग्राम इन्स्टल’ गरेर कम तेल दिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘हाइटेक प्रविधि प्रयोग गरेर पेट्रोलियम पदार्थमा उपभोक्ता ठगेको नयाँ तथ्य भेटिएको छ,’ पुडासैनीले भने, ‘३–४ प्रतिशतसम्म कम तेल दिएको रहेछ।’
यसअघि पम्पभित्रै चिप्स प्रयोग गरेर तेल चोरी गरेपछि तीन वर्षअघि प्रहरीको अपरेसनमा एक दर्जनभन्दा ...
काठमाडौं - व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो।
आव २०७५/७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो।
नेपाल राष्ट्र बैंकले गत असोज ११ गते नै सबै वाणिज्य बैँक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको थियो।
सहुलियतापूर्ण ...
काठमाडौं - यो वर्ष इतिहासमै सर्वाधिक धान उत्पादन हुने प्रक्षेपण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष ५४ लाख ३० हजार मेट्रिक टन धान उत्पादन हुने प्रारम्भिक जानकारी दिएको छ । यसअघि २०७३ मा सर्वाधिक ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको थियो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।
मन्त्रालयका अनुसार यो वर्षको उत्पादन गत वर्षभन्दा करिब १० प्रतिशत बढी हो । यो वर्षको धान एक खर्ब ३० अर्ब मूल्यको हुने सरकारी अनुमान छ । २०७४ मा ५१ लाख ५२ ...
काठमाडौ - सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेघावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले १ करोड ४४ लाख कित्ता (२४प्रतिशत) साधारण शेयर निश्कासन गर्ने भएको छ।
नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनी लिमिटेड मुख्य प्रवद्र्धक रहेको आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थागत लगानीकर्ता कम्पनीका कर्मचारी, ऋणदातासंस्थाका कर्मचारीका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा शेयर आवेदन आह्वान गर्ने जनाइएको छ।
मध्यभोटेकोसी जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक मणी काफ्लेले बुधबार पत्रकार सम्मेलनमा सञ्चयकर्ताका लागि १ करोड १७ लाख कित्ता शेयरका लागि कार्तिक २८देखि मंसिर १४ गतेसम्म आवदेन खुला रहने बताए। उनका अनुसार संस्थापक ...
दोलखा- आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) बिक्री गरेको ४ महिनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बुधबार शेयर बाँडफाँड गर्ने भएको छ ।
गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो ।
आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए ।
आयोजना प्रभावित क्षेत्रका आधारमा बाँडफाँड हुने शेयरमा क वर्गको क्षेत्रका आवेदनकर्ताले कम्तिमा १०२ कित्ता, ख वर्गकाले ४८ कित्ता र ...
काठमाडौं - उत्तरी छिमेकी चीनले नेपाली सेनाको आधुनिकीकरणका लागि सक्दो सहयोग गर्दै आश्वसन दिएको छ। चीनका केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष सु छियालिङ र रक्षामन्त्री जनरल वाई फङले त्यस्तो धारणा ब्यक्त गरेका हुन्।
नेपाली सेनालाई समयानुकूल आधुनिकीकरण गर्दै सैन्य उपकरणमा आत्मनिर्भर संस्थाका रूपमा विकास गर्ने नेपालको योजनामा मित्र राष्ट्र चीनबाट सहयोगको अपेक्षा गरेको उनले बताए। ‘नेपालको आर्थिक सामाजिक तथा सैन्य क्षेत्रको विकासका लागि आवश्यक सहयोग उपलब्ध गराउन चीन सरकार सदैव सकारात्मक छ,’ उनीहरूले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगको छुट्टाछुट्टै छलफलमा बताएका हुन्।
चिनियाँ समकक्षी फङको निमन्त्रणमा पोखरेल बेइजिङमा ...
काठमाडौं - चालु आर्थिक वर्ष पाँच अर्ब ७० करोड ५६ लाख मूल्यको साधारण सेयर (आईपीओ) आउने भएको छ। २५ वटा कम्पनीले सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन्। आईपीओ निष्कासनको तयारीमा रहेकामध्ये १८ जलविद्युत्, पाँच माइक्रोफाइनान्स, एक इन्भेस्टमेन्ट कम्पनी र एक मर्चेन्ट बैंक छन्। यी कम्पनीले चालु आवमा पाँच करोड ७० लाख ५६ हजार कित्ता सेयर निष्कासन गर्न लागेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए।
बोर्डका अनुसार मध्यभोटेकोसी जलविद्युत् कम्पनीले एक अर्ब ४४ करोड मूल्य बराबरको एक करोड ४४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने ...
काठमाडौँ - विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा छ ।
नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारत र चीनसँग रहेको छ । पछिल्लो तीन महीनाको विवरणअनुसार भारतसँग रु दुई खर्ब २२ अर्ब ९५ करोड ९२ लाख पाँच हजार बराबरको व्यापार घाटा छ ।
भारतबाट मात्रै रु दुई खर्ब ३६ अर्ब १२ करोड ३४ लाख ...
काठमाडौं - दसैं सुरुभएसँगै बैंकहरूमा चेक सटही र रकम लेनदेन बढेको छ । नेपाल क्लियरिङ हाउसले यस्तो कारोबार एकै दिन ४६ करोडभन्दा बढी गरेको छ । बिहीबार मात्रै क्लियरिङ हाउसमा ४६ अर्ब ६१ करोड ५० लाख रूपैयाँ कारोबार भयो । त्यसमध्ये चेक क्लियरिङबाट ३८ अर्ब ९७ करोड र बैंक भुक्तानी प्रणाली (आईपीएस)मार्फत सात अर्ब ६४ करोड छ ।
हरेक वर्ष दसैंअघि कारोबार बढ्छ । फूलपातीको अघिल्लो दिन सबैभन्दा धेरै क्लियरिङ हुने हाउसकी अप्रेसन म्यानेजर मुन्नी राजभण्डारीले बताइन् । गत वर्षभन्दा यसपालि कारोबार बढेको छ । क्लियरिङ ...
काठमाडौँ - नेपाल धितोपत्र बजारमा बिहीबार शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९ दशमलव ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब २८ बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३६ बिन्दुले बढेर २६१ दशमलब ४ बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन । कूल १६५ कम्पनीको आठ ६२ हजार ३६८ कित्ता शेयर रु २५ करोड २२ लाख ९१ हजार ५४० ...
मुस्ताङ - दशैंका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौं लगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् ।
भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा बिक्री भइसकेको जनाएको छ ।
सोरबारसम्म १० हजार भेडा र ६ हजार च्याङ्ग्रा बिक्रीका लागि स्वास्थ्य परीक्षण गरिएको केन्द्रका पशु चिकित्सक डा शिव भुसालले जानकारी दिए।
दशैंका लागि जिल्लाबाट करीब २० हजार भेडाच्याङ्ग्रा बिक्री ...
काठमाडौं - नेपालीहरुको महान चाड दशैं नजिकिदै छ । दशैंलाइ लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा दिन लागेको छ ।
सर्वसाधारणले नयाँ नोट २९ गतेसम्म साट्न पाउने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । प्रवक्ता पौडेका अनुसार नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २/२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा राष्ट्र बैंकले दिनेछ ।
नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय, क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट ...
काठमाडौं - हिन्दू नेपालीको मुख्य चाड चसैंको मौका पारेर नेपाल राष्ट्र बैंकले बजारमा नयाँ नोट पठाउँछ । दसैंमा टिका लगाएर नयाँ नोट नै दक्षिणा दिने चलनजस्तै बनिसकेको छ । नयाँ लुगा लगाउने, नयाँ र मिठा परिकार खानेजस्तै नोट पनि नयाँ नै चलाउने परिपाटी दसैंमा बसिसकेको छ । त्यसैले दसैंमा नै राष्ट्र बैंकले बढी नयाँ नोट बजारमा पठाउँछ । नयाँ नोट साँट्न राष्ट्र बैंकले तोकेका बैंकहरुमा लामो भिड लाग्ने गर्छ । यो वर्ष पनि सर्वसाधारणका लागि २१ असोजदेखि नयाँ नोट साँट्न राष्ट्र बैंकले अरु बैंकलाई निर्देशन ...
काठमाडौं - दशैमा टिका लगाउँदा नयाँ नोट दिने चलन रहेको सन्दर्भमा राष्ट्र बैंकले १२ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट बिभिन्न बैंकहरुमार्फत पाउन सकिने छ ।
राष्ट्र बैंकले बैंकहरुलाई नोट उपलब्ध गराउने बताएको छ ।
सो सँगै १३ गतेदेखि आवश्यकता अनुसार बैंकबाट नयाँ नोट लिन सकिने छ ।
राष्टबैंकले समेत सर्वसाधारणलाई नयाँ नोट बाँडदै आएको छ । बैंकहरुलाई नोट दिएपछि सर्वसाधारणलाई कहिलेदेखि बाँडने भन्ने विषयमा राष्ट्र बैंकले मिति सार्वजनिक गर्ने बताएको छ ।
...काठमाडौँ - धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो । गतसाता कूल १८६ कम्पनीको एक करोड दुई लाख ५५ हजार ६८० कित्ता शेयर रु दुई अर्ब १० करोड १५ लाख ६५ हजार बराबरको खरिद बिक्री भएका थिए ।
यस साता कारोबार रकमको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा ...
काठमाडौं – त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैयाँको बजेट पारित गरेको छ ।
मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार रुपैयाँ नेपाल सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी नौ अर्ब ७९ करोड ६ लाख २८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट व्यहोर्ने प्रस्ताव पारित गरिएको रजिस्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो ।
उहाँले उक्त बजेट पूर्वाधार निर्माण, सेमेस्टर प्रणालीको सुदृढीकरण, शिक्षण क्रियाकलापमा प्रविधि प्रयोगको विस्तार, अनुसन्धान, प्राविधिक शिक्षाको विस्तार र पाठ्यक्रम परिमार्जनमा ...
काठमाडौं - नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट वितरणको तयारी थालेको छ। गत बर्षजस्तै यसपाली पनि राष्ट्र बैंकले तीन सरकारी बैंकमार्फत सहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध गराउने भएको छ। निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइने छ।
राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति ब्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ। यसअघि राष्ट्र बैंकले काठमाडौंस्थित बैंकिङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट सटही गरेको थियो। यसपाली सर्वसाधारणको सुविधाका लागि ...
काठमाडौं - चालू आर्थिक वर्षको २ महिनामा १ खर्ब २० अर्ब राजश्व उठेको छ । यो गएको वर्षको यही समयको तुलनामा ३७% ले धेरै हो । राजश्व संकलन निकै सन्तोषजनक रहेको अर्थमन्त्री युवराज खतिवडाले बताए ।
सरकारले कर सेवालाई घरदैलोमै पुर्याएको, आधुनिक प्रविधिको प्रयोग बढाएको, अनुगमन बलियो बनाएको, भन्सारमा कडाई गरेकोलगायतका कारण राजस्व बढेको मन्त्री खतिवडाले बताए ।
यस्तै २ महिनामा १ खर्ब ३ अर्ब खर्च भएको छ । जसमा चालुतर्फ ९६ अर्ब र पुँजिगततर्फ ७ अर्ब मात्र खर्च भएको छ । चालुतर्फ पोहोरको २ महिनाको अवधिको ...
काठमाडौँ - नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ र डिजले/मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो । यससँगै अब पेट्रोलको बजारभाउ प्रतिलिटर १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ ।
हवाईइन्धन र एलपी ग्यासको मूल्य भने नबढेको निगमका निर्देशक एवं प्रवक्ता ई. वीरेन्द्र गोइतले जानकारी दिए । दुई साताअघि पनि निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।
निगमले २० भदौदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँ ...
दोलखा - माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिए । जिल्लावासीका लागि जारी भएको शेयर भदौ २१ गतेमात्र सकिएको थियो । शेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको छ । सो आयोजनाको साधारण शेयर कात्तिक अन्तिम साता आउने न्यौपानेले बताए ।
प्रवद्र्धक माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापूँजीको १५ प्रतिशत अर्थात् रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको रु एक करोड ५८ ...
काठमाडौं - शेयर बजार आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजार आज नयाँ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.१३ विन्दुले बढेर एक हजार २४४.८४ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४७ विन्दुले बढेर २६४.२७ विन्दुमा पुगेको छ । आज कारोवार रकममा समेत वृद्धि भएको छ ।
कूल १७३ कम्पनीको २७ लाख ११ हजार ११० कित्ता शेयर रु ७२ करोड ९८ लाख पाँच हजार ५४६ मूल्यमा खरीद–बिक्री भएको ...
काठमाडौं - एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक गरेको छ । बुधबार राति सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गर्यो ।
यीमध्ये एक्स एस र एक्स एस म्याक्समा डबल सिमकार्ड सपोर्ट गर्दछ । तीनवटै फोनमा फेस डिटेक्सनको फिचर भएकाले सुरक्षित मानिएको छ ।
आइफोन एक्सएस म्याक्स हालसम्मकै ठूलो स्मार्ट फोन भनिएको छ किनभने यसमा ६.५ इन्चको स्क्रिन छ । यस्तै आइफोन एक्सआरको स्क्रिन ६.१ इन्च र आइफोन एक्स एसमा भने ५.८ इन्चको स्क्रिन छ ।
यी ...
काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको निमित्त कार्यकारी निर्देशक सुशिल भट्टरार्इले बताए ।
आयल निगमले पेट्रोलमा १, डिजेल र मट्टितेलमा ३ तथा ग्याँसमा २५ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय १२, डिजेल प्रतिलिटर ९८ र खाना पकाउने एलपी ग्याँसको प्रतिसिलिन्डर एक हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।
बढ्दो घाटालार्इ न्यूनिकरण गर्नका लागि मूल्य वृद्धि गरेको निर्देशक भट्टरार्इले बताए ।
...काठमाडौं - पछिल्ला दिनमा अमेरिकी डलरले नयाँ रेकर्ड तोड्दै गएको छ। सोमबार ११३ रुपैयाँ २९ पैसा बिक्री मूल्य रहेको अमेरिकी डलरको मूल्य एकैदिन ९५ पैसाले बढेर मंगलबार ११४ रुपैयाँ २४ पैसा पुगेको हो। मंगलबार बिक्रीका लागि तोकिएको मूल्य नेपालको इतिहासमै उच्च हो।
दिन प्रतिदिन अमेरिकी डलरको मूल्य बढ्दै जानुको कारण मागअनुसार आपूर्ति हुन नसक्नु रहेको राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागका प्रमुख भिष्मराज ढुंगानाले बताए। ‘विदेशी बजारमा भएको मागअनुसार डलरको आपूर्ति हुन नसक्दा डलर महँगिएको हो’, उनले भने। अन्तर्राष्ट्रिय बजारको ट्रेन हेर्दा मूल्य अझ माथि जाने ...
काठमाडौं - नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ। पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम सुरु भएपछि निगमको घाटा चुलिँदै गएको छ। यसका साथै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा निगमलाई थप असर परेको हो।
हाल अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निकै बढेको छ। करिब तीन साताअघि प्रतिब्यारल कच्चा इन्धनको मूल्य ७३÷७४ डलर थियो। विश्व परिवेशमैे भएको इन्धन राजनीतिका कारण हाल मूल्य वृद्धि भएर प्रतिब्यारेल ७७ डलर पुगेको छ। प्रतिब्यारेलमै पछिल्लो समयमा तीन डलरले मूल्य वृद्धि भएको छ। निगमका ...
काठमाडौँ - साताको पहिलो दिन आज शेयर बजारमा सुखद शुरुवात भएको छ ।
नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर एक हजार १९० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापक सूचक सेन्सेटिभ परिसूचक २.०१ बिन्दुले बढेर २५१.८० बिन्दुमा पुगेको छ । गत साता कारोवार रकम रु एक अर्बभन्दा कम रहेको थियो ।
स्टककाअनुसार आज कूल १६४ कम्पनीको नौ लाख ६० हजार ७१४ कित्ता शेयर रु ३० करोड २५ लाख ९७ हजार मूल्यमा खरिद बिक्री भएको छ । नेप्से र कारोवार ...
काठमाडाैं - नेपाली बजारमा बिहीबार डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । बिहीबार १ डलरको नेपाली बजारभाउ १ सय १३ रुपैयाँ २५ पैसा पुगेको छ । यसअघि गएको साउन २९ गते डलरको भाउ १ सय १२ रुपैयाँ २९ पैसा पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो ।
...काठमाडौं - जुम्लाको औद्योगिक विकासका लागि लगानी जुटाउने उद्देश्यले चन्दननाथ नगरपालिकाले पहिलो पटक लगानी प्रवर्द्धन सम्मेलन गर्ने भएको छ ।
स्वदेशी–विदेशी पर्यटकको आकर्षणको केन्द्रका रुपमा रहेका से–फोक्सुण्डो र रारा ताल नजिक अवस्थित उक्त नगरपालिकाले आइतबार यहाँ पत्रकार सम्मेलन गरेर औद्योगिक लगानीका निम्ति आह्वान गरेको हो ।
उक्त नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालयमा ‘विकास सामथ्र्यको उजागर’ भन्ने नाराका साथ यही भदौ २९ गते उक्त सम्मेलन हुने नगरप्रमुख कान्तिका सेजुवालले जानकारी दिए ।
सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलसहित प्रतिष्ठित उद्योगी व्यवसायी, नेपालस्थित कूटनीतिक नियोगका ...
काठमाडौं - निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५७ विन्दुले घटेर २४८.४२ विन्दुमा कायम भएको छ । कूल १४६ कम्पनीको रु छ लाख नौ हजार २५७ कित्ता शेयर रु २० करोड ५५ लाख ५८ हजार ६४३ मूल्यमा खरिद बिक्री भएका छन् ।
उत्पादन समूह बाहेक अरु उपसमूहको शेयर आज ओरालो लागेको हो । उत्पादन ...
काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् । बैंकको मिति २०७५÷०५÷०८ गते बसेको संचालक समितिको २१४ औं बैठकले श्रेष्ठलाई नियुुक्त गर्ने निर्णय गरेको हो ।
यस अघि तत्कालीन एस डेभलपमेन्ट बैंक लि.को प्रमुुख कार्यकारी अधिकृत रहेका श्रेष्ठसंग विभिन्न कर्मर्सियल तथा विकास बैंकहरुको नेतृत्वदायी भूमिकामा रही काम गरेको लामो अनुभव छ ।
...
काठमाडौँ - नेपाली सेनाको कल्याणकारी कोषमा ४१ अर्ब २९ करोड ८२ लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ । सेनाले बुधबार सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांकअनुसार कोषमा ३५ अर्ब ७७ करोड २४ लाख ५९ हजार नगद छ भने ५ अर्ब ५२ करोड ५७ लाख ८७ हजार लगानी छ । सेनाले १४ परियोजनामा लगानी गरेको छ ।
०३२ सालमा सेनाले कोष सुरु गर्दा १ करोड २४ लाख १ हजार थियो । ४३ वर्षमा सेनाको कोषमा तीन लाख सेनाले बैंकमा जम्मा गरेको नगदबाट बर्सेनि ३ अर्ब २० करोड रुपियाँ ब्याज आउने ...
काठमाडौं - वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ४८ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएका छन्। हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले आव २०७४÷०७५ मा यो नाफा गरेका हुन्। यो नाफा अघिल्लो आवभन्दा करिब १८ प्रतिशत बढी हो। राष्ट्रिय वाणिज्य बैंकले भने वित्तीय विवरण सार्वजनिक गरेको छैन।
आव २०७३/०७४ मा यी बैंकले ४१ अर्ब ५८ करोड नाफा कमाएका थिए। २७ वटा वाणिज्य बैंकमध्ये सिभिल, सेञ्चुरी र जनता बैंकको नाफा अर्बभन्दा कम र अन्यको अर्बभन्दा बढी छ।
राष्ट्रिय वाणिज्य बैंकबाहेक गत आवमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको ...
काठमाडौँ - नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ ।
आर्थिक वर्ष २०७४-७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको हो । विभागले आव २०७३-७४ मा ६ उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको थियो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा गर्न पटक पटक आग्रह गर्दा नमानेपछि ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरिएको बताए ।
बिक्री वितरण बन्द गरिएका उद्योगमा खाद्यान्न, तेल, पाइप, छडलगायत बढिरहेका छन् ।
विभागले ...
काठमाडौँ - नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४-७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ ।
सो आवमा प्राधिकरणले रु एक अर्ब एक करोड खुद नाफा आर्जन हुने लक्ष्य राखेकोमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने दावी गरेको हो । गत आवमा प्राधिकरणको सञ्चालन मुनाफा रु सात अर्ब ८६ करोड थियो । अन्य वित्तीय खर्च कटौती गरेपछि खुद मुनाफा आउँछ ।
विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत्को औसत खरीद दरमा आएको कमी, ...
काठमाडौँ - प्रभु ग्रुपले नेपालमा वालेट अब मोबाइलमा भन्ने नारा सहित प्रभु पे नामक डिजिटल वालेट को सुरुवात गरेको छ ।
आजको डिजीटल युगमा प्रभु पे ले नौलो र फरक सुबिधा ल्याएको छ, यसलाई आफ्नो मोबाइलमा डाउनलोड गरेपछी पैसा संग सम्बन्धित सम्पूर्ण कार्यहरु जस्तै कुनैपनि बैंक अथवा वित्तीय संस्थाको खाता बाट पैसा ट्रान्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टि भी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्न, NCHL डिपोजिट गर्न सहज हुने छ ।
यसबाट अनलाइन मात्र नभई युनियन पे र QR Code ...
काठमाडौँ - शेयर बजार आज पनि सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.४६ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा झरेको छ । क वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२६ बिन्दुले घटेको छ ।
आइतबार बजार १.४३ बिन्दुले घटेर एक हजार १८९.८८ बिन्दुमा पुगेको थियो भने सोमबार पनि सामान्य अंकले गिरावट भएको थियो । आज कूल १५७ कम्पनीको नौ लाख नौ हजार ३४१ कित्ता शेयर रु २१ करोड ३७ लाख ९१ हजार ३१५ मूल्यमा खरीद बिक्री भएको छ ...
हेटौँडा - हेटौँडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौँडा कपडा उद्योगको २० बिघा जमीनमा नयाँ उद्योग स्थापना गर्ने सरकारी योजना बमोजिम ती उद्योग सञ्चालनमा आएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले बोलपत्रद्वारा थप १५ उद्योग निर्माणका लागि सम्झौता गरेको थियो । १५ वटै उद्योगका लागि संरचना तयार भएपनि सिइ हाइड्रो मेकानिकल बक्र्स प्रालि, थ्रि स्टार गुप प्रालि भने अझै सञ्चालन हुन सकेको छैन ।
सिइ हाइड्रो मेकानिकल ...
काठमाडौं - नेपालको व्यापार घाटा गत आर्थिक वर्ष ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेकोे छ। यो घाटा आव २०७३÷०७४ को तुलनामा २७.५३ प्रतिशत बढी हो। आयात बढ्दै जाने तर निर्यात नबढ्ने अवस्थाका कारण व्यापार घाटा उच्च बन्दै गएको छ। आव २०७४÷०७५ मा नेपालले १३ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको थियो। यसमध्ये १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँको वस्तु तथा सेवा नेपाल भित्रिँदा ८१ अर्ब १९ करोड रुपैयाँको नेपाली वस्तु विदेशी बजारमा पुगेको छ। यो घाटा सरकारले गएको आव ...
काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सहकारीले सहकारीको पैसा जग्गा दलालीलाई लगानी गरेको भए कारवाही हुने चेतनावी दिएका छन् । राष्ट्रिय सहकारी बैंकको १६ औं स्थापना दिवस तथा वार्षिक उत्सवको अवसरमा आयोजित स्थानीय सरकार र सहकारी प्रवद्वनरअनुगमनरविकासमा साझेदारी’ विषयक गोष्ठीमा बोल्दै पण्डितले यदि सहकारीको पैसा जग्गा दलालीमा लगानी भएको भए त्यस्ता सहकारी र व्यक्तिलाई दण्डित गर्नुपर्ने बताए । सहकारीमा निश्चित व्यक्तिको हालीमुहाली हुने गरेको संकेत गर्दै मन्त्री पण्डितले भने,,‘सहकारीलाई नीजि तबरबाट सञ्चालन हुने प्रवृति रोक्नुहोस्।’
मन्त्री पण्डितले सहकारीका अनुदान तथा ऋण गलत ...
काठमाडौँ - शेयर बजारमा आज सामान्य गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २.५६ बिन्दुले घटेर एक हजार १९१.३१ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४१ बिन्दुले घटेर २५१.१५ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार कूल १६२ कम्पनीको छ लाख ७२ हजार ३६८ कित्ता शेयर रु २० करोड ७९ लाख २१ हजार ४७० मूल्यमा खरीद बिक्री भएको छ । कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने आठ उपमूहको शेयर उकालो लागेको छ ।
बैंकिङ ...
काठमाडौँ - संघीय सरकारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि विनियोजित आर्थिक वर्ष ०७५/०७६ को बजेटमध्ये चार अर्ब शीर्षक र कार्यक्रमविनाको रहेको देखिएको छ । स्वास्थ्यमा विगतमा भन्दा बढी बजेट देखाउन सुनिश्चितविनाको रकम थपिएको अधिकारीहरू बताउँछन् ।
१३ खर्ब १५ अर्ब १४ करोडको राष्ट्रिय बजेटमध्ये स्वास्थ्य क्षेत्रका लागि ६५ अर्ब ३४ करोड विनियोजन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव भक्तराज जोशीले बताए । जसमध्ये स्वास्थ्य मन्त्रालयका लागि ५६ अर्ब ४१ करोड र अन्य मन्त्रालयमा आठ अर्ब ९३ करोड विनियोजित छ । जोशीले भने, ‘अघिल्लो वर्षको तुलनामा यसपटक राष्ट्रिय बजेट २.८ प्रतिशतले ...
काठमाडौँ - भूकम्पपीडितले घर पुनर्निर्माणका लागि लिएको कर्जा असुलमा कडिकडाउ नगर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । भूकम्पपीडितको घर पुनर्निर्माणका लागि प्रवाह भएको कर्जामा बैंक तथा वित्तीय संस्थाले धितो लिलामीसम्मको प्रक्रिया अघि बढाएपछि राष्ट्र बैंकले त्यसलाई रोक्न निर्देशन दिएको हो ।
‘भूकम्पपीडितहरूमा पुनर्कर्जासम्बन्धी अन्योलता देखिएको छ, थुप्रै गुनासा पनि आएका छन्,’ राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीमा कडाइ गरी धितो लिलामी प्रक्रियासमेत अघि बढाएको देखिएकाले अर्को व्यवस्था नभएसम्मका लागि त्यसलाई रोक्न निर्देशन जारी गरिएको छ ।’ ...
काठमाडौं - धितोपत्र बजारमा यस साता रु एक अर्ब ६२ करोड ९१ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता कूल एक सय ७९ कम्पनीको ३९ लाख ४५ हजार सात सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा २७ दशमलव ४१ प्रतिशत कम हो । गत साता एक सय ८६ कम्पनीको रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार बराबरका ४७ लाख ५४ हजार पाँच सय २० कित्ता शेयर खरिद बिक्री भएका थिए ।
साताको नेप्से ...
काठमाडौं - नेपाल आयल निगममा बोनस बाँड्न छुट्टयाएको रकम करिब तीन अर्ब रुपैयाँ पुगेको छ। सरकारले गत तीन आर्थिक वर्षदेखि निगमका कर्मचारीलाई बोनस बाँड्न रोक लगाए पनि निगमले सो शीर्षकमा रकम छुट्टयाउन छाडेको छैन।
निगमको शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष ०७३/७४ मा ७७ करोड रुपैयाँ बोनस उल्लेख गरेको लेखापरीक्षण प्रतिवेदन पारित गरेसँगै कर्मचारी बोनस शीर्षकमा जम्मा रकम दुई अर्ब ९३ करोड ७६ लाख रुपैयाँ जम्मा पुगेको हो। इन्धन कारोबारमा एकाधिकार पाएको निगमले खुद मुनाफाबाट बोनस शीर्षकमा रकम विनियोजन गर्दै आएको छ। बोनस रकम विनियोजन गरे पनि ...
काठमाडौं - नेपाल वायुसेवा निगमको दोस्रो ठूलो (वाइड बडी) आकारको जहाज आइपुगेको छ। दुई ठूलासहित निगमसँग अब आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न १३ थान जहाज भएका छन् । यति जहाज भएपछि निगमले वार्षिक १७ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । के यो सम्भव छ?
‘अवश्य सम्भव छ,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बिहीबार नागरिकसँग भने, ‘अबको एक साताभित्र पहिलो वाइड बडी र दोस्रो वाइड बडीले अधिकतम दुई साताभित्र नियमित व्यापारिक उडान सुरु गर्नेछन् । तीन महिनासम्म पुरानै गन्तव्यमा उडेपछि जापानको टोकियो, दक्षिण कोरियाको सोल ...
काठमाडौं - ज्योति विकास बैंक लिमिटेडमा ८० कर्मचारीको माग गरेको छ । बैंकले ४० जना शाखा प्रबन्धक र ४० जना रिलेसनसिप मेनेजर र अपरेसन इन्चार्ज माग गरेको हो ।
बैंकले बारा, उदयपूर, सर्लाही, स्याङ्जा, सुनसरी, सिन्धुली, रुपन्देही, पाल्पा, नवलपरासी, काभ्रे, कास्की, कपिलवस्तु, कञ्चनपूर, ललितपूर, काठमाडौँ, भक्तपूर, सल्यान, तनहुँ, सप्तरी र कैलाली जिल्लाका विभिन्न शाखा कार्यालयहरुका लागि उक्त संख्यामा कर्मचारी मागेको हो ।
शाखा प्रबन्धकका लागि विजनेस एडमिनिस्ट्रेसन, फाइनान्स, अर्थशास्त्र अथवा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको र पाँच वर्षको अनुभव भएको कर्मचारी मागिएको छ भने रिलेसनसिप मेनेजर र अपरेसन ...
काठमाडौँ - धितोपत्र बजारमा यस साता रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजारबराबरको शेयर कारोवार भएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जका अनुसार ४७ लाख ५४ हजार ५२० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा ३१ दशमलव ३२ प्रतिशत कम हो ।
गत साता १९१ कम्पनीको रु दुई अर्ब ११ करोड ८८ लाख आठ हजारबराबरका ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा छ दशमलव ७० अंकले घटेर अन्तिम ...
तेह्रथुम - १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएका तेह्रथुमका २६ परिवारले रु ५२ लाख राहत पाएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २६ परिवारले रु ५२ लाख पाँच हजार ७०० रकम राहत पाएका हुन् ।
जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको स्थानीय शान्ति समितिले रु ५२ लाख पाँच हजार ७०० राहतस्वरुप वितरण गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । जसमध्ये बेपत्ता पारिएका दुई परिवारलाई रु १४ लाख वितरण गरिएको छ ।
यस्तै मृतकका परिवार छ जनालाई रु २३ लाख र विस्थापित हुने ...
चितवन - दूधको मूल्य घटाएको भन्दै किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन्। राप्ती नगरपालिकाका किसानले दूधको मुल्य घटाएको भन्दै पूर्वपश्चिम राजमार्गको भण्डारामा दूध पोखेर विरोध गरेका हुन्। नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले असार १५ गतेबाट दूधको मूल्यमा एक लिटरमा तीन रुपैयाँँ घटाएको छ।
जेठ १६ गतेबाट निजी डेरी उद्योगले समेत एक लिटरमा २ रुपैयाँ ३७ पैसा मूल्य घटाएका थिए। डिडिसीले दूधको मूल्य घटाएपछि फेरि निजी डेरी उद्योगले साउन १ गतेदेखि मूल्य घटाएका थिए। किसानले दुःख गरेर उत्पादन गरेको दूधको मूल्य लागत जति पनि ...
काठमाडौं - इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको मूल्यवृद्धि गरेपछि यसको समायोजन गर्न भन्दै सरकारले एक समिति गठन गरेको छ। सरकारले चालू आर्थिक वर्षदेखि इन्टरनेटमा पनि १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टिएससी) लगाएसँगै इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको मूल्य बढाएपछि यसको समायोजन गर्न भन्दै समिति गठन गरिएको हो।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरोकारवाला निकायसँग भएको छलफलपछि इन्टरनेटको मूल्यबारे अध्ययन गर्न समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए। मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्रको संयोजकत्वमा गठन भएको समितिमा ढकालसहित इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि, नेपाल दूरसञ्चार प्राधिकरणका ...
काठमाडौँ - गत आर्थिक वर्षमा सरकारको चालु तथा पूँजीगत खर्चमा उल्लेखनीय विस्तार भएको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालयले आज पत्रकार सम्मेलन गरी बजेट सार्वजनिकपछि पछिल्लो संशोधित अनुमानभन्दा बढी खर्च भएको जानकारी दिइएको हो ।
गत वर्षदेखि स्थानीय र प्रदेश तहमा वित्तीय हस्तान्तरण र सःशर्त तथा समान्यीकरण अनुदान र भूकम्पबाट क्षति भएका निर्माणको अनुदान, भत्ताको रकमले गर्दा चालु खर्च वृद्धि भएको देखाएको हो ।
त्यस्तै मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग, व्यापारी राजमार्ग, बबई सिंचाइजस्ता आयोजनामा भएको प्रगतिका कारण ठूला आयोजनामा खर्च बढेकाले पूँजीगत खर्च विस्तार भएको ...
काठमाडौँ - वित्तीय क्षेत्रमा ठूलो संख्यामा रोजगारीको अवसर आउँदैछ । बैंक तथा वित्तीय संस्थाहरु शाखा विस्तार गरिरहेकाले हजारौंलाई रोजागारीको मौका मौका आइरहेको हो । बैंक तथा वित्तीय संस्थाहरु आफैँ गाउँगाउँमा पुग्ने भएकाले स्थानीय स्तरमै रोजगारी सिर्जना हुनेछ ।
वाणिज्य बैंकहरु ७५३ वटै स्थानीय तहमा शाखा पुर्याउने कार्यमा जुटेका छन् । २७ वटा बैंक मिलेर धमाधम आफ्ना शाखाहरु विस्तार गरिरहेका छन् । ती शाखाहरुका लागि बैंकले स्थानीय तहबाट कर्मचारी छनौट गर्नेछन् । २०७५ असार २४ गतेसम्मको तथ्यांकअनुसार संघीय व्यवस्था अन्तर्गत गठित ७५३ स्थानीय तहहरुमध्ये ५५६ तहमा वाणिज्य ...
रुपन्देही - गत आर्थिक वर्षका लागि ५ नम्बर प्रदेशले विनियोजित बजेटमध्ये ८१ प्रतिशत खर्च गर्न सकेको छैन ।
०७४ माघमा प्रदेश सरकार गठन भएपछि गत आर्थिक वर्षका लागि सरकारले गत चैतमा एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, प्रदेश सरकारले पहिलो बजेटको १९ प्रतिशत मात्रै खर्च गरेको छ ।प्रदेश सरकारले १९ करोड ३० लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ भने ८२ करोड ७४ लाख ४७ हजार रुपैयाँ खर्च गर्न सकेन । खर्च हुन नसकेको बजेट चालू आर्थिक वर्षका लागि बचत ...
काठमाडौँ - विश्व बैंक अन्तर्गतको कार्बन कोषले स्वीकृति प्रदान गरेपछि नेपालले वनजंगलबाट सञ्चित कार्बनबापत रु पाँच अर्ब प्राप्त गर्ने निश्चित भएको छ ।
वन तथा वातावरण मन्त्रालयले सन् २०२४ सम्ममा तराईका १३ जिल्लामा सञ्चित हुने करीब एक करोड मेट्रिक टन कार्बनलाई प्रतिमेट्रिक टन पाँच डलरका दरले व्यापारमा लैजाने योजना विश्व बैंकसँग मिलेर अघि बढाएको छ ।
मन्त्रालयबाट तराईका जिल्लाका लागि तयार कार्बन उत्सर्जन न्यूनीकरण दस्ताबेजलाई विश्व बैंकअन्तर्गतको कार्बन कोषको गत असार ६ देखि ८ गतेसम्म फ्रान्सको पेरिसमा बसेको बैठकले स्वीकृत गरेको हो ।
यो स्वीकृतिसँगै नेपालको १० वर्षदेखि ...
विराटनगर - विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४\७५ मा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ ।
कार्यालयले गत आवमा रु ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा पाँच दशमलव ०२ प्रतिशत ज्यादा उठाएको छ ।
विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार भन्सार महसुलतर्फ रु १३ अर्ब ४४ करोड ९२ लाखको लक्ष्यमा रु १३ अर्ब ८५ करोड २४ लाख राजस्व संकलन गरिएको छ ।
यसैगरी, मूल्यअभिवृद्धि करतर्फ रु १३ अर्ब २२ ...
विराटनगर - आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४/७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ ।
सो अवधिमा कार्यालयले रु पाँच अर्ब ४६ करोड ५९ लाख ५० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु २५ करोड २६ लाख २८ हजार राजश्व कम असुली भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले जानकारी दिए ।
आव २०७३/७४ मा कार्यालयले रु चार अर्ब ४६ करोड ७२ लाख १३ हजार राजश्व असुली गरेको थियो भने गएको आवमा अघिल्लो आवको तुलनामा रु ...
म्याग्दी - हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले रोजगारी पाएका छन् ।
जिल्ला सदरमुकाम बेनीदेखि चारघण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।
यी जलविद्युत् आयोजनाबाट स्थानीयले रोजगारी पाउनुका साथै मासिक न्यूनतम १५ हजारदेखि ५० हजारसम्म कमाइ गर्दै आएका स्थानीय २९ वर्षीय वीरबहादुर पुनले बताए ।
पाँच वर्षदेखि घलेम्दीमा सुरुङमार्गको सहइञ्चार्ज भएर काम गरिरहेका पुनः गाउँमै रोजगारी पाएपछि खुशी छन् ।
त्यसैगरी स्थानीय नरेश पुन केही वर्ष कतार बसेर स्वदेश ...
काठमाडौं - विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएका छन्। अन्य मुलुकमा इन्टरनेट सेवामा नयाँ प्रविधि र सस्तो मूल्य बनाउन प्रतिस्पर्धा चलिरहेको बेला सरकारले भने यसलाई राजस्वको स्रोतको रुपमा हेरेको देखिन्छ। सरकारको यो कदमलाई विज्ञहरूले अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत उल्टो बाटो हिँडेको भनेर टिप्पणी गरेका छन्।
सरकारले यस वर्षको बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) वृद्धि गरेपछि इन्टरनेट प्रदायक कम्पनी र दूरसञ्चार सेवा प्रदायकले साउन १ देखि मूल्य समायोजन गरेको बताएका छन्। यो मूल्य समायोजनसँगै ...
काठमाडौं - आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति राष्ट्रिय हितविरुद्ध रहेको भन्दै दायर एक रिटमा सर्वाेच्च अदालतले राष्ट्र बैंकलाई छलफलमा डाकेको छ । राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिले नेपाली नोटलाई विस्थापित गर्ने गरी भारतीय नोटलाई नेपाली नोटसरह मान्यता दिन लागेको दाबीसहित दायर भएको एक रिटमा छलफलपछि अन्तरिम आदेशको निष्कर्षमा पुग्न सर्वोच्चले साउन ११ गते राष्ट्र बैंकलाई डाकेको हो । उक्त प्रकरणमा सर्वोच्चले सात दिनभित्र लिखित कारण पेस गर्न आदेश दिएको छ । कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरू ओमप्रकाश मि श्र, चोलेन्द्र शम्शेर ज.ब.रा., ...
काठमाडौं - तपाई शेयर कारोबार गर्नुहुन्छ रु काठमाडौँको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ । तपाई अब घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा नै कारोबार गर्न सकिने भएको छ ।
सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली ९अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम० लागू गर्ने भएको छ ।
शेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउने उद्देश्यका साथ सो प्रणाली लागू गर्न लागिएको हो । सो प्रणाली लागू ...
काठमाडौँ - धितोपत्र बजारमा यस साता रु दुई अर्ब ११ करोड ८८ लाख आठ हजार बराबरको शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार कूल १९१ कम्पनीको ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ४४ प्रतिशत बढी हो ।
गत साता १८४ कम्पनीको रु एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरका ४२ लाख ५४ हजार ५५० कित्ता शेयर खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२ दशमलव ४१ अंकले घटेर ...
काठमाडौं - साताको चौथो दिन बुधबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।
मंगलबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
मंगलबार तेजावी प्रतितोला सुनको मूल्य ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बुधबार पनि चाँदीको मूल्य यथावत नै रहेको छ ।
मंगलबार प्रतितोला चाँदीको मूल्य ७६० ...
काठमाडौँ - आर्थिक वर्ष २०७५-७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।
राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।
आगामी आवको बजेटले ८ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिदर एवं ६.५ प्रतिशतको मुद्रास्फ्रिति दर कायम ...
काठमाडौँ - सरकारले हरेक नेपाली नागरिकलाई शेयर दिने गरी केही महत्वपूर्ण आयोजना छनोट गर्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको छलफलमा जनताले शेयर लगानी गर्न सक्ने गरी आयोजनाको क्षमता निर्धारण गरेको हो । जनताको शेयर लगानी रहने गरी ७२५ मेगावाटको माथिल्लो अरुण, ४०० मेगावाटको तल्लो अरुण, १०० मेगावाटको तामाकोसी पाँचौँ, ४८ मेगावाटको भेरी–बबई डाइभर्सन, २१० मेगावाटको सेती चैनपुर, ७० मेगावाटको सिम्बुवा, ७५ मेगावाटको ताप्लेजुङको घुन्सालगायत आयोजनालाई प्रारम्भिक चरणमा छनोट गरिएको छ ।
जलविद्युत्को विकासका लागि सबै प्रदेशमा जलविद्युत् आयोजना समेटिने हिसाबले आयोजनाको ...
काठमाडौं - नेपालमा अझैं टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले नयाँ बजेटमार्फत दूरसञ्चार सेवा शुल्क अन्तर्गत टेलिफोन र इन्टरनेटमा १३ प्रतिशत कर लगाउने भएपछि सो सेवा महंगिने भएको हो ।
नयाँ बजेट साउनदेखि लागू हुने भएकाले फोन र इन्टरनेटमा पनि साउन देखिनै शुल्क बढ्नेछ । एनसेलले आफ्नो प्रयोगकर्तालाई सेवा महंगिनेबारे जानकारी दिन थालेको छ भने नेपाल टेलिकम यसबारे छलफलमा रहेको छ ।
...काठमाडौं - सरकारले आन्तरिक मजदुरको तलव तोकेको छ । न्युनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १४ हजार २ सय रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो ।
यसअघि मजदुरको न्यनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । साउनबाट ४५ सय रुपैयाँ थपिनेछ ।
यो वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुनेछ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १७ हजार पुग्नेछ ।
सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ । समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि ...
सुर्खेत - कर्णाली प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई कार्यक्रम गर्न रु दुई करोड ९२ लाख ५० हजार रकम छुट्याएको छ । त्यसमध्ये सबैभन्दा बढी कर्णालीमा विकास साझेदारसँग लगानी सम्मेलन गर्न रु एक करोड रकम छुट्याइएको छ । सरकारले नीति तथा कार्यक्रममा कर्णालीलाई समृद्ध बनाउन लगानीकर्तालाई आकर्षित गर्ने र त्यसका लागि लगानी सम्मेलन आयोजना गरिने उल्लेख थियो । त्यसैलाई सफल बनाउन लगानी सम्मेलन आयोजना गरिने सरकारद्वारा सार्वजनिक गरिएको रातो किताबमा उल्लेख छ ।
कार्यक्रममा सम्पत्ति व्यवस्थापनदेखि कर्मचारीलाई अंग्रेजी भाषा लेखन तथा वाचन तालीमसम्म समेटिएको छ ...
इटहरी - इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल रु एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहीबार सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी आव २०७५÷०७६ का लागि प्रस्तुत बजेटका विषयमा उपमहानगरपालिकामा रहेका २० वटै वडालाई कम्तीमा सरदर न्यूनतम रु ७० लाखदेखि एक करोड बढीको विकास बजेट पर्ने गरी सबै वडाका जनप्रतिनिधिसँग परामर्श र छलफल गरेर बजेट ल्याएका छौँ उनले भने ।
पत्रकार सम्मेलनमा ...
रसुवा - निर्माणाधीन साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट रसुवावासीले पाउने १० प्रतिशत शेयर वितरणको प्रक्रिया स्थगन भएको छ ।
रसुवाका सबै जनप्रतिनिधि र सरोकारवाला निकायबीच आज भएको छलफलले रसुवावासीसँग रकम अभाव भएका कारण विद्युत् उत्पादन नभएसम्मका लागि जिल्लावासीले पाउने शेयरको वितरण प्रक्रिया स्थगन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिए।
रसुवावासीका लागि १० प्रतिशत शेयर दिनुपर्ने कानूनी व्यवस्था भएबमोजिम रसुवागढीले रु ६८ करोड ४२ लाख तथा साञ्जेन माथिल्लो र तल्लो जलविद्युत् आयोजनाले रु ३६ करोड ५० लाखबराबरको शेयर पाउने तय भएको थियो ।
भूकम्पपछिको ...
कलैया - यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई रु ६८ करोड २५ लाखबराबरको रु १३ हजार ६५० मेट्रिक टन आँप उत्पादन भएको छ ।
जिल्ला कृषि कार्यालयका अनुसार जिल्लामा रहेको एक हजार २५० हेक्टर जमिनमा प्रतिहेक्टर १० दशमलव ९२ मेट्रिक टन आँप उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए ।
उत्पादनभएका आँपमध्ये बम्बै रु ७५, माल्दा रु ७०, दशहरी रु ५० कृष्णाभोग रु ४० र अन्य आँप रु ३० देखि ३५ सम्ममा कलैया बजारमा बिक्री हुँदै आएको छ ।
गत वर्ष २०७३/७४ मा कुल एक ...
काठमाडौँ - बुद्ध एयरले शुक्रबारदेखि काठमाडौँ वाराणसी उडान शुरु गरेको छ । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सोमबार र शुक्रबार गरी साताको दुई उडान भरिने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र प्रबन्ध निर्देशक बस्नेतले काठमाडौँबाट वाराणसी उडानका सम्पूर्ण यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइसमेत गर्नुभएको थियो ।
मन्त्री अधिकारीले दुई शहरलाई धार्मिक तथा पर्यटकीय रुपमा जोड्ने तथा उडानले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारीलाई समेत सहयोग मिल्ने बताउनुभयो ।
नेपालबाट वाराणसी यात्रामा गएका यात्रुलाई उत्तर ...
काठमाडौँ - सरकारले १५ जेठमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रतिनिधिसभामा बिहीबार सकिँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री केपी ओलीले बिहीबार जवाफ दिँदै छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयमा विनियोजन गरिएको बजेटमाथि सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने संसद् सचिवालयले जनाएको छ । बिहीबार नै अर्थमन्त्रालयमा विनियोजन गरिएको बजेटबारे अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिँदै छन् । अन्य मन्त्रालयका विभिन्न शीर्षकमा छुट्याइएको बजेटमाथि सांसदहरूले उठाएका जिज्ञासाको सम्बन्धित मन्त्रीले जवाफ दिइसकेका ...
काठमाडौँ - माथिल्लो तामाकोसीको आयोजनाको सेयर प्रभावित बासिन्दाका लागि दुई सातापछि खुल्ने भएको छ । ४ सय ५६ मेगावाटको आयोजनाको शेयर प्रभावितलाई बाँडफाँट गरेपछि सर्वसाधारणका लागि खुला गरिने आयोजनाले जनाएको छ ।
माथिल्लो तामाकोसीको २५ प्रतिशत सेयर प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि छुटयाइएको छ । १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दा र १५ प्रतिशत सेयर सर्वसाधारणका लागि जारी हुने आयोजनाले जनाएको छ ।
दोलखाका प्रभावित क्षेत्रका बासिन्दालाई १ करोड ५ लाख ९० हजार कित्ता सेयर जारी गरिने आयोजनाले जनाएको छ । यस्तै सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर ...
तुलसीपुर - तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ५७ करोड बढीको बजेट आर्थिक बर्ष २०७५/७६ को बजेट प्रस्तुत गरिएको छ ।
खुसी जनता सम्बृद्ध तुलसीपुर, हाम्रो तुलसीपुर राम्रो तुलसीपुर भन्ने मूख्य नाराका साथ तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले १ अर्व ५७ करोड ४१ लाख ९१ हजार २ सय ७ रुपैया आय अनुमान गरिएको बजेट आईतबार प्रस्तुत गरेकी हुन् ।
आर्थिक बर्ष २०७४/७५ मा बिभिन्न योजना,चालु र पुँजीगत शीर्षकमा १ अर्व १८ करोड, ३९ लाख १५ हजार ३ सय ९७ खर्च हुने अनुमान गरिएकोमा २०७५ असार ७ गते सम्म खुद ...
काठमाडौं महानगर
१३ अर्ब २ करोड
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले आइतबार नगर सभामा बजेट पेस गरेकी हुन् ।
महानगरपालिकाले आन्तरिक आय ४ अर्ब ९० करोड २१ लाख ५७ हजार रुपैयाँ हुने जनाएको छ । बाह्य स्रोतबाट ५ अर्ब १९ करोड रुपैयाँ प्राप्त हुनेछ । बाँकी १ अर्ब ४ करोड ११ लाख रुपैयाँ भने अनुदानबापत प्राप्त गरिने बजेटमा उल्लेख छ ।
विनियोजित बजेटमध्ये महानगरले ३ अर्ब ६ करोड २५ लाख रुपैयाँ विकासमा ...
पोखरा - क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७५\०७६ का लागि ५ अर्ब ६५ करोडको बजेट ल्याउने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडलले केन्द्र सरकार, प्रदेश सरकारबाट आउने विभिन्न प्रकारका अनुदान, आन्तरिक स्रोत र राजस्वमार्फत प्राप्त हुने रकमबाट बजेटको व्यवस्थापन हुने बताए ।
संघीय सरकारबाट उपलब्ध हुने ससर्त अनुदान १ अर्ब २० करोड ४२ लाख, समानीकरण अनुदान ६१ करोड ४४ लाख, प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदान २ करोड ७४ लाख, राजस्व बाँडफाँडबाट प्राप्त रकम, एकीकृत सम्पत्ति ...
बेइजिङ - नेपाल र चीनका व्यवसायीबीच व्यापारिक सम्झौतामा हस्ताक्षर भएको छ । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा बुधबार बेइजिङस्थित नेपाली दूताबासमा सो सम्झौतामा हस्ताक्षर गरिएको हो ।
सम्झौतामा हाइड्रोपावर र पर्यटनमा चिनियाँ पक्षले लगानी गर्ने र नेपालको पस्मिना चीन निर्यात गर्ने विषय उल्लेख छ । प्रधानमन्त्रीको स्वागतको लागि दूताबासले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा प्रधानमन्त्रीले छोटो सम्बोधन गरेका छन् ।
स्थानीय समय अनुसार उनी मंगलबार अपराह्न ५ः१५ बजे बेइजिङ पुगेका थिए । प्रधानमन्त्री ओलीलाई चिनियाँ सहायक विदेशमन्त्री चाङ हानहुईले स्वागत गरेका ...
काठमाडौं - नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको छ । निगमले सञ्चालक समितिको बैठक पश्चात यस्ताे निर्णय गरेेकाे हाे । अब पेट्रोलकाे मूल्य लिटरमा ११० रुपैयाँ पर्ने भएकाे छ । यसअघि पेट्राेलकाे मूल्य ११३ रूपैयाँ पुगेकाे थियाे ।
त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २/२ रुपैयाँ घटेको छ । अब डिजेल र मटि्टतेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ । यसअघि प्रतिलिटर मूल्य ९५ रुपैयाँ थियो ।
...विरगंज - सरकारले भिनीमा भन्सार बढाएपछि अन्य मुलुकबाट चिनी आयात हुन बन्द भएको छ। अन्तर्राष्ट्रिय बजारमा चिनीको उत्पादन बढेपछि मूल्य घटेको मौका छोप्दै व्यवसायीले ठूलो मात्रामा चिनी आयात गर्दै आएका थिए। अधिकांश व्यवसायीले पाकिस्तानबाट चिनी आयात गरेका थिए। सरकारले चिनीको भन्सार दोब्बर बनाएर ३० प्रतिशत पुर्याएपछि व्यवसायीले आयात रोकेका हुन्। वीरगंज भन्सारका अनुसार बजेट भाषणबाट राजस्व बढाएपछि चिनी आयात ठप्प छ ।
उखु पेल्ने सिजन शुरु भएसँगै पुस र माघदेखि नै नेपालमा विदेशबाट चिनी आयातशुरु गरिएको थियो ।व्यवसायीले पाकिस्तानबाट प्रति टन ३४०–३६० अमेरिकी डलरको दरमा चिनी ...
काठमाडौं - राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले पुँजी विस्तारका लागि सरकारसँग पाँच अर्ब रुपैयाँ माग गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार पुँजी विस्तारका लागि सरकारसँग पाँच अर्ब रुपैयाँ माग गरिएको नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।
यसअघि पुँजी विस्तारका लागि २० अर्ब रुपैयाँ माग्ने सहमति भएको थियो। सञ्चालक समितिको सहमतिअनुसार अघिल्लो सरकारका पालामा २० अर्ब रुपैयाँ माग गरिएको थियो। तर, रकम केही हेरफेर गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले निगमलाई सुझाएकोे थियो।
मन्त्रालयको सुझावअनुसार फेरि निगमले पाँच अर्ब रुपैयाँ माग्ने निर्णय गरी मन्त्रालयमा पत्र पठाइएको कंसाकारले ...
धनगढी - प्रदेश ७ का ८८ स्थानीय तहमध्ये ५६ वटा स्थानीय तह बैंकविहीन छन् । पहाडका धेरै दुर्गम स्थानीय तहमा बैंक स्थापना नभएका बेला तराईका सुगम तहमा पनि बैंकहरू स्थापना भएका छैनन् ।
नेपाल राष्ट्र बैंक धनगढीका अनुसार प्रदेश ७ का ८८ स्थानीय तहमध्ये ३२ मा मात्रै बैंकिङ सेवा पु¥याएको छ । संघीय संरचनामा सिंहदरबारको अधिकार गाउँमा पु¥याउने भनिए पनि बैंक नहुँदा जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता यथावत् छ ।
प्रदेशको दुर्गम भेग मात्र होइन, तराईको कैलाली र कञ्चनपुरमा पनि सबै तहमा बैंकिङ सेवा विस्तार हुन सकेको छैन ...
काठमाडौं - अत्यावश्यक वस्तु महँगिएर उपभोक्ताको ढाड सेकिरहँदा सरकार भने यो स्वाभाविक भएको निष्कर्षमा पुगेको छ। अनुगमनका क्रममा महँगी खासै नदेखिएको भन्दै अलिअली हुनु स्वभाविक भएको निष्कर्ष सरकारी अधिकारीको निष्कर्ष छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता ढुण्डीराज पोखरेलले बजार अनुगमनका क्रममा छिटपुट पसलबाहेक महँगी नभेटिएको बताए। उनले भने, ‘बजेट भाषण लगत्तै व्यापारीले भाउ त बढाइहाल्छन्। तर, हामीले गरेको बजार अनुगमनमा अस्वाभाविक मूल्यवृद्धि भेटिएन।’
सरकार अत्यावश्यक वस्तुमा बजार नियन्त्रण गर्न असफल भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए। उनले भने, ‘वस्तुको ...
काठमाडौँ - मुलुकका ७ वटा प्रदेशमध्ये आर्थिक तथा सामाजिक रूपमा प्रदेश ३ सबैभन्दा बलियो देखिएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको ‘प्रदेश प्रोफाइल’का अनुसार प्रदेश ३ जनसांख्यिक, आर्थिक, सामाजिक तथा वित्तीय स्थितिमा सबैभन्दा बलियो देखिएको हो ।
राष्ट्र बैंकले प्रदेशगत रूपमा दिगो एवं समावेशी विकासको रणनीति तय गर्न ७ वटै प्रदेशको प्रोफाइल तयार गरेको छ । सो प्रोफाइलले प्रदेश ३ लाई बलियो तथा कर्णाली र प्रदेश २ लाई कमजोर देखाएको छ ।
सहरी विकास, जनसंख्या, कुल गार्हस्थ उत्पादनको अंश, उद्योग र रोजगारी, जलविद्युत् उत्पादन तथा सम्भावना, सडक पूर्वाधार, वित्तीय संस्थाको ...
काठमाडौँ - १५ जेठको बजेटपछि अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ आकासिएको छ । उपभोक्ताहरू कृत्रिम मूल्यवृद्धिको मारले रन्थनिएका छन् । बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले बजार भाउ बढेको खुद्रा बिक्रेताहरूको भनाइ छ ।
तर, नियमन गर्ने सरकारी निकाय भने मूल्यवृद्धिबारे बेखबर छ । उल्टै बजार भाउ नबढेको दाबी गर्छ । ‘हामीले काठमाडौंका खुद्रा र थोक बिक्रेताहरूकोमा अनुगमन गरेका छौँ । उनीहरूसँग छलफल पनि गर्यौँ ।
मौज्दात सामग्रीमा कत्ति पनि मूल्यवृद्धि नगरेको मूल्यसूची नै उनीहरूले हामीलाई दिएका छन्,’ आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, ...
काठमाडौ - संघीय संसद्को प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका विविध शीर्षकमा छलफल शुरु भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमा छलफल भइरहेको छ ।
उक्त मन्त्रालयअन्तर्गत विभिन्न राजनीतिक दलका छजना सांसदले खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
बैठक शुरु भएसँगै विशेष समय लिँदै सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अवरोध सिर्जना भएकोप्रति आपत्ति जनाएका छन् ।
उनले जग्गाको ...
काठमाडौं - राष्ट्र बैंकले बढ्दो व्यापार घाटा नियन्त्रण गर्न उत्पादनमूलक क्षेत्रमा कर्जा बढाउने भएको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा यस्तो व्यवस्था गर्न लागिएको हो। वाणिज्य मन्त्रालयले व्यापार घाटा न्यूनीकरणका लागि बैंकसँग सुझाव मागेको थियो। बैंकले उत्पादनमूलक क्षेत्रमा जाने कर्जा बढाएर उत्पादन बढेपछि व्यापार घाटा कम गर्न सकिनेछ।
अर्थमन्त्रीको बैंक खातामा ९० लाख नेपाली, ६२ हजार अमेरिकी डलर
अब मजदुरको तलब बैंकबाट मात्रै
हुलाक बचत बैंक खारेज
पूर्वाधार विकास बैंक सञ्चालनमा ल्याइने
एक वर्षभित्र सबै नेपालीको बैंक खाता
बाँझो जग्गा गाउँपालिकाले लिने, भूमि बैंक ...
काठमाडाैं - सरकारले इन्टरनेट सेवामा पनि यो वर्षबाट दूरसञ्चार सेवा दस्तुर एकैपटक १३ प्रतिशत बृद्वि गरेको छ । यसअघि नलिइने दस्तुर एकैपटक १३ प्रतिशत पुर्याउदा इन्टरनेट सेवा प्रदायक कम्पनीले विरोध गर्दै आएका छन् ।
सरकारले टेलिफोनमा ११ प्रतिशत रहेको दस्तुर १३ प्रतिशत पुर्याएर इन्टरनेट सेवामा पनि सोही दरमा लगाउन थालिएको हो ।
राजस्व सचिव शिशिर ढुंगानाले भने इन्टरनेटको प्रयोगले टेलिफोनको ‘भ्वाइस सेवा’को प्रयोग घटाउँदै लगेकाले इन्टरनेटमा पनि दूरसञ्चार दस्तुर लगाइएको बताए । ‘आज-भोलि भाइबर, वि-च्याट, ह्वाट्स एप लगायतको प्रयोगबाट धेरै भ्वाइस कल हुन्छ,’ ढुंगानाले भने,’ भ्वाइस कल ...
काठमाडौं - मेलम्ची खानेपानी आयोजनाले ठेकेदारको दाबीकै आधारमा मोटो रकम भुक्तानी गर्ने भएको छ। ठेकेदारले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको छ। आयोजनाले कुनै कानुनी उपचार नखोजी चेकमार्फत ठेकदारलाई भुक्तानी गर्न लागेको स्रोतले बतायो।
ठेकेदार कम्पनी इटालियन को–अपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) ले भूकम्प, नाकाबन्दीलगायत कारणले काम गर्न नपाएको भन्दै क्षतिपूर्ति दाबी गरेको थियो। आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समिति (डिस्प्युट एड्जुडिकेसन बोर्ड–डिएबी) को निर्णयअनुसार सरकारले ठेकेदारलाई क्षतिपूर्तिबापतको रकम भुक्तानी गर्न लागेको स्रोतले जानकारी दिएको छ। आयोजनाले यसअघि पनि ...
काठमाडौं - अप्पर तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर (आईपीओ) निष्काशनको बाटो खुलेको छ ।
नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आईपीओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ ।
बोर्डले दोलखावासीलाई १० प्रतिशत र आमनेपालीलाई १५ प्रतिशत शेयर बिक्री गर्नेछ । आयोजनाका अनुसार स्थानीयवासीले एक अर्ब पाँच करोड ९० लाखबराबरको एक करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउनेछन् ।
यस्तै आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री ...
काठमाडौँ - नेपालका वित्तीय संस्था अन्तर्राष्ट्रियस्तरका ह्याकरको उच्च जोखिममा रहेका छन् । बैंकको ‘साइबर सेक्युरिटी अडिट’ नियमित नहुने तथा अपराध अनुसन्धानका लागि प्रहरीमा अझै पनि कम्प्युटर सेक्युरिटी रेस्पोन्स टिम (सिआइआरटी) नहुँदा साइबर हमलाको उच्च जोखिम छ । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले अन्य क्षेत्रमा समेत साइबर आक्रमण हुन सक्ने बताए ।
‘हाम्रा बैंकले साइबर सेक्युरिटी अडिट नियमित गर्दैनन् । प्रहरीमा अझै पनि कम्प्युटर सेक्युरिटी रेस्पोन्स टिम (सिआइआरटी) छैन । संसारका पुलिसमा सिआइआरटी अनिवार्य गरिएका छन् । तर, साइबर सेक्युरिटी नेपाल सरकारको ध्यानमै परेको छैन । न प्राइभेट सेक्टरले नै यसमा लगानी गरेको देखिन्छ । ...
काठमाडौं - विदेशी शक्ति राष्ट्रहरुले नेपालमा घुमाउरो शैलीबाट गर्दै आएको खर्च रकम वार्षिक करिब २५ अर्ब रुपैयाँ पुगेको छ । सरकारले प्रत्यक्ष रूपमा लगानी गर्ने अनुमति नदिए पनि विभिन्न मुलुकले आफ्नो स्वार्थमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) मार्फत उक्त रकम खर्च गर्दै आएका हुन् ।
यो खर्च नेपालको बजेटमा समेटिएका परियोजना र कार्यक्रममा समावेश हुने छैन । सरकारले भारतलाई भने वार्षिक पाँच करोड रुपैयाँसम्मका साना परियोजनामा प्रत्यक्ष लगानी गर्न पाउने सुविधा प्रदान गरेको छ । भारतले पाएको सुविधा पनि विवादित छ ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार आउँदो आर्थिक वर्ष ...
काठमाडौं - सर्वोच्च अदालतले चिनी आयातमा ३० प्रतिशत भन्सार महसुल लिन सकिने गरी सरकारले चालेको कदमलाई समर्थन गर्दै यसअघि सर्वोच्च आफैंले निर्णय रोक्न दिएको अन्तरकालीन आदेशलाई खारेज गरिदिएको छ। अदालतको पछिल्लो आदेशले भारत र पाकिस्तानबाट आयात हुने चिनीमा ३० प्रतिशत भन्सार महसुल असुली गर्न मार्गप्रशस्त भएको छ।
सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघि सरकारले चिनीमा बढाएको भन्सार महसुल नलिन भन्दै सर्वोच्चकै एकल इजलासबाट गत जेठ ७ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरेको हो। भन्सार महसुलको पक्षमा सर्वोच्चको संयुक्त इजलासबाट गत ...
काठमाडौं - निजी क्षेत्रले आयात प्रतिस्थापनका लागि उच्च सम्भावना बोकेका आठवटा क्षेत्रका उद्योगको पहिचान गरेको छ । अर्थ मन्त्रालयले माग गरेअनुुसार निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले उद्योगका लागि आठवटा क्षेत्र पहिचान गरेर ती क्षेत्र अन्तर्गका वस्तुुमा दुुई वर्षभित्र मुलुकलाई आत्मनिर्भर बनाउने योजना अघि सारेको छ ।
खाद्य वस्तुु प्रशोधन तथा प्याकेजिङ उद्योग, क्लिंकर तथा सिमेन्ट उद्योग, औषधि उद्योग, पल्प तथा कागज उद्योग, फुुटवेयर उद्योग र फुुटवेयर उद्योगलाई उच्च प्राथमिकतामा राख्ने भएको हो । सरकारले औद्योगिक उत्पादनको निर्यात बढाउन ५ प्रतिशतसम्म निर्यात अनुुदान दिने ...
काठमाडौंं - सरकारले सबै क्षेत्रलाई मूल्य अभिवृद्धि कर (भ्याट)को दायरामा ल्याउने तयारी थालेको छ। आगामी आर्थिक वर्षदेखि सरकारले भ्याटको दायरा बढाउन लागेको हो।
अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना टर्न ओभर ट्याक्स (टीओटी)ले तीन वर्षमा अपेक्षित नतिजा दिन नसकेका कारण सेवा उद्योगलाई भ्याटमा ल्याउन लागिएको बताए। उनले भने, ‘हामीले २०७२ सालबाट सेवा उद्योगलाई टीओटीमा लैजाने निर्णय गरेका थियौं। टीओटीमा सहभागिता कम भयो। त्यसैले सबै सेवा क्षेत्रलाई भ्याटमा लैजाने गरी २०७२ सालभन्दा अगाडि फर्किएका हौं।’
टीओटीका कारण करमा सहभागिता मात्र कमजोर भएको होइन कर छली समेत भएको आशंकामा ...
काठमाडौँ - एनआइसी एसिया बैंकको साढे ४६ करोड रुपैयाँ ह्याक गर्ने समूह उत्तर कोरियाली ‘लजारुस ग्रुप’ भएको खुलेको छ । ३ कात्तिक ०७४ मा एनआइसीको ४६ करोड ५६ लाख ५० हजार पाँच सय ५० रुपैयाँ ‘स्विफ्ट ह्याक’ गरी लजारुस ग्रुपले विदेशका विभिन्न बैंकमा पु-याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानबाट पत्ता लागेको हो ।
सिआइबीका प्रवक्ता एसपी बुद्धिराज गुरुङले बैंक ह्याक गरी विदेशी बैंकमा रकम लैजाने उत्तर कोरियाली ह्याकर रहेको खुलेको बताए । उनले भने, ‘एनआइसी एसिया बैंक ह्याक गरी साढे ४६ करोड रुपैयाँ विदेशी बैंक लगिएको र ...
काठमाडौंं - मलेसियाबाट विप्रेषण ल्याउँदा बीचमा खडा गरेको एजेन्टलाई नियम विपरीत अधिकार दिएका कारण हिमालयन बैंक अप्ठेरोमा परेको छ। नेपाली मजदुरले विप्रेषणमा पठाएको करोडौं रकम मलेसियामै रोकिएको छ।
बैंकले मलेसियामा विप्रेषणको कारोबार गर्ने गरी म्याक्स मनी नामक एजेन्सीलाई अधिकार दिएको थियो। नियम विपरीत म्याक्सलाई २० लाख अमेरिकी डलर चलाउन दिने बैंकको निर्णयका कारण समयमा पैसा नेपाल नआउने गरेको छ, जसले गर्दा बैंकले ग्राहकलाई समयमा पैसा भुक्तानी गर्दैन। भुक्तानी गर्नु पर्दा बैंकमा वचत रहेको पैसाबाट विप्रेषणको पैसा भुक्तानी गर्दै आएको छ।
बैंकले विप्रेषणको काम गर्न हिमाल रेमिट सञ्चालनमा ...
काठमाडौं - सेवानिवृत्त कर्मचारीलाई दिने पेन्सनवापतको खर्च अत्यधिक बढेपछि आर्थिक दायित्व नियन्त्रण गर्न सरकारले योगदानमा आधारित पेन्सन योजना लागू गर्ने निर्णय गरेको छ। योगदानमा आधारित योजना लागू नगरे आगामी १० वर्षमा पेन्सनमा मात्रै वार्षिक १ खर्ब २५ अर्ब रुपैयाँ खर्च हुन सक्ने र राज्यले थेग्न नसक्ने भन्दै अर्थ मन्त्रालय नयाँ पेन्सन योजना कार्यान्वयनका लागि आवश्यक कानुन तर्जुमामा जुटेको हो। अर्थ मन्त्रालयका अनुसार अहिले २ लाख ४० हजार ७ सय १९ जना सेवानिवृत्त कर्मचारीले नियमित मासिक पेन्सन बुझ्दै आएका छन्।
अर्थका अनुसार चालु आव २०७४/७५ मा सेवानिवृत्त ...
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। आयल निगमको सञ्चालक समिति बैठकले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा ३-३ रुपैयाँ मूल्य बढाएको हो। त्यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ पाँच रुपैयाँ बढेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोहितले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।
मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेलको मूल्य भने ९५ रुपैयाँ पर्छ। भारतीय आयल कर्पोरेशनले शुक्रबार नयाँ मूल्यसूची पठाएपछि निगमले मूल्य समायोजन गरेको प्रवक्ता गोइतको भनाइ छ। खाना पकाउने ग्यासको भने मूल्य बढेको छैन।
शनिबार ...
काठमाडौं - दसैंअघि नै सम्पन्न हुने भनिएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम आर्थिक मसान्तको मुखैमा आएर ठप्प भएको छ। बढीमा चार महिनाभित्र काठमाडौंमा मेलम्ची पु¥याउने प्रतिबद्धता गर्दै तालिका बनाएर काम गर्ने भनिए पनि ठेकेदार कम्पनीले काम नगरेपछि सरकार अन्योलमा परेको हो। खानेपानीमन्त्री बिना मगरले ढिलोमा पनि दसैंअघि पानी वितरण गर्ने बताएकी थिइन्।
मन्त्रालयले इटालीमा रहेको ठेकेदार कम्पनी सीएमसीको केन्द्रीय कार्यालयलाई शुक्रबार अन्तिम पत्र पठाएको छ। मन्त्रालयका सचिव कृष्णराज बीसीले झन्डै एक महिनादेखि काम रोकिएको जानकारी दिँदै अब पनि उच्च व्यवस्थापनले गम्भीरता नदेखाए सरकारले जस्तोसुकै कदम पनि ...
काठमाडौँ - प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको छलफल जारी छ ।
बजेटमाथिको छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हरिराज अधिकारीले बजेटका राम्रा पक्षको समर्थन गर्दै बजेटमा संघीयतालाई कमजोर पार्ने मनसाय घुसेर आएकोमा आलोचना गरे ।
प्रदेशमा थोरैमात्र व्यवस्था गरिएको बजेटले संघीयतालाई आत्मसात् गर्न नसकेको टिप्पणी गर्दै उनले कम्युनिष्टहरु सत्तामा आएपछि वृद्धभत्ता बढ्छ भन्ने जनतामा आशा रहेको थियो तर पूर्ण बहुमतको सरकार आए पनि वृद्ध भत्ता नबढ्नु दुःखद हो भने ।
स्थानीयस्तरमा कर्मचारी जान नमानेको अवस्थामा तलब बढ्न नसक्दा मनोबल झन कमजोर हुने उनको जिकिर ...
काठमाडौं – सरकारले मंगलबार संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटबारे मिश्रित प्रतिक्रिया आएको छ। सरकारद्वारा प्रस्तुत बजेटको बचाउ गर्दै प्रधानमन्त्री केपी ओलीले अहिलेको बजेट देशको आवश्यकता अनुरूप आएको बताएका छन्। उनले सरकारले प्रस्तुत गरेको बजेटमा देश बनाउने सपना, संकल्प, योजना र कार्यक्रम रहेको दाबी गरे। सुखी नेपाली समृद्ध नेपाल बन्ने योजना कार्यन्वयन हुने गरी बजेट आएको उनको भनाइ छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यान्यन हुन नसक्ने बजेट भनेपछि त्यसको प्रतिक्रियामा उनले ‘हेर्दै जाउँ न के भो र’ भन्ने प्रतिक्रिया व्यक्त गरेका ...
काठमाडौँ - सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्रीले बजेट भाषण प्रस्तुत गर्दै सार्वजनिक प्रसारण केन्द्रको स्थापना गरी दुबै सरकारी मिडियालाई एकीकृत गर्ने घोषणा गरेको हो । सूचना तथा सञ्चार क्षेत्रका अन्य बजेट योजना यसप्रकार छन् ।
पत्रकार दुर्घटना बीमा र बृत्ति कोषका लागि बजेटको व्यवस्था
सरकारी, नीजि र विदेशी साझेदारीमा चलचित्र नगरी निर्माण हुने । चलचित्र विकास शुल्कलगायतका राजस्व शुल्कको व्यवस्थापन गरिने ।
प्रतिष्पर्धि मिडिया र सञ्चारको विकासका लागि कार्यक्रम
सबै स्थानीय तहसम्म अप्टिकल फाइबरको कार्य अघि बढाइने ।
...काठमाडौं - कतिपय नयाँ र पपुलर घोषणासहित सरकारले १३ खर्बको विशाल बजेट प्रस्तुत गरेको छ ।
बजेटमा अधिकांश कुराहरु पुरानैको निरन्तरता भएपनि केही क्षेत्रमा नयाँ घोषणा समेत गरिएका छन् । सार्वजनिक सेवा भन्दा पूर्वाधार निर्माणमा बढी जोड दिएको बजेटको पूर्ण पाठ यो लिंकमा गएर पढ्नसकिन्छ ।
http://everestdainik.com/wp-content/uploads/2018/05/Budget-2075-076-Everestdainik.pdf
...काठमाडौं - यातायात क्षेत्रमा सरकारले ठूलो बजेटको घोषणा गरेको छ । यातायात क्षेत्रमा अर्थमन्त्रीले अघि सारेका बजेटका मुख्य बुँदा यस प्रकार रहेको छन् ।
कर्णाली नाकालाई उत्तरी सीमासँग जोडिने
७ नम्बर को सडक संरचनालाई सीमा क्षेत्रसम्म जोडिने
भौगौलिकरुपमा पछि परेका क्षेत्रमा तराई मधेस कार्यक्रमका लागि ५३ करोड
बुटवल पाल्पा खण्डको सिद्द खण्डलगायत, नौबिसे, टोखा, बिपी नगर खण्ड लगायतमा सुरुङ मार्ग निर्माण गर्न ।
पर्यटकीय सम्भाव्य स्थान नजिकका सडक खण्ड निर्माण र सुधारका लागि ५ अर्ब
सडक प्रयोग गर्नेले कर तिर्नैपर्ने घोषणा
सडक बोर्डको बजेट बृद्धि
मेची ...
काठमाडौँ - सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै पर्यटकमैत्री पूर्वाधारको विकास गर्ने सरकारले लक्ष्य राखेको छ ।
संघीय संसद्को आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ को बजेटमा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, पहिले देश अनि मात्र विदेश भन्ने नीति लिएको सरकारले गुणस्तरीय पर्यटक भित्र्याउन आवश्यक पूर्वाधारको विकास तथा कार्यक्रम अगाडि बढाउने उल्लेख छ ।
सिमित समयको पर्यटनलाई बाह्रै महिना सञ्चालन हुने गरी आवश्यक व्यवस्था गरिएको छ । भारत र चीन लक्षित पर्यटन प्रवद्र्धनको कामलाई तिव्रता दिने लक्ष्य राखिएको छ ।
नेपाल ...
काठमाडौ - सरकारले २०७५ सालदेखि २०८५ को दश वर्षलाई ऊर्जा दशक घोषणा गर्दै ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसदमा पेश गर्नुभएको आर्थिक वर्ष २०७५/७६ को बजेटमा ऊर्जा दशक घोषणा गर्दै सो क्षेत्रमा रु ८३ अर्ब बजेट विनियोजन गर्नुभएको छ ।
यस्तै नयाँ बुटवल गोरखपुर ४०० केभी प्रसारण लाइनको निर्माण गर्ने र उत्तर दक्षिण नदी करिडोरमा उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने लक्ष्य बजेटमा राखिएको छ ।
निजी क्षेत्रलाई समेत सहभागी गराई प्रसारण लाइन निर्माण गर्ने नीति बजेटमा राखिएको छ ।
यसैगरी ...
काठमाडौं - सरकारले ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ । नागढुंगा–नौबिसे खण्डको निर्माण आगामी वर्षबाट सुरु गरिनेछ । त्यसैगरी टोखा–छहेर–गुर्ज भञ्ज्याङ खण्डमा पनि अर्को सुरुङ बन्ने छ ।
बिपी रामजमार्गको खुर्कोट–चियाबारी खण्डमा पनि सुरुङ बनाउने अर्थमन्त्री डा युवराज खतिवडाले बताए । त्यसैगरी सिद्धार्थ राजमार्गमा सिद्धबाबामा पनि सुरुङ निर्माण गरिनेछ । बिपीनगर–खुटिया–दिपायल खण्डमा पनि सुरुङमार्ग बनाइनेछ ।
गणेशमानमार्गको थानकोट चिल्ताङ खण्डमा पनि सुरुङमार्ग बनाउने योजना ल्याइएको छ । त्यसैगरी कोटेश्वर जडिबुटी खण्डमा पनि सुरुङमार्ग बनाउने अर्थमन्त्रीले जानकारी दिएका छन् ।
...काठमाडौं - सरकारले सुत्केरी महिलालाई दोब्बर भत्ताको व्यवस्था गरेको छ । यद्यपी स्वास्थ्य क्षेत्रमा भने सैद्धान्तिकरुपमा कूल बजेटका १० प्रतिशत बढी घोषणा गर्नुपर्नेमा त्यो भने देखिँदैन ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि स्वास्थ्यमा ५६ अर्ब बजेट विनियोजन गरेको बताएका छन् । बजेट भाषणमा उनले मुलुकभर बीमा सेवा लागु गरिने बताएका छन् । यस्तै गर्भवतीलाई स्वास्थ्य जाँच गराउन आउँदा पाउने यातायात खर्चलाई दोब्बर बनाइएको छ ।
स्थानीय तहको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्ने लक्ष्य लिइएको छ । जस अनुसार १२ सय स्वास्थ्य संस्था स्थापना गर्न स्थानीय ...
काठमाडौं - सरकारले विभिन्न क्षेत्रमा काम गर्दै आएका मजदुरको पारि श्रमिक वा सेवा सुविधा बैंक खाताबाट मात्रै भुक्तानी गर्नुपर्ने व्यवस्थासहितको ‘ श्रम नियमावली २०७५’ जारी गरेको छ। नियमावली आइतबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेसँगै रोजगारदाता कम्पनी वा व्यक्तिले मजदुरको तलब तथा सेवा सुविधा बैंक खाताबाट भुक्तानी गर्नुे पर्ने भएको हो।
नेपालमा काम गर्दै आएको मजदुरको सुरक्षा र हक हितका लागि भन्दै केही दिन अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम नियमावली २०७५ मन्त्रिपरिषद्मा पेस गरेको थिए। नियमावलीअनुसार मजदुर भन्नाले कम्पनी, निजी, घरेलु, प्रतिष्ठान क्षेत्रमा ...
काठमाडौं - सरकारले आयात प्रतिस्थापनका लागि विशेष कार्यक्रम ल्याउने भएको छ। आगामी आर्थिक वर्षको बजेटमा यस्तो कार्यक्रम समेट्न अर्थमन्त्रीले मन्त्रालय र निजी क्षेत्रसँग सुझाव मागेका छन्। यही जेठ १५ मा सार्वजनिक हुने बजेटमा अर्थ मन्त्रालयले निर्यात प्रवद्र्धनका लागि तयारी थालेको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले सम्बन्धित निकायको सिफारिसमा बजेट र कार्यक्रमको व्यवस्था गर्नेछन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुदानलाई रोजगारी, मूल्य अभिवृद्धि र निर्यातको आकारसँग जोड्ने रणनीति तयार पार्दैछ। सोही अधारमा मन्त्रालयले नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) सूचीकृत गरेका वस्तुसहित २४ वस्तुको सामान्य कार्यविधि खाका बनाएको छ। ...
काठमाडौँ - सरकारले मंगलबार आगामी आर्थिक वर्ष ०७५/७६ को पूर्ण संघीय बजेट ल्याउँदै छ । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
संविधानको धारा ११९ मा अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्ष १५ जेठमा राजस्व र व्यय अनुमान प्रस्तुत गर्ने प्रावधान छ । यस वर्ष सरकारले सार्वजनिक गर्ने बजेट पूर्ण संघीय बजेट हो ।
१५ जेठ ०७४ मा चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा स्थानीय तहको निर्वाचन सम्पन्न भइसके पनि प्रदेश र संघको निर्वाचन भइसकेको थिएन । ...
काठमाडाैं - नेपाल टेलिकमले मिस्ड कल एलर्ट (Missed Call Alert – MCA) सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा भोलि (जेठ १५ गते) देखि पुनः सञ्चालनमा ल्याउने भएको छ ।
जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ । यो सेवा शुभारम्भ भए पश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसबारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ ।
सेवा शुभारम्भ गर्नको लागि उपभोक्ताले sub mca लेखेर १४०० मा एसएमएस ...
काठमाडौं - सरकारको आर्थिक वर्ष २०७५र७६ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
संसदको आइतबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए।
नीति तथा कार्यक्रममा केही सांसदले संशोधन हाले पनि केहीले फिर्ता लिएका थिए भने केही बहुमतबाट अस्वीकृत भएका थिए।बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो।
...काठमाडौं - नेपालीको प्रतिव्यक्ति आय लाख नाघेको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ डलर पुगेको छ ।
डलरको मूल्यअनुसार यो १ लाख ५ हजार रुपैयाँभन्दा बढी हुन आउँछ । पहिलो पटक नेपालीको आय लाख रुपैयाँ नाघेको हो ।
अघिल्लो वर्ष १ सय ५ डलरले बढेको नेपालीको प्रतिव्यक्ति आय ८६२ डलर भएको थियो । नेपालीको प्रतिव्यक्ति आय यो वर्ष १३८ डलरले बढेको हो ।
...काठमाडौं - साउदी अरबले नेपालसंग एक लाख घरेलु कामदार माग गरेको छ । उसले श्रम सम्झौता भएपछि तत्कालै एक लाख घरेलु कामदार नेपालबाट लैजाने गरी प्रस्ताव अघि सारेको छ ।
प्रस्तावको बारेमा अध्ययन र छलफल भइरहेको नेपाली दूतावासका ‘डेपुटी हेड’ आनन्द शर्माले जानकारी दिए । अहिले श्रम सम्झौता नभएका मुलुकमा नेपाली घरेलु कामदार जान रोकिएको छ ।
शर्माले भने ‘साउदीको प्रस्तावमा विशेषगरी घरेलु कामदारको विषयमा नेपाल सरकार सकरात्मक रहेको छ । नेपालबाट कुनै पनि देशमा घरेलु कामदार पठाउन अहिले रोकिएको छ र कामदार पठाउने नीति संशोधन गरिँदै ...
काठमाडौँ - बैंकिङ कसुर तथा सजय ऐन ०७३ को परिच्छेद २ अनुसार अनधिकृत रूपमा रकम निकाल्ने वा भुक्तानी दिने, अनधिकृत रूपमा खाता खोल्ने, विद्युतीय माध्यमको प्रयोग गरी भुक्तानी लिने वा दिने, अनधिकृत रूपमा कर्जा लिने वा दिने पर्छन् । कर्जाको दुरुपयोग, बैंकिङ स्रोतसाधन र सम्पत्तिको दुरुपयोग, कागजात वा खाता बही सच्याई किर्ते वा जालसाजी गरी नोक्सानी गर्ने, बढी, कम वा गलत मूल्यांकन तथा वित्तीय विवरण तयार गर्ने, अनियमित आर्थिक तथा वित्तीय करोबार गर्ने पनि बैंकिङ कसुरअन्तर्गत पर्छन् ।
थापा एन्ड ब्रदर्स कन्स्ट्रक्सका सञ्चालक ललितपुर महालक्ष्मी–९ लामाटारका ...
काठमाडौँ - फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार ...। नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले माथिका चर्चित गीतका हरफसित सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै यो उत्कृष्ट रहेको धारणा व्यक्त गर्नुभयो ।
संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा आज उहाँले भन्नुभयो, “सत्ता पक्षले नीति तथा कार्यक्रम राम्रो भन्नु र प्रतिपक्षीले नराम्रो टिप्पणी गर्नु लोकतन्त्रको सुन्दर पक्ष छ ।”
पूर्वसभामुख समेत रहनुभएका सांसद नेम्वाङले निश्चित समयमा देश विकास र आर्थिक समृद्धिको खाका नीति तथा कार्यक्रममा आएको उल्लेख गर्दै निर्वाचनमा जनतासामु गरिएका ...
काठमाडौ - नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी ब्यक्ति बनेका छन् । गतबर्ष १ सय १ औं स्थानमा रहेका घले यसबर्ष ठूलो फड्को मार्दै ८१ औं स्थान माथि उक्लन्दै यस सूचिमा आइपुगेका हुन् ।
अष्ट्रेलियाबाट प्रकाशित हुने आर्थिक पत्रिका बिजनेस रिभ्यु विक्लीले हिजो सार्वजनिक गरेको यसबर्षको सूचिमा घले दम्पत्ति ८७ करोड ६० लाख डलर सम्पत्तिसहित सो स्थानमा परेका हुन् ।
घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै २३ करोड डलर वृद्धि भएको देखिएको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ६४ करोड ७० ...
भक्तपुर - भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ ।
यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
गत २०७४ साल असार अन्तिममा प्रथम नगरसभाले चालू आवका लागि कूल रु एक अर्ब ५ करोड ५५ लाख बजेट पारित गरेको थियो । नगरपालिकाले ‘देकोमिवा इटापाके आवास योजना’को लागि पुनःनिर्माण प्राधिकरणसँग रु १० करोड ऋण लिएर त्यसलाई पनि आम्दामीमै राखेको छ ।
नगरपालिकाले सञ्चालन गरेको ख्वप ...
काठमाडौं - सरकारको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक हुँदैछ । आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो दुवै सदनको संयुक्त बैठकमा सार्वजनिक गर्ने कार्यक्रम छ ।
त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक चार बजे बस्ने छ ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने विशेष कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेताहरु, सरकारका उच्च अधिकारीहरु, संवैधानिक आयोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु र कूटनीतिक नियोगका प्रमुखहरुलाई पनि निम्त्याइएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठक बस्नेछ । ति बैठकले राष्ट्रपतिप्रति ...
काठमाडौँ - अधिकांश ग्यास कम्पनीले असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजारमा पठाउने गरेका छन् । भल्ब मर्मत गरिएका असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजार पठाउने गरेको पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागले यसै आर्थिक वर्षमा गरेको अनुगमनका आधारमा यस्तो तथ्य पत्ता लागेको बताएको हो । अहिले बजार तथा भान्सामा करिब ७० लाख सिलिन्डर भएको विभागको अनुमान छ ।
भल्ब मर्मत गर्नु गैरकानुनी
विभागका अनुसार भल्ब मर्मत गरेर सिलिन्डरमा ग्यास भर्नु गैरकानुनी हो । यस्ता सिलिन्डर जोखिमपूर्ण हुने विभागका सहप्रवक्ता देवेन्द्र केसीले नयाँ पत्रिकालाई बताए । ‘भल्ब मर्मत गर्दा ग्यास सिलिन्डरबाट ...
काठमाडौं - विदेशी लगानीको पर्खाइमा बसेको पूर्वाधार विकास बैंकले आगामी एक साताभित्रै सैद्धान्तिक सहमति पाउने भएको छ। पूर्वाधार विकास बैंकले सैद्धान्तिक सहमति लिन आवश्यक पुुँजी विभिन्न वाणिज्य बैंकमा जम्मा गरिसकेकाले राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिन लागेको हो। सैद्धान्तिक सहमति पाउन प्रवद्र्धककातर्फबाट बुुझाउनुुपर्ने रकम विभिन्न वाणिज्य बैंकमा जम्मा गरिसकेकाले सहमति दिन लागिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए।
‘एक÷दुुई दिनभित्र प्रक्रिया पूरा हुुन्छ, हामी छिट्टै उहाँहरूलाई सहमति दिने तयारीमा छौं’, उनले भने। न्यूनतम २० अर्ब रुपैयाँको चुुक्ता पुुँजी रहने पूर्वाधार विकास बैंक स्थापना गर्न हाल ६ ...
काठमाडौं - सरकारले मोटरसाइकल प्रयोग गरेबापत वार्षिक दुई सय रुपैयाँ प्रदूषण कर लिने भएको छ। यातायात व्यवस्था विभागले मोटरसाइकल प्रयोगकर्तासँग नयाँ शीर्षक थप्दै वार्षिक दुई सय रुपैयाँ प्रदूषण करण संकलन गर्ने प्रस्ताव गरेको छ।
बजेट निर्माणको चरणमा मोटरसाइकल प्रयोगमा पनि प्रदूषण कर संकलन गर्न सकिने गरी अर्थ मन्त्रालयमा प्रस्ताव गरेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए।
विभागले गरेको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृति गर्दै बजेटमा समावेश गरेको अवस्थामा नयाँ आर्थिक वर्षदेखि मोटरसाइकल दर्ता तथा नवीकरण गर्दा अनिवार्य रूपमा मोटरसाइकल प्रयोगकर्ताले दुई सय रुपैयाँ प्रदूषण कर तिर्नुपर्ने हुन्छ। विभागले ...
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । निगमले बुधबार राती १२ बजे पछि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टितेलमा २-२ रुपैंयाका दरले मुल्य वृद्धि गरेको हो ।
बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमले जनाएको छ ।
मूल्यवृद्धिसँगै पेट्रोलको मुल्य प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको मुल्य प्रति लिटर ९२ रुपैयाँ पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्य सँगै इन्डियन ओएल कर्पोरेसनले पढाएको मूल्यसूचीका आधारमा नेपाल आयल निगमले नयाँ मूल्य कायम ...
काठमाडौं- स्वदेशमा उत्पादित बिजुलीले मुलुक उल्यालो बनाउन नपुगेपछि चालू आर्थिक वर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैययाँको बिजुली आयात भएको देखिन्छ । चालू आर्थिक वर्ष सकिन अझै दुई महिना बाँकी छ।
दुई महिनाका लागि थप ३ अर्ब ४ करोडको बिजुली आयात गर्नुपर्ने हुन्छ । यस आधारमा चालू आवमा कुल १८ अर्ब २५ करोड रुपैयाँको बिजुली आयात हुने देखिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । दैनिक रुपमा भारतबाट करिब ५ करोड ...
तुलसीपुर- दाङका पूर्वकमलरीले फालिएका सिसाबाट गहना उत्पादन गरेर क्यानडा निर्यात गर्दै आएका छन्। फालिएका सिसा र खाली बोतल प्रयोग गरेर गहना उत्पादन गर्न दाङको गढवा गाउँपालिकामा चार जना पूर्वकमलरी महिलाले उद्योग स्थापना गरेका हुन्।
सिसाबाट घाँटी, कान र हातमा लगाउने विभिन्न आकर्षक गरगहना निर्माण गर्दै आएका छन्। सिसाको बोतल ल्याएर स्थानीय स्तरमै निर्मित ओखल (भट्टी)मा माटोको साँचोमा राखेर आवश्यक आकारअनुसारका बिट्स तयार हुन्छ। त्यसबाट आवश्यकता अनुसारका गहना निर्माण गर्ने गरेको पूर्वकमलरी असारथी कुमालले बताइन्। उनले भनिन्, त्यही सिसाको बिट्सबाट माला, झुम्का र हातमा लगाउने बाला तयार ...
काठमाडौं - बीमा कम्पनीहरुको नाफामा उल्लेख्य वृद्धि देखिएको छ । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट सिर्जित मागदाबीका कारण विगतमा बीमा कम्पनीहरुको नाफामा केही संकुुचन आएको देखिए पनि चालू आवको पछिल्लो नौ महिनामा भने कम्पनीहरुको नाफा बढेको छ ।
सञ्चालनमा रहेका ३५ मध्ये जीवन र निर्जीवन दुुवै गरी हालसम्म २८ कम्पनीहरुले चालू आवको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सोमध्ये नेपाल पुुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुुद मुनाफा उच्च देखिएको छ ।
पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल पुनर्बीमा कम्पनीले चालू आवको चैतसम्म ४९ करोड ४५ ...
नौ महिनामा ८ खर्ब ७४ अर्ब ६ करोडको आयात, जम्मा ५९ अर्ब ७३ करोडको निर्यात
करिब एक महिनाको बीचमा भएको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको नेपाल भ्रमणका वेला नेपालले व्यापार घाटा न्यूनीकरणको विषयलाई जोडदार रूपमा उठायो ।
नेपालको भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न दुवै मुलुक सहमतसमेत भएका छन् । तर, दुवै प्रधानमन्त्रीको भ्रमणपछिको संयुक्त वक्तव्यलगायत भ्रमणका क्रममा सार्वजनिक भएका दस्ताबेजहरूमा व्यापार घाटा न्यूनीकरणको ठोस उपाय भने उल्लेख छैन ।
तर, दुवै देशले उच्चस्तरीय सरकारी अधिकारीसम्मिलित टोलीले यो विषयमा ठोस धारणा बनाउने ...
काठमाडौं - सडक विभागले चालु आर्थिक वर्ष रणनीतिक तथा राष्ट्रिय राजमार्गका लागि छुट्टयाएको बजेटको करिब एक चौथाइ अबका दुई महिनामा मात्र खर्च हुने भएको छ। विभागले समयमा काम लगाउन नसक्दा आर्थिक वर्ष सकिनै लाग्दा ठूलो परिमाणमा बजेट खर्च हुन थालेको हो।
विभागका लागि बजेटमार्फत दिइएको रकममध्ये ३५ अर्ब रुपैयाँ खर्च भएको छ। बजेटमा व्यवस्था भएमध्ये २९ अर्ब रुपैयाँ खर्च हुन बाँकी छ। विभागले थप मागेको ३१ अर्बसहित चालु आवका पछिल्ला दुई महिना जेठ र असारमा मात्र ५९ अर्ब रुपैयाँ खर्च हुनेछ।
सडक र पुल निर्माण, मर्मत, कालोपत्रे ...
काठमाडौं - सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ। यसरी भत्ता कटौती गर्दा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दाबी छ। आगामी साउन १ गतेदेखि स्थानीय भत्ता र महँगी भत्ताबाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय सरकारले गरेको हो।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अर्थ मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक खर्चमा मितव्ययिता गर्ने नीति पास गरेको छ। नीतिमा करिब तीन दर्जन कार्यक्रम राखिएका छन्। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा निजामती कर्मचारीका लागि फिल्ड भत्ताबापत २० करोड ९२ ...
काठमाडौं - साताको सुरुको आइतबार सुनको मूल्य तीन सयले बढेको छ। आज छापावाला सुन तोलामा ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला ७६० रुपैयाँमा कारोबार भएको थियो भने आज पाँच रुपैयाँले बढेर चाँदीको प्रतितोला मूल्य ७६५ रुपैयाँमै कारोबार भइरहेको छ ।
...रुकुम - जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो ।
गत वर्ष यहाँ यार्सा संकलन गरिएको थियो । ‘यहाँ कम यार्सा पाइन्छ’ स्थानीय कर्णबहादुर ऐरीले भने “प्रत्येक वर्ष टिप्दा लोप हुने सम्भावना हुन्छ ।”
तीन वर्षको अन्तरमा यार्सा टिप्दा संरक्षण हुने उनको भनाइ छ । स्यालाखदीको सानाखारा, ठूलाखारा र भित्तेखोलामा बहुमूल्य यार्सा पाइने गर्छ । यहाँ यार्सा संकलनका लागि रुकुमलगायत छिमेकी जिल्ला जाजरकोट, डोल्पालगायतका ठाउँबाट समेत ...
काठमाडौँ - प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७५, ०७६ का लागि नीति तथा कार्यक्रम र बजेटको तयारी गरेको छ । आगामी आर्थिक वर्षमा केन्द्रको अनुदान तथा प्रदेशको राजस्व गरी २० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी छ ।
प्रादेशिक योजना आयोगले आवश्यकता र प्राथमिकता निर्धारण गर्न तथा बजेटको स्रोतबारेमा सांसदलगायत सरोकारवालासँग छलफल सुरु गरेको छ । आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले सांसदहरूसँग बजेटका विषयमा छलफल सुरु भएको बताए ।
उनका अनुसार, १९ वैशाखपछि प्रदेशका सांसदसँग पटक–पटक छलफल गरी विभिन्न सुझाब संकलन गरेको छ । सांसदहरूको ५ समूह बनाएर छलफल गरिरहेको छ । अहिलेसम्म ...
काठमाडौँ - जुटमिल बन्द गरेर सञ्चालक फरार भएपछि कर्मचारीले आठ महिनादेखिको तलब पाएका छैनन् । करारका २२ कर्मचारीले आठ महिना र ज्यालादारी ७० कर्मचारीले चार महिनाको तलब नपाएका हुन् । गत फागुनमा मिल नै बन्द गरेर सञ्चालक समिति अध्यक्ष वसन्त बन र प्रबन्धक नीलहरि काफ्ले बेपत्ता छन् । लेखा शाखामा पनि ताला लगाइएको छ । कर्मचारीले हाजिर गर्न पाएका छैनन् ।
तलब नपाएपछि कर्मचारीले मिल सरसफाइ पनि गरेका छैनन् । शनिबार अनुगमनमा पुगेका उद्योगमन्त्री मातृका यादवले कर्मचारीलाई सफा गर्न लगाएका थिए । उनले छिट्टै मिल सञ्चालन गर्ने पनि बताएका छन् । मिल सञ्चालन गर्नुअघि ...
काठमाडौँ - संघीय संसद्को बजेट अधिवेशन आइतबारबाट प्रारम्भ भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा चारवटा अध्यादेश प्रस्तुत गरिएको छ । दुवै सभाको नियमावली मस्यौदाको प्रतिवेदनसमेत समितिले पेस गरेका छन् ।
चार अध्यादेश प्रस्तुत
प्रतिस्थापन विधेयकको अभावमा निष्क्रिय भएका राष्ट्रिय सभा निर्वाचन अध्यादेश, बेपत्ता छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश र चिकित्सा शिक्षा अध्यादेश सरकारले पुनः संघीय संसद्मा प्रस्तुत गरेको छ ।
यसअघि पहिलो अधिवेशनले स्वीकृत गरिसकेको भए पनि अधिवेशन नभएको समयमा सरकारले प्रतिस्थापन विधेयक ल्याउन सकेको थिएन । सरकारबाट जारी भएको अध्यादेश ...
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै निगमले मूल्य समायोजन गरेको हो। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ।
बुधबार निगमले प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मट्टितेलमा ३-३ रुपैयाँ बढाएको हो। नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोलको मूल्य एक सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९०-९० रुपैयाँ पुगेको छ। यसअघि प्रतिलिटर पेट्रोलको मूल्य एक सय ६, डिजेल ८७ र मट्टितेल ८७ रुपैयाँ थियो।
निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य ...
काठमाडौँ - ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणले आगामी १५ असारसम्म धरहराको शिलान्यास गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. युवराज भुसालले बताए ।
प्राधिकरणले धरहराको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । सरकार आफैँले धरहरा निर्माण गर्ने गरी लगानीको मोडालिटीसमेत तयार भइसकेको उनले बताए । ‘अहिले टेन्डर डकुमेन्ट तयार गर्दै छौँ,’ उनले भने, ‘अबको डेढ साताभित्रै टेन्डर आह्वान गर्ने, जेठ अन्त्यसम्ममा टेन्डर अवार्ड गर्ने र असारभित्रै शिलान्यास गर्ने कार्ययोजना छ ।’
यसकारण टेलिकमको प्रस्ताव ‘रिजेक्ट’
यसअघि नेपाल टेलिकमले धरहरा ...
काठमाडौ - कतार सरकारले सन् २०१८ को अन्त्यसम्ममा विदेशी कामदारका लागि निर्धारण गरिएको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने संकेत गरेको छ ।
सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले श्रमिकमाथि गरिएको व्यवहारका कारण आलोचना भोगेपछि श्रम नीतिमा परिमार्जन गर्ने तयारी गरेको हो । अन्तर्राष्ट्रिय श्रम संगठनका महासचिव सरण बुरोजले कतारी श्रममन्त्रीसँगको भेटपछि भनिन्– यसै वर्षको अन्त्यसम्ममा विदेशी कामदारका लागि तोकिएको न्यूनतम तलब बृद्धि गर्ने हामीले संकेत पाएका छौं, यो खुसीको खबर हो ।’
बुरोजले कति तलब बढ्ने छ भन्ने आँकडा त दिएनन् तर श्रमिकको बढ्दो खर्चलाई ...
काठमाडौँ - धितोपत्र दलाल व्यवसायीहरू शाखा विस्तारमा जुटेका छन् । १२ वटा धितोपत्र दलाल व्यवसायीले नेपाल धितोपत्र बोर्डमा २६ वटा नयाँ शाखा सञ्चालनको अनुमति माग्दै निवेदन दिएका छन् । व्यवसायीहरूले दाङ, जनकपुर, दमक, वीरेन्द्रनगर, भक्तपुर, भैरहवा, पोखरा, टाँडी, कावासोती, विराटनगर, वीरगन्ज, बुटवल, जनकुपर र बिर्तामोडमा शाखा सञ्चालनका लागि निवेदन दिएका छन् ।
सो निवेदनउपर अहिले अध्ययन भइरहेको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए । हाल नेपालमा ५० वटा दलाल व्यवसायी छन् । जसमध्ये ४१ वटा दलालले व्यवसायीले ४१ वटा शाखा सञ्चालन गरेका छन् । तर, ९ ...
काठमाडौँ - व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दै जान थालेको छ । श्रम तथा रोजगार मन्त्रालयले भर्खरै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूको संख्यामा वृद्धि आएको छ । वैदेशिक रोजगारका लागि श्रम आप्रवासनसम्बन्धी ‘नेपालको स्थिति प्रतिवेदन ०७२/७३–०७३/७४’ले यस्तो तथ्य सार्वजनिक गरेको हो ।
वैदेशिक रोजगारीमा जानुअघि कामदारले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनुपर्ने हुन्छ । विभागले व्यक्तिगत र संस्थागत (म्यानपावरमार्फत) गरी दुई किसिमबाट श्रम स्वीकृति जारी गर्दै आएको छ ।
सो स्वीकृति प्राप्त गर्नेहरूमा आर्थिक वर्ष ०६८/६९ सम्म म्यानपावरमार्फत जानेभन्दा व्यक्तिगत ...
काठमाडौं - नौ महिनाको अवधिमा एक अर्बभन्दा बढी नाफा आर्जन गर्ने बैंकको संख्या १५ पुगेको छ। हालसम्म सार्वजनिक भएको त्रैमासिक वित्तीय विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट, नबिल, नेपाल, एभरेस्ट, कृषि विकास, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, एनएमबी, नेपाल एसबिआई, प्राइम कमर्सियल, सिद्धार्थ, सानिमा र सिटिजन्स बैंक अर्बभन्दा बढी नाफा कमाउनेको सूचीमा परेका छन्।
चालु आर्थिक वर्षको नौ महिनाको अपरिष्कृत वित्तीय विवरणमा १५ वाणिज्य बैंकले अर्ब रुपैयाँभन्दा बढी नाफा देखाएका छन्। पुरानो ऋण असुली, ब्याज आम्दानी र विदेशी मुद्रा कारोबारबाट भएको आम्दानीले नाफा अर्ब नाघेको ...
काठमाडौँ - यो वर्ष विभिन्न मन्त्रालयमा १ खर्ब ९ अर्ब ६ करोड बेरुजु भएको छ । महालेखा परीक्षणले बेरुजु रकममध्ये १७ अर्ब २५ करोड ९५ लाख हिनामिना भएको ठहर गरेको छ । महालेखाले विभिन्न मन्त्रालय र मातहतका निकायमा ४६ खर्ब ८७ अर्ब ९१ करोड रुपैयाँको लेखापरीक्षण गरेको थियो ।
१० मन्त्रालय र अन्तर्गतका निकायबाट मात्र १४ अर्ब ४२ करोड ५४ लाख असुल गर्न महालेखाले भनेको छ । बाँकी विभिन्न समिति र संंस्थाबाट २ अर्ब ८३ करोड ४१ लाख असुलउपर हुनुपर्ने औँल्याएको छ । कुल बेरुजु रकममध्ये कर्मचारीले पेस्कीका रूपमा लिएका, तर ...
काठमाडौं - नेपाल-भारत व्यापार तथा पारवहन सन्धि परिमार्जन गरिने भएको छ। काठमाडौंंमा शनिबार सम्पन्न नेपाल–भारत अन्तरसरकारी समिति (आईजीसी)को बैठकमा यस्तो सहमति भएको हो। वाणिज्य मन्त्रालयका सहसचिव रवीशंकर सैंजुले आईजीसी बैठकमा वाणिज्य सन्धि पुनरावलोकन र परिमार्जन गर्ने विषयमा सहमति भएको जानकारी दिए।
नेपालको भारसँगको व्यापार घाटा कम गर्न सन्धि परिमार्जन गर्नुपरेको हो। उनले भने, ‘बैठकमा भारतसँगको व्यापारमा नेपालको व्यापार घाटा बढ्दै गएपछि नेपालले व्यापार सन्धि परिमार्जन गरी नवीकरण गर्नुपर्ने अडान राखेको थियो।’ आगामी तीन महिनाभित्र व्यापार र पारवहन सन्धिसम्बन्धी संशोधनको प्रक्रिया थालिनेछ। अदुवा, अलैंची, जुटलगायत नेपाली कृषि ...
काठमाडौ - नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि विस्तार भएको अवस्थामा पनि कुशलतापूर्वक मुद्राको सहज आपूर्ति गर्दै आएको जनाएको छ ।
बैंकको ६३औँ वर्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा चिरञ्जीवी नेपालले मुद्राको चलनचल्ती बढ्दै गएको आवस्थामा आपूर्ति सहज गरेको बताए ।
अर्थतन्त्रमा मौद्रिकीकरणमा सुधार भइरहेको परिप्रेक्ष्यमा राष्ट्र बैंकले चालु आवको चैत मसान्तसम्ममा चलनचल्तीमा रहेको नोट रु चार खर्ब ७४ अर्ब ९५ करोड पुगेको उल्लेख गर्दै उनले ७७ वटा नोट कोषमा रु ५२ अर्ब रकम मौज्दात रहेको जानकारी दिए ।
गभर्नर डा नेपालले मुलुकभर नेपाली नोटको व्यवस्था ...
काठमाडौं - योजना आयोगले पूर्णता पाएसँगै आगामी आर्थिक वर्षको बजेट तयारीको गति बढेको छ। विभिन्न मन्त्रालयले पठाएको कार्यक्रमलाई अन्तिम रूप दिने काममा अर्थ मन्त्रालय लागेको छ।
अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका उपसचिव ईश्वरीप्रसाद अर्यालले यही २२ गतेसम्म बजेटका विषयमाथि मन्त्राललगायत छलफल हुने बताए। उनले भने, ‘मन्त्रायलका कार्यक्रममाथि छलफल सकिएपछि मात्र विभिन्न सरोकारवालासँग छलफल थालिनेछ। यस्तो छलफलले बजेटलाई अन्तिम रूप दिनेछ।’
प्रधानमन्त्री केपी ओलीले वाम गठबन्धनले अघिसारेका चुनावी घोषणापत्रको नजिक रहेर बजेट बनाउन अर्थमन्त्रीलाई निर्देशन दिइसकेका छन्। प्रधानमन्त्रीको निर्देशनअनुसार वाम घोषणापत्रका आधारमा बजेटलाई अन्तिम रूप दिने तयारीमा ...
काठमाडौं - शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।
लगातार घट्दै आएको बजार आज २९.२५ अंकले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३५७ बिन्दुमा आइपुगेको हो ।
यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ६.०६ बिन्दुले कमी आई २८७.०६ बिन्दुमा आइपुगेको छ ।
कूल १५९ कम्पनीको १३ लाख ३८ हजार ७३७ कित्ता शेयर रु ६३ करोड ८४ लाख ४३ हजार ३६३ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ ।
स्टकका अनुसार बैंकिङ २१.४२, होटल ४७.०९, विकास बैंक ३४.७५, जलविद्युत् ४६.६८, फाइनान्स ११.६१, बीमा २३१.१२, उत्पादन ३७.४१, ...
काठमाडौं - मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।
नेपाल व्यवस्थापन संघले आज काठमाडौँमा आयोजना गरेको आगामी २०७५/७६ को पूर्व बजेट छलफल कार्यक्रममा उहाँले सो कुरा बताएका हुन् ।
“स्रोतको व्यवस्थापन र उत्पादक क्षेत्रको लगानीलाई बजेटले समेट्नेछ”, मन्त्री खतिवडाले भने “विगतको बजेटले धान्नै नसक्ने आयोजनालाई समेटेकाले नै बजेटको व्यवस्थापन हुन नसकेको हो।”
अबको बजेटमा दोहोरो कर नीतिको अन्त्य हुने जानकारी दिंदै उहाँले व्यवसायीलाई लगानी गर्ने वातावरण बजेटबाट खुल्ला गरिने बताए ।
कार्यक्रममा विभिन्न व्यवसायीले नेपालमा उद्योग ...
काठमाडौं - विश्व बैंकले बजेट घाटा बढी रहेको नेपालका लागि नराम्रो अवस्था भएको बताएका बेला सरकारले बजेट घाटा पूरा गर्न १ खर्ब ६७ करोड ७४ लाख ५० हजार आन्तरिक ऋण उठाएको छ । सरकारले बजेट घाटा पूरा गर्न अरू स्रोत जुटनउन कठिन परेपछि आन्तरिक ऋण उठाएर भए पनि बजेट घाटा पूर्ति गर्ने प्रक्रिया थालेको हो । सरकारको बजेट घाटा पूर्ति गर्ने मुख्य स्रोत राजस्व हो । यो आर्थिक वर्षको ९ महिनाको अवधिमा राजस्व लक्ष्यको ६७ दशमलव ९२ प्रतिशत मात्र उठ्न सकेको छ । आन्तरिक ऋण ...
नुवाकोट - नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिट्ठा’ परेको भन्दै सामाजिक सञ्जाल ‘इमो’ मार्फत यहाँका एक युवा ठगिएका छन् ।
टेलिकमको सिमकार्ड प्रयोगकर्ताबीच गोलाप्रथामार्फत छनोट हुँदा विजेता बनेको भन्दै ‘इमो’मार्फत ठगले तार्केश्वर गाउँपालिका–१ दाङसिंहका लोकबहादुर तामाङलाई फोन गरी विभिन्न बहाना बनाएर रु दुई लाख ९० हजार ठगेको हो ।
उनन्तीस वर्षीय तामाङलाई चिट्ठामार्फत रु २५ लाख विजेताको छनोट भएको भन्दै यही वैशाख ३ गते इमोमा हिन्दी भाषामा बोल्ने पुरुषले खबर गरेका थिए । त्यसलगत्तै विजेता भएको रकम जतिसक्दो चाँडो दाबी गर्न दबाब दिँदै त्यसका ...
काठमाडौं - नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ । आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३/७४ सम्म सरकारको कूल ऋण दायित्व रु छ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ ।
आन्तरिक ऋण रु दुई खर्ब ८३ अर्ब ७१ करोड रहेको छ । यस्तै वैदेशिक ऋण रु चार खर्ब १३ अर्ब ९८ करोड रहेको छ । उक्त ऋण आव ...
काठमाडौं - शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ ।
आइतबार ५० अंकले बढेको बजार आज भने २७.६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४१० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ६.०७ बिन्दुले ओरालो लागेर २९८.०४ बिन्दुमा झरेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार आज कूल १७० कम्पनीको ३१ लाख १४ हजार ६१८ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८१५ मूल्यमा कारोवार भएको हो । स्टकका अनुसार सबै परिसूचक ओरालो लाग्दा बजार प्रभावित भएको ...
काठमाडौं - निर्यातको तुलनामा आयात बढेर देशले व्यापार घाटा थेग्नै नसक्ने अवस्था भएका बेला पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढेको छ । चालु आवको नौ महिना अर्थात् चैत मसान्तसम्म एक खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । आयल निगमको तथ्यांकअनुसार नौ महिनामा एक खर्ब दुई अर्ब रुपैयाँको १८ लाख ९३ हजार किलोलिटर इन्धन आयात भएको छ । चालु आर्थिक वर्षको सुरु देखिनै इन्धनको खपत बढेको छ ।
आर्थिक वर्ष २०७३÷७४ को कुल आयातको तुलनामा चालू आवको नौ महिनामा ६ अर्ब १७ करोड रुपैयाँ मात्र कम ...
काठमाडौँ - बहुप्रतिक्षित मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईपलाईन निर्माण आयोजनामा पाईप गाड्ने कार्य सुरु भएको छ । मंगलबार सिमरामा बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले पाईप गाड्ने कार्यको शिलन्यास गरे ।
गत फागुन २३ देखि आयोजनाले पाईपको वेल्डिङ कार्य सुरु गरेको थियो । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट सोमवार खाडल खन्ने कार्य सुरु गरिएको थियो ।
भारतको रक्सौलदेखि बाराको अमलेखगंजसम्मको ३६.२०६ किलोमिटर लामो पेट्रोलियम पाईप लाईन बिस्तारको जिम्मा भारतीय कम्पनी ‘लिखिथा ईन्फ्रास्टक्चर प्रा.लि.ले पाएको छ ।
नेपाल आयल निगमको सिमरास्थित पेट्रोलियम पाईप लाईन आयोजना ...
काठमाडौँ - नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले प्रतिलिटर पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा दुई–दुई रुपैयाँ वृद्धि गरेको हो ।
सोमबार बसेको निगमको सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार इन्धनको मूल्य समायोजन गरेको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६ रुपैयाँ र डिजेल तथा मटिट्तेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरिएको छ ।
यसअघि पेट्रोलको प्रतिलिटर एक सय पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ८५ रुपैयाँ कायम भएको ...
काठमाडौं - आज बैशाख ३ गते देखि उपभोक्ताको थप सुविधाको लागि नेपाल टेलिकमले ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ ।
बैशाख ३ गते मनाइने आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा नेपाल टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड÷पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको छ । ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ ।
उक्त अफर २०७५ बैशाख ३ गते देखि लागू हुनेछ । अफर आगामी २०७५ बैशाख १८ गते सम्म लिन सकिने छ । ...
काठमाडाैं - एसियाली विकास ब्याङ्कले यस वर्ष नेपालको आर्थिक वृद्धिदर सरकारले अपेक्षा गरेको भन्दा कम ४.९ प्रतिशत मात्र रहने अनुमान गरेको छ । सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर भन्दा यो १ दशमलब १ प्रतिशत विन्दुले कम हो ।
यसवर्ष गएको बाढीले कृषि उत्पादनमा पारेको असरजस्ता कारणले आर्थिक वृद्धिदर खस्कने अनुमान गरिएको एसियाली विकास ब्याङ्कका अर्थविदहरुले बताएका छन् ।
सरकार चाहिं आफूले प्रक्षेपण गरेकै दरमा आर्थिक वृद्ध हुनेमा अडिग रहेको छ ।
एसियाली विकास ब्याङ्क (एडीबी) ले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७४/७५ मा नेपालको आर्थिक वृद्धिदर ...
रोल्पा - सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ ।
बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया र फरुवा बोकेर त्यहाँका कृषक आर्थिक क्रान्तिमा होमिएका हुन् ।
थबाङ गाउँपालिकाको कार्यालय रोल्पाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलुमा ब्लक (सय हेक्टर क्षेत्रफल) स्थापना गरेपछि थबाङका कृषक उत्साहित बन्दै गएका छन् ।
परम्परागत कृषि प्रणालीबाट माथि उठेर व्यावसायिक कृषि प्रणाली अपनाउन सके कृषकको जीवनस्तरमा सकारात्मक सुधार आउन सक्ने तथा युद्धका घाउमा मलहम लगाउन सकिने उनीहरुको धारणा ...
काठमाडौं - केन्द्रीय तथ्यांक विभागले पहिलोपटक गर्न लागेको राष्ट्रिय आर्थिक गणनाका लागि करीब चार हजार जनशक्तिलाई परिचालन गर्ने भएको छ ।
आगामी वैशाख १ गतेदेखि शुरु गरिने उक्त गणनाका लागि तीन हजार ५०० गणक र ५०० सुपरभाइजरलाई खटाउन आवश्यक तालीमसमेत उपलब्ध गराएको छ ।
संघ, प्रदेश तथा स्थानीय तहसम्मका व्यावसायिक प्रतिष्ठान तथा सामान्यभन्दा सामान्य व्यवसायीको वित्तीय अवस्थाका साथै व्यावसायिक यथार्थताबारे आगामी जेठ मसान्तसम्म आर्थिक तथ्यांक संकलन गरिने छ ।
गणकले देशभर संकलन गरेका आर्थिक विवरणलाई प्रशोधन गरी विश्लेषणात्मक प्रतिवेदन तयार गरेर समग्र प्रक्रिया पूरा गर्न भने करीब पाँच ...
काठमाडौं – नानाभाँती बहाना र हौवा पिटाएर सेयर मूल्य तलमाथि गराई नाफा लिन पल्केको एउटा समूहले फेरि एकपटक अर्थमन्त्री र गभर्नरको नाम भजाएर आइतबार सेयर मूल्य बढाएको छ।
स–साना र कम ज्ञान भएका लगानीकर्तालाई आफ्नो स्वार्थअनुरुप सेयर बेच्न र किन्न बाध्य पार्ने यो समूहले आइतबार अर्थमन्त्री र गभर्नरले बजार सुधारको भाषण गरेको हल्ला फैलाएर मूल्य बढाउने खेल खेलेको हो। दुई साताअघि अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई ‘अनुत्पादक क्षेत्र’ भनेको हौवा पिटाएर मूल्य घटाउन यही समूह सफल भएको थियो । त्यसपछि पनि अर्थमन्त्री खतिवडाको भनाइमा कुनै ...
काठमाडाैं - नेपालमा आर्थिक उदारीकरणको कार्यान्वयनसँगै कानुनी रूपमा सिन्डिकेट अन्त्य भएको २७ वर्ष पूरा भएको छ । यातायात क्षेत्रलाई नियमन गर्न बनेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सिन्डिकेट अन्त्य गरेको पनि २५ वर्ष बितिसकेको छ । अाजको नयाँ पत्रिकामा खबर छ-तर, व्यावहारिक रूपमा भने सार्वजनिक यातायातमा देशभर अझै सिन्डिकेट छ ।
वार्षिक एक अर्ब घाटा
सिन्डिकेटबाट राज्यले वार्षिक एक अर्ब राजस्व गुमाइरहेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईका अनुसार सबै यातायात समिति कम्पनीका रूपमा दर्ता भएर अडिट गरी नाफा–नोक्सान देखाउने हो भने देशको ढुकुटीमा न्यूनतम ...
काठमाडौं - राष्ट्र बैंकले अहिलेसम्म आफ्नो साढे ३ खर्बभन्दा बढी रुपैयाँबराबरका नोट जलाएको छ । ०७४ असार मसान्तसम्म ३ खर्ब ६१ अर्ब ४० करोड ५० लाख रुपैयाँ बराबरका नोट जलाएको हो । अघिल्लो आर्थिक वर्ष अर्थात् ०७३ असारदेखि ०७४ साउनसम्ममात्रै बिभिन्न दरका २५ अर्ब ७५ करोड ४२ लाख बराबरका नोटहरु जलाएको राष्ट्र बैंकको तथ्यांकमा छ ।
राष्ट्रबैंकले च्यतिएका तथा झुत्रा भएर चलन चल्तीमा ल्याउन अयोग्य नोटहरु जलाएको हो । बैंकिङ भाषामा यसलाई नोट धुल्याउने भनिन्छ ।
कसरी गरिन्छ नोट धुलाई ?
बैंकले झुत्रा नोटलाई खिच्ने, ...
काठमाडौं - राजधानीको शंखमूल बस्दै आएका दीपेन्द्र विष्टले करिब ३ वर्षअघि फाइनान्सिङ (बैंकबाट ऋण लिएर) मा कार (निजी सवारीसाधन) किने । प्यूठान स्थायी घर भएका विष्टले एक वाणिज्य बैंकसँग साढे ६ प्रतिशत ब्याजदरमा ऋण सम्झौता गरेका थिए । हाल उनको ब्याजदर बढेर साढे १२ प्रतिशत पुगिसकेको छ । यो शतप्रतिशत वृद्धि हो । साढे ६ प्रतिशतमा सम्झौता गरेको ग्राहकले साढे १२ प्रतिशत ब्याज तिर्न सक्छ कि सक्दैन भन्ने विचार नगरी बैंकले एकतर्फी रूपमा ब्याजदर बढाएको छ । एक महिनामा ३ पटकसम्म बैंकबाट ब्याजदर वृद्धिको एसएमएस आएको उनले बताए ।
सोही बैंकमा ...
काठमाडाैं - धुलिखेल–काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो। यही मौका छोप्दै बस व्यवसायीले यात्रुपच्छिे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए । तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयूरसहित अन्य बसलाई बनेपा पठाउन थालेपछि काभ्रे बस समितिले बिहीबारदेखि सबै बसमा भाडादर टाँस्न थालेको छ। ‘हामीले प्रत्येक बसमा भाडादर सूची टाँस्न अनिवार्य गरेका थियौं। तर, सहचालकहरूले मनलाग्दी भाडा लिँदा समस्या आएको हो,’ एक व्यवसायीले भने ।
चैत १ गते बनेपा आउँदा मयूर यातायातले कोटेश्वर–काठमाडौंको ३५ रुपैयाँ भाडादर कायम गरेको थियो। तर, तीन सातासम्म भाडादरमा ...
काठमाडौं - नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो।
दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर (अंक) पाएको हो । अमेरिकामा रहेको कफी कन्सल्टिङ कम्पनीले विभिन्न मापदण्ड बनाएर कफी परीक्षण गरेको थियो । नेपाली कफी विगत पाँच वर्षअघि परीक्षणमा पठाइँदै आएको छ । प्रतिस्पर्धामा ९० अंक पाएको यो पहिलोपटक हो।
गुणस्तर मापन गर्दा लेकाली बगानमा फलेको कफीले ९० अंक पाएर उच्च गुणस्तरको ...
काठमाडौँ – प्रदेश तथा स्थानीय तहमा समायोजनमा जान नचाहने निजमती कर्मचारीका लागि अघिल्लो सरकारले ल्याएको स्वैच्छिक अवकाश प्याकेजलाई वर्तमान सरकारले रोकेको छ ।
स्वैच्छिक अवकाश नीति अहिलेको समयमा ठीक नभएको, राज्यलाई अनावश्यक आर्थिक भार पर्ने र अहिले सरकारलाई नै कर्मचारी आवश्यक पर्ने भन्दै वर्तमान सरकारले स्वैच्छिक अवकाश प्रक्रियालाई रोकिदिएको हो । अघिल्लो सरकारको निर्णयअनुसार कार्यान्वयनमा जाँदा गत १३ चैतमा स्वैच्छिक अवकाश रोजेका कर्मचारीको अन्तिम नामावली प्रकाशन गर्नुपर्ने थियो ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार १३ चैतमा स्वैच्छिक अवकाश रोजेका कर्मचारीको सूची सार्वजानिक गर्नुपर्नेमा वर्तमान सरकारले उक्त प्याकेजलाई अघि नबढाएर ...
काठमाडाैं – अर्थमन्त्री डा युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन् । अर्थमन्त्री डा खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइ रहेको उल्लेख गरे ।
पूँजी परिचालन उचित रूपमा हुन नसकेको जानकारी गराउँदै उनले भने “ठूला आयोजना निर्धारित समय र लागतमा निर्माण पूरा हुन सकेका छैनन्, उत्पादनमुखी भन्दा वितरणमुखी कार्यक्रम बढी देखिएका छन् ।”
सरकारले सन् २०२२ सम्म मुलुकलाई विकासशील राष्ट्रमा पु¥याउने लक्ष्य राखेको उल्लेख गर्दै उक्त लक्ष्य हासिल गर्न सबै पक्ष लाग्नुपर्ने ...
२० बैशाख, काठमाडौं । पोखरा विमानस्थलको निर्माण अझै सुरु भएको छैन । तर, बुद्ध एयरले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिएँसगै अन्तर्राष्ट्रिय उडान भर्ने योजना तयार गरेको छ । अहिलेसम्म आन्तरिक उडानमा केन्द्रित रहेको बुद्धले पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्ने तयारी गरेको हो ।
बुद्धले पोखराबाट सुरुवातमै ३ वटा बोइङमार्फत उडान गर्ने योजना बनाएको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदासम्म बुद्धका ३ वटा बोइङ पनि आइसक्ने अनलाइनखबरलाई बताए । उनले यसका लागि हवाइजहाज निर्माता कम्पनी बोइङसँग छलफल अघि ...
२३ वैशाख, तेह्रथुम । सदरमुकाम म्याङलुङमा हेलिकप्टर अवतरणका लागि हेलिप्याड नहुँदा समस्या हुने गरेको छ ।
जिल्लामा विभिन्न प्रयोजनले आउने हेलिकप्टर अवतरणका लागि उपयुक्त स्थान छैन । म्याङलुङमा नेपाली सेनाले आफ्नो प्रयोजनका लागि मात्रै निर्माण गरेको हेलिप्याड सार्वजनिक रुपमै प्रयोग हुँदै आएको छ तर सेनाको हेलिप्याड प्रयोग गर्न प्रक्रिया झन्झटिलो हुने गर्छ ।
आन्तरिक प्रयोजनका लागि मात्रै निर्माण भएको हेलिप्याडमा निजी तथा व्यावसायिक हेलिकप्टर अवतरण गर्न दिन नमिल्ने इन्द्र दल गुल्मका गुल्मपति महेश्वर कार्कीले बताए । “जो कोहीलाई हेलिप्याड गर्नै दिन मिल्दैन” उहाँले भन्नुभयोे, ...
यती डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ८२ प्रतिशत बढी नाफा कमाएको हो । ले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा २० करोड ९८ लाख रुपैयाँ कमाएको थियो ।
एक अर्ब ३८ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडा कोषमा २२ करोड ६२ लाख रुपैयाँ छुट्याएको छ । निक्षेपमा ३२ दशमलव ६५ प्रतिशतले वद्धि गरी १२ अर्ब ३० करोड १५ लाख ...
मनास्लु विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा चार करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६ दशमलव ६६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले एक करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
३० करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडामा सात करोड ९७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३६ दशमलव १३ प्रतिशतले वृद्धि गरी दुई अर्ब २८ करोड ...
लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोषको १० करोड ईकाई सर्बसाधारणका लागि शुक्रबारदेखि बिक्री खुला गरेको छ । लक्ष्मी भ्यालु फण्ड १ संचालन गरिरहेको लक्ष्मी क्यापिटलले दोस्रो योजना अन्तर्गत लक्ष्मी ईक्विटी फण्ड बिक्रीमा ल्याएको हो ।
लक्ष्मी ईक्विटी फण्डमा बैशाख २२ गतेदेखि २६ गतेसम्म चार कार्य दिनसम्म आबेदन लिने र तोकिएको चार कार्य दिनमा सबै ईकाई बिक्री नभएमा जेठ पाँच गतेसम्म बिक्री अवधि बढ्न सक्नेगरी अवधि तोकिएको छ ।
सर्बसाधारण लगानीकर्ताले प्रति ईकाई १० रुपैयाँ अंकित ...
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले दुई अर्ब ९४ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापीटललाइ निष्काशन तथा विक्री प्रवन्धक तथा अन्य ६ वटा क्यापिटललाई सह निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले तीन चरणमा उक्त परिमाणको साधारण सेयर जारी गर्ने जनाएको छ ।
कम्पनीले संस्थापक शेयरधनीले लिएको बाहेकका अन्य समुहलाई छुट्टाइएको दुई अर्ब चौरानब्बे करोड बराबरको प्रतिकित्ता एक सय रुपैयाँ दरले हुने दुई करोड चौरानव्बे लाख कित्ता साधारण शेयर जारी गर्न लागेको ...
शुक्रबार बाँडफाँड हुने भनिएको स्टाण्डर्ड चार्टर्ड बैंकको थप नयाँ सेयर प्राविधिक कारणले बाँडफाँड नहुने भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सबै तयारी पुरा भए पनि तथ्यांकमा आएको त्रुटीका कारण शुक्रबार सेयर बाँडफाँड गर्न नसकिएको जनाएको छ ।
यस अघि धितोपत्र बोर्डले क्यापिटललाई शुक्रबार भित्र सेयर बाँडफाँड गर्न निर्देशन दिएको थियो । बोर्डको निर्देशन अनुसार तयारी गर्ने क्रममा केही बैंक तथा वित्तीय संस्थाबाट आस्बाको अन्तिम तथ्यांक आउँदा त्रुटी भएको भन्दै शुक्रबार सेयर बाँडफाँडमा अन्यौलता भएको जनाएको हो ।
आस्बाको ...
बाणिज्य बैंकहरुले राम्रो प्रगति गरेको बिबरण पस्कने क्रममा सनराईज बैंक(SRBL)ले पनि तेस्रो त्रैमासमा आकर्षक प्रगति गरेको बिबरण बाहिर ल्याएको छ । बैंकले संचालन मुनाफा ८८ प्रतिशत र खुद नाफा ४८ प्रतिशले बढाउन सक्नुको के हो त रहस्य ?
सनराईन बैंकले गत बर्ष नारायणी नेशनल फाईनान्सलाई आफुमा गाभ्नु र संस्थागत सुशासनलार्य सुदृड गर्दै निस्क्रिय कर्जा अनुपातलाई कम गर्नु उसको प्रगतिको कारक मानिएको छ ।
कोषको लागत बढेर ५.२२ प्रतिशत नाघ्नु र कर्जा निक्षेप पूँजी अनुपात ७९ प्रतिशत हुँदा समेत बैंकले तेस्रो त्रैमासमा राम्रै ...
राष्ट्रिय बीमा कम्पनीले तीन आर्थिक वर्षको साधारण सभा एकै पटक गरी भारी मात्रामा बोनस बितरण गर्दै थप नयाँ साधारण सेयर (एफपीओ) बिक्री गर्ने भएको छ । तीन आर्थिक वर्षको गरी समग्रमा एक सय १४ दशमलव २२ प्रतिशत बोनस बितरण पश्चात थप नयाँ सेयर एफपीओ निष्काशन गर्न विशेष साधारण सभा डाक्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।
हाल १२ करोड ४४ लाख ३९ हजार पाँच सय रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको बोनस बितरण पश्चात चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैंया ...