वीरेन्द्रनगरमा १४ करोड व्यक्तिगत लगानीमा फोहरबाट ग्यास उत्पादन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो । वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले केपी दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहरलाई मोहरका रुपमा रुपान्तरण गर्न सुरु गरेका हुन् । नगरपालिकाभित्रको सबै फोहरलाई सङ्कलन गरी ग्यास र जैविक मल उत्पादनको लागि प्रयोग गर्ने गरिएको उनले जानकारी दिए ।

१४ करोड लगानीमा जर्मन प्रविधिमा ग्यास प्लान्ट स्थापना गरी ग्यास र जैविक मल उत्पादन ...


एमसीसी परियोजनामा पहिलो गासमै ढुंगा, ठेकेदारको प्रस्ताव महँगो भएपछि तीनवटै ठेक्का रद्द

काठमाडौं। एमसीसी कम्प्याक्ट अन्तर्गत प्रसारणलाइन निर्माणका लागि आह्‍वान भएको बोलपत्र रद्द भएको छ।

प्रसारणलाइनको ठेक्कामा प्राविधिक प्रस्तावमा पास भएका कम्पनीले ६० प्रतिशतभन्दा बढीसम्मको आवेदन पेस गरेपछि ठेक्का रद्द गरिएको हो। एमसीए-नेपालले एमसीसी हेडक्वार्टरसँग ठेक्का अघि बढाउने वा रोक्ने विषयमा सुझाव मागेको थियो। एमसीसीले पुन: बोलपत्र आह्‍वान गर्नुपर्ने बताएपछि ठेक्का रद्द गरिएको हो।

ठेक्कामा अत्यधिक महँगो प्रस्ताव परेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि चासो दिएका थिए। उनले महँगोमा परियोजना बनाउन नसकिने भन्दै एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलाई ठेक्काका लागि पुन: बोलपत्रको सूचना निकाल्नुपर्ने बताएका थिए।

३१५ किलोमिटर लामो ४०० केभी ...


काठमाडौंका यी तीन सडक ‘वान वे’ बन्दै

काठमाडौँ। काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ ।

महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठकाअनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र महानगरपालिको संयुक्त प्रयासमा अहिले दोहोरो सवारी सञ्चालन भइरहेका सडक खण्डलाई एकतर्फी बनाउन लागिएको हो ।

अब काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट त्यो सडक खण्डमा प्रवेश गर्न पाइँदैन । त्यस्तै जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हूँदै कमलादी मोडतर्फ आउन नपाइने बनाइनेछ ।

पुतली सडकबाट काठमाडौँ प्लाजा ...


सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकसहितको बैठक सुरु भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

बैठकमा विद्यालय शिक्षा ऐन संशोधनका विषयमा प्रधानमन्त्रीले कुरा राख्ने उनले बताए । त्यस्तै इजरायलमा भएको आक्रमणमा परका नेपालीहरूको अवस्थाबारे बैठकमा जानकारी गराइने छ । 

‘बैठक मुख्यरुपमा विद्यायल विधेयक संशोधनबारे प्रधानमन्त्रीज्यूले बैठकमा कुरा राख्नुहुन्छ । त्यसबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा सबैसँग छलफल गरेपश्चात निर्णय हुन्छ’, उनले भने । 

आजै प्रधानमन्त्री प्रचण्डले संसदीय दलको बैठकमा शिक्षकसँग ...


नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको चौथो परिषद बैठक गोदावरीमा सम्पन्न

भदौ १०, काठमाडौ । नेपाल आयल निगममा कृयाशील रहेको नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको चौथो परिषद् बैठक गोदावरीमा सम्पन्न भएको छ । शनिबार सम्पन्न परिषद् बैठकले निगमका कर्मचारीको हकहित, वृत्ति विकास र आयल निगमको संस्थागत विकास सन्दर्भमा विभिन्न निर्णयहरु गरेको छ ।

परिषद्को उदघाटन नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय अध्यक्ष योगेन्द्र कुमार कुँवरले गर्नु भएको थियो । उहाँले श्रमिक कर्मचारीहरुको हकहित संरक्षण गर्दै रोजगारदाता संस्थाको संस्थागत विकास एवं आर्थिक अनुशासनको पक्षमा आवाज उठाउनु नै ट्रेड युनियनको धर्म रहने बताउनु भयो ।

यसैगरी ट्रेड युनियन कांग्रेसको अबको ...


आजको मौसम : पहाडमा वर्षा, तराईमा हावाहुरी

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले कोशी,मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

त्यस्तै कोशी प्रदेशका केही स्थान तथा मधेश र  बागमती प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको ...


सामाजिक सद्भावको पक्षमा उभिन धरानबासीलाई प्रधानमन्त्रीको अपिल

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीलाई अपील गरेका छन् ।  शनिबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले धरानबासीलाई यो अपिल गरको हुन् । उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् ।

केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे पनिसरकार गम्भीर रहेको उनले प्रष्ट पारेका छन् । 

हरेक समस्याको संवाद र सहमतिको बलबाटै समाधान गर्न सकिने भन्दै उनले धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ ...


शरणार्थी ठगी प्रकरण : उजुरीकर्ताको सङ्ख्या बढ्दै, लेनदेनको अडियो प्रहरीमा

काठमाडौँ - नक्कली परिचयपत्र बनाएर अमेरिका जान पाउने आशामा ठगिनेहरूको सङ्ख्या बढ्दै छ । ठगीमा संलग्न मोरङ घर भएका केशव दुलालसहित ४ जना पक्राउ परेसँगै पीडितहरूले उपत्यका अपराध अनुसन्धान कार्यालयमा धमाधम जाहेरी दिइरहेका छन् ।

हालसम्म उजुरीकर्ताको सङ्ख्या १ सय ४५ पुगेको छ । शुक्रवार सम्ममा १ सय ४५ जनाले उजुरी दिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) डा. मनोज केसीले रातोपाटीलाई जानकारी दिए । डा. केसीले भने, ‘उजुरकर्ता अझै बढ्न सक्छन् ।’

केशव दुलालसहितका आरोपीहरुबिरुद्ध सुरुमा ८१ जनाले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए । ...


नागरिकता विधेयकमाथि परामर्श  गर्दै राष्ट्रपति

काठमाडौं - करिव साढे सात महिनादेखि शीतल निवासमा अलपत्र नागरिकता विधेयकमाथि राष्ट्रपति रामचन्द्र पौडेलले कानूनी परामर्श थालेका छन् ।

आफ्नो सन्देशसहित एक पटक फर्काएको विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरेर पुनः पेश गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरी छाडेकी थिइन् । त्यही विधेयक अघि बढाउनेबारे राष्ट्रपति पौडेलले छलफल गरेका हुन् ।

गत असोजदेखि अलपत्र परेको विधेयक अब आएर प्रमाणीकरण गर्न सम्भव हुन्छ कि हुदैन, यदि सम्भव हुदैन भने यो विषयलाई कसरी टुंग्याउन सकिन्छ भन्नेमा राष्ट्रपति पौडेलले त्यसको कानुनी पाटोवारे छलफल थालेका हुन् ।

राष्ट्रपति कार्यालयका ...


पार्टी नेतृत्व प्रति गगनको आक्रोश : ''अब त अति भयो

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्री छनोटमा आपत्ति जनाएका छन्। कांग्रेसबाट ९ जना मन्त्री बन्दा आफूलाई उपेक्षा गरिएपछि महामन्त्री थापाले असन्तुष्टि जनाएका हुन् । उनले धेरै पटक प्रतिरोध गर्न खोजेको तर पार्टीको जिम्मेवारीमा रहेको सम्झिएर मौन रहेको, पार्टीभित्रै मत र अडान राखेको तर अहिले अति भएको बताए ।

आइतबार फेसबुकमा उनले लेखेका छन्,"कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा ...


टुकुचा खोला विवाद : उच्च अदालतले दिएको अन्तिम फैसलामा के छ ?

काठमाडौँ - उच्च अदालत पाटनले काठमाडौँको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भए पनि खोलामाथिको सम्पत्ति व्यक्तिगत सम्पत्ति ठहर गरेको छ ।

न्यायाधीशहरू महेश शर्मा पौड्याल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले गत माघ १८ गते सुनाएको फैसलाको आज सार्वजनिक गरिएको पूर्णपाठमा टुकुचा खोला भएको भए पनि खोलामाथि रहेको घर जग्गा भने व्यक्तिगत सम्पत्ति भएको हुँदा राज्यले हस्तक्षेप गर्न नपाउने उल्लेख छ ।

फैसलामा भनिएको छ, “टुकुचा (इच्छुमती) खोला र बागमतीको सहायक नदी रहेको र यति लामो बहाव रहेको अवस्थामा यस खोलालाई खोल्सा वा ढल ...


सरकार र चिकित्सक बिच ६ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं - आन्दोलनरत चिकित्सक र सरकारबीच आइतबार ६ बुँदे सहमति भएको छ। सहमतिपछि चिकित्सकले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।

माघ २७ गते शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो।

चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि आइतबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो।

वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, ...


टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो, ५३ लाख घरबारविहीन

काठमाडौं - टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । हजारौं घाइते भएका छन् ।

टर्कीमा मात्रै २४ हजार ६२७ जना र सिरियामा तीन हजार, ५७५ जनाले ज्यान गुमाएको तथ्यांक छ ।

मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ ।

टर्की र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् ।


टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको ...


भूकम्पको पीडामा रहेको टर्कीमा लुटपाटका घटना बढे

काठमाडौं - भूकम्पको पीडामा रहेको टर्कीमा लुटपाटका घटना बढ्न थालेका छन् । प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै हालसम्म ४८ जनालाई पक्राउ गरेको छ ।

गत सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प जाँदा टर्की र सिरियामा हालसम्म २८ हजार जनाको मृत्यु भइसकेको छ ।

समाचार एजेन्सी अनादोलुका अनुसार लुटपाटका घटनाबारे अनुसन्धानका लागि एक कमिटी गठन गरिएको छ । कमिटीको अनुसन्धानपछि आठ अलग-अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको छ ।

यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए ।

भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका ...


लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता (मन्त्रीको सूचीसहित)

काठमाडौं - लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री लीला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले शनिबार साँझ पूर्णता पाएको हो।

मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयका अनुसार आर्थिक मामिलामन्त्रीमा जोखबहादुर महरा बनेका छन्। यस्तै, चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री बनेका छन् ।

यसैगरी, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, तुलसीराम शर्मा, ...


किरण गजमेरको स्वरमा विकाश घले गुरुङको मर्मस्पर्शी गित

भ्वाईस अफ नेपाल सिजन ३ का बिजेता किरण गजमेरको आवाजमा 'केहि सम्झना' बोलको मर्मस्पर्शी गित रिलिज भएको छ। अमेरिका निवासी गजमेर भ्वाईस अफ नेपालको निकै रोचक मानिने राउण्ड 'ब्लाइण्ड अडिसन' मा सुजन चापागाईं र बिध्या तिवारीको 'देखेर तिमिलाई हेरेर तिमिलाई' बोलको गित गाएर आफुलाई सुरुमै दर्शक स्रोताको मनमा बसाल्न सफल भएका थिए।

अहिले बजारमा चल्ती एवं ब्यस्त गायकको रुपमा रहेका गजमेरले स्वर दिएको उक्त गितलाई बहुप्रतिभाशाली व्यक्तित्व चलचित्र निर्देशक विकाश घले गुरुङले लेखन तथा निर्देशन गरेका हुन्। बहु आयामिक व्यक्तित्व गुरुङ अहिलेका चर्चित नृत्य निर्देशक समेत ...


सन्दर्भ : १३०औं माओ दिवस : क. माओ र

गत १५ डिसेम्बरमा मैले एउटा फेसबुक स्टाटस पोष्ट गरेको थिएँ । त्यो यस्तो थियो : - "It is right to rebel. It is quite right but not wrong to rebel. N, it is the right time to rebel in Nepal for revolution."

यो पोष्ट पढेपछि एक जना विद्वान देसभक्त अभियन्ता मित्र Sk Timilsina जीले मलाई मेसेन्जरमै यस्तो प्रश्न पठाउनु भयो : " दाइ, विद्रोह किन गर्नु परेको छ भनी कारण सहित भन्न सकिन्छ ? के के कुरामा अनि यसको विकल्प के हुन सक्छ ?"

तत्पश्चात् मैले उहाँलाई ...


सत्ता बांडफांड प्याकेजमा, मै प्रधानमन्त्री बन्नुपर्छ भनेको छैन : प्रचण्ड

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न सबै कुरा दाउमा लगाउने काम आफूले नगरेको दावी गरेका छन्। चितवन पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति,सभामुख,उपराष्ट्रपति लगायतका पदहरुमा प्याकेजमा सहमति गर्ने दावी गरे।

‘राष्ट्रपतिले सात दिनको समय दिनुभएको छ। हामी गठबन्धन छलफल गरिरहेका छौं,’ उनले भने, ‘गठकन्धनभित्र सजिलै निर्णय हुन्छ।’ उनले गठबन्धनभित्र सामूहिक निर्णय गरिने उनले दावी गरे। उनले आफूले कतै पनि प्रधानमन्त्री आफू नै हुनुपर्ने दावी नगरेको टिप्पणी गरेका छन्।

देशको नेतृत्व लिने अवसर पाए गर्छु भनेको भन्दै उनले बाहिर प्रचारमा आएजसरी नबोलेको दावी गरे। ...


जनमत पार्टीको संसदीय दलको नेतामा सीके राउत सर्वसम्मत

काठमाडौं - जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पार्टीको संसदीय दलको नेता चयन गरिएको छ। आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मतरुपमा दलको नेतामा राउतलाई चयन गरेको हो।

यस्तै दलको उपनेता र प्रमुख सचेतक चयन गर्नका लागि आज १० बजे पुन: बैठक बस्ने जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए।

पहिलोपटक संसदीय राजनीतिमा होमिएका डा राउतले सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतान्तरले पराजित गरेका थिए।

प्रतिनिधि सभामा जनमत पार्टीले एक प्रत्यक्ष र पाँच जना समानुपातिक गरी ६ जना सांसद ...


रवि लामिछाने रास्वपाको संसदीय दलको नेता चयन

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसदीय दलको नेता चयन भएका छन्। पार्टीको बुढानीलकण्ठकस्थित एक होटेलमा जारी बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो।

चुनावअघि नै संसदीय दलको नेता छान्ने निर्णय गरे पनि कानुनी रुपमा मान्यता नपाउने भएपछि संसदीय दलको बैठकबाट नेता छानिएको हो।

लामिछानेको पार्टीले चुनावभन्दा अघि नै संसदीय दलको नेता छान्न उम्मेदवारी दर्ता गर्न आह्वान गरेको थियो। पार्टीका सम्पूर्ण साधारण सदस्यहरूले संसदीय दलको नेता चयनका लागि मतदान गर्न पाउने व्यवस्था गरिएको स्वतन्त्र पार्टीले जनाएको थियो।

राजनीतिक दलसम्बन्धी ऐनको दफा २४ मा निर्वाचित प्रतिनिधि ...


फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्वकपको उपाधी

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।

सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो ।

लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए । पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले अर्जेन्टिनाले २ गोलको अग्रता बनाएको थियो । तर, किलियान एम्बाप्पेले दोस्रो हाफमा दुई मिनेटको ...


कांग्रेसले खोल्यो खाता : मुस्ताङबाट योगेश विजयी

काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली विजयी भएका हुन् ।

यहाँ सात हजार दुई सय ३० मत खसेको थियो। योगेशले ३९९६ मतसहित जितेका हुन्।

यहाँ नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन्।

कांग्रेसले यहाँ जिल्ला सभापति रोमी गौचन थकालीलाई टिकट दिएको थियो। तर रोमीले आफूलाई पाएको टिकट छोरा योगेशलाई दिएका थिए।

मुस्ताङबाट जितेका योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्। उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन्।

उनी पर्यटन व्यवसायी र ...


अब काठमाडौंभित्र बहालमा बस्दा सम्झौता अनिवार्य

काठमाडौँ - काठमाडौं महानगरको बहाल व्यवस्था कार्यविधि’ को मस्यौदा विधायन समितिमा पठाइएको छ । महानगरकी उपमेयर एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको राजस्व परामर्श समितिले बैठकले व्यवस्थामाथि दफावार छलफल गरेर विधायन समितिमा पठाउने निर्णय गरेको हो ।

बैठकमा महानगरका निर्देशक एवं विधायन समितिका सदस्य सचिव वसन्त आचार्यले कार्यविधि प्रस्तुत गरेका थिए । मस्यौदा कार्यविधिमा ६ वटा परिच्छेद र एउटा अनुसूची छ । मस्यौदामा महानगरपालिकाभित्र बस्ने तथा व्यवसाय गर्ने प्रयोजनका लागि संरचना, स्थान वा जग्गा बहाल वा लिजमा लिँदा दिँदा अनिवार्य सम्झौता गर्नुपर्ने उल्लेख ...


स्थिर समय : चुनाव प्रचारका पोस्ट लाइक, कमेन्ट र सेयर गर्न नपाइने

काठमाडौँ, २०७९ मङ्सिर २ - - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गए राति १२ बजेदेखि नै स्थिर समय (मौन अवधि) सुरू भइसकेको छ।

यस अवधिमा दल वा उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन्।

निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जालमा नराख्न निर्वाचन आयोगले आग्रह पनि गरेको छ।

चुनावी प्रचार सामग्री सामाजिक सञ्जालमा नराख्न र लाइक, कमेन्ट, सेयर, ट्याग वा प्रतिकमेन्टसमेत नगर्न आयोगले प्रयोगकर्ताहरूलाई आग्रह गरेको हो।

आयोगले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवारको विज्ञापन पनि ...


८२ लाख ठगेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

विराटनगर - मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई ८२ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाखभन्दा बढी ठगी गरेको पाइएपछि कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार छ सय दुई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बचतकर्ताले रकम फिर्ताको माग गरेपछि ज्वेलर्स ...


निर्वाचनको स्थिर समय जारी, के गर्न पाइन्छ के पाइँदैन ?

काठमाडौँ - गए राति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन्।

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू भएको निर्वाचन आयोगले जनाएको छ। स्थिर समय लागू भएसँगै लामो समय निर्वाचनका लागि चहलपहल भएको गाउँघर तथा शहरबस्तीको वातावरण चकमन्न बनेको छ।

दलका नेता, कार्यकर्ता घर बाहिर देखिएका छैनन्। स्थिर समय लागू भएसँगै राजनीतिक गतिविधिमा शून्यता देखिएको छ। मतदातालाई ...


पर्यटकलाई शहरभन्दा गाउँ प्यारो : घान्द्रुकमा घुइँचो, पोखरामा पातलो

पोखरा - कास्कीका मुख्य पर्यटकीय गाउँमा पाहुनाको घुइँचो लाग्न थालेको छ । दसैँ–तिहारलगत्तै कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङघलेललगायत गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पोखरा घुम्न आएकाहरू आजभोलि पोखरामा मात्र सीमित हुन चाहँदैनन् । उनीहरुको रोजाइ हुने गरेको छ, वरपरका गाउँबस्ती र थुम्का । पोखराको सुविधासम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटक गाउँसम्म पुगेर त्यहाँको आतिथ्यता र प्राकृतिक सुन्दरतासँग रमाउन थालिसकेका छन् ।

पर्यटकीय गाउँ घान्द्रुकमा दैनिक दुई हजारभन्दा बढी पर्यटक पुग्ने गरेको स्थानीय व्यवसायी अमृत गुरुङले जानकारी दिए । कोरोनाका समयमा पर्यटकका लागि बन्द ...


मतदान अधिकृतहरूलाई तटस्थ भएर काम गर्न आयोगको निर्देशन

काठमाडौँ - निर्वाचन आयोगले मंसिर ४ को चुनावमा खटिएका मतदान अधिकृतहरूलाई तटस्थ भएर काम गर्न निर्देशन दिएको छ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनाव निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिका महत्वपूर्ण हुने बताए।

चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा आयोजित तालीममा बोल्दै उनले कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि प्राप्त जिम्मेवारीलाई तटस्थ, इमानदार र निष्पक्ष भएर गहनरूपमा महसुस गरेर काम गर्न निर्देशन दिएका हुन्।

मतदाताको सार्वभौम मतको उपयोगलाई सहजरूपमा गर्न दिने ...


ट्विटरको ब्लु टिकका लागि पैसा तिर्नुपर्ने नियम किन हट्यो ?

काठमाडौं - ट्विटरको ब्लु टिकको लागि ८ डलर तिर्नुपर्ने निर्णयमा तत्कालका लागि रोक लगाइएको छ। एलन मस्कले ट्विटर खरिद गरेपछि अकाउन्ट भेरिफिकेसन (ब्लु टिक)का लागि ८ डलर तिर्नुपर्ने नयाँ नियम ल्याएका थिए।

८ डलर तिरेपछि ब्लु टिक लिन पाइने नियम लागू भएपछि कैयौं फेक अकान्ट बनेको र तिनीहरुले ब्लु टिक पनि मिलेको थियो। ब्लु टिक पाएपछि फेक अकाउन्ट पनि कम्पनी तथा सेवा प्रदायकको वास्तविक अकाउन्ट जस्ते देखिन थालेका थिए।

यस्तै एक प्रकरणमा एली लिलि नामक कम्पनीको एक फर्जी अकाउन्ट बनाइएको थियो। ब्लुक टिक पाएको उक्त अकाउन्टबाट लेखिएको ...


धादिङ जिप दुर्घटनामा परि १ जनाको मृत्यु, ५ घाइते

धादिङ - धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा शनिबार राति बुलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको ग १ ज ५५८० नम्बरको बुलेरो सडकबाट खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा ज्वालामुखी–४ का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

दुर्घटनामा चालक सहित ५ जना घाइते भएका छन्। घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ।

...

भुकम्प जाने क्रम नरोकिएपछि स्थानीयलाई घर बाहिरै बस्न प्रहरीको माइकिङ

काठमाडौं - शनिबार बेलुकी बझाङको खप्तडछान्न गाउँपालिका–६ पाटादेवल गाउँ आसपास केन्द्र बनाएर भुकम्प गएपछि प्रहरीले स्थानीयलाई घरबाहिरै बस्न आग्रह गरेको छ।

भूकम्पको धक्काले घरहरु चर्किरहेको र भत्किने जोखिम रहेकाले स्थानीयलाई घर बाहिरै बस्न भनिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। पाटादेवल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) रामबहादुर बमले स्थानीयलाई घर बाहिरै बस्न भनेर माइकिङ गर्न थालिएको बताए।

‘गत मंगलबार राति (बुधबार बिहान) आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्किएपछि घरहरु भत्किने जोखिम बढेको छ। यस्तो अवस्थामा घरभित्र बस्नु झन् जोखिमपूर्ण हुने भएकाले बाहिरै बस्न ...


आसन्न संसदीय निर्वाचनबारे द्वन्द्वात्मक कार्यनीति :

आगामी मंसिर ४ गते हुन गैरहेको संसदीय निर्वाचनबारे के कस्तो नीति अवलम्बन र कार्यान्वयन गर्ने भन्ने प्रश्न एउटा जटिल, गम्भीर र महत्वपूर्ण प्रश्न हो ! यो प्रश्नको सही उत्तरले नेपाली जनवादी र समाजवादी क्रान्तिको रणनीतिलाई राम्रो सहयोग पुराउन सक्दछ । त्यसैले आसन्न निर्वाचनलाई के गर्ने ? परम्परागत रुपमा चलिआएझैं उपयोग गर्ने वा बहिष्कार गर्ने कार्यनीति अवलम्बन गर्ने कि हाम्रो नेपालको विशिष्ट अवस्थामा मौलिक र द्वन्द्वात्मक कार्यनीति अवलम्बन गर्ने भन्ने प्रश्न अझ ज्वलन्त प्रश्न बनेर उपस्थित भएको छ ।

कुनै पनि देसको क्रान्तिको ...


क. सुरेश वाग्ले :  एक बहुआयामिक व्यक्तित्व !

प्रारम्भ :
आज भाद्र २३ गते २४ औं बासु स्मृति दिवस सुरेश वाग्ले (क.बासु) र भीमसेन पोख्रेलको हत्या भएको दिनका सन्दर्भमा उहाँहरुप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली ! यस सन्दर्भमा क . बासु सँगको सहकार्य गर्ने अवसर पाएकाले उहाँबारे केही लेख्नु मेरो कर्तब्य भएकाले लेख्नु वान्छनीय भएको छ ।

क. सुरेश वाग्ले (बासु) सँग मेरो प्रत्यक्ष परिचय उहाँ केन्द्रीय समितिमा आएपछिको केसको बैठकमा मात्र भएको हो । तत्पश्चात् उहाँको शहादत नहुँदासम्मका आधादर्जन जति बैठकहरुमा भएका पार्टीका नीति, विधि, योजना र कार्यक्रमहरु निर्माण गर्नेक्रममा भएका ...


काठमाडौँ  जिल्ला बारमा आर.सी. विमलको प्यानल नै विजयी

काठमाडौँ - देशकै ठुलो बार इकाई काठमाडौँ जिल्ला अदालत बार एसोसियसनमा अधिवक्ता रामचन्द्र पौडेल (आर.सी. विमल) नेतृत्वको प्यानल नै विजयी भएको छ । नेपाल डेमोक्रेटिक लयर्स एशोसियन (डिएलए)को तर्फबाट रामचन्द्र पौडेल समूहको प्यानल नै विजयी भएको हो ।

२०७९ असार ३२ भएको निर्वाचन मार्फत पौडेल २ वर्षे कार्यकालका लागि अध्यक्षमा चुनिए । कार्यसमितिको उपाध्यक्षमा पुरुषोत्तम अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सचिवमा अञ्जु रेग्मी अर्याल, कोषाध्यक्षमा सन्तोष भण्डारी विजयी भए।

खुल्ला सदस्यमा क्रमशः भिष्म निरौला, मदनकुमार दहाल, संकल्प क्षेत्री, सुर्यमणी राई, सुनिल थापा, सुर्यबहादुर दौल्याल, सुवास पाठक विजयी भए ...


नेपालमा नागरिकता : समस्या र समाधानका विविध आयामहरु !

समस्याका आयामहरु :

१. नेपाली नेता-शासकहरुको राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन र चरित्र : यो नै नेपालका यावत् समस्याहरुका साथै नेपालमा नागरिकताको समस्याको पनि प्राथमिक र प्रधान कारक हो ।
नेपालमा नागरिकताबारेको समस्या मूलतः भारतसँग सम्बन्धित छ । सामान्यतया सबै शक्तिराष्ट्र र विशेषत: भारतीय विस्तारवादप्रति नेपालका नेता-शासकहरुद्वारा गरिने दासता र दलाली, भक्ति र भजन अनि चाकरी र चापलुसी आदिद्वारा प्रचार-प्रशंसा, पद-पैसा र सुख-सुविधा प्राप्तगर्ने उनीहरुको लोभी र लाछी, लाचार र लाँकर अनि दब्बु र दरिद्र प्रवृत्ति मुख्य समस्या हो । यसै समस्याबाट नै नेपालमा अन्य तमाम समस्याहरु जन्मिएका, ...


काठमाडौंका मेयर बालेन शाहलाई १८ प्रश्न (अन्तर्वार्ता)

मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन्।

उनले सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितलाई पराजित गरे।

‘र्‍यापर’को पहिचान बनाएका प्रमुख शाहले ह्वाइट हाउस इन्ष्टिच्युड अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।

संविधानले स्थानीय तहलाई सरकारका रूपमा परिभाषित गरेको छ। माध्यामिक शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी, भाषा, संस्कृतिको संरक्षण र विकासलगायत अधिकार स्थानीय तहका क्षेत्राधिकारभित्र पर्दछन्।

जनप्रतिनिधिमा इच्छाशक्ति भएमा छोटो समयमै स्थानीय ...


काठमाडौंको मेयरमा तीन जनाबाहेक सबैको जमानत जफत

काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनमा बालेन शाहसहित तीन जनाबाहेक सबैको जमानत जफत भएको छ। उपमेयरतर्फ पनि तीन जना मात्र जमानत जोगाउन सफल भए।

नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित भएका छन्। यो मेयर पदमा खसेको कुल सदर मतको ३८.६३ प्रतिशत हो।

निर्वाचन आयोगका अनुसार मेयर पदमा खसेको सदर मत १ लाख ५९ हजार ९ सय ६ हो। कुनै पनि उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत ल्याउनुपर्ने कानुनी प्रावधान छ।

दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३ सय ...


मेयरमा पराजित भएपछि सिर्जना सिंहले दिइन मतदातालाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा पराजित नेपाली कांग्रेसकी सिर्जना सिंहले आफूले मतदाताको मत जित्न नसकेपनि मन भने जिकेको बताएकी छन।

उनले नगरवासीले दिएको अपार माया, हौसला र समर्थनप्रति आभार प्रकट गरेकी छन्। 'विजयी हुने गरि निश्चय नै मत जित्न सकिनँ तर नगरवासी आमाबुबा, दिदीबहिनी, दाजुभाइको मन जित्न सकेँ। अत: लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापुर्वक स्वीकार र आत्मसात गर्दछु।'

उनले काठमाडौं महानगरको प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई बधाई र शुभकामना पनि दिएकी छन्। साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिँदै महानगरवासिको भावना बमोजिम कार्य गर्न पूर्ण ...


काठमाडौंलाई बिश्वकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्छु : मेयर बालेन

काठमाडौं - काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) शाहले काठमाडौं महानगरपालिकालाई बिश्वकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्ने बताएका छन्।

शुक्रबार मेयरमा निर्वाचित भएको औपचारिक घोषणापछि राष्ट्रिय सभागृहमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यसका लागि आफ्नो सम्पूर्ण क्षमता, योग्यता र कुशलतालाई प्रयोग गर्ने बताए।

शाहले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण महानगरबासीलाई धन्यवाद दिए। उनले पाँच वर्ष काठमाडौं महानगरपालिकाबाहेक अन्यत्र समय नदिने र आफ्नो पूर्ण क्षमतालाई काठमाडौं महानगरबासीका लागि प्रयोग गर्ने बताए।

'यो पाँच वर्ष काठमाडौं महानगरपालिकाबाहेक म अन्यत्र समय दिने छैन। काठमाडौं महानगरपालिकालाई व्यवस्थित बनाउन, स्वच्छ बनाउन, बिश्वकै उत्कृष्ट ...


काठमाडौंको मेयरमा बालेन शाह निर्वाचित, उपमेयरमा सुनिता डंगोल

काठमाडौँ - काठमाडौं महानगरपालिकाको नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्। बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्।

लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्। त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन्। एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।

बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका ...


सौगात अभिनित 'घनचक्कर' को ट्रेलर सार्वजनिक, असार १० मा प्रदर्शन

काठमाडौँ - सौगात मल्ल अभिनित ठुलो पर्दाको चलचित्र 'घनचक्कर' को ट्रेलर सार्वजनिक भएको छ। राइजिङ्ग मल स्थित क्युज सिनेमाको थिएटरमा आज एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।

जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको फिल्म असार १० गतेबाट देशभर रिलिज हुँदैछ।

फिल्ममा मल्ल संगै सलोन बस्नेत, जेवी डिसी, कस्मिरा लामा, सरोज खनाल, शिशिर भण्डारी, कृष्णभक्त महर्जन, आशान्त शर्मा, ममता प्रधान, नरेन खड्का, इश्वरी खड्का, घनश्याम जोशी, प्रवन भुषाल, दामोदर पौडल, कर्ण प्रिय, जनक घर्तिमगर, हरी लम्साल लगायतको अभिनय रहेको छ।

फिल्ममा सुसन प्रजापतिको छायाँकन, अर्जुन सिंहको कथा, काजि ...


बालेन १८ हजार ७७ मतले अगाडी, सिंह र स्थापितको कमब्याक अब असम्भव जस्तै

काठमाडौँ - काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन्।

काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेकोमा हालसम्म १ लाख २४ हजार ५४४ मत गणना भइसकेको छ। सुरुवाती देखि नै लिड गरि अग्रता फराकिलो बनाउंदै लगेका बालेन दोश्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंह भन्दा १८ हजार ७७ मतले अगाडी पुगिसकेका छन्।
यसरी हेर्दा अब सिर्जना सिंह र नेकपा एमालेको उम्मेदवार केशव स्थापितलाई कमब्याक गर्न मुस्किल मात्रै नभएर असंभव जस्तै भैसकेको छ।

सोमबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बालेन ...


सात सय सत्ताइस पालिकाको नतिजा सार्वजनिक हुँदा कसले कति जिते ?

काठमाडौँ - स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २७ वटा पालिकाको सार्वजनिक भएको छ।

जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ। यसैगरी नेकपा एमाले दोस्रोमा छ। नेकपा माओवादी केन्द्र तेस्रोमा छ।

कांग्रेसले हालसम्म १३२ मेयर र १८८ अध्यक्षसहित ३२० वटा पालिकाको प्रमुख पद जितेको छ। यस्तै १०४ पालिकामा उपमेयर र १८९ पालिका उपाध्यक्षसहित कुल २ सय ९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ।

यस्तै नेकपा एमालेले हालसम्म १ सय ९८ वटा पालिकाको प्रमुख जितेको छ भने २ ...


भक्तपुरमा सुनिल प्रजापति भारी मतान्तरले बिजयी, सबैको जमानत जफत

भक्तपुर नगरपालिकामा मेयरमा निर्वाचित नेमकिपाका सुनिल प्रजापतिले ८ दलका र ५ स्वतन्त्र उम्मेदवारको जमानत जफत गराइएदिएका छन् ।

अन्तिम परिणामअनुसार सुनिलले २९ हजार २ सय मत पाउँदा उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ३ सय ५२ मत मात्र प्राप्त गरे।

उपमेयरमा पनि नेमकिपाकी रजनी जोशी २९ हजार ६ सय ९५ मत ल्याएर विजयी भएकी छन्। उनकी निकट प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २ हजार ७ सय ८४ मत ल्याइन्।

जमानत जोगाउन खसेको मतको १० प्रतिशत कटाउनुपर्छ । भक्तपुरमा प्रजापतिसँग प्रतिस्पर्धामा ८ वटा दल र पाँच ...


२२ वर्षीय राजाबाबु चुनिए रामनगर गाउँपालिकाका अध्यक्ष

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव ४०८१ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २३९२ मत ल्याए।

स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले १७०७ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपाध्यक्षमा माओवादीकी गीता देवीले ३५२३ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २६३७ मत ल्याएकी छन्।

२०७४ सालको निर्वाचनमा यहाँबाट नेपाली कांग्रेस कृष्णप्रसाद बर्मा अध्यक्षमा निर्वाचित भएका थिए। गएको वर्ष असार २० गते उनको निधन भएको थियो।

अध्यक्षमा निर्वाचित यादव ...


भरतपुरमा विजय र रेनु बीच झिनो मतान्तर

भरतपुर महानगरमा १३३६४ मत गणना भएको छ। मेयरमा अहिलेसम्म एमालेका विजय सुवेदीले ४५५० मत पाएका छन्। गठबन्धनका तर्फबाट मेयर उम्मेदवार रहेकी रेनु दहालले ४४९५ मत पाएकी छन्। उनीहरूको मतान्तर ५५ छ।

बागी उम्मेदवार जगन्नाथ पौडेलले १९९८ मत ल्याएका छन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५३१३ मत पाएका छन् भने

राप्रपाकी हिमला गुरूङले ३६२२ पाएकी छन्।

मतगणना जारी छ।

...

घोराहीमा एमालेका नरूलाल १८२८ मतले अगाडि

घोराही उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नरूलाल चौधरीले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा यसअघिका मेयरसमेत रहेका चौधरीले १३००१ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड)ले १११७४ मत प्राप्त गरेका छन्। सुरूदेखि नै शर्माले चौधरीलाई लिड गर्दै आएको भए पनि पछिल्लो समय चौधरीले मतान्तर बढाउँदै लगेका छन्। उनीहरूको बीचको मतान्तर १८२८ रहेको छ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी हुमाकुमारी डिसीले १२५२२ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहाडुर डाँगीले १२४५० मत ...


१ सय १८ पालिकाको नतिजा आउँदा कसले कहाँ जिते ? (सुची सहित)

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अहिलेसम्म ११८ पालिकाको मतपरिणाम आएको छ। अन्यमा आउने क्रम जारी छ।

मतपरिणामअनुसार अहिलेसम्म कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले ४३ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ भने दोस्रो स्थानमा रहेको एमालेले ४० पालिका जितेको छ। तेस्रो स्थानमा माओवादी केन्द्र छ।

हेर्नुस् कसले कहाँ जिते

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:

१. मनाङको नार्पा भूमी गाँउपालिका: अध्यक्ष कोन्जो तेन्जीङ लामा

२. मनाङको नासोँ गाउँपालिका: अध्यक्ष धनबहादुर गुरुङ

३. मुस्ताङको घरपोझङ गाउँपालिका: अध्यक्ष मोहनसिंह लालचन

४. गुल्मीको रेसुङ्गा नगरपालिकामा: अध्यक्ष खिलध्‍वज पन्थी

५. गन्यापधुरा गाउँपालिका: अध्यक्ष ईन्द्रबहादुर कार्की

६. गुल्मीको गुल्मीदरबार गाउँपालिका: ...


भरतपुर महानगरपालिकामा रेणु दाहालको अग्रता कायमै

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी रेनु दाहालले सर्वाधिक १२०८ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १०८७ मत पाएका छन् ।

यस्तै मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ खतिवडाले ४३० मत प्राप्त गरेका छन् । कुल ३३०५ मत गणना हुँदा काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले ४३० मत प्राप्त गरेका हुन् ।

यस्तै उपमेयरतर्फ काँग्रेसका चित्रसेन अधिकारीले १३३० मत पाउँदा राप्रपाकी हिमला गुरुङले ८७७ मत पाएकी छन् । यसैबीच भरतपुर महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा ...


कांग्रेसको उपमेयर नभएको ललितपुरमा रुखलाई दोस्रो स्थानको मत

कांग्रेसले उपमेयर नउठाएको ललितपुर महानगरमा उपमेयरमा रुख चिह्नमा समेत मत परेको छ । सत्ता गठबन्धनले तालमेल गरेको उक्त महानगरमा कांग्रेसको मेयर र माओवादी केन्द्रको उपमेयरको उम्मेदवार छन् ।

उक्त महानगरमा कांग्रेसको रुख चिह्नमा ३११ मत खसेको छ । जबकी, गठबन्धनबाट उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १६७ मत पाएका छन् ।

यस्तै, मेयरमा उम्मेदवारी नदिएको माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्मा १० मत परेको छ ।

उपमेयरमा एमालेका उम्मेदवारले पहिलो स्थानको मत पाएका छन् । एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले उपमेयरमा ४२० मत ल्याएकी छन् ।

ललितपुरमा कांग्रेसका मेयर ...


काठमाडौं महानगरपालिकामा अग्रता बढाउदै बालेन

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्नो अग्रता बढाउदै लागेका छन्। बालेनले अहिलेसम्म २०७१ मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याएका छन्। नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएकी छन्।

महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा मतगणना गरिएको छ।

वडा नम्बर १ मा बालेन शाहले ४४९ मत, सिर्जना सिंहले २७७ र केशव स्थापितले २०३ मत पाएका छन्।

वडा नम्बर २ मा शाहले ४५७, सिंहले १६० र स्थापितले ३०२ मत पाएका छन्।

वडा नम्बर ३ मा शाहले २१४, ...


बालेनले हालसम्म गणना भएका वडामा स्थापित र सिर्जना भन्दा कति बढी मत पाए ?

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्नो अग्रता बढाउदै लागेका छन्। बालेनले अहिलेसम्म २०७१ मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याएका छन्। नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएकी छन्।

महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ मा मतगणना गरिएको छ।

वडा नम्बर १ मा बालेन शाहले ४४९ मत, सिर्जना सिंहले २७७ र केशव स्थापितले २०३ मत पाएका छन्।

वडा नम्बर २ मा शाहले ४५७, सिंहले १६० र स्थापितले ३०२ मत पाएका छन्।

वडा नम्बर ३ मा शाहले २१४, ...


निर्धक्क भएर मतदान गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा निर्धक्क भइ मतदान गर्न आह्वान गरेकी छन्।

शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुन गइरहेको पूर्वसन्ध्यामा बिहीबार राष्ट्रपति भण्डारीले एक सन्देश जारी गर्दै निर्धक्क भएर मतदान गर्न मतदाताहरुलाई आह्वान गरेकी हुन्। राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्नु सबैको दायित्व भएको पनि बताएकी छन्।

निर्वाचनलाई समाज र राष्ट्रका विकासका मुद्दाहरूलाई जनताको घरदैलोसम्म पुर्‍याउने विशेष अवसरका रूपमा ग्रहण गर्नुपर्ने बताउँदै उनले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै जनताले निर्वाचित ...


ठुला नेता : कसले कहाँबाट मतदान गर्दैछन ?

काठमाडौं - स्थानीय तहको निर्वाचन शुक्रबार हुँदैछ। एकै चरणमा हुन लागेको यो निर्वाचनबाट पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, खुला वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी कुल ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित (केही पदको निर्वाचन तत्कालका लागि स्थगित भएको) हुँदैछन्।

निर्वाचनका प्रयोजनका लागि निर्वाचन आयोगमा ७९ वटा दल दर्ता भएका छन्। जसमध्ये ६५ वटा दलले मात्रै निर्वाचनमा मनोनयन दर्ता गराएका छन्।

देशभर कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ ...


माओवादी नेता पुन र पूर्वसभामुख घर्तीले रोल्पामा गरे मतदान

रोल्पा - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले गृहजिल्ला रोल्पामा मतदान गरेका छन्।

पुन र घर्तीले रोल्पा नगरपालिका–७ माडीचौरस्थित बालउदय मावि केन्द्रबाट बिहान ७ बजे मतदान गरेका हुन्। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा आफूलाई मन पर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आफ्नो दलका तर्फबाट सबै प्रकारको सहयोग गर्न तयार रहेको उनले बताए। रोल्पामा रोल्पा नगरपालिकासहित १० स्थानीय तह छन्।

माओवादी केन्द्र एक्लै र कांग्रेस, एमाले, विप्लव नेतृत्वको नेकपा र राप्रपाले चुनावी गठबन्धन गरेका ...


सिर्जना सिंहसँगै प्रकाशमानले गरे मतदान

काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नम्बर १६ बाट मतदान गरेकी छन् । सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गरेकी हुन् ।

उनीसँगै काँग्रेस नेता प्रकाशमान सिंहले पनि मतदान गरेका छ्न् । यसअघि मेयरका अर्का प्रत्यासी केशव स्थापितले बागबजारस्थित मतदान केन्द्रबाट मतदान गरेका थिए ।

 

...

भरतपुर मेयरकी उम्मेदवार रेनु गरिन् मतदान

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । दाहालले भरतपुर–१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सोही स्थानबाट मतदान गरेका थिए ।

...

रूकुम पश्चिममा माओवादी र कांग्रेस बीच झडप, ५ जना घाइते

रूकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। मतदातालाई पैसा बाँडेको आरोप लगाउंदै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो। झडपमा परि पाँच जना घाईते भएका छन्।

घाईते हुनेमा नेपाली कांग्रेसका डिल्ली केसी, लालवीर वली, डायमन केसी तथा माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ती छन्। डिल्लीको टाउको र बाँया हातमा चोट लागेको छ भने डायमनको खुट्टामा चोट छ। बुढा र घर्तीको टाउकोमा चोट छ ।

घाइते सबैको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ।

जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई पैंसा बाँडिरहेको कांग्रेसले आरोप ...


मतदानका लागि तीन दिन हिड्नुपर्ने

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ।

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो।

स्थानीयवासी चित्रबहादुर तिलिजाले मतदान हुनुभन्दा एक दिनअघि घरबाट हिँडेर भोलिपल्ट मतदान गरेर मात्र फर्कने गरिएको बताए।

‘मतदान हुने अघिल्लो दिन गाउँबाट हिँडेर नाउरामा पुगेपछि बास बस्छौं, भोलिपल्ट मतदान केन्द्रमा पुगेर मतदान गरी फर्केपछि नाउरामै बास बस्छौं’, उनले भने, ‘घरबाट हिँडेको तेस्रो दिनमात्र फर्कन सकिन्छ।’

धवलागिरि हिमालको आधार शिविर जाने ...


धादिङमा माओवादीबाट काँग्रेसका वडाध्यक्ष उम्मेदवार कुटिए

धादिङका माओवादी कार्यकर्ताहरुको कुटाइबाट कांग्रेस वडा अध्यक्ष पदका उम्मेदवार भुपेन्द्र श्रेष्ठ घाइते भएका छन् । बुधबार धादिङ्को नीलकण्ठ नगरपलिका ६ स्थित सुनौलाबजारको देउराली छापमा माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार श्रेष्ठमाथि आक्रमण गरेका हुन् ।

भोर्लेबाट फर्कदै गरेका अवस्थामा माओवादीको आक्रमण हुँदा उनीसहित अन्य २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय घादिङ्ले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेहरुमा भुपेन्द्र श्रेष्ठ, तेज कुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ, सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णु कुमार श्रेष्ठ, राजकुमार उपरकोटी, रामहरी मगराती, राजकुमार श्रेष्ठ ...


 बिहीबार पनि मतदाता परिचयपत्र वितरण जारी

काठमाडौं - निर्वाचन आयोगले बिहीबार पनि मतदाता परिचयपत्र वितरण गर्ने भएको छ। आयोगले नयाँ मतदातालाई मतदान केन्द्रबाटै मतदाता परिचयपत्र बाँडिरहेको छ।

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधबारदेखि मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण थालिएको हो। जुन क्रम बिहीबार पनि जारी रहनेछ।

आयोगले मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिन मतदान अधिकृत र मतदानमा खटिएका कर्मचारीहरूलाई निर्देशन दिइसकेको छ।

आयोगले कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान ...


सिन्धुपाल्चोकमा काँग्रेस र एमाले बीच कुटाकुट, दुई घाइते

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोकमा नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताहरुको बिचमा कुटाकुट भएको छ । गएराति साढे १० बजेतिर चिर्पट र खुकुरी प्रयोग गरेर कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

कुटपिटमा एमाले समर्थक ३६ वर्षका खेन्जो तामाङ र काँग्रेस समर्थक ६० वर्षीय मानदोर्जे तामाङ घाइते भएका छन् । कुटपिटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलम्बु–३ घर भएका छिरिङ दोङ भन्ने प्रेमसिंह पाख्रिन, आईतमान तामाङ र मनजित तामाङ छन् ।

खेन्जो तामाङको घरमा ढुंगा हानेको विषयमा विवाद हुँदा झडपको ...


नेकपा (बहुमत)का संयोजक बाँस्तोला भालुवाङबाट प्रहरी नियन्त्रणमा

काठमाडौं - हालै मात्र नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएर बनेको नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला 'कञ्चन' लाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँस्तोलालाई बिहीबार बिहान ५ बजेतिर दाङको भालुवाङबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पोखराबाट कोहलपुर जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरि दाङको भालुवाङमा राखेको नेकपा (बहुमत)का नेता गुणराज लोहनीले जानकारी दिए।

सार्वजनिक बस चढेर कोहलपुर गइरहेका बाँस्तोलालाई प्रहरीले षडयन्त्रमूलक तरिकाले गिरफ्तार गरेको लोहनीले बताएका छन्।

उता जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले शुक्रबार हुने निर्वाचन शान्तिपूर्ण गराउने सवालमा बास्तोलासँग सोधपुछ भइरहेको जानकारी दिए।

एसपी काफ्लेका अनुसार बास्तोला प्रहरी घेरामै ...


गाउँपालिका अध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा !

कन्याम - इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सन्दकपुर ५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा स्थानीयले लखेटेका थिए।

एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार राईसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्की समेत मौन अवधिमा प्रचार–प्रसारको काममा लागेका थिए। स्थानीयलले लखेटेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले दुवैलाई नियन्त्रणमा लिएकोे हो।

जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए।

मौन अवधिमा राईले मतदातालाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयले विरोध गरेका थिए। आचारसंहिता उल्लङ्घन गरेको ...


काभ्रेमा भएको दुर्घटना अनुसन्धान गर्न डीएसपीको नेतृत्वमा समिति गठन

काठमाडौं - काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डाला बेशीमा भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु र १९ जना घाइते हुनेगरी भएको घटनाको अनुसन्धान गर्न एक समिति बनाइएको छ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर गृहमन्त्री बालकृष्ण खाणले घटनाबारे अनुसन्धान गर्न छानबिन समिति बनाउन निर्देशन दिएका हुन्।

त्यसपछि जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको छ। समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक ...


निर्वाचन आयोगका पदाधिकारीले भेटे राष्ट्रपतिलाई

काठमाडौं - निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरू बुधबार दिउँसो राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए।

भेटमा प्रमुख निर्वाचन थपलियाले आयोगले माघ २५ गतेदेखि निर्वाचन कार्यतालिका स्वीकृत गरी सोही बमोजिम काम थालेको र अहिले तयारीको काम अन्तिम चरणमा पुगेको राष्ट्रपतिलाई जानकारी गराए।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले आयोगको तयारी सन्तोषजनक रहेको र स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको विश्वास व्यक्त गरिन्।

तर, निर्वाचन सुरक्षा प्रबन्धमा विशेष संवेदनशील हुन तथा मतदाताहरूले आफूले रोजेको उम्मेदवारलाई निष्पक्ष ...


माओवादीको र्‍यालीमा सहभागी भएको भन्दै एमाले कार्यकर्तामाथि कुटपिट

कञ्चनपुर - कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबाट नेकपा एमालेका कार्यकर्ता कुटिएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थीमाथि माओवादीले कुटपिट गरेको एमाले कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दले बताए। उनका अनुसार अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बुधबार बागफाँटामा संयुक्त र्‍याली निकालेको थियो।

उक्त र्‍यालीमा पुगेको भन्दै एमाले कार्यकर्तामाथि माओवादीले कुटपिट गरेको आरोप लागेको छ। माओवादी केन्द्रका वीरेन्द्र चन्द र रघुवीर धामीलगायतको समूहले कुटपिट गरेको भन्दै एमालेले ...


लबश्री न्यौपाने भन्छन : ''फराकिलो मतान्तरले रामेछापमा मेयर जित्छु ''

रामेछाप - नेपाली काँग्रेसका तर्फबाट रामेछाप नगरपालिकाका मेयर पदका उमेद्वार बनेका लबश्री न्यौपानेले आफु तथा आफ्नो पार्टीले फराकिलो मतान्तरले चुनाव जित्ने दावी गरेका छन्। उनले २००० भन्दा बढी मतान्तरले चुनाव जित्ने दावी गरे ।

नौ वटा वडा रहेको रामेछापमा यो पटक नेपाली काँग्रेसले पाका तथा अनुभवी नेता लबश्री न्यौपानेलाई नगर प्रमुखको उम्मेदवारको रुपमा उतारेको छ । साविक रामेछाप गाविसमा निर्वाचित भै काम गरेका न्यौपाने रामेछापका पुराना नेता हुन्।

न्यौपानेले आफुले निर्वाचन जितेपछि आगामी ५ बर्ष भित्र प्रत्येक नगरवासीका घर घरमा खानेपानीको धारा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका ...


आयल निगमको उपप्रवन्धकबाट राजीनामा दिएर गाँउपालिका अध्यक्षमा भिड्दै राई

नेपाल आयल निगमको उपप्रबन्धक पदको जागिर छोडेर गोपालचन्द्र राईले यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङको द्रिपुङ चुईचुम्मा गाउँपालिका अध्यक्षका लागि लड्दै छन् । निगमका ७ औँ तहका जागिरे राई २०६९ चैत १ गते आयल निगमका सेवा प्रवेश गरि ९ वर्ष निगममा रही काम गरे।

नेकपा माओवादीबाट अध्यक्षका उम्मेदवार बनेका राईले समाज परिवर्तन गर्ने मुख्य बाटो नै राजनीति भएकाले संस्थानको जागिर छाडेर गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएको उनले बताए।

जागिरे जीवन सुरु गरेसँगै पेशागत सङ्गठनमा आबद्ध भएका राईले नेपाल आयल निगम राष्ट्रिय कर्मचारी सङ्गठन ट्रेड युनियनको ...


नारायणगढको चारतले भवनमा आगलागी, ६ वटा पसल जले !

चितवन - नारायणगढ कमलनगरस्थित एउटा चारतले भवनमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । स्थानीय तुल्सीराम सापकोटाको चारतले घरको पहिलो तलामा विभिन्न विभिन्‍न व्यक्तिले संचालन गरेको इलेक्ट्रोनिक पसल, जुत्ता चप्पल र कपडाको गोदाम लगायतका सटरमा आगलागी भएको हो ।

राति २ बजेदेखि लागेको आगो चार वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयको सहायतमा बिहान ७ बजे मात्रै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए । भरतपुर महानगरपालिकाको एक, खैरहनी नगरपालिकाको दुई र नेपाली सेनाको एउटा दमकलले आगो निभाइएको हो ...


उम्मेदवारको नामावली प्रकाशन आज, उम्मेदवारी फिर्ता लिने भोली !

काठमाडौं - निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दर्ता भएको निर्वाचन मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरिरहेको छ। बुधबारदेखि जारी मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने काम आज पनि जारी रहने आयोगको कार्यतालिका थियो।

आयोगले मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो। आजै साँझ ६ बजे मनोनयन भएको उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ।

त्यस्तै, आयोगको तालिका अनुसार भोलि (शुक्रबार)साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। भोलि नै आयोगले अन्तिम नामावली प्रकाशन गर्ने बताएको छ। शनिबार चुनाव चिह्न प्रदान गर्ने आयोगको ...


आजदेखि राति १२ बजेसम्म आन्तरिक उडान

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्‍याएको छ।

विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै आज (बिहीबार)देखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले जानकारी दिए। प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

यसले काठमाडौं विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोभिड–१९ महामारीपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत ...


स्थानीय तहको नेतृत्वमा महिला उम्मेदवार साह्रै न्यून, कुन दलबाट कति ?

काठमाडौं - स्थानीय तहको आगामी निर्वाचनमा उम्मेदवारी दिएका प्रमुख पार्टीहरुले साह्रै न्यून संख्यामा मात्रै महिला उम्मेदवार उभ्याएका छन्। गठबन्धनका कारण पालिकाको प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षमा पुरुषै पुरुष दिएका भनेर आलोचना भइरहेका बेलामा दलहरुले दिएको समग्र उम्मेदवारमा पनि पुरुषकै संख्या बढी छ।

आयोगबाट प्राप्त पछिल्लो सूची अनुसार नेकपा एमालेले प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य गरी कुल ३३ हजार ३ सय ६८ उम्मेदवारी दिएको छ। जसमा पालिका प्रमुखमा २६३ पुरुष र २७ महिला छन्। त्यस्तै, पालिका अध्यक्षमा ४१८ पुरुष र २८ जना महिला ...


हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय, शनिबार र आइतबार बिदा

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

निर्णयअनुसार अब शनिबार र आइतबार दुई दिन बिदा हुनेछ। अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन्।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो।

...

१ लाख ४१ हजार ४६८ जना उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ - स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ४१ हजार ४६८ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार ३१८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ३६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै अध्यक्ष पदमा ३ हजार ३०६ जनाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा २ हजार ३४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यता, वडा अध्यक्ष पदमा मात्र ३३ हजार १११ जनाको उम्मेदवारी परेको छ ।

महिला सदस्यमा २४ हजार ...


काठमेयर : बालेनको समर्थनमा सेलिब्रेटीहरू

काठमाडौं - गायक बालेन शाहले काठमाडौंको मेयरमा (काठमेयर) उम्मेदवारी घोषणा गरेदेखि नै उनी चर्चामा छन्। आइतबार उनले काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराएसँगै उनलाई कलाकारिता तथा अन्य विभिन्न क्षेत्रका सेलिब्रेटीबाट समर्थन मिलेको छ।

बालेनलाई अभिनेत्री प्रियंका कार्की, अभिनेता निर्मल शर्मा, निर्देशक दिपेन्द्र के खनाल, टिकटकर अन्सु वर्मा, फुटबलर सुजल श्रेष्ठ, हास्यकलाकार पवन खतिवडा, अभिनेता तथा पाइलट विजय लामालगायत विभिन्न सेलिब्रेटीले उनलाई समर्थन जनाएका छन्। विभिन्न सेलिब्रेटीहरुले सामाजिक सञ्जालबाट बालेनको समर्थन गरेका छन्।

बालेनको समर्थन गर्दै अभिनेता तथा बालेन शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘एक स्वतन्त्र उम्मेदवारको हैसियतले प्रतिस्पर्धा ...


विप्लवका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) असन्तुष्ट पक्षले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन निर्देशन दिएको छ।

स्थानीय तहको निर्वाचनको विपक्षमा रहेका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’पक्षले विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो।

नेता वास्तोलाले एक विज्ञप्ति जारी गर्दै निर्देशन दिएका हुन्। ‘कतिपय कमरेडहरूले विभिन्न पदहरूमा मनोनयन दर्ता गरेका समाचार सार्वजनिक रुपमा प्रकाशित भएकाले पार्टीको नीति अनुशरण गर्ने कमरेडहरुलाई नीति विपरित देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि सचिवालय हार्दिक अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

नेपाल कम्युनिस्ट पार्टीको आठौं केन्द्रीय ...


ओलीको टिप्पणी :  छोराछोरी र श्रीमतीलाई उम्मेदवार बनाउन गठबन्धन

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना आफन्तहरुलाई विभिन्न महानगरपालिकाका मेयर र उपमेयर बनाउन गठबन्धन गरिएको आरोप लगाएका छन्। मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले भने, 'कसैका छोरी, कसैका छोरा र कसैका श्रीमती उम्मेदवार बनाइए भन्ने सुन्छु। कोही आफू अस्त भएपछि भान्साबाट श्रीमतीलाई मैदानमा ल्याएको भन्ने सुन्छु। यो गठबन्धन यसैका लागि हो।'

काठमाडौंको उम्मेदवारमा कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह मेयर, भरतपुर महानगरपालिका मेयरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल र विराटनगरको उपमेयरमा उपेन्द्र यादव पुत्र अमरेन्द्र ...


पार्टीहरुबिच एकीकरण, ध्रुवीकरण र गठबन्धनबारे !

अहिले नेपालमा सच्चा कम्युनिस्ट पार्टीहरुको एकीकरण, क्रान्तिकारी कम्युनिस्टहरुको ध्रुवीकरण र त्यस्ता शक्ति, व्यक्ती, संघसंस्था र समूहहरुको मोर्चावन्दीकरणको कुरा उठिरहेको छ ! एकथरी देस, जनता र क्रान्तिका पक्षपातीहरु तथा मुक्ति, प्रगति र समृद्धिका सच्चा हिमायतीहरुले त देसमा स्वतन्त्रता, समानता र स्वाभिमानको प्राप्ति, संरक्षण र सम्बर्द्धन गर्दै क्रान्तिकारी निकास र विकासको निम्ति यो कुरा गरिरहेका छन् भन्ने स्पष्ट छ ! तर यसरी नै अर्काथरी दलाल-गद्दार, तस्कर-माफिया र भ्रष्ट-दुष्ट तत्वहरुले आसन्न चुनाव र त्यसमार्फत प्राप्त हुने सत्ता र भत्तालाई केन्द्रमा राखेर विगतमा गरेका अपराध कर्महरुबाट बच्न र देस ...


नेपालका विद्रोह र  दिलबहादुरलगायतका  सहिदहरुको सम्मानबारे  !

देसका उत्पीडित वर्ग, जाति, समुदाय र राष्ट्रको मुक्तिको लागि सुरु भएको महान् जनयुद्धको थालनीको प्रथम चरणमा शहादतको प्रथम प्रकरण सर्वाधिक उत्पीडित वर्ग, जाति र समुदायका एक दलित बालक दिलबहादुर रम्तेलबाट सुरु भएको हो ! न्याय, समानता र स्वतन्त्रताको प्राप्तिको लागि चलाइएको यो मुक्तियुद्धको महाभियानमा बलिदान दिने एक महात्मा हुन् रम्तेल ! विद्यालयमा आफूहरुलाई पढाउँदै गरेका आफ्ना गुरुलाई विद्यालयबाटै प्रहरीले अन्यायपूर्वक पकडेर घिसार्दै लैजान थालेपछि सच्चा न्यायप्रेमी शिष्य भएकाले विद्यार्थीहरुले विरोध, अवरोध र प्रतिरोध गर्नु अत्यन्त स्वाभाविक र एकदमै न्यायपूर्ण कदम हो ! विद्यालयका ...


चुनवाङ बैठकको विलिनीकरण र राष्ट्रिय स्वाधीनताको  विलोपीकरण !

तत्कालीन नेकपा माओवादीको चर्चित चुनवाङ बैठकमा अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´, नेता बाबुराम भट्टराई `लालध्वज´ र रामबहादुर थापा `बादल´ जस्ता तीन विपरीत प्रवृत्तिका व्यक्ती र शक्तिहरुको आपसमा भएको विलिनीकरण विशेष उल्लेखनीय र चर्चित पनि छ । यसमा नेतृत्वपंक्तिका विभिन्न गुट र गुमस्ताहरु, शक्ति र व्यक्तीहरु, पात्र र प्रवृत्तिहरु अनि चिन्तन र चरित्रहरुको आपसमा नाटकीय विलिनीकरण भएको थियो । त्यो विलिनीकरण रुपमा नाटकीय र आकस्मिक लागे पनि सारत: त्यो देसकै स्वाधीनता र स्वत्वको सुनियोजित विलिनीकरणको प्रपन्च थियो भन्ने हाल कुरा हाल संसदमा MCC सम्झौता टेबुल र अनुमोदन ...


स्थानीय चुनाव वैशाख ३० गते गर्ने सरकारको निर्णय

काठमाडौँ - सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ ।

...

लामो समय कोरोनाका लक्षणहरु देखिनेलाई फोक्सोमा समस्या

एजेन्सी - कोभिड संक्रमण भएको धेरै हप्तासम्म कोरोनाका लक्षणहरु देखिनुलाई लङ कोभिड भनिन्छ । लङ कोभिड भएका व्यक्तिहरुको फोक्सोको भित्री भागमा खराबी आएको भेटिएको पछिल्लो एक अध्ययनमा पत्ता लागेको छ । बेलायतमा गरिएको उक्त अध्ययनले लङ कोभिड भएका व्यक्तिहरुको फोक्सोको भित्री भागमा खराबी आएको पत्ता लगाएको हो । यो प्रमाण स्क्यान गर्दा पत्ता लागेको बीबीसीमा उल्लेख छ ।

उक्त अध्ययनका क्रममा वैज्ञानिकहरुले नोबल जिनोन ग्यासको प्रयोगमार्फत गरिने स्क्यान प्रणालीको प्रयोग गरी फोक्सोमा भएका खराबीहरू पत्ता लगाउने कोसिस गरेका थिए । जुन सामान्य स्क्यान प्रणालीबाट पत्ता लगाउन ...


वैदेशिक रोजगारी सम्बन्धि गुनासो सुन्न कल सेन्टरको स्थापना

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिवद्धता जनाएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थापना गरेको कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्ष उद्घाटन गर्दै मन्त्री श्रेष्ठले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्यटोली तथा प्रहरीको समेत सहभागितमा मार्सल टोली गठन गरी दोषीलाई कारबाही गर्न सुरु गरिएको बताए।

मन्त्रालयका सचिव एकनारायण अर्यालले कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्षबाट ...


मुद्दती निक्षेपमा दुई अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं - नेपाल राष्ट्र बैंकले २ अर्ब ३० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले उत्पदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल फागुन ३ गतेदेखि २०७९ साल फागुन ३ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जानकारी दिएको छ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ८४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ३४ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ११ करोड ५० लाख रुपैयाँ गरी सो रहम लगानी गर्न ...


सहिदकै कारण मुलुकमा संघीय लोकतान्त्रिक शासन :प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा संघीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन्।

सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताए।

सहिदको सपना साकार पार्न सबैले आ-आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उनले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राखे। सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पार्दै सच्चा सहिदको अभिलेख तयार ...


प्रधानन्यायाधीश विरुद्धका रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं - सर्वोच्च अदालत प्रशासनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग जोडिएका २ थान रिट निवेदनलाई लामो समयपछि दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको छ।

सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले अधिवक्ताहरु माधव कुमार बस्नेत र आकृति रायमाझीले दायर गरेका छुट्टा–छुट्टै रिट निवेदन दरपिठ गर्ने निर्णय गरेका हुन्।

अधिवक्ता बस्नेतले प्रधान न्यायाधीश राणाले मुद्दाको सुनुवाइ नर्गनु अदालतको अपमान र संविधान विपरीतको कार्य भएको जिकीर गर्दै रिट पेस गरेका थिए। रजिष्ट्रार पन्थीले बस्नेतको रिट दर्ता हुन नसक्ने भन्दै दरपिठ गरेका हुन्।

दर्ता हुन नसकेको बस्नेतको रिटमा प्रधानन्यायाधीशमाथि छानबिन गरी आवश्यक कारबाही गर्नको लागि ...


सिनेमा, जिम तथा फुटसल माघ १५  सम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं - कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले मनरोञ्जन क्षेत्र र रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्‌को बैठकले माघ १५ गते सम्मका लागि फिल्म हल र रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

सरकारले माघ १५ गतेसम्म फिल्म हल, सबै प्रकारका रात्रिकालीन व्यवसाय र जिम हल तथा फुटसल बन्द गर्ने निर्णय गरेको हो।

...

थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण

काठमाडौं - नेपालमा थप ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १५ हजार १३१ नमूना परीक्षण गर्दा आइतबार ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ५६२ पीसीआर र २ हजार ५६९ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ३ जना कोरोना संक्रमित भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६२० पुगेको छ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ...


धुर्मुश-सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ - धुर्मुश–सुन्तली फाउण्डेसनविरुद्ध अख्तियारमा उजुरी परेको छ । चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध उजुरी परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले फाउण्डेसनविरुद्ध उजुरी परेको पुष्टी गरे । सहायक प्रवक्ता भण्डारीका अनुसार रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध इमेलमार्फत् उजुरी प्राप्त भई दर्ता भएको छ ।

उजुरीकर्ताले विभिन्न दातृ निकायको सहयोग, विदेशमा रहेका नेपालीहरुको सहयोग तथा सरकारी संयन्त्रको रकम समेतको सहयोगमा बन्दै गरेको रंगशालामा खर्च भए बराबरको काम नभएको र फाउण्डेसनले नै भ्रष्टाचार ...


पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिए आन्दोलन गर्ने चेतावनी

काठमाडौँ - संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३००औँ जन्म जयन्तीमा सार्वजनिक बिदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । काठमाडौँको संवाद डबलीमा मोर्चाले पत्रकार सम्मेलन गरेर नेपालको मौलिक धर्म संस्कृति र इतिहासलाई मेटाउन देशी विदेशी तत्त्वहरू लागेको आरोप समेत लगाएको छ ।

मोर्चाका संयोजक तारानाथ लुइँटेलले २२से/२४से राज्यहरूलाई एकीकरण गरेर आजको नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहको अस्तित्व मेटाउन लाग्ने वर्तमान शासकहरूलाई नछाड्ने चेतावनी दिए । भर्खरै नेकपा (माओवादी केन्द्र)को महाधिवेशनले वैदिक सनातन धर्म विरुद्ध आपत्ति जनक निर्णय गरेको जुन बहुसङ्ख्यक ...


एमालेको राष्ट्रिय सभाको परिणाम प्रतिकूल आउनसक्छ तर यो अन्तिम हो : ओली

काठमाडौं - राष्ट्रिय सभाको आगामी निर्वाचन एमालेका लागि प्रतिकूल हुने बताउँदै अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनबाट प्रहारको अन्तिम किस्ता रहेको बताएका छन्। आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धन विरुद्ध एमाले एक्लै भएकाले परिणाम प्रतिकूल भएपनि अहिलेको यथार्थ नभएको उनले बताए।

एमालेको जिल्ला अधिवेशन भर्चुअल रुपमा उद्घाटन गर्दै उनले राष्ट्रिय सभाको आगामी निर्वाचन एमालेका लागि प्रतिकूल हुने बताएका हुन्। साढे चार वर्षअघि नै जनताले दिएको मतका अहिले प्रयोग भइरहेको बताउँदै उनले थपे, ‘परिणाम प्रतिकूल आउन सक्छ। आजको जनमत होइन, यथार्थ जनतमत होइन।’

त्यो समय आफूहरुले विभिन्न पक्षलाई ...


संसद् सुचारु गर्न पहल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौं - सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदलाई सुचारु गर्न पहल गर्ने निर्णय गरेको छ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेको अध्यक्षतामा बसेको बैठकले अवरुद्ध संसदलाई सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो।

बैठकको निर्णय बारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद् अवरुद्ध हुनु कुनै पनि हिसाबले उचित नभएको बताए।

संसद सुरु गर्न सरकारको जति नै भूमिका र कर्तव्य प्रतिपक्षको पनि हुने उनले बताए। ‘आज प्रधानमन्त्रीको उपस्थितिमा रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको पाँच दलीय ...


एनआईसी एसिया बैंक लुटपाटमा कर्मचारीकै संलग्नताको आशंका

काठमाडौं - एनआईसी एसिया बैंकको नयाँ बानेश्वर शाखाबाट भएको रकम लुटपाटमा बैंकका कर्मचारीकै संलग्नता रहेको खुलेको छ। रकम लुटपाटमा बैंककै कर्मचारीको संलग्नता रहेको खुलेपछि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा एनआईसी एसिया बैंकको नयाँ बानेश्वरस्थित शाखाका कर्मचारी प्रदीप खत्री, अनिश खड्का, विमल तामाङ र शक्ति पौडेल छन्। उनीहरुले पुस १८ गते नयाँ बानेश्वरस्थित शाखामा जम्मा गर्न लागिएको १६ लाख रुपैयाँ लुटिएको नाटक गरेका थिए।

पक्राउ परेका खत्री बैंकका ‘होम सर्भिस’ कर्मचारी हुन्। ठूलो रकम जम्मा गर्ने संस्था तथा व्यक्तिले खबर ...


पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० भन्दा बढी थपिएका हुन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ ।

पछिल्लो ...


प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ - आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । स्रोतका अनुसार बैठक आगामी पुस २२ गते बस्ने गरी स्थगित गरिएको हो ।

आजको प्रतिनिधि सभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको स्रोतले जानकारी दिएको छ ।

...

राष्ट्रिय सभा निर्वाचनका लागि कुन प्रदेशमा कति मतदाता ?

काठमाडौं - राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन्। सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरेपछि आयोगले जारी गरेको नामावली नै कायम हुने भएको हो।

निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको मतदाता नामावलीउपर दाबी विरोध गर्न तय गरेको समयसीमाभित्र कुनै निवेदन वा दाबी विरोध नपरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजे मतदाता नामावली प्रकाशन गरेको थियो। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म ...


माओवादीमा १५ पदाधिकारी राख्ने निर्णय, वरिष्ठसहित ७ उपाध्यक्ष

काठमाडौं - नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट १५ जना पदाधिकारी चयन हुने भएको छ।

आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको विषयमा टुंगो लगाएको केन्द्रीय सदस्य सत्या पहाडीले जानकारी दिइन्।

नेकपा माओवादी केन्द्रमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष चयन हुने भएको छ।

...

MCC खारेज अभियान संयुक्त संघर्ष समितिको बैठक सम्पन्न

MCC खारेज अभियान, नेपाल, संयुक्त संघर्ष समितिका तर्फबाट संयोजक नारायण शर्माको पहलमा आयोजित देसका MCC विरोधी विभिन्न राजनैतिक दल, संघसंस्था, अभियान-समाज र अभियन्ताहरुको संयुक्त बैठक यही पौष १० मा काठमाडौको त्रिपुरेश्वरमा बस्यो । बैठकमा सहभागी सबै प्रतिनिधि व्यक्तित्वहरुलाई स्वागत र सम्मान गर्दै संयोजक नारायण शर्माद्वारा संचालन गरिएको यो बैठक एक विशिष्ट दिनमा आयोजना गरिएको थियो ।

गत बर्ष आजकै दिनमा नेपाली सर्वहारा आन्दोलनका आदरणीय अग्रज एवं MCC खारेज अभियान, नेपाल २०७६ लगायत कैयौं सामाजिक र राजनीतिक संघसंस्था र संगठनका संस्थापक अभिभावक क. शशि शेरचन (स्वनाम साथी) ...


माओवादी केन्द्रको महाधिवेशन उद्घाटन दिउँसो ३ बजे हुने

काठमाडौं - नेकपा माओवादी केन्द्रको महाधिवेशन आज सुरु हुँदै छ। यसअघि राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसैलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो।

महाधिवेशनको उद्घाटन दिउँसो ३ बजे हुने महाधिवेशन प्रचार विभाग सचिव गोविन्द आचार्यले बताए। काठमाडौंको प्रज्ञा भवन एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको उद्घाटन गर्ने उनले जानकारी दिए।

अन्तिम अवस्थामा महाधिवेशनको निर्णय भएकाले विदेशी पाहुना बोलाउन सम्भव नभए पनि स्वदेशका सबै दलका प्रमुख सहभागी हुने उनको भनाइ छ।

शनिबार बेलुका सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो।

प्रज्ञा ...


यी हुन् कांग्रेसमा विजयी भएका ३५ खुला केन्द्रीय सदस्य

काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य खुलातर्फ सभापति शेरबहादुर देउवापक्षका २६ जना निर्वाचित भएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा देउवापक्षका २६ जना निर्वाचित भएका हुन्। यस्तै, बाँकी ९ जना शेखर कोइरालापक्षका निर्वाचित भएका छन्।

केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका ९९ जना प्रतिस्पर्धा गरेका थिए। जसमध्ये देउवापक्षका एनपी साउद, बालकृष्ण खाण, उदयशम्शेर राणा, रामहरी खतिवडा, उमेशजङ्ग रायमाझी, कृष्णकिशोर घिमिरे, डा गोपाल दहित र मोहन आचार्य, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भए।

यस्तै, देउवापक्षकै शंकर भण्डारी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, ...


महामन्त्रीमा हारेपछि मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजिनामा

काठमाडौं - रक्षामन्त्री मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । रक्षामन्त्री रिजालले कांग्रेसको महामन्त्रीमा हारे लगत्तै प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवार पुगेर राजीनामा बुझाएका हुन् ।

यसअघि नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए ।

रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

...

कांग्रेसको महामन्त्रीमा गगन र विश्वप्रकाश बिजयी

काठमाडौं - नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भरखरै सम्पन्न मतगणनामा थापा र शर्मा विजयी भएका हुन्।

निर्वाचन समितिले परिणाम घोषणा गरेको छ। जस अनुसार थापाले कुल खसेको ४ हजार ६८२ मध्ये ३०२३ मत पाएका छन्। त्यस्तै शर्माले १९८४ मत पाए।

महामन्त्रीका अन्य उम्मेदवारहरु प्रकाश शरण महतले १५५६, प्रदिप पौडेलले १३९३, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गरे।

...

कांग्रेस सभापतिमा शेर बहादुर देउबा बिजयी

काठमाण्डौ - नेपाली कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि पुनः शेरबहादुर देउबा निर्वाचित भएका छन् ।

प्रतिद्वन्दी डा.शेखर कोइरालालाई ८७८ मतान्तरले पराजित गर्दै देउबा दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका हुन् । देउबा यसअघि पनि १३औं महाधिवेशनबाट सभापति चुनिएका थिए । देउबाले २७३३ मत पाउँदा कोइरालाले १८५५ मत पाएका छन् । सोमबार भएको पहिलो चरणको मतदानबाट सभापति चुनिन नसकेपछि आज फेरि दोस्रो चरणको मतदान भएको हो ।

पहिलो चरणमा पाँच जना उम्मेदवार थिए । कसैको पनि ५० प्रतिशत बढी मत नपुगेपछि दोस्रो चरणमा देउबा र कोइराला बीच निर्वाचन ...


कसलाई सघाउने विषयमा निधि र सिंहबीच टेलिफोन संवाद !

काठमाडौँ - नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा पहिलो चरण नतिजाविहीन बनेसँगै सभापति पदका दाबेदार विमलेन्द्र निधि र प्रकाशमान सिंह चुनावी रेसबाट बाहिरिएका छन् । अब हुने दोस्रो चरणमा वर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच भिडन्त हुने भएको छ ।

नतिजा बाहिरिएसँगै अब दोस्रो चरणको चुनावमा कसलाई सघाउने भन्ने विषयमा निधि र सिंहबीच मंगलबार बिहान टेलिफोन वार्ता भएको छ । दुई नेताबीच आ–आफ्नो टिमसँग छलफल गरेर मात्र कसलाई सघाउने भन्ने विषयमा निर्णय लिने कुराकानी भएको बताइएको छ । यसअघि निधिले दोस्रो ...


कांग्रेस सभापतिमा कसले कति मत पाए ?

काठमाडौं - नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि भएको मतगणनामा सभापतिका पाँच मध्ये कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुन : दोस्रो चरणको मतदान हुने भएको छ।

सोमबार भएको मतदानको मतगणना मंगलबार विहान सकिएको छ । मतपरिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले जितका लागि ८३ मत कम ल्याएका छन्।

४६८१ मत खसेकोमा सबैभन्दा बढी मत पाएका शेरबहादुर देउवाले २२५८ मत पाएका थिए। उनले पाएको मत ४८.२३ प्रतिशत हो।

दोस्रो बनेका शेखर कोइरालाले १७ सय २९ मत पाएका थिए । प्रकाशमानले ३७१ मत पाउदा अर्का उम्मेदवार विमलेन्द्र निधिले २४९ ...


देउवालाई जितका लागि पुगेन ८३ मत !

काठमाडौं - कांग्रेसको आमागी सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएको छ। सोमबार भएको मतदानमा सभापतिका पाँचै जना उम्मेदवारले खसेको मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः निर्वाचन हुने भएको हो।

४६८१ मत खसेकोमा सबैभन्दा बढी मत पाएका शेरबहादुर देउवाले २२५८ मत पाएका थिए। उनले पाएको मत ४८.२३ प्रतिशत हो। उनलाई जितका लागि ८३ मत पुगेन।

अब सभापति चयनका लागि दोस्रो चरणमा मतदान हुनेछ।

...

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा मतदान हुने, अब देउवा र कोइराला प्रतिस्पर्धी

काठमाडौं- कांग्रेसको आगामी सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएको छ। सोमबार भएको मतदानमा सभापतिका पाँचै जना उम्मेदवारले खसेको मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः निर्वाचन हुने भएको हो।

कांग्रेसको विधानमा ‘सभापति निर्वाचित हुनको लागि खसेको मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ’ भन्ने उल्लेख छ। पहिलो पटक कुनै पनि उम्मेदवारले पचास प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाकाबीच पुनः मतदान गरिने व्यवस्था विधानमा छ।

मंगलबार बिहान सकिएको सभापतिका उम्मेदवारको मतगणनामा शेरबहादुर देउवा र शेखर कोइरालाले सर्वाधिक क्रमशः २२५८ ...


कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डको निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले बताए।

नतिजा https://neb.ntc.net.np/ मा हेर्न सकिने बोर्डले जनाएको छ। तर, अहिले नतिजाको विवरण अपलोड भइनसकेकोले केही समय लाग्ने जनाइएको छ।

एनईबी स्पेस अनि सिम्बोल नम्बर लेखी १६०० मा एसएमएस पठाएर वा आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा जानकारी पाउन सकिने बोर्डले जनाएको छ।

कोभिड-१९ का कारण कक्षा १२ को परीक्षा ढिलो गरी ३० भदौदेखि ८ असोजसम्म ...


प्रधानन्यायाधीश राणा डिस्चार्ज

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना भएका राणा शुक्रबार बिहान साढे ९ बजे डिस्जार्च भएका हुन्।

प्रधानन्यायाधीश राणा अस्पतालमा उपचाररत हुँदासमेत सर्वोच्चमा कायम मुकायम नतोकिएको भन्दै न्यायाधीशहरु असन्तुष्ट बनेका थिए।

उनीहरु नेपाल बार एसोसिएसनसँग पनि यस बारे छलफल गरेका थिए। बिहीबार इजलास छाडेर बैठकमा बसेका न्यायाधीशहरुसँगको टेलिफोन कुराकानीमा राणाले आफू अस्पतालबाट आएपछि छलफल गर्ने बताएका थिए।

...

राष्ट्रिय चुनाव जित्नका लागि एक ढिक्का हुनुस् : देउवा

काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई राष्ट्रिय चुनावमूखी बनाउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रदेश १ को अधिवेशन भर्चुअल माध्यमबाट उद्धघाटन गर्ने क्रममा देउवाले पार्टीको आन्तरिक चुनावमा जीत हार स्वभाविक लिँदै राष्ट्रिय चुनाव जित्नका लागि एक ढिक्का हुन निर्देशन दिए।

‘१४ औं महाधिवेशनबाट पार्टीलाई बलियो बनाएर तिनै तहका निर्वाचनमा कांग्रेसलाई विजयी बनाउनुपर्ने दायित्व तपाई हामी सबैको काँधमा आएको छ।’ देउवाले भने,‘केही समय भित्रै हामी स्थानीय तहको निर्वाचनमा जाँदैछौं। एक वर्ष भित्रै प्रदेश र संघको निर्वाचनमा जानेछौं। १४ औं महाधिवेशनमा हाम्रो ध्यान चुनाव केन्द्रीत ...


राप्रपा महामन्त्रीमा रेखा थापाद्वारा उम्मेदवारी दर्ता

काठमाडौं - अभिनेत्री रेखा थापाले राष्ट्र प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्। शुक्रबार दिउँसो ११ बजे आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएको अभिनेत्री थापाले नेपाल लाइभसँग बताइन्।

बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले अध्यक्षका उम्मेदवार रहेका राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।

२०७० सालमा माओवादी पार्टी प्रवेश गरेर सक्रिय राजनीति छिरेकी रेखा २०७३ मंसिरमा तत्कालीन राप्रपामा प्रवेश गरिकी थिइन्। त्यस यता राप्रपामै रहेकी उनी हालको अधिवेशनमा काठमाडौं क्षेत्रका लागि महाधिवेशन प्रतिनिधि पनि हुन्।

पार्टीमा ६ जना महामन्त्री रहने व्यवस्था छ। तीमध्ये ...


जाजरकोटमा बस दुर्घटना परि ५ को मृत्यु, २७ जना घाइते

काठमाडौं - जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रिबस जाजरकोठको कुदु बराहचौक नजिक दुर्घटना भएको जाजरकोट प्रहरीले जनाएको छ।

बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए। बसमा ३२ यात्रु रहेको उनको भनाइ छ।

घाइतेहरुको जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ। राति साढे २ बजेतिर नै बस दुर्घटना भएपनि प्रहरी भने बिहान मात्रै घटनास्थल पुगेर उद्धारको काम सुरु गरेको थियो। मृतक तथा ...


गेटमा पर्चा बाँड्दै मत माग्दै भीम रावलपक्ष

सौराहा- नेकपा (एमाले)को जारी १०औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार घोषणा गरेका उपाध्यक्ष भीम रावलपक्षले प्रचारप्रसार तीव्र पारेका छन्।

अध्यक्ष केपी शर्मा ओलीपक्षले सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरिरहँदा रावलपक्षले अध्यक्षमा मत माग्न थालेका हुन्। रावलपक्षले गेटमा बसेर प्रतिनिधिहरुलाई पर्चा बाँडिरहेका छन्। तर, मूल गेटमा भने पर्चा बाँड्न नदिएर लखेटिएको रावलपक्षले गुनासो गरेका छन्।

यता ओलीपक्षका प्रतिनिधिहरुले भने रावलको पर्चा बाँडिएकोप्रति भन्दै विरोध जनाएका छन्।

महाधिवेशनको बन्दसत्रले शनिबार साँझ अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवारको नामावली पेस गर्ने अधिकार दिएको थियो। त्यसअनुरुप आज ओलीले केन्द्रीय कमिटीको नामावली प्रस्ताव गर्ने तयारी गरेका ...


सहमति नजुटेपछि शीर्ष नेताहरुसँग छलफल गर्दै ओली

सौराहा - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेताहरुसँग छलफल थालेका छन्। उनले आफूनिकट नेताहरुलाई पार्क सफारी होटलमा बोलाएर छलफल गरिरहेका छन्।

ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायत सहभागी रहेका छन्। उक्त छलफलमा पूर्वमाओवादी केन्द्रपक्षका नेताहरु रामबहादुर थापा, लेखराज भट्टसमेत सहभागी रहेको बुझिएको छ।

ओलीले छलफलमा नेता भीम रावल र घनश्याम भुसाललाई नबोलाएको स्रोतले बताएको छ।

शुक्रबार उद्घाटन भएको एमाले महाधिवेशनको शनिबारबाट बन्दसत्र सुरु भएको थियो। अध्यक्षसहित पदाधिकारी स्थायी कमिटी र केन्द्रीय कमिटीमा जान नेताहरुबीच प्रतिस्पर्धा चल्न थालेपछि ओली ...


दुई लाख अमेरिकी डलर झोलामा बोकेर हिँडेका युवक पोखराबाट पक्राउ

पोखरा - मुस्ताङको चराङ-४ का छिरिङ डुन्डुक गुरुङ केही दिनयता काठमाडौं-पोखरा गरिरहेका थिए- कहिले हवाइजहाजमार्फत, कहिले मोटरबाटोबाट। यसरी आउजाउ गर्दा उनले मोटरबाटोबाटै पोखरा आउन सुरक्षित ठाने। काठमाडौंबाट शुक्रबार छुटेको सार्वजनिक माइक्रो बसमा गुरुङ पोखरा प्रस्थान गरे।

माइक्रो बसमा आफू बसेको सिटमुनि गुरुङले एउटा झोला राखे। जहाँ १ लाख ९४ हजार २ सय अमेरिकी डलर प्याकिङ गरेर राखिएको थियो।

गुरुङले यतिका रकम बोकेर माइक्रो बसमा आउँदै गरेको सूचना प्रहरीले शुक्रबार बिहान पायो। पृथ्वी राजमार्गको पोखरा खण्डमा चेकजाँच बढायो। गुरुङ चढेको माइक्रो बस पोखरा प्रवेश गर्नासाथ प्रहरीको चेकजाँचमा पर्‍यो। ...


कर नबुझाउने करदातामाथि कारबाही सुरु

जनकपुर - लामो समयदेखि कर नबुझाउने करदातामाथि आन्तरिक राजस्व कार्यालयले कारबाही अघि बढाएको छ। दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार पारेर कारबाही अघि बढाइएको कार्यालयका प्रमुख गजेन्द्रप्रसाद यादवले जानकारी दिए।

“कर नबुझाउने करदाताको सूची तयार पारेर पहिलो चरणमा टेलिफोनमार्फत कर बुझाउन आग्रह गर्न थालेका छौँ”, उनले भने्, “दोस्रो चरणमा पत्राचार गरिने र अन्तिममा सूचना प्रकाशन गरी बैंक खाता रोक्का गर्नेलगायत कारबाही गर्छौं।” अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा कर नबुझाउने ५० करदातामाथि कारबाही गरिएकामा यस वर्ष पनि कारबाही अघि बढाएको प्रमुख यादवको भनाइ ...


एमालेको महाधिवेशन होइन ''ओलीधिवेशन हो'' : गगन थापा

काठमाडौं - नेपाली कांग्रेस नेता गगन थापाले एमालेले गरेको महाधिवेशन ‘महाधिवेशन नभई ओलीधिवेशन’भएको टिप्पणी गरेका छन्।

काठमाडौं जिल्लाको सभापतिसहित आफ्नो समूहको प्यानलको उम्मेदवारी घोषणामा थापाले भने, ‘यो कांग्रेसको महाधिवेशन हो। चितवनमा भएको ओलीधिवेशन हो।’

पार्टीमा मत भएकैले मतभेद हुने गरेको उनले बताए। ओलीधिवेशनमा मत हाल्न कोही स्वतन्त्र नरहेको आरोप लगाउँदै उनले भने, ‘त्यहाँ मत हाल्न कोही पनि स्वतन्त्र छैनन्। त्यहाँ बाका सन्तान मात्रै छन्।’

ओलीको पाउमा जसले तेल बढी घस्न सक्छ उही नै नारायणी किनारसम्म आउन सकेको उनले आरोप लगाए। उम्मेदवारी घोषणा तथा पार्टी भित्र हुने मतभेदलाई स्वाभाविक ...


एमाले महाधिवेशन : ढिला गरि बन्दसत्र सुरु

सौराहा - नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र पाँच घण्टापछि सुरु भएको हो।

शनिबार बिहानभर सहमतिमा नेतृत्व टुङ्‍गो लगाउने प्रयास गरिएको थियो। अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेताहरुलाई सहमत गराउन प्रयास गरेता पनि सफल भएका थिएनन्। त्यसको असर बन्दसत्रको पूर्वनिर्धारित समयलाई परेको थियो।

बन्दसत्रमा अहिले विभिन्न देशबाट आएका अतिथिहरुले सम्बोधन गर्न थालेका छन्। उद्घाटन सत्रमा बोल्न नदिइएको उनीहरुलाई बन्दसत्रमा बोल्ने अवसर दिने कार्यक्रम तय भएको थियो।

बन्दसत्र सौराहास्थित होटल सेभेन स्टारमा आयोजना गरिएको छ। शुक्रबारदेखि सुरु एमाले ...


सर्वोच्चको पेशी अब गोलाप्रथाबाट तोकिने, राजपत्रमा सुचना प्रकाशित

काठमाडौँ - सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ । सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो । राजपत्रमा सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो । यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने छ ।

सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न सिफारिस गरेको छ भने न्यायाधीश मीरा खड्काको प्रतिवेदनले गोलाप्रथामा कसरी जाने भन्नेबारे कार्यविधि सुझाएको ...


आजबाट वितरण गर्न लगिएको के हो  ई-पासपोर्ट ?

काठमाडौं - सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न सुरु गरेको छ । राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई-पासपोर्ट सार्वजनिक गर्दैछन् ।

ई-पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले ई-पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ ।

अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ । अब ई-पासपोर्ट वितरण सुरु हुने विभागका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।

विभागले मंसिर १ गतेदेखि आंशिक रुपमा शुरु हुने ई-पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना बनाएको ...


प्रधानन्यायाधीशविरूद्ध आक्रामक बन्दै नेपाल बार एसोसिएसन

काठमाडौँ - नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाविरूद्धको आन्दोलनलाई बुधबारदेखि देशव्यापी रूपमा थप सशक्त बनाउने निर्णय गरेको छ।

बारको मंगलबार बसेको बैठकले बुधबारबाट प्रधानन्यायाधीशसँग सम्बन्धित कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेको हो।

‘प्रधानन्यायाधीश राणा संलग्न कुनै पनि कार्यक्रममा बारको उपस्थिति रहँदैन,’ बार महासचिव लीलामणि पौडेलले भने।

उनका अनुसार बुधबारदेखि राणाविरूद्ध कानुन व्यवसायीले देशव्यापी आन्दोलन गर्नेछन्। यो आन्दोलन शुक्रबारसम्म जारी हुने पौडेलले बताए। त्यसपछि मंसिर ३ गते प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

त्यस्तै, संवैधानिक परिषदमा प्रधानन्यायाधीशबाहेक सबैलाई उपस्थित गराएर ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम पनि राखिएको छ।

त्यसपछि ...


वैदेशिक लगानी बढ्दा शोधनान्तर घाटामा सुधार

काठमाडौं - चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शोधनान्तर घाटा ७५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। शोधनान्तर घाटा अघिल्लो महिनाको तुलनामा केही घटेको छ। पहिलो दुई महिनामा ८३ अर्ब ४१ करोड पुगिसकेको शोधनान्तर घाटा तेस्रो महिनामा आइपुग्दा प्रत्यक्ष वैदेशिक लगानीमासुधार हुँदा सुधार आएको हो।

नेपालमा सोचे अनुरुप रेमिट्यान्स भित्रन नसक्दा पनि करिब पौने खर्बको शोधनान्तर घाटा रहेको हो। तीन महिनामा नेपालले ६५ अर्ब ५ करोडको सामान निर्यात गरेर ४ खर्ब ७८ अर्ब ५२ करोडको सामान आयात गरेको छ। तीन महिनाको व्यापार घाटा ४ खर्ब १३ ...


आफ्नै पार्टी बिरुद्ध भीम रावलको समानान्तर गतिविधि

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावल पक्षले कैलाली क्षेत्र नं २ मा समानान्तर रुपमा महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारी गरेको छ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँले मंगलबार सार्वजनिक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधि चयन गर्ने बताएका हुन्।

महाधिवेशन प्रतिनिधि चयनका लागि भन्दै बुधबार १० बजेका लागि भेला बोलाएको रावल पक्षका नेथता बजगाईँले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

कैलालीको लम्कीस्थित टिकापुर रोडमा रहेको एक होटलमा रावल पक्षले भेला बोलाएको हो।

...

कर्णालीको मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीद्वारा दाबी पेस

कर्णाली प्रदेशको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको दाबी पेस गरेका छन् । उनले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । सोहीअनुसार प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्रीमा दाबीका लागि मंगलबार साँझ ७ बजेसम्मको समय दिएका थिए ।

उक्त अवधिमै काँग्रेस संसदीय दलका नेता शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । ...


एकीकृत समाजवादीका राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त

एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश १ सरकारको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आज दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सीमाअनुसार सोमबार नै राईले ४९ जना सांसदको समर्थनसहित आफ्नो दावी पेश गरेका थिए । उक्त समयावधि सकिएसँगै प्रदेश प्रमुख अधिकारीले प्रदेश १ को मुख्यमन्त्रीको रुपमा राईलाई नियुक्त गरेका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसलगतै प्रदेश प्रमुख अधिकारीले ...


क्रान्तिकारी शक्ति र आन्दोलनको आवश्यकता र जटिलता !

आज नेपालमा राज्यका चारै अङ्गमा विभिन्न विकृती-विसङ्गतीहरु व्याप्त छन् । सरकारको स्वेच्छाचारीता, संसदको संवादहीनता, न्यायालयको निकम्मापन र मिडियाको मनिपरस्तताजस्ता थुप्रै विकारहरुले प्रमाणित गरेका छन् कि यो बहुदलीय संसदीय व्यवस्था नेपालमा फेरि अर्कोपटक पनि पूर्णत: असफल र अफाप सिद्ध भैसकेको छ । त्यसमाथि बहुदलीय व्यवस्थाका खम्बा मानिएका संसदवादी पार्टीहरु र तिनका नेता-कार्यकर्ताहरुका आफ्नै घोषणापत्र र संविधानले निर्दिष्ट गरेका लक्ष-उद्देश्यविपरीतका दलाली, दासता, दरिद्रता, दम्भ र दमनजस्ता राष्ट्रघाती, जनविरोधी र समाजवाद विपरीतका दुष्ट, भ्रष्ट र निकृष्ट चिन्तन-चरित्र र काम-कार्वाहीहरुले गर्दा जनतामा समग्र राज्य, राजनीति, राजनीतिक दल, तिनका नेता-कार्यकर्ता ...


विवेकशील साझा विवाद:  मिश्र पक्षले पारित गर्‍यो ‘मार्ग परिवर्तन’ दस्तावेज

काठमाडौं - विवेकशील साझा पार्टी केन्द्रीय समितिको बिहीबार बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्तावेज “मार्ग परिवर्तन: विचारभन्दा माथि देश” लाई अङ्गीकार गर्ने निर्णय गर्दै दुई-तिहाइ भन्दा बढी मतले पारित गरेको छ।

स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्तावेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति निकालेर दाबी गरेका छन्।

त्यसै गरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील ...


बागमतीका मुख्यमन्त्री संगै ३ जना मन्त्रीहरुले लिए शपथ

हेटौंडा - बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यस्तै कृष्णप्रसाद खनालले आन्तरिक मामिला, कृष्णलाल भँडेलले भौतिक पूर्वाधार र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रीको सपथ लिएका छन् । उनीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन् ।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ जना नेता समावेश गरी ...


राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं - बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता पाण्डेलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख बुधबार २४ घण्टाको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।

प्रदेश प्रमुखले दिएको समयसीमामा गठबन्धनका तर्फबाट पाण्डेको एकल दाबेदारी पेस भएको थियो। पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी गरेका हुन्।

पाण्डेले ५९ जना प्रदेश सभा सदस्य (सांसद)को हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

...

प्रधानन्यायाधीशबारे गठबन्धनकै धारणा आउँछ : प्रचण्ड

काठमाडौं - सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका विषयमा सत्तारुढ गठबन्धनकै तर्फबाट धारणा सार्वजनिक गरिने बताएका छन्। प्रचण्डले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषयमा गठबन्धनमा कुनै चर्चा र छलफल नभएको बताए।

गृहजिल्ला चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै व्यवस्थापिका, कार्यकापालिका र न्यायपालिकालाई आ–आफ्नो स्वतन्त्रता उपयोग गर्न दिनुपर्ने टिप्पणी गरे।

‘हामी हिजो मात्रै गठबन्धनका तीन पार्टी जुटेका थियौ। पाँचवटै पार्टी जुटेर छलफल गर्ने भनिएको छ,’ प्रचण्डले भने, ‘तर, प्रधानन्यायाधीशलाई महाअभियोग लागाउने विषयमा चर्चा गरेका छैनौं। प्रसंग नै छैन। एक/दुई दिनभित्र गठबन्धनले धारणा ...


अब हुने चुनाव मेरा लागि अन्तिम हुनेछ : प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब हुने संसदीय चुनाव आफ्ना लागि अन्तिम चुनाव हुने बताएका छन्। मंगलबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले अब ५ वर्षका लागि हुने निर्वाचनपछि आफूले चुनाव नलड्ने पनि बताए।

उनले आगामी निर्वाचनमा चितवन जिल्लाबाटै उम्मेदवारी दिने पनि बताए।

उनले भने, ‘सायद अबको निर्वाचन मेरोलागि अन्तिम हुन पनि सक्छ, तर म चितवन छोड्दिनँ। चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस्, म चितवन छोडेर अन्त जाँदिनँ।’

सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले बुटबलमा हुने भनिएको १० औं महाधिवेशन एमालेले चितवनमा सारेर आफ्नो महत्व दर्शाइदिएको टिप्पणी गरे।

फरक ...


संवैधानिक कानुन व्यवसायी मञ्चले माग्यो प्रधानन्यायाधीशको राजीनामा

काठमाडौं - संवैधानिक कानुन व्यवसायी मञ्चले न्यायपालिकामा अहिले देखिएको समस्या समाधानका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने बताएको छ। प्रधानन्यायाधीश राणाकै राजीनामाबाट अहिले देखिएको विवादको सहज निकास भएको पनि मञ्चको भनाइ छ।

मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र महासचिव सरोजकृष्ण घिमिरेले मंगलबार एक विज्ञप्ति जारी गर्दै न्यायपालिकाको नेतृत्व विवादमा पर्दा जनताको न्यायको अधिकार नै प्रभावित हुन पुगेको पनि टिप्पणी गरेका छन्।

पछिल्लो समय न्यायपालिका गम्भीर विवादको घेरामा परेको र यसले समग्र राष्ट्रकै ध्यान समेत केन्द्रित गरेको मञ्चको विज्ञप्तिमा उल्लेख छ।

न्यायपालिकालाई स्वतस्फुर्त रुपमा अघि बढ्न सक्ने ...


बारका सल्लाहकारको अपिल : प्रधानन्यायाधीशले अविलम्ब राजीनामा दिनुपर्छ

काठमाडौं - नेपाल बार एसोसिएनसनका सल्लाहकारले वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अविलम्ब राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। सल्लाहकार समितिको मंगलबार बसेको बैठकमा सहभागी सल्लाहकारहरुले यस्तो निष्कर्ष निकालेका हुन्।

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश राणा सर्वोच्चबाट नहटेसम्म बार (कानुन व्यवसायी)ले इजलासमा बहस गर्न नहुने बताएका छन्। नेपाल बार एसोसिएनसनका पूर्वअध्यक्ष समेत रहेका थापाले मंगलबार बसेको बार सल्लाहकार समितिको बैठकमा प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म कानुन व्यवसायीले बहस गर्न नहुने सुझाव दिएका हुन्। न्याय क्षेत्रमा गम्भीर विचलन देखिएको र यस्तो अवस्थामा बारले हेरेर मात्रै बस्न नहुने थापाको भनाइ छ।

‘न्याय ...


तिब्बतबाट च्याङ्ग्रा नआएपछि नेपालमा मूल्य उच्च

काठमाडौँ - आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आए । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ । यसपटकको दशैमा उनले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र्याउएका छन् । जिल्लाका एक दर्जन व्यापारी दशैका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने गरेपनि यसपटक थोरै व्यापारी मात्रै हिमालपारी च्याङ्ग्रा लिन पुगेका छन् । तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङका सीमित च्याङ्गा भेडा बजार ल्याइएको छ ।

अहिले मुस्ताङका अधिकाँश भेडा च्याङ्ग्रा पोखरा पु¥याइने गरेको छ । केही वर्ष अघि ...


दशैंमा काठमाडौँ उपत्यका छाड्नेको लर्को

काठमाडौँ - नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिकरुपमा एक लाख बढी यात्रु काठमाडौँबाट बाहिरिएका छन् । प्रहरीलेको अभिलेखभन्दा बाहिरबाट समेत यात्रु बाहिरिएका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विस्तारै यात्रु बाहिरिनेक्रम बढिरहेका र दसैँ बिदा सुरु भएपछि भने यो सङ्ख्या अझै ...


बाहिरिदै मनसुन, अब ठूलो पानी नपर्ने

काठमाडौँ - नेपालबाट मनसुन बाहिरिन थालेको छ । यो वर्ष निकै ठुलो क्षति पुर्याएर मनसुन शुक्रबार (अक्टोबर ८) मा नेपालको पश्चिम क्षेत्रबाट बाहिरिन थालेको हो ।

नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट मनसुन बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले नियमितरूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेकाले थप जानकारीपछि अद्यावधिक गरिने जनाएको छ । अहिले मनसुनको ठूलो प्रभाव नरहे पनि प्रदेश नं १, २, बागमती र गण्डकीमा हल्का बदलीको अवस्था रहेको छ । अब ...


चौतर्फी आलोचना भएपछी गजेन्द्र हमालले मन्त्रि पदबाट राजीनामा दिंदै

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै विवादित भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन्।

उनले आइतबारै राजीनामा दिने तयारी गरेका छन्। आफू विवादमा फस्न नचाहेकाले उनले पदबाट राजीनामा दिन लागेको उनका भाइ विजेन्द्र हमालले बताए।

कांग्रेसका पुराना नेता भएता पनि उनी सांसद् थिएनन्। तर, प्रधानन्यायाधीश राणाको आफन्त भएको र उनलाई पनि मन्त्रिपरिषद्मा कोटा छुट्याएको भन्दै हमाल मन्त्री बन्नुअघि नै विवाद सुरु भएको थियो। तर, विवादका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई मन्त्री बनाएका थिए।

राजिनामा दिन लागेकाे कुरा उनले पनि स्वीकारे। ...


पुष्टि हुन सकेन सुन तस्करीको आरोप, गोरेसहित ८ जना ज्यान मुद्दामा मात्रै दोषी

काठमाडौं - साढे ३३ किलोसहितको ३८ सय किलो सुन तस्करीको मुद्दाका सबै अभियुक्तले सफाइ पाएका छन्।

मोरङ जिल्ला अदालतले मुख्य भनिएका गोरे भनिने चूडामणि उप्रेतिसहित विरुद्ध लगाइएको सुन तस्करीको अभियोग पुष्टि हुने आधार नदेखिएको भन्दै सबैले सफाइ पाउने फैसला सुनाएको हो।

सुन तस्करी तथा मोरङका सनम शाक्य हत्या प्रकरणमा कर्तव्य ज्यान र अपहरण तथा शरीर बन्धकको अभियोग लागेका ८ जना मात्रै दोषी ठहर भएका छन्। जसमध्ये गोरेसहित ६ जनाले कर्तब्य ज्यान मुद्दामा जन्म कैदको सजाय पाएका छन्। अदालतले गोरेविरुद्ध अपहरण तथा शरीर बन्धकको अभियोग पनि पुष्टि हुने ...


साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले पाए सफाइ

काठमाडौं - साढे ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुद्दा लागेका सबै प्रहरी अधिकारीले सफाइ पाएका छन्। मोरङ जिल्ला अदालत, विराटनगरले मंगलबार आरोपित सबै प्रहरी अधिकारीलाई सफाइ दिएको हो। आरोपित सबै प्रहरी अधिकारीले सफाइ पाएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए।

सुन तस्करी प्रकरणमा बहालवालासहित पूर्वप्रहरी अधिकारीविरुद्ध समेत मुद्दा लगाइएको थियो। पूर्वडीआईजी गोविन्द निरौला, तत्कालीन एसएसपी (हाल डीआईजी) दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी (हाल एसपी) प्रजित केसी, डीएसपी सञ्जय राउत, सई बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार विष्णुबहादुर खड्का र जवान अम्मरबहादुर खड्काले सफाइ पाएका हुन्।

यसअघि ...


साढे ३३ किलो सुनकाण्डमा गोरेसहित ६ जनालाई जन्म कैद

काठमाडौं - साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’लाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत मोरङले सुन तस्करी तथा सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो।

साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा ६ जनालाई जन्म कैदको सजाय तोकिएको छ।

जन्मकैदको सजाय हुनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार राजन कुमारलाई ३ वर्ष र ...


काठमाडौं कांग्रेसको महानगर सभापतिमा संस्थापन इतरका शाक्य विजयी

काठमाडौं - नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिको सभापतिमा संस्थापन इतरका नीलकाजी शाक्य विजयी भएका छन्।

प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितलाई भारी मतले हराउँदै शाक्य निर्वाचित भएका हुन्। कांग्रेसको काठमाडौं महानगर समितिको सभापति चयनका लागि जम्मा १ हजार १३९ मत खसेको थियो।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहनिकट मानिने शाक्यले केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका रञ्जितलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।

शाक्यलाई गगन थापाले पनि सघाएका थिए। महानगरका ३२ वडामध्ये कांग्रेसका अधिकांश वडा सभापतिले शाक्यलाई सघाएका बताइएको छ।

...

यी हुन् ‘ट्याक्स हेभन’ मुलुकमा लगानी गरेका १६ नेपाली

गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र सेयर खरिद-बिक्री गर्ने काममा नेपाली पनि संलग्‍न रहेको प्रमाण फेला परेको छ।

आईसीआईजेसहित विश्वभरका १४० भन्दा बढी सञ्‍चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासा अनुसार, नेपालका दुई ठूला व्यापारिक घराना- चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिहरू समेत त्यस्तो कार्यमा संलग्‍न भएको भेटिएको हो।

अमेरिकाको वासिङटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको कागजातअनुसार प्रतिनिधि सभा सदस्य ...


''अनपेक्षित गर्भधारणबाट जन्मिएका शिशुको हत्यामा पुरुष पनि दोषी''

काठमाडौं - सर्वोच्च अदालतले अविवाहित किशोरीले जन्माएको बच्चाको हत्यामा 'प्रत्यक्ष संलग्न' नभए पनि शिशुका बाबु (शारीरिक सम्पर्क राख्ने पुरुष) पनि दोषी ठहर हुने व्याख्या गरेको छ। सर्वोच्चको व्याख्याअनुसार विवाह नगरेका महिला–पुरुषबीच स्थापित यौनसम्बन्धबाट गर्भ रहन गइ जन्मिएको शिशुको हत्यामा 'प्रत्यक्ष संलग्नता' नभए पनि पुरुष समेत दोषी ठहर हुने भएका छन्।

अनिच्छुक गर्भधारणबाट जन्मिएको बच्चाको हत्या गरेको अभियोग लागेका पर्वतका मनबहादुर मल्ललाई सर्वोच्चले दोषी ठहर गर्दै अविवाहित सम्बन्धबाट जन्मिएको शिशुको हत्यामा बाबुको प्रत्यक्ष संलग्नता नभएपनि दोषी ठहर हुने व्याख्या गरेको हो।

यस्तो हत्याको घटनामा बाबु समेत जोडिएर कसूरदार ...


काठमाडौंमा आजदेखि मेला, महोत्सव तथा सभा-जुलुस गर्न रोक

काठमाडौं - काठमाडौं जिल्लामा आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ।

अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो। कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ।

...

घटस्थापनाको साइत बिहान ११ः४६ मा, टिका १०:२ बजे

काठमाडौं - गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे रहेको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ । टीकाको उत्तम साइत १० : २ बजे छ ।

फूलपाती तथा तुलजाभवानी यात्रा बिहान ७ : ११ बजे र स्थिरासन बिहान ८ : ४४ बजे रहेको छ ।

...

विदेश जाँदा अब नयाँ मापदण्ड

काठमाडौं - सरकारले अध्यागमन कार्यविधि संशोधन गर्दै विदेश जाने नेपाली नागरिकको खर्च व्यवस्थापनको हकमा नयाँ मापदण्ड तोकेको छ।

गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट अध्यागमन कार्यविधि २०६५ को दफा ३.१ को उपदफा (२) को खण्ड (घ) मा रहेको 'खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम ५०० अमेरिकी डलर वा सो बराबरको बिदेशी मुद्रा सटही गरेको प्रमाण'को व्यवस्थालाई परिवर्तन गरिएको हो।

परिवर्तित व्यवस्थाअनुसार यूरोप, अमेरिका, जापान, कोरिया प्रस्थान गर्नेको हकमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम ५०० अमेरिकी डलर ...


मन्त्रालयको भागबन्डा आजभोलिमै टुंगिन्छ : प्रचण्ड

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रालयको भागबन्डा आजभोलि नै टुंगो लाग्ने बताएका छन्।

बिहीबार सहिद प्रतिष्ठान नेपालको १२औं साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘अहिले गठबन्धनको सरकार छ। हामीले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेका छौं,’ उनले कार्यक्रममा भने, ‘बाँकी मन्त्रालयको टुंगो पनि आजभोलि मै लाग्छ।’

उनले जनआन्दोलन र 'जनयुद्ध'का सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रिया गठबन्धनको सरकारले अघि बढाइसकेको बताए।

‘हिजो म हुँदा गरेको निर्णय राजपत्रमा प्रकाशित गर्ने काम नगरेर समस्या गरियो,’ उनले भने, ‘त्यो बेला बदनियत राखेर कसले गल्ति काम गरेर समस्या ...


एमालेले नै बहिष्कार गरेपछि प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक बस्न सकेन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले अनुपस्थित भएर गैरलोकतान्त्रिक चरित्र देखाएको सत्ता पक्षले आरोप लगाएको छ। बिहीबार विहान बालुवाटारमा बसेको बैठकमा एमाले अनुपस्थित भएको थियो।

प्रमुख प्रतिपक्ष एमालेले संसद अवरुद्ध गर्दा थुप्रै विधेयक पारित हुन नसकेपछि देउवाले सर्वदलीय बैठक बोलाएका हुन्। एमालेले संसद अवरुद्ध गर्दा प्रतिनिधि सभामा ३३ र राष्ट्रिय सभामा २७ विधेयक पारित हुन सकेको छैनन्।

‘एमालेले लगातार संसद अवरुद्ध गर्दा संसदले प्रभावकारी काम गर्न सकेको छैन। संसद् अवरुद्धको गाठो फुकाउन प्रधानमन्त्रीज्यूले सर्वदलीय बैठक बोलाउनु भएको थियो,’ बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी ...


अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनमा सहमति

काठमाडौं - सत्ता साझेदार दलहरूबीच राजनीतिक दलसम्बन्धी अध्यादेश एक/दुई दिनमै फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच यस विषयमा सहमति भएको जसपाका कार्यकारिणी सदस्य महेन्द्रराय यादवले जानकारी दिए।

‘मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा अब ढिलो गर्न नहुने भन्ने सहमति भएको छ,’ उनले भने, ‘शीर्ष नेताहरुले भोलिसम्ममा सबै विषय टुंगो लगाउने भन्ने कुराकानी भएको छ।’

उनका अनुसार मन्त्रिपरिषद् विस्तारलाई छिटो टुंगोमा पुर्‍याएर सरकारको कामलाई गति दिने विषयमा नेताहरू सहमत भएका छन्। उनले भोलि वा पर्सिमा मन्त्रिपरिषद् बैठक बसेर अध्यादेश ...


एमाले केन्द्रीय कमिटी बैठकको बिचबाटै बाहिरिए भीम रावल

काठमाडौं - नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न भएको दश बुँदे सहमति कार्यान्वयनमा नेतृत्व गम्भीर नभएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरू असन्तुष्ट छन्।

अझ विशेषगरि सुदूरपश्चिमको हकमा सहमति अनुसार २ जेठ २०७५ को अवस्थामा पार्टीलाई क्रियाशील नगरिएको भन्दै एमाले उपाध्यक्ष भीम रावल असन्तुष्ट बनेका छन्।

केन्द्रीय कमिटीको बैठकमा नै नेताहरूले यस विषयमा असन्तुष्टि व्यक्त गरिसकेका छन्। आजको केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो। तर, उक्त बैठकमा पनि ठोस सहमति भने भएन। तेस्रो दिनको केन्द्रीय कमिटी बैठक बसिरहेको छ।

आइतबार बैठकमा केहीबेर सहभागी भएका उपाध्यक्ष भीम ...


ओलीको दावी : ''सत्तामा हुँदा असाधारण काम गरेका छौं''

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सत्तापक्षमा हुँदा असाधारण काम गरेको बताएका छन्। केन्द्रीय कमिटीको जारी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नमाथि जवाफ दिँदै आइतबार उनले सरकारमा हुँदा गरेका कामहरुको सूची प्रस्तुत गरेका छन्।

'सत्ता पक्षमा हामीले असाधारण काम गरेका छौं। असाधारण उपलब्धि प्राप्त गरेका छौं। भिजन दिएका छौं,' उनले भने।

ओलीले पार्टीसँग भिजन छैन भनेर नभन्न केन्द्रीय सदस्यहरुलाई आग्रह गरे। 'हामीसँग भिजन छैन नभनौं। हामीसँग भिजन छ। पहिलोपल्ट विकाससम्बन्धी व्यापक चर्चा गरिने हामीले नै बनायौं। हामीसँग राष्ट्रियता तथा लोकतन्त्रसँग सम्बन्धित व्यवस्थित भिजन ...


कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। आइतबार आएको पीसीआर रिपोर्ट अनुसार आफूलाई कोरोना संक्रमण खड्काले बताएका छन्।

असोज ८ गतेदेखि ज्वरो, खोकी सुरु भएको र आइतबार एन्टिजेन तथा पीसीआर परीक्षण गराउँदा आफूमा संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराएका छन्।

उनले ८ गते ४ बजेसम्म आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कताका लागि अनुराेध समेत गरेका छन्।

...

एक अर्ब ३३ लाख हिनामिना अभियोग लागेका २ जना अदालतमा हाजिर

काठमाडौं - कर फर्स्योट आयोगको ‘अनियमितता’ प्रकरणमा मुछिएका तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल विशेष अदालत हाजिर भएका छन्। तीन जनाविरुद्ध एक अर्ब ३३ लाख रुपैयाँ बिगो दाबी गर्दै २०७८ असार ९ गते मुद्दा दर्ता भएको थियो।

न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेको इजलासमा उनीहरुको बयान सुरु भएको छ। बयानपछि थुनछेक बहस हुनेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका पदाधिकारी चुडामणी शर्मा ढकाल (आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक) समेत तीन जनाविरुद्ध विशेष अदालतमा दोस्रो मुद्दा दर्ता गरेको थियो। अभियोगपत्रमा शर्मासहित कर फर्स्योट आयोगका अध्यक्ष ...


सरकारले दिएको पदक क-कसले अस्वीकार गरे ?

काठमाडौं- सरकारले प्रदान गर्ने मान पदवी विवादित बन्न थालेपछि अस्वीकार गर्नेको संख्या बढ्दै गएको छ। सरकारले विभिन्न क्षेत्रमा रहेर योगदान गरेका व्यक्तिहरुलाई संविधान दिवसको अवसरमा पदक वितरण गर्दै आएको छ। यस वर्ष पनि ९०३ जनालाई पदक दिने घोषणा सरकारले गरेको थियो। सरकारले उनीहरुको नामावली सार्वजनिक गरेसँगै सर्वत्र आलोचना भइरहेको छ।

अघिल्लो सरकारको पालमा पदक पाउने अधिकांश नेकपा एमालेनिकटका थिए। यसपटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट धेरै रहेका छन्। त्यसमा दलीय भागबण्डा र विवादित व्यक्तिहरुले पाउन थालेपछि अधिकाशंले आफू त्यस पदक पाउन ...


बागमती र  प्रदेश १ को सरकारलाई एक हप्ताभित्र विस्थापन गर्छौं  : माधव नेपाल

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती प्रदेशका सरकारलाई एक हप्ताभित्र हटाउने उद्घोष गरेका छन्। आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलामा उनले प्रदेशमा आफूहरु बलियो भएको बताए।

'सातै प्रदेशमा हामी बलिया छौं। सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी एक नम्बर पार्टी बनेको छ। प्रदेश २ मा हामीले केपी ओलीको पार्टीलाई पछाडि धकेलेका छौं। कर्णाली प्रदेशमा हामीले टक्कर दिएर धुलो चटाइदिएका छौं। हामी त्यहाँ सशक्त भएर अगाडि बढेका छौं', उनले भने, 'प्रदेश १ र बागमती प्रदेशमा केपी ओलीको सरकार छ, अब एक हप्ताभित्र सरकारबाट ...


आजदेखि दसैंका लागि नयाँ नोट साट्न पाइने

काठमाडौं - सोमबार (आज) देखि सर्वसाधारणले दसैंका लागि नयाँ नोट साट्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले दसैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो।

राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकको शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए। सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नायाँ नोट साट्न पाउने प्रवक्ता ढकालले बताए। प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गरिने उनले जानकारी दिए।

राष्ट्र बैंकले हरेक वर्ष दसैंमा नयाँ नोट वितरण गर्दै आए पनि कोरोना महामारीका कारण ...


आजदेखि देशव्यापी रुपमा भेरोसेल खोप लगाइंदै

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज( सोमबार)देखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ।

अहिले पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ। चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारील जानकारी दिए।

ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइने उनले बताए।

काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई खोप दिइने उनले जानकारी दिए। यस्तै १८ वर्ष माथिका खोप ...


दशैंको मुखमा बजेटमा अन्योलता, कर्मचारीको भदौको तलब अनिश्चित

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवादेखि कर्मचारीसम्मले भदौ महिनाको तलब समयमै नपाउने भएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको र प्रतिस्थापन विधेयक (संशोधित बजेट) पारित तथा प्रमाणीकरण नभएकाले यस्तो स्थिति निम्तिएको हो ।

आजदेखि संशोधित बजेट राष्ट्रपतिबाट प्रमाणीकरण नगराउञ्जेल सरकारले सञ्चित कोषमाथि व्ययभार हुने बाहेकका कुनै पनि खर्च पाउने छैन । गएराति १२ बजेदेखि नै सञ्चित कोषमाथि व्ययभार हुने बाहेक कुनै खर्च नगर्न महालेखा नियन्त्रकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।

आज भदौ महिनाको अन्तिम दिन हो । कार्यपालिका अन्तर्गत प्रधानमन्त्रीदेखि कर्मचारीले ...


बागमतीमा १८ लाख ७० हजारले लगाए कोरोना खोप

काठमाडौँ - बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएको बताइएको छ।

प्रदेशमा तीन लाख ४७ हजार १०१ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २०४ ले भेरोसेल तथा तीन लाख ४७ हजार ४१४ ले जोनसन एण्ड जोनसन खोप लगाएको जानकारी दिइएको छ।

प्रदेशमा १८ वर्षभन्दा माथिका ३२ लाख ७८ हजार १७७ ले कोरोनाविरुद्ध हालसम्म खोप लगाउन सकेका छैनन्।

बागमती प्रदेशमा २५ लाख ३८ हजार २२५ को कोरोना सङ्क्रमण परीक्षण ...


काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना, ३ को मृत्यु

काठमाडौँ - काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिहीबार बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले जानकारी दिए।

प्रदेश नम्बर ३ -०१-०२३-च-३५१३ नम्बरको जीप सडकबाट ६-७ सय मिटर तल खसेको उनले बताए। घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ।

ओखलढुंगा घर भएका अन्दाजी ३४-३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ। अर्का एक जनाको भने पहिचान नखुलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

घाइते बालक अन्दाजी १२ वर्षीय ...


एमालेको बागमती प्रदेशको इञ्चार्जका रुपमा 'बादल' को सम्बोधन

काठमाडौं - नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा बागमती प्रदेशको इञ्चार्जका रुपमा रामबहादुर थापा 'बादल'ले नै सम्बोधन गरेका छन्।

कार्यक्रम सञ्चालकले उनलाई बागमती प्रदेशको इञ्चार्जकै रुपमा सम्बोधनका लागि अनुरोध गरेका थिए।

बादल अघि भेलालाई प्रशिक्षण दिएकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भने सञ्चालकले सम्बोधनका क्रममा बागमती प्रदेश मुख्यमन्त्री र उपाध्यक्षका रुपमा प्रशिक्षणका लागि बोलाएका थिए।

नेकपा एमालेको संगठन संरचना २०७५ जेठ २ मा फर्किएको बताइए पनि एमालेका अधिकांश कार्यक्रममा त्यसको 'कार्यान्वयन' नभएको पाइन्छ। एमाले बागमती प्रदेशको संयोजकमा अष्टलक्ष्मी शाक्य नै रहेकी छन्।

पार्टी भित्र भएको विवाद ...


'सत्याग्रह' का लागि आज अमेरिका जाँदै डा. गोविन्द केसी

काठमाडौं - नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि लडिरहेका डा गोविन्द केसी आज अमेरिका प्रस्थान गर्दैछन्। सत्याग्रही डा. केसी ‘दुई दिने सामूहिक सत्याग्रह’को अवधारणा लिएर अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेका हुन्।

विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिदैं शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउँने उदेश्यले डा केसीको अगुवाइमा सेप्टेम्बर २० र २१ तारिखको १ देखि ४ बजेसम्म संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्क, अमेरिकामा शान्तिपूर्ण प्रदर्शन हुने भएको छ।

शान्ति दिवशका अवसरमा हुने उक्त दुई दिने शान्तिपूर्ण प्रदर्शनलाई ‘सामूहिक सत्याग्रह’का ...


MCC को विरुद्धमा तत्काल गर्नुपर्ने केही कामकुराहरु

MCC खारेज संयुक्त आन्दोलन, नेपालले तत्काल गर्नुपर्ने केही कामकुराहरु :

१. MCC को विरोध र भण्डाफोरसँगै त्यस्की उपाध्यक्ष फातिमा सुमारका हेपाहाजनक र धम्कीपूर्ण काम र कुराहरु तथा उनीहरुको सुरक्षाको नाममा देउवा सरकारले उनीहरुप्रती देखाएको दलाली र चाकरी एवं शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने नेपाली जनताको मौलिक हकलाई कुल्चेर विरोध प्रदर्शनका क्रममा भएको निरंकुश दमन र धरपकडको तीव्र निन्दा, भर्त्सना र भण्डाफोर गर्दै विज्ञप्ति जारी गर्नुका साथै सशक्त विरोध प्रदर्शनहरु गर्दै जाने ।
२. MCC खारेजी संयुक्त आम्न्दोलनको मोर्चालाई अझ फराकिलो र सशक्त पार्न तथा आन्दोलन निर्णायकरुपले ...


कांग्रेसले फेरि संशोधन गर्‍यो महाधिवेशन कार्यतालिका

काठमाडौं - नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन गरिएको छ। निर्धारित समयअनुसार सबै वडामा अधिवेशन हुन नसकेपछि कार्यतालिका परिमार्जन गरिएको छ।

केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने गरी तल्लो तहको अधिवेशनको मिति पर सारिएको छ। भदौ १८ देखि २६ सम्म वडा तहको अधिवेशन हुन नसकेका २० जिल्लाको वडा अधिवेशन असोज ५ का लागि सारिएको छ। डडेलधु्रामा आज भएको वडा अधिवेशनसहित ५७ जिल्लाको वडा अधिवेशन सकिएको छ।

आइतबार (भदौ २७) का लागि तोकिएको गाउँ/नगर अधिवेशन असोज ९ मा हुने गरी मिति तय गरिएको छ। सातौंपटक संशोधन गरिएको कार्यातालिका अनुसार ...


एमसीसी उपाध्यक्षसंग नेपालको आर्थिक रुपान्तरणबारे कुरा भयो : देउवा

काठमाडौं - नेपाल भ्रमणमा रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा अमेरिकी आर्थिक सहायता एमसीसीले नेपालको आर्थिक रुपान्तरणमा पार्ने प्रभावका बारेमा छलफल भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधि मण्डलसँग कुराकानी भएको बताएका छन्।

भेटका क्रममा आफूहरुबीच नेपाल–अमेरिका सहयोग तथा एमसीसीमार्फत् नेपालको आर्थिक रुपान्तरणका विषयमा कुराकानी भएको देउवाले जनाएका छन्।

बिहीबार नेपाल आइपुगेकी सुमार शुक्रबार अपराह्न प्रधानमन्त्री देउवालाई भेट्न शुक्रबार साँझ बालुवाटार पुगेकी थिइन्।



प्रहरी माथि ढुंगा प्रहार गर्न थालेपछि युवा संघ माथि हस्तक्षेप

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघले 'सरकार खोज्ने' भन्दै गरेको टर्च र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ।

टर्च र्‍यालीमा सहभागी भएकाहरुले ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो। नयाँ बानेश्वर क्षेत्रमा पुग्दा टर्च र्‍यालीका सहभागीहरुले सार्वजनिक यातायातका साधन र प्रहरी तथा सर्वसाधारणमाथि ढुंगा प्रहार गरेका थिए।

प्रहरीले र्‍यालीलाई तितरवितर पार्न लाठी समेत चार्ज गरेको छ। आन्दोलनमा उत्रिएका युवा संघका कार्यकर्ता र प्रहरीबीचको 'झडप'ले नयाँ बानेश्वर क्षेत्र एकछिन तनावग्रस्त बनेको थियो ।

...

पछिल्लो आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए

काठमाडौं - कोरोना महामारीका बीच सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्‍कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६६ हजार ९६६ विदेशी पर्यटक नेपाल आएका हुन्। अगष्ट महिनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएका छन्। उक्त महिना नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिएका छन्।

अघिल्लो वर्ष सन् २०२० को सोही महिनामा जम्मा २६५ मात्र पर्यटक आएका थिए। कोभिड-१९ अघि सन् २०१९ को अगष्टमा ९४ हजार ७४९ पयटक नेपाल आएको तथ्याङ्‍क छ। कोभिड-१९ महामारीको ...


वामदेवलाई ओलीको कटाक्ष : एउटाको नजिक हुनका लागि अर्कोलाई गाली गर्ने

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री हुनका लागि आफूलाई गाली गरेर निवेदन लेखेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एउटाको नजिक हुनका लागि अर्कोलाई गाली गर्ने गरिएको बताए।

गौतमको नाम नलिई ओलीले भने- 'अहिले त कसैलाई उपप्रधानमन्त्री हुन मन लाग्यो भने निवेदन ब्यहोरामा तपाईं केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, पार्टीले भनेको मान्नुभएन, हामीलाई सम्मान गर्नुभएन, विकास मात्रै गर्नुभयो, कुन्नी के जाति मात्रै गर्नुभयो। त्यसकारण तपाईंको पार्टी छोडेँ भन्दिए भयो।'

गौतमले शुक्रबार मात्रै ओलीको आलोचना गर्दै पार्टी कार्यालय ...


संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं - मन्त्रिपरिषद्ले संघीय संसद्‍को अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते अपराह्न ४ बजेका लागि अधिवेशन बोलाउन सिफारिस गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

गत साउन ३ गते सुरु भएको अघिल्लो अधिवेशन साउन ३२ गते अन्त्य गरिएको थियो। अधिवेशन अन्त्य भएको भोलिपल्टै सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश जारी गरेको थियो। सोही अध्यादेशको जगमा एमाले र जसपा विभाजित भइ क्रमशः नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका छन्।

...

सत्ता गठबन्धनका दलहरु बिच मन्त्रालय भागबण्डामा अझै कुरा मिलेन

काठमाडौं - सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ। शनिबार बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा भेटवार्ता भएको हो।

नेताहरुबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो। देउवा नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना हुन लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। गठबन्धन दलहरुबीच मन्त्रालयमा कुरा मिल्न सकेको छैन।

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै विभाजति नेकपा एमाले र जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई ...


कसले तोडफोड गर्यो महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक ?

झापा - झापाको भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ ।

आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए । सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा सोमबार बिहान भेटिएको उनले जानकारी दिए ।

भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय साहित्यप्रेमीहरूले सालिक स्थापना गरेका थिए । पूर्वपश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने मेची सहायक राजमार्गको बीचमा सालिक रहेको थियो ।

सालिक तोडफोड घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गरेको र दोषी पत्ता लगाएर ...


आजबाट वर्षा कम हुँदै जाने

काठमाडौं - मनसुनी वायुको प्रभावका कारण केही दिनदेखि परेको निरन्तरको झरी आज (मंगलबार)देखि कम हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा सामान्य वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक–दुई स्थानमा भारी ...


अफगानिस्तनाबाट हालसम्म ८२८ नेपाली स्वदेश फर्किए

काठमाडौं - अफगानिस्तनाबाट हालसम्म ८२८ नेपाली स्वदेश फिर्ता भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार सोमबार टर्किस एयरको नियमित उडानबाट ४५ जना फर्किएका थिए।

मन्त्रालयले अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउने क्रम जारी रहेको जनाएको छ।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले बताएको छ।

स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, ...


करिब २० वर्षपछि अफगानिस्तानबाट अमेरिका पूर्णरुपमा फिर्ता

काठमाडाैं - संयुक्त राज्य अमेरिकी सेनाले करिब २० वर्षपछि पूर्ण रुपमा अफगानिस्तान छाडेको छ। आज सेनाको अन्तिम समूहसँगै काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अमेरिका फर्किएको समाचारहरुमा उल्लेख छ।

योसँगै सन् २००१ देखि अफगानिस्तानमा अमेरिकाले सुरु गरेको सैन्य अभियानको अन्त्य भएको छ। यस्तै विगत दुई हप्तादेखि काबुलबाट भइरहेको उद्धार कार्य पनि अन्त्य भएको अमेरिकाले उल्लेख गरेको छ।

अन्तिम अमेरिकी विमान बाहिरिएसँगै, तालिबानहरूले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएका थिए।

अमेरिकी सैनिक जनरल फ्र्यांक म्याकेन्जीले ...


अघिल्लो बजेट परिमार्जन हुने, प्रतिस्थापन विधेयकको तयारी सुरु

काठमाडौं - केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्ष (२०७८/०७९)को बजेट परिमार्जन हुने भएको छ। अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको हो।

नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै संसदमा विधेयक पारित हुने अवस्था बनेपछि चालु आवको बजेट परिमार्जनको तयारी थालिएको हो।

बिहीबार अर्थ मन्त्रालयले अन्य मन्त्रालयका सचिवहरुको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव संकलन गरेको छ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकका प्राथमिकताहरुबारे प्रकाश पार्दै विद्यमान अर्थतन्त्रलाई उत्पादनमुखी दिशातर्फ सोझ्याउने गरी ...


एमाले महाधिवेशन पर सर्‍यो

काठमाडौं - नेकपा एमालेले १० औं महाधिवेशनको मिति पर सारेको छ। बिहीबारको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति पर सार्ने निर्णय गरेको उपाध्यक्ष भीम रावलले जानकारी दिए।

यसअघि मंगलबार बसेको स्थायी कमिटीको बैठकले मंसिर १०–१२ गते १० महाधिवेशन गर्ने निर्णय गरेको थियो।

बिहीबार केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले महाधिवेशनको मिति सारिएको जानकारी दिए। तर, नयाँ मितिबारे केही बताएनन्।

...

वामपन्थी लोकतान्त्रिक शक्तिहरु सहकार्य गर्नेछौं : माधव नेपाल

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले वामपन्थी लोकतान्त्रिक शक्तिहरु सहकार्य गर्ने बताएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले वामपन्थी र लोकतान्त्रिक गठबन्धन अगाडि बढोस् भन्ने चाहेको पनि बताए।

'अहिलेको सत्ताधारी पार्टी नेपाली कांग्रेस, गठबन्धको नेकपा माओवादी केन्द्र, र त्यसैगरी जनता समाजवादी पार्टी सबैसँग हामी सहकार्य गर्नेछौं। सत्ताभन्दा बाहिर भएका अरु वामपन्थी लोकतान्त्रिक शक्तिहरुसँग पनि हामी सहकार्य गर्नेछौं। हामी चाहन्छौं, यो वामपन्थी लोकतान्त्रिक गठबन्धन अगाडि बढोस्', उनले भने।

अध्यक्ष नेपालले नवौं महाधिवेशनले अघि सारेको सुखी नेपाल र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने हिसाबले आफूहरु अगाडि ...


हामी सरकारमा सहभागी हुन्छौं : माधव नेपाल

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने बताएका छन्। अध्यक्ष नेपालले आफूहरु सत्ता गठबन्धनकै (घटक) भएकाले सरकारमा नजाने कुरा नहुने बताए।

हिजोको अवस्थामा आफूहरुले सत्ता गठवन्धन भन्न नमिल्ने अप्ठारो अवस्थामा भएपनि अब त्यस्तो अवस्था नभएको उनले बताए। उनले अब पाँच दलीय गठबन्धनमा निरन्तर सहकार्य हुने बताए।

‘हामी सरकारमा आवश्यक परे सहभागी हुने छौं,’ उनले भने ‘सरकारको गठबन्धन हौं। हिजो औपचारिक रुपमा भन्न गाह्रो थियो, तर अहिले छैन।’

नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय भएको भन्दै उनले यो जनताको आम चाहाना पनि भएकाले यसलाई छोडेर जान ...


नेतृत्वको अन्यायपूर्ण व्यवहारप्रति शर्माको आक्रोस, प्राध्यापक संघको प्रमुख पद अस्विकार

काठमाडौँ - नेकपा माओवादी केन्द्रले हालै पार्टीको प्राध्यापक संघ सम्बद्ध जनसंगठन प्रमुखको जिम्मेवारी आफुलाई दिएको प्रति नेता नारायण शर्माले आपत्ति जनाएका छन्। पार्टीको गैरक्रान्तिकारी र गैरमालेमावादी विचार, नीति, विधी तथा नेतृत्वका अन्यायपूर्ण र अपमानजनक आचरण-व्यवहारसँग आफ्ना कैयौं असहमती रहेको भन्दै उनले उक्त पद अस्विकार समेत गरेका छन्।

यसै कारणले आफुले पार्टीका पछिल्ला कुनै बैठक पनि एटेण्ड नगरेको र असहमतिका विषयहरु समावेस भएका १५ बुँदा गत पुषको बैठकको क्रममा सार्वजनिक समेत गरिसकेको स्मरण गराएका छन्।

१५ बुँदामा समावेश गम्भीर सैद्धान्तिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक विषयहरुको सम्बोधन नभएसम्म आफु ...


पदमुक्त नगर्न माग गर्दै नेपाल पक्षद्वारा संसद् सचिवालयमा पत्र दर्ता

काठमाडौं - बुधबार नेकपा एमालेबाट औपचारिक रुपमा अलग्गिएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपालले आफूहरुले एमालेबाट वैधानिक विद्रोह गरेको र अब एमाले पुनर्गठनका लागि भूमिका खेल्ने बताएका छन्।

आफ्नो नेतृत्वमा नयाँ पार्टी, नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले बुधबार साँझ सार्वजनिक अपिल जारी गर्दै यस्तो बताएका हुन्।

उनले अपिलमा भनेका छन्, ‘यतिबेला हाम्रो पार्टी नेकपा (एमाले) गम्भीर संकटबाट गुज्रिरहेको छ। हाम्रोे पार्टी एकताबद्ध भएर अगाडि बढ्न नसक्ने अत्यन्त पीडादायी अवस्था सिर्जना भएको छ। यस्तो स्थिति सिर्जना हुनुको मुख्य कारण पार्टी अध्यक्ष ...


राष्ट्रिय दलकाे मान्यताका लागि चाहिने ३ प्रतिशत थ्रेसहोल्ड हट्यो

काठमाडौं - सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशमा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न समानुपातिक प्रणालीमा ३ प्रतिशत मत ल्याउनु नपर्ने व्यवस्था गरिएको छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशले राजनीतिक दल सम्बन्धी ऐनको दफा ५२ लाई संशोधन गर्दै प्रतिबन्धात्मक वाक्यांश थप गरेको छ। ‘तर, राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलका सदस्यहरुले दफा ३३ को उपदफा २ बमोजिम नयाँ दलको गठन गरेमा त्यस्तो दलले समानुपातिक तर्फको प्रतिशत पूरा गर्न आवश्यक हुने छैन’ अध्यादेशमा भनिएकाे छ।

दफा ५२ मा प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत ...


यी हुन् माधव नेपालको पार्टीका ९५ जना केन्द्रीय सदस्य

काठमाडौं - माधवकुमार नेपालको नेतृत्वमा ९५ जना केन्द्रीय सदस्यको नामसहित पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ। पार्टीको नाम नेकपा एमाले समाजवादी प्रस्ताव गरिएको छ। चुनाव चिह्न भने अहिले प्रस्ताव गरिएको छैन।

'आज अध्यादेश जारी भइसकेपछि नेकपा एमालेका हामी ५८ जना केन्द्रीय कमिटीका सदस्यहरु उपस्थित भएर बैठक बस्यौं। र, हामीले नयाँ दल दर्ता गर्ने निर्णय गर्‍यौं,' निर्वाचन आयोग परिसरमा नेता राजेन्द्र पाण्डेले भने।

पाण्डेका अनुसार, साविक एमालेका ३१ जना सांसद् नयाँ पार्टीतिर आएका छन्। त्यस्तै, ५८ जना केन्द्रीय सदस्य पनि एमाले समाजवादीतिर छन्। 'माधवकुमार नेपालको अध्यक्षतामा ...


अन्ततः फुट्यो एमाले, माधव नेपालपक्षको नयाँ पार्टी ‘एमाले समाजवादी’

काठमाडौं - विवाद र संघर्षको लामो शृंखलापछि अन्ततः नेकपा एमाले औपचारिक रुपमै विभाजन भएको छ। एमालेबाट फुटेको वरिष्ठ नेता माधवकुमार नेपालपक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।

नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका लागि बुधबार अपराह्न निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको हो।

बुधबार नेपालपक्षले निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका लागि निवेदन दिँदै पार्टीको चुनाव चिन्ह खुला किताबको दाबीसमेत पेस गरेको छ।

नेपालपक्षका नेता जगन्नाथ खतिवडाले भने, ‘निर्वाचन आयोगले चिह्न र नाम दिएपछि उसले माग्यो भने केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउनेछौं, ...


प्रदेश २ का प्रमुख अहिराज पदमुक्त, हरिशंकर मिश्र नयाँ प्रमुख

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् ।

संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले महोत्तरीका मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

...

अध्यादेश जारी: २० प्रतिशतले पार्टी फुटाउन सकिने, नेपालसंगै ठाकुर-महतोलाई पनि सुविधा

काठमाडौँ - सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

सरकारले ल्याएको यो अध्यादेशले माधव नेपाल पक्ष र जसपाको महन्थ ...


लामो अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरूद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ।

मन्त्रालयले ‘कोभिसिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने स्पष्ट पारेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ‘कोभिसिल्ड’ को पहिलो मात्रा लगाएको करिब पाँच महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने जानकारी दिए।

गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई सो खोपको पहिलो मात्रा लगाएकामा अहिले करिब पाँच ...


नयाँ बसपार्कको ''टिकट सिस्टम'' अब डिजिटल प्रविधिमा

काठमाडौँ - हाते कागजमार्फत् यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ।

काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्क भित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो।

नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउनका लागि वैशाख १ गतेदेखि बन्द गरिएका टिकट काउण्टर कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि कम्युटर प्रणाली र प्रविधिको प्रयोग गरी सञ्चालनमा ल्याइएको हो।

टिकट ...


हाइटीको शक्तिशाली भूकम्पमा परि ३०० बढीको मृत्यु, १८ सय घाइते

काठमाडौं - हाइटीमा शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् । त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहान हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प गएको थियो । यसको इपिसेन्टर सेन्ट-लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पको धक्का करिब १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट ओ प्रिन्समा र छिमेकी देशहरुमा पनि महसुस ...


देशभर निषेधाज्ञामा थप कडाइ गरिँदै

काठमाडौं - काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो ।

यसकोअघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २८ देखि अगामी भदौ ८ गतेसम्मका लागि जारी आदशेमा यसका अतिरिक्त राति ८ बजेभित्रमा सार्वजनिक तथा निजी सवारी गन्तव्य स्थलमा पुगिसक्नुपर्ने थप आदेश जारी भएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला भन्छन्, ‘राति बीच बाटोमा अलमल गर्ने अवस्था देखियो, यसले भीडभाड ...


लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसँगै पाँच मन्त्रीले शपथ लिने

काठमाडौं - लुम्बिनी प्रदेश सरकारमा तीन दलका ५ मन्त्रीले शपथ लिने भएका छन्। मुख्यमन्त्रीको दाबीमा गठबन्धनबाट माओवादी केन्द्रका कुलप्रसाद केसी ‘सोनाम’को मात्रै दाबी परेको थियो। मुख्यमन्त्रीमा केसीसँगै पाँच मन्त्रीले शपथ लिने भएका छन्।

जनता समाजवादीबाट ३ जना, कांग्रेस र माओवादीबाट १/१ जनाले शपथ लिने भएका छन्। कांग्रेसबाट दाङका डिल्ली चौधरी मन्त्री बन्ने भएका छन्। उनी दाङ २ ‘ख’बाट प्रत्यक्ष निर्वाचित हुन्।

प्युठान 'ख'बाट निर्वाचित माओवादी केन्द्रका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले शपथ लिने भएका छन्।
शपथ अपराह्न साढे ४ बजे हुने जनाइएको छ।

...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

बुटवल - लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

केसीलाई माओवादी केन्द्रसहित, नेपाली काग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। उनको पक्षमा प्रदेश सभाका ८० मध्ये ४२ जनाले समर्थन जनाएका छन्।

अपराह्न ...


महाकवि देवकोटाको घर भत्काएकोमा सर्वोच्चले माग्यो जवाफ

काठमाडौं - सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनु पर्नुको कारण पेश गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका निकायका नाममा आदेश जारी गरेको छ।

पुरातात्त्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायतका विपक्षीसँग १५ दिनभित्र लिखित रुपमा महान्यायाधीवक्ता कार्यालयमार्फत् कारण पेश गर्न आदेश दिएको हो।

घर भत्काउन रोक्न अन्तरिम आदेश माग गरेपनि सर्वोच्चले भने उक्त आदेश जारी गरेन। पुरातात्त्विक महत्वको घर भत्काउनु गलत भएको भन्दै त्यसले महाकविसँग जोडिएको धरोहर नाश हुने भएकाले संरक्षण ...


लुम्बिनीमा भोलि ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

काठमाडौं - लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दाबी गर्न भोलि अपराह्न ३ बजेसम्मको समयसीमा तोकेका छन्। मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि आह्वान गरेका हुन्।

'संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २०७८ साउन २८ गते बिहीबार अपराह्न ३:०० बजेभित्र दाबी पेश गर्न माननीय प्रदेश प्रमुखज्यूले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आह्वान गर्नुभएको छ', प्रदेश प्रमुख कार्यालयका ...


लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। एमाले संसदीय दलको बैठकपछि राजीनामा दिने निर्णय गरेका मुख्यमन्त्री पोखरेलले लगत्तै प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर राजीनामा बुझाएका हुन्।

प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् ।
प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् ।

विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्रनम्बर २ (१) बाट प्रदेश सभा सदस्य ...


प्रहरीको प्रश्नपत्र लिक प्रकरण : ३ जना प्रहरीलाई बर्खास्त गर्न सिफारिस

काठमाडौँ - शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षामा अनियमिततामा संलग्न भएको आरोपमा लागेका ३ जना प्रहरीलाई सेवाबाट हटाउन सिफारिस गरिएको छ। शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्नपत्र ‘लिक’ भएको सुचना बाहिरियेपछी प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्त लामा नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो।

समितिले छानबिन सकेर बुधवार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन ५ सय ५० पृष्ठको छ ।

प्रहरी नायव निरीक्षक जनकबहादुर थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई जागिरबाट हटाउन सिफारिस गरिएको छ ।

छानबिन समितिले ...


लुम्बिनीमा जसपाबाट मन्त्री बनेका यादव र पाण्डेले पनि राजीनामा दिँदै

काठमाडौं - लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन्। जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन्।

यसअघि मंगलबार राति भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका थिए।

उनीहरु तीनै जनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक–पटक ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ।

...

लुम्बिनी प्रदेशको अधिवेशन रोक्न माग गरेको रिट न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौं - लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट सुनुवाइका लागि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको छ। मंगलवार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेसी रहे पनि हेर्न नभ्याउने हुँदै सुनुवाइ सरेको थियो। लुम्बिनी प्रदेशमा आज विशेष अधिवेशन सुरु हुँदै छ।

सोमबार लुम्बिनी प्रदेश सभा सदस्य लिला गिरीले साउन २७ गते बुधबारका लागि आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए।

उक्त रिट सुनुवाइका लागि मंगलबार न्यायाधीश भट्टराईको बेञ्चमा ‘ज’ नम्बरमा पेसी रहेको छ। रिट दायरकर्ता ...


मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ खुल्यो

काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) आज (बुधबार)देखि निष्काशन भएको छ।

लघुवित्तले जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशनमा ल्याएको हो।

कुल सेयरमध्ये ५ हजार ४६९ कित्ता सेयर कर्मचारीलाई १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने सेयर विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ।

लघुवित्तको आईपीओमा प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० ...


विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौं - सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद्‍मा यससम्बन्धी प्रस्ताव लगेकी थिइन्। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको स्रोतले बताएको छ। तर, मन्त्रिपरिषद्को उक्त निर्णय हालसम्म गोप्य राखिएको छ।

मन्त्रिपरिषद्‍बाट निर्णय भए पनि घिसिङले नियुक्तिपत्र पाएका छैनन्। उनलाई आजै पदबहाली गराउने तयारी गरिए पनि नियुक्तिपत्र तयार नभएका कारण रोकिएको बताइएको छ। ...


उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याइयो

काठमाडौं - कोरोना संक्रमितको संख्या पछिल्ला दिनमा बढिरहँदा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्ब्याइएको छ। उपत्यकाका तीनै जिल्ला प्रशासनका प्रमुखहरुको बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद) को निर्णय, कोभिड-१९ साट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी २७ गतेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

सबै प्रकारका सभा, ...


लुम्बिनीका मुख्यमन्त्री पोखरेल विरूद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। मंगलबार प्रदेश सभा सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहित एक चौथाइ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताए।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्र कनौडियाको नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुका साथै विशेष अधिवेशन समेत बोलाउन माग गरिएको छ।

सोमबार ४१ जना सांसदको हस्ताक्षरसहित माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गरेर ...


विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाले उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री पम्फा भुसाललाई बोलाएर कुलमानलाई प्राधिकरण प्रमुखमा नियुक्त गर्न निर्देशन दिएका हुन्।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाको निर्देशनपछि कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने 'प्रक्रिया' समेत सुरु भइसकेको छ।

प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर पदबाट राजीनामा दिन भनेकी छन्।

शाक्यले प्राधिकरण प्रमुखको जिम्मेवारी सम्हालेयता प्राधिकरणको नाफा घटेको, अनधिकृत रुपमा विद्युत् कटौती हुने क्रम र विद्युत् चुहावट बढेको भन्दै प्रधानमन्त्री देउवाले कुलमानलाई ...


अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारस खड्काको घोषणा

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। सामाजिक सञ्जालमा मंगलबार बिहान एक विज्ञप्ति सार्वजनिक गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।

उनले नेपाली क्रिकेटलाई माया गर्ने सबैलाई धन्यवाद दिँदै फेसबुकमा लेखेका छन्, ‘सन् २००२ मा १५ वर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षक, साथी खेलाडीहरु, प्रशंसकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र साथीहरुप्रति म सदैव ऋणी रहने छु।’

क्रिकेटरका रुपमा मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका ...


दार्चुला हत्याकाण्ड : दोषीलाई कारबाही गर्न MCC खारेज अभियानको माग

काठमाडौँ - यही २०७८ साउन १५ गते शुक्रवारका दिन नेपालको सुदूरपश्चिम प्रदेस अन्तर्गतको उत्तरी जिल्ला दार्चुलाको व्यास गाउँपालिका निवासी ३५ वर्षीय युवा जयसिंह धामी महाकाली नदीको पूर्वी किनाराबाट पश्चिम किनारातर्फ तुइनबाट महाकाली नदी तरिरहेकै अवस्थामा भारतीय सीमा-सुरक्षाबलका जवानले देखादेखी र जानाजानी ज्यानमार्ने उद्देश्यले नै तुइनको लठ्ठा काटिदिएर नेपाली नागरिक जयसिंह धामीलाई महाकाली नदीको उर्लँदो भेलमा खसालेर गरेको हत्याले सारा नेपालीलाई स्तब्ध, दुःखित, अपमानित र आक्रोशित बनाएको छ । हामी भारतीय सीमा-सुरक्षाबलका जवानहरुद्वारा गरिएको जयसिं धामीको उक्त आपत्तिजनक हत्याको घोर निन्दा-भत्सर्ना गर्दै जयसिंह धामीप्रत्ति हार्दिक श्रद्धासुमन ...


छिन्नमस्ता भगवतीको मुकुटसहित एक जना पक्राउ

सप्तरी - छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट फेला परेको छ। चोरी भएको चाँदीको मुकुटसहित सोमबार बिहान विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आइतबार साँझ सरसफाइका लागि मन्दिरका पुजारी पानी लिन गएको समयमा मुकुट चोरी भएको थियो।

चोरी गरेका मण्डलले बिहान आफैंले मुकुट ल्याएको र मन्दिर स्थापना गर्ने भन्दै गाउँमा हल्ला गर्दै हिँडेको स्थानीयवासी जयप्रकाश यादवले बताए। ७५० ग्रामको चाँदीको मुकुट, सुनको टीका र नथिया बरामद गरी मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए।

चोरीको घटना बाहिरिएपछि आइतबार ...


विद्युतका खम्बा चोर्ने ७ जना पक्राउ

हेटौंडा - मकवानपुरको बागमती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले बागमती–४ झुरझुरेस्थित धरान–चतरा सडकखण्डबाट स्टिल ट्युवलर विद्युतीय खम्बासहित सात जनालाई पक्राउ गरेको हो।

हात्तीटुगेस्थित बाटो छेउमा रहेको ग्रीड सोलार इञ्जिन इफिसेन्सी आयोजनाका स्टिल ट्युवलर विद्युतीय खम्बासहित उनीहरुलाई प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रियाअघि बढाएको प्रहरीले जनाएको छ।

मे१ख १५०५ नम्बरको ट्रकमा सो स्टिल खम्बा लोड गरी झुरझुरेतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ट्रक ...


संक्रमित बढेसँगै भरिन थाले अस्पताल, स्वास्थ्य सेवा प्रभावित हुने चिन्ता

काठमाडौं - कोरोना भाइरसको संक्रमितको संख्या पछिल्लो एक सातायता फेरि बढ्न थालेको छ। काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा समेत संक्रमितको संख्या बढ्दा अस्पतालका कोभिड शय्या भरिन थालेको छ।

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको दर बढेको र अस्पतालहरुमा संक्रमित बिरामीको चाप देखिन थालेपछि अन्य स्वास्थ्य सेवा पनि प्रभावित हुनसक्ने देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई साता अघिसम्म दैनिक २ हजार संक्रमित थपिँदै आएकोमा अहिले फेरि उक्त संख्या बढेर झण्डै चार हजार पुग्न थालेको छ।

कोरोना संक्रमितको चाप फेरि बढ्न थालेपछि त्रिवि शिक्षण अस्पतालले आइतबार चिकित्सकहरुबीच छलफल समेत गरेको ...


आरक्षणबारे सर्वोच्चको फैसला : ‘एउटै व्यक्तिले पटक-पटक अवसर पाउन मिल्दैन’

काठमाडौं - सर्वोच्च अदालतले संविधानले दिएको आरक्षणका बारेमा सुनाएको फैसलामा 'सकारात्मक विभेदका नाममा एउटै व्यक्तिले पटक–पटक अवसर पाउन नसक्ने' टिप्पणी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा आनन्दमोहन भट्टराईको १ पुस २०७७ को संयुक्त इजलासले सुनाएको फैसलाको पूर्णपाठमा आरक्षणलाई जातीय वा वर्गीय समूहभित्र पर्ने मध्यम वर्गबाट मुक्त गरी वास्तविक आरक्षण चाहिने व्यक्तिसम्म पुर्‍याउन भनिएको छ।

सर्वोच्चले 'आरक्षण'लाई एउटै व्यक्तिले प्राप्त गर्ने भन्दा पनि अवसर नपाएर पछाडि पारेका वर्ग, जात र समुदायलाई माथि उकास्न एकपटक दिइने अवसरको रुपमा ब्याख्या गरेको छ।

‘सकारात्मक विभेदको व्यवस्थालाई पटक–पटक एकै व्यक्ति ...


MCC खारेज अभियानको संयुक्त संघर्षसम्बन्धी नारायण शर्माको प्रस्ताव !

नेपालले East India Company जस्तै एक अमेरिकी सरकारी व्यापारिक कम्पनी/निगम Millennium Challenge Corporation (MCC) संग गरेको सम्झौता नेपाल र नेपालीको विकास र समृद्धि, हक र हित, शान्ती र प्रगतीका पक्षमा हुने कुरा त छँदैछैन, उल्टै इस्ट इण्डिया कम्पनीले भारतमा प्रवेश गरेर गरेजस्तै नेपालको प्राकृतिक श्रोत, साधन र सम्पदा (जल, जङ्गल, जडीबुटी, खनिज, युरेनियम आदि)को शोषण-दोहन गर्ने र परियोजना कार्यान्वयनका क्रममा परियोजना क्षेत्रभित्र उत्खनन गर्दा प्राप्त वस्तुहरु र तिनको पेटेण्ट राइट समेतमा अमेरिकाले एकलौटी कब्जा जमाउने कुरा सम्झौतामै उल्लेख छ । उसले गर्ने यसप्रकारको लूटखसोटले हाम्रो ...


बढ्दै कोरोना संक्रमण, विश्वका १३२ देशमा भेटियो डेल्टा भेरियन्ट

काठमाडौं - विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या पुनः बढ्दै गएको छ। यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशतले संक्रमण बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन्।

संयुक्त राष्ट्रसंघको स्वास्थ्यसम्बन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य संगठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म संक्रमितको संख्यामा बृद्धि भएको जनाएको छ।

पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार संक्रमित भएका छन्। त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक संक्रमित भएको डब्लुएचओको भनाइ छ।

त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु हुनेको संख्यासमेत पनि वृद्धि भएको डब्लुएचओले जनाएको छ।

साथै, विश्वका ...


एमालेले खीर खुवाउने कार्यक्रममा माधव नेपाल नजाने

काठमाडौं - नेकपा एमालेले साउन १५ गतेलाई खीर खाने दिनलाई सम्झेर नेता कार्यकर्तालाई बोलाएर खुवाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दिउँसो २ बजेदेखि ३ बजेसम्म खीर खाने कार्यक्रम राखिएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

सोही कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालपक्ष भने खीर खाने कार्यक्रममा नजाने भएका छन्। खीर खाने कार्यक्रम राखिएपनि आफूहरुलाई थाहा नभएकाले नजाने केन्द्रीय सदस्य निरज आचार्यले बताए।

...

भीमफेदी जेलका ३५५ कैदीमा कोरोना संक्रमण देखियो

मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पृष्टि भएको छ।

कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो। कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ पृष्टि भएको कारागारका प्रमुख नारायण पाण्डेले जानकारी दिए।

कोरोना पोजिटिभ देखिएका कैदीलाई कारागारको माथिल्लो तल्लामा स्वास्थ्य सावधानी अपनाएर अलग राखिएको बताइएको छ। साथै कोरोना नभएका कैदीलाई तल्लोतलामा व्यवस्थापन गरिएको पाण्डेले बताए।

कारागारमा रहेका अधिकांश कैदीलाई कोरोना खोप कोभिशिल्ड लगाइसकिएको भए पनि खोप लगाइएका र नलगाइएका दुवै समूहलाई कोरोना पोजिटिभ ...


बढ्दो कोरोना नियन्त्रणबारे छलफल गर्न सीसीएमसीको बैठक बस्दै

काठमाडौं - दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएसँगै आगामी रणनीति तयार पार्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बस्दै छ।

बैठक शुक्रबार (आज) अपराह्न ४ बजे सिंहदरबारमा बस्ने बैठकमा कोरोना संक्रमण रोकथामको उपायबारे छलफल हुने जनाइएको छ।

बैठकमा कोरोनाको वर्तमान अवस्था तथा रोकथामका लागि चाल्नुपर्ने सम्भावित कदमबारे छलफल हुने जनाइएको छ।

कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर भरिन थालेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

...

पुनर्बहाली माग गर्ने पूर्वमाओवादी नेताहरुको रिट न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौं - सांसद पदमा पुनर्बहालीको मागदाबीसहित नेकपा एमालेका ४ जना (पूर्व माओवादी) नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ।

प्रारम्भिक सुनुवाइका लागि बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोकिएकामा सुनुवाइका लागि समयाभाव भएकाले हेर्न नभ्याइने सूचीमा परेपछि आज पुनः सुनुवाइ तोकिएको हो।

पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चमा दायर गरेको रिटमा पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेको ...


ब्यबसायीलाई बाँकी २ दिन भित्रै कर तिर्न महानगरको दवाव, सिल गर्ने चेतावनी

काठमाडौं - काठमाडौ‌ं महानगरपालिकाले तोकिएको अवधिमा कर तिर्न नआउने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने चेतावनी दिएको छ।

यसअघि गत असार १६ गते कर तिर्नका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको कामपाले यस्तो चेतावनी दिएको हो। सूचनाअनुसार कर तिर्ने समय दुई दिनमात्र बाँकी छ।

समयमा नै कर तिर्नका लागि भन्दै कामपाले बुधबारदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा माइकिङसमेत सुरु गरेको छ।

पहिलो चरणमा महानगरले नाम सार्वजनिक गरेका २० करदातामध्ये आजसम्ममा वडा ११ को एनआरटी क्लब, वडा १३ को काठमाडौँ इञ्जिनीयरिङ कलेज र ...


परीक्षा दिने विद्यार्थीलाई खोपको व्यवस्था गर्न माग

काठमाडौं - कक्षा १२ को परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। चार लाख परीक्षार्थीले चार हजार ३३५ परीक्षा केन्द्रबाट करीब ९० विषयको परीक्षा दिँदै छन्। समितिको बुधबार सम्पन्न ‘कोभिड–१९ को संक्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’ विषयक छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।

परीक्षा केन्द्रमा चिकित्सक, नर्स र औषधिको व्यवस्था गरेर मात्र ...


सत्तारुढ गठबन्धनको बैठक बस्दै, आजै मन्त्रिपरिषद् विस्तार हुन सक्ने

काठमाडौं - सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक बस्ने भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो।

बिहीबार(आज) बिहान ८ः३० बजे बालुवाटरमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्तिलगायत विषयमा छलफल हुने एक नेताले बताए। बैठकमा मन्त्रालय भागबण्डाको विषयमा समेत छलफल हुने भएकाले आजै मन्त्रिपरिषद् विस्तार हुन सक्नेसमेत उनले बताए।

गठबन्धनका शीर्ष नेता सहभागी हुने बैठकमा सरकारका अन्य काम–कारबाहीका विषयमा समेत छलफल प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ।

यसअघि बुधबार बिहान बसेको ...


५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई आज खोप दिइंदै(खोप केन्द्र सहित)

काठमाडौं - आज (बिहीबार)देखि काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडाैं, भक्तपुर तथा ललितपुर) मा पहिलो मात्राको चिनियाँ खोप भेरोसेल अभियान सुरु हुँदै छ।

५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो। खाेपकेन्द्रकाे व्यवस्था भने स्थानीय तहले गर्ने जनाइएकाे छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन्।

यस्तै, अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ।

जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु ...


कम्पनीलाई जरिवानामा ९० प्रतिशत छुट, १० प्रतिशत मात्र बुझाए हुने (हेर्नुहोस आधिकारिक सुचना)

काठमाडौँ - कम्पनी रजिस्ट्रारको कार्यालयले अध्यावधिक नगरेका कम्पनीलाई जरिवानामा ९० प्रतिशत छुट दिने भएको छ। कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरले आज एक सुचना जारि गर्दै वार्षिक विवरण नबुझाएका पब्लिक तथा प्रालि दुवै खाले कम्पनीले आर्थिक वर्ष ०७५/७६ सम्म लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिइने बताएको छ।

कम्पनीले यस्तो वार्षिक विवरण बुझाउने समय सिमा २०७८ असोज मसान्तसम्म तोकेको छ। यो छुट प्राप्त गर्न सेवाग्राहीले कम्पनीमा बुझाउनु पर्ने सबै कागजातहरु २०७८ असोज मसान्त भित्रै बुझाउनु पर्ने छ। अन्यथा छुट पाइने छैन।

May be an image of text that ...</div></div></div></div><hr><div class=

 नेपालमा साफ च्याम्पियनसिप आयोजना गर्न सदस्य राष्ट्रको प्रस्ताव

काठमाडौं - साफ च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्न नेपाललाई सदस्य राष्ट्रहरुको आधिकारिक प्रस्ताव आएको छ । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफको १३ औं संस्करण आगामी अक्टोबरमा गर्ने सदस्य राष्ट्रहरु सहमति भइसकेको छ । त्यसका लागि आयोजकको आधिकारिक प्रस्ताव आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

शुक्रबार बसेको साफको जुम बैठकमा साफ च्याम्पियनसिप अक्टोबरमा गर्ने सहमति भएको थियो । तर आयोजकको विषयमा टुंगो लाग्न सकेको थिएन ।

यसअघि बंगलादेशले नै साफ आयोजना गर्ने भने पनि बढ्दो कोरोना संक्रमणका कारण आयोजना गर्न नसक्ने जानकारी दिएको थियो ...


गण्डकीका पर्यटनमन्त्रीको घोषणा : पर्यटन व्यवसायीका लागि १ करोडको राहत प्याकेज र खोप

गण्डकी - गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने बताएका छन्।

नवनियुक्त मन्त्री शर्माले आज पदभार ग्रहण गर्दै कोरोना प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि विभिन्‍न योजना तथा कार्यक्रमका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले पर्यटन व्यवसायीका लागि एक करोड रुपैयाँको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका छन्।

पदभार ग्रहणलगत्तै मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले उच्च मनोबलका साथ ढुक्क भएर काम गर्न आग्रह गरे। कर्मचारी नै स्थायी सरकार रहेको उल्लेख गर्दै उनले सेवाग्राहीको ...


यातायात व्यवसायीद्वारा सरकारलाई दबाब, बुझाए सवारी साधनको साँचो

काठमाडौं - आफूहरुका माग पूरा गर्न दबाब दिँदै यातायात व्यवसायीहरुले सरकारलाई सवारी साधनको साँचो बुझाएका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघको अगुवाइमा आइतवार यातायात व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सवारी साधनको साँचो बुझाएका हुन्।

यसअघि विभिन्न ७ बुँदे माग राखेर सरकारलाई ज्ञापन पत्र बुझाएका उनीहरुले माग सम्बोधन गर्नेप्रति सरकार गम्भीर नभएको भन्दै थप दबाब दिन आइतबार साँचो बुझाएका हुन्।

यातायात व्यवसायीहरुले यातायातसँग सम्बन्धित व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको खोप लगाइनुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने लगायतका माग अगाडि सारेका छन्।

यस्तै, ...


राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा

काठमाडाैं - नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले सम्झौता अवधि बाँकी रहँदै राजीनामा दिने घोषणा गरेका हुन्।

उनले आफू राजीनामा दिन जान लागेको र त्यसको कारण अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको लेखेका छन्।

‘डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु। र मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले मेरो बारेमा नाटक गरेका छन्,’ ...


काठमाडौं उपत्यकामा केही क्षेत्रमा कडाइ गर्दै निषेधाज्ञा थप्ने तयारी

काठमाडौं - संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाको निषेधाज्ञामा पुनः कडाइ गरिने भएको छ। उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ। पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ।

यसअघि संक्रमण घटेको भनी खुकुलो गरिएका केही क्षेत्रलाई कडाइ गर्दै निषेधाज्ञा पुनः थपिन सक्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले बताए। यद्यपि यसबारे थप निर्णय भने आज अपराह्नतिर बस्ने उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का सीडीओहरुको संयुक्त बैठकले गर्ने उनले जानकारी दिए।

केही क्षेत्रमा कडाइ गर्दै कम्तीमा एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो। ...


भीम रावलले लिए राजीनामा फिर्ता

काठमाडौँ - एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको रावलले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रावलले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ...


सरकार सञ्चालनमा सहजीकरण गर्न गठवन्धनद्वारा सात सदस्यीय कार्यदल गठन

काठमाडौं - सत्ता सहयात्री दलहरुले सात सदस्यीय कार्यदल गठन गरेका छन्। कार्यदलले सरकार सञ्चालनमा सहजीकरण गर्ने बताइएको छ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित कार्यदलमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरु पनि छन्। कांग्रेसबाट खड्काका अतिरिक्त डा मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन्।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएदेखि नै सरकारलाई सहयोग गर्ने संरचना गठनको कुरा उठिरहेको थियो। यसैलाई मूर्तरुप दिइएको हो। कार्यदलले सत्ता सहयात्री दलहरुबीच खटपट उत्पन्न ...


निषेधाज्ञा हटेसँगै लापरवाहीका कारण बढ्यो कोरोना सङ्क्रमण दर !

काठमाडौँ - निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको पाइएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि सङ्क्रमणदर पनि बढिरहेको बताउनुभयो । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर ...


अमरेश सिंहलाई कारवाही गर्न मन्त्रीसहित जिल्लाका नेताहरुको दवाव

लालबन्दी - प्रदेश नम्बर २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरेश सिंहलाई कारवाहीको माग गरेका छन् । मन्त्री सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई अमरेश सिंहलाई कारवाही नगरेमा आफूहरुले सामुहिक राजीनामा दिने चेतावनी दिएका हुन् । सामूहिकरुपमा राजीनामा दिनेमा मन्त्री सिंह, प्रदेशसभा सदस्यसहित एक दर्जन काँग्रेसका नेताहरु छन् ।

मन्त्री वीरेन्द्र सिंहले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित अमरेश सिंहलाई कारवाही गरेर तानाशाही र आतंकित पार्ने प्रवृत्तिबाट पार्टीलाई बचाउनका लागि माग ...


झलनाथ खनालको उपचारका लागि सरकारबाट ३० लाख निकासा

काठमाडौं - सरकारले आफैं बनाएको मापदण्डविपरीत विदेशमा उपचार गर्ने व्यक्तिलाई राज्यकोषबाट उपचार सहयोग उपलब्ध गराउने विषय विवादमा परिरहँदा भारतमा उपचाररत पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई उपचारवापत रकम नै निकासा गरिएको खुलासा भएको छ। यो खुलासासँगै कानुनविपरित सहायता उपलब्ध गराउने सरकार र सहायता लिने खनाल दुवै विवादमा तानिएका छन्।

सरकारले भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत खनालका लागि ३० लाख रुपैयाँ निकासा गरिसकेको छ। अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत उपलब्ध गराउने गरी उक्त रकम निकासा गरेको हो।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती ...


भीम रावलले 'राजीनामा' फिर्ता लिने

काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिने भनेर संसद सचिवालयमा बुझाएको पत्र फिर्ता लिने भएका छन्।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसँग भएको भेटवार्तापछि रावल संसद सचिवालयमा बुझाएको राजीनामा पत्र फिर्ता लिन राजी भएका हुन्।

रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि सांसद पदबाट राजीनामाको घोषणा गरेका थिए।

बुधबार बेलुकी वरिष्ठ नेता नेपालसँगको भेटपछि उनले एकताका लागि फेरि प्रयत्न गर्ने र राजीनामाबारे पनि फेरि सोच्ने बताएका थिए। एकताको पहलका लागि भनेर रावल राति नै सक्रिय भएका थिए।

यसबीचमा ...


माधव नेपालसँगको भेटपछि देउवालाई भेट्न बालुवाटारमा प्रचण्ड

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन्।

मंगलबार विहान नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग कोटेश्वर पुगेर भेट गरे लगत्तै अध्यक्ष प्रचण्ड बालुवाटार गएका हुन्। नेता नेपालसँगको भेटमा जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवपनि सहभागी थिए।

आइतबार विश्वासको मत लिएसँगै देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। सरकारमा सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा आज टुङ्गो लगाउने तयारी गठबन्धनका दलहरुले गरेका छन्।

अहिले देउवा मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट उनीसहित ३ र माओवादी केन्द्रबाट २ जना मन्त्री रहेका छन्।

...

बागलुङमा विषाक्त मदिरा पिउँदा ४ मजदुरको मृत्यु, २ सिकिस्त

काठमाडौं - बागलुङमा विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

मदिरा पिएर गम्भीर बिरामी परेका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पतालमा ...


कक्षा १२ को परीक्षा साउनको अन्तिम साताबाट गर्ने तयारी

काठमाडौं - कोरोना भाइरस संक्रमण (कोभिड-१९) कारण स्थगित कक्षा १२ को अन्तिम परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ। विद्यार्थीको भौतिक उपस्थितिमै विगतमा जस्तै एक सय पूर्णांकको लिखित परीक्षा लिइने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएकाले साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको बोर्डको भनाइ छ।

यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न (सीसीएमसी)सँग अनुमति मागेको थियो। अब छिट्टै बोर्डको बैठक बसेर परीक्षा कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ।

यसैबीच बोर्डले यसपटक एक सय ...


माधव नेपाललाई भेट्न प्रचण्ड र उपेन्द्र कोटेश्वरमा

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव कोटेश्वर पुगेका छन्।

मंगलबार बिहान प्रचण्ड र यादव नेता नेपालको निवास कोटेश्वर पुगेका हुन्।

नेता नेपालसँगको भेटका लागि प्रचण्ड र यादव बिहान ८ बजे कोटेश्वर पुगेका थिए। उनीहरुबीच करिब एक घण्ट छलफल भएको थियो।

सरकारका सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा हिजो छलफल गर्ने भनिएपनि नभ्यापछि आज टुङ्गो लगाउने तयारी गठबन्धनका दलहरुले गरेका छन्। गठबन्धनमा रहेको जनमोर्च सरकारमा नजाने भएपछि चार दलले सहमतिमा मन्त्रालय टुङ्गो ...


प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, संसद जोगियो

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । यससँगै सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा (संसद) जोगिएको छ ।

२९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत लिएका हुन् । उनको पक्षमा १६५ मत परेको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएको छ । प्रमुख विपक्षी एमालेका पनि २२ सांसदले उनलाई मत दिएका छन् ।

मतदानमा २४९ जना सांसद सहभागी भएका थिए । देउवाको विपक्षमा ८३ मत ...


देउवा श्रीमान ५ बाट नियुक्त प्रधानमन्त्री : प्रदिप ज्ञवाली

काठमाडौं - नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतका ५ जना न्यायाधीशबाट नियुक्ति पाएको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मत माग्ने सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता ज्ञवालीले २०६१ सालमा 'श्री ५' तत्कालीन राजाबाट प्रधानमन्त्री नियुक्त भएका देउवाले अहिले 'श्रीमान ५' बाट नियुक्ति पाएको टिप्पणी गरे।

'२०६१ जेठमा देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। त्यतिबेला उहाँले श्री ५ बाट न्याय पाएँ भन्नुभएको थियो। तर त्यो न्याय माघ १९ मा कहाँ गयो,' ज्ञवालीले ...


विश्वासको मत माग्दै देउवाले भने : कोरोना नियन्त्रण पहिलो प्राथमिकता

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ को नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । ‘दिनहुँ संक्रमण बढिरहेको छ । दैनिक रुपले मानिसहरु मरिरहेका छन् । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ संसद्मा विश्वासको मत माग्दै उनले भने,‘कोभिड १९ को रोकथामका लागि अहोरात्र खट्ने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

कोभिड १९ को प्रकोपबाट जोगाउनु यो पहिलो प्राथमिकता प्राथमिकता हा । नियन्त्रणका लागि सबै उपायहरु अबलम्बन गर्ने प्रतिबद्धता गर्दछु ।’

...

भीम रावलले सांसद पदबाट राजीनामा ? यस्तो छ कारण !

काठमाडौँ - एमाले नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भीम रावलले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको भन्दै सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले आइतबार संसद् भवन नयाँ बानेश्वरमा आफ्नो राजीनामा घोषणा गरेका हुन् ।

त्यस क्रममा उनले आफ्नो राजनमा पत्र पढेर सुनाएका थिए । पत्र पढ्दै उनले राजनीतिक दलका शीर्ष नेताहरूमा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका छन् ।

यस्तो रावलको राजीनामा

सम्माननीय सभामुख ज्यु, प्रतिनिधि सभा सिंहदरबार काठमाडौँ ।

विषय राजीनामा

महोदय, झन्डै ...


देउवालाई ठाकुर पक्षको पनि मत, माधवपक्ष बिनै बहुमत पुग्ने !

काठमाडौं - जसपाको दुवै पक्षले प्रधानमन्त्री शेरबहादुर देउवलाई विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका सांसद्को सहयोग बिना पनि विश्वासको मत पाउने भएका छन्। आइतबार देउवा र जसपाको महन्थ ठाकुर पक्षबीच छलफल भएको थियो। छलफलपछि देउवालाई मत दिने निष्कर्षमा पुगिएको सो पक्षका सांसद्हरुले प्रतिक्रिया दिएका छन्।

जसपाको उपेन्द्र यादव पक्ष भने यसअघि नै देउवाको पक्षमा उभिँदै आएको थियो। सो पक्षले जेठ ७ गते नै देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको थियो। साथै, सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर पनि गरेको थियो। प्रतिनिधि सभामा जसपाका ३४ सांसद् भए पनि ...


देउवाले विश्वासको मत लिंदै, यसरी अघि बढ्छ प्रक्रिया

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठकमा विश्वासको मत लिँदैछन्। दोस्रो बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री देउवालाई विश्वासको मत लिने प्रस्ताव राख्न समय दिनेछन्।

त्यसपछि, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट सदस्यहरुले विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिनेछन्। त्यहाँ उठेका प्रश्नहरुको प्रधानमन्त्री देउवाले जवाफ दिनेछन्।

त्यसपछि, विश्वासको मत प्राप्त गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ। र, मत विभाजन हुनेछ।

अन्तिममा, सभामुखले मत विभाजनबाट प्राप्त परिणाम सुनाउनेछन्।

...

एमाले निष्कर्ष : निश्चित व्यक्तिका आकांक्षा पुरा गर्न अदालतद्वारा संबिधानको अपव्याख्या

काठमाडौं - सर्वोच्च अदालतको असार २८ को फैसलाप्रति नेकपा एमालेले कठोर शब्द असन्तुष्टि जनाएको छ। शुक्रबार बसेको उसको स्थायी कमिटी बैठकले फैसलाप्रति लक्षित गर्दै ‘निश्चित व्यक्तिका निश्चित आकांक्षा परिपूर्तिका लागि गरिएको संविधानको यस्तो अपव्याख्याले वस्तुतः संविधानको अप्रत्यक्ष संशोधन गरेको छ’ भनेको छ।

‘नियन्त्रण र सन्तुलनको सिद्धान्तबमोजिम राज्यका सबै अंगबीच समन्वय हुन सकेमा मात्रै र सबै आ-आफ्नो सीमाभित्र मर्यादित र संयमित रहन सकेमात्रै लोकतान्त्रिक प्रणाली सुरक्षित र गतिशील हुनसक्छ,’ एमाले निर्णयबारे जानकारी दिन जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ, ‘लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका राज्यका तीनवटा अंगबीचको सन्तुलन ...


चिनियाँ राजदूत माधव नेपाल निवासमा

काठमाडौ - नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित नेपाल निवास पुगेकी छन्।

राजदूत यान्छी अपराह्न ४ बजे कोटेश्वर आइपुगेको र अहिले नेपालसँग उनको भेटवार्ता जारी रहेको नेपालको सचिवालयले जानकारी दिएको छ।

राजदूत यान्छीले शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी थिइन्। त्यसक्रममा उनले चीनले नेपाललाई थप १६ लाख डोज कोभिड खोप दिने निर्णय गरेको समेत जानकरी गराएकी थिइन्।

देउवालाई भेटेलगत्तै चिनियाँ राजदूतले नेपाललाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

...

चीनले नेपाललाई थप १६ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा दिने

काठमाडौं - चीनले नेपाललाई थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप (भ्याक्सिन) दिने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले यसबारे औपचारिक जानकारी गराएकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा राजदूत यान्छीले थप १६ लाख डोज भ्याक्सिन अनुदानमा नेपाललाई उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी गराएकी थिइन्।

प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि धन्यवाद दिँदै कोभिड–१९ नियन्त्रण तथा न्यूनीकरणका लागि चिनियाँ सरकारबाट थप सहयोग प्राप्त हुने पनि विश्वास व्यक्त गरे।

प्रधानमन्त्री नियुक्त भएको ४ दिनपछि चिनियाँ रावदूत यान्छी देउवालाई भेट्न शुक्रबार ...


बालुवाटारबाट बाहिरिए केपी ओली

काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन्। उनी आफ्नो निवास बालकोटतर्फ प्रस्थान गरेका हुन्।

ओलीलाई बालुवाटारदेखि बालकोटसम्म लैजान ठूलो संख्यामा एमाले कार्यकर्ताहरु बालुवाटार पुगेका थिए। हजारौंको गाडी तथा मोटरसाइकलको साथमा ओलीलाई बालकोट पुर्‍याउने योजना अनुसार बालुवाटारमा बिहानैदेखि भिडभाड बढेको थियो।

दोस्रोपटक गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी भएपछि ओलीको यसपटकको सत्तायात्रा टुंगिएको हो। ओलीले मंगलबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा घोषणा गरेका छन्।

देउवाले भने मंगलबार साँझ नै प्रधानमन्त्रीको शपथ लिएका छन्। ...


संसदीय बहुदलीय व्यवस्था पुनः अफाप !

नेपालमा बहुदलीय संसदीय व्यवस्था फेरिपनि असफल र अफाप सिद्ध भएको तथ्य हालैको सर्वोच्च अदालतको फैसलाबाट पनि प्राप्त भयो ! संसदीय व्यवस्था भनेको संसद सार्वभौम, सर्वोच्च र सर्वशक्तिसम्पन्न संस्था हुने र देसका कार्यकारी सरकार प्रमुख एवं राष्ट्र प्रमुखजस्ता उच्चतम पदहरु अर्थात् प्रधानमन्त्री र राष्ट्रपति-उपराष्ट्रपति जस्ता शासकहरु संसद-सांसदहरुले निर्वाचित गर्ने भनेको हो । तर हालको यो फैसलाबाट त्यस्तो संस्था त अदालत भएको पो देखियो । व्यवस्थापिकाले गर्ने उक्त काम अहिले न्यायपालिकाले गर्‍यो अर्थात् न्यायपालिका निरङ्कुश, स्वैच्छाचारी, सर्वसत्तावादी र तानाशाही भयो ! संसदले प्रधानमन्त्रीको रुपमा निर्वाचित प्रतिनिधिसभाका सदस्य ...


प्रधानमन्त्रीको पहिलो निर्णय : चैत मसान्तसम्म सबै नागरिकलाई खोप

काठमाडौं - शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो बैठकले सबै नागरिकलाई चैत मसान्तभित्र कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेको छ ।

देउवा प्रधानमन्त्री भएपछि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र चैत मशान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप लगाउने निर्णय भएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारको प्रवक्ताको जिम्मेवारीसमेत पाएका मन्त्री कार्कीले बैठकले कोरोनाविरुद्ध अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने निर्णय भएको बताए । साथै कोरोनाविरुद्ध अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई एक ...


प्रधानमन्त्री देउवासँगै चार मन्त्रीले लिए शपथ

काठमाडौँ - नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालो सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ सपथ खुवाएकी हुन् ।

नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा रहेका छन् ।

 

...

माधवकुमार नेपालले दिए शेरबहादुर देउवालाई पहिलो बधाई

काठमाडौं - शेरबहादुर देउवा प्रधानमन्त्री पदमा नियुक्त भएपछी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उनलाई पहिलो बधाई दिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ समारोह सकिएपछि प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा सबैभन्दा पहिले नेता नेपालले हात मिलाएर बधाई दिए ।

त्यसपछि क्रमश नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता तथा सांसदहरुले बधाई दिएका थिए ।

शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।

...

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । साथै चार मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् गठन गरेका छन् ।

सोमबार सर्वोच्च अदालतले २९ गते संसद पुनस्र्थापना गर्दै संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई साँझ ५ बजेसम्म नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले तोकेको समय सकिन एक घण्टा बाँकी छँदा राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको सूचना निकालेको थियो ।

सर्वोच्च अदालतको फैसलाबमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको थियो । संविधानको कुन धाराअनुसार भनिएको थिएन ...


जसपाको बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय हुने

काठमाडौं - जनता समाजवादी पार्टी(जसपा) ले केन्द्रीय कार्यकारिणी र सांसदहरुको बैठक बोलाएको छ। जसपाको उपेन्द्र यादव-डा बाबुराम भट्टराईपक्षले मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बैठक बोलाएको उक्त पक्षका एक नेताले जानकारी दिए।

सर्वोच्च अदालतले सोमबार संसद पुन: स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेपछि विकसित घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो।

आजै कांग्रेस सभापति देउवाको शपथ हुने र सानो आकारको मन्त्रिपरिषद् बनाउनेबारे पाँच दलीय गठबन्धनमा छलफल भएसँगै जसपाले सरकारमा सहभागिताको बारेमा आजको बैठकबाट निर्णय गर्ने ति नेताले जानकारी दिए।

कांग्रेससहितको ...


आजै देउवाको नेतृत्वमा सरकार, सानो मन्त्रिपरिषद् बनाउने तयारी

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले राष्ट्रपतिलाई परमादेश जारी गरेसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको छ। देउवालाई प्रधानमन्त्री नियुक्त सर्वोच्चले दिएको समय आज साँझ पाँच बजे सकिँदैछ।

सोमबार सर्वोच्चको फैसलापछि बसेको ५ दलीय गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो। गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने र प्रारम्भिक चरणमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय गरेको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए।

मन्त्रालय बाँडफाँटको विषयमा भने थप छलफल हुने नेताहरुको भनाइ छ। मन्त्रिमण्डल गठन र मन्त्रालयको बाँडफाँटको ...


राष्ट्रपति कार्यालयमा सपथको तयारी, विश्वप्रकाश शर्मालाई फोन

काठमाडौं - सर्वोच्च अदालतले सोमबार संसद पुन: स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गर्‍यो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले विघटन सम्बन्धी सबै निर्णय बदर गर्दै नयाँ प्रधानमन्त्रीको रुपमा देउवालाई मंगलबार बेलुका ५ बजेभित्र नियुक्त गर्न परमादेश जारी गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको हरेक कदममा साथ दिँदै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई शपथ नगराउने हो कि भन्ने आशंका व्यक्त भइरहेका थिए। प्रधानमन्त्री ओली पक्षका नेता कार्यकर्ताले अदालतको ...


फैसलाले संविधान, संसद् र लोकतन्त्र जोगायो : माधव नेपाल

काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वोच्च अदालतले दोस्रोपटक गरेको फैसलाले नेपालको संविधान, संसद् र लोकतन्त्र जोगाएको प्रतिक्रिया दिएका छन्।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसला सार्वजनिक भएसँगै उनले त्यस्तो बताएका हुन्।

‘सर्वोच्चले दोस्रोपटक गरेको यो फैसलाले नेपालको संविधान, संसद् र लोकतन्त्र जोगाएको छ। यसले आम नेपालीले गरेको अपेक्षा अनुसार अदालतले आफ्नो गरिमालाई उँचो बनाएको छ’, नेपालको भनाइ छ।

नेता नेपालले आफूले फैसला पूरै हेर्न बाँकी रहेको बताए। ‘तर, सर्वोच्चले संविधानवाद र संवैधानिक सर्वोच्चताको उच्चतम् ...


सर्वोच्चको फैसला बिरुद्ध ओली पक्ष सडकमा !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थकहरुले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको विरोध गरेका छन्। नेकपा एमालेका युवा संघ समर्थित युवाहरु सर्वोच्चको फैसलाको विरोध गर्दै सोमबार सडकमा निस्किएका छन्।

ओली समर्थकहरुले सोमबार काठमाडौंको माइतीघरमा सर्वोच्च अदालतको फैसलाको विरोध र केपी शर्मा ओलीले समर्थनमा जुलुस निकालेका छन्।

एमाले नेता महेश बस्नेतले सर्वोच्चको फैसला सार्वजनिक हुनासाथ तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाका विरुद्ध विरोध जनाउन आह्वान गरेका थिए। फेसबुकले उनले लेखेका थिए- ‘युवा संघले यसको (फैसला) विरुद्ध तुरुन्तै माइतीघर मण्डलामा बिरोध प्रदशन गर्दैछ। ...


सर्वोच्चको ब्याख्या : ७६ (४) को प्रक्रिया पूरा नगरेकाले ओलीको दाबी पुगेन

काठमाडौं - संविधानको धारा ७६ (४) को प्रक्रिया पूरा नगरेकाले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी नपुग्ने ठहर सर्वोच्च अदालतले गरेको छ ।

७६(४) को प्रक्रियामा नगएकाले ओलीले गरेको ७६(५) अनुसार प्रधानमन्त्रीमा गरेको दाबी संविधानसम्मत नदेखिएको सर्वोच्चको फैसलामा उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६ (५) मा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भनी गरेको निर्णय पनि सर्वोच्चले बदर गरिदिएको छ । देउवालाई असार २९ गते ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ ।

...

धारा ७६ (५) अनुसार सरकार बन्दा दलीय ह्वीप नलाग्ने सर्वोच्चको ठहर

काठमाडौं - सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ ।

सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सोमवार असंवैधानिक ठहर गर्दै बदर गरिदिएको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई ...


शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

काठमाडौं - सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो ।

फैसलामा देउवालाई भोलि २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न भनिएको छ । अर्थात फैसला आएको २८ घण्टाभित्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले करिब एक महिनाको सुनुवाईपछि सोमबार फैसला सुनाएका हुन् ।

राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी ...


प्रतिनिधिसभा विघटन बदर हुने सर्वोच्चको फैसला

काठमाडौं - सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन बदर हुने फैसला सुनाएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट जारी हुने फैसला सुनाएको हो ।

प्रधानन्यायाधीशसहित ५ न्यायाधीशको इजलासले सोमबार संसद विघटन असंवैधानिक ठहर गर्दै रिट जारी हुने फैसला सुनाएको हो।

विपक्षी गठबन्धनका १४६ जना सांसदले दायर गरेको रिटमा मागदाबी गरिएअनुसार फैसला गर्ने सन्दर्भमा ५ जना न्यायाधीश एकमत भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमा सुनाएका छन्।

रिट जारी हुने सर्वोच्चको फैसलाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ ...


अमेरिकाले दिएको १५ लाख डोज कोरोना खोप काठमाडौँ आइपुग्यो

काठमाडौं- अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गत उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप लिएर कतार एयरको जहाज सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

खोप लिनका लागि स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ विमानस्थल पुगेका थिए। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले मन्त्री श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन्।

अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो।

नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ ...


धनुषामा नवविवाहिता युवतीको शंकास्पद मृत्यु

जनकपुर - धनुषामा एक युवतीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ स्थित भुचक्रपुर कहचरीटोल बस्ने २० वर्षीया रञ्जु महतोको शंकास्पद मृत्यु भएको हो ।

आइतबार साँझ आफ्नै घरमा मृत अवस्थामा नवविवाहिता रन्जुको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

उनले आइतबार साँझ ७ बजे ओछयानमै मृत अवस्थामा अञ्जुको शव फेला परेको र घाँटीमा झुण्डेर आत्महत्या गरेको जस्तो डाम देखिएको भन्दै मृत्यु शंकास्पद रहेको समेत बताए । प्रहरी निरीक्षक सुनारले पोस्टमार्टम रिपोर्टपछि मृत्युबारे स्पष्ट हुने बताए ...


संसद बिघटनको मुद्दामा आज फैसला !

काठमाडौं‍ - प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउँदैछ। २१ असारमा सुनुवाइ सकेर हेर्दाहेर्दै राखेको मुद्दाको फैसलाका लागि आजको मिति तय भएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले असार ९ गतेदेखि सुरु गरेको अन्तिम सुनुवाइ सवै पक्षको बहसपछि असार २१ गते समाप्त गरेको थियो। निवेदक, सरकारी वकिल, प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायी, सभामुख अग्निप्रसाद सापकोटाका निजी कानुन व्यवसायी, एमिकस क्युरी हुँदै निवेदकको जवाफी बहस सुनेर इजलासले सुनुवाई हुने दिन तोकेको थियो।



१० बुँदे सहमतिको अपव्याख्या गरिएको प्रति माधव नेपाल असन्तुष्ट

काठमाडौं - नेकपा एमालेमा कार्यदलले गरेको १० बुँदे सहमतिको अपव्याख्या गरिएको भन्दै माधव नेपालले असन्तुष्टि जनाएका छन् । उनले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि व्याख्या गरिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका हुन्।

उनि निकट एक नेताका अनुसार कार्यदलका सदस्यहरुले उनीसँगै परामर्श गरेर १० बुंदे सहमति गरेका हुन् । उनका अनुसार जसरी १० बुंदे सहमतिलाई अदालतको मुद्दा संग जोडेर व्याख्या गरिएको छ त्यसमा उनको असन्तुष्टि हो।

रातारात सहमति गर्दा आम कार्यकर्तामा आशंका हुनसक्ने र अदालतमा विचाराधीन मुद्दामा यसको मिसयुज हुनसक्ने भन्दै उनले भनेका छन्, अदालतलाई प्रभावित पार्ने कुनै ...


ओली र नेपाल बीच १० बुँदे सहमति, संसद विघटन र सरकारबारे संस्थागत निर्णय गर्ने

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । उक्त सहमतिलाई सोमवार बोलाइएको स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने बताइएको छ ।

दुवै पक्षका नेताहरु रहेको कार्यदलले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने सहमति गरेको छ ।

संसद विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेकपा एमालेका २३ सहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ...


नेपाल उड्नु अघि महावीर पुनलाई अमेरिकी सिनेटरको सम्मान

एजेन्सी - अमेरिकाको म्यासाचुसेट्स राज्यका राज्य सिनेटरले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई सम्मानित गरेका छन् । सम्मान गरेको प्रमाणपत्र पुन मातृभूमि नेपाल उड्नु अगाडि मात्र प्राप्त गरेका थिए । डा. पुन जुलाई १० का दिन अमेरिकाबाट नेपाल उडेका छन् ।

उनलाई बिदाई गर्न साथमा रहेका सामाजिक अभियन्ता सन्तोष सापकोटाले आफ्नो सामाजिक संजाल मार्फत म्यासाचुसेट्सका सिनेटरले सम्मान गरेको जानकारी सार्वजनिक गरेका छन् ।

उक्त प्रमाणपत्र म्यासाचुसेट्सका अर्का सामाजिक अभियन्ता प्रल्हाद केसीले सापकोटामार्फत पुनलाई पठाएका थिए। पुनलाई म्यासाचुसेट्स राज्यका सिनेटर डेमोक्र्याटिकका विलियम एन ब्राउन्सबर्गरले सम्मान गरेका हुन् ।

अमेरिकाको ...


प्रधानमन्त्रीद्वारा वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्‍घाटन

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका छन्। आइतबार (आज) बिहान एक समारोहबीच प्रधानमन्त्री ओलीले शिलापत्र अनावरण गरी नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका हुन्।

वीर अस्पताल हाल कोभिड-१० युनिफाइड केन्द्रीय अस्पतालको रुपमा सञ्चालित छ। अस्पतालका प्रमुख डा. जागेश्वर गाैतमले कोभिड-१९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले २०७४ फागुन २५ गते भवनको शिलान्यास गरेका गरेका थिए। नवनिर्मित भवनबाट अस्पतालले आधुनिक चिकित्सा प्रणाली अपनाइ सेवामा गुणस्तर कायम गर्ने डा. गाैतमले बताए। उनले वीर अस्पतालमाथि ...


गण्डकी प्रदेश : मनाङ्‍गे र आचार्य पुरानै मन्त्रालयमा सहमत

काठमाडाैं - विनाविभागीय मन्त्री बनेको करिब एक महिनापछि गण्डकी प्रदेशका दुई मन्त्रीले जिम्मेवारी पाएका छन्।

जनता समाजवादी पार्टीका (जसपा)का हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङ्‍गेले मन्त्रालय पाउने भएका छन्। आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीको जिम्मेवारी पाएका छन् भने मनाङ्‍गेलाई पुरानै मन्त्रालयमा दोहोर्‍याइएको छ। मनाङ्‍गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिएका छन्।

मुख्यमन्त्रीसँग भएको सहमतिअनुसार अर्थ मन्त्रालय पाउनुपर्ने आचार्यको अडान थियो। मनाङ्‍गेको भौतिक पूर्वाधार पाउनुपर्ने माग थियो।

सत्ता साझेदार जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले आइतबार पहिले अस्वीकार गरेको मन्त्रालयकै जिम्मेवारी सम्हाल्ने ...


एमाले कार्यदल बैठक : आज सहमतिलाई अन्तिम रुप दिइने

काठमाडाैं - नेकपा (एमाले) को आन्तरिक विवाद समाधान गर्नेबारे अन्तिम सहमति गर्न आज एकता कार्यदलको बैठक बस्दै छ। बिहान ८ बजेका लागि तय गरिएको बैठक अझै सुरु हुन सकेको छैन।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षका सदस्यहरु तोकिएको समयमा नै बैठकस्थल आइपुगेका थिए। तर, वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सदस्यहरु अझैसम्म पनि बैठकस्थलमा आइपुगेका छैनन्।

शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीपक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले आइतबार बिहान ८ बजे एकताको समाचार सुन्न पाउने बताएका थिए।

...

विप्लवका नेता हेमन्तप्रकाश ओलीलाई हृदयघात

काठमाडौं - नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको हेमन्तप्रकाश ओली (सुदर्शन)लाई हृदयघात भएको छ।

ललितपुरको नख्खुस्थित एनसेन टावरमा भएको बम आक्रमण प्रकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नेता ओलीलाई शुक्रबार दिउँसो हृदयघात भएको हो।

'साइलेन्ट हर्ट अट्याक' भएपछि नेता ओलीलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको छ। ओलीको अहिले गंगालाल अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

...

''माओवादी केन्द्र'' आफ्नो भएको दाबी गर्दै आयोगमा पर्यो निवेदन

काठमाडौं- फागुन ११ गते सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला सुनाउँदै ऋषिराम कट्टेलको पार्टी आधिकारिक भएको फैसला सुनायो। उक्त फैसलाले नेकपा नाममा एकीकृत बनेका दुई पार्टी एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो।

पूर्ववत् पार्टी ब्युँतिएसँगै माओवादी केन्द्रका केही नेता र सांसदहरु एमालेतिर प्रवेश गरे। त्यसरी सुरु भएको विवाद पछिल्ला दिनमा माओवादी केन्द्र खारेजीको मागदेखि माओवादी केन्द्र नै आफ्नो पार्टी भएको दाबीसम्म पुगेको छ। सुरुमै गोपाल किराँतीले माओवादी केन्द्र आफ्नो भएको दाबी गरेका थिए।

शुक्रबार यस्तै दाबी गर्दै भविसोर पराजुलीले निर्वाचन आयोगमा निवेदन दिएका छन्। बुधबार माओवादीबाट एमाले प्रवेश ...


कांग्रेसका देउवा  इतर सभापतिका दाबेदारहरुको छलफल सुरु

काठमाडौं - कांग्रेसका देउवा पक्ष इतर सभापतिका दाबेदारहरुको छलफल सुरु भएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री डा. शशाङ्‍क कोइराला, नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, नेतृ सुजाता कोइराला लगायत सहभागी छन्।

नेता केसीले संस्थापन इतरपक्षबाट सभापतिमा दाबी गर्ने नेताहरुको बैठक बोलाएका हुन्।

संस्थापन इतरपक्षबाट साझा उम्मेदवार एक जना उठाउने विषयमा छलफल गर्न बैठक डाकेको बताइएको छ। एकल उम्मेदवार दिन नसक्ने अवस्था भए आफूले पनि सभापतिमा दाबी गर्ने केसीले बताउँदै आएका छन्।

सर्वसहमत एउटा उम्मेदवार उठाउन नसके शीर्ष ...


मेलम्चीको पानी आउन कम्तीमा तीन महिना लाग्ने

काठमाडौं - काठमाडौं उपत्यकामा पुनःमेलम्चीको पानी ल्याउन कम्तीमा तीन महिना लाग्ने देखिएको छ। मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ।

सो आयोजनास्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माणस्थलका कतिपय संरचनामा समेत क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। अहिले सडक खुलाएर र बेलिब्रिज राखेर आयोजनास्थलसम्म पुग्न सकेमा अस्थायी बाँधबाट भए पनि पानी ल्याउने लक्ष्य लिइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। उनका अनुसार वर्षाभरमा नै प्रवेशमार्ग ...


शीतल निवासले सर्वोच्चलाई भन्यो : राष्ट्रपतिविरुद्ध मुद्दा लाग्दैन

काठमाडौं - मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै राष्ट्रपति कार्यालय (शीतल निवास)ले राष्ट्रपतिविरुद्ध मुद्दा नलाग्ने जिकिर गरेको छ।

राष्ट्रपति कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराईले पेस गरेको लिखित जवाफमा 'राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४' को दफा १६ को व्यवस्थालाई उल्लेख गर्दै राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन नपाइने जिकिर गरिएको हो।

मन्त्रिपरिषद् विस्तारविरुद्ध अधिवक्ता वीरेन्द्र प्रसाद साहले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको जेठ २५ गतेको इजलासले राष्ट्रपतिको कार्यालयसहित विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। सोही आदेशानुसार पेस भएको जवाफमा मन्त्रिपरिषद् ...


‘बेलुकासम्म एकताको निष्कर्ष आउँछ’ : शंकर पोखरेल

काठमाडौं - एमाले एकता कार्यदलका सदस्य शंकर पोखरेलले आज (शुक्रबार) नै टुंगोमा पुग्नेगरी छलफल भइरहेको बताएका छन्।

शुक्रबार मध्याह्नदेखि सिंहदरबारमा जारी कार्यदलको बैठकबाट बाहिरिँदै पोखरेलले सहमतिका लागि अधिकतम प्रयास भइरहेको पनि बताए।

'सहमतिका लागि अधिकतम प्रयास गरिरहेका छौं। सम्भवतः आजै (शुक्रबार) हामी टुंगोमा पुग्छौं,’ पोखरेलले भने। कार्यदलको बैठक शुक्रबार दिउँसो पौने १ बजेदेखि जारी रहेको छ।

कार्यदलका सदस्यहरूले बिहीवार नै सहमति गर्ने बताए पनि सहमति भने हुन सकेको थिएन। ११ फागुन २०७७ को फैसलापछि पुन:स्थापित नेकपा एमालेको विवाद त्यतिबेलादेखि नै चर्किँदै आइरहेको छ।

विवाद मिलाउन सक्रिय दोस्रो तहका नेताहरुको ...


विहे गरेर जंगलमा लुकेको अन्तरजातीय जोडीलाई आफन्तले छुटाइदिए

कैलाली - अन्तरजातीय विवाह गरेर जङ्गलमा बसेका जोडी घर पुग्ने बितिक्कै युवतीका आफन्तले जबरजस्ती छुट्याइदिएका छन्।

कैलालीको भजनी नगरपालिका ७ का प्रकाश विश्वकर्मा र मालती रावल आफैंले राजखुसी विवाह गरेका थिए। उनीहरु विवाहको २१ दिनपछि जङ्गलबाट घर पुगेका थिए।

घर पुग्नेबित्तिकै युवतीका आफन्तले युवतीलाई जबरजस्ती लिएर गएको भजनी नगरपालिकाकी उपप्रमुख छायादेवी देवकोटाले जानकारी दिइन्। उनले भनिन्, ‘उनीहरु जङ्गलबाट घर आएपछि युवतीका आफन्तले आक्रमण गरेको खबर पाएँ। अहिले युवतीलाई आफन्तले लगेका छन्। युवक भने आफ्नै बुबासँग छन्।’

आफूहरुले प्रहरी प्रशासनलाई खबर गरेको उनले जानकारी दिइन्। अब दुवै पक्षलाई बोलाएर ...


रोकिएको जनगणना असोज १ गते देखि गर्न प्रस्ताव

काठमाडौं - केन्दि्रय तथ्यांक विभागले जनगणना २०७८ आगामी १ असोजदेखि १५ असोजसम्म हुने गरि प्रस्ताव गरेको छ । केन्दि्रय तथ्यांक विभागले जनगणना सम्पन्न हुने पर्ने गरि तोकिएको समयभन्दा धेरै पर सार्न नहुने गरी जनगणनाको मुलगणना १ असोजदेखि १५ असोजसम्म गर्न प्रस्ताव गरेको हो ।

हरेक १० वर्षमा हुने जनगणना यो असारको पहिलो सातामा सम्पन्न हुनुपर्ने थियो। तर कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो।

केन्दि्रय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाको मिति तोक्ने काम मन्त्रिपरिषद्ले गर्ने छ । ‘सम्भवतः एक साता भित्र नयाँ मिति घोषणा हुन्छ,’ ...


श्रोत नखुलेको ३१ लाख  ९० हजार सहित २ जना पक्राउ

बुटवल - रुपन्देहीमा प्रहरीले श्रोत नखुलेको ३१ लाख ९० हजार रकम सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नं.१ वाईपासस्थित ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नं.१ बस्ने बर्ष २१ को बिनय कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटीरोकी खानतलासी गर्ने क्रममा झोलाबाट श्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँ फेला पारी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले ...


सर्वोच्चद्वारा सामाजिक सुरक्षा कोषविरुद्ध कारण देखाऊ आदेश जारी

काठमाडौं - सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार कोषविरुद्ध लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको हो।

सामाजिक सुरक्षा कोषमा आवद्ध नगराउन भन्दै बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन भनेको छ।

अन्तरिम आदेशका बारेमा दुवै पक्षको छलफल हुन आवश्यक देखिएको भन्दै एकल इजलासले सरकारलाई अर्को छलफलमा उपस्थित हुन भनेको हो। सर्वोच्चले १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत् लिखित जवाफ पेश गर्न भनेको छ।

आफूहरूको ...


विप्लवका १४ जना नेता-कार्यकर्तालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ - सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चूडामणि ओली आदर्शसहित १४ जनालाई रिहा गर्न आदेश दिएको छ ।

आगजनीलगायतका मुद्दामा प्रहरी थुनामा रहेका उनीहरुलाई सर्वोच्चले मंगलबार रिहा गर्न आदेश दिएको हो । दर्श विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन् भने अन्य विभिन्न तहका नेता कार्यकर्ता रहेको बताइएको छ । उनीहरु हाल अछाम र बाजुरा कारागारमा रहेका छन् ।

विप्लव नेतृत्वको नेकपासँग सरकारले तीन महिनाअघि गरेको सहमतिअनुसार पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने भनिएपनि हालसम्म रिहाइ हुन नसकिरहेको बेला सर्वोच्चले आज सो ...


बढ्न थाल्यो कोरोना : दोस्रो दिन निको हुने भन्दा थपिने बढी

काठमाडौँ - नेपालमा लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो ।

मंगलबार २६३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा १५ सय ६५ जना संक्रमणमुक्त बनेका छन् । १२ हजार ५८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७१८ जना तथा एन्टिजेन विधिबाट ९१६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार ...


निगम विवाद : प्रहरीले खोल्यो कर्मचारीले लगाएको ताला

काठमाडौं - प्रहरीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगाएको ताला खोलेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले नेपाल वायुसेवा निगममा कर्मचारीहरुले लगाएको ताला खुलाइएको हो ।

निगममा कर्मचारीहरुले निगमलाई पब्लिक लिमिटेडको मोडलमा लैजान खोजेको भन्दै विरोध गर्दै ताला लगाएका थिए।

कर्मचारीले १८ गतेदेखि महाप्रबन्ध तथा निर्देशकहरुको कार्यकक्षमा तालबन्दी गरेका थिए। ताला खोली शान्ति सुरक्षा कायम गर्न पर्यटन मन्त्रालयले गृहसँग सहयोग मागेको थियो।

कर्मचारीहरुले निगमलाई पब्लिक कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजेको भन्दै विरोध गर्दै ताला लगाएका थिए।

निगमले भने आगामी आर्थिक वर्षको बजेटमा उल्लेख ...


छलफल सकारात्मक भएको एमाले एकता कार्यदलका नेताहरुको प्रतिक्रिया

काठमाडौं - नेकपा एमालेको एकता कार्यदलको मंगलबार बसेको बैठक सकिएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुबीच सिंहदरबारमा चलेको बैठक सकिएको हो।

बैठकपछि प्रतिक्रिया दिँदै नेताहरुले सकारात्मक छलफल भएको बताएका छन्। माधव पक्षबाट कार्यदल सदस्य रहेका गोकर्ण विष्टले बैठकमा सुझावहरु राख्ने काम भएको र कसरी टुंगोमा पुग्ने भन्ने विधिबारे छलफल भएको बताए।

‘कार्यदलका सबै सदस्यले आ–आफ्नो सुझाव राख्नु भएको छ। कसरी टुङ्गोमा पुग्ने भन्ने गरी छलफल अघि बढेको छ,’ विष्टले भने ‘हिजोभन्दा आज धेरै प्रगती भएको छ । केही विमतिका कुरा ...


सबै माओवादी एक हुने कि सबै क्रान्तिकारी कम्युनिस्टहरु एक हुने ?

माओवादी फुटेर अहिले दर्जनजती टुक्रा परेको छ ! धेरै टुक्रा परेर कमजोर भएपछी दयामाया लागेर माओवादी समर्थक जनता-कार्यकर्ताले सबै माओवादीहरु जुटे हुँदो हो भनेर चिन्ता र चासो गर्दै जुट्नको लागि सुझाव-दवाव पनि दिने गरेका छन् ! माओवादी एक हुनुका साथै एमालेको खनाल-नेपाल समूहसँग पनि एकता गर्ने कुराले त अझ नेपाली वाम जगतको ध्यान पूरै आकर्षित गरेको छ ।

सामान्यतया पार्टीहरु जुट्ने र बलियो बन्ने कुरा दलीय व्यवस्थामा अत्यावश्यक नै हुन्छ । पार्टीहरुमा विश्वास बढाउन, राज्यसंचालनमा स्थिरता ल्याउन र देसमा विकास र समृद्धी ल्याउनका साथै सुशासनको लागि ...


संसद विघटन मुद्दा : बहस गर्न अब ४ घण्टा बाँकी

काठमाडौं - संसद विघटनसम्बन्धी मुद्दामा जारी सुनुवाइअन्तर्गत अब ४ घण्टा मात्र बहसको समय बाँकी रहेको छ। आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएका छन्। सभामुखका कानुन व्यवसायीको बहस सकिएपछि रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस शुरु गरेका छन्।

निवेदक पक्षबाट आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरे। पक्षका कानुन व्यवसायीको जवाफी बहसका लागि ३ घण्टाको समय निर्धारण गरिएको छ। अब पक्षका कानुन व्यवसायीको बहसका लागि २ घण्टाको समय बाँकी छ।

सोमबार रिट निवेदक पक्षका ३ जना वरिष्ठ अधिवक्ताले बहस गर्नेछन्। सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर ...


शिक्षामन्त्री तथा घरधनी सरस्वती प्रधान बिरुद्ध रुपा सुनार सर्वोच्चमा

काठमाडाैं - सञ्चारकर्मी रुपा सुनारले आफूमाथि जातीय छुवाछुत गर्नेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन्। उनले दलित भएको भन्दै कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधानका साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाएर आइतबार मुद्दा दायर गरेकी हुन्।

उनले कोठा भाडामा लिने/दिने माैखिक समहति भइसकेको अवस्थामा घरधनी प्रधानले आफू दलित समुदाय (कामी) थरको भएको बताएपछि कोठा दिन अस्वीकार गरेको रिटमा उल्लेख गरेकी छन्। उनले रिटमा संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था जातीय भेदभाव तथा ...


काठमाडौँ उपत्यकामा हट्यो जोरबिजोर प्रणाली

काठमाडाैं - काठमाडौं उपत्यकाभित्र काेराेना संक्रमण राेकथामका लागि लागू गरिएकाे जोरबिजोर प्रणाली हटाइएको छ।

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले असार २२ गतेदेखि जोरबिजोर प्रणाली हटाइने जानकारी दिएका हुन्। याेसँगै अब यातायातका सबै साधन चल्न पाउने भएका छन्।

उनका अनुसार कुल सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। यस्तै, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ। मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिन उनले आग्रहसमेत गरेका छन्। यस्तै, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने छ।

सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने ...


आफ्ना नेता-कार्यकर्ता नछुटेकोमा विप्लव समूह असन्तुष्ट

काठमाडौं - नेकपा विप्लव समूहले सहमतिअनुसार नेता कार्यकर्ता नछुटेको भन्दै असन्तुष्टि जनाएको छ । नेताद्वय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोलाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति कार्यान्वयन नभएको गुनासो गरेका हुन् ।

सरकार र विप्लव समूहबीच २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो, जसमा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने र सरकारले प्रतिबन्ध फुकुवा गरेर कारागारमा रहेका नेता कार्यकर्ता रिहा गर्ने उल्लेख छ । सहमतिअनुसार केही नेता कार्यकर्ता छुटे पनि अझै थुप्रै कार्यकर्ता छुट्न बाँकी छन् ।

समूहका प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री ओलीलाई भेटेर तत्काल कार्यकर्ता ...


एमाले संकट : दुवै पक्षका दोस्रो तहका नेताहरू छलफलमा

काठमाडौं - संकटबाट गुज्रिरहेको (नेकपा) एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन्। एमाले एकताका लागि पहल गरिरहेका दुवै पक्षका नेताहरू फेरि छलफलमा जुटेका हुन्।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङ, विष्णु पाैडेल र प्रदीप ज्ञवाली छलफलमा सहभागी छन्।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण विस्ट र भीम आचार्य छन्।

...

अग्नि खरेलको प्रश्न : राष्ट्रपतिले अदालतको आदेश नमाने के हुन्छ ?

काठमाडौँ - पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनि राष्ट्रपतिलाई परमादेश जारी गर्न नमिल्ने जिकिर गरेका छन् । संवैधानिक इजलासमा देउवालगायतको रिट निवेदनमा प्रधानमन्त्रीको तर्फबाट बहस गर्दैै खरेलले राष्ट्रपति आफैले प्रधानमन्त्री बनाउने नभइ निर्णयमात्रै गर्ने भएको जिकिर गरे ।

‘राष्ट्रपति आफैंले प्रधानमन्त्री बनाउने होइन...,’ उनले इजलासमा भने, ‘ निर्णय राष्ट्रपतिले गर्ने हो, राष्ट्रपतिमाथि परमादेश जारी हुनै सक्दैन ।’ खरेलले राष्ट्रपति संविधानको संरक्षक रहेकाले अदालतले परमादेश जारी गर्छ भन्ने आफूलाई नलागेको पनि बताए ।

सो क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले खरेलको बहसप्रति चासो ...


फुटबलका टिमका १३ जनाकाे कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित १३ जनाको दोस्रो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

टिमको बन्द प्रशिक्षण सुरु गर्नु अघि गरिएको काेराेना परीक्षणमा ११ खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई पदाधिकारी र एन्फा स्टाफ गरी २० जनामा संक्रमण देखिएपछि पुन: परीक्षण गरिएको थियाे।

जसमा ११ खेलाडी र दुई एन्फा पदाधिकारीसहित १३ जनाकाे दाेस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएको एन्फाका प्रवक्ता किरण राईले जनकारी दिए।

‘पहिलो परीक्षणमा ११ खेलाडीसहित २० जनामा संक्रमण पुष्टि भएको थियो। तर, शंका लागेर गरिएको दाेस्राे परीक्षणमा सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको ...


संसद विघटन : प्रधानमन्त्रीका कानुन व्यवसायीको अब डेढ घण्टा बाँकी

काठमाडौं - प्रतिनिधि सभा विघटन मुद्दामा बिहीबारको बहस सकिएको छ। सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइ भोलि पनि निरन्तर रहेनछ।

भोलि पनि प्रधानमन्त्रीका कानुन व्यसायीले बहस सुरु गर्नेछन। बिहीबार प्रधानमन्त्रीका कानुन व्यवासायीले तीन घण्टा बहस गरे। अब उनीहरुले बहसका लागि एक घण्टा ३० मिनेट समय पाउनेछन्।

प्रधानमन्त्रीका कानुन व्यवसायीको बहसपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरुलाई एक घण्टा समय दिइएको छ।

त्यसपछि सर्वाेच्च र नेपाल बारबाट झिकाइएका एमिकस क्युरीले राय दिनेछन्। उनीलाई २ घण्टा दिइनेछ। अन्त्यमा रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। यसका लागि उनीहरूलाई ३ घण्टा समय ...


२७६० जनामा कोरोना संक्रमण पुष्टि, ४०१७ जना निको भए

काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनाको परीक्षण गरिएकोमा २७६० जनामा संक्रमण पुष्टि भएको हो ।

७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४०१७ रहेको छ । कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ ।

...

बुझ्ने र बदल्नेबारे सही मार्क्सवादी दृष्टिकोण !

सामान्यतया जीवन र जगत अर्थात चेतना र पदार्थ वा भनौं व्यक्ति र वस्तु, घटना र प्रकृया, विचार र व्यवहार, वृत्ति र प्रवृत्ति अनि विश्व र ब्रह्माण्ड आदिका बारेमा यावत कामकुराहरु जान्ने कार्यलाई हेर्ने वा बुझ्ने भनिन्छ ! यसरी बुझ्ने भनेको कुनै वस्तुको जन्म, विकास र विनासका बारेमा, उक्त वस्तुका विशेषताका बारेमा, सो वस्तुसँग अरु वस्तु, व्यक्ति वा घटनाको अन्तर्सम्बन्धका बारेमा अध्ययन गर्नु र निष्कर्षमा पुग्नु पनि हो ! साथै, सो वस्तुलाई देस, काल र वातावरणका सापेक्षतामा हेर्ने, त्यस्को अन्य विभिन्न वस्तु र प्रकृतिसितको अन्तर्सम्बन्ध, अन्तर्कृया, ...


थप २४४४ जनामा कोरोना संक्रमण, ३८५३ निको भए

काठमाडौँ - पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका छन् । यसमध्ये काठमाडौँमा ३५५, ललितपुरमा ११२ तथा भक्तपुरमा ४७ जना रहेका छन् । हालसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार १८८ जना तथा एन्टिजेन विधिबाट ३३ हजार ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप ३ हजार ८५३ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख ८८ हजार १८७ जना ...


यातायात व्यवसायीको चेतावनी : ''असार १८ बाट सबै यातायात चलाउँछौ''

काठमाडौँ - यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले असार १५ गतेबाट २५ सिट भन्दा बढीका मात्रै सार्वजनिक सवारी साधनलाई जोर-बिजोर प्रणालीमा सञ्चालन गर्ने सरकारको निर्णय एकांकी भएको भन्दै सच्याउन आग्रह गरेका छन् । उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे आफुहरुले आगामी असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा समेत गरेका छन् ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर यस्तो चेतावनी ...


महान्यायाधिवक्तालाई न्यायाधीशको प्रश्न : ७६ (५) लाई दलको समर्थन अनिवार्य हो कि होइन ?

काठमाडौं - न्यायाधीश ईश्वर प्रसाद खतिवडाले महान्यायाधिवक्ता रमेश बडाललाई संविधानको धारा ७६ (५) को आधार के हो? भनेर प्रश्न गरेका छन्। उनले त्यसमा दलको समर्थन अनिवार्य हो कि होइन? समेत प्रश्न गरेका छन्।

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा सोमबार न्यायाधीश खतिवडाले महान्यायाधिवक्ता रमेश बडाललाई यस्तो प्रश्न गरेका हुन्।

जवाफमा महान्यायाधिवक्ता बडालले यसको उदाहरणको रुपमा गण्डकी प्रदेशलाई हेर्न भने। 'याे गण्डकीमा हेर्दा प्रष्ट हुन्छ। दल र स्वतन्त्र सांसद जाने हाे। गण्डकीमा यही भयाे। दलकाे रहेछ भने दल जाने हाे नत्र स्वतन्त्र सांसद ...


महान्यायाधिवक्ताको तर्कमा प्रधानन्यायाधीशको प्रश्न : संसद विघटन प्रधानमन्त्रीको बाध्यता होर ?

काठमाडौं - महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्रीको बाध्यता रहेको जिकीर गरेका छन्।

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा सोमबार बहस गर्ने क्रममा उनले अहिलेको विघटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको नभई संविधानतह: भएको तर्क गरे।

उनले पहिलो विघटन ताजा जनादेशका लागि भएको उल्लेख गर्दै अहिले राष्ट्रपतिसँग द्वन्द्वमा जान नचाहेकाले विघटनको सिफारिस गरेको बताए।

अदालतको आदेश जतिसुकै प्रतिकूल भएपनि सरकारको मानेको बडालको भनाइ छ। 'अदालतको आदेश पालना गर्न यो सरकार हरदम तयार छ।

उपधारा ३ काे सरकाले विघठन गर्न पाउँदैन भने, दुवैको ...


थप २४७४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

काठमाडौँ - पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना तथा एन्टिजेन विधिबाट २९ हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यही अवधिमा थप २ हजार ५१८ जना निको भएका छन् । नेपालमा ७ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९०.७ प्रतिशत रहेको ...


प्रतिनिधि सभा विघटन : बिहीबारको बहस सकियो, शुक्रबारका लागि हेर्दाहेर्दैमा

काठमाडौं - प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहस बिहीबारका लागि सकिएको छ।

बिहीबार वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, हरिहर दाहाल, प्रेमबहादुर खड्का, बोर्णबहादुर कार्की, मिथिलेससिंह यादव, हरि उप्रेती, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरे।

रिट निवेदक र सरकारी पक्षलाई अदाललते १५/१५ घण्टाको समय निर्धारण गरेको छ। अब रिट निवेदक तर्फका कानुन व्यवसायीलाई बहसका लागि ४ घण्टा ४५ मिनेट बाँकी छ।

रिट निवेदककाे बहसपछि सरकारी वकिल र प्रधानमन्त्रीका कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरूले बहसका लागि १५ घण्टाको समय पाउनेछन्। सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले ...


विष्णु पौडेललाई गृहसहित ६ मन्त्रालयको जिम्मेवारी, अन्यलाई पनि थपियो !

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय ...


५० प्रतिशत आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं - सरकारले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान खुला गर्ने निर्णय गरिएको हो।

हिजो सोमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले सामान्य अवस्थामा हुने उडानकाे आधारमा ५० प्रतिशत भन्दा बढी क्षमतामा नबढ्ने गरि आन्तरिक उडान सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

आन्तरिक उडान वैशाख २० गतेबाट बन्द गरेकाे थियाे। उडानकाे व्यवस्थापन गर्ने जिम्मा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको छ। उडान कहिलेबाट सञ्चालन गर्ने भन्ने निर्णय मन्त्रालयले नै गर्नेछ।

...

सर्वोच्चको निर्णय अप्रत्यासित, थुप्रै जटिलताहरु ल्याउँछ : एमाले

काठमाडौं - सत्तारुढ नेकपा (एमाले)ले मन्त्रिपरिषद् पुनर्गठन र विस्तारको निर्णयविरुद्ध सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई अप्रत्यासित भनेको छ।

एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्चको निर्णय अप्रत्यासित रहेको उल्लेख गर्दै भने, ‘यसले राजनीतिक रुपमा पनि धेरै जटिलताहरु ल्याउनेछ।’

ज्ञवालीले यसबारे बैठक बसेर थप धारणा सार्वजनिक गर्ने बताए। ‘हामी बैठक बसेर यसबारे धारणा बनाउन बाँकी नै छ, प्रारम्भिक रुपमा हाम्रो धारणा यही हो,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले मंगलबार अपराह्न अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चको यो आदेशसँगै ओलीको ...


यी हुन् २० दिन भित्रै पद गुमाउने २० जना मन्त्री !

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी २० जना मन्त्री स्वतः पदमुक्त भएका छन्। सर्वोच्च अदालतले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविरुद्ध अन्तरिम आदेश जारी गरेपछि उनीहरु पदमुक्त भएका हुन्।

२० जना मन्त्रीमध्ये केहीले १३ दिनमै पद गुमाएका छन् भने केहीले १९ औं दिनमा। जेठ २१ गते शपथ लिएका मन्त्रीहरु १९ दिन जिम्मेवारीमा रहे भने जेठ २७ गते शपथ लिएका मन्त्रीहरु १३ दिनमै जिम्मेवारीमुक्त भए।

जेठ २१ गते शपथ लिएकाहरु
राजेन्द्र महतो
शरतसिंह भण्डारी
अनिलकुमार झा
लक्ष्मणलाल कर्ण
विमलप्रसाद श्रीवास्तव
उमाशंकर अरगरिया
चन्दा चौधरी
एकवाल मिया


सर्वोच्चको आदेशसँगै मन्त्रिपरिषद्‌मा अब पाँच जना मात्रै बाँकी

काठमाडौं - सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारको निर्णयलाई खारेज गरिदिएको छ।

ओलीले जेठ २७ गते सात मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद्‌लाई पूर्णता दिएका थिए। त्यसअघि जेठ २१ गते ओलीले जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए। सोही दिन एमालेबाट तीन जना मन्त्री थपिएका थिए।

प्रधानमन्त्री ओली कामचलाउ भइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै सर्वाेच्चले यी दुवै पटक गरेका मन्त्रिपरिषद् विस्तार खारेज गरिदिएको छ। सर्वाेच्चको अन्तरिम आदेशसँगै १७ मन्त्री र ३ राज्यमन्त्रीको पद गुमेको छ भने प्रधानमन्त्रीसहित ५ जनाको मात्रै ...


कामचलाउ सरकारले मन्त्रिपरिषद् बिस्तार गर्न नमिल्ने ठहर, २० मन्त्री पदमुक्त

काठमाडौं - सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविरुद्ध अन्तरिम आदेश दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै मन्त्रिपरिषद विस्तारको निर्णय कार्यान्वयन नगर्न भनेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेका रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले जारी गरेको आदेशसँगै कामचलाउ प्रधानमन्त्री ओलीले नियुक्त गरेका २० जना मन्त्री स्वतः जिम्मेवारीमुक्त भएका छन्।

प्रधानन्यायाधीश राणा र न्यायाधीश ढुंगानाको इजलासले जारी गरेको आदेशमा प्रतिनिधि सभा विघटन भइसकेपछि काम चलाउ भएका प्रधानमन्त्रीले संसद विघटन गर्न नमिल्ने भनिएको ...


थप २४४२ जनामा कोरोना संक्रमण, ३४५६ जना निको

काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर थप २४४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय ५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै बितेको २४ घण्टामा ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन् । भने काठमाडौं उपत्यकामा ५ सय ४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४ सय ५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

...

छुटेका पत्रकारलाई तत्काल कोरोना खाेप व्यवस्था गर्न सर्वोच्चको आदेश

काठमाडौं - सर्वाेच्च अदालतले अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई तत्काल कोरोना खाेप व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ।

आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नु पर्ने वा जनसम्पर्कमा हुनु पर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी खोपको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको हो।

पत्रकारहरूलाई प्राथमिकता प्रदान गरी कोभिड विरुद्धको पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिड विरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउन सर्वाेच्चले आदेश जारी गरेको हो।

पत्रकार एवं अधिवक्ता लिलानाथ घिमिरेले दायर ...


असार ८ गते देखि निजी सवारीमा जोर विजोर प्रणाली लागु

काठमाडौं - काठमाडौं उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका हुन् ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । तर यसपटक निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उपत्यका ...


काठमाडौं उपत्यकामा थप १ हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौँ - काठमाडौं उपत्यका थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।

उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तै, उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका हुन् ।

...

देउवाको ब्रिफिंग : सभापतिमा फेरि उठ्छु, सहयोग गर्नुस् !

काठमाडाैं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका केन्द्रीय सदस्य बोलाएर सभापतिमा पुनः उठ्ने बताएका छन्।

आफूनिकटका केन्द्रीय सदस्यहरुलाई गोप्यरुपमा बोलाएर देउवाले महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका हुन्। बैठक गोप्य रहेको जानकारी गराउँदै देउवानिकट केन्द्रीय सदस्यलाई कसैलाई थाहा नदिइ आउन भनिएको थियो। बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने,‘म फेरि एकपटक सभापतिमा उठ्छु, एकपटकलाई सहयोग गर्नुस् भन्नुभयो।’

प्रदेश १ का केन्द्रीय सदस्यलाई बिहान बोलाएको बैठक करिब तीन घन्टा देउवानिवास बूढानीलकण्ठमा बसेको थियो। बैठकमा दर्जनभन्दा बढी केन्द्रीय सदस्य सहभागी भएको बताइएको छ।

छलफलमा सहभागीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न सुझाव ...


तत्काल वर्षात् रोकिंदैन, सतर्क रहनुहोला : मौसमविद्

काठमाडौँ - केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

“यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ”, मौसमविद् कँडेलले रासससँग भने, “त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्छ ।” केही दिनपछि भने यो वायुको प्रभाव निस्तेज हुने उनको भनाइ छ ।

मनसुन शुरु हुने औसत मितिभन्दा तीन दिनअघि नै यस वर्ष ...


पहिरोले मर्स्याङ्दी नदी थुनियो, चामेबजार जोखिममा

पोखरा - मनाङको चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङदी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

उनले भने, “अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मस्र्याङ्दी नदी थुनिएको छ, नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जोखिम झनै बढेको छ ।” चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी ...


२४०१ जनामा कोरोना संक्रमण, ३६६० जना निको

काठमाडौँ - पछिल्लो २४ घण्टामा ११ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्त हुँदा ३४ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १० जनाको पीसीआर र ७१३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख १९ हजार ६३५(पीसीआर) र २५ हजार ५७४ (एन्टिजेन) जना पुगेको छ । यस्तै हालसम्म ५ लाख ५३ हजार ३४२ जना ...


सिन्धुपाल्चोक बाढी : ३ जनाको मृत्यु, बेपत्ता २० जना अझै भेटिएनन (सूचीसहित)

काठमाडौं - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने अहिलेसम्म २० जना हराइरहेका छन्।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार दुई जना चिनियाँ नागरिक र एक जना भारतीय नागरिकको शव फेला परेको छ।

त्यस्तै २० जना मानिसहरु बेपत्ता भएका छन्। जसमा हेलम्बु गाउँपालिकाका १२ जना रहेका छन्। बेपत्ता भएकाहरुको खोजि भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

...

थप २ हजार ७६८ जनामा कोरोना संक्रमण, ४ हजार २० जना निको

काठमाडौँ - पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख १७ हजार ९४७ तथा एन्टिजेन विधिबाट २४ हजार ८६१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यही अवधिमा थप ४ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ५ लाख ४९ हजार ६८२ जना निको भइसकेका छन् । नेपालमा निको हुने ...


चुरेको ढुंगा, गिटी, बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडाैं - सर्वोच्च अदालतले सरकारले बजेटमार्फत् ल्याएको ढुंगा, गिटी, बालुवा निकासी गर्ने योजना कार्यान्वयनमा रोक लगाएको छ।

प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासले शुक्रबार सरकारको नाममा यस्तो आदेश दिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्दै सरकारसँग यसमा बारेमा लिखित जवाफ पेस गर्नसमेत भनेको छ।

संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गरेर ढुंगा, गिटी निकासी गर्ने सरकारको योजनालाई ब्रेक लगाएको हो।

संवैधानिक इजलासले ढुंगा, गिटीका बारेमा बजेटले ल्याएको व्यवस्था रोक्न माग गर्दै दायर भएका सात थान ...


गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पाए विश्वासको मत

काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्। शुक्रबार बसेको गण्डकी प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत परेको थियो भने प्रस्तावको विपक्षामा २७ मत खसेको थियो। विश्वासको मतको प्रस्तावको विपक्षमा एमालेका २७ सांसद रहेका छन्।

प्रदेशसभा बैठकमा ५८ प्रदेश सभा सदस्य उपस्थित थिए। मुख्यमन्त्री पोखरेलले प्रदेश सभा बैठकमा विश्वासको मत मागेका थिए।

कांग्रेस संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख सीता पौडेलले गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। मुख्यमन्त्री पोखरेललाई कांग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता ...


''प्रधानमन्त्रीले विश्वासको मत पाउन नपाउने यकिन गर्ने अधिकार राष्ट्रपतिको'' : राष्ट्रपति कार्यालय

काठमाडौं - राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएको छ। बिहीबार पठाइएको जवाफमा धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने वा नसक्ने यकिन गर्ने अधिकार राष्ट्रपतिको भएको उल्लेख गरिएको छ।

'धारा ७६ को उपधारा (५) मा उल्लेख भए बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने आधार छ वा छैन भनी यकिन गर्ने अधिकार र कर्तव्य स्वयं राष्ट्रपतिको हो', जवाफमा भनिएको छ, 'राष्ट्रपतिबाट धारा ७६ बमोजिम प्रधानमन्त्रीको नियुक्तिको निर्णय हुनुपर्ने संवैधानिक संरचना रहेको र सोही बमोजिम हुँदै आएको छ। धारा ७६ (१),(२) (३) र (५) ...


थप २,६०७ जनामा कोरोना संक्रमण पुष्टि, २,१४१ जना निको

काठमाडौँ - पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार १४१ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार जम्मा १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ (पीसीआर) र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ ।

यस्तै हालसम्म ४ लाख ४५ हजार बढी संक्रमण मुक्त भएका छन् भने मृतकको कुल ...


''रंगभेद''का शब्द प्रयोग गरेर यसरी सिंगो प्रहरीको अपमान गरिन ज्वाला संग्रौलाले !

काठमाडौं - सामाजिक सञ्जाल ट्विटरमा अहिले प्रहरीमाथि रंगभेदका शब्द प्रयोग गरेर अपमान गरेको भिडियो भाइरल भएको छ। ४५ सेकेन्ड लामो सो भिडियोमा प्रहरीमाथि रंगभेदी व्यवहार गरेको प्रष्ट देखिन्छ, सुनिन्छ। भिडियोमा आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्नेहरुले प्रहरीलाई नियम सिकाउन प्रयत्न गरेका छन्।

भिडियोमा देखिन्छ- ‘(इन्सपेक्टरलाई देखाउँदै) उहाँजस्तो हुनुस्। त्यही भएर उहाँको पोजिसन यो छ। हामीलाई पनि कारबाही गर्नुपर्‍यो तर, हामी उहाँलाई यहाँ बस्नै दिँदैनौं। सरुवा एनिहाउ हामी गर्छौं, त्यति हो।’

त्यसपछि प्रहरीलाई उहाँको नाम के हो भनेर सोधेको सुनिन्छ। प्रहरीले जवाफ दिन्छन्, ‘मेरो मणिकान्त झा।’ त्यसपछि सुनिन्छ, ‘तपाई ...


रवाफ देखाउंदै प्रहरीलाई ''हेप्ने'' ज्वाला संग्रौला बिरुद्ध छानविन सुरु

काठमाडौं - आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहले प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध दिएको रंगभेदी अभिव्यक्तिको छानबिन सुरु भएको छ।

मधेशी आयोगमा बुधबार संग्रौलाको अभिव्यक्तिविरुद्ध उजुरी परेपछि घटनाको छानबिन सुरु भएको हो। आयोगले यस घटनाको बारेमा प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी गराइसकेको छ।

नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्त कुँवरले आयोगबाट अनौपचारिक रुपमा जानकारी आइसकेको र लिखित जानकारी आएपछि छानबिन सुरु गरिने बताए।

बुधबार आयोगमा दर्ता भएको उजुरीको दर्ता नम्बर १८३ रहेको आयोगका अध्यक्ष विजयकुमार दत्तका स्वकीय सचिव दीपेन्द्र कुमार यादवले बताएका छन्। उनको ...


चैत र बैशाखको भ्याट नबुझाएकालाई असार २५ गतेसम्म बुझाउन छुट

काठमाडौं - सरकारले २०७७ चैत र २०७८ वैशाखको कर असार २५ गतेसम्म तिर्न पाउने गरी समय थप गरेको छ। आन्तरिक राजस्व विभागले कोभिड नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण कर तिर्न असहजता भएको भन्दै असार २५ गतेसम्मको समय थप गरेको हो।

मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम २०७७ चैत र २०७८ वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर असार २५ गतेसम्म बुझाउनसक्ने विभागले जनाएको छ।

यसैगरी आयकर, अन्त: शुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार दस्तुर पनि असार २५ गतेसम्म तिर्न पाउने गरी समय थप ...


२ हजार ८२८ जनामा कोरोना संक्रमण, ३ हजार ८२ संक्रमणमुक्त

काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनामा गरिएको स्वास्थ्य परीक्षणमा २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ५२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमित ...


बाढी-पहिरोको बितण्डा : देशभर कहाँ के-के भयो ?

काठमाडौं - अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको छ। बाढी र पहिरोका कारण भौतिकसँगै मानवीय क्षतिसमेत भएको छ।

बाढी पहिरोबाट समस्यामा परेकाहरुको उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, तीनवटै सुरक्षा निकाय खटिएका छन्।

वर्षा अझै नरोकिएकाले प्रभावित र नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा रहन आग्रह गरिएको छ। देशका विभिन्न नदीले सर्तकताको तह पार गरेका छन्। बाढीपहिरोबाट देशभर कहाँ–कहाँ क्षति गर्‍यो भन्नेबारे नेपाल लाइभले सम्बन्धित निकायमा सोधपुछ गरेर क्षतिको विवरण संकलन गरेको छ।

सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु, दर्जनौं ...


सिन्धुपाल्चोक बाढी : बेपत्ता ७ जनाको पहिचान, ६० जनाको उद्दार

काठमाडौं - सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले बगाउँदा ८ जना बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीमा फेसका ६० जनाको उद्दार गरिएको छ।

बाढीमा बेपत्ता भएका ८ जनामध्ये ७ जनाको पहिचान खुलेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छन्।

सहायक प्रजिअ खनालका अनुसार बाढीमा बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, हेलम्बु–३ की ६६ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ५५ वर्षीय ज्ञानेन्दै कक्षपति, हेलम्बु–६ का ५० वर्षीया च्याङा चामाङ तथा नाम र उमेर नखुलेकी उनकी श्रीमती ...


उपेन्द्र-बाबुरामलाई सुझाव : सिंगो पार्टीको आधिकारिकता दाबी गर्नुस !

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई कानुन व्यवसायीहरुले सिंगो पार्टीको आधिकारिकता दाबी गर्न सुझाव दिएका छन्।

मंगलबार भएको छलफलका क्रममा कानुन व्यवसायीहरुले बहुमत पक्षले गरेको कारबाही मान्य नहुने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाँदा पक्रिया लम्बिने बताएका छन्।

निर्वाचन आयोगले अध्यक्ष महन्थ ठाकुरसहित ठाकुर–महतो पक्षका ११ जना नेतालाई गरिएको कारबाहीले मान्यता नपाउने निर्णय गरेपछि जसपाको उपेन्द्र–बाबुराम पक्षले मंगलबार कानुन व्यवसायीसँग छलफल गरेको हो।

निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा जाने तयारीका विषयमा नेताहरुले आफू निकट कानुन व्यवासायीसँग छलफल गरेपनि कानुन व्यवसायीहरुले भने अदालत गए पक्रिया ...


देशका अधिकांश स्थानमा  भारी वर्षा, ३ दिनसम्म नरोकिने

काठमाडौं - मनसुन सक्रिय भएसँगै देशभर वर्षा सुरू भएको छ। मनसुनी वायुका प्रभावले आज देशका अधिकांश स्थानमा भारी वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो र राति प्रदेश–२, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। यो क्रम बिहीबारसम्म नै कायम रहने महाशाखाद्वारा जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

भारी वर्षाको अनुमानसँगै ...


संसद विघटन : सर्वोच्च बारबाट एमिकस क्युरीमा घिमिरे र केसी सिफारिस

काठमाडौं - सर्वोच्च अदालतमा विचराधीन प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा तटस्थ राय दिनका लागि सर्वोच्च अदालत बार एशोसिएसनले एमिकस क्युरीका लागि वरिष्ठ अधिवक्ताहरु कोमलप्रकाश घिमिरे र प्रकाश केसीको नाम पठाएको छ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले उनीहरुबाट इजलासलाई सही राय र संविधानको व्याख्यामा सहयोग पुग्ने देखेकाले चयन गरेर पठाएको बताए।

प्रतिनिधि सभा विघटनको मुद्दा ९ गतेदेखि सुनुवाइ हुँदैछ। सर्वाेच्चले नेपाल बार र सर्वोच्चबाट २/२ जानको नाम मागेको थियो। दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको छ।

वरिष्ठ अधिवक्ता ...


थप २,७४५ जनामा कोरोना संक्रमण, ४,१८७ संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामासंक्रमणमुक्त हुनेको संख्या ४ हजार १८७ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६८१ र ५ हजार ८४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ ।

...

अक्सिजनको सहयोगमा पूर्वप्रधानमन्त्री खनालको उपचार जारी

काठमाडौं - थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ।

गत नौ दिनदेखिको ज्वरो कम नभएपछि उनलाई आज बिहान थापाथलिस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि खनाललाई अस्पताल भर्ना गरिएको हो। नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ।

...

भारतले महाकाली थुनेरै सडक निर्माण गर्दा नेपालतिरको बाटोमा क्षति

गत वर्ष व्याँस गाउँपालिकाको मौराभेल क्षेत्रमा नेपाली सेनाले क्याम्प राखेर घोरेटो बाटो निर्माण गर्यो । भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणको क्रममा नेपालको व्याँस गाउँपालिका—१ छाङ्गरु तिङ्कर जोड्ने घोरेटो बाटो अवरुद्ध भएको थियो । भारतीय सडक निर्माणको क्रममा महाकाली खोलामा पहाडै खसाल्दा नेपालतिरको बाटो अवरुद्ध भएको थियो ।

नेपाली सेनाले घोरेटो बाटो बनाइरहेकै बेला पटकपटक भारतले नेपाली सेनाको क्याम्प रहेको पारितिर विष्फोटक पदार्थ विष्फोट गरायो । नेपाली सेनालाई काम गर्न पटकपटक बाधा गरियो । सेनाकै क्याम्पभन्दा १०० मिटर तल भारतीय विष्फोटका कारण घोरेटो बाटो महाकालीले ...


नरोत्तम वैद्य बिरुद्ध मकवानपुर प्रहरीमा जाहेरी

हेटौडा - बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्धा चलाउने तयारी गरिएको प्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वैद्यले बागमती प्रदेशको २०७८÷७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा जेठ २८ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफू नाथुराम गोड्से बन्न तयार रहेको आपत्तिजनक शब्द प्रयोग गरेका थिए ।

सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि भोलीपल्ट जेठ २९ गते वैद्यले संसदबाटै आफ्नो अभिव्यक्ति फिर्ता लिदैँ संसदको रेकर्डबाट हटाउन अनुरोध ...


२९१८ कोरोना संक्रमित थपिए, ५१४७ संक्रमित निको

काठमाडौँ - पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ९ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यसैगरी ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।

यस्तै गत २४ घन्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैगरी हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।

...

जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त, अन्तरिम आदेश खारेज

काठमाडौं - सर्वोच्च अदालतले गण्डकी प्रदेशका प्रदेश सभा सदस्य कृष्ण थापाको पक्षमा यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ।

न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीकाे इजलासले यसअघि जारी गरेकाे अन्तरिम खारेज गरेकाे हाे। यसअघि जेठ २३ गते न्यायाधीश कुमार चुडालको इजलासले थापाका पक्षमा अन्तरिम आदेश दिएको थियो।

राष्ट्रिय जनमोर्चा, गण्डकी प्रदेश सभा र सभामुखको भ्याकेटको निवेदमा यसअघि जारी भएको अन्तरिम आदेश खारेज गरेसँगै थापाको सांसद पद स्वत: खारेज भएको छ।

जनमोर्चाको सिफारिसमा प्रदेश सभाले दोस्रोपटक सांसद पदबाट निलम्बन गरेका थापा अब प्रदेश सभामा भाग लिन पाउने छैनन्।

गण्डकी ...


अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट निर्धारण

जुम्ला - अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ ।

यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा स्नातक तहको एमबीबीएस कार्यक्रम शुरुवात गर्न स्वीकृति दिने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुलेको हो ।

आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु गर्ने निर्णय भइसकेको जानकारी ...


अध्यादेश ल्याएर संवैधानिक आयोगमा गरिएका नियुक्ति खारेज गर्न माग गर्दै रिट दायर

काठमाडौं - सरकारले अध्यादेश ल्याएर संवैधानिक आयोगमा गरिएका नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। संवैधानिक परिषदको वैशाख २६ गतेको बैठकले विभिन्न संवैधानिक आयोगमा गरेका व्यक्तिको नियुक्ति वदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नु संविधान विपरीत रहेको भन्दै उनीहरुको नियुक्ति रोक्न माग गरेको हो ।

उनले रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्का् सचिवालय र सभामुखलाई विपक्षी बनाएका छन् ।

राष्ट्रपति विद्या देवी भण्डारीले गत ...


डिशहोमबाट युरोकपको प्रत्यक्ष प्रसारण हेर्न सकिने

काठमाडौं - नेपालको डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले युरोकपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरोकपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो । डिशहोमबाट हुने युरोकपको प्रत्यक्ष प्रसारण नेपाली र अंग्रजी दुबै भाषामा कमेन्ट्री सुन्न सकिन्छ, इनब्युल्ट भाषा चाहिँ अंग्रजी कमेन्ट्री हुनेछ।

रिमोटबाट नेपाली भाषामा समेत कमेन्ट्री हेर्न सक्छन् । डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सकिने डिशले जनाएको छ। त्यहाँ अंग्रजीमा आइरहेको छ भने अडियो बटन थिचेपछि नेपाली आउँछ र नेपालीमा आइरहेको छ भने अंग्रेजीमा आउँछ।

डिशहोमको ...


२४०७ जना नयाँ संक्रमित थपिए, ३९९४ जना संक्रमणमुक्त

काठमाडौँ - पछिल्लो २४ घण्टामा २४०७ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यसमध्ये काठमाडौँ उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन् । भक्तपुरमा ५८ जना, ललितपुरमा ११२ जना र काठमाडौँमा ४८३ जना संक्रमित फेला परेका हुन् ।

यही अवधिमा थप ३९९४ जना संक्रमणमुक्त भएका छन् भने ४६ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।

...

सिमरहवामा एक अर्बको लगानीमा देशकै ठूलो अक्सिजन प्लान्ट बन्दै

काठमाडौं - रुपन्देहीको सिमरहवामा देशकै ठूलो तरल (लिक्विड) अक्सिजन प्लान्ट स्थापना हुने भएको छ। प्लान्टबाट दैनिक ६० मेट्रिक टनसम्म तरल अक्सिजन उत्पादन हुनसक्ने जनाइएको छ।

१ अर्ब रुपैयाँ लगानीान बन्न लागेको उद्योग अबको १० महिनापछि पूर्ण क्षमतामा सञ्चालनमा आउने कम्पनीका मालिक शंकर अग्रवालले नेपाल लाइभलाई बताए। ‘उद्योगले अहिले पनि थोरै मात्रामा लिक्विड अक्सिजन भारतबाट आयात गर्दै सिलिण्डर रिफिलिङ गरिरहेको छ,’ अग्रवालले भने, ‘अबको १० महिना पछि आफैं उत्पादन गर्न सकिने गरी संरचना बन्छन्। उद्योगले दैनिक ८ हजार सिलिण्डर रिफिल गर्न सक्छ।’

उद्योग सञ्चालनका लागि आवश्यक उपकरहणहरु ल्याउने ...


काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं - काठमाडौँ उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । कोरोना संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ता थप गरिएकाे हो ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो।

निषेधाज्ञा लागू भएको डेढ महिना पछि पनि कोरोना संक्रमणको जोखिम कम नभइसकेकाले यसलाई निरन्तरता दिने तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निर्णय गरेकाे काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

यद्यपि संक्रमण दर कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको उनले ...


गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले आजै सानो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने भएका छन् । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् । शुक्रबार ५ बजे नै विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर ...


निषेधाज्ञा खुकुलो गर्न सबै जिल्लालाई गृहको परिपत्र

काठमाडौं - कोभिड–१९ का कारण प्रभावित आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ।

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै कोभिड–१९ नियन्त्रणमा सक्रियतापूर्वक लाग्न र आवश्यक योजना निर्माण गरी सुरक्षास्थितिलाई मजबुत बनाउन निर्देशन दिएको हो।

मन्त्री अधिकारीबाट प्राप्त निर्देशनअनुसार परिपत्र जारी गरिएको गृहप्रवक्ता जनकराज दाहालले जानकारी दिए। परिपत्रमा हालसम्मको निषेध आदेश कार्यान्वयनको समीक्षा गर्दै जनस्वास्थ्यमा नकारात्मक असर नपारी स्वास्थ्य मापदण्ड ...


थप ३७५० जनामा संक्रमण, ५२२५ जना संक्रमणमुक्त

काठमाडौँ - पछिल्लो २४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८६.२ ...


गण्डकीमा बहुमत सांसदको हस्ताक्षर सहित विपक्षी गठबन्धन प्रदेश प्रमुखकोमा

काठमाडौं - गण्डकी प्रदेशका विपक्षी दलहरु बहुमत सांसदको हस्ताक्षर लिएर सरकारको दाबी गर्न प्रदेश प्रमुखकोमा पुगेका छन्।

मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपाली पोखरेललाई प्रस्ताव गर्दै प्रदेश सभामा ३१ सांसद प्रदेश प्रमुख कार्यालयमा पुगेको कांग्रेस सांसद विष्णु लामिछानेले जानकारी दिए।

उनीहरू कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपा र जनमोर्चाका २/२ र स्वन्तन्त्र एक गरी ३१ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्।

जनमोर्चाका सांसद कृष्ण थापा फेरि बर्खास्तमा परेकाले ३० जनाले बहुमत पुग्दछ।

प्रदेश प्रमुख सीता पौडेलले आज २४ घण्टाको अवधि दिएर संविधानको धारा १६८ (५) को सरकार ...


नेपालमा आवेग र प्रतिशोधको राजनीतिको परिणाम !

राजनीती राज्य संचालनको नीति हो । यो सबै नीतिहरुमध्ये सर्वश्रेष्ठ नीति हो । यो नीति सबैभन्दा नैतिकताले भरिएको हुन्छ र हुनुपर्छ अनि आफ्नो घोषित नीतिअनुसार राजनीती चल्नुपर्छ भन्ने मान्यता रहिआएको छ । यस्तै नेता भनेका नीतिलाई निर्माण गर्ने र नीतिअनुसार चल्ने अनि सो नीतिलाई कार्यान्वयन गर्ने-गराउने नायक हुन् ! यी नेता-नायकहरु पनी नीति अनुसार चल्नुपर्छ भन्ने मान्यता पनि स्थापित छ ।
यसरी नै एउटा देसको वा पार्टीको वा कुनै पनि संघसंस्थाको संचालन र विकासको लागि नेता अनिवार्यरुपले हुनैपर्छ तर त्यस्ता नेता एउटा मात्र हुनुपर्छ भन्ने ...


बादलकी पत्नी नैनकला थापा बनिन सञ्चारमन्त्री

काठमाडौं - पूर्वगृहमन्त्री राबहादुर थापा 'बादल'पत्नी नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छिन्। बिहीबार अपराह्न ४ बजे हुने मन्त्रिमण्डल विस्तारमा उनी मन्त्री बन्न लागेकी हुन्।

नेकपा (माओवादी केन्द्र)बाट बादलको नेतृत्वमा एउटा समूह नै एमाले प्रवेश गरेको छ। उक्त समूहका २३ जनालाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य नै बनाएका छन्।

बादललाई नेता मानेर एमाले प्रवेश गरेका अन्य नेतालाई उनले भने विश्वास गरेनन्। बादलको कोटामा परेका दुई मन्त्रीमा एउटा आफ्नै पत्नी नैनकला थापालाई सिफारिस गरेका छन्।

आफूलाई विश्वास गरेर एमाले प्रवेश गरेका नेतालाई नभइ आफ्नै श्रीमतीलाई मन्त्री बनाएकोमा ...


प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफैसँग राखेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ ।

ओलीको २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहेका छन् । जसमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र मन्त्री रहेका छन् ।

यसैगरी खगराज अधिकारी ...


पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् ।

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको आज सम्पन्न ८८ औँ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र ...


गण्डकीमा भोली मध्यावधि निर्वाचन घोषणा गर्ने मुख्यमन्त्रीको तयारी

काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार नै मध्यावधि निर्वाचन घोषणा गर्ने सम्भावना रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ।

बिहीबार विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्री गुरुङले मध्यावधि घोषणा गर्ने उनीनिकट एक सांसदले बताएका छन्। संविधानको १६८ (३) अनुसार ठूलो दलको आधारमा पुनः मुख्यमन्त्री बनेका गुरुङले संघभन्दा पनि एक कदम अघि बढेर मध्यावधि निर्वाचन घोषणा गर्ने तयारी गरेका हुन्। संविधानको १६८ (५) मा ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको ...


सांसद कृष्ण थापाको पुनर्बहाली बिरुद्ध जनमोर्चाद्वारा 'भ्याकेट' निवेदन दर्ता

काठमाडौँ - गण्डकी प्रदेशका जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्चले पुनर्बहाली गरेपछि त्यसमा 'भ्याकेट' का लागि निवेदन परेको छ । बुधबार सर्वोच्च अदालतमा प्रदेशका सभामुख नेत्रनाथ अधिकारी​ निवेदन मुद्दा दर्ता गराएका हुन् ।

मुद्दामा अन्तरिम आदेश खारेज गर्न माग गरिएको छ भने सोको पेशी बिहीबारका लागि तोकिएको छ । स्मरण रहोस् गण्डकीमा बिहीबार नै मुख्यमन्त्रीले विश्वासको मत लिँदैछन् ।

सर्वोच्च अदालतले प्रदेशसभा सदस्यबाट कारवाही गरिएका थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन जेठ २३ मा अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले थापालाई ...


कोरोना : ४३४४ संक्रमित थपिए, ५७६८ संक्रमणमुक्त, ८१ को मृत्यु

काठमाडौँ - पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका मध्ये काठमाडौं उपत्यकामा ९१५ कोरोना रहेका छन्। उपत्यकाका तीन जिल्लामा गरी ९१५ जनामा संक्रमण पुष्टि भएकाे हाे।

थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ६७९ रहेका छन्। यस्तै, भक्तपुरमा ८५ र ललितपुरमा १५१ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा थप ५७६८ जना निको भएको ...


संसद विघटन : सर्वोच्चले दिएन अन्तरिम आदेश, असार ९ देखि सुनुवाइ

काठमाडौँ - संसद विघटन विरुद्धको मुद्दामा संवैधानिक इजलासको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापालाई न्यायाधीश ईश्वर खतिवडाले साोधेका थिए–‘अन्तरिमा आदेश पनि माग्नुभएको छ, आधार के छन् ?’

थापाले प्रधानमन्त्री संवैधानिक रुपमा पदमुक्त भएको दावी गर्दै अन्तरिम आदेश हुनुपर्ने जिकिर गरेका थिए । तर, संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

संवैधानिक इजलासले प्रधानमन्त्री, प्रधानमन्त्रीको कार्यालय र राष्ट्रपति कार्यालयसँग विघटन गर्नुपर्ने कारण माग गर्दै असार ८ गतेभित्र लिखित जवाफ मागेको छ । लिखित जवाफ आएपछि निरन्तर सुनुवाई गरिने प्रधानन्यायाधीश ...


कोरोना अपडेट : ४४७२ जनामा पुष्टि, ६९५१ जना मुक्त

काठमाडौँ - पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन् भने ४४७२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा जम्मा १७ हजार ९०३ जनाको परीक्षण भएको थियो ।

थपिने मध्ये काठमाडौँ उपत्यकामा १ हजार १ सय १५ जनारहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९० ...


नेपाल पक्षले पार्टी एकताका लागि थप शर्त अघि सार्ने

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राखेको ६ बुँदे प्रस्तावको जवाफका साथै एकताका आधार अघि सार्ने तयारी गरेको छ।

स्थायी कमिटीको भर्चुअल बैठकले प्रस्तावको जवाफ दिँदै थप आधार अघि सार्ने निर्णय गरेको हो। स्थायी कमिटीले टुंग्याएर केही नेताहरुलाई उक्त जवाफ र आधार तयार पार्ने जिम्मा दिइएको छ।

बैठकमा सहभागी एक नेताका अनुसार पहिलो नम्बर बुँदा, दोस्रो नम्बरको 'मूलभूत' भन्ने भाषा, सर्वोच्चको रिटमा गरिएका हस्ताक्षरका विषयमा जवाफ दिइनेछ।

ती जवाफपछि एकताका लागि नेपाल समूहले थप शर्त अघि सार्ने तयारी गरेको छ। प्रस्ताव ...


मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ - मन्त्रिपरिषद् पुनर्गठन बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको दावी गर्दै रिट दायर गरेका हुन् ।

विश्वासको मत लिन नसकेका प्रधानमन्त्री संविधानको धारा ७७ (३) अनुसार कामचलाउ भएको हुनाले मन्त्रिपरिषद् विस्तर गर्न नमिल्ने निवेदकको दाबी छ ।

धारा ७६ अनुसार अदालतमा मुद्दा चलिरहेको छ र यस अवस्थामा मन्त्रिपरिषद् विस्तार गैरसंवैधानिक भएको निवेदकको दावी छ ।

...

‘कोभिसिल्ड’ को दोस्रो खोप नपाएपछि ‘एस्ट्राजेनिका’ लगाइदिने सरकारको तयारी

काठमाडौँ - सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने भएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले भारतबाट कोभिशिल्ड खोप नआए पनि त्यसको विकल्पमा दोस्रो मात्राको खोप एस्ट्राजेनिका लगाइने भएको जानकारी दिए । उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले ...


राउटे बस्ती सिल, २२ जना प्रहरीको पहरा

सुर्खेत - पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै जिल्ला प्रशासन कार्यालयल सुर्खेतले गैरराउटे कुनै पनि व्यक्तिलाई प्रवेश गर्नमा प्रतिबन्ध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाए राउटे बस्ती बाहिरबाट जाने व्यक्तिलाई प्रवेश निषेध गरेको बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले कुनै पनि व्यक्तिहरुलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको जानकारी दिए ।

राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना ...


स्वास्थ्यकर्मीमाथि कुटपिट गरे तीन वर्षसम्म कैद हुन सक्ने

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन्।
उनले सरकारको सिफारिसमा आइतबार उक्त अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणका घट्ना बढेपछि सरकारले त्यसलाई नियन्त्रण गर्न यो अध्यादेश ल्याएको हो ।

यो अध्यादेशअनुसार स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

स्वास्थ्य संस्थामा तोडफोड वा स्वास्थ्यकर्मी ...


आज ६६३६ जना कोरोनामुक्त, ३४७९ जनामा संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३,४७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४७१ पीसीआर परीक्षणबाट ३,०२४ र ३,२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३,४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७३१, ललितपुरमा २५४, मोरङमा २२५, भक्तपुरमा १४६, काभ्रेपलाञ्चोकमा ...


सर्वोच्चले जनमोर्चाका कृष्ण थापाको ''सांसद'' पद थमौती गरिदियो

काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पक्षमा अन्तरिम आदेश दिएको छ।

सांसदबाट हटाएपछि थापाले सर्वोच्चमा शुक्रबार रिट दायर गरेका थिए। पार्टी नीति उल्लंघन गरेको आरोपमा सांसदबाट हटाइएका थापाले त्यसलाई चुनौती दिँदै अदालत पुगेका थिए।

आफू स्वयं अदालतमा उपस्थित हुन नसकेपछि शुक्रबार वारेसनामामार्फत् रिट दायर गरेका थिए। थापाको रिट आइतबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो।

सर्वाेच्चले सांसद पद नरहेमा थापाको काम कर्तव्य अधिकारमा तत्काल पुग्न सक्ने अपुरणीय क्षति समेतको दृष्टिकोणबाट प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उनको गण्डकी प्रदेश सभा सदस्यको पद रिक्त ...


संसद विघटन : न्यायाधीश कार्की र भट्टराईबारेको ''सुनुवाइ'' सकियो

काठमाडौं - संसद विघटनसम्बन्धी मुद्दामाथि आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको सुनुवाइ सकिएको छ।

मुद्दाको प्रारम्भिक सुनुवाइदेखि नै इजलास गठनसँग सम्बन्धित विवादले प्रभावित भएको सुनुवाइमा आइतबारको बहस पनि संवैधानिक इजलासका न्यायाधीशकै सन्दर्भमा केन्द्रित रह्यो।

आइतबार सरकार पक्षीय कानून व्यवसायी तथा सरकारी वकिल (महान्यायाधीवक्ता) समेतले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको विषयमा प्रश्न उठाएका थिए।

यसअघि नै इजलासबाट अगल हुने राय व्यक्त गरिसकेका दुवै जना न्यायाधीशलाई समावेश गरेर पुनः इजलास गठन गरिएको भन्दै सरकार पक्षीय अधिवक्ताहरुले इजलासमा प्रश्न उठाएका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार वरिष्ठताका ...


देउखुरीका आइसोलनको अनुगमन , सिमित श्रोत साधन,, उच्च मनोवलमा स्वास्थ्यकर्मी

दिवाकर पोख्रेल

देउखुरी, जेठ । देउखुरीका स्थानीय तहबाट संचालनमा आएका कोरोना विशेष अस्पतालको व्यवस्थापन तथा जनशक्तीको अवस्था सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । राजनीतिक दल,विभिन्न सामाजिक संघसस्थाका प्रीतनिधि सहभागि सर्वपक्षिय सर्वदलिय अनुगमन तथा समन्वय समितिले देउखुरीमा सिमित श्रोत साधनमा उच्च मनोवलमा स्वास्थ्यकर्मीले सेवा दिएको निष्कर्ष निकालेको हो ।

देउखुरीका चारवटा पालिका लमही, राप्ती, गढवा र राजपुरमा रहेको कोरोना अस्पताल र स्वास्थ्य अवस्थाको अनुगमन गर्ने क्रममा स्थानीय सरकारबाट कोभिड १९ नियन्त्रण तथा उपचारको लागि चालिएको प्रयासमा सन्तोष गर्ने अवस्था नभएको टोलीको निष्कर्ष छ । स्वास्थ्यकर्मीबाट समिति श्रोत ...


नेपाल समुहको निष्कर्ष : ''ओलीले नै एकता चाहेका छैनन् ''

काठमाडौं - नेकपा (एमाले)को माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एकतावद्ध बनाउनै नचाहेको बताएका छन्। बिहीबार नेपाल समूहको भर्चुअल केन्द्रीय कमिटी बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेका हुन्।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार अहिले पनि केन्द्रीय सदस्यहरुले बैठकमा आफ्नो धारणा राख्ने क्रम जारी छ। 'केपी ओली एकता चाहँदैनन् भन्नेमा केन्द्रीय सदस्यहरुको एकमत देखिएको छ', ती सदस्यले भने।

आफूहरुले एकतावद्ध एमाले चाहेको भए पनि ओलीले नै एकता नचाहेकाले अब अब सुदृढ पार्टी निर्माणका लागि अघि बढ्नुको विकल्प नरहेको उनीहरुले बताएका ...


कर्णालीमा कांग्रेस सरकारमा जाँदै, दुई मन्त्रालय लिने

सुर्खेत - नेपाली काँग्रेस कर्णाली प्रदेश सरकारमा पनि सहभागी हुने भएको छ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको काँग्रेसको दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले पुष्टि गरे ।

मुख्यमन्त्री शाहीले बिहीबार साँझ बस्ने प्रदेश मन्त्रिपरिषदको बैठकमा कांग्रेसले पठाएका दुई जनालाई मन्त्री सिफारिस गर्ने तयारी गरेका छन् ।

प्रदेश सरकारमा हाल खाली रहेका सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय कांग्रेस सांसदले पाउनेछन् ।

कांग्रेस निकट स्रोतका अनुसार सामाजिक मन्त्रालयमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत ...


जनमोर्चाका सांसद हटाइएपछी गण्डकीका मुख्यमन्त्रीको पद ''धरापमा''

काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउने सम्भावना क्षीण बनेको छ। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टीले कारबाही गरी सांसदबाट हटाएसँगै संसद्को अंकगणित गुरुङको पक्षमा नदेखिएको हो।

संसद्‌मा बहुमत पुर्‍याउने संख्या परिवर्तन हुँदा विपक्षमा मत बढी खस्ने देखिएको छ। गुरुङ संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री कायम छन्। वैशाख २९ मा उनले ठूलो दलको आधारमा मुख्यमन्त्रीमा पुनः शपथ लिएका हुन्। बहुमतको सरकार बनाउने आधार विपक्ष दलको नभएसँगै ठूलो दलका आधारमा उनी मुख्यमन्त्री बनेका थिए।

राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा विपक्षी गठबन्धनको पक्षमा ...


जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त

काठमाडाैं - राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त भएका छन्। पार्टी नीति विपरीत गएकाले उनलाई सांसदबाट पदमुक्त गर्न जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले पत्र पठाएका थिए।

पार्टीले उनलाई हटाइएको पत्र प्रदेश संसद सचिवालयमा दर्ता गरिएको छ। उनी विपक्षी गठबन्धनको पक्षमा नदेखिएपछि कारबाही गरिएको हो।

पार्टी नीति विपरीत सत्तारुढ दलको पक्षमा देखिएको भन्दै थापालाई १ वर्षका लागि साधारण सदस्यबाटै निस्कासित गरिएको छ। साथै, उनलाई केन्द्रीय कमिटी तथा प्रदेश संसदीय दलको नेताबाट पनि उनलाई हटाइएको छ।

...

कोरोना अपडेट : ६८२५ जनामा संक्रमण, ५९०४ मुक्त, ७५ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर पीसीआर र एन्टिजेन परीक्षणका क्रममा थप ६ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १८ हजार ५६२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा ५ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा ३ हजार २११ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार जनामा संक्रमण पुष्टि भएको ...


चीनको सहयोगमा पाकिस्तानले स्वदेशमै बनायो कोरोनाविरुद्धको खोप

काठमाडौं - पाकिस्तान सरकारले चीनको सहयोगमा आफ्नो देशमा कोरोना खोप तयार गरेको छ। पाकभ्याक नामको यो खोप मंगलबार सार्वजनिक गरिएको हो।

पाकिस्तानका केन्द्रीय योजना मन्त्री असद उमरले यो एक महत्वपूर्ण दिन बताउँदै पाकिस्तानको यो खोप प्रजातन्त्र या ‘क्रान्ति’ भन्दा कम नभएको बताए।

उनले यसका लागि पाकिस्तानको स्वास्थ्य टीमका साथ चीनका सहयोगीलाई पनि धन्यवाद दिए, जसले भ्याक्सिन उत्पादनको व्यवस्थामा सहयोग गरेका थिए।

हाल पाकिस्तानमा चीनमा बनेको सिनोफार्मको खोप नै रुचाइएको पनि उनले बताए। ‘खोप लगाउन आउने मानिसहरुले एस्ट्राजेनेकाभन्दा सिनोफार्मको खोप माग गरिरहेका छन्,’ उनले भने, ‘त्यो छैन भन्दा उनीहरु ...


कोरोना अपडेट : ७२१९ जना कोरोनामुक्त, ५३१६ जना थपिए, १०१ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै छ। २४ घण्टामा ५ हजार ३१६ जना संक्रमित थपिएका छन्।

नेपालमा जम्मा संक्रमितको संख्या भने ५ लाख ७१ हजार ९०३ पुगेको छ। यसमध्ये ७ हजार ५५५ जनाको निधन भएको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४५६ कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा ...


काठमाडौंमा जेठ ३१ गतेसम्म थपियो निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौँ - काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय जेठ ३१ सम्म थप भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

अब जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले दुनियाँ खबरलाई बताए ।

अब काठमाडौं उपत्यका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा जेठ ३१ सम्म निषेधाज्ञा हुनेछ।

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न, किराना तथा डिपार्टमेन्ट ...


न्यायाधीश कार्की र भट्टराईको तर्क : ''यही इजलासले हेर्दा निष्पक्ष न्याय नहुन सक्छ''

काठमाडौं - दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनकाे मुद्दामा न्यायाधीशमाथि उठेको प्रश्नमा अलग राय लेख्दै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश आनन्दमोहन भट्टराईले आफूहरूलाई निष्पक्ष न्याय हुन्छ भन्ने नलागेकाे व्याख्या गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासबाट अलग हुने घोषणा गर्दै दुई न्यायाधीशले फागुन २३ गते भएको नेकपा नाम विवादको फैसला र त्यसपछि भएको पुनरवलोकन निवेदनको प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा प्रत्यक्ष संलग्नता रहेको भन्दै आफूहरूलाई अलग गराउने घोषणा गरेका थिए।

कानुन व्यवसायीहरूले संवैधानिक इजलासमा रहेका न्यायाधीहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा प्रश्न उठाएका ...


प्रश्न उठेका दुई न्यायधीश भन्छन : ''नेकपा मुद्दा हेरेपनि यो मुद्दा हेर्न मिल्छ''

काठमाडौं - प्रतिनिधि सभा विघटन मुद्दामा प्रश्न उठाइएका दुई न्यायाधीशले संवैधानिक इजलासबाट आफूहरु अलग हुनुपर्ने कुनै आधार नरहेकाे दाबी गरेका छन्।

गत शुक्रबारदेखि सुरु भएको विवाद मंगलबार इजलासबाट आदेश सुनाउँदै न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरूका लागि उठाइएको नेकपा विवाद र हाल विचाराधीन प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सार्थक साइनो नभएकोले इजलासमा बसेर सुनुवाइ गर्न मिल्ने जिकीर गरेका छन्।

'प्रस्तुत जिकिरमा उठाइएको ऋषिराम कट्टेलसमेतको मुद्दाको सुनुवाइ र पुनरवलोकन अनुमतिको निवेदनमा हामी समेतको इजलासबाट सुनुवाइ भएको सो मुद्दाको तथ्य वा विवादित विषयवस्तुसँग प्रस्तुत मुद्दाको तथ्य वा विवादित ...


कोरोना अपडेट : ६०८५ थपिए, ६८९८ निको भए, ६८ जनाको मृत्यु

काठमाडाैं - नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना संक्रमित थपिएका छन्।

साेही अवधिमा ६ हजार ८९८ निको भएका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ।

नेपालमा अहिलेसम्म संक्रमित हुनेको संख्या भने ५ लाख ६६ हजार ५८७ रहेको छ।

गत २४ घण्टाभित्र थपिएका मध्ये काठमाडाैं उपत्यकामा एक हजार ५५८ संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैं‌मा सबैभन्दा धेरै एक हजार ६० जनामा ...


विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

काठमाडौं - विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ। कोरोना संक्रमण भएर मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार निधन भएको हो।

४४ वर्षीय थापाको मंगलबार दिउँसो ४ बजेर २५ मिनेटमा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले फेसबुकमार्फत् जानकारी गराएका छन्।

दुई हप्ताअघि कोरोना संक्रमित भएपछि उनी अस्पताल भर्ना भएका थिए। पछिल्ला दिनमा भने उनलाई मेडिसिटी अस्पतालमा इसिएमओ प्रविधिबाट उपचार गराइएको थियो।

सुरुमा ह्याम्स भर्ना गरिएका उनलाई ग्रान्डी हुँदै मेडिसिटी पुर्‍याइएको थियो। उपचारकै क्रममा कोरोनामुक्त भएता पनि उनको अवस्था गम्भीर नै थियो। सोमबार साँझ विवेकशील साझा ...


महन्थ-राजेन्द्रको काउन्टर याक्सन : उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ।

जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवपक्षले महन्थ तथा राजेन्द्रसहित नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेलगत्तै महन्थ–राजेन्द्र पक्षले पनि अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको घोषणा गरेको छ।

जसपाको महन्थ–राजेन्द्र पक्षको पार्टी कार्यालयमा बसेको बैठकले उपेन्द्रलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जसपाका एक कार्यकारिणी समिति सदस्यले जानकारी दिए।

‘उपेन्द्रजीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय भइसकेको छ। पार्टीबाट ...


महन्थ ठाकुरसहित जसपाका चार जना नेता पार्टीबाट निष्कासित

काठमाडौं - जनता समाजवादी पार्टीका चार जना नेताहरु पार्टीबाट निष्कासनमा परेका छन्। पार्टीभित्रको एक धारको नेतृत्व गरिरहेका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले अर्को पक्षका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको हो। ठाकुर पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष हुन्। महतो वरिष्ठ नेता हुन्। अन्य दुई केन्द्रीय कार्यकारिणी समिति सदस्य हुन्।

चार नेतालाई पार्टीबाट निष्कासन गरिएको जसपा कार्यालय सचिव प्रकाश अधिकारीले पुष्टि गरे।

पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने र उनलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने विषयमा विवाद रहँदै आएको थियो। भट्टराई-यादव पक्षले ओलीको ...


विपक्षी गठबन्धनका पाण्डेयले मारे बाजी


दाङ, जेठ
लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दिर्घनारायण पाण्डेय विजयी भएका छन्।
उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए। पाण्डेलाई विपक्षी गठबन्धन

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम(उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो।

२११ मतमध्ये पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ...


उज्जवल थापाको स्वास्थ्य अवस्था ''क्रिटिकल''

काठमाडौं - कोरोना भाइरसको संक्रमणपछि उपचाररत विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्यावस्थामा अझै सुधार नआएको जनाइएको छ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेता थापाको स्वास्थ्यावस्थामा कुनै सुधार नआएको र अवस्था अत्यन्तै गम्भीर रहेको जनाएका छन्।

मेडिसिटी अस्पतालमा उपचाररत थापाको स्वास्थ्यमा सुधार ल्याउन चिकित्सकहरुले सकेको प्रयास गरिरहेका मिश्रको भनाइ छ।

'उज्वलजीको स्वास्थ्यावस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भीर छ। डाक्टरहरूले सकेको गरिरहेका छन्,' मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, 'डाक्टरहरू र देश-विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना ...


थप ६ हजार २०५ जना निको, ४ हजार ३६९ जनालाई संक्रमण

काठमाडौँ - आइतबार थप ६ हजार २०५ जना कोरोनाबाट निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोनामुक्त भएको बताए।

त्यस्तै यस अवधिमा ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा १०९ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार २७२ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा १० हजार ९८६ जनाको पिसिआर परीक्षण गरिएको हो। सो परीक्षणका क्रममा ३७०२ जनामा पोजेटिभ देखिएको हो।

त्यस्तै १ हजार ७८४ जनाको एन्टिजेन परीक्षण गर्दा ...


वरिष्ठ अधिवक्ताहरुको आग्रह : अदालतको सम्मान गर्छाैं, दुई न्यायाधीशलाई अलग गराैं

काठमाडाैं - वरिष्ठ अधिवक्ताहरुले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसी अलग हुनुपर्ने माग उठाएका छन्। उनीहरुले संवैधानिक इजलासमाथि उठेको प्रश्नमा जारी बहसका क्रममा यस्तो माग उठाएका हुन्।

वरिष्ठ अधिवक्ता हरिहर दाहालले अहिलेको मुद्दाको निवेदक नै नेकपा विवादसम्बन्धी फैसलाबाट प्रभावित व्यक्तिहरु भएकाले उक्त फैसला गर्ने न्यायाधीश संवैधानिक इजलासमा नबस्नु नै उचित हुने बताए। 'अहिले निवेदक को-को छन् त हेराैं। पुष्पकमल दाहाल, माधव नेपाल- उहाँहरु अलग पार्टी कसरी भयो? त्यो फैसलाले भयो,' उनले भने, 'हामीहरु श्रीमान र अदालतको सम्मान ...


संसद विघटनको मुद्दा ''हेर्दाहेर्दै'' मंगलबारलाई

काठमाडौं - संसद विघटनसँग सम्बन्धित मुद्दा मंगलबार सम्मलाई हेर्दा हेर्दैमा सरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको आइतारको संवैधानिक इजलासले संसद विघटनसँग सम्बन्धित रिटहरुलाई मंगलबार सुनुवाइका लागि हेर्दाहेर्दैमा राखेको हो।

संसद विघटनसँग सम्बन्धित रिटहरुमाथि शुक्रबारदेखि संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको थियो। तर, रिट निवेदक पक्षका कानुन व्यवसायीले इजलास गठनकै विषयमा प्रश्न उठाएका छन्।

दोस्रो दिनको सुनुवाइका क्रममा आइतबार पनि इजलासमा रहेका २ जना न्यायाधीशको विषयमा प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले सैद्धान्तिक बहस गर्न कानुन व्यवसायीको ध्यानाकर्षण गराएका थिए।

प्रधानन्यायाधीश राणा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपकुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी ...


२०७६ असारसम्म वार्षिक विवरण नबुझाएका कम्पनीलाई जरिवानामा ९० प्रतिशत छुट

काठमाडौँ - कम्पनी ऐन, २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अनुसार आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नविकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल असोज मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा हुने भएको छ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै जरिवानामा ९० प्रतिशत छुट हुने जानकारी दिए।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको ...


चलचित्र उद्योगलाई विद्युत शुल्क छुट, इजाजत तथा नवीकरण शुल्क नलाग्ने

काठमाडौँ - सरकारले चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने व्यवस्था गरेको छ ।आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा बताएका हुन् ।

साथै, चलचित्र क्षेत्रलाई आर्थिक वर्ष २०७८ ७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण शुल्क छुट दिई स्वतः नवीकरण हुने ब्यवस्था मिलाइएको पौडेलले बताएका छन् ।

पहिलो र दोश्रो चरणको कोरोनाको महामारीका कारण चलचित्र क्षेत्र ठूलो समस्यामा परेको छ । प्रदर्शकहरुले लकडाउन र निषेधाज्ञाको समयमा लाग्ने विद्युत डिमाण्ड शुल्क मिनाहा गर्न सरकारसँग माग गर्दै आएका थिए ।

...

कोरोनाको खोप र उपचार दुवै निःशुल्क, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता

काठमाडौँ - सरकारले कोभिड–१९ विरुद्धको खोप र उपचार दुवै निःशुल्क गरेको छ। आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कोभिड उपचारका लागि आवश्यक टेष्ट किट आयात तथा उपचारका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको बताए ।

उनले अक्सिजन लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीमा कर तथा भन्सार छुट गरेको बताएका छन्। त्यस्तै खोप आयातका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको बताए।

उनले स्वास्थ्यकर्मीको जोखिम भत्ता पनि कोभिड –१९ महामारी रहेसम्म निरन्तरता दिने बताएका छन्। यस्तै सेवा निवृत्त इन्टरसिपपमा रहेका चिकित्सक तथा नर्सलाई ...


थप ४४८७ जनालाई कोरोना संक्रमण, ६०८० निको भए

काठमाडाैं - पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११६ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।
यस्तै मृतकको कुल संख्या ७ हजार १६३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको ...


बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी, २ लाख रोजगारी सिर्जना गरिने

काठमाडौँ - आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गरिने सरकारले जनाएको छ ।

बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिंचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायत संघ तथा स्थानीय तहका आयोजना तथा कार्यक्रममा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिलाई काममा लगाउने गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाइने जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी वर्ष २ लाख रोजगारी सिर्जना गर्न रु १२ अर्ब विनियोजन गरिएको उनको भनाइ छ ।

...

सरकारी कर्मचारीको तलब २ हजार बढ्यो

काठमाडौँ - सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् ।

बजेट भाषणका क्रममा अर्थमन्त्रीले भने, ‘राष्ट्र सेवकलाई प्रदान गरिने सेवा सुविधामा समयसापेक्ष बनाइनेछ । कोभिड–१९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण तलबमानमा अपेक्षित वृद्धि गर्ने अनुकुल परिस्थिति नभएतापनि राष्ट्रसेवकको मनोबल उच्च बनाउन साउन १ गतेदेखि लागु हुनेगरी मासिक तलब रु २ हजार वृद्धि गरेको छु ।’ यस्तै महँगी भत्तालाई निरन्तरता दिएको पनि उनले बताए ...


त्रिभुवन विमानस्थलको स्तरोन्नति गर्न ६ अर्ब बजेट

काठमाडाैं- सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८ अर्ब ५० करोड, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए। आन्तरिक विमानस्थल विस्तार तथा स्तरोन्नतिका लागि १ अर्ब ३३ करोड विनियोजन गरिएको छ।

...

पुनर्निर्माणका लागि ३३ अर्ब बजेट

काठमाडाैं - सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि ३३ अर्ब बजेट विनियाेजन गरेकाे छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै उक्त कुराकाे जानकारी दिएका हुन्।

उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम २०७८ पुसपछि मन्त्रालयमा हस्तान्तरण हुनेछ।

...

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेल [LIVE]

काठमाडौं - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आउँदो आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरिरहेका छन्।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने भए पनि सरकारले अध्यादेशमाफत् आउँदो वर्षको बजेट ल्याएको हो। अर्थमन्त्रीले सिंहदरबारमा आयोजित एक कार्यक्रममा बजेट प्रस्तुत गरेका हुन्।

बजेट ल्याउने पूर्वसन्ध्यामा सरकारले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि यसपालिको बजेट विधायिकाभन्दा बाहिरबाट ल्याइएको हो।

यसपालि प्रि–बजेट छलफल तथा बजेटका प्राथमिकता र सिद्धान्तसँगै सरकारको नीति तथा कार्यक्रम पनि संसदमा प्रस्तुत भएन।

बजेट ल्याउनका लगि मन्त्रिपरिषद्को सिफारिसमा शनिबार दिउँसो ...


भेरी घटना : आक्रमणकारीलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं - बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध स्वाथ्यकर्मीहरुले किटानी जाहेरी दिएका छन्।

घटनामा संलग्न रहेकाे आरोपमा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका- ११ मानबहादुर रावत, भरत रावत र लोकराज रावतविरुद्ध किटानी जाहेरी परेको बाँकेका एसपी ओम रानाले बताए।

स्वाथ्यकर्मीहरुले किटानी जाहेरी दिएपछि तीनै जनालाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत बाँके पुर्‍याएकाे थियाे। अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको एसपी रानाले जानकारी दिए।

बिहीबार राति कोभिड आईसीयूमा उपचाररत दाङका ५४ वर्षीय संक्रमितको मृत्यु भएपछि उनका आफन्तले आईसीयू कक्षमै पसेर चिकित्सक तथा नर्सहरुमाथि ...


घट्दै कोरोना संक्रमण : आज निको भए ९,८४१, थपिए ६,९५१ जना

काठमाडौं - नेपालमा थप ६ हजार ९५१ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरूमा संक्रमण पुष्टि भएको हो।

१९ हजार ३१३ जनामा आरटी-पीसीआर र ७९७ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट ६ हजार ८५५ र एन्टिजेन परीक्षणबाट ९६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेही अवधिमा ९ हजार ८४१ जना संक्रमित निको भएका छन्। यससँगै नेपालमा ५ लाख ४९ हजार १११ जनामा संक्रमण पुष्टि भएकोमा ४ लाख २८ हजार ६७० जना निको भएका ...


भेरी अस्पतालको बयान : ''बिरामीलाई केही भए एकएकलाई गिँड्छु भनि धम्क्याए''

काठमाडौं - भेरी अस्पतालले बिहीबार राति अस्पतालमा चिकित्सक र नर्समाथि भएको घटनाबारे विस्तृतमा जानकारी गराएको छ।

अस्पतालका अनुसार जेठ ४ गते दाङका ५२ वर्षीय पुरुषलाई भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो।अस्पतालमा भर्ना गरिएपछि उनलाई विभिन्न तरिकाले उपचार गरिएको भएपनि त्यसमा उल्लेखनीय सुधार आउन नसकेपछि उनको मृत्यु भएको हो। स्वास्थ्यमा सुधार आउन नसकेको र हरसम्भव प्रयास गरिरहेको परिवारका सदस्यहरुलाई पनि जानकारी गराइएको अस्पतालले जनाएको छ।

तर बिरामीका आफन्तले स्वास्थ्यकर्मीलाई उपचार जारी रहँदाको समयदेखि नै धम्की दिने गरेको अस्पतालले जनाएको छ। ‘‘बिरामी पक्षले बेलाबेलामा ‘मेरो बिरामीलाई केही भएमा ...


स्पष्टीकरण सोधिएका एमालेका १२ सांसदले जवाफ दिएनन्

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विघटित प्रतिनिधि सभाका १२ जना सदस्यले स्पष्टीकरणको जवाफ नदिने भएका छन्।

गत जेठ ८ गते बसेको एमाले स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्नुका साथै १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

‘पार्टी स्थायी कमिटी बैठकले १२ जना नेतालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो, अहिलेसम्म पार्टी कार्यालयमा एक जनाको पनि स्पष्टीकरणको जवाफ आएको रेकर्ड छैन,’ कार्यालय सचिव शेरबहादुर तामाङले ...


चीनले अनुदानमा दिने खोप लिन विमान सोमबार बेइजिङ जाने

काठमाडौं - चीनले नेपाललाई दिने कोरोनाविरुद्धको १० लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको विमान सोमबार बेइजिङ जाने भएको छ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया समकक्षी सी चिनफिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई अनुदानमा १० लाख डोज खोप दिने घोषणा गरेको थियो।

साेही खोप लिन निगमको ए-३३० जहाज सोमबार बेइजिङ जाने निगमका अपरेसन विभाग प्रमुख दीपु जुवार्चनले बताए। उक्त जहाज खोप लिएर मंगलबार फर्किनेछ।

यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज भेरोसेल खोप अनुदानमा दिइसकेको छ।

...

संसद् विघटनको मुद्दा  'हेर्दाहेर्दै' आइतबारलाई

काठमाडाैं - प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले आइतबारका लागि 'हेर्दाहेर्दै'मा राखेको छ।

आज सुरु भएको सुनुवाइपछि कुनै आदेश नदिई 'हेर्दाहेर्दै'मा राखेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ आजबाट सुरू भएको हो।

प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरु दीपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य रहेको इजलास गठन गरेका थिए।

संवैधानिक इजलासमा दर्ता भएका ११ तथा संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिमा प्रक्रिया नपुगेको भन्दै परेका अन्य १९ रिटमाथि संवैधानिक इजलासमा बहस सुरु भएको हो।

...

'रअ' प्रमुख सामन्त कुमार गोयलको पदावधि १ वर्ष थप

काठमाडौं - भारतको खुफिया एजेन्सी ‘रिसर्च एण्ड एनालाइसिस विङ' (रअ) का प्रमुख सामन्त कुमार गोयलको पदावधि १ वर्षका लागि थपिएको छ।

भारत सरकारको मन्त्रिपरिषद्ले गोयलको पदावधि १ वर्षका लागि बढाउने निर्णय गरेको द हिन्दूले जनाएको छ। गोयल २६ जुन २०१९ मा रअको प्रमुखमा नियुक्त भएका थिए।

गोयल गत कात्तिकमा नेपाल आएका थिए। नेपाल आएका गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोप्य भेटवार्ता गरेका थिए।

ओली र गोयलको भेटलाई लिएर अहिलेसम्म पनि विभिन्न टिप्पणी र आलोचना हुँदै आएको छ।

...

पछिलो २४ घण्टामा थपिने भन्दा निको हुने संक्रमित बढी

काठमाडाैं - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजारभन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा गरिएकाे पीसीआर परीक्षणमा ७ हजार २२६ जना संक्रमणमुक्त भएका हुन्।

योसँगै संक्रमणमुक्त हुनेकाे संख्या ४ लाख १८ हजार ८२९ पुगेकाे छ।

यही अवधिमा पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा थप ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी २० हजार ४१४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। पीसीआर परीक्षणबाट ६ हजार ७३१ जनामा ...


संसद विघटनका सबै मुद्दा ''संवैधानिक इजलासमा'' पठाउन आदेश

काठमाडाैं - सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन सम्बन्धी सबै मुद्दा संवैधानिक इजलासबाट सुनुवाइ गर्ने भएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले यस्तो आदेश गरेको हो।

शुक्रबार यसै सम्बन्धी अन्य रिट निवेदन संवैधानिक इजलासमा रहेकाले सबै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गर्ने भन्दै प्रधानन्यायाधीशको इजलासले संवैधानिक इजलासमा पठाएको हो।

बिहीबार सुनुवाइका क्रममा कानुन व्यसयाीहरूले संवैधानिक इजलास नभइ बृहत् पूर्ण इजलास गठन गरिनुपर्ने माग गरेका थिए।

उनीहरूले संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि ११ जनाभन्दा धेरै न्यायाधीशको बृहत् पूर्ण इजलास गठन गरिनुपर्ने माग गरेका हुन्।

गत पुस ५ गते संसद् ...


संसद विघटनविरुद्धका रिटको सुनुवाइ थालियो

काठमाडौं - प्रतिनिधि सभा विघटन सम्बन्धी परेका मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा शुरु भएको छ। प्रतिनिधि सभा विघटन सम्बन्धनका १९ मुद्दाको प्रारम्भिक सुनुवाइ प्रधानन्यायाधीश राणाको एकल इजलासमा शुरु भएको हो।

१९ मध्ये चार निवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को ५ अनुसारको प्रधानमन्त्री नियुक्ति माग गरिएका छन्।

वरिष्ठ अधिवक्तादेखि अधिवक्ताको प्रमाणपत्र भर्खर प्राप्त गरेकासम्मले सार्वजनिक सरोकारको रिट दायर गरेका छन्। सर्वोच्चमा प्रतिनिधि सभा विघटन सम्वन्धी ३० थान निवेदन दर्ता भएका छन्।

नियमित इजलासमा दर्ता भएकाबाहेक अरु निवेदन संवैधानिक इजलासमा शुक्रबार पेसी तोकिएका थिए। एकल ...


नेपाल समूहको वक्तब्य : ओली बिरुद्ध सबै शक्ति ''एकजुट'' हुन आवश्यक

काठमाडाैं- नेकपा (एमाले) माधव नेपाल समूहका १५ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध एकीकृत संघर्ष अपरिहार्य रहेको बताएका छन् ।

बुधबार सामूहिक वक्तव्य जारी गर्दै उनीहरुले सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको बताएका हुन्।

यसका लागि आफूहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर रहेको उनीहरुले बताएका छन्। स्थायी कमिटी सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द ...


बुद्धका विचारलाई व्यवहारमा उतार्नु नै उहाँ प्रतिको श्रद्धा हो : नारायण शर्मा

आज बुद्ध पूर्णिमा ! बुद्ध जन्मेको पूर्णिमाको दिन ! त्याग-तपस्या, सेवा-समर्पण, शान्ती-मुक्ती र ज्ञान-गुनका प्रतिमूर्तीको शुभागमन भएको ऐतिहासिक दिन ! यस महान् अवसरमा गौतम बुद्धप्रती हार्दिक स्मरण र श्रद्धासुमन तथा समस्त बुद्धप्रेमी अर्थात् बुद्धका विचार, भावना र कार्यहरुको अवलम्बन र कार्यान्वयन गर्ने जनमनहरुप्रती बुद्धजयन्तिको हार्दिक शुभकामना !

गौतम बुद्धको व्यक्तित्व र कृतित्व पनि पूर्णिमाको चन्द्रमाको जस्तै उज्यालो, चहकिलो, शीतल, शान्त र सौम्य थियो ! उनका उपदेस र शिक्षाहरु जीवन र जगतका लागि धेरै हदसम्म उपयोगी, अनुकरणीय र अवलम्बनीय नै छन् !

उनी मूर्ति पूजाका कट्टर विरोधी र ...


संसद विघटन असंवैधानिक : नेपाल बार एशोसिएशन

काठमाडौं - नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति तोक्ने निर्णय असंवैधानिक रुपमा भएको भन्दै फिर्ता लिन माग गरेको छ । ​एशोसिएशनले विज्ञप्ति जारी गर्दै संविधानले निर्देशित गरेको प्रक्रिया अवलम्बन गरी संवैधानिक संकटको समाधान तथा निकास खोज्नुपर्नेमा सो प्रक्रिया पूरा नगरी संविधान विपरीत प्रतिनिधिसभा विघटन तथा निर्वाचनको मिति तोक्ने निर्णय भएको प्रस्ट पारेको हो । संविधानको पालन र संरक्षण गर्ने कर्तव्य बोकेको राष्ट्रपतिबाट समेत प्रतिनिधिसभा विघटन गरी महामारीको विषम परिस्थितिका बीचमा पनि निर्वाचनको मिति घोषणा गरिएको भन्दै एशोसिएशनले आपत्ति जनाएको छ ।

एशोसिएशनका अध्यक्ष चण्डेश्वर ...


काठमाडौँ उपत्यकामा घट्दै संक्रमित

काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् । मंगलबारको तुलनामा यो संख्या कम हो । हिजो काठमाडौंमा मात्र १८६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियाे । यस्तै भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभर थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ ...


ओर्लिदो लयमा कोरोना संक्रमण : आज थपिने भन्दा निको हुने बढी

काठमाडौँ - पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।

दोस्रो लहर सुरु भएयता नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको यो पहिलो अवसर हो । मंगलबार थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियाे भने १६९ जनाको मृत्यु भएको थियाे । यसअघि सोमबार देशभर ...


सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं - नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। सोमबार बसेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एकजना स्थायी कमिटी सदस्यले जानकारी दिए।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्ने भएको छ।

सुदूरपश्चिम प्रदेश सभामा एमालेको उपस्थिति बलियो छ। ५३ प्रदेश सभा सदस्य रहेको यस प्रदेशमा एमालेबाट २५ सांसद छन्।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका १४ सांसद छन्। मुख्यमन्त्री त्रिलोचन भट्टलाई सत्ता टिकाउन थप १३ सांसदको समर्थन आवश्यक पर्दछ।

आवश्यक बहुमत संख्या ...


माधव, झलनाथ सहित ११ जना नेता एमालेबाट निष्काशित

काठमाडौं - नेकपा (एमाले)ले माधवकुमार नेपाल पक्षका ११ जना ‘सांसद्’लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको बैठकले यस्तो निर्णय गरेको हो।

उनीहरुलाई जेठ ८ गते बसेको स्थायी कमिटीको निर्णय अनुसार स्पष्टीकरण सोधिएको थियो। सोमबार बिहानसम्मको समय दिइएको भए पनि उनीहरुले जवाफ दिएका थिएनन्।

जवाफ नदिएपछि उनीहरुलाई पार्टीबाट निष्काशन गरिएको स्थायी कमिटी सदस्य मणि थापाले जानकारी दिए। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सिद्धान्तहीन लम्पसारवादी गुट भन्दै आरोप लगाएका थिए।

जेठ ८ गतेको स्थायी कमिटी बैठकको निर्णय अनुसार माधव ...


यी हुन् विपक्षी गठबन्धनले रिटमा गरेका मुख्य ५ मागदाबी

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले शुक्रबार मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन विरुद्ध प्रतिनिधि सभाका बहुमत सांसदहरुले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाका नेताहरुले सोमबार रिट दायर गरेका हुन्।

रिटमा जेठ ७ गते मध्यराति बसेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय खारेजीको माग गरिएको छ।

यस्तै, संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार गठनको आह्वान हुँदा १४९ जना सांसदसहित प्रधानमन्त्रीमा ...


संसद बिघटन विरुद्ध सर्वोच्चमा रिट दायर (१४६ सांसदहरुको सूची सहित)

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध प्रतिनिधि सभाका बहुमत सांसदहरुले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाका नेताहरुले सोमबार रिट दायर गरेका हुन्।

कांग्रेसका ६१, माओवादीका ४९, माधवकुमार नेपाल पक्षका २३, जसपाका बाबुराम भट्टराई तथा उपेन्द्र यादव पक्ष १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले रिट दायर गरेका हुन्। रिटमा १४६ जना सांसदहरुकै नागरिकताको प्रमाण पत्रको प्रतिलिपी पनि पेश ...


आमाले बिहे गर्न नमानेपछि रिसले दुई छोराको हत्या

काठमाडौं - बाराको कलैया उपमहानगरपालिका-७ का अब्दुल रसार अन्सारीका दुई छोरा ९ वर्षीय उशमान र ७ वर्षीय अमिनको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कलैया-७ रंगपुरका २५ वर्षीय फरमुल्लाह अन्सारी रहेको बाराका एसपी दीपेन्द्र शाहीले बताए। उनको घरबाट हत्यामा प्रयोग भएको चक्कु र रगत लागेको पेटी समेत बरामद भएको छ।

हत्याको कारण भने बालकका आमा र फरमुल्लाहबीचको 'अनैतिक सम्बन्ध' रहेको प्रहरीले जनाएको छ। अब्दुल रसार विगत ३ वर्षदेखि रोजगारीका लागि कतार गएपछि बालकका आमा र फरमुल्लाहबीच हिमचिम बढेको थियो। फरमुल्लाहले छोराछोरी छाडेर आफूसँग ...


महतो-ठाकुरको बिज्ञप्ती : स्पष्टीकरण सोधेको मान्दैनौं

काठमाडौ - जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई-उपेन्द्र यादवपक्षको कार्यकारिणी समिति बैठकको निर्णय अमान्य हुने अध्यक्ष महन्थ ठाकुरले बताएका छन्।

शनिबार संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष यादवपक्षको कार्यकारिणी समिति बैठकले अर्का अध्यक्ष ठाकुर, नेता महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्लालाई ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

तर, आइतबार विज्ञप्ति जारी गर्दै ठाकुरले कोरोना महामारीका कारण जेठ ८ र ९ गतेको कार्यकारिणी समितिको बैठक स्थगित भइसकेको अवस्थामा गोप्यरुपमा कार्यकारिणी समिति बैठक बसेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। कार्यकारिणी समितिको त्यस्तो बैठकबाट भएका निर्णय अमान्य हुने ...


थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण, १९३ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितमध्ये २ हजार ८२१ काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ ।

हाल ...


संसद विघटनविरुद्ध विपक्षी गठबन्धन सोमवार सर्वोच्च जाने

काठमाडाैं - विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्ने भएका छन् । सर्वोच्च अदालतमा ३ बजेसम्ममा रिट दर्ता गर्नुपर्ने भए पनि आज नभ्याइएकोले भोलिमात्र रिट दर्ता गरिने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए।

रिट दायर गर्नका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह तथा राष्ट्रिय जनमोर्चाका सांसदहरुको हस्ताक्षर संकलन गरिएको थियो। सांसदहरुलाई हस्ताक्षरका लागि अदालती 'फर्म्याट' उपलब्ध गराइएको थियो।

कांग्रेस सांसद डिला संग्रौलाले संविधानको ७६ (५) अनुसार प्रधानमन्त्रीको दाबी गर्ने व्यक्तिको समर्थन दलको आधारमा नभई वैयक्तिक अधिकार ...


प्रधानमन्त्रीको प्रस्ताव : चुनावी सरकारमा आउनुस

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त सरकार बनाएर चुनावमा जान प्रस्ताव गरेका छन्। आइतबार बालुवाटारमा आयोजित एमाले निकटका पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उनले दलहरुको हैसियत र प्रतिनिधि सभामा रहेको सदस्य संख्याका आधारमा मन्त्रीहरुको संख्या निर्धारण गर्न सकिने बताए।

‘संविधानले प्रधानमन्त्रीदेखि सहायक मन्त्रीसम्म गरेर २५ भन्दा बढी बनाउन नपाउने भनेको छ। दलहरुको हैसियत अनुसार, प्रतिनिधि सभामा सदस्य संख्या अनुसार बाँडेर राष्ट्रिय र चुनावी सरकार बनाउन सकिन्छ’, उनले भने, ‘संविधानसम्मत ढंगले संयुक्त राष्ट्रिय सरकार बनाऔं र चुनाव सम्पन्न गरौं।’

उनले अहिले आफैंले जिम्मेवारी सम्हालेको सात मन्त्रालय लामो समय नजाने ...


राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार 'नेपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश २०७८' जारी गरेको हुन्।

'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ', राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जन्मसिद्ध आधारमा नेपाली नागरिकता प्राप्त गरेकाहरुको सन्तानले वंशजको आधारमा नागरिकता पाउने प्रावधानसहितको अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

नागरिकतासम्बन्धी व्यवस्थामा संशोधन गरी ...


प्रतिनिधि सभा विघटनबारे सभामुख कानुनविदसंग परामर्शमा

काठमाडौं - प्रतिनिधि सभा विघटन पछि विकसित घटनाक्रमबारे सभामुख अग्निप्रसाद सापकोटाले कानुनविद र दलका शीर्ष नेताहरुसँग छलफल थालेका छन्।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार आफ्नो धारणा सार्वजनिक गर्नुअघि सभामुख सापकोटाले परामर्श थालेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान १:४९ बजे प्रतिनिधि सभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गरेकी थिइन् जसको नेताहरुले बिरोध गरेका छन्।

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णयको विरोध सभामुख सापकोटाले गरेका थिए। माओवादी केन्द्रवाट सभामुख भएका सापकोटाले अघिल्लो पटकको विघटन असंवैधानिक भएको भन्दै बिरोध गरेका ...


थप ८ हजार ९८० जनामा कोरोना संक्रमण, १२९ जनाको मृत्यु

काठमाडौं - नेपालमा थप ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा थप ८ हजार ९८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १९ हजार ३७५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । पीसीआर परीक्षणका क्रममा ८ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा देशभर ७४८ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणबाट ...


विपक्षी १४९ सांसद सहितका नेताहरुको सर्वोच्च जाने तयारी

काठमाडौं - संविधानको धारा ७६ को (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव हस्ताक्षर गरेका १४९ जना सांसदलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ।

पाँच राजनीतिक दल– नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाले सांसदहरुलाई नागरिकतासहित उपस्थित हुन भनेका हुन्।

सांसदहरुलाई आइतबार बिहान संघीय संसद भवन नयाँ बानेश्रवमा उपस्थित हुन भनिएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए।

शनिबार बिहान ५ दलको बैठक बानेश्वरमा बसेको थियो। बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमविरुद्ध ...


राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध संयुक्त रुपमा प्रतिवाद गर्ने पाँच दलको निर्णय

काठमाडौं - प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटनविरुद्ध पाँच राजनीतिक दलका नेताहरुले राजनीतिक तथा कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहितको बैठकले संसद विघटनविरुद्ध राजनीतिकसँगै कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो।

नेताहरुले संसद विघटनको सशक्त प्रतिवाद गर्न पनि अन्य राजनीतिक दल तथा जनसमुदायलाई आह्वान गरेका ...


मध्यरातमा प्रतिनिधि सभा विघटन, कात्तिक २६ र मङ्सिर ३ मा निर्वाचन घोषणा

काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छन्।

सरकारको सिफारिसबमोजिम उनले शुक्रबार मध्यरातमा प्रतिनिधि सभा विघटन गरेर आउँदो कात्तिक २६ र मङ्सिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेकी हुन्।

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरेर दुई चरणमा मध्यावधि निर्वाचन गर्नेगरी राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै खारेज गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

शुक्रबार मध्यरात ...


एसियाली मूलका नागरिकमाथि आक्रमणका विरुद्ध नयाँ कानुन जारी गर्दै अमेरिका

काठमाडौं - अमेरिकामा बसोबास गरिरहेका एसियाली र प्रशान्त क्षेत्रका मानिस विरुद्ध घृणाजन्य अपराध बढेको भन्दै राष्ट्रपति जो बाइडेनले त्यसलाई रोक्न एउटा विधेयकमा हस्ताक्षर गरेका छन्।

अमेरिकामा घृणा र जातिभेद जस्ता गतिविधि बढ्नुका साथै कतिपय एसियाली मुलका अमेरिकीमाथि सार्वजनिक स्थलमै आक्रमण हुन थालेपछि चिन्ता व्यक्त गर्न थालिएको थियो ।

डेमोक्रेट र रिपब्लिकन पार्टीका कैयौं सांसदले एसियाली मुलका व्यक्तिमाथि भइरहेका आक्रमण रोक्न ल्याइएको विधेयकको समर्थन गरेका छन्। ह्वाइट हाउसमा बिहीबार भएको विधेयक प्रमाणीकरण समारोहमा ठूलो संख्यामा सांसदहरु पनि उपस्थित भएका थिए ।

गत अप्रिलमै माथिल्लो सदन सिनेटले पारित गरेको उक्त ...


उपत्यका बाहिर रहेका सांसदलाई चार बजेभित्र काठमाडौं आउन कांग्रेसको निर्देशन

काठमाडौं - नेपाली कांग्रेसले उपत्यकाबाहिर रहेका सांसदलाई चार बजेभित्र काठमाडौं फर्कन निर्देशन दिएको छ।

उपत्यका बाहिर रहेकालाई मेसेजमार्फत खबर आएको एक सांसदले जानकारी दिए। काठमाडौंमा रहेका सांसदहरुलाई भने ‘स्ट्याण्ड बाइ’ बस्न भनिएको छ।

सभापति शेरबहादुर देउवा निवासमा चार दलका नेताको बैठक बसेको थियो। बैठकले ठोस निर्णय भने गर्न नसकेको बताइएको छ। दलहरुबीच फेरि संवाद हुने बताइएको छ।

...

सक्नुहुन्छ भने वैकल्पिक सरकार बनाउनुस्, नत्र मलाई समर्थन गर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सक्ने हो भने वैकल्पिक सरकार बनाउन आग्रह गरेका छन्।

उनले आफूले शुक्रबार बिहान पनि देउवलाई यसबारे आग्रह गरेको बताए। उनले देउवाले वैकल्पिक सरकार बनाउने भए आफू रचनात्मक सहयोग गर्न तयार रहेको पनि बताए।

शुक्रबार दिउँसो सिंहदरबारमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै ओलीले भने, 'आज बिहान देउवाजीलाई भनें, सरकार बनाउनुस्, म शान्त भएर प्रतिपक्षमा बस्छु। राष्ट्रिय सरकार बनाउने हो भने आउनुस् सबै मिलेर बनाऔं भनें।'

ओलीले देउवालाई राष्ट्रिय राजनीतिलाई विभाजित गर्ने प्रयास मात्र गरेको आरोप लगाए। 'उपयुक्त विकल्प छ भने ...


नयाँ सरकारका आह्वानविरूद्ध सर्वोच्चमा ६ वटा रिट दायर

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा ६ वटा रिट पेश भएका छन्।

अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाहीलगायत ६ जनाले रिट ल्याएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।

अधिवक्ता शाहीले आफूले दिएको रिट सर्वोच्च अदालते दर्ता प्रकृयामा पठाएको बताए।

'प्रधानमन्त्री बहाल रहेको अवस्थामा अर्को सरकार गठन गर्न नमिल्ने भन्दै मैले रिट दर्ताका लागि पेश गरेको छु। सर्वोच्च प्रशासनले दर्ता प्रकृया थालेको छ,' उनले भने।

संविधानको ७६ (५) बमोजिम सरकार ...


राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान, जम्मा २१ घण्टाको समय

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरु गरेकी छन्। 

बिहीबार बसेको मन्त्रिपरिषदको निर्णय पछि भएको सिफारिसानुसार राष्ट्रपति भण्डारीले उपधारा (५) बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आधार प्रस्तुत गर्न प्रतिनिधि सभाका सदस्य (सांसद)हरुलाई आह्वान गरेकी छन्। 

संविधानको धारा ७६ को उपधारा (५) अनुसार आफूले बहुमत सिद्ध गर्ने आधारसहित प्रतिनिधि सभाका कुनैपनि सदस्यले प्रधानमन्त्री पदका लागि दाबी प्रस्तुत गर्न सक्छन्।

राष्ट्रपति भण्डारीले उपधारा (५) अनुसार प्रधानमन्त्रीमा आधार प्रस्तुत गर्नका लागि जेठ ७ गते (शुक्रबार) साँझ ५ बजेसम्मको समय दिएकी छन्।

...

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा विजयी

 हेटौंडा - निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मतभार पाए ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।

त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र ...


पूर्वमाओवादीका ७ जना मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

संसद सदस्य नरहेको व्यक्तिलाई दोहोर्‍याएर मन्त्री बनाउनु संविधान विपरीत हुने भन्दै अधिवक्ता विराज थापा र अधिवक्ता कपिलदेव ढकालले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सर्वोच्च अदालतले गैरसांसद्लाई ...


माओवादी परित्याग गरेका ७ जना मन्त्रीको नियुक्ति बिरुद्ध सर्वोच्चमा रिट

काठमाडौं - नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका ७ जना गैरसांसद मन्त्रीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा फेरि अर्को रिट दायर भएको छ।

अधिवक्ता कपिलदेव ढकालले बुधबार सर्वोच्च अदालतमा अर्को रिट दायर गरेका हुन्। यसअघि बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहितले ७ जना गैरसांसद मन्त्रीको नियुक्ति बदरको माग गर्दै आइतबार रिट दायर गरेका थिए।

वरिष्ठ अधिवक्ता ढकालसहितले दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अन्तरिम आदेश माग नभएको भन्दै कारण देखाउ (लिखित जवाफ माग गर्ने) आदेश जारी गरेका थिए।

प्रधानन्यायाधीश राणाको इजलासले अन्तरिम आदेश जारी गर्न ...


देशका यी ३० वटा अस्पतालमा हुन्छ संक्रमितकाे निःशुल्क उपचार

काठमाडाैं‌ - सरकारले ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्न सहमति गरेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० निजी अस्पताल तथा मेडिकल कलेजसँग निःशुल्क उपचारका लागि सम्झौता गरेको सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।

यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितले आफैंले शुल्क तिर्न नस्ने भएमा उनीहरुको अस्पतालले नि:शुल्क उपचार गर्नुपर्ने हुन्छ। ती बिरामीहरुको उपचार गरेबापतको खर्च मन्त्रालयले बेहोर्ने छ।

उनका अनुसार मन्त्रालयले आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका ...


सर्वोच्चको आदेश : निषेधाज्ञाको अवधिमा कर तथा जरिवाना नलिनु

काठमाडौं - सर्वोच्च अदालतले निषेधावा वा बन्दावन्दीको अवधिसम्म मूल्य अभिवृद्धि कर (भ्याट), भ्याट विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काको मंगलबारको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।

निषेधाज्ञा तथा बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि पनि बाटोको म्याद बाहेक ३० दिनभित्र विवरण र कर वुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन समेत सर्वोच्चले अन्तरिम आदेशमा भनेको छ।

नेपालमा कोरोना भाइरस महामारीको दोस्रो लहर भयावह रुपमा फैलिँदै गएको तथा कोभिड संक्रमण दर व्यापक रुपमा ...


गण्डकीमा सरकार बिस्तार : पाँच मन्त्रीले लिए शपथ

काठमाडौं - गण्डकी प्रदेश सरकारमा नियुक्त पाँच मन्त्रीले शपथ लिएका छन्। प्रदेश प्रमुख सिता कुमारी पाैडले नवनियुक्त पाँच मन्त्रीलाई बुधबार दिउँसो पद तथा गोपनीयताको शपथ दिलाइन्।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डलमा पुरानै अनुहार दोहोर्‍याएका हुन्। किरण गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यस्तै, रामशरण बस्नेत भौतिक पूर्वाधार मन्त्री, नरदेवी पुन सामाजिक विकास र विकास लम्साललाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ।

'विवादित' सांसद दीपक मनाङेलाई मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रीमा दोहोर्‍याएका हुन्।

विपक्षी गठबन्धनले सरकार बनाउन नसकेपछि गुरुङ सबैभन्दा धेरै सांसद रहेकाे संसदीय दलको ...


पछिल्ला २४ घण्टामा कोरोनाबाट २४६ जनाको मृत्यु, ८१७३ संक्रमित थपिए

काठमाडौं - पछिल्ला २४ घण्टामा नेपालमा थप ८ हजार १ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ८ हजार १ सय७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए।

पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार आज ७ हजार ९ सय ८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्।

थपिएकामा काठमाडौं उपत्यकामा दुई हजार ४८६ संक्रमित रहेका छन्। जसमध्ये सबैभन्दा धेरै काठमाडौंका एक हजार ...


विराट मेडिकल कलेजमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट

विराटनगर - विराटनगरस्थित विराट मेडिकल कलेज टिचिंग हस्पिटलमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। सोमबार राति करिब ७ बजे एक बिरामीका आफन्तले डाक्टर, चिकित्सक, सुरक्षाकर्मीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिएका छन् ।

राति बूढीगंगा गाउँपालिका-२ की गोमादेवी श्रेष्ठ अस्पतालमा भर्ना भएकी थिइन्। उनी सुगर प्रेसरकी बिरामी भएको डिएसपी राईले बताए।

उनको उपचारमा स्वास्थ्यकर्मीहरूले हेलचक्र्याइँ गरेको भन्दै कुटपिट गरेको राईले बताए।

'बिरामीलाई उपचार गराउन ल्याउँदा चिकित्सकहरूले हेलचक्र्याइँ गरेको भनेर कुटपिट भएको देखिन्छ,' डिएसपी राईले भने।

प्रहरीले कुटपिट गर्ने दुई जनालाई नियन्त्रणमा लिएको ...


एमाले विवाद : कार्यदलको पहिलो बैठक बस्दै

काठमाडौं - नेकपा (एमाले)भित्रको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ। कार्यदल बनेको दुई दिनपछि पहिलोपटक बैठक बस्न लागेको हो। बैठक आज दिउँसो ३ बजे बस्ने जानकारी दिइएको छ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो। कार्यदलमा दुवैपक्षका पाँच/पाँच जना नेता रहेका छन्। ओलीपक्षबाट कार्यदलको नेतृत्व सुवास नेम्वाङ र नेपालपक्षको नेतृत्व भीम रावलले गरेका छन्।

कार्यदलमा ओलीपक्षबाट नेम्वाङसहित विष्णु पाैडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्। यस्तै, नेपालपक्षबाट रावलसँगै सुरेन्द्र पाण्डे, घनश्याम ...


प्रधानमन्त्री सपथको मुद्दा प्रधानन्यायाधीशको बेन्चमा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ र गैर सांसदलाई मन्त्री बनाएको कार्य बदरको माग गर्दै दायर भएका रिटहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलासमा पेशी तोकका छन्।

अधिवक्ता चन्द्रकान्त ज्ञवाली, सन्तोष भण्डारी, नवराज अधिकारी र अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए।

रिटमा प्रधानमन्त्रीले शपथ लिँदा केही शब्द नै उच्चारण गर्न नपर्ने भनेकोले यो शपथ पूर्ण नभएकाले तत्काल पुनः शपथ लिनु भनि अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

हालसम्म शपथ सम्वन्धी कानुन नै नभएकाले कुन कानुनद्वारा शपथ गरिएको हो त्यसको व्यहोरासमेत सार्वजनिक गर्न माग गरिएको ...


घुस प्रकरणमा ममता बनर्जी सरकारका दुई मन्त्रीसहित चार नेता जेल चलान

भारत - भारतको पश्चिम बंगालमा नारदा स्टिङ प्रकरणमा ममता बनर्जी सरकारका दुई मन्त्रीसहित चार नेतालाई सोमबार राति कोलकतास्थित जेल पठाइएको छ।

सीबीआईले सोमबार मन्त्री सुब्रत मुखर्जी र फिरहाद हकीम, टीएमसी विधायन मदन मित्रा र पार्टीका पूर्व नेता शोभन चटर्जीलाई गिरफ्तार गरेको थियो।

सीबीआईले यी नेताहरुलाई सोधपुछका लागि कोलकतामा निजाम प्यालेलस्थित आफ्नो कार्यालय लिएर गएको थियो पछि उनीहरुलाई त्यहीबाट पक्राउ गरिएको थियो।

सोमबार राति सीबीआईको विशेष अदालतले चार नेताहरुलाई अन्तरिक जमानत दिएको थियो तर रातमा नै कोलकत्ता हाई कोर्टले यस फैसलालाई रोक दिएको थियो।

हाई कोर्टको डिभिजन बेन्चले विशेष अदालतको ...


कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाका उपप्रमुखको मृत्यु

काठमाडौं - सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत चौधरीको मंगलबार बिहान मृत्यु भएको नगरपािलकाका सूचना अधिकृत महानन्द चाैधरीले बताए।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो ।

त्यसपछि एन्टिजेन परीक्षण गर्दा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए। गर्भवती रहेकी उनलाई १० दिनअघि अस्पताल भर्ना गरी आईसीयूमा राखिएको थियो।

उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो।

 

...

७ हजार ३६८ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु

काठमाडौं - नेपालमा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा आइतबार थप ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १९ हजार ५ सय ३९ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभर ३ सय ...


महामारी बिरुद्ध स्वास्थ्य संकटकाल भन्दा कानुनी जटिलता हटाउने पक्षमा सीसीएमसी

काठमाडौं - कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना महामारीविरुद्ध जुध्न तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्नेभन्दा कानूनी संरचनाहरु निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी आइतबारको बैठकमा महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल जारी गर्ने विकल्पबारे छलफल भए पनि अहिलेका लागि कानून संरचना निर्माण गर्नुपर्नेमा जोड दिइएको बैठकमा सहभागी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

अहिले गर्न नसकिएको के–के काम स्वास्थ्य संकटकाल लगायो भने गर्न सकिन्छ भनेर तुलना गर्ने काम भइरहेको मन्त्री ज्ञवालीले जानकारी दिए।

‘अहिले गर्न नसकेको के–के काम चाहिँ स्वास्थ्य संकटकाल लगायो भने ...


विवाह, भोज-भतेरको जमघटले कोरोना संक्रमण तिब्र

मकवानपुर - मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थाहा–३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो सङ्ख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र अहिले कोरोनाबाट कूल सङ्क्रमित सङ्ख्या २०० रहेका छन् । नगरको एउटै वडामा ३५ प्रतिशत कोरोना सङ्क्रमित देखिनुले चुनौती र जोखिम दुवै बढेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । थाहा–३ मा सङ्क्रमण दर पनि उच्च रहेको छ । यहाँ १०२ मा परीक्षण गरिएकामा ७० सङ्क्रमण देखिएको र सङ्क्रमण दर ६६ प्रतिशत ...


एमाले विवाद समाधान गर्न बन्यो ५-५ जनाको वार्ता टोली

काठमाडौं - एमाले विवाद मिलाउन दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

आइतबार सिंहदरबारमा बसेको एमाले अध्यक्ष र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वान टु वान वार्ताले दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको हो ।

बैठकपछि नेता माधव नेपालले ३ दिनभित्र वार्ता टोलीले ...


ओमानबाट ल्याइएका ५६० थान सिलिण्डर सरकारलाई हस्तान्तरण

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको 'नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत् नेपाल ल्याइएका ५६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

पश्चिम एसियामा रहेका नेपाली एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका ७५ लाख रुपैयाँभन्दा बढीको अक्सिजन सिलिण्डर आज संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेको एनआरएनए कोभिड उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

ओमानदेखि काठमाडौंसम्म ल्याइएको अक्सिजन सिलिण्डर ढुवानीको खर्च भने नेपाल सरकारले बेहोरेको जनाइएको छ। सो ...


अब अक्सिजनको अभाव हुँदैन : सरकार

काठमाडौं - सरकारले कोरोना भाइरसको संक्रमितको उपचारका लागि अब अक्सिजनको अभाव नहुने जनाएको छ। अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति बढेकाले अब अक्सिजनको अभाव नहुने देखिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए।

आइतबार सिंहदरबारमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकपछि सञ्चारकर्मीसँग बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले अत्यावश्यकीय सामग्रीहरु अक्सिजन, खोप लगायतको तत्काल आपूर्तिका लागि सम्बन्धित निकायलाई तदारुकताका साथ काम गर्न निर्देशन दिइएको पनि बताए।

‘सिलिण्डरहरुको अभाव थियो, समाधान गर्दै लगिरहेका छौं, चीनबाट, ओमानबाट, सिलिण्डर मगाइएका छन्, तिनीहरु थपिन्छन्, निजी क्षेत्रले ल्याएका सिलिण्डर समेतले गर्दा अब चाहिँ अक्सिजनको त्यति ठूलो ...


हाम्रो तयारी भन्दा कोरोनाको आक्रामकता तिब्र भयो : मन्त्री ज्ञवाली

काठमाडौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको तयारीभन्दा कोरोनाको प्रकृति र आक्रामकता तिब्र भएको बताएका छन्।

आइतबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले जसका कारण गएका दुई हप्ता निकै कठिन भएको बताए।

उनले अब यो कठिनाई विस्तारै कम हुँदै जाने विश्वास दिलाए। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सीसीएमसीको बैठक बसेको थियो।

उनले बैठकले सम्बन्धित निकायलाई तदारुकताकासाथ काम गर्न निर्देशन दिएको बताए।

मन्त्री ज्ञवालीले कोरोना नियन्त्रणमा देखिएका कानुनी बाधा हटाउँदै अघि बढ्ने निर्णय भएको समेत बताए। उनले नेपाल अहिले कोरोनाको उच्च विन्दुमा पुगेको अनुमान गर्न सकिने ...


विधि प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले हरहालतमा नागरिकको जीवन रक्षा गर्न विभिन्न मन्त्रालयका मन्त्री र सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

आइतबार सिंदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको जीवन रक्षाका लागि जे जे गर्नुपर्छ त्यो गर्न निर्देशन दिए।

‘हाम्रा प्रक्रियाहरुमा अल्झिएर वा आर्थिक अभावमा कुनै पनि नागरिकको ज्यान जानु हुँदैन। प्रक्रिया झन्झटिला छन् भने तिनलाई छोट्याएर हप्तमा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भएपनि तत्काल नागरिकको जीवन रक्षाका लागि जे जे गर्नुपर्छ त्यो गर्नुस्’, बैठकमा प्रधानमन्त्रीको भनाइ उदृत गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ...


प्रधानमन्त्री ओलीले लिए शपथ, नयाँ मन्त्रिमण्डलमा पुरानै मन्त्रीहरूको सपथ

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन्।

शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ओलीले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

त्यस्तै प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति भण्डारीबाट उपप्रधानमन्त्री इश्वर पोखरेलले पनि सपथ लिएका छन्।

ओलीले आफ्नो नयाँ मन्त्रिमण्डलमा यसअघिको मन्त्रिपरिषद्कै सदस्यहरु दोहोर्‍याएका छन्।

शुक्रबार राष्ट्रपति भवनमा शपथ लिने मन्त्रीहरुमा ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह छन्।

त्यस्तै, भानुभक्त ढकाल, मणि ...


प्रधानमन्त्रीको सपथ साढे दुई बजे, केही मन्त्रीले पनि सपथ लिने

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो पद तथा गोपनियताको सपथ लिँदै छन्। तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे सपथ लिने कार्यक्रम रहेको नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। आजै पहिलो चरणको मन्त्रिपरिषद्समेत विस्तार हुने उनको भनाइ छ।

साढे २ बजेका लागि शपथको तयारी गरिएको शिलतनिवास स्रोतले जनाएको छ। केही मन्त्रीहरुले पनि शपथ लिन सक्ने भएपनि सूची भने प्राप्त नभएको स्रोतको भनाइ छ।

प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा बिहीबार ...


सरकारमा आउन जसपालाई ओलीको प्रस्ताव, जसपा भन्छ : ''तत्काल सहभागी हुँदैनौं''

काठमाडौं - प्रतिनिधि सभाको सबभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)लाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

बिहीबार बेलुका प्रधानमन्त्री ओलीसँगकाे भेटपछि आफूनिकट सांसादलाई भेटबारे जानकारी दिँदै जसपा अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी नहुने बताएको जसपाका सांसद एकवाल मियाँले बताए।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो साढे दुई बजे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिँदैछन्।

प्रधानमन्त्रीको प्रस्तावपछि जसपाले तत्काल सरकारमा सहभागी नहुने तर बाहिरै ...


देशभरका ७३ जिल्लामा निषेधाज्ञा

काठमाडौं - देशका ७३ जिल्लामा निषेधाज्ञा लगाइएको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

कोरोना (कोभिड–१९) संक्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको हो।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत गृह मन्त्रालयले निर्देशन दिएको छ।

केही जिल्लामा पूर्ण निषेधाज्ञा लगाइएको छ भने केहीमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा नै कोरोना सङ्क्रमण नियन्त्रणको महत्त्वपूर्ण विकल्प भएकाले मन्त्रालयले जनाएको छ।

यसअघि गृह मन्त्रालयले काठमाडौँ ...


प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्त

काठमाडौं - नेपालको प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नै नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका रुपमा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई बिहीबार राति प्रधानमन्त्री नियुक्त गरेकी छन्।

ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको प्रधानमन्त्री नियुक्त भएका हुन्। प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सपथ भने शुक्रबार (आज) दिउँसो हुनेछ। यसअघि वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि ओली पदमुक्त भएका थिए।

राष्ट्रपति भण्डारीले वैशाख २७ गते राति नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम तीन दिनको समय दिएर ...


गण्डकीको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङले लिए शपथ

पोखरा - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् ।

गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् ।

बुधबार नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भनी दावी पेश गरेका थिए । तर प्रदेश प्रमुख पौडेलले पोखरेलको दावी नपुग्ने भन्दै संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको ...


संसदबाट राजीनामा दिएर भएपनि ओलीलाई रोक्नुपर्छ : भीम रावल

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूहरुले सांसद पदबाट राजीनामा दिएर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्नुपर्ने बताएका छन्। बुधबार ट्विटमार्फत् आफ्ना धारणा राख्दै उनले अहिलेको मुख्य आवश्यकता प्रधानमन्त्री ओलीलाई रोक्नु रहेको बताएका हुन्।

उनी भन्छन्, 'थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।' उनले असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने उल्लेख गरेका छन्।

त्यसका लागि आफू (नेपाल पक्ष)ले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्ने उनको भनाइ छ। उक्त निर्णय राजनीतिक नैतिकता र कानूनी ...


८२ लाख सहित ४ जना हुण्डी कारोबारी पर्साबाट पक्राउ

वीरगन्ज - ८२ लाख ५० हजार रुपैयाँ सहित पर्साबाट ४ जना हुन्डी कारोबारी पक्राउ परेका छन्। अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त भएपछि खटिएको टोलीले उक्त रकम सहित ४ जनालाई बुधबार दिउँसो पर्साबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी पूर्वी चम्पारण, थाना रक्सौल, वडा नम्बर १८ स्थायी ठेगाना भइ वीरगञ्ज ३ पानी टंकीमा डेरा गरी बस्ने वर्ष २७ को विकास कुमार, भारतकै रक्सौल घर भइ बारा महागढीमाइ–४ बस्ने १८ वर्षका कलामुद्दिन अन्सारी, भारत विहारको मोतिहारी जिल्लाअन्तर्गत पूर्वी चम्पारण थाना रक्सौल घर ...


नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख नाघ्यो, बुधवार १६८ जनाको मृत्यु

काठमाडौं - नेपालमा थप ९ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा बुधबार थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा देशभर २० हजार ३६२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ९ हजार २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले जानकारी दिए।

योसंगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै सक्रिय संक्रमितको संख्या १ लाख १ ...


गण्डकीमा फेरी मुख्यमन्त्री बन्दै गुरुङ, जनमोर्चा तटस्थ

काठमाडौं- विपक्षी दलले बहुमत पुर्‍याउन नसकेसँगै गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री बन्न लागेका छन्।

गुरुङको शपथ पनि आजै हुने बताइएको छ। संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताका रुपमा उनले सरकारको नेतृत्व गर्न लागेका हुन्।

कांग्रेस–माओवादी केन्द्र–जनता समाजवादीसहितका विपक्षी दलले बहुमत पुर्‍याउन नसकेपछि गुरुङले मुख्यमन्त्रीमा दोस्रोपटक शपथ लिन लागेका हुन्। शपथ आजै हुने बताउँदै एमाले सांसद धनञ्जय दवाडीले प्रदेश प्रमुखको बोलावट कुरेको बताए।

विपक्षी गठबन्धनलाई राष्ट्रिय जनमोर्चाका सांसदले साथ नदिएपछि गुरुङ पुनः मुख्यमन्त्री बन्ने बाटो खुलेको हो। सांसदहरु कृष्ण थापा, खिमबिक्रम शाहीले तटस्थ ...


नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न राष्ट्रपतिलाई तिन दलको आब्हान

काठमाडाैं - नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्त आह्वान गरेका छन्।

सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिलाई आह्वान गरेका हुन्।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत हासिल गर्न नसकेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउन भनेका छन्।

...

थप ९ हजार २७१ जनामा कोरोना संक्रमण, एकैदिन १३९ जनाको मृत्यु

काठमाडौं - नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ९ हजार २७१ जनामा कोरोना संक्रमण देखिएको हो।

गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १७ हजार ६३२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। यस्तै, ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै ...


एक महिना स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

काठमाडौँ - सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ। सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ।

शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् । देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले संकटकाल घोषणा गर्नेगरी सिफारिस गरेको हो।

यस्तै संसदको विशेष अधिवेशन अन्तको ड्राफ्ट पनि तयार भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको थियो भने सो अधिवेशन अन्त्य गर्ने तयारी भएको हो।

...

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त, पक्षमा जम्मा ९३ मत

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएका छन्। योसंगै उनि पदमुक्त भएका छन् ।

सोमबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले पेश गरेको प्रस्ताव असफल भएपछी ओली नेतृत्वको सरकार ढलेको हो ।

मतदानमा २३२ सांसद सहभागी थिए। प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो ।

तर ओलीले जम्मा ९३ मत पाए भने प्रस्तावको विपक्षमा १२४ मत पर्यो ।

प्रस्तावको विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले मत दिएका ...


सांसदबाट राजीनामा नदिने र मतदानमा उपस्थित नहुने नेपाल पक्षको निर्णय

काठमाडौं- नेकपा एमालेको माधव कुमार नेपाल पक्षले सांसदबाट राजीनामा नदिने निर्णय गरेको छ। सोमबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको नेपाल पक्षको बैठकले सांसदबाट राजीनामा नदिने बरु बैठकमा उपस्थित नहुने निर्णय गरेको सांसद राजबहादुर बुढाले बताए।

ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउनु भएको भन्दै नेता भीम रावलले आफूहरुले आजको प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताए। 'ओलीलाई विश्वासको मत दिनु भनेको सर्वथा लोकतान्त्रिक दृष्टिकोणले लोकतन्त्रलाई कमजोर तुल्याउने, राजनीतिक नैतिकताको दृष्टिकोणले राजनीतिक नैतिकतालाई ध्वस्त गर्ने र यो देशको राजनीतिक स्थायित्व हामी नेपाली जनताको स्वाभिमान, स्वाधिनताको ...


सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण नभएको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले सरकारले गरेका काम र उठाएका मुद्दाका आधारमा अविश्वास गर्नुपर्ने कारण नभएको दाबी गरेका हुन्।

उनले भौगोलिक अण्खण्डता र राष्ट्रहितलाई सर्वेपरी राखेर काम गर्ने र राष्ट्रहितलाई माथि उठाउन कुनै पनि कसर बाँकी नराखेको बताए।

'तस्बिर आफैं बोल्छ भनेझैँ सरकारका अडान र दृष्टिकोण आफैंले बोलिरहेको छ,' उनले भने, 'राष्ट्रियताको विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा देख्न थालिएको छ, सुन्नपर्ने देशको रुपमा विकास भएको छ। सरकारका कामहरु आफैं बोल्छ।'

प्रधानमन्त्री ...


काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १२ गतेसम्म लम्ब्याउने तयारी

काठमाडौं - कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंको सोमबार सम्पन्न बैठकले निषेधाज्ञा थप १५ दिन लम्ब्याउने प्रस्ताव गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

मंगलबार बस्ने उपत्यकाका सीडीओको संयुक्त बैठकले यससम्बन्धी थप निर्णय गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा पठाउने सीडीओ पराजुलीको भनाइ छ। यसअघि जारी निषेधाज्ञा वैशाख २९ गते सकिँदै छ।

डीसीसीएमसीको प्रस्ताव अनुसार अब निषेधाज्ञा जेठ १२ गतेसम्म लागू हुनेछ। डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधि लम्ब्याउने ...


खोप खरिदमा भ्रष्टाचार पाइए कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप खरिदमा भ्रष्टाचार क्षम्य नहुने बताएका छन्। उनले खोप खरिदमा अनियमितता भए त्यसमा संलग्न जोकसैलाई कारबाही गरिने बताए।

‘प्रधानमन्त्री र सरकारमा हिलो छ्याप्ने र औषधि खरिदमा भएको भ्रष्टारकाको कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने काम भयो’, प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने क्रममा ओलीले भने, ‘जनताको जीवन रक्षा पहिलो प्राथमिकता हो। भ्रष्टाचार यसमा क्षम्य हुँदैन। दोषी पाइए कारबाही हुन्छ।’

उनले दक्षिण एसियामा भारत पछि खोप लगाउने पहिलो देश नेपाल बनेको उल्लेख गरे। सरकारको संयन्त्रले कोरोनाको ...


प्रतिनिधि सभा बैठक (LIVE)

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको ''आफूमाथि प्रतिनिधि सभाको विश्वास छ'' भन्ने प्रस्ताव प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा पेश हुँदैछ। अहिले प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन्।

...

कोरोना हावामा फैलिएको छ, लामाे समय घरबाहिर नबस्नु : अमेरिका

न्यूयाेर्क- अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन (सीडीसी)ले हावाका कारण कोरोना संक्रमण तीव्रगतिमा फैलिरहेको दाबी गरेकाे छ।

बेलायत, अमेरिका र क्यानडाका ६ सदस्यीय विज्ञहरूको टोलीले गरेको अध्ययनमा कोरोना हावामा रहने उल्लेख छ। लामो समयसम्म घरबाहिर बस्ने मानिसहरूलाई यसले सिधै आक्रमण गर्ने उनीहरुकाे भनाइ छ। त्यसैले घरबाहिर नबस्न उनीहरुले आग्रह गरेका छन्।

सीडीसीका अनुसार मानिसले सास छोड्दा वा कसैसँग कुरा गर्दा वा एक्लै बोल्दा व्यक्ति नजिकको सतह वा हावामा भाइरस मिसिन्छ र लामो समयसम्म सक्रिय रहन्छ। कुराकानी गर्दा मुखबाट निस्कने र्‍यालको ठूलो वा सानो थोपा घन्टौंसम्म हावामा ...


सामूहिक राजीनामा अपराध हो, इतिहासले माफी गर्नेछैन : केपी ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले पार्टीलाई मजबूत बनाउने कार्यमा सरिक हुन आह्वान गरेका छन्।

उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् ।

उनले भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने बताएका छन्। ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु। तसर्थ पार्टीलाई मजबूत पार्दै अघि बढ्ने ...


थप ८८५० जनामा कोरोना संक्रमण, ५२ संक्रमितको मृत्यु

काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन् ।

काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् ।

देशभर थप ८८ जना संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु ...


भोली प्रधानमन्त्रीले बिश्वासको मत लिने, पक्षमा मतदान गर्न एमाले सांसदलाई ह्वीप जारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा लिने विश्वासको मतको पक्षमा मतदान गर्न एमाले सांसदहरूलाई ह्वीप जारी गरिएको छ।

संसदीय दलका प्रमुख सेचतक विशाल भट्टराईले आइतबार प्रधानमन्त्रीका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका हुन्।

उनले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेको जनाएका छन् । कोभिडका कारण संसदीय दलको बैठक बस्न नसकेपनि प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको निर्देशन अनुसार ह्वीप जारी गरिएको भट्टराईले जनाएका छन् ।

एमालेका माधवकुमार नेपाल पक्षका ...


गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा, नयाँ सरकार गठनका लागि ३ दिनको समय

काठमाडाैं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्। उनले आइतबार प्रदेश प्रमुख सीता पौडेल समक्ष राजीनामा दिएका हुन्।

उनको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालद्वारा विज्ञप्तिमा भनिएको छ। गुरुङको राजीनामा स्वीकृत समेत भइसकेको छ।

सोमबार मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा मतदान हुँदैथियो।

प्रदेश प्रमुख पाैडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य संचालन गर्ने र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ (तीन) दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी छन्।

...

काठमाडौं उपत्यकामा ४ हजार १ सय संक्रमित थपिए

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ हजार १ सय जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३०८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ थपिएका हुन् ।

यससँगै काठमाडौँमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार ५५६ पुगेको छ। काठमाडौँमा सक्रिय संक्रमितको संख्या २५ हजार ९४० रहेको छ ।

यस्तै भक्तपुरमा ३ हजार २५२ जना सक्रिय संक्रमित छन् । यससँगै भक्तपुरमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २४५ पुगेको छ ।

यस्तै ललितपुरमा ५ हजार ४२९ सक्रिय संक्रमित छन् । योसँगै ललितपुरमा सक्रिय ...


राष्ट्रियसभा सदस्यमा बादल र देवकोटासहित तीन जनाको उम्मेदवारी दर्ता

हेटौंडा - राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मेदवारी परेको छ ।

यस अघि राष्ट्रियसभा सदस्य रहेका बादललाई माओवादी केन्द्रले पदमुक्त गरिदिएपछि रिक्त रहेको वाग्मती प्रदेशमा उपनिर्वाचन हुने भएपछी वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै, राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ ।

बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।

स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, ...


आज ९ हजार १९६ जना कोरोना संक्रमित थपिए, ५० जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १९ हजार ९८७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। त्यसमा ९ हजार २३ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, गत २४ घण्टामा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजिटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५० जनाको ...


बालुवाटार जग्गा प्रकरण : दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ - बालुवाटार जग्गा (ललिता निवासको जग्गा) प्रकरणमा मुख्य आयुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो आदेश दिएको हो ।

कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका दीप बस्न्यातको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।

बस्न्यातले आफ्नो उमेर ६९ वर्ष पुगेको, मुटुको बिरामी रहेको र कोरोना संक्रमण पनि भएकाले मानवीय दृष्टिले थुनामुक्त गर्नपर्ने जिकिर लिएका थिए ।

सर्वोच्चका दुई न्यायाधीशको इजलासले बस्न्यातलाई ...


बालुवाटार जग्गा प्रकरण : शोभाकान्त ढकाललाई छाड्नेबारे न्यायाधीशको राय बाझियो

काठमाडौं - बालुवाटार जग्गा (ललिता निवासको जग्गा) प्रकरणमा मुख्य विचौलिया शोभाकान्त ढकालको मुद्दामा दुई न्यायाधीशको राय बाझिएपछि पूर्ण इजलासमा गएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा दुई थरी राय भएपछि उनी पुर्पक्षका लागि थुनामै रहने भएका छन्।

न्यायाधीश खतिवडाले तीन करोड धरौटी माग गर्ने आदेश गरेका थिए भने भट्टराईले थुनामा पठाउने विशेषको आदेश सदर गर्ने निर्णय सुनाएका थिए। दुई न्यायाधीशको बीचमा फरक-फरक राय आएपछि यो मुद्दा अब तीन जना भन्दा धेरै न्यायाधीशको इजलासले सुनुवाइ गर्नुपर्ने भएको छ।

जग्गा प्रकरणका मुख्य अभियुक्त ढकाल अदालतबाट म्याद जारी ...


बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं - बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। बिहिबार करिब १ : ४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो ।

सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो ।

विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे ।

उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि संगीत ...


विश्वासको मत मागेका प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो : ''दिन असमर्थ छौं

काठमाडौं - प्रमुख प्रतिपक्ष नेपाली कांग्रेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने स्पष्ट पारेको छ।

एमाले नेताहरूसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटन् बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई कांग्रेस नेताहरूले विश्वासको मत दिन नसकिने बताएका हुन्।

बुधबार देउवानिवास पुगेका प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। जवाफमा देउवासहितका कांग्रेस नेताहरूले विश्वासको मत दिन नसकिने बताएको कांग्रेस नेता प्रकाशशरण महतले बताए।

‘मूलभूत रूपमा उहाँले विश्वासको मत मैले लिइरहेको छु। यसमा कांग्रेसको सहयोगको अपेक्षा छ भन्नुभयो। हामीले कांग्रेस विपक्षी पार्टी हो। अहिले हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भन्ने ...


गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ । मंगलबार एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि पीसीआर परीक्षण गराएका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित भएका उनको अवस्था सामान्य रहेको प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिए । मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा नै बस्ने उनले बताए ।

मंगलबार उनी गण्डकी प्रदेशसभाका सभामुख र दलका शीर्षनेताको बैठकमा सहभागी भएका थिए । बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो । त्यसपछि उनको एन्टिजिन परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो ।

...

ह्याम्स अस्पाल र केएमसीलाई काठमाडौंका सीडीओले सोधे स्पष्टीकरण

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको छ ।

संक्रमितको उपचारका लागि केएमसीको दैनिक ३० हजारसम्म र ह्याम्स अस्पतालको दैनिक ५० हजार रुपैयाँसम्मको शुल्क सूची सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।

कोरोना संक्रमितको उपचारका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको जानकारी आएकाले स्पष्टीकरण सोधिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क आईसीयूमा १५ हजार रुपैयाँसम्म लिन पाउने नियम बनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले नियम विपरीत ...


राष्ट्रिय सभा निर्वाचनमा विपक्षबाट खिमलाल देवकोटा साझा उम्मेदवार

काठमाडौं - राष्ट्रिय सभाको आसन्न उपनिर्वाचनमा विपक्षी पार्टीहरू कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले खिमलाल देवकोटालाई साझा उम्मेदवारको रूपमा अघि सार्ने भएका छन्। त्यसका लागि शीर्ष नेताहरुबीच सहमति भइसकेको माओवादी केन्द्रका एक नेताले बताए।

एमालेभित्रको माधवकुमार नेपाल पक्षसँग नजिक रहेका देवकोटालाई उक्त पक्षको पनि साझा उम्मेदवारको रूपमा हेरिएको छ। उनले चुनाव भने माओवादी केन्द्रको चिन्हमा लड्ने ती नेताले बताए।

माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका रामबहादुर थापा 'बादल' एमाले प्रवेश गरेसँगै माओवादी केन्द्रले उनलाई राष्ट्रिय सभा सदस्यबाट हटाएको थियो। बादल निर्वाचित बागमती प्रदेशमा रिक्त स्थानमा जेठ ...


 नेपालगञ्ज मेडिकल कलेजले भन्यो : 'अक्सिजन सकियो, थप बिरामी भर्ना गर्न सक्दैनौं'

काठमाडाैं - बाँकेको नेपालगञ्ज मेडिकल कलेज (लर्ड बुद्ध एजुकेसनल एकेडेमी)ले कोरोना भाइरसका थप बिरामी भर्ना गर्न नसक्ने जनाएको छ। बुधबार अस्पतालले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

अस्पतालले कोरोना संक्रमित बिरामीको अत्यधिक चाप हुँदा उनीहरुको उपचारका लागि आवश्यक लिक्विड अक्सिजन ट्याङ्‍क सकिएको र भारतबाट आउन नसकेकाले थप बिरामी भर्ना गर्न नसक्ने जनाएको छ। बाँकेमा कोरोना संक्रमण उच्च बन्दै जाँदा नेपालगञ्ज मेडिकल कलेजले थप बिरामी भर्ना गर्न नसक्ने जनाएपछि थप समस्या निम्तिने देखिएको छ।

उक्त अस्पतालले हाल १३५ कोभिड बेड सञ्‍चानमा ल्याएको छ। 'अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्‍क, ...


अस्पतालले बढी शुल्क लिए हामिलाई खबर गर्नुहोस् : स्वास्थ्य मन्त्रालय

काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि भनेर तोकिएकोभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाही गरिने चेतावनी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक वक्तव्य जारी गर्दै केही निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुलक लिने गरेको भन्ने गुनासोहरु प्राप्त भइरहेको उल्लेख गर्दै त्यस्तो गरेको पाइए कडा कारबाही गरिने चेतावनी दिएको छ।

कोभिड संक्रमणपछि भर्ना हुने बिरामीलाई विशिष्ट सुविधा प्रदान गर्ने वहानामा केही निजी अस्पतालले एउटा बिरामीबाट प्रतिदिन ३० हजार रुपैयाँसम्म अशुल गर्ने गरेको भन्दै विरोध भइरहेको छ।

मन्त्रालयले अनावश्यक शुल्क ...


हरेक दिन नयाँ रेकर्ड : आज ८ हजार ६०५ जनामा संक्रमण, ५८ जनाको मृत्यु

काठमाडौं - नेपालमा थप ८ हजार ६०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा बुधबार थप थप ८ हजार ६०५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी २० हजार ७५६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।

यस्तै, गत २४ घण्टामा ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन परीक्षणबाट गरी ८ हजार ६५९ ...


केपी ओलीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय

काठमाडौँ - नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले बताए ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । सो बैठकलाई माओवादीले पनि राम्रो उद्देश्यले नबोलाइएको ठहर गरेको छ ।

मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादीको स्थायी ...


कोरोना संक्रमणबाट एकैदिन ५५ जनाले ज्यान गुमाए

काठमाडौं - नेपालमा थप ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितको मृत्यु भएको हो।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ।

यसैबीच, नेपालमा थप ७ हजार ५८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा मंगलबार थप थप ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १६ हजार १३१ जनाको आरटी–पीसीआर विधिबाट नमुना ...


सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

काठमाडाैं- नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

मंगलबार बसेको माओवादीको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको स्थायी समिति सदस्य गणेश साहले बताए।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेको पर्सिपल्ट माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

प्रधानमन्त्रीले आउँदो २७ वैशाखमा विश्वासको मत लिने भएका छन्। सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाखका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरिसकेकी छन्।

...

उपत्यकामा २९ गतेसम्म निषेधाज्ञा थप, बेलुका पसल खोल्न निषेध

काठमाडौं - काठमाडौं उपत्यकाका तीन जिल्लामा आउँदो वैशाख २९ गतेसम्म निषेधाज्ञा निरन्तर रहने भएको छ।

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले थप एक साता निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहानदेखि निषेधाज्ञा लागू गरिएको थियो। एक साताका लागि जारी गरेको निषेधाज्ञा २२ गते, बुधबार सकिँदै थियो।

प्रमुख जिल्ला अधिकारीहरूको बैठकले दैनिक उपभोग्य वस्तुका पसल खोल्ने समय पनि अब बिहान ७ देखि ९ बजेसम्मलाई सीमित गरेको छ। यसअघि बेलुका २ घण्टा पनि पसल ...


झन फैलिंदै कोरोना : ७ हजार ५८७ जनामा संक्रमण, ५५ जनाको मृत्यु

काठमाडौं - नेपालमा थप ७ हजार ५८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा मंगलबार थप थप ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १६ हजार १३१ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।

यस्तै, गत २४ घण्टामा ५७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन परीक्षणबाट गरी ७ हजार ६६० ...


प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएका छन्। आइतबारको मन्त्रिपरिषद् बैठकमा ओलीले वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका हुन्।

बैठकमा सहभागी मन्त्रीहरूलाई प्रधानमन्त्रीले भने- 'वैशाख २७ गते विश्वासको मत लिने निर्णयमा पुगेको छु।'

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि ओली आफैंले विश्वासको मत लिन लागेका हुन्।

यसैबीच, मन्त्रिपरिषद् बैठकले वैशाख २७ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।

...

एकैदिन उपत्यकामा ३ हजार ५९५ जनामा कोरोना संक्रमण

काठमाडाैं - काठमाडाैं उपत्यकामा एकै दिन ३ हजार ५९५ काेराेना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ७४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० गरी ३५९५ काेराेना संक्रमित थपिएका हुन्।

याे संख्या अहिलेसम्म कै उच्च हाे।

शनिबार काठमाडाैं उपत्यकामा २ हजार ४९५ काेराेना संक्रमित थपिएका थिए। हिजाे काठमाडाैंमा १९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ गरी २४९५ काेराेना संक्रमित थपिएका हुन्।

यस्तै, शुक्रबार काठमाडाैं उपत्यकामा २९५६ काेराेना संक्रमित थपिएका थिए।

मन्त्रालयका अनुसार शुक्रबार काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्।

...

एकैदिन थप ७ हजार १३७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं - नेपालमा थप ७ हजार १३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा आइतबार थप ७ हजार १३७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १६ हजार १४७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।

यस्तै, गत २४ घण्टामा ६२३ जनाको एन्टिजेन परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन परीक्षणबाट गरी ७ हजार २११ जना ...


सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनीका दुई सांसदले छाडे पोखरेलको साथ

काठमाडौं - लुम्बिनी प्रदेशका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् । कपिलवस्तु–२ (२) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेका हुन् ।

सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका छन् । धर्मबहादुर कपिलबस्तु २ (ख) र अजय पश्चिम नवलपरासी (ख)बाट निर्वाचित भएका थिए ।

शाहीले सूर्य चुनाव चिन्हबाट चुनाव लडेपनि आफूहरु एमाले नभएको उनले बताए । ‘हामी ...


शंकर पोखरेल पुनः लुम्बिनीको मुख्यमन्त्री नियुक्त

काठमाडौं - नेकपा (एमाले)का नेता शंकर पोखरेल पुन: लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। आइतबार प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

पोखरेलले आइतबार नै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि बसेको एमाले संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने निर्णय गरेको थियो। साेही अनुसार पोखरेलले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पाैडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनको शपथको ...


एकैदिन थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं - नेपालमा थप ५ हजार ७६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा शनिबार थप ५ हजार ७६३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १४ हजार ४०३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।

यस्तै, गत २४ घण्टामा ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन परीक्षणबाट गरी ५ हजार ७६३ जना ...


निषेधाज्ञामा पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति

काठमाडौँ - कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा भए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको खरिद तथा बिक्री वितरणमा कुनै समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

माग अनुसारको सप्लाईमा कुनै समस्या नभएको उनको भनाइ छ । निषेधाज्ञापछि पेट्रोलियम पदार्थको माग घटेको छ । प्रवक्ता उपाध्यायले भने, “यातायातका साधन र बजार ठप्प भएपछि पेट्रोलियम पदार्थको माग घट्नु स्वाभाविक हो तर कतिले घट्यो भन्ने कुरा हामी एक हप्तामा निकाल्छौँ । अहिले निषेधाज्ञामा हामीले हाम्रो सेवा स्थगित गरेका छैनौँ, पेट्रोलियम ...


भारतमा संक्रमण तिव्र : एकैदिन ४ लाख बढीमा कोरोना, ३५ सयको मृत्यु

भारत– भारतमा कोरोना संक्रकणको दर दैनिक बढिरहेको छ। पछिल्लो २४ घन्टामा थप ४ लाख ८ हजार ३ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। यो एकै दिन देखिएका अहिलेसम्मकै बढी संक्रमित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५ सय २२ जनाको संक्रमणका कारण ज्यान गएको छ। एक साता यता भारतमा दैनिक ३ हजार भन्दा धेरैले ज्यान गुमाइरहेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ६२ हजार २ सय ५६ पुगेको छ भने अहिलेसम्म १ करोड १९ लाख ५७ ...


हतियारधारी डाँकाले सर्लाहीमा पेट्रोल पम्पबाट ४ लाख लुटे

सर्लाही– सर्लाहीको एक पेट्रोल पम्पमा लुटपाट भएको छ। शुक्रवार साँझ सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन्।

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले लुटेराहरुले रकम लुटेर भागेको जानकारी दिए। उनका अनुसार लुटेराहरुले चार लाख रुपैयाँ लुटेर भागेका छन्।

उनले घटनास्थलबाट गोलीको खोकासमेत बरामद भएको जानकारी दिए।

पर्सा गाउपालिका–३ का अध्यक्ष भिखारी साहले संचालन गरेको सो पेट्रोल पम्पमा हातहतियारसहित आएका डाँकाका समूहले हवाई फायर गर्दै रकम लुटेका हुन्। पम्प सञ्चालकले भने १० लाख लुटपाट भएको दाबी गरेका छन्।

...

श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)¸२०२१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान प्रकट गरेकी छन्।

यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास राष्ट्रपति भण्डारीको छ।

महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकप्रति धन्यवाद व्यक्त गर्दै उनीहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न राष्ट्रपतिले सम्बद्ध ...


एकैदिन ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

काठमाडौँ - बितेको २४ घण्टामा ५ हजार ७ सय २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा ३३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २४०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि ...


काठमाडौं महानगरले भन्यो : कुनै समस्या परे यी नम्बरमा फोन गर्नुस्

काठमाडौँ - काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन्।

कोभिड रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि अपिल जारी गर्दै प्रमुख शाक्यले जनप्रतिनिधि र महामारी नियन्त्रणमा खटिने कर्मचारीको व्यक्तिगत सम्पर्क नम्बर सार्वजनिक गरिएको बताए।

नगरवासीमा कुनै स्वास्थ्यसम्बन्धी समस्या आएमा वा कोभिडबाहेकका बिरामीले उपचारका लागि अस्पताल जानुपर्ने भएमा हटलाइन टेलिफोन नम्बर ११८० मोबाइल नम्बर ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा तथा कोभिडका बिरामीले अस्पताल जानुपर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न प्रमुख शाक्यको आग्रह ...


उपत्यकामा निषेधाज्ञामा थप कडाइ, उल्लंघन गरे कडा कारबाही

काठमाडौं - निषेधाज्ञा जारी भएका जिल्लामा आजदेखि थप कडाइ हुने भएको छ। निषेधाज्ञा जारी भएका जिल्लामा अन्य जिल्लाबाट आएका यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

बिहीबार पहिलो दिन भएकाले बाटोमै अड्किएका यातायातका साधन र यात्रुलाई केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइ गरिने गृह प्रवक्ता जनकराज दाहालले बताए।

अहिले देशका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा छ।

बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरीमा पूर्ण निषेधाज्ञा लगाइएको छ भने ...


नेपालमा कोरोनाबाट मृत्यु र संक्रमण दर हालसम्मकै उच्च

काठमाडौँ - कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ९७ नमुनाको पीसीआर परीक्षण गर्दा ३८।३५ प्रतिशत अर्थात् ४ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ ।

एक जनाबाट संक्रमण धेरै जनामा सरिरहेको ...


दाङमा आज देखि निषेधाज्ञा, सरकारी कार्यालय र बैंकसमेत बन्द

काठमाडौं - लुम्बिनीको राजधानी दाङमा शुक्रबार बिहानबाट निषेधाज्ञा लागू भएको छ । वैशाख १७ गते विहान ६ बजेदेखि वैशाख २५ गते साँझ ६ बजसेसम्म दाङ जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

दाङ जिल्लामा पनि कोरोना संक्रमितको संख्या र मृत्युदर बढिरहेकाले निषेधाज्ञा अवधिभर अतिआवश्यकीय बाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको छ । दाङमा सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गरिएको छ ।

अतिआवश्यकीय सामान खरिदबिक्रीका लागि प्रत्येक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म पसलहरु खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालयले ...


सुदूरपश्चिममा एक बालिकासहित चार संक्रमितको मृत्यु

धनगढी - सुदूरपश्चिममा एक वर्षीया बालिकासहित थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु अछाम, कैलाली र कञ्चनपुरका छन् ।

अछामको बयलपाटा अस्पतालमा उपचाररत एक वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अछामको कमलबजार नगरपालिका ७ की उनि ६ दिन पहिले अभिभावकसँगै भारतबाट स्वदेश फर्किएकी हुन् ।

बिहीबार साँझ नै कञ्चनपुरको महाकाली अस्पताल भर्ना भएका जिल्लाको भीमदत्तनगरपालिका १८ का ४१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका ५ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द ...


बाँकेमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - बाँकेमा बिहीबार एकै दिन ११ कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाका विभिन्न अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष रहेको ...


उपत्यकामा बिना काम हिँडडुल गर्ने १४१७ जना प्रहरी नियन्त्रणमा

काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञाको उल्लंघन गरी बिना काम हिँडडुल गर्ने १४१७ जनालाई प्रहरीले होल्डिङ जोनमा राखेको छ।

महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसपी सुशीलसिंह राठौरका अनुसार सोधपुछ गर्दा उनीहरु बिना काम बाहिर हिँडडुल गरेको पाइएपछि होल्डिङ जोनमा राखिएको हो।

त्यसैगरी निषेधाज्ञाको उल्लंघन गरी चलेका ३६१ सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा दुईपांग्रे सवारी ३२० छन् भने चारपांग्रे सवारी ४१ रहेको एसपी राठौरले बताए।

काठमाडौंका ४४, ललितपुरका ८ र भक्तपुरका ४ ठाउँमा विशेष चेकिङ खडा गरेर जाँच गरिएको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा अहिले ३२ ...


निषेधाज्ञामा उपत्यकामा बैंकका सबै शाखा खुला रहने

काठमाडौँ - उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन्।

नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ।

सङ्घले विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ।

सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकहरूलाई अत्याअवाश्यक अवस्थामा बाहेक बैंक नआउन पनि आग्रह गरेको छ।

बैंकका सबै शाखामा ग्राहकको भिडभाड बढी हुने हुँदा भिड कम गर्नका लागि ग्राहकलाई अनुरोध गरिएको सङ्घका अध्यक्ष भुवन दाहालले बताए।

उनले नागद (नोट) कारोबारभन्दा बढी अनलाइनमार्फत कारोबार गर्न ...


भारतमा दैनिक झन्डै ४ लाख संक्रमित थपिंदै, दिनमै ३६ सयभन्दा बढीको मृत्यु

काठमाडौं - भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको छ।

भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ। पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो।

पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ७९ हजार ४५९ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन भारतमा ३ लाख ६२ हजारभन्दा बढी संक्रमित थपिएका थिए।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ८३ लाख नाघेको छ।

विश्वमा कुल संक्रमितका ...


काठमाडौंबाट हेलिकप्टरमा झापाको अस्पताल लगिए कोरोना संक्रमित

झापा - कोभिड–१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौँबाट मोफसल ल्याउन थालिएको छ। काठमाडौँमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलार्ई हेलिकप्टरमार्फत उपचारका लागि झापा ल्याइएको हो।

काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार अपराह्न ५ः४५ बजेतिर उनलाई बिर्तामोडको बीएन्डसी अस्पतालमा ल्याइएको हो।

अस्तपतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले काठमाडौँमा सङ्क्रमितको चाप बढेपछि उप्रेतीलाई बेडसिफ्ट गरिएको परिवारका सदस्यको भनाइ उद्धृत गर्दै बताए।

झापाको शिवसताक्षी नगरपालिका–८ स्थायी घर भए पनि उप्रेती काठमाडौँमा बस्दै आएका थिए। उनलाई आइसीयुमा राखेर उपचार थालिएको गिरीले जानकारी दिए।

बीएन्डसी अस्पतालमा हाल कोभिडको उपचारका लागि २५ ...


बाँकेमा उपचाररत थप पाँच कोरोना संक्रमितको मृत्यु

काठमाडौं - बाँकेका थप पाँच कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिकाका ४ का ६० वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ। उनको वैशाख ६ गते भेरी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिव पुष्टि भएको थियो।

त्यसैगरी, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका ११ की ४३ वर्षीय महिलाको पनि बुधबार बेलुका मृत्यु भएको छ। उनी हिजो नै कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन्।

भेरी अस्पतालमा वैशाख ११ गते ...


यस्तो देखियो निषेधाज्ञा भएपछिको काठमाडौं उपत्यका (फोटो फिचर)

काठमाडौ - कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ। बिहीबारदेखि जारी निषेधाज्ञाका कारण उपत्यकाका सडक बिहानैबाट सुनसान देखिन थालेको छ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले आजबाट २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। मन्त्रिपरिषद्को बैठकले भने काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा गर्न निर्देशन दिएको छ।

यसैबीच, निषेधाज्ञा उल्लंघन गर्ने सवारीसाधनलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको छ। अहिलेसम्म उपत्यकाभर करिब २ सय सवारीसाधन नियन्त्रणमा लिइसकेको प्रहरीले बताएको छ।

नियन्त्रणमा लिइएका सवारीसाधन बेलुका ७ बजेमात्र छाडिने ट्राफिक प्रमुख एसपी जनकराज ...


निषेधाज्ञामा सवारी चलाउनेलाई धमाधम कारवाही

काठमाडौं - काठमाडौं उपत्यकामा आज बिहानदेखि निषेधाज्ञा लागु भएको छ। निषेधाज्ञाबीच सवारीसाधन चलाउनेलाई बिहानैदेखि प्रहरीले नियन्त्रणमा लिन थालेको छ।

ट्राफिक प्रहरीले उपत्याकाका विभिन्न ४० स्थानमा चेक प्वाइन्ट बनाई सवारी जाँच गरिरहेको ट्राफिक प्रमुख एसएसपी जनकराज भट्टराईले बताए।

हालसम्म विनाअनुमति चलाएका २ सयभन्दा बढी दुई चारपांग्रे र दुईपांग्रे सवारीसाधन नियन्त्रणमा लिइसकेको ट्राफिक प्रहरीको भनाइ छ।

नियन्त्रणमा दिइएका सवारीसाधन आवश्यक कारबाहीपछि बेलुका ७ बजेमात्र छाडिने एसएसपी भट्टराईले बताए।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै काठमाडौं, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को संयुक्त बैठकले निषेधाज्ञाको निर्णय गरेको हो।

...

उपत्यकामा वैशाख १६ गते देखि एक हप्ता निषेधाज्ञा, के बन्द, के खुल्ला ?

काठमाडौं - काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरेको हो ।

 

के के बन्द ?

प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेश अनुसार वैशाख १६ देखि एक हप्तासम्म खाद्य सामग्री औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् ।

काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, ...


वैशाख १६ गते देखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द

काठमाडौं - काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ ।

आइतबार कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो । सोमबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको ...


गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुँदै

काठमाडौं - गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट शुरू हुँदैछ । विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार सोमबार प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् । त्यसपछि अरु प्रदेशसभा सदस्यले बोल्न समय पाउने छन् । प्रदेशसभा सचिवालयका अनुसार अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि बल्ल मतदान हुनेछ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाएका हुन् । ...


१२ दिनयता ५ गुणाले थपिए संक्रमित, १०३ जनाको मृत्यु

काठमाडौ - कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिमा फैलिरहेको छ। नयाँ भेरियन्टको फैलावटसँगै अहिले देशभर कोरोना संक्रमणको ग्राफ उकालो लाग्ने क्रम दैनिकजसो बढ्दो छ।

गत चैत महिलाको दोस्रो सातासम्म दैनिक रुपमा कोरोना संक्रमण हुने दर दोहोरो अंकमै सीमित थियो। भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिन थालेपछि त्यसको असर नेपालमा पनि देखा पर्न थाल्यो। चैत तेस्रो सातादेखि दैनिक पुष्टि हुने संक्रमितको संख्या १०० भन्दा उकालो लाग्यो।

नयाँ वर्ष (२०७८) शुरु हुँदा दैनिक ५ सय बढीको हाराहारीमा संक्रमितहरु थपिँदै गइरहेका थिए। पछिल्लो समय त संक्रमितहरु थपिने क्रम झन ...


काठमाडौंमा १५ गतेदेखि निषेधाज्ञाको तयारी, यातायात र आन्तरिक उडान बन्द हुने

काठमाडौं - कोरोना संक्रमणको ग्राफ उकालो लागेसँगै जोखिम उच्च बनेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी गर्ने तयारी भएको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबारको बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेअनुसार उपत्यकाका काठमाडाैं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुन लागेको हो।

संक्रमण जोखिम बढेका जिल्लामा बैशाख १५ गतेदेखि निषेधाज्ञा गर्न सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।

पर्यटनमन्त्री भानुभक्त ढकालले आइतबारको सीसीएमसी बैठकले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका पहाडी क्षेत्र र ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका तराईका जिल्ला तथा शहरी क्षेत्रमा वैशाख १५ गतेदेखि निषेधाज्ञा ...


बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु, एक जनाले गरे आत्महत्या

काठमाडौं - बाँकेमा पछिल्लो २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुरस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो भने होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका हुन् ।

कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन् । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

२०७८ वैशाख ३ गते मेडिकल कलेज कोहलपुरमा पीसीआर ...


कोरोनाले होटल व्यवसाय पुनः सङ्कटमा पर्न थाल्यो

बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः सङ्कटमा पर्न थालेको छ । कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरु केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर सार्वजनिक भएपछि होटल व्यवसाय प्रभावित हुन थालेको होटल व्यवसायी बताउँछन् ।

कोरोनाको जोखिमयुक्त १४ जिल्लाको सूचीमा पर्नु र बागलुङका पर्यटकीय क्षेत्र वैशाख मसान्तसम्म बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङको निर्णयका कारण होटलमा अग्रिमरूपमा भएको बुकिङसमेत धमाधम रद्द भएको होटल व्यवसायीले गुनासो गरेका छन् ।

प्रशासनले भिडभाड हुने पर्यटकीय क्षेत्रमा वैशाख मसान्तसम्म प्रवेशमा रोक ...


भारतमा कोरोनाबाट लगालग एकै परिवारका ४ सदस्यको मृत्यु

काठमाडौं - भारतमा कोरोनाबाट लगालग एकै परिवारका ४ सदस्यको मृत्यु भएको भारतीय संचार माध्यमहरुले बताएका छन्। भारतीय मिडिया दैनिक भास्करले बताए अनुसार उनीहरु महाराष्ट्र राज्यको पुणे राज्यका हुन्। मृत्यु हुनेमा आमा–बुवा र उनीहरुका दुई छोरा छन् । परिवारमा बाँकी एकमात्र सदस्य बुहारीको गम्भीर अवस्थामा उपचार जारी छ ।

ज्यान गुमाउनेमा पुणेको हडपसर इलाकामा बस्दै आएका आमा सुमन कोचेकर, उनका पति लक्ष्मण तथा छोराहरु श्यामसुन्दर र विजय छन् ।

उनीहरु एउटै घरमा बस्दै आएका थिए । तर बेड अभावमा उनीहरुको अलग–अलग अस्पतालमा उपचार भइरहेको थियो ।

डाक्टरहरुका अनुसार सबैभन्दा ...


भूकम्पका ५ वर्ष पुरा, कहाँ के कति काम भए ?

काठमाडौं - २०७२ सालको वैशाखमा गएको विनाशकारी भूकम्प गएको ५ वर्ष पूरा भएको छ। गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पका कारण करिब ९ हजारको ज्यान गएको थियो भने २२ हजाभन्दा बढी घाइते भएका थिए। उक्त भूकम्पले आठ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए।

भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो। यसैगरी ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक ...


गण्डकीमा विपक्षी दलको संयुक्त बैठक बस्दै, विशेष अधिवेशनबारे छलफल

काठमाडौं - सरकारविरुद्ध एक स्थानमा उभिएका गण्डकी प्रदेशका विपक्षी दलको बैठक आज बस्दै छ। सोमबार सुरु हुने संसदको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव पारित गराउने विषयमा छलफल गर्न संयुक्त बैठक बस्न लागेको नेपाली कांग्रेसका सांसद विन्दुकुमार थापाले बताए।

शनिबार सम्पन्न कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचको छलफलले तय गरेका विषयलाई निष्कर्षमा पुर्याउन आज पुनः राष्ट्रिय जनमोर्चासमेत चारे दलको बैठक बस्न लागेको उनले जानकारी दिए।

आजको बैठकले विशेष अधिवेशनमा कसरी प्रस्तुत हुने तथा अविश्वासको प्रस्तावलाई कसरी पास गराउने भन्ने विषयमा छलफल हुने बताइएको छ।

पछिल्लो समय तीन सांसद रहेको ...


जेठ मसान्तसम्म संक्रमण दर दैनिक ११ हजारसम्म पुग्ने मन्त्रालयको प्रक्षेपण

काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीको जोहो गर्न थालेको छ। मन्त्रालयले कम्तीमा एक महिनालाई पुग्ने स्वास्थ्य सामग्री स्टक राख्‍ने तयारी गरेको हो।

नेपालमा अहिले दैनिक दुई हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ। मन्त्रालयले नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको भन्दै सतर्कता अपनाउन आह्वान गरेको छ। यही गतिमा संक्रमण बढ्दै गए जेठ मसान्तसम्ममा दैनिक ११ हजार जनामा संक्रमण पुष्टि हुने प्रक्षेपण मन्त्रालयले गरेको छ। उक्त संख्यामा संक्रमित थपिँदा स्वास्थ्य सामग्रीको ...


केपी ओली ‘खाए खा, नखाए घिच’ शैलीमा देखिए : माधव नेपाल

काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले धरहराभन्दा अग्लो दम्भ देखाएको बताएका छन्। बुधबार र बिहीबार ओलीसँग छलफल गरेका नेपालले शुक्रबार उनीसँगको भेटबारे कार्यकर्ताहरूलाई बताएका हुन्।

शुक्रबार जनकपुरमा आयोजित भेटघाट कार्यक्रममा उनले ओलीको दम्भ धरहरा भन्दा अग्लो रहेको टिप्पणी गरे। ‘उहाँको दम्भ धरहरा भन्दा अग्लो छ। धरहरा हेरेर दम्भ देखाइरहनु भएको थियो। उहाँ ‘खाए खा, नखाए घिच’ भन्ने शैलीमा देखिनु भयो’, नेता नेपालले भने।

बिहीबारको भेटमा ओली र नेपालले मेरिट होटलको झ्यालबाट धरहरा नियालेका थिए। प्रधानमन्त्री ओलीले शनिबार धरहराको उद्घाटन गर्दैछन्। २०७२ ...


'दुइ कदम पछि हटेर फकाउन खोंजे तर माधव नेपालले मानेनन्' : केपी ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई फकाउन आफूले ‘दुइ कदम पछि हटेर एक कदम अघि बढ्ने’ लेनिनको शैली पनि अबलम्बन गरेको तर त्यसबाट फाइदा हुने संकेत नदेखेको बताएका छन्।

बालुवाटारमा शुक्रबार शुरु भएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

'म अझै पनि लचिलो भएर आएको छु। मेरो माधब नेपाल, योगेश भट्टराई लगायतका नेताहरूसँग भेटघाट भयो। दुई कदम पछाडि एक कदम अगाडि बडेर हिँड्नु पर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरेँ,' ओलीले ...


ओलीले घोषणा गरे नयाँ स्थायी कमिटी, नेपाल र खनाल समूह बाइपास

काठमाडाैं - नेकपा (एमाले)ले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई अलग गरेर स्थायी कमिटी घोषणा गरेको छ। बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीकाे बैठकले नेपाल र खनाल पक्षलाई नसमेटेरै स्थायी कमिटी गठन गरेको हो।

बैठकमा सहभागी एक नेताले जनाएअनुसार केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा 'बादल' र विष्णु पौडेललाई स्थायी कमिटीमा राखिएको छ।

त्यसैगरी, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल पनि स्थायी कमिटीमा ...


नक्कली पीसीआर रिपोर्ट बनाउने सुरिया प्रयोगशाला निलम्बन

काठमाडौं - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)ले सूरिया हेल्थकेयर प्रालिको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन गरेको छ।

एनपिएचएलले बुधबार प्रयोगशाला सञ्चालन अनुमति निलम्बन गरिएको पत्र सुरिया हेल्थकेयरलाई पठाएको छ।

फर्जि कोभिड–१९ रिपोर्ट जारी गरेको भन्दै सूरिया हेल्थकेयरमाथि महानगरीय अपराध अनुसन्धान महाशाखाले अनुसन्धान गरिरहेको भन्दै एनपिएचएलले सो प्रयोगशालाई निलम्वन गरेको हो।

सुरिया हेल्थ केयरमाथिको अनुसन्धानको टुंङ्गो नलागेसम्मका लागि कोभिड लगायत अन्य प्रयोगशाला सम्बन्धी परीक्षणहरु गर्न एनपिएचएलले दिएको अनुमति निलम्बन गरिएको जनाइएको छ ।

एनपिएचएलले सुरिया हेल्थ केयरलाई पत्राचार गर्दै कोभिड लगायत अन्य कुनै पनि प्रकारको प्रयोगशाला परीक्षणहरु सञ्चालन नगर्न निर्देशन समेत दिएको ...


माधव समूह पार्टीलाई सिध्याउने खेलमा छ : अध्यक्ष ओली

काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरि अर्को पार्टी खोल्दा पनि आफूले सम्झाइबुझाइ गरिरहनु परेको बताएका छन्। आफूलाई कुनै बेला सिध्याउने गरी कारबाही गरेको स्मरण गर्दै ओलीले यस्तो बताए।

बिहीबार बल्खुमा एमाले पार्टी कार्यालयकाे शिलान्यास गर्दै उनले वरिष्ठ नेता माधव नेपाल पक्षलाई अझै पार्टीमा फर्किने अवसर रहेको बताए। उनले भने, ‘अनुशासनमा बसेर पार्टीमै काम गर्ने अवसर अझै छ। यसलाई कमजोरी नठानियोस् ।’

ओलीले नेपाल पक्षको गुटगत सौदाबाजी भने सहन नसकिने बताए। त्यस्तो खालको सम्झौता हुन नसक्ने उनको भनाइ थियो।

बुधबार मात्रै नेता नेपालसँग छलफल ...


शिक्षा मन्त्रालयद्वारा विद्यार्थीलाई एनओसी दिन बन्द

काठमाडौं - शिक्षा मन्त्रालयले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिँदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर–एनओसी) दिन बन्द गरेको छ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै बिहीबारदेखि यस्तो लेटर दिन बन्द गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ।

जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको मन्त्रालयको सूचनामा उल्लेख छ।

बिहीवारदेखि लागु हुने गरी अर्को सूचना नभएसम्मका लागि यो व्यवस्था गरिएको बताइएको छ।

विदेशमा अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने नो अब्जेक्शन लेटर जारी नरोकिने सूचनामा उल्लेख छ ।

...

वीरगञ्जमा दुई न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण

वीरगञ्ज - वीरगञ्जमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश पनि छन् ।

१ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा दुई जना न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

उच्च अदालतका अन्य १२ जना कर्मचारीमा समेत संक्रमण देखिएको छ । बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शंकास्पद व्यक्तिहरुको स्वाबको नमुना परीक्षण गरिएको थियो । संक्रमितमध्ये २४ जना महिला छन् ।

पर्साका ७९, बाराका ७ तथा रौतहट र रुकुमका १÷१ जनामा संक्रमण पुष्टि भएको नारायणी ...


अख्तियारले गर्दै आएको 'स्टिङ अपरेशन' अवैध हुने सर्वोच्चको फैसला

काठमाडौं - सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अपरेशन’लाई अवैध ठहर गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित ५ जना न्यायाधीशको बुधबारको संवैधानिक इजलासले अख्तियारको स्टिङ अपरेशन रोक्न माग गर्दै दायर गरेको रिट जारी हुने फैसला सुनाएको हो।

अधिवक्ता विष्णु्प्रसाद घिमिरेले २०७४ पुस २ गते अख्तियारको स्टिङ अपरेशन रोक्न माग गर्दै सार्वजनिक सरोकारको रिट निवेदन दायर गरेका थिए। उक्त रिटमा २०७४ पुस ७ गते पहिलो सुनुवाई भएको थियो।

संवैधानिक इजलासले विपक्षीसँग स्टिङ अपरेशनका बारेमा कारण माग गर्दै छलफलमा बोलाउने आदेश गरेको थियो।

हेर्दाहेर्दैमा रहेको यो मुद्दाका लागि ...


नेपालगञ्जमा १ हप्ताका लागि लकडाउन घोषणा

काठमाडौँ - कोरोना भाइरस संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा, सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा पनि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

उमहानगर क्षेत्रमा बुधबारसम्म ७३५ जना सक्रिय संक्रमित पुगिसकेको र अस्पतालहरु बिरामीले भरिभराउ हुन थालेकाले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन गर्न सिफारिस ...


ओलीको स्पष्टीकरण मागविरुद्ध माधव नेपाल सर्वोच्चमा

काठमाडौं - प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण पत्रको विरुद्धमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सर्वोच्च अदालत पुगेको छ। नेपाल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, अधिवक्ता टिकाराम भट्टराईलगायत सर्वोच्च पुगेका हुन्।

पार्टीभित्र विधि, पद्धतिका लागि दबाब सिर्जना गर्दा कारबाही गर्ने मनशायले स्पष्टीकरण सोधिएको नेपाल पक्षको आरोप छ। उक्त कारबाही रोक्न माग गर्दै उनीहरू अदालत पुगेका हुन्।

अध्यक्ष ओलीले मंगलबार २७ जना संघीय र ५ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोधेका थिए। अर्कै दल बनाइएको आरोप लगाउँदै कारबाही गर्नका लागि उनले स्पष्टीकरण सोधेका हुन्।

नेपाल ...


थ्री नेसन्स कप : नेदरल्यान्ड्ससंग नेपाल ३ विकेटले पराजित

काठमाडौँ - थ्री नेसन्स कप टी-२० क्रिकेट सिरिजअन्तर्गत नेपाल र नेदरल्यान्ड्स बीच भएको आजको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ। टस जितेर पहिलो ब्याटिंग रोजेको नेपालले नेदरल्यान्ड्स सामु २०७ रनको लक्ष्य दिएको थियो। नेदरल्यान्ड्स ३ बल बाँकी छँदै लक्ष्य भेटायो ।

२०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

नेदरल्याण्ड्सका लागि बास डे लिडले अविजित रहँदै सर्वाधिक ८१ रन बनाए । उनले ४२ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । यस्तै बेन कुपरले ५५ रन जोडे ।

दोस्रो ओभरमै पहिलो ...


टी-२० अन्तर्राष्ट्रिय सिरिज : दीपेन्द्रले बनाए पहिलो अर्धशतक

काठमाडौं - त्रिकोणात्मक सिरिजमा मंगलबार नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।

१६ औं ओभरको पहिलो बलमा नेदरल्याण्ड्सका कप्तान पिटर सिलारलाई छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरे । उनले २८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । अर्को बलमा पनि छक्का प्रहार गरेका दीपेन्द्र त्यसपछि आउट भए ।

चौथो नम्बरमा ब्याटिङमा आएका उनी ६० रन बनाएर आउट भएका हुन् ।

...

कुशल भुर्तेलको लगातार तेस्रो अर्धशतक

काठमाडाैं - थ्री नेसन्स कप टी-२० क्रिकेट सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको जारी खेलमा कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्। नेदरल्यान्ड्सविरुद्धकै पहिलो खेलमा डेब्यु गरेका उनको यो लगातार तेस्रो अर्धशतक हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा डेब्युदेखि लगातार ३ खेलमा अर्धशतक प्रहार गरेका उनी मंगलबार ६२ रन बनाएर आउट भएका हुन् । ४६ बल खेलेका उनले ८ चौका र एक छक्का हानेका थिए ।

शनिबार भएको डेब्यु खेलमा उनले नेदरल्यान्ड्सविरुद्ध ६२ नै रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। यस्तै सोमबार मलेसियाविरुद्धको खेलमा कुशलले अविजित रहँदै ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका ...


MCC को खारेजीसँग सम्बन्धित केही गम्भीर विषयबारे !

नेपालमा अहिले जनस्तरबाट समेत बहु चर्चा, तीव्र विवाद र व्यापक विरोध भैरहेको विषय अमेरिकी सरकारी कम्पनी मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC ) सँगको नेपाल सरकारले गरेको सम्झौतालाई नेपालको संसदबाट हठात् र बलात् पारित गर्ने-गराउने राष्ट्रिय र अन्तर्राष्ट्रिय हर्कत र हस्तक्षेपहरु निर्णायक रुपमै भैरहेका छन् ! यो विषय नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, स्वाभिमान अनि शान्ती, मैत्री र समृद्धिजस्ता राष्ट्रिय हितसँग सम्बन्धित अहं महत्वका विषयहरुसँग जोडिएको छ । त्यसैले यो धेरै नै गम्भीर विषय भएकोले यो र यससंग सम्बन्धित विभिन्न विषयहरुबारे गम्भीर ढङ्गले नै प्रस्तुत हुनुपर्ने र अविलम्ब ...


एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

गलेश्वर - यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर्णिमा श्रेष्ठलगायत छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको पथप्रदर्शक पेम्बा शेर्पाले बेनीमा आयोजित स्वागत कार्यक्रममा जानकारी दिए ।

पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, शर्मिला सेङताङ र डावुटी शेर्पासहित छ महिलाले एकैदिन सफल ...


रेस्टुरेन्ट राति ८ बजेपछि बन्द गर्नुपर्ने, पूर्वनिर्धारित परीक्षा नरोकिने

काठमाडौं - सरकारले रेस्टुरेन्ट राति ८ बजेपछि बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको जनाउँदै बिहान ८ देखि राति ८ बजेस्म मात्रै रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको हो।

८ बजेपछि होम डेलिभरी भने गर्न पाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले बताए। यसैगरी, राजमार्गका होटलमा स्वास्थयको मापदण्ड पालना गर्नुपर्नेछ।

वैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएपनि पूर्वनिर्धारित परीक्षा भने यथावत राखिएको छ। स्कुल, विश्वविद्यालय र चिकित्सा शिक्षाको प्रयोगात्मक परीक्षा निरन्तर हुने निर्णय गरिएको मन्त्री गुरुङले बताए।

सार्वजनिक सवारी ...


अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका चार सांसदलाई मन्त्री पद

काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीका चार सांसदलाई मन्त्री बनाएका छन्। उनीहरूले सोमबार नै पद तथा गोपनीयताकाे शपथ लिएका छन्।

जसपाका ६ सांसदमध्ये ४ जनालाई मन्त्री बनाइएको हो। जसमा तत्कालीन समाजवादी पार्टीका सांसद विजय यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र तत्कालीन राजपाबाट कल्पना पाण्डे मन्त्री भएका छन्।

उनीहरूले प्रदेश प्रमुख धर्मनाथ साहले शपथ दिलाए। सन्तोष पाण्डेलाई भौतिक भाैतिक पूर्वाधार र कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैगरी, विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय को जिम्मेवारी दिइएको छ ...


कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, आज १२८१ जना संक्रमित थपिए

काठमाडौं - पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७००१ जनामा गरिएको पीसीआर परीक्षणमा १२२७ र ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२८१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ । कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

...

टी–२० सिरिज : नेपालको मलेसियामाथि ९ विकेटको जित, कुशलको अर्धशतक

काठमाडौं - कुशल भुर्तेलको सानदार अर्धशतकसँगै नेपालले मलेसियामाथि सहज जित हात पारेको छ ।

त्रिकोणात्मक टी–२० सिरिजमा ओपनर कुशल भुर्तेल र आसिफ शेखको लगातार उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले सिरिजको दोस्रो खेलमा मलेसियामाथि ९ विकेटको सानदार जित हात पारेको हो।

मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र १ विकेटको क्षतिमा १२.१ ओभरमा पुरा गर्‍यो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसतक पुरा गरे। भुर्तेलले ४१ बल खेल्दै ६१ रनमा अभिजित रहे। भुर्तेलले ५ छक्का र ३ चौका प्रहार गरे।

अर्का ओपनर आसिफ शेख अर्धसतक बनाउन ८ रनले चुके। उनी ...


संसद अधिवेशन अन्त्यबारे कुनै सल्लाह भएको थिएन : सभामुख सापकोटा

काठमाडौं - सभामुख अग्‍निप्रसाद सापकोटाले संघीय संसद्को अधिवेशन अन्त्य गर्नेबारे प्रधानमन्त्रीले आफूसँग कुनै परामर्श नगरेको बताएका छन्। सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले अधिवेशन अन्त्यका सम्बन्धमा छोटो प्रतिक्रिया दिएका हुन्।

‘संसद्को अधिवेशन अन्त्य गर्ने विषयमा मसँग कुनै सल्लाह भएको थिएन,’ सभामुखको भनाइ थियो।

अधिवेशन सुरु र अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले सभामुख वा राष्ट्रियसभा अध्यक्षसँग परामर्श गर्नुपर्ने प्रावधान छैन। तैपनि, यसअघि परामर्श गर्ने प्रचलन भने थियो। तर, सापकोटा सभामुखमा निर्वाचित भएदेखि नै दुईबीच सहज सम्बन्ध छैन। जसका कारण प्रधानमन्त्रीले सभामुखलाई थाहै नदिई अधिवेशन अन्त्त्य गर्दै आएका छन्। ...


लुम्बिनीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

काठमाडाैं - मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्तासँगै मन्त्रिमण्डलमा सहभागी माओवादीका दुई मन्त्रीले लुम्बिनी प्रदेश सरकारबाट राजीनामा दिएका छन्।

विपक्षी दलले अविश्वासको प्रस्ताव दर्ता गराएपछि कुलप्रसाद केसी र सुदर्शन बरालले राजीनामा दिएका छन्। माओवादीबाट मन्त्री बनेका केसी र बरालले मुख्मन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएका हुन्।

केसी आन्तरिक मामिला तथा कानुन र बराल सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा थिए। अविश्वासको फिर्ता लिनुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

केसी प्रस्तावित मुख्यमन्त्री हुन्। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका सांसद्ले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

 

...

लुम्बिनीका मुख्यमन्त्री  विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडाैं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए।

अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीको रुपमा कूलप्रसाद केसीलाई अगाडि सारिएको छ। उनी हाल लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री छन्।

विगत एक हप्तादेखि जसपाकी सांसद कल्पना पाण्डेले साथ नदिँदा अविश्वासको प्रस्ताव रोकिएको थियो। उनलाई फकाउन माओवादी, कांग्रेसलगायत दलका नेताहरुले एक हप्तादेखि मेहनत गरिरहेका थिए।

जसपाका ६ सांसदमध्ये पाँच सांसदले साथ दिए पनि पाण्डेले ...


मन्त्रिपरिषद निर्णय : शहरी क्षेत्रका विद्यालय बन्द, संसद्को अधिवेशन अन्त्य

काठमाडौं - मन्त्रिपरिषद्को बिहान बसेको बैठकले जारी संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय गरेको छ। बिहान सम्पन्न बैठकले जारी अधिवेशन अन्त्य गर्न सिफारिश गरेकाे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए।

बालुवाटारमा सम्पन्न बैठकले सिफारिश गरेसँगै आजै १ बजेदेखि संसद् अधिवेशन अन्त्य हुने बताइएको छ।

त्यसैगरी बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णयसमेत गरेकाे छ।

विद्यालयमा अनलाइनमाध्यमबाट पठनपाठन गराउन आजै आदेश जारी हुने मन्त्री ज्ञवालीले बताए।

...

एमालेको केन्द्रीय समिति बस्दै, नेपाल समूह नजाने

काठमाडौँ - नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

केन्द्रीय सदस्य शेरबहादुर तामाङले बैठकमा समसामयिक विषयमा छलफल हुने बताए । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्य विभाजनका बारेमा छलफल र निर्णय हुने नेता तामाङको भनाइ छ ।

२६१ जनालाई बैठकमा बोलाइएको र उनीहरुलाई बैठकका एजेण्डाबारे पनि जानकारी गराइएको बताए ।

एमालेका अनुसार सो बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ ।

कमिटीको वैधानिकतामा प्रश्न उठाउँदै आएको झलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरुले बैठकमा ...


माओवादी स्थायी समिति बस्दै, समर्थन फिर्ताबारे छलफल हुने

काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सोमबार बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकमा सरकारलाई दिँदै आएको समर्थन फिर्तालगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको बताए ।

पछिल्लो समय केपी ओली सरकार ढाल्न दलहरुबीच निरन्तर छलफल हुँदै आएपनि ठोस सहमति हुन सकेको छैन । सोही कारण माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ गर्दै आएको छ ।

...

पछिल्लो २४ घण्टामा मात्रै १०९६ संक्रमित थपिए, काठमाडौंमा  ४३५

काठमाडौं- गत २४ घण्टाभित्र नेपालमा एक हजार ९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर पाँच हजार ८४ जनाको पीसीआर र ६९९ जनाको एन्टिजेन परीक्षण भएको थियो। पीसीआर परीक्षण गरिएकामध्ये एक हजार १५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार गत २४ घण्टामा पहिचान भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४३५ जना छन्। ती मध्ये भक्तपुरका ४५, ललितपुरका ६४ र काठमाडौंका ३२६ जना रहेका छन्।

हाल देशभर छ ...


‘बादल’ पुनः गृहमन्त्रीमा नियुक्त, उनको ठाउँमा ३५ दिनभित्र उपचुनाव

काठमाडाैं - माओवादी केन्द्रले दलबाट निष्कासन गरेका रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रीमा आज पुनः सपथ लिने भएका छन्।

संसद सचिवालयले पदमुक्त गरेको सार्वजनिक भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका सिफारिस गरेका हुन्।

थापाले साँझ ५ बजे सपथ लिन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाले राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिनेछन्।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए। उनी एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । सोही ...


रामबहादुर थापा ’बादल’ सांसद र गृहमन्त्री दुवै पदबाट मुक्त

काठमाडौं - गृहमन्त्री रामबहादुर थापा ’बादल’को राष्ट्रिय सभा सांसद पद गुमेको छ। नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरेको पत्र संघीय संसद सचिवालयमा पठाएसँगै उनको सांसद पद गुमेको हो।

बागमती प्रदेशबाट राष्ट्रिय सभा पुगेका थापाको सांसदसँगै मन्त्री पद पनि गुमेको छ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन्।

तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ।

थापाको पद गुमेपछि अब उनले पुनः मन्त्री बन्न संविधानअनुसार शपथ लिनुपर्छ। सांसद पद गुमे पनि पुनः शपथ लिएर उनी ६ महिनाका ...


नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज

काठमाडौं - अगामी भदौमा हुने १४औं महाधिवेशनका साथै अन्य समसमायिक राजनीतिक विषयमा छलफल गर्ने एजेन्डासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ।

विशेषगरी महाधिवेशन कार्यतालिकामा केन्द्रित रहने बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज (आइतबार) दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

यसअघि चैत २७ गतेका लागि डाकिएको बैठक विभिन्न कारण देखाउँदै दुई पटक स्थगित भइसकेको छ।

कांग्रेसको १४औं महाधिवेशन भदौ ७ देखि १० का लागि तोकिएको छ। तर, केही जिल्लाको क्रियाशील सदस्य विवाद हालसम्म पनि समाधान भएको छैन।

आजको केन्दीय समिति बैठकमा हाल प्रदेशमा ...


कर्णालीमा 'फ्लोर क्रस' गर्ने एमालेका तिन सांसद मन्त्री बन्दै

काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै सरकार पुनर्गठन गर्ने भएका छन्। मुख्यमन्त्री शाहीले आफ्नो सरकार जोगाउन पार्टी ह्वीप उल्लंघन गरी फ्लोर क्रस गरेका नेकपा एमालेका तीन जना प्रदेश सभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन्।

सरकार पुनर्गठन गरी नवनियुक्त मन्त्रीहरुलाई आजै दिउँसो शपथ खुवाइने मुख्यमन्त्री शाहीकाे सचिवालयले जनाएको छ।

शुक्रबार प्रदेश सभामा भएको मतदानमा एमालेका चार सांसदले शाहीलाई विश्वासको मत दिन पार्टीको ह्वीप उल्लंघन गरेका थिए। शुक्रबार फ्लोर क्रस गर्नेमा एमालेका प्रकाश ज्वाला, अम्मर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही थिए।

उनीहरुमध्ये तीन जना मन्त्री बन्ने टुंगो ...


कुशल र आसिफको कीर्तिमानी ब्याटिंगसंगै नेपालले नेदरल्याण्ड्सलाई हरायो

काठमाडाैं - कुशल भुर्तेल र आसिफ शेखकाे अर्धशतसँगै आयाेजक नेपालले थ्रि नेसन्स कप क्रिकेटमा विजयी सुरुवात गरेकाे छ।

शुक्रबार भएकाे खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य नेपालले १५ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेकाे हाे।

नेपालका लागि भुर्तेलले ४६ बलमा ५ चाैका र ५ छक्कासहित ६२ रनकाे याेगदान दिए। यस्तै, शेख ३८ बलमा ४ चाैका र ४ छक्कासहित ५४ रनमा अविजित रहे।

भुर्तेलले ३० बलमा अर्धशतक प्रहार गरेका थिए। नेपालबाट डेब्यू टि२० खेलमा कम बलमा अर्धशतक पूरा गर्ने उनी पहिलो खेलाडी हुन्। यता, आसिफकाे पनि ...


सरकार ढाल्ने बिरुद्ध प्रतिवादमा उत्रनुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ - उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन् ।

जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो । निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने उनले बताए । सरकारले गरेका काम सबै ...


सिसिएमसीको बैठक बस्दै, विद्यालय बन्द बारे निर्णय हुने

काठमाडौं - पछिल्लो समय बढेको कोरोना संक्रमण तथा त्यसको असरबारे समीक्षा गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्ने भएको छ।

दिउँसो २ बजे सिंहदरवारमा बस्ने बैठक स्वास्थ्य मन्त्रायलको विद्यालय बन्द गर्ने विषयको छलफलमा केन्द्रित रहने सिसिएमसीका सचिव खगराज बरालले बताए।

पछिल्लो समय कोरोना संक्रमण बढेको र ससाना बालबालिकामा समेत अत्यधिक असर देखिएको भन्दै स्वास्थ्य मन्त्रायलयले यसअघि नै एक महिना विद्यालय बन्द गर्ने प्रस्ताव गरेको थियो।

सरोकारवालाले तत्काल विद्यालय बन्द गर्न नहुने बताउँदै आएका छन्।

आजको बैठक पछिल्लो समय भयावह बनदै गएको कोरोनाको स्थिति तथा नियन्त्रणमा गर्न सकिने प्रयासका ...


बालुवाटारमा सर्वदलीय बैठक सुरु, को-को छन् सहभागी ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको बैठक केही बेरअघि सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु ईश्वर पोखरेल,प्रदीप ज्ञवाली, विष्णु पौडेल सहभागी छन्। त्यस्तै, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायत कांग्रेसबाट रामचन्द्र पौडेल र बालकृष्ण खाँड सहभागी भएका छन्।

जसपाका नेताहरु महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण पनि बैठकमा सहभागी भएका छन्। राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवाल पनि बैठकमा सहभागी भएका छन्।

बैठकको सुरु गर्दै प्रधानमन्त्री ओली कोभिडको ...


कर्णालीको ‘फ्लोर क्रस’ घटना नेपालकै पहिलो

काठमाडौं - संसदीय प्रणालीमा ‘फ्लोर क्रस’ का घटना विरलै हुने गर्दछन् । तर यस्तै विरलै घटना शुक्रबार नेपालको कर्णाली प्रदेशसभामा देखियो ।

नेकपा एमालेका चार प्रदेशसभा सदस्यले पार्टीको ह्वीप विपरीत ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका छन् । एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।

विश्लेषकहरुका अनुसार ‘फ्लोर क्रस’ का घटना संसदीय प्रणालीको लागि सुखद होइन, एमाले माथिदेखि तलसम्म विभाजित भएकाले यो घटना अनपेक्षित भने मानिएको छैन । किनकि एमालेभित्र अहिले एउटा ...


एमाले सांसदले गरे फ्लोर क्रस, कर्णालीका मुख्यमन्त्रीको पद जोगियो

सुर्खेत - नेकपा एमालेका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा जम्मा २२ मत परेको र उक्त संख्या प्रदेशसभामा कायम रहेको सदस्य संख्याको बहुमत भएको सभामुख राजबहादुर शाहीले घोषणा गरे ।

प्रदेशसभाका ३९ सांसदमध्ये ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । एक प्रदेशसभा सदस्य भएको ...


प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) सर्वदलीय बैठक बोलाएका छन्। उनी आफैंले अन्य दलका शीर्ष नेतालाई फोन गरी बैठकको निम्तो दिएका हुन्।

मुलुकमा देखापरेका विभिन्न समस्यामाथि छलफल गर्ने उद्देश्यले बोलाइएको बैठक बालुवाटारमा बस्ने बताइएको छ।

संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, जारी संसद् अधिवेशन, बढ्दो कोरोना संक्रमण तथा रोकथामलगायत विषयमा छलफल हुने सल्लाहकार थापाको भनाइ छ।

सर्वदलीय बैठकको निमन्त्रणा दिन प्रधानमन्त्री ओली आफैंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका ...


चौध जिल्ला कोरोनाबाट अति प्रभावित, विद्यालय बन्द गर्न अपिल !

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्न अपिल गरेको छ। मन्त्रालयले कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै बिहीबार आठबुँदे अपिल जारी गरेको हो।

मन्त्रालयले धेरै भीडभाड हुने क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नहुनसमेत अपिल गरेको छ।

मन्त्रालयले अति जोखिममा राखेका जिल्लामा काठमाडौं, ललितपुर, ...


गण्डकी प्रदेशसभा : संसद्‍को विशेष अधिवेशन मागसहितको प्रस्ताव दर्ता हुँदै

काठमाडाैं - गण्डकी प्रदेशको संसद् अकस्मात अन्त्य गरिएपछि विपक्षी दलले संसद्‍को विशेष बैठक बोलाउन मागसहितको प्रस्ताव दर्ता गर्ने भएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि संसद् बैठक बुधबार मध्यरात अन्त्य गरिएको थियो। अकस्मात संसद् बैठक अन्त्य गरिएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतले विशेष अधिवेशनको माग गर्दै प्रस्ताव दर्ता गर्न लागेका हुन्।

विशेष अधिवेशनको माग गर्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गर्न लागिएको कांग्रेस सांसद विन्दुकुमार थापाले जानकारी दिए। संसदको विशेष अधिवेशनका लागि एक चौथाइ सांसदले हस्ताक्षर गरी माग गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

बिहीबार ...


गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो । अधिवेशन अन्त्यका बाबजुद नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।

अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । तीन प्रदेशसभा सदस्य भएको ...


नेपालमा पहिलो पटक भेटियो कोरोनाको 'डबल म्युटेन्ट भेरियन्ट'

काठमाडौं - नेपालमा पनि कोरोना भाइरसको डबल म्युटेन्ट भाइरस फेला परेको छ। ललितपुरका एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिए।

उनका अनुसार जीन स्विक्वेन्सिङका लागि हङकङमा पठाइएको १५ वटा नमुनामध्ये एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको हो। '५९ वर्षका एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको हो,' डा पौडेलले भने, 'उहाँको कन्ट्याक्ट ट्रेसिङ लगायतका काम भइरहेको छ।'

भारतका धेरै स्थानमा डबल म्युटेन्ट भाइरस देखिएको छ। नेपालमा भने यो पहिलो पटक हो। नेपालमा देखिएको भाइरस भारतबाट ...


६० हजारभन्दा बढीले पाए कोरोना बिमा, ५ अर्ब ८५ करोड भुक्तानी

काठमाडौं - कोरोना बिमा दाबी बापत हालसम्म ६० हजार ५८७ जनाले भुक्तानी पाएका छन्। हालसम्म कोरोना बिमामा ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएको बिमा समितिको तथ्यांक छ।

चैत ३० सम्म कोरोना बिमा दाबी वापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको बिमा समितिले जनाएको छ।

बिमा दाबी बापत आवेदन दिनेमध्ये ६६६ जनाले भने रकम नपाउने भएका छन्। नक्कली पीसीआर रिपोर्ट बुझाएका तथा दोहोरो आवेदन दिएकाले दाबी रकम नपाउने समितिले जनाएको छ।

कोरोना बिमासम्बन्धी मापदण्डअनुसार साढे ३ अर्बभन्दा बढीको दाबी भुक्तानी सरकारी कोषबाट हुन्छ।

...

अविश्वासको प्रस्तावको सामना गर्छु : मुख्यममन्त्री गुरुङ

काठमाडाैं - गण्डकी प्रदेशका मुख्यममन्त्री पृथ्वी सुब्बा गुरुङले अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन्। मुख्यमन्त्री बनाउने र हटाउने काम प्रदेश सभाको हो भन्दै गुरुङले प्रदेश सभामा अविश्वासको प्रस्तात दर्ता भएमा डटेर सामना गर्ने बताए।

गण्डकी प्रदेश सभामा रहेका नेकपा एमाले बाहेकका सबै दल एकै ठाउँमा उभिएर सरकार प्रतिस्थापन गर्न एक जुट भएसँगै सरकार ढल्ने निश्चित भएपछि गुरुङले यस्ताे टिप्पणी गरेका हुन्।

बिहीबार उनीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता हुँदै छ। उनले अविश्वास प्रस्ताव पारित गर्न सहज नभएकाे दावी गरे। प्रदेश सभाको निर्वाचनमा जाँदा नै एमाले र माओवादी ...


भारतमा एकै दिन थपिए दुई लाख कोरोना संक्रमित

काठमाडौं - भारतमा एकै दिन २ लाखको हाराहारीमा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ९९ हजार ५६९ जना नयाँ संक्रमित थपिएका हुन्।

त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ४० लाख ७० हजार ८९९ पुगेको छ। कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा रहेको छ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २१ लाख ४९ हजार २२३ संक्रमित रहेका छन्। तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३६ लाख ७७ हजार ५६४ संक्रमित रहेका छन्। दुबै देशका ८० हजारको हाराहारीमा नयाँ ...


अमेरिकामा अश्वेत सवारी चालकमाथि गाेली प्रहार गर्ने प्रहरी अधिकृत पक्राउ

काठमाडाैं - अमेरिकाको मिनसोटामा एक अश्वेत मोटर चालकलाई गोली हानी हत्या गरेको आरोपमा एक श्वेत प्रहरी अधिकृतलाई पक्राउ गरिएकाे छ।

उनीमाथि गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाइने अभियोजनकर्ताहरूले जनाएका छन्। पक्राउ परेकी प्रहरी अधिकृत किम पोटरलाई हाल अनुसन्धानका लागि हिरासतमा राखिएकाे छ।

पोटरले २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस आफूले गोली चलाएको बयान दिएकी छन्। उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन्।

नियतवस गाेली प्रहार गरी हत्या गर्ने आफ्नाे मनसाय नभएकाे तर त्याे एक दुर्घटना भएकाे उनले भनेकी छन्।

राइटका पारिवारिक वकिल बेल ...


आजदेखि ४० देखि ५९ वर्षका व्यक्तिलाई काेराेना खोप

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारदेखि ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउँदै छ।

याे उमेर समूहका जनतालाई चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल लगाउने तयारी गरिएकाे मन्त्रालयले जनाएकाे छ।

मंगलबारदेखि नै चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए।

उनका अनुसार स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ।

...

कोरोनाले फेरिदिएको जिन्दगीको बाटो

काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको ठीक एक वर्ष भयो ।

जीवनको उर्वर समय मलेशिया र विभिन्न खाडी मुलुकमा बिताएका ज्यामरुककोट सानालेखका धु्रव थापा गत वर्षदेखि गाउँमै तरकारी खेती गरेर बसेका छन् ।

जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर छन्त्याल विश्वव्यापीरूपमा कोरोना महामारी शुरु भएपछि कतारस्थित कार्यरत कम्पनी बन्द हुँदा गाउँ फर्केर फलफूल खेती र पशुपालनमा जमेका छन् ।

त्यसैगरी मङ्गला गाउँपालिकाको अर्मनका सुरेश सापकोटा, मालिकाको देवीस्थानका जसबहादुर फगामी, रघुगङ्गाका सागर भण्डारी, अन्नपूर्ण गाउँपालिकाको शिखका ...


कोरोनाबाट एकैदिन ८ जनाको मृत्यु, ५५९ जनामा संक्रमण

काठमाडौं - बुटवलस्थित कोरोना विशेष अस्पतालमा सोमबार विहान साढे दुई घण्टाको अन्तरमा तीन जना कोरोना संक्रमितको मृत्यु भयो । मृतकमध्ये बाणगंगा–३, कपिलवस्तुका ७९ वर्षीय पुरुष र मालारानी–५ अर्घाखाँचीका ७९ वर्षीया महिला कोरोना संक्रमण भएर तीनदिन अगाडि अस्पतालमा भर्ना भएका थिए । तिलोत्तमा–१, रुपन्देहीकी ७१ वर्षीया महिला भने २३ चैतमा अस्पताल भर्ना भएकी थिइन् । मृतक तीन जनामा एउटा समानता छ, ज्वरो, निमोनिया, दम र स्वास प्रश्वासको समस्या लिएर अस्पताल आएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरुसहित ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ...


दोलखामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १७ घाइते

काठमाडौं - दोलखामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार राति भएको दुर्घटनामा परी अन्य १७ जना घाइते भएको दोलखा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए।

सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको बिगु गाउँपालिका जाँदै गरेको बोलेरो सोमाबार राति करिब ११ बजेतिर दुर्घटनामा परेको उनले बताए।

घाइतेहरुको उद्धार गरी अस्पताल लैजाने क्रम जारी रहेको उनको भनाइ छ। घाइतेमध्ये पाँचकाे अवस्था गम्भीर रहेकाे काेइरालाले बताए।

सामान्य घाइतेको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको उनले बताए। गम्भीर घाइतेको थप उपचारका लागि काठमाडौं पठाइएको बताइएको छ।

घाइते हुनेमा १० महिने बालक समेत ...


कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी निर्वाचनमा जानुपर्छ : कोइराला

कास्की - नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍ शेखर कोइरालाले बताएका छन्। नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकाले निकास दिने जिम्मा कांग्रेसको काँधमा आएको बताए।

सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उनले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिए।

अहिलेको गतिरोध अन्त्य गर्न कांग्रेस नेतृत्वमा सरकार बनाई निर्वाचनमा जानु उत्तम विकल्प हुने उनको भनाइ थियो।

सरकारले बिजनेश ...


ट्राफिक प्रहरीले सुरु गर्‍यो कोरोनाविरूद्ध सावधानी अभियान

काठमाडौं- कोभिड-१९ (कोरोना) भाइरस संक्रमणको दोस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनचेतनामूलक अभियान सुरु गरेको छ। महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउन आजदेखि अभियान सुरु गरेको हो।

'ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना' भन्‍ने मूल नाराका साथ पुरानो बसपार्कबाट उक्त अभियान थालनी गरिएको हो। ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै माहामारीको रूपमा फैलिरहेको कोभिड-१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन यस जनचेतनामूलक अभियान आजदेखि सुरू गरिएको बताए। उनले कोभिड-१९ बाट ...


उपत्यकामा कोरोनाका संक्रमित बढे, अस्पतालका आइसियु प्याक

काठमाडौं - आइतबार मात्र देशभर ३ सय ३ जना कोरोना संक्रमित भेटिए। जसमध्ये आधा संक्रमित काठमाडौं उपत्यकामा पुष्टि भएका संक्रमितहरु हुन्। गत २४ घण्टामा काठमाडौंमा १ सय २८, ललितपुरमा १५ र भक्तपुरमा ११ गरी १ सय ५४ जनामा संक्रमण पुष्टि भयो।

यो सँगै नेपालमा हाल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार नाघेको छ। कुनै बेला एक सय तल झरेको संक्रमितको संख्या दैनिक उकालो लाग्दैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक नियाल्ने हो भने दैनिक ३ सयको हाराहारीमा संक्रमित भेटिन थालेका छन्। जसमध्ये आधाजति संख्या त काठमाडौं उपत्यकामै ...


मन्त्रिपरिषद बैठक बस्दै, सीसीएमसीको प्रस्तावमाथि छलफल हुने

काठमाडाैं - आज (सोमबार) मन्त्रिपरिषद्‍को नियमित बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ।

आजको बैठकमा सीसीएमसीले गरेको सिफारिस र देशमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै केही निर्णय हुनसक्ने एक मन्त्रीले बताए।

उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिबारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्‍मा सिफारिस गरेको थियो। उक्त प्रस्तावमाथि आज मन्त्रिपरिषद्‍मा छलफल हुने उनले बताए।

...

३१ औं जनआन्दोलन दिवस चैत्र २४ स्मरण र विमर्श कार्यक्रमबारे केही कुरा !

ऐतिहासिक जन आन्दोलनको उत्कर्ष चैत्र २४ लाई ३१औं जनआन्दोलन दिवसको रुपमा स्मरण गर्दै यही २०७७ चैत्र २४ गते पुष्पलाल अध्ययन समाजको आयोजनामा काठमाडौंको बालुवाटारस्थित नेपाल हाउसमा ६ दर्जनजती देसका सबैजसो पक्षका प्रतिष्ठित व्यक्तित्वहरुको सकृय सहभागितामा एक विमर्श कार्यक्रमका रुपमा जनआन्दोलन दिवस चैत्र २४ मनाइयो ! निरंकुस राजतन्त्र र निर्दलीय पंचायती तानाशाही व्यवस्थाविरोधी देसका सबैजसो राजनीतिक शक्तिहरु, संघसंस्था र संगठनहरु तथा स्वतन्त्र नागरिकहरुद्वारा २०४६ को ऐतिहासिक जन आन्दोलन `प्रहारको निशाना विन्दु एक तर आक्रमणकारी मोर्चा अनेक´ को नीति लिएर सहमतीय, संयुक्त र स्वतन्त्र भएर पनि सशक्त ...


स्वास्थ्य मापदण्ड कडाईका साथ पालना नगरे लकडाउन : सीसीएमसी

काठमाडौं - कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले स्वास्थ्य मापदण्ड पालना नभएको निष्कर्ष निकालेको छ। शनिबार बसेको सीसीएमसीको बैठकले नेपालमा कोरोनाको दोस्रो लहर प्रवेश गरेपनि स्वास्थ्य मापदण्ड पालना हुन नसकेको निष्कर्ष निकालेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सीसीएमसीको बैठकमा मन्त्रीहरूले यस्तो धारणा राखेका हुन्। कोरोना संक्रमण भित्रभित्रै धेरै बढिसके पनि स्वास्थ्य मापदण्ड कडाईका साथ पालना हुन नसकेको विषयमा चिन्ता व्यक्त गरे।

कोरोना संक्रमण उच्च रूपमा बढ्ने देखिएपछि सीसीएमसीका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले शनिबार सबै सरोकारवाला मन्त्रीहरूलाई बोलाएर सिंहदरबारमा छलफल गरेका हुन्। बैठकमा उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री ...


आज उपत्यकामा सार्वजनिक बिदा, बैंकहरु भने खुला रहने

काठमाडौं - आज आइतबार घोडेजात्राका अवसरमा सरकारले काठमाडाैं उपत्यकामा बिदा दिएको छ। तर,सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था (वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनी) भने खुला रहने भएका छन्।

राष्ट्र बैंकले दिएको निर्देशनअनुसार वित्तीय संस्था भने बन्द नहुने भएका हुन्।

केन्द्रीय बैंकद्वारा २०७५ असारमा जारी निर्देशनमा असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता (२५ गते र सो पछि) मसान्तसम्म शनिबार लगायतका जनसुकै सार्वजनिक बिदा पनि बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्नुपर्ने उल्लेख थियो।

सोही अनुसार राजस्व संकलन गर्ने आन्तरिक राजस्व कार्यालय, ...


आउने चुनावमा ओली चौंथो नम्बरमा : प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा चौथो नम्बरमा पुग्‍ने पालो केपी शर्मा ओलीको भएको बताएका छन्। शनिबार माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विभिन्‍न पार्टीहरुबीच मोर्चा बन्‍ने बताए।

'मोर्चा त बन्छ, बन्छ र बनाउनैपर्छ भन्‍ने लागेको छ। हामीहरु र नेकपा एमालेभित्रको एउटा पक्षसँग मोर्चा त बनिरहेकै छ। जसपाका नेताहरुसँग हाम्रो 'वेभ लेन्थ' धेरै नै मिल्छ। उहिल्यैदेखि मिल्दै आएको हो। त्यहाँ पनि मोर्चा बन्‍न सक्छ। नेपाली कांग्रेससँग कम्तीमा सरकारमा सँगै र चुनावमा पनि तालमेल भयो भने ...


 देशमा समृद्धि ल्याउने सारथी भनेको निजी क्षेत्र हो : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गरको छन्। व्यवसायीको पछाडि सिंगो सरकार र आफ्नो साथ रहेको भन्दै ढुक्क भएर काम गर्न आग्रह गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं साधरण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओली सरकारको लक्ष्य विकासभन्दा अरु कुनै स्वार्थ नभएको बताए। ‘सरकार पनि मुलुकको आर्थिक विकासमा केन्द्रीत छ,’ उनले भने,‘ सरकारको विकास बाहेक अर्को कुनै स्वार्थ छैन।’

५५ औं साधरण सभाको कार्यक्रबाटै महासंघले ‘१० वर्षे भिजन पेपर’ पनि सार्वजनिक गरेको छ। महासंघले अगाडि सारेको भिजन पेपरको कार्यान्वयनमा सरकार ...


देउवाको नेतृत्वमा नयाँ सरकार : शशाङ्‍क कोइराला

चितवन - नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्‍क कोइरालाले कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्‍ने बताएका छन्। शनिबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्‍ने बताएका हुन्।

उनले भने, 'शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ। उहाँकै नेतृत्वमा अब सरकार बन्छ। यस विषयमा अन्य दलसँग छलफल जारी छ।' जनता समाजवादी पार्टीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्‍गो लाग्‍ने उनको भनाइ थियो।

उनले थपे, 'जसपासँग छलफल भइरहेको छ। उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ।' जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उनले बताए।

फरक प्रसङ्‍गमा उनले ...


पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको प्यालन विजयी

काठमाडौं - नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको प्यालन विजयी भएको छ। नुवाकोटसहित ५ जिल्लाको मत आउँन बाँकी रहेकाले बेलुका ५ बजे औपचारिक घोषणा गरिने जनाइएको छ।

पोखरल प्यालनकै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम, महिला उपाध्यक्षमा वाला अधिकारी, महासचिवमा रोशन पुरी विजयी भएका छन्।

यस्तै खुला सचिवमा गोविन्द चौलागाई, एशोसिएट सचिवमा पवन आचार्य, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजाति सचिवमा नारायण किलम्बु, सधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक विजयी भएका छन्।

यस्तै कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने विजयी भएका ...


२५ जना भन्दा बढी भेला हुन नपाउने प्रस्ताव मन्त्रिपरिषदसमक्ष पेश

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ। कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो।

२५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए।

अहिले देखिएका संक्रमितहरूमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर ...


राष्ट्रपतिद्वारा मानपदवी, अलंकार र पदक प्रदान

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याएका महानुभावलाई शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छिन् ।

विभूषित हुनेमा महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व.मदनमणि दीक्षित, पूर्वमन्त्री स्व. रवीन्द्रप्रसाद अधिकारी, सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, चिकित्सक प्रा. डा. दिव्यासिंह शाहलगायत छन् ।

यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) बाट चिकित्सक डा सन्दुक रुइत, प्रसिद्ध प्रबल जनसेवाश्री (द्धितीय) बाट सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत छन् ...


आफ्नो नेतृत्वमा सरकार बनाउन माओवादी र जसपासमक्ष कांग्रेसको प्रस्ताव

काठमाडौं - नेपाली कांग्रेसले औपचारिक रुपमा आफ्नो पार्टीको नेतृत्वको सरकार बनाउने प्रस्ताव गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने प्रस्ताव नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) समक्ष राखेका हुन्।

माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुसमक्ष सरकार बनाउनका लागि सभापति देउवाबाट औपचारिक प्रस्ताव गरेको जानकारी दिएका हुन्। उनले भने, ‘सभापति देउवाले सुरुमै नेपाली कांग्रेसको आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। तपाईंहरुले समर्थन गर्नुपर्‍यो भनेर दुई दलका नेतालाई प्रस्ताव राख्नुभयो।’

चुनाव नै गराउने सरकार भएकाले जसको नेतृत्वमा भएपनि हुन्थ्यो तर प्रधानमन्त्री केपी ...


पदमुक्त भएका पूर्वमाओवादीका नेताहरुलाई ओलीले गरे पुनः मन्त्रीमा नियुक्त

काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका चार जना पूर्वमाओवादी नेताहरू पुनः मन्त्री नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्री नियुक्त गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनीहरूलाई मन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भट्टराई उद्योग, वाणिज्य तथा आपूर्ती, साहलाई शहरी विकास र चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएको छ। माओवादीले कारबाही गर्नुअघि पनि उनीहरू सोही जिम्मेवारीमा थिए।

एमालेमा लागेको भन्दै माओवादीले उनीहरूलाई पार्टीबाट निष्काशन गरेको थियो। कारबाहीपछि उनीहरूको ...


ललिता निवास प्रकरण : विजयकुमार गच्छादारको नाममा पुनः म्याद तामेल गर्न आदेश

काठमाडाैं - ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारको यस अघि तामेल भएको म्याद बदर हुने भएको छ। म्याद तामेल गर्ने प्रयास गरेको १ वर्ष पछि फागुन २३ गते उनको घरमा सुनसरी जिल्ला अदालतका कर्मचारीले म्याद तामेली गरेका थिए। म्याद तामेल भएको ३० दिन नाघिसक्दा पनि उनी अदालतमा हाजिर भएका थिएनन्।

शुक्रवार विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले उक्त तामेली भएको म्याद बदर गर्न आदेश दिएको हो। अब अदालतले गच्छादारका नाममा पुनः अर्को म्याद तामेल गर्नेछ।

म्याद जारी गरेको ...


सतर्क नभए फेरी जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउनसक्छ : प्रधानमन्त्री

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संक्रमण जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।

नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्‍न आग्रह गरेका हुन्। उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउनसक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताए।

भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताए। ‘कोभिड १९ को सन्दर्भमा ...


एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज

काठमाडौं- नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी केन्द्रका मन्त्रीहरुको सांसद पद गुमेको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले त्यससम्बन्धी सूचना पढेर सुनाएका हुन्।

माओवादी केन्द्रले एमाले प्रवेश गरेका चार मन्त्रीहरु ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहले पद त्याग गरेको सूचना मंगलबार संसद् सचिवालयमा दर्ता गरेको थियो।

माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको निर्णयसमेत संलग्‍न गरेर दर्ता भएको उक्त सूचना पढेर सुनाउँदै सांसद पद रिक्त भएको सभालाई जानकारी गराइएको हो।

अन्य राजनीतिक दलको गतिविधिमा संलग्‍न हुनुका साथै केन्द्रीय सदस्य स्वीकार ...


नेपालमा शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग

काठमाडाैं - एम्‍नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्यधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ।

एम्‍नेस्टीले बुधबार सन् २०२०/२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुँदै आएका शान्तिपूर्ण प्रदर्शनका प्रदर्शनकारी तथा अधिकारकर्मीहरुमाथि सुरक्षा बलले अत्यधिक बल प्रयोग गरी हिरासतमा लिने काम गर्दै आएको बताएको हो। प्रतिवेदनमा नेपाल सरकारले ‘नेपाल विशेष सेवा विधेयक’मार्फत् न्यायिक अनुमतिविना व्यक्तिको गोप्य जानकारी लिने व्यवस्था गर्न खोजेको उल्लेख गरेको छ।

नेपाल विशेष सेवा विधेयक संसद्‍को माथिल्लो सदनले गत जेठमा अनुमोदन गरेपछि तल्लो सदनमा विचाराधीन अवस्थामा रहेको छ। सूचना तथा ...


गण्डकी प्रदेश सरकारबाट माओवादीका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं - गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएका हुन्।

मन्त्रीद्वयले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय पुगेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन्। बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो।

माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिए पनि उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। बुधबारको प्रदेशसभा बैठकमा चुमानले राजीनामाबारे आफ्नो धारणा राख्‍ने छन्।

...

चैत्र २४ को स्मरण र निर्णायक जनआन्दोलनको आवश्यकता !

कार्यक्रमका अध्यक्ष कमरेड तथा उपस्थित विभिन्न राजनीतिक दल, संघसंस्था र आस्था-आदर्शसँग सम्बन्धित प्रतिबद्ध वा स्वतन्त्र बौद्धिक महानुभावहरु, पत्रकार वन्धुहरु तथा आयोजकहरु, हार्दिक अभिवादन !

सर्वप्रथम जनआन्दोलन २०४६ को सन्दर्भमा चैत्र २४ को हार्दिक स्मरण गर्दै वीरगती प्राप्त गने सहिद, बेपता, घाइते-अपाङ्ग योद्धाहरुप्रती यथायोग्य श्रद्धा र सलामी अर्पण गर्दछु !

देसमा फेरि अर्को सशक्त जन आन्दोलनको आवश्यकता भैरहेको वर्तमान सन्दर्भमा चैत्र २४ को विचारको स्पष्टता, भावनाको तीव्रता, आन्दोलनको उत्कर्षता र बलिदान र योगदानको उच्चतालाई आत्मसात गर्दै अघि बढ्न अनुरोध र प्रतिबद्धता पनि प्रकट गर्न चाहन्छु !
अब सीधै ...


म्याग्दीका ४७ वटा सामुदायिक वनमा डढेलो

बेनी - यस वर्षको वसन्तयाम शुरु भएसँगै हिमाली जिल्ला म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ ।

वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । म्याग्दीमा हावाहुरीको मौसम शुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् ।

सामुदायिक वनमा १० हेक्टरदेखि १५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाउँछ ।

केही दिनअघि मात्र बेनी ...


ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाबाट  ४ हजार बढीको ज्यान गयो

एजेन्सी - ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनासँग सम्बन्धित समस्याबाट मर्नेको संख्या ४ हजार नाघेको छ । यहाँ महामारी सुरु भएयता २४ घण्टाभित्रै यति ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाएको यो पहिलो पटक हो ।

अस्पतालबाट बिरामीले भरिएका छन् । केही शहरमा उपचारको प्रतिक्षा गर्दागर्दै मानिसहरुको मृत्यु भएको छ ।

धेरै क्षेत्रमा स्वास्थ प्रणाली विध्वंशको बाटोमा पुगिसकेको छ । ब्राजिलमा अहिलेसम्म ३ लाख ३७ हजारभन्दा धेरैले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । अमेरिकापछि कोरोनाबाट सर्वाधिक धेरै मृत्यु हुने देश ब्राजिल नै हो ।

यद्यपि, महामारी नियन्त्रणका लागि लकडाउन गर्न राष्ट्रपति जैर ...


राईसकुकरमा लुकाएर ल्याएको ८ सय ८४ ग्राम सुन विमानस्थलबाट बरामद

काठमाडौं - खाना पकाउने राईसकुकरमा लुकाएर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ ।

दुबईबाट आएका धनुषाका प्रगास महराले ल्याएको सुन भन्सार जाँच गर्दा फेला परेको थियो । ८ सय ८४ ग्राम सुनसहित उनलाई पक्राउ गरिएको त्रिभुवन विमास्थल भन्सार कार्यालयले जनाएको छ ।

फ्लाई दुबईबाट आएका महराले राईसकुकरको भित्रपट्टि पिँधमा सुन फिट गरेर ल्याएका थिए । कुकर खोलेर हेर्दा पनि लुकाएको पत्ता नलाग्ने गरी फिट गरेको सुन एक्सरे मेशिनमा देखिएपछि विमानस्थलमा खटिएका प्रहरी र भन्सार कर्मचारीले फोडेर हेरेका थिए ।

महरा धनुषाको मिथिला नगरपालिकाका स्थानीय हुन् ...


आजदेखि चिनियाँ खोप लगाइँदै, क-कसले पाउँछन् ?

काठमाडौं - चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदैछ । खोप अभियानका लागि सरकारले काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई केन्द्र तोकेको छ ।

उक्त खोप वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च ...


पत्रकार महासंघको निर्वाचन आज, ४९ पदमा १५२ जनाको उम्मेदवारी

काठमाडौं - नेपाल पत्रकार महासंघको सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदै छ। पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो ।

महासंघमा हाल १३ हजार १२२ सदस्य रहेका छन्। बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ।

निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसिएटको दशरथ रंगशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ।

केही शाखा र प्रतिष्ठानमा यसअघि नै सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन ...


 ‘बादल’लाई गृहमन्त्री बनाएर ठुलो गल्ती गरेँ, आत्मालोचना गर्छु : प्रचण्ड

काठमाडाैं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्री बनाएर आफूले गल्ती गरेको बताएका छन्।

१३ वर्षपछि रुकुम पुगेका प्रचण्डले त्यहाँ आयोजित सभामा आफू जनतासँग आत्मालोचना गर्न रुकुम आएको बताए। पार्टी विभाजन गरेर जानेलाई माथिल्लो पदमा राखेर आफूले गल्ती गरेको उनले स्वीकारे। ‘म माथि बम प्रहार गर्नेलाई मैले गृहमन्त्री बनाएँ। मैलै गल्ती गरेकै हो। आत्मालोचना गर्छु,’ उनले भने।

जनयुद्धका समयमा साथ दिएका सहिद परिवार र जनताको साथ नलिनु आफ्नो कमजोरी भएको उनले बताए। २०७० मा भएको दोस्रो संविधानसभा मोहन वैद्य समूहले बहिष्कार गरेको ...


बादलसहित चारजनालाई माओवादीबाट हटाइएको पत्र संसदमा, के हुन्छ मन्त्री पद ?

काठमाडाैं- नेकपा (माओवादी केन्द्र)बाट संघीय मन्त्रिपरिषद्‍मा रहेका चारजना मन्त्रीलाई दलबाट हटाइएको छ। ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई दलबाट हटाएको पत्र संसद् सचिवालयमा दर्ता गरिएको छ।

राष्ट्रियसभाका सांसद् रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पनि दलबाट हटाइएको पत्र संसद् सचिवालयमा छुट्टै दर्ता भएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

एमालेको राजनीतिमा संलग्‍न भएको, उक्त दलको केन्द्रीय सदस्य स्वीकार गरेको, मन्त्रिपरिषद्‍बाट फिर्ता आउन भनी पार्टीले दिएको निर्देशन पालना नगरेको लगायतका कारण देखाई साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरिएको ...


बागमतीमा नेपाल-खनाल समूहको समानान्तर कमिटी, संयोजकमा अष्टलक्ष्मी शाक्य

काठमाडौं - एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ। सबै तहमा समानान्तर कमिटी बनाउँदै अघि बढेको नेपाल–खनाल समूहले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय कमिटी घोषणा गरेको हो।

माधव नेपाल समूहले भने शाक्य संयोजक रहेको कमिटीलाई आधिकारिक भनेको छ। यसअघि नेकपा एमाले हुँदाकै कमिटीलाई पूर्णता दिएको भन्दै माधव नेपाल पक्षका नेता अरुण नेपालले भने, ‘हामीले बागमती प्रदेशको आधिकारिक कमिटी बनाएका हौं।’

यसअघि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको कमिटी विधान विपरित भएको भन्दै उनले यसअघिकै संयोजको नेतृत्वमा कमिटी पुनर्गठन ...


कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा, सरकार अल्पमतमा

काठमाडाैं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ। नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका शाहीलाई एमालेले साथ छोडेपछि अल्पमतमा परेका हुन्।

संसदीय दलको निर्देशनअनुसार माधवकुमार नेपालपक्षीय तीन मन्त्रीले मंगलबार राजीनामा दिएका हुन्। संयुक्तरुपमा राजीनामा दिनेमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन्।

चैत ४ मा बसेको संसदीय दलको बैठकले शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर, माधवपक्षीय सांसदले समर्थन फिर्ता नलिने अडान लिएको थियो। माधवपक्षीय सांसदले समर्थन फिर्ता नलिएपछि शाहीको सरकार टिकेको थियो।

एमालेको बलमा ...


एमाले प्रवेश गरेका किशोर प्रधान नेपाल एयरलाइन्सको सञ्चालकमा नियुक्त

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस छोडेर एमालेमा प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई राजनीतिक नियुक्ति गर्दै उपहार दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघमा दुई पटकसम्म वरिष्ठ उपाध्यक्षमा पराजित भएका व्यवसायी प्रधान केही दिन अगाडिमात्रै प्रधानमन्त्री ओलीको हातबाट टीका ग्रहण गर्दै एमालेमा प्रवेश गरेका थिए।

उनै प्रधानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालमार्फत् नेपाल एयरलाइन्सको सञ्चालक समिति सदस्यमा नियुक्ति गरेको हुन।

‘प्रधान सञ्चालक समिति सदस्य नियुक्ति भएका छन्,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मनत्रालयले स्रोतले भन्यो, ‘मन्त्रिस्तरीय निर्णयबाट प्रधानलाई सञ्चालक सदस्यमा नियुक्ति गर्ने निर्णय भएको हो।’

निगमले पनि ...


अनेरास्ववियु माधव समुहका तीन जनालाई ऐन महरले हटाए

काठमाडाैं - एमाले नेता माधव नेपाल पक्षको अनेरास्ववियूको नेतृत्वमा रहेका तीन जनालाई पार्टी अध्यक्ष केपी ओली पक्षले कारबाही गरेको छ। ओली निकटबाट अनेरास्ववियुको नेतृत्व गरेका ऐन महरले तीन जनालाई संगठनबाट निष्कासन गरेका हुन्।

सुदेश पराजुली,वसिम आलम र आरती लामालाई निष्कासन गरिएको हो। पराजुली समानान्तर कमिटीबाट अध्यक्ष बनेका थिए। आलम उपाध्यक्ष र लामा महासचिव बनेका थिए।

चैत १० मा माधव नेपाललाई प्रमुख अतिथि बनाएर समानान्तर कमिटी बनाइएको थियो। चैत १५ मा ओली पक्षीय अनेरास्ववियुको बैठकले संगठनको समानान्तर कमिटी गठन गरेको ठहर गरेको थियो।

तीन दिन भित्र स्पष्टीकरण पठाउन समानान्तर ...


२५ वर्षीया छोरीले आफ्नो बाबुलाई कलेजो दान दिइन

भक्तपुर - भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप एक जनामा कलेजो प्रत्यारोपण गरिएको छ। शनिबार भक्तपुर निवासी ४४ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको हो।

केन्द्रका निर्देशक डा प्रेमराज ज्ञवालीका अनुसार केन्द्रमा भएको यो छैटौं प्रत्यारोपण हो। शनिबार ४४ वर्षीय पुरुषलाई उनकै २५ वर्षीया छोरीले कलेजो दान गरेको डा ज्ञवालीले जानकारी दिए।

उनका अनुसार केन्द्रमा कार्यरत डा छेतेन योञ्जन, डा अनिसा तिवारी, डा ललित दास, एनेस्थेसियामा डा आरती राई, डा शुसिल तामाङ तथा नर्सहरु बिनिता उप्रेती र अनिता लगायतको टोलीले प्रत्यारोपण गरेका हुन्।

प्रत्यारोपण गर्ने टोलीलाई भारतको म्याक्स ...


बढ्यो आगलागी : बाँकेको नरैनापुरमा १२० र जुम्लाको तिलामा ३५ घर जले

काठमाडौं - बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सय २० घर जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा चार जना घाइते भएका छन् ।

नरैनापुर गाउँपालिका वडा नं. ४ को खोदवा गाउँमा शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो गएराति १ बजे पूर्णरुपमा निभाइएको थियो । आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले भने, ‘मुचुल्का उठाउन त बाँकी छ तर आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरेका छौं ।’ आगलागीबाट अन्नबाली, काठ, लत्ताकपडा र नगद जलेर नष्ट भएका छन् । आगो ...


पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको अध्यक्षमा लिलेन्द्र प्रधान

काठमाडौं - नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको अध्यक्षमा लिलेन्द्र प्रसाद प्रधान विजयी भएका छन् । काठमाडौंमा आयोजित एशोसिएसनको ४२ औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधान नेतृत्वको प्यानल नै निर्वाचित भएको हो ।

नयाँ नेतृत्वका लागि प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावमा उत्रिएका थिए । प्रधान ३०२ मतसहित विजयी हुँदा श्रेष्ठले ४३ मत मात्रै पाए ।

वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार गुरुङ, प्रथम उपाध्यक्षमा ई.विनोद कुमार चौरसिया र द्वितीय उपाध्यक्षमा सुनिल कुमार बिड्ला निर्विरोध निर्वाचित भए ।

यसैगरी महासचिवमा विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा ...


भारतबाट आएका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि

धनगढी - सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकार (भेरियन्ट) को कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका तीन जनामा नयाँ प्रकारकाे संक्रमण पुष्टि भएको हो।

त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए। भारतबाट नेपाल आएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा ३ जनामा नयाँ भेरियन्टको कोरोना देखिएको हो।

संक्रमित तीनै जना होम आइसोलेसनमा रहेको जनाएको छ। उनीहरुमा देखिएको भेरियन्ट कुन प्रकारका हो ...


खनाल-नेपाल समूहद्वारा 'पार्टी संगठन निर्माण तथा सुदृढीकरण अभियान' घोषणा

काठमाडौं- झलनाथ खनाल र माधवकुमार नेपालले नेतृत्व गरिरहेको एमालेको एक समूहले 'पार्टी संगठन निर्माण तथा सुदृढीकरण अभियान'को घोषणा गरेको छ। शनिबार बसेको सो पक्षको स्थायी कमिटी बैठकले दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकपछि नेता योगेश भट्टराईले भने- 'यो बैठकले आगामी दुई महिनाका लागि देशभरी पार्टी संगठन निर्माण तथा सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। यो अभियानको मूल नारा नेकपा 'एमालेको एकता बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं' भन्ने तय भएको छ', , 'दुई महिनासम्म हाम्रो व्यापक अभियान चल्ने छ।

उनले थपे - 'यो अभियानमा ...


संसदको अंकगणित बदलिए ताजा जनादेशमा जानुपर्छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा आफू ‘अल्पमत’मा रहेको संकेत गरेका छन्। देशको आवश्यकता अनुसार अंक गणित नभएको भन्दै घुमाउरो रुपमा ‘अल्पमत’ स्वीकार गरेका हुन्।

‘संसद् यस्तै हो, कहिले देशको आवश्यकता र संसद्को अंक गणित फरक पर्न सक्छ। कतिपयले कृत्रिम रुपमा संसदीय अंक गणितलाई यताबाट उता सार्छन् र मिलाइदिन्छन्,' शनिबार १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक आयोजनाको शुभारम्भ कार्यक्रममा बोल्दै उनले भने, 'त्यसैले संसदीय अंक गणितले सधैँ राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्दैन।’

उनले संसद्‍मा अनुपयुक्त ढंगले खेल भइरहेको र अनुपयुक्त आकार लिइरहेको आरोप लगाएका छन्। उनको भनाइ छ, ...


राजनीतिक परिदृश्य फेरियो, छिट्टै नयाँ सरकार बन्छ : प्रचण्ड

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेसको निर्णयले राजनीतिक परिदृश्य फेरिएको बताएका छन्।

शनिबार कपिलवस्तु जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई तौलिहवामा सम्बोधन गर्दै उनले अब छिट्टै नयाँ सरकार बन्ने र नयाँ परिस्थिति बन्ने बताए।

'हिजो र आजसम्मको काठमाडौंको राजनीतिक घटनाक्रम अलिकति फेरियो। खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल लिने भनेर हिजो निर्णय लिएपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ', प्रचण्डले भने।

शुक्रबार राति बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नो ...


बंगलादेशमा एक हप्ता देशव्यापी 'लकडाउन'

काठमाडौं - बंगलादेश सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न एक हप्ता देशव्यापी लकडाउन घोषणा गरेको छ। बंगलादेशका सडक तथा यातायात मन्त्री अब्दुल कादिरले सोमबारदेखि एक हप्तासम्म लकडाउन लागू गरेको जानकारी दिएका हुन्।

‘कोरोना भाइरसको संक्रमण रोक्न सरकारले सोमबारदेखि लकडाउन लागू गर्ने निर्णय गरिएको हो। देशभर संक्रमित र मृतको संख्या निरन्तर बढ्दै गइरहेको छ,’ उनले भने।

बंगलादेशमा शुक्रबार ८३० कोरोना संक्रमित फेला परेका थिए। योसँगै कोरोना संक्रमितको संख्या ६ लाख २४ हजार ५९४ पुगेको छ। सरकारले उपलब्ध गराएको तथ्याङ्क अनुसार २४ घण्टामा ५० जनाको मृत्यु भएको छ। योसँगै मृतकको ...


तिन वर्षमा थप २२१० किलोमिटर कालोपत्रे सडक बनाउने सरकारको योजना

काठमाडौं - सरकारले देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा सडक पूर्वाधार आयोजना बनाउने उद्देश्यसहित ‘निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम’ सुरु गरेको छ। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको औपचारिक सुरुआत गरेका हुन्।

प्राथमिकताका आधारमा छनोट भएका १६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक सडक आयोजनाहरु तीन वर्षमा निर्माण सम्पन्‍न गर्ने लक्ष्य राखिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी तीन वर्षभित्रमा थप दुई हजार २१० किलोमिटर सडक निर्माण सम्पन्‍न भइसक्ने बताए। यी आयोजनाहरुको लागत ५७ अर्ब १० करोड रुपैयाँ बराबर अनुमान गरिएको छ।

‘आजबाट पूर्वाधार र सडक निर्माणका ...


एमालेका सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि पार्टी सदस्यबाट निलम्बन

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका छन्।

यसअघि उनीहरूलाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएको भन्दै ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका हुन्।

ओलीले यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका थिए।

...

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे माओवादी अझै अनिर्णित

काठमाडौँ - नेकपा माओवादी केन्द्र सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिनेबारे अझै अनिर्णित बनेको छ । बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिनेबारे छलफल भएपनि निर्णय भने नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनले सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी ब्युँझिएपछि दुई पार्टी भइसकेको अवस्थामा ओली नेतृत्वको सरकारलाई आफूहरुको समर्थन नरहेको बताए । यद्यपि केही प्राविधिक विषय बाँकी रहेकाले पत्रै पठाएर समर्थन फिर्ताको निर्णयमात्रै नगरेको उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो पार्टीको स्ट्यान्डबाई पोलिसी छ, ...


न्युरोडमा खुकुरी देखाएर आईएमई लुटपाट, ४ जना पक्राउ

काठमाडौं - काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा दिनदहाडै खुकुरी देखाएर चार जनाले रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आईएमई’ लुटेका छन् ।

बुधवार दिउँसो खिचापोखरी स्थित हेम मल्ल र गोरख चन्दले संचालन गरेको आईएमई लुटपाट भएको हो । लुटमा संलग्न ४ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ घर भएका २१ वर्षीय तिलक राउत, १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोट घर भएका १८ बर्षिय उमेश केसी र ललितपुर बस्ने नविन केसी छन् । तिलक र दिपुन नयाँ बानेश्वर स्थित दक्षिणकाली होस्टलमा बस्छन् ।

आरोपीलाई लुटपाट गरेको ...


किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्यमा लगाउने ५ जना पक्राउ

काठमाडौं - किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ गर्नेमा सिन्धुली घर भई माकलबारी बस्ने २४ वर्षका सरगम भन्ने श्याकुमार भट्टराई, १८ वर्षकी मसेली भन्ने सुहाना तामाङ, काठमाडौं जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट घर भई मालबारी बस्ने २१ वर्षीया मिना थापा मगर र काठमाडौं गगालफेदीका ४७ वर्षीय राजकुमार सुनार छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार आफ्नी १८ वर्षकी छोरीलाई कपडा पसलमा काम लगाईदिने भन्दै सुहानाले लगेको र श्यामकुमारसँग मिलेर जवरजस्ती यौनजज्य कार्य गर्न लगाएको भन्दै ...


प्रचण्डको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीशको बेन्चमा

काठमाडाैं - नेकपा नाम विवादमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दर्ता गराएकाे पुनरावलाेकन निवेदनमा चोलेन्द्र शमशेर जबराले आफै हेर्ने भएका छन्। याे निवेदनमा उनीसिहत न्यायाधीश तेजबहादुर केसी तथ न्यायाधीश प्रकाश कुमार ढुंगानाकाे पूर्ण इजलास पेसी ताेकिएकाे छ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले तीन न्यायाधीशकाे पूर्ण इजलास ताेकेका हुन्। उक्त इजलासले वहसबिनै पुनरावलाेकनकाे अनुमति (निस्सा) दिने वा नदिनेबारे निर्णय गर्नेछ।

सर्वाेच्चले निस्सा दिएमा याे विवादमा फेरि अदालतमा वहस हुनेछ। यदि निस्सा दिन अस्विकार गरेमा भने याे विवाद टुङ्गो लाग्नेछ। फागुन २३ गते न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीकाे ...


महोत्तरीबाट बेपत्ता भएका ७ जना किशोरीहरु भारतमा फेला

जनकपुरधाम - महोत्तरीको भंगहा नगरपालिकाबाट मंगलबारदेखि बेपत्ता भएका ७ जना किशोरीहरु भारतको सितामढीमा फेला परेको सूचना आएपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

बेपत्ता भएकाहरू भारतको सितामढीस्थित रेल्वे लाइन नजिकै फेला परेको भन्दै भंगहा नगरपालिकाका प्रमुख सन्जीवकुमार साहले प्रहरीलाई जानकारी दिएका थिए ।

सो सूचना पाएपछि प्रहरीको एक टोली ती किशोरी तथा बालिकाहरुको फोटोसहित सितामढी प्रस्थान गरेको हो । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले अनलाइनखबरसँग भने, ‘नेपाली किशोरीहरु सितामढीमा भेटिएको सूचना पाएपछि प्रहरीको टोलीलाई उनीहरुको फोटोसहित पठाइएको छ । ती किशोरीहरु भँगाहा नगरपालिकाबाट हराएकैहरु ...


भारतमा बढ्दो कोरोना संक्रमणले नेपाल जोखिममा

काठमाडौं - भारतमा पछिल्लो समय दैनिक रुपमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। भारतमा संक्रमितको संख्या बढेसँगै नेपालमा जोखिम बढ्ने बताइएको छ।

भारतका विभिन्न सहरमा निषेधाज्ञा सुरु भएसँगै कामका लागि गएका नेपालीहरु फर्कने क्रम सुरु भएकाले पनि जोखिम बढ्ने विज्ञहरुले बताएका छन्।

पछिल्लो समय भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताइएको छ। यसअघि गत सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको कुल संख्या १ करोड २१ लाख ४८ हजार ४८७ पुगेको छ ...


महोत्तरीमा घाँस काट्न गएका ७ जना किशोरी वेपत्ता

जनकपुरधाम - महोत्तरीमा घाँस काट्न गएका ७ जना एकै पटक बेपत्ता भएपछी गाउँमा त्रास उत्पन्न भएको छ। जिल्लाको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु मंगलबार दिउँसो घाँस काट्न गएका अहिलेसम्म फर्केका छैनन्।

१८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान वेपत्ता भएको प्रहरीले जनाएको छ ।

‘घाँस काट्न गएका ७ जना किशोरी र बालिका वेपत्ता सूचना आएको छ,’ महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश ...


पत्रकार महासंघ चुनाव : ३८ पदका लागि १६५ जना मैदानमा

काठमाडौं - यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना विभिन्न पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

यसपटक महासंघको नेतृत्वका लागि मुख्यगरी सरकार पक्ष र सरकारको विपक्षमा रहेका पत्रकारको छुट्टा-छुट्टै समूह निर्माण भएका छन् । तर, पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचित प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरै पत्रकारले उम्मेदवारी दिएका छन् ।

दुईवटा गठबन्धन भए पनि अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकी, निर्मला शर्मा, रामप्रसाद दाहाल र ...


भारतीय सेनाले नेपाली सेनालाई दियो एक लाख डोज कोरोनाको खोप

काठमाडौं - भारतीय सेनाले नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराएको छ । गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत भारतले नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप प्रदान गरेको थियो।

भारतले अबलम्बन गरेको ‘छिमेकी पहिलो’ नीति अनुरुप भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापालाई टुडिखेलस्थित नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित एक समारोहका बीच भिडियो कन्फरेन्स मार्फत उक्त खोप प्रदान गरेका हुन् ।

भारतको पुणेस्थित सिरम इन्टिच्यूटबाट एयर इण्डिया विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार ल्याइएको उक्त खोप नेपालका ...


रेशम चौधरीलाई छुटाउन वार्ता

काठमाडौं - प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकारी वार्ता टोली र थारू कल्याणकारी सभाको वार्ता टोलीबीच मंगलबार भएको वार्ता सकारात्मक भएको जानकारी दिएका छन्। सरकारी वार्ता टोलीका सदस्यसमेत रहेका उनले सामाजिक सञ्‍जालमार्फत उक्त जानकारी दिएका हुन्।

'नेपाल सरकार र थारू कल्याणकारी सभाको वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता सिंहदरबारमा सम्पन्‍न भयो। वार्ता सौहार्द्रपूर्ण रह्यो र सकारात्मक दिशाउन्मुख रहेको छ। अर्को चरणको वार्तामा छिट्टै बस्‍ने सहमति पनि भएको छ,' उनले ट्‍विटरमा लेखेका छन्।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई सर्वश्वसहित जन्मकैदको सजाय सुनाइएका निलम्बित सांसद रेशम ...


आउँदो साउनबाट वृद्धभत्ता बढाउने प्रधानमन्त्रीको उद्घोष

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट वृद्धभत्ता बढ्ने जानकारी दिएका छन्। रिपोर्टस क्लबको वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले आउने साउनबाट वृद्धभत्ता बढ्ने बताएका हुन्।

‘पहिलो बजेटमै वृद्धभत्ता किन बढाइएन भनी उधुम मच्चाइयो,’ ओलीले भने, ‘साउन १ बाट सामाजिक सुरक्षा भत्ता अलि बढ्छ नै।’

...

टंक आङ्बुहाङलाई माओवादी केन्द्रको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- माओवादी केन्द्रबाट एमाले प्रवेश गरी आर्थिक मामिलामन्त्री भएका टंक आङ्बुहाङलाई २४ घन्टे स्पष्टीकरण सोधिएको छ। मंगलबार माओवादी केन्द्र प्रदेश १ को संसदीय दलले उनलाई स्पष्टीकरण सोधेको हो।

'तपाईंले मिति २०७७ फागुन २८ गते निर्वाचित दलभन्दा अर्को दल नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको हैसियतले सपथ ग्रहण गरेको भनी आमसञ्‍चारमा आएको सूचना, तपाईंले निर्वाचित दलको कुनै निर्णय र अनुमति बेगर अरु नै दलको मन्त्रिपरिषद्‌मा सहभागी भएको जस्ता गैरदलीय कार्य गर्नुभएकोले यो स्पष्टीकरण लेख्‍ने कार्य भएको छ,' प्रमुख सचेतक झलकबहादुर मगरद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

आङ्बुहाङ केही दिनअघि माओवादी ...


दाङमा यातायात मजदुरको आन्दोलनले सार्वजनिक यातायात ठप्प

घोराही - दाङमा सार्वजनिक यातायात सेवा ठप्प भएको छ । सार्वजनिक यातायात सेवाका मजदुर र बुकिङ कर्मचारीहरुले अनिश्चितकालका लागि लामो तथा छोटो दुरीका यातायात सेवा ठप्प पारेका हुन् ।

उनीहरुले सहजरुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन यातायात प्रालिहरुले पनि कार्यान्वयन गर्नुपर्ने, कोरोना खोप यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई पनि दिनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका छन् ।

बन्दका कारण दाङमा मंगलबार विहानैदेखि सार्वजनिक यातायातका साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीका अध्यक्ष केशव भण्डारीले आफ्ना ...


नेकपा 'बिघटन' विरुद्ध माओवादी केन्द्र पुनरवालोकनमा जाँदै

काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले मंगलबार पुनरवलोकनको निवेदन दिँदै छ ।

मंगलबार बिहान ११ बजे सर्वोच्च अदालतमा पुनरवलोकनको निवेदन दिइने माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले जानकारी दिए ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो ।

तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन ...


नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि

काठमाडौं - नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो । थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।

नेपाल खेलको सुरुवातदेखि नै हावी भएको थियो । खेलको १७ औं मिनेटमा नेपालका अनन्त तामाङको हेडर बंगलादेशी गोलकिपर अनिसुर रहमानले मुस्बिलले ...


बंगलादेशविरुद्ध नेपालको २ गोल

काठमाडौं - काठमाडौंमा भइरहेको त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ । १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरे ।

त्रिदेशीय फुटबलको लिग चरणका दुबै खेलमा गोल गर्न नसकेको नेपालले यो १८ महिनापछि पहिलाे पटक गाेल गरेकाे हाे ।

पछिल्लाे पटक सन् २०१९ काे सेप्टेम्बरमा भएकाे विश्वकप छनाेटमा अञ्जन विष्टले चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए ।

...

स्वास्थ्य बीमा अब ७७ वटै जिल्लामा लागू हुने

काठमाडाैं - सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ। २०७२ बाट सुरु भएको स्वास्थ्य बीमा बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो।

यही चैत २५ गते ६ जिल्लामा सुरुवात र त्यसपछि काठमाडौं तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधव लम्सालले बताए। चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम तथा वैशाखमा काठमाडौं र ललितपुरमा लागू गर्न थालिएको हो।

बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको रू तीन ...


ललिता निवास प्रकरण : नेपाल र भट्टराई क्‍याबिनेटको निर्णय झिकाउन आदेश

काठमाडाैं - सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने गरी मन्त्रिपरिषदबाट भएको निर्णयको सक्कल प्रति झिकाउने आदेश दिएको हो ।

गत फागुन २ गते सर्वोच्चले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नका लागि प्रमाण उपलब्ध गराउन आदेश जारी गरेको थियो। वरिष्ठ अधिवक्ता न्यौपानले ललिता निवास जग्गा प्रकरणमा केही व्यक्तिहरुलाई उन्मुक्ति दिँदै मुद्दा दायर भएकाले संलग्‍न अन्य व्यक्तिलाई पूरक अभियोगपत्र दायर हुनुपर्ने ...


अझै कति दिनसम्म रहन्छ काठमाडौँको आकाशमा तुवाँलो ?

काठमाडाैं - विगत केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्‍न भागमा एक्कासी देखिएको तुवाँलो अझै कायम रहने भएको छ। तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

उनका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो।

तुवाँलो हट्नका लागि वायुको वेग बढ्नुका साथै वर्षा हुनुपर्छ। 'भोलि अपरान्हपछि पश्चिमी वायु सक्रिय हुने देखिएको छ,' उनले भनिन्। यसले हावाको वेग बढ्नुका साथै फाटफुट वर्षाको सम्भावना देखिएकाले मौसम केही सफा हुने बताइएको ...


माधव नेपाल र भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गर्ने ओलीको निर्णय

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेका छन्। दुवैलाई पत्र पठाएर ६ महिनाका लागि निलम्बन गरिएको हो।

'तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,' नेपाललाई पठाइएको पत्रमा भनिएको छ।

दुवैलाई यसअघि स्पष्टीकरण सोधिएको ...


सर्वोच्चले नेकपाबाट निकाल्यो, एमालेबाट पनि निकाल्न खोज्दैछन् : माधव नेपाल

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले आफूलाई नेकपाबाट घोक्र्याएर एमालेमा पठाइदिएको बताएका छन्। बृहत् नागरिक आन्दोलनले राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्।

'सर्वोच्चले बडो विचित्रको फैसला गरेको छ। सर्वोच्चले पुरानो ठाउँमा फर्क भनेर फैसला गरेको छ। पार्टीको कुरा डबलीमा भन्न मलाई गाह्राे छ। त्यहाँबाट पनि घोक्र्याएर निकालिएला। तर डराउने मान्छे होइन माधव नेपाल,' नेता नेपालले भने।

उनले आफ्ना लागि पार्टीको ढोका बन्द भएको समेत बताएका छन्। 'तपाईंहरूलाई पार्टीको कुरा पार्टीमा भन्दा भइहाल्यो नि भन्ने लागेको होला। तर पार्टीको ...


महन्थलाई प्रचण्डको प्रस्ताव : तपाईंको नेतृत्वमा सरकार बनाऔँ

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सरकारको नेतृत्व लिन आग्रह गरेका छन्।

शनिबार प्रज्ञा प्रतिष्ठानको नागरिक डबलीमा बोल्दै दाहालले ठाकुरलाई बालुवाटारमा ओलीसँग भेट्न जानु भन्दा सरकारको नेतृत्व लिएर समाधन गर्न आग्रह गरेका हुन्।

‘तपाई नै सरकार बनाउनुस् र हल गरौँ भन्ने मेरो प्रस्ताव हो। एक हप्ताभित्र हाम्रो सरकार बन्छ,’ उनले भने, ‘तपाईकै नेतृत्वमा सरकार बानऔँ अनि हल गरौँ। अब अरुको नेतृत्वमा किन जाने?’

संसदमा संविधान संशोधन प्रस्ताव लैजाने आफू नै भएको भन्दै दाहालले उक्त प्रस्ताव असफल बनाउने ...


अविश्वासको प्रस्ताव आए कांग्रेसले साथ दिन्छ : मीनेन्द्र रिजाल

काठमाडौं - नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आए कांग्रेसले साथ दिने बताएका छन्। शनिबार बृहत् नागरिक आन्दोलनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान भत्काउने काम गर्दा एक ठाउँमा भएको स्मरण गराउँदै नेता रिजालले भने, 'ओलीविरुद्ध अविश्वासको प्रस्ताव आए कांग्रेसले साथ दिनेछ।'

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अप्ठेरो पर्ने बाटो कांग्रेसले नलिने बताएका थिए। माधव नेपालले विवेकको मत प्रयोग गर्दा दुःख पर्ने बाटो लिन नहुने भन्दै उनले नेताहरुलाई जुत्तामा खुट्टा हालेपछि ...


पूर्वमन्त्री जोशीको निधनमा शोक प्रस्ताव पारित, पार्टीको झण्डा ३ दिन आधा झुकाइने

काठमाडाैं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको बैठकले नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्वउपमेयर, संविधानसभा सदस्य, पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।

जोशीको नर्भिक अस्पतालमा उपचारको क्रममा शुक्रबार राति निधन भएको हो। गत फागुन १४ गते बिहान मस्तिकघात भएपछि जोशीलाई उपचारका लागि वीर अस्पताल हुँदै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

वि.सं. २०१९ साल असार ३ ...


कोरोना त्रास : उपत्यकामा उच्च सतर्कता अपनाउन थालियो

काठमाडौं - पछिल्लो साता कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै निर्णयमार्फत कोरोनाको संक्रमण र रोकथामका लागि प्रभावकारी भूमिका खेल्न आम सर्वसाधारणमा अपिल गरेको छ ।

उपत्यकामा बढ्दो भीडभाड, त्यसमाथि नेपालीहरुको पर्व होली समेत भएकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न सचेत गरिएको छ । यस्तै भीडभाडमा नजान, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले नियमित हात धुन तथा स्यानिटाइजरको प्रयोग गर्न समेत अनुरोध प्रशासनले गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक ...


भारतमा कोरोनाभाइरसको नयाँ ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला

काठमाडौँ - भारतमा कोरोनाभाइरसको नयाँ ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको छ । भारमा संक्रमितबाट संकलन गरिएका नमूनामा नयाँ प्रकारको ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको हो । यो नयाँ भेरियन्टमा दुईवटा म्युटेसन भएका भेरियन्ट एकै ठाउँमा आएका छन् ।

भारतका १९ राज्यमा संकलन गरिएका १० हजार ७८७ नमूनामा ७७१ जनामा ७३६ जनामा बेलायत, ३४ जनामा दक्षिण अफ्रिका र एक जनामा ब्राजिलको भेरियन्ट पनि फेला परेको छ ।

स्वास्थ्य अधिकारीहरुले नयाँ​ भेरियन्ट थप संक्रामक बनेको वा यसमाथि खोपले कति असर गर्छ भन्नेबारे अध्ययन गरिरहेका छन् । अधिकारीहरुले यही भेरियन्टकै ...


खोपको निर्यात रोक्ने भारतको निर्णय, नेपालमा दोस्रो डोज नपाउने चिन्ता

एजेन्सी - भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाभाइरसको निर्यातमा अस्थायीरुपमा रोक लगाएको स्वास्थ्य मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ । देशमा बढ्दो कोरोनासंक्रमणलाई मध्यनजर गर्दै यो निर्णय लिइएको समाचारमा उल्लेख गरिएको छ ।

संक्रमण बढेसँगै केही हप्ता भारतमा नै खोपको उच्च माग हुने भएकाले केही समयका लागि खोपको निर्यात रोक्न लागिएको भनिएको छ । यो कदमलाई अधिकारीहरुले ‘अस्थायी रोक’ भनेका छन् र यसले अप्रिलको अन्त्यसम्म खोपको निर्यातमा असर गर्ने बताइएको छ । यसले कोभ्याक्स योजनाबाट पाइने खोपमा पनि असर गर्ने र यसबाट १९० वटा भन्दा बढी देश ...


भारतमा भेटिएको कोरोनाको ‘डबल म्युटेन्ट भेरियन्ट’ के हो ?

काठमाडौं - नेपालसहित विश्वमा कोरोना भाइरस देखिएको एक वर्ष बढी भइसक्यो। यो बीचमा कोरोना भाइरसको विभिन्न परिवर्तित स्वरुप देखिएको वैज्ञानिकले बताएका छन्। कोरोनाको नयाँ स्वरुपका विषयमा अझै अध्ययन र बहस भइरहेको छ।

हालै मात्र भारतमा नयाँ ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस देखिएको छ। भारतका १८ राज्यबाट संकलन गरिएका नमूनामध्ये ७ सय ७१ जनामा नयाँ डबल म्युटेन्ट भेरियन्ट कोरोना भाइरस देखिएको हो। १० हजार ७ सय ८७ नमूना संकलन गर्दा ७ सय ३६ जनामा युके भेरियन्ट, ३४ जनामा दक्षिण अफ्रिका भेरियन्ट र एक जनामा ब्राजिलियन भेरियन्ट भेटिएको ...


दम्पती बेपत्ता पारेको आरोपमा चार पक्राउ, 'जग्गा नबेच्दा' भएको आशंका

महोत्तरी - सुतेको ओछ्यानसहित दम्पती बेपत्ता घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोपमा पिपरा गाउँपालिका–५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, २६ वर्षीय सुरेन्द्र यादव, २४ वर्षीय राजेन्द्र यादव र भारतको मधुवनी घर भई पिपरन–६ बनौली बस्ने हरेन्द्र ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी महोत्तरीले पत्रकार सम्मेलन गर्दै जनाएको हो ।

पिपरा–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी सुतेकै कोठाबाट ओछ्यानसहित गत फागुन १० गते राति बेपत्ता भएका थिए । बेपत्ता दम्पतीको अवस्था ...


अप्ठ्यारो परिस्थितिमा नेपाल : आत्मसमर्पण रोज्ने कि विद्रोह ?

काठमाडौँ - एमाले माधव–झलनाथ समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त ठीकै छ, नभए के गर्ने ? लत्रिने ?’

अलमलपूर्ण अवधारणापत्र र नेताहरूको त्यस्तै भाषण सुनेपछि यादवले झैं धेरै प्रतिनिधिले यो प्रश्न झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेतृत्वसमक्ष सोझ्याएका थिए । उनीहरूले ठ्याक्कै जवाफ भने पाउन सकेनन् ।

उपमहासचिव घनश्याम भुसालले अन्तिमतिर ओली प्रवृत्तिविरुद्ध एमालेभित्रै संघर्ष गर्ने र तल्लो तहसम्म पार्टी कमिटी गठन/पुनर्गठन गर्दै जाने ...


राष्ट्रपति बंगलादेश उड्दा विमानस्थल आधा घण्टा बन्द हुने

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान राजकीय भ्रमणका लागि बंगलादेश जाँदै छिन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ८ः३० बजे उनी ढाका प्रस्थान गर्ने कार्यक्रम छ।

राष्ट्रपतिको उडान हुनुअघि १५ मिनेट र उडानपछि १५ मिनेटसम्म सबै उडान बन्द हुने बताइएको छ।

राष्ट्रपतिको उडान हुने भएकाले ८ः१५ देखि ८ः४५ सम्म विमानस्थल बन्द रहनेछ।

सो समयमा आन्तरिक तथा बाह्य कुनै पनि विमान उडान तथा अवतरण नहुने बताइएको छ।

...

राष्ट्रपति भण्डारी आज बंगलादेश जाँदै

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बंगलादेश जाने भएकी छन्। चैत ९ र १० गते बंगलादेशको राजकीय भ्रमणका लागि राष्ट्रपति बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गर्ने कार्यक्रम छ।

राष्ट्रपतिको उडान हुनुअघि १५ मिनेट तथा उडानपछि १५ मिनेटसम्म सबै उडान बन्द हुने बताइएको छ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्।

उनी स्थानीय समयअनुसार बिहान ...


नेपाल ट्रष्टको जग्गामा मुख्यमन्त्री निवास !

काठमाडौं - नेपाल ट्रष्टको स्वामित्वमा रहेको हेटौँडास्थित पौने १० कठ्ठा जग्गामा बागमती प्रदेशका मुख्यमन्त्रीको आवास बन्ने भएको छ। मुख्यमन्त्रीको आवास निर्माणका लागि नेपाल ट्रष्टको जग्गा भाडामा उपलब्ध गराउने संघीय सरकारले निर्णय गरेको छ।

मन्त्रिपरिषद्‍को बैठकले मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिकास्थित नेपाल ट्रष्टको स्मामित्वमा रहेको ९ कठ्ठा १५ धुर जग्गा बागमतीका मुख्यमन्त्रीको निवास बनाउने प्रयोजनका लागि भाडामा दिने निर्णय गरिसकेको छ।

जग्गा लिज भाडामा दिने गरी नेपाल ट्रष्टको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रस्तावमा उक्त विषय मन्त्रिपरिषदमा पेस भएको थियो। सोही आधारमा जग्गा दिने निर्णय भएको हो।

९ कठ्ठा १५ ...


'हनी-ट्रयाप' शैलीमा फसाउँने गिरोह पक्राउ, पैसा नदिए बलात्कारको उजुरी दिने धम्की

काठमाडौं - 'हनी-ट्रयाप' शैलीमा फसाउँदै रकम असुल्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा जाजरकोटको भेरी नगरपालिका-६ घर भई काठमाडौं गोंगबु बस्ने २८ वर्षीया संगिता शाह, सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–१२ घरभ ई गोंगबु नै बस्ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोटको ताडी गाउँपालिका–६ घर भई स्वयम्भू बस्ने २१ वर्षीय शंकर खनाल छन्।

यो समूहले कपन र ललितपुर इमाडोल बस्ने २ जना पुरूष व्यक्तिहरूलाई चाबहिल स्थित गेस्ट हाउसमा भेट्न बोलाई कोठामा सँगै बसी अर्ध नग्न भिडियो बनाई ...


महान्यायाधिवक्ता अग्‍नि खरेलले दिए राजीनामा

काठमाडौं - महान्यायाधिवक्ता अग्‍निप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन्।

कार्यकाल सम्हालेको तीन वर्षपछि उनले राजीनामा दिएका हुन्। महान्यायाधिवक्ता कार्यालय स्रोतले राजीनामाबारे आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ।

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनी महान्यायाधिवक्ता नियुक्त भएका थिए।

...

छेउमै बग्छ भेरी, जमिन सबै बाँझै !

जाजरकोट - डोल्पा सदरमुकाम दुनैबाट जाजरकोट हुँदै सुर्खेततिर बग्ने भेरी नदीमा भारी मात्रामा पानी बगे पनि उपयोगविहीन छ ।

नदीको छेउछाउमा खेतीयोग्य जमिन सिँचाइ अभावमा बाँझै रहेका छन् । कुनै पनि दूरदर्शी योजना नहुँदा नजिकै पानी भए पनि प्रयोगविहीन भई ठूलो मात्रामा जमिन बाँझो बन्न पुगेको हो ।

वर्षायाममा आकाशे पानीको भरमा एक बाली खेती लगाए पनि हिउँदयाममा सिँचाइ नहुँदा अधिकांश जमिन बाँझै रहने गरेका छन् । वर्षायाममा खोलामा पानीको मात्रा बढ्ने भएकाले सिँचाइ गरी बाली लगाउने कृषक हिउँदयाममा खोलामा पानी सुक्दा पानी अभावमा जमिन बाँझो राख्न ...


बैतडी दोगडाकेदारका वडाध्यक्ष महिलासँग होटलबाट पक्राउ

बैतडी - दोगडाकेदार गाउँपालिका-७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् ।

शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

शङ्कास्पद भेटिएका दुवैजनालाई जिल्ला ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, ‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ’, उनले भने, ...


कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भरिंदै

काठमाडौँ महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ ।

पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ ।

नगर प्रमुख विद्यासुन्दर शाक्यले कामको प्रगतिबारेमा जानकारी दिँदै भने, “पोखरी पुनःनिर्माणको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ, अबको केही दिनमै हामी पोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारीमा छौँ, हल्ला गरेजस्तो गरेर हामीले पोखरीको बीचमा कङ्क्रिटको कमल राख्दैनौँ, पोखरी शतप्रतिशत वास्तुशास्त्रमा आधारित छ ।”

पोखरीको डिजाइनका बारेमा जानकारी दिँदै ...


सुरिलो भाकामा गीत गाएर आफ्नो आमालाई बोलाउने बाघ (हेर्नुहोस भिडियो)

रुसको एक चिढियाघरमा आजकल एक बाघ आफ्नो सुरिलो स्वरका कारण प्रख्यात बनेको छ । विटास नामको यो बाघ आठ महिनाको छ । यो बाघ अमुर प्रजातिको हो । यो प्रजातीका बाघ सबैभन्दा ठूला, तेज र चलाख हुन्छन् । विटासलाई जब आफ्नी आमाको ध्यान खिच्नुपर्छ, तब ऊ गाउन सुरु गर्छ । विटासले चराले सुसेलेज जस्तै आवाज निकाल्छ ।

सर्बियाको बरनाल चिडियाखाना बस्ने विटासको आवाज कतिपयका नजरमा चराले सुसेलेजस्तो र कतिपयलका लागि बाँदरको हाँसोजस्तै छ । विटास यही आवाजका कारण सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

चिढियाखानाका कर्मचारीका अनुसार ...


निःशुल्क औषधिहरु स्वास्थ्य संस्थामा पुग्दा ३ महिना मात्र म्याद बाँकी

काठमाडौं - सरकारले निशुल्क वितरण गर्ने औषधिहरु म्याद गुज्रिन ३ महिना मात्र बाँकी रहेको अवस्थामा स्थानीय तहका सरकारी स्वास्थ्य संस्थामा पुग्ने गरेको पाइएको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बिहीबार सार्वजनिक गरेको मार्केटिङ एसिस्मेन्ट अफ हेल्थ केयर सर्भिस, क्वालिटी एन्ड प्राइज अफ मेडिसिन एन्ड किस्ट नामक अध्ययनले उक्त कुरा देखाएको हो।

काठमाडौं उपत्यकासहित बागमती प्रदेश र प्रदेश २ का १० वटा जिल्लाका अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, कम्युनिटी हेल्थ सेन्टरलगायतका स्वास्थ्यसंस्थामा अध्ययन गरिएको थियो।

अध्ययनका क्रममा करिब १५ प्रतिशत संस्थाले ३ महिनाभन्दा कम अवधिको म्याद रहेको औषधि आउने गरेको ...


न्याय सेवाका दुई सहसचिवलाई बढुवाको सिफारिस

काठमाडाैं- न्याय सेवा आयोगले दुई जना सहसचिवहरूलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको छ। आयोगको बिहीबार बसेको बैठकले सहन्यायाधिवक्ता श्यामकुमार भट्टराई र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तोयानाथ अधिकारीलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो। उनीहरुकाे सिफारिस मन्त्रिपरिषदले अनुमाेदन गर्नु पर्नेछ।

बढुवा भएसँगै भट्टराईलाई नायब महान्यायाधिवक्ता बनाइएको छ भने अधिकारीलाई सत्य निरूपण तथा मेलमिलाप आयोग पठाइएको छ।

यसअघिका नायव महान्यायाधिवक्ताका नारायणप्रसाद पाैडेल र कानुन सचिव ऋषिराज भण्डारी उच्च अदालतकाे न्यायाधीश सिफारिस भएका थिए।

बैठकले कानुन सचिवमा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन मन्त्रालयमा सरुवासमेत गरेको ...


चार छोराछोरीसहित कर्णालीमा हामफालेकी सुकीको गर्भमा ४ महिने शिशु

आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृतक सबैको पोस्र्टमार्टन गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त निष्कर्ष उल्लेख छ ।

सुकीले अघिल्लो आइबार छोरीहरु १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, १ वर्षकी रजनी र छोरा ८ वर्षीय ललितसँगै कर्णाली नदीमा हाम फालेकी थिइन् ।

रिपोर्टअनुसार सुकीको गर्भमा ४ महिनाको शिशुसमेत थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार गर्भपतन गर्ने विषयमा सुकीका श्रीमान् मानसिंहसँग विवाद भइरहेको थियो । 

...

४० वर्षदेखि जेलमा रहेका एक नेपालीलाई रिहा गर्न भारतीय अदालतको आदेश

कोलकाता - भारतको कोलकाता उच्च अदालतले ४० वर्षदेखि थुनामा रहेका नेपाली नागरिक दीपक जोशीलाई रिहा गर्न आदेश दिएको छ। जोशीविरुद्धको मुद्दा ४० वर्षसम्म सुनुवाई नै नभएपछि उनी थुनामा नै बस्न बाध्य भएका थिए।

लामो समयपछि उक्त मुद्दामा सुनुवाइ गर्दै मंगलबार उच्च अदालतले इलामका जोशीलाई छाड्ने आदेश गरेको हो। अदालतले दीपकलाई उनका भाइ प्रकाशको जिम्मा लगाउन आदेशमा भनेको छ। प्रत्येक ६ महिनामा जोशीको मानसिक अवस्था जाँच गराउनसमेत आदेशमा भनिएको छ।

पछिल्लो १५ वर्षयता कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’मा रहेका दीपकको परिवारको स्थायी ठेगाना इलामको माई नगरपालिका-१० हो।

कोलकाता उच्चका ...


ओलीले बोलाए एमाले संसदीय दलको बैठक, अनुपस्थित हुनेलाई कारवाही गर्ने तयारी

काठमाडौं - प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले बिहीबार संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।

दलको नियमित प्रक्रियाअनुसार नै बैठक बस्न लागेकोे एमाले सांसद विशाल भट्टराईले बताए।

एमालेको अर्काे समूहले भने राष्ट्रिय भेला गरिरहेको छ। सानेपामा माधव नेपाल– झलनाथ खनाल समूहको कार्यकर्ता भेला जारी छ।

उनीहरुले संसदीय दलको बैठकमा नजाने स्पष्ट पारिसकेका छन्। संसदीय दलको बैठकले उपस्थित नहुने सांसदलाई कारवाही गर्ने तयारी ओली पक्षको छ।

...

जलवायु परिवर्तन : फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु

गलेश्वर - जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुनसकेको छैन । यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसेलुजस्ता यस याममा फल्ने वनफल नै फलेका छन् ।

यतिबेला म्याग्दीका विभिन्न क्षेत्रमा लालीगुराँस फुलेर रमणीयस्थल बन्ने समय हो तर यस वर्ष लालीगुराँस फुल्ने मौसम सुरु भए पनि नफुल्दा न प्रकृति सुन्दर देखिएको छ, न त पर्यटकको चहलपहल नै सुरु भएको छ ।

जिल्लाका ज्यामरुककोट, भकिम्ली, रत्नेचौर, ...


फेरी पनि संसद विघटनमै प्रधानमन्त्रीको जोड

काठमाडौँ - सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिर लैजाने संकेत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्रीहरू सहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पुनःस्थापनापछि पनि प्रतिनिधिसभा चल्न नसकेको कारण उल्लेख गर्दै फेरि निर्वाचनमा जान सकिने धारणा राखेका हुन् ।

अन्य राजनीतिक दलका नेताले प्रतिवाद गरेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको भनाइको बचाउ गरेकी थिइन् । ‘चुनावमा जाने कुरा लोकतान्त्रिक हो, यसलाई नकारात्मक रूपमा लिन भएन,’ राष्ट्रपति ...


कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं - पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।

जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्था सुधार आएको थियो तर फेरि गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

...

माधव समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

काठमाडौं - नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदै छ। ललितपुरको सानेपामा रहेको एक पार्टी प्यालेसमा विहान ११ बजेदेखि भेला सुरु हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

दुई दिनसम्म चल्ने भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ। अवधारणपत्रमाथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ।

भेलामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्ने नेता विष्णु रिजालले जानकारी दिए।
भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय ...


सिन्धुलीमा जिप दुर्घटना : ४ जनाको मृत्यु, ७ घाइते

काठमाडौं - सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन् । कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।

मृत्यु हुनेमा कमलामाइ नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ ।

चालक भोजबिक्रम थापासहित सबै घाइतेलाई जिल्ला अस्पताल ...


हेलिकप्टर चार्टर गरेर शेरधन राई ससुराली गए (तस्बिरहरु)

संखुवासभा - प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगेका छन् । राई आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् । शेर्पाले सामाजिक सञ्जालमार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन् ।

‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन्, ‘म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर ...


कर्णालीमा आमासंग हाम फालेकी रजनीको शव १० दिनपछि भेटियो

सुर्खेत - गत फागुन २३ गते कर्णाली नदीमा हराएकी ७ वर्षीया बालिका रजनी बडुवालको शव मंगलबार भेटिएको छ ।

अछामको तुर्माखाँद गाउँपालिका–३, स्थित कर्णाली नदी किनारमा बालिकाको शव भेटिएको र उनी रजनी बडुवाल नै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । शव पोष्टमार्टमका लागि अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा पठाइएको छ ।

रजनीसँगै नदीमा हामफालेका भनिएका उनकी आमा, दुई दिदी र दाइको शव फागुन २४ गते कर्णालीमै भेटिएको थियो ।

दैलेखको आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका ४ छोराछोरी फागुन २३ ...


शीतलनिवासमा सर्वदलीय बैठक सुरु, नेपाल र खनाल अनुपस्थित

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक बसेको छ। राष्ट्रपति भवन शीतलनिवासमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका शीर्ष नेताहरु सहभागी छन्।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीहरूलाई बोलाइएको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई सहभागी छैनन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ...


काठमाडौं भ्युटावरका ठेकेदार भेटवाल सहित ६ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं - सार्वजनिक सम्पत्ति हिनामिनामा पक्राउ परेका काठमाडौं भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाल लगायतका ६ जनालाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

साविक रोयल मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडको रकम हिनामिना प्रकरणमा भेटवालसहित बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पक्राउ परेका थिए ।

विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले सोमबार ६ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

अख्तियारले काठमाडौं भ्यूटावर निर्माण गरिरहेका ठेकेदार भेटवाललाई सार्वजनिक संस्थाको सम्पत्ति बदनियत ...


अध्यक्ष केपी ओली र माधव नेपाल बीच भेटवार्ता हुँदै

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलका लागि वरिष्ठ नेता माधवकुमार नेपाल एमाले कार्यालय धुम्बाराही पुगेका छन्।

केहीबेरपछि एमालेको ओली समूह र नेपाल समूहबीच छलफल हुँदैछ। फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि पहिलोपटक दुवै पक्षका नेताहरुबीच औपचारिक छलफल हुन लागेको हो। यसअघि दुवै समूहले आ–आफ्नो पक्षको भेला र बैठक गर्दै आएका थिए।

एमाले वरिष्ठ नेता नेपालसँगै नेताहरू सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र प्रदीप ज्ञवाली पनि धुम्बाराही पुगेका छन्। यसअघि सुवासचन्द्र नेम्वाङ धुम्बाराही पुगिसकेका थिए। प्रधानमन्त्री ओली भने पुगिसकेका छैनन्।

प्रधानमन्त्रीसहितका नेताहरू ...


सर्वोच्चको नयाँ नजिर : 'प्रतिवादीबाट रकम बरामद हुँदैमा घूस लिएको हुँदैन'

काठमाडौँ - प्रतिवादीबाट रकम बरामद हुँदैमा घूस लिएको भन्न नमिल्ने उल्लेख गर्दै सर्वोच्च अदालतले त्यसका लागि उसले स्वेच्छाले रकम माग गरेको तथ्य स्थापित हुनुपर्ने नयाँ नजिर प्रतिपादन गरेको छ । न्यायाधीशहरु दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले प्रतिवादीले घूसबापत लिएको भनिएको रकम स्वैच्छाले माग गरी उसको साथबाट फेला परेमा मात्र भ्रष्टाचारको कसूर स्थापित हुने गरी नयाँ नजिर प्रतिपादन भएको हो ।

नापी कार्यालय धनुषाअन्तर्गत २ नम्बर नापी टोलीका अमिन कृष्णप्रसाद जोशीले ३० हजार रुपियाँ घूस लिएको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ साल चैत ...


धनगढीमा भन्सार छली भित्र्याइएको कपडा बरामद

कैलाली - धनगढी उपमहानगरपालिका–१ स्थित सडक खण्डबाट प्रहरीले १ लाख रुपैयाँभन्दा बढीका भन्सार छलेर ल्याइएका अवैध लुगाकपडा बरामद गरेको छ।

भारतबाट अवैध भन्सार चोरी पैठारी भइरहेको सूचनाको आधारमा प्रहरीले १७० सुट पिस, सेतो कुर्ती ९० पिस, पाउडर ११५ दर्जन, कोटको अस्तर चार पोका, कपडा थान एक रोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

भन्सार छली ल्याइएकासामान करिब १ लाख १९ हजाररुपैयाँबराबरको रहेको उनको भनाइ छ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि आइतबारै त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको बताइएको छ।

...

यौनकाण्डमा मुछिएका सिद्धबाबालाई सफाइ दिने निर्णय विरुद्ध सरकार उच्च अदालतमा

काठमाडाैं - सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दिएको छ।

उच्च सरकारी वकिलको कार्यालय विराटनगरले गत शुक्रबार उच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो। जिल्ला न्यायाधीश अर्जुनप्रसाद काेइरालाले इजलासले उनलाई सफाइ दिएका थिए।

सिद्धबाबाले बलात्कार गरेकाे नभई महिलाले शरीर समर्पण गरेकाे ब्याख्या गरेकाे थिए।

२०७६ पुस १० गते गिरीले आफ्नै एक अनुयायीलाई बलात्कार (जबरजस्ती करणी)गरेको भन्दै हदैसम्मको कैद सजाय माग गरेर दायर भएको मुद्दामा सुनसरी जिल्ला अदालतले २०७७ मंसिरमा फैसला गरेको थियो।

जिल्ला अदालतदेखि उच्च अदालत हुँदै सर्वोच्चसम्म ...


सिरहाको मालपोत कार्यालयमा बम विष्फोट, 'गोइत' समूहको पर्चा फेला

काठमाडौं - सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ। बिस्फोट भएको ठाउँमा गणतान्त्रिक मुक्ति मोर्चा 'गोइत' समूहको पर्चा फेला परेको छ।

प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहका अनुसार बम विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा फेला परेको हो।

घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीसँगै नेपाली सेनाको टोली समेत घटनास्थल पुगिसकेको छ। घाइते भएकामध्ये सेवाग्राही दिनेश कुमार भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उनी सुगर र प्रेसरका बिरामी समेत रहेको पाइएको छ। विस्फोटमा दिनेशसँगै ७ जना घाइते भएका डिआइजी सिंहले बताए।

...

नेकपाको फुटबारे यसरी सोंचौं !

अहिले सत्तासीन नेकपा फुटाएर सत्ताबाट, सरकारबाट र सदनबाट कम्युनिस्टहरुलाई हटाउन लागे; माओवादी पनि फुटिहाल्यो; हुँदाहुँदा धेरै अघिदेखी नफुटेर देसको सबैभन्दा ठूलो पार्टी बनेको एमाले पनि फुट्नै लाग्यो आदि-इत्यादि भनेर जनता-कार्यकर्ता अत्यन्त चिन्तित छन् ! साथै,अब आउने चुनावमा त काङ्ग्रेस, जसपा, राप्रपाजस्ता प्रतिकृयावादी, दलाल र प्रतिगामी शक्तिहरुले जित्लान् र शोषण, दमन र अत्याचार चर्काउलान् ; राजा ज्ञानेन्द्र र राजतन्त्र फर्काउलान् र देसै भारत-अमेरिकाका पोल्टामा पार्लान् भनेर पनि धेरै सन्ताप मानिरहेको अवस्था छ !

यसैगरी, यस्तो अति भएपछी त कम्युनिस्टहरु पनि समाप्त हुन्छन्, क्रान्ती पनि हुँदैन र देसै ...


साढे २ किलो युरेनियमसहित चारजना बौद्ध क्षेत्रबाट पक्राउ

काठमाडौं - साढे २ किलो युरेनियमसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोर नगरपालिका–४ का २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरी बौद्ध क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । एआईजी हरिबहादुर पालका अनुसार नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो ।

बरामद भएको वस्तु ...


उच्च अदालतका न्यायाधीशमा १८ जनाको नाम सिफारिस (नामावलीसहित)

काठमाडौं - न्याय परिषदको बैठकले विभिन्न स्थानका उच्च अदालतहरूमा रिक्त रहेका न्यायाधीश पदका लागि १८ जनालाई सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीश, न्याय र कानुन समूहका सरकारी वकिल र अधिवक्ताहरुबाट सिफारिस गरेको हो।

सिफारिस हुनेमा सरकारी वकिलका तर्फबाट नारायणप्रसाद पौडेल, कानुनसचिव ऋषि राजभण्डारी परेका छन्। जिल्ला न्यायाधीशबाट जगतनारायाण प्रधान, माधववेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मोदिनीप्रसाद पौडेल सिफारिसमा परेका छन्।

यस्तै न्याय सेवाको अधिकृतबाट रामेश्वर रेग्मी र ममता खनाल पनि सिफारिसमा अटाएका छन्। कानुन व्यवसायीवाट फुर्वा तामाङ, श्रीधराकुमारी पुडासैनी, ...


सर्वोच्चको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिस

काठमाडौं - न्याय परिषद्ले सर्वोच्च अदालतमा रिक्त रहेका दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

शुक्रबार बसेको परिषद्‍को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

सर्वोच्चमा एक वर्षदेखि दुई न्यायाधीशको पद रिक्त रहेको थियो। यसअघि नै नियुक्तिका लागि तयारी गरिएको भएपनि परिषदका सदस्य एवं सर्वोच्च अदालतका वरिष्ठ न्यायााधीश दीपककुमार कार्की बिदामा रहेकाले रोकिएको थियो। कार्की बुधबारदेखि काममा फर्किएपछि शुक्रबारलाई बैठक राखी सुवेदी र चुडाललाई सिफारिस गरिएको हो।

गत साता पनि परिषद्को ...


ओलीले हटाए महासचिवबाहेकका सबै पदाधिकारी, बादल समूहका २३ जना केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी भंग गरिएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी भंग गर्ने निर्णय गरेको हो।

पदाधिकारीमा ओली पक्ष कमजोर थियो। एमालेको नवौं महाधिवेशनमाबाट वामदेव गौतम, भीम रावल, विद्यादेवी भण्डारी, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली उपाध्यक्ष निर्वाचिन भएका थिए। यसमध्ये भण्डारी राष्ट्रपति नियुक्त भइसकेकी छन् भने गौतम एमालेमा दुवै पक्षमा खुलेका थिएनन्। बाँकी उपाध्यक्षहरु माधवकुमार नेपाल पक्षका हुन्।

यस्तै, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल थिए। सचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम ...


ओलीले खोसे माधव-झलनाथ पक्षका नेताहरुको जिम्मेवारी, कसको ठाउँमा को आयो ?

काठमाडौं - नेकपा एमालेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसेको छ। पदाधिकारी भंग गरेर उनीहरुलाई हटाइएको हाे।

प्रदेश इन्चार्ज र विभाग प्रमुखबाट भने नेपाल-खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर ओली पक्षका नेताहरुलाई दिइएको छ। अर्को व्यवस्था नभएसम्मका लागि भन्दै उनीहरुलाई जिम्मेवारी दिइएको हो।

प्रदेश १ का एमाले इन्चार्ज भीम आचार्यको जिम्मेवारी खोसेर सुवास नेम्वाङलाई इन्चार्ज बनाइएको छ। यसैगरी बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई जिम्मेवारी दिइएको हो।

यसैगरी कर्णालीमा युवराज ज्ञवालीको ठाउँमा पूर्व माओवादीकै ...


सरकारसंग निर्णायक वार्ता गर्दै जसपा, दिउँसो संसदीय दलको बैठक बस्दै

काठमाडौं - सत्ता सहकार्य सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिरहेको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक आज पनि बस्दै छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा एमालेका अध्यक्ष ओलीसँग हिजोको बैठकमा भएका कुराबारे थप छलफल हुने जसपाका एक नेताले बताए।

पछिल्लो रानजीतिक घटनाक्रमसँगै सत्ताको प्रमुख निर्णायक शक्ति बन्न सक्ने जसपामा पछिल्लो समय सत्तामा जाने या नजाने विषयमा बहस सुरु भएको छ।

जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले सामाजिक सञ्जालमार्फत सत्ताको खेलमा लाग्न नहुने बताइ रहदाँ पार्टीको एक समूह भने सत्ता सहकार्यका छलफलमा ...


बेलायतको सर्वेक्षण टोली नेपालमा, 'पुरातात्विक सम्पदा' को सर्भे गर्ने

काभ्रेपलाञ्चोक - बेलायतबाट सम्पदा खोज–अनुसन्धान गर्न ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) टोली हालै नेपाल आएको छ । मार्च पहिलोसाता आइपुगेको टोलीले कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको पुरातत्व विभागले जनाएको छ ।

बेलायतबाट आठ जनाको भू–भौतिकी सर्वेक्षणको एक समूह नेपाल आई केही दिनदेखि कपिलवस्तुमा सर्वेक्षण गरिरहेको विभागका निर्देशक दामोदर गौतमले बताए । उनका अनुसार नेपालका केही स्थानमा खोज, उत्खनन्का क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो ।

‘पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन ...


टुँडिखेलमा विशेष समारोहसहित यसरी मनाइँदैछ सेना दिवस

काठमाडौँ - सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् ।

समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार वितरण हुनेछ ।

सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका ...


नेपाल समूह : वामपन्थीकै सरकारमा जोड, केन्द्रीय कमिटी बोलाउन पहल

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरूको भेलामा वामपन्थीकै सरकार कायम राख्न जोड गर्ने विषयमा छलफल भएको छ। तत्काल एमाले र माओवादी केन्द्रको एकता सम्भव नभएपनि वाम एकताका लागि पहल गर्ने विषयमा अधिकांश सदस्यहरूले धारणा राखेका हुन्।

काठमाडौंमा बुधबार गरिएको भेलाले एमाले पार्टीलाई एकताबद्ध र बलियो बनाउन आ-आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने विषयमा पनि छलफल भएको छ। पार्टीलाई परिवर्तित परिस्थितिअनुसार अघि बढाउन अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय कमिटी बैठक बोलाउन आग्रह गर्न पनि केन्द्रीय सदस्यहरूले माग गरेका छन्।

‘हामीले पार्टीलाई बलियो बनाउँदै एकताबद्ध ...


बालुवाटार जग्गा प्रकरण : भ्रष्टाचारका आरोपी विजयकुमार गच्छदार एक वर्षदेखि 'फरार'

काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार एक वर्षदेखि विशेष अदालतको भ्रष्टाचार मुद्दामा 'फरार' भएका छन्। म्याद जारी गरेको एक वर्षसम्म पनि उनी उपस्थित नभएको अदालतले जनाएको छ। गत वर्ष फागुनमा विशेषले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार उपस्थित नभई फरार भएको विशेष अदालतमा प्रवक्ता पुष्पराज पाण्डेयले बताए।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा ...


आज शिवरात्रि, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको भीड

काठमाडौं - आज आराध्यदेव भगवान शिवको विशेष पूजा आराधना गरी महाशिवरात्रि पर्व मानइँदै छ । शिवको प्रिय दिनको रुपमा पनि मानिने शिवरात्रिको दिनमा शिव मन्दिरमा विशेष भीड लाग्ने गर्छ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। हलेशी, देवघाटलगायत देशभरका शिवालयमा शिवको विशेष आराधना भइरहेको छ।

महाशिवरात्रिका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत पशुपति मन्दिर परिसरमा साधुसन्तहरू आएका छन् ।

पशुपति आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदा गर्ने चलन छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ।

महाशिवरात्रिका अवसरमा ...


कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरेर अघि बढ्न निर्णय गरेको छ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आवश्यकता अनुसार’ मात्रै छलफल गरिनेछ। ‘संसद् सञ्चालन र सरकारका विषयमा कांग्रेस र जसपासँग छलफल, परामर्श र वार्ता गरेर अघि बढ्ने निर्णय गरिएको छ’, मंगलबारको स्थायी कमिटी बैठकपछि उनले भने।

मंगलबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले कांग्रेस र जसपासँग सहमतिअनुसार मात्रै आगामी कदम चाल्ने निर्णय गरेको हो।

बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता ...


गोपाल किराती र सन्ध्या तिवारीले पार्टीको नयाँ नाम प्रस्ताव गर्नुपर्ने

काठमाडौं- निर्वाचन आयोगले गोपाल किरातीको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारीको नेकपा एमाले नाम खारेज गरिदिएको छ।

अदालतको आदेशअनुसार साविककै पार्टीलाई उक्त नाम कायम गरिदिनुपर्ने भएपछि उनीहरुलाई १५ दिनभित्र नयाँ नाम दर्ता गर्न जानकारी दिने मंगलबारको पदाधिकारी बैठकले निर्णय गरेको छ।

फागुन २३ गतेको सर्वाेच्च अदालतको आदेशले ती दुई दल साविककै अवस्थामा कायम रहने भएकाले २०७५ जेठ २ पछि आयोगमा दर्ता भएका किराती र तिवारीको दललाई नयाँ नाम प्रस्ताव गर्न भनिएको हो।

दल दर्ता नम्बर १५३ मा रहेको माओवादी केन्द्र र १६० मा रहेको एमालेका अध्यक्षद्वयलाई १५ दिनभित्र ...


एमाले-माओवादीलाई आयोगले भन्यो : 'पार्टी एकता गर्न १५ दिनभित्र आउनू'

काठमाडाैं - सर्वोच्च अदालतको फैसलापछि बसेको निर्वाचन आयोगको पदाधिकारी बैठकले नेकपा (एमाले) र माओवादी केन्द्रलाई एकीकृत दलको रुपमा मर्ज हुने हो भने १५ दिनभित्र उपस्थित हुन निर्देशन दिएकाे छ।

आयोगको मंगलबार बसेको बैठकले सर्वोच्चको फैसलाअनुसार एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणअघिको अवस्थामा पुगेकाले दुई दललाई पुनः एकीकरण गर्ने भए केन्द्रीय कमिटीको निर्णयसहित आउन भनेको हो। सर्वोच्चले एकीकरण गर्ने भएमा आयोगले निश्चित समय तोकेर बोलाउन परमादेशको आदेश जारी गरेको थियो।

‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी ...


दैलेखमा ४ सन्तानसहित आमा कर्णालीमा हाम फालिन्, २ छोरीको शव भेटियो

सुर्खेत - दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।

नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ । अन्य बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए ।

उनका अनुसार १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको ...


अदालतको फैसलामा विदेशीको षड्यन्त्र : भीम रावल

काठमाडौं - नेकपाको प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतको फैसलामा विदेशीको षड्यन्त्र भएको नेताहरुले बताएका छन्।

सर्वोच्च अदालतले आइतबार ऋषीराम ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिँदै पूर्ववत् अवस्थामा नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताएपछि नेताहरुले फैसलामा विदेशीहरुको षड्यन्त्र भएको बताएका हुन्।

बैठकमा बोल्दै स्थायी कमिटी सदस्य भीम रावलले सर्वोच्च अदालतको निर्णयमा विदेशी षड्यन्त्रको गन्ध आएको बताएका थिए।

‘अदालतको निर्णयलाई सम्मान गर्दै कार्यान्वयन गर्नुपर्छ। त्यो हामी मान्छौं। तर संसद अधिवेशन बोलाएको दिन तीन वर्षदेखि थाँती रहेको मुद्धाको फैसला गरियो। यसमा सजिलै बुझ्न सकिने गरि विदेशीको षड्यन्त्र भएको छ,’ ...


आ-आफ्नो दलमा फर्किने प्रचण्ड-माधव समूहको निर्णय, सर्वाेच्चमा पुनरावलोकन पनि गर्ने

काठमाडौं - नेकपाको प्रचण्ड–माधव समूह सर्वोच्च अदालतको फैसला अनुसार एमाले र माओवादी केन्द्र दल बनाई पार्टी सञ्चालन गर्ने निर्णयमा पुगेका छन्।

प्रचण्ड–माधव पक्षको सोमबार बसेको स्थायी कमिटीको बैठकले दुई दलले आ–आफ्नो तरिकाले पार्टी सञ्चालन गर्ने निर्णय गरेको हो।

अदालतको फैसला स्विकार्दै पुनरावलोकन समेत गर्ने नेता झलनाथ खनालले बताए। पेरिसडाँडामा बसेको बैठकपछि नेता खनालले राजनीतिक तरिकाले फैसला भएकाले पुनरावलोकन गर्ने बताए।

एमाले र माओवादी केन्द्रको एकीकरण नभएको जनाउँदै सर्वोच्चले आइतबार फैसला सुनाएको थियो।

...

अदालतको फैसलाले कम्युनिस्ट एकतामा 'फुट' ! अब के हुन्छ ?

काठमाडौं - सर्वोच्च अदालतको फैसलाले कम्युनिस्ट एकतामा 'फुट' आएको छ। योसंगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच ३३ महिना पहिले एकता घोषणा गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को यात्रामा अल्पविराम लागेको छ ।

सर्वोच्च अदालतको एक फैसलाले नेकपाको यात्रा बीच बाटोबाटै विधिवत रुपमा टुंगिन पुगेको हो ।

मुलुकका २ ठुला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदै २०७५ साल जेठ ३ गते राष्ट्रिय सभागृहमा एकता घोषणा गरिएको थियो । दुई पार्टी एकता घोषणा गर्दा नेताहरुले दक्षिण एसियाकै ठुलो कम्युनिस्ट पार्टी बनेको बताएका थिए । ...


वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनमा उठेका केही सैद्धान्तिक प्रश्नहरु !

१. क्रान्तिमा बल प्रयोगको सिद्धान्त र सशस्त्र संघर्षको बाटो व्यावहारिक रुपमै अवलम्बन गरिसकेका हाम्रा नेपाली कामरेडहरुलाई समेत जनआन्दोलनको अर्थात् शान्तिपूर्ण आन्दोलनको सीमा थाहा होला कि नहोला ?

२. मात्रात्मक परिवर्तन, आंशिक उपलब्धि, उपरिसंरचनामा फेरबदल र रुपमा बदलाव आदि आएर मात्र क्रान्ती अर्थात् गुणात्मक परिवर्तन होला त ?

३. इतिहासमा कहिले काहीँ प्रतिक्रियावादी कुनै शासक उदार, नरम र दयालु भयो र कुनै क्रान्ति नै भैहाल्यो भनेर प्रतिक्रियावादी वर्ग, त्यो पनि आजको जस्तो साम्राज्यवादी युगमा, बुद्धवादी बनेर सत्ता छोड्देलान् र सर्वहारा वर्गीय सत्ताको प्राप्ति, संरक्षण र सम्बर्द्धन होला ...


एमाले र माओवादी ब्युँतिएपछि किराती र तिवारीको पार्टी के हुन्छ ?

काठमाडाैं - सर्वोच्च अदालतले नेकपा नाम विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाउँदै तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएपछि सोही नाममा निर्वाचन आयोगमा दर्ता भएका दुई पार्टी के हुने अन्योल सिर्जना भएको छ।

आइतबार न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले २०७५ जेठ २३ मा भएको एकता अनुसार नेकपा नाम ओली–प्रचण्डलाई दिन नमिल्ने फैसला सुनाएपछि अन्योल बढेको हो।

निर्वाचन आयोगले दुईवटा पार्टीलाई नेकपा भनि दिएको नामलाई सर्वोच्चले वैधानिकता दिन अस्वीकार गरेपछि पछाडि दर्ता भएका पार्टीहरु के हुन्छ भन्ने अन्योलता पनि देखिएको हो।

गत प्रतिनिधि सभा निर्वाचनमा अलग अलग निर्वाचन ...


सर्वोच्चको फैसला अपेक्षा विपरीत : प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सर्वोच्च अदालतको फैसला आफूले गरेको अपेक्षा गरेविपरीत आएको प्रतिक्रिया दिएका छन्।

अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा त्यसअघि नै ऋषि कट्टेलको नाममा दर्ता भएकोले उनकै हुने फैसलापछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले छोटो प्रतिक्रिया दिँदै भने, ‘सर्वोच्चको फैसला हामीले अपेक्षा गरेविपरीत आएको छ। यस विषयमा प्रतिक्रिया फैसला पढेपछि मात्रै दिन्छु।’

नेकपामा नाम र चुनाव चिह्न विवाद चलिरहेका बेला सर्वोच्चले यस्तो फैसला गरेको हो।

...

सर्वोच्च अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र, 'नेकपा' अवैधानिक हुने ठहर

काठमाडौं - सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वैधानिकता नपाउने फैसला सुनाएको छ।

सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र अहिले पनि साविककै अवस्था रहने र एकीकरण गर्ने भए नयाँ नाम लिएर पुनः निर्वाचन आयोग जान भनेको छ।

नेकपाको नाम विवादबारे फैसला सुनाउँदै सर्वोच्चले यसअघि निर्वाचन आयोगमा दर्ता भइसकेको एमाले र नेकपा माओवादी केन्द्र बीचको एकीकरणबाट गठन भएको नेकपाको अस्तित्व नरहने निर्णय सुनाएको हो।

आइतबार भएको फैसलामा ती दुवै पार्टी अलगअलग राजनीतिक दलकै रुपमा रहने उल्लेख छ।

यस्तो छ ...


विप्लवले वैद्यसँग राखे जनमत संग्रहको प्रस्ताव

काठमाडौं - नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले नेकपा क्रान्तिकारी (माओवादी)का महासचिव मोहन वैद्य‘किरण’लाई जनमत संग्रहको प्रस्ताव राखेका छन्।

शनिवार ललितपुरको कुपण्डोलमा रहेको क्रान्तिकारी माओवादीको नेवा राज्य कार्यालयमा चार रणनीतिक मोर्चाको बैठकमा विप्लवले बैद्यलाई जनमत संग्रहको प्रस्ताव राखेका हुन्।

विप्लवले अहिलेको दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था हुने भनेर जनमत संग्रह गर्नुपर्ने प्रस्ताव राखेपछि वैद्यले ठाडै अस्वीकार गरेको नेकपा अध्यक्ष ऋषिराम कट्टेलले बताए। ‘हामीले दलाल संसदीय व्यवस्था ठिक कि बैज्ञानिक समाजवादी भनेर जनमत संग्रह गर्न खोजेका छौ । यो कस्तो हुन्छ भनेर विप्लव जीले मोर्चाको बैठकमा प्रस्ताव राख्नुभयो,’ ...


नेकपा नाम विवादकाे फैसला आज आउने

काठमाडाैं - नेकपा नाम विवादमा आइतवार सर्वाेच्च अदालतले फैसला सुनाउँदै छ। न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीकाे इजलाशले दुवै पक्षकाे वहस समाप्त गरी निसुमा राखेकाे थियाे।

आफूले दर्ता गरेकाे नेकपा निर्वाचन आयाेगलेअरुलाई दिएकाले बदर हुनुपर्ने माग गर्दै ऋषि कट्टेलले सर्वाेच्चमा मुद्दा दायर गरेका थिए। कट्टेलकाे मुद्दामा नेकपा विवाद चरम भइरहेकाे समयमा फैसला आउन लागेकाे हाे।

आजवाट प्रतिनिधि सभाकाे हिउँदे अधिवेशन पनि सुरु हुँदै छ । निर्वाचन आयाेगले नेकपाकाे आधिकारीकता टुङ्गोमा पुर्‍याउन सकेकाे छैन। याे अवस्थामा हुन लागेकाे फैसलालाई चासाेका साथ हेरिएकाे छ।

सर्वोच्चले अब नेकपा नाम कसको हुने ...


प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची !

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौं अधिवेशन आजदेखि सुुरु हुुँदै छ। सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको आदेश गरेपछि प्रतिनिधिसभाको सातौं अधिवेशन बस्न लागेको हो।

यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरेका थिए।

संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको पहिलो बैठक आह्वान गरेकी हुन्।

यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले शुभकामना मन्तव्य दिने ...


यी हुन् प्रचण्ड-माधव पक्षमा खुलेका नेकपाका १११ सांसद्

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको संसदीय दलले शुक्रबार प्रचण्डलाई संसदीय दलको नेता चयन गर्‍यो। प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि दाहाललाई दलको नेता चयन गरिएको हो।

प्रचण्ड-नेपाल पक्षले बोलाएको संसदीय दलको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी १०५ सांसद उपस्थित थिए। उक्त समूहमा खुलेका तर, उपस्थित हुन नसकेका ६ गरी १११ सांसदको समर्थन प्रचण्डलाई छ।

नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए भने पम्फा भूसालले समर्थन गरेकी थिइन्। प्रतिनिधि ...


विप्लवको टिप्पणी : नेपाली जनताको चाहना पूरा भएको छैन

काठमाडाैं - भूमिगत जीवनबाट भर्खर सार्वजनिक भएका नेत्रविक्रम चन्द 'विप्लव'ले नेपाली जनताको चाहना पूरा नभएको टिप्पणी गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा आज नेपालका परिर्वतनकारी सहिदहरुको सम्झनामा मनाउने दिन परेको भन्दै उनले आफू सहिदहरुको सपना पूरा गर्न लागि पर्ने बताए।

उनले काठमाडौंमा सार्वजनिक हुनुअघि गाउँबाट आउँदाको घटना जोड्दै मजदुर र श्रमिकहरुको हितमा लाग्ने बताए। 'हामी एउटा गाउँमा बस्दै गर्दा सहिदकी आमाले टीका लगाइदिनु भयो र भन्नु भयो-आजसम्म धेरैका इच्छा पूरा भए तर सहिदको चाहाना पूरा भइसकेको छैन’, उनले भने ‘नेपालका जनताको चाहाना पूरा भएको छैन। दु:ख ...


सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर (बुँदा सहित )

काठमाडाैं- सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयाेजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।

शुक्रबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले सहमति पढेर सुनाएका थिए।

सहमतिमा नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएको उल्लेख छ।

यी हुन् सहमति पत्रका बुँदा
नेपाल सरकार तथा ...


पूर्वी नवलपरासीबाट सार्वजनिक भए विप्लव, प्रहरी स्कर्टिङमा काठमाडौं आउँदै

काठमाडाैं - सरकारी पक्षसँग वार्ता सफल भएपछि नेत्र विक्रम चन्द ‘विप्लव’ पूर्वी नवलपरासीको अमरापुरीबाट सार्वजनिक भएका छन्। वार्ता सहमतिमा पुगेर काठमाडाैंमा स‌युंक्त सभा गर्ने सहमति भएसँगै नेकपाका महासचिव ‘विप्लव’को पहिलो तस्बिर सार्वजनिक समेत भएको छ ।

सरकारले प्रतिबन्ध लगाएसँगै उनले भूमिगत भएर आफ्ना गतिविधि गरिरहेका थिए । करिब तीन वर्ष भूमिगत भएका विप्लव आम जनताका बिच आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा सार्वजनिक हुँदैछन् ।

महासचिव ‘विप्लव’ नवलपरासीमा सहिद परिवार भेट गरी काठमाडौका लागि प्रस्थान गरेका छन् । सरकार र ‘विप्लव’ पक्षवीच बिहीबार तीन बुँदे सहमति भएको थिए। ...


मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं - मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्युओसी) पुरस्कार पाउने भएकी छन्। नेपालका लागि अमेरिकी दूतावास र्‍यान्डी बेरीले सामाजिक सञ्जाल मार्फत उक्त जानकरी दिएका हुन्।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने दूतावासले जनाएको छ।

आइडब्ल्युओसीले पुरस्कार व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको वकालत तथा नेतृत्व गर्ने महिलाको सम्मान गर्ने बताइएको छ।

यसअघि उक्त पुरस्कार पाकिस्तानमा महिला तथा किशोरीका लागि वकालत गर्ने मलाला युसुफजईले पाएकी थिइन्।

सन् २०१९ मा ...


ओली र ‘विप्लव’ले संयुक्त सम्बोधन गर्दै, गोप्य सहमति सार्वजनिक हुने

काठमाडौं- सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच बिहीबार भएको तीन बुँदे सहमति शुक्रबार सार्वजनिक हुने भएको छ। दिउँसो २ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

तीन बुँदे सहमतिलाई हालसम्म गोप्य राखिएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहमतिलाई सार्वजनिक भएपछि लागू हुनेगरी अनुमोदन गरेको थियो। फागुन १८ गते सरकार र ‘विप्लव’ पक्षले वार्ता टोली घोषणा गरेका थिए।

सरकारका पक्षबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्ता ...


विप्लवका नेता-कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको सर्कुलर

काठमाडौं - सरकारले प्रतिबन्ध हटाएसँगै थुनामा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता/कार्यकर्तालाई रिहा गर्ने प्रक्रिया अघि बढाएको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्ष अघि लगाएको प्रतिबन्ध हटाएको थियो। यससँगै विभिन्न मुद्दामा थुनामा रहेका विप्लव नेकपाका नेता/कार्यकर्तालाई रिहा गर्न लागिएको हो।

गृह मन्त्रालयले यसका लागि प्रहरी प्रधान कार्यालयलाई सर्कुलर गरेको छ। गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले भने, ‘भोलिको कार्यक्रममा विप्लव नेकपाका सबै शीर्ष नेता एउटै मञ्चमा देखिनेछन्।’

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्दले काठमाडौंमा हुने सभालाई संयुक्त सम्बोधन गर्ने यसअघि ...


‘विप्लव’ नेकपामाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौं - सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्दै सरकारी र विप्लव पक्षबीच भएको सहमतिलाई अनुमोदन समेत गरेको छ।

सरकार र विप्लव पक्षबीच बिहीबार तीन बुँदे सहमति भएको थियो। सहमति अनुसार शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव चन्द काठमाडौंमा एउटै मञ्चमा देखिनेछन्।

२०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘विप्लव’ नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएको थियो। सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूह घोषणा गर्दै ...


देउवालाई आएकाे प्रधानमन्त्रीको ‘अफर’बारे छलफल गर्न पदाधिकारी बैठक बस्दै

काठमाडाैं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। फागुन २३ गते प्रतिनिधि सभा बैठक बस्ने भएपछि रणनीति तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो।

आज दिउँसो २ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने पदाधिकारी बैठकमा देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेकपाका दुवै समूहबाट सभापति देउवालाई आएको प्रधानमन्त्रीको अफरबारे छलफल हुने प्रवक्ता शर्माले बताए। ‘नयाँ परिस्थितिबारे सभापतिले नेताहरुसँग परामर्श लिनुहुन्छ,’ प्रवक्ता शर्माले भने, ‘सभापतिलाई प्रधानमन्त्री बनाउने गरी प्रस्ताव आएका छन्। तर, सहमति बनी ...


प्रचण्ड-माधव पक्षका सबै सांसदलाई पेरिसडाँडा उपस्थित हुन ह्विप

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहले सबै सांसदलाई पार्टी कार्यालय पेरिसडाँडामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमसँगै सांसदहरुले समूह बदल्ने क्रम बढेको अवस्थामा प्रचण्ड–माधव पक्षले सांसदहरुलाई बिहीबार दिउँसो १२ बजे अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको सो पक्षका सांसद मेटमणि चौधरीले जानकारी दिए। हिजोको स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी तथा २३ गतेको संसद बैठकमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिन सांसदहरुलाई पार्टी कार्यालय बोलाइएको चौधरीले बताए।

यसैबीच, प्रचण्ड–माधव समूहबाट ओली समूहतर्फ गएका भनिएका सांसद गंगा चौधरी आफ्नै समूहमा रहेको पनि ...


पुनर्वहाली पछिका अपेक्षा र तिनमाथिको  विडम्बनापूर्ण कुठाराघात  !

करिब ढाई महिनाको भीषण र भयानक राजनैतिक र संवैधानिक लडाइँपछि केपी ओलीद्वारा विघटन गरिएको संसद सर्वोच्चको आदेसपछी पुनर्वहाली भयो ! शहर-बजार र महल-दरबारहरुमा व्यक्तिगत वा सामूहिक दीपावली गरिए ! पुरानै सत्ता र भत्ताको, पद र पावरको, विधि र व्यवस्थाको अनि पुरानै विचार, वर्ग, व्यक्ती र वृत्तिको वहाली भएकोमा जश्न र खुशियाली मनाइयो, लड्डु पनि खाइयो-खुवाइयो ! संक्षिप्तमा भन्नुपर्दा प्रतिगमन उन्मुख नेपाली राजनीतिलाई संसदवादी यथास्थितिमै फर्काउन सकेकोमा ठूलो खुशियाली मनाइयो !

जे होस्, सत्ताको वरिपरि रहेका ठुल्ठुला पार्टी र तिनका बडेबडे नेताहरुमा आएको वैचारिक-राजनीतिक, सामाजिक-सांगठनिक र आर्थिक-सांस्कृतिक ...


सरकार र ‘विप्लव’ समूहबीच पहिलो चरणको वार्ता सकियो

काठमाडौं - सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीचको वार्ता सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी पक्षकाे भनाइ छ।

दुबै पक्षका वार्ता टोलीबीच बुधबार बिहान पहिलो चरणको वार्ता भएको हो। केही तयारी तथा आन्तरिक परामर्शपछि पुनः बस्ने गरी आजको वार्ता टुंगिएको छ।

दुबै टोलीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार तथा सरकारी वार्ता टाेलीका सदस्य राजन भट्टराईले बताए। वार्ता सकारात्मक दिशाउन्मुख रहेको उनकाे भनाइ छ।

वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा सरकारी वार्ता टोली र खड्कबहादुर विश्वकर्मा प्रकाण्ड’ नेतृत्वमा विप्लव ...


विप्लवसँग वार्ता गर्न सरकारले बनायो बादल नेतृत्वको टोली, विप्लव पनि बनाउने तयारीमा

काठमाडौं - सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न टोली बनाएको छ। गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन्।

वार्ताका लागि सरकारले आजै टोली गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए। उता पनि वार्ता टोलि गठन भएपछि 'हतियार व्यवस्थापन र मुद्दा फिर्ताकाे विषयमा वार्ताबाटै टुंगाे लगाइनेछ', सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरूङले भने।

सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाउने तयारी गरेको छ । विप्लव समूह स्रोतले भन्यो, ‘सरकारले ...


बहुविवाहका अभियुक्तलाई १ वर्ष कैद र १० हजार जरिवाना

लहान - बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सोमबार अभियोग दाबी पुग्ने फैसला गर्दै सिरहाको लहान नगरपालिका–१८ भदैयाका ३४ वर्षीय विनोदकुमार चौधरीलाई उक्त सजाय ठहर गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

चौधरीकी श्रीमती गयादेवी चौधरीले उनका श्रीमान् विनोदले सप्तरीको सुरुङ्गा नगरपालिका–५ की २८ वर्षीया फुलकुमारी चौधरीसँग बहुविवाह गरेको भन्दै विसं २०७५ भदौ १४ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दर्ता गराएकी थिइन् ।

आरोपित सुरुङ्गा नगरपालिका–६ स्थित श्री ...


ट्रक एकापसमा ठोक्किँदा दुवै चालकको मृत्यु

नवलपरासी - पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको (बर्दघाट सुस्तापूर्व) दुम्कौलीमा गतराति दुई वटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घटनामा दुवै ट्रकका चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

घाइते हुनेमा तनहुँको बन्दीपुर बस्ने वर्ष १८ का विश्वास शाही र दाङको बबई-६ घर भएका सुन्दर खड्का भनिने घनश्याम खड्का छन् । उनीहरु दुवैको अवस्था गम्भीर रहेको र उपचार गर्न चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको रजहर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ना६ख ...


स्काभेटरले ठक्कर लागेपछि घाइते महिलालाई जिउँदै पुरेर चालक फरार

काठमाडौं - धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यान्टारमा एक महिलालाई जिउँदै पुरेर स्काभेटर अपरेटर फरार भएका छन् । सल्यानटारकी ४५ वर्षीया महिला सरस्वती कुमाललाई मृत अवस्थामा खाल्टो खनेर निकालिएपछि सो कुरा बाहिर आएको धादिङका एसपी महेन्द्र खड्काले नेपाल लाइभलाई जानकारी दिए।

बाटो खन्ने क्रममा सुरुमा स्काभेटरले ठक्कर दिएर घाइते बनाएको र पछि खाल्टो खनेर पुरेको स्थानीयको आरोप रहेको एसपी खड्काले बताए । देख्ने मान्छे कोही नभएको र अपरेटरसमेत फरार रहेकाले घटना कसरी भयो भन्नेबारे प्रष्ट भइनसकेको एसपी खड्काको भनाइ छ ।

जिउँदै महिलालाई पुरेको घटना बाहिरिएपछि हिजो सो क्षेत्र ...


प्रधानमन्त्रीले 'असुरक्षित छु' भन्ने अभिव्यक्तिले दिएको संदेश : देवीराम शर्मा

काठमाडौँ - राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले प्रधानमन्त्रीकाे कुरा सुनेर आफूलाई आश्चर्य लागेको बताएका छन् । चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू असुरक्षित रहेको बताएपछि उनले आफूलाई आश्चर्य लागेको बताएका हुन् ।

उनले भने - अहिले राजनीतिक अन्योल छ, त्यसको सिर्जना उहाँले नै गर्नुभएको हो । त्यसमाथि अहिले थप हल्ला फैलाइरहनुभएको छ । देशको कार्यकारी प्रमुखसँग नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र उहाँका सहयोगीहरू सधैँ सँगै छन् ।

भिभिआइपी र भिआइपीको सुरक्षामा जहिले पनि ‘थ्रेट’ हुन्छ । त्यो नौलो ...


अन्य दलसँग छलफल गरेर अविश्वास प्रस्ताव अघि बढाउने प्रचण्ड-माधव पक्षको तयारी

काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध यसअघि दर्ता गराएको अविश्वास प्रस्तावलाई अन्य दलहरूसँग छलफल गरेर अघि बढाउने भएको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा आवद्ध सांसदहरूले पुस ५ गते प्रधानमन्त्री ओलीविरुद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

सोही प्रस्ताव अब अन्य दलसँग समेत छलफल गरेर अघि बढाइने प्रचण्ड-माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘यसअघि पेश भएको अविश्वास प्रस्ताव अरु दलसँग छलफल परामर्श गरेर अघि बढाइने हो। अहिले पेश भएको प्रस्ताव फिर्ता लिने होइन’ खनालले भने, ...


दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर कोरोना खोप लगाइने

काठमाडौं - सरकारले कोभिड–१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ । सरकारले ५५ वर्ष माथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान शुरु गर्न लागेको छ ।

पचपन्न वर्षभन्दा माथिका अनुमानित सङ्ख्या ५१ लाख ६४ हजार २६९ का लागि यही फागुन २३ गतेदेखि दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप अभियान शुरु हुनेछ । यो कूल जनसङ्ख्याको १७ प्रतिशत हो । यस समूहलाई दोस्रो चरणमा आगामी जेठ १७ गतेदेखि ५ गतेसम्म खोप लगाउने सरकारको ...


प्रविन बाँस्तोला हत्या : घरधनी पक्राउ, ३ जना अझै फरार

काठमाडौं - मोरङको उर्लाबारीका प्रविन बाँस्तोला हत्या प्रकरणमा थप एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई पक्राउ गरेको हो । हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेका थिए ।

उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतबार पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले रातोपाटीलाई बताए । पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रविन विहान अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । स्थानिय गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका ...


मोदीले लगाए कोरोना विरूद्धको खोप

काठमाडाैं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन्। सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा खोपको पहिलो डोज उनले लगाएका हुन्।

आफूले खोप लगाएपछि मोदीले सामाजिक सञ्जाल ट्वीटर मार्फत खोप लगाउन सबैलाई आग्रह गरे।

साथै कोरोनाविरुद्धको विश्वव्यापी लडाईमा डाक्टर तथा वैज्ञानिकहरुले तीव्र गतिमा गरेको कामको प्रसंशासमेत उनले गरे।

भारतमा आजदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन सुरू गरिएको छ। भारतमा अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन भइरहेको छ।

...

विप्लवसँग छिट्टै वार्ता हुन्छ : प्रधानमन्त्री

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुने बताएका छन्।

गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले विप्लवसँगको सहमति घर बसि बसि टेलिभिजनमा हेर्न पाउने दाबी गरे। ‘विप्लवको समस्याको हामी छिट्टै वार्ताद्वारा समाधान गर्दैछौं’ ओलीले भने, ‘तपाईंहरुले घर बसि बसि टेलिभिजनबाट देख्नु हुनेछ।’

उनले देशको विकास तीब्र गतिमा भएको दाबी गर्दै विकासको गति रोक्न प्रधानमन्त्रीबाट हटाउन लागेको दाबी गरे।

...

अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रधानमन्त्रीको चुनौती

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ६४ प्रतिशतको प्रधानमन्त्री भएको भन्दै उनले अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिएका छन्। प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने पनि बताएका छन्।

प्रतिनिधी सभा विघटन अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिने विषयमा वहश चलिरहेका बेला उनले हिमाललय टेलिभिजनमार्फत् यस्तो बताएका हुन्।

उनले आफूलाई प्रधानमन्त्रीबाट राजीनामा देउ भनेर सर्वोच्च अदालतले फैसलामा उल्लेख नगरेको बताउँदै संसद् फेस गर्ने बताएका हुन्। अदालतको फैसलाले नैतिक संङ्कट त सिर्जना भयो नि भन्ने प्रश्नमा उनको प्रतिप्रश्न थियो, '‘के मा हरायो? राजीनामा देऊ भन्यो? यस्तो अवस्थामा ...


फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्‍को सिफारिस

काठमाडौं - सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सर्वोच्च अदालतको आदेश बमोजिम संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो।

सर्वोच्च अदालतले गत मंगलबार प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने फेसला सुनाउँदै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन परमादेश जारी गरेको थियो।

...

प्रचण्डलाई भेटेपछि वामदेवले प्रधानमन्त्री ओलीलाई भेटे

काठमाडाैं - प्रतिनिधि सभा विघटन भएपछि दुवै पक्षमा नरहेका नेकपा नेता वामदेव गौतमले सक्रियता देखाएका छन्।

बिहीबार पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका गौतमले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक घन्टा भेटेका छन्। नेकपा पार्टी एक हुनुपर्ने भन्दै आएका गौतम सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना भएपछि फेरि सक्रिय भएका हुन्।

गौतमका स्वकीय सचिव दीपक टमाटाले प्रधानमन्त्री ओलीसँग नेकपाको एकता र अर्का अध्यक्ष दाहालसँग भएको कुराकानीका बारेमा छलफल गरेका थिए।

...

सचेतकबाट हटाइनु ओलीले नैतिक धरातल गुमाएपछिको कदम हो : देव गुरुङ

काठमाडाैं - नेकपा संसदीय दलकाे प्रमुख सचेतकबाट हटाइएकोमा नेता देव गुरुङले असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरेका थिए।

राजीनामा दिनुपर्ने प्रधानमन्त्रीले नयाँ प्रमुख सचेतक नियुक्त गरेर अनैतिक काम गरेको गुरुङको टिप्पणी छ। ओलीले संसद नै विघटन गरेपछि संसद र संसदीय दलमा नैतिक हैसियत गुमाएको गुरुङले बताए।

एकातिर संसद सिध्याउने अनि फेरि संसदको बारेमा चिन्ता लिने कुरा नमिल्ने गुरुङको भनाइ छ। ओलीले सर्वोच्चले गरेको फैसलापछि आत्मसमीक्षा गरेर अदालतको फैसला स्वीकार गरेँ भन्नुपर्ने र राजीनामा दिनुपर्ने गुरुङले बताए। ...


बालिका बलात्कार गर्ने युवालाई १८ वर्ष कैद सजाय हुने फैसला

सप्तरी - जिल्ला अदालत सप्तरीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई १८ वर्ष कैद सजायको फैसला सुनाएकाे छ।

जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले शुक्रबार राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई १८ वर्ष कैद सजाय र १० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएकाे सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

पीडितका अनुसार कामबाट पैदल घर फर्किरहेका बेला आरोपितले नशालु पदार्थ मिसाइएको फ्रुटी खान दिएर बेहोस बनाई ०७६ भदौ १२ गते राति राजविराज नगरपालिका–४ स्थित बैष्णव काली मन्दिर नजिकको कल्टु दासको पोखरी किनारमा लगेर ...


ओलीले दलको प्रमुख सचेतकबाट गुरुङलाई हटाए, भट्टराईलाई बनाए

काठमाडौं - प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्। ओलीले देव गुरुङलाई बर्खास्त गर्दै भट्टराईलाई नियुक्त गरेका हुन्।

खोटाङबाट प्रतिनिधि सभामा निर्वाचित भएका भट्टराईलाई संसदीय दलका उपनेता सुवास नेम्वाङको उपस्थितिमा सचेतकमा नियुक्त गरिएको हो।

प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्चबाट उल्टिएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग अर्को पक्ष माधव नेपाल–पुष्पकमल दाहालले माग गरेको अवस्थामा उनले यस्तो कदम चालेका हुन्।

संसद् बैठक १३ दिनभित्र बोलाउनुपर्ने अवस्थामा संसदीय दल र संसदमा आउने अविश्वासको प्रस्तावलाई हेरेर प्रधानमन्त्रीले यस्तो निर्णय गरेका हुन्।

...

१३ दिनभित्र पुनर्स्थापित संसदको बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले १३ दिनभित्र पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको छ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको हो। 

सर्वोच्चले आजकै दिनदेखि १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउने आदेश दिएको हो। सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन विरुद्ध परेका १३ थान रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो निर्णय सुनाएको हो।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका हुन्।

यो मुद्दाका ...


ओलीलाई झट्का : प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौं- सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरेको छ। सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै विघटनको निर्णय बदर गरिदिएको हो।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटनविरुद्ध परेका १३ थान रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तिम निर्णय सुनाएको हो।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका हुन्।

 

...

सिंहदरबारभित्रका अधिकांश क्यान्टिनमा मिति गुज्रिएका र गुणस्तरहीन खाद्यवस्तु

काठमाडौं- मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रका अधिकांश चमेनागृहहरूमा म्याद गुज्रिएका र अखाद्य वस्तुहरु बिक्री वितरण हुने गरेको पाइएको छ। 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार गरेको संयुक्त अनुगमनका क्रममा सिंहदरबारभित्रका चमेनागृहहरुमा उपभोग्य मिति सकिएका सामान बेच्न राखेको, सरसफाइमा लापरबाही गरेको तथा अप्रमाणित नापतौल मेसिन प्रयोग गरेको भेटिएको हो। 

सिंहदरबारभित्रका कर्मचारी र सेवाग्राही लक्षित केन्द्रिय क्यान्टिन (कन्चन चमेना गृह), अर्थ मन्त्रालय परिसरमा संचालित क्यान्टिन म्यानेजमेन्ट सर्भिस र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरमा संचालित गोसाइँकुण्ड भोजनालयमा मापदण्ड विपरीतका खाद्यवस्तु बिक्री ...


आयोगको निर्वाचन तयारीप्रति प्रधानमन्त्रीको असन्तुष्टी

काठमाडौं- निर्वाचन आयोगले चुनावको तयारी राम्रो नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आयोगले निर्वाचन कार्यक्रम प्रकाशित नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ। मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचनको तयारी गर्नुस् भनेकाे थिएँ,' ओलीले भने, 'तयारीकाे अवस्थामा मात्र छाैँ भन्छन्। निर्वाचन कार्यक्रम किन सार्वजनिक गरिएन?' 

केही दिन अघि मात्र प्रधानमन्त्री ओलीसहितको टोलीले निर्वाचन आयोगको भ्रमण गरी निर्वाचन तयारीबारे जिज्ञासा राखेको थियो। त्यसबेला ...


सभापतिमा मेरो उम्मेदवारी चर्चाको लागि मात्र होइन : शेखर कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने पुनः दोहोर्याएका छन्। उनले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने पनि स्पष्ट गरेका छन्। 

शनिबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले जिल्लाका नेताकार्यकर्ता र केन्द्रका नेतासँग आफ्नो उम्मेदवारीबारे निरन्तर छलफल गरेको बताए। सभापतिको उम्मेदवार बन्न जिल्ला भ्रमण गरिरहेकोबारे पत्रकारको प्रश्नमा उनले भने, 'सभापतिको उम्मेदवारी दिने मेरो चर्चाको कुरा मात्रै होइन। म सिरियस तरिकाले लागेको छु।'  

चर्चाका लागि मात्रै उम्मेदवारीको कुरा नगरेको उनले बताए। सभापतिको प्रत्यासी हुने गरी केन्द्रका नेतासँग संवाद जारी राखेको पनि ...


आफु पक्षीय सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर जाँदै

विराटनगर- केपी शर्मा ओलीले आज (शनिबार) आफू पक्षीय सभालाई सम्बोधन गर्न विराटनगर जाने भएका छन्। उनी पक्षीय सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगर जान लागेको आयोजक समितिले जनाएको छ।

विराटनगरको विराट नर्सिङ होम अगाडि हुने आमसभाको तयारीका लागि मञ्च व्यावस्थापन‚ सहभागी बस्ने ठाँउको व्यावस्थापन सकिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रमलाई सफल बनाउनका लागि नेकपाले यसअघि नै बृहत् मोटरसाइकल र्‍याली तथा मार्चपास गरिसकेको छ

आज हुने कार्यक्रममा ओली समूहको नेकपा प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनपरिचालन मूल कमिटी गठन गरिएको जनाइएको छ।

आजको ...


विद्यार्थीको प्रदर्शन, महिला संवेदनशीलतामा सरकार उदासिन रहेको आरोप

देउखुरी समाचारदाता
देउखुरी, फागुन । देशभर महिला हिंसाको घटना बढेको भन्दै विद्यार्थीले प्रदर्शन थालेका छन् । पटक पटक बाबालिका तथा किशोरीहरु बलत्कृत हुने गरेको र दोषिले उन्मुक्ती पाइरहेको भन्दैले सडक तताएका हुन । आइतबार देउखुरी बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले निर्मैला पन्त, भगरथी भट्ट लगायत देशभर बलत्कार पछि हत्या गरिएका र हिंसामा परेका महिलाहरु लाई न्याय दिलाउन माग गर्दै विद्यार्थीहरुले नाराजुलस सहित ¥याली गरेका हुन ।

No description available.

भगरथी लाई न्याय दे, बलत्कारीलाई फाँसी दे,नालायक सरकार मुर्दावाद ,नारी सुरक्षा कायम गर लेखिएका प्लेकार्ड बोकेका ...


नेतृ रामकुमारी झाँक्री हिरासतमुक्त

काठमाडौं- नेकपाकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले हिरासतमुक्त गरेको छ। उनकै निवासबाटै गिरफ्तार गरिएकी झाँक्रीलाई प्रहरीले केही बेर अगाडि हिरासतमुक्त गरेको हो। 

हिरासतमुक्त भएपछि नेतृ झाँक्रीले आफ्ना अभिव्यक्तिमा कुनै पनि पश्चाताप नभएको प्रतिक्रिया दिएकी छन्। उनले आफू अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लडिरहने समेत उल्लेख गरिन्। 

कसैले पनि जाहेरी नदिएको अवस्थामा आफू पक्राउ परेको र यसमा कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रत्यक्ष दबाब रहेको उनले बताइन्। 

'हामी संविधान र कानुनको पक्षमा लडिरहेका मान्छे हौँ। जसले कानुन र संविधान मान्दैन त्यस्ता पात्र र प्रवृत्तिविरुद्ध आज पनि सडकमा छौँ। राष्ट्रपति र प्रधानमन्त्री पदहरूप्रति ...


संसद विघटन : प्रधानमन्त्री र सभामुखको तर्फबाट बहस सकियो

काठमाडौं - प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटको तर्फबाट बहस सकिएको छ।

आइतबारको बहसमा रिट निवेदकले जवाफ दिनेछन्। निवेदकहरुले जवाफ दिपछि एमिकस क्युरीका पाँच जनाले आफ्ना राय प्रस्तुत गर्नेछन्।

आइतबार जवाफ दिनका लागि इजलासले पाँच जना रिटकर्तालाई समय उपलब्ध गराएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध १३ रिट परेका थिए।
प्रधानमन्त्री ओली पक्षीय वकिलले बहस गर्नुअघि रिट निवेदक तर्फबाट वकिलहरुले बहस गरेका थिए।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

...

हिरासतबाट झाँक्रीले भनिन् : ‘यो अन्तिम लडाईं हो, आफ्नो ठाउँमा डटौं’

काठमाडौं - युवा नेतृ रामकुमारी झाँक्रीले ‘प्रतिगमन’विरुद्धको अन्तिम लडाईं भएको बताएकी छन्। प्रहरी हिरासतमा रहेकी झाँक्रीले सामाजिक सञ्जार ट्विटरमा लेखेकी छन्,‘यो अन्तिम लडाईं हो।आफ्नो ठाउँमा डटौं।’

उनले ट्विटरमा लेखेकी छन् - 'राज्य विरूद्धको कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसार पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ, अपराध अनुसन्धान मिनभवनमा छु'। प्रहरीले उनलाई बिहीबार दिउँसाे निवासबाटै गिरफ्तार गरिएको थियो। अहिले उनलाई प्रहरीकाे महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको छ।

प्रहरीले प्रक्राउ गर्ने भएपछि प्रचण्ड-माधव पक्षका कार्यकर्ता विरोधमा उत्रेका थिए।

महाशाखा रहेकी झाँक्रीलाई नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र योगेश भट्टराईले भेटेका ...


‘राज्य विरुद्धको कसुर’ लाग्ने गरी गोरखामा के बोलेकी थिइन् झाँक्रीले ?

काठमाडौं - राज्य विरुद्धको कसुरमा नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले बिहीबार दिउँसो गिरफ्तार गरेको छ।

झाँक्रीले केही समयअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर दिएको विवादास्पद अभिव्यक्तिको आलोचना हुँदै आएको थियो। तर, उनले पदको लिंग नहुने र सार्वजनिक पदमा बसेको व्यक्तिको आलोचना गर्न पाइने बताउने गरेकी थिइन्। प्रहरीले भने सोही अभिव्यक्तिका लागि सोधपुछ गर्न बिहीबार महानगरीय अपराध महाशाखामा उपस्थित हुन भनिएको थियो।

माघ १६ गते नेकपा गोरखाको सिरानचोक गाउँ कमिटीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै झाँक्रीले राष्ट्रपति भण्डारीको आलोचना गरेकी थिइन्। ...


संसद विघटन मुद्दाको बहस आज सकिँदै, फागुनको मध्यतिर फैसला आउन सक्ने

काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीका कानून व्यवसायीहरूले आज (बिहीबार) बहस सक्ने भएका छन्। उनीहरूले आज एक घण्टामा बहस सक्ने बताएका छन्। उनीहरूपछि सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट दुई जनाले बहस गर्नेछन्। उक्त बहसपछि निवेदक र प्रतिपक्ष (सरकार) तर्फको बहस समाप्त हुनेछ।

यसपछि अदालतले मगाएका नेपाल बार र सर्वोच्च बारका एमिकस क्युरीले आफ्नो धाराणा राख्नेछन्। बहसका क्रममा उठेका प्रश्नहरूको जवाफ निवेदक पक्षले दिन पनि बाँकी छ। १३ वटा निवेदनमा केही वरिष्ठ अधिवक्ता र अधिवक्ताले मात्र जवाफ दिने तयारी गरेकाले अबको प्रक्रिया धेरै ...


रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली पुग्यो उनकै निवास

काठमाडौं - नेकपा नेता रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने महानगरीय प्रहरी अपराध महाशाखाको टोली शंखमुलस्थित उनको निवासमा पुगेको छ। सोधपुछका लागि बोलाएको प्रहरीकहाँ झाँक्री नपुगेपछि महाशाखाको टोली खटाइएको महाशाखाका एसएसपी दीपक थापाले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध दिएको अभिव्यक्तिका विषयमा झाँक्रीलाई मुद्दा चलाउन सत्ता पक्षीय नेकपा नेताहरुले प्रहरीमाथि दबाब सिर्जना गरेका छन्।

प्रहरीले सोधपुक्षका लागि भन्दै फोन गरेर बोलाएको झाँक्रीले प्रतिक्रिया दिएकी थिइन्। उनले यो राजनीतिक मुद्दा भएको र आफुहरुले सडकबाट प्रतिवाद गरिरहेको बताउंदै आफुलाई पक्राउ गर्ने भए प्रहरीलाई पक्राउ पूर्जी लिएर आउन चुनौती दिएकी छिन।

...

बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाउन आदेश

काठमाडौं- बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई अदालतले थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलाशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने काममा मुख्य बिचौलियाको भूमिका निभाएका ढकाल फाल्गुनमा म्याद तामेली भएपनि आज मात्रै अदालत उपस्थित भएका थिए ।

ढकाल र रामकुमार सुवेदीले संयुक्त रूपमा उक्त सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा विचौलियको भूमिका निभाएका थिए। सुवेदी लेखापढी व्यवसायी समेत भएकाले उनको सहयोगमा बालुवाटरको सरकारी जग्गा व्यक्तिको बनाउने चलखेल ...


निर्वाचन आयोगका केही व्यक्तिको भूमिका शंकास्पद : प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगको लक्षण राम्रो नदेखिएको बताएका छन्। काठमाडाैंमा बुधबार आयोजित विरोध सभालाई सम्बाेधन गर्ने क्रममा प्रचण्डले आयोगको पछिल्लो गतिविधि हेर्दा लक्षण गतिलो नदेखिएको बताएका हुन्।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा पुगेर धम्की दिएको भन्दै कसैको डर र धम्कीको भरमा आयोगले खुट्टा कमाउन नहुनेमा जोड दिएका छन्। उनले आयोगका केही व्यक्तिको भूमिकाप्रति शंका लागेको बताए।

‘केपी ओलीले आयोगमा गएर धम्क्याउनु भएछ र निर्वाचन आयोग चाहिँ अलिकति .. आयोगका कोही कोही मान्छे चाहिँ फेरि के हो के हो, ...


यो आन्दोलन कुर्सिका लागि होइन : प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुर्सिका लागि आन्दोलन नभएको प्रष्टाएका छन्। आफू पक्षीय नेकपाले बुधबार काठमाडाैंमा आयोजना गरेको सभामा उनले भने, ‘चाहिएको छैन हामीलाई कुर्चि। जनताको मुक्ति र हित चाहिएको छ।’

कुर्सिका लागि ‘यी बुढाहरू’ लागेको विरोधीहरूले भन्ने गरेको उनको गुनासो थियो। युवाहरूलाई भने, ‘खै, कुर्चिकै लागि लडेका हुन् कि भन्ने तपाईंहरूलाई परेको हुनसक्छ।’

युवाहरू प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलनमा सरिक भएकोप्रति उनले आत्मसन्तुष्टि व्यक्त गरे। ‘युवाहरूको लागि केही गर्ने संकल्प ‘हामी बुढाहरुले’ गरेका छौं। बुढाहरू नै भन्न त अलि मिल्दैन कि!’, ...


निर्वाचन आयोगले बहुमतको निर्णयलाई छोडेर अन्यथा गर्न पाउँदैन : माधब नेपाल

काठमाडौं- नेकपाको प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगले बहुमतको निर्णयलाई कार्यान्वयन नगरेर अन्यथा गर्न नपाउने बताएका छन्। बुधबार काठमाडौंको प्रदर्शनी मार्गमा आयोजित विरोध सभमा बोल्दै नेपालले बहुमतको निर्णय कार्यान्वयन गरे पार्टी आधिकारिता आफूहरूले पाउने दाबी गरे।

‘केपी ओली बहुमतको शासन मान्न तयार छन् भने निर्वाचन आयोगले लेखेर पठाएको चिठ्ठीमा नेकपाको ४४१ जना केन्द्रीय सदस्यलाई मान्यता दिएको छ’, नेपालले भने, ‘आयोगले भनेको आधारमा जाने हो भने ल गणना गरौं, मार्च पास गरौं। ४४१ जनामध्ये केपी ओलीको पक्षमा एक सय जना छन्। हाम्रा पक्षमा तीन सय जना ...


प्रचण्ड-माधव समूहले निकाल्यो राजधानीमा विरोध जुलुस

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी, नेकपा (प्रचण्ड-माधव समूह)को जुलुस विभिन्न स्थानबाट सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने छन् ।

अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ । विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

विरोधसभामा सहभागी गराउन प्रचण्ड-माधव समूहले बिभिन्न जिल्लाबाटसमेत कार्यकर्ता तथा समर्थकहरुलाई काठमाडौंमा उतारेको छ । सो समूहको जुलुस तथा विरोधसभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन ...


राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। निर्वाचन तयारीको अवस्था बुझ्न निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओली आयोगबाट बालुवाटार नफर्की सिधै राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका थिए।

दुई चरणमा मतदान हुने गरी सरकारले सोमबार प्रदेश छुट्याएको छ। निर्वाचनका लागि सरकारले गरेका निर्णय जानकारी गराउन प्रधानमन्त्री शितलनिवास पुगेको बताइएको छ।

४ वटा प्रदेशका ४० जिल्लामा वैशाख १७ गते र बाँकी ३ वटा प्रदेशका ३७ जिल्लामा वैशाख २७ मा निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ।

...

 माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं - सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३० मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ३० गते सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्।

सोनाम र ग्याल्पो ल्होसारका अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए।

...

प्रचण्ड-माधव समूहको सचिवालय बैठक बस्दै

काठमाडौं - नेकपाको प्रचण्डमाधव पक्षले सचिवालय बैठक बोलाएको छ। बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्नेछ।

बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा र भोलि काठमाडौंमा गरिने सभाका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित भएको छ। एउटा पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्।

नेकपाभित्रको तत्कालीन सचिवालयका ९ सदस्यमध्ये दुवै पक्षमा चार/चार जना छन्। सचिवालय सदस्य वामदेव गौतम भने दुवै समूहमा नलागेर ...


नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं - सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायममुकायम प्रमुख कार्यकारी निर्देशक रहेका शाक्यलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। ऊर्जा मन्त्रालयको प्रस्तावमा उनलाई कार्यकारी निर्देशक नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए।

यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।

ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। शाक्यलाई प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ’ बाट प्राधिकरणमा फिर्ता बोलाएर यो जिम्मेवारी दिइएको थियो।

त्यसको ...


निर्वाचन आयोग पुगे प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। उनी बिहान ११ः५० बजे आयोग पुगेका हुन्।

उनीभन्दा पहिले ओली पक्षको नेकपाका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ आयोग पुगेका थिए। उनीहरू पुगेको एक घण्टापछि ओली आयोग पुगेका हुन्।

प्रधानमन्त्री ओलीले निर्वाचन तयारीका सम्बन्धमा आयोगसँग छलफल गर्ने बताइएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई चरणमा निर्वाचन हुने जिल्ला टुंग्याएको भोलिपल्ट प्रधानमन्त्री ओली आयोग पुगेका हुन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेश २ का ८, गण्डकीका ११, लुम्बिनीका १२ र कर्णालीका १० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो।

दोस्रो ...


हेटौंडामा आजदेखि राष्ट्रिय छोरी सम्मेलन

मकवानपुर - वाग्मती प्रदेशको राजधानी हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी (छोरी) सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौंडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुन लागेको हो ।

समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिए।

सम्मेलनमा देशभरबाट १०० जनाको प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत ...


मन्त्रिपरिषद निर्णय : वैशाख १७ गते ४० र २७ गते बाँकी जिल्लामा निर्वाचन

काठमाडौं - मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन हुने प्रदेशहरु र त्यसअन्तर्गतका जिल्ला विभाजन गरेको हो।

वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुने एक मन्त्रीले जानकारी दिए।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकिएको थियो। तर, त्यस विरुद्ध परेको मुद्दामा सर्वोच्च ...


निर्वाचनको तयारीका विषयमा बुझ्न प्रधानमन्त्री निर्वाचन आयोग जाँदै

काठमाडौं - निर्वाचनको तयारीका विषयमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग जाने भएका छन्। मंगलबार ११ बजे वैशाखमा हुने भनिएको निर्वाचनको तयारीका विषयमा बुझ्नका लागि प्रधानमन्त्री ओली निर्वाचन आयोग जान लागेका हुन्।

यसका साथै नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता र चुनाव चिह्नको विषयमा समेत छलफल हुने बताइएको छ।

पछिल्ला केही महिनायता नेकपामा आन्तरिक विवाद बढेसँगै पार्टी फुटको संघारमा रहेको अवस्थामा चुनाव चिह्नको विषयमा ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड - माधवकुमार नेपाल पक्षबीच विवाद चर्किरहेको छ।

...

पत्रकारलाई आजबाट कोरोनाविरुद्धको खोप दिइंदै

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट कोरोना भाइरस (कोभिड–१९ विरुद्ध)को खोप पत्रकारहरुलाई उपलब्ध गराउने भएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजबाट पत्रकारलाई लगाउने तयारी भएको हो । आजबाट पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सोमबार (आज)देखि पाँच दिनसम्म अग्रपंक्तितमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिए । खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने ...


नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो

काठमाडौं - नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या पाँच लाख नाघेको छ। देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन्।

गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो। झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा लोकनाथ भुषालले बताए। उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ। उनले भने, ‘सेवाग्राहीले अनुकूल समयमा फारम भर्न ...


ओली पक्षका सांसदले अवरोध गरेपछि प्रदेश सभा बैठक स्थगित

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदले अवरोध गरेपछि प्रदेश १ को प्रदेश सभा बैठक स्थगित भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत ओली पक्षका हुन्। उनी पक्षकै सांसदले प्रदेश सभा बैठक अवरोध गरेका थिए।

आइतबार दिउँसो २ बजेका लागि बैठक बोलाइएपनि ढिलोगरी करिब ४ बजेतिर बैठक सुरु भएको थियो। बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रचण्ड–माधव पक्षका १६ सांसदलाई निकाल्न भनेर बैठक अवरुद्ध गरेका हुन्।

सभामुख प्रदीपकुमार भण्डारीले बैठक सुरु गरेलगत्तै ओली पक्षका सांसद बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री ...


एनसेलसँग तत्काल कर नउठाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग तत्काल कर नउठाउन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले ठूला करदाता कार्यालयले पुस २९ गते जारी गरेको पत्रअनुसार कर नउठाउन आइतबार अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चले यसअघि सबै प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको र कर कार्यालयबाट पत्र गएको दिन एउटै परेको भन्दै हाललाई सबै प्रक्रिया यथास्थानमा राख्न पनि आदेश दिएको छ।

ठूला करदाता कार्यालयले एनसेललाई ६० अर्ब रूपैयाँ कर निर्धारण गरेको जानकारी पुस २९ गते गराएको थियो। एनसेलको स्वामित्व बिक्रीमा आयकर ऐनको दफा ५७ अनुसारको ...


सभामुखको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं - सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अदालतले अस्वीकार गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत विभिन्न संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सभामुखले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै नियुक्त भएका पदाधिकारीको काम कारबाही रोक्न अस्वीकार गरेको हो।

सर्वोच्चको यो आदेशपछि संवैधानिक निकायमा नियुक्त भएका ३४ जना पदाधिकारीलाई काम गर्ने बाटो खुलेको छ। त्यस्तै, सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार भने दिएको छ।

सर्वोच्चले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्का ...


प्रचण्डहरुलाई चिडियाखानामा थुन्ने भन्नुको अर्थ के होला ?

प्रचण्डले शाकाहारी आन्दोलन नगर्ने भनेपछी बादलले चिडियाखानामा थुन्ने जवाफ दिनुको अर्थ के होला ? यसबारे अहिले व्यापक चिन्ता, चासो र चर्चा गर्दै यसको अर्थ र आसय अनि रहस्य र कारण खोज्ने प्रसस्त प्रयास भैरहेछ !

यसबारे मलाई लाग्छ :
एउटा अर्थ त यी मांसाहारी आन्दोलन गर्नेहरु धेरै संख्यामा छन्, जेलमा अटाउँदैनन् र चिडियाखानामा थुन्नुपर्छ भनेको होला !

अर्को, माओवादी जनयुद्ध रुपी क्रान्तिकारी हिंसात्मक आन्दोलनलाई विसर्जन गर्दै यस्लाई संविधान र कानुनमा समेत निषेध गर्ने धारा र दफा-उपदफामा ल्याप्चे लगाउनेहरुबाटै संविधान र कानुनको कार्यान्वयनको प्रारम्भिक चरणमै तिनलाई ...


एमसीसीसँगको नेपालको सम्झौता र देसविकासबारे हाम्रो दृष्टिकोण !

नेकपाको केन्द्रीय समितिको हालै सम्पन्न बैठकबाट एमसीसी खारेज गराउन नसकिए पनि पास नहुनु र यसबारे अध्ययन गर्न राष्ट्रवादी र देसभक्त नेताको छवि बनाएका भूपू प्रम एवम् पार्टीका वरिष्ठ नेता झलनाथ खनालजीको नेतृत्वमा कार्यदल बन्नु सकारात्मक नै हो ! mcc सदनबाट पास गर्नु हुन्न भन्नेकै नेतृत्वमा बहुमत भएको कार्यदल गठनलाई कसरी नकारात्मक भन्ने र ? तर अत्यधिक बहुमत के.स.ले mcc अस्वीकार गर्ने गरि व्यापक विरोध गर्दा र सडकमा यसको खारेजीसम्मका अभियान र अभिमतहरु व्यापक हुँदा पनि mcc जस्तो स्पस्टत: खतरनाक र घातक सम्झौताबारे यस्तो रक्षात्मक हुनु ...


सीमा क्षेत्रबाट खैरो हिरोइनसहित दुई पक्राउ

बेलडाँडी गाउँपालिका–३ वनकुरुवा नजिकैको नेपाल–भारत सीमा क्षेत्रबाट दुई जनालाई १७ ग्राम लागुऔषध खैरो हिरोइनसहित सशस्त्र प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।

स्तम्भ नम्बर ७८३र२ नजिकबाट कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडका २२ वर्षीय गोरखबहादुर बोगटी र बर्दगोरिया गाउँपालिका–३ बौनियाका २३ वर्षीय शारदा विकलाई सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुको साथबाट लागुऔषधसहित बा६८प ३१६९ नंको मोटरसाइकल, नगद रकम रु चार हजार, बैंक चेक, मोबाइल झोला र भारतीय सीमकार्ड बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले ...


सभामुख सापकाेटाले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं - सभामुख अग्निप्रसाद सापकाेटाले सर्वाेच्च अदालतमा दायर गरेकाे रिट निवेदनमाथी आइतबार सुनुवाइ हुँदैछ। सापकाेटाले अदालतमा आफैँ उपस्थित भएर संवैधानिक परिषद्‌मा भएकाे नियुक्ति बदर हुनुपर्ने रिट दर्ता गराएका थिए।

मंसिर ३० गते आफ्नाे उपस्थितिबिना बसिएको बैठकबाट ल्याइएको अध्यादेशमार्फत गरिएकाे नियुक्ति गैरकानुनी भएकाे जिकीर गर्दै सापकाेटाले रिट दर्ता गराएका थिए। यसरी गरिएकाे सिफारिसअनुसार बुधबार राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले संवैधानिक परिषद्‌मा सिफारिस सबै पदाधिकारीलाई सपथ गराएका थिए।

सभामुख सापकाेटाले राष्ट्रपति कार्यालयसहित ३९ जनालाई विपक्षी बनाएका छन्। संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, सदस्य एवं प्रधानन्यायाधीश राणा ...


त्रिविका शैक्षिक सत्र तीन महिना पछाडि सर्ने

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र तीन महिनापछाडि सार्ने निर्णय गरेको छ। विश्वविद्यालयका विभिन्न संकायका डिनहरूको माघ पहिलो साता बसेको संयुक्त बैठकको निर्णयअनुसार नयाँ शैक्षिक सत्र सार्वजनिक गरेको हो।

विश्वविद्यालयका शिक्षाध्यक्ष शिवप्रसाद भुसालले स्नातक तहको शैक्षिक सत्र फागुनमा र स्नातकोत्तर तहको वैशाखमा सुरु हुने निर्णय भएको बताए। सोहीअनुसार विश्वविद्यालयले शैक्षिक क्यालेन्डरसमेत सार्वजनिक गरेको उनको भनाइ छ। यसअघि स्नातक तहको नयाँ शैक्षिक सत्र मंसिरदेखि सुरु हुने त्रिवि नियममा उल्लेख छ। तर कोभिडकै कारण यस वर्ष शैक्षिक सत्र देखि तीन महिनापछि सार्नुपरेको उनको भनाइ ...


विशाल आमसभाहरुको अर्थ र सन्देश !

लेखक : नेकपा नेता नारायण शर्मा

यही माघ ९ र २३ गतेका काठमाडौंका विशाल आमसभाहरु र देसका विभिन्न भागहरुमा हाल भैरहेका विभिन्न जनसभाहरुमा भएको व्यापक सहभागिताको अर्थ के हो ? यसको अर्थ हो- जनता यो व्यवस्था र अवस्थाका विचार, वैचारिक-राजनीतिक शक्ति, व्यक्ती, संघसंस्था र संयन्त्रहरु तथा तिनका विचलित, विकृत र विसंगत सोंच, शैली, संस्कार, विधि र व्यवहारबाट आश्वस्त, विश्वस्त र सन्तुष्ट छैनन् ! अझ भनौं यतिबेला जनता देसका विभिन्न सरकारी निकाय र तिनका गैरजिम्मेवार र जनविरोधी शासक-प्रशासकहरु अनि सबैजसो संसदवादी पार्टीहरु र तिनका शक्तिशाली नेता-कार्यकर्ताका ...


बैतडी किशोरी मृत्यु प्रकरण : हत्यारा खोज्न तालीम प्राप्त कुकुर फिल्डमा

बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ ।

तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, “घटनामा संलग्नलाई खोज्न तथा थप अनुसन्धान गर्न सहज होस् भनेर कुकुरको प्रयोग गरेका हौैँ ।” बुधबार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो ।


कांग्रेसका शुभेच्छुक संस्थाले आज  संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्दै

काठमाडौं - नेपाली कांग्रेसका शुभेच्छुक संस्थाले आज (शनिबार) देशभर विरोध प्रर्दशन गर्ने भएका छन्। पार्टी केन्द्रीय समितिले गरेको निर्णयअनुसार प्रतिनिधि सभा विघटनविरुद्ध ७७ जिल्लामा विरोध प्रर्दशन गरिने भएको हो।

नेपाल ट्रेड यूनियन कांग्रेससहित १८ शुभेच्छुक संस्थाले शनिबार विरोध प्रर्दशन गर्ने भएका छन्। शनिबार दिउँसो १२ बजे देखि १२ः३० बजेसम्म देशका ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रर्दशन गरिने कांग्रेसले जनाएको छ। काठमाडौंको टुँडिखेल आसपासमा कालोपट्टीसहित मानव साङ्लो निर्माण गरिने बताइएको छ।

सरकारले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध सतहत्तरै जिल्लाबाट प्रतिरोधमा उत्रन कांग्रेसले आह्वान गरेको छ। विरोधका लागि कालो मास्क ...


आजको आवश्यकता : प्रतिगमन विरुद्धको मोर्चा अनेक तर प्रहारको निशाना एक

आजको जस्तो जटिल र गम्भीर अवस्थामा प्रतिगमन र प्रतिकृयावादका विरुद्ध लड्ने लडाइमा प्राय: दुई तरिका अपनाइन्छ । एउटा हो- हालैको एक पोस्टमा Balaram Timalsina ले भनेझैं प्रतिगमनविरोधी शक्तिहरु सबैको एउटै मोर्चा बनाएर लड्ने अर्थात् "मोर्चा एक र प्रहारको निसाना पनि एक" को तरिकाले लड्ने !

अर्को तरिका हो- "मोर्चा फरक/अनेक तर प्रहारको निशाना उही एक" बनाएर लड्ने !

मेरो विचारमा अघिल्लो तरिका अपनाइएमा क्रान्तिकारी वैकल्पिक विचार, बाटो, विधि, व्यवस्थापिका र व्यवस्था आदि सबै ओझेल पर्ने र जनतामा यी दुवै थरी एउटै हुन् भन्ने भ्रम पर्छ ! फेरि ...


देशभर कोरोनाविरुद्धको खोप अभियान शुरु, कहाँ-कहाँबाट दिइंदैछ खोप ?

काठमाडौं - कोरोनाभाइरस कोभिड-१९ विरुद्धको खोप अभियान बुधबार अर्थात आजबाट देशभर सुभारम्भ भएको छ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिशिल्ड खोपको महाअभियान भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि देशभर एकैसाथ सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका ६२ अस्पताल र १ सय २० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु हुँदैछ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको कोभिशिल्ड खोप १७ खोपकेन्द्रबाट दिइदैं छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका औषधि उत्पादक कम्पनीले सयुक्त रुपमा भारतमा सेरम इस्सिच्युटमार्फत उत्पादन गरेको हो । भारत सरकारको अनुदान सहयोगमा ...


सन् २०२० मा विभिन्न घटनाबाट साढे ४ हजार जनाको मृत्यु, १०२ जना बेपत्ता

काठमाडौँ - नेपालमा सन् २०२० मा विभिन्न घटनाबाट ४ हजार ५०४ मानिसको मृत्यु भएको छ । विपदमा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी सडक दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । कोभिड-१९ का कारण एक हजार ८५६ को मृत्यु भएको छ ।

पहिरोबाट ३०३ ले ज्यान गुमाएका छन् भने ६४ बेपत्ता छन् । बाढीबाट ४२ को मृत्यु र ३७ बेपत्ता भएको प्राधिकरणले जनाएको छ । सर्पदंशबाट २९, आगलागीबाट ...


नेकपा एकता अभियानको घोषणा गर्दै बामदेव गौतम

काठमाडौं - सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई मध्यनजर गर्दै बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्न लागेको बताएका छन्।

पार्टीभित्र देखिएको आन्तरिक कलह र फुटको स्थितिले बाहिर सकारात्मक सन्देश नजाने बताउँदै गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गन लागेको उनको सचिवालयले जनाएको छ।

बुधबार (आज) सिद्धार्थ कटेज धोविघाटमा बिहान ११ बजे पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्ने उनको सचिवालयले जनाएको छ।

‘पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा छ। त्यही माग र चाहनालाई सम्बोधन गर्न हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय ...


चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख विरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

काठमाडौं- प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै विज्ञप्ति जारी गरेका सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ। राजाराम घिमिरेले चारै जना पूर्वप्रधानन्यायाधीशहरू र पूर्वसभामुख ढुंगानालाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्।

पूर्वप्रधानन्याधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सशीला कार्कीले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएकाे टिप्पणी गरेका थिए। पूर्वसभामुख ढुङगानाले सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनी अभिव्यक्ति दिएका थिए।

उनीहरूले विचाराधीन मुद्दामा टिप्पणी गर्दै अदालतकाे अवहेलना गरेकाे दाबी निवेदनमा गरिएकाे छ। उनीहरुले आफै उपस्थित भएर जवाफ दिन भनिएकाे छ।

उनीहरूकाे ...


प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ । अदलतमा भइरहेको सुनुवाईलाई प्रभाव पार्ने गरी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध दुई थान अदालतको अवहेलना मुद्दा दर्ता भएका हुन्।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले मंगलबार ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता गराएपछि ओलीविरुद्ध अवहेलनाका मुद्दाको संख्या दुई पुगेको हो। यसअघि वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्री ओलीलाई कारबाहीको माग गर्दै सर्वोच्चमा निवेदन पेस गरेका थिए।

'प्रधानमन्त्रीको पदमा आसीन खड्ग प्रसाद शर्मा ओलीले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले ...


काठमाडौं महानगर भित्रका सबै स्कुलहरु खुल्ने

काठमाडौं - दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ। कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालनको अनुमति दिएको हो।

कामपाको आइतबार बसेको शिक्षा समितिको बैठकले विद्यालय चलाउन बाटो खोलिदिएको हो। समितिका अध्यक्ष एवं कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने जानकारी दिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण ...


नेकपाको विभाजनलाई मान्यता दिन नमिल्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं - निर्वाचन आयोगले नेकपाको दुवै पक्षको दावी अस्वीकार गर्ने निर्णय गरेको छ। नेकपाका दुवै पक्षले आयोगमा पेस गरेको कागजपत्र र जवाफका आधारमा आइतबार साँझ आयोगमा बसेको बैठकले उनीहरूको विभाजनलाई मान्यता नदिने निर्णय गरेको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपाका दुवै पक्षले विवरण संशोधनका लागि पेश गरेको कागजपत्र अनुसार संशोधन गर्न नमिल्ने देखिएको छ।

'उहाँहरुले अहिले दावी गर्दै पेश गरेको विवरण संशोधन गर्न कानुनसम्मत देखिएन,' उनले भने, 'त्यसकारण आयोगले साविककै विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै रहेको विवरणका विषयमा जानकारी गराउने ...


कोरोना खोप माघ १४ गते देखि लगाइने,  दोस्रो डोज एक महिनापछि

काठमाडौं - कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएको लगाइउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार निर्णय गर्दै खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने निर्णय भएको हो।

भारतले अनुदानमा पठाएको कोभिसिल्ड खोपको दुई डोज लगाउनुपर्ने हुन्छ। सरकारले फ्रन्टलाईनर स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप अभियान सुरु गरिने भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गते खोप अभियानको शुभारम्भ गर्ने भएका छन्। बिहान १० बजे भर्चुअल रूपमा खोप अभियानको उद्घाटन गर्ने मन्त्रालयले जनाएको छ। सात वटै प्रदेशमा एकैदिन खोप अभियान सुरु गर्ने सरकारको तयारी छ।

मन्त्रालयले आइतबारदेखि ...


गणक र सुपरीवेक्षक पदका लागि ४७ हजार कर्मचारी माग

काठमाडौं - राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरीवेक्षक पदमा दरखास्त आह्वान भएको छ। केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरीवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आह्वान गरिएको बताएको हो। विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक करारमा भर्ना लिन लागेको जानकारी समेत गराएको छ।

करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनगणना गरिने विभागको भनाइ छ।

२०७७ माघ ११ गतेदेखि ...


मुख्यमन्त्री शेरधन राई र जाङ्मु शेर्पा बिच शुभविवाह सम्पन्न

काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र जाङ्मु शेर्पा बिच शुभविवाह सम्पन्न भएको छ । आइतबार उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् ।

काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए । ४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए ।

राईको पुख्यौंली घर भोजपुर हो भने शेर्पाको संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा बस्दै आएका छन् ।

उनी मोडल समेत हुन् । मिस मंगोल २०१८ को उपाधि समेत जितेकी उनले म्युजिक ...


अदालतमा प्रश्न उठेपछि संसद विघटनको सूचनामा पुरानो मिति राखेर रातारात राजपत्रमा

काठमाडौं - महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन्। शुक्रबारको इजलासमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेस गरेका हुन्।

अदालतमा प्रश्न उठेपछि संसद विघटनको सूचनामा पुरानो मिति राखेर सरकारले बिहीबार साँझ मात्र राजपत्र प्रकाशन गरेको हो। सरकारले पुस ५ गतेकै मिति राखेर राजपत्र प्रकाशन गरेको छ ।

बिहीबारको सुनुवाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए। त्यसपछि इजलासले महान्यायाधिवक्तालाई राजपत्रमा सूचना छ कि छैन भनेर प्रश्न गरेको थियो।

महान्यायाधिवक्ता खरेलले राजपत्र बुझाएपछि न्यायाधीश अनीललकुमार सिन्हाले बिहीबार ...


काठमाडौंमा प्रचण्ड-माधव समुहको शक्ति प्रदर्शन (फोटो फिचर)

काठमाडौं - नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले राजधानीमा शक्ति प्रदर्शन गरेको छ। प्रतिनिधि सभा विघटनविरुद्ध विभिन्न खाले संघर्षका कार्यक्रम गर्दै आएको यो पक्षले अहिले काठमाडौंका विभिन्न ९ ठाउँबाट जुलुस निकालेको छ। जुलुसहरुको नेतृत्व गर्न स्थायी कमिटी सदस्यहरु, केन्द्रीय कमिटी सदस्यहरुको नाम तोकिएको छ।

सबै जुलुस रत्नपार्कमा जम्मा भई मूल जुलुसमा परिणत भइरहेको छ। त्यसपछि उक्त जुलुस रत्नपार्क-बागबजार-पुतलीसडक-प्रदर्शनी मार्ग-भद्रकाली-सहिदगेट-एनएसी-भोटाहिटी-रत्नपार्क-विद्युत प्राधिकरण हुँदै सभामा परिणत हुने बताइएको छ।

सभालाई सो पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायतले सम्बोधन गर्नेछन्।


बहस : मध्यावधि वा पुनर्स्थापना कि अग्रगमन ?

हालै प्रधानमन्त्री केपी ओलीले आफूलाई पार्टी र त्यसका नेताहरुले काम गर्न दिएनन् भन्ने बहानामा राज्यको निर्वाचीत संस्था प्रतिनिधिसभा (संसद्)को नै विघटन गरेपछि अबको निकास मध्यावधी, पुनर्स्थापना र अग्रगमनमध्ये कुन सही र आवस्यक हो भन्ने प्रश्न र बहसले स्थान पाएको छ ! त्यसैले यसबारे थोरै चर्चा वान्छ्नीय भएको छ ।

एक महिनाअघि प्रधानमन्त्री ओलीले हठात् र बलात् संसद विघटन गरेपछि एकातिर पार्टीलाई टुक्राटुक्रा पारी कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत पारेका छन् भने अर्कातिर देसलाई अस्थीरता, अराजकता र अस्तव्यस्तताको चक्रब्युहमा फसाएका छन् ! तर त्यसबाट निकास पाउने नाउँमा मध्यावधीको नौटङ्की ...


एसिड पीडित दुई युवतीलाई आयल निगमले दियो जागिर

काठमाडौं - एसिड आक्रमणबाट पीडित भएका २ जना युवतीलाई नेपाल आयल निगमले १ वर्षे करार सम्झौतामा जागिर दिएको छ। एसिड आक्रमणबाट पीडित ओखलढुङ्गाका फुलबारी ३ की पवित्रा कार्की र नवलपरासी अर्ग्यौली ९ की बसन्ती परियारलाई निगमले पुस १६ देखि कामकाजमा खटाएको हो।

निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती युवतीलाई करार सेवामा जागिर दिएको जनाएको छ। ‘तेजाब आक्रमणबाट पीडित भई सामाजिक तथा मनोवैज्ञानिक त्रासका साथ जीवन बाँचिरहेको आक्रान्त अवस्थामा ती दुई जना निगमको सम्पर्कमा आएका थिए,’ निगमले बिहीबार जारी गरेको विज्ञप्तीमा भनिएको छ।

उनीहरुले आफ्नो कमजोर आर्थिक अवस्था ...


नाम ढिलो टिपाएको भन्दै अधिवक्तालाई बहस गर्न रोक लगाइयो

काठमाडौं - संसद विघटन मुद्दामा बहस गर्न नाम लेखाएका अधिवक्ता बसन्त रिमाल बहस गर्नबाट रोकिएका छन् । उनलाई सर्वोच्च प्रशासनले नाम ढिलो टिपाएको भन्दै बहस गर्न रोक लगाएको छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरणको रिट निवेदनको पक्षमा बहस गर्न आएका रिमालले माघ ४ गतेपछि मात्र वकालतनामा बुझाएका थिए।
इजलासले बहस नगर्न भनेपछि रिमाल फर्किएका छन् ।

त्यस्तै, यस अघि पनि अधिबक्ता अभिषेक अधिकारी रिट निवेदकका तर्फबाट बहस गर्न इजालस प्रवेश गरेका थिए । उनको पनि ४ गते भन्दा पछाडी नै वकालतनामा बुझाएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहस ...


संवैधानिक इजलासले माग्यो संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना

काठमाडौं - सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिद्वारा सदर भएको भनी राजपत्रमा प्रकाशित सूचना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मागेका हुन् ।

यसअघि अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिले सदर गरेपछि राजपत्रमा प्रकाशित भएको आफूले थाहा नपाएको इजलासमा बताएका थिए ।

...

काँकडभिट्टा जाँदै गरेको दाङको गाडी सर्लाहीमा दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं - सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी २३ वर्षीय रिता चौधरी छन् ।राजकुमारीको घटनास्थलमै र रिताको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

सप्तरी - हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको डक नगरपालिकामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु एको छ ।

खडक नगरपालिका-११ बनौलीमा पश्चितमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०१-००१-प ६१४६ नम्बरको मोटरसाइककल आफैं अनियन्त्रित भई बुधबार राति साढे १२ बजेको समयमा दुर्घटना भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका-११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको छ । घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै दुवैको मृत्यु भएको प्रवक्ता साहले बताए ।

मोटरसाइकलमा ...


संसद विघटन मुद्दामा २५० जनाले बहस गर्ने, एक जनालाई 'आधा घन्टा'को समय

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले बहस गर्दा प्रत्येक कानून व्यवसायीले आधा घण्टामा बहस सकाउन ‘टाइम कार्ड लागू’ गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु भएलगत्तै प्रधानन्यायाधीश राणाले रिट निवेदनबाट बहस गर्ने प्रत्येक कानून व्यवसायीले ३० मिनेटमा सक्नु भनेर टाइमा कार्ड लागू गरेका हुन् ।

आइतबारदेखि विषय केन्द्रित भएर सुनुवाइ शुरु भए पनि चौथो दिनसम्म आइपुग्दासम्म रिट निवेदकका तर्फबाट जम्मा १८ कानून व्यवसायीको मात्र बहस सकिएको छ । आधा घण्टामा बहस सक्नुपर्ने भन्ने समयसीमा तोकेपछि छ जना कानून व्यवसायीको ...


कोरोनाको खोप आज नेपाल आउंदै, यस्ता समस्या हुनेले लगाउनु हुँदैन

काठमाडौं - भारत सरकारले अनुदान सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप आज नेपाल ल्याइँदैछ। खोप बिहान ११ बजे काठमाडौं आइपुग्ने जनाइएको छ। भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराउन लागेको हो।

कोभिड-१९ विरुद्दको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले एलर्जीको समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका, गर्भवती, ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई खोप नलगाउन सुझाव दिएको छ।

इन्स्टिच्युटद्वारा जारी फ्याक्ट सीटमा कोभिसिल्डको पहिलो डोज लगाएपछि कुनै गम्भीर एलर्जी वा अन्य स्वास्थ्य समस्या देखिए ती व्यक्तिलाई दोस्रो डोज नलिनसमेत सूचित गराएको ...


नुवाकोटमा अवैध काठ बोकेको गाडी सहित ७ जना पक्राउ

नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

सोमबार राति लैजान लागिएको अवैध सालको काठ २० गोलिया र फडिरको काठ तीन गोलिया गरेर ४४ घनफिट काठसहित काठ बोक्ने गाडी र संलग्न सात व्यक्ति पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तुलबहादुर कार्कीका अनुसार अस्थायी प्रहरी पोष्ट कोल्पुटारबाट खटिएको प्रहरीले अवैध काठ ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवाकोटमार्फत डिभिजन वन कार्यालय नुवाकोटमा बुझाइएको छ ।

काठ ओसारपसारमा प्रयोग भएको प्रदेश नं ...


अदालतको मुद्दाले चुनावको तयारी रोक्न मिल्दैन : निर्वाचन आयोग

काठमाडौं - सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले तयारी थालेको जनाएको छ । संसद विघटनको विरोधमा सर्वोच्च अदालतमा दर्ता भएका रिटहरूमाथिको सुनवाइ संवैधानिक इजलासमा जारी छ ।

आयोग सरकारले तोकेको मितिमा चुनाव गराउने आफ्नो संवैधानिक जिम्मेवारी भएको भन्दै तयारीमा जुटेको हो । ‘आगामी वैशाख १७ गते पहिलो चरणमा, २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी सरकारबाट मिति घोषणा भइसकेको छ’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भन्छन्, ‘घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले आफ्नो ...


बेलायतमा एकै दिन झन्डै तीन लाख जनालाई कोरोनाको खोप

लण्डन - बेलायत सरकारले कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्र रुपमा अघि बढाएको छ । शनिबारमात्र एकैदिनमा दुई लाख ९८ हजार ८७ जनालाई पहिलो डोज खोप उपलब्ध गराइएको थियो । कोरोना संक्रमण वृद्धिदर भन्दा पनि तीव्र गतिमा कोरोना विरुद्धको भ्याक्सिन वितरण भइरहेको नेशनल हेल्थ सर्भिस (एनएचएस) प्रमुखले बीबीसीलाई बताएका छन् ।

खोप अझै तीव्र गतिमा अघि बढाउन आउँदो दश दिनभित्र हप्ताको सातैदिन चौबिसै घन्टा खोप वितरण गरिने भएको छ । ८० वर्षमाथिका पचास प्रतिशतले खोप पाइसकेको स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले जानकारी दिएका छन् ।आइतबार सार्वजनिक तथ्याँक अनुसार ...


सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु

बिराटनगर - सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा एकजना गम्भिर घाइते छन् ।

आइतबार राति ११ बजेतिर भएको दुर्घटनामा टिपर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका–४ का राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमनकुमार तिमल्सिनाले ...


संसद विघटनको मुद्दा पूर्ण बृहत् इजलासमा लैजान सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं - प्रतिनिधि सभा विघटनको मुद्दा पूर्ण बृहत् इजलासमा सुनुवाइ गर्न सर्वोच्चले अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित ५ जना न्यायाधीशहरूको संवैधानिक इजलासले यो मुद्दा बृहत् इजलासमा सुनुवाइ गर्न अस्वीकार गरेको हो।

शुक्रबार रिट निवेदक र सरकारी पक्षका वकिलहरूको बहस सकिएपछि सर्वोच्चको संवैधानिक इजलासमा नै छलफल निरन्तर हुने आदेश गरेको हो।

रिट निवेदकका तर्फबाट रमण श्रेष्ठलगातले बहस गर्दै विगतका नजिरका आधारमा पनि प्रतिनिधि सभा विघटनको मुद्दा बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका थिए।

सरकारी पक्षका विजय मिश्र, पद्म पाण्डेयलगायत बृहत् पूर्ण इजलासको माग नै गैरसंवैधानिक भएको बताएका ...


अझै तीन दिन देशभर मौसममा बदली हुने

काठमाडौं - अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ। दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी विहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए।

‘तत्कालै ठूलो पानी पर्ने सम्भावना भने छैन,’ मौसमविद् पोखरेलले भने। वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आगामी तीन दिन देशको धेरैजसो स्थानमा मौसम बदली रहने भएकाले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो महसुस हुने ...


नेपाल-भारत संयुक्त आयाेगकाे बैठक बस्दै‚ सीमाको विषयमा छलफल नगर्ने भारतीय संकेत

काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यतिबेला दिल्लीमा छन्। नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन उनी बिहीबार भारतको नयाँ दिल्ली पुगेका हुन्।

उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्वर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए।

मन्त्री ज्ञवालीले शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्ने कार्यक्रम छ।

सिमाामा छलफल नगर्ने भारतीय संकेत
भारतले कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा गत वर्ष प्रकाशन गरेयता दुई देशबीच ...


संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ आज पनि

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ आज पनि हुँदै छ । रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भन्ने विषयमा विवाद कायमै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्च अदालतमा १२ वटा रिट परेका थिए ।

ती रिटहरु वृहत पूर्ण इजलासमा गर्नुपर्ने भन्दै अधिवक्ताहरुले संयुक्त निवेदन दिएका थिए । तर अघिल्लोपटकको सुनुवाइमा छलफल सकिएन र त्यसलाई हेर्दाहेर्दैमा राखेर आजसम्मलाई सारिएको थियो । आज पनि ...


प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक दिउँसो ११ बजे बस्ने भएको छ। पार्टीको कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्ने नेकपाका नेता सुरेन्द्र पाण्डेले बताए।

बैठक आज (शुक्रबार) नै सक्ने तयारी रहेको नेता पाण्डेले जानकारी दिएका छन्।

दुई भागमा विभाजन हुनुअघिको नेकपाका ४५ जना स्थायी कमिटी सदस्यमध्ये प्रचण्ड-नेपाल पक्षमा २८ जना छन्।

...

प्रतिनिधि सभा विघटनकाे मुद्दाको बहस सकिएन, अर्को सुनुवाइ शुक्रबार

काठमाडौं - प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसिकएको भन्दै सर्वोच्चले अर्को पेसी शुक्रबारका लागि तोकेको हो।

बुधबार भएको सुनुवाइमा सरकारका कानुनी सल्लाहकार अग्नि खरेल र रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले बहस गरेका थिए।

रिट निवेदकतर्फका थापाले यो मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने बहस गरेका थिए। सरकारका तर्फबाट खरेलले मुद्दालाई संवैधानिक इजलासले नै टुंग्याउनुपर्ने पक्षमा बहस गरेका थिए।

बुधबारको संवैधानिक इजलासमा सपना प्रधान मल्ल बाहेकका न्यायाधीश यसअघिकै दोहोरिएका थिए। हरिकृष्ण कार्कीको इजलास छाड्ने घोषणापछि उक्त ठाउँमा मल्ल आएकी ...


विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

काठमाडौं - विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले बतायो ।

उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।

...

संवैधानिक इजलासमा सपना प्रधान मल्लको ईन्ट्री

काठमाडौँ - प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिट हेर्नका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले रिक्त स्थानमा सपना प्रधान मल्ललाई सहभागी गराएका छन् ।

न्यायाधीश हरिकृष्ण कार्कीमाथि वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले ‘मुद्दा नहेर्ने’ भन्दै ईजलाश छाडेका थिए । अघिल्लो बुधबारको संवैधानिक इजलासबाट कार्कीले बाहिरिने निर्णय गरेपछि प्रधान न्यायाधीश राणाले कसलाई सहभागी गराउँलान् भन्ने चासो थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधवार कार्कीको ठाउँमा सपना मल्ललाई तोकेका हुन् । मल्ल पुर्व एमालेका तर्फबाट सांसद भैसकेकी हुन्।

संवैधानिक ईजलाशमा प्रधान न्यायाधीश जबरा, सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा ...


संवैधानिक इजलासले पूर्ण इजलासमा पठाउला प्रतिनिधिसभा विघटनको मुद्दा ?

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । यस सम्बन्धी रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने विवाद छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । सो विवाद कहाँ सुनुवाइ गर्ने भन्ने पनि आजै टुंगो लाग्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरेकी थिइन् ।

संसद विघटन असंवैधानिक भएको भन्दै परेका ...


नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप उपलब्ध गराउन रुस तयार

काठमाडौं - रसियाले नेपाललाई २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहेको बताएको छ । रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको जनाएको छ।

केही दिन अगाडि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि भारत, चीन, रसिया लगायतका मुलुकहरुसँग खोपको बारेमा कुराकानी भइरहेको बताएका छन् । काठमाडौंस्थित रसियाली राजदूतावास पनि नेपाललाई खोप उपलब्ध गराउन लागिपरेको छ ।

नेपाल सरकारले भारतबाट जी टु जी प्रक्रियामार्फत् खोप ल्याउने तयारीसमेत गरेको छ ...


भारतीय मिडियासंग ओलीले भने : 'भारत र चीनबीचको सीमा विवादमा मध्यस्थता गर्न सक्छौं'

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको दावी भारतीय सञ्चार माध्यमसँग गरेका छन्। भारतका दुई टेलिभिजन जी न्युज डब्लुआइएओएनलाई दिएको अन्तर्वार्तामा उनले भारतसँग सार्वभौम देशको रुपमा सम्बन्ध अघि बढाउन नेपालले चाहेको अडान राखेका छन्। अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको पनि बताए।

प्रधानमन्त्री ओलीले भूगोल र जनसंख्याको आधारमा नेपालभन्दा भारत ठूलो भए पनि दुवै देशको सार्वभौमिकता बराबर रहेको प्रष्ट पार्दै बढे भाइ वा छोटे भाइभन्दा दुई देशको स्वाभिमानको ...


कतारी कम्पनीले नेपाली कामदारलाई दिन बाँकी झण्डै ४५ लाख पठायो (नामावलीसहित)

काठमाडौं - कतारमा काम गरेर फर्किएका १४ जना नेपालीहरुले पाउन बाँकी पारिश्रमिक तथा सेवासुविधा बापतको रकम संकलन गरेर कतारस्थित नेपाली दूतावासले पठाएको छ।

विभिन्न कारणले स्वदेश फर्किएका १४ नेपालीले कम्पनीबाट पाउन बाँकी १ लाख ४४ हजार ६९ कतारि रियाल (करिब ४५ लाख नेपाली रुपैयाँ) रकम संकलन गरेर दूतावासले पठाएको हो।

दूतावासको समन्वयनमा उक्त रकम संकलन गरी कन्सुलर सेवा विभाग काठमाडौंमा पठाइसकेको दूतावासले जनाएको छ। कन्सुलर विभागले उक्त रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएपछि सम्बन्धित हकवालाले त्यहिँबाट रकम प्राप्त गर्न सकिन्छ।

No description available.

No ...</div></div></div></div><hr><div class=

लाइसेन्सको लिखितको प्रश्नपत्र ‘आउट’ गरिने, ट्रायलमा ६० ल्याए पास

काठमाडौं - सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को मापदण्ड परिमार्जनको तयारी गरेको छ। हालसम्म गोप्य रहँदै आएको प्रश्नपत्र सार्वजनिक रुपमै राख्ने प्रस्ताव गरिएको छ। त्यस्तै ट्रायलमा तोकिएअनुसार पुरै पास गर्नुपर्ने व्यवस्था छ। उक्त व्यवस्थालाई १ सय पूर्णांक मानेर ६० ल्याउनेलाई पास गर्ने व्यवस्थासहितको मापदण्ड ल्याउन लागिएको हो।

लाइसेन्स लिनका लागि लामो समय कुर्नुपर्ने र प्रयोगात्मक परीक्षा वैज्ञानिक नभएकाले धेरै परीक्षार्थी फेल हुने गरेको भन्दै भौतिक पूवार्धार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले छलफल गरिरहेका छन्। यसका लागि दुई निकायले बागमती प्रदेश सरकारसँग समेत छलफल गरेका छन्।

विभागले ...


यौन हिंसाको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

काठमाडौं - यौन हिंसाको आरोपमा प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस प्राध्यापक विष्णु आचार्य पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी तथा प्रवक्ता प्रमेश विष्टले आचार्यलाई सामेबार साँझ पक्राउ गरिएको नेपाल लाइभलाई जानकारी दिए।

एक छात्राले यौन हिंसा गरेको भन्दै आचार्यविरुद्ध जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका आचार्यविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डिएसपी विष्टले जानकारी दिए।

...

नेपालमा नयाँ व्यवस्थाको निम्ति अन्तरिम निकायहरुको निर्माण जरुरी !

नेपालको वर्तमान संकट र यसको समाधानको निम्ति भनेर अब फेरिपनी उही मध्यावधी चुनाव गरेर देसको थप धनजनको क्षति गराउने वा पुरानै संसद् पुनर्थापना गरेर अझै भाँडभैलो, भ्रष्टाचार र भागबण्डा गरेर अर्थात् पद, पावर, पैसा, पहुँच र प्रसंसाको लेनदेन गरेर जनता र राष्ट्रलाई शोषण-उत्पीडन गरी-गराई मर्नु न बाँच्नु गराउने हुँदै होइन ! यदी साँच्चै यस्तो गर्ने-गराउने होइन भने आसन्न सदन/प्रतिनिधि सभाको विकल्पमा सर्वोच्च र सर्वशक्तिसम्पन्न अन्तरिम सदन/सभा, वर्तमान भ्रष्ट, दुष्ट र निकृष्ट ओली सरकारको विकल्पमा संयुक्त र स्वच्छ अन्तरिम सरकार र वर्तमान दलाल तथा नोकरशाही पुँजीवादीहरुको ...


हाम्रो तात्कालिक निकास : अन्तरिम राष्ट्रिय व्यवस्था !

देस अहिले संकट महासंकट झेल्दै र प्रतिक्रान्ती-प्रतिगमन हुँदै स्वत्व र अस्तित्वको समाप्तिको दिशातिर तीव्र गतिमा गैरहेको छ ! त्यसैले उक्त संकट मोचनको लागि यसअघि चर्चा गरिएका सर्वोच्च अन्तरिम राष्ट्रिय राजनीतिक सभा र संयुक्त अन्तरिम राष्ट्रिय सरकारका साथै एक अन्तरिम राष्ट्रिय व्यवस्था अत्यावश्यक छ । अग्रगमन र क्रान्तिलाई स्थापित र विकसित गर्ने सदन र सरकारसँग अनिवार्य रुपले जोडिएर आउने मुख्य विषय त झन् नयाँ र अग्रगामी व्यवस्था हो !

अहिलेको संकटको कारण ओली, ओली सरकार, ओली गुट वा उनको पार्टी नेकपा र त्यसको दुईतिहाई बहुमत भएको संसद ...


आफ्नो समूहको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जाँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाँदैछन्। नेकपाको आफ्नो पक्षको सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन्।

प्रतिनिधि सभा विघटनपछि उनी पहिलोपटक काठमाडौंबाहिर जान लागेका हुन्।

ओली सहभागी हुने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रधानमन्त्री ओली पार्टी विभाजनपछि आफ्नो पक्षको भेला र कार्यक्रममा सक्रिय छन्।

...

जसपाले तोक्यो जनप्रदर्शन तथा विरोध कार्यक्रमका प्रमुख वक्ता

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधि सभा विघटनविरुद्ध घोषित जनप्रदर्शन र विरोधका कार्यक्रमका प्रमुख वक्ता ताेकेकाे छ।

जसपाले देशका विभिन्न सहरमा जनप्रदर्शन तथा विरोधका चरणबद्ध कार्यक्रम घोषणा गरेको छ। जसअन्तर्गत पुस २५ मा विराटनगरमा डा बाबुराम भट्टराई, उपेन्द्र यादव र मृगेन्द्रसिंह यादव, धनगढीमा नवराज सुवेदी, गोविन्द चौधरी र दुर्गा सोव तथा भैरहवामा महन्थ ठाकुर, महेन्द्र राय यादव र सर्वेन्द्रनाथ शुक्लालाई प्रमुख वक्ता तोकिएको छ।

यस्तै, पुस २७ गते वीरगन्जमा उपेन्द्र यादव, लालबाबु राउत, लक्ष्मणलाल कर्ण र सुनील रोहित, नेपालगन्जमा अशोक राई, मोहम्मद इस्तियाक राई, अकवाल ...


डिआइजीमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा बढुवा भएका ९ डिआइजीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमकाबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

डिआइजीमा बढुवा भएका गणेश बहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

बढुवा भएका डिआइजीहरुलाई बधाई दिँदै आइजी थापा क्षेत्रीले नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिए। उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरुका ...


जनकपुर-जयनगर रेलभाडा : जनरल बोगीमा ७०, एसी बोगीमा ३ सय रुपैयाँ

जनकपुर- जयनगरदेखि जनकपुरसम्म संचालन हुन लागेको रेलभाडा तय गरिएको छ। ३५ किलोमिटरमा दूरीका लागि जनरल बोगीमा ७० रुपैयाँ र एसी बोगीमा ३०० रुपैयाँ भाडा तोकिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिए।

प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा ५ गुणा बढी भाडा तोकिएको उनको भनाइ छ। महाप्रबन्धक भट्टराईले एक स्टेशनबाट अर्को स्टेशनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँको दरले भाडा लाग्ने बताए। दुई वा दुईभन्दा बढी स्टेसनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने उनको भनाइ छ। कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही र ...


बागलुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ७ घाइते

बागलुङ - बागलुङको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सात जना घाइते भएका छन्।

बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए।

दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, ...


नेपाली सेनाको विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्यो

काठमाडौं - नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना खुल्ला गरेको हो ।

सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाही पदमा ९६ जनाका लागि दरखास्त आह्वान गरिएको छ । यसैगरी अमल्दार कर्मचारी पदमा ५३ र लेखा जमदार पदमा ५० जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

लेखा जमदारका लागि दरखास्त दस्तुर तीन सय, पुजारी हुद्दा र ...


उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपाने

काठमाडौं - सरकारले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपानेलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले न्यौपानेलाई उदयपुर सिमेन्टको महाप्रबन्धमा नियुक्त गरेको हो।

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै सो पद रिक्त थियो। पौडेल २०७५ पुस २४ गते निगमको प्रबन्ध निर्देशक भएका थिए।

त्यसयता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग सचिव चन्द्रकुमार घिमिरेको तेतृत्वमा एक कमिटी गठन गर्दै सो पदमा पदपूर्तिका लागि आवेदन माग गरेको थियो। उक्त कमिटीले महाप्रबन्धक नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।

सोही आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई ...


पार्टी एकताका लागि माधव कुमार नेतृत्वमा बन्यो १२ सदस्यीय कार्यदल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकताको बाँकी काम पुरा गर्नका लागि गठित कार्यदललाई पूर्णता दिइएको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले कार्यदललाई पूर्णता दिइएको हो । पार्टी संगठनको एकीकरणको बाँकी काम पुरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा आइतबार कार्यदल बनेको थियो ।

कार्यदलमा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भिम रावल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले ...


संसद विघटनविरुद्ध अनेरास्ववियुद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं - संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव) निकट अनेरास्ववियुले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मलेन गर्दै अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

घोषणा गरिएका कार्यक्रमहरुमा ओली सरकारका मन्त्रीहरुलाई कालोझण्डा देखाउनेदेखि, लालटिन जुलुस, लाठी जुलुस, प्रधानमन्त्रीको पुत्ला दहनलगायत रहेका छन् ।

त्यस्तै ज्ञापनपत्र बुझाउने, सडक बहस र बयलगाडा प्रदर्शन समेत आन्दोनलका कार्यक्रम तय गरिएको अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले जानकारी दिएका छन् ।

उनका अनुसार पौष २१ गतेदेखि ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गते नै प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र ...


संवैधानिक परिषदसम्वन्धी अध्यादेश बिरुद्ध रामनारायण विडारीको प्रस्ताव दर्ता

काठमाडौं - संवैधानिक परिषदसम्वन्धी अध्यादेश अस्वीकृत हुनुपर्ने जिकीरसहित नेकपाकै सांसद रामनारायण विडारीले राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश स्वीकार गर्न नमिल्ने भएकाले राष्ट्रिय सभाले अस्वीकार गर्नुपर्ने उनको जिकीर छ।

राष्ट्रिय सभा सदस्य विडारीले आइतबार उक्त अध्यादेश अस्वीकार गर्न प्रस्ताव दर्ता गरेको बताए। प्रस्तावमा विडारीले उक्त अध्यादेश पहिला पनि जारी भई फिर्ता भएको र संसदको अधिवेशन छ महिनामा बोलाउनु पर्नेमा त्यसो नगरी अध्यादेश जारी गरी संसद छल्ने काम भएको उल्लेख जिकीर गरेका छन्।

संविधानको धारा २८४ को प्रावधानअनुरूप मुलुकका उच्चपदस्थ पदाधिकारीहरू ...


राष्ट्रपतिकाे चरित्र हत्या गर्ने माथि कारबाही हुन्छ : गृहमन्त्री

काठमाडाैं - गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिकाे चरित्र हत्या हुने गरी अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही गरिने जानकारी दिएका छन्।

अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले अमर्यादित अभिव्यक्ति दिनेमाथि मन्त्रालयले छानबिन सुरु गरिसकेको बताए।

मन्त्री थापाले भने, 'राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छानबिन भइरहेको छ, कारबाही गर्न निर्देशन दिएको छु।' संघले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सडक र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढंगका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारबाही गर्न माग गर्दै ...


सर्वोच्चमा प्रतिनिधि सभा विघटनको औचित्य पेश गर्दै सरकार

काठमाडौं - प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि गर्न सरकारले आज सर्वोच्च अदालतलाई जवाफ पेश गर्ने भएको छ।

सर्वोच्च अदालतले पुस १९ भित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। प्रधानमन्त्री कार्यालयले लेखेको जवाफलाई महान्याधिवक्ता कार्यालयले पेश गर्नेछ।

सरकारलाई विपक्षी बनाई पेश भएका प्रतिनिधिसभा विघटनविरुद्धका रिटको संवैधानिक इजलासमा पुस २२ गते सुनुवाइ हुँदैछ।

...

प्रतिनिधि सभा विघटनको बचाउमा सर्वोच्चलाई जवाफ दिँदै राष्ट्रपति कार्यालय

काठमाडौं - प्रतिनिधि सभा विघटनको सिफारिस अनुमोदन गर्ने निर्णयको बचाउ गर्दै राष्ट्रपति कार्यालय शितल निवासले आइतबार सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको सिफारिस केही घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन्। संविधानमा बहुमतको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएपछि ओलीले मन्त्रिपरिषद बैठकमार्फत् सिफारिस गरेका थिए। उक्त सिफारिसमाथि विचार गर्न सक्ने अधिकार राष्ट्रपतिलाई भएपछि त्यसो नगरी भण्डारीले तत्काल जारी गरेकी थिइन् । भण्डारीले अनुमोदन गरेलगत्तै प्रतिनिधि सभा विघटन भएको थियो।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ र ८५ लाई टेकेर अनुमोदन गरेको दावी ...


आयल निगमको भलवारी कार्यालयमा तेल लोड-अनलोड गर्न अत्याधुनिक प्रविधि जडान

काठमाडौं - नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीको भलवारीमा तेल लोड अनलोड गर्न अत्याधुनिक प्रविधि जडान गर्ने कार्य सुरु भएको छ । नयाँ प्रविधि जोडिएपछि ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने छ। प्रादेशिक कार्यालयले जनाएको छ ।

डिपो प्रमुख प्रलयांकर आचार्यले भने - 'यसअघि ८ घण्टामा ३/४ लाख लिटर मात्र लोड गर्न सक्ने अवस्था रहेकोमा नयाँ प्रविधि जडानपछि ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने छ यानेकि डिपोको क्षमता तीन गुणाले बढ्ने छ ।'

पुरानो प्रविधि मार्फत कामगर्दा ...


बारामा कारको ठक्करबाट पाटेबाघको मृत्यु

काठमाडौं - बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ ।

हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको थियो । कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको राजमार्गमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । सहायक संरक्षण अधिकृत रमेश कुमार यादवका अनुसार मिश्रलाई हिरासतमा लिएर आवश्यक कारबाही ...


नेकपा एकता जोगाउने सम्भावना अझैपनि जीवितै छ : वामदेव गौतम

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको बताएका छन्। विभाजन भइनसकेकाले अझैपनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका हुन्।

शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गौतमले अन्तिम विकल्प रहँदासम्म आफू पार्टीलाई एकताबद्ध बनाउन लागिपर्ने समेत बताएका छन्।

'प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना छ। संगठित रुपमै एकता अभियान अगाडि बढाउनेछ,' नेता गौतमले भने।

उपाध्यक्ष गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए। उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ ...


जापान रोजगारी : कामदारको माग ल्याउन तेस्रो संयन्त्र राख्ने सरकारको तयारी

काठमाडौं - सरकारी संयन्त्रमार्फत् नेपाली श्रमिकहरु जापान रोजगारीमा पठाउने गरी नेपाल–जापानबीच श्रम समझदारी भएको पनि २ वर्ष बित्नै लागिसकेको छ। तर कामदार भर्ना प्रकृयाको टुंगो अझै लाग्न सकेको छैन।

समझदारी भएको लामो समयसम्म पनि कामदार भर्ना प्रकृयाकै टुंगो लाग्न नसक्दा काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले समेत नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मुलुक जापान रोजगारी ओझेलमा परेको छ।

अब छुट्टै कार्यविधि बनाएर सरकारले जापानबाट कामदारको माग ल्याउने सन्दर्भमा सरकारी संयन्त्रसँगसँगै तेस्रो संयन्त्रसमेत राख्ने तयारी गरेको छ। सरकारी संयन्त्रमार्फत् जापानबाट कामदारको मागपत्र ल्याउन असहज हुने देखिएसँगै त्यसको विकल्पमा ‘तेस्रो ...


अब इपिएस पास भएका सबै कोरिया जान पाउने

काठमाडौं - सरकारले दक्षिण कोरियासँगको श्रम सम्झौता नवीकरणको तयारी थालेको छ। एक महिनाभित्रमा कोरियासँग श्रम सम्झौता नवीकरण गर्ने गरी तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

नेपाली युवाहरुको निकै आकर्षक श्रम गन्तव्य मुलक दक्षिण कोरियासँग नेपालले सन् २००७ मा रोजगार अनुमति प्रणाली (इम्प्लोइमेन्ट पर्मिट सिस्टम) मार्फत् कामदार लैजाने गरी श्रम सम्झौता गरेको थियो। सो श्रम सम्झौता दुई÷दुई वर्षको अन्तरालमा नवीकरण गरिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सम्झौता नवीकरण गर्न लागिएको मन्त्रालयका सचिव तोयम रायाले जानकारी दिए।

‘कोरियासँगको श्रम सम्झौता नवीकरण हुँदैछ। यसमा हामीले कोरिया भाषा ...


हुकिङ गरेर बिद्युत चोर्ने  ४२ जनालाई कारबाही

सप्तरी - नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारबाही गरेको छ। विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै प्राधिकरणले हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो संख्यामा जफत गरेको छ।

प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी, फ्रिज, पङ्खा, पानी तान्ने मोटर, तार, कटरलगायतका १४० थान विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ।

कोरोनाको महामारीमा नेपाल सरकारले गरेको लकडाउनदेखि हालसम्मको अवधिमा विद्युत् चोरीमा संलग्न ४२ जनालाई पक्राउ गरी कारबाही गरिएको वितरण केन्द्रका प्रमुख आमोद यादवले ...


राष्ट्रिय मेलमिलाप दिवस र नेका सम्बन्धमा केही कुरा !

आज नेकाले सुरु गरेको राष्ट्रिय मेलमिलाप दिवस ! आजकै दिनमा वीपी कोइरालाले नेपाल, नेपालका राजनीतिक शक्ति, व्यक्ती र संघसंस्था वा नेपाली जनतामध्ये सबै वा कुनैलाई पनि सबल, सुदृढ, सुस्थीर, समृद्ध र सक्षम हुन नदिने वा भएको देख्न नचाहने भारतीय बिस्तारवादी शासकहरुसङ्गको चरम मतभेद र परम असन्तुष्टीका कारण बिरोध र बिद्रोहको परिणामस्वरुप देसभक्त नेपालीहरुको मोर्चा बनाई नेपाल राष्ट्र , राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको संरक्षण र सम्बर्द्धन गर्नु अत्यावश्यक छ भनेर लोकतन्त्रको लडाइ लडिरहेको कांग्रेसले राजा, राजावादी र राजतन्त्रवादीहरुलाई देसभक्त ठानेर आपसमा मेलमिलाप गर्नुपर्छ भनी एकतर्फी ...


काठमाडौंको गुर्जुधारामा टिपरको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

काठमाडौं - काठमाडौंको गुर्जुधारामा टिपरको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा काठमाडौं आयल स्टोर नजिकै राती १० बजेतिर टिपरले ठक्कर दिएपछि दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा धादिङ गल्छीका २७ वर्षीय अभय लामा र चितवनका २५ वर्षीय सुभास गमाल छन्। बा ४ ख २५७७ नम्बरको टिपरले बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको र उनीहरुको घटनास्थलमा नै मृत्यु भएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

टिपर र चालक रामचन्द्र थापालाई अहिले प्रहरीले नियन्त्रणमा ...


शनिबार काठमाडौंका कार्यकर्ताको भेला गर्दै ओली समूह

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहले काठमाडौंमा कार्यकर्ता भेला गर्ने भएको छ। शनिबार काठमाडौंका कार्यकर्ताहरूको भेला राखिएको ओली पक्षले जानकारी दिएको छ।

भेला काठमाडौंको प्रज्ञा भवनमा तय गरिएको हो। काठमाडौं जिल्ला कमिटीको भेलालाई प्रधानमन्त्री एवं अध्यक्ष ओलीले समेत सम्बोधन गर्नेछन्। यस्तै रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्ण गोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको काठमाडौं कमिटीले जानकारी दिएको छ।

बुधबार मात्र ओली पक्षले कार्की ब्यांकेटमा सुदूरपश्चिमका नेता-कार्यकर्ताहरूको भेला गरेको थियो। भेलामा लेखराज भट्ट र प्रधानमन्त्री ओलीलगायतले सम्बोधन गरेका थिए।

प्रतिनिधिसभा विघटनपछि दुई भागमा विभाजन भएको ...


६४ प्रतिशतले विघटन गरेको हो‚ पुनर्स्थापना हुँदैन, भेलामा अरु के-के भने ओलीले ?

मेरो एउटा ब्रिफकेस भरिएको छ प्रचण्डसँग सहमति गरेर। आज सम्झौता गर्‍यो। भोलि छैन। तपाईं नै सचिवालयमा प्रस्ताव राख्नुस् भनेँ उहाँले राख्नुभयो। गत वर्ष माघ १४ देखि १९सम्म भएको केन्द्रीय समिति बैठकले तीन महिनाभित्र टुङ्गाउने कुरा अढाई वर्षसम्म भएन। खाली सरकार सुस्त भयो। संवैधानिक परिषद्‌मा नियुक्त गर्ने कुरामा बैठक नै बस्न मान्नुभएन। अध्यादेश फिर्ता लिए बस्छु भन्नुभयो। फेरि फिर्ता लिएँ‚ फेरि ममाथी अविश्वास, राष्ट्रपतिलाई महाअभियोग र अन्य संवैधानिक अङ्गमा महाअभियोग हाल्ने तयारी गर्नुभयो।

यो लोकतन्त्रलाई समाप्त पार्न खोज्नुभयो। खसीको टाउको देखाएर अर्कैकै मासु बेच्न परेको छ। युवाहरुलाई ...


दरपिठ भएको संवैधानिक परिषद अध्यादेशसम्बन्धी रिट दर्ता गर्न आदेश

काठमाडौं - संवैधानिक परिषदसम्बन्धी अध्यादेश बदर गर्न माग गर्दै पेश भएको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएको छ । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले उक्त दरपीठ गरिदिएको उक्त रिट बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दर्ता गर्न आदेश दिएको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मंसिर ३० गते संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन २०६६ संशोधन गर्न अध्यादेश जारी गरेकी थिइन् ।

उक्त अध्यादेशले संवैधानिक परिषदको बैठक बस्न र निर्णय गर्न अध्यक्षसहित ३ जना सदस्य भए पुग्ने व्यवस्था गरेको थियो । उक्त अध्यादेशअनुसार मंसिर ३० ...


प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सीता दाहाल अस्पताल भर्ना भएकी छन्।

स्वास्थ्यमा समस्या आएपछि सीता दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। बुधबार सीतालाई अस्पताल भर्ना गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए।

अस्पताल भर्ना गरिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। सीता दाहाल लामो समयदेखि पाकिन्ससलगायत रोगबाट पीडित छिन्।

...

भारतबाट कोरोना खोप खरिद गर्न नेपालले थाल्यो प्रक्रिया

काठमाडौं - नेपालले कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई पत्र पठाएको छ ।

खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिए ।

भारतबाट खोप खरिदका लागि आवश्यक पर्ने खर्चसमेत सरकारले जुटाइसकेको छ ।

पहिलो चरणमा २० प्रतिशत खोप खरिद गरेर फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई लगाउने सरकारको तयारी छ ।

भारतबाहेक अन्य मुलुकबाट पनि खोप खरिदको तयारीमा सरकार लागेको छ ।

...

नेकपा केपी समुहको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको काठमाडौँमा भेला

काठमाडौं - केपी शर्मा ओली नेतृत्वको नेकपाको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण आज काठमाडौंमा हुँदै छ ।

आज दिउँसो १२ बजे कार्की ब्यांक्वेट बबरमहलमा ओली समूहले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आफैं उपस्थित हुने चर्चा छ ।

यसअघि कार्की ब्यांक्वेटमै दुई दिनसम्म प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो । सो बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो ।

...

राष्ट्रपतिबाट उधौली र तमु ल्होसारको शुभकामना

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने जनाउँदै उनले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त ...


प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, आन्दोलनका  कार्यक्रम घोषणा गर्ने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ।

आज बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी बैठकले आन्दोलनका थप कार्यक्रमको निर्णय गर्ने भएको हो। उक्त पक्षले आजै पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन घोषणा गरेको प्रचण्ड–नेपाल पक्षले मंगलबार काठमाडौंमा आमसभा गरेको थियो। सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारको प्रदर्शन आन्दोलनको सुरुवातमात्रै भएको बताएका थिए।

...

आन्दोलन गर्न काठमाडौं आएका उखु किसानको हृदयाघातका कारण निधन

काठमाडौं - चिनी मिलले उखु खरिद गरेको रकम नदिएपछि आन्दोलनका लागि काठमाडौं आएका किसान नारायण राय यादवको हृदयघातका कारण निधन भएको छ। काठमाडौंको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा यादवको निधन भएको हो।

यादव भगत अन्नपूर्ण सुगर मिलले बक्यौता नदिएपछि आन्दोलनका लागि काठमाडौं आएका थिए। मिलले उनलाई २४ लाख ६३ हजार रूपैयाँ तिर्न बाँकी थियो।

उखु किसानलाई चिनी उद्योगीले बक्यौता रकम २१ दिनभित्र दिने समझदारी गरेका थिए। सरकारको रोहवरमा भएको सम्झौताप्रति यादव सन्तुष्ट नरहेका उनीसँगै काठमाडौं आएका किसानले बताएका छन्।

चिनी उद्योगले पैसा नदिएपछि उनले सहकारीबाट समेत ...


कोरोनाभाइरसको नयाँ प्रकार भारतमा पनि भेटियो

एजेन्सी - पछिल्लो केही हप्तामा बेलायतबाट भारत फर्किएका ६ जनामा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ ।

कोरोनाको नयाँ प्रकार बढी संक्रामक भएको र यसका लागि पूरा संसार नै चिन्तामा परेका छन् । कोरोनाको नयाँ प्रकार देखिएपछि थुप्रै देशले आफ्नो सीमा सीलसमेत गर्नुपरेको छ ।

भारतमा हालसम्म ६ जना व्यक्तिमा कोरोनाको नयाँ प्रकार भेटिएको बताइएको छ । उनीहरु सबैलाई भिन्न राखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार एक बयान जारी गर्दै सँगै आएका यात्रीको पहिचान गर्ने कार्य भइरहेको बताएको छ ।

मन्त्रालयले भनेको छ, ...


डिआईजीले किनेको मिठाईमा नङ भेटिएपछि आँगन स्विट्समाथि अनुसन्धान सुरु

काठमाडौं - आँगन स्विट्सको मिठाईमा नङ भेटिएपछि त्यसबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुसन्धान थालेको छ । प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)बाट डिआईजीमा बढुवा सिफारिस भएका डा. देवबहादुर बोहराले कमलपोखरी स्थित आँगनको शाखामा मंगलबार मिठाई किनेका थिए ।

डा. बोहराले किनेको मिठाईमा नङ भेटिएको सूचना पाएपछि महानगरीय वृत मालिगाउँका डिएसपी खुमलाल भुषाल कमलपोखरी पुगे । डा. बोहराले आँगनलाई कारवाही गर्न डिएसपी भुषाललाई निर्देशन दिएका थिए ।

तर, अखाद्य वस्तु मिसावटसम्बन्धी मुद्दाको अनुसन्धान प्रहरीको कार्यक्षेत्रमा नपर्ने भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्यसबारे अनुसन्धान थालेको छ ।

‘हामी ...


प्रचण्ड-नेपाल पक्षको भृकुटीमण्डपमा आमसभा सुरु

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षकाे आमसभा भृकुटीमण्डपमा सुरु भएकाे छ। आमसभाअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएको जुलुस भृकुटीमण्डप पुगेकाे थियाे।

आमसभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्नेछन्।

आमसभामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने सो पक्षले जनाएको छ।

...

प्रचण्ड-नेपाल पक्षले आज उपत्यकामा आमसभा गर्दै, यी स्थानबाट निस्कँदैछन् जुलुस !

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज मंगलबार काठमाडौं उपत्यकामा आमसभा गर्दैछ।

आमसभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्नेछन्। आमसभामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने सो पक्षले जनाएको छ।

सभामा उपत्यकासहित छिमेकी जिल्लाबाट समेत नेता–कार्यकता सहभागी हुने अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले बताए। उपत्यका विभिन्न स्थानबाट निकालिएको जुलुस दिउँसो १२ बजे भृकुटीमण्डपमा पुगी आमसभामा परिणत हुने जनाइएको छ।

यी हुन् जुलुस निकालिने स्थान
टेकु र ...


कोरोना खोप लगाएर पोखरा विमानस्थलका ५२ चिनियाँ कामदार नेपाल आइपुगे

काठमाडौं - पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार नेपाल आइपुगेका हुन्।

उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन्। चीनमा देश बाहिर जाने आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाई एक महिना आराम गर्ने अवधि पूरा गरेपछि मात्रै जान दिइने व्यवस्था गरिएको छ।

सरकारी प्रावधान पूरा गरी चिनियाँ कामदार नेपाल आएका हुन्। उनीहरुले संक्रमणलाई ध्यान दिई पिपिई, मास्क लगाएरै नेपाल प्रवेश गरेका छन् र कार्यस्थलसम्म नपुग्दासम्म उच्च सुरक्षा ...


चिनियाँ टाेलीले आज प्रधानमन्त्रीलाई भेट्दै, अरु क-कस्लाई भेट्दै छन् ?

काठमाडौं - नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलले प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भेट गर्दैछ। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझोउको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजे काठमाडौं आएको थियाे।

हिजो राष्ट्रपति भवन शीतल निवासमा पुगेर नेपालमा रहेको प्रतिनिधि मण्डलले राष्ट्रपति बिध्या देवी भण्डारीसँग साँझ ५ बजेदेखि ६ बजेसम्म भेट गरेको थियो । भेटमा भएको छलफलबारे भने राष्ट्रपतिको कार्यालयले खुलाएको छैन।

नेकपाभित्र विवाद चर्केकाे र ससद विघटन भएकाे अवस्थामा चिनियाँ पक्षकाे उच्चस्तरीय भ्रमण भएकाे हाे।

प्रधानमन्त्री र राष्ट्रपतिपछि दाहाल ...


कांग्रेसले आज काठमाडौंमा कहाँ-कहाँ प्रदर्शन गर्दैछ ?

काठमाडौं - नेपाली कांग्रेसले आज काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ। गत बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार कांग्रेसले आज काठमाडौंसहित देशका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो।

विरोध प्रदर्शनका लागि केन्द्रीय नेताहरु सम्भव भएसम्म आफ्नै निर्वाचन क्षेत्रमा सहभागी हुनेछन्। यद्यपि कांग्रेसले केन्द्रीय नेताहरुलाई विरोध प्रदर्शनमा सहभागी हुन निश्चित स्थान तोकेको छैन।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा कोटेश्वरको विरोध प्रदर्शनमा सहभागी हुनेछन् भने भने प्रकाशमान सिंह क्षेत्र नम्बर १ को प्रदर्शनमा सहभागी हुनेछन्। सोमबारको विरोध प्रदर्शनको समीक्षा गरेपछि मात्रै अर्को विरोधको प्रारूप तयार ...


नेपाल आइपुग्यो चिनियाँ टोली, किन मानेनन् प्रहरी सुरक्षा लिन ?

काठमाडौं - नेपालमा प्रतिनिधिसभा विघटन र सत्तारुढ नेकपामा विभाजनको नजिक पुगेको बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझोउले नेतृत्व गरेको प्रतिनिधिमण्डल काठमाडौं आएको छ।

एयर चाइनाको जहाजबाट आइतबार दिउँसो साढे १ बजे उक्त टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। विमानस्थल उत्रिँदा चिनियाँ टोलीका सदस्यहरुले कोरोनाबाट सुरक्षित रहन पिपिई लगाएका थिए।

अर्कोतर्फ नेपालमा रहँदा उनीहरुलाई सुरक्षा दिन भनेर प्रहरी प्रधान कार्यालयकै निर्देशनमा प्रहरीको एक टोली नै परिचालन गरेको थियो। सोहीअनुसार नेपाल प्रहरीको एक टोली विमानस्थलसम्म पुगेको थियो।

तर चिनियाँ टोलीले भने नेपाल प्रहरीको सुरक्षा नलिई विमानस्थलबाट ...


संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौं - संखुवासभामा गोली चलेको छ । चैनपुरमा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले बताए । चैनपुर–४ मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

डिएसपी मल्लकाअनुसार विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएका छन् । प्रहरीले करिब २० राउण्ड फायर गरेको छ । ०७७ मंसिर १ मा पनि चैनपुरस्थित मैदानेमा विप्लव समूहले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेका थिए ।

आईतबार सोही ठाउँमा गोली हानाहान भएको हो । ०७६ असार १६ ...


प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ। नेकपा अध्यक्ष केपी शर्मा ओली निकटकमा मुख्यमन्त्री राईविरुद्ध नेकपाकै अर्को पक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको हो।

प्रचण्ड-नेपाल पक्षका नेतासमेत रहेका र मुख्यमन्त्री राईबाट बर्खास्तीमा परेका इन्द्र आङ्बोले आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिने जानकारी दिए। 'शनिबार मलाई आर्थिक मामिला मन्त्रीबाट मुख्यमन्त्रीले हटाउनु भएको छ। अब आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन्छ,' आङ्बोले भने।आफूविरुद्ध अविश्वासकाे प्रस्ताव ल्याउन हस्ताक्षर अभियान चलाएको भन्दै आङवाेलाई मुख्यमन्त्री राईले मन्त्रीबाट ...


प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको आज काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टीले मध्यान्ह १२ बजे प्रदर्शन गर्न लागेको हो।

विरोध प्रदर्शनअन्तर्गत रत्नपार्क शान्ति वाटिकाबाट सुरु हुने जुलुस बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिवाटिकामा पुगी सभामा परिणत हुनेछ । सभालाई नेताहरु डा बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राईले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ।

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै नेकपाको प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दल, विद्यार्थी संगठन तथा युवा संगठनहरुले आन्दोलन सुरु गरेका ...


७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दै प्रचण्ड-नेपाल पक्ष, १४ गते प्रदर्शनको तयारी

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज आइतबार ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ । भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ।

उक्त पक्षले १४ गते राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्नेछ। यस्तै, २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुनेछन्।

शनिबार बसेको उक्त पक्षको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिब्रता दिने निर्णय ...


मन्त्रीको सपथग्रहण समारोहमा किन उपस्थित भए सभामुख सापकोटा ?

काठमाडौँ - शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल थप तथा हेरफेर गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपतिको कार्यालयमा सपथ खुवाइयो । सो सपथग्रहण समारोहमा राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि पुगेका थिए ।

नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाएको समारोहमा प्रधानमन्त्रीको ओलीको दायाँतर्फ राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना उभिएका थिए भने बायाँतर्फ विघटन गरिएको प्रतिनिधि सभाका सभामुख ।

सपथ ग्रहण समारोहको सो तस्वीर बाहिरिएपछि संसद भंग गरिएपछि पनि अग्नि सापकोटा कसरी शीतल निवास पुगे भनेर धेरैलाई आश्र्चर्य लागेको छ ।

संविधानको धारा ९१ मा सभामुख र उपसभामुख सम्बन्धी ...


कमल थापा भन्छन : 'मेरो नियति प्रचण्डले भोग्नु नपरोस्'

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना स्मरण गर्दै आफ्नोजस्तो नियति प्रचण्डले भोग्नु नपरोस् भनेका छन्।

आज ट्वीट गर्दै उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला सनाखत कानुनविपरीत निर्वाचन आयोगले राप्रपा विभाजन घोषणा गरेको उल्लेख गर्दै प्रचण्डले त्यही नियति भोग्नु नपरोस् भनेका हुन्।

उनले भनेका छन्, ‘पार्टी वैधानिकताको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु। तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दवावरप्रभावमा त्यसवेला विना सनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो। ...


बागमतीमा नयाँ सरकार बन्न कांग्रेसको समर्थन अनिवार्य, यस्तो छ समीकरण !

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि यसको असर प्रदेश सरकारमा पनि देखा पर्न थालेको छ । सोही असरस्वरूप बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्द अविश्वास प्रस्ताव दर्ता भएपछि नयाँ सरकारका लागि निर्णायक कांग्रेस बनेको छ।

११० सदस्यीय प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता को पक्षमा ४६ जना छन्। नयाँ सरकार गठनका लागि ५६ मत आवश्यक पर्दछ। प्रधानमन्त्री केपी शर्मा ओली तथा मुख्यमन्त्री पौडेलका पक्षका प्रदेश सांसद ३४ जना छन्।

दुवै पक्षका लागि ...


यसकारण नेपाल संकटकालको भुमरीमा फस्यो !

अहिले देसमा संसद विघटन र पुनर्स्थापन अनि पार्टी विभाजन र पुनर्गठनका दुई भिन्न रुप तर सार समान बोकेका दुई व्यक्ती, शक्ति र प्रवृत्ती बीच अत्यन्त तीखो र तीतो संघर्ष जारी छ । यस्ले गर्दा नेपाललाई यो समय संक्रमण काल मात्र नभै संकटकाल समेत भएको छ र अझ यो संकटकालको पनि संकटकाल अर्थात् महासंकटकाल हुने देखिंदै छ !

यो एक निकै नै गम्भीर, खतरनाक र भयावह प्रसवपीडाको काल जस्तै हो ! जसरी प्रसवपीडाकालमा intensive care र cure पुगे विशाल बाल जन्मिने र जोगिने सम्भावना हुन्छ अन्यथा आमा ...


४१४२ जनाको पिसिआर गर्दा ६०८ जनामा कोरोना संक्रमण

काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार १४२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ८ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा ८९२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै ...


कांग्रेस केन्द्रीय समिति बैठक पुस १९ गते सम्मलाई स्थगित

काठमाडौँ - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पुस १९ गतेसम्मका लागि स्थगित गरेको छ। अब पुस १९ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीलाई जानकारी दिए।

गत मंगलबारदेखि केन्द्रीय कार्यसमिति बैठक आजसम्म चलेको थियो। कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ। पुस १६ गते मेलमिलाप दिवसमा जिल्ला कार्यसमितिहरूले कार्यक्रम गर्ने पनि कांग्रेसको तयारी छ।

गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेका थिए।

उक्त कदम असंवैधानिक भन्दै कांग्रेसले आन्दोलन गर्न लागेको छ। आन्दोलनका लागि अहिले केन्द्रीय समिति स्थगित गरिएको कांग्रेसले ...


प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, पूर्वमाओवादीका नेतालाई प्राथमिकता

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

विस्तारित मन्त्रिपरिषदमा श्रममन्त्रीको जिम्मेवारी प्रभु साहलाई दिइएको छ। यस्तै पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिने तयारी गरिएको छ।

यस्तै टोप बहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तय भएको मणि थापाले जानकारी दिए। तर मन्त्रालयको जिम्मेवारी हेरफेर हुन सक्ने उनको भनाइ छ।

'प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। साँझ साढे ६ बजे सपथका लागि तयारी गर्न खबर आएको छ,' थापाले भने।

मन्त्री हुने सबै पूर्वमाओवादी हुन्।

यसैबीच प्रधानमन्त्री ओली साँझ ...


सर्वोच्चले सरकारसंग माग्यो संसद विघटन गर्नुको कारण

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासले पुस २२ गतेदेखि निरन्तर सुनुवाइ गर्ने भएको छ। शुक्रबार संवैधानिक इजलासले ५ बुँदामा आदेश जारी गर्दै निरन्तर सुनुवाइ गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ मागेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयसँग कारण पेस गर्न भनेको हो।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरिदिएपछि सर्वोच्चमा दायर भएका १२ निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण पेस गर्न भनेको हो।

राणासहितको संवेधानिक इजलासले यो मुद्दालाई अग्राधिकारमा राख्दै सर्वोच्चले चाँडो टुंग्याउनसमेत ...


जनकपुरको डिपार्टमेन्ट स्टोरमा भिषण आगलागी, उपमहानगरका दमकल प्रयोगविहीन

जनकपुर - जनकपुरधामस्थित एक डिपार्टमेन्ट स्टोर र एउटा रेष्टुँरामा लागेको भीषण अगलागीबाट करिब अढाई करोड क्षति भएको छ।

जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्ट स्टोर र रुफटप रेष्टुरेन्टमा बिहीबार भएको भीषण आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको थियो । धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विद्युत तार सट भएर लागेको आगलागीबाट झण्डै दुई करोड ५० रुपैयाँको क्षति भएको हो । जनकपुरधाम उप–महानगरपालिका कर्यालयबाट १०० दूरीमा आगलागी भए पनि उप–महानगरले वारुणयन्त्र नपठाउँदा आगो थप बल्झिएको व्यापारीहरुले आरोप लगाएका छन् ।

धनुषा तथा महोत्तरीबाट आएका छ वटा वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको ...


नारायणगढ-मुग्लिन सडककाे पुल निर्माणको कामले गति लियो

चितवन–नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ। कोरोना संक्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो।

सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ। एउटा पुल अन्तिम चरणमा पुगेको छ। बाँकी १५ पुलका लागि गएको चैतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो। सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्सनले ठेक्का स्वीकार गरेको छ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर सविना रानाभाटका अनुसार ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ। प्याकेज–१ मा मुग्लिनबाट यताका ...


धरहराको २० औं तलाको निर्माण सकियो

काठमाडौं - २०७२ सालको भूकम्पबाट पूर्णरुपमा क्षति भएको धरहराको २०औं तलाको निर्माणको काम सम्पन्न भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २०औं तलाको निर्माणको काम सम्पन्न भएको बताएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशिल ज्ञवालीले २०औं तलामा बारदली बनाउने काम भइराखेको बताए। त्यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउने उनको भनाइ थियो।

धरहरामा कुल २३ तला रहने पनि ज्ञवालीले बताएका थिए। यस्तै धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङस्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको सिइओ ज्ञवालीले उल्लेख गरे। त्यसबाहेक टक्सार ...


भारत भन्छ : संसद विघटन नेपालकाे आन्तरिक मामिला

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको प्रतिनिधि सभाको विघटनप्रति भारतले औपचारिक प्रतिक्रिया जनाएकाे छ। भारतले त्यसलाई नेपालको आन्तरिक मामिला भनेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार यस्ताे प्रतिक्रिया जनाएका हुन्।

यसअघि कतिपय भारतीय विश्लेषकहरूले प्रतिनिधि सभा विघटनले नेपालमा 'एउटा बलियो वामपन्थी दललाई शक्तिमा रहेको देख्न चाहेको चीनलाई नोक्सान भएको भन्ने प्रतिक्रिया दिएका थिए।

तर दिल्लीले नेपालमा भएको जननिर्वाचित संस्थाको विघटनबारे कुनै प्रतिक्रिया भने जनाएको थिएन।

भारतीय विदेश मन्त्रालयद्वारा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता श्रीवास्तवले भने, ‘यी विषय नेपालले आफ्नै लोकतान्त्रिक प्रक्रियाबाट ...


प्रचण्ड-नेपाल समुहले आन्दोलनका कार्यक्रम घोषणा गर्ने

काठमाडौं - संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल पक्षले आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ।

आज बस्ने केन्द्रीय कमिटीको बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने बताइएको छ। बिहीबार घोषणा गरिने विरोधका कार्यक्रम छोटो रुपको हुने बताइएको छ। संसद विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने प्रचण्ड–नेपाल पक्ष नेकपाको तयारी छ।

गत मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने भनिए पनि गृहकार्य नपुगेकाले बिहीबारका लागि सारिएको थियो।

मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डले बुधबार आन्दोलनको प्रारुप तयार गरि बिहीबार बैठकमा पेश गरिने बताएका थिए।

...

चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच भेटवार्ता

काठमाडौं - चिनिया राजदूत होऊ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन्। दुईबीच बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा भेट भएको हो। उनीहरुबीच बिहान ९ बजेदेखि करिब आधा घण्टा कुराकानी भएको बताइएको छ।

उनीहरुबीच भएको कुराकानीको विस्तृत विवरण प्राप्त हुन सकेको छैन। नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले दुई पक्षीय चासोका विषयमा छलफल भएको उल्लेख गरेका छन्।

नेकपामा विवाद हुँदा यान्छी भेटघाटमा सक्रिय हुने गरेकी थिइन्। तर यसपटक उनको सक्रियता कम देखिएको थियो।

नेकपा भने अनौपचारिक रुपमा विभाजन भइसकेको छ।

 

यस्तो छ, प्रचण्ड-यान्छीको पछिल्ला भेट शृंखला

वैशाख १९, २०७७: खुमलटारमा ...


नेपाल एयरलाइन्सले जनवरी १ देखि जापानको नारितामा उडान भर्ने

काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जनवरी १ देखि जापानको नारितामा सातामा २ उडान गर्ने भएको छ।

कोरोनाका कारण चैतदेखि बन्द भएको नारिता उडान सरकारले अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णयसँगै सुरु भएको थियो। उडान सुरु भएसँगै पहिलो चरण जापानको नारितामा अहिलेसम्म सातामा एउटामात्रै उडान गर्दै आएको थियो। तर, जनवरीदेखि २ वटा उडान गर्ने भएको छ।

नेपाल एयरलाइन्समा महाप्रबन्धक डिमप्रकाश पौडलले जनवरीदेखि सातामा २ उडान गर्ने र फेब्रुअरीदेखि ३ वटा उडान गर्ने जानकारी दिए।

नेपाल एयरलाइन्सले जनवरीदेखि बुधबार र शुक्रबार २ वटा उडान गर्ने तालिका ...


बादलनिकट सबै केन्द्रिय सदस्य प्रचण्ड कित्तामा, बादल एक्लै ओलीतिर
दोस्रो वरियता पाउने भएपछी उनि ओलितिर लागेका हुन्

काठमाडौं - बादलनिकट ३८ केन्द्रीय सदस्यमध्ये ३७ जना प्रचण्ड कित्तामा उभिएका छन् । बादल एक्लै ओलीतिर गएका छन्। ओलीले दोस्रो वरियता दिने भएपछि बादलले प्रचण्डलाई छाडेका हुन्। प्रचण्ड– नेपाल कित्तामा छैटौं पोजिसन हुने भएपछि बादल दोस्रो पोजिसनका लागि ओली कित्तामा उभिने भएका हुन।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा‘बादल’का राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदी‘पथिक’ पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कित्तामा उभिएका छन्। बादल अर्का अध्यक्ष केपी ओलीतिर गए पनि उनका राजनीतिक सल्लाहकार भने प्रचण्डतिर गएका हुन्।

‘पथिक कमरेड प्रचण्ड–नेपाल पक्षले बोलाएको केन्द्रीय ...


आगामी रणनीति बनाउन ओलीपक्षीय नेताहरुको बालुवाटारमा भेला

काठमाडौं–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन्। आज सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय नेताहरूको भेला बोलाएका हुन्। 

भेलामा ओलीपक्षीय विघटित प्रतिनिधिसभाका सांसद र केन्द्रीय नेताहरूको उपस्थिति हुने जनाइएको छ। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। केन्द्रीय कमिटी बैठक पुस ७ गते बोलाउने निर्णय गरिएको छ।

...

एकाएक मोडियो देशको राजनीति : आइतबार दिन भर के-के भयो?

काठमाडौं- आइतबार नेपाली राजनीतिमा अनपेक्षित घटनाक्रम विकास भए। लामो समयदेखि चलिरहेको नेकपाको आन्तरिक विवाद संघीय संसद्सम्म पुग्यो। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले संसद्‍मा अविश्वास प्रस्ताव दर्ता गर्‍यो भने पार्टी स्थायी कमिटीको बैठकबाट अनुशासनको कारबाही गर्ने निर्णय। यी घटना एकाएक विकास भएका हुन्।

नेताहरुबीच कस्तो परिस्थितिमा के कदम चाल्ने अनौपचारिक छलफल भएपनि आइतबार नै कार्यान्वयन गर्नुपर्ला भन्नेमा निश्चिन्त थिएनन्। त्यसैले तल्लो तहमा आइतबारका घटनाक्रमको सुइँको थिएन।

आकस्मिक रुपमा आइतबार बिहान मन्त्रिपरिषद् बैठक बोलाइयो। ...


संसद् विघटनको सिफारिस प्रधानमन्त्रीको बाध्यात्मक कदम : शंकर पोखरेल

काठमाडौँ- नेकपा स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद् विघटनको निर्णय प्रधानमन्त्री केपी ओलीको बाध्यतात्मक कदम भएको टिप्पणी गरेका छन्। उनले ताजा जनादेशमा जानुपर्ने भन्दै प्रधानमन्त्रीले उक्त निर्णय लिएको समेत उल्लेख गरेका हुन्। 

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले दलबाहिरबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको बाध्यामक कदमको रुपमा ताजा जनादेशमा जाने निर्णय भएको बताएका हुन्।

‘पार्टी एकताको मर्म विपरीतको समीकरण,पार्टी विधानको व्यवस्था विपरीत पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगीन आरोपसहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा बाहिरबाट अविश्वास प्रस्ताव दर्ताको ...


संसद विघटनविरुद्ध तीन दलले संयुक्त प्रतिवाद गर्ने

काठमाडौं– संसद विघटनविरुद्ध तीन दलले संयुक्त धारणा तय गरी प्रतिवाद गर्ने भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा), कांग्रेस र जनता समाजवादीको आइतबार बसेको बैठकले सरकारको निर्णयविरुद्ध संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको हो। ‘संसद विघटन गर्ने घटनाले मुलुकलाई गम्भीर संकटतिर धकेलेको छ।’ बैठकमा सहभागी कांग्रेस नेता रिजालले भने, ‘सशक्त रुपमा प्रतिवाद गर्न साझा धारणा बनाउने निर्णय भएको छ।’

बैठकमा सत्तारूढ दल नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी थिए।

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, डा मिनेन्द्र रिजाल र बालकृष्ण खाँण सहभागी थिए। जनता ...


नेपाल प्रवेशपछि अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रवेश गर्ने व्यक्ति अनिवार्य रुपमा कम्तिमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सार्वजनिक गरेको छ । 

नेपाल प्रवेश गरेको वा संक्रमितको सम्पर्कमा आएको दिनदेखि कम्तिमा १० दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम इन्सिडेन्ट कमाण्ड सिष्टमको बैठकले निर्णय गरेको हो ।

यस्तै, संक्रमण पुष्टि भए पछि संक्रमितलाई कम्तिमा १० दिन अनिवार्य आइसोलेसनमा बस्ने व्यवस्था गर्ने गराउने निर्णय भएको हुँदा सो अनुसार गर्न गराउन सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीद्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

...

क्रिकेट म्यानेजरमा विनोद दास नियुक्त

काठमाडौं- प्रशिक्षक तथा पूर्व कप्तान विनोद दास नेपाली क्रिकेटको म्यानेजरमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार क्रिकेट म्यानेजरमा विनोद दासलाई नियुक्त गरेको हो।

विनोद दास यसअघि महिला क्रिकेट टिमका तथा यु-१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक थिए। भदौमा क्यानले क्रिकेट म्यानेजरका लागि ५५ वर्ष ननाघेको नेपाली नागरिक जसले लेभल टु कोर्ष गरेको तथा व्यवस्थापनमा स्नातकोत्तर पास गरेको हुनु पर्ने भनी दरखास्त आह्वान गरेको थियो।

त्यस्तै, क्यानले महाप्रबन्धकमा रौनकबहादुर मल्ललाई नियुक्त गरेको छ। मुख्य वित्त प्रबन्धकमा भने क्यानले रमेशकुमार न्यौपानेलाई नियुक्त गरेको हो।

क्यानले आउँदो पुष १७ ...


२४ घण्टामा कहाँ कति भेटिए कोरोना संक्रमित?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ। गत २४ घण्टामा ७ सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा १५, ताप्लेजुङमा २, तेह्रथुममा १, भोजपुरमा १, मोरङमा ३४, संखुवासभामा १ र सुनसरीमा ११ जनामा कोरोना भेटिएको छ।  

प्रदेश २ को धुनषामा २, बारामा १, महोत्तरीमा १, रौतहटमा १, सिरहामा १ र सर्लाहीमा १ जनामा कोरोना पाइएको छ। 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ७३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ...


अध्यादेशबारे मन्त्रिपरिषद्‍मा छलफल नै भएन

काठमाडौँ- संवैधानिक परिषद्‍ बैठकको कार्यविधिसम्बन्धी अध्यादेश फिर्ता गर्न सिफारिस गर्ने विषययमा बिहीबारको मन्त्रिपरिषद्‍मा छलफल नभएको एक मन्त्रीले बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यदेश फिर्ता गर्न सिफारिस गर्ने विषयमा छलफल नभएको ती मन्त्रीले बताएका हुन्। 

‘मन्त्रालयहरूका सामान्य विषयमा निर्णय भएका छन्। तर, हिजो बसेको स्थायी कमिटीले सरकारले अध्यादेश फिर्ता गर्न सिफारिस गर्ने विषयमा आजको मन्त्रिपरिषद्‍मा छलफल भएन,' ती मन्त्रीले भने।

मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७' जारी गरेकी थिइन्। 

अध्यादेश फिर्ता गर्नुपर्ने भन्दै ...


राप्रपाले राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा देशभर प्रदर्शन गर्ने

काठमाडौं- राप्रपाले राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा देशभर प्रदर्शन गर्ने भएकाे छ। बिहीबार बसेकाे बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेकाे हाे।

भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकारको असफलता एवं उदासीनताको विरुद्धमा तथा सनातन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणमा देहायको देशव्यापी जनप्रदर्शन र संघर्ष गर्ने निर्णय गरिएकाे विज्ञप्तिमा उल्लेख छ। 

२०७७ पौष १२ गते सम्पूर्ण ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि तय गरेकाे छ। 

पौष १२ देखि २१ गते सम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा ...


केपी ओलीकै कारण सडकमा ‘राजा आउ देश बचाउ’ को नारा लाग्यो : देउवा

काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारबाट जनता दिक्क भएको बताएका छन् । उनले सरकारका गलत कार्यशैलीका कारण काँग्रेस आन्दोलनमा होमिनुपरेको बताए । उनले लोकतन्त्रको रक्षाका निम्ती काँग्रेसले देशभर प्रदर्शन गरेको पनि बताए । सोमबार मकवानपुरको हेटौंडामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले अहिले कम्युनिस्ट सरकार र त्यसका प्रधानमन्त्री केपी ओलीको रवैयाका कारण सडकमा ‘राजा आउ देश बचाउ’ भन्ने नारा लागेको समेत बताए ।

‘अहिले राजा आउ देश बचाउ भन्दै सडकमा हिँडेको देखिन्छ । यो किन भयो ? यो पनि कम्युनिस्ट सरकार र ओलीकै कारण ...


पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय

काठमाडौँ - नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको छ भने विभिन्न ९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।

कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको थियो भने यसअघि नै विभिन्न ...


नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष संजीव थापाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ - नेपाल रेडक्रस सोसाइटीले पूर्वअध्यक्ष संजीव थापाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा मुद्दा दर्ता गरेको छ । चिनियाँ रेडक्रसको सहयोगमा भक्तपुरको दुधपाटीमा केन्द्रीय गोदाम घर निर्माण गर्न खरिद गरिएको ५ रोपनी १३ आना ३ पैसा (९३ आना ३ पैसा) जग्गामा ठूलो आर्थिक हिनामिना भएको छानविनको निष्कर्षपछि थापाविरुद्ध सिआइबीमा मुद्दा दायर भएको हो । थापासँगै जग्गा दलालीमा संलग्न भक्तपुर नगरपालिका वडा नम्बर ४ निवासी राजेश देशेमरु विरुद्ध समेत मुद्दा दर्ता गरेको छ ।

थापा नेतृत्वको कार्यसमिति भ्रष्टाचारमा संलग्न भएको देखिएपछि गत साउन १२ गते ...


काँग्रेसले थाल्यो देशव्यापी विरोध प्रदर्शन

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि काँग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको छ ।

सरकार भ्रष्ट्राचार, कूशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । काँग्रेसका शीर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् । सभापति शेरबहादुर देउवा मकवानपुर पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिबाटिकामा सम्बोधन गर्दै छन् ।

उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. ...


छात्रवृत्तिमा पढेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा हाजिर हुन निर्देशन

काठमाडौं - सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई चार दिनभित्र खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो ।

मन्त्रालयले छात्रवृत्तिमा एमडी, एमएस र एमडिएस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामा बमोजिम खटाएको ठाउँमा जान निर्देशन दिएको हो।

मन्त्रालयले सरकारी शिक्षण संस्थामा चिकित्सक छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ को दफा ६ (१) को प्रावधानअनुसार मन्त्रालयसमक्ष कबुलियतनामा गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महाबौद्ध काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) ...


लोकसेवाले माग्यो ३६० जना शाखा अधिकृत

काठमाडौं - लोकसेवा आयोगले ३६० शाखा अधिकृतका लागि विज्ञापन खुलाएको छ। आयोगले निजामति सेवातर्फका विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणीका खुला तथा समावेशी पदहरुमा पदपूर्तिका लागि सूचना निकालेको हो।

तोकिएको न्युनतम योग्यत पुगेका उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवेदन दिनुपर्ने आयोगले जनाएको हो।

आयोगले न्याय, प्रशासन,परराष्ट्र, लेखापरीक्षण सेवामा शाखा अधिकृत माग गरेको हो।

...

भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका प्रशंसा गर्न लायक : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्न आग्रह गरेका छन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (९ डिसेम्बर) का अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्न’ भन्ने संकल्पलाई दृढताकासाथ लागू गरेको बताएका छन्।

उनले सन्देशमा भनेका छन्, ‘तर हामी सबैलाई थाहा भएकै कुरा हो कि भ्रष्टाचार एक बहुआयामिक विषय हो। भ्रष्टाचार एक जना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव हुँदैन । भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भर्त्सना गर्नु जरुरी हुन्छ।’

प्रधानमन्त्री ओलीले सेवाप्रवाहमा हुनसक्ने भ्रष्टाचारजन्य क्रियाकलाप ...


यो वर्षको त्रिविको दीक्षान्तमा क-कसले पाउँदैछन् पदक ?

काठमाडौं - यस वर्षको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४६औँ दीक्षान्त समारोहमा करिब २ सय जना मात्र सहभागी हुन पाउने भएका छन्। पुस ६ गते हुने समारोहमा पदक विजेताका साथै दर्शनाचार्य र विद्यावारिधि उपाधि प्राप्त गर्ने र अन्य अतिथिसहित करिब २ सय जनाको मात्र सहभागिता हुने गरी दीक्षान्त समारोह गर्न लागिएको समारोह समितिका सदस्यसचिव डा घनश्याम ठाकुरले जानकारी दिए। कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी कम विद्यार्थीको सहभागितामा समारोह गर्न लागिएको हो। गत वर्ष करिब १० हजार विद्यार्थी समारोहमा सहभागी भएका थिए।

डा ठाकुरका अनुसार समारोहमा यस वर्ष ...


सर्वदलीय बैठकमा प्रधानमन्त्रीद्वारा राजावादीविरुद्ध एकजुट हुन आह्वान

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गरेका छन् । देशभर राजावादीको आन्दोलन चकिएसँगै यसबारे छलफलका लागि सर्वदलीय बैठक बोलाएका ओलीले यस्तो आह्वान गरेका हुन् ।
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट पारे ।

बैठकमा कोभिड–१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका ...


विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

काठमाडौं - मोरङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले शिक्षकको गोली हानी हत्या गरेका हुन्।

मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको विप्लव समूहका कार्यकर्ताले गोली हानी हत्या गरेको प्रदेश–१ का डिआइजी इश्वरबाबु कार्कीले जानकारी दिए।

श्रेष्ठकाे मंगलबार बिहान हत्या भएको हो। हत्याको कारण भने खुलिसकेको छैन। हत्या गरिएका शिक्षक सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। अहिले घटनास्थलतर्फ प्रहरी गइसकेको छ।

...

सर्वदलीय बैठक बालुवाटारमा बस्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन्। बैठक बिहान ११ बजे बालुवाटारमा बोलाइएको हो।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। स्रोतका अनुसार केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा बैठकमा छलफल हुनेछ।

कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ।

...

सगरमाथाको उचाइ मंसिर २३ गते सार्वजनिक गरिने

काठमाडौं - सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मंसिर २३ गते सार्वजनिक गर्ने भएको छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना हुने उक्त कार्यक्रमका लागि पत्राचारसमेत गरेका छन् ।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ ...


दार्चुलामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

दार्चुला - दार्चुलामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका १ भर्तोलामा ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

शैलेशिखर ९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको ट्रक दुर्घटना हुँदा बैतडीका २४ वर्षीय शेरबहादुर कार्की र बैतडीको दोगडाकेदार–६ का २४ धनसिङ भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता पुष्कर सिंह ऐरिले बताए । अर्का एक जनाको सनाखत हुन सकेको छैन ।

ट्रक सडकबाट करिब १ सय मिटर ...


नेपालले सार्वजनिक गर्यो परराष्ट्र नीति, हेर्नुहोस पूर्णपाठ

काठमाडौं - सरकारले परिवर्तनशील र तरल क्षेत्रीय परिवेशमा राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन परराष्ट्र नीतिको एक चुनौती रहेको बताएको छ ।
आइतबार सार्वजनिक गरिएको नीतिमा परराष्ट्र नीति सञ्चालनमा देखापर्न सक्ने विभिन्न चुनौतीहरुलाई सूत्रवद्ध गरिएको छ ।

सार्वजनिकरुपमा नै उपलब्ध हुने गरी एकीकृत रुपमा परराष्ट्र नीति तयार पारिएको यो पहिलो पटक हो । नयाँ नीतिमा क्षेत्रीय एवं विश्व शक्तिराष्ट्रहरुको सामरिक प्रतिस्पर्धाबाट नेपालको सार्वभौमिकता र राष्ट्रिय हितमा नकारात्मक प्रभाव पर्न नदिने कार्यलाई अर्काे चुनौतीका रुपमा लिइएको छ ।

विशेषतः अहिले शक्ति राष्ट्रहरु अमेरिका र चीनका बीचमा तीब्र प्रतिस्पर्धा छ ...


६४९५ जनाको पीसीआर गरिएकोमा १०९६ जनामा संक्रमण पुष्टि

काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर १०९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १७ जनालृ ज्यान गुमाएका छन् भने १७५२ जना निको भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ भने निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।यस्तै मृतकको संख्या १५९४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ जना रहेका छन् भने निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ ...


नेकपा स्थायी कमिटी बैठक मंसिर २८ लाई सर्यो, केन्द्रीय कमिटी पुस ५ गते

काठमाडौं - नेकपा स्थायी कमिटीको बैठकले अर्को बैठक मंसिर २८ गते र केन्द्रीय समितिको बैठक पुस ५ गते बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिबिनै नेकपा पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

अध्यक्ष ओली भने आइतबारको बैठकमा उपस्थित भएनन्। स्वास्थ्यका कारणले उपस्थित नभएको बताएपनि बैठकप्रति ओली सकारात्मक थिएनन्। अध्यक्ष ओलीको चाहना नभएपनि सचिवालयका अधिकांश सदस्यका कारण स्थायी कमिटी बैठक पूर्वानिर्धारित मितिमै बोलाइएको हो।

प्रधानमन्त्री ओलीले बैठकको औचित्य नभएको सचिवालयको बैठकमै बताएका थिए।

...

ओलीले स्थायी कमिटी बैठकमा गएनन्, पठाए यस्तो पत्र !

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफू बैठकमा उपस्थित नभए पनि कमिटीलाई सम्बोधन गर्दै पठाएका छन्। उनको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा वाचन गरेर सुनाएका थिए।

'ओलीले आफ्नो पूर्वमान्यता अर्थात् अध्यक्ष प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यसकारणले आफू बैठकमा नआएको उल्लेख गर्नुभएको छ', प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

ओलीले आइतबार स्थायी समितिलाई पठाएको पत्रमा प्रचण्डलगायतका आफूइतरका नेताहरुलाई संकेत गर्दै भनेका छन्, ‘एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले सहमतिलाई जोड दिँए । तर मलाई ...


गौतम बुद्ध विमानस्थलको काम ९२ प्रतिशत सकियो

रुपन्देही - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन्।

शनिबार विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भने, ‘तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु। आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ।’

उनले निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि विश्वास व्यक्त गरे। उनले भने, ‘विगतमा ‘ब्याक’ भएको आयोजना सम्पन्न हुँदैछ।’

उनले कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उपकरण जडानका ...


डोटी जीप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

डोटी - डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भीरमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका तीन वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका बालकलाई गाउँपालिका उपाध्यक्ष भगवती बमले उपचारका लागि ल्याउँदै गर्दा उनकै काखमा मृत्यु भएको बताइएको छ।

दुर्घटनामा घाइते हुनेको संख्या चार रहेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको टाउको र ...


स्थायी कमिटी बैठकमा ओलीको उपस्थिति अनिश्चित, उनीनिकट नेताहरु सहभागी हुने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज तय गरिएको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी ओलीनिकटका नेताहरु सहभागी हुने भएका छन्। बैठकमा ओलीको उपस्थिति अनिश्चित भए पनि उनीनिकटका नेताहरुले भने सहभागी हुने बताएका हुन्।

‘बैठकमा जाने सूचना आइसकेको छ, जानु पर्ला,’ ओलीनिकट एक नेताले भने।

पार्टी कार्यालय श्रीराम ढकालले पनि बैठक १ बजे धुम्बाराहीमा बस्न सबै तयारी गरिसकिएको र सबैलाई खबर गरिसकिएको बताए।

तर अघिल्लो सचिवालय बैठक धुम्बाराहीमा गर्न नमिल्ने भनिएकोमा स्थायी कमिटी बैठक त्यही बस्न लागिएकोमा भने ओलीनिकट ती नेताले आश्चर्य व्यक्त गरेका छन्। ‘ओली कामरेड उपस्थिति ...


पर्वतीय उडान  शुरु, बुद्ध र यतीको एक टिकट खरिद गर्दा अर्को सित्तैमा

काठमाडौँ - बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो ।

महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् । बुद्ध एयरले आज एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान ग¥यो । जम्मा १५० यात्रु पर्वतीय उडानमा सहभागी थिए ।

त्यस्तै यती एयरलाइन्सले एक एटिआर–७२ र एक जेटस्ट्रिम जहाजबाट ९२ यात्रुलाई पर्वतीय उडान ...


रुपन्देहीमा ट्रकका ट्रक गोरु तस्करी, ५ जना नियन्त्रणमा

काठमाडौँ - पछिल्लो समय रुपन्देहीमा गोरु तस्कर गर्ने समूह सक्रिय बनेको छ । तस्करहरुले दिनरात नभनी ट्रकमा गोरु लोड गरेर पश्चिम तर्फबाट पूर्वतर्फ गोरुहरु लैजाने गरेका छन् ।

शनिबार बिहान रुपन्देही बुटवल उपमहानगरपालिका–६ अस्पताल लाइनस्थित पूर्वपश्चिम राजमार्गमा गोरु लोड गरी पश्चिम तर्फबाट पूर्वतर्फ लैजाँदै गर्दा प्रहरीले गोरुसहित ५ जना तस्करलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

‘तस्करहरुले ६ वटा ट्रकमा १२१ वटा गोरु लोड गरेर लैजाँदै थियो,’ रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले भने, ‘तस्करहरुले निर्धक्क रूपमा गोरु तस्करी गर्दै ...


सवारीसाधनमा भाडादर नटाँसे कारवाही गरिने

बागलुङ - सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ ।

तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारी साधनलाई कारवाही गरिने समितिले जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नुपर्ने व्यवस्था गरेको छ ।

समितिले सडकको अवस्था, यातायात व्यवसायीको लगानी र समस्या, उपभोक्ताको क्रमशक्ति आदिलाई मध्यनजर गरी साविककै भाडादर कायम गर्ने निर्णय गरेको समितिका सदस्य सचिव एवं यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारिसिङ्ग थापामगरले जानकारी दिए ।

‘सवारीसाधनमा भाडादर टाँस्नुपर्ने ...


भारतमा किसान आन्दोलन चर्कियो, तीन वटै कानुन रद्ध गर्न माग

नयाँदिल्ली - भारतमा आन्दोलनरत किसानहरुले आफ्नो मागबाट पछि नहट्ने बताएका छन्। आज सरकारसँग तय गरिएको पाँचौं बैठकअघि किसानहरुले आफ्नो अडान जारी रहेको बताएका हुन्।

उनीहरुले सरकारले जारी गरेको तीन वटै कानुन रद्ध गर्नुपर्ने बताइरहेका छन्। कीर्ति किसान युनियनका राज्य उपाध्यक्ष राजिन्दर सिंहले तीनवटै कानुन पूर्ण रुपले रद्ध हुनुपर्ने आफूहरुको माग रहेको र यसभन्दा तल ओर्लिएर वार्ता नगर्ने बताए।

पञ्जाब र हरियाणा किसान युनियनहरुले सरकारी कानुनको विरोधमा गत २६ देखि २७ नोभेम्बरमा ‘दिल्ली चलो’ आन्दोलनको आव्हान गरेका थिए।

किसानहरुले आफ्ना माग पूरा गर्न दबाब दिने उद्देश्यले ८ डिसेम्बरमा भारत ...


नेपालमा कोरोना भ्याक्सिन भित्र्याउन द्रुत कार्ययोजना पारित

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापनका लागि द्रुत कार्ययोजना पारित गरेको छ।

विभिन्न देशले बनाएका कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रभावकारी हुँदै गएको र प्रयोगमा आउने देखिएपछि मन्त्रालयले नेपालमा पनि खोप भित्र्याउन, भण्डारण गर्ने, प्रयोगमा ल्याउन तथा उचित व्यवस्थापनका लागि द्रुत कार्ययोजना पारित गरेको हो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उक्त योजना पारित गरेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए। उनका अनुसार उक्त द्रुत कार्ययोजना अनुसार कोरोना भाइरसविरुद्धको भ्याक्सिनको व्यवस्थापनका लागि विभिन्न आठवटा क्षेत्र पहिचान गरी समिति गठन गरिएको छ।

मन्त्रालयले खोप व्यवस्थापनका लागि छुट्टै ...


नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, ओली पनि सहभागी

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पनि सहभागी भएका छन्।

बैठक बस्नुअघि २ अध्यक्षले बालुवाटारमा भेटेर एक्लाएक्लै छलफल गरेका थिए। ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कात्तिक २५ यता भएको यो पहिलो ‘वान टु वान’ भेट हो।

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली उपस्थित नभएपछि बैठक आज शनिबारका लागि तय भएको थियो। पार्टीमा देखा परेको संकट र विद्यमान समस्याको समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित ...


नेपालमा एकै दिन १३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा एकै दिन १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ९ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन १ हजार ३ सय ४३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ।

गत २४ घण्टामा ९ हजार २ सय ८९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ६३ हजार ९ सय १९ पुगेको छ। हाल ...


संघीय सरकारविरुद्ध प्रदेश २ सरकार पुग्यो सर्वोच्च

काठमाडौं- संघीय सरकारले आफ्नो अधिकार क्षेत्र मिचेको भन्दै प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा फेरि अर्काे रिट दायर गरेको छ। यसअघि पनि पटकपटक संघीय सरकारविरुद्ध सर्वोच्च पुगेको प्रदेश २ पुनः एक पटक रिट दायर गरेको हो।

बिहीबार प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्रप्रसाद सोनलले संघीय सरकारका विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। मन्त्री सोनलले ‘समृद्ध तराई-मधेश सिंचाई विशेष कार्यक्रम’लाई प्रदेश सरकारले सञ्चालन गर्नुपर्ने भएपनि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको विभागले ठेक्का प्रक्रिया अघि बढाएको जिकिर गरेका छन्।

प्रदेश २ मा सञ्चालन हुने केही आयोजनाका लागि ...


बिहिवार ९२८७ जनामा परीक्षण गर्दा १३४३ जनामा कोरोना संक्रमण

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३४३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२८७ पीसीआर परीक्षणमा १३४३ जना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

बुधबार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

नेपालमा हालसम्म १७ लाख ६३ हजार ९१९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ...


कोरिया जाने प्रक्रिया तत्काल सुरु हुने, रोस्टरको अवधि छ महिना थप

सउल - कोरोना महामारीका कारण रोकिएको कोरिया जाने प्रक्रिया तत्काल सुरु हुने भएको छ। त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको अवधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ।

कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै रोजगार अनुमति प्रणाली इपिएस माध्यमबाट कोरिया आउनेको सम्पूर्ण प्रक्रियासमेत स्थगन भएको थियो।

बुधबार प्रवासी श्रमिक युनियन (एमटियु) र केसीटियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशकलगायतसँग कोरियामा इपिएसअन्तर्गत प्रवासी श्रमिकको प्रवेश तथा रोकिएका सम्पूर्ण प्रक्रिया सञ्चालन गर्नेबारेमा ...


एन्टिजेन परीक्षणले देखायो काठमाडौंका ८ प्रतिशत व्यक्तिमा कोरोना संक्रमण

काठमाडौं - समुदायस्तरमा एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएकामध्ये ८ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ।

सरकारले काठमाडौं उपत्यकामा कोरोना हटस्पट मानिएका क्षेत्रका समुदायमा कोराना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिजेन विधिबाट परीक्षण गरेको थियो। दुई दिनमा १ हजार ५ सय ५ जनाको स्वाब सकलन गरी एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १५ जनामा संक्रमण पुष्टि भएको छ।

सोमबार ७ सय २० जनाको परीक्षण गरिएकामा ४३ जना र बुधबार ७ सय ८५ जनाको परीक्षण गर्दा ७२ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

...

बालिका बलात्कार गर्ने किशोरलाई १२ वर्ष ६ महिना जेल

उदयपुर - जिल्ला अदालत उदयपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ।

बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका–५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजाय गर्ने फैसला गरेको अदालतका तहसिलदार राजकुमार आचार्यले बताए।

यस्तै सोही किशोरसँगै सामूहिकरुपमा चार वर्षीया बालिका बलात्कार गर्ने अर्का ११ वर्षीय बालकलाई अदालतले अनुसन्धानसम्मको जेल सजायपछि बाँकी सजाय स्थगन गरेर सजाय मुक्त गरेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ...


हुम्लाको सिमकोट विमानस्थलमा आगलागी

सिमकोट - हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ ।
आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत् आगलागी भएको हुनसक्ने आशंका गरिएको छ। कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा आगो लागिरहेको छ। आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटमा बस्ने बजारवासी, तल्लो गाउँ र माथिल्लो गाउँका नागरिक लागि परेका छन् ।

आगो बिहान ६ बज्दासम्म नियन्त्रणमा आउन सकेको छैन। सर्वसाधारण ...


रामचन्द्र पौडेलको पक्राउविरुद्ध नेविसंघको विरोध प्रदर्शन

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले लिएको नियन्त्रण विरुद्ध नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ।

संघका कार्यकर्ताले बुधबार साँझ माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। आकस्मिक रुपमा गरिएको विरोध प्रदर्शनमा संघका कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गरेका छन्।

गृहजिल्ला पुगेका पौडेलले व्यास नगरपालिकामा बनेको पुल उदघाटन गर्ने कार्यक्रम तय भएपछि नेकपा कार्यकर्ताले अवरोध गरेका थिए। प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको थियो।

दुई पक्षको झडपको स्थिति आउने सम्भावना देखिएपछि प्रशासनले पुल आसपासको क्षेत्रमा निषधाज्ञा जारी गरेको थियो। पौडेललाई तीन घण्टापछि प्रहरीले रिहा गरेको छ। पौडेललाई प्रहरी प्रशासनले ...


त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा पढाइ सुरू हुने

काठमाडौं - त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले त्रिवि अन्तर्गतका क्याम्पसमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

स्थानीय निकायले तोकेको स्वास्थ्य मापदण्ड अवलम्बन गरि कक्षा सञ्चालन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिइएको छ। भौतिक उपस्थिति मार्फत कक्षा सञ्चालन गर्न सम्भव नभए अन्य वैकल्पिक विधि अपनाउन सुझाइएको छ।

कोभिड-१९ संक्रमण बढेपछि लकडाउन सुरु भएसँगै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा कक्षा रोकिएको थियो। प्रत्यक्ष उपस्थित भएर कक्षा सञ्चालन हुन नसकेपछि पछिल्लो समय अनलाईन कक्षा हुँदै आएको थियो।

...

नेपालमा कोरोना संक्रमणबाट एकैदिन २१ जनाको मृत्यु

काठमाडौं - नेपालमा एकैदिन २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमवार २९ जना संक्रमितको मृत्यु भएको थियो।

एकैदिन १ हजार ३ सय ४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ। गत २४ घण्टामा ८ हजार ५ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ।

योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ४६ हजार ३ सय ३० पुगेको छ। हाल ६ सय ...


पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ७३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ।

आज देशभर १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ...


विष्णु पौडेलको जन्मदिनको 'केक काटेर' नेकपा सचिवालय बैठक शुरु

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ। उनलाई शुभकामना दिएर मंगलबारको बैठक सुरु गरिएको हो।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत अन्य नेताहरुले महासचिव पौडेललाई केक खुवाएर बधाई तथा स्वस्थ जीवनकाे शुभकामना व्यक्त गरेका हुन्।

उपाध्यक्ष वामदेव गाैतमले '१०० बर्ष बाँच्नुहाेस् र राम्राे काम गरेर जानुहाेला' भन्दै शब्दमा शुभकामना दिएका छन्।

पौडेल ६२ वर्षमा प्रवेश गरेका छन्।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ।

...

प्रधानमन्त्री ओलीले खोले 'टिकटक' अकाउन्ट

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले 'टिकटक' मा अकाउन्ट खोलेका छन्। उनको अकाउन्ट 'भेरिफाइड' समेत भइसकेको छ।

टिकटकमा उनले केही दिनअघिको एउटा भाषणको अंश राखेका छन्। केहीबेर अघिसम्म त्यसलाई १ सय ३५ जनाले सेयर गरेका छन्। त्यस्तै, जना १ सय ८३ जनाले कमेन्ट र ८ हजारभन्दा बढीले लाइक गरेका छन्।

...

चीनले नेपाली सेनालाई पौने तीन अर्ब बराबरको सैन्य सामग्री प्रदान गर्ने

काठमाडौं - चीनले छिट्टै १५ करोड चिनियाँ आरएमबी (दुई अर्ब ७० करोड १४ लाख रूपैयाँ) बराबरको सैन्य सामग्री नेपाली सेनालाई उपलब्ध गराउने भएको छ।

एक दिने नेपाल भ्रमण सम्पन्न गरी आज फर्केका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङले प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा उक्त प्रतिबद्धता जनाएका हुन्। प्रधानसेनापति थापा र चिनियाँ रक्षान्त्रीबीच आइतबार अपराह्न सैनिक मुख्यालय जंगीअड्डामा भेटवार्ता भएको थियो।

‘१५ करोड आरएमबी बराबरको सैन्य सामग्री छिट्टै नेपाली सेनालाई प्राप्त हुने जानकारी चिनियाँ रक्षामन्त्रीले दिएका छन्,’ नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले भने।

गतवर्ष रक्षामन्त्रीले चीन भ्रमण गर्दा ...


पछिल्लो २४ घण्टायता कोरोना संक्रमणबाट २९ जनाको मृत्यु

काठमाडौं - नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १५ सयभन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा थप २९ जना संक्रमितको मृत्यु भएसँगै कुल संक्रमित मृतकको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा हालसम्म १७ लाख ३७ हजार ७४७ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३५ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल ...


२४ घण्टामा थप १४७४ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

सोमबार थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

नेपालमा हालसम्म १७ लाख ३७ हजार ७४७ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३५ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १७ हजार ४२३ ...


वस्तुगततर्फको उपाध्यक्षमा प्रधान समूहका श्रेष्ठ विजयी

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई २५ मतान्तरले हराए ।

वस्तुगततर्फको उपाध्यक्षमा चन्द्र ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र किशोर प्रधान समूहबाट अन्जन श्रेष्ठ भिडेका थिए । अन्जनले ६२ मत ल्याउँदा उमेश ३७ मतमा सीमित भए ।

वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा दुबै प्यानलका ७–७ जना निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधान र चन्द्र ढकाल प्यानलबाट समान संख्यमा वस्तुगततर्फबाट सदस्य निर्वाचित भएका हुन् ।

...

महासंघको जिल्ला-नगर उपाध्यक्षमा प्रधान समूहका श्रेष्ठ विजयी

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला-नगरतर्फको उपाध्यक्ष पदमा दिनेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी गुणनिधि तिवारीलाई ११ मतान्तरले हराए ।

वस्तुगततर्फको उपाध्यक्षमा तिवारी चन्द्र ढकाल समूहबाट र श्रेष्ठ किशोर प्रधान समूहबाट भिडेका थिए । दिनेशले ५८ मत ल्याउँदा गुणनिधि ४७ मतमा सीमित भए ।

श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका छन् । उनको कपि तथा स्टेसनरी उद्योग, नेपालगञ्ज मेडिकल कलेज, होटल, ट्रेडिङ, प्रिन्टिङ मेसिनरी सप्लाई लगायतमा लगानी रहेको छ ।

महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा पनि प्रधान समूहकै अन्जन ...


उद्योग वाणिज्य महासंघको निर्वाचनमा कुन पदमा क-कसले जिते ?

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा (नेतृत्व चयनको महाधिवेशन)बाट व्यवसायी शेखर गोल्छा स्वत: अध्यक्ष हुँदै गर्दा ६४ व्यवसायी विभिन्न पदमा निर्वाचित भएका छन्।

आइतबार बिहान सम्पन्न मतगणनामा वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल विजयी भएका हुन। उनले व्यवसायी किशोर प्रधानलाई पराजित गरेका हुन।

ढकालले ५५ प्रतिशत मतसहित निर्वाचन जितेका हुन्। ढकालले एसोसिएट र द्विराष्ट्रियतर्फ ८ सय ९७ मत खसेकाेमा ५ सय २२, जिल्ला-नगरतर्फ १ सय ५ मतमा ५३ र वस्तुगततर्फको १ सय १ मतमा ५९ मत ल्याएका छन्।

यसैगरी एसोसिएटतर्फ व्यवसायी रामचन्द्र संघाई विजयी भएका ...


उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासघको ५४ औं साधारण सभा (नेतत्व चयनको महाधिवेशन) मा व्यवसायी चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्।

आफ्ना प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल ५७ औं साधारणसभापछि स्वतः अध्यक्ष हुने गरी गरी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्।

ढकाल झण्डै ५५ प्रतिशत मत ल्याएर वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धाी प्रधानले भने ४५ प्रतिशत मत प्राप्त गरे।

ढकालले जिल्ला–नगरतर्फ १०५ मतमा ५२, वस्तुगततर्फ १०१ मतमा ५९ तथा एशोसियसट र द्विराष्ट्रतर्फ ८९७ मतमा ५२२ मत ल्याएका हुन्। उनका प्रतिस्पर्धी प्रधानले भने जिल्ला–नगरतर्फ ५३, एशोसियसटतर्फ ...


२४ घण्टायता १३८० जनामा कोरोना संक्रमण, ५१५ जना संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३८० जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा शनिबार थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

नेपालमा हालसम्म १७ लाख १९ हजार ८२८ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ६१८ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १८ हजार ...


नेकपा सचिवालय बैठकमा ओलीको जवाफी प्रस्ताव पेस (पूर्ण पाठसहित)

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ ।

उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । ओलीको प्रस्ताव खाममा राखेर सचिवालय सदस्यहरुलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ कै सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गरेका छन् ।

दुवै प्रस्तावको अध्ययन गरेर अर्को बैठक बस्नेगरी सचिवालय बैठक ...


काठमाडौँका विद्यालय तत्काल नखुल्ने

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ ।

पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन हुने जनाएको हो ।

गत कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले केही कार्यविधि बनाई सञ्चालनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिइसकेको छ ।

विद्यालय सञ्चालन गर्ने भन्दै हालसम्म कुनै पनि विद्यालयले अनुमति नमागेको पनि कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।

“अहिले कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको ...


पुनःस्थापना र पुनः निर्माणमा प्राधिकरणका उपलब्धिबारे वेविनार हुने

काठमाडौं - भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिहरुबारे अन्तरक्रिया तथा अभिलेख गर्न वेवमा आधारित सेमिनार (वेविनार) आयोजना गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताबाट सुझाव तथा टिप्पणी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

प्राधिकरणले संस्थागत स्मृति स्थापित गर्ने सिलसिलामा पुनःनिर्माणका पाँच वर्षका अनुभव तथा सिकाइ समेटेर विभिन्न सात वटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ । यी विषयगत अध्यायलाई वृहत् छलफल ...


गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

गुल्मी - गुल्मीको इस्मामा शुक्रबार बिहान जिप दुर्घटाना हुँदा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । इस्मा गाउँपालिका वडा नम्बर–४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पछिल्लो मृतक हुला गाउँ कै १९ वर्षीय फर्सबहादुर थापा रहेको इस्मा प्रहरी चौकी इन्चार्ज असइ मोहनलाल अधिकारिले बताए । उनका अनुसार एकै परिवारका दुई दाजुभाइ वर्ष ३३ का शिव दर्लामी र भाइ वर्ष ३० का वसन्त दर्लामीको पनि ज्यान गएको छ । दाजु ...


भारतका विदेश सचिव आज नेपाल आउँदै

काठमाडौँ - भारतका विदेश सचिव हर्षबर्द्धन शृङ्गला आज नेपाल आउँदैछन् । भारतको नयाँ दिल्लीबाट उनी विशेष विमानबाट ११ वजे नेपाल आइपुग्नेछन् । नेपालको औपचारिक भ्रमणमा आउन लागेका शृङ्गलाले काठमाडौँमा २ दिन बिताउनेछन् । बिहीबारबाट नै शृङ्गलाले औपचारिक भेट वार्ता शुरु गर्नेछन् ।

काठमाडौँ अवतरण भएलगत्तै शृङ्गला त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलबाट सिधै द्वारिका होटल जान्छन् । नेपाल रहँदासम्म उनी द्वाारिकामा बस्छन् । मध्यन्ह १२ बजेदेखि परराष्ट्र मन्त्रालयमै परराष्ट्र सचिव भरत पौड्यासँग भेटघाटको कार्यक्रम रहेको छ । पौडेलले आयोजना गरेको दिवाभोजमा होटल याक एण्ड यतिमा उनी सहभागी हुनेछन् ।

त्यसपछि ...


महासंघको ५४ औँ साधारणसभा राजधानीमा शुरु हुँदै, ६२ पदका लागि १२१ जनाबीच प्रतिष्पर्धा

काठमाडौँ - अन्ततः नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा तथा महासंघको नयाँ कार्यसमितिको निर्वाचन हुने भएको छ । कोभिड–१९ का कारण गत चैतदेखि प्रभावित हुँदै आएको महासंघको साधारणसभा तथा नेतृत्व चयनको प्रक्रियाले अन्ततः ८ महिनापछि औपचारिकता पाउने भएको हो ।

महासंघको ५४ औँ साधारणसभा बिहीबारबाट राजधानीमा शुरु हुँदै छ । वार्षिक साधारणसभासहित महासंघको नयाँ कार्यसमिति समेत चयन गर्ने सो सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै उद्घाटन गर्दैछन् । भर्चुअल माध्यमबाट हुने सोसभाको उद्घाटन बिहान साढे ११ बजेलाई तोकिएको छ ।

महासंघको कार्यतालिका अनुसार बिहीबार अर्थात् मंसिर ...


आधिकारिक ट्रेड युनियनको निर्वाचन फेरी पनि स्थगित

काठमाडौं - सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो।

'निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको छ,' बैठकपछि रासससँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले भने, 'कोभिडका कारण अर्को मिति नतोकिएसम्मका लागि निर्वाचन स्थगन भएको हो।'

त्यसअघि सरकारले गत असोज २४ गते हुने तय गरे तापनि कोभिड सङ्क्रमणको जोखिमका कारण मङ्सिरलाई सारिएको थियो। ट्रेड ...


बालिका हत्या प्रकरण: चारबुँदे सहमति पछि सामान्य बन्दै महोत्तरी

जलेश्वर - स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ। बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एक जनाको मृत्यु घटनाले थप आन्दोलित भएको महोत्तरीमा सम्बद्ध पक्षबीच चारबुँदे सहमति भएपछि अवस्था सामान्य बन्दै गएको हो।

बुधबार साँझ बर्दिबासमा नागरिकस्तरमा गठित वार्ता समिति र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालबीच पीडितलाई क्षतिपूर्ति दिने, दुवै घटनाको छानविन गरी दोषीलाई कारबाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई शहीद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकालाई उचित उपचार खर्चको ...


जनकपुर र पोखरामा ''राजा आउ देश बचाउ'' भन्दै प्रदर्शन

जनकपुर - नेपालमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुको धनुषाको जनकपुरधाममा प्रदर्शन गरेका छन् । बुधबार जनकपुरधाममा प्रदर्शनमा सहभागी हुनेहरुले राजतन्त्र नै चाहिने भन्दै राजा आउ देश बचाउको नारा लगाएका थिए ।

जनकपुरको रेल्वे स्टेशनबाट निस्केको राजावादी समूहहरुको र्‍यालीले भानू चोक, कदम चोक, विद्यापती चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाइल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, ब्रह्मपुरी चोक, जचुकाली स्थित मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शन गर्दै मिल्स एरिया, भानू चोक, शिव चोक हुँदै जनक चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।

यसैबीच राजावादीहरुले पोखरामा पनि मोटरसाइकल र्‍याली ...


नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

काठमाडौं - भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । उनलाई काठमाडौंको चण्डोलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरोका डिआईजी सहकुल थापाले जानकारी दिए ।

क्याम्पस संचालक समितीको अध्यक्ष हुँदा न्यौपानेले अनधिकृत रुपमा रकम हिनामिना गरेको र गाडी किनेर आफ्नो नाममा नामसारी गरेर ठगि गरेको आरोप लागेको छ ।

रामेछाप घर भएका न्यौपाने काठमाडौंको चण्डोल बस्थे ।

६४ वर्षीय लम्बोदरले संगठित रुपमा ठगी गरेर क्याम्पसलाई ८ करोड २१ लाख र बेरुजु सहित २३ करोड दश लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

उनीविरुद्ध ...


नौ हजार जनाको पीसीआर परीक्षण गर्दा १९४८ जनामा कोरोना संक्रमण

काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ३१४० जना संक्रमणमुक्त रहेको पनि जानकारी दिए ।

यससँगै कोरोना निको हुनको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित १६ हजार ६३९ जना रहेका छन् भने संक्रमण मुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ...


बर्दिबास बालिका हत्या प्रकरण : प्रदर्शनका घाइतेको ग्राण्डी अस्पतालमा मृत्यु

काठमाडौं - महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्या विरोधमा भएको प्रर्दशनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेलाई उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। न्यौपानेसँगै अफताब आलम र श्याम कार्की घाइते भएका थिए। दुई घाइतेको बर्दिबासमै उपचार भइरहेको छ।

बालिकाको हत्या आरोपमा महोत्तरीको गौशाला–५ का अरुणकुरमा साह पक्राउ परेका छन्। आइतबार साँझ हराएकी बालिका गुलाप्साको शव सोमबार राति घर नजिकैको एक झाडीमा फेला परेको थियो।

हत्याको बिरोधमा मंगलबार ...


सरकारले वार्तालाई षड्यन्त्रको रुपमा नलिए छलफलमा बस्न तयार छौं: विप्लव

काठमाडौं - प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले वार्ताबाट समस्या समाधान चाहे आफूहरू तयार रहेको बताएका छन्। पार्टी पुनर्गठनको मिति मंसिर ८ का सन्दर्भमा 'इरातोखबर डट कम' मा दिएको अन्तर्वार्तामा उनले वार्तालाई षड्यन्त्रको रुपमा नलिए आफूहरू तयार रहेको बताए।

‘हामीले वार्ताको विषयमा स्पष्ट भनिसकेका छौं। हामीले पहिले पनि भनेको हो। हाम्रो पार्टी बन्ने बेलामै हाम्रो कुरा सुन भनेर भनेको होइन र, रत्नपार्कमा? हाम्रो यो पार्टी पुनर्गठन गर्ने बेलामा पनि हामीले भनेको हो। प्रचण्डजीसँग विद्रोह गर्दाखेरी पनि हामीले भनेको हो। तपाईं जता जानुस्, राज्यले हाम्रा कुरा ...


कोरोना विरुद्धको खोपका लागि सरकारले पठायो कूटनीतिक नोट

काठमाडौं - सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाएको छ।

कोरोनाविरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टे«लियालगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए।

कोभिड–१९ विरुद्धको खोप नआएसम्म मानिसको दैनिक दिनचर्या यस्तै रहने निचोडका साथ खोपका माध्यमबाट सहजरूपमा उपचार होस् भनी सरकार त्यसमा जुटेको हो। राज्यको स्रोत र सामथ्र्यका आधारमा कोरोनाबाट सिर्जित समस्या समाधान गर्न युद्धस्तरमा सरकारले काम गरिरहेको बताउदैँ उनले भने, ‘ठूलो सङ्ख्यामा होम आइसोलेसनमा ...


विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ९६ लाख नाघ्यो

एजेन्सी - विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ९६ लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५ करोड ९६ लाख २० हजार ५ सय २ पुगेको हो। हालसम्म संक्रमणका कारण १४ लाख ६ हजार २ सय ८३ पुगेको छ भने ३ करोड ८१ लाख ७ हजार २ सय ९१ जना निको भएका छन्।

संक्रमितको संख्या अमेरिकामा १ करोड २५ लाख ५५ हजार ७ सय २९, भारतमा ९१ लाख ७७ हजार ८ सय ४०, ब्राजिलमा ६० लाख ८७ हजार ६ सय ८, फ्रान्समा २२ लाख ...


इलामको सन्दकपुरमा सशस्त्रको बिओपी स्थापना

इलाम- इलाम जिल्लाको सन्दकपुर गाउँपालिका-५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बिओपी) जौवारी स्थापना भएको छ।

नम्बर एक प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषिराज्य मन्त्री राम रानाले सोमबार आयोजित एक समारोहका बीच उक्त बिओपीको उद्घाटन गरेका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध काम कारबाहीहरूमा परिचालित हुनेछ।

ईलाम जिल्लाको सदरमुकामदेखि करीब ३९ किलोमिटरको दूरीमा नेपाल-भारत सीमानाकाभन्दा करीब १ किलोमिटर वर स्थापना ...


यी हुन् कोरोनाको निःशुल्क उपचार गर्ने देशभरका ७४ वटा अस्पताल

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ७४ वटा सूचीकृत अस्पताल तथा स्वास्थ्य संस्थाबाट कोरोना संक्रमितको निःशुल्क उपचार हुन्छ।

कोरोना भाइरसको संक्रमण नेपालमा देखिएपछि सबै संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले गत कात्तिक ३ गतेदेखि भने शुल्क लिने निर्णय गरेको थियो। तर सरकारको उक्त निर्णयको चौतर्फी विवाद भएपछि सरकारले निःशुल्क उपचारको परिभाषालाई प्रष्ट पारेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ का लक्षण र चिह्न भएका संक्रमितले सूचीकृत अस्पतालबाट निःशुल्क उपचार पाउने छन्। विगतमा सरकारले कोरोना भाइरसको लक्षण तथा चिह्न नभएका संक्रमितको समेत निःशुल्क उपचार गर्दै आएको थियो।

तर, ...


पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परी चालकको मृत्यु, एक जना घाइते

काठमाडौं - प्याराग्लाइडिङ दुर्घटना परी पोखरामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर ३८ वर्षीय प्याराग्लाइडिङ चालक राजु गैरे नेपालीको मृत्यु भएको हो। सराङकोटबाट उडेको फिस्टेल कम्पनीको प्याराग्लाइडिङ दुर्घटनामा परेर नेपालीको मृत्यु भएको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले जानकारी दिए।

प्याग्लाइडिङमा सवार काठमाडौं बुढानिलकण्ठकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन्। अवतरण गर्ने स्थानभन्दा पाँच सय मिटर पर दुर्घटना भएको बताइएको छ। प्याराग्लाइडिङ दुर्घटनामा परेपछि घाइते नेपालीलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो।

अस्पतालमा पुर्‍याइएको उनलाई मृत घोषणा गरिएको थियो। घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी ...


इलाम र ताप्लेजुङ्गको भ्रमणमा निस्किए प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली सोमबार इलाम र ताप्लेजुङ्गको भ्रमणमा गएका छन् । उनी हेलिकप्टर मार्फत त्यसतर्फ लागेका हुन् ।

उनले ताप्लेजुङ्गमा उनले चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरीक्षण गर्ने छन् । यस्तै इलाममा पनि उनी स्थानीय कार्यक्रममा सहभागी हुने छन् ।

ओलीसँग पूर्वसभामुख सुवास नेम्बाङ पनि साथमा रहेका छन् । केही दिनअघि उनी संखुवासभा पुगेका थिए ।

...

रत्नपार्कको नाम परिवर्तन गर्ने महानगरपालिकाको निर्णय गलत : कमल थापा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत भएको बताएका छन्। आइतबार एक ट्वीट गर्दै थापाले यस्तो जनाएका हुन्।

‘रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं मनपाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जीवनसंगिनी राजा विरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल वृद्ध जीवन बिताइरहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ। निर्णय सच्याईयोस्‚’ थापाले ट्वीटरमा लेखेका छन्‚ ‘जबरजस्ती गर्न खोजिए अवरोध गर्न बाध्य हुनेछौं।’

नेपाल संवतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य स्थानमा स्थापना गरेर भव्य पार्क बनाइए आफ्नोतर्फबाट ...


कक्षा १२ का बिद्यार्थीलाई शिक्षामन्त्रीको आग्रह :

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही मंसिर ९ गतेदेखि हुने कक्षा १२ को परीक्षामा आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षाको व्यवस्थापन गरिएको हुँदा ढुक्क भएर परीक्षामा सहभागी हुन अनुरोध गरेका छन्।

एक अपिल जारी गर्दै पोखरेलले परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता कोभिड सुरक्षा मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायतका परीक्षासम्बन्धी आवश्यक सम्पूर्ण पक्षको व्यवस्थापन गरिएको जनाएका हुन्।

घरमा रहँदा होस् या परीक्षा केन्द आउँदा जाँदा आवश्यक सचेतना अपनाउन पनि उनले आग्रह गरेका छन्।

उनले परीक्षा केन्द्रवरपर भीडभाड नगरिदिन अभिभावकहरुलाई ...


सरकारको अनुमतिविना निजामती कर्मचारीले लोकसेवाको तयारी कक्षा पढाउन नपाउने

काठमाडौं - सरकारको अनुमतिविना सरकारी कर्मचारीले लोकसेवाको तयारी कक्षा पढाउन नपाउने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरबाट उक्त निर्णय गरेको हो।

यसअनुसार राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कार्यरत निजामती कर्मचारीेले नेपाल सरकार र अन्य कर्मचारीले सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई निजी इन्सिच्युटमा उपस्थित भई वा अनलाइन माध्यमबाट लोकसेवा आयोग वा अन्य निकायबाट सञ्चालन गरिने प्रतिस्पर्धात्मक परीक्षाका तयारी कक्षामा लिखित तथा मौखिक प्रशिक्षण दिन पाइनेछैन।

यसअघि कुनै मन्त्रालय वा निकायबाट कुनै कर्मचारीलाई स्वीकृति दिइएको भए पनि मंसिर ७ देखि नै निष्क्रिय हुने ...


सप्तरीमा हात्ती मृत फेला

सप्तरी - सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।

बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए । पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।

“नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलबाट आएर गाउँमा मृत अवस्थामा हात्ती भेटिएको हो”, उनले भने, “हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ ।” उनले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै ...


सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहारले नेकपामा थपियो अर्को विवाद

काठमाडौं - स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको विषयले नेकपामा फेरि एकपटक विवाद चर्किएको छ। नेकपाभित्र यसअघि भएका कर्णाली विद्रोह, मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियूक्ति र पर्साका मुकेश चौरसिया हत्यालगायतका घटनापछि पाण्डेमाथि भएको दुर्व्यवहारको घटना थपिएको हो।

पार्टीमा यसअघि भएका विवाद यथावतै छन्। विवाद सल्टिन नसक्दा पार्टी बैठक समेत सहज रुपमा बस्न सकेको छैन। अब बस्ने सचिवालय बैठकमा यसअघिका विवादसँगै पाण्डेमाथि भएको दुर्व्यवहारको घटना पनि थपिने भएको छ। पार्टी विवाद सल्टनेभन्दा एकपछि अर्को विवाद थपिँदै गएपछि पार्टीमा जटिलता थपिएको हो। यसै विषयलाई लिएर अब ...


सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहार भर्त्सनायोग्य : प्रवक्ता श्रेष्ठ

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका स्थायी कमिटीका सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको भर्त्सनायोग्य भएको उल्लेख गरेका छन्।

‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद कं. सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ‚’ शनिबार एक ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले भने‚ ‘यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन। चेत होस्।’

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै पाण्डेविरुद्ध नाराबाजी भएको थियो। नेकपा स्थायी कमिटी सदस्य पाण्डेको प्रमुख आतिथ्यतामा भएको ...


केपी ओलीलाई बा भनेर ढोग्नेहरूले नै मलाई दुर्व्यवहार गरे : सुरेन्द्र पाण्डे

काठमाडौँ - नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बा भनेर ढोग्नेहरूले नै आफूमाथि दुर्व्यवहार गरेको बताएका छन्। शनिबार चितवनको राप्ती नगरपालिका कमिटीको कार्यक्रममा बोल्ने क्रममा दुर्व्यवहारमा परेपछि नेता पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘हुलहुज्जत गरेर आएकाले जबज आफैँले जोगाएको जस्तो गरे। तिनैले पार्टी जोगाए जस्तो गरे। त्यहाँ भएका कतिपयले केपी ओली कमरेडलाई भेट्दा बा भनेर हातमै ढोग्नेहरु थिए। मेरो निर्वाचन क्षेत्र भएकाले ती सबैलाई एकएक गरी चिन्छु,’पाण्डेले भने, ‘त्यहाँ भएकाहरू मन्त्रीका सल्लाहकार, पिएका छोरालगायत छन्। ओलीसँग कुनै ...


सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणबाट ३६ जनाको मृत्यु

कैलाली - सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका ५ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएसँगै प्रदेशमा मृतकको संख्या ३६ पुगेको हो । उनलाई कात्तिक २५ गतेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा शुक्रबार दिउँसो मृत्य भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि नै अछाममा २, बैतडीमा १, बझाङ्गमा ३, बाजुरामा २, डडेल्धुरामा २, दार्चुलामा २, डोटीमा १, कैलाली १८ र कञ्चनपुर ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा ...


दिल्लीमा मास्क नलगाउनेलाई २ हजार रुपैयाँ जरिवाना

एजेन्सी - भारतको दिल्लीमा कोरोना संक्रमण तीव्र हुँदै गएपछि आजदेखि थप कडा नियम लागू गरिएको छ। कोरोना गाइडलाइन्स पालना नगर्नेलाई २ हजार रुपैयाँ जरिवाना गरिने भएको छ।

सार्वजनिक स्थानमा मास्क नलगाउने, क्वारेन्टाइनको नियम नमान्ने, सामाजिक दूरी पालना नगर्ने र सार्वजनक स्थानमा थुकेमा २ हजार रुपैयाँ जरिवाना गरिने भएको छ।

यसअघि कोरोना गाइडलाइन्स पालना नगर्नेलाई ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो। दिल्लीमा २४ घण्टामा कोरोनाबाट १ सय १८ जनाको मृत्यु भएको छ भने २४ घण्टामा ६ हजार ६ सय ८ जना संक्रमित थपिएका छन्।

हालसम्म दिल्लीमा कोरोनाबाट ८ हजार ...


बन्द प्रशिक्षण पूर्व खेलाडी र प्रशिक्षकको कोरोना परीक्षण गर्दै क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि खेलाडी र प्रशिक्षकको कोरोना परीक्षण गर्ने भएको छ। मंसिर १० देखि बन्द प्रशिक्षण थाल्ने तयारी गरेको क्यानले मंसिर ८ मा खेलाडी र प्रशिक्षकहरूको स्वाब संकलन गरी परीक्षण गर्ने भएको हो।

शुक्रबार व्यवस्थापक विक्रम न्यौपानेलाई पत्र लेख्दै क्यानले पिसिआर नेगेटिभ रिपोर्ट नेगेटिभ आउनेहरूलाई मात्र बन्द प्रशिक्षणमा सहभागी गराइने समेत सूचित गरेको छ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि क्यानले बन्द प्रशिक्षण सुरु गर्ने भएको हो। बन्द प्रशिक्षणमा खेलाडी र प्रशिक्षक गरी २३ जनालाई सहभागी गराउने तयारी क्यानको छ।

पिसिआर रिपोर्ट नेगेटिभ नआएको ...


उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न

जनकपुर–आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्व समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ।

व्रतालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य अर्पण गरेका थिए । अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र ...


अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्वको समापन गरिंदै

काठमाडौं - प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो। उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। ...


नेपाल प्रहरीमा एआईजी र डीआईजीको दरबन्दी थप

काठमाडौं - नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ ।

गृृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषद्मा पठाएको थियो । तर, सरकारले एआईजीको दरबन्दीसमेत थप गरेर स्वीकृत गरेको हो ।

एआईजीको दरबन्दी थप्ने प्रयासका कारण लामो समयदेखि ओएण्डएम स्वीकृत हुन सकेको थिएन ।

दरबन्दी थपिएको सम्बन्धी पत्र बुधबार प्राप्त भएको गृह मन्त्रालयको प्रशासन महाशाखाका सह–सचिव थानेश्वर गौतमले बताए । दरबन्दी थप भएसँगै प्रहरी प्रधान कार्यालयले रिक्त पदमा ...


उद्योग वाणिज्य महासंघ चुनाव : ६४ पदका लागि १२७ जना बीच प्रतिष्पर्धा

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा (नेतृत्व चयन समेतको महाधिवेसन) मा ६४ पदमा लागि हुने निर्वाचनमा १ सय २७ जनाको उम्मेदवारी परेको छ।

महासंघको ५४ औं साधारण सभा यही मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।

महासंघको निवार्चनका लागि निर्वाचन कमिटिले बिहीबार राति उम्मेदवारी मनोनयन गरेकाहरुको पहिलो चरणको नामवाली प्रकाशन गरेको छ।

५४ औं साधरण सभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने छन् भने १ वरिष्ठ उपाक्ष्यक्ष, १ एसोसिएट उपाध्यक्ष, १ बस्तुगत उपाध्यक्ष, १ जिल्ला नगर उपाध्यक्ष र ६० जना कार्यकारिणी सदस्य गरी ६४ ...


शान्ति सम्झौताको १४ वर्ष पुरा हुँदासम्म पनि टुङ्गिएन संक्रमणकालीन न्याय

काठमाडौं - तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे हिंसात्मक आन्दोलनलाई औपचारिक रुपमा अन्त्य गर्न विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १४ वर्ष पूरा भएको छ।

२०६३ मंसिर ५ गते सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौतामा देशमा जारी हिंसात्मक आन्दोलन अन्त्य गर्दै मुलुकलाई शान्तिपूर्ण बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

सो सम्झौतामा सेना समायोजन तथा हतियार व्यवस्थापन, संविधानसभा चुनाव र संक्रमणकालीन न्याय टुंगोमा पु¥याउने विषयलाई प्राथमिकता दिइएको थियो। शान्ति सम्झौताले प्राथमिकतामा ...


सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालहरुबाट कोरोना निःशुल्क उपचार

काठमाडौं - सरकारले सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालहरुबाट कोभिड १९ को परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ । रोगको लक्षण वा चिह्न देखिएका विरामीले मात्र परीक्षण र उपचारको निःशुल्क सेवा पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पस्ट पारेको छ ।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोना बिमा गरेकाहरुको हकमा परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोर्ने गरी व्यवस्था मिलाएको जनाएको छ । त्यस्तै सरकारले सक्षम, इच्छुक र योगदान गर्न चाहनेलाई कोरोना परीक्षण र उपचारमा सहयोग गर्न आह्वान पनि गरेको छ ।

...

विप्लवसहित २१ दलीय गठबन्धनले मंसिर ७ गते माईतीघरमा प्रदर्शन गर्ने

काठमाडौं - प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित सत्ता बाहिर रहेका २१ दलीय गठबन्धनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहित उखु किसानको बक्यौतालाई लिएर विरोध प्रदर्शन गर्ने भएका छन्।

गत बिहीबार बसेको गठबन्धनको बैठकले मंसिर ७ गते काठमाडौंको माईतीघरमा प्रदर्शन गर्ने निर्णय गरेको हो।

उनीहरुले एमसिसी खारेज हुनुपर्ने, भारतले अतिक्रमित गरी कब्जा गरेको कालापानी, लिम्पियाधुरा, लिपुलेक, महेशपुर क्षेत्र फिर्ता गर्नुपर्ने, कोरोना उपचार र परीक्षण निःशुल्क गर्नुपर्ने, तराईका उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउनुपर्ने माग राख्दै विरोध प्रदर्शन गर्ने भएका हुन्। यी विषयलाई लिएर गठबन्धनले सातै प्रदेशका एक÷एक ठाउँमा ...


शिवपुरी गाउँपालिका : एकल पुरुषलाई भत्ता, आइसोलेसन बसेकालाई जनही ३ हजार

नुवाकोट - नुवाकोटको शिवपुरी गाउँपालिकामा डाक्टर सहितको स्वास्थ्य सेवा सुरु भएको छ। कोरोना रोगबाट सङ्क्रमित भएका बिरामीलाई समेत सेवा दिने गरेर शिवपुरी गाउँपालिका–५ को शेराबगरमा रहेको स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टरमार्फत् गाउँपालिकाले स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो।

गाउँपालिकाबासीको स्वास्थ्य जाँच तथा परीक्षणको लागि गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयास स्वरुप सेवा सञ्चालनमा ल्याइएकाले त्यसको लाभ उठाउन गाउँपालिकाको अध्यक्ष रामकृष्ण थापाले आग्रह गरे। उनका अनुसार चिकित्सा सेवाको लागि गाउँपालिकामार्फत दरबन्दी सिर्जना र बजेट सुनिश्चित गराई डाक्टरसहित सेवा अबदेखि निरन्तर उपलब्ध गराइने भएको छ।

‘कोरोना सङ्क्रमण भएका व्यक्तिलाई समयमै स्वास्थ्य परामर्श ...


बेरोजगार नागरिकलाई आफ्नो वडामा सम्पर्क गर्न काठमाडौं महानगरको सुचना

काठमाडौं - कोरोना महामारीका कारण बेरोजगार बनेका व्यक्तिलाई काठमाडौं महानगरपालिकाले रोजगारी दिने भएको छ।

‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै महानगरपालिकाले रोजगारीका लागि सम्बन्धित व्यक्तिलाई आफू बसेको वडा कार्यालयमा सम्पर्क गर्न आह्वान गरेको हो।

‘कोभिड–१९ कारण रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने भएकाले आफू बसोबास गर्ने क्षेत्रको सम्पर्क गर्न सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।

...

चित्रबहादुरलाई निमोनिया माथि कोरोना, सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं - राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा उपप्रधानमन्त्री चित्रबहादुर केसी सम्पूर्ण उपचार खर्च बेहोर्ने सरकारले निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।'

केही दिन अघिबाट निमोनियाले ग्रस्त भएका केसीको स्वाब परीक्षण गर्दा मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । हाल ...


काठमाडौँ महानगरमा कोरोना संक्रमणको नालीबेली !

काठमाडौं - काठमाडौं जिल्लामा कोरोना संक्रमण लगातार बढिरहेको छ। यहाँ हालसम्म ७५ हजार ३ सय १७ जनामा संक्रमण पुष्टि भएको छ। यीमध्ये ४६ हजार ७ सय ८६ पुरुष र २८ हजार ५ सय ३१ जना महिला छन्।

काठमाडौँ महानगरपालिकामा मात्र करिब २९ हजारमा संक्रमण पुष्टि भएको छ। महानगरको कात्तिक २२ गतेसम्म तथ्यांकअनुसार २८ हजार १ सय ९७ जनामा कोरोना संक्रमण पुगेको छ। यहाँ १ सय ५ पहिचान नखुलेका संक्रमित ‍छन्।

काठमाडौं महानगरमा हालसम्म १८२ संक्रमितले ज्यान गुमाएका छन्। महानगरका सबै वडामा संक्रमित संख्या २ सयमाथि पुगेका छ ...


यो वर्ष सवारी साधन नकिन्ने सरकारको निर्णय, हेलिकोप्टरको बिल पनि नतिर्ने

काठमाडौं - सरकारले चालु आर्थिक वर्षमा आन्तरिक स्रोत वा बाह्य ऋण लिएर सवारी साधन खरिद नगर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको मंगलबारको बैठकले स्वीकृत गरेको मितव्ययिता सम्बन्धी मापदण्डमा यो वर्ष गाडी नकिन्ने उल्लेख छ।

त्यसैगरी सार्वजनिक निकायले सवारी साधन खरिद गर्नुपरेमा अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने पनि मापदण्डमा जनाइएको छ। एकजना सरकारी कर्मचारीलाई एउटा मात्रै सवारी साधन सुविधाका रूपमा उपलब्ध गराउने पनि मापदण्डमा उल्लेख छ। सरकारले वैदेशिक ऋणमा तालिम, सेमिनार र भ्रमण नगराउने पनि घोषणा गरेको छ।

मापदण्डअनुसार विशिष्ट पदाअधिकारी अर्थात् भिआइपीले हेलिकोप्टर प्रयोग गरे बापतको बिल सरकारले तिर्ने ...


पोखरामा नेपालकै दोस्रो ठूलो पेट्रोलियम डिपो बन्ने

काठमाडौं - अम्लेखगंज पेट्रोलियम डिपो पछिको नेपालकै दोस्रो ठूलो पेट्रोलियम भण्डारण डिपो पोखरामा बन्ने भएको छ । नेपाल आयाम निगमले पोखरा महानगरपालिका २९ मा एक करोड लिटर अर्थात् १० हजार किलोलिटर भण्डारण क्षमताका दुई वटा ट्याङ्की निर्माण गर्ने भएको हो ।

कुल ७७ रोपनीमा बन्ने उक्त डिपोको आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सिलन्यास गर्दै छन् ।

कुल ७७ करोड (भ्याट बाहेक) अनुमानित लागतमा बन्ने उक्त डिपो दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गरिसक्ने निगमले जनाएको छ । सो डिपो निर्माण कार्य सम्पन्न भई संचालनमा ...


पछिल्ला ४ महिनामा काेराेना नियन्त्रणमा करिब ७ अर्ब खर्च : सरकार

काठमाडौं- पछिल्लो चार महिनामा मात्र कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चालु आवका पछिल्ला चार महिनामा यो रकम खर्च भएको जानकारी दिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यवस्थापन कट्याक्ट ट्रेसिङ, जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा भएको उल्लेख गरेको छ।

प्रयोगशाला परीक्षणका लागि हालसम्म १ अर्ब १२ करोड ४० लाख र आयसियू, भेन्टिलेटर र औषधि सुदृढीकरणका लागि १ अर्ब ...


पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना संक्रमण

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ५ सय ६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा ४, उदयपुरमा १७, खोटाङमा १, झापामा ९८, ताप्लेजुङमा ५, धनकुटामा १, पाँचथरमा २०, भोजपुरमा ३, मोरङमा १ सय ६८, संखुवासभामा ८, सोलुखुम्बुमा ३ र सुनसरीमा १ सय १८ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा १८, पर्सामा ५, बारामा ६, महोत्तरीमा ४, रौतहटमा ७, सप्तरीमा १२, सर्लाहीमा ५ र ...


विवाद हुँने बित्तिकै पार्टी फ़ुट्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ - नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पार्टीमा विवाद हुँने बित्तिकै पार्टी नफुट्ने बताएका छन्। संखुवासभाको किमाथान्का नाकालगायत अरुण तेस्रोको बाँध अवलोकनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कसैले चाँहदैमा पार्टी विभाजन नहुने दाबी गरेका हुन्।

पूर्वी क्षेत्रको अवलोकनमा निस्किएका ओलीले आफ्नो नेतृत्वको सरकार गठन भएपछि विकास निर्माणले गति लिएको बताएका छन्।

‘मेरो राजीनामा विषयमा निक्कै चर्चा भईरहेको छ। मैले राजीनामा दिन मिल्दैन,’ ओलीले जोड दिँदै भने, ‘अपार जनताको समर्थनमा प्रधानमन्त्री भएको हुँ। अहिले नै राजीनामा दिए जनताको अपमान हुन्छ।’

बुधबार बिहान संखुवासभामा विकास निर्माण अवलोकन गर्न गएका ओली ...


सर्वोच्चले वामदेवलाई मन्त्री बन्न सक्ने बाटो खोलिदियो

काठमाडौं - सर्वोच्च अदालतले नेकपाका नेता वामदेव गौतमको मुद्दामा अन्तरिम आदेश निरन्तर नगर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीशसहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले अन्तरिम आदेश निरन्तर नहुने आदेश गरेको हो।

यसअघि एकल इजलासले गौतमलाई अन्य संवैधानिक जिम्मेवारी नदिन भनेको थियो। उक्त आदेशले उनलाई मन्त्री बन्न सक्ने बाटो रोकिएको थियो।

सर्वोच्चको यो आदेशपछि उनी मन्त्री बन्न सक्ने भएका हुन्।

...

काठमाडौं उपत्यकामा थप १४२० जनामा कोरोना संक्रमण

काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४२० जना संक्रमित थपिएका छन् । जसमा ६०३ महिला र ८१७ पुरुष रहेका छन् ।
यस्तै देशभर थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १२ हजार ९६० जनाको पीसीआर भएकोमा २ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमा १ हजार ५९ महिला र १ हजार ६७७ पुरुष रहेका छन् ।

यस्तै बितको २४ घण्टामा थप ८५३ जना निको भएको पनि ...


कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, ११४८ पुगे मृतक

काठमाडौं - नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार १८ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा २ हजार ७ सय ३६ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ३५ सक्रिय संक्रमित छन्।

नेपालमा हालसम्म १५ लाख ६४ हजार २ सय १४ जनाको पिसिआर परीक्षण भएको छ। हाल १ हजार ५८ जना क्वारेन्टाइनमा रहेको ...


२४ घण्टायता देशभर २७३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६० हजार ५७७ जना निको भएका छन्।

मंगलबार देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ९६० जनाको पिसिआर परीक्षण ...


लक्षणसहितका कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा निःशुल्क

काठमाडौं - सरकारले लक्षण देखिएका कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।

‘निःशुल्क त थियो नै, परीक्षण तथा उपचार दुवै निःशुल्क गर्नेगरी मन्त्रिपरिषद्ले थप प्रष्ट पारेको हो,’ एक मन्त्रीले भने।

सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गर्दै कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्न भनेको थियो। तर सरकारले संक्रमितको परीक्षण तथा उपचारमा शुल्क लिन पाउनुपर्ने भन्दै सर्वोच्चमा नै पुनरावेदन दर्ता गराएको थियो। सरकारले दर्ता गराएको रिट सर्वोच्चले खारेज गरिदिएपछि लक्षणसहितका संक्रमितको सरकारी अस्पतालमा निःशुल्क ...


‘नेपाल’ मात्र लेख्ने निर्णय फिर्ता गर्न सरकारलाई समितिको निर्देशन

काठमाडौं - संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

समिति सभापति शशी श्रेष्ठले सरकारले गरेको निर्णय र कानून मन्त्रालयले गरेको निर्णयमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्नुपर्ने अवश्यकता भए संसदबाट निर्णय गर्नुपर्ने तर नभएको अवस्थामा निर्णय फिर्ता गर्नुपर्ने भएकाले कार्यान्वनयन नगर्न निर्देशन दिइएको बताइन् ।

उनले भनिन्, ‘‘सरकारले गरेको निर्णयमा र कानून न्याय तथा संसदीय मामिला ...


पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १८ जनाको मृत्यु

काठमाडौं - नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार २१ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा २ हजार ५ सय ७१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार १ सय ७४ सक्रिय संक्रमित छन्।

नेपालमा हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ। हाल ९ सय ६७ ...


काठमाडौं उपत्यकामा थप १४२८ जनामा कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा थप १४२८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै हालसम्म काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५९८ संक्रमित भएका छन्।

गत २४ घण्टामा २ हजार ५ सय ७१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार १ सय ७४ सक्रिय संक्रमित छन्।

नेपालमा हालसम्म १५ लाख ५१ हजार २ सय ...


पछिल्लो २४ घण्टामा थप २८१२ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा १ लाख ५७ हजार ९ सय २६ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ८१ दशमलव १ प्रतिशत रहेको छ।

मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ४० हजार ७७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ...


भाइटीकाको उत्तम साइत ११:३७ बजे

काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ। मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको हो। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ। कात्तिक २८ गते काग तिहार परेको छ। यसैगरी धनवन्तरि जयन्ती, धन ...


बाइडेन ह्वाइटहाउस  प्रवेश नगर्दासम्म ट्रम्पले के-के गर्न पाउँछन् ?

एजेन्सी - अमेरिकाको संविधान अनुसार नवनिर्वाचित राष्ट्रपतिले जनवरी २० अगाडि सपथग्रहण र पदभार ग्रहण गर्न पाउँदैनन्। त्यतिबेलासम्म पुरानै राष्ट्रपति ह्वाइटहाउसमा रहन्छन्। जो बाइडेनले चुनाव जिते पनि डोनाल्ड ट्रम्प जनवरी २० सम्म अमेरिकाको राष्ट्रपति कायम रहने छन्।

जनवरी २० सम्म राष्ट्रपतिको शक्तिमा कुनै कटौती हुँदैन। त्यसैले उनले राष्ट्रपतिको हैसियतमा विगतमा जे–जे गर्ने अधिकार पाएका थिए, त्यो अधिकार जनवरी २० सम्म निरन्तर पाउनेछन् । उनी जनवरी २० सम्म कमाण्डर इन चिफ र अमेरिकाको प्रमुख कार्यकारी रहनेछन् ।

राष्ट्रपति ट्रम्पले त्यो अवधिसम्म कार्यकारी आदेश जारी गर्नेदेखि विभिन्न खाले नियुक्ति गर्न ...


प्रधानमन्त्री ओलीको प्रस्ताव : अब नयाँ पुस्तालाई नेतृत्व दिउँ

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अबको नेतृत्व नयाँ पुस्तालाई दिन प्रस्ताव गरेका छन्।

उनले ७० पुगेका र आसपास रहेका सवैले नेतृत्वको लोभ त्यागेर पार्टीको अर्को पुस्तालाई नेतृत्व दिन तयार हुनुपर्ने एपी १ टिभीमा दिएको अन्तवार्तामा बताएका हुन्।

उनले भने, ‘अब नयाँ पुस्तालाई नेतृत्व दिउँ । जो ७० को आसपास छौं। केही पुगेका छौं, केही महाधिवेशनमा पुग्छौं र क्रस गर्छाैं। उनीहरुले दाबी छाडौं।’

उनले अर्को मापदण्डका पनि तय गर्न सुझाएका छन्। जो एकपल्ट प्रधानमन्त्री भइसकेको छ र महत्वपूर्ण ओहोदामा बसेको छ। उसले दाबी गर्न नपाउने ...


जितपछि बाइडेनले भने : कोरोना बिरुद्ध लड्न सोमबार म एक विशेषज्ञ टिमको घोषणा गर्नेछु

एजेन्सी - जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति चुनिएपछि पहिलो पटक भाषण दिइरहेका छन् । उक्त भाषणमा उनले भने, ‘तपाईंहरुले ममा जति विश्वास देखाउनुभएको छ, त्यो देखेर म निकै खुसी छु । म यस्तो राष्ट्रपति बन्ने बचन दिनेछु जसले तोड्नुको साटो जोड्ने काम गर्नेछ । जसले रातो रङको राज्य र निलो रङको राज्य होइन, संयुक्त राज्य अमेरिका देख्नेछ । तपाईंहरु सबैको विश्वास जित्नका लागि म मनैदेखि कोसिस गर्नेछु ।’

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, ‘अमेरिकी जनताले स्पष्ट जनादेश दिएका छन्, यो ...


एशियाली-अफ्रिकी मुलकी कमला अमेरिकाको उपराष्ट्रपति निर्वाचित

एजेन्सी - अफ्रिकी–दक्षिण एशियाली मुलकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छिन् । उनी जमैकन बाबु र भारतीय मुलकी आमाकी छोरी हुन् । यसअघि १९८४ मा डेमोक्रेटिकले गिरालडिन फेरारो र २००८ मा रिपब्लिकनले सारा पोलिनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो, तर उनीहरु दुुबै पराजित भएका थिए ।

डेमोक्रेटिकबाट जो बाइेडन राष्ट्रपति र कमला उपराष्ट्रपतिका उम्मेदवार हुन् । पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टी विजयी हुने तय भएसँगै राष्ट्रपति–उपराष्ट्रपति चयन हुनका लागि आवश्यक २ सय ७० मत उनीहरुको पक्षमा पुुग्ने पक्कापक्की भएको हो ।

क्यालिफोर्नियाकी सिनेटरको यो ऐतिहासिक विजयले अफ्रिकी–दक्षिण ...


अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन विजयी

एजेन्सी - डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका लागि विजयी भएका छन् । बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा विजयी भइसकेको प्रोजेक्सन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु सिएनएन, अलजजिरा र एशोसियट प्रेसले पेन्सिलभेनियामा बाइडेन विजयी भइसकेको प्रोजेक्सन गरेका हुन् । सिएनएनले अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी भएको घोषणा गरेको छ ।

पेन्सिलभेनियामा विजयी हुनुको अर्थ बाइडेनको पक्षमा २ सय ७३ इलेक्टोरल मत आउनु हो । अमेरिकी राष्ट्रपति बन्नका लागि २ सय ७० इलेक्टोरल मत भए पुग्छ । बाइडेनका निकटतम प्रतिद्वन्द्वी बहालवाला राष्ट्रपति डोनाल्ड ...


कोरोना संक्रमितमा नेपाल विश्वमा ३४ औं स्थानमा

काठमाडौं - कोरोना संक्रमितको संख्या हिसाबले नेपाल विश्वका १८७ मुलुकमध्ये ३४ आंै स्थानमा रहेको छ। सार्क मुलकमा नेपालभन्दा अगाडि अब भारत, बंगलादेश र पाकिस्तान छन्।

शुक्रबारसम्मको तथ्यांकअनुसार नेपालमा कूल संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ भने १ हजार ७० जनाको मृत्यु भएको छ। दोस्रो नम्बरमा रहेको भारतमा संक्रमितको संख्या ८४ लाख ११ हजार ७ सय २४ पुगेको छ भने १ लाख २४ हजार ९ सय ८५ को मृत्यु भएको छ।

यस्तै, २२ औं नम्बरमा रहेको बंगलादेशमा संक्रमितको संख्या ४ लाख १७ हजार ...


स्वास्थ्यमन्त्रीलाई सर्वाेच्चकाे प्रश्न : अवहेलना मुद्दामा तपाइंलाई कारबाही किन नगर्ने ?

काठमाडौं- सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी प्रश्न साेधेकाे छ। सर्वाेच्चले फ‌ैसला कार्यान्वयनबारे लिखित जवाफ माग गर्दै आफूलाई कारबाही नगर्नुपर्ने कारणबारे लिखित जवाफ पेस गर्न एक साताको समय दिएको हो।

सबै नागरिकलाई कोरोनाको परीक्षण र संक्रमितलाई नि:शुल्क उपचार गर्ने व्यवस्था गर्न असोज १५ गते सर्वोच्च अदालतले आदेश दिएको थियो। सर्वोच्चको आदेशविरुद्ध सरकारले निश्चित वर्गबाहेक अरुका हकमा कोरोनाको परीक्षण तथा उपचार गर्दा शुल्क लिने निर्णय गरेको थियो। सरकारको सो निर्णयविरुद्ध अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीले सर्वोच्चमा अदालतको अवेहलना निवेदन दर्ता ...


कावासोती नगरपालिका एक हप्ताका लागि बन्द

नवलपरासी - कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका बन्द गरिएको छ।

नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए।

आगामी कात्तिक २६ गतेसम्म नगरपालिका बन्द रहने भए पनि अत्यावश्यकीय सेवा प्रवाह भने नरोकिने पुरीले बताए। नगरपालिलकामा कार्यरत कुन तहका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएको भन्नेबारे भने नगरपालिकाले खुलाएको छैन। नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह बन्द गरिएको भए पनि नगरपालिकाका सबै वडा कार्यालयहरु भने खुला रहने ...


चितवन जिल्ला बारको नेतृत्वका लागि आज निर्वाचन हुँदै

चितवन - चितवन जिल्ला अदालत बार एसोेसिएसनको २१ औँ जिल्ला अधिवेशनमा नेतृत्वका लागि दुई समूह प्रतिस्पर्धामा रहेका छन्।

आज हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नेतृत्व चयनका लागि बिहान ९ वजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुँदैछ। कार्यसमितिका लागि २७ जना र आठ जनाको केन्द्रीय पार्षदका लागि १६ जनाको उम्मेदवारी परेको छ।

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्गठन (पिएलए) र नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डिएलए) निर्वाचनका लागि समूह बनाएर नै निर्वाचनमा लागेका हुन् । अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी र डिएलएका ...


कोरोना बिमा गर्ने २३ सय संक्रमितले दाबी पाउँदै

काठमाडौं - बिमा समितिले कोरोना बिमा गर्ने २३ सय संक्रमितको दाबी भुक्तानीका लागि प्रक्रिया अगाडि बढाएको छ। बिमितले पेश गरेको पिसीआर रिपोर्ट प्रमाणीकरणका लागि कोरोना बिमा पुलमार्फत् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।

कागजपत्र पेश गर्ने बिमितले क्रमशः दाबी भुक्तानी पाउने उनले बताए। कोरोना संक्रमित १४ हजार ८७७ जनाले एक अर्ब ४३ करोड रुपैयाँका लागि दाबी गरेका छन्। अहिलेसम्म बिमा कम्पनीहरुले एक हजार ७५० जनालाई दाबी भुक्तानी गरेका छन्। उनीहरुले जम्मा १६ करोड ७२ लाख रुपैयाँ प्राप्त गरेका ...


पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमितको मृत्यु

काठमाडौं- विगत २४ घण्टायता थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। 

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।

हाल देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख ७ हजार १९० जनाको पिसिआर परीक्षण भएको छ। 

...

प्रचण्ड-नेपालद्वारा पार्टीको विवादको विषयमा कानुनविद्सँग छलफल

काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित वरिष्ठ नेता माधवकुमार नेपालले कानुनविद्सँग छलफल गरेका छन्। बिहीबार बिहान ९ बजे नेकपा जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा एक घण्टा भन्दा बढी समयसम्म उनीहरूले छलफल गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ। 

पार्टीभित्र विवाद अन्तर्विरोध बढिरहेकै बखत प्रचण्ड-नेपालले कानुन क्षेत्रका विज्ञसँग परामर्श गर्नलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेपाल बार एसोसियसनका अध्यक्ष चण्डिश्वर श्रेष्ठ पार्टी केन्द्रीय सदस्य एवम् पूर्व न्यायाधिवक्ता मुक्ति प्रधानलगायत वरिष्ठ कानुनविद्हरू छलफल सहभागी थिए।

पार्टीेमा देखिएका विवादका कानुनी पाटोबारे छलफल भएको बुझिएको छ। तर, केन्द्रीय सदस्य एवम् पूर्वन्यायधिकवक्ता प्रधानले अहिलेको ...


पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

हाल देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख ७ हजार १९० जनाको पिसिआर परीक्षण भएको छ। 

...

राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान

काठमाडौं- राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी छन्। बिहीबार राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष नरणवेणलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन्। 

समारोहमा नरवणेलाई खड्ग तथा सनद–पत्र प्रदान गरिएको थियो। सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारी सहभागी थिए। 

विगत सात दशकदेखि दुवै देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएकोमा सेनाध्यक्ष नरवणेलाई सो ...


लामो समयसम्म पनि सडक कालोपत्रे नभएपछि सुनाकोठीमा स्थानीयको प्रदर्शन

ललितपुर - ललितपुर महानगरपालिका-२७ सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्। स्थानीयले सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै बाटो बन्द गरेर नै विगत तीन दिनदेखि आन्दोलनरत रहेका छन्।

ठेकेदारले सडक कालोपत्रे गर्नका लागि अग्रिम भुक्तानी लिएर पनि काम नगरेको स्थानीयको आरोप छ। त्यहाँका स्थानीय एवं वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एउटा सडक कालोपत्रे गर्नका लागि हड्ताल गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए।

सडक कालोपत्रे हुने आशामा रहेका जनताहरु धुलो खाएर विरामी हुने अवस्था सम्म पुग्दापनि काम नभएको उल्लेख गर्दै उनले भने, 'देश कहाँ ...


गौरीफन्टा नाकामा भारत जाने नेपालीहरुको लर्को

काठमाडौं - हिजोआज कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा भारत जानेहरुको लर्को देखिन्छ । दशैंअघि यही नाकामा दशैँ मनाउनका लागि स्वदेश फर्किनेहरुको चहलपहल थियो । दशैँ सकिएलगत्तै रोजगारीका लागि फेरी भारत जानेहरुको घुँइचो बढ्न थालको छ । कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा रोजगारीका लागि भारत जानेहरुको भिड लाग्ने गरेको छ ।

चाडपर्व मनाउन स्वदेश आएका मानिसहरु दशैं सकिए लगत्तै फेरी रोजगारीका लागि भारत फर्किएका हुन् । दशैँ सकिएर तिहार आउनै लाग्दा भारत जानु रहर नभई बाध्यता भइको उनीहरुले बताएका छन् । देशभित्रै काम नपाउने भएपछि दुई चार पैसा कमाउन ...


पछिल्लो २४ घण्टामा ३८४४ जना कोरोना संक्रमित निको

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार ८४४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न संस्थागत तथा होम आइसोलेसनमा रहेका उनीहरू संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। योसँगै नेपालमा कोरोना संक्रमणपछि मुक्त हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३०९ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ...


त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने, यसरि छान्नुहोस् केन्द्र

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन । त्रिविको रजिष्ट्रार डा.पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए ।

यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा ...


मैले कुनै पनि हालतमा राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने अडान दोहोर्‍याएका छन्। आफ्नो राजीनामाको हल्ला सञ्चारमाध्यमले सुरु गरिसकेको बताउँदै ओलीले भने,‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण मैले कुनै पनि हालतमा राजीनामा दिनेवाला छैन।’

प्रधानमन्त्री ओलीले वर्तमान परिस्थितिमा राजीनामा दिनै नमिल्ने बताए। आफ्नो राजीनामाले देश थप बर्बादीतिर जाने बताएका प्रधानमन्त्री ओलीले व्यापक जनसमर्थनमा आफू पदमा पुगेको बताए। उनले भने,‘प्रधानमन्त्रीको स्थानमा आएको मेराे रहरले होइन।जनताको आवश्यकता र समर्थनले हो। व्यापक जनसमर्थनबाट प्रधानमन्त्रीको पदमा पुगेको हुँ।’

पार्टीमा विवाद चुलिएपछि सरकार फेरिने आशंका रहेपछि प्रधानमन्त्रीले आश्वस्त पार्दै भने, ...


काठमाडौं उपत्यकामा थपिए १८७८ जना कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८७८ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५७०, ललितपुरमा १९९ र भक्तपुरमा ११९ जनालाई कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३०९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८४४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४४ हजार ९११ पुगेको छ।

आज देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित छन्। आज देशभर ३० जना ...


नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु

काठमाडौं - नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २० जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा ३ हजार ३ सय ९ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार ९ सय ११ सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा १३ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै पिसिआर परीक्षणको संख्या १४ लाख ९४ हजार १ ...


पछिल्लो २४ घण्टामा देशभर ३३०९ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३०९ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १४ लाख ९४ हजार १२२ जनाको पिसिआर परीक्षण भएको छ।

...

सुर्खेतको चौकुने सिमेन्ट आयोजना वर्षौंदेखि ‘होल्ड’ हुँदा निरास छन् स्थानीयवासी

कर्णाली (सुर्खेत) - खानी तथा भूर्गभ विभागले विसं २०६६ मा पश्चिम सुर्खेतको चौकुने क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनका लागि मुक्तिश्री इण्डस्ट्रिज प्रालिलाई इजाजत दिँदा खुशी थिए, स्थानीयवासी ।

विकासले पिछडिएको क्षेत्रमा ठूलो सिमेन्ट उद्योग सञ्चालनमा आउने भएपछि सडक, विद्युत्को सुविधाका साथै स्थानीयलाई गाउँमै रोजगारी पाउने आशा थियो । कम्पनीले आयोजनास्थलमा सम्पर्क कार्यालय खोलेपछि काम सुरु हुनेमा स्थानीयवासी उत्साही थिए तर इजाजत पाएको एक दशक नाघिसक्दासमेत उद्योग सञ्चालन पूर्वका तयारी नहुँदा चौकुनेवासी खिन्न छन् ।

कम्पनीले काम सुरु गर्ने आश्वासन मात्रै दिएको स्थानीयवासीको आरोप छ । स्थानीय तहको निर्वाचनताका ...


तातोपानी नाका खुल्यो तर चीनबाट आएन पर्याप्त सामग्री

काठमाडौं - पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका बिहीबारबाट पुनः संचालनमा आएको छ। तर चीनियाँ पक्षले पर्याप्त सामाग्री नपठाँउदा नेपाली व्यवसायी मारमा परेका छन्। चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेकोले व्यवसायी चिन्तित देखिएका छन्।

कोभिड संक्रमणको जोखिमका कारण नयाँ मापदण्ड तयार गरी तातोपानी नाका खोलिएको छ। नयाँ मापदण्ड अनुसार काम गर्नका लागि नेपालतर्फको भन्सारमा २५ भन्दा बढी चिनीयाँ कन्टेनरबाट नेपाली कन्टेनरमा समान पल्टी गर्न सकिने यार्ड तयार गरिएको छ।

एक चीनियाँ कन्टेनर सामानले नेपाल तर्फको २ देखि ...


चीनले नेपाली भूभाग मिचेको कुरा अनावश्यक हल्ला मात्र : चीन

काठमाडौं - नेपालको हुम्ला जिल्लाको नाम्खा क्षेत्रमा चीनले नेपाली भूभाग मिचेको कुरा अनावश्यक र हल्ला मात्र भएको चिनियाँ विदेश मन्त्रालयले दाबी गरेको छ। मन्त्रालयका प्रवक्ता वाङ विइमिनले सञ्चारमाध्यममा आएका समाचार खारेज गर्दै यो चीनिया भूभागमै चीनले भवन निर्माण गरेको दाबी गरेका हुन्।

यसअघि दुई पटकसम्म चिनियाँ पक्षले हुम्ला सीमानामा नेपाली भूमि नमिचेको दाबी गरिसकेको छ। तेस्रो पटक विदेश मन्त्रालयले नै धारणा सार्वजनिक गरेको हो। चीनले हुम्लाको नाम्खामा पर्ने नेपाली भूभागमा ११ वटा अत्याधुनिक भवन बनाएको कुरा सार्वजनिक भएलगत्तै सीमा मिचिएको कुरा सार्वजनिक बताइएको थियो।

प्रमुख प्रतिपक्ष नेपाली ...


हुण्डी कारोबार गर्ने तीन जना १ करोड सहित पक्राउ

काठमाडौँ - हुण्डी कारोबार गर्ने तीन जनालाई प्रहरीले काठमाडौंको ओमबहालबाट पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्यूरोले हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले बताए । हुण्डी कारोरबारीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

...

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ६८ लाख पुग्यो

एजेन्सी - विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ६८ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४ करोड ६८ लाख ४९ हजार २ सय ९२ पुगेको हो। कोरोना संक्रमणबाट हालसम्म १२ लाख ४ हजार २ सय २ जनाको मृत्यु भइसकेको छ भने ३ करोड १२ लाख २८ हजार ४ सय ५० जना निको भइसकेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९२ लाख ७७ हजार ९ सय ५५ जना संक्रमित भएका छन् भने २ लाख ३१ हजार ४ सय ४८ जनाको मृत्यु भएको छ। ...


बलात्कार आरोपीत वडासचिव कारागार चलान

महोत्तरी - बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन्। सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पुर्पक्षका लागि थुनामा राख्न कारागार पठाइएको हो।

भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज १४ गते पक्राउ परेका थिए। सो दिन भट्टीमा मदिरा खाएर मातेका यादव घर जाँदै गर्दा बाटोमा भेटिएकी महिलामाथि जाइलागेर बलात्कार गरेको उनीमाथि आरोप छ। जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको जबर्जस्ती करणी मुद्दाको सुनवाइमा अदालतले ...


१३ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित, उपत्यकामा १९५७१ जना

काठमाडौं - देशका १३ जिल्लामा पाँच सयभन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित छन्। काठमाडौं, भक्तपुर, ललितपुरसहित १३ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौंमा छ। काठमाडौं उपत्यकामा मात्रै १९५७१ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा मात्र १६ हजार २ सय २९ जना, ललितपुरमा २ हजार ३ सय ४२ र भक्तपुरमा १ हजार हजार जना सक्रिय संक्रमित छन्। त्यस्तै, मोरङमा २ हजार ८ सय ९६, , सुनसरीमा २ हजार २५, चितवनमा १ हजार २ सय ...


पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २४ जनाको मृत्यु

काठमाडौं - नेपालमा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३३ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १५० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ।

आज देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित छन्।

...

पछिल्लो २४ घण्टामा देशभर २९३३ जनामा कोरोना संक्रमण, उपत्यकामा १६३० जना

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३३ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १५० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ।

आज देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित छन्। आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९८४ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३० कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ३ सय २९, भक्तपुरमा १०८ र ललितपुरमा ...


उजुरीकर्ता नआएपछि २७ गतेका लागि सर्‍यो ३ राजदूतको सुनुवाई

काठमाडौं - संयुक्त राज्य अमेरिकासहित विभिन्न देशका लागि प्रस्तावित ३ जना राजदूतको संसदीय सुनुवाई कार्तिक २७ गते हुने भएको छ। प्रस्तावित राजदूतहरुविरुद्धका उजुरीकर्ता नै सम्पर्कमा नआएपछि २७ गतेका लागि सुनुवाइ तोकिएको हो।

अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मालाई राजदूतमा सिफरिस गरिएकोमा सुनुवाई हुन बाँकी छ। प्रस्तावित राजदूतहरुविरुद्ध समितिमा ४ वटा उजुरी परेका छन्।

तर उजुरीकर्ताहरु नै सम्पर्कमा नआएपछि सुनुवाई रोकिएको संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। यसअघि कार्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी ...


महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी घोषणा

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावमा वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

प्रधानले सोमबार भिभान्त होटलमा आयोजित एक कार्यक्रममार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

प्रधान प्यानलबाट एशोसियट उपाध्यक्षमा सौरभ ज्योती, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा कार्यक्रममा प्रधानले आफूले महासंघलाई एक पवित्र मन्दिरका रुपमा लिएको र आफू त्यसको पुजारी बनेर सेवा गर्न तयार रहेको बताए। त्यस्तै उनले महासंघभित्रको खराब प्रवृत्ति अन्त्य गर्ने र भूमिकाविहीन रहेका व्यक्तिहरुलाई जिम्मेवारीमुक्त गर्न आफूले उम्मेवारवारी घोषणा ...


निःशुल्क खाना खुवाउन काठमाडौं महानगरले लगायो प्रतिबन्ध

काठमाडौं - काठमाडौं महानगरले खुलामञ्चलगायत काठमाडौंका विभिन्न सार्वजनिक स्थलमा केही व्यक्ति र समूहले गर्दै आएको निःशुल्क खाना वितरणमा रोक लगाएको छ।

कोभिड-- १९ महामारीका कारण जागिर गुमाएका र बिहान बेलुका छाक टार्न समस्या भएका व्यक्तिहरुलाई हन्ड्रेट ग्रुपलगायत केही समूह र व्यक्तिहरुले समेत निःशुल्क रुपमा खाना वितरण गर्दै आएका थिए। तर काठमाडौं महानगरपालिको त्यसमा रोक लगाएपछि सोमबार खुलामन्चमा झडपको स्थितिसमेत पैदा भएको छ।

काठमाडौं महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीका अनुसार निःशुल्क रुपमा वितरण हुँदै आएका खानालाई थप व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको हो। ‘महानगरपालिकाले आफुले संचालन गरेको मानव सेवा ...


काठमाडौँ उपत्यका कोरोना संक्रमणको थप जोखिममा

काठमाडौँ - विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ को सङ्क्रमणले काठमाडौँ उपत्यका थप जोखिममा परेकाले यहाँका स्थानीय तहका जनप्रतिनिधि चिन्तित बनेका छन् । चाडबाडका कारण मानिसको आवतजावत बढ्दा सङ्क्रमणले थप गति लिने जनप्रतिनिधिको आशङ्का छ ।

उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अवस्था थप जटिल बन्दै गएकाले स्वास्थ्य मापदण्डको पालना गरी दैनिक गतिविधि गर्न सर्वसाधारणसँग आग्रह गरे । स्थानीय तहले पनि सोहीअनुसार नियन्त्रणका उपाय अपनाएर कार्य सञ्चालन गर्नाको विकल्प नभएको श्रेष्ठले बताए ।

मुलुकका सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यकाका छन् । आजको मात्रै विवरण हेर्ने ...


प्रस्तावित राजदूतविरुद्धको उजुरीबारे आज छलफल हुने

काठमाडौं - प्रस्तावित तीन राजदूतविरुद्ध परेका उजुरीमाथि आज बस्ने संसदीय सनुवाइ समितिको बैठकमा छलफल हुने भएको छ।

प्रस्तावित राजदूतहरु अमेरिकाका युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका निर्मलकुमार विश्वकर्माविरुद्ध चार उजुरी परेका छन्। ती उजुरीमाथि आज बिहान ११ बजे तय गरिएको बैठकमा छलफल हुने भएको हो।

यसअघि समितिले तीन राजदूतविरुद्धका उजुरीकर्तालाई कात्तिक १७ गते बस्ने समितिको बैठकमा उपस्थित हुन सूचना जारी गरेको थियो। उजुरीका लागि कात्तिक १ गतेसम्मको समय दिइएकोमा ४ उजुरी परेका थिए।

प्रस्तावित राजदूत खतिवडाविरुद्ध ३ उजुरी परेका छन् भने एक उजुरी रेग्मीविरुद्धको छ।

...

भारतीय सेनाध्यक्षको नेपाल भ्रमण सन्दर्भ र सैनिक कूटनीति

काठमाडौं - मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ।

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरी आफनो राजनीतिक नक्सामा समेटेपछि नेपालले त्यसको विरोध गर्दै समस्या समाधान गर्न निरन्तर वार्ता र संवादका लागि पहल गरे पनि भारतले बेवास्ता गरिरहेको छ।

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासँग जोडिएर आएको प्रश्नसँगै नेपाल र भारतबीच देखिएको संवादहीनताकै अवस्थामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवाणेको बुधबारदेखि हुने भ्रमणले सम्बन्धलाई सुमधुर तुल्याउन र ...


२१ दिनपछि खुल्यो बैतडीको सुर्नया गाउँपालिकाको ताला

बैतडी - केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ। विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो।

जनप्रतिनिधि र स्थानीय सङ्घर्ष समितिबीच आइतबार अपराह्न भएको सहमतिपछि ताला खुलेको गाउँपालिकाका उपाध्यक्ष लीला बिष्टले जानकारी दिए। उनले भने, ‘गाउँपालिकामा लामो समयदेखि तालाबन्दी खुलेपछि सोमबारदेखि कामकाज सञ्चालन हुने भएका छन्।’ जनप्रतिनिधिका तर्फबाट उपाध्यक्ष बिष्ट, वडा नं ५ का कार्यवाहक वडाध्यक्ष धनबहादुर मडै र सङ्घर्ष समितिका तर्फबाट कृष्णबहादुर चन्द, प्रेम लुहारलगायतको सहभागितामा छलफल भएको थियो ।

तत्कालका लागि ...


गायक भिटेनले मागे माफी, संशोधनसहित नयाँ भिडियो ल्याउने

काठमाडौं - र्‍यापर समीर घिसिङ (भिटेन)ले हालै युट्युबबाट सार्वजनिक गरेको र्‍याप 'पारा'मा आपत्तिजनक शब्द समावेश भएकोमा माफी मागेका छन्। उनले शनिबार एक विज्ञप्ति जारी गर्दै केही शब्द आपत्तिजनक परेमा माफी माग्दै संशोधनसहित सोही गीतको नयाँ म्यूजिक भिडिओ सार्वजनिक गरिने बताएका हुन्।

'पारा'मा समावेश शब्दले कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संसोधन गरिने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

'सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्यूजिक भिडिओमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'उक्त म्युजिक भिडिओलाई अनाधिकृत रुपमा कुनै ...


पूर्वी नवलपरासीमा होम आइसोलसनमा बसेका दुई जना संक्रमितको मृत्यु

चितवन - पूर्वी नवलपरासीमा होम आइसोलसनमा बस्दै आएका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का ६७ वर्षीय पुरुषको शनिबार वहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए ।

उनकाअनुसार दुवै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने तयारी भैरहेको छ ।

...

कञ्चनपुरमा एक किशोरीसहित तीन जनाको शव फेला

कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जंगलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जंगलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो।

दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज बिहान जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। ‘दुवै जना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ’, प्रवक्ता थापाले भने, ‘घटनास्थल नजिकै सल्फास ...


धरानमा झापाकी कोरोना संक्रमित वृद्धाको मृत्यु

काठमाडौं - धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।

गौरीगञ्ज झापाकी ७३ वर्षीया महिलाको आज बिहान पौने ७ बजे मृत्यु भएको हो।

ती महिलामा असोज ६ गते कोरोना पुष्टि भएको थियो। उनमा मुटु रोगको समस्यासमेत रहेको अस्पतालले जनाउको छ।

...

भक्तपुरमा ६ जना संक्रमितको होम आइसोलेसनमै मृत्यु

भक्तपुर - भक्तपुरमा ६ जना कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ। हालसम्म ६ कोरोना संक्रमितको होम आइसोलेसनमा नै मृत्यु भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

शुक्रबार सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना संक्रमितको होम आइसोलेसनमा मृत्यु भएपछि यो संख्या ६ पुगेको हो। मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा ८ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो।

होम आइसोलेसनमा नै मृत्यु भएकी ती महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ। भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७१ जनाको मृत्यु ...


अमेरिकामा प्रतिसेकेण्ड एक जनामा कोरोना संक्रमण, हरेक २ मिनेटमा १ जनाको मृत्यु

एजेन्सी - अमेरिका कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको शनिबार बिहानसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ९० लाख ३४ हजार २ सय ९५ पुगेको छ। हालसम्म २ लाख २९ हजार ५ सय ४४ जनाको मृत्यु भइसकेको छ।

महामारी सुरु भएयता २ सातामै १० लाख संक्रमित थपिएका हुन्।

अमेरिकामा शुक्रबारमात्रै ८९ हजार ३ सय ६१ संक्रमित थपिएका छन्। यसअघि बिहीबार ८८ हजार ५ सय २१ जनामा संक्रमण पुष्टि भएको थियो।

फ्लोरिडामा शुक्रबार ५ हजार ५ सय संक्रमित थपिएसँगै संक्रमितको संख्या ८ लाख नाघेको छ। यस्तै, ९ वटा ...


पछिल्लो २४ घण्टामा २२२५ जनामा कोरोना‚ काठमाडौं उपत्यकामा ११०१ जना

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ जना संक्रमित भएका छन्।

संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ८४६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ पुगेको छ।

आज देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। आज देशभर १३ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०१ जना कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२३, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ।

...

दशैँको टीकाको शुभ साइत बिहान १०:१९ बजे, मौसम सफा रहने

काठमाडौँ - बडादशैँको टीकाको शुभ साइत कार्तिक १० गते सोमबार बिहान १०:१९ बजे उत्तम भनेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सो जानकारी दिएको हो ।

यसैगरी देवी विसर्जनको साइत बिहान १०.११ बजे भनेको छ । गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा समेत सोही समय जनाइएको छ ।

यस वर्ष दशैंको टीकाको दिनसम्म देशभर मौसम सफा हुने मौसमविदले बताएका छन् । पूर्वी भागको आकाशमा अलिअलि बादल लाग्ने र विशेष गरी प्रदेश १ को पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना भए पनि त्यसले केही असर नपर्ने मौसमविदको पूर्वानुमान ...


कर्णालीमा थप अन्योल : मुख्यमन्त्री शाहीलाई ओली र प्रचण्डको बेग्लाबेग्लै पत्र

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा उत्पन्न विवादको समाधान बिन्दु खोज्न असफल पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फरकफरक पत्र पठाएका छन्। सार्वजनिक भएको पत्रमा दुवैले फरकफरक व्यहोरा उल्लेख गरेका छन्।

ओलीले कात्तिक ५ गते मुख्यमन्त्री शाहीलाई पठाएको पत्रमा पूर्व प्रमुख सचेतक गुलाबजंग शाहलाई गरिएको कारबाही फिर्ता लिन भनेका छन्।

'अनुशासित तबरले प्रमुख सचेतको जिम्मेवारी सम्हालिरहनु भएको र मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सभा दल कर्णालीका प्रमुख सचेतक श्री ...


अधिकांश विदेशी च्यानल बन्द, आइपिएल र इपिएल हेर्न नपाइने

काठमाडौं - शुक्रबार मध्यरातपछि नेपालमा प्रशारण हुने विदेशी च्यानल विज्ञापनरहित (क्लिन फिड) नियम लागू भएको छ। यससँगै अधिकांश विदेशी टिभीको प्रशारण तत्कालका लागि रोकिएको छ।

विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ को व्यवस्था अनुसार शुक्रबार मध्यरातिपछि अनिवार्य क्लिन फिड लागू भएको हो।

नेपालमा प्रसारण हुने अधिकांश विदेशी च्यानलहरुको स्वामित्व भारतीय टेलिभिजन नेटवर्क कम्पनीहरुसँग छ। उनीहरुले च्यानल क्लिन फिडमा उपलब्ध गराएका छैनन्।

भारतीय टेलिभिजन नेटवर्कहरु 'जी' र 'सोनी' अन्तर्गतका च्यानलहरु मात्र विज्ञापनरहित कन्टेन्टमा आएकाले प्रशारण रोकिएको छैन।

शुक्रबार रातिदेखि स्टार, बीबीसी, सीएनएन, डिस्कभरीलगायतका च्यानलहरु नेपालमा बन्द छन्। यी ...


बाबुराम र हिसिला यमीलाई कोरोना संक्रमण

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।

पूर्वमन्त्री तथा भट्टराईकै पत्नी हिसिला यमी पनि संक्रमित भएको डा भट्टराईले ट्विटमार्फत जानकारी गराएका छन्।

'हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो', भट्टराईले ट्वविटमा लेखेका छन्।

उनले चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु 'होम आइसोलेसन'मा नै रहेको उल्लेख गरेका छन्। 'केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ', उनले लेखेका छन्।

...

दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाइंदै महाष्टमी

काठमाडौं - आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व शनिबार नेपालीले बडादसैंका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन्।

बडादसैंको आठौं दिन शुक्रबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ।

आजको दिन शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म ...


पछिल्लो २४ घण्टामा थप २६ कोरोना संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

२४ घण्टामा ५ हजार ७४३ जनामा कोरोना संक्रमण भएको छ। एकै दिनमा यति धेरै कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। 

हाल देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्

पछिल्लो २४ घण्टामा काठमाडौं ...


काठमाडौं उपत्यकामा थपिए ३१०७ जना कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंमा २३९१ जना, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

देशमा कुल संक्रमितमध्ये ६८.७ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ६५ छ।

...

पछिल्लो २४ घण्टामा हालसम्मकै बढी ५७४३ जनामा कोरोना संक्रमण

काठमाडौं- २४ घण्टामा ५ हजार ७४३ जनामा कोरोना संक्रमण भएको छ। एकै दिनमा यति धेरै कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। 

हाल देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

काठमाडौंमा २३९१ जना, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज २० हजार ११८ जनाको स्वाब परीक्षण भएको छ।

 देशमा ...


म्याग्दीमा कोरोना संक्रमित वृद्धको मृत्यु

पोखरा–म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको मंगलबार राति ८ः२५ बजे मृत्यु भएको हो।

गत असोज २९ गते कोरोना संक्रमण भएपछि केन्द्रको आइसीयूमा भर्ना भएर उपचार गराइरहेका उनको दुवै फोक्सोमा निमोनिया तथा मिर्गौलाको समस्यासमेत देखिएको अस्पतालले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ ।रासस

...

डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी–जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

पछिल्लो समय यहाँका मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढ्न थालेका कारण कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो । 

हिन्दू नेपालीहरुको महान चाड बडादसैं नजिकिएसँगै कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला सुरक्षा समितिले जिल्लाको शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए। उनले भने, ‘शक्तिपीठ र मन्दिरमा निश्चित पुजारीद्वारा सामान्य गरिने नित्यकर्मबाहेक अन्य सबै पूजा बन्द गरिएको ...


पछिल्लो २४ घण्टामा ३०९३ जनामा संक्रमण, उपत्यकामा १७०२ जना

काठमाडौं- २४ घण्टामा ३०९३ जनामा कोरोना संक्रमण भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ।

हाल देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ५५९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७०२ जना कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंमा १४३१ जना, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

देशमा कुल संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा ...


अख्तियार भन्छ : बाँस्कोटामाथि अनुसन्धान गर्न प्रमाण पुगेन

काठमाडौं–सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुसको डिल गरेको आरोप लागेका पूर्वसञ्चारमन्त्री एवं नेकपा सांसद गोकुल बाँस्कोटामाथि थप छानविन गर्न प्रमाण प्राप्त नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

संसदको सार्वजनिक लेखा समितिलाई पठाएको पत्रमा अख्तियारले बाँस्कोटालाई उन्मुक्ति दिन लागेको संकेत गरेको छ । उक्त प्रकरणमा संलग्न भनिएका विजयप्रसाद मिश्रको अडियो र भिडियो पूर्ण प्राप्त नहुँदा थप अनुसन्धान हुन नसेकको भनिएको छ। 

घुस डिल गरेकोबारे बाँस्कोटासँग बयान लिइएको र मिश्रलाई सम्पर्कमा आउन पटक–पटक ताकेता गरी सार्वजनिक सूचनासमेत जारी गरिएको जिकिर अख्तियारले गरेको छ। लेखा समितिले केही हप्ताअघि ...


राजधानीका २४ चोकमा ट्राफिक लाइट जडान

काठमाडौं- सवारी व्यवस्थापनलाई म्यानुअलबाट प्रविधिमैत्री बनाई सुरक्षित, व्यवस्थित र सहज बनाउन मंगलबारबाट त्रिपुरेश्वरमा समेत नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ। मंगलबार रोटरी क्लब अफ त्रिपुरेश्वरका अध्यक्ष भुवन श्रेष्ठले त्रिपुरेश्वरमा नयाँ जडान गरिएको ट्राफिक लाइट महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन्। 

रोटरी क्लब अफ त्रिपुरेश्वरले ‘ग्रिन त्रिपुरेश्वर’ कार्यक्रम अन्तर्गत कामनपासँग समन्वय गरी नयाँ ट्राफिक लाईट जडान गरेको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाइट, सिसिटिभी, विभिन्न अनलाइन सफ्टवेयरजस्ता प्रविधिहरूको प्रयोग गरी ट्राफिक व्यवस्थापन ...


प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी : जनताको निःशुल्क उपचार नगरे ‘नो ट्रिटमेन्ट नो ट्याक्स’

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमित नागरिकको उपचार नगर्ने सरकारी निर्णयको नागरिक तहबाट प्रतिवाद हुनेतर्फ सरकारलाई सचेत बनाएका छन्।

सरकारले जनताको उपचार नगरे त्यसविरुद्ध कर नतिरेर प्रतिवाद हुन सक्ने संकेत गर्दै प्रधानमन्त्री केपी शर्मालाई उनको प्रश्न छ, ‘उपचार गर्दिन सरकारले भन्दा जवाफमा जनताले ‘कर तिर्दिन’ भने कसरी धान्ने सम्माननीय प्रम ज्यू।’ 

नागरिकले कर नतिर्दा आर्थिक अवस्था धान्न नसकिने अवस्थामा पुग्नेतर्फ शर्माले सरकारलाई सचेत बनाए। उनले उपचार निःशुल्क गर्ने घोषणा नगरे ‘नो ट्रिटमेन्ट नो ट्याक्स’को जनअभियान सामाना गर्न सरकारलाई चेतावनी दिए।

...

२४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। 

हाल देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

हालसम्म १३ लाख ९१८ जनाको पिसिआर परीक्षण भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौं ...


२१ दलले भने- 'महामारीमा सरकारले जनताको उपचार गर्दिन भन्नु संविधानको उल्लंघन'

काठमाडौ- नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा‚ मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी‚ सिपी मैनाली नेतृत्वको नेकपा मालेलगायत २१ वामपन्थी दलहरुले कोरोना महामारी उपचारमा राज्य उपचार गर्नबाट पन्छिन नमिल्ने बताएका छन्।

सोमबार २१ दलका प्रतिनिधिले एक विज्ञप्ति प्रकाशित गर्दै संविधानको धारा १५को खुला उल्लंघन भएको ठहर गरेको छ। यसअघि सर्वोच्च अदालतले सबै नागरिकको निशुल्क उपचार गर्नुपर्छ भन्ने निर्णयको उपाहास भएको विज्ञप्तिमा उल्लेख छ।

सरकारले आम नागरिकको बाँच्न पाउने अधिकारको अतिक्रमण गरेको बताउँदै सबै कोरोना संक्रमितलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ।

...

काठमाडौं उपत्यकामा थपिए २३८८ जना कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंमा २००८ जना, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

देशमा कुल संक्रमितमध्ये ६९.५ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४७० छ।

...

पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। 

हाल देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

हालसम्म १३ लाख ९१८ जनाको पिसिआर परीक्षण भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंमा २००८ जना, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर ...


उदयपुरमा स्कोर्पियो दुर्घटना : ५ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं - उदयपुरको कटारी–१४ मा स्कोर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ३ जना घाइतेलाई प्रहरीले उद्धार गरेर कटारीस्थित अस्पतालमा पठाएको छ ।

भैरहवाबाट ओखलढुंगा जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कर्पियो गएराती १ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले रातोपाटीलाई बताए ।

दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ घर भएका ४६ वर्षीय रामबहादुर सार्की र २७ वर्षीय कर्मे सार्कीको मृत्यु भएको छ । अन्यको सनाखत भएको छैन ।

सिद्धिचरण राजमार्गमा पर्ने भदौरे भिरबाट स्कोर्पियो खस्दा ३ जना घाइते भएका छन् । घाइते ...


कम्पनीको सर्भर सधै डाउन, सेवाग्राही मर्कामा !

एजेन्सी - प्राइभेट लिमिटेड र पब्लिक लिमिटेड कम्पनि दर्ता गर्ने एक मात्रै निकाय हो कम्पनि रजिस्ट्रारको कार्यालय। उद्योग बाणिज्य तथा तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको यो निकाय देश भर मै एउटा मात्रै छ। ७७ जिल्लाकै जनताले प्राइभेट लिमिटेड वा पब्लिक लिमिटेड कम्पनि दर्ता गर्न चाहे संघिय राजधानी काठमाडौँ नै धाउनु पर्ने बाध्यता छ।

यहाँ दर्ता हुने प्राइभेट लिमिटेड /पब्लिक लिमिटेड सबै कम्पनीले कम्पनि ऐनले निर्दिष्ट गरे बमोजिमका कागजातहरु तोकिएको समय भित्र त्यहि वेबसाइट मार्फत लगइन गरेर अनलाइन पठाउनु पर्ने हुन्छ तर बिडम्बना वेबसाइट (सर्भर) नै चल्दैन। ...


वामदेवको सुरक्षाकर्मी र चालकमा कोरोना संक्रमण

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको सुरक्षामा खटिएका सुरक्षाकर्मी र सवारी चालकमा कोरोना संक्रमण देखिएको छ। शनिबार चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको रिपोर्ट आएको जानकारी दिइएको हो।

सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिए पनि उपाध्यक्ष गौतम र उनका परिवारका सदस्यमा भने कोरोना संक्रमण देखिएको छैन। यसका साथै गौतमको निजी सचिवालयका सदस्यमा पनि कोरोना संक्रमण नदेखिएको बताइएको छ।

चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि नेता गौतम होम क्वारेन्टाइनमा बसेका छन्। उनले सबै भेटघाट समेत बन्द गरेको गौतमको निजी सचिवालयले जानकारी दिएको छ।

...

सहकर्मीको हत्या गरी भागेका अभियुक्त ११ वर्षपछि पक्राउ

काठमाडौं- आफ्नै सहकर्मीको हत्या गरी फरार अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण चुनी मगर रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले जनाएको छ। 

ब्युरोको टोलीले ती दुई जनालाई बाँकेको नेपालगञ्जस्थित भारतीय सीमा क्षेत्रबाट पक्राउ गरेको हो। उनीहरुलाई थप कारबाहीका लागि शनिबारै वारदातस्थल रहेको ललितपुरस्थित महानगरीय प्रहरी वृत्त चापागाउँमा बुझाइएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। 

विसं २०६६ मा ललितपुरको गोदावरी नगरपालिका १३ ईंटा भट्टामा काम गर्ने मकवानपुरका डिलबहादुर योञ्जनलाई कोदालीको बिँडले हानी हत्या गरिएको थियो। ...


स्याङ्जामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

स्याङ्जा- स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

ग १ त ५६३७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो। ट्र्याक्टरको इन्जिनले च्यापिएर जिटीको मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा लगिएको छ।

दुर्घटनामा भिरकोट–३ का १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन्। उनको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

...

काठमाडौं उपत्यकामा थप १७४६ जनामा कोरोना संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७४६ जना कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंमा १४५१ जना, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

देशमा कुल संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७१५ छ। 

पछिल्लो २४ घण्टामा १८ सय जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८४० जना पुगेको छ। 

...

२४ घण्टायता देशभर ३१६७ जनामा कोरोना संक्रमण

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ जना पुगेको छ। 

हाल देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्। आज १३ हजार २९९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हालसम्म १५ लाख ४३८ जनाको पिसिआर परीक्षण भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७४६ जना कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंमा १४५१ जना, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा ...


डिएलएमा बारका २ पूर्वअध्यक्षसहित ५ जना कारबाहीमा, आफ्नै उम्मेदवारलाई हराएको आरोप

काठमाडौं - नेपाल बार एसोसिएसनको चुनावमा आफ्नो संगठनका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसनले (डिएलए) तीन वरिष्ठ अधिवक्तासहित ५ जनालाई कारबाही गरेको छ। डिएलएले बिहीबार नेपाल बारका दुई पूर्वअध्यक्षसहित ५ जनालाई कारबाही गरेको हो।

२०७५ चैतमा सम्पन्न निर्वाचनमा वामपन्थी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठसँग डिएलएका उम्मेदवार सुनीलकुमार पोखरेल पराजित भएका थिए। पराजयपछि चुनावको समीक्षा गरी सुझाव दिन डिएलएले समिति गठन गरेको थियो। सुझाव र प्राप्त उजुरीका आधारमा ५ जनालाई कारबाही गरिएको डिएलएले जनाएको छ।

डिएलएले कारबाही गरेका बारका पूर्वअध्यक्षमा हरिहर दाहाल ...


कर्णालीको संकटको विषयमा बालुवाटारमा छलफल हुँदै

काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ताका विविध सन्दर्भमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ।

शनिबार बिहान ११ बजे बालुवाटारमा छलफल हुन लागेको नेकपाका कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले जानकारी दिए।

मुख्यमन्त्री शाही विरुद्ध विद्रोह प्रयास सुरु भएपछि सो प्रक्रियालाई थाती राख्न भन्दै शाही सहित नेकपाका प्रदेश कमिटीका पदाधिकारीलाई काठमाडौं बोलाइएको थियो। उनीहरु बिहीबारै काठमाडौं आइपुगेका थिए।

कर्णालीबाट आएका कतिपय नेताहरुले पार्टी शीर्ष नेतृत्वसँग भेटवार्ता गरिसकेका छन्।

...

स्वास्थ्य मापदण्ड पुरा गरेर तोकिएको भाडादरमा यात्रु बोक्नू : यातायात विभाग

काठमाडौं - यातायात व्यवस्था विभागले स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य निर्देशिका र मापदण्ड पुरा गरेर यात्रु बोक्न व्यवसायीलाई निर्देशन दिएको छ। त्यस्तै विभागले यात्रुसँग तोकिएको भाडामात्र लिन भनेको छ।

दसैं सुरू भएसँगै यात्रुको चाप बढ्ने र व्यवसायीले बढी भाडा लिनसक्ने भएकाले विभागले सचेत गराएको हो। विभागले शुक्रबार एक सूचना जारी गर्दै यस्तो बताएको हो। कोरोना संक्रमणका कारण गत चैतदेखि बन्द रहेको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात असोज १ देखि खुलेका थिए।

त्यसअघि असार २६ देखि जिल्लाभित्र स्थानीय रूटका बस चल्न दिइएको थियो। त्यसरी बस चलाउँदा सिट क्षमताका ...


शुक्रबार कुल परीक्षणको करिब २७ प्रतिशतमा कोरोना संक्रमण

काठमाडौं- शुक्रबार देशमा ४ हजार ३९२ जनामा कोरोना सक्रमित भएको पुष्टि भयो। १६ हजार ५३१ जनाको स्वाब परीक्षण गर्दा ४ हजार ३९२ जना कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। 

शनिबार नेपालमा कुल परीक्षणको २६.५६ प्रतिशत कोरोना संक्रमित भएका छन्। यसको अर्थ १ सय जनाको परीक्षणमा झन्डै २७ जनामा कोरोना संक्रमण भएको भन्ने हो। यो दर निकै उच्च हो। 

विश्व स्वास्थ्य संगठनका अनुसार कुल परीक्षण संख्याको १० देखि १२ प्रतिशतभन्दा बढीमा संक्रमण देखिए परीक्षणको अभाव भएको मानिन्छ। शुक्रबारको तथ्यांक हेर्दा नेपालमा पनि परीक्षणको अभाव ...


शुक्रबार थप ३५२२ जना संक्रमित कोरोनामुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३ हजार ५२२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ। यो कुल संक्रमितको ६९.७९ प्रतिशत हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोना संक्रमण ...


२४ घण्टामा कोरोनाबाट २१ जनाको मृत्यु, ७१५ पुगे मृतक

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ जना पुगेको छ। 

हाल देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ३३६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हालसम्म १२ लाख ५४ हजार १६४ जनाको पिसिआर परीक्षण भएको छ। 

पछिल्लो ...


पछिल्लो २४ घण्टामा ४३९२ जनामा कोरोना संक्रमण, ३७ हजार नाघे सक्रिय संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ जना पुगेको छ। 

हाल देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ३३६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हालसम्म १२ लाख ५४ हजार १६४ जनाको पिसिआर परीक्षण भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ जना कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंमा १७८४ जना, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ...


काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण त

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ जना कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंमा १७८४ जना, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

...

एक वर्ष नपुग्दै उप्कियो कालोपत्रे, सडक भासियो

डडेल्धुरा - कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो ।

गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक अजयमेरु गाउँपालिका–१ पुईलेक बजारको भाग भासिनुका साथै कालोपत्रे उप्किएको छ ।

सडक निर्माण थालिएको झण्डै तीन दशक पछि केही खण्ड कालोपत्रे गरिएको थियो । यो सडक डडेल्धुराको उग्रताराबाट बैतडीको मेलौली जोड्ने गरी निर्माण भएको छ ।

सडक कालोपत्रेको पहिलो चरणमा आठ किलोमिटर कालोपत्रे सम्पन्न भएको थियो । यस सडकखण्डमा कालोपत्रे गर्दा लगाईएका प्रायः पर्खाल पनि भत्किएका ...


मदिरा सेवन गरेर डेढ वर्षको छोरोसहित आमा नदीमा हाम फालिन्

काठमाडौं - चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् ।

इलाका प्रहरी कार्यालय गितानगरको टोलीले खोजी गर्दा हेमन्तीलाई हामफालेको स्थान नजिकैबाट सकुशल उद्धार गरेको हो । उनको डेढ वर्षको छोरो भने करिब २ किलोमिटर तल मेजरघाटमा मृत फेला परेको चितवन प्रहरीले जनाएको छ ।

हेमन्ती बोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ...


बुटवलमा एक जना कोरोना संक्रमितको मृत्यु

बुटबल - बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए।

कोरोना संक्रमण भएर असोज २१ देखि अस्पताल भर्ना भएका उनलाई २५ गतेदेखि अस्पतालको सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो। उपचारका क्रममा उनको बिहान मृत्यु भएको डा थापाले बताए। उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा थापाले जानकारी दिए। योसँगै आजसम्ममा कोरोना सङ्क्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको सङ्ख्या ...


उद्योग वाणिज्य महासंघको उद्घाटन अनलाइनबाट, मतदान ३ ठाउँमा

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाको उद्घाटन अनलाइनबाट हुने भएको छ। महासंघको सभा मंसिर ११ र १२ गते काठमाडौंमा तय भएको छ।

साधारण सभाको उद्घाटन ११ गते हुनेछ भने १२ गते बन्द सत्र र भ्याए सोही दिन निर्वाचन हुनेछ । नभए १३ गते निर्वाचन गर्ने तयारी गरिएको छ।

साधारणसभा उद्घाटनका लागि गृह मन्त्रालयले समेत स्वीकृति दिइसकेको छ। निर्वाचन कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की बैंकेट बबरमहल र महासंघको कार्यालय टेकु गरी ३ स्थानमा हुने भएको छ।

महासंघको ५४ औं साधारण सभामा नेतृत्व चयनसमेत हुने भएकाले चुनावी ...


मानव अधिकार आयोगको कालोसूचीमा प्रधानसेनापति र आइजी देखि गृहसचिवसम्म

काठमाडौँ - ६ वर्षदेखि राष्ट्रिय मानव अधिकार आयोगले गरिरहेको प्रयास अन्ततः सफल भएको छ। आयोगका अध्यक्ष अनुपराज शर्माले अवकाश पाउनु २ दिनअघि मात्र आयोग यो काममा सफल भएको हो। काम हो-गम्भीर मानव अधिकार उल्लंघनका घटनाका दोषीहरूको सूची सार्वजनिक गर्नू।

कात्तिक २ गते अवकाश पाउन तयार भएका अध्यक्ष शर्माले यो सूची बिहीबार सार्वजनिक गरेका हुन्। आयोग स्थापना भएदेखि कार्यान्वयन नभएका सिफारिसलाई मानव अधिकार उल्लंघनकर्ताको रूपमा आयोगले नाम सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको कालोसूचीमा उच्च राजनीतिक तहका व्यक्तिहरुको नाम नभएपछि घटनामा संलग्नहरुको नाम सार्वजनिक गरिएको हो।

आयोगले तत्कालीन ...


अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई, ईश्वर पोखरेलको मन्त्रालय खोसियो

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन्। पुनर्गठित मन्त्रिमण्डलमा अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिइएको छ। 

यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लिलानाथ श्रेष्ठले पाएका छन्। सहरी विकासमा कृष्ण गाेपाल श्रेष्ठलाई ल्याइएको छ। 

सञ्चार मन्त्रालयको जिम्मा यसअघि बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई दिइएको छ।

यसैगरी रक्षा मन्त्रालयको जिम्मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ राखेका छन्। यसअघिका रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी उपप्रधानमन्त्री तोकिएको छ।

 

...

नेपालमा ३६ हजारभन्दा बढी सक्रिय संक्रमित, २१ हजार होम आइसोलेसनमा

काठमाडौं- नेपालमा बुधबार ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित छन्। यीमध्ये ५९.२५ प्रतिशत अर्थात् २१ हजार ५ सय ४८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा १४ हजार १५ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा २ हजार ७ सय ९५, प्रदेश २ मा ५ सय ७२, लुम्बिनी प्रदेशमा २ हजार ९७, सुदूरपश्चिम प्रदेशमा ६ सय २९, गण्डकी प्रदेशमा ८४२ र कर्णाली प्रदेशमा ५९८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

देशमा कुल संक्रमितमध्ये ...


२४ घण्टायता थप १२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना संक्रमित भेटिएका छन्।

काठमाडौंमा ९४६ जना, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको ...


काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोना संक्रमण

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना संक्रमित भेटिएका छन्।

काठमाडौंमा ९४६ जना, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ। 

हाल देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ८१९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २१ हजार ५४८ जना होम आइसोलेसनमा छन्।

देशमा कुल ...


पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना संक्रमण

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ। 

हाल देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ८१९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २१ हजार ५४८ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंमा ९४६ जना, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

देशमा ...


यसपालिको दशैं घरभित्रै मनाउन चितवन प्रशासनको अनुरोध

चितवन - कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा जिल्लावासीलाई १४ बुँदे सुझाव दिइएको छ । जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजार ७६४ नाघेको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९७ पुगेको भन्दै अत्यन्तै सावधानी अपनाउन अनुरोध गरिएको छ ।

धार्मिकस्थलमा धर्म परम्परालाई निरन्तरता दिई ...


मोरङमा कोरोना संक्रमित पुरुषको मृत्यु

मोरङ - मोरङको बूढीगङ्गा गाउँपालिका-३ का कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ।

बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनील देवले जानकारी दिए।

मृतकलाई यही असोज १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो। उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगी थिए। रासस

...

वामदेवको मुद्दाको सुनुुवाइ बुधबार पनि स्थगित

काठमाडौं - संवैधानिक इजलाशमा हेर्दाहेर्दै रहेको नेकपा नेता वामदेव गौतमको मुद्दाको सुनुवाइ आज बुधबार पनि स्थगित भएको छ। यो मुद्दाको सुनुवाइ अब दसैंपछि मात्र हुने सम्भावना रहेको छ।

बर्दियाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि राष्ट्रिय सभा सदस्य भएका गौतमविरुद्ध दायर भएको रिटमा निवेदक, सरकारी वकिल र उनका केही कानुन व्यवसायीले बहस गरेपछि हेर्दाहेर्दै रहेको थियो। असोज २१ गते बुधबारका लागि हेर्दाहेर्दै रहेको मुद्दाको सुनुवाइ सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो। उक्त दिन सुनुवाइ हुन नसकेपछि असोज २८ गतेका लागि पेशी तोकिएको थियो।

गौतमको ...


कर्णालीका मुख्यमन्त्रीसहित प्रदेशका पदाधिकारी काठमाडौं आउँदै

काठमाडाैं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित पार्टीका प्रदेश कमिटीका पदाधिकारी बुधबार काठमाडौ आउने तयारी गरेका छन्। मुख्यमन्त्री शाहीका विरुद्ध पेश भएको अविस्वास प्रस्तावलाई लिएर विवाद चर्किएपछि छलफलका लागि उनीहरु काठमाडौं आउन लागेका हुन्।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मंगलबार भएको छलफलमा उनीहरुलाई काठमाडौं बोलाएर छलफल गर्ने सहमति गरेका थिए। त्यसपछि मुख्यमन्त्रीसहित सबै पदाधिकारी काठमाडौ आउन लागेका हुन्।

मुख्यमन्त्री सकेसम्म बुधबार बेलुकासम्म काठमाडौ आउने उनका प्रेस सल्लाहकार ध्रुव बिसीले बताए। ‘आज बिहानैदेखि मुख्यमन्त्री छलफलमा जुट्नु भएको छ ’ बिसीले भने, ‘मुख्यमन्त्रीज्यू ...


राजधानीमा आज बिहान यी स्थानमा काटिँदैछन् विद्युत

काठमाडौं–नेपाल विद्युत् प्राधिरकणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि आज बिहान राजधानीका विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ। प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु फिडरअन्तर्गतका झण्डै डेढ दर्जन बराबरका स्थानमा आज बिहान ६.३० बजेदेखि १० बजेसम्म विद्युत् काटिन लागेको हो ।

प्राधिरकणका अनुसार टेकु सबस्टेशन अगाडिबाट पचली भैरव, नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकुचोक, त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट अगाडिसम्म विद्युत् काटिने छ । यस्तै टेकु वंशीमार्फत् सुकुम्बासी टोल जाने बाटोसम्म, कालीमाटी फिडरअन्तर्गत पर्ने टेकु नेशनल टे«डिङ हुँदै हनुमन्त भीसेनस्थान, परोपकार, रामघाट, शान्ति ...


काठमाडौं उपत्यका बाहिर कोरोना छ भन्ने महसुसै हुँदैन : संसदीय उपसमिति

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले काठमाडौं उपत्यका बाहिर कोरोना केन्द्रित सतर्कता चिन्ताजनक भएको बताएको छ। 

कोभिड– १९ सम्बन्धी सरकारले गरेको कामको विषयमा निरीक्षण गर्न गठित उपसमितिले देशैभरी गरेको अनुगमन र निरीक्षणपछि आज समितिमा प्रस्तुत निष्कर्षमा काठमाडौं उपत्यकाबाहिरका जिल्लामा भयावह स्थिति आउन सक्ने चेतावनी दिएको छ।

सोमबार बसेको समितिको भर्चुअल बैठकमा उपसमिति संयोजक जीवराम श्रेष्ठले ब्रिफिङ गरेका थिए।

‘उपत्यकाबाहिर गएपछि कोभिड –१९ छ भन्ने महसुस नै नहुने स्थिति छ', समिति बैठकमा श्रेष्ठले भने, 'मेलाबजार चलिरहेको छ। सरकारी कार्यालयमा भिडभाड छ। सिडिओ कार्यालयहरूमा मान्छेको चाप देखिन्छ।'

उनले जहीँतहीँ ...


अमेरिकी विश्वविद्यालयका दुई प्राध्यापकलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं- लिलाम बढाबढ सम्बन्धि नयाँ सिद्धान्त पत्ता लगाउने संयुक्त राज्य अमेरिकास्थित स्टानफोर्ड विश्व विद्यालयका दुई जना प्रोफेसरलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ। 

लिलाम बढाबढ (अक्सन) सम्बन्धी सिद्धान्तलाई नयाँ तरिकाले परिभाषित गर्न योगदान गरेको र यसको नयाँ फर्मुलासमेत पत्ता लगाएका दुईजना अर्थशास्त्रीहरू पउल मिलग्रोम र रोबर्स विल्सनले नोबेल पुरस्कार पाएका हुन्।

विभिन्न प्रकारका वस्तु र सेवाको लिलाम बढाबढमा मूल्य निर्धारणको स्थीतिले कसरी काम गर्छ ? र लिलाम प्रकृयामा विगतदेखि चलिआएको बढाबढको सिद्धान्तमा कसरी परिमार्जन गर्न सकिन्छ भनी यी दुई अर्थशास्त्रीले अनुसन्धान गरेका थिए।

उनीहरुले पत्ता लगाएको ...


२४ घण्टायता कहाँ कति भेटिए कोरोना संक्रमित?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ। गत २४ घण्टामा मात्र ४ हजार ४७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्रदेश १ को इलाममा ५, उदयपुरमा २, ओखलढुंगामा २, खोटाङमा २, झापामा ७१, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा २, भोजपुरमा १, मोरङमा २ सय २३, सुनसरीमा २ सय ४९, सोलुखुम्बुमा १ र संखुवासभामा १ जनामा कोरोना छ।  

प्रदेश २ को धुनषामा २५, पर्सामा १७, बारामा ११, महोत्तरीमा ८, रौतहटमा १३, सप्तरीमा २१, सर्लाहीमा ८ र सिरहामा ११ ...


चितवन र धुलिखेलमा २ संक्रमितको मृत्यु

काठमाडौं - चितवन मेडिकल कलेज र धुलिखेल अस्पतालमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नं. १ निवासी ७५ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

उनी दम, उच्च रक्तचाप र निमोनियासम्बन्धी समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी थिइन् । उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भइरहेको बेला आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै चितवन जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको ...


कोरोनाबाट रुपन्देहीका थप ४ जनाको मृत्यु

बुटवल - कोरोना संक्रमणबाट रुपन्देहीका थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् ।

बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको हो । बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजान रिफर गरिएकोमा बाटोमै आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी मुटुका दीर्घरोगी थिए ।

यस्तै बुटवल ११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल ...


२४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा शनिबार एकैदिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

१० वटा जिल्लाका २ महिला र १२ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीमा ४५, मोरङमा २० र ७२, सर्लाहीमा ७१ वर्षीय पुरुष, काठमाडौंमा ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुषको मृत्यु भएको छ।

यस्तै, ललितपुरमा ४३ र ४९, भक्तपुरमा ६८, मकवानपुरमा ७७ वर्षीय पुरुष, धादिङमा ३१ वर्षीया महिला, नवलपरासी पूर्वमा ३६ र रुपन्देहीमा ५७ वर्षीय ...


काठमाडौं उपत्यकामा थपिए २६७२ जना कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना संक्रमित भेटिएका छन्।

काठमाडौंमा २ हजार १ सय जना, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण भएको छ। २४ घण्टाको अवधिमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको छ। 

हाल देशभर ३० हजार ८१८ जना सक्रिय संक्रमित छन्। हाल १३ ...


नेपालमा एकैदिनमा हालसम्मकै बढी ५००८ जनामा कोरोना संक्रमण

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण भएको छ। २४ घण्टाको अवधिमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको छ। 

हाल देशभर ३० हजार ८१८ जना सक्रिय संक्रमित छन्। हाल १३ हजार ६५४ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हाल ४६८६ जना क्वारेन्टाइनमा रहेका छन्। 

आज १९ हजार ३२० जनाको परीक्षण भएको छ। हाल ११ लाख ६४ हजार ५५७ जनाको परीक्षण भएको छ। 

पछिल्लो २४ घण्टामा ...


सरकार र अनसनरत डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति

काठमाडौं - सरकार र अनसनरत डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन् ।  

सहमतिअनुसार डा.केसीले शनिबारदेखि अनसन अन्त्य गरी आइतबार अनसन तोडिएको घोषणा गर्नेछन् । सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ ।

...

कोरोना संक्रमित शान्ता चौधरीलाई आइसीयुमा सारियो

काठमाडौं - कोरोना संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ

चौधरीलाई शुक्रबार राति आइसीयुमा सारिएको हाे। वीर अस्पतालमा उपचाररत चौधरीको स्वास्थ्यमा सुधार नआएपछि आइसीयुमा सारिएको हो। श्वासप्रश्वासमा कठिनाइ भएको उनले तीन दिनअघि सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिइन्।

‘स्वास प्रश्वासमा अलि कठिनाई भइरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रासमेत कम भएको महसूस हुन्छ।’ उनले अस्पतालबाटै तीन दिन अघि जानकारी गराएकी थिइन्। उनलाई पाँच दिनअघि लक्षण सहितको संक्रमण भएको पुष्टि भएको थियो। 

२०६७ मा स्तन क्यान्सर देखिएकी चौधरीले लामो समयसम्म उपचार गराएकी ...


वाणिज्य विभागका सेवा अनिश्चितकालका लागि स्थगित

काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षरण विभागले वाणिज्य प्रशासन सम्बन्धी सेवा प्रवाह अनिश्चितकालका लागि स्थगन गरिएको सूचना गरेको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थामा स्वयम् विभागका कर्मचारीहरुमा समेत संक्रमण दर बढेर गएकाले सेवा प्रवाह रोक्नुपरेको विभागले जनाएको छ । 

यस्तो विषम परिस्थितिमा विभागका कर्मचारी तथा सेवाग्राही सर्वसाधारण नागरिकहरुको समेत स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै विभागबाट प्रवाह हुँदै आएको प्राइभेट तथा साझेदारी फर्म, एजेन्सी, नयाँ कम्पनी दर्ता, ठाउँ सारी, पूँजी बृद्धि, खारेजी, उद्धेश्य परिवर्तन (नविकरण बाहेकका) विवरण संशोधन सम्बन्धी सबै व्यापार प्रशासन ...


कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुग्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै मुलुकभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापामा २ पुरुष, सुनसरीमा ३ पुरुष, काठमाडौंमा १ पुरुष र १ महिला, ललितपुरमा १ पुरुष, रुपन्देहीमा २ पुरुष गरी १० जनाको मृत्यु भएको हो । पछिल्ला दिन संक्रमणबाट निधन हुनेहरुको मृत्युदर ०.६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  

...

अण्डा उत्पादन ४० प्रतिशतले घट्यो

काठमाडौं- दानामा भएको चर्को मूल्यवृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन्। 

दानामा भएको चर्को मूल्यवृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन्। दानामा भएको चर्को मूल्यवृद्धिले लकडाउनयता अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट आएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ।

सङ्घका अनुसार लकडाउनअघि मुलुकभर दैनिक ५० लाखगोटा अण्डा उत्पादन हुँदै आएकोमा हाल दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गरेको छ।

यो कूल उत्पादनको ४० प्रतिशत कमी हो। तीन वर्षदेखि वार्षिक १५ लाख गोटा अण्डा उत्पादन बढ्दै आएकोमा लकडाउनपछि यसको उत्पादनमा ओरालो ...


धरहरा निर्माण सम्पन्न गर्ने अवधि ९ महिना थप

काठमाडौं- धरहराको निर्माण सम्पन्न गर्न ९ महिना म्याद थपिएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणको ठेक्का लिएको कम्पनी रमन कन्स्ट्रक्सनलाई निर्माण सम्पन्न गर्न थप ९ महिना समय दिएको हो। 

रमनले २०७७ असोज २० गतेभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। लगत्तै रमनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो। तर कोभिडका कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमनले २१ महिना थप समय माग गरेपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले नौ महिना समय थपेको हो।

रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई. श्यामचन्द्र श्रेष्ठले लकडाउनका ...


लुम्बिनी प्रदेशको स्थायी राजधानी संरचना निर्माणको जिम्मा पूर्वाधार विकास प्राधिकरणलाई

काठमाडौँ- लुम्बिनी प्रदेशको राजधानीमा निर्माण हुने सम्पूर्ण भौतिक संरचनाको निर्माण प्रदेश पूर्वाधार विकास प्राधिकरणले गर्ने भएको छ। मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा रहने प्राधिकरणले सम्पूर्ण प्रदेश राजधानीको भौतिक संरचनाको निर्माण गर्ने जानकारी दिइएको छ। 

प्राधिकरण यसअघि नै स्थापना भइसकेकाले तत्कालै काम सुरु गर्ने तयारी गरिएको छ। राजधानीका भौतिक संरचना निर्माणका साथै प्राधिकरणले प्रदेशमा तीन मेगासिटी बनाउने कामसमेत गर्ने नेकपा सचेतक भूमिश्वर ढकालले बताए।

प्रदेश प्राधिकरणले प्रदेश राजधानीको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी ग्लोबल टेन्डर गर्ने तयारी गरेको छ। प्रदेश राजधानीको संरचनासहित ...


रोग र भोकले ज्यान गुमाउनु नपरोस् भनेर सरकारले प्रयास गरिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले र‍ोग र भोकले जनताले ज्यान गुमाउनु नपरोस् भनेर सरकारले काम गरिरहेको बताएका छन्। एनआरएनको विश्व ज्ञान सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल सरकार दुईवटै पक्षबाट जनताको जीवनरक्षाका निम्ति प्रयासरत रहेको बताए।

'रोग र भोकले नेपालीले ज्यान गुमाउनु नपरोस् भनेर, जनताको जीवन सुरक्षित गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर मैले सुरु देखि नै अभिव्यक्ति दिँदै आएको छु', प्रधानमन्त्रीले भने, 'त्यसका निम्ति मेरो नेतृत्वको सरकारले पूर्ण रुपमा प्रयास पनि गरेको छ।'

कोभिड–१९ को विश्वव्यव्यापी महामारीको असर नेपालमा पनि परेको र अहिलेसम्म यो बढिरहेको बताउँदै ...


काठमाडौं उपत्यकामा थपिए २५४० जना संक्रमित

 काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५४० जना संक्रमित भेटिएका छन्।

काठमाडौंमा २०८५ जना, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ जना पुगेको छ। 

...

तिन जना मन्त्री तत्काल नियुक्त हुने‚ औपचारिक पुनर्गठन तिहारपछि

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहकारी विकासगरी तीन मन्त्री तत्काल नियुक्त गर्ने भएका छन्। तर, औपचारिक पुनर्गठन भने दशैं तिहारपछि मात्रै हुने भएको छ। 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच बिहीबार भएको छलफलमा रिक्त रहेका तीन मन्त्री तत्काल नियुक्त गर्ने समझदारी भएको प्रधानमन्त्री निकट एक स्थायी कमिटी सदस्यले बताए।

‘प्रधानमन्त्रीज्यूले रिक्त मन्त्रालयमा मन्त्री नहुँदा सारै गाह्रो भएको जनाउनुभएको छ। तीन मन्त्री तत्काल नियुक्त गरौं‚ अरु औपचारिक पुनर्गठन तिहारपछि गरौंला भन्ने छ‚’ ती स्थायी ...


२४ घण्टायता थप १२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा २४ घण्टायता थप १२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म ५९० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

८ वटा जिल्लाका ४ महिला र ८ पुरुष गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीमा ३९, धनुषामा ७० वर्षीय पुरुष, काठमाडौंमा ७९ वर्षीया महिला, ५८ र ९१ वर्षीय पुरुष, ललितपुरमा ७३ वर्षीया महिलाको मृत्यु भएको छ। 

यस्तै, चितवनमा ८१, ८१ र ९२ वर्षीय पुरुष, कास्कीमा ८३ वर्षीय पुरुष र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसअघि ...


२४ घण्टामा ४३६४ जनामा कोरोना सङ्क्रमण, कहाँ कति भेटिए?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ। गत २४ घण्टामा मात्र ४ हजार ३ सय ६४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्रदेश १ को इलाममा १२, उदयपुरमा ३२, ओखलढुंगामा ४, खोटाङमा ४, झापामा ५५, ताप्लेजुङमा ६, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा २, भोजपुरमा ४, मोरङमा २ सय ४९, संखुवासभामा ३, सोलुखुम्बुमा २ र सुनसरीमा २ सय १४ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा २८, पर्सामा ११, बारामा १४, महोत्तरीमा ७, रौतहटमा १८, सप्तरीमा २५, सर्लाहीमा ...


सुरक्षा मापदण्ड सहित सबै तहका परीक्षा सञ्चालन हुने

काठमाडौं- सरकारले सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको आइतबारको बैठकले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी भएका सुरक्षासम्बन्धी मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो। 

'जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्ने गरी प्रतिष्ठान, बोर्ड, विश्वविद्यालय र विद्यालयका सबै तह र विषयमा परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय भएको छ,' सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने। 

उनका अनुसार सरकारले २५ जनासम्म सहभागी भएर दिइने व्यावसायिक तालिम पनि खुला गर्ने र्णय गरेको छ।

...

जाजरकोट जिप दुर्घटनाः मृतकको संख्या ६ पुग्यो

काठमाडौँ - जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलभीरमा भएको जिप दुर्घटना परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । बुधबार भएको सो दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परेका लालबहादुर बुढाको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो । दुर्घटना जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीको पनि मृत्यु भएको छ ।

दुर्घटनामा वडाअध्यक्ष शाहीसहित स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही, मालिका बस्नेत र बुढाको मृत्यु भएको जनाइएको छ । 

दुर्घटनामा १ जना बेपत्ता छन् । बेपत्ताको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ । ...


२४ घण्टायता थप ११२६ जना संक्रमित कोरोनामुक्त

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा ६८ हजार ६ सय ६८ जना कोरोना संक्रमणपछि निको भएका छन्। यो कुल संक्रमितको ७२ दशमलव ९ प्रतिशत हो। नेपालमा हालसम्म ९४ हजार २५३ जनामा संक्रमण पुष्टि भएको छ।  

मन्त्रालयका अनुसार ११ हजार १३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ११ लाख १३ हजार ४ सय ८५ जनाको पिसिआर भएको ...


काठमाडौंका ६ सहित १५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा बुधबार एकैदिन १५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

काठमाडौंमा ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मोरङमा ४० र ६० वर्षीय पुरुष, सिराहामा ५० वर्षीया महिला, रौतहटमा ७२ वर्षीया महिला, ललितपुरमा ४६, चितवनमा ...


काठमाडौँ उपत्यकामा थप १६८४ जनामा कोरोना संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६८४ जना संक्रमित भेटिएका छन्।

काठमाडौंमा १२९६ जना, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सँगै उपत्यकामा संक्रमित हुनेको संख्या ३३ हजार ७४९ पुगेको छ। मंगलबारसम्ममा काठमाडौं उपत्यकामा ३२ हजार ६५ जना संक्रमित पुगेका थिए।

पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएका‍े छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ।

हाल देशभरमा २५ हजार ७ जना सक्रिय संक्रमित छन्। १० हजार ...


बुधबार एकैदिन थपिए ३४३९ संक्रमित, संक्रमितको संख्या २५ हजार नाघ्यो

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएका‍े छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

हाल २५ हजार ७ जना सक्रिय संक्रमित छन्। १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। आज १४ हजार २०९ जनाको परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा ११२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म ६८ हजार ६६८ जना निको भएका ...


डा केसीको स्वास्थ्य अवस्था कमजोर

काठमाडौं - चिकित्सा शिक्षा सुधारका माग राख्दै २३ दिनयता अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नै कमजोर बनेको छ। त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीको रगतमा अक्सिजनको मात्रा निकै नै कम देखिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ। 

डा केसीको उपचारमा संलग्न डा सुवास प्रसाद आचार्यका अनुसार उनको शरीरमा अक्सिजन स्याचुरेसनको मात्रा ९० प्रतिशतसम्म घटेको छ। हाल उनलाई अक्सिजनको सहायता दिन थालिएको छ। डा आचार्यको टोलीले अनसनरत डा केसीको स्वास्थ्य अवस्था जुनसकै बेला पनि गम्भीर हुन सक्ने बताउँदै जुनसुकै बेला आइसियूमा राख्नुपर्ने बताएको छ।

यसका साथै ...


राजधानी घोषणा गरिएको खुसीयालीमा दाङमा दिपावली

बुटवल - प्रदेशसभाको दुईतिहाई बहुमतले दाङ्गको देउखुरी उपत्यकालाई प्रदेश ५ को स्थायी राजधानी कायम गरेलगत्तै दाङ्गवासीहरुमा खुशीयाली छाएको छ ।

खुसीयालीसँगै दाङका बजार क्षेत्रका चोक–चोकमा दिपावली गरिएको छ । मङ्गलबार राती दिपावली निकालेका उनिहरुले बुधबार बिहान भालुवाङ्गसम्म विजयी र्याली निकाल्ने तयारी गरेका छन् । उक्त र्याली भालुबाङ्गमा पुगेर आमसभामा परिणत हुने जनाइएको छ ।

 

...

पछिल्लो २४ घण्टामा देशभर थप १५५१ जनामा संक्रमण

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएका‍े छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

हाल २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित छन्। ९ हजार ११८ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। आज ११ हजार ४७ जनाको परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा २३४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म ६७ हजार ५४२ जना ...


साझा मनोविज्ञानको प्रतिनिधित्व गर्न स्थायी राजधानी दाङ प्रस्ताव भयो : मुख्यमन्त्री पोखरेल

काठमाडौँ- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक आग्रह भन्दापनि समग्र प्रदेशको साझा मनोविज्ञानको खोजी गर्ने क्रममा दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव गरिएको बताएका छन्।

प्रस्तावित प्रदेशको स्थायी राजधानी र नामका विषयमा छलफलको दोस्रो दिन प्रदेशसभामा सम्बोधन गर्दै पोखरेलले प्रदेश राजधानी लुम्बिनी अञ्चलभन्दा बाहिर लगियो भन्ने गरी नबुझ्न सबैमा आग्रह गरेका हुन्।

समग्र प्रदेशको प्रतिनिधित्व हुने गरी दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको सिरगंगा नगरपालिका तीन स्थानीय तहलाई छनोट गरिएको पोखरेलले बताए। प्रदेश सरकार कुनै एउटा क्षेत्र विशेषमा केन्द्रित नभई समग्र विकासका चिन्ता भई अगाडि ...


देउखुरीको पक्षमा मतदान गर्ने कांग्रेस सांसदहरू

काठमाडौँ- रुपन्देही आसपास जिल्लाका सांसदहरुको प्रदेशको स्थायी राजधानी सार्न नदिने प्रयास असफल भएको छ।

नेकपालाई पार्टीले घोषित रुपमै दाङको देउखुरीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो। पार्टीको निर्णयलाई सत्तारुढ दल नेकपाका सांसदहरुले स्वीकारे। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले भने कांग्रेसको निर्णलाईलाई बेवास्ता गरिदिए। 

प्रदेशसभामा १९ सांसद रहेको कांग्रेसका ५ जनाले दाङको देउखुरीको पक्षमा मतदान गरेका छन्। तीमध्ये ३ जना दाङकै थिए। दाङ ३ ‘क’बाट प्रत्यक्ष निर्वाचित सांसद डिल्लीबहादुर चौधरी, दाङकै अर्जुनकुमार श्रेष्ठ र शंकर गिरीले पक्षमा मत दिएका हुन्। श्रेष्ठ र गिरी समानुपातिक सांसद हुन्। प्युठानका ...


प्रदेश ५ को राजधानी देउखुरी, नाम लुम्बिनी, दुई तिहाइ भन्दा बढी मतले पारित

काठमाडौं- प्रदेश ५ को प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी कायम भएको छ। प्रदेश सभाको मंगलबारको बैठकमा भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको प्रस्ताव दुई तिहाइ भन्दा बढी मतले पारित भएको हो।

अब प्रदेशको ५ को राजधानी देउखुरी हुनेछ। दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरिएको थियो।

त्यस्तै, शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्त्वलाई हृदयंगम गर्दै साझा चिनारीका रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामकरण गरियोस् भन्ने ...


राजधानीका लागि भालुवाङ नै उपयुक्त : काँग्रेस नेता

काठमाडौँ- नेपाली कांग्रेसका १० नेताले दाङ प्रदेश ५ को राजधानी उपयुक्त भएको बताएका छन्। दाङ र त्यसबाट पश्चिमबाट पार्टी केन्द्र र जिल्लामा नेतृत्व गर्ने १० जनाले संयुक्त वक्तव्य निकाल्दै सरकारी निर्णयको स्वागत गरेका छन्।

‘हामीले शुरुदेखि नै प्रदेशको केन्द्र भालुवाङ हुनुपर्दछ भनेको स्मरण गराउँदै आएकोमा सोही स्थानलाई नै प्रदेश केन्द्र प्रस्ताव गरेकोमा प्रदेश ५ सरकारप्रति आभार व्यक्त गर्दछौं,’ संयुक्त वक्तव्यमा भनिएको छ।

१० नेताको काठमाडौँमा भएको भेलाले सबैलाई सुविधाजनक रहेको र सामरिक दृष्टिकोणले समेत उपयुक्त स्थान दाङको भालुवाङलाई नै रहेको ठहर गरेको छ। सरकारी विज्ञ टोलीको सिफारिस, ...


नेपालमा सोमबार थप १९ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा एकैदिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। एकैदिनमा १९ जना संक्रमितको मृत्यु भएको नेपालमा यो नै पहिलोपटक हो।योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ५४ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ८ जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा काठमाडौंमा मात्र ९ जनाको मृत्यु भएको छ। काठमाडौंमा ६ पुरुष र ३ महिला गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ...


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १५३१ संक्रमित

काठमाडौं- गत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय ३१ जना कोरोना संक्रमित भेटिएका छन्।

काठमाडौंमा ११७८ जना, भक्तपुरमा १०३ र ललितपुरमा २५० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसँगै हालसम्म उपत्यकामा कोराना संक्रमितको संख्या ३१ हजार ४८ पुगेको छ। अब काठमाडौंमा २५ हजार २२४, ललितपुरमा ३ हजार २३३ र भक्तपुरमा २ हजार ५९१ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर २४४० जना कोरोना संक्रमण पुष्टि भएका‍े छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ८९ हजार २६३ ...


पछिल्लो २४ घण्टामा देशभर थप २४४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २४४० जना कोरोना संक्रमण पुष्टि भएका‍े छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

देशभर २३ हजार ५०७ जना सक्रिय संक्रमित छन्। ११ हजार १९१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा १२ हजार ३१६ जना छन्। आज १३ हजार ७८१ जनाको परीक्षण भएको छ।

...

पछिल्लो २४ घण्टायता कहाँ कति भेटिए कोरोना संक्रमित?

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार २ सय ५३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्रदेश १ को उदयपुरमा २, खोटाङमा ३, झापामा १६, भोजपुरमा १, मोरङमा ८१, संखुवासभामा १ र सुनसरीमा ८ जनामा कोरोना छ। 

प्रदेश २ को धुनषामा ९, पर्सामा ८, बारामा ७, महोत्तरीमा १, रौतहटमा ५, सप्तरीमा ३, सर्लाहीमा ६ र सिरहामा ७ जनामा कोरोना पाइएको छ। 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ३ सय ७३ जनामा कोरोना पुष्टि ...


डा. केसीको जीवन रक्षा गर्न माग

लन्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) का युरोप संयोजक नारायण आचार्यले चिकित्सा शिक्षा प्रणालीमा सुधारको माग गर्दै १९ औं आमरण अनशन गरिरहेका डा गोविन्द केसीको जीवन रक्षाका लागि नेपाल सरकारसँग माग गरेका छन्।

एनआरएनएको १३ औं युरोप बैठक तथा दोश्रो ज्ञान सम्मेलनको समापनका अवसरमा भर्चुएल माध्यमबाट आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले डा केसीको स्वास्थ्य लाभको कामना पनि गरे। उनले केसीका मागहरुप्रति प्रतिबध्दता पनि जनाए। 

यसै गरी नेप्लिज डक्टर्स एशोसिएसन (एनडिए) यूकेले एक वक्तव्य जारी गर्दै डा केसीको स्वास्थ्य रक्षाको सुनिश्चितता गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।

एशोसिएसनले ...


मुख्यमन्त्री शंकर पाेखरेलको गाडीमाथि ढुङगा प्रहार

प्रदेश ५ को प्रस्तावित राजधानीको विषय विवादित भइरहेका बेला मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि ढुंगा प्रहार भएकाे छ। काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा आउँदै गर्दा बुटवलको राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि मुख्यमन्त्री सवार गाडी र उनको स्कर्टिङमा रहेका दुईवटा गाडीमाथि ढुंगा प्रहार भएको हो।

भैरहवाबाट बुटवल आउँदै गरेका मुख्यमन्त्रीलाई कांग्रेस कार्यकर्ताले कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा देखाएका थिए। कालो झण्डा छल्दै अघि बढेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि चौराहा नजिकै ढुंगा प्रहार भएको हो। ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा ...


विश्वभर संक्रमितको संख्या ३ करोड ५० लाख नाघ्यो

एजेन्सी–कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ३ करोड ५० लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ३ करोड ५० लाख ५८ हजार २ सय ८२ पुगेको छ। हालसम्म कोरोना संक्रमणबाट १० लाख ३५ हजार ४ सय ५२ जनाको मृत्यु भइसकेको छ भने २ करोड ४० लाख ८ हजार १ सय ७२ जना निको भइसकेका छन्। 

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७४ लाख १८ हजार ५ सय ९६ छ भने २ लाख ९ हजार ८ सय ७ जनाको मृत्यु भएको छ। यस्तै, भारतमा ६५ ...


बिष्णु रिमाल, राजन भट्टराई, सुर्य थापा सहित ५ जनालाई कोरोना संक्रमण

काठमाडौं - प्रधानमन्त्री सचिवालयमा प्रमुख सल्लाहकार विष्णु रिमालसहित ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

शुक्रबार गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा‚ प्रमुख सल्लाहकार विष्णु रिमाल‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएको हो।

आफूलाई संक्रमण भएको जानकारी ट्वीटरमार्फत दिँदै प्रमुख सल्लाहकार रिमालले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन्।

त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि फेसबुकमा पोस्ट गर्दै शुक्रबार गरिएको पिसिआर परीक्षणको नतिजा पोजेटिभ आएको भन्दै आफ्नो सम्पर्कमा आएका ...


काठमाडौँ उपत्यकाका ११७७ जनामा कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा एकै दिन १ हजार बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा भेटिएका २ हजार १ सय २२ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार १ सय ७७ संक्रमित भेटिएका हुन्।

काठमाडौं, भक्तपुर र ललितपुरमा गरी १ हजार १ सय ७७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा मात्र १ हजार १ जना संक्रमित भेटिएका छन्। भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जनामा कोरोना पुष्टि भएको छ।

उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २७ हजार ९ सय १८ पुगेको मन्त्रालयले जनाएको छ। ...


पछिल्लो २४ घण्टामा देशभर २१२० जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २१२० जना कोरोना संक्रमण पुष्टि भएका‍े छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

२४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। देशभर २१ हजार ३०२ जना सक्रिय संक्रमित छन्।

...

राजधानी दाङ बनाउने प्रस्तावमा नवलपरासीका सांसदको पनि समर्थन

काठमाडौं - अस्थायी राजधानी रहेको रुपन्देही जिल्लासँगै सिमाना जोडिएको नवलपरासी (पश्चिम) का सांसदले पनि भालुवाङ राजधानी बनाउने प्रस्तावको स्वागत गरेका छन् । जबकी नवलपरासीवासीका लागि दाङभन्दा बुटवल धेरै नजिक पर्छ ।

नवलपरासी पश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद देवेन्द्रराज कंडेल भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्तावमा सकारात्मक छन् । तर, पार्टीले के निर्णय गर्छ भन्ने उनी पर्खिरहेका छन् ।

‘पार्टीको केन्द्रीय समितिको बैठक पनि बस्दैछ । पार्टीले निर्णय गर्ला, पार्टीको निर्णय मैले मान्नु पनि पर्छ,’ कंडेल भन्छन्, ‘तर, व्यक्तिगत रुपमा पहिलेदेखि नै आफ्नो ठाउँमा हुनुपर्छ भन्नु भन्दा भौगोलिक ...


कांग्रेसका बहुमत प्रदेश सभा सदस्य राजधानी दाङकै पक्षमा

काठमाडौं - प्रदेश ५ को नाम र राजधानीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका बहुमत प्रदेश सदस्यले समर्थन जनाउने भएका छन्।

भौगिलिक दृष्टिकोणले दाङको देउखुरी उपयुक्त स्थान भएको प्रदेश सदस्यहरुले बताएका छन्। अस्थायी राजधानी रहेको रुपन्देहीबाट दाङको भालुवाङ पुर्‍याउने प्रस्तावकाे रुपन्देही आसपासका प्रदेश सदस्यहरुले भने आपत्ति जनाएका छन्।

प्रदेश सभामा १९ जना रहेको कांग्रेसका बहुमत सदस्यले दाङको देउखुरीलाई उपयुक्त स्थान भएको जनाएका छन्। दाङका कांग्रेस प्रदेश सदस्य डिल्लीबहादुर चौधरीले पश्चिम प्रस्तावित स्थान सबैका लागि पायक पर्ने बताए। उनले भने, 'संसदीय दलको बैठक बस्न पाएका छैनौं। पश्चिमका सबै प्रदेश ...


प्रदेश ५ को राजधानी र नामका विषयमा एकरुपता ल्याउन नेकपा संसदीय दलको बैठक बस्दै

काठमाडौं - प्रदेशको नाम र राजधानीका विषयमा छलफल गर्न प्रदेश ५ नेकपा संसदीय दलको बैठक बस्ने भएको छ। बैठक मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बिहान ८ बजे बैठक बस्न लागेको सांसद इन्द्रजित थारुले बताए।

प्रदेशको नाम र राजधानीका विषयमा एकरुपता ल्याउन नेकपा संसदीय दलले छलफल गर्न लागेको हो। यस विषयमा असोज १९ मा बस्ने प्रदेश सभा बैठकमा मतदान हुने भएको छ। नेकपा संसदीय दलले पक्षमा मतदान गर्न ह्वीप लगाउन सक्ने बताइएको छ।

प्रदेशको दोस्रो ठूलो दल नेपाली कांग्रेसले भने विपक्षमा मतदान गर्ने बताइएको छ। प्रदेश सभामा कूल ८७ ...


प्रस्तावित राजधानी भालुवाङ वरपरका जग्गा किनबेच र कित्ताकाटमा रोक

काठमाडौं - प्रदेश ५ को राजधानी दाङको भालुवाङका लागि प्रस्ताव गरिएपछि वरपरका जग्गामा कित्ताकाट तथा किनबेचमा रोक लगाइएको छ। प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मालपोत कार्यालय दाङ र अर्घाखाँचीलाई पत्राचार गर्दै भालुवाङ वरपरका जग्गा किनबेच र कित्ताकाटमा रोक्का गरिएको जानकारी गराइएको हो।

दाङको राप्ती गाउँपालिकाका पूरै भाग, गढवा गाउँपालिकाका वडा नम्बर १,२ र ३ का साथै अर्घाखाँचीको शितगंगा नगरपालिकाका वडा नम्बर ८ र ९ मा जग्गाको कित्ताकाट र किनबेचमा रोक्का लगाइएको जानकारी गराइएको हो।

दाङको भालुवाङलाई राजधानी र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा शुक्रबार पेस भएको ...


काठमाडौँमा शुक्रवार हालसम्मकै बढी संक्रमित थपिए

काठमाडौं - पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा १६३८ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एक दिनको अवधिमा हालसम्मकै सबैभन्दा बढी हो।योसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार हाल ४ हजार ८८५जना क्वारेन्टाइनमा ...


नेपालमा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एक दिनको अवधिमा हालसम्मकै सबैभन्दा बढी हो।योसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार हाल ४ हजार ८८५जना क्वारेन्टाइनमा छन्।

आजसम्म १० लाख ४८ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप ३३०७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ६० हजार ६९६ जना संक्रमित उपचारपछि ...


प्रदेश ५ को राजधानी भालुवाङ, नाम लुम्बिनी, १९ गते मतदान

काठमाडौं - प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएको छ। प्रदेशका ५ कानुनमन्त्री कुलप्रसाद केसीले सरकारका तर्फबाट सो प्रस्ताव प्रदेशसभामा पेस गरेका हुन्।

प्रस्तावमाथि अन्तिम टुंगो लगाउन १९ गते मतदान हुने प्रदेशसभा सचिवालयले कार्यसूची बनाएको छ। दिउँसो १२ बजे संसदमा मतदान हुने प्रदेशका सभामुख पूर्ण घर्तीको स्वकीय सचिवालयले जानकारी दिएको छ।

प्रदेशको राजधानी र नामको प्रस्तव संसदमा पेस गरेपछि शनिबार बिहान नेकपा संसदीय दलले बैठक बोलाएको छ। बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको हो। नेकपा प्रदेश कमिटीले आफ्ना सांसदरहरूलाई सरकारले ...


प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्न ओली र प्रचण्ड सहमत

काठमाडौं - प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङको भालुवाङमा राजधानी राख्ने सहमति जुटेको हो ।

प्रदेश ५ का एक नेताले भने, ‘राजधानी दाङमा राख्ने सहमति जुटिसकेको छ, अबको केही दिनमा चालु अधिवेशनबाटै राजधानीको मुद्धा टुंगिन्छ ।’

राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो ।

पूर्वमाओवादीले भने पार्टी एकीकरण हुनुअघि नै प्रदेशको राजधानी ...


खेलाडीको वर्गीकरणको विषयमा राखेपले माग्यो क्यानसँग स्पष्टीकरण

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)लाई खेलाडीको वर्गीकरण गरी केन्द्रीय सम्झौतामा आबद्ध गर्दाका आधार र वर्गीकरणमा नपर्नुको आधारसहित स्पष्टीकरण दिन राष्ट्रिय खेलकुद परिषद (राखेप)ले भनेको छ।

राखेपले खेलाडी वर्गीकरणको विषय सञ्चार माध्यममार्फत मात्र थाहा भएको र वर्गीकरण गर्ने काम राम्रो भएको भन्दै त्यसको आधार ७ दिनभित्र स्पष्ट पार्न भनेको हो।

खेलाडी वर्गीकरणमा पुनर्विचार गरिने जनाइसकेको क्यानलाई राखेपले पनि स्पष्टीकरण सोधेको हो। क्यानले यसअघि पुरुष तथा महिला खेलाडीको वर्गीकरण गर्दै केन्द्रीय सम्झौतामा आबद्ध गर्दा कतिपय खेलाडीको नाम छुटेको र कतिको वर्गीकरण नमिलेको भन्दै असन्तुष्टी आइरहेको थियो।

क्रिकेट खेलाडी संघ ...


डा. केसीको माग पूरा गर्दा सरकारले नै जित्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं - पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले डा गोविन्द केसीका माग जनपक्षीय र सबैको भएकाले तिनलाई सम्वोधन गर्न कन्जुस्याइँ नगर्न सरकारलाई आग्रह गरेका छन्।

‘सोलाडारिटी फर गोविन्द केसी’ ले बिहीबार गरेको भर्चुअल छलफलमा श्रेष्ठले सरकारले हरहालतमा डा केसीको जीवनरक्षा गर्नुपर्ने बताए। ‘डा केसीभन्दा स्वार्थरहित मान्छे अर्को मैले देखेको छैन,’ उनले भने, ‘उहाँले जनताको मुद्दा उठाउनुभएको हो, स्वार्थरहित माग छन्। जनताको बिम्बका रूपमा उहाँ सत्याग्रहमा हुनुहुन्छ।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले केसीको माग सम्वोधन गर्नु कसैको हारजितको विषय नभएको पनि बताए । ‘गोविन्द केसी एक्लो हुनुहुन्न, सत्य एक्लो र निर्धो हुँदैन, केसीले जित्दा ...


कर्णाली प्रदेशका प्रमुखलाई कोरोना संक्रमण

सुर्खेत - कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीबार उनमा संक्रमण पुष्टि भएको प्रदेश प्रमुखका स्वकीय सचिव चुडामणि कलौनीले जानकारी दिए ।

प्रदेश प्रमुखको सचिवालयका अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड–१९ को संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा प्रदेश प्रमुखलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव चुडामणि कलौनीले बताए । ‘हाल प्रदेश प्रमुख ज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ उनले भने, ‘उहाँ चिकित्सकको ...


२४ घण्टामा थप ९६१ जना संक्रमित कोरोनामुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ९ सय ६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा ५७ हजार ३ सय ८९ जना संक्रमित उपचारपछि निको भएका छन्।

आज मन्त्रालयका अनुसार १२ हजार ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै १० लाख ३३ हजार ९ सय ४७ सय ३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ५ हजार ७७ जना क्वारेन्टाइनमा छन्।

कुन प्रदेशमा कति डिस्चार्ज ...


पछिल्लो २४ घण्टायता उपत्यकामा ९४३ जनामा संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र ललितपुर ६९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

काठमाडौंमा २० हजार ३९३, ललितपुरमा २ हजार ५२५ र भक्तपुरमा २ हजार १८५ संक्रमित पुगेका छन्। योसँगै काठमाडौं उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १ सय ३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७९२८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता ...


पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७९२८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर २१ हजार ८३० जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार हाल ५ हजार ७७ जना क्वारेन्टाइनमा छन्।

आजसम्म १० लाख ३३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप ९६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ५७ हजार ३८९ जना संक्रमित उपचारपछि निको भएका छन्।

...

मुख्यसचिवमा शंकरदास वैरागी, युवराज खतिवडा अमेरिकाका लागि राजदूत सिफारिस

काठमाडौं - नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए ।

मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार थिए ।

३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिएका थिए ।

रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ ...


खुले दाङका बिद्यालय, पठनपाठन सुरु

देउखुरी - कोरोना सङक्रमणले लामो समय बन्द रहेका विद्यालय सञ्चालनमा आएका छन् । नीजि विद्यालयको छाता संङगठन प्यावसन र एनप्यावसनले विद्यालय संचालन गर्न माग गरेपछि दाङका पालिका स्तरका शिक्षा समितिले विद्यालय खोल्ने निर्णय गरेर विद्यालय संचालनमा आएका हुन ।

दाङमा रहेका सामुदायिक तथा नीजि विद्यालय संचालन आएपछि हालसम्म रोकिएको पठनपाठन शुरु गरिएको प्यासन दाङका अध्यक्ष रेशमवहादुर बुढाले जानकारी दिनुभयो । उहाँले विद्यालयलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गर्दै संचालन गर्न भनिएको छ, विद्यालयले नियमित सरसफाईसंग भौतिक दुरीलाई ख्याल गरेका छौ, भन्नुभयो ।

स्थानीय पालिकाले पनि विद्यालय संचालन गर्दा ...


मन्त्रिपरिषद बैठक बस्दै, मन्त्रालय फुटाउने निर्णय हुनसक्ने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले आफ्नै निवास बालुवाटारमा बिहीबार १० बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्। आजको बैठकले मन्त्रालय फुटाउने निर्णय गर्न सक्ने बताइएको छ।

मन्त्रिपरिषद सचिवालयले बुधबार राति अबेर मात्र मन्त्रीहरुलाई बैठकबारे जानकारी दिएको थियो। ‘बैठकको जानकारी पठाउन भनियो तर एजेन्डाबारे मन्त्रीहरुलाई केही खबर गरिएको छैन’, प्रधानमन्त्री कार्यालयको सचिवालय स्रोतले भन्यो, ‘आजको बैठकमा मन्त्रालयहरु टुक्राउनेसहित नयाँ मुख्यसचिव नियुक्तिका विषयमा पनि निर्णय हुनसक्छ।’

नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा भएका पटक-पटकका छलफलमा मन्त्रालय टुक्राएर भए पनि अधिक नयाँ अनुहारहरुलाई मन्त्रिपरिषदमा समावेश गर्ने ...


उपभोक्तालाई ठगी गर्ने व्यापारीबाट १२ लाखभन्दा बढी जरिवाना असुल

काठमाडौं - काठमाडौँ महानगरपालिकाले २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप १२ लाख ८७ हजार रुपैयाँ असुल गरेको छ।

कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो। यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारीलाई कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत् कारबाही अघि बढाइएको छ।

उनीहरुले रु ४६ मा खरिद गरेको प्याजको कृतिम अभाव सृजना गरेर १३० रुपैयाँमा बेचिरहेका थिए। उनीहरुबाट बरामद भएको ...


सन् २०३० सम्ममा संरक्षित क्षेत्र ३० प्रतिशत पु-याउँछौँ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रको रुपमा रहेको तथा नेपालले जैविक विविधता संरक्षणको ११ औँ लक्ष्य हासिल गरिसकेको भन्दै सन् २०३० सम्ममा संरक्षित भूभाग ३० प्रतिशत पुर्याउने योजना रहेको बताएका छन् ।

संयुक्त राष्ट्संघको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले सोे कुरा बताएका हुन् । उनले जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गर्न आवश्यक भएको पनि बताएका छन् ।

‘जैविक विविधताका स्रोतहरू हाम्रा ...


धरानमा इटहरीका कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीकाे इटहरी-६ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

बिराट मेडिकल कलेजबाट बुधाबार साँझ रेफर भएका ती संक्रमितको उपचारका क्रममा राती ९:४५ बजे प्रतिष्ठानमा मृत्यु भएको हो।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार गम्भीर अवस्थामा रहेका उनलाई ९:३० मा प्रतिष्ठानमा भर्ना गरिएको थियो। भर्ना भएको १५ मिनेटपछि उनको मृत्यु भएको हो।

उनलाई ज्वरो, खोकी र श्वासप्रस्वाशमा कठिन हुने समस्या थियो। उनको बुधबार कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।

...

काठमाडौं उपत्यकामा थपिए ९०२ जना कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा ९०२ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र काठमाडौंमा ११२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पछिल्लो २४ घण्टामा १ हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित छन्। हाल १० हजार ८७ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ८०४ जना ...


नेपालमा पछिल्लो २४ घण्टायता १५५९ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित छन्। हाल १० हजार ८७ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ८०४ जना छन्। मन्त्रालयका अनुसार हाल ५ हजार ४२८ जना क्वारेन्टाइनमा छन्।

आज १२ हजार २०५ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा थप १०५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै ...


घुस खुवाएर त्रिविको गोल्ड मेडल किन्ने काममा संलग्न ३ जनै दोषी ठहर

काठमाडौं - विशेष अदालत काठमाडौंले घुस खुवाएर त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहका परीक्षामा गोल्ड मेडल लिएका विद्यार्थी र त्यसमा संलग्न पदाधिकारीलाई दोषी ठहर गरेको छ। विशेष अदालतले त्रिविको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दुधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत सुरेन्द्रप्रसाद कोइरालालाई एक वर्ष २ महिना कैद हुने फैसला सुनाएको छ।

कोइरालालाई बिगो र जरीवाना गरी चार लाख ५७ हजार रूपैयाँ जरिवाना गर्ने विशेषले फैसला गरेको छ। विशेषले मंगलबार उक्त मुद्दामा अन्तिम फैसला सुनाएको हो।

विशेषका न्यायाधीशहरू शिवराज अधिकारी, बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालको इजलासले फैसला सुनाएको ...


नेपालमा २४ घण्टायता १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना गरी जम्मा ६३४ जनालाई कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा ...


पछिल्लो २४ घण्टामा उपत्यकामा ६३४ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना गरी जम्मा ६३४ जनालाई कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर २० हजार ३८९ जना सक्रिय संक्रमित छन्। हाल ९ हजार ६८९ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ...


पछिल्लो २४ घण्टामा देशभर १५१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर २० हजार ३८९ जना सक्रिय संक्रमित छन्। हाल ९ हजार ६८९ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ७०७ जना छन्। मन्त्रालयका अनुसार हाल ५ हजार ७७८ जना क्वारेन्टाइनमा छन्।

आज १० हजार ८९१ जनाको पिसिआर परीक्षण भएको छ। यो सहित कुल परीक्षणको संख्या १० लाख ९ हजार २९८ पुगेको ...


रोल नम्बरमा जोरबिजोर प्रणाली अपनाएर स्कुल संचालन

दिक्तेल - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो ।

गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अनपाएर विद्यालयको अनुकूलतामा विद्यार्थीको रोल नम्बरमा जोर–बिजोर प्रणाली अपनाएर सिकाइ सहजीकरण शुरु गरिएको जनाइएको छ । यसबाहेक गाउँपालिकाले जारी गरेको ‘गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान कार्यविधि’ अनुसार गाउँटोल ...


एसिड आक्रमण अध्यादेश राजपत्रमा प्रकाशित, पीडकलाई २० वर्ष कैद, माफी मिनाहा नहुने

काठमाडौं - एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न सरकारले ल्याएको अध्यादेश राजपत्रमा प्रकाशित भएको छ। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपतिले जारी गरेको अध्यादेश मुद्रण विभागले राजपत्रमा प्रकाशन गरेको हो।

बढ्दो एसिड आक्रमण नियन्त्रण गर्न र यस्तो कार्यमा संलग्नलाई कडा कारबाही गर्न सरकारले तेजाब प्रहार गर्नेलाई जन्मकैद सम्मको सजाय गर्ने व्यवस्था गरेको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश स्वीकृत गरेको थियो।

संसद अधिवेशन नभएकाले सरकारले अध्यादेशको रुपमा यो कानुन जारी गरेको हो। राजपत्रमा प्रकाशित भएकाले यो अध्यादेशले तत्काल कानुनको रुपमा लिने छ। उक्त ...


मोरङका संक्रमित पुरुषको धरानमा ज्यान गयो

काठमाडौं - धरानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाका अनुसार ६८ वर्षीय ती पुरुषमा पहिलेदेखि उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या थियो । उनले डायलायसिससमेत गराउँदै आएका थिए ।

ती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको ...


पर्वतारोहण तथा पदयात्रामा आउने पाहुनाले ७२ घण्टाअगाडिको पिसीआर रिपोर्ट पेश गर्नुपर्ने

काठमाडौं - पर्वतारोहण तथा पदयात्रामा विदेशबाट नेपाल आउने पर्यटकले बढीमा ७२ घण्टाअगाडि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्ने भएको छ।

सरकारले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ मा उक्त व्यवस्था गरेको हो। उक्त मापदण्ड यही असोज ९ गते स्वीकृत भएको थियो।

मापदण्डअनुसार पर्यटकले कम्तिमा ७ दिन क्वारेन्टाइनमा रहने गरी नेपालमा होटल बुकिङ गरेको कागजात पेश गर्नुपर्ने, कोरोनासम्बन्धी प्रयोजनका लागि कम्तिमा प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर बराबरको बिमा गरिएको कागजात पेश गर्नुपर्ने र नेपाल प्रवेशपश्चात पर्यटकले न्युनतम ७ दिन होटल क्वारेन्टाइनमा ...


प्रिमियर लिगका १० जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा आबद्ध भएका खेलाडी र प्रशिक्षक तथा स्टाफहरुमध्ये १० जनामा कोरोना भाइरस (कोभिड–१९-संक्रमण देखिएको छ।

प्रिमियर लिग फुटबलमा पछिल्लो समय गरिएको परीक्षणमा नयाँ सिजन सुरुभएपछिकै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको हो। प्रिमियर लिगका कूल १ हजार ५ सय ९५ खेलाडी र क्लब स्टाफको सेप्टेम्बर २१ र २७ मा कोरोना परीक्षण गरिएको थियो। जसमध्ये १० खेलाडीमा कोरोना देखिएको हो।

प्रिमियर लिगले कोरोना संक्रमितको नाम भने खुलाएको छैन। त्यस्तै, कोरोना देखिएका खेलाडी र स्टाफ १० दिनको आइसोलेसनमा बसिसकेको पनि लिगले जानकारी दिएको छ।

गत ...


ओम्नीका पक्षमा सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले स्वास्थ्य सामाग्रीमा अनियमितता र विवाद भएपछि सरकारले कालोसूचीमा राखेको ओबिसिआई लिमिटेड प्रालि (ओम्नि)को पक्षमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले पहिलो सुनुवाई गर्दै सर्वोच्चले ओम्निलाई कालोसूचीमा राख्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको हो।

सम्झौता अनुसार स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकेको र कमसल सामग्री उपलब्ध गराएको भन्दै कालोसूचीमा राख्ने सरकारको सरकारको निर्णय गैरकानुनी भएको जिकीरसहित ओम्नी सर्वोच्च पुगेको थियो। ओम्नीका तर्फवाट सञ्चालक पारस केसीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले ...


बलात्कारीलाई मृत्युदण्ड वा नपुंसक बनाउने कानुन बनाउन सांसदको सुझाव

काठमाडौं - संघीय संसदका केही महिला सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिन माग गरेका छन्। दुवै सदनका महिला सांसदकाे जारी छलफलमा यस्ताे सुझाव आएको हाे। हालसालै बझाङको मस्टा गाउँपालिका-२ खिकलाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि भएको हत्याको विषयलाई लिएर गरिएको छलफलमा यस्तो सुझाव दिएका हुन्।

कानुन कमजाेर भएका कारण बलात्कारका घटना बढेकाे बताउँदै सांसदहरू लक्ष्मी चाैधरी, विमला विक, लक्ष्मी परियार, आशा विक, अनिता देवकाेटालगायतले यस्ताे धारणा राखेका हुन्।

हरेक दिन छाेरी कसरी जाेगाउने भन्ने चिन्ता रहेकाे बताउँदै सांसद चाैधरीले भनिन्, ‘बलात्कारीलाई मृत्युदण्ड वा नपुंसक बनाउने कानुन बनाउन सिफारिस गर्नुपर्छ।’ ...


पछिल्लो २४ घण्टायता उपत्यकामा ८१७ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना गरी जम्मा ८१७ जनालाई कोरोना संक्रमण देखिएको छ।

अब काठमाडौंमा १८ हजार १सय ३२, ललितपुरमा २ हजार २ सय ३१ र भक्तपुरमा १ हजार ९ सय ६१ संक्रमित पुगेका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २२ हजार ३२४ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ८१ पुगेको स्वास्थ्य ...


पछिल्लो २४ घण्टामा देशभर १३५१ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित छन्। हाल ८ हजार ६९५ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ९२९ जना छन्। मन्त्रालयका अनुसार हाल ६ हजार ३१० जना क्वारेन्टाइनमा छन्।

आज १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा थप ७४२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै ...


ग्लोबल आइएमइका अध्यक्ष चन्द्र ढकाललाई कोरोना

काठमाडौं - ग्लोबल आइएमइका अध्यक्ष एबम व्यबसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी दिएका छन् ।

‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ,’ ढकालले एक सूचनामा लेखेका छन् ।

तर आफूलाई स्वास्थ्यमा कुनै समस्या नरहेको उनले जानकारी दिए । उनले सामान्य अवस्थामै घरमै आइसोलेसनमा बसेको बताए ।

केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता ...


लिटिल एन्जेल्सका संस्थापक उमेश श्रेष्ठलाई कोरोना

काठमाडौं - नेपाली कांग्रेसका सांसद एवं लिटिल एन्जेल्स स्कुलका संस्थापक उमेश श्रेष्ठलाई कोरोना पुष्टि भएको छ।

उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पुष्टि भएको जानकारी सार्वजनिक गरेका हुन्। शनिबार गरिएको परीक्षणको प्राप्त रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको उनले ट्वीटरमार्फत् जानकारी दिएका छन्।

‘अहिले म होम आइसोलेसनमा बसेको छु’ उनले लेखेका छन्, ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ। मसँग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहनुभएका सबैले आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु।’

नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार समिति’का सहसंयोजक रहेका उनी प्रतिनिधि सभामा सांसद हुन्।

...

हटाउने मन्त्रिको विषयमा प्रधानमन्त्री र प्रचण्डको मत बाझियो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा बालुवाटारमा छलफल चलिरहेको छ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा दुवै अध्यक्षबीच निरन्तर छलफल चल्दै आएको छ। गत बिहीबार, शुक्रबार र आईतबार गरी तीन दिन यही विषयमा छलफल भईसकेको छ। सोमबार पनि सोही विषयमा दुई अध्यक्षबीच छलफल सुरु भएको हो।

आईतबार दुई अध्यक्षबीच पुनर्गठनका विषयमा छलफल चले पनि सहमति नभएको बालुवाटार स्रोतले जनाएको छ। मन्त्री कसलाई बनाउनेभन्दा पनि कुन–कुन मन्त्रीलाई हटाउने विषयमा दुई अध्यक्षबीच कुरा नमिल्दा पुनर्गठनबारे सहमति हुन ...


मदिराको आयात खोल्ने सरकारको तयारी

काठमाडौं - सरकारले मदिराको आयात खोल्ने तयारी गरेको छ। करिब ७ महिनायता रोकिएको रक्सीको आयात खुला गर्ने तयारी अघि बढाइएको हो। कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेसँगै सरकारले विदेशी मुद्राको सञ्चिती कम हुने ५० हजार डलरभन्दा महँगा गाडी, सबै किसिमका रक्सी, छोकडा, केराउ र मरिचको आयात रोकेकाे थियो।

औद्योगिक प्रयोजनका लागि ल्याइने मरिचको आयात खुलिसकेको छ भने सरकारले निर्णय गर्नुअघि आयातको प्रक्रिया थालिएका केराउ र छोकडा पनि भित्रिन दिने निर्णय भइसकेको छ। 'अब मदिराको आयात पनि खुला गर्ने विषयमा केही दिनमा मन्त्रिपरिषदमा प्रस्ताव ...


विदेशमा कोरोनाबाट २६५ जना नेपालीको मृत्यु

काठमाडौं - विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट हालसम्म २६५ जना नेपालीको विभिन्न देशमा मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जानकारी दिएको छ। पछिल्लो पटक २१ जनाको मृत्यु भएसँगै विदेशमा २६५ जना संक्रमित नेपालीको मृत्यु भएको संघले जानकारी दिएको छ।

पछिल्लो पटक मृत्यु हुनेमा कुवेतमा ५, साउदी अरबमा १४, युएईमा १, युगान्डामा १ जना छन्। शनिबार साँझसम्म विभिन्न १७ देशमा रहेका २६५ नेपालीको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको कोभिड- उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार शनिबार ...


नेपालमा २४ घण्टायता कोरोनाबाट १० जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

६ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बारामा २०, ललितपुरमा ४२ र ७७ वर्षीय पुरुष, काठमाडौंमा ५० वर्षीया महिला, ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीमा ७२, बर्दियामा ६३ र ५०, अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ।

यसअघि शनिबार नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। ...


 २४ घण्टायता उपत्यकामा ८०९ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जना गरी जम्मा ८०९ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २१ हजार ५०७ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरमा थप ८८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा ५३ हजार ८९८ जना संक्रमित उपचारपछि निको भएका छन्। यो ...


पछिल्लो २४ घण्टामा देशभर १५७३ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १९ हजार १९ जना सक्रिय संक्रमित छन्। हाल ८ हजार ३२१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ६९८ जना छन्।मन्त्रालयका अनुसार हाल ६ हजार २२१ जना क्वारेन्टाइनमा छन्।

आज १० हजार १२३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ९ लाख ८८ हजार ३२७ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी ...


मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। मन्त्रिपरिषद्काे नियमित बैठक सोमबार र बिहीबार बस्ने प्रचलन भए पनि प्रधानमन्त्रीले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन्। बैठक मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने भएको छ।

आइतबार मन्त्रिपरिषद् बैठक बस्ने गरी शनिबार राति अबेर मन्त्रीहरुलाई सूचित गरिएको थियो।

...

पछिल्लो २४ घण्टामा कहाँ कति कोरोना संक्रमित भेटिए ?

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार २ सय ७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा १, झापामा ७, मोरङमा ७८, सुनसरीमा २३ र सोलुखुम्बुमा १ जनामा कोरोना छ।

प्रदेश २ को धुनषामा ४, पर्सामा २४, बारामा ४, महोत्तरीमा १, रौतहटमा ६, सप्तरीमा ११, सर्लाहीमा ४ र सिरहामा १ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ८३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १७, चितवनमा १२, ...


नेपालमा २४ घण्टायता कोरोनाबाट ८ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

७ वटा जिल्लाका ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुने सबै पुरुष हुन्। सप्तरीमा ६३, काठमाडौंमा २० र ७४, भक्तपुरमा ८८, मकवानपुरमा ७४, ललितपुरमा ७६, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसअघि शुक्रबार नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ...


पछिल्लो २४ घण्टामा उपत्यकाका ७२४ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना गरी जम्मा ७२४ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २० हजार ६९८ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको ...


पछिल्लो २४ घण्टामा देशभर १२०७ जना कोरोनाका संक्रमित भेटिए

काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा भने १० हजार ५ सय ८ जना छन्।

पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ५३ हजार ...


झापा कारागारका ८ जना कैदीबन्दीलाई कोरोना देखिएपछि जेलमा त्रास

झापा - झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को संक्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन् ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौँ जनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको उनीहरुको भनाइ छ। गत साता काठमाडौँ लैजान लागिएका एक कैदीमा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबार सात जना थपिएपछि अब झापा कारागारमा संक्रमितको संख्या आठ पुगेको छ। उनीहरुको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उपचार भइरहेको छ।

‘कोभिडको जस्तै लक्षण भएका बिरामीको संख्या दिनहुँ बढिरहेको छ’, झापा कारागारका ...


राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन : 'द्वन्द्वकालीन पीडितलाई न्याय दिन्छौं'

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई नेपालको प्रतिवद्धता अनुरुप टुंगोमा पुर्‍याउन बताएका छन्। संयुक्त राष्ट्रसंघको ७५औं महासभालाई भर्जुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले द्वन्द्वकालमा अन्यायमा परेका पीडितहरुलाई न्याय दिने प्रतिवक्तता व्यक्त गरेका हुन्।

संक्रमणकालीन न्यायका दुई निकाय सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले पहिलो कार्यकालमा केही गर्न नसकी विघटन भएको र हाल नियुक्त भएका पदाधिकारीसमेत राजनीतिक भागबन्डामा नियुक्त गरेको भनी अन्तराष्ट्रिय समुदायले आलोचना गरिरहेको समयमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा यस्तो प्रतिवक्ता व्यक्त गरेका हुन्।

पछिल्लो पटक सर्वोच्च अदालतले ऐन संशोधन गर्न भनेपछि सयुक्त राष्ट्रसंघलगायतले ...


पाल्पा पहिरोमा पुरिएका पाँच जनाको शव भेटियो

पाल्पा - पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ।

गए राति थप दुई जनाको शव भेटिएको हो। शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए। घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताए।

शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए। वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन ।

शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, ...


डा केसीका मागसहित स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र

काठमाडौं - सोलिडारिटी फर डा केसी अलायन्सका अभियन्ताले स्वास्थ्य मन्त्रलयमा डा केसीका मागसहितको ज्ञापनपत्र बुझाएका छन्। डा केसीका मागसहित स्वास्थ्य मन्त्रीको सचिवालयलका प्रमुख सहयोगी गुरु खतिवडालाई ज्ञापनपत्र बुझाइएको अभियन्ता प्रितम सुवेदीले जानकारी दिएका हुन्।

ज्ञापनपत्रमा सत्याग्रहका मागहरू पूरा गरी डा गोविन्द केसीको जीवन रक्षा गर्ने सम्बन्धमा पहल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आग्रह गरिएको छ।

६ बुँदे माग राख्दै डा केसी १२ दिनयता अनसनमा छन्। जुम्लामा अनसन सुरु गरेका डा केसी काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राखेका छन्। तर सरकारले उनको अनसन तथा ...


नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ र कपिलवस्तुमा ७० वर्षीया महिलाको मृत्यु भएको छ।

यसअघि बिहीबार नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये ...


पछिल्लो २४ घण्टामा उपत्यकामा ६४५ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना गरी जम्मा ६४५ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६४९ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको ...


पछिल्लो २४ घण्टामा १ हजार ३१३ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ।

यीमध्ये हाल १० हजार ५२ होम आइसोलेसनमा छन् भने ८ हजार २३७ जना संस्थागत आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा १ हजार ४५५ निको भएका छन्। योसँगै ५१ हजार ८६६ जना निको भएको मन्त्रालयले जनाएको छ।

...

अध्यादेश ल्याउँदै सरकार : एसिडले छोए १० वर्ष, अनुहारमा परे जन्मकैद !

काठमाडौं - सरकारले एसिड आक्रमणविरुद्धको कानुनका लागि अध्यादेश ल्याउने भएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमणविरुद्ध अध्यादेश ल्याउने निर्णय गरेको हो। फास्ट ट्रयाकबाट अध्यादेश ल्याउने सरकारको तयारी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २५ गते देशैभरबाट एसिड आक्रमणमा परेका १२ जना पीडितहरू सहभागी कार्यक्रममा बोल्दै एसिड आक्रमणका दोषीलाई कारबाही गर्न १५ दिनभित्र कानुनी मस्यौदा तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

यसअघि सरकारले एसिड आक्रमणमा परी घाइते भएका सबैको जीवनभरको सबै उपचार सरकारले गर्ने निर्णय गरेको थियो। यस्तै एसिड आक्रमणमा परी घाइते भएकाहरूका लागि निःशुल्क शिक्षा ...


२४ घण्टायता १७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा १२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र चार जना संक्रमितको मृत्यु भएको छ।

काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मोरङमा ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीमा ८१ ...


पछिल्लो २४ घण्टामा उपत्यकामा ७५५ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना गरी जम्मा ७५५ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १९ हजार ४ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै निको हुने संक्रमितको संख्या ५० हजार ४११ पुगेको छ। यो ...


२४ घण्टा यता १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४ सय ९७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १२, झापामा ४, भोजपुरमा १, मोरङमा ७३, संखुवासभामा ३ र सुनसरीमा १३ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश २ को धुनषामा १०, पर्सामा २३, बारामा ६, महोत्तरीमा ४, रौतहटमा ४, सप्तरीमा १६, सर्लाहीमा १ र सिरहामा २३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ ...


तिनाउ र नारायणी नदिले पार गरे सतर्कता तह, सतर्क रहन आग्रह

काठमाडौं - अविरल वर्षाका कारण बुटबलस्थित तिनाउ नदी र चितवनको देवघाट र नारायणी पुलमा नारायणी नदीको जलसतहले सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले तिनाउको जलसतह बिहान ६.२० बजे ५.५९ मिटर मापन गरेको छ। त्यहाँ ५.६ मिटर पुग्नुलाई खतरा तह मानिन्छ। तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने भएकाले होचो स्थानमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ

यस्तै, बिहान ६.१५ बजे नारायणी पुलमा नारायणी नदीको जल सतह ११.१३ मिटर मापन गरिएको छ। त्यहाँ सतर्कता तह ११ मिटरलाई ...


स्याङ्जामा पहिरोले पुरिएर २ जनाको मृत्यु, ८ बेपत्ता

स्याङ्जा - स्याङ्जाका छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परि दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घर माथिबाट पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय ...


पाल्पामा पहिरोले पुरिएर ६ जना बेपत्ता, ३ जनाले भागेर ज्यान जोगाए

काठमाडौं - पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि खसेको पहिरोले बिहीबार बिहान तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन्।

बेलौजा स्वास्थ्य चौकीनजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो। हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।

उनका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्। हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन्।

यस्तै, पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन्। उनका श्रीमान् भने ...


वामदेवलाई मन्त्रि बन्न रोक, सांसद पदको वैधताबारे बहस हुने

काठमाडौं - सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभाको सांसद बनाउने निर्णयलाई गम्भीर संवैधानिक व्याख्याको प्रश्न भन्दै काम गर्न रोक लगाएको छ।

भावी मन्त्री समेतको रुपमा हेरिएका वामदेवलाई उक्त बाटोमा सर्वोच्चको यो आदेश तगारो हुने देखिएको छ। ‘संवैधानिक नैतिकताका सिद्धान्त समेतलाई दृष्टिगत गरी दीर्घकालसम्म स्थायी संवैधानिक मान्यता कायम हुने गरी गरिनुपर्ने हुन्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, 'तसर्थ विषयवस्तुको गाम्भीर्य एवम् संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुङ्गो नलागेसम्म यो विषयलाई यथास्थितिमा राख्नू।’

सर्वोच्चले गौतमलाई थप संवैधानिक जिम्मेदारी दिने, लिने कार्य नगर्ने, नगराउनू ...


कोरोना जितेकाहरुले थाले प्लाज्मा दान अभियान

काठमाडौं - कोभिड-१९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान शुरु गरेका छन्। कोभिड १९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चार जना सम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै संक्रमण निको भएका व्यक्तिहरुले बुधबार देखि प्लाज्मा दान अभियान शुरु गरेका हुन्।

काठमाडौंको त्रि.वि शिक्षण अस्पतालमा पुगेर कोभिड-१९ संक्रमण निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियानको शुरुवात गरेका हुन्। उनीहरुले ‘मैले जिते कोरोना म गर्छु (प्लाज्मा) रक्तदान’ भन्ने नारा सहित प्लाज्मा दानको अभियानलाई अगाडि बढाएका छन्।

कार्यक्रममा त्रि.वि.शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले कोभिड संक्रमणबाट मृत्युसँग लडिरहेका बिरामीको ...


२४ घण्टायता कोरोनाबाट ७ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६८ हजार ८०४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १७ हजार ४१४ जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार १८६ होम आइसोलेसनमा छन् भने ८ हजार २२८ जना संस्थागत आइसोलेसनमा छन्।

हालसम्म ९ लाख ४४ ...


पछिल्लो २४ घण्टामा उपत्यकामा ६३७ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना गरी जम्मा ६३७ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १८ हजार ६७४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६८ हजार ८०४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना ...


पछिल्लो २४ घण्टामा थप १ हजार १७२ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६८ हजार ८०४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १७ हजार ४१४ जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार १८६ होम आइसोलेसनमा छन् भने ८ हजार २२८ जना संस्थागत आइसोलेसनमा छन्।

हालसम्म ९ लाख ४४ हजार ४७४ जनाको परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ८९३ निको भएका छन्।

योसँगै ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल ...


छठलगत्तै स्थगित सबै विषयका परीक्षा गर्ने त्रिविको तयारी

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ ।

त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

त्रिविले कोभिड–१९ का कारणले सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने गरी दशैं अगाडि नै परीक्षाको कार्यतालिका ...


विद्यार्थी नेताको नयाँ शैली जन्मदिनमा सहयोग

देउखुरी समाचारदाता
देउखुरी, ७ असोज
जन्मदिनमा गरिने भडकिलो खर्चलाई कटाएर दाङका एकजना विद्यार्थी नेताले जन्मदिनको अवसर पारेर सामाजिक सेवा अन्तरगर्त सेवा आश्रममा सहयोग गर्नुभएको छ । अनेरास्ववियूका नेता लमही नगरपालिका वडा नम्बर २ बनकट्टा निवासी कल्याण अधिकारीले आफ्नो जन्मदिनको अवसरमा निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवाकेन्द्र सिसँहनिया आश्रममा खाद्यान्न र फलफूल सहयोग गरेर २९ औँ जन्मदिन मनाउनु भएको हो ।
बुधबार अधिकारीले आश्रममै पुगेर पचास किलो आलु, पचास किलो पिठो र फलफूल गरि करिब पन्ध्र हजार बराबरको खाद्यान्न र फलफूल वितरण गरि २९ औ ...


बालबालिका फकाउँदै कानको मुन्द्रा लुट्ने महिला पक्राउ, पिडित १६ जना प्रहरीकोमा

काठमाडौं - खेलिरहेका बालबालिकालाई लोभमा पारेर कानको मुन्द्रा लुट्ने महिलालाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले म्याग्दी घर भएकी सन्दिपा खत्रीलाई जोरपाटीबाट पक्राउ गरेको हो ।

नेपालटार बस्ने खत्रिले बालाजु, सोह्रखुट्टे, कपन, काँडाघारी र कोटेश्वर क्षेत्रमा ‘मुन्द्रा लुटपाट आतंक’ मच्चाएकी थिइन् । पछिल्लो २ महिना यता काठमाडौं उपत्यकामा मुन्द्रा लुट्ने नयाँ शैलीको ‘अपराध ट्रेण्ड’ देखिएपछि अपराध महाशाखाले लुटपाटमा संलग्नलाई पक्राउ गर्न ‘एम्बुसिङ’ गरेको थियो ।

लुटेको मुन्द्रा किन्ने काभ्रे रोशी गाउँपालिका घर भएका ३० वर्षीय मुरली बिकलाई पनि प्रहरीले पक्राउ गरेको ...


बुधबारबाट साझाले दुई गन्तव्यमा लामो दूरीका बस चलाउने

काठमाडौं - साझा यातायातले आज (बुधबार)बाट लामो दूरीका बस चलाउने भएको छ। कोरोना भाइरसका कारण गत चैत ११ देखि बन्द रहेका साझाका लामो दूरीका बस चल्ने भएका हुन्।

सरकारले असोज १ देखि लामो तथा मध्यम दूरीका बस चलाउन दिने निर्णय गरेको थियो। त्यही अनुसार आवश्यक तयारी गरेर साझाले लामो दूरीमा सञ्चालित डिलक्स रात्री बससेवा सुरू गर्न लागेको हो।

साझाले दुई गन्तव्यमा बस चलाउने भएको छ। काठमाडौं-बाग्लुङ् र काठमाडौं-भैरहवा रूटमा बुधबारबाट बस चलाउँदै छ। बस सञ्चालनका क्रममा सरकारले तोकेको भाडादर र स्वास्थ्य मापदण्ड पालना गरिने साझाले जनाएको छ। ...


विश्वकीर्तिमानी आरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं - विश्वकीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बौद्धस्थित शेर्पा गुम्बामा स्वर्गीय आङरिताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए।

आङरिताको सोमबार विहान १० बजे जोरपाटीस्थित छोरीको घरमा ७२ वर्षको उमेरमा निधन भएको थियो। बौद्ध परम्परा अनुसार पुजापाठ सम्पन्न गरी स्वर्गीय शेर्पाको अन्त्येष्टि गरिँदैछ।

विनाअक्सिजन १० पटक सगरमाथा आरोहणको विश्वरेकर्ड राखेका आङरिता ‘हिमचितुवा’ उपनामले चिनिन्थे।

 

...

लिम्पियाधुरासहितको नक्सा भएका किताब रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हालै जारी गरेको नयाँ राजनीतिक नक्सा र त्यसको क्षेत्रफल उल्लेख गरिएका विद्यालय तहका पाठ्यसामग्री बिक्री/वितरणमा रोक लगाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीले किताब रोक्न निर्देशन दिएको आफूहरूले त्यस्ता पाठ्यसामग्री रोकिसकेको जानकारी दिएका हुन्।

'किताब वितरणलाई प्रधानमन्त्रीले रोक्नुस् भन्नुभयो। हामीले रोकिसकेका छौं। परराष्ट्र, भूमि र शिक्षामन्त्रीले बैठक गरेर रिपोर्ट गर्न भन्नु भएको छ। हामी छलफल गरेर प्रधानमन्त्रीलाई रिपोर्ट गर्छौं,' मन्त्री पोखरेलले भने।

भारतले अतिक्रमण गरेका नेपाली भूभाग समेटेर सरकारले जेठ ७ गते नयाँ राजनीतिक नक्सा ...


वामदेवको नियुक्तिविरुद्ध परेको मुद्दामा नेकपाले प्रतिरक्षा गर्ने

काठमाडौं - नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लाग्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेपछि पार्टीले प्रतिरक्षा गर्ने भएको छ। गौतमलाई पार्टीले राष्ट्रियसभामा लग्ने निर्णय गरेपछि राष्ट्रपतिले मनोनित गरेलगतै सर्वोच्च अदालत मुद्दा दायर भएपछि नेकपाको यस्तो धारणा आएको हो।

गौतमलाई राष्ट्रियसभामा पठाउन सहयोग गर्ने राष्ट्रपति, मन्त्रिपरिषद, राष्ट्रियसभाका अध्यक्ष र नेकपालाई विपक्ष बनाई सोमबार मुद्दा दायर भएको थियो।

‘वामदेव कमरेडकै विषयलाई लिएर एक जना वकिलले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको रहेछ,’ एक सचिवालय सदस्यले भने, ‘पार्टीको निर्णयलाई विपक्षी बनाई दायर गरिएको मुद्दाविरुद्ध पार्टीले लड्नु नै पर्ने भयो।’

मंगलबारको सचिवालय बैठकमा ...


हालसम्म ४८ हजार ६१ जना निको, १८१४२ सक्रिय संक्रमित बाँकी

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ८ सय २३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा ४८ हजार ६१ जना संक्रमित उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार आज ११ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख ३४ हजार ९ सय ७७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

हाल ७ हजार १ सय ७१ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार १ ...


२४ घण्टायता कोरोनाबाट दुई जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पहिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १८ हजार १४२ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८९४९ होम आइसोलेसनमा छन् भने ९ हजार १९३ जना संस्थागत आइसोलेसनमा छन्।

हालसम्म ९ लाख ३४ हजार ९७७ ...


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५११ ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना गरी जम्मा ६४७ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३७ पुगेको छ।

पहिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १८ हजार १४२ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८ हजार ९४९ ...


पछिल्लो २४ घण्टामा ११५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - मंगलवार १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थपिएको यो संख्यासँगै नेपालमा कुल संक्रमित ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर१८ हजार १४२ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८९४९ होम आइसोलेसनमा छन् भने ९ हजार १९३ जना संस्थागत आइसोलेसनमा छन्।

हालसम्म ९ लाख ३४ हजार ९७७ जनाको परीक्षण भएको छ। हाल ७ हजार १७१ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा ८२३ निको भएका छन्। यो सँगै ४८ हजार ०६१ जना निको भएको ...


वामदेव गौतमको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं - नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति असंवैधानिक भन्दै बदरको मागसहित निवेदन दर्ता गराएका हुन्। सर्वोच्ले सो रिटमाथि सुनुवाइ गर्न बुधबारका लागि पेसी समेत तोकेको छ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई रिक्त रहेको एक कोटामा राष्ट्रिय सभामा मनोनयन गरेकी थिइन्। उनले राष्ट्रियसभा सदस्यका लागि सपथसमेत लिइसकेका छन्।

प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए।

...

विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका विश्वकीर्तिमानीको निधन

काठमाडाै‌ - प्रख्यात आरोही आङरिता शेर्पाको निधन भएको छ। आज बिहान १० बजे उनको जोरपाटीस्थित छाेरीकाे निवासमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए।

सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय आङरिताको पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ। बुधबार बौद्धधर्म अनुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ।

उनले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए। सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो। सर्वोच्च शिखर सगरमाथामात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट के२ तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको ...


२४ घण्टायता काठमाडौं उपत्यकामा ६७४ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२ ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरी जम्मा ७६७ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ९० पुगेको छ।

पछिल्लो २४ घण्टामा १००५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४७ हजार २३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७२ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।

नेपालमा पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको ...


हालसम्म ४७२३८ संक्रमित निको भए, १७६११ जना सक्रिय संक्रमित बाँकी

काठमाडौं - पछिल्लो २४ घण्टायता १००५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४७ हजार २३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७२ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।

नेपालमा पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पहिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ।

हाल ...


२४ घण्टायता कोरोनाबाट नेपालमा १६ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टायता नेपालमा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पहिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। यी मध्ये ८ हजार ९२१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ८६९० जना होम आइसोलेसनमा छन्।

पछिल्लो ...


सोमवार देशभर १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - सोमवार देशभर १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पहिल्लो २४ घण्टामा देखिएको यो संख्यासँगै नेपालमा कुल संक्रमित ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। यी मध्ये ८ हजार ९२१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ८६९० जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा ९ हजार ५३३ जनाको परीक्षण भएको छ। हाल ७ हजार ४०३ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा १ हजार ५ जना निको भएका ...


पत्रकार महासंघ दाङमा थपियो पुरस्कार कोष

देउखुरी समाचारदाता
देउखुरी, अशौज । नेपाल पत्रकार महासंघम दाङमा थप एकवटा पुरस्कार अक्षकोष थपिएको छ । गत बर्ष मोटर साइकल दुर्घटनाबाट मृत्यु भएका लमही नगरपालिका १ कौडीयाका दिपक भट्टराईको सम्झनामा परिवारको तर्फबाट एकलाख रुपियाँको अक्षयकोष स्थापना गरिएको स्वर्गिय भट्टराइको पिता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ का सल्हाकार चन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

छोराको सडक दुर्घटनामा मृत्य्ु भएका कारण विशेषगरी सडक दुर्घटना न्युनिकरण सम्बन्धि कलम चलाउने पत्रकारलाई अक्षयकोषबाट प्राप्त व्याजबाट पुरस्कृत गर्ने उदेश्यले एकलाख रुपियाँको चेक महासंघकी उपाध्यक्ष लिला शाहालाई हस्तान्तरण गरिएको छ ।


केरा ब्यापार : बिचौलियालाई फाइदा, किसान सधै मारमा

पोखरा - पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्छन् तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गरेका छन् ।

उनी मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन् । अधिकारीले गुनासो गरे, “बिचौलियाको यो मनोमानीको विषयमा तपाइँहरुले कलम चलाइदिनुपर्यो ।” आफूले सस्तोमा बिक्री गर्दा उपभोक्ताले त्यहीअनुसारको मूल्यमा किन्न पाए सन्तोष हुने अधिकारीको भनाइ छ । भरतपुर महानगरपालिका–२६ भगडीमा १० बिघामा उनको पौलमी कृषि फार्म छ । त्यहाँको चार बिघामा चार हजार घरी ...


बझाङमा जेसीबी दुर्घटना हुँदा एकजनाको मृत्यु, ३ घाइते

डडेल्धुरा - बझाङमा जेसीबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको बुंगल नगरपालिकाको १ दहबगरमा आइतबार राति लु १ क १२७८ नम्बरको जेसीवी दुर्घटना भएको हो। दुर्घटनामा तीन जना घाईते भएका छन्।

दुर्घटनामा परि बुङ्गल नगरपालिका १ भेरगडा बस्ने ३४ वर्षका मानबहादुर बोहराको मृत्यु भएको हो। बोहरा महेन्द्र मा‍वि दहबगरको प्राथमिक तहका स्थायी शिक्षक हुन्। त्यस्तै बुंगल नगरपालिका ९ देउलीकोटका जेसीवी चालक २४ वर्षीय महेश खडायत, बुंगल नगरपालिका १ दहबगर बस्ने २७ वर्षका रामबहादुर बोहरा र सोही ठाउँ बस्ने ५० वर्षीय प्रताप धामी घाइते भएका छन्। ...


याङग्री र लार्केको पानी राजधानी ल्याउन टिबीएम प्रविधिबाट सुरुङ बनाइने

मेलम्ची - मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङग्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी सुरु भएको छ।

पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ ब्लाष्टिङ एण्ड मकिङ’ (डिबीएम) प्रविधिबाट सुरुङ निर्माण गरिएको थियो। डिबीएम प्रविधिबाट सुरुङ बनाउँदा विष्फोट गरिन्थ्यो। यो प्रविधिबाट सुरुङ बनाउँदा लक्ष्यभन्दा बढी समय लागेको, बीचबीचमा निर्माण व्यवसायी भागेर नयाँ ठेक्का लगाउनुपर्दा समय लम्बिन गएकाले नयाँ प्रविधिबाट काम गर्ने तयारीमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समिति लागेको हो।

दोस्रो चरणको याङग्री र ...


६ महिनापछि आन्तरिक उडान सुरु, २५ प्रतिशत जहाज मात्रै उड्ने

काठमाडौं- चैत ११ गतेयता बन्द आन्तरिक हवाई उडान ६ महिनापछि आजदेखि पुनः सुरु हुँदैछ। सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न गत चैत ११ गते लकडाउन घोषणा गरेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएका थिए।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेबाट आन्तरिक हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

६ महिनापछि आजदेखि सञ्चालनमा आए पनि सबै गन्तव्यलाई समेटेर कोभिड महामारी सुरु हुनु अगाडि भएको उडान संख्याको २५ प्रतिशतमात्रै उडान हुने भएको छ। यस्तै यात्रुहरुले स्वस्थ भएको घोषणा गर्नुपर्ने र मास्क अनिवार्य लगाउनुपर्ने छ।

यस्तै, ...


देशभर २ सय २६ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर २ सय २६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ३६ जना भेन्टिलेटरमा र १९० जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्।

आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२६ जना आइसियू र ३३ जना भेन्टिलेटर, प्रदेश ५ मा २३ जना आइसियू र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ९ जना आइसियू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै प्रदेश २ मा १६, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ११ ...


पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

७ वटा जिल्लाका ६ महिला र ४ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।

काठमाडौंमा मात्र ४०, ६०, ६३ वर्षीया महिला र ८२ वर्षीय पुरुषको मृत्यु भएको छ। धनुषामा ७६ वर्षीय पुरुष, ललितपुरमा ७५, भक्तपुरमा ७२ वर्षीया महिला, चितवनमा ८० वर्षीय पुरुष, रुपन्देहीमा ६७ ...


आइतवार काठमाडौं उपत्यकामा थप ७६७ कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार काठमाडौंमा ६०२ ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरी जम्मा ७६७ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पहिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ...


आइतवार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - आइतवार १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पहिल्लो २४ घण्टामा थपिएको यो संख्यासँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्। यी मध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ८४०७ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा ९ हजार ५८४ जनाको परीक्षण भएको छ। हाल ७ हजार ४५१ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा ९६६ जना निको भएका छन्। यो ...


शेरधन राईविरुद्ध यौन शोषण मुद्दा हाल्ने युवती पेरिसडाँडाबाट पक्राउ

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको बेला दोलखा घर भएकी बालिका खड्का कोटेश्वरस्थित पेरिसडाँडाबाट पक्राउ परेकी छन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।

केही दिनअघि प्रमाण पु‍र्याउन नसकेको भनी खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता समेत लिएकी छिन् । लामो समयदेखि राईले आफूमाथि दुर्व्यहार गरेको अरोप लगाउँदै आएकी थिइन् ।

बालिका खड्काले पेरिसडाँडामा सुरु भएको सचिवलाय बैठकमा ‘ठूला नेतालाई झापड हान्न ...


एक हजार बिघामा १२ करोड केजी तरकारी उत्पादन, निर्यातबाट ३ अर्ब भित्रियो

सर्लाही - जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ ।

लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो ।

लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका क्षेत्रमा स्थानीयवासीले करिब एक हजार बिघामा उत्पादन गरेको तरकारी लालबन्दीमा आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ ।

जिल्लाबाट ११ करोड ९५ लाख ६७ हजार १३५ किलो ...


बागलुङका बाढी प्रभावितका लागि युवाहरुले जुटाए ११ लाख

बागलुङ - बागलुङको ढोरपाटनका बाढी प्रभावित परिवारका लागि ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ। युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङकलित राहत शुक्रबार बाढीग्रस्त क्षेत्रमै पुगी वितरण गरिएको हो।

बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई रु १९ हजारका दरले किरिया खर्च र प्रतिमृतक रु पाँच हजारका दरले थप रकम दिइएको युसबी सेवाका अध्यक्ष आकाश युसबी थापाले जानकारी दिए। ‘पाँच सदस्य गुमाएको परिवारले रु ४४ हजार राहत रकम पाएका छन्,’ उनले भने। ...


भक्तपुर अस्पतालका अध्यक्ष सुवाललाई कोरोना संक्रमण

भक्तपुर - भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतासमेत हुन्।

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसीआर परीक्षणमा सुवाललाई कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। उनी भक्तपुर अस्पतालको आइसोलेशनमा भर्ना भएका छन्।

भक्तपुरमा हालसम्म एक हजार १०० भन्दा बढीलाई कोरोना पुष्टि भएको छ भने १८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।रासस

...

असोज ६ बाट देशैभरका नदीमा बहाव बढ्ने, सतर्क रहन आग्रह

काठमाडौं - जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले असोज ६ गते रातिबाट देशैभरका नदीमा बहाव बढ्ने जनाएको छ। बहाव बढ्ने भएकाले असोज ६ गतेदेखि ५ दिनसम्म नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आगामी ३ दिन भने देशैभरका प्रमुख, मझौला र साना नदीमा बहाव सामान्य घटबढमात्रै हुने र सतर्कता तलै हुने जनाइएको छ।

आज कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घट्ने तथा सबैमा बहाव सतर्कताभन्दा तलै हुने महाशाखाले जनाएको छ।

हाल बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा ...


नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै, ओली पनि सहभागी हुने

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पेरिसडाँडामा बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाडामा बस्न लागेको हो।

बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तिसम्मका विषयमा छलफल हुने भएको छ। विवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा स्थायी कमिटीले संघ र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरिसकेको छ। सोहीअनुसार एजेण्डाकै रुपमा मन्त्रिमण्डल पुनर्गठनबारे सचिवालय बैठकमा छलफल हुने ...


बब्लु र मनिषमाथि भएको कुटपिटबारे छानविन गर्न समिति गठन

काठमाडौं - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै भएको प्रर्दशनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानविन गर्न नेपाल प्रहरीले समिति बनाएको छ ।

रानीपोखरीका एसएसपी किरण बज्राचार्यको नेतृत्वमा ३ सदस्यीय समिति बनेको छ। समितिमा डीएसपी भवेश रिमाल र इन्स्पेक्टर विष्णुप्रदीप बस्याल रहेको प्रहरीले जानकारी दिएको छ । समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

१०० ग्रुपका गुप्तामाथि बिहीबार प्रहरीले निर्घाट कुटपिट गरेको थियो । प्रदर्शनका क्रममा नियन्त्रणमा लिइसकेपछि पनि प्रहरीले कुटेको थियो । यस्तै शुक्रबार विजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीको ...


डा. केसीका माग पूरा गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका माग पूरा गर्न सरकारसँग अपिल गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गर्दै डा केसीका जायज माग पूरा गर्न सरकारलाई ध्यानाकर्षण गरेको हो।

'०७५ साउन १० गते प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. केसीसंग सरकारले गरेको सम्झौता त्यही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको नजिर नदोहोर्‍याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’का लागि नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ,' विज्ञप्तिमा उल्लेख छ। यसका साथै उनको जीवन रक्षाको मागसमेत कांग्रेसले अघि सारेको छ।

डा ...


२४ घण्टायता भेटिएका संक्रमित कहाँका कति ?

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार २ सय ४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को ओखलढुंगामा ३, खोटाङमा १, झापामा ६, मोरङमा ३३ र सुनसरीमा २३ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश २ को धुनषामा २, पर्सामा ६, बारामा १ सय ११, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा १९, सर्लाहीमा १५ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ७० ...


शनिवार १४४७ जना संक्रमित कोरोनामुक्त

काठमाडौं - शनिवार १४४७ जना संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४५ हजार २६७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७२ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।

नेपालमा पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ...


शनिवार काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना संक्रमण

काठमाडौं - शनिवार काठमाडौं उपत्यकामा ७११ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७० ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी पछिल्लो २४ घण्टामा जम्मा ७११ जनालाई कोरोना संक्रमण देखिएको छ।

आज थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ। मोरङमा ६५ वर्षिया, रौतहटमा ५१ वर्षिया, सर्लाहीमा ५६ वर्षिया तथा ललितपुरमा ७६ र ६८ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ।

यस्तै ...


नेपालमा पछिल्लो २४ घण्टायता कोरोनाबाट ११ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन्. हाल ७ हजार ७३५ क्वारेन्टाइनमा छन्।

आज १४४७ जना निको भएका छन्। हालसम्म ४५ हजार २६७ जना निको भएको मन्त्रालयले जानकारी दिएको ...


शनिवार नेपालमा १२०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - शनिवार नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएको यो संख्यासँगै नेपालमा कुल ६२ हजार ७९७ संक्रमित पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन्. हाल ७ हजार ७३५ क्वारेन्टाइनमा छन्।

आज १४४७ जना निको भएका छन्। हालसम्म ४५ हजार २६७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ।

...

पछिल्लो २४ घण्टामा उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८ ललितपुरमा ८२ र भक्तपुरमा ७९ जना गरी जम्मा ८५९ जनालाई कोरोना संक्रमण देखिएको छ। यो हालसम्मकै बढी हो।

योसहित उपत्यकामा कोराना संक्रमितको संख्या १५ हजार २ सय ३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४३ हजार ८२० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७१ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।

नेपालमा पछिल्लो २४ घण्टामा ...


नेपालमा पछिल्लो २४ घण्टायता ७ कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा २०२० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित छन् भने ९ हजार २९५ जना संस्थागत आइसोलेसन छन्। पछिल्लो २४ घण्टामा ११ हजार ४५८ जनाको पिसिआर परीक्षण भएको छ।

हाल क्वारेन्टाइनमा ७ ...


 पछिल्लो २४ घण्टायता २०२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा २०२० जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित छन् भने ९ हजार २९५ जना संस्थागत आइसोलेसन छन्। पछिल्लो २४ घण्टामा ११ हजार ४५८ जनाको पिसिआर परीक्षण भएको छ।

हाल क्वारेन्टाइनमा ७ हजार ७३६ जना छन्।

आज ८७१ निको भएका छन् भने निको हुनेको कुल संख्या ४३ हजार ८२० पुगेको छ। यो कुल संक्रमितको ७१ प्रतिशत हो।

...

टेलिकमको अफर : ५५ रुपैयाँमा ३ दिन अनलिमिटेड युट्युब

काठमाडौं - नेपाल टेलिकमले संविधान दिवसका अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउन आवश्यक तयारी पुरा गरेको छ।

यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक ५५ रुपैयाँ प्रति प्याकमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ। यस्तो प्याक खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ।

साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ। यो प्याक पनि खरिद ...


जनकपुर-जयनगर चल्ने नयाँ रेल नेपाल आइपुग्यो

काठमाडौं - सरकारले जनकपुर-जयनगर रूटमा सञ्चालन गर्न भारतसँग किनेको रेल जनकपुर आइपुगेको छ। बिहीबार साँझ उक्त रेल जयनगर स्टेसन आइपुगेको छ। शुक्रबार जनकपुर आइपुग्ने छ।

नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट किनेको थियो। गत वर्ष नै खरिद प्रक्रिया अघि बढाइएको रेल कम्पनीले तयार पारेको थियो। जनकपुर-जयनगर खण्डमा चलाउन लागिएको रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमको हो।

सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमाे ट्रेन खरिद गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले रेललाई आफ्नो ड्रिम प्रोजेक्टको रूपमा चित्रण गर्दै आएका छन्।

नेपाल रेल्वे कम्पनीले रेल सञ्चालनका लागि केही ...


वामदेव गौतमले लिए राष्ट्रिय सभा सदस्यको सपथ

काठमाडौं - वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको रुपमा सपथ लिएका छन्। उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन्।

गौतमलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो। राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनीत गर्ने एक पद गत फागुनदेखि नै रिक्त छ।

गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका थिए। त्यसयता नै उनी सांसद बन्ने प्रयत्नमा थिए।

गत फागुन १४ मा सम्पन्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो। सोही निर्णय ...


देशभर २२१ जना संक्रमितको आइसियू र भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर २ सय २१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ३९ जना भेन्टिलेटरमा र १८२ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् ।

आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२९ जना आइसियू र ३७ जना भेन्टिलेटर, प्रदेश ५ मा २२ जना आइसियू, प्रदेश १ मा ७ जना आइसियू र १ जना भेन्टिलेटर, सुदुरपश्चिममा १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै प्रदेश २ मा ९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा ...


बिहिवार देशभर १२४६ संक्रमित थपिए, १२४३ जना निको भए

काठमाडौं - बिहिवार थप १ हजार २४६ नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टायता यो संख्यासहित हालसम्म ५९ हजार ५७३ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७२ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।

हाल देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित छन् भने ७ हजार ९०३ जना संस्थागत आइसोलेसनमा छन्। हाल ...


बुधवार उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०७ ललितपुरमा ५० र भक्तपुरमा ६१ जना गरी जम्मा ६१८ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसहित उपत्यकामा कोराना संक्रमितको संख्या १४ हजार ३ सय ७९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७२ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।

नेपालमा पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु ...


वामदेव गौतम राष्ट्रियसभामा मनोनित

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त रहेको सदस्य पदमा नियुक्त गरेकी छन्। बिहीबार राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका हुन्।

'बिहीबार राष्ट्रपतिले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरिसक्नु भएको छ। औपचारिक जानकारी भने केही बेरमा दिइने तयारी छ,' प्रमुख स्वकीय सचिव अधिकारीले भने।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

राष्ट्रियसभामा कम्तीमा एक जना महिलासहित तीन जना राष्ट्रपतिले मनोनित ...


निर्माणाधीन गौतम बुद्ध रंगशालालाई बागमती सरकारले दियो ३ करोड

काठमाडौं - बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेसनलाई तीन करोड रुपैयाँ दिने निर्णय गरेको छ।

प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७/०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो।

कोभिड-१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए।

बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली र प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधन ...


काठमाडौं महानगरभित्र ५० संक्रमितको मृत्यु, कुन वडामा कति संक्रमित (सुचिसहित)

काठमाडौं - कोरोना ‘हटस्पट’ बनेको काठमाडौं महानगरपालिकामा ५० संक्रमितले ज्यान गुमाएका छन्। देशभर ३ सय ७९ संक्रमितको मृत्यु भएकामा काठमाडौं महानगरमा मात्र ५० जनाको मृत्यु भएको हो।

काठमाडौं जिल्लामा मात्र ११ हजार २ सय ३९ जना संक्रमित रहेका छन् । भदौ ३० गतेसम्मको महानगरको तथ्यांक अनुसार महानगरमा ६ हजार २९ संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९७ छ।
नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ। त्यसमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २ सय २४ छ।

आधा मानिस ...


संवैधानिक आयोगका रिक्त पदमा भागबण्डा गर्न सत्तापक्ष र प्रतिपक्षको बैठक बस्दै

काठमाडौं - संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि भागबण्डा गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरुले आज बिहीबार छलफल गर्ने भएका छन्।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक सहभागी हुने जनाइएको छ।

लामो समय संवैधानिक निकायमा रिक्त भएकाले सत्ता पक्ष र प्रतिपक्ष बसेर छलफल गर्न लागेको नेकपा स्थायी कमिटी सदस्य नेम्वाङले जनाएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त ...


प्याजको मूल्य बढाएर बिक्री गर्ने ४ जना पक्राउ

काठमाडौं - प्याजको मूल्य बढाएर बिक्री गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी कालाबजारी गर्न खोज्ने ४ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, काठमाडौं महानगरपालिका र वाणिज्य विभागका अधिकारीहरुले आज दिउँसो गरेको अुनगमनका क्रममा अस्वभाविक मूल्य लिएर प्याज बेचेको पाइएपछि उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रे घर भई काठमाडौं–१४ बस्ने ३० वर्षीय सुनिल केसी, ३१ वर्षीय उपेन्द्र केसी, काठमाडौं–२० का ४६ वर्षीय सर्दिप तण्डुकार र बारा घर ...


वायुसेवा संघले भन्यो : '५० प्रतिशत यात्रु बोकेर उडान गर्न सक्दैनौं'

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा संघले ५० प्रतिशतमात्रै यात्रु राखेर उडान गर्न नसक्ने बताएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सचिवको संयोजकत्वमा भएको आन्तरिक उडान सञ्चालनको विषयमा भएको छलफलमा व्यवसायीहरुले यस्तो विचार राखेका हुन्।

व्यवसायीहरुले ५० प्रतिशत यात्रु राखेर हवाई उडान गर्ने नियम विश्वमा कहीँ पनि नरहेको र यसरी उडान गर्न नसक्ने तर्क राखेको छलफलमा सहभागी एक व्यवसायीले जानकारी दिए।

‘सरकारले भनेको सबै नियम हामी पालना गर्छौं,’ छलफलमा सहभागी एक व्यवसायीले भने, ‘तर, ५० प्रतिशत यात्रुमात्रै राखेर उडान गर्न सक्दैनौं।’

व्यवसायीलाई भने सचिव केदारबहादुर ...


बुधवार उपत्यकामा ७३७ जनामा कोरोना संक्रमण

काठमाडौं - बुधवार काठमाडौं उपत्यकामा ७३७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ललितपुरमा र भक्तपुरमा ७३७ जनालाई कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा थपिएको यो संख्यासंगै उपत्यकामा कोराना संक्रमितको संख्या १३ हजार ६६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७१.५ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।

पछिल्लो २४ घण्टायता थप १ हजार ५३९ नयाँ संक्रमित थपिएका छन्। योसहित हालसम्म ...


अब मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नहुने

काठमाडौं - अब मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगरिने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।

यससम्बन्धी निर्देशिका पनि परिमार्जन गर्दै लगिने उनले बताए ।

यसअघि कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल पुगेका वा घरमै मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको थियो । यसरी परीक्षण गर्दा कोरोना ...


नेपालमा २४ घण्टायता ८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टायता थप १ हजार ५३९ नयाँ संक्रमित थपिएका छन्। योसहित हालसम्म ५७ हजार ३२७ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १६ हजार २४२ जना सक्रिय स‌ंक्रमित छन्। यीमध्ये ८ हजार ५४१ जना स‌ंस्थागत आइसोलेसनमा छन् भने ७ हजार ७०१ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा १० ...


 बुधवार १०६८ जना संक्रमित कोरोनामुक्त, अब १६२४२ सक्रिय स‌ंक्रमित

काठमाडौं - बुधवार १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा निको भएका यो संख्यासँगै कुल ४१ हजार ७०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो कुल संक्रमितको ७१.५ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।

पछिल्लो २४ घण्टायता थप १ हजार ५३९ नयाँ संक्रमित थपिएका छन्। योसहित हालसम्म ५७ हजार २३७ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७९ पुगेको ...


बुधवार नेपालमा थप १ हजार ५३९ जनामा कोरोना संक्रमण

काठमाडौं - बुधवार थप १ हजार ५३९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टायता थपिएको यो संख्यासहित हालसम्म ५७ हजार ३२७ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १६ हजार २४२ जना सक्रिय स‌ंक्रमित छन्। यीमध्ये ८ हजार ५४१ जना स‌ंस्थागत आइसोलेसनमा छन् भने ७ हजार ७०१ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनाको पिसिआर परीक्षण भएको छ। योसहित ८ लाख ७२ हजार २७४ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टायता १०६८ ...


असोज १ गते देखि अन्तर्राष्ट्रिय हवाई उडान पनि खुला

काठमाडौं - असोज १ गते देखि अन्तर्राष्ट्रिय हवाई उडान खुला हुने भएका छन् । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले संस्कृति प्रर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नियमित तथा चार्टर उडानको विमानस्थलको अवस्था हेरेर अनुमति दिन सक्ने गरि निर्णय गरिएको सरकारका प्रबक्ता एवं परराष्ट्र मन्त्रि प्रदिप कुमार ज्ञवालीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडानका लागि यात्रुहरुले ७२ घण्टाभित्र गरिएको पिसिआर परिक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै पर्यटकहरुका लागि ७२ घण्टाभित्रको पिसिआर रिर्पोट नेगेटिभका आधारमा कार्तिक १ देखि हिमाल आरोहण तथा पदयात्राका खुला गर्ने निर्णय भएको छ ।

...

खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त, मन्त्री सरहको सुविधा

काठमाडौँ - पुर्वअर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले मन्त्री सरहको सेवा सुविधा पाउने गरी खतिवडालाई प्रधानमन्त्रीको आर्थिक विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

राष्ट्रियसभाको समयावधी सकिएपछि खतिवडाले यही भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

...

लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने, भाडा ५० प्रतिशत बढ्यो

काठमाडौं - लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालनको अनुमति दिने निर्णय गरेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण गएको चैत ११ देखि सञ्चालनमा रोक लागेको लामो दुरीको सवारी विभिन्न सर्तसहित सञ्चालनमा आउने भएको हो ।

लामो दुरीको बस सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने, बसमा आधा संख्यामा यात्रु राख्नुपर्ने र भाडादर ५० प्रतिशतसम्म बृद्धि गरेर लिन सक्ने सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी ...


जाँदाजाँदै कुलमान घिसिङले भने : धेरै उपलब्धि भए, केही पूरा गर्न सकिनँ (पूर्णपाठ)

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार प्राधिकरणबाट बिदा भएका छन् । सीमित कर्मचारीहरुबीच आयोजना गरिएको कार्यक्रमबीच घिसिङले लामो बिदाई मन्तव्य दिएर प्राधिकरणबाट बाहिरिएका हुन् । बिदाइ मन्तव्यमा उनले आफू प्राधिकरणमा रहँदा प्राधिकरणले हासिल गरेका उपलब्धि तथा प्रारम्भ गरिएका कामका साथै गर्न चाहेर पनि पूरा हुन नसकेको कामहरुको सम्बन्धमा चर्चा गरेका छन् ।

उनले योबीचमा उर्जा मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा हरेक वर्ष ८५ प्रतिशत भन्दा धेरै अंक ल्याउन सफल भएको, आव २०७२/७३ सम्म रु.३४ अर्ब ६१ करोड संचित घाटा रहेको प्राधिकरणलाई खुद नाफा र ...


नेपालमा मंगलवार कोरोना भाइरसबाट ११ जनाको मृत्यु

काठमाडौं - नेपालमा मंगलवार कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा एक महिला र ३ पुरुष गरी ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार काठमाडौंमा ८६ वर्षीया महिला तथा ३४, ९६ र ६६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै सिराहामा ३५ वर्षीया, बारामा ५५ वर्षीया र रुपन्देहीमा ६४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी सर्लाहीमा ६४ वर्षीय, बारामा ५५ ...


मंगलवार काठमाडौं उपत्यकामा ६७६ जनामा कोरोना संक्रमण

काठमाडौं - मंगलवार काठमाडौं उपत्यकामा ६७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ५५५ जना रहेका छन् भने भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका छन् ।

मंगलबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर भने १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको बताए ।

...

मंगलवार देशभर १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - मंगलवार देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएको यो संख्या संगै देशभर ५६ हजार ७८८ संक्रमित पुगेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ ...


काठमाडौँमा कहाँ कतिलाई संक्रमण ?

काठमाडौँ - काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ जना संक्रमित पुगेका छन् । काठमाडौंको महाराजगन्ज क्षेत्रमा ३ सय ३८, नक्साल क्षेत्रमा ...


न्यायाधीश नियुक्ति, सरुवा तथा बर्खास्तका लागि मापदण्ड बनाउन माग

काठमाडौँ - नेपाल बार एसोसिएसनले राष्ट्रिय भेलाले न्यायाधीश नियुक्ति, सरुवा तथा बर्खास्त गर्नका लागि अलग–अलग मापदण्ड बनाई सार्वजनिक गर्न माग गरेको छ ।

बारको यही भदौ २५ देखि २८ गतेसम्म देशभरका बार एकाइका पदाधिकारी, पूर्व पदाधिकारीसहितको एक हजार कानून व्यवसायीको भर्चुअल भेलाले न्यायपालिकालाई प्रभावकारी र पारदर्शी बनाउन सो माग गरेको हो ।

“न्याय परिषद्का सदस्य सेवानिवृत्त भइसकेपछि न्यायाधीश नियुक्त भएर जान नहुने कुराको सुनिश्चितताका लागि अब आइन्दा न्याय परिषद्को सदस्य सिफारिस गर्न पूर्व सिफारिस गरिने कानून व्यवसायीसँग न्यायिक नियुक्तिमा नजाने कुराको सो घोषणा गराई सोको अभिलेख राखेर ...


सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं - मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।

यसअघि तत्कालीन अर्थ, सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडा प्रवक्ताको जिम्मेवारीमा रहेका थिए । उनले मन्त्री पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

...

पिसिआर परीक्षण गरेको दुई हजार भन्दा बढी नलिन निर्देशन

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पिसिआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रिस्तरीय निर्णय गर्दै घटेको शुल्कमा पिसिआर परीक्षण गराउन निर्देशन दिएको हो ।

स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले सबै कोभिड– १९ परीक्षण गर्ने प्रयोगशाला, सातैवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेख्दै पिसिआर परीक्षण शुल्क दुई हजार कार्यान्वयन गराउन पत्राचार गरेका छन् ।

मन्त्रालयले आइतबार राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पिसिआर परीक्षण गर्ने रिएजेन्ट र अन्य सामान ...


राष्ट्रिय झण्डा जलाउने तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं - राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाएको आरोपमा पक्राउ परेका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

सोही आरोपमा मुछिएका ३ जना भने १५ हजार धरौटीमा छुटेका छन् भने ५ जना साधारण तारिखमा छुटेका छन् । उनीहरुविरुद्ध भदौ २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको थियो ।

ग्याल्जेनलाई प्रहरीले स्वयम्भूको भगवान पाउबाट पक्राउ गरेको थियो । ग्याल्जेन तितुङ मंगोलिनय ग्रुपका सदस्य समेत हुन् । मकवानपुरमा ...


सोमवार काठमाडौमा मात्रै कोरोना संक्रमणबाट ६ जनाको मृत्यु

काठमाडौ - सोमवार काठमाडौमा मात्रै एक महिलासहित ६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौमा ६१ वर्षीया महिलासहित ५ जना पुरुषको ज्यान गएको हो ।

कोरोनाबाट ज्यान जाने पुरुषहरुमा ७७,६२,७३,८५ र ७० वर्षका छन् । यो सहित पछिल्लो २४ घण्टामा ज्यान जानेहरुको संख्या १५ रहेको छ । सोमबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।

...

ओम्नी ग्रुप एक वर्षका लागि कालोसूचीमा

काठमाडौं - स्वास्थ्य सामाग्रीको आपूर्ति गर्न नसकेको ओम्नी ग्रुप कालोसूचीमा परेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी ग्रुप अन्तर्गतको ओबीसीआई प्राइभेट लिमिटेडलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो । स्वास्थ्य सेवा विभागको सिफारिसमा सो कम्पनीलाई कारबाही गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीमा परेसँगै सो कम्पनीले २०२१ अगष्ट १३ सम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैन ।

ओम्नीसँगै अन्य ४ कम्पनीहरु पनि कालोसूचीमा परेका छन् । बत्तिसपुतलीको बिटी निर्माण सेवा, चाल्नाखेलको टौदह कन्स्ट्रक्सन, दोलखाको फस्कु निमार्ण सेवालाई संघीय सडक सुपरीवेक्षण तथा ...


सोमवार काठमाडौं उपत्यकामा ५११ जनामा कोरोना संक्रमण

काठमाडौं - सोमवार काठमाडौं उपत्यकामा ५११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी जम्मा ५११ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै बितेको २४ घण्टामा काठमाडौंसहित देशभर भने ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्रा डा जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको बताए ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ । यस्तै बितेको २४ घण्टामा ...


सोमवार नेपालमा ११७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ - सोमवार नेपालमा ११७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर यो संख्या थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हु्न् ।

यससँगै कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको छ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ । यस्तै बितेको २४ घण्टामा ८८९ जना संक्रमणमुक्त भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ ।

बितेको २४ घण्टामा १०,८७८ जनाको पीसीआर भएको छ भने हालसम्म कुल ८ लाख ५१ हजार ...


विश्वभर एकैदिन थपिए ३ लाख ७ हजार संक्रमित

एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आइतबार विश्वभर ३ लाख ७ हजार संक्रमित थपिएको जनाएको छ।

एकै दिनमा यतिधेरै संक्रमित थपिएको यो अहिलेसम्मकै रेकर्ड हो। यसअघि ६ सेप्टेम्बरका दिन ३ लाख ६ हजार ८ सय ५७ संक्रमितको रेकर्ड थियो।

भारत र ब्राजिलमा संक्रमण दर बढ्दो छ। भारतमा आइतबार ९४ हजार ३ सय संक्रमित थपिएका छन्। आइतबार एकै दिन भारतमा १ हजार १ सय १४ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा कूल संक्रमितको संख्या ४७ लाख ५४ हजार ३ सय ५७ पुगेको छ। यस्तै, युरोपमा पनि संक्रमण ...


बाह्रबिसे पहिरोमा बेपत्ता २० जनाको पहिचान खुल्यो (नामसहित)

काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङको पहिरोमा बेपत्ता २० जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार भीरखर्कका तीन जना, नागपुजेका १६ जना र नेवार टोलका १ जना बेपत्ताको पहिचान खुलेको हो।

वेपत्ता हुनेमा ४८ वर्षीय रामबहादुर नेवार, १८ वर्षीया दिलमाया श्रेष्ठ, ३७ वर्षीया रिता श्रेष्ठ, ५ वर्षीय दानियाल श्रेष्ठ, ४ वर्षीय नदान श्रेष्ठ, २५ वर्षीय अमृत श्रेष्ठ, २५ वर्षीया मनिता श्रेष्ठ, ३० वर्षीया रविना श्रेष्ठ, ८ वर्षीय रियाशु श्रेष्ठ (शिवभक्ति) छन्।

त्यस्तै ६० वर्षीया पदमकुमारी श्रेष्ठ, ४२ वर्षीय रामकुमार श्रेष्ठ, ५१ ...


कुलनमानको कार्यकाल सकियो , भोलीको मन्त्रिपरिषदले गर्ला त पुनर्नियुक्ति ?

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आजबाट कार्यकाल सकिएको छ। २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।

घिसिङको कार्यकाल सकिन लागेसँगै उनलाई प्राधिकरणकै कार्यकारी प्रमुखमा दोहोर्‍याउनुपर्ने सार्वजनिक दबाब बढेको छ। अर्को कार्यकालमा दोहोरिन घिसिङ आफैं पनि इच्छुक छन् । तर अहिलेसम्म सरकारले भने उनको पुनर्नियुक्तिको औपचारिक प्रस्ताव तयार गरेको छैन।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने बताए पनि औपचारिक प्रस्ताव भने ...


बाह्रबिसे पहिरोमा पुरिएका ११ जनाको शव भेटियो, २० जना अझै बेपत्ता

काठमाडौं - बाह्रबिसे नगरपालिका- ७ को पहिरोमा पुरिएका ११ को शव भेटिएको छ। जिल्ला प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षिया ट्याक्सी शेर्पा, भिरखर्कका २३ वर्षकी जुनु विक, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक र नेवार टोलका ६० वर्षिया सर्किनी नेवार ,६५ वर्षका धनलाल विक रहेका छन्।

त्यसैगरी मृतकमा नेवार टोल र नागपुजेकी ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षकी कर्णबहादुर श्रेष्ठ र ५ वर्षकी सरसस्वती विक रहेका छन्।

पहिरोमा ...


२४ घन्टायता नेपालमा कोरोनाबाट ९ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घन्टायता नेपालमा ९ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ४५ पुगेको छ।

४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जनाको मृत्यु भएको छ।

काठमाडौंमा मात्र ६५ वर्षीया दुई जना महिला तथा ५९, ७०, ६४ र ५९ वर्षीय चार पुरुषको मृत्यु भएको छ। यस्तै मोरङमा ६९ वर्षीय, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले ...


आइतवार काठमाडौं उपत्यकामा ५९७ जनालाई कोरोना संक्रमण

काठमाडौं - आइतवार काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टायता थपिएको यो संख्यासहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित ...


आइतवार नेपालमा थप १०३९ जनामा कोरोना संक्रमण

काठमाडौं - आइतवार नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ११७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३८ हजार ६९७ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ छ। ९ हजार १६५ सय जनाको आज पिसिआर परीक्षण भएको छ।

...

बबई नदीमा नुहाउन गएका युवक बेपत्ता

बर्दिया - बर्दिया जिल्ला गुलरिया नगरपालिका–५ निवासी २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन् । शनिबार उनी नुहाएर फर्कने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद् व्यवस्थापन तालिम प्राप्त टिम, नेपाल प्रहरी र स्थानीय परिचालित भएको सशस्त्र प्रहरी ३१ नम्बर गणका प्रहरी उपरीक्षक नरबहादुर राउतले जानकारी दिए । बबई नदीमा दिउँसो १२ बजे उनी नुहाउन गएका थिए । साँझ ६ बजेसम्म घर नफर्केपछि प्रहरीले खोजीकार्य तीव्र पारेको हो ।

...

बाह्रबिसे पहिरो अपडेट : ३ शव फेला, २८ बेपत्ता

काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का तीन स्थानमा गएको पहिरोमा बेपत्ता भएकामध्ये ३ वटा शव फेला परेका छन् । २८ जना बेपत्ता छन् ।

पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र ...


सभामुखको टोलि पहिरो प्रभावित स्थानमा

काठमाडौं - सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका ७ घुम्थाङ नागपुजे र भीरखर्क गाउँ पहिरोले बगाएपछि उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली घटनास्थलतर्फ गएको छ। उनी सडकमार्गबाटै त्यसतर्फ प्रस्थान गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जनाएका छन्।

एक किलोमिटर माथिबाट आएको पहिरोले नागपुजेका र भीरखर्कमा गरि कम्तिमा १९ घर पुरेको अनुमान छ।

बाह्रबिसे नगरपालिका ७ घुम्थाङका वडासदस्य वीरबहादुर थापाका अनुसार नागपुजे गाउँमा १० परिवार बसोबास गर्दै आएका थिए। ती घरका मान्छे बेपत्ता भएपछि सम्पर्क गर्ने प्रयास थालिएको छ। घटनास्थलमा पुगिसकेका इलाका प्रहरी बाह्रबिसे प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेका ७ घरमा ...


बाह्रविसेमा पहिरोले कम्तिमा १९ घर पुरिए, ठूलो मानवीय क्षति भएको आंकलन

काठमाडौं - अविरल वर्षासँगै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्कमा १८ घर पुरिएका छन्। नागपुजेमा कम्तिमा ८ घर र भीरखर्कमा १० घर पुरिएको स्थानीयले जनाएका छन्।

लगातारको वर्षाले बाह्रविसे नगरपालिका ७ घुम्थाङको नागपुजे, भीरखर्क र चाङसारमा गएराति खसेको पहिरोले खसेको छ। यी तीनै क्षेत्रमा गरि १९ घर पुरिएको प्रारम्भिक जानकारी बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बताए। नागपुजेमा कम्तिमा ८ घर, भीरखर्कमा कम्तिमा १० घर र चाङसारमा केही घर पुरिएको खबर आएको उनले बताए। नागपुजे पहिरोमा पुरिएकामध्ये एक महिलाको शव फेला परेको उनले बताए।

त्यहाँ कम्तिमा ...


शनिवार थप ८५२ जना संक्रमित कोरोनामुक्त

काठमाडौं - शनिवार ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टायताको यो संख्यासँगै कुल निको हुने ३७ हजार ५२४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

हाल १५ हजार २६० जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ६ हजार १५३ छन् संस्थागत आइसोलेनमा ९ हजार १ सय ७ जना छन्।

आज १० हजार १७६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा नयाँ १२०१ जना सक्रमित पुष्टि भएका छन्। हाल क्वारेन्टाइनमा ६ हजार ३५४ छन्।

पछिल्लो २४ घण्६ामा ८५२ जना निको भएका छन् भने ३७ ...


२४ घण्टायता कोरोनाबाट थप १४ जनाको मृत्यु

काठमाडौं - २४ घण्टायता देशभर थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये ३३६ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएका छन्।

हाल १५ हजार २६० जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ६ हजार १५३ छन् संस्थागत आइसोलेनमा ९ हजार १ सय ७ जना छन्।

आज १० हजार १७६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा नयाँ १२०१ जना सक्रमित पुष्टि भएका छन्।

हाल क्वारेन्टाइनमा ६ हजार ३५४ छन्।

पछिल्लो २४ घण्टामा ८५२ जना निको भएका छन् ...


शनिवार काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोना संक्रमण

काठमाडौं - शनिवार काठमाडौं उपत्यकामा ४३१ जना कोरोना संक्रिमत थपिएका छन्। पछिल्लो २४ घण्टायता थपिएको यो संख्यासँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १३९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ संक्रमित थपिएका हुन्।

योसँगै काठमाडौंमा ९ हजार १ सय ३, ललितपुरमा १ हजार १ सय २९ र भक्तपुरमा ९०७ संक्रमित पुगेका छन्।

हाल देशभरमा १५ हजार २६० जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ६ हजार १५३ छन् संस्थागत आइसोलेनमा ९ ...


शनिवार नेपालमा थप १२०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - शनिवार नेपालमा थप १ हजार २०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा थपिएको यो संख्यासँगै कुल संक्रमित ५३ हजार १२० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल १५ हजार २६० जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ६ हजार १५३ छन् संस्थागत आइसोलेनमा ९ हजार १ सय ७ जना छन्।

आज १० हजार १७६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा नयाँ १२०१ जना सक्रमित पुष्टि भएका छन्। हाल क्वारेन्टाइनमा ६ हजार ३५४ ...


पुजा आराधनाका लागि मठ मन्दिर खुला गर्न आग्रह

काठमाडौँ - विश्व हिन्दू महासङ्घले छ महिनादेखि बन्द मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल खुलाउन माग गरेको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ ।

महाङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने सरकारको नीतिप्रति आपत्ति जनाएको हो ।

बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथलगायत मुख्य धार्मिक स्थलमा दर्शन एवं पूजा आराधना गर्न चैतदेखि निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले ...


बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बुटवल - बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गएराति मृत्यु भएको हो ।

भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १६ गते कोरोना अस्पतालमा भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा श्वासप्रश्वासमा समस्या आएर शुक्रबार राति साढे १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनलाई २४ गतेदेखि स्वास्थ्यमा थप समस्या भएपछि भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा.गौतमले बताए । उनी ...


चितवनमा ८७ जनामा कोरोना संक्रमण पुष्टि

चितवन - चितवनमा एकैदिन ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ७३ जना भरतपुर महानगरपालिकाका छन्।

शुक्रबार राति भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टमा ८७ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरी ७३ जना छन् । कालिका नगरपालिकाका ६ पुरुष र २ महिला गरी ८ जना छन् ।

खैरहनीका २ महिला र २ पुरुष गरी ४ जना तथा रत्ननगरका २ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै चितवनमा संक्रमितको संख्या ...


भक्तपुर घटना : थालमा विष भेटियो, फरक फरक दिनमा मृत्यु

काठमाडौं - भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरामा एकै परिवारका तीन जनाकोे शव भेटिएको घटनाको प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। शुक्रबार शव भेटिएको भन्दै प्रहरीकहाँ खबर आएसँगै केन्द्रीय अनुसन्धान ब्यूरोे (सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले घटनाको अनुसन्धान सुरु गरेका छन्।

प्रहरी घटनास्थल पुग्दा घरका ढोका खुल्लै रहेको अवस्थामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव छुट्टाछुट्टै फेला परेको थियो।

पहिलो तलामा कुकुर र सम्झनाको शव भेटिएको छ। पहिलो तलाको कोठामा खाटमा ...


उपत्यकामा एकैदिन हालसम्मकै बढी कोरोना संक्रमित थपिए

काठमाडौं - पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा हालसम्मकै बढी ६९६ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजार ७०८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै ...


शुक्रवार देशभर थप १४५४ जनालाई कोरोना संक्रमण

काठमाडौं - शुक्रवार नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टाको यो संख्यासँगै कुल संक्रमितको संख्या ५१ हजार ९१९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ। ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६३४ होम आइसोलेसनमा छन्।

१० हजार ७ सय जनाको आज पिसिआर परीक्षण भएको छ। ६ हजार ७८ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा ९७२ जना निको भएका छन्। योसँगै कुल ...


कुलमानको कार्यकाल आइतबार सकिँदै, पुनर्नियुक्तिको प्रस्तावबारे मन्त्रालय मौन

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आइतबार मध्यरातबाट पुरा हुँदैछ। प्राधिकरणको नेतृत्वमा उनकै पुनर्नियुक्तिका लागि सार्वजनिक दबाब बढिरहेको भए पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यो विषयलाई अनिश्चिततातर्फ धकेल्न खोजेको छ।

ऊर्जामन्त्री वर्षमान पुनले यसअघि नै बिहीबारको मन्त्रिपरिषद बैठकमा घिसिङको पुनर्नियुक्तिको प्रस्ताव आफूले लैजाने सार्वजनिक अभिव्यक्ति दिएका थिए। तर बिहीबार मन्त्रिपरिषदको बैठक नै डाकिएन। त्यसपछि मन्त्री पुन र उनको सचिवालयले शुक्रबारको बैठकमा प्रस्ताव लैजाने बताएको थियो।

शुक्रबार मन्त्रिपरिषद होइन, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक बोलाइएको छ। 'अहिलेसम्म मन्त्रिपरिषद बैठक ...


असोज १ गतेदेखि लामो दुरीका यातायात चलाउन दिन माग

काठमाडौं - यातायात व्यवसायी तथा मजदूरहरुले असोज १ गतेदेखि सबै यात्रुबाहक बस चलाउन दिनुपर्ने माग सरकारसमक्ष गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा तीन वटा मजदूर संघको संयुक्त कार्यदलले शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई मन्त्रालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेका हुन्।

११ लाख भन्दा बढी मजदूर, ३ लाख ६० हजार यातायात व्यवसायी र तिनका आश्रित परिवार गम्भीर संकटमा परेको भन्दै उनीहरुले असोज १ देखि लामो, मध्यम र छोटा दूरीका यात्रुबाहक बस सञ्चालन गर्न दिन माग गरेका हुन्।

लामो दूरीको बस नचलेको ६ महिना ...


प्लाज्माथेरापीबाट संक्रमितको उपचार गर्न रगत संकलन सुरु

काठमाडौं - नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९का संक्रमितको उपचारमा सहयोग पुर्‍याउन प्लाज्मा थेरापीको लागि रगत संकलन सुरुवात गरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अनुरोधमा विभिन्न संस्थाहरुसँगको सहकार्यमा सोसाइटीले प्लाज्मा थेरापीका लागि रगत संकलन सेवा सुरु गरेको हो। सोसाइटी र नेपाल चिकित्सक संघबीच रगत संकलनमा सहकार्य गने बुधबार सात बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो।

सोसाइटीका अध्यक्ष डा नेत्र तिमिल्सिना र संघका अध्यक्ष डा लोचन कार्कीले दाताहरुको नाम संकलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडि बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताबमोजिम सोसाइटीले प्लाज्मा दानका लागि प्रविधिक ...


बिहिवार कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं - बिहिवार देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये ३१७ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ। यो कुल संक्रमितको ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार भन्दा बढी पुगेको छ। पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै कुल संक्रमितको ...


बिहिवार थप १८१८ जना संक्रमित कोरोनामुक्त

काठमाडौं - बिहिवार थप १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ। यो कुल संक्रमितको ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार भन्दा बढी पुगेको छ। पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको प्रवक्ता डा गौतमले बताए।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ। ८ हजार १० जना संस्थागत आइसोलेसनमा छन् ...


बिहिवार काठमाडौं उपत्यकामा ५७२ जना कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५७२ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजार १२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ संक्रमित थपिएका हुन्।

काठमाडौंमा ८ हजार १ सय ६ ललितपुरका १ हजार ५४ र भक्तपुरमा ८५२ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४६ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ। २४ घण्टा ...


बिहिवार थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, ५० हजार कटे संक्रमित

काठमाडौं - बिहिवार नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ। ८ हजार १० जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४३८ होम आइसोलेसनमा छन्।

११ हजार ४४४ जनाको आज पिसिआर परीक्षण भएसँगै ८ लाख १० हजार ४८५ जनाको परीक्षण भएको छ। हाल ५ हजार ८०६ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा १ हजार ८१८ ...


उपत्यकामा निषेधाज्ञा खुकुलो : गाडीमा जोर-बिजोर प्रणाली, पसल र सपिङ मल खुल्ने

काठमाडौं - उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँगको परामर्शपछि खुकुलो बनाउने निर्णय गरेका हुन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाको आन्तरिक सवारी जोरबिजोर प्रणालीबाट व्यवस्थित गर्ने र खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका पसल दिनभर खोल्न पाइने बताए।

उपत्यकामा बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ३ सातायता जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको ...


आइसियू र भेन्टिलेटरमा १८४ जना कोरोना संक्रमितको उपचार हुँदै

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ सय ८४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार २२ जना भेन्टिलेटरमा र १६२ जना संक्रमित आइसियूमा उपचाररत छन् ।

आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०१ जना रहेको छ। यस्तै बागमतीमा २१ जना संक्रमित भेन्टिलेटरमा छन् ।

त्यस्तै प्रदेश १ मा ५ जना आइसियू रहेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा २४, प्रदेश ५ मा २० आइसियू र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ६ र ...


 बिहिवार काठमाडौं उपत्यकामा ४६४ जनामा कोरोना संक्रमण

काठमाडौं - बिहिवार काठमाडौं उपत्यकामा ४६४ जना कोरोना संक्रिमत थपिएका छन्। पछिल्लो २४ घन्टामा थपिएको यो संख्यासँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ हजार ४ सय ४१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३४ संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ...


बिहिवार नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - बिहिवार नेपालमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४९ हजार २१९ जना पुगेको छ।

हाल देशभर १५ हजार २५ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ९८८ जना छन्। होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ३७ जना

हाल देशभर ५ हजार ४८० क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा ९१८ संक्रमणमुक्त ...


चितवनमा १८ महिने बालकसहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि

चितवन - चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १८ महिनाको बालकसमेत रहेका छन्।

भदौ २३ गते २५७ नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालअन्तर्गतको कोभिड–१९ प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

भरतपुर महानगरपालिकाका ७ महिला र २ पुरुष गरी ९ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ९ वर्षदेखि ५४ वर्ष उमेर समूहका छन् ।

चितवनकै माडी नगरपालिकाका १८ महिने बालक र २७ वर्षीय युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी सिन्धुपाल्चोकका ३९ वर्षीय पुरुषमा पनि ...


मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु

महोत्तरी - सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ ।

व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी भोलि (बिहीबार) बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी पर्सि (शुक्रबार) बिहान व्रत सम्पन्न गर्नेछन् । सयौँ ...


कोरोनाको मनोवैज्ञानिक त्रासबाट कसरी बच्ने ? यस्ता छन् विज्ञका सुझाब !

चितवन - कोरोनाको संक्रमण बढ्दै गर्दा संक्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्छ। समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन्।

कोरोना संक्रमणका कारण मन आत्तिने, डिप्रेसनजस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन्। चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाइँका अनुसार कोरोना संक्रमण बढ्दै गएपछि मुटु ढुकढुक गर्ने, डर लाग्ने, निसास्सिएको महसुस हुने, बढी पिसाब फेर्न मन लाग्ने, मनमा अनावश्यक चिन्ता लाग्ने, एक्लै बस्न मन लाग्ने, भित्री मन खुसी नरहने, निन्द्रा नपर्ने, हरेक कुरालाई नकारात्मक दृष्टिबाट हेर्ने जस्ता समस्या आएका छन्।

यस्तै ...


मंगलवार हालसम्मकै बढी संक्रमित निको भएर घर फर्किए

काठमाडौं - मंगलवार २ हजार २८७ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या ३२ हजार ९६४ निको भएको र यो कुल संक्रमितको ६८ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल १४ हजार ८६८ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८ हजार ५३ जना संस्थागत आइसोलेनमा छन् भने होम आइसोलेसनमा ६ हजार ८१५ छन्।

आज १० हजार ६११ को पिसिआर परीक्षण गरिएको छ। यसमध्ये ९०२ पोजेटिभ भेटिएको मन्त्रालयले जानकारी दिएको छ।

...

मंगलवार काठमाडौं उपत्यकामा थपिए ३९६ जना संक्रिमत

काठमाडौं - मंगलवार काठमाडौं उपत्यकामा ३९६ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार ९ सय ७७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना ...


यी हुन् नक्कली प्रेस कार्ड छापेर बेच्ने ४ जना

काठमाडौं - नक्कली प्रेस कार्ड छापेर बेचेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। बागबजारको कालिका प्रिन्टर्सबाट सोमबार पक्राउ परेका चार जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएकाहरुमा बर्दघाट नगरपालिका-१३ घर भई काठमाडौं रातोपुल बस्ने कालिका प्रिन्टर्सका सञ्चालक ३५ वर्षीय लक्ष्मण न्यौपाने, बर्दियाको राजापुर नगरपालिका-१० घर भई कोटेश्वर बस्ने २३ वर्षीय श्रीराम खड्का, कावासोती नगरपालिका-८ घर भई काठमाडौं भिमसेनगोला बस्ने २९ वर्षीय रमेशकुमार रेग्मी र स्याङ्जाको जगत्रदेबी नगरपालिका-९ घर भई टोखा बस्ने ३९ वर्षीय राजेन्द्रराज भण्डारी छन्।

उनीहरुले कोरोना भाइरसका कारण ...


मंगलवार नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - मंगलवार नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १३८ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार २८७ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या ३२ हजार ९६४ निको भएको र यो कुल संक्रमितको ६८ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल १४ हजार ...


लकडाउन र निषेधाज्ञा अवधीभरको बैंकको ब्याज र घरभाडा छुट गर्न माग

काठमाडौं - लकडाउन र निषेधाज्ञा अवधीभरको बैंकको ब्याज र व्यवसायिक घरभाडा छुट गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ ।

महासंघले लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसाय निकै ठूलो समस्यामा परेको भन्दै उक्त अवधिको बैंकको ब्याज र व्यवसायिक घरभाडा पूर्ण रुपमा मिनाहा गर्ने व्यवस्था मिलाउन सरहकारसँग माग गरेको हो ।

महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर ५ बुँदे माग पनि अघि सारेको छ । महासंघले बैंकको मात्रै नभइ सहकारी संस्थाहरुबाट व्यवसायीहरुले लिएको ऋणको ब्याजसमेत सरकारले मिनाहा गरिदिनु पर्ने बताएको छ ।

यसैगरी उद्योग-व्यवसायहरुको घरभाडा बन्दाबन्दी अवधिभरको पूर्ण ...


मलमा कालोबजारी गरे सख्त कारबाही

चितवन - कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ। कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवं चिनेजानेका व्यक्तिलाई मल दिने, मल लुकाउने, बढी मूल्यमा बिक्री गर्ने र कालोबजारी गर्ने गरेको गुनासो सुनिएको भन्दै यस्तो गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो।

थोरै मात्रामा उपलब्ध भए पनि ज्ञान केन्द्रले कृषकको पहुँच होस् भन्ने हेतुले जिल्ला कृषि सामग्री आपूर्ति व्यवस्थापन समितिको निर्णयानुसार सहकारीको सदस्य संख्या, विगतमा रासायनिक मलको कारोबारको अवस्था र सम्बन्धित ...


विवादित पूर्वपश्चिम रेलमार्गका ५४ वटै ठेक्का रद्द

काठमाडौं - रेल विभागले असार १४ र १७ गते आह्वान गरेका ५४ वटा ठेक्का रद्द गरेको छ। निश्चित ठेकेदारलेमात्र पाउने गरि सेटिङमा ठेक्का लगाइएको, रेलमार्गमा पर्ने जग्गाको मुआब्जा विवादसमेत नसुल्झिएको भन्दै उक्त ठेक्का विवादमा तानिएको थियो। रेल विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै ठेक्का रद्द गरेको जनाएको हाे।

पूर्व–पश्चिम रेलमार्गअन्तर्गत रेल्वे ट्रयाक बेड (लिक बिछ्याउने ट्रयाक) बनाउन रेल विभागले ३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का आह्वान गरेको थियो।

विभागले असार १४ मा ३० वटा र १७ गते २४ वटा ठेक्काका लागि सूचना निकालेको थियो। १०६ किलोमिटर ...


नक्कली प्रेस कार्ड बनाएर बेच्ने तीन जना पक्राउ

काठमाडौं - नक्कली प्रेस कार्ड बनाएर बेच्ने गरेको पाइएपछि तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले प्रतिगोटा ५ सयको दरले बेच्दै गरेको अवस्थामा तीन जनालाई सोमबार पक्राउ गरेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए।

पक्राउ पर्नेमा बागबजारमा रहेको कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीन जना रहेको महाशाखाले जनाएको छ।

नक्कली कार्ड बनाएर राखिएका नक्कली प्रेस कार्ड र प्रेस कार्ड बनाउन प्रयोग गरिने सामनसमेत प्रहरीले बरामद गरेको छ। उनीहरुले विभिन्न अनलाइन मिडियाका नाममा नक्कली प्रेस कार्ड र ज्याकेट बनाएर बेच्ने गरेको प्रहरीले जनाएको छ।

कोरोना ...


सोमवार १७३६ जना संक्रमित कोरोनामुक्त

काठमाडौं - सोमवार १ हजार ७ सय ३६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म ३० हजार ६७७ जना निको भएर घर फर्किएका छन्। यो कुल संक्रमितको ६५ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल १६ हजार २५९ जना सक्रिय संक्रमित छन् भने ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन्। हाल ७ हजार १९० जना होम आइसोलेसनमा छन्। आज ९ हजार २१८ जना पुगेको छ। हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन्।

हाल १७१ जना आइसियू र भेन्टिलेटरमा छन्।

...

२४ घण्टायता कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

काठमाडौं - पछिल्लो २४ घण्टायता नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

काठमाडौंका ३७, ९० र ८३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

मोरङका ७६ वर्षीय, सिरहाका ७८ र ६२ वर्षीय, सर्लाहीका ३५ ...


सोमवार काठमाडौं उपत्यकामा ३२६ जनामा कोरोना संक्रमण

काठमाडौं - सोमवार काठमाडौं उपत्यकामा ३२६ जना कोरोना संक्रिमत थपिएका छन्। पछिल्लो २४ घन्टामा देखिएको यो संख्यासँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार ५ सय ८१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ संक्रमित थपिएका हुन्।

हाल १६ हजार २५९ जना सक्रिय संक्रमित छन् भने ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन्। हाल ७ हजार १९० जना होम आइसोलेसनमा छन्। आज ९ हजार २१८ जना पुगेको छ। हाल ४ हजार ७३९ ...


सोमवार नेपालमा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - सोमवार नेपालमा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४७ हजार २३६ जना पुगेको छ।

हाल १६ हजार २५९ जना सक्रिय संक्रमित छन् भने ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन्। हाल ७ हजार १९० जना होम आइसोलेसनमा छन्। आज ९ हजार २१८ जना पुगेको छ। हाल ४ हजार ७३९ जना ...


गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा - गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहानै सार्वजनिक गरेको तथ्यांकअनुसार पोखराका ३१ जनासहित गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिएका छन् ।

पोखरामा संक्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा फुड्स प्रालिका कामदारमात्र २५ जना छन् । जोखिम क्षेत्रका व्यक्तिमा स्वाब परीक्षण गर्दा बिहीबारमात्र पोखरा औद्योगिक क्षेत्रका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखराको मेडिसिटी अस्पतालमा उपचाररत २ जना बिरामीमा पनि संक्रमण देखिएको छ।

पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ नर्स र २ जना कार्यालय ...


भेटिएनन् सर्वोत्कृष्ट निजामति कर्मचारी, क-कसले पाए उत्कृष्ट निजामति पुरस्कार ?

काठमाडाैं - निजामति कर्मचारी दिवसका अवसरमा यसपालि पनि सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार कसैले पनि नपाउने भएका छन्। कुनै पनि निजामति कर्मचारीले सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार नपाएको यो लगातार चौथो वर्ष हो।

अघिल्ला वर्षहरूमा झैँ निजामति कर्मचारी दिवसका अवसरमा सोमबार १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामति सेवा पुरस्कार दिइँदैछ।

सरकारले राम्रो ठानेर पुरस्कृत गरिएकाहरू नै घुससहित रंगेहात पक्राउ पर्ने थालेपछि निजामति पुरस्कारको गरिमामा आँच आएको थियो। सरकारले हरेक वर्ष भदौ २२ गते निजामति कर्मचारी दिवस बनाउँदै आएको छ। निजामति सेवा नियमावली २०५० अनुसार निजामति सेवा पुरस्कारको ...


मन्त्रि बन्न लबिङ्ग सुरु, कुन नेता कुन मन्त्रालयको आकांक्षी ?

काठमाडौं -मन्त्रिमण्डल पुनर्गठन गरेर गुटगत शक्ति सन्तुलन मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली राजी भएपछि नेकपाको विवाद समाधान उन्मुख छ। मन्त्रिमण्डल पुनर्गठन हुने संकेतसँगै नेकपा नेताहरुले शीर्ष नेताहरुसँगको सम्पर्क बाक्लो बनाउन थालेका छन्। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु लबिङमा लागेका छन्।

अहिले अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालय खालि छन् । अर्थ र सञ्चार प्रधानमन्त्री आफैंले राखेका छन् भने सहरी विकास मन्त्रालय समेतको जिम्मेबारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई दिइएको छ। ...


कर्मचारीहरु समयानुकूल ढंगले रुपान्तरण हुन जरुरी : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र व्यवहारमार्फत् सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु जरुरी रहेको बताएका छन्।

निजामति दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले निजामती सेवाका संरचनाहरुलाई संघीय शासन व्यवस्थाअनुरुप रुपान्तरण गरी तीनै तहबीच संरचनागत, कार्यगत र भावनात्मक अन्तरसम्बन्धलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

उनले यस अवसरमा सम्पूर्ण निजामती कर्मचारीहरुमा उच्च नैतिक आचरण र पेशागत निष्ठामार्फत् जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त ...


आइतवार १८१४ जना संक्रमित कोरोनामुक्त

काठमाडौं - आइतवार १ हजार ८ सय १४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २८ हजार ९४१ जना निको भएर घर फर्किएका छन्। यो कुल संक्रमितको ६३ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४६ हजार २५७ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार २ सय ५५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या ...


आइतवार काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण

काठमाडौं - आइतवार काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रिमत थपिएका छन्। पछिल्लो २४ घन्टामा थपिएको यो संख्यासँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार २ सय ५५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ संक्रमित थपिएका हुन्।

हाल १७ हजार २७ जना संक्रिय संक्रमित छन् भने ९ हजार २०१ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहनेहरूको संख्या ७ हजार ८२६ छ।
१० हजार ३८२ जनाको पिसिआर परिक्षण भएको छ। हाल ४ हजार ...


आइतवार थप ९८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - आइतवार नेपालमा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार २५७ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार २ सय ५५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ...


चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु

चितवन - भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१५ को ७० वर्षका पुरुषको आज बिहान ८ बजे मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियूमा राखेर उनको उपचार भइरहेको थियो ।

ती पुरुषमा श्वासप्रश्वासमा समस्या थियो । साथै मिर्गौलाको समस्याबाट पनि पीडित भएकाले डाइलायसिस पनि गरिएको थियो ।

यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा चितवन जिल्लाका मात्रै १२ जना छन् ।

...

भारतसँगको सीमा नाकामा सुरक्षा शक्ति धमाधम बढाइँदै

महोत्तरी - कोभिड-१९ संक्रमण बढ्दै जाँदा प्रदेश-२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बनाउने भएको छ। भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको संख्या ५० मा ७३ थपेर १२३ पुर्‍याउन लागिएको सशस्त्र प्रहरी बल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवास (महोत्तरी) ले जनाएको हो।

सीमा क्षेत्रमा हुने अवाञ्छित क्रियाकलापको निगरानीमा थप जनशक्ति बढाउन आवश्यक भएपछि बिओपी थपिन लागेको हो। प्रदेश–२ को भारतसँग सीमा जोडिएको ४६४ किलोमिटर दूरीभित्र बिओपी थप्न थालिएको बाहिनी कार्यालयले जनाएको छ।

प्रदेशका आठ जिल्लाका सीमाक्षेत्रमा तीन चरणमा ७३ बिओपी ...


सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

काठमाडौं - प्रतिनिधिसभाका सांसद तथा मजदुर किसान पार्टीका नेता प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार उनकाे काेराेना रिपाेर्ट पाेजेटिभ आएकाे हाे।

कोरोना परीक्षणका लागि केही दिनअघि स्वाब दिएकाे र शनिबार आफ्नो रिपोर्ट पाेजेटिभ आएकाे उनले बताए।

'केही दिनअघि सम्पर्कमा आएकाे एक व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएपछि उनले स्वाब दिएका थिए।

स्वाब संकलनलगत्तै सांसद सुवाल होम आइसोलेसनमा बसेका थिए। भाइरसको कुनै लक्षण नभएकाे उनले बताए। सोमबारदेखि घरको छुट्टै कोठामा बस्दै आएको उनको भनाइ छ।

भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमा सांसद सुवाल लगायतको पिसिआरका लागि स्वाब दिएका थिए।

यसअघि ...


शनिवार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ। शनिवार १ हजार ४१ नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

३ सय ४९ महिला र ६ सय ९२ संक्रमित भेटिएका हुन्। प्रदेश १ को इलाममा १, उदयपुरमा ३, झापामा ७, ओखलढुङगामा २, मोरङमा ३५ र सुनसरीमा २० जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश २ को धनुषामा ७, पर्सामा १०, बारामा १३, महोत्तरीमा २६, सप्तरीमा २०, सर्लाहीमा १७ र सिरहा ४१ जना कोरोना संक्रमि पुष्टि भएका छन्।

बागमती प्रदेशको ...


कर्मचारीलाई कोरोना देखिएपछि टोखा नगरपालिका सिल

काठमाडौं - टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको छ।

नगरपालिका कार्यालय भदौ २१ देखि भदौ २६ सम्म बन्द गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको र अरु कर्मचारीमा संक्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए।

कार्यालय बन्द रहे पनि कोरोना नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कामहरु निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए। टोखामा शुक्रबारसम्म २५७ कोरोना संक्रमित देखिएका छन्। जसमध्ये ९४ जना डिस्चार्ज ...


शनिवार १५६६ जना संक्रमित कोरोनामुक्त

काठमाडौं - शनिवार १५ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म २७ हजार १२७ जना संक्रमणमुक्त भएको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। होम आइसोलेसन तथा अस्पताल वा संस्थागत आइसोलेसनबाट उनीहरू संक्रमणमुक्त भएको उनले बताए।

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको प्रवक्ता डा गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार २७७ जना पुगेको ...


शनिवार काठमाडौं उपत्यकामा ४०८ जनामा संक्रमण

काठमाडौं - शनिवार काठमाडौं उपत्यकामा ४०८ जना कोरोना संक्रिमत थपिएका छन्। पछिल्लो २४ घन्टामा थपिएको यो संख्यासँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ९ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२६, ललितपुरमा ४५ र भक्तपुरमा ३७ संक्रमित थपिएका हुन्।

हाल देशभर १७ हजार ८७० जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार ८६६ जना संस्थागत आइसोलेसनमा रहेको डा गौतमले जानकारी दिए। हाल ८ हजार ४ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको ...


शनिवार १०४१ जनामा कोरोना संक्रमण, ४५ हजार नाघ्यो संख्या

काठमाडौं - शनिवार नेपालमा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार २७७ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४०८ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ९ सय १ पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२६, ललितपुरमा ...


धरानमा उपचाररत विराटनगरकी कोरोना संक्रमितको मृत्यु

काठमाडौं - धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको विराटनगर–११ घर भएकी ४३ वर्षीया महिला छिन् । उनको शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

प्रादेशिक ल्याब बिराटनगरमा परीक्षण गर्दा उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

न्यूरो अस्पताल बिराटनगरबाट रिफर भएर उनलाई प्रतिष्ठानमा ल्याइएको थियो ।

बिगत ४ वर्षदेखि उनमा उच्च रक्तचापको समस्या थियो । ...


बुटवलमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

बुटवल - बुटवलमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

नवलपरासी प्रतापपुर गाउँपालिका-२ की ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल-११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो । दुवैमा ज्वरो र श्वास प्रश्वासको समस्या रहेको ...


जानुअघि अर्थमन्त्रीको सम्बोधन : 'सुधारको सुरुवात भएको छ, निरन्तरता दिनुहोला'

काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो कार्यकालमा आर्थिक प्रणालीमा सुधारका काम अघि बढेको भन्दै त्यसलाई निरन्तरता दिन आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउनुअघि मन्त्रालयमा खतिवडाले राजस्व प्रशासन, खर्च प्रणाली र लेखा प्रणालीमा सुधारका लागि काम अघि बढाइएको उल्लेख गरे।

अर्थ मन्त्रालयका दुवै सचिव, महालेखा नियन्त्रक, महाशाखा प्रुमखहरू र कर तथा भन्सारका महानिर्देशकलाई बोलाएर मन्त्री खतिवडाले आफ्नो कार्यकालमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, लेखापरीक्षण ऐनजस्ता महत्वपूर्ण कानुन बनाइएको भन्दै खतिवडाले त्यसले प्रणाली सुधारमा जग बसालेको उल्लेख गरे।

मन्त्री खतिवडाले वर्षौंदेखि विवादमा रहेको मूल्य ...


शुक्रवार थप १३५४ जना संक्रमित कोरोनामुक्त

काठमाडौं - शुक्रवार नेपालमा थप १३५४ जनामा कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका उनीहरू संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५ हजार ५६१ जना पुगेको छ। यो कुल संक्रमितको ५८ प्रतिशत हो।

नेपालमा गत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक मृत्यु पुष्टि हुनेमा संक्रमितमा ४ जना महिला ...


नेपालमा २४ घण्टायता १४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा गत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक मृत्यु पुष्टि हुनेमा संक्रमितमा ४ जना महिला र १० जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।काठमाडौंका मात्र ३ जना महिलाको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य ...


शुक्रवार काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण

काठमाडौं - शुक्रवार काठमाडौं उपत्यकामा ४५४ जना कोरोना संक्रिमत थपिएका छन्। पछिल्लो २४ घन्टामा थपिएको यो संख्यासँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ४ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३८६, ललितपुरमा ३६ र भक्तपुरमा ३२ संक्रमित थपिएका हुन्। हालसम्म काठमाडौंमा ५ हजार६सय २२ ललितपुरका ८१८ २ र भक्तपुरमा ५९८ संक्रमित पुगेका छन्।

हाल देशभर १८ हजार ४०४ जना सक्रिय संक्रमित छन्। हाल ७ हजार ४ सय ६२ जना होम आइसोलेसनमा छन् भने १० ...


शुक्रवार नेपालमा थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण

काठमाडौं - शुक्रवार नेपालमा थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४ हजार २३६ जना पुगेको छ।

हाल देशभर १८ हजार ४०४ जना सक्रिय संक्रमित छन्। हाल ७ हजार ४ सय ६२ जना होम आइसोलेसनमा छन् भने १० हजार ९४२ जना संस्थागत आइसोलेसनमा छन्। १३ हजार ६३८ जना पिसिआर ...


चितवनमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमितको मृत्यु

चितवन - चितवनमा कोभिड–१९ संक्रमित एक महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंंडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको शुक्रबार अपराह्न पौने २ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए।

ती महिलाको बिहीबार राति मात्रै डा शीतल अधिकारी र डा लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो। श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन्।

...

आज बसेको मन्त्रिपरिषद्‍ बैठकले बामदेवको नाम सिफारिस गरेन

काठमाडौं - शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने अपेक्षा लिएको थियो। तर, बिहान ११ बजेदेखि बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गौतमको सिफारिस नगरी समापन गरिएको छ। संभवतः उनलाई अर्को बैठकले सिफारिस गर्नेछ।

गौतमलाई राष्ट्रियसभा मनोनयन गर्नका लागि मन्त्रिपरिषद् बैठकले सिफारिस नगरेको एक मन्त्रीले बताए। अर्को बस्ने मन्त्रिपरिषद्ले सिफारिस गर्न सक्ने ती मन्त्रीको भनाइ छ।

गौतमलाई यस अघि फागुन १४ गते बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो। त्यो बेला प्रधानमन्त्री केपी ओलीले आफूले नमान्ने जवाफ दिएका थिए।

बिहीबारको सचिवालय बैठकमा ओलीले ...


गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण

काठमाडौं - गण्डकी प्रदेशमा आज ४० जना कोरोना संक्रमित थपिएका छन्। पोखरामा मात्रै १६ जना थपिएका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत हुन्। त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक÷एक तथा नवलपरासीमा १७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकीमा संक्रमितको संख्या दुई हजार ३५२ पुगेको निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए।

...

बाग्लुङ पहिरोमा बगेका १४ को शव भेटियो, जलविद्युत, स्वास्थ्य चौकी र विद्यालय पनि बगे

बागलुङ - बाग्लुङमा आएको बाढीले ढोरपाटन–७, ८ र ९ का ४० घर बगाएको प्रारम्भिक तथ्यांक छ। बेपत्तामध्ये बिहीबार साँझसम्म १४ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए।

भेटिएका शवमध्ये ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विकको सनाखत भएको प्रहरीले जनाएको छ।

बस्तीदेखि १५ किलोमिटर तल खोलाको तीरमा पनि केही शव भेटिएका छन्। ‘क्षतविक्षत शव र केहीका हातखुट्टा मात्रै भेटिएकाले पहिचानमा समस्या भएको छ’, प्रजिअ न्यौपानेले भने, ‘बेपत्ताको खोजी जारी छ।’

स्थानीयका अनुसार उक्त क्षेत्रको ...


ललितपुरमा चक्रपथभित्र कर्फ्यू, हिड्डुल गर्न प्रतिबन्ध

काठमाडौं - जिल्ला प्रशासन कार्यालय ललितपुरले आज शुक्रबार ललितपुर जिल्लामा पर्ने चक्रपथभित्रका सबै क्षेत्रमा कर्फ्यू लगाएको छ।

ललितपुर महानगरपालिकाभित्र वल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रका सम्पूर्ण क्षेत्रमा बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको हो। बिहीबार रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा स्थानीय र प्रहरीबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ।

ललितपुर प्रशासनले कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र आवतजावत गर्न, भेला हुन र जुलुश निकाल्नेजस्ता कारवाही गर्न निषेध गरिएको र यो आदेशको उल्लंघन गरी घरबाट निस्केमा वा अन्य काम गरेमा सुरक्षाकर्मीले गोलीसमेत हान्न ...


शुक्रवारको क्याबिनेट खतिवडाको लागि अन्तिम, क्वार्टरबाट घरमा सामान सारिसके

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ११ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन्। शुक्रबारको बैठक अर्थमन्त्री डा युवराज खतिवडाका लागि अन्तिम क्याबिनेट बैठक हुनेछ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले खतिवडालाई अहिलेसम्म भए/गरेका काम कारबाहीको समीक्षात्मक टिप्पणीका लागि विशेष समय दिने तयारी गरेका छन्। त्यसमा खतिवडाले आफ्नो ३० महिने कार्यकालको समीक्षा गर्नेछन्।

खतिवडा बिहीबार बेलुका ६ बजेसम्म मन्त्रालयमा नै थिए। 'आज पेस भएका सबै फाइलको काम सकेर निस्किनुभयो,' खतिवडाका एक सहयोगीले भने।

क्वार्टरबाट घरमा सामान सारियो
मन्त्री खतिवडाको निजी निवास काठमाडौंको धुम्बाराहीमा छ। मन्त्री नियुक्त भएपछि उनी पुल्चोकस्थित मन्त्री ...


ढोरपाटन बाढी र पहिरोमा पुरिएका ८ जनाको शव फेला, १३ अझै बेपत्ता

बागलुङ - बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ। सुकुर्दुङस्थित भुजी खोलाको बाढीमा बेपत्ता हुनेमध्ये ८ जनाको शव फेला परेको र १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएको छ। घटनास्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ।

‘बाढी पीडित परिवारका सदस्यले ...


बिहिवार थप ९१७ जनामा संक्रमित कोरोनामुक्त

काठमाडौं - बिहिवार नेपालमा थप ९१७ जनामा कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका उनीहरू संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २४ हजार २०७ जना पुगेको छ।

हाल १८ हजार ४ सय १३ जना सक्रिय संक्रमित छन्। १० हजार ६७१ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ७ सय ४२ जना छन्।

१३ हजार ४ सय १३ जनाको आज पिसिआर परीक्षण भएको छ।

...

बिहिवार काठमाडौं उपत्यकामा ४४५ जना कोरोना संक्रमित थपिए

काठमाडौं - बिहिवार काठमाडौं उपत्यकामा ४४५ जना कोरोना संक्रिमत थपिएका छन्। पछिल्लो २४ घन्टामा थपिएको यो संख्या सँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएका हुन्। हालसम्म काठमाडौंमा ५ हजार६सय २२ ललितपुरका ८१८ २ र भक्तपुरमा ५९८ संक्रमित पुगेका छन्।

हाल १८ हजार ४ सय १३ जना सक्रिय संक्रमित छन्। १० हजार ६७१ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा रहनेको संख्या ७ ...


बिहिवार नेपालमा थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण

काठमाडौं - बिहिवार नेपालमा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ जना पुगेको छ।

हाल १८ हजार ४ सय १३ जना सक्रिय संक्रमित छन्। १० हजार ६७१ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ७ सय ४२ जना छन्।

१३ हजार ४ सय १३ जनाको आज ...


उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ता लम्ब्याइयो

काठमाडौं - काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । भदौ ३ गतेबाट १ हप्ताका लागि जारी गरिएको निषेधाज्ञा पुनः भदौ १० गते १ हप्ताको लागि थपिएको थियो जुन आज १७ गते राती सकिंदै थियो। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रायलसँग छलफल गरेपछि आज थप १ हप्ता यानेकि २४ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

काठमाडौँ उपत्यका भित्र काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला पर्दछन।

यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । एक प्रमुख जिल्ला अधिकारीका अनुसार त्यसबारे केहीवेरमा सूचना जारी गरेर ...


२४ घण्टायता १२ जना कोरोना संक्रमितको मृत्यु, काठमाडौँका ३ जना

काठमाडौं - नेपालमा गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक मृत्यु पुष्टि हुनेमा संक्रमितमा ६ जना महिला र ६ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। पछिल्लो २४ घण्टामा काठमाडौं र चितवनका ३/३ जना संक्रमितको मृत्यु भएको छ।

चितवनमा ५५ र १८ वर्षीया महिला, ६५ वर्षीय पुरुष, काठमाडौंमा ८९ वर्षीया महिला, ७० र ७५ वर्षीय पुरुषको मृत्यु भएको छ। ललितपुरमा ७०, तनहुँमा २० ...


 बुधवार काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना संक्रमण

काठमाडौं - बुधवार काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रिमत थपिएका छन्। पछिल्लो २४ घन्टामा भेटिएको यो संख्यासँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

हाल देशभर १८ हजार १०८ जना सक्रिय संक्रमित छन् भने १० हजार ४९३ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहने संक्रमितको संख्या ७ हजार ६१५ जना छन्।

पछिल्लो २४ घण्टामा १ हजार ११२ जना संक्रमण मुक्त भएका ...


 बुधवार नेपालमा थप १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं - बुधवार नेपालमा थप १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४१ हजार ६४९ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

काठमाडौंमा ...


 '७० करोड' घुसको अडियो सार्वजनिक गर्ने मिश्र भन्छन : 'प्रमाण सहित आउँदैछु'

काठमाडौं - सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालिन सुचना तथा संचार मन्त्री गोकुल बाँस्कोटासंग '७० करोड' घुसको मोलमोलाइको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफू सहयोग तयार रहेको बताएका छन्।

अख्तियारले बयानका लागि ७ दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गरेपछि मिश्रले विज्ञप्ति निकालेर आफू सहयोगका लागि तयार रहेको बताएका हुन्।

आफू अख्तियारलाई बुझाउनकै लागि रेकर्डिङ डिभाइस लिन जापान गएको भन्दै उनले आफू जापान नभागेको पनि उल्लेख गरेका छन्।

अख्तियारले बुधबार मिश्रको नाममा सार्वजनिक सूचना प्रकाशित गर्दै ७ दिनभित्र उपस्थित हुन भनेको छ।

'म कसैको दबाबमा बहकिने ...


भारतमा २४ घण्टायता ७८ हजार संक्रमित थपिए, १०४५ को मृत्यु

एजेन्सी - भारतमा २४ घण्टायता ७८ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने २४ घण्टाकै बीचमा १ हजार ४५ जना संक्रमितको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको आज बिहानको तथ्यांकअनुसार २४ घण्टायता ७८ हजार ३ सय ५७ संक्रमित थपिए भने १ हजार ४५ जनाको मृत्यु भयो।

भारतमा अहिले संक्रमितको संख्या ३७ लाख ६९ लाख ५ सय २४ पुगेको छ, जसमा ८ लाख १ हजार २ सय ८२ सक्रिय संक्रमित छन्।

हालसम्म २९ लाख १ हजार ९ जना निको भएका छन् भने ६६ हजार ३ सय ३३ जनाको मृत्यु ...


काठमाडौंको निषेधाज्ञाबारे आज निर्णय हुँदै

काठमाडौं - काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे आज निर्णय हुने भएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बसेर बुधबार निषेधाज्ञाबारे समीक्षा गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

'निषेधाज्ञाबारे बुधबार तीनै जिल्लाका सिडिओ (प्रमुख जिल्ला अधिकारी)हरू बस्ने कुरा छ। त्यही बैठकले निर्णय गर्छ,' उनले भने।

निषेधाज्ञाको अवधि लम्ब्याउने वा खुकुलो पार्ने विषयमा आजकाे बैठकले निर्णय गर्ने उनले जानकारी दिए।

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न तीनै जिल्लाका सिडिओहरूले भदौ ३ गते राति १२ बजेबाट निषेधाज्ञाको आदेश जारी गरेका थिए।

पहिलो पटक भदौ १२ गतेसम्म ...


काठमाडौं महानगरका कुन ठाउँमा कति संक्रमित ? (तथ्यांक सहित)

काठमाडौं - नेपालमा कूल कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा छन्। काठमाडौंमा पनि महानगरभित्र सबैभन्दा धेरै संक्रमित छन्।

मंगलबार साँझसम्मको तथ्यांकअनुसार काठमाडौंमा कूल ४९०० संक्रमित रहेकोमा महानगरपालिकामा मात्रै २७०७ जना छन्। तीमध्ये ११०२ सक्रिय संक्रमित छन्। महानगरका ३२ वटै वडामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये सबैभन्दा धेरै संक्रमित ३२ नम्बर वडा रहेको कोटेश्वर क्षेत्रमा छन्। त्यहाँ कुल २०३ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको क्षेत्र वडा नम्वर ३ को महाराजगन्ज रहेको छ। उक्त क्षेत्रमा १०८संक्रिय सक्रमित रहेका छन्।

नेपालभर भने कोरोना संक्रमितको ...


मंगलवार नेपालमा थप ७६८ संक्रमित कोरोनामुक्त

काठमाडौं - मंगलवार नेपालमा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घन्टामा निको भएका यो संख्या सहित २२ हजार १७८ निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५२९ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४८१ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार २ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ...


२४ घण्टायता ४ वर्षीया बालिकासहित ११ जना संक्रमितको मृत्यु

काठमाडौं - २४ घण्टायता नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक मृत्यु पुष्टि हुनेमा संक्रमितमा एक जना बालिकासमेत छन्। उनी महोत्तरीकी ४ वर्षीया बालिका रहेको मन्त्रालयले जनाएको छ। यसका साथै थप १० जनाको समेत मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए।

पछिल्लो २४ घन्टामा नेपालमा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित २२ हजार १७८ निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका ...


मंगलवार काठमाडौं उपत्यकामा ४८१ जना संक्रमित थपिए

काठमाडौं - मंगलवार काठमाडौं उपत्यकामा ४८१ जना कोरोना संक्रिमत थपिएका छन्। पछिल्लो २४ घन्टामा थपिएको यो संख्या सँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार २ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

काठमाडौंमा ३९०, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

हाल १८ हजार ११२ जना सक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेनमा १० हजार ८३२ छन्। होम आइसोलेसनमा रहेनको संख्या ७ हजार २८० जना छन्।
१२ हजार ८८ जनाको पिसिआर आज परीक्षण भएको छ। ...


मंगलवार देशभर थप १०६९ जनामा कोरोना संक्रमण

काठमाडौं - मंगलवार नेपालमा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५२९ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४८१ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ हजार २ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। काठमाडौंमा ३९०, ...


चितवनमा उपचाररत हेटौंडाका कोरोना संक्रमितको मृत्यु

चितवन - चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारको क्रममा गएराति ज्यान गएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

भदौ १४ गते अस्पतालमा उपचारका लागि आएका ती पुरूषलाई कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
उनको सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवनमा कोरोनाबाट संक्रमितको मृत्युु हुने संख्या १७ पुगेको छ । मृत्यु हुनेमा चितवनका ९ र मकवानपुरका ४ जना छन् ।

...

चितवनमा अस्पताल चहार्दाचहार्दै गयो ३ जना सङ्क्रमितको ज्यान

चितवन - जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमै मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्युपछि स्वाब सङ्कलन गरिएका उनीहरु तीनै जनामा कोरोना सङ्क्रमण देखिएको छ । राति अबेर नतिजा आएको थियो । भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीका अनुसार मृत्यु भएका तीनै जनामा कडा ...


पूर्व बेलायती राजदूत मोरिसको शव झन्डै ४ महिनापछि जंगलमा फेला

काठमाडौं - नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिसको शव जंगलमा फेला परेको छ। करिब ४ महिना अघि देखि बेपत्ता उनको सोमबार दक्षिणपूर्व इंगल्यान्डस्थित ह्याम्पसायरको जंगलमा शव फेला परेको बेलायती प्रहरीले जनाएको छ।

पूर्वराजदूत मोरिस मे ६ मा बन्टलीमा रनिङ गर्दै गरेको अवस्थामा सबैभन्दा पछिल्लो पटक देखिएका थिए। त्यसपछि उनी हराइरहेका थिए।

ह्याम्पसायर कन्स्टाबुलरीका अधिकारीले उनको शव एलिस होल्ट जंगलमा भेटिएको बताएका हुन्।

५२ वर्षीय मोरिस नेपालका लागि राजदूत भएर ४ वर्ष सेवा गरिसकेका थिए। तीन सन्तानका पिता मोरिस नेपालका लागी राजदूत रहनुअघि फिजीमा ब्रिटिस हाइ कमिसनर थिए।

...

सोमबार चार्टर उडान मार्फत ४०९ जना नेपाली स्वदेश फर्किए

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका दुई चार्टर्ड उडानमार्फत् ४०९ नेपाली स्वदेश फर्किएका छन्। विमानस्थल कार्यालयका अनुसार सोमबार नेपाल एयरलाइन्सले दुबईबाट २५४ यात्रु तथा चार शव नेपाल ल्याएको छ भने हिमालय एयरलाइन्सले अबुधाबीबाट १५५ यात्रु र एक बच्चा काठमाडौँ ल्याएको छ।

थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दोहाबाट समान एक उडान गर्नेछन्। दुवै एयरलाइन्सका जहाज सोमबार राति त्यसतर्फ प्रस्थान गर्ने विमानस्थलले जनाएको छ।

मङ्गलबार पनि नेपाल एयरलाइन्सका दुई र हिमालय एयरलाइन्सका दुई तथा एयर अरेबियाको एक गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन्। ...


रहेनन् प्रणब मुखर्जी : शिक्षक, पत्रकार हुँदै राष्ट्रपतिसम्मको जीवनयात्रा

काठमाडौँ - भारतका धेरै नागरिकले मन पराउने नेताहरुको सूचीमा अग्रपङ्क्तिमा पर्ने पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनको खबरले अहिले भारतभरी शोक छाएको छ । अन्य देशका नेताहरुसँग पनि राम्रो सम्वन्ध भएकाले उनको निधनप्रति विश्वभरीबाट दुःख व्यक्त भइरहेको छ ।

विभिन्न दीर्घरोगका कारण अस्वस्थ्य रहँदै आएका ८४ वर्षीय मुखर्जीलाई कोरोना सङ्क्रमण भएको पनि पुष्टि गरिएको थियो । अस्पतालमा उपचार गरिरहँदा पनि थप गल्दै गएपछि उनी केही दिनदेखि अचेत अवस्थामा रहेका थिए । भेन्टिलेटरमा राखेर उपचार गराइरहेपनि उनको उपचार सफल नभएको उनकै छोराले जानकारी दिएका हुन् ।

उनका बारेमा यसअघि पनि ...


नेपालमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको पहिलो मृत्यु

काठमाडौं - नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ। महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याउने क्रममा भदौ १० गते बाटैमा मृत्यु भएको हो।

मृत्यु भइसकेपछि उनलाई ललितपुरस्थित बयोधा अस्पताल लगिएको थियो। अस्पतालले कोरोना परीक्षणका लागि उनको स्वाब एक नीजि क्लिनिकमा पठाएकोमा कोरोना पोजेटिभ देखिएको बयोधा अस्पतालले जनाएको छ।

अस्पताल स्रोतका अनुसार मृतक स्वास्थ्यकर्मीको श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएको छ। श्रीमतीको बयोधा अस्पतालमा उपचार भइरहेको छ।

मृतक स्वास्थ्यकर्मीको त्यही दिन नै अन्त्येष्टि गरिएको थियो। अस्पतालमा मृतक स्वास्थ्यकर्मीको स्वाब संकलन गरेपछि ...


चौबिस घण्टायता नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा गत २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मृत्यु हुने संक्रमितमा ३ महिला/बालिका र ४ पुरुष गरी ७ जना रहेको मन्त्रालयले जानकारी दिएको हो।

गत २४ घण्टामा महोत्तरीका ४ वर्षीया बालिका, गोरखाका ६५ वर्षीय र रुपन्देहीका ६८ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

कोरोना संक्रमित मृत्यु हुने पुरुषहरुमा झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुष छन्। यसअघि आइतबार एकै दिन ...


 सोमवार काठमाडौं उपत्यकामा थप २९८ जना कोरोना, ५७२५ पुगे संक्रमित

काठमाडौं - सोमवार काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ७ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

हाल १७ हजार ८२२ जना संक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेसनमा १० हजार ७०१ छन्। होम आइसोलेसनमा ७ हजार १ सय २१ जना छन्।

आज ११ हजार ९२९ जनाको पिसिआर परीक्षण भएको छ। हाल ७३३७ जना क्वारेन्टाइनमा छन्।

हालसम्म ...


सोमवार नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - सोमवार नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ७ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

शनिबार काठमाडौंमा १९०, ...


इजरायल रोजगारी फेरि सुरु हुँदै

काठमाडौं - करिब ४ वर्षदेखि ठप्प रहेको इजरायल रोजगारी फेरि सुरु गर्न पहल हुने भएको छ। जिटुजीमार्फत् नेपाली कामदार लैजाने गरी इजरायल सकारात्मक देखिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

जिटुजी प्रणालीअन्तर्गत इजरायल कामदार पठाउनेसम्बन्धी कार्यविधि नै तर्जुमा गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताए।

‘वैदेशिक रोजगारीका लागि सुरक्षित तथा सम्भाव्य देखिएका अन्य मुलुकहरुसँग समेत श्रम सम्झौता (एमओयु) गर्न पहल गरिनेछ।

इजरायलमा जीटूजी प्रणालीमार्फत् कामदार पठाउनेसम्बन्धी कार्यविधि तर्जुमा गरिनेछ’ मन्त्री यादवले भने।

इजरायलमा केयरगिभरमा नेपाली श्रमिकहरु लैजाने गरी २०७२ सालमा सम्झौता भएको थियो। सम्झौतामा ...


कोरोनाको जोखिम कम भएका मुलुक जान श्रम स्वीकृति खुल्ला

काठमाडौं - सरकारले वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकहरूका श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको जोखिम कम भएका मुलुकहरूमा नयाँ श्रम स्वीकृति दिन शुरु गर्ने निर्णय गरेको हो।

स्रोतकाअनुसार दक्षिण कोरिया, जापान, इजरायल, साइप्रस, रोमानिया, पोल्यान्डलगायतका मुलुकमा रोजगारीका लागि जान श्रम स्वीकृति दिने निर्णय भएको हो।

कोरोना महामारी तथा लकडाउनका कारण सरकारले गत फागुनको अन्तिम सातादेखि सबै प्रकारका श्रम स्वीकृति स्थगन गरेको थियो। गत असार १८ गतेदेखि बिदामा आएर अड्किएका तथा भिसा अवधि बाँकी भएकाहरुका लागि पुनः श्रम स्वीकृति खुल्ला गरेको ...


आन्तरिक उडान असोज १ गतेबाट खुल्ने

काठमाडौं - सरकारले आन्तरिक उडान असोज १ गतेबाट मात्र खुलाउने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि आन्तरिक उडान खुलाउने मिति पुनः सारिएको हो।

यसअघि सरकारले भदौ १ गतेबाट आन्तरिक उडान खुलाउने निर्णय गरेको थियो। त्यसपछि पनि कोरोना संक्रमण बढेको भन्दै पुनस् भदौ १६ गतेसम्मका लागि उडान बन्द गर्ने निर्णय गरेको थियो।

तर उपत्यकाका ३ जिल्लामा जारी निषेधाज्ञा भदौ १७ गतेसम्म रहने र अधिकांश जिल्ला तथा स्थानीय तहको लकडाउन जारी रहेका कारण भदौ १६ बाट पनि आन्तरिक उडान खुल्न नसक्ने निश्चित भएको थियो।

यसअघि निजी हवाई सेवा प्रदायक कम्पनीले ...


कालिकोट पहिरो : ज्यान गुमाउनेको संख्या १० पुग्यो, २ अझै बेपत्ता

काठमाडौं - पहिरोले कालिकोटको तिलागुफा–१ नाग्ममा चार घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ। घटनामा २ जना बेपत्ता छन्।

घटनास्थलबाट उद्धार गरिएका २ जनालाई उपचारार्थ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले बताए।

नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन्। पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० जनाको शव फेला परेको हो।

शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका ४ जनाको पनि ...


महानगरीय प्रहरी कार्यालयका १३ जनामा कोरोना संक्रमण

काठमाडौं - महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

प्रहरी उच्च स्रोतका अनुसार योसँगै रानीपोखरीमा संक्रमित हुने प्रहरीको संख्या २८ पुगेको छ । संक्रमण बढेसँगै प्रहरीले न्यून जनशक्तिबाट काम गरिरहेको छ ।

योसँगै हाल उपत्यकामा संक्रमित प्रहरीको संख्या २७८ पुगेको छ । देशभर एक हजार ५ सय ६७ प्रहरी संक्रमित छन्, तीमध्ये ६ सय ७४ जना निको भएर फर्किसकेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

...

थप २ सय ६७ संक्रमित कोरोनामुक्त, मुस्ताङ र हुम्ला संक्रमित शून्य

काठमाडौं - पछिल्लो २४ घण्टामा थप २ सय ६७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सँगै नेपालमा २० हजार ८ सय २२ जना संक्रमित उपचारपछि निको भएका छन्। हाल मुस्ताङ र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य छन्।

हालसम्म कुन प्रदेशबाट कति डिस्चार्ज?
प्रदेश १– १५६९
प्रदेश २– ४७४३
बागमती प्रदेश– १०२३
गण्डकी प्रदेश– १७०७
प्रदेश ५– ४८४९
कर्णली प्रदेश– २०८३
सुदूरपश्चिम प्रदेश– ४८४८

नेपालमा गत २४ घण्टामा ...


देशभर १७ जना भेन्टिलेटरमा र १४४ जना संक्रमित आइसियूमा उपचाररत

काठमाडौं - कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ सय ६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।मन्त्रालयको तथ्यांक अनुसार १७ जना भेन्टिलेटरमा र १४४ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् ।

आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ७० जना आइसियू र १२ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै प्रदेश १ मा १७ जना आइसियू र ३ जना भेन्टिलेटरमा रहेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ ...


आइतवार रेकर्ड ब्रेक : १२२१ जनामा संक्रमण, उपत्यकामा मात्रै ४२९, १४ जनाको मृत्यु

काठमाडौं - आइतवार नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ३४८ महिला र ८७३ जना पुरुष गरी १२२१ जना संक्रमित भएको मन्त्रालयले जानकारी दिएको हो। २४ घण्टाको अवधिमा नेपालमा यति धेरै मानिसमा संक्रमण पुष्टि भएको यो पहिलोपटक हो।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५६१ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४२९ ...


रक्षामन्त्री, गृहमन्त्री र प्रधानसेनापतिलगायतको पिसीआर परीक्षण नेगेटिभ

काठमाडौं - उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहितको कोभिड-१९ को पछिल्लो पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र९सिसिएमसी० को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनीहरुको पिसीआर परीक्षण गरिएको थियो।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत सिसिएमसीको उक्त बैठकमा सहभागी थिए।

उनीहरुको स्वाब शनिबार बिहान संकलन गरिएकामा साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। बैठकमा चियापानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गत बिहीबार ...


भक्तपुरमा होम आइसोलेनमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं - भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ।

उच्च रक्तचाप र मधुमेहका बिरामी उनको भदौ ११ मा पिसीआर परीक्षण गरिएकोमा १२ गते शुक्रबार संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बस्दै आएका उनको शनिबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए।

कोरोना भाइरस पुष्टि भएपछि अस्पताल लैजान अनुरोध गर्दा परिवारले एक्लै खाना खान समस्या हुने भन्दै होम आइसोलेसनमा राखेका थिए। अब परिवारका सदस्यको पिसीआर परीक्षण गर्ने तयारी गरिएको छ। भक्तपुर जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको ...


कञ्चनपुरमा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु, स्वास्थ्यकर्मी परिचालन

महेन्द्रनगर - कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ ।

शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ ।

दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली सङ्क्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो । जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशङ्कामा १० जनाको रगतको नमूना सङ्कलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताए ।

“महामारीको सङ्केत छैन”, उनले ...


१३ दिनको बीचमा १०० जना संक्रमितले गुमाए ज्यान, कुन दिन कति ?

काठमाडौं - भदौ १ देखि १३ गतेसम्मको १३ दिनमा मुलुकभर एक सय संक्रमितले ज्यान गुमाएका छन्। भदौ १ गतेसम्म नेपालमा १०७ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो भने भदौ १३ गते मन्त्रालयले जारी गरेको तथ्यांकमा २०७ जना संक्रमितको मृत्यु भएको उल्लेख छ।

मृत्यु हुने संक्रमित सातै प्रदेशबाट छन् । हाल सबैभन्दा धेरै प्रदेश २ मा ८१ संक्रमितले ज्यान गुमाएका छन्। प्रदेश २ पछि बागमती प्रदेशमा धेरै संक्रमतिले ज्यान गुमाएका छन् । बागमती प्रदेशमा ४८ जनाको मृत्यु भएको छ । प्रदेश १ मा २४, प्रदेश ५ ...


पाटन अस्पतालमा २९ वर्षीय संक्रमित युवकको मृत्यु

काठमाडौं - पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुरका २९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

साउन २८ गतेदेखि अस्पतालमा उपचाररत संक्रमित पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो।

शनिबार दिउँसो ४ बजेसम्म नेपालमा १२ जना संक्रमितको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको थियो।

पछिल्लो केही दिनयता नेपालमा संक्रमितको मृत्युदर बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयको शनिबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा २०७ संक्रमितको मृत्यु भएको छ।

...

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । जसमा काठमाडौं उपत्यकामा मात्रै ६ जना रहेका छन्।

काठमाडौँ, ललितपुर र भक्तपुरका २/२ जना गरि ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

...

शनिवार कहाँ कति जना कोरोना संक्रमित भेटिए ?

काठमाडौं - शनिवार ८ सय ८४ जनामा कोरोना संक्रमण भेटिएको छ। पछिल्लो २४ घण्टामा २ सय ४२ महिला र ६ सय ४२ पुरुष गरी ८ सय ८४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा १, झापामा २०, धनकुटामा १९, मोरङमा ३१, संखुवासभामा ३ र सुनसरीमा २४ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषाका ४९, पर्साका ७३, बाराका २१, महोत्तरीका २६, रौतहटका ५, सप्तरीका २, सर्लाहीका ८३ र सिरहाका २२ जनामा कोरोना पुष्टि भएको छ।

बागमती प्रदेशको काठमाडौंका १ सय ५५, काभ्रेका ...


पूर्वप्रधानन्यायाधीशले अब सर्वोच्च अदालतबाटै सुविधा पाउने

काठमाडौं - सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतबाटै गाडीसहितको सुविधा पाउने भएका छन्। मन्त्रीपरिषदको बैकठले असार २ गते यस्तो निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरुलाई आफ्नो जीवनकालसम्म एक हजार ६ सय सिसीसम्मको एउटा सवारी साधन उपलब्ध गराउने उल्लेख छ। साथै, मासिक इन्धन एक सय लिटर, हलुका सवारी चालक एक, एक निजी सुरक्षा अधिकृत एक तथा सवारी साधन मर्मत खर्च सर्वोच्च अदालतले नै व्यवस्थापन गर्ने भनिएको छ।

मन्त्रिपरिषद्को निर्णय लगत्तै सर्वोच्चले आफ्ना पूर्वप्रधानन्यायाधीशले लगेको सवारी साधन र सुविधा कटौती नगर्ने भएको छ। हालसम्म १४ जना प्रधानन्यायाधीशले सर्वोच्चबाट ...


शनिवार थप ३१३ जना संक्रमित कोरोनामुक्त

काठमाडौं - शनिवार थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म २० हजार ५५५ उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ५५ प्रतिशत हो।

पछिल्लो २४ घन्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८६ जना कोरोना संक्रिमत थपिएका छन्। शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ ...


शनिवार काठमाडौं उपत्यकामा १८६ जना संक्रिमत थपिए

काठमाडौं - शनिवार काठमाडौं उपत्यकामा १८६ जना कोरोना संक्रिमत थपिएका छन्। शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ९ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ।

हालसम्म २० हजार ५ सय ५५ जना निको भएर घर फर्किएका छन् भने १६ हजार ५७८ संक्रिय संक्रमित छन्। ६४४५ जना होम आइसोलेसनमा छन् भने १०१४५ संस्था आइसोलेनसमा छन्।

आज ३१३ निको भएर डिस्चार्ज छन् हालसम्म ५५ प्रतिशत संक्रमित निको ...


शनिवार नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण

काठमाडौं - शनिवार नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८६ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ९ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

शनिबार काठमाडौंमा १५५, ...


कोरोना सङ्क्रमित महिलाले जन्माइन जुम्ल्याहा बच्चा

चितवन - चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ ।

गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन् । आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाले जानकारी दिए ।

आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने उनले बताए । डा. सापकोटाले कोरोना सङ्क्रमण नसरोस् भनी ...


गण्डकी प्रदेशमा डाक्टरसहित ९ जनामा कोरोना पुष्टि

पोखरा - गण्डकी प्रदेशमा शनिबार ९ संक्रमित थपिएका छन् । संक्रमितमध्ये एक जना मणिपाल अस्पतालका डाक्टर र बाँकी ८ जना लमजुङमा कार्यरत प्रहरी रहेका खुलेको छ ।

शुक्रबार मात्रै लमजुङ बेँशीशहरमा कार्यरत १२ जना प्रहरीमा कोरोना देखिएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शनिबार बिहान ९ संक्रमित थपिएसँगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २०६५ पुगेको छ ।

यसअघि पनि मणिपाल अस्पतालका एक चिकित्सकलाई कोरोना भेटिएको थियो ।

...

सङ्क्रमित बढेपछि डोटीमा एक साता निषेधाज्ञा

डोटी - कोरोना सङ्क्रमित बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा पहिलो चरणमा भदौ २१ गते आइतबार रातिसम्म सात दिनका लागि लागू हुने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा एक हप्तामा कोरोना सङ्क्रमित बढेर ९०० पुगेको छ ।

जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका ...


२० जना संक्रमितको प्लाज्मा थेरापीबाट सफल उपचार

काठमाडाैं - हालसम्म २० जनाको प्लाज्मा थेरापी विधिबाट उपचार भई निको भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म २० जनाको प्लाज्मा थेरापी विधिबाट सफल उपचार भएको जानकारी दिए।

नेपालमा कोभिडको उपचारमा कन्भालसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्ने क्रम बढेको छ। कोरोना संक्रमण भई निको भएका व्यक्तिले दान गरेको प्लाज्माबाट कोभिडका गम्भीर बिरामीलाई उपचार गरिएको छ।

उनका अनुसार हालसम्म २० देखि ५९ वर्षका २० जना, बुटबलमा २, अन्य २ र धरानमा एक जना गरी हालसम्म ४२ जनाले प्लाज्मा दान गरिसकेका छन्।

स्वास्थ्य विज्ञहरुले प्लाज्मा विधि उपचार सफल भइरहेकोले ...


शुक्रबार १२ कोरोना संक्रमितको मृत्यु, १९५ पुगे मृतक

काठमाडौं- नेपालमा गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मृत्यु हुनेमा ४ महिला र ८ पुरुष गरी १२ जना संक्रमित पुरुष छन्। मृतकहरुमा मोरङका दुई महिला, भक्तपुर र मकवानपुरका एकएक जना महिला छन्। उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका एकएक जना पुरुष छन्।  

२४ घण्टाको अवधिमा कोरोना संक्रमित मृतकको यो संख्या हालसम्मकै उच्च हो। यसअघि भदौ ५ गते र भदौ १० गते ११ जनाको ...


शुक्रबार काठमाडौं उपत्यकामा ४१५ जना कोरोना संक्रमित थपिए

काठमाडौं- शुक्रबार काठमाडौं उपत्यकामा ४१५ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ८ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ५४ र भक्तपुरमा ११ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय १२ पुगेको छ।

१६ हजार १६ जना संक्रिय संक्रमित छन्। ६४४६ जना होम आइसोलेसनमा छन् भने ९५७३ जना संस्थागत आइसोलेसनमा ...


शुक्रबार नेपालमा थप ९२७ जनामा कोरोना संक्रमण

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४५६ जना पुगेको छ। 

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४१५ जना कोरोना संक्रिमत थपिएका छन्। शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ५४ र भक्तपुरमा ११ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी ...


पूर्व उद्योग राज्यमन्त्रीलाई कोरोना संक्रमण, ह्याम्समा उपचार हुँदै

काठमाडौं - पूर्व उद्योग राज्यमन्त्री कञ्चन वादेलाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमणपछी उनी काठमाडौंस्थित ह्याम्स अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ। उनको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

काभ्रे स्थायी ठेगाना भएका उनले १० दिनअघि ज्वरो आएपछि बनेपामा नै उपचार गराएका थिए। तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई काठमाडौं रेफर गरिएको थियो। काठमाडौंमा कोरोना भाइरसको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको अस्पतालले जानकारी दिएको छ।

हाल उनको अवस्थामा सुधार भएकाले आइसियूबाट सामान्य बेडमा सार्ने तयारी भइरहेको समेत अस्पतालले जानकारी दिएको छ। केही ...


पाउल पोग्बालाई कोरोना संक्रमण

काठमाडौं - फ्रेन्च फुटबलर पाउल पोग्बालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। पोग्बालाई कोरोना देखिएको फ्रान्सका मुख्य प्रशिक्षक डिडिर डेसच्याम्पसले जानकारी दिएका छन्।

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर समेत रहेका पोग्बाले अब नेसन्स लिगका खेल गुमाउने भएका छन्। कोरोना देखिएसँगै फ्रान्सको टिमबाट समेत बाहिरिएका पोग्बा १४ दिनको सेल्फ आइसोलेसनमा बस्ने छन्। पोग्बाको स्थानमा १७ वर्षीय मिडफिल्डर इडुवार्डो कामभिङ्गालाई टिममा बोलाइएको प्रशिक्षक डिडिरले बताएका छन्।

फ्रान्सले नेसन्स लिगअन्तर्गत आफ्नो पहिलो खेल सेप्टेम्बर ५ तारिखमा स्वीडेनसँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, ८ सेप्टेम्बरमा क्रोसियासँग फ्रान्सले खेल्ने तालिका छ।

२७ वर्षीय पोग्बाले नेसन्स ...


कोरोना संक्रमण अझै बढ्छ, सचेत रहनुस : स्वास्थ्य मन्त्रालय

काठमाडौँ - सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताए ।

उनले सङ्क्रमण वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने धारणा राखे । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले सङ्क्रमण बढीरहेको उनको भनाइ छ । उनले सङ्क्रमण देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेसनमा बस्न अनुरोध गरे ।

प्रवक्ता डा. गौतमले सङ्क्रमण अझ ...


धरानमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौं - कोरोना संक्रमणका कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जनाको मृत्यु भएको छ। झापाका ८३ वर्षीय पुरुष र मोरङकी ५६ वर्षीया महिलाको मृत्यु भएको हो।

अत्याधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आउने समस्याबाट पीडित झापाका ८३ वर्षीय पुुरुष बी एण्ड सी अस्पतालबाट रेफर भई भदौ ३ गते भर्ना भएकामा आज बिहान पौने ४ बजे निधन भएको अस्पतालले जनाएको छ। ती पुरुषमा मिर्गौलाको दीर्घकालीन समस्या, उच्च रक्तचाप, मधुमेह र अल्प रक्तकोशिकाको समस्या रहेकोमा ८ गते कोरोना पोजिटिभ देखिएको पुष्टि भएको थियो।

यस्तै, कोशी अस्पतालबाट ...


बिहिवार कुन जिल्लामा कति संक्रमित भेटिए (सुचिसहित)

काठमाडौं - बिहिवार नेपालमा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण भेटिएको छ। ४७ जिल्लाका ३ सय ३४ महिला र ७ सय ७७ पुरुष सहित १ हजार १ सय ११ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश १ को खोटाङमा १, मोरङमा २०, संखुवासभामा ४ र सुनसरीमा ३८ जना संक्रमित भेटिएका छन्। प्रदेश २ को धुनषाका ३९, पर्साका ८५, बाराका ३०, महोत्तरीका ७, रौतहटका १५, सप्तरीका २२, सर्लाहीका ६ र सिराहाका ७ जनामा कोरोना पुष्टि भएको छ।

बागमती प्रदेशको काठमाडौंका २ सय ७०, ...


तरकारीको मूल्य अस्वाभाविक आकासिएपछी सरकारको अनुगमन

काठमाडौं - निषेधाज्ञापछि बजारमा तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको गुनासो आउन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन बढाएको छ।

मंगलबार विभागका महानिर्देशक र निर्देशकहरुको टोली आफैं तरकारीको अनुगमनमा निस्केको थियो। त्यस्तै बिहीबार विभागबाट १५ वटा अनुगमन टोली खटिएर दर्जनभन्दा बढी स्थानका ५० भन्दा बढी तरकारी पसलको अनुगमन गरेको छ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार विभागले तरकारीको खुद्रा बजार मूल्यको अध्ययन अनुगमन गरेको हो। ‘काठमाडौं उपत्यकाका लेले, बालकोट, कागेश्वरी मनहरा, जोरपाटी, महाराजगंज, बसुन्धारा, चाबहिल, कलंकी, कीर्तिपूर, कुसुन्ती, सामाखुसी, मुलपानीलगायत स्थानमा अनुगमन भयो। ती अनुगमनबाट ...


स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि प्युठान अस्पतालका सेवा बन्द

प्युठान - अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि प्युठान अस्पतालका आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ।

अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको स्वाब संकलन गरी रिपोर्ट नआउँदासम्म अस्पतालका आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द रहने जिल्ला अस्पताल प्युठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पन्थीले जानकारी दिए।

त्यस्तै जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय प्युठानले कोरोना संक्रमणको जोखिम बढेको भन्दै भोलि (शुक्रबार) १२ गते बिहान ६ बजेदेखि भदौ १८ गते राति १२ बजेसम्मको ...


विदेश पढ्न जाने विद्यार्थीहरूलाई 'एनओसी' दिइने (मन्त्रिपरिषद्का थप निर्णयहरु)

काठमाडौं - सरकारले उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन सर्टिफिकेट) जारी गर्ने कार्यलाई पुन: निरन्तरता दिने भएको छ। गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगबाट सिफारिस भएका डा रश्मि शर्मा, डा वर्षा थापा र लिली श्रेष्ठलाई नेपाल स्वास्थ्य सेवाको एघारौं तहको पदमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सको (सातौं संशोधन) विधान, २०७७ स्वीकृत गर्ने पनि मन्त्रिपरिषद्ले गरेको छ।

भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका ...


नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टायता कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

यो कूल संक्रमितको शून्य दशमलब ५२ प्रतिशत हो।

२४ घण्टामा मृत्य हुने ८ जनामध्ये ५ जना महिला र ३ पुरुष छन्। काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष र कास्कीकी ३२ वर्षीय एक महिलाको मृत्यु भएको प्रवक्ता डा गौतमले बताए ।

यस्तै, कपिलवस्तुका ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया ...


काठमाडौं उपत्यकामा बिहिवार थप ३७७ जनामा कोरोना संक्रमण

काठमाडौं - बिहिवार काठमाडौं उपत्यकामा ३७७ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ३ सय ९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९६ पुगेको छ।

आज देशभर ११११ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३५ हजार ५ सय २० पुगेको छ।

पछिल्लो ...


बिहिवार नेपालमा थप ११११ जनामा कोरोना संक्रमण

काठमाडौं - बिहिवार नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ जना पुगेको छ। देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ...


लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई डिस्चार्ज गर्न सरकारको पत्राचार

काठमाडौं - सरकारले देशभरीका कोभिड अस्पतालमा उपचाररत लक्षण नभएका र सामान्य लक्षण भएका कोरोना संक्रमितलाई डिस्चार्ज गर्न पत्राचार गरेको छ । कोभिड अस्पतालमा रहेका लक्षण नभएका र सामान्य लक्षण भएका विरामीको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न पत्राचार गरिएको हो ।

सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र देशभरीका कोभिड अस्पताललाई पत्राचार गरी १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न र पोजेटिभ आएमा थप चार दिन अस्पतालमा राखि परीक्षण नै नगरी डिस्चार्ज गर्न पत्राचार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ...


सरकारले गर्यो ६० जना सहसचिवको एकैपटक सरूवा

काठमाडौं - सरकारले ६० जना सहसचिवको सरूवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उनीहरूको विभिन्न प्रदेश तथा संघीय सरकारका विभिन्न मन्त्रालयमा सरूवा गरिएको हो।

अर्थ मन्त्रालयबाट ३ जना बाहिरिएका छन् भने २ जना भित्रिएका छन्। अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाललाई सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरूवा गरिएको छ।

यसैगरी अर्का सहसचिव उत्तरकुमार खत्रीको सरूवा प्रदेश नं १ को आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव बनाइएको छ।

सहमहालेखा नियन्त्रक रमेश शिवाकोटीलाई गृह मन्त्रालय पठाइएको छ। गृह मन्त्रालयबाट महेश आचार्य ...


अर्थमन्त्रीको बाहिरिने हल्लाले उक्लियो शेयर बजार

काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनको हल्लाले शेयर बजार फेरि उचालिएको छ। नियमअनुसार संसद नरहेको अवस्थामा बढीमा ६ महिनासम्म मन्त्री हुने व्यवस्थाअनुसार उनी अब मन्त्री हुन नसक्ने आँकलन गरिएको छ। शेयर बजारले सधैं नकारात्मक रुपमा हेर्दै आएका खतिवडाको बहिर्गमनको हल्लाले जहिले पनि बजार बढ्ने गरेको छ।

धेरै लामो समयदेखि तल झरिरहेको शेयर बजार एक सातादेखि बढिरहेको छ। बुधबार नेप्से सूचक २१.१० अंकले बढेको छ। सूचक १.४६ प्रतिशतले बढेर १४६२.०३ अंकमा रोकिएको छ। खतिवडा अर्थमन्त्री नरहने हल्लाले ५ कारोबार दिनमा झण्डै ७० अंकको सुधार देखिएको छ।

स्थानीय ...


पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टायता नेपालमा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ९ पुरुष गरी ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ सय ७५ पुगेको छ।

बुधवार नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ ...


बुधवार काठमाडौं उपत्यकामा ३०१ जना संक्रमित थपिए

काठमाडौं - बुधवार काठमाडौं उपत्यकामा ३०१ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौं, ललितपुर र भक्तपुरमा ३०१ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जाेगेश्वर गौतमले जानकारी दिएका हुन्।

काठमाडौंमा २३०, ललितपुरमा २४ र भक्तपुरमा ४७ क्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार १९ पुगेको छ। त्यसैगरि, काठमाडौंमा ३ हजार १८५, ललितपुरको ४८७ र भक्तपुरमा ३४७ संक्रमित पुगेका छन्।


बुधबार देशभर नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३४ ह्जार हजार४१५ पुगेको छ। २४ घण्टामा ३१३ जना डिस्चार्ज भएसँगै १९ हजार ५०४ जना संक्रमणमुक्त भएका छन्।

...

बुधवार नेपालमा थप ८८५ जनामा कोरोना संक्रमण

काठमाडौं - बुधवार नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ जना पुगेको छ।

हालसम्म १९ हजार ५ सय ४ जना निको भएर घर फर्किउका छन्। हाल सक्रिय संक्रमितको संखया् १४ हजार ७ सय ३९ जना छन्। पछिल्लो २४ घण्टामा ३८५ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

...

उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप, के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं–उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको दुई दिने बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन्।

 काठमाडौमा संक्रमण बढ्दै गएको र अर्को सातासम्म कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने भएकाले निषेधाज्ञा लम्ब्यान काठमाडौं उपत्यकाका मेयरहरुले सुझाव दिएका थिए। उपत्यकामा निषेधाज्ञापछि पनि संक्रमितको संख्यामा कमि नआएको उल्लेख गर्दै प्रशासन कार्यालयहरुले विभिन्न गतिविधिमा रोक लगाउने निर्णय गरेका हुन्।

विश्वव्यापी महामारीको रूपमा फैलिइरहेको कोभिड-१९ को संक्रमण काठमाडौं उपत्यकाभित्र निरन्तर बढिरहेको छ,’ काठमाडौं जिल्लाका प्रमुख अधिकारीले जारी गरेको आदेशमा भनिएको छ, ‘ यस जिल्लामा ...


बिराटनगरमा कोरोनाबाट थप एक जना महिलाको मृत्यु

बिराटनगर - कोरोना भाइरसको संक्रमणबाट बिराटनगरमा थप एक जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका ११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले जानकारी दिए ।

संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या र निमोनिया देखिएको थियो । उनको मंगलबार बेलुका कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

योसंगै हालसम्म कोरोनाबाट बिराटनगरका ११ जनाको मृत्यु भएको छ ।

...

पाटन अस्पतालमा उपचाररत थप एक जनाको कोरनाबाट मृत्यु

काठमाडौं - पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।

उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

...

बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपालगन्ज - बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि ती व्यक्तिलाई भदौ ८ गते बिहान १० बजे नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा मंगलबार संक्रमण पुष्टि भएको थियो।

उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर ...


पीसीआर परीक्षण रिपोर्ट २४ घण्टाभित्र दिन निर्देशन

काठमाडौँ - प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । कतिपय अवस्थामा दुई सातासम्म पनि नतिजा प्राप्त नभएको भन्दै समितिले नतिजा पर्खेर उपचार नपाउने अवस्थाको अन्त्य गर्न निर्देशन दिएको हो ।

मङ्गलबारको भर्चुअल बैठकमा सरोकारवालासँग समेत छलफल गरेर समितिले यस्तो निर्देशन दिएको हो । समितिले परीक्षणको रिपोर्ट इमेल, फोन, म्यासेज अथवा भाइबर लगायतबाट उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले भाडामा बस्नेका लागि होम आइसोलेसन उपयुक्त नभएको भन्दै आइसोलेसन सेन्टर तत्काल बढाउन निर्देशन ...


त्रिविको स्थगित परीक्षा भर्चुअल विधिबाट, असोजभित्रै सक्ने तयारी

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले स्थगित परीक्षा लिने विषयमा आफूहरू अन्तिम निर्णयमा पुगेको जानकारी दिए। खासगरी स्नातकोत्तर तहका सेमेस्टरमा केही विषय परीक्षा दिएका र केही बाँकी रहेका ...


पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ७ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ सय ६४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंकी ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय पुरुष, धनुषाका ७८, र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् ।

हिजो सोमबार पनि ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

मंगलवार नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको ...


मंगलवार काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण

काठमाडौं - मंगलवार काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण भेटिएको छ । काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ। त्यसैगरी, काठमाडौंमा २ हजार ९५५, ललितपुरको ४६३ र भक्तपुरमा ३०० संक्रमित पुगेका छन्।

हालसम्म ३३ हजार ५ सय ३३ जनामा संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टायता ८५५ जना नयाँ संक्रमित थपिएका छन्। संस्थागत आइसोलेनमा ८५८१ जना छन् भने आज ३१३ जना संक्रमणमुक्त भएर ...


मंगलवार थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं - मंगलवार नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५३३ जना पुगेको छ।

हाल संस्थागत आइसोलेनमा ८५८१ जना छन् भने आज ३१३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

विगत २४ घण्टायता ११३२७ जनाको पिसिआर परीक्षण भएर हालसम्म ६२१९०१ जनाको परीक्षण भएको छ। हाल १०४५३ जना क्वारेन्टाइनमा छन्।

...

शेर्पा संघ बेलायतका अध्यक्षको कोरोनाबाट निधन

लण्डन - शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए ।

गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो ।

एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन ...


उपत्यकामा सङ्क्रमण नियन्त्रण बाहिर जाने चेतावनी, निषेधाज्ञा थप्न आग्रह

काठमाडौँ - उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट टे«सिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट टे«सिङ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न सूक्ष्म योजना बनाई तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राविधिक सहयोग र समन्वयमा कार्यान्वयन गर्ने निर्णय फोरमले गरेको छ ।

उपत्यका नगरपालिका फोरमको सोमबार बसेको उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख र उपप्रमुख सहितको बैठकले सो निर्णय गरेको हो ।

उपत्यकामा सङ्क्रमितको सम्पर्कमा रहेका २८ हजार पाँच सय जनाको पीसीआर निषेधाज्ञाको अवधिभित्रै परीक्षण गर्ने निर्णय ...


काठमाडौं महानगरमा कहाँ कति संक्रमित ?

काठमाडौं - काठमाडौं महानगरपालिकामा आइतबारसम्म कोरोना सङ्क्रमितको संख्या १ हजार ६ सय २० पुगेको छ। यीमध्ये ३ सय ६९ जना होम आइसोलेसनमा छन् भने २७ जना सम्पर्कविहीन छन्। काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखा कोभिड-१९ फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार २ सय ३१ जना संक्रमणमुक्त भएका छन्। महानगरमा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ।

ओलीका अनुसार वडाको सम्पर्कमा नआएका, नम्बर गलत टिपाएका संक्रमितहरू सम्पर्कविहीन भएका हुन्। तर उनीहरूको खोजी भइरहेको ओलीले जानकारी दिए। ‘केही सङ्क्रमित सम्पर्कविहीन हुनुभएको छ,’ ओलीले भने, ‘उहाँहरुको खोजी कार्य भइरहेको छ।’

काठमाडौं १ का ...


पारदर्शिताको अभ्यास गर्दैनन् स्थानीय सरकार
आन्तरिक परीक्षण नगरी सिधै अन्तिम परीक्षण

दिवाकर पोख्रेल, देउखुरी - दाङको लमही नगरपालिकाले गत बर्ष आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नौ वटा वडाअध्यक्ष मध्ये एकजना अध्यक्ष मात्रै सहभागि हुनुभयो । सार्वजनिक सुनुवाइमा सहभागिले आफ्नो जिज्ञासा,सुझाव प्रश्न वडाअध्यक्षसंग थियो । सेवा प्रदायकको रुपमा वडाअध्यक्ष नै उपस्थित नभएपछि सेवाग्राहीहरु निरास भएर फर्किए ।

सार्वजनिक सुनुवाई होइन मात्रै हरेक क्रियाकलापमा नगरपालिकाले वडाअध्यक्षहरुको अपमान गर्ने गरेका कारण महत्वपुर्ण कायक्रममै सहभागि हुन नसकेको लमही नगरपालिका अधिकाश वडाअध्यक्ष बताउँछन । लमही नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष नेपालु चौधरीले नगरपालिकाबाट आफुहरुलाई सकरात्मक व्यवहार नगरेकै कारण सहभागि हुन नसकेको ...


एकपटक निको भइसकेका व्यक्तिलाई पुनः कोरोना संक्रमण

एजेन्सी - हङकङमा एकपटक निको भइसकेका व्यक्तिलाई चार महिनापछि पुनः कोरोना संक्रमण भएको पुष्टि भएको छ। हङकङका वैज्ञानिकहरुले दोस्रो पटक कोरोना भाइरसबाट संक्रमित बिरामी पुष्टि गरेका हुन्।

३० बर्षभन्दा बढी उमेरमा ती व्यक्तिलाई झण्डै साढे ४ महिना अगाडि पहिलोपटक कोरोना संक्रमण भएको पुष्टि भएको थियो। एउटै व्यक्तिलाई दोश्रोपटक संक्रमण हुनसक्ने बताइँदै आए पनि पुष्टि भएको भने यो पहिलो पटक हो। विश्व स्वास्थ्य संगठनले भने एक जना बिरामीको विषयलाई लिएर कुनै निष्कर्षमा पुग्न नसकिने बताएको छ।

कतिपय वैज्ञानिकहरुले दोश्रो पटक संक्रमण दुर्लभ भएको बताएका छन्। हङकङ विश्वविद्यालयको रिपोर्टअनुसार ...


सोमवार थप १७५ जना कोरोनामुक्त

काठमाडौं - सोमवार थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म १८ हजार ८०६ उपचारपछि निको भएका छन्। सोमबार काठमाडौं उपत्यकामा २२४ जना संक्रमित थप भेटिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४सय ८६ पुगेको छ।

त्यसैगरि, काठमाडौंमा २ हजार ७५६, ललितपुरको ४४४ र भक्तपुरमा २८६ संक्रमित पुगेका छन्।

सोमबार देशभर ७४३ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३२ हजार हजार ६७८ पुगेको छ।

...

काठमाडौं उपत्यकामा सोमवार थप २२४ जना कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा सोमवार थप २२४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४सय ८६ पुगेको छ। त्यसैगरि, काठमाडौंमा २ हजार ७५६, ललितपुरको ४४४ र भक्तपुरमा २८६ संक्रमित पुगेका छन्।

सोमबार देशभर ७४३ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३२ ह्जार हजार ६७८ पुगेको छ। २४ घण्टामा १७५ जना डिस्चार्ज भएसँगै १८ हजार ८०६ जना संक्रमणमुक्त ...


सोमवार नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं- सोमवार नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ हजार ६७८ जना पुगेको छ।

काठमाडौं उपत्यकामा सोमबार २२४ जना कोरोना संक्रमित थपिएका छन्।

हाल संक्रिय संक्रितको संख्या १३ हजार ७ सय १५ छ भने ९ हजार १५४ जना संस्थागत आइसोलेसनमा छन्। ४५६१ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। देशभर १३८ ...


स्वास्थ्यकर्मी र संक्रमित माथि दुर्व्यवहार गरे कडा कारवाही

काठमाडौं - गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको जानकारीमा आएकाले त्यस्ता गतिविधि रोक्न ७७ जिल्लालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । उनले भने, “यस्ता गतिविधि कहीँ कतै हुन्छन्, सहयोगको खाँचो हुन्छ, अहिलेको अवस्थामा उहाँहरुलाई सबैको साथ र सहयोग जरुरी छ ।”

जनताको स्वास्थ्यका लागि ज्यान जोखिममा राखेर काम गर्नेलाई दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारवाही गर्न निर्देशन दिइएको ...


नेपालमा कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण हुने

काठमाडौं - नेपालमा चीन, रूस र बेलायतले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण हुने भएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा क्लिनिकल ट्रायल अगाडि बढाउन लागेको हो।

परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीका अनुसार चीन, रूस र युके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको भ्याक्सिन नेपालमा पनि थर्ड फेज क्लिनिकल ट्रायल हुने जानकारी दिए।

उनले यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाइसकेको पनि जानकारी दिए।

'भ्याक्सिनको नेपालमा पनि थर्ड फेज परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले यसको प्रक्रिया अगाडि बढाइसकेका छौं,' उनले भने।

...

काठमाडौँमा खाद्यवस्तुका पसल बिहान सवा ९ सम्म खोल्न पाइने

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले खाद्य वस्तुका पसल बिहान सवा ९ सम्म खुला गर्न पाइने स्पष्ट पारेको छ। आइतबार एक सूचना जारी गर्दै कार्यालयले निषेधाज्ञा जारी गरेको समयमा पनि खाद्यवस्तुका पसल खोल्न सकिने समयतालिकाबारे कार्यालयले स्पष्ट पारेको हो।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको नेतृत्वमा बसेको बैठकले भदौ १० गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेका छन्। तर यो अविधिमा पनि बिहान ९:१५ बजेसम्म पसल खुल्ला गर्न पाइने गरी स्पष्ट पारिएको हो।

तर जुनसुकै पसल खोल्दा पनि सामाजिक दुरी, मास्कको प्रयोग भने अनिवार्य गरिएको छ।


लकडाउनयताका एक महिना : संक्रमण र मृत्युदर उच्च, निको हुने दर न्यून

काठमाडौं - विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण लकडाउन सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ। मृत्युदर र संक्रमणदर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ। एक महिनाअघि निको हुने दर कुल संक्रमितको ६९ दशमलव ३४ प्रतिशत थियो। एक महिनापछि निको हुने दर ५९ प्रतिशतमा झरेको छ।

सरकारका प्रवक्ता डा युवराज खतिवडाले गत साउन ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार साउन ६ गते रातिदेखि लकडाउन हटेको घोषणा गरेका थिए। उक्त घोषणा गरेको आइतबार एक महिना पूरा भएको छ।

यही एक ...


नवलपरासीमा गाउँपालिकाका अध्यक्षसहित २९ जनामा कोरोना संक्रमण

नवलपरासी - नवलपरासीमा आइतवार गाउँपालिकाका अध्यक्षसहित २९ जनामा कोरोना संक्रमण देखिएको छ। नवलपरासीको बर्दघाट सुस्ता पश्चिमस्थित पृथ्वीचन्द्र अस्पतालका ४ जना स्वास्थ्यकर्मी र पाल्हिनन्दन गाउँपालिकाका प्रमुख सहित २९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रादेशिक प्रयोगशाला भैरहवामा स्वाब परीक्षण गर्दा पाल्हिनन्दन गाउँपालिकाका प्रमुख सहित अन्य समुदायस्तरका स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख गौरव ढकालले जानकारी दिए।

स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई कोरोना पुष्‍टि भएपछि अस्पताल सहित गाउँपालिका कार्यालय सिल गर्ने तयारी भइरहेको छ।

...

आइतवार काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण

काठमाडौं - आइतवार काठमाडौं उपत्यकामा १६६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार २सय ६२ पुगेको छ। त्यसैगरि, काठमाडौंमा २ हजार ५७९, ललितपुरको ४११ र भक्तपुरमा २७२ संक्रमित पुगेका छन्।

आइतबार देशभर ८१८ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३१ ह्जार हजार ९३२ पुगेको छ।

हाल १३ हजार १५५ जना सक्रिय संक्रमित छन् भने ९ हजार २१२ जना ...


आइतवार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं - आइतवार नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ९३५ जना पुगेको छ।

काठमाडौं उपत्यकामा आइबार १६६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

हाल १३ ...


पर्सा र बारामा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज - आइतवार बारा र पर्सामा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको हो ।

पर्साका १४५ र बाराका ११ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् ।

नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रमण देखिएको छ ।

यसअघि पर्सामा ...


सिरहामा प्रहरी र थुनुवा गरी ३० जनामा कोरोना संक्रमण

सिरहा - सिरहामा प्रहरी र थुनुवा गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४ देखि ५३ वर्ष उमेरका सबै पुरुष हुन् ।

जिल्ला स्वास्थ कार्यालय सिरहाकाअनुसार इलाका प्रहरी कार्यालय लहानका ३० जनामा कोरोना पुष्टि भएको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलका अनुसार ईलाका प्रहरी कार्यालय लहानका २२ प्रहरीमा कोरोना पुष्टि भएको छ । यस्तै ८ जना थुनुवामा पनि संक्रमण पुष्टि भएको उनले बताए ।

यसअघि इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपीसहित ५ जना, इलाका प्रहरी गेालबजारका १० प्रहरीमा कोरोना देखिएको थियो ।

संक्रमित सबै प्रहरी ...


काठमाडाैं उपत्यकामा १४ वटा अस्तालमा स्वाब सङ्कलन केन्द्र (सुचिसहित)
स्वाब दिएपछि क्वारेन्टिनमा बस्न आग्रह

काठमाडौँ - पिसीआरको लागि स्वाब दिइसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गरेका हुन् ।

सरकारी अस्पतालका नर्सिङ, पारामेडिकहरुले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) नपाएको भन्ने गुनासो आएकाले मन्त्रालयका दुईवटा कल सेन्टर १११५ र ११३३ मा खबर गरी पिपिइ लिन उनले अनुरोध गरे ।

यस्तै काठमाडौँमा सङ्क्रमणको दर बढिरहेकाले सङ्क्रमतिको नजिक आएकाहरुलाई ‘प्राइमरी कन्ट्याक्ट’ भनिएकाले ती प्राइमरी कन्ट्याक्टमा आएकालाई तुरुन्तै पिसीआरका लागि स्वाब दिन मन्त्रालयका प्रवक्ता ...


लकडाउन र निषेधाज्ञाले रगतको अभाव

काठमाडौं - देशका विभिन्न स्थानमा रगत अभाव भइरहेको भन्दै नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि आह्वान गरेको छ। बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकोले केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रमा अत्यन्तै न्यून संख्यामा रगत स्टक रहेको भन्दै रेडक्रसले रक्तदानका लागि आह्वान गरेको हो।

केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका अनुसार शनिबारको लागि बुक गरिएका क्याम्पहरु सबै स्थगित भएका छन्। बिहीबार ३२ जना दाताहरुले केन्द्रमै आई रक्तदान गरेकाले ६४ पिन्ट रगत गर्न सकिएको तर रगत लिन आएका ६१ जना भने रित्तोहात फर्किएका थिए। शुक्रबार २६ ...


आइतबार काठमाडौं उपत्यकाका यी स्थानमा काटिँदैछ विद्युत

काठमाडौं - नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौंका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएकाले विद्युत् कटौती गर्न लागिएको हो।

प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपा‚ चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागेको जनाएको छ। प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ।

तोकिएको कार्य समय अगावै सम्पन्न भएको ...


सिरहामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम - सिरहामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

यही भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका वडा नं. ४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

उनका अनुसार ती पुरुषको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको भदौ ३ गते ...


बुटवलकी कोरोना संक्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

रुपन्देही - कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । स्त्री रोग विशेषज्ञ सहितको टोलीले शनिबार बिहान शल्यक्रिया गरेको हो ।

बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया उनको आइतबार एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल बुटवल पुगेकी थिइन् । परीक्षणका क्रममा कोरोना रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकले उपचारका लागि काठमाडौँ वा नेपालगञ्ज जान सुझाएका थिए ।

उनी कोहलपुर पुगिन् । तर चिकित्सकले तत्काल शल्यक्रिया आवश्यक नरहेको भनेर आइसोशनमा राखेर निगरानी गरिरहेका थिए । शनिबार बिहान करीब ९:३० बजे शल्यक्रियाबाट छोरी निकालिएको हो ।

शिशुको तौल साढे ...


शनिवार देशभर ६३४ जना कोरोना संक्रमित थपिए

काठमाडौं - शनिवार देशभर ६३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।

उनका अनुसार जसमा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेका छन् ।

मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । ...


काठमाडौं उपत्यकामा शनिबार २१६ जनामा कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा शनिबार २१६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय १२ पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। योसँगै अब काठमाडौंमा २ हजार ४५३, ललितपुरमा ३९९ र भक्तपुरमा २४४ संक्रमित पुगेका छन्।

शनिबार देशभर ६३४ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३१ ह्जार हजार ११७ पुगेको छ। २४ घण्टामा १३६ जना डिस्चार्ज भएसँगै १८ हजार ३५० जना ...


भदौं १६ गते देखि अन्तराष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौँ - सरकारले भदौं १६ देखि अन्तराष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषको बैठकले पिसिआर परिक्षण रिर्पोट नेगेटिभ आएका विदेशमा रहेका नेपालीका लागि उडान अनुमति दिने निर्णय गरेको हो । यस्तै पिसिआर टेष्ट नभएको मुलुकबाट भने यात्री ल्याउन नपाउने प्रावधान राखेको छ । पिसिआर टेष्ट नेगेटिभ आएको ७२ घण्टा अवधीका यात्रु मात्र विमानबाट आउन पाउने छन् ।

कुटनीतिक नियोगको संयोजनमा चार्टर विमानबाट विदेशमा रहेका नेपाली स्वदेश फर्कन सक्ने र नेपाल आएपछि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । नेपालमा स्वास्थ्य परिक्षणपछि १४ दिन घरमा ...


२४ घण्टायता एघार जना संक्रमितको मृत्यु, १३७ पुग्यो संख्या

काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । जसमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर ...


लक्षण देखिएका कोरोना संक्रमितलाई मात्र अस्पताल भर्ना गरिने

काठमाडौं- सरकारले लक्षण देखिएका कोरोना संक्रमितलाई मात्र अस्पतालमा राखेर उपचार गर्ने निर्णय गरेको छ। लक्षण नभएका कोरोना संक्रमितहरुलाई होम आइसोलेसनमा राख्ने निर्णय बिहीबारको मन्त्रिपरिषद्‌को बैठकले गरेको हो।

‘प्राविधिक विश्लेषणले पनि लक्षण नदेखिएका कोरोना संक्रमित होम आइसोलेसनमा रहँदा चाँडो निको हुने देखिएको छ।’ सरकारका प्रवक्ता युवराज खतिवडाले शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने‚ ‘अर्कोतर्फ संक्रमण बढ्दै जाँदा अस्पतालमा पनि ठाउँ नहुन सक्छ। त्यस्तो अवस्थामा लक्षण देखिएका संक्रमितलाई अस्पतालमा ल्याएर उपचार गर्नुपर्ने हुन्छ।’

सरकारले विदेशबाट उद्धार गरिने नेपालीलाई एकिकृत क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ। एकिकृत काठमाडौं उपत्यकामा तयार गरिने र ...


शुक्रवार थप २५० जना कोरोनामुक्त, अब १२ हजार १ सय ३२ सक्रिय संक्रमित

काठमाडौं - शुक्रवार थप २५० जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट पछिल्लो २४ घण्टामा उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म १८ हजार २ सय १४ उपचारपछि निको भएका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३० हजार ४८३ जना पुगेको छ।

हाल १२ हजार १ सय ३२ जना सक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेनमा ८ हजार ५४६ छ। होम ...


उपत्यकामा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने सरकारको निर्णय

काठमाडौं - सरकारले काठमाडौं उपत्यकामा रहेका अस्पताल र मेडिकल कलेजहरूमा कम्तीमा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

यसको संयोजन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको सरकारका प्रवक्ता समेत रहेका डा युवराज खतिवडाले जानकारी दिए।

यस्तै बैठकले अन्तर जिल्ला आवागमन र सीमा क्षेत्रमा आवतजावतमा थप कडाइ गर्ने निर्णय सरकारले गरेको छ।

स्वास्थ्य प्रोटोकलहरूको अनिवार्य रूपमा पालना गर्ने र गराउने समेत निर्णय भएको प्रवक्ता डा खतिवडाले जानकारी दिए। मापदण्ड र प्रोटोकल पालना नगर्नेलाई प्रचलित कानुन ...


राष्ट्रकवि घिमिरेको अन्त्येष्टि खर्च सरकारले ब्योहर्ने

काठमाडौं - राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिको सबै खर्च सरकारले ब्योहर्ने भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै बैठकले बाढी पहिरोमा परेर हालसम्म २५० को मृत्यु भएको र ८४ बेपत्ता रहेको समेत जानकारी दिए। यस्ता विपद्‍मा परी घाइते भएका १५२ घाइते भएको र ३५१ घर भत्किएको जानकारीसमेत उनले दिए। यसरी घाइते भएकाहरुको सबै उपचार खर्च सरकारले व्यहोर्ने समेत उनले बताए।

परिवारमा एक जनाको मृत्यु भएमा दुईलाख र परिवारमा एक भन्दा बढीको मृत्यु भएको भए प्रति मृतक थप एक लाख उपलब्ध गराउने ...


एउटा संक्रमित भेटाउन १ लाख ४ हजार खर्च : स्वास्थ्य प्रवक्ता

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म पिसिआर परीक्षणका लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च भएको जानकारी दिए। यसअनुसार हालसम्म एउटा संक्रमित भेटाउन १ लाख ४ हजार खर्च भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार हालसम्म ५ लाख ७९ अजार ८९९ जनाको पिसिआर परीक्षण भएको छ। परीक्षण भएकामध्ये ३० हजार ४८३ जनामा कोरोना पोजिटिभ देखिएको छ।

'सरकारले पिसिआर परीक्षणका लागि गरेको खर्च र पोजिटिभ भेटिएको केसलाई हेर्दा एक जना पोजिटिभ भेटाउन सरकारले ल्याबमा मात्र १ लाख ४ हजार ६ सय ...


शुक्रवार देशभर ८ सय ३८ जनामा कोरोना संक्रमण

काठमाडौं - शुक्रवार देशभर ८ सय ३८ जना कोरोना भेटिएका छन्। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टायता गरिएको परीक्षणमा ५० जिल्लाका २ सय ९२ महिला र ५ सय ४६ पुरुष गरी ८ सय ३८ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को सात जिल्लाका ८९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। इलामका २, उदयपुरका ४, झापाका ७, ताप्लेजुङका १/१, मोरङका ४५ र सुनसरीका २९ जनामा कोरोना पुष्टि भएको ...


नेकपाका दुई जना केन्द्रिय सदस्यलाई कोरोना संक्रमण

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुईजना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय सदस्यद्धय डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरोना भाइरस (कोभिड १९ ) संक्रमण पुष्टि भएको हो ।

केन्द्रीय सदस्य काफ्लेले गत साउन २६ गते गृह जिल्ला सर्लाहीमा गरेको परीक्षणमा ३२ गते पोजेटिभ रिपोर्ट आएको बताए । उनले आफुलाई कुनै लक्षण नदेखिएको र घरमै आइसोलेसनमा बसेको रातोपाटीलाई जानकारी दिए । त्यस्तै सर्लाही निवासी नै रहेका वाग्लेले पनि साउन १ गते परीक्षण गरेकोमा ४ गते रिपोर्ट पोजेटिभ आएपछि घरमै बसेको जानकारी दिए ...


पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ - ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिल्लाकी एक महिला र सर्लाही जिल्लाका एक पुरुष रहेका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार निधन भएको छ ।

...

उद्धार उडान पुनः सुरु गर्ने सरकारको निर्णय

काठमाडौ‌ं - विदेशमा समस्यामा परेका नेपालीहरूको उद्धार पुनः सुरु गर्ने निर्णय सरकारले गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दैनिक ३ चार्टर उडानबाट विदेशमा समस्यामा परेका नेपाली ल्याउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले नेपाल लाइभलाई जानकारी दिए।

विदेशबाट आएका यात्रुले पिसिआर रिर्पोट ल्याएपनि ७ दिन क्वारेन्टिन बस्नुपर्ने निर्णय भएको ती मन्त्रीले बताए। पर्यटन मन्त्रालयको समन्वयमा विदेशबाट आएका यात्रुलाई बस्ने होटलको लिस्ट तयार गर्ने भएको छ। होटलमा बसेका व्यक्तिले आफ्नो खर्च आफै व्यहोर्नुपर्ने पनि उनको भनाइ छ।

गत सोमबार कोभिड-१९ संकट व्यवस्थापन परराष्ट्र मन्त्रालय र ...


बाढीमा बगेर मृत्यु भएका तीन जनाको शव अझै पहिचान हुन सकेन

अछाम - अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा बुधबार आएको बाढीमा बगेर मृत्यु भएका तीन जनाको शव अझै सनाखत हुन सकेको छैन। बाढीमा बगेर मृत्यु भएका ६ जनामध्ये तीन जनाको शव अझै सनाखत हुन नसकेको हो। मृतक सबैको शव सदरमुकाम मङ्गलसैन ल्याएको भएपनि उनीहरुको अनुहारमा चोटपटक लागेको र शरीरमा कपडा पनि नभएका कारण शवको पहिचान गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

बाढीमा बगेर बेपत्ता भएका १७ मध्ये ६ जनाको शव बुधबार दिउँसो फेला परेको थियो भने बाँकी ११ जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी ...


तेह्रथुम जिल्ला अदालतमा कार्यरत ८ कर्मचारी कोरोना संक्रमण

तेह्रथुम - तेह्रथुम जिल्ला अदालतमा कार्यरत ८ कर्मचारी कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। जिल्ला अदालतका ८ कर्मचारी, २ जना कर्मचारीको परिवार र एक कानुन व्यवसायीमा पनि कोरोना संक्रमण भएको जानकारी अदालतले दिएको छ।

जिल्ला अदालत परिसरमा हालसम्म ४१ जनाको स्वाब संकलन गरिएकोमा ११ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला अदालतका श्रेष्तेदार पारसमणि पोखरेलले बताए। अदालत परिसरमा गरिएको परीक्षणमा थप एक जना कानुन व्यवसायीलाई समेतलाई संक्रमण पुष्टि भएको हो।

उनीहरूमध्ये दुई जनामा लक्षण देखिएपछि शंका लागी परीक्षण गरिएको थियो। उनीहरु दुवैको रिपोर्ट पोजेटिभ आएपछि उनीहरूसँगको सम्पर्कमा पुगेका अन्यलाई ...


थप २६४ जना कोरोनामुक्त, अब ११हजार ६सय जना संक्रमित उपचाररत

काठमाडौं - पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म १७ हजार ९ सय ६४ उपचारपछि निको भएका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६४५ जना पुगेको छ।

अब ११ हजार ६ सय ८१ जना संक्रमित देशका विभिन्न अस्पतालमा उपचाररत छन्।

काठमाडौं उपत्यकामा बिहीबार २०० जना कोरोना संक्रमित ...


काठमाडौंमा ७ संक्रमित भेन्टिलेटरमा, देशभर १२९ जना आइसियूमा

काठमाडौं - देशभर १ सय ३६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जना भेन्टिलेटरमा र १२९ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्।

आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ। बागमती प्रदेशमा ५४ जना आइसियूमा र ७ जना भेन्टिलेटरमा छन्।

त्यस्तै प्रदेश २ मा ४६, प्रदेश ५ मा १२, गण्डकी प्रदेशमा ६ र प्रदेश १ मा ११ जना संक्रमित आइसियूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

...

२४ घण्टायता ६ जना कोरोना संक्रमितले ज्यान गुमाए, १ सय २६ पुग्यो संख्या

काठमाडौं - नेपालमा गत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टायता पर्साका तीन, काठमाडौं र मकवानपुर र सप्तरीका एक एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ९ सय ६४ उपचारपछि निको भएका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना ...


उपत्यकामा विहिवार थप २०० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - बिहीबार काठमाडौं उपत्यकामा २०० जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ९९ पुगेको छ। त्यसैगरि, काठमाडौंमा २ हजार १५२, ललितपुरको ३६८ र भक्तपुरमा १७९संक्रमित पुगेका छन्।


हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ जना छन् भने ८ हजार ८३ छ। ३ हजार ७ सय ७२ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा ...


विहिवार नेपालमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं - विहिवार नेपालमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६४५ जना पुगेको छ।

काठमाडौं उपत्यकामा बिहीबार २०० जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

सक्रिय संक्रमितको संख्या ११ ...


भोली तिज, यो वर्ष छैन चहलपहल !

काठमाडौं - महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।

दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।

दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ ।

तर नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र ...


पोखरामा १६ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि

पोखरा - पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा संक्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा खटिएका थिए। स्याङ्जाबाट पोखरा आएर क्वारेन्टाइनमा बसेका प्रहरीमध्ये २९ जनाको नमूना संकलन गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए।

त्यसैगरी गण्डकी प्रदेशको बाग्लुङमा समेत आठ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको ...


बैतडीमा हाइस दुर्घटना, ११ जना घाइते

डडेल्धुरा - बैतडीमा हाइस गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका ६ स्थित पन्तेउडा भन्ने स्थानमा दुर्घटना भएकाे हाे।

महेन्द्रनगरबाट दार्चुलातर्फ गइरहेको बा ३ ख ९११७ नम्बरको गाडी बुधबार साँझ साढे ६ बजे दुर्घटना भएको हो। गम्भीर घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिकाका ३५ वर्षीय शेरबहादुर साउँद र दार्चुलाको शैल्यसिखर नगरपालिका ९ की २५ वर्षीया बिस्ना जोशी रहेका छन्। उनीहरुलाई थप उपचारका लागि धनगढी रेफर गरिएकाे छ भने समान्य घाइते रहेका ९ जनाको पाटन प्राथमिक ...


उपत्यकाका तिन जिल्लामा निषेधाज्ञा, खाद्यान्न तथा तरकारी पसल खोल्नसमेत कडाइ

काठमाडौं - काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा जारी छ । मध्यरातदेखि नै लागू गरिएको निषेधाज्ञामा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न निषेध गरिएको भनिए पनि तरकारी, फलफूल तथा खाद्यान्न पसलसमेत खोल्न दिइएको छैन।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ ३ गते राति १२ बजेदेखि १० गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा (३) बमोजिम लगाउने ...


बुधवार देशभर थपिए ६८१ जना कोरोना संक्रमित

काठमाडौं - बुधवार देशभर ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबारको नियमित प्रेस ब्रिफिङमा यो संख्या थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ ।

यस्तै, काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपु्रमा ८ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा थप ...


बुधवार उपत्यकामा थप १५९ जनामा कोरोना संक्रमण

काठमाडौं- बुधवार काठमाडौं उपत्यकामा मंगलबार १५९ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार ११८ छ। भने ७ हजार ९ सय ८७ जना संस्था आइसोलेसनमा छन् भने ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा छन्।

आज ११ हजार ५ सय २२ जनाको पिसिआर परीक्षढ भएको छ। भने हाल १३ हजार ५ सय ७१ जना छ। पछिल्लो २४ घण्टामा १२० ...


 दिवंगत राष्ट्रकविको राष्टिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ - दिवंगत राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि गरिएको छ । बुधबार पशुपति आर्यघाटमा स्वर्गीय घिमिरेको राष्टिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

घिमिरेलाई नेपाली सेना तथा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अपर्ण गरेका थिए । पार्थिव शरीर नेपाली सेनाको सवारीमार्फत आर्यघाट पुर्याइएको थियो । घिमिरे नेपाली सेनाका मानार्थ सहायक रथीसमेत रहेका थिए ।

बुधबारै घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । साथै उच्च पदस्थ सरकारी अधिकारी, शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु पनि घिमिरे ...


बझाङको बुङगलमा पहिरोले २ जना बेपत्ता, ४ घाइते

कैलाली - बझाङको बुङगल नगरपालिका ५ मिडीमा पहिरो जाँदा चार जना घाईते हुनुका साथै २ जना बेपत्ता भएका छन्।

घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको छ। पुरिएका तीन जनाको नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन्।

पहिरोमा परेर ४० वर्षीया पिपला ताम्राकार, १८ वर्षकी छोरी सुनिता, १२ वर्षकी टिन्टी ताम्राकार र १६ वर्षका अनील ताम्राकार घाईते भएका छन्। घाईते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भईरहेको छ।

१४ वर्षका छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका ४ तिर्थबगर बस्ने दमन ओखेडाका ...


अछाममा बाढीले मृत्यु हुने संख्या ६ पुग्यो, १७ अझै बेपत्ता

कैलाली - अछामको रामारोशन गाउँपालिका-५ मा थप २ जनाको शव फेला परेको छ । योसँगै बढीमा बगेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै पनि १७ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन ।

रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार कैलाश खोलाले सैनबजार क्षेत्र पुरै बगाएको छ । त्यहाँ रहेका करिब १६ घर बाढीले बगाएको छ । सैन बजार अहिले बगरमा परिणत भएको उपाध्यक्ष रावलले बताइन् । प्रहरीले भने यकिन विवरण आउन बाँकी रहेको जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र ...


अछामको रामारोशनमा बाढीले  १९ जना बेपत्ता, ४ जनाको शव फेला

काठमाडौं - अविरल वर्षाका कारण अछामको रामारोशन गाउँपालिकामा मंगलबार राति भीषण बाढी आएको छ। बाढीका कारण १९ जना बेपत्ता भएका छन् भने ४ जनाको शव फेला परेको छ।

डिएसपी दीपक भारतीका अनुसार बाढीले रामारोशन सैनी बजारका २२ पसल बगाएका छन्। अहिले उद्धार भइरहेको जनाइएको छ।

...

राष्ट्रकविको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, सेनाले सलामी दिने

काठमाडौं - राष्ट्रकवि माधव घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ। घिमिरेको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको थियो।

उपप्रधान तथा रक्षामन्त्रीले राष्ट्रिय सम्मान दिएपछि आज बिहान १० बजे अन्त्येष्टि गरिने जनाइएको छ।

यस्तै, मानार्थ सहायकरथीको सम्मान दिएकाले नेपाली सेनाले पनि स्वर्गीय घिमिरेलाई सम्मान अर्पण गर्नेछ।

...

सरकारद्वारा काठमाडौं उपत्यकामा भदौ १० सम्म निषेधाज्ञा जारी, के-के गर्न पाइंदैन ?

काठमाडौं - सरकारले काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरेको छ। भदौ १० गते राति १२ बजेसम्म उपत्यकामा अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन निषेध गरिएको हो। उपत्यकाका तीनै जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकोले संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम लगाउने निर्णय भएको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

'औषधि, खाधवस्तु तथा ...


राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। उनको आफ्नै निवासमा निधन भएको उनकी छोरी डा किरण रेग्मीले जानकारी दिइन्।

वि.सं. १९७६ असोज ७ गते जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल कवि र गीतकार मानिन्थे। 

उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई 'राष्टकवि' को उपाधिले सम्मान गरिएको थियो।

...

गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टाइनमा

काठमाडौं - गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमणको उच्च सतर्कताका अपनाउँदै होम क्वारेन्टाइनमा बसेका छन्। राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जनालाई कोरोना संक्रमण देखिएपछि गभर्नर अधिकारी घरमा नै बस्न थालेका हुन्।

अहिलेसम्म राष्ट्र बैंकका चार जनालाई कोरोना संक्रमण देखिएको छ। केन्द्रीय कार्यालयका दुई र वीरगञ्ज कार्यालयका दुई जनालाई संक्रमण देखिसकेको छ। दिनदिनै करोना संक्रमितको संख्या बढ्न थालेपछि केन्द्रीय बैंकको प्रमुख भएकाले उनले सतर्कता अपनाएका हुन्।

गत साता राष्ट्र बैंकका एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सम्पूर्ण कर्मचारीको परीक्षण गरिएको थियो। यसै क्रममा अर्का एक जनालाई पनि पोजेटिभ देखिएको हो।

संक्रमणको ...


सोमबार काठमाडौं उपत्यकामा १६८ जनामा कोरोना संक्रमण

काठमाडौं - सोमबार काठमाडौं उपत्यकामा १६८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

१६० जना संक्रमित डिस्चार्ज भएको डा गौतमले जानकारी दिए। योसहित नेपालमा हालसम्म १७ हजार ४९५ उपचारपछि निको भएका छन्। हाल निको हुनेको अनुपात ६४ दशमलव २ प्रतिशत छ।

हाल १५ हजार १ सय ९८ जना क्वारेन्टाइनमा छन्। सोमबार ११ हजार ५ सय २० जनाको परीक्षण भएको छ। हाल ९ हजार ६ सय ३९ जना सक्रिय संक्रमित ...


सोमवार थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - सोमवार नेपालमा थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बितेको २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार २४१ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म १७ हजार ४९५ ...


नेपालमा हालसम्म १०७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा हालसम्म १०७ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा १०७ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।

गत २४ घण्टामा नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ सय ७ पुगेको हो। रौतहट, मोरङ र काठमाडौंका १/१ जना गरी तीन जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

रौतहटका ३२ वर्षीय पुरुष, मोरङको ६० वर्षीय पुरुष ...


न्युरोड क्षेत्रका पसल भदौ १ र २ गते बन्द

काठमाडौं - काठमाडौंको व्यापारिक केन्द्र न्युरोड क्षेत्रका पसल भदौ १ र २ गते बन्द रहने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेका मापदण्ड पुरा गरेर मात्रै ३ भदौबाट पसलहरू खुल्ला गर्ने निर्णय भएको काठमाडौं–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए ।

खिचापोखरी, गुच्चा टोल, ओटु लगायतका क्षेत्रमा अहिलेसम्म सात जनामा कोभिड–१९ संक्रमण देखिएको छ । संक्रमित देखिएपछि वडा समितिले स्थानीय क्लब र व्यावसायीहरूसँगको सहमतिमा कडाइ गर्ने निर्णय गरेको हो ।

व्यावसायी र सेल्स एजेन्टहरूको र्यान्ड विधिबाट कोभिड–१९ परीक्षणको तयारी भइरहेको वडाध्यक्ष महर्जनले जानकारी दिए । उनी ...


आइतबार काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना संक्रमण

काठमाडौं - आइतबार काठमाडौं उपत्यकामा १७२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १९६७ पुगेको छ। काठमाडौंमा १५६७, ललितपुरमा २६८ र भक्तपुरमा १३२ संक्रमित पुष्टि भएका छन्।

आज देशभर ६४१ जना कोरोना संक्रमित थपिएका छन् भने १३४ जना संक्रमित डिस्चार्ज भएको डा गौतमले जानकारी दिए।

...

आइतवार थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं - आइतवार नेपालमा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ६६० जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म १७ हजार ३३५ ...


भरतपुर अस्पतालका मेसुसहित ३ डाक्टर र १ स्वास्थ्यकर्मीलाई कोरोना

काठमाडौं - चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसहित अस्पतालका तीन जना डाक्टर र एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार डा तिवारी, प्रसूति तथा स्त्रीरोग विभागका डा सुनिलमणी पोखरेल, आकस्मिक कक्षका एक जना अर्का चिकित्सक र एक स्वास्थ्कर्मीमा कोरोना पोजेटिभ देखिएको हो। डा अधिकारीले मेसु डा तिवारी र स्त्रीरोग विशेषज्ञ डा पोखरेलको अनुमतिमा नै नाम सार्वजनिक गरिएको बताए। उनीहरु सबैको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए।

'उहाँहरु कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा नै खटिनुभएको थियो,' डा अधिकारीले भने, 'संक्रमितको ...


आइतवार बिहान कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं - धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर तीनपानीकी ५० वर्षीय महिलाको उपचारका क्रममा मृत्युु भएको हो।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार कोरोना संक्रमित ती महिलालाई अत्यधिक ज्वरो, खोकी लाग्ने र श्वास फेर्न समस्या भएपछि विराटनगरस्थित न्युरो अस्पतालले थप उपचारका लागि प्रतिष्ठानमा रेफर गरेको थियो। तर, उपचारका क्रममा ती महिलाको आइतबार बिहान १२ बजेर ३० मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

उनलाई राती ११ बजेर ५० मिनेटमा प्रतिष्ठानमा भर्ना गरिएको थियो। ती महिलामा फोक्सोको समस्याका ...


महोत्तरीमा एउटै वडाका १६ जनालाई सर्पले डस्यो, स्थानीय त्रसित

महाेत्तरी- महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले डसेपछि स्थानीयवासी त्रसित भएका छन्। महोत्तरीको भङ्गहा नगरपालिका-५ ,राजपुरमा १६ जनालाई सर्पले डसेपछि स्थानीय त्रसित भएका हुन्।

बिहीबार धानखेतमा काम गरिरहेका बेला ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले डसेपछि उनको मृत्यु भएको थियो।

शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म थप १५ जनालाई सर्पले डसेकाे भन्दै अहिले सो गाउँभरि त्रास फैलिएको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए।

अहिले त्यहाँका स्थानीयवासी आ-आफ्नै घरमा सतर्क भएर बसिरहेका छन् भने घरबाट निस्कन छाडेको वडाध्यक्ष शिवकुमार महतोले बताए।

शुक्रबार सात महिला र एक पुरुषलाई सर्पले ...


लिदी पहिरोमा हराइरहेका थप ७ जनाको शव भेटियो, २१ अझै बेपत्ता

सिन्धुपाल्चोक - लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये १८ जनाको शव भेटिएको छ। शनिबार थप सात बेपत्ताहरूको शव फेला परेपछि १८ जनाको शव भेटिएको हु। पहिरोमा परेकामध्ये अझै २१ जना स्थानीय बेपत्ता छन्।

शनिबार पाँच बालबालिकासहित थप सात जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। दिउँसोसम्म पाँच शव फेला परेकोमा साँझ थप दुई शव भेटिएका हुन्।

शनिबार स्थानीय मानबहादुर दोङ (३०), लक्ष्मी दोङ (११), माइलापराङ दोङ (१६), च्यामा दोङ (११), बिमला दोङ (७), सात महिने कबीर दोङ र मेकमाइ दोङ (३७) ...


मोदीले ओलीलाई भने : 'कोरोना विरुद्धको संघर्षमा सहयात्रा गरौं'

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना तथा बधाई दिएका छन् । सो शुभकामनाप्रति भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीलाई धन्यावाद दिएको छ ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिएका भन्दै धन्यवाद ज्ञापन गरेको हो ।भारतले हालसालै राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यता प्राप्त गरेकामा पनि प्रधानमन्त्री ओलीले बधाई दिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

दुई प्रधानमन्त्रीले नेपाल-भारतको साझा सँस्कृतिको सम्झना गरेको उल्लेख गर्दै मन्त्रालयले ...


शनिबार काठमाडौं उपत्यकामा ९८ जनामा सङ्क्रमण

काठमाडौं - शनिबार देशभर ४६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

संक्रमितमा काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ । 

प्रदेश नम्बर १ मा ११ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ४५, बागमती प्रदेशमा ६ सय ४१ र गण्डकी प्रदेशमा १ हजार ५ सय २५ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८६, कर्णाली प्रदेशमा १ हजार ९ सय ...


कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, कुन प्रदेशमा कति?

काठमाडौं - नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको हो । 

 गौतमका अनुसार कपिलवस्तुको मायादेवी—७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यस्तै पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको ...


शनिबार थप ४६८ जनामा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं- शनिबार नेपालमा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार १९ जना पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार २०१ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म १०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएका ...


गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जनामा कोरोना संक्रमण

काठमाडौं - गण्डकी प्रदेशका ६ जिल्लाका थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २-२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १-१ जनामा कोरोना देखिएको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका वडा नं. २ र ४ मा एक–एक जना, कास्कीको पोखरा महानगरपालिकाको वडा नं. ५ मा एक जना र वडा नं. ८ मा २ जना, बागलुङको बागलुङ नगरपालिका वडा नं. ३ मा १ जना र बडिगाड गाउँपालिका–६ मा १ जना, गोरखाको गोरखा नगरवपालिकामा ४७ ...


पर्सा र बाराका थप २३ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज - पर्सा र बारामा गरि थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शुक्रबार राती गरिएको परीक्षणमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका २१ जना सहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा १६ जना पुरूष र ७ जना महिला रहेका छन् । संक्रमित हुनेमा ११ वर्षको बालक देखि ६० वर्षका बृद्घ पुरुष रहेका छन् ।

संक्रमितहरु हुनेहरुमा अच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज सरकारी वकिल कार्यालयका २८ बर्षका १ जना खरिदार रहेका छन् ।

वीरगन्ज बसर्पाकमा ...


पहिरोले उजाडिएको लिदीको बस्ती स्थानान्तरण गरिने

सिन्धुपाल्चोक - गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाइने बताएका छन् ।

पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन् । बिहान खसेको पहिरामा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् ।

मन्त्री थापाले अझै ठूलो क्षति हुन सक्ने अवस्था देखिए पनि पूर्वसावधानी अपनाउँदा कम क्षति भएको बताए । सरकारका तर्फबाट उद्धारलाई छिटोभन्दा छिटो अघि बढाउने र पुनःनिर्माणको काम तीव्् बनाइने गृहमन्त्रीको भनाइ थियो ।

शुक्रबार गृहमन्त्री थापा राहत सामग्रीसहित घटनास्थलमा पुगेका थिए ...


चन्द्रागिरिले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्ने

काठमाडौँ - चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्नेभएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पिसीआर परीक्षण गर्न लागेको जानकारी दिए । “नगरपालिकाभित्र अग्र भागमा खटेर काम गर्ने व्यक्तिको पिसीआर परीक्षण गर्न लागेका हौँ”, उनले भने ।

नगरपालिकाभित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, औषधि र नाइ पसलमा कार्यरत व्यक्तिको पिसिआर परिक्षण गर्न लागिएको हो । नगरपालिकाले नेपाली सेनाको सहकार्यमा उक्त परीक्षण गर्न लागेको हो ।सङ्क्रमितको ...


जोखिम बढेपछि उपत्यकामा थप कडाइ, यी हुन् रोक लगाइएका १० गतिविधि

काठमाडौं - कोरोना भाइरसको संक्रमण बढेको भन्दै उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न गतिविधि सञ्चालन गर्न रोक लगाएका छन्।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले शुक्रबार सूचना जारी गर्दै साउन ३० देखि लागू हुने गरी विभिन्न गतिविधिमा रोक लगाएका हुन्। यस्तो प्रतिबन्ध भदौ १५ सम्म लागू हुनेछ।

यसअनुसार जमघट हुने गरी धार्मिक कार्य गर्न, भिडभाड गर्न र नाराजुलुस लगाउन प्रतिबन्ध लगाइएको छ। यस्तै कुनै पनि तालिम तथा गोष्ठी गर्नसमेत रोक लगाइएको छ। तोकिएका गतिविधि निषेध गरिएको समयमा संचालन गरे कारबाही गरिनेसमेत प्रशासन कार्यालयहरुले स्पष्ट पारेका छन्।

प्रशासनले ...


वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु, १०० पुग्यो संख्या

काठमाडौं - वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा वीरगञ्ज वडा नं १२ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय पुगेको छ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई साउन २४ गते भर्ना गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदनकुमार उपाध्यायले बताए। उनमा २३ गते कोरोना पुष्टि भएको थियो।

उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको मेसु उपाध्यायले जानकारी दिए। डा उपाध्यायका अनुसार ती व्यक्ति उच्च रक्तचाप र मधुमेहका बिरामी थिए।

...

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष पक्राउ

काठमाडौँ - रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । व्यक्ति अपहरण तथा शरीर बन्धक आरोपमा खड्कालाई शुक्रबार घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपभोक्ता समितिका अध्यक्षलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको भन्ने उजुरीका आधारमा खड्कालाई मन्थलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

खड्का तत्कालीन एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् । पार्टी नीति विपरीत काम गरेको भन्दै गत वर्ष नेकपा रामेछाप जिल्ला कमिटीका सदस्य रहेका खड्कालाई प्रदेश कमिटीले निलम्बन गरेको छ ।

...

न्यायपालिकाभित्रका बिचौलिया खोज्न सर्वाेच्चद्वारा समिति गठन

काठमाडौं - सर्वोच्च अदालतले न्यायपालिकामा हुन सक्ने विसंगति, विकृती, अनियमितता, भ्रष्टाचार र बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामको खोजी गर्न एक समिति गठन गरेको छ। न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा तीन महिना भित्र अध्ययन प्रतिवेदन पेस गर्ने गरी सर्वोच्च अदालतले समिति गठन गरेको हो।

समितिमा महान्यायाधीवक्ता कार्यालय, नेपाल बार एसोसियसन, सर्वोच्च बार र न्याय परिषदको प्रतिनिधित्व हुनेछ।

केही दिन अघि नेपाल बार एसोसियनसले अदालतमा विकृति र बिचौलियाको चलखेल बढेको भन्दै प्रधानन्याायाधीश चोलेन्द्र शमशेर राणाको ध्यानाकर्षण गराएको थियो।

बारसँगको भेटमा प्रधानन्यायाधी राणाले न्यायलय सुधारका लागि आफू तयार रहेको बताएका ...


शुक्रबार काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण

काठमाडौं - शुक्रबार काठमाडौं उपत्यकामा १३८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ५ जना कोरोना संक्रमित देखिएका छन्।

आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १६९७ पुगेको छ। काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन्।

शुक्रबार देशभर ५९४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको सख्ंया २५ हजार ५ सय ५१ पुगेको छ। भने २४० जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या १७ हजार ७७ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ।

...

शुक्रवार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ५५१ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ७७ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

...

न्युरोडको व्यापारीमा कोरोना, विशालबजारदेखि इन्द्रचोकसम्म बन्द गर्न अपिल

काठमाडौं - काठमाडौंको न्युरोड क्षेत्रमा एक जना व्यापारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि पसलहरु बन्द गर्न आग्रह गरिएको छ। व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका-२४ मा पर्ने क्षेत्र न्युरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसल बन्द गर्न वडा कार्यालयले आग्रह गरेको हो।

शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसल बन्द गर्न वडा कार्यालयले अनुरोध गरेको हो। वडा कार्यालयले विज्ञप्ति जारी गर्दै न्यूरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्न साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्मका पसल तथा व्यवसाय बन्द गर्न अनुरोध गरिएको छ।

'न्युरोड क्षेत्रमा कोरोना संक्रमण ...


सिन्धुपाल्चोक पहिरो : ४ जनाको शव निकालियो, अन्य ३६ जनाको खोजी जारी

काठमाडौं - सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा कम्तिमा ३६ जना पुरिएर बेपत्ता भएका छन्।

सभामुख अग्निप्रसाद सापकोटासँगै घटनास्थल पुगेका उनका प्रेस सल्लाहकार श्रीधर न्यौपाने र जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले चार जनाको शव निकाल्न सफल भएको र अन्य ३६ जनाको खोजी कार्य कठिन भइरहेको जानकारी दिए। संयोजक तामाङका अनुसार शवहरुको अंश बाहिर देखिए पनि उद्धार गर्न सकिएको छैन।

नेपाली सेनाका १४ जना र प्रहरीको उद्धार टोली घटनास्थल पुगेको छ। तर, मौसम खराब हुँदै गएका कारण हेलिकोप्टर अवतरणमा कठिनाइ हुन थालेको छ। मौसम ...


दाङमा दिउशो नियन्त्रण, राती लकडाउन

देउखुरी समाचारदाता

देउखुरी, साउन । कोभिडको १९ बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ एक गतेदेखि आठ गतेसम्म राती पूर्णरुपले बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रवार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले यही भदौ एक गतेदेखि आठ गतेसम्म साँझ सात बजेदेखि विहान पाँच बजेसम्मका लागि निशेषज्ञा जारी गरेको छ ।
वैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षत्तामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग ...


वडाअध्यक्ष चढ्ने सरकारी मोटरसाइकल चोरी

परासी - पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा–९ का अध्यक्ष कन्हैया थारुको घरबाट उनी चढ्ने सेतो नम्बर प्लेटको मोटरसाइकल राति चोरी भएको छ । कार्यालय प्रयोजनको लागि नगरपालिकाले वडा अध्यक्ष थारुलाई दिएको उक्त मोटरसाइकल राति घरको कम्पाउण्डमा राखिएको अवस्थामा चोरी भएको होे ।

नगरपालिकाले सबै वडा अध्यक्षहरुलाई कार्यालय प्रयोजनको लागि सेता प्लेटको मोटरसाइकल उपलब्ध गराएको छ । वडा अध्यक्ष थारुले पाएको लु १ ब १९२९ नम्बरको होण्डा साईन सरकारी मोटरसाइकल उनको घरबाट राती चोरी भएपछि खोजी कार्य भैरहेको वडा अध्यक्ष थारुले जानकारी दिए ।

‘‘घरको कम्पाउण्डमा कार, व्यक्तिगत ...


कालिकोटको महाबैमा पहिरो : वडा सदस्यको घरका ४ जनासहित ६ को मृत्यु

काठमाडौं - कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको खबर छ ।

'मृत्यु हुनेहरु चार जना वडा सदस्य रजबहादुर विष्टको परिवारका सदस्यहरु रहेको र दुई जना उहाँका दाजु डिल बहादुर विष्टका छोरी रहेका छन्' जिल्ला प्रहरी कार्यालय कालिकोटले भन्यो।

प्रहरीका अनुसार दाजुका दुई छोरी पनि विष्‍टकै घरमा सुतेका थिए। मृत्यु ...


सिन्धुपाल्चोकको जुगलमा पहिरोले १३ घर पुर्यो, ५ घरका सबै सम्पर्कविहीन

काठमाडौं - सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ लिदि टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।

शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने, ‘१३ वटा घर पुरिएर देखिँदै देखिँदैन, पाँच घर परिवारका सदस्यहरु सम्पर्कमा हुनुहुन्न । ती पाँच घर परिवारमा कति जना सदस्य हुनुहुन्थ्यो भन्ने पनि पत्ता लागेको छैन ।’

१५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका उनले जानकारी दिए । उनका ...


त्रिविले तत्काल परीक्षा सञ्चालन नगर्ने, परीक्षाको जिम्मा डीन कार्यालयलाई

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । ‘हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौँ,’ उनले भने, ‘तर अहिले फेरि संक्रमण बढिरहेको छ । त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौँ ।’ त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने ...


कोरोनाबाट नेपालमा हालसम्म ९५ जना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा हालसम्म ९५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा ९५ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।

गत २४ घण्टामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ९५ पुगेको हो। महोत्तरी, धुनषा, अछाम र मोरङमा १/१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। ...


काठमाडौं उपत्यकामा बिहीबार १२७ जनामा कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा बिहीबार १२७ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

आज सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १५५९ पुगेको छ। संक्रमितको संख्या काठमाडौंमा १२७८, ललितपुरमा १९१ र भक्तपुरमा ११० पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन्।

बिहीबार देशभर ५२५ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ भने १०९ जना संक्रमित निको भएका छन्। निको हुनेहरुको कुल संख्या १६ हजार ८ ...


विहिवार नेपालमा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं - विहिवार नेपालमा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बितेको २४ घन्टामा देशका विभिन्न ३८ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ९५७ जना पुगेको छ।

बुधबार ४८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन्।


पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ...


नक्कली सुन फ्याँकेर भाग्ने जाली नोट कारोबारी अन्सारी पक्राउ

काठमाडौँ - १५ किलो नक्कली सुन फ्याँकेर भागेका इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ परेका छन्। साउन १३ गते कमलादीबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन फ्याँकेर भागेका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पक्राउ गरेको स्रोतले जानकारी दिए।

उक्त स्कोर्पियो अन्सारीको थियो। उनलाई काठमाडौं ल्याइदै छ।

त्यसदिन यता महानगरीय प्रहरी परिसर र अपराध महाशाखाले उनलाई खोजी गरिरहेको थियो।

फ्याकेर भागेको भनिएको सुन पनि पछि सुन्धारामा प्रहरीलाई बुझाएको पाइएको थियो।

यस घटनामा संलग्न अन्य प्रहरी जवान प्रशन्न श्रेष्ठ, बहादुरसिंह कडायत, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल ,निलेश साखिया, कालिगढ मनिष मल्लिक ...


कर्णालीका विभिन्न जिल्लाबाट विप्लव समूहका १३ कार्यकर्ता पक्राउ

कर्णाली - प्रहरीले नेत्रविक्रम चन्द समूहका नेतारकार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईदुई, दैलेख र डोल्पाबाट एकएक गरी १३ जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ जहरेबाट कर्णबहादुर बिसी र सहवीर महरलाई पक्राउ गरेको छ । दुवै जना सोही समूहको जिल्ला कमिटी सदस्य रहेको बताइएको छ । प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले उनीहरुका साथबाट साथबाट विभिन्न दस्तावेज, निर्माण व्यवसायीलाई आर्थिक सहयोगको लागि लेखिएका पत्र तथा रकम असुल ...


बुटबलमा आजदेखि लकडाउन

काठमाडौं - कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको जनाउँदै बुटबल उपमहानगरपालिकाले नगरक्षेत्रमा आजदेखि लकडाउन गर्दैछ। राति ११.४५ बजेदेखि सुरु हुने लकडाउन भदौ ५ गते राति ११.४५ बजेसम्म कायम रहने जनाइएको छ। बुटबल उपमहानगरको कार्यपालिका बैठकले भदौ ५ सम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो।

यसअनुसार खाद्य किराना, डिपार्टमेन्ट स्टोर, तरकारी, फलफूलको बिक्री वितरण आवश्यक दूरी कायम गरी बिहान ७ बजदेखि ११ बजेसम्म खोल्न पाइनेछ भने दुध बिहान ७ बजदेखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म ढुवानी तथा वितरण गर्न पाइने छ। यस्तै, स्वास्थ्यसेवासम्बन्धी सबै कार्य ...


आजदेखि देशैभर सवारी पास वितरणमा रोक

काठमाडौं - गृह मन्त्रालयले आजदेखि देशैभर सवारी पास वितरणमा रोक लगाएको छ। मन्त्रालयले बुधबार पत्राचार गर्दै सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।

कोरोना भाइरसको संक्रमण बढेको भन्दै मन्त्रालयले पास वितरण रोक्न भनेको हो। योसँगै अर्को व्यवस्था नहुन्जेलसम्म अब जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण रोक्न भनिएको छ।

सरकारले जिल्लाभित्र यातायात चलाउन अनुमति दिए पनि जिल्ला बाहिर जानका लागि पास अनिवार्य भएको छ। हाल काठमाडौं उपत्यकासहित सक्रिय संक्रमित २ सयभन्दा बढी भएका जिल्लामा जोरबिजोर प्रणाली लागू भएको छ।


टिचिङ्ग अस्पतालका डाक्टर र नर्समा कोरोना देखियो, आकस्मिक सेवा बन्द

काठमाडौं - त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक विभागका डाक्टर र नर्समा कोरोना संक्रमण देखिएको छ। आकस्मिक विभागका चार नर्सिङ स्टाफ र दुई जना डाक्टरलाई कोरोनालाई भएको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए। उनीहरुलाई कोरोना देखिएपछि आकस्मिक विभाग बुधबार नै सिल गरिएको छ।

यी नर्सिङ स्टाफ र डाक्टरलाई लक्षणसमेत देखिएकाले अन्य स्वास्थ्यकर्मीलाई सर्न सक्ने भन्दै आकस्मिक विभाग सिल गरिएको उनले बताए। उनका अनुसार आकस्मिक विभागका अन्य केही स्वास्थ्यकर्मीलाई समेत ज्वरो आउने लक्षण देखिएको छ।

आकस्मिक विभागमा रहेका करीब एक सय कर्मचारीको बिहीबार पिसीआर परीक्षण ...


कान्तिपुरका वरिष्ठ संवाददाता बलराम बानियाँ मृत फेला

काठमाडौँ - पत्रकार एवं कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता बलराम बानियाँ मृत फेला परेका छन् । सोमबार (साउन २६ मा) ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको हो ।

परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँमा बनियाँ बेपत्ता भएको हुनाले ‘खोजी पाउँ’ भन्दै निवेदन दिएका छन् । बल्खुमा उनको जुत्ता फेला परेको थियो ।

महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले बानियाँ शव फेला परेको पुष्टि गर्दै भने–‘उहाँको शवलाई अहिले हेटौँडा अस्पतालमा लगिएको छ ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बानियाँ बल्खु खोलामा लडेको र खोलाले ...


बाढीले बाजुराको अजयटोड्की सम्पर्कविहीन, उद्धारको पर्खाइमा गाउँले

बाजुरा - बाजुराको बुढीगंगा नदीमा आएको बाढीले झोलुंगे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ। पुल बगाएकाले नदी तर्न नसक्ने अवस्था हुँदा गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको गाँउपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन्।

प्रहरी र गाउँपालिकाको टोली सोमबार नै उक्त गाउँतर्फ हिँडेको थियो। नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको र हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताए।

पुल बगाउँदा दुई दिनदेखि गाउँ नै सम्पर्कविहीन छ। त्यहाँ कोही जान सकेको ...


डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ गम्भीर

डोटी - डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भारतबाट आएका नेपालीलाई गौरीफेन्टा नाकाबाट अछाम लाने क्रममा डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलटमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

ना ६ ख २५२९ नम्बरको बस दुर्घटना भएको ट्राफिक कार्यालय अत्तरियाका प्रमुख एवम् ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । बसमा सवार ३२ जना मध्ये ३ जनाको मृत्यु भएको र २९ जना घाइते भएको उनले बताए ।

घाइते सबैलाई जिल्ला अस्पताल डोटीमा पठाएको उनले बताए । ६ जना गम्भीर छन् भने ...


कोराना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौं - कोराना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ। पाटन अस्पताल र बुटबलको कोरोना अस्थायी अस्पतालमा उपचारका क्रममा २ जनाको मृत्यु भएको हो।

पाटन अस्पतालमा उपचाररत ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।

डा शर्माका अनुसार उनको गएराति १ बजे उपचारका क्रममा मृत्यु भएको हो। १८ गते अस्पताल भर्ना भएकी ती महिलामा इन्सेफ्लाइटिसको समस्या पनि थियो।

यस्तै, गएराति नै बुटवलमा कपिलवस्तुका एक पुरुषको मृत्यु भएको छ। उनको मृत्युको जानकारी अस्पतालले बुधबार बिहान दिएको हो।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ...


मंगलबार काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना संक्रमण

काठमाडौं - मंगलबार काठमाडौं उपत्यकामा १३४ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन्।

आज थपिएकासहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १३१४ पुगेको छ। काठमाडौंमा १०५८, ललितपुरमा १५९ र भक्तपुरमा ९७ संक्रमित पुष्टि भएका छन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ...


मंगलवार थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं - मंगलवार नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ९४८ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ६६४ उपचारपछि निको भएका छन्। हालसम्म ६९ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयले जानकारी दिएको छ।

हाल देशभर ७ हजार २ सय १ ...


यस्तो रहेछ गोंगबु हत्याकाण्डको नालीबेली !

काठमाडौं - दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न महिलालाई प्रहरीले सार्वजनिक गरेको छ। हत्यामा चितवनको कालिका नगरपालिका-७ घर भई टोखा नगरपालिका-१० नवज्योति मार्ग बस्ने कल्पना मुडभरी (पौडेल) भएको पाइएको छ। साधारण लेखपढ गर्ने ३७ वर्षीया पौडेलले मोडलिङ तथा टेलिश्रृंखलामा समेत अभिनय गरेको पाइएको छ । उनीसँगै उनकी १५ वर्षीया छोरीलाई पनि प्रहरीले पक्राउ परेको छ । उनले हत्यापछि शव व्यवस्थापन गर्न सहयोग गरेको प्रहरीले जनाएको छ।

नवज्योति मार्गमा रातो प्लाष्टिकले बेरेको, बोराको नाम्लोसहित कालो रंगको सुटकेशभित्र टाउको र खुट्टा बिनाको पुरुषको शव आइतबार फेला परेको थियो। तत्काल ...


गाडीबाट फुत्त झर्दै मास्क दिदै

दिवाकर पोख्रेल
देउखुरी, साउन । लकडाउनका बेला विभिन्न कामको लागि विभिन्न स्थानमा पुगेका नागरिक घर फर्कदा ठूलो समस्या व्यवहोर्नु प¥यो । दाङ देखि पश्चिम क्षेत्रमा जानको लागि पैदल हिंडदै आएकाहरु सारथी बने देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ । हजारौ यात्रुलाई गनत्वयमा पु¥याउने कामको नेतृत्व लिएका श्रेष्ठले आफ्नै श्रोत साधनको प्रयोग गरे । स्थानीय पालिका, प्रहरी प्रशासनसंग सहकार्य गनै आग्रह पनि गरे । अहिले लक डाउन हटिसकेको छ । कोरोना सङक्रमणको दर अनुसार भुगोल अनुसार निशेधित क्षेत्र घोषणा गरिएको छ ।

पहिलेको भन्दा धेरै ...


भदौ महिनाभरी लामो दूरीका सवारी र हवाई सेवा नखोलिने

काठमाडौं - सरकारले भदौ महिनाभरी लामो दूरीका सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नखोल्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। आइतबार बसेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बैठकले भदौ १५ सम्म हवाई उडान र लामो दूरीका सवारी साधन नखोल्न सरकारलाई सिफारिस गरेको थियो। तर काठमाडौ‌ं उपत्यका लगायत देशैभरी कोरोना संक्रमण बढ्दै गएको भन्दै भदौ मसान्तसम्म नै नखोल्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए।

सीसीएमसीले अन्तरजिल्ला सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा ...


गोंगबु हत्याकाण्ड : विष खुवाएर हम्मरले अण्डकोषमा हानेर मारिन, अनि शरीर टुक्राइन

काठमाडौंं - टोखा नगरपालिका १० गोंगबुमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्याको कारण अझै खुल्न सकेको छैन ।

हत्या आरोपमा चितवनबाट पक्राउ परेकी महिला कल्पना शाहीले बोहराले आफूलाई 'सेक्सुअल ह्यारेसमेन्ट' गरेकाले सहन नसकेर हत्या गर्न बाध्य भएको बयान दिएकी छिन्। यधपी 'सेक्सुअल ह्यारेसमेन्ट' कै कारण त्यो खालको बिभत्स हत्या गर्ने अवस्थामा उनि पुगिन भनेर पत्याई हाल्न चाही गारो पर्छ।

'सेक्सुअल ह्यारेसमेन्ट'कै कारण उक्त बिभत्स हत्या भएको हो भने यस्लाई सपोर्ट गर्ने तथ्यहरु पक्कै हुनुपर्छ। त्यो प्रहरीको अनुसन्धानले पछि देखाउला पनि।

विष खुवाएर हम्मरले अण्डकोषमा हानेर हत्या
शाहीले बोहरालाई सुरुमा ...


डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु

डोटी - डोटीको आदर्श गाउँपालिका १ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मंगलबार बिहान १ बजे घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा लोगे लुहारकी श्रीमती बिस्ना लुहार, उनका छोरा पारस, ७ वर्षीया छोरीहरू जेनिसा र ५ वर्षकी सिरु लुहार रहेकी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । ५ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा घरधनी लोगे लुहार, उनकी आमा, सासू आमा, सालो र २ वर्षीया छोरी रहेका छन्।

उनीहरूलाई उद्धार गरेर उपचारका ...


स्वास्थ्य सुरक्षाका कदमलाई प्रभावकारी बनाउने सरकारको निर्णय

काठमाडौं - सरकारले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका लागि हाल चालिएका कदमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ। लकडाउनको चर्चा चलेपनि त्यस विषयमा कुनै पनि निर्णय नभएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका एक मन्त्रीले बताए।

'कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि हालसम्म चालिएका कदमहरूको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय भएको छ,' ती मन्त्रीले भने, 'लकडाउनको विषयमा मन्त्रिपरिषद्‍मा कुनै प्रस्ताव पनि थिएन र लकडाउन गर्ने निर्णय पनि भएको छैन।'

कोरोना भाइरस संक्रमण बढेको भन्दै सरकारले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय ...


भन्सारबाट सशस्त्र प्रहरी हटाउने सरकारको निर्णय


काठमाडौं - सरकारले सशस्त्र प्रहरीको औद्योगिक, राजस्व चुहावट र भन्सार सुरक्षा गुल्म हटाउने निर्णय गरेको छ। यी तीन क्षेत्रमा रहेका ४६ वटा गुल्म हटाएर ११७ वटा बोर्डर आउट पोइन्ट (बिओपी) स्थापना गर्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

गृहको प्रस्तावमा तीनवटै क्षेत्रमा खटिएका सशस्त्रका गुल्म हटाउने निर्णय केही समयअघि मन्त्रिपरिषद्‌ले गरेको थियो। 'तीन क्षेत्रमा ४ हजार ६२० सशस्त्र प्रहरी खटिएका थिए, उनीहरूलाई त्यहाँबाट फिर्ता बोलाएर २४० जना थप गरी तराईमा १० वटा नयाँ गुल्म थपिएको छ,' गृह मन्त्रालयका एक अधिकारीले भने।

सीमामा बिओपी बढाउनुपर्ने भएकाले त्यहाँ ...


काठमाडौं उपत्यकामा अत्यावस्यक बाहेकका सबै सेवा ३ हप्ता बन्द गर्ने निर्णय

काठमाडौं - काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावस्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन्। काठमाडौं उपत्यका भित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो।

बैठकपछि निर्णयहरु सुनाउँदै मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले उपत्यका भित्र समुदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न अत्यावस्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको बताए।

'बैठकले सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि संक्रमण तीब्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ ...


गोंगबुमा हत्या गरेर फालिएका मृतकको पहिचान खुल्यो

काठमाडौं - हत्या गरेर टोखा नगरपालिका १० नवज्योतिमार्ग गोंगबुमा फालिएका पुरुषको शवको पहिचान खुलेको छ। आइतबार बिहान टाउको, खुट्टा र जीउ छुट्टाएको अवस्थामा दुई स्थानबाट शवका टुक्रा बरामद भएका थिए। तर, उक्त शव कसको भन्ने प्रहरीले छुट्याउन सकेको थिएन।

अहिले भने हत्या गरेर फालिएका व्यक्तिको पहिचान भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। उक्त शव दाङका कृष्णबहादुर बोहराको रहेको प्रहरीले जनाएको छ।

बोहराको हत्या गरी टाउको र खुट्टा जेब्रा झोलामा हालेर फालिएको थियोे भने शरीर सुटेकशमा प्याक गरेर फालिएको अवस्थामा भेटिएको थियो।

आइतबार बिहान स्थानीयले झोलामा रगत लतपतिएको ...


सोमबार काठमाडौं उपत्यकामा ४४ कोरोना संक्रमित थपिए

काठमाडौं - सोमबार काठमाडौं उपत्यकामा ४४ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जना कोरोना संक्रमित देखिएका छन्। आज थपिएकासहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ११८० पुगेको छ।

काठमाडौंमा ९४८, ललितपुरमा १४३ र भक्तपुरमा ८९ संक्रमित पुष्टि भएका छन्।

आइतबार देशभर ३३८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको सख्ंया २३ हजार ३ सय १० पुगेको छ। भने १४० जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या सोमबार १६ हजार ४ सय ९३ पुगेको छ।

...

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

एजेन्सी - भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीमा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार मुखर्जीले ट्वीट गर्दै आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन्।

उनले ट्वीटमा भनेका छन्, ‘यसपटक अस्पतालयात्रा एक अलग प्रक्रियाका लागि भइरहेको छ, ममा कोरोना पोजिटिभ देखिएको छ।’ उनले एक सातायता आफ्नो सम्पर्कमा आएकाहरुलाई परीक्षण गर्न र आइसोलेसनमा बस्न आग्रह गरेका छन्।

संक्रमण पुष्टि भएपछि ८४ वर्षीय मुखर्जीलाई अस्पताल भर्ना गरिएको छ। उनी २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए।

...

सोमवार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं - सोमवार नेपालमा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ३१० जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म १६ हजार ४९३ उपचारपछि निको ...


विराटनगरका न्यायाधीशलाई कोरोना संक्रमण, तिन दिन अदालत बन्द

विराटनगर - जिल्ला अदालत मोरङका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार न्यायाधीशसहित ४ जनाको स्वाव लिएर गरिएको परीक्षणमा न्यायाधीशमा संक्रमण पुष्टि भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार श्रीमानमा संक्रमण पुष्टि भएपछि सोमबारदेखि बुधबारसम्म ३ दिन अदालतबाट हुने सबै सेवा बन्द गर्ने निर्णय भएको छ ।

न्यायाधीशलाई संक्रमण पुष्टि भएसँगै अदालतका अन्य ४० कर्मचारीको परीक्षण तथा कन्ट्रयाक ट्रेसिङ गर्ने तयारी भएको छ । पौडेलकाअनुसार सोमबार सात जनाको स्वाव संकलन भएको तथा मंगलबार ३३ जनाको स्वाव परीक्षण गर्ने तयारी भएको ...


साँगा नाकाबाट उपत्यका प्रवेशमा रोक

भक्तपुर - विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ। उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो।

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको जानकारी दिए। साँगा र बनेपाबाट नाला हुँदै भक्तपुर प्रवेश गर्ने नाकामा समेत कडाइ गर्दै एम्बुलेन्स र दमकललगायतका अत्यावश्यक सवारी साधनबाहेक अरुलाई रोक लगाएको उनको भनाइ छ।

विभिन्न जिल्लाबाट निजी र रिजर्भ गाडीमा आएका यात्रुलाई साँगाबाट फर्काउने गरेको र पैदल यात्रीलाई ...


भारतीय विदेशमन्त्रालयले भन्यो : गौतम बुद्ध नेपालकै हुन्

काठमाडौं - भारतीय विदेशमन्त्री एस जयशंकरको गल्ती भारतीय विदेशमन्त्रालयले सच्याएको छ। विदेशमन्त्री जयशंकरले भगवान् गौतम बुद्ध भारतका नागरिक भएको विवादास्पद अभिव्यक्ति दिएका थिए। त्यसको तीव्र विरोध भएपछि मन्त्रीको गल्ती मन्त्रालयले सच्याएको हो।

'नेपालमा पर्ने लुम्बिनीमा गौतम बुद्ध जन्मिएकोमा कुनै शंका छैन,' मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्।

शनिबार कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तक्रिया कार्यक्रममा बोल्दै भारतीय विदेशमन्त्री एस जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध पनि एक भएको विवादास्पद अभिव्यक्ति दिएका थिए।

भारतीय विदेशमन्त्रीको बुद्धबारेको पछिल्लो अभिव्यक्तिका विषयमा नेपालमा तीव्र विरोध भइरहेको छ। आइतबार परराष्ट्र ...


नानो स्याटलाइटबाट अझै सूचना तथा जानकारी लिन सकिएन

ललितपुर - नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’बाट सूचना र जानकारी लिन सकेको छैन। नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या हुँदा हालसम्म यसले आफ्नै कार्यालयबाट जानकारी लिन नसकेको हो।

नाष्टले उचित रेडियो खरिद प्रक्रियामा समय खर्च गरिरहेकाले आफ्नै सूचना प्रवाह गर्ने माध्यमबाट भू–उपग्रहको सूचना र तस्वीर लिन ढिलाइ भएको प्रविधि संकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए। उनले भने, 'हामीले ‘नेपाली स्याट–१’ बाट प्रवाह हुने सम्पूर्ण जानकारी हासिल गर्न ...


विष्णु पौडेलका सुरक्षागार्डलाई पनि कोरोना संक्रमण

काठमाडौं- नेकपाका महासचिव विष्णुप्रसाद पौडेलका निजी सुरक्षा गार्डलाई कोरोना संक्रमण देखिएको छ। पौडेलको सुरक्षामा खटिएका निजी सुरक्षा गार्डलाई कोरोना संक्रमणको पुष्टि भएको हो।

सुरक्षा गार्डलाई कोरोना संक्रमण भएपछि पौडेल होम आइसोलेसनमा बसेका छन्। पौडेलका स्वकीय सचिव यम पाण्डेले सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टि भएको बताए।

यसअघि अध्यक्ष प्रचण्डका ६ जना सुरक्षागार्डलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो।

नेकपा नेताहरूका सुरक्षा गार्डलाई संक्रमण देखिन थालेपछि नेताहरूबीच भेटघाट पनि पातलिन थालेको छ।

...

आइतबार काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण

काठमाडौं - आइतबार काठमाडौं उपत्यकामा ९२ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा मात्र ९०, ललितपुरमा २ जना संक्रमित देखिएका छन्।

आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ११३६ पुगेको छ।

काठमाडौंमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ संक्रमित पुष्टि भएका छन्।

आइतबार देशभर ३८० संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको सख्ंया २२ हजार ९ सय ७२ पुगेको छ। भने ४० जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या शुक्रबार १६ हजार ३ सय ५३ पुगेको छ।

...

आइतवार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं- आइतवार नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न ३७ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ९७२ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ३५३ उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घण्टामा ८ हजार ५ सय १५ जनाको पिसिआर परीक्षण भएको छ। हाल ११ हजार ३८ ...


गौतम बुद्ध भारतीय हुन् भन्दै भारतीय विदेशमन्त्रीले दिए झुटो अभिव्यक्ति

काठमाडौँ - भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान् गौतम बुद्ध भारतीय भएको दाबी गरेका छन्।

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तक्रिया कार्यक्रममा बोल्दै विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध पनि एक भएको दाबी गरेका हुन्।

कार्यक्रममा प्रश्नकर्ताले उनलाई पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टरजस्तै राष्ट्रिय स्वार्थलाई भन्दा विश्वव्यापी मान्यतालाई अघि राख्ने नेतृत्व भारतीय विदेश नीतिमा छ? भनेर सोधेका थिए। जवाफ जयशंकरले आफूले कार्टरभन्दा झन् राम्रो उदाहरण आफूले दिने दाबी पनि गरे।

‘म हाम्रै इतिहासबाट दुई उदाहरण दिन चाहन्छु। अहिलेसम्मका दुई जना महान भारतीय को हुन्? जसलाई ...


राष्ट्रियसभा समितिका सभापतिद्वारा सपथ ग्रहण

काठमाडौं - राष्ट्रिय सभाका चार समिति सभापतिले सपथ ग्रहण गरेका छन्। आइतबार दिउँसो सिंहदरबारमा आयोजित एक समारोहमा सभापतिहरुले सपथ ग्रहण गरेका हुन्।

गत शुक्रबार राष्ट्रिय सभाअन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका थिए। निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएका हुन्।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्य अवधि गत साता पूरा भएपछि पुनर्गठन गरिएको ...


काठमाडौ उपत्यका कोरोनाको संक्रमणको उच्च जोखिममा

काठमाडौँ - तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो ।

विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन् । उनका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ ।

भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान ...


प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण

बुटवल - प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की केसीले गए राति फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको उल्लेख गरेकी छन् ।

उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र पिसीआर परीक्षण गराउन आग्रह समेत गरेकी छिन् ।

उनले फेसबुकमा लेखेकी छन् ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्ता यता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पिसीआर जाँच गराउन अनुरोध गर्छु ।’

भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसीआर परीक्षणमा शनिबार बाँकेका ७ महिलासहित २० जना कोरोना संक्रमित ...


लकडाउनको विषयमा समीक्षा गर्न सिसिएमसीको बैठक बस्दै

काठमाडौं - लकडाउनबारे समीक्षा गर्न आज आइतबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्ने भएको छ। कोरोना संक्रमितको अवस्था विश्लेषण गरी लकडाउन मोडालिटीको समीक्षा गर्न सिसिएमसीको बैठक बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए।

यसअघि शनिबार बैठक बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो। सोही बैठक आइतबारका लागि सारिएको गुरागाईंले बताए।

कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले यसअघि नै २ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागू गरिसकेको छ। हाल जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहले क्षेत्रगत रूपमा लकडाउन ...


कोरोना संक्रमणबाट विदेशमा १९१ जना नेपालीको निधन

काठमाडाैं - कोरोना संक्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको छ। शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६५ नेपालीको कोरोनाकै कारणले निधन भइसकेकाे छ।

संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप संक्रमण देखिएको छ। गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना संक्रमणको दरमा कमी आएको छ। यस साता अष्ट्रेलियामा रहेका १४६ नेपालीमा संक्रमण थपिएको ...


कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु

काठमाडौं - कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा-१९ का ६२ वर्षीय एक पुरुषको मृत्यु भएको हो।

कोभिड-१९ तथा डाइबेटिज मेलिसस भई साउन १७ गते भर्ना भएका उनको साउन २४ गते राति ११.३५ बजे उपचारका क्रममा मृत्यु भएको पश्चिमान्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिएका छन्। यसअघि प्रतिष्ठानमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भइसकेको जनाइएको छ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ।

...

शनिवार काठमाडौं उपत्यकामा ६२ कोरोना संक्रमित थपिए

काठमाडौं - शनिवार काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंका ५६, ललितपुर र भक्तपुरका ३/३ जना गरी ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा काठमाडौंका ५ र ललितपुरका ३, वीर अस्पतालमा काठमाडौंका १, त्रिवि शिक्षण अस्पतालमा १ जनामा कोरोना पुष्टि भएको छ।

नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २९, स्टार अस्पताल सानेपामा काठमाडौंका १२, विद ल्याबमा काठमाडौंका २, नेपाल ...


शनिवार देशभर थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - शनिवार नेपालमा थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २२ हजार ५९२ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ३१३ उपचारपछि निको भएका छन्।

हाल ६ हजार २ सय ६ जना संक्रमितको नेपालमा उपचार भइरहेको छ। हाल १० हजार ७ सय ...


नेपालमा हालसम्म ७३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा हालसम्म ७३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा ७३ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।

थप ३ जना संक्रमितको मृत्यु भएको पुष्टि शनिबार मन्त्रालयले गरेको हो।

साउन २३ गते वीरगञ्जको गण्डक अस्पताल भर्ना भएका पर्साका ७४ वर्षीय संक्रमित पुरुषको २३ गते मृत्यु भएको पुष्टि मन्त्रालयले गरेको छ। उनी दम र मधुमेहका रोगी थिए।

यस्तै विराटनगरका ५८ वर्षीय पुरुषको पनि साउन २३ ...


संक्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण गर्दै सुदूरपश्चिम सरकार

महेन्द्रनगर - सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु गरेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले प्रदेशका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताए।

'कोरोना पोजेटिभ भएर होम क्वारेन्टिनमा बसेका संक्रमितका घरका कम्तीमा दुई सदस्यको पनि कोरोना परीक्षण गर्न निर्देशन दिएका छौँ', उनले भने, 'सोहीअनुसार जनस्वास्थ्य कार्यालयले स्वाब संकलन सुरु गरिसकेका छन्।'

शुक्रबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी ४० हजार ५३७ को पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको निर्देशनालयले जनाएको छ। जसमध्ये चार हजार ...


सौराहामा होटल खुले, पाहुना आएनन्

चितवन - चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् ।

विदेशी पर्यटक नआउने भए पनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो तर विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन ।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे उत्साहका साथ होटल खोलिएको भए पनि ग्राहक नआएको बताउँछन् । होटल खुलेको भोलिपल्ट आफ्नो होटलमा तीन कोठा ...


वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पत्तीलाई कोरोना संक्रमण

डिसी - वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत तथा उनकी जीवन संगीनी (धर्मपत्नी) कविता केसी महत दुवै कोरोनाबाट संक्रमित भएका छन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै रहँदा दम्पत्ती कोभिड(१९ बाट संक्रमित हुनु भएको हो । वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउसो करिव ३ बजे तिर सामाजिक संजाल (फेसबुक) मार्फत आफू र धर्मपत्नी दुवै संक्रमित भएको सार्वजनिक गरेका छन् ।

अमेरिकामा कोरोनाको प्रारम्भ देखिनै सबैलाई हौसला प्रदान गर्ने र हरेक प्रकारको सहयोग र साथ दिदै आएका महत आफै संक्रमित भएका ...


रुपन्देही कार दुर्घटनाका मृतक तिन जनाकै सनाखत

बुटवल - गएराति रुपन्देहीका भएको कार दुर्घटनामा मृत्यु हुने सवैको सनाखन भएको छ । रुपन्देही रोहिणी गाउँपालिका वार्ड नं ४ छिपागढस्थित हुलाकी सडकमा परासीवाट भैरहवातर्फ आउदै गरेको लु.२ च.६७५६ नं.को कार अनियन्त्रत दुर्घटनमा हुदाँ तीन जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाका अनुसार मृत्यु हुनेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वार्ड नं.४ बस्ने बर्ष २७ को देबेन्द्र चौधरी ,रुपन्देही कोटहीमाई गाउँपालिका वार्ड नं.३ मर्यादपुर बस्ने बर्ष २८ को नौसाद दर्जी र नवलपरासी रामग्राम नगरपालिका वार्ड नं.१ २ पथगावा बस्ने बर्ष १२ को प्रदिप ठाकुर रहेका छन् ...


काठमाडौं उपत्यकाका तीनवटा जिल्ला कुन-कुन सेवा स्थगित? (सूचीसहित)

काठमाडौं - काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जिल्ला प्रशासनबाट प्रवाह हुँदै आएका केही सेवा स्थगित गर्ने निर्णय गरेको छ। कोरोना संक्रमित बढ्दै गएपछि केही सेवा प्रवाहमा रोक लगाइएको काठमाडौंका प्रजिअ जनकराज दाहालले जानकारी दिए।

कार्यालयमा सेवाग्राहीको भिडभाड अत्यधिक बढेको र कार्यालयबाटै सर्वसाधरणमा कोरोना फैलन सक्ने भएकोले साउन २५ गते देखि भदौ ८ गतेसम्म कार्यालयबाट नियमित गरिने सेवा बाहेक सेवा स्थगित गरिएको हो।

बैठकमा सुरक्षा निकाय र सरोकारवाला निकायकका प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

संचालनमा रहेका सेवा
शान्ति सुरक्षा सम्बन्धी कार्यहरू
ठाडो निवेदन र ...


नेपालमा हालसम्म कोरोना संक्रमणबाट ७० जनाको मृत्यु

काठमाडौं- नेपालमा हालसम्म ७० जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा ७० जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।

नेपालमा हालसम्म २२ हजार २१४ जना संक्रमित भएको र हालसम्म १५ हजार ८१४ जना निको भएर घर फर्किएको समेत प्रवक्ता डा गौतमले जानकारी दिए।

पछिल्लो २४ घन्टामा नेपालमा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

हाल ६ हजार ३ सय ३० जना संक्रमितको नेपालमा उपचार भइरहेको ...


थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - शुक्रवार नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १५ हजार ८१४ उपचारपछि निको भएका छन्। हाल ६ हजार ३ सय ३० जना संक्रमितको नेपालमा उपचार भइरहेको छ।

हाल १० हजार २ सय ७ जना क्वारेन्टाइनमा छन्। शुक्रबार ७ हजार ९ सय २६ जनाको ...


शुक्रवार थप ४२५ जना कोरोनामुक्त, अब ६ हजार ३ सय ३० उपचाररत

काठमाडौं- शुक्रवार थप ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म १५ हजार ८१४ उपचारपछि निको भएका छन्।

हाल ६ हजार ३ सय ३० जना संक्रमितको नेपालमा उपचार भइरहेको छ।

हाल १० हजार २ सय ७ जना क्वारेन्टाइनमा छन्। शुक्रबार ७ हजार ९ सय २६ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म नेपालमा ७० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

...

सिरहाको २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु

धरान - बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको गत राति धरानमा मृत्यु भएको छ । गत तीन वर्ष देखि किड्नीको समस्या रहेका युवकको मृत्यु भएको हो ।

उनि मिर्गाैला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए ।

ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ । उनको दाह संस्कार नेपाली सेनाले गर्ने जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिए ।

उनको कन्ट्याक्ट ट्रेसिङ्गमा आएका परिवारका चार जनालाई क्वारेन्टिनमा राखिएको छ ।

...

चीन र नेपालबीचको सम्बन्ध दिदीबहिनी र दाजुभाइको जस्तो: राजदूत यान्छी

काठमाडौं - नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीचको सम्बन्ध दिदीबहिनी र दाजुभाइको जस्तो भएको उल्लेख गरेकी छन्। बिहीबार एक ट्विट गर्दै राजदूत यान्छीले नेपाल र चीनबीचको सम्बन्ध छिमेकी र मित्रवत् मात्र भएर दिदीबहिनी र दाजुभाइको जस्तो भएको बताएकी हुन्।

नेपालमा चीनले प्रदान गरेको सहयोगका तस्बिर राख्दै उनले उस्तो ट्विट गरेकी हुन्। उनले भूकम्प, बाढीपहिरो, इन्धन अभाव र कोरोना भाइरसको महामारीसँग लड्नका लागि चीनले नेपाललाई सहयोग गरेको स्मरण गरेकी छन्।

नेपालका हरसंकटमा चीनले सहयोग गरेको उनको भनाइ छ। कोरोना भाइरसविरुद्धको लडाइँमा पनि नेपाल र चीनबीचको ...


बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु

बैतडी - बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका ४ मा घरमाथिबाट पहिरो खस्दा ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

गएराति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमा छोराको मृत्यु भएको हो । १६ वर्षीय सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन्। घरमाथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा पुरेको छ ।

घरभित्र पुरिएका दुवै जनाको शव निकालेर पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल लगिएकाे प्रहरीले जनाएको छ। ...


अदालतमै संक्रमित भेटिएपछि सर्वोच्चद्वारा अत्यावश्कबाहेकका मुद्दा स्थगित

काठमाडौं - सर्वोच्च अदालतमै एक जनालाई कारोना संक्रमण भएको र देशभर संक्रमितको संख्या वृद्धि हुँदै गएपछि आत्यावश्कीय कामकारबाही र सेवा मात्र सञ्चालनमा ल्याउने निर्णय सर्वोच्च अदालतले गरेको छ।

काठमाडौं उपत्यकामा दैनिक संक्रमितको संख्या वढ्दै गएकोले सर्वोच्च अदालतबाट प्रदान हुने सेवामा मात्र सीमित गरिएको सर्वोच्चले जनाएको हो।

बिहीबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चले बन्दीको निवेदन, रिट निवेदन दर्ता र सुनुवाई अन्तरिम आदेश छलफल, थुनुवा रहेको मुद्दाहरु जस्ता मुद्दा मात्र सुनुवाई गर्ने निर्णय गरेको छ।

सर्वोच्चका उपरजिष्ट्रार देवेन्द्र पौडलले हस्ताक्षर गरेको विज्ञप्तिमा अदालतको सेवा प्रवाहमा संकुचन ल्याएको जनाइएको छ।

सर्वोच्चले लकडाउन ...


बिहिवार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण

काठमाडौं - बिहिवार नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित हालसम्म नेपालमा २१ हजार ७ सय ५० जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा थप २३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १५ हजार ३८९ उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७० दशमलव ५७ प्रतिशत भएको मन्त्रालयले जनाएको छ। हाल ९ हजार ४ सय ७० ...


प्रहरी हेडक्वार्टरका थप १० जनामा कोरोना, हेडक्वार्टरमा मात्रै ८५ संक्रमित

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी हेडक्वार्टरमा ८५ संक्रमित पुगेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बिहीबार १० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि गर्दै भने, ‘संक्रमितलाई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगिएको छ ।’

हाल नेपालभर ३१९ जना प्रहरी कोरोना संक्रमित भएको बताउँदै प्रवक्ता कठायतले ११९ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेको रातोपाटीलाई जानकारी दिए ।

संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

...

संसद सचिवालयका ८ कर्मचारी आइसोलेसनमा

काठमाडौं - जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएपछि संसद सचिवालयका ८ कर्मचारी आइसोलेसनमा बसेका छन् । उनीहरुको वीर अस्पतालमा पीसीआर परीक्षण गरिएपनि नतिजा आइसकेको छैन ।

सांसदको सार्वजनिक लेखा समितिका सदस्य रहेका सांसद यादव सहितको संसदीय अनुगमन उपसमितिको टोली २ साता अघि सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।

अनुगमन समितिमा सांसद यादवसँगै अन्य २ सांसद मीना सुब्बा, प्रेम आलेमगर रहेका थिए ।

सांसद यादव चढेको गाडीका ३ जनालाई कोरोना संक्रमण भएको छ । जसमा यादवको पीएसओ र सवारी चालक रहेका छन् । उनीहरु अहिले उपचारका ...


संघीय संसद सचिवालयका प्रवक्तामा देखियो कोरोना

काठमाडौँ - संघीय संसद सचिवालयका प्रवक्ता समेत रहेका सहसचिव डा. रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ । गत मंगलबार वीर अस्पतालमा उनको स्वाव संकलन गरिएको थियो ।

दुई साता अघि प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले सांसद प्रदीप यादवको संयोजकत्वमा ३ सदस्य उपसमिति बनाइ तराईका जिल्लामा बन अनुगमनका लागि पठाएको थियो । अन्य सांसदहरु मीना सुब्बा, प्रेम आले सहित अन्य ३ कर्मचारीको नेगेटिभ रिपोर्ट आएको छ ।

यसअघि जनता समाजवादी दलका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएपछि संसद सचिवालयका कर्मचारीको स्वाव लिइएको थियो । सांसद ...


विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु, ६३ पुगे मृतक

काठमाडौं - विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६३ पुगेको छ।

विराटनगर ९ का ४५ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ। उनी गएराति साढे १० बजे अस्पताल भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिए।

उनका अनुसार अस्पतालमा आउँदा उनको फोक्सोमा पानी जमेको थियो। उनी कलेजो र मिर्गौलाका रोगी समेत रहेको अस्पतालले जानकारी दिएको छ। उपचारको क्रममा उनको बुधबार दिउँसो १ बजे मृत्यु भएको हो।

यस्तै, मोरङ ८ का ४५ वर्षीय कोरोना ...


राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिड्डुल गर्न रोक

काठमाडौं - सरकारले शहरी इलाकामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमामा रोक लगाएको छ । काठमाडौंसहित २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमति रहेका शहरी इलाका जिल्लामा आवगमनमा रोक लगाइएको छ ।

गृह मन्त्रालयले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै बिहीबारदेखि लागू हुने गरी उक्त निर्णय लिएको छ । यस्तै सरकारले बिहीबारबाटै लागू हुने गरी सवारी साधनमा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय गरेका छ ।

यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेकका सबै यात्र वाहक सवारी साधनहरुलाई साँझ ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको ...


संक्रमण बढेपछि यातायातमा फेरी जोरबिजोर प्रणाली लागू


काठमाडौं - सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उपत्यका र २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । सो निर्णय बिहीबारदेखि लागू हुने छ ।

यस्तै काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका शहरी इलाकामा आवगमनमा रोक लगाउने निर्णय ...


पुष्पा अधिकारीमाथि अनुसन्धान सुरु, बालगृहबाट ११ बालबालिकाको उद्धार

काठमाडौं - ‘शिशु चउरमा भेटियो’ भनेर झुटो प्रचार गर्ने पुष्पा अधिकारीले सञ्चालन गरेको केयर बालगृहबाट ११ बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद् र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुधवार बुढानिलकण्ठ नगरपालिकामा रहेको सो बालगृहबाट बालवालिकाको उद्धार गरेको हो ।

सञ्चालिका अधिकारीमाथि महानरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । सञ्चालिका अनुसन्धानको दायरामा आएपछि त्यहाँ बस्ने बालवालिकाको केयर नहुने हुनाले त्यहाँ राखिएका बालबालिकाको उद्धार गरिएको बताइएको छ । उद्धार गरिएका बालबालिकालाई सररकारको अस्थायी संरक्षणमा राखिएको बालबालिका खोजतलास समन्वय केन्द्रका डिएसपी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ...


बुधवार काठमाडौं उपत्यकामा थपिए काेराेनाका ६२ संक्रमित

काठमाडौं - पछिल्लो २४ मा काठमाडौं उपत्यकामा थप ६२ जना कोरोना संक्रमति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७ र ललितपुरमा ५ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।

बुधबारसम्म काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५९८, ललितपुरमा ११४ र भक्तपुरमा ७७ पुगेको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७८९ पुगेको छ।

बुधबार देशभर ३८१ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।

...

उपत्यका भित्रने यात्रुमा कोरोना देखिएपछि नाकामा कडाई

काठमाडौं - काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाई गरिएको छ।सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाब संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाई गरेको हो। उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाउन थालेको छ।

यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको छ। प्रहरीले बुधबार पैदल हिँडेर प्रवेश गर्न खोज्ने बिना पासका ...


बुधबार देशभर थप ३ सय ८१ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं - नेपालमा बुधबार थप ३ सय ८१ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा साे संख्यामा काेराेनाका नयाँ संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। याेसँगै नेपालमा कूल काेराेना संक्रमितकाे संख्या २१ हजार ३ सय ९० पुगेको छ।

पछिल्लाे २४ घण्टामा १ सय ३० जना कोरोना मुक्त भई भएका छन्। याेसँगै नेपालमा हालसम्म १५ हजार १ सय ५६ जना कोरोनाबाट निको भएका छन्।

पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमितकाे मृत्यु भएकाे छ। याेसँगै मृतककाे संख्या ...


प्रदेश नं २ कोरोनाको उच्च जोखिममा, धमाधम निषेधाज्ञा जारी गर्दै जिल्लाहरु

जनकपुर - लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् । साउन ६ गतेसम्म कूल सङ्क्रमित रहेका चार हजार २६४ सङ्ख्या आज पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको हो । प्रदेशमा हालसम्म यो व्याधिले १९ जनाको ज्यान लिइसकेको छ ।

साउन ७ गतेयता सङ्क्रमण झन् बढेपछि प्रदेश नं २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले ...


दार्चुलामा चार वर्षमा ३० वटा बलात्कार

दार्चुला - दार्चुलामा चार वर्षका अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबर्जस्ती करणीका घटना बढ्दै गएका छन् । अझै कयौँ घटना समाजमा मिलाउने भएका कारण सबै प्रहरीसम्म पुगेका छैनन् । आव २०७३/०७४ मा तीन जबर्जस्ती करणी तथा दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए । यस्तै आव २०७४/०७५ मा पाँच जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् ।

यसैगरी आव २०७५/०७६ ...


प्रहरीका पूर्वएआईजीलाई कोरोना संक्रमण, अख्तियार आयुक्तको परिवारमा पनि संक्रमण

काठमाडौं - नेपाल प्रहरीका एक अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकृतका अनुसार लकडाउन अवधिभर काठमाडौं बाहिर नगएका पूर्वएआईजीको संक्रमणको स्रोत भेटिएको छैन ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना आयुक्तको परिवारमा पनि संक्रमण देखिएको छ । आयुक्तका परिवारका दुईजना सदस्यलाई कोरोना देखिएको अख्तियार स्रोतले जनाएको छ ।

...

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जमा उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार १८ वर्षकी ती युवतीको मंगलबार राती मृत्यु भएको हो। उनको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको हो।

पर्साको पोखरिया नगरपालिका–९ की ती युवतीलाई सोमबार पटकपटक बान्ता हुने समस्या देखिएपछि उपचारका लागि नेसनल मेडिकल कलेजमा लगिएको थियो। तर उनको अस्पताल नपुग्दै मृत्यु भएको बताइएको छ।

यो सहित नेपालमा कोरोना संक्रमित ५९ जनाको मृत्यु भएको ...


मौरीपालनबाट मासिक १ लाख कमाउँछन् डिलबहादुर

गलकोट - माहुरीको गुलियो मह र त्यही महजस्तै मिठो नाम डिलबहादुर । नाममात्रै होइन, काम पनि उस्तै प्रेरणादायक । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर खत्री र मौरी एकअर्काका पर्यायवाची हुन् ।

जिल्लामै सफल मौरीपालक कृषकका रूपमा स्थापित भएका डिलबहादुरको दुःख र सङ्र्घष भने सामान्य छैन । अझै आफ्नो धरातल बिर्सनुहुन्न र भन्छन्, “अहिले सङ्घर्षरत छु, साँच्चिकै सफलता प्राप्त गर्न त अझै बाँकी छ ।”

कुनै समय कृषि पेशा तरकारी र कुखुरापालन गर्दा विफल भएर निराश नभएको पनि होइन तर त्यसबाट गम्भीर पाठ सिकेका डिलबहादुर ...


चितवनमा होम क्वारेन्टिनमा बसेका पुरुषको मृत्यु, कोरोना परीक्षणको तयारी

चितवन - चितवनको खैरहनीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खैरहनी नगरपालिका-६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षका एक पुरुषको गएराति मृत्यु भएको हो ।

बाराबाट १३ दिन अगाडि चितवन आएका ती पुरुषले साथीहरुलाई एक्कासी छाती दुखेको र त्यसपछि ढल्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुष खैरहनी–६ पुरानो पर्सामा रहेको केसी बोरा उद्योगमा काम गर्ने मजदुर रहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्तीमगरले जानकारी दिए ।

उनीसँगै बाराबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका अन्य ५ जनामा हालसम्म कुनै ...


वीरगञ्जमा सेना, थुनुवा र पत्रकारसहित ३४ जनामा कोरोना संक्रमण

वीरगञ्ज - वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा १४ वर्षका बालकदेखि ५६ वर्षका पुरुष रहेका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिएअनुसार सोमबार अबेर राती संक्रमण पुष्टि भएका ३४ मा वीरगन्ज ब्यारेकका २८ देखि ३४ बर्षका ३ जना नेपाली सेना, पर्सा वीरगन्जका २२ बर्षका १ जना पत्रकार, वडा ...


आज गाईजात्रा पर्व, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं - आज काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्रा पर्वको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिइएको छ।

गाईजात्रा पर्व हरेक भाद्र कृष्ण प्रतिपदाका दिन नेवार समुदायमा मनाइन्छ । विशेषगरी, काठमाडौँ उपत्यकाका नेवार समुदायमा प्रचतिल यो पर्व देशका अन्य जिल्लाहरुमा समेत नेवार समुदायको बसोबास भएकाले जात्रा मनाउने चलन बढ्दै गएको छ ।

गाईजात्रा पर्वको सुरुवात तत्कालीन राजा प्रताप मल्लले गरेका थिए । उनले छोरा चक्रवर्तेन्द्रको मृत्युबाट भावविह्वल भएकी आफ्नी रानी भुवन लक्ष्मीलाई दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन वर्ष दिनभित्र ...


संक्रमितको संख्याका आधारमा क्षेत्रगत लकडाउन गर्ने तयारी

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः लकडाउन गर्ने÷नगर्नेबारे सुझाव लिन जनस्वास्थ्यविद्लाई आज मंगलबार बालुवाटार बोलाएका छन्। बिहान ११ बजे चिकित्सक, नर्स, जनस्वास्थ्यविद् तथा स्वास्थ्य क्षेत्रका संघसंस्थाका प्रतिनिधिलाई बोलाएर प्रधानमन्त्रीले सुझाव लिन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रधानमन्त्रीले जनस्वास्थ्यविद्लाई बोलाएर सुझाव लिन लागेका हुन्।

कोरोना संक्रमितको संख्याका आधारमा क्षेत्रगत लकडाउन गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। तर, अब लकडाउन भए यसअघिको जस्तो देशैभर लकडाउन नहुने बताइएको छ।

सोमबार बेलुकासम्म देशभर कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ भने ...


मेलम्ची पहिरोमा बेपत्ता भएका ८ जनाको शव फेला, पाँचपोखरीमा थप २ जनाको मृत्यु

काठमाडौं - सिन्धुपाल्चाेकमा पहिरो जाँदा पुरिएका ८ जनाकाे शव फेला परेकाे छ। मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएका उनीहरुकाे शव साेमबार बिहान निकालिएकाे हाे।

पहिराेमा परी मृत्यु हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २५ वर्षीय विक्रम थिंग, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी रहेका छन्।

पहिराेमा परी घाइते भएका भारतीय नागरिक बारु शाहको उद्धार गरी हेलिकाेप्टरबाट काठमाडौं ल्याइएको छ। प्रदेश सरकारले बनाउँदै गरेको कभर्डहल निर्माणमा संलग्न कामदार बसेको घर गएराति ...


ट्राफिक महशाखाका थप ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ - ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप ३ जना प्रहरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत साउन १६ मा एक हवल्दार र एकजना जवानमा कोरोना देखिएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट पिसिआर जाँच गर्दा थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणको जोखिम कम गर्न ३ सय ट्राफिकलाई महाशाखाले घर पायक स्थानमा ड्युटीको व्यवस्था मिलाएको छ । क्वारेन्टाइनमा बसेका ट्राफिकको ठाउँमा मातहतका युनिटबाट ड्युटी परिपुर्ति गरिएको एसएसपी भीम प्रसाद ढकालले जानकारी दिए ।

बिदा गएर फर्केका ६१ प्रहरीलाई रामशाहपथस्थित पार्टी प्यालेसको छुट्टै क्वारेन्टाइनमा राखिएको छ ...


मुलुकका अधिकांश राजमार्गमा पहिरो

मलेखु - मौसम बदली भई पटकपटक भारी वर्षा हुँदा मुलुकका अधिकांश राजमार्गमा यसपालि अत्यधिक पहिरो खसेको छ। भारी वर्षापछि खसेको पहिरोले पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग र त्रिभुवन राजमार्गका धेरै स्थानमा पहिरो खसेको छ।

यसपालि नागढुङ्गादेखि मुग्लिनसम्म धेरै पहिरो गएकाे छ। राजमार्गको भित्ता पहिराेले छियाछिया पारेको छ। सयौँ ठाउँमा पहिरो गएको छ।

धादिङको जवाङ खोला नजिक त्रिशुली नदीको कटानले झण्डै १० मिटर जति सडक बगेको छ। त्यहाँ अहिले एकतर्फी मात्रै सडक सञ्चालनमा छ। त्यसको नजिकै घुमाउनेमा पनि तल्लो तहबाट नदीले कटान गरिरहेको छ भने माथिल्लो क्षेत्रबाट ...


मेलम्चीमा पहिरोले पुरिएर ८ जना बेपत्ता, एककाे उद्धार

काठमाडौं - गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा सिन्धुपााल्चोकको मेलम्ची बजारमा ८ जना बेपत्ता भएका छन्।

प्रदेश सरकारले बनाउँदै गरेको कभर्डहल निर्माणमा संलग्न कामदार बसेको घर पहिरोले पुरिँदा ८ जना बेपत्ता भएका हुन् भने १ जनाको उद्धार भएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

बेपत्ता हुनेहरुमा वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २५ वर्षीय विक्रम थिंग, २३ वर्षीय मानबहादुर रुम्बा,२० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी, १७ वर्षीय सोनाम लामा र १ जना भारतिय नागरिक राजेन्द्र चौधरी रहेको प्रारम्भिक ...


आज जनै पूर्णिमा, देशभर रक्षाबन्धन गरेर मनाइँदै

काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी ...


बाँके जिल्ला अदालतका ५ जना कर्मचारीलाई कोरोना

बाँके - बाँके जिल्ला अदालतका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ। जिल्ला अदालतका पाँचजना कर्मचारीमा कोरोना पुष्टि भएको हो।

जिल्लामा समुदायस्तरमा कोरोना फैलिएको भन्दै तीन दिन निषेधाज्ञा सुरु गरेको पहिलो दिन आइतबार नै अदालतका कर्मचारीमा कोरोना पुष्टि भएको हो।

त्यस्तै राँझास्थित आर्मी अस्पतालका चिकित्सकलाई पनि कोरोना पुष्टि भएको छ। अदालतका कर्मचारीसहित १२ जनामा कोरोना देखिएको हो। कोरोना संक्रमित हुनेमा बाँके जिल्लाका स्थायी निवासी ७ जना रहेका छन्।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आर्मी अस्पतालका चिकित्सकसहित तीन जना, जिल्ला अदालतका पाँच जना, खजुराका एकजना, दाङका नेपाली सेना एकजना, टीकापुरका चिकित्सकसहित ...


कोरोनाको जोखिम बढेपछि जनकपुरमा एक हप्तासम्म निषेधाज्ञा जारी

जनकपुर - जनकपुरधाममा कोरोना संक्रमणको जोखिम बढेपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले भोली सोमबार रातीदेखि एकसाता सम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा सोमबार राती १२ बजेदेखि लागू हुनेछ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जनकपुरधाम उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले कडाई गरिने बताए । उनले तोकिएका बाहेक कोहीपनि बाहिर निस्कन नपाउने जानकारी दिए ।

उनले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभर प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र ...


आइतवार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना देखियो

काठमाडौं - आइतवार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा काठमाडौंका २२, ललिपुरका ८ र भक्तपुरका १ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

आइतवार देशभर थप २४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ भने निको हुनेको संख्या १४ हजार ६०३ पुगेको छ । ५ हजार ७२९ कोरोना संक्रमित देशका विभिन्न अस्पतालमा उपचाररत छन्।

...

आइतवार थप १११ जना कोरोनामुक्त, अब ५ हजार ७२९ बिरामी उपचाररत

काठमाडौं - आइतवार थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म १४ हजार ६०३ उपचारपछि निको भएका छन्। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ। अब ५ हजार ७२९ कोरोनाका बिरामी देशभरका विभिन्न अस्पतालमा उपचाररत छन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

हालसम्म नेपालमा ५७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

...

आइतवार थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - आइतवार नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ।

हालसम्म नेपालमा ५७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

...

बग्गीखानाका दुई जना ट्राफिकमा कोरोना संक्रमण, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानाका दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण देखिएको छ। मातहतका २ जना स्टाफमा कोरोना पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना ब्यारेकमै क्वारेन्टिनमा बसेका छन् ।

संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ। महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

अहिले रामशाहपथस्थित महाशाखामा पूर्णलकडाउनको अवस्था छ। कोरोना पुष्टि भएका स्टाफहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ-जाउ गर्न बन्देज लगाइएको छ।

...

वीरगञ्जमा पछिल्लो १० दिनमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

वीरगञ्ज - वीरगञ्जमा शनिबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

वीरगञ्ज-१६ नगवा बस्ने ६० बर्षीया महिलाको शनिबार साँझ ६ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

यस्तै नारायणी वयोधा अस्पतालमै मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ...


डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते, ४ को अवस्था गम्भीर

डडेल्धुरा - डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज १११५५ नम्बरको जीप आइतबार बिहान १ बजेतिर महाकाली राजमार्गअन्तर्गत अमरगढी नगरपालिका ७ पोखरा खानेपानी मोडमा दुर्घटना भएको हो।

जीप अनियन्त्रित भई सडकभन्दा करिब २०० मिटर तल खस्दा त्यसमा सवार ८ जना नै घाइते भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

घाइते हुनेमा बझाङ केदारसिउ गाउँपालिका ४ बागथलाका ३२ वर्षीय बिभुप्रकाश भट्ट, सोही ठाउँका ४५ वर्षीय मानबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मल्ल, १२ वर्षीया सम्पदा मल्ल र ...


एकै दिन ३० जनामा काेराेना संक्रमण देखिएपछि बाँकेमा निषेधाज्ञा जारी

बाँके - कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आइतबार (आज)देखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ। नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा संक्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

कोरोनाको जोखिम हुन नदिन तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। उनका अनुसार, अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ। प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यकरूपमा हिँडडुल गरेको पाइएमा कानुनबमोजिम कारवाही हुनेछ।

निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, ...


पर्सामा थप ४५ जनामा कोरोना, वीरगन्जका मेयर र परिवारमा पनि संक्रमण

काठमाडौं - वीरगन्जका मेयर विजय सरावगीको परिवारका अन्य सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ। उनकी श्रीमती, छोरा, छोरी र ज्वाइँमा पनि संक्रमण देखिएको हो।

यसअघि गत बिहीबार साँझ फेसबुक पेजमा स्टाटस लेख्दै उनले आफूलाई कोरोना संक्रमण भएको जनाएका थिए। उनी हाल आइसोलेसनमा छन्।

पर्सामा वीरगन्जका मेयरका परिवार समेत गरि थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी ...


गुल्मीमा घरमाथि ढुंगा खसेर च्याप्दा एकै परिवारका चार जनाको मृत्यु

गुल्मी - गुल्मीमा घरमाथि ढुंगा खसेर च्याप्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको हो ।

घटना शुक्रबार राति करिब साढे सात बजेको हो । घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा पर्दछ ।

सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए । घटनास्थलमा इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी ...


जसपाका सांसद प्रदीप यादवलाई काेराेना संक्रमण

काठमाडाैं - जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई काेराेना पाेजेटिभ देखिएकाे छ। संसद अधिवेशन अन्त भएपछि वीरगञ्ज पुगेका यादव संक्रमित भएका हुन्।

आफूलाई काेराेना पाेजेटिभ भएपछि यादवलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे जानकारी गराएका हुन्। उनले भनेका छन्, 'मैले आफ्नो पिसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। आफूलाई आइसुलेट गरेर अहिले आराममा छु।'

सांसद यादवले काेराेना नियन्त्रणका लागी सीमामा आवतजावतमा राेक लगाउन सरकारसँग माग गरेका छन्। उनले लेखेका छन्, 'आदरणीय दाजुभाइ दिदिबहिनी! सम्मानीय प्रधानमन्त्रीज्यूलाई मैले पत्र प्रेषित गर्दै, वीरगञ्जमा ...


चिनियाँ राष्ट्रपतिले भने : 'नेपालसँगकाे सम्बन्धलाई उच्च महत्त्व दिएका छौं'

काठमाडाैं - चीनले नेपालसँगकाे सम्बन्धलाई उच्च महत्त्व दिएकाे जनाएकाे छ। नेपाल-चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र नेपालबीचको सम्बन्धलाई आफूले उच्च स्थानमा राखेको बताएका हुन्।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार ६५औं वर्षगाँठका अवसरमा शनिबार राष्ट्रपति सीले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग बधाई सन्देश आदानप्रदान गर्दै आफू नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका हुन्।

चिनियाँ राष्ट्रपति सीले दुवै देशका नागरिकलाई लाभ हुने गरी क्षेत्रीय स्थिरता एवं विकासमा योगदान पुर्‍याउन नेपालसँग मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका छन्।

...

आज मुस्लिम धर्मावलम्बीको बकर इद, घरमै बसेर मनाउँदै

काठमाडाैं - मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) शनिबार (आज) देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ। इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ। यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ। यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगले शुक्रबार विज्ञप्ति जारी गरी ...


काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्यो

काठमाडौं - बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (ब्लुडब्लुजे)ले आज आयोजना गरेको ‘कोभिड– १९ बन्दाबन्दीपछिको अवस्थाः बढ्दो जोखिम र अपनाउनुपर्ने सुरक्षा व्यवस्था’ विषयक भर्चुअल कार्यक्रममा कोभिड– १९ को जोखिमबाट बच्न सुरक्षाका उपाय अपनाउन सुझाव दिइएको छ ।

काठमाडौँ मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागका प्रमुख डा सुनीलकुमार जोशीले राजधानीमा समेत बढिरहेको कोरोनाको जोखिममा समुदायले आफैँ सुरक्षाको व्यवस्था गर्नुपर्ने सुझाव दिए ...


शुक्रवार १० हजार ७८६ नमुना परीक्षण गर्दा २२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - शुक्रवार थप २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो ।

कहाँकहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५/१५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बाराका ४ जना, रौतहट, कास्की, दाङ ...


उच्च अदालतका थप एकजना न्यायाधीशमा कोरोना संक्रमण

जनकपुर - जनकपुरस्थित उच्च अदालतका थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब सङ्कलन गरिएकोमा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । केही दिनअघि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

यता, न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि निश्चित कामकारबाही बाहेक अन्य काम शुक्रबारदेखि ३१ गतेसम्मका लागि स्थगित गर्ने उच्च अदालत जनकपुरले गरेको ...


काेराेना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिइओको निधन

वीरगञ्ज - वीरगञ्ज नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत थप एक जना काेराेना संक्रमितकाे गएराति मृत्यु भएकाे छ। आइसीयूमा उपचाररत ५६ वर्षका पुरुषको मृत्यु भएकाे हाे। हिजो राति साढे ११ बजे उनकाे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।

उनी जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत हुन्।

मुटु रोगी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि  कोभिड अस्पतालको आइसियुमा राखिएको थियो । बिहीबार दिउँसो अवस्था जटिल भएपछि उनलाइ भेन्टिलेटरमा राखिएको ...


नारायणी अस्पतालका डाक्टर र नर्ससहित २८ जनामा कोरोना संक्रमण

काठमाडौं - कोरोना संक्रमितको उपचार गरिरहेको वीरगञ्जस्थित नारायणी अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहित कर्मचारीसमेत संक्रमित भएका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार अस्पतालका २८ जनामा कोरोना संक्रमण देखिएको छ। उनका अनुसार ८ जना डाक्टर, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी गरेर २८ जनामा संक्रमण देखिएको छ। डाक्टरहरुमा २ जना फिजिसियन, ४ जना अर्थोपेडिसियन, १ जना सर्जन र १ जना मेिडकल अधिकृत छन्।

डा उपाध्यायका अनुसार अस्पतालका कर्मचारीको परिवारका सदस्यामा समेत कोरोना पोजेटिभ देखिएको छ। संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा होम आइसोलेसनमा संक्रमितलाई ...


वीरगञ्जमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - वीरगञ्जमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण भएको पाइएको छ। नारायणी अस्पतलामा मृत्यु भएका एक र घरमा नै मृत्यु भएका भएका अर्का एक व्यक्तिको मृत्युपछि कोरोना संक्रमित भएको रिपोर्ट आएको हो। उनीहरू दुवै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले वीरगञ्जमा दुई कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे। 'वीरगञ्जमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू दुवै जना वीरगञ्ज महानगरकै बासिन्दा हुन्,' अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उपाध्यायले भने, 'उनीहरुको रिपोर्ट बिहीबार साँझमा आएको ...


देशभरका होटल ब्यबसाय आजबाट खुला

काठमाडौं - कोरोनाका कारण ४ महिनादेखि बन्द तारे तथा पर्यटकीय होटल र रेष्टुँरा आजदेखि खुलेका छन्। सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि भन्दै चैत ११ गतेबाट लकडाउन जारी गरेसँगै बन्द होटल तथा रेष्टुँरा साउन १५ बाट खुलेका हुन्।

सरकारले केही दिन अगाडिमात्रै साउने १५ बाट होटल तथा रेष्टुँरा खोल्न दिने निर्णय गरेको थियो। यससँगै सबै सुरक्षा मापदन्ड लागू गर्दै होटल खुल्ला गरिएको एयरपोर्ट होटलका सञ्चालक तथा होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारी दिए। सुरक्षित तवरबाट कोरोना संक्रमण फैलन नदिने गरी सेवा सुरु गर्ने उनको भनाइ ...


धरानमा उपचाररत मोरङका एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं - धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार दिउँसो एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुधबार साँझ एक प्रेस वक्तव्य जारी गर्दै प्रतिष्ठानले दिउँसो ४: ४५ बजेको समयमा ती संक्रमितको मृत्यु भएको जानकारी गराएको हो। मृत्यु हुनेमा मोरङ निवासी ४५ वर्षीय पुरुष रहेको छन्। योसँगै नेपालमा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

उनलाई दिउँसो १ बजेतिर गम्भीर अवस्थामा प्रतिष्ठान ल्याइएको थियो। गम्भीर अवस्थाका बिरामी भएकाले भेन्टिलेटरमा राखी उपचार सुरु भएको केही घण्टामा नै उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटा जनाएका छन्।

हाल नेपालमा ...


प्रदेशको प्रहरीको नेतृत्व डिआइजीलाई, महानगरीय प्रहरी हट्ने

काठमाडौं - प्रहरी समायोजनसम्बन्धी समितिको बैठकले प्रहरी समायोजन प्रतिवेदन पास गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी भएको बुधबारको समिति बैठकमा गृह मन्त्रालयले पेस गरेको समायोजनसम्बन्धी प्रस्ताव स्वीकृत भएको हो।

प्रतिवेदनमा प्रदेशका प्रहरीको नेतृत्व तत्कालका लागि डिआइजीले गर्ने र महानगरीय प्रहरीको अवधारणा हटाउनेलगायतका विषय समावेश छन्। उपत्यकाका प्रहरी कार्यालय केन्द्र मातहत रहनेछ । तर, उपत्यकाको महानगरीय प्रहरी सम्बन्धी अवधारणा भने खारेज हुनेछ ।

प्रहरी समायोजनका सम्बन्धमा अध्ययन गरी निष्कर्ष दिन प्रहरी समायोजन कार्यदल गठन भएको थियो। सो कार्यदलले मन्त्रालयमा बुझाएको प्रतिवेदन नै मन्त्रालयले समितिको बैठकमा पेस गरेको ...


कोरोना संक्रमणका कारण वीरगञ्जमा थप दुई जनाको मृत्यु

वीरगञ्ज - कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । पर्सामा मात्रै कोरोना संक्रमणका कारण ७ जनाले ज्यान गुमाएका छन् ।

बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनको मिर्गौलामा समेत समस्या देखिएको थियो ...


बुधबार काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण

काठमाडौं - बुधबार काठमाडौं उपत्यकाभित्रका १५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

बुधबार देशभरमा २१० जनामा कोरोना संक्रमण देखिएको छ ।

...

त्रिविको स्थगित परिक्षा भदौको तेस्रो हप्ताबाट

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले लकडाउन खुलेसँगै रोकिएका परीक्षा भदौको तेस्रो हप्ताबाट सुरु गर्ने तयारी थालेको छ। लकडाउन खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौं आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेस्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्नेगरी तयारी थालिएको बताए। ‘भदौको पहिलो हप्ता विद्यार्थी आएपछि १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ,’ उनले भने, ‘अनि त्यसपछि हामी सेमेस्टको परीक्षा सबैभन्दा कम विद्यार्थीबाट सुरु गर्ने ...


बुधवार देशभर थप २१० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- बुधवार देशभर थप २१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार २ सय ७३ जना पुगेको छ।

बुधबार थप १४६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार २१ जना उपचारपछि निको भएका छन्।

हाल ५ हजार २ सय ३ जना संक्रमितको उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर ...


सांसद लीलादेवी सिटौलाले लिइन् सपथ

काठमाडौं - सरिता गिरीको ठाउँमा सिफारिस भएकी समाजवादी पार्टी नेपालकी सांसद लीलादेवी सिटौलाले बुधबार पद तथा गोपनीयताको सपथ लिएकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराए ।

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाहीमा गरी समानुपातिक पद्धतितर्फ उनको ठाउँमा ललितपुर महानगरपालिका–१३ कि सिटौलालाई सांसद बनाउने निर्णय गरेको थियो ।

उक्त पार्टीको निर्णयअनुसार निर्वाचन आयोगले सिटौलालाई सांसद पदमा निर्वाचित भएको घोषणा गरेको थियो ।

...

कालीकोटमा पहिरो : एकै घरका ७ जनासहित ८ को मृत्यु

कालीकाेट- कालीकाेटमा पहिराेमा परी ८ जनाकाे मृत्यु भएकाे छ। कालीकोटको नरहरिनाथ गाउँपालिकामा मंगलबार राति आएको पहिरोले पुरिएर वडा नम्बर ७ मा ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीया श्रीमती नैना, २४ वर्षीया बुहारी कुशा, १८ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बुढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो ।

६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, डीएसपी श्याम ओलियाले जानकारी दिए ।

यस्तै सोही गाउँपालिकाको ...


च्याउ खाँदा बिरामी परेका जाजरकोटका एकैघरका ३ को मृत्यु

जाजरकोट - च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका तीन जनाको आज मृत्यु भएको छ । यसअघि सोमबार गाउँमै एक जनाको मृत्यु भएको थियो ।

गत साउन ९ गते जङ्गलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका आठ जना बिरामी परेका थिए । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले बताए ।

चलाउनेकी ...


पर्सामा डाक्टर, सेना र प्रहरीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज - वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,नेपाल प्रहरी सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएअनुसार संक्रमित हुनेहरुमा २ वर्षकी बालिका देखि ६५ वर्षका पुरुष रहेका छन् । यसमध्ये ५ जना बालबालिका र २४ जना पुरुषहरु छन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा डाक्टर, नेपाली सेना, नेपाल प्रहरी, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका पनि रहेका छन् । कोरोना संक्रमित पुष्टि हुनेमा ३३ वर्षका १ जना नेपाली सेना, २७ वर्षका १ जना ...


सरिता गिरीको ठाउँमा आएकी लिलादेवी सिटौलाको सांसदको सपथ आज

काठमाडौँ - जनता समाजवादीको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले सपथ लिँदैछिन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे नवनिर्वाचित समानुपातिकतर्फका सांसद सिटौलालाई सपथ खुवाउने कार्यक्रम तय भएकाे सभामुखको निजी सचिवालयले जनाएको छ ।

गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो । गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार गर्दै नेपाल, भारत र चीनबीचको सम्बन्धमा खलल पुग्ने विवादास्पद अभिव्यक्ति दिँदै आएकी थिइन् ।

...

संक्रमित बढेपछि स्याङ्जामा अत्यावश्यक वस्तुबाहेकका सेवा प्रवाहमा रोक

काठमाडाैं - काेराेना भाइरसका संक्रमित बढेपछि स्याङ्जामा अत्यावश्यक वस्तुबाहेकका सेवा प्रवाहमा रोक लगाइएकाे छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र स्याङ्जाले सूचना जारी गरेर साउन १३ देखि १० दिनसम्म जिल्लाभर अत्यावश्यक वस्तुबाहेकका सेवा प्रवाह नगर्न नगराउन भनेकाे हाे।

सूचनामा भनिएकाे छ, 'भारत र तेस्रो मुलुकबाट आए बाहेकका व्यक्तिहरुलाई पनि जिल्लामा कोहोना भाइरस संक्रमण भएको सन्दर्भमा यसको रोकथाम र नियन्त्रणका लागि थप सजगता र सतर्कता अपनाउनु आवश्यक हुँदा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार हाललाई मिति २०७७ श्रावण १३ देखि १० दिनसम्म जिल्लाभर तोकिएका अत्यावश्यक वस्तु र सेवा ...


राष्ट्रपतिद्वारा बाघ संरक्षकको प्रशंसा, बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल

काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण कार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र तथा स्थानीय समुदायलगायतकाे महत्वपूर्ण योगदानको सराहना गरेकी छन्।

विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देशमार्फत् उनले यो दिवस बाघलगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले यसबाट बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने अपेक्षासमेत गरेकी छन्।

बाघ संरक्षणका लागि घाँसेमैदान र पानीका स्रोतहरूको व्यवस्थापन, नियमितरूपमा गस्ती, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, चेतनामूलक कार्यक्रम र आवधिकरूपमा यसको सङ्ख्या यकिन तथा अनुगमनलगायतका ...


लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश : सुनीलबहादुर थापा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता सुनीलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गरेका छन्। उनी ५० भन्दा बढी नेता–कार्यकर्तासहित मंगलबार कांग्रेस प्रवेश गरेका हुन्।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनलाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्। थापाले सह–महामन्त्री पाउने भएका छन् भने उनीसँगै प्रवेश गर्ने ५ जनाले केन्द्रीय सदस्य पाउनेछन्।

राप्रपा परित्याग गरी मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका सुनीलबहादुर थापाले आफू लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश गरेको बताएका छन्।

'मेरो एउटा जिम्मेवारी थपिएको छ कि नेपालको लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिनको लागि हामी ...


जगदम्बाको सिइओसहित ४ जनालाई कोरोना देखिएपछि उद्योग सिल

काठमाडाैं - वीरगञ्जको जगदम्बा इन्टरप्राइजेजका सिइओसहित ४ जना मजदुरमा कोरोना भाइरसकाे संक्रमण देखिएपछि मंगलबारदेखि उद्योगलाई शिल गरिएको छ। अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको अनुमतिविना उद्योग प्रवेशमा रोक लगाउने गरी उद्योग शिल गरिएको हो।

लकडाउनको समयमा समेत भारतबाट मजदुर ल्याएर काम गराएको जगदम्बा इन्टरप्राइजेजका सिइओसहित ४ मजदुरमा संक्रमण पुष्टि भएपछि उद्योग शिल गर्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले बताए। गत साउन ६ गते सो उद्योगमा कार्यरत सिइओमा कोरोना संक्रमण पुष्टि भएको थियो भने उनकै कन्ट्याक्ट ट्रेसिङको आधारमा त्यहाँ ...


काठमाडौंमा मंगलबार ५३ कोरोना संक्रमित थपिए

काठमाडौं - विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ५३ जना कोरोना संक्रमण भएको भेटिएको छ। काठमाडौंका ४८ र ललितपुरका ४ जना र भक्तपुरका १ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै उपत्यकामा कूल कोरोना संक्रमितको संख्या ४७७ पुगेको छ। अब काठमाडौंमा कोरोना संक्रमित हुनेको व्यक्तिको संख्या ३३६, ललितपुरमा ९० र भक्तपुरमा ५० पुगेको छ।

मंगलबार देशभर ३११ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभर ३११ जना थप कोरोना भाइरस संक्रमित थपिएपछि कूल संक्रमितकोे संख्या भने १९ हजार ६३ पुगेको छ।

१२१ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज ...


मंगलवार देशभर थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - मंगलवार नेपालमा थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यस मध्ये काठमाडौंका ४८ र ललितपुरका ४ जना र भक्तपुरका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

योसहित नेपालमा हालसम्म १३ हजार ७५४ उपचारपछि ...


बलात्कार आरोपीत युट्युबर अर्जुन शिवाकोटी पुर्पक्षका लागि जेल चलान

काठमाडौं - यौनशोषणको आरोपमा युट्युबर अर्जुन शिवाकोटीलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाईएको छ । जिल्ला अदालत काठमाडौँका आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

महानगरीय अपराध महाशाखाले असार १५ मा शिवाकोटीलाई पक्रेर अनुसन्धान गरेको थियो । ३८ वर्षीय शिवाकोटीलाई काठमाडौँका दुई किशोरीलाई बलात्कार गरेका थिए । शिवाकोटी ‘मेकिङ नेपाल’ युट्यब च्यानलका सञ्चालक हुन् । शिवाकोटीले १४ वर्षीया र १२ वर्षीया किशोरीलाई पटक–पटक यौन शोषण गर्ने गरेको उजूरी परेको थियो ।

०७६ असोजदेखि १४ वर्षीया किशोरीलाई उनले ...


वीरगन्जमा ३ स्वास्थ्यकर्मीसहित १५ जनालाई देखियो कोरोना संक्रमण

बिरगंज - बिरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जना स्वास्थ्यकर्मी सहित १५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएअनुसार संक्रमित हुनेहरुमा १४ जना पुरूष र १ जना महिला रहेका छन् । संक्रमित हुनेमा २३ वर्षका पुरूषदेखि ५६ वर्षका पुरूष रहेका छन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा स्वास्थ्यकर्मी , कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका र कारखानामा कार्यरत कर्मचारीहरु पनि रहेका छन् ।

कोरोना संक्रमित पुष्टि हुनेमा १ जना उमी नगरपालिका इलाम जिल्लाका रहेका छन् भने ...


दार्जुलामा पहिरोमा परी दम्पत्ती बेपत्ता

दार्चुला - दार्जुलामा गए रातिको पहिरोमा परी एक दम्पत्ती बेपत्ता भएका छन् । घरमाथिबाट पहिरो खस्दा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा बेपत्ता बनेका हुन् ।

मंगलबार बिहान करिब पौने ५ बजे दार्चुलाको दुहुँ गाउँपालिका–३ सल्लीमा घरमाथिबाट पहिरो खस्दा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोमा पुरिएका दम्पत्तीको अवस्था थाहा हुन नसकेको सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । खबर पाएलगत्तै उद्धारका लागि नजिकको ब्रम्हदेब चौकीबाट प्रहरी घटनास्थलतर्फ गएको छ ।

प्रहरीका अनुसार घरमै रहेका २१ वर्षीय छोरा ...


 कोरोनाको संकटकालले राजश्व सङ्कलन न्यून

खोटाङ - करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७६/७७ मा १४ करोड ७५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क र अन्य सेवावापत गत साउनमा दुई करोड ५५ लाख ५५ हजार रुपैयाँ, भदौमा ३८ लाख २७ हजार रुपैयाँ, असोजमा ५६ लाख ५७ हजार रुपैयाँ, कात्तिकमा ६२ लाख आठ हजार रुपैयाँ, मङ्सिरमा ६० लाख ८५ हजार रुपैयाँ, पुसमा एक करोड १९ लाख चार हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको कर अधिकृत गोपाल राईले जानकारी दिए ।

यस्तै माघमा एक करोड ७७ लाख ९७ हजार रुपैयाँ, ...


सुनील थापासहितका ५० जना आज कांग्रेस प्रवेश गर्दै, थापाले सह-महामन्त्री पाउने

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता सुनीलबहादुर थापासहित ५० भन्दा बढी नेता–कार्यकर्ता आज नेपाली कांग्रेस प्रवेश गर्दैछन्।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गर्न लागेका हुन्। थापाले सह-महामन्त्री पाउने भएका छन् भने उनीसँगै प्रवेश गर्ने ५ जनाले केन्द्रीय सदस्य पाउनेछन्। विष्णुविक्रम थापा, किरण गिरी, वृजलाल यादव, रामकृष्ण भट्टराई र बाबुराम बस्नेतले केन्द्रीय सदस्य पाउने जनाइएको छ।

राप्रपाका पूर्वमहामन्त्रीसमेत रहेका नेता सुनील थापासहित ३१ नेताहरूले शनिबार अध्यक्षत्रयलाई राजीनामा पत्र बुझाएका थिए।

स्वार्थ र परिस्थितिअनुकुल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रति ...


बागलुङमा बाढी-पहिरोमा परी चार जनाको मृत्यु

बागलुङ - बागलुङको विभिन्न ठाउँमा बाढी पहिरोमा परी चार जनाको मृत्यु भएको छ। सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ। सँगै सुतिरहेकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छन्। उनलाई उपचराका लागि अस्पताल पठाउने तयारी भइहेको छ। पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन्। घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

त्यस्तै ...


पशुपतिको ५० वर्षे गुरुयोजना तयार, वार्षिक एक करोड धार्मिक पर्यटक भित्राउने लक्ष्य

काठमाडौँ - विश्वभर रहेका करिब एक अर्ब हिन्दू धर्मावलम्बीमध्ये वार्षिक एक प्रतिशत अर्थात् एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ । पशुपति क्षेत्र विकास कोषले तयार पारेको अति महत्वकाङक्षी गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अध्यक्ष हुने सञ्चालक परिषद्ले विसं २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पेश गरिएको छ ।

विसं १८६७ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले लालमोहर लगाएर पशुपतिनाथलाई अर्पण गरेको पशुपति क्षेत्रको २६४ हेक्टर जमिनमा धार्मिक पर्यटन प्रवद्र्धन हुने गरी पूर्वाधार निर्माण गर्ने ...


स्वास्थ्य सामग्री र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे अनुसन्धान भइरहेको छ : घिमिरे

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले स्वास्थ्य सामग्री खरिद र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे अनुसन्धान भइरहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रमुख आयुक्त घिमिरेले कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहसँग भएको सम्झौता र खरिदका क्रममा भएको अनियमितबारे अनुसन्धान चलिरहेकाे बताएका हुन्।

'खरिद प्रक्रियामा संलग्नहरुमाथि अनुसन्धान भइरहेकाे छ,' उनले भने।


सम्बन्धित निकायसँग आवश्यक कागजात मगाउने र बयान लिने चरणमा अनुसन्धान रहेकाे उनले बताए।

...

धरानको तरकारी बजारमा आगलागी

सुनसरी - सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित तरकारी बजारमा आज बिहान आगलागी भएको छ। आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट भएको छ। धरान उपमहानगरपालिकाको बारुणयन्त्रण र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

...

उच्च अदालत न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि

धनुषा - उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीशमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

त्यसैगरी १ जना न्यायाधीश र प्रहरीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख यादवले बताए । यसअघि उच्च अदालतका सहसचिव स्तरको एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको एक साता नबित्दै उच्च अदालतकै न्यायाधीशमा संक्रमण पुष्टि भएको हो ।

यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो । ४३ बर्षीय उनमा तीन ...


सरिता गिरीको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडाैं - सर्वोच्च अदालतले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय रोक्न अस्वीकार गरेको छ। पार्टीको आन्तरिक विधानले कुनै विवाद उत्पन भएमा यसको व्याख्या गर्ने अधिकार केन्द्रीय समितिलाई हुने छ भनि दिएकाले अदालतबाट अन्तरिम आदेश जारी गर्न नमिल्ने निर्णय सुनाइएको हो ।

‘राजनीतिक दलको निर्णय र पत्रको आधारमा नेपालको संविधान धारा ८९ तथा राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ बमोजिम पदमुक्त गर्ने गरी निर्णय भएको देखियो,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसरी भएको निर्णय तथा काम कारबाही रोक्ने गरी राजनीतिक दलको तथा संसदको काम ...


आइतवार थप १३० जनामा कोरोना संक्रमण, काठमाडौंका ८ जना

काठमाडौं - आइतवार थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ८ जना रहेका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८ सहित थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ७५ जनाले कोरोना जितेको छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हजार १२८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ भने निको भएकासहित कूल संक्रमितको संख्या १८,६१३ पुगेको छ ।

प्रवक्ता गौतमका ...


रञ्जन कोइरालाको फैसला पुनरावलोकन गर्न अनुमति

काठमाडौं - रञ्जन कोइरालाको फैसला सर्वोच्चमा पुनः सुनुवाइ हुने भएको छ। सरकारी वकिलको कार्यालयले दर्ता गरेको पुनरावलोकन निवेदनमा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले तीन जनाको पूर्ण इजलाशमा तोकेका थिए।

राणाले न्यायाधीशहरु वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको इजलाश गठन गरेका थिए । सोही इजलासले पुनः सुनुवाइ हुने अनुमति दिएको हो।

राणा सहितको इजलासले गरेको फैसला त्रुटिपूर्ण थियो वा थिएन भन्ने आगामी दिनको सुनुवाइमा जाँच गर्नेछ।

रञ्जन कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले असार १५ गतेको फैसलामार्फत सजाय सहुलियत दिएका थिए।

२०६८ सालमा श्रीमतीको हत्या गरी शवसमेत नष्ट ...


रञ्जन कोइराला बिरुद्धको पुनरावलोकन मुद्दा तीन न्यायाधीशको बेन्चमा

काठमाडौं - पति हत्याको कसुर लागेका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आइतबार सर्वोच्चले सुनुवाइ थालेको छ । यो मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको छ ।

सर्वोच्चका एक पूर्वन्यायाधीशका अनुसार प्रधानन्यायाधीश आफैंले गरेको फैसला भएकाले पुनरावलोकन मुद्दामा उनले पेशी तोक्न मिल्दैन । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार अदालतमा आफैं उपस्थित भएर पेशी तोकेका हुन् ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजायँ कटौती गर्ने निर्णय गरेका ...


'लकडाउन अन्त्य भएको हो, कोरोनाको जोखिम होइन'

लमजुङ - सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । लामो समयदेखि हिँड्डुल नगरेका सर्वसाधरण नागरिक केही दिनयता एकैपटक धेरै सङ्ख्यामा बजार आउँदा चलहपहल बढेको हो ।

लकडाउन सकिए पनि सङ्क्रमित हुनेको सङ्ख्या जिल्लामा थपिने क्रम रोकिएको छैन । दिनहुँ नयाँ सङ्क्रमित देखा पर्दै आएका छन् । दिनहुँ नयाँ सङ्क्रमित देखापर्ने क्रम जारी नै रहेकाले जोखिम कम भयो भन्ने स्थिति छैन । बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल भन्छन्, “लकडाउन अन्त्य हुनुको अर्थ हामी सङ्क्रमणमुक्त ...


 बिदेशमा कोरोनाबाट १ सय ६१ नेपालीको मृत्यु, ३४ हजारको उद्धार

लन्डन - विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमित मध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ ...


पहिरोले स्काभेटर, टिपर र ट्र्याक्टर पुरियो, २ जना चालक बेपत्ता

बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध१च ४७ नंको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन । “पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री ...


भारतमा मास्क नलगाई हिंड्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना

नयाँ दिल्ली - काेराेना भाइरसकाे संक्रमणबाट जाेगिन भारतमा कडाई गरिएकाे छ। मास्क नलगाउनेलाई भारतीय रुपैयाँ ५० देखि एक लाखसम्मकाे जरिवाना ताेकिएकाे छ।

काेराेनाकाे संक्रमण दिनदिनै तीव्ररुपमा फैलिएपछि भारतका विभिन्न राज्यमा यस्ताे जरिवाना ताेकिएकाे हाे। मास्क नलगाई बाहिर हिंड्नेलाई बंगालमा ५० भारतीय रुपैयाँ, दिल्ली र महाराष्ट्रमा एक हजार भारतीय रुपैयाँ र झारखण्डमा एक लाख रुपैयाँसम्म जरिवाना ताेकिएकाे छ।

भारतीय संचार माध्यम दैनिक भास्करका अनुसार झारखण्डमा जरिवानासँगै जेल सजायसम्म हुनसक्ने गरी आदेश जारी गरिएकाे छ।

...

आज नाग पञ्चमी, नागको पूजाअर्चना गरि मनाइँदै

काठमाडाैं - श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।

सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले शनिबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो। वैदिक मान्यताअनुसार ...


आज रातो मच्छिन्द्रनाथको रथारोहण, १२ बजेर १५ मिनेटमा शुभसाइत

ललितपुर - ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज हुँदैछ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो।

रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए। उनले भने, 'विगतका हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा रहेको थियो। यसवर्ष कोरोना महामारीका कारण के गर्ने भन्ने विषयमा टुङ्गो लागी सकेको छैन।' शनिबार हुने ...


‘चोइटिएर जाने जालान् तर नेकपा फुट्दैन' : माधव नेपाल

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा कहिल्यै नफुट्ने दावी गरेका छन्। पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले कसैले चाहेर नेकपा नफुट्ने बताए।

‘चोइटिएर जाने जालान्, त्यसो हुँदैमा पार्टीलाई केही हुँदैन,’ उनले भने। नेकपा फुट्ला भनेर डराउनु जरुरी नभएको उल्लेख गर्दै उनले भने, ‘यो हामीले सिर्जना गरेको पार्टी हो, यसरी नै चल्छ।’

पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टी निर्माण गरेको सम्झना गर्दै उनले कम्युनिष्ट आन्दोलन कसैले चाहेर विर्सजन नहुने बताए।

कम्युनिष्ट पार्टीसँग जनताले आसा र अपेक्षा गरेको भन्दै उनले सरकारका गतिविधि त्यसतर्फ ...


'पार्टी संकटमा छ, ओलीकै सक्रियतामा एमाले दर्ता भएको हो' : प्रचण्ड

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पुगेको दाबी गरेका छन्।

पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको बताए। ‘ किनकि पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ,’ उनले भने।

अर्का अध्यक्ष ओलीतिर संकेत गर्दै उनले पार्टी बैठक चलिरहेकै बेला देशभर केही कार्यकर्तालाई जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाइएकोसमेत उल्लेख गरे। ...


साम्राज्ञीविरूद्ध भुवन केसीद्वारा मुद्दा दायर, १० करोड क्षतिपूर्ति माग

काठमाडौं - अभिनेता भुवन केसी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अदालत पुगेका छन्। उनले शुक्रबार शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन्। भुवनले १० करोड रूपैयाँ क्षतिपूर्ति माग गरेका छन्। साम्राज्ञीले आफ्नो छवीमा आँच पुर्‍याएको र त्यसको क्षतिपूर्तिका लागि रकम भराउनुपर्ने उनको दाबी छ।

यसअघि चलचित्र कलाकार संघमा निवेदन दिएका भुवन अन्ततः न्यायालय पुगेका हुन्। शाहले केही हप्तादेखि लगातार युट्युब‚ इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा मनगढन्ते कुरा गर्दै आफ्नो चरित्रहत्या गरेको भुवनकाे दाबी छ।

यसअघि चलचित्र कलाकार संघमा निवेदन दिँदै भुवनले साम्राज्ञीले आफूविरूद्ध विभिन्न आक्षेप/आरोपहरू लगाई मनगढन्ते, ...


शुक्रवार थप  १ सय ३३ जनामा कोरोना संक्रमण

काठमाडौं - शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले जानकारी दिएको छ ।

आज भेटिनेमा धनकुटाका १, सुनसरी ४, झापा २५, मोराङ २, सप्तरी ७, सुनसरी १, बारा १, सर्लाही २, पर्सा ३१, धुनषा १, काठमाडौँ १०, चितवन २, उदयपुर १, कास्की ५, लमजुङ ३, बागलुङ १, तनहुँ १, बाँके २, बर्दिया २, दाङ ४, नवलपरासी पूर्व ४, रुपन्देही ४, जाजरकोट १, कालिकोट ...


रञ्जन कोइरालाको 'सजाय छुट' फैसलाको पुनरावलोकनको माग गर्दै निबेदन दर्ता

काठमाडौं - पत्नी हत्याको कसुरमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्चको फैसला पुनरावलोकनको माग गर्दै सरकारी वकिलको कार्यलयले सर्वोच्चमा निवेदन दर्ता गरेको छ । कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला चित्त नबुझेपछि सरकारी वकिलले पुनरावलोकनको निवेदन दिएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरे अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएको महान्यायाधिवक्ता अग्नि खरेलले पुष्टि गरे ।

प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ ...


उपत्यकामा सार्वजनिक सवारी त चले, तर यात्रु भएनन् !

काठमाडौँ - यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् । यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् ।

केही व्यवसायीले गत सातादेखि नै सवारी साधन सञ्चालन गरिरहेकामा बुधबारदेखि बन्दाबन्दी अन्त्य गर्ने सरकारको निर्णयसँगै सडकमा चाप केही बढेको थियो । त्यसमा व्यवसायी र मजदूर सङ्गठनले बिहीबारदेखि सवारी साधन सञ्चालन गर्न थाले पनि त्यो चाप थोरै बढेको छ । आमनागरिकले सोचेजस्तै ह्वात्तै सडक व्यस्त भने भइसकेको ...


सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने दुई जना पक्राउ

काठमाडौं - काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने दुई जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद छन्।

उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले बिहीबार राति ११ बजे पक्राउ गरेको हो। युवतीले अर्कै केटा मन पराएको भन्दै उनीहरुले ट्वाइलेट सफा गर्ने एसिडले आक्रमण गरेको प्रहरीले जनाएको छ। ...


विहिबार देशभर थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - विहिबार नेपालमा थप १ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो पटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार २४१ जना पुगेको छ। हाल ५ हजार ३ सय ५८ जना संक्रमितको उपचार भइरहेको छ।

बिहीबार थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ८४० उपचारपछि निको भएका छन्। विगत २४ घण्टायता ५ हजार ...


रञ्जन कोइरालाको रिहाई बिरुद्ध सरकारी वकिल पुनरावलोकनमा जाने

काठमाडौं - पत्नी हत्या गरेको कसुरमा ८ वर्ष जेल बसेर विहीबार रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ ।

स्रोतका अनुसार बिहीबार नै सरकारी वकिल फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालत जाँदैछन् ।

प्रधान यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार नै रिहा भएका छन् ।

सर्वोच्‍च अदालतको फैसला चित्त नबुझे पुनरावलोकनमा जाने व्यवस्था ...


सुधीर बस्नेतसँग सम्बन्धविच्छेद भएको भन्दै श्रीमतीद्वारा सेयर फुकुवा गर्न निवेदन

काठमाडौं - सम्बन्ध विच्छेद भएको भन्दै सुधीर बस्नेतकी श्रीमती नितु थापा बस्नेतले आफ्नो नाममा रहेको सेयर फुकुवा गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा निवेदन दिएकी छन्।

सुधीर बस्नेतले संचालन गरेको ओरेन्टल कोअपरेटिभ लिमिटेड समस्याग्रस्त घोषणा भएपछि त्यसको व्यवस्थापनको जिम्मा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लिएको छ। बस्नेतकी श्रीमतीलगायत उनको परिवारका सदस्यको नाममा रहेको सम्पत्ति पनि समितिले रोक्का गरेको छ। तर सुधीर बस्नेत र उनकी श्रीमती नितु थापा बस्नेतबीच सम्बन्ध विच्छेद भइसकेका कारण उनको नाममा रहेको सम्पत्ति समितिले रोक्का राख्न नपाउने फैसला सर्वोच्चले गरेपछि उनले निवेदन दिएको सहस्याग्रस्त सहकारी ...


पत्नि हत्याका दोषी पूर्वडिआइजी रञ्जन कोइराला रिहा

काठमाडौं - सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला जेलमुक्त भएका छन्।

डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई थुनामुक्त गरेको हो। सर्वोच्च अदालतको पत्र प्राप्त भएकाले कोइरालालाई थुनामुक्त गरिएको जेलर गणेश आचार्यले बताए।

कोइरालालाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। उच्चले पनि जिल्लाको फैसला सदर गरेको थियो। तर सर्वोच्चले कोइरालाको कैद घटाएको थियो। सर्वोच्चले जन्मकैदको मात्र सजाय हुने भन्दै साढे ८ वर्षमा झारेको थियो। सर्वोच्चले सजायमा भारी छुट दिएपछि उनी बिहीबार रिहा भएका हुन्।

यस्तो थियो घटना

डिआइजी कोइराला ...


त्रिविका सबै क्याम्पस खुले, भदौ पहिलो साताबाट परीक्षा

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण स्थगित परीक्षाहरु भदौ पहिलो साताबाट गर्ने निर्णय गरेको छ।

रजिस्ट्रार पेशल दाहालले स्थगित परीक्षाहरु पुनः गर्ने निर्णय गरिएको जानकारी दिए। परीक्षा दसैंअघि सक्ने र दसैंपछि अन्य नियमित परीक्षा गर्ने त्रिविको तयारी छ।

यसैबीच, त्रिवि जनसम्पर्क तथा सूचना महाशाखाले त्रिविका क्याम्पसहरु साउन ७ देखि खुल्ने जनाएको छ।

महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै साउन ७ बाट क्याम्पसहरु सुचारु गरिने जानकारी दिए। विश्वविद्यालयको प्रशासन असार १ गतेदेखि खुले पनि त्रिविले शिक्षकहरुलाई बिदा दिएको थियो।


कोरोना संक्रमणका कारण चिनियाँ नागरिकसहित २ को मृत्यु

काठमाडौं - कोरोना संक्रमण भएका चिनियाँ नागरिकको उपचारका क्रममा मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि ४९ वर्षीया चिनियाँ महिलालाई मणिपाल अस्पताल भर्ना गरिएको थियो ।

थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

कोरोना पुष्टि भएपछि थप उपचारका लागि टिचिङ लगिएकोमा बुधबार निधन भएको हो ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ६ गते निधन भएका धनुषाका ६० वर्षीय पुरुषमा पनि कोरोना पोजिटिभ देखिएको छ।
खोकी, उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि उनी साउन २ गते विपि कोइराला स्वास्थ्य ...


बुधवार थप १ सय जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार ३ सय ६८ उपचाररत

काठमाडौं - बुधवार नेपालमा थप १ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो पटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ९४ जना पुगेको छ। हाल ५ हजार ३ सय ६८ जना संक्रमितको उपचार भइरहेको छ।

विगत २४ घण्टायता ३ हजार ७७९ जनाको पिसिआर परीक्षण भएको छ।

बुधबार थप २०७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ६८४ ...


नेपाली कम्युनिस्ट आन्दोलनका सुत्रधार पुष्पलालको ४२औँ स्मृति दिवस आज

काठमाडौँ - नेपाली कम्युनिस्ट आन्दोलनका सुत्रधार एवं तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम भने तय भएकाे छैन ।

पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ ।

नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको ...


लकडाउन अन्त्य भएपनि कुन-कुन ब्यबसाय खुल्न पाउंदैनन ?

काठमाडौं - कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउन आजबाट अन्त्य भएको छ। साउन ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो।

लकडाउन अन्त्य भएसँगै निजी सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली अन्त्य हुनेछ भने कार्यालयहरू नियमित रूपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्नेछन्।

यसैगरी भदौ १ गतेदेखि लामो, मध्यम तथा छोटो दुरीका सवारी साधनहरू, आन्तरिक तथा बाह्य उडान, खेलकुदका नियमित प्रशिक्षण तथा विद्यालय तथा कलेजका भर्ना, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका गतिविधिहरू स्वास्थ्य ...


नारायणगढ-मुग्लिन सडकमा पुनः पहिरो, सडक अबरुद्ध

चितवन - नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ। भरतपुर महानगरपालिका-२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो। ठूलो चट्टानसहित पहिरो खसेका कारण सडक अवरुद्ध बनेको छ। राति करिब ८ः४५ बजे पहिरो खसेको हो। चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो ४ः३० बजे एकतर्फी खुलाइएको थियो ।

पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख पहिरोमा परी अड्किएका थिए। उनीहरु सडक अनुगमन ...


हट्यो जोरबिजोर प्रणाली, भदौ १ बाट स्कुल भर्ना र लामो दुरीका सवारी खुल्ने

काठमाडौं - सरकारले निजी सवारी साधनमा अपनाउँदै आएको जोरबिजोर प्रणाली अन्त्य गर्ने निर्णय गरेको छ। साउन ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गते राती १२ बजेबाट लकडाउन अन्त्य गर्नुका साथै जोरबिजोर प्रणालीसमेत अन्त्य गर्ने निर्णय गरेको हो।

लकडाउन अन्त्य भएपनि सुरक्षाका उपाय अपनाउनु पर्ने र केही निश्चित सेवा भने संचालन नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्।

भदौ १ गतेबाट लागू हुने गरी सरकारले विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ।

यस्तै भदौ १ ...


लकडाउन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं - सरकारले साउन ६ गते राती १२ बजेबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। साउन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो। लकडाउन अन्त्य भएपनि सुरक्षाका उपाय अपनाउनु पर्ने र केही निश्चित सेवा भने संचालन नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्।

भदौ १ गतेबाट लागू हुने गरी सरकारले विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ।

यस्तै भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निर्णय ...


काठमाडौं टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

काठमाडौं- टोखा नगरपालिका-१ तासीडाँडामा पहिरो जाँदा एकै परिवारका दुई बालबालिकाको ज्यान गएको छ। ज्यान जानेमा रामकुमार रानामगरका ३ वर्षीय छोरा सचिन रानामगर र ३ वर्षकै छोरी सन्ध्या रानामगर रहेका महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काले जानकारी दिए।

उनीहरु जुम्ल्याहा रहेको प्रहरीले जनाएको छ। मंगलबार खान खानेबेलामा पहिरो गएर घर पुरिदाँ उनीहरुको ज्यान गएको हो। सो ठाउँमा अन्य १० जना मानिस पनि थिए। उनीहरु भने पहिरो जान थालेपछि भाग्न सफल भएका थिए।

रानामगरको परिवारको घर धनकुटाका हो। उनी काठमाडौंमा मजदुरी गर्दै आएका थिए।

...

पहिरोले बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं - बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पहिराका कारण अवरुद्ध भएका छन्। सिन्धुली सडकखण्डमा पर्ने दुवै राजमार्गमा लेदो र पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो। बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिकामा पर्ने कमेरे फाँटमा सडकमा लेदो खस्दा राजमार्गमा दुवैतर्फीका सवारी साधन रोकिएका छन्। अवरुद्ध राजमार्ग पुनः सञ्चालन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

केही समयअघि उक्त स्थानमा खसेको लेदो पन्छाई एकतर्फी सवारीसाधन सञ्चालन गरिए पनि फेरि लेदो खसी राजमार्ग अवरुद्ध भएको उनले जानकारी दिए। उक्त स्थानमा डोजर लगाई लेदो पन्छाउने ...


शुक्रबारसम्म माैसम सक्रिय रहने, याे वर्ष १३० प्रतिशत बढी वर्षा

काठमाडाैं - आगामी शुक्रबारसम्म मनसुन सक्रिय रहने भएकाे छ। त्यसपछि क्रमिक रुपमा वर्षा कम हुने मौसम विज्ञान विभागले जनाएको छ। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सरजु वैद्यले साउन ९ गते (शुक्रबार)सम्म मनसुन सक्रिय रहने र त्यसपछि क्रमिक रुपमा वर्षा कम हुने बताए।

हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरु बढेको विभागले जनाएको छ। विभागका अनुसार हिउँदमा औषतभन्दा २ सय ३० प्रतिशत बढी वर्षा भएको र मनसुनमा समेत १ सय ३० प्रतिशत बढी वर्षा भएकाले पहिराेका घटना बढेको ...


मंगलवार देशभर थप १५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - मंगलवार नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो पटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ९९४ जना पुगेको छ। हाल ५ हजार ४ सय ७७ जना संक्रमितको उपचार भइरहेको छ।

मंगलबार थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ४ सय ७७ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६९ ...


वर्षाले देशभरका राजमार्ग जोखिममा,अबरुद्ध पृथ्वी राजमार्ग आज पनि नखुल्ने

काठमाडौं - आइतबारदेखि देशभर परेको अविरल वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। पृथ्वी राजमार्गमा पर्ने धादिङ र चितवन जोड्ने पुलअगाडिको भूभाग बाढीले कटान गरेसँगै सवारी आवागमन ठप्प भएको हो।

हेटौँडा कुलेखानी सडक पनि पूर्ण रुपमा बन्द भएको छ भने हेटौँडा-नौबिसे-काठमाडौं सडक भने संचालनमा नै रहेको सडक विभागले जानकारी दिएको छ। अरनिको रार्जमार्ग बन्द छ भने बिपी हाइवे सञ्चालनमै रहेका सडक विभागमका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए।

'सोमबार बिहानदेखि बन्द भएको पृथ्वी राजमार्ग मंगलबार पनि खुल्ने अवस्था छैन। पानी रोकिएको अवस्थामा बुधबारसम्ममा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन सक्नेछ,' ...


घोडाघोडी नगरपालिकाको गाडीमा मध्यरातमा आगजनी

कैलाली - कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ। नगरपालिकाको स्कार्पियो गाडीमा रातिको समयमा आगजनी गरिएको हो।

घरको कम्पाउडभित्र पार्किङ गरेर राखिएको से १ झ २४१ नम्बरको गाडीमा अज्ञात समुहद्वारा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

उक्त गाडी उपप्रमुखले प्रयोग गर्दै आइरहेकी थिइन्। आगलागीबाट गाडीको पछाडिपट्टिको भाग जलेको छ।

स्थानीयको सहयोगमा आगजनी नियन्त्रणमा लिइएकाले सँगै रहेको नगरप्रमुख चढ्ने गाडी भने जोगिएको छ।

...

सप्तकोसी नदीमा खतराको घन्टी बज्यो, ४८ वटा ढोका खोलिए

काठमाडौं - सप्तकोसी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएका छन्।

राति १ बजे २ लाख ९१ हजार क्यूसेक पानी प्रतिसेकेन्ड रहेकोमा बिहान ६ बजे कोसी ब्यारेज भएर ३ लाख ३४ हजार ८० क्युसेक रहेकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

कोसीको बहावले खतराको तह पार गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। उनीहरुलाई नदी किनाराकाे बस्तिमा नबस्न सूचित गरिएकाे पाेखरेलले बताए। कोसीमा अत्यधिक बहाब भएसँगै बस्तीका घर ...


पशुपतिलगायत देशभरका शिवालयमा साउने सोमवारको भीड (हेर्नुहोस तस्बिरहरु)

काठमाडौं- सौरमासअनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि लकडाउन जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिरमा भक्तजनलाई प्रवेश दिइएको छैन।

असार १ गतेअघि पशुपति परिसरमा पनि भक्तजनको आवागमन रोकिएको थियो। असार १ गतेदेखि लकडाउन खुकुलो बनाइएसँगै पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो। धेरैले बाहिरबाटै दर्शन गर्दै आएका थिए। साउन महिनाको पहिलो सोमबार पनि धेरै भक्तजनले बाहिरबाट दर्शन गरे।

मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश नदिइए पनि परिसरमा भौतिक दूरी कायम नहुने अवस्था आज बिहान देखिएको पशुपति क्षेत्र ...


साठी दिनभित्र सम्पत्ति विवरण बुझाउन न्यायाधीशलाई न्यायपरिषदको सूचना

काठमाडौं - न्याय परिषदले सर्वोच्च, जिल्ला र उच्च अदालतमा कार्यरत न्यायाधीशहरुलाई सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ। परिषदले आर्थिक वर्ष २०७६/०७७का लागि ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको हो।

परिषदले असार अन्तिममा सम्पत्ति विवरण बुझाउन देशभरका न्यायाधीशलाई सूचना जारी गरेको हो। न्याय परिषद ऐन २०७३ अनुसार प्रत्येक न्यायाधीशले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र र नव नियुक्त न्यायाधीशहरुले नियुक्त भएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ।

यही व्यवस्थाअनुसार परिषदले नयाँ आर्थिक वर्षका लागि सम्पत्ति विवरण बुझाउन ...


सोमवार देशभर थप १८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - सोमवार नेपालमा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ८४४ जना पुगेको छ।

सोमबार थप १७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ११ हजार ८ सय ६८ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव ५१ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

विगत २४ ...


पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन - पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना, ६ चारकिलोमा सोमबार बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।

पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक अवरुद्ध हुन सक्ने देखिएको प्रहरीले जनाएको छ । त्यसैले आज यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने बताएको छ । त्यसैले एकतर्फी सवारी लामबद्ध गरिदिन प्रहरीले अनुरोध गरेको छ ।

चारकिलोमा यसअघि पनि पटकपटक पहिरो ...


काठमाडौंको गागलफेदीमा पहिरोबाट एक जनाको मृत्यु

काठमाडौं - काठमाडौंको गागलफेदीमा पहिरोबाट एक जना युवकको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।

वडाध्यक्ष मुकुन्द गजुरेलका अनुसार गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो गएको हो । ‘सँगै हिँडिरहेका वेला उनी खोल्सातिर गएछन्’, गजुरेलले भने, ‘त्यति नै वेला माथिबाट पहिरो आएर थिचेछ । कराएपछि अरु पुगेर १० मिनेटमै निकालेछन् यद्यपि, ज्यान जोगिएन ।’

नगरपालिकाका मेयर ...


ओली-प्रचण्डबीचको शनिवारको संवाद पनि निस्कर्षविहिन

काठमाडौ - नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बालुवाटार संवाद सकिएको छ। बेलुका साढे ४ बजेबाट सुरु भएको दुई अध्यक्षको भेट झण्डै २ घण्टासम्म चलेकाे थियाे।

संवाद गरेर प्रचण्ड बालुवाटारबाट निस्किएका छन्। पार्टीमा विवाद बढ्दै गएपछि शनिबारको सचिवालय बैठकले सहमति गर्न अध्यक्ष ओली र प्रचण्डलाई जिम्मा दिएको थियाे।

दुई अध्यक्षले पार्टीकाे विवाद समाधानका लागि पटक पटक 'वान टु वान' वार्ता गरेका छन्। तर, सहमति भई नसकेकाे शीर्ष नेताहरुले बताउने गरेका छन्।

अध्यक्ष प्रचण्ड बालुवाटार जानु अघि शनिवारै वरिष्ठ नेता माधव नेपाल, झलनाथ ...


उद्धार उडानलाई प्राथमिकता दिने सिसिएमसीको निर्णय

काठमाडौं - कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्धार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ।आइतबार सिंहदरबारमा बसेको सिसिएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो।

सरकारले विभिन्न देशबाट अलपत्र नागरिकलाई उद्धार गरिरहेको अवस्थामा ठूलो संख्यामा नेपाली रहेका देशबाट उद्धार गर्न हवाई उडानलाई प्राथमिकता दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए। कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लक डाउनको सन्दर्भमा परिमार्जन गर्न सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषद्मा ...


जिल्ला न्यायाधीशको लिखित नतिजा प्रकाशित, यस्तो छ अन्तर्वार्ता तालिका !

काठमाडौं - जिल्ला न्यायाधीशको परीक्षामा २६ जनाले नाम निकाल्न सफल भएका छन्। २९ पदका लागि २६ जनाले नाम निकाल्न सफल भएको न्याय सेवा आयोगले जनाएको छ।

आयोगले आन्तरिक खुल्लाका लागि १४ , खुल्ला ९, महिला १, आदिवासी जनजाति २, मधेशी २, अपाङ्ग १ र पिछडिएको क्षेत्र १ गर्दै विज्ञापन गरेको थियो। उक्त विज्ञापन अनुसार सहभागी भएका मध्ये आन्तरिक खुल्लामा १६, खुल्लामा २६ ,मधेशी २ र अपाङ्गमा एक जनाले लिखित परीक्षामा नाम निकाल्न सफल भएको आयोगले जनाएको छ।


 आइतवार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - आइतवार नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ६५८ जना पुगेको छ।

आइतबार थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ११ हजार ६ सय ९५ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव २४ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

विगत २४ ...


विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो

काठमाडौं - कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या २०० पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ । यो साता थप १६ जना नेपालीको निधन भएको संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको मृत्यु भएको छ ।

समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्णरुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार जम्मा कोराना संक्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना ...


मेलम्चीमा ७७ वर्षीय श्रीमानद्वारा ८० वर्षीया श्रीमतीको खुकुरी प्रहार गरि हत्या

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरि हत्या गरेका छन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १३ स्थित छापभन्ज्याङ अन्जादी वर्ष ७७ को भैरव तामाङले राति १२ः३० बजे ८० वर्षकी श्रीमती बुद्धीमायाँ तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

भैरवले आफ्नै घरमा रहेको धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या गरेको खबर शनिबार बिहान ७ बजे प्रहरी चौकी बाहुन्नेपाटीमा खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय मेलम्चीको टाली घटना स्थल पुगेको थियो ।

श्रीमतीको छिनेको टाउको लास घरभित्र रहेको र टाउको घरदेखि १०० मिटर बाहिर रहेको अबस्थामा ...


तनहुँमा गतवर्ष ६ चितुवाको मृत्यु, आठको उद्धार

तनहुँ - डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष ०७६/७७ मा तनहुँका विभिन्न स्थानमा गरी एक बच्चासहित छ चितुवाको मृत्यु भएको जनाएको छ । सो अवधिमा आठ चितुवाको जीवितै उद्धार गरिएको छ ।

जिल्लाको भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक चितुवा मृत फेला परेको तथा भानु नगरपालिकामा पाँच, बन्दिपुर नगरपालिकामा दुई र व्यास नगरपालिकामा एक गरी आठ चितुवाको उद्धार गरी मणिमुकुन्द सेन पार्क, चितवन राष्ट्रिय निकुञ्ज, पचभैया प्राणी उद्यानलगायतका स्थानमा पठाइएको छ ।

त्यसैगरी चार वटा रतुवा मृग र एक अजिङ्गरको जीवितै उद्धार गरि वनमा लगेर छाडिएको ...


शनिबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ - शनिबार देशभर कोरोनाभाइरसका ५७ जना संक्रमित थपिएका छन्। विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा अब कोरोना संक्रमित संख्या १७ हजार पाँच सय २ पुगेको डाक्टर गौतमले जानकारी दिए।

क्वारेन्टिनमा २३ हजार २ सय ७५ जना छन् भने आइसोलेसनमा पाँच हजार ८ सय २५ जना रहेको उनले बताए।

कोरोना निको भएर शनिबार एक सय ३ जना घर फर्किए भने ...


प्युठानमा ट्याक्टर दुर्घटनामा परि ७ जनाको मृत्यु, एक जनाले हाम फालेर ज्यान जोगाए

काठमाडौं - गएराति प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। स्वर्गद्वारी नगरपालिका-३ रुमालेमा लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। ट्रयाक्टरमा ८ जना सवार थिए ।

राति १२.५५ बजे भएको दुर्घटनामा अन्य १ जना गम्भीर घाइते भएको प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए। ट्याक्टर स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै थियाे। मुत्यु हुनेमा भिङग्री-स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ।

दु्र्घटनामा मृत्यु हुनेमा रोल्पा रुम्टगढी गाउँपालिका वडा नं. ५ निवासी १९ वर्षीय बिरेन्द्र बाठा मगर, १९ वर्षकै थमन बाठा मगर, २१ वर्षीय सागर ...


मोरङको केराबारी गाउँपालिका अध्यक्षमाथि खुकुरी आक्रमण, गम्भीर घाइते

काठमाडौं - मोरङको केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीमाथि आक्रमण भएको छ। स्थानीय किशोरसिंह ठकुरीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको नेपाली कांग्रेसले जानकारी दिएको छ।

कार्कीको गर्धन र हातमा चोट लागेको छ। गम्भीर घाइते हुनु भएका कार्कीको नोबेल अस्पताल विराटनगरमा उपचार भैरहेको छ। घटनाको नेपाली कांग्रेसले खेद प्रकट गर्दै घाइते कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

खुकुरी प्रहार गर्ने किशोरसिंह ठकुरीलाई गिरफ्तार गरी कडा कानूनी कारबाही गर्न नेपाली कांग्रेसले माग गरेको छ।

...

सिद्धार्थ राजमार्गमा पहिरोले ट्रक पुर्यो, सडक अवरुद्ध

पाल्पा - सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्ड फेरि अवरुद्ध भएकाे छ। पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको हाे।

बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो। सोही पहिरोमा फसेको लु १ क ११७५ नम्बरको ट्रकलाई पहिरोले पुरेको बताइएकाे छ। मानवीय क्षति भने भएकाे छैन।

पहिरो पन्छाउन बुटवल र पाल्पातर्फबाट जेसीबी प्रयाेग गरिने प्रहरीले जनाएकाे छ। तानसेनतर्फबाट डोजर लगाइसकिएको छ। सडक खुलाउन शनिबार दिनभर लाग्नसक्ने बताइएकाे छ।

...

बाढी-पहिरो पीडितका लागि ५५ लाख राहत दिने बागमती सरकारको निर्णय

काठमाडाैं - बागमती प्रदेश सरकारले सिन्धुपाल्चाेककाे जम्बु, भोटेकोशी र जुगलका बाढी-पहिरो पीडितलाई राहत वितरणका लागि ५५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। प्रदेश मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको प्रदेश स्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको छ।

बाह्रबिसे नगरपालिका एवं भोटेकोशी र जुगल गाउँपालिकालाई क्रमशः ३०, १५ र १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएकाे छ। उक्त रकमा तत्काल आइपर्ने राहतको व्यवस्थापनमा खर्च गर्न सकिने छ। रकमबाट स्थानीय तहले पीडितलाई राहत तथा तत्कालको अस्थायी बसोबासका लागि न्यूनतम सामग्री उपलब्ध गराउने समितिले जनाएको छ।

बागमती प्रदेशका ...


शुक्रवार थप १०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- शुक्रवार नेपालमा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ४४५ जना पुगेको छ। बुधबार थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

...

धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। सप्तरी राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका एक डाक्टरका अनुसार उनको बिहीबार राती ११ बजे उपचारकै क्रममा निधन भएको हो। मुटु रोगी ती पुरुषमा मधुमेहको समस्या समेत थियो। उनलाई उपचारका लागि असार ३० गते प्रतिष्ठानमा लगिएको थियो।

उपचारकै क्रममा उनको स्वाब स‌ंकलन गरिएको थियो। पिसिआर परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो। यो सहित नेपालमा संक्रमितको मृत्युको संख्या ४० पुगेको छ।

...

स्थगित परिक्षाको प्रणाली बदल्दै त्रिवि, दशैँ अघि सक्ने तयारी

काठमाडाैं - त्रिभिुवन विश्वविद्यालयले लकडाउनको कारण स्थगित भएका परीक्षा दशैँ अघि सक्ने तयारी गरेको छ। त्रिवि शिक्षाध्यक्ष शिव भुसालका अनुसार आइतबारसम्म कुन तरिकाबाट परीक्षा लिने भन्ने टुंगाे लाग्ने छ।

उनले ठाउँको सुविधाअनुसार परीक्षा लिने तयारी गरिएको जानकारी दिए। ‘दशैँ अघि स्थगित परीक्षा लिनैपर्ने छ। परीक्षा सक्ने अन्तिम तयारीमा जुटेका छौँ,’ भुसालले भने, ‘ठाउँ अनुसार परीक्षा फरक फरक ढंगबाट हुन सक्छ।

त्रिविका प्राडा सुर्वण शाक्यको नेतृत्वमा ‘कमिटी अफ अल्टरनेटिभ एक्जाम मोड’ समिति गठन भएकाे थियाे।

समितिका सदस्य एवं परीक्षा उपनियन्त्रक विष्णुप्रसाद वाग्लेका अनुसार समितिले परीक्षा लिने ४ वटा तरिका ...


अमेरिकामा एकै दिन ६८ हजार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - अमेरिकामा एकै दिन ६८ हजार ४२८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । यसैगरी गत २४ घण्टामा अमेरिकामा ९७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल अमेरिकामा कोरोना संक्रमितको संख्या ३५ लाख ६३ हजार ८ सय ४८ पुगेको छ ।

यसैगरी मृतकको संख्या १ लाख ३८ हजार २६७ छ ।

अमेरिकामा सबैभन्दा धेरै संक्रमित लसएन्जलसमा छन् । लसएन्जलसमा १ लाख ४३ हजार २ सय ७ जनामा कोरोना पुष्टि भएको जोन्स हप्किन्स ...


कास्कीमा पहिरोले च्यापेर एकै घरका तीन जनाको मृत्यु

पोखरा - गएरातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखस्थित प्रेम विकको घरमाथि पहिरो खसेको छ। पहिरोमा परि ३ जनाको मृत्यु भएको स्थानीय जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । मृतक तीनै जना प्रेम विकका नातिनातिनी हुन् ।

उनले घरका अन्य सदस्य घरमुली प्रेम विक र उनकि श्रीमती भने सकुशल रहेको जानकारी दिए ।

‘पहिरो गएको कतिबेला हो भन्ने नै एकिन भएन ...


सुनसरीमा तस्कर र प्रहरीबीच गोली हानहान, दुई तस्कर पक्राउ

काठमाडाैं - सुनसरीमा तस्कर र प्रहरीबीच गोली हानहान भएकाे छ। जिल्ला प्रहरी कार्यालयबाट सर्चका लागि गएकाे टाेली र तस्करबीच देवानगञ्ज ३ मा गाेली हानाहान भएकाे हाे।

प्रहरीले दुई जना तस्कर पक्राउ गरेकाे छ। ५ जनाकाे समूहमा रहेका मध्ये तीन जना भागेका प्रहरीले जनाएकाे छ। प्रहरीले पिन्टु र राजेश भनिने व्यक्ति घाइते पक्राउ गरेकाे छ।

उनीहरुकाे साथबाट एक थान पेस्ताेल, ६ राउण्ड गाेली, २ थान म्याग्जिन बरामद भएकाे सुनसरीका एसपी कामत थापाले जानकारी दिए। प्रहरीले दुई वटा माेटरसाइकल पनि बरामद गरेकाे छ।

तस्करलाई नियन्त्रणमा लिने क्रममा दुवैतर्फबाट १०/१२ राउण्ड ...


ओली, प्रचण्ड र नेपालबीचको बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न बसेको बैठक विना निष्कर्ष सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन गरिएको माग उनले अस्विकार गरेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता माधवकुमार नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका थिए। प्रधानमन्त्री ओली भने असन्तुष्ट पक्षको बोली सुन्नै तयार नभएको बताइएको छ।

शुक्रबार बोलाइएको स्थायी कमिटीको बैठकअघि सहमति खोज्न भएको छलफल आ–आफ्नै अडानबीच सकिएको छ।

...

अदालतमा आउने मुद्दाहरुको फैसला गर्नुपर्ने अबधि तोकियो

काठमाडौ - न्यायपालिकाको सुधारका प्रयासहरुलाई संस्थागत गर्ने उद्देश्यका साथ साउन १ गतेदेखि लागू हुनेगरी पहिलो पटक मुद्दाको फरक व्यवस्थापन पद्धति शुरु भएको छ। सर्वोच्च अदालतबाट देशैभरका उच्च अदालत तथा जिल्ला अदालतहरुमा भर्चुअल माध्यमबाट बिहीबार एक साथ यो पद्धतिको प्रारम्भ गरिएको हो। साउन १ गतेदेखि जिल्ला र भदौ १ गतेदेखि उच्च अदालतमा यो पद्धति लागू हुँदैछ।

नेपालको न्यायपालिकामा मुद्दाको फरक व्यवस्थापन पद्धतिको बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.राले शुभारम्भ गरेका छन्।

कार्यक्रममा शुभकामना दिंदै प्रधानन्यायाधीश राणाले १० वर्षदेखिको योजनालाई यस अवस्थासम्म ल्याइपुर्‍याउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिए। राणाले ...


हालसम्म ६४ दशमलव ८५ प्रतिशत कोरोना संक्रमित निको

काठमाडौं - बुधबारसम्म नेपालमा ६४ दशमलव ८५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। बुधबार थप २१३ जना कोरोना संक्रमणमुक्त भएसँगै संक्रमणमुकत् हुनेको संख्या ६४ दशमलव ८५ प्रतिशत पुगेको हो।

बुधबार २१३ जना निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

योसहित नेपालमा हालसम्म ११ हजार २ सय ४९ उपचारपछि निको भएका छन्।

बिहीबारसम्म नेपालमा ३९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

हाल २४ हजार ५ सय जना क्वारेन्टाइनमा छन् ...


विहिबार देशभर थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - विहिबार देशभर थप १६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ जना पुगेको छ। बुधबार थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

नेपालमा कुल संक्रमितमध्ये ६४ दशमलव ८५ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

बुधबारसम्म नेपालमा ३९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

...

'प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आर्थिक अनियमितताको अखडा'

काठमाडौं - महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आफ्नो ५७ औं वार्षिक प्रतिवेदनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गतवर्ष सम्पन्न गरेका आधा दर्जन काममा प्रचलित नियम कानुन मिची आर्थिक अनियमितता भएको जनाएको छ। महालेखापरीक्षकको प्रतिवेदन हेर्दा यो आयोजना आर्थिक अनियमितताको नयाँ अखडाका रुपमा देखिएको छ।

आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ११४ मा अर्थमन्त्रालयको सहमति लिई आर्थिक कार्यविधिसम्बन्धी आन्तरिक निर्देशिका बनाई लागू गर्न सक्ने प्रावधान छ। तर कृषि आधुनिकीकरण परियोजनाले अर्थ मन्त्रालयको स्वीकृतिबिना सचिवस्तरबाट शीत भण्डार गृह स्थापना र कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७४ स्वीकृत गरेको र २०७५ असोज ...


सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोले दुई घर बगायो, ५ बेपत्ता

काठमाडौं - सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित खोकुण्डोल बजारमाथि फुल्पिङमा गए राति पहिरो जाँदा २ घर बगाएको छ।

पहिरोमा ५ जना बेपत्ता भएको जनाइएको छ। प्रहरी घटनास्थल पुग्दै गरेको उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिएका छन्। पहिरोले अन्य घर र विद्यालयको भवनमा समेत क्षति भएको छ ।

पहिरोमा परी पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए।

पहिरोमा परी बेपत्ता हुनेमा वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० ...


रुकुम घटना : उपस्थित पाँचै जना फरार प्रतिवादीलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं - रुकुम पश्चिमको चौरजहारी घटनामा संलग्न भएको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर भएपछि फरार रहेका पाँच अभियुक्त अदालतमा हाजिर भएका छन्। ६ जना युवाको ज्यान जानेगरी भएको उक्त घटनामा संलग्न भएको भनी सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेपछि उनीहरुलाई फरारी देखाइएको थियो।

नवराज विकसहितका ६ जना युवा विककी प्रेमिका लिन रुकुम जाँदा गाउँलेहरुले उनीहरुमाथि आक्रमण गरी हत्या गरेको अभियोगपत्र जिल्ला अदालत रुकुम पश्चिममा दायर भएको थियो।

उनीहरूविरुद्ध जातीय विभेद, कर्तव्य ज्यानसहित तीन अभियोगमा मुद्दा दायर भएको थियो। फरार रहेका बाहेक ३० जनाको हकमा यसअघि जिल्ला अदालतले ...


बलात्कार आरोपमा सशस्त्रका एसएसपी पक्राउ

पोखरा - सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र अधिकारी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

बुधबार आफ्नै निवासमा एक महिलालाई बोलाएर बलात्कार गरेको मौखिक उजुरीका आधारमा अधिकारीलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए।

पीडितकाे स्वास्थ्य परीक्षण गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको एसपी श्रेष्ठले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

...

बुधबार थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ - बुधबार नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यो सहित नेपालमा हालसम्म कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ।

त्यस्तै यस अवधिमा ६ सय ९७ जना निको भई घर फर्किएका छन्। हालसम्म ११ हजार २५ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ। हालसम्म ६४ प्रतिशत निकाे भएकाे मन्त्रालयले जनाएकाे छ।

विगत २४ घण्टामा ५ हजार ९० जनाको पिसिआर परीक्षण भएको ...


साझा यातायातले भोलिबाट सेवा सुचारु गर्ने

काठमाडौं - साझा यातायातले उपत्यकामा भोलि बिहीबारबाट सेवा सुचारु गर्ने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा भोलि देखि सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले जानकारी दिए ।

संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको उनले बताए । लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन् । साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा पनि लिएर सेवा दिनेछ ।

सरकारले तोकेका सबै मापदण्ड पालना गरिने पाण्डेय बताउँछन् । यात्रुलाई अनिवार्य ...


विप्लव समूहका मेची-महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ

काठमाडौं - नेत्रविक्रम चन्द बिपल्ब नेतृत्वको विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । पुन कैलालीबाट पक्राउ परेका हुन् ।

कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले एक जना नेता पक्राउ परेको बताएका छन् । विप्लव समूह स्रोतले पनि पुन पक्राउको पुष्टि गरेको छ ।

समूहले भने पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पुन समूहभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने मान्यता राख्ने पक्षका नेता हुन् ।

...

कालीगण्डकीमा टिपर खस्यो, चालक बेपत्ता

म्याग्दी - बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन्। गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नंको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो।

टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका–५ का २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए। साँघुरो सडकमा लोड भएको टिपरको टायरले टेकेको भाग भासिएपछि खसेको थियो। सो टिपर घारखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो।

यसैबीच म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक भासिएपछि बेनी–जोमसोम सडक फेरि अवरुद्ध ...


संखुवासभा पहिरोमा बेपत्ता भएका ११ जना अझै भेटिएनन

संखुवासभा - संखुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जना अझै भेटिएका छैनन्। बेपत्ता भएकाहरुको खोजीकार्य जारी छ। खोजीकार्यमा संलग्न मदन राईको हृदयाघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

गृह मन्त्रालयको हेलिकोप्टरको सहायतामा प्रदेश नं १ सरकारले पहिरोको चपेटामा परेका बेसिन्दागाउँका ८२ घरका ३४९ जनालाई कम्बल, टेन्ट, म्याट्रेस, खाद्यान्नका सामग्री दाल, चामल, तेल, नुनलगायतका सामग्रीहरु पहिलोपल्ट उपलब्ध गराएको छ भने थप सामग्री लैजाने तयारीमा रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ...


प्रधानमन्त्रीकाे स्वीस बैंकमा कुनै खाता छैन : सुर्य थापा

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वीस बैंकमा खाता नभएकाे उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। थापाले प्रेस नाेट जारी गर्दै ‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु गैरजिम्मेवारपूर्ण र बदनियतका साथ प्रकाशित भएको बताएका हुन्।

''ग्लाेबल वाच एनालाइसिस'काे हवाला दिँदै केही नेपाली अनलाइनहरुले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्प्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ', थापाले भनेका छन्, 'स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेकाे वा यस्तै व्यहाेराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपाेलकल्पित रहेकाे स्पष्ट ...


विवाहको आश्वासन दिएर बालिकालाई बलात्कार गर्ने दुई युवा थुनामा

कुश्मा - पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन् । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–८ बस्ने २१ वर्षीय टेकबहादुर श्रेष्ठ र बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्का रहेका छन् ।

श्रेष्ठलाई कुस्माबजारकी एक १५ वर्षीया बालिकालाई विवाहको आश्वासन दिएर बलात्कार गरी गर्भवतीसमेत बनाएको आरोपमा यही असार १९ गते पक्राउ गरिएको थियो भने खड्कालाई पनि कुश्मा बजारको एक होटलमा ...


नेपालमा १० हजार ३ सय २८ संक्रमित निको भए, ६ हजार ६ सय ९५ उपचाररत

काठमाडौं - नेपालमा हाल ६ हजार ६ सय ९५ जनाको कोरोना उपचार भइरहेको छ। हालसम्म १० हजार ३ सय २८ उपचारपछि निको भएका छन्।

कुल संक्रमितमध्ये ६० दशमलव ५३ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

मंगलबार थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

मंगलबार ४ हजार ३६१ जनाको कोरोनाको परीक्षण भएको र हाल २४ हजार ७१६ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए।

हालसम्म नेपालमा ३८ जना कोरोना संक्रमितको मृत्यु भएको ...


महासंघ चुनाव : चन्द्र ढकाल प्यानलका उपाध्यक्षको उम्मेद्वारी घोषणा

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकाल प्यानलका उपाध्यक्षका प्रतिस्पर्धीहरुले उम्मेद्वारी घोषणा गरेका छन्। व्यवसायीहरु रामचन्द्र संघाई, उमेशलाल श्रेष्ठ र गुणनिधि तिवारीले उम्मेद्वारी घोषणा गरेका हन्।

संघाईले एसोसिएटतर्फको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। हाल वस्तुगत संघ संगठनतर्फका उपाध्यक्ष रहेका श्रेष्ठ फेरि यही पदमा दोहोरिने गरी उम्मेद्वारी दिएका छन्। जिल्ला नगरतर्फ नवलपरासीका व्यवसायी तिवारी अगाडि सरेका छन्।

उम्मेद्वारी घोषणासभामा वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी ढकालले अहिले देखिएको आर्थिक चुनौती भने संसारभर सरकार र निजी क्षेत्र दुवैले मिलेर सामना गरिरहेकाे र नेपालमा पनि ...


मंगलवार देशभर थपिए ११६ जना कोरोना संक्रमित

काठमाडौं - मंगलवार नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ६१ जना पुगेको छ।

मंगलबार थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १० हजार ३ सय २८ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६० दशमलव ५३ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

मंगलबार ४ ...


साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज नउडाउने निगमको उद्घोष

काठमाडौं - नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानमा प्रयोग गर्दै आएको ६ वटै चिनियाँ जहाज उडान नगर्ने उद्घोष गरेको छ।

एयरलाइन्सले साउन १५ गतेबाट ४ वटा वाई–१२ र २ वटा एमए-६० जहाज उडान नगर्ने निर्णय गरेको हो।

केही दिनअघि बसेको निगम सञ्चालक बोर्डको बैठकले साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज उडान नगर्ने निर्णय गरेका हो।

‘नेपाल एयरलाइन्सले साउन १५ गतेबाट चिनियाँ जहाज अपरेशन पूर्ण रुपमा बन्द गर्नेछ,’ एक बोर्ड सदस्यले भने, ‘जहाज उडान नगर्ने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जानकारी भएको छ।’

चिनियाँ जहाजका कारण ...


ओम्नी स्वास्थ्य सामग्री खरिद प्रकरण : लेखाले बोलायो कार्की, कोइराला र श्रेष्ठलाई

काठमाडौं - स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको अनियमितताबारे छानबिनका लागि सार्वजनिक लेखा समितिले आज स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार, तत्कालीन स्वास्थ्य सचिव र स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशकलाई बोलाएको छ।

समितिको बिहान ११ बजे बस्ने बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा। खेम कार्की, मन्त्रालयका तत्कालीन सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठलाई बोलाइएको हो।

गत चैत दोस्रो चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न सरकारले ओम्नी समूहलाई जिम्मा दिएइको थियो। ओम्नीले ल्याएको सामग्री गुणस्तरीय नभएको, मागभन्दा कम सामग्री ल्याएकोलगायतका आरोप लागेको थियो। सोही विषयमा लेखा समितिले ...


नारायणगढ-मुग्लिन सडक भासियाे, एकतर्फी रुपमा यातायात सञ्चालन

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप भासिएपछि सवारी एकतर्फी भएको छ। सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः भासिएसँगै सवारी सञ्चालनमा रोक लगाइएको हो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो ठाउँमा सडक थप भासिएपछि खतरा बढेकाले सवारी सञ्चालन रोकिएको हो। उनले सोमबार बिहान यसअघि भासिएको ठाउँमा थप भासिएपछि ग्राबेल हालेर सवारी सञ्चालनमा ल्याइएको जानकारी दिए। धसिने क्रम थपिएपछि सडकमा ड्रम राखेर एकतर्फी बनाइएको उनले जानकारी दिए।

सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा ...


प्रधानमन्त्रीको अयोध्या सम्बन्धी अभिव्यक्ति विवादमा, कसले के भने ?

काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले रामायणमा वर्णित अयोध्या नेपालमा रहेको र राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि देशभित्र र बाहिर उनको चर्को आलोचना भएको छ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीलाई ‘आधी–कवि’को संज्ञा दिँदै ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं ! सीधै वैकुण्ठधामको यात्रा गरौं ! भनेर व्यंग्य गरेका छन् ।

ओलीका वचन र कर्मले सीमा नाघ्दैछन् भन्दै डा. भट्टराईले अब ओलीलाई छाडा छाडे खतरनाक हुने आशंका गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्– संसदमा ‘सिंहमेव जयते’ र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । ...


दाङ हुँदै नेपाल प्रवेश गरेको सलह १० जिल्लामा फैलियो

काठमाडौं - प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले हाल १० जिल्लाका विभिन्न स्थानमा सलहका झुन्डहरु रहेको जनाएको छ। आइतबार बिहान दाङ हुँदै नेपाल भित्रिएको सलहको झुन्ड र आइतबार नै बेलुका नवलपरासीमा देखिएको झुन्ड पछिल्लो पटक नेपाल प्रवेश गरेका हुन्। यसअघि असार १३ गतेदेखि १६ गतेसम्म नेपाल प्रवेश गरेका सलहका निकै साना समूहहरु पनि बाँकी रहेको केन्द्रले जनाएको छ।

आइतबार दाङ जिल्लाबाट प्रवेश गरेको सलहको झुन्ड साँझ प्यूठान जिल्लाको माण्डवी गाउँपालिका, झिमरुक गाउँपालिका, प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाको आसपासका क्षेत्रमा आश्रय लिएको र सोमबार बिहान ७ बजेदेखि ...


शुक्रबार थप १ हजार ७ सय ५ जना कोरोनामुक्त

काठमाडौं - शुक्रबार थप १ हजार ७ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

योसहित नेपालमा हालसम्म १० हजार २ सय ९४ जना उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६० दशमलव ७ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

सोमबार ५ हजार ८५६ जनाको कोरोनाको परीक्षण भएको र हाल २३ हजार ४७० जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए। हाल ६ हजार ६ सय १३ जनाको कोरोना उपचार भइरहेको ...


सोमवार थपिएका मध्ये ९ जना काठमाडौं उपत्यकाका

काठमाडौं - काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३, ललितपुरमा ५ र भक्तपुरमा १ जना गरी ९ जना संक्रमित थपिएको जानकारी दिए।

काठमाडौं उपत्यकासहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका ...


सोमवार थपिए १ सय ४४ जना कोरोना संक्रमित

काठमाडौं - नेपालमा सोमवार १ सय ४४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो सँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

२५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ४, मोरङ र सुनसरीका १/१ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका १ जनामा कोरोना पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ११ र महोत्तरीका ४, नारायणी अस्पताल विराजगञ्जमा धनुषाका १६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २ र ...


तनहुँमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, पाँच बेपत्ता

तनहुँ - अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ ।

त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत ...


आदिकवि भानुभक्तको २०७ औँ जन्मजयन्ती आज, विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौँ - नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो ...


लुभूमा एकै घरमा बस्ने १० जनामा कोरोना संक्रमण

ललितपुर - महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरमा बस्ने १० जना मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका परिवारका सात जनामा र भाडामा बस्ने दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

ल्याब टेक्निसियनले आफूमा सङ्क्रण देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए । असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आयो ।

यो वडामा ...


आइतवार थप ८२ जनामा कोरोना संक्रमण, १४७ जना निको भए

काठमाडौं- नेपालमा आइतवार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ।

आइतवार थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। योसहित नेपालमा हालसम्म ८ हजार ५ सय ८९ जना उपचारपछि निको भएका छन्।

शनिबारसम्म ३८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

 

...

‘तान्दातान्दै श्रीमती र छोरीलाई पहिराेले बगायाे’

म्याग्दी - धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन। 'बिहानै मेलामा जाने योजना थियो। जेठी छोरी र छोरा मसँग थिए', हीराका श्रीमान् धनबहादुरले भने, 'अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो।' भाग्ने क्रममा घाइते भएर बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुर श्रीमती, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिए।

जुग्जालीका छोरा अर्जन र अर्की छोरी रितु पहिरो आएको थाहा पाएपछि भागेका थिए। करिब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा ...


बागमती सरकारले बाढी-पहिराेबाट मृत्यु हुनेका परिवारलाई एक लाख राहत दिने

हेटाैंडा - बागमती प्रदेशले बागमती प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिराेका कारण मृत्यु भएका २५ परिवारलाई रु एक लाख राहतस्वरुप तुरुन्तै उपलब्ध गराउने निर्णय गरेको छ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले बाढी-पहिराबाट घाइते भएका व्यक्तिलाई तत्काल उद्धार गरिने, जोखिममा रहेका परिवारलाई अन्यत्र बसोबासका लागि सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिलाई सक्रिय तुल्याइने तथा प्रदेश सरकारका तर्फबाट आवश्यक स्रोतसाधन उपलब्ध गराइने पनि निर्णय गरेका मन्त्रिपरिषद्का प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए।

उनका अनुसार आगामी साउन २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशमा आर्थिक कार्यविधि ऐनको प्रथम संशोधन २०७७ को मस्यौदा ...


बिदेशमा संक्रमित ९२ प्रतिशत नेपालीहरु निको भए

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुने नेपालीको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुँदै गएको छ । संघका अनुसार जम्मा कोराना संक्रमित मध्य ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

शनिवार साँझसम्म विश्वभर संक्रमित २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा सो साता ...


म्याग्दीको पहिरो अपडेट : मृतकको सङ्ख्या २७ पुग्यो, ४ अझै बेपत्ता

म्याग्दी - म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको छ । प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन् । चारजना अझै बेपत्ता छन् ।

धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका ८ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए ।

उनका अनुसार धवलागिरि–६ मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी, हिरामती जुग्जाली, करिष्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा ...


झापामा बाढीः  एकको मृत्यु, पाँच परिवार विस्थापित

दमक - झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिए । बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा उनलाई साँझ स्थानीयवासीले मृतावस्थामा फेला पारेको उनले बताए ।

कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका चार परिवार र गौरीगञ्ज–१ को एक परिवार विस्थापित भएका छन् । त्यस्तै, शिवसताक्षी–१० का १५ परिवार र गौरीगञ्ज–१ का १२ गरी ...


जाजरकोट पहिरोमा पुरिएका ९ शव भेटिए, ५०० बढी घरधुरीको बिचल्ली

जाजरकोट - पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ । मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीय पत्रकार तीर्थराज बोहोराले जानकारी दिए । वडा नं १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन् । त्यस्तै वडा नं ५ को पाखा, तोलखाना ...


भरतपुर मेडिकल कलेजका तीन डाक्टर पक्राउ, मिर्गौलाको अवैध कारोबार गरेको आरोप

काठमाडौं - भरतपुर मेडिकल कलेजका तीन जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले त्यहाँ कार्यरत तीन डाक्टरलाई पक्राउ गरेको हो ।

यस्तै जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी पनि पक्राउ परेका छन् ।

ब्यूरो स्रोतका अनुसार पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रवास श्रेष्ठ र बालकउष्ण कालाखेती रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका कर्मचारीको नाम भने खुलाइएको छैन । उनीहरुमाथि नेपाली नागरिकलाई भारतीय बनाएर मिर्गौला प्रत्यारोपण गराएको आरोप छ ।

सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले पनि परिचित छ। ...


वर्षा लागेयता १९ जिल्लाका ८८ जनाले ज्यान गुमाए, ३२ अझै बेपत्ता

काठमाडौँ - मनसुन सक्रिय भएपछिका २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ। सबैभन्दा बढी बढीपहिराेले क्षति पुर्‍याएको छ। प्राप्त विवरणअनुसार मुलुकका विभिन्न १९ जिल्लामा बाढी र पहिरोबाट ८८ जनाले ज्यान गुमाएका छन्। अझै ३२ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजी र राहत तथा पुनर्स्थापनाको काम जारी रहेको गृहमन्त्रालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ र गुल्मी जिल्लामा बढी मानवीय क्षति भएको छ । विपद्बाट मानवीय क्षति बेहोर्ने अन्य जिल्लामा झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी ...


म्याग्दी पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २० पुग्यो, १३ जना अझै वेपत्ता

पोखरा - म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । जिल्लाको धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा खसेको पहिरोमा परेर २० जनाको मृत्यु भएको हो ।

पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव शुक्रबार भेटिएको थियो । बाँकीको शव शनिबार भेटिएको हो ।

धवलागिरि–६ मराङका ११, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ कुँवरले जानकारी दिएका छन् ।

धवलागिरी–६ कल्लेनीका राम्चेका सुबना लामगादे, प्रकाश केसी, आयुष लामगादे, आशिष दामगादे,आयुषा लामगादे, रेश्मा सुनार, मनबहादुर श्रीपाली, ...


सिन्धुपाल्चाेक बाढीमा फसेका एक जना जीवितै फेला, बालककाे शव भेटियाे

सिन्धुपाल्चाेक - सिन्धुपाल्चाेककाे बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोशी गाउँपालिकाको बुलकुटेमा बुधबार राति आएकाे बाढी-पहिराेमा परी बेपत्ता भएकाहरुमध्ये एक जना जीवितै फेला परेका छन्। अर्का एक जनाकाे शव भेटिएकाे छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बाह्रबिसे बाढीमा बेपत्ता भएका ५७ वर्षीय नाप्चे मगर जीवित भेटिएकाे जानकारी दिए। शनिबार बिहान मगर भोटेकोशी नदीमा जीवित भेटिएका हुन्। उनको टाउको र खुट्टामा चोट लागेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको डिएसपी काफ्लेले बताए।

त्यस्तै भोटेकोशी गाउँपालिका ५ बुलकुटेमा बेपत्ता भएका भोटेकोशी गाउँपालिकाका ६ वर्षीय साहिल तामाङ मृत भेटिएका छन्। शुक्रबार ...


नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु, ३८ पुगे मृतक

काठमाडौं- नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंका दुई जना र सिन्धुपाल्चोकका एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।

काठमाडौं- १० नयाँ बानेश्वरका एक ६० वर्षीय पुरुषको उपचारको क्रममा असार २६ गते मृत्यु भएको छ। उनी मिर्गौलाका बिरामी थिए। १६ गते पाटन अस्पतालमा भर्ना भएका उनको १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै सिन्धुपाल्चोक जिल्ला पाँचपोखरीका अर्का एक कोरोना संक्रमितको समेत असार २५ गते पाटन अस्पतालमा नै मृत्यु भएको मन्त्रालयले जनाएको छ। क्षयरोगका बिरामी ...


शनिवार थप ७० जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

काठमाडौं - शनिवार नेपालमा थप ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ जना पुगेको छ।

२५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७० जना संक्रमित भेटिएका हुन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका २, सिरहाका १, सुनसरी र उदयपुरका ४/४ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ...


यथास्थितिमा सार्वजनिक सवारी नचलाउने ब्यबसायीको घोषणा

काठमाडौँ - सरकारले यथास्थितिमा सार्वजनिक यातायात सञ्चालन खुला गर्ने निर्णय गरेको भन्दै यातायात ब्यबसायीहरुले बिरोध गरेका छन्। र यथास्थितिमा सार्वजनिक यातायात नचलाउने घोषणा समेत गरेका छन्।

शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात केन्द्रिय महासंघले सरकार सामु यातायात सञ्चालनका लागि ५ बुंदे शर्त राखेको छ । सार्वजनिक यातायातका सबै सवारी साधनलाई विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले व्यवस्था गर्नुपर्ने र यातायात मजदुरको स्वास्थ्य सुरक्षा सम्बन्धि सम्पूर्ण व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

व्यवसायीले लकडाउनभरीको बिमा, ब्याज र केही अनुदान दिन सरकारसँग माग गरेको ...


बढीको जोखिमले ५ सय मेगावाट विद्युत् उत्पादन बन्द

काठमाडौं - भारी वर्षापछि खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत् गृहहरुबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिए। बाढीका कारण प्राधिकरणका विद्युत्‌ गृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङले बताए। ‘विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढ भएको ...


सिन्धुपाल्चोक पहिरोमा पुरिएका २ जनाको शव फेला, बेपत्ता २३ जना खोज्न सेना परिचालन

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा बाढीमा परी बेपत्ता भएकाहरुमध्ये २ जनाकाे शव भेटिएकाे छ। खाेजी कार्य जारी छ। बाढी प्रभावित क्षेत्र बाह्रबिसे नगरपालिका वडा नं. ५ स्थित जम्बू, वडा नं. ३ स्थित खग्डोल र भोटेकोशी गाउँपालिका ५ स्थित लामबोटेमा हराएका अन्य मानिसहरुको खोजी कार्या जारी रहेको छ ।

बुधबार राति गएकाे पहिरोमा परी हराएका मध्ये बेपत्ता भएका अन्य २३ जनाकाे नेपाली सेनासहितकाे टाेलीले समेत खाेजी कार्य जारी राखेकाे छ।

बेपत्ता भएकाकाे खोजीमा सेनाको गोरख बक्स गणअन्तर्गतका सुरक्षा बेसहरुबाट सुरक्षाकर्मीहरु खोज तथा उद्धारका लागि परिचालन भएको नेपाली सेनाले जनाएको छ। ...


जाजरकाेटमा पहिरोले घर बगाउँदा १२ जना बेपत्ता

जाजरकाेट - बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिरोले घर बगाउँदा १२ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन छन्।

त्यस्तै अर्को घरका मूली कालु सार्की, १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला र ६ वर्षीय छोरा सुवास छन्। त्यस्तै पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएको ...


शुक्रवार थप ११८ जनामा कोरोना संक्रमण, उपत्यकामा ४१ जना थपिए

काठमाडौं - शुक्रवार नेपालमा थप ११८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ जना पुगेको छ। हालसम्म ८ हजार ११ जना निको भएर घर फर्किएका छन्।

आज थपिएकामा काठमाडौं उपत्यकामा ४१ जना रहेका छन् । काठमाडौं उपत्यकाको काठमाडौंमा २८ जना र ललितपुरमा १३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ...


रुकुम पश्चिममा पहिरोमा पुरिएर एकै घरका दुईको मृत्यु, एक घाइते

रुकुम पश्चिम- रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। शुक्रबार बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षीय हाविल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। पहिराले घर पुरिँदा आठ वर्षीया छोरी हिरा घाइते भएको र उनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक केसीको भनाइ ...


म्याग्दीको पहिरोले दुई घर बगायो, सात जना बेपत्ता

म्याग्दी - लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन्। घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए। उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ। भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए।

भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताए। माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएकाे उनले बताए। घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो। ...


लमजुङमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु, ३ घाइते

काठमाडौं - अविरल वर्षाले पहिरो गएर घर पुरिँदा लमजुङको बेसीसहर नगरपालिका ७ सातबिसेमा बिहीबार राति एकै परिवारका ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३२ वर्षका दीपक तामाङ, उनकी श्रीमती २५ वर्षीया बिमाया तामाङ र उनीहरुका ९ वर्षीय छोरा छेवाङ तामाङ छन्।

वर्षाका कारण बिहीबार राती साढे १० बजेतिर घरलाई पहिरोले पुरेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुको उद्धार गरी मृतक ३ जनाको शव लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ।

यसैगरी पहिरो खस्दै गर्दा भागेका बेंसीशहर नगरपालिका-७ का २६ बर्षीय सन्तबहादुर गुरुङ, बेंसीशहर-१० पांग्रेक्युका ...


पोखरामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु, ९ घाइते

पोखरा - अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

थापाको घरमा बिहीबार साँझ जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को–को ...


भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघ्याे : नेकपा प्रवक्ता

काठमाडाैं - भारतीय सञ्चार माध्यमले नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा अनर्गल प्रचार गरेकाे भन्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन्। उनले अनर्गल प्रचारले सीमा नाघेकाे बताएका छन्।

प्रवक्ता श्रेष्ठले ट्विट गर्दै भनेका छन्, 'भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकवास बन्द गर।'

श्रेष्ठले सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति नेपाली एकढिक्का रहेकाे बताए। 'हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एकढिक्का। विदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौं। यहाँ ...


भारतीय मिडियाको अनर्गल प्रचारको कानुनी उपचार खोज्न सकिन्छ : खतिवडा

काठमाडौं - सरकारले भारतीय मिडियामा नेपाल विरोधी आएको समाचारको कानुनी उपचार खोज्न सकिने जनाएको छ। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले मिडियाले प्रस्तुत गर्ने समाचार स्वच्छ र पारदर्शी हुनुपर्ने बताए।

मन्त्री खतिवडाले भारतीय मिडियामा आएका समाचारका विषयमा कुटनीति तबरबाट कुरा हुनसक्ने बताए। भारतीय मिडिया आफैं अनुशासित हुनुपर्ने उनले सुझाव दिए। चिनियाँ पक्षको नेपालमा प्रभाव बढ्दै गएको भन्दै भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर अर्नगल प्रचार गरिरहेका छन्।

...

सार्वजनिक सवारी संचालकले के-के मापदण्ड पुरा गर्नुपर्छ ?

काठमाडौं - सरकारले उपत्यकाभित्रका जिल्लाहरु र अन्य जिल्लाको हकमा जिल्लाभित्र ट्याक्सी तथा सार्वजनिक यात्रुबाहक बस चल्न दिने निर्णय गरेको छ। त्यस्तै सरकारले त्यसरी सवारी चलाउँदा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने निर्णय गरेको छ।

काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र ट्याक्सी चल्न दिने निर्णय भएको छ। त्यस्तै यात्रुबाहक सार्वजनिक सवारी कूल सिटको आधामात्र हुने गरी चलाउन दिने निर्णय भएको अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। यात्रुबाहक बसमा सिटबीच सामाजिक दूरी कायम हुने गरी बस्ने व्यवस्था गरेर चलाउन भनिएको छ।

चालक ...


छोटो दुरीका सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय

काठमाडौं - सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । अब सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्नेछन।

बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताए ।

काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् ।

ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् ।

सार्वजनिक यातायातमा सामाजिक ...


नेपालको नयाँ नक्साप्रति भारतले कूटनीतिक नोट मार्फत विरोध गरेको खुलासा

काठमाडाैं - नेपालले नयाँ नक्सा जारी गरेपछि भारतले कूटनीतिक नोट नै पठाएर विरोध गरेको खुलेको छ। भारतले पठाएको सो पत्रका बारेमा परराष्ट्र मन्त्रालयले राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा जानकारी पठाएको छ।

बिहीबार बसेको समितिको बैठकमा सभापति रामनारायण बिडारीले नेपालले नयाँ नक्सा जारी गरेपछि भारतले पठाएको कूटनीतिक नोटबारे जानकारी गराएका हुन्। सरकारले भने यो विषयलाई अझै गोप्य राखेको छ।

‘नयाँ नक्सा जारी भएकोमा भारतले विरोध गरेको छ’, बिडारीले भने, ‘हाम्रो दाबीलाई उसले कूटनीतिक नोटमार्फत् अस्वीकार गरेको छ।’ भारतले असार १० गते कूटनीतिक नोट लेखेर विरोध गरेको ...


सिन्धुपाल्चोक बाढी अपडेट : बेपत्ता हुने २० जनाको पहिचान (सूचीसहित)

काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बुस्थित याल्मो खोलामा आएका बाढीबाट बेपत्ता हुनेहरुको पहिचान भएको छ। उक्त खोलाले करिब ११ वटा घर बगाएको थियो। बेपत्ता भएकामध्ये बाह्रबिसे ५ बस्ने २० वर्षीय निकेश बस्नेत र उनकी डेढ वर्षीया छोरी निउना बस्नेतको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जम्बुबाट बेपत्ता हुनेहरु बाहबिसे ५ बस्ने भीमबहादुर वाईवा, चीनमाया वाइवा, लीलामाया वाईवा, पासाङ डोल्मा वाइवा, निमाडोल्मा वाईवा, लक्ष्मण वाईवा, सुनमाला वाईवा, जनकबहादुर थिङ, सबिना तामाङ, आकास तामाङ, मध्यभोटेकोसी हाईड्रोपावर कम्पनीका सेक्रेटरी हिमेश शर्मा, जाईकाका ईन्जिनियर आकास केसी, ...


बिहिवार नेपालमा थप १०८  जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- बिहिवार नेपालमा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ जना पुगेको छ। हालसम्म ७ हजार ८ सय ९१ जना निको भएर घर फर्किएका छन्।

मंगलबारसम्म ३५ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

...

सिन्धुपाल्चोक बाढीमा परेकाहरुकाे उद्धारमा खटिन कार्यकर्तालाई देउवाकाे निर्देशन

काठमाडाैं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा आएको बाढीमा परेकाहरुकाे उद्धारमा खटिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। बाढी र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको भन्दै सभापति देउवाले सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्तालाई तत्काल उद्धारमा खटिन निर्देशन दिएका हुन्।

बिहीबार बिहान ट्विट गर्दै देउवाले छिटोभन्दा छिटो उक्त्त क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुनबाट जाेगाउन सरकारलाई अनुरोध गरेका छन्।

सिन्धुपाल्चोककाे बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा आएको भीषण बाढी र पहिराेमा परी करिब २० घर बगाएको छ भने २ जनाको ...


नदीमा डुबेर बालिकाको मृत्यु, धकेलेको आरोपमा दाई पक्राउ

कैलाली - कञ्चनपुरमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको बिहीबार बिहान शव फेला परेको हो ।

बुधबार साँझ स्थानीय खोलामा डुबेर बेपत्ता भएकी बालिककाको बिहीबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले मृतक बालिकाको दाइलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिकाको शव फेला परे लगत्तै उनका ३४ वर्षीय दाई भरत सुनारलाई पक्राउ गरिएको बताए ।

‘दाईले कुटपिट गरी खोलामा धकेलेको भन्ने सूचना आएको छ’, ...


सिन्धुपाल्चोक बाढी अपडेट : दुईको मृत्यु, १४ बेपत्ता, २० घर बगे

काठमाडौं - सिन्धुपाल्चोकमा बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा आएको भीषण बाढी र पहिराेमा करिब २० घर बगाएको छ भने २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् । घटनास्थलबाट तीन जना घाइतेलाई उद्दार गरिएको छ ।

उनीहरुलाई हेलिकोप्टरमार्फत जिल्लातर्फ ल्याउने प्रयास भइरहेको लामाले बताए । घटनामा अझै १४ जना बेपत्ता छन् ।

बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ ।

बाह्रबिसे नगरपालिकामा मेयर निमफुन्जी शेर्पाका अनुसार बाढीले नगरपालिकाको वडा नम्बर ३ र ...


लकडाउनको बेला छापिए साढे तीन लाख स्मार्ट लाइसेन्‍स

काठमाडौँ - यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र (लाइसेन्‍स) छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ ।

झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उतीर्ण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएको छ । असार मसान्तभित्रमा थप अनुमतिपत्र छापिन सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

विभागले बन्दाबन्दीको केही सातासम्म अनुमतिपत्र छपाइको काम ठप्प राखेपनि त्यसपछि आवश्यक स्वास्थ्य सावधानी अपनाएर छापिरहेको छ ।

बन्दाबन्दीमा वितरण हुन नसकेकामा अहिले यातायात व्यवस्था ...


जागिर लगाइदिन्छु भन्दै दर्जनौं व्यक्ति ठग्ने अभियुक्त पक्राउ

काठमाडौं - दर्जनौं ठगीमा संलग्न विजय पाण्डे पक्राउ परेका छन्। फर्निचर पसलदेखि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सम्मको जागिरको अफर देखाएर ठगी गर्ने पाण्डेलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

नवलपरासीपूर्वको सुस्तादेउचुली नगरपालिका १५ का ३४ वर्षीय पाण्डेलाई महाशाखाको विशेष टोलीले मंगलबार काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको महाशाखाका एसएसपी दीपक थापाले बताए।

पाण्डेले दर्जनौ व्यक्ति ठगी गरेको पाइएको छ। चितवनको भरतपुर महानगरपालिका बस्ने अस्मिता अधिकारीसँग पाण्डेको करिब १ वर्षअघिदेखि चिनजान थियो। त्यतिबेला उनले आफू डब्लुएचओको कर्मचारी भएको परिचय दिएका थिए। उनले अधिकारीलाई डब्लुएचओमा कर्मचारी माग भएको ...


भ्याट तिर्नुपर्ने भए साउन १ देखि ट्रक ढुवानी सेवा ठप्प पार्छौं

काठमाडौँ - नेपाल ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले साउन १ गतेदेखि ढुवानी सेवाका सवारी साधन सञ्चालन हुन नसक्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिमा सार्वजनिक यातायात सञ्चालन बारे भएको छलफलमा उनले ढुवानीका साधानलाई भ्याटमा दर्ता गर्ने प्रावधान ल्याएका कारण सञ्चालनमा कठिनाई हुने उल्लेख गरे ।

उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ढुवानीका सवारी साधानको भाडामा मूल्य अभिबृद्धी कर लगाइएको भन्दै ढुवानी सेवा बन्द गर्ने बताए । उनले कुनै पनि ढुवानीका साधन मूल्य अभिबृद्धी करमा दर्ता भएर ...


नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित

काठमाडौं - आजका लागि तय भएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएकाे छ। बैठक असार २६ गते शुक्रबारसम्मका लागि स्थगित भएकाे हाे। पार्टीभित्रकाे विवादका कारण बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक शुक्रबारसम्मका लागि सरेकाे हाे।

नेकपाभित्र चर्किएकाे विवादका कारण बैठक लगातार चार पटकसम्म स्थगित भएकाे छ। गत बुधबार र बिहीबारको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएको थियो।

त्यसपछि अध्यक्षद्वयबीच विवाद समाधानका लागि छलफल चलिरहेको छ। उनीहरू केही दिनयता नियमित छलफलमा छन्। सहमतिका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच पटकपटक छलफल भएपनि निकास ...


नेपालमा बुधवार थप २ सय ५५ जनामा कोरोना संक्रमण

काठमाडौं - नेपालमा बुधवार थप २ सय ५५ जनामा कोरोना संक्रमण भेटिएको छ। योसंगै कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ५ र तेहथुमका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

कोशी अञ्चल अस्पताल विराटनगरमा झापाका १, सुनसरी र इलामका २÷२, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ र मोरङका ३, गजेन्द्र नारायण सिंह अस्पतालमा सिरहाका २ र सप्तरीका ४ जनामा कोरोना भेटिएको छ।

नारायणी अस्पताल वीरगञ्जमा बाराका ...


प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

काठमाडौं - नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रीपरिषद बैठकले थापालाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो।

हालका आइजी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा हदका कारण भोली बुधबार मध्यरातबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त आइजीको पदमा थापालाई नियुक्त गर्ने निर्णय सरकारले गरेको हो।

२०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थापाले २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन्। थापाले आफ्ना प्रतिस्पर्धी हरि पाललाई पछि पार्दै आइजीमा नियुक्त भएका हुन्। सँगै भर्ना भएका थापा र पालमात्रै यो ...


मंगलवार थपिए २०४ जना कोरोना संक्रमित

काठमाडौं - मंगलवार नेपालमा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ जना पुगेको छ। हालसम्म ७ हजार ४ सय ९९ जना निको भएर घर फर्किएका छन्।

सोमबारसम्म ३५ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

...

सरिता गिरी सांसद्‍ र पार्टीको साधारण सदस्य दुवैबाट बर्खास्त

काठमाडौँ - समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसद्‍बाट निष्काशन गर्ने निर्णय गरेको छ।

कार्यदलको सिफारिसका आधारमा उनलाई सांसद्‌बाट निष्काशन गर्ने निर्णय गरेको हो। मंगलबार संसदीय दलको कार्यालयमा बसेको बैठकले उनलाई दुवै जिम्मेवारीबाट निष्काशन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।

'अध्ययन कार्यदलले सांसद गिरीलाई पार्टी र सांसद्‌बाट समेत निष्काशन गर्ने निर्णय गरेको छ,’ ती नेताले भने।

सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि निसान छापमा भएको नक्सा संशोधन गर्न संसद्‍मा दर्ता गराएको विधेयकमा संसोधन प्रस्ताव दर्ता गराउँदै तत्काल ...


निस्कर्षविना सकियो ओली-प्रचण्ड छलफल, भोलि फेरि भेट्ने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको भेट सकिएको छ। छलफल सकारात्मक भएको बताइएपनि आजको बैठकमा कुनै ठोश निस्कर्षमा पुगेन।

प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच ‘वान टु वान’ वार्ता भएको थियो।

अध्यक्षद्वयको भोलि फेरी भेटवार्ता हुनेछ।

पार्टीे विवाद टुंग्याउन दुवै अध्यक्ष एकल वार्तामा बसेका थिए। सोमबार दुई अध्यक्षबीच भएको छलफलमा ‘वान टु वान’ वार्तामार्फत् विवादित विषयको टुंगो लगाउने सहमति बनेको थियो। स्थायी कमिटीको बैठक बुधबार पुनः बस्दैछ।

ओली इतरसमूहले प्रधानमन्त्री र अध्यक्ष पदबाट दुवैबाट हट्न ओलीलाई दबाब दिइरहेका ...


सरिता गिरीलाई सांसद र पार्टीबाट बर्खास्त गर्न सिफारिस

काठमाडौँ- पार्टीको ह्विप नमानेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाही गर्न अध्ययन कार्यदलले सिफारिस गरेको छ। कार्यदलको सिफारिसबारे निर्णय गर्न मंगलबार समाजवादी पार्टी पदाधिकारीको बैठक संसदीय दलको बैठक सिंहदरबारमा बस्ने भएको छ।

पदाधिकारी बैठकले आफ्नै पार्टीकी प्रतिनिधिसभा सांसद् सरिता गिरीलाई कारबाहीबारे निर्णय गर्न सक्ने समाजवादी पार्टीका एक नेताले बताए। ‘पदाधिकारी बैठकमा पार्टी एकतापछि गर्नुपर्ने महत्वपूर्ण विषयमा छलफल हुन्छ। सरिता गिरीमाथि कारबाहीको विषयमा समेत निर्णय हुन सक्छ। अध्ययन कार्यदलले सांसद गिरीलाई पार्टी र सांसद्‌बाट समेत बर्खास्त गर्न सिफारिस गरेको छ,’ ती नेताले भने।

सो विषयमा छानबिन गर्न समाजवादी ...


करणी मुद्दा प्रभावित पार्न खोज्ने वडा सचिव सहित ३ पक्राउ

लमही - किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट वडा सचिव सहित तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १ का सचिव धनबहादुर केसी र वडा नं १३ का खरिदार लीलाजित नेपाली तथा वडा नं १३ कै हेल्लो टावर नजीकै बस्ने ४९ वर्षीय हुकुमबहादुर जिसीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्ष सुमित खड्काले जानकारी दिए ।

उनीहरुले जबर्जस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘‘पक्राउ परेका दुई जना ...


अपराध महाशाखाको सेवा अब बानेश्वरबाट पनि

काठमाडौँ - नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको सेवा बानेश्वरबाट दिन शुरु गरिएको छ । काठमाडौँ महानगरपालिका–१२ टेकुबाट दिँदै आएको सेवा अब वडा नं ३१ मीनभवन बानेश्वरबाट दिन शुरु गरिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार टेकुमा नयाँ भवन निर्माण शुरु गरिएकाले आइतबार बानेश्वरबाट महाशाखाले सेवा दिन शुरु गरेको जानकारी दिएको हो । महाशाखाले हाल बैंकिङ कसुर, ठगी, वैदेशिक रोजगारी, साइबर अपराध, चोरी, डकैती, गुण्डागर्दी, वन्यजन्तु तथा बहुमूल्य काठको तस्करीलगायतका मुद्दामा अनुसन्धान तथा कारवाही गर्दै आएको छ ।

...

उपत्यकामा जोर-बिजोर नियममा थप कडाइ

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा लागू गरिएको जोर-बिजोर नियममा थप कडाइ गरेको छ। सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जोर-बिजोर प्रणाली लागू गरेको छ।

महाशाखाले जोर–बिजोर प्रणालीको पूर्णपालना गराउन ५६ वटा चेकप्वाईन्टहरू राखेको छ। मंगलबारमात्रै जोर-बिजोर प्रणालीको उल्लंघन गरी सञ्चालन गरेका १६११ वटा दुई पाङ्ग्रे, ४१५ भाडाकार (ट्याक्सी) र ३१९ वटा साना तथा ठूला सवारी गरी जम्मा २३४५ वटा सवारी साधनलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उनले मंगलबारै दुई जना सवार २०८३ वटा मोटरसाईकललाई पनि ...


मन्त्रिपरिषद बैठक बस्दै, प्रहरीको नयाँ आइजीपी नियुक्ति गरिने

काठमाडौं - बुधवार रिक्त हुन लागेको नेपाल प्रहरीको नयाँ आइजीपी नियुक्ति गर्न मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।

नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् ।

दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि ...


पार्टीभित्रको विवाद प्रचण्ड-ओलीले नै सम्वादमार्फत निरुपण गर्ने

काठमाडौं- पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि त्यसलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संवाद मार्फत निरुपण गर्ने भएका छन्।

आइतबार भएको दुई अध्यक्षको छलफलले विवाद समाधानका लागि स्थायी कमिटीका चार सदस्यको अनौपचारिक कार्यदलले गृहकार्य गर्ने टुंगो लगाएको थियो। तर, कार्यदल मार्फत विवाद समाधन खोज्दा विषयवस्तु थप गिजोलिन थालेपछि दुई अध्यक्षले ‘वान टू वान’ मार्फत टुंगो लगाउने सहमति भएको हो। अब पार्टीभित्रका सबै विवाद मिलाउने जिम्मेवारी दुई अध्यक्षको काँधमा पुगेको छ।

अध्यक्षद्वयबीच सोमबार पनि डेढ घण्टा छलफल भएको थियो। ‘आज दुई अध्यक्ष बल्ल पार्टीको ...


सोमबार थपिए १ सय ८० संक्रमित, कुन जिल्लामा कति? (सूची सहित)

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ। पछिल्लो २४ घण्टामा १ सय ८० संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८० जना नयाँ संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापा, सिरहा र सुनसरीका १/१ जनामा कोरोना पुष्टि भएको छ। कोशी अस्पताल विराटनगरमा झापाका २, सिरहा र खोटाङका १/१ जनामा कोरोना भेटिएको छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ६ ...


माधव नेपाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं - नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी भित्र शक्ति संघर्ष चर्किएको बेला नेपालका लागि चिनियाँ राजदूतले गरेको यो भेट अर्थपूर्ण रुपमा हेरिएको छ।

आइतबार साँझ नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाललाई भेट्न राजदूत होउ उनकै निवास कोटेश्वर पुगेकी थिइन् ।

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले चिनियाँ राजदूत र नेता नेपालबीच भेट भएको पुष्टि गरे । तर, भेटमा भएका कुराकानीका विषय भने खुलेको छैन । यद्यपि चिनियाँ राजदूतले नेकपाको आन्तरिक विवादबारे चासो ...


उपत्यकाका तिन जिल्लामा भेटिए ३० जना संक्रमित

काठमाडौं - काठमाडौं उपत्यका भित्रका तिन जिल्लामा आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंका संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५ जना, वीर अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा २१ जना भेटिएका हुन् ।

शिक्षण अस्पतालमै भक्तपुरका १ जना र ललितपुरका २ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

...

आइतवार थपिए २ सय ९३ संक्रमित, १५ हजार ७ सय ८४ पुग्यो संख्या

काठमाडौं- आइतवार नेपालमा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ जना पुगेको छ।

हालसम्म ३४ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। हालसम्म ११ जिल्लामा प्रतिजिल्ला ५ सय भन्दा बढी संक्रमित छन्।

...

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी, साथमा २/२ जना सहयोगी

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल चलिरहेको छ। पार्टीमा चर्किएको विवादका विषयमा उनीहरुबीच छलफल हुँदैछ।

छलफलमा ओलीनिकट नेताहरु विष्णु पौडेल र शंकर पोखरेल सहभागी छन् भने प्रचण्डनिकट नेताहरु वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन्।

स्थायी कमिटी बैठकमा अधिकांस सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो। विवादले चरम रुप लिएपछि शीर्ष तहमा छलफल भइरहेको छ।

यो छलफल निर्णायक हुने नेताहरुको विश्वास छ। आफू र राष्ट्रपतिलाई हटाउन खोजिएको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग ...


राष्ट्रपतिलाई भेट्न नेकपा शीर्ष नेताहरू शितल निवासमा

काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका शीर्ष नेताहरूबीचकाे भेट सकिएकाे छ। पार्टी संकट चर्कंदै गइरहेका बेला तीन शीर्ष नेता राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए।

प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका नेताहरु नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर राष्ट्रपतिमाथि महाभियोग लगाउने षड्यन्त्र भइरहेको बताएका थिए । शीतलनिवासबाट फर्केर प्रधानमन्त्रीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गरेका थिए । त्यहाँ पनि प्रधानमन्त्रीले राष्ट्रपतिमाथि षडयन्त्र भइरहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले पार्टीको विवादमा ...


प्रधानमन्त्री ओली र प्रचण्डबीच भेट हुँदै

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी संकटका बीच अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेट हुँदैछ। पार्टी एकता कायम राख्न पार्टीमा अन्तिम कसरत भइरहेका बेला ओली र प्रचण्डबीच आज वार्ता हुन लागेकाे हाे।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आज आइतबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग गहन र विस्तृत छलफल गर्ने जानकारी दिए। प्रचण्डले शनिबार दिउँसो माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतसँग पनि छलफल गरेका थिए। छलफलमा पार्टी फुटको अवस्थामा पुगेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरेका थिए। नेता नेपालले पार्टी लगभग फुटेको अवस्थामा ...


आज गुरु पुर्णिमा ! सम्पूर्ण गुरुहरु प्रति नमन !

काठमाडौं - आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरिन्छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषदलगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुवा सरह सम्मान ...


काठमाडौँको ढलमा कोरोना भाइरस भेटियो

काठमाडौं - काठमाडौंका मुख्य चार स्थानको ढलको पानीमा गरिएको एक अध्ययनले त्यहाँ कोरोना भाइरस भएको देखाएको छ। सो अध्ययनमा चार स्थानमध्ये दुई स्थानका ढलको पानीमा कोरोना भाइरस देखिएको हो। सार्स २ इन्भारोमेन्टल सर्भिलेन्सले २ महिनादेखि काठमाडौंमा गरेको अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको हो।

सो अनुसन्धानका मुख्य अनुसन्धानकर्ता डा दिवेश कर्माचार्यले पछिल्लो १४ दिन भित्रको ढलबाट लिइएको नमुनाको जेनेटिक अध्ययनमा २ स्थानको ढलमा कोरोना भाइरस देखिएको जानकारी दिए। उनले भने, 'हामीले कम्तिमा १०० घरको शौचालयको ढल एकै स्थानमा जाने मुख्य चार स्थानको ढलको नमुना लिएका थियौँ। मानिसको ...


थप दुई जना काेराेना संक्रमितकाे मृत्यु, ३४ पुग्यो संख्या

काठमाडाैं - नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको भएको छ । गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

पालुङटारका पुरुष १६ गते कतारबाट आएका थिए । पालुङटारको जीवनज्योति माविको क्वारेन्टिनमा बस्दा स्वास्थ्य बिगि्रँदै गएपछि जिल्ला अस्पतालको आइसोलेनमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भयो ।

उनको २० असारको दिन विहान ५ बजेर ५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

देवहदका पुरुष क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ...


शनिवार २ सय ३२ नयाँ संक्रमित थपिए, कुन जिल्लामा कति ?

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। विगत २४ घण्टामा मात्र २ सय ३२ नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार एकैदिन ७ सय ४० संक्रमित भेटिएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १७, डडेल्धुराका ३, डोटीका ३, गुल्मीका ९, कञ्चनपुरका ६, नवलपरासी ४, पाल्पाका १६, प्यूठानका ६, रुपन्देहीका ४, सर्लाहीका १६ र सिन्धुपाल्चोकका १२ जनामा कोरोना भेटिएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका १ र सिरहाका ६ जनामा ...


बझाङ पहिराे अपडेट : एकै घरका ३ जनाकाे शव भेटियाे

बझाङ- बझाङकाे केदारस्युँ गाउँपालिका- ८ मा पहिराेमा परी बेपत्ता भएका ७ जनामध्ये तीनजनाकाे शव भेटिएकाे छ। एकै घरका तीन जनाको शव भेटिएकाे हाे।

आमा ५० वर्षीया राममती जेठारा, छोरा १३ वर्षीय प्रयाग जेठारा र छोरी ७ वर्षीया अस्मिता जेठाराको शव भेटिएको हाे। ४ जना अझै बेपत्ता छन्।

पहिराेमा परेका ७ बाख्रा, ३ भैंसी र ३ गाई पनि फेला परेका छन्। अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गए राति केदारस्युँ गाउँपालिका- ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र विकले बताए। 

...

क्यान्सर, मधुमेह र आकस्मिक भर्ना भएका बिरामीको कोरोना परीक्षण गरिने

काठमाडौँ - नेपालमा मृत्यु हुने अधिकाम्शमा क्यान्सर, मधुमेह, ब्लड प्रेसरजस्ता दिर्घ रोगको समस्या देखिएको भन्दै सरकारले क्यान्सर, मधुमेह र आइसियूमा रहेका बिरामीको कोरोना परीक्षण गर्ने भएको छ। दिर्घ रोगले ग्रस्त व्यक्तिको उपचारका क्रममा मृत्यु हुने र मृत्यु पश्चात परिक्षन गर्दा कोरोना भेटिने गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएका हुन्।

यस्तै अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बिरामीहरूको पनि परीक्षण हुने भएको छ। साथै अस्पतालहरुका स्वास्थ्यकर्मीको पनि परीक्षण गर्ने मन्त्रालयको तयारी छ।

पछिल्लो समय स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण देखिन थालेपछि सरकारले अस्पतालहरूमा ...


गोरखामा एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं - गोरखा जिल्ला अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाले ती पुरुषको शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको जानकारी दिए । अस्पतालको आइसोलेसनमा राखेर उनको उपचार हुँदै आएको थियो । डा. थापाका अनुसार उनी डाइबिटीजको दीर्घरोगीसमेत थिए ।

ती पुरुष यही असार १६ गते कतारबाट आएका थिए । उनलाई पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ ...


कोरोना संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु

काठमाडौँ - कोरोना संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय एक वृद्धकाे असार १७ गते मृत्यु भएको हो।

उनलाई उच्च रक्तचाप र पार्किन्सनको समस्या भएपछि अस्पताल पुर्‍याइएको थियो।

मृतक ती पुरुषको पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको गाैतमले बताए।

यीसहित हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

शुक्रबार मुलुकभर कोरोनाका ७४० जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ।

...

 शुक्रवार थप ८२३ जना कोरोना संक्रमणमुक्त भए

काठमाडौं - शुक्रवार थप ८२३ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

योसहित नेपालमा हालसम्म ६ हजार १ सय ४३ जना उपचारपछि निको भएका छन्।

हालसम्म नेपालमा ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

...

शुक्रवार नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - शुक्रवार नेपालमा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार २५९ जना पुगेको छ।

हालसम्म ३२ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४२ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ।

...

हालसम्म कुन जिल्लामा कति कोरोना संक्रमित ? (सुचिसहित)

काठमाडौं - शुक्रवार बिहानसम्म मुलुकभर संक्रमितको संख्या १४ हजार ५ सय ५१ पुगेको छ।

प्रदेश १ मा ६ सय ३६, प्रदेश २ मा ३ हजार ९ सय ९, बागमती प्रदेशमा ५ सय ५, गण्डकी प्रदेशमा १ हजार १ सय १६, प्रदेश ५ मा ३ हजार ८ सय ५३, कर्णाली प्रदेशमा १ हजार ५ सय १२ सुदूरपश्चिम प्रदेशमा ३ हजार २० जना संक्रमित भेटिएका छन्।

२ सय बढी कोरोना संक्रमित भेटिएका जिल्ला २३ पुगेको छ। गत दुई दिनमा रौतहटमा संक्रमित भेटिएको छैन। यद्यपि सबैभन्दा धेरै संक्रमितको संख्या भने ...


वादीको मनसाय विपरित बहुविवाहको जाहेरी लेख्ने प्रहरीलाई जेल सजाय

काठमाडौं -‘मेरो पति राजेन्द्र मगर र शान्ता मगरबीच २०७६ कात्तिक २५ गते विवाह भएको छ। पतिले दोस्रो विवाह गरेकाले बहुविवाहको कसुरमा कारबाही गरी पाऊँ’ यही व्यहोरोको जाहेरी दरखास्त प्रहरीमार्फत् सरकारी वकिल हुँदै जिल्ला अदालत काठमाडौंसम्म पुग्यो।

जाहेरी दरखास्त दिने महिला हुन्, राजेन्द्रकी पहिली श्रीमती शर्मिला। शर्मिला र राजेन्द्रबीच २०५१ फागुन १५ गते विवाह भएको थियो। उनीहरुका तीन सन्तान पनि छन्। वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका राजेन्द्र दुई वर्षअघि नेपाल फर्किएका थिए।

‘पतिले कमाएको रकम मलाई नदिने, सन्तानको पालनपोषणसमेत नगर्ने, मलाई गालीगलौज गर्ने, कुटपिट गर्ने, प्रायः कोठामा नआउने। ...


गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौं - नेपालमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार प्रदेशका ४ जिल्लामा उक्त संख्यामा संक्रमित थपिएको पुष्टि भएको हो।

नवलपरासी पूर्वका १९, तनहुँका ९, पर्वतका ३ र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जनाएका छन्। संक्रमितमा ४ महिला र २८ पुरुष छन्। उनीहरुलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ।

योसँगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या १ हजार ६३ पुगेको छ भने नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय ५१ पुगेको छ।

...

राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिले अधिवेशन अन्त्य गरेकी हुन्।

बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य हुनेछ।

संविधानको धारा ९३ (२) मा राष्ट्रपतिले संघीय संसदको दुवै वा कुनै सदनको अधिवेशनको अन्त्य गर्न सक्ने व्यवस्था छ।

चालू अधिवेशन गत वैशाख २६ गतेदेखि सुरु भएको हो। यसबीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको थियो।

...

नेपालमा बिहीबार थपिए ४ सय ७३ जना कोरोना संक्रमित

काठमाडौँ - बिहीबार कोरोनाका चार सय ७३ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका २५ वटा प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमित थपिएको जानकारी दिए।

बुधबारसम्म नेपालमा कोरोनाका १४ हजार ४६ जना संक्रमित थिए। त्यो संख्या बढेर बिहीबार १४ हजार पाँच सय १९ जना पुगेको हो।

अहिलेसम्म कोरोना निको भएर पाँच हजार तीन सय २० जना घर फर्किएका छन्। अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भइसकेको छ।

...

लकडाउनले चिया क्षेत्र थलियो : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

इलाम - मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पुर्‍याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पुर्‍याउन नसक्दा समस्या भएको छ ।

विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ । यो चियाको अन्य सिजनको भन्दा गुणस्तरीय हुने भएकाले महँगोमा बिक्री हुन्छ तर यस वर्ष भने सोही समयमा बन्दाबन्दी भएपछि गुणस्तरीय चिया टिप्न सकिएन ।

गुणस्तरीय चिया नै प्रशोधन गर्न नसकिएपछि लाखौँको ...


गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ८ जना संक्रमित

पोखरा - गण्डकी प्रदेशका ४ जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ८ आना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिहीबार कोरोना संक्रमण पुष्टि हुने जिल्लामा बागलुङ, स्याङ्जा, तनहुँ र पर्वत छन् । बाग्लुङको बागलुङ नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै, स्याङ्जाको कालिगण्डकी गाउँपालिका र वालिङ नगरपालिकामा २० र १३ वर्षका पुरुपमा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको ऋषिङ गाउँपालिका २६, २६ र २७ वर्षका २ जनामा ...


बोत्स्वानामा ३ महिनाको बिचमा ३ सय ५० भन्दा बढी हात्ती मरे, कारण अझै पत्ता लागेन

एजेन्सी - अफ्रिकी मुलुक बोत्स्वानामा एकपछि अर्को गर्दै सयौं हात्ती मर्न थालेपछि वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन्। बोत्स्वानाको ओकाभांगो डेल्टामा गत मेयता ३ सय ५० भन्दा बढी हात्ती मरेका हुन्।

यति धेरै संख्यामा हात्ती किन मरिरहेका छन् भन्नेबारेमा अझैसम्म पत्ता लाग्न सकेको छैन। बोत्स्वाना सरकारले प्रयोगशाला परीक्षणको नतिजा आउन अझै केही साता लाग्ने जनाएको छ।

अफ्रिकामा धेरै हात्ती भएका देशहरुको सूचीमा बोत्स्वाना तेस्रोमा पर्छ । तर यहाँ तीव्र रुपमा हात्तीको जनसंख्या घटिरहेको छ। बेलायती संस्था नेशनल पार्क रेस्क्युका निल म्याककानले गत मे महिनाको सुरुमा बोत्स्वानाको डेल्टा क्षेत्रमा ...


जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद हुने फैसला

तनहुँ - जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो।

तेह्र र १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अदालतले निजलाई एउटा मुद्दामा १८ वर्ष कैद, ५० हजार जरिवाना तथा अर्को मुद्दामा १२ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको हो।

यद्यपि एउटै व्यक्तिले समान प्रकृतिका दुई कसुर गरेकाले एकीकृत फैसलाअनुसार निजलाई २४ वर्ष कैद र ७५ हजार जरिवानाको ...


बुधबार बोलेका चार स्थायी कमिटी सदस्यले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं - बुधबार बसेको स्थायी कमिटीमा बोल्ने पाँचमध्ये चार जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन माग गरेका छन्। बुधवार बोलेका तीन स्थायी कमिटी र दुई आमन्त्रित स्थायी कमिटी गरी पाँच जनामध्ये योगेश भट्टराईले मात्रै प्रधानमन्त्रीको बचाउ गरे ।

बैठकमा बोल्दै स्थायी कमिटी सदस्य मातृका यादवले प्रधानमन्त्री धेरै पटक विवादित भएको भन्दै तत्काल राजीनामा दिनुपर्ने बताए। ‘तपाईं (प्रधानमन्त्री) जत्तिको व्यक्ति धेरै विवादित भएको सुहाउँदैन। तपाईंले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुस्’, यादवको भनाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘तपाईंले राजीनामा दिएर ...


नेपालमा हालसम्म ४ हजार ६५६ जना कोरोना संक्रमणमुक्त भए

काठमाडौं - नेपालमा आइतबारसम्ममा ४ हजार ६ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

पछिल्लो पटक निको भएर घर फर्कने एक हजार व्यक्तिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यसैबीच थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अछामका ४६ वर्षीय पुरुषको मृत्युपछि गरिएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिए।

उनलाई असार १३ गते जिल्लाकै बयलपाटा अस्पताल भर्ना ...


अछाममा एक जना कोरोना संक्रमितको मृत्यु, ३० पुगे मृतक

काठमाडौं - नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अछामका ४६ वर्षीय पुरुषको मृत्युपछि गरिएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

उनलाई असार १३ गते जिल्लाकै बयलपाटा अस्पताल भर्ना गरिएको थियो। उनी मधुमेहका समेत बिरामी थिए । यो सहित नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३० पुगेको छ।

पालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको ...


बुधबार थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ - बुधबार कोरोनाभाइरसका चार सय ८२ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबारसम्म कोरोनाका विरामी १३ हजार पाँच सय ६४ जना थिए। यो संख्या बढेर बुधबार १४ हजार ४६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशका २३ वटा प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

अहिलेसम्म चार हजार छ सय ५६ जना कोरोना निको भएर घर फर्किएका छन्।

कोरोनाबाट नेपालमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ। बुधबार अछामका एक जनाको मृत्यु भएको हो। उनी मधुमेहका ...


गण्डकी प्रदेशका ६ जिल्लामा थपिए २८ कोरोना संक्रमित

पोखरा - गण्डकी प्रदेशका ६ जिल्लामा बुधबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकीमा बुधबार कोरोना पोजेटिभ नतिजा आउनेमा १२ जना पूर्वी नवलपरासीका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा बुलिङटार गाउँपालिकाका २६ र २७ वर्षका २ जना पुरुष छन् ।

त्यस्तै, गैडाकोट गाउँपालिकाका २५ देखि ५० वर्ष उमेर समूहका ८ जना पुरुष छन् । सोही गाउँपालिकाकै २३ र ५१ वर्षका २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल, चितवनमा कोरोना परीक्षण गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोरखाका ३ ...


प्रधानमन्त्रीनिकट मन्त्री र स्थायी कमिटी सदस्यको बालुवाटारमा छुटै भेला

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु तथा आफू निकटका स्थायी कमिटी सदस्यहरुलाई बालुवाटार बोलाएका छन्। बुधबार बिहान ८ बजेका लागि बोलाइएको छलफलमा सहभागी हुन नेताहरु बालुवाटार पुग्ने क्रम जारी छ।

मंगलबारको स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् सदस्य तथा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्न लागेका हुन्।

बोलाइएको भए पनि कारण भने जानकारी नभएको एक स्थायी कमिटी सदस्यले बताए। ‘हिजोको बैठकले उत्पन्न गरेको परिस्थितिको विषयमा छलफल गर्न होला’, उनले भने।

मंगलबारको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेका थिए। हिजोको बैठकमा ओली ...


त्रिविको वार्षिक परीक्षा संचालन हुने, सेमेष्टरबारे निर्णय हुँदै

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका आधारमा सेमेष्टर परीक्षाबारे निर्णय गर्ने बताए ।

‘कार्यदलले दिएको सुझावको आधारमा हामीले परीक्षाका बारेमा निर्णय गर्ने छौँ’, उनले भने, ‘अहिलेसम्म सेमेष्टर प्रणालीका परीक्षाका बारेमा कुनै निर्णय गरेका छैनौँ ।’ कोभिड १९ को कारणले त्रिविको ...


थप ६० जना कोरोना संक्रमणमुक्त, हालसम्म ३ हजार १६४ जना निको

काठमाडौं - आइतबार थप ६० जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

पछिल्लो पटक ९ महिला र ५१ जना गरी ६० जना निको भएका हुन्।

योसहित नेपालमा हालसम्म ३ हजार १६४ जना उपचारपछि निको भएका छन्।

...

मंगलवार ३ सय १६ जना कोरोनाका संक्रमित थपिए

काठमाडौं - मंगलवार नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यीमध्ये ७१ जना महिला हुन् भने बाँकी २४५ जना पुरुष हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ जना पुगेको छ।

हालसम्म ३१९४ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

...

नेकपा स्थायी कमिटी बैठक : दुवै अध्यक्ष सोफाबाट तल कुर्चीमा झरे

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा सचिवालय सदस्यको आसन परिवर्तन गरिएको छ।

बैठकको पहिलो दिन बुधबार सचिवालय सदस्यहरु मञ्चमा बसेका थिए। त्यसका अतिरिक्त दुई अध्यक्षलाई मात्र सोफाको व्यवस्था थियो। उनीहरु मञ्चमै पनि अन्य सदस्यभन्दा अगाडि बसेका थिए। अध्यक्षद्वयको केही पछाडि पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनाल बसेका थिए। बाँकी सदस्यहरु सबैभन्दा पछाडि थिए। अध्यद्वयभन्दा अन्यलाई बस्नको लागि कुर्सीको व्यवस्था गरिएको थियो।

सोही बैठकमा केही सदस्यले अध्यक्षद्वयलाई गरिएको विशेष व्यवस्थाको आलोचना गरेका थिए।

शुक्रबारको बैठकमा ओली सहभागी भएनन्। शनिबारको बैठकमा पनि केही ...


प्रदर्शनमा उत्रिएका ३ सय ८ वटा ट्याक्सी प्रहरी नियन्त्रणमा

काठमाडौं - लकडाउनका कारण आफूहरुको बिजोग भएको भन्दै प्रदर्शनमा उत्रिएका ट्याक्सी ठाउँठाउँमा नियन्त्रणमा परेका छन् । लकडाउन खुल्ने आशामा रहेका ट्याक्सी ब्यबसायिहरु सरकारले हिजो मात्रै साउन ७ गतेसम्म लक्डाउनलाई यथावत राख्ने निर्णय गरेपछि आन्दोलित भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

हालसम्म ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको ट्राफिक महाशाखाले जानकारी दिएको छ । साँझ ती ट्याक्सीहरुलाई छाडिने ट्राफिक महाशाखाले जानकारी दिएको छ ।

ट्याक्सी व्यवसायी दिपक केसीले भने प्रदर्शनमा निस्किएका ट्याक्सीलाई नियन्त्रणमा लिएर ...


सलह प्रतिकिलो रु १०० मा किन्ने कृषिविज्ञ मदन राईको घोषणा

खोटांग - कृषिविज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह खरिद गर्ने घोषणा गरेका छन् । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो रु १०० मा खरिद गर्ने बताएका हुन् ।

“कसैले समाएर ल्याइदिए किलोको रु १०० ले, एक हजार किलोसम्मको रु एक लाख भुक्तानी गरिनेछ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सुभद्रा मदन फाउण्डेशन सञ्चालन गरिरहेका कृषिविज्ञ राईले सामाजिक सञ्जालमा लेखेका छन्, “माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई विभिन्न परिकार बनाएर खुवाउनेछौँ ।”

कृषिविज्ञ राईले आइतबार लेख्नुभएको ...


जीप दुर्घटनामा आमा र छोराको मृत्यु, बाबु, छोरी र चालक घाइते

हेटौँडा - मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको छ । जीपमा सवार तीन जना घाइते भएका छन् ।

सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतम र छोरा अनुजको मृत्यु भएको हो । स्कर्पियो जीपमा काठमाडौँबाट हेटौँडातर्फ आउने क्रममा भारतीय ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

धितालकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ...


सुस्मिता क्षेत्री हत्याकाण्ड : मृतक छोराको बिमा बुहारीले बुझेपछि हत्या
बुहारीमाथि बलात्कार प्रायस गरेको हल्ला हुने डर

काठमाडौं - मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित सुस्मिता क्षेत्री थापाको हत्याको कारण आर्थिक पक्ष रहेको प्रहरी अनुसन्धानले देखाएको छ। सुस्मिताका श्रीमान् रुपेन्द्र थापाको गत वर्षको असोज २३ गते मोटरसाइकल दुर्घटनामा नवलपरासीको दाउन्नेमा मुत्यु भएको थियो। सो बापतको क्षतिपूर्ति र बिमासहितका रकम श्रीमती सुस्मिताले लिएपछि उनको हत्या भएको पाइएको मकवानपुर प्रहरीले जानकारी गराएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशील सिंह राठौरले हत्याको कारण मध्येको एक पक्ष चाँहि रूपन्द्रको मुत्युपछि आउने क्षतिपूर्ति र बिमासहितको रकमसमेत रहेको जनाए।

क्षतिपूर्तिबापतको ५ लाख रुपैयाँ सुस्मिताले लिएकी थिइन्। तर रुपेन्द्रका बुबाआमासहित आफन्तले ...


लकडाउन साउन ७ गते सम्म बढाउने सरकारको निर्णय

काठमाडौं - हालकै अवस्थाको लकडाउन साउन ७ सम्मका लागि बढाउने निर्णय सरकारले गरेको छ। कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउन चरणबद्ध रूपमा खुकुलो बनाउँदै आएको सरकारले पहिलो चरणकै अवस्थालाई थप गरी साउन ७ सम्म बढाउने निर्णय गरेको हो। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणको लकडाउन खुकुल्याउने कार्यविधि साउन ७ सम्म लागू गराउने निर्णय गरेको हो।

पहिलो चरणमा खुलाईएको आंशिक लकडाउन तीन सातासम्म लागू हुने निर्णय सरकारले गरेको थियो। असार १ बाट लागू भएको पहिलो चरणको लकडाउन खुकुलो बनाउने कार्यविधिको अवधि असार २१ ...


सोमबार थपिए ४ सय ७६ जना कोरोना भाइरसका संक्रमित

काठमाडौँ - सोमबार ४ सय ७६ जना नयाँ कोरोनाभाइरसका संक्रमित भेटिएका छन्। विगत २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा सात हजार सात सय ९१ को पिसिआर विधिबाट गरिएको परीक्षणबाट चार सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

‘तीन सय ६४ पुरूष र एक सय १२ जना महिला गरी चार सय ७६ जनामा कोरोना देखिएको छ,’ उनले भने।

आइतबार कोरोना संक्रमित १२ हजार सात सय ७२ जनामा कोरोना देखिएको थियो। यो संख्या बढेर सोमबार १३ हजार दुई सय ४८ पुगेको ...


स्टार अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि, २९ पुगे मृतक

काठमाडौं - ललितपुरको स्टार अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। रौतहटका २९ वर्षीय पुरुषकाे शनिबार राति उपचारका क्रममा मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।

उनमा श्वासप्रश्वाससम्बन्धी समस्या थियो। उनको मृत्यु शनिबार राति भए पनि पिसीआर परीक्षणको रिपोर्ट सोमबार बिहान आएको कार्यालयका प्रमुख खगेश्वर गेलालले बताए।

उनको मृत्यु भए पनि शनिबार राति नै स्वाब संकलन गरिएको थियो। उनको हाल शव व्यवस्थापन गर्ने कार्य भइरहेको प्रमुख गेलालले जानकारी दिए। उनको कन्ट्याक ट्रेसिङ गरिने गेलालले बताएका छन्।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

...

मालपोतका प्रमुख र लेखापालको संयुक्त खातामा २ करोड ६७ लाख सरकारी पैसा

काठमाडाैं - मालपोत कार्यालय बाराका लेखापाल युगल किशोर ठाकुरले मालपोत कार्यालयबाट असुल हुने राजस्व गैरकानुनी रुपमा आफ्नो खातामा जम्मा गर्ने गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा अवैधानिक आर्जन गरेको पैसा बैक खातामा जम्मा गरेको पाइएको छ।

अख्तियारको अनुसन्धानमा मालपोत कार्यालयका लेखापाल ठाकुरले मालपोत कार्यालयमा उठेकाे राजस्व रकम संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको खुलेको हो। ठाकुरसँग तत्कालीन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ताको मिलेमतो रहेको पाइएको छ। राजस्वको रकम ठाकुर र गुप्ता दुवैको संयुक्त खातामा मालपोतको राजस्व जम्मा गरी भ्रष्टाचार गर्ने गरेको पाइएको ...


कर्णाली प्रदेशको जुम्ला बाहेकका जिल्लामा आज सार्वजनिक बिदा

सुर्खेत - कर्णाली प्रदेश सरकारले आज (असार १५ गते) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । जुम्लामा चैत महिनाको १२ गते धान दिवसका रूपमा बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिएका छन् ।

चैत १२ गते बीउ राख्ने दिनले सांस्कृतिक तथा ऐतिहासिक महत्व झल्काउने र त्यसले त्यहाँको संस्कार एवं मानव जीवनको पहिचान दिने कुरालाई मध्यनजर राखेर प्रदेश सरकारले जुम्लामा चैत १२ गते धान दिवसको ...


भारतबाहेकका मुलुकबाट फर्किए ११ हजार बढी नेपाली, कुन देशबाट कति ?

काठमाडौं - भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका ११ हजार ३ सय ७१ नेपालीलाई स्वदेश फर्काइएको छ। जेठ २२ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न मुलुकबाट कोरोनाका कारण समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको हो।

कुन देशबाट कति ?
विदेशमा अलपत्र परेका नेपालीको उद्दार तीव्र गतिमा भइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ। त्यसका लागि गैरआवासीय नेपाली संघका विभिन्न मुलुकस्थित राष्ट्रिय समन्वय परिषद्हरुले सहकार्य एवं समन्वय गरिरहेको उल्लेख गरिएको छ। जेठ २३ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न २० वटाभन्दा बढी ...


कैलालीबाट विप्लब समूहका ६ जना पक्राउ

धनगढी - कैलालीबाट विप्लब समूहका ६ जना पक्राउ परेका छन्। धनगढी उप-महानगरपालीका वडा नम्बर ९ बस्ने जिल्लाका जनसरकार प्रमुख ४८ का दल बहादुर बिकसहित ६ जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

विभिन्न मितिमा आपराधिक क्रियाकलापमा संलग्न रही फरार भएका बिकलाई प्रहरीले वडा नम्बर १२ जुगेडामा फेला पारेको थियो। उनीमाथि राजद्रोह, कर्तव्य ज्यान, हातहतियार खरखजाना, विस्फोटक पदार्थ तथा संगठित अपराधको आरोप रहेको प्रहरीको दावी छ।

‘कसैको श्रद्धाञ्जलीको कार्यक्रममा जाँदै थिए भन्ने खबर आएको थियो। त्यसैक्रममा हामी पक्राउ गर्न गयौं,’ प्रवक्ता तथा प्रहरी निरीक्षक हिक्मत ...


सलहको प्रति किलो २५ रुपैयाँ दिने सुदूरपश्चिम सरकारको घोषणा

धनगढी - सुदूरपश्चिमको सरकारले एक किलो सलह किरा ल्याउनेलाई २५ रुपैयाँ दिने निर्णय गरेको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले आइतबार उक्त निर्णय गरेको हो।

मन्त्रालयले नेपालमा भित्रिएको सलह किराको प्रभाव कम गर्न यस्तो निर्णय गरेको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका बरिष्ठ बागवनी विकास अधिकृत खगेन्द्रप्रसाद शर्माले बताए। शर्माले किरा संकलन गरि वडा कार्यालयमा ल्याउनेलाई तत्काल नगद दिइने बताए।

लकडाउनमा घरमा बसेकालाई सलह किरा टिप्ने जाँगर चलोस्, हौसला बढोस् भन्ने उद्देश्यले प्रदेश नम्बर ५ भन्दा सुदूरपश्चिमले प्रतिकेजी ५ रुपैयाँ बढाएर २५ बनाएको शर्माले बताए। ‘यतिबेला विद्यार्थी ...


मलाई हटाउन भारत लागि परिरहेको छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई हटाउन नेपालदेखि भारतसम्मका शक्ति लागिपरेको बताएका छन्। मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि फिर्ता नल्याएसम्म नछोड्ने बताएका प्रधानमन्त्री ओलीले नक्सा जारी गरेपछि आफूलाई हटाउने खेल भइरहेको बताए।

'मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन तर यही बेलामा हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन। किनभने भोलिपल्ट बर्खास्त हुन्छ', उनले भने, 'त्यसैले मैले आजका लागि होइन, भोलिका लागि र आफ्ना लागि होइन देशका लागि काम गरेको हो।'

उनले हप्ता / पन्ध्र ...


आइतवार थपिए ४ सय ६३ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ। गत २४ घण्टामा ४ सय ६३ जना भेटिएसँगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको हो।

आइतबार १ सय ५ जना महिला र ५ सय ५८ जना पुरुषसहित ४ सय ६३ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका ६, इलामका १, मोरङका १७ र झापाका २ जना कोरोना संक्रमित भेटिएका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका एक जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १० र ...


स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

स्याङ्जा - गएराति जिल्लाको गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो ।

गम्भीर घाइते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

श्रीमान्, श्रीमती र छोरा गरी तीन जना बस्दै आएको उक्त परिवारमा पुरिएर गम्भीर घाइते भएका यमबहादुरको बाटोमा मृत्यु भएको हो भने उनकी श्रीमतीलाई पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको वडाध्यक्ष खनालले बताए । छोराको अवस्था सामान्य ...


सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ६ जनाको मृत्यु

धनगढी - कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको शनिबार मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए।

कोभिड-१९ को संक्रमणका कारण यसअघि बाजुराका दुई र कैलालीका तीन जनाको मृत्यु भएको थियो । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ११६, वीर अस्पतालमा गरिएको परीक्षणमा छ जना, शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ६२ जना र सेती ...


सलह जम्मा गरेर ल्याए प्रतिकिलो २० रूपैयाँ दिने प्रदेश ५ सरकारको घोषणा

बुटवल- बुटवल क्षेत्रमा सलह देखिएपछि शनिबार नै प्रदेश ५ सरकार विपद् समितिको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बसेको बैठकले यसबाट किसानको बालीनाली नोक्सान हुनबाट बचाउन विभिन्न उपाय अपनाउने निर्णय गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सलहको नियन्त्रणका लागि सरकारले विभिन्न उपाय अवलम्बन गर्ने र क्षति न्यूनीकरणका प्रयास गर्ने जानकारी दिए। उनले अहिले धान रोप्नका लागि बीउ तयार भएका अवस्थामा सलहले नोक्सान गर्ने सम्भावना रहेकाले बीउ जोगाउने उपाय अवलम्बन गर्न आग्रह समेत गरेका छन्।

सलह जम्मा गरेर माछा, कुखुरा र बङ्गुरको दानाका लागि प्रयोग ...


बैतडीको क्वारेन्टिनमा खाना बनाउने व्यक्तिको मृत्यु

धनगढी - बैतडीको क्वारेन्टिनमा बसेकाहरुलाई खाना बनाएर खुवाउने एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका-४ स्थित जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा रहेकाहरुलाई खाना पकाउने स्थानीय ५० वषर्ीय पुरुषको मृत्यु भएको हो ।

शुक्रबार राति घरमै बिरामी भएका उनको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । ‘हाम्रो टोली घटनास्थलमा पुगेको छ’ उनले भने, ‘घटनाबारे हामी अनुसन्धानमा छौँ ।’

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘रिर्पाेट आएपछि शवको ...


नेपालमा पनि प्रवेश गर्यो सलह किरा, बारा, पर्सा, सर्लाही र बुटवलमा भेटियो झुण्ड

काठमाडौं - अफ्रिका हुँदै भारतमा आएको सलह किरा नेपालमा पनि प्रवेश गरेको छ। भारतसँग सीमाना जोडिएका मध्य तराइका बारा, पर्सा र सर्लाहीलगायत जिल्लाबाट सलह प्रवेश गरेको कृषि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।

नेपालमा कति संख्यामा आएको हो र यसले कति क्षति गर्छ भन्नेबारेमा अध्ययन भइरहेको अधिकारीहरुले जनाएका छन्। कृषि मन्त्रालयअन्तर्गतकै कृषि ज्ञान केन्द्रका जितेन्द्र यादवले पनि आफ्नो फेसबुक पेजमा नेपालमा सलह प्रवेश गरेको भन्दै केही तस्बिर पोष्ट गरेका छन्।

सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा पनि सलहको विशाल झुन्ड फेला परेको छ । त्यहाँ हजारौंको संख्यामा ठूलो ...


शनिवार रसुवामा ९ सहित ५५४ कोरोना संक्रमित भेटिए, ७७ वटै जिल्ला पुग्यो संक्रमण

काठमाडौं - नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिएका छन्। पछिल्लो पटक रसुवमा एकैपटक ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका ७७ वटै जिल्लामा यसको संक्रमण भेटिएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा विगत २४ घण्टायता मात्र थप ५५४ जनामा यसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज संक्रमित पाइएकामध्ये १२० जना महिला हुन् भने बाँकी ४३४ ...


स्याङजाका १२ महिने शिशुसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं - नेपालमा थप ३२ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङ, स्याङजा र नवलपरासी पूर्वमा थप संक्रमण पुष्टि भएको हो।

बाग्लुङका ८ जना, स्याङजाका २२ र नवलपरासी पूर्वका २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले विज्ञप्तिमार्फत् जनाएका छन्। संक्रमितमा ६ महिला र ३२ पुरुष छन्। स्याङजाको अर्जुनचौपारी गाउँपालिकामा १२ महिनाको शिशुमा पनि संक्रमण देखिएको छ।

नवलपरासीपूर्वका हुप्सेकोट गाउँपालिका र स्याङजाको वालिङ नगरपालिकाका संक्रमित आइसोलेसनमा बसिसकेको र अन्य निकायका व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ। ...


भारतसंग तिन पटक वार्ताको लागि प्रयास गर्यौं तर जवाफ फर्काएन : परराष्ट्र मन्त्री

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकको दोस्रो दिनमा सीमा विवादमा बहस चलिरहेको छ। सरकारको कामको छलफल गर्ने एजेन्डा दोस्रो नम्बरमा भए पनि सरकारले त्यसको रिपोर्ट तयार गरिनसकेका कारण सीमाको विषयमा बैठक प्रवेश भएको स्थायी कमिटी सदस्य समेत रहेका पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए।

भारतसँगको सीमा विवादमा नेपाल सरकारले चालेको कदमको स्थायी कमिटी सदस्यहरुले प्रशंसा गरेका छन्। लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्ने काममा जुटाएको राष्ट्रिय सहमतिका लागि सरकारलाई धन्यवाद दिएका छन्। भूमि फिर्ताका लागि वार्ता गर्न सरकारको पहलका बारेमा ...


कोरोना परीक्षण गर्न १० वटा प्रयोगशाला थप्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं - पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको छ।

पिसिआर परीक्षणको क्षमता बढाउने भन्दै मन्त्रालयले थप वटा प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको हो। मुलुकभर हाल २३ वटा प्रयोगशाला सञ्चालनमा छ । यो सँगै प्रयोगशालाको संख्या ३३ पुग्ने मन्त्रालयले जनाएको छ।

मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैंलेख अस्पताल, राष्ट्रिय आयुवर्दे अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला थप गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

...

दाङमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि, २७ पुगे मृतक

दाङ - दाङमा तीनदिन पहिले उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ। घोराही उपमहानगरपालिका-१५ गुम्राह चोक प्रतीक्षालयमा बेवारिसे अवस्थामा तीन दिन पहिले भेटिएकी महिलालाई प्रहरीले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिरहेको थियो। उपचारकै क्रममा ति महिलाको मृत्यु भएको हो।

उनको स्वाब संकलन गरेर कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ। बेन्चमा सुतेको र सास फेर्न गाह्रो अवस्थामा देखेपछि प्रहरीले उद्धार गरेर अस्पताल लगेको थियो। ती महिलाको अहिलेसम्म सनाखत हुन सकेको छैन। वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिनेश ...


 शुक्रवार नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - शुक्रवार नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यीमध्ये १०७ महिला हुन् भने बाँकी ४८६ जना पुरुष हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ जना पुगेको छ।

हालसम्म २ हजार ६ सय ९८ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता डा गौतमका अनुसार मंगलबारसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक ...


रुकुम घटना : वडाध्यक्षसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं- ६ जनाको ज्यान गर्ने गरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका संलग्न भएको आरोप लागेका वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २३ जनालाई अभियुक्तलाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुकुमकोटले आदेश गरेको छ।

जिल्ला अदालत रुकुमकोटले युवक नवराज विकसँग प्रेम सम्बन्ध भएकी युवतीकी आमालाई भने १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। बुधबार थुनछेक बहस सकी अदालतले यस्तो आदेश जारी गरेको हो। प्रतिवादी बनाइएका दुई जना भने नाबालक भएकाले सुधारगृह चलान भइसकेका छन् भने अन्य ५ जना अझसम्म फरार छन्। अभियुक्त भनिएका ३ जना भने ...


बिहिवार नेपालमा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - विगत २४ घण्टायता नेपालमा थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका २२ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यीमध्ये ४८ जना महिला हुन् भने बाँकी ३८४ पुरुष हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ जना पुगेको छ।

हालसम्म २ हजार ६ सय ५० जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता डा गौतमका अनुसार बुधसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको ...


पाल्पामा एकैदिन ९३ जना कोरोना संक्रमित थपिए

काठमाडौं - नेपालमा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित पुष्टि हुने सबै पाल्पाका रहेका छन्।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार २ सय ९७ वटा नमुनाको पिसीआर परीक्षण गरिएकोमा पाल्पाका ९३ जनाको संक्रमण पुष्टि भएको हो।

योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ३९ पुगेको छ ।

भरतपुर अस्पतालले बिहीबार बिहान जारी गरेको सूचनामा असार १० गते भएको आरटी पीसीआर परीक्षणमा पाल्पाका विभिन्न ठाउँबाट २३४ वटा नमुना परीक्षणका लागि आएकामा ९३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको उल्लेख छ ।

बाँकी २ सय ४ वटा नमुनाको ...


पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु, २५ पुग्यो संख्या

काठमाडौं - कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज विज्ञप्ति जारी गर्दै जनाएअनुसार पोखरास्थित पश्चिमान्चल क्षेत्रीय अस्पतालको आइसीयुमा भर्ना भएका स्याङजाका ५५ वर्षीय पुरुषको गएराति ११.३५ बजे निधन भएको हो।

ती पुरुष गत असार ८ गते अस्पताल भर्ना भएका थिए। उनलाई कोभिड १९, सिभियर निमोनिया तथा डाइबेटिज मेलिटस २ भएको र भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति निधन भएको अस्पतालले जनाएको हो। कोभिड १९ बाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमान्चल क्षेत्रीय अस्पतालमा भएको यो दोस्रो मृत्यु हो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ...


सरकारले गर्ने हरेक निर्णयमा भ्रष्टाचार देख्ने प्रवृत्ति मौलायो : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गर्ने हरेक निर्णयमा भ्रष्टाचार देख्ने प्रवृत्ति मौलाउँदै गएको बताएका छन्। बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले विषयवस्तुको तथ्यमा नगएर हरेक निर्णयमा भ्रष्टाचार देख्न थालिएको भन्दै गुनासो गरेका हुन्।

कोरोना नियन्त्रणका लागि ल्याउने हरेक मेडिकल सामग्रीमा भ्रष्टाचार देख्न थालिएको भन्दै प्रधानमन्त्रीले आक्रोस पोखे। ‘विश्वभर कोरोना महामारी छ। महँगोमा मेडिकल सामग्री विदेशबाट खरिद गर्नुपर्ने अवस्था छ। मेडिकल सामग्री ल्याएन भने सरकारले किट नै ल्याएन, पिपिई नै ल्याएन भन्दै आलोचना गरिन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी ...


सुनको मूल्य तोलाको ९१ हजार १ सय रुपैयाँ

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो। यसअघि गत सोमबार सुनको भाउ सबैभन्दा उच्च प्रतितोला ९१ हजार पुगेको थियो ।

दुई साता यता लगातार बढिरहेको सुनको भाउ मंगलबार पहिलो पटक घटेको थियो । असार ९ गते मंगलबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घटेको थियो तर बुधबार सुनको भाउ पुन उकालो ...


बुधवार थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, १० हजार ७ सय २८ पुगे संक्रमित

काठमाडौं - बुधवार नेपालमा थप ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यीमध्ये ११० महिला हुन् भने बाँकी ५१९ पुरुष हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ जना पुगेको छ।

हालसम्म २ हजार ३ सय ३८ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता डा गौतमका अनुसार मंगलबारसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। ...


बुधवार गण्डकी प्रदेशका ८ जिल्लामा थपिए ३२ जना संक्रमित

काठमाडौं - नेपालमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ८ जिल्लामा थप संक्रमण देखिएको हो।

निर्देशनालयका अनुसार लमजुङमा ५ जना, पर्वतमा १, स्याङजामा ७, कास्कीमा ५, गोरखामा १, बाग्लुङमा ९, तनहुँमा १, नवलपरासी पूर्वमा ३ जनामा संक्रमण देखिएको हो।

सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जनाएका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ। नेपालमा कूल संक्रमितको संख्या १० हजार १ सय ३१ पुगेको छ।

नेपालमा कोरोना संक्रमणबाट २४ ...


आइसोलेनमा रहेका संक्रमितलाई पुन: परीक्षण गरेर मात्र घर पठाउनु : सर्वोच्च

काठमाडाैं - सर्वोच्च अदालतले कोभिड परीक्षणसम्वन्धी निर्देशिका (नेशनल टेस्टिङ गाइडलाइन्स फर कोभिड-१९) कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलाशले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै निर्माण गरेको कोभिड परिक्षण निर्देशिकाको दफा ६ कार्यान्वयन नगर्न भनेको हो।

सर्वोच्चले दफा संविधानसम्मत नहुने भन्दै जेठ २० गते मन्त्रालयको निर्णयद्वारा जारी गरिएको निर्देशिका कार्यान्वयन नगर्न भनेको हो।

सर्वोच्चले आइसोलेसनमा रहेका नागरिकहरुको पिसीआर परीक्षण गरि रोगमुक्त भएपछि मात्र घर पठाउन भनेको छ।

‘आइसोलेसनमा रहेका बिरामीको संख्या तथा सरकारको परीक्षण क्षमता हेर्दा पुन: परीक्षण गर्न नसकिने भन्ने देखिँदैन,’ ...


एसइई कार्यविधि बन्यो, यसरी दिइनेछ विद्यार्थीलाई नम्बर !

काठमाडाैं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० काे नतिजा प्रकाशन गर्न ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ।

कोरोना महामारीका कारण लकडाउन जारी भएपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले कार्यविधि जारी गरेको हो।

विद्यार्थीको अन्तिम मूल्यांकनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख छ । यसरी मूल्यांकन गर्दा २०७६ को कूल पूर्णाङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र ...


उपत्यकामा भित्रिनेलाई १४ दिन 'होम क्वारेन्टिन'मा राख्न गृहको परिपत्र

काठमाडौं - अब उपत्यका बाहिरबाट काठमाडौं भित्रिनेहरुलाई १४ दिन 'होम क्वारेन्टिन' बसे पुग्ने भएको छ। गृह मन्त्रालयले बाहिर जिल्लाबाट उपत्यका भित्रिनेलाई १४ दिन 'होम क्वारेन्टिन' राख्न आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ ।

पछिल्लो समय घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् ।

पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र ...


पिसिआर परीक्षण नगरी अदालत ल्याइएका अभियुक्त फिर्ता

काठमाडौं - कोरोना परीक्षणको पिसिआर रिपोर्टबिनै अदालतमा उपस्थित गराइएको भन्दै मुद्दाको सुनुवाई नै नगरी जिल्ला अदालत काठमाडौंले अभियुक्तहरु फिर्ता गराउन थालेको छ।

सोमबार अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले अदालतमा उपस्थित गराइने प्रतिवादीलगायत अन्यको कोरोना भाइरस परीक्षण गरेको पिसिआरको मिसिल समेत समावेश गर्नुपर्ने आदेश जारी गरेका थिए। तर मंगलबार अदालतमा उपस्थित गराइएका अभियुक्तको पिसिआर रिपोर्ट नभएको भन्दै अदालतले फिर्ता पठाएको हो।

मंगलबार मानव बेचबिखन तथा ओसार पसार कसुरका अभियुक्त मिना वलीलाई कोरोना जाँच गरेको पिसिआर नेगेटिभ रिपोर्टबिनै उपस्थित गराइएको भन्दै न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले फिर्ता गरेको हो।

प्रतिवादीहरुलाई हिरासत ...


लकडाउन अवधिभर २ लाख ६९ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं - लकडाउन अवधिमा भारत र अन्य तेस्रो मुलुकबाट २ लाख ६९ हजार ३ सय ७४ नेपाली स्वदेश फर्किएका छन्। लकडाउन सुरु भएदेखि असार ७ गतेसम्म भारतबाट २ लाख ६२ हजार ९ सय ६ नेपाली फर्किएको कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले जनाएको छ।

भारतबाट फर्किने सबैभन्दा बढी प्रदेश नम्बर ७ मा
भारतबाट फर्कने अधिकांश प्रदेश नम्बर ७ का छन्। प्रदेश ७ का १ लाख १९ हजार ९ सय नेपालीहरु भारतबाट फर्किएका छन्। त्यस्तै प्रदेश ५ का ९२ हजार ५८४, प्रदेश २ का ३० हजार ७ ...


दैलेखका थप एक कोरोना संक्रमितको मृत्यु, २४ जना पुगे मृतक

काठमाडौं - दैलेखमा कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार राती साढे ९ बजे दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

असार ३ गते सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। योसहित कर्णाली प्रदेशमा मात्र ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालमा भने पछिल्लो घटनासहित २४ कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ९ हजार ६ सय १० जनासंक्रमित पाइएका छन् भने २ हजार १ सय ४२ जना भने निको भएर घर फर्किएका छन्। ...


मंगलबार थपिए ५ सय ३८ कोरोना संक्रमित, संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९० पुगेको छ। मंगलबार ५ सय ३८ संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको संख्या १० हजार नाघेको हो।

२४ घण्टायतामा भेटिएका ५ सय ३८ मध्ये ९० महिला र ४ सय ४८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ स्थानमा गरिएको प्रयोगशालामा गत २४ घण्टामा ५ सय ३८ संक्रमित भेटिएका हुन्।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १, सुनसरीका ३ र सप्तरीका २ जना संक्रमित भेटिएको छ।

कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका १, तेह्रथुमका २ र झापा ९ ...


तातोपानीमा पहिरोले बाटो अवरुद्ध भएपछि कन्टेनरहरु अलपत्र

मेलम्ची - ढुंगासहितको पहिरोले बाटो अवरुद्ध भएपछि तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेका छन्। तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन्। लिपी भिरमा पहिरो गएपछि धेरै कन्टेनर नाकामै रोकिएका छन्।

चीनबाट फर्किएका कन्टेनरहरुमा कोरोनाबाट बच्ने स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ। तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन्। यसअघि पनि सोही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो। बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

भोटेकोसी आयोजना र मध्यभोटेकोसी आयोजनासँग ...


लकडाउन अवधिको शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं- निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्न/नगराउन निर्देशन दिएको छ।

निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी काय गरी माथिल्लो कक्षामा विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन सार्वजनिक आग्रह गरेका थिए। शिक्षा मन्त्रालयले कोरोना महामारी र बन्दाबन्दीको विद्यमान विषम स्थितिमा निजी लगानीका विद्यालयले भोग्नुपरेका समस्याका बारेमा विधिसम्मत निरुपणका लागि सम्बन्धित पक्षसँग परामर्श जारी रहेकाले हाल कुनै शुल्क लिन नमिल्ने स्पष्ट गरेको हो।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा ...


ओम्नीसँगको स्वास्थ्य सामग्री खरिदमा अनियमितता पुष्टि गर्ने लेखाले देखेका १० आधारहरु

काठमाडौं - कोभिड-१९ रोकथामका लागि स्वास्थ्य सामग्री खरिद प्रकरणमा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग भएको ठहर प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गरेको छ। समितिको सोमबारको बैठकमा समिति सभापति भरतकुमार शाहले प्रारम्भिक अध्ययनमा ओम्नीसँगको खरिद प्रक्रियामा अनियमिततै अनियमिता देखिएको भन्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक (डिजी) र स्वास्थ्य मन्त्रालयका सचिवलाई प्रश्न गरेका थिए।

यस्ता छन् लेखा समितिले देखेका कमजोरी

- खरिद कार्यमा संलग्न विज्ञ स्वास्थ्य सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराउने आधार पेश गर्न नसकेको ।

- खरिद ऐनमा व्यवस्था भएको मूल्यांकन समितिको कुनै भूमिका नदेखिएको।

- विभागीय प्रमुखले आफू खरिद ...


क्वारेन्टाइन स्थापना र व्यवस्थापन गर्न १७६ स्थानीय तहलाई रकम निकासा

काठमाडौं - क्वारेन्टाइन स्थापना तथा व्यवस्थापनका लगि सरकारले १७६ स्थानीय तहलाई मात्रै खर्च निकासा गरेको छ। सरकारले ५७७ स्थानीय तहलाई उक्त शीर्षकमा खर्च छुट्याइएको छैन।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले सार्वजनिक लेखा समितिमा १७६ स्थानीय निकायलाई निकासा भएको रकम भएको जानकारी दिए।

बाँकी ५७७ स्थानीय तहमा क्वारेन्टाइन स्थापना तथा व्यवस्थापनका लागि रकम निकासा नगरिएको प्रश्नमा सचिव विडारीले भने, ‘रकम निकासा नभएका स्थानीय तहले सहयोग मागेनन्। आफ्नै क्षमताले खर्चको व्यवस्थापन गरे।’

सरकारले क्वारेन्टाइनका लागि ती स्थानीय तहका लागि १३ करोड २२ लाख ५६ हजार ८२५ निकासा गरेको छ। भारतबाट ...


अब अदालत उपस्थित हुन पिसिआर रिपोर्ट अनिवार्य

काठमाडौं - जिल्ला अदालत काठमाडौंले अदालतमा उपस्थित हुँदा कोरोनाको पिसिआर रिपोर्ट अनिवार्य रूपमा पेश गर्नुपर्ने आदेश गरेको छ।

सोमबार अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले अदालतमा उपस्थित गराइने प्रतिवादीलगायत अन्यको कोरोना भाइरस परीक्षण गरेको पिसिआरको मिसिल समेत समावेश गर्नुपर्ने आदेश जारी गरेको हो।

साथै प्रतिवादीहरुलाई हिरासत कक्षबाट अदालत ल्याउँदा लैजाँदा खटिएका सुरक्षाकर्मी अन्यन्तै निकट रहेर काम गर्नुपर्ने भएकाले उनीहरूको समेत पिसिआर जाँच अनिवार्य भएको आदेशमा उल्लेख छ।

विद्युतीय कारोबारको आरोपमा अदालत उपस्थित गराइएका एकराम राईको मुद्दाको सुनुाईको क्रममा अदालतले यस्तो आदेश जारी गरेको हो।

अदालतमा उपस्थित हुने सेवाग्राही, प्रतिवादीहरु, सुरुक्षाकर्मीहरु, ...


संक्रमितलाई ‘होम आइसोलेसन’ मा राख्ने सरकारको तयारी

काठमाडौं - कोरोना संक्रमित बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितलाई ‘होम आइसोलेसन’ मा राख्ने अवधारणा अघि सारेको छ। संक्रमितको संख्यालाई क्षमताले नधान्ने भएसँगै मन्त्रालयले ‘होम आइसोलेसन’मै संक्रमित राख्ने तयारी गरेको हो। ‘होम आइसोलेसन’मा राख्ने प्रस्तावलाई स्वीकृत गराउन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमितको संख्या बढेकाले उक्त प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको बताए।

मेडिकल खरिद प्रक्रियामा भएको भएको अनियमितताको स्पष्टीकरणका लागि सार्वजनिक लेखा समितिले बोलाएको बैठकमा सचिव अर्यालले उक्त जानकारी गराए। उनले कोरोना परीक्षणका लागि मन्त्रालयले पद्धति ...


सोमवार थपिए ५३५ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं - विगत २४ घण्टायता नेपालमा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

देशका विभिन्न स्थानका प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो। यीमध्ये ७४ जना महिला हुन् भने ४६१ जना पुरुष हुन्। कोशी अस्तपालको प्रयोगशालामा मोरङका ८ जना र सप्तरीका २ जनामा कोरोना संक्रमण पाइएको हो।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ३ जना र मोरङका ४ जनामा नै कोरोना संक्रमण पाइएको हो। यस्तै सप्तरीको राजविराजस्थित प्रयोगशालामा सप्तरीका ११ जनामा कोरोना संक्रमण पाइएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १०, ...


आइतबार भेटिए  ४२१ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

देशका विभिन्न स्थानका प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो। यीमध्ये ६४ जना महिला हुन् भने ३५७ जना पुरुष हुन्। कोशी अस्तपालको प्रयोगशालामा झापाका ६ जना र उदयपुरका ५ जनामा कोरोना संक्रमण पाइएको हो।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २ जना र सुनसरीका पनि २ जनामा नै कोरोना संक्रमण पाइएको हो। 

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८, महोत्तरीका २, सप्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ...


गण्डकी प्रदेशका पांच जिल्लामा १९ जना संक्रमित थपिए

काठमाडौं - गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप १९ जनामा कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै प्रदेशका ५ जिल्लामा थप संक्रमण देखिएको जानकारी दिएको छ ।

महाशाखाका अनुसार स्याङजामा १०, नवलपरासी पूर्व १, कास्की २, बाग्लुङ ५ र तनहुँमा १ जनामा संक्रमण देखिएको हो। सबै भारतबाट फर्किएकाहरु रहेको र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको महाशाखाले जनाएको छ। उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको महाशाखा निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन्।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५२३ पुगेको छ। नेपालभर ...


नेपाल,भारत र श्रीलं‌काबाट देखिएका सूर्यग्रहणका तस्बिरहरु

काठमाडौं‌ - आइतबार बिहान १०ः५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागेको छ। बिहान १०ः५० बजे स्पर्श भएकोमा सूर्यग्रहण मध्याह्न १२ः३८ बजे मध्य भएकाे थियाे भने अपराह्न २ः२३ बजे सकिएको छ ।

यसपटकको सूर्यग्रहण भारतको उत्तराखण्डबाट ३८ मिनेटसम्म बलयाकारको देखिएको थियो ।

आजको ग्रहण कंगाे, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत लगायतका स्थानबाट देखिएको थियो । काठमाडौँबाट मध्याह्न १२ः०४ बजे सूर्यलाई करीब ८८ प्रतिशत ढाकेको देखिएको थियो।

यस्ता छन् विभिन्न देशबाट देखिएको सूर्यग्रहणका दृष्य

काठमाडौँको स्वयम्भूबाट ...


शारीरिक एवं मानसिक रुपले स्वस्थ रहन योग गर्नुस : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले योग साधना र अभ्यासलाई जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैमा आह्वान गरेका छन्।

छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोना महामारीसँग जुधिरहेको बेला औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्त्वपूर्ण विषय भएको बताएका छन्। यस्ता विषयमा योग शास्त्रले ज्ञान दिँदै आएको प्रधानमन्त्रीको भनाई छ।

‘आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिँदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्दछौं’, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘समृद्ध नेपाल- सुखी नेपाली हाम्रो राष्ट्रिय आकांक्षा छ। शारीरिक ...


आज खण्डग्रास सूर्यग्रहण, कति बेला कहाँबाट देखिन्छ ?

काठमाडौं - आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ। मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले बताए।

शास्त्रीय मान्यताअनुसार ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने मान्यता छ ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके, नजिकका नदी, ताल, तलाउ, पोखरी र यति ...


गण्डकी प्रदेशका ४ जिल्लामा थपिए १६ जना कोरोना संक्रमित

काठमाडौं - गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आइतबार बिहान जारी सूचना अनुसार प्रदेशका ४ जिल्लामा थप संक्रमण देखिएको हो।

सूचना अनुसार बाग्लुङका ९, म्याग्दीका ४, तनहुँका १ र पर्वतका २ जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये एक जना महिला र बाँकी पुरुष हुन्।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ। नेपालभर भने संक्रमितको संख्या ८ हजार ६ सय २१ पुगेको छ।

...

शनिबार थपिए ३ सय ३१ जना नयाँ संक्रमित

काठमाडौं - शनिबार देशभर ३ सय ३१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन्।

गौतमका अनुसार काठमाडौंकी एक जना महिलामा पनि कोरोना देखिएको छ। योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको छ।

कोरोना निको भएर शनिबार एक सय ७६ जना घर फर्किएका छन्।

कोरोनाबाट अहिलेसम्म २२ जनाको मृत्यु भएको छ।

...

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने नेकपाको निर्णय

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ।

बालुवाटारमा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको सचिवालय सदस्यसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘नेपाली पुरुष नागरिकसँग विवाह गरेकी विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगीकृत नागरिकता बारे छलफल गरेर निष्कर्ष निकालिएको छ। जसअनुसार, त्यस्तो नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो देशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि ...


वैदेशिक रोजगारीमा जान खुला गर्ने सरकारको निर्णय

काठमाडौँ - सरकारले वैदेशिक रोजगारीमा विदेश जाने अनुमति दिने निर्णय गरेको छ। शुक्रबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट केन्द्र (सिसिएमसी)को बैठकले वैदेशिक रोजगारी र विदेश अध्ययन गर्न जाने विद्यार्थीले सबै प्रक्रिया पुरा गरी जान दिने निर्णय गरेको हो।

‘विदेश जान ठिक्क परेका जापान-कोरियालगायत खाडी मुलुक भएका श्रमिकलाई पठाउने हो,’ श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले भने, ‘अरु युवाहरुलाई पासपोर्ट बनाएर विदेश जान खुला गरेका होइनौँ।’

यसरी विदेश जान ठिक्क परेका श्रमिक र विद्यार्थी दुवैलाई प्रक्रिया पूरा गरी विदेश जान अनुमति दिने निर्णय केन्द्रले गरेको जानकारी मन्त्री यादवले ...


सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिने पक्षमा नेकपा अध्यक्षद्वय

काठमाडौं - नेपाली नागरिकसँग विवाह गरेर विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने विषयमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन्।

उक्त विषयमा बुझ्नका लागि शुक्रबार बेलुकी बालुवाटारमा बैठक बोलाइएको थियो। बैठकमा अध्यक्षद्वयबाहेक संसदीय दलका उपनेता राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठसहित उक्त समितिमा रहेका नेकपाका सांसदहरुलाई बोलाइएको थियो।

आफ्ना पार्टीका सांसदहरुको धारणा बुझेपछि प्रधानमन्त्री ओलीले यसप्रकारको अंगिकृत नागरिकतामा कडाइ गर्ने समय आएको बताएको सांसद विजय सुब्बाले जानकारी दिए। 'समितिमा उपस्थित हामी सबै सांसदले ७ वर्ष अवधि राख्नुपर्ने विषयमा ...


शनिवार बिहान गण्डकी प्रदेशमा थपिए ५८ जना कोरोना संक्रमित

काठमाडौं - नेपालमा शनिवार बिहान थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा प्रकाशित शनिबार बिहान ६:१५ को सूचना अनुसार ५८ जना नयाँ संक्रमित पुष्टि भएका हुन्।

सूचना अनुसार तनहुँमा २५ जना, नवलपरासी पुर्वमा १६ जना, गोरखामा ५ जनामा, म्याग्दीमा १ जना, कास्कीमा २ जना, स्याङ्जामा १ जना, बाग्लुङमा ८ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित सबै सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका बताइएको छ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ। नेपालभर भने ८ हजार ३ सय ३२ जनामा संक्रमण पुष्टि ...


सांसद विकास कोषको खर्च नभएको पैसा कोरोना नियन्त्रणमा खर्च गर्न स्विकृति

काठमाडौं - सरकारले 'सांसद विकास कोष' भनेर चिनिने स्थानीय साझेदारी पूर्वाधार विकास कार्यक्रममा खर्च हुन नसकेको रकम कोभिड १९ का लागि रकमान्तरण गर्न सक्ने गरी स्थानीय तहलाई स्वीकृति प्रदान गरेको छ।

असार २ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउंदै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले यस्तो रकम असार १५ सम्म जम्मा गरिसक्नुपर्ने बताए ।

त्यस्तै, मन्त्रिपरिषदले प्रशासनिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा राजन खनाल नियुक्त गरेको अर्थमन्त्रीसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। त्यस्तै, सिटिइभिटीको उपाध्यक्षमा झापाका खगेन्द्रप्रसाद अधिकारीलाई नियुक्त गरेको छ।

ऊर्जा क्षेत्रमा लगानी ...


शुक्रबार थपिए  ४२६ जना कोरोना संक्रमित

काठमाडौं - शुक्रबार देशभर ४२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंग नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

शुक्रबार गुल्मीमा ९४ जना, बैतडीमा ६८ जना, कैलालीमा ४९ जना, बागलुङमा ३२ जना, सिन्धुपाल्चोकमा २१ जना, कञ्चनपुरमा २० जना, तनहुँमा १९ जना, डोटीमा १५ जना, गोरखा र सर्लाहीमा ११/११ जना कोरोना संक्रमित भेटिएका छन् ।

त्यस्तै ...


बाग्लुङ, पर्वत र तनहुँमा फेरी थपिए ३२ संक्रमित

काठमाडौं- गण्डकी प्रदेशका बिभिन्ना जिल्लामा आजै फेरी थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार बिहान ११ बजे जारी सूचना अनुसार प्रदेशका तीन वटा जिल्लामा नयाँ संक्रमित भेटिएका हुन्।

सूचना अनुसार, बाग्लुङमा १०, तनहुँमा १७ र पर्वतमा ५ जनामा नयाँ संक्रमण पुष्टि भएको हो।

सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको बताइएको छ।

गण्डकी प्रदेशमा शुक्रबार बिहान मात्रै २४ जना नयाँ संक्रमित भेटिएका थिए।

आज बिहान मात्रै बाग्लुङमा १४, नवलपरासी पूर्वमा २, कास्की ६ र स्याङ्जामा २ जना कोरोना संक्रमित भेटिएका थिए ।

अध्यावधिक विवरण अनुसार गण्डकी ...


लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको निशान छाप राजपत्रमा प्रकाशित

काठमाडौं - लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सा रहेको निशान छापको सूचना राजपत्रमा प्रकाशित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधान संशोधन विधेयक प्रमाणीकरण गरेपछि यसलाई राजपत्रमा सूचना प्रकाशित गर्न पठाइएको थियो।

संघीय संसदको दुवै सदनले संविधान संशोधन विधेयकलाई सर्वसम्मतिले पारित गरेका थिए। योसँगै नेपालको नक्सामा छुटेको भूमि समेटिएको छ। अब संविधानले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई चिन्ने छ।

संसदमा संशोधन विधेयक दर्ता भएको २८औं दिनमा अभूतपूर्व राष्ट्रिय एकतासहित बिहीबार संशोधन प्रक्रियाले पूर्णता पाएको हो। विधेयक बिहीबार नै राष्ट्रियसभाले सर्वसम्मति रुपमा पारित गरेर पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले ...


रूकुम घटना : पोस्टमार्टम रिपोर्टपछि डाक्टरलाई तनाव

जाजरकोट - जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर भूपेन्द्रप्रकाश मल्ल, अमिन शाह र औसरसिंह राठौरको घर खलंगामै पर्छ। तर, तीनै जना डाक्टर चार दिनदेखि घर जान सकिरहेका छैनन्। उनीहरू जिल्लाबाहिरका डाक्टरसँगै अस्पतालभित्रै बसिरहेका छन्।

विगतमा घरबाटै काममा आउजाउ गर्ने उनीहरू यति खेर रूकुम घटनाको पोस्टमार्टम रिपोर्टका कारण सुरक्षा घेरामा बस्नुपरेको हो। रूकुम पश्चिमको सोतीमा जेठ १० गते ज्यान गुमाएका ६ जनाको पोस्टमार्टम रिपोर्टमा डाक्टरले जालझेल गरेको पीडित पक्षको आरोप छ।

शवको प्रकृति र प्रहरीको मुचुल्काभन्दा ‘नियोजित तरिका’ले फरक रिपोर्ट तयार गरेको भन्दै पीडित पक्ष डाक्टरविरुद्ध आन्दोलित छन्। ...


पर्वत अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि इमर्जेन्सीबाहेकका सेवा बन्द

कुश्मा - गण्डकी प्रदेशको पर्वत अस्पतालका पाँचजना स्वास्थ्यकर्मीमा कोरोना स्नाक्रमण देखिएको छ । संक्रमण देखिएपछि अस्पतालको इमर्जेन्सीबाहेकका अन्य सेवाहरु बन्द गरिएको छ।

अर्को सुचना नआएसम्मका लागि इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको मेसु डा. शिशिर देवकोटाले जानकारी दिएका छन् ।

असार ५ गते राष्ट्रिय प्रयोगशाला टेकु अस्पतालमा गरिएको स्वाब परीक्षणमा पाँच स्वास्थ्यकर्मीको कोरोना पुष्टि भएको बिज्ञप्तिमा जानकारी दिइएको छ।

 

...

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण

काठमाडौं - गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी सूचना अनुसार थप २४ जनामा कोरोना पुष्टि भएको हो।

नयाँ संक्रमितमा बाग्लुङका मात्रै १४ जना छन्। सो जिल्लाका गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा मात्रै ६/६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, नवलपरासी पूर्वमा २, कास्की ६ र स्याङ्जामा २ जनामा संक्रमण पुष्टि भएको छ।

नयाँ संक्रमित सबै भारतबाट फर्किएका निर्देशनालयको सूचनामा उल्लेख छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ। नेपालभर भने ७ हजार ८ सय ...


राष्ट्रपतिद्वारा संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन्।

भण्डारीले संघीय संसद्‍का दुवै सदनबाट बहुमतले पारित गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ प्रमाणीकरण गरेकी हुन् । 

अब राजपत्रमा प्रकाशित भएपछि यो विधेयकले पूर्णता पाउने छ भने नेपालको नक्सामा लिम्पयाधुरासहितको भूभाग समेत समावेश भएको निशान छापले ‍संवैधानिक वैधता प्राप्त गर्नेछ। 

...

नेपालीको प्रतिरोध क्षमता बढी भएकैले कोरोनाको असर कम भएको हो : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको प्रतिरोध क्षमता बढी भएकाले कोरोनाले मृत्यु हुनेको संख्या कम भएको बताएका छन्।

राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी भएको दोहोर्‍याएका हुन्। प्रतिरोधात्मक क्षमता कारण मृत्यु हुनाले नै संक्रमितको मृत्युको संख्या अति भएको दाबी गरे। नेपालमा प्रति दश लाखमा २ सय ४७ रहेको संक्रमित भएको तथ्य प्रधानमन्त्रीले सुनाए।

२० जनाको निधन जुनसुकै कारणले मृत्यु भएपनि कोरोनाकै कारणले मृत्य भएको मान्नुपर्ने विश्वस्वास्थ्य संगठनको मापदण्ड सुनाए। उनले भने, ‘कोरोनाका कारणले मृत्यु हुनेको संख्या मान्न परेको ...


हामी सधैं वार्तामा बस्न छौं, तर भारत किन तयार भएन ?

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले नेपाली भूमिबाट भारतीय सेना फिर्ता जानुपर्ने बताएका छन्।

राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै श्रेष्ठले सीमा समस्यालाई वार्तामार्फत् समाधान गर्नुपर्ने र कुटनीतिक समाधान नै यसको एकमात्र विकल्प रहेको बताए।

भारतले पनि विवादित भूमि हो भनेर स्वीकार गर्दै परराष्ट्र सचिवस्तरीय वार्ता गर्ने भनेको र नेपालले पटक–पटक आग्रह गर्दा पनि वार्ता नभएको उल्लेख गर्दै उनले भने, ‘हामी सधैं वार्ताका लागि तयार छौं, तर भारत किन तयार भएन?’

उनले सुगौली सन्धिपछि अर्को कुनै सम्झौता गरेर भारतलाई भूमि नदिइएको भन्दै त्यहाँका ...


रुकुम घटना दुखद, गम्भीरताका साथ छानबिन हुन्छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले रुकुम पश्चिमको चौरजहारी घटना दुःखद भएको बताएका छन्। ‘यो दुःखद घटना हो। गलत क्रियाकलाप हो, जसरी भएपनि मानिसहरू मारिए, यस्तो घटना घटाउने माथि कारबाही हुन्छ- प्रधान्मंत्रिले भने।

प्रधानमन्त्री ओलीले सरकारले पनि गम्भीरतापुर्वक लिएको र संसदले पनि गम्भीरताका साथ संसदले छानबिन बनाएको बताए। सरकारले गर्नुपर्ने काम गरिरहेको दावी प्रधानमन्त्रीले गरे। धेरै सुरक्षाकर्मी राख्नुपर्थ्यो होला तर त्यहाँमात्रै राख्ने कुरा नभएकाले असम्भव भएको प्रधानमन्त्रीले बताए। उक्त क्षेत्रमा गस्ती गर्ने कुरा भएको तर प्रहरी नभएको मौका पारेर अपराध गरेको उनले बताए।

सरकार अत्यन्तै गम्भीरतापुर्वक कडा ...


बिहिवार थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - बिहिवार पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७८४८ पुगेको छ ।

हालसम्म २२ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १९ जना पुरुष कोरोनामुक्त भएका छन् भने हालसम्म ११८६ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् ।

...

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित

निसान छापमा नेपालको नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ।

बिहीबार भएको मतदानमा सभामा तत्काल कायम रहेको ५८ जनामध्ये ५७ जनाले मतदान गरेका थिए।

बिहीबार ५७ जना सदस्य उपस्थित भएकोमा उनीहरू सबैले संशोधनका पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराए। राष्ट्रिय सभा ५९ सदस्यीय छ। तीमध्ये एक सिट अहिले रिक्त छ भने अध्यक्षले मतदान गर्दैनन्।

आजको बैठकमा विधेयक माथि छलफलपछि कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेकी थिइन्। 

राष्ट्रिय सभाले विधेयक पारित भएको सूचना अब प्रतिनिधिसभालाई दिनेछ।

प्रतिनिधि सभाले विधेयक ...


बिहिवार बिहान गण्डकी प्रदेशमा थपिए ४२ जना संक्रमित

काठमाडौं - थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा प्रकाशित बिहीबार बिहानसम्मको तथ्यांक अनुसार नवलपरासी पूर्वमा १८ जना नयाँ संक्रमण पुष्टि भएको हो।

त्यस्तै, तनहुँमा १२ जना, मनाङमा १ जना, गोरखामा ११ जनामा संक्रमण पुष्टि भएको छ।

मनाङको एक जना कपिलवस्तुबाट फर्किएका र अरु सबै भारतबाट फर्किएका सूचनामा निर्देशनालयद्वारा जारी सूचनामा उल्लेख छ।

संक्रमित सबै सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा छन्।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ। त्यस्तै, नेपालभर संक्रमितको संख्या ७ हजार २ सय १९ पुगेको छ।

...

पछिल्लो २४ घण्टामा थपिए अहिले सम्मकै धेरै संक्रमित

नेपालमा हाल सम्मकै उच्च संख्यामा कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार पछिल्लो २४ घण्टाको अवधिमा ५ सय ८६ जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमित ७ हजार १७७ पुगेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ८६ संक्रमित थपिएको जानकारी दिए।पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएका छन्।

उनका अनुसार हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन्।

...

घट्यो घरायसी ग्राहकको विद्युत् महसुल

काठमाडौं - सरकारले विद्युत महसुल घटाएको छ । न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका यानेकि घरायसी ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरुलाई विजुली भने निःशुल्क दिइने भएको छ ।

११ देखि २० युनिटसम्म खपत गर्ने ग्राहकलाई ३० रुपैयाँ नै डिमान्ड शुल्क लगाइएको छ । उनीहरुलाई विजुली भने ३ रुपैयाँ प्रति युनिट तिर्नु पर्नेछ ।

सोमबार बसेको विद्युत नियमन आयोगको सञ्चालक समितिको ५७औं बैठकले २०७७ असार महिनादेखिको विद्युत खपतमा लागू हुने गरी नयाँ विद्युत महशुल तोकेको हो। नयाँ विद्युत महशुल दर तोकिएसँगै ...


डिल्लिबजार मालपोत कार्यालयका ६ जना  घुस लिँदै गर्दा पक्राउ

काठमाडौं - डिल्लिबजार मालपोत कार्यालयका मालपोत अधिकृतसहित ६ जना कर्मचारीलाई घुस लिँदा लिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई टोखा नगरपालिका वडा नं ९ सामाखुशी चोक स्थित स्काई पार्टी प्यालेस अगाडिबाट ८ लाख ५० हजार रकमसहित पक्राउ गरेको हो।

यसरी पक्राउ पर्नेमा डिल्लिबजार मालपोत कार्यालयका अधिकृत रघुवंश कंडेल, नासु क्रमश उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाल रहेका छन्। मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत कर्मचारीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा ...


अर्घाखाँचीको क्वारेन्टिनमा बसेका एक पुरुषले गरे आत्महत्या

बुटवल - अर्घाखाँचीको शितगंगा नगरपालिकामा क्वारेन्टिनमा बसेका ४४ वर्षीय पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका देवबहादुर विकले गएराति आत्महत्या गरेका हुन् ।

उनको जेठ २४ गते गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । पीसीआर परीक्षणका लागि २५ गते उनको स्वाबको नमुना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।

उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनी भारतबाट आएको २५ दिन भएको थियो ।

समयमा पिसिआर रिपोर्ट नआउँदा यस्ता दुःखद् घटनाहरु हुन थालेका छन् ।

...

बुधवार बिहान थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - बुधवार बिहान थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा बुधबार ७:५० मा जारी सूचना अनुसार प्रदेशका दुई जिल्लाका २१ जनामा संक्रमण पुष्टि भएको हो।

नवलपरासी पूर्वका ४ वटा स्थानीय तहमा १८ जना र पर्वतको फलेबास्मा ३ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरु सबै भारतबाट फर्किएका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ।

...

चिनियाँ सेनासँगको झडपमा मारिएका दुई भारतीय सैनिकको पहिचान खुल्यो

एजेन्सी - भारत-चीन सीमा क्षेत्रमा भएको झडपमा मारिएका तीन सैनिकमध्ये २ जनाको पहिचान खुलेको छ। बिबिसी हिन्दीका अनुसार गलवान घाँटीमा भएको झडपमा मारिनेमध्ये एक भारतीय सेनाका कर्नेल सन्तोष बाबु हुन्। तेल‌ंगानाका उनी भारत-चीन सिमामा डेढ वर्षदेखि कार्यरत थिए।

उनी बिहार रेजिमेन्टका हुन्। बिबिसी हिन्दीका अनुसार उनकी आमालाई भारतीय सेनाले सोमबार दिउँसो घटनाबारे जानकारी गराएका थिए। उनकी श्रीमती भने दिल्लीमा बस्दै आएकी छिन्।

अर्का सैनिक जवानको नाम पलनी हुन् र उनी तामिलनाडु निवासी हुन्। उनी २२ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए। सोमबार बेलुका सेनाका अधिकारीले फोन गरेर आफ्नो ...


'विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरुलाई सरकारकै खर्चमा स्वदेश फर्काउनु'

काठमाडौं - विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी उद्धार गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायधीशहरु डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर समस्यामा परेका श्रमिकहरुलाई कोषको रकमबाट उद्धार गर्न सोमबार सरकारलाई आदेश दिएको हो।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करारको अवधि नपुगी फर्कनुपर्ने अवस्थामा रहेका तथा गन्तव्य मुलुक वा रोजगारदाताबाट टिकट प्राप्त गर्न नसक्ने, अवस्थाका श्रमिकहरुको स्वदेश फिर्तीका लागि कल्याणकोषको रकम खर्च गरिनुपर्ने आदेशमा भनिएको छ।

कोषमा हालसम्म ६ अर्बभन्दा बढी रकम जम्मा भइसकेको ...


मंगलबार थप ३८० जनामा  कोरोना संक्रमण पुष्टि

काठमाडौं - मंगलबार पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा कोरोनाका थप संक्रमित थपिएको जानकारी दिएका हुन् ।

देशका विभिन्न प्रयोगशालमा भएको परीक्षणमा झापा, सुनसरी, पाँचथर रौतहट, पर्सा, गोरखा, नवलपरासी, अछाम, बैतडी, डोटी, कञ्चनपुर कैलाली, वाँके, बर्दिया, सप्तरी, नवलपरासी पूर्व, अर्घाखाँची, रुपन्देही, दैलेख, सुर्खेत, धनुषा, रामेछाप, सल्यान, दाङ, काठमाडौ, महोत्तरी, मोरङ रोल्पा सर्लाहीमा थप ३८० कोरोना संक्रमित थपिएका ...


रुकुम घटना : नवराजकी प्रेमिका र अर्का नाबालकलाई बालसुधार गृहमा पठाउन अदालतको आदेश

रुकुम पश्चिम - जिल्ला अदालत रूकुम पश्चिमले चौरजहारीमा भएको हत्याकाण्डमा मुछिएका दुई नाबालकलाई बाल सुधार गृहमा पठाउने आदेश गरेको छ। न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा मुछिएका प्रेमिका र अर्का नाबालकलाई नेपालगञ्जस्थित सुधार गृहमा पठाउन आदेश भएको स्रेस्तेदार क्रित बाेहाेराले जानकारी दिए।

जेठ १० गते चौरजहारीमा प्रेमिका लिन पुगेका जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरेको भन्दै आइतबार ३४ जना विरूद्ध मुद्दा दायर भएको थियो।

दुवैको थुनछेक बयान र बहस आज भएको थियो। भोलिदेखि अरू अभियुक्तको बयान सुरू हुने जिल्ला अदालतले जनाएको छ। आइतबार नवराजकी प्रेमिकाका बावु, दाजु ...


खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्षको निधन

काठमाडौं - साेलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको मंगलबार बिहान निधन भएको छ । क्यान्सर रोगका कारण शेर्पाको मंगलबार बिहान ३९ वर्षको उमेरमा उनको निधन भएको हो ।

आन्द्राको क्यान्सरबाट पीडित उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएको थियो । तर, पछिल्लो समय अवस्था सुधाराेन्मुख नभएपछि चिकित्सककाे सल्लाहमा गाउँ नै फर्काइएको थियो ।

उपचारका लागि भर्ना भएपछि एक महिनाअघि शेर्पाले आफ्नो जिम्मेवारी गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पालाई सुम्पिएका थिए ।

...

३६ जना प्रहरी उपरीक्षकको सरुवा

काठमाडौं - प्रहरी प्रधान कार्यालयले ३६ प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ। प्रहरी महानिरीक्षकको असार १ गतेको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो।

सरुवा हुनेहरुले असार महिनाको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो।

भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधान पनि फेरिएका छन्। उनको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ।

...

गुल्मीमा थपिए ११ जना कोरोना संक्रमित

गुल्मी - गुल्मीमा ११ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकाका ८ जना र रेसुङ्गा नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो ।

मुसिकोट नगरपालिका ३०, २९, २८, २१ र २० वर्षका पुरुष तथा २६ वर्षकी महिला र ५ वर्षकी बालिकामा कोरोना पुष्टि भएको छ ।

यसैगरी मुसिकोटबाट रिफर गरेर भैरहवामा उपचारत अर्का एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै रेसुङ्गा नगरपालिकाका वडा नम्बर ३ का ४८ वर्षका पुरुष, वडा नम्बर ६ का १९ वर्षका पुरुष र वडा नम्बर १४ ...


गण्डकी प्रदेशमा थपिए १८ जना कोरोना संक्रमित

काठमाडौं - सोमवार बिहान गण्डकी प्रदेशमा थप १८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । प्रदेशको गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुषमा पनि कोरोना देखिएको छ ।

स्याङ्जाको चापाकोट ...


सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निलम्बन गर्ने पार्टीको तयारी

काठमाडौं - समाजवादी पार्टीले सरिता गिरीलाई प्रतिनिधि सभा सांसद र पार्टी दुवैबाट निलम्बन गर्ने भएको छ। नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रलाई समेटेर सरकारले संविधान संशोधनविरुद्ध गिरीले प्रस्ताव पेश गरेपछि निलम्बन गरिने भएको हो।

समाजवादी पार्टीको संसदीय दलको बैठकले निर्णय गरी गिरीलाई संविधान संशोधनविरुद्धको प्रस्ताव फिर्ता लिन दिर्नेशन दिएको थियो। तर, गिरीले संविधान संशोधनविरुद्धको प्रस्ताव फिर्ता नलिएपछि समाजवादीले कारवाही गर्न थालेको हो।

‘हाम्रो पार्टी राष्ट्रवादी र देशभक्तहरूको पार्टी हो। राष्ट्रिय अखण्डता सार्वभौम सत्ताको पक्षमा हाम्रो पार्टी उभिँदै आएको छ। हामीले दलको बैठकबाट निर्णय नै गरेर प्रस्ताव फिर्ता लिनुस् ...


सोमवार थप ४५१ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

काठमाडौं - सोमवार नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३५ जना महिला र ४ सय १६ जना पुरुष छन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा विराटनगरमा मोरङका १, जना नारायणी अस्पतालको प्रयोगशालामा पर्साका १० जना र रौतहटका १ जनामा कोरोना संक्रमण पाइएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पोखरामा गरिएको परीक्षणमा तनहुँका ५ जना, सेती अस्तपालको प्रयोगशालामा अछामका ३ जना, कैलालीका २ जना र डोटीका ४ जनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा ...


कैलालीको क्वारेन्टिनमा एक महिलामाथि सामूहिक बलात्कार

कैलाली । कैलालीको लम्कीमा क्वारेन्टिनमा बस्दै आएकी एक महिला माथि सामूहिक बलात्कार भएको छ । भारतबाट गत जेठ २० गते आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडानम्बर १ की ३१ वर्षीय महिला शनिबार राति बलात्कृत भएकी हुन् ।

स्थानीय सहिद स्मृति विद्यालयको क्वारेन्टिनमा २० गतेदेखि नै बस्नै आएकी उनलाई त्यही स्वयम्सेवकको रुपमा कार्यरत तीन युवाले मध्यरातमा सामूहिक बलात्कार गरेको पीडितले बताएकी छिन् । आफूमाथि बलात्कार भएको भन्दै उनले इलाका प्रहरी कार्यालय लम्कीमा उजुरी किटानी जाहेरीसहित उजुरी दिएकी छिन् । उनको उजुरीको आधारमा प्रहरीले ३ जनालाई ...


कुश्मा पहिरोमा पुरिएका ९ जनाको शव भेटियो, एक जना अझै बेपत्ता

काठमाडौं - पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ९ पुगेको छ । अझै एक जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीय कमला विक, प्रमिश विक र ७ वर्षीया प्रमिशा विक छन् ।

बेपत्ता थप एक जनाको खोजी कार्य भइरहेको छ । १३ वर्षीय जेनिश विक अझै बेपत्ता ...


अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने

काठमाडौं - सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई लिइएका पीसीआर टेस्टका नमुनाहरु आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबलाई पनि जाँच्न दिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।

यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ ।

सरकारले कोरोना परीक्षणका लागि देशका २० भन्दा बढी ठाउँमा प्रयोगशालाको व्यवस्था गरेको छ । तर सरकारी ...


असार १ गते देखि मोटरसाइकलमा पनि जोर-बिजोर लागु

काठमाडौं - असार १ गते अर्थात सोमबारदेखि काठमाडौँ उपत्यकाका तिन जिल्लामा चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल दुवैमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । यसअघि मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योलता रहेपछि गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको हो ।

यसैगरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सोमबारदेखि मोटरसाइकलमा जोरबिजोर प्रणाली लागू गर्न गृहमन्त्रालयबाट निर्देशन आएको बताए । यसअघि मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा एक जना मात्रै सवार हुनुपर्ने निर्णय गरेपनि जोरबिजोर लागू हुने या नहुने स्पष्ट गरेको ...


दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु

काठमाडौं- नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा शनिबार भएको सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ। गाउँपालिकाबाट सदरमुकाम परासीतर्फ आउँदै गरेको गाउँपालिकाकै लु १ झ ३७० नम्बरको स्कार्पियो पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ लक्ष्मीनगरस्थित कल्भर्टमा ठोक्किएर पुलको तल खसेको थियो।

दुर्घटनामा परी गम्भीर घाइते गाउँपालिका अध्यक्ष ५२ वर्षीय शर्माको बर्दघाटस्थित चिसापानी अस्पतालमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए।

सोही गाडीमा सवार प्रतापपुर–५ का हरिलाल राजभर घाइते छन्। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

...

आइतवार थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं - आइतवार नेपालमा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा जना ३७५ पुरुष र ५० जना महिलामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २५, सुनसरीका १ जना र झापाका १ जनामा कोरोना पोजेटिभ पाइएको छ। यस्तै, सप्तरीका १० जनाको भने कोशी अस्पताल प्रयोगशालामा कोरोना पोजेटिभ पाइएको छ।

नारायणी अस्तपालको प्रयोगशामा पर्साका १७ जना, बाराका ९ जना, सर्लाहीका १ ...


असार १ गतेदेखि सबै कक्षाको रेडियो र टेलिभिजनबाट पढाइ सुरु हुने (तालिका सहित)

काठमाडौँ - सरकारले असार १ गतेदेखि सबै कक्षाको रेडियो र टेलिभिजनबाट पढाउन सुरु गर्ने भएको छ । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवा मार्फत् सरकारले पढाउन सुरु गर्ने भएको हो ।

शिक्षा मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले कक्षा एकदेखि आठ कक्षासम्मको असार १ गते देखि सुरु हुने पढाइ तालिका सार्वजनिक गरेको छ ।

असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुनेछ । यस्तै कक्षा ९ र १० को विषयगत ...


गुल्मीमा एक जना कोरोना संक्रमितको मृत्यु, १९ पुग्यो संख्या

काठमाडौं - गुल्मीको धुर्कोट गाउँपालिका– ४ जैसिथोकका ३६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।

युवकको रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय गुल्मीका प्रमुख डा. भवानी प्रसाद शर्माले जानकारी दिए।

मृतक युवा क्यान्सर रोगबाट पीडित रहेको बताइएको छ। स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ।

शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा ...


नक्सा पास भयो अब भूभाग फर्काउन वार्ता हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँग वार्ता अघि बढाउने बताएका छन्।

अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब वार्ताको काम अघि बढ्ने बताएका हुन्।

संघीय संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै वार्ता हुने उल्लेख गरे।

‘राष्ट्रियताको पक्षमा अखण्डताको यो बहुत राम्रो कुरा हो। केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो। विपक्षमा कोही छैनन्। सिंगो देश एकजुट भएको छ,’ प्रधानमन्त्री ओलीले भने।

नेपाली ...


कुश्मामा पहिरो : ५ जनाको शव फेला, ४ अझै बेपत्ता

पर्वत- पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा परेर मृत्यु भएका पाँच जनाको शव फेला परेको छ। चार जना अझै बेपत्ता भएका छन्।

शनिबार साँझ दुई घण्टासम्म परेको भीषण वर्षासँगै पहिरो गएको थियो। घटना बेलुका ९ बजेतिरको भएको पर्वतका डिएसपी विश्वराज अधिकारीले जानकारी दिए।

मृत्यु हुनेमा ५५ वर्षीय तुलबहादुर थापा, ५१ वर्षीय मिनकुमारी थापा, ८ वर्षीया विवसा थापा, ३० वर्षीया दिपा थापा र ३५ वर्षीया कमला बिक छन् ।

घटनामा थप चार जना बेपत्ता छन् । बेपत्ता हुनेमा १४ वर्षीय सम्राट थापा, १६ वर्षीय विवेक थापा, १३ वर्षीय ...


संविधान संविधान हुने दिन यी हुन् अनुपस्थित हुने सांसद ?

काठमाडौं - २०७७ साल जेठ महिनाको ३१ गते शनिवार प्रतिनिधिसभाले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको नयाँ नक्सासहित संविधानको अनुसूची ३ संशोधन सर्वसम्मतले पारित गरेको छ ।

संघीय संसद भवनमा भएको मतदानमा कुल सांसद संख्या २७५ मध्ये २५८ जनाले मात्रै सहभागी भएका छन् । सहभागी सबैले संशोधनको पक्षमा मत दिएका छन् र, दुई तिहाईभन्दा बढीले संशोधन पास भएको छ ।

तर संसद बैठकमा केही सांसद अनुपस्थित थिए ।

संसद सचिवालयका अनुसार चार सांसद रेसम चौधरी, मोहम्मद अफ्ताव आलम, विजयकुमार गच्छदार र हरिनारायण प्रसाद रौनियार निलम्बनमा छन् । उनीहरुले ...


प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भयो नेपालको नयाँ नक्सा समेटिएको निशान छाप

काठमाडौँ - शनिबार बसेको प्रतिनिधि सभा बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ।

शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत दिएका हुन्। विपक्षमा भने कुनै पनि मत परेन। समाजवादी पार्टीकी सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी भइनन्। उनले राखेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएपछि उनी प्रतिनिधि सभाको बैठक बहिष्कार गरेर बाहिरिएकी थिइन्।

सरकारले वास्तविक भूमि अनुसारको नेपालको नक्सा निशान छापमा समेट्न संविधान संशोधन विधेयक ल्याएको थियो।

संविधानको धारा ९ को उपधारा २ अनुसारको ...


उपेन्द्र यादव भन्छन : प्रधानमन्त्री ज्यु महाकाली सन्धिमा किन राष्ट्रघात गरेको ?

काठमाडौं - समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताएका छन् । यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरूले माफी माग्नुपर्ने उनले बताए ।

लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैँमा अपमानजनक भएको बताए । तर काली (महाकाली) नदीलाई सीमा नदी मानेको र पश्चिमको भागमा नेपालले आफ्नो दाबी छोड्ने प्रष्ट देखिएको बताए ।

तर महाकाली सन्धिको प्रस्तावनामा नै ‘महाकाली नदीको अधिकांश भाग दुई मुलुकको सीमा ...


बयान फेर्दै भारतीय सेनापतिले भने : 'नेपालसँगको सम्बन्ध प्रगाढ र अटुट छ'

काठमाडौं - भारतीय सेना प्रमुख एमएस नरवणेले नेपाल र भारतका बीचमा प्रगाढ सम्बन्ध भएको बताएका छन्। केही समयअघि कसैको इशारामा नेपालले नक्सा जारी गरेको टिप्पणी गरेका नरवणेले नै प्रगाढ सम्बन्ध भएको स्मरण गरेका हुन्।

चीन र नेपालसँग चलिरहेको सीमा विवादबारे बोलेर विवादमा परेका उनले विगतको अभिव्यक्ति सच्चिने गरी पुनः बोलेका छन्। यसअघि चीनको उक्साहटमा लागेर नेपालले सीमा विवाद झिकेको आशय दिने अभिव्यक्ति दिएपछि नेपालमा मात्र नभएर भारतमै पनि नरवणेको आलोचना भएको थियो।

यसपटक उनले नेपालसँगको सम्बन्धलाई लिएर भारत संवेदनशील र नरम रहेको बताएका छन्।

शनिबार देहरादूनमा इन्डियन मिलिट्री ...


नेपालमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा कोरोना संक्रमण भएका थप २ जना व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित कोरोना ब्रिफिङका क्रममा वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उनीहरुको वीरगञ्ज प्रयोगशाला गरिएको पिसिआर परीक्षणमा शनिबार बिहान आएको रिर्पोटमा कोरोना पोजिटिभ आएको जानकारी दिए।

२ जना थप भएसँगै नेपालमा १८ जना कोरोना संक्रमितको मृत्य भएको छ।

गत बुधबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्जस्थित प्रयोगशालाबाट ...


संविधान संशोधन विधेयकमा संसदमा दफावार छलफल जारी (हेर्नुहोस लाइभ )

काठमाडौं - लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संसदमा दफावार छलफल सुरु भएको छ ।

बैठकको सुरुमै सभामुख अग्नि सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीको संशोधन आफूले अस्वीकृत गरेको जानकारी गराए । अहिले छलफल जारी छ ।

...

शनिबार थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं- शनिबार नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३६ महिला र २४७ पुरुषमा कोरोना संक्रमण देखिएको हो।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

शनिबारसम्म नेपालमा ...


सरिता गिरीलाई कारवाही गर्ने तयारी

काठमाडौं - राष्ट्रिय एकता, सार्बभौमसत्ता र मुलुकको अखंड़ता बिरुद्ध उभिए पछि सरिता गिरीलाई कारबाही गर्न समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्दै छ ।

पार्टीकी एक जना सांसद सरिता गिरी संविधान संशोधनको विपक्षमा उभिएपछि के गर्ने भनेर छलफल गर्न समाजवादी पार्टी संसदीय दलको बैठक बस्न लागेको हो ।

नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गरिँदै छ । तर, समाजवादी पार्टीकी सांसद गिरीले त्यसको विरोध गर्दै संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी छन् । समाजवादी पार्टीले आफ्नो प्रस्ताव फिर्ता लिन गिरीलाई निर्देशन दिए ...


आज संविधान संशोधन विधेयक पारित हुँदै, गिरीको प्रस्ताव सभामुखबाटै अस्वीकृत गर्नेबारे छलफल

काठमाडौं - सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव शनिबार प्रतिनिधिसभाबाट पारित हुँदैछ। प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा संविधान संशोधनको विषय मात्रै समावेश छ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलको प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यस्तै, उनैले संशोधन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

संसदमा प्रतिनिधित्व गर्ने सबै दल संविधान संशोधनको पक्षमा भएकाले विधेयक सहजै पारित हुनेछ।

जनता समाजवादीकी सांसद सरिता गिरिले संशोधन प्रस्ताव दर्ता गराएकी छिन्। गिरि आबद्ध समाजवादी ...


शुक्रबार थपिए अहिलेसम्मकै सर्वाधिक संक्रमित, नाघ्यो ५ हजार

काठमाडौं - नेपालमा शुक्रबार ४४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो दैनिक वृद्धि अहिलेसम्मकै बढी हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा ४४८ जना संक्रमित थपिएका हुन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ।

तीमध्ये ८७७ जना उपचारपछि निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ। शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा राखिएको छ।  छ।

...

संविधान संशोधन विधेयकमाथि शनिबार मतदान

काठमाडौं - संविधान संशोधन विधेयकमा शनिबार दिउँसो १ बजे मतदान हुने भएको छ। संविधान संशोधनमाथि संशोधन दर्ता गराउन दिइएको ७२ घण्टाको समय शुक्रबार राति ८ः३० बजे सकिने र सो समय गुज्रे लगत्तै विधयेकका सम्बन्धमा मतदान हुने भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले शनिबार मतदान गर्ने तयारी गर्न संसद सचिवालयलाई निर्देशन दिइसकेको बताइएको छ।

सत्तारुढ नेकपाले संविधान संशोधन संशोधनसँग सम्बन्धित सबै कारबाहीमा भाग लिन ह्वीप जारी गरेको छ। त्यस्तै विपक्षी नेपाली कांग्रेसले सांसदहरुलाई निर्देशन दिन शुक्रबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ।

प्रतिनिधिसभामा मंगलबार राति विधेयकमाथि सैद्धान्तिक ...


सर्लाहीमा भारतीय नागरिकले सशस्त्रको हतियार खोसेपछि झडप, एक जनाको मृत्यु

काठमाडौं - नेपाल भारत सीमा नाकास्थित सर्लाहीमा सशस्त्र प्रहरी बल र भारतीय नागरिकबीच झडप भएको छ। झडपको क्रममा एक भारतीयको नागरिकको ज्यान गएको छ। तीन सशस्त्र प्रहरीसहित अन्य दुई भारतीय नागरिक घाइते भएका छन्।

झडपको क्रममा मृत्यु भएको पुष्टि गर्दै सशस्त्र प्रहरी बलको प्रदेश २ को छिन्नमस्ता बाहिनीका डिआइजी राजु अर्यालले भने, ‘हाम्रा सुरक्षाकर्मीको एसएलआर हतियार खोसेर फ्याँकेपछि झडप भएको हो।’

भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न लागेपछि झडप भएको हो। सो क्रममा सुरुमा १० राउण्ड हवाइ फायर गरिएको र पछि भारतीय नागरिकले हतियार नै खोसेर भागेपछि ...


लिपुलेकको प्रमाण सङ्कलन गर्न विज्ञ समूह गठन

काठमाडौं - भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा प्रमाण संकलन गर्ने जिम्मेवारी सरकारले डा. विष्णुराज उप्रेतीलाई दिएको छ । मन्त्रिपरिषद् बैठकले उप्रेतीको नेतृत्वका नौ सदस्यीय विज्ञ समूह गठन गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

विज्ञ समूहमा सूर्यप्रसाद सुवेदी, रमेश ढुंगेल, विपिन अधिकारी, जगत भूसाल, तोयानाथ बराल, हिमालय थापा, अप्सरा चापागाईँ र रामप्रसाद सुवेदी सदस्य छन। जेठ ५ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७ जेठमा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो ।

उप्रेतीले सन् ...


लकडाउनमा विरोध प्रदर्शन गरे कारबाही गर्ने गृहको चेतावनी


काठमाडौं - सरकारले जारी गरेको लकडाउन अवधिलाई उल्लंघन गर्दै कुनै पनि स्थानमा विरोध गरे कारबाही गर्ने चेतावनी गृह मन्त्रालयले दिएको छ। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो चेतावनी दिएको हो।

'नेपाल सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने जो कोहीलाई पनि प्रमुख जिल्ला अधिकारीले कारबाही गर्न बाध्य हुनुपर्ने व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,' मन्त्रालयको विज्ञप्तिमा लेखिएको छ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६ चैत्र ९ गतेको निर्णयले मिति २०७६ चैत्र ११ गतेदेखि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको ...


बिदेशबाट नेपाल आउनेको भाडा तय, कुन देशबाट कति? (सुचिसहित)

काठमाडौं- कोराना संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण विश्वका विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिक उद्धारमा लागि राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्स समेत प्रयोग गर्ने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री योगेश कुमार भट्टराईको नेतृत्वमा बसेको बैठकले उद्धार गरेर ल्याइने नेपालीको लागि न्यूनतम भाडसमेत निर्धारण गरेको छ। मन्त्रालयले उद्धार उडानमा प्रयोग हुने एयरलाइन्सको लागत खर्च उठ्ने गरी भाडा तय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा ११ जुनदेखि जुन ...


अलपत्र नेपाली उद्धारमा ६७ वटा उडान हुने, कुन देशबाट कहिले ?

काठमाडौं - विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि ६७ वटा उडान हुने भएको छ। जसमा नेपाली एयरलाइन्सहरू नेपाल एयरलाइन्स र हिमालय एयरले ४३ उडान गर्नेछन्। त्यसमा पनि नेपाल वायुसेवा निगमले २४ र हिमालय एयरलाइन्सले १९ वटा उडानबाट उद्धार गर्नेछन्। बाँकी २४ उडान विदेशी उडान कम्पनीले गर्नेछन्।

नेपाल वायुसेवा निगमको जहाज वाइडबडीले ३२ गते बंगलादेशमा पहिलो उडान गरी नेपाली ल्याउनेछ। असार १ गते मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट एक–एक उडान चार्टर गर्ने छ।

असार २ गते युएई, कतार, कुवेत र श्रीलंकाबाट एक–एक उडान र असार ३ ...


कर्णालीमा बिहीबार ५५ जना कोरोना संक्रमित थपिए

सुर्खेत - कर्णालीमा बिहीबार थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

दैलेखको डुंगेश्वर पाउँपालिका वडा नं. १, ३, ४, ५ र ६ का ६ महिनाको शिशुसहित ३९ जना रहेका छन् । त्यसमध्ये चारजना महिला र ३५ जना पुरुष रहेका छन ...


नेपालमा बिहिवार २५० जना कोरोना भाइरस संक्रमित थपिए

काठमाडौं - बिहिवार पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यससँगै आजसम्म संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

अहिलेसम्म १५ जनाको मृत्यु भएको छ भने ८६१ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटमा ५७, दैलेखमा ४८, रुपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४ र बाँकेमा १३ जना संक्रमित थपिएका छन् ।

यस्तै सप्तरीका ९, दाङका ८, बारा, धादिङ , सुर्खेत र कैलालीका ७/७ जना, नवलपरासीका ६, प्युठान, सर्लाही, महोत्तरीका ४/४ जना, झापा ...


लकडाउन मोडालिटी परिमार्जन बारेको विस्तृत निर्णय आज आउने

काठमाडौँ- लकडाउनको मोडालिटी परिमार्जन गर्न बसेको मन्त्रिपरिषद बैठक बिना निष्कर्ष टुंगिएको छ। बेलुका ६ बजेदेखि सुरु भएको मन्त्रिपरिषद् बैठक राती १० बजेसम्म लकडाउनबारे छलफल भएपनि कुनै निर्णय हुन नसकेको एक मन्त्रीले बताए। लकडाउन मोडालिटीका विषयमा कुनै निर्णय हुन नसकेपछि भोलि बिहान ९ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको ती मन्त्रीले बताए।

लकडाउनको पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ पटकमा कुन क्षेत्रलाई खुला गरेर जाने भन्ने विषयमा छलफल भएपनि कुनै निर्णय हुन नसकेको ती मन्त्रीले बताए। ‘कोरानो संक्रमितको संख्या र मृत्यु हुनेको संख्या एकपछि अर्को गर्दै वृद्धि भइरहेको ...


यस वर्ष एसइई परीक्षा नगर्ने सरकारको निर्णय

काठमाडौं- लकडाउनका कारण गत वर्ष रोकिएको कक्षा १० को अन्तमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) यसवर्ष नगर्ने निर्णय सरकारले गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा कोरोना महामारीका कारण रोकिएको एसइई परीक्षा तत्काल गर्न सक्ने अवस्था नभएको र शैक्षिक वर्ष क्षति हुन नदिनका लागि सम्बन्धित विद्यालयले गरेको मूल्यांकनलाई नै मान्यता दिने गरी निर्णय गरिएको शिक्षा मन्त्री गिरी राज मणी पोखरेलले जानकारी दिए।

'हालको परिस्थिति विचार गर्दा तत्काल एसइई परीक्षा संचालन गर्न सक्ने उपयुक्त अवस्था अझसम्म ...


असार ७ गतेभित्र कर तिर्न आउनू भन्ने सरकारको सूचना सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले असार ७ गते भित्र कर तिर्नुपर्ने सूचना खारेज गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ।

उक्त सूचना खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो। तर कर तिर्ने म्यादबारे लिखित आदेश नआएसम्म थाहा नहुने सर्वोच्च स्राेतले जनाएकाे छ।

न्यायाधीश अनिल सिन्हा र मनोज शर्माको इजलासले रिटमा माग भएबमोजिम अन्तरिम आदेश जारी गरिदिएको हो। अधिवक्ता सिर्जना अधिकारीसहितले दायर गरेको रिटमा पहिलो सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माले दुवैपक्षको बहस सुनेर मात्र अन्तरिम आदेशबारे निर्णय गर्न आदेश दिएका थिए।

दुवै पक्षको बहसपछि असार ७ गतेसम्म कर ...


संविधान संशोधन खारेजीको माग गर्दै सरिता गिरीको संशोधन दर्ता

काठमाडौं - जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गराएकी छन् ।

गिरीले बुधबार संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको छ । दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ ।

विधेयकमाथि मंगलबार प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो । जुन छलफलमा जसपाकै नेताहरू लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले पनि सरकारले पेस गरेको संविधान संशोधन विधेयकको पक्षमा बोलेका थिए।

सांसद ...


बुधबार थप २७९ जनामा कोरोना संक्रमण

काठमाडौं - बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ९० रहेको छ ।

...

३९ यात्रु बोकेर क्वारेन्टिनतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खस्यो

काठमाडौं - सीमा क्षेत्रबाट उद्धार गरि ल्याइएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको टिपर कालिकोटमा दुर्घटना भएको छ । कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको ना ८ ख ५१३३ नम्बरको टिपरले उनीहरुलाई रास्कोट नगरपालिकाको क्वारेन्टाइन तर्फ लैजाँदै थियो ।

हालसम्म दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रदेश प्रहरी प्रमुख बसन्त पन्तले जानकारी दिएका छन् । टिपरमा ३९ जना सवार रहेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो । उनले भने, ‘घटनामा २ जनाको ...


कैलालीमा तिन जना किशोरी बलात्कार गरेको आरोपमा ४ युवक पक्राउ

कैलाली - कैलालीमा ३ जना किशोरी बलात्कार गरेको आरोपमा चार जना युवक पक्राउ परेका छन् । टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्ला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

मंगलबार बिहान टीकापुर नगरपालिका वडा नम्वर १ स्थित रानी कुलो किनारमा तीन जना किशोरीहरुमाथि जबरजस्ती करणी गरी फरार भएका उनीहरुलाई इलाका प्रहरी कार्यालय टिकापुरले पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । विष्टले ...


धनुषामा २५ वर्षीय युवकको गोली हानी हत्या

धनुषा - जिल्लाको सबैलामा गएराति गोली प्रहारबाट एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो।

मण्डल शव आज बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। प्रनाउ कार्कीका अनुसार मण्डलको छातीमा एक गोली प्रहार भएको देखिएको छ।

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर एकान्तमा लगी गोली हानेको देखिएको बताए।

हत्या कसले र किन गरेको हो खुल्न सकेको ...


सर्वोच्चको नयाँ नजिर : 'अपुताली खान नातेदार नै हुनुपर्दैन'

काठमाडौँ - सर्वोच्च अदातलतले अपुतालीको सम्पत्ति खान परिवार वा नातावाला नै हुनु नपर्ने नजिर प्रतिपादन गरेको छ। नवलपरासीका नारायाण थारु ,इन्द्रकुमारी देवी र हरेन्द्रकुमार चौधरीको अंश मुद्दामा सर्वोच्च अदालतका तीन न्यायाधीशको इजलाशले यस्तो व्याख्या गरेको हो।

न्यायाधीशहरु सपनाप्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयाँलको इजलाशले २०७६ पुस ३ गते गरेको अंश विवाद सम्वन्धी मुद्दामा फैसला गर्दै यस्तो नजिर कायम गरेका हुन्।

अपुताली हक कायम हुनुपर्ने दाबी गर्दै नारायाणप्रसाद थारुले इन्द्रकुमारी देवी र हरेन्द्रकुमार चौधरी विरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सर्वोच्चको यो फैसलापछि अब अपुताली उसको पालन ...


प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिने

काठमाडौं - प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दैछन् ।

सांसदहरुले उठाएका बिभिन्न विषयलाई समेटेर प्रधानमन्त्रीज्यूले जवाफ दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।’

संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।

साथै संसदमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरुमा २६ जना सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावसमेत निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
त्यसपछि विनियोजन विधेयक ...


आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक, लकडाउनबारे छलफल हुँदै

काठमाडौं - आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन घोषणा गरिएको छ । लामो समयदेखिको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा ...


भरतपुर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको अन्त्येष्टि

चितवन - चितवनको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमितको मंगलबार नारायणी नदी किनारमा अन्त्येष्टि गरिएको छ । भरतपुर महानगरपालिका– ११ का उनको देवघाट जाने सडकको बाँयातर्फ नारायणी नदी किनारको खयरघारीमा अन्त्येष्टि गरिएको हो ।

उनको परिवारको सल्लाह अनुसार शवलाई खाल्डो खनेर गाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘पहिला जलाउने भन्ने कुरा थियो, सोही अनुसार तयार पनि ग¥यौं, पछि परिवारका सदस्यको सल्लाहमा खाल्डोमा गाड्ने कुरा भयो’ चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले भने, ‘एक्साभेटर लगेर खाडल खनेर गाडेका छौं ।’

भरतपुर अस्पतालको आईसीयूबाट नेपाली सेनाको ...


अब लक्षण नभएका मानिसको कोरोना परीक्षण नहुने

काठमाडौँ - अब लक्षणविहीन मानिसको नमूना आए टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण नगर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड–१९ परीक्षण सम्बन्धी नयाँ निर्देशिका अनुसार अब संक्रमितसँगको सम्पर्कमा आएका र लक्षण भएकाहरूको स्वाब आएमात्र परीक्षण गरिने प्रयोगशालाकी निर्देशक डा. रूना झाले जानकारी दिइन्।

उनले धेरै मात्रामा अनावश्यक नमूना आएको र प्रयोगशालाले धान्न नसक्ने भन्दै सबैलाई निर्देशिका अनुसार नमूना पठाउन आव्हान गरेको बताइन्। ‘मन्त्रालयले एउटा निर्देशिका बनाउने र स्थानीय तहले त्यसलाई नमान्ने हो भने हामीले परीक्षण धान्न सक्दैनौं,’ उनले भनिन्।

निर्देशक झाले जिल्लाहरूबाट सिडिओ र एसपीले जसको भन्यो ...


मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।

म‌ंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको स‌ंख्या ७२ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण अहिलेसम्म १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म १ लाख ६ हजार ३३१ जनाको पिसिआर परीक्षण गरिएको छ।

९६ जना आज डिस्चार्ज भएका छन्। योसहित डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ।

...

रुपन्देहीमा मृत्यु हुनेमा श्रीमान्-श्रीमती र अन्य तीन किशोर

काठमाडौं- रुपन्देहीमा सामूहिक हत्या गरिएका पाँच जनाकै परिचय खुलेको छ। मारिनेमा रूपन्देही मुगिया बालापुरका ४० वर्षीय माधव मुसहर र उनकी ३७ वर्षीया श्रीमती जानकी मुसहर छिन्। त्यस्तै, रुपन्देहीको तिलोत्तमा-१० का १६ वर्षीय करण चौधरी, १५ वर्षीय आशिष चौधरी र ठेगाना नखुलेका एक १४ वर्षीय पोखराज मुसहर रहेको प्रदेश ५ का डिआइजी रवीन्द्र धानुकले जानकारी दिए।

मारिनेहरु तिलोत्तमा नगरपालिका- १० कान्छिबजारका कृष्ण पुनले सञ्चालन गरेको गंगादेवी पशुफार्ममा कार्यरत थिए।

हत्यामा संलग्न भएको अरोपमा सुर्खेत घर भई सोही फार्ममा कार्यरत ३१ वर्षीय झकेन्द्र सिंजाली पक्राउ परेका ...


भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

चितवन - भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन ।

नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत ...


रुपन्देही पाँच जनाको सामुहिक हत्या आरोपमा एक युवक पक्राउ

काठमाडौं - रुपन्देहीको एक गंगादेवी पशुर्फाममा कार्यरत पाँच जनाको सामूहिक हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेत घर भई सोही फार्मममा कार्यरत ३१ वर्षीय झकेन्द्र सिंजाली रहेको प्रदेश ५ का डिआइजी रवीन्द्र धानुकले जानकारी दिए।

ती युवकलाई उक्त फार्म भन्दा केही पर नसामा लट्ठिएर बसेको अवस्थामा फेला पारिएको धानुकले नेपाल लाइभलाई जानकारी दिए। हत्या गरिएका पाँच जनामध्ये सोही फार्ममा काम गर्ने ४ पुरुष र एक महिला छन्। घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेका छन्। ...


सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ - नेपालमा सोमबार ३१४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ। तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन्।

सोमबारसम्म १ लाख ९ सय ७१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्।

...

पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पर्सामा ८ जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको गण्डक कोभिड अस्पतालका को–ओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।

संक्रमण पुष्टि भएका सबै जना जगरनाथपुर गाउँपालिका ६ का बासिन्दा हुन् । संक्रमित हुनेमा २५ वर्षकी एक महिलासहित २०, २५, २७, ३०, ५५ वर्षका पुरुष तथा ३५ वर्षका दुई जना पुरुष रहेका छन् ।

भारतबाट आई सन्ठी क्वारेन्टिनमा बस्दै आएका ३३ जनासहित उनीहरुको सम्पर्कमा रहेका एक जना गरी कुल ३४ जनाको गत शुक्रबार स्वाब ...


कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं- थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षका एक पुरुषको मृत्यु भएको हो।

‘गण्डकी प्रदेश, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा हिजो कोरोना संक्रमणको कारण आइसोलेसनमा भर्ना गरिएका स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्युको पुष्टि भएको व्यहोरा अनुरोध छ’, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा विनोद बिन्दु शर्माद्वार जारी सूचनामा भनिएको छ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १४ पुगेको छ।

...

नगरपालिकाले रिपोर्ट नआउँदै घर पठायो, कोरोना देखिएपछि प्रहरीले समात्यो

बर्दिबास - कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टिनबाट छाडिएका महोत्तरी मटिहानी नगरपालिकाका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा भएको परीक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएपछि उनीहरुलाई घरबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा वडा नं ७ मा अवस्थित यालना विद्यापिठको क्वारेन्टिनमा बस्दै आएका मटिहानी नपा–७ बस्ने २१ वर्षीय पुरुष, ८ बस्ने १८ वर्षीय पुरुष, लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बस्दै आएका वडा नं ९ बस्ने २८ वर्षीय दुईजना र प्रावि धिरापुरको क्वारेन्टिनमा बस्दै आएका वडा नं २ बस्ने ११ वर्षीय एकजना रहेका छन्।

उनीहरुलाई तीन दिनअघि पिसिआर रिपोर्ट नआउँदै ...


आइतवार कर्णाली प्रदेशमा मात्रै थपिए ५४ कोरोना संक्रमित

काठमाडौं - कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार सल्यानमा २८, सुर्खेतमा २०, दैलेखमा ३ र कालीकोटमा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६४१ पुगेको छ ।

...

स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डाक्टर जागेश्वर गौतमलाई दिइएको छ। उनलाई हालै मात्र परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय तानिएको थियो।

हाल प्रवक्ता रहेका डाक्टर विकास देवकोटालाई गुणस्तर मापन महाशाखा पठाइएको मन्त्रालयका प्रशासन विभागका प्रमुख रघुराम बिष्टले जानकारी दिए।

कोरोनाभारइसको संक्रमण सुरू भएदेखि देवकोटा प्रवक्ता थिए। उनले नै मन्त्रालयको नियमित अपडेट गराउँदै आएका थिए। पछिल्लो समय मन्त्रालयले व्यापक रूपमा कर्मचारी सरूवा र हेरफेर गरेको छ। केही समयअघि मात्र मन्त्रालयमा नयाँ सचिवको रूपमा लक्ष्मण अर्याललाई ल्याइएको थियो।

यस्तै स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र विभागकै ...


आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो संगै नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए ।

नयाँ संक्रमितमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् । नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्। आइतबारसम्म ९६ हजार २ सय ५ जनाको ...


डोटीमा क्वारेन्टिनमा बस्दै आएका एक युवकको मृत्यु

डोटी - डोटीको क्वारेन्टिनमा बस्दै आएका १९ वर्षीय युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका-३ को सिताराम आधारभूत विद्यालयमा बस्दै आएका युवकको आइतबार बिहान करिब ३ बजे मृत्यु भएको हो ।

भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए ।

उनी मुटुको रोगी भएको बुझिएको छ । उक्त क्वारेन्टिनमा तीन महिला १० जना छन् ।

मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, ‘उक्त क्वारेन्टिनमा रहेका १० जनाकै स्वाब ...


पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - शनिवार पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय नाघेको छ ।

उनीहरू मध्ये दुई सय ८६ जना पुरूष र ३७ जना महिला रहेका छन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। अब देशभर संक्रमितको संख्या तीन हजार दुई सय ३५ पुगेको छ।

शनिबार कोरोना निको भएर ३२ जना घर फर्केका छन्।

...

आइतबारदेखि देशभरका मालपोत कार्यालय खुल्ने

काठमाडौं - आइतबारदेखि देशभरका मालपोत कार्यालय खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर स्वास्थ्य सुरक्षा सतर्कता अपनाई भोलि आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न भनेको छ ।

विभागको सूचनामा सरोकारवाला र सेवाग्राहिबाट न्युनतम तथा आवश्यक सेवा सुचारु गर्न माग भएको हुँदा खोल्ने निर्णय गरिएको बताइएको छ ।

...

बागलुङ नगरपालिका : खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट - बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसार क्वारेन्टिनमा बस्न पाउने भएका छन् ।

विदेशबाट आउनेले सुविधा सम्पन्न क्वारेन्टिनमा बस्न चाहेमा रकम तिरेर होटल क्वारेन्टिनमा बस्न सक्नेछन् भने अन्यलाई सरकारी क्वारेन्टिनमा निःशुल्क राखिनेछ ।

बागलुङ जिल्लाका १० स्थानीय तहले १०० भन्दा बढी स्थानमा क्वारेन्टिन व्यवस्थापन गरी एक हजार ४०० भन्दा बढी भारतबाट आएकालाई क्वारेन्टिनमा राख्दै आएको छ । भारतबाट आउनेलाई मात्रै क्वारेन्टिनमा राख्न मुस्किल भएको स्थानीय तहलाई तेस्रो मुलुकबाट आउने भएपछि झनै ...


बाजुराको क्वारेन्टिनमा ६५ वर्षीय पुरुषको मृत्यु, कोरोना परिक्षण हुँदै

कैलाली - बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा रहेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । १५ जेठमा भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको हो ।

वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतका अनुसार उनी दमको बिरामी रहेको बुझिएको छ । हिँजो साँझ दम बढेको बताएपछि औषधिसमेत खुवाएका थियौँ,’ वडाध्यक्ष रावतले भने, ‘उहाँलाई अरु केही समस्या थिएन ।’

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

...

चीनको इशारामा मलाई भारतपरस्त भन्ने आरोप लागेको त होइन ?

काठमाडौं - समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरिले जेठ १९ गते संसदमा आफू विरुद्ध बोलेको शब्द संसदको रेकर्ड हटाउनुका साथै कारबाही गर्न माग गरेकी छिन्। उनले आफू बिरुद्ध संसद्मै ‘हेट स्पिच’ दिइएको भन्दै नेकपा सांसद गंगा चौधरी सदगैयालाई कारबाहीको माग गरेकी हुन्।

सांसद गिरीले भारतसँग छलफल गरेरमात्र अघि बढ्न दिएको सुझावको जफावमा चौधरीले सदनभित्र पनि भारतीय चेलीको दादागिरी चल्न थालेको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘नेपालमाथि भारतको दादागिरी, नमिचिएको भूमि ठाउँ छैन, नहेपिएको गाउँ छैन । भन्दाभन्दै यो सदनभित्र पनि भारतीय चेलीको दादागिरी चल्न थाल्यो । ...


गण्डकी प्रदेशका ४ जिल्लामा थप १७ जनामा कोरोना संक्रमण

पोखरा - गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३/३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुष कोरोना संक्रमित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० ...


डा. ललितकुमारले तयार पारेको कोरोनाको औषधिको 'औपचारिक परीक्षण' प्रारम्भ हुने

काठमाडौं - कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको भनेर चर्चामा आएका प्रारम्भिक त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका सहप्रा डा ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन्।

उनले बागमती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा शुक्रबारदेखि औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गरेका हुन्। औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले शुक्रबार प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग समेत छलफल गरेका थिए। छलफलपछि उक्त औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय भएको मन्त्री दुलालले जानकारी दिए।

‘अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत औषधिको परीक्षणलगायतको काम ...


सबैलाई सैनिक तालिमको माग गर्दै संविधान संशोधन विधेयक दर्ता

काठमाडौं - गैरसरकारी विधेयकको रुपमा थप एउटा संविधान संशोधन विधेयक संघीय संसद् सचिवालयमा दर्ता भएको छ। सांसद प्रेम सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराएका हुन्। सुवालले शुक्रबार अपराह्न २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले जानकारी दिइन्।

सांसद सुवालले नेपालका नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने, राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्ने लगायत विषयमा आफ्नो संशोधन राखेका छन्। यसअघि सरकारले नक्सा अनुसार संविधानको अनूसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधानको दोश्रो संशोधन विधेयक दर्ता गराएको थियो।

सो विधेयक ...


लकडाउन मोडालिटीको कार्ययोजना बनाउन समितिलाई मन्त्रिपरिषदको निर्देशन

काठमाडौँ - प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको लकडाउनको मोडालिटीबारे छलफल भएको छ। बैठकले लकडाउन मोडालिटीबारे २/४ दिनभित्र कार्ययोजना बनाएर ल्याउन कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए।

समितिले ल्याएको कार्ययोजनापछि मन्त्रिपरिषदको फेरि बस्ने बैठकले लकडाउनको मोडालिटी तय गर्ने ती मन्त्रीले जानकारी दिए। लामो समयसम्म लकडाउन रहिरहँदा अवज्ञा र विरोध हुन थालेको छ।

यसअघि उच्चस्तरीय समन्वय समितिले स्वास्थ्य विज्ञहरुसँग जनजीवन सहज बनाउनेगरी लकडाउन खोल्ने सम्वन्धमा छलफल गरेको थियो। विज्ञहरुले आवश्यक मापदण्ड तथा सतर्कता अपनाउँदै जोखिम कम भएका क्षेत्रमा लकडाउन खोल्न सकिने ...


आरडिटीमा नेगेटिभ देखिएपछि घर फ़र्काइएका युवाको कोरोनाले मृत्यु, ११ पुग्यो संख्या

सुर्खेत - बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको छ। १४ दिन क्वारेन्टिनमा बसेका उनको र्‍यापिड डाईग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा कोरोना भाइरस नेगेटिभ देखिएपछि घर पठाइएको थियो।

पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका ती युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए। उनको घर फर्किएकै राति मृत्यु भएको हो।

भारतबाट आएका २० वर्षीय ती युवक त्यसअघि विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए।

बिहिबार उनको स्वाब संकलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी ...


पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि !

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २६ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् ।

उनीहरु मध्ये १०८ जना नारायण नगरपालिका र ७ जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन् ।

यस्तै रौतहटमा ६५ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमित मध्ये इशनाथ नगरपालिकाका ४६, गुजराका ८, गढीमाईका ७ जना छन् भने चन्ऽपुर माधवनरायण र फतुवा विजयपुर नगरपालिका र दुर्गा ...


उपत्यकामा पसल खुलाउने विषयमा प्रशासन सकारात्मक

काठमाडौं - लकडाउन जारी नै रहेको समयमा व्यापारीहरुले एकातर्फी रुपमा पसल सञ्चालन गर्न थालेपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीले व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरेका छन्।

जेठ ३२ सम्मका लागि सरकारले लकडाउन गरिरहेकै समयमा धमाधम बजार पसल खुल्न थालेपनि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले बिहीबार व्यापारीहरुसँग संयुक्त छलफल गरेका हुन्।

जिल्ला समन्वय समिति काठमाडौंमा बिहीबार भएको संयुक्त छलफलले सामाजिक दुरी सहितको स्वास्थ्य सर्तकता कायम गरी बजार पसल सञ्चालन गर्ने अवस्था श्रृजना गराउने ढंगले लकडाउनलाई समन्वय गर्ने सम्बन्धमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो।

जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख ...


दैलेखमा एकै दिन ११३ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत - दैलेखमा एकै दिन ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार एकैदिन दैलेखका १ सय १३ र मुगुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका ५ महिलासहित ७२ जना रहेका छन् । यस्तै देवलकाँडाका १२, सोताका ९, मानटाकुराका ७, भगनीका ५, नौमुलेका ५, साडुका २ र बासकोटमा १ जना रहेको प्रतिष्ठानले जनाएको छ ।

मुगुका संक्रमित खत्याडका पुरुष रहेका छन् ।

...

रुकुम काण्ड : वडाध्यक्षसहित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत रुकुमले चौरजहारी हत्याकाण्डमा अनुसन्धानका लागि पक्राउ परेका चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति प्रदान गरेको छ।

हत्याकाण्डमा थप अनुसन्धानमा लागि २५ दिने समयमा माग गर्दै सरकारी वकिल कार्यालय रुकुमले जिल्ला अदालत पेश गरेको थियो। अदालतले उनीहरुलाई जाजरकोटका ६ युवाको हत्या गरेको अभियोगमा थप अनुसन्धान गर्नका लागि थुनामा राख्न अनुमति दिएको हो। पश्चिम रुकुम चौरजहारी हत्याकाण्डमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

रुकुम पश्चिम चौरजहारीमा सल्यानबाट प्रेमिकालाई भगाउन आएका युवाहरुलाई चैत १० गते घेरा ...


कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं - कञ्चनपुरमा सीमा नाकामा खटिएका एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले सिमा नाकामा भारतबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्थे ।

संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताए ।

उनले तीनै तहका सरकारबीच कामको तालमेल नमिल्दा र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत काम गर्नुपर्दा स्वास्थ्यकर्मीहरु जोखिममा परेको बताए । पीपीई लगायतका सुरक्षा सामग्री अभावमा काम गर्नुपरेको पनि उनले बताए । पर्याप्त र गुणस्तरयुक्त स्वास्थ्य सामग्री अभावले आफूलाई कोरोना संक्रमण भएको ...


काठमाडौंमा बिहान ११ बजेसम्म सबै प्रकारका पसल खोल्ने व्यवसायीको निर्णय

काठमाडौं - काठमाडौंका व्यवसायीहरुले बिहीबार देखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खुला गर्ने निर्णय गरेका छन् । यधपी उनीहरुको यो सरकारसंग सल्लाह नगरी गरिएको एकतर्फी निर्णय हो।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल/व्यवसाय खुला गर्ने निर्णय गरेको हो ।

महासंघका महासचिव अञ्जन शाक्यले बिहीबारदेखि बिहान ११ बजेसम्म पसलहरु खुला गर्ने निर्णय भएको जानकारी दिए । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने अपनाइने उनले बताए ।

लामो समयदेखि व्यवसाय ...


कर तिर्ने समय असार १५ सम्म थपियो, विवरण ७ गतेसम्म बुझाइसक्नुपर्ने

काठमाडौं - चौतर्फी आलोचना र बिरोध भएपछी सरकारले करको विवरण तथा कर बुझाउने समय थप गरेको छ। विभागले करको विवरण बुझाउने म्याद असार ७ गतेसम्म र रकम दाखिला गर्ने समय असार १५ सम्म पुर्‍याएको हो।

सरकारले मंगलबारमात्रै जेठ २५ गतेभित्र कर बुझाउन भन्दै सूचना प्रकाशन गरेको थियो। आन्तरिक राजस्व विभागको सूचना प्रकाशन लगत्तै व्यवसायीले विरोध गरेको थिए।

...

कोरोना संक्रमणले नेपालमा नवौं व्यक्तिको मृत्यु, परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोलखा भीमेश्वर नगरपालिका–२ का ७६ वर्षीय पुरुष हुन् । उनी भारतीय पूर्व सैनिक हुन् र मधुमेहका विरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई जेठ १२ गते दोलखा अस्पताल लगिएको थियो ।

चिकित्सकहरुले ब्रेन ह्यामरेजको आशंका गरे, तर सीटी स्क्यानलगायतका सुविधा नभएकाले काठमाडौं रिफर गरियो ।

१३ गते काठमाडौं मेडिकल कलेज भर्ना भएका उनको अपरेसन गरिएको थियो । १५ गते उनको थ्रोट स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा रिजल्ट ...


पछिल्लो २४ घण्टामा २०१ जना कोरोना संक्रमित थपिए, कहाँ कति ?

काठमाडौं - बुधवार पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये नौ जनाको मृत्यु भएको छ ।

प्रदेश १ को ताप्लेजुङमा ३ पाँचथरमा १ र तेह्रथुममा १र धनकुटामा १ जना संक्रमित थपिएका छन्। यसै गरि झापामा २, मोरंगमा २ र सुनसरीमा ८ जना संक्रमित थपिएका छन्।

ताप्लेजुङको शान्ति गाउँपालिकाकको क्वारेन्टिनमा रहेका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरू १८ देखि ४० वर्षीय पुरुष हुन् । यस्तै, ...


गण्डकी प्रदेशमा १६ जना संक्रमित थपिए, २३ सय १६ पुग्यो संख्या

काठमाडौं - थप १६ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा बिहीबार बिहान थप १६ जनामा संक्रमण पुष्टि भएको हो।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको हो। बागलुङ, स्याङ्जा, म्याग्दी र पर्वत जिल्लाका छन्।

१६ जनामध्ये बागलुङमा १०, स्याङ्जामा १, म्याग्दीमा १ र पर्वतमा ४ जना छन्।

गण्डकी प्रदेशमा मात्रै संक्रमितको संख्या ५४ पुगेको छ। नेपालभर भने कुल संक्रमितको संख्या २३ सय १६ पुगेको छ।

...

पछिल्लो २४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमित थपिए, दुई हजार ९९ पुग्यो संख्या

काठमाडौं - पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

देवकोटाले मंगलबार रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १‍७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं ...


लोक सेवाको परीक्षामा सहभागी हुने उम्मेद्वारले कोरोना परीक्षणको रिपोर्ट बुझाउनुपर्ने

काठमाडौँ - लोक सेवा आयोगले लिने सहसचिवको परीक्षामा सहभागी हुने उम्मेद्वारलाई अनिवार्य रूपमा कोरोना परीक्षणको रिपोर्ट बुझाउनु पर्ने भएको छ ।

आयोगले काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका बेला काठमाडौं बाहिर गएर फर्केका उम्मेद्वारले कोरोनाको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने सूचना मंगलबार निकालेको हो ।

आयोगले सोमबार सहसचिव वा सो सरह (प्राविधिक/अप्राविधिक) का लागि परीक्षा/अन्तर्वार्तालाई नयाँ कार्यतालिका जारी गरेको थियो। आयोगले असार २ गते सहसचिवका लागि अन्तर्वार्ता लिँदैछ।

‘काठमाडौं उपत्यकाबाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउनमा उपत्यका बाहिर गई आएका उम्मेद्वारहरूले अन्तर्वार्ता अगावै आफ्नो पिसिआर परीक्षण गराई सो ...


जेठ २५ सम्म कर तिरिसक्न भन्दै सरकारले निकाल्यो सुचना, नतिरेमा ब्याज र जरिवाना

काठमाडौं - सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गरेको छ । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले आज एक सुचना जारि गर्दै म्यादभित्र कर तिर्न ताकेता गरेको हो । जस अनुसार जेठ २५ गते भित्र नतिरे व्यवसायीलाई ब्याज र जरिवाना दुवै लाग्नेछ ।

लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो । १४ वैशाखको मन्त्रिपरिषद बैठकले वैशाख २५सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो ...


लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरकै आइसोलेसनमा राख्ने सरकारको तयारी

काठमाडौँ - सरकारले अब लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै आइसोलेसनमा पठाउने तयारी गरेको छ। संक्रमित संख्या २ हजार नाघ्न लागेसँगै सरकारले यस्तो तयारी गरेको हो।

स्वास्थ्य मन्त्रालयले एक महिनाअघि नै संक्रमित संख्यालाई मध्यनजर गर्दै संक्रमितको उपचार कसरी गर्ने भनेर कार्यदिशा तय गरेको थियो। सो कार्यदिशामा संक्रमित संख्यालाई चार वटा समूहमा वर्गीकरण गरी कसरी उपचार गर्ने भन्ने उल्लेख छ। जसअनुसार सुरूका २ हजार संक्रमित सबैलाई अस्पतालमै भर्ना गरेर उपचार गर्ने भन्ने उल्लेख छ।

यस्तै, संक्रमित संख्या दुई हजार नाघेपछि लक्षण नदेखिएका संक्रमितलाई घरमै आइसोलेसनमा राखिने भनिएको छ।

मन्त्रालयका सहप्रवक्ता ...


सोमबार एकैदिन २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो


काठमाडौं - पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाका अनुसार २ सय १३ जना पुरुष र १३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ११ महिने शिशु समेत छन् ।

दैलेखमा ४१ जना संक्रमित थपिएका छन् ।

उनीहरुमध्ये नारायण नागरपालिकाका २५ जना छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १७ देखि ३५ वर्षका ९ जना र सुर्खेतमा गरिएको परीक्षणमा १० देखि ३६ वर्षका १६ जनाको रिपोर्ट ...


स्थानीय सरकारलाई सघाउँदै लमही नेकपा

दिवाकर पोख्रेल
देउखुरी, जेठ १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमही नगरकमिटिले स्थानीय सरकारलाई सघाउने गरी काम गर्ने भएको छ । अहिलेको कोरोनाको विपत्तीसंग सामाना गर्दै यूवाहरुलाई स्थानीय सरकारसंग समन्वय गर्ने र सहयोग गर्ने भएको छ । (नेकपा) ले क्वारेन्टाइन व्यवस्थापन गर्न स्वयमसेवक खटाएको छ ।. कोरोना भाइरस संक्रमण फैलन नदिनको लागी स्थापना गरिएका क्वारेन्टाइनको व्यवस्थापन गर्न हरेक क्वारेन्टाइनमा पाँच जनाका दरले स्वयमसेवक खटाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर सचिव बसन्त शर्मा(बिक्रान्त)ले जानकारी दिनुभयो ।
तीनैतहका सरकारलाई सघाउन आवश्यक छ । विपत्तीको समययमा ...


बाँके दुर्घटनाका घाइतेको नाम सार्वजनिक (नामावली सहित), सबैको स्वाब संकलन

काठमाडौं - बाँकेको ठुरिया जंगलमा गएराति भएको गाडी दुर्घटनामा घाइते भएका २१ जनाको नामावली सार्वजनिक गरेको छ । घाइते भएकाहरु दाङ, सल्यान र रोल्पाका छन् ।

दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृतकहरुमध्ये गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको र अन्यको सनाखत गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

हेर्नुहोस् प्रहरीले सार्वजनिक गरेको घाइतेहरुको नामावली

दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन ...


बाँके दुर्घटनाका थप १ जनाको मृत्यु, २ जनाको सनाखत

काठमाडौं - भारतबाट फर्केका नेपालिहरुलाई लिएर नेपालगञ्जबाट सल्यान तर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको यात्रु वाहक बस (फोर्स गाडी) दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

आइतबार राती करीब ११ वजे बाँकेको शमशेरगंज र अगैयाको बिच जंगलमा सडक किनारामा रोकी राखेको ना ४ ख ९०६४ नम्बरको ट्रकसंग ठोकिएर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा ११ जनाको घटनास्थलमै र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

दुर्घटनामा चालकसहित ३३ जना सवार थिए । मृत्यु हुनेमा ...


दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा, घटना अझै रहस्यमय !

काठमाडौं - आज जेठ १९ अर्थात दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति नारायणहिटी दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारको हत्या भएको थियो ।

राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन् ।

घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो ...


संविधान संशोधनको सुचना राजपत्रमा प्रकाशित

काठमाडौं - सरकारले संविधान संशोधन प्रस्ताव सर्वसाधारण जनताका लागि जानकारी दिन राजपत्रमा सूचना प्रकाशित गरेको छ। आइतबार नै प्रतिनिधि सभामा पेश भएको संविधान संशोधन प्रस्ताव सर्वसाधरण जनताका लागि राजपत्रमा प्रकाशित गरेको हो।

संविधानको अनुसूची ३ को निशान छाप संशोधनका लागि सरकारले गत शुक्रबार संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको थियो। सरकारले संघीय संसदको प्रतिनिधि सभामा पेश गरेको संशोधन प्रस्ताव फास्ट ट्रायकबाट पारित गर्ने बताएको छ। संसद नियमावलीअनुसार संविधान सर्वसाधारण जनतालाई जानकारी गराउनुपर्ने भएकाले राजपत्रमा सूचना प्रकाशित गरिएको हो।

सरकारले पत्र पत्रिकामा प्रकाशनका लागि पनि आइतबार नै पठाएको ...


नेपालगञ्जको नाकाबाट नेपाली लिएर सल्यान तर्फ जाँदै गरेको बस दुर्घटना, ११ जनाको मृत्यु

दिवाकर पोख्रेल, देउखुरी - कोरोना महामारीका कारण भारतबाट फर्केका नेपालिहरुलाई लिएर नेपालगञ्जबाट सल्यान तर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको यात्रु वाहक बस (फोर्स गाडी) दुर्घटनाग्रस्त भएको छ । दुर्घटना परि ११ जनाको मुत्यु भएको छ भने २२ गम्भीर घाइते भएका छन् ।

आइतबार राती करीब ११ वजे बाँकेको शमशेरगंज र अगैयाको बिच जंगलमा सडक किनारामा रोकी राखेको ना ४ ख ९०६४ नम्बरको ट्रकसंग ठोक्किदा गाडिका चालकले समेत ज्यान गुमाएका छन् ।

दुर्घटनामा चालकसहित ३३ जना सवार थिए । मृत्यु हुनेमा १० पुरुष र १ महिला ...


संविधान संशोधन प्रस्ताव संसदमा पेश

काठमाडौं - नेपालको संविधानमाथि दोस्रो संशोधन प्रस्ताव संसदमा पेश भएको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री डा शिवमाया तुम्वाहाङ्फेले नेपालको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेस गरेकी हुन्।

मन्त्री तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्न मागेको अनुमतिमा विरोधको सूचना नआएकाले सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पेश गर्न अनुमति दिएका थिए।

सरकारले नेपालको अद्यावधिक नक्सा प्रकाशन गरेपछि संविधानको अनुसूचीमा रहेको निशान छापमा रहेको नेपालको नक्सा पनि परिवर्तन गर्न संविधान संशोधन गर्न लागिएको हो।

गत बुधबार सम्भावित कार्यसूचीमा परेको संशोधन पेश गर्ने विषय बैठकअघि हटाइएको थियो।

नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापको ...


बाजुरामा ज्यान गुमाएकी दुई वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि

बाजुरा - बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाभाइरसबाट मृत्यु भएको पुष्टि भएको छ। बालिका आमाबुवासँग एक साताअघि भारतको नयाँदिल्लीबाट आएकी थिइन्। चार दिनअघि बालिकाका आमाबुवाले उनलाई अस्पताल ल्याएका थिए।

बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको थियो । ‘अस्पताल ल्याउँदा उनी बेहोस थिइन्,’ सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले भने।

मृतक बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको उनले पुष्टि गरे ।

बालिकाको आइतबार बिहान बाजुराको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको १६ गते नै स्वाब परीक्षणको लागि धनगढी पठाइएको थियो।

‘बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी उनकी ...


आइतवारको बैठकको संबिधान संशोधन प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं- आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने र विधेयक पेश गर्ने कार्यसूची तय गरिएको छ।

यसअघि जेठ १४ गते पनि सम्भावित कार्यसूचीमा राखिएको संविधान संविधानको पेश गर्ने कार्यसूची अन्तिम समयमा हटेको थियो।

सरकारले संविधानको अनुसूची ३ मा रहेको निशान छापमा परिवर्तन गर्न गर्न संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको थियो।

...

सरकार ! जंगलबाट गाउँ छिरेको बाघ आफै नगएसम्म ढोका थुनेर भित्रै बस्ने हो ?

काठमाडौँ - मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले जेठ ३२ गतेसम्म कोरोना लकडाउन जारी राख्ने निर्णय गर्यो । यसपालिको लकडाउन जेठ २० गते मंगलबारसम्म थियो। त्यसको ३ दिन अघि नै १२ दिन थपेर जेठ मसान्तसम्म लकडाउन जारी राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए।

मन्त्रिपरिषदले अन्तर्राष्ट्रिय सीमा नाकाहरू असार १६ गतेसम्म बन्द राख्ने निर्णय पनि गरेको छ। आन्तरिक लकडाउनसँगै विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय पनि बैठकले गरेको छ।

कोरोना जोखिम व्यवस्थापन समितिले दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपाली ...


संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं - नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले सरकारले प्रस्ताव गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

शनिबार ७ घन्टा बढी बसेको बैठकमा मधेशी मूलका नेताहरूले संविधान संशोधनमा यसबाहेक अन्य विषय समेत समेट्न माग गरेका थिए। मधेसी दलहरूले उठाइरहेको संविधान संशोधनको पक्षमा कांग्रेस उभिनुपर्ने तर्क राखेका थिए।

संविधान संशोधनको मुद्धामा विगतमा कांग्रेस समेत सहमत भएकाले मुद्धा छोड्न नहुने तर्क राखिएको थियो। मधेशबाट प्रतिनिधित्व गर्ने प्रदीप गिरिले संविधान संशोधन नक्सामा मात्रै हुन नहुने बताएका थिए। गिरिले मधेशवादी दलको साथमा उनीहरूले ...


थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, १४०१ पुगे संक्रमित

काठमाडौँ - शनिबार कोरोनाभाइरसका एक सय ८९ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए।

नेपालमा अब चौध सय १ जनामा कोरोना संक्रमण देखिएको छ। शनिबार १३ जना कोरोना जितेर घर फर्केका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामध्ये एक सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ। धनुषाका ७ जना, झापाका एक जना, कपिलवस्तुका ७७ जना, ललितपुरकी एक जना, महोत्तरीका चार जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना र ...


६ लाख नेपाली स्वदेश फर्काउने सरकारको आँकडा, दैनिक ३५ सयसम्म ल्याइने

काठमाडौँ - सरकारले दैनिक ३५ सयसम्म नेपालीलाई स्वदेश फर्काउन सकिने निष्कर्ष निकालेको छ। शुक्रबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले साता/दश दिनपछि नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको हो।

समिति स्रोतका अनुसार भारतबाहेकका मुलुकमा रहेका नेपालीहरूलाई ल्याउन नेपालमा भएका सबै कम्पनीका जहाजहरूले उडान गर्नेछन्। सरकारी र निजी कम्पनीका सबै जहाज उडाउँदै दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपालीलाई स्वदेश ल्याउन सकिने समितिको हिसाब छ।

नेपाल आउन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्नेछ।

काठमाडौं विमानस्थलमा आइसकेपछि उनीहरूलाई होटलमा राखिनेछ। होटलहरूको मेनु र शुल्क सरकारले तय ...


चौरजहारी घटनाको अनुसन्धानमा पूर्ण सहयोग गर्ने रुकुम नेकपाको प्रतिवद्धता

काठमाडौ - नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी रुकुम पश्चिमले जेठ १० गते चौरजहारी नगरपालिका-८ सोती घटनाको अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। रुकुम जिल्ला नेकपा अध्यक्ष गोपाल शर्माद्वारा जारी विज्ञप्तिमा घटनाको घोर भर्त्सना गर्नुका साथै दोषीउपर कडा कारबाही गर्न माग गरिएको छ। जेठ १० गते रुकुम चौरजहारीमा एक युवतीसँगको अन्तर्जातीय प्रेम सम्बन्धका विषयमा विवाद हुँदा जाजरकोटका नवराज विकसहित ५ जनाको मृत्यु भएको थियो भने एक जना अझै बैपत्ता छन्।

रुकुम घटनाको सम्बन्धमा उठेका कतिपय प्रश्नको सन्दर्भमा पार्टीको धारणा थप स्पष्ट पार्न रुकुम जिल्ला इन्चार्ज राजकुमार ...


प्रक्रिया नपुगेको भन्दै फर्काइयो जसपाको संविधान संशोधन प्रस्ताव

काठमाडौं - संविधान संशोधनको माग सरकारले सम्बोधन नगरेपछि आफैं संशोधन प्रस्ताव लिएर संघीय संसद् सचिवालय पुगेको तराई मधेश केन्द्रित दल जनता समाजवादी पार्टीको प्रस्ताव दर्ता नगराइकन फर्किएको छ। संसद् सचिवालयले प्रक्रिया पूरा नगरेको भन्दै फर्काइदिएकाले जसपा प्रस्ताव दर्ता नगराइकनै सचिवालयबाट बाहिरिएको हो।

संशोधन प्रस्ताव दर्ता गराउन राष्ट्रिय जनता पार्टीका तर्फबाट नेताहरू महन्थ ठाकुर, महेन्द्र राययादव, शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, राजेन्द्र महतो, केशव झालगायतका नेता तामझामसहित संसद् सचिवालय पुगेका थिए। उनीहरूलाई साथ दिन समाजवादी पार्टीका नेताहरू पनि सिंहदरवार पुगेका थिए। तर सचिवालयले प्रस्ताव दर्ता नगरिदिएपछि सबै नेताहरू ...


सशस्त्र प्रहरीलाई सीमा रक्षाको मात्रै जिम्मेवारी दिन सरकारलाई समितिको निर्देशन

काठमाडौं - संसदको राज्य व्यवस्था तथा सुशासन समितिले भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको छ। सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे छलफल गर्न बसेको समिति बैठकले त्यस क्षेत्रमा रहेका भौतिक संरचना र मानवबस्ती हटाउन सरकारलाई निर्देशन दिएको हो।

‘अन्तर्राष्ट्रिय मूल्य मान्यताविपरीत अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यताविपरीत सीमा क्षेत्रको दशगजा (नो म्यान्स ल्याण्ड) रहेका बस्ती, सडक, बाँध तटबन्धलाई हटाउन तत्काल आवश्यक पहल गर्ने’ समितिको निर्णयमा भनिएको छ।

नेपाल र भारत दुवैतर्फका हटाउन आवश्यक भएको समितको ठहर छ। यसैगरी, समितिले ठूला नदीमा ...


शुक्रवार एकैदिन १७० जना कोरोना संक्रमित थपिए

काठमाडौँ - नेपालमा शुक्रवार एकैदिन १७० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शुक्रबार १७० जना संक्रमित थपिएका हुन्। उनका अनुसार झापामा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १, म्याग्दी १, बाँके १०, कपिलवस्तु ८४, रौतहट ५६, सर्लाही ४, दाङ २ कपिलवस्तु ९ का रहेका छन्।

योसँगै नेपालमा एक हजार २ सय १२ कोरोना संक्रमित छन्।

...

सरकारी कर्मचारीको भत्तामा ब्यापक कटौती

काठमाडौं - सरकारले कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै कर्मचारीले खाना, खाजा, प्रोत्साहनलगायत विभिन्न शीर्षकमा पाउँदै आएको सबै प्रकारको भत्ता कटौतीको घोषणा गरेका हुन् ।

आगामी आर्थिक वर्षमा कार्यालय सन्चालन, इन्धन, मर्मत, भ्रमण, कम प्राथमिकताका गोष्ठी सहायता, भौपरी खर्च, फर्निचर, सवारी साधन, मर्मत खर्चलगायतको बजेट समेत उल्लेख्य कटौती भएको अर्थमन्त्रीले जानकारी दिए ।

सार्वजनिक खर्च पुनरावलोकन आयोगका अनुसार आवश्यक नदेखिएका सार्वजनिक निकाय अब खारेज गरिने ...


कोरोनामुखी बजेट नआएको कांग्रेसको प्रतिक्रिया

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोनामुखी बजेट नआएको भन्दै असन्तुष्टि जनाएको छ।

अर्थमन्त्रीले डा युवराज खतिवडाले बजेट भाषणबाट कोरोना संक्रमण र रोकथाममा प्रभावकारी कदम नचालेको कांग्रेसको ठम्याइ छ। प्रवक्ता विश्वप्रकाश शर्माले प्रारम्भिक प्रतिक्रिया जनाउँदै कोरोनापछिको बजेट सुनेको प्रतिक्रिया दिए।

सरकारले बिहीबार संसदमा पेश गरेको बजेट कोरोनाकालीन नभएको शर्माले ट्विटरमा लेखेका छन्। ‘कोरोनाअघिको बजेट पोहोर सुनियो। कोरोनापछिको बजेट आज सुनिरहेका छौं।’ प्रवक्ता शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्छन्, ‘कोरोनाकालीन बजेट चैं कहिले आउँछ?’

...

बजेटमाथि कसले के प्रतिक्रिया दिए ?

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोरोना महामारीको विषयम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताए। बजेट सिर्जनात्मक, प्रगतिशिल, जनपक्षीय र समाजवादउन्मुख ढंगले आएको उनले बताए। बजेटले सबै जनता र खासगरी निम्न वर्गका जनतालाई राहत दिने गरी आएको उनले बताए। आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको अनुमान वस्तुवादी भएकाले बजेटको स्रोतहरु त्यसैबाट जुट्ने उनले बताए।

नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले बजेटले अहिलेको आवश्यकतालाई सम्बोधन गरेको बताए । व्यापक रुपमा कोरोना फैलिरहेको बेला यसको सामना कसरी गर्ने, स्वास्थ्य ...


लकडाउन अवधिभरको समय 'म्याद'मा गणना नगर्ने सर्वोच्चको फैसला

काठमाडौँ - सर्वोच्च अदालतले कुनैपनि मुद्दाका म्याद, हदम्याद र तारिख लगायतका प्रकृयाका लागि लकडाउनको अवधि 'शुन्य अबधि' मान्ने फैसला गरेको छ।

केही समय अघि सर्वोच्च प्रशासनको प्रतिवेदन र अधिवक्ता टिकारामभट्टराई लगायतले दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतका १९ न्यायाधीशको वृहद इजलासले कानुनी कामकारबाहीको प्रयोजनका लागि चैत ९ गतेदेखि लकडाउन अवधिभरको गणना नगर्ने बताएको हो।

'अदालतबाट नियमित हुने सेवा प्रवाह बन्द गरिएको चैत ९ देखि लकडाउन खुलेको मितिसम्मको अवधिलाई न्यायिक कामकारबाहीको लागि शून्य अवधि मान्ने,' फैसलामा भनिएको छ, 'शून्य अवधिलाई हदम्याद, म्याद, तारिख वा यस्तै न्यायिक वा ...


१४ खर्ब ७४ अर्ब रूपैयाँको बजेट प्रस्तुत, राजस्वबाट ८ खर्ब ८९ अर्ब उठाउने लक्ष्य

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा आर्थिक वर्ष २०७७/०७८ मा ८ खर्ब ८९ अर्ब राजस्व उठाउने लक्ष्यसहितको बजेट संसदमा पेस गरेका छन्। कूल १४ खर्ब ७४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेका खतिवडाले चालु खर्च तर्फ ९ खर्ब ४८ अर्ब विनियोजन गरेका छन्। आगामी आवको विकास बजेट भने घटेको छ।

आगामी आवको विकास बजेट चालु आवको भन्दा ५६ अर्ब कम विनियोजन भएको छ। चालु आवमा ४ खर्ब ८ अर्ब विकास बजेट विनियोजन गरिएको थियो। आगामी आवका लागि भने ३ खर्ब ५२ अर्ब मात्र विनियोजन भएको छ।

कोभिड-१९ ...


पूर्वी नवलपरासीमा थप एक जनामा कोरोना संक्रमण

नवलपरासी - पूर्वी नवलपरासीमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । देवचुली नगरपालिका–१ घर भएका १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जेठ १० गते भारतको हरिद्धारबाट आएका उनाई नगरपालिकाले जनज्योति नमुना माविको क्वारेन्टाइनमा राखेको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

पोखरामा गरिएको परीक्षणमा संक्रमणको पुष्टि भएपछि उनलाई बुधबार राति नै भरतपुर कोरोना विशेष अस्पतालमा लगिएको देवचुली १ का वडाअध्यक्ष लक्ष्मण राज ...


बुधवार संसदमा किन पेश भएन संविधान संशोधन विधेयक ?

काठमाडौं - संविधान संशोधनका लागि सरकारले प्रस्तावकोे कार्यसूची बुधबारको बैठकमा प्रवेश नगरेपछि राजनीतिक वृत्तमा तरंग ल्याएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी दलको आग्रहमा संशोधन प्रस्ताव रोकिएको सरकारी पक्षको दाबी छ। प्रतिपक्ष दल कांग्रेसले सरकारी दाबीको ठाडै अस्वीकार गरेको छ।

सरकारले नयाँ नक्सा सार्वजनिक गरिसकेपछि संविधानको अनुसूचि ३ संशोधनका लागि संविधान संशोधन गर्ने प्रस्ताव अघि बढाएको थियो।

संविधान संशोधनको विधेयक बुधबार कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले प्रस्ताव पेश गर्ने कार्यसूची थियो। बुधबारका लागि कार्यसूची मंगलबार नै सार्वजनिक गरिएको थियो।

बुधबारको कार्यसूचीमा संविधान संशोधनको प्रस्ताव भएको सांसदहरुलाई समेत ...


नेपालमा कोरोना संक्रमणबाट पाँचौं व्यक्तिको मृत्यु

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट पाँचौं व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएपछि मर्नेको संख्या ५ पुगेको छ ।

ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । निजको बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको थियो ।

अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै त्यहाँबाट किस्ट अस्पतालमा रिफर गरिएको थियो । सोही रात आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा ...


नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - नेपालमा कोरोना संक्रमणको वृद्धिदर तिब्र हुँदै गएको छ । बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । मंगलवार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका ...


दाङमा  १५ जना संक्रमित थपिए

काठमाडौं - दाङमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा  १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काेराेना संक्रमित व्यक्ति भारतकाे पाँच विभिन्न शहर र दार्जिलिङबाट अाएका थिए

दाङकाे लमहीमा काेराेना संक्रमण पुष्टि भएका अाठ जना मध्य ७ जना भारतबाट अाएकाे र एक जना दार्जिलिङ बाट अाएका व्यक्ति रहेका छन । यस्तै घाेराहीमा भारतबाट अाएका ७ जना गरि बुधबार मात्रै १५ जना संक्रमित भएको पुष्टि भएको छ ।

जेठ ९ गते कृष्णनगर नाका हुदै एम्बुलेन्स मार्फत लमही ...


बुधबारमात्रै थप ११४ जनामा कोरोना संक्रमण पुष्टी

बुधबारमात्रै थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरू छन्।

बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ। तीमध्ये १८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

...

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्षको मृत्यु, कोरोना परीक्षण गरिंदै

कैलाली - कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्षको मृत्यु भएको छ । बाहिरबाट आउने नेपालि राख्नका लागि क्वारेन्टाइन व्यवस्थापन गर्दै गर्दा उनको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापन गरिरहेको समयमा उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने लैजाने क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलका अनुसार गएराति करिब १२ बजे उनको ज्यान गएको थियो ।

उनको शव सेती ...


रुकुमको चौरजहारी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं - सरकारले रुकुमको चौरजहारीमा भएको घटनाको अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ का नवराज विक १९ ...


संविधान संशोधन प्रस्ताव पेश हुँदै, बढीमा एक साता भित्रै पारित गर्ने तयारी

काठमाडौं - संविधान संशोधन प्रस्ताव बुधबार दिउँसो २ बजे बस्ने संसद बैठकमा पेश हुँदैछ । सो बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ । बढीमा एक साताभित्र संविधान संशोधन विधेयक पारित गरिसक्ने तयारी सरकार र संसद सचिवालयको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो ।

त्यसअघि मन्त्रिपरिषद बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको ...


कोरोना संक्रमितको संख्या एक हप्तामै दोब्बर

काठमाडौँ - पछिल्लो एक हप्ताको बिचमा कोरोना संक्रमितको संख्या झन्डै दोब्बरले बढेको छ। गत मंगलबारसम्म कोरोना संक्रमितको संख्या ३ सय ९० रहेकोमा बुधवार त्यो संख्या ७ सय ७२ पुगेको छ।

बुधवार मात्र स्वास्थ्य मन्त्रालयले ९० जना संक्रमित थपिएको पुष्टि गरेको हो। हिजो ७८ जना संक्रमित थपिएका थिए।

नेपालमा पहिलोपटक गत माघ ९ गते एकजना युवकमा संक्रमण पुष्टि भएको थियो। चीनबाट आएका ती युवकको स्वाब परीक्षण गर्न हङकङ पठाइएको थियो।

त्यसपछि गत चैत १० गते फ्रान्सबाट आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा संक्रमण देखियो। यो नेपालमा दुई महिनापछि देखिएको दोस्रो ...


एकमतले संविधान संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनका लागि एउटै धारणा बनाएर जान सबै राजनीतिक दलसँग आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय सहमतिका साथ एकमतले संविधान संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग आग्रह गरेका थिए।

सरकारले जेठ ५ गते लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ नक्सा पारित गरेको थियो। त्यसको चार दिनपछि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको हो।

संविधानको अनुसूचीमा रहेको निसान छापमा भारतबाट अतिक्रमित ती भूमिसहितको नक्सा नभएकाले संशोधन गर्न लागिएको हो। यसैबारे छलफल गर्न प्रधानमन्त्री ओलीले संसदमा ...


कूल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कूल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण विस्तार गरिने बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सरकारको योजना सार्वजनिक गरेका हुन्।

सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले विज्ञहरुले दिएको सल्लाहबमोजिम कम्तीमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा रहेको सुनाए।औषधि र स्वास्थ्य उपकरणको खरीदमा सिर्जना भएका अप्ठ्याराहरु हल भएको उनले जानकारी गराए।

कोरोना संक्रमण नियन्त्रणमा सरकारको पहलकदमी प्रभावकारी भएको उनले बताए।

एकमात्र प्रयोगशालाबाट सुरु भएको परीक्षणलाई सातवटै प्रदेशसम्म विस्तार गरि २० भन्दा बढी प्रयोगशालाबाट भइरहेको जानकारी गराए। परीक्षणको दायरालाई विस्तार गर्न किट तथा औषधिको प्रबन्ध ...


विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल उद्धार गरिने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले तत्काल उद्धार गर्ने बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशवासीलाई सरकारले समयमै उद्धार गर्ने बताएका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘स्वदेश फर्कनुपर्ने अवस्थाका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गरिनेछ।’

समस्याको प्राथमिकता र देशभित्रको तयारीकाबीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिने प्रधानमन्त्री ओलीले बताए। सरकार आफ्ना नागरिक प्रति संवेदनशील रहेको भन्दै निश्चिन्त रहन सबैमा आग्रह गरे।

...

होटललाई क्वारेन्टाइन बनाउन दिन संचालक सहमत, प्रतिव्यक्ति ३ हजार देखि १६ हजारसम्मको दैनिक खर्च

काठमाडौं- होटल संघ नेपाल (हान)ले होटलहरुलाई आवश्यकताअनुसार क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिनसक्ने बताएका छन्। तर, त्यसका लागि आवश्यक केही सर्तहरु भने सरकारले पूरा गर्नुपर्ने संघको भनाइ छ।

होटलका रुम क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने विषयमा होटल संघ नेपालको प्रतिनिधिमण्डलले पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरेससँग विस्तृत छलफल समेत गरेको छ। छलफलसँगै संघले तयार पारेको विस्तृत विवरण समेत बुझाएको छ।

संघकी अध्यक्ष सृजना राणाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले कोभिड–१९ बाट सृजित राष्ट्रिय संकटलाई प्रत्यक्ष रुपमा न्यूनीकरण गर्न गराउन सघाउ पुर्‍याउन बताइकी छन्। विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता ...


आज ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ - सोमवार अपरान्ह ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एक मन्त्रीले पुष्टि गरे ।

आजै मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। सोमबार अपरान्ह ५:३० बजे प्रधानम्नत्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीको सम्बोधन प्रत्यक्ष प्रसारण गरिने व्यवस्था मिलाइएको थापाले बताए।

...

टोखामा भेटिएका कोरोना संक्रमित किराना पसले

काठमाडौं - काठमाडौंको टोखा नगरपालिकामा भेटिएका कोरोना संक्रमित किराना पसले भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखाका हुन् ।

टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । एक जना किराना पसले भएको नगरपालिकाका मेयर प्रकाश अधिकारीले पुष्टि गर्दै उनले भने, ‘दुबैलाई अस्पताल पठाउने तयारी भइरहेको छ ।’

उनकाअनुसार नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो ...


नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु

काठमाडौं - वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए ।

तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो ।

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका ...


नेपालमा सोमवार ७२ जना कोरोना संक्रमित थपिए, काठमाडौँमा पनि ३ जना संक्रमित

काठमाडौँ - नेपालमा सोमबार मात्रै कोरोनाभाइरसका ७२ जना संक्रमित थपिएका छन्। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौंमा ३, धनुषामा ३, कपिलवस्तुमा ३, सप्तरीमा २ जना र बर्दियामा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।

काठमाडौंको टोखा नगरपालिका- ३ र ६ मा दुई जना र बुढानिलकण्ठ-३ मा एक जनालाई कोरोना संक्रमण देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ।

 

...

ईदको अवसरमा राष्ट्रपति,  उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रचण्ड र देउवाको शुभकामना

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले ईदको अवसरमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेकी छन् । सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने पनि उल्लेख गरेकी छन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको प्रतिकूल परिस्थितिमा इस्लाम धर्मावलम्बीले घरघरमै बसेर इद उल फित्र पर्व मनाउने विश्वास व्यक्त गरेका छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व ईदको अवसरमा शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ ...


जनकपुरमा एक जना कोरोना संक्रमित झ्याल फोडेर फरार

जनकपुर - प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको आइसोलेसनबाट एक कोरोना संक्रमित व्यक्ति भागेका छन्। आइतबार बिहानै आइसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति भागेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

'संक्रमितको मानसिक स्थिति ठिक नभएकाले उनले पटक-पटक भाग्ने प्रयास पनि गरेका थिए, आज बिहान उनी झ्याल फोडेरै भागेका छन्,' उनले भने।

आइसोलेसन कक्षबाट भागेका संक्रमित सर्लाहीका ४० वर्षिय पुरुष हुन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जनकपुरको कोभिड विशेष अस्पतालको आइसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० बढी बिरामी उपचारत छन्।

यसअघि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ...


कोरोनाको 'हटस्पट' बनेको नरैनापुर गाउँपालिकामा सेना परिचालन

नेपालगंज - पछिल्लो समय कोरोनाभाइरसको संक्रमण धेरै देखिएको बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गरिएको छ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पुरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।

नरैनापुरमा मात्र १ सय १४ जना कोरोना संक्रमित छन्। जसमा एक जनाको मृत्यु भइसकेको छ। गाउँपालिकाको ५ नम्बर वडाका मात्र ६२ जना संक्रमित छन्।

संक्रमित व्यक्तिहरू सबै भारतका विभिन्न ठाउँबाट आएका हुन्।

दैनिक संक्रमित संख्या बढेको भन्दै गाउँपालिकाले संक्रमण आफ्नो नियन्त्रणभन्दा बाहिर गएको भन्दै प्रदेश र केन्द्र ...


प्रेमिका भगाउन गएका युवाको गाउँलेको कुटाइबाट मृत्यु !

रुकुम पश्चिम - गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ।

नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।

१२ जना युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ। नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो।

सुष्माकै आग्रहमा नवराज १९ जना युवा लिएर जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए।

केटाहरु आएको खबर पाएपछि सुष्माकी आमाले हल्ला गरेकी थिइन्। त्यसपछि भेला भएका गाउँलेहरुको कुटपिटबाट नवराजको मृत्यु भएको प्रनाउ श्रेष्ठको भनाइ छ।

गाउँहरुले लखेट्दा अन्य ...


नयाँ बानेश्वरका तीन घर सिल गरि ट्रेसिङ थालियो

काठमाडौँ - कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वरका तीन घर सिल गरिएको छ।

प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिएका छन्।

ट्रेसिङ गरिएकाहरूको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ।

ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उनले बताए।

सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ।

कोरोनाको ...


यस्तो छ लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता

काठमाडौँ - भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँ देखिको नेपाल-भारत सीमा विवाद थप सतहमा आएको छ ।

त्यसको दुई हप्ता नबित्दै नेपाल सरकारले मुलुकको स्वाधीनताका पक्षमा ऐतिहासिक निर्णय गर्दै आफ्नो देशका भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटेर अध्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । अध्यावधिक नयाँ नक्सा प्रचलनमा ल्याउन नेपाल सरकारले सम्बद्ध निकायलाई निर्देशन पनि दिइसकेको छ ।

उक्त कदमलाई लामो समयदेखि हुन नसकेको एउटा सार्थक कदमको शुरुवातका ...


कोरोना महामारी अफ्रिकामा तिब्र, संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं - अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या एक लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार अहिले अफ्रिकाका सबैजसो मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

अहिलेसम्म अफ्रिकामा कोरोना भाइरसबाट तीन हजार एक सय मानिसको मृत्यु भइसकेको छ । डब्ल्यूएचओका अफ्रिकाका निर्देशक मात्सिडिसो मोएटीले पछिल्लो समय अफ्रिकामा कोरोना भाइरसको महामारी बिस्तारै फैलिँदै गइरहेको बताए ।
डब्ल्यूएचओको इमर्जेन्सीज प्रोग्रामका कार्यकारी निर्देशक डाक्टर माइक रयानका अनुसार अहिले समग्र अफ्रिकामा तीव्र गतिमा कोरोना भाइरसको महामारी नफैलिएको भए पनि केही मुलुकमा भने केही मुलुकमा ...


शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण देखियो

काठमाडौं - शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा तीन जनाको मृत्यु भएको छ भने ७० जना निको भएका छन्।

...

राष्ट्रपति, प्रधानमन्त्री, देउवालगायतका बिशिष्ट व्यक्तिलाई नयाँ नक्सा हस्तान्तरण

काठमाडौं - नेपाल सरकारले बिहीबार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गरेकी हुन्।

त्यसैगरी मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेकी छन्।

गएको जेठ ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा स्वीकृत गरेको थियो। मन्त्रीपरिषद्ले नक्सा ...


थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ - नेपालमा थप २० जना कोरोना भाइरसको संक्रमित थपिएका छन्।

शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष र कैलालीका तीन जना र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्।

कैलाली जानकी गाउँपालिकाका १९,२३ र २६ वर्षीय पुरूष,डडेल्धुराका २८ वर्षीय पुरूष, बैतडीका शिवनाथ-१ का २२ वर्षीय पुरूष र बाँकेका १८ देखि ६१ वर्षका पुरूषमा सक्रमण देखिएको हो। मोरङ रतुवामाई- २ का ४१ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।

संक्रमितहरूको हालको ठेगाना र स्थायी ठेगानाको आधारमा कान्ट्याक्ट ट्रेसिङको काम हुने मन्त्रालयले ...


संसदमा दर्ता भयाे संविधान संशोधनको प्रस्ताव

काठमाडौँ - संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो।

नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्साअनुरुप कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो।

हालकाे उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन। सरकारले भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको थियाे।

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ।

प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ। संविधान संशोधनका ...


थप ३० जनामा कोरोनाभाइरसको संक्रमण, १५ जना सर्लाहीका मात्रै

काठमाडौँ - शुक्रबार बिहान थप ३० जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। तीमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३, चितवनका २ र नवलपरासी सुस्तापूर्वका एकजना छन्। उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परीक्षण गरिएको हो।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट अहिेलेसम्म तीन जनाको मृत्यु भएको छ।

आजै बाँकेका पहिलो कोरोना संक्र्मितसहित २९ जना निको भएका छन्।

...

बुधवार मात्रै नेपालगंज र गौरीफन्टा नाकाबाट भित्रिए ५ हजार बढी नेपाली

नेपालगंज - लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ । झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् । भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगन्ज नाकाबाट तीन हजार बढी र भारतको गौरीफन्टा नाकाबाट कैलालीमा दुई हजार बढी भित्रिएका छन् । स्वास्थ्य जाँचविनै उनीहरूलाई प्रवेश गराउँदा कोरोना संक्रमणको जोखिम बढेको छ ।

नेपाल–भारत नाका सिल गरे पनि नेपालगन्ज नाकाबाट एकै दिन झन्डै तीन हजार नेपाली प्रवेश गरेका छन् । लकडाउन र सीमानाका सिल भएकै अवस्थामा भारतका विभिन्न ठाउँबाट आएका ...


महिला हिँसा बिरुद्दको अनलाईन गोष्ठी

काठमाडौं, ८ जेष्ठ २०७७

अहिले कोभिड - १९ को माहामारीले आक्रान्त पारेको बेला महिला कती सुरक्षित छन् भन्ने बिषयवस्तु बारे अहिंसात्मक “नागरिक प्रतिरोध समूह”ले जूम अनलाइन अन्तर्गत “छाँया माहामारी बनेको महिला हिंसा बिरुद्द अहिंसात्मक प्रतिरोध” बिषयक अन्तर्कृया कार्यक्रम गरेको छ । कार्यक्रमको संचालक शान्तिकर्मी राजेन्द्र सेन्चुरीले कार्यक्रमको मूख्य आशय अहिलेको परिस्थितिमा महिला हिंसा विरुद्ध एक ढिक्का भएर अघी बढ्न र हिंसा रोकथाम एवं न्युनिकरणमा सहयोग पुर्यााउनु रहेको जनाए ।

कार्यक्रममा मुख्य वक्ताको रुपमा महिला मानव अधिकार रक्षकहरुको रास्ट्रिय सञ्जालकी केन्द्रिय अध्यक्ष डा. रेणु अधिकारी थिइन् l अधिकारीले ...


वडालाई व्यापारी खानले दिए राहत

देउखुरी समाचारदाता
देउखुरी, जेठ । लकडाउनका कारण दैनिक छाक बस्न थालेका परिवारलाई राहत वितरण गर्न अनुरोध गर्दै स्थानीय व्यपारीबाट राहत दिनेक्रम जारी छ । कोरोना सङ्क्रमणले विश्वभर नै विपद् निम्ताएको अवस्थामा दैनिक गुजारा गर्ने र सामान्य परिवारको छाक नबसोस भन्ने उद्देश्यका साथ दाङका एक ब्यपारीले ५० बोरा माला जातको चामल जनप्रतिनिधिलाई हस्तान्तरण गरेका हुन ।

लमही स्थित नविल फेन्सी स्टोर प्रोपाइटर लुकमान अलीले लमही नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष बिमबहादुर केसीलाई राहत स्वरुप चामल हस्तान्तरण गर्नुभएको हो । राहत ग्रहण गर्दै वडाअध्यक्ष केसीले वडाका ...


'नेपालको नयाँ नक्सा हामीलाई स्वीकार्य छैन' : भारत

काठमाडौँ - नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसलाई अस्वीकार गर्ने जनाएको छ । बुधबार नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ ।

नेपालको परिमार्जित नक्साबारे गरिएको पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सो कुरा बताएका हुन् ।

उनले भने, ‘नेपाल सरकारले जारी गरेको परिमार्जित नक्सामा भारतीय भूमिको हिस्सा समावेश गरिएको छ । यो एकपक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणका आधारमा छैन । यो सीमा समस्यालाई कुटनीतिक छलफलको माध्यमबाट समाधान गरिने ...


सरकारद्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक

काठमाडौँ - सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक गरेको छ।

बुधबार दिउँसो सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले आज पत्रकार सम्मेलन गरी सो नक्सा सार्वजनिक गरेकी हुन्।

सो नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ।

सरकारले सो नक्साका आधारमा निशानछाप र लोगोसमेत प्रयोगमा ल्याउने निर्णय गरेको छ। सोका लागि संविधानको अनुसूचीमा संशोधन गर्न संसद्मा विधेयक पेश गर्ने तयारी पनि गरेको छ। नयाँ नक्सामा अन्तर्राष्ट्रिय सीमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको ...


झापा, धनकुटा र सुनसरीमा थप १७ जना कोरोना संक्रमित फेला परे

काठमाडौं - बिहिवार बिहानै झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका ...


सिमेन्ट उद्योगमा भिडभाड  जोखिम निम्ताएको भन्दै स्थानीय आक्रोसित

दिवाकर पोख्रेल
देउखुरी,जेठ । दाङको लमही नगरपालिका ७ बन्गैमा रहेको सम्राट सिमेन्टले सुरक्षा सावधानी नपनाएरै भिडभाड वढाएको भन्दै स्थानीयले बिरोध जनाएका छन । सिमेन्ट उद्योगमा सिमेन्ट ल्याउनको लागि देशैभरीबाट ठूलो संख्खामा ट्रक आउने र चालक सह चालक हरु गाउँघरमा हिंडने गर्दा सङक्रमणको उच्च जोखिम बढेको भन्दै स्थानीयले उद्योगमा जाने सडक समेत अवरोध गरेका छन् ।
स्थानीय आशिष देवकोटाका अनुसार दिनप्रतिदिन भिडभाड बढेको भन्दै सुरक्षा सर्तकताको लागि सडक बन्द गरिएको र कम्पनीलाई पूर्ण सुरक्षा सावधानी अनाउन आग्रह गरिएको बताउनुभयो । कम्पनीकै कारण गाउँ नै जोखिममा ...


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको उपचार शुरु, ओपीडी सेवा बन्द

घोराही - दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहिरंग (ओपीडी) सेवा बन्द गरिएको छ । प्रतिष्ठानमा कोरोना संक्रमित व्यक्तिहरुको उपचार सुरु हुने भएपछि ओपीडी सेवा बन्द गरिएको हो।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित व्यक्तिलाई भर्ना गरी उपचार गर्न प्रतिष्ठानलाई निर्देशन दिएको थियो । मन्त्रालयको सोही निर्देशनअनुसार बहिरंग सेवा बन्द गरिएको प्रतिष्ठानका का.मु. रजिष्ट्रार कैलाश देवले जानकारी दिए ।

प्रतिष्ठानले सूचना जारी गरी बहिरंग सेवा बन्द गरिएकाले अन्य बिरामीहरुलाई तुलसीपुर प्रादेशिक अस्पताल वा अरु कुनै स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ । साथै आफ्नो आकस्मिक कक्ष तथा ...


चीनले भन्यो – ‘कालापानी विवाद नेपाल र भारतबीचको विषय हो, मिलेर समाधान खोजुन'

एजेन्सी - चीनले कालापानी सीमा विवाद नेपाल र भारतको सरोकारको विषय भएको बताएको छ। र उसले दुई छिमेकीले मैत्रिपूर्ण संवादमार्फत विवाद हल गर्ने आशा व्यक्त गरेको छ ।

नेपाल–भारत सीमा विवादबारे भारतीय सेनाका प्रमुख जनरल एमएम नरमानेले दिएको अभिव्यक्तबारे मंगलबार सोधिएको प्रश्नमा चिनियाँ विदेशमन्त्री झाओ लिजियानले यस्तो जवाफ दिएका हुन् ।

यसअघि नरभानेले नेपालले अरु कसैको उक्साहटमा आएर भारतले लिपुलेकमा गरेको सडक उद्घाटनको विरोध गरेको विवादास्पद अभिव्यक्त दिएका थिए ।

‘कालापानी नेपाल र भारतबीचको विषय हो र हामीलाई आशा छ दुई देशले आफ्नो विवाद सही तरिकाले मैत्रिपूर्ण परामर्शमार्फत ...


धनकुटा जिल्ला अस्पतालका प्रहरीसहित ५ जनामा कोरोना संक्रमण

काठमाडौँ - धनकुटा जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बाँकी चार जना संक्रमितमध्ये एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एक जना नर्सका श्रीमान हुन्।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जनाएको हो।

यसअघि पनि सोही अस्पतालकी एक जना नर्सलाई संक्रमण देखिएको थियो। त्यसपछि उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रमित संख्या ४ सय ७ पुगेको छ। मंगलबार नै २७ जना संक्रमित थपिएका हुन्।

...

 हाम्रो भूभाग हामीले फिर्ता ल्याएरै छाड्छौं  : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी लिम्पियाधुरा नेपालको भूभाग भएकाले भारतसँग वार्ता गरेर फिर्ता ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यहाँ हामीले तिरो उठाएका थियौं। १९६२मा भारतीय सेना बसेपछि हामीलाई जान दिइएको थिएन’ उनले भने‚ ‘यो यसअघिका सरकारले ओझेलमा पारेका थिए। यो सरकारले यसलाई सहेन। अब यसलाई सेलाउन दिनेछैन।’ यो हाम्रो भूभाग भएकाले फिर्ता लिएर छोड्ने उनले बताए।

‘भारतले ल्याएको नक्सा हामीले मानेका छैनौं, हामीले अर्गेल्याइ गरेका छैनौ’ उनले भने‚ ‘कुटनीतिक माध्यमबाट वार्ता गरेर अब फिर्ता ल्याइनेछ। नीति तथा कार्यक्रममा जसरी सम्बोधन भएको छ। त्यसलाई प्राप्त गर्न ...


सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडौं - सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाले पारित गरेको छ। नीति तथा कार्यक्रममा नेपाली काग्रेस, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, समाजवादी जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण र स्वतन्त्र सांसद दुर्गा पौडेलले संशोधन दर्ता गरेका थिए।

तीनवटै प्रस्ताव सदनबाट बहुमतले अस्वीकृत भएको थियो। सभामुख सापकोटाले संशोधनलाई निर्णायार्थ पेश गरेका थिए। संशोधन बहुमतले अस्वीकृत भएपछि सभामुख सापकोटाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम निर्णयका लागि पेश गरेका थिए। उक्त प्रस्तावमा सत्ता पक्षका सांसद सर्मथन गर्दै बहुमतले पारित गरेका थिए।

...

थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौं - नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप २७
जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

यो सहित नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। उनीहरु २७ देखि ४२ वर्षका रहेको डा देवकोटाले जानकारी दिए। ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन्।

उनका अनुसार आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ...


लमहीमा भेटियो कुहिएको धुलैधुलो चामल, गोदाम सिल

दिवाकर पोख्रेल
देउखुरी,जेठ । सामुदायिक वनले लमहीबाट राहत बाँडन लगेको चामल कुहिएको खान नमिल्ने परेपछि उपभोक्ताले फिर्ता गरेका छन् । राजपुर गाउँपालिकामा वडा नम्बर ७ बनकट्टीका स्थानीयलाई राहत वितरण गर्नको लागिलगिएको चामल गुणस्तरहिन भएको भन्दै फिर्ता लिइएको हो ।

लमहीको आर.के.सप्लायर्सले विक्री गरेको पहुेँलो बोरामा चन्दन लेखिएको चामल गुणस्तरहिन भेटिएको हो । उक्त सप्लायर्सबाट राजपुर ७ को भयरथान सामुदायिक वनले आफ्ना उपभोत्तालाई राहत वितरण गर्नको लागि १६४ बोरा चामल लगेकोमा १३२ बोरा चामल कुहीएको, मक्कीएको अवस्थामा फेला पारेपछि फिर्ता गर्नको लागि लमही ल्याइएको सामुदायिक ...


यस्तो बन्यो कालपानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाल

काठमाडौं - भारतद्वारा अतिक्रमित भूमि समेटेर भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई मन्त्रिपरिषद्ले स्विकृत गरेको छ । आइतबारको मन्त्रिपरिषद्‍मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले प्रस्तुत गरेको नक्सा सोमबारको मन्त्रिपरिषद्‍ले पारित गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले बताए ।

‘कालपानी, लिपुलेक र लिम्यिाधुरा समेटेर नयाँ नक्सा पारित भएको छ,’ खतिवडाले भने ।

नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ ।

नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानाअन्तर्गत प्रदेश र स्थानीय तह समेत समावेश गरेर नक्सा ल्याइएको छ। यो नक्साअनुसार निशान छाप र सरकारी ...


लकडाउन लम्बिदै गएपछि हदम्याद, पेसी, तारिखलगायतका विषयमा छुटै ब्यबस्था हुँदै

काठमाडौं - सोमबार सर्वोच्च अदालत परिसर अन्य दिनभन्दा फरक थियो। बिहानैदेखि सर्वोच्चका कर्मचारी दौडधुपमा थिए। विश्वभर कोरोना भाइरसको महामारीको असर नेपालको न्याय क्षेत्रमा पनि परेको थियो। ५५ दिनदेखि सर्वोच्चमा सेवाग्राही पुगेका छैनन् भने सिमित न्यायाधीश र कर्मचारीमात्र उपस्थित भएर काम गरिरहेका छन्।

बन्दीप्रत्यक्षीकरण र कोरोनासम्बन्धी मुद्दाको सुनुवाई मात्र सुरु गरेको सर्वोच्चले अहिले सरकारी पुनरावेदनहरुको सुनुवाई थालेको छ। तर सोमबार सर्वोच्च परिसकार दृश्य फरक थिए। सर्वोच्च अदालत परिसर अलि खचाखच जस्तै देखिन्थ्यो। सर्वोच्चमा लक डाउनपछि पहिलो पटक सबै न्यायाधीशहरू उपस्थित भएका थिए।

सधैं इजलासभित्र बहस हुने परम्परा कोरोनाको ...


नेकपा लमहीका सचिव बसन्त शर्मा को अपिलः विकासभन्दा मानविय सुरक्षालाई ख्याल गरौ

देउखुरी समाचारदाता
देउखुरी,जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङ लमही नगर सचिव बसन्त शर्मा विक्रान्तले अहिलेको अवस्थामामा विकास भन्दा मानिविय सुरक्षामा ध्यान दिन सरोकारवाला निकायलाई अनुरोध गर्नुभएको छ । उहाँले पहिले बाच्ने पाउने, खान पाउने व्यवस्थाको ग्यारेन्टी गर्दे विकासको कामलाई पछि निरन्तरता दिन सकिने उल्लेख गर्नुभएको छ । उहाँले उल्लेख सामाजिक संजाल मार्फत भन्न्ुभएको छ । भौतिक विकासभन्दा मानविय सुरक्षालाई प्रधानता प्रदान गरौं, खान पाउने र बाच्न पाउने आत्मनिर्भर शिक्षाको ज्योती बाल्ने योजना बनाऔं । प्रदान गरौं, खान पाउने र बाच्न पाउने आत्मनिर्भर शिक्षाको ज्योती ...


बाँकेमा मात्रै एकै पटक थपिए ४७ जना कोरोना संक्रमित, ३५७ पुगे संक्रमित

काठमाडौं - बाँके जिल्लामा मात्र ४७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले बाँकेमा मात्र थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। बाँकेमा ४६ पुरुष र १ जना महिला गरी ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

उनका अनुसार बाँकेमा ४६ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ। भैरहवाको प्रयोगशालामा गुल्मीका १ जना, मोरङको प्रादेशिक अस्पतालको प्रयोगशालामा मोरङका १ जना पुरुष, धुलिखेल अस्पतालमा धनुषाका १, रौतहट १, धादिङ १ र दाङका १ जनामा संक्रमण देखिएको ...


कोरोनाबाट आमा गुमाएका शिशुको कोरोना रिपोर्ट 'नेगेटिभ'

काठमाडौँ - कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका १३ दिने शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । शिशु सहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए।

२९ वर्षीय ती सुत्केरी महिलाको मृत्युपछि कोरोना भएको पुष्टि भएपछि शिशुसहित परिवारका चार जना सदस्यलाई आइसोलेसनमा राखिएको थियो।

परिवारका बाँकी सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी छन्।

नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी गरिएको छ।

सिन्धुपाल्चोको बाह्रविसे नगरपालिका-९ राम्चे घर भएकी महिलाको गत बिहीबार साँझ धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो।

उनले गत ...


स्वास्थ्यकर्मी नै सङ्क्रमित भए बैकल्पिक स्वास्थ्य जनशक्ती खोइ ?

दिवाकर पोख्रेल
देउखुरी - दाङको लमही नगरपालिका स्तरीय विपद् व्यवस्थापनको बैठकमा डा. रमेश बस्नेतले भन्नुभयो ‘हामी आफै सङ्क्रमित भयौँ भने के गर्ने ?’ उहाँले थप्नुभयो अहिले संचालनमा आएका अस्पताल, स्वास्थ्य चौकी त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा दिइरहदा सङक्रमित भइहाले हामी क्वारेनटाइनमा बस्नुपर्छ अनी स्वास्थ्य सेवा संचालन कसरी गर्ने ? बैठकमा सहभागि लमही नगरपालिका प्रमुख कुलवहादुर केसी, उप प्रमुख देवका बेल्वासे, प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र केसी लगायत विपद् व्यवस्थापन समितिले डा. रमेशको जिज्ञासा तत्कालै मेटाउने क्षमता राखेनन्  । नगरप्रमुख केसीले प्रती प्रश्न गर्दै ...


कोरोनाले ज्यान गुमाउने सुत्केरी महिलाको गाउँका ५५ जनाको स्वाब संकलन

काठमाडौं- कोरोना भाइरस संक्रमण (कोभिड-१९) पछि ज्यान गुमाउन पुगेकी सुत्केरी महिलाको गाउँ सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–९ राम्चेमा ५५ जनाको स्वाब संकलन गरिएको छ। बागमती प्रदेशका विज्ञ चिकित्सक र सामाजिक विकास मन्त्री युवराज दुलालको उपस्थितिमा ५५ जना स्थानीयको स्वाब संकलन गरिएको हो।

मन्त्री दुलालका अनुसार ती महिलासँग सम्पर्कमा आएका घर र माइती पक्षका मानिसहरुको कोरोना संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको हो।

स्थानीय प्रशासनद्वारा हिजोदेखि 'सिल' गरिएको सो गाउँमा बागमती प्रदेशको टोली पुगी ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा ५५ जनाको नमुना संकलनको काम सम्पन्न भएको मन्त्री दुलालले जानकारी दिए। ...


जेठ २० गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय

काठमाडौँ - सरकारले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको हो ।

बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ।

यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो।

चैत ११ गतेदेखि गरिएको लकडाउन पटक पटक थपिँदै आएको छ।

...

लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गर्ने सरकारको तयारी

काठमाडौँ - सरकारले लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा जारी गर्ने तयारी गरेको छ। सरकारले आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने उल्लेख गरेको थियो।

नीति तथा कार्यक्रममा समेटिएकाले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्सा मन्त्रिपरिषदमा लैजाने तयारी गरेको मन्त्रालय स्रोतले बतायो ।

'नक्सा तयार भइसकेको छ। यसलाई कहिले लैजाने भन्ने मात्रै कुरा हो,' मन्त्रालय स्रोतले भन्यो,'मन्त्रीज्युले छिट्टै यो प्रस्ताव लैजानुहुन्छ होला।'

आइतबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ। सम्भवतः आजैको बैठकबाट नयाँ नक्सा जारी गर्ने निर्णय हुन सक्छ ।

...

महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्धको मुद्दाको अनुसन्धान अगाडी नबढाउने निर्णय

काठमाडौं - सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा यो निर्णय गरेको हो ।

काठमाडौंका सह-न्यायाधिवक्ता नुमराज खनालले अपराधको सूचना दर्ता गर्दा दिइएको सूचना पुष्टि हुने आधार हालसम्मको अनुसन्धानबाट फेला नपरेको बताए । उनले भने, ‘अहिलेलाई पछि प्रमाण फेला परे पुनः अनुसन्धान हुने गरी तामेलीमा राखेका छौं ।’

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी कृष्ण चन्दले आवश्यक प्रमाण फेला नपरेकाले आवश्यक निर्देशनका लागि भन्दै रायसहितको प्रतिवेदन पेश ...


नेपालमा कोरोनाभाइरसबाट दोस्रो व्यक्तिको मृत्यु

नेपालमा कोरोनाभाइरसबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए। उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन्।

...

धुलिखेल अस्पताल, सिन्धुपाल्चोकको राम्चे र प्राथमिक स्वास्थ्य केन्द्र सिल

काठमाडौं - कोरोना भाइरसको संक्रमणका कारण पहिलो बिरामी मृत्यु भएको बाह्रबिसेको वडा नम्बर ९ राम्चे र उनी उपचारका लागि पुगेको बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्र सिल गरिएको छ। जिल्ला सुरक्षा समितिको आपत्कालीन बैठक बसेर बलेफी गाउँपालिकाको-७ नम्वर वडा पनि सिल गर्ने निर्णय गरिएको छ।

राम्चेकी एक महिलाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएपछि उनका बाँकी परिवार, प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र उनको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरेर काठमाडौं पठाइएको ९ नम्बरका वडाध्यक्ष सानु लामाले बताए।

अहिले नगरपालिकामा सशस्त्र प्रहरी र नेपाली सेनाले सिल गरेर सुरक्षा दिइरहेको र ...


नेपालमा कोरोनाका कारण पहिलो मृत्यु, २९ वर्षीया सुत्केरीको निधन

काठमाडौँ - नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो।

धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। टेकुमा गरिएको परीक्षणमा पनि मृतकमा कोरोना पोजेटिभ देखिएको हो।

मृतक महिलालाई स्वासप्रस्वासमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याइएको थियो। उनलाई आकस्मिक कक्षमा लाँदालाँदै मृत्यु भएको अस्तपालले जनाएको छ।

ती महिलाले गत वैशाख २४ गते काठमाडौंको त्रिवि शिक्षण अस्पताल टिचिङमा शिशुलाई ...


थप १० जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं - नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको आइतबार बिहान ७:१५ बजेको सूचना अनुसार रौतहट राजपुर नगरपालिका फरहदवा ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष छन्। त्यस्तै, इशना नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषहरु छन्।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

नेपालमा संक्रमितमध्ये ३६ जना अहिले संक्रमणमुक्त भएका छ्न्। तीमध्ये एक जनाको भने मृत्यु भएको छ। शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी ...


नेपाली सेनाका २ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौँ - शनिबार थप २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो।

दुबै जना कोरोना संक्रमित नेपाली सेनाका सुरक्षाकर्मी रहेको खुलेको छ। उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

आजै बारामा एकजना नेपाल प्रहरीको जवानमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।

जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत ती जवानमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

उनले प्रहरी जवानलाई अस्पताल लाने तयारी भइरहेको बताए।

योसँगै संक्रमितहरूको संख्या २ ...


कपिलवस्तुका थप तीन जनामा कोरोना , दुई सय ७६ पुग्यो संख्या !

काठमाडौँ - कोरोनाभाइरसका तीन जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अब नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७६ पुगेको छ।

यी तीनै जना कपिलवस्तु शिवराज चन्द्रौटाका बासिन्दा हुन्। संक्रमितहरू २५ ३४ र ४४ वर्षीय उमेर समूहका पुरूषहरू हुन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि शनिबारै ६ जना संक्रमित थपिएका थिए।

बर्दिया नार्सु ११ का २८ वर्षकी महिला, सिराहा सखुरा १९ का ३० वर्षीय पुरूष, पर्सा वीरगन्ज १२ का २८ र २९ वर्षीय पुरूष, सर्लाही रामनगर ४ की १८ ...


थप ६ जनामा कोरोना संक्रमण देखियो, सिराहामा पनि भेटियो

काठमाडौं - शनिबार नेपालमा ६ जना कोरोना संक्रमित थपिएका छन् ।

बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

...

२५ जिल्लाका कूल २६७ जनामा कोरोना संक्रमण पुष्टि (सुची सहित)

काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोनाभाइरस (कोभिड–१९) नेपालमा पनि तीव्र रुपमा फैलिँदै गएको छ । हालसम्म नेपालका २५ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म २५ जिल्लाका कूल २६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), सप्तरी, सर्लाही, नवलपुर, मकवानपुर र दाङ जिल्ला निवासीमा कोरोना संक्रमण पुष्टि भएको छ ...


दाङमा सङ्क्रमित भेटिएसंगै 'कन्ट्याक्ट ट्रेसिङ' थालियो

दिवाकर पोख्रेल, दाङ - भारतबाट आएका दाङ गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएसंगै उनिहरुसंगको कन्ट्याक (सम्पर्क पहिचान ) थालिएको छ । भारतको गोरखपुर र मुम्बईबाट आएका ३६ र २३ बर्षिय पुरुषमा संक्रमण देखिएको हो ।

उनिहरुको लमहीमा स्वाब संकलन गरि राप्ती स्वास्थ्य विज्ञान दाङ र थप परिक्षणको लागि भेरी अस्पताल नेपालगंज पठाइएको थियो । सङक्रमित दुई जनालाई शुक्रवार राती दाङको बेल्झुण्डि अस्पतालमा लगिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलास चौधरीले जानकारी दिए ।

कृष्णनगरबाट एम्बुलेन्समा दाङ
सङक्र्मित दुवैजनालाई कपिलवस्तुको ...


दाङमा २ जनामा कोरोना संक्रमण पुष्टि, सङ्क्रमित संख्या २६० पुग्यो

दाङ - दाङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै  देशभर सङ्क्रमितको संख्या २६० पुगेको छ। 

...

रोजगारी गुमाएर स्वदेश फर्किएकालाई व्यवसायिक कृषिमा लगाइने

काठमाडौं - कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका युवाहरुलाई सरकारले कृषि, निर्माणलगायत अन्य क्षेत्रमा परिचालन गर्ने भएको छ।

रोजगारी संकुचित हुने र बेरोजगारी बढ्ने जोखिम बढेसँगै सरकारले आगामी आर्थिक वर्षमास्वदेशमा रोजगारीका अवसरहरु पहिचान गरी युवाहरुलाई परिचालन गर्ने कार्यक्रम अघि सारेको हो।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशबाट फर्किएका युवाहरुलाई व्यवसायिक कृषि भौतिक पूर्वाधार निमार्ण, उद्योगलगायत क्षेत्रमा परिचालन गरिने उल्लेख गरेकी हुन्।

...

‘चीनौँ आफ्नो माटो, बनाऔं आफ्नो देश’ अभियान संचालन गरिने

काठमाडौं- सरकारले ‘चीनौँ आफ्नो माटो, बनाऔं आफ्नो देश’ अभियान सञ्चालन गर्ने भएको छ। यसमार्फत स्नातकोत्तर युवाहरुलाई विकास निर्माण तथा शैक्षिक विकाससम्बन्धी काममा मुलुकभर परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

राष्ट्रपति विद्या भण्डारीले सरकारको कार्यक्रममार्फत देश विकासमा हरेक युवालाई जोड्ने सरकारको तयारी रहेको सदनमा वाचन गर्दै यस्तो बताएकी हुन्।

यस्तै सरकारले विदेशमा रोजगारी गुमाएर फर्किएकालाई व्यावसायिक कृषिमा लगाउने नीति लिएको बताइएको छ।

...

वैदेशिक रोजगारीमा जानेलाई सामाजिक सुरक्षा योजनामा समेटिने

काठमाडौं - सरकारले आगामी वर्षदेखि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने भएको छ।

सबै नेपालीको जीवन सुरक्षित, मर्यादित तथा गुणस्तरीय बनाउनका लागि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने नीति नीति सरकारले लिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले विदेश जाने युवाका लागि सामाजिक सुरक्षा योजनामा समावेश गर्ने नीति सरकारले लिएको उल्लेख गरेकी हुन्। त्यस्तै स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने योजना सरकारको छ।

सरकारले सामाजिक सुक्षालाई दिगो बनाउने नीति अघि सारेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन्। जेठ १५ गते अनिवार्य रूपमा बज्ट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

त्यसभन्दा अघि सरकारले नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने परम्परा रहँदै आएको छ। संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकरले तयार गरेको नीति तथा कार्यक्रम पेश गर्नेछिन्।

कोरोनाको महामारी चलिरहेको समयमा सरकारले महामारी नियन्त्रण‚ स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउने‚ कृषि क्रान्ति गर्ने र रोजगारीका अवसरमा वृद्धि गर्ने नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको थियो।

सरकारले यसअघि नै नीति तथा कार्यक्रम ल्याउन ...


पूर्वराजा ज्ञानेन्द्रले पाए सवारी पास, काठमाडौं फर्किंदै

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्किने सवारी पास पाएका छन्। पास पाएपछि उनी बिहान ८ बजे झापाबाट काठमाडौंका लागि प्रस्थान गरेको झापाका सिडिओ उदय बहादुर रानामगरले जानकारी दिए।

पूर्वराजा शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले काठमाडौं आउनका लागि दिएको सवारी पास बिहीबार रद्द भएको थियो। जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार नै जारी गरेको पास गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका थिए।

बिहीबार जारी भएको पास गृहमन्त्रालयको स्वीकृत नभएको भन्दै रद्द गरिएको थियो। पछि गृहले पास दिन भनेपछि बिहीबार ...


एकाबिहानै ९ जना कोरोना संक्रमित थपिए, २ सय ५८ पुगे संक्रमित

काठमाडौं - शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताए अनुसार बाँकेमा नयाँ देखिएका कोरोना संक्रमित दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा स‌ंक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता ...


आज नीति तथा कार्यक्रम : स्वास्थ्य, पूर्वाधार, कृषि र रोजगारी प्राथमिकतामा

काठमाडौं- सरकारले स्वास्थ्य पूर्वाधार, शिक्षा, व्यावसायिक कृषि र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार विकास र रोजगारी सिर्जनालाई केन्द्रमा राखिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिएको जानकारीअनुसार राष्ट्रिय गौरवका आयोजना तथा रूपान्तरणकारी आयोजना निर्माणमा पनि प्राथमिकता दिइएको छ। आन्तरिक पर्यटनको विकास, गरिबी न्यूनीकरणमा पनि नीति तथा कार्यक्रममार्फत जोड दिइएको छ।

'यसपटक नयाँ कार्यक्रम समावेश गरिएको छैन, स्वास्थ्य पूर्वाधार विकास, आर्थिक-सामाजिक रूपान्तरण, रोजगारी सिर्जना र ...


सात वर्षीय बालकसहित थप तीन जनामा कोरोना देखियो, दुई सय ४९ पुगे संक्रमित

काठमाडौँ - बिहीबार थप तीन जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। जसमा काठमाडौं, चन्द्रागिरि नगरपालिका दहचोकका ७ वर्षीय बालकसहित जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ।

बिहीबार दिउँसो पनि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकासहित तीन जनामा संक्रमण पुष्टि भएको थियो। जसमा दुईजना काठमाडौंको चन्द्रागिरि नगरपालिकाका र अर्का नवलपरासीको देवचुली नगरपालिकाका हुन्।

...

संक्रमण बढेपछि लकडाउन थप कडाइ गर्ने निष्कर्षमा गृह

काठमाडौं - काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुनः देखिएपछि लकडाउन थप कडाइ गर्नुपर्ने निष्कर्षमा गृहमन्त्रालय पुगेको छ।

बिहीबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुसहितको छलफलपछि मन्त्रालय सो निष्कर्षमा पुगेको हो। शुक्रबारदेखि बाहिर हिँडडुल गर्नेमाथिको चेकिङमा थप कडाइ गर्नेदेखि नाकामा समेत निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ।

यसअघिसम्म लागू भएका सम्पूर्ण पास समेत बिहीबारदेखि खारेज गरेको गृहमन्त्रालयले काठमाडौंमा जोखिम देखिन थालेको भन्दै हरेक वडाको समन्वयमा लकडाउन थप कडा गर्नुपर्ने जनाएको छ। यसअघि खोल्न दिने भनिएका, विभिन्न उद्योग, पसलहरुका बारेमा समेत विचार गर्नुपर्ने बेला आएको छलफलमा सहभागीहरुले ...


नवलपरासी पूर्वमा १ जनामा कोरोना संक्रमण, २४६ पुगे संक्रमित

काठमाडौं- नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षण अनुसार नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीबार अराह्न १२:१५ मा जारी सूचनामा भनिएको छ।

संक्रमित नवलपरासी (पूर्व) देवचुली नगरपालिका १२ निवासी ४९ वर्षीय पुरुष हुन्।

...

सिमा अतिक्रमणलाई अन्तराष्ट्रियकरण गर्न नागरिक समाजको माग

दिवाकर पोख्रेल
देउखुरी, जेठ १ गते । भारतीय पक्षबाट कालापानी लिपुलेक, लिप्पियाधुरा क्षेत्रमा अतिक्रमण गरी मानसरोबर सम्म जाने सडक निर्माण थालेको भन्दै नागरिक समाज दाङ देउखुरीले विरोध जनाएको छ । कोरोना सङ्क्रमणले विश्व आजित भइरहेको समयमा असल छिमेकीले हेपाहा प्रवृति देखाएको भन्दै नागरिक समाज दाङ देउखुरीले भारतले नेपाली भूभागमा सडक निर्माण कार्य रोक्न र नेपाली भु–भाग अबिलम्व फिर्ता गर्न माग गरेको छ । लामो सयम देखि भारतीय सेनाले नेपालको कालापानी क्षेत्रमा डेरा जमाएर बसेको इतिहास साक्षी रहेको भन्दै नेपाली जनताले पहिले देखि नै विरोध जनाउँदै ...


रुपन्देहीका १२ संक्रमितमध्ये ९ जना एकै परिवारका

बुटवल - रुपन्देहीमा बुधबार पुष्टि भएका १२ कोरोना संक्रमितमध्ये ९ जना एउटै परिवारका छन्। रुपन्देहीको गैंडहवा गाउँपालिका-२ जोगडाका उनीहरू वैशाख २५ गते भारतको मुम्बईबाट गाडी रिजर्भ गरेर आएका थिए।

एउटै परिवारका १७ जना मुम्बईबाट आए पनि परिवारका ९ जनामा संक्रमण पुष्टि भएको हो। उक्त परिवारसँगै मुम्बईबाट आएका सोही टोलका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू सबै मुम्बईबाट आई सिधै गाउँपालिकाको वडा-२ स्थित जोगडा माविमा बनाइएको क्वारेन्टाइनमा गएका थिए।

दस संक्रमितमध्ये सात पुरुष र तीन महिला छन् जसको उमेर समूह ४ देखि ४१ वर्ष छ।

...

चार जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण

काठमाडौं - कपिलवस्तुमा भेटिएका ८ जना कोरोना संक्रमित मध्ये चार जना सुरक्षाकर्मी भएको पाइएको छ ।

उनीहरु मध्ये दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई छन् ।

उनीहरु कपिलवस्तुमा यसअघि भेटिएका कोरोना संक्रमितको सम्पर्कमा रहेको स्रोतको भनाइ छ ।

स्रोतले भन्यो, ‘उहाँहरु कोरोना संक्रमितको स्वाब संकलन लगायतका प्रक्रियामा खटिनु भएको थियो ।’

मंगलबार कपिलवस्तुकी एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।

बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी २४ जनामा कोरोना ...


थप दुई जनामा कोरोना संक्रमण, २४५ पुगे संक्रमित

काठमाडौं - नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार काठमाडौं चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तु कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीद्वारा जारी पछिल्लो सूचना अनुसार, नयाँ संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ।

यससँगै नेपालमा संक्रमितको संख्या २ सय ४५ पुगेको छ। तीमध्ये ३५ जना संक्रमणमुक्त भइसकेका छन्।

...

दाङको नाकामा उच्च सुरक्षा सर्तकता
नौ वटा नाकामा सिमा सुरक्षा पोष्ट थपिदै

दिवाकर पोख्रेल, देउखुरी - नेपाल भारत सिमा क्षेत्रबाट लुकीछिपी नागरिकहरु आवतजावत गरिरहेको खबर आइरहदा दाङको नाका क्षेत्रबाट लकडाउनको समयमा कोही पनि नेपाल नभित्रीएको पाइएको छ । खुला सिमाना र जंगली क्षेत्र भएका कारण रातीको समयमा भारतबाट लुकिछिपी नेपाल भित्रिएको आशंका गरिरहेको बेला सिमा क्षेत्रमा रहेका सुरक्षा निकायले दाङको नाका क्षेत्र पुर्ण रुपले सुरक्षित रहेको बताएका हुन । दाङका साना ठूला गरी जम्मा ३४ वटा नाका मध्ये प्रमुख नाकाहरुमा सुरक्षा पोस्ट राखेर नाका क्षेत्रलाई सिल गरिएको छ । कोरोना सङक्रमण संगै आनावश्यक रुपमा नेपाल भित्रन नदिनको ...


कालापानीमा बसेका भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन निर्देशन

काठमाडौँ - प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतले कालापानीमा रहेका भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन सरकारलाई निर्देशन दिएको छ।

समितिले आइतबार र सोमबार परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालसँग छलफल गरेको थियो।

'भारतद्वारा अतिक्रमित भूमिबाट भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन', लिम्पियाधुरा, लिपुलेकलगायत कालापानी क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न उच्च तहबाट राजनीतिक, कूटनीतिक र अन्य आवश्यक कार्य गर्न' समितिले सरकारलाई निर्देशन दिएको हो।

समितिले नेपाली भूमिमा अतिक्रमण गरी भारतले सडक निर्माण गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको जनाएको छ।

त्यस्तै, सरकारलाई तत्कालै अतिक्रमित नेपाली भू-भागलाई समेटेर नेपालको ...


अब एक जिल्लाबाट अर्को जिल्लामा जाने पास खारेज

काठमाडौँ - सरकारले जेठ १ देखि आवातजावतलाई थप कडाइ गर्ने भएको छ। गृह मन्त्रालयले सम्बन्धित निकायलाई थप कडाइ गर्न निर्देशन दिएको छ।

गएको तीन दिनमा लगातार संक्रमित संख्या बढ्दै गएपछि गृहले थप कडाइ गरेको हो।

‘जेठ १ देखि यसअघि दिएको पास खारेज गरिएको छ’, गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले भने,‘ एक जिल्लाबाट अर्को जिल्लामा जान अनुमति लिएको पास खारेज गरिएको हो।’

यदि कोही बाहिर जान चाहे भने पनि मनासिब कारण देखाएर दुबै जिल्लाको अनुमति लिइनुपर्ने उनले बताए। तर काठमाडौं उपत्यकाको हकमा भने यो लागू हुनेछैन।

सरकारी कर्मचारीले सम्बन्धित मन्त्रालयको सचिवले ...


वीरगन्जका दुई जना पत्रकारलाई कोरोना

बिरगंज - वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ। मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ।

नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो।

मंगलवार एकैदिन ५७ जना व्यक्तिमा संक्रमण देखिएको थियो । जसमा ३९ जना पर्साका मात्र छन्।

...

नेपालमा मंगलबार मात्र थपिए ८३ कोरोना संक्रमित

काठमाडौँ - नेपालमा मंगलबार मात्रै ८३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। मंगलबार राति थप २६ जनामा कोरोना भाइरस पुष्टि भएसँगै एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणअनुसार मंगलबार राति पुष्टि भएकामध्ये पर्साका १८ जना, महोत्तरीका दुई जना, धनुषाका दुई जना, भक्तपुरका दुई जना, काठमाडौंका एक जना र सर्लाहीका एक जना छन्।

यसअघि मंगलवार बिहान बारा, पर्सा, कपिलवस्तु र रूपन्देहीमा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित २१७ जना पुगेका छन्। तीमध्ये ३४ जना उपचारपछि निको भएर घर ...


लिपुलेकबारे भारत र चीन दुवैसँग संवाद गर्न कांग्रेसको माग !

काठमाडौं - प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमा विवादबारे भारत र चीन दुवैसँग संवाद गर्न माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी दुवै मित्रराष्ट्रसँग प्रष्ट धारणा र एतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान गर्न माग गरेका हुन् ।

‘दुवै छिमेकी मित्र राष्ट्रसंग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान’ नेपालको अहिलेको परिपक्व रणनीति हुनुपर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘सामान्य वक्तव्य वा सामान्य नोट जारी गरेर नेपाल सरकारको दायित्व पूरा हुन्न ।’

कांग्रेसले दीर्घकालीन समाधानका लागि सुस्पष्ट ढंगले उच्च स्तरीय कुटनैतिक पहल गर्न ...


सीमा अतिक्रमण विरुद्ध प्रदर्शनमा उत्रिएका नेबिसंघका १५० भन्दा बढी नेता-कार्यकर्ता पक्राउ

काठमाडौं - भारतले अतिक्रमण गरेको लिपुलेक सहितको भूभाग फिर्ता ल्याउ भनेर बिरोध प्रदर्शनमा उत्रिएका नेबिसंघका दर्जनौ नेता कार्यकर्ता माइतिघरबाट पक्राउ परेका छन्।

नेबिसंघ केन्द्रीय समितिको आयोजनामा माइतिघर मण्डलाबाट प्रदर्शनको क्रममा नेबिसंघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्रीहरु बलदेव तिमल्सिना, दिपक भट्टराई, उर्मिला थपलिया, युबराज पाण्डे, प्रभात दाहाल पक्राउ परेका छन्।

प्रहरीले पटक पटक गरी नेबिसंघका १५० जना नेता कार्यकर्ता पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको महामन्त्री तिमिल्सिनाले जानकारी दिए। नेपाली भुमी फिर्ताको माग गर्दै नेबिसंघको केन्द्रीय समितिको निर्देशनमा देशभर प्रदर्शन भएको महामन्त्री युवराज पाण्डेले बताए। देशैभरीबाट नेबिसंघका सयौं नेता ...


विदेशमा अलपत्र नेपालीलाई फर्काउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौं - विदेशमा कोरोनाबाट प्रभावितलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ता गराउन मागसहित सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गरिएको छ। नेपाली कांग्रेसका सांसद गगन थापाको प्रस्तावमा कांग्रसकै सांसदद्वय डिला संग्रौला र प्रकाश स्नेहीले समर्थन गरेका छन्।

सोमबार संसदमा दर्ता भएको प्रस्तावमा विदेशमा अलपत्र परेका, स्वदेश फर्कन चाहेका नागरिकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी नेपालमा ल्याउन आग्रह गरिएको छ। सरकारले तोकेको मापदण्डसहित स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा राख्ने गरी स्वदेश फिर्ता गर्न मागसहित प्रस्ताव दर्ता भएको छ।

रोजगारी गुमाएर २ लाख ८० हजारसहित ४ लाख ७ हजार नेपाली श्रमिक नेपाल ...


कपिलवस्तुमा थप १३ जनामा कोरोना देखियो, एकैदिन २४ संक्रमित

काठमाडौँ - नेपालमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ। ६ जना कपिलवस्तु, ६ जना रुपन्देही र बर्दियामा १ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

संक्रमितहरू कपिलवस्तुको यशोधरा -८ र बुद्धभूमि नगरपालिका-७ निवासी १५,१९, २३, ३०,३२ र ३८ वर्षीय पुरूष रहेका छन्। त्यस्तै, रुपन्देही सम्मरीमाई गाउँपालिका-७ र लुम्बिनी साँस्कृतिक नगरपालिका -६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरूष रहेका छन् भने बर्दिया राजापुर-५ की ११ वर्षीय बालिका छिन्।

उनीहरूको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। उनीहरूको ...


सप्तरीमा पनि भेटिए कोरोना संक्रमित, १२१ पुग्यो संख्या

काठमाडौं । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

...

कपिलवस्तुका थप १० जनामा कोरोना संक्रमण पुष्टि, १२० पुगे संक्रमित !

काठमाडौं - कपिलवस्तुका थप १० जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि भएकाहरुको संख्या १२० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीद्वारा सोमबार जारी सूचना अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु कपिलवस्तु, यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु र एक जना उमेर नखुलेका पुरुष छन्।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

नेपालमा संक्रमण पुष्टि भएका १ सय २० ...


भारतले सिमा मिचेर सडक बनाएको विषयमा चीनसँग पनि वार्ता गर्नुपर्छ : प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन गर्ने भारतीय कदम त्रिदेशीय मुद्दा भएकाले नेपाल, भारत र चीनबीच कुटनीतिक वार्ता गर्नुपर्ने बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै प्रचण्डले यो त्रिदेशीय समस्या भएकाले भारतसँग मात्रै नभई चीनसँग पनि कुटनीतिक वार्ता गर्नुपर्ने बताएका हुन्।

‘नेपाली भूमिमा हुने क्रियाकलापबाट भारतमात्र नभइ चीन पनि पछि हट्नुपर्छ र यो समस्या समाधानका लागि त्रिदेशीय वार्ता गर्नुपर्छ,’ उनले भने। उनले नेपाली भूमिमा चीन र भारतको सहमतिबाट व्यापारिक उद्देश्यले ...


कोरोना भाइरसबाट विश्वभर ७८ नेपालीको मृत्यु, बेलायतमा मात्रै ५१ जना

एजेन्सी - विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (९ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ ...


भारतीय अतिक्रमण बिरुद्ध नेकपाका ६ सांसदले दर्ता गरे संकल्प प्रस्ताव

काठमाडौँ - भारतबाट अतिक्रमित भूमि फिर्ता लिई नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न–गराउन भन्दै सत्तारुढ नेकपामा ६ जना सांसदले संसदमा संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

नेकपाका सांसदहरू गणेशसिंह ठगुन्ना, दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई फिर्ता ल्याएर नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति गराउन भन्दै संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

‘सबै आधारहरूले सन् १८१६ को सुगौली सन्धिले स्पष्ट गरेको लिम्पियाधुराबाट निस्किने कुटीयान्दी नै महाकाली नदी भएकाले सो पूर्वको करिब चार सय वर्गकिलाेमिटर नेपाली भूभाग भारतले ...


सांसदहरुले भने : 'सीमा विवाद अब अन्तर्राष्ट्रियकरण गरौं'

काठमाडाैं - भारतले नेपालको भूमि हुँदै मानसरोवरसम्म पुग्ने बाटो बनाएपछि कालापानी र लिपुलेकको विवाद फेरि सांसदमा पेचिलो बनेकाे छ। प्रतिनिधि सभाकाे आइतबारकाे बैठकमा सांसदहरुले प्रश्न-उत्तरमा सहभागी हुँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारले गरिरहेको पहलका बारेमा सदनलाई जानकारी गराउन माग गरे।

प्रतिनिधि सभामा बोल्ने क्रममा अधिकांश सांसदहरुले अब चुप लागेर बस्ने नभई यसलाई अन्तर्राष्ट्रियकरण गरी संयुक्त राष्ट्र संघमा लैजानेलगायतका कार्य गर्न माग गरेका छन्। सत्तापक्ष र विपक्षका सांसदहरुले परराष्ट्रमन्त्रीसँग स्पष्ट खाका पेश गर्न पनि माग गरे।

कसले के भने?

गणेशसिंह ठगुन्नाः सरकारको अडान स्वागतयोग्य छ। महाकाली पूर्व नेपाल हो। लिम्पियाधुरा ...


नेपालगञ्जका संक्रमितका सम्पर्कमा भेटिएका ७१ मध्ये ५६ जनाको स्वाब सङ्कलन !
संक्रमितको स्वास्थ्यावस्था सामान्य

नेपालगंज - बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनीहरुलाई वार्डमा चिकित्सकको निगरानीमा राखिएको छ ।

बाँकेमा पहिलोपटक एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखापरेपछि स्थानीय प्रशासनले पिसिआर पद्धतिबाट परीक्षण शुरु गरेपछि आइतबार १६ र मंगलबार थप सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । पहिलो पटक भेटिएका संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण गर्दा एकै वडाका २२ ...


नेपालगञ्जका संक्रमितका सम्पर्कमा भेटिएका ७१ मध्ये ५६ जनाको स्वाब सङ्कलन !

नेपालगंज - बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनीहरुलाई वार्डमा चिकित्सकको निगरानीमा राखिएको छ ।

बाँकेमा पहिलोपटक एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखापरेपछि स्थानीय प्रशासनले पिसिआर पद्धतिबाट परीक्षण शुरु गरेपछि आइतबार १६ र मंगलबार थप सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । पहिलो पटक भेटिएका संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण गर्दा एकै वडाका २२ ...


स्थानीय उत्पादनलाई बजारसम्म ल्याउनेबारे छलफल भइरहेको छ : मन्त्री भट्ट

काठमाडौँ - कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको ४३ औं दिनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पत्रकारहरुसँग छलफल गरेका छन् ।

मूलतः छलफल विश्वभर फैलिएको कोरोनाभाइरसको महामारीका कारण सिर्जित मुलुकको वर्तमान अवस्था, आगामी नीति तथा कार्यक्रम, बजेटमा समेटिनुपर्ने विषयहरु र लकडाउनको समयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका गतिविधिमा केन्द्रित थियो । प्रस्तुत छ, छलफल कार्यक्रममा मन्त्री भट्टले व्यक्त गरेका भनाइ:

कोरोनाभाइरसको महामारीले निम्त्याएको यो जटिल अवस्था र भोलि कसरी अगाडि बढ्नेबारे सरकार गम्भीर ढंगबाट अगाडि बढिरहेको छ । लकडाउनको अवस्थामा सवैभन्दा ठूलो समस्या भनेको ...


एक साता लकडाउन लम्ब्याउन समितिको सिफारिस

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्ने तयारी गरेको छ। गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन २५ गते सकिन लागेको अवस्थामा समितिले लकडाउन थप गर्ने गरी सरकारलाई सिफारिस गर्ने तयारी गरेको हो।

बुधबार बस्ने मन्त्रिपरिषद बैठकले हप्तादिन सम्मका लागि लकडाउन थप गर्न सक्ने समिति बैठकमा सहभागी एक मन्त्रीले बताए। लकडाउनबाट कोरोना रोग नियन्त्रण गर्न सरकार सफल भएको भन्दै थप प्रभावकारी बनाउँदै लग्ने निर्णयसमेत समितिले गरेको छ।

बुधबार बेलुका बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनको म्याद थपको निर्णय गर्ने भएको छ। प्रधानमन्त्री केपी ओलीसमेत ...


लकडाउन सात दिन थप्ने सरकारको तयारी, ठाउँ हेरेर खुकुलो गरिने !

काठमाडौँ - सरकारले जारी लकडाउनलाई सात दिन थप्ने तयारी गरेको छ। सोमबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउन लम्ब्याउनु पर्नेबारे छलफल भएको थियो।

लकडाउन लम्ब्याइए पनि कोरोना संक्रमणको अवस्था हेरी विभिन्न ठाउँमा खुकुलो पार्ने समेत सरकारको तयारी रहेको बैठकमा उपस्थित एक मन्त्रीले बताए।

‘बैठकमा लकडाउन सात दिन थप्नेबारे छलफल भएको हो। तर संक्रमणको अवस्था हेरी विभिन्न ठाउँमा खुकुलो पार्न सकिने पनि सुझाव आएको छ’, ती मन्त्रीले भने।

जारी लकडाउन २५ गते सकिँदै छ।

यसबारेमा मोडालिटी तयार पार्न स्वास्थ्य, रक्षा, गृहलगायतका सचिवलाई निर्देशन ...


संघीय संसदको महासचिवमा भरतराज गौतम नियुक्त

काठमाडौं - संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार गौतमलाई महासचिवमा नियुक्त गरेकी हुन् ।

त्यसअघि सोमबार नै सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका थिए ।

कास्की लामाचौर घर भएका गौतम हाल स‌ंघीय संसदमा सचिवालय सचिव थिए ।

मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले २ चैतमा गोपालनाथ योगीलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए।

...

नयाँ भर्ना नलिन र अनलाइन कक्षाका नाममा शुल्क नउठाउन विद्यालयलाई निर्देशन

काठमाडौं - शिक्षा मन्त्रालयले अनलाइन कक्षाका नाममा कुनै पनि शुल्क असुल नगर्न विद्यालयहरूलाई निर्देशन दिएको छ। निजी तथा सामुदायिक सबै विद्यालयले अर्को सूचना जारी नभएसम्मका लागि भर्ना तथा पठनपाठनमसेत संचालन नगर्न सूचित गरेको छ।

सोमबारको मन्त्रिस्तरीय निर्णयअनुसार विद्यालयहरुलाई नयाँ भर्ना नलिन निर्देशन दिइएको हो।

एसईई र कक्षा ११ र १२ का परीक्षा कोरोना भाइरसको संक्रमण हेरेर तथा वस्तुस्थितिको सुक्ष्म अध्ययन गरी परीक्षा सञ्चालन गरिने मन्त्रालयले स्पष्ट पारेको छ। परीक्षा मितिका सन्दर्भमा कुनै निर्णय नभएको जानकारी गराइएको छ।

नीजि विद्यालयहरूले माध्यमिक तहसम्मको एक महीनाको आवासीयबाहेक अन्य सबै शुल्क छुट ...


लकडाउनकाे मोडल परिवर्तन गरिने

काठमाडौं -लकडाउनको मोडल परिवर्तन गर्ने गरी आज साँझ कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी ओलीसमेत सहभागी हुने गरी समितिको बैठक बालुवाटारमा बस्न लागेको रक्षामन्त्री इश्वर पोखरेलको सचिवालयले जनाएको छ।

‘लकडाउन खुकुलो बनाउने गरी होइन । निश्चित ठाउँका मान्छे आवतजावत गर्न मिल्ने, अत्यावश्यक वस्तुको उत्पादन गर्न मिल्ने गरी मोडलमा मात्रै परिवर्तन गर्ने कि भन्ने छ,’ एक मन्त्रीले भने, ‘तर, लकडाउनको मोडलमा के-के परिवर्तन गर्ने भन्ने निश्चित भएको छैन। समितिका सदस्य रहेका मन्त्री र चार वटै सुरक्षा निकायको सुझावका आधारमा तय ...


नेपालगञ्जमा थप ७ जनामा कोरोना देखियो, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं- नेपालगञ्जमा मंगलबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो।

नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ।

नेपालगञ्जमा मंगलबार ७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ। हालसम्म संक्रमण देखिएका ८२ जनामध्ये १६ जना ...


अछामको आइसोलेसन वार्डमा मृत्यु भएकी महिलाको कोरोना परीक्षण नेगेटिभ

सुर्खेत - अछाम जिल्ला अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विकको आइसोलेसन वार्डमै मृत्यु भएपछि कोरोनाको आशंकामा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको थियो।

एकाएक उच्च ज्वरो आएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताए।

उनको कोरोनाको आरडिटी परीक्षणको रिपोर्ट यसअघि नै नेगेटिभ आएको थियो। पिसिआर रिपोर्ट पनि नेगेटिभ नै आएको उनले बताए।

...

'एमसिसी' हिन्द-प्रशान्त रणनीतिकै अंग भएको नेकपा कार्यदलको निष्कर्ष

काठमाडौं - अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे अध्यन गर्न गठित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले यो हिन्द–प्रशान्त रणनीति अन्तर्गत भएको निष्कर्ष निकालेको छ। शुक्रबार सार्वजनिक भएको कार्यदलको प्रतिवेदनमा एमसिसीबारे सच्याउनुपर्ने भन्दै दजर्न बढी सुझाव दिइएको छ।

‘सन् २००२ देखि नै एमसिसी तथा त्यस अन्तर्गत संचालन हुने मिलेनियम च्यालेन्ज कम्प्याक्ट र मिलेनियम च्यालेन्ज अकाउण्ट अमेरिकी राष्ट्रिय सुरक्षा र रक्षानीति अन्तर्गत अगाडि बढाइएको देखिन्छ,’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘विभिन्न समयमा अमेरिकी रक्षा मन्त्रालयद्वारा प्रकाशित सुरक्षा र रक्षा रणनीतिसम्बन्धी प्रतिवेदनहरुमा उक्त कुरा उल्लेख गरिएकोछ। साथै अमेरिकी ...


प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने प्रचण्ड-नेपालको निष्कर्ष

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादबाट पार पाउनका लागि प्रधानमन्त्रीबाट केपी ओलीले तत्काल राजीनामा दिनुपर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले निष्कर्ष निकालेका छन्।

आज बस्ने भनिएको सचिवालय बैठकमा आफ्नो पक्षको रणनीति तय गर्न शुक्रबार कोटेश्वरमा बसेको दुई पक्षको बैठकले राजीनामा दिएपछि बाँकी निर्णय गर्न लागि सहज हुने रणनीति तय गरेको एक नेताले बताए।
गत बुधबार बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सकिएपछि आफूले राजीनामा दिने र त्यसपछि बामदेव गौतमलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए। साथै, उनले माधव नेपाललाई तेस्रा ...


प्रधानमन्त्रीलाई छ कि छैन संसद विघटन र मध्यावधि घोषणाको अधिकार ?

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले ३ फागुन २०७४ मा पद तथा गोपनियताका सपथग्रहण गरेका हुन् । उनलाई प्रतिनिधिसभाले प्रधानमन्त्री चयन गरेको हो ।

वर्तमान प्रतिनिधिसभा प्रधानमन्त्री चयन गर्न सक्ने अवस्थामा भएकाले विघटनको गुञ्जायस छैन । संविधानविद् डा.विपीन अधिकारी भन्छन्, ‘प्रतिनिधि सभाले प्रधानमन्त्री चयन गर्न सम्भव भएसम्म यो सभालाई विघटन गर्न संविधानले दिँदैन ।’

संविधानको धारा ७६ को उपधारा ५ मा विभिन्न पाँच चरण पार गर्दा समेत प्रतिनिधी सभाबाट सरकार बन्न नसक्ने अवस्थामा मात्रै मध्यावधि निर्वाचनमा जान सकिने उल्लेख छ ।

‘यसको अर्थ हो प्रधानमन्त्रीलाई मन लाग्यो भने ...


रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

काठमाडौं - रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको गएराति निधन भएको छ। उनको काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो।

नेपाली कांग्रेसकी नेतृ नोना कोइरालाकी बहिनीसमेत रहेकी रानुदेवी निरंकुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन्।

...

कपिलवस्तुमा वडाध्यक्ष माथि गोली प्रहार !

कपिलवस्तु - कपिलवस्तुमा वडाध्यक्षलाई लक्षित गर्दै गोली प्रहार भएको छ। कपिलवस्तुको यशोधरा गाउँपालिका- ८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानलाई लक्षित गर्दै गए राति १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ।

खोरिया गाउँमा आफ्नै घरमा सुतेका वडाध्यक्ष मुसलमानलक्षित चार राउण्ड गोली प्रहार भएको हो। दुई अज्ञात व्यक्तिले गोली हाने पनि उनलाई नलागेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए।

...

मजदुर दिवसमा श्रमिककै घरमा पुगेर राहत

देउखुरी समाचारदाता, देउखुरी - अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मजदुरकै घरमा पुगेर राहत वितरण गरिएको छ । दाङको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले मजदुरलाई राहत वितरण गरेको हो । लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाएर छाकै बस्न थालेका मजदुरलाई राहत स्वरुप खाद्यान्न बितरण गरिएको हो ।

खानेपानी संस्थाले लमही नगरपालिका वडा नम्बर ३ टिकुलिगढ निवासी रिक्सा चालक गरभु चौधरी र सोही ठाउँकै दिर्घरोगका कारण समस्यामा परेकी कमला चौधरीलाई राहत बितरण गरिएको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव सनम पौडेलले जानकारी दिनुभयो । जसमा ५० ...


बामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको अनौठो प्रस्ताव, अर्को बैठक २० गते

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूबिरुद्ध एक भएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष बामदेव गौतम समूहमा खेल्ने प्रयास गरेका छन्। बुधबारको सचिवालय बैठकमा उनले अनपेक्षित रुपमा पूर्व एमालेका नेता माधव नेपाललाई अध्यक्ष र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेको एक सचिवालय सदस्यले बताए।

नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव मंगलबार बेलुकी प्रचण्डसँग भएको भेटमा समेत राखेका थिए।

उनका अनुसार प्रधानमन्त्री ओलीले आफूले राजिनामा दिनुपर्ने भए एकपल्ट पनि प्रधानमन्त्री नभएका गौतमलाई बनाउन सकिने प्रस्ताव गरेका हुन्। कोरोनाको संकट सकिएपछि उक्त विषयमा गृहकार्य ...


भारतीय अभिनेता ऋषि कपूरको निधन

काठमाडौं- बलिउड अभिनेता ऋषि कपूरको पनि निधन भएको छ। उनको ६७ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका थिए।

अस्पताल भर्ना भएपछि उनलाई क्यान्सर र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको उनका दाजु रणधीर कपूरले सञ्चार माध्यमलाई बताएका थिए।

अमेरिकामा झन्डै एक वर्ष जति क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए। 

कपूरको निधनमा अभिनेता अमिताभ बच्चनले आफू विछिप्त भएको ट्विट गरेका छन्। 'उनी गए... ऋषि कपूर गए... उनको निधन भयो... म विछिप्त भएको छु', उनले ...


प्रधानमन्त्रीको पक्षमा सांसदहरुको हस्ताक्षर संकलन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् । अध्यक्ष पद नछाडे प्रधानमन्त्रीबाट पनि हटाउने तयारी भएको भन्दै ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधवार पनि ओली पक्षीय सांसदहरुको भेला भएको छ । राजधानी बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं ल्याइँदैछ ।

बुधबार साँझ ५ बजे बोलाइएको सचिवालय बैठकमा ...


विरगंजमा थप एक जनामा कोरोना देखियो,  ५८  पुगे संक्रमित

नेपालमा फेरि थप एक जना कोरोना संक्रमित थपिएका छन्।

वीरगन्जका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले जानकारी दिए।

यसअघि बुधबार नै एकैदिन तीन जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। स्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए। 

गत आइतबार पनि वीरगन्जका दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजना महानगरका सफाइ ...


विरगंजमा थप एक जनामा कोरोना देखियो,  ५८  पुगे संक्रमित

नेपालमा फेरि थप एक जना कोरोना संक्रमित थपिएका छन्।

वीरगन्जका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले जानकारी दिए।

यसअघि बुधबार नै एकैदिन तीन जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। स्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए। 

गत आइतबार पनि वीरगन्जका दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजना महानगरका सफाइ ...


विरगंजमा थप एक जनामा कोरोना देखियो,  ५८  पुगे संक्रमित

नेपालमा फेरि थप एक जना कोरोना संक्रमित थपिएका छन्।

वीरगन्जका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले जानकारी दिए।

यसअघि बुधबार नै एकैदिन तीन जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। स्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए। 

गत आइतबार पनि वीरगन्जका दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजना महानगरका सफाइ ...


कोरोना पोजेटिभलाई 'नेगेटिभ' देखाइदिए पछि जनकपुरको पिसिआर परीक्षण बन्द

जनकपुर - कोरोना 'पोजेटिभ'लाई 'नेगेटिभ' देखाइदिए पछि जनकपुरको पिसिआर परीक्षण बन्द गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नतिजा 'पोजेटिभ' देखाएका ३ वटा कोरोना परीक्षण त्यस अघि जनकपुरमा गरिएको परीक्षणमा 'नेगेटिभ' देखाएको थियो ।

प्रदेश-२ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले पोर्टेबल पिसिआर मेसिनले पोजेटिभ नतिजालाई पनि नेगेटिभ देखाइदिँदा थप जोखिम बढेको भन्दै बन्द गरिएको जानकारी दिए।

मंगलबारै रौतहटका दुई जना कोरोना संक्रमित युवकको जनकपुरमा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो। तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ आयो।

यसअघि पनि सर्लाहीका कोरोना संक्रमित ...


कोरोना संक्रमण देखिएका रौतहटका दुई गाउँ सिल

रौतहट - रौतहटमा मंगलबार दुई जना कोरोना संक्रमित भेटिएको क्षेत्रमा स्थानीय प्रशासनले सिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले रौतहटको वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई चार किल्ला तोकेर मानिस आउन र जान प्रतिबन्ध लगाएको हो ।

भुसाहाको दक्षिणमा भीम डावर गाउँ, उत्तरमा आकरपाथर गाउँ, पश्चिममा बहुअरि र बरगजवा गाउँ र पूर्वमा विर्ता गाउँ चारकिल्ला तोकी सिल गरिएको छ । त्यस्तै नहरटोलमा पूर्वमा कन्जुल मस्जिद, पश्चिममा लालबकैया नदीको नहर दक्षिणमा नहर (मन) र उत्तरमा खसरहिया गाउँ चारकिल्ला तोकी ...


 'अपहरण'को उजुरी सरकारी वकिल कार्यालयले पनि दर्ता गर्न मानेन

काठमाडौं- जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादव 'अपहरण' प्रकरणको उजुरी जिल्ला सरकारी वकिलले पनि दर्ता गर्न अस्वीकार गरेको छ। समाजवादीका नेता तथा अधिवक्ता कृष्ण शर्माले सहन्यायाधीवक्ता हरिप्रसाद रेग्मी मिटिङ भनेर बाहिर रहेको र अन्य कर्मचारीले दर्ता गर्न नमानेका हुन्। 

गत आइतबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्व उपप्रधामन्त्री उपेन्द्र यादवसहित काठमाडौंस्थित टेकु प्रहरी परिसरमा उजुरी दर्ता गर्न पुगेका थिए। तर त्यहाँ पनि दर्ता गर्न नमानेपछि उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगेका थिए। अन्तत सरकारी वकिलको कार्यालयले पनि उजुरी दर्ता गर्न नमानेको हो। 

जिल्ला सरकारी वकिलकाे कार्यालयले ...


नेकपाको सचिवालय र स्थायी कमिटी बैठक अनिश्चित

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चलिरहेको अन्तरसंघर्षबीच आज बस्ने भनिएकाे सचिवालय बैठक अनिश्चित बनेकाे छ। सचिवालय बैठकपछि स्थायी कमिटी बैठक बाेलाउने बताइएकाे थियाे।

नेकपाको सचिवालयका ९ सदस्यमध्येका एक झलनाथ खनालले बैठकबारे अहिलेसम्म कुनै सूचना नआएको बताए। उनले भने, ‘अहिलेसम्म सूचाना आएको छैन्, बैठक बस्ने स्थिति छैन्।’

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले सचिवालय बैठक बस्नेबारे बालुवाटारमा कुनै तयारी नभएको जानकारी दिए। ‘सचिवालयको कुनै योजना छ जस्तो लाग्दैन आज,’ थापाले भने, ‘यहाँ त्यस्ताे कुनै तयारी भएको छैन।’

सोमबार पूर्वएमाले समूहका नेताहरुबीच कोटेश्वरमा भएको भेलापछि नेकपा स्थायी ...


रौतहटमा थप २ जनामा कोरोना देखियो, संक्रमितको संख्या ५४ पुग्यो

काठमाडौं- रौतहटमा थप दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २४ र ३५ वर्षीय दुई युवकको कोरोना भाइरस परीक्षणमा पोजिटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उनीहरु वृन्दावन नगरपालिका र देबाही गोनाही नगरपालिका बासिन्दा भएको बताइएको छ। यी दुई सहित नेपालमा कुल संक्रमितको संख्या ५४ पुगेको छ। जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।

पछिल्लो समय प्रदेश १ र २ मा कोरोना संक्रमित देखिएका छन्। अघिकांश भारतबाट नेपाल आएका व्यक्तिहरु हुन्।

हाल प्रदेश १ को कोशी अस्पताल विराटनगरमा ३१ जना र नारायणी अस्पतालमा ३ ...


दक्षिण कोरियामा कामदार पठाउने सरकारको निर्णय

काठमाडौं- सरकारले इपिएसअन्तर्गत दक्षिण कोरिया जाने श्रमिकलाई लैजान दिने निर्णय गरेको छ। आइतबारको मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको अर्थमन्त्री युवराज खतिवडाले बताए।

दुई देशको सहमतिमा श्रमिक कोरिया लैजाने उनले जानकारी दिएका छन्। बैठकले लक डाउनको समय १० दिन थप गर्दै वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको छ। पछिल्लो पटक थप भएको समय वैशाख १५ गते सोमबार सकिँदै थियो।

पूर्वनिर्धारित लक डाउनको समय सकिनु एक दिन अगाडि नै सरकारले १० अझ लम्ब्याउने निर्णय गरेको हो। पहिलो पटक सरकारले चैत ११ गतेबाट लागु हुनेगरी एक हप्ताका लागि लक ...


झापामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि, सङ्क्रमित ५२ पुगे

काठमाडौं । झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।

आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ 

यसअघि १२ वैशाखमा झापाका ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।

झापामा थप एक जनालाई कोरोना संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये १६ जना ...


बैसाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय , ३१ गतेसम्म सीमा सिल

काठमाडौं- सरकारले थप १० दिन लकडाउन जारी राख्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरषद् बैठकले थप १० दिन वैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। 

यसअघि बैसाख ३ गते १२ दिन लकडाउन गर्ने निर्णय गरेको थियो। अब वैशाख २५ गतेसम्म लकडाउन जारी रहेने भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो।

यसअघि शनिबार मात्र कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले भने एक साता ...


कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं - कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार मृतकको संख्या दुई लाख तिन हजार दुइ सय उनानब्बे पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या भने २९ लाख ९२ हजार नाघेको छ ।

कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५४ हजार दुइ सय ६५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ लाख ६० हजार नाघेको छ ।

चीनको सरकारी सञ्चार माध्यमका अनुसार कोरोना भाइरसका कारण पहिलो पटक ११ जनवरीमा मानिसको मृत्यु भएको थियो । त्यसपछि अहिलेसम्म यो ...


थप एक साता लकडाउन लम्ब्याउन सिफारिस

काठमाडौं - नोभल कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप एक साता लकडाउन अवधि थप्न सिफारिस गरेको छ। शनिबार बसेको समितिको बैठकले सुरक्षा निकायसँग छलफल गरी लकडाउन थपबारे मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सुरक्षा निकायसँगको छलफल पछि समितिले सिफारिस गरेको हो।

अब आइतबार बस्ने मन्त्रिपरिषद बैठक‍ले लकडाउन समयावधि थपबारे निर्णय गर्नेछ । संक्रमणको जोखिम न्यूनीकरण गर्न गत चैत ११ गतेदेखि लकडाउन जारि छ।

यसअघि समिति बैठकले लकडाउन गरिएका कारण कोरोना जोखिम कम भएकोसमेत निष्कर्ष निकालेको थियो। विश्वका अन्य मुलुकको तुलनामा नेपालमा कोरोनाबाट मानवीय ...


बाग्लुङकी १९ वर्षीया युवती कोरोना मुक्त, निको हुनेको संख्या ११ पुग्यो

काठमाडौँ - बेल्जियमबाट आएकी बाग्लुङकी १९ वर्षीय युवती कोरोनाबाट निको भएकी छन्। धौलागिरी अञ्चल अस्पतालमा उपचारत उनलाई शुक्रबार डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले जानकारी दिए। योसँगै कोरोनाबाट निको हुनेको संख्या ११ पुगेको छ।

गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी उनमा चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। पछि उनीसँगै बेल्जियमबाट आएकी नाताले हजुरआमा पर्ने ६५ वर्षीया महिलामा पनि संक्रमण देखिएको थियो। महिला भने यसअघि नै निको भएर घरमा छिन्।

युवतीको पाँचौ पटकको परीक्षणको नतिजा नेगेटिभ आएसँगै उनलाई अस्पतालले निको ...


काठमाडौंबाट उदयपुर जाँदै गरेको बस बर्दिवासमा दुर्घटना, एक जनाको मृत्यु

बर्दिवास - महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा शनिवार बिहान बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुने तामाकोशी ३ दोलखा घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्मा रहेका छन् ।

लकडाउनको समयमामा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुरको चौरन्दी नगरपालिकातर्फ गईरहेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक सोनु कुमार साहले जानकारी दिए ।

३५ जना यात्रु सवार सो बसमा घाइते भएका तामाकोशी २ दोलखा घर भएका २३ बषिय बाबुराम बिश्वकर्माको ...


जग्गा बाँझो राखे सँधियारले खेती गर्न पाउने

बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमीनमा जग्गाधनी आफैँले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ । तीव्र शहरीकरण भइरहेको तिलोत्तमामा घडेरीका रुपमा विकास भएका धेरै जग्गा बाँझा छन् ।

त्यस्ता जग्गा लक्ष्य गरी नगरपालिकाले सो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए ।

सो निर्णयसँगै आफ्नो घरवरिपरि भएका खाली जग्गामा मौसमी खेती गर्न बाटो खुलेको छ । यसबाट तरकारीलगायत कृषि उत्पादन बढ्ने नगरपालिकाको विश्वास छ ।

नगरपालिकाले शुक्रबार सूचना जारी गरी बाँझो जग्गामा जग्गाधनीले १५ दिनभित्र बाली ...


संवैधानिक अङ्गहरुमा कहाँ कति पद रिक्त ?

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ८ गते हतार हतारमा २ वटा अध्यादेश जारि गरे । कोरोनाले देशलगायत बिश्वभरि नै अड्डा जामाइरहेको वर्तमान परिपेक्षमा हठात् कोरोना संक्रमणसंग बिल्कुलै सम्बन्ध नराख्ने यस्ता दुइ अध्यादेश आउँदा सबै आश्चर्यमा मात्र परेनन् यसको सर्वत्र बिरोध समेत भयो ।

राजनीतिक दल सम्बन्धि अध्यादेश प्रधानमन्त्रीले मधेश केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी र संघीय समाजवादीलाई दल फुटाउन ल्याइएको संकेत गरे। त्यस्तै, संवैधानिक परिषद सम्बन्धि अध्यादेश चाही बैठकमा बिपक्षि दलको नेता उपस्थित नहुँदा संबैधानिक आयोगहरुमा नियुक्तिमा ढिलाई भएको र शासन संचालनमा समेत असर ...


झापाका ६२ वर्षीय पुरुषमा कोरोना भेटियो, ४९ पुगे संक्रमित

काठमाडौं - झापाका ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षण अनुसार उनमा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। झापा निवासी ६२ वर्षीय उनी आइसोलेसनमा उपचाररत भएको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलुका पौने ८ बजे गरेको अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टि भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ|योसँगै नेपालका विभिन्न ११ जिल्लामा कोरोना भाइरसका संक्रमित बिरामी भेटिएका छन्।

नेपालमा सबैभन्दा बढी उदयपुरको एक ...


अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले विवादित दुई अध्योदश खारेजीका लागि सिफारिस गर्ने सरकारको निर्णयलाई सकरात्मक भनेको छ। सरकारको निर्णय लगत्तै ट्विट गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसो बताएका छन्।

अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतिक्षामा छ देश,’ उनले भनेका छन्। अब सम्पूर्ण शक्ति कोरोनाविरुद्धको संघर्षमा केन्द्रित गर्नुपर्ने शर्माको भनाइ छ।

‘जनताको तर्फबाट आग्रह छ अब सम्पूर्ण ध्यान र शक्ति कोरोनाविरुद्धको संघर्षमा केन्द्रित गरौं,’ उनले लेखेका छन्, ‘ पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौं ला।

...

सर्वत्र विवादित दुवै अध्यादेश राष्ट्रपतिद्वारा खारेज

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्न ल्याएका दुई अध्यादेश खारेज गरेकी छन्। आजको मन्त्रिपरिषद् बैठकले ८ बैशाखमा पारित गरी राष्ट्रपतिद्वारा जारी गरिएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज एक विज्ञप्ति जारी गरी राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरेको जनाएका हुन्। मन्त्रिपरिषद्को बैठकको निर्णय प्रधानमन्त्रमार्फत् राष्ट्रपतिसमक्ष पेश भएपछि राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन्।

संविधानमा संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपतिले जारी गरेका ...


क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन् मृत शिशु

उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् ।

मङ्गलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी युवतीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो । केही समयपछि मृत शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिए ।

शिशुको मृत्यु भइसकेको र आमाको स्वास्थ्यमा थप समस्या देखिएपछि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको उनको भनाइ छ ।

“अघिल्लो दिन उदयपुरबाट आएको हुनाले क्वारेन्टाइनमा राख्ने भनेर ल्याइयो । भोलिपल्ट बच्चा पो जन्मियो । ...


कैलालीमा बोर्डिङका प्रिन्सिपल मृत फेला

कैलाली - कैलालीमा एक शिक्षक मृत फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका ९ मसुरियामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण भुसाल मृत फेला परेका हुन्।

गौरीगंगा नगरपालिका ९ बस्ने ४० बर्षीय भुसाल पूर्व-पश्चिम राजमार्गको पहलमानपुर बजारबाट एक किलोमिटर पश्चिम मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बिहीबार राति साढे १० बजे उनको शव पूर्व-पश्चिम राजमार्गको किनारमा फेला परेको बताए।

उनले घटनाबारे जानकारी आएपछि प्रहरी टोली घटनास्थल पुगेको बताए । मृतकको आँखा, मुख र घुँडामा चोटपटक देखिएको बताउँदै प्रहरी नायब उपरीक्षक ...


संक्रमण देखिएका स्थानमा थप कडाइ गर्दै अन्यत्र 'लकडाउन' खुकुलो गर्ने तयारी

काठमाडौं - कोरोना संक्रमण देखिएका स्थानमा थप कडाइ गर्दै लकडाउन खुलाउने तयारी सरकारले गरेको छ। कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा आवतजावतमा पूर्ण प्रतिबन्ध लगाउने सरकारको तयारी रहेको जनाइएको छ। अन्य स्थानहरुमा भने लकडाउन खोल्ने सोंचमा सरकार अघि बढेको एक मन्त्रीले जानकारी दिए।

ती भने,‘संक्रमण नभएका स्थानमा खोल्ने सोंचमा सरकार छ। थप छलफल हुन बाँकी छ।’ काठमाडौंमा कोरोना भाइरस देखिएकाहरु निको भएर घर फर्केकाले राजधानीमा लकडाउन हटाउने जनाइएको छ।

सार्वजनिक सवारी साधनलाई सञ्चालन गर्न दिने/नदिनेबारे थप छलफल गर्ने उनले बताए। निजी गाडी र मोटरसाइकल सञ्चालनमा आउने ...


के अध्यादेश फिर्ता लिन्छन त प्रधानमन्त्रीले ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाइ अध्यादेश फिर्ता लिन पार्टीभित्र र बाहिरबाट चर्को दवाव परेको छ । बिहीबार दिउँसो भैंसेपाटी स्थित बामदेव गौतम निवासमा प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, महासचिव विष्णु पौडेललगायतका नेता बसी अध्यादेश फिर्ता गर्नुपर्ने निर्णय गरेका थिए ।

यता प्रधानमन्त्रीनिवास बालुवाटारमा विहीबार कार्यबाहक अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीवीच पनि अध्यादेशबारे छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक राख्न र विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई भनेका थिए । यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले ...


पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं - पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । विद्युतीय कारोबार ऐनमा व्याख्या भएको कसुर अनुसार अनुसन्धानका लागि उपाध्यायलाई तीन दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति पाएको हो ।

जिल्ला अदालत, काठमाडौंले अनुसन्धानका लागि अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

यसअघि बुधबार राति उपाध्यायलाई प्रहरीले ललितपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । उपाध्यायले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको प्रहरीको आरोप छ ।

अर्याल भन्छन्, ‘हामी उहाँको अन्य कसुरबारे पनि ...


नेपालका १० जिल्लामा कोरोना संक्रमित फेला, पछिल्लो संक्रमित धनुषामा

काठमाडौं - हालसम्म नेपालका १० जिल्लामा कोरोना भाइरसका संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको मिडिया ब्रिफिङमा समेत दिइएको जानकारी अनुसार विभिन्न १० जिल्लामा कोरोना संक्रमित भेटिएका हुन्।

नेपालमा पहिलोपटक गत जनवरी २३ मा पहिलोपटक कोरोना भाइरसका संक्रमित भेटिएका थिए। राष्ट्रिय प्रयोगशालामा भेटिएका उनी भने निको भइसकेका छन्।

नेपालमा सबैभन्दा बढी उदयपुरमा मात्र २८ जना कोरोना संक्रमित भेटिएका छन्। यसैगरी कैलाली, कञ्चनपुर, बाग्लुङ, चितवन, पर्सा, रौतहट, धनुषा, काठमाडौं र धादिङमा कोरोना भाइरसका संक्रमित भेटिएका हुन्।

धनुषामा बिहीबार पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन्। १४ वर्षीय पुरुषमा ...


नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, ४७ पुगे संक्रमित

काठमाडौं - नेपालमा थप २ जनामा कोरोना संक्रमण भेटिएको छ। बिहीबार मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङका मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

र्‍यापिड परीक्षणमा कोरोना पोजेटिभ आएपछि थप परीक्षणका क्रममा थप २ जनामा कोरोना संक्रमण देखिएको डा देवकोटाले जानकारी दिए। उनीहरु क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल ल्याइरहेको उनले बताए। जनकपुर र उदयपुरका २ जनामा कोरोना संक्रमण देखिएको उनले बताए।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ। यीमध्ये ९ जना उपचारपछि ...


अध्यादेशबारे छलफल गर्न स्थायी कमिटी बोलाउन अध्यक्षद्वयलाई २० नेताको पत्र

काठमाडौं - नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त पत्र लेखेर तत्काल स्थायी समिति र केन्द्रीय समिति बैठक बसाल्न माग गरेका छन् ।

सरकारले ल्याएको अध्यादेश र कोरोना संक्रमणको विषयमा छलफल गर्न माग गर्दै बैठक बोलाउन माग गरेका हुन् ।

यसरी बैठक बोलाउन माग गर्नेहरुमा अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वेदुराम भुसाल र भीमप्रसाद आचार्य छन् ।

यसैगरी भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ...


पूर्वसचिव भीम उपाध्याय पक्राउ

काठमाडौं - पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । प्रहरीले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।

उपाध्यायमाथि सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेर विद्युतीय अपराध गरेको अभियोग छ । केही दिनअघि स्वास्थ्य सचिव यादव कोइरालासँग उपाध्यायको सामाजिक सञ्जालमा नोकझोक भएको थियो। उनलाई पक्राउ गरिनुको कारण पनि सोही घटनासँग जोडिएको हुनसक्ने अनुमान गरिएको छ।

सचिवबाट अवकाश पाएपछि उपाध्यायले सरकारका गतिविधिविरुद्ध खरो आलोचना गर्दै आएका छन् । पछिल्लो समय उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नै ...


आज १४‍‍‍ औं लोकतन्त्र दिवस, राजा ज्ञानेन्द्रले आजै सत्ता छाडेका थिए

काठमाडौं - आज १४ औ‌ं लोकतन्त्र दिवस । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दी (लकडाउन)का कारण औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।

२०६३ वैशाख ११ गते आजैका दिन १९ दिने जनआन्दोलनको बलमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता जनतालाई सुम्पिएका थिए ।

विसं २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरी आफूखुशी कार्यकारी प्रमुख तोक्न थालेका थिए । आफूखुशी तोकिएका प्रधानमन्त्रीबाट समेत सन्तुष्ट नभई २०६१ माघ १९ गते मन्त्रिपरिषद्को अध्यक्षसमेत राजा नै बनेपछि आममानिसमा राजतन्त्रप्रति वितृष्णा बढ्यो ।

माघ १९ पछि तत्कालीन आन्दोलनरत सात दल ...


कोरोना विरूद्धको लडाइँमा सांसदहरूलाई थप भूमिका दिने तयारी !

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूलाई बालुवाटार बोलाएर ब्रिफिङ गरेका छन्। ओलीले बैठकमा कोरोनाभाइरस विरूद्धको लडाइँमा सांसदहरूलाई केही भूमिका दिने तयारी आफूले गरेको भन्दै तयार रहन सांसदहरुलाई आग्रह गरेका थिए।

बुधबार बिहान सुदूरपश्चिमका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका थिए। बैठकमा पछिल्लो घटनाक्रमका बारेमा छलफल भएको सहभागी एक सांसदले बताए।

बैठकमा प्रधानमन्त्रीले ५ वटा विषयमा जोड दिएर सांसदहरुलाई ब्रिफिङ गरेका थिए। प्रधानमन्त्रीले लक डाउन लम्बिनेदेखि संसदको बजेट अधिवेशन ढिलो हुने र दुई अध्यादेश र पार्टी विभाजनको बारेमा सांसदहरुलाई आश्वस्त पार्ने प्रयास गरेका थिए।

दुई ...


लकडाउनमा खेतबारीबाट तरकारी बिक्री हुन थालेपछि किसान खुःसी

देउखुरी,बैशाख । दाङको लमही नगरपालिका वडा नम्बर ४ सेमरहवाका बुदराम चौधरीले व्यवसायिक तरकारी गर्दै आउनु भएको छ । बार्षिक खर्च कटाएर तीन लाख सम्म तरकारी बिक्री गरेर आम्दानी गर्ने बुदरामलाइ लकडाउनको समयमा पनि तरकारी विक्री भएन भन्ने चिन्ता छैन । उहाँले उत्पादन गरेका भिण्डी,बोडी लगायतको तरकारी बजार पठाइरहनु भएको छ । लकडाउन भएपछि कसरी विक्री गर्ने होला भन्ने लागेको थियो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लमही नगर कमिटिले सहजीकरण गरेर जिल्लाका बजारमा पठाउन पाएका छौ,बुधरामले भन्नुभयो । लकडाउन भएपछि बुधरामले २० क्विन्टल भिण्डी पठाएको उहाँले जानकारी ...


४५ मध्ये २७ जना संक्रमित उदयपुरका, परीक्षणको दायरा बढाउने तयारी

काठमाडौं- बुधबार नेपालमा थप तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देखिएका तीन जना पनि उदयपुरको एक मस्जिदमा बसेकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन्।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना सक्रमण देखिएको हो। मन्त्रालयका अनुसार यी व्यक्तिहरुसँगै रहेका १३ जनालाई अघिल्लो हप्ता नै कोरोना पोजेटिभ देखिएको छ। उनीहरुको उपचार भइरहेको छ।


संक्रमित तीन जना नै उदयपुरको त्रियुगा नगरपालिका भुल्केका व्यक्तिहरु हुन्। यो संगै उदयपुरमा संक्रमित हुनेको संख्या २७ पुगेका छ भने नेपालमा कुल संक्रमितको संख्या ...


भिडियो कन्फरेन्स मार्फत नेकपाको स्थापना दिवश

देउखुरी समाचारदाता
देउखुरी, बैशाख । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समितिले अनलाइन मार्फत लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिबस सम्पन्न गरेको छ । नेपालमा २००६ साल बैसाख १० गते लेनिन को जन्म दिन पारेर नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियोे । अहिले कम्युनिस्ट पार्टी विभिन्न चिरामा भए पनि सबैको स्थापना यहि हो । अहिलेको असहज परिस्थितिका कारण भौतिक रुपमा साथै रहेर कार्यक्रम गर्न नसकेतापनी भिडियो कन्फरेन्स मार्फत उक्त कार्यक्रम भएको राजमोले दाङले जनाएको छ ।
राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर अध्यक्ष हरि खरेलको अध्यक्षतामा ...


नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। धरानस्थति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पिसिआर परीक्षणका क्रममा २४, ६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

उनीहरु उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् ।

मस्जिदमा बसेका १६ जना जमती मध्ये १२ जना -११ भारतीय र एक नेपाली) मा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अर्का ...


उदयपुरमा एकै दिन ११ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमित संख्या ४२ पुग्यो

काठमाडौँ - मंगलबार एकैदिन उदयपुरमा ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

योसँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ। जसमा ५ जना निको भएर घर फर्किएका छन्। उदयपुरमा देखिएका ११ संक्रमितमध्ये ८ जनालाई विराटनगरको कोरोना विशेष अस्पताल पठाइएको छ।

सुरुमा उनीहरूलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको थियो। पछि अस्पतालमा गरिएको पुनः परीक्षणमा पोजेटिभ देखिएपछि विराटनगर पठाइएको हो।

गत शुक्रबार जिल्लाको भुल्केस्थित एक ...


महामारीको बेलामा पार्टी र सरकारमा अविश्वास र आंशका बढाउने काम नगर्न नेपालको आग्रह

काठमाडौ - नेकपा सचिवालय सदस्य एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोरोना भाइरसको महामारीका बेला पार्टी र सरकारलाई अविश्वास र आशंका बढाउने काम नगर्न आग्रह गर्दै बिज्ञप्ति जारी गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालले मुलुक कोरोनाले आक्रान्त बनेको यस्तो विषम परिस्थितिमा सरकार र पार्टीले मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्न नहुने सुझाव दिएका छन्।

‘माहामारीले विश्वसहित नेपाललाई आक्रान्त पारेको बेला सरकारको नेतृत्व गरेको पार्टीको हैसियतले सिंगो राष्ट्र‚ पार्टीसहित र अन्य पार्टीका नेता कार्यकर्ता जनताको ध्यान संक्रमणविरुद्ध लड्नमा केन्द्रीत छ।’ विज्ञप्तिमा उल्लेख गर्दै नेपालले भने, ‘यस्तो विषम ...


सुदूरपश्चिमका अर्का कोरोना संक्रमित निको भएर घर फर्किए, डिस्चार्ज हुनेको संख्या ५ पुग्यो

कैलाली- सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवकको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो।

दुबइबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो। उनको तीन पटक परीक्षण गर्दा सम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो। उनी ३० दिनसम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन्। यसअघि सेतीमै उपचाररत लम्कीका २१ वर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए। अब सेतीमा तीन जना संक्रमितको उपचार भइहेको छ।

सुदूरपश्चिमा ५ जनामा ...


उदयपुरमा एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४० पुग्यो

काठमाडौँ - उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।

सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो। संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन्।

योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ। जसमा ४ जना निको भएर घर फर्किएका छन्।

गत शुक्रबार भुल्केमा रहेको ...


पार्टी फुटाउने अध्यादेशभित्रको ‘र’ को ठाउँमा ‘वा’ ले ल्याएको तरङ्ग

काठमाडौँ - आफूलाई सत्ताबाट हटाउने आशंका बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे नेकपा फुटाउन आफूलाई सजिलो हुने गरी मन्त्रिपरिषदबाट अध्यादेश पास गरेका छन्।

‘र’ को ठाउँमा ‘वा’

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद–६ को दल त्यागसम्बन्धी प्रावधानमा यस्तो लेखिएको छ–

‘कुनै दलको केन्द्रीय समिति र संघीय संसदको संसदीय दलमा कम्तिमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्काे कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन ।’

अध्यादेशमा ‘केन्द्रीय समिति र संघीय ...


बाबुरामले ओलीलाई इंगित गर्दै भने : 'लोकतन्त्रका हत्यारादेखि सावधान'

काठमाडौं - पूर्व प्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले लोकतन्त्रका हत्यारादेखि सावधान हुन आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्बाट पारित गराएर राष्ट्रपतिबाट्ट २ अध्यादेश जारी भएपछि डा बाबुरामले सामाजिक सञ्जाल ट्विटरमा आक्रोश पोखेका हुन्।

'सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो,' ट्विटमा लेखिएको छ।

यसका साथै जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्रविरूद्ध गम्भीर अपराध भएको उनको तर्क छ।

'साथै जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए ...


सरकारले ल्याएका अध्यादेशको तिव्र आलोचना, कसले के भने ?

काठमाडौं - प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समाजिक सञ्जाल ट्विटरमार्फत् अध्यादेश ल्याउने कदमलाई 'बेमौसमी बाजा’को संज्ञा दिएका छन्।

उनले भने, 'राजनितिक बजारमा भाइरल खबर मैले बुझेसम्म साधारण विषय हो। दलहरु कानुनले भन्दाबढी दर्शनमा आधारित सिद्धान्त, बिचार, उदेश्य सहितको संगठनात्मक तथा भावनात्मक प्रणालीमा एकताबध्द भएका हुन्छन्। तसर्थ तरङ्गित हुन आबश्यक ठानिनँ मैले त।'

प्रधानमन्त्री केपी ओलीको निकट मानिएका पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले अध्यादेश ल्याउने निर्णय साधारण विषय भन्दै तरङ्गित हुने आवश्यकता नरहेको उल्लेख गरेका छन्।

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले अध्यादेश प्रकरण राजनीतिको केन्द्रमा जनताभन्दा पनि ...


अध्यादेश अनुचित र अनिष्टकारी : भीम रावल

काठमाडौं - सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले विरोध गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा यो विधेयकलाई अनिष्टकारी भनेका छन् । ‘कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिङ्गो राष्ट्रलाई एकताबद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषद्मा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारी हो’ उनले भनेका छन् ।

सोमबार नै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई अध्यादेश राष्ट्रपतिसमक्ष ...


अब 'भिडियो कन्फ्रेन्स'बाटै अभियुक्तको म्याद थप, अदालतमा हाजिर हुन नपर्ने

काठमाडौं - प्रहरीले पक्राउ गरेका अभियुक्तलाई अब अदालतमा उपस्थित नगराई प्रहरी कार्यालयबाटै म्याद थप गर्न पाउने भएको छन्। प्रहरीले कुनै पनि आशंकित व्यक्तिलाई पक्राउ पूर्जी लिई वा नलिई पक्राउ गर्न सक्ने प्रावधान मुलुकी अपराध संहिताले दिएको छ। तत्कालै पक्राउ नगरे अभियुक्त भाग्न सक्ने अवस्थामा रहेमा प्रहरीले अदालत वा सम्बन्धित कार्यालयबाट पक्राउ पूर्जी नलिई पनि पक्राउ गर्न सक्छ।

यसरी पक्राउ परेका अभियुक्तलाई बाटोका म्याद बाहेक २४ घण्टाभित्रमा अदालत उपस्थित गराईसक्नु पर्ने कानूनी प्रवधान छ। तर महानगरीय प्रहरी परिसर काठमाडौंले भने आइतबारदेखि अभियुक्तलाई म्याद थपका लागि अनिवार्य रुपमा ...


क्यानडामा एक जना सन्कीले अन्धाधुन्ध गोलि चलाउंदा १३ को मृत्यु

काठमाडौ - क्यानडामा एक बन्दुकधारीले विभिन्न ठाँउमा जथाभावी गोली चलाउँदा एक महिला प्रहरीसहित १३ जनाको ज्यान गएको छ। आइतबार भएको यो घटनालाई क्यानडामा ३० वर्षयता भएको सबैभन्दा ठूलो सामुहिक हत्या मानिएको छ।ग्याब्रियल वोर्टम्यान नाम गरेका ५२ वर्षिय ती बन्दुकधारीले क्यानडाको नोभा स्कटिया प्रान्तमा यो घटना गराएका हुन्।


१२ घण्टाको प्रयासपछि उनी प्रहरीको गोलीबाट मारिएका छन्। उनले आक्रमण गर्दा एक ठाउँमा आफूलाई प्रहरीको जस्तै पोशाकमा प्रस्तुत गरेका थिए भने गाडीलाई पनि प्रहरीको गाडी जस्तै बनाएका थिए। प्रहरीले ती व्यक्ति र हत्या गरिएका मानिसहरूबीच कुनै सम्बन्ध नभएको ...


कोरोनाबाट विदेशमा हालसम्म २८ नेपालीको मृत्यु, १ हजार बढी संक्रमित

काठमाडौं - विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेको छ । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो ।

स्वास्थ्य उपसमितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, नेपालबाहेक विश्वभर एक हजार १६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको सो आकडानुसार २१ देशमा रहेका नेपाली कोभिड –१९ ...


थानकोटमा थुनिएका श्रमिकलाई गाडी चढाएर घर पठाइयो

काठमाडौँ - प्रतिनिधि सभा सांसद अन्जना विसंखे र बागमती प्रदेशसभा सदस्य रमा आले मगरको नेतृत्वमा त्रिभुवन पार्क थानकोटमा राखिएकालाई आ-आफ्नो गृहजिल्लामा पठाइएको छ। घर जान भनेर उनीहरू विभिन्न ठाउँबाट हिँडेर हिजो र आज थानकोट आइपुगेका थिए। उनीहरूलाई त्रिभुवन पार्कको क्याम्पमा राखिएको थियो।

आज भने सबैलाई आ-आफ्नो गृहजिल्ला पठाइएको प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

‘हिजो र आज नागढुंगा नाका भएर बाहिरिनेलाई त्रिभुवन पार्कमा क्याम्प खडा गरी खाना बस्ने व्यवस्थासहित राखेका थियौं’, उनले भने, ‘तीन सयभन्दा बढीलाई आठ वटा गाडीमा राखेर पठाएका छौं।’

उनीहरू जाजरकोट, बैतडी, बाँके, ...


ट्रम्पको चेतावनी : ''कोरोना फैलाएको पाइए चीनले त्यसको नराम्रो परिणाम भोग्नुपर्छ''

एजेन्सी - अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले कोरोना भाइरस महामारीका लागि चीन जिम्मेवार पाइएमा उसले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । नियमित ब्रिफिङका क्रममा शनिबार उनले चीन कोरोना भाइरसका विषयमा जानकार रहेको भए उसले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिए । तर अमेरिकाले के गर्छ भन्ने विषयमा उनले प्रष्ट पारेका छैनन् ।

अमेरिकी न्युज च्यानल फक्सले चीनले भाइरसको क्षमता र त्यसविरुद्ध आफ्नो क्षमता परीक्षणका लागि भाइरस फैलाएको समाचार प्रसारण गरेको विषयमा ट्रम्पले आफ्नो धारणा राखेका थिए । उनले कोरोना भाइरस प्रयोगशालाबाट आएको हो कि होइन् भन्ने विषयमा ...


तेश्रो कोरोना संक्रमित पनि ठिक, बाग्लुङकी ६५ वर्षीया महिला डिस्चार्ज

काठमाडौं- धौगागिरी अञ्चल अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बाग्ल्ङकी ६५ वर्षिया महिला डिस्चार्ज भएकी छिन्। उनको अन्तिम दुई पटक कोभिड १९ परीक्षण गर्दा नेजिटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको बताइएको छ।

धौलागिरी अस्पतालका निर्देशक डा शैलेन्द्र विके पोखरेलले दुई पटककै रिर्पोट नेजिटिभ आएकोले तीन सातापछि डिस्चार्ज गरिएको बताए।

उनले भने, 'दुई साता होम क्वारेन्टटाइनमा बस्ने गरी नियमित सेवन गर्दै आएको दम र प्रेसरको औषधि प्रयोग गर्न भनेका छौं, केही समस्या भए फोन गर्नुहोला भनेर नम्बर पनि दिएर पठाएको छौं।'

ती महिलाभन्दा अगाडि कोरोना संक्रमण भएर भर्ना भएकी १९ वर्षिया ...


दाङबाट कोहि पनि तबलीगी जमातमा सहभागि नभएको दावी, मस्जिदहरु सबै बन्द

दिवाकर पोख्रेल

देउखरी, बैशाख । दाङमा तबलीगी जमातमा सहभागि हुने मुस्लिम सम्प्रदाय अन्तर्गतको देउवन्दी मुस्लीमको संख्या न्युन भएको पाइएको छ । दाङको तुलसीपुर क्षेत्रमा १० देखी १२ परिवार मात्र देउबन्दी मुस्लीम रहेपनि तबलीगी जमातमा सहभागि भए भएनन् अहिलेसम्म खुल्न सकेको छैन । 

दाङ जिल्लामा करिव २५ हजार संख्यामा मुस्लिम समुदायको बसोबास रहेको भएपनि घोराही र देउखुरी क्षेत्रबाट कोहीपनि तबलिगीमा सहभागि नभएको मुस्लीम संङगठन नेपालका केन्द्रिय सदस्य कुदबुद्धिन फारुकीले दावी गरे । उनले भने, “सबै मुस्लीम तबलीगीमा जाँदैनौ, दाङका तुलसीपुर क्षेत्रमा बसोबास गर्ने १० देखि १२ देउवन्दी परिवार ...


कोरोनाले अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको ट्रम्पको दाबी

काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको दाबी गरेका छन् । चिनियाँ अधिकारीहरुले हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेपछि ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो ।

शुक्रबार ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘यस अज्ञात शत्रुबाट हुने मृत्युको तथ्यांक चीनले अचानक बढाएर दोब्बर गरायो । तर मृत्युको संख्या अमेरिकाको भन्दा पनि धेरै छ ।’

चीनले शुक्रबार हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेको थियो, जसमा १ हजार २ सय ९० जना ...


सर्वोच्चको आदेश विपरित बाटोमा अलपत्र परेकालाई रोक्न सरकारको निर्देशन !

काठमाडौं - सर्वोच्च अदालतले काठमाडौंलगायत सहरी क्षेत्रबाट पैदल हिँडेरै थातथलो जान थालेका मानिसलाई सवारी साधनमार्फत घर पु-याइदिन दिएको आदेशविपरीत सरकार उभिएको छ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले शुक्रबार पैदलै घर फर्किरहेकालाई गन्तव्यमा पु-याइदिन सरकारका नाममा आदेश जारी गरिरहँदा प्रधानमन्त्री निवास बालुवाटारमा पनि यसै विषयमा छलफल चलिरहेको थियो। प्रधानमन्त्रीसहितको बैठकले सर्वोच्च अदालतको सम्मान गर्दै घर जान हिँडेका नागरिकलाई गन्तव्यसम्म पु-याउन उचित व्यवस्था गर्ने धेरैको बुझाइ थियो तर निर्णय अपेक्षाविपरीत भयो।

प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीसहित सुरक्षा निकायका प्रमुखसमेत सहभागी उक्त बैठकले अदालतको आदेशअनुकूल निर्णय लिएन। उल्टै ...


ज्यादती रोक्न प्रहरीलाई मानवअधिकार आयोगको चेतावनी

काठमाडौं - लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले चिकित्सक र सर्वसाधारणमाथि कुटपिट र दुव्र्यवहार गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आयन्दा यस्ता कार्य नदोहोर्‍याउन सचेत गराएको छ।

प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा.शम्भु खनाल, डा.तेजप्रकाश रौनियार र डा.विकास शाहलाई ड्युटी सकेर घर फर्कने क्रममा कुटपिट तथा दुव्र्यवहार गरेको भन्दै आयोगले शुक्रबार सचेत गराएको हो।

कुटपिटको घटनालाई लिएर नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालका प्रतिनिधिसम्मिलित आयोगको केन्द्रस्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले संयुक्त रुपमा प्रारम्भिक अनुगमन गरेको थियो। ‘अनुगमनबाट प्राप्त तथ्यअनुसार चिकित्सकहरूले आफ्नो परिचयपत्र देखाउँदा ...


संक्रमित १२ जनालाई मध्यरातमा उदयपुरबाट विराटनगर ल्याइयो !

विराटनगर - कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका १२ जनालाई नै शुक्रबार मध्यरातमा उदयपुरबाट विराटनगर ल्याइएको छ। कोरोना पुष्टि भएपछि चार वटा एम्बुलेन्समा राखेर राती विराटनगर स्थित कोरोना अस्थायी अस्पतालमा ल्याइएको हो।

कोसी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ भेटिएको थियो। सोही रिपोर्टलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत शुक्रबार पुष्टि गरेको हो।

कोरोना पुष्टि गरेपछि शुक्रबार राति करिब साढे ११ बजे नेपाल प्रहरीको स्कटिङमा सबैलाई विराटनगर ल्याइएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे जानकारी दिए। ‘सबैलाई एम्बुलेन्समा राखेर विराटनगर ...


शुक्रवार एकैदिन १४ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ३० पुग्यो !

काठमाडौं - शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमित फेला परेका छन् । यो संगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ३० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उदयपुरमा १२ र चितवनमा दुईजना गरेर एकै दिन १४ जनामा कोरोना पुष्टि भएको छ। यसअघि १६ जनामा कोरोना देखिएको थियो।

उदयपुरमा कोरोना पुष्टि भएका १२ जना पुरुष हुन्। त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। उदयपुरकै अन्य चारजनामा समेत कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

उदयपुरमा कोरोना पुष्टि ...


लकडाउन खुलेपछि एसइई तयारीका लागि पर्याप्त समय दिन्छौं : शिक्षा मन्त्रालय

काठमाडौं - शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सातै प्रदेशका सामाजिक तथा सुरक्षामन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन्। बिहीबार भएको कन्फरेन्समा एसइई तथा कक्षा ११ र १२ को परीक्षाबारे छलफल भएको थियो।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार लकडाउन लम्बिए परीक्षा तथा शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल भएको थियो। शर्माले एसइई र कक्षा ११ र १२ को परीक्षा पर्याप्त समय दिएर गरिने बताए ।

‘हामीलाई कसैले तीन हप्ता, कसैले १० दिन भन्नुभएको छ,’ शर्माले भने,‘विद्यार्थीलाई तयारी गर्ने पर्याप्त समय हुने गरि लकडाउन खुलेपछि परीक्षा गर्छौ ।

...

कतारले सयौं आप्रवासी कामदारलाई देशबाट निस्कासन गरेको एम्नेस्टीको दाबी

एजेन्सी - कोभिड–१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौं आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौंलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ।

गत फागुन २९ र ३० मा कतार प्रहरीले गिरफ्तार गरेको २० नेपाली श्रमिकसँग एम्नेस्टीले गरेको अन्तर्वार्तामा उनीहरुले कोभिड–१९ परीक्षण गर्ने भनेर हिरासतमा लगिएको र त्यहाँ धेरै दिनसम्म राखेर पछि नेपाल फर्काएको बताएका छन्।

नेपाली कामदारलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले सबैलाई कोभिड–१९ को परीक्षणका लागि लागेको तथा परीक्षण सकिएपछि उनीहरूलाई आ–आफ्नो आवासमा फर्काइदिने भनेको श्रमिकका भनाइ उद्धृत गर्दै एम्नेस्टीले उल्लेख गरेको छ।

उनीहरूलाई ...


सुकम्वासी आयोग गठन प्रति कांग्रेसको व्यंग्य : 'काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर'

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गठन गरेको भूमिहीन सुकम्वासी समस्या आयोग प्रति आपत्ति जनाएका जनाएको छ। सरकारले आफू निकटकालाई जागिर खुवाउन आयोग गठन गरेको कांग्रेसले आरोप लगाएको छ।

प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गम्भीर संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवा सरकारको देखिएको आरोप लगाए। लकडाउन अघि गठन आदेश भई लकडाउनकै समयमा मन्त्रिपरिषद्‌बाट भूमिहीनलाई लालपुर्जा बाँड्ने अधिकारसहितको शक्तिशाली आयोग बनाइएको थियो। आयोगमा संयोजकसहित अन्य पदाधिकारी सत्तारुढ दल निकटका छन्। आयोगका संरचना जिल्ला तहमा समेत हुनेछ। ...


नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा सुशील घिमिरे

काठमाडौं- सरकारले ३ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा पूर्व पर्यटन सचिव सुशील घिमिरेलाई नियुक्ति गरेको छ। चैत २ गते बसको मन्त्रिपरिषद्‍को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रस्तावमा घिमिरेलाई अध्यक्षमा नियुक्ति गरेको हो।

उनको नियुक्तिसँगै ३ महिनादेखि अभिभावकविहीन भएको नेपाल एयरलाइन्सले अभिभावक पाएको छ।

...

स्वास्थ्य सामाग्री हस्तान्तरण


रोल्पा,बैशाख । कोरोना रोगको सङक्रण नियन्त्रणको लागि गैरसरकारी संस्थाहरुले पनि सकृयता देखाउन थालेका छन् । जसमध्ये रोल्पा जिल्लामा अस्टेलियन एडको आर्थिक सहयोग आड्रा नेपाल रुतान्त्रण आर्थिक सहयोग र ग्रामिण विकास तथा चेतना समाज नेपाल द्धारा संचालित कृषि तथा जिविकोपार्जन प्रवद्र्धन परियोजनाले स्वास्थ्य सामाग्री प्रर्दान गरेको हो । जिल्लाको रुन्टीगडी गाउँपालिका होलेरीलाई स्वास्थ्य सामाग्री प्रर्दान गरिएको हो ।
जसमा फिनाइल ४८ बोटल,स्प्रीड ४८ बोटल,ग्लोवस तीनहजार पीस,सेनेटाइजजर (११० मिलिको) २४ वटा,सेनेटाइजर (५०० मिलिको)२० वटा,मेडिकल सर्जिकल मास्क पाँचसय स्वास्थ्य सामाग्री प्रर्दान गरिएको हो ।
स्वास्थ्य ...


जनतालाई नि:शुल्क बाड्न दिइएको स्यानीटाइजर धमाधम विक्री

नेपालगञ्ज - सरकारले राहत वितरण गर्न निशुल्क रुपमा दिएको स्यानीटाइजर नेपालगञ्ज स्थित कमला मेडिसिन ड्रग हाउसले बिक्री बितरण गरेको पाइएको छ । 'एस आर केयर हयाण्ड स्यानिटाइजर' ५०० एमएलको प्रति शिशि रु. ६०० मा बिक्री बितरण गरेको पाइएपछी मंगलबार सांझ उक्त क्लिनिकमा प्रहरीले छापा मारेको छ ।

कोरोनाको यस बिपतको घडी संग जुध्न केहि हदसम्म भएपनि सहयोग पुगोस भन्दै एसआर ड्रग कम्पनीले केहि दिन अघि नेपाल सरकार, स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई 'एस आर केयर हयाण्ड स्यानिटाइजर' नि:शुल्करुपमा उपलब्ध गराएको थियो ।

एसआर ड्राग कम्पनीले निशुल्क रुपमा दिएको ...


सांसद विकास कोषको रकम 'कोरोना कोष'मा लगिंदै

काठमाडौं - संघीय संसद र प्रदेशसभाको संसद विकास कोषको रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न संसदले सरकारलाई सहमति दिएको छ ।

मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले गरेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक र प्रदेशसभाका सभामुख र उपसभामुखको छलफलमा सांसद विकास कोषको रकम कोरोना उपचार कोषमा पठाउने सुझाव आएको थियो ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार उक्त सुझाव कार्यान्वयन गर्न सभामुख सापकोटाले नोबल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिमार्फत सरकारलाई आग्रह गरेका छन् ।

‘सम्मानननीय सभामुखज्यूले सातवटै प्रदेशका माननीय सभामुख र माननीय उपसभामुखहरुसँग गर्नुभएको ...


कैलालीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ

कैलाली - कैलालीमा एक किशोरी सामूहिक रूपमा बलात्कृत भएकी छन् । घटनापछि त्यसमा संलग्नको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

आफन्तलाई भेटेर गएराति घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार, बलात्कृत किशोरीले आफूमाथि कुटपिट गर्दै बलात्कार गरेको बयान दिएकी छन् ।

घटनामा संलग्नको आरोपमा ४ जनालाई नियन्त्रणमा लिइएको छ । धारिलो हतियार र ...


चीनको पक्ष लिएको भन्दै अमेरिकाले डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्यो !

काठमाडौं - अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो ।

नियमित प्रेस बिफ्रिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘डब्लुएचओको भूमिकाको समीक्षा गरियो, तर प्रभावकारी काम गर्न असफल रह्यो । त्यसैले मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको छु ।’

ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप लगाए । डब्लुएचओको ...


धादिङका एक र काभ्रेका दुई जना युवकमा र्‍यापिड टेस्टको नतिजा पोजेटिभ

काठमाडौँ - दक्षिण कोरियाबाट फर्केका धादिङको ज्वालामुखी गाउँपालिकाका २८ वर्षीय युवाको र्‍यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ। आफू कोरियाबाट फर्केको ४० दिन भएको बताउने उक्त युवाको आज र्‍यापिड टेस्ट गर्दा नतिजा पोजेटिभ आएको वडा नम्बर ३ का वडाध्यक्ष रुद्रमान श्रेष्ठले जानकारी दिए।

उनले युवकलाई आजै काठमाडौं पठाउने तयारी भइरहेको बताए। 'एम्बुलेन्स तयारी हुँदैछ। केहीबेरमा टेकु अस्पताल पठाउँदैछौं,' उनले भने।

सामाजिक संस्थामा काम गर्ने युवक झन्डै दुई महिना कोरिया बसेर फर्किएको बुझिएको छ। उनी कोरियाबाट आएर सोझै हेटौंडा पुगेको र त्यहाँबाट धादिङ फर्किएको भन्ने छ।

उनी घर ...


लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं - सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

...

लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले लाठी प्रहार गर्दा सप्तरीमा ६५ वर्षीया वृद्धाको ज्यान गयो

सप्तरी - सप्तरीको वीरपुरमा सोमबार लकडाउन उल्लंघन गर्नेमाथि प्रहरीले लाठी प्रहार गर्ने क्रममा तनाब बढेपछि त्यहाँ पुगेकी महिलामाथि समेत कुटपिट हुँदा एक वृद्धाको ज्यान गएको छ। करिब ११ बजे खड्क नगरपालिका ६ स्थित वीरपुरमा घर बाहिर निस्किएका युवामाथी प्रहरीले लाठि प्रहार गरेको थियो।

प्रहरीले लाठी प्रहार गरेपछि त्यसो नगर्न भन्दै गएकी ६५ वर्षीया जैनव खाँतुनलाई समेत प्रहरीले लाठी प्रहार गरेको थियो। प्रहरीको लाठी प्रहारकै कारण उनको ज्यान गएको वडाध्यक्ष भगवती प्रसाद चौधरीले बताए ।

सप्तरी प्रहरीले भने वृद्धा ब्लड प्रेसरका कारण ढलेको जनाएको छ। घटनास्थलमा ढलेकी वृद्धालाई ...


रौतहटका एक युवकमा पनि देखियो कोरोना संक्रमण

काठमाडौं - रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।

...

कोरोना नियन्त्रण नहुँदासम्म प्रधानमन्त्रीले आफ्नो पारिश्रमिक राहत काेषमा जम्मा गर्ने

काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रण नहुँदासम्म पारिश्रमिक नलिने घोषणा गरेका छन्। नयाँ वर्ष २०७७ सालको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले अप्ठ्यारो पर्दा अरुलाई सहयोग गर्ने नेपालीको बानी भएको बताउँदै कोरोना नियन्त्रण नहुँदासम्म आफूले पाउँने सबै पारिश्रमिक केन्द्रीय राहत कोषमा जम्मा गरेको सर्वाजनिक गरेका छन्।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, 'आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो। मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु।'

उनले लकडाउनकाे ...


कैलालीमा ६५ वर्षीया बृद्धामा कोरोना संक्रमण पुष्टि

धनगढी - कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी थिइन् । ‘मजदुरहरु समस्यामा परेको थाहा पाएपछि त्यहाँको प्रशासनले समन्वय गरेर यहाा पठाएको हो’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी बताए ।

उनीहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ बसेकाहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो । र, रिपोर्ट नेगेभिट आएपछि सबैलाई २८ चैतमा घर पठाइएको थियो ।

संक्रमित देखिएकी महिला ...


विदेशमा बस्ने नेपालीले आफुलाई समस्या परे यहाँ सम्पर्क गर्नुहोस !

काठमाडाैं - गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ।

सङ्घको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सञ्चालन हुने उक्त हेल्पलाइनमा कोरोना महामारीका कारणले अलपत्र परेका नेपाली, वैदेशिक रोजगारी रहेका नेपाली, नेपाली विद्यार्थीलगायतले फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नेछन्।

भाइवर, ह्वाट्सअपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिने सङ्घले जनाएको छ। बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म ९८४१२८०००५, साँझ ५ देखि राति १२ बजेसम्म ९८०८३१२५५५ र राति १२ देखि बिहान ८ बजेसम्म ९८२३४५८२०४ नम्बरमा सम्पर्क गरी समस्या राख्न सकिने ...


लकडाउन प्रभावकारी बनाउन सीमा क्षेत्रमा थप ६ हजार सशस्त्र प्रहरी परिचालन

काठमाडाैं - सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ। भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिकसमेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै ६ हजार जनशक्ति परिचालन गरिएकाे हाे।

सीमा क्षेत्रमा अवैध रुपमा आवागमन नहोस् भन्ने ध्येयका साथ लकडाउनलाई प्रभावकारी बनाउन एक हजार ६८ स्थानमा पिकेट स्थापना गरी उक्त परिमाणमा जनशक्ति खटाइएको हो। केही स्थानमा भने सीमा पूर्ण रुपमा नै बन्द गरिएको छ भने कोही कसैलाई पनि आवतजावत गर्न नदिइने प्रबन्ध गरिएको छ।

छाउनीस्थित नेपाली ...


खोटाङमा चट्याङ लागेर दुईको मृत्यु, दुई गम्भीर

खोटाङ - खोटाङको केपिलासगढी गाउँपालिका–१,फेदीको तोमानेमा शनिबार राति चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय ३८ वर्षीया निर्मला बिक र १५ वर्षीय राजमणि राई रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक निर्मलाका छोरा आसन बिक र छोरी मनकला बिक गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

...

काेराेनाबाट विदेशमा अहिलेसम्म १४ नेपालीको मृत्यु, ६६५ जना संक्रमित

काठमाडाैं - विश्वव्यापी महामारीका रुपमा फैलिएको काेराेना भाइरस (कोभिड–१९)का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ।

सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्याङ्क सार्वजनिक गरेको हो। समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ। विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली सङ्घको शाखा तथा स्थानीय सङ्घसंस्थाद्वारा सङ्कलित ...


लकडाउन खोल्न हतार नगर्न डब्ल्यूएचओको चेतावनी

काठमाडौँ - कोरोना भाइरसको संक्रमण कम हुन थालेका देशले लकडाउनलगायत प्रतिबन्ध हटाउन तथा खुकुलो पार्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी झन् घातक बनेर फर्किन सक्ने भन्दै त्यसो नगर्न चेतावनी दिएको छ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका प्रतिबन्ध तथा उपाय अहिले नै अन्त्य गर्दा कोरोना संक्रमण पुनरावृत्ति हुन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको हो।

जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा‍. टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेकाले त्यो फुकुवाका लागि हतारो ...


एनसेलले तिर्‍यो सबै पुँजीगत लाभकर

काठमाडौं - एनसेलले सबै पुँजीगत लाभ कर चुक्ता गरेको छ। आइतबार एनसेलले ठूला करदाता कार्यालयमा १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर स्वरुप तिरेको हो।

एनसेलले आइतबार अन्तिम किस्ता अर्थात् १४ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी गरेको छ। ठूला करदाता कार्यालयका प्रमुख सहसचिव झलकराम अधिकारीले एनसेलले रकम भुक्तानी गरेको जानकारी दिए। ‘हामीले पुँजीगत लाभकर बापतको सबै रकम असुल गरेका छौं,’ उनले भने।

सर्वोच्च अदालतले २१ अर्ब १० करोड लाभकर तिर्ने गरी फैसला गरेको भएपनि ठूला करदाता कार्यालयले तत्कालीन समयमा जरिवानासमेत गरी २२ अर्ब ४४ करोड रुपैयाँ बुझाउन ...


वीरगञ्जमा ३ जना भारतीयमा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १२ पुग्यो

 

काठमाडौं - नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । जसमध्ये तीन जनाको ...


सप्तरीमा गाउँपालिकाले काटिदियो किसानको गहुँबाली

सप्तरी - सप्तरीको तिलाठी कोइलाडी–७ का रामकिसुन यादव आफ्नो खेतमा फलेको गहुँ देखेर दङ्ग छन् । गहुँको बाला सबै निहुरिएकोमा त उनको खुशीको सीमा नै छैन । ठूलो बाला र धेरै दाना भएकाले गहुँको बाला निहुरिएका छन् तर यादवको शिर भने ठाडो भएको छ । यसरी गहुँ हौसिएर आए पनि समयमा काट्न नपाउँदा भने यादव एक दिन अगाडिसम्म निकै चिन्तित देखिन्थे । गहुँ उत्पादन राम्रो भए पनि कोरोना माहामारीको त्रास र लकडाउनले मजदुर नपाएपछि खेतमै बाली झरेर नोक्सान हुने चिन्ताले ग्रसित थिए यादव । तर ...


मुम्बईमा बस्दै आएका एकै परिवारका आठजना नेपालीमा कोरोना संक्रमण

काठमाडौ - भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका आठजना नेपालीमा कोरोना संक्रमण देखिएको छ। योसँगै भारतमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको छ।

मुम्बईको गिरगाउँ चौपाटीमा रोजगारी गरेर बस्दै आएका अछाम घर भएका एक नेपाली परिवारका आठ जनामा कोभिड–१९ को संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

एकै परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमती र चार बालबालिकामा कोरोना संक्रमण देखिएको हो। संक्रमितमध्ये केहीको मुम्बईकै कस्तुरवा अस्पताल उपचार भइरहेको छ। केही आइसोलेसनमा छन्। तर, उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ।

यसअघि भारतको बैंग्लोर बस्दै आएको एक नेपाली दम्पतीसहित चार ...


कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, अमेरिका र युरोपमा संक्रमण तिव्र

काठमाडौं - संसारभर महामारिको रुपमा फैलिएको कोरोन भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुने मानिसको संख्या एक लाख नाघेको छ । वल्र्ड मिटरको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख दुई हजार ७ सय ७९ पुगेको हो ।

भाइरसको कारण इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म मृत्यु हुने मानिसको संख्या १८ हजार आठ सय ४९ पुगेको छ । त्यस्तै अमेरिकामा पनि अहिलेसम्म १८ हजार छ सय ३७ मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको छ । स्पेनमा पनि १६ हजार ...


वीरगन्जमा तीन भारतीयको स्वाब परीक्षण गर्दा कोरोनाको शंका, पुनः जाँच्न काठमाडौं पठाइयो

वीरगन्ज - वीरगन्जमा आएर बसेका तीन जना भारतीयमा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरूको स्वाब पुनः परीक्षणका लागि काठमाडौं पठाइएको छ। वीरगन्ज–२ छपकैयाको एक मस्जिदमा बसिरहेका २४ जना भारतीयको समूहबारे स्थानीयवासीले खबर गरेपछि प्रशासनले उनीहरूको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाएको थियो।

नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकको टोलीले उनीहरूको स्वाब निकालेर हेटौंडास्थित प्रयोगशालामा पठाएको थियो। ‘तीन जनालाई खोकी पनि देखिएको छ। उनीहरूलाई हामीले अहिले अस्पतालकै आइसोलेसनमा राखेका छौं,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले भने, ‘बाँकी २१ जनालाई क्वारेन्टाइनमा पठाएका छौं।’

हेटौंडा प्रयोगशाला स्रोतका अनुसार ती तीन जनालाई कोरोना भाइरसको संक्रमण ...


भारतद्वारा नेपालतर्फ निर्यात हुने औषधिको प्रतिबन्ध हटाउने निर्णय

काठमाडौं - भारतले नेपालतर्फ हुने औषधिको निर्यातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। फार्मास्युटिकल्सका लागि नेपाल भारतमा पूर्ण रुपमा निर्भर रहेको भन्दै उसले प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बीच बुधबार भएको भिडियो कन्फ्रेन्सले कोरोनाको उपचारमा प्रयोग हुने पारासिटामोल र हाइड्रोक्सीक्लोरोक्वीन (एचसीक्यु)को निर्यातमा गरिएको प्रतिबन्ध खुलुको बनाउने निर्णय गरेको हो।

योसँगै अब भारतले हाइड्रोक्सीक्लोरोक्वीन (एचसीक्यु) र अन्य औषधि नेपालमा आपूर्ति गर्ने भएको छ। नेपाल सहित भुटान र बंगलादेशमा लगाएको प्रतिबन्ध पनि भारतले हटाएको छ।

सार्कका एक अधिकारीले भने, ‘हामी ती देश जो विशेष ...


सांसद विकास कोषको बँचेको पैसा 'कोरोना कोष'मा राखौं : नेकपा प्रवक्ता

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोष अनुचित भएको भन्दै त्यसमा खर्च हुन बाँकी पैसा कोरोना कोषमा राख्न सुझाब दिएका छन्।

‘मैले पहिलेदेखि भन्दै आएको छु, सांसद विकास कोष आवश्यक छैन मात्र होइन, अनुचित छ। अहिले कोभिड-१९ को संकटको सन्दर्भमा यसको खर्च नभएको रकम (ज्यादै कम मात्र खर्च भएको होला) कोभिड-१९ कोषमा राखौं र अबदेखि यो शिर्षकमा बजेट नराखौं। यो सही छ। निर्णय गरिहालौं’, सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता श्रेष्ठले लेखका छन्।

त्यस्तै, वर्तमान राष्ट्रिय संकटको सन्दर्भमा प्रमुख विपक्षी दल लगायत सबै राजनीतिक सामाजिक ...


भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय रद्द

काठमाडौं - बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकले शुक्रबार र शनिबारभित्र उपत्यकाबाहिर जान दिने निर्णय सर सर्वसाधारणलाई जान दिने निर्णय सरकारले नै खारेज गरेको छ। लकडाउन जारी रहेको अवस्थामा मानिसलाई उपत्यका बाहिर जान दिँदा भिडभाड बढ्ने भएको भन्दै विरोध भएपछि सरकार आफ्नै निर्णयमा २ घण्टा पनि बस्न नसकी खारेज गरेको हो।

कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले एक विज्ञप्ति जारी गर्दै सो निर्णयबाट पछि हटेको बताएको हो। 'भोली र पर्सीकाठमाडौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको' भन्ने समाचारप्रति समितिको ध्यानाकर्षण ...


भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय

काठमाडौं - लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जाने क्रम बढेको छ ।

साथै आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले गाउँ फर्कन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

...

कोरोनाका कारण फागुनमा मात्रै २ अर्ब ३४ करोड रेमिट्यान्स कम भित्रियो

काठमाडौं, चैत्र २७ - कोरोना भाइरस ९कोभिड १९० को प्रत्यक्ष असर रेमिट्यान्समा परेको छ। कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्रमा धराशयी हुन थालेपछि विभिन्न मुलुकमा काम गर्न गएका नेपाली समस्यामा परेका छन्। नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा झन्डै २४ प्रतिशत छ।

विदेशमा गएका नेपालीले रकम पठाउन कम गरेपछि चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स आप्रवाहमा २ अर्ब ३४ करोड रुपैयाँले कमी आएको छ। फागुनसम्ममा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको सोही अवधिमा रेमिट्यान्स ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको थियो। ...


७५ दिनपछि खुल्यो कोरोनाको उद्गमस्थल वुहानमा ‘लकडाउन’

काठमाडौँ - कोरोना भाइरसको उद्गमस्थल मानिएको ७५ दिनपछि लकडाउन खोलिएको छ। चीनको हुबे प्रान्तमा पर्ने वुहान सहरमा लगाइएको लकडाउन हटाएसँगै जनवरी २३ तारिखदेखि कतै हिँडडुल गर्न नपाएका नागरिक अन्य स्थानमा आवतजावन गर्न पाएका छन्।तर त्यसका लागि स्मार्टफोनमा रहेको स्वास्थ्यसम्बन्धी एपमा ‘हरियो’ कोड देखिएको हुनुपर्छ। अहिले उहानमा यातायातका सबै साधन सञ्चालन भएको बीबीसीले जनाएको छ।

मंगलबार चीनमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु नभएपछि वुहानको लकडाउन हटाइएको हो।कोरोना भाइरसको संक्रमण रोकथामका लागि चिनियाँ अधिकारीले उहान सहरमा पहिला कहिल्यै नलगाइएका प्रतिबन्ध लगाएका थिए।१ करोड १० लाख मानिस बसोबास ...


यस्तो छ प्रधानमन्त्री ओलीले देशवासीको नाममा गरेको सम्बोधनको पूर्णपाठ ।

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको पूर्णपाठ यस्तो छ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,

आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान गुमाउने नेपाली दाजुभाइ, दिदीबहिनी लगायत सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सङ्क्रमितहरु निको भएर ...


खाद्यान्न गोदाममा आपूर्तिमन्त्रीको अनुगमन, व्यवसायी भन्छन - अभाव हुँदैन !

काठमाडौं - काठमाडौं उपत्यकामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको बजार अवस्थाबारे बुझ्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बुधबार विभिन्न खाद्य गोदाममा अनुगमन गरेका छन्। मन्त्री भट्टले नेपाल खाद्य किराना व्यवसायी संघसँग रहेको खाद्यान्नको मौज्जात अवस्थाका बारेमा समेत जानकारी लिएका छन्।

अनुगमनका क्रममा खाद्य किराना व्यवसायी संघले मन्त्री भट्टलाई गोदाममा प्रयाप्त खाद्यान्न रहेको र भारतबाट आयात हुने खाद्यान्न नियमित आयात भइरहेकाले अभाव नहुने जानकारी गराएको छ। आपूर्ति र वितरणमा रोकावट नभए पनि व्यवसायीहरूले ट्रक चालक तथा लोडर कामदारको आवतजावतका लागि पास व्यवस्था बाहेक कुनै समस्या नरहेको मन्त्री ...


तिन लाखभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं - विश्वभरमा कोरोना संक्रमण भएका तीन लाखभन्दा बढी बिरामी निको भएका छन्। जोन होप्किन्स विश्वविद्यालले अद्यावधिक गरेको बुधबार बिहान साढे ११ बजेसम्म (नेपाली समय अनुसार) को तथ्यांकअनुसार ३ लाख १ हजार ४ सय १७ जना कोरोना संक्रमित निको भएका छन्।

निको हुनेमा सबैभन्दा बढी चिनियाँ नागरिक छन्। चीनमा मात्रै ७७ हजार ५ सय २५ जना निको भएका छन्। त्यस्तै, स्पेनमा ४८ हजार २ सय ८ जना निको भएका छन्। यसैगरी जर्मनीमा ३४ हजार ८१ जना कोरोना संक्रमित निको भइसकेका छन् भने इरानका २७ हजार भन्दा ...


थर्मलगनको कालाबजारीमा संलग्न अग्रवाललाई अनुसन्धानका लागि म्याद थप

काठमाडौँ, चैत्र २६ - शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक रहेका अग्रवालमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडाैंले बुधबार म्याद थप गरेकाे हाे।

ज्वरो नाप्ने थर्मल गन (डिजिटल थर्मोमिटर) कालोबजारी गरेर बिक्री गरेको आरोपमा मंगलबार दिउँसो उनी पक्राउ परेका थिए। अग्रवालले चीनको गोन्जाउबाट २१ गते थर्मल गन ल्याएका थिए। अग्रवालको कम्पनीले चीनबाट सेटिङमा आफ्नो मात्रै सामान ल्याएको थियो।

सेटिङमा आफ्नो कम्पनीको मात्रै मेडिकल उपकरण तथा औषधि ल्याउँदै सामान कालोबजारीमा बिक्री गरिरहेको पाइएकाे हाे।

...

लकडाउन फेरि एक साता बढाउन स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौं - कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लडकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो।

भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले लकडाउन अवधि पनि बढाउनुपर्ने अवस्था देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले बताए। कोरोना भाइरसको संक्रमण र विकास अवधि १४ दिनपछि मात्र देखिने हुनाले क्वारेनटाइनमा रहेका नेपालीको नमुना परीक्षण ...


हालसम्म विदेशमा रहेका ५० नेपालीमा कोरोना संक्रमण, ३ जनाको मृत्यू

काठमाडौं - यूरोप, अमेरिका, मलेसिया, खाडीलगायत विभिन्न मुलुक पुगेका ५० नेपाली कोरोना संक्रमित भएका छन्। रोजगारी, अध्ययन तथा विभिन्न सिलसिलामा विदेशमा रहेका ५० नेपाली कोरोना संक्रमित भएका हुन्।

पोर्चुगलमा सबैभन्दा ठूलो संख्यामा १४ जना नेपालीमा कोरोना संक्रमण भएको खबर छ। यसअघि त्यहाँका विभिन्न संचारमाध्यमहरुले रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका १ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि गरेका थिए।
त्यसपछि उनीसहित ६ नेपालीमा कोरोना संक्रमण भएका खबरहरु थिए। पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका थप ८ नेपालीमा कोरोना संक्रमण भएको गैह्रआवासीय नेपाली संघ(एनआरएन) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले पुष्टि गरेसँगै ...


निजामुद्दिन भेलाका सहभागी एक नेपालीमा कोरोना संक्रमण पुष्टि

नयाँदिल्ली - भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी दुई साताअघि मात्र हरियाणाको अम्बाला पुगेका थिए ।

भेलाका अन्य दश जना सहभागीसहित उनी हरियाणाको अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए। उनीहरु दुई साताअघि बंगेलवाली मस्जिदमा भएको तबलिगी समुदायको अन्तर्राष्ट्रिय भेलामा सहभागी थिए। अम्बाला पुगेका सबै नेपाली पर्सा जिल्ला रहेका छन्।


दिल्ली, आन्ध्र प्रदेश, तमिलनाडु, तेलांगनामा विगत केही दिनयता पहिचान ...


बिरामीको उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्न माग

वीरगञ्ज - कोरोना भाइरस महामारीका बेला शंकास्पद बिरामीको उपचार गर्न नमान्ने निजी अस्पतालहरूलाई कारबाही गर्न प्रदेश २ का नागरिक अगुवाहरूले माग गरेका छन् । बिरामी भर्ना गर्न नमानेर निजी अस्पतालहरुले आम नागरिकको स्वास्थ्य उपचारको हक र बाँच्न पाउनुपर्ने अधिकारको हक उल्लंघन गरेको उनीहरूको आरोप छ ।

सामुदायीक रेडियो प्रसारक संघ (अकोराव), उपभोक्ता हित संरक्षण मञ्च, प्रदेश नं. २ आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. २ लगायत संघ, प्रदेश र स्थानीय तहमा क्रियाशिल संघ संस्थाहरुले शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै नागरिकको अधिकार प्रत्याभूति हुनुपर्ने र त्यसो नगर्ने ...


नेकपा सचिवालय बैठक बोलाउन माग

काठमाडौँ - कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णय र तयारी एकपछि अर्को गरी विवादमा तानिएपछि सत्तारुढ दल नेकपाभित्र पार्टी बैठक बोलाउन माग भएको छ ।

सरकारले गरेका निर्णयले पार्टी संगठनलाई क्षति पुग्ने अवस्था आएको भन्दै सचिवालयकै नेताहरुले बैठक बोलाउन माग गरेका हुन्। पछिल्लो पटक चैत ५ मा बैठक बसे पनि त्यसयता नेकपाको सचिवालय बैठक बसेको छैन्।

'हो, मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु। दुवै अध्यक्ष कमरेडहरुलाई अनुरोध गरेको छु। आवश्यकता पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ। आजको सन्दर्भमा स्वास्थ्य ...


कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना संक्रमण भेटियो

काठमाडौं - कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजू हुन् । उनी ३४ वर्षीया महिला हुन् ।


आठौँ केश लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट ...


प्रतिनिधिसभाको बैठक चैत ३० सम्मलाई स्थगित

काठमाडौं- पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित भएको छ। चैत २३ गतेलाई बोलाइएको बैठक स्थगित भई चैत ३० गतेलाई तोकिएको छ।

संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले शुक्रबार सूचना टाँस गरेर बैठक स्थगित भएको सूचित गरके हुन्। कोरोना संक्रमणको त्रास फैलेसँगै सरकारले लकडाउन सुरु गरेको छ। सोही कारण बैठक बस्न असम्भव हुँदै आएको हो।

'कोभिड-१९ भाइरसको सम्भावित संक्रमणका कारण नेपाल सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाकको आवतजावतमा लगाएको प्रतिबन्ध यथावत राखेका कारण बस्न नसक्ने भएकोले’ बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ।

...

स्वास्थ्य सामग्री खरीदमा संलग्नलाई कारबाही गर्न देउवाको माग

काठमाडौ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अत्यावश्यक स्वास्थ्य सामग्री खरीदमा संलग्नलाई जिम्मेवारीबाट मुक्त गरी अनुसन्धान र कारबाही थाल्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। सभापति देउवाले शुक्रबार वक्तव्य जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गहिरो अनुसन्धान गर्नुपर्ने र कारवाहीको प्रक्रिया अघि बढाउन जरुरी भएको बताएका हुन्।

कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन आफ्नो दल सरकारका साथमा रहेको र हरसम्भव सघाइरहेको बताउँदै सभापति देउवाले धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालनाका साथ युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाव दिएका छन्।

प्रतिनिधिसभामा विपक्षी दलका नेता देउवाले ‘काठमाडौं प्रेस डटकम’ मा प्रकाशित ...


मेडिकल सामग्री खरिद प्रकरण : थप सामाग्री ल्याउने जिम्मा सेनालाई !

काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा निन्त्रणका लागि आवश्यक मेडिकल सामग्री ल्याउदा विवादमा मुछिएपछि थप सामाग्री ल्याउने जिम्मा नोपाली सेनालाई दिने भएको छ । जिम्मा पाए संगै सेनाले यसअघि आफुले गरेको टेन्डर रद्द गरेको छ। सेनाले आवश्यक स्वास्थ्य सामग्रीका लागि करिब १७ करोड रुपैयाँमा खरिद गर्न टेन्डर आह्वान गरेको थियो।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैकठले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिने गरी गरेको निर्णय बिहीबार सार्वजनिक भएपछि सेनाले एकमुष्ट रुपमा सामान ल्याउन उक्त टेन्डर रद्द गरेको हो। ‘सरकारले सबै सामग्री एकै पटक ल्याउने निर्णय ...


रक्षामन्त्री र स्वास्थ्यमन्त्री बिरुद्ध अख्तियारमा दोस्रो उजुरी

काठमाडौं - स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको अनियमिततका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दोस्रो उजुरी दर्ता भएको छ। कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि खरिद गरेर समान ल्याउँदा भ्रष्टाचार भएको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत विरुद्ध अख्तियारमा दोस्रो उजुरी दर्ता भएको हो।

स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार उजुरी दर्ता गराएका हुन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी समूहका ...


कोरोनाबाट हालसम्म कहाँ कतिले ज्यान गुमाए ?

काठमाडौं - कोरोना भाइरस अर्थात कोभिड-१९ बाट विश्वभरमा अहिलेसम्म २१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बिहीबार मध्यान्हसम्म २१ हजार ३०८ जनाको मृत्यु भएको छ ।

१९८ देशमा पुगेको कोरोनाका कारण सबैभन्दा बढी इटलीमा सात हजार ५०२ जनाको ज्यान गएको छ । यस्तै, स्पेनमा तीन हजार ६४७, चीनमा तीन हजार २८७, इरानमा २ हजार ७७, अमेरिकामा एक हजार ३२ र फ्रान्समा एक हजार ३३२ जनको मृत्यु भइसकेको छ ।

कोरानाले बेलायतमा ४६५, नेदरल्याण्डस्मा ३५६, जर्मनी २०६ र वेल्जियम १७८ जनाको ज्यान लिइसकेको छ ।

दक्षिण एसियामा कोभिड-१९ बाट ...


नेपाल छाड्न चाहने आफ्ना नागरिकलाई फर्काउँदै अमेरिका

काठमाडौं - स्वदेश फर्किन चाहने नेपालमा रहेका आफ्ना नागरिकलाई अमेरिकाले फर्काउने प्रक्रिया थालेको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार सूचना जारी गर्दै नेपालबाट अमेरिका प्रस्थान गर्ने अमेरिकी नागरिकलाई सघाउन नेपाल सरकारसँग औपचारिक आग्रह गरेको उल्लेख गरेको छ।


फर्किन चाहनेलाई फारम भर्न आग्रह गर्दै दूतावासले यो प्रक्रियाका लागि समय लाग्ने भएकाले धेर्य राख्न र बसिरहेकै स्थानमा रहन आग्रह गरेको छ।

...

न्यून आय भएकालाई राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग अनुरोध गरेका छन्।

ज्यालादारी र न्युन आय भएकाहरुको दैनिक गुजारा चलाउने प्रवन्ध पनि गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल मार्फत सरकारसँग अनुरोध गरेका छन्। कोरोनाबाट सुरक्षित हुदाहुँदै कोही कसै पनि भोकमरीको शिकार बन्न नपर्ने अवस्था सिर्जना गर्न सरकारसँग अनुरोध गरेका छन्।


विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित बन्न लकडाउन उत्तम विकल्प देउवाको धारणा छ।

...

अमेरिकामा इतिहासकै ठूलो आपतकालीन राहत : हरेकलाई १२ सय डलर

एजेन्सी - कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकामा हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषय समेटिएको प्याकेज सिनेटबाट पारित भएको छ।

बुधबार मध्यरात प्याकेजसहितको विधेयक पारित भएको हो। मतदानमा उपस्थित सबै ९६ सिनेटरहरुले विधेयकको पक्षमा मतदान गरेका थिए। विपक्षमा एकमत पनि नपरेकाले यो विधेयक सर्वसम्मतले पारित भएको छ। शुक्रबार बिहान ९ बजे यो विधेयक मतदानका लागि हाउसमा लगिने तय भएको छ। यदि हाउसबाट पनि पारित भएमा यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आपतकालीन राहत प्याकेज हुनेछ।

२ खर्ब अमेरिकी डलरको यो प्याकेजमा एक करदातालाई १२ सय ...


भारतमा कोरोनाले ११ जनाको मृत्यु, ६०६ जना संक्रमित

एजेन्सी - भारतका कोरोना भाइरस संक्रमितको संख्या ६०६ पुगेको छ। संक्रमितमध्ये ५६३ जना भारतीय नागरिक र ४३ विदेशी रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये हालसम्म ४३ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस सबैभन्दा बढी महाराष्ट्रमा १२८ जनामा देखिएको छ। यस्तै, केरलामा १०९, कर्नाटकमा ४१, गुजरातमा ३८, उत्तर प्रदेशमा ३७, राजस्थानमा ३६, तेलंगनामा ३५, दिल्लीमा ३१, पन्जाबमा २९, हरियाणामा २८, तमिलनाडुमा १८, मध्यप्रदेशमा १४ र लद्धाखमा १३ जना छन्।

कोरोना रोक्न सरकारले २१ दिन लकडाउन गरेको छ। बस,रेल, हवाईसेवा बन्द ...


लकडाउनको अवधिमा 'स्वास्थ्य समस्या' आए यहाँ सम्पर्क गर्नुहोस !

काठमाडौं - मंगलबारदेखि सुरु भएको लकडाउनको अवधि चैत १८ सम्म जारी रहनेछ। यो अवधिमा सवैलाई घरबाट बाहिर निस्कन रोकिएको छ। घरमै बसिरहेको अवस्थामा व्यक्तिलाई ज्वरोको लक्षण वा अन्य स्वास्थ्य समस्या देखिए के गर्ने? आवश्यक परामर्शका लागि सम्पर्क नम्बरहरु उपलब्ध गराइएको छ। सरकार तथा चिकित्सकहरुले सर्वसाधारणको सुविधाको लागि सम्पर्क नम्बर उपलब्ध गराएका हुन्।
भाइरसको संक्रमण देखिएको आशंका, ज्वरो आएमा, वा अन्य समस्या देखिएकामा सम्पर्कका लागि केहि नम्बर उपलब्ध गराइएको छ। घरबाट ननिस्किन आग्रह गर्दै स्वास्थ्य समस्या देखिएमा निम्न नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।


उपलब्ध गराएका ...


के हो लकडाउन? के चल्छ के चल्दैन ?

काठमाडौं- सरकारले जारी गरेको ‘लक डाउन’को सूचना मंगलबार बिहान ६ बजेदेखि देशैभर लागू भएको छ। अब एक सातासम्मका लागि घरबाट बाहिर निस्कन पाइनेछैन।

सोमबार साँझ बसेको कोभिड-१९ नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना नियन्त्रणका लागि नेपालभर ११ गतेदेखि १८ गतेसम्म कुनै व्यक्ति घरबाट बाहिर ननिस्किने आदेश जारी गरेको हो।

समितिले आन्तरिक उडानमासमेत रोक लगाउनले निर्णय गरेको छ। यसैगरी, देशभर सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ। अत्यावश्यकबाहेक सरकारी कर्मचारीलाई बिदासमेत दिने निर्णयसमेत आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको छ।
निजी क्षेत्रका कर्मचारीलाई पनि बिदा दिने निर्णय गरेको समितले संक्रामक रोग ...


कोरोनाले आक्रान्त बन्यो पुरै विश्व : साढे १६ हजार बढीको मृत्यु, पौने ४ लाख संक्रमित

एजेन्सी - चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट पूरै विश्व प्रभावित भएको छ। विश्व स्वास्थ्य संगठनका अुनसार १८६ देश कोरोना भाइरसबाट प्रभावित भइसकेका छन्।


यो भाइरसको संक्रमणबाट १६,५५८ जनाले ज्यान गुमाइसकेका छन् भने ३,८१,६४९ जना संक्रमित भएका छन्। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार उपचारपछि निको भएर एक लाख ९ सय ५८ जना घर फर्केका छन्।


संक्रमित बिरामीको संख्यामा पहिलो नम्वरमा अहिले पनि चीन नै रहेको छ । चीनमा ८१ ह्जार ५ सय ७ जना संक्रमित छन्। त्यस्तै इटालीमा ६३ हजार ९ सय २७ जना ...


स्पेनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या हजार नाघ्यो

मड्रिड- कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या स्पेनमा एक हजार नाघेको छ। स्पेनमा थप २६२ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ।

याेसँगै मृत्यु हुनेकाे संख्या १ हजार ९३ पुगेकाे छ। स्पेनमा काेराेना संक्रमित ३ हजार ४३३ नयाँ बिरामी फेला परेका छन्। याेसंगै संक्रमितकाे संख्या २१ हजार ५१० पुगेकाे छ।

स्पेनमा एक दिन अगाडिसम्म कोरोनाका कारण मृत्यु हुनेहरुको सङ्ख्या ७६७ रहेको थियो। 

...

कोरोना भाइरसकाे संक्रमण १८५ देशमा फैलियो, कुन देशमा अवस्था कस्तो?

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका १८५ देशमा फैलिएको छ। शनिबार बिहान ७:३० बजेसम्म वर्ड मिटर्सकाे तथ्यांकअनुसार विश्वभर भाइरसकाे संक्रमण २ लाख ७५ हजार ७ सय ९६ जनामा देखिएको छ। जसमा ३० हजार ८ सय ६३ जना नयाँ संक्रमित रहेका छन्।

९१ हजार ९ सय १२ जना उपचारपछि निकाे भएका छन्। भाइरसको संक्रमणको कारण थप १ हजार ३ सय ६६ जनाकाे मृत्यु भएकाे छ। याेसँगै विश्वमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ हजार ३ सय ९७ पुगेकाे छ।

काेराेनाका कारण इटालीमा पछिल्लाे २४ घन्टामा ६२७ जनाकाे मृत्यु ...


इटालीमा काेराेनाबाट एकैदिन ६२७ काे मृत्यु, कुल ४ हजार ३२ पुग्यो

काठमाडाैं- विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लाे समय इटालीमा बढी देखिएकाे छ। काेराेनाका कारण इटालीमा पछिल्लाे २४ घन्टामा ६२७ जनाकाे मृत्यु भएकाे छ।

याेसँगै इटालीमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४ हजार ३२ पुगेकाे छ। वर्ड मिटर्सका अनुसार इटालीमा ५ हजार ९ सय ८६ जना काेराेनाका नयाँ संक्रमित फेला परेका छन्। याेसँगै इटालीमा काेराेना भाइरस संक्रमितकाे संख्या ४७ हजार २१ पुगेकाे छ।

...

काेराेनाबाट थप १ हजार ३ सय ६६ काे मृत्यु, एकैदिन ३० हजार बढी संक्रमित

काठमाडाैं- विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको कारण थप १ हजार ३ सय ६६ जनाकाे मृत्यु भएकाे छ। याेसँगै विश्वमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ हजार ३ सय ९७ पुगेकाे छ।

वर्ड मिटर्सका अनुसार भाइरसकाे संक्रमण २ लाख ७५ हजार ७ सय ९६ जनामा देखिएको छ। जसमा ३० हजार ८ सय ६३ जना नयाँ संक्रमित रहेका छन्। ९१ हजार ९ सय १२ जना उपचारपछि निकाे भएका छन्।

...

प्रधानमन्त्रीको सम्बोधनका 'हाइलाइट्सहरु'

काठमाडौं - कोरोना भाइरस (कोभिड १९)को जोखिम बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीले सम्बोधनमा केही घोषणा पनि गरेका छन्।

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय हवाइ सेवा बन्ददेखि सार्वजनिक सवारी साधन बन्दसम्मको घोषणा गरेका छन्। प्रधानमन्त्रीले गरेको सम्बोधनमा उल्लेखित मुख्य बुँदा यस्ता छन् :

- नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाइ उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ।

- सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ। यस सम्बन्धमा छिमेकी ...


चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक

काठमाडौं - सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट सतर्क हुन सवारी सञ्चालनमा रोक लगाइएको घोषणा गरेका हुन् ।

यस्तै, ९ गतेदेखि लागू हुने गरी १८ गतेसम्म सबै हवाई उडान स्थगित गर्ने र अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गरिने प्रधानमन्त्रीले जानकारी गराए ।

यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले २५ जनाभन्दा धेरै जम्मा नहुन ...


चैत २१ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द ! के-के पर्छन अत्यावश्यक सेवामा ?

काठमाडौं - सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

अत्यावश्यक सेवाभित्र विमानस्थल, सञ्चार, (टेलिफोन), पेट्रोलियम, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा, आदि पर्दछन् ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रका सेवासँग सम्बन्धित कर्मचारी र सेवा प्रदायकले कर्मचारीलाई घरबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । सरकारी कर्मचारी र अत्यावश्यक ...


प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ

काठमाडाै‌ - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामबारे राष्ट्रका नाममा गरेकाे सम्बोधनकाे पूर्ण पाठ:

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन । तर हामी पनि यस जोखिमबाट ढुक्क हुने ...


प्रधानमन्त्री ओलीले आज जनताको नाममा सम्बोधन गर्ने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। कोरोना भाइरसको बढ्दो जोखिमको समयमा प्रधानमन्त्रीले सम्बाेधनमार्फत् सरकारले गरिरहेको तयारीबारे जानकारी दिन लागेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शुक्रबार बेलुका ६ बजे प्रधानमन्त्री ओलीले सम्बाेधन गर्नेछन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार देशवासीका नाममा सम्बाेधन गरेका थिए।

कोरोना प्रभावित मुलुकमा कार्यकारी प्रमुखहरुले दिनहुँ कोरोनाकाे प्रभाव र सरकारले गरेको कामकाे बारेमा जानकारी दिने गरेका छन्।

शुक्रबार नै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटघाटपछि यस्तो निर्णय भएको हो।

...

कोरोना प्रभाव : मापसे जाँच पनि स्थगित

काठमाडौं - कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले मापसे जाँच रोकिएको बताए । यद्यपि, अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने उनले जनाए ।

‘पहिले जस्तो मेसिन लगाएर चेक गर्दैनौं । तर, लरबराउँदै कोही आउँछ भने त्यस्ता व्यक्तिलाई अस्पताल लगेर परीक्षण गराउँछौं । र, आफन्तको जिम्मा लगाउँछौं’, ढकालले भने ।

ट्राफिकले मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।

...

कोरोना प्रभाव : चैत २२ गतेसम्म देशभरका सबै अदालत बन्द हुने

काठमाडाैं - चैत २२ गतेसम्म देशभरका सबै अदालत बन्द हुने भएका छन्। शुक्रबार बसेकाे 'फुल काेर्ट'काे बैठकले यस्ताे निर्णय गरेकाे हाे। याे निर्णयसँगै बन्दीप्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाइ रोकिने भएकाे छ।

सर्वोच्चसहित देशभरका अदालतमा कोरोना भाइरसको संक्रमणको जोखिममा रहेको भन्दै वकिलहरुले सुनुवाइ स्थगित गर्न माग गरेपछि आज फुल कोर्टको बैठक बसेको थियाे। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा बसेकाे बैठकमा सर्वोच्चका न्यायाधीशहरु सहभागी थिए।

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियन र सर्वोच्च अदालत बार एशोसियनसले पत्र लेखेर प्रधानन्यायाधीश राणालाई सुनुवाइ तत्काल स्थगित गर्न माग गरेका थिए। जिल्ला ...


लोकसेवा आयोगका परीक्षा स्थगित

काठमाडौं - लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ ।

चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक नारायण अर्यालले जानकारी दिएका छन् ।

लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको अर्यालले विज्ञप्तिमार्फत जनाएका छन् ।

 

...

त्रिविका सबै परीक्षा स्थगित गर्ने निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखिका सबै पठन पाठन र परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले पठन पाठन र सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले जानकारी दिए ।

चैत ७ गतेपछि हुने त्रिविका सबै संकाय र सबै तहका परीक्षा स्थगित गरिएको छ’ बाँस्कोटाले भने । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले बिहीबारदेखि हुने एसईई परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको थियो ।

...

कोरोनाबाट आज विश्वभरमै कतिले ज्यान गुमाए ? इटालीमा मर्नेको संख्या दिनहुँ बढ्दो !

एजेन्सी - कोरोना भाइरस संक्रमणका कारण इटालीमा एकै दिनमा ४७५ जनाको मृत्यु भएको छ। महामारी सुरु भएयता इटालीमा एकै दिनमा यति धेरै जनाको मृत्यु भएको हो। योसँगै इटालीमा मृत्यु हुनेको संख्या ३ हजार पुगेको छ। महामारीबाट सबैभन्दा बढी प्रभावित लोम्बार्डी सहरमा मात्रै ३१९ जनाको मृत्यु भएको छ।

वर्ल्डमिटर इन्फोका अनुसार विगत २४ घण्टामा विश्वभर ९६७ जनाको मृत्यु भएको छ भने २० हजार ५ सय ३७ जनालाई संक्रमण देखिएको छ। विश्वभर संक्रमितको संख्या २ लाख १८ हजार ७ सय ६८ पुगेको छ।

मृत्यु हुनेमा इटालीमा ४७५ सहित इरानमा ...


अत्यावश्यक बाहेकको काममा घरबाहिर ननिस्कन अपिल !

काठमाडौं - कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ। वैशाख १८ गतेसम्मलाई भेला र भीडभाडमा निरुत्साहन गरिएको हो।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम/हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ।

यसको अनुगमन गृह, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछन्। साथै प्रदेश सरकार र स्थानीय तहले पनि अनुगमन गर्नेछन्।

बैठकले सांस्कृतिक एवम् सामाजिक गतिविधिसँग सम्बन्धित ...


कोरोना भाइरसको संक्रमणबाट तंग्रिदै चीन

बेइजिङ - डिसेम्बर अन्तिम सातादेखि कोरोना भाइरसको संक्रमणमा रहेका चिनियाँको जनजीवन बिस्तारै सामान्य बन्न थालेको छ। धेरै प्रान्त र सहरमा कलकारखाना पूर्ववत् सञ्चालन हुन थालेका छन्। किसान काममा फर्किएका छन्।

केही प्रान्तमा शिक्षण संस्थामा पठनपाठन हुन थालेको छ भने पर्यटकीय स्थलमा पनि चहलपहल बढेको छ। तर पछिल्लो अवस्थामा कोरोना भाइरसका कारण चीनलाई चिन्तित बनाएको छ।

विदेशबाट आएका चिनियाँ, चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशी कोभिड–१९ बाट संक्रमित भएको पाइएका छन्। पछिल्लो तथ्यांकअनुसार विदेशबाट आएका १५५ चिनियाँ कोभिड–१९ संक्रमित छन्। बेइजिङ, साङहाई, कान्सु, चच्याङ, क्वाङतोङलगायतका गरी ११ वटा ...


कोरोनाको भाइरसको त्रासले उपत्यकाको चहलपहल घट्यो !

काठमाडौं - कोरोना भाइरसको संक्रमण हुने त्रासले राजधानीमा चहलपहल घट्दै गएको छ। सरकारले सभा, सम्मेलन, अत्यधिक मानिसको जमघट हुने कार्यक्रम आयोजना नगर्न सूचनासमेत जारी गरेपछि चहलपहल कम हुन थालेको हो।

अहिले राजधानीका सवारी साधनमा करिब ५० प्रतिशत मानिसको चहलपहल कम भएको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए। ‘अहिले राजधानीमा गुड्ने सवारीमा मानिसको चाप कम भएको छ’, उनले भने, ‘सधैंको भन्दा झन्डै ५० प्रतिशत यात्रु काम भएका छन्।’ यात्रुको कमी भएकाले धेरै सवारीसाधन थन्किने अवस्था आउने सम्भावना देखिएको उनको भनाइ छ। राजधानीमा यात्रु कम भए ...


कोरोना भाइरससंग जुध्न सेना र प्रहरीको यस्तो तयारी, ५२ बेडकोे आइसोलेसन वार्ड निर्माण

काठमाडौँ - कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै सेनाले ५२ बेडकोे आइसोलेसन वार्ड तयार गरेको छ । त्यसमा सैनिक र गैरसैनिकको उपचार गरिने छ ।पूर्वतयारीअन्तर्गत सेनाले मंगलबार र बुधबार जंगी अड्डा परिसरमा विभिन्न युनिटमा कार्यरत सकल दर्जालाई तालिम गराएको छ । स्वास्थ्य महानिर्देशनालयका ५० सैनिक चिकित्सक तथा विभिन्न युनिटमा कार्यरत एक सय ३१ प्राविधिक सैनिकलाई प्रशिक्षण दिइएको प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बताए । ‘तालिम पाएका एक सय ८१ जनाले अब आठ पृतना र मातहतका बाहिनी र युनिटमा गएर तालिम दिनेछन्, यो प्रशिक्षक प्रशिक्षण तालिमजस्तै हो,’ प्रवक्ता पाण्डेले ...


कोरोना असर : खाद्यान्नको माग ३५ प्रतिशतले बढ्यो, पेट्रोल पम्पमा लाइन

काठमाडौँ - विश्वभर कोरोना संक्रमण बढेसंगै नेपाली बजारमा खाद्यान्नको माग बढेसँगै मूल्य आकासिएको छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार चिनी प्रतिकिलो पाँच रुपैयाँ बढेर ८५ रुपैयाँ पुगेको छ । त्यस्तै, नयाँ चामल बोरामा ५० देखि सय रुपैयाँसम्म बढेको छ । बोराको एक हजार पाँच सय ५० देखि एक हजार ६ सय ५० रुपैयाँसम्म पर्ने जिरा–मसिनो चामलको मूल्य एक हजार सात सय ५० रुपैयाँ पुगेको छ । अधिकतम एक सय ५० रुपैयाँ प्रतिकिलो रहेको मासको दालको मूल्य एक सय ७० रुपैयाँ पुगेको छ । नेपाली मुसुरोको दालमा पाँच ...


विद्यालय-विश्वविद्यालय बन्द, २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने, फिल्महल-डिस्को-डान्सबार बन्द

काठमाडौँ - कोरोना रोकथामको उपायस्वरूप सरकारले कोरोना प्रभावित ५५ मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका देशहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाएर अन्य जुनसुकै मुलुकबाट आउने यात्रीलाई शुक्रबारदेखि नेपाल आगमनमा रोक लगाएको हो । यो बन्देज १७ वैशाख ०७७ सम्म लागू हुनेछ । यी मुलुकमा रहेका नेपाली पनि सो अवधिसम्म स्वदेश फर्कन पाउने छैनन् ।

तर, कोरोनाबाट प्रभावित चीन, भारत, थाइल्यान्ड, सिंगापुर, अस्ट्रेलिया र अमेरिकी ...


एसइई स्थगित, त्रिविको पनि स्थगित गर्ने तयारी

काठमाडौं-सरकारले भोलिदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) स्थगित गरेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसइइ परीक्षा स्थगित गर्ने निर्णय गरिएको बताए। कोरोना संक्रमणको प्रभाव बढ्दै गएपछि सरकारले चैत ६ गतेदेखि तय गरिएको एसइई परीक्षा स्थगित गरेको हो।

यसैगरी, त्रिभुवन विश्वविद्यालयले पनि बिहीबारदेखिका परीक्षा रोक्ने भएको छ। त्रिविले यसबारे आधिकारिक निर्णय भने बिहीबार गर्ने जनाइएको छ। चैत १७ गतेसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदै थिए। 

यसअघि सरकारले चैत ५ गतेसम्म कक्षा १ देखि ९० सम्मका परीक्षा सन्चालन गरिसक्न ...


पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन

काठमाडाैं- सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन भएको छ। श्रेष्ठकाे बुधबार निधन भएकाे हाे। उनी २०५४ असोज १ देखि २०५४ चैत २९ गतेसम्म प्रधानन्यायाधीश भएका थिए। उनी सत्य निरूपण तथा वेपत्ता छानबिन आयोगको पदाधिकारी सिफारिस समितिका संयोजकसमेत भएका थिए।

पहिलो पटक गठन भएको संक्रमणकालीन आयोगको पदाधिकारी सिफारिसमा उनले संयोजकको भूमिका निर्वाह गरेका थिए।

...

भारतमा कोरोनाले हालसम्म ३ जनाको मृत्यु, संक्रमितकाे संख्या १३७ पुग्याे

नयाँ दिल्ली- भारतमा कोरना भाइरस संक्रमित बिरामीको संख्यामा वृद्धि भइरहेको छ। विश्वभर एक लाख ८२ हजारभन्दा धेरै मानिसमा फैलिरहेको यो भाइरसको संक्रमण भारतमा १३७ जनामा पुष्टि भएको छ।

मंगलबारसम्म काेराेना संक्रमितकाे संख्या १२८ रहेको भारतमा थप ९ जनामा संक्रमण देखिएकाे हाे। काेराेनाका कारण भारतमा हालसम्म तीन जनाको मृत्यु भएको छ।

पश्चिम बंगालमा पहिलो बिरामी
भारतको पश्चिम बंगालमा कोरोना भाइरसको पहिलो बिरामी फेला परेको छ। आला स्वास्थ्य अधिकारीका अनुसार कोलकत्तामा १८ वर्षको एक युवामा कोरोना भाइरस पोजेटिभ देखिएको हो। ती युवा बेलायतबाट हालैमात्र भारत आएको थिए।

उनकाे परीक्षणमा ...


कोरोनाले युरो कप एक वर्षका लागि स्थगित

काठमाडाैं - कोरोना भाइरसका कारण फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युराे कप एक वर्षका लागि स्थगित भएको छ। युरोपियन फुटबलको गर्भनिङ्ग बडी युएफाले एक भिडियो कन्फ्रेन्समार्फत युरो कप अब २०२१ मा गर्ने निर्णय गरेको जानकारी गराएको हो।

यो प्रतियोगिता यो वर्ष १२ जुनदेखि १२ जुलाइका बीचमा हुँदै थियो। अब अर्को वर्ष ११ जुनदेखि ११ जुलाइसम्म हुने उसले जनाएको छ। युरो कप स्थगित भएपनि युरोपियन लिग भने हालसम्म स्थगित भएको छैन।

...

काेराेनाबाट मर्नेकाे संख्या झन्डै ८ हजार, राष्ट्रसंघ सुरक्षा परिषदको बैठक रद्द

काठमाडाैं - विश्वमा कोरोना भाइरसबाट बुधबार बिहानसम्म १ लाख ९८ हजार ५१३ जना संक्रमित भएका छन्। काेराेनाबाट मर्नेकाे संख्या ७ हजार ९८८ पुगेकाे छ। ८२ हजार ७६३ मानिस उपचारपछि निकाे भएका छन्।
काेराेनाकाे असर अमेरिकी राेजगारीमा पर्ने देखिएकाे छ। अमेरिकी वित्तमन्त्री स्टीवन नुचिनका अनुसार अमेरिकामा बेराेजगार दर २० प्रतिशतसम्म पुग्ने सम्भावना छ।

अमेरिकामा कोरोना भाइरसबाट अर्थ व्यवस्थामा परेकाे असरबारे मंगलबार राती छलफल भएकाे थियाे।

यसैबीच, संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका सबै बैठक रद्द भएका छन्। सुरक्षा परिषदको अध्यक्ष चीन हाे। चीनमा कोरोना भाइरसकाे प्रभाव सबैभन्दा बढी ...


प्रदेश २ को स्थायी राजधानी र नामाकरणको टुंगो आज

जनकपुरधाम - प्रदेश २ को स्थायी राजधानी र नामाकरणकालागि आज(मंगलबार) मतदान हुने भएको छ। प्रदेशसभाबाट राजधानी र नाम टुंगो लगाउन गठित विशेष संसदीय समितीको पटकपटक बसेको बैठकमा राजधानीबारे टुंगो लागे पनि नामकरणबारे सत्तारूढ र प्रतिपक्षी दलबीच सहमति नजुटेपछि मतदान हुन लागेको हो। गत फागुन २९ गते बसेको प्रदेशसभा बैठकमा समितिले प्रतिवेदन पेस गर्दै मतदानका लागि सुझाव दिएको थियो।

मंगलबार बिहान ८ बजे बोलाइएको प्रदेशसभा बैठकमा पार्टी तथा सांसदले प्रस्ताव गरेको नाम र राजधानीको बारेमा समान्य छलफलपछि मतदान हुने प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए। ...


त्रिविको स्पष्टिकरण : 'परीक्षा सर्दैन, तयारी गर्नु’

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले यसअघि तालिका निर्धारण गरेको परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको कारणले परीक्षा सर्ने हल्ला चलेपछि त्रिविले यस्तो निर्णय गरेको हो ।

त्रिवि उपकुलपति कार्यालयले सोमबार उपत्यकाभित्रका आंगिक क्याम्पसका प्रमुख तथा अन्य पदाधिकारीलाई बोलाएर परीक्षाको तयारीबारे छलफल गरेको थियो । छलफलमा तत्काल कोरोना भाइरसको खतरा देखाउँदै परीक्षा स्थगित गर्न नपर्ने तर परीक्षाको समयमा भाइरसको संक्रमणबाट जोगिने उपायबारे सतर्क हुन परीक्षार्थीलाई अनुरोध गर्ने निर्णय भएको छ ।

छलफलमा सहभागी रत्नराजयलक्ष्मी क्याम्पसका विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख देवीप्रसाद घिमीरेले भने, ...


कतारले क्वरेन्टाइनबाट बाहिर निस्कने २० नेपालीलाई स्वदेश फर्कायो

काठमाडौं - कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन् ।

खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वरेन्टाइनमा राखेको छ । कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइँदैन । त्यसबारे दूतावासले पनि सूचना जारी गरेको छ । तर ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वेदश फर्काइदिएको परराष्ट्र अधिकारीले बताए । कतारको सुरक्षा निकायले २७ जनालाई ...


बरामद गरिएका १० लाख मास्क तत्कालै बिक्रि गर्न निर्देशन

काठमाडौँ - प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट बरामद् गरेको मास्क साझा स्वास्थ्य सेवालगायतका स्वास्थ्य संस्थाबाट हालको बजार मूल्यअनुसार बिक्री गर्न प्रहरी प्रधान कार्यालयलाई महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सोमबार प्रहरी महानिरीक्षकको नाममा पत्र लेखेर प्रहरीले बरामद् गरेको मास्क तत्काल बजार मूल्यअनुसार बिक्री गर्ने वातावरण मिलाउन निर्देशन दिएको हो । पत्रमा भनिएको छ, ‘विश्वमै महामारीको रूपका फैलिरहेको कोभिड–१९ (कारोना भाइरस)बाट सुरक्षित हुन मास्क लगाउनु पर्ने भएकाले बरामद् मास्कहरूको मूल्य र नमूनासहितको अभिलेख एवं फोटोसहित डिजिटल मिसिलमा राखेर अविलम्ब बिक्रीको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ...


कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ७५% सम्म भत्ता

काठमाडौँ - सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपचारमा खटिने अन्य स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत भत्ता दिइनेछ ।

त्यस्तै, संक्रमण रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित कार्यमा खटिने निजामती, सुरक्षाकर्मी र नागरिक उड्डयन कार्यालयका कर्मचारीलाई पनि सुरु तलबमानको ५० प्रतिशत भत्ता दिने निर्णय समितिले गरेको छ ।

संक्रमितको उपचारका लागि स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाभित्र एक सय २० वटा आइसियू बेड अविलम्ब थप्ने निर्णय ...


बालुवाटार जग्गा प्रकरण : प्रतिवादी पौडेललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं - विशेष अदालत काठमाडौंले बालुवाटार जग्गा प्रकरणका अभियुक्त डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले पौडेललाई धरौटी समेत नमागी थुनामा पठाउने आदेश दिएको हो। अदालतका प्रवक्ता पुष्पराज पाण्डेकाअनुसार ललिता निवास प्रकरणमा अदालत उपस्थित भएका पौडेल पहिलो प्रतिवादी हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते तीन पूवमन्त्री, तीन पूर्वसचिवसहित १७५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी गर्दै ८ देखि १० ...


युरोपमा तिब्र गतिमा फैलिंदै कोरोना, इटालीमा एकै दिन तीन सय ६८ को मृत्यु

एजेन्सी - इटालीमा कोरोना (कोभिड–१९) बाट एकै दिन तीन सय ६८ जनाको मृत्यु भएको छ । कोरोना फैलिएपछि इटालीमा आइतबार एकै दिन अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितको मृत्यु भएको हो । यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,०९ पुगेको छ । चीनपछि कोरोनबाट सबैभन्दा प्रभावित इटाली बनेको छ ।

कोरोनाको केन्द्र युरोप
पछिल्लो समय कोरोनाबाट सम्पूर्ण युरोप नै प्रभावित छ । युरोपमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३ सय नाघेको छ । कोरोनाबाट अहिलेसम्म स्पेनमा २९७ जना र फ्रान्समा १२७ को मृत्यु भएको छ । स्पेनमा ८,७९४ र फ्रान्समा ५,४२३ जनामा संक्रमण देखिएको ...


विषाक्त मदिरा सेवन गरी मृत्यु भएका परिवारलाई ३ लाख राहत

जनकपुुर - धनुषाको क्षीरेश्वरनाथमा अवैध मदिरा सेवन गरी मृत्यु भएका परिवारजनलाई प्रदेश सरकारले प्रतिपरिवार ३ लाख रुपैयाँका दरले क्षतिपुर्ति दिने निर्णय गरेको छ । प्रदेश २ सरकारको सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा अवैधरुपमा उत्पादन गरेको विषादीयुक्त मदिराको सेवनवाट ज्यान गुमाएकाको परिवारजनलाई प्रदेश सरकारले ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको हो ।

स्थानीय तह र प्रहरी प्रशासनले दिने प्रतिवेदन अनुसार पीडित परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले ...


कोरोना सन्त्रास : सेनाकाे घोडेजात्रा समारोहमा विशिष्ट व्यक्ति उपस्थित नहुने

काठमाडाैं - कोरोनाको सन्त्रासका कारण नेपाली सेनाले यस वर्षकाे घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरेकाे छ। विश्वमा कोरोना भाइरस (कोभिड- १९)काे संक्रमण फैलिरहेकाे भन्दै नेपाल सरकारले सभा, सम्मेलन, भेला, कार्यक्रम नगर्न आव्हान गरेकाले यस्ताे निर्णय गरिएकाे सेनाले जनाएकाे छ।

यसअघिका घोडेजात्रामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीस लगायत विशिष्ट व्यक्तित्वहरुले घोडेजात्रा अवलोकन गर्ने गरेका थिए ।

सेनाका अनुसार उक्त समारोह टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएकाे छ। सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु गरी राष्ट्रिय पर्व ...


धनुषामा विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या १८ पुग्यो, ४ जनाको अवस्था गम्भीर

जनकपुधाम - विषाक्त घरेलु मदिरा सेवनबाट धनुषामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ र २ रमदैया टोलमा १३ र जनकपुरधाम उपमहानगरपालिका–७ मुसहरी टोलमा चार र लक्ष्मीनिया गाउँपालिका–६ मा एक गरी १८ जनाको मृत्यु भएको हो। प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराइरहेका लक्ष्मीनिया गाउँपालिका–६ का ५५ वर्षीय रतन दासको मृत्यु भएसँगै विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १८ पुगेको हो। घरेलु मदिराका नियमित सेवनकर्ता दास रक्सी लागेकै अवस्थामा उपचारार्थ अस्पताल पुगेका थिए।

विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु हुने रमदैयाका १३ जनामध्ये प्रहरीले नौजनाको मात्र ...


कोरोना संक्रमितको उपचारका लागि एक सय २० आइसियू बेड थपिँदै

काठमाडौँ - सरकारले कोरोना संक्रमितको उपचारका लागि उपत्यकामा १२० शैय्याको आइसियू थप गर्ने भएको छ । टेकु अस्पतालमा ४०, सशस्त्र प्रहरी अस्पताल, वीर, पाटन र सैनिक अस्पतालमा २०–२० शैय्याको आइसियू बनाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी आइसियू कोरोना संक्रमितका लागि मात्रै प्रयोग हुनेछन् ।

आइसियू सेटअपका लागि सशस्त्र प्रहरी अस्पतालले मन्त्रालयसँग सात करोड ६४ लाख ७४ हजार सात सय रकम मागेको छ । त्यस्तै, वीरले ११ करोड ९० लाख र पाटनले सात करोड ६४ लाख ७४ हजार सात सय बजेट मागेको छ । टेकु अस्पतालले ४० मध्ये तत्काल दश शैय्या ...


कोरोना बिरुद्ध लड्ने सार्क कोषमा भारतको १ अर्ब, -यापिड रेस्पोन्स टिम तयार

काठमाडौं - सार्कका राष्ट्र एवं सरकार प्रमुखहरूले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध साझा युद्ध गरी जित्ने वाचा गरेका छन्। कोभिड-१९ विरुद्ध साझा रणनीति तय गर्न आइतबार साँझ आयोजित ‘भिडियो कन्फरेन्स’मा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणविरुद्ध लड्न सरकारी संयन्त्रहरू मजबुत बनाएको बताए। ‘हामीले केन्द्रदेखि स्थानीय तहसम्म तयारी गरेका छौं र राष्ट्रियस्तरमा त्यसको मैले आफैं निरीक्षण गरिरहेको छु’, प्रधानमन्त्री ओलीले भने।

भिडियो कन्फरेन्सको अगुवाइ गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको इमानदार सहकार्यको खाँचो रहेको बताए। ‘महामारीको यो युद्ध हामीले सँगै लड्नु र जित्नु छ। दक्षिण एसियाली सहकार्यलाई दुनियाँमा ...


म्याग्दीमा अज्ञात समूहद्वारा डोजरमा आगजनी

म्याग्दी - अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेकाे छ। क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी भएको हो।

आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर नष्ट भएको र स्काभेटरको आधा भाग जलेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामचन्द्र अधिकारीले जानकारी दिए। प्रहरी, जनप्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधिले आगो निभाएका थिए।

आगजनी कसले के कारणले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए। सडकको नजिकै पार्किङ गरेका निर्माण उपकरण आगजनी भएको सो कम्पनीका सञ्चालक सोमनाथ ...


कतारको क्वारन्टाइनमा दुई हजार नेपाली, सार्वजनिक यातायात बन्द

दाेहा - काेराेना भाइरस (काेभिड- १९)का कारण कतारले सबै सार्वजनिक यातायात सेवाहरू बन्दकाे घाेषणा गरेकाे छ। काेराेना भाइरसकाे संक्रमण देशभर फैलिन नदिन कतारले आइतबार यस्ताे घाेषणा गरेकाे हाे।

कतारी अमीर एच एच शेख तमीम बिन हमद अल थानीले संकट व्यवस्थापनको लागि सर्वोच्च समितिको बैठकमा दिएकाे निर्देशनअनुसार आगमन उडानहरू र सार्वजनिक यातायात सेवाहरू बन्दकाे घोषणा भएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोल्वा अल खटरका अनुसार दाेहाका लागि कुनै पनि आगमन उडान बुधवार साँझदेखि १४ दिनका लागि बन्द गरिएकाे छ। याे प्रतिबन्ध दुई हप्तापछि पूनरावलोकन गरिनेछ।

यद्यपि, हवाई कार्गो, ट्रान्जिट ...


एकैदिन १ हजार ९ सय ७१ सवारी चालक कारवाहीमा

काठमाडौं - काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय ७१ सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट शनिबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ३ जना, लेन उल्लंघन गर्ने १० जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने १२ जना, टिपर कारबाहीमा १५ जना, सिसिटिभीमार्फत कारबाही २० जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ८४ जना, अनावश्यक हर्न बजाउने २० जना, ब्हील लकबाट १९ ...


कोरानाका कारण एसईई रोक्नु पर्ने अबस्था छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं - कोरोना भाइरसको कारण देखाउँदै आउँदो चैत ६ गतेबाट सञ्चालन हुन लागेको एसईई परीक्षा रोक्नु पर्ने अवस्था नआएको बताइएको छ । कोरोना भाइरसको त्रास देखाउँदै परीक्षा रोक्नु पर्ने अवस्था नआएको भन्दै परीक्षा रोकेर विद्यार्थी तथा अभिभावकहरुलाई त्रास फैलाउन नहुनेतर्फ पनि सचेत हुनुपर्ने उच्च सरकारी अधिकारीहरु भनाई रहेको छ ।

परीक्षा रोक्ने, विद्यालय बन्द गर्ने तर खुला नाका यथावत सञ्चालन हुने, उद्योग कलकारखाना निर्वाध सञ्चालन भइरहने, व्यापारीक स्थल, सार्वजनिक यातायात यथावत सञ्चालन हुन दिइरहने तर विद्यालयमा कोरोनाको त्रास फैलाउँदै एसईई रोक्नुपर्ने कुनै कारण नरहेकोले निरन्तर सञ्चालन ...


अनिर्णयको बन्दी बन्दै यातायात विभाग, आफ्नै सूचनाको आफै खण्डन

काठमाडौं - यातायात व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण जिम्मेवारी बोकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभाग पटकपटक अकर्मण्यतामा फस्दै आएको छ ।

आवश्यक नीति नियम तथा कानुनको अभाव, विभागको तत्कालीन तथा दीर्घकालीन स्पष्ट नीति र योजनाको कमजोरी तथा विभाग नेतृत्वको समन्वयकारी कमजोर भूमिकाले महत्त्वपूर्ण जिम्मेवारी बोकेको विभाग अनिर्णय र अकर्मण्यताको सिकार बन्दै आएको हो ।

विभागले पछिल्लोपटक राइड सेयरिङ टुटल र पठाओ बन्द गर्नेसम्बन्धी जारी गरेको सूचना दुई दिन नबित्दै सच्याउनुपरेको थियो । यो एउटै नेतृत्को दोस्रो असफल प्रयास बनेको छ ।

। विभागले २७ फागुनमा विभिन्न प्रयोजनका लागि ...


भारतमा काेराेनाको संक्रमण तिब्र, नेपालसहित ५ देशकाे सीमा सिल

काठमाडाैं - भारतमा काेराेना भाइरस संक्रमितकाे संख्या दिनदिनै बढ्दै गइरहेकाे छ। भारतमा कोरोना संक्रमितकाे संख्या १०१ पुगेकाे छ। महाराष्ट्रमा गएराति थप ५ जनामा काेराेना पाेजेटिभ देखिएपछि भारतमा काेरोना संक्रमितकाे संख्या ९६ बाट बढेर १०१ पुगेकाे हाे।

भारतमा काेराेनाबाट हालसम्म दुई जनाकाे मृत्यु भएको छ। कोरोना संक्रमणको खतरालाई ध्यानमा राख्दै केन्द्रीय सरकारले काेभिड-१९ लाई राष्ट्रिय विपत्ती घोषणा गरेको आजतकले जनाएकाे छ। आज बेलुका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क देशहरूसँग भिडियो कन्फ्रेन्समार्फत कोरोना संकटबारे चर्चा गर्ने छन्।

यसैबीच, भारतकाे केन्द्र सरकारले कोरोना संक्रमण विदेशबाट आउन रोक्नका लागि पाँच छिमेकी देशहरूको ...


 काेराेनाकाे संक्रमण १४९ देशमा, शनिबारसम्म ५ हजार ७९८ जनाकाे मृत्यु

काठमाडाैं- काेराेना भाइरसकाे संक्रमण विश्वव्यापी रुपमा फैलिएकाे छ। काेराेनाकाे संक्रमण विश्वका १४९ देशमा फैलिएकाे छ भने यसबाट शनिबारसम्म ५ हजार ७९८ जनाकाे मृत्यु भइसकेकाे छ।

विश्वमा कोरोना भाइरसबाट १ लाख ५४ हजार हजार २७९ मानिस संक्रमित भएका छन्। गत डिसेम्बरमा चीनबाट सुरु भएकाे काेराेनाकाे संक्रमण अहिले युराेपमा केन्द्रित भएकाे छ।

स्पेनमा एकैदिन १,५०० जनामा ​​संक्रमण भएकाे भेटिएकाे छ। बेलायतमा नवजात शिशुमा पनि काेराेनाकाे रिपोर्ट पाेजेटिभ देखिएकाे छ।

...

कोरोनाविरुद्ध साझा रणनीति तय गर्न सार्क सदस्य राष्ट्रबीच आज भिडियो कन्फरेन्स

काठमाडौं - सार्क राष्ट्रका नेताहरूले ‘भिडियो कन्फरेन्स’ मार्फत सहकार्य अघि बढाउने भएका छन्। पाँच वर्षदेखि सार्क अवरुद्ध छ। २०७१ सालमा १८औं शिखर सम्मेलनपछि शिखर सम्मेलन हुन सकेको छैन। आइतबार हुने भिडियो कन्फरेन्सलाई सार्क ब्युँताउने रणनीतिका रूपमा लिइएको छ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली सिंहदरबार पुगेर भिडियो कन्फरेन्समा सहभागी हुने जानकारी दिए।

कन्फरेन्स ५ बजे सिंहदरबारमा हुनेछ। प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य लाभ गरेर शुक्रबार डिस्चार्ज भएका थिए। प्रधानमन्त्री ओलीले केही राजनीतिक नेता र आफ्ना सल्लाहकार समूहलाई भेटेका छन्। ...


हिमेश पन्तले जिते ‘कमेडी च्याम्पियन’को उपाधि

काठमाडौँ - नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्।

फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्।

विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए।

...

कोरोनाको आशंकामा अस्पताल भर्ना भएका चारै नतिजा ‘नेगेटिभ’

काठमाडौँ - कोरोनाभाइरसको आशंकामा अस्पताल भर्ना गरिएका चार नेपालीको नतिजा नेगेटिभ आएको छ। शुक्रबार आएको नतिजामा कसैमा पनि कोरोना नदेखिएको टेकु अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिए।

कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई आजै डिस्चार्ज गरेको बाँस्तोलाले बताए। उनीहरु कतार, मेलेसिया र अमेरिकाबाट नेपाल आएका थिए।

उनीहरूमा ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि दुई दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।

चारजनामध्ये दुई पुरुष र दुई महिला छन्। नेपालमा अहिलेसम्म एकजनामा मात्र कोरोना संक्रमण भेटिएको छ। त्यसयता चार सयभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएकोमा ...


कोरोना उपचारका लागि छुट्टै अस्पताल आवश्यक : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको उपचारार्थ छुट्टै अस्पतालको आवश्यकता रहेको बताएका छन्। मिर्गौला प्रत्यारोपणपछि शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग उक्त विषय उठाएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘५० देखि १०० बेडको छुट्टै अस्पताल जरुरत पर्नसक्छ भन्नुभएको हो।’ कोरोना भाइरसको उपाचारार्थ छुट्टै अस्पतालको आवश्यकता रहेको प्रधानमन्त्रीले सुझावका रुपमा उक्त विषय उठाएको बताइएको छ।

...

कोरोना महामारी : वुहानमा नियन्त्रण, युरोपमा तिब्र गतिमा फैलिंदै !

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को केन्द्रबिन्दु अब यूरोप भएको बताएको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेससले अहिलेको संक्रमणको अवस्थाले महामारीको केन्द्रबिन्दु यूरोप भएको बताएको बीबीसीले जनाएको छं ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका १३८ देशमा पुगेको छ । चीनमा महामारी नियन्त्रण नजिक पुगिसकेकोले महामारीको केन्द्रबिन्दु यूरोपलाई मानिएको हो ।

डब्लूएचओका प्रमुख गेब्रेससले सबै देशहरुलाई जीवन बचाउन आक्रामक उपाय, समुदाय परिचालन र सामाजिक दूरी प्रयोग गर्न आग्रह गरे । उनले अहिले बलिरहेको संक्रमणको आगो थप फैलन नदिन सबै ...


कोरोना ३ घण्टासम्म हावामा र ३ दिनसम्म प्लास्टिकमा बाँच्नसक्छ

एजेन्सी - नोबेल कोरोना भाइरस कोभीड–१९ को महामारी विश्वभर तीव्र रुपमा फैलिएको छ । चीन, जापान, दक्षिण कोरिया, इरान, भारतलगायत एशियाली देशसँगै इटाली, स्पेन, फ्रान्सलगायत युरोपेली तथा अमेरिकी र अफ्रिकी देशसमेत यस महामारीको चपेटामा छन् ।

स्वास्थ्य सम्वन्धी जर्नल मेड अर्काइभमा प्रकाशित पछिल्लो अनुसन्धानअनुसार हावामा तीनघण्टासम्म कोरोनाको जिवाणु बाँच्नसक्छ । त्यस्तै, प्लास्टिक वा स्टिलमा दुईदेखि तीन दिनसम्म यो जिवाणु बाँच्नसक्छ । तामाको सतहमा ४ घण्टा र कागजका सामाग्रीमा २४ घण्टासम्म बाँच्ने दाबी पनि अनुसन्धानले गरेको छ ।

‘कोभीड १९ को संक्रमण विभिन्न सामाग्रीका सतहमा कसरी बाँच्छन् भन्ने ...


जनकपुरमा विशाक्त रक्सीले एकैदिन तीन जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

जनकपुरधाम - धनुषामा घरेलु मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मुसहर बस्तीमा शुक्रबार राति र शनिबार विहान गरी तीन जनाको ज्यान गएको छ । यसअघि क्षिरेश्वरनाथ नगरपालिकामा एक साताको अवधिमा ११ जनाले ज्यान गुमाएका थिए ।

शुक्रबार राति ज्यान गुमाउनेहरुमा बनारसी सदा र मिथिला सदा छन् । शनिबार विहान झगरु सदाको ज्यान गएको छ । यी सबैको उमेर ५० वर्ष हाराहारी रहेको स्थानीय किशोर साहले जानकारी दिए । उनीहरु झाडापखालाका बिरामीसमेत रहेको स्थानीय प्रशासनले जनाएको छ ।

यसअघि ...


प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले स्वास्थ्य स्थितिबारे जानकारी दिएका छन् । उनले मिर्गौलाको सफल प्रत्यारोपणका लागि बधाई दिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन् ।

...

कोरोनाबारे छलफल गर्न ईश्वर पोखरेलले डाके सर्वदलीय बैठक

काठमाडौं - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसको बढ्दो संक्रमणबारे सर्वदलीय छलफल राखेका छन्। कोरोना भाइरसको रोकथाममा सरकारको तयारी कमजोर रहेको भन्दै आलोचना भइरहेका बेला पोखरेलले सर्वदलीय बैठक राखेका हुन्।

कोरोना भाइरस भित्रिन नदिन अपनाउनुपर्ने सजगता नअपनाएको, भित्रिएमा हुनसक्ने जोखिमको तयारी नगरेको, स्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा नराखेकाे भन्दै सरकारको आलोचना भइरहेको छ।

आलोचना बढेपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित उच्च स्तरीय समन्वय समितिका संयोजकसमेत रहेका पोखरेलले बैठक राखेका हुन्। बुधबार दिउसाे तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्दैछ।

...

चैत २ गते देखि कोटेश्वर-कलंकी सडकखण्डमा नयाँ नियम

काठमाडाैं - ट्राफिक प्रहरीले कोटेश्वर–कलङ्की सडक खण्डमा गुड्ने सवारीसाधनलाई नयाँ नियम लागू गर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत २ गतेदेखि लागू गर्ने गरी नयाँ नियम ल्याउन लागेको हो।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सार्वजनिक तथा मालबाहक कम गतिमा गुड्ने सवारीसाधनलाई सडकको बाँया तथा निजी र साना तीव्र गतिमा गुड्ने सवारीसाधनलाई सडकको दायाँ गुड्ने गरी व्यवस्था गर्न लागेको जानकारी दिए। 'फराकिलो सडक र तीव्र गतिसँगै उक्त सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि उक्त नियम ...


बेलायतकी स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरसको संक्रमण

एजेन्सी - बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । डोरिस कोरोना भाइरसद्वारा संक्रमित हुने पहिलो सांसद हुन् । आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको उनले जानकारी दिइन् ।

बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ । पछिल्लो पटक ८० वर्षका एक वृद्धको मृत्यु भएको थियो । उनको स्वास्थ्यमा यसअघि पनि विभिन्न समस्या देखिएका थिए ।

साथै एनएचएस इङ्गल्याण्डले ...


पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट

भक्तपुर - पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बुधबार बिहान बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बिहान करिब पौने ८ बजे विस्फोट भएको भक्तपुर प्रहरीले जनाएकाे छ।

प्रेसर कुकर बम विस्फाेट भएकाे बताइएकाे छ। महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली घटनास्थलमा पुगेकाे छ। कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर, बम विस्फाेट प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले गराएको आशंका गरिएको छ।

विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती ...


चिनियाँ राष्ट्रपति सी काेराेनाकाे उद्‌गमस्थलमा

एजेन्सी - चिनियाँ राष्ट्रपति सी चिनफिङ काेराेना भाइरस (कोभिड-१९)काे उद्गमस्थल वुहान पुगेका छन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार उनी काेराेनाकाे महामारीकाे निरीक्षणका लागि मंगलबार बिहान मध्य चीनको हुबेई प्रान्तको वुहान पुगेका हुन्।

काेराेनाकाे संक्रमण फैलिएपछि राष्ट्रपति सी पहिलो पटक वुहान पुगेका हुन्। गत डिसेम्बरमा हुबेईको प्रान्तीय राजधानीबाट काेराेनाकाे संक्रमण सुरु भएको थियो। यसकाे संक्रमण घट्दै गएपछि वुहान पुगेका राष्ट्रपति सीले प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार उनले वुहानका स्वास्थ्यकर्मी, चिनियाँ जनमुक्ति सेना, सामाजिक कार्यकर्ता, पार्टी कार्यकर्ता, स्वयंसेवक तथा बिरामीहरुलाई भेट्ने छन्।

डिसेम्बरमा चीनको मध्य क्षेत्रबाट सुरु ...


आजदेखि ८ देशका नागरिकलाई ‘अन अराइभल भिसा’ बन्द

काठमाडौँ - मंगलबारदेखि आठ देशका नागरिकले नेपालमा ‘अन अराइभल भिसा’ नपाउने भएका छन् । कोरोना (कोभिड–१९)को धेरै प्रभाव भएका चीन (हङकङ र ताइवानसहित), जापान, दक्षिण कोरिया, इटाली, इरान, फ्रान्स, स्पेन र जर्मनीका नागरिकले अन अराइभल भिसा नपाउने भएका हुन् ।

सरकारले पाँच देशको हकमा गत साता नै निर्णय गरेकोमा फ्रान्स, स्पेन र जर्मनीका नागरिकलाई नदिने निर्णय सोमबार मात्रै गरेको हो । यी देशका नागरिक नेपाल आउन चाहे अग्रिम रूपमा नेपाली मिसनहरूबाट भिसा लिनुपर्ने हुन्छ ।

उनीहरूले आफूमा कोरोना संक्रमण नभएको स्वास्थ्य रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गरिएको अध्यागमन विभागका निर्देशक रामचन्द्र ...


इटालीमा कोरोनाबाट एकैदिनमा १०० जनाको मृत्यु, दक्षिण कोरिया र इरानमा पनि संक्रमण तिब्र

रोम - युरोपेली राष्ट्र इटालीमा कोभिड–१९ कोरोना भाइरस तीब्र गतिमा फैलिएको छ। यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर अन्य मुलुकको तुलनामा इटालीमा उच्च देखिएको छ।

इटालीमा मात्रै एकैदिनमा थप एक सयले ज्यान गुमाएका छन्। अन्तराष्ट्रिय सञ्चार माध्याममा आएका खबर अनुसार मंगलबार बिहानसम्म इटाली कोभिड–१९ भाइसरबाट मृत्यु हुनेको संख्या ४६३ पुगेको छ। सोमबार मात्रै थप १ सयले ज्यान गुमाएका हुन्।

यस भाइरसको संक्रमण र मृत्युको आँकडामा चीनपछि इटाली दोस्रो स्थानमा देखिएको छ। सोमबारसम्म चीनपछि संक्रमितको संख्या दक्षिण कोरियामा बढी देखिएकोमा मंगलबार इटाली अगाडी आएको हो।

इटालीमा हालसम्म ९ हजार ...


बुधबारसम्म प्रधानमन्त्रीको सम्भवतः डिस्चार्ज

काठमाडौँ - दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीलाई बुधबारसम्म डिस्चार्ज गर्ने तयारी भएको छ । गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार देखिएपछि बुधबारसम्म डिस्चार्ज दिने तयारी भएको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

उनका अनुसार शल्यक्रियापछि पिसाब फेर्न सहज गर्न राखिएको ‘क्याथेटर’ (पाइप) सोमबार झिकिएको छ । पेटमा राखिएको ‘डे«न’ (पाइप) मंगलबार झिकेपछि बुधबार डिस्चार्ज हुने उनले बताए । शल्यक्रियापछि रसाउने रगत र पानीको मात्रा बाहिर निकाल्न क्याथेटर र ड्रेन राखिन्छ ।

सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जनाएको छ । नियमित खानपानसँगै प्रधानमन्त्री दैनिक हिँडडुल र व्यायाममा रहेको ...


एसइईको तयारी पुरा, प्रश्नपत्रलाई ६ तहको सुरक्षा !

काठमाडौँ - अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) का प्रश्नपत्र पटक–पटक आउट भएपछि यस वर्ष थप सुरक्षाको व्यवस्था गरिएको छ । ६ चैतबाट सुरु हुने एसइई परीक्षाका प्रश्नपत्र ६ तहमा सुरक्षा व्यवस्था गरी जिल्लामा पठाएको छ । अहिले काठमाडौंबाहेक ७६ जिल्लामा एसइईका प्रश्नपत्र पुगेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले अघिल्लो वर्ष प्रदेश २ मा प्रश्नपत्रहरू बाहिरिएकाले थप सुरक्षा व्यवस्था गरेको बताए । अघिल्ला वर्षमा एउटा कपडाको थैलोमा विषयअनुसार प्लास्टिकभित्र राख्ने गरिएको थियो । यसपटक प्रत्येक विषयको प्रश्न प्लास्टिकले र्‍याप गरी लाहाछाप लगाएर ...


लालपुर्जा नेपाली, जमिन भारतमा ! सिमावासीको बिचल्ली !

कंचनपुर - जग्गा पाइन्छ भन्ने सुनेपछि चक्रबहादुर चन्दको परिवार ०२२ सालमा सुर्खेतबाट कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा पुग्यो । भारतीय सीमानजिकै आठ बिघा जमिन उपभोग गर्न थाल्यो । दुई वर्षमै उनीहरूले ६ बिघाको लालपुर्जा पाए । त्यसपछि ०५२ मा नापी भयो । तीन वर्षपछि नै ०५५ मा सरकारले बाँकी दुई बिघाको पनि लालपुर्जा दियो । उनीहरूको खुसीको सीमा रहेन ।

तर, २१ वर्षपछि अहिले त्यो खुसी उड्ने हो कि भन्ने चिन्ता चन्द परिवारमा छाएको छ । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले ०५५ मा लालपुर्जा पाएको दुई बिघामध्ये झन्डै डेढ बिघा जमिन भारतमा परेको भन्दै ...


युएईमा दुई नेपालीमा कोरोनाको संक्रमण देखियो

युएइ - संयुक्त अरब इमिरेट्स (युएई) मा दुई नेपालीमा कोरोना (कोभिड–१९) पुष्टि भएको छ । सोमबार कोरोना पोजेटिभ देखिएका १४ नयाँ केसमा दुई नेपाली रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली राजदूत कृष्णप्रसाद ढकालले पनि दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । ‘हामी युएई सरकारसँग सम्पर्कमा छौँ । दुई नेपालीलाई कोरोना पुष्टि भएको खबर पाएका छौँ । थप सूचना लिन प्रयत्नशील छौँ,’ ढकालले टेलिफोनमा भने । युएईले नेपाललाई औपचारिक जानकारी भने दिएको छैन ।

सोमबार कोरोना पुष्टि हुने अन्यमा युएईकै चार, इटालीका तीन, बंगलादेशका दुई तथा रसिया, भारत र सिरियाका एक–एक ...


कोरोना प्रभाव : नेपालीलाई कतार प्रवेशमा प्रतिबन्ध

काठमाडाैं - विश्वमा फैलिँदै गएकाे कोरोना भाइरस (कोभिड–१९) प्रति सतर्कता अपनाउँदै कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ।

कतारकाे द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसिओ)का अनुसार नेपालसहित चीन, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, इजिप्ट, इरान, इराक, लेवनान र थाइल्यान्डका नागरिकलाई अल्पकालीन रुपमा कतार प्रवेशमा रोक लगाइएकाे छ। कोरोना भाइरसलाई विश्वव्यापी रुपमा फैलनबाट रोक्ने उद्देश्यसहित उक्त निर्णय लिइएको जनाइएकाे छ।

यो निर्णय कामदार र पर्यटक दुबैका लागि लागू हुने जिसिओले आइतबार जारी गरेको वक्तव्यमा भनिएकाे छ। कतारमा १२ जनामा कोरोनाको लक्षण भेटिएको छ। यसकाे ...


शान्ति मिसनको 'कोटा' घट्दै गएपछि प्रहरीमा जीविकोपार्जनको 'सकस'

काठमाडौं - नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जान २०४८ फागुन २९ बाट सुरु ग¥यो। तत्कालीन युगोस्लाभियाबाट सुरु भएको यो क्रम अहिले पनि छ। प्रहरीमा जागिर खाएपछि कम्तिमा एकपटक शान्ति मिसन गएर आर्थिक जोहो टार्ने धेरैको इच्छा देखिन्छ। तर, पछिल्लो समयमा शान्ति मिसनको संख्या ह्वात्तै घटेको छ। प्रहरी मुख्यालयको अभिलेखअनुसार २०४८ फागुनदेखि हालसम्म आठ हजार तीन सय २० जना शान्ति मिसनमा गएको देखिन्छ।

यो अवधिमा ४८ जना प्रहरी वरिष्ठ उपरीक्षक, एक सय ९६ जना प्रहरी उपरीक्षक, डिएसपी आठ सय ४७ जना, प्रहरी निरीक्षक एक हजार दुई ...


उपत्यकाभित्र अपराधका सात मुख्य क्षेत्र पहिचान, कुन क्षेत्रमा कस्ता अपराध ?

टेकु : उपत्यकाका तीन जिल्लाअन्तर्गत मुद्दा दर्ता हुने प्रहरीका २१ युनिट छन् । यीमध्ये तीन परिसर कार्यालय र १८ वृत्त कार्यालय छन् । प्रहरी तथ्यांकअनुसार सबैभन्दा धेरै मुद्दा महानगरीय प्रहरी परिसर, टेकुमा दर्ता हुन्छ । आर्थिक वर्ष ०७५÷७६ मा टेकुमा मात्रै एक हजार ६ सय ३८ मुद्दा दर्ता भए । अधिकांश मुद्दा बैंकिङ कसुर, साइबर अपराध र सार्वजनिक अपराधसँग सम्बन्धित छन् । त्यस्तै, चोरी, बलात्कार, ठगी तथा लागुऔषधसँग सम्बन्धित मुद्दा धेरै दर्ता भएका छन् । अपराधमा टेकु, सुन्धारा र बागमती नदी आसपासका क्षेत्र बढी संवेदनशील छन् ।

महाराजगन्ज : राष्ट्रपति कार्यालय हुँदै नयाँ ...


अस्ट्रेलियामा बस्ने नेपाली युवामा कोरोना भाइरसको संक्रमण

सिड्नी - नेपालबाट सिंगापुर टान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवालाई कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ । सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेपछि ती युवालाई श्वासप्रश्वासमा समस्या आएको जानकारी परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । ट्रान्जिटमै वा हवाई यात्रामा भाइरस सरेको हुन सक्ने प्रारम्भिक आशंका छ ।

अस्ट्रेलिया पुग्नासाथ स्वास्थ्यमा समस्या भएपछि अस्पताल पुगेका नेपाली विद्यार्थीलाई चिकित्सकले घरमै आइसोलेसनमा बस्न आग्रह गरे पनि अटेर गरेको सूचना नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ । त्यसबीचमा उनले रेस्टुरेन्टमा काम गर्दै आएका थिए । तर, स्वास्थ्य धेरै खराब ...


हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली मनाइंदै

काठमाडाैं - फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ।

यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले पनि फागु पर्वमा पानी र ...


होलीलाई मर्यादित बनाउन उपत्यकाका ७६ स्थानमा प्रहरी चेकिङ

काठमाडाैं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ। राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने महाशाखाले जनाएकाे छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तीव्र गतिमा सवारी चलाउने, जिकज्याक वा लापरवाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाइ मोटरसाइकल तथा स्कुटर चलाउने र ठूलो आवाज निकालेर वा मोडिफाइ गरी सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको व्यवस्था मिलाइएको ...


एसइई परीक्षा चैत ६ गतेदेखि नै : शिक्षा मन्त्रालय

काठमाडौँ - शिक्षा मन्त्रालयले एसइई परीक्षा पूर्वनिर्धारित समयमा नै हुने स्पष्ट पारेको छ । मन्त्रालयले विज्ञप्ती निकालि एसइई परीक्षा आउँदो चैत ६ गतेदेखि नै सुरु हुने जनाएको हो ।

मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई उल्लेख गर्दै केही संचारमाध्यम र सामाजिक सञ्जालहरुमा परीक्षा सरेको भन्ने समाचार आएको भन्दै खण्डनसमेत गरेको छ ।

एसइई परीक्षाका विषयमा कुनै पनि भ्रममा नपर्न मन्त्रालयले अभिभावक र विद्यार्थीहरुमा आग्रह गरेको छ ।

यस अघि मन्त्रालयले सूचना जारी गर्दै विद्याालयस्तरीय परीक्षा आगामी चैत ५ गते भित्र सक्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ ।

...

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, फिजियोथेरापी सुरु

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको चिकित्सकहरूले बताएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा बुधबार ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । हाल आइसियूमा राखेर उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओलीलाई शुक्रबार फिजियोथेरापी गराइएको छ । पहिलाभन्दा अहिले उनको स्वास्थ्यमा धेरै सुधार आएको उपचारमा संलग्न डा. अरुण सायमीले बताए । ‘प्रत्यारोपण गर्नुअघि शरीरका भित्री अंगमा कस्तो समस्या छ भन्ने जानकारी थिएन,’ डा. सायमीले भने, ‘अहिले सबै परीक्षण गरिएको छ । उहाँमा कुनै समस्या छैन ।’ प्रधानमन्त्री ओलीका सबै ‘भाइटल’ तथा ‘ल्याब’ सूचक सामान्य अवस्थामा रहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ओली ...


मुद्दा हारेपछि ट्रष्टको जग्गा छाड्दै पूर्वअधिराजकुमारी प्रेरणा

काठमाडौँ - नेपाल ट्रस्टको नाममा रहेको काठमाडौं छाउनीस्थित १५ रोपनी जग्गा छाड्न पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाह अन्ततः तयार भएकी छिन् । हकदाबी गर्ने कानुनी बाटो बन्द भएपछि उनी सरकारी संरचनासहितको जग्गा छाड्न तयार भएकी हुन् । तर, उनले यसका लागि सरकारसँग थप समय मागेकी छिन् ।

गत ४ माघमा ट्रस्ट कार्यालयले घरजग्गा खाली गर्न ३५ दिने सूचना निकालेको थियो । म्याद गुज्रिएपछि घरजग्गा खाली गर्न थप समय माग गर्दै प्रेरणाले ट्रस्ट कार्यालयमा निवेदन दिएकी छिन् । तर, ट्रस्ट सञ्चालक समितिको बैठक बस्न नसक्दा सो सम्बन्धमा निर्णय हुन नसकेको कार्यालयका सहसचिव राजेश्वर ज्ञवालीले ...


कोरोनाको सन्त्रासले नेपाली अर्थतन्त्रमा चार अर्बसम्म क्षति हुन सक्छ : एडिबी

काठमाडौँ - चीनबाट फैलिएर विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालको अर्थतन्त्रमा चार अर्ब रुपैयाँसम्म क्षति हुन सक्ने प्रक्षेपण एसियाली विकास बैंक (एडिबी)ले गरेको छ । आन्तरिक माग, व्यापार तथा उत्पादन घट्ने, आपूर्तिमा अवरोध, पर्यटन गतिविधिमा कमी, स्वास्थ्यमा असरलगायतका कारण विश्वका अन्य मुलुकसँगै नेपाल पनि प्रभावित हुने एडिबीको अध्ययनले देखाएको हो ।

कारोनाको असर कस्तो हुन्छ भन्ने अहिल्यै भन्न नसकिने भएकाले त्यसको असरबारे पनि एडिबीले विभिन्न आकलन गरेको छ । कोरोना भाइरसको प्रभाव खराब हुँदा नेपालको कुल गार्हस्थ उत्पादनको ० दशमलव १३ प्रतिशत अर्थात् तीन करोड ३० लाख ...


'नेपालमा कोरोनासँग तर्सिनुपर्ने अवस्था छैन, सजगता भने अपनाउनुपर्छ'

काठमाडौँ - नेपालमा अहिलेसम्म चार सय ५० व्यक्तिमा कोरोना परीक्षण भएको छ । एकजनामा मात्रै पोजेटिभ देखिएको छ । तर, उनी पनि सन्चो भएर घर फर्किसकेका छन् । कोरोना आशंकामा हाल पाँचजनालाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ ।

कोरोनासँग तर्सिनुपर्ने अवस्था छैन
अहिलेसम्मको अवस्था हेर्दा कोरोनासँग तर्सिनुपर्ने अवस्था नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले बताए । ‘विश्वका ९० भन्दा बढी देशमा कोरोनाको संक्रमण फैलिएको छ, तर नेपालमा अहिलेसम्म फैलिन पाएको छैन,’ उनले भने, ‘सरकारले नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएकाले आत्तिनुपर्दैन, सजगता भने अपनाउनुपर्छ ।’ उनले विमानस्थल र अन्य ...


शिक्षिकाले कम नम्बर ल्याउने ३४ विद्यार्थीको ब्लेडले हात चिर्न लगाइन्

काठमाडौँ - परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।

१२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन् । धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएको पीडित विद्यार्थीले बताए । निर्देशन नमाने ...


आज दिनभर वर्षाको सम्भावना

काठमाडौँ - मौसम पूर्वानुमान महाशाखाले आज दिनभरी पानी पर्ने जनाएको छ । शनिबार जारी गरेको मौसम पूर्वानुमानमा महाशाखाले देशका केही स्थानमा दिनभर वर्षाको सम्भावना रहेको जनाएको हो ।

हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । भने पश्चिमी भू–भागमा कतै सामान्य र कतै पूर्ण बदली भएको र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशको पश्चिमी भू–भागका केहि स्थानमा लगाएत मध्य र पूर्वी भूभागका थोरै स्थानमा वर्षा भइरहेको छ।

यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ ...


सेनाभित्रको भ्रष्टाचार अख्तियारलाई छानबिन गर्न दिन सुझाव

काठमाडौं - संसदको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको कार्यदलले नेपाली सेनाभित्रको भ्रष्टाचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिन सुझाव दिएको छ । सांसदहरु दिलेन्द्रप्रसाद बडु, रेखा शर्मा र नवराज सिलवाल सदस्य रहेको कार्यदललेसेनाभित्रको नीतिगत भ्रष्टाचारबारे संसदीय समितिमा छलफल गर्न र पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीविरुद्धको भ्रष्टाचारसम्बन्धी उजुरी अख्तियारमा पठाउन सुझाव दिएको छ ।

नेपाल सेनाको मुख्यालय पुनर्निर्माण, सेना संलग्न अन्य विकास निर्माणका काम र सेनाका लागि आवश्यक वस्तुहरुको खरिद प्रक्रियामा अनियमितता हुने गरेको भन्दै सांसद रेनुका गुरुङले समितिमा उजुरी दिएकी थिइन् । त्यसपछि समितिले उक्त उजुरीबारे ...


मास्कमा कालोबजारी : ८० पर्ने मास्कलाई ४५० रुपैयाँ !

पोखरा - कास्की प्रशासनले बिहीबार पोखरामा गरेको बजार अनुगमनका क्रममा अस्वाभाविक मूल्य लिएर मास्क बिक्री गरिएको फेलापरेको छ। अस्वाभाविक मूल्यमा मास्क बेच्ने औषधि पसल सञ्चालकलाई कारबही गर्ने प्रशासनले जनाएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार अनुगमन टोलीले पोखराको अस्पतालचोकस्थित परी फार्मेसी, महेन्द्रपुलस्थित स्याङ्जा मेडिकल हल र पस्र्याङस्थित अतिश मेडिकल फर्मामा छापा मारेको थियो। अनुगमनका क्रममा ती औषधि पसलले १० रूपैयाँ मूल्य पर्ने मास्कलाई ३० र ८० रूपैयाँ पर्ने मास्कलाई चार सय ५० मा बिक्री गरेको पाइएको टोलीका एक सदस्यले बताए। ‘अधिक मूल्य ...


भर्ना विवादले नेपाल ल क्याम्पसको एक शैक्षिक वर्ष खेर गयो, नयाँ भर्नासमेत अन्योलमा !

काठमाडौँ - भर्नाका विषयमा भएको विवादले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपाल ल क्याम्पसको एक शैक्षिक वर्ष समाप्त भएको छ । एलएलबी कार्यक्रममा कति विद्यार्थी भर्ना गर्ने भन्ने विषय नसुल्झिँदा अघिल्लो शैक्षिक वर्ष समाप्त भएको हो । यस वर्षको नयाँ भर्ना प्रक्रिया सुरु हुने वेलासम्म पनि के गर्ने भन्ने अन्योल छ ।

अघिल्लो शैक्षिक वर्षमा विद्यार्थीले खुला भर्ना गर्न दबाब दिने, त्रिवि केन्द्रीय कार्यालय अनिर्णीत हुने र क्याम्पस प्रशासनले क्षमता अभावले सबैलाई भर्ना गर्न नसक्ने अवस्था भएपछि विवाद उत्पन्न भएको हो । यही कारण भर्नाविनै एक शैक्षिक वर्ष समाप्त भएको हो । ...


प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, एक सातामा डिस्चार्ज

काठमाडौँ - प्रधानमन्त्री केपी ओली एक साता अस्पतालमै रहने भएका छन् । कुनै समस्या नआए एक सातामा डिस्चार्ज दिने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षा गरेभन्दा धेरै राम्रो छ,’ शल्यचिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीले भने ।

ओलीलाई तरल तथा नरम खानेकुरा दिन थालिएको छ । प्रत्यारोपित मिर्गौलाले सामान्य रूपमा काम गर्न थालिसकेको अस्पतालले जनाएको छ । तर, मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति संक्रमणको उच्च जोखिममा रहने भएकाले उपचारमा संलग्न चिकित्सकबाहेक अन्यलाई भेट गर्न दिइएको छैन ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण ...


संसदमा कोरोना भाइरसबारे सार्वजनिक महत्वको प्रस्ताव पेस हुँदै

काठमाडाैं - प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरस (कोभिड- १९)बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने तयारी छ। शुक्रबार बस्ने बैठकमा कांग्रेस सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने तयारी गरेका हुन्।

सांसद थापाले दर्ता गर्ने सो प्रस्तावका समर्थकहरुमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का छन्।

प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै छ। संसद सचिवालयले सार्वजनिक गरेको शुक्रबारको सम्भावित कार्यसूचीमा पनि याे कुरा उल्लेख छ।

...

पिकनिक, शैक्षिक भ्रमणजस्ता सामुहिक कार्यक्रम नगर्न शिक्षण संस्थालाई अपिल

काठमाडाैं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाम सम्बन्धमा विद्यालय/शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ। मन्त्रालयले विद्यालय/शिक्षण संस्थाले संक्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा विद्यार्थीलाई हरेक दिन संक्रमणबाट बच्ने उपायबारे सचेत गराउने, कक्षा शिक्षकले विद्यार्थीलाई हरेक दिन कोरोना भाइरसबारे सूचना तथा जानकारी उपलब्ध गराउने, संक्रमणबाट बच्ने उपाय सूचनापाटीमा टाँस गर्ने, छलफल गराउने, यसबारे पढ्न र छलफल गर्न विद्यार्थीलाई प्रोत्साहित गर्नेलगायत आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेकाे अपिलमा कोरोना भाइरससम्बन्धी आधिकारिक सूचना दिने स्वास्थ्य ...


हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा अज्ञात समुहको आगजनी

काठमाडौं - कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा आगजनी भएको छ ।

विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलामा एउटा स्काभेटर, दुईवटा जेसीभी र दुईवटा पिकअप भ्यानमा आगजनी भएको छ । यसैगरी शिवराज नगरपालिका वडा नम्बर ९ तुरन्तपुरमा एउटा स्काभेटरमा आगजनी भएको छ ।

ती गाडीहरु हुलाकी मार्ग निर्माणको जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीका हुन् । आगजनी कसले गर्‍यो भन्ने खुलेको छैन । अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।

सडक निर्माणमा खटिएका कामदारहरुलाई राति करिब ...


जन्तीबस दुर्घटनामा ज्यान गुमाउने ४ मध्ये ३ जनाको सनाखत, २६ को उपचार हुँदै

मकवानपुर - मकवानपुरको गढी गाउँपालिका–२, गौरी भञ्ज्याङमा बुधबार बेलुका भएको बस दुर्घटनामा परी ज्यान गुमाउने ४ मध्ये ३ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, घटनामा गढी गाउँपालिका–२, गौरीभञ्ज्याङका ३५ वर्षीय सोमबहादुर रुम्बा, २८ वर्षीय सोम बहादुर मोक्तान र गढी गाउँपालिका–७ का २४ वर्षीय सुरज लोको मृत्यु भएको खुलेको छ । दुर्घटनामा परी ज्यान गएका अर्का २५ वर्षीय युवकको भने सनाखत हुन सकेको छैन ।

जीतपुर भञ्ज्याङबाट सुकौरातर्फ जन्ती लिएर जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस बेल फ्रेक भएर बुधबार बेलुका ७ ...


सेक्युरिटी प्रेस तथा स्याटलाइट खरिद अब अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट !

काठमाडौँ - सरकारले सेक्युरिटी प्रेस तथा स्याटलाइट खरिदसम्बन्धी विवादास्पद प्रक्रिया रोक्ने भएको छ । खरिद अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट हुने सरकारले जनाएको छ । बुधबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा शपथ लिएका युवराज खतिवडाले पदभार ग्रहण गर्दै पारदर्शी रूपमा खरिद प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । जिटुजी (सरकार–सरकार)माध्यमबाट सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि बढाएर भ्रष्टाचार गरेको आरोप लागेपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पद छोड्नुपरेको थियो ।

स्विस कम्पनी केबिए नोटासिसका एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड कमिसनका लागि मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि ...


प्रधानमन्त्री ओली र समीक्षाको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं- मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली र उनकी भान्जी समीक्षा ज्ञवालीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा प्रेम खड्गाका अनुसार प्रधानमन्त्री र समीक्षा दुवै जनालाई आजबाट तरल खानेकुरा खुवाइने छ।

'उहाँहरुको अवस्था जटिल छैन, सामान्य नै छ,' उनले भने, 'अहिले कालो चियाबाट तरल खानेकुरा खुवाउन सुरु गर्ने तयारी भएको छ।'

उनका अनुसार प्रधानमन्त्री ओली बोल्न सक्ने अवस्थामा छन्। तर दुखाई कम गर्ने औषधि चलाइएका कारण चिकित्सकहरुले नै बोल्न दिएका छैनन्।

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो। उनलाई भान्जी समीक्षाले मिर्गौला ...


यी हुन् प्रधानमन्‍त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न १६ चिकित्सक

काठमाडौं - प्रधानमन्त्री केपी ओलीको स्वदेशमै सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ। बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ६९ वर्षीय प्रधानमन्त्री ओलीको सफलतापूर्वक दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो। यसअघि २०६४ सालमा भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा १६ जना चिकित्सक सहभागी थिए। शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले मिर्गौला प्रत्यारोपणको शल्यक्रियामा संलग्न सबै चिकित्सक र कर्मचारीलाई धन्यवाद दिएका छन्।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा ६, मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा ६, एनेस्थेसिया तथा क्रिटिकल केयर टोलीमा ४ गरी १६ जना चिकित्सक ...


प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।

ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।

उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् ।

ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि ...


डा खतिवडा पुनः मन्त्री नियुक्त, अर्थ र सञ्चारको जिम्मेवारी

काठमाडौं - अर्थमन्त्रीमा डा युवराज खतिवडा पुनः नियुक्त भएका छन्। मंगलबार पदबाट राजीनामा दिएका उनी बुधबार मन्त्रीमा मात्र नियुक्त भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी तोकेकी हुन्। ती मन्त्रालय खतिवडाले नै सम्हाल्दै आएका थिए।

उनले मंगलबार स्वतः मन्त्री पदबाट मुक्त हुनु केही घन्टाअघि राजीनामा दिएका थिए। उनको शपथ ग्रहण बुधबार ४ बजे तोकिएको छ। संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुने व्यवस्थाअनुसार उनलाई उक्त जिम्मेवारी दिइएको हो। तर पुनः राष्ट्रियसभा ...


प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका विषयमा संसदद्वारा विशेष प्रस्ताव पारित

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका सम्बन्धमा प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ। त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराइरहेका ओलीको प्रत्यारोपण सफतलताको कामनासहित विशेष प्रस्ताव पारित गरिएको हो।

प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा विशेष प्रस्ताव पेस गरेका थिए। सभाले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण भइरहेकाले यो संसद सफलताका साथ सम्पन्न होस् भन्ने कामना गर्दछ। साथै शिघ्र स्वास्थ्यलाभको समेत कामना गरिन्छ।’

प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।

...

राष्ट्रियसभाका नयाँ १८ सदस्यले लिए शपथ

काठमाडाैं - सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का दुई सदस्य छन्। शपथ लिनेमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे र वेदुराम भुसाल रहेका छन्।

नवनिर्वाचित सदस्य भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, ...


नेपाल घुमेर स्पेन फर्किएका पर्यटकको कोरोना भाइरसका कारण मृत्यु

काठमाडाैं - नेपाल भ्रमण गरेर फर्किएका एक व्यक्तिकाे स्पेनमा कोरोना भाइरसका कारण मृत्यु भएको छ। डेलिमेलमा प्रकाशित समाचारअनुसार नेपाल भ्रमण गरेर फर्किएका ती व्यक्तिको स्पेनको एक अस्पतालमा फेब्रुअरी १३ तारिखमा मृत्यु भएको हाे।

भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरसका कारण नै मृत्यु भएको पुष्टि गरेका छन्। नेपालमै उनलाई संक्रमण भएको हो या अन्य ठाउँबाट भएको भन्ने बारे भने केही खुलाइएको छैन।

कोरोना संक्रमणबाट स्पेनमा याे नै पहिलो मृत्यु भएकाे जनाइएको छ। स्पेनमा अहिलेसम्म १६५ जनामा कोरोनाभाइरस देखिएको छ। ४६ जना मड्रिडमै रहेको बताइएको छ।.

...

प्रधानमन्त्रीलाई विभिन्न देशका समकक्षीद्वारा स्वास्थ्यलाभको कामना

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका विभिन्न देशका समकक्षीहरूले सफल शल्यक्रियाकाे शुभेच्छा व्यक्त गरेका छन् । भुटानका प्रधानमन्त्री डा. लोट्टी छिरिङ, पाकिस्तानका प्रधानमन्त्री इमरान खान र जापानी समकक्षी सिन्जे आवेले पत्र पठाएर प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भुटान, पाकिस्तान र जापानका प्रधानमन्त्रीले नेपालस्थित राजदूतमार्फत पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरेको अनलाइनखबरलाई जानकारी दिए ।

ओलीले विभिन्न देशका समकक्षीबाट प्राप्त शुभकामना सन्देशपत्र ग्रहण गर्दै आफ्नै हातबाट धन्यवाद पत्र पठाएका छन् ...


कोरोनाको जोखिमप्रति सजग रहन शिक्षक र विद्यार्थीलाई आग्रह

काठमाडौं - निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरूले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ ।

विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको सन्दर्भमा नेपाली जनता पनि कोरोना भाइरसको फैलँदो सन्त्रासले चिन्तित रहेको भन्दै बालबालिकासँग प्रत्यक्षरूपमा काम गर्ने शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावक यस फैलँदो महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील भएको उल्लेख ती संस्थाले जनाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उच्च जोखिममा रहेको राष्ट्र भनेर नेपाललाई समेत समावेश गरिसकेको स्थितिमा ...


प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको आज बिहान ९ बजेबाट मिर्गौला प्रत्यारोपण शल्यक्रिया सुरु हुने भएको छ। प्रत्यारोपणका लागि करिब ५ घन्टा लाग्ने बताइएको छ।
मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण गरिएको थियो। प्रत्यारोपणको नेतृत्व अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा प्रेम ज्ञवालीले गर्ने बताइएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले सामान्यतया मिर्गौला प्रत्यारोपणपछि बिरामीलाई ५/६ दिनमा घर फर्काउन मिल्ने बताए। प्रधानमन्त्री ओलीले मंगलबार डाक्टरहरुसँग प्रत्यारोपणपछि एक हप्तामा मन्त्रिपरिषद्‌को बैठक बोलाउने बताएका छन्।


खतिवडालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी

काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल मंगलबार मध्यरातमा सकिँदैछ । त्यससँगै उनी मन्त्री पनि रहने छैनन् ।

खतिवडाले आजै पदबाट राजीनामा दिइसकेका छन् ।

नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।

धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

 

...

६ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं - बेरिङका टुक्रा बनाएर तस्करी गर्दै गरिएको ६ किलो सुनसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत कर्नाटक राज्यका ४२ वर्षीय अब्दुल मजिद अनेकल छन्।

सोमबार बिहान साढे ४ बजे काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको यात्रुबाहक बस हेटौंडाको रातामाटेमा जाँच गर्ने क्रममा बसमा सवार अब्दुलको साथबाट उक्त सुन बरामद भएको मकवानपुरका एसपी सुशीलसिंह राठौरले जानकारी दिए।

अब्दुलले आफ्नो झोलामा मोटर पार्टसको बेरिङ आकारका ४ थान, फलामको पास्ताको बेरिङ २ थान, मिट बेरिङ २ थान गरी ८ थान बोकेका थिए।

बाहिर फलामको लेप लागेका ती सामाग्री ...


अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा

काठमाडौं - अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। स्वतः मन्त्री पदबाट मुक्त हुनु केही घन्टाअघि उनले राजीनामा दिएका हुन्। उनी आज राति १२ बजेदेखि स्वतः पदमुक्त हुँदै थिए।

मन्त्री खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत् राष्ट्रपतिसमक्ष राजीनामा दिएको बुझिएको छ। खतिवडाले मुख्यसचिव रेग्मीलाई केही समयअघि सिंहदरबारस्थित अर्थमन्त्रालयको आफ्नै कार्यकक्षमा बोलाएर राजीनामा दिएका हुन्।

मन्त्री खतिवडाको राजिनामा आजै राष्ट्रपतिले स्वीकृत गर्नेछिन्। खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रीका लागि सिफारिस पनि आजै गर्ने बुझिएको छ। भोलि मिर्गौला प्रत्यारोपण गर्न लागेका ओलीले उनलाई आजै ...


गाँजाको प्रतिबन्ध खुलाउने विधेयक संसदमा !

काठमाडौं - गाँजा खेती खुलाउने विधेयक संघीय संसद्मा दर्ता भएको छ। सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले सोमबार प्रतिनिधिसभामा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गरेका हुन्। यो विधेयक गैरसरकारी कोटाबाट दर्ता भएको हो।

औषधि तयार पार्न, वैज्ञानिक अनुसन्धान तथा यस्तै अन्य व्यवसायिक तथा औद्योगिक प्रयोजनका लागिसमेत गुणस्तरीय गाँजा उपलब्ध गराउन, नेपालमा गाँजा खेतीलाई खुल्ला गर्न तथा यसका माध्यमबाट कृषकको आर्थिकस्तर बढाउन गाँजा खेतीलाई नियमन तथा व्यवस्थित गर्ने उद्देश्यले विधेयक ल्याइएको हो।

‘गाँजा वा भाँगको दाना अचार खानाका लागि वा तेलका लागि उपयोग गरिन्छ। औषधीय ...


प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि एक दर्जनभन्दा बढी डाक्टर र स्वास्थ्यकर्मी खटिँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा डाक्टर, नर्स र स्वास्थ्यकर्मी गरी एक दर्जनभन्दा बढी खटिने भएका छन्। प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको छ। प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज सोमबार त्रिवि शिक्षण अस्पतालमा पुगेका छन्। प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने उनकी भान्जी समीक्षा संग्रौला ज्ञवाली पनि अस्पताल पुगिसकेकी छिन्।

अस्पताल कार्यकारी निर्देशक प्रेम खड्गाका अनुसार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको नेतृत्व नेपाली टोलीले नै गर्नेछन्। उनका अनुसार प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसअघि र पछिका उपचारका प्रक्रियामा खटिने टिममा डा उत्तम शर्मा, डा प्रेम ...


कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्ष २०२० स्थगित !

काठमाडौं - सरकारले कोरोना भाइरस विश्वभरि फैलिँदै गएपछि नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले जारी भ्रमण वर्ष स्थगित गर्ने निर्णय लिएको हो।

स्थगित नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भए पनि कुनै निर्णय नभएको स्रोतको दाबी छ। ‘चीनको बुहानबाट फैलिएको कोरोना भाइसरको प्रकोपबाट अन्य देश पनि प्रभावित भएपछि जोखिम बढेको निष्कर्ष निकाल्दै भ्रमण वर्ष–२०२० स्थगित गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् स्रोतले भन्यो, ‘जोखिम बढ्दै गएपछि अहिलेलाई भ्रमण वर्ष स्थगन गर्ने र सन् २०२२ मा आयोजना ...


प्रदेश १ की सांसद गुलेफुन खातुन किर्ते मुद्दामा दोषी ठहर

बिराटनगर - प्रदेश १ की सांसद गुलेफुन खातुन किर्ते मुद्दामा दोषी ठहर भएपछि उनलाई पदमुक्त गराउन निर्वाचन आयोगमा उजुरी परेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित उनलाई उच्च अदालत विराटनगरले सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर गरेको थियो । तर, दोषी ठहर भएकी खातुन अझै प्रदेश १ को प्रदेश सभा सदस्यमा कायमै छिन् । उनी मोरङबाट निर्वाचित भएकी हुन् ।

प्रदेश १ को प्रदेश सभा सचिव गोपालप्रसाद पराजुली प्रतिनिधित्वका सम्बन्धमा निर्वाचन आयोग र सम्बद्ध दलबाट औपचारिक निर्णय नआउँदासम्म प्रदेश सभामा खातुनको प्रतिनिधित्व कायमै रहने बताउँछन् । गत ६ पुसमा ...


डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्दैछ प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण !

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीको आगामी बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुने भएको छ । त्यसका लागि उनी सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुँदै छन् । ओलीलाई उनकी भान्जीले मिर्गौला दिने उपचारमा संलग्न एक चिकित्सकले बताए । प्रत्यारोपणअघि उनलाई कुनै समस्या आए मिर्गौला दिन नातिनी र भान्जा पनि तयार छन् । दुवै मिर्गाैला फेल भएपछि ०६४ मा भारतको अपोलो अस्पतालमा ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन ...


मन्त्रिपरिषद् बैठक : नेपाल भ्रमण वर्ष स्थगित, वामदेवको विषयले प्रवेश पाएन !

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीको मिर्गौला बुधबार प्रत्यारोपण गर्ने तयारी छ । प्रत्यारोपणमा जानुअघि आइतबार ओली नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी फैलिएकाले नेपाल भ्रमण वर्ष– २०२० लाई दुई वर्षका लागि स्थगित गर्ने निर्णय बैठकले गरेको छ । ‘संसारभरि नै आवागमन नै बन्द गर्नुपर्ने स्थिति आएको छ, यस्तो वेलामा भ्रमण वर्षको प्रवद्र्धन गर्नु उचित हुँदैन भनेर प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा भन्नुभयो,’ एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीले अब सन् २०२२ मा भ्रमण वर्ष सम्पन्न गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको छ ।’ एक वर्षमा २० ...


टेकु अस्पतालमा भर्ना भएका चार जनामा कोरोनाको आशंका

काठमाडौं - कोरोनाभाइरसको संक्रमणको आशंकामा चार जनालाई आइसोलेसन वार्डमा राखिएको छ । विदेशबाट फर्किएका चार जनालाई शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना गरिएको हो ।

अस्पतालका प्रवक्ता अनुप बाँस्तोलाले दक्षिण कोरियाबाट फर्किएका ३ जना र चीनबाट स्वदेश फिर्ता भएका एक जनालाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

भाइरस संक्रमण प्रभावित देशहरु दक्षिण कोरिया र चीनबाट फर्केका नेपाली हरुमा रुघाखोकीका लक्षणहरु देखिएपछि अस्पताल आएका र उनीहरुलाई आइसोलेसन वार्डमा राखिएको उनले बताए ।

चीन र कोरियाबाट फर्किएलगत्तै ज्वरो आएपछि उनीहरु स्वास्थ्य परीक्षणका लागि टेकु अस्पताल ...


कोरोनाबाट मर्नेको सङ्ख्या ३ हजार नाघ्यो, पछिल्ला १० दिनमा ३७ नयाँ देशमा फैलियो

एजेन्सी - विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार नाघेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आइतबार हुबेईमा थप ४२ जनाको मृत्यु भएको जनाएको छ । योसँगै चीनमा यस रोगबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ९१२ पुगेको छ ।

चीनबाहिर ज्यान गुमाउनेको सङ्ख्या १ सय २९ रहेको छ । यसमा इरानमा ५४, इटालीमा ३४, दक्षिण कोरियामा २०, जापानमा १२, हङकङमा २ र फ्रान्समा २ जना रहेका छन् । फिलिपिन्स, ताइवान, अस्ट्रेलिया, थाइल्याण्ड र अमेरिकामा १–१ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य आयोगका अनुसार ...


कोरोना सङ्क्रमण रोक्न नाका-नाकामा निगरानी, विमानस्थलमा कडाई

काठमाडाैं - नेपाल सरकारले कोरोना सङ्क्रमण रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत तीन महिनामा हासिल गरेका उपलब्धि सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा कोरोना (कोभिड–१९) महामारी व्यवस्थापनसम्बन्धी कार्ययोजनाबारे जानकारी दिइएको हो।

विश्वमा हाल फैलिएको कोरोना सङ्क्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न सहज हुने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार प्रोटोकल तथा कार्ययोजना तयार गरेको मन्त्रालयले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य कक्षलाई थप जनशक्ति तथा तीनवटा इन्फ्रारेड ...


प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सोमवार बस्ने नियमित बैठक एक दिन अघि सारेर साँझ ५ बजे बोलाइएको हो ।

मृगौला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि केही दिन अस्पतालमा बस्नुपर्ने भएकाले मन्त्रिपरिषदबाट महत्वपूर्ण निर्णयहरु गरिने स्रोतले जनाएको छ । राष्ट्रियसभा सदस्य मनोनयनको सिफारिस आजकै क्याबिनेटबाट हुने वा नहुने केही खुलेको छैन ।

प्रधानमन्त्रीले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गर्ने नेकपा सचिवालय बैठकलाई जानकारी गराएका छन् ।

...

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ । आइतबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रम सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार भए पनि उनलाई लागेको थिएन।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ । उनको परिचय खुल्न बाँकी छ। 

...

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधवार, भोलि नै टिचिङमा भर्ना हुने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा नै मिर्गौला प्रत्यारोपण गरिने भएको छ । जसका लागि उनी भोलि बुधबार अस्पताल भर्ना हुने बताइएको छ ।

यसका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण हुनेछ । यसअघि २०६३ मा प्रत्यारोपण गरिएको थियो ।

 

...

खरिपाटी क्वारेण्टाइनमा राखिएकाहरु सम्भवतः सोमबार घर फर्किने

 

काठमाडौं - भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएकाहरुको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आए सोमबार सबै एक सय ७५ जना घर जान पाउने स्वास्थ्य मन्त्रालयले बताएको छ। शनिबार नमुना संकलन गरिएको रिपोर्ट सोमबार आउँदै छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १ सय ७५ जनामध्ये एकजनाको मात्रै रिपोर्ट नेगेटिभ आए मा कोही पनि घर फर्किन पाउने छैनन्। उनले भने, ‘संक्रमितलाई सीधै अस्पताल लगिनेछ भने अन्यलाई फेरि १४ दिन क्वारेन्टाइनमै राखिन्छ।’

देवकोटाको अनुसार अहिलेसम्म १ सय ७५ जनलाई नै रुघाखोकी र ज्वरो नआएकाले अत्तालिनु पर्ने अवस्था छैन । तर, ...


महोत्तरीमा ६१ वर्षीय वृद्धमाथि गोली प्रहार

काठमाडौं - महोत्तरीमा ६१ वर्षीय वृद्धमाथि गोली प्रहार भएको छ । जिल्लाको मनरासिसवा नगरपालिका–३, का स्थानीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गाेली प्रहार भएकाे हाे । गाेली लागेर यादव घाइते भएका छन् ।

महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै शौचालय जान निस्केका बेला यादवमाथि गोली प्रहार भएको जानकारी दिए । गोली यादवको छातीमुनि लागेको छ ।

घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

बुढाथोकी नेतृत्वको प्रहरी टोलीले घटनास्थलकबाट चाइनिज पेस्तोलकाे दुई राउण्ड गोलीका खोका र एक राउण्ड ...


जखेरामा सामाजिक विकास समुह गठन


उमेश बन्जाडे
देउखुरी, फागुन
प्रदेश पाँचको पर्यटकिय दृस्ठिकोणले प्रख्यत देउखुरीको जखेरा टोलमा जखेरा सामाजिक विकास समुह गठन गरिएको छ । शनिबार एक कार्यक्रमका बिच जखेरा ताल एवं त्यस टोलको विकासमा भइरहेका पर्यटन आकर्षणका गतिविधिमा सधैं खटिरहेका उपभोक्ताहरु द्वारा थप सक्रियताका साथ ताल एवं टोल विकासमा टेवा पुर्‍याउने उदेश्यले समूह गठन गरिएको हो ।

जखेरा टोल विकास समुहका जेष्ठ सदस्य छविलाल के सि ९ महरा० को अध्यक्षतामा आयोजित समूह गठन कार्यक्रमले रविध्वज थापाको अध्यक्षतामा १९ सदस्यीय समुह गठन गरेको हो । समुहले आउँदा दिनमा जखेरा ताल ...


लर्डवुद्द एकेडेमीको दशौं वाषिर्कोत्सव सम्पन्न

उमेश बन्जाडे
देउखुरी १७ फागुन, देउखुरीको फल्कापुरमा अवस्थित लर्डवुद्द एकेडेमी बोर्डिङ स्कुलको दशौं वाषिर्कोत्सव शनिबार सम्पन्न भएको छ। पुर्व अध्यक्ष भैरव रावलको अध्यक्षता एवं वरिष्ठ शिक्षा परामर्श दाता पूर्ण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पान्न समारोहमा विद्यालयले संचालन गरेका विभिन्न प्रतियोगिता सहभागि भएर उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

विद्यालयमा अध्यनरत छात्राहरुको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा विद्यालयका प्रीनसिपल प्रकाश अधिकारी, सँस्थापक अभिभावक रविध्वज थापा, राम प्रसाद पाण्डे, दुर्गा बहादुर अधिकारी, कृष्णा गिरी, सकुन्तला गिरी, मानबहादुर अधिकारी, मायदेवी पौडेल, तुलसा केसि र रेडियो राप्ती तथा राप्ती टेलिभिजनका ...


रेल र जल यातायातको  काम धामाधम अघि बढ्दै

काठमाडौँ - मुलुकको आर्थिक समृद्धिमा ‘ब्रेक थ्रु’ गर्ने ठानिएको महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना रेल र जल यातायातको काम द्रुत रुपमा अगाडि बढेको छ ।

सरकारले रेलवे सेवा चालू आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी काम थालिसकेको छ । यसैगरी पानी जहाज सञ्चालनको आवश्यक प्रक्रिया पनि जारी छ । रेल सञ्चालनका लागि ‘रेल सेट’ समेत तयार भइसकेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जानकारी दिए ।

रेल सञ्चालनका लागि रेलवेसम्बन्धीको विधेयक संसद्मा पेश भइसकेको छ । पानीजहाजको पुरानो ऐन परिमार्जन गर्न मस्यौदा तयार पारेर विभिन्न मन्त्रालयको सुझाव लिने काम ...


नेकपाको सचिवालय बैठक बस्दै, बामदेवमाथिको विवाद टुंग्याइने

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबार बिहान बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा ११:३० बजे बस्ने बैठक राष्ट्रियसभामा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णयपछि नेकपामा सुरु भएको विवादमा केन्द्रित हुनेछ।

१४ फागुनको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा लैजान सिफारिस गरे पनि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई नमान्ने बताएपछि यसले विवादको रुप लिएको हाे।

१० फागुनको सचिवालय बैठकले नै गौतमलाई राष्ट्रियसभामा लैजाने र संविधान संशोधनका लागि कार्यदल गठन गर्नेसम्मका निर्णय गरेपछि नेकपामा ध्रुविकरण सुरु भएकाे छ।

...

विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई नै

काठमाडौं - स्थानीय सरकार (पालिका) ले विद्यालय खोल्ने अधिकार पाउने भएका छन्। यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक तयार गरेको छ। यसमार्फत पालिकालाई जिम्मेवार तथा बलियो बनाउन खोजिएको मन्त्रालयले जनाएको छ।

विधेयकको मस्यौदा सुझावका लागि अर्थ मन्त्रालयमा पठाइएको मन्त्रालयका सहसचिव कृष्ण काप्रीले बताए। ‘छलफलकै क्रममा भएकाले अहिले नै यो भयो र ऊ भयो भन्नु उपयुक्त हुँदैन’, उनले भने।

विधेयक मस्यौदाको परिच्छेद ३ दफा ४ मा विद्यालय स्थापना गर्न अनुमति लिनुपर्ने व्यवस्था छ। जसअनुसार नेपाली नागरिक वा शैक्षिक सहकारी ...


कोरोना भाइरसले अमेरिकामा एक जनाको मृत्यु, वासिङ्टनमा आपत्कालीन स्थितिकाे घोषणा !

वासिङ्टन - कोरोना (कोभिड १९) भाइरस संक्रमणका कारण अमेरिकामा एक जनाकाे मृत्यु भएकाे छ। वासिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो।

कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वासिङ्टनका गभर्नरले आपत्कालीन स्थितिकाे घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सम्भावित खतरासँग लड्न अमेरिका तयार रहेको बताएका छन्।

अमेरिकाले इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्धको घोषणा गरेको छ।

चीनकाे वुहानबाट सुरु भएको कोरोना संक्रमण यतिखेर विश्वका ६० भन्दा धेरै देशमा फैलिइसकेको छ। २९ सय भन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ। ...


'सबैभन्दा बढी भ्रष्टाचार सिंहदरवारमै' : बिजुक्छें

भक्तपुर - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले सबैभन्दा बढी भ्रष्टाचार सिंहदरवारमा भएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री ठगहरूको घेराबन्दीमा रहेको समेत बताए।

भक्तपुरस्थित बासु माध्यमिक विद्यालय र बासु कलेजको वार्षिकोत्सको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष रोहितले सूचना मन्त्री भ्रष्टाचारमा परेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बिचार राखे। अध्यक्ष रोहितले भने, 'हरेक मन्त्रीको कामको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ।’

उनले प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्दै अन्यत्र भए मन्त्रीहरू भ्रष्टाचारमा मुछिएपछि संसद चल्न दिदैनथ्यो भने। उनले भने, ‘नेपाली काङ्ग्रेस लाग्छ, आफ्ना मन्त्री पनि त्यस्तै थिए।’ पदमा ...


वामदेवलाई राष्ट्रियसभा लैजाने नेकपाका शीर्ष नेताकाे अडान

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रियसभामा निरन्तरता दिने अडान लिएपछि नेकपाका शीर्ष नेताहरू पार्टी केन्द्रीय सचिवालयको निर्णय कार्यान्वयन गराउन थप सक्रिय भएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा शुक्रबार बिहान भएको भेटघाटमा तीन शीर्ष नेताहरुले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णयलाई जसरी पनि कार्यान्वयन गर्ने अडान व्यक्त गरेका छन् । शुक्रबार बिहान अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम पुगेका थिए । चार शीर्ष नेताबीच सचिवालयको निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल ...


विश्वभरि नै कोरोनाको त्रास : विद्यालय बन्द, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध !

टोकियो- कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ। साथै बिटीएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला कार्यक्रमहरुमा रोक लगाइएको छ।

कोरोना सङ्क्रमण रोकिनुको साटो एसियादेखि युरोप हुँदै शुक्रबार अफ्रिकी उप–सहारा क्षेत्रमा कोरोना सङ्क्रमित व्यक्तिहरु देखिएका छन्।

जापानमा प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयहरु बन्द हुँदा त्यसबाट झण्डै १ करोड ३० लाख बालबालिका घरमै बस्नु पर्नेछ। जापानमा आयोजना हुने गरी पूर्व तयारी गरिएका खेलकुद र सांगीतिक कार्यक्रमहरु रद्द भइसकेका छन्। टोकियो डिज्नेल्यान्ड र टोकियो ...


इन्धनमा कर वृद्धिकाे निर्णय फिर्ता लिन नेविसंघकाे माग

काठमाडाैं - नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले इन्धनमा कर लगाउने सरकारकाे निर्णय फिर्ता लिन माग गरेकाे छ। इन्धनमा कर लगाइँदा अप्रत्यक्षरूपमा मूल्यवृद्धि हुने र नागरिक मारमा पर्ने भन्दै उसले यस्ताे माग गरेकाे हाे।

नेविसंघका अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति निकालेर ४ बुँदे माग राख्दै सरकारले ती माग पूरा नगरे आन्दाेलनमा जान बाध्य हुने बताएका छन्।

नेविसंघले आयातित पाठ्यपुस्तकमा कर नलगाउन, ललितानिवास जग्गा प्रकरण र प्रिन्टिङ प्रेस काण्डमा मुछिएका नेता मन्त्री र नेतालाई छानबिन गर कडा कारबाही गर्न र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नयाँ मिति तोक्न माग गरेकाे ...


अदालतको अबहेलना गर्ने आइजिपीसहित ४ जनालाई उपस्थित हुन सर्वाेच्चकाे आदेश

काठमाडाैं - सर्वाेच्च अदालतले प्रहरी महानिरीक्षकसहित ४ प्रहरी अधिकारीविरुद्ध अदालतकाे अवहेलनामा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशनात्मक आदेश जारी गरेको छ। साथै सर्वाेच्चले आदेश जारी भएकाे ७ दिनभित्र लिखित जवाफ लिई आँफै अदालत उपस्थित हुन पनि भनेकाे छ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसहित काठमाडौं परिसर प्रमुख एसएसपी उत्तम सुवेदी, सिंहदरवार वृत्तका प्रमुख डिएसपी कौशलकुमार बुढाथोकी र प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सन्तोषसिंह राठौरविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको ...


इन्धनमा कर बढाएको समाचारप्रति अर्थ मन्त्रालयको आपत्ति

काठमाडौँ, फाल्गुन १६ - अर्थ मन्त्रालयले इन्धनमा लाग्दै आएको कर वृद्धिबारे सञ्चारमाध्यममा आएको समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आर्थिक ऐन २०७६ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्र्दै इन्धनमा लाग्दै आएको पूर्वाधार कर समायोजन भएको जनाउँदै त्यस्तो करबाट जनतालाई कुनै भार नपर्ने स्पष्ट पारेको हो ।

उक्त दफामा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले आवश्यकता अनुसार यो ऐन र प्रचलित अन्य कानून बमोजिम लगाइएका दस्तुर, शुल्क, महसुल र करको दर घटाउन, बढाउन वा ...


दुई लाख ४० हजार ‘स्मार्ट लाइसेन्स’ छापियो, अझै साढे ५ लाख छाप्न बाँकी

काठमाडौं - ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ । झण्डै आठ लाख छाप्नुपर्र्नेमध्ये अहिलेसम्म उक्त चालक अनुमतिपत्र छापिइसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।

झण्डै पाँच लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी छ । विभागले तीन चरणमा उपकरण सञ्चालन गरेर बाँकी अनुमतिपत्र छापिरहेको महानिर्देशक गोगनबहादुर हमालले बताए । आगामी असारसम्ममा बाँकी अनुमतिपत्र छापिसक्ने विभागको लक्ष्य छ । महिनामा एक लाख ५० हजारभन्दा बढी अनुमतिपत्र छपाइ भइरहेको छ । उनले भने, ‘यही गतिमा काम ...


गाली बेइज्जतीको मुद्दा लिएर गोकुल बास्कोटा जिल्ला अदालतमा !

काठमाडौं - निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन् । आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उनी उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन् ।

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उजुरी दिएका छन् । सञ्चारमन्त्री बास्कोटाले मिश्रले आफूलाई झुटो आरोप लगाएको भन्दै उजुरी दिएका हुन् ।

...

जाजरकोटमा विश्वकै लोपोन्मुख गिद्धको नयाँ प्रजाति फेला

काठमाडौँ - प्रकृतिको कुचिकार मानिएको गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला परेको छ । समुद्र सतहदेखि एक हजार ७०० मिटरको उचाइ रहेको वारेकोट गाउँपालिका–१ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको हो ।

जाजरकोटमा चरा, अन्य लोपोन्मुख जन्तुको संरक्षण तथा खोजीमा क्रियाशील गोविन्दबहादुर सिंहका अनुसार बारेकोट गाउँपालिकाको जङ्गलमा भेटिएको गिद्ध विश्वकै लोपोन्मुख चराका रुपमा रहेको छ ।

अरुभन्दा फरक गुण र स्वभाव गरेको यो राजगिद्ध नेपालको तराई भेगमा पाइने भए पनि जाजरकोटमा यसको वासस्थान रहेछ भन्ने प्रमाणित भएको सिंहले बताए ।

राजगिद्ध अरुको मुखको सिनो ...


अतिक्रमित भू-भाग समेटिएको नेपालको नक्सा बनाउने काम अन्तिम चरणमा

काठमाडौं - नेपालको अतिक्रमण भएको भू–भाग सहितको नक्सा बनाउने काम अन्तिम चरणमा पुगेको छ । शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सुदुरपश्चिम क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपालको भूभाग समेटेर नक्सा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिइन् ।

नक्सा निर्माणका लागि मन्त्रालयका सचिवको नेतृत्वमा समिति बनाएको बताउँदै उक्त समितिमा गृह, परराष्ट्र, संघीय मामिला, रक्षा मन्त्रालयका प्रतिनिधि रहेको बताइन् । नापी विभागको प्राविधिक टोलीले नक्सा बनाउने काम अन्तिम चरणमा पु¥याएको उनको भनाई छ ।

यस्तै सगरमाथाको उचाइको नाप्ने काम ९० ...


एमसीसी परियोजनाबाट श्रीलंका पनि 'पछि' हट्यो !

काठमाडौं - श्रीलंकाले अमेरिकासँग गरेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता यही अवस्थामा कार्यान्वयन नगर्ने भएको छ । श्रीलंकाको मन्त्रिपरिषदले उक्त सम्झौता अघि नबढाउने निर्णय गरेपछि लामो समयदेखिको विवाद टु‌ंगो लागेको हो ।

यसअघि सरकारले एमसीसी सम्झौताको पुनरावलोकन गर्न ४ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले बुझाएको अन्तरिम प्रतिवेदन प्रधानमन्त्री महिन्दा राजापाक्छेले मन्त्रिपरिषदलाई शुक्रबार हस्तान्तरण गरेका थिए । प्रतिवेदनले दिएको सुझावअनुसार एमसीसी अघि नबढाउने निधो मन्त्रिपरिषदले गरेको छ ।

मन्त्रिपरिषद बैठकको प्रेस ब्रिफिङमा बोल्दै सरकारका प्रवक्ता मन्दुला गुनवर्द्धनाले वर्तमान सम्झौता कार्यान्वयन नगर्ने निर्णय भएको बताए ...


नेकपामा मध्यमार्गी बाटो : बामदेव राष्ट्रियसभामा, खतिवडा अरु ६ महिना अर्थमन्त्री !

काठमाडाै‌ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन् । प्रेस सङ्गठन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए ।

पत्रकारको प्रश्नमा उनले भने, “प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको हो ।” प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्नुभएन भने के हुन्छ भन्ने अर्को प्रश्नमा उहाँको जवाफ थियो– “म अहिले त्यतातिर जानै चाहान्न । मलाई विश्वास छ उहाँले पार्टीको सचिवालय समितिको बैठकले सर्वसम्मत ...


नेतृत्वको कार्यशैलीले नेता कार्यकर्तामा उत्साह हरायो : अष्ठलक्ष्मी शाक्य

काठमाडौँ - नेकपाको बागमती प्रदेशस्तरीय राजनैतिक प्रशिक्षण तथा भेलामा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको चर्को आलोचना भएको छ । भेलामा बोल्दै इन्चार्ज अष्ठलक्ष्मी शाक्य नेतृत्वको कार्यशैलीबाट नेता कार्यकर्तामा उत्साह हराएको तथा बिचलन आएको बताइन् ।

नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत भएकी उनले भनिन्, ‘नेतृत्वको कामबाट कार्यकर्तामा विचलन आएको छ । सचिवालयका ९ जना कमरेडले पार्टी एकतामा कुनै विचलन ल्याउने प्रयत्न गर्नु हुनेछैन । कार्यकर्ताको चित्त दुखाउने गरी अभिव्यक्त दिनु हुनेछैन भन्ने विश्वास छ ।’

उनले नेताहरुले आफ्नो धरातल बिर्सन नहुनेमा जोड दिँदै गणतन्त्रमा पनि नेताहरुमा सामन्ती ...


राष्ट्रपति आउने भएपछी सुदूरपश्चिमका ४ वटा पालिकामा बिदा !

बैतडि - राष्ट्रपति विद्यादेवी भण्डारी हिजो बुधबारदेखि सुदूरपश्चिम भ्रमणमा छिन् । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ । राष्ट्रपति भण्डारीे भ्रमणमा आउने भएपछि बैतडी र दार्चुलाका चार वटा पालिकामा बिहीबार बिदा दिइएको छ ।

पूजाआजा र भवन उद्घाटनका लागि राष्ट्रपति आउने भएपछि बैतडीको पाटन र दशरथचन्द नगरपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले स्थानीय बिदा दिएको जनाइएको छ । पालिकाले विद्यार्थी, शिक्षक र कर्मचारीलाई राष्ट्रपतिको स्वागतमा अनिवार्यरुपमा उपस्थित हुन निर्देशन दिएको छ ।

राष्ट्रपति भण्डारीले बिहीबार पाट ...


उपत्यकामा विद्युतीय बस थप्दै सरकार

काठमाडौं - विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकारलगायतका विषयमा छलफल अघि बढेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका बारेमा आवश्यक तयारी अघि बढाएको हो । समितिको सुझावकै आधारमा खरिद प्रक्रिया अघि बढ्ने मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताए ।

उनका अनुसार साझा यातायात सहकारी संस्थाबाट पैसा फिर्ता लिइएपछि मन्त्रालयले खरिदका लागि आवश्यक तयारी अघि बढाएको छ । उनले भने, “विद्युतीय बसको स्पेशिफिकेशन, मोडालिटिलगायतका कुरामा छलफल भइरहेको हो ।”

सरकारले विद्युतीय बस खरिदका लागि गत असारमा संस्थाको रु तीन ...


गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं - निवर्तमान सञ्चार तथा सूचना प्रविधि र सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले अख्तियारमा उजुरी दिएका हुन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीजरल्यान्डस्थित एक कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौँ घुस मागेको र उक्त प्रक्रियामा आफूले घुस खाने उद्देश्यले अनुमानित लागत बढाउन खोजेको अडियोमा स्पष्ट भएकाले भ्रष्टाचारजन्य कसुरमा छानबिन गरी कारबाही गर्न उजुरीमा माग गरिएको छ।

यसअघि पनि विभिन्न सरकारी ठेक्कामा बाँस्कोटाले हस्तक्षेप गरेकोले ती ठेक्काबाट पनि अनुचित लाभ लिएको हुनसक्ने सम्भावना रहेको उजुरीमा उल्लेख छ। ...


एमसीसी संशोधन गर्न ओली तयार, नेकपा भित्र एकैमत !

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता परिमार्जन गर्न लचिलो बनेका छन् । प्रतिनिधिसभाबाट सम्झौता अनुमोदनका लागि हत्तारिरहेका ओली परिमार्जनका सम्बन्धमा अमेरिकी उच्च अधिकारीसँग कुरा गर्न तयार देखिएका हुन् ।

पार्टीभित्र बहुसंख्यक नेताहरू एमसीसी अनुदान सम्झौता परिमार्जन गरेर कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएको र पछिल्लो केन्द्रीय समिति बैठकले यस सम्बन्धमा अध्ययन गर्न बनाएको कार्यदलले समेत परिमार्जन गरेर मात्र अगाडि बढ्न सुझाव दिएपछि ओली लचक बनेको नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा कार्यदल संयोजकसमेत रहेका वरिष्ठ ...


एमसीसीको मूल सम्झौता संशोधन गर्न मिल्दैन : अमेरिका

काठमाडौं - अमेरिकाले एमसीसीको मूल सम्झौता संशोधन नगर्ने अडान राखेको छ। एमसीसी सम्झौताको आधार परिमार्जनपछि अनुमोदन गर्नुपर्ने नेपालको प्रस्तावमा अमेरिकी अधिकारीहरूले यस्तो अडान राखेका हुन्।

एमसीसीबारे उत्पन्न विवाद र समाधानको उपायबारे सरकारले नेकपा कार्यदलको प्रतिवेदन आउनुअघि नै अमेरिकी अधिकारीहरूसँग छलफल गरेको थियो। अमेरिकीहरू एमसीसीको सहायक सम्झौता परिमार्जनमा भने सकारात्मक रहेको छलफलमा संलग्न एक अधिकारीले बताएका छन्।

एमसीसीबारे नेपालमा विवाद उत्पन्न भएपछि अमेरिकाले नौ महिनामा दर्जन बढी उच्च अधिकारी र राजनीतिक नेतृत्व पठाइसकेको छ।

एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नियमित भ्रमण गरी फर्केको एक सातापछि अमेरिकी कंग्रेसका सदस्य अमी ...


गोकुल बाँस्कोमाथि छानविन गर्न चौतर्फी दवाव !

धनगढी - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गोकुल बाँस्कोटा अडियो प्रकरणको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन्। पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमका लागि धनगढी पुगेका अध्यक्ष थापाले प्रधानमन्त्री र अख्तियार दरुपयोग आयोगले निष्पक्ष रुपमा छानविन गर्नुपर्ने माग गरेका हुन्।

उनले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। न्यायिकतहमा आफू निकट व्यक्ति राख्दै अनियमित र लुटतन्त्रलाई कानुनी मान्यतातर्फ उन्मुख भएको आरोप लगाए। ‘देशको सबैभन्दा चुनौती भ्रष्टचार भएको छ’, उनले भने, ‘लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम भएको छ। तत्कालीन माओवादीले आफ्नै लडाकु रकमबाट सुरु भएको घोटाला अहिले ...


बामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याउने तयारी !

काठमाडौँ - राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राखेका नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रिय सभामा जान तयार भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई २० फागुनपछि लैजान लागिएको हो । यसअघि मनोनीत अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिँदै छ ।

एमसिसी अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न शनिबार दिउँसो बोलाइएको पार्टी सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभामा लैजाने समझदारी बनेको छ । डेढ वर्षको कसरतपछि गौतम ‘मनोनीत सांसद’का रूपमा संसद् प्रवेश गर्न तयार भएका हुन् । ‘वामदेव गौतम कमरेडलाई राष्ट्रिय ...


अधिकांश सरकारी साइटहरु असुरक्षित, सजिलै ह्याक हुने खतरा !

धनगढी - नेपालका सरकारी आधिकारिक पोर्टलहरूमध्ये अधिकांश असुरक्षित छन्। सञ्चार प्रविधि विज्ञहरूका अनुसार सेकुअर सकेट लेयर (एसएसएल) सर्टिफिकेट प्रयोग नगरिएकाले अधिकांश वेब पोर्टल असुरक्षित रहेका हुन्।

संघीय सरकार, सुदूरपश्चिम प्रदेशलगायतका सबै प्रदेश सरकार र स्थानीय सरकारहरूका वेव पोर्टलहरूमा वेव सुरक्षाका लागि एसएसएल सर्टिफिकेट प्रयोग गरिएको छैन।

नेपाल सरकारको वेब पोर्टल (डब्लुडब्लुडब्लु डट नेपाल डट जिओभी डट एनपी) सेक्युरिटी लक नभए पनि मन्त्रालयहरूको वेब साइटमा भने सेक्युरिटी लक रहेको छ। तर सातवटै प्रदेश सरकारका वेब पोर्टल र प्रदेश मन्त्रालयहरूको वेबसाइटमा सेक्युरिटी लक प्रयोग गरिएको देखिँदैन।

त्यसैगरी, नेपालका अधिकांश स्थानीय ...


कोरोना नियन्त्रण गर्न बिल गेट्सद्वारा चीनलाई १० करोड डलर सहयोग, सीले लेखे यस्तो पत्र !

बेइजिङ - चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भन्दै विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पत्र पठाएका छन्।

कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाइमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको थियो।

महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्वअनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए।

कोविड-१९ नाम दिइएको यस महामारीका कारण अहिलेसम्म २ हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजारभन्दा बढी प्रभावित भएका छन्। यसको सङ्क्रमण विश्वका २५ देशमा देखिएको छ।

राष्ट्रपति चिनफिङले लेखेका छन्, ...


प्रधानमन्त्री ओलीको आज जन्मदिन, मनाउन जन्मस्थान तेह्रथुम जाँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिन मनाउन जन्मस्थान तेह्रथुमकाे आठराइ गाउँपालिका जाने भएका छन्। उनी हेलिकोप्टरमार्फत् आइतबार त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री ओली बिहान ९ बजेपछि तेह्रथुम जाने कार्यक्रम रहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आज प्रधानमन्त्री ओलीको ६९औं जन्मदिन हो। उनको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमकाे आठराईमा भएको हो। २००८ सालमा आठराइमा जन्मेका प्रधानमन्त्री ओलीको परिवार २०२० सालमा झापामा बसाई सरेको थियो।

स्वास्थ्यमा समस्या भएपछि बालुवाटारभन्दा बाहिरका कार्यक्रममा कम सहभागी हुने गरेका प्रधानमन्त्री आज तेह्रथुम जान लागेका हुन्। प्रधानमन्त्री ओली चिकित्सकको ...


योजना कार्यान्यनको समयमा नगरमा विवाद
नगरपालिकाको पत्रकार सम्मेलन


दिवाकर पोख्रेल
देउखुरी, फागुन । आर्थिक बर्ष २०७६ ÷७७ मा कार्यान्यन गर्नुपर्ने योजनाहरु कार्यान्यन गर्ने अत्यावश्यक समयमा लमही नगरपालिकामा विवाद सिर्जना भएको छ । लमही नगरपालिकाले सिपमुलक तालिम संचालन गर्नको लागि संघसंस्थासंग टेण्डरमा अनियमितता गरेको भन्दै संलग्न कर्मचारीलाई बारवाही प्रकृया अघि बढाएपछि नगरपालिकाको विवाद सतहमा आएको हो । नगरपालिकामा कार्यरत नवौ तहका अधिकृत रविन्द्र क्षेत्री,लेखा अधिकृत गौरव कुमार लामिछाने र योजना शाखामा कार्यरत पुष्पराज अधिकारीको संलग्नतामा अनियमितता भउको भन्दै नगरप्रम्ख कुलवहादुर केसी र उप प्रमुख देवका बेल्वासेले कारवाही प्रकृया अघि बढाउनु भएको हो ...


ट्रम्प आगामी साेमबार भारतकाे भ्रमणमा आउने, 'धार्मिक स्वतन्त्रता' बारे भाषण गर्ने

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साेमबारदेखि भारतकाे भ्रमण गर्दै छन्। उनकाे भारतमा भव्य स्वागत हुने अमेरिकाकाे आशा छ। भारतमा ट्रम्पकाे स्वागत विदेशी नेतालाई हालसम्म गरिएकाे स्वागतभन्दा बढी हुने अमेरिकी अधिकारीहरूले आशा गरेका छन्।

ट्रम्प प्रशासनसँग सम्बन्धित व्यक्तिहरूले सोमबारदेखि सुरु हुने ट्रम्पको भारत भ्रमणले दुई देशबीच बढ्दो व्यापार भिन्नता कम गर्न सहयोग पुर्‍याउने बताएका छन्।

तर, शुक्रवार वाशिंगटनमा भएकाे पत्रकार सम्मेलनका क्रममा ट्रम्प प्रशासनका तर्फबाट आएकाे भनाइले धेरैकाे ध्यान तानेकाे छ। वार्ताका प्रस्तावित एजेन्डाबारे जानकारी दिन आयाेजित कार्यक्रममा ह्वाइट हाउसका प्रवक्ताले भने, 'मलाई लाग्छ राष्ट्रपति ट्रम्पले ...


कम्युनिस्टहरू सत्तामा पुगेपछि आदर्शबाट विचलित हुनु दु:खद् : प्रचण्ड

काठमाडौँ - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा आफैँले आफैँलाई सिध्याउने विश्व कम्युनिस्ट इतिहासका लक्षण देखिएको बताएका छन् । भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन शिलान्यास गर्दै प्रचण्डले कम्युनिस्ट पार्टीका नेताहरू आफ्नो आदर्शबाट विचलित हुन थालेको बताए ।

‘सत्तामा नहुँदा, आन्दोलन र क्रान्तिमा हुँदा निकै ठूलो त्याग, तपस्या र बलिदान गर्न सक्ने, जनतासँग घुलमिल हुन सक्ने, जनता जहाँ बस्छन् त्यही बस्नेँ, जे खान्छन् त्यहीँ खाने, उनको मन जित्ने र नभएको सत्ता पनि प्राप्त गर्न सक्ने कम्युनिस्ट पार्टी हुन्,’ उनले भने, ‘सत्ता प्राप्त गरिसकेपछि आदर्शबाट ...


गोकुल बाँस्कोटाको हातमा थिए एक खर्बका ७ प्रोजेक्ट !

काठमाडौँ - सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमातहतका अरू ठूला प्रोजेक्टमा पनि चासो राखेका थिए । नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, कतिपय भइसकेका ठेक्कासमेत रद्द गरेर पनि उनले स्वार्थअनुसार अघि बढाए ।

खासगरी उनले सेक्युरिटी प्रेस खरिद गर्ने, देशभर टेलिकमको फोरजी सेवा पुर्‍याउने, स्याटलाइट राख्ने, सामुदायिक विद्यालयहरूमा कम्प्युटर ल्याब स्थापना गर्ने, अप्टिकल फाइबर बिच्छ्याउने, आधिकारिक बिक्रेताभन्दा बाहिरबाट भित्र्याइएका मोबाइल नचल्ने बनाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम खरिदलगायतका योजनामा गम्भीर चासो देखाएका थिए ।

के-के थिए ७ प्रोजेक्ट ?

१. ...


अख्तियारले भन्छ : 'उजुरी नपरे पनि बाँस्कोटामाथि अनुसन्धान गर्न सकिन्छ'

काठमाडौँ - सेक्युरिटी प्रेस खरिद प्रक्रियामा एजेन्टसँग कमिसनको मोलमोलाइ गरेका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि अनुसन्धान गर्न कुनै उजुरी कुर्नु नपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले सार्वजनिक भएको अडियो नै अनुसन्धानका लागि पर्याप्त प्रमाण भएको नयाँ पत्रिकासँग बताए ।

‘अख्तियारमा उजुरीका धेरै स्रोत हुन्छन्, सञ्चारमाध्यममा आएका विषयलाई पनि उजुरीका रूपमा लिएर छानबिन अघि बढाउन सकिन्छ,’ प्रवक्ता कोइरालाले भने । तर, अख्तियारले अहिलेसम्म अनुसन्धान भने सुरु गरेको छैन । आइतबार कार्यालय खुलेपछि थप भन्न सक्ने कोइरालाको भनाइ छ । ‘अनुसन्धान सुरु हुने विषयमा म अहिले थप केही ...


यस्तो आयो भिम रावल सम्मिलित एमसिसी कार्यदलको सुझाव !

काठमाडौँ - अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) यथास्थितिमै संसद्बाट अनुमोदन नगर्न नेकपाको कार्यदलले सुझाब दिएको छ । वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको ५७ पृष्ठको प्रतिवेदनमा एमसिसीमा दर्जनौँ गम्भीर र आपत्तिजनक बुँदा रहेकाले नसच्चाई पारित नगर्न सुझाब दिइएको छ । यससँगै एमसिसीको भविष्य अन्योलमा परेको छ ।

‘एमसिसी सम्झौता र यससँग जोडिएका सहायक सम्झौताको बृहत् अध्ययनपछि हामी एमसिसी जस्ताको त्यस्तै पारित हुन सक्दैन भन्ने निष्कर्षमा पुगेका छौँ । यसमा दर्जनौँ गम्भीर र आपत्तिजनक बुँदा समेटिएका रहेछन् । अहिलेसम्म ...


चीनमा कोरोनाले मृत्यु हुनेको संख्या  २ हजार ३४५ पुग्यो, ७६ हजार संक्रमित

एजेन्सी - कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा मृत्यु हुनेकाे संख्या २ हजार ३ सय ४५ पुगेकाे छ। ७६ हजार २ सय ८८ जनामा काेराेनाकाे संक्रमण देखिएकाे चिनियाँ अधिकारीहरुले बताएका छन्। गत वर्षको अन्त्यमा हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको याे भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भएपनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ।

२० हजार ६ सय ५९ जना उपचारपछि घर फर्किएका छन्। भाइरसको सुरुवात भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन्। यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित ...


राष्ट्रसंघीय शान्ति मिसन बन्द भएसँगै राजीनामा दिने प्रहरीको संख्या ह्वात्तै बढ्यो

काठमाडौँ - आकर्षक अवसर बन्दै आएको राष्ट्रसंघीय शान्ति मिसन बन्द भएसँगै राजीनामा दिने प्रहरीको संख्या बढेको छ । चालू आर्थिक वर्षको ६ महिनामै एक हजार दुई सय १० प्रहरीले राजीनामा दिएका छन् । औसतमा दैनिक आठ प्रहरीले राजीनामा दिने गरेका छन् । गत आर्थिक वर्षमा तीन हजार ७३ प्रहरीले राजीनामा दिएका थिए । मिसन जाने अवसर बन्द भएपछि खासगरी तल्लो तहका प्रहरीले पेन्सन अवधि पुगेलगत्तै राजीनामा दिने गरेका छन् । समग्र प्रहरीमै आकर्षण घटेको छ ।

नेपाल प्रहरीका दुईवटा फम्र्ड पुलिस युनिट (एफपियू) मिसन रहेकोमा एउटा बन्द भइसकेको छ भने अर्काे दुई ...


'एमसिसी'को माहोल बनाउन अमेरिकी संसदीय टोली काठमाडौंमा

काठमाडौँ - अमेरिकी संसद्को एसिया प्रशान्त एवं परमाणु अप्रसार उपसमितिका अध्यक्ष एमी बेराको नेतृत्वमा चारसदस्यीय संसदीय टोली बिहीबार काठमाडौं आएको छ । टोलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गरेको छ ।

अमेरिकी विदेश नीति र सहायताबारे नेपालको दृष्टिकोण बुझ्न टोली आएको अमेरिकी दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री ज्ञवालीले एमसिसी सम्झौता संसद्मा दर्ता गरिएको र शीघ्र पारित हुने जवाफ दिएको परराष्ट्र स्रोतले बताएको छ ।

ज्ञवालीले एमसिसीअन्तर्गत ५० अर्ब रुपैयाँबराबरको अमेरिकी सहायता नेपालले स्वीकार गर्ने र त्यसले नेपालको ऊर्जा तथा पूर्वाधार विकासमा सहयोग पुग्ने पनि विश्वास व्यक्त गरे । ...


मकवानपुरमा बालविवाह रोकौं अभियान : आठ जोडीको विवाह रोकयो

मकवानपुर - जिल्लामा बालविवाह रोक्ने अभियानअन्तर्गत एक सातामा आठ जोडी बालबालिकाको विवाहमा रोक लगाइएको छ। बालविवाह मुक्त प्रदेश अभियानका सहजकर्ता र सिविन बाल हेल्पलाइन मकवानपुरको पहल एवं सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा बालविवाह गर्नमा रोक लागाइएको हो।

एक सातामा भीमफेदी गाउँपालिकामा ७ वटा बालविवाहमा रोक लगाइएको छ। गाउँपालिकाका अध्यक्ष हिदम लामाले बालविवाह न्यूनीकरण नगरी बालमैत्री पालिका घोषणा गर्न नसकिले भएकाले सर्वप्रथम बालविवाहमा रोक लगाउन पालिकाको तर्फबाट कुनै कसूर बाँकी नराख्ने बताए।

बालविवाह मुक्त प्रदेश सहजकर्ता पविना लामा, सिविन बाल हेल्पलाइनका जिल्ला संयोजक झविन्द्र ज्ञवालीलगायतको सहभागितामा बालविवाह रोक ...


दक्षिण कोरियामा कोरोनाको संक्रमण : एकको मृत्यु, ७३ जना बिरामी !

एजेन्सी - दक्षिण कोरियामा २ दिनमा ७३ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमणकै कारण बिहीबार एक जनाको मृत्यु भएको छ।

संक्रमणका कारण क्विङदाओ डाइनाम अस्पतालमा उपचाररत ६३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। मंगलबार राजधानी सिओलदेखि ३०० किमी दक्षिण पश्चिमी सहर थेगुमा एकजना ६१ वर्षीया महिलामा संक्रमण देखिएको थियो। त्यसपछिका २ दिनमा बिहीबार दिउँसो ४ बजेसम्मको सरकारी तथ्याङकअनुसार कोरियामा भाइरस संक्रमितको संख्या ह्वात्तै बढेर १ सय ४ जना पुगेको छ।

यसैबीच, दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन ...


बाँस्कोटाको कमिसन काण्डमा अख्तियारले थाल्याे छानबिन !

काठमाडौं - अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले घुसकाण्डमा मुछिएर राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधि र सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि छानबिन थालेकाे छ।

सेक्युरिटि प्रेस स्थापनाका विषयमा घुस लेनदेन गर्न कुराकानी गरेकाे अडियाे बाहिरएपछि ध्यानाकर्ण भएकाे अख्तियारले जनाएकाे छ। अख्तियारले अध्ययनका लागि हिजाे बाँस्काेटाकाे कार्यकक्षमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएकाे छ। साथै बाँस्काेटाले प्रयोग गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको छ।

सेक्युरिटी प्रेस खरिदमा बाँस्काेटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियोका विषयमा आयाेगले छानबिन थालेको हो। मिडियामा आएका विषयमा अख्तियारकाे ध्यानाकर्षण भएर अध्ययन थालेकाे अख्तियारका प्रवक्ता प्रदीपकुमार ...


महाशिवरात्रीका लागि यस्तो छ सवारी आवागमनको रुट !

काठमाडौं - महाशिवरात्रीमा पशुपति क्षेत्र आसपास प्रहरीले सवारी प्रवेश निषेध गरेको छ। शुक्रबार पशुपति क्षेत्रमा पूजाआज गर्न आवत जावत गर्नेको भीडलाई मध्यनजर गर्दै प्रहरीले सवारी आवागमनको रुट समेत निर्धारण गरेको छ।

प्रहरीले तय गरेको रुट अनुसार चावहिलबाट गौशाला, पूरानो बानेश्वरबाट गौशाला, रातोपुल हुँदै गौशाला, तिलगंगा हुँदै गौशालातर्फ जाने सवारीलाई प्रवेश निधेष गरेको छ। यससँगै दर्शनार्थीका सहजताका लागि पशुपति क्षेत्र विकास कोषले मन्दिरका चारवटै ढोका खुल्ला गर्ने निर्णय गरेको छ।

तीनवटा ढोकाका लागि कम्तिमा तीन लाइनको व्यवस्था गरिएको छ।

दर्शनार्थीलाई समस्या नहोस् भन्नका लागि मन्दिर आसपासका सडकहरूमा सवारी आवागमन ...


आज महाशिवरात्रि पर्व : पशुपतिनाथलगायतका देशभरका शिवालयमा घुइँचो

काठमाडाैं- प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ।

शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ। चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ। मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले यसैदिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा ...


सेक्युरिटी मेसिन खरिदमा आफ्नो नामसमेत मुछिएको भन्दै लेखा समितिका सांसदहरुको आपत्ति

काठमाडौं - संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिका सांसदहरुले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकृयामा भएको भनिएको अनियमिततामा आफूहरुलाई समेत मुछेर सामाजिक सञ्जालमा आएको भन्दै आपत्ति जनाएका छन्।

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणबारे छलफल गर्न बिहीबार समितिको बैठक बोलाइएको थियो। बिहीबारै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि सोही विषयमा समेते बैठकमा छलफल भएको थियो।

बैठकमा समिति सदस्य सूर्य पाठकले विभिन्न व्यक्तिहरुले समितिका केही सांसद पनि खरिद प्रकृयामा कमिसन लिने कार्यमा संलग्न रहेको भन्दै विभिन्न समाचार माध्यम र सामाजिक सञ्जालमा नामसहित आएकोप्रति आपत्ति ...


सञ्चारमन्त्री गोकुल बास्कोटाले दिए राजीनामा

काठमाडौँ - काठमाडौं- सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएका छन्।

सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका सन्दर्भमा कमिशन रकमका बारेमा गरेको 'डिल'को अडियो रेकर्ड सार्वजनिक भएपछि उनी विवादमा आएका थिए।

'औपचारिक पत्र त आउने नै छ। मलाई अनौपचारिक रुपमा जानकारी भए अनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नुभएको छ', प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले जानकारी दिए।

कांग्रेसले मन्त्री बाँस्कोटाको विषयलाई लिएर संसद अवरोध गर्ने बताएपछि सापकोटाले जानकारी दिएका हुन्। यद्यपि, बैठक भने अगाडि बढ्न सकेन।

बाँस्कोटा २०७६ चैत २ गते सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्रीका ...


गोकुल बाँस्कोटालाई बर्खास्त गर्न साझा पार्टीको माग

काठमाडौं - साझा पार्टीले सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सिलसिलामा बिचौलियासँग कमिसनको डिल गरेका बाँस्कोटालाई बर्खास्त गर्न माग गरिएको छ।

आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित निजी निवासमा बस्ने मन्त्रीलाई बर्खास्त गरि अनुसन्धान गर्न माग गरिएको छ।

भ्रष्टाचारको महामारीलाई रोक्नभन्दा शक्तिशाली सरकारले भ्रष्टचारलाई नै पश्रय दिएको साझा पार्टीको आरोप छ। ‘कडाभन्दा कडा कदम चाल्न सक्ने अवसर हुँदाहुँदै हर दिन आम जनताले ठूलाठूला भ्रष्टाचारको समाचार ...


बाँस्कोटालाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न ऐन महरको सुझाव

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाएका छन्। सेक्युरिटी प्रेस खरिद प्रक्रियामा घुस मागेको अडियो सार्वजनिक भएपछि उनले यस्तो सुझाव दिएका हुन्।

उनले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गरेका छन्। अडियो सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सञ्चारमन्त्रीज्यूले राजीनामा दिएर मार्गप्रशस्त गर्ने र यो घटनाको सत्यतथ्य छानबिन गरी कानुनी दायरामा ल्याउनु नै उचित हुन्छ।’

 

...

मिश्रले यसकारण लिक गरिदिए गोकुल बाँस्कोटासंगको घुसको अडियो सम्बाद !

काठमाडौँ - सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच कथित रुपमा भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक भएको छ । काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेण्टले बास्कोटासँग भएको घुस प्रकरणको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन् । त्यही अडियो क्लिप यतिबेला सञ्चारमाध्यममा भाइरल बनिरहेको छ ।

१२ अर्ब बढीमा अर्को सम्झौताको तयारी
अहिले नेपालमै इ–पासपोर्ट छपाई गर्ने भन्दै त्यसका लागि सेक्युरिटी ...


प्रधानमन्त्रीलाई डेढ महिना पहिले नै पुगेको थियो अडियो क्लिप

काठमाडौँ - स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको रातोपाटिले लेखेको छ । जब स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजियो, त्यसपछि मिश्रले उक्त अडियो प्रधानमन्त्रीलाई दिँदै जर्मन कम्पनीसँग कुल बजेटको १२ प्रतिशत कमिशन लिएर सम्झौता गर्न लागिएको भन्दै प्रधानमन्त्रीलाई उक्त अडियो क्लिप पठाइदिएका थिए ।

तत्कालीन समयमा प्रधानमन्त्री ओलीले ‘हाम्रो नै पैसा लगेर हामीलाई नै घुस दिने ? यो हुनै सक्दैन,’ भन्दै जर्मन कम्पनीलाई पनि ...


गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई सार्वजनिक आग्रह गरेका हुन् ।

‘७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काँग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको ...


गोकुल बाँस्कोटाको घुसको अडियोबारे  ओली र प्रचण्डबिच छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसको डिल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

दुई नेतावीचको भेटवार्ताबारे दुवैको सचिवालयले केही नखुलाएपनि सञ्चारमन्त्री बाँस्कोटाको भिडियो प्रकरणबारे छलफल भएको बुझिएको छ । स्रोतका अनुसार मन्त्री बाँस्कोटालाई राजीनामा दिन लगाउने या के गर्ने भन्ने विषयमा ओली र प्रचण्डवीच कुराकानी भएको छ । बिहीबार बिहान पौने ११ बजे अध्यक्ष प्रचण्ड ...


संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडियो बाहिरियो (अडियो सहित)

काठमाडौं - सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको अडियोमा उल्लेख छ। स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा कर्मचारीलाई अश्लील शव्दसमेत प्रयोग गरिएको छ। कर्मचारीलाई डिल गर्न दिन नहुने भन्दै मन्त्री बाँस्कोटाले ‘मु...’ शब्द प्रयोग गरेका छन्।

बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने ...


प्रधानमन्त्रीको एक महिनाभित्र मृगौला प्रत्यारोपण गर्ने तयारी

प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताए ।

प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको छ । महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओग्राफी गरिएको हो । मुटुका भल्भ तथा नसाहरूको अवस्था हेर्न एन्जिओग्राफी गरिन्छ ।

प्रधानमन्त्रीको मुटु बलियो

उपचारमा संलग्न डा. अरुण सायमीले नयाँ पत्रिकासँग भने, ‘मिर्गौला प्रत्यारोपण गर्नुअघि सबै स्वास्थ्य अवस्था हेरिन्छ । त्यसैले उहाँ अस्पताल आउनुभएको हो । एन्जिओग्राफी गरेर मुटुका नसाहरूको अवस्था हेरियो । सबै सामान्य रहेछ । प्रधानमन्त्रीको मुटु साँच्चै बलियो रहेछ ।’

चिकित्सकहरूले एन्जिओग्राफी ...


स्ववियू निर्वाचन अनिश्चितकालका लागि स्थगित

काठमाडौं - यही फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु) निर्वाचन त्रिभुवन विश्वविद्यालयले अनिश्चितकालका लागि स्थगित गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले मंगलबार आफू मातहतका सम्पूर्ण क्याम्पसहरुलाई परिपत्र गरी स्ववियु निर्वाचन स्थगित गरिएको जानकारी दिएको हो ।

त्रिविअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले गरेको परिपत्रमा ‘विशेष कारणबस’ स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको उल्लेख छ ।

हालै नेतृत्व पाएको नेपाल विद्यार्थी संघ (नेबिसंघ) ले स्ववियु निर्वाचन तयारीका लागि त्रिविसँग केही समय माग गरेको थियो । नेकपासम्बद्ध अनेरास्ववियू पनि नेबिसंघको मागमा सकारात्मक थियो । १४ फागुनमा निर्धारित स्ववियु निर्वाचन ...


प्रजातन्त्र दिवसको अवसरमा ३२९ जनाको कैद मिनाहा

काठमाडौं - प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित ३२९ जना कैदीको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्था छ ।

...

'समृद्ध नेपाल, सुखी नेपाली’ हासिल गर्न एकजुट होऔ ः प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन्। प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उनले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने अभियानमा एकजुट भई योगदान गर्न देशवासीमा आग्रह गरे।

वर्तमान सरकार आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने दिशामा अग्रसर रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा रहेको बताए। 'यस ...


कम्युनिष्टलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको छ, फेहरिस्त भन्न सक्छु ः प्रचण्ड

सुर्खेत - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ कार्यक्रमको उद्घाटन गर्दै उनले विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएकाे बताए। 'दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छ,' उनले भने, 'यसले नेपालको राजनीतिक मानचित्र बदलेको छ।'

नेपालको कम्युनिष्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको खुलासा गर्दै अध्यक्ष दाहालले भने, 'समय पाए यसबारे फेहरिस्त भन्न सकिन्छ । कम्युनिष्ट एकता ...


सिमा विवादमा सरकारको जवाफ ः संविधान संशोधनकाे अधिकार अदालतकाे हाेइन

काठमाडाैं - सरकारले संविधान संशोधन अदालतकाे आदेशले नभई सरकार, राजनीतिक दल र संसद्‌काे अधिकार भएकाे दावी गरेको छ।

संविधान संशोधन संघीय संसद्को क्षेत्राधिकारको विषय रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारविरुद्ध परेको रिटमा जवाफ दिँदै यस्ताे दावी गरेको हो। सरकारले संविधान सशाेधनका लागि अदालतले कुनै आदेश जारी गर्न नमिल्ने र नसक्ने दावी पनि गरेकाे छ।

नेपालकाे पश्चिम–उत्तरतर्फपर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको भू-भाग अतिक्रमण गरेकाले वास्तविक नक्सा यकिन गरी सार्वजनिक गर्न माग गरिएकाे रिटमा सरकारले सर्वाेच्चलाई यस्ताे जवाफ दिएकाे हाे। नेपालको नक्सामा सबै भू-भाग समेट्न संविधान संशोधनको मागसहित ...


कर्तव्य ज्यान र अपहरणका एक दर्जन मुद्दा लागेका 'मोस्ट वान्टेड' पटेललाई गोली हानि पक्राउ

काठमाडाैं - कर्तब्य ज्यान मुद्दा र अपहरणका एक दर्जन मुद्दा लागेका मोस्टवान्टेड एक जनालाई प्रहरीले गाेली हानेर पक्राउ गरेकाे छ।

जिल्ला प्रहरी कार्यालय राैतहटका अनुसार जनतान्त्रिक तराई मुक्ति मोर्चाका रौतहट जिल्ला इन्‍चार्ज अभय भनिने कामेश्‍वर पटेललाई गएराति ४ राउन्ड गोली प्रहार गरी पक्राउ गरिएको हो।

उनी भारतमा लुकेर बस्दै आएकाे र पछिल्लाे समय नेपाल आएकाे सूराकीकाे आधारमा प्रहरीले निगरानी बढाएकाे थियाे। पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै गाेली चलाएपछि प्रहरीले उनीमाथि जवाफी फायरिङ गरेकाे जनाएकाे छ।

मौलापुर–८ सोनरनिया घर आउने क्रममा प्रहरीले उनलाई पक्राउ गरेकाे हाे। जङ्गलकाे कच्चीबाटो हुँदै ...


‘प्रकाण्ड’का छोरा नयाँ वानेश्वरबाट पक्राउ

काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र विश्वकर्मा सोमबार नयाँ वानेश्वरबाट पक्राउ परेका छन्।

चन्दा असुली, आतंक, नाराजुलुसजस्ता अराजक क्रियाकलापमा संलग्न पाइएको भन्दै महानगरीय अपराध महाशाखा टेकुको टोलीले हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो। उनीसँगै सोही पार्टीनिकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रकाश विक पनि पक्राउ परेका छन्। उनीहरू अहिले महाशाखाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुवै जनामाथि केही दिन अनुसन्धान गरिने महाशाखाका प्रवक्ता मुकेश सिंहले जानकारी दिए।

उनका अनुसार प्रतिबन्धित पार्टीले कुनै कार्यक्रम वा नाराजुलस गर्न पाउँदैन। त्यस्तो गरेको पाएमा प्रहरीले पक्राउ ...


'मन्त्री पद सौदाबाजिले पाएकी होइन' : कानुनमन्त्री तुम्बाहाङ्फे

काठमाडौं - नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले आवश्यकताले कानून मन्त्तालयको जिम्मेवारी पाएको बताएकी छन्। पदभार सम्हालेपछि आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री तुम्बाहाङ्ले मन्त्रालयको जिम्मेवारी कसैले दिएको नभइ आवश्यकताले दिएको बताइन्।

उपसभामुखबाट राजीनामा दिएपछि कानून मन्त्रालय दिने योजना सहमति भएको थियो? भन्ने पत्रकारहरुको प्रश्नमा उनले कुनै योजनावद्ध नभइ आवश्यकताले जिम्मेवारी पाएको बताइन्। ‘यो लिने दिने चिज होइन्। यो आवश्यकता हो। आवश्यकताले मन्त्रालयको जिम्मेवारी पाइएको हो’, उनले भनिन्।

उपसभामुख पदमा रहेका काम गर्दाको अवस्था र अहिलेको अवस्था फरक रहेको उल्लेख गर्दै तुम्बाहाङ्फेले संसदमा सिस्टम ...


रुपन्देहीमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, तीन पक्राउ

बुटवल - रुपन्देहीको मर्चवारमा एक किशोरीको सामूहिक बलात्कार भएको छ । आइतबार राति ११ बजे सम्मरीमाई गाउँपालिकामा १६ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।

सम्मरीमाई गाउँपालिका–३ स्थित गाउँमा महायज्ञ चलिरहेको बेला आफ्नै घरमा रहेकी किशोरीलाई घर बाहिर बोलाएर नजिकै निर्माणाधीन भवनमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ । सोमबार इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर पीडितका आफन्तले जाहेरी दिएका छन् ।

जाहेरी परेलगत्तै प्रहरीले बलात्कारमा संग्लन तीन युवालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । प्रहरीका ...


कश्मीर क्षेत्रबारे अभिव्यक्ति दिने बेलायती सांसदलाई भारत प्रवेशमा रोक !

नयाँदिल्ली - बेलायती सांसदलाई भारतीय अधिकारीले भिजा अनुमति दिएका छैनन् । विवादित कश्मीर क्षेत्रबारे संसदहरुको समूहको नेतृत्व गर्दैआएकी बेलायती सांसद डेबी अब्राहम्सलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै यहाँका अधिकारीले रोकिदिएका हुन् ।

डेबी बेलायतको लेबर पार्टीको तर्फबाट सांसद हुन् । जो भारतमा आफ्नो परिवारलाई पनि भेट्ने योजनामा थिइन् । डेबी यही सोमबार दुबइबाट नयाँदिल्ली आइपुगेकी थिइन् । विमानस्थलमा अधिकारीले उनको ‘डकुमेन्ट’ हेरेपछि टाउको हल्लाउँदै उनलाई भारतमा बस्‍न नदिएका हुन् ।

अब्राहम्सले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएकी छन् । विमानस्थलमै अधिकारीले उनलाई भिजा अस्वीकृत भएको जानकारी गराउँदै डेस्क ...


सडक डिभिजन कार्यालयका प्रमुख बिरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरस्थित सडक डिभिजन कार्यालयका प्रमुख (सिडिई) जितेन्द्रकुमार चौधरीविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

चौधरीले पदीय मर्यादाविपरीत ३ करोड ९९ लाख ४४ हजार ३ सय ४२ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको दाबी गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

चौधरीले सडक विभागमा कार्यरत रहँदा सडकका विभिन्न आयोजनाहरुमा ठेकदारहरूसँग मिलेर गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले उनीविरुद्ध अनुसन्धान गरेको थियो।

अनुसन्धानमा चौधरीले अवैधानिक रूपमा पदको दुरुपयोग गरी आर्जन गरेको पाइएपछि मुद्दा दायर गरिएको हो। अख्तियारले दायर गरेको ...


महरालाई सफाई दिँदा अदालतले टेकेका आधार : पीडितको इन्कारी बयान र औंठा छाप

काठमाडौ - संसद सचिवालयमा कार्यरत रहेकी महिला कर्मचारीमाथि बलत्कारको प्रयासको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई सफाई दिन जिल्ला अदालतले २ वटा आधारलाई टेकेको छ।

न्यायाधीश अम्बरराज पौडेलको इजलाशले आइतवार सुनुवाई समाप्त भएको जबरजस्ती करणी मुद्दामा सोमबार फैसला सुनाउँदै मुख्य पीडित भनिएकी महिला कर्मचारीको अदालतमा गरेको बकपत्र र फरेन्सिक ल्याबको रिपोर्टलाई सफाईको मुख्य लिएको छ।

पहिलो आधार : दुवैको इन्कारी बयान
जिल्ला अदालतले महरालाई सफाई दिन उनीहरुले अदालतमा गरेको बयानलाई आधार बनायो। जिल्ला अदालतले अदालतमा आरोपित महरा र पीडित जाहेरीवालाले दिएको बयानमा दोषी ठहर गर्ने आधार ...


महरालाई प्रचण्डको फोन : 'अदालतले न्याय दियो, बधाई छ'

काठमाडौं - सोमबार काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएलगत्तै नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख कृष्णबहादुर महरालाई बधाइ दिएका छन्।

अदालतले न्याय दिएको भन्दै उनले बधाइ दिएका थिए। अदालतको फैसला आएलगत्तै प्रचण्डले महरालाई फोन गरी बधाई दिएको स्रोतले जनाएको छ।

महरा प्रचण्डका खास सहयोगीमध्येका एक हुन्। महत्वपूर्ण निर्णय लिनुअघि प्रचण्डले महरासँग परामर्श लिने गरेका थिए।

गत असोज १२ संसद् सचिवालयकी एक कर्मचारीमाथि जबरजस्ती करणीको प्रयासमा मुद्दा दायर भएपछि हिरासत र जेल गरी १ सय ४१ दिनपछि महरा सोमबार रिहा भएका हुन्।

...

निस्कदैं गर्दा महराले भने : कारागारमा राम्रो व्यवहार भयो, अन्य कुरा पछि गरौंला !

काठमाडौं - बलात्कार प्रयासको अभियोगबाट सफाई पाएसँगै अदालतबाट रिहा भएका पूर्व सभामुख कृष्णबहादुर महराले अदालतसँगै जेलका कैदी बन्दीलाई समेत धन्यवाद दिएका छन्।

उनले न्याय दिने अदालतप्रति कृतज्ञ भएको बताए। कारागारमा बस्दा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दीलाई धन्यवाद दिँदै बाहिरिएका उनले‘अरु कुरापछि गरौंला’ भन्दै रातो कार चढेर खुमलटारको डेरातिर हिडे।

रातो कारको संयोग
महरा बलात्कार आरोपमा अनुसन्धानका लागि पक्राउ पर्दा जुन कारमा प्रहरी कार्यालय आएका थिए सोमबार डिल्लीबजार कारागारबाट बाहिरिदा पनि उही कारमा निस्किए। उनी प्रहरी सहित निस्कदा सभामुखको सरकारी निवास बालुवाटारमै थिए। तर ...


महरालाई जेल बाहिर राष्ट्रिय झन्डासहित स्वागत

काठमाडौं - जिल्ला अदालतले पूर्वसभामुख महरालाई सफाइ दिएपछि उनी रिहा भएका छन्। डिल्लीबजार कारागारबाट उनी सोमबार नै रिहा भएका हुन्। जेल बाहिर निस्किएपछि उनलाई फूलमाला राष्ट्रिय झन्डाले स्वागत गरिएको छ।

सभामुख पदमा बहाल रहेकै बेला संसद् सचिवालयकी कर्मचारीले उनीमाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप लगाएकी थिइन्।

उनले असोज १८ गते महराले प्रहरीमा किटानी जाहेरी गरेपछि उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो।

सोमबार महरा निर्दोष रहेको ठहर अदालतले गरेको छ।

...

महरामाथिको निलम्बन फुकुवा, सांसद पदमा बहाल

काठमाडौ - जबरजस्ती करणी प्रयासको आरोपमा पक्राउ परी थुनामा रहेका पूर्वसभामुख निर्दोष ठहर भएसँगै उनीमाथि लागेको निलम्बन समेत फुकुवा भएको छ। जिल्ला अदालतले सोमबार उनी निर्दोष रहेको फैसला सुनाएपछि महराले उपभोग गर्दै आएको सांसद पदको सेवासुविधामाथि लागेको निलम्बन फुकुवा हुने भएको हो।

फौजदारी मुद्दा लागेसँगै निलम्बनमा परेको महरा सांसद पदको सेवासुविधा पनि फुकुवा हुने भएको छ।

फौजदारी अभियोग लागेपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सेवासुविधा निलम्बन हुने व्यवस्था संसद नियमावलीमा गरिएको छ। तर, उनले सफाइ पाएकाले सेवासुविधा पाउने भएका सोही नियमवालीमा उल्लेख छ।

भ्रष्टाचारको अभियोगमा भने पद नै ...


नवनियुक्त कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले सम्हालिन् पदभार

काठमाडौं - नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालेकी छन् । हालै मात्र उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै कानूनमन्त्री नियुक्त गरेकी हुन् ।

तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिइन् ।

केही समय प्रतिनिधिसभाको नेतृत्व सम्हालेकी तुम्बाहाङ्फेले उपसभामुख पदबाट केही समय अघि मात्र राजीनामा दिएकी थिइन्। नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले राजीनामा दिन आग्रह गर्ने निर्णय गरेपनि उनले केही समय राजीनामा दिन आलटाल गरेकी थिइन्।

उनलाई राष्ट्रपति भण्डारीको समर्थन पाएकी नेताका रुपमा ...


कोरोना संक्रमणले एकै दिन १ सय ५ जनाको मृत्यु, २ हजार ४८ जना सङ्क्रमित थपिए !

एजेन्सी - कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको छ । यद्यपि, यस भाइरसको कारण चीनभर आइतबार १०५ व्यक्तिको मृत्यु भएको चिनियाँ अधिकारीहरुले सोमबार जनाएका छन् । त्यसैगरी आइतबार चीनभरी २ हजार ४८ जना सङ्क्रमित भएका समाचारमा जनाइएको छ । सङ्क्रमितहरुको यो सङ्ख्या चीनको ३९ प्रान्तमा रहेको बताइएको छ ।

गत डिसेम्बरबाट शुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणको कारण हुबेई प्रान्तमा मात्र ५८ हजार १८२ जनालाई कोरानाभाइरस सङ्क्रमण भएको आइतबार प्राप्त समाचारमा जनाइएको छ । चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस ...


आफन्तबाटै असुरक्षित छन् बालिका ! अब विश्वास कसलाई गर्ने ?

निरा गौतम, रुपन्देही/रासस - गत पुसको १५ गते रुपन्देहीको देवदहमा बाबुले छोरीलाई बलात्कार गरे । श्रीमती दिदीको घर गएको मौका छोपी रातिको समयमा ३७ वर्षीय बाबुले १४ वर्षीया नाबालिकामाथि बलात्कार गरेका हुन् । पीडकलाई प्रहरीले पक्राउ गरी जबर्जस्तीकरणीको मुद्दा चलाएको छ ।

गत पुस ६ गते तिलोत्तमा नगरपालिकामा छिमेकी एक युवकले सात वर्षीय नाबालकमाथि बलात्कार गरे । घरमा कोही नभएको मौका छोपेर बालिकाका छिमेकी १८ वर्षीय बिमल क्षेत्रीले बालिकालाई फकाईफुल्याई शौचालयमा लगेर जबर्जस्ती करणी गरे । बालिकाको योनीबाट रगत बगेपछि परिवारले थाहा पाएर इलाका प्रहरी कार्यालय ...


हेर्नुहोला, केहि मिडियाले भोलि पनि बाँसुरी बजाएको फोटो छाप्छन् : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विकास र सुशासनको काम गर्दा कतिलाई पिर परिरहेको बताएका छन्। काठमाण्डौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन्।

‘सरकारको ध्यान सुशासन र विकासमा तर्फ छ। सुशासनका कदम अघि बढ्दा कसै–कसैलाई पिर किन पर्ने? विकासका काम गर्दा पिर किन पर्ने?,’ उनले भने, ‘कुनै–कुनै सञ्चार माध्यमले यो न्युज दिनुभन्दा बाँसुरी बजाएको न्युज दिन्छन् भोलि पनि। दया लाग्छ, देश विकास हुन लाग्दा पिर किन परेको ? मलाई त्यो छक्क लाग्छ।’

सञ्चारमाध्यमले सरकारले गरेका ...


कालापानी र लिपुलेक क्षेत्रको हेलिकप्टरबाटै निरीक्षण गरेर फर्किए रक्षामन्त्री

काठमाडौं - भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र (लिपुलेक र लिम्पयाधुरासहित)को निरीक्षणमा गएका उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेल त्यहाँको भूमिमा समेत नटेकी फर्किएका छन्।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले हिउँका कारण ल्याण्ड नगरी हवाई निरीक्षणमात्रै गरेको बताए। ‘हिउँ भएको हुनाले तल ल्यान्ड गरेर हेर्ने काम भएन,’ पौडलले भने, ‘व्यास गाउँपालिकाअन्तर्गत सीमा क्षेत्रको समग्र हवाई निरीक्षण भयो।’

१० जनाको टोली लिएर रक्षामन्त्री पोखरेल सोमबार बिहान बिहान ८ः ४५ मा दार्चुला सदरमुकामबाट लिपुलेक प्रस्थान गरेका थिए। निरीक्षणका क्रममा करिब ४० मिनेटजति व्यास गाउँपालिकाको आकासमा बिताएका मन्त्री पोखरेले नेपाली ...


बलात्कार प्रयास मुद्दामा पूर्वसभामुख महराले पाए सफाइ

काठमाडौं - बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। साेमबार जिल्ला अदालत काठमाडौंले निर्दोष रहेको फैसला सुनाएको हो।

दुवै पक्षबाट भएको बहस आइतबार सकिएकाे थियाे। साेमबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरा निर्दोष भएको फैसला सुनाएको हो।

आइतबार महराका पक्षमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए।

महरा पक्षका कानुन व्यवसायीको बहसअघि सरकारी वकिलले बहस गरेका थिए।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि ...


खरिपाटी क्वारेन्टाइन वरपरका केही स्थानीयले घर छाडे

भक्तपुर - चीनको वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटीमा राखिएपछि आइतबार केही स्थानीयले घर छाडेका छन्। क्वारेन्टाइनमा रहेका विद्यार्थीहरुको चहलपहल बाहिरैबाट देखिने हुँदा त्यसले जोखिम निम्त्याउने आशंका गर्दै केहीले घर छाडेका हुन्।

डेरामा बस्दै आएका केही परिवार भने ढोकामा ताल्चा नै ठोकेर आफ्नो घर गएका छन्। त्यहाँका स्थानीय प्रकाश लामिछानले कम्तिमा ५० जना मान्छेले खरिपाटी छोडेको दाबी गरे।

आफूले पनि श्रीमती र बच्चालाई ससुराली पठाएको उनले बताए। ‘मलाई त थाहा छ नि त्यस्तो हुन्न भनेर तर उनीहरु त्रासले रुन्छन्। त्यसपछि मलाई पनि भोलि केही पो हुने हो कि भन्ने ...


काठमाडौं उपत्यकाको बिजुलीका तार भूमिगत बनाउन सुरु

काठमाडौं - काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने कामको शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गरे ।

पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रको तार भूमिगत गरिनेछ । महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।

त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, ...


चुडामणि शर्माको राजश्व चुहावट मुद्दामा अन्तिम फैसलाको तयारी

काठमाडौ - आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मासहित तीन जनाविरुद्ध दायर भएको १० अर्ब राजश्व चुहावट मुद्दामा विशेष अदालतले अन्तिम फैसलाको तयारी गरेको छ।

आइतबार सरकारी वकिल र कानुन व्यवसायीको बहस समाप्त गर्दै बहस नोट पेश गर्ने आदेश विशेष अदालतले गरेको छ।

न्यायाधीश शिवराज अधिकारी, बालेन्द्र रुपाखेती र रवि शर्मा अर्यालको इजलाशले दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश गरेको हो। कर फर्स्याेट आयोगले कर छुट दिन सक्ने वा नसक्ने विषयमा संवैधानिक व्याख्या गर्नुपर्ने भएकाले विशेषले बहस नोट माग गर्ने आदेश गरेको हो।

सरकारले शर्मासहित कर फर्स्याेटआयोगका ...


निजगढ विमानस्थल विवाद पाँच न्यायाधीशको पूर्ण इजलासमा

काठमाडौं - सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादलाई पाँच न्यायाधीशको पूर्ण इजलाशले सुनुवाइ गरेर टुंग्याउने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासहितको आइतबारको इजलाशले पूर्ण इजलाशवाट सुनुवाइ गर्ने आदेश गरेको हो।

यसअघि पुस ६ गते राणाकै इजलाशले अन्तरिम आदेश जारी गरेको थियो। विमानस्थलको मुद्दा गम्भीर सम्वैधानिक व्याख्याको भएको भन्दै पाँच न्यायाधीशको इजलाश गठन गर्दै सुनुवाइ हुने निर्णय सुनाएको हो।

सर्वोच्चले अर्को सुनुवाइ पनि तोकेको छ। प्रधानन्यायाधीश राणा र न्यायाधीश कुमार रेग्मीको इजलाशले फागुन ८ गते सुनुवाइ गर्ने मिति तोकेको छ। विमानस्थल निर्माणको कार्यका विषयमा छिटो निर्णयमा पुग्नु पर्ने ...


पूर्वसभामुख महराविरुद्ध मुद्दाको फैसला आज

काठमाडौं - काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध लागेको बलात्कार अभियोगको मुद्दामा आज फैसला सुनाउने भएको छ।

आइतबार बहस सकिएसँगै न्यायाधीश अम्बरराज पौडेलको इजलाशले फैसला गर्नेछ। यदि उनी दोषी ठहरिए एक महिनापछि अर्को इजलासले एक महिनाभित्र सजाय तोक्नेछ।

महराको पक्षमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए। त्यसअघि सरकारी वकिलले बहस गरेका थिए।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। ...


पुर्वसभामुख महराको मुद्दाको अन्तिम फैसला भोली

काठमाडौं - बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको फैसला भोलि आउने भएको छ । आइतबार जिल्ला अदालत काठमाडौंमा महराविरुद्धको मुद्दाको बहस सकिए पनि फैसला भने सोमबार मात्र हुने काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले भने।

उनले भने - 'आज ढिला गरि बहस सकियो, अध्ययन गर्न समय अभाव भएकाले फैसला सोमवार आउछ'

सो मुद्दामा महराको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए। महरा पक्षका कानून व्यवसायीको बहसअघि ...


चितवनमा बस र ट्रक ठोक्किँदा तीन जना घाइते

काठमाडौं - पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ आइरहेको लु१ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना६ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको थियो।

घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र ठक्कर खाने दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

...

तोकिएको समयमा काम नसक्ने ठेकेदारलाई कारवाहीको चेतावनी

मकवानपुर - गृहमन्त्री रामबहादुर थापा (बादल)ले तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने बताएका छन्। पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा शनिबार तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गरेपछि उनले समयमै निर्माण नगर्ने ठेकेदारलाई एकपटक समय दिदा पनि सम्पन्न नगरे कानुनी रुपमा कारबाही गर्ने बताएका हुन्।

‘सरकारको दुई वर्ष भएको अवसरमा ठेक्कापट्टा, विकास, निर्माणसम्बन्धि कुरा आज संसदमा पनि उठेको थियो, अहिले धेरै परियोजना अलपत्र अवस्थामा छन्,’ उनले भने, ‘ठेकेदारहरुले अलपत्र अवस्थामा पु¥याई दशकौं हुँदा खेरीपनि बाटो, पुल, अन्य निर्माणको कामहरु पुरा भएका छैनन्।’

समयमै निर्माण ...


मन्त्रिपरिषदबाट निर्णय गराएर एक सय ७३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

काठमाडौँ - नेपाल ट्रस्टको कार्यालयमातहतको एक सय ७३ रोपनी सरकारी जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । पूर्वराजपरिवारको स्वामित्वमा रहेको जग्गा राजतन्त्रको अन्त्यपछि व्यक्तिको नाममा दर्ता भएको पाइएपछि सरकारले छानबिन गर्ने भएको छ ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाल ट्रस्टमातहत आइसकेको कलंकी मालपोत कार्यालयअन्तर्गत मातातीर्थ, थानकोटलगायतका स्थानको जग्गा व्यक्तिलाई दिने निर्णय गरेको थियो । सरकार गठन भएको दुई वर्ष पूरा भएको सन्दर्भमा शनिबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले ट्रस्टको नाममा रहेको गुमेको जग्गाको छानबिन गर्ने बताएका हुन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले ...


सानेपा प्रकरण : मुनाको घाँटी कसिएर तथा विजयको झुन्डिएर मृत्यु, कारण खोतल्दै प्रहरी

काठमाडौँ - पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध (स्ट्रयाङ्गुलेसन) का कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट देखिएको छ । घाँटीको भाग अत्यधिक रूपमा कसिन पुग्दा ‘स्ट्रयाङ्गुलेसन’ हुन्छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले ‘स्ट्र्याङ्गुलेसन’का कारण मुनाको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको जानकारी दिए । ‘मुना कार्कीको पोस्टमार्टम रिपोर्ट आएको छ । रिपोर्ट अध्ययन गर्दा उनको मृत्यु ‘स्ट्रयाङ्गुलेसन’ का कारण भएको देखिन्छ । यो भनेको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध हुनु हो । यसमा विजय चौधरी संलग्न रहेको तथ्य सिसिक्यामेरा फुटेजबाट पुष्टि भएको छ ।’

गत २७ माघको ...


वुहानबाट ल्याइएका नेपाली खरिपाटीमा, समस्या देखिए टेकु वा पाटन लगिने !

काठमाडाैं - चीनको वुहानबाट उद्दार गरेर ल्याइएका १७५ नेपालीलाई त्रिभुवन विमानस्थलमा आवश्यक स्वास्थ्य जाँचपछि खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ। क्वारेन्टाइनमा उनीहरुलाई बस्न विशेष व्यवस्था मिलाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै उनीहरूलाइ राखिने जनाएकाे छ।

विमानस्थलमा परीक्षणका क्रममा सबैको स्वास्थ्य राम्रो देखिएको हाे। तर, क्वारेन्टाइनमा सबैको हरेक दिन दुईपटक ज्वरो नाप्ने काम हुनेछ। यसका लागि क्वारेन्टाइनमा हरेकका लागि छुट्टाछुट्टै थर्मोमिटरको व्यवस्था गरिएको छ। उक्त थर्मोमिटरको माध्यमबाट उनीहरुले शरीरको तापक्रम जाँच गरि तोकिएको ढाँचामा अभिलेख गर्नुपर्ने हुन्छ।

स्वास्थ्य मन्त्रालयबाट खटिएका ...


वुहानबाट १७५ जना नेपाली काठमाडौँ ल्याइयो

काठमाडौं - कोरोना भाइरसको इपिसेन्टर चीनको वुहानबाट उद्दार गरेर १७५ नेपालीलाई काठमाडौं ल्याइएको छ । वुहानबाट उडेको विमान आज बिहान ३.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो।

वुहानबाट १ सय ८५ नेपालीको उद्धार गर्ने तयारी भए पनि अन्तिम समयमा १० जना भने चीनमा नै बसेका छन्। १ सय ८५ मध्ये ४ जनाले वुहानमै बस्ने निर्णय गरेका थिए भने ६ जनामा ज्वरो देखिएका कारण नेपाल नल्याइएको हो।

उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् ।

नेपालीलाई लिन शनिबार दिउँसो नेपाली ...


टोले गुण्डाबाट असुरक्षित भएपछी सप्तकोशीको पानीजहाज सेवा बन्द

विराटनगर - असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ। विगत दुई वर्षदेखि व्यावसायिकरुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो।

सञ्चालकले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय नदी किनाराका केहीले हुलहुज्जत गर्दै कमिशनको माग, बिना टिकट यात्रा, रोजगारी, अनाधिकृत बुकिङलगायतक माग राखी जहाज सञ्चालनमा अवरोध सिर्जना गरेपछि बन्द गर्नुपरेको जनाएका छन्। शान्ति सुरक्षाको प्रत्याभूति नगरिएसम्म सेवा बन्द गर्ने उनीहरुले जानकारी दिएका छन्।

जेटबोट (पानीजहाज)मा करोडौँको लगानी रहेको, यसले मुलुकको पर्यटन प्रवद्र्धनमा सेवा दिएको र स्थानीयलाई आवागमनमा सहज भएको पत्रकार ...


संघीय प्रहरी ऐन मस्यौदा तयार : ३० वर्षे सेवाहद कायमै, ६ चैतदेखि समायोजन सुरु

काठमाडौँ - करिब दुई वर्षको गृहकार्यपछि गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ ऐनको मस्यौदालाई अन्तिम रूप दिएको छ । सबै पक्षसँग राय लिएर मस्यौदालाई गृहले मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालय र लोक सेवा आयोगसँग राय लिएपछि गृह मन्त्रालयले मस्यौदालाई अन्तिम रूप दिन कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पठाएको थियो । कानुनले बुधबार गृहमा मस्यौदा पठाएको छ । ‘अब केही दिनभित्रै प्रहरी ऐनको मस्यौदा मन्त्रिपरिषद्मा लैजान्छौँ,’ गृह मन्त्रालयका सहसचिव पुष्कर सापकोटाले भने ।

मस्यौदामा प्रहरीभित्र सर्वाधिक चासोका साथ हेरिएको ३० वर्षे सेवाहदको प्रावधान कायमै राखिएको छ । बढुवा र ...


आज भ्यालेन्टाइन डे, कसरी मनाउन थालियो यो पर्व ?

काठमाडौं - आज १४ फेब्रुअरी । विश्वभर आजकाे दिनलाई भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रुपमा मनाइँदैछ। पछिल्लाे समय नेपालमा पनि युवा युवतीले प्रेम दिवसलाई चाडकै रुपमा मनाउन थालेका छन्। सहरी क्षेत्रमा याे दिवस संस्कृतिकै रूप रहेकाे छ।

यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । युवापुस्ताले भ्यालेन्टाइन डेलाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्दछन्।

भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट भएको हो। इटलीका सम्राट क्लाउडिअस २ ले नागरिक विवाहमा प्रतिबन्ध लगाँउदा उनको यो कदमको विरोध र माया तथा ...


प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। सरकारका दुई वर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

दिउँसो २ बजे प्रतिनिधिसभाकाेको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्त्वका विषयमा सम्बाेधन गर्न लागेकाे संसद सचिवालयले जनाएकाे छ।

वर्तमान सरकार बनेको फागुन ३ गते (भाेलि) दुई वर्ष पूरा हुने भए पनि भाेलि सार्वजनिक बिदा परेका कारण शुक्रबार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

...

दुर्घटनामा नायिका महिमा सिलवालको निधन

काठमाडौं - नायिका महिमा सिलवालको सवारी दुर्घटनामा निधन भएको छ। बुधबार साँझ पौने ६ बजेतिर धादिङको गजुरीमा उनी सवार स्कुटरलाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा उनको ज्यान गएको हो।

लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई धादिङको गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक जनक बस्नेतले जानकारी दिए।

महिमा बहिनी सर्मिलासहित चितवनस्थित घर जाँदै थिइन्। महिमाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सर्मिलाको उपचारका लागि काठमाडौँ ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी ...


कुवेतमा ढिस्कोले च्यापिएर ४ नेपाली कामदारको मृत्यु

काठमाडौं - कुवेतको अल–मुतला क्षेत्रको निर्माणस्थलमा बालुवा र ग्राभेलको ठूलो थुप्रोले पुरिँदा ४ नेपाली कामदारको मृत्यु भएको छ। घटनामा अन्य ३ जना घाइते भएका छन्।

कुवेतको अरबटाइम्स अनलाइनले जनाएनुसार दुर्घटनामा परेका अन्य ३ कामदारको अवस्था अझै थाहा हुन सकेको छैन। त्यहाँ उद्दार कार्य जारी छ। प्रत्यक्षदर्शीका अनुसार चिनियाँ कम्पनीका कार्यरत कामदारहरु भवन निर्माणस्थलको खाल्डोमा बसेर काम गरिरहेका बेला माथिबाट बालुवाको ढिस्को खसेर पुरेको थियो।

कामदार पुरिएको जानकारीलगत्तै २० वटा एम्बुलेन्स र स्वास्थ्यकर्मीहरु घटनास्थल पुगेका थिए। तत्काल ७ जनालाई उद्दार गरिएकामा ४ जनाको घटनास्थलमै मृत्यु भइसकेको जनाइएको छ। ...


बागमती प्रदेश बैठकमा तनाव, मन्त्रीको नियुक्ति रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ - बागमती प्रदेश सरकार र प्रदेश पार्टी नेतृत्वबीच तनाव बढेपछि प्रदेश सरकार विस्तारको तयारीमा रहेका मुख्यमन्त्री डोरमणि पौडेलको योजना तत्कालका लागि रोकिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री पौडेलले प्रमुख सचेतक रामेश्वर फुयाँललाई भौतिक पूर्वाधार विकास मन्त्रीको शपथग्रहण गराउने तयारी स्थगित गरेका हुन् । प्रदेश सरकार गठनको दुई वर्ष पुगेकै दिन दोस्रो वार्षिकोत्सव सम्पन्न गरेलगत्तै बुधबार अपराह्न चार बजे फुयाँललाई मन्त्रीको शपथ गराउने तयारी थियो ।

प्रदेश पार्टीको सहमति र निर्णयविनै मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको प्रदेश नेतृत्वको आरोप छ । शपथ रोकिएपछि दिउँसो टेलिफोनमार्फत मुख्यमन्त्री पौडेलले ...


अख्तियारले नै मालपोतलाई काटेको थियो पौडेल र रेग्मीको जग्गा फिर्ता गर्न गोप्य पत्र !

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेकपा महासचिव विष्णु पौडेलको छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा कायम गराएको तथ्य उजागर भएको छ। ललिता निवास जग्गा हिनामिनामा मुद्दा दायर गरेलगत्तै अख्तियारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दिएको निर्देशनअनुसार नै मालपोत कार्यालय डिल्लीबजारले पौडेल र रेग्मीको नामको जग्गा सरकारीकरण गरेको हो। अख्तियारका अनुसन्धान अधिकृत तीर्थराज चापागाईद्वारा अन्यन्त जरुरी र गोप्य भन्दै मन्त्रालयको पत्रका आधारमा पौडेल र रेग्मीको नामको ९ आना सरकारको नाम ल्याइएको ...


स्वास्थ्य मन्त्रालयको स्पष्टिकरण : 'सिन्धुपाल्चोकमा कोरोना होइन, मौसमी रुघाखोकी हो'

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ गुम्बामा मौसमी रुघाखोकी भएको बताएका छन्। बुधबार पत्रकार सम्मेलनमा बोल्दै रुघाखोकी भएको बताएका हुन्। उनले भने ‘भाइरलको प्रकोप हो। विशेषज्ञ टोली नमूना परीक्षणकालागि जाने भएका छन। अहिलेसम्मको रिपोर्टका आधारमा कोरोना भाइरसको संक्रमण होइन।’

गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलमा कोरोना भाइरसको आशंका गर्दै मंगलबार पत्राचार गरेको थियो। कोरोना भाइरसको लक्षणसँग मिल्ने रूघाखोकी, अत्याधिक ज्वरोका बिरामी बढेको पत्रमा मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ।

यसैबीच जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस नभई ...


सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना भाइरसको संक्रमण नभएको दावी

काठमाडौँ - सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए ।

उनका अनुसार आफूहरुले सो गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको बताए। सो क्षेत्रमा हाल देखा परेको भाइरल सङ्क्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी उपचार शुरु गरिएको छ । बिरामीमध्ये केहीलाई निकोसमेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाईले बताए ।

साथै ...


बालुवाटार जग्गा प्रकरण : बाबुराम भट्टराई र माधव नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं - बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। बुधबार अधिवक्ता बालकृष्ण न्यौपानलेले सो प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्रीहरू नेपाल र भट्टराईलाई उन्मुक्ति दिन नहुने माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन्।

माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीतिगत निर्णय भन्दै उनीहरूविरुद्ध भने मुद्दा दायर गरेको थिएन।

उक्त निर्णयलाई चुनौती दिँदै अधिवक्ता न्यौपानेले रिट निवेदन दायर गरेका हुन्।

अख्तियारले कसैलाई मुद्दा चलाउने र कसैलाई उन्मुक्ति ...


जनयुद्ध दिवस र  'fair fighters foundation' को स्थापनाको आवश्यकता !

आज संसारमा जतासुकै पनि स्वच्छता, सदाचार र समर्पणको खडेरी पर्दै गएको छ भने साम्राज्यवादी उपभोक्तावादको प्रकोपका कारण भ्रष्टाचार, कमाओवाद र खाओवादको बिगबिगी बढेको छ । फलस्वरुप मूल्यमान्यता र आस्थानिष्ठाको राजनीति र संस्कृती लुप्तप्रायः छ ! त्यसैले नीति र नैतिकताको जगमा आधारित सहयोग सद्भावको संस्कार र संस्कृती अनि लक्ष-आदर्शकेन्दृत विचार-राजनीतिको संरक्षण, सम्बर्द्धन, अवलम्बन र कार्यान्वयन गर्नु-गराउनु ऐतिहासिक आवश्यकता भएको छ । त्यसकारण :

१. सामान्यत: नेपालको निर्माणदेखि क्रान्ती, मुक्ती, प्रगती र समृद्धिसम्मको लागि लडेका आस्था-आदर्श, निष्ठा-नैतिकता र लक्ष-उद्देश्यमा अविचलित, अथक, अडीग र अलङ्घ्य अग्रणी योद्धाहरुको र विशेषत: ...


सिन्धुपाल्चोकमा कोरोनासंग मिल्दोजुल्दो २ सय बढी विरामी, विशेषज्ञ टोली जाँदै

काठमाडौँ - सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा कोरोना संक्रमणको लक्षणसंग मिल्दोजुल्दो एकैपटक धेरै स्थानीय विरामी भेटीएपछि त्रास फैलिएको छ ।

जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार मङ्गलबार बेलुकासम्म २०१ जना विरामी परेका छन् । ती मध्ये १० जनाको स्वास्थ्यमा बुधबार विहानदेखि केही सुधार आएको उपाध्यक्ष तामाङले जानकारी दिइन् । विरामी परेकाहरुमा कोरोनाभाइरसको लक्षणसँग मेल खाने सङ्केत देखिएकोले त्यहाँ त्रास फैलिएको उपाध्यक्ष तामाङले बताइन् ।

उनका अनुसार उक्त वडामा मङ्गलबारै स्थानीय स्वास्थ्य चौकीबाट चिकित्सकहरुको टोली पुगेको र बुधबार जिल्ला जनस्वास्थ्य कार्यलयबाट थप चिकित्सकहरुको टोली पुग्दैछ । ...


अमेरिका ३५ रनमै अलआउट, सन्दीपले ६ र सुशनले ४ विकेट लिए !

काठमाडौँ - आइसिसी विश्वकप क्रिकेट लिग टु– अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ । यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो ।

आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको थियो र अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो ।

नेपाली स्पीनसामू अमेरिकाका ब्याट्सम्यानहरु निरिह देखिए । पहिलो ओभर करण केसीले मेडन खेलेका थिए । दोस्रो ओभरको छैटौं बलमा सन्दीपले विकेटको खाता खोले । त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । ...


सिन्धुपाल्चोकमा कोरोनासँग मिल्दोजुल्दो बिरामी भेटिएको भन्दै स्वास्थ्य मन्त्रालयमा पत्रचार

काठमाडौं - सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले कोरोना भाइरसको लक्षणसँग मिल्दो ज्वरोका बिरामी भेटिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रचार गरेको छ। सोमबार जुगल गाउँपालिकाले मन्त्रालयमा पठाएको पत्रमा कोरोनाका लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएको भन्दै पत्रचार गरेको हो।

गाउँपालिकाको वडा नम्बर ३ को गुम्बामा २७ माघदेखि त्यस्ता बिरामी भेटिएको भन्दै सहयोग गर्न गाउँपालिकाले मन्त्रालयलाई अपिल गरेको छ।

'विश्वमा फैलिइरहेको नोभल कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परीक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं,' प्रमुख प्रशासकीय अधिकृत ...


ठाकुर ज्ञवालीलाई आईजीपी बनाउन गृहको प्रस्ताव

काठमाडौं - गृह मन्त्रालयले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन प्रस्ताव तयार गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय भएको हो ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय गरेको थिएन । बरु बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसँग छुट्टै बसेर आईजीपी नियुक्तिबारे छलफल गरेका थिए । त्यसक्रममा ओलीले ज्ञवालीकै नाम प्रस्ताव गरेको स्रोतले बतायो ।

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश ...


चीनबाट ल्याइएका नेपालीलाई घना बस्तीबीच रहेको तालिम केन्द्रमा राख्नु हुँदैन : प्रेम सुवाल

काठमाडाैं - नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले चीनबाट ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने सरकारको निर्णयमा आपत्ति जनाएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सुवालले घना बस्तीबीचको तालिम केन्द्रलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरेर चीनबाट ल्याइएकालाई राख्न नहुने अडान राखेका हुन्।

‘खरिपाटी तालिम केन्द्रमा चीनबाट ल्याउने मानिस राख्ने निर्णय सरकारले गरेछ’, उनले भने, ‘घना बस्तीबीचको तालिम केन्द्रमा राख्नु हुँदैन, बस्तीभन्दा बाहिरको स्थानमा राख्ने गरी सरकारले ठाउँ खोजोस्।’

सांसद सुवालले खरिपाटी तालिम केन्द्रमा चीनबाट ल्याइएकालाई राख्ने सरकारी निर्णयविरुद्ध स्थानीयवासी विरोधमा उत्रिसकेको ...


संसदमा कांग्रेसको प्रश्न : एउटै गल्तीमा कसैलाई मुद्दा, कसैलाई उन्मुक्ति किन ?

काठमाडौ - केही समयदेखि जारी संसद अवरोध खोल्दै प्रतिपक्षी नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधका आधारमा चलाएको मुद्दाका बारेमा सरकारको ध्यानाकर्षण गराउन माग गरेको छ।

काँग्रेसकी सचेतक पुष्पा भुसालले संसद सुरु भएलगत्तै बोल्दै अख्तियार सरकारको छायाँ भएको आरोप लगाइन्। अख्तियारले आफ्ना उपसभापति विजयकुमार गच्छदारमाथि लगाएको मुद्दाका पक्षमा सूचना तथा सञ्चारमन्त्री एवं प्रवक्ता गोकुल बाँस्कोटाले बचाउ गर्नुले सरकारकै इशारामा मुद्दा दायर भएको आरोप लगाइन्।

‘अख्तियारले गरेको कामको विषयमा सरकारले बचाउ गर्नु प्रतिशोधका आधारमा संवैधानिक निकायले काम गरेको प्रष्ट भएको छ’ भुसालले भनिन् ‘जनताको ऐनाका रुपमा रहेको यो ...


अख्तियार प्रमुख नवीन घिमिरेमाथि महाअभियोग लगाउन सांसदको माग

काठमाडौं - ललिता निवासको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेलाई महाअभियोग लगाउन सांसदले माग गरेका छिन् । राष्ट्रिय जनता पार्टीकी सांसद सरिता गिरिले उक्त प्रकरणको मुद्दामा अख्तियारले गल्ति गरेको बताउँदै महाअभियोगको माग गरेकी हुन्। 'अख्तियारका प्रमुखमाथि महाअभियोग प्रस्ताव दर्ता गरौं', उनले भनिन्।

न्यायाधीश कुमार रेग्मी र नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलाई जग्गा फिर्ता गर्ने शर्तमा मुद्दा नचलाइएको प्रति उनले आपत्ति जनाइन् । उनीहरुले जग्गा फिर्ता गर्नुको अर्थ अपराध स्वीकार गरेको रुपमा बुझ्नुपर्ने उनकाे भनाइ छ।

उनले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद अवरुद्ध ...


लागुऔषध मुद्दामा गुन्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद हुने फैसला

काठमाडौं - गुण्डा नाइके सुजन पाैडेल (रमेश बाहुन) लागुऔषध मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई १० वर्ष कैद र ७५ हजार जरिवाना गर्ने फैसला सुनाएको छ। न्यायाधीश नवराज दाहालको इजलाशले २०७१ साल साउन १४ गते उनीविरुद्ध दायर लागुऔषध मुद्दाको अभियोग सदर गर्दै सजाय ताेकेका हुन्। उनी पाँच वर्षदेखि पूर्पक्षका लागि कारागारमै छन्।

२०७१ साउन १९ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

भारतमा लुकेर बसेका उनलाई प्रहरीले २०७१ असार १० गते कलंकीबाट पक्राउ परेको भन्दै सार्वजनिक गरेको थियो। प्रहरीले कल‌ंकीको खसी बजार ...


बालुवाटार जग्गा प्रकरणमा नेपाल तथा भट्टराईलाई उन्मुक्ति दिनु गलत : प्रभु शाह

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रदेश २ का अध्यक्ष प्रभु साहले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल तथा डा.बाबुराम भट्टराईलाई उन्मुक्ति दिने कार्यको भत्र्सना गरेका छन् ।

उनले कम्युनिस्ट सरकार पनि हिजोको राजतन्त्र व्यवस्थाझै राजा बाहेकलाई कानुन लाग्ने नीतिलाई निरन्तरता दिएको टिप्पणी गरेका छन् । नेता साहले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई कानुनी कटघरामा उभ्याउन नसक्ने संविधान र कानुन कम्युनिस्ट सरकारको पालामा पनि देखिनु सामन्ती व्यवस्थाको पुनरावृत्ति रहेको प्रतिक्रिया दिएका छन् ।

मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने मन्त्री दोषी देखाएर मुद्दा चलाउने तथा ...


कोरोना भाइरसको खोप बनाउन वैज्ञानिकहरु सक्रिय

सिंगापुर - संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरु चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन्।

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको छ, र चीनको मुख्य भूमिमै ८०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। भाइरसबाट ३७ हजारभन्दा बढी मानिस सङ्क्रमित छन्। दुई दर्जन अन्य देशमा कोरोना प्रभावित व्यक्ति भेटिएका छन्।

कुनै पनि खोप बनाउन सामान्यतया वर्षौं लाग्छ, र पशुहरुमा परीक्षणको लामो प्रक्रियाका साथै मानवमा परीक्षण र नियामक स्वीकृति आवश्यक हुन्छ। तर विशेषज्ञहरुका ...


निर्मला हत्या प्रकरणमा नयाँ ट्विस्ट : एआइजी धिरुको प्रतिवेदन गलत रहेको तथ्य बाहिरियो !

काठमाडौं - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीबाट भएका कमजोरीबारे अध्ययन गरेको एआइजी धिरु बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन तथ्यहीन रहेको पुष्टि भएको छ।

सो प्रतिवेदन विवादमा आएपछि प्रहरी प्रधान कार्यालयले गठन गरेको अर्को छानबिन समितिले बस्न्यात नेतृत्वको समितिको प्रतिवेदन त्रुटिपूर्ण ठहर गरेपछि प्रहरी प्रधान कार्यालयले नै सो प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन दिएको हो।

एआइजी धिरु बस्न्यातको समितिले निर्मलाको बलात्कार र हत्यापछिको अनुसन्धानका क्रममा प्रहरीले चरम लापरबाही गरेको भन्दै प्रतिवेदन तयार पारेको थियो। उनकै प्रतिवेदनका आधारमा सई हरसिंह धामी र जवान चाँदनी साउद निलम्बनमा ...


मातातीर्थ र थानकोटको १७० रोपनी सरकारी जग्गा पनि व्यक्तिका नाममा (सूचीसहित)

काठमाडौं - काठमाडौंको मातातीर्थ र थानकोटस्थित ७७ वटा कित्ताका करिब १ सय ७० रोपनीभन्दा बढी नेपाल ट्रष्टको जग्गा व्यक्तिको नाममा सारिएको पाइएको छ। नेपाल ट्रष्टले आफ्नो नाममा ल्याइसकेको जग्गा २०६९ भदौ २५ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार मोहीका नाममा दर्ता गरिएको पाइएको हो।

नेपाल ट्रष्टको नाममा आउनुअघिदेखि नै आफूहरु पूर्वराजपरिवारका नाममा रहेको जग्गामा मोही रहेको तर पछि सरकारीकरण भएको दाबी गर्दै उनीहरुले दिएको निवेदन दिएका थिए। सोही निवेदनका आधारमा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले मोहीको नाममा दर्ता गर्ने निर्णय गरेको थियो।

मालपोत कार्यालयका कलंकीका सूचना अधिकारी नीलकण्ठ ...


चोरी शिकारी नियन्त्रण गर्न वन कार्यालयको सकृयता

दिवाकर पोख्रेल, देउखुरी माघ २६ गते । दाङ देउखुरीका वन जोगाउन वन कार्यालयले चोरी तस्करी नियन्त्रणको लागि सक्रियता देखाउन थालेको छ । पछिल्लो समय दाङ देउखुरीका वनका काठको चोरी निकासी बढ्न थालेपछि वन कार्यालयले सकृयता देखाउन थालेको हो । दाङको घोराही तुलसीपुर क्षेत्रको तुलनामा देउखुरी क्षेत्रकाका राजपुर र गढवा गाउँपालिका वनबाट काठको चोरी निकासी बढी हुन थालेपछि देउखुरी वन डिभिजन कार्यालयले त्यस क्षेत्रमा निगरानी बढाएको हो ।

जिल्ला वन कार्यालय जिल्लामा केन्द्रित रहंदा विभिन्न क्षेत्रमा भइरेको चोरी शिकारी नियन्त्रणमा नपुगेको भएपनि राज्य पुर्नसंरचनासंगै देउखुरीमा छुट्टै वन ...


कांग्रेसद्वारा आज पनि संसद बैठक अवरुद्ध

काठमाडौं - नेपाली कांग्रेसले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा आइतबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा कांग्रेस नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएकोभन्दै कांग्रेसले तेस्रो दिन संसद अवरुद्ध गरेको हो ।

कांग्रेसको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले माघ २८ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

...

बालुवाटार जग्गामा फसेपछि  एनआरएन असन्तुष्ट, कानूनी उपचार खोज्ने निर्णय

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ललितानिवासको जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा कानूनी लडाइँ लड्ने निर्णय गरेको छ । एनआरएनले जग्गा किन्दा परेको रकम फिर्ताका लागि पनि कानूनी उपचार खोज्ने भएको छ ।

एनआरएन केन्द्रीय कार्यालय भवन रहेको बालुवाटार जग्गा सरकारी ठहर गर्दै अख्तियारले जग्गा फिर्ता प्रयोजनका लागि लागि विशेष अदालतमा मुद्दा दायर गरेको छ । शनिबार बसेको एनआरएन पदाधिकारी बैठकले कानूनी उपचार खोज्न एक उच्चस्तरिय समिति गठन गरेको अध्यक्ष कुमार पन्तले बताए । संघका कोषाध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा गठित समितिमा जर्मनीका दिल गुरुङ ...


श्रीस्वस्थानी व्रतकथाको आज समापन

काठमाडौं - हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने श्रीस्वस्थानी व्रतकथाको आज समापन गरिँदैछ । पुस शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना चल्ने व्रतकथा विशेष धार्मिक कार्यक्रमका साथ आज समापन गर्न लागिएको हो ।

महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्ष पूरा हुने जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रवण गर्ने र पूजाआजा गर्ने चलन छ ।

व्रत समाप्तिका ...


बालुवाटार जग्गा प्रकरणमा आफ्ना नेतालाई उन्मुक्ति दिएकाे भन्दै विरोध प्रदर्शन

काठमाडाैं - ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई उनमुक्ती दिएकाे र अन्यलाई राजनीतिक दलका नेतालाई पूर्वाग्रहका आधारमा मुद्दा चलाएकाे विराेधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे भातृ संगठन तरुण दलले प्रदर्शन गरेकाे छ।

दरुण दलले काठमाडाैंकाे माइतीघरमा विराेध प्रदर्शन गरेकाे हाे। माइतीघबाट सुरु भएकाे विराेध र्‍याली नयाँबानेश्वरसम्म पुग्ने छ तरुण दलले जनाएकाे छ।

यसैगरी कांग्रेसका भातृ संस्थाले देशैभरका जिल्ला सदरमुकाममा पनि विराेध प्रदर्शन गर्दै छन्।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएको तर कांग्रेस उपसभापति विजय गच्छदारलाई आरोपी बनाउँदै मुद्दा चलाइएको भन्दै ...


बार काउन्सिल चुनाब नतिजा : कुन प्रदेशमा को समर्थित बिजयी ?

काठमाडौं - नेपाल कानुन व्यवसायी परिषद (बार काउन्सिल) को शनिबार सम्पन्न निर्वाचनमा सातमध्ये ४ प्रदेशमा नेकपा समर्थित कानुन व्यवसायी विजयी भएका छन् । अन्य तीन प्रदेशमा कांग्रेस समर्थित प्रजातान्त्रिक गठबन्धनले जितेको छ ।

सातै प्रदेशमा अलगअलग भएको निर्वाचनमा प्रदेश प्रदेश नम्बर १ सहित वागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपा समर्थित प्रगतिशील समूहका उम्मेदवारले विजय हासिल गरेका छन् । सबैभन्दा धेरै कानुन व्यवसायी रहेको वागमती प्रदेशमा डा.चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका छन् ।

डा. ज्ञवालीले १९२० मत प्राप्त गरी विजयी हुँदा कांग्रेस समर्थित प्राध्यापक गुणनीधि न्यौपानेले १५३५ मत प्राप्त ...


चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो, डब्लुएचओको यस्तो चेतावनी !

एजेन्सी - काेराेना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ सय १३ पुगेको छ। याे भाइसबाट चीनमा ८ सय ११, हङकङमा एक र फिलिपिन्समा एकजनाकाे मृत्य भएकाे छ।

चीनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार मात्रै थप ८९ जनाको मृत्यु भएको छ। चीनमा भाइरसका कारण मृत्यु हुनेमा २ जना विदेशी नागरिक पनि रहेका छन्। अमेरिका र जापानले आफ्ना नागरिकको चीनमा उक्त भाइरसका कारण ज्यान गएको पुष्टि गरेका छन्।

भाइरसका कारण शनिबार सम्ममा ३३ हजार ७ सय ३८ जनामा संक्रमण भेटिएको छ। त्यस्तै थप २ हजार ६ सय ५६ ...


बालुवाटार जग्गा प्रकरणका अभियुक्त बिरुद्ध सिआईबीको पनि मुद्दा दायर गर्ने तयारी !

काठमाडौं - ललिता निवास जग्गा प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गरेसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि त्यसमा मुछिएकाविरुद्ध मुद्दा दायर गर्ने भएको छ। एक वर्ष लगाएर प्रतिवेदन तयार पारेको सिआइबीले मुलुकी ऐनको किर्ते र ठगीसम्बन्धी कसुरअनुसार नयाँ मुद्दा दर्ता गर्ने तयारी थालेको हो।

‘दिइएको जिम्मेवारीमा हामी चुक्दैनौं। अहिलेसम्म निष्पक्ष नै भएको छ। दबाबरहित तरिकाले अरू कारबाही अघि बढाउँछौं,’ सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले भने। उनका अनुसार सम्बन्धित पक्षले छिटो जाहेरी दिए कारबाही प्रक्रिया छिटो अघि बढ्नेछ। ‘सम्बन्धित पक्ष आए भने छिटो कारबाही हुन्छ तर हामी पनि यस ...


यसरी हडपेका थिए नेता, मन्त्री र माफिया मिलेर बालुवाटारको १ सय १४ रोपनी जग्गा !

काठमाडौं - २०२२ सालमा सरकारले कानुनी प्रकृया पुरा गरेर अधिग्रहण गरेको बालुवाटारको ललिता निवास क्याम्पभित्र रहेको जग्गा कसरी भुमाफिया मार्फत नेता, प्रभावशाली ब्यक्ति, व्यवसायी र भुमाफियाको कब्जामा पुग्यो ? अख्तियारको आरोप पत्रमा रहेको ११ तर्क :

१. जग्गा प्राप्ति ऐन २०१८ अनुसार सबै प्रकृया पुरा गरेर काठमाडौं उपत्याभित्रका ललिता निवास लगायतका विभिन्न ६ दरवार र तीनले चर्चेको कम्पाउण्डभित्रको घर वग्गा सम्बन्धिन जग्गा धनीलाई कानुन बमोजि क्षतीपूर्ती दिएर २०२२ जेठ २४ मा २ सय ८४ रोपनी १४ आना जग्गा र त्यसमा रहेका सबै भवन सरकारीकरण गरेको ।

२. ...


बालुवाटार जग्गा प्रकरणमा जोडिएका माधवकुमार नेपाल र बाबुराम भट्टराई यसरी जोगिए !

काठमाडौं - बालुवाटारस्थित ललिता निवासको १ सय १४ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा दुई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई पनि जोडिए। जोडिनुको कारण थियो यी दुवैजना प्रधानमन्त्री हुँदा गरेको विवादास्पद निर्णय।

पञ्चायतकालमा अधिग्रहण भएको जग्गा रुक्म शमशेर राणा हुँदै भूमाफियाका कब्जामा पुर्‍याउन २०४९, २०६६, २०६७ र २०६९ को मन्त्रिपरिषद्को निर्णयले सघाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोगपत्रले पुष्टि गर्छ। यी दुवै निर्णयका आधारमा सरकारी जग्गा व्यक्तिको नाममा गएको भन्दै सो निर्णय प्रक्रियामा संलग्न मन्त्री, सचिवलगायतलाई आरोपी बनाएको अख्तियारले पूर्व प्रधानमन्त्रीद्वयलाई आरोपी बनाएन। ...


बालुवाटार जग्गा प्रकरण : गच्छदार र अन्य २ पूर्वमन्त्रीसहित १७५ विरुद्ध मुद्दा दायर (सुचिसहित)

काठमाडौं - बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्री र तीन पूर्व सचिवसहित १ सय ७५ जना विरुद्द मुद्दा दायर गरेको छ।

तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ दुवैविरुद्ध ९ करोड ६५ लाख ७६ हजारका दरले बिगो माग दाबी गर्दै मुद्दा दायर भएको छ।

पूर्वमन्त्री चन्द्रदेव जोशीलाई ७ करोड ८ लाख ४८ हजार बिगो माग दाबी गरिएको छ।

त्यसैगरी पूर्वसचिव दीपकुमार बन्स्यात र छवि पन्तविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको छ।

पूर्वसचिव दिनेशहरि ...


बालुवाटार जग्गा अनियमितता प्रकरणमा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं - बालुवाटारस्थित १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा १ सयभन्दा बढीलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले मुद्दा दायर गरेकाहरूको सूचीमा तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधार सचिव दीपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्‍त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी छन्। यसैगरी, तत्कालीन सचिव छवि पन्तलगायतका उच्च अधिकारी र कर्मचारी रहेको अख्तियारले जनाएको छ।

अनुसन्धान पुरा भएपछि अख्तियारको टोली अदालत पुगेर अभियोगपत्र दर्ता गरेको हो।

यसअघि जग्गा हिनामिनासम्बन्धी छानबिन ...


रहेनन् वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा

काठमाडाैं - वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको बुधबार बिहान निधन भएको छ। मनमोहन अस्पतालमा उपचार क्रममा उनको बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ७२ वर्षीय शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित थिए।

उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो। स्वास्थ्यमा समस्या भएपछि उनलाई हिजो राति मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।

उनकाे जन्म इलामकाे फिक्कलमा भएको थियो। नेपाल टेलिभिजनमा विश्व घटना नामक कार्यक्रम शर्माले नै सुरु गरेका थिए।

 

...

ओमानद्वारा नेपालसामु १९८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं - आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाललाई ओमानले १९८ रनको चुनौती दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएपछि नेपालले सामान्य चुनौती पाएको हो। नेपालले जवाफी ब्याटिङ केही बेरमा थाल्नेछ।

खराब सुरुवात गरेको ओमानका लागि मोहम्मद नदिमले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६९ रन बनाए। सन्दीप गउदले ३३, नसिम खुशी २८, कप्तान जिसन माकसोदले २० र अकिब लियासले १६ रन बनाए।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए। उनले ९ ओभर बलिङ ...


कर्णाली प्रदेशका पाँच जिल्लामा १९६५ वटा छाउगोठ भत्काइए

धनगढी - छाउगोठ भत्काउने अभियानअन्तर्गत एक महिनामा कर्णाली प्रदेशका पाँच जिल्लामा एक हजार नौ सय ६५ वटा छाउगोठ भत्काइएका छन् । कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट र सल्यान जिल्लाका छाउगोठ भत्काइएका हुन् ।

सरकारले एक महिनाअघिदेखि कर्णाली र सुदूरपश्चिममा छाउगोठ भत्काउने अभियान सञ्चालन गरिरहेको छ । गृह मन्त्रालयको निर्देशनमा जनप्रतिनिधिको अगुवाइ र स्थानीय प्रशासनको समन्वयमा छाउगोठ भत्काउने अभियान चलिरहेको छ ।

कर्णालीका पाँच जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी एक हजार ६ सय ७१ छाउगोठ भत्काइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दैलेखमा दुई सय ५९, जाजरकोटमा १३, कालिकोटमा २० र सल्यानमा दुईवटा ...


नक्कली कागजात बनाएर म्यानमार जान लागेका दुई नेपाली महिला भारतमा पक्राउ

काठमाडौं - नक्कली पासपोर्ट र कागजात बनाएर भारत हुँदै म्यानमार जान खोज्ने दुई जना नेपाली महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ३६ वर्षीया कविता घिसिङ र ३१ वर्षीया एस. सरस्वती रहेका छन् ।

उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन । उनीहरुलाई आइतबार साँझ म्यानमारका अध्यागमन अधिकारीहरुले अन्तर्राष्ट्रिय गेटमा खटिएका भारतीय अधिकारीहरुलाई नक्कली कागजातसहित जिम्मा लगाइदिएका थिए ।

उनीहरुविरुद्ध मणिपुरको सीमावर्ती शहर मोरेह प्रहरी स्टेशनमा घटनाबारे उजुरी दर्ता गरेर थप अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ ।

...

अछाम पञ्चदेवलका वडाध्यक्ष मृत भेटिए

धनगढी - अछाममा एक वडाध्यक्ष मृत भेटिएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, अछामले घटनाको पुष्टि गर्दै वडाध्यक्ष धामीको शव मंगलबार बिहान भेटिएको जनाएको छ ।

वडाध्यक्ष धामीको हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले भने यसबारे थप अनुसन्धान भइरहेकाले अहिले नै यकिन गर्न नसकिने जनाएको छ ।

...

'काउन्सिलर' पदका लागि प्रगतिशील र लोकतान्त्रिकबिच कडा टक्कर, चुनाव माघ २५ गते !

काठमाडाैं - नेपाल कानुन व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) निर्वाचनमा वाग्मती प्रदेशमा प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

निर्वाचन यही माघ २५ गते हुँदैछ। बृहत प्रगतिशील एवं समावेशी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र बृहत लोकतन्त्रवादी कानुन व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने प्रतिस्पर्धामा छन्।

देशभर २५ निर्वाचन केन्द्रबाट करीब १० हजार वरिष्ठ अधिवक्ता र अधिवक्ताले मतदान गर्न पाउनेछन्। तीमध्ये सात हजार २२४ मतदाता वाग्मती प्रदेशमा छन्। तीमध्ये प्रगतिशील पक्षमा चार हजारभन्दा बढी मतदाता रहेका बताइएको छ।

दुवै उम्मेदवार कानुन व्यवसायीका बीच लोकप्रिय ...


चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुग्यो !

काठमाडौं – कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको छ । एकै दिन ७५ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको बीबीसीले जनाएको छ । चीन बाहिर आइतबार फिलिपिन्समा पनि एक जनाको ज्यान गएको छ ।

यस्तै थप ३ हजारमा कोरोना संक्रमण भएको पनि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ । अब संक्रमितको संख्या चीनमा मात्र १७ हजारभन्दा धेरै भएको छ । चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० ...


११ बुँदे प्रस्ताव पारित गर्दै सकियो नेकपा केन्द्रिय कमिटी बैठक (पूर्णपाठसहित)

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले राजनीति, सांगठानिक र विधान संशोधन प्रस्ताव बाहेक ११ बुँदे समसामयीक प्रस्ताव पनि पारित गरेको छ । बैठकमा महासचिव विष्णु पौडेलले ११ बुँदे समसामयीक प्रस्ताव पेस गर्नुभएको थियो ।

केन्द्रीय कमिटिको दोस्रो बैठकले समसामयिक प्रस्ताव पारित गर्दै सिमानाका विषयमा सरकारले चालेको कदमको स्वागत गरेको हो । प्रस्तावको ८ नम्वरमा भनिएको छ,‘यो बैठक २०१९ नोभेम्बर २ का दिन नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गर्दछ ।

ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरुका आधारमा ती भूभागहरु एंव ...


बक्यौता रकम नपाएपछि उखु किसानद्वारा पुनः आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ - चिनी उद्योगले सरकारसँग गरेको प्रतिवद्धता अनुसार रकम भुक्तानी नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन्।

उखु किसान संघर्ष समितिले विज्ञप्ती जारी गरी पुनः तेश्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

उखु मिलहरुबाट पाउनुपर्ने रकम र अनुदान रकम सरकारले माघ ७ गतेभित्र भुक्तान गराउने सहमति गरे पनि रकम नपाउँदा आफुहरु पुनःआन्दोलनमा उत्रन बाध्य भएको विज्ञप्तिमा जनाइएको छ ।

समितिले फागुन मसान्तसम्म किसानहरुले पाउनुपर्ने रकम भुक्तानी नपाए चैत्र ४ गतेदेखि पुनः राजधानी केन्द्रित आन्दोलन थाल्ने चेतावनी दिएको छ।

उनीहरुले माघ १९ गतेदेखि नै गाउँ गाउँमा पुगी किसानहरुले ...


प्रहरीले नियुक्त भएको ५ वर्षसम्म सेवा छोड्न नपाउने

काठमाडाैं - कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबारदेखि सुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशनको प्रारम्भमा विधेयक दर्ता गर्ने जनाएको छ।

मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले शान्ति सुरक्षा कायम, अपराधको अनुसन्धान, रोकथाम तथा नियन्त्रण गर्न प्रदेश प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन र नियमन गर्ने उद्देश्यले प्रदेश प्रहरी कानुन ल्याउन लागेको जानकारी दिए। उनले नेपाल प्रहरीलाई प्रदेश प्रहरीमा समायोजन गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी समन्वय तथा सुपरिवेक्षण गर्न बनेको विधेयकका आधारमा मस्यौदा तयार पारिएको बताए।

प्रस्तावित विधेयकमा प्रदेश प्रहरी ...


स्वामीको बृक्षलाई साक्षी राखेर विद्यालयको बार्षिकउत्सव

दिवाकर पोख्रेल
देउखुरी, माघ । मंचको बिचमा स्वामीको सानो बिरुवा राखिएको छ । अतिथिहरु पछाडी बसेका छन् । सबैको अघि स्वामीको बिरुवा साक्षी छ । कार्यक्रमको उद्घाटनको समय भयो उदघोषकले प्रम्ख अतिथिलाई कार्यक्रम उद्घाटन गर्नको लागि अघि मंचमा बोलाए । कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले आमखोरामा जल बोकेर जानुभयो । सहभागि सबै अच्चम्ममा परे । धेरै कार्यक्रममा प्रमुख अतिथिले उद्घाटन गदा कित ब्यानर खोलेर कित दियो बालेर उद्घाटन गर्ने कार्यक्रममा यहाँ भने स्वामीको बिरुवामा जल चढाएर उद्घान भयो ।


दाङ ...


कोरोना संक्रमितकाे उपचारका लागि भरतपुर अस्पतालमा छुट्टै कक्ष

चितवन - छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि यहाँको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ। अस्पतालले शंकास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार सुरु गरेको छ।

उपत्यका बाहिर धेरै बिरामीको चाप हुने भरतपुर अस्पतालमा पाँच श्ययाको छुट्टै कक्ष खडा गरी सेवा सुरु गरिएको हो। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीका अनुसार शङ्कास्पद बिरामीलाई अलग्गै परीक्षण गरी उपचार गर्नको लागि आइसोलेसन वार्ड खडा गरी काम सुरु गरिएको छ।

अस्पतालको ए ब्लकमा कक्ष खडा गरिएको छ। अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक डा प्रमोद पौडेल र कल्याण सापकोटालाई ...


राप्रपा बैठक : एकीकरणमा सहमति, चुनाव चिह्नमा विवाद

काठमाडौँ - नेतृत्वको भागबण्डासहित पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमतिमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त (राप्रपा संयुक्त)का शीर्ष नेताबीच शुक्रबार साँझ भएको वार्तामा चुनाव चिह्नबारे विवाद भएको छ । अपरान्ह ४ बजेदेखि महाराजगञ्जको होटल 'ला शेर्पा'मा राप्रपा अध्यक्ष कमल थापा तथा राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच करिब डेढ घण्टा छलफल भएको थियो । तर चुनाव चिह्नका विषयमा सहमति जुट्न सकेन् ।

चुनाव चिह्नलाई आगामी महाधिवेशनबाट टुंग्याउने सहमति भएको तर राणा र लोहनीले हलो चिह्न स्वीकार गर्नुपर्ने धारणा ...


बालुवाटार जग्गा प्रकरण  : दिप बस्न्यात प्रमुख योजनाकार, न्यायधिस र  ४ पूर्वसचिवसहित ११९ लाई कारबाही सिफारिस

काठमाडौँ - बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा एक सय १९ जनाविरुद्ध कारबाही सिफारिस भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १० महिना लगाएर तयार पारेको प्रतिवेदनमा राजनीतिक नेतृत्वको संलग्नताबारे कुनै उल्लेख छैन । अनियमिततामा विभिन्न निकायका कर्मचारी, व्यापारी र भूमाफियाको मिलेमतो रहेको तर राजनीतिक संलग्नता नभेटिएको सिआइबीले जनाएको छ । सिआइबीले उनीहरूविरुद्ध किर्ते र ठगी अभियोगमा कारबाही सिफारिस गरेको हो ।

कारबाही सिफारिसमा परेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यात, पूर्वमन्त्री छविराज पन्त, पूर्वसचिव दिनेशहरि अधिकारी, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहदेखि भाटभटेनी सुपरमार्केटका मालिक ...


डिएसपीसम्म मात्रै प्रदेशमातहत, सातवटा मुद्दा अनुसन्धान गर्न नपाउने !

काठमाडौँ - प्रदेशमातहतमा प्रहरी नायब उपरीक्षक (डिएसपी)सम्म मात्रै रहने गरी आगामी चैतदेखि प्रहरी समायोजन थाल्ने तयारी गरिएको छ । प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भने केन्द्रमातहत नै रहने गरी पुल दरबन्दीमा राखेर प्रदेशमा खटाइनेछन् । प्रदेश सरकारले तोकेअनुसार नै सेवा–सुविधा पाउने उनीहरू प्रदेशकै निर्देशनअनुसार खटिनुपर्नेछ ।

‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा गएसँगै गृह मन्त्रालयले गृहकार्य ...


नेता-जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गरौँ : लेखनाथ न्यौपाने

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकमा शुक्रबार समूहगत प्रतिवेदन प्रस्तुति सुरु भएको छ। प्रदेश अध्यक्षबाट रिपोर्टिङ सकिएपछि १५ समूहका नेताले आआफ्नो समूहगत छलफलबाट आएको प्रतिवेदन पेश गर्ने क्रम सुरु भएको हो।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूह नेताले प्रतिवेदन प्रस्तुत गर्न सुरु गरेका हुन्।

शुक्रबार समूह-२ की कमला रोका, समूह ६ का दीनानाथ शर्मा र समूह १३ का ...


कोरोना भाइरसका कारण चीनका नेपाली १० दिनदेखि कोठाभित्रै

काठमाडौं - चीनको हुपे प्रान्तको राजधानी उहानबाट फैलिएको कोरोना भाइरस विश्वका २० मुलुकसम्म पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरेको छ । भाइरसबाट चीनमा मात्र २ सय १३ को ज्यान गएपछि डब्लूएचओले संकट घोषणा गरेको हो ।

डब्लूएचओले संकट घोषणा गरे पनि चीनको हुपे प्रान्तको उहान आसपास सहरका नेपाली विद्यार्थी १० दिनदेखि कोठाभित्र थुनिएर बस्न बाध्य छन् । उद्धारका लागि नेपाल सरकारले प्रयास नगरेको गुनासो उनीहरूको छ ।

‘के सरकारले हामीलाई संक्रमण भएपछि वा हामी मरेपछि लास लैजाने रहेछ ? ’, विद्यार्थीले विच्याट ...


उपेन्द्र यादव भन्छन् - एकता गर्ने भनेको राजपा आजकाल बोल्नै छोड्यो !

काठमाडाैं - समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच पार्टी एकताको बहस चलेकाे लामो समय भयाे। तर एकता अझै हुन सकेकाे छैन।

पार्टी एकताका सन्दर्भमा पत्रहरु साटासाट भएपनि एकता हुन नसकेकाे हाे। राजपाले पार्टी एकताका लागि समाजवादी पार्टी सरकारबाट बाहिरिनुपर्ने सर्तअघि सारेपछि राेकिएकाे एकता प्रकृया समाजवादी सरकारबाट बाहिरिएपछि पनि अघि बढ्न भने सकेकाे छैन।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपाको सर्तअनुसार नै सरकारबाट बाहिरिएको भएपनि राजपाले बोलचाल नै बन्द गरेको आरोप लगाए। नेपाल मधेसी निजामती कर्मचारी मञ्चको १३औं स्थापना दिवकसा अवसरमा आयाेजित कार्यक्रममा यादवले पार्टी एकताका ...


एसएसपी सौरभ  राणालाई पक्राउ गर्ने तयारी, जबरजस्तीकरणी मुद्दा चलाइने !

काठमाडौं - प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ शमशेर राणालाई पक्राउ गर्ने तयारी गरिएको छ । एक महिलामाथि यौन हिंसा गरेको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरिसकेको छ । उनी संघीय प्रहरी कार्यालय धरानमा कार्यरत थिए ।

यौन हिंसाको गम्भीर आरोप लागेपछि बहाल रहेको अवस्थामा प्रमाण नष्ट गर्नसक्ने भन्दै उनलाई गृहमन्त्रालयले निलम्बन गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो।

राणाजस्तै प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका एसएसपी राकेश सिंहविरुद्ध पनि यौन हिंसाको आरोप लागेको छ। उनीमाथि भने अहिलेसम्म कुनै कारबाही हुन सकेको छैन।

प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका एसएसपी सिंहले ...


विदेश जाने युवालाई प्रदेश २ सरकारको ऋण !

जनकपुर - प्रदेश २ सरकारको समन्वयमा वैदेशिक रोजगारीका लागि जाने युवाहरुले विना धितो सहुलियत ऋण पाउन सुरु गरेको छ । प्रदेश सरकार, सिप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जाने युवाहरुलाई विना धिताे सहुलियत ऋण उपलब्ध गराउने सम्झौताअनुसार बिहीबारदेखि युवाहरुले ऋण पाउने भएका हुन् ।

जनकपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको अारम्भ गरेका छन् । कार्यक्रममा प्रदेश २ का ९ जना युवाहरुले पहिलो दिन उक्त कर्जा प्राप्त गरेका छन् ।

'प्रदेश सरकारको पहल तथा सिप परियोजनाको सहयोगमा सुरु भएको सहुलियत ...


मालपोतका पियनसंग ९ करोडको अकुत सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर !

काठमाडौँ - सरकारी सेवामा काम गर्ने कार्यालय सहयोगी (पियन) को सम्पत्ति कति होला ? सामान्यतया यसको सहज उत्तर आउँछ, मुस्किलले जीवनयापन गर्न पुग्नेले कति सम्पत्ति जोड्ला र ! तर, यो आमधारणालाई चकित पार्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार एकजना कार्यालय सहयोगीविरुद्ध मुद्दा दायर गरेको छ, जसले सरकारी सेवामै रहेर करिब नौ करोड रुपैयाँ अवैध सम्पत्ति जोडे ।

आयोगले मालपोत कार्यालय चाबहिल (हाल निलम्बित) का कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध अकुत सम्पत्ति आर्जनको कसुरमा आठ करोड ९८ लाख ५८ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको ...


१८ देशमा फैलियो कोरोना भाइरस, डब्ल्युएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकालीन घोषणा

एजेन्सी - कोरोना भाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकालीन घोषणा गरेको छ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशहरुमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भय रहेको जनाउँदै डब्ल्यूएचओले विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको जनाएको छ।

विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा के भैरहेको छ भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताए। 'यस घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन तर अन्य देशहरुमा के भइरहेको छ। ...


बन्दुक बोकेका हात उद्यमतर्फ लम्कदै
युद्धको पछुतो छैन,अब युद्ध नहोसः पुर्व जनमुक्ती सेना

दिवाकर पोख्रेल
देउखुरी, माघ । दाङको दङगीशरण गाउँपालिका वडा नम्बर ५ निवासी हिरालाल चौधरीले अहिले बङ्गुर पालन गर्नुभएको छ । उहाँको खोरमा अहिले ५२ वटा बङ्गुर छन् । दुइबर्ष देखि बङ्गुर फर्म शुरु गर्नुभएको चौधरीलले बङ्गुर बिक्रीबाट सातलाख रुपियाँ आम्दानी गरिसक्नुभएको छ ।
सशस्त्र युद्धको समय बन्दुक बोकर परिवर्तनको पक्षमा लाग्नु भएका पूर्व जनमुक्ती सेना हिरालाल चौधरीले युद्धको समयमा धेरै दुख कस्ट ब्यहोरेपनि पहिलेको दुख पिडा विर्सदै जानुभएको छ । जनमुक्ती सेनामा हुँदा बज्र नाममा बिग्रेड कमान्डरको जिम्मेबारी समाल्नु भएका हिरालाल चौधरीले सेना समायोजनाको ...


जापान रोजगारी : आफुलाई दक्ष सावित गर्नै मुस्किल !

काठमाडौँ - गत साल ११ चैतमा नेपाल सरकार र जापान सरकारबीच दक्ष जनशक्ति पठाउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो । सोही सम्झौताअनुसार भाषा र सीप परीक्षामा सहभागी भएर १७ नेपाली उत्तीर्ण भएका छन् । तर सबै परीक्षामा उत्तीर्ण भएका ती १७ जना कहिले जापान जान पाउँछन् भन्ने अझै निश्चित भएको छैन ।

जापानमा वृद्धवृद्धाको संख्या बढ्दै गएका कारण उनीहरूको रेखदेखका लागि ‘केयर गिभर’को माग निकै ठूलो छ । त्यसैले नेपालबाट पहिलो चरणमा ‘नर्सिङ केयर गिभर’का लागि कामदार माग गरिएको थियो । त्यसै अनुरुप दुई चरण (२०१९ ...


पोखरामा कोरोना संक्रमित भेटीएपछि होटल बुकिङ धमाधम रद्द !

पोखरा - नेपालमा पनि एक जनामा कोरोना भाइरस भेटिएको पुष्टि भएसँगै पर्यटकीय नगरी पोखरामा यस सम्बन्धी चासो बढेको छ । कोरोना संक्रमणभन्दा पनि यसको त्रासको प्रत्यक्ष प्रभाव पर्यटन बजारमा परिसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले बताए । कोरोना भाइरसको त्रासकै कारण विदेशबाट भएका होटल बुकिङसमेत धमाधम रद्द हुन थालेको उनले बताए ।

अध्यक्ष पोखरेलका अनुसार चीनले आफ्नो देशमा पर्यटक जान र बाहिर पठाउन गरेको प्रतिबन्धले यहाँ रहेका पर्यटकसमेत अन्योलमा पर्ने अवस्था आएको हो । यहाँ कोरोना भाइरसको प्रभाव छैन भन्ने सन्देश दिनुपर्ने र त्यही ढंगको ...


सार्वजनिक गाडीको भाडा अनुगमन गर्न प्रहरीका ४० युनिट परिचालन

काठमाडौँ - ट्राफिक प्रहरीले सरकारी भाडादर लागू नगर्ने सार्वजनिक सेवाका सवारीसाधनलाई कारबाही गर्ने भएको छ । पहिलो चरणमा उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा अनुगमन गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अनुगमनका लागि ४० युनिट परिचान भइसकेका छन् । प्रत्येक युनिटले प्रत्येक दिन कम्तीमा १० वटा गाडी अनुगमन गर्ने महाशाखाको योजना छ । एकै दिन चार सयवटा गाडीमा भाडादर लागू भए/नभएको सूचना संकलन हुनेछ । भाडादर लागू नभएका सवारीसाधनलाई ट्राफिक प्रहरीले तत्कालन पाँच सयदेखि १५ सय रुपैयाँसम्म कारबाही गर्नेछ ।

महाशाखा प्रमुख एसएसपी भीम ढकालले उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा ...


आज सरस्वती पूजा : विद्यार्थी र 'कलमजीवी'को लागि उत्सवको पर्व

काठमाडौं - प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ। देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ।

ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजाआजा गरिन्छ । हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान ...


नेकपा संगठनात्मक प्रतिवेदनको सार : गुटबन्दी मौलायो, जिम्मेवारी 'राम्राले भन्दा हाम्राले' पाए !

काठमाडौं - बुधबारदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्दै पार्टीमा गुटबन्दी घोषित र प्रत्यक्ष बन्दै गएको बताएका छन्।
प्रतिवेदनको ‘पार्टीको आन्तरिक जीवनमा देखापरेका समस्याहरू’ भन्ने खण्डमा उनले विभिन्न कोणबाट नेकपाभित्रको समस्या केलाएका छन्।

‘हाम्रो सामू गुटबन्दीलाई संस्थागत गर्ने र पार्टीलाई गुटहरूको फेडरेशन बनाउने वा गुटबन्दीलाई समाप्त गर्ने र संस्थागत ढंगले तय गरिएका विधि, नीति र निर्णयका आधारमा पार्टीलाई एकताबद्ध तुल्याउने भन्ने प्रश्न ज्वलन्त बनेर उपस्थित भएको छ’, उनले भनेका छन्।

प्रस्तुत छ, पौडेलद्वारा प्रस्तुत प्रतिवेदनको ‘पार्टीको आन्तरिक ...


नेकपा केन्द्रिय कमिटि बैठक : ३३ पाने राजनीतिक प्रतिवेदनका मुख्य ११ बुँदा

काठमाडौं - २० महिनापछि बसेको नेकपाको केन्द्रिय कमिटिको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको संयुक्त राजनीतिक प्रतिवेदन चीनप्रति लचिलो र अमेरिकाप्रति आक्रामक देखिएको छ।

यस अगाडि प्रमुख प्रतिपक्षीप्रति आक्रामक बन्ने गरेको नेकपाको राजनीतिक प्रतिवेदनमा यस पटक नेपाली कांग्रेसप्रति लचिलो देखिएको छ। कांग्रेस पूँजीवादी वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएको, ढुलमुले, सम्झौता परस्त र दलाल प्रवृत्तिका कारण आर्थिक, सामाजिक रुपान्तरणको प्रतिनिधित्व गर्न नसक्ने दावी गरिएको प्रतिवेदनमा उसको साथ भने चाहिने उल्लेख छ।

कालापानीका विषयमा सरकार दृढ रहेको र नेपाली भुमी फिर्ता ...


पिपुल्स लिगल एसोसियट्सले एनआरएनलाई निशुल्क कानूनी परामर्श दिने

काठमाडौँ - गैर आवासिय नेपाली संघ र पिपुल्स लिगल एसोसियट्स बीच गैर आवसिय नेपालीलाई कानूनी परामर्श दिने विषयमा सम्झौता भएको छ । १५ माघ २०७६ मा आयोजित कार्यक्रममा गैर आवसिय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त कुमार दवाडी र पिपुल्स लिगल एसोसियट्सका प्रबन्ध निर्देशक अधिवक्ता रामचन्द्र पौडेल ( आरसी विमल ) ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार गैर आवसिय नेपाली संघका सदस्यलाई पिपुल्स लिगल एसोसियट्सले निशुल्क कानूनी परामर्श दिनेछ ।

कार्यक्रममा उपस्थीत नेपाल बार एसोसियसनका महासचिव लिलामणी पौडेलले अनुभवी व्यक्तीहरुले सञ्चालन गरेको ...


एमसिसीबारे बोले प्रधानमन्त्री : यो सैन्य रणनीति हैन, अब पारित हुन्छ

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी कुनै सैन्य वा इन्डोप्यासिफिक रणनीति नभएको दावी गरेका छन्।

केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले एमसिसी अस्ति नै पारित हुनपर्नेमा अनावश्यक ढिलाई भएको बताए। ‘यो नेपालको विकासका लागि नेपालको कानुनको र स्वाभिमानभित्रै रहेर गरिएको सम्झौता हो,’ उनले भने, ‘यो इन्डोप्यासिफिकसँग जोडिँदैन। हामी आफ्नो इन्ट्रेस्टका पक्षमा कुद्‌ने हो। अरुका निम्ति हामी कुद्‌ने होइन।’

उनले अबको संसद्‌बाट छिटै यो पास हुने बताए। ‘अरुका के चाहाना छन् भनेर हामी जाँदैनौ। हाम्रो स्वाभिमानमा यसले केही प्रभाव पार्दैन,’ उनले भने, ‘दुई देशका बीचमा ...


निर्धारित मितिमै स्ववियुको निर्वाचन गराउन तात्यो त्रिवि !

काठमाडाैं - त्रिभुवन विश्वविद्यालयले निर्धारित मितिमै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न तयारी तीव्र पारेको छ। निर्वाचनको तयारीस्वरुप त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालको संयोजकत्वमा रहेको निर्वाचन कमिटीले मंगलबार विद्यार्थी संगठनसँग छलफल गरेको छ।

सो क्रममा प्रस्तावित निर्वाचन कार्यतालिकाका साथै आचारसंहिताबारेमा छलफल भएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए। 'त्रिविले तोकिएको मितिमै निर्वाचन गर्नेगरी छलफल गरेको हो', उनले भने, 'छलफलले विद्यार्थी संगठनका तर्फबाट निर्वाचन कार्यतालिका सम्बन्धमा केही सुुझाव भए एक/दुुई दिनभित्र उपलब्ध गराउने निर्णय गरेको छ।'

बैठकमा नेपाल विद्यार्थी संघ बाहेक अनेरास्ववियुका संयोजक ऐन महर, अनेरास्ववियु (छैठाैं) अध्यक्ष ...


'एमसीसी' पारित गर्न देउवा र ओली दुबैको जोडबल !

काठमाडौं - प्रतिनिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी कांग्रेसले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी जस्ता सम्झौताबाट विकासको गति अघि बढ्ने संकेत गर्दै विकास निर्माणका लागि राजनीतिक दलबीच एकताको आवश्यक रहेको बताए।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पनि एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने बताए। संसद् बैठकको सुरुमा बोल्दै प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीले गर्नुपर्ने बाँकी काममा विलम्ब नगरी अघि बढ्नुपर्ने बताए। सभामुख चयनमा विलम्ब भए पनि अब विलम्ब गर्न नहुने उल्लेख गर्दै उनले भने, ‘नेपाल सरकार ...


अख्तियारमा उजुरी परेपछि आठ लाख घुस सेवाग्राहीको बैंक खातामा फिर्ता

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गुठी संस्थानका प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीविरुद्ध आठ लाख रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । मिलेमतोमा गुठीको जग्गा गुठीमै दर्ता गरिदिने बहानामा आठ लाख रुपैयाँ घुस लिएको आरोपमा उनीहरूविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । काठमाडौं महानगरपालिका–१ मा रहेको जग्गासम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाका बारेमा गुठीको जग्गा गुठीमै कायम गरिदिने भन्दै उनीहरूले घुस लिएका थिए । घुस लिएको आरोपमा आयोगले दुवैजनालाई गत १ पुसमा पक्राउ गरेको थियो ।

चौधरी र रेग्मीले घुस लिएको सम्बन्धमा अख्तियारमा उजुरी ...


सभामुखको मुद्दामा ३० दिनभित्र विवरण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं - सभामुख अग्नि सापकोटामाथि अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको कर्तव्य ज्यान मुद्दाको प्रगति विवरण एक महिनाभित्र पेस गर्न सर्वोच्च अदालतले समय दिएको छ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले २०६८ असार ७ गते जारी भएको अन्तरिम आदेश कार्यान्वयनको स्थिति र मुद्दा तथा अनुसन्धान अवस्थाबारे जानकारी गराउन ३० दिनको समय दिएको हो। सो अवधिभित्र विवरण पेस गर्न गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय काभ्रेलाई आदेश गरेको हो।

सभामुखको रुपमा काम रोक्न माग भएको रिटमा दुई दिन सुनुवाई गर्दै मल्लको इजलासले अनुसन्धानको फाइल मगाउने आदेश जारी गरेको हो।

अधिवक्ता ...


जेष्ठ नागरिकको स्वास्थ्य बारे जनप्रतिनिधिको चिन्ता


दिवाकर पोख्रेल
देउखुरी, माघ । जेष्ठ नागरिकको स्वास्थ्य अवस्था बारे जनप्रतिनिधिले चासो देखाउन थालेका छन् । बढ्दो चिसो मौसम र जाडोलाई मध्यनजर गर्दै पछिल्ले पटक वडा कार्यालयबाट न्यानो कपडा वितरण कार्यक्रम शुरु भएको छ भने जेष्ठ नागरिकको निशुल्क आँखाको चेकजाँच पनि थालिएको छ । दाङको लमही नगरपालिकाले यो कामको शुरुवात समेत गरेका छन् ।
यसैक्रममा दाङको लमही नगरपालिका वडा नम्बर ६ ले जेष्ठनागरिक सम्मान कार्यक्रम अन्तरगर्त फाइवर सिरक वितरण र आँखाको निशुल्क चेकजाँच समेत गरेको छ । वडा कार्यालयको तीन लाख ...


राष्ट्रियसभामा रिक्त पदका लागि सातै प्रदेशमा मतदान जारी !

काठमाडौं - राष्ट्रियसभामा रिक्त पदका लागि सातै प्रदेशका विभिन्न मतदान केन्द्रमा पुगेर मुख्यमन्त्री लगायतका मतदान गरेका छन्। बिहान १० बजे सुरु भएको मतदान दिउँसो ४ बजे समापन हुनेछ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको तालिका अनुसार प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदान सुरु भएको हो।

प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवन, बागमती प्रदेशमा ललितपुर महानगरपालिका ४ वडासमितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीमा मतदान सुरु भएको जानकारी आयोगले दिएको हो।

प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको जिल्ला निर्वाचन ...


मृत्युदण्डलाई जितेर साउदीबाट स्वदेश फर्किएका उमेश यादव !

काठमाडौं - ‘मलाई बाँचेर नेपाल फर्कन्छु भन्ने थिएन’, १४ वर्ष साउदी जेलमा बिताएर आएका उमेश यादवले पहिलो वाक्यमै भने। मृत्युदण्डको सजाय पाएका उमेश ३० लाख रुपैयाँ ब्लड मनी तिरेर बुधबार नेपाल आइपुगेका हुन्।

यादवलाई पाकिस्तानी सहकर्मी मोहमद लकिफ बसिरको हत्या गरेको आरोपमा साउदी अरबको अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो।

धनुषाका उमेश २५ वर्षको उमेरमा परिवार धान्न समस्या भएका कारण साउदी हानिएका थिए। सन् २००६ मा साउदी पुग्दा उनले लेवर काम पाएका थिए। काम पानीको पाइपलाइनमा थियो। काम गर्न थाले। एक महिना लगभग हुन लागेको थियो। सहकर्मी सिँढीमा ...


नेकपामा गुटबन्दीको चक्रब्युह !

काठमाडाैँ - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत मंसिर २९ गते बसेको स्थायी कमिटी बैठकमा पार्टीभित्र गुटबन्दी मौलाएको उल्लेख गरे। त्यसको दुई महिनापछि पार्टीको संगठन विभागले नेतृत्वविरुद्ध गुटबन्दी गर्न नपाइने भन्दै नेता–कार्यकर्तालाई निर्देशन जारी ग-यो। तर राजनीतिक प्रतिवेदनमा गुटबन्दी अन्त्यका लागि वैधानिक व्यवस्था गर्न प्रस्ताव राख्ने दुई अध्यक्ष र सचिवालयका सदस्य तथा गुटबन्दी नगर्न निर्देशन दिने नेताहरू नै गुटबन्दीमा लागेका छन्।

अध्यक्ष दाहालले स्थायी कमिटी बैठक चलिरहेको अवस्थामा पूर्व माओवादी समूहका नेताहरूलाई खुमलटारमा बोलाएर बैठक गरे। स्थायी कमिटी ...


बिरोधका बिच नै  सरकारले अघि बढायो एमसीसी परियोजना !

काठमाडौं - अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले दिने ५० करोड अमेरिकी डलर अनुदान स्वीकृत गर्ने-नगर्ने बहसले राजनीतिक वृत्त तातिरहेका बेला सरकारले एमसीसीका परियोजना कार्यान्वयन गर्न आयात गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरेको छ। सूचीमा ७ लाख ५३ हजार अमेरिकी डलर बराबरका सामग्री, उपकरण र सवारीसाधन छन्।

मिलेनियम च्यालेन्ज कम्याक्ट सम्झौता संसद्मा अनुमोदनका लागि दर्ता भएसँगै यो अनुदान सहायतालाई लिएर सत्तारुढ दल नेकपाभित्र तीव्र मतभेद छ। पार्टीभित्र रहेको मतभेदबीच सरकारले एमसीसीअन्तर्गतका परियोजनाका लागि आयात गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरेको छ। सन् २०१७ सेप्टेम्बर २० मा ...


राष्ट्रिय सभाका १८ सदस्यका लागि निर्वाचन आज

काठमाडौं - राष्ट्रिय सभामा रिक्त पदका लागि आज सातै प्रदेशमा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले सात प्रदेशमा मतदान हुने स्थान बुधबार सार्वजनिक गरेको थियो। आयोगका अनुसार प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदान हुनेछ। प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृती भवन, वागमती प्रदेशमा ललितपुर महानगरपालिका ४ वडासमितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीमा मतदान हुनेछ।

प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माध्यमिक विद्यालयमा केन्द्र तोकिएको ...


हिसाब फरफारक नगर्ने धनुषाका १३ स्थानीय तहको अनुदान कटौती

धनुषा - यहाँका १३ स्थानीय तहको अनुदान कटौती भएकाे छ। स्थानीय तहले राजस्व नबुझाएको, समयमा लेखापरीक्षण र परिषद् नगरी लापरबाही गरेका कारण कारवाही स्वरूप अनुदान कटौती गरिएको बताइएको छ। जिल्लामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका रहेकोमा जनकपुरधामसहित १३ स्थानीय तहलाई कारवाही स्वरुप अनुदान कट्टा गरिएको हाे।

प्रदेश २ कोष लेखा तथा नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विनोद गेलालका अनुसार वित्तीय व्यवस्था ऐनमा नबस्ने र समायोजन भएका कर्मचारीलाई हाजिरी हुन नदिने कतिपय स्थानीय तह पनि कारवाहीमा परेको छन्। कोलेनिका प्रमुख गेलालका अनुसार जनकपुरधाम उपमहानगरपालिका, मिथिला नगरपालिका, ...


नेपालमा अवैध रूपमा बस्दै आएका अमेरिकी पक्राउ

काठमाडौँ - पासपोर्ट फालेर यसरी नेपालमा बस्दै आएका एक अमेरिकी नागरिक सोमबार काठमाडौंमा पक्राउ परेका छन् । गाँजा खाएर होहल्ला गरेको अवस्थामा अमेरिकी नागरिक हेनी योङलाई पर्यटक प्रहरीले पक्राउ गरेर अध्यागमन विभागमा बुझाएको छ । उनी अवैध रूपमा नेपालमा बस्दै आएको र पासपोर्टसमेत नभेटिएको अध्यागमन विभागका अधिकृत वैकुण्ठ रेग्मीले बताए ।

यसरी नेपालमा अवैध रूपमा लामो समय बस्ने उनी एक्ला अमेरिकी होइनन् । सन् २०१९ मा नेपालमा भिसाको अवधि सकिएर अवैध रूपमा बस्दै आएका २३ जना अमेरिकी नागरिकलाई सरकारले निष्कासन गरेको छ । एक वर्षमा नेपालमा पर्यटकहरूले एक सय ५० दिन ...


कुन दलले पाउला उपसभामुख पद ?

काठमाडौँ - नेकपाबाट सभामुख हुने भएपछि संवैधानिक व्यवस्थाअनुसार उपसभामुख अर्को दलबाट हुनुपर्छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल राजपाले उपसभामुखमा दाबी गरेका छन् । तर, प्रतिनिधिसभामा बहुमत भएकाले नेकपाको निर्णय नै निर्णायक हुनेछ ।

राष्ट्रिय सभा निर्वाचनमा तालमेल तथा अन्य विषयमा समेत सहकार्य गर्दै अघि बढ्ने समझदारी भएकाले उपसभामुखमा नेकपाको समर्थन हुने राजपा नेताहरूको विश्वास छ । नेकपा र राजपाका शीर्ष नेताहरू निरन्तर अनौपचारिक छलफलमा छन् । नेकपाबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल तथा राजपाबाट अध्यक्ष मण्डलका नेताहरू महन्थ ठाकुर ...


भारतका प्रधानमन्त्री आगामी पुष भित्र नेपाल भ्रमणमा आउने

काठमाडौँ - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो वर्ष (आगामी पुसभित्र) नेपाल भ्रमण गर्ने बताएका छन् । विराटनगरमा भारतीय सहयोगमा निर्मित एकीकृत जाँचचौकी (आइसिपी) उद्घाटनपछि भिडियो कन्फरेन्सलाई मंगलबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले निमन्त्रणा सम्झाए । मोदीले नेपाल भ्रमणको कार्यक्रम बनाइरहेको जवाफ दिए । नेपालले २० देखि २२ सम्म गर्न लागेको अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवाद कार्यक्रम र आगामी वैशाख २५ गते बुद्ध जयन्तीमध्ये एक अवसरमा मोदीको भ्रमण गराउने इच्छा व्यक्त गरेको छ ।

‘भारतका प्रधानमन्त्रीज्यूलाई नेपाल भ्रमणका लागि स्ट्यान्डबाई निमन्त्रणा छ । उहाँले २०२० भित्र आउने भन्नुभएको छ । उहाँले सगरमाथा संवाद ...


सरकारमा जान राजापा नेतृत्वको गोप्य भेटवार्ता

काठमाडौं - राष्ट्रिय जनता पार्टी राजपाका नेताले सरकारसँग बढाएको निकटाप्रति दोस्रो तहका नेताहरु सशंकित बनेका छन्। आफ्ना एजेण्डा छाडेर अध्यक्ष मण्डलका नेता सरकारमा जाने तयारीमा लागेको भनी उनीहरुले ध्यानाकर्षण गराएका छन्।

मंगलबार राजपाका ५ नेताले हस्ताक्षर गरेको पत्र अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवलाई बुझाएका छन् । मंगलबार संसदीय दलको कार्यालय पुगी वरिष्ठ उपाध्यक्ष द्वय सर्वेन्द्रनाथ शुक्ला र बृषेशचन्द्र लालले संयोजक यादवलाई पत्र बुझाएको लालले जानकारी दिए। पत्रमा शुक्ला र लालका साथै उपाध्यक्ष गोविन्द चौधरी रमेशप्रसाद यादव र महासचिव विजयकुमार सिंहले हस्ताक्षर गरेका छन् । पार्टीमा ...


उखु किसानले भुक्तानी पाएनन्, उद्योगीलाई कडा कारबाहीको तयारीमा सरकार !

काठमाडौं - चिनी मिलले सम्झौता पालना गरेका भए मंगलबार (माघ ७) भित्र उखु किसानले पुरानो बाँकी सबै भुक्तानी पाउनुपथ्र्यो। सरकारले दिलाएको विश्वासपछि त्यही आसमा उनीहरू आन्दोलन त्यागेर पुस १८ मा जिल्ला फर्किएका थिए। तर, गरिब किसान फेरि जिल्याइए।

आठ चिनी उद्योगले किसानलाई १ अर्ब २ करोड रुपैयाँ दिन बाँकी छ। आफैंले तोकेको म्यादमा जम्मा ३ उद्योगले १६ करोड १४ लाख रुपैयाँ मात्रै उपलब्ध गराएको उद्योग विभागले जनाएको छ।

‘हामीले जति प्रयास गरे पनि उद्योगीहरू अटेर गरी सम्पर्कमै आउन मानेनन्’, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ...


हिसाब फरफारक नगर्ने धनुषाका १३ स्थानीय तहको अनुदान कटौती

धनुषा - यहाँका १३ स्थानीय तहको अनुदान कटौती भएकाे छ। स्थानीय तहले राजस्व नबुझाएको, समयमा लेखापरीक्षण र परिषद् नगरी लापरबाही गरेका कारण कारवाही स्वरूप अनुदान कटौती गरिएको बताइएको छ। जिल्लामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका रहेकोमा जनकपुरधामसहित १३ स्थानीय तहलाई कारवाही स्वरुप अनुदान कट्टा गरिएको हाे।

प्रदेश २ कोष लेखा तथा नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विनोद गेलालका अनुसार वित्तीय व्यवस्था ऐनमा नबस्ने र समायोजन भएका कर्मचारीलाई हाजिरी हुन नदिने कतिपय स्थानीय तह पनि कारवाहीमा परेको छन्। कोलेनिका प्रमुख गेलालका अनुसार जनकपुरधाम उपमहानगरपालिका, मिथिला नगरपालिका, ...


तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी

काठमाडाैँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने आश्वासन दिएका छन्। उपसभामुख पदबाट राजीनामा दिनुअघि सोमबार बिहान बालुवाटारमा बोलाएर दुवै अध्यक्षले उनलाई नयाँ जिम्मेवारीको आश्वासन दिएका हुन्।

दुई अध्यक्षले संसदीय दलका उपनेता सुवास नेम्बाङ र पार्टी महासचिवलाई समेत सँगै राखेर आश्वसन दिएको स्रोतले बतायो। दुई अध्यक्षसँगको भेटपछि तुम्बाहाम्फेले पदबाट राजीनामा दिएकी हुन्। बालुवाटारबाट नेम्बाङसँगै फर्केकी तुम्बाहाम्फे लामो समयसम्म उनैसँग छलफलमा बसेकी थिइन्।

पार्टी महासचिव विष्णु पौडेलले तुम्बाहाम्फेलाई केन्द्रीय सदस्यको जिम्मेवारी ...


कृषिको एक अर्ब अनुदान जम्मा १० निजी कम्पनीलाई, साना किसान हेरेको हेर्यै !

काठमाडौँ - प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनुकूल कार्यविधि बनाएर पहुँचका आधारमा एकै व्यक्तिलाई साढे ११ करोडसम्म बाँडिएको छ । ७० प्रतिशत सरकारी लगानीमा निर्माण हुने संरचनाको शतप्रतिशत स्वामित्व भने व्यक्तिको हुन्छ । वितरित रकममा अनियमितता भएको भन्दै अख्तियारले छानबिन थालेको छ । नेता र निकट व्यापारीसँग सम्झौता गर्ने परियोजनाका आठ कर्मचारी भ्रष्टाचार मुद्दामा निलम्बित छन् ।

परियोजनाले झापा, मोरङ, सुनसरी, सर्लाही, धनुषा, नुवाकोट, धादिङ, कपिलवस्तु, बाँके र कैलालीका दश कम्पनीसँग एक अर्ब ६ करोेडको सम्झौता गरेको छ । शीतभण्डारको भौतिक पूर्वाधार निर्माण तथा मेसिनरी उपकरण खरिद र जडानका लागि सरकारले ...


'घर पुनर्निर्माण हुन नसकेको भए हामीलाई भन्नुस' : सुशील ज्ञवाली

काठमाडाैं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कुनैपनि नागरिकको घर पुनर्निर्माण हुन नसकेको भए प्राधिकरणमा जानकारी गराउन आग्रह गरेका छन्।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सोमबार काठमाडौंमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडीतहरुको प्रश्नको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कसैको घर बन्न नसकेको भए के कस्तो समस्या भएको हो जानकारी गराउन आग्रह गरेका हुन्। उनले भने ‘हामीले अहिलेसम्म जनतालाई घर बन्ने कुरामा प्रोरित गरिराखेका थियौं घर बनाउनुस् भनिराखेका थियौं। हामीले पटकपटक अवसर दिइराखेका छौं। तर, अब प्राधिकरणको आफ्नै समय अवधि पनि छैन हामीले धेरै ...


सभामुखकाे टुंगाे लगाउन कांग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै

काठमाडाैं - नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान ९ बजेका लागि बोलाइएको छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने कांग्रेसले जनाएकाे छ।

बैठकमा प्रतिनिधिसभाकाे सभामुख र उपसभामुख उम्मेदवार चयन, निर्वाचनमा दलहरुसंँग सहकार्यलगायतका विषयमा छलफल हुने बताइएको छ। कांग्रेस सचेतक पुष्पा भुसालले उम्मेदवारी दिने/नदिने र उम्मेदवारलाई समर्थन जुटाउन दलहरुसँग सहकार्य गर्ने विषयमा छलफल गर्न संसदीय दल कार्यसमितिकाे बैठक बोलाइएको जानकारी दिइन्।

संसदीय दल कार्यसमितिमा ३० सांसद छन्। निर्वाचनपछि दलको कार्यसमितिको बैठक पहिलो पटक बोलाइएको हाे।

...

प्रस्तावित सभामुख अग्नि सापकोटा विरुद्ध सर्वोच्चमा ३ थान मुद्दा !

काठमाडौं - पुस २५ गते संवैधानिक इजलासमा नेकपा नेता अग्नि सापकोटाको मुद्दामा अन्तिम सुनुवाइ हुने पेसी एक साता अघि नै तय भएको थियो।

सापकोटाको मुद्दा अन्तिम किनारा लगाउन सुनुवाइ भइरहेकै बेला संघीय संसद्तिर भने सभामुखको खोजी चलिरहेको थियो। पुस २५ गतेको पेसी एकाएक स्थगित भएको सूचना आयो। अदालतबाटै मुद्दा स्थगित भएपछि अर्को सुनुवाइ माघ २२ गतेका लागि तोकिएको छ।

माघ २२ को सुनुवाइ हुनुअघि नै सापकोटाले प्रतिनिधिसभाको सभामुखमा सपथ लिई जिम्मेवारी सम्हाल्ने देखिन्छ।

नेकपाका तत्कालीन सभामुख कृष्णबहादुर महरा आफ्नै कार्यालयकी महिलालाई बलात्कार प्रयास गरेको अरोपमा जिल्ला अदालत काठमाडौंबाट ...


अग्निलाई सभामुख बनाउन गौतम निवासमा के-के भएको थियो सहमति ?

काठमाडौं - सभामुखका लागि नेकपाभित्रको रस्साकस्सी सकिएको छ। सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटालाई सभामुखका रुपमा अघि सार्ने नेकपा सचिवालयको निर्णयसँगै सभामुखको विवाद सकिएको हो।

पूर्व एमाले, वर्तमान उपसभामुख र पूर्व माओवादी पक्षबीचको लामो शक्ति संघर्षपश्चात् सापकोटा सभामुख पद हासिल गर्न सफल भएका हुन्। पूर्व एमालेकै आफूअनुकुल व्यक्तिलाई संसदको जिम्मा लगाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाले नेकपामा सभामुखको उम्मेदवार टुंगो लगाउन सकस परेको थियो।

तर, पूर्व माओवादी नेताहरुको निरन्तर खबरदारीका कारण अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको चाहनाअनुसार निर्णय लिन अस्वीकार गरिरहे। पार्टी एकीकरणको समयमा शक्ति सन्तुलन मिलाउँदा सरकारको नेतृत्व ...


किन दिए वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले राजीनामा ?

काठमाडौं - नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्। आइतबार अध्यक्ष खरेलले राजीनामा दिएका हुन्। उनलाई भदौ २७ गते संचालक समिति सदस्यमा नियुक्त गरिएको थियो। लगत्तै भदौ ३१ गते मन्त्रिपरिषद् बैठकले खरेललाई निगमको कार्यकारी अधिकार प्रयोग गर्ने गरी कार्यकारी अध्यक्षको जिम्मेवारी दियो।

किन दिए खरेलले राजीनामा?
खरेलले निगमको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको कार्ययोजनामा निगमसँग रहेका सबै जहाज प्रभावकारी रुपमा उडाउने प्रतिबद्धता जनाएका थिए। त्यस्तै दुर्गमका सबै विमानस्थल संचालनमा ल्याउने समेत उनको प्रतिबद्धता थियो। तर यी प्रतिबद्धता पूरा गर्न नसकेको भन्दै ...


प्रतिनिधिसभाको बैठक आज, सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ने !

काठमाडौं - प्रतिनिधिसभाकाे बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बस्न लागेकाे हाे। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख उम्मेदवारको टुंगो लगाउन नसक्दा यसअघि बैठक पटकपटक स्थगित भएकाे थियाे। पुस ११, १६ र २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएकाे थियाे।

नेकपाले हिजाे सभामुखकाे उम्मेदवार टुंगाे लगाएपछि आज बैठक बस्ने निश्चित भएको हो। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा यसअघि पुस ११ गतेको बैठककै लागि तय गरिएको कार्यसूची रहने सम्भावना छ। आजको बैठकको पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका बनाउनु हो। सभामुख ...


वायुसेवा निगमका  कार्यकारी अध्यक्ष मदन खरेलद्वारा राजीनामा

काठमाडौं - नेपाल वायुसेवा निगम कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्। आइतबार अध्यक्ष खरेलले राजीनामा दिएका हुन्। उनलाई भदौ २७ गते संचालक समिति सदस्यमा नियुक्त गरेको थियो।
लगत्तै भदौ ३१ गते मन्त्रिपरिषद् बैठकले खरेललाई निगमको कार्यकारी अधिकार प्रयोग गर्ने गरी उनलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो।

खरेलले निगमको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओली समक्ष बुझाएको कार्ययोजनामा निगमसँग रहेका सबै जहाज प्रभावकारी रुपमा उडाउने प्रतिबद्धता जनाएका थिए। त्यस्तै दुर्गमका सबै विमानस्थल संचालनमा ल्याउने समेत उनको प्रतिबद्धता थियो।

खरेलको विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ...


अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो।

बैठकमा सहभागी भएर बाहिरिने क्रममा पार्टीका महासचिव समेत रहेका विष्णु पौडेलले सापकोटालाई सभामुख पदमा उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको बताए। 'सभामुख पदका लागि दलका तर्फबाट धेरै आकांक्षीहरू हुनुहुन्थ्यो। त्यसमध्ये सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय सर्वसहमतिका साथ गरिएको छ,' पौडेलले भने।

उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएर सहयोग गर्ने अपेक्षा पार्टीले लिएको समेत उनले बताए। डा ...


असाहलाई बाँड्न कपडा घर


दिवाकर पोख्रेल
देउखुरी, । तपाइको घरमा आफुलाई कपडा साना या ठूलो भएर कतै खेर त गएको छैन । यदि त्यस्तो छ भने त्यस्तो कपडाले कसैको शरिर । ढाकिन सक्छ । जाडोमा काठिएर हिंडने असाहले साहेता पाउन सक्छ । यहाँहरुलाई पनि धेरै भएको, शरिरमा फिट नभएको वा नयाँ कपडा नै निशुल्क दिन चाहनेहरुकै लागि लक्षित गरेर दाङको लमहीमा कपडा घर संचालनमा ल्याइएको छ ।
लमहीको बसपार्कमा स्थानीय वडा पालिका,सामाजिक स.थको सहयोगमा उक्त कपडा घर संचालनमा ल्याइएको हो । एम्नेस्टी इन्टरनेसनल लमही युथ नेटबर्कमा पहलमा ...


'यसकारण सल्लाहमै  त्रिशूलीमा हाम फाल्यौं’

धादिङ - काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ थानकोटका विनय लामिछानेले ऋणले अत्तालिएपछि पत्नीसँग सल्लाह गरी सामूहिक आत्महत्याका लागि परिवारै त्रिशूली नदीमा हेलिएको बताएका छन्। खोलाबाट सकुशल उद्धार गरिएका लामिछानेलाई उद्धृत गर्दै उनले प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले आठ÷दस दिनअघि पत्नीसँग सल्लाह गरी छोराहरूसहित मर्ने योजना बनाएको जानकारी दिए। पत्नी जमुना लामिछानेले पनि सँगै मर्ने बताएपछि बिहीबार साँझ दुई छोरासहित लामिछाने दम्पती त्रिशूलीमा हाम फालेका थिए।

संयोगले बाँचेका विनय अहिले इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा छन्। प्रहरीलाई दिएको बयानमा उनले पछिल्लो सात÷आठ वर्षदेखि सेयर र कमोडिटी मार्केटमा लगानी गर्दै आएको ...


को-को छन् आइजिपीको दौडमा ?

काठमाडौं - नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बन्न दौडधुप सुरु भएको छ। यही माघ २९ देखि महानिरीक्षक सर्वेन्द्र खनालले सेवाबाट अवकाश पाउँदैछन्। आइजिपी खनाल र तीन एआइजिपी पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतले एकसाथ अवकाश पाउने भएपछि फेरि पनि डिआइजीबाटै नयाँ आइजिपी बनाउनुपर्ने अवस्था आएको छ।

यसअघि पनि सरकारले डिआइजीबाटै आइजिपी नियुक्त गरेको थियो। नेपाल प्रहरीमा अहिले तीन एआइजी छन्। अवकाश पाउन लागेका एआइजिपी खनालका ब्याची हुन्। आइजिपी र तीन एआइजीसँगै १८ प्रहरी नायब महानिरीक्षक (डिआइजी) ले पनि सेवाबाट अवकाश पाउँदै छन्। खनाल, कार्की, राई र ...


नेपाल ल क्याम्पसको भर्ना विवादले शैक्षिक सत्र नै खेर गयो !

काठमाडौं - नेपाल ल क्याम्पसमा एलएलबी (स्नातक) प्रथम वर्षमा विद्यार्थी भर्नासम्बन्धमा देखिएको विवादबारे उच्च सरकारी अधिकारीले चिन्ता व्यक्त गरेका छन्। प्रवेश परीक्षामा सहभागी सबैलाई भर्ना गर्नुपर्ने विद्यार्थीको माग र तीन सयभन्दा बढी विद्यार्थी भर्ना गर्न नसक्ने प्रशासनको अडानका कारण यहाँ एलएलबीको प्रवेश परीक्षा हुन सकेको छैन। विवाद नभएको भए गत वैशाखदेखि नै पढाइ सुरु हुनुपर्थ्यो।

समयमै विद्यार्थी भर्ना हुन नपाएपछि एलएलबी प्रथम वर्षको एक शैक्षिक सत्र नै खेर गएको छ। विद्यार्थी नभएपछि शिक्षक खाली हात बस्नुपरेको छ। नौ महिनादेखिको विवाद साम्य नभएपछि बिहीबार महान्यायाधिवक्ता कार्यालयमा समस्या ...


बेपत्ता कोरियाली पर्यटक अझै सम्पर्कमा आएनन, अलपत्र ११० जनाकाे उद्धार

कास्की - भारी हिमपातका कारण अन्नपूर्ण आधार शिविरमा बेपत्ता पर्यटकको खोजी कार्य जारी रहेको उद्धारकर्ताहरुले बताएका छन्। बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोका कारण घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक बेपत्ता भएका थिए।

उनीहरु अहिलेसम्म सम्पर्कमा आएका छैनन्। कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले हिम पहिरो भन्दा पनि ढिस्को आएको र बेपत्ता पर्यटकको खोजीकार्य जारी रहेको बताए। ‘हिम पहिरो आएको भनिएको छ, सत्य होइन,’ कुँवरले भने, ‘हिउँको ढिस्को आएको हो। बेपत्ता भएकाहरुको खोजकार्य जारी छ।’

भारी हिमपात भएकाले बेपत्ता भनिएका ...


शैक्षिक योग्यता बढाउँदै मुक्त कमलहरी


दिवाकर पोख्रेल
देउखुरी,माघ । कुनै समय अर्काको घरमा काम गरेर जीवन बिताएका पुर्व कमलहरीहरुले आफ्नो शैक्षिक योग्यताको विकास गर्न थालेका छन् । कमलहरी जीवन त्यागेसंगै आफुले निर्णय लिने स्वतन्त्रता पाएका पुर्व कमलहरीहरु सामान्य मात्र नभएर उच्च शिक्षामा अध्ययन गर्न थालेका हुन । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको पहलमा पुर्व कमलहरीहरुले शिक्षा क्षेत्रमा प्रगती गर्न थालेका छन् । लमही नगरपालिका सतवरिया निवासी विष्णु चौधरी पुर्व कमलहरी हुनुहुन्छ । उहाँले शिक्षा संकायमा स्नाकोत्तर तहसम्मको अध्यन पुरा गरिसक्नुभएको छ । फेरी उहाँले अहिले कानुन विषय लिएर स्नातक ...


लमही जेसिजमा महिला नेतृत्व

लमही जेसिजको बर्ष २०२० को अध्यक्षमा सपना पाण्डे निर्वार्चित हुनु भएको छ । लमही जेसिजका वर्ष २०१९ का अध्यक्ष शिवशंकर गुप्ताले नव निर्वाचित अध्यक्ष सपना पाण्डेलाई पदभार ग्रहण गराउँदै पछिल्लो समय स्थानीय संघसंस्थामा महिला नेतृत्वको अवसर पाउनु सकरात्मक पक्ष भएको बताउनुभयो । सपना पाण्डे लमही जेसीजको नेतृत्व गर्ने दोस्रो महिला हुनुहुन्छ । यस अघि बर्ष २००३ मा लमहीकै शुसिला शर्मा लमही जेसीजको अध्यक्ष हुनु भएको थियो । नव निर्वार्चित अध्यक्ष सपना पाण्डेले पदभार ग्रहण गर्दे आगामी दिनमा स्थानीय संघसंस्थामा महिलाको नेतृत्व ल्याउने गरी महिलाहरुको क्षमता ...


अन्नपूर्ण आधार शिविर घुम्न गएका ६ जना पर्यटक सम्पर्कबिहिन

पोखरा - अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका ९ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताउँदै उनले मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत पोखरा ल्याइने जानकारी दिए । अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चारजना कोरियन नागरिक र एक जना गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

मोबाइलको ...


चीनको जन्मदर ७० वर्ष यताकै न्यून, पुरुष भन्दा महिला ३ करोडले कम !

एजेन्सी - चीनको जन्मदर ७० वर्षअघि जनगणतन्त्र चीन स्थापना भएपछिकै सबैभन्दा कम हुन पुगेको छ जबकि अहिले त्यहाँ एउटा मात्र सन्तान जन्माउन पाइने नीति छ। सन् २०१९ मा जन्मदर प्रतिहजार १० दशमलव ४८ थियो जुन सन् १९४९ यताकै सबैभन्दा न्यून रहेको चीनको केन्द्रीय तथ्याङ्क निकायले जनाएको छ।

सन् २०१९ मा जन्मेका शिशुहरूको सङ्ख्या पाँच लाख ८० हजारले घटेर एक करोड ४० लाख ६५ हजार पुगेको थियो। चीनमा धेरै वर्षदेखि जन्मदर घटिरहेको छ जुन उसका लागि चुनौती हुन सक्ने ठानिएको छ।

नीतिमा परिवर्तन
घट्दो जन्मदर रहे पनि मृत्युदर ...


 अमेरिकी दूतावास भन्छ : ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन'

काठमाडौं - काठमाडौंस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति दिएको छ। शुक्रबार दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको छ, ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानुनले कुनै पनि एमसिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ।’

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नै एमसिसी परियोजना, इण्डो प्यासिफिककै अंग भएको भन्दै विरोध भइरहेको छ।

गत मंसिर र पुसमा गरी एक साता बसेको सत्तारूढ नेकपा स्थायी समिति बैठकमा एमसिसीको विषयमा बहस भएको थियो।

। पूर्वमाओवादी पक्षधर स्थायी समिति ...


पशुपति क्षेत्रभित्र निर्माण भएका अवैध संरचना हटाउन ७ दिने समयसीमा

काठमाडौँ - पशुपति क्षेत्रभित्र निर्माण भएका अवैध संरचना हटाउन पशुपति क्षेत्र विकास कोष कस्सिएको छ । सातदिने समयसीमा तोकेर कोष अवैध संरचना हटाउन कस्सिएको हो ।

कोषको अनुमतिबेगर निर्माण भएका संरचनाले पशुपति क्षेत्रभिको सौन्दर्यताका साथै भक्तजन, तीर्थयात्री र पर्यटकको आवागमनमा अवरोध पुगेकाले त्यसलाई हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

त्यस्तै, पशुपति क्षेत्र बाहिर अतिक्रमण गरेर निर्माण भएको संरचना हटाउन पनि कोषले ताकेता गरेको छ । पशुपति क्षेत्रभन्दा बाहिर कतिपयले निजी क्षेत्र अतिक्रमण गरेर टहरा तथा पाली बनाएका छन् । यसरी बनाइएका संरचनाका कारण पैदल ...


सत्य निरूपण र बेपत्ता छानविनसम्बन्धि ऐन संसोधन गर्न दुई प्रमुख दल सहमत

काठमाडौं - सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोगको ऐन संशाेधन गर्न प्रमुख दुई दलबीच सहमति भएको छ। ऐन संशाेधनलागयतको विषयमा टुंगोमा पुग्न प्रधानमनन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस यस्तो सहमतिमा पुगेका हुन्। बैठकमा सहभागी नेकपा नेता खिमलाल देवकोटाका अनुसार ऐन संशाेधनलाई कानुन मन्त्रालयबाट अघि बढाएर चाँडै संसदमा पेश गर्ने र सिफारिस समितिले सिफारिस गरेका नाम स्वीकृत गर्ने सहमति भएको छ।

यही विषयलाई लिएर शुक्रबार पनि दुई दलबीच छलफल भएको थियो। ‘हिजोकै ...


सभामुखको टुंगाे लगाउन ओली–प्रचण्डबीच आज पनि छलफल

काठमाडाैं - सभामुखकाे टुंगाे लगाउन नेपाल कम्युनिस्ट पार्टी (नेकापा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि छलफल हुने भएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफल सकारात्मक भएकोले दुई अध्यक्षबीच छलफल हुन लागेकाे हाे। आजसम्ममा सभामुखको विषयमा टुंगाे लगाउने सहमति भएको छ।

बिहीबारकाे छलफलमा सभामुख निर्वाचनको विषयमा सकारात्मक कुराकानी भएको र संसद् बैठक बस्नुअघि टुंगाे लगाउने सहमति भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

नेकपाले सभामुखको विषय टुंगाे नलगाएका कारण संसद्को बैठक तीनपटक सूचना टाँसेर सारिएको छ। पुस ११, १६ र २७ गते बोलाएको बैठक सभामुखका ...


देशभर मौसममा बदली, उच्च भेगमा हिमपातको सम्भावना !

काठमाडाैं - पश्चिमी न्युन चापीय प्रणालीका कारण काठमाडौंलगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

शुक्रबार (आज) दिनभर देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाले तीन दिनकाे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का हिमपात हुने जनाइएको छ।

पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भने भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुनमान महाशाखाले जनाएकोछ । यस्तै, शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका ...


कर्णालीमा फेरि हिमपात र वर्षा : सञ्चार र हवाई सेवा अबरुद्ध, खानेपानीकाे समस्या

सुर्खेत - कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ। यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा साताैं पटक भएको जनाइएको छ। हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ। हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको स्थानीयले जनाएका छन्। जाजरकोट, रुकुमपश्चिम र कालीकोटको उच्च भागका बासिन्दा चिसोबाट प्रभावित भएका छन्। हिमपात र वर्षाले चिसो बढ्दै गएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालले हिमपातले हुम्लाका नागरिकको दैनिकी निकै सकसपूर्ण बन्दै गएको जानकारी दिए। उनका अनुसार हिमपातको समयमा जिल्लावासीलाई बाहिर नजान र लामो ...


बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट

काठमाडौं - बालुवाटारस्थित ललितानिवास जग्गा काण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा कुकर बम विस्फोट भएको छ । बुधबार साँझ काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोक नजिकै रहेको ढकालको घरमा बम विस्फोट भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

बेलुका ८ बजेतिर ढकालको घरको गेटमा बम विस्फोट भएको हो। बुधबार साँझ काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोक नजिकै रहेको ढकालको घरमा बम विस्फोट भएको थियो।

बेलुका ८ बजेतिर ढकालको घरको गेटमा बम विस्फोट भएको हो।

विस्फोटबाट पार्किङ गरी राखिएको कार र गेटमा क्षति पुगेको छ। घरका झ्यालका सिसा फुटेका छन्। कुनै ...


तत्कालीन भूमिसुधारमन्त्री आचार्यले खोला नै आफ्नो नाममा बनाएर बेचेको खुलासा

काठमाडौँ - ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ । आचार्यले भक्तपुरको हनुमन्ते खोलाको जग्गा ०३१ मै जिल्ला भूमि प्रशासन कार्यालयबाट निर्णय गराई आफ्नो नाममा गराएका हुन् ।

०२१ को नापीले मध्यपुर थिमि नगरपालिका–३ सागबारीस्थित २८ रोपनी तीन आना दुई पैसा जग्गा कित्ता नम्बर १०१२ मा हनुमन्ते खोलाको नाममा दर्ता गरेको थियो । तर, खोलाले धार परिवर्तन गरेको मौका छोपी ३१ वैशाख ०३१ मा आचार्यले खोलाको १७ रोपनी १४ आना आफ्नो नाममा दर्ता ...


'जनयुद्धमा मारिएका ५ हजारको मात्र जिम्मा लिन्छु’: प्रचण्ड

काठमाडौँ - नेकपाका अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी युद्धका बेला मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्र जिम्मा लिने बताएका छन् । गलत तथ्यांक सच्याउन भन्दै दाहालले त्यसबेला मारिएका १२ हजारको जिम्मा त्यस बेलाका राजा र राज्य सञ्चालन गरेकाहरूले लिनुपर्ने बताए।

‘पहिले म तथ्यांक मात्र सच्याउन चाहन्छु। तथ्यांक के भने मैले १७ हजार मान्छे मारेर आएको भन्ने गरिन्छ, यो सत्य होइन, सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मारेका हुन् मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने जिम्मा म लिन्छु’, दाहालले भने, ‘तर राजाहरूले मारेको १२ ...


कहिले टुंगो लाग्छ प्रदेश ५ को नाम र स्थायी राजधानी ?

परासी - प्रदेश ५ को प्रदेशसभा गठन भएको २ वर्ष बित्दा पनि प्रदेशको नाम र राजधानी तोक्न सकस देखिएको छ । आफ्नै दलका नेताबीचको आन्तरिक विवादले प्रदेशको नाम र राजधानी टुंगो लाग्न नसकेको सत्तारुढ दल नेकपाकै नेता र मन्त्रीले बताउँदै आएका छन् । नेताबीच सहमति नहुँदा अन्ततः प्रदेश ३ मा जस्तै पार्टीको केन्द्रीय नेतृत्वले नै हस्तक्षेप गरेर राजधानी तोक्न निर्देशन दिनसक्ने नेकपाका एक नेताले बताए ।

प्रदेश ५ को प्रदेशसभामा नेकपाको दुई तिहाइ छ । शक्तिशाली सरकारले समेत राजधानी तोक्न नसक्दा प्रदेशवासी आक्रोशित छन् । नेकपाका ...


उपसभामुखले छाड्न नमानेपछि विकल्पमाथि छलफलमा गर्दै प्रचण्ड-नेपाल  !

काठमाडौँ - सत्तारुढ नेकपा सचिवालयको निर्णयलाई चुनौती दिँदै उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गरेपछि नेकपाभित्र सम्भावित अर्को कदमबारे छलफल सुरु भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीकै ‘भरोसा’ मा उपसभामुखले राजीनामा दिन अस्वीकार गरेको निष्कर्षमा पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले विकल्पमाथि छलफल गरेका छन् ।

तुम्बाहाङफेको अडानले नेकपाले सभामुख गुमाउने स्थिति आउन सक्ने आँकलनसहित विभिन्न विकल्पबाट अघि बढ्ने विषयमा केन्द्रित रहेर प्रचण्ड र नेपालले छलफल गरेका हुन् । पार्टी निर्णयलाई उपसभामुख तुम्बाहाङफेले अवज्ञा गरेपछि प्रचण्ड र नेपालले आइतबारबाटै जटिलता समाधानमा केन्द्रित रहेर छलफल थालेका ...


हालसम्म ३ हजार ६ सय बढी छाउगोठ भत्काइए

डडेल्धुरा - सुदूरपश्चिममा धमाधम छाउगोठ भत्काउन थालिएको छ। अछाममा छाउगोठमा बसेकी एक महिलाको मृत्यु भएपछि सुदूरपश्चिम प्रहरीले नै छाउगोठ भत्काउने अभियानमा सक्रियता देखाएको छ।

गृहको निर्देशनपछि जिल्ला प्रशासनहरुले प्रहरी तथा स्थानीय जनप्रतिनिधिलाई समेत साथमा लिएर छाउगोठ भत्काईरहेका छन्।

छाउगोठ भत्काउने कामलाई धेरैले सकारात्मक रुपले लिएका छन् भने केही नकारात्मक टिप्पणी पनि गरिएका छन्। छाउगोठ हैन मनको कालो हटाउनु पर्ने अधिंकाश अधिकारकर्मीको बुझाइ छ।

हालसम्म ३ हजार ६ सय ९३ छाउघर भत्काइसकिएको छ। प्रहरी सहितको सहभागितामा प्रदेश ६ र ७ का ती छाउगोठ भत्काइएको हो।

अछाममा अहिलेसम्म भत्काइए १ हजार ...


तारुकामा आज ६५ हल गोरुको भिडन्त

काठमाडाैं - माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडामा आठ, लिखु गाउँपालिका–३ कट्टीछापमा तीन, तादी गाउँपालिका–४ सातबिसेमा दश, शिवपुरी गाउँपालिका–५ शेराबगरको गैरीफाँटमा पाँच हल गोरु आज जुधाउन लागिएको छ।

धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा सात हल गोरु जुधाउन लागिएको आयोजक चमेरे गुफा संरक्षण समाजले जनाएको छ। तारुकामा आयोजित गोरु जुधाइको व्यवस्थापन ‘माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्था’ले गरेको छ। संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीका अनुसार ...


आज माघे सङ्क्रान्ति, विभिन्न समुदायमा यसको भिन्दाभिन्दै महत्व !

काठमाडाैं- आज माघे सङ्क्रान्ति, देशभर हर्षोउल्लासका साथ मनाइँदै छ। शिशिर यामको मध्यसमयमा पर्ने यस दिनले विभिन्न समुदाय र जातिहरुका लागि भिन्दाभिन्दै महत्व बोकेको पाइन्छ।

थारु समुदायले माघीको रुपमा मनाउने यस दिनलाई नयाँ वर्ष मानी शुभकामना आदानप्रदान गर्ने गर्दछन्। मगर, नेवार तथा ब्राह्मण समुदायका लागि पनि यस दिनको गरिमा उच्च छ।

चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर यो पर्व मनाइँदैछ। माघे सङ्क्रान्तिमा खाइने चाकु भने काठमाडाैं उपत्यकाको प्राचीन शहर टोखाको अर्को परिचय बनेको छ।

मकर सङ्क्रान्ति
सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने र यस दिनबाट दिन लम्बिँदै ...


गायक निशान भट्टराईको कार दुर्घटनामा परी निधन

काठमाडाैं - गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ। गएराति दरबारमार्गस्थित वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सिध्याएर घर फर्किने क्रममा गायक भट्टराई दुर्घटनामा परेका थिए।

आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे बताइएकाे छ। गम्भीर घाइते भट्टराईलाई लगत्तै उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो।

भट्टराईकाे निधनबारे विश्वमणि सुवेदी विमसुले फेसबुकमा लेखेका छन्, 'गम्भीर अवस्थामा उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो। तर, चिकित्सकहरुको रातभरको प्रयास असफल भयो। निशान अब हामीमाझ रहेनन्। साथी, तिमीलाई यही हातले ...


यी हुन् भ्याट छल्ने ठूला व्यापारिक समूह !

काठमाडौ - नक्कली भ्याट बिल प्रकरणमा ठूला व्यापारिक घराना पनि मुछिएका छन्। राजस्व न्यायाधीकरणबाट सर्वोच्च पुगेका मुख्य व्यापारिक घराना यी हुन्ः

शंकर समूह

शंकर समूहको जगदम्बा स्टिलको सबैभन्दा बढी नक्कली भ्याट बिल फेला परेको थियो। आन्तरिक राजस्व विभाग स्रोतका अनुसार जगदम्बाको ८० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको हो। पहिले ८० करोडको ३८ प्रतिशत तिरे पुग्थ्यो। छानबिनपछि ८० करोडको नक्कली बिलबाट झन्डै ६० करोड रुपैयाँ कर विभागले निर्धारण गरेको थियो। ८० करोडको १३ प्रतिशत भ्याट, २५ प्रतिशत आयकर र त्यति नै जरिवाना तथा वर्षको १५ ...


टिपरले किचेर हत्या प्रकरण : क्रसर संचालक र चालक सहित ४ जना बिरुद्ध ज्यान मुद्दाको तयारी !

धनुषा - प्रहरीले धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप) हत्याका आरोपितलाई कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका चारजनामाथि कर्तव्य ज्यान मुद्दामा आइतबार जिल्ला अदालत धनुषाले अनुसन्धानका लागि पाँच दिनको म्याद थपेको छ।

श्रीपुरस्थित औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न ओमप्रकाश अभियान चलाएका थिए। यसै खोलाको डिलमा अवैधानिक रुपमा सञ्चालित चुरियामाई बालुवा प्रशोधन उद्योग (क्रसर) को समेत उनले विरोध गरेका थिए। शुक्रबार बिहान औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न पुगेका ओमप्रकाशलाई क्रसर सञ्चालक विपिन महतोले नियन्त्रणमा लिएर ‘लिभर’ प्रहार गरी ...


बालुवाटार जग्गा प्रकरणमा सिआइबीको यस्तो निष्कर्ष ! मुद्दा दायर गर्ने अन्तिम तयारी !

काठमाडौँ - बालुवाटारको एक सय ३४ रोपनी सरकारी जग्गा कर्मचारी र बिचौलियाले नै सरकारी कागजपत्र किर्ते गरेर व्यक्तिको नाममा लगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निष्कर्ष निकालेको छ । सिआइबीले यो प्रकरणमा राजनीतिक संलग्नता भने नभेटिएको जनाएको छ ।

एसपी बेलबहादुर पाण्डेको नेतृत्वमा बालुवाटार प्रकरण छानबिन गरिरहेको ब्युरोले कर्मचारीले नै किर्ते कागजपत्र बनाई मन्त्रिपरिषद्सम्म पेस गरेर सरकारी जग्गा व्यक्तिको नाममा लगिएको निष्कर्ष निकालेको हो । ब्युरोले १० महिना लामो अनुसन्धान टुंग्याएर संलग्न कर्मचारी र बिचौलियाविरुद्ध मुद्दा चलाउने तयारीसमेत गरेको छ । ‘हाम्रो अनुसन्धानमा यो सबै खेल कर्मचारीले गरेको देखियो,’ ब्युरोका ...


बालुवाटार जग्गा प्रकरण : को-को बिरुद्ध मुद्दा दायर गर्दैछ अख्तियार ?

काठमाडौँ - बालुवाटार जग्गा प्रकरणमा अख्तियारले राजनीतिक नेतृत्वलाई जोगाएर मुद्दा लैजाने तयारी गरेको छ । सरकारी जग्गा व्यक्तिको नाममा लैजाने काममा तत्कालीन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदारसमेत जोडिएका थिए । सरकारी जग्गा व्यक्तिको नाममा लैजाने गरी मन्त्री गच्छदारले नै मन्त्रिपरिषद्मा प्र्रस्ताव लगेका थिए । त्यही प्रस्तावलाई टेकेर मन्त्रिपरिषद्ले गरेको निर्णयबाट सरकारी जग्गा व्यक्तिको नाममा पुगेको थियो । तर, किर्तेमा संलग्न कर्मचारी र जग्गा कारोबारीविरुद्ध मात्र मुद्दा लैजाने तयारी गरेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले बालुवाटार जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याइसकेको छ । केही दिनमै विशेष अदालतमा मुद्दा दर्ता ...


अध्यक्षद्वयले राजीनामा दिन गरेको आग्रह तुम्बाहाङफेद्वारा अस्वीकार !

काठमाडौं - उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले नेकपाको निर्णयलाई चुनौती दिँदै राजीनामा दिन अस्वीकार गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार पार्टीका दुवै अध्यक्ष, महासचिवसहित नेताहरूकै उपस्थितिमा उनले पार्टी निर्णय नमान्ने चुनौती दिएकी हुन्।

दुवै अध्यक्षले शुक्रबार बालुवाटार बोलाएर राजीनामा दिन गरेको आग्रह अस्वीकार गरेपछि उनलाई आइतबार दोस्रो पटक बालुवाटार बोलाएर छलफल गरेका थिए। नेकपाको सचिवालय बैठकले शनिबार तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो। तर उनले पार्टी निर्णय आफूलाई थाहा नभएको, आफूले राजीनामा नदिने र संसद् बैठक चलाएर प्रक्रिया अगाडि बढाउने बताएपछि आइतबार उनलाई बालुवाटार निम्ताइएको ...


टिपरले किचेर हत्या प्रकरण : मुचुल्का नगरी शव उठाउने प्रहरी इन्चार्ज जिल्ला तानिए

जनकपुर - टिपरले किचेर हत्या गरिएका नदीजन्य पदार्थको अवैध उत्खनन विरुद्धका अभियन्ता ओमप्रकाश (दीलिप) महतोको शव मुचुल्का नगरी उठाएको भन्दै इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षकलाई जिल्ला प्रहरी कार्यालय तानिकएको छ।

दिलीपको शव बिना मुचुल्का उठाएको भन्दै ढल्केबरका इन्चार्जसमेत रहेका प्रहरी निरीक्षक रामकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषामा तानिएको हो।

धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय युवा दीलिपलाई टिपरले किचेर हत्या भएको थियो।

प्रहरी निरीक्षक यादवले ठेकेदार र बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिनकुमार महतोसँग मिलेर मुचुल्का बिनै शव उठाएको ‍आरोप स्थानीयले लगाउँदै आएका छन्।

टिपरले किचेर हत्या प्रकरणमा विवादित ...


नेपाल एयरलाइन्सको ३२ वर्षे पुरानो बोइङ विमान बेच्यो

काठमाडौं - नेपाल एयरलाइन्सको ३२ वर्षे पुरानो बोइङ ७५७ नाइन एसी बी जहाजको बिक्री सम्झौता सम्पन्न भएको छ। निगमले सन् १९८७ मा खरिद गरेको बोइङ जहाज पोल्यान्डको एसबिएस एयरक्राफ्ट एन्ड लिजिङ कम्पनीले खरिद गरेको हो। निगम प्रवक्ता गणेशचन्द्र ठकुरीका अनुसार जहाज बिक्री सम्झौतामा हस्ताक्षर भएको छ। कम्पनीले ५७ लाख १० हजार अमेरिक डलरमा जहाज खरिद गरेको हो।

जहाज खरिदका लागि ३ वटा कम्पनीको आवेदन परेको थियो। बोइङ खरिदका लागि दुई वटा अमेरिकी कम्पनी र एउटा पोल्यान्डको कम्पनीले आवेदन दिएका थिए। अमेरिकी कम्पनी एभियोन र एमके एभिएसनका ...


नेकपाको दलगत स्वार्थले प्रतिनिधिसभालाई बन्धक बनायो : कांग्रेस

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभालाई सत्तारुढ दलले बन्धक बनाएको भन्दै आपत्ति जनाएको छ। नेपाल कम्युस्टि पार्टी (नेकपा)ले सभामुखकाे उम्मेदवार चयन गर्न नसकेका कारण संसद बैठक पटक-पटक सारिएपछि कांग्रेसले आपत्ति जनाएकाे हाे। नेपाल लाइभसँग कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने,‘ प्रतिनिधिसभा बैठक रोक्नलाई नेकपाले हदै गरिहेको छ। दलगत स्वार्थका कारण संसदलाई बन्धक बनाउन पाइँदैन।’

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अकर्मण्यता आपत्तिजनक रहेको बताउँदै उनले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई निरन्तर बनाउने कार्यप्रति आपत्ति जनाएका हुन्। जनताको आस्थाको थलो प्रतिनिधिसभा रहेकाे उल्लेख गर्दै ...


नेकपामा सभामुखमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक फेरी स्थगित !

काठमाडौैं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखका लागि उम्मदेवार चयन गर्न नसकेपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ। प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गतेका लागि सारिएको छ। संसद सचिवलायले सूचना टाँसेर बैठक स्थगित भएको जानकारी गराएकाे छ।

सभामुखका लागि उम्मेदवार चयनमा नेकपाभित्र गतिरोध देखिएको छ। उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा रुची देखाएकी छन्। उपसभामुखको राजीनामापछि मात्रै सभामुख चयनको बाटो खुल्ने भन्दै शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको थियो।

नेकपाले उपसभामुखको राजीनामापछि मात्र सभामुख उम्मेदवारको टुंगो लगाउने भएको ...


प्रदेश ३ काे स्थायी राजधानी हेटौंडा तोकियो, नाम 'बाग्मती' कायम

काठमाडौं - प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो ।

प्रदेश ३ को आइतबार बसेको संसद बैठकले हेटौंडा प्रस्तावलाई बहुमतका आधारमा पारित गरेको हो। हेटौंडाको पक्षमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राप्रपा, राप्रपा (संयुक्त)ले मत दिएका थिए।

काभ्रेको धुलिखेल प्रस्ताव राखेको विवेकशीलको प्रस्ताव अस्विकृत भएको छ। काभ्रेको पक्षमा विवेकशील दलबाट रमेश पौडेल, विराजभक्त श्रेष्ठ र साझा पार्टीकी शोभा शाक्यले मत दिएका थिए। विवेकशील र ...


अवैध उत्खननको विरोध गर्न गएका युवकको टिपरले किचेर हत्या

जनकपुरधाम - अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करी गरिएको भन्दै रोक्न गएका धनुषाका एक युवकको टिपरले किचेर ‘हत्या’ गरिएको छ । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा सोही स्थानका दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरिएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले उत्खननको विरोध गर्ने युवकलाई ना.७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको बताए ।

महतो शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए । त्यही उनीमाथि टिपरले आक्रमण गरेको र ...


इरान-अमेरिका तनाव : मध्यपूर्वमा कार्यरत १० लाख नेपाली जोखिममा !

काठमाडौं - संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन्। इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकलाई आक्रमण गर्ने धम्की दिएपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासकी डेपुटी चिफ अफ मिसन रीता धितालले अमेरिका र इरानबीच द्वन्द्व चर्केपछि युएईका अधिकारी ‘अलर्ट’ अवस्थामा रहेको बताइन्। ‘अमेरिकी राष्ट्रपति र युएईका विदेशमन्त्रीको पछिल्लो भनाइले योभन्दा खराब अवस्था नआउला कि भन्ने अपेक्षा गरेका छौं,’ बुधबार ...


इरान र इराकमा रहेका नेपालीको अवस्था बुझ्न समिति गठन

काठमाडाैं - अमेरिका र इरानबीच तनाब बढ्पछि त्यस क्षेत्रमा रहेका नपाली नागरिकका बारेमा सरकारले चासाे देखाएकाे छ।

इरान र इराकमा रहेका नेपाली नागरिकको सुरक्षा र उनीहरुको सूचना एकीकृत गर्न परराष्ट्र मन्त्रालयले ‘अन्तर्निकाय समन्वय समिति’ गठन गरेको छ। बिहीवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहितको बैठकले मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको हो।

महाशाखा प्रमुख सहसचिव हरिशचन्द्र घिमिरे नेतृत्वको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरषिद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, पर्यटन, सञ्चार मन्त्रालय र सेनाका प्रतिनिधि रहनेछन्। समितिले पश्चिम एसियामा भइरहेको ...


खेल्ने क्रममा झगडामा उत्रिएका मनाङ र मच्छिन्द्रका ६ खेलाडी प्रतिबन्धित

काठमाडौं - अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिगमा मनाङ र मछिन्द्रबीचको खेलमा विवादमा उत्रने ६ खेलाडीलाई जरिवानासहित प्रतिबन्ध गरिएको छ। यसका साथै दुवै क्लबलाई समेत ५०-५० हजार जरिवाना गर्ने निर्णय एन्फाले गरेको छ।

खेलाडीलाई अनुशासनमा राख्न नसकेको भन्दै क्लबलाई जरिवाना गरिएको हो। मनाङ-मच्छिन्द्रका झगडामा उत्रिएका खेलाडीलाई बिहीबार साँझ एन्फाले प्रतिबन्ध लगाउने र ती दुवै क्लबलाई जरिवानासमेत गर्ने निर्णय गरेको हो। एन्फा अनुशासन कमिटीले मनाङ र मछिन्द्रका समान ३-३ खेलाडीलाई आर्थिक जरिवाना सहित प्रतिबन्ध लगाएको हो।

मंगलबार लिगमा मनाङ र मछिन्द्र मैदानमा थिए। निर्धारित ...


स्वस्थानी व्रतकथा आजदेखि प्रारम्भ, यस्तो छ महिमा !

काठमाडाैं - हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना शुक्रबार (आज)देखि सुरु भएको छ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनकाे कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यसै अवसरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ।

यस्तो छ स्वस्थानीको महिमा
पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति ...


उदयपुरमा बोलेरो दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते

उदयपुर - उदयपुरको ताप्लि गाउँपालिकामा बुधबार साँझ बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । ताप्लि गाउँपालिकाको रामपुरझिल्के इनामेमा सामान पुर्‍याएर कटारीतर्फ फर्कदै गरेको मे.१.ज.२६६२ नम्बरको बोलेरो जिप वडा- २ धपेनीमा दुर्घटना भएको हो ।

दुर्घटनामा ताप्लि २ लेखगाउँका २६ वर्षीय मिलन राई र झापा विर्तामोडका ३३ वर्षीय महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए।

दुर्घटनामा घाइते भएका ताप्लि २ लेखगाउँका ४० वर्षिया रसमाई राई, २७ वर्षीय बाबु राई, ३२ वर्षीय ...


देउवाइतरको भेला 'महाधिवेशन'को पूर्वाभ्यास, के-के कुराले झस्कायो देउवालाई ?

काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाको पुस ११ को एकपक्षीय निर्णय सच्याउन सामूहिक दबाब दिने निष्कर्षसहित जिल्ला सभापति भेला बुधबार सम्पन्‍न भएको छ। भेलाको निचोड र सुझाव सभापति देउवालाई बिहीबार बिहान उनकै निवासमा बुझाउने तयारी छ।

देउवा मनोनीत बहुमतका आधारमा पेलेर अघि बढेपछि असन्तुष्ट पक्ष (रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, सुजाता कोइराला लगायतको समूह) ले केन्द्रीय समति बैठक बहिष्कार गर्दै आएको थियो।

पुस ११ गते संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट महाधिवेशन तिथि सार्वजनिक, केन्द्रीय कार्यसमितिको ...


सभामुख छाड्न दाहालले 'प्रधानमन्त्री' पद नै मागेपछि ओली झस्किए

काठमाडौँ - नेकपामा सभामुख चयन सकसपूर्ण बन्दै गएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आ–आफ्नै अडानमा छन्। यसबारे मंगलबार बेलुकी र बुधबार बिहान बालुवाटारमा भएका छलफल पनि निचोडमा पुग्न सकेनन्।

त्यसअघि सोमबार सिन्धुपाल्चोक ‘रिफ्रेसमेन्ट’ मा जानुअघि दाहालले बालुवाटारमै भेटेर प्रधानमन्त्री ओलीलाई सभामुख छाड्न नसक्ने बताएका थिए। स्रोतका अनुसार दाहालले सभामुख पूर्वएमाले समूहलाई छोड्दा प्रधानमन्त्री आफूले पाउनुपर्ने प्रस्ताव गरेको स्रोत बताउँछ।

‘सभामुख छोड्न सकिन्छ, तर त्यसका लागि तपाईं (ओली) ले प्रधानमन्त्री छोडेर कार्यकारी अध्यक्ष भई पार्टी चलाउनुहोस्, म प्रधानमन्त्री हुन्छु,’ दाहालले ओलीसँग प्रस्ताव गरेका थिए। उनले ...


गौतम निवासमा प्रचण्ड, नेपाल, खनालको गोप्य जमघट, के-के भयो कुराकानी ?

काठमाडौं - सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट भएको छ। नेकपाभित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको छ।

भैंसेपाटीस्थित गौतम निवासमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए। सहभागी नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग परामर्श गरेरै उक्त बैठक राखिएको जिकिर गरेका छन्। तर, बुधबार साँझ २ घण्टा भएको छलफलमा ओली स्वयं र उनी पक्षधर भनी ...


युक्रेनी जहाज दुर्घटना : सवार १८६  जनाकै मृत्यु भएको आशंका

एजेन्सी - इरानमा बुधबार बिहान भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाजमा रहेका सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको आशंका गरिएको छ।

१७० यात्रु र ६ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७-८०० जहाज बुधबार बिहान स्थानीय समयअनुसार सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटनामा परेको थियो।

इरानका सरकारी सञ्चारमाध्यमहरूले युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको जनाएका छन्। दुर्घटनापछि चार वटा हेलिकप्टर र दर्जन बढी एम्बुलेन्स उद्धारमा खटिएका थिए।

तर जहाजमा आगो लागेकाले कसैलाई पनि जिवित फेला पार्न सकिएको ...


भेटिए श्याम परदेशीभन्दा खुंखार ठग, हेर्नुहोस शोषणको उदाहरणहरु !

काठमाडौँ - लाख ऋण दिएर करोडको तमसुक बनाउने श्याम परदेशीभन्दा पनि खुंखार साहुकार भेटिएका छन् । सर्लाहीको बरहथवाका रामबाबु राय र ब्रहमपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिस्ट्रेसन नै पास गरेर लिने गरेका छन् ।
साहुकार रामबाबु रायको शोषणको उदाहरण

साहुकार रामबाबु रायको शोषणको उदाहरण
रामप्रवेश महतो

लिएको : ८ लाख ६२ हजार

तिरेको : ५१ लाख

तर, ऋण चुक्ता नभएको भन्दै जग्गा कब्जा

सुरेश साह

लिएको : ६० हजार

तिरेको : ७ लाख ४२ हजार

तर, ऋण चुक्ता नभएको भन्दै जग्गा कब्जा

सहदेव राय

लिएको : ३ लाख ९८ हजार

तिरेको ...


बलात्कृत युवतीको मुद्दा उल्टिएपछि बिचल्ली !

काठमाडौँ - बलात्कारपछि भारतको दिल्लीमा बेचिएकी नेपालगन्जकी २२ वर्षीया अनिशा शर्मा (नाम परिवर्तन) तब झस्किइन्, जब उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासले जिल्ला अदालत बाँकेको आदेश उल्ट्याएर घटनाका अभियुक्तलाई एक–एक लाख धरौटीमा छाड्न आदेश दियो । आदेशलगत्तै अभियुक्त निजामुद्दिन साँई र मुवारक नाउ जेलमुक्त भए । उनीहरूले गाउँ फर्किएर भोजभतेर गरे ।

पीडित भने गाउँबाट विस्थापित हुनुपर्‍यो । निजामुद्दिन र मुवारकका परिवारले निरन्तर ज्यान मार्ने धम्की दिएपछि उनी माइतीको शरणमा पुगिन् । पीडा भुल्ने कोसिस गरिन्, तर सकिनन् । माइती पक्षसँग सल्लाह गरिन् । ढाडस पाएपछि न्यायको लडाइँ लड्न सर्वोच्च अदालतको दैलोमा जाने निर्णयमा पुगिन् । ...


बालुवाटारमा हेटौँडालाई राजधानी कायम गर्न यसरी सहमत भए प्रदेशका सांसदहरु !

काठमाडौँ - नेकपा कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरी स्विकारेपछि प्रदेश राजधानी हेटौँडा तोक्ने निर्णय कार्यान्वयन गर्न असन्तुष्ट सांसद तयार भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार भएको छलफलमा ओली–प्रचण्डले सचिवालयबाट प्रदेश सभाका सांसदहरूको मनोविज्ञान नबुझी निर्णय भएको स्विकारेका हुन् ।

छलफलपछि नेकपा प्रदेश ३ कमिटी नेतृत्व र असन्तुष्ट सांसदहरू केन्द्रीय सचिवालयको निर्णय कार्यान्वयन गर्न तयार भएका छन् । सांसदहरूको भावना नबुझी निर्णय गर्नु कमजोरी भए पनि कार्यान्वयन नहुँदा दुर्घटना हुने र प्रक्रियाबाटै अर्कोपटक राजधानी फेर्न पनि सकिने बताउँदै ओली–प्रचण्डले असन्तुष्टि मत्थर पारेका हुन् ।

प्रदेश संसदीय दलमा ...


भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा नकाबधारी समूहको आक्रमण, १८ विद्यार्थी घाइते

काठमाडौं - भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा नकाबधारी समूहले आक्रमण गरेको छ । आइतबार साँझ भएको आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित १८ विद्यार्थीहरु घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार मुखमा मास्क लगाएका ५० जनाभन्दा बढी आक्रमणकारीका हातमा फलामे डण्डी र लठ्ठी थियो । उनीहरुले क्याम्पस र छात्राबासमा घुसेर आक्रमण गरेका थिए । घाइतेहरुलाई अस्पताल पुर्‍याउनका लागि सात वटा एम्बुलेन्स प्रयोग गरिएको थियो ।

अहिले स्थिति प्रहरी नियन्त्रणमा छ । जेएनयूको मुख्य गेटमा उल्लेख्य संख्यामा प्रहरीहरु तैनाथ छन् । विद्यार्थीहरुले विश्वविद्यालय गेट बाहिर र दिल्ली ...


राष्ट्रियसभाको १८ पदका लागि ४५ जनाको उम्मेदवारी

काठमाडौं - माघ ९ गते हुने राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । सात प्रदेशमा तोकिएको निर्वाचन कार्यालयमा गई उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा ६ दलले उम्मेदवारी दिएका छन् । सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरु छन् ।

नेमकिपाले प्रदेश ३ मा र राजमोले गण्डकी र प्रदेश ५ मा उम्मेदवारी दिएको छ । प्रदेश २ मा नेकपा र राजपा तथा कांग्रेस र समाजवादी पार्टीबीच ...


प्रदेश ३ काे नाम र राजधानीकाे प्रस्ताव प्रदेशसभामा आज पेश हुने

काठमाडौँ - प्रदेश ३ काे नाम र राजधानीकाे प्रस्ताव प्रदेशसभामा आज पेश हुनेहेटाैंडा - प्रदेश नं ३ काे प्रदेशसभा बैठक आज बस्दै छ। आजकाे बैठकमा प्रदेशकाे राजधानीको प्रस्ताव पेश गरिने छ। प्रदेश नं–३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेशसभामा आज छलफल हुने र भाेलि मतदान हुने बताए।

प्रदेशसभा सचिवालयमा आइतबार पत्रकारसँग छलफल कार्यक्रमको आयोजना गरेर उनले दुई दिनको कार्यविधिका बारेमा जानकारी गराएका हुन्। पहिलो दिनको प्रदेशसभा बैठकमा नौ प्रस्ताव रहेका उनले बताए।

त्यसैगरी दोस्रो दिन छ प्रस्ताव रहेका र त्यसमध्ये राजधानीका बारेमा निर्णयसमेत रहेको ...


अमेरिकी वेबसाइट इरानी समूहबाट ह्‍याक, इरानका ५२ ठाउँमा हमला गर्ने अमेरिकी धम्‍की

वासिङटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ किसिमको हतियार प्रयोग गर्ने चेतावनी दिएका छन्। आइतबार एक ट्वीट गर्दै इरानले अमेरिकी क्षेत्र वा कुनै अमेरिकीलाई आक्रमण गरे नयाँ हतियारले जवाफ दिने चेतावनी दिएका हुन्। तर कुन हतियार हो भन्ने कुरा भने उनले बताएका छैनन्।

'विश्वमा हामी सबभन्दा ठूलो र अत्यन्तै राम्रा छौँ', ट्रम्पले लेखेका छन्, 'यदी इरानले अमेरिकी क्षेत्र वा कुनै अमेरिकीमाथि आक्रमण गरे त्यसको जवाफ कुनै हिचकिचाहटबिना नयाँ हतियारबाट दिनेछौँ।' अमेरिकाले सैन्य हतियारमा दुई ट्रिलियन डलर खर्च गरेको समेत बताएका छन्।

यसअघि ट्रम्पले शनिबार इरानले अमेरिकाको ...


रिहा भए सुडान घोटालाका शम्भु भारती, जेल बाहिरैबाट मुद्दा लड्ने

काठमाडौं - राष्ट्रसंघीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भ्रष्टचारी ठहर भएका ठेकेदार शम्भु भारती जेलमुक्त भएका छन्। सर्वोच्च अदालतले उनलाई कारागारबाहिर बसेर मुद्दा लड्ने पाउने गरी आदेश दिएको हो।

जेल बाहिर बसेर मुद्दा लड्ने सुविधाका लागि भारतीले सर्वोच्चमा पुनरवलोकन निवेदन दिएका थिए। सर्वोच्चको सो आदेशपछि भारती रिहा भएको डिल्लिबजार कारागारका निमित्त जेलर सीता अधिकरीले पुष्टि गरेकी छन्।

भारतीलाई सर्वोच्च अदालतले सो काण्डमा दोषी ठहर गरी १४ करोड २० लाख बिगो र जरिवानासहित १ वर्ष जेल सजाय सुनाएको थियो।

उनलाई १२ भदौमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ...


जापानबाट २ हजार ३ सय कामदारको माग, भाषा परीक्षा जनवरी देखी

काठमाडौं - जापानमा नर्सिङ केयर गिभरका रुपमा काम गर्न जानेहरुका लागि यही जनवरी र मार्चमा भाषा परीक्षा हुने भएको छ। भाषा परीक्षा जनवरी ७, ८, १४, १६, २१, २३, २८, २९ र मार्च ३, ५, ९, ११, १२, १५, १९ मा तोकिएको छ।

वैदेशिक रोजगार विभागले शुक्रबार जारी गरेकाे सूचनाअनुसार २ हजार ३ सय कामदारको माग भएकाे छ। जनवरीमा हुने भाषा परीक्षाबाट १ हजार कामदार छनोट गरिने छ।

जापानले मार्चको परीक्षामा नर्सिङ केयरका लागि कोटा पनि बढाएको छ। भाषा तथा सीप परीक्षामा उत्तीर्ण १ हजार ३ सय ...


काठमाडौंको फोहोर बरेडाँडामा राखिने

काठमाडौं - काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि बञ्चरेडाँडामा ल्याण्डफिलड साइट निमार्णको काम भइरहेको छ। सिस्डोलमा फोहरले भरिएपछि धादिङ र नुवाटोटको बञ्चरेडाँडमा अहिले ल्याण्डफिलड साइट निमार्ण भइरहेको हो। शुक्रबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनलगायतको टोलीले निमार्ण भइरहेको ल्याण्डफिलड साइटको निरीक्षण गरेका थिए।

निरक्षणको क्रममा राज्यमन्त्री मानन्धरले यसलाई कसरी व्यवस्थान कसरी गर्ने भनेर सोच्न सबैलाई आग्रह गरे। सिस्डोल फोहोर व्यवस्थापनका लागि सरकारले सक्दो सहयोग गर्ने र काम गर्दै आएको उनले बताए। काठमाडौं महानगरपालिकाका मेयर शाक्यले सिस्डोल फोहोरले भरिसकेकाल ...


भागबन्डामा नेकपा राष्ट्रियसभाका उम्मेदवार, वामदेव र ईश्वरले पाएनन् !

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले राष्ट्रियसभा निर्वाचनका लागि भागबन्डा गरेर उम्मेदवार टुंगो लगाएका छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच भागबन्डा गरेर उम्मेदवार तय गरिएको हो। उम्मेदवारी दर्ताका लागि आइतबारको मिति तय भइसकेको छ।

पूर्वएमालेबाट ९ र पूर्वमाओवादीबाट ७ जना तय गरिएपछि सातै प्रदेशबाट आफ्नो अनुकूलका नेताको नाम प्रस्तुत गरिएको थियो। बिहीबार १६ जनाको नाम प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए। ती नाममा अन्य नेता सहमत हुन ...


शैक्षिक प्रमाणपत्र छानबिन हुन थालेपछि एसपी राजेन्द्र गुरुङले दिए राजीनामा

 

काठमाडौँ - शैक्षिक योग्यताको प्रमाणपत्रमाथि छानबिन सुरु भएपछि नेपाल प्रहरीको ब्यान्ड गुल्म केन्द्रीय संगीत विद्यालयका प्रमुख एसपी राजेन्द्र गुरुङले राजीनामा दिएका छन् । घरायसी कारण देखाउँदै तीन दिनअघि उनले पदबाट राजीनामा दिएका हुन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले एसपी गुरुङले राजीनामा दिएको पुष्टि गरे । ‘एसपी राजेन्द्र गुरुङले पदबाट राजीनामा दिएका हुन् । पत्रमा घरायसी कारण भन्ने उल्लेख छ,’ उनले भने ।

प्रहरी स्रोतका अनुसार गुरुङले प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्र पेस गरी सइबाट नेपाल प्रहरीको संगीत विद्यालयमा सेवा सुरु गरेका थिए । उनले कुनै एकेडेमिक अध्ययन गरेका भने होइनन् । ...


हेटौंडा प्रदेश कायम गर्नेमा नेकपा भित्रै असन्तुष्टि

हेटौंडा - प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने नेकपा सचिवालयको निर्णयमा पार्टीका प्रदेशसभा सदस्यले आपत्ति जनाएका छन्। प्रदेशसभाले गर्ने निर्णयमा पार्टी केन्द्रबाट हस्तक्षेप भएको आरोप उनीहरूको छ। शुक्रबार र शनिबार प्रदेश संसदीय दलको बैठकमा बोल्ने कतिपय सदस्यहरूले भने पार्टी सचिवालयको निर्णय मान्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।

बैठकमा शुक्रबार बोलेका १७ जना प्रदेशसभा सदस्यमध्ये अधिकांशले पार्टी निर्णयको विरोध गरेका थिए। शनिबार पनि ३ जना सदस्यले पार्टी निर्णयको विरोध गरेका छन् । प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले संविधानले व्यवस्था गरेको अधिकार प्रदेशसभाले स्वतन्त्र ढंगले ...


बेइज्जत हुने डरले असुरक्षित गर्भपतन गराउँछन् महिलाहरु !

रुपन्देही - नेपालमा गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानूनी व्यवस्था छ। हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा १८ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ। तर, समाजमा बेइज्जत हुने डरले ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतनको बाटो अपनाउने गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्थाको तथ्याङ्कले देखाउँछ।

गर्भपतन महिलाको स्वेच्छामा सुरक्षित स्वास्थ्य संस्थामा मात्र गर्नुपर्ने प्रावधान भए पनि समाजको हेयभावका कारण लुकीछिपी गर्भपतन गराउनेको सङ्ख्या कमी हुन नसकेको आइपास नेपालका प्रतिनिधि लक्ष्मण केसीले बताए। सचेतना नहुँदा सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित ...


मोहनविक्रम सिंहले अब टेलिभिजनमा अन्तरवार्ता दिन पाउने

काठमाडौं - नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले अब टेलिभिजनमा अन्तरवार्ता दिन पाउने भएका छन् । पार्टीको केन्द्रीय समिति र राष्ट्रिय परिषदको बैठकले महामन्त्री सिंहलाई टिभी वा विभिन्न दृश्य समाचारमा जानसक्ने छुट दिने निर्णाय गरेको हो ।

अर्धभूमिगत रुपमा रहेका सिंह यसअघि रेडियो र पत्रिकामा अन्तरवार्ता दिए पनि टेलिभिजनमा देखिएका थिएनन् । यस्तै बैठकले राष्ट्रिय सभाको आगामी चुनावमा गण्डकी र प्रदेश ५ मा सहभागी हुने निर्णय पनि गरेको छ ।

...

नेकपाको विद्यार्थी संगठनको एकता प्रक्रिया टुंगियो, हेर्नुहोस ३३५ सदस्यीय सूचीसहित !

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संस्था अनेरास्ववियूको एकता प्रक्रिया टुंगिएको छ। पूर्व एमाले निकटको अनेरास्ववियू तर्फबाट १८० र पूर्व माओवादी निकटको अनेरास्ववियू (क्रान्तिकारी)बाट १५५ जना हुने गरी भागबण्डामा एकता टुंग्याइएको हाे।

अनेरास्ववियूको केन्द्रीय कमिटी ३३५ सदस्यीय बनेको छ। केन्द्रीय कमिटी सचिवालय १११ सदस्यीय बनाइएको छ। स्थायी समिति ४५ सदस्यीय हुने निर्णय गरिएको छ।

अनेरास्ववियूको केन्द्रीय निकाय ३ वटा रहनेछन्। अनुशासन, लेखा र निर्वाचन आयोग बनाइएकाे छ। पार्टी एकताको क्रममा विद्यार्थी संगठनको संयोजक पूर्व एमालेको भागमा परेको थियो।

पूर्व एमाले निकट अनेरास्ववियूको तर्फबाट ऐन महरले ...


मनाङमा १५ घन्टादेखि निरन्तर हिमपात, सवारी अवरुद्ध, खानेपानी अभाव

मनाङ - मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात भएको छ । हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको अभाव सिर्जना भएको छ । पहिलोपटकको हिउँ पग्लन नपाउँदै पुनः हिमपात पर्नाले कर्मचारी, सर्वसाधारण र पर्यटकले सास्ती झेल्नुपरेको हो ।

बुधबार बेलुकीदेखि शुरु भएको हिमपात केही समय परेर रोकिए पनि बिहीबार बिहान ७ बजेदेखि पुनः शुरु भएको र बेलुकी १० बजेसम्म बाक्लो हिमपातले जनजीवन कष्टकर बनेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध ...


हिमपातले डडेल्धुरामा यातायात ठप्प, फोन र विद्युत् सेवा अवरुद्ध

डडेल्धुरा - हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध हुदाँ सयौं यात्रु अलपत्र परेका छन्। डडेल्धुरामा बिहीबार रातिदेखि परेकाे हिमपातले अवरुद्ध भएकाे सडक सुचारु हुन सकेको छैन।

डडेल्धुराको अनारखोली, साहुखर्क, हगुल्टेलगायतका स्थानमा हिमपातका कारण बिहीबार राति करिब १० बजेदेखि यातायात अवरुद्ध भएकाे जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ। हिमपातले बस चल्न नसकेपछि रातभरी बसभित्रै बस्नु परेकाे दार्चुलादेखि महेन्द्रनगर जान लागेका यात्रु खडकसिंह भाटले बताए। उनले भने, ‘रातभर चिसो भयो। अहिले पनि बाटो खुल्न सकेको छौ।’

जिल्ला सदरमुकामलगायत सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाहरुमा हिमपात भएको छ। डडेल्धुराको अनराखोली बजार र ...


सर्वोच्चले माग्यो १९५५ मा संयुक्त राष्ट्रसंघमा पेश भएको नेपालको नक्सा

काठमाडौं - सर्वोच्च अदालतले नेपालको सीमा, नक्सा र क्षेत्रफलबारे संयुक्त राष्ट्रसंघको सदस्य हुँदा पेस गरेको दस्तावेजसहित उपलब्ध सबै कागजप्रमाण झिकाएको छ। तथ्यप्रमाणका आधारमा सीमा, नक्सा र क्षेत्रफल विवाद निक्र्योल गर्न सर्वोच्चले बुधबार ऐतिहासिक ‘डकुमेन्ट’ माग गरिएको हो।

न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज संकलन गरी बुझाउन आदेश दिएको हो। सन् १८१६ मा तत्कालीन इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिको अनुसूची, प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेस गर्न आदेशमा भनिएको छ।

सर्वोच्चले सुगौली सन्धिपछि तयार भएको नेपालको आधिकारिक नक्सासमेत झिकाएको छ। ‘नेपाल ...


८५ हात्तीलाई सौराहामा वनभोज खुवाइयो

सौराहा - सौराहामा जारी १६औं चितवन हात्ती महोत्सवअन्तर्गत बुधबार हात्तीलाई वनभोज खुवाइएको छ। महोत्सवको कार्यक्रममध्ये हात्तीको वनभोज निकै आकर्षक मानिन्छ।

आयोजक क्षेत्रीय होटल संघ सौराहा चितवनका अनुसार वनभोजमा ८५ वटा हात्ती सहभागी भएका थिए। वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइन्छ। धेरै हात्तीलाई एकै ठाउँमा जम्मा गरी उनीहरूलाई मनपर्ने खानेकुरा, फलफूल, बन्दा, उखु, फर्सी, गाजर आदि खान दिइएको क्षेत्रीय होटल संघ सौराहा चितवनका उपाध्यक्ष तथा खेल संयोजक अञ्जनकुमार पाण्डेले जानकारी दिए।

उनले वनभोजमा चितवन राष्ट्रिय निकुञ्ज र निजीरूपमा पालिएका हात्तीहरू सहभागी भएको बताए। हात्ती वनभोज कार्यक्रममा रत्ननगर नगरपालिकाका ...


सभामुखको टुंगो लगाउन नेकपा सचिवालय बैठक आज

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहीबार बस्दैछ। बैठक बेलुका ४ बजेका लागि बोलाइएको एक सचिवालय सदस्यले जानकारी दिए।

नेकपाले सभामुखको उम्मेदवार चयन लगाउन सकेको छैन। बिहीबार बस्ने बैठकले सभामुखको उम्मेदवार तय गर्न सक्ने छ।

मंगलबार मात्रै दुई अध्यक्षहरु केपी शर्मा ओली र पुषपकमल दाहाल प्रचण्डबीच भेटवार्ता भए पनि सभामुखको उम्मेदवार टुंगो लगाउन सकेका थिएनन्।

सभामुखमा अध्यक्षद्वयको आआफ्नै दाबी छ। उनीहरुले क्रमशः सुवास नेम्वाङ र अग्नि सापकोटालाई सभामुख बनाउन चाहेका उनीहरु निकटका नेताहरुले बताउने गरेका छन्।

त्यस्तै, उपसभामुख शिवमाया तुम्बाहाङ्फे अर्की दाबेदार हुन्।

बिहीबारको सचिवालय ...


‘नेपाल भ्रमण वर्ष २०२०’ को भव्य उद्घाटन (फोटो फिचर)

काठमाडौं - भ्रमण वर्ष २०२० को बुधबारदेखि औपचारिक रुपमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं स्थित दशरथ रङ्गशालामा उद्घाटन गरेकी हुन्।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले राष्ट्रपति भण्डारीलाई एकताको प्रतिक स्वरुप टर्च लाइट हस्तान्तरण गरेका थिए। २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहितको ‘भिजिट नेपाल २०२०’ बुधबारदेखि सुरु भएको हो।

कार्यक्रममा विभिन्न झाँकीहरूको पनि प्रदर्शन गरिएको थियो।

...

‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि काठमाडौँ महानगरपालिकाको के छ तयारी !

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई विशेषरूपमा लिएको कामपाले जनाएको छ । नेपाल आउने पर्यटकमध्ये ९० प्रतिशत हवाईमार्ग भएर आउने गर्दछन् ।

हाल कामपाले तार व्यवस्थापन, सम्पदामा रङरोगन गर्ने र अन्य सरसफाइको काम तीव्ररूपमा गरिरहेको छ । त्यस्तै शहरलाई कुरूप बनाई राखिएको विभिन्न किसिमका विज्ञापन हटाउनका लागि पनि कामपाबाट दैनिक चार टोली खटिएको छ । शहरको ...


जंगली हात्तीले घर भत्काइदिएपछि सिराहाका दलित परिवारको बिचल्ली
शीतलहरका वेला छाप्रोमा वास

लहान - जंगली हात्तीले घर भत्काइदिएपछि गोलबजार नगरपालिका–३ जमदहको मुसहरि नयाँ बस्तीका दलित परिवारको बिचल्ली भएको छ । एक साताअघि स्थानीय चार दलित परिवारका पाँचवटा घर हात्तीले भत्काएको थियो ।

बस्दै आएको झुपडी हात्तीले भत्काएपछि आर्थिक रूपमा अत्यन्तै विपन्न मुसहर परिवार शीतलहरका वेला खरले बारेको छाप्रोमा बस्न बाध्य छन् । घर नहुँदा शीतलहरमा रात काट्नै कठिन हुने पीडित अशोक सदायले बताए ।

‘वृद्ध बुबाआमा र स–साना छोराछोरीलाई चिसोबाट जोगाउन मुस्किल परिरहेको छ,’ सदायले भने, ‘ओत लाग्ने झुपडी पनि हात्तीले भत्काएपछि खरले बारेर कटेरो बनाएका छौँ । त्यही कटेरोको चिसो भुइँमा पराल ओछ्याएर ...


जापानले दिएको ४ सय ८५ क्विन्टल चामल गोदाममै कुहियो, कर्णालीका बासिन्दा भोकै !

काठमाडौँ - कर्णालीलगायत दुर्गम जिल्लाका बासिन्दा बर्सेनि चामलको अभाव झेलिरहेका छन् । तर, विदेशबाट अनुदानमा आएको चामलसमेत सरकारी गोदाममा वर्षौँ थन्किएर सडेको छ । संसदीय समितिको अनुगमनका क्रममा थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा पाँच वर्षअघि जापान सरकारले दिएको चार सय ८५ क्विन्टल चामल कुहिएको अवस्थामा भेटिएको छ ।

संसद्को उद्योग तथा वाणिज्य र उपभोक्ता हित समितिले खाद्यवस्तु अनुगमन गर्न गठन गरेको उपसमितिले आइतबार अनुगमन गरेको थियो । त्यसक्रममा तीनवटा गोदाममा कुहिएको चामल मात्रै भेटियो । ‘खाद्य संस्थानले आफैँ व्यवस्था गरेर चामल वितरण गर्नुको सट्टा जापानले अनुदानमा दिएको चामलसमेत ...


सरकार र उद्योगीले उखु किसानको तीन अर्ब भुक्तानी दिएनन्, परिवारको बिचल्ली !

काठमाडौँ - सरकारको उपेक्षा र चिनी उद्योगको शोषणले विपन्न उखु किसान पिल्सिएका छन् । उखु किनेका उद्योगले एक अर्ब ४१ करोड तिरेका छैनन् । कतिपयले पाँच वर्षदेखिको पैसा नदिएको भन्दै उखु किसान काठमाडौं आएर धर्नामा बसेका छन् । सरकारले उनीहरूलाई न्याय दिने आश्वासन दिएको छ । तर, सरकार आफैँले दिनुपर्ने एक अर्ब ३४ करोड अनुदानसमेत दिएको छैन ।

सर्लाहीका विन्देश्वर राय यादवले साहुमहाजनसँग चार वर्षअघि तीन लाख रुपैयाँ ऋण लिएर उखुखेती गरे । ३६ प्रतिशत ब्याजदरमा लिएको ऋण समय–समयमा ब्याज तिर्दासमेत अहिले पाँच लाख नाघिसकेको छ । तर, उनले गरेको उखुखेतीको कमाइ भने ...


कुलमान घिसिङद्वारा आँखा दान गर्ने घोषणा

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखाको नानी दान गर्ने घोषणा गरेका छन् । मरणोपरान्त आँखाको नानी दान गर्नेहरूको सम्झनामा नेपाल आँखा बैंकले शनिबार आयोजना गरेको सामूहिक श्रद्धाञ्जली–सभामा सहभागी घिसिङले मृत्युपश्चात् आँखाको नानी दान गर्ने सहमति–पत्रमा हस्ताक्षर गरेका हुन् ।

उनले सहमति–पत्रमा हस्ताक्षर गर्दै भने, ‘मृत्युपर्यन्त स्वर्ग जान पाऊँ भनेर मरेपछि आँखाको नानी दान गर्न राजी भएको हुँ । आँखाको नानी सही रूपमा अरूमा प्रत्यारोपण भएको छ, र धर्तीको वास्तविक भगवान पनि आँखाको नानी दान गर्नेहरू हुन् ।’

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतले २५ वर्षअघि ...


गोकर्णको जग्गा लिजमा दिने निर्णयबारे प्रधानमन्त्रीले मुख  खोले !

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीले यती होल्डिङ्स प्रालिलाई २५ वर्षका लागि गोकर्णको जग्गा लिजमा दिएको निर्णयको बचाउ गरेका छन् । सरकारलाई आकर्षक कर प्राप्त हुने सुनिश्चित भएपछि सबै कानुनी विधि, प्रक्रिया पुर्‍याएर मात्र जग्गा लिजमा दिइएको उनको दाबी छ ।

प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म सरकारी जग्गा लिजमा दिइँदा अपनाइएका सबै प्रक्रियाको पनि छानबिन अघि बढाउने घोषणा गरे । अस्वस्थ भएपछि डेढ महिनादेखि आराममा रहेका ओलीले सरकारी निवासमा आयोजित पार्टीनिकट सञ्चारकर्मीको भेलालाई ४३ मिनेट सम्बोधन गरे । यतीलाई सस्तोमा जग्गा भाडामा दिइएको समाचार प्रकाशन ...


उद्योगबाट भुक्तानी नपाएपछि उखु किसान आन्दोलीत, एक जनाको २५ लाखसम्म बक्यौता

काठमाडौं - उखुको भुक्तानी माग गर्दै किसानले काठमाडौंमा प्रदर्शन गरेका छन्। उखु बिक्री गरेबापत चिनी उद्योगबाट लामो समयसम्म भुक्तानी नपाएपछि उनीहरूले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाइमा करिब डेढ सय किसान प्रदर्शनीमा सहभागी थिए। संघर्ष समितिका सचिव हरेश्याम रायले सर्लाहीका दुई चिनी उद्योगले उखु खरिद गरको रकम किसानलाई दिन बाँकी रहेको जानकारी दिए। उनका अनुसार अन्नपूर्ण सुगर मिलले २०७० देखि २०७५ सम्मको बक्यौता दिएको छैन। यस्तो बक्यौता करिब ५० करोड रुपैयाँ छ।

‘२०७० सालदेखि पुरानो बक्यौता हालसम्म पाएको छैनौं’, सचिव रायले ...


विप्लव पूर्वी कमाण्ड इन्चार्ज उमा भुजेल पक्राउ

धरान - नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पूर्वी कमाण्ड इन्चार्ज उमा भुजेल र झापा जिल्ला इन्चार्ज सुमनसिंह पौडेल पक्राउ परेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शेरेचोकबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। को ३६ प ६३३५ नम्बरको स्कुटीमा सवार उनीहरु पक्राउ परेका हुन्।

गोर्खा घर भएकी ४१ वर्षीया भुजेल र झापा दमक नगरपालिका २ घर भएका ३० वर्षीय पौडेलले प्रदेश १ का विभिन्न जिल्लामा चन्दा आत्तंक, बम विस्फोट गराई सर्वसाधारणलाई आतंकित पार्न सकिएको भएको सुनसरीका प्रहरी पमुख एसपी यज्ञविनोद पोखरेलले बताए।

पक्राउ परेकाको साथबाट एकथान रिभल्वर पेस्तोल, पाँचथान ...


पक्राउ परेकालाई लैजान दुई वटा विमान पठाउँदै चीन, स्वदेशमै लगेर मुद्दा चलाइने

काठमाडौँ - चीनले नेपालमा पक्राउ परेका आफ्ना नागरिक स्वदेश लैजान दुईवटा विमान पठाउने भएको छ । नेपालमा बसेर चीनमा संगठित अपराध गरेको आरोपमा गत सोमबार पक्राउ परेका एक सय २२ जना चिनियाँलाई स्वदेशमै लगेर मुद्दा चलाउने चीनको तयारी छ । सोहीअनुसार आगामी साता दुईवटा विमान नेपाल आउने भएका हुन् ।

नेपालमा उनीहरूमाथि विस्तृत अनुसन्धान नै भएको छैन । हाल अभद्र मुद्दामा प्रमुख जिल्ला अधिकारीको आदेशमा थुनामा राख्ने अनुमति लिएर हिरासतमा राखिएको छ । एक–दुई दिनभित्रै उनीहरूलाई सामान्य धरौटीमा छाड्ने र अध्यागमनले भिसासम्बन्धी कसुरमा जरिवाना गराएर निष्कासनको तयारी थालेको छ । निष्कासनका लागि ...


सभामुखमा कुरा नमिल्दा संसद बैठक १६ गतेसम्मका लागि स्थगित

काठमाडौं - प्रतिनिधिसभाको सभामुख को हुने भन्ने टुङ्गो नहुदाँ बैठक पाँच दिन पछाडी धकेलिने भएको छ। कृष्णबहादुर महरा जवरजस्ती करणीको प्रयास गरेको आरोप लागेर पुर्पक्षका लागि थुनामा गएपछि रिक्त पदमा निर्वाचन हुने कार्यक्रम यसअघि तय भएको थियो।

पुस १६ गते बस्ने गरी प्रतिनिधिसभाको आजकाे बैठक स्थगीत भएकाे संसद सचिवालयले जनाएको छ। उक्त पदमा हालसम्म पूर्वसभामुख सुवास नेम्वाङ र अग्नी सापकोटा प्रमुख दावेदारको रुपमा देखिएका छन्।

त्यस्तै उपसभामुख शिवमाया तुम्बहाङफेको राजिनामा गर्ने गराउने विषयमा पनि सहमति हुन सकेको छैन। तुम्बाहाङफेले पनि आफूलाई सभामुखको दावेदारको रुपमा प्रस्तुत गर्दै आएकी ...


काठमाडौंकाे आजको तापक्रम ०.६ डिग्री, यो वर्षकै कम

काठमाडौं - जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम यो वर्षकै कम मापन गरिएको छ।

बिहान पौने ६ बजे उपत्यकाको न्यूनतम् तापक्रम ० दशमलब ६ डिग्री सेल्सियस मापन गरिएकाे महाशाखाले जनाएकाे छ। शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम १.२ डिग्री थियो ।

काठमाडौ उपत्यकासहित देशका धेरैजसो भागमा हुस्सु र कुहिरो लागेको छ। तराईका अधिकांश भेगमा अहिले बाक्लो हुस्सु र कुहिरो लाग्दा जनजीवन कष्टकर बनेको छ।

यस्ताे छ आगामी तीन दिनकाे मौसम पूर्वानुमान

...

पोखरा प्रिमियर लिगको फाइनलमा आज चितवन र विराटनगर भिड्दै

पाेखरा - दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स स्पर्धामा उत्रिँदैछन्।

अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर दुवै टोली शनिबार फाइनल खेलमा मैदानमा उत्रिँदा पीपीएलको पहिलो उपाधिको खोजीमा हुनेछन्। चितवनले जारी प्रतियोगितामा उत्कृष्ट खेल पस्किँदै समूह चरणका पाँचवटै खेलमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो भने विराटनगरले प्लेअफमा पुग्न कठिन सङ्घर्ष गर्नुपरेको थियो।

नेट रनरेटमा काठमाडौँभन्दा अघि रहँदै प्लेअफमा बुटवललाई पराजित गरेर विराटनगर प्रतियोगिताको फाइनल प्रवेश गरेको हो। लिग चरणका ...


नाजायज सम्बन्ध खुल्ने डरले आमाको हत्या गर्ने छोरी सहित ४ जनालाई जन्मकैदको फैसला

काठमाडौं - भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीमा बस्दै आएकी ६१ वर्षीया सावित्री भट्टराईको हत्यामा संलग्न उनकै छोरी इश्वरीसहित चारै जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

जिल्ला अदालत भक्तपुरका न्यायाधीश डा प्रकाश उप्रेतीको इजलासले पक्राउ परेका सावित्रीकी छोरी इश्वरी, उनका प्रेमी मोहम्मद नौसाद, हत्यामा संलग्न भारतीय नागरिक भोला कुमार र भारतकै मोहम्मद रहिशलाई बिहीबार जन्मकैदको फैसला सुनाएको हो ।

गत असार १५ गते सावित्रीको हत्या भएको थियो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ घर भई भक्तपुरको चाँगुनारायण–७, बाँसबारीस्थित छोरी इश्वरी भट्टराईको घरमा आमा सावित्री बस्दै आएकी थिइन् ।
सोही बेला ...


सात दिनभित्र खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाहीको तयारी

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भएर पनि विभिन्न कारणले संघमै कार्यरत कर्मचारीलाई एक साताभित्र फिर्ता पठाउन ताकेता गरेको छ। मन्त्रालयले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सबै मन्त्रालय, विभाग, आयोगलगायत संघअन्र्तगतका निकायलाई पत्र लेख्दै सात दिनभित्र कर्मचारी प्रदेश र स्थानीय तह पठाउन निर्देशन दिएको हो।

सामान्य प्रशासन मन्त्रालयअन्र्तगतका सबै निकायका सम्पूर्ण कार्यालयलाई पत्राचार गर्दै समायोजन भएका कर्मचारीलाई अनिवार्य रूपमा समायोजन भएको तहमा हाजिर गराउन भनेको हो। ‘समायोजन ऐन र यस मन्त्रालयले गत भदौ १५ गते गरेको ...


संसद्को रक्षामन्त्रीलाई प्रश्न : गोकर्ण रिसोर्टको सम्झौता ६ वर्ष बाँकी छँदै लिज अवधि थप्न के बाध्यता आइलाग्यो ?

राधेश्याम अधिकारी, कांग्रेस
काठमाडौंमा खुला ठाउँको अभाव भएका वेला तत्कालीन राजदरबारले गरेको सम्झौताको अवधि सकिनुभन्दा करिब ६ वर्षअगाडि नै नवीकरण गर्नु कुनै पनि हालतमा राम्रो होइन । अझै पनि यसलाई सच्याउने ठाउँ छ ।

अनिता देवकोटा, कांग्रेस
ट्रस्टको अध्यक्ष गृहमन्त्री हुने व्यवस्था थियो । एकाएक रक्षामन्त्री हुनुपर्ने बाध्यता कसरी आइलाग्यो ?

सरिता प्रसाईं, कांग्रेस
ट्रस्टको जग्गा लिजमा दिन यो सरकारसँग अझै तीन वर्ष समय थियो । सम्झौता सकिनुभन्दा झन्डै ६ वर्षअगाडि दिनुपर्ने के बाध्यता आइलाग्यो ?

बद्रीप्रसाद पाण्डे, कांग्रेस
उपप्रधानमन्त्रीज्यूले गोकर्ण रिसोर्टबारे त धेरै कुरा भन्नुभयो । तर, नेपाल ट्रस्टको कार्यालय ...


चिसो अझै बढ्ने, शून्य डिग्रीसम्म झर्न सक्ने प्रक्षेपण

काठमाडौँ - अझै केही दिन देशभरको तापक्रम घट्ने भएको छ । आकाशमा कुहिरो, हुस्सु, तुवाँलो कम लागेकाले अझै चिसो बढ्ने अनुमान गरिएको हो । ‘अहिले मौसम सक्रिय भई बादल लाग्ने वा अरु कुहिरो हुस्सु थप बढ्ने सम्भावना छैन ।

आकाश जति खाली हुन्छ त्यति धेरै चिसो बढ्छ,’ जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविज्ञ मीनकुमार अर्यालले भने, ‘काठमाडौंलगायत पहाडी, हिमाली क्षेत्रमा मौसम सफा छ । तराई क्षेत्रमा भने बिहान कुहिरो, दिउँसो तुवाँलो छ ।’

यस साताभर न्यूनतम २ डिग्रीदेखि शून्य डिग्रीसम्म चिसो झर्न सक्ने प्रक्षेपण गरिएको छ । तराईमा दुई सातादेखि बिहान ...


मोडलिङ गराउने भन्दै युवतीलाई झुक्याएर 'बलि' चढाउन भारत लैजान लागेकाे गिरोह पक्राउ

काठमाडाैं - मोडलिङ गर्ने भन्दै एक युवतीलाई बेचविखन गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मोडलिङ गर्ने भन्दै एक युवतीलाई फकाएर विराटनगर हुँदै भारत पुर्‍याएर तान्त्रिक पूजा गरेर बलि चढाउन खोजेको आरोपमा सातजनालाई काठमाडौँ र विराटनगरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४० वर्षीय उमेश शाह र ३५ वर्षीय उमेश माझी, दाङकी २४ वर्षीया दिलकुमारी बुढा मगर, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङकी २३ वर्षीया प्रेममाया तामाङ र सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी छन्।

परिसरले बिहीबार आयोजना ...


सिद्धबाबाविरुद्ध मुद्दा दर्ता, १० वर्ष कैद सजायको माग

काठमाडौं - बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध १० वर्ष कैदको सजाय माग गर्दै मुद्दा दर्ता भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरेको हो। आफ्नै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई २५ दिनअघि पक्राउ गरेको थियो।

२५ दिनसम्म अनुसन्धान सकेर बिहीबार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। तर, गिरी भने अहिलेसम्म हिरासत नभएर अस्पतालमै बसिरहेका छन्।

गिरीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ‘ङ’ अनुसार सजाय माग दाबी गरिएको छ। यस दफा ...


उपसभामुखबाट राजीनामा दिने तुम्बाहाङ्फेको तयारी, सभामुखमा कसको सम्भावना ?

काठमाडौं - उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बिहीबार राजीनामा दिने तयारी गरेकी छन्। सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन लागेकी हुन्। संसद् सचिवालयले पुस १४ गते सभामुख निर्वाचनको तालिका बनाएको छ। सत्तारुढ नेकपाले सभामुख लिन तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपाले उपसभामुख छाड्न लागेको हो।

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि सभामुख र उपसभामुख दुवै पद रिक्त हुनेछन्। दुवै पद खाली हुँदा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरि निर्वाचन प्रक्रिया सुरु गर्नेछन्। ‘उपसभामुखज्यूले भोलि (बिहीबार) राजीनामा दिने तयारी ...


'एमसीसी'बारे अनावश्यक बहस नगर्न अमेरिकाको चेतावनी, भन्यो : 'आवश्यक नभए नलिनु'

काठमाडौं - अमेरिकाले नेपाललाई आवश्यक नभए मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता नलिन सुझाव दिएको छ। एमसीसीका विषयमा सत्तारूढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाव दिएको हो। अमेरिकाले यसबारे अनावश्यक बहस नगर्नसमेत चेतावनी दिएको छ।

नेपालमा विकास गरी गरिबी कम गर्ने उद्देश्यले आएको पाँचवर्षे परियोजना एमसीसीलाई सरकारले औपचारिक रूपमा स्वीकार गरिसकेको छ। तर सत्तारूढ दलकै केही प्रभावशाली नेताहरूले यसलाई विवादमा तानेपछि अमेरिकी अधिकारी असन्तुष्ट बनेका हुन्। यही कारण नेपाल र अमेरिकाको सम्बन्ध चिसिन पुगेको अधिकारीहरूको बुझाइ छ।

सत्तारूढ दलका कतिपय नेताले नेपाली कानुनभन्दा एमसीसी किन ठूलो भन्ने प्रश्न ...


ग्रहण लाइभ हेर्न कीर्तिपुर जानुस् !

काठमाडौं - शिक्षा मन्त्रालयअन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको अवलोकन गराउने भएको छ ।

काठमाडौंमा बिहीबार बिहान ८ः४२ बजेदेखि ११ः३१ बजेसम्म ग्रहण लाग्नेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८:३८ मा सुरु भई ११:१९ मा सकिनेछ भने पूर्वको झापामा भने ८: ४८ मा सुरु भई ११ः२७ मा सकिनेछ ।

वैज्ञानिकका अनुसार, नांगो आँखाले ग्रहण हेरेमा दृष्टि गुम्नेसम्मकाे खतरा हुन्छ ।

यसैलाई मध्यनजर गर्दै काठमाडौंस्थित बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले यसको दृश्यावलोकन गराउने व्यवस्था यसपटक मिलाएको ...


केहीबेरमा खण्डग्रास सूर्यग्रहण लाग्दै, कुन राशिका लागि कस्तो ?

काठमाडौं - अहिले केहीबेरमा खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णयक समितिका अनुसार अहिले बिहान ८ः४२ मिनेटमा ग्रहणले स्पर्श गर्नेछ । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुने पञ्चांग निर्णयक समितिले जनाएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई बताएअनुसार, ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात् पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगी बाहेकले भोजन गर्नु हुँदैन । शास्त्रीय रूपमै यीबाहेकका ...


आज 'क्रिसमस डे', क्रिश्चियन धर्मालम्बीलाई बिदा

काठमाडाैं - प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस)को उपलक्ष्यमा नेपाली इसाईहरूले आज ख्रीस्टमस दिवस मनाउँदैछन्। ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिनाकाे २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन्।

आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले जानकारी दिए। येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ। हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको ...


बिहीबार सूर्यग्रहण ! हेर्नुहोस कुन राशिलाई कस्तो असर !

काठमाडौं - यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले बिहान ८:४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुने, बिहान १०:०१ मा मध्य हुने र ११:३१ मा समाप्त हुने उनले बतए। पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ।

ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात पुस ९ गते बेलुकी ८:४२ देखि बालक, वृद्ध र ...


धरौटीमा छुट्न नमानेपछि विप्लवका २१ नेता-कार्यकर्ता कारागार चलान

दाङ - एक महिनाअघि पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका २१ नेता कार्यकर्ताले धैरोटीमा छुट्न इन्कार गरेका छन्। दाङको राजपुर गाउँपालिकामा पार्टीको विशेष बैठक स्थलबाट पक्राउ परेका उनीहरूलाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिए पनि उनीहरू धरौटीमा छुटन इन्कार गरेका हुन्।

दाङ देउखुरी जिल्ला अदालतले जिल्लाको राजपुरबाट पक्राउ परेका विप्लव नेकपाका २१ जना केन्द्रीय सदस्यहरूलाई जनही १५-१५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न सोमबार आदेश दिएको थियो। जिल्ला न्यायाधीश रितेन्द्र थापाको एकल इजलाशले उनीहरूलाई मुलुकी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ अनुसार राज्य विरुद्धको अपराध ...


कांग्रेसमा अझै सहमति जुटेन, पेलेर जाने तयारीमा देउबा !

काठमाडौँ - कांग्रेस संस्थापन पक्ष सहमति नभए केन्द्रीय समितिमा प्रस्तुत गरिएका विषयलाई बहुमतबाट निर्णय गरेर जाने भएको छ । अझै तीन दिनसम्म सहमतिका लागि प्रयास गर्ने, तर नजुटे पेलेरै जाने मनस्थितिमा संस्थापन शेरबहादुर देउवा पक्ष पुगेको छ ।

१४औँ महाधिवेशनको कार्यतालिका, विधानअनुसार २८ विभाग, क्रियाशील सदस्यताको विवरण सार्वजनिकको विषय, नेविसंघ र तरुण दलमा अर्को पक्षले भागबन्डा खोजे पनि अझै सहमति भएको छैन । झन्डै दुई साताअघि वार्ता टोली बनाएर विभिन्न चरणमा छलफल हुँदै आएको छ । सहमति जुटाउन भन्दै केन्द्रीय समिति बैठक दुई दिनसम्म बसेर तीनपटकसम्म स्थगित हुँदै आएको छ ।

‘सहमतिबाटै ...


काठमाडौँका विभिन्न स्थानमा शंकास्पद गतिविधि गरिरहेका १२२ जना चिनियाँ पक्राउ !

काठमाडौँ - नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका चिनियाँविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ थालेको छ । अवैध रूपमा बसेका तथा आर्थिक अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको यो नै सबैभन्दा ठूलो अपरेसन हो । पक्राउ परेकामध्ये धेरैजसो इन्टरनेटमार्फत हुने जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्नहरू छन् । चिनियाँ प्रहरीको अनुरोधमा पक्राउ परेका उनीहरूलाई लिन उतैबाट चार्टर्ड जहाज आउँदै छ ।

चिनियाँहरूलाई प्रहरीले ठाउँठाउँबाट र समूह–समूहमा पक्राउ गरेको छ । चिनियाँ अधिकारीले दिएको सूचीकै आधारमा ...


दुर्घटनाका मृतकलाई क्षतिपूर्ति दिनु नपर्ने दाबी गर्दै युएस बाङ्ला उच्च अदालतमा

काठमाडौं - नेपाली अदालतलाई क्षतिपूर्ति दिने फैसला गर्ने अधिकार नभएको दाबी गर्दै युएस–बाङ्ला एयरलाइन्स कम्पनी उच्च अदालत पाटन पुगेको छ।

जिल्ला अदालतमा पीडितका परिवारले क्षतिपूर्ति पाउनु पर्ने दाबी गर्दै मुद्दा हालेर प्रारम्भिक सुनुवाई गरेपछि एयरलाइन्स उच्च अदालत पाटन पुगेको हो। जिल्ला अदालत काठमाडौंले क्षेत्राधिकार नहुने प्रश्न नभएको भन्दै विस्तृत सुनुवाईतिर मुद्दा पठाएपछि एयरलाइन्स कम्पनी २०७६ पुस ४ गते उच्च अदालतमा निवेदन दिएको हो।

उक्त निवेदनमा सोमबार सुनुवाई गर्दै उच्च अदालतले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ। उच्चका न्यायाधीश नीलम पौडेलको एकल इजलासले जिल्ला अदालत काठमाडौंको आदेश ...


गोकर्ण फरेष्ट रिसोर्ट माथि लेखा समितिले छानविन थाल्यो

काठमाडौँ - ६ वर्ष समय बाँकी हुँदै २५ वर्ष लिज अवधि थप गरिएको गोकर्ण फरेष्ट रिसोर्ट प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समितिले छानविन थालेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गोकर्ण फरेष्ट रिसोर्टको समय थपको विषय गम्भीर र शंकास्पद लिज अवधि बढाउने निर्णय गरेको भन्दै सार्वजनिक लेखा समितिले यससम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।

समितिका सचिव रोजजाथ पान्डेले नेपाल ट्रष्टको कार्यालयसँग गोकर्ण फरेष्ट र दरबारमार्गको लिज सम्झौताको कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको नेपाल लाइभसँग बताए।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले पुरानो सम्झौता ...


नुवाकोटको मूलथलामा मिनीट्रक दुर्घटना, दुई जनाको मृत्यु, ५ घाइते

काठमाडौं - नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूको पहिचान हुन बाँकी छ । घाइतेलाई त्रिशूली अस्पतालतर्फ उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बलको नं. १९ गुल्मका प्रहरी निरीक्षकको टोलीसहित नेपाल प्रहरी पनि खटिएको छ ।

सडकबाट तल खसेको ट्रक क्षतविक्षत भएको छ ।

...

दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्षको अपहरण ! श्रीमती जंगलमा भेटिइन !

दैलेख - दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला अपहरणमा परेका छन् । अपहरणमा परेकी शाहीकी श्रीमती इला जंगलमा फेला परेकी छन् । सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ ।

ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै उनीहरु अपहरणमा परेको प्रहरीले जनाएको छ । उनीहरु आइतबार बिहानपख १ बजेतिर अपहरणमा परेको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् भने उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ...


हुम्लाको सिमीकोटमा यसै वर्ष गाडी

काठमाडौं - हुम्ला सदरमुकाम सिमीकोट यसै आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। नेपाली सेनाले कर्णाली कोरिडोरअन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्को १ सय २३ किलोमिटर सडक पूरा गर्नै लागेको छ। यसपछि सदरमुकाम सिमीकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने निश्चित भएको हो।

सल्लीसल्ला देखि सिमीकोटसम्मको ५० किलोमिटर सडकको निर्माण भने निजी क्षेत्रले गरिरहेको छ। नेपाली सेनाका सेनानी मिलन कार्कीले सेनाले जिम्मा लिएको सडकखण्डमा अहिलेसम्म १ सय ११ किलोमिटर सडकको ट्रयाक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको जानकारी दिए। संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको विकास ...


सीमाको विषयमा भारत मौन, दिएन कुनै जवाफ !

काठमाडौं - कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा मिचिएको विषयमा भारतले तत्काल परराष्ट्र सचिव स्तरमा वार्ता नगर्ने भएको छ। नेतृत्व आन्तरिक राजनीतिक मामिलामा केन्द्रित हुनुपरेको, विदेश मन्त्रालयको संयन्त्र परिवर्तन भएको र भारतीय राजदूतको कार्यकाल पनि सकिन लागेको कारण देखाउँदै भारतले सचिवस्तरीय वार्ता अघि नबढ्ने संकेत दिएको परराष्ट्र अधिकारीले बताएका छन्।

भारतीय विदेश सचिव विजय गोखलेको कार्यकाल डेढ महिनापछि र काठमाडौंमा राजदूत मञ्जिभसिंह पुरीको कार्यकाल दुई सातापछि सकिँदै छ। सरकारले सीमाका विषयमा एक महिनाअघि दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई कूटनीतिक पत्र पठाए पनि भारतीय पक्षबाट जवाफ ...


पर्यटनमन्त्री भट्टराई जब अचानक विमानस्थल पुगे !

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्। शुक्रबार साँझ आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर अनुगमन गरेका हुन्।

नेपाल भ्रमण वर्ष २०२० नजिकिरहेको बेला विमानस्थलको अवस्था, तयारी र भइरहेको कामको अनुगमनका लागि विमानस्थल मन्त्री भट्टराईले विमानस्थल पुगेका हुन्। विमानस्थलमा अध्यागमनले परिवर्तन गरेको संरचनाको समेत मन्त्री भट्टराईले अवलोकन गरेका थिए। अध्यागमनको परिवर्तित संरचनाको बारेमा अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी गराएका थिए।

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा मन्त्री भट्टराईले विमानस्थल लगायत पर्यटनसँग सम्बद्ध निकाय र स्थानहरुको अनुगमनलाई तीव्र ...


श्रीमतीको शव जलाउँदै गरेको अवस्थामा श्रीमान पक्राउ

काठमाडौं - बारामा जलाउँदै गरेको शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ। हत्यापछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको थियो। पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए।

श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यसको बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले आफ्नै श्रीमती नुनियाको शवलाई जलाउँदै गरेको खुलेपछि शवलाई नियन्त्रणमा लिएको उपरीक्षक खनालले बताए। शव पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको र ...


नेकपाको स्थायी समिति बैठकमा प्रचण्डले आज जवाफ दिने

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने भएका छन्। मंसिर २९ देखि बसेको स्थायी समितिको बैठकमा सदस्यहरूले उठाएका प्र्श्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिने भएका हुन्।

स्थायी समिति सदस्यहरूले पार्टी एकीकरण प्रक्रिया ढिलो सकिएको, सरकार प्रभावकारी हुन नसकेको प्रश्न उठाएका छन्। अमेरिकी सहयोग परियोजना ( एमसीसी) को विषयमा भने पार्टी नेताहरू स्पष्ट दुई धारमा देखिएका छन्।

नेताहरुको सुझाव अनुसार अध्यक्ष प्रचण्डले परिमार्जन सहितको प्रतिवेदन तयार गरेको बताइएको छ। प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलबाट उठेका विषय सम्वोधन गरी प्रतिवेदन ...


नागरिकता कानुनको विषयले  लखनऊमा हिंसा भड्कियो, ८ जिल्लामा इन्टरनेट बन्द

एजेन्सी - भारतमा नागरिकता कानुनलाई लिएर भएकाे हिंसात्मक प्रदर्शनको प्रभाव उत्तर प्रदेशमा पनि देखिएकाे छ। लखनऊमा हिंसा भडकेपछि मेरठ, गाजियाबाद, मुजफ्फरनगर, अलीगढ़, बरेली, प्रयागराज र सम्भल जिल्लामा इन्टरनेट सेवा २४ घण्टाका लागि बन्द गिरएकाे छ।

नागरिकता संशोधन ऐनको विरुद्धमा देशभर हिंसात्मक प्रदर्शनका घटना भएका छन्। उत्तरपूर्वी राज्यहरूमा सुरु भएको हिंसाको प्रभाव अब उत्तर प्रदेशमा पनि पुगेको छ। राज्यका विभिन्न जिल्लाहरुमा हिंसात्मक झडपका घटनाहरु भएका छन्।

नक्कली समाचार र उत्तेजक समाचारहरू हिंसात्मक प्रदर्शनको प्रमुख कारण मानिएकाे छ। सामाजिक सञ्जालमा नागरिकता कानुनको बारेमा झूटा अफवाह फैलिएको बताइएकाे छ। जसको ...


संसदको हिउँदे अधिवेशन आजबाट, उपसभामुखले अध्यक्षता गर्ने

काठमाडौं - आजदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ। अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।

दुवै सदनकाे बैठककाे सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् आह्वानसम्बन्धी पत्र बाचन गरेर सुनाइने कार्यक्रम छ।

प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नेछिन्। महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका कारण सभामुख पद पूर्ति हुन बाँकी रहेकाले उपसभामुख तुम्बाहाम्फेले बैठकको अध्यक्षता गर्न लागेकी हुन्।

प्रतिनिधिसभा नियमावली ०७५ काे उपदफा (६)मा प्रत्येक बैठककाे प्रारम्भ र अन्त्य सभामुखले गर्ने प्रावधान छ। तर सचिवालयले ...


डा भक्तमान श्रेष्ठको अपहरणकारी ९ वर्ष पछि पक्राउ

काठमाडौं - विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल‚ भरतपुरका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपहरण प्रकरणका दोषी गौतम योञ्जन पक्राउ परेका छन्। अपहरण गरेको ९ वर्षपछि उनी पक्राउ परेका हुन्।

पुनरावेदन अदालतले उनलाई ५० हजार जरिवानासहित ९ वर्ष कैदको फैसला सुनाएको थियो। योञ्जनलाई महाराजगञ्जबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको थियो।

उनलाई केन्द्रीय कारागार पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोका डिआइजी निरज शाहीले जानकारी दिए।

२०६७ जेठ ४ मा भिमसेन पण्डित, रोहित पालिवाल लगायतको समूहले डा. श्रेष्ठको अपहरण गरेको थियो। अपहरणपछि काठमाडौंको विभिन्न ठाउँमा उनलाई बन्धक बनाएर राखिएको थियो। ...


पूर्वसभामुख महरालाई थुनामै राख्न आदेश

काठमाडौं - बलात्कारको प्रयास गरेको आरोप लागेका प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महरा उच्च अदालत पाटनले धरौटीमा छाड्न अस्वीकार गरेको छ। संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा उच्च अदालत पाटनको यो आदेशपछि थुनामै रहने भएका छन्।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुबेदी र टेकनारायण कुँवरको इजलाशले यस्तो आदेश गरेको हो । जिल्ला अदालत काठमाडौकोे आदेशले महरा थुनामा थिए ।

यसअघि उच्चले जिल्ला अदालतको आदेश मगाउने निर्णय गरेको थियो । बिहीबारको सुनुवाइमा उच्चले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको ...


तराईको कुहिरो भोलिसम्म, एक-दुई स्थानमा शीतलहरको सम्भावना

काठमाडौं - मौसम विज्ञान विभागले तीन दिनको मौसम विवरण सार्वजनिक गरेको छ। तराई क्षेत्रमा चिसो बढेको भन्दै त्यसको असरबाट बच्ने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ।

तराईका अधिकांश क्षेत्रमा लागेको हुस्सु र कुहिरो शुक्रबारसम्म कायम रहने र घाम नलाग्ने भएकाले चिसो बढ्ने विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागले प्रकाशन गरेको तीन दिने मौसम बुलेटिनमा अहिले देशको तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको र चिसो बढेको उल्लेख छ। विशेषगरी पश्चिमी तराईमा बाक्लो हुस्सु लागेको र कठ्यांग्रिने जाडो कायम रहेको ...


प्रदूषण जाँच गरेरमात्र सवारी चलाउन दिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं - सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकामा गुड्ने सवारीसाधनको प्रभावकारी रुपमा प्रदूषण जाँच गरी मात्र सञ्चालन अनुमति दिनुपर्ने आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ।

सवारी तथा यातायात व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लगायतलाई विपक्षी बनाई बुधबार अधिवक्ताद्वय रीता कार्की र श्यामकुमार श्रेष्ठद्वारा संयुक्त रुपमा दायर गरिएको रिट निवेदनमा सो माग गरिएको हो।

रिट निवेदनमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी २० वर्षे पुराना सवारीसाधन काठमाडौँ उपत्यकामा गुड्न नदिने गरी प्रकाशित गरेको सूचनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग छ।

...

नेकपाले राष्ट्रियसभाको निर्वाचनमा राजपासंग सहकार्य गर्ने

काठमाडौं - राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)ले एकले अर्कोलाई सहयोग गर्ने भएका छन्।

बुधबार नेकपा र राजपाबीच माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश २ मा सहकार्य गर्ने सहमति भएको हो।

दुई दलबीच भएको सहमतिअनुसार रिक्त ४ स्थानमध्ये २ मा नेकपाले राजपाका उम्मेदवारलाई सहयोग गर्नेछ भने २ मा राजपाले नेकपा उम्मेदवारलाई सहयोग गर्नेछ।

त्यस्तै दुई पार्टीबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्य गर्ने सहमतिसमेत भएको छ।

...

अब इन्जिनियर बन्न लाइसेन्स परीक्षा पास हुनुपर्ने

काठमाडौं - डाक्टर र बकिल जस्तै अब इन्जिनियरका लागि पनि लाइसेन्स लिन परीक्षा दिनुपर्ने भएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले बुधबारमात्र समितिबाट पारित गरेको नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन ) विधेयकमा यस्तो व्यवस्था राखेको छ।

समितिबाट पारित भएको विधेयक कुनै परिर्वतन नभई संसदबाट पास भएमा इन्जिनियरहरुले लाइसेन्स लिनका लागि नयाँ परीक्षामा सहभागी भई उत्तीर्ण हुनुपर्ने छ। हाल इन्जिनियरिङमा स्नातक गरेकाहरुले शैक्षिक प्रमाणपत्रका आधारमै इन्जिनियरिङ लाइसेन्सप्राप्त गर्न नेपाल इन्जिनियरिङ परिषदसमक्ष निवेदन दिन सक्ने ब्यवस्था छ। त्यस्तै विदेशमा अध्ययन गरेर आउनेले पनि त्रिभुवन विश्वविद्यालयले दिएको समकक्षता प्रमाणका ...


तीव्र गतिका कारण नरपानी बस दुर्घटना

अर्घाखाँची - तीव्रगतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ। यही मंसिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु२ख २१४८ नंको यात्रुवाहक बस सन्धिखर्क नगरपालिका–६ सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो।

दुर्घटनापश्चात जिल्ला प्रशासन कायार्लय अर्घाखाँचीमा भएको सर्वपक्षीय बैठकबाट सहायक प्रजिअ विष्णुराज बेल्बासे संयोजक रहेको नौ सदस्यीय छानबिन समिति गठन भएको थियो। समितिलाई १५ दिनभित्रमा प्रतिवेदन पेश गर्ने गरी कार्यादेश थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थलको स्केच, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले ...


बाँकेको १८० बिघा सरकारी जमीन ३४ वर्षदेखि अतिक्रमणमा

बाँके - बाँकेको खजुरा गाउँपालिकाको पुरैना (गिजरा)मा रहेको १८० बिघा जमीन ३४ वर्षदेखि अतिक्रमित हुँदै आएको छ। सरकारी उदासीनता र राजनीतिक आडमा उक्त जमीन अतिक्रमित भएको हो। यसको रोकथाम तथा संरक्षणका लागि सरकारी तवरबाट कुनै पनि पहल हुनसकेको छैन। खजुरा गाउँपालिकाले पनि सरकारी स्वामित्वको उक्त जमीन अतिक्रमण रोक्नेतर्फ चासो देखाएको छैन।

खजुरामा उखुखेती र चिनी मिल सञ्चालन गर्न सरकारले ३४ वर्षअघि हदबन्दी छुटमा एउटा प्रालिलाई उक्त सरकारी जमीन उपलब्ध गराएको थियो। तत्कालीन अवस्थामा केही वर्ष उक्त प्रालिले उखुखेती गरी मिल सञ्चालन गरे पनि यसले निरन्तरता भने ...


सौतेनी छोरीलाई तरकारीमा विष राखेर मार्न खोज्दा आफ्नै ज्यान गयो

वीरगन्ज - वीरगन्जको २४ बहुअरीमा तरकारीमा विष हालेर खाँदा एक महिलाको मृत्यु भएको छ। परिवारका सदस्यलाई विष राखेर पकाएको तरकारी खाँदा ती महिलाको मृत्यु भएको हो। सोही तरकारी खाँदा परिवारका अन्य पाँचजना सिकिस्त छन्।

बिरामी पाँचजनाको वीरगन्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेको छ । प्रहरीका अनुसार बहुअरीका जगदीश कुर्मीको घरमा सोमबार बिहान खाना पकाउने विषयमा उनकी कान्छी श्रीमती राधिका देवी र जेठी श्रीमतीकी छोरी मनिषा पटेलबीच झगडाको भएको थियो।

त्यही झगडाको आक्रोशमा राधिकाले सोमबार राती खाना पकाउने क्रममा तरकारीमा अल्मुनियम फस्फेट नामक ...


मासुको मूल्य बढाउन ३० लाख जिउँदो चल्ला खाल्डोमा

काठमाडौं - नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो। ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ।

संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी साना किसानदेखि व्यावसायिक ह्याचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको छ। संघका पदाधिकारीले फार्ममा जबरजस्ती प्रवेश गरी चल्ला मार्न थालेको गुनासो साना किसानहरूको छ। व्यावसायिक लाभ लिन जिउँदो चल्ला मारेको भन्दै किसानहरूले खेद व्यक्त गरेका छन्।

संघले मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म ...


सडक दुर्घटना घटाउने उपाय तत्काल खोज्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धीत निकायलाई सडक दुर्घटना घटाउने उपाय तत्काल खोज्न निर्देशन दिएका छन्। गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका हुन्।

पछिल्लो समय सडक दूर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई सोमबार बोलाएर यस्तो निर्देशन दिए।

गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमूख, ट्रफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात ...


नेकपा बैठकमा 'एमसीसी'को विरोध, के हो अमेरिकी 'एमसीसी'को रहस्य ?

काठमाडौं - नेकपाभित्र अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) प्रस्तावको विरोध भएको छ। जारी स्थायी समिति बैठकमा नेताहरू देव गुरुङ र भीम रावलले एमसीसी संसद्बाट पारित गर्न नहुने बताएका हुन्। अमेरिकाको यो प्रस्ताव पञ्चशीलको सिद्धान्तविपरीत आएको उनीहरूको भनाइ छ।

नेताहरू रावल, गुरुङ र युवराज ज्ञवालीले यथास्थितिमा संसद्बाट एमसीसी प्रस्ताव पारित गराउन नहुने धारणा राखेको स्थायी समिति सदस्य वेदुराम भुसालले बताए।

नेपाल र अमेरिकाबीच एमसीसी प्रस्ताव सम्झौतामा २०७४ भदौ २९ मा हस्ताक्षर भएको थियो। विद्युत् प्रसारण लाइन, सडक निर्माणलगायतका क्षेत्रमा खर्च गर्ने गरी यो सम्झौता गरिएको हो।परियोजनामा अमेरिकाले ...


एसईईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं - २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएकाे छ ।

बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ । त्यस्तै, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गािणत र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न ...


प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको शपथ आज

काठमाडौं - प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ ।

१४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएकी थिइन् । भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत पाएका थिए ।

तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा ...


नेकपा प्रतिवेदन भन्छ : 'नेपाली भूमिबाट भारतीय सेना हटाइ नक्सा सच्याउन पहल भइसकेको छ'

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वयले स्थायी कमिटीको बैठकमा राखेको प्रतिवेदनमा नेपाली भूमिबाट भारतीय सेना हटाउन पहल गरिसकेको बताइएको छ। भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र महाकालीको मुहान क्षेत्र लिम्पियाधुरा आफ्नो नक्सा आफ्नो नक्सामा पारेको उल्लेख गर्दै त्यसबाट नेकपालगायत सवै राजनीतिक दल र सिंगो नेपाली समाजलाई असह्य भएको बताइएको छ।

भारतले आफ्नो नक्सामा पारेको भूमि फिर्ता लिन नेकपा र नेकपाको सरकारले पहल गरिसकेको बताइएको छ। भनिएको छ, ‘भारत सरकारसँग नक्सा सच्याउन, नेपाली भूमिबाट भारतीय सेना हटाउन र नेपालको भूमिका फिर्ता लिन ...


प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव, स्थायी राजधानीका लागि आयो नयाँ प्रस्ताव !

बुटवल - प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । यस्तै स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना (बुटवल पश्चिम) कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ-लमही क्षेत्रलाई प्रस्ताव गरेको छ ।

प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिएको छ । स्थायी राजधानीको विषयमा भने समितिका सदस्यहरुले सञ्चारकर्मीलाई फरक-फरक नाम बताउने गरेका छन् ।

‘बुटवलबाट पश्चिम रुपन्देहीको सैनामैना, कपिलवस्तुको बुद्धभूमि र दाङलाई राजधानी सिफारिस गरिएको छ,’ विशेष समितिका एक सदस्यले भने ।

अर्का एक सदस्यले भने ...


कलाकारद्वय केशव भट्टराई र दीपक क्षत्रीकाे निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओली कलाकारद्वय केशव भट्टराई र दीपक क्षत्रीकाे निदनप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले कलाकारद्वयकाे कला सधैं स्मृतिमा रहने बताएका छ। उनले कलाकारकाे निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीले लेखेका छन्, 'बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं। उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ। हार्दिक श्रद्धाञ्जलि! शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।'

...

चलचित्र विकास बाेर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडाैं - चलचित्र विकास बाेर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। आइतबार राति करिब १० : ३० बजे ५४ वर्षको उमेरमा उनकाे निधन भएकाे हाे।

उनलाई उपचारका लागि काठमाडाैंको चाबहिलस्थित ओम अस्पताल लगिएकाे थियाे। अस्पतमल पुर्‍उदा उनकाे निधन भइसकेको अस्पताल स्राेतले जनाएकाे छ।

उनकाे मृत्युकाे कारण भने अस्पतालले खुलाएको छैन। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युकाे कारण थाहा हुने बताइएको छ।

भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए। ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’लगायतका चलचित्रहरु निर्माण गरेका थिए।

करिब एक बर्ष अगाडि ...


अध्यक्ष ओलीले सहभागी हुने इच्छा राखेपछि नेकपा सचिवालय बैठक बालुवाटार सर्‍यो

काठमाडौं - प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सहभागी हुने इच्छा राखेपछि नेकपा सचिवालय बैठक बालुवाटारमा बस्ने भएको छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बालुवाटारमा सचिवालय बैठक सुरु हुन लागेको जानकारी दिए।

नेकपाको स्थायी समिति बैठक भने दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमै बस्ने छ। मंसिर २३ गते बसेको सचिवालय बैठकले स्थायी समितिको मिति तय गरेको थियो।

विधानमा ३/३ महिनामा बस्नुपर्ने भनिएको स्थायी समिति बैठक ठीक एक वर्षपछि बस्न लागेको हो। अघिल्लो वर्ष पनि मंसिर २९ गतेदेखि बैठक बसेको थियो। बैठक दुई हप्तासम्म लम्बिएको थियो।

२३ गतेको सचिवालय बैठकले ...


सिन्धुपाल्चोकमा बस दुर्घटना, १४ जनाको मृत्यु, १७ घाइते

काठमाडौं - सिन्धुपाल्चोकमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ। दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बिहान करिब ८ : १५ बजे दुर्घटनामा परेकाे हाे।

प्रहरीका अनुसार दुर्घटनामा १४ जनाकाे मृत्यु भएकाे छ। १७ जना घाइते भएका छन्। घाइते मध्ये केहीकाे अवस्था गम्भीर छ। घाइतेको स्थानीय सदावहार अस्पतालमा उपचार भइरहेको छ।

बसमा करिब ४० जना यात्रु सवार थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन। बस सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बताइएको छ ।

सिन्धुपाल्चोकमा एक ...


नेकपाको सचिवालय र स्थायी समिति बैठक आज

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय र स्थायी समिति बैठक आज बस्दैछ। सचिवालय बैठक बिहान ९ बजे र स्थायी समिति बैठक दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो।

मंसिर २३ गते बसेको सचिवालय बैठकले स्थायी समितिको मिति तय गरेको थियो। विधानमा ३/३ महिनामा बस्नुपर्ने भनिएको स्थायी समिति बैठक ठीक एक वर्षपछि बस्न लागेको हो। अघिल्लो वर्ष पनि मंसिर २९ गतेदेखि बैठक बसेको थियो। बैठक दुई हप्तासम्म लम्बिएको थियो।

२३ गतेको बैठकले नै सचिवालय बैठक २७ गते बस्ने निर्णय गरेको थियो। तर, अध्यक्ष पुष्पकमल ...


महिलाकाे शव सेफ्टीट्याङ्कीमा फेला, तीन जना पक्राउ

धादिङ - महिलाकाे हत्या गरेकाे आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मंसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा फालिएकाे थियाे।

मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगरसहित ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए।

मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल राखिएको छ। घटनाको थप अनुसन्धान गरिने उनले बताए। रासस

...

धनुषामा बम विस्फोट गराएको आशंकामा तीन जना पक्राउ

जनकपुरधाम - धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्र नगरमा बम विस्फोट घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिकाकी ललिता देवी, सीता देवी र मिथिला बिहारी नपा-१ का राम सुदित साह धानुक रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनीहरूलाई करिब १२ बजेतिर उनीहरूकै बासस्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘घटनाबारे अनुसन्धान भइरहेको छ’,उनले भने।

शुक्रबार मध्यराति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजारमा भएको बम विस्फोटमा परि स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका अन्दाजी २४ वर्षका ...


अस्ताए सिने जगतका नक्षेत्र, अलविदा दिपक दाई !

काठमाडौँ - बरिष्ठ कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । ५८ वर्षका उनको मृत्यु हुनुको कारण भने खुलेको छैन । अहिले उनको शव महाराजगंजस्थित त्रि.बि. शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । श्रीमती विपना बस्नेत (नक्कली हिशिला यमी) छोरीसँग मलेशियामा भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने भएको छ ।

कलाकार क्षेत्रीको निधनको खबर पुष्टि गर्दै कलाकार उत्तम केसीले भने- ‘शुक्रबार साँझ एक चलचित्रको स्वरांकन सकेपछि उहाँ (दीपक क्षेत्री) डिल्लीबजारमा रहेको घरमा आफ्नो कोठाको चुक्कुल लगाएर सुत्नु भएको रहेछ । शनिबार ...


टेक्टरबाट खस्दा दाङमा एकजनाको मृत्यु

शिवु खनाल

दाङ, मंसिर २८ दाङमा टेक्टरबाट खस्दा एकजना मजदुरको उपचारको क्रममा मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ भोजपुर निवासी आसमान चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

शनिवार दिउँसो ११ बजे बेलाबाट गढवा तर्फ जादै गरेको रा १ त २४१७ नम्बरको टेक्टरबाट उछिट्टिएर खस्दा टाउकोमा गम्भिर चोट लागेको र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मजदुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । टेक्टर नियन्त्रणमा र चालक प्रहरीको सम्पर्कमा रहेको प्रहरीले ...


तातोपानी भन्सारका प्रमुखसँग साढे १० करोड गैरकानुनी सम्पत्ति, यसरी तह लगाउथे घुषबाट कमाएको पैसा !

काठमाडौ - २०४५ सालमा शाखा अधिकृतबाट जागिर सुरु गरेका एक भन्सार अधिकृतले ३१ वर्षमा २० करोडभन्दा धेरैको सम्पत्ति आर्जन गरेको पाइएको छ। राजश्वको कर्मचारी भएको तीन दशकमा उनले १ करोड ७८ लाख २० हजार ९ सय ७५ रुपैयाँमात्र वैध आय हुन सक्नेमा उनले दश गुणा धेरै रकम गैरकानुनी रुपमा आर्जन गरेका थिए।

भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले जागिरको अवधिमा १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ अवैध आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

हाल तातोपानी भन्सारमा अधिकृत रहेका उनले क्यारिङ व्यवसाय गर्ने व्यापारीहरुसँग घुस लिने ...


घुस खाने ज्वाईं, लगानी गर्ने जेठान !

काठमाडौ - विराटनगर भन्सार कार्यालय मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार बस्नेतले विदेशबाट समान आयात गर्न घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए।

अख्तियारले बस्नेतसँगै उनका जेठानलाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारको अनुसन्धानमा ज्वाईं सेवाग्राहीसँग घुस खाने र जेठान त्यसलाई वैधानिक बनाउन अन्य व्यवसायमा लगानी गर्ने गरेको तथ्य खुलेको छ। अख्तियारको टोलीले बस्नेतले विदेशबाट सामान आयात निर्यात गर्ने क्यारिङ व्यवसायीसँग आयात गरिएका सामानहरु भन्सारबाट छुटाउने प्रयोजनको लागि १७ लाख घुससहित पक्राउ परेका थिए। ...


कर्णालीमा हिमपात : स्थानीयलाई सास्ती !

जाजरकाेट - कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भइरहँदा स्थानीयलाई सास्ती थपिएको छ ।

जाजरकोट, डोल्पा, जुम्ला, हुम्ला र मुगुमा भारी हिमपात भएपछि यहाँ परीक्षा अवरुद्ध हुँदा विद्यार्थी दुःखी भएका छन्। डोल्पा ठुली भेरी नगरपालिका कुम्लीस्थित विद्यालयका शिक्षक जयकृष्ण हमाल भन्छन्, 'हिमपातले पूरै दिन पढाइ नहुने डोल्पामा आधा पढेर परीक्षा दिने विद्यार्थीले जाँच नै दिन प्रकृतिले पनि अवरोध गरेको छ।' ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको ठूलीभेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिए।

पुस र माघमा भारी ...


लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

काठमाडौं - संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले मिचिएका भूभाग समावेश गरि नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाइ निर्देशन गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय समितिको बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा तत्काल सार्वजनिक गर्न निर्देशन दिएको हो ।

गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्या अर्यालसँग छलफलपछि समितिले सीमा समस्या समाधान गर्न सरकारलाई ५ बुँदे निर्देशन पनि दिएको छ ।

समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौजलाई फिर्ता गर्नको लागि वार्ता गर्न पनि सरकारलाई निर्देश गरेको छ । त्यस्तै ...


नवलपरासीमा नेपाली सेनाको बस दुर्घटना, १७ सैनिक घाइते

नवलपरासी - पूर्वी नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा प्रेमबहादुर खत्री र विरेन्द्र शाही छन् । उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको छ ।

अन्य घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि ...


पार्टीभित्रको विवाद मिलाउन देउवा र पाैडेलबीच छलफल हुँदै

काठमाडौं - पार्टीभित्रको विवाद अन्त्यका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शनिबार भेट हुने भएको छ।

विभाग गठन गर्ने संस्थापन पक्षको प्रस्ताव र १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने वरिष्ठ नेता पौडेल पक्षको अडानले पार्टीमा किचलो थपिएको थियो। दुई नेताबीच सहमति पहिल्याउनका लागि बिहान १० बजे छलफल हुन लागेकाे हाे।

छलफलका लागि पार्टी सभापति देउवाले वरिष्ठ नेता पौडेललाई बोलाएका छन्। निर्वाचन समितिले तल्लो तहको कार्यसमिति गठन गरि नसकेकाले महाधिवेसनको कार्यतालिका सार्वजनिक गर्न तत्काल सम्भव नभएको संस्थापन पक्षको तर्क छ।

सभापति देउवाले केन्द्रीय समिति ...


धनुषामा बम विस्फोट : एकैपरिवारका बाबु-छोरासहित प्रहरी इन्स्पेक्टरको मृत्यु

जनकपुरधाम - धनुषामा मध्यरातमा भएको शक्तिशाली बम विस्फोटमा परी एकैपरिवारका बाबु-छोरासहित एकजना प्रहरी अधिकृतको मृत्यु भएको छ। घटनामा अन्य ४ जना गम्भीर घाइते भएका छन्।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति ४६ वर्षीय राजेश साहको घरमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।

विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्चार्ज इन्स्पेक्टर अमिरकुमार दाहालको पनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटाेमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। विस्फोटमा परी राजेश साहका कान्छा छोरा १४ ...


नेपाल-भारत सीमा विवादसम्बन्धी बैठक अनिश्चित !

काठमाडौं- नेपाल-भारत सीमा विवादसम्बन्धी बैठक कहिले हुन्छ भन्न नसकिने भारतीय विदेश मन्त्रालयले जनाएको छ। नियमित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले भने, ‘यो मञ्चबाट म यो विषयमा केही बताउन सक्दिनँ।’

‘यो विषयमा जे हुने हो, त्यो कुटनीतिक च्यानलबाटै हुनेछ,’ उनले थपे।

भारतले सार्वजनिक गरेको पछिल्लो राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र भारतीय भूमीभित्र समेटिएकोप्रति पछिल्लो समय नेपालमा भारत सरकारको चौतर्फी विरोध हुँदै आएको छ।

यसैबीच सीमा विवाद समाधानका लागि नेपाल भारतबीच परराष्ट्र सचिवस्तरीय संयन्त्र बनेको छ। भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश सचिव विजय ...


को बन्ला सभामुख ? नेकपाभित्र यस्तो छ अड्कलबाजी !

काठमाडाैं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सभामुखको उम्मेदवार छान्न सकस परेको छ। पार्टीले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अधिकार दिए पनि अहिलेसम्म उनीहरूले नाम टुंगो लगाउन नसकेका हुन्। दुवै अध्यक्ष आफूनिकट व्यक्तिलाई सभामुखको जिम्मेवारीमा पु-याउने रणनीतिमा तल्लीन रहँदा रिक्त सभामुखमा पार्टीका तर्फबाट कसलाई अघि सार्ने भन्ने टुंगो लाग्न नसकेको हो।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली सरकारलाई समेत सहयोग गर्ने व्यक्तिलाई सभामुखमा ल्याउन चाहन्छन्। हाल उपसभामुख रहेकी शिवमाया तुम्बाहाम्फेले पनि सो पदमा दाबी गरेकी छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई ...


राष्ट्रियसभा निर्वाचनकाे दल दर्ता आजदेखि, माघ ९ गते  निर्वाचन !

काठमाडाैं - निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयाेगले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हाे।

सरकारले राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि निर्वाचनकाे मिति घोषणा गरेपछि आयोगले दल दर्ताको म्याद आजदेखि पुस ६ गतेसम्म तोकेको हाे।

नेपाल कम्युनिस्ट पार्टीका ८, नेपाली कांग्रेसका ७ र राष्ट्रिय जनता पार्टीका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजनाको कार्यकाल फागुन २१ मा सकिदै छ। कार्यकाल सकिने सदस्यहरूमा नेकपाबाट बलराम बास्कोटा, राजकुमार कुँवर, मीना बुढा, हरिचरण शिवाकोटी, कमलाकुमारी ओली, कालिबहादुर ...


वामदेव गौतमलाई उपाध्यक्ष बनाई दिन लागिएका तीन ठुला अधिकारहरु  के-के हुन् ?

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई मुख्य तीन अधिकारको व्यवस्थासहित उपाध्यक्ष बनाउने गरी केन्द्रीय सचिवालयले स्थायी समितिमा विधान संंशोधन प्रस्ताव लैजाने भएको छ ।

एक वर्षपछि २९ मंसिरमा बोलाइएको स्थायी समिति बैठकमा केन्द्रीय सचिवालयले प्रस्तावित उपाध्यक्षका तीन अधिकार हुने गरी विधान संशोधनको प्रस्ताव लैजाने गरी प्रस्ताव तयार पारेको हो । पार्टी कार्यालय धुम्बाराहीमा २३ मंसिरमा बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने र विधानको प्रस्तावनाको केही नीतिगत अस्पष्टता सच्याउन विधान संशोधन गर्ने निर्णय गरेको थियो ।

स्थायी समितिको तयारीका लागि २७ मंसिरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय ...


राष्ट्रियसभा निर्वाचनमा नेकपालाई यसरी हुँदैछ फाइदा, क-कसको सकिँदै कार्यकाल ?

काठमाडौं - राष्ट्रियसभा चुनाव विपक्षी कांग्रेसका लागि सुखद नहुने निश्चित देखिएको छ। राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

निर्वाचन आयोगले आगामी माघ ९ मा चुनाव तोकेको छ। कांग्रेसका ७ सहित १९ सांसदको कार्यकाल फागुनमा सकिँदै छ। पदावधि सकिन लागेका सांसदमा नेकपाका ८, राजपाका २, समाजवादीका १ र राष्ट्रपतिबाट मनोनीत (अर्थमन्त्री युवराज खतिवडा) एक जना छन्।

सात सय ५३ स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता हुन्। स्थानीय तह र ...


दोलखामा जेसिबी दुर्घटना : चालकको मृत्यु, ३ गम्भीर घाइते

दोलखा - भिमेश्वर नगरपालिका २ तिखातलमा बुधबार राति जेसिबी पल्टिँदा एक जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा दोलखाकै कालिन्चोक ४ चिउरीखर्कका २२ वर्षीय राजु थामी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरीका अनुसार दोलखाकै गौतम टोलबाट भिमेश्वर मन्दिरतर्फ जाँदै गरेको जेसिबी सडकबाट १ सय मीटर तल खस्दा गम्भीर घाइते भएका थामीको उपचारको क्रममा चरिकोट प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।

दुर्घटनामा परि कालिन्चोक गाउँपालिका–४ चिउरीखर्क घर भएका चालक २२ वर्षीय राजकुमार थामी, बिगु गाउँपालिका–७ ...


आज नेवार समुदायमा योमरी पुन्हि, किराँतमा उधौली मनाइंदै

काठमाडौं - आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने धान्यपूर्णिमा, योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । बिहीबार हिन्दू धर्मावलम्बीहरुले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायहरुले योमरी पूर्णिमा साथै ज्यापु दिवस मनाउँदैछन् ।

धान लगायतका वर्षे बाली भित्र्याएपछि धान्यपर्वत बनाई धनेश्वरको पूजाआजा र अन्नदान गरी धान्यपूर्णिमा मनाइन्छ । धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ । यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, ...


सुत्केरी हुँदाको ३ लाख ५० हजार बुझाउन नसक्दा अस्पतालमै बन्धक

राजविराज - उपचारबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खंगले विराटनगरस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन् । एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पुर्‍याइएको थियो । नवजात जुम्ल्याहामध्ये एकको मृत्यु भइसकेको छ भने अर्की शिशु तोपास्थित घरमा छिन् । ललिता दलित खत्वे समुदायकी हुन् । उनका पति गोपी मजदुरी गरेर जीविकोपार्जन गर्छन् ।

ललितालाई सुत्केरीका लागि गत कात्तिक २३ गते राजविराजस्थित ...


डेपुटी गभर्नर श्रेष्ठलाई कारबाही गर्न सिफारिस

काठमाडौं - नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लागेको आरोप पुष्टि हुने आधार भेटिएको भन्दै अध्ययन समितिले कारबाहीका लागि सिफारिस गरेको छ।

राष्ट्र बैंकका संचालक श्रीराम पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय अध्ययन समितिले मंगलबार प्रतिवेदन बुझाएको हो। अध्ययन समितिको प्रतिवेदनअनुसार श्रेष्ठले केहि कम्पनीको फाइलहरु लुकाएर त्यस्ता कम्पनीलाई गलत काम गर्न प्रोत्साहन गरेको तथा सघाएको, वित्तीय अनुशासन पालना नगरेका कम्पनीलाई राष्ट्र बैंकले कारबाही गर्नुपर्नेमा त्यस्ता संस्थालाई कारबाही हुनबाट बचाएको जस्ता विषयमा पुष्टि गर्ने आधारहरु भेटिएको भन्दै राष्ट्र बैंकलाई प्रतिवेदन बुझाएको हो।

श्रेष्ठमाथि एनसेल लाभकर विवाद, व्यवसायी अजेय ...


राष्ट्रियसभाका १९ जना सदस्यको पदावधि फागुन २० मा सकिंदै, माघ ७ मा निर्वाचन गर्न प्रस्ताव

काठमाडौ - राष्ट्रिय सभाको एक तिहाइ सदस्यको लागि चुनाव माघ ७ गते गर्न निर्वाचन आयाेगले प्रस्ताव गरेकाे छ। संघीय संसदले ५९ मध्ये १९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने भएकाले चुनाव गरिदिन निर्वाचन आयोगलाई पत्र पठाएपछि आयाेगले प्रस्ताव गरेकाे हाे।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कार्यकाल सकिनुभन्दा कम्तिमा ३५ दिनअघि चुनाव गर्नुपर्ने व्यवस्था छ। त्यसअनुसार माघ १५ गतेभित्र चुनाव गरिसक्नुपर्ने प्रावधान छ।

आयोगले ऐनमा भएको व्यवस्था अनुसार निर्वाचन प्रक्रियाको जानकारी राजनीतिक दल र सरकारलाई पठाउने तयारी गरेको छ।
राष्ट्रियसभा सदस्यको चुनावबारे आयोगले सोमबार राजनीतिक दलका ...


सागमा आज १३ खेल हुँदै, क्रिकेट र फुटबलको फाइनल आजै

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सोमबार (आज) विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ। खेल काठमाडौं, पोखरा र जनकपुरमा हुने छन्।

महिला फुटबल र आर्चरीका खेल पोखरामा हुनेछन् भने कुस्ती जनकपुरमा हुनेछ। अन्य बाँकी खेल काठमाडौंमा हुनेछन्। आज क्रिकेट, फुटबल, आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ।

महिला फुटबलको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा हुने फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै क्रिकेट अन्तर्गत पुरुषतर्फको फाइनल खेल पनि आज नै हुनेछ। स्वर्णका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन्। यस्तै ...


साग महिला फुटबलको फाइनल आज : उपाधिको लागि नेपाल-भारत भिड्दै

काठमाडाैं - १३औं दक्षिण एसियाली खेलकूद प्रतियाेगिता (साग)अन्तर्गत महिला फुटबलकाे फाइनल खेल साेमबार (आज) हुँदैछ। स्वर्ण पदकका लागि आयोजक नेपाल र भारतबीच पोखरा रङ्गशालामा खेल हुन लागेकाे हाे।

लिग चरणको शनिबार नेपाल र भारतबीचको स्पर्धापछि ‘पोष्ट म्याच कन्फ्रेन्स’मा भारतीय टोलीका प्रशिक्षक मेयामल रकीले भनेका थिए, 'आजको खेल ५०/५० को रह्यो हामीले पाएको अवसरलाई सदुपयोग गर्‍यौँ र आफ्नो पक्षमा नतिजा ल्यायौँ।' भारतीय प्रशिक्षकको भनाइलाई नै आधार मान्ने हो भने पनि नेपाल र भारतबीचको खेल जहिले पनि प्रतिस्पर्धापूर्ण हुन्छ र जसले पाएको अवसरको राम्रोसँग सदुपयोग गर्छ उही टोली ...


सभामुखबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै

काठमाडाैं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक साेमबार बस्ने भएकाे छ। बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेकाे हाे।

सचिवालय बैठक दिउँसाे १ बजे बाेलाइएकाे छ। प्रतिनिधिसभामा रिक्त सभामुख पदकाे निर्वाचन र स्थायी समिति बैठक बोलाउने बारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्न लागेकाे हाे।

बलात्कारकाे आराेप लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। बैठकमा मंसिर १४ मा भएकाे उपनिर्वाचनको औपचारिक समीक्षा हुने बताइएकाे छ।

पाँच दिनअघि बसेकाे सचिवालय बैठकले उपनिर्वाचन भएका क्षेत्रमा घात-अन्तर्घात भए/नभएकाे बारे केन्द्रलाई प्रतिवेदन पठाउन तल्ला कमिटीलाई निर्देशन ...


 १३औं साग : ४३ स्वर्णसहित नेपाल दोश्रो स्थानमा, जितेको कूल पदक १३८ !

काठमाडाैं - १३औं दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ। पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ।

शनिबारको खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१० पदक प्राप्त गरेको छ। नेपालले हालसम्म ४३ स्वर्ण, ३३ रजत र ६२ कास्यसहित कूल १३८ पदक जितेको छ।

यस्तै श्रीलङ्का ३० स्वर्ण, ५४ रजत र ८३ कास्यसहित तेस्रो, पाकिस्तान २१ स्वर्ण, २८ रजत र ३४ कास्यसहित चौथो, बङ्गलादेश सात स्वर्ण, २२ रजत र ५४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ ...


महिला फुटबल : स्वर्ण जित्नका लागि सोमवार भारतसँग प्रतिष्पर्धा

पोखरा - नेपाल साग महिला फुटबलमा भारतसँग पराजित भएर पनि फाइनलमा पुगेको छ। शनिबार भएको लिगको अन्तिम खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको हो। अब नेपालले स्वर्ण पदकका लागि सोमबार भारतसँग नै खेल्नुपर्ने छ।

लिग विजेता र उप–विजेता बन्दै नेपाल र भारतले फाइनलमा स्थान बनाएका हुन्।

पोखरा रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल भारतसँग १–० ले स्तब्ध भयो। भारतका लागि एनजी बाला देवीले निर्णायक गोल गरेकी हुन्। उनले डाङ्गमे ग्रान्सले प्रहार गरेको कर्नर किकमा हेडर गोल गरिन्।

नेपाली महिला टिमले यसअघि पहिलो खेलमा श्रीलंकालाई १–० र दोस्रो ...


भिजिट नेपाल २०२० का लागि ६२ करोड बजेट, कुन कार्यक्रममा कति (सूची सहित)

काठमाडौं - सरकारले भिजिट नेपाल २०२० का लागि झन्डै ६२ करोड रुपैयाँ विनियोजना गरेको छ। सरकारले भिजिट नेपाल सचिवाल मार्फत ६१ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।

सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ मा का लागि विभिन्न शीर्षकमा यो रकम विनियोजन गरेको छ। भिजिट नेपालका लागि विनियोजन भएको बजेटको अख्तियारी भिजिट नेपाल सचिवाला अर्थात राष्ट्रिय संयोजकले खर्च गर्न पाउने छन्।

कुन कार्यक्रमका लागि कति?

...

सागमा आज १५ खेल हुँदै,  फुटबलमा नेपाल-बंगलादेश भिड्दै

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आइतबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ। खेल काठमाडौं, पोखरा र जनकपुरमा हुनेछन्।

खेल तालिकाअनुसार आज क्रिकेट, फुटबल, आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ, ह्यान्डबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ।

पाेखरामा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल खेल हुने छन्। यस्तै कुस्ती जनकपुर हुनेछ भने अन्य खेल काठमाडौंमा हुने छन्। शनिबारकाे खेल सकिदासम्म नेपालले ४३ स्वर्णसहित भारतलाई पछ्याइरहेको छ। नेपाल दाेस्राे स्थानमा छ भने भारतले अग्रता कायमै राखेकाे छ।

आज पुरुष फुटबलतर्फ नेपालले ...


निजगढ विमानस्थलको काम रोक्न सर्वोच्चको आदेश

काठमाडौँ - सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ। पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो।

सर्वोच्चले दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि पनि बोलाएको छ।

...

ढल्केबर सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौं - धनुषामा निर्माणाधीन ४०० केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ। पुस (डिसेम्बर २०१९)भित्र निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज) लक्ष्यका साथ जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ।

मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ढल्कबेर सबस्टेसन ठूलो हब बन्ने छ। सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात-निर्यातका लागि पूर्वाधार तयार हुने छ।

साथै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने नेपाल ...


बुढीगण्डकी आयोजनाको मुआब्जाप्रति कांग्रेसकाे असन्तुष्टि

काठमाडाैं - बुढीगण्डकी जलविद्युत परियोजनाको मुआब्जाप्रति नेपाली कांग्रेसले असन्तुष्टि जनाएकाे छ। मंसिर १६ गते सार्वजनिक गरिएको स्थानीयवासीको जग्गाको मुआब्जा र त्यसप्रति स्थानीयवासीको व्यापक असन्तुष्टीप्रति चासाे व्यक्त गर्दै कांग्रेसले स्थानीयसँग छलफल गरेर मुआब्जा निर्धारण गर्न ध्यानाकर्षण गराएकाे छ।

मुआब्जा निर्धारण तत्काल फिर्ता लिएर स्थानीयवासीसँग पर्याप्त छलफल गरेर न्यायोचित मुआब्जा निर्धारण गरी समाधानमा पुग्न सबै जिम्मेवार पक्षलाई कांग्रेसले आग्रह गरेकाे छ। प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर आरुघाट र खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण व्यवहारिक र वैज्ञानिक ढंगले नगरिँदा स्थानीय नागरिकमा त्यसले व्यापक रोष उत्पन्न गरेको जनाएका छन्।

'सो ...


१३औं साग : आज १८ खेल हुँदै, फुटबल र क्रिकेट पनि आजै

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सातौं दिन शनिबार (आज) विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ। फुटबल, क्रिकेट, आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ।

काठमाडौं, पोखरा र जनकपुरमा गरि कूल १८ खेलमा प्रतिस्पर्धा हुनेछ। शनिबार एथ्लेटिक्सको ९ वटा स्वर्णका लागि भिडन्त हुनेछ। बिहान ७ बजे महिला र पुरुष म्याराथन दशरथ रंगशालाबाट सुरु भएकाे छ। आर्चरीकाे ४ वटा स्वर्णका लागि पोखरामा प्रतिस्पर्धा हुनेछ।

महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल ...


साग : बंगलादेशले भुटानलाई १० विकेटले हरायो

काठमाडौँ - १३ औं सागअन्तर्गत भुटान र बंगलादेशविरुद्धको पुरुष क्रिकेटमा बंगलादेशले १० विकेटको जित हात पारेको छ । भुटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले विकेट क्षतिबिना ६.५ ओभरमा भेट्टाएको हो ।

टस जितेर भुटानले पहिले ब्याटिङ रोजेको थियो । टेस्ट राष्ट्र बंगलादेशको बलिङमा भुटानी ब्याट्सम्यानहरुले संघर्षपूर्वक २० ओभर ब्याटिङ गरे । भुटानका ओपनरहरुले पहिलो विकेटका लागि २९ रनको पार्टनरसीप गरेका थिए । ओपनर तेन्जेन वाङ्चुक जुनियरले २९ बलमा हानेको १५ रन नै भुटानको लागि व्यक्तिगत सर्वाधिक रन थियो ।

बंगलादेशका मनिक खानले ४ ओभरमा ९ रन खर्चेर ...


गौरिका भन्छिन् : 'मलाई नेपाली होइन भन्छन्, तर म नेपाली हुँ, यो पदक सारा नेपालीलाई समर्पण'

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) मा २०० मिटर पौडी फ्रिस्टाइलमा स्वर्ण जितेकी गौरिका सिंहले कतिपयले आफूलाई नेपाली होइन भन्ने गरेकोमा चित्त दुखाएकी छिन्।

स्वर्ण पदक जितेपछि कुरा गर्दै उनले भनिन्– ‘मान्छेहरुले तिमी नेपाली होइनौ भन्छन्, तर म नेपाली हुँ। यो मेडल सारा नेपालीका लागि हो।’

स्वर्ण पदक जित्न सकेकोमा धेरै खुसी लागेको उनले बताइन्। ‘धेरै खुसी छु। स्वर्ण पदक जित्ने लक्ष्य थियो पूरा भयो। धेरै मेहनत पनि गरेँ, हरेक पटक राम्रो गर्ने कोशिस गरेँ। अझ अगाडिको दिनमा राम्रो गर्नेछु’ उनले भनिन्।

गौरिका पौडीमा व्यक्तिगत पदक जित्ने पहिलो ...


डाक्टरलाई रेप गरेर ज्युँदै जलाउने ४ अभियुक्त माथि प्रहरीको इन्काउन्टर

एजेन्सी - भारतको हैदराबादको एक बहुचर्तित बलात्कार काण्डका चार अभियुक्त प्रहरी कारबाहीमा मारिएका छन्। हैदराबादबाट ५० किलोमिटर टाढा रहेको महबुब नगर जिल्लाको चटनपल्ल गाउँमा चार अभियुक्त इन्काउन्टरमा मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

तेलंगना प्रहरीका एडिजी जितेन्द्रका अनुसार शुक्रबार बिहानीपखको ३ बजे चार अभियुक्त प्रहरी कारबाहीमा मारिएका हुन्। मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु मारिएका हुन्।

यी चार अभियुक्तलाई लिएर बिहीबार राति प्रहरी घटना भएकाे भनिएकाे जंगलमा गएकाे थियाे। जहाँ उनीहरुले बलात्कारपछि महिलालाई जलाएका थिए। ती महिला पशु डाक्टर हुन्।

जंगलमै प्रहरीमाथि अभियुक्तले हमला गर्न ...


सुटिङमा २० वर्ष पुराना पेस्तोल : खेल्दा नपड्किएपछि देशकै बेइज्जत

काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नयाँ हतियार उपलब्ध गराउन नसक्दा सागमा सुटिङ खेलाडी २० वर्ष पुराना पेस्तोल बोकेर प्रतिस्पर्धामा उत्रिएका छन् । जब कि अन्य देशका खेलाडी नयाँ र अत्याधुनिक मोडलका पेस्तोलसहित प्रतिस्पर्धामा छन् ।कतार, कुवेतलगायत देशबाट २० वर्ष पहिले अनुदानस्वरूप पाएका पेस्तोल नेपाली खेलाडीले प्रयोग गरिरहेका छन् । यी पेस्तोल पड्कनेनपड्किने टुंगो हुँदैन ।

बुधबार महिलाको २५ मिटर स्ट्यान्डर्ड पस्तोलमा नेपालकी सीमा तुलाधर पेस्तोल नपड्किएकै कारण लज्जित हुनुप-यो । स्पर्धाको प्रारम्भमा दुई राउन्ड प्रतिस्पर्धा हुन्छ । पहिलो राउन्डको प्रतिस्पर्धामा पाँच मिनेटभित्र ३० पटक फायर गर्नुपर्दछ, प्रत्येक १० सेकेन्डमा ...


सागमा नेपाललाई स्वर्णको शतक

काठमाडौं - दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार अर्को कोसेढुंगा पार गरेको छ। सागको इतिहासमा नेपालले जितेको कुल स्वर्ण पदक संख्या एक सय पुगेको छ। नेपालका लागि दक्षिण एसियाली खेलकुदमा एक सयौं स्वर्ण पदक जित्ने अवसर घरेलु मैदानमै जुर्नु अर्को संयोग हो।

हाल नेपालमा सागको १३औं संस्करण जारी छ। पहिलो संस्करण सम्पन्न भएको ३५ वर्षपछि नेपालले यस्तो उपलब्धि हासिल गरेको हो। नेपालका लागि एक सयौं स्वर्ण जित्ने सौभाग्य तेक्वान्दो खेलाडी सक्षम कार्कीलाई जुर्‍यो।

सक्षमले सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको पुरुष ८७ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेका ...


सिमानाका विषयमा छलफल गर्न चिनियाँ विदेश मन्त्री भारत जाँदै

काठमाडौं - चीनका विदेश मन्त्री वाङ यीले यही डिसेम्बर महिनामा भारतको भ्रमण गर्ने तयारी भएको छ। दुई पक्ष बीच भ्रमणबारे आन्तरिक रुपमा तयारी भइरहेकाले उनको भ्रमण यही महिनाको अन्त्यतिर हुने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्।

स्रोतले दिएको जानकारीअनुसार दुई देशको सिमानाका विषयमा छलफल गर्न उनी भारत आउन लागेका हुन्।

चिनियाँ विदेश मन्त्री वाङले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग पनि भ्रमणका क्रममा भेटवार्ता गर्ने जनाइएको छ।

सन् २०१७ मा डोक्लामको विषयलाई लिएर भारत र चीनबीच विवाद बढेको थियो। यसले नयाँ दिल्ली र बेइजिङबीचको सम्बन्धमा चिसोपना बढाएको थियो।

भारतीय प्रधानमन्त्री ...


साग स्वर्णमा भारतले नेपाललाई उछिन्यो

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद (साग) को तालिकामा नेपालभन्दा अघि भारत पुगेको छ। दोस्रो दिनसम्म नेपाल अघि रहे पनि उद्घाटन भएको तेस्रो दिनका खेल सकिँदा पदक तालिकामा भारत अघि बढेको हो।

अहिलेसम्म भारतको भारतको ३४ स्वर्ण छ भने नेपालको २९ स्वर्ण छ। पाकिस्तानको ९ स्वर्ण रहेको छ। यस्तै श्रीलंकाको ८, बंगलादेशको ४ र माल्दिभ्सको १ स्वर्ण रहेको छ।

रजतमा भारतको २३ रजत, नेपालको १५, पाकिस्तानको १८, श्रीलंकाको २३ र बंगलादेशको ७ रहेको छ।

कास्यमा भारतको ७० र नेपालको ६९ रहेको छ। पाकिस्तानको ४५, श्रीलंकाको ६९, बंगलादेशको ३७, ...


विश्वको खतरनाक एयरलाइन्समा तारा एयर र नेपाल एयरलाइन्स

काठमाडौं - संसारका खतरनाक एयरलाइन्सहरुमा नेपालको दुईवटा एयरलाइन्स परेका छन्। जसमा नेपालको दुर्गगम क्षेत्रमा उडान गर्दै आएको तार एयर र सरकारी स्वामित्वको नेपाल एयरलाइन्स रहेका छन्।

विश्वको चर्चित म्याग्जिन फोब्र्सले गरेको अध्ययनमा सन् २०१९को खतरनाक एयरलाइन्समा स्वर्गीय पर्यटन व्यवसायी आङछिरिङ शेर्पा परिवारको लगानीमा रहेको तार एयर नम्बर १ मा परेको हाे।

यसैगरी सरकारी स्वामित्वकै राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्स पनि खतरनाक एयरलाइन्सको सूचीमा रहेको छ। फोब्र्सले ७ वटा ताराको मापन मान्दै गरेको अध्ययनमा तारा एयर खतरनाक एयरलाइन्सको सूचीमा परेको हो। तारा एयरले ७ तारा मध्ये एक तारा मात्रै ...


महोत्तरीमा पिकअप भ्यान दुर्घटना : २ जनाकाे मृत्यु, १५ घाइते

महोत्तरी - महोत्तरीको बर्दिवासमा पिकअप भ्यान दुर्घटना हुँदा दुईजनाकाे मृत्यु भएकाे छ भने १५ जना घाइते भएका छन्।

बुधबार बिहान भएकाे दुर्घटनामा धनुषाधाम २ का शकुन्तलादवी साह र र्बतनिया महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ।

बाराको गढीमाइ मेला दर्शन गरेर जनकपुर फर्कने क्रममा ना ५ च १२२७ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो। घाइतेकाे महोत्तरी र धरानका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

...

साग : २३ स्वर्ण सहित नेपाल शीर्ष स्थानमा, भारत पछिपछि

काठमाडौँ - १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दोश्रो दिनका खेलहरु सकिदाँ नेपाल अंकतालिकामा अग्रता यथावत् राख्न सफल भएको छ। नेपालले अहिलेसम्म २३ स्वर्ण जितेको छ। साथै ९ रजत र १२ कास्य सहित ४४ मेडलका साथ नेपाल अंकतालिकाको अग्र स्थानमा छ।

नेपाललाई पछ्याएको भारतले १५ स्वर्ण, १६ रजत र ९ कास्य सहित ४० मेडल हात पारेको छ। भारत दोश्रो स्थानमा छ।

तेश्रो स्थानमा रहेको श्रीलङ्काले ५ स्वर्ण, १४ रजत र २७ कास्य जितेको छ। सबैभन्दा धेरै ४६ मेडल श्रीलङ्काले जितेको छ।
पाकिस्तान र बंगलादेशले समान ...


सागमा आज १६ खेल हुँदै, फुटबलमा नेपाल-श्रीलंका भिड्दै

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को चौंथो दिन बुधबार विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ। काठमाडौं र पोखरामा कूल १६ खेलको प्रतिस्पर्धा हुन लागेकाे हाे।

प्रतियोगिताअन्तर्गत आज करातेको अन्तिम ४ स्वर्णको छिनोफानो हुँदैछ। त्यस्तै, फुटबल, एथ्लेटिक्स, तेक्वान्दो र उसुका खेलको प्रतिस्पर्धा पनि आजै हुनेछन्। करातेको फाइटतर्फ व्यक्तिगत दुई र टिम कुमुतेतर्फ दुई स्वर्ण छिनोफानो हुनेछ।

एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो,ट्रायथोलन, टेनिस, कब्बडी , ह्यान्डबल र उसुको प्रतिस्पर्धा हुनेछ। तेस्रो दिनसम्म नेपाल २३ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ। भारत ...


नियम विपरीतका होर्डिङ बोर्ड हटाउन काठमाडाैं महानगरकाे सात दिने म्याद

काठमाडौं - काठमाडाैं महानगरपालिकाले नियम विपरीत सहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउनका लागि चासो देखाएको छ। अदालतको आदेशानुसार कामपाले पछिल्लो समय यस कार्यमा सक्रियता देखाएको हो। विज्ञापन होर्डिङ बोर्ड, भित्तेलेखन, भित्तामा टाँसिएको पोस्टरलगायत सामग्री नहटाएको भन्दै महानगरपालिकाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको थियो।

कामपाका प्रवक्ता ईश्वर डङ्गोलका अनुसार हटाउनका लागि गत सोमबार सात दिनको समय सम्बन्धित व्यक्ति र संस्थालाई दिइएको छ। उक्त समयभित्र पनि नहटाए कामपाले नै हटाउने र कारवाहीसँगै हटाएको ज्यालासहित सम्बन्धित पक्षले दिनुपर्नेछ। अहिले पुलतीसडक, बागबजार, बानेश्वर, कोटेश्वर, चावहिल, कलङ्कीलगायत स्थानमा नियम विपरीतका ...


१३ औं साग : नेपालको नाममा २२ स्वर्ण पदक

काठमाडौँ - १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण संख्या २२ पुर्‍याएको छ। सोमबार नेपालले कराते र तेक्वान्दो तर्फ समान ७ - ७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो।

मंगलबार नेपालले उसु तर्फ २ स्वर्ण थपेको छ। नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो। महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन्।

त्यस्तै नेपालले मंगलबार कराँतेमा ३ स्वर्ण थप गरेको छ। नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जितेका हुन्। त्यस्तै सुनिता महर्जनले पनि ...


बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रमा मुआब्जा तोकियो, कुन जग्गाको कति मूल्य?

काठमाडौं - बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान प्रभावित क्षेत्र गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जा तोकिएको छ। मुआब्जा निर्धारण समितिको आइतबार बसेको बैठकले मुआब्जाको दररेट तोकेको हाे।

गोरखाको आरुघाट र धादिङको आरुघाट बजार, सल्यानटार, खहरे, साबिकको आरुचनौटे गाविस, साबिक थुमी गाविस (आर्खेत बजार) लगायत मुआब्जा वितरण गर्न बाँकी स्थानका लागि मुआब्जा तोकिएको हो। ती स्थानहरुमा मुआब्जा दिन बाँकी जग्गाको मुआब्जाका लागि भन्दै मंगलबार सार्वजनिक सूचना प्रकाशित गरी निवेदन माग गरिएको छ।

यसअघि २०७२ चैत २० गते मुआब्जा वितरणका लागि सरकारले सार्वजनिक सूचना जारी गरेपनि ...


बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु (नामावली सहित)

काठमाडाैं - बागलुङको बडिगार्ड गाउँपालिकामा जीप खोलामा खस्दा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिपमा रहेकामध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो ।

ज १ ज ५२१९ नम्बरको जिप दुर्घटनामा ३ जना घाइते भएका छन् भने १ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बागलुङ–गुल्मी बुर्तिवाङ चल्ने जिप दुर्घटना भएको थियो । घाइतेहरुलाई लिन काठमाडौंबाट अपरान्ह १ बजे नेपाली सेनाको हेलिकप्टर बुर्तिवाङका लागि उडेको थियो।

मृत्यु हुनेहरु
वर्ष २६ की सूचना कार्की
वर्ष ६५ का धनबहादुर कार्की
वर्ष ४० की बसुन्धरा कार्की


जनकपुरमा एक सय आठ जोडीको सामुहिक बिहे

जनकपुर- जनकपुरमा एक सय आठ जोडीको सामूहिक आदर्श विवाह गरिएकाे छ। प्रदेश सरकार, विश्व हिन्दु परिषद र ऐतिहासिक मणिमण्डप संरक्षण समितिको संयुक्त आयोजनामा सोमबार जनकपुरमा एक सय आठ जोडीको सामूहिक आदर्श विवाह सम्पन्न भएको हाे।

नवविवाहित जोडीलाई सम्मान पत्र प्रदान गरिएकाे थियेा। सामूहिक आदर्श विवाहमा सहभागी प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सम्मान पत्र प्रदान गरे।

तस्बिरमा हेर्नुहाेस् सामूहिक आदर्श विवाह

...

अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देश :  ‘मेरो स्वास्थ्य सुधार भएको छ’

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वास्थ्यमा सुधार भएको बताएका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा सात दिनदेखि उपचाररत प्रधानमन्त्री ओलीले सोमबार भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्य राम्रो हुँदै गएको बताए । उनको स्वास्थ्य गम्भीर भएको भन्दै आइतबार रातिदेखि देश–विदेशका नेपालीबीच अफवाह फैलिएकाे थियो ।

सेन्टरको पाँचौँ तलाको एक छेउमा कुर्सीमा बसेर ओलीले करिब दुई मिनेटको भिडियो सन्देश दिएका थिए । संक्रमण नहोस् भनेर उनलाई चिकित्सकहरूले आइसियूबाट बाहिर निकालेका छैनन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर दुई दिनदेखि देश–विदेशबाट नकारात्मक कुराहरू आउन थालेपछि प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यबारे ...


स्थानीय तह भ्रष्टाचारमा डुब्यो, चेतावनीस्वरूप अख्तियारले दियो ६१ बुँदे सुझाव !

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह भ्रष्टाचारमा डुबेको ठहर गरेको छ। अख्तियारमा यतिबेला स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ। योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता तथा सेवा वितरण, सार्वजनिक जग्गा सिफारिस, शिक्षा व्यवस्थापन लगायतका उजुरीमा छानबिन गर्दा व्यापक भ्रष्टाचार पाइएको आयोगका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

तहका काम कारबाही प्रभावकारी, पारदर्शी र कानुनसम्मत बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ बुँदे सुझाव दिएको छ। केही स्थानीय तहले बजेट स्वीकृत नगरी अनियमितता गरेको, पुँजीगतबाट चालूमा समेत ...


प्रधानमन्त्रीलाई उपचारका लागि अमेरिका लगिने, व्यवस्थापन गर्न राजदुत काठमाडौँमा

काठमाडौं - प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ।एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ। अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको छ।

‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक विदेश लैजाने तयारी छ’, उपचारमा संलग्न एक चिकित्सकले भने।प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डायलासिस गरिसकिएको छ।

नेकपाका एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए। ‘अमेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ’, ...


तेक्वान्दोको पुम्सेमा कमल श्रेष्ठले दिलाए नेपाललाई स्वर्ण

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद -साग)मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ । तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् ।

उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाएका छन् ।

यससँगै सागमा नेपालको तीन स्वर्ण, दुई रजत र एक कास्य पदक भएको छ ।

...

मण्डेकाजीले नेपाललाई दिलाए पहिलो स्वर्ण पदक

काठमाडौं - नेपालका मण्डेकाजी श्रेष्ठले १३औँ सागमा नेपालका लागि पहिलो स्वर्ण पदक जितेका छन्। उनले करातेको व्यक्तिगत पुरुष एकल कातामा स्वर्ण जितेका हुन्।

उनले पाकिस्तानका खेलाडीलाई फाइनलमा पराजित गरे।

यसअघि महिला एकल कातामा नेपाली चञ्चला दनुवारले पाकिस्तानको खेलाडीसँग हारेर रजत पाएकी थिइन्।

...

धरानको मेयरमा कांग्रेसका तिलक राई विजयी

काठमाडौं - धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् ।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गरे । तिलकले २६ हजार ७०९ मत पाएका छन् । प्रकाशले भने २३ हजार ९१४ मत पाए । धरानमा कांग्रेसको यो बहुदलपछि पहिलो जित हो ।

०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको थियो ।

...

बलात्कार आरोपी सिद्धबाबा आइसीयूबाट पक्राउ

विराटनगर - बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदास गिरीलाई प्रहरीले पक्राउको गरेको छ। विराटनगरस्थित विराट नर्सिङ होमकाे आइसीयूमा भर्ना भएकाे अवस्थामा नै सोमबार बिहान चार बजे उनलाई पक्राउ गरिएकाे हाे।

सुनसरीका डीएसपी विनोद शर्माको टोलीले उनलाई पक्राउ गरेको हो। सुनसरीको चतरास्थित आश्रमका सिद्धबाबामाथि एक महिलाले बलात्कारकाे आराेप लगाएकी थिइन्।

महिलाकाे उजुरीपछि थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएकाे हाे। गिरिमाथि कात्तिक ४ गते एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ। आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप ती महिलाले लगाएकी थिइन्।

बलात्कारको आरोप लगाएकी महिलाले विगत ६ महिनादेखि सिद्धबाबालाई ...


१३औं सागको भव्य उद्घाटन (फोटो फिचर)

काठमाडौं - १३औं दक्षिण एसियाली क्षेत्रीय खेलकूद (साग)को भव्य उद्घाटन भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच सागको उद्घाटन गरेकी हुन्। उद्घाटनका क्रममा करीब सवा तीन घण्टा अवधिको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत भए।

उद्घाटनका अवसरमा सातै मुलुकको संस्कृतिक विविधता झल्कने कार्यक्रम पनि प्रस्तुत गरिएको छ। सरकारले १३औँ साग प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको छ। प्रतियोगितामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम ...


बागलुङ प्रदेशसभामा जनमोर्चाका खिमविक्रम शाही निर्वाचित

बागलुङ - बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन्। जनमाेर्चाका खिमविक्रम शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई पराजित गरेका हुन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थमा उम्मेदवार बनेका शाहीले कांग्रेसका शेरचनलाई २ हजार ९७ मतान्तरले पराजित गरे।

शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले ९ हजार १३८ मत मात्रै ल्याए।

...

दाङ प्रदेशसभामा नेकपाकी विमला वली निर्वाचित

दाङ - दाङ क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विमला वली निर्वाचित भएकी छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यलाई पराजित गरेकी हुन्।

विमलाले ५ हजार १०४ मतान्तरले आचार्यलाई पछि पार्दै विजयी भएकी हुन्। उनले २४ हजार २८६ मत ल्याएकी छन्।आचार्यले १९ हजार १८२ मत ल्याए।

२०७४ सालमा भएको निर्वाचनमा स्वर्गीय उत्तरकुमार वलीले बाम गठबन्धनको तर्फबाट विजयी भएका थिए।

...

कास्की २ मा विद्या भट्टराई विजयी

पोखरा - कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् ।

आइतबार साँझ सकिएको मतगणनाअनुसार भट्टराईले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् ।

निर्वाचित भएको घोषणा भएपछि भट्टराईले आफ्ना दिवंगत पति रवीन्द्र अधिकारीलाई सम्झिइन् । ‘यो जनमत रवीन्द्र अधिकारीप्रतिको सम्मान र नेकपा र म प्रतिको भरोसा मानेको छु’ उनले भनेकी छन् ।

कास्की २ बाट निर्वाचित अधिकारीको ...


कृष्णबहादुर महरा र शंकर पोखरेलको क्षेत्रमा कांग्रेस विजयी

काठमाडौं - दाङको घोराही उपमहानगरपालिका वडा नंं. १६ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेस उम्मेदवार ताराबहादुर डाँगी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै निर्वाचित भएका हुन्।

डाँगीले एक हजार दुई सय १८ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार केसीले एक हजार एक सय १७ मत प्राप्त गरे।

घोराही उपमहानगरपालिको वडा नंं. १६ दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा पर्छ भने प्रदेश सभा २ (क) पर्दछ।

प्रतिनिधि सभामा निवर्तमान सभामुख कृष्णबहादुर महरा ४० हजार ४२ मत ल्याएर विजयी भएका थिए भने ...


कास्की २ मा विद्या भट्टराईको कांग्रेस उम्मेदवारसंग आधा भन्दा बढीको मतान्तर

पोखरा - प्रतिनिधिसभाको कास्की– क्षेत्र नं. २ मा शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रता थप फराकिलो पारेकी छन् ।

पोखरा महानगरपालिकाको २ वडाको मतगणना सकिँदा भट्टराईले ३ हजार ७ सय ४ मतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवारलाई पछि पारेकी हुन् ।

प्राप्त परिणामअनुसार विद्याले ६ हजार ७ सय ९९ मत हासिल गर्दा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ९५ मतका साथ नेकपा उम्मेदवारलाई पछ्याइरहेका छन् ।

वडा नम्बर ३३ को मत गणना हुँदा विद्याले ३ हजार २ सय मत ल्याएकी थिइन् । कांग्रेसका उम्मेदवार ...


३९ स्थानको ताजा मत परिणाम : २२ वडामा नेकपा र ११ वडामा कांग्रेसकाे जित

काठमाडौं - ३७ जिल्लाका विभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ। आइतबार बिहान १० बजेसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगका अनुसार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन्।

३९ स्थानको मत परिणाम हेर्दा नेकपा कांग्रेसभन्दा दोब्बर ठाउँमा विजयी भएको छ। कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क), ...


आज विजोर नम्वर प्लेट भएका सवारी साधन मात्र गुड्न पाउने, जोर चलाए कारवाही

काठमाडाैं - १३ ‍औं दक्षिण एसियाली खेलकुद (साग)मा यातायात व्यवस्थालाई मध्यनजर गर्दै उपत्यकामा जोर विजोर प्रणाली लागू गरिएकाे छ। जोर विजोर प्रणाली अनुसार आज विजोर नम्वर प्लेट भएका सवारी साधन मात्र गुड्न पाउने छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सागको उद्घाटन दिन आज र समापनको दिन मंसिर २४ गते उपत्यकामा जोर/विजोर प्रणाली लागू गरेकाे हाे। दुई दिन चक्रपथभित्र चल्ने सबै निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू गरेको हो।

ट्राफिक प्रहरीले तोकेको क्षेत्रमा जोर नम्वर प्लेट भएका सवारी चलाए कारबाहीमा हुनेछ। त्यस्तै सागको समापन २४ गते भने ...


१३औँ सागको उद्घाटन आज, २६ खेलमा प्रतिस्पर्धा हुने

काठमाडाैं - १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकूद (साग)को उद्घाटन आइतबार (आज) हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच सागकाे उद्घाटन गर्नेछिन्।

करीब सवा तीन घण्टा अवधिको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ। उद्घाटनका अवसरमा सातै मुलुकको संस्कृतिक झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ।

सरकारले १३औँ साग प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा गरिसकेको छ। प्रतियोगीतामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम शनिबार सम्पन्न भइसकेको छ। काठमाडाैं, ...


सुनसरीमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा ७ जनाको मृत्यु

सुनसरी - सुनसरीको हरिपुरमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ।

वीरगञ्जबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति ठक्कर दिएको हाे।

एम्बुलेन्समा सवार सातैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुने उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेका छन्।

...

वडाअध्यक्ष कुन पार्टीको कहाँ निर्वाचित ? पछिल्लो सूची यस्तो छ !

काठमाडौं - तीन तहमा ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ। पछिल्लो मत परिणाम अनुसार अधिकांश ठाउँमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ।

कांग्रेस र समाजवादी पार्टीले पनि केही ठाउँमा जित हासिल गरे पनि उनीहरु कमजोर देखिएका छन्।

वडा अध्यक्षहरु निर्वाचितहरुको पछिल्लो सूची यसप्रकार छः

फिदिम नगरपालिका- १ (पाँचथर)
गजाधर भट्टराई- १४४६ (नेकपा/विजयी)

हिलिहाङ्ग गाउँपालिका- ७ (पाँचथर)
तिलविक्रम इधिङ्गो- ८४२ (नेकपा/विजयी)
गेहनाथ रिजाल- ८१२ (कांग्रेस)
तुलप्रसाद पंथाक/लिम्बु- १२ (राप्रपा)

खाँदबारी नगरपालिका-३ (संखुवासभा)
भरतकुमार घिमिरे- ७१६ (नेकपा/विजयी)
विक्रम गुरुङ- ४६७ (कांग्रेस)

साकेला गाउँपालिका-३ (खोटाङ)
शिवकला ...


डोटीका २ ठाउँमा भेटिएको बम सेनाद्वारा डिस्पोज

डोटी - डोटीका २ छुट्टा छुट्टै स्थानमा बम फेला परेका छन् । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । डोटीको आदर्श गाउँपालिका–२, कुचेडा र सोही वडाको कानगडा भन्ने स्थानमा बम भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार कुचेडामा भेटिएको प्रेसर कुकर बम शनिबार बिहान २ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

त्यस्तै, आदर्श गाउँपालिका–२ को कानेगडामा भेटिएको अर्को बम पनि नेपाली सेनाको टोलीले शनिबार बिहान ९ बजे डिस्पोज गरेको छ ।

आदर्शनगर–२ मा भइरहेको निर्वाचनलाई लक्ष्य गरेर बम विस्फोट गराइएको ...


बलात्कारको आरोपमा धर्मगुरु 'सिद्धबाबा' प्रहरी नियन्त्रणमा, यस्ता छन् महिलाले लेखेका गोप्य 'हट' म्यासेज !

इटहरी - बलात्कारको आरोपमा धर्मगुरु 'सिद्धबाबा' भनिने कृष्णदास गिरिलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बलात्कार आरोप लागेसँगै आश्रमबाट बाहिरिएका उनलाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ।

गिरीलाई जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरेर प्रहरीले समातेको हो। सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार गिरिलाई केही समयपछि सार्वजनिक गर्ने तयारी गरिएको छ।

गिरिमाथि कार्तिक ४ गते अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको हो। महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी हुन्। शुत्रबार बिहानैदेखि आश्रम छोडेर ...


पोखरा नयाँबजारस्थित मतदान केन्द्रमा बम विस्फोट

काठमाडौं - उपनिर्वाचनका लागि मतदान भइरहेको पोखरा महानगरपालिका- ९ स्थित नवप्रभात माविमा बम बिस्फोट भएको छ। नयाँबजारस्थित मतदान केन्द्रमा केहि बेर अघि बम विस्फोट भएको हो। बिस्फोटबाट कुनै क्षति भने नभएको बताइएको छ।

मतदान केन्द्रमा बाहिरबाट बम फ्याँकिएको प्रहरीको भनाइ छ। बम विस्फोटबाट ढुङ्गाहरु उछि्ट्टिएका छन्। ठूलो आवाजसहित विस्फोट भएपनि मतदान भने रोकिएको छैन। मतदाता त्रसित भइ तितरवितर भएकाे मतदानस्थलबाट माधव खतिवडाले जानकारी दिएका छन्।

...

उपनिर्वाचन : रिक्त ५२ पदका लागि मतदान जारी

काठमाडाैं - प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका गरी ५२ पदका लागि अहिले मतदान भइरहेकाे छ। ३७ जिल्लाका विभिन्न स्थानमा उपनिर्वाचनकाे मतदान भइरहेकाे हाे।

निर्वाचन आयाेगका अनुसार बिहान ७ बजेबाट मतदान सुरु भएकाे हाे। मतदाताले अपराह्न ५ बजेसम्म सम्बन्धित मतदानस्थल पुगेर मतदान गर्न सक्ने आयाेगले जनाएकाे छ। आयाेगले ढुक्कसँग मतदान गर्न मतदातालाई आग्रह गरेको छ।

अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्ने व्यवस्था मिलाइएकाे छ। आज हुने उपनिर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्रका गरी ३ सय ३७ उम्मेदवार ...


लागूऔषध कारोबार गर्ने तीन जना धनगढीबाट पक्राउ

कैलाली - कैलालीको धनगढीमा लागूऔषधको कारोबार गर्ने तीनजना पक्राउ परेका छन्। कैलाली प्रहरीले बिहीबार राति धनगढीको एक होटलबाट उनीहरुलाई पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका- ५ जाई बस्ने २८ वर्षीय इन्द्रजित धामी, धनगढी उपमहनगरपालीका- ८ बस्ने १८ वर्षिया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ घर भई हाल जिल्ला कैलालीकाे उपमहनगरपालीका १ बस्ने १९ वर्षिया मोनिका थापा भन्ने मोनिका बुढा रहेका छन्।

होटलमा लागूऔषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरुकाे साथबाट प्रहरीले ३ ग्राम ७ सय ६० मिलिग्राम ब्राउन सुगर ...


विवाहपञ्चमी महोत्सव : भारतको अयोध्याबाट आएका जन्तीलाई जनकपुरमा भब्य स्वागत

जनकपुर - विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट साधुसन्तसहित जन्ती जनकपुरधाम आइपुगेको छ। प्रतिकात्मक भगवान राम र लक्ष्मणको रुप धारण गरी झाँकी र लावालस्करसहित भारत उत्तर प्रदेशको अयोध्याबाट जन्ती जनकपुर आइपुगेका हुन्। ५ सयको संख्यामा आएका जन्तीलाई महोत्तरीका विभिन्न स्थानसहित जनकपुरधाममा भव्य स्वागत गरिएको थियाे।

जनकपुरधाम आइपुगेका जन्तीलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, प्रहरी उपरीक्षक शेखर खनाल र सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले स्वागत गरेका थिए।

त्रेतायुगमा भगवान राम र माता ...


८ किलो सुनसहित विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं - ८ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय गौचरका डिआइजी सूर्यप्रसाद उपाध्याका अनुसार गएराति साढे १० बजे ८ किलो सुनसहित २ चिनियाँ नागरिक पक्राउ परेका हुन्।

हङकङबाट आएको नेपाल एयरलायन्सको आरए ४१० नम्बरको फ्लाइटमार्फत नेपाल आउँदै गर्दा उनीहरुलाई भन्सारको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा पासवर्ड नम्बर इएच ६५९६६३७ नम्बरका चीन्को फुजिनका चेन होङयाङ र इए ५८०७५९८ नम्बर भएका चेन इङचुहाङ छन्।

सनम शाक्यको हत्या हुने गरी भएको साढे ३३ किलो सुन तस्करी काण्डपछि ...


मंसिर १५ र २४ गते उपत्यकामा सवारीमा जोर-बिजोर प्रणाली लागू गरिने, यस्तो छ कारण !

काठमाडाैं - १३औं दक्षिण एसियाली खेलकूद (साग)को उद्घाटन र समापनको दिनमा उपत्यकाको यातायातमा जोर विजोर प्रणाली लागू गरिने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले खेल उद्घाटनको दिन मंसिर १५ गते विजोर नम्बर प्लेटका र समापन मंसिर २४ गते जोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने जनाएको छ।

सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीले बाहेक अन्यले उद्घाटन र समापनका दिनमा सकेसम्म सवारी नचलाई प्रहरीलाई सहयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

महाशाखाले बिहीबार सूचना जारी गरी सागको ट्राफिक व्यवस्थापनलाई चुस्त र सुरक्षित ...


...

अर्घखाची बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो

काठमाडौं - अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको दुनियाँखबरलाई बताए । 

घाइतेहरुको सन्धीखर्क र बुटवलमा उपचार भैरहेको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको कमाण्डमा खटिएको टोली थप घाइतेको उद्दार गरिरहेको प्रदेश प्रहरीले जनाएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ।

Image may contain: one or more people, outdoor and ...</div></div></div></div><hr><div class=

हुम्लामा टिपर दुर्घटना हुँदा ३ को मृत्यु, १३ घाइते

काठमाडौं - हुम्लामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोवस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ख ३२६९ नं टिपर सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा नाम्खा गाउँपालिका-१ हेप्का गाउँका छिरिङ लामा, नोरी लामा र तान्ज्योत लामाको मृत्यु भएको छ ।

टिप्पर सडकभन्दा करिब ३० मिटर तल खसेको छ । घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको र अधिकांशको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

टिपर चालक ...


अर्घखाची बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो

काठमाडौं - अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको दुनियाँखबरलाई बताए । 

घाइतेहरुको सन्धीखर्क र बुटवलमा उपचार भैरहेको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको कमाण्डमा खटिएको टोली थप घाइतेको उद्दार गरिरहेको प्रदेश प्रहरीले जनाएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ।

...

पोखरामा नेकपाको चुनावी सभास्थल नजिकै बम विस्फोट

कास्की - पोखराको नयाँ बजारमा बम विस्फोट भएको छ । कास्की-२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको हो ।

प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा विस्फोट भएको हो । विस्फोटबाट कुनै क्षति भने भएन ।

यसअघि उम्मेदवारी दर्ताको दिन कात्तिक २१ गते पनि कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

बम विस्फोट गराउनेको खोजि भैरहेको प्रहरीले जानकारी दिएको छ ।

 

...

लिपुलेक फर्काउन सरकारलाई साथ दिन्छौँ : कांग्रेस

काठमाडौँ - प्रमुख प्रतिपक्षी कांग्रेसले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई फर्काउन सरकारले भारतसँग गम्भीर कूटनीतिक पहल नगरेको आरोप दोहो-याएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै परिणाम हासिल गर्ने पहल गर्न सरकारसँग माग गरे ।

‘हाम्रो देशको अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देशको नक्सामा गाँसेर भारत सरकारले नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनालगत्तै नेपाली कांग्रेसले गम्भीर विमति त प्रकट ग-यो नै, यो अवधिमा ती भू–भागबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र त्यसका लागि नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्ने ...


कर्णाली सरकारद्वारा ऐनविपरीत दुई अर्ब बढी रकमान्तर

सुर्खेत - कर्णाली प्रदेश सरकारका तीन मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा कानूनविपरीत ठूलो रकम रकमान्तर गरेको पाइएको छ।

सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले गरेको अध्ययनअनुसार ऐनविपरीत रु दुई अर्ब बढी रकमान्तर गरेको पाइएपछि समितिले मङ्गलबार सम्बन्धित मन्त्रीलाई बोलाएर स्पष्टीकरण लिएको छ। समितिको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सहभागी थिए।

सामाजिक विकासमन्त्री दल रावल प्रदेश राजधानी बाहिर भएकाले समितिले मन्त्रीद्वयसँग रकमान्तरबारे स्पष्टीकरण लिएको हो। बैठकमा उपसमितिका संयोजक तथा सार्वजनिक लेखा समितिका सदस्य करवीर शाहीले विनियोजन विधेयकमा मन्त्रालयले ...


बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्न निजी मेडिकल कलेज सहमत

काठमाडौं - निजी मेडिकल कलेजहरुले विद्यार्थीसँग बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको लामो छलफलपछि निजी मेडिकल कलेजका सञ्चालकहरु शुल्क फिर्ता वा समायोजन गर्न सहमत भएका हुन्।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल, विश्वविद्यालयका उपकुलपतिहरु, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, शिक्षा मन्त्रालयका सचिव र निजी मेडिकल कलेजका सञ्चालकहरुको छलफलले शुल्क समायोजनका विषयमा २ बुँदे निर्णय गरेको हो।

शिक्षा मन्त्रालयमा छलफल हुनुअघि गृह मन्त्रालयमा भएको अर्को छलफलमा शुल्क फिर्ता नगरे बुधबारबाट पक्राउ गर्ने निर्णय भएको थियो।

गृहको उक्त निर्णयपछि शिक्षा मन्त्रालयमा साँझबाट पुनः छलफल सुरु भएको ...


प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट बाहिर निकालियो

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। 'हिजोको भन्दा आज निकै सुधार भएको छ', अस्पताल स्रोतले दुनियाँ खबरलाई जानकारी दियो।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको 'एपेन्डिसाइटिस'को आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो।

स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्रीलाई भेन्टिलेटरबाट बाहिर निकालिएकाे छ। 

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। परीक्षणमा उनलाई 'पेरिटोनाइटिस' (पेटमा संक्रमण) पनि देखिएपछि तुरुन्तै 'ल्यापरोटोमी' गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई डा रमेशसिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको हो।

 

...

प्रधानमन्त्रीको अप्रेसन सकियो, केही दिन अस्पतालमै बस्नुपर्ने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेशन सकिएको छ । महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेसन गरिएको हो ।

अस्पतालका निर्देशक डा. अरुण सायमीले भने, ‘एपेन्डिसाइटिसको सानो अपरेसन भर्खरै सकिएको छ ।’

अप्रेसन गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने छ । तर, कति दिन बस्नुपर्छ भनेर चिकित्सकहरुले यकिनका साथ बताएका छैनन् । प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारसमेत रहेका डा. सायमीले भने, ‘स्वास्थ्यका अरु कुराहरु पनि हेर्नुपर्छ, अहिल्यै भन्न सकिँदैन ।’

पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल ...


प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, अपरेसनको तयारी

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने– प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको छ ।’

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए । परीक्षणका क्रममा क्रममा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाका बिरामी हुन् । १२ वर्षअघि प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आएपछि उनले ४ पटक डायलायसिस गराइसकेका छन् ।

...

मेडिकल कलेजका सञ्चालकलाई ठगी मुद्दा चलाउने सरकारको निर्णय

काठमाडौँ - तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले मंगलबार रकम फिर्ता नगरे सरकारले ठगी मुद्दामा कारवाही प्रक्रिया अघि बढाउने भएको छ ।

गृहमन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत उपस्थित सोमबार (आज)को बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क मंगलबारसम्म फिर्ता नगरे आवश्यक कारबाही गर्ने निर्णय गरेको हो । ठगी मुद्दामा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने गृहले जनाएको छ ।

यसअघि गत असोज र कात्तिकमा गृहमन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्री लगायतका पदाधिकारीसहित बसेको बैठकले सुरुमा एक महिना र त्यसपछि ...


सरकारमा जादैनौं, समाजवादीसंग पार्टी एकता गर्छौं : महतो

काठमाडौँ - राजपा नेपालले समाजवादी पार्टीसँगको एकता आफ्नो प्राथमिकतामा रहेको बताएको छ । राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले समाजवादीका नेताले राजपा सरकारमा जान सक्ने भनेर दिएको अभिव्यक्ति निराधार भएको टिप्पणी गरे ।

‘हामी सरकारमा जान्छौँ भन्ने हल्ला निराधार हो,’ महतोले भने, ‘हामी त अहिले पनि समाजवादीसँग पार्टी एकता गर्नुपर्ने पक्षमा छौँ ।’ समाजवादी पार्टी सरकारबाट बाहिरिए पार्टी एकता गरेर संविधान संशोधन, रेशम चौधरीको रिहाइ र जनजीविकाको पक्षमा आन्दोलन गर्ने महतोले बताए ।

राजपाले एकताका लागि समाजवादी पार्टी सरकारबाट बाहिर आउनुपर्ने सर्त राख्दै आएको छ । उसले सरकारविरुद्ध आन्दोलन गर्न समाजवादीको साथ चाहिएको ...


ठेकेदारलाई सुरुमै २० प्रतिशत मोबिलाइजेसन खर्च दिनु गलत : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीले सरकारको नीति कार्यक्रमको प्राथमिकताअनुसार प्रभावकारी रूपमा बजेट कार्यान्वयन गर्न मन्त्रीहरूलाई विशेष निर्देशन दिएका छन् । मन्त्रालयहरूको चौमासिक कार्ययोजनाको समीक्षा बैठकमा सोमबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीले त्यस्तो निर्देशन दिएका हुन् ।

‘मन्त्रालयहरूको काम घोडा एकातिर, बग्गी अर्कैतिरजस्तो नीति र बजेट एकातिर व्यवहार अर्कैतिर हुनुभएन,’ प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘परिणाम निकाल्ने गरी संघ, प्रदेश, स्थानीय तह सबै मिलेर समन्वयात्मक ढंगले काम अघि बढाउनुपर्छ ।’

ठेक्का प्रथामा रहेको बेथिति अन्त्य गर्न सम्झौता हुनासाथ सुरुमै २० प्रतिशत मोबिलाइजेसन खर्च दिन नहुने प्रधानमन्त्रीको भनाइ ...


कृषि विकास बैंकका ८ कर्मचारी बिरुद्ध २ अर्ब ७१ करोडको मुद्दा

काठमाडौं - अख्तियार दुरुयोग अनुसन्धार आयोगले कृषि विकास बैंकका ८ कर्मचारीसँग २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ बिगो असुल हुनुपर्ने माग दाबी गर्दै भष्ट्राचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार विशेष अदालतमा बैंकको स्वयम्भू शाखाका अधिकृत केदारप्रसाद गौतमसहित ८ जनाविरुद्ध सो रकम मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।

कृषि विकास बैंकमा २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रुपैयाँ निकाली बैंकलाई हानी पुर्‍याएको अख्तियारको आरोपपत्रमा उल्लेख गरेको छ। तर उनीहरू आठै जनाविरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ बराबरको बिगो मागदाबी ...


भारतबाट दुई नेपाली चेलीको उद्धार

काठमाडाैं - माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ।

राम्रो काममा लगाइदिने भनी भारत पुर्‍याइएका काभ्रेपलाञ्चोककी २५ वर्षीया रीता र झापाकी २५ वर्षीया सविनाको उद्धार गरिएको हो।

माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पुर्‍याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो।

उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले जानकारी दिइन्। रासस

...

फेल भएका एक हजार दुई सय ८४ लाई लाइसेन्स, यातायातका ३८ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ - घुस लिएर प्रयोगात्मक परीक्षा (ट्रायल) मा फेल भएका एक हजार २८४ जनालाई पास गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना प्रहरी अधिकारीसहित यातायात कार्यालयका ३८ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

लाइसेन्सका लागि लिने परीक्षामा अनियमितता गरेको आरोपमा अख्तियारले प्रहरी नायब उपरीक्षक (डिएसपी), उपसचिवदेखि खरिदारसम्मविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) र एक डिएसपीसहित ३ उपसचिव, १३ शाखा अधिकृत, १४ नासु, ५ खरिदार र १ इन्जिनियरविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले यातायात कार्यालय प्रमुखसमेत रहेका उपसचिव आनन्दकेशरी पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका ...


डायलासिस गराएर प्रधानमन्‍त्री बालुवाटार फर्किए

काठमाडौं - मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ । उनको चौथो पटक आइतबार ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गरिएको छ ।

चिकित्सकले अल्पकालीन उपचार पद्धतिका रूपमा हेमोडायलासिसलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्रीको शरीरबाट हानिकारक तत्व फाल्नका लागि मिर्गौलाको कार्यक्षमता चुस्त राख्नुपर्ने हुन्छ । त्यसका लागि दीर्घकालीन रूपमा समस्या समाधानका लागि प्रत्यारोपण नै उपयुक्त भएको निष्कर्ष उपचारमा संलग्न चिकित्सकले निकालेका छन् । यसका लागि स्वदेशी र विदेशी चिकित्सकसँगको परामर्श जारी राखिएको एक चिकित्सकले बताए ।

ग्रान्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डले आइतबार अपराह्न ...


अब सरकारी अड्डामा मौखिक निर्देशन नचल्ने

काठमाडाैं - सरकारले अब मातहतका निकायलाई लिखित रुपमा निर्देशन दिने र जवाफ पनि लिखितमै माग्ने भएको छ। कर्मचारी प्रशासनलाई क्रियाशील बनाउँदै लक्ष्यानुसारको वित्तीय प्रगति हासिल गर्न सरकारले मासिक रुपमै लिखित निर्देशन दिँदै कार्यक्रम कार्यान्वयनको अवस्था पनि लिखितमै माग्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सोमबार प्रथम चौमासिक प्रगति समीक्षा हुने र त्यसलगत्तै मासिक रुपमै प्रगति विवरण लिखितमा माग्ने प्रक्रिया सुरु हुने उनले जानकारी दिए। सञ्चार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री बाँस्कोटाले भने, “मन्त्रालयमा आज भएको जसरी मौखिक ...


आज बालाचतुर्दशी : दिवङ्गत आफन्तको सम्झनामा शतबीज छर्नेको पशुपतिमा भिड

काठमाडाैं - दिवङ्गत आफन्तका नाममा शतबीज छर्न लाखौँ भक्तजन पशुपति क्षेत्रमा जम्मा भएका छन्। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ।

आइतबार बेलुका दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने शास्त्रीय विधि छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन्।

यसरी आएका श्रद्धालु भक्तजनको हिजाे बिहानैदेखि पशुपतिमा भीड छ। आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, ...


निर्माणाधिन मन्दिरबाट नोट छाप्ने मेसिन सहित जाली नाेट बरामद, साधु पक्राउ

एजेन्सी - भारतकाे गुजरात पुलिसले आइतबार खेडा जिल्लास्थित आश्रमको निर्माणाधिन मन्दिरमा छापा मारेर जाली नाेट बरामद गरेकाे छ। प्रहरीले ७० लाख भारतीय रुपैयाँ बराबरका २ हजार दरका जाली नोटहरू बरामद गरेको हाे।

प्रहरीले एक भिक्षुसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा राधारमण स्वामी रहेका छन्। सूरत पुलिसको अपराध शाखाले खेडा जिल्लाको मुवाडीमा आश्रममा छापा मारेको हाे।

चार बर्षदेखि निर्माण भइरहेकाे मन्दिरमा विगत दुई महिनादेखि मानिसहरुकाे आवतजावत बढेकाे थियाे। आवतजावत बढेपछि गैरकानूनी काम भएकाे हुन सक्ने शंका लागेर प्रहरीले छापा मारेकाे जनाएकाे छ।

प्रहरीले आश्रममा नोट छाप्ने मेसिन, कलर ...


पोखरा महानगरपालिका-३३ का वडाध्यक्षको घरमा बम विस्फोट

पोखरा - पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यको घरमा पार्किङ गरेर राखिएको गाडीमा सोमबार सबेरै बम विष्फोट भएको छ।

बिहान करिब पौने तीन बजेतिर बम विष्फोट भएको हो। अध्यक्ष आचार्यको पोखरा महानगरपालिका– १७ स्थित घरमा पार्किङ गरेर राखिएको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा बम विस्फोट भएको हो। विष्फोटबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ।

विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। आचार्य पोखरा–१७ हिमालीटोमा बस्दै आएका थिए।

...

सिमा विवाद : पुस पहिलो सातासम्ममा वार्तामा बस्न भारतलाई नेपालको प्रस्ताव !

काठमाडौँ - भारतले नेपालको कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई सातापछि सरकारले पुस पहिलो सातासम्म वार्ताका लागि भारतलाई पत्र पठाएको छ । यसै साता पठाएको पत्रमा नेपालले भारतबाट कालापानी समेटेर एकतर्फी सार्वजनिक गरिएको नक्साप्रति असहमति राख्दै वार्ताको मिति प्रस्ताव गरेको छ । तर, भारतले जवाफ पठाएको छैन ।

‘पुस पहिलो सातासम्म परराष्ट्र सचिवस्तरीय वार्ताका लागि औपचारिक प्रस्तावसहितको कूटनीतिक पत्राचार गरेका छौँ,’ परराष्ट्रका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने, ‘पुस पहिलो साताको मिति र वार्तास्थल काठमाडौंसमेत प्रस्ताव गरेर पठाएका छौँ ।’

बिहीबार नारायणहिटीमा आयोजित एक कार्यक्रमपछि पत्रकारमाझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि ...


मन्त्रिपरिषद् पुनर्गठनप्रति समाजवादीको आपत्ति, सरकार भने नछोड्ने संकेत

काठमाडौं - प्रधानमन्त्रीद्वारा हालै गरिएको मन्त्रिपरिषद् पुनर्गठनप्रति सत्ता साझेदार दल समाजवादी पार्टीले असहमति व्यक्त गरेक‍ो छ।

शनिबार बसेको पार्टी पदाधिकारी बैठकले सत्ता साझेदार दलसँग कुनै परामर्श नगरी गरिएको मन्त्रिपरिषद् पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले त्यसप्रति गम्भीर असहमति प्रकट गरिएको प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।

समाजवादीले पार्टीको असहमतिका विषय र सरकारमा सामेल हुनुअघि भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपासँग वार्ता गर्न वार्ता समिति निर्माण गरेकाे छ। 'वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, ...


धादिङमा जन्ती बोकेको बस दुर्घटना, एक जनाको मृत्यु

धादिङ - पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आइतबार (आज) बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बिहान ४:३० बजे भएकाे दुर्घटनामा अन्य ४० जना घाइते भएका छन्।

नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो।

दुर्घटनामा नुवाकोटकाे बेलकोटगढी नगरपालिका वडा नं ५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।

दुर्घटनामा घाइते भएका ४० जनामध्ये केहीकाे अवस्था गम्भीर भएकाले थप उपचारका ...


नक्सा सच्चाउन माग गर्दै भारतलाई पठाइयो 'कूटनीतिक नोट'

काठमाडाैं - नेपाली भू-भाग समेटेर भारतले जारी गरेको नक्साप्रति नेपाल सरकारले औपचारिक रुपमा विरोध जनाएकाे छ।

कालापानी, लिपुलेकलगायतका नेपाली भूमि समेटेर भारतले तीन साताअघि नयाँ नक्सा सार्वजनिक गरेको थियो। सरकारले भारतले सार्वजनिक गरेको नक्साको विरोध गर्दै भारतलाई बिहीबार ‘कूटनीतिक नोट’ पठाएको हो।

नेपालले पठाएको कूटनीतिक नोटमा नेपाली भूमि नक्सामा परेको भनि सच्याउन आग्रह गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासले ‘कूटनीतिक नोट’ पठाइएको पुष्टि गरेको छ।

काली नदी पूर्वको भू-भाग नेपाली भएकाे सुगौली सन्धिमा प्रष्ट रहेकोले त्यसै अनुरुप सीमा निर्धारण हुनुपर्ने नेपालको दाबी छ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा काली नदी ...


वामदेवको उपाध्यक्ष पद अलपत्र

काठमाडौँ - पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि वामदेव गौतमको उपाध्यक्ष पद के हुने भन्ने अन्योल देखिएको छ। सचिवालयका एक सदस्यले दुई अध्यक्षकै आपसी सल्लाहमा पार्टीका निर्णय गर्ने भनेपछि उपाध्यक्ष पदको औचित्य नहुने बताएका छन्। ‘पहिले छलफल नै नभई गौतमलाई उपाध्यक्ष प्रस्ताव गरिएको हो। हाल त्यो विषयमा छलफल नै गरिएको छैन’, ती सदस्यले भने। स्थायी कमिटीको बैठकमा प्रस्ताव लैजाने भनेर भनिएको छ तर स्थायी कमिटीको बैठक अझै बस्न सकेको छैन।

स्थायी कमिटीको बैठकमा उनलाई उपाध्यक्ष बनाउने विषयमा सहमति जुट्न नसक्ने सम्भावना छ। पूर्वएमालेमा उनीसँगै उपाध्यक्ष रहेका ...


भारतले भन्यो : ''सिमा मिचेका छैनौं''

नयाँ दिल्ली - भारतले आफूले जारी गरेको नयाँ राजनीतिक नक्साले नेपालसँगको सीमा संशोधन नगरेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बिहीबारको पत्रकार सम्मेलनमा भने, ‘हामी नक्साको विषयमा यसअघि दिएको वक्तव्यमा कायम छौं। भारतको स्टायन्ड बदलिएको छैन।’

दुई साताअघि भारतीय विदेश मन्त्रालयले नयाँ राजनीतिक नक्सामा नेपालको कुनै भूभाग नसमेटिएको दाबी गरेको थियो। नेपालले कूटनीतिक नोट पठाएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ताको नक्साका विषयमा यसप्रकारको अभिव्यक्ति आएको हो।

रविशले विदेशसचिव स्तरीय वार्ताका लािग दुई पक्षका संयन्त्रबीच छलफल भइरहेको जानकारी पनि दिए। उनले भने, ‘विदेश सचिवस्तरीय वार्ताका समय निकाल्न ...


नेपाल एयरलाइन्सका अध्यक्ष मदन खरेललाई बर्खास्त गर्ने सरकारको तयारी

काठमाडौं - सरकाले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम)को कार्यकारी अध्यक्ष मदन खरेललाई बर्खास्त गर्ने प्रक्रिया सुरु गरेको छ। २०७५ भदौ ३१ गते ४ वर्षका लागि कार्यकारी अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीको डाठो प्रस्तावमा नियुक्त भएका खरेललाई हटाउने तयारी भएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार खरेललाई काम गर्न नसकेर हटाउनु पर्ने अवस्था नआहोस् भन्दै स्वत: राजीनामा दिने समेत निर्देशन भइसकेको छ। प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई समेत नेपाल एयरलाइन्सको सुुधारका लागि आवश्यक कदम चाल्न निर्देशन समेत भइसकेको स्रोतको ...


मतदाता शिक्षा कार्यक्रममा सहभागी हुन सम्बन्धित क्षेत्रका मतदातालाई आयोगको आग्रह

काठमाडाैं - निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रका सम्पूर्ण मतदातासमक्ष मतदाता शिक्षा कार्यकर्तालाई सहयोग गरी सबैको सहभागितामा सफलतापूर्वक उपनिर्वाचन सम्पन्न गर्ने/गराउने कार्यमा योगदान पुर्‍याउन अनुरोध गरेको छ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह सदस्यको रिक्त पदका लागि यही मंसिर १४ गते उपनिर्वाचन हुने ३७ जिल्लामा मतदातालाई प्रशिक्षित तुल्याउन बिहीबारदेखि मतदाता कार्यकर्ता परिचालित छन्।

मतदाता कार्यकर्ताले ठीक तरिकाले मतदान गर्न र बदर मत न्यूनीकरण गर्न मतदाताको घरदैलोमै पुगेर मतादाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

स्थानीय तहका प्रत्येक वडामा दुई जनाका दरले खटिने मतदाता शिक्षा कार्यकर्ताले उपनिर्वाचनसम्बन्धी जानकारीमूलक पोष्टर ...


संसदमा बाधा अड्काउ फुकाउकाे माग गर्दै सर्वोच्चमा रिट

काठमाडाैं - सभामुख नभएको अवस्थामा बाधा अड्काउ फुकाउमार्फत् काम गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएकाे छ।

अधिवक्ता उत्तमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाई शुक्रबार रिट दायर गरेका हन्। दायर रिट निवेदनमा संसद्को नयाँ अधिवेशनको सुरुवात नहुँदा विधेयक प्रमाणीकरणदेखि सांसदहरूको अन्तरराष्ट्रिय भ्रमणसमेत रोकिएको उल्लेख छ।

रिट निवेदनमा दुवै सदनबाट पास भएका पाँच विधेयक नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, प्रहरी समायोजन विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, ...


महराको मुद्दामा उच्च अदालतले दियो यस्तो आदेश !

काठमाडाैं - उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा प्रतिवेदन माग्ने आदेश गरेको छ। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी सहितको इजलासले 'कैफियत प्रतिवेदन' माग्ने आदेश गरेको हो।

संघीय संसदकाे सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई जवरजस्ती करणी प्रयास गरेको आरोपमा जिल्ला अदालतको आदेशले थुनामा रहेका महरा उक्त निर्णयविरुद्ध बिहीबार उच्च अदालत पुगेका थिए।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका महरा हाल डिल्ली बजार कारागारमा छन्। जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महराको संलग्नता नभएको भन्न नसकिने भन्दै थुनामा पठाएको थियो।

जिल्ला अदालतको आदेश बदर हुने वा नहुने ...


प्रधानमन्त्रीले मन्त्री र सचिवहरूलाई भेला गरेर भने : ‘बाटोका खाल्डाको गीत धेरै सुनियो, अब यसलाई बन्द गरौँ'

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई बोलाएर कामको गति बढाउन निर्देशन दिएका छन्। उनले सामर्थ्य रहेको तर इच्छाशक्तिमा समस्या देखिएको भन्दै कामको गतिलाई तीव्रता दिन निर्देशन दिएका हुन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बोलाएर उनले गर्न चाहँदा काम भएका उदाहरणहरू प्रस्तुत गर्दै भने, ‘गर्न चाह्यौं भने काम गर्ने सामर्थ्य छ भन्ने ७ दिनमा बाटोहरु टिलिक्क पारेर, खाल्टा पुरेर देखाइसक्यौं। जनताले प्रश्न हाम्रो सामर्थ्यमा होइन, चाहनामाथि गरिरहेका छन्। जुन स्वभाविक छ।’

डेढ वर्षमा गरेका कामबाट आफू आशावादी भएको बताउँदै उनले असाधाण उपलब्धिको बाटोमा अघि ...


अब उपत्यकामा टिपरले राति ८ बजेपछि मात्र प्रवेश पाउने

काठमाडौं- यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकामा टिपर सञ्चालनमा थप कडाइ गरेको छ। विभागले सूचना जारी गरेर टिपरलगायतका बालुवा ढुवानी गर्ने साधनहरू धाेएर सफा गरेर र सडकमा पानी नचुहिने भएपछि मात्र चलाउन भनेकाे छ।

विभागले पानी चुहिन छाडेपछिमात्र काठमाडाैं प्रवेश गर्न भनेकाे हाे। उपत्यकाको सवारी आवागमनलाई सहज बनाउन विभागले यस्तो निर्णय गरेको जनाएको छ।

अब उपत्यकामा नागढुंगा र धुलिखेलतर्फबाट आउने टिपरले राति ८ बजेपछि मात्र प्रवेश पाउने छन्। विभागले सूचनाविपरित टिपर सञ्चालन गरेको पाइएका कानूनबमोजिम कारबाही गर्ने जनाएको छ।

...

सिन्धुलीको ककुरठाकुरमा बम विस्फोट, ३ एक्साभेटरमा क्षति

सिन्धुली - सिन्धुलीको दुधौली नगरपालिका–१४ ककुरठाकुरमा गए राति बम बिस्फोट भएको छ। बम विस्फोटका कारण ३ वटा एक्साभेटरमा क्षति पुगेको छ। सिरहाको चोर्हवास्थित मारुती सिमेन्ट उद्योगका लागि चुनढुंगा ओसारपसारका र बाटो बनाउन प्रयोग भइहेका एक्साभेटरमा बमले क्षति पुर्‍याएको प्रहरीको भनाइ छ।

सिमेन्ट उद्योगका लागि शिवम मल्टिपर्पसले चुनढुङ्गा सप्लाई गर्दै आएको छ। शिवम मल्टिपर्पसका दीपक कार्कीले पनि ककुरठाकुरमा रहेको चुनढुंगा खानीसम्म पुग्न पहुँचमार्ग मर्मतका लागि प्रयोग गरिएका एक्साभेटरमा बमले क्षति पुर्‍याएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार उदयपुर र सिन्धुलीको सिमानामा पर्ने ककुरठाकुरमा एक्साभेटरलाई नै ...


महराले उच्च अदालतमा दर्ता गराएकाे निवेदन आज इजलासमा पेस हुने

काठमाडाैं - निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दर्ता गराएकाे निवेदन शुक्रबार इजलाससमक्ष पेस हुने भएकाे छ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको आदेशविरुद्ध महराका कानून व्यवसायीले बिहीबार उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए। जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने आग्रहसहितकाे निवेदन दर्ता भएकाे थियाे।

अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ। गत कार्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोग लागेका महरालाई ...


नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं - नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले ६ मन्त्रीहरुलाई सपथ खुवाएकी छिन्। त्यस्तै, तीन राज्यमन्त्रीहरुलाई राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले सपथ खुवाएका छन्।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित थिए।

बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट, रामेश्वर राय यादव बुधबार मन्त्रीमा नियुक्त भएका हुन्।

राज्यमन्त्रीमा रामवीर मानन्धर र नवराज रावत नियुक्त गरिएको छ।

नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात, भुसाललाई कृषि मन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र ...


हराएको नेपाली मुर्ति अमेरिकी संग्रहालयमा भेटियो

काठमाडौं - सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ। ‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका छन्। उक्त मूर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ नामक पुस्तकमा छापिएको थियो। उक्त मूर्ति नारायण मन्दिर पाटनको वासुदेव कमलजाको हो। कमलको फूलमा उभिएको उक्त मूर्तिले दुई भगवान्को प्रतिनिधित्व गर्छ। मूर्तिको दायाँ भागले भगवान् विष्णु (नारायण) को प्रतिनिधित्व गर्छ भने र बायाँ भागमा बैकुण्ठ ...


आलमका जाहेरवाला, पीडित र साक्षीलाई प्रहरीको कडा सुरक्षा

गौर - राजपुर बमकाण्डमा निलम्वित सांसद मो. आफताव आलम पुर्पक्षका लागि कारागार चलान भएपछि जाहेरवाला, पीडित र साक्षीलाई प्रहरीले कडा सुरक्षा दिन थालेको छ। छोरा मारिएको भन्दै आलमविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका श्रीनारायण सिंहको सुरक्षाका लागि रौतहट प्रहरीले प्रहरी हवल्दार खटाएको छ। उनले २४ सै घण्टा सिंहको सुरक्षा दिँदै आएका छन्।

जाहेरवालामध्ये सिंहलाई बढी सुरक्षा थ्रेट देखिएकाले प्रहरी खटाइएको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए। अर्का जाहेरवाला रोक्सना खातुनको ०६७ माघ १० गते हत्या भइसकेको छ। खातुनको हत्या कसले र किन गर्‍यो भन्ने खुलेको ...


सिन्धुलीमा १५० बिघामा गाँजा : ४० जना प्रहरीलाई नष्ट गर्न दुई साता बढी लाग्ने

सिन्धुली - प्रहरीको एक टोलीले सात दिनदेखि मरिण क्षेत्रमा स्थानीयले लगाएको गाँजाखेती फँडानी गरिरहेको छ । तर, सबै गाँजा नष्ट गर्न ४० प्रहरीलाई अझै दुई साता लाग्ने जिल्ला प्रहरी कार्यालयले अनुमान गरेको छ ।

गत साउनमा ५० बिघा जमिनमा लगाउन तयारी अवस्थामा राखिएको बेर्ना नष्ट गरेको थियो । त्यसपछि ढुक्क देखिएको प्रहरी अहिले त्यसक्षेत्रमा एक सय ५० बिघाभन्दा बढी क्षेत्रफलमा गाँजाखेती देखेर छक्क परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली, इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रदेश ३ दंगा नियन्त्रण प्रहरीको ४० जनाको टोली एक सातादेखि गाँजाखेती नष्ट गर्न व्यस्त छ । ...


मन्त्रीहरूको सपथ बिहिवार बिहान ११ बजे

काठमाडौं - पुनर्गठित मन्त्रिपरिषद्‌मा समेटिएका मन्त्रीहरूको सपथ बिहान ११ बजे हुने भएको छ।

नयाँ मन्त्रीहरुलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ गराउने तयारी गरिएको छ।

को को छन्, नयाँ मन्त्री?
हृदयेश त्रिपाठी- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री। त्यसअघि सो मन्त्रालय लालबाबु पण्डितको नेतृत्वमा थियो।

घनश्याम भुसाल- कृषि तथा पशुपन्छी विकास मन्त्री। त्यसअघि सो मन्त्रालयको नेतृत्व चक्रपाणि खनालले गरेका थिए।

लेखराज भट्ट- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री। त्यसअघि सो मन्त्रालयको नेतृत्व मातृका यादवले गरेका थिए।

रामेश्वर राय ...


अन्ततः मन्त्रिपरिषद् पुनर्गठन, को-को गए को-को आए ? (सूचीसहित)

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। बुधबार उनले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।

प्रधानमन्त्रीले सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीसहितको मन्त्रिमण्डल गठन भएको जानकारी समेत गराएकी छन्।

सरकारबाट बाहिरिने मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषि तथा पशुपन्छीविकास चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका प्रसाद यादव, कृषिराज्यमन्त्री रामकुमारी चौधरी र स्वास्थ्यमन्त्री सुरेन्द्र यादव परेका छन्।

हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, बसन्त कुमार नेम्बाङ, पार्वत ...


पूर्वमाओवादीबाट भट्ट र राय मन्त्री बन्ने पक्का !

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट मन्त्री बन्ने दुई नामको टुंगो लागेको छ । पूर्वमाओवादीको कोटाबाट लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने लगभग पक्का भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट एक नेता भन्छन्, ‘अन्तिम निर्णय त प्रधानमन्त्रीले गर्नुहुन्छ, तर पूर्व माओवादीको कोटाबाट उहाँहरु मन्त्री बन्ने लगभग पक्का हो ।’

माओवादी कोटाबाट मन्त्री बनेका कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ । चौधरीको ठाउँमा कसलाई राज्यमन्त्री बनाउने भन्ने टुंगो लागेको छैन ।

यस्तै पूर्वएमालेको कोटाबाट मन्त्री ...


हट्दैछन् यी ५ जना मन्त्री, नयाँ मन्त्री बन्नेको सुची प्रधानमन्त्रीको हातमा !

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले ५ जना मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले ५ मन्त्रीको हेरफेर गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सचिवालय सदस्यले जानकारी दिएका छन्।

सचिवालय बैठक बस्नुअघि मन्त्रीका लागि सम्भावित नामबारे नेताहरुबीच छलफल भएको छ।

मन्त्रिपरिषद् हेरफेर गर्दा प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापालाई बिदा दिने लगभग स्पष्ट भइसकेको छ।

यीबाहेक भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, श्रम मन्त्री गोकर्ण विष्ट, संघीय मामिला ...


उच्च अदालतको न्यायाधीशमा १५ जनाको नाम सिफारिस (सुचिसहित)

काठमाडौं - न्याय परिषदले उच्च अदालतका न्यायाधीशमा १५ जनाको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बुधबार बसेको न्यायपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

जिल्ला न्यायाधीश, सरकारी वकिल र नेपाल बारबाट उच्च अदालतमा १५ जनाको नाम सिफारिस भएका हुन्। अहिले देशभरका उच्च अदालतमा १२ न्यायाधीशको पद खाली रहेको थियो।

न्यायपरिषदका अनुसार जिल्ला न्यायाधीशबाट ६ अधिवक्ताबाट ८ र महान्यायाधिवक्ता कार्यालयबाट एक गरी १५ जनाको नियुक्ति गरेको हो। तर ३ जनाको हकमा भने अन्य ३ जना न्यायाधीश सेवा निवृत्त भएको मितिदेखि मात्र लागू हुने गरी सिफारिस गरिएको ...


एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा !

बारा- एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा के सोच्नु हुन्छ ? पक्कै पनि अनौठो मान्नु होला ।

बुधबार बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा यस्तै अनौठो दृश्य देखियो । यो कानुनविपरीतको काम गरेका छन्, राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले । उनीहरूले चोरीका तीन गाडीलाई यसरी एउटै नम्बर राखेर प्रयोग गरिरहेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

एक वर्षअघि अवैध चाँदीसहित बा १२ च ६७९० नम्बरको सुजुकी वाग्नर कार बरामद गरिएको थियो । त्यही नम्बरलाई राजस्व अनुसन्धानका कर्मचारीले अन्य दुई गाडीमा पनि ...


भ्रमण वर्ष २०२० का लागि ६१ करोड ७४ लाख बजेट, के-केमा खर्च हुँदैछ ?

काठमाडौं - नेपाल भ्रमण वर्ष २०२० का लागि ६१ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने गरी कार्यक्रम तय भएको छ। भ्रमण वर्ष सचिवालयले उपलब्ध गराएको तथ्यांकअनुसार भ्रमण वर्ष २०२० मा कार्यक्रम गर्न चालु आर्थिक वर्ष २०७६/७७ सम्ममा प्राप्त बजेटका आधारमा यो बजेट स्वीकृत भएको हो।

भ्रमण वर्ष सचिवालयका अनुसार गत वर्षको र चालु आवको गरी जम्मा २५ करोड रुपैयाँ बजेट उपलब्ध भएको छ। तर, भ्रमण वर्ष सचिवालयलाई भने सरकारले बजेट तय गरेर खर्च गर्दै गर्नुस् भनेका कारण उक्त बजेट तय भएको उल्लेख छ।

भ्रमण वर्ष २०२० का ...


पत्रकार खेम भण्डारीलाई एक रुपैयाँ जरिवाना र १ घण्टा जेल सजाय

महेन्द्रनगर - कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई एक रुपैयाँ जरिवाना र १ घण्टा जेल सजाय हुने फैसला गरेको छ । 'मानसखण्ड दैनिक'का सम्पादक भण्डारीविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा परेको थियो । साेही मुद्दामा जिल्ला अदालत कञ्चनपुरले उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय तोकेको हो ।

जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार अदालतले गत असारमा गरेको फैसला स्वरूप पत्रकार भण्डारीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको बताए । उनका अनुसार मंगलबार अदालतमा उपस्थित भएका भण्डारीले एक रुपैयाँ जरिवाना तिरेसँगै कारागार चलानका लागि पत्र दिएको बताए ...


कांग्रेसले देखाइदियो नेकपा सरकारका २१ गल्ती !

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्व सरकारको २१ महिनाको समीक्षा गरेको छ । केन्द्रीय कार्यालय सानेपा ललितपुरमा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले ‘नेपाली कांग्रेसको आह्रवान’ नाम दिएर उपचुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । २२ पृष्ठ लामो उपचुनावी घोषणापत्रमा ‘२१ महिनामा सरकारको २१ असफलता’ भनेर सरकारको कामकारबाहीको आलोचना गरिएको छ ।

पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकार यो अवधिमा असफल प्रमाणित भएको दावी गरे । कांग्रेसले नेपालको भूभाग समेटेर भारतले हालै जारी गरेको राजनीतिक नक्साको सर्वत्र विरोध भइरहँदा ...


मन्त्रीमंडल हेरफेर गर्न नेकपा सचिवालय बैठक बस्दै, आजै बेलुका ४ बजे सपथको तयारी

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार मध्यान्ह १२ बजेका लागि बोलाइएको छ। बैठकले पुनर्गठित मन्त्रिपरिषद्‍मा अवसर पाउने मन्त्रीहरुको नाम टुंग्याउने अपेक्षा गरिएको छ। सचिवालयका एक सदस्यले बैठकले नयाँ मन्त्रीहरुको नामलाई अनुमोदन गर्ने सक्ने बताए।

बुधबार नै नयाँ मन्त्रीले शपथ ग्रहण गर्ने यसअघि नै तय भइसकेको छ। बुधबार दिउँसो ४ बजे नयाँ मन्त्रीहरूको सथप ग्रहणको कार्यक्रमका लागि तयारी गरिएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ।

लामो समयदेखि चर्चामा रहेको मन्त्रिपरिषद् बुधबार नै हुनसक्ने हिजोको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले नै बताएका थिए। ...


पूजा बाेहोरा बलात्कार प्रकरण : अभियुक्तलाई साढे ११ वर्ष कैदकाे फैसला, १० लाख क्षतिपूर्ति

काठमाडाैं - सर्वोच्च अदालतले बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई अभियुक्तलाई जनही साढे ११ वर्ष कैद हुने फैसला सुनाएको छ। सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतको फैसला उल्टाउँदै बैतडीकी पूजा बोहोरालाई बलात्कार गर्ने दुई जनालाई दोषी ठहर गरेको थियो।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको इजलाशले आज उनीहरुलाई सजाय निर्धारण गरेको हो। बोहोरालाई १० लाख क्षतिपूर्ति दिन पनि सर्वोच्च अदालतले आदेश दिएको छ। पीडकबाट ५ र सरकारबाट ५ लाख क्षतिपूर्ति दिन अदालतले भनेको छ।

सर्वोच्चले कार्तिक ७ गते अभियुक्तहरु सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको थियाे। ...


गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ

बागलुङ - बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चारजना पक्राउ परेका छन्।

साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन्।

पक्राउ परेका चारै जनाविरुद्ध पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए।

उनीहरु सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानसमेत भइरहेको उनले बताए। रासस

...

तरुण दलका नगर सभापति पुर्पक्षका लागि जेल चलान

बाँके - हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजंग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए। उनका अनुसार शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने रु एक लाख ५० हजार धरौटी माग गरिएको छ।

सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस ...


नेकपा अध्यक्षद्वयको छलफल टुंगोमा पुगेन, आज फेरी छलफल

काठमाडाैं - मन्त्रिपरिषद् पुनर्गठनको विषयमा निष्कर्षमा पुग्न सत्तारूढ दल नेपाल कम्युिनस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भएको सोमबारको छलफल टुंगोमा पुग्न सकेन।

प्रचण्ड निकटस्थ एक नेताका अनुसार दुई अध्यक्षबीच साँझ ५ बजेदेखि करिब ३ घण्टा छलफल भएकाे थियाे। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनका अतिरिक्त विगतका समझदारीका विषयमा पनि कुरा उठेको उनको दाबी छ।

दुई अध्यक्ष नै निष्कर्षमा पुग्न नसकेका कारण मन्त्रिपरिषद् पुनर्गठन कहिले हुन्छ भन्नेमा अन्यौल सिर्जना भएको छ। आइतबारको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्रीलाई सैद्धान्तिक सहमति दिइसकेको ...


अब नेपाली सेनाले पनि सीमानाको निगरानी गर्ने

काठमाडौं - अब नेपाली सेनाले पनि नेपालको अन्तर्राष्ट्रिय सीमानाको निगरानी गर्ने भएको छ। सीमासम्बन्धी छुट्टै निर्देशनालय नै बनाएर काम गर्न लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

सेनाको यसअघि सर्भे हेर्ने निकाय मात्रै थियो जसले आफ्ना भवन तथा जग्गासम्बन्धी काम मात्र हेर्दै थियो। रक्षामन्त्रीस्तरीय निर्णयका आधारमा उक्त निर्देशनालय गठन गर्न लागिएको हो।

रक्षामन्त्री ईश्वर पोखरेलले अघिल्लो वर्षको फाल्गुनमै उक्त निर्देशनालय गठन गर्न निर्देशन दिएको भए पनि तीन महिनाअघि मात्रै सेनाले त्यसको कार्यन्वयन सुरु गरेको हो।

पाण्डेका अनुसार उक्त निर्देशनालय अन्तर्गत तीनवटा शाखा राख्ने रहने छन्। सीमा अनुगमन तथा ...


बैतडी डोजर प्रकरण : चालक जेल चलान, डोजर मालिकसहित ३ जना धरौटीमा छुटे

बैतडी - जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। आइतबार जिल्ला अदालतले डोजर चालक किशोर बोहरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउने आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता भानदेव जोशीले जानकारी दिए।

यस्तै अदालतले चालक बोहरालाई डोजरले हुत्याउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीयवासी भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

गत कात्तिक ४ गते ...


कुन-कुन मेडिकल कलेजमा हान्यो सम्पत्ति शुद्धीकरणले छापा ?

काठमाडौं - मेडिकल कलेजहरुले विद्यार्थीबाट करोडौं रकम ठगी गरेको विवरण बाहिर आइरहेको समयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन मेडिकल कलेजमा छापा मारेको छ। विभागको टोलीले आइतबार वीरगञ्जस्थित नेसनल मेडिकल कलेज, विराटनगरको नोबेल मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजमा छापा मारेको हो।

विभागले राष्ट्रिय सतर्कता केन्द्र, शिक्षा मन्त्रालय र अन्य विभिन्न प्रतिवेदनका आधारमा कलेजमाथि छापा मारेको हो। विभागले मेडिकल कलेजको ठगीका विषयमा विद्यार्थीहरुसँग पनि आवश्यक कागजपत्र लिने बताइएको छ।

सरकारले तोकेकोभन्दा १५ लाखसम्म बढी रकम असुलेको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काएका छन्। विद्यार्थीहरुले अवैध रुपमा उठाइएको रकम फिर्ता ...


मन्त्रिपरिषद्मा कसलाई हटाउने र कसलाई ल्याउनेबारे दुई अध्यक्ष बिचको  छलफल आज

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले आइतबार मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई सैद्धान्तिक सहमति दिएपछि उनले पुनर्गठनको गृहकार्य थालेका हुन्।

उनले सोमबार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्दै छन्। दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुरा हुने र त्यसपछि मन्त्री हेरफेरबारे निश्चित हुने बताइएकाे छ।

दुई अध्यक्षबीच हटाउने र नयाँ ल्याउने व्यक्तिका विषयमा छलफल हुने छ। सचिवालय बैठक बोलाउनुअघि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि परामर्श गरेका थिए।

सचिवालयको बैठक सकिएपछि पनि ...


सरकारलाई आफ्नै दलका सांसदको प्रश्न : सीमाबारे भाषण गर्दै हिड्ने कि राजदूतलाई बोलाएर सोध्ने?

काठमाडौं - भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि समेटेको विषयमा नेपालमा यसको चौतर्फी विरोध भइरहेको छ। सरकारका मन्त्रीदेखि प्रतिपक्षी दल र तिनका भातृ संघसंस्थाले पनि भारतको विरोध गरेका छन्।

भारतको कदमलाई लिएर दैनिक प्रदर्शन हुँदै आएका छन्। समस्या समाधानका लागि पहल गर्नुको साटो सरकारका मन्त्रीहरूले भाषणमात्रै गर्दै हिडेंको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकै सांसदले असन्तुष्टि पोखेका छन्।

नेकपा सांसद रामकुमारी झाँक्रीले सीमाबारे सरकारका मन्त्रीले भाषण गर्दै हिड्ने कि त्यो देशको राजदूतलाई बोलाएर सोध्ने? भन्दै प्रश्न गरेकी छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘बक्तब्य निकाल्ने की? मन्त्रिपरिषदले ...


सत्य निरुपणको अध्यक्षमा कानुन प्राध्यापक गणेश दत्त भट्टको नाममा सहमति

काठमाडौं - दुई आयोगका लागि पदाधिकारी नाम सिफारिस गर्न बनेको समितिमा नाम प्रकाशनका लागि सहमति जुटेको छ। सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको आयोगका लागि पदाधिकारी सिफारिसका लागि सहमति जुट्न नसक्दा दुई आयोग ९ महिनादेखि खाली छन्।

सिफारिस समिति बनेको करिब १० महिनापछि नाम सिफारिसको प्रक्रियाका लागि बैठक आज९आइतबार० बस्दैछ। शुक्रबार बसेको सिफारिस समितिको वैठकले नाम टुंगो लगाउन नसकेपछि आइतबारका लागि बैठक बोलाइएको हो। ‘हिजो नटुंगिएकाले निरन्तर बैठक बस्दैछौं। बैठकले प्रक्रिया अनुसार पत्रिकामा नाम प्रकाशित गर्नेछ’ समितिका सदस्य शर्मिला कार्कीले भनिन्। आयोगका लागि आवेदन ...


सीमा सुरक्षा गर्न सशस्त्रलाई जनशक्ति अभाव

काठमाडौं - सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई सीमा सुरक्षामा खटिन थप जनशक्ति आवश्यक भएको छ। पर्याप्त जनशक्ति नहुँदा नेपालतर्फको सीमा सुरक्षा कमजोर भएको सशस्त्रको भनाइ छ। भारतीय पक्षले नेपाल भारत सीमाक्षेत्रमा हरेक ५ किलोमिटरको फरकमा सीमा सुरक्षा बल(एसएसबी) को बोर्डर अब्जर्भेसन पोस्ट(बीओपी) राखेको भए पनि नेपालतर्फ भने जनशक्ति अभावले सशस्त्र प्रहरीको बिओपी भने २० देखि ३० किलोमिटरको फरकमा मात्रै छ। कुल जनशक्तिको आधा सीमाक्षेत्रमा खटिएको छ भने आधा ७७ वटा जिल्लामा तथा विपद् व्यवस्थापनमा बाँडिएको छ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले सशस्त्र प्रहरीलाई ...


अन्ततः मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा पुगे प्रधानमन्त्री ओली

काठमाडौँ - प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण नै गर्ने निष्कर्षमा पुगेका छन् । उपचारमा संलग्न चिकित्सकले नियमित डायलाइसिस वा पुनः प्रत्यारोपण रोज्न उनलाई विकल्प दिएका थिए । प्रधानमन्त्रीले प्रत्यारोपण रोजेका छन् । प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने टुंगो लाग्न मात्र बाँकी छ ।

१३ कात्तिकमा ग्रान्डी अस्पताल भर्ना भएका ओलीको सोही दिन अल्ट्रा–फिल्ट्रेसन गरिएको थियो । त्यस्तै, अर्को दिन हेमोडायलाइसिस गरेर उनलाई डिस्चार्ज गरिएको थियो । १७ दिनपछि शनिबार ग्रान्डीमै उनको अल्ट्रा–फिल्ट्रेसन गरिएको छ । जनबोलीमा सजिलो हुने भएकाले हेमोडायलाइसिस भनिएको उपचारमा संलग्न प्रा.डा. प्रेमराज ज्ञवालीले बताएका छन् । शरीरमा भएको बिकार बाहिर ...


प्रचण्डलाई कार्यकारी अध्यक्ष र पोखरेललाई कार्यवाहक प्रधानमन्त्री दिने ओलीको तयारी

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेवारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेका हुन् । प्रारम्भिक सहमति भएपछि यो विषयमा सचिवालयबाटै निर्णय गर्ने तयारी छ । ५ भदौमा ओली सिंगापुर जाँदा बसेको सचिवालय बैठकले अध्यक्षका रूपमा कार्यकारी अधिकार प्रचण्डलाई दिएको थियो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रका आन्तरिक समस्या पनि सम्बोधन गर्ने गरी एकता र समझदारीको सन्देश दिने प्रयास गरिरहेका छन् । वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव ...


उपनिर्वाचन कार्यक्रममा प्रतिबन्ध लगाउने विप्लव नेकपाको उद्घोष

काठमाडौं - नेत्रविक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर १४ मा हुन लागेकाे उपनिर्वाचनमा दलका कार्यक्रमहरु गर्न नदिने जनाएको छ।

सरकारले विप्लव नेकपालाई लगाएको प्रतिबन्ध नहटाएसम्म उपनिर्वाचनका कार्यक्रमहरुमा सरकार र सत्तामा सामेल पार्टीहरुका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय भएकाे नेकपाले जनाएकाे हाे।

पार्टी महासचिव विप्लवले विज्ञप्तिमार्फत् उपनिर्वाचनका कार्यक्रममा सहभागी नहुन सर्वसाधारणलाई अनुरोधसमेत गरेका छन्।

सीमा अतिक्रमणका विरुद्धमा लाग्नुपर्ने समयमा जनता झुक्याउन उपनिर्वाचनको नाटक मञ्चन गरिएको आरोप नेकपाले लगाएको छ। उपनिर्वाचन बहिष्कार गर्ने नेकपाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

विप्लव नेकपाले आफ्नो पार्टीविरुद्ध दमन नगर्न सुरक्षा निकायलाई भनेकाे छ।

...

आलमबाट पिडित भन्छन : 'बल्ल न्याय पाएँ, अब बनारस गएर छोराको किरिया गर्छु'

रौतहट - राैतहट जिल्लाको राजपुरमा पहिलाे संविधानकाे चुनावी समय (२७ चैत ०६४)मा बम बनाउँदै गर्दा विस्फोट भई घाइते भएका त्रिलोक प्रताप सिंहका बुवाले न्याय मिलेको प्रतिक्रिया दिएका छन् । घटनाकाे प्रमुख अभियुक्त पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सांसद माेहमद आफताव आलमलाई जिल्ला अदालतले घटना भएकाे १२ वर्षपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै त्रिलाेकका बुवा श्रीनारायणले न्याय पाएकाे बताएका हुन् ।

बम विस्फाेटमा घाइते भएका त्रिलाेकसहित करिब दुई दर्जन घाइतेलाई जिउँदै इँट्टाभट्टामा हालेर जलाएकाे अभियाेगमा आलमविरूद्ध जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएकाे हाे । आलमलाई ...


उपनिर्वाचन : मतदान केन्द्र तोकिएका २१७ विद्यालयलाई ३ दिन विदा

काठमाडौँ - उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएका क्षेत्रका विद्यालयमा तीन दिन बिदा दिने तयारी भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार केन्द्र तोकिएका २ सय १७ विद्यालयलगायत अन्य संस्थामा तीन दिन बिदा दिन स्थानीय तहलाई परिपत्र गरेको छ ।

निर्वाचन आयोगको आग्रहअनुसार मन्त्रालयले दुई सय १७ विद्यालय, १८ गाउँपालिका, ३ स्वास्थ्य चौकी र ९ पार्टी, धर्मशाला, खेलकुद भवनलगायत मतदान केन्द्र तोकिएको ठाउँमा बिदा दिन भनेको हो । प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका रिक्त सदस्य पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुँदै छ । प्रतिनिधि सभा ...


सीमा विवादको कारण पेस गर्न सरकारलाई सर्वोच्चको आदेश !

काठमाडौ - सर्वोच्च अदालतले सीमा विवाद सम्बन्धी मुद्दामा सरकारलाई लिखित जवाफसहित कारण पेस गर्न आदेश गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले मुद्दालाई अग्राधिकार दिँदै कारण देखाऊ आदेश जारी गरेको हो। सर्वाेच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत सबै विपक्षीलाई १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत् लिखित रुपमा सीमा विवादमा कारण पेस गर्न भनेको छ।

भारतले अतिक्रमण गरेको सीमा सम्बन्धी विवादमा सर्वोच्चमा दायर भएको निवेदनमा प्रधानन्यायाधीश राणाले आफ्नै इजलाशमा राखेर शुक्रबार यस्ताे आदेश गरेका हुन्। अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र फणिन्द्र नेपालले बुधबार दायर गरेको सार्वजनिक सरोकारको निवेदन राणाले ...


प्रधानमन्त्रीको निजी सचिवालय नयाँ को-को आए ?

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालय पुनर्गठन भएको छ। केही दिन अघि सचिवालयका कर्मचारीले सामुहिक राजिनामा दिएपछि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ नियुक्ती गरेको हो।

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापा, विकास विज्ञमा इन्जिनियर गजेन्द्र थपलीया र आर्थिक मामिला सल्लाहकारमा पूर्व सचिव लालशंकर घिमेरलाई नियुक्ति गर्ने निर्णय गरेको छ। बालुवाटार स्रोतका अनुसार थापालाई राज्यमन्त्री, घिमिरेलाई सहायकमन्त्री र थपलीयालाई विशिष्ट श्रेणीको सुविधा हुनेगरी नियुक्त गरिएको हो।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट सल्लाहकार राजन भट्टराईले पनि राजिनामा ...


आलमलाई थुनामा पठाउने न्यायाधीश र वकिलले जिल्ला छाडे, जाहेरीवाला र साक्षीलाई सुरक्षा दिन आदेश

राैतहट - कांग्रेस नेता एवं पूर्वमन्त्री माेहम्मद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश पछि न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडेका छन्। जिल्ला अदालत रौतहटले शुक्रबार आलमलाई थुनामा पठाउने आदेश गरेको थियो।

ईटा भट्टिमा मान्छे जलाएको आरोपमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाे हाे। उनी थुनामा गए पनि सुरक्षा थ्रेट भएपछि न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषद्लाई आग्रह गरेका थिए।

आदेश दिएलगत्तै उनले जिल्ला छाड्ने तयारी गरेकाे जानकारी न्यायपरिषद् र सर्वोच्च अदालतमा गराएका थिए।

आलमविरुद्ध बहस जाहेरी दर्ता गरेका जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) फणिन्द्रराज ...


अन्तत: आलम जेलमा, बिहान ४ः३० बजे नख्खु कारागार ल्याई पुर्‍याइयो

काठमाडौं - अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि निलम्बित सांसद मोहमद अफताब आलमलाई नख्खु कारागार ल्याइएको छ। १२ वर्ष अगाडि बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमलाई शुक्रबार जिल्ला अदातल रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

आलमलाई शनिबार बिहान ४ः३० बजे ललितपुरस्थित नख्खु कारागार ल्याइपुर्‍याएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए। आलमलाई जिल्लामै राख्दा खतरा हुने भएकाले गृह मन्त्रालयको आदेश अनुसार नख्खु ल्याइएको प्रहरीको भनाइ छ । अदालतले सुरक्षाको दृष्टिकोणले आलमलाई रौतहट कारागारमा राख्नु उपयुक्त ...


राजिनामा नै नदिई डिभी परेका वडाध्यक्ष अमेरिका उडे, उपनिर्वाचन गर्न समस्या

हेटौडा - मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ। चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ। समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ।

वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ परिवारसहित अमेरिका गएको थियो। अध्यक्ष घिसिङको राजीनामा समयमा नआएकाले उपनिर्वाचनका लागि समस्या भएको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले बताए।

निर्वाचन कार्यालयका प्रमुख पौडेललले राजीनामा जुनसुकै माध्यमबाट ...


उपनिर्वाचन : स्थानीय तहका ४८ पदका लागि २८१ जनाको उम्मेदवारी, २६ जना महिला

काठमाडाैं - आगामी मंसिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवार दिनेमध्ये राजनीतिक दलका २१७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेका रहेका छन्।

मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको संख्या २६ छ। ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने काम बुधबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयाेगले जनाएकाे छ।

स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदका उपनिर्वाचन हुँदैछ।

...

बंगलादेशका राष्ट्रपतिलाई पोखरामा स्वागतको तयारी

पाेखरा - बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा आउँदै छन्।राष्ट्रपति हमिद बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए।

पोखराको दृश्यावलोकन गर्न आउन लागेका राष्ट्रपति हमिदको स्वागतको सम्पूर्ण तयारी पूरा भएको प्रजिअ केसीले बताए। पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्ने छन्।

राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाद्वारा दुई झाँकी देखाउने तयारी गरिएको छ। पोखरा विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास ...


यसरी हुने भयो व्यवसायी रूप ज्योतिको मुद्दाको मिलापत्र !
काठमाडौं - ल्याडमार्क हाउजिङ्गको नाममा ठगी गरेको आरोपमा थुनामा रहेका व्यवसायी रूप ज्योतिको मुद्दा मिलापत्र मार्फत् किनारा लाग्ने निश्चित भएको छ। उजुरीकर्ता विज्ञेन्द्रकृष्ण मल्ललाई दिनुपर्ने रकम लिएर जाहेरी फिर्ता लिनका लागि छलफलबाट सहमत गराएपछि मिलापत्रतर्फ अघि बढेको हो।
 
ज्योती परिवारविरुद्ध उनले हालेको जाहेरी फिर्ता लिने र हाललाई मुद्दा नचल्ने राय सरकारी वकिलको कार्यालय काठमाडौं पुगिसकेको छ। मल्ललाई जग्गा बैना वापतको रकम फिर्ता दिने र उनले पनि आफूले पाउनुपर्ने रकम लिएर जाहेरी अघि नबढाउने राय प्रहरी कार्यालयमा दिएपछि सरकारी वकिलको कार्यालयमा मुद्दा मिलापत्रबाट टुङ्गिएकाे सहमतीपत्रकाे राय पुगेको ...

बंगलादेशका राष्ट्रपतिको उच्चस्तरीय भेटवार्ता आज, यस्तो छ कार्यतालिका !

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चार दिने सद्भावना भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार उच्चस्तरीय भेटघाटमा व्यस्त रहने छन्। ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार नेपाल आएका राष्ट्रपति हमिदले आज बिहान राष्ट्रपति भण्डारीसँग शीतलनिवासमामा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीसँगको भेटपछि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग उनले शिष्टाचार भेट गर्ने छन्। राष्ट्रपति हमिदले त्यसपछि राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने छन्।

उनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दल नेपाली ...


सीमा रक्षा गर्नु नागरिकको पहिलो शर्त भएको भन्दै डा केसीले गरे अनसन स्थगित

काठमाडौं - डडेल्धुरामा अनसनरत डा गोविन्द केसीले आफ्नो सत्राैं चरणको अनसन स्थगित गरेका छन् । राष्ट्रियता अप्ठेरो अवस्थामा परेका कारण अनसन स्थगित गरेको उनले बताए । केसीले सीमा रक्षा गर्नु सबै नागरिकको पहिलो शर्त भएको भन्दै त्यसका लागि अनसन स्थगित गरेको उल्लेख गरेका छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै केसीले डडेलधुरा अमरगढीकी चार वर्षीया श्रीनास जैरुका हातबाट जुस पिएर नवौं दिनमा अनसन स्थगित गरेका हुन्।

सोमबार मात्र उनलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको थियो। उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै डडेल्धुरा अस्पतालले अन्यत्रै स्थानान्तरण गर्न आग्रह ...


उपनिर्वाचन : स्थानीय तहका लागि उम्मेदवारी दर्ता आज

काठमाडौं - मंसिर १४ मा हुने उपनिर्वाचन अन्तर्गतको स्थानीय तहका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने छ।

निर्वाचन आयोगले कात्तिक १ गते ‍समय तालिका सार्वजनिक गर्दै २७ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने बताएको थियो। आजै उम्मेदवारको सूची प्रकाशन गरिने तालिका छ। छ । बिहीबार उम्मेदवारमाथि उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ।

उम्मेदवारहरुलाई मंसिर १ गते निर्वाचन चिह्न ...


‘अघोरी बाबा’ कि श्रीमतीलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं - आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धि मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

जिल्ला अदालत काठमाडौँबाट मंगलबार म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा राखिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए।

विदेश लगिदिन्छु भन्दै विश्वासमा लिएर धोका दिई ठगी गरेको भनी एक महिलाले कारबाहीको माग गर्दै सोमबार जाहेरी दिएकी थिइन्।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २४९ मा कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकामा सो बमोजिम नगरी वा ...


रौतहटको प्रहरी चौकीमा बम प्रहार, प्रहरी जवान घाइते

काठमाडौं - रौतहटको एक प्रहरी चौकीमा सुतली बम प्रहार भएको छ। बम प्रहारबाट इशनाथ नगरपालिका-४ को मठिया चौकीमा कार्यकरत एक प्रहरी जवान घाइते भएका छन्।

प्रहरीले आशंकामा भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार लाई पक्राउ गरेको छ । उनले प्रयोग गरेको बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीसँगै मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार छन् ।

घाइते जवानको अवस्था सामान्य रहेको र चौकीमा पनि सामान्य क्षति भएको प्रहरीले जनाएको छ। बम बिस्फोटका कारण भने खुलिसकेको छैन।

पक्राउ परेका भारतीय नागरिकमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रहरी ...


बंगलादेशी राष्ट्रपति काठमाडौं आइपुगे, यस्तो छ ४ दिने कार्यतालिका !

काठमाडौं - राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने सदभावना भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर राष्ट्रपति भण्डारीले स्वागत गरिन। विमानस्थलको अति विशिष्ट कक्षमा भण्डारीले बंलादेशी राष्ट्रपतिलाई स्वागत गरेकी हुन्।

विमानस्थलमा भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्वागत गरे। राष्ट्रपति हमिदको स्वागतमा त्रिभुवन विमानस्थलमा स्वागत समारोह गरिएको थियो। त्यहाँ उनलाई नेपाली सेनाले सम्मान गाहारथ प्रदान गरेको थियो।

राष्ट्रपति हमिद विमान बंगलाको नियमित उडानबाट ५२–सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हुन्।

हमिद विमानस्थलबाट सिधै नागपोखरीस्थित होटल म्यारियटमा गएरबस्नेछन्। हमिदले आजै ...


सीमा अतिक्रमणबारे भारतसँग वार्ताको तयारी भैरहेको छ : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको सीमा अतिक्रमण भएको विषयमा भारतसँग वार्ताको तयारी गरिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सीमा अतिक्रमणबारे औपचारिक वार्ता अघि बढाउन सरकारले आवश्यक गृहकार्य गरिरहेको नेकपाको सचिवालय बैठकमा सोमबार जानकारी गराएका हुन् ।

सचिवालय बैठकमा भारतसँगको सीमा विवादबारे सरकारले गरिरहेको गृहकार्यबारे प्रधानमन्त्रीले ‘ब्रिफिङ’ गरेका थिए । ‘प्रधानमन्त्रीज्यूले दुई देशको वार्तामा सरकारले लैजाने प्रस्तावको गृहकार्य भइरहेको जानकारी गराउनुभएको छ,’ सचिवालय बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आधिकारिक प्रमाणसहितको दस्ताबेज संकलनसँगै उचित कूटनीतिक संयन्त्रमा छलफल अघि बढाएर भारतसँग ...


लिम्पियाधुरा लगायतका क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ - लिपुलेक, कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि भारतले अतिक्रमण गरेको बारे संसद्को ‘राज्य व्यवस्था तथा सुशासन समिति’ले छलफल गरेको छ । बैठकले यी तीनै क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

सोमबारको समिति बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र भूमिसुधारमन्त्री पद्मा अर्यालको समेत सहभागिता थियो । नेपालको सार्वभौमिकता जोगाउन उच्चस्तरीय कूटनीतिक र राजनीतिक वार्ता अघि बढाउन जरुरी रहेको भन्दै समितिले पाठ्यक्रममा पनि नेपालको नक्सा सुधार गर्न आवश्यकता देखेको छ । लिम्पियाधुरासम्मलाई पनि समेटेर नयाँ नक्सा सार्वजनिक गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

नेपाल र भारतबीचमा ...


फैसलाको पूर्ण पाठ लेखनलाई चुस्त बनाउँदै सर्वोच्च

काठमाडौं - पछिल्ला आठ महिनामा सर्वोच्च अदालतले अन्तिम फैसलाको पूर्ण पाठ लेखनमा उल्लेख्य फड्को मारेको छ। अब ११ सय मात्र पुराना फैसला मात्र लेख्न बाँकी देखिएको छ। यो आर्थिक वर्षमा भएका सरदर ७÷८ सय फैसला भने तयार हुन बाँकी छन्। सर्वोच्चको इजलास तथा पेसी व्यवस्थापन महाशाखाको रेकर्डले फैसला तयारीमा उल्लेख्य उपलब्धी हासिल गरेको जनाएको हो।

यस वर्ष भएका नयाँ र पुरानासमेत जोडेर पूर्ण फैसला तयार हुन अब करिब २ हजार बाँकी देखिएको छ। यसअघि सर्वोच्चमा नयाँ र पुराना गरी ४ हजारभन्दा बढी फैसला लेखिन बाँकी थियो। ...


अनलाइन सपिङ कम्पनी दराज कम्पनी छानबिनमा, उपभोक्ता ठगेको शंका

काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन सपिङ कम्पनी दराजमाथि गम्भीर छानबिन सुरु गरेको छ। विभागले शुक्रबार दराजले गर्दै आएको व्यापारको वैधता र उपभोक्ता ठगीका विषयमा अनुगमन गरी काजगात नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

अनुगमनका क्रममा विभागको टोलीले दराज कम्पनीका कारोबारसम्बन्धी विवरण नियन्त्रणमा लिएर अध्ययन गरिरहेको स्रोतले जनाएको छ। विसं २०७३ फागुन १४ गते कम्पनी रजिस्टारको कार्यालयमा 'क्यामु दराज कम्पनी प्रालि'को नाममा यो कम्पनी दर्ता भएको थियो। कम्पनीले अनलाइन विज्ञापन, सफ्टवेयर विकास र कार्गो उद्योग संचालन गर्ने भन्दै उद्योग विभागमा दर्ता भएको देखिन्छ।

चिनियाँ कम्पनी ...


बंगलादेशका राष्ट्रपति आज नेपाल आउँदै

काठमाडाैं- बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले म‌ंगलबार नेपाल भ्रमणमा आउँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।

राष्ट्रपति मोहम्मद अब्दुल हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा आउन लागेका हुन्। उनी दिउँसाे १२:४५ बजे काठमाडाैं ओर्लिने छन्। राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी तथा उनले नेतृत्व गरेकाे प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ राजकीय भोज ...


गोविन्द केसीलाई शिक्षामन्त्रीको आग्रह : 'सिंगो देश कालापानीमा केन्द्रीत छ, अनसन छोड्नुस'

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सिंगो देश लिपुलेकको विषयतर्फ हुँदा डा गोविन्द केसीलाई अनशनमा छाड्न आग्रह गरेका छन्। शिक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा अनशन बस्न नहुने बताउँदै उनले डा केसीको अनशन असान्दर्भिक रहेको जनाए। उनले भने, ‘सिंगो देश कालापानीका विषयमा केन्द्रीत छ। नयाँ बहश उठिरहेको छ। यस्तो बेला अनशन बस्नु उपयुक्त होइन।’

उनले डा केसीको शिक्षा मन्त्रालयसँग सम्बन्धित माग सम्बोधन भइरहेकाले अनशन आफ्नो मन्त्रालयसँग मात्रै नजोडिएको उल्लेख गरे। उनले भने, ‘उहाँकै मागअनुसार चिकित्सा शिक्षा ऐन बनेर लागू हुने क्रममा छ। लागू नभएको भए ...


उपचुनाव : दाङका ६ मतदानस्थल संवेदनशील

दाङ - उपनिर्वाचनमा स्थानीय सुरक्षा समितिले निर्वाचन क्षेत्र नम्बर ३ (ख) को ६ वटा निर्वाचन स्थल अतिसंवेदनशील क्षेत्रमा राखेको छ। प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।

जिल्लाका यी दुई क्षेत्रको निर्वाचनमा ३४ वटा निर्वाचनस्थल छन्। त्यस मध्येका प्रदेशसभा सदस्य पदका लागि हुने ६ वटा निर्वाचन स्थललाई सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील क्षेत्रको रूपमा राखिएको छ।

यातायातको राम्रो पहुँच नभएका, सञ्चारमाध्यमको राम्रो पहुँच नभएका, भौगोलिक कठिनाई रहेका तथा सघन जनसंख्या भएको र विगतको निर्वाचनमा भएका घटनाका आधारमा ती क्षेत्रलाई स्थानीय सुरक्षा ...


न्यायाधीश समक्ष रूपज्योतिको गुनासो : ‘म माथि झुठा मुद्दा लगाएर प्रतिष्ठा गिराउने काम भयो'

काठमाडौँ - हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वअर्थ सहायकमन्त्री तथा व्यापारी रूपज्योति र उनकी छोरी सुरुचिलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पुनः पाँच दिनको म्याद दिएको छ । यसअघि अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद दिएको थियो ।

ज्योतिले इजलासमा न्यायाधीशसँग आफैँ सवालजवाफ गरेका थिए । उनले आफूलाई अपहरण शैलीमा पक्राउ गरिएको भन्दै पक्राउ गर्नुका आधार माग गरे । झुठा मुद्दा लगाएर परिवारको प्रतिष्ठा गिराउने काम भएको भन्दै उनले इजलासमै आपत्ति जनाए ।

‘अपहरण शैलीमा एक्कासि पक्राउ गरियो, मेरो परिवारमाथि साइनो सम्बन्ध नै नभएको मुद्दा लगाइएको छ,’ उनले ...


ठगी मुद्दा लागेका सुदूरपश्चिमका पर्यटन राज्यमन्त्रीले दिए पदबाट राजीनामा

धनगढी - किर्ते र ठगीको मुद्दा खेपिरहेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । राज्यमन्त्री रावलले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष आइतबार राजीनामापत्र बुझाएका हुन् ।

कञ्चनपुर ३ ‘क’ प्रदेश सभाबाट निर्वाचित रावल गत वर्ष असोजमा राज्यमन्त्री नियुक्त भएका थिए । आइतबारै राजीनामा स्वीकृत भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सरकार गठन भएपछि पदबाट हट्ने उनी दोस्रो मन्त्री हुन् । एक महिलासँगको अवैध सम्बन्धलाई लिएर प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री दीर्घ सोडारी गत वर्ष २७ कात्तिकमा बर्खास्त भएका थिए ।

जनज्योति बहुमुखी क्याम्पस सञ्चालन गरिरहेको जनज्योति ...


डा. गोविन्द केसीलाई अनशनस्थल छोड्न प्रहरीको दवाव

काठमाडौं - ६ दिनदेखि डडेलधुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थल छोड्न प्रहरीले दबाब दिएको छ । सोमबार बिहानैदेखि सादा पोशाकका प्रहरीहरु आई केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका दबाब दिएको अनशनस्थलमा रहेका डा. केसीका भाइ किशोर केसीले जानकारी दिए ।

किशोरका अनुसार अस्पतालमा व्यापक सुरक्षाकर्मी परिचालन गरी केसीलाई स्थानान्तरणको प्रयास गरिएको छ । केसीका समर्थकले प्रहरी हस्तक्षेपको विरोध गर्दै उनलाई स्थानान्तरण नगर्न आग्रह गरेका छन् । अहिले डडेलधुरा अस्पताल तनावग्रस्त छ।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै १६औं पटक अनशन बसेका केसीको सोमबार छैटौं दिन हो । चिकित्सकका ...


सीमा अतिक्रमणबारे छलफल गर्न प्रधानमन्त्री सेनाको जंगीअड्डामा

काठमाडौं - भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा विभिन्न दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूभागको रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य तीन सुरक्षा निकायका प्रमुखसँग छलफल चलाएका हुन्। नेपाली भूभागमा रहेको भारतीय सुरक्षाकर्मीलाई फिर्ता पठाउने र अन्य सीमा पनि सुरक्षित गर्न कूटनीतिक एवं रणनीतिक तयारीमा पनि सेना अग्रसर भएको छ। लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा पाँच दशकदेखि भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेकामा कसरी फिर्ता ...


भारतीय अतिक्रमणबारे बुझ्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो

काठमाडौं - भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समेटिएको विषयमा संसदीय समितिले सोमबार प्रधानमन्त्रीसँग छलफल गर्ने भएको छ। बिहान ११ः३० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको छ।

भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका नेपाली भूमिलाई आफ्नो नक्सामा समेटेपछिको अवस्थाबारे समितिले छलफल गर्न लागेको हो। भारतीय अतिक्रमणको देशभर विरोध भइरहेका बेला समितिले सरकारपक्षसँग छलफल गर्न लागेको हो। समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि छलफल गर्दैछ।

त्यस्तै, संघीय संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सोही विषयमा परराष्ट्रमन्त्री ज्ञवालीलाई समितिमा बोलाएको ...


युद्धताका आफैले गरिदिएका जग्गाका लिखत माओवादीका जनप्रतिनिधिलाई अहिले टाउको दुखाई

सुर्खेत - रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–१२ दोभानखोलाका लिले खत्रीले सशस्त्र द्वन्द्वका बेला गाउँकै भीमबहादुर जैसीबाट एक रोपनी जमिन खरिद गरे। तत्कालीन विद्रोही नेकपा माओवादीले सञ्चालन गरेको ‘जनसरकार’ मा खत्रीको नाममा रजिष्ट्रेसन भयो। २०६१ सालमा ३० हजार रुपैयाँमा जग्गा खरिद गरेका खत्रीले घर बनाए। खोलानजिकै पानीघट्ट सञ्चालनमा ल्याए। द्वन्द्व अन्त्य भएर देश शान्ति प्रक्रियामा प्रवेश गरेसँगै दुई पक्षीबीच विवाद सुरु भयो।

द्वन्द्वका बेला गाउँमा बस्ने अवस्था थिएन। गाउँमा जमिनको मूल्य अहिलेको जस्तो थिएन। शान्ति प्रक्रियापछि विस्थापित भएकाहरू गाउँ फर्के। गाउँमा फेरि चहलपहल सुरु भयो। जग्गाको मूल्य बढ्यो। खत्री ...


नेपाल-भारत सिमामा भारतीय प्रहरी पोष्ट माइल पिच्छे , नेपालको उपस्थिति भने शुन्य

पाँचथर - चर्चित पर्यटकीय गन्तव्य सन्दकपुरमा भ्यु प्वाइन्ट, सडकको स्तरोन्नतिलगायत काम गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध ग-यो। इलाममा पर्ने दृश्यावलोकन गर्ने मुख्य ठाउँमा भारतीय सुरक्षा बलले अवरोध गरेको थियो। त्यतिमात्र होइन सीमाक्षेत्र वरपर नेपाली क्षेत्रमा गरिने निर्माणको काममा पनि एसएसबीले अवरोध गरिरहेको छ। सीमाक्षेत्रमा पर्ने इलाम र पाँचथरका विभिन्न ठाउँमा निर्माण सामग्री ल्याउन एसएसबीले अवरोध गरेका छन्। सीमाक्षेत्रमा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।

आहाल भन्ने ठाउँमा बनाइने भनिएको सरकारी गेस्ट–हाउसमा पनि अवरोध भएको छ। निर्माण सामग्रीमा पछिल्लो पल्ट अवरोध भएपछि सास्ती खेप्नुपरेको ...


प्रधानमन्त्री सचिवालय सदस्यहरुले किन दिए सामूहिक राजीनामा ?

काठमाडौं - प्रधानमन्त्रीले नै असन्तुष्टि व्यक्त गरेपछि उनका सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्रीले शुक्रबार सल्लाहकार र सचिवालयका सदस्यसँगको छलफलमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए।

'प्रधानमन्त्रीले नै असन्तुष्टि व्यक्त गरेपछि हामीले छलफल गर्‍यौं र आजै सामूहिक राजीनामा बुझायौं', राजीनामा दिने मध्येका एक सदस्यले भने। छलफलमा एक/दुई सदस्यको अनुपस्थिति रहेको उनले बताए।

राजीनामा कहिलेदेखि लागू हुने विषयमा उनले खुलाउन चाहेनन्। यद्यपि, प्रधानमन्त्रीले सबैको राजीनामालाई स्वीकार नगर्ने र केहीलाई भने सचिवालय सदस्यको रुपमा निरन्तरता दिने सम्भावना पनि छ।

राजिनामा दिनेमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल छन्। त्यस्तै, परराष्ट्र ...


सीमा विवाद समाधानका लागि भारतसंग तत्कालै कूटनीतिक पहल थाल्ने बैठकको निष्कर्ष

काठमाडाैं - सरकारले कालापानी, लिपुलेक र लिम्पियाधूराका विषयमा उठेका प्रश्नबारे तत्काल भारतसँग कूटनीतिक पहल गर्ने भएको छ। राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको भन्दै सरकारले उक्त पहल गर्ने जनाएकाे हाे।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री, विषयविज्ञहरू सहभागी सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा समस्या समाधानका लागि बलियो सरकार र राष्ट्रिय सहमति कायम भएको बताए। राष्ट्रिय सहमति र एकताको यो बलियो आधारमा सरकारले भारत सरकारसँग प्रभावकारी कूटनीतिक वार्ता अगाडि बढाउने प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै परराष्ट्रमन्त्री ...


अयोध्याको विवादित स्थल राम मन्दिरलाई दिन भारतीय सर्वोच्चको आदेश

काठमाडौं- बाबरी मस्जिद-राम मन्दिर विवादमाथि भारतीय भारतीय सर्वोच्च अदालतले अन्तिम फैसला गरेको छ। सर्वोच्च अदालतले अयोध्याको विवादित स्थल राम मन्दिरलाई दिन र मस्जितका लागि छुट्टै जमिन दिन आदेश दिएको छ।

यससँगै राम मन्दिर बनाउने बाटो खुलेको छ। २।५ एकड जमिन रहेको विवादित जमिनमा बन्ने मन्दिरको रुपरेखाको लागि केन्द्रिय सरकारले एउटा कन्द्रिय ट्रष्ट बनाउनेछ । र ५ एकड जमिन मस्जिद बनाउन मुस्लिम समुदायलाई दिन पनि अदालेतले फैसलामा आदेश दिएको छ ।

सर्वोच्च अदालतका मुख्य न्यायधिशले अन्य ४ न्यायधिशका साथ शनिबार उक्त विवादमाथि फैसला सुनाएका हुन्। ४० दिनसम्मको लगातार ...


टुँडिखेलको अतिक्रमण रोक्न ‘अकुपाई टुँडिखेल’ अभियान सुरु

काठमाडौं - अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले ‘अकुपाई टुँडिखेल’ अभियान सुरु गरिएको छ । ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, ‘पुर्खाको नासो जनताको हक’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सर्वसाधारणहरु खुलामञ्च क्षेत्रमा उपस्थित भएका छन् ।

अभियानलाई साथ दिन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा लगायत खुलामञ्च क्षेत्रमा उपस्थित भएका छन् ।

नागरिकस्तरबाट आयोजित यो अभियान तीन महिनासम्म सञ्चालन गरिने अभियन्ताहरुले बताएका छन् ।

खुलामञ्चमा भेला भएर अकुपाई टुँडिखेलको ...


वडाध्यक्ष र सचिवसंगको सेटिङमा पहिचान बदलेर नागरिकता

सिरहा - वडाध्यक्षको सिफारिसमा पहिचान फेरेर दुईजनाले नागरिकता लिएको खुलेको छ। जिल्लाको औरही गाउँपालिका–५ का अध्यक्ष दिलीप यादवको सिफारिसमा महेन्द्र मुखिया र राजेन्द्र मुखिया (फेरिएको नाम) ले जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता लिएका हुन्।

जिल्ला प्रशासन कार्यालय सिरहामा महेन्द्र र राजेन्द्रले झुटो विवरणका आधारमा नागरिकता लिएको उजुरी परेको थियो। त्यसपछि गत असोज ८ गते जिल्ला प्रशासन कार्यालय सिरहाले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयलाई परिपत्र ग¥यो। प्रशासनको चलानी नम्बर २५८१ को परिपत्रमार्फत प्रहरीले अनुसन्धान गर्दा महेन्द्र र राजेन्द्रले असली पहिचान फेरेर नागरिकता लिएको खुलेको हो।

महेन्द्रको असली नाम ...


शिक्षक बन्नेलाई अब डिग्री सकेर पेसागत तालिम अनिवार्य

काठमाडौं - शिक्षाशास्त्र संकाय पढेर मात्रै विद्यालय शिक्षक बन्न नपाइने भएको छ। शिक्षक बन्न चाहनेले पेसागत तालिम अनिवार्य लिनुपर्नेछ। यो व्यवस्था समेटिएको राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्को कात्तिक १८ गते बसेको बैठकले स्वीकृत गरेको छ।

शिक्षाशास्त्र संकायको पाठ्यक्रममा प्राज्ञिक र पेसागत डिग्रीलाई एकीकृत गरिएको छ। निश्चित तह उत्तीर्ण गरेर शिक्षण अनुमतिपत्रप्राप्त व्यक्तिले शिक्षक परीक्षामा प्रतिस्पर्धा गर्न पाउँदै आएका छन्। विश्वविद्यालयमा पढ्दै गर्दा निश्चित समय शिक्षण अभ्यास (टिचिङ प्राक्टिस) गरेपछि उनीहरूको पेसागत डिग्री पूरा भएको मानिन्छ।

अब भने विश्वविद्यालयको निश्चित तह उत्तीर्ण गरेपछि छुट्टै पेसागत डिग्री लिनुपर्ने शिक्षा मन्त्रालयका ...


कालापानीबारे छलफल गर्न बोलाइएको सर्वदलिय बैठक आज

काठमाडौं - भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भू-भाग समावेश गरिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय/सर्वपक्षीय बैठक बोलाएका छन्।

भारतले जारी गरको नयाँ नक्सामा लिम्पीयाधुरा, कालापानी र लिपुलेक समावेश गरिएकोबारे छलफल गर्न प्रधानमन्त्रीले हिजो शुक्रवार आज सनिवारका लागि सर्वपक्षीय बैठक बोलाएका हुन् ।

अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए । बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।

जम्मू-काश्मीरको विशेष अधिकार कटौती गरेपछि बदलिएको राजनीतिक ...


शेखर गोल्छा उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्ने निश्चित

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) मा शेखर गोल्छा स्वत: अध्यक्ष बन्ने निश्चित भएको छ। एफएनसिसिआइको विधान संशोधन गर्न बनेको विधायन समितिले तत्काल संशोधनको विषय अगाडि नबढाउने निर्णय गरेसँगै गोल्छाको स्वत: अध्यक्ष बन्ने बाटो खुलेको हो। विधान संशोधन समितिका सभापति चण्डीराज ढकालले एफएनसिसिआइको पुरानो विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्षले स्वत: अध्यक्ष बन्ने संशोधनको प्रस्ताव अगाडि सारेका थिए।

तर विधान समितिको शुक्रबार बसेको बैठकले तत्काल विधान संशोधनको प्रस्ताव अगाडि नबढाउने निर्णय गरेसँगै गोल्छा अध्यक्ष बन्ने बाटो खुलेको हो।

संस्थाको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत:अध्यक्ष हुने उल्लेख छ। अब ...


राजमार्गको जग्गा देखाएर खोलाको बगर धितो राखी ४ करोड ६० लाख ठगि

झापा - नक्कली कागजात तयार गरी रु. ४ करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

नक्कली कागजात बनाएर काठमाडौं–३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीको लागि बैंकबाट रु. ४ करोड ६० लाख कर्जा निकालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। पक्राउ पर्नेमा सुनसरी इटहरीका एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनीयर भेषराज खत्री, मोरङ बेलबारी–३ का इञ्जिनीयर कर्ण चामलिङ, मकवानपुर हेटौँडा–४ घर भई ...


छात्रवृत्तिमा पढेका डाक्टरलाई २ वर्ष मात्र सरकारी काममा लगाउनु : सर्वोच्च

काठमाडौं - सर्वोच्च अदालतले सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरेका डाक्टरलाई २ वर्षमात्र सरकारी अस्पतालमा काममा लगाउन आदेश दिएको छ। न्यायाधीश बमकुमार श्रेष्ठले यसअघिको सर्वोच्च अदालतकै फैसलालाई आधार मान्दै २ वर्षमात्र सेवा गरे पुग्ने गरी अन्तरिम आदेश गरेको हो ।

यसअघि सर्वोच्च अदालतले २०७३ साल भदौ ५ गते सरकारी कोटामा पढेका विद्यार्थीले २ वर्ष सरकारी अस्पतालमै सेवा गर्नुपर्ने गरी फैसला गरेको थियो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमा सरकारी कोटामा एमबिबिएस पढेकाहरूका लागि ४ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ। उक्त व्यवस्था खारेज गर्नुपर्ने माग राख्दै डाक्टर उज्वल पौडेल लगायतले ...


गृहमन्त्रीद्वारा कारागारभित्र छुट्टै सत्ता रहेको स्वीकार

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले कारागारभित्र छुट्टै सत्ता रहेको बताएका छन्। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले कारागारभित्रको आन्तरिक प्रसाशनलाई लोकतान्त्रिक बनाउन सरकारले प्रयास थालेको जानकारी गराए।

समितिले केहि समयअघि नेपालका कारागार र हिरासत कक्षको स्थलगत अनुगमन गरेपछि गृहमन्त्री, गृहसचिव, महान्यायधिवक्तालगायतलाई बुधबार छलफलको लागि बोलाएको थियो। समितिमा सांसद पम्फा भुसाल र डिला संग्रौलाले कारागारको सुरक्षाको घेराभित्र पनि अर्को सत्ता रहेको भन्दै मन्त्रीसँग वास्तविकता केहो भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले नेपालका कारागारभित्र निरङ्कुश सत्ता रहेको स्वीकारेका हुन्।

बैठकमा सांसदहरूले कारागार भित्रका नाइके, भाइ नाइकेजस्ता कैदीले अलग्गै सत्ता ...


सुरक्षा संयन्त्रको निष्कर्ष : विप्लवका गतिविधि निस्तेज, खुल्ला सीमा मुख्य चुनौती

रुपन्देही - सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गनिविधि निस्तेज हुँदै गएको सुरक्षा निकायको निष्कर्ष छ। प्रदेश नं ५ मा विप्लव समूहको गतिविधि निस्तेज हुँदै गएको प्रदेशको उच्च सुरक्षा तहमा निष्कर्ष निकालिएको हो ।

प्रदेश नं ५ का १२ वटै जिल्लाका प्रजिअ र सबै सुरक्षा अङ्गका प्रमुख, गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहित दुई दिनसम्म बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भएको छलफलमा प्रदेशका जिल्लाहरूको सुरक्षा अवस्था बारेमा प्रस्तुत रिपोर्टअनुसार विप्लव समूहको अवस्थाका बारेमा यस्तो निष्कर्ष सार्वजनिक गरिएको थियो।यस्तै प्रदेशको समग्र ...


त्रिविमा अर्को बदमासी : परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर पास

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले परीक्षा दिइसकेका विद्यार्थीसँग घुस लिएर उत्तरपुस्तिका साट्ने गरेको खुलेको छ । परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास गराउने गरिएको छ । उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमल दाहालले घुस लिएर उदयपुरका दुई छात्रालाई पास गराएका छन् । यो घटनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

त्रियुगाकी विद्यार्थी (क)ले शिक्षा संकाय स्नातक दोस्रो वर्षको करिकुलम एन्ड इभ्यालुएसन (३१४) को परीक्षा २० असार ०७५ मा दिइन् । गाईघाटकै बरुवा क्याम्पसकी (ख)ले व्यवस्थापन संकाय स्नातक ...


कालापानी अतिक्रमणबारे सरकारले मुख खोल्यो

काठमाडौं - सरकारले भारतले जारी गरको नयाँ नक्सामा नेपाली भूमि पारेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी नेपालको भूभाग रहेकोमा सरकार स्पष्ट रहेको बताएको छ।

सिमा विवादमा परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग र परराष्ट्र सचिवस्तरीय समिति रहेको भन्दै एक पक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने बताएको छ।

 

...

प्रतिनिधिसभा र प्रदेशसभा सांसदको लागि उम्मेदवारी मनोनयन बिहीबार

काठमाडौं - आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन बिहीबार (भोली)हुने भएको छ।

निर्वाचन आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन काम यही कार्तिक २१ गते बिहीबार हुने जानकारी गराएको हो। कार्तिक २१ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेश सभासदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन हुनेसहितको कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

उम्मेदवारहरुको अन्तिम नामावली भने कार्तिक २४ गते प्रकाशन हुने आयोगले जानकारी दिएको छ। सो ...


सुदूरपश्चिमका पर्यटन राज्यमन्त्री सहित ३६ जनाविरुद्ध मुद्दा, पौने १६ करोड ठगेको आरोप

धनगढी - सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलसहित ३६ जनाविरुद्ध झन्डै पौने १६ करोड रुपैयाँ ठगी तथा कागज कीर्ते गरेको भन्दै मुद्दा परेको छ।

कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा ठगी र कागज कीर्ते गरेको भन्दै उनीहरु विरुद्ध गत साउनमा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको खुलेको हो।

कञ्चनपुर जिल्ला अदालतका शाखा अधिकृत नवराज पाण्डेका अनुसार भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशीसमेत गरी १० जनाले साउन ७ गते राज्यमन्त्री रावल सहितका ३६ जना विरुद्ध ठगी र ...


नेपालको भुमि आफ्नो क्षेत्रमा राखेर भारतले निकाल्यो नक्सा

काठमाडौँ - लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ । कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा नक्सा सार्वजनिक गरेको छ । नाकाबन्दीले बिग्रिएको सम्बन्ध पछिल्लो समय सुधारिँदै गएको वेला भारतले नेपाललाई फेरि झस्काएको छ ।

सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । र, कालीनदी नै नेपाल–भारत सिमाना हो । त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको मुहानको रूपमा निर्विवाद थियो । वि.सं. २०१८ मा लिम्पियाधुरा क्षेत्रको गुन्जी, गर्ब्याङ र नाभी गाउँमा ...


नेपाल आयल निगम चार वर्षदेखि निरन्तर नाफामा

काठमाडौँ - नेपाल आयल निगममा सरकारको सेयर लगानी ११ अर्ब रुपैयाँ कायम भएको छ । निगममा सरकारी निकायले ०२७ सालमा २९ करोड २३ लाख ९५ हजार ७ सय रुपैयाँबराबरको सेयर लगानी गरेको थियो । पछिल्लो चार आर्थिक वर्ष निगमले १४ अर्ब ४७ लाख ४९ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्न सफल भयो । त्यसमध्ये १० अर्ब ७० करोड ७७ लाख रुपैयाँ बोनस सेयर दिएपछि सरकारी निकायको सेयर रकम ११ अर्ब रुपैयाँ पुगेको हो  ।

आयल निगमका निमित्त नायब प्रबन्ध निर्देशक नागेन्द्र साहका अनुसार अर्थ मन्त्रालयको स्वीकृति लिएर बोनस सेयर ...


नवनियुक्त प्रदेश प्रमुखले लिए राष्ट्रपति समक्ष सपथ

काठमाडौं - सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारी सामु पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो । कांग्रेस सरकारका पालामा नियुक्त प्रदेश प्रमुख हटाएपछि सत्तारूढ दलको सिफारिसमा सोमबार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ...


मुद्दाको पुर्पक्षका लागि कारागार चलान भएका महराको सांसद पद के हुन्छ ?

काठमाडौँ - बलात्कार प्रयास आरोपमा काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । सोमबार थुनछेक बहस सकिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाे हो ।

बलात्कार प्रयासको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । तर, उनले सांसद पदबाट भने राजीनामा दिएका थिएनन् । मुद्दाको पुर्पक्षकाका लागि काठमाडौं जिल्ला अदालतले डिल्लीबजार कारागार पठाए पछि उनको सांसद पद के हुन्छ भन्ने प्रश्न उठेको छ । प्रतिनिधि सभा नियमावली २०७५ मा यस्तो छ व्यवस्था :

नियम २११ को उपनियम ...


‘र्‍याफ्टिङ टिम’ : सुकुटे बस दुर्घटनामा जसले गर्‍यो ४० भन्दा बढी यात्रुको उद्धार

आइतबार दिउँसो १ बजेर १० मिनेट गएको थियो । सुकुटे बिच रिसोर्ट र रिभर–बेका र्‍याफ्टिङ टिमको गाइड टोली सुनकोसीको ट्रिप सकेर होटेलभित्र प्रवेश गरेर खाना खाने तयारी गर्दै थियो । टोलीका क्याप्टेन श्याम श्रेष्ठले मुखमा गाँस मात्रै के हालेका थिए, नजिकै गाडी ठोक्किएजस्तो ठूलो आवाज आयो । रिसोर्टबाट दुर्घटनास्थल सीधै देखिन्छ । ५० मिटरको दूरीमा गाडी पल्टेको देख्नासाथ श्रेष्ठले खाना खान छोडे । नदीबाट चिच्याहट र कोलाहल आवाज आएपछि उनले आफूसँग र्‍याफ्टिङ टोलीका अन्य गाइडलाई उद्धारमा खटाए । बस नदीमा खसेको पाँच मिनेटमै उनीहरूले उद्धारकार्य सुरु गरे । नदीको मुख्य भंगालोमा उत्तानो ...


जेलमा पूर्वआइजिपी ठकुरी र डिआइजी कोइराला महराका ‘रुममेट’

काठमाडौँ - जबर्जस्ती करणी मुद्दामा अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सोमबार उनलाई थुनामा पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । आदेश लगत्तै महरालाई डिल्लीबजार कारागारमा लगिएको छ । जहाँ पूर्वआइजिपी रमेशचन्द ठकुरी र पूर्वडिआइजी रञ्जन कोइराला उनका ‘रुममेट’ बन्न पुगेका छन् ।

सदरखोरका नामले चिनिने डिल्लीबजार कारागारमा दुई ब्लक छन् । यसमध्ये क ब्लकमा महरा बसेका छन्, जहाँ करिब ४५० जना कैदी/बन्दीहरू छन् । क ब्लकमा रहेका पूर्वआइजिपी रमेशचन्द ठकुरी र पूर्वडिआइजी रञ्जन कोइराला ...


अदालतसामु पेश गरिएका कुन-कुन प्रमाणले महरालाई जेल पुर्‍यायो ?

काठमाडौं - जबरजस्ती करणी उद्योगको अभियोगसहित मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महरालाई सदरखोर डिल्लीबजार लगिएको छ। अदालतका प्रमुख न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामा राख्न आदेश दिएको हो।

महराविरुद्धको अभियोगमा थुनछेकसम्बन्धी बहस सकिएपछि अभियोगपत्रसाथ तत्काल प्राप्त सबुतप्रमाणका आधारमा थुनामा राख्नुपर्ने निष्कर्षमा इजलास पुगेको थियो। महराका कानुन व्यवसायीले भने कसुर पुष्टि हुने आधार र कारण नदेखिएको भन्दै साधारण तारेखमा छाड्न माग गरेका थिए।

इजलासले पीडितको सुरु किटानी जाहेरी, उपचार गराउन ...


बझाङको सुरुङमा फसेमा ३ जनाको शव निकालियो, एक जना अझै भेटिएनन

काठमाडौं - बझाङको कालंगा हाइड्रोपावरको सुरुङभित्र फसेका मजदुरमध्ये तीन जनाको शव प्रहरीले निकालेको छ। सुरुङमा फसेर हराइरहेका एक जनाको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।

बझाङ जिल्लाको बुङ्गल नगरपालिका-२ दाडिम दहबगरमा रहेको कालंगा जलविद्युतको निर्माणाधीन सुरुङभित्र चार जना कामदार आइतबार दिउँसोदेखि फसेका थिए। प्रहरी र स्थानीयले हिजैदेखि उद्धार प्रयास गरेपनि सफल हुन सकेनन्।

दैलेख जिल्लाका कर्णबहादुर शाही र महेन्द्र शाही, अछाम जिल्ला घर भएका महेन्द्र साउद र बझाङ जिल्ला घर भएका शेर बहादुर धामी सुरुङमा बेपत्ता भएका थिए।

उनीहरु सुरुङभित्र काम गर्नको लागि गाडीसहित पसेका र काम गर्ने ...


नयाँ प्रदेश प्रमुखहरुको सपथ भोलि हुने

काठमाडौं - सरकारले नयाँ प्रदेश प्रमुखहरुको नामावली राष्ट्रपति कार्यालय पठाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेश प्रमुखको नाम अनुमोदन गरेको थियो। 'अनुमोदन गरिएको नाम राष्ट्रपतिकहाँ पठाइएको छ', प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने।

अर्यालका अनुसार प्रदेश प्रमुखहरुले भोलि (मंगलबार) सपथ ग्रहण गर्नेछन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। सोही नामहरुलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो।

७ प्रदेशका लागि पूर्व नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले क्रमशः ४ र ३ स्थानमा भागबण्डा गरेका थिए। विष्णु प्रसाईं, सोमनाथ ...


नयाँ प्रदेश प्रमुखका नाममा नेता नेपालको 'नोट अफ डिसेन्ट'

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश प्रमुखमा सिफारिस गरेका नामप्रति नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले लिखित असहमति 'नोट अफ डिसेन्ट' जनाएका छन्।

नेता नेपालले सोमबार बसेको सचिवालय बैठकमा नेकपाले सिफारिस गरेका नामप्रति लिखित असहमति राखेका हुन्।

उनी निकट एक नेताका अनुसार पार्टीलाई साथ नदिएका व्यक्ति प्रदेश प्रमुखमा सिफारिस गरिएको भन्दै नेता नेपालले असन्तुष्टि जनाएका हुन्। कसैले मन पराउँदैमा पार्टीलाई अहिलेसम्म भोट समेत नदिएको व्यक्तिलाई प्रदेश प्रमुखमा सिफारिस गरिएको भन्दै उनले असहमति राखेका हुन्।

नेता नेपालले आफ्ना तर्फबाट अमृत बोहरा, प्रदीप नेपाल, विश्वकान्त मैनाली, रघुजी पन्त ...


अनसन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी

डडेल्धुरा - डा गोविन्द केसी सरकारले आफ्ना माग पूरा नगरेको भन्दै अनसनका लागि सुदूरपश्चिम प्रदेशको डडेल्धुरा पुगेका छन्। आफूले राखेका ६ बुँदे माग पूरा गर्न सरकारलाई दिएको अल्टिमेटम पूरा नगरेको भन्दै उनले आजबाटै अनसन सुरु गर्ने बताएका छन्। केही समयअघि डडेल्धुरा अस्पताल पुगेका उनले रगत परीक्षण गराएका छन्।

केही बेरमा पत्रकार सम्मेलन गरी असनको थालनी गर्ने उनले जानकारी गराएका छन्।

डा केसीले राखेका माग
-हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।

-विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले ...


नेकपाद्वारा ७ जना प्रदेश प्रमुखको नाम सिफारिस (सुचिसहित)

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सातै प्रदेशका प्रमुखको नाममा आन्तरिक सहमति जुटाएको छ। सोमबार बसेको सचिवालय बैठकले सरकारलाई सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो।

सचिवालय बैठकले अमिक शेरचन-चितवन, सोमनाथ अधिकारी 'प्यासी'- कास्की, तिलक परियार-बाँके, धर्मनाथ यादव- सिरहा, विष्णु प्रसाईं- झापा, गोविन्द कलौनी-डडेल्धुरा र शर्मिला त्रिपाठी- काठमाडौंलाई बनाउने निर्णय गरिएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए।

कुन प्रदेशमा कसलाई प्रमुख बनाउने भन्ने निर्णय सरकारको सिफारिसपछि टुंगो लाग्ने पौडेलले बताए।

अब मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिलाई ती नाम सिफारिस गर्नेछ। मन्त्रिपरिषद्को बैठक आजै बस्ने कार्यक्रम छ।

अघिल्लो सरकारले नियुक्त गरेका ...


आलमविरुद्ध आज मुद्दा दर्ता हुँदै, सर्वस्वसहित जन्मकैदको माग हुने

काठमाडौँ - रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दैै मुद्दा दायर गर्न लागेको हो ।

अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर हुने सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीले तत्कालीन प्रहरी अधिकारीहरूसँग समेत कागज गराएर अनुसन्धानलाई बलियो बनाएको छ ।

...

नेपालीलाई राहत : अमेरिकीले टीपीएस सुविधाको म्याद थप्यो

अमेरिका - नेपालमा सन् २०१५ मा गएको भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीलाई दिएको टीपीएस सुविधा १० महिना थपिएको छ। अमेरिकामा रहेका नेपालीलाई अमेरिकी सरकारले प्रदान गरेको कागजातसम्बन्धी सुविधा टेम्प्रोररी प्रोटेक्ट स्टाटस अर्थात् टीपीएस अब सन् २०२१, जनवरीको ४ तारिखसम्म कायम रहनेछ।

सन् २०१५ मा हजारौंको नेपालीको ज्यान जाने गरी गएको भूकम्पपछि तिनका परिवार र नेपालको भूकम्पमा हातेमालो गर्ने उदेश्यले अमेरिकी सरकारले टीपीएस सुविधा उपलब्ध गराएको थियो। अमेरिकी सरकारले नेपाललगायत अन्य ६ मुलुकलाई प्रदान गरेको टीपीएस थपिएको हो। नेपालले यसअघि सन् २०२० को मार्च २४ तारिखसम्म ...


दक्षिणपूर्वी एसियाली राष्ट्रहरुमा एक्लै फाइब-जी विस्तार गर्न हुवावे तयार

बैंकक - चीनको दूरसञ्चार कम्पनी 'हुवावे'ले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तीब्र गतिको फाइब-जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ। बेइजिङका लागि जासुसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै हुवावेले नयाँ योजना अघि सारेको हो।

अमेरिका-चीन व्यापार युद्धमा मुख्य सरोकारको केन्द्रमा रहेको प्रविधिकै विषयका कारण दुवै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन्।

हुवावेमार्फत चीनले जासुसी गरेको आरोप लगाइरहेको अमेरिकी प्रशासनले जटिल प्रकृतिका अमेरिकी प्रविधिहरु हुवावेलाई बेच्न रोक लगाइसकेको छ। तर, कम्पनीले अमेरिकी आरोपलाई लगातार अस्वीकार गरेको छ। प्रविधिका क्षेत्रमा फड्को मारेकै कारण आफूहरु ...


दक्षिण चीन महासागरको अवस्था स्थिर : चिनियाँ प्रधानमन्त्री

बेइजिङ - चीनका प्रधानमन्त्री ली खछ्याङले चीन र आसियान मुलुकहरूको साझा प्रयासमार्फत दक्षिण चीन महासागरको परिस्थिति समष्टिगत रूपमा स्थिर भइरहेको बताएका छन्।

उनले आइतबार थाइल्यान्डको बैंककमा चीन र आसियान राष्ट्रका सदस्यहरूको शिखर सम्मेलनमा सहभागी हुँदै उक्त कुरा बताएका हुन्।

गत वर्ष उनले तीन वर्षभित्र दक्षिण चीन महासागर कारवाई नियम (सिओसी) सम्पन्न हुने उनले विश्वास व्यक्त गरेका थिए। करिब एक वर्षको छोटो समयमा विभिन्न पक्षहरूले निर्धारित समय अगावै पहिलो चरणको कार्य सिध्याएर दोस्रो चरणको कार्य आरम्भ गरेका छन्।

विभिन्न पक्षहरूले निर्धारित समयतालिका बमोजिम सक्रियताका साथ आपसी छलफललाई अघि बढाएर ...


त्रिवि उपकुलपतिमा डा धर्मकान्त बाँस्कोटा नियुक्त
भगवान कोइराला मेडिकल काउन्सिलको अध्यक्ष

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई उपकुलपति बनाउने निर्णय गरेको हो।

उपकुलपतिमा डा बाँस्कोटासँगै डा भगवान कोइराला र चन्द्रमणि पौडेल सिफारिस भएका थिए। डा कोइरालालाई आजै नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको छ।

डा बाँस्कोटाको नेपाल मेडिकल काउन्सिल अध्यक्षको पदावधि केही महिनाअघि मात्रै सकिएको थियो।

...

सातै प्रदेशका प्रमुख पदमुक्त

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी छिन्।

'आज मिति २०७६ साल कात्तिक १७ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/७/१७ को निर्णयबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ', राष्ट्रपति कार्यकलयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

पदमुक्त भएका प्रदेश प्रमुखको सूची यसप्रकार छ–

१ प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ– प्रदेश १
२ श्री रत्नेश्वर लाल (कायस्थ)– प्रदेश २
३ श्री अनुराधा कोइराला– प्रदेश ...


सुकुटे दुर्घटना : तीन महिने शिशुसहित १७ जनाको मृत्यु, (४७ घाइतेको नामसहित)

काठमाडौं - सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ। आइतबार दिउँसो भएको सो बस दुर्घटनामा १७ जनाको मृत्यु भएको हो।

मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ, दोलखाकी ५०/५१ वर्षीया रक्तकुमारी रावत छन् ।

त्यस्तै, धुलिखेल अस्पताल र श्रीमेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङ छन् ।

दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ...


हेटौंडाकी युवतीमाथि एसिड छ्याप्ने भारतीय नागरिक ५ वर्षपछि पक्राउ

काठमाडौं - हेटौंडा मेनरोडकी बिन्दवासिनी कंसाकारलाई एसिड छ्याप्ने अभियुक्तलाई साढे पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको छ। २०७० साल बैसाख ९ गते बिन्दवासिनीलाई एसिड प्रहार गरी भारतमा लुकेर बसेका भारतीय नागरिक दिलीपराज केशरीलाई बारा प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

नेपाल र भारत ओहोरदोहोर गर्दै आएका उनीमाथि प्रहरीले निगरानी राख्दै आएको थियो। लामो निगरानीपछि बिहीबार प्रहरीले पक्राउ गर्न सफल भएको हो।

यस्तो थियो घटना
बिन्दवासिनीका फुपूको छोराको मिल्ने साथी थिए, केशरी। केशरीसँग बिन्दबासिनीको पहिलो भेट फुपूको छोराको विवाहमा भएको थियो।

कहिलेकाहीँ भेट भइरहने केशरी फुपूको घरमा बारम्बार आइरहन्थे। केशरीले ...


उपनिर्वाचनको  सुरक्षासम्बन्धी कार्ययोजना तयार

काठमाडौं - आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षासम्बन्धी कार्ययोजना तयार भएको छ । चुस्त सुरक्षा व्यवस्था रहनेगरी संवेदनशीलताका आधारमा निर्वाचन केन्द्रहरुलाई विभाजन गरेर कार्यायोजना बनाइएको गृहमन्त्रालयले जनाएको छ । सो सुरक्षा योजनाबारे आज गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा छलफल भएको थियो ।

बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतीकरण गरिएको थियो । कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका तयार पारिएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका ...


आलम प्रकरणमा प्रहरीको प्रतिवेदन तयार : घाइतेलाई इँटाभट्टामा जलाएको पुष्टी

रौतहट - प्रहरीले सांसद अफताल आलम समेतको संलग्नतामा बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा जलाएको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ । २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटमा संलग्न रहेको आरोपमा रौतहट २ का सांसद आलम १९ दिनदेखि प्रहरी हिरासतमा छन् । ‘अनुसन्धानका विविध पक्षहरु समेटेर हामीले मिसिल तयार गरेका छौं’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले भने ‘अनुसन्धान प्रतिवेदनलाई अन्तिम रुप दिएर आजै सरकारी वकिलको कार्यालयमा बुझाउँछौं ।’

अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन प्रहरी प्रमुख ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्र प्रहरी प्रमुख डीआईजी ...


अदालतमा महराको बयान : 'युवतीको घर गएकै छैन'

काठमाडौं - पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको करणी प्रयासको आरोप अस्वीकार गरेका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा भएको बयानमा महराले आफू पीडित भनिएकी युवतीको घरमा नै नगएको जिकिर गरेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले गरेको निरन्तर बयानका क्रममा महराले आफू त्यही बाटो भएर गए पनि पीडितको घरमा भने नपसेको बताएका एक अधिवक्ताले बताएका छन् ।

महराको बयान जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भइरहेको छ । बयान सकिएपछि शुक्रबारदेखि नै थुनछेक बहस सुरु हुनेछ ।

...

महरालाई 'डिएनए' परीक्षणका लागि रगत दिन अदालतको आदेश

काठमाडौं - महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ। जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्षणका लागि रगत दिन आदेश दिएको हो।

प्रहरी अनुसन्धान अधिकृतले डिएनए परीक्षण नगरी आरोपबारे अनुसन्धान गर्न नसकिने भन्दै आदेशको माग गरेका थिए। प्रहरीको मागबमोजिम डिएनएका लागि नमुना रगत उपलब्ध गराउन महराका नाममा आदेश भएको जिल्ला अदालतका प्रवक्ता आनन्दप्रसाद श्रेष्ठले बताए। महराले डिएनए परीक्षणका लागि रगत दिन अस्वीकार गरेका थिए।

महराको मुद्दामा तेस्रोपटकसम्म ...


उपनिर्वाचन आचारसंहिता आजदेखि लागू, के-के गर्न पाइदैन ?

काठमाडौँ - निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि शुक्रबारबाट लागू हुने गरी आचारसंहिता जारी गरेको छ । निर्वाचन हुने क्षेत्रभित्र संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार र सरोकारवाला निकाय तथा व्यक्तिले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन हुने जिल्ला तथा स्थानीय तह सदस्यको निर्वाचन हुने तहमा निर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित सरकारहरूले प्रचारप्रसार तथा नयाँ कार्यक्रम गर्न नपाउने आयोग प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले बताए । त्यस्तै, भवन, सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि ...


अचेल 'कमाउ अड्डा' मालपोत किन जान चाहदैनन् कर्मचारी ?

काठमाडौं - मालपोत कार्यालयप्रति कर्मचारी वितृष्णा बढेको छ। पछिल्लो समय अख्तियारको कारवाहीमा धेरै कर्मचारी पर्न थालेपछि देशभरका मालपोत कार्यालयमा कर्मचारीको अभाव हुन थालेको छ। केही समय अघिसम्म मालपोतमा सरुवा हुन कर्मचारीको तछाड मछाड हुन्थ्यो, तर अहिले त्यहाँ जान चाहँदैन।

अख्तियारको स्टिङ अपरेशनमा मालपोतका कार्मचारी धमाधम परिरहेका छन्। दुई सय भन्दा बढी मालपोतका कर्मचारीलाई अख्तियारले कारवाही गरिसकेको छ। भएका जनशक्ति अदक्ष भएकाले मालपोतको सेवाप्रवाह प्रभावित भएको छ।

मालपोतको सेवाप्रवाहको सवत्र आलोचना भएपछि सरकारले सुविधा सम्पन्न मालपोत कार्यालय बनाएको छ। मालपोत कार्यालय कंलकीसहित आधा दर्जन कार्यालयलाई सुविधासम्पन्न बनाइएको भूमि ...


पूजा बलात्कार प्रकरण : आठ वर्षपछि पिडितको पक्षमा न्याय

काठमाडौं - सर्वोच्च अदालतले पूजा बोहोरा बलात्कार प्रकरणमा घटनाको आठ वर्षपछि सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको छ। उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै बिहीबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरि फुँयालको संयुक्त इजलासले उनीहरुलाई बलात्कारी ठहर गरेको हो।

जिल्ला अदालत बैतडीकोको फैसला उल्ट्याउँदै उच्च अदालत महेन्द्रनगरले यी अभियुक्तले सफाई पाउने फैसला सुनाएपछि घटना एवम् तथ्य प्रमाणको न्यायोचित विश्लेषण हुन नसकेको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा ‘दाहोर्‍याई पाउँ’ निवेदन दर्ता गराएको थियो। २०७१ साल पुस २ गते पेश भएको उक्त निवेदनमा पाँच वर्षपछि अन्तिम फैसला ...


महरालाई थप सात दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं - पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो, त्यसमा बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले महरालाई असोज १९ गते साँझ पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो । तर प्रहरीले अनुसन्धान नसकिएको ...


जाजरकोटमा नेकपाका केन्द्रिय सदस्यसहित २ जना नेता विप्लवका कार्यकर्ताद्वारा कुटिए

जाजरकोट - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्बरबहादुर सिंहमाथि जाजरकोटमा आक्रमण भएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले उनीहरुमाथि आक्रमण गरेका हुन्।

बारेकोट गाउँपालिकामा पार्टीको कार्यक्रममा जाँदै गरेको अवस्थामा मंगलबार बेलुका उनीहरुमाथि आक्रमण भएको जाजरकोटले जनाएको छ। नेकपाका अनुसार लैखम नजिकैको भीरमा केन्द्रीय सदस्य आचार्य र प्रदेश समिति सदस्य सिंहमाथि आक्रमण भएको हो।

प्रतिबन्धित नेकपाको वटालियन कमान्डर बताउने अर्जुन नाम गरेका एक युवाको नेतृत्वमा आएको चारपाँच जनाको समूहले आफूलाई गाली गर्दै कुटपीट गरेको नेता सिंहले बताए। ...


केटी जिस्क्याएको निहुमा झडप, एकको घाइते

दमौली - व्यास १ हाइस्कूलटारमा दुई समूहबीच भएको विवादमा परी एक युवा गम्भीर घाइते भएका छन्। मंगलबार राती दुई समूहबीच जम्काभेटका क्रममा भएको विवादमा धारिलो हतियारको प्रहारबाट व्यास १ भादगाउँका १८ वर्षका गणेश वंशी ठकुरी घाइते भएका हुन्।

घटनालगत्तै साथी र स्थानीयले उनलाई दमौली अस्पताल लगेका थिए। उनको टाउकोमा २६ टाँका लगाइएको छ। दमौली अस्पतालमा उपचार पश्चात थप उपचारका लागि ठकुरीलाई पोखरा रिफर गरिएको प्रहरी उपरीक्षक विनोद शिलवालले जानकारी दिए। घटनामा संलग्नहरुमाथि अनुसन्धान भइरहेको उनले बताए।

‘केही संलग्न पक्राउ परेका छन्,’ उनले भने,‘बाँकीको खोजतलास भइरहेको छ।’ घटनालगत्तै ...


प्रधानमन्त्री आज अरजबैजान जाँदै, भेनेजुयलाका राष्ट्रपतिसंग पनि भेट्ने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोसँग अरजबैजानको राजधानी बाकुमा भेटवार्ता गर्ने भएका छन्। असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले त्यसको साइडलाइनमा भेनेजुयलाका कम्युनिस्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्न लागेका हुन्। मडुरोको पक्षमा सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहालले वक्तव्य निकालेपछि अमेरिकाले आपत्ति प्रकट गरेको थियो।

प्रधानमन्त्री ओली स्विजरल्यान्डमा रहेका बेला दाहालले वक्तव्य निकालेका थिए। भेनेजुयलाको विषयमा अमेरिकालाई चिढ्याएको भन्दै दलभित्रै विवाद भएको थियो। भेनेजुयलासँग नेपालको खासै सम्बन्ध नभए पनि विचारधाराका कारण भन्दै दाहालले ...


आलम प्रकरण : यहि ट्याक्टर हो जसमा घाइतेलाई ज्युँदै जलाउन इँटाभट्टा पुर्‍याइयो

गौर - बुथ कब्जा गर्न तयार पारेको बम विस्फोटन हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्याक्टर प्रहरीले बरामद गरेको छ। बरामद ट्याक्टर आफताव आलमका भाइ मो. महताव आलमको भएको प्रहरीको दाबी छ। आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना.१ त ६४७२ नम्बरको ट्याक्टरमा राखेर जिउँदै इँटाभट्टामा हाली जलाएको आलममाथि आरोप छ।

प्रहरीका अनुसार प्रमाण मेटाउने उद्देश्यले उक्त ट्याक्टर आलमका भाइ महतावले ०६७ असार २३ गते बेचेका थिए। ०५७ जेठ २४ मा महतावले आफ्नै नाममा खरिद गरेको ट्याक्टर ०६४ चैत ...


बैतडी डोजर प्रकरण : छानबिन समिति घटनास्थलमा

काठमाडौं - बैतडीमा डोजरले नागरिकमाथि आक्रमण गरिएको घटनाको छानबिन गर्न गठन भएको समिति घटनास्थल पुगेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले गठन गरेको पाँच सदस्यीय छानबिन समिति बुधबार दशरथचन्द नगरपालिका-९ ग्वाल्लेक पुगेको हो ।

समितिले छानबिन गरी ४८ घण्टाभित्र प्रतिबेदन बुझाउने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । सोमबार भएको घटनाको सर्बत्र आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले मंगलबार छानबिन समिति गठन गरेको थियो ।

अंशबण्डा नमिलेकोले केही समय सडक खन्ने काम रोक्न माग गर्दै सोमबार स्थानीयले बिरोध गरेपछि डोजर चालक किशोर बोहोराले स्थानीयमाथि डोजर चलाएका थिए ...


काठमाडौंको धर्मस्थलीमा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते

काठमाडौं - काठमाडौंको धर्मस्थलीमा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते भएका छन् । तारकेश्वर नगरपालिका ३ धर्मस्थलीको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलमा बरण्डामा बसेर खेलकुद गतिविधि हेरिरहेका विद्यार्थी बरण्डा भाँचिएर घाइते भएका हुन् ।

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घाइते विद्यार्थीलाई बालाजुको ग्रिनसिटी अस्पतालमा उपचारका लागि ल्याइएको छ । घाइते विद्यार्थी ६ देखि १२ वर्ष उमेरका छन् । उनीहरुमध्ये कतिपयको हात भाँचिएको, शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।

विद्यालयमा खेलकुद गतिविधि भइरहेका बेला बरण्डामा धेरै विद्यार्थीको भार थाम्न नसकेर भाँचिएर दुर्घटना भएको प्रहरी निरीक्षक बाल ...


जनकपुरमा ठेकेदारको गोली हानी हत्या

काठमाडौं - धनुषाको जनकपुर उपमहानगरपालिका–१४, प्रगतिनगरमा एक ठेकेदारले अर्का ठेकेदारको गोली हानी हत्या गरेका छन् । जनकपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय मनोज साहको बुधबार बिहान गोली हानी हत्या भएको हो ।

३५ वर्षीय पंकज चौधरीले आफ्नै घरमा आएका साहलाई बुधबार बिहान ९ः३० बजे गोली हानी हत्या गरेको पुष्टी भएको धनुषाका डीएसपी रामेश्वर कार्कीले बताए । साह र चौधरीबीच ठेक्का पट्टा विवाद रहेको र यही विषयमा कुरा गर्न जाँदा गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ ।

‘प्रहरीले गोली ...


सेवासुविधामा वृद्धि  हुने सहमति पछि पशुपतिमा शवदाह गर्ने कामदारको आन्दोलन फिर्ता

काठमाडौं - पशुपति क्षेत्र विकास कोषले सेवासुविधा वृद्धि गरेपछि पशुपति आर्यघाटमा शवदाह गर्ने कामदारहरूले आन्दोलन फिर्ता लिएका छन्। सेवा, सुविधा वृद्धिको माग राखेर बुधबार बिहान ६ बजेदेखि कामदारले शव जलाउन, दाउरा ओसार्न र खाल्डो खन्ने काम ठप्प पारेका थिए। आन्दोलनरत कामदार र कोषबीच भएको वार्तामा सेवा सुविधा वृद्धि गर्ने सहमति भएपछि आन्दोलन फिर्ता भएको हो।

कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार पारिश्रमिक र सुविधा वृद्धि गरिएको छ। यसअघि एउटा शव जलाएबापत कामदारले एक हजार दुई सय रूपैंया पाउँदै आएकोमा तीन सय बढाएर एक हजार पाँच सय ...


सेनाको भर्ना छनोटमा आर्थिक लेनदेन : चार सैनिकसहित २७ जना पक्राउ

काठमाडौं - नेपाली सेनाले गत साउनमा आह्वान गरेको सैन्य भर्नामा अनियमितता गरेको आरोपमा चार सैनिक र २३ गैरसैनिक व्यक्तिमाथि कानुनी कारबाही अघि बढाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार साउन १९ गते प्रकाशित विज्ञापनअनुसार ४० भर्नाकेन्द्रमा उक्त संख्यामा सैन्य पदको भर्ना छनौट हुँदा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको पाइएपछि २७ जनामाथि कारबाही अघि बढाइएको हो।

सेनाको भर्ना केन्द्र उत्तरपश्चिम पृतना हेडक्वार्टरमा सञ्चालन भएको भर्ना प्रक्रियामा नक्कली परिचयपत्र बनाई किर्ते गरेको आशंकामा तीन जना र श्री नं. ५ बाहिनी अड्डा कैलाली भर्नाकेन्द्रमा आर्थिक ...


नेपालका डेढ दर्जन बढी जलविद्युत आयोजनाहरुमा लगानी गर्न बंगलादेशको प्रस्ताव

काठमाडौं - बंगलादेशले नेपालका डेढ दर्जन बढी जलविद्युत आयोजनाहरुमा लगानी गर्नका लागि चासो देखाएको छ। नेपाल-बंगलादेश संयुक्त प्राविधिक समिति (जेटिजी)को चौथो बैठकका क्रममा बंगलादेशका प्रतिनिधिहरुले नेपालका जलविद्युत आयोजनामा लगानीका लागि प्रस्ताव गरेका हुन्।

नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौता (पिटिए) भइसकेको छ। नेपालमा उत्पादित विद्युतको सम्भावित बजारका रुपमा हेरिएको बंगलादेशले आफैं उत्पादनमा संलग्न हुन चासो देखाएको हो। नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि तयार पारिने प्रशारण लाइन संरचना भारतको भूमिमा बन्ने भएका कारण यो विषयमा भारतको पनि भूमिका खोजिँदै आएको छ। यसका लागि त्रिदेशीय वार्ताको प्रयास ...


जिल्ला अदालतसामु सामु महराले दिए इन्कारी बयान, अर्को निवेदन लिएर रोशनी पुगिन अदालत !

काठमाडौँ - जबर्जस्तीकरणी अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला सरकारी वकिलसमक्ष इन्कारी बयान दिएका छन् । पीडित भनिएकी महिलासँग पारिवारिक सम्बन्ध रहेको र उनको अभिभावक समान रहेकाले जबर्जस्तीकरणी कल्पना पनि गर्न नसक्ने भन्दै उनले इन्कारी बयान दिएका हुन् । महिलासँग आफ्नो पुरानो चिनजान भएको र घटना भएको दिन आफू घरभित्र प्रवेश नगरेको महराको भनाइ छ ।

घटना भएको दिन आफू महिला बसेको घर पर नै रहेर फोन गरेको, तर उनले रिसिभ नगरेपछि १५ मिनेटमै फर्किएको महराले बयान दिएका छन् । उनले केही विधेयकप्रति असन्तुष्टि जनाएकाहरूले नै आफूलाई झुटो आरोपमा ...


महरा प्रकरणमा रोशनीको अर्को नयाँ खुलासा

काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी भनिएकी संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले मनोवैज्ञानिक र मानसिक दबाबमा आफूले प्रहरीमा उजुरी दिएको खुलासा गरेकी छन्।

एपीवान टेलिभिजनसँगको कुराकानीमा शाहीले यस्तो खुलासा गरेकी हुन्। ‘असोज १७ गतेको किटानी जाहेरी निवेदन मलाई बाध्य पारेर लेख्न लगाई दर्ता गराइएको हो’, कुराकानीमा उनले भनेकी छन्, ‘असोज १७ गते प्रहरीले तयार पारेको निवेदनको खेस्राको आधारमा मलाई मनोवैज्ञानिक र मानसिक दबाब दिएर तयार पार्न लगाइएको निवेदनका आधारमा मात्रै अनुसन्धान भइरहेको छ।’

उनले बानेश्वर प्रहरी वृत्तमा असोज १५ गते दर्ता गरेको ...


१८ करोड हिनामिना गर्ने देव विकास बैंकको सञ्चालकसहित ५६ जनाविरुद्ध मुद्दा

दाङ - देव विकास बैंकमा भएको १८ करोड हिनामिना प्रकरणमा तत्कालीन वेष्टर्न डेभलप्मेन्ट बैँकका सञ्चालकसहित ५६ जनाविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता भएको छ। दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरमा रहेको बैँकको शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको गत भदौमा सार्वजनिक भएको थियो।

आइतबार जिल्ला सरकारी वकिल कार्यालयले ६ जना बैँक सञ्चालक, अडिटर, सिइओसहित ६ जना बैँक कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना खातावालसहित ५६ जनाविरुद्ध तुलसीपुर उच्च अदालत तुलसीपुरको वाणिज्य इजलासमा मुद्दा दर्ता गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङले १८ करोड हिनामिना प्रकरणमा ...


राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री बिच भेटवार्ता

जापान - राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी सहभागी थिए।

जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारीसहितको नेपाली प्रतिनिधिमण्डल आइतबार राजधानी टोक्यो आइपुगेको थियो । म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा ...


सांसद पार्वत गुरुङलाई साधारण तारखेमा छाड्न अदालतको आदेश

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएको छ। दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंले ३५ दिने म्याद जारी गरेको थियो।

अदालतमा म्याद जारी गरेपछि सांसद गुरुङले आइतबार अदालतमा उपस्थित भएर बयान दिएका थिए। उनको बयान सकिएपछि साधारण तारेखमा छाड्ने आदेश दिएको जिल्ला अदालतले जनाएको छ।

अदालतले जारी गरेको म्ययाद जिल्ला प्रहरी कार्यालय दोलखाले तामेली गरेको थियो। सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले म्याद जारी गरेको थियो। उनीहरूमाथि निर्वाचनका समयमा एक व्यक्तिमाथि ...


आलमलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

रौतहट - बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको म्याद पाएको छ । पहिलो पटक थप गरिएको ७ दिनको समय सकिएपछि रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिनको समय दिएको हो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।

पहिलोपटक जिल्ला अदालतमा उपस्थित गराइँदा उनले वकिलसँग सल्लाह गर्नुपर्छ भन्दै बयान दिन ...


नेकपा सांसद पार्वत गुरुङको जिल्ला अदालत काठमाडौंमा बयान सुरु

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङको जिल्ला अदालत काठमाडौंमा बयान सुरु भएको छ। दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंले ३५ दिने म्याद जारी गरेको थियो। अदालतमा म्याद जारी गरेपछि सांसद गुरुङले आज आइतबार अदालतमा उपस्थित बयान दिएको अदालत स्रोतले जानकारी दियो।

स्रोतले भन्यो, ‘अदालतको म्याद जारी गरेपछि उहाँ आएर बयान दिनु भएको छ। अहिले बयान लिने काम भइरहेको छ।’

अदालतले जारी गरेको म्याद जिल्ला प्रहरी कार्यालय दोलखाले तामेली गरेको थियो। सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले म्याद जारी ...


सरकारी वकिलको कार्यालयमा महराको बयान सुरु, म्याद थपका लागि अदालत लैजाने तयारी

काठमाडौं - यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । प्रहरीको भ्यानमा राखेर उनलाई आइतबार मध्याह्न जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान गर्न प्रहरीले आज जिल्ला अदालत काठमाडौँबाट फेरि म्याद थप्ने तयारी गरेको छ । यसअघि प्रहरीले तीन दिन म्याद थपेको थियो । तर, अनुसन्धान पूरा गर्न प्रहरीले सकेको छैन । अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउँसो फेरि म्याद थप गरिने काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिलाई २५ ...


नयाँ सभामुख छान्न एक महिना पहिल्यै संसद् बोलाउने तयारी, कसको छ सम्भावना ?

काठमाडौँ - यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि नयाँ सभामुख छान्न संसद्को हिउँदे अधिवेशन निर्धारित समयभन्दा एक महिना पहिले नै बोलाउने गृहकार्य सुरु भएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री केपी ओलीलाई अघिल्लो आइतबार भेटेर निर्वाचन प्रक्रियाबारे छलफल गरेलगत्तै हिउँदे अधिवेशन छिटो बोलाउने तयारी थालिएको हो ।

उपसभामुख तुम्बाहाम्फेले प्रधानमन्त्रीसँग नियमित हिउँदे अधिवेशन वा विशेष अधिवेशन आह्वान गरेर सभामुखको निर्वाचन गर्न सकिने विकल्पका विषयमा छलफल भएको जानकारी दिइन् । ‘उहाँसँगको छलफलमा नियमित अधिवेशनबाटै चयन गर्ने हो भने पुसको सट्टा मंसिरमै अधिवेशन बोलाउने कि ...


अध्यागमनका संवेदनशील डाटा पाँच वर्षदेखि निजी कम्पनीको कब्जामा

काठमाडौँ - अध्यागमनसम्बन्धी संवेदनशील तथ्यांकहरू पाँच वर्षदेखि एक निजी कम्पनीको कब्जामा छ । सन् २०१४ देखि अध्यागमनका सबै यात्रुको विवरण फोकसवान नामक आइटी कम्पनीले नियन्त्रणमा राखेको हो । सो डाटा दुरुपयोगसमेत भएको अध्यागमन अधिकारीहरूको आशंका छ ।

सो कम्पनीले सन् २०१४ मा अध्यागमनको सफ्टवेयर बनाउने जिम्मेवारी पाएको थियो । तत्कालीन महानिर्देशक शरदचन्द्र पौडेलको कार्यकालमा सो सफ्टवेयर निर्माणका लागि कोटेसनका आधारमा सम्झौता गरिएको थियो । त्यसपछि कम्पनीले अध्यागमनका सम्पूर्ण डाटामा आफ्नो कब्जा जमाएको हो । त्यसयता फोकसवानले बनाएको इमी नामक सफ्टवेयरमा सबै यात्रुको डाटा रहँदै आएको छ । जब कि त्यो डाटामा अध्यागमन अधिकारीहरूको ...


पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गरे आलम प्रकरणमा सघाउन कांग्रेस तयार : सभापति देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गरे आफ्नो पार्टी सघाउने स्पष्ट पारेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा गरेको प्रशिक्षण कार्यक्रमा देउवाले यस्तो बताएका हुन्।

पहिले आलम प्रकरणलाई लिएर नेपाली कांग्रेसलाई बदनाम गर्न षड्यन्त्र गरिएको बताउंदै आएका देउवाले शनिबार विज्ञप्ति सार्वजनिक गर्दै देउवाले आफूले त्यस्तो भन्न नखोजेको दाबी गरेका छन्। सभापति देउवाले कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा ...


उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, कहाँ-कहाँ हुँदैछ निर्वाचन ?

काठमाडौं - मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। एक प्रतिनिधिसभा, तीन प्रदेशसभा र ४८ स्थानीय तह गरी ५२ रिक्त पदका लागि हुने उपनिर्वाचनको मनोनयन दर्ताका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो।

शुक्रबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि कात्तिक २१ गते मनोनयन दर्ताको समय तोकिएको छ। कार्यतालिकाअनुसार कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूचना प्रकाशन गर्ने, २२ गते बिहान ११ ...


पोखरा उच्च अदालतका न्यायाधीश बर्खास्त, यस्तो छ कारण !

काठमाडौं - क्षेत्राधिकार मिचेर मुद्दामा अन्तरिम आदेश दिएको सुनुवाइ आरोप लागेका उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाटै बर्खास्त गर्ने निर्णय न्याय परिषद्ले गरेको छ।

बिहीबारको बैठकले पद अनुकूलको आचरण गरेको नदेखिएको भन्दै शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो। परिषदका एक सदस्यले बिहीबारको निर्णय अनुसार शाहीलाईलाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरिएको जानकारी दिए।

हेटौंडा उच्च अदालतको क्षेत्राधिकार मिचेर करसम्बन्धी एक रिटमा अन्तरिम आदेश दिएको आरोपमा शाहीसहित तीन जना न्यायाधीशमाथि छानबिनका लागि सर्वोच्च अदालतले परिषदमा पठाएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्र राणाको इजलासले छानबिनका लागि एक महिनाअघि परिषदमा पठाएको ...


सर्वोच्चको आदेशले झन्डै ३० हजार जनप्रतिनिधिले लिंदै आएको पारिश्रमिक रोक्का

काठमाडौं - स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिन पाउने कानुन सर्वोच्च अदालतले खारेज गरिदिएको छ। प्रदेशले बनाएका त्यस्ता कानुन संविधानसँग बाझिएको निष्कर्ष संवैधानिक इजलासले निकालेको छ।

२९ हजार ५ सय ६५ जनप्रतिनिधिले अवैध तवरले पारिश्रमिक सुविधा लिइरहेका थिए। त्यसमा महानगरपालिका, नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिमा संलग्न जनप्रतिनिधि छन्। पारिश्रमिकसहित सेवासुविधाको व्यवस्था ६ वटा प्रदेशमा कार्यान्वयनमा थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की संलग्न संवैधानिक इजलासले शुक्रबार स्थानीय जनप्रतिनिधिले लिएको पारिश्रमिकलाई अवैध ठहर गरेको हो।

मनमौजी रूपमा कानुन बनाएर अवैध रूपमा ...


सीको भ्रमण फलदायी बनेको चिनियाँ उच्च अधिकारीको समिक्षा

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष बेइजिङले निकालेको छ। नेपालसँगको विकास, आर्थिक सहकार्यअन्तर्गत विस्तृत साझेदारी हुँदै रणनीतिक साझेदारीमा भ्रमण उपयोगी रहेको चिनियाँ अधिकारीको बुझाइ छ।

चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ थाओले आआफ्ना मातहतमा भ्रमण सफल भएको भन्दै सहमति र सम्झौता फलोअपमा दत्तचित्त हुन निर्देशन दिएको बेइजिङका अधिकारीले बताए। समकक्षीहरूसँग भ्रमण सफलताको व्याख्यासमेत उनीहरूले गरेको बेइजिङका ती उच्च अधिकारीले बताए। नेपालमा लामो समयदेखि यो स्तरको भ्रमण नभएको र अर्को छिमेक अनि मित्र ...


सर्वोच्चको आदेश : 'स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक नदिनु'

काठमाडौं - सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिइरहेको तलब र भत्तालाई गैरकानुनी भएको ठहर गर्दै अब उप्रान्त पारिश्रमिक नदिन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले स्थानीय तहका पदाधिकारीले लिइरहेका सेवासुविधा संविधानविपरीतको कार्य भएकाले लिन नपाउने फैसला सुनाएको हो।

अधिवक्ता लोकेन्द्रबहादुर ओलीले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले प्रदेश १ बाहेक ६ वटै प्रदेशले स्थानीय तहका पदाधिकारीको सेवासुविधा सम्बन्धमा बनाएको ऐनका दफा ३ अन्तर्गतका सम्पूर्ण अनुसूचीहरू बदर हुने फैसला ...


विमानस्थल तोडफोड गर्ने सांसद साधारण तारेखमा रिहा

जनकपुर - जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा पक्राउ परेका राजपा नेपालका प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई साधारण तारेखमा रिहा गरिएको छ।

जिल्ला अदालत धनुषामा आज भएको थुनछेक बहसपछि उनलाई साधारण तारेखमा छाड्ने आदेश भएको हो। जिल्ला अदालत धनुषाको इजलास नं ३ का न्यायधीश तेजप्रसाद पौडेलले सांसद साहलाई साधरण तारेखमा रिहा गर्न आदेश दिएका हुन्।

गत साेमबार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गरेको आराेपमा नागरिक उड्यन प्राधिकरण जनकपुरले सांसद साहमाथि 'गैरसैनिक हवाई उडान ऐन २०१५' अन्तर्गत तोडफोड मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएपछि ...


एनआरएनको अध्यक्षमा कुमार पन्त विजयी

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। पन्त अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १३५ मतले पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन्। उनले १०९४ मत प्राप्त गरे भने आचार्यले जम्मा ९५९ मत पाए।

उपाधायक्षमा वद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी / महिला उपाध्यक्षमा रविना थापा विजयी भए। यसैगरी महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन्। सचिवमा गौरी जोसी र आरके शर्मा र सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका हुन्।

बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना भर्खरै ...


एनआरएन मतगणना अपडेट : १६ सय मत गनियो, कुल आचार्यले लिए लिड

काठमाण्डौ - गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना भइरहेको छ । बिहीबार रातिदेखि सुरु भएको मतगणनामा केहीबेर अघिसम्म ओसिनिया र अफ्रिका क्षेत्रको गणना सकिएको निर्वाचन अधिकृत शिव रिजालले जानकारी दिए ।

यी क्षेत्रका १६ सय १० मत गणना सकिँदा कुलप्रसाद आचार्य अगाडि रहेको उनले जानकारी दिनुभयो । बुधबार अबेर सुरु भएको मतदान भोटिङ मेसिनमा समस्या आएपछि बिहीबार बिहानसम्मका लागि स्थगित गरिएको थियो ।

फेरि, बिहीबार मतदाता नामावलीमा विवाद भएपछि मतदान प्रक्रिया ढिलो मात्रै सुरु भएको थियो । सँघको नयाँ अध्यक्षमा कुमार पन्त र ...


कलंकीदेखि महाराजगन्जसम्मको चक्रपथ विस्तार सुरु

काठमाडौं - कलंकीदेखि महाराजगन्जसम्मको दोस्रो चक्रपथ विस्तारको काम थालिएको छ। सडक विभागले दसैंअघिदेखि कलंकीबाट सडक छेउछाउका रूख काट्न सुरु गरेको हो। सरकारले पहिलो चरणमा कोटेश्वरदेखी कलंकीसम्म आठ लेनको विस्तार गरेको थियो। दोस्रो चरणमा कलंकीदेखि महाराजगन्जसम्मको ८.५ किलोमिटर भाग पनि सोहीअनुसार विस्तार गर्न लागेको हो।

सडक विभागका अनुसार चीन सरकारको सहयोगमा चक्रपथ विस्तार गर्न लागिएको हो। चक्रपथ विस्तारमा एक–एकवटा अण्डरपास र ओभरपास बनाउन पनि प्रस्ताव गर्न जनाइएको छ। सडक विभाग वैदेशिक सहयोग प्रमुख अर्जुनजंग थापाले भने, ‘सडक बनाउन पहिला क्लियरेन्सको काम गर्नुपर्छ। त्यसैले हामीले कलंकीबाट सडक दायाँबायाँका ...


यी हुन् दाङबाट पक्राउ पर्ने विप्लवका २१ नेता (सुचिसहित)

दाङ - नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका २१ जना नेता तथा कार्यकर्ता दाङबाट पक्राउ परेका छन्। नेपाल-भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका ४ को मुग्रेटाखोलामा पार्टीको आन्तरिक तयारी बैठक चलिरहेको बेला दाङ प्रहरीले नियन्त्रण लिएको प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए।

उनीहरुको साथबाट हातहतियार र विष्फोटक पदार्थ समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।पक्राउ पर्नेमा चन्द्रबहादुर चन्द 'वीरजङ्ग' नेत्रविक्रम चन्द विप्लवका दाइ हुन्।

बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले बिहीबार राति १ बजेतिर पक्राउ गरेको हो ।

पक्राउ पर्नेको नामावली

१ चन्द्रबहादुर चन्द 'वीरजंग' - केन्द्रीय सदस्य तथा ...


यस्ता छन् मन्‍त्रिपरिषद्‍ बैठकका ११ निर्णय (सूचीसहित)

काठमाडौं - सरकारले बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।

असोज ३० को मन्त्रिपरिषद्‌को बैठकले माओवादी सशस्त्र युद्धको बेला मारिएका बाँके नेपालगन्जक-२ का अधिराजकुमार शर्माको परिवारलाई १० लाख रुपैयाँ दिने भएको हो। यसैगरी जनआन्दोलनमा घाइते भएकी काभ्रे पाँचखाल नगरपालिका-४ की सानुमाया लामालाई तीन लाख रुपैयाँ दिने भएको छ।

सरकारले कात्तिक ५ र ६ गते काठमाडौंमा हुने नेपाल–बंगलादेश वार्णिज्य सहसचिवस्तरीय प्राविधि समितिको चौथो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति ...


एनआरएन मतगणना : कुमार पन्तलाई ५५ मतको अग्रता

काठमाडौं - काठमाडौंको बौद्धस्थित होटल हयातमा चलिरहेको एनआररएनए सम्मेलनका क्रममा बिहीबार बेलुका मतदान सकिएको छ। नयाँ नेतृत्वका लागि भएको मतदानमा विभिन्न ८१ देशबाट आएका २ हजार ५ सय ७० प्रतिनिधिमा २ हजार ३ सय ४४ मत खसेको निर्वाचन समितिले जनाएको छ।

दुई दिनको रस्साकस्सीका बीच बिहीबार बेलुका मात्रै मतदान सकिएको हो। मतदान सकिएलगत्तै बिहीबार बेलुका ९ बजेबाट मतगणना प्रक्रिया सुरु गर्ने बताइए पनि अध्यक्षका प्रत्यासी कुल आचार्यलाई मतगणना स्थलमा प्रवेश नदिइएको भन्दै केहीबेर विवाद समेत भएको थियो। सोको केहीबेरपछि सुरु मतगणना अहिले पनि चलिरहेको छ।

तोकिएको समयभन्दा ...


एनआरएनएको मतदान विद्युतीय मेसिनबाट नहुने

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनमा नयाँ कार्यसमिति चयनका लागि बुधबार बेलुका स्थगित भएको मतदान आज हुँदैछ। तर, आज हुने भनिएको मतदान विद्युतीय प्रक्रियाबाट नहुने भएको छ।

बुधबार साँझ करिब साढे ८ बजे सुरु भएको मतदान आधा घन्टाभन्दा केही बढी समयसम्म चलेपछि स्थगित भएको थियो। मतदानका लागि विद्युतीय मेसिन प्रयोग गरिएको थियो। सो मेसिन बिग्रिएको भन्दै निर्वाचन समितिले मतदानको कार्यक्रम स्थगित गरिएको जानकारी दिएको थियो।

स्थगित मतदान बिहीबार बिहान साढे ८ बजेबाट पुनः सुरु हुनेगरी कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ। तर, मतदान ...


गोप्य बैठक भइरहेको स्थानबाट विप्लबका २१ जना नेता-कार्यकर्ता पक्राउ

लमही - दाङबाट २१ जना विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका - ४ को मुग्रेटाखोला स्थित जंगलबाट पक्राउ गरिएको हो । त्यहाँ बिप्लवको बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजेतिर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिप्लवका मध्यपश्चिम कमाण्ड इञ्चार्ज तथा बिप्लवका दाइ बिरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो ।

उनीहरुलाई जिल्ला प्रहरी ...


चिनियाँ राष्ट्रपति आउँदा तीनकुनेमा रोपिएका बिरुवा सुक्न थाले

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि रातारात चिटिक्क पारिएको तीनकुने पार्क फेरि उजाड बन्न थालेको छ । माटोको डिल उठाएर रोपिएका बिरुवा सुक्न थालेका छन् । बिरुवा सुक्न थालेपछि सर्वसाधारणले भन्न थालेका छन्, ‘भिभिआइपी आउँदा टालटुल गर्ने र अरूवेला अलपत्र छोड्ने प्रवृत्ति पुनः दोहोरिने भयो ।’

हतारमा बनाउने र फुर्सदमा बिगार्ने प्रवृत्ति देखेर नागरिक हैरान छन् । ‘ठूला मान्छे आउँदा लाज छोप्न बनाइएको पार्क पुनः फोहोरघारीमा परिणत हुने त होला,’ तीनकुनेमा भेटिएका दीपेश कार्कीले भने ।

राष्ट्रपति सीको नेपाल भ्रमणका लागि राजधानी काठमाडौंलाई सुन्दर बनाउने क्रममा सबैभन्दा बढी चर्चा ...


भान्जा बनाएर मिर्गौला खरिद : निदान अस्पतालका सिइओसहित पाँच पक्राउ

काठमाडौँ - नाता नपर्ने व्यक्तिलाई बिरामीको भान्जा बनाएर ललितपुरको पुल्चोकस्थित निदान अस्पतालले मिर्गौला खरिद–बिक्री गरेको खुलेको छ । यो प्रकरणमा प्रहरीले अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपेन्द्र प्रसाद, चिकित्सक डा. राजेश पन्त र कानुनी सल्लाहकार कुमुद भट्टराईलाई पक्राउ गरेको छ । मानव बेचबिखन नियन्त्रण ब्युरोले बुधबार उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।

अस्पतालले दुई महिनाअघि रामेछाप दोरम्बा–३ घर भएका ५६ वर्षीय शंकरलाल लामाको मिर्गाैला प्रत्यारोपण गरेको थियो । एक व्यक्तिलाई शंकरलालको भान्जा बनाएर मिर्गौला निकाली प्रत्यारोपण गरेको र त्यसबापत आर्थिक लेनदेन भएको पुष्टि भएपछि पक्राउ गरिएको ब्युरोका एसपी गोविन्द ...


एनआरएन चुनाव : भोटिङ मेसिन बिग्रँदा मतदान स्थगित

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि बुधबार अबेर सुरु भएको मतदान स्थगित भएको छ। भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित भएको हो।

गैर आवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको चुनावको मतदान 'प्रविधिमा आएको समस्याको कारण असोज ३० गते (बिहीबार) बिहान १० बजेसम्मका लागि स्थगित भएको' निर्वाचन समितिले सूचना निकालेर जनाएको छ।

'उम्मेदवार तथा मतदातामा पर्न गएको असुविधा प्रति निर्वाचन समिति क्षमाप्रार्थी छ', सूचनामा भनिएको छ।

एनआरएनए निर्वाचन समितिका सदस्य कुल पाण्डेले 'भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित ...


नेकपा सांसद पार्वत गुरुङ बिरुद्ध पक्राउ पुर्जी जारी, के हो कसुर ?

काठमाडौं - नेकपा सांसद पार्वत गुरुङलाई ‘ज्यानमार्ने उद्योग’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको तथ्य बाहिरिएको छ। मुद्दा दर्ता भएको एक वर्षपछि पक्राउ पुर्जी (वारेन्ट) जारी भएको रहस्य खुलेको हो। गुरुङलाई पक्राउ पुर्जीको म्यादसमेत बुझाइएको छ। जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी दोलखा जिल्ला अदालतमा पठाएपछि गुरुङलाई थमाइएको हो।

वीरध्वज खड्काको जाहेरीले नेपाल सरकार वादी भएको उक्त मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गुरुङसहित सात जनाविरुद्ध ज्यानमार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ। अभियोग पत्रमा गुरुङ फरार रहेको भन्दै पक्राउ पुर्जी जारी गर्न मागसहित सरकारी वकिलले ०७५ ...


एनआरएनको नयाँ नेतृत्वका लागि मतदान आज : प्यानल सहित पन्त र आचार्य चुनावी मैदानमा

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृतवका लागि आज मतदान हुँदैछ। एनआरएनएको नवौं विश्व सम्मेलनको काठमाडौंस्थित होटल हयातमा एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भन्डारीले मंगलबार उद्घाटन गरेकी थिइन्।

मंगलबारदेखि सुरु भएको विश्व सम्मेलनको दोस्रो दिन आज भने नयाँ नेतृत्वका लागि मतदान हुने कार्यक्रम छ। कूल ४२ पदका लागि आज मतदान हुने एनआरएनले जनाएको छ। जसका लागि अहिले उम्मेदवारी दर्ताको काम चलिरहेको छ। बिहान ८ बजेबाट थालिएको उम्मेदवारी दर्ता कार्य मध्यान्ह १२ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ।

विद्युतीय मेसिनबाट मतदान हुने निर्वाचनमा मतदाताको नामावली मंगलबार ...


विमानस्थल तोडफोड गर्ने एनआरएन प्रतिनिधिलाई ५० हजार जरिवाना

काठमाडौँ - भिसा दिन ढिला गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन 'डेस्क' तोडफोड गर्ने गैरआवासीय नेपाली संघ (एनआरएन) एक प्रतिनिधिलाई अध्यागमन विभागले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । नेपाली मूलका अष्ट्रेलियन नागरिक रमेशकुमार थापालाई विभागले जरिवाना गरी अबदेखि यस्ता गतिविधि नगर्ने कागज गराइ छाडेको हाे ।

पिए ७१०२५६६ नम्बरको अस्ट्रेलियन राहदानीवाहक थापाले मुड्कीले हानेर अध्यागमनको सिसा फुटाएर कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । उनलाई आइतबार नै थुनामा राखिए पनि मंगलबार धराैटीमा छाडिएकाे हाे ।

अध्यागमन नियावमालीअनुसार ५० हजार जरिवाना गराइ अबदेखि यस्तो गतिविधि गरे अध्यागमनको कालो ...


नैतिक आचरणको खडेरीले बदनाम माननियहरु, अहिलेसम्म कुन के अभियोगमा पक्राउ परे ?

काठमाडौं - ० यौन दुर्व्यवहार आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पद मात्र गुमाएनन्, प्रहरी हिरासतमै पुगेका छन्। उनी तत्कालीन माओवादीबाट दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

० कांग्रेसका तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित मो. अफ्ताब आलम १२ वर्षअघिको घटनामा तानिएका छन्। आइतबार पक्राउ परेका उनी पनि हिरासतमै छन्। पहिलो संविधानसभा चुनावका बेला बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोग उनलाई लागेको छ।

० राष्ट्रिय जनता दल (राजपा)का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रमोदकुमार साहलाई मंगलबार मात्रै ...


पशुपतिमा ४५ किलो सुन चढाइएको तथ्य फेला पर्यो ! कसले र किन लुकायो बाँकी ३६ किलो सुन ?

काठमाडौं - पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ। यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो। हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो। त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजग्गा अध्ययन एवं छानबिन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो।

समितिले पशुपति भण्डार तहबिल कार्यालयलाई ‘भक्तजनले चढाएको सुन र चाँदीको सम्पूर्ण विवरण समावेश भएको ...


'कप्तान' पद  छाड्दै पारसले भने : 'कप्तानी मात्र छाडेको हो, टिम छाडेको होइन'

काठमाडौं - क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानी छोडेको घोषणा गरेका छन् । झण्डै एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले अब कप्तान पद छाड्ने निर्णय लिएका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले विज्ञप्ति जारी गर्दै कप्तानी छाडेको बताएका हुन् ।

उनको कप्तानीमा नेपालले टी–ट्वान्टी विश्वकप खेल्यो भने एक दिवसीय मान्यता पनि पायो । अब नेपाल टेष्ट नेशन बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बेला पारसले कप्तानी हस्तान्तरणको निर्णय लिएका हुन् ।

खड्काले आफूले टिम कप्तानबाट राजीनामा दिएपनि ब्याट भने नछाडेको बताएका ...


 गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम अन्तिम चरणमा

काठमाडौं - भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम अन्तिम चरणमा पुगेको छ। विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेसँगै फिनिसिङको काम सुरु भएको छ।

विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणअन्तर्गतका भौतिक संरचना निर्माणको काम सकिएको छ। टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडानको काम सुरु भएको उनको भनाइ छ।

सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो। सरकारले ६ अर्ब २२ करोड ...


महरालाई थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं - निर्वतमान सभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि थप तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंको न्यायाधीश दीपककुमार दाहालको इजलासले महरा बिरुद्धको जबर्जस्ती करणी उद्योगको मुद्दामा अनुसन्धान गर्न थप तिनको समय दिएको हो ।

संसद् सचिवालयमा कार्यरत एक नर्स महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख महरा असोज १९ गतेदेखि प्रहरीको नियन्त्रणमा छन्। दसैं बिदाका समयमा पक्राउ परेका महरा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा निवासबाटै पक्राउ परेका थिए।

बलात्कार प्रयासको आरोपबारे जिल्ला सरकारी वकिलको कार्यालयमा भएको बयानपछि उनलाई जिल्ला अदालत पेस ...


सीको नेपाल भ्रमणबारे चिनियाँ मिडियामा अझै चर्चा, कसले के भने ?

बेइजिङ - चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले निकै महत्त्व दिएका छन्। इतिहासका मैत्रीपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि भएको जनाउँदै राष्ट्राध्यक्ष सीको नेपालको भ्रमणका क्रममा दुई देशका राष्ट्रप्रमुखले विकास तथा समृद्धिका लागि युगौंयुग मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध निर्माण गर्ने घोषणा गरेको उल्लेख गरेका छन्। उक्त घोषणाले १० वर्षअघि निश्चित गरिएको चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धलाई उकासेको छ। जसबाट भविष्यमा दुई देशको सहयोग अझ व्यापक र विकास तथा समृद्धि उन्मुख हुनेछ।

सीजीटीएनले सीको नेपाल भ्रमण क्रममा दुई देशले एक संयुक्त विज्ञप्ति जारी गर्दै द्विपक्षीय सम्बन्धको ...


मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री, उपसभामुखलाई राजिनामा गराई मन्त्री बनाइने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार बिहान दाहालसँग यो विषयमा छलफल पनि गरे। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच झन्डै दुई घण्टा वार्ता भएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यान्मा भ्रमणमा जानुअघि मन्त्रिमण्डल हेरफेरको तयारी छ। ओलीले ६ मन्त्री हेरफेर गर्न सक्ने बालुवाटार स्रोतले बतायो।

शिवमाया तुम्बाहाङफेलाई प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामा दिन लगाई मन्त्री बनाउने तयारी ओलीको छ। ओलीले सोमबार नै उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी ...


जाँदा जाँदै गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी, यस्ता छन् मागहरु !

काठमाडौँ - प्रा.डा.गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । राजनीतिक आस्थाका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नाम सिफारिस भएको भन्दै त्यसलाई स्थगित नगरे सत्याग्रह थाल्ने उनको भनाइ छ । २६ वर्ष सेवा अवधि सकाएर शिक्षण अस्पताल महाराजगन्जबाट बिदा हुनुअघि सोमबार पत्रकार सम्मेलनमार्फत केसीले १३ कात्तिकदेखि अनशन थाल्ने घोषणा गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल संयोजक रहेको उपकुलपति सिफारिस समितिले गत १६ असोजमा तीनजनाको नाम सिफारिस गरेको थियो । डा.तीर्थ खनियाँको अवकाशपछि खाली रहेको त्रिवि उपकुलपतिका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा नाम सिफारिस गर्न ‘सर्च कमिटी’ गठन गरिएको ...


थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी

हेटौडा - थाहा नगरपालिकाको ५ नम्बर वडा कार्यालय भवनमा अज्ञात समूहले आगो लगाएको छ । आइतबार राति पौन १२ बजेतिर कार्यालयमा आगजनी भएको हो । सानो फाखेलनजिक आरनडाँडामा रहेको वडा कार्यालय भवनमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । कार्यालयको ढोकामा लगाइएको ताल्चा फुटाएर तोडफोडसहित आगजनी भएको वडासदस्य चमेली वाइबाले जानकारी दिइन् ।

वडासदस्य वाइबाका अनुसार कार्यालयको अतिथि कक्षमा सबैभन्दा बढी क्षति पुगेको छ । त्यहाँ पेट्रोलियम पदार्थ छर्किएर आगो लगाइएको छ । ‘आगजनीका कारण भवनको झ्यालका चौकोस, कागजपत्र जलेर ध्वस्त भएका छन्,’ वाइबाले नयाँ पत्रिकासँग भनिन्, ‘स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ...


कृष्णबहादुर महरालाई आज अदालत लगिने

काठमाडौँ - संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउँदै छ । थुनामा राख्ने अनुमति लिन अदालतमा उपस्थित गराउन लागिएको हो । १८ असोज (फूलपाती)मा पीडित महिलाले जबर्जस्ती करणी उद्योग मुद्दामा जाहेरी दिएकी थिइन् । १२ असोजमा तीनकुनेस्थित आफ्नै डेरामा आएर महराले बलात्कार प्रयास गरेको महिलाको जाहेरीमा उल्लेख छ ।

जाहेरीको भोलिपल्ट १९ असोजमा अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर, लगत्तै अदालतमा दसैँ बिदा भएपछि उनलाई मंगलबार पहिलोपटक अदालत उपस्थित गराउन लागिएको हो । पक्राउपछि चार दिन महानगरीय ...


सी भ्रमणमा सुरक्षा रणनीति सफल, चिनियाँ पक्षद्वारा प्रशंसा

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सरकारको सुरक्षा रणनीति सफल भएको छ । सबै सुरक्षा निकायबीचको सहकार्यले सुरक्षा रणनीति सफल भएको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ । चिनियाँ पक्षले समेत नेपाली सुरक्षाकर्मीको प्रशंसा गरेका छन् ।

सीको भ्रमणमा तिब्बती शरणार्थीका गतिविधिलाई मुख्य सुरक्षा चुनौती आकलन थियो । स्वतन्त्र तिब्बतका पक्षमा आन्दोलन गर्न भारतको धर्मशालामा बस्ने शरणार्थीहरू समेत नेपाल आएका थिए । जसको अग्रिम सूचना पाएर प्रहरीले कतिपयलाई विराटनगरमै रोकेको थियो भने केहीलाई फर्पिङबाट पक्राउ गरेको थियो । त्यस्तै, विगतमा चीन विरोधी गतिविधिमा संलग्न शरणार्थीलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसका ...


अरिङ्गालको टोकाईबाट दाङमा एक युवकको मृत्यु


शिवु खनाल
दाङ, असोज
दाङमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । दाङ देउखुरी स्थित राप्ती गाउँपालिका वडा नम्बर ९ जाबुने निवासी ४० वर्षीय घनश्याम बरालको उपचारको क्रममा मृत्यु भएको हो ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
बनमा घाँस काट्ने क्रममा अरिङ्गालको गोलो भत्किए पछि अरिङ्गालले बराललाई टोकेको थियो । अरिङ्गालको टोकाईवाट घाईते भएका बरालको उपचारको क्रममा चितवन पुरानो मेडिकल कलेजमा गए राति मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

...

इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक चिली प्रस्थान

काठमाडौं - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ गतेसम्म सञ्चालन हुने इन्टरपोलको ८८औं महासभामा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गरेका छन्।

एनसिबी नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक खनालसँग उक्त महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी समेत त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय ...


दाइजो नल्याएकाे भन्दै भारतमा नेपाली चेलीको हत्या

बिराटनगर - दाइजो नल्याएकाे भन्दै नेपाल माइती भएकी युवतीको भारतीय सीमावर्ती बजार जोगबनीमा हत्या भएको छ । विवाहमा कबाेलेको २ लाख रुपैयाँ नदिएको भन्दै विराटनगर महानगरपालिका–११ पिछरा माइती भएकी २२ वर्षीय रञ्जना सहनी (बहरदारं)को हत्या भएको हो ।

भारत अररिया जिल्लाको जोगवनीस्थित ३ किलोमिटर दक्षिण भवानी पुरस्थित ‘परमान’ खोलामा हातखुट्टा बाँधेर फालेको अवस्थामा रञ्जनाकाे शव फेला परेको जोगवनी प्रहरीले जनाएको छ । मृतकको अनुहार र शरीरमा चोट लागेकाले हत्या गरी खोलामा फालेको प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ ।

जोगवनी प्रहरीले हत्या आरोपमा सहनीका श्रीमान भारतीय नागरिक जोगवनी ...


बेल्ट एन्ड रोड इनिसिएटिभ : आर्थिक सम्वृद्धिको लागि देशलाई अन्य मुलुकसंग जोड्ने कडी

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमणका क्रममा चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई नेपाल र चीन दुवै देशले साझा विकासको आधारका रुपमा स्विकारेका छन्। नेपाल भ्रमण गरी राष्ट्रपति सी स्वदेश फर्केलगत्तै जारी भएको संयुक्त वक्तव्यमा बिआरआईको कार्यान्वयनमा समेत जोड दिइएको छ।

१४ बुँदे संयुक्त वक्तव्यमा दुई देशको सम्बन्धलाई रणनीतिक साझेदारीका रुपमा विकास गर्ने उल्लेख छ। नेपाली पक्षले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेको वक्तव्यमा उल्लेख छ। नेपालको तीव्र आर्थिक विकासका ...


सी भ्रमणमा के-के भए र के-के भएनन्  ?

१.केरुङ–काठमाडौं रेल : अध्ययन गर्ने सहमति, तर त्यो खर्च कसको भन्नेसमेत टुंगो लागेन
नेपाल र चीनको सम्बन्ध परिभाषित गर्ने नयाँ आयाम बनेको छ– केरुङ–काठमाडौं रेलमार्ग । भौगोलिक र प्राविधिक रूपमा जटिल यो रेलमार्गलाई काठमाडौंमा भने सहज मानिएको थियो । त्यसैले राष्ट्रपति सी जिनपिङको यही भ्रमणमा रेलमार्ग निर्माणबारे सम्झौता हुने अपेक्षा सरकारले गरेको थियो ।

प्राविधिक रूपमा जटिल र आर्थिक रूपमा खर्चालु यो परियोजनाबारे चिनियाँ पक्षले केही पनि बोलेको थिएन । तैपनि धेरैको अपेक्षा थियो– चिनियाँ राष्ट्रपतिले यो विषयमा बोल्छन् र खर्चको जोहो गरिदिन्छन् । तर, आर्थिक रूपमा सक्षम र प्राविधिक रूपमा ...


नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् । बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा सांसद आलमलाई रौतहट प्रहरीले आज पक्राउ गरेको हो ।

उनलाई यतिवेला जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ ।

सांसद आलममाथि २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो ।

पछि मृतकका आफन्तले हालेको रिट निवेदनमा सुनुवाइ गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ ...


तमोर र माडीखोला जलाशययुक्त आयोजना चीनसँगको सहकार्यमा निर्माण गरिने

काठमाडौं - सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त आयोजना संयुक्तरुपमा निर्माण गर्ने भएका छन्। ती आयोजनाको कूल लागत २ खर्ब बढी रहने छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङका नेपालको दुई दिवसीय राजकीय भ्रमणमा क्रममा आज ती आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार कूल ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना र १५७ मेगावाट क्षमताको माडी खोला जलाशयुक्त आयोजना निर्माण गर्ने विषयमा समझदारी भएको हो।

नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा प्रदेश ...


रौतहटमा एक युवकमाथि गोली प्रहार गरी हत्या

जनकपुर - रौतहटमा एक युवकमाथि गोली प्रहार गरी हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार इशनाथ नगरपालिकामा एक युवकमाथि गोली प्रहार गरी हत्या गरिएको हो।

भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएका युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुनः भारततर्फ फर्किएको स्थानीयले बताएका छन्।

इशनाथ नगरपालिका-६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालयनजिकै एक युवकमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले बताए।

मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन। भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने ...


काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन हुने

काठमाडौं - नेपाल र चीनबीच काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने समझदारीमा हस्ताक्षर भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा बहुचर्चित रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने गरी समझदारी बनेको हो।

दुई देशबीचको वार्तामा बसेका सचिवका अनुसार विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सरहकै सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने गरी समझदारी बनेको छ। 'सम्भाव्यता अध्ययन भने पनि यो डिपिआर नै बनाउने भनिएको हो, यसमा आयोजनाको लागत, निर्माणको विधिलगायतका सबै कुरा टुंगो लाग्छ।

नेपाल सरकारले यो आयोजनालाई निकै प्राथमिकताका साथ अघि बढाउन खोजेको छ। नेपाल र चीनको केरुङ जोड्ने यो रेलमार्ग ...


नेपालमा कसरी बिते महामहिम चिनियाँ राष्ट्रपति 'सी'का दुइ दिन ?

काठमाडौं - दुइ दिने राजकीय भ्रमणका सिलसिलामा नेपाल आएका महामहिम चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार बेलुका ४:४७ मा त्रिभुवन विमानस्थलमा ओर्लिए । उनी दुई दिने भारत भ्रमण सकाएर सिधै नेपाल आएका थिए।

विमानस्थलबाट सोल्टी होटल पुगेका सी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताका लागि शीतल निवास पुगेका थिए। त्यस अतिरिक्त उनका सबै कार्यक्रम सोही होटलमा भएको थियो।

कसरी बित्यो उनको दुई दिन?
सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गरेकी थिइन्। विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायतका मन्त्रीहरु तथा राष्ट्रियसभाका अध्यक्ष पुगेका थिए।

चिनियाँ राष्ट्रपति सीलाई स्वागत, ...


यस्ता छन् नेपाल र चीनबीच भएका २० बुँदे समझदारी (सूचीसहित)

काठमाडौं - नेपाल र चीनबीच दुईदेशीय रेलमार्गको संभाव्यता अध्ययन गर्ने समझदारी भएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार दुई पक्षबीच यस्तो समझदारी भएको हो।

यसैगरी सगरमाथा संरक्षणका लागि सहयोग आदानप्रदानलगायतका २० बुँदे समझदारी भएको छ। यसमा १८ वटा समझदारी र २ वटा लेटर अफ एक्सचेन्ज गरी कूल २० बुँदे समझदारी भएको हो।

यस्ता छन् समझदारीका मुख्य विषयः

नेपाल–चीन अन्तरदेशीय रेलसेवाको सम्भाव्यता अध्ययन

छेन्दुमा महावाणिज्य दूतावास स्थापना गर्ने

काठमाडौं–चीनको नाञ्जिङ सहरबीच भगिनी सम्बन्ध स्थापना

बुटबल र चीनको सियान सहरबीच भगिनी सम्बन्ध स्थापना, स्वास्थ्य ...


राजकीय भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ राष्ट्रपति

काठमाडौं - दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनपिङ राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।

सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरिन्। सीलाई बिदाइ गर्न उपरराष्ट्रपति नन्दबहादुर पुन, प्रधामनन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि विमानस्थल पुगेका थिए।

सीको बिदाइमा नेपाली सेनाले सम्मान गारथ (गार्ड अफ अनर) प्रदान गरेको थियो।

२३ वर्षपछि चिनियाँ राष्ट्रपति तहबाट भएको भ्रमणमा नेपाल र चीनबीच १८ समझदारीपत्र र २ 'लेटर अफ एक्सचेन्ज'मा हस्ताक्षर भएका छन्।

सीले समकक्षी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए भने प्रधानमन्त्री ...


दाङको लमहीमा ‘सरायँ नाच तथा खड्ग जात्रा’
सरायँ नाचको प्रचारप्रसारले धार्मिक शक्तिपिठको थप, विकासमा सहयोग पुग्ने र पहिचान बोकेको सँस्कृतिको प्रचार हुने


शिवु खनाल


दाङ, २६ असोज  दाङको लमहीमा सरायँ नाचा तथा खड्ग जात्रा निकालिएको छ । प्रत्येक वर्ष झै परम्परागत रुपमा मनाउने गरिएको सरायँ नाचा तथा खड्ग जात्रा यस वर्ष पनि दाङको लमहीमा निकालिएको छ । पन्ध्रौं कोजाग्रत पूर्णिामाको दिन दाङ सहित देशैभर सरायँ नाच तथा खड्ग जात्रा निकालिएको हो । यस्तै २०६८ साल कालिका भगवती मन्दिरको स्थापना भएदेखि परम्परागत रुपमा मनाउने गरिएको सरायँ नाचा तथा खड्ग जात्रा यस वर्ष पनि निकालिएको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमन्ताप्रसाद पाण्डेले बताउनुभयो । निर्माण गरिएको मन्दिरमा अहिले ...


कृत्रिम गर्भाधानको व्यवस्थाले पशुपालक कृषक खुसी

शिवु खनाल


दाङ, २३ असोज  दाङको लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालयले कृत्रिम गर्भधान सेवा सञ्चालनमा ल्याएको छ । पशु व्यवसायमा राम्रो उन्नति गर्न पशुको कृत्रिम गर्भाधान (एआई) गर्ने व्यवस्था भएपछि देउखुरीका पशुपालक कृषकहरु खुसी भएका छन् । कृतिम गर्भधानकर्ता प्रविधिक अभावका कारण कृतिम गर्भधान सेवा बन्द रहेको थियो । समायोजन पश्चात दुइजना दक्ष कृत्रिम गर्भधानकर्ता प्रविधिक पशु सेवा उप–शाखा कार्यालय लमहीमा आएपछि पुनः कृतिम गर्भधान सेवा विहिवार देखि सञ्चालनमा ल्याएको लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालयका प्रमुख हेमराज अचार्यलले जानकारी दिनुभयो ।


प्रमुख आचार्यले ...


चिनियाँ राष्ट्रपतिको भ्रमण : रेल सेवा विस्तारमा महत्वपूर्ण समझदारी

काठमाडौं - प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणले दुई मुलुकबीचको विश्वासको वातावरणलाई नयाँ उचाईमा पु-याउने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले राष्ट्रपति सीको भ्रमणका क्रममा नेपालमा रेल सेवा विस्तारका लागि महत्वपूर्ण समझदारी हुने पनि बताए। चिनियाँ राष्ट्रपति सीको नेपालको राजकीय भ्रमण आगामी शनिबार र आइतबार हुँदैछ। सोही विषयमा केन्द्रित भएर बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले राष्ट्रपति सीको राजकीय भ्रमणमा रेल सेवा विस्तार, सडक विस्तार, विद्युतीय लाईन विस्तारलगायतका कनेक्टिभीटीको क्षेत्र ...


सिरहामा साम्प्रदायिक दंगा : झडपमा १६ जना घाइते

लहान - सिरहा नगरपालिका १२ सारस्वरमा दुई टोलवासीबीच झडप हुँदा १६ जना घाइते भएका छन् । दुई टोलवासी बीच धार्मिक विषयमा झडप हुँदा धारिलो हतियार प्रहार हुँदा चार महिलासहित १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

नवटा टोल र मेनटोलका स्थानीयबीच भएको झडपमा र अधिकांशको शरिरमा धारिलो हतियार प्रहार भएको प्रहरी निरीक्षक उमा शंकर प्रसाद यादवले बताए । घाइते मध्ये ९ जनालाई थप उपचारको लागि विराटनगर पठाइएको छ भने समान्य घाइते ७ जनाको जिल्ला अस्पताल सिरहामा उपचार गरिएको प्रहरी निरीक्षक यादवले बताए ।

झडप हुँदा दुवैपक्षले ...


दसैं भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी

सुर्खेत - वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दसैं भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् । स्थानीय रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उनका परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुनासमेत बिरामी परेका हुन् ।

स्थानीय हिमप्रसाद पौडेलले बुधबार बिहान आलु र काँक्राको अचार खाएलगत्तै बिरामी पर्न थालेको बताए । बिरामीहरुको बुधबार दिउँसोदेखि वीरेन्द्रनगरस्थित माया नर्सिङ होम, बोहरा फार्मेसी र राना मेडिकलमा उपचार भइरहेको छ । बिरामीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार बिरामीहरुमा झाडाबान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने, रक्तचाप कम ...


सी जिनपिङ भ्रमणको औपचारिक घोषणा : असोज २५ गते नेपाल आउने

काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मितिको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले असोज २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ ।

 ‘जेड प्लस’ सुरक्षा, चीनबाटै पनि ...


ससुरालीमा टीका लगाउन हिडेका दम्पतिको खोलामा डुबेर मृत्यु

दैलेख - दुल्लु नगरपालिका र नारायण नगरपालिकाको सीमा क्षेत्रमा बग्ने छामघाट खोलामा दुई जनाको शव फेला परेको छ। चुप्राबजार नजिक लोहोरे र छामघाट दोभानमाथि छामछाट खोलाको तालमा डुबको अवस्थामा दुई जनाका शव फेला परेका हुन्।

खोला तर्ने क्रममा बगेर मृत्यु भएको हुनसक्ने आंशका गरिएको जिल्ला प्रहरी कार्यालयका दैलेखका सुचना अधिकारी प्रेमबहादुर क्षेत्रीले बताए। दुबै शव खाेलामा डुबेको अवस्थामा भेटिएकाे जनाइएको छ। प्रहरीले मंगलवार साँझ ८ बजेतिर मृतकको शव खोलाबाट निकालिएको थियो।

प्रहरीकाअनुसार मृतक दुल्लु नगरपालिका –११ की ४५ वर्षिय ईन्दबहादुर सुनार र उनकी ४० वर्षीया श्रीमती खगिसरा ...


सिरियल किलर जसले ३५ वर्षमा ९० जना भन्दा बढी महिलाको हत्या गरे

वासिङटन - एउटै व्यक्तिले ९० जना भन्दा बढीको शृंखलाबद्ध हत्या। पत्याउनै गाह्रो पर्ने यो खबर सत्य हो। हाल जेलमा रहेका सामुएल लिटल नामका व्यक्ति अमेरिकी इतिहासमै सबैभन्दा खतरनाक 'सिरियल किलर' रहेको अमेरिकी अनुसन्धान संस्था एफबीआईले जनाएको छ।

एफबीआईका अनुसार एक सिरियल किलरले ९० जनाभन्दा बढी महिलाको हत्या गरेका छन्। सामुएल लिटल नाम गरेका ती सिरियल किलरले सन् १९७० देखि २००५ भित्र महिलाको हत्या गरेको बताइएको छ।

आइतबार विज्ञप्ति प्रकाशित गर्दै एफबीआईले सामुएलले गरेको हत्या कबुल विश्वसनीय रहेको बताएको छ। यसबीच ५० जनाको हत्या उनैले गरेको पुष्टि भइसकेको ...


श्रीमती र छोरीलाई मारेर आफू पनि पासोमा

इटहरी - सुनसरीको इटहरी १७ मा दसैंको टिकाको दिन दर्दनाक घटना घटेको छ । मंगलबार एउटै घरका श्रीमान्, श्रीमती र छोरी मृत भेटिएका छन् ।

श्रीमान् झुन्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको लास बाकस र बोरामा हालिएको भेटिएको छ । घटनाको प्रारम्भिक अनुसन्धानले श्रीमान्ले श्रीमती र छोरीको हत्या गरेर आफू पनि झुन्डिएको हुनसक्ने देखाएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोख्रेलले जानकारी दिए ।

श्रीमती र छोरीसहित घरमा बस्दै आएका राकेश शर्मा झुन्डिए को अवस्थामा फेला परेपछि उनलाई आफन्त र छिमेकीले उपचारको लागि धरान पुर्याएका थिए ...


श्रीमती र छोरीलाई मारेर आफू पनि पासोमा

इटहरी - सुनसरीको इटहरी १७ मा दसैंको टिकाको दिन दर्दनाक घटना घटेको छ । मंगलबार एउटै घरका श्रीमान्, श्रीमती र छोरी मृत भेटिएका छन् ।

श्रीमान् झुन्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको लास बाकस र बोरामा हालिएको भेटिएको छ । घटनाको प्रारम्भिक अनुसन्धानले श्रीमान्ले श्रीमती र छोरीको हत्या गरेर आफू पनि झुन्डिएको हुनसक्ने देखाएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोख्रेलले जानकारी दिए ।

श्रीमती र छोरीसहित घरमा बस्दै आएका राकेश शर्मा झुन्डिए को अवस्थामा फेला परेपछि उनलाई आफन्त र छिमेकीले उपचारको लागि धरान पुर्याएका थिए ...


राष्ट्रपतिले लगाइदिइन् प्रधानमन्त्रीलाई टीका, विशिष्टहरूको दसैं फोटोमा !

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका लगाएका छन्। ओलीले पत्नी राधिका शाक्य, परिवारजन, उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाए।

राष्ट्रपतिबाट प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावलाई टीका

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति कार्यालयमा आफन्तबाट टीका ग्रहण गर्दै। फोटोः रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाइ टीका लगाएकी छन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उनकी पत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाएकी हुन्।

यसै ...


अर्घाखाँची जिप दुर्घटना : दशैं मान्न हिडेका बुवाआमा सहित ३ को मृत्यु, दुई छोरी सहित ६ घाइते !

काठमाडौँ - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ नरपानीमा यात्रुबाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन । कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क आउँदै लु १ ज ४३२९ नम्वरकोे जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका २ ढाकावाङ्ग घर भई हाल लमही नगरपालिका ५, दाङ्ग बस्ने ५१ वर्षीय घनश्याम खनाल र उनकी श्रीमती ४६ वर्षीया श्यामकला खनाल रहेका प्रहरीले जनाएको छ । एक जना मृतक पुरूषको सनाखत हुन नसकेको ...


आज बडादसैं : टीकाको साइत १० बजेर ३५ मिनेटमा, कता फर्केर टिका लगाउने ?

काठमाडौं - हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादसैंको मुख्य दिन आज मान्यजनहरुबाट टीका ग्रहण गरी आशिर्बाद लिने काम हुने छ। आज विजयादशमीका दिन बिहान ८ः४५ बजे देवी विसर्जन गरेपछि टिकाको लागि १०ः३५ को शुभ साइत रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंगलबार देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान १०ः३५ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले मंगलबार टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि ...


अर्घाखाँचीमा जिप दुर्घटना, ३ जनाको मृत्यु, ६ घाइते

काठमाडौं - अर्घाखाँचीको सन्धीखर्क–६ मा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् । मृत्यु हुने र घाइतेको सनाखत भएको छैन ।

कृष्णनगरबाट सन्धीखर्कतर्फ आएको लु १ ज ४३२९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीसँग बयानका क्रममा चालकले ‘ब्रेक फेल’ हुँदा घटना भएको बताएका छन् ।

...

महराको दसैं हिरासतमा, अदालती प्रक्रिया २८ गतेबाट मात्र शुरु हुने

काठमाडाै - निर्वतमान सभामुख कृष्णबहादुर महरालाई विजया दशमीको अष्टमीका दिन पक्राउ गरेपछि उनको यो दसैं हिरासतमा बित्ने भएको छ। अहिलेसम्मको अवस्था हेर्दा भोलीको नवमी र पर्सीको टिका पनि महराले हिरासतमा बिताउने देखिएको छ।

म्याद थप र मुद्दा दायरका लागि जिल्ला अदालत बन्द भएकाले उनी असोज २८ गतेसम्म थुनामै रहेन भएका हुन्।

अदालत कोजाग्रत पुर्णिमापछि मात्र खुल्ला हुने थियो । तर पुर्व प्रधान न्यायाधीश केशवप्रसाद उपाध्यायको शोक विदा असोज २७ गते अदालतमा विदा दिएपछी एक दिन लम्बने छ । उनको मुद्दाको सुनुवाइ भने अब २८ गतेमात्र हुनेछ। जिल्ला ...


कृष्णबहादुर महरा पक्राउ, रातो कारमा राखेर सिंहदरबार प्रहरी वृतमा ल्याइयो

काठमाडौं - बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी पाएलगत्तै महरा बस्दै आएको सभामुख निवासमा पुगेको प्रहरी टोलीले महरालाई पक्राउ गरेको हो।

महरालाई प्रहरीले पक्राउ गरेर अनामनगर वैद्यखानास्थित महानगरिय प्रहरी वृत सिंहदरबारमा ल्याएको छ। उनलाई रातो कारमा प्रहरी वृतमा ल्याइएको हो। महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा पक्राउ परेका हुन। शुक्रबार मात्रै महराले आफुलाई बलात्कारको ...


महरालाई कारवाही गर्नुको साटो सरकार आफैले संरक्षण गर्यो : देउवा

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘महरा काण्ड’ का दोषीमाथि कारवाही नगरेकोमा सरकारप्रति रोष प्रकट गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले यौन दूव्र्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि कारवाही गर्नुको साटो सरकार आफैले संरक्षण गरेको दावी गर्दै आक्रोस व्यक्त गरे । ‘महराजस्तो मान्छेलाई सबै जिम्मेवारीबाट नहटाएकोमा’ उनको आपत्ती छ ।

दसैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक शुभकामना अदानप्रदान कार्यक्रममा उनले पीडित महिलालाई धम्क्याएर, तर्साएर मुद्दा हाल्न नदिएको सबै कुरा बाहिर आउँदा पनि त्यस्ता बदमासी गर्ने महरामाथि ...


काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १३ जना घाइते

काठमाडौं - काठमाडौंबाट सुर्खेतका लागि छुटेको यात्रुबाहक बस दाङ र बाँकेको सिमानामा दुर्घटना भएको छ। मध्यपश्चिम यातायातको ना ७ ख ६८४१ नम्बरको बस आइतबार बिहान साढे ८ बजेतिर शिवखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कुशुमका सइ लक्ष्मण ऐरले जानकारी दिए। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको ऐरले बताए।

...

सिको स्वागतका लागि तीब्र तयारी, सवारीको पूर्वाभ्यास गरिंदै !

काठमाडौँ - चीनका राष्ट्रपति सि जिनपिङ्को स्वागतका लागि तीब्र तयारी जारी छ । परियोजनासँग सम्बन्धित सम्झौता भन्दा पनि दुई देशबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध सुदृढ गर्ने अबसरका रुपमा सरकारले भ्रमणको तयारी गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष कमाण्डमा भ्रमणको भौतिक, सुरक्षालगायतका तयारी भइरहेको छ । नेपाल आउनुभन्दा पहिला भारतको चेन्नई छेउको मामलापुरममा सिलाई स्वागतका लागि भारतले भव्य तयारी गरेको छ ।

स्रोतका अनुसार राष्ट्रपति सि ११ अक्टोबर अर्थात् २४ असोज अपरान्ह भारतको चेन्नेई पुग्ने कार्यक्रम छ । त्यहाँबाट ५० किलोमिटर परको पुरातन मामलापुरम् ...


अन्ततः महाराविरुद्ध रोशनीले दिइन प्रहरीमा उजुरी

काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महाराविरुद्ध बलात्कार प्रयास गरेको भन्दै रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी छन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्रीकाअनुसार शाहीले महानगरी प्रहरी वृत्त बानेश्वरमा शनिबार उजुरी दिएकी हुन्।

‘उजुरी परेसँगै पक्राउ गरी अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको छ,’ डीआईजी क्षेत्रीले भने, ‘उजुरीअनुसार अब उहाँ (महरा)लाई पक्राउ गरी कानुनी प्रक्रियामा जान्छौँ ।’

रोशनी शाहीले गत आइतबार बेलुकी महराले कोठामा आइ बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोमबार एक मिडियामा भिडियोसहित उनका बारेमा समाचार आयो । लगातार अन्य मिडियाबाट पनि समाचार ...


महरा काण्डमा युएन र  युरोपेली राष्ट्रहरुको घुमाउरो दवाव !

काठमाडौं - नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र ६ वटा यूरोपेली राष्ट्रका दूतावासले नेपालमा महिलाविरुद्धको हिंसा बढेको भन्दैं चासो व्यक्त गरेका छन्। निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागिरहेकै बेला विदेशी कूटनीतिक निकायबाट यस्तो प्रतिक्रिया आएको हो।

विज्ञप्ति जारी गर्नेमा संयुक्त राष्ट्रसंघको कार्यालय, नेपालस्थित बेलायत, अष्ट्रेलिया, फ्रान्स, नर्वे, स्वीट्जरल्याण्ड र फिनल्याण्डका दूतावास छन्।

शुक्रबार जारी संयुक्त विज्ञप्तिमा पीडितलाई न्याय प्रदान गर्न ध्यानाकर्षण गराइएको छ। यसका साथै पीडितको अधिकारका पक्षमा उभिन र महिलाविरुद्धको हिंसामा शून्य सहनशीलता अपनाउन सरकार आग्रह गरिएको छ।

यी दूतावासहरूले जारी गरेको विज्ञप्तिमा प्रष्ट रुपमा निवर्तमान सभामुख ...


एनआरएनए अध्यक्षका प्रत्यासी कुल आचार्यको घरमा तोडफोड

ललितपुर - गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासीसमेत रहेका कुल आचार्यको घरमा तोडफोड भएको छ। ललितपुर सानेपा हाइटमा भएको उनको घरमा तोडफोड भएको हो।

घरमा तोडफोडको प्रयासका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। ललितपुर प्रहरीका अनुसार घरको झ्याँलका सीसा फुटेका छन्।

‘हतियारबाट आक्रमणको प्रयास भएको देखिएकाले हामीले गम्भीर ढंगले अनुसन्धान सुरु गरेका हौं,’ प्रहरीले बताएको छ, ‘उच्च निगरानी, घटनास्थलको अध्ययन पनि निष्कर्षमा पुग्ने छौं।’ आचार्यको घरमा आक्रमण भएपछि प्रहरीले आसपासको क्षेत्रमा निगरानी सुरु गरेको छ। शुक्रबार बिहानैबाट प्रहरीले अनुसन्धान प्रारम्भ गरेको छ।

गैरआवासीय नेपाली संघ एनआरएनएका ...


आज सप्तमी अर्थात् फूलपाती !

काठमाडौं - आज दसैंको सातौं दिन अर्थात् फूलपाती। हिन्दू परम्पराअनुसार सप्तमी तिथिको दिन दसैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ।

घटस्थापनाको दिनदेखि नै दसैं सुरु भए पनि दसैंको चहलपहल भने फूलपातीदेखिनै सुरु हुन्छ। घर-घरमा फूलपाती भित्र्याएपछि दसैंको रौनक सुरु हुन्छ। शान्त्रीय विधिअनुरुप शुभ साइतको प्रतीक मानेर फूलपाती भित्र्याइने गरिन्छ। हनुमानढोका दरबारको दसैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ।

परापूर्वकालमा इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेको किंवदन्ती छ। यस दिन विशेष गरेर महासरस्वती तथा ...


यस वर्षको दसैँको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

काठमाडौँ - नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको शुभसाइत २१ असोज मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ । निर्णायक समितिका अनुसार १८ गते शनिबार फूलपातीको दिन बिहान ८ बजेर ५२ मिनेटमा तुलजा भवानी यात्रा गराउन उत्तम हुनेछ । समितिले तुलजा भवानीलाई १० बजेर ५ मिनेट जाँदा आसनमा राख्न उपयुक्त हुने बताएको छ ।

सर्वसाधारणलाई राष्ट्रपतिको टीका
राष्ट्रपति विद्यादेवी भण्डारीले शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका लगाउने राष्ट्रपति कार्यालयकी स्वकीय उपसचिव दीपा शर्माले जानकारी दिइन् । त्यसपछि उनले प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रसेवक उच्चपदस्थ कर्मचारी र सर्वसाधारणलाई राष्ट्रपति कार्यालयमा ...


प्रहरीको तीन अर्बको खरिदमा कानुनको उल्लंघन, अख्तियारले थाल्यो छानबिन !

काठमाडौँ - नेपाल प्रहरीको पछिल्लो दुई वर्षका खरिदसम्बन्धी सबै फाइल झिकाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । स्केल, सवारीसाधन तथा अन्य बन्दोबस्तीका सामान खरिदमा ठेकेदारसँगको मिलेमतोमा अनियमितता गरेको उजुरीपछि आयोगले विस्तृत अनुसन्धान अघि बढाएको हो । जुत्ता, कपडालगायत सामान गुणस्तरहीन भएको र सम्झौताअनुसार आपूर्ति नहुँदै रकम भुक्तानी गरेको प्रारम्भिक छानबिनमा देखिएको छ । प्रहरीका उच्चपदस्थ अधिकारीहरूलाई बयानमा बोलाउने तयारीमा अख्तियार छ । आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा प्रहरीले गरेको करिब तीन अर्ब रुपैयाँको खरिदसम्बन्धी फाइल अख्तियारको नियन्त्रणमा छन् । हरेकजसो खरिदमा सार्वजनिक खरिद नियमावली तथा ...


टीकाको दिन सेनाले निःशुल्क बस सेवा संचालन गर्ने

काठमाडौँ - नेपाली सेनाले काठमाडौँ उपत्यकामा विजया दशमीको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

टीकाको दिन न्यून सार्वजनिक सवारी सञ्चालन हुने भएकाले असाेज २१ गते सैनिक तथा गैरसैनिक (सर्वसाधारण)हरूको आवगमन सहजताका लागि सेनाले बस सेवा सञ्चालन गर्ने भएको हो।

उक्त दिन काठमाडौँका विभिन्न रुटहरूमा सेनाले बस सञ्चालन गर्ने जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

...

महरालाई नपक्रन पार्टी भित्रैबाट दबाब आएपछि प्रहरी अन्योलमा

काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्ने कि नगर्ने ? प्रहरी दुविधाग्रस्त देखिएको छ। ‘लिखित उजुरी नआई कसरी समात्ने ? ’, उच्च स्रोत भन्छ, ‘भोलि अदालतमा जाहेरवाला खोइ भनेर खोजी हुन्छ। प्रहरी प्रतिवेदनले मुद्दा चलाउने हो भने पनि घटना वारदातमा प्रहरी थिएन। त्यसैले कानुनी कारबाहीको बाटो साँघुरिएको हो।’

महरालाई तत्काल पक्राउ नगर्न नेकपाको पूर्वमाओवादी नेता र सरकारको दबाब रहेको स्रोत बताउँछ। ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड (पुष्पकमल दाहाल)कै सुझावमा महराले सभामुखबाट राजीनामा दिएका हुन्’, ती स्रोत भन्छ, ‘तर, महरालाई पक्राउ गरेर छानबिन नथाल्न पार्टीभित्रकै ...


त्रिविको उपकुलपतिमा डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जनाको नामावलीमा डा. भगवान कोइरालाको नाम पहिलो नम्बरमा छ ।

यसैगरी धर्मकान्त बास्कोटा र चन्द्रमणि पौडेलको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा परेको छ ।

यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक समेत बनेका डा. कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् ।

तत्कालीन उपकुलपति प्रा.डा. तिर्थ खनियाको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एवम् शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा समिति गठन गरिएको थियो । तर, ...


स्याटलाइट प्रणालीमा जोडिदै नेपाल-भारत सीमास्तम्भ

काठमाडौँ - नेपाल र भारतबीचको सीमामा रहेका स्तम्भ स्याटलाइट प्रणालीमा जोडिने भएको छ । सीमा विवाद न्यूनीकरण गर्न दुई देशले प्रविधि प्रयोग गर्न लागेका हुन् । गत महिना भारतमा सम्पन्न दुई देशका नापी, गृह तथा परराष्ट्रका अधिकारीको बैठकमा यससम्बन्धी सहमति भएको हो । जसअनुसार जिपिएस प्रणालीमा आधारित ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिमार्फत सीमास्तम्भ व्यवस्थित गरिनेछ । यसले सीमा विवाद न्यूनीकरण गर्ने अधिकारीहरूले बताएका छन् ।

सेप्टेम्बर ७ देखि ९ सम्म सर्भे अफिसर्स कमिटी (एसओसी)को ११औँ बैठक देहरादुनमा बसेको थियो । सोही बैठकले यससम्बन्धी काम अघि बढाउने निर्णय गरेको हो । जसअनुसार दसैँलगत्तै ...


प्रवेश परीक्षामा गम्भीर लापरबाही गरेको भन्दै केयूमा डिनको कार्यकक्षमा तालाबन्दी

काठमाडौँ - एमबिबिएस र बिडिएसको प्रवेश परीक्षामा गम्भीर लापरबाही गरेको भन्दै काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस (केयू)का डिन डा. राजेन्द्र कोजूको राजीनामा र पुनः प्रवेश परीक्षाको माग गर्दै युवा चिकित्सकले तालाबन्दी गरेका छन् ।

प्रवेश परीक्षामा गम्भीर लापरबाही भएको, विद्युतीय उपकरणको जाँच नगरिएको, प्रश्नपत्र बाहिरिएको र समग्रमा गरिब तथा जेहेनदार विद्यार्थीको भविष्यमा खेलबाड गरेको भन्दै युवा चिकित्सक संघले डिन कार्यालयमा तालाबन्दी गरेको हो । कार्यालयको ढोकामा युवा चिकित्सक संघका अध्यक्ष डा. चेतन बस्नेत र विश्वविद्यालय समन्वय समितिका संयोजक डा. अच्युतप्रसाद भट्टले हस्ताक्षर गरेको मागपत्र टाँसिएको छ । उनीहरूले ...


चिनियाँ राष्ट्रपतिको भ्रमण : यस्तो छ सुरक्षा तयारी !

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लिएर सरकार सुरक्षा व्यवस्थाको तयारीमा जुटेको छ। सरकारले सीलाई राजकीय भ्रमणकै हैसियतमा ‘जेड प्लस’ सुरक्षा दिने तयारी गरेको छ।

यो प्रकृतिको सुरक्षा राजकीय भ्रमणमा आउने अति विशिष्ट व्यक्ति (भीभीआईपी) लाई दिइन्छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि 'जेड प्लस' सुरक्षा दिइएको थियो।

आफ्ना राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सरकारका मन्त्रीसँगको भेटलाई तीव्रता दिएकी छन्। गृहमन्त्री रामबहादुर थापा बादलसँगको भेटमा यान्छीले आफ्ना राष्ट्रपतिको भ्रमणलाई विवादरहित र त्रुटिरहित ढंगले सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेकी छन्।

गृहमन्त्री ...


सी चिनफिङको भ्रमणले चीनसँगको सम्बन्ध थप उचाइमा पुग्छ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले छिमेकी चीनसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको छिट्टै हुन लागेको भ्रमणले दुई देशको मित्रता सुदृढ हुने बताएका हुन्।

‘हामी कोहीसँग झुक्दैनौं, कतै ढल्कँदैनौं,’ प्रधानमन्त्री ओलीले बिहीबार सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग भने, ‘नेपाललाई भूपरिवेष्टितबाट भूजडित, जलजडित, हवाईजडित र सञ्चारजडित बनाउन लागेका छौं।’ प्रधानमन्त्री ओलीले छिमेक सम्बन्ध सुमधुर, सुढृढ, विश्वसनीय र उचाइमा पुगेको दाबी गरेका छन्।

राष्ट्रपति सी आगामी २५ गते नेपाल आउने भनिए पनि कार्यतालिका बाहिर ल्याइएको छैन। भ्रमणको तयारी भने तीव्र रूपमा भइरहेको छ। सडक मर्मतदेखि सुरक्षा समन्वयसम्मको ...


प्रहरीको बढुवामा अब विभूषणको नम्बर गणना नहुने

काठमाडौँ - प्रहरीको बढुवामा अब विभूषणको नम्बर गणना नहुने भएको छ । प्रहरीको नयाँ ऐनको मस्यौदामा विभूषणबापतको नम्बर हटाइएको हो । बढुवामा विभूषणको नम्बर राख्दा विकृति बढाएको भन्दै गृह मन्त्रालयले बढुवासम्बन्धी प्रावधानमा संशोधन गर्न लागेको हो । हाल विभूषण पाएका प्रहरीले बढुवा मूल्यांकनमा थप २ नम्बर पाउँछन् । बढुवाकै लागि विभूषण लिन शक्तिकेन्द्रहरूबाट दबाब दिने विकृति देखिएपछि बढुवामा यस्तो प्रावधान हटाउन लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

प्रहरीको नयाँ ऐनको मस्यौदा हाल रायका लागि लोकसेवा आयोगमा छ । जसमा कानुन तथा अर्थ मन्त्रालयले सहमति दिइसकेको छ । लोकसेवाबाट आएपछि मन्त्रिपरिषद्मा पेस गरिने ...


दशैंका लागि १२ लाख यात्रु बाहिरिए, अझै १२ लाख बाहिरिने !

काठमाडौँ - दसैँ नजिकिँदै गर्दा काठमाडौंबाट घर फर्किनेको भिड बढ्दै गएको छ । दसैँका लागि उपत्यकाबाट २५ लाख व्यक्ति बाहिरिने ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको अनुमान छ । एक हप्तायता बुधबारसम्म १२ लाख बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तर, यात्रुलाई काठमाडौंका नाका छिचोल्न मुस्किल पर्ने गरेको छ । भत्किएका सडक र कमजोर ट्राफिक व्यवस्थापनका कारण नाकाहरूमा जामको समस्या छ । थानकोट–नागढुंगा–नौबिसे सडकखण्डमा घन्टौँ जामका कारण १० असोजमा काठमाडौं आउँदै गरेका रौतहटका बिरामी रूपलाल साहको बाटैमा ज्यान गयो ।

उपत्यकाबाट बाहिरिने मुख्य चार नाका छन् । थानकोट–नागढुंगा–नौबिसे सबैभन्दा व्यस्त नाका हो । महानगरीय ...


महराले बुझाए दोस्रो राजीनामा, सभामुखका लागि को-को छन् दाबेदार ?

काठमाडौँ - सभामुख कृष्णबहादुर महराले महिलामाथि यौन दुव्र्यवहार प्रकरणपछि बुझाएको पहिलो राजीनामा उपसभामुख शिवमाया तुम्बाहाम्फेले अस्वीकृत गरेपछि दोस्रोपटक राजीनामा बुझाएका छन् । छानबिन नसकिँदासम्मका लागि राजीनामा भन्ने व्यहोराप्रति आपत्ति जनाउँदै उपसभामुख तुम्बाहाम्फेले अस्वीकृत गरेपछि बुधबार भाषा सच्याएर दोस्रो राजीनामापत्र बुझाएका हुन् ।

‘छानबिन नसकिँदासम्म’ भन्ने शब्दावली हटाएको दोस्रो पत्र बुधबार बुझाए पनि मंगलबारकै मिति राखिएको छ । स्वकीय सचिवमार्फत मंगलबार बुझाएको पहिलो पत्रमा लेखिएको थियो, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताको आधारमा आजकै ...


चिनियाँ राष्ट्रपतिको भ्रमणमा छलफल हुने यस्ता छन् एजेन्डा !

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा वार्ता हुने भएको छ।

यस्तै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीले बताएका छन्। भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने गरी परराष्ट्रका उच्च अधिकारीहरू एजेन्डा तयारीमा व्यस्त छन्।

केरुङ–काठमाडौं सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग, तातोपानी र रसुवागढी नाका स्तरोन्नति, अरनिको राजमार्ग थप व्यवस्थित, राजधानीको चक्रपथको स्तरोन्नति र बाहिरी ...


जलेश्वरमा बौलाहा कुकुरको आतंक : एउटै कुकुरले ५० जना भन्दा बढीलाई टोक्यो

जनकपुर- महोत्तरीको सदरमुकाम जलेश्वरमा मंगलबार साँझदेखि एउटा बौलाहा कुकुरले आतंक मच्चाएको छ। बौलाहा कुकुरले टोकेर अहिले ५० भन्दा बढीलाई व्यक्तिलाइ घाइते बनाएको बताइएको छ। कुकुरको टोकाइबाट घाइते भएकाहरुको उपचार अहिले जिल्ला अस्पताल महोत्तरी जलेश्वरमा भइरहेको छ।

मनरा सिस्वा नगरपालिकाबाट मानिसलाई टोक्न सुरु गरेको कुकुरले एकडारा गाउँपालिका र जलेश्वर नगरपालिका विभिन्न स्थानका ५० जनाभन्दा बढीलाई टोकेर घाइते बनाएको अस्पतालले जनाएको छ। कुकुरले शरीरका विभिन्न भागमा टोकेका अधिकांश घाइतेलाई तत्काल 'एआरभी' र 'इम्युनोग्लोवलिन इन्जेक्सन' नभएपछि जनकपुर तथा अन्यत्र उपचारमा पठाएको जिल्ला अस्पताल जलेश्वरले जानकारी दिएको छ।

कतिजनालाई टोकेको छ ...


जनकपुर अञ्चल अस्पतालमा अख्तियारको छापा

जनकपुर - जनकपुर अञ्चल अस्पतालमा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ। आयोगको बर्दिवासस्थित कार्यालयबाट पुगेको टोलीले जनकपुर अञ्चल अस्पतालमा छापा हानेको हो।

आयोगका बर्दिवास कार्यालयका प्रवक्ता हरिप्रसाद शर्माले कार्यालयमा परेको उजुरीको आधारमा अख्तियारको टोली अनुगमनका लागि अस्पतालमा छापा मारेको जानकारी दिए। अस्पतालमा विभिन्न उपकरण खरिदसहित अन्य कतिपय शीर्षकमा अनियमितता भएको उजुरीको आधारमा अख्तियारले छापा हानेको बताइएको छ।

अख्तियारको टोलीले छानबिनका लागि अस्पतालबाट केही फाइलहरु समेत नियन्त्रणमा लिएको छ भने टोलीले मेडिकल सुपरिटेन्डेन्ट डा नागेन्द्र यादवसहित डा जामुन सिंह, डा कुलदिप पण्डित, लेखा अधिकृत लगायतका ...


महरा प्रकरण : २४ घण्टामा 'रोशनी' को यू-टर्न, घटनामा कसरी आयो नयाँ ट्‍विस्ट ?

काठमाडौं - सोमबार साँझ जब सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोपसहित समाचार सार्वजनिक भयो, त्यसले सिंगो मुलुकलाई तरंगित तुल्यायो। समाचार सोसल मिडियामा मात्र भाइरल भएन, मूलधारको मिडियाका लागि पनि 'हट केक' बन्यो। तर २४ घण्टा नबित्दै देखिएका घटनाक्रमले यो घटना त्यतिकै 'फिस्स' हुने त होइन भन्ने संशय देखिएको छ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी थिइन्। हाम्राकुरा अनलाइनसँगको भिडियो अन्तर्वार्तामा ती महिलाले महराले लामो समयदेखि आफूमाथि दुर्व्यवहार गर्दै आएको दाबी गरेकी थिइन्। तर २४ घण्टा नबित्दै उनले बयान फेरेकी छन् ...


सभामुख महरालाई राजिनामा दिन निर्देशन दिनु अघि बालुवाटारमा के-के भयो ?

काठमाडौं - महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपछि राजीनामा दिएको सभामुख कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ।

संसद्मै कार्यरत महिला कर्मचारी रोशनी शाहीले आइतबार राति आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नै उनलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन लगाएको थियो। मंगलबार बिहान ११ बजे बसेको पार्टी सचिवालय बैठकमा उपस्थित भएका सबै सदस्यले महरा पदीय हैसियतले पनि महिला एक्लै भएको स्थानमा पुग्नु नै गलत भएको ठहर गरेका थिए।

नेकपाको सचिवालय बैठकअघि मंगलबार बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आइजिपी) ...


महराको विषयमा नेकपा सचिवालयको निर्णय : 'राजीनामा दिएर अनुसन्धान प्रक्रियालाई सघाउनु'

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गर्ने निर्णय गरेको छ।

सभामुख महरामाथि लागेको बलात्कार आरोप लगायतका विषयमा छलफल गर्न नेकपा सचिवालयको आज आकस्मिक बैठक बसेको थियो। बैठकले महरालाई राजीनामा दिएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

'प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,' बैठक सकिएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, 'केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख कृष्णबहादुर महराले ...


हतास अवस्थामा सभामुख महरा, पदबाट राजिनामा दिने तयारी

काठमाडौं - सभामुख कृष्णबहादुर महरालाई राजीनामा गर्न नेकपाको शीर्ष नेतृत्वले संकेत दिएको छ । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि मंगलबार बिहानै भेट गरिसकेका छन् ।

सम्भवतः महराले आजै राजीनामा दिन सक्नेछन् । सभामुख महरामाथि लागेको आरोपबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा शीर्ष नेताहरू भेला भएका छन् ।

स्रोतका अनुसार महराले आफूमाथिको आरोप खण्डन गरे पनि उनी हतास अवस्थामा छन् । के गर्ने भन्नेबारे उनले परामर्श गरिरहेका छन् । आजै साँझसम्म महराले राष्ट्रपतिसमक्ष राजीनामा ...


महराको विषयलाई लिएर दुई अध्यक्षबीच छलफल जारी, लगत्तै सचिवालयको बैठक बस्ने तयारी

काठमाडौं - सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार आरोप लगायतका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्ने भएको छ। नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएपछि सचिवालयको बैठक बस्ने भएको छ। अहिले दुई अध्यक्षबीच बालुवाटारमा छलफल चलिरहेको छ।

महरामाथि लागेको बलात्कार आरोपका विषयमा चौतर्फी दबाब बढेको छ। पार्टीभित्रै पनि महिला नेतृहरुले यस विषयमा कुरा उठाएपछि आवश्यक निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ।

...

दुबईमा भएको सवारी दुर्घटनामा परि ६ जना नेपालीको मृत्यु

काठमाडौं - युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ ।

स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।दुर्घटनामा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ।

उनीहरुको नेपालस्थित ठेगाना खुल्न बाँकी छ। दानबहादुरको परिवारलाई भने कम्पनीले जानकारी गराएको र अरुको थप ...


बढी लिएको शुल्क फिर्ता नगरेपछि चितवन मेडिकल कलेज बिरुद्ध फेरी आन्दोलन

चितवन - चितवन मेडिकल कलेज विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न तयार नदेखिएको भन्दै विद्यार्थी पुनः आन्दोलित भएका छन् । कलेजले विद्यार्थीसँग लिएको शुल्क फिर्ता वा समायोजन विषयमा गठित अध्ययन समितिले सोमबारसम्मका लागि समय थप गरेको थियो । तर, यसबीचमा कुनै प्रगति नभएको भन्दै विद्यार्थीहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

चाडबाडको समय आएकाले आगामी २७ असोजबाट पुनः आन्दोलन थाल्ने विद्यार्थी संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए । ‘अहिलेसम्म प्राप्त बिल भर्पाई हेर्दा सात लाखदेखि २० लाखसम्म अतिरिक्त रकम विद्यार्थीबाट असुलेको भेटियो,’ उनले भने, ‘क्याम्पस व्यवस्थापन अतिरिक्त रकम समायोजन ...


विप्लव कार्यकर्ताको कुटाइबाट गाउँपालिकाका अधिकृत सख्त घाइते

मुगु - विप्लव समूह कार्यकर्ताको कुटपिटबाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सख्त घाइते भएका छन्।सदरमुकाम गमगढीबाट कार्यक्षेत्र जाँदै गर्दा विप्लव समूहका कार्यकर्ताको कुटपिटबाट उनी घाइते भएका हुन्।

सुर्खेतको चिनगाड १ स्थायी घर भएका सोरु गाउँपालिकाका अधिकृत ३५ वर्षीय परशुराम उपाध्य सोमबार बिहान नौ जनाको समूहमा आएका कार्यकर्ताले कुटपिट गर्दा घटनास्थलमै बेहोस भएका थिए।

उपाध्यको टाउको र शरीरमा गहिरो चोट लागेको छ।उनलाई बचाउन जाँदा आफूलाई पनि मास्क लगाएका दुईजनाले कुटपिट गरेको सोही गाउँपालिकाका कृषि शाखा प्राविधिक रतनलाल साहनीले जानकारी दिए।

उपाध्यको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको छ।उनको टाउकोमा ११ वटा ...


सभामुख माथि बलात्कारको आरोप लागेपछि सचिवालयले निकाल्यो यस्तो बिज्ञप्ति !

काठमाडौं - सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले उनीमाथि लागेको बलात्कारको आरोपको खण्डन गरेको छ।

संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएको समाचार विभिन्न अनलाइनमा भाइरल भएपछि महराका प्रेस सल्लाहकार डिल्ली मल्लले समाचारको खण्डन गरेका हुन्।

‘सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ। यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति ...


सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप, के हो यथार्थ ?

काठमाडौं - सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले गम्भीर आरोप लगाएकी छन्। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी छन्।

तर सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।

'संसद् सचिवालयमा स्वास्थ्यको दरबन्दी छैन। दरबन्दी बनाइदिनुपर्‍यो भन्नुभएको थियो, मैले गर्न मिल्ने कुरै होइन', महराले भने, 'भनेको नमानेपछि ममाथि निराधार आरोप लगाउनुभयो।' आफ्नो सचिवालयका तर्फबाट औपचारिक विज्ञप्ति आउन लागेको भन्दै महराले त्यसलाई पर्खिन भने।

संघीय संसद्मै कार्यरत एक महिलाले ...


 ९ जना सहसचिवको सरुवा, कसको कहाँ ?

काठमाडौं- सरकारले निजामती सेवाअन्तर्गत विभिन्न समूहका ९ जना सहसचिवको सरुवा गरेको छ।

मन्त्रिपरिषदको केही दिनअघिको बैठकले काज सरुवाको निर्णय गर्दै ती सहसचिवको जिम्मेवारी हेरफेर गरेको हो।

संघीय सरकारले प्रदेश नं २ बाट ३ जना सहसचिवलाई काठमाडौं ल्याएको छ। उनीहरुको संवैधानिक आयोग तथा मन्त्रालयहरुमा सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव ज्ञानेन्द्र पौडेलको सरुवा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भएको छ। यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक ध्रुव घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका ...


दक्षिण एशियाकै पहिलो खुल्ला दिसामुक्त राष्ट्र बन्यो नेपाल

काठमाडौं - नेपाल खुल्ला दिसामुक्त भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राजधानीको राष्ट्रिय सभामा आयोजित एक कार्यक्रममा नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन्। यससँगै नेपाल दक्षिण एशियाकै खुल्ला दिसामुक्त पहिलो राष्ट्र बनेको छ। देशको पहिलो खुल्ला दिसामुक्त जिल्ला भने कास्की हो।

यसले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा एउटा खुड्किलो थपेको प्रधानमन्त्री ओलीले बताए। छिट्टै नै नेपाललाई सडकमानवमुक्त वा भिखारी मुक्त घोषणा गर्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले आफू जेलमा परेका बेला जेलका शौचालयको अवस्था कस्तो थिए भन्ने पनि सम्झिए। उनले भने, ‘जेलको छेउमा एउटा शौचालय ...


रोल्पाको सुलिचौरमा बस दुर्घटना, चालकसहित २ जनाको मृत्यु

काठमाडौं - रोल्पाको सुलिचौर बजारमा बस दुर्घटना भएको छ। दुर्घटनामा परि बस चालकसहित २ जनाको ज्यान गएको छ। सुलिचौरबाट सिर्पतर्फ जान लागेको आशिर्वाद सेवा प्रालिको उक्त बस मोड्ने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा परि बसका चालक रोल्पा लुंग्री गाउपाँलिका–३, सिमगिठेका यामबहादुर घर्तीमगर र अर्का एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए। दुर्घटनामा मृत्यु भएका अर्का व्यक्तिको भने अझै पहिचान खुल्न सकेको छैन।

बस सुनिल स्मृति गाउँपालिका–३, रुइनिवाङमा रहेको जीप पार्कबाट २ सय मिटर तल लुंग्री खोलामा खसेको ...


नागढुङ्गामा अब जाम हुँदैन, ढुक्कसँग यात्रा गर्दा हुन्छ : ट्राफिक प्रहरी

काठमाडौं - केही दिनअघि काठमाडौंको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए ।

यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाइन् । सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि सरकारले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिनुपर्‍यो । त्यो देख्दा यसपालिको दशैँ सास्तीमै बित्ने त होइन भन्ने आशङ्का भइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या ...


धादिङमा बस दुर्घटना : पाँच जना घाइते

धादिङ - धादिङकको नेत्रावती गाउँपालिका-५ मा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

आइतबार बिहान साढे आठ बजे धादिङको नेत्रावती गाउँपालिका-५ केरुङ्जास्थित लापाङबाट सदरमुकाम धादिङबेशीतर्फ आउँदै गरेको बा४ख ५७९३ नम्बरको बस आफैँ अनियन्त्रित भइ सडकबाट केही मिटर तल खसेको थियो ।

दुर्घटनामा ३ महिला र २ पुरुष गरी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

दुर्घटनामा घाइतेमध्ये धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५ कटुञ्जे बस्ने ६४ वर्षीय दलबहादुर तामाङ, सोही ठाउँ ...


लघुवित्त बैंकर्स संघको चुनाव : अध्यक्षका लागि शर्मा र लम्सालको उम्मेद्वारी

काठमाडौं - लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था लघुवित्त बैंकर्सको चुनाव आज हुँदैछ । संघको नेतृत्वका लागि २ आकांक्षी देखिएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् ।

शर्मा हाल संघको उपाध्यक्ष रहेका छन् भने लम्साल महासचिव हुन् । शर्मा अघिल्लो अधिवेशनमा पनि अध्यक्षका प्रत्यासी थिए । तत्कालीन कार्यवाहक अध्यक्ष रामचन्द्र जोशीले नै अध्यक्ष बन्ने इच्छा राखेपछि अर्को कार्यकालका लागि शर्मालाई सर्वसम्मत् अध्यक्ष दिने ब्याक हटाइएको ...


पेप्सी कम्पनिमा कर्मचारीको आन्दोलन, प्रशासन नेपाली कर्मचारी निकाल्दै भारतीय राख्दै

नवलपरासी- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १० स्थित बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी)का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। कम्पनीमा कार्यरत श्रमिकहरुले विभिन्न ९ बुँदे मागसहित विगत ५ महिनादेखि चरणबद्ध आन्दोलन थालेका हुन्।

पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै श्रमिकहरुले अन्तिम पटकका लागि भन्दै यही असोज १४ गतेसम्म विगतमा भएका निर्णय कार्यान्वयन गर्न अन्तिम पटकको अल्टिमेटम दिएका छन्।

चरणबद्ध आन्दोलन सुरु गरेका श्रमिकलाई राजनीतिक दल, नागरिक समाजले समर्थन गरेका छन्। श्रम ऐन कार्यान्वयन र निष्काशन गरिएका श्रमिकको पुनःबहालीलगायतको माग राखेर आफूहरुले ...


आजबाट बडा दशैं सुरु, घर-घरमा जमरा राखिँदै

काठमाडौं - प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादसैं आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास र धूमधामका साथ मनाइन्छ।

बडादसैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। घटस्थापनाको साइत बिहान १०ः ३५ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, ...


दशैँ खर्च जुटाउन राउटे झरे दाङमा

शिवु खनाल
दाङ, १० असोज । नेपालको लोपउन्मुख समुदायका रुपमा रहेको राउटे समुदायका प्रतिनिधि दशै खर्च जुटाउन दाङ आएका छन । दशै पर्व नजिकिदै गर्दा राउटे समुदायका सहायक मुखिया नारायण शाहीको नेतृत्वमा बिर्खे शाही र दले शाही गरि तीन सदस्य टोली दाङको घोराही आईपुगेको हो ।

दशैका लागि आवश्यक नयाँ कपडा र खसी–बोका किन्नका लागि पैसा उठाउन दाङ आएको राउटे समुदायका सहायक मुखिया शाहीले बताए । ‘दशैमा नयाँ कपडा लगाउनुपर्छ, मासु खानलाई खसी–बोका किन्न पैसा छैन’,सहायक मुखिया शाहीले भने,‘आफुसँग पैसा नभएपछि पैसा उठाउन हिडेका छौँ ।’ ...


सार्कको बैठकमा पाकिस्तानद्वारा भारतीय विदेशमन्त्रीलाई बहिस्कार

काठमाडौं - दक्षिण एसियाली सहयोग संगठन (सार्क)का परराष्ट्र मन्त्रीहरुको यसपालीको अनौपचारिक बैठक पनि भारत र पाकिस्तानको द्वन्द्वबाट प्रभावमुक्त रहेन। न्युर्योकमा बिहीबार आयोजना गरिएको सार्क मन्त्रीस्तरीय अनौपचारिक बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरलाई पाकिस्तानी विदेशमन्त्री साह मोहमद कुरैसीले बहिस्कार गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा नियमित रुपमा आयोजना गरिने उक्त बैठकको अध्यक्षता सार्कको अध्यक्षताको नाताले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए। कार्यक्रम न्युर्याकस्थित वेस्टन होटेलमा बैठक आयोजना गरिएको थियो। भारतीय विदेशमन्त्री जयशंकरले बैठकस्थल छोडेपछि मात्रै पाकिस्तानी विदेशमन्त्री बैठकमा आएका थिए।

भारतीय विदेशमन्त्री जयशंकरले बैठकस्थल छाडेको ६ मिनेटपछि मात्रै पाकिस्तानी ...


डरलाग्दो बन्दै देशको बजेट घाटा, चार वर्षदेखि निरन्तर ओरालो !

काठमाडौँ - पछिल्ला चार वर्षमा सरकारको बजेट घाटा अस्वाभाविक रुपमा बढ्दै गएको छ । सामान्यतया कुल गार्हस्थ उत्पादन (जिडिपी)को ५ प्रतिशतभन्दा कम हुनुपर्ने वित्तीय घाटा १० प्रतिशत नाघेको छ । आर्थिक वर्ष ०७५/७६ मा वित्तीय घाटा १० दशमलव १ प्रतिशत छ । यो अघिल्लो आव (०७४/७५)को तुलनामा शून्य दशमलव ५ प्रतिशत बिन्दुले न्यून भए पनि कुल गार्हस्थ उत्पादन (जिडिपी) को अनुपातमा हिसाब गर्दा धेरै नै हो । आर्थिक वर्ष ०७४/७५ मा वित्तीय घाटाको दर १० दशमलव ६ प्रतिशत थियो ।

चालू आवमा आर्थिक वृद्धि र मूल्यवृद्धि निर्धारित सीमामै रह्यो भने वित्तीय ...


अनि कसरी लागोस उभो : निगमका थन्किएका जहाजको दैनिक पार्किङ शुल्क मात्रै झन्डै २ लाख !

काठमाडौं - नेपाल वायुसेवा निगमका १४ मध्ये ८ जहाज ‘ग्राउन्डेड’ छन्। तिनको प्रयोगहीनता त छँदैछ, विमानस्थलमा थन्किएबापत तिर्नुपर्ने शुल्क निकै महँगो पर्छ। वाइडबडी जहाज थन्किँदा पार्किङ शुल्क मात्र दिनको करिब दुई लाख रुपैयाँ तिर्नुपर्छ। एक साताभन्दा लामो समयदेखि एउटा वाइडबडी विमानस्थलमा छ।

त्यसले दैनिक १६ सय ९८ अमेरिकी डलर भाडा तिर्नुपर्छ। हालको विदेशी विनिमय दर ११३ रुपैयाँअनुसार यसले दैनिक १ लाख ९१ हजार ८७४ रुपैयाँ तिर्छ। ‘विमानस्थल सेवा शुल्क विनियमावली २०६७’ अनुसार कुनै पनि जहाजलाई तीन घण्टासम्म पार्किङ निःशुल्क गरिएको छ। त्यसपछि हरेक ६ घण्टामा एक ...


ठुलो संख्यामा गाई मारिएपछि गौशाला बनाउन तातिए बाँकेका स्थानीत तह

काठमाडौँ - बाँकेका स्थानीय तहका प्रमुख गौशला बनाउन स्वीकृति लिन काठमाडौं आएका छन् । उनीहरुले नेपालगन्जबाट दैलेख लैजाने क्रममा ठूलो संख्यामा गाई मरेपछि विवादमा आएपछि स्थानीय तहबाट गाईको व्यवस्थापनको लागि गौशाला निर्माण गर्ने सहमति गरेका थिए ।

जिल्ला समन्वय समिति साविकको जिल्ला विकास समितिमा रहेको विभिन्न कोषमा रहेको ७ करोड रकम समेत गौशाला निर्माणको लागि विनियोजन गर्ने निर्णय समेत उनीहरुले गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतलाई भेटेर गौशाला निर्माणको लागि स्वीकृति प्रदान गर्न ज्ञापन पत्र बुझाएको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए ...


सल्यानमा तरकारी बोकेको गाडी पल्टियो, एकको मृत्यु, ६ घाइते

दाङ - सल्यानको कपुरकोटमा तरकारी बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। किमिचौरबाट कपुरकोट बजारमा शुक्रबार लाग्ने हाटबजारका लागि तरकारी लिएर आउँदै गरेको लु १ च ४१५३ नम्बरको पिकप राति १२:४५ बजे दुर्घटना भएको सल्यान प्रहरी प्रमुख ढ्केन्द्र खतिवडाले जानकारी दिए।

दुर्घटनामा स्थानीय ६७ वर्षीय कर्मी पुनको मृत्यु भएको खतिवडाले बताए। दुर्घटनामा घाइते भएका ६ जनाको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ। गाडी सडकबाट २५ मिटर तल खसेको छ।

...

मन्त्रीबाटै रकम लेनदेन हुँदा भ्रष्टाचार नियन्त्रण हुन सकेन : रामकुमारी झाँक्री

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले मन्त्रीबाटै रकम लेनदेन हुँदा भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताएकी छिन्।

नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै नेतृ झाँक्रीले मन्त्रीले घुस खान छोडे भ्रष्टाचार नियन्त्रण हुने बताइन्। ‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको नारा पनि कार्यान्वयन नभएको उनको निष्कर्ष छ।

‘मन्त्रीले मात्रै उठाएको पैसा खाएन भने धेरै चिज मिलिहाल्छ’, उनले भनिन्, ‘यो त म भन्छु, मलाई कहाँ लगेर झुण्ड्याउने हो झुण्ड्याउनु। भित्तामा प्रधानमन्त्रीको स्लोगन राखेर म भ्रष्टाचार ...


आइजिपीसंग प्रधानमन्त्री रुष्ट : अमेरिका भ्रमण अस्वीकृत, थाहै नदिई एआइजी सरुवा

काठमाडौँ - सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालको अमेरिका भ्रमण अस्वीकृत गरेको छ । उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले उनको विदेश भ्रमण रोकिदिएको स्रोतले बतायो । हरेक वर्ष २६ देखि २९ अक्टोबरसम्म अमेरिकाको सिकागोमा विश्वका प्रहरी प्रमुखहरूको सम्मेलन हुँदै आएको छ ।

सम्मेलनमा केही वर्षयता प्रहरी अधिकारीहरूको नियमित सहभागिता रहँदै आएको छ । तर, सरकारले नै यस वर्ष महानिरीक्षकको भ्रमण रोकेको छ । मंगलबारको मन्त्रिपरिषद्को बैठकमा भ्रमणसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो ।

प्रहरी महानिरीक्षकको विदेश भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्छ । चिलीमा १६ अक्टोबरदेखि हुन लागेको इन्टरपोलको सम्मेलनमा भने महानिरीक्षक खनाल जाने सम्भावना छ । विनाकुनै ...


कृषि विकास बैंकको पौने पाँच करोड चोरी, थप पाँच अर्ब चोरिनबाट बैंक यसरी जोगियो !

काठमाडौँ - एटिएम प्रणाली ह्याक गरेर चिनियाँ ह्याकरले २ करोड चोरेको महिना दिन नपुग्दै अफ्रिकन ह्याकरको योजनामा सरकारी स्वामित्वको कृषि विकास बैंकबाट झन्डै ५ करोड चोरी भएको छ । अफ्रिकन ह्याकर ‘काले’ भनिने पिटरले भारतको मुम्बईमा बसेर कृषि विकास बैंक सिरहाको लहानस्थित शाखाको ४ करोड ७३ लाख ९६ हजार नेपाली एजेन्टको नाममा पठाएका हुन् ।

सिरहा शाखाको पौने ५ करोड व्यक्तिको नाममा ट्रान्सफर ह्याकरको पहिलो ‘ट्रायल’ थियो । बैंकका सीमित कर्मचारीलाई मात्रै थाहा हुने बैंकको ‘मेकर’ र ‘चेन्जर’ पासवर्ड प्रयोग गरेर ट्रेजरीको रकम निकालिएको थियो । पहिलो योजना सफल भएसँगै ...


नेपालको पछिल्लो अवस्थाबारे अमेरिकी राष्ट्रपति ट्रम्पको चासो

न्युयोर्क - अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका छन्। राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन्।

रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्बिर खिच्ने समयसम्म आपसी कुराकानी हुन्छ। प्रधानमन्त्री केपी ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई भेट्न पाएका हुन्। रात्रिभोजमा ट्रम्पलाई भेटेपछि प्रशन्न मुद्रामा देखिएका ज्ञवालीले भने, ‘भेट निकै संक्षिप्त थियो, उहाँले नेपालको स्थितिबारे जिज्ञासा राख्नुभयो। मैले अलिकति अवस्था बताएँ, उहाँले आपसी सहयोग र सहकार्यमा अमेरिका तत्पर रहेको सुनाउनुभयो।’

अमेरिकाले उच्चस्तरीय ...


कृषि विकास बैंकबाट डेढ करोड निकाल्दा-निकाल्दै ३ ह्याकर पक्राउ

काठमाडौँ - कृषि विकास बैंकबाट डेढ करोड रकम निकाल्दा–निकाल्दै तीन पक्राउ ह्याकरको समूहले सिस्टम ह्याक गरेर कृषि विकास बैंकबाट रकम चोरी गरेका छन् ।

ह्याकरको समूहले कृषि विकास बैंकको करिब डेढ करोड रुपैयाँ चोरी गरेका हुन् ।

नेपाल प्रहरीले ह्याक गरी रकम निकाल्दा–निकाल्दै तीन जना ह्याकरलाई काठमाडौंबाट मंगलबार पक्राउ गरेको छ ।

उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम लुट्न लाग्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको नाम प्रहरीले गोप्य राखेको छ भने कसरी ह्याक गरी रकम निकालियो भन्नेबारे पनि केही बताएको छैन ।

प्रहरीले यसअघि ...


थानकोट-नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने

काठमाडौं - ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन विशेष जाँचका लागि ४३० जनशक्ति थप गरिएको जानकारी र्दिए । “हाल ३६८ स्थानमा नियमित जाँचका लागि ७५० जनशक्ति परिचालन गरेकामा चाडपर्वलाई लक्षित गरेर ४३० ...


कृषि विकास बैंकको ह्याकिंगमा आफ्नै कर्मचारीको संलग्नता भेटियो

काठमाडौं - कृषि विकास बैंक ह्याकिङ प्रकरणमा बैंककै कर्मचारीको मिलेमतो देखिएको छ। कृषि विकास बैंक लहान शाखाका एक जना कर्मचारीको कम्प्युटरबाटै रकम अर्को खातामा पठाइएको भेटिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए। 'बैंककै कर्मचारीको लगइन कोड मात्र होइन, कम्प्युटर पनि प्रयोग भएको छ,' निरौलाले भने।

यसरी स्विफ्ट ह्याक गरेर पठाइएको रकम १ करोड ५६ लाख रुपैयाँ बराबर भएको प्रारम्भिक जानकारी आएको भए पनि थप पुष्टि हुन बाँकी रहेको उनको भनाइ छ। सो रकम २ करोड रुपैयाँभन्दा माथि नरेहेको समेत उनले स्पष्ट पारे।

राष्ट्र बैंकका कार्यकारी ...


मेडिकल कलेजको सरकारलाई चेतावनी : 'जबर्जस्ती गरे बिद्यार्थी भर्ना रोक्छौं'

काठमाडौं - निजी मेडिकल कलेजहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले एमबिबिएस/बिडिएसमा विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएको दिएको छ।

बुधबार विज्ञप्ति जारी गर्दै एसोसिएसनले सरकारले निजी मेडिकल कलेजहरुलाई बन्द गराउने अभिप्रायले कलेजहरुको सिट संख्या, शुल्क निर्धारण, विदेशी विद्यार्थीको भर्ना सम्बन्धी स्पष्ट नीति नभएको भन्दै आव २०७६/७७ मा विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएको हो।

निजी मेडिकल कलेजहरुले सरकारले निर्धारण गरेकोभन्दा बढी अवैध शुल्क असुली विद्यार्थी भर्ना गरिएको भन्दै केही महिनादेखि विद्यार्थीहरु आन्दोलनमा छन्। अवैध रकम फिर्ता गर्न सरकारले कलेजहरुलाई निर्देशन दिएपछि एसोसिएसनले यस्तो ...


मेडिकल कलेजले तीन वर्षमा गरे तीन अर्ब ठगी, कसले कति लुट्यो ? (सुचिसहित)

काठमाडौँ - पछिल्ला तीन वर्षमा निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट तीन अर्बभन्दा बढी ठगी गरेका छन् । सरकारले नै गठन गरेको छानबिन समितिले ठगीको यस्तो भयावह तस्बिर फेला पारेको हो । अझ ठगीको यो रकम नेपाली विद्यार्थीबाट मात्रै असुलिएको हो । विदेशी विद्यार्थीबाट असुलिने रकमको विवरण त सरकारी समितिले पनि संकलन गरेको छैन । ठगीको यो आँकडा विदेशी विद्यार्थीबाट अवैध रुपमा असुलिएको रकम पनि जोड्न झन् धेरै हुने समितिको अनुमान छ ।

मेडिकल कलेजमा भइरहेको अवैध असुलीबारे छानविन गर्न सरकारले ६ महिनाअघि सतर्कता केन्द्रका डिआइजी कमल अधिकारीको नेतृत्वमा ...


नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणको काम जापानीज कम्पनीलाई, ४२ महिनामा सकिने

काठमाडौँ - ४ दशमलव ५१ किलोमिटर लामो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । ४२ महिनामा काम सक्ने गरी जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले सुरुङमार्गको ठेक्का लिएको छ । सडक विभागअन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख अर्जुनजंग थापा र कम्पनीका प्रतिनिधिबीच सोमबार सम्झौतामा हस्ताक्षर भएको हो ।

सडक विभागका अनुसार सुरुङमार्ग
निर्माणका लागि चीन, भारत, टर्की, कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर प्रतिस्पर्धामा थिए । सवा १३ अर्ब रुपैयाँमै सुरुङमार्ग निर्माण गर्न सहमत भएपछि हाज्मा आन्दो कर्पोरेसनले निर्माणको जिम्मा पाएको थियो । सडक विभाग वैदेशिक महाशाखाका प्रमुख थापाले सहभागीमध्ये ...


पूर्वराज्यमन्त्री नयाँ बानेश्वरबाट पक्राउ

काठमाडौँ - पूर्वराज्यमन्त्री नविन विश्वकर्मा ‘हितमान’लाई प्रहरीले पक्राउ गरेको छ । हाल विप्लव नेतृत्वको नेकपाको उपत्यका ब्युरो ईन्चार्ज रहेका विश्वकर्मालाई सोमबार प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

यसअघि माइला लामा उपत्याका ईन्चार्ज थिए । लामाको गिरफ्तारीपछि विश्वकर्माले इन्चार्जको जिम्मेवारी पाएका थिए । विश्वकर्मासँगै विप्लवका अर्का कार्यकर्ता भिम बटाला पनि पक्राउ परेका छन् । उनीहरुलाई हाल टेकु प्रहरी परिसरको सेफ हाउसमा राखिएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

...

पूर्वी नवलपरासी दुई वटा सवारी दुर्घटना, ६ जनाको मृत्यु

परासी - पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)का दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । १६ जना घाइते छन् । नारायणढ–बुटवल सडक खण्डको कावासोती नगरपालिकाको खरकट्टा जंगलमा गएराति कार र ट्रक ठोक्किदा ५ जनाको मृत्यु भएको छ । मृतक सबै कारमा सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

दुर्घटनामा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ का दीपक वि.क., वडा नं. ५ का डिलबहादुर ढेंगा मगर र कैलालीको धनगढी घर भएका सुरज राना मगर रहेको प्रहरीले जनाएको छ । अन्यको ...


अकुत सम्पत्ति जोड्ने २० ‘हाइप्रोफाइल’ छानविनमा, अख्तियारका पूर्वप्रमुखसँग एक अर्बभन्दा बढी सम्पत्ति

काठमाडौँ - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अकुत सम्पत्ति रहेको भन्दै अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वआयुक्त राजनारायण पाठकमाथि पनि छानबिन गरिरहेको छ । बस्न्यातसँग अर्बभन्दा बढी सम्पत्ति रहेको उजुरीका आधारमा अनुसन्धान थालिएको हो । यद्यपि, हालसम्मको अनुसन्धानमा उनकै नाममा मात्र धेरै सम्पत्ति नदेखिएको स्रोत बताउँछ ।

बत्तीसपुतलीमा घर भएका बस्न्यातको होटेल, रिसोर्ट, ब्यांक्वेट तथा म्यानपावर कम्पनीमा भएको लगानीको विवरण विभागले संकलन गरिसकेको छ । आफन्तहरूको नाममा धेरै सम्पत्ति रहेको सूचना पाएपछि विभागले त्यसतर्फ अनुसन्धान केन्द्रित गरेको छ । बस्न्यातसँग बालुवाटारको जग्गा प्रकरणमा अख्तियारले समेत बयान लिइसकेको छ ।

उनी भौतिक योजना मन्त्रालयको ...


आफ्नै पार्टीका सांसदसँग यसकारण रुष्ट छन् ओली

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग गुनासो पोखेका छन् । सांसदहरू सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विधेयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको थियो । प्रतिपक्षी कांग्रेसलगायत पुनरुत्थानवादी शक्तिले जनतामा भ्रम छरेर सरकारलाई घेराबन्दीको प्रयास गरिरहे पनि त्यसको विपक्षमा सांसदहरू सशक्त रूपमा नउभिएको भन्दै प्रधानमन्त्रीले गुनासो गरेका हुन् । संसद्को बर्खे अधिवेशन असोज २ मा सकिएको छ ।

राजधानीमा शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले केही महत्वपूर्ण विधेयक र प्रस्ताव आफ्नै सांसदहरूको ...


गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा जर्मन कम्पनी म्युनिखलाई दिने तयारी

काठमाडौं - भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनी कम्पनी म्युनिखलाई दिने तयारी गरिएको छ। रूपन्देहीको भैरहवामा निर्माण भइरहेको यो विमानस्थल आगामी डिसेम्बरभित्रै निर्माण पूरा हुनेछ।

तयारी पूरा गरेर त्यसको तीन महिना (मार्च) भित्रै सुरु गराउने योजना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार पत्रकारलाई जानकारी गराए। उनका अनुसार यो दुई देशका सरकार–सरकार (जीटूजी)मा मोडलमा सञ्चालन गरिनेछ। यो विमानस्थल सञ्चालन गर्न म्युनिखले ठोस प्रस्ताव दिएको छ।

यो कम्पनीको प्रस्ताव उपयुक्त भएकाले यसैलाई विमानस्थल व्यवस्थापनको जिम्मा दिने विषययमा छलफल भइरहेको जानकारी उनले दिए। मन्त्री भट्टराइले ...


वामदेव गौतम कास्की-२ बाट यसकारण चुनाव नलड्ने

काठमाडौं - नेकपा नेता वामदेव गौतमले मंसिर १४ मा हुने उपनिर्वाचनमा कास्की २ बाट नउठ्ने घोषणा गरेका छन्। गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकमा स्वर्गीय रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा आफूले उम्मेदवारी नदिने घोषणा गरेका हुन्।

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा अधिकारीको निधिनपछि कास्की २ खाली छ। ‘मलाई कास्कीबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति हार्दिक आभार प्रकट गर्दछु’, उनले भनेका छन्।

उनले उक्त निर्वाचन क्षेत्रमा आफूले उम्मेदवारी दिँदा पराजित हुन सक्ने भय पनि व्यक्त गरे। ‘यसअघि प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो ...


चितवन मेडिकल कलेजलाई त्रिविको निर्देशन : 'बढी लिएको भर्ना शुल्क फिर्ता दिनु'

काठमाडाैं - त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए फिर्ता गर्न निर्देश गरेको छ।

त्रिविको सम्बन्धनप्राप्त उक्तकलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस तहमा अध्ययन गर्ने विद्यार्थी सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क आफूहरुसित कलेज प्रशासनले उठाएको भन्दै आन्दोलनरत छन्।

त्रिविले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी आन्दोलनबाट समस्याको समाधान नहुने हुँदा कलेज प्रशासनले आह्वान गरेको वार्ता र संवादमा सहभागी हुन विद्यार्थीलाई आग्रहसमेत गरेको छ।

'विश्वविद्यालय पनि समस्याको समाधान वार्ता नै हो भन्ने कुरामा दृढ सङ्ल्पित रहेको छ। विद्यार्थीको पठनपाठन र ...


कात्तिकमा युवा वैज्ञानिक सम्मेलन गर्दै सरकार

काठमाडौँ - नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आगामी कात्तिक पहिलो साता अन्तर्राष्ट्रियस्तरको युवा वैज्ञानिक सम्मेलन गर्ने भएको छ । विज्ञान, प्रविधि र नवप्रवर्तनसम्बन्धी सरकारी आयोजनामै हुन लागेको यो नै पहिलो वैज्ञानिक सम्मेलन हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा कात्तिक ४ देखि ६ गतेसम्म सम्मेलन गर्न लागिएको नास्टका प्रवक्ता डा. सुरेश ढुंगेलले जानकारी दिए । ‘समृद्धिका लागि अनुसन्धान र आविष्कार’ भन्ने नारासहित हुन लागेको सम्मेलनमा नेपालसहित विदेशी वैज्ञानिकसमेत गरी तीन सय युवा वैज्ञानिक सहभागी हुनेछन् ।

प्रविधिमा रुचि राख्ने, अध्ययन र अध्यापन गर्ने, अनुसन्धानकर्ता, ...


२० लाख पयर्टक भित्राउन सम्भब छ, सबैको साथ चाहन्छौं : पर्यटनमन्त्री भट्टराई

काठमाडौँ - संस्कृति, पयर्टन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० मा २० लाख पयर्टक भित्र्याउने गरि सरकारले तयारीको कामलाई तीब्रता दिइरहेको बताएका छन् ।

मन्त्रालयको कार्ययोजनाका सन्दर्भमा शुक्रबार पत्रकारहरुसँगको भेटघाटमा मन्त्री भट्टराईले गत वर्ष नेपालमा १२ लाख पयर्टकको आगमन भइसकेकाले थप ८ लाख पयर्टक थप्नेगरी सरकारले भ्रमण वर्षको तयारी गरिरहेको जानकारी दिए । ‘गत वर्ष १२ लाख पयर्टकको आगमन भएकाले सबैको प्रयासबाट थप ८ लाख पयर्टक भित्र्याउने काम सम्भव छ’, भट्टराईले आत्मविश्वासका साथ भने, ‘राष्ट्रिय हितमा नकारात्मक प्रचार गर्ने होइन, नेपाल सुरक्षित गन्तव्य ...


चीनका राष्ट्रपति असोज अन्तिम साता नेपाल आउने पक्का

काठमाडौँ - चीनका राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाल र चीनबीच कूटनीतिक च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भारत जान लागेका सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपाल आउनेछन् । उनी एक रात काठमाडौं बसेर बेइजिङ फर्किने कार्यतालिका तयार भएको छ । तर, दुवै पक्षले अहिलेसम्म मिति भने खुलाएका छैनन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भने, ‘चिनियाँ राष्ट्रपति आउने पक्का हो, मिति तय हुन बाँकी ...


संबिधान संशोधन हुँदैन : संचारमन्त्री बाँस्कोटा

काठमाडौं - संविधानसभाबाट संविधान जारी भएको चार वर्ष भयो। मधेसकेन्द्रित दलको असन्तुष्टि कायमै छ। जनजातिलगायत पहिचान पक्षधर पनि असन्तुष्टै छन्। संविधान संशोधनको आसले निर्वाचनमा भाग लिएका मधेसकेन्द्रित दल यही मुद्दा लिएर हिँडिरहेका छन्।

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी संविधान संशोधन गर्ने सर्तमा सरकारमा सहभागी भएको थियो। राजपाले यही मुद्दालाई अघि सार्दै सरकारलाई समर्थन गरेको थियो। माग पूरा नहुने देखेपछि राजपाले समर्थन फिर्ता लिएको थियो। तर, सरकार गठनको एक वर्ष सात महिना बित्दा पनि यी दुई दलको माग पूरा भएको छैन। केपी ओली नेतृत्वको सरकार संविधान संशोधन ...


४८ मध्ये १८ विधेयक पारित गर्दै सकियो वर्षे अधिवेशन

काठमाडौं - प्रतिनिधिसभा र राष्ट्रियसभाबाट १८ विधेयक पारित गरेसँगै संसद्को बजेट अधिवेशन अन्त्य भएको छ। दुवै सदनमा दोस्रो, तेस्रो र चौंथो अधिवेशनमा दर्ता भएका ४८ विधेयक मध्ये १८ विधेयक पारित भएका हुन्। यी विधेयक पारित भएसँगै अब प्रतिनिधिसभामा २३ विधेयक र राष्ट्रियसभामा ६ विधेयक पारित गर्न बाँकी रहेको छ। यस अधिवेशनमा मात्रै १७ विधेयक संसद्मा दर्ता भएका थिए।

तीमध्ये चालु अधिवेशनका मात्रै ७ विधेयक पारित भएका छन् भने दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका १९ विधेयकमध्ये ८ विधेयक पारित भएका छन्। यसबाहेक अन्य तीन विधेयक पारित ...


अमेरिकी 'मोस्ट वान्टेड'लाई नेपालबाट लैजान विमान नै चार्टर

काठमाडौँ - नेपालमा पक्राउ परेका मोस्ट वान्टेड यौन दुराचारी नाथन बेडफोर्ड माकोव्स्कीलाई लैजान अमेरिकी सरकारले विमान नै चार्टर गरेको छ । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको अमेरिकी जहाज बिहीबार बिहान नाथनलाई लिएर फिर्ता भएको छ ।

चालक दलका सदस्यबाहेक युएस मार्सल सर्भिसका तीन सुरक्षाकर्मी नेपाल आएका थिए । अमेरिकी दूतावास स्रोतका अनुसार नाथनलाई लैजान करिब एक लाख डलर खर्च भएको छ । अमेरिकामा आफ्नै प्रेमिकाकी नाबालिका छोरीमाथि यौन दुर्व्यवहार गरेर नाथन फरार भएका थिए । नाथनलाई गत १८ भदौमा प्रहरीको विशेष ब्युरोले ठमेलबाट पक्राउ गरेको थियो । अध्यागमन विभागले १४ दिन ...


संबिधान दिवस : 'सरकारको स्थायित्वभन्दा पनि संविधानको स्थायित्व महत्वपुर्ण'

काठमाडौँ - ०६५ जेठ १५ मा संविधानसभाको पहिलो बैठकले निर्णय गर्दै गर्दा ६ दशकदेखि थाती रहेको संविधानसभाको औचित्य स्थापित भएको थियो । ‘एक जुगमा एक दिन आउँछ’ भन्ने गीत वास्तविकतामा साझा अभिव्यक्ति बनेको दिन थियो त्यो । जनतामा राजनीतिक परिवर्तनप्रति विश्वास त छँदै थियो, राजनीतिक दल र नेताको प्रतिष्ठा पनि चुलिन पुगेको थियो । यस्तो पृष्ठभूमिबाट हाम्रो पहिलो संविधानसभाको यात्रा सुरु भएको थियो । राजनीतिक परिवर्तनको मार्गचित्र आमजनताले स्विकारेको देखिन्थ्यो । दलहरूबीच विश्वासको सम्बन्ध देखिँदा आमनागरिकमा आफ्ना प्रतिनिधिले जनअपेक्षाअनुरूप संविधान बनाउँछन् भन्ने विश्वास जागेको थियो ।

यो त भयो जेठ १५ को ...


आकासियो तरकारीको भाउ : किसान र उपभोक्तालाई मार, बिचौलिया मालामाल

काठमाडौँ - २६ भदौमा प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको हरियो प्याजको मूल्य एक सातामै ३०९ प्रतिशतले महँगिएर बिहीबार २२५ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिकिलो २४५ रुपैयाँमा कारोबार भएको हरियो धनियाँको मूल्य ११० प्रतिशतले बढेर ५१५ रुपैयाँमा बिक्री भएको छ ।

केही दिनसम्म लगातार परेको झरीका कारण हरियो तरकारीको भाउ आकासिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अहिले तराईका उत्पादन नआएको, अफ सिजन तरकारीले बजार धानेको र सोह्रश्राद्धका कारण माग बढेकाले पनि हरियो तरकारीको मूल्य ह्वात्तै उकालो लागेको व्यवसायीहरू बताउँछन् । ‘यतिवेला तराईको उत्पादन आएको छैन । ...


कर्मचारीलाई सवा १ अर्ब बोनस बाँड्दै नागरिक उड्डयन प्राधिकरण

काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्ना कर्मचारीलाई ७ आर्थिक वर्षको नाफाबाट एकैपटक बोनस बाँड्ने भएको छ। प्राधिकरणले आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७४/७५ सम्मको नाफाबाट बोनस बाँड्न लागेको हो।

प्राधिकरणका महानिर्देशक राजन पोखरलेलले नाफाबाट १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरणको तयारी गरिएको जानकारी दिए। उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बोनस वितरणको निर्णय स्वीकृत भएको र अन्तिम स्विकृतिका लागि अर्थ मन्त्रालय पठाइएको पनि बताए। सेवा प्रदायकको हैसियतमा नाफा खुवाउन लागेको उनको भनाइ छ।

प्राधिकरणले सेवा प्रदायक र नियमनकारी निकाय दुवैको ...


आफ्नो पार्टीले सरकार छाड्नेबारे बाबुराम भट्टराईले गरे यस्तो खुलासा !

काठमाडौँ - समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दसैँपछि अल्टिमेटम दिएर सरकारबाट बाहिरिने बताएका छन् । राजधानीमा बिहीबार पत्रकारहरुसँगको छलफलमा बोल्दै अध्यक्ष भट्टराइले फोरम र नयाँ शक्तिबीच एकता गर्दा भएको सहमति अब पूरा हुने बताएका हुन् ।

‘फोेरमसँग एकीकरण गर्दा यही सहमति भएको हो । त्यो सहमति अब पूरा हुँदैछ । अब हामी धेरै पर्खिदैनौँ,’ डा. भट्टराईले भने । उनले अहिले आफुहरु पार्टी एकिकरण र समायोजनमा व्यस्त भएको भन्दै पार्टी एकीकरण सकिने बित्तिकै सरकारलाई एउटा अल्टिमेटम दिने र सरकारबाट बाहिर निस्कने बताए ।

उनले सविधान संशोधनप्रति ...


संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दैछन्। संसद‌्‌ भवन नयाँ बानेश्वरमा दिउँसो २ः३० मा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले हरेक महिनाको पहिलाे र तेश्राे साता संसद्‌मा सम्बोधन गर्ने व्यवस्थाअनुरुप प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने भएका हुन्। यसअघि प्रधानमन्त्रीले गत भदौ १ मा संसद‌्‌मा सम्बोधन गरेका थिए।

प्रतिनिधिसभा नियमावलीमा हरेक महिनाको पहिलाे र तेश्राे साता प्रधानमन्त्रीले संसद्‌मा उठेका प्रश्नको जवाफ दिनुपर्ने स्पष्ट व्यवस्था भए पनि सोको नियमित कार्यान्वयन भने हुनसकेको छैन।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ को उपनियम १ मा भनिएको छ, 'प्रधानमन्त्री वा निजको ...


अरुण नदीमा बेपत्ता ६ जनाको खोजी गर्न गोताखोर टोली पुग्यो घटनास्थल

काठमाडौं - अरुण नदीमा खसेको बोलेरो जिपमा सवार बेपत्ताको खोजीका लागि गोताखोरको टोली खटाइएको छ। संखुवासभाको धर्मदेवी नगरपालिका-८ स्थित खाँदबारी-धनकुटा सडकखण्डको अक्कड भिरमा बिरामी लिएर आउँदै गरेको बोलेरो गाडी अरुण नदीको घुमाउने दहमा बुधबार दुर्घटनामा पर्दा चालकसहित ६ जना बेपत्ता भएका थिए।

बेपत्ताको खोजीका लागि काठमाडौंस्थित २० नम्बर विपद् उद्दार उपत्यका गणबाट सशस्त्र प्रहरी वरिष्ठ हवलदारको कमाण्डमा २ जना गोताखोर र २ जना विपद् व्यवस्थापनका सहित ४ जनाको टोली संखुवासभा पुगेको छ।

आज बिहान ११:५५ मा नेपाली सेनाको हेलीकोप्टरमार्फत गोताखोरको टोली घटनास्थल पुगेको हो।

...

बाँके घटना : आरोपितलाई बचाउन खोज्दा गुम्यो कांग्रेस नेताको पद

काठमाडौं - नेपाली कांग्रेस बाँकेका संगठन विभाग प्रमुख रहेका महेन्द्र मल्ललाई पार्टीबाट हटाउन आवाज उठेपछि उनले राजीनामा दिएका छन्। जागरण अभियानको क्रममा भदौ २६ को घटनामा सत्तारुढ दलका कार्यकर्ताको संलग्नता नभएको उनले अभिव्यक्ति दिएपछि पार्टीमा विवाद बढेको थियो।

संगठन विभाग प्रमुख रहेका मल्ल र आरोपित सुमन मल्लको नाताले निकट हुन् । उनले भने, ‘पार्टी हितभन्दा बाहिर गएर अभिव्यक्ति दिएकाले बाँके ३ का कार्यकर्ताले हटाउन माग गरेका थिए।’

विवाद बढ्दै गएपछि मल्लले घरायसी कारण देखाउँदै राजीनामा बुझाएका थिए।

दोस्रो चरणको जागरण अभियानका क्रममा सत्तारुढ दलका स्थानीय नेता तथा कार्यकर्ताले ...


आज विश्वकर्मा पूजा, 'विश्वकर्मा' बाबा संसारकै पहिलो इन्जिनियर

काठमाडौँ - श्रमिकको विद्वता, वास्तुशिल्प र श्रमको सम्मानका लागि असोज १ मा विश्वका हिन्दु धर्मावलम्बीहरूले विश्वकर्मा जयन्ती तथा वास्तु दिवस मनाउँछन्। यस दिन वास्तुदेव तथा उनकी पत्नी अंगिरसीबाट विश्वकर्माको जन्म भएको र उनी पनि बाबुजस्तै वास्तुशिल्पी भएकाले सो दिवस मनाउन थालिएको हो।

वैदिक सभ्यताको विकाससँगै यस्ता चाडपर्व चान्द्रमास र सौर्यमासका आधारमा मनाइन्छन्। तीमध्ये सौर्यमासका आधारमा सूर्य हरेक वर्ष कन्या राशिमा गएको पहिलो दिन वा असोज १ मा विश्वकर्मा पूजा मनाउने गरिएको छ।

पौराणिक कथाअनुसार सृष्टिको प्रारम्भमा सर्वप्रथम ‘नारायण’ अर्थात् साक्षात् विष्णु भगवान् समुद्रबीच शेषशड्ढयामा प्रकट भए। उनको ...


काम नगर्ने १८४८ ठेकेदार कम्पनी, कालो सूचीमा ५८ मात्रै (सुचिसहित)

काठमाडौं - राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षाैंसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौंं भए पनि कालो सूचीमा पाँचदर्जनलाई मात्र राखिएको छ। कानुनअनुसार समयमा काम नगर्नेे ठेकेदार कम्पनी तथा सप्लायर्सलाई कालो सूचीमा राख्ने जिम्मेवारी सार्वजनिक खरिद अनुगमन कार्यालयको हो।

मुलुकभरका अधिकांश आयोजना समयमा काम नभएर अलपत्र अवस्थामा छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष गरेको अनुसन्धानले पनि एक हजार ८ सय ४८ आयोजना लथालिंग अवस्थामा भएको देखाएको थियो। तर अहिलेसम्म जम्मा ५८ ठेकेदारलाई मात्र कालो सूचीमा राखिएको छ। अनुगमन कार्यालयका अनुसार गत वर्षसम्म ५० वटा ठेकेदार ...


काज बिदा लिएर श्रीमती लिन प्रधानाध्यापक अमेरिका पुगे

बाजुरा - बाजुरा जिल्ला बडिमालिका नगरपालिका-७ स्थित लक्ष्मी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक कुसमराज पण्डित अमेरिकामा भएकी श्रीमती लिन काज बिदा लिएर अमेरिका पुगेका छन् । उनीलाई भाद्र ८ देखि २२ गतेसम्म विद्यालय व्यवस्थापन समितिले काज बिदा दिएकाे हाे । तर, उनकाे बिदा अवधि सकिसक्दा पनि फर्केका छैनन् ।

पण्डितले विद्यालयमा कुनै जानकारी नगरी अमेरिका पुगेकाे खबर आएको विद्यालयका शिक्षक लालचन्द्र जैसीले बताए । उनले भने, 'आफूलाई ८ गते देखि २२ गते सम्मका लागि निमित्त प्रधानाध्यापककाे जिम्मेवारी दिएकाले अहिले विद्यालय प्रअविहीन भएकाे छ ।'

विद्यालय प्रअविहीन बनेपछि प्रशासनिक कामदेखि ...


यौनकर्मीको अखडा बन्यो पशुपति क्षेत्र

काठमाडौं - कलकत्ताकी सीताकुमारी दास (१८)ले पशुपति मन्दिरबारे थोरै मात्र सुनेकी थिइन्। जब उनका प्रेमी राजु सिंहले यहाँको बारेमा उनलाई बताए, सीतालाई पशुपति कहिले जाउँ जस्तो भयो।

एकदिन राजुले उनलाई भागेर पशुपति जाने योजना सुनाए। पहिले यो योजना सुनेर उनलाई डर लाग्यो। पछि उनलाई लाग्यो, अर्को बाटो छैन। किनकी घरपरिवारले उनको प्रेमलाई स्वीकार गरेको थिएन। सीता मन्जुर भइन्। तीन महिनाअघि उनी राजुसँगै पशुपति आइन्। सीताको लागि काठमाडौं नौलो थियो। उनी प्रेमीसँग केही दिन काठमाडौं घुमिन्। केही दिनको बसाइ रमाइलो भयो। तर यो रमाइलो धेरै टिक्न सकेन। ...


अरुण नदीमा जिप खस्यो, दुई जना बिरामी सहित ६ जना बेपत्ता

संखुवासभा - संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १० ः ५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए।

तामाङका अनुसार गाडी चालक सन्तोष विक चालक सहित ६ जना बेपत्ता भएका हुन्।गाडीमा खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर बिरामी दुई महिनाको बच्चा समिर श्रेष्ठ, उनका बुबा आमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता ...


मेलम्चीका कामदारले रोकिएको भुक्तानी पाउने, बाँकी काम चिनियाँ कम्पनीलाई

काठमाडौँ - मेलम्ची आयोजना छाडेर भागेको इटालियन कम्पनी सिएमसीसँग भुक्तानी बाँकी रहेको दाबी गर्ने आपूर्तिकर्ता तथा श्रमिकलाई पैसा तिर्न खानेपानी मन्त्रालय सहमत भएको छ । आपूर्तिकर्ताहरूले सिएमसीसँग करिब एक अर्ब ३५ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको र त्यो रकम नेपाल सरकारले दिनुपर्ने दाबी गर्दै आएका थिए ।

श्रमको मूल्य नपाएका ६ सय ८० मजदुरलाई करिब तीन करोड दुई लाख रुपैयाँ प्राविधिक समितिमार्फत भुक्तानी दिन आइतबार मन्त्रालय सहमत भएको हो । यससँगै आपूर्तिकर्ताको करिब एक अर्ब ३५ करोड पनि भुक्तानी गर्न मन्त्रालय तयार भएको मन्त्रालय स्रोतले दाबी गरेको छ ।

मन्त्रालयले ...


घरबेटीले भाडावालसँग बिजुलीको पैसा बढी लिए कारबाही : कुलमान घिसिङ

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले घरबेटीले कोठा भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिए कारबाही हुने बताएका छन्।

आइतबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताएका हुन्। प्राधिकरणले तोकेको अधिकतम रकमभन्दा बढी लिएको उजुरी आए कारबाही हुने उनको भनाइ छ।

‘अहिलेको कानुन अनुसार नेपाल विद्युत प्राधिकरणले बिक्री गरेको बिजुली अरु कसैले पनि पुनः बिक्री वा व्यापार गर्न पाइदैन’, पत्रकारले सोधेको प्रश्नको जवाफमा घिसिङले भने, ‘घरबेटीले बढी महसुल लिएको उजुरी आए कारबाही गर्छौँ।’ प्राधिकरणले अहिले प्रतियुनिट अधिकतम १३ रुपैयाँसम्म महसुल लिँदै आएको छ।

आफ्नो ...


लम्कीचुहाको मेयरको कार्यकक्षमा आगो

टीकापुर - कैलालीको लम्की चुहा नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा आगजनी भएको छ । शनिबार राति नगर प्रमुख महादेव बजगाईको कार्यकक्षमा आगजनी भएको हो। आगजनीबाट कार्यकक्षमा सामान्य क्षति भएको छ।

आगजनीबाट नगरप्रमुखको कुर्सी, कार्यकक्षमा रहेको स्टेप्लाइजर र एसीमा क्षति पुगेको छ । कार्यकक्षको झ्यालको शीशा फुटाई आगजनी गरेको स्थानीय युवराज न्यौपानेले बताए।

न्यौपानेका अनुसार कार्यकक्षमा एक हथौडा र बोतल फेला परेको छ । बिहान ७:३० बजेतिर कार्यालयका कर्मचारीले आगजनीबारे थाहा पाएका थिए । इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले इलेक्ट्रिक सर्ट भएर आगजनी भएको हुनसक्ने ...


मजदुरलाई तलब थाप्न प्यानले निम्ताएको झमेला, दुई महिनादेखि पेश्कीको भर

विराटनगर - मोरङ–सुनसरी औद्योगिक क्षेत्रका मजदुरले पारिश्रमिक नपाएको दुई महिना भयो। उनीहरूलाई उद्योग सञ्चालकले पेस्की खर्च मात्रै दिएका छन्। पारिश्रमिकका लागि अनिवार्य स्थायी लेखा नम्बर (प्यान) चाहिन्छ।

प्यान नहुँदा पारिश्रमिक दिन समस्या भएको मुरारका इन्डस्ट्रिजका निर्देशक प्रदीप मुरारका बताउँछन्। यस क्षेत्रका ६ सयभन्दा बढी उद्योगमा ८० प्रतिशत कामदार भारतीय छन्। ‘नेपाली कामदार मगाउँदा आउँदैनन्। भारतीयका भरमा उद्योग चलाउनुपर्ने बाध्यता छ’, उद्योग संगठन मोरङका उपाध्यक्षसमेत रहेका मुरारका भन्छन्, ‘उनीहरूसँग प्यान छैन। त्योबिना पैसा दिए गैरकानुनी देख्छ सरकारले।’

मजदुरको अवस्था नबुझी सरकारले नयाँ व्यवस्था गरेको उनको गुनासो छ। यसले ...


हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भुकम्प

सिमिकोटः हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा रआइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भुकम्पबाट कुनै पनि मानवीय तथा धनको क्षति नभएको बताइएको छ ।

...

देउता खोलाले बगाएर वृद्धा बेपत्ता

चितवन - चितवनको माडी नगरपालिका–१ स्थित देउता खोलाले बगाएर एक वृद्धा बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा स्थानीय ७० वर्षीया सोमी बोट रहेको प्रहरीले जनाएको छ ।

आज बिहान पौने ७ बजे बोटलाई खोला तर्ने क्रममा बगाएको थियो ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

...

'हनुमन्ते सफाइ' अभियानको ८१ औं हप्ता, दुई टन फोहर व्यवस्थापन

भक्तपुर- हनुमन्ते नदी सफाइ अभियानको ८१‌औं हप्तामा शनिबार भक्तपुरको गट्ठाघर चोकदेखि कौशलटारचोकसम्मका सडकको दायाँबायाँ रहेका फोहर हटाइएको छ ।

अभियानअन्तर्गत सडक दायाँबायाँको फोहर हटाउनुका साथै सडकका पोल र भित्तामा अव्यवस्थितरूपमा टाँगिएका विज्ञापनका सामग्रीसमेत हटाइ दुई टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको अभियानका दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले जानकारी दिए ।

अभियानका सहसंयोजक सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, अभियानका अगुवा अभियाकर्मी, सफाइ अभियानका सल्लाहकार, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पातञ्जल नेपाल, जीवन विज्ञानलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवं अभियानकर्मीको सफाइ अभियानमा सहभागिता रहेको थियो।

नेकपाका नेता एवं सांसद ...


पर्यटनमन्त्रीका कारण प्लेन उड्न ढिलो भएपछि यात्रु आक्रोशित, के भन्छन पर्यटनमन्त्री ?

काठमाडौं - पर्यटनमन्त्री योगेश भट्टराईका कारण शनिबार बुद्ध एयरको उडान ढिलो भएपछि यात्रुहरुले विमानभित्रै उनीविरुद्ध आक्रोश पोखेका छन्। मन्त्री भट्टराई कैलालीको सतीघाटमा आयोजना भएको डल्फिन महोत्सवको उद्घान गरेर फर्किंदा उडान ढिलो भएको थियो।

आक्रोशित यात्रुले उनलाई कुर्ने क्रममा बुद्ध एयरले राति एक घण्टा ढिला गरेको भन्दै यात्रुहरु आक्रोशित भएका थिए।

उनीहरुले एक घण्टासम्म प्लेन रोकेर मोजमस्तीमा हुनुहुन्थ्यो? भन्दै मन्त्रीलाई गाली गरेको भिडियो पनि सार्वजनिक भएको छ। उनीहरुले समयको ख्याल राख्नुपर्ने भन्दै संविधानको कुन सेक्सनमा मन्त्रीले प्लेन रोक्ने लेखेको छ भन्दै प्रश्न गरेका थिए। उनीहरुले पञ्चायतकालमा पनि यस्तो ...


तरुण दलमा लफडा : अध्यक्षले महासचिवलाई बर्खास्त गरेपछि महासचिवले चाले यस्तो गम्भीर कदम

काठमाडौं - नेपाल तरुण दलका अध्यक्षले महासचिवलाई दलको जिम्मेवारीबाट बर्खास्त गरेपछि महासचिवले पनि अध्यक्षलाई पदबाट हटाएका छन्। अध्यक्ष जितजंग बस्नेतले महासचिव भूपेन्द्रजंग शाहीलाई दलको सबै जिम्मेवारीबाट मुक्त गरेपछि महासचिव शाहीले पनि विज्ञप्ति प्रकाशित गर्दै अध्यक्षलाई हटाएको जानकारी दिएका हुन्।

विभिन्न ४ आरोप लगाउँदै महासचिव शाहीले अध्यक्षलाई हटाउनुपरेको उल्लेख गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै महासचिव शाहीले अध्यक्षलाई हटाउन परेको जानकारी गराएका छन्।


पदीय मर्यादा, जिम्मेवारी र आचरणविपरीत काम गरेको भन्दै हटाएको जानकारी अध्यक्षले जारी गरेको वक्तव्यमा उल्लेख छ।

यसअघि कार्यकाल सकिन लागेको तरुण दलमा ...


बझाङको गाउँपालिकाको गाडीमा अज्ञात समुहको आगो, विप्लवका कार्यकर्ता पक्राउ


बझाङ - बझाङ जिल्लाको बित्थड चिर गाउँपालिकाको गाडीमा शनिबार राती देउलेख बजारमा अज्ञात समूहले आगजनी गरेको छ। पार्किङ गरेर राखेको गाडीमा राती करिब १:३० बजेको समयमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

आगजनीबाट गाउँपालिकाको से १ झ २७४ नम्बरको गाडीको अगाडीको भाग पूर्ण रुपमा जलेर नष्ट भएको बिथ्थड चिर गाँउपालिकाले जनाएको छ।

घट्नामा संलग्न भएको आशंकामा नेत्रविक्रम चन्द्र विप्लव नेकपाका कार्यकर्ता अम्मर महरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इश्वरीदत्त पाण्डेले जानकारी दिए।

घटनामा अन्य संलग्नहरूको खोजकार्य जारी राखेको जिल्ला प्रहरी ...


अनुगमनको कार्यलाई  तिब्रता दिंदै प्रधानमन्त्री, उद्घाटनका कामहरुमा सरिक नहुने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दैनिक गतिविधि र कार्यशैलीमा अब परिवर्तन गर्ने भएका छन् । उनको निजी सचिवालयबाट प्राप्त जानकारीअनुसार प्रधानमन्त्री अब पहिलाको जस्तो जुनसुकै कार्यक्रममा जाने शैलीमा परिवर्तन हुने भएको छ ।

अब जानैपर्ने काममा बाहेक उनले ‘टेबल वर्क’ मा बढी ध्यान दिनेछन् ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले अब बालुवाटार वा सिंहदरबारबाट नै गतिविधिको अनुगमन गर्ने र काम गर्ने जनाइएको छ । यसअघि उनको दौडधूप बढी भएको र उपलब्धि भने त्यति नदेखिएकोले अब दौडधूप नगरी अनुगमनको कार्यलाई बढी ध्यान दिने तयारी सचिवालयले गरेको छ ...


बैतडीमा महिलाको बेवारिसे शव फेला

डडेल्धुरा - बैतडीमा शुक्रबार साँझ एक महिलाको बेवारिसे शव फेला परेको छ। जिल्लाको पाटन नगरपालिका १ सुर्नयागाड नदीमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो।

बेवारिसे अवस्थामा भेट्टिएको महिलाको शव सडेर सनाखत गर्न नसकिने अवस्थामा रहेको बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। 'करिब १ हप्ताअगाडि मृत्यु भएको अनुमान छ,' उनले भने, 'टाउकोको कपाल, शरीरका रौं, छालासमेत निक्लिसकेको छ।' लुगा, माला र चुराबाट महिला हो भनेर भनेर पहिचान भएको निमित्त प्रहरी प्रमुख चन्दले बताए।

सुर्नयागाड नदीमा तैरिरहेको अवस्थामा स्थानीयले शुक्रबार बिहान प्रहरीलाई खबर ...


पौडी खेल्न खोलामा पसेका युवक बेपत्ता

संखुवासभा - संखुवासभामा पौडी खेल्न खोलामा पसेका एक जनाको मृत्यु भएको छ। खोटाङको दिप्रुङ चुईचम्मा गाउँपालिका–६ घर भई संखुवासभाको मकालु गाउँपालिका–५ स्थित अरुण थर्ड शाखा एसएमराज कम्पनीमा काम गर्दै आएका ३५ वर्षीय दिलीप थापाको मृत्यु भएको हो।

मकालु गाउँपालिका–५ को राते खोलामा पौडी खेल्ने क्रममा शुक्रबार साँझ साढे ६ बजे थापा खोलामा बेपत्ता भएका थिए। प्रहरीले खोजतलास गर्दा उनको शव फेला परेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

...

सप्तरी र कंचनपुरमा सवारी दुर्घटना : ५ जनाको मृत्यु

राजविराज - सप्तरीको कञ्चनपुर–फत्तेपुर सडक खण्डमा शुक्रबार भएको दुई वटा सडक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना १ क ७९८३ नम्बरको टिपरले सोही दिशामा जाँदै गरेको साइकललाई ठक्कर दिँदा राजविराज नगरपालिका १० बिगवाका २० वर्षिय मनोज रामको मृत्यु भएको छ।

दुर्घटनामा दुवै तिघ्रा भाँचिएपछि उपचारका लागि विराटनगर लाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, फत्तेपुरवाट कञ्चनपुरतर्फ जाँदै गरेको बा९१प १७३० नम्बरको मोटरसाइकल कञ्चनरुप नगरपालिका ८ मा आफै अनियन्त्रित भई दुर्घटना हुँदा ...


दाइजोमा मोटरसाइकल नल्याएको भन्दै श्रीमान‍् र सासूले गरे कुटपिट

वीरगन्ज - वीरगन्ज महानगरपालिका -१० रानीघाटमा एक महिलामाथि उनकै परिवारका सदस्यले कुटपिट गरी घाइते बनाएका छन्। रानीघाटका गोबिन्द शाहकी श्रीमती रन्जु देवीले दाइजोको निहुँमा श्रीमान् गोविन्द र सासू जशोदा देवीले कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छिन्।उनले आफूलाई कुटपिट गर्नेमाथि कारबाहीको माग समेत गरेकी छिन्।

घाइते रन्जु देवीको वीरगन्जकै नारायणी अस्पतालमा उपचार भइरहेको छ। बहिनी रन्जु देवीलाई कुटपिट गरी घाइते बनाएको खबर पाउना साथ रन्जुका दाजु रमेश साह बिहीबार बिहान बहिनीको घर पुगेका थिए।

बहिनी रन्जु घरभित्रै अचेत अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लैजान खोज्दा ज्वाइँ गोविन्द ...


नेकपा भित्रको गुट पार्टीको निम्ति आत्मघाती : प्रचण्ड

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको गुट अनुशासन पार्टीको निम्ति आत्मघाती हुने बताएका छन् । इलाममा सुरु भएको दुई दिने पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गुटको अनुशासनलाई तोडर पार्टी अनुशासन स्थापित गर्नुपर्नेमा जोड दिए ।

‘यो गुट, ऊ गुट, तेरो मान्छे, मेरो मान्छे भनियो भने त्यो पार्टीको निम्ति दुर्भाग्य हुन्छ,’ कार्यकतालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब शंका उपशंकामा जेलिने गल्ती गर्नु हुँदैन ।’ उनले पार्टीभित्रको गुट अनुशासनलाई अन्त्य गर्न कार्यकर्तालाई आग्रह गर्दै विधान पालना गर्ने वातावरण बनाउन आग्रह गरे । उनले पार्टी ...


वैवाहिक अंगीकृत नागरिकताबारे संसदमा नयाँ प्रस्ताव

काठमाडौँ - वैवाहिक अंगीकृत नागरिकताको विषयमा संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले नयाँ प्रस्तावमा छलफल अघि बढाएको छ । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षपछि र नेपाली महिलासँग विवाह गर्ने पुरुषलाई नेपालमा बसोवास गरेको १५ वर्षपछि अंगीकृत नागरिकता दिने विषयमा शनिबार सहमतिमा पुग्ने समितिको तयारी छ ।

समितिमा यसअघि पटक–पटक भएको छलफलको आधारमा प्रतिवेदन बनाइएको र त्यही प्रतिवेदनमाथि पनि सर्वसम्मत सहमतिको प्रयास गरिएको कांग्रेस सांसद डा. डिला संग्रौलाले बताइन् । उनका अनुसार शनिबार बस्ने समिति बैठकमा सर्वसम्मत नभए मतविभाजन गरेर भए पनि वैवाहिक अंगीकृत नागरिकताको विषय टुंगो ...


प्रचण्ड आफ्नै 'अभिव्यक्ति'का कारण पटक-पटक विवादमा, पार्टीमा छलफल हुने

काठमाडौं - कुटनीतिक मामिलामा पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल पटक पटक विवादमा तानिएपछि एकरुपता दिन पार्टीले पहल गर्ने भएको छ । नेकपाले दलभित्र छलफल गरी कूटनीति, राष्ट्रिय सुरक्षा, छिमेक र शक्ति मुलुकसँगको नीति एवं प्राथमिकतामा समान धारणा बनाउने तयारी थालेको हो । जिम्मेवार नेतानै कूटनीतिक मामिलामा चिप्लिन थालेपछि नेकपा सचिवालय गम्भीर भएको हो । सामान्य शब्दले समेत कूटनीतिमा ठूलो उथलपुथल ल्याउन सक्नेतर्फ सचेत हुनुपर्छ ।

‘अध्यक्षज्यूले कुन प्रशंगमा कसरी बोल्नु भयो त्यो विषयमा छलफल हुन पाएको छैन’, नेकपा प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने, ...


भुस्याहा कुकुरको टोकाइबाट ३ वटा हरिण मरे

झापा- झापाको मेचीनगर नगरपालिका-११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिण भुस्याहा कुकुरको टोकाइबाट मरेका छन् भने एउटा घाइते भएको छ।

बुधबार बिहान वनले तारजालीले घेरा हालेर पालेको स्थानमा ४ वटा भुस्याहा कुकुर पसेर हरिणलाई टोकेर मारेको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु राजवंशीले बताए। कुकुरको टोकाइबाट मरेका हरिणमध्ये दुई वटा पोथी र एउटा भाले रहेको जिल्ला डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए।

उनका अनुसार भेटनरी अस्पताल तथा पशु सेवा विभाग कार्यालय झापाका डा सञ्जय ढुङ्गाना र डा गणेश भट्टराई लगायतको ...


पाँचथरमा एक व्यक्तिद्वारा आफ्नो घाँटी आफै रेटेर आत्महत्या

विराटनगर– पाँचथरमा एक व्यक्तिले सेरिएर आत्महत्या गरेका छन्।

फिदिम नगरपालिका–८, घलेगाँउका ५५ वर्षीय सनम गुरुङले आफैले घाँटी रेटी आत्महत्या गरेका हुन्।

आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले घाँटी रेटेर गुरुङले आत्महत्या गरेको अस्थायी प्रहरी चौकी तमाखेले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरले घटनाको थप अनुसन्धान गरिरहेको छ।

...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सुनिश्चित बन्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सुनिश्चित बन्दै गएको बताएका छन् । बालुवाटारमा बुधबार आयोजित केन्द्रीय सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्रीको भ्रमणपछि राष्ट्रपतिको भ्रमण सुनिश्चित बन्दै गएको ‘ब्रिफिङ’ गरेका थिए ।

‘विदेशमन्त्री वाङ यीको भ्रमणले राष्ट्रपतिको भ्रमण सुनिश्चित बन्दै गएको अध्यक्षले ब्रिफिङ गर्नुभएको छ,’ एक सचिवालय सदस्यले भने, ‘विदेशमन्त्री वाङको भ्रमणमा राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको र त्यसअनुसार तयारी अघि बढाउँछौँ भन्ने जानकारी गराइयो ।

चिनियाँ विदेशमन्त्रीले हाम्रो निमन्त्रणा तथा अपेक्षालाई गम्भीरतापूर्वक लिनुभएको, उहाँले राष्ट्रपति सी ...


करेन्ट लागेर बुबाको मृत्यु, बचाउँन  गएका छोराछोरी गम्भीर घाइते

जलेश्वर- महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा एकडारा गाउँपालिका–४, चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

उनका अनुसार घरको भुइँमा झरेको नाङ्गो तार छुँदा सियारामलाई करेन्ट लागेको र सो देखेपछि छोराछोरीले उनलाई बचाउन खोज्दा उनीहरुलाई पनि करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका सियारामका १७ वर्षीय छोरा सुरेश ठाकुर र १० वर्षीया छोरी पूजाकुमारीको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर ...


बसभित्र किशोरीलाई बलात्कार गर्न खोज्ने चालक र सहचालक पक्राउ

विराटनगर - मोरङमा १५ वर्षीया किशोरीलाई बसभित्रै बलात्कार गर्न खोजेको आरोपमा चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ।

ना ६ ख ९३४४ नम्बरको यात्रु बसका चालक मोरङको रंगेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका–४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो।

धनकुटा घर भई दमक नगरपालिका निवासी आफन्तकहाँ बस्दै आएकी १५ वर्षीय बालिकालाई गत २२ गते उनीहरुले बसभित्रै बलात्कार गर्न खोजेका थिए। बेतना सिमसार घुमेर दमक फर्किएकी बालिकालाई फकाएर पथरी शनिश्चरे हुँदै रङ्गेली–९ दोहमना बजार घुमाउँदै साँझ साँढे ६ बजे उनीहरुले ...


डेंगु नियन्त्रण गर्न ‘महाअभियान’ चलाउने तयारीमा केन्द्रीय सरकार

काठमाडौँ - ३० वैशाखमा धरानमा देखिएको डेंगु करिब चार महिनामा ५६ जिल्लामा फैलिएर महामारीको रूप लिएपछि सरकारले नियन्त्रणका लागि ‘महाअभियान’ चलाउने भएको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, विद्यार्थी र स्वयंसेवकलाई डेंगु प्रभावित क्षेत्रका घरघरमा खटाएर नियन्त्रण गर्ने तयारीमा सरकार जुटेको हो ।

मंगलबार साँझ सम्बन्धित सबै निकायका अधिकारीलाई सरकारी कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले महाअभियानको तयारीबारे छलफल गरेका छन् । देश संघीयतामा गएसँगै प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारभित्र परे पनि प्रभावकारी काम गर्न नसकेपछि डेंगु महामारी रोक्न संघीय सरकार नै सक्रिय हुन लागेको हो ।

‘सरकारले खटाउने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक र ...


बलात्कार गरेको आरोपमा इञ्जिनीयर पक्राउ

बैतडी - बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोप लागेको छ,’ उनले भने,‘अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।’

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ ।

...

 कांग्रेसले बीपीको मर्म बुझ्न सकेन : रामचन्द्र पौडेल

तनहुँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको मर्म बुझ्न नसकेको बताएका छन् । राष्ट्रिय जागरण अभियानका अवसरमा कांग्रेस तनहुँले बुधबार दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले पनि बीपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताए ।

‘बीपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर कांग्रेस कार्यकर्ताले बीपीको आदर्शलाई बुझेका छन् कि छैनन, यो मुख्य प्रश्न हो,’ वरिष्ठ नेता पौडेलले भने, ‘बीपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ ।’

उनले बीपी सबै जनताको शासनको पक्षमा रहे पनि कम्युनिष्टहरु सर्वहाराको शासनको पक्षमा मात्र रहेको ...


उपनिर्वाचन तयारी : असोज १ गतेदेखि संकलित नामवली माथि दावीविरोध

काठमाडौं- आगामी मङ्सिर १४ मा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपनिर्वाचनका लागि सङ्कलन गरिएको नामावलीसम्बन्धी दाबीविरोधका कार्यक्रम असोज १ गतेदेखि हुने भएको छ।

निर्वाचन आयोगका अनुसार मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका १ सय ५४ वडा कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक कार्यक्रम हुनेछ।

निर्वाचन सञ्चालन हुने सम्बन्धित वडाका मतदातालाई आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गरी मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका, नागरिकता रद्द/त्याग गरेका मतदाताको नाम ...


विप्लवका छोरा प्रकाश चितवनबाट पक्राउ

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चितवनबाट पक्राउ परेका छन्। चितवन मेडिकल कलेजमा आन्दोलन गरेको आरोपमा उनीसहित एक दर्जनभन्दा बढी विद्यार्थी पक्राउ गरिएको चितवनका एसपी दानबहादुर मल्लले बताए।

प्रकाश मेडिकल कलेज संघर्ष समितिका संयोजक हुन्। आन्दोलनका कारण सेवा प्रभावित भएको भन्दै अस्पतालले प्रहरीलाई पत्राचार गरेपछि आन्दोलनरत विद्यार्थीलाई नियन्त्रणमा लिइएको मल्लले बताए।

यसअघि, मेडिकल कलेजले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको फिर्ता गर्ने सहमति गरे पनि फिर्ता नगरेपछि विद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन्। एक सातादेखि विद्यार्थीले कलेजको पठनपाठन नै ठप्प पारी आन्दोलन ...


पाइपबाट इन्धन : ३० महिनामा सक्ने लक्ष्य, १७ महिनामै पूरा

अमलेखगन्ज - सीमा क्षेत्रमा भइरहने अवरोधका कारण पेट्रोलियम पदार्थ हाहाकार हुने दिन अब सकिए। बहुप्रतीक्षित एवं बहुउपयोगी नेपाल–भारत पेट्रोलियम पाइपलाइन मंगलबारदेखि सञ्चालनमा आएको छ। यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय परियोजना हो।

अझ खुसीको कुरा– निर्माण सक्न ३० महिनाको लक्ष्य लिइएको यो परियोजना १७ महिनामै पूरा भएको छ। यसको सञ्चालनबाट इन्धनको सुनिश्चितता हुनेछ। ‘जति बेला जति आवश्यक पर्छ, अवरोधबिनै त्यति इन्धन देशमा भित्र्याउन पाउँछौं। हाम्रो सबैभन्दा ठूलो उपलब्धि यही हुनेछ’, नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘सीमा क्षेत्र र सडकमार्गमा भइरहने आन्दोलन र विभिन्न प्रकारका अवरोधका ...


धरान उपनिर्वाचन : नेकपाविरुद्ध कांग्रेस र साना दलको मोर्चाबन्दी

धरान - निर्वाचन आयोगले रिक्त रहेका स्थानमा मंसिर १४ गते उपनिर्वाचन गर्ने घोषणा गरेसँगै सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसले चुनावी अभियान तीव्र पारेका छन् भने साना दलहरूको गतिविधि शून्य छ।

उपनिर्वाचन हुने भएपछि नेकपा र कांग्रेसले उम्मेदवार चयन गर्न नसकेका भए पनि उम्मेदवारबिनै चुनावी अभियानलाई जनतामाझ पार्टीका योजना प्रस्तुत गर्न थालेका छन्। दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेको नेकपाले जनमुखी काम गर्न नसकेको भन्दै साना दलहरूको समर्थनमा कांग्रेसले साझा उम्मेदवारी दिने तयारी गरेको छ।

०७४ असार २० गते सम्पन्न स्थानीय निर्वाचनमा धरान उपमहानगरको ...


पेट्रोलियम पाइपलाइनको ओली र मोदीले गरे 'स्विच थिचेर' उद्घाटन

काठमाडौं - नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गरेका छन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्विच थिचेर पाइपलाइनको उदघाटन गरेका हुन् ।

उदघाटन कार्यक्रमका लागि अहिले दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिएका छन् ।

पेट्रोलियम पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताए ।

...

काठमाडौंमा अब विद्युतीय बस सरर, भाडामा २० प्रतिशत छुट

काठमाडौँ - सुन्दर यातायात प्रालिले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रबाट पहिलोपटक सुन्दरले सोमबारबाट विद्युतीय बस सञ्चालनमा ल्याएको हो । चीनको बिएके कम्पनीबाट खरिद गरिएका दुई विद्युतीय बस सञ्चालनमा ल्याएको प्रालिले जनाएको छ ।

सुन्दर यातायातले सोमबार काठमाडौंमा औपचारिक कार्यक्रम गरेर बस सञ्चालनमा ल्याएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापालगायतले बसको संयुक्त रूपमा उद्घाटन गरे । विद्युतीय बस चक्रपथमा गुड्नेछन् । कम्पनीले यही वर्षभित्र २५ वटा बस काठमाडौंमा चलाउने योजना बनाएको अध्यक्ष ...


रवि लामिछानेलाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको उच्च अदालतमा निवेदन

काठमाडौँ - पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणका अभियुक्त रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा सोमबार निवेदन दर्ता गराएको छ । चितवन जिल्ला अदालतले आत्महत्या गर्न दुरुत्साहन मुद्दामा अभियुक्त बनाइएका अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो । जिल्ला अदालतको आदेशलाई ...


वामदेव गौतमलाई पनि डेंगुको आशंका

काठमाडौँ - नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ । सोमबार टेकु अस्पताल पुगेका गौतमको परीक्षण गरिएको थियो उनलाई शनिबारबाट ज्वरो आएको थियो । चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन् ।

गौतम केही समयअगाडि सिंगापुर गएका थिए । उनलाई त्यहीँ संक्रमण भएको हुन सक्ने अनुमान चिकित्सकले गरेका छन् । सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ ।

यसअघि कृषिमन्त्री चक्रपाणि खनाललाई पनि डेंगु देखिएको थियो । उनको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको छ । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई पनि डेंगु देखिएको ...


ओली र नेपालको १९ दिनदेखि बोलचाल बन्द, यस्तो थियो घटना !

काठमाडौँ - प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच १९ दिनदेखि संवाद नै बन्द भएको छ । स्वास्थ्योपचारका लागि ओली सिंगापुर जानुअघि ५ भदौमा बालुवाटारमा बसेको बैठक दुई नेताबीचकै भनाभनमा टुंगिएयता भेटघाट तथा छलफल भएको छैन ।

दुई साताको उपचारपछि स्वदेश फर्किएको चार दिनसम्म पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटघाट भएको छैन । शुक्रबार फर्किएका ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने चारपटक भेटवार्ता गरिसकेका छन् । सचिवालयका अरू नेताले पनि ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे चासो राख्दै शुभकामना व्यक्त गरेका छन् ।

५ भदौको बैठकमा आफूले दिएको ...


नवलपरासीमा १९ वर्षीया किशोरीमाथि १० जनाद्वारा सामूहिक बलात्कार, ९ पक्राउ

बर्दघाट - नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ सेखुवानामा कार्यालय हिँडेकी १९ वर्षीया किशोरीमाथि १० जनाको समूहले सामूहिक बलात्कार गरेको छ । एक सहकर्मी युवकसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा आइतबार बिहान ९ बजे घटना भएको हो ।

मोटरसाइकल रोकेर युवक फोनमा कुरा गरिरहेका वेला सो समूहले नियन्त्रणमा लिएर कुटपिट गरेको र किशोरीलाई नजिकै उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । सबैले पालैपालो बलात्कार गरेपछि भागेका थिए । घटनास्थल भारतको सीमानजिकै पर्छ ।

घटनाको एक घन्टापछि पीडितहरू इलाका प्रहरी कार्यालय बेलटारी पुगेका थिए । उजुरीलगत्तै पीडित किशोरीलाई अस्पताल लगेर प्रहरी अभियुक्तहरूको खोजीमा लागेको थियो । घटनामा ...


पेट्रोलियम पाइपलाइनको उद्घाटन आज, ओली र मोदीलेले संयुक्त रुपमा गर्ने

काठमाडौं - बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना मङ्गलबार अपराह्न १२ :१५ मा उद्घाटन गरिँदैछ।भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ-आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ। नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत एकैसाथ परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ।

उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ नेपाल भित्रने छ। पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ। यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ। मोतिहारी-अमलेखगन्ज पाइप लाइनको दूरी ६९ किलोमिटर ...


चिनियाँ राष्ट्रपति नेपाल आउने निश्चित, चीनसँगका आयोजना अघि बढाइने

काठमाडौं - बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत छनोट भएका आयोजना अघि बढाउन चीन सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआई आयोजना अघि बढाउने संकेत गरेपछि नेपाली पक्ष उत्साहित भएको छ ।

चीनले यसअघि नेपाली पक्षले बीआरआईमा समेटिने परियोजनाको स्पष्ट खाका नदिएको गुनासो गर्दै आएको थियो । नेपाली पक्षको भने परियोजनामा चिनियाँ पक्षबाट बेवास्ता भइरहेको गुनासो छ । विदेशमन्त्री वाङले नेपालबाट छनोट भएका परियोजनामा प्रस्ताव अघि बढाउन आग्रह गरेको बताइएको छ । यसअघि नेपालले लैजाने परियोजनामा चीनले कुनै न कुनै रुपमा ...


नेपाल र चीनबीच तीन बुंदे सम्झौता

काठमाडौं - नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरीय संयन्त्रको बैठक सकिएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलबीच राजधानीमा सोमबार द्विपक्षीय बैठक भएको थियो।

दिउँसो साढे ३ बाट सुरु भएको द्विपक्षीय वार्ता करिब ४ः ४५सम्म चलेको थियो। द्विपक्षीय बैठकपछि नेपाल र चीनबीच तीन वटा सहमति/समझदारी पत्रमा हस्ताक्षेर भएको छ। दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा भएका सम्झौतामा मनाङमा अस्पताल बनाउनका लागि चीनले ३५ करोड रुपैयाँ सहयोग गर्ने, विपत् पीडितका लागि ५ हजार थान पाल सहयोग स्वरुप दिने र चिनियाँ भाषा पढाउन ...


बहुविवाह मुद्दामा प्रदेश सांसद साहलाई कैद सजाय, पदबाट निलम्बन गर्ने तयारी

जनकपुर - बहुविवाह मुद्दामा कैद सजाय पाएका प्रदेश सांसद दिलीपकुमार साहलाई निलम्बन गरिने भएको छ। जिल्ला अदालतबाट चार वर्षअघि सुनाइएको फैसलालाई नै उच्च अदालतले समेत सदर गरेपछि प्रदेशसभाले उनलाई निलम्बन गर्ने भएको छ।

नेकपाको टिकटमा सिरहाका निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित साहलाई धनुषा जिल्ला अदालतले २०७२ जेठ १३ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। जिल्ला अदालतको उक्त फैसलाविरुद्ध १७ नम्बर गरेका साहलाई उच्च अदालत जनकपुरले पुरानै फैसला सदर गरेको सुनाइदिएपछि उनलाई निलम्बन गर्न प्रदेशसभाले ...


नख्खु कारागारमा जबर्जस्ती करणीका कैदी धेरै

काठमाडौँ - नख्खु कारागारमा जबर्जस्ती करणी गर्ने कैदी धेरै रहेको पाइएको छ । पाँच सय ६२ कैदीबन्दीमध्ये एक सय ४० जबर्जस्ती करणीसम्बन्धी अपराधको सजाय भोगिरहेका छन् । जबर्जस्ती करणी अपराधमा एक सय ३१ जना नेपाली र ९ जना विदेशी कैदी छन् ।

जबर्जस्ती करणीपछि कर्तव्य ज्यान, लागुऔषध, बैंकिङ कसुर, चोरी मुद्दाका कैदीबन्दी रहेका छन् । कर्तव्य ज्यानमा ९० स्वदेशी र ६ जना विदेशी, लागुऔषधमा ७३ स्वदेशी र ३३ जना विदेशी, चोरीमा ३६ स्वदेशी र एकजना विदेशी नख्खु कारागारमा छन् । बैंकिङ कसुरमा ३१ स्वदेशी र २ जना विदेशी, अपहरणमा १६ स्वदेशी ...


उपनिर्वाचनका लागि सरकारले दियो २५ करोड

काठमाडौँ - १४ मंसिरमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मागेको रकमको दुईतिहाइ रकम मात्रै सरकारले निकासा दिएको छ । आयोगले ३९ करोड रुपैयाँ मागेको थियो । तर, सरकारले २५ करोड रुपैयाँ मात्र उपलब्ध गराएको हो ।

‘आयोगले ५१ पदका लागि एक सय ५४ वडामा हुने निर्वाचनका लागि खर्चको कार्यविधिसहित ३९ करोड बजेट माग गरेर अर्थ मन्त्रालयमा पत्र पठाएको थियो,’ निर्वाचन आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलले नयाँ पत्रिकासँग भने, ‘सरकारले २५ करोड रुपैयाँ निकासा दिएको छ ।’

प्रवक्ता खरेलले आवश्यक परे पुनः निकासाका लागि पत्र पठाइने बताए । ‘हामीले माग गरेकोभन्दा कम रकम ...


‘१२ बुँदे' समझदारीबारे माधव नेपालले गरे यस्तो खुलासा, नारायणकाजीको पेचिलो जवाफ

काठमाडौँ - नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले जनआन्दोलनको आधार मानिएको सात दल र माओवादीबीचको १२बुँदे समझदारीको संयोजन आफूले गरेको दाबी गरेका छन् । तत्कालीन नेकपा (माओवादी) र संसद्मा प्रतिनिधित्व गर्ने सात दलबीच ०६२ मंसिरमा ‘निरंकुश राजतन्त्र अन्त्य’को उद्देश्यसहित १२बुँदे समझदारी भएको थियो ।

‘मैले नारायणकाजी श्रेष्ठलाई तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डलाई बोलाउन पठाएको हुँ, त्यसपछि उहाँहरू दिल्ली आउन सहमत हुनुभयो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘कांग्रेस सभापति गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) लाई टेलिफोन संवादमार्फत (दिल्ली) बोलाएको हुँ ।’

दिल्लीमा १४ वर्षअघि भएको ऐतिहासिक समझदारीमा भारतको भूमिका रहेको विषयलाई भने नेपालले अस्वीकार गरेका ...


वार्ताबारे विप्लव समूहको रणनीति यस्तो ! कुन प्रदेशमा कस्तो प्रभाव ?

काठमाडौँ - प्रहरीले दुई वर्षयता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका आठ सय ४६ नेता/कार्यकर्ता पक्राउ गरेको छ । गत २९ फागुनमा पार्टीमाथि प्रतिवन्ध लगाइएपछि देशभरबाट सात सय ६१ जना पक्राउ परेका छन् । त्यसअघि ८५ नेता/कार्यकर्ता पक्राउ परेका थिए ।

प्रहरीकाअनुसार पक्राउ गरिएकामध्ये सात सय ९२ विरुद्ध मुद्दा चलेको छ । एक सय २४ पुर्पक्षका लागि जेलमा छन् । ६२ माथि अनुसन्धान जारी छ । सबैगरि विप्लवका एक सय ८६ नेता/कार्यकर्ता सरकारको नियन्त्रणमा छन् । बाँकी तारेखमा रिहा भएका छन् ।

सरकारले प्रतिबन्ध लगाएयता विप्लव समूहका नौजना नेता–कार्यकर्ताको मृत्यु भइसकेको छ । तीमध्ये तीनजना ...


फैलिंदै डेंगुको महामारी, जचाउनेको अस्पतालमा भिड

काठमाडौं - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुनलाई बिरामी जाँच्न भ्याइनभ्याइ छ । भन्छन्, ‘खाना खान पनि फुर्सद छैन ।’ उनी बिहान ९ बजे अस्पताल पुग्छन् । डेंगुको शंका गर्दै जाँच गर्न आएका बिरामीको लाइन हुन्छ । उपचारमा संलग्न चिकित्सक पानी पिउनै नपाई जाँच्न व्यस्त हुन्छन् । ‘बिरामीलाई सोध्ने र उनीहरूका जिज्ञासा समाधान गर्दा नै मुख प्याकप्याक हुन्छ’, अर्का चिकित्सक भन्छन् ।

भीडभाडले अस्पतालमा जात्रा लागेझैं देखिन्छ । ठेलमठेल हुन्छ । बिरामीको अनुहार निन्याउरो देखिन्छ । उनीहरूका आफन्त आक्रोशित भेटिन्छन् । अस्पतालनजिकै राष्ट्रिय जनस्वास्थ्य ...


चिनियाँ विदेशमन्‍त्री काठमाडौं ओर्लिए, यस्तो छ तीन दिने कार्यतालिका !

काठमाडौं - चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यी काठमाडौं आइ पुगेका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरे। वाङ पाकिस्तानको राजधानी इस्लामावादबाट विशेष विमानमा भारतीय आकाश हुँदै काठमाडौं आइपुगेका हुन्। मौसम खराब हुँदा चिनियाँ विदेशमन्त्री वाङ यी चढेको विमान केही समय आकाशमै होल्ड भएको थियो ।

वाङको भ्रमणलाई कार्तिकमा हुने भनिएको राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीको रुपमा हेरिएको छ। उनले भ्रमणलाई सरकारले निकै महत्व दिएको छ। केपी ओली नेतृत्वमा बलियो सरकार बनेपछि चीनको तर्फबाट भएको यो उपल्लो स्तरको औपचारिक राजनीतिक भ्रमण ...


एकापसमा लडेर घाइते भएका छोराहरुलाई अस्पताल लैजाँदा एम्बुलेन्स पल्टिएर आमाको मृत्यु

महोत्तरी- महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइ बीचको झगडाले आमाको ज्यान गएको छ। शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो।

बर्दिवास–३, पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादीबीचको झगडाले कुटपिटको रुप लिएपछि दुवै घाइते भएका थिए। घाइते दुवैलाई लिएर अस्पताल आउँदै गरेकी ५० वर्षीया आमा तारा वादीको बाटोमै एम्बुलेन्स पल्टिँदा मृत्यु भएको हो।

बा२च ४४४१ नंको एम्बुलेन्स शनिबार साँझ ८ बजेतिर विपी राजमार्गको बर्दिवास–३, गौरीडाँडामा पल्टिँदा पैदलयात्री धनुषाको मिथिला नगरपालिका–४ का २१ ...


पुल नबन्दा गाउँलेको बिजोग, ५ वर्षदेखि  निर्माण अलपत्र

जाजरकोट- जाजरकोट सदरमुकाम खलङ्गाबाट आधा घण्टाको दूरीमा रहेको पासागाड खोलामा दैनिक यात्रा गर्ने जनसाधारणले दुःखकष्ट भोग्दै आएका छन्।

पाँच वर्षअघि यस खोलामा पुल निर्माणको ठेक्का लागे पनि काम भने अहिलेसम्म अगाडि बढेको छैन। यो बाटो यात्रा गर्दा आकाश हेरेर मात्र यात्रा गर्नुपरेको यात्रुहरु बताउँछन्। 'पानी पर्नेबित्तिकै गाडी जाँदैन, कसरी मन शान्त होला र?,' नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले भने।

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत पर्ने यो सडक निर्माण भएको पनि अहिले करीब ११ वर्ष बितेको छ। सडक कालोपत्र भएको पनि ४ वर्ष पुग्यो। पुल निर्माणका लागि ५ वर्षअघि नै ठेक्का ...


केन्द्रका लागि ५ हजार कर्मचारी माग्दै लोक सेवा आयोग

काठमाडाैं - स्थानीय तहमा कर्मचारी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेका बेला लोकसेवा आयोगले संघका लागि पनि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। आयोगले करिब ५ हजार रिक्त दरबन्दीमा नर्या भर्ना प्रक्रिया सुरु गर्ने भएको हो। संघीय तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदका लागि आयोगमा माग पठाइसकेको छ। एक हप्ताभित्रै अन्य पदमा पनि माग पठाउने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार संघका लागि करिब ५ हजार पद रिक्त छन्। सम्पूर्ण विवरण संकलन भइरहेको संघीय मन्त्रालयका प्रवक्त भूपाल बरालले जानकारी गराए। अहिले ...


परदेशीको घरमा प्रहरीको छापा : ७० लाखको किर्ते तमसुक भेटियो, सबै सम्पत्ति रोक्का

साहुकार श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण साह कलवारको घरमा प्रहरीले छापा मारेको छ । प्रहरीले बिहीबार छापा मार्दा एउटै व्यक्तिलाई ७० लाखसम्मको किर्ते तमसुक बनाएको फेला परेको हो । २९९ जना गरिब विपन्न परिवारलाई किर्ते तमसुक बनाई मुद्दा लगाएका परदेशीले विष्णु गाउँपालिकास्थित वाराडरण गाउँका रोवसनकुमार सिंहको नाममा तमसुक गरी बनाइराखेको प्रहरीले फेला पारेको हो ।

‘हामीले बिहीबार दिउँसो परदेशीको घरमा छापा मारेका थियौँ,’ सर्लाही जिल्ला प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईले भने, ‘रोवसनकुमार सिंहको नाममा ७० लाखको किर्ते तमसुक गरेको थियो ।’ तमसुकमा सबै व्यहोरा लेखिए पनि ऋणीलाई भने सहीछाप नगराई राखिरहेको ...


टानको अध्यक्षमा प्रजातान्त्रिक समूहका सुवेदी विजयी, महासचिवमा भने वामपन्थीका थापा

काठमाडौं - ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा वामपन्थी समूहका अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी अध्यक्ष निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ र थापाले ४३८ मत पाएका छन् । सुवेदी र थापाले प्यानलसहित उम्मेदवारी दिएका थिए । महासचिव पदमा थापा समूहकी सरिता लामा विजयी भएकी छन् । उनले निकटम प्रतिद्वन्द्वी कर्मा शेर्पालाई १३ मतले पराजित गरिन् ।

नयाँ कार्य समितिको अन्य पदमा दुवै समूहका मिश्रति प्रतिनिधित्व ...


जिसस प्रमुखको निकृष्ट अभिव्यक्ति : 'उताबाट बूढा र रोगी गाई पठाएकोले समस्या आयो'

सुर्खेत - नेपालगन्ज उपमहानगरपालिकाद्वारा दैलेख पठाइएका तीन सय ७० मध्ये ३६ गाई सुर्खेतका विभिन्न स्थानमा मृत फेला परेको घटनाबारे अहिले अनुसन्धान भइरहेको छ। यसैबीच जिल्ला समन्वय समिति (जिसस) दैलेखले नेपालगन्जबाट गाई मगाएको चिठी सार्वजनिक गरेसँगै घटनाले नयाँ मोड लिएको छ। दैलेखका विभिन्न स्थानीय तह र धार्मिक संस्थाले भने विज्ञप्ति नै जारी गरेर आफूहरूले गाई नमगाएको बताइसकेका छन्।

गौहत्या घटनामा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, कार्यकारी अधिकृत हरि प्याकुरेललगायत कर्मचारी मुछिएका छन्। चिठी सार्वजनिक भएसँगै जिल्ला समन्वय समिति दैलेख भने उनीहरूको बचाउमा लागेको चर्चा चल्न थालेको ...


डाक्टरलाई 'निजी क्लिनिक' मोह, प्याथोलोजीबाट कमिसन

दाङ - झन्डै दुई साताअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका बिरामीलाई मेडिकल अधिकृत मनोज यादवले अस्पतालबाहिर रेफर गरिदिए। रगतलगायत ल्याब परीक्षणका लागि उनले बिरामीको पर्चामा नामै लेखेर प्रतिष्ठानबाहिरको नेसनल प्याथोलोजीमा जानू भने।

त्यहाँसम्म पुग्ने नक्सा पनि कोरिदिए। यसअघि पनि तिनै चिकित्सकले बिरामीलाई ल्याब परीक्षणका लागि ठाउँको नामै किटेर बाहिर पठाउँदै आएको सुइँको पाएपछि प्रतिष्ठानले उनलाई पटकपटक सचेतसमेत गराउँदै आएको थियो। तर यो घटनापछि प्रतिष्ठान उनलाई बर्खास्त गर्ने निर्णयमा पुगेको छ।

‘उपलब्ध भएसम्मका ल्याब सुविधा प्रतिष्ठानकै उपयोग गर्नुपर्छ, नभएको खण्डमा पनि बिरामी आफूले इच्छाएको ठाउँमा जाने हो नि ...


चिनिया विदेशमन्त्री आइतबार काठमाडौं आउंदै, सी जिनपिङको भ्रमण तयारी

काठमाडौँ - चीनका विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी तीन दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आउंदै छन् । चीन र नेपालका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ भ्रमणबारे कार्यतालिका सार्वजनिक गरेका हुन् । यसअघि भारतका विदेशमन्त्री सुव्रमण्यम् जयशंकरले नेपाल भ्रमण गरेका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कन सुहाङले नियमित पत्रकार सम्मेलनमा यीले पाकिस्तान र नेपाल भ्रमण गर्न लागेको घोषणा गरे । शनिबार यी पाकिस्तान भ्रमणमा जाने कार्यक्रम छ । इस्लामाबादमा उनी अफगानिस्तान र पाकिस्तानका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने कार्यक्रम छ । त्यहाँबाट उनी आइतबार अपराह्न काठमाडौं पुग्नेछन् ।

परराष्ट्रमन्त्री ज्ञवालीसँग सोमबार द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री ...


प्रधानमन्त्री आइतबारबाट नियमित काममा सक्रिय हुने

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको उपचारपछि शुक्रबार स्वदेश फर्किएका छन् । स्वास्थ्य अवस्था सामान्य रहेकाले आइतबारबाट प्रधानमन्त्री नियमित काममा सक्रिय हुने उनको सचिवालयले जनाएको छ । फर्केलगत्तै ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग पार्टी र सरकारका कामबारे जानकारी लिएका छन् ।

थाई एयरवेजको नियमित उडानबाट अपराह्न १२ बजे आइपुगेका प्रधानमन्त्री ओलीलाई कार्यबाहक प्रधानमन्त्री पोखरेल, सभामुख कृष्णबहादुर महरासहित मन्त्री, सरकारका उच्चपदस्थ अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्रीको स्वागतका लागि सत्तारुढ नेकपाका नेता–कार्यकर्ताको ठूलो समूह विमानस्थल पुगेको थियो । विमानस्थलमा स्वागत ग्रहण ...


गौहत्या प्रकरण : प्रहरी इन्स्पेक्टर सहित दुई जना पक्राउ

सुर्खेत - सुर्खेतमा भएको गौहत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीले गौहत्याको घटनामा संलग्न रहेको भन्दै प्रहरी निरीक्षकसहित दुईजनालाई पक्राउ गरेको हो । बाँके प्रहरीको सहयोगमा उनीहरुलाई नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सत्रिप्तसिंह श्रेष्ठलाई पक्राउ गरिएको हो । उनीहरु दुबैलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिए ।

यही भदौ १२ गते नेपालगञ्ज उपमहानगरले दैलेख लैजाने भन्दै ...


पहिले सहमतिमै यौन सम्बन्ध पछि ब्ल्याकमेलिङ, प्रहरीकोमा उजुरी

काठमाडौं - महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् ।

उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो । ‘हामीले सहमतिमै भिडियो खिचेका हौं’, उनले बयानमा भने, ‘उनले मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने धम्की दिएको हुँ ।’ ख्यालख्यालमै भिडियो खिचे । घटनाले ठूलो रूप लिएपछि किशोरी डिप्रेसनमा ...


सुनसरीका दुई स्कुलमा विप्लव समूहद्वारा बम बिष्फोट

इनरुवा - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएको छ । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ । स्थानीयवासीमा डर, त्रासको अवस्था सिर्जना गर्ने र चन्दा आतङ्क मच्चाउने योजनाको साथ शैक्षिक संस्थामा बिष्फोट गराएको हुन सक्ने सुनसरीका प्रहरी नायब ...


दोलखामा खोलाले कार बगायो, १ जनाको मृत्यु, २ घाइते

दोलखा - दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन् ।

घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरुको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको इकोस्पोट बा १९ च ४३९० नं को ...


वीरगञ्जमा १५ वर्षीया स्कुले छात्रामाथि एसिड प्रहार

वीरगञ्ज - वीरगञ्जमा १५ वर्षीया स्कुले छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-१३ श्रीपुर निवासी मुस्कान खातुनमाथि एसिड प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा विद्यालय पोशाकमैै रहेको अवस्थामा उनीमाथि एसिड छ्यापेेर भागेको प्रत्यदर्शीले बताएका छन् । वीरगञ्ज-१३ श्रीपुर घर भएपनि खातुन अध्ययनका लागि वडा नं. ३ छपकैया स्थित मामा घरमा बस्दै आएकी थिइन् ।

एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए । उनको ...


स्वास्थ्य उपचार सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किए

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार सकेर स्वदेश फर्किएका छन् । ओली आज मध्याह्न साढे १२ बजे विमानस्थल उत्रिएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन् ।

ओलीको सिंगापुरमा ‘प्लाज्माफेरिसस’ को उपचार विधिबाट मिर्गौलाको उपचार गरिएको थियो। दिन बिराएर गर्नुपर्ने प्लाज्माफेरेसिस उपचार विधि बुधबार सकिएको थियो । ओली यसअघि पनि सिंगापुरको सोही अस्पतालमा उपचार गर्न गएका थिए। त्यसबेला उनी एक साता उपचार गराएर साउन ...


प्रधानमन्त्री आज दिउँसो स्वदेश फर्किंदै

काठमाडौं - प्रधानमन्त्री केपी ओली आज दिउसो स्वदेश फर्किंदै छन्। ओली आज मध्याह्न साढे १२ बजे स्वदेश फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

प्रधानमन्त्रीसँगै नेकपाका सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णु पौडेललगायत प्रधानमन्त्रीलाई भेट्न पुगेका नेताहरू पनि स्वदेश फर्किंदै छन्। सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलाको फलोअप उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते त्यसतर्फ गएका थिए।

ओलीको सिंगापुरमा ‘प्लाज्माफेरिसस’ को उपचार विधिबाट मिर्गौलाको उपचार गरिएको थियो। दिन बिराएर गर्नुपर्ने प्लाज्माफेरेसिस उपचार विधि बुधबार सकिएको छ। प्रधानमन्त्रीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएकाले उनी स्वदेश ...


अनेरास्ववियुका संयोजक ऐन महर माथि प्रहरीको लाठि

काठमाडाैं - प्रहरी र विद्यार्थीबीच झडप हुँदा आठ विद्यार्थी नेता घाइते भएका छन्। पक्राउ परेका विद्यार्थीलाई भेट्न जाने क्रममा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडि साँझ ६ बजे झडप भएको थियो।

झडपमा अनेरास्ववियुका संयोजक महर, नेता सुदेश पराजुली, समिक वडाल, सागर भट्ट, राजकुमार महतारासहित आठ जना घाइते भएको अनेरास्ववियूका सहसंयोजक रञ्जीत तामाङले जानकारी दिए। महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायक उपरीक्षक होविन्द्र बोगटीले पक्राउ परेका विद्यार्थी नेतालाई भेट्न जाँदा झडप हुँदा घाइते भएकाे बताए।

“चिकित्सा शिक्षा अध्ययन संस्थानका आन्दोलनरत विद्यार्थीलाई पक्राउ गरेर पुलिस क्लबमा ...


प्रधानमन्त्रीको उपचार सकियो, शुक्रबार फर्कंदै

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य उपचार बुधबार पूरा भएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा १२ दिनको नियमित स्वास्थ्य उपचार पूरा भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माले नयाँ पत्रिकालाई बताए । उपचार सकिएसँगै प्रधानमन्त्री शुक्रबार थाई एयरवेजको नियमित उडानबाट दिउँसो साढे १२ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि प्लाज्मा फेरेसिस सुरु भएको थियो । यो मिर्गौलाको एन्टिबडी हटाउने विधि हो । प्लाज्मा फेरेसिस सात चरणसम्म गरिन्छ । बुधबार सातौँ चरण पूरा भएसँगै उपचार सकिएको प्रधानमन्त्रीका ...


चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारीको लागि चिनियाँ विदेशमन्त्री नेपाल आउंदै

काठमाडौं - चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आउने भएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी नेपाल भ्रमणका र राजनीतिक सम्बन्ध विस्तार विभिन्न एजेन्डामा छलफल गर्न विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन्।

नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा भएको सम्झौताको म्याद सकिँदै छ। २०७४ वैशाख २९ मा भएको सम्झौताको म्याद तीन वर्षसम्म मात्र छ। अहिलेसम्म सम्झौताअनुसारका कुनै पनि चिनियाँ परियोजना अघि बढेको छैन। विदेशमन्त्री वाङको भ्रमणलाई बीआरआईको प्रस्तावित परियोजना कार्यान्वयनसँग हेर्न सकिने परराष्ट्र अधिकारीले बताएका छन्।

परराष्ट्र सचिव शंकरदास बैरागीले विदेशमन्त्री वाङको भ्रमणको तिथिबारे ...


एटीएम ह्याक प्रकरण : १३ वटा बैंकका एटीएमबाट तीन करोड ५८ लाख लुटियो

काठमाडौं - एटीएम ह्याक गर्ने चिनियाँ टोलीले १३ वटा बैंकका एटीएम बुथबाट तीन करोड ५८ लाख रुपैयाँ लुटेको राष्ट्र बैंकले गठन गरेको समितिले ठहर गरेको छ। समितिले बुधबार प्रतिवेदन बुझाउँदै यस्तो बताएको हो। तर, कसरी रकम लुटियो भन्ने बारेमा भने प्रतिवेदनमा उल्लेख नभएको राष्ट्र बैंकका अधिकारीले बताएका छन्।

समितिले कुन बैंकबाट कति रकम लुटियो भन्ने विवरण भने बुझाएको छ। तर यसको क्षतिपूर्ति कसरी हुन्छ भन्नेमा प्रतिवेदनमा उल्लेख नभएको रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन्। नेप्सका अधिकारीले भने बुधबार रातिदेखि नै फरेन्सिक अनुसन्धान थाल्ने तयारी रहेको बताएको छ।

साइबर ...


गाई हत्या प्रकरण : रातारात नक्कली पत्र, घटना थप रहस्यमय !

सुर्खेत - दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो।

नेपालगन्ज उपमहानगरले आठवटा ट्रकमा पठाएका दुई सय ९१ वटा गाई बिहीबार राति सुर्खेतमा भीरबाट खसालिएका थिए। त्यहीक्रममा ४० वटा गाईगोरु मरेका थिए। यस्तै दर्जनौं गाईगोरु घाइते छन्। दैलेखको श्रीस्थान क्षेत्रबाट माग भएको भन्दै नेपालगन्ज उपमहानगरले ति गाईगोरु पठाएको थियो। दैलेखका सबै स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले यसअघि नै ति गाईगोरु आफूहरूले नमगाएको स्पष्ट ...


रवि लामिछाने प्रकरण : चितवन जिल्ला अदालतले दिएको आदेश जांच गर्दै उच्च अदालत !

काठमाडौं - टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले जिल्ला अदालत चितवनको आदेश विरुद्ध उच्च अदालत हेटौंडामा दर्ता गराएको पुनरावेदन निवेदनमा कैफियत प्रतिबेदन माग्ने आदेश गरिएको छ। न्यायाधीश टेकराज नेपालको इजलाशले लामिछाने र युवराज कँडेलले मंगलवार दायर गरेको निवेदनमा पहिलो सुनुवाई गर्दै जिल्ला अदालत चितवनमा रहेको सम्पूर्ण विवरण मगाउने आदेश गरेको हो।

लामिछानेले जिल्ला अदालले आफूलाई पाँच लाख धरौटी माग र सर्तहरु आदेशका लागि लिएको आधारहरु त्रुटीपुर्ण भएको जिकीर गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा लामिछानेसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको थियो ...


बालुवाटार जग्गा प्रकरण : ५८ जना व्यक्तिलाई बयानका लागि उपस्थित हुन अख्तियारको सुचना

काठमाडौं - बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका ५८ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ।

बुधबार अख्तियारले सार्वजनिक सूचना जारी गर्दै बयानका लागि बोलाएको हो। अनियमितताको छानबिनका लागि आरोपितहरुलाई सात दिनको समय दिइएको छ।

बयानका लागि कामना गुरुङ, मनोजकुमार केडिया, सिपिका खेतान, कल्पना तुलाधरलगायत गरी ५८ जनालाई बोलाइएको हो।

...

फरार रहेका कर्णाली प्रदेशका निलम्बित मन्त्री खत्री अदालत उपस्थित

काठमाडौं - गत साउन २७ गते तीन दिनभित्र अदालत उपस्थित हुन आदेश जारी भएपछि फरार भएका कर्णाली प्रदेशका निलम्बित भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्री अदालत उपस्थित भएका छन्।
खत्री बुधबार उच्च अदालत पाटनको वाणिज्य इजलासमा उपस्थित भएका हुन्।

अदालतले उनलाई पक्राउ गरेर उपस्थित गराउन आदेश दिएको झण्डै एक महिनापछि उनी अदालत उपस्थित भएका हुन्। खत्रीसहित ५ जनाले १ करोड १० लाख ८० हजार रुपैयाँ रकमको कीर्ते बैंक ग्यारेन्टी गरेको भन्दै अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको थियो।

कृषि विकास बैंक भोजपुरबाट कीर्ते बैंक ग्यारेन्टी बनाएर उनीहरूले जिल्ला ...


मुलुकको भ्रष्टाचार विरुद्ध सडक र सदनबाट आन्दोलन गर्ने कांग्रेस निर्णय

काठमाडौं - नेपाली कांग्रेसले मुलुकमा आर्थिक अनियमितता र भ्रष्टाचार मौलाउँदै गएको ठहर गर्दै त्यसविरुद्ध सडक र सदनबाट आन्दोलन गर्ने निर्णय गरेको छ। असार २२ गते सुरु भएको केन्द्रीय समितिको मंगलबार राति सकिएको बैठकले सडक र संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने निर्णय गरेको हो।

वाइड बडी, न्यारो बडी जहाज खरिद प्रक्रियामा करौडौंको भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै कांग्रेसले केपी ओली नेतृत्व सरकारले गरेको आर्थिक अनियमितालाई जनतामाझ लैजाने निर्णय गरेको छ। सरकारविरुद्धको आन्दोलन प्रभावकारी बनाउन संसद्मा पार्टी सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाको उपस्थिति बाक्लो बनाउनुका साथै पार्टीको ...


पूर्व रअ एजेण्टकाे खुलासा : 'प्रचण्डसंग हातेमालो गरि राजतन्त्र अन्त्य गरेका हौँ'

काठमाडौ - भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस (रअ) का पूर्व अधिकारीले नेपालमा राजतन्त्र अन्त्य गर्न तत्कालीन नेकपा माओवादीका सुप्रिमो अर्थात् नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालसँग हालेमालो गरेको जनाएका छन्।

रअका तत्कालीन विशेष निर्देशक अमर भुषणले हालै आफ्नो पुस्तक ‘इनसाइड नेपाल’मार्फत यसबारे खुलासा गरेका छन्। भूषणले आफ्नो पुस्तकमा दाहाललाई अन्य दलसँग मिलेर राजतन्त्रविरुद्ध आन्दोलनका लागि सहमत गराउन महŒवपूर्ण समय खर्चेको बताएका छन्।

पुस्तकमा भूषणले सन १९९० मा नेपालमा राजाको प्रत्यक्ष शासन अन्त्य गर्दै संवैधानिक राजतन्त्र स्थापनाका लागि रअले विशेष अप्रेसन सञ्चालन गरेको उल्लेख छ। भूषणले पुस्तकमा रअको ...


नेपाल प्रहरीकै कम्प्युटर ह्याक, ह्याकरले मागे फिरौती रकम !

काठमाडौँ - एटिएम ह्याक गरी बैंकको पैसा झिक्ने अन्तर्राष्ट्रिय ह्याकर पक्राउ गर्न सफल नेपाल प्रहरी आफैँ साइबर हमलाको सिकार भएको छ । नेपाल प्रहरीको केन्द्रीय तालिम केन्द्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कम्प्युटर ह्याक भएको हो ।

प्रहरी स्रोतका अनुसार ह्याकरले प्रतिष्ठानस्थित प्रहरीको अधिकृत क्याडेडका लागि तयार तालिम सामग्री नै ह्याक गरेका छन् । जुन अत्यन्त गोप्य डकुमेन्ट हुन् । फाइलभित्र राखिएको डकुमेन्ट खोल्न खोज्दा ह्याकरले फिरौती रकम माग्ने प्रहरी स्रोतले जनायो । ‘एकेडेमीको कम्प्युटर ह्याक भएको रहेछ । फाइल ओपन गर्न खोज्दा फिरौती रकम माग्छ । यो गतिविधि कहाँबाट कसरी भइरहेको छ कुनै ...


नेपाली लैजाने जापानको अन्तिम तयारी : असोजमा आवेदन, कात्तिकमा परीक्षा

काठमाडौँ - लामो समयदेखि आन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ । जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुल्ने भएपछि यो विषयले निश्चितता पाउने भएको हो । जापानी श्रम मन्त्रालयले जारी गरेको सूचनाअनुसार असोज दोस्रो सातादेखि आवेदन खुला गरी कात्तिक दोस्रो साता परीक्षा सञ्चालन हुनेछ । जापान सरकारले नेपाललगायत अन्य चार मुलुकका लागि परीक्षाको मिति निश्चित गरेको हो ।

जापान श्रम मन्त्रालयले यो साताभित्रमा आवेदन प्रक्रियासम्बन्धी सूचना प्रकाशन गर्ने जनाएको छ । परीक्षाको आवेदन अनलाइनमार्फत नै लिने भए पनि यससम्बन्धी थप विवरण भने ...


उपनिर्वाचनका लागि दल दर्ता आह्वान खुला

काठमाडौं - आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टी दुवैले उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पुनः दल दर्ता गराउनुपर्ने भएको छ ।

वि.सं. २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्यको निर्वाचनमा आयोगमा दर्ता भएका राजनीतिक दलले उपनिर्वाचनका पुनः दर्ता गर्नु नपर्ने व्यवस्था छ तर सत्तारुढ दुवै दल एकीकरण भई नयाँ दलका रूपमा आयोगमा दर्ता भएकाले उपनिर्वाचन प्रयोजनका लागि पुनः दर्ता हुनुपर्ने भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने उपनिर्वाचन प्रयोजनका लागि ...


उपचार सकेर प्रधानमन्त्री शुक्रबार स्वदेश फर्किंदै

काठमाडौं - प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली यही शुक्रबार स्वदेश फर्किने भएका छन् ।

सिंगापुरमा उपचाररत ओली भोलि (बुधवार) सम्म सातौं चरणको उपचार प्रक्रिया सकिएपछि शुक्रबार स्वदेश फर्किन लागेका हुन्।

आईतबार नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँगको फोनवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी गराउँदै शुक्रबार आउने बताएको बुझिएको छ ।

भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।

 

...

आज हरितालिका तीज, शिवालयमा पुजा गर्ने र नाचगान गर्ने महिलाको घुइंचो !

काठमाडौं - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।

विवाहिताहरूले आफ्ना पति छोराछोरीको सु–स्वास्थ्यको कामना गर्ने र अविवाहिताहरूले असल पतिको कामनामा व्रत बस्ने विश्वास गरिन्छ ।

महिलाहरू आफ्नो पायक पर्ने शिवालयमा पुगी पूजाअर्चना गर्छन् । आज काठमाडौंस्थित पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर, दोलखाको भीमेश्वरलगायत शिवालयमा श्रद्धालुको घुइँचो लाग्छ ।

Image result for teej

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ ।

। ...


सिंहदरबारभित्रै  मोटरसाइकल चोर्ने गिरोह सक्रिय, उर्जा मन्त्रालयबाट हराए २ ओटा बाइक

काठमाडौँ - सिंहदरबार भित्रै मोटरसाइकल चोर्ने गिरोह सक्रिय रहेको खुलेको छ । यहि भदौ १२ गते उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको पार्किङ्गबाट बा २ ब ८३०२ नम्बरको सेतो प्लेटको सरकारी मोटरसाइकल र ज ९ प ५९३९ नम्बरको रातो प्लेटको निजि मोटरसाइकल एकै व्यक्तिले चोर्दै गरेको सिसिटिभीको फुटेजमा फेला परेको छ ।

फुटेज अनुसार करिब साढे ३ बजे तिर सरकारी बाइक र त्यसको ठिक एक घण्टा पछि करिब साढे चार बजे तिर चोर्दै गरेको देखिएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय प्रधानमंन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट ५० ...


मापसे गरि ३ जना सवार मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

पर्वत- पर्वतको फलेबास नगरपालिका-५, खानीगाउँकी एक महिलाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।

शनिबार साँझ ६ः३० बजेको समयमा स्थानीय ५० वर्षीया विष्णुदेवी दर्जीलाई मोटरसाइकलले ठक्कर दिएको थियो। मादक पदार्थ सेवन गरी ३ जना सवार ध१प ३६६६ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी दर्जीलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

मृतक दर्जीको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ। मोटरसाइकलमा सवार ३ जनामध्ये पाल्पा घर भई हाल फलेवासमा मजदूरी गर्दै आएका सुमन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य २ जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी ...


चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

भरतपुर- चितवनको भरतपुरमा मोटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिँदा उनको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-२३, कुमारी चोकमा ना२२प ४०३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ६० वर्षीया हरिकला विकलाई ठक्कर दिएको हो। विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट मोटरसाइकलमा सवार पर्सा जिल्ला औरही-४ का सरेन्द्र चौधरी गम्भीर घाइते भएका छन्। चौधरीको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए। रासस

...

लोकन्थलीमा पहिरोले सडक भासियो, ६ घर उच्च जोखिममा

काठमाडौं - मध्यपुरथिमि नगरपालिका-१, लोकन्थलीमा आज बिहान पुनः पहिरो गएको छ। पहिरोमा सडक भासिनुका साथै ६ घर उच्च जोखिममा परेका छन्।

मध्यपुरथिमि-१, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत भदौ ३ मा राति पहिरो गएपछि रोकथामका प्रयास भए पनि त्यस स्थानमा पुनः पहिरो गएको हो।

पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा भदौ ३ मा पहिरो जाँदा १६ फिट चौडाइ रहेको करीब ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यहाँको यातायात अवरुद्ध भएको थियो भने अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ।

पहिरोले ...


अझै केही दिन देशैभर पानी पर्छ : महाशाखा

काठमाडौं - बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर केही दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहान देशका विभिन्न भू-भागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केहि दक्षिण तर्फ सरेको छ।

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

विभागका मौसमविद् शान्ति कँडेलले भने, ‘अहिले मनसुनको कुनै प्रभाव छैन। वर्षा अझै केही दिन लम्बिनेछ। यो ...


नक्कली तमसुक बनाएर गरिबसंग ७ गुणा बढी असुली, अदालतले पुर्जी काटेपछि गाउँकै उठिवास !

मलंगवा - एकपटक ऋण दिए पनि पटक–पटक ऋण दिएको कागज गराउँदै ठगेको भन्दै सर्लाहीका विपन्न थारू र मधेसी समुदयाका करिब एक सय ५० जनाको समूह न्याय खोज्दै काठमाडौं आएको छ । सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (श्याम परदेशी)ले सुरुमा दिएको ऋणको ब्याज बुझाउन जाँदा उल्टै अर्कोपटक ऋण दिएको नक्कली कागज बनाएर ठगेको उनीहरूको आरोप छ । एउटै मान्छेको नाममा ऋण दिइएको कानुनी कागज गर्न नमिल्ने भएकाले परदेशीले आफ्ना परिवारका सदस्यका नाममा ऋणीहरूलाई सातवटासम्म कागज गराएको उनीहरूले बताए ।

परदेशीका ऋणीहरूको समूहले राजनीतिक दलका नेता र मिडियामा पुगेर न्यायका ...


कर्णाली प्रदेश : विकास बजेटले नेतालाई गाडी, एम्बुलेन्स किन्ने बजेट फ्रिज !

सुर्खेत - कर्णालीका दूरदराजका नागरिकलाई सिंहदरबारको सुविधा पुर्‍याउने जिम्मा लिएको कर्णाली प्रदेश सरकारले विकास निर्माणको बजेट नै सुविधाको गाडी खरिदमा खर्च गरेको छ । गत वर्ष मन्त्रालयलाई गाडी खरिदको कार्यक्रम नै नराखेको सरकारले विकासको २१ करोड बजेट आर्थिक वर्षको अन्त्यतिर रकमान्तर गरेर ६४ वटा गाडी खरिद गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई चरणमा गरी ६ करोड ३० लाखमा सबैभन्दा बढी १६ वटा गाडी किनेको छ । मन्त्रालयले प्रदेश प्रहरीका लागि १२ गाडी किनेको छ । दुईवटा ट्रक, दुईवटा टाटा जेन्युन र आठवटा बोलेरो क्याम्पर किनेको मन्त्रालयका सूचना ...


पत्रकारको लागि छुट्टाछुटै नयाँ आचारसंहिता ल्याउँदै काउन्सिल र महासंघ

काठमाडौं - पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउँदै नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले आचारसंहिता संशोधन गरेका छन् । आगामी असोज ६ गतेबाट लागू हुने आचारसंहितामा पत्रकारका लागि कडा प्रावधानहरु छन् । प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने अध्यक्ष किशोर श्रेष्ठले बताए । नयाँ प्रविधि र त्यसले ल्याएका चुनौती तथा समस्याहरुलाई समेत दृष्टिगत गरेर नयाँ आचारसंहिता जारी गरिएको उनले बताए ।

पछिल्लो समय युट्युबर, ब्लगरलाई समेत पत्रकार भनेर सर्वसाधारणले बुझ्ने र उनीहरुका सनसनीपूर्ण तर, अफवाह फैलाउने सामग्री ...


विवाहको आवरणमा नेपाली युवतीलाई चीन पुराएर यौनदासी, गिरोह पक्राउ

काठमाडौँ - विवाहको आवरणमा नेपाली युवतीलाई चीनमा लगेर बिक्री गर्ने समूह प्रहरीको फन्दामा परेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले चार चिनियाँसहितको १० जनाको गिरोहलाई पक्राउ गरेको हो । बिहे गरेर चीन जान लागेका दुई युवतीलाई विमानस्थलबाट उद्धार गरी गिरोहलाई पक्राउ गरिएको ब्युरोका प्रमुख एसएसपी ईश्वरबाबु कार्कीले बताए ।

कमजोर आर्थिक अवस्था भएका युवतीलाई प्रभावमा पारेर चिनियाँ युवकसँग बिहे गराएर यौनदासी बनाउने गरेको प्रहरीले जनाएको छ । विगतमा त्यसरी बिहे गरेर चीन पुगेका युवतीलाई दूतावासले उद्धार गरेको थियो ।

रिना तामाङ भन्ने सिन्धुपाल्चोक हेलम्बुकी बिबिरानी तामाङ, नुवाकोट ककनीका रोज तामाङ, लमजुङ बेसीसहरकी ...


जेलभित्रबाटै ‘डन’हरूको धम्की र असुली धन्दा

काठमाडौँ - नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने समूहका नाइके समीरमानसिंह बस्नेतले जेलबाटै धम्की र असुलीको धन्दा चलाएका छन् । सहयोगीहरू परिचालन गरी निर्माण व्यवसायीलाई नै धम्क्याएर उनले पैसा असुली गर्दै आएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बस्नेतका दुई सहयोगीलाई पक्राउ गरिसकेको छ । फोन गरेर धम्क्याउने धन्दामा संलग्न पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गरेको हो । उनीहरूले समीरकै निर्देशनमा आफूहरूले व्यवसायीहरूलाई धम्क्याएको स्विकारेका छन् । दुवैविरुद्ध ठगी, मुलुकी अपराध संहिताअन्तर्गतको आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुरमा ...


सुर्खेतमा भीरबाट खसालेर दर्जनौं गाईको सामुहिक हत्या, हत्यारा को हो ?

सुर्खेत - सुर्खेतमा दर्जनौं गाई भीरबाट खसालेर मारिएका छन् । नेपालगंजबाट नियन्त्रणमा लिइएका छाडा चौपाया सुर्खेतमा ल्याएर भीरबाट खसालिएको हो । नेपालगंज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर काञ्जिहाउसमा राखिएका गाई सुर्खेतमा भीरबाट खसालेर मारिएका छन्।

नेपालगंजबाट ट्रकमा राखेर ल्याइएका 2 सय ९१ वटा गाईमध्ये वीरेन्द्रनगरस्थित कटकुवाको जंगलमा करिब तीन दर्जन गाई मरेको अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार बिहीबार नेपालगंजबाट दैलेख लैजाने भनि ल्याइएका ती गाई भीरबाट खसालेर मारिएका हुन् । रातको समयमा भीरबाट खसालिएका मध्ये डेढ सय भन्दा बढी गाई घाइते छन् । आठ वटा ट्रकमा ल्याइएका ...


डेंगु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय असफल, सेना परिचालन गर्ने तयारी

काठमाडौँ - डेंगु नियन्त्रणमा सरकारले केही नगरेजस्तो देखिएको छ, तर हामीले आफ्नोतर्फबाट गर्नुपर्ने कुनै काम बाँकी राखेका छैनौँ । तैपनि डेंगु नियन्त्रणबाहिर गएको छ । ढल खन्ने, तर बनाउन समय लाग्ने कारणले पनि डेंगुले फैलने मौका पाएको छ । यतिवेला हामीलाई सबैको सहयोग चाहिएको छ । हामीले हात झिकेका छैनौँ । कीट आवश्यक मात्रामा छ । अब नेपाली सेना तथा नेपाल र सशस्त्र प्रहरी परिचालन अपरिहार्य बनेको छ । डेंगुको लार्भा नै नष्ट गर्नुपर्छ । सर्वसाधारण पनि सचेत हुनुपर्नेछ । खेत, बारी, गमला आदिमा झुल लगाउन सकिँदैन, त्यसैले सबैतिर जनचेतनाको पनि खाँचो छ ।

स्वास्थ्य तथा ...


सरकारले धरौटी रकम बढाएपछि धमाधम गाभिँदै म्यानपावर

काठमाडौं - म्यानपावर कम्पनी आपासमा गाभिन थालेका छन्। सरकारले म्यानपावरको धरौटी बढाएसँगै मर्जर हुने (गाभिने) को संख्या बढेको छ।

म्यानपावर व्यवसायी आपसमा मर्जर भएर धरौटी बुझाउन थालेका छन्। पछिल्लो समय एक सय ४७ म्यानपावर मर्जर भएर ६७ वटा हुने प्रक्रियामा छन्। अधिकांश दुई वटा म्यानपावर गाभिए पनि कतिपय पाँचवटासम्म गाभिएर एउटा म्यानपावर बनेका छन्। अन्तिम समयमा आएर व्यवसायीले मर्जर गरी धरौटी राख्न थालेकाले वैदेशिक रोजगार विभागमा केही दिनयता भीड लागेको छ। व्यवसायीको सहजताका लागि सरकारले आउँदो शनिबारसमेत सेवा दिने तयारी गरेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार ...


बहुविवाह गर्नेले सरकारी जागिर नपाउने

काठमाडौं - बहुविवाह गर्ने व्यक्तिले सरकारी जागिर नपाउने कानुन बन्दै छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले बहुविवाहलाई अपराध मानेको छ।

अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका व्यक्ति पनि निजामती सेवामा अयोग्य हुनेछन्। जसमा भ्रष्टाचार, किर्ते, राष्ट्रविरुद्ध जासुसी, लागुऔषध करोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी, जातीय छुवाछूत वा नैतिक पतन छन्।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीका अनुसार ऐनमा यसअघि बहुविवाहबारे व्यवस्था थिएन। नयाँ व्यवस्थाअनुसार बहुविवाह गर्ने कर्मचारीले निवृत्तिभरणसमेत पाउनेछैनन्। ‘फौजदारी संहिताले पनि बहुविवाहलाई ...


परिमार्जन हुँदै  मिडिया काउन्सिल विधेयक

काठमाडौं - नेपाल मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रियसभामा पेस भएको छ। सरकारले नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थाका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि विधेयक अघि बढेको हो।

प्रेसलाई संकुचन गर्ने गरी विधेयक ल्याइएको भन्दै सरोकारवालाले विरोध जनाएका थिए। विरोधकै कारण विधेयक झन्डै चार महिना संसद्मा अड्किएको थियो। सत्तासीन नेकपा संसदीय दलले महासंघसँग विधेयक परिमार्जन गर्ने सहमति जनाएको थियो। तर, प्रमुख विपक्षी कांग्रेसले असहमति कायमै राखेका कारण बिहीबार मात्र विधेयकले संसद्को प्रक्रियामा प्रवेश पाएको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय सभा बैठकमा विधेयक पेस गरे। कांग्रेसले बैठकमा ...


‘भिडियो कन्फ्रेन्स’बाट क्याबिनेट होइन, हाइ-हेल्लो मात्रै गरिएको हो : मन्त्री बाँस्कोटा

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसंग भिडियो कन्फ्रेन्स मात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको विहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रीपरिषद्का सदस्यहरुसंग गरेको भिडियो कन्फ्रेन्समा ‘हाइ हेल्लो’ मात्रै गरिएको बताए । तर, मन्त्रीपरिषद्को बैठक नै चाहि नबसेको स्पष्ट पारेका हुन् । उनले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौम सत्तामाथि नै सरकारले गडबडी नै गरेको छ कि भन्ने रुपमा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्टि जनाए।

उनले भने, ‘त्यो कानूनी ...


मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेस

काठमाडौं - 'नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक' राष्ट्रियसभामा पेस भएको छ। विधेयकमाथि विरोधको सूचना दिएका नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले फिर्ता लिएपछि विधेयक पेस भएको हो।

संचारमन्त्रीले सरोकारवालासँग छलफल गरेर परिमार्जन गर्ने प्रतिबद्धता जनाएपछि कांग्रेसका सांसदले दर्ता गराएको विरोधको सूचना फिर्ता लिएका हुन्। यसपछि मात्र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विधेयक सभामा पेस गरेका थिए।

विधेयक पेस गर्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयकलाई अझ बढी राम्रो बनाउने कुरामा सोच्न सकिने बताए।

'जहाँसम्म जरिवानाको कुरा छ। त्यस्ता विषयमा हामी सोच्न सक्छौं, काउन्सिलले नै गर्ने ...


३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा, काठमाडौंमा दाहाल (सूचीसहित)

काठमाडौं - गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य गृह मन्त्रालयमा सरुवा भएका छन् । उनको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आएका छन् ।

ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर सरुवा भएका छन् भने उनको ठाउँमा धादिङका प्रजिअ भगिरथ पाण्डेयलाई ल्याइएको छ । मकवानपुरका प्रजिअ आशमान तामाङ धादिङ सरुवा भएका छन् । त्यस्तै काभ्रेका प्रजिअ उदयबहादुर राना झापा सरुवा भएका ...


फास्ट ट्र्याक साढे तीन वर्षभित्र सक्ने लक्ष्य, काठमाडौंदेखि निजगढ एक घण्टामै !

काठमाडौं - नेपाली सेनाले काठमाडाैं–तराई फास्ट ट्र्याक (दूर्त मार्ग) निर्माण साढे तीन वर्षभित्र सम्पन्न गर्ने जानकारी दिएको छ। सेनाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आमजनताको चासो र राष्ट्रिय गौरवको सो आयोजना साढे तीन वर्षभित्र सक्ने जनाएको हो।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जनताको सेनाप्रतिको भरोसालाई कायम गर्न पनि यो आयोजना समयमै सक्नुपर्ने बताए। ‘जनताको भरोसाप्रति हामी सचेत छौँ, त्यसका लागि पनि आयोजना समयसीमाभित्रै सम्पन्न गर्नुपर्ने बाध्यता छ,’ उनले भने। यो जनताको विश्वास जित्ने अवसर पनि भएको उनको भनाइ थियो।

कोरियन परामर्शदाता सुसङ इन्जिनियरिङ एण्ड कन्सल्टिङ आयोजनाले ...


आत्महत्या दुरुत्साहन : कानुनमा कस्तो अवस्थालाई दुरुत्साहन भन्ने प्रस्ट व्याख्या नहुँदा अन्योल

काठमाडौँ - कानुन भन्छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’ तर, के गर्दा दुरुत्साहन मानिन्छ भन्ने व्याख्या छैन 

१ भदौ ०७५ देखि लागू भएको मुलुकी अपराध संहिता, २०७४ मा पहिलोपटक आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा समावेश गरिएको हो । तर, ऐनमा कस्तो अवस्थालाई आत्महत्या दुरुत्साहन भन्ने प्रस्ट व्याख्या नहुँदा अन्योल सिर्जना भएको छ । प्रहरीसमेत अलमलमा छ । आत्महत्या घटनामा जाहेरी परे मात्र मुद्दा दायर गर्ने नत्र चासो नदेखाउने, अनुसन्धान नगर्ने प्रहरीको कार्यशैली देखिएको छ । आत्महत्या गर्ने व्यक्तिले संकेत गरेकै आधारमा ...


प्रधानमन्त्रीको स्वास्थ्य  उपचार सिंगापुरमा जारी, स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार जारी रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली आफैँले पनि आफ्नो स्वास्थ्यबारेमा चिन्ता नलिन शुभचिन्तकलाई आग्रह गरेका छन् ।

सिंगापुरमा उपचार गराइरहेका ओलीले बुधबार नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग कुराकानी गरी आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले पनि बुधबारै ट्विट गर्दै सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उनको उपचार प्रक्रिया जारी रहेको जानकारी दिएका थिए ।

रिमालले ट्विटमा प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा दिव्यासिंह शाहले उनको सो उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा ...


१६ वर्षमा नै विवाह गर्न पाउनुपर्ने माग राख्दै नेपालगञ्जमा जुलुस

नेपालगन्ज - १६ वर्षमा नै विवाह गर्न पाउनुपर्ने माग राख्दै नेपालगञ्जमा जुलुस निकालिएको छ । जुलुस बाँकेको जानकी गाउँपालिका–५ कैलासीका रामदेव मिश्रको अगुवाइमा बुधबार नेपालगन्जको धम्बोझी चोकबाट निस्केको हो । उनीहरुले १६ वर्षमा सन्तानको बिहे गर्न पाउनुपर्ने माग राख्दै नगर परिक्रमा गरेका हुन् । जुलुसमा महिलाहरु नाबालक सन्तानसहित आएका थिए । उनीहरुले नगर परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका थिए ।

जुलुसका अगुवा मिश्रले भने, ‘हामीले जिल्ला प्रशासन, नेपालगन्ज उपमहानगरपालिका, जानकी र डुडुवा गाउँपालिकामा ज्ञापनपत्र बुझाएका थियौं । हाम्रो मागबारे सरकार किन मौन छ ...


सिंगापुरमा ज्यान छ मन नेपालमा : प्रधानमन्त्री

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा अाेलीकाे स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाे बताएका छन् । उनका अनुसार स्वास्थ्य अवस्था सुधारोन्मुख प्लाज्मा फेरेसिस प्रक्रियाले निकै राम्रो काम गरेको छ । मन्त्री बाँस्काेटाले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ, प्रधानमन्त्रीले यो पनि भन्नुभएको छ, म निदाउँदा नेपालमा र बिउँझदा मात्रै सिंगापुरमा भए जस्तो लागेको छ । ज्यान यता छ मन त्यता (नेपाल)मा छ । म स्वस्थ भएर चाँडै फर्कन्छु, ढुक्कले काम गर्नुस् ।’

प्रधानमन्त्री केपी शर्मा ओली करिब एक ...


सर्वोच्चमा अदालतमा भ्रष्टाचार मुद्दाको चाङ

काठमाडौं - सर्वोच्च अदालतमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर भ्रष्टाचार गरेको अभियोगमा १९ वटा मुद्दाको पेसी चढेको छ । सर्वोच्चले यी सबै मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ । ती मुद्दा दुई वर्षदेखि इजलासमा पेसी चढ्दै स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको छ ।

यी त प्रतिनिधि मुद्दा मात्रै हुन् । २०७१ सालदेखि भरतकुमार यादवको भ्रष्टाचार मुद्दामा मात्रै २२ पटक पेसी तोकिएको छ । सामाजिक सुरक्षा भत्ता अनियमितता गरी भ्रष्टाचार गरेको सो मुद्दाको पेसी ७ असोजका लागि तोकिएको छ ।

प्र्र्राथमिक विद्यालयको रकम लिई भ्रष्टाचार गरेको ...


राजश्व चुहावट गर्नेलाई जेल हाल्नुपर्छ : अर्थमन्त्री

काठमाडाैं - अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्तिलार्इ एक दिन भए पनि जेल हाल्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा आफ्नो धारणा राख्दै अर्थमन्त्री खतिवडाले कसुरदार ठहरिएको व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित गरेर नपुग्ने भन्दै जेल सजाय गर्नुपर्ने बताएका हुन् ।

उनले राजश्व चुहावट अथवा अपचलन बदनियत राखी नै गरिने भएको हुँदा यस्तो कामलाई दुरुत्साहन हुने गरी नै एक दिन भए पनि जेल जानुपर्ने व्यवस्था ...


सुर्खेतमा बस दुर्घटना हुँदा तीनको मृत्यु, २७ जना घाइते

सुर्खेत - रत्न राजमार्गअन्तर्गत सुर्खेतको हर्रे डाँडामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २७ यात्रु घाइते भएका छन् । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान करिब ३ बजे भेरीगंगा नगरपालिका-५ स्थित हर्रेमोडमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् । उनीहरुको सनाखत भएको छैन ।

घाइतेहरुको भेरीगंगा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा ...


सञ्चारकर्ममा नै थप क्रियाशील हुने रवि लामिछानेको प्रतिबद्धता

चितवन - हिरासतबाट धरौटीमा छुटेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई उनका समर्थकले स्वागत गरेका छन् । चितवन जिल्ला अदालतको आदेशमा रिहा भएका लामिछानेले समर्थकको साथ र मायालाई आत्मसात् गर्दै सञ्चारकर्ममा नै थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लामिछाने र उनका सहकर्मी युवराज कँडेललाई स्वागत गर्न सयौँ समर्थक नारायणी नदी किनारमा भेला भएका थिए । आफ्ना पक्षमा बोल्ने समर्थकलाई मंगलबार दिउँसो दुई बजे लामिछानेले सभामा धन्यवाद दिए ।

मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म यस विषयमा सार्वजनिक रूपमा आफ्ना प्रतिक्रिया राख्न नपाउने भनेर अदालतले रोक लगाएपछि उनले समर्थकको भूमिका र खराब राजनीतिबारे ...


एनसेलको पक्षमा सर्वोच्चको फैसला दुर्भाग्यपुर्ण रहेको जानकारहरुको टिप्पणी !

काठमाडौं - दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई एक हप्ताभित्र पूँजीगत लाभकर तिर्न ठूला करदाता कार्यालयले गत वैशाखमा गरेको निर्णय सर्वोच्चले बदर गरिदिएको छ । राजस्व प्रशासनसँग जानकार एवं पूर्व उच्च पदस्थहरुले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व बिक्रीमा लाग्ने पुँजीगत लाभकर असुलीको विषयमा सवोच्च अदालतले गरेको फैसलालाई दुर्भाग्यपुर्ण रहेको बताएका छन् ।

सोमबार सर्वोच्चको बृहत पूर्ण इजलासले एनसेललाई लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ निर्धारण गर्दै एक हप्ताभित्र बुझाउन पत्रचार गर्ने ठूला करदाता कार्यालयको ३ वैशाख खारेज गरिदिएको थियो ...


हतकडी फुकालेर थानकोटबाट फरार भएका अभियुक्त पक्राउ

काठमाडौं - हतकडी फुकालेर फरार भएका एक अभियुक्तलाई प्रहरीले काठमाडौंको थानकोटबाट पक्राउ गरेको छ। रामेछापको लिखु तामाकोसी गाउँपालिका १ का रविन नेपाली पक्राउ परेका हुन्।

मोटरसाइकल चोरीमा संलग्न नेपालीलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याउने क्रममा उनी थानकोटबाटै बिहान फरार भएका थिए।

उनी पहिले पनि मोटरसाइकल चोरी मुद्दामा ५ वर्ष जेल बसेर छुटेको प्रहरीले जनाएको छ।

...

रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेका ३ वटा मालबाहक सवारी राजस्व अनुसन्धानको नियन्त्रणमा

काठमाडौं - रसुवागढी भन्सार हुँदै नेपाल प्रवेश गरेका तीन वटा मालबाहक सवारीसाधनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। राजस्व अनुसन्धानको टोलीले विस्तृत अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको हो।

विभागका महानिर्देशक दीर्घराज मैनालीले नियन्त्रणमा लिइएका ट्रकमाथि अनुसन्धान भइरहेको जानकारी दिए। विभागको टोलीले तीन दिनअघि नेपाल प्रवेश गरेका गाडीलाई रसुवा र नुवाकोटको सिमाना बेत्रावती नजिकैबाट नियन्त्रणमा लिएको थियो।

सवारीसाधनमा लत्ताकपडा रहेको विभागले जनाएको छ। भन्सार जाँचपासका क्रममा यथार्थ मूल्यांकन नभएको आशंकामा ती सवारीसाधन नियन्त्रणमा लिइएको थियो। विभागले सवारीसाधनको विस्तृत विवरण खुलाएको छैन।

केही समयअघि पनि रसुवागढी हुँदै नेपाल आएको एउटा ट्रकलाई ...


भिडियोकलबाटै मन्त्रिपरिषद्‌को बैठक, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था यस्तो !

काठमाडौं - सोमबार नेपालको इतिहासमै पहिलोपटक मन्त्रिपरिषद्‌को बैठक भिडियो कन्फ्रेन्समार्फत बस्यो। स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा रहेकोले बैठक भिडियो कन्फ्रेन्समार्फत बसेको हो।

भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओली सिंगापुरबाट र मन्त्रिपरिषद्‌का अन्य सदस्यहरु सिंहदरबारबाट जोडिएका थिए। इतिहासमै पहिलोपटक भिडियो कन्फ्रेन्सबाट बैठक बस्ने भन्दै प्रचारबाजी गरिए पनि बैठक प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जानकारी लिनमा मात्रै सीमित भएको छ।

प्रधानमन्त्री ओलीले सोमबार मध्यान्ह प्रधानमन्त्री कार्यालय सिंहदरबारमा डाकेको बैठकमा कुनै पनि निर्णय नभएको एक मन्त्रीले जानकारी दिए। उनले भने, 'कुनै निर्णय भएन। प्रधानमन्त्रीसँग कुरा मात्रै भयो।'

सिंगापुरबाट भिडियो कलमा जोडिएका प्रधानमन्त्री ...


पत्रकारिताबाट केही नलागे राजनीतिमा आउंछु : रबि लामिछाने

चितवन - टेलिभिजन प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत दिएका छन् । आत्महत्या दुरुत्साहन मुद्दामा धरौटीमा रिहा भएपछि मंगलबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गर्दै उनले पत्रकारिताबाट केही नलागे राजनीति पनि विकल्प हुन सक्ने बताए ।

तर अहिले आफूले पत्रकारिताबाटै देश र जनताका लागि खरो रुपमा काम गर्ने बताए ।

‘राजनीतिमा आउने सम्भावनाको ढोकामा चुकुल मात्र लागेको छ, ताल्चा लागेको छैन’, लामिछानेले भने ‘केही लागेन भने राजनीति विकल्प बन्न सक्छ, तर मैले आज जानेको चिज राजनीति होइन, सञ्चारकर्मबाटै खबरदारी गर्न चाहन्छु ।’

...

रवि लामिछानेका ४८ जना समर्थक रिहा

चितवन - कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछाने र कँडेलधरौटीमा र अस्मिता कार्की सामान्य तारिखमा रिहा भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको हो ।

यसैबीच पत्रकार पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आज यहाँ पत्रकार सम्मेलन गरी अदालतको आदेश ...


रिहापछी रवि लामिछानेले भने : 'जनताको पक्षमा अब झन खरो रुपमा उत्रन्छु'

काठमाडौं - टेलिभिजन प्रस्तोता रवि लामिछानेले जनताको पक्षमा अब झन खरो रुपमा उत्रिने बताएका छन् ।

मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’

‘राजनीतिज्ञ कस्तो हुनुपर्छ, लिडर कस्तो हुनुपर्छ भनेर आम सर्वसाधारणलाई सचेत गराउन सकेमा र जनताले आफ्नालागि आफ्नो भविष्य कोर्ने राजनीतिज्ञ छान्ने क्षमता राख्नुभयो भने राजनीतिमा हाम्रो कुनै आवश्यकता छैन । सिक्नुपर्ला, तर मैले आज जानेको चिज राजनीति होइन
उनले भने,।’

लामिछानेले भने– ‘मलाई थाहा थिएन म प्रति जनताको ...


अख्तियारको नयाँ कानुनी व्यवस्थाबाट मन्त्रिपरिषदलाई खतरा हुने भएपछी हटाउने चलखेल

काठमाडौं - सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी कानुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै गुपचुप पारेको छ। असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संघीय पेस गर्न स्वीकृति दिएको डेढ महिना पुगिसक्दा पनि अहिलेसम्म संघीय सदनमा पेस नगरी प्रधानमन्त्री कार्यालयले गुपचुप पारेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का समितिले गरेको कुनै निर्णयलाई अख्तियारले हेर्न नपाउने प्रावधान छ। अहिले कार्यान्वयनमा रहेको ऐनमा मन्त्रिपरिषद्को नीतिगत निर्णयलाई मात्रै हेर्न नपाउने प्रावधान ...


सिंगापुरमा प्रधानमन्त्रीको थालियो 'प्लाज्मा फेरेसिस' उपचार,  बसाइ एक महिनासम्म लम्बिन सक्ने

काठमाडौं - सिंगापुरमा स्वास्थ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ। प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गाैलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो। उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ।

प्रधानमन्त्री ओलीलाई पहिलोपटक शुक्रबार प्लाज्मा फेरेसिस गरिएको हो। यही अवस्था रहने हो भने उनको सिंगापुर बसाइ एक महिनासम्म लम्बिन सक्ने उनीनिकट चिकित्सकको भनाइ छ। चिकित्सकका अनुसार प्रत्यारोपण गरेको मिर्गौलाको विरुद्धमा बनेको एन्टीबडी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस उपचार विधि प्रयोग गरिन्छ। नेपाल चिकित्सक संघको महासचिवसमेत रहेका चिकित्सक ...


‘गलफ्रेन्ड’ भेट्न पुडासैनीको टोखामा छुट्टै कोठा

काठमाडौं - चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो।

महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको ...


केन्याको लागुऔषध  गिरोहमा नेपाली युवती, भारतीय मुलका गिरोह नाइके केन्यामै शक्तिशाली !

केन्या - केन्याको एक संगठित र ठूलो लागुऔषध माफियाको गिरोहमा एक नेपाली युवतीसमेत संलग्न रहेको खुलेको छ । भारतीय मूलका विवादास्पद व्यापारी अली पुन्जानीको गिरोहमा नेपाली युवती सुस्मिता कार्कीको संलग्नता खुलेपछि उनीमाथि केन्या प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

मोम्बासा सहरमा रहेको पुन्जानीको घरबाट गत १३ अगस्टमा कार्कीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । पर्याप्त प्रमाण नभएको भन्दै अदालतको आदेशमा उनी दुई दिनपछि छुटेकी छिन् । थप अनुसन्धान गरी उनीमाथि मुद्दा दायर हुने केन्या प्रहरीलाई उद्धृत गर्दै यहाँका सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ परेपछि कार्कीले आफू पुन्जानीको श्रीमती भएको बताएकी छिन् । ...


पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा फेला परे नयाँ तथ्य

काठमाडौँ - निम्न मध्यमवर्गीय परिवारकी आठ सन्तानमध्येकी एक अस्मिताले एसएलसी पास गरेपछि सुनसरीको इनरुवास्थित एक कलेजबाट तीनवर्षे नर्सिङको प्रमाणपत्र तह पढेकी थिइन् । पढाइ सकिएपछिका केही महिना उनी गाउँ गई बसिन् ।

गतवर्षको दसैंपछि काठमाडौंको रानीबारीमा बस्दै आएका दाइसँग बसी उनले नर्सिङको लाइसेन्स लिएकी हुन् । लाइसेन्स हात परेपछि जागिरको खोजीमा रहेकै बेला फेसबुकमार्फत उनको चिनजान शालिकरामसँग भएको हो । गत वर्षको पुसबाट उनीहरूबीच सम्बन्ध सुरु भएको देखिन्छ । सम्बन्धका करिब आठ महिना अनेक उतारचढाव र घुम्तीहरूले भरिएको देखिन्छ ।

अस्मिताका निकट साथी र उनीहरूबीचको फेसबुक कुराकानी केलाउँदा शालिकरामले आफूलाई नर्स एकदमै मनपर्ने ...


चितवन राष्ट्रिय निकुञ्जमा अर्ना र बाह्रसिङ्गे थपिने

चितवन - चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार खोर विस्तारका लागि निकुञ्ज विभागले रु एक करोड बजेट विनियोजन गरेको छ । हाल २२ हेक्टर जमीनमा विद्युतीय ‘पिसीसी मेस’ जालीसहितको तारबार गरेर अर्ना र बाह्रसिङ्गे राखिएको छ । सो ठाउँमा थप २५ हेक्टर क्षेत्रफल विस्तार गरिने ढकालले बताए । सँगै जोडेर ...


रोग निको हुने भ्रममा धर्म परिवर्तन, पछि चाडबाड मनाउन नपाउँदा दु:खी

रोल्पा - पाँच वर्षअगाडि मानसिक रूपले बिरामी परेकी त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ तितिमकी २० वर्षीया विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्रार्थना गर्न थालेपछि निको भएको ठानेर धर्म परिवर्तन गरी अहिले अभियन्ता बनेकी छन्। विमलाको अहिले पाँच महिनाको छोरो छ। बालविवाह गरेकी उनले विवाह गर्ने उमेर नपुग्दै छोरो जन्माइन्। यो गाउँमा उनीजस्ता दर्जनौं किशोरी आमा बनिसकेका छन्।

केही महिनाको उपचारले बिरामी निको नभएकी उनको रोग चर्चले बिसेक भएको भन्दै सबै परिवारले धर्म फेरे। ‘तीन महिनाजति बिरामी भए। धेरै अस्पताल उपचार गरे सन्चो भएन। चर्चमा प्रार्थना ...


बालगृहका नाममा ठगी धन्दा

काठमाडौं - कालिकोटको तिलागुफा नगरपालिका ९ का जयबहादुर विकले छिमेकीमाझ अनौठो प्रस्ताव राखे। प्रस्ताव थियो– अभिभावकले सुरुवाती चरणमा केही रकम उपलब्ध गराए कक्षा १० सम्म काठमाडौंमा निःशुल्क अंग्रेजी माध्यममा पढाइदिने। साँझबिहान घरपरिवार चलाउन समेत धौधौ भएका अभिभावकका लागि उक्त प्रस्ताव आकर्षक थियो। आफ्नै चिनेजानेका छिमेकी जयबहादुरबाट राम्रो खालको प्रस्ताव आएपछि हिमा गाउँपालिका ७ का रामबहादुर बुढा केही पैसा तिरेरै भए पनि आफ्ना दुई छोरी काठमाडौं पठाउन राजी भए।

बुढाले छोरीलाई उच्च शिक्षा अध्ययन गराउनकै लागि भनेर जयबहादुरले सञ्चालन गर्दै आएको बूढानीलकण्ठ नगरपालिका ८ गल्फुटारमा रहेको कर्णाली ...


प्रदेशहरुलाई सर्वोच्चको प्रश्न : जनप्रतिनिधिलाई पारिश्रमिक दिने कानुन किन बनाएको ?

काठमाडौँ - ६ वटा प्रदेश सभाले स्थानीय तहका जनप्रतिनिधिले मासिक रूपमा पारिश्रमिक, ज्याला, तलब सुविधा पाउने गरी कानुन बनाएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको संवैधानिक इजलासले शुक्रबार विपक्षीहरूसँग लिखित जवाफ माग्नुका साथै अन्तरिम आदेश दिने/नदिने भन्नेबारे छलफलका पनि बोलाएको छ ।

प्रदेश १ बाहेक ६ वटा प्रदेश सभा र ती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता लोकेन्द्रबहादुर ओलीले गत १ भदौमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । शुक्रबारको बहसमा वरिष्ठ अधिवक्ताद्वय डा.गोविन्द गौतम, गोपालकृष्ण घिमिरे, अधिवक्ताहरू ...


क्याम्पसको ८२ बिघा जग्गा १० वर्षदेखि कब्जामा

दाङ - घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको ८२ बिघा जग्गा १० वर्षदेखि कब्जामा छ । मुक्त कमैया आन्दोलनका बेला क्याम्पसको जग्गा कब्जा भएको थियो । त्रिवि आंगिक क्याम्पसका नाममा करिब ९० बिघा जग्गा थियो । क्याम्पसले ८ बिघामा संरचना तयार गरेर पठनपाठन सञ्चालन गरेको छ । ८२ बिघा खेतीयोग्य जमिन, सुकुम्बासी, भूमिहीनका नाममा ‘कब्जा’ मा रहेको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसको जग्गामा सुकुम्बासी र मुक्त कमैयाको बस्ती विकास भएको छ ।

‘क्याम्पसले जग्गा फिर्ता गर्न प्रयास गरेको छ । तर फिर्ता हुन सकेको छैन,’ क्याम्पसका सहायक ...


संविधान दिवसमा 'प्रमुख अतिथि' बन्न मोदीलाई निम्तो

काठमाडौँ - असोज ३ गते आयोजना हुने राष्ट्रिय दिवसमा प्रमुख अतिथिका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्त्याइएको छ । संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रूपमा भव्य बनाउने सरकारको तयारी छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरसँग बुधबार बालुवाटारमा भएको करिब एक घन्टा लामो एकान्त वार्तामा प्रधानमन्त्री ओलीले मोदीलाई राष्ट्रिय दिवसको प्रमुख अतिथि बनाउने प्रस्ताव गरेका थिए । जयशंकरले नेपाली प्रधानमन्त्रीको निम्ता भारतीय प्रधानमन्त्रीसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यो विषयमा भारतका तर्फबाट छिटै औपचारिक जानकारी आउने अपेक्षा गरिएको परराष्ट्र स्रोतले जनाएको छ ।

ओलीले राष्ट्रिय दिवसमा मोदीको आगमन भए नेपाल र ...


डडेल्धुरामा 'हैजा'को सनसनी,  तीन सय घरधुरी उच्च जोखिममा

डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकामा कडा खालको झाडापखालाबाट तीन सय परिवार जोखिममा परेको नगरपालिकाले जनाएको छ । २९ साउनदेखि नगरको वडा नम्बर ८ जमरानीमा गम्भीर खालको झाडापखाला (हैजा) को प्रकोप बढेको हो । नगरको वडा नम्बर ६, ७ र ८ का ३ सय परिवार जोखिमा रहेको नगरपालिकाका स्वास्थ्य उपसंयोजक हिक्मत धँमीले बताए ।

नौ दिनदेखि परशुराम नगरपालिका–८ को जमरानी, सानखोला र धादलीफाँटाबाट फैलिएको कडा खालको झाडापखाला गुप्तेगाडा गाउँमा पनि देखिएको छ । बुधबारसम्म ८१ जनामा कडा खालको झाडापखाला देखिएको थियो । तीमध्ये १४ जनालाई जमारानी बर्थिङ सेन्टरमा राखेर उपचार ...


सिंगापुर जानुअघि बैठकमा ओली र नेपालको जुहारी, हेर्नुहोस के-के भनाभन भयो !

समय बिहान :बिहान ९ः३०

स्थान :प्रधानमन्त्री निवास बालुवाटार

केपी ओली : (नेकपा सचिवालय बैठक प्रारम्भ गर्दै) आज एजेन्डामा छलफल हुन्न । बैठकले मेरो स्वास्थ्यलाभको कामना गरोस् । म तपाईंहरूका शुभकामना लिएर उपचारमा जान्छु । मैले आफू नभएका बेला अब पार्टीको बैठक बस्ने र निर्णय लिने गरी प्रचण्डजी (पुष्पकमल दाहाल) लाई जिम्मा दिएको छु । उहाँ (दाहाल) ले म नहुँदा पनि बैठक राख्न सक्नुहुन्छ । आवश्यक निर्णय पनि लिन सक्नुहुन्छ । पार्टीका बाँकी एकताका काम टुग्याउँदै जानुहोस् । सबै निर्णय सहमतिका आधारमा गर्नुहोस् । आवश्यक पर्दा मसँग पनि ...


प्रत्यारोपण गरेको १२ वर्षपछि मिर्गौलामा खराबी, उपचारका लागि प्रधानमन्त्री सिंगापुर प्रस्थान

काठमाडौं - शरीरमा एन्टिबडीको मात्रा बढी देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली थप परीक्षणका गर्न बिहीबार अपराह्न सिंगापुरतर्फ गएका छन् । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा मिर्गौलाको कार्यक्षमता र औषधिको प्रभाव सम्बन्धमा परीक्षण हुनेछ ।

दुवै मिर्गौला प्रत्यारोपण गरेको १२ वर्षपछि खराबी देखिएको छ । ओलीको शरीरमा एन्टिबडी देखिएको निजी चिकित्सक डा. दिलीप शर्माले बताए । डा. शर्माले भने, ‘प्रधानमन्त्रीको सम्पूर्ण स्वास्थ्य परीक्षण हुनेछ । उपचारको मोडालिटीबारे थप नयाँ कुरा पनि आउनेछन् ।’ ओलीको उपचारका लागि सातदेखि दस दिनसम्म लाग्ने शर्माले बताए ।

प्रधानमन्त्री ओलीले यसअघि १० ...


पत्रकार रवि लामीछानेको विषयमा नेकपा लमहीको यस्तो आयो विज्ञप्ती
सामाजिक संजालमा धारणा सार्जजनिक नगर्न कार्यकर्तालाई ह्वीप

देउखुरी समाचारदाता
देउखुरी, भदौ । पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानमा रहेका पत्रकार रवि लामीछाने अनुसन्धानको लागि न्यायीक हिरासतमा रहेकाले अनावश्यक भ्रममा नपर्न नेकपा लमही नगर कमिटिले आग्रह गरेको छ । नपाल कम्युनिष्ट पार्टी ( नेकपा) लमही नगर कमिटिका अध्यक्ष कुलवहादुर केसी र सचिव बसन्तराज शर्मा विक्रान्तले वित्रप्ती जारी गर्दै अनुसन्धान प्रकृयालाई समेत प्रभावित पार्ने गरी भएका गतिविधि प्रर्ति पाटीको ध्यानाकर्षण भएको जनाइएको छ ।

पत्रकार पुडासैनी मृत्यु प्रकरणको सत्यतथ्य वाहीर ल्याउन सरकारसंग जोडदार मागगर्दै विज्ञप्ती जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा लिएका व्यक्तिको निष्पक्ष छानवीनमा ...


अवैधानिक रुपमा राखिएका ९ बालबालिकाको बाफलबाट उद्दार, यौन दुराचारको आशंका

काठमाडौं - काठमाडौंको बाफलस्थित नमुना प्रगतिशील महिला समाजमा बालबालिकालाई अवैधानिक रुपमा राखिएको पाइएको छ । बुधबार बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको संयुक्त टोलीले अनुगमन गर्दा नागार्जुन नगरपालिका–४ बाफलस्थित उक्त संस्थामा ९ बालबालिकालाई अवैधानिक रुपमा राखेको पाइएको हो ।

वैधानिक हैसियत नदेखिएको संस्थाले बालबालिकालाई मापदण्डविपरीत राखेको पाइएको बालबालिका खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले जानकारी दिए । उनले ती बालबालिकाको उद्दार गरिने जानकारी दिए । ‘स्थानीय प्रहरी र वडाध्यक्षलाई बोलाएका छौं, अब उनीहरुको उद्दार गर्छौं’ उनले भने ।

बालबालिकाको बाल यौन दूराचार भएको सुन्न आएको भन्दै ...


रवि लामिछाने पत्नी निकिताले दिएको जाहेरी प्रहरीले लिन मानेन, क-कसको बिरुद्धमा थियो जाहेरी ?

काठमाडौं - पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले लिन मानेन । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न पुगेकी थिइन् । निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले भने प्रहरी उजुरी दर्ता गर्न नमानेको बताए ।

रवि पत्नी निकिता, दाजु हरिशंकर लामिछाने र अधिवक्ता ...


प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीबीचको भेटवार्तामा के के भयो कुराकानी ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री सुब्रमन्यम् जयशंकरबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री जयशंकरले शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पराराष्ट्र सचिव शंकरदास बैरागी, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी लगायत सहभागी थिए।

तीन वर्षको अन्तरालपछि नेपाल-भारत दुईपक्षीय समग्र विषयमा छलफल गर्न २५ सदस्यीय उच्च अधिकारीको नेतृत्व गर्दै जयशंकर काठमाडौं‌ आएका हुन्।

विदेशमन्त्री जयशंकरले भारतीय दूतावासमा राजनीतिक भेटवार्तासमेत गर्ने कार्यक्रम छ। जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग ...


नेपाल आएका भारतीय विदेशमन्त्रीको यस्तो छ भेटघाटको कार्यसुची !

काठमाडौं - भारतीय विदेशमन्त्री सुब्रमन्यम् जयशंकर नेपाल आइपुगेका छन् । बुधबार सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेका विदेशमन्त्री जयशंकरलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए ।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका विदेशमन्त्री जयशंकर २५ सदस्यीय उच्च अधिकारीको नेतृत्व गर्दै काठमाडौं ओर्लिएका छन् ।

उनले बैठकमा सहभागी हुनुअगावै प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसँग जयशंकरले नेपालको पछिल्लो राजनीतिक अवस्था र दुईपक्षीय सम्बन्धबारे छलफल गर्नेछन्।

उनले भारतीय दूतावासमा केही राजनीतिक भेटवार्तासमेत गर्ने कार्यक्रम छ।

त्यसैगरि विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी ...


बेवारिसे शवको फेला

शिवु खनाल
देउखुरी, । दाङको लमहीमा फेला परेको बेवारिसे शवको पहिचान अझै खुल्न नसकेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्पल थपलियाले जानकारी दिनुभयो । बुधवार दिउँसो तिन बजे लमही नगरपालिका वडा नम्बर ६ स्थित अर्जुजखोलाको दोभान नजिकै एक पुरुषको बेवारि।से शव फेला परेको हो । बेवारिसे शव कस्को हो, कहाँबाट खोलाले बगाएर ल्याएको हो, केही खुल्न नसकेको निरिक्षक थपलियाले बताउनुभयो ।

घटना स्थलमा वडा प्रहरी कार्यालयको टोलि पुगिसके अनुसन्धान सुरु गरेको हो । शव कस्को हो, कहाँबाट आयो यो शव थप अनुसन्धान भैरहेको निरिक्षक ...


निजामती कर्मचारी हिमाली जिल्लामा कम्तिमा २ वर्ष बस्नैपर्ने

काठमाडौं - निजामती कर्मचारी दुर्गम हिमाली तथा पहाडी जिल्लामा कम्तीमा २ वर्ष बस्नैपर्ने भएको छ। संसद्को राज्य व्यवस्था समितिको बैठकले सोसम्बन्धी व्यवस्था संघीय निजामती सेवा ऐनको मस्यौदमा राख्न प्रस्ताव गरेको छ। समितिको बैठकले ऐनको मस्यौदामा राखिएका धेरैजसो बुँदामा पुनर्लेखन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ। पुनर्लेखन गर्नुपर्ने बुँदासमेत समितिले मन्त्रालयलाई पठाएको छ।

समितिका सदस्य दिलेन्द्र बडूले राज्य व्यवस्था समितिको बैठकले संघीय निजामती सेवा ऐनको मस्यौदाका धेरैजसो बुँदामा पुनर्लेखन गर्न संघीय मन्त्रालयलाई निर्देशन गरेको बताए। मन्त्रालयले पठाएको निर्देशलाई समेटी राज्य व्यवस्था समितिको बैठकमा ...


खासमा प्रधानमन्त्रीलाई के भएको हो ? फेरी किन जाँदैछन् सिंगापुर ?

काठमाडौँ - १२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी ओली उपचारका लागि पुनः सिंगापुर जाँदै छन् । नौ दिनसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर फर्किएको १० दिनपछि बिहीबार उनी त्यसतर्फ जान लागेका हुन् ।

यसअघि १८ साउनमा सिंगापुर गएका प्रधानमन्त्री २७ साउनमा फर्किएका थिए । एक हप्ताका लागि गएका उनको बसाइ उपचारकै कारण केही दिन लम्बिएको थियो । त्यसो त उपचार भएको नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले अर्को एक साता बस्न भनेका थिए । मिर्गौलामा समस्या देखिएको र नयाँ औषधि चलाएर हेर्नुपर्ने चिकित्सकले बताएका थिए ।

तर, प्रधानमन्त्री ...


अख्तियारमा १५०० उजुरीको विस्तृत अनुसन्धान जारी, कुन क्षेत्रका कति ?

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हजार ५ सयभन्दा उजुरीको विस्तृत अनुसन्धान गरिरहेको छ। अनुसन्धानले इतिहास ‘ब्रेक’ गर्ने अवस्था रहेको प्रमुख आयुक्त नवीनकुमार घिमिरेको भनाइ छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सुशासन र राजनीतिक सदाचारका सम्बन्धमा गरेको छलफलमा उनले १ सय ४० भन्दा बढी व्यक्तिको अकुत सम्पत्तिमा छानबिन थालिएको बताए। कर्मचारी र स्थानीय तहका पदाधिकारीसहित सम्पत्ति विवरण नबुझाउनेलाई पनि राष्ट्रिय सतर्कता केन्द्रसँगको सहकार्यमा कारबाही गरिएको उनले सुनाए। ‘सम्पत्ति विवरण नबुझाउने १९ हजार जनालाई जरिवाना गरिएको छ’, उनले भने।

ललिता निवास प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको उनले जनाए। अनुसन्धानमा ...


अचानक किन डाके प्रधानमन्त्रीले सर्वदलीय बैठक ?

काठमाडौं - के संविधान र गणतन्त्रविरुद्ध नेपथ्यमा ‘षड्यन्त्र’ सुरु भएकै हो त ? प्रधानमन्त्रीको आह्वानमा मंगलबार अचानक बोलाइएको सर्वदलीय बैठकको मूल एजेन्डै त्यही रह्यो । र, संविधान बनाउने शक्तिहरू एकगठ भएर ऐक्यबद्धता जनाए, ‘संविधान, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका पक्षमा हामी सधैं, सबै, सँगै छौं।

बैठकको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ विषय उठान गरेका थिए– १. प्रणालीकै विरुद्ध आवाज उठ्न थालेका छन्, यो दुस्साहस कहाँबाट कसरी आयो ? २. बढ्दो हिंसाविरुद्ध शान्तिका पक्षमा सरकार एक्लै लड्ने कि विपक्षीले पनि साथ दिनुपर्ने हो ? ३. लोकतन्त्रका आधारभूत ...


छुटेनन रवि : रवि लामिछानेसहित तिनै जनालाई अर्को ५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं - रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछाने सहित तिनै जनालाई यस अघि ५ दिन थुनामा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले अनुमति दिएको थियो ।

आज फेरी जिल्ला अदालत चितवनले लामिछानेसहित अस्मिता कार्की र युवराज कँडेललाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

तीनै जनाको बयान सकिएको छ। अब उनीहरुविरुद्ध प्रहरीले थप अनुसन्धान गरी अभियोगपत्र दायर गर्नेछ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले थप ५ दिन थुनामा राखी अनुसन्धान अगाडि बढाउन अनुमति ...


सिंहदरबार भित्र मृत भेटिएका कर्मचारीको सुसाइड नोट : ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’

काठमाडौं - सिंहदरबार भित्र मृत भेटिएका कर्मचारीले आत्महत्या गरेको पाइएको छ । मर्नु अघि उनले लेखेको सुसाइड नोट फेला परेको छ । राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत भेटिएका थिए ।

अपराधस्थलमा खटिएका एक अधिकृतकाअनुसार, नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेका छन् । आफूले ‘कसैका कारण आत्महत्या गरेको होइन । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ भन्ने समेत लेखेका छन् ।

घटनास्थलमा पुगेका सिन अफ क्राइम (सोको) अफिसरले केसीको सुसाइड नोट संकलन गरेका छन् । यसलाई परीक्षणका लागि प्रहरीको ...


सचिवहरुको 'व्यापक' सरुवा, को कहाँ पुगे ?

काठमाडौं - सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको 'व्यापक' सरुवा गरेको छ। त्यसमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव साटिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारीअनुसार श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ।

यसैगरी महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ। उनी गृहसचिव हुने दौडमा थिए। भूमि व्यवस्थाबाट सरुवा गरिएका गोपीनाथ मैनालीलाई दिइएको नयाँ जिम्मेवारीका बारेमा भने जानकारी दिइएको छैन।

उर्जा, जलस्रोत तथा सिँचाइ ...


थप उपचारका  लागि प्रधानमन्त्रीको फेरि सिंगापुर जाने तयारी

काठमाडौँ - प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि पुनः सिंगापुर जाने भएका छन् । लगत्तै फर्कने भनेर सिंगापुरबाट आएका ओली बिहीबार त्यता उड्दै छन् । १८ साउनमा सिंगापुरस्थित सरकारी अस्पताल नेसनल युनिभर्सिटी(एनयु)मा एक साता लामो स्वास्थ्य परीक्षण गराई प्रधानमन्त्री ओली २७ साउनमा स्वदेश फर्किएका थिए ।

प्रधानमन्त्रीले सेवन गर्दै आएको पुरानो औषधि प्रभावविहीन हुन थालेको छ । १३ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले अहिले काम कम गर्न थालेको र क्रेटानाइनको मात्रा बढ्न थालेको चिकित्सकहरूको भनाइ छ । कम्तीमा औषधि परिवर्तन गर्नुपर्ने र बढीमा नयाँ मिर्गौला प्रत्यारोपण गर्नुपर्ने जानकारी सिंगापुरका डाक्टरहरूले प्रधानमन्त्री ओलीलाई ...


देशको विकासमा लाग्ने खर्चभन्दा पेट्रोलियम पदार्थ खरिदमा लाग्ने खर्च बढी

काठमाडौँ - गत आर्थिक वर्ष ०७५/७६ मा सरकारले विकासका लागि जम्मा दुई खर्ब ३८ अर्ब खर्च गर्न सक्यो । तर, त्योभन्दा बढी त उपभोक्ताले पेट्रोलियम खरिदमा खर्च गरे । नेपाल आयल निगमले गत वर्ष दुई खर्ब ६३ अर्बको पेट्रोलियम बेच्यो । पेट्रोलियम खरिदमा खर्च हुनेजति बजेट पनि खर्च गर्न नसक्दा देश उँभो लाग्न अझै चुनौतीपूर्ण छ ।

बजेट भाषणमा तीन खर्ब १३ अर्बको पुँजीगत खर्च छुट्याएको सरकारले मध्यावधि समीक्षामार्फत यो खर्च २ खर्ब ७३ अर्ब हुने लक्ष्य राखेको थियो । तर, आर्थिक वर्षको अन्त्यसम्म दुई खर्ब ३८ अर्ब रुपैयाँ मात्र खर्च ...


पत्रकार पुडासैनी आत्महत्या प्रकरण अपडेट : दुईजनाको बयान सकियो, म्याद थपेर रविको बयान

झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको संकेत जिप्रका चितवनका प्रमुख एसपी दानबहादुर मल्लले गरे । ‘पोस्टमार्टम रिपोर्ट आएको छ । मंगलबार सम्पूर्ण रिपोर्ट लिएर म्याद थपका लागि अदालतमा पेस गर्छौँ । रिपोर्टमा हामीले पहिले जे आशंका गरेका थियौँ, त्यही नै भएको उल्लेख छ,’ उनले भने ।

भिडियोमा रहेको आवाज पुडासैनीकै भएको पुष्टि
पुडासैनीले मृत्युअघि ...


निजामती कर्मचारीको उमेर हद अब ६० वर्ष

काठमाडौं - निजामती कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिने भएको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको हो।

अहिले उमेर हद ५८ वर्ष छ। विधेयक संसद्मा दफावार छलफलको अन्तिम अवस्थामा पुगेको छ। २०२१ सालपछि जन्मेका कर्मचारीको हकमा मात्रै उमेर हद ६० वर्ष लागू हुनेछ। त्यसअघि जन्मिएका कर्मचारी हकमा भने विधेयकमा जुनसुकै लेखिएको भए कर्मचारीले उमेरहदका कारण अनिवार्य अवकाश पाउनेछन्। स्वास्थ्य सेवाको उमेर हद भने अहिले पनि ...


चट्याङले म्याग्दीमा ६१ वटा भेडा मरे

म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा १० लाख मूल्य बराबरको क्षति पुगेको छ ।

शुक्रबार राति ११ स्३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करिब १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहेका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिए। सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन् । लालवीर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन् ।

एक वटा भेडाको मूल्य १५ हजारदेखि २५ हजार रुपैयाँ ...


उपेन्द्र यादवको चेतावनी : 'संविधान संशोधन नभए सरकारबाट बाहिरिन्छौं'

गोरखा - उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारको कामबाट आफू उत्साहजनक हुन नसकेको भन्दै आफ्नै सरकारको आलोचना गरेका छन् ।

समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले भने, ‘दुई तिहाइको सरकार छ, इतिहासकै बलियो सरकार हो यो, तर काममा कुनै उत्साह देखिएको छैन ।’ सरकारले राम्रो काम गरोस् भन्ने अपेक्षा गरे पनि सरकार सही ढंगले अघि बढ्न नसकेको उनको भनाइ छ ।

‘समष्टिगत रुपमा हेर्दा उत्साहवर्द्धक अवस्था बनिसकेको छैन’, उनले भने , ‘दुई तिहाइको सरकार, त्यो पनि कम्युनिष्ट पार्टीको सरकारबाट जनताले ठूलो अपेक्षा गरेका छन्, ...


श्रीमति हत्या गर्ने युवा प्रहरी नियन्त्रणमा

गोरखा - गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २० वर्षीय याकुव परियारले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शनिबार राति १० बजेतिर श्रीमती पूजा परियारमाथि खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

परियार मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए । उनले औषधि सेवन गर्न छोडेको एक महिना भएको र यसैबीचमा घटना भएको प्रहरीले जनाएको छ । परियारलाई प्रहरीले राति नै पक्राउ गरेको छ ।

...

गोसाइँकुण्ड मेला : १ लाख ३४ हजार भेटी संकलन, १० हजार तीर्थयात्रीद्वारा स्नान

रसुुवा - जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ। गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी १ लाख ३४ हजार ३ सय ६५ रुपैयाँ सङ्कलन भएको छ।

मन्दिरमा सङ्कलन भएको भेटीको रकम जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याई सर्वपक्षीयरूपमा गणना गरिएको हो। प्राप्त रकम महादेवको नाममा खोेलिएको बैंक खातामा जम्मा गरी कार्यसमितिको निर्णयबमोजिम गोसाइँकुण्ड क्षेत्रको संरक्षण कार्यमा खर्च हुने बताइएको छ।

यही साउन २६ गते एकादशीदेखि ३० गते जनैपूर्णिमा पर्वसम्मको अवधिमा १० हजार भक्तजनले गोसाइँकुण्डमा ...


अभिनेत्री सुभद्रा अधिकारीको निधन

काठमाडौं - अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा आज निधन भएको छ। काठमाडौंको डल्लुस्थित आफ्नै निवासमा आज बिहान उनको निधन भएको हो। उनी दमको रोगबाट पीडित थिइन्।

करिब चार दशकदेखि कला क्षेत्रमा सक्रिय उनले चिनो, कन्यादान, भाउजू लगायत फिल्ममा अभिनय गरेकी थिइन्। उनको पहिलो फिल्म ‘मनको बाँध’ हो । फिल्मका अलावा उनले गीति नाटक, नाटक र टेलिफिल्ममा पनि अभिनय गरेकी थिइन्। उनका एक छोरा र एक छोरी छन्।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

...

छोराछोरीकै अगाडी श्रीमतीको हत्या, श्रीमान फरार

पर्सा - पर्साको कालिकामाई गाउँपालिका–५ सेमरामा एक जनाले श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार घटना भएको वेला ३ जना छोराछोरी साथमै थिए ।

स्थानीय नारायण राउत कुर्मीले अन्दाजी ३० वर्षकी श्रीमती संगिता देबि कुर्मीलाई शुक्रबार साँझ आफ्नै घरमा दाबले घाँटी रेटी हत्या गरेको हुन् । श्रीमतिको हत्या गरी अभियुक्त नारायण फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

हत्याको बारेमा थप अनुसन्धान भैरहेको पर्सा प्रहरीले जनाएको छ । कुर्मीको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

...

सहकारीको ६ करोड भन्दा बढि कुम्ल्याएर फरार भएका तिन जना पक्राउ

धरान - धरानमा सहकारी खोलेर ठगि गर्ने तीनजनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सर्बसाधारणले सहकारीमा जम्मा गरेको ६ करोड भन्दा बढि रकम कुम्ल्याएर फरार भएका बाबु छोरासहित तीनजनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिकाको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर विक, सहकारीका प्रबन्धक रहेका उनका छोरा मोहन दर्नाल विक र लेखापाल रहेकी साली कमलादेवि विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् । सल्लेरी बचत तथा ऋण सहकारी संस्थामा सर्बसाधारणहरुले जम्मा गरेको ६ करोड ...


प्रोत्साहन भत्ता काटिएपछि अदालतको ‘बेन्च’ १२ बजे सुरु भएर चार बजे उठिसक्छ !

काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीशहरु एक महिनादेखि मुद्दाको सुनुवाइ गर्न १२ बजे मात्र इजलासमा बस्छन्। प्रधानन्यायाधीशबाट पेसी सूची १० बजेपछि मात्र सार्वजनिक हुन्छ।

‘बेन्च’ पनि १२ बजे सुरु भएर चार बजे उठिसक्छ। कर्मचारीहरू प्रोत्साहन भत्ता काटिदिएको भन्दै असार मसान्तदेखि एक घण्टा ढिला कार्यालय आउन थालेपछि सर्वोच्चमा मात्र नभई मुलुकभरका अदालतमा मुद्दा व्यवस्थापन जटिल भएको हो।

समय अभाव देखाएर इजलासको सामान्य आदेश पनि एकदुई दिनपछि मात्र आउन थालेको छ। असार मसान्तअघि कर्मचारीहरू नौ बजे कार्यालय आएर मुद्दासम्बन्धी सामग्री जुटाउँथे। ढिलोमा पनि ११ बजे सर्वोच्चमा इजलास लाग्थ्यो।

एक मनिादेखि यो ...


यसअघि वामदेवको नाम समेत सुन्न नचाहेका ओलीले अहिले किन पदै पद थमाए ?

काठमाडौं - सत्तारूढ नेकपा एकतापछिको कार्यविभाजनमा सचिवालय सदस्य वामदेव गौतमलाई नाफैनाफा आइलागेको छ। एकातिर गौतमकै लागि नयाँ पद सिर्जना गरेर केन्द्रीय उपाध्यक्षको जिम्मेवारी दिइँदैछ भने अर्कोतर्फ उनलाई पार्टीका महत्वपूर्ण दुई विभागको प्रमुख बनाइएको छ।

नेताहरूको कार्यविभाजन गर्न शुक्रबार बसेको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले गौतमलाई केन्द्रीय उपाध्यक्षमा प्रस्ताव गरेका थिए। पार्टीमा पाँचांै वरीयताका गौतमलाई संगठन विभाग र किसान महासंघ विभागको प्रमुख बनाइएको हो।

नौ सदस्यीय सचिवालयमा निर्णय प्रक्रियामा आफूलाई अप्ठ्यारो परेको महसुस गरेपछि ओली गौतमलाई जिम्मेवारी दिन राजी भएको स्रोतले बतायो। तत्कालीन एमाले र माओवादी ...


वामदेव गौतमलाई ओलीको पुनः प्रस्ताव : 'कास्की २ बाट चुनाव लड्नुस्'

काठमाडौँ - नेकपाका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमलाई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त कास्की २ को उपनिर्वाचनमा उम्मेदवार बन्न आग्रह गरेका छन्। शुक्रबारको सचिवालय बैठकमा ओलीले सो आग्रह गरेको एक नेताले बताए । ओलीको प्रस्तावमा गौतम भने मौन बसेका थिए ।

निर्वाचनमा अन्तर्घातका कारण चुनाव हारेको निष्कर्षमा पुगेका गौतम पछिल्लोपटक काठमाडौंमा उपनिर्वाचन लडेर संसद्मा आउने चाहनामा थिए । तर, अध्यक्ष ओलीकै कारण पूरा हुन नसकेको निचोडमा पुगेका थिए । संसद्मा आउन नपाए पनि शक्तिशाली विकास प्राधिकरणमा उपप्रधानमन्त्रीसरहको भूमिका पाउने अपेक्षा उनले गरेका थिए । ...


रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं - शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने सहित अन्य २ जनालाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत चितवनले लामिछाने सहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई हिजो (बिहीबार) बाट लागू हुनेगरी थप अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो।

उनि सहित अन्य २ जना मुलुकी फौजदारी संहिता अन्तर्गत आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका थिए। पुडासैनीले आत्महत्याअघि गरेको भिडियो रेकर्डमा तिनै जनाको नाम लिएका थिए।

न्युज २४ टेलिभिजनको कार्यक्रम 'सिधा कुरा जनतासँग' का प्रस्तोता लामिछाने समेत ३ जनालाई ...


रवि लामिछानेलाई आज अदालत पेस गरिँदै, म्याद थप गरेर अनुसन्धान थालिने

चितवन - शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिने भएको छ । म्याद थप गरेर अनुसन्धान थालिने चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार लामिछानेसहित पक्राउ परेका युवराज कँडेललाई राति चितवन पुर्याइएको थियो ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुडासैनीले साउन २० गते चितवनको कंगारु होटलको ...


मुख्यमन्त्री महेन्द्रबहादुर शाही 'विप्लब'को निशानामा

वीरेन्द्रनगर - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही गृहजिल्ला कालीकोटको रास्कोट सडक उद्घाटन कार्यक्रमका लागि जाँदै गर्दा बिहीबार बिहान कृषि क्याम्पसनजिकै बम विस्फोट भयो। उनलाई लक्षित गरी सोही समयमै अर्काे विस्फोट भयो। बुधबार पनि उनलाई लक्षित गरी दुईपटक बम विस्फोटक भएको थियो।

यति मात्र होइन मुख्यमन्त्री शाही जिल्ला जाँदा पटकपटक निशानामा पर्ने गरेका छन्। यसभन्दा अघि पनि गृहजिल्ला जाँदा उनलाई लक्षित गरी बम विस्फोट भएका थिए। तर ती बम विस्फोटको जिम्मा कसैले लिएको छैन। प्रहरीले भने मुख्यमन्त्री शाहीलाई लक्षित गरी नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाआबद्ध कार्यकर्ताले बम ...


नेकपा प्रदेशसभा सचेतकको घरमा मध्यरातमा बम बिस्फोट

बुटवल - नेकपाका पाँच नम्वर प्रदेशसभा प्रमुख सचेतक भुमीश्वर ढकालको घरमा मध्यरातमा बम प्रहर भएको छ । रुपन्देहीको सैनामैना–७ मा रहेको ढकालको घरमा मध्यरातमा ३ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जानकारी दिएको छ । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन यद्यपि विप्लब समुह माथि आधंका गरिएको छ ।

ढकाल सुत्ने कोठा , बावाआमा सुत्ने कोठा र ढकालको गाडी लु१ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको छ ।

सचेतक ढकाल चार देखी बिरामी भएको कारणले काठमाडौ मेडिसिटी अस्पताल उपचारत रहेका छन् ।

उनले आफु उपचारको ...


रवि लामिछाने पक्राउ परेपछि ‘सिधाकुरा जनतासँग’ कार्यक्रम प्रस्तोता बिना प्रसारण

काठमाडौं - न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सिधाकुरा जनतासँग’ कार्यक्रम प्रस्तोता बिना प्रसारण भएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएपछि बिना प्रसारण भएको हो ।

नुवाकोटका पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि भन्दै सञ्चारकर्मी लामिछानेसहित ३ जनालाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको हो ।

४ मिनेट १९ सेकेण्डको कार्यक्रममा रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसलाई हाइलाइट गरेर प्रसारण गरिएको छ ।

रवि लामिछानेसहित सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । ...


वडाअध्यक्षको दादागिरी : 'नागरिकता लिन गएका युवालाई तारले हात बाँधेर कुटे'

सिरहा - नागरिकता लिन वडा कार्यालय गएका एक युवक वडा अध्यक्षबाटै कुटिएका छन्। सिरहा नगरपालिका १८ का २५ वर्षीय मनोज कुमार रायलाई सोही वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समूहले कुटपिट गरेको हो। ०७६ असार २५ गत्ते मनोजका बुवा रामसेवक रायको नागरिकताको प्रमाणपत्र वडा अध्यक्ष यादवले सिँचाई बोडिङको उपभोक्ता समिति निर्माण गर्ने भन्दै लिएका थिए।

मनोज सोही नागरिकता फिर्ता लिन साउन २८ गत्ते दिउँसो वडा कार्यालय पुगेका थिए। 'नागरिकता माग्दा वडा अध्यक्षजीले हरायो भनेपछि विवाद भयो, मनोजले भने। सोहीबीचमा अध्यक्षजीले ममाथि हात छाड्नुभयो भनोजले भने,‘मैलेपनि प्रतिवाद गरे।’ त्यसपछि ...


कर्णालीका भौतिक पूर्वाधारमन्त्री खडकबहादुर खत्री बर्खास्त

धनगढी - कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्री पदमुक्त भएका छन् । बैंकिङ कसुर गरेको अभियोगमा उच्च अदालत पाटनले मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश दिएपछि उनी पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम खत्रीलाई बर्खास्त गरी सो मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले जानकारी दिए । मुख्यमन्त्रीको निर्णय बिहीबार प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई समेत जानकारी गराइएको बुढाथोकीले बताए ।

उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले मन्त्री खत्री र ...


रवि लामिछानेसहित तीनै जनालाई मध्यरातमा चितवन पुर्‍याइयो, अहिले प्रहरी हिरासतमा

चितवन - पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिनका क्रममा विषय पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालई चितवन ल्याइएको छ।

बिहीबार काठमाडौंमा पक्राउ परेको तीनैजनालाई कडा सुरक्षाकासाथ चितवन ल्याइएको हो । लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय पुर्‍याउदा राति साढे एक बजेको थियो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लैजानुअघि भरतपुर अस्पतालमा स्वास्थय परीक्षण गरिएको थियो । तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राािखएको छ । उनीहरुलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

...

पत्रकार रवि लामिछाने पक्राउ

काठमाडौं - न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीले रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको हो । उनीहरुलाई न्युज २४ को कार्यालयबाट बिहीबार साँझ पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बतायो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो । विहीबार अपरान्ह एक अस्पतालमा कार्यरत नर्स ओखलढुंगा घर भएकी रुकु ...


एनसेल लाभकर विवाद : भदौ ५ मा फैसला आउने

काठमाडौं - एनसेल लाभकर विवादमा दोस्रोपटक फैसला मिति सरेको छ। बिहीबार हुने भनिएको फैसला सर्वोच्च अदालतका न्यायाधीशहरुले लेख्न नभ्याएको भन्दै भदौ ५ गतेका लागि सारिएको छ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिको ८० प्रतिशत सेयर खरिद-बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको क्रममा छ।

ठूला करदाता कार्यालयले गत वैशाख ३ गते एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ पूँजीगत लाभकर तिर्न बाँकी रहेको भनी ७ दिनभित्र तिर्न एनसेललाई पत्राचार गरेको थियो ...


थानकोट नाका लागुऔषध ओसारपसारको 'हब'

काठमाडौं - उपत्यका भित्रने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ ।

महानगरीय प्रहरी वृत्तका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि धेरै लागुऔषध ओसारपसार पनि थानकोट नाकाबाटै हुने गरेको बताए ।

‘थानकोट प्रहरी अवैधरूपमा ओसारपसार गरिएको लागुऔषध धेरै हदसम्म बरामद गर्न सफल भएको छ’, उनले भने । यस्तै गरी भक्तपुरको जगाती, काठमाडौँको ...


 नेपालको ठुलो भु–भाग भारतको अतिक्रमणमा : भिम रावल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भीम रावलले नेपालको ठुलो भु–भाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कुटनीतिक पहल गर्न परराष्ट्र र गृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन्। संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

नेपालको ६ सय ६ वर्ग किलोमिटर भू भाग अतिक्रमणमा परेको, ७१ स्थानमा सिमा विवाद देखिएको, दशगजाका विभिन्न स्थानमा भारत तर्फबाट अतिक्रमण गर्ने काम भईरहेको उनले दाबी गरे। त्यसैगरी सडक बनाउने नाममा अघोषित तटबन्ध निर्माण गर्ने काम भएको, पानीको प्राकृतिक वहाव रोकिने गरि संरचना बनाएकाले तराई क्षेत्र ...


पत्रकार पुडासैनीले आत्महत्या गर्नु अघि खिचेको भिडियोमा क-कसलाई के भनेका छन् ?

काठमाडौं - पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा पुडासैनीले आफ्ना दुईजना पूर्वसहकर्मी र एक युवती आफ्ना हत्यारा भएको गम्भीर आरोप लगाएका छन्।

नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनको साथबाट फेला परेका मोबाइलमा उनले भिडियो सन्देश छोडेको चर्चाका बीच उनले रुँदै परिवारसँग माफी मागेको भिडियो सार्वजनिक भएको हो।

न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी यो टिभी छोडेर केही समयदेखि माउन्टेन टेलिभिजनमा काम गरिरहेका थिए।

समाचार पोर्टल नेपालआजले सार्वजनिक ...


आज जनै पूर्णिमा/रक्षाबन्धन ! के छ यसको महत्त्व ?

काठमाडौं - हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाइँदैछ। जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा-बन्धन बाँध्ने परम्परा छ।

यस दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन्। यस्तै नेवारी समुदायमा क्‍वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ।

यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ। ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो।

नयाँ जनै फेर्ने
यसै दिन आत्माको शुद्धीकरण र शरीर ...


सगरमाथा चढ्नुअघि ६५ सय मिटर अग्लो हिमाल चढेकै हुनुपर्ने शर्त तोक्न प्रस्ताव

काठमाडौं - सगरामाथा आरोहण गर्न अब ६५ सय मिटरसम्मका कुनै पनि एक हिमाल आरोहण गरेको हुनैपर्ने सर्त तोक्न सरकारी समितिले सुझाव दिएको छ। नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाव समितिले बुधबार पर्यटन मन्त्रीलाई बुझाएको एक प्रतिवेदनले हिमाली क्षेत्रको समस्या र समाधानको उपायसमेत सुझाएको छ।

पर्वतारोहणलाई थप सुरक्षित र आरोहीलाई उच्च उचाइ अनुकूलन बनाउन अनिवार्य रूपमा नेपालकै कुनै ६५ सय मिटरमाथिका एक हिमाल आरोहण गरेकै हुनुपर्ने सर्त तोक्नु पर्ने सुझाव दिइएको समिति संयोजक घनश्याम उपाध्यायले जानकारी दिए। यो सर्त पूरा भए सगरमाथा आरोहण व्यवस्थित हुने, आरोहण चाप ...


पोखरास्थित वडा कार्यालयबाट चोरी गरेका सामान काठमाडौंमा बिक्री, चोर्ने र बेच्ने दुवै पक्राउ

काठमाडौं - पोखराका ११ वटा वडा कार्यालयमा चोरी गर्ने चोर समातिएका छन्। चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-११ घर भई पोखरा कालिकाचोक बस्ने ५१ वर्षीय किशोर थापा र मकवानपुरको थाहा नगरपालिका-१२ घर भई काठमाडौं कलंकी बस्ने ३६ वर्षीय रुपचन्द्र गोपाली छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए।

उनीहरुले पोखरा महानगरपालिकाका विभिन्न वडा कार्यालयहरुमा रहेका कम्प्युटर, ल्यापटपलगायतका सामानहरु चोरी गरेका थिए। प्रहरीले उनीहरुको साथबाट १७ थान मोनिटर, ९ थान ...


ट्रकको ठक्करले पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कावासोती - नवलपरासी पूर्वको अरुण खोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। मध्यविन्दू नगरपालिकाअन्तर्गत अरुण खोलामा बनाइएको पुलमा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगेपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा पुल एक स्थानमा क्षति पुगी करीब दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था भएको प्रहरी निरीक्षक अधिकारीले बताए। ट्रकसमेत पुलको फलाममा अड्किएकाले निकाल्ने काम भइरहेको उनले बताए।

ट्रक निकाले ...


श्रीमतीको हत्या गरेर फरार

सुनसरी - सुनसरीको बर्जु गाउँपालिका-५ का प्रदीपकुमार यादवले श्रीमतीको मङ्गलबार हत्या गरेका छन्। घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताए।

घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमती आनन्दी यादवलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको हरिनारायणले बताए। घरमा कोही नभएको बेला प्रदीपले श्रीमतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएको र उपचारका लागि विराटनगर लगिएकोमा उनको उपचारकै क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

हत्यामा संलग्न प्रदीप फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले ...


रोल्पामा सरकारी गाडी चलाउन प्रतिबन्ध लगाउने विप्लबको निर्णय

रोल्पा- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति रोल्पाले जिल्लाभर सरकारी सवारी साधन आवतजावतमा प्रतिबन्ध लगाउने भएको छ। केही दिनअघि बसेको पार्टीको बैठकले यस्तो निर्णय गरेको हो।

पार्टीको मध्यपश्चिम कमान्डको निर्देशन अनुसार जिल्ला पार्टी कमिटीले यस्तो निर्णय गरेको नवनियुक्त जिल्ला सेक्रेटरी मानवले जानकारी दिए। 'पार्टीको यो निर्णयसँगै अब रोल्पा जिल्लाभर चल्ने सबै सरकारी गाडी आवतजावतमा प्रतिबन्ध लाग्छ,' सेक्रेटरी मानवले भने।

पार्टी केन्द्रको निर्देशन अनुसार रोल्पा जिल्लामा पनि शुद्धीकरण अभियान संचालन गरिने भएको छ। शुद्धीकरणको सुरुवात जिल्ला कमिटीबाटै गर्ने भन्दै ३ दर्जन बढी जिल्ला कमिटी ...


'राज्यबाट दोहोरो सुविधा लिन' कानुन संशोधन गर्दै प्रदेश ५ सरकार

बुटवल - प्रदेश ५ सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई दोहोरो सुविधा दिन कानुन संशोधन गर्न लागेको छ । स्थानीय जनप्रतिनिधिले राज्यकोषबाट पाउने सुविधासम्बन्धी ऐन संशोधन गरेर दोहोरो सुविधा लिन पाउने व्यवस्था गर्न लागेको हो ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७५ संशोधन गर्ने विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७५ संशोधन विधेयक मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ,’ प्रदेश ५ सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले भने, ‘संशोधित विधेयकले सेवानिवृत्त पूर्वकर्मचारी तथा शिक्षकसमेत ...


एलएलएम भर्नामा चलखेल : पहिले १३४ नम्बरमा निस्किएको नाम अहिले पहिलो नम्बरमा

काठमाडौँ - मास्टर अफ ल (एलएलएम)को प्रवेश परीक्षा दिएका करिब साढे तीन सय विद्यार्थीको नतिजा एक हप्तामै उल्टिएको छ । त्रिभुवन विश्वविद्यालय कानुन संकायको डिन कार्यालयले भर्नाको तयारी गरिरहेका विद्यार्थीको नतिजा उल्ट्याएको हो । डिन कार्यालयले १८ साउनमा सार्वजनिक गरेको पहिलो नतिजामा ५९.८३ प्रतिशत ल्याएर १३४ नम्बरमा रहेकी प्रकृति मल्लको नाम २६ साउनको दोस्रो नतिजामा ८४.८३ प्रतिशतसहित १ नम्बरमा निस्किएको छ । पहिले १ नम्बरमा नाम निकालेका गिरिराज अर्याल भने अहिले तेस्रो नम्बरमा पुगेका छन् ।

पहिलो नतिजामा ४६.३३ प्रतिशत प्राप्त गरी २९१ नम्बरमा रहेका विद्यार्थीको अहिले ८२.३३ प्रतिशतसहित २ ...


प्रदेश २ सरकारको अब आफ्नै प्रहरी

जनकपुरधाम - प्रदेश २ सरकारले आफ्नै प्रहरी गठनको तयारी थालेको छ। प्रतिनिधिसभाले आइतबार दुई विधेयक पारित गरेसँगै प्रदेश प्रहरी भर्ना गर्न सहज भएको हो।प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अनि नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको छ। यसले संघ र प्रदेश प्रहरीको क्षेत्राधिकार तथा समायोजनको कार्यदिशा प्रस्ट पारेको सरोकारवाला बताउँछन्। विधेयक कानुन बन्न राष्ट्रियसभाले पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण गर्न भने बाँकी छ।

अब तीन महिनाभित्रै ...


न्यायालय गम्भीर मोडमा पुगेको पूर्वप्रधानन्यायाधीशहरुको निष्कर्ष !

काठमाडौं - न्यायालयमा विकृति र विसंगति अचाक्लीसंग बढेका औल्याउँदै केही पूर्वप्रधान न्यायाधीशहरुले न्यायालय गम्भिर मोडमा पुगेको निष्कर्ष निकालेका छन्।

न्यायालयका नियुक्ति तथा काम कारबाहीका कारण न्यायालय गम्भिर मोडमा पुगेको उनीहरुको निष्कर्ष छ। न्यायालयको छविमा ह्रास आएकोले आफूहरु भूतपूर्व भैसकेपनि सरोकारवालाहरुसँग बसेर न्यायालयको जनआस्था बढाउने विषयमा पहलकदमी लिनुपर्ने अवस्था पनि उनीहरुले औल्याएका छन्। साउन २४ मा सम्पन्न भएको पूर्वन्यायाधीश फोरम नेपालको साधारण सभामा उनीहरुले न्यायालयको छवि उँचो गराउन ढिला भइसकेको औल्याएका हुन्।

न्यायपालिकाको छवीमा ह्रास आएकोले जनआस्था उकास्नमा पूर्वन्यायाधीशहरु सक्रिय हुन फोरमका अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले आव्हान ...


कर्णालीका मन्त्रीलाई ३ दिन भित्र  पक्राउ गरि पेश गर्न उच्च अदालतको आदेश

सुर्खेत - कर्णाली प्रदेश सरकारका मन्त्री खड्कबहादुर खत्रीलाई उच्च अदालत पाटनले तीन दिनभित्र पक्राउ गरेर उपस्थित गराउन आदेश दिएको छ। उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार मन्त्री पक्रन आदेश दिएको हो।

कृषि विकास बैंक रत्नपार्क शाखा जाहेरवाला रहेको बैंकिङ कसुर मुद्दामा मन्त्रीकै नाम प्रतिवादी कायम भई आएपछि न्यायाधीशद्वय पौडेल र ढुंगानाको संयुक्त इजलासले कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खत्रीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराउन आदेश जारी हो। खत्रीसँगै अदालतले राजुप्रसाद श्रेष्ठलाई पनि पक्राउ गर्न आदेश जारी गरेको हो।

मन्त्री खत्रीसहित ...


अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई फेरि बोलायो

काठमाडौं - काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ ।मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो ।

यसले आफू आश्चर्य परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सर गर्दै ट्वीट गरेका थिए ।

अहिले फेरि दूतवासले सन्दीपलाई बोलाएको छ । उनी अमेरिकी दूतावासमा पुगेका छन् ।

...

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन, गरे यस्तो ट्वीट

काठमाडौं - सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । नेपालका युवा क्रिकेटर क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूतावासले भिषा दिन अस्वीकार गरेको छ ।

‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।

 आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।

सन्दीपका म्यानेजर रमन सिवाकोटीकाअनुसार लिगका खेलहरु विभिन्न शहरमा हुने भएकाले अमेरिकी भिसा हुँदा आउजाउ गर्न सहज हुन्थ्यो । साथै दोस्रो चरणका खेलहरु फ्लोरियामा हुने सम्भावना भएकाले ...


कोशीटप्पुमा भेटियो 'एन्थ्रेक्स' जीवाणु, पशुबाट मानिसमा यसरी सर्छ !

धरान - कोशीटप्पु वन्यजन्तु आरक्ष चरण क्षेत्रमा 'एन्थ्रेक्स'को जीवाणु फेला परेपछि सो क्षेत्र वरिपरिका बस्तीमा पालिएका घरपालुवा चौपायामा पशु सेवा विज्ञ केन्द्र सुनसरीले भ्याक्सिन लगाउने भएको छ।

सङ्क्रमण फैलन नदिन रोगका कारण पशु मरेको क्षेत्र आसपासको ३ किलोमिटर परिधिमा चुन छरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए। जीवाणु अन्यत्र नजाओस् भनेर चुन छर्किएपछि आसपासको बस्तीलाई लक्षित गरी चौपायामा भ्याक्सिन लगाउन भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई निर्देशन दिइएको उनले बताए।

डा मनोजकुमार महतोले घरपालुवा पशुलाई भ्याक्सिन लगाउने तयारी भएको बताए। आवश्यक भ्याक्सिन पूर्वमा नभएकाले काठमाडौंबाट ...


आजको मौसम : दिउँसो देशका केही स्थानमा मेघ गर्जन सहित वर्षा

काठमाडौं - देशका तराई भूभागमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको मंगलबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानमा रहेको छ। मनसुनको न्यून चापिय रेखा पश्चिमी - उत्तरतिर सर्ने क्रममा छ। नेपालको पूर्वी भू-भाग नजिक एउटा न्युन चापिय प्रणालीको विकास भएकाले पूर्वी र मध्य नेपालमा यसको असर देखिनेछ।

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

मंगलबार दिउँसो देशका ...


'बिए'का सबै विषय अब चारवर्षे

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायको सबै विषयको पाठ्यक्रम यसै वर्षदेखि चारवर्षे बनाउने निर्णय गरेको छ । मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले आइतबार बसेको फ्याकल्टी बोर्ड बैठकले बिए चारवर्षे बनाउने निर्णय गरेको बताए ।

कार्यक्रम कार्यान्वयनका लागि बाटो खुले पनि बोर्डको निर्णयलाई प्राज्ञिक परिषद्ले अनुमोदन गर्नुपर्नेछ । स्नातक तहमा मानविकी संकायमा ३६ वटा कार्यक्रम लागू भएको छ । यस वर्षदेखि कार्यान्वयन हुने अधिकांश विषय समितिले पहिलो वर्षको पाठ्यक्रम डिन कार्यालयमा पठाइसकेका छन् । विद्यार्थी संख्या अत्यन्तै न्यून भएका केही विषयको पाठ्यक्रम आउन बाँकी रहेको ...


'बजेटको ठुलो हिस्सा भ्रष्टाचारमै सकिन्छ' : माधव नेपाल

काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रणमा सरकारले गम्भीर भएर काम गर्नु पर्ने बताएका छन् । काठमाडौंमा सोमबारदेखि सुरु भएको ‘नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन’को उद्घाटन गर्दै उनले बजेटको ठुलो हिस्सा भ्रष्टाचार हुने गरेकाले मुलुक अघि बढन नसकेको बताए ।

भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर हुनु पर्ने नेपालको भनाइ थियो । नेपालले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्नुपर्ने आवश्यकता औंल्याए । उत्पादन वृद्धि गरेर आम्दानी बढाउने र युवाहरुलाई उद्यमशील बनाउनका लागि प्रोत्साहनको नीति लिन सरकारलाई उनले सुझाव ...


अख्तियार प्रमुखलाई सराप्दै आत्महत्या गरे कर्मचारीले, मर्नु अघि लेखे यस्तो सुसाइड नोट !

उदयपुर - उदयपुर घर भएका एक पूर्वकर्मचारीले आइतबार आत्महत्या गरेका छन् । भ्रष्टचार मुद्दा लागि निलम्बनमा परेका उदयपुरका हरि आर्चायले आत्महत्या गरेका हुन् । आचार्यले आत्महत्या गुर्नअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा सुसाइड नोट लेखेको फेला परेको छ।

उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय हरि आचार्य मालपोत कार्यालय कलकींमा कार्यरत रहँदा भ्रष्टचार मुद्दा लागेपछि निलम्बनमा परेका थिए । मृत्युअघि उनले लेखेको दुई पाना सुसाइड नोट प्रहरीले फेला पारेको हो ।

'सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन्, तर देशको ठूलो भ्रष्टचारी ...


पूर्वसभासद् साहको बच्चा पाँच महिनादेखि अस्पतालमै, किन घर लग्दिनन आफ्नै सन्तान ?

ललितपुर - तत्कालीन सभासद् गायत्री साहले फागुन २८ गते मेडिसिटी अस्पताल भैंसेपाटीमा छोरो जन्माएकी थिइन् । जन्मिएपछि डाउन सिन्ड्रोम (जीउ नचल्ने) समस्या देखिएको भन्दै साह दम्पतीले बच्चा जिम्मा लिन अस्वीकार गरे ।

अस्पतालमा शिशु छाडेको पाँच महिना भयो । बच्चा परित्याग गरेको घोषणा पनि गरेका छैनन् । अभिभाकत्व कसले ग्रहण गर्ने भन्ने अन्योल भएको छ । मेडिसिटी अस्पतालका महाप्रबन्धक डा. विजय रिमालले बच्चाको अवस्थामा सुधार भई घर लैजान मिल्ने रहेको बताए ।

‘बच्चाको अवस्था एकदमै राम्रो छ तर आमाबुवाले बेवास्ता गर्दा समस्या भएको छ’, उनले अन्नपूर्णसँग भने, ...


नेपाल छिर्न खोज्ने चार सिरियाली नागरिक विमास्थलबाटै फिर्ता

काठमाडौं - अध्यागमन विभागले नेपाल प्रवेश गर्न खोज्ने चार सिरियाका नागरिकलाई इन्ट्री रिफ्युज (फिर्ता) गरेको छ। फ्लाइ दुवईबाट नेपाल आएका चार सिरियाका नागरिकलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्यामगन कार्यालयले नेपाल प्रवेश गर्न नदिइ फिर्ता पठाएको हो।

सिरियाका नागरिकले आगमन प्रवेशाज्ञा (अनअराइभल) पाउँदैनन्। फिर्ता हुनेमा दुई पुरुष र दुई महिला रहेका छन। अध्यामगनले सारबेल कोइरी, मोनिर क्वास, अमाल नायफ र फतामे तहेसालाई नेपाल प्रवेश नदिएको हो।

गृहमन्त्रालयले तीन वर्ष अघि सिरियाका नागरिक नेपाल ट्रान्जिट बनाइ युरोप छिर्न थालेपछि उनीहरुले पाउँदै आएको अनअराइभल भिसा सुविधा रद्द गरेको थियो। सिरियाका नागरिकले ...


प्रदेश ५ मा विप्लबको चन्दा आतंक र गाडी आगजनी सृंखला

बुटवल - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आधार इलाका मानिन्छ, प्रदेश ५ । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रूकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरूले विगतमा झैं ‘जनसरकार’ खडा गरेका छन् । उनीहरूका उर्दी र चन्दाको मुख्य निशाना भने जनप्रतिनिधि र स्थानीय सरकार बनेका छन् ।

प्रदेश ५ का अधिकांश स्थानीय तहमा उक्त पार्टीको ‘सहयोग अपिलपत्र’ पुगेको छ । विप्लव कार्यकर्ताले धम्की र चेतावनीसमेत दिएका छन् । जनप्रतिनिधिले भने यसको प्रतिवाद गर्न सकिरहेका छैनन् । ‘प्रतिरोध गर्न सक्ने अवस्थै छैन’, ...


विर्तामोडका तीन वडा कार्यालय भवनमा विस्फोट

झापा - बिर्तामोड नगरपालिकाको तीनवटा वडा कार्यालय सञ्चालनमा रहेको भवनमा बम विस्फोट भएको छ । बिर्तामोड–९ स्थित गरामनीमा ७, ८ र ९ नम्बर वडा कार्यालय सञलनमा रहेको भवनमा सोमबार बिहान साढे ४ बजे विस्फोट भएको हो ।

भवन आसपासमा विस्फोट भएजस्तै आवाज आएपछि अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्फोटबाट कार्यालय भवनको ६ वटा झ्याल, कोठाभित्र रहेका फर्निचरका सामान र कार्यालयको भित्तामा क्षति पुगेको छ ।

घटनास्थलमा विस्फोटक पदार्थका कुनै पनि अवषेशहरु फेला नपरेको प्रहरीले जनाएको ...


१२ वर्षीया बालिकालाई बलात्कार गर्ने ५२ वर्षीय न्यौपाने पक्राउ

काठमाडौं - नातिनी उमेरकी एक बालिकालाई डरधम्की देखाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका– १ दधिकोट तर्खर्गालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले ५२ वर्षीय तीर्थराज न्यौपानेलाई आज पक्राउ गरेको हो ।

छिमेकी नातिनी उमेरकी बालिकालाई पटक पटक दुव्र्यवहार गरेको र पछि बलात्कार गरेको उजूरी परेपछि महानगरीय प्रहरी वृत्त थिमीले पक्राउ गरी अनुसन्धान शुरु गरेको नायब उपरीक्षक शान्तिराम कोइरालाले जानकारी दिए ।

पीडित बालिकाको भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको उनले बताए । आज म्याद थप गरी आवश्यक अनुसन्धान ...


सदनमा सोधेको कुराको जवाफ पाँच दिनभित्र पाउनुपर्छ : गगन थापा

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एंव सांसद गगन थापाले सदनको शुन्य र विशेष समयमा आफुँहरुले बोलेको कुरालाई सरकारले वेवास्ता गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । आईतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले सदनको नियममा पाँच दिनभित्र सम्बन्धित मन्त्रीले जानकारी दिनुपर्ने प्रावधान भए पनि कार्यान्वयन नभएको प्रति आक्रोश पोखे ।

उनले सदनको नियमलाई कार्यान्वयन किन नगराएको भनि प्रश्न गरेका छन् । ‘शुन्य र विशेष समयमा हामीले बोलेका कुरा शुन्यमा नै हराउने गरेको हुँदा सदन सञ्चालनको नियममा एकपटक विशेष व्यवस्था गर्दै लेख्यौं शुन्य र ...


ह्वासिङ सिमेन्टको जग्गा भाडा सम्झौता रद्द गर्न निर्देशन, पदाधिकारीलाई कारबाहीको सिफारिस

काठमाडौं - सार्वजनिक लेखा समितिले चिनियाँ लगानीको ह्वासिङ सिमेन्टले गरेको जग्गा भाडा सम्झौता रद्द गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सिंहदरवारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो।

यसअघि साउन ५ गते नै संघीय संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले स्थलगत अध्ययन प्रतिवेदन तयार गरी सो सम्झौता रद्द गर्न निर्देशन दिन सिफारिस गरेको थियो।

उद्योगका लागि धादिङमा ५० वर्षका लागि जग्गा भाडामा लिन गरिएको सम्झौता रद्द गरी त्यसमा संलग्न पदाधिकारीलाई तत्काल कारबाही गर्न समेत सिफारिस गर्नुपर्ने उल्लेख छ।

उपसमितिका संयोजक लेखराज भट्टले लगानी बोर्ड ऐन र स्थानीय शासन ...


कल बाइपास धन्दामा १ वर्ष कैद बसेर छुटेको व्यक्ति फेरी त्यहि धन्दामै पक्राउ

काठमाडौं - अवैध रुपमा अन्तराष्ट्रिय कल बाइपास गर्ने ठाउँमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले छापा मारेर उपकरणसहित एक जनालाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले काठमाडौं बालुवाटरबाट कल बाइपास गरेको आरोपमा बिहीबार चितवनको भरतपुर नगरपालिका–१८ का ३६ वर्षीय नसिव तामाङलाई पक्राउ गरेको हो । बालुवाटरमा कोठा भाडा लिएर उनले कल बाइपास गर्दै आएका थिए ।

प्रहरीले उनको कोठाबाट ३२ पोर्टको जिओआइपी गेटवे २ थान, ल्यापटप १ थान, ल्यापटको चार्जर १ थान, राउटर १ थान, मोबाइल १ थान, नेपाल टेलिकमका सिम १० थान, एनसेलको सिमकार्ड २० थान ...


कपिलवस्तुको मायादेवी गाउँपालिकाको अध्यक्षको गाडीमा आगजनी

तौलिहवा - कपिलवस्तुको मायादेवी गाउँपालिका प्रमुख बजरंगी चौधरीले चढ्ने लु१झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी भएको छ । सदरमुकाम तौलिहवास्थित निवास अगाडि पार्किङ गरेर राखिएको नयाँ स्कार्पियो गाडीमा आगजनी भएको हो । गाडी जलेर काम नलाग्ने गरी नष्ट भएको छ ।

राति साढे १० बजेतिर भएको आगजनीको जिम्मेवारी कसैले लिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरी प्रमुख दीपशम्शेर जबराले बताए । गाडीमा लगाइएको आगो राति नै कपिलवस्तु नगरपालिकाको दमकलले निभाएको थियो । गाउँपालिका प्रमुख समाजवादी पार्टीका हुन् ।

गएराति नै दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली ...


दाङको बंगलाचुलीका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहद्वारा आगजनी

दाङ - दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्षले प्रयोग गर्दै आएको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । अध्यक्षले प्रयोग गर्दै आएको गाडीमा गएराति करिब १२ः४५ को समयमा आगजनि भएको हुन सक्ने अनुमान गरीएको छ ।

अगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नस्ट भएको छ । गाडिमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमान्डमा खटीएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएका थिए । बंगलाचुली गाउपालिका वडा नं ५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरि राखीएको गाडीमा आगजनी भएको हो ।

...

गाउँपालिकाको प्रस्ताव : 'लुङ्ग्रीमा बालुवामा सुन चालेर स्वरोजार बनौं'

रोल्पा - रोल्पाको एक स्थानीय सरकारले सुन चालेर स्वरोजार बन्ने योजनाका लागि अनौठो प्रस्ताव अघि सारेको छ। सो प्रस्ताव गाउँपरिषद्बाट पारितसमेत भई यसै वर्षदेखि कार्यान्वयन हुने भएको छ।

जिल्लाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको हो। उक्त योजना कार्यान्वयनका लागि चालू आर्थिक वर्षमा २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले बताए।

गाउँपालिका भएर बग्ने लुङ्ग्री नदीमा विगतदेखि सुन खोज्ने परम्परा रहँदै आएको थियो। सुनछहरी झरना रहेको स्थानमा सुनखानी रहेकाले सो झरना लुङ्ग्री नदीमा मिसिने भएका कारण स्थानीयवासीले ...


देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि फिर्ता

चितवन - देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ। सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलीकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन्। प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो। घर पुगेपछि अर्को शिशुको पनि मृत्यु भएको भन्दै दुवै शिशुलाई अन्त्येष्टिका लागि देवघाट लगिएको थियो।

मल्लका अनुसार खाल्डोमा राख्ने क्रममा ...


डेढ लाख दिएर सामुहिक बलात्कारको घटना मिलापत्र गराउने सात पक्राउ

मोरङ - मोरङको रंगेलीमा सुस्त मनस्थितिकी १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको घटना आर्थिक प्रलोभन दिएर गाउँमै मिलापत्र गराउने सातजना पक्राउ परेका छन् । पीडित परिवारलाई डेढ लाख रुपैयाँ दिने कागज गराएर बलात्कारको घटना गाउँमै मिलापत्र गराउने १० जनामध्ये सातजनालाई इलाका प्रहरी कार्यालय रंगेलीले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका–९ सखुवाथानका ६५ वर्षीय रामबहादुर राजवंशी, ७० वर्षीय निमलाल राजवंशी, ६० वर्षीय शेखर गौतम, ३७ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय अभिनव बजगाईं, ३३ वर्षीय दिलीप मुमूु र ३५ वर्षीय सुवास राजवंशी छन् । प्रहरीका अनुसार ३५ वर्षीय गणेशप्रसाद ...


कैदीबन्दीलाई जेल भित्रै 'यौन तथा प्रजनन अधिकार' दिने व्यवस्था प्रस्ताव

काठमाडौं - कैदीलाई प्रजनन अधिकार दिनेगरी कारागार ऐनको मस्यौदा तयार भएको छ। गृहमन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार गरेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ।

मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ। मस्यौदा अनुसार कैदीबन्दीको उमेर, कैद अवधि, वैवाहिक अवस्था, सन्तान भएनभएको, सन्तान जन्माउन इच्छुक र अपराधको प्रकृति हेरेर मात्र यस्तो सुविधा प्रदान गरिनेछ।

विभागका उपसचिव एवं सूचना अधिकारी वासुदेव घिमिरेले कैदीबन्दीलाई प्रजनन अधिकार दिने नयाँ व्यवस्था समेटिएको ...


गुल्मीमा जिप दुर्घटना : १ जनाकाे मृत्यु, ४ घाइते

तम्घास - गुल्मीको गुल्मी दरबार गाउँपालिका ३ गौडाकोटको कुसुण्डे भिरमा जिप दुर्घटना भएको छ । दुर्घटनामा गाडी चालक छत्रदेव गाउँपालिका-७ का ४६ वर्षीय हरि प्रसाद पाण्डेको मृत्यु भएकाे छ ।

रिडीबाट तम्घास आउँदै गरेको लु २ च ५४७५ नम्बरको जिप दुर्घटनामा परेको सशस्त्र प्रहरी बल गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खनालले बताए । गम्भिर घाइते जिल्ला प्रहरी कार्यालय गुल्मीका गाडी चालक अर्घाखाँची छत्रदेव गाउँपालिका-७ भगवतीका प्रहरी जवान कृष्ण पाण्डेय, रेसुङ्गा नगरपालिका-३ का दिपक बिक, भोजेन्द्र बिक र रेसुङ्गा नगरपालिका-१२ का शेर बहादुर बिकलाई उपचारका लागि ...


त्रिशूली दुर्घटना अपडेट : मृतकको संख्या आठ पुग्यो

काठमाडौं - बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ। मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ। दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन।

शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना६ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो। प्रहरी उपरीक्षक राजकुमाव वैदवारका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमा र दुई जनाको चितवनको मुग्लिङ क्षेत्रमा शव भेटिएको थियो।

यसैगरी कृष्णभिरमा एक पुरुषको शव तथा चितवनको देवघाटमा दुई महिलाको शव भेटिएको थियो। मृत्यु ...


काठमाडौंको स्वयम्भूमा गोली चल्यो, एक जना पक्राउ

काठमाडौं - काठमाडौँको स्वयम्भूस्थित विजेश्वरीमा गोली चलेको छ। अपराध महाशाखाको टोलीले लोप्चन लामा भन्ने मिलन तामाङलाई गोली प्रहार गरी पक्राउ गरेको हो। उनको दुवै घुँडामुनि २ वटा गोली लागेको महानगरीय प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि नै आक्रमण गरेको र आत्मसमर्पण गर्न अस्वीकार गरेकाले घुँडामुनी गोली हानिएको प्रहरीले बताएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग २ करोड रकम माग गरेका थिए। नदिए छोरी मार्ने धम्की दिएका थिए। उनी लुटेरा रहेको प्रहरीले जनाएको छ।

...

'पठाओ' एपमार्फत ट्याक्सी बुक गरेर चढे थप १०० रुपैयाँ तिर्नुपर्ने

काठमाडौँ - 'पठाओ' एपमार्फत ट्याक्सी बुक गर्नेले मिटरमा उठेको रकमभन्दा एक सय रुपैयाँ बढी अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ । यसले यात्रु उपभोक्तालाई सो एपमार्फत ट्याक्सी प्रयोग गर्दा महँगो हुने देखिएको छ।

जस्तो तपाई आफै बाटोमा गएर ट्याक्सी चढेर नयाँ बानेश्वर देखि रत्नपार्कसम्म जानु भयो र मिटरमा ३०० रुपैयाँ उठ्यो भने ट्याक्सी चालकलाइ उठेको रकम यानेकि ३०० दिए पुग्छ भने पठाओ एपमार्फत ट्याक्सी बुक गरेर जानुभयो भने तपाइले ३०० मा थप १०० गरि ४०० रुपैयाँ तिर्नुपर्नेछ । भनेपछि प्रश्न यहाँ निर उठ्छ कि ठाओ एपमार्फत ट्याक्सी ...


सात जना नक्कली नोटका कारोबारी पैसा छाप्ने मेसिनसहित सार्वजनिक

कैलाली - नक्कली नोट र त्यसको छपाइ मेसिनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ । धनगढी र काठमाडौंबाट विभिन्न मितिमा पक्राउ परेका ७ नक्कली नोटका कारोबारीलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले शुक्रबार बिहान सार्वजनिक गरेको हो ।

नक्कली नोट बनाउने कार्यमा संलग्नको आरोपमा पक्राउ परेकामा चुरे गाउँपालिका–१, कैलालीका २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लपराज भट्ट र बर्दिवास नगरपालिका–६, महोत्तरीका २५ वर्षीय गोकुल खड्का रहेका छन् । त्यस्तै, भारत लख्मिपुरका श्रवणकुमार सिंह, गुरु जीत र ...


त्रिशूलीमा बस खसेर मृत्यु हुनेमा एकै परिवारका ३ जना (नामावलीसहित)

धादिङ - सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ । १६ को जीवित उद्धार गरिएको छ ।

मृतक तीनै जनाको पहिचान खुलेको छ । उनीहरू सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले जनाएको छ ।

ना६ख ७४६९ सृष्टि डिलक्स आज बिहान ३ः३० बजेको समयमा त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । बसमा मलङ्गवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी रहेको ...


अदालतबाट सफाइ पाएको दुई वर्षसम्म कारागारमै

काठमाडौँ - कर्तव्य ज्यान मुद्दाका अभियुक्त तनहुँका गौबहादुर गुरुङ अदालतबाट सफाइ पाएको दुई वर्षसम्म पनि थुनामै छन् । मानसिक रोगी गौबहादुरलाई १० वैशाख ०७४ मा उच्च अदालत पोखराले अभिभावक वा संरक्षकको रोहवरमा थुनामुक्त गर्न आदेश दिए पनि परिवारले बेवास्ता गर्दा नख्खुस्थित केन्द्रिय कारागारमै बस्न बाध्य भएका हुन् ।

कारागार कार्यालय नख्खु सुधारगृहका प्रमुख वेदप्रसाद अर्यालले अदालतको आदेशलगत्तै गुरुङ परिवारलाई ताकेता गर्दा बेवास्ता गरेको बताए । ‘अदालतको आदेशकै दिनबाट गुरुङ थुनामुक्त भएका हुन् । तर, अदालतको आदेशअनुसार परिवार लिन नआउँदा उनी दुई वर्षदेखि कारागारमै बस्न बाध्य छन्,’ प्रमुख अर्यालले भने ।

शुक्लागण्डकी नगरपालिका–२ ...


सर्लाहीबाट राजधानी आउंदै गरेको बस त्रिशुलीमा खस्यो, ३ को मृत्यु, १६ घाइते

धादिङ्ग - सर्लाहीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । धादिङको वेनिघाट रोराङ गाउँपालिका-३ सोलाङघाटबाट बस त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा परी १६ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाएकाे छ ।

ना ६ ख ७४६९ नम्बरको उक्त बस शुक्रबार बिहान ३ बजेतिर नदीमा खसेको हाे । बसको अधिकांश भाग नदीमा डुबेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले बताएकाे छ।

...

किरिया गरेको १५ वर्षपछि परिवारसहित घर फर्किए पूर्वलडाकु, यस्तो छ कहानी !

नेपालगन्ज - ‘वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए। युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग भए। केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर काजकिरिया पनि गरेका छन्। तर रूकुममा काजकिरिया गरिएको १५ वर्षपछि एक पूर्वलडाकु यही साउन १९ गते घर फर्केका छन्। परिवारका सदस्यले उनी युद्धमा मरेको ठानेर काजकिरिया गरेका थिए।

रूकुमको खारामा सरकारी सुरक्षाकर्मी र तत्कालनीन नेकपा माओवादीका लडाकुबीच भएको लडाइँका ...


भूकम्पले भत्काएका ३ सय ८० सम्पदाको पुनर्निर्माण सम्पन्न

काठमाडौँ - भूकम्पले भत्काएका ३ सय ८० सम्पदाको पुनर्निर्माण सकिएको छ । पुनर्निर्माण भएका पुरातात्विक सम्पदामध्ये ९६ वटा विश्व सम्पदा सूचीमा परेका छन् । यी सम्पदाको पुनर्निर्माणमा २१ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ ।

हनुमानढोका दरबार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर र तलेजु मन्दिर पुनर्निर्माण भएका छन् । त्यस्तै प्रताप मल्लको सालिक पुनस्र्थापना भएको छ । भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिद्धिलक्ष्मी मन्दिर, नारायण मन्दिर, शंकरनारायणलगायत मन्दिरको पुनर्निर्माण सकिएको छ ।

चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिर पुनर्निर्माण भएको छ भने स्वयम्भू क्षेत्रका प्रतापपुर ...


६६ दिनदेखि बन्द उदयपुर सिमेन्ट उद्योग सुचारु

उदयपुर - देशकै ठूलो उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि सञ्चालनमा आएको छ। विद्युत् भोल्टेजमा आएको गडबडीले मोटर जलेर ६६ दिनदेखि बन्द थियो ।

उद्योगको क्लिंकर उत्पादन गर्ने मोटर बुटवलस्थित नेपाल हेभी इलेक्ट्रिक लिमिटेडमा मर्मत गरी जडान गरेपछि उद्योगमा काम सुरु भएको निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताए। जेठ २० गते ५ सय किलोवाट क्षमताको हाइटेन्सनले मोटरमा क्षति पुगेपछि उद्योगको क्लिंकर उत्पादन कार्य बन्द भएको हो।

क्षतिग्रस्त मोटर उद्योगमा जडान गरिएका ठूला मोटरमध्ये यो एक हो। उक्त मर्मतसम्भार गर्न सक्ने जनशक्ति मेसिन उद्योगमा नरहेको हुँदा मर्मतका लागि उच्च प्रविधि भएको बुटवल ...


पोखरा महानगर चोरबाट असुरक्षित : ३ महिनामा ११ वडा कार्यालय लुटिए

पोखरा - पोखरामा चोरीको घटना बढ्दै गएका छन्। चोरबाट सबैभन्दा असुरक्षित पोखरा महानगरपालिकाका वडा कार्यालय भएका छन्। गत जेठ १२ गते पोखरा महानगरपालिकाका वडा नम्बर १२ को वडा कार्यालय फोडेर सुरु भएको कम्प्युटर चोरीको श्रृखला मंगलबार ११ औं श्रृंखलाको रुपमा पोखरा महानगरपालिका वडा नम्बर ६ बैदामको कार्यालय चोरी भएको हो।

अहिलेसम्म पोखरा महानगरपालिकाको वडा नम्बर ५, १२, १३, १४, १५, १६, १९, २५, २९, ३१ वडामा चोरी भइसकेको छ। महानगरपालिकाले वडाबाटै कर लिने व्यवस्था गरेको छ।

कहिले कुन कार्यालय चोरी भए ?

२०७५ जेठ ३ ...


बालुवाटारस्थित सुविसु केवुलको कार्यालयमा आगलागी

काठमाडौं - बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ । बुधबार दिउँसो करिब पौने १ बजेतिर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो ।

जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार २ हजार लिटर पेट्रोल भण्डारण गरेको ठाउँबाट आगो सल्किएको हो ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ । सुविसु ...


यात्रु ठग्ने १२ हजार ७ सय ४९ ट्याक्सी चालकलाई कारबाही

काठमाडौं - ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७ सय ४९ ट्याक्सी चालकलाई कारबाही गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५/०७६ मा कानुनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारबाही गरेको हो।

महाशाखाले आव २०७४/७५ मा ८ हजार १ सय २० ट्याक्सी चालकलाई कारबाही गरेको थियो। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले यात्रुसँग मोलमोलाई गरी बढी भाडा लिने ट्याक्सी चालकलाई कारबाही गरिएको जानकारी दिए। 'यात्रु ठग्ने दैनिक ४०/५० ...


धनुषामा मेयर र उपमेयर समूहबीच झडप, ६ घाइते

धनुषा - कार्यालय सार्ने विषयमा धनुषामा दुई पक्षबीच विवाद झडप भएको छ। हंसपुर नगरपालिकामा मेयर र उपमेयर समूहबीच मंगलबार झडप भएको हो। नगर प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाका समुहबीच झडप भएको प्रहरीले जनाएको हो।

झडपपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि अवस्था तनावग्रस्त नै रहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएको छ। मेयर मण्डल पक्षका व्यक्तिहरूले कार्यालय सार्ने भन्दै समान लिन ट्याक्टर लिएर नगरपालिका पुगेपछि उपमेयर झा पक्षका व्यक्तिहरूले रोक्ने प्रयास गर्दा झडप भएको हो।

झडपपछि मेयर पक्षका व्यक्तिहरूसँगै नगरपालिका पुगेका प्रहरीको लाठी चार्जबाट ...


भारतीयलाई नागरिकता दिलाउने माथि अनुसन्धान सुरु

काठमाडौं - गृह मन्त्रालयले भारतीय नागरिकलाई नेपाली भएको सिफारिस गरी नागरिकता दिलाउने कर्मचारीबारे अनुसन्धान सुरु गरेको छ। धनुषा र महोत्तरीका विभिन्न स्थानबाट आठ भारतीय नागरिकले झुटो विवरण पेस गरी नागरिकता लिएको सम्बन्धमा मन्त्रालयले ती जिल्लाका कर्मचारीमाथि अनुसन्धान सुरु गरेको हो।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले झुटो विवरण दिएर नागरिकता लिएका भनिएका आठ व्यक्तिको प्रमाणपत्र रद्द गरिएको बताएसँगै तत्कालीन कर्मचारीमाथि अनुसन्धान हुने भएको हो। मन्त्रिपरिषद्को बैठकले अशोक शाह, बिन्दे महतो, दानादेवी महतो, सोसिल महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता ...


सुगौली सन्धिलगायतका दस्ताबेज नै गाएब, बेलायत र भारतका ‘लाइब्रेरी’मा खोजिने

काठमाडौं - नेपालका महत्त्वपूर्ण दस्तावेज कहाँ छन् ? सुगौली सन्धिको सक्कली प्रति छ कि छैन ? राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सन्धिसम्झौताका सक्कली प्रति नेपालका सरकारी पुस्तकालयमा नभएको निष्कर्ष निकालेको छ।

सुगौली सन्धि र नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका विषयमा सरकारले अध्ययन भइरहेको जनाएको छ। राष्ट्रिय महत्त् वको दस्तावेजका विषयमा समितिले मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग जानकारी दिएको थियो। समितिमा मन्त्रीले पनि महत्त् वपूर्ण दस्तावेजबारे स्पष्ट जबाफ दिन सकेनन्। परराष्ट्रमन्त्री ज्ञवालीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाड्दा त्यहाँबाट ...


सरकारले 'राजेन्द्र महतोको नागरिकता खारेज गरिएको' भनेपछि नेता महतोको प्रतिक्रिया

काठमाडौँ - राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले आफ्ना विरुद्ध भ्रम छरको भन्दै आपत्ती जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकारका प्रवक्ताले आफ्नो नाममा भ्रम फैलाउने काम गरेको आरोप लगाएका हुन् । सरकारका प्रवक्ताले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर जानकारी गराएको र सोही अनुसार सञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गर्ने काम गरेको भन्दै उनले राज्यले कसैको चरित्र हत्या गर्ने काम गर्न नमिल्ने बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइतबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा राजेन्द्र ...


मेलम्चीको ठेकेदार टुंगो लाग्दै, यो वर्ष पानी नाउने निश्चित

काठमाडौँ - मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिने तयारी गरिएको छ । मेलम्ची विकास समिति स्रोतका अनुसार हेडबक्स र सुरुङ फिनिसिङका दुई ठेक्का सिनो हाइड्रोले पाउने निश्चित भएको हो । गत २९ मंसिरमा इटालियन कम्पनी सिएमसी दि राभेनाले छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो ।

मेलम्चीका बाँकी काम गर्न सिनो हाइड्रो र नेपाली कम्पनी हाई हिमालय रमन जेभीले प्रस्ताव हालेका थिए । समितिले दुवै कम्पनीको मूल्यांकन गरेर फाइल आयोजनाको लगानीकर्ता एसियाली विकास बैंक (एडिबी)मा पठाएको छ । अहिले एडिबीले मूल्यांकन गरिरहेको समितिका एक अधिकारीले जानकारी दिए । सिनो ...


माउण्टेन टेलिभिजनका पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला

चितवन - माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी मृत फेला परेका छन् । चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् ।

सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा उनी बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी ...


गोसाइँकुण्ड मेला सुरु

रसुवा - गोसाइँकुण्ड मेला सुरु भएको छ। जनैपूर्णिमाको अवसरमा लाग्ने मेला भर्न आन्तरिक तथा वाह्य तीर्थयात्री आउने क्रम सुरु भएको छ। गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले मेलामा आन्तरिक तथा बाह्य गरी २० हजार तीर्थयात्री भित्र्याउने लक्ष्य लिएको छ। मेलाको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष डिएमले जानकारी दिए।

गोसाइकुण्ड गाउँपालिका- ५ मा रहेको प्रसिद्ध गोसाइकुण्डमा गत वर्ष १७ हजार तीर्थयात्रीले मेला भरेका थिए। गोसाइकुण्डमा प्रत्येक वर्षको जनैपूर्णिमा र गंगा दशहराको अवसरमा विशेष मेला लाग्ने गर्छ। मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएका छन्।

जनैपूर्णिमाका अवसरमा ...


रोकिएन सुन तस्करी : त्रिभुवन विमानस्थलबाट फेरी ४ केजी सुन बरामद

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ केजी सुन बरामद भएको छ। हङकङबाट आएको ड्रागन एयरको जहाजका यात्रु २३ वर्षीय लि निङसिङले आफ्नो साथमा ल्याएको उक्त सुन बरामद भएको हो।

उनले कपडाको पेटीमा लुकाएर ल्याएको सुन जाँचको क्रममा फेला परेको थियो। उनले लगेजभित्र पेटीमा राखिएको सुन लुकाएका थिए।

आइतबारको बजार मूल्य अनुसार बरामद सुनको मूल्य करिब सवा २ करोड रुपैयाँ पर्छ। बरामद सुन र चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ।

...

भूकम्पपछिको 'निजी आवास पुनर्निर्माण' यसै वर्षभित्र सकिने

काठमाडौं - २०७२ सालको भूकम्पबाट प्रभावित ४ लाख २४ हजार ९ सय ७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन्। थप २ लाख १४ हजार ३ सय १४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।

पुनर्निर्माण सम्पन्न भएका र बन्दै गरेका घरको संख्या ६ लाख ४४ हजार २ सय ९१ छ, जुन पुनर्निर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत हो। अनुदान सम्झौता गरिएका लाभग्राहीको संख्या भने ७ लाख ७३ हजार ४ सय ४७ छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चालू ...


यस्ता छन् साउन १६ गतेको मन्त्रिपरिषद बैठकले गरेका १९ निर्णयहरु

काठमाडौँ - सरकारले गत साउन १६ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय गरेको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आइतवार बैठकका १९ वटा निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् निर्णयहरु

...

मंसिर १४ गते रिक्त ५० स्थानमा उपनिर्वाचन गर्ने सरकारको निर्णय

सरकारले मंसिर १४ गते तीनै तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले मंसिर १४ गते तीनै तहको उपनिर्वाचन गर्ने निर्णय गरेको जानकारी दिए।

यसअघि तीन वटै तहका रिक्त ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगले सुझाव दिएको थियो। मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा सरकारले उपनिर्वाचनको मिति तोकेको जानकारी दिएका हुन्।

नेपालको संविधानअनुसार निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारलाई रहेको छ। देशभर प्रतिनिधिसभा सदस्यमा १, प्रदेशसभा सदस्यमा ३, नगर प्रमुखमा १, ...


बागलुङमा पहिरोले ५ घर पुरिए, १ को मृत्यु, ६ घाइते, २ जना बेपत्ता

बागलुङ- तमानखोला गाउँपालिका–४, लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन्। गएराति गएको पहिरोमा परी स्थानीय ४५ वर्षीया पञ्चकुमारी श्रीपालीको ज्यान गएको प्रहरीले जनाएको छ।

पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली र १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएका बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम नेपालीले जानकारी दिए।

पहिरोमा हराइरहेकाको खोजीकार्य जारी छ। डेढ सय मिटर माथिबाट खसेको पहिरोले ५ घरमा क्षति पुर्‍याएको जनाइएको छ।

पहिरोमा परी घाइते भएका ६ जनालाई स्थानीय र प्रहरी मिलेर उद्धार गरेका ...


विप्लवप्रति कठोर बन्ने सरकारको संकेत

काठमाडौं - सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कठोर हुने संकेत दिएको छ। सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टीभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ। यसबाट रुष्ट बनेको सरकारले विप्लवका नेताकार्यकर्तालाई नियन्त्रणमा लिन बल प्रयोग हुने संकेत दिएको हो। सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको पार्टीले बिहीबार देशका विभिन्न स्थानमा रहेका एनसेलका २५ वटा टावरमा विस्फोट र आक्रमण गरेको थियो।

गृहमन्त्रीलाई सुरक्षा निकायका प्रमुखहरुले नियमित बिफ्रिङका क्रममा विप्लव समूहका विध्वंसात्मक गतिविधि नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने धारणा राखेका छन्। उनीहरुले विप्लव ...


आमाकै संरक्षणमा बालिकाको बलात्कार, बलात्कारीसंगै आमा भागेपछि बालिकाको बिचल्ली

धनुषा - महोत्तरी भंगहा नगरपालिकाकी १२ वर्षीया बालिकालाई ‘धम्क्याउँदै’ भारत पु¥याएर १५ दिनसम्म लगातार बलात्कार गरिएको गत महिना पीडित बालिकाले नै खुलासा गरिन्। आमाकै संरक्षणमा बालिकालाई भारतको दिल्ली पु¥याएर १५ दिनसम्म निर्घात कुटपिट गरी बलात्कार गरिएको थियो।

पटक–पटक बलात्कृत हुनबाट जोगिन र ज्यान जोगाउन बालिकाले इन्टरनेटको माध्यमले दिल्लीबाट नेपालमा रहेकी आफ्नी ठूलीआमालाई घटनाबारे जानकारी गराइन्। बालिकाको ठूलीआमाले गाउँका भद्रभलादमीसहित पीडकको पारिवारलाई घटनाबारे जानकारी गराउँदै न्यायको लागि पहल गरिन्। गाउँमा घटनाबारे जानकारी गराएपछि पीडकले बालिकालाई दिल्लीबाट ल्याइदिने तर, यसबारे कसैलाई थाहा भयो भने ‘परिवारै सिध्याइदिने’ धम्की दिएपछि ...


स्याटलाइट अन्तरिक्षमा पुगेको डेढ महिना भयो तर ग्राउन्ड स्टेसन अझै बनेन

काठमाडौँ - अन्तरिक्षमा पुगेको नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ डेढ महिनादेखि पृथ्वीको कक्षमा घुमिरहेको छ । तर, स्याटलाइटबाट तथ्यांक लिने र विश्लेषण गर्ने ग्राउन्ड स्टेसन भने अझै तयार भएको छैन । ग्राउन्ड स्टेसन नहुँदा भू–उप्रगहले पठाउने तथ्यांक नेपालबाट विश्लेषण हुन सकेको छैन ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ग्राउन्ड स्टेसन बनाउन आव ०७५/७६ मा छुट्याएको बजेट नै फ्रिज भएको हो । ग्राउन्ड स्टेसन बनाउन १९ चैतमा बोलपत्र आह्वान गरेको नास्टले सप्लायर्स डिकेड इन्टरनेसनलसँग १९ लाख १५ हजारमा सम्झौता गरेको थियो । तर, समयमै सामान खरिद गरेर कागजात पूरा नगरेकाले ...


'बिए'का सबै विषयलाई चारवर्षे बनाउने त्रिविको तयारी

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकायको सबै विषयको कोर्सलाई यसै वर्षदेखि चारवर्षे बनाउने तयारी गरेको छ । त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा. शिवलाल भुसालले यसै शैक्षिक सत्रबाट बिए चारवर्षे हुने बताए ।

तर, डिन कार्यालयले चारवर्षेे ब्याचलर अफ आर्टस् (बिए)का लागि कोर्स तयार गर्न लगाए पनि अहिलेसम्म अधिकांश विषयले सकेका छैनन् । विद्या परिषद्ले समेत यसको निर्णय गरिसकेको छैन । डिन भुसालले स्नातक तहमा मानविकी संकायमा ३६ वटा कार्यक्रम लागू भएको र जसमध्ये चार विषयले मात्र कोर्स तयारी गरेको बताए । शुक्रबारसम्म नेपाली, ग्रामीण विकास, संस्कृति र ...


पोखरीमा डुबेर १२ जिल्लामा मात्रै एक वर्षको अवधिमा १५७ जनाको मृत्यु

दाङ - घोराही उपमहानगरपालिका–१८ मसिनास्थित कृत्रिम पोखरीमा डुबेर तीन युवतीको ज्यान गयो। साउन ५ गते बेलुका पोखरीमा हातगोडा धुन गएका १६ वर्षीया अमृता विक, १९ वर्षीया झरना विक र वसन्ता विकको पोखरीमा डुबेर ज्यान गएको लियो। उनीहरू खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातगोडा धुन पोखरीमा गएका थिए।

घोराही उपमहानगरपालिकाले एक वडा एक पोखरीअन्तर्गत निर्माण गरेको पोखरीमा केही समयअघि नुहाउन गएका एक युवक बेपत्ता भए। उनको खोजीका लागि गोताखोरसमेत प्रयोग गर्नुपर्‍यो। तर पत्ता लागेन। केही दिनपछि युवकको शव पोखरीमै भेटियो।

यी दुई घटनासँगै दाङमा एक वर्ष अवधिमा ...


३८ क्विन्टल सुन तस्करी प्रकरण : गोल्यानलाई १० लाख धरौटीमा रिहा गर्न आदेश, अन्यलाई थुनामै राख्न आदेश

काठमाडौं - सर्वोच्च अदालतले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थुनामा राख्ने आदेश गरेका महावीर गोल्यान बाहेकका अन्य प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अस्विकार गरेको छ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले लामो बहसपछि टुंगो लगाउँदै यस्तो निर्णय सुनाएको हो। सर्वोच्चले व्यापारी महावीरप्रसाद गोल्यान (चाचाजी) लाई भने १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ।

जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्चसम्म आइपुगेको मुद्दामा आज निर्णय भएको हो। दुई साता लामो बहसपछि गत मंगलबार निर्णय सुनाउने मिति तोकिए पनि केही ...


गोरेका ९ वटा डायरी लुकाइँदा सुन तस्करीको घटना रहस्यमै

काठमाडौँ - ३८ क्विन्टल सुन तस्करी र शनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’का नौ डायरी लुकाउँदा घटनाको रहस्य जटिल बनेको छ । तस्करीमा संलग्नको नाम लेखिएका गोरेका नौ डायरी र विभिन्न हिसाबकिताब राखिएका फुटकर चिटका पाना प्रहरीले बरामद गरेको थियो । २७ चैत ०७४ मा गोरेका सहयोगी मोहन काफ्ले र ३० चैतमा शनम शाक्यको घरबाट बरामद गरिएका यी कागजातको सक्कल अदालतमा बुझाइएको छैन । सरकारी प्रतिवेदनअनुसार यी डायरीहरू परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ ।

‘त्यो डायरीमा बहालवाला मन्त्रीदेखि, उपल्लो तहका नेता तथा प्रहरीको समेत नाम भएको अपुष्ट ...


सुन तस्करीमा उच्च तहका नेता संलग्न रहेको भेटिएपछि प्रधानमन्त्रीले रोके प्रतिवेदन

काठमाडौँ - गृह मन्त्रालयका सहसचिव ईश्वरप्रसाद पौडेलनेतृत्वको अनुसन्धान टोलीले सुन तस्करी प्रकरणमा पाँच सय १२ व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने सुझाब सरकारलाई दिएको थियो । तर, गत वर्ष १६ साउनमा प्रधानमन्त्री केपी ओलीलाई बुझाएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएको छ । प्रतिवेदनमा प्रहरीको कुनै निकायबाट सो घटनाको थप अनुसन्धान गर्न पनि सिफारिस गरिएको छ । जसमा केही उच्च तहका नेता तथा प्रहरी अधिकारीको समेत नाम थियो ।

‘प्रतिवेदन कार्यान्वयनमा त चासो देखिन्न नै,’ अनुसन्धान टोलीका एक सदस्य भन्छन्, ‘फरार रहेका व्यक्ति पक्राउ गर्नसमेत कुनै चासो देखिन्न ।’ प्रधानमन्त्री कार्यालयले नै प्रतिवेदनका विषयमा कुनै निर्णय ...


पृथ्वीमा अहिलेसम्मकै गर्मि, जलवायु परिवर्तनले मानिसको जीवन जोखिममा !

लन्डन (बीबीसी) - जलवायु परिवर्तनका कारण विश्वको तामक्रम बढ्दै गएको छ। सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना साबित भएको छ। वैज्ञानिकहरूले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन्। तीव्र औद्योगिकीकरणका कारण सन् १८५० देखि १९०० को अवधि अत्यधिक तातेको थियो।त्यसयता १ डिग्री सेल्सियस तापक्रम बढिसकेको छ।

यसलाई वैज्ञानिकले अत्यन्त जोखिमपूर्ण मानेका छन्। विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्न नसके जलवायु परिवर्तनका घातक प्रभावबाट जोगिन नसकिने उनीहरूले औंल्याएका छन्। इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपीसीसी) ले बढ्दो तापक्रम नियन्त्रण गर्न नसके ठूलो विनाशको ...


मेलम्चीमा कार्यरत दाजुभाइको पाइप सफा गर्ने क्रममा मृत्यु

काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान ९ः५० बजे काठमाडौंस्थित बालाजुमा आयोजनाको ठूलो पाइपभित्र पसेर सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो।

मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय सुरेश साह र उनका सहोदर भाइ २० वर्षीय शिककान्त साह रहेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी बालनरसिंह राणाले जानकारी दिए। उनीहरु आयोजनाका पाइप (च्याम्बर) सफा गर्न भित्र प्रवेश गरेका थिए।

धेरै समयपछि पनि बाहिर ननिस्किएपछि डोजरले खनेर पाइप निकाल्दा मृत भेटिएको डिएसपी राणाले जनाए।

...

स्वर्गद्वारीको बेहाल : आश्रम मास्न किसानका नाममा 'भूमाफिया' सक्रिय

काठमाडौं - अर्बौंको सम्पत्ति भएको भएर पनि प्यूठानको प्रसिद्ध स्वर्गद्वारी आश्रम भक्तजनको भेटीबाट सञ्चालन भइरहेको छ। दाङका विभिन्न क्षेत्रमा आश्रमका नाममा १२ सय बिघा जग्गा छ। तर आश्रमको आयस्रोत भक्तजनबाट प्राप्त मानो मुठी आयस्रोत हो।

जग्गाजमिन कब्जा भएकाले आश्रम सञ्चालन कठिन बन्दै गएको सञ्चालक समिति सदस्य डा. धु्रव श्रीले बताए। उनका अनुसार बहुदलीय व्यवस्था पुनस्र्थापनापछि आश्रमको जग्गा अतिक्रमण सुरु भएको हो। द्वन्द्वकालमा तत्कालीन माओवादीले जग्गा कब्जा ग¥यो। २०४८ सालपछि आश्रममा कुत बुझाउन बन्द भयो।

भक्तजनले चढाएको दानदातव्यबाट स्वर्गद्वारीको गतिविधि सञ्चालन भइरहेको डा. धु्रव श्रीले बताए। राजधानीमा बिहीबार ...


घाटबाट अस्पताल पुर्‍याइएकी महिलाको १० दिन पछि मृत्यु

पाल्पा - कालीगण्डकीको रिडी घाटबाट अस्पताल पुर्‍याइएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका १ सिद्देश्वरकी ३६ वर्षकी नर्मदा ज्ञवालीलाई रिडि घाटबाट १० दिन अघि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागी लगिएको थियो। ज्ञवालीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।

सिङ्गो मेडिकल कलेज, चिकित्सक सबै बिरामी लाई ठिक बनाउन दत्त चित्त भएर लागेपनि उपचार सफल हुन नसकेको अस्पतालका प्रवक्ता तथा सूचना अधिकृत कृष्ण पराजुलीले जानकारी दिए। उनले मुटु र मृगौलामा गम्भीर समस्याकै कारण महिलाको मृत्यु भएको बताए।

यस्तो थियो घटना ...


एनसेल बिरुद्ध विप्लब आक्रामक : ३५ टावरमा आगजनी

काठमाडौं - नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एनसेलविरुद्ध आक्रामक भएको छ। नेकपाका कार्यकर्ताले देशभरका विभिन्न २१ जिल्लामा एनसेलको टावरमा आक्रमण गरेका छन्।

आफ्नो दलका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाउनुको एउटा कारण एनसेल पनि भएकाले कारबाहीस्वरूप टावरमाथि आक्रमण गरेको विप्वल समूहका नेताले बताएका छन्। टावरमा बुधबार राति र बिहीबार बिहान भएको आक्रमणपछि कतिपय स्थानमा टेलिफोन सेवा अवरुद्ध भएको छ। नेकपाले भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरको सोलार प्यानल तोडफोड गरेको छ।

नेकपा कार्यकर्ताले मोरङको पथरीशनिश्चरे नगरपालिका-६ मंगलबारेस्थित एनसेल टावरमा बुधबार राति आगजनी गरेका छन्। आगजनीबाट ...


१२ वर्षमा बिहे, १३ मा आमा

जनकपुरधाम - चन्दनिया देवी सदा १६ वर्षकी भइन्। उनको विवाह तीन वर्षअघि भएको थियो। अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा। शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे छोरो सम्हाल्न गाह्रो छ। गर्भको बच्चा सात महिना पुगिसकेको छ। चन्दनियालाई परिवार नियोजनका साधनबारे जानकारी छैन। यसबारे सोध्दा उनी लजाउँछिन् मात्र।

महोत्तरी मनरा सिसवा नगरपालिका-१० मधवा टोलका मुसहरी बस्तीमा अधिकांश छोरीको बिहे १० देखि १२ वर्षकै उमेरमा हुन्छ। बिहे भएको एकदुई वर्षमै आमा बनेपछि उनीहरू शारीरिक रूपमा कमजोर हुन्छन्। सन्तान पनि कुपोषित छन्।

सोमित्रादेवी सदाले दुई वर्षअघि बुहारी भित्र्याइन्। ...


संसद्को अवरोध हटाउन सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं - प्रतिनिधिसभाको अवरोध हटाउनेबारे सभामुख कृष्णबहादुर महराले बिहीबार सर्वदलीय बैठक बोलाएका छन् । नेपाली कांग्रेस र राजपाको अवरोधका कारण केहीदिनदेखि संसद बैठक बस्न नसकेपछि सभामुख महराले बिहीबार दिउँसो १२ बजेपछि सर्वदलीय बैठक बोलाएको उनका प्रेस संयाजक डिल्ली मल्लले जानकारी दिए ।

बुधबार कांग्रेस र राजपाका सांसदले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै नाराबाजी गरेपछि संसद बैठक बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सर्लाहीको बाँके चोकमा विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको घटनाबारे छानविन गर्न संसदीय ...


मन्त्री र सचिवलाई प्रधानमन्त्रीको चेतावनी : 'काममा ढिलासुस्ती गरे कारवाही भोग्न तयार रहनु'

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको काममा ढिलासुस्ती नगर्न मन्त्री र सचिवहरूलाई चेतावनी दिएका छन्। उनले काममा ढिलाइ गरे वा गुनासोको विधिसम्वत् सुनुवाइ नभए कारबाही गर्ने चेतावनी दिएका हुन्। मन्त्री र सचिवहरूलाई एकैठाउँमा राखेर प्रधानमन्त्रीले बारम्बार ढिलासुस्ती भएको गुनासो आएको र त्यसको सम्बोधन नभएकाले प्रशासनिक काममा चुस्तता आउन नसकेको भदै प्रशासनिक सेवा चुस्त बनाउन निर्देशन दिए। काममा किन ढिलाइ भयो भन्ने कुराको जवाफ कसैले कसैलाई दिनु नपर्ने जस्तो आभास हुन थालेको भन्दै जनताको काममा ढिलाइ गरे संयन्त्र बनाएरै कारबाही गर्ने चेतावनी दिएको सहभागी एक ...


थानकोटबाट एक किलो सुनसहित एक पक्राउ

काठमाडौं - महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले रसुवाबाट काठमाडौँ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने एक किलो सुन बरामद गरेको छ। बा ९० प २७३६ नं को एनएक्स मोटरसाइकल जाँच गर्दा एक किलो सुनसहित रसुवा गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए। :नक्कली वा सक्कली सुन हो भन्नेबारेमा परीक्षणबाट मात्र थाहा हुन्छ", उनले भने।

सुन केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको प्रारम्भिक अनुसन्धानले बताए पनि तामाङसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस

...

वडा कार्यालयमा आगजनी गर्ने विप्लवका चार कार्यकर्ता पक्राउ

रौतहट - चन्द्रनिगापुर नगरपालिका वडा नम्बर ३ को कार्यालयमा भएको आगजनी र वडाध्यक्ष बोधनाथ देवकोटाको घरमा ढुंगामुढा प्रहारमा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता रेव प्रसाद मैनाली, रामबहादुर घिसिङ र मान बहादुर वाइवा छन्।

एक जनाको भने नाम खुलेको छैन। एक जनालाई बिहीबार दिउँसो पक्राउ गरिएको थियो भने तीन जना गए राति पक्राउ परेका हुन्। उनीहरु विप्लवको नेकपा जिल्ला तहका नेता हुन्। पक्राउ परेका उनीहरुको साथबाट हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ...


सेवा आयोगका अधिकांश पदाधिकारी भ्रष्टाचार मुद्दामा तानिएपछि उपप्राध्यापकको परीक्षा अन्योलमा

काठमाडौं - त्रिभुवन विश्वविद्यालय सेवा आयोग रिक्त हुँदा ६ सय ७२ उपप्राध्यापक नियुक्तिका लागि हुन लागेको परीक्षा अन्योल भएको छ। विश्वविद्यालयका लागि चहिने विभिन्न विषयका उपप्राध्यापकका लागि भदौ ४ गतेदेखि असोज १ गतेसम्मका लागि लिखित परीक्षा तोकिएको छ।

विभिन्न कारण देखाउँदै उक्त परीक्षा यसअघि एकपटक स्थगित भइसकेको छ। पछिल्लो मितिका लागि तोकिएको परीक्षाको तयारी भएको छैन। आयोग तीन सातादेखि पदाधिकारीविहीन छ। नयाँ पदाधिकारी नियुक्तिको तयारी पनि भएको छैन।

कर्मचारी छनोटमा अनियमितता गरेको अभियोगमा आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख परशुराम कोइरालासहित १० विरुद्ध अख्तियार ...


पर्यटनमन्त्री  योगेश भट्टराईले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं - नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए । भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।

भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य चुनिएका थिए । चुनाव प्रचारमा जाँदा नै ओलीले भट्टराईलाई चुनाव जिताए मन्त्री बनाउने बताएका थिए । सुरुवाती मन्त्रिपरिषद् विस्तारहरुमा ...


नेकपा नेता योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, सपथग्रहण ४ बजे

काठमाडौं - नेकपा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि नियुक्त भएका छन् । उनलाई मन्त्रालयको जिम्मेवारी दिइने भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए।

बुधबार दिउँसो ४ बजे सपथग्रहण कार्यक्रम राखिएको उनले ट्विटरमा समेत उल्लेख गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा गत फागुन १५ गते मृत्यु भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालिरहेका थिए। अधिकारीको मृत्यु भएको ठिक ५ महिनापछि उक्त मन्त्रालयले नयाँ मन्त्री पाएको हो।

भट्टराई ०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा ...


प्रधानमन्त्री भन्छन : 'भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो'

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार उनले भ्ने, ‘सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ, अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्नलाई सानो ठूलो भनेर नहेरे सबैलाई कारवाही हुनेसमेत उल्लेख गरे । सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताउँदै उनले विभिन्न ठाउँमा अतिक्रमण भएका र भू–माफियाले कब्जा गरेका सरकारी जग्गा सरकारले विधि पुर्याएर फिर्ता लिने प्रतिबद्धता जनाए ।

‘ललिता निवासको जग्गा पनि वर्तमान ...


नुवाकोट र रौतहटका वडा कार्यालयमा बम विष्फोट तथा आगजनी

काठमाडौं - नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विष्फोट तथा आगजनी गरेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विष्फोट गराएका हुन् । विष्फोटबाट वडा कार्यालयका महत्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् ।
गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विष्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्वपूर्ण सामग्री जलेको जानकारी दिइन् ।

बम विष्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्ममा लिएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


बजेट कार्यान्वयन र योजनाबारे बुझ्न प्रधानमन्त्रीले सचिवहरुलाई सिंहदरबार बोलाए

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र मन्त्रालयका सचिवहरुलाई सिंहदरबार बोलाएका छन् ।

आ–आफ्ना आगामी कार्ययोजना र विगतका कार्यप्रगतिबारे छलफल गर्न मन्त्री र सचिवहरुलाई सिंहदरवारमा बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए ।

मन्त्रीहरु र सचिवहरुसँगको छलफलमा प्रधानमन्त्रीले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन र योजनाका बारेमा सामुहिक छलफल गर्दै योजना कार्यान्वयनको प्रतिबद्धता माग्नेछन् ।

कार्यक्रममा हरेक मन्त्रालयले प्रधानमन्त्रीलाई चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका योजनाबारे प्रस्तुति दिनेछन् ।

...

काँग्रेस र राजपाको नाराबाजीले संसद बैठक अबरुद्ध, अर्को बैठक बिहिबार

काठमाडौं - सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् ।

सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाएका थिए । सांसदहरुले विरोध गरिरहेकै बेला उनले बैठकको कारवाही अघि बढाउन खोजेपछि दुवै दलका सांसदले वेल घेराउ गरेका थिए ।

संसद्को कारवाही अघि बढाउन सभामुख महराले पटकपटक अनुरोध गरे पनि विरोधसँगै नाराबाजी जारी रहेकाले बैठक स्थगित गरेको हो। अर्को बैठक यही साउन १६ गते ...


नेताको स्वार्थमा अल्झिएको प्रदेश ५ को राजधानी, कुन नेताको के स्वार्थ ?

दाङ - प्रदेशसभा गठन भएको दुई वर्ष पुग्नै थाल्यो। नत प्रदेश नम्बर ५ ले आफ्नो नाम पाउनै सकेको छ, न त स्थायी राजधानी नै। प्रदेशसभाको दुईतिहाइ बहुमतबाट चुनिनुपर्ने संवैधानिक प्रावधानअनुसार यो प्रदेशमा स्थायी राजधानीका लागि कुनै एक थलोको पक्षमा दुईतिहाइ पुग्दैन। स्थायी राजधानीको दाबी गरिरहेका दाङ र बुटवलमध्ये कुन थलोलाई स्थायी राजधानी तोक्ने भन्ने विषय सहमतिभन्दा त झन धेरै टाढा छ। फलतः राजधानी र नाम सिफारीस गर्न एउटा कार्यदल बन्यो। कार्यदलले प्रदेशका १२ वटै जिल्लामा पुगेर राय सुझाव संकलन गरिसकेको छ। अर्को विज्ञ टोली बनाएर ...


एक वर्षमा ५ लाख ८ हजार नेपाली विदेशिए, ७ सय ८३ ले विदेशमा ज्यान गुमाए

काठमाडौँ - आर्थिक वर्ष ०७५/७६ मा कुल ५ लाख ८ हजार ८ सय २८ नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका छन् । यसमध्ये २ लाख ३६ हजार २ सय ११ जना पहिलोपटक श्रम स्वीकृति लिएर विदेश गएका हुन् । २ लाख ७२ हजार ६ सय १७ जना भने पुनः श्रम स्वीकृति लिएर बिदेसिएका छन् । वैदेशिक रोजागारीमा गएकामध्ये ४ लाख ७६ हजार ७ सय ५ जना पुरुष र ३२ हजार १ सय २३ जना महिला छन् ।

अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा ६ लाख १७ हजार ४ सय १७ ...


नेपालको अपराध ग्राफ : दैनिक ६ बलात्कार, २ हत्या र १५ आत्महत्या

काठमाडौँ - अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष ०७५/७६ मा अपराधका घटनामा ९ प्रतिशत वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सार्वजनिक अपराधबाहेक सबै किसिमका अपराधका घटना बढेका छन् । बलात्कार, लागुऔषध, चोरी र बैंकिङ कसुरजस्ता गम्भीर प्रकृतिका आपराधिक घटना अझ बढेका छन् ।

प्रहरीको तथ्यांकअनुसार आव ०७५/७६ मा ४३ हजार ४७ मुद्दा दर्ता भएका छन् । त्यसअघिको वर्ष ३९ हजार तीन सय १५ आपराधिक घटना भएका थिए । गत वर्ष दुई हजार दुई सय ३३ वटा बलात्कार तथा बलात्कार प्रयाससम्बन्धी उजुरी प्रहरीमा परेका छन् ।

जसअनुसार दैनिक औसतमा ६ भन्दा धेरै ...


प्रचण्डको 'हेग अभिव्यक्ति' को खण्डन गर्दै अन्तर्राष्ट्रिय संस्थाले निकाले यस्तो विज्ञप्ति

काठमाडौं - अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिने प्रतिबद्धता पूरा गर्न नेपाल सरकार असफल भएको बताएका छन्।

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय अदालत (हेग) लगे आफू झन् हिरो हुने बताएका बेला एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे), ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले विज्ञप्ति जारी गरी सरकार असफल भएको दाबी गरेका हुन्।

यी संस्थाले द्वन्द्वकालीन मानवअधिकार उल्लंघनलाई सम्बोधन गर्ने सवालमा नेपाल सरकार अकर्मण्य देखिएको जनाएका छन्।

सोमबार बिहान विप्लव समूह छाडेर नेकपा प्रवेश गर्ने नेताहरूलाई स्वागत गर्ने क्रममा प्रचण्डले हेग लगे पनि आफूलाई ...


संसद बैठकमा कांग्रेसको पुनः अवरोध गर्ने तयारी

काठमाडौं - संसद बैठक सोमबार दिउँसो बस्दैछ । तर नेपाली कांग्रेससहितका विपक्षी दलले कुमार पौडेल हत्याको विषयलाई लिएर बैठक अवरुद्ध गर्ने तयारी गरेका छन् ।

भिडन्तमा मारिएको भनिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पौडेलको हत्याका बारेमा छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेससहितका विपक्षी दलको माग छ ।

उनीहरुले यहि माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन्, तर सरकार यसमा सहमत भएको छैन । गएको बुधबार बाढी तथा पहिरोका कारण देशभर भएको क्षतिबारे जरुसी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्न संसद बैठक सुचारु भएको थियो ...


'हेग लगिए विश्वकै हिरो भएर निस्किन्छु' : प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हेग लगिए पनि केही फरक नपर्ने बताएका छन्। सोमबार निजी निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुलाई हेग लैजाने र एक दिन भए पनि जेल हाल्ने भनेर गरिएको प्रचार डिजाइन अन्तर्गत भएको बताए।

‘परिवर्तन नचाहने तत्वहरु त्यसका लागेका छन्’, उनले भने, ‘मलाई हेग लगेर पनि केही फरक पर्दैन। त्यहाँ लगे भने विश्वकै हिरो भएर निस्किन्छु। संसारले मलाई एकैपटक चिन्छन्। संसारभरिका जनताले यो शान्ति र न्यायको पक्षमा रहेछ भन्ने ठाउँ हुन्छ। त्यो मेरो ...


म्याग्दीका जनस्वास्थ्य निरीक्षक सहित ४ जना कार्यालयमै घुससहित पक्राउ

काठमाडौं - जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक)सहित ४ जना कार्यालयमै घुसरकमसहित रंगेहात पक्राउ परेका छन्।

पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई १ लाख ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

पक्राउ पर्नेमा जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीम प्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैसी छन्।

कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रमवापतको पेश्की फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा उनीहरुलाई कार्यालय हाताबाटै ...


कैलालीमा चिर्पटले हानेर छोराले बुवाको हत्या गरे

धनगढी - कैलालीको गोदावरी नगरपालिकाका एक युवकले चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका छन्।

गोदावरी नगरपालिका-५, बर्बाटामा गए राति करिब सवा ९ बजेको समयमा चिर्पटले हानेर ३० वर्षीय छोरा रामसिंह कुमालले आफ्नै बुवा ६० वर्षीय अम्मरसिंह कुमालको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रातिको समयमा समान्य घरायसी विवाद भएपछि रामसिंहले बुवा अम्मरसिंहमाथि चिर्पट प्रहार गरेका थिए।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्मरसिंह कुमाललाई उपचारका लागि सेती अञ्चल अस्पतालमा पुर्‍याइएको भए पनि उनको उपचारकै क्रममा मृत्यु भएको हो। घटनापछि घरबाट भागेका रामसिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी ...


टोखामा एक युवामाथि खुकुरी प्रहार, खुकुरी हान्ने माथि अनुसन्धान जारी

काठमाडौं - काठमाडौंको टोखा नगरपालिका –३ स्थित विष्णुमती पुल नजिकै एक युवामाथि दिउँसै खुकरी प्रहार भएको छ।

शनिबार दिउँसो टोखा नगरपालिका(३ स्थित विष्णुमती पुल नजिक सोही ठाउँ बस्ने दोलखा घरभई सोही स्थानमा बस्ने ४५ वर्षीय शुकमान तामाङमाथि खुकुरी प्रहार भएको हो।

खुकुरी प्रहारबाट गम्भीर घाइते बनेका तामाङको ग्रान्डी अस्पताल धापासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारमा संलग्न रहेको भन्दै प्रहरीले सोही ठाउँ बस्ने २५ वर्षीय धन बहादुर मोक्तानलाई पक्राउ गरेको छ। मोक्तानलाई शनिबार दिउँसो महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले खुकुरीसहित पक्राउ गरेको हो।

पक्राउ परेका मोक्तानलाई ...


कोशी राजमार्गको धनकुटा खण्डमा तीन दर्जनभन्दा बढी पहिरो

धनकुटा - लगातारको वर्षाका कारण कोशी राजमार्गअन्तर्गत धनकुटा खण्डमा जताततै पहिरो खसेको छ । सो खण्डअन्तर्गत फेदीदेखि धनकुटा बसपार्कसम्मको करिब २५ किलोमिटर क्षेत्रभित्र ठूला–साना गरी तीन दर्जनभन्दा बढी पहिरो खसेको छ । गर्जवा, लावरबोटे, गुठीटारलगायतका स्थानमा पहिरोको असर बढी देखिएको छ । पुरै पहिरो हटाउन नसकिएकाले एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

सडक क्षेत्रका कतिपय स्थानमा अहिले पनि ढुंगा खस्ने क्रम नरोकिएकाले सडकमा जोखिमसमेत कम हुन नसकेको सवारीचालकहरु बताउँछन् । कतिपय स्थानमा भीर नै खसेको छ भने कतिपय ...


राज्यका संयन्त्रहरू कमिसनको चक्करमा पर्दा ठेक्काको म्याद सकियो, काम भएन !

काठमाडौं - कतै माटोका थुप्रा, कतै ठूलाठूला भ्वाङ, कतै खाल्डाखुल्डी, कतै हिलो, कतै हिलो, कतै जलमग्न, कतै अतिक्रमण, कतै फुटपाथविहीन त कतै छरपष्ट निर्माण औजार र सामग्री। चाबहिल–साँखु सडक, कपन सडक, टोखा सडक, जोरपाटी–सुन्दरीजल सडक, त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक, सितापाइला सडक, बालाजुलगायत उपत्यकाका विभिन्न सडकको दुर्दशा हो यो। यसैले लथालिंग अवस्थामा छन् उपत्यकाका सडक।

सडक व्यवस्थित गर्न कसैको इमानदार प्रयास देखिँदैन। राज्यका संयन्त्रहरू कमिसनको चक्करमा पर्दा सडकको अवस्था बिग्रँदै गएको हो। सम्बन्धित सरकारी अधिकारी कमिसन मोहमा नपर्दा हुन् त बेलैमा काम नगरेर सडकलाई धराप बनाउने ठेकेदार कारबाहीमा पर्थे। ...


अंक बढाएर टपर बनेका कोइराला र भट्टराईको ट्रान्सक्रिप्ट त्रिविले खारेज गरिदियो

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर अंक थप गरिएका प्रमाणपत्र रद्द भएका छन् । अधिवक्ता सुरेन्द्रप्रसाद कोइराला र बानेश्वर क्याम्पसका केदार भट्टराईको प्रमाणपत्र त्रिविले रद्द गरेको हो । कानुनविपरीत अंक थप गरी ट्रान्सक्रिप्ट जारी गरेको प्रमाणित भएपछि कोइरालाको तीन र भट्टराईको एउटा ट्रान्सक्रिप्ट रद्द गरिएको त्रिभुवन विश्वविद्यालयका परीक्षानियन्त्रक पुष्पराज जोशीले बताए । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरिसकेको छ ।

कोइरालाले त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा त्रिचन्द्र बहुमुखी क्याम्पसमा समाजशास्त्र तथा पाटन संयुक्त क्याम्पसमा ग्रामीण विकास र अर्थशास्त्र विषयमा भर्ना भएर नम्बर ...


जग्गामा हदबन्दी लाग्दै : कहाँ कति भन्दा बढी जग्गा भए जफत हुन्छ ?

काठमाडौं - सरकारले हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने भएको छ। भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको छ। बढी जग्गा छानबिन नभएसम्म रोक्का रहने र प्रमाणित भएपछि जफत गर्ने गरी ऐनमा आठौं संशोधन गर्न लागिएको हो।

भित्री मधेससमेत तराईमा १० बिघा, काठमाडौं उपत्यकामा २५ रोपनी, उपत्यकाबाहेक पहाडी क्षेत्रमा ७० रोपनी हदबन्दी तोकिएको छ। यसबाहेक व्यक्ति वा निजको परिवारले घरबारी निम्ति तराईमा १ बिघा, काठमाडौं उपत्यकामा ५ रोपनी र उपत्यकाबाहेक पहाडी क्षेत्रमा २० रोपनी थप राख्न पाउने व्यवस्था साबिककै ऐनमा छ। यो हदबन्दी ...


वृद्धभत्ता जम्मा गरेर धर्मशाला

मुगु - सरकारले दिएको वृद्धभत्ता कुन काममा खर्च हुन्छ ? आफ्नो उपचारमा, घरायसी वा व्यक्तिगत काममा। तर मुगुमा एक व्यक्तिले वृद्धभत्ता जम्मा गरेर गाउँमा धर्मशाला बनाउन थालेका छन्।

सरकारले सामाजिक सुरक्षाबापत मासिक उपलब्ध गराउँदै आएको रकम जम्मा गरेर मुगुम कार्मारोङ गाउँपालिका–९ पापुगाउँका ८५ वर्षीय जयखर ऐडी धर्मशाला निर्माणमा जुटेका हुन्। वृद्धभत्ताबापत उनले मासिक दुई हजार रुपैयाँ बुझ्दै आएका छन्। ऐडीले रकम जम्मा गरेर सार्वजनिक जग्गामा धर्मशाला बनाउन थालेको बताए। धर्मशाला बनाउन उनले ५० हजार रुपैयाँ जम्मा गरेका छन्।

धर्मशालाका लागि दुई बन्डल जस्तापाता, काठ र ढुंगा जम्मा ...


समावेशी आयोगका अध्यक्षले दिए राजीनामा

काठमाडौं - राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएका छन् । उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् ।

सुवेदीले १२ गतेदेखि लागू हुजे गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । पूर्व अर्थसचिव समेत रहेका सुवेदी ७ चैतमा मात्र आयोगको अध्यक्ष नियुक्त भएका थिए ।

...

टी-२० विश्वकप छनोट : सिंगापुरको जितले नेपाललाई फाइदा !

काठमाडौं – टी-२० विश्वकपको एसिया क्षेत्रीय छनोटमा शुक्रबार कुवेतले कतारलाई १० रनले साथै सिंगापुरले मलेसियालाई ८ विकेटले हराएको छन् । यो नतिजाले नेपाललाई फाइदा हुने देखिएको छ ।

अंक तालिकामा दुई खेल जितेको र एक बराबरी भएको सिंगापुर पाँच अंकसहित शीर्ष स्थानमा छ । तीन खेलमा एक जित, एक हार र एक बराबरी भएको कुवेत तीन अंकसहित दोस्रो स्थानमा छ । दुई खेल खेलेको नेपाल एक जित र एक हारसहित दुई अंक बनाउँदै तेस्रो स्थानमा छ ।

मलेसिया र कतारको पनि दुई अंक नै रहेपनि नेट रन ...


सरकारलाई पत्र पठाउँदै आयोगले सोध्यो ;  निर्मला हत्या सम्बन्धी २४ बुँदे निर्देशनको कार्यान्वयन के भयो ?

काठमाडौं - राष्ट्रिष्य मानव अधिकार आयोगले निर्मला पन्तको हत्या प्रकरणका बारेमा सरकारलाई दिएको २४ बुँदे निर्देशन कार्यान्वन भए/नभएको बारे तत्काल जानकारी गराउन भन्दै सरकारलाई पत्र लेखेको छ।

आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलद्वारा हस्ताक्षरित पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलाई पत्र लेख्दै आयोगले आफूले दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे जानकारी माग गरेको हो।

घटनाको सम्बन्धमा प्रहरीद्वारा गरिएको अनुसन्धानको प्रभावकारिताबारे आयोगले गत माघ १३ गते सरकारलाई ४ बुँदे निर्देशन र २४ बुँदे सिफारिस दिएको थियो। उक्त सिफारिस कार्यान्वयन गरी ३ महिनाभित्र त्यसको जानकारी पठाउन निर्देशन दिइएको भए पनि अहिलेसम्म कुनै जानकारी ...


विवाह गरेको दुई महिनामै श्रीमान बिरुद्ध करणी मुद्दा

धरान - दुई महिना अगाडी टेम्के मैयुङ गाउँपालिका भोजपुरकी १७ वर्षीया सुनिता थापासँग प्रेम विवाह गरेका सुनसरी धरान उपमहानगरपालिका-६ का २१ वर्षीय युवराज कार्की आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्।

सुनिता बिहीबार श्रीमान कार्कीले जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा जबरजस्ती करणी गरेको किटानी दिएपछि प्रहरीले कार्कीलाई पक्राउ गरेको हो।

सुनिताको जाहेरी दर्ता गरी इलाका प्रहरी कार्यालय धरानले उनका श्रीमानलाई पक्राउ गरी जबरजस्ती करणी ऐन अन्र्तगत मुद्धा दर्ता गरेको हो।

प्रहरीले सुनिताको वीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गरेको छ। सुनिता ...


गौतमबुद्ध रंगशाला निर्माणका लागि ५५ लाख सहयोग

चितवन - गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धमाधम आर्थिक सहायता जुट्न थालेको छ । उद्योग वाणिज्य संघ चितवन शाखाले बिहीबार ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको चेक धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेको छ । बुधबार पनि २४ लाखभन्दा बढी रकम संकलन भएको थियो ।

संघका अध्यक्ष सहनलाल प्रधानले बिहीबार फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई चेक प्रदान गर्दै सहयोग रकम बढाएर एक करोड पु-याउने जानकारी दिए । यसअघि नै संघले एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । सोही अवसरमा जिल्ला क्रिकेट एसोसिएसनका अध्यक्ष कैलाश प्रधानले पनि दुई लाख ५५ हजार ...


यसरी भेटियो ओडारमा लुकाइएको १६ किलो सुन

गोर्खा - उत्तरी गोरखाको धार्चे गाउँपालिका–३ खोर्लाबेँसीस्थित ओडारबाट तस्करीको १६ किलो सुन फेला परेको छ । प्रहरीले सुन ओसारपसार गर्ने धार्चे–१ यारुबगरका ४३ वर्षीय धनकमल गुरुङलाई पनि पक्राउ गरेको छ । ओडारभित्र जमिन खनेर बोरामा राखिएको दुईवटा झोलामा सुन फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले बताए । बरामद सुन चीनबाट तस्करी गरिएको प्रहरी भनाइ छ ।

यसरी भेटियो सुन
११ असारमा धनकमलले खच्चडमा सुन लिएर माछाखोलातर्फ आउँदै गरेको थाहा पाएपछि लुटेरा समूहले सुन लुट्ने योजना बनाएको थियो । त्यो थाहा पाएपछि धनकमलले पहिले नै ओडारमा सुन लुकाएका ...


निर्मला हत्याकाण्डको एक वर्ष : निष्कर्ष शून्य, कसलाई कहाँ चुकाइयो ?

कंचनपुर - कञ्चनपुरको भीमदत्त–२ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष बितिसकेको छ । यसबीचमा सात अनुसन्धान टोली गठन, ८० जनाको डिएनए परीक्षण, पाँच सयभन्दा बढीलाई सोधपुछ र १० हजारभन्दा बढीको कल डिटेल अध्ययन भए पनि दोषी भने पत्ता लागेको छैन ।

गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार निर्मला पन्त प्रकरणमा सरकार असफल भएको स्वीकार गरे । विकसित देशमा समेत सबै घटनाका दोषी पत्ता नलागेको र यो घटनालाई धेरै राजनीतीकरण गरिएको आरोप उनले लगाए । तर, यो प्रकरणमा कहाँ–कहाँ कमजोरी भयो भनेर पत्ता लगाउने कामसमेत हुन सकेको छैन । छानबिनका क्रममा ...


संचारमन्त्री भन्छन : भारतीय गुप्तचर प्रमुख नेपाल आएको थाहा छैन, यस्ता कुराका पछाडी नलाग्नुस'

काठमाडौं - सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भारतीय गुप्तचर ‘रअ’ प्रमुख आएको बारे थाहा नभएको बताएका छन्।

गत आइतबार भारतीय गुप्तचर निकाय रअका प्रमुख समान्त गोयल नेपाल भ्रमणमा आएका थिए। उनले पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेको समाचारहरु आएका थिए। कूटनीतिक आचारसंहिता विपरीत जासुसी निकायका प्रमुखसँग भेटेको भन्दै नेताहरुको आलोचना भइरहेको अवस्थामा सरकारका प्रवक्ताले नै यसबारे अनभिज्ञता जनाएका हुन्।

‘भारतीय गुप्चर आएको हामीलाई थाहा छैन,’ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ...


 दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाल

काठमाडौं - सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको छ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले खनाललाई नियुक्त गरेको जानकारी दिए।

दिगम्बर झालाई हटाएपछि उक्त पद खाली रहेकाे थियाे।

...

यी हुन् यो हप्ताको मन्त्रिपरिषद्ले गरेको २० निर्णय

काठमाडौं- सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरेका हुन्।

...

गुल्मी पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो, ६ सय परिवारको बिचल्ली

बुटवल - गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।

लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो। ३ जनाको बुधबार साँझ र एक जनाको बिहीबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ।

यसअघि लिम्घामा मंगलबार नै निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिल कुमारी त्रामू र ...


कर्णाली राजमार्गमा दर्जनभन्दा बढी पहिरो, यात्रु अलपत्र

सुर्खेत - दुई दिनदेखिको वर्षाले कर्णाली राजमार्गमा दर्जनभन्दा बढी पहिरो गएको छ । जसले बुधबारदेखि राजमार्ग अवरुद्ध भएको छ भने सवारीसाधन बाटोमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका छन् । कर्णाली राजमार्गको दैलेख सडकखण्डको तल्लो ढुंगेश्वरमा तीन ठाउँमा र पालतडामा पहिरो गएको छ । राचुली, सुनारखोला, कालिकोट र दैलेखको सिमानानजिकको घट्टेखोलामा पहिरो गएको प्रहरीले जनाएको छ । त्यस्तै, शुभकालिका गाउँपालिकास्थित गगनेखोला, मोल्फा, पिली, खल्लागाडलगायत स्थानमा पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गगनेखोलाको भिरमा बर्सेनि पहिरो जादा कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ । यो वर्ष पनि गगनेखोलाको भिरमा ठूलो ...


दोर्दी खोलामा आएको बाढीले लमजुङमा ४ जनाको मृत्यु, ७ बेपत्ता

लमजुङको दोर्दी खोलामा आएको बाढीले चारजनाको मृत्यु भएको छ भने सातजना बेपत्ता छन् । बुधबार दिउँसो साढे २ बजे आएको बाढीले दोर्दी खोलामा निर्माणाधीन २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत मजदुरलाई बगाएको थियो । शिरतिर थुनिएको खोला अचानक उर्लिएर आएपछि मजदुरको भागाभाग भएको थियो । सो खोलामा ५४ मेगावाटको सुपरदोर्दी र २५ मेगावाटको अपरदोर्दी जलविद्युत् परियोजना निर्माणाधीन छन् ।

सुपरदोर्दीका १५ मजदुरलाई बाढीले सुरुङमा हालेको थियो । उनीहरूको उद्धार भएको छ । तर, अपरदोर्दीका ११ मजदुरलाई बाढीले बगाएको थियो । बुधबार रातिसम्म चारजनाको शव भेटिएको छ । उनीहरूको सनाखत हुन सकेको छैन ।

प्रमुख ...


गुल्मीमा पहिरो विस्थापितको बिचल्ली, राहत पु-याउन कठिनाइ

गुल्मी - सोमबार रातिको पहिरोका कारण आफ्नो घर छोड्न बाध्य पहिरो विस्तापित परिवारको बिचल्ली भएको छ। जिल्लाको सत्यवती गाउँपालिका–३ को ठूलोलुम्पेक सिङ्दीमा पहिरोका कारण ५५ घर परिवार विस्थापित भएका हुन्। उनीहरू आफ्नो घरमा बस्न नसकेर छिमेकी तथा स्थानीय विद्यालयमा शरण लिन पुगेका छन्। पहिरो विस्थापित घरपरिवार ठूलोलुम्पेकस्थित धर्मपुर माविमा बसेका छन्। उनीहरूलाई मंगलबार बिहानदेखि नै गाउँपालिकाले संयुक्त मेस चलाएर खानाको व्यवस्था गरेको छ।

स्थानीय विद्यालयका शिक्षक दुर्गा तरामुका अनुसार पहिरोका कारण सडक अवरुद्ध भएपछि विस्थापित परिवारको बिचल्ली भएको हो। ‘गाउँमा जताजतै पहिरो गएको छ,’ उनले भने, ...


नियम विपरित नेकपाको ललितपुर जिल्ला कमिटीमा ७ जना स्थायी शिक्षक

ललितपुर - सत्तारुढ दल नेकपाले ललितपुर जिल्ला कमिटीमा सदस्यमा स्थायी शिक्षकलाई सदस्य बनाएपछी विवाद उत्पन्न भएको छ। नेकपाको १ सय ५५ जिल्ला सदस्यमध्ये ७ जना शिक्षक हुन्। शिक्षा ऐनमा शिक्षक कुनै पनि राजनीतिक दलको सदस्य नपाइने व्यवस्था छ। नेकपाको जिल्ला कमिटी सदस्यमा छानिएका शिक्षकले केन्द्रले नै यसको निकास निकाल्नुपर्ने बताएका छन्।

पार्टीको सदस्यता लिनेमा प्रधानाध्यापकलगायत २२ वर्षदेखि अध्यापनमा संलग्नहरू पनि छन्। वागमती गाउँपालिका–२ मा रहेको नागदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ठाकुरमान लामा। तर उनी नेकपाको जिल्ला कमिटी सदस्य बनेका छन्। ‘दुईमा एक रोज्नुपर्‍यो भनिसकेको छु’, वागमती ...


छविराज ओझा र शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ - निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ओझाकी पुर्व पत्नी ‘हेमा ओझाले दिएको बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । दुवैलाई खोजी क्रम जारी रहेको उनले बताए ।

...

सरकारी अड्डा कमिसनका अखडा : हाकिमलाई बुझाउन पैसा बोकेर हिडेका कार्यालय प्रमुख भक्तपुरबाट पक्राउ

दोलखा - सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटका प्रमुख प्रकाश अधिकारी बिहीबार आफ्नै कार्यालयको गाडी चढेर राजधानीतिर हिँडे। उनी हिँडेपछि कार्यालयका कर्मचारीमा खुलदुली मच्चियो। कारण थियो– अधिकारीले बोकेको झोला।

भर्खरै पुरानो आर्थिक वर्ष सकिएर नयाँ लागेको थियो। असार मसान्तमा सिँचाइका ठूला र मझौलाखाले योजनामा काम गरेका ठेकेदार र उपभोक्ता समितिहरुको बिल बन्छ। जानकारका अनुसार बिल बनाउँदा कामको प्रकृतिबमोजिम कार्यालयका हाकिमदेखि प्राविधिकसम्मलाई कमिसन छुट्याउनुपर्छ।

झोला बोकेर चरिकोटबाट हिँडेका अधिकारीलाई शुक्रबार भक्तपुरको जगातीबाट १३ लाख ३८ हजार ५ सय रुपैयाँ नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले समात्यो। अधिकारीसँगै सिँचाइ विकास ...


परम्परा फ़ेरिएन : ‘रअ’ का प्रमुखको शिर्ष नेतासंग गोप्य भेट, भारतीय दुतावासमा महिला सांसदको भेला !

काठमाडौं - भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल काठमाडौं आई केही उच्च नेतालाई भेटेर फर्किएका छन्। करिब एक महिनाअघि उनले ‘रअ’ को नेतृत्व पाएका थिए। यो जिम्मेवारी पाएपछि पहिलोपटक आइतबार नेपाल आएका उनले सोदी दिन बेलुका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग काठमाडौंस्थित भारतीय दूतावासमा र सोमबार बिहान सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग उनकै निवास खुमलटारमा भेट गरे।

कांग्रेस सभापति देउवासँग ‘रअ’ प्रमुख गोयलले भेटेको विषयलाई स्रोतले पुष्टि गरे पनि देउवाको सचिवालयले भने अस्वीकार गरेको छ। उनका स्वकीय सचिव भानु देउवाले ...


पेस्की लिएर काम नगर्ने अठार सय ठेकेदारमाथि छानबिन

काठमाडौं - पेस्की लिएर पनि आयोजना निर्माण अघि नबढाउने एक हजार ८ सयभन्दा बढी कम्पनी÷ठेकेदारमाथि गृह मन्त्रालयले छानबिन थालेको छ। जलविद्युत्, सडक, पुललगायत आयोजना निर्माणबापत सरकारी निकायबाट ‘मोबिलाइजेसन पेस्की’ लिएर काम नगर्ने कम्पनी र ठेकेदारमाथि गृह मन्त्रालयले छानबिन थालेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा परेका उजुरीका आधारमा पेस्की लिएर काम नथाल्ने निर्माण कम्पनी र ठेकेदार पहिचान गरेपछि गृह मन्त्रालय काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि कारबाही गर्न जुटेको हो। गृहमन्त्री रामबहादुर थापाले समयमै काम नगर्ने तथा सरकारी बजेट दुरुपयोगमा संलग्न एक हजार ८ सय ठेकेदारमाथि सम्बन्धित ...


पार्टी एकताका लागि प्रधानमन्त्री पदको प्रस्ताव अस्विकार गरे : प्रचण्ड

काठमाडौँ - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता हुन नदिन आफूलाई प्रधानमन्त्री पदको प्रस्ताव आएको बताएका छन् । ४१औँ पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा प्रचण्डले सरकार र पार्टी दुवै विगतका कमीकमजोरी सच्याउन तयार रहेको बताए ।

‘प्रतिक्रियावादीले पार्टी एकता हुन नदिन मलाई प्रधानमन्त्री पदसमेत अफर गरे,’ प्रचण्डले भने, ‘तर, त्यसलाई सफल हुन नदिई सबै षड्यन्त्र परास्त गरेर आएको हुँ ।’ पार्टीलाई सुदृढ बनाएर विरोधीको षड्यन्त्रलाई परास्त गर्न नेता–कार्यकर्तालाई आफूभित्रको कमीकमजोरी सच्याउनुपर्ने उनले बताए । पुष्पलाल श्रेष्ठले देखेको सपना पूरा गर्न सरकार र ...


युवतीसँग नांगै भएको भिडियो बनाएर ४० लाख फिरौती माग

झापा - व्यापारीलाई प्रेमजाल (हनी ट्रयाप) मा पारेर ४० लाख रुपैयाँ फिरौती माग्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको नयाँदिल्ली बस्दै आएकी युवती प्रयोग गरेर बिर्तामोडका एक व्यापारीलाई बन्धक बनाई फिरौती माग गरिएको थियो । ५ साउनभित्र रकम दिने सर्तमा छुटेका व्यापारी प्रहरीकहाँ पुगेपछि फिरौती माग्नेहरू फन्दामा परेका हुन् । प्रहरीले व्यापारीको नाम गोप्य राखेको छ ।

‘पीडित व्यापारी हामीलाई भेट्न त आए, तर निकैबेरसम्म केही बताउनै सकेनन्,’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाले भने, ‘आउनेबित्तिकै उनले पानी मागेर पिए । निकै आत्तिएका थिए । हामीले डेढ घन्टासम्म काउन्सिलिङ गरेपछि ...


सवारी करमा दोब्बर जरिवाना हुने कानुन संशोधन गर्दै प्रदेश सरकार

हेटौडा - प्रदेश–३ सरकारले कार्यान्वयनमा ल्याएको ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५’ संशोधन गर्ने भएको छ । सोमबार नयाँ पत्रिका दैनिकले अराजकता फैलाउने गरी अस्वाभाविक र अत्यधिक जरिवाना रकम लिने व्यवस्थासहित ऐन कार्यान्वयनमा ल्याएको विषय प्रकाशित गरेको थियो । संघीय कानुनविपरीत दोब्बर जरिवाना तोकिएको विषय प्रकाशित भएपछि प्रदेश–३ सरकारले ऐनमा गलत व्यवस्था भएकोे स्विकार्दै संशोधन गरिने बताएको छ ।

प्रदेश सरकारले तोकेको जरिवाना संघीय सरकारले तोकेको भन्दा झन्डै ६८ प्रतिशत बिन्दुले बढी छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले सवारी करमा अधिकतम जरिवाना कर रकमको ३२ प्रतिशत ...


पूर्वपश्चिम राजमार्गमा यौनधन्दा गर्ने १० जना युवायुवती नियन्त्रणमा

परासी - पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ। अवैधानिकरूपमा गरिने यस्ता क्रियाकलापलाई कुनै पनि हालतमा छुटकारा नदिने प्रहरीले बताएको छ।

सोमबार मात्रै होटलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको अभियोगमा प्रहरीले एक होटल सञ्चालकसहित १० युवायुवती लिएको छ। बर्दघाट नगरपालिका–२ चिसापनीस्थित न्यू शीतलपाटी स्टाफ होटल रेष्टुरेण्ट एण्ड लजबाट अवैध यौन क्रियाकलाममा संलग्न छ पुरुष र चार महिलासहित होटल सञ्चालक रमेश कोइरालालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो।

उक्त ...


संघीय कानुनविपरीत सवारी करमा दोब्बर जरिवाना गर्ने प्रदेश ३ को अराजक कदम

काठमाडौँ - प्रदेश - ३ सरकारले ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५’ मार्फत संघीय कानुनलाई नै चुनौती दिने गरी जरिवाना रकम वृद्धि गरेको छ । प्रदेश सरकारले नवीकरणको म्याद नाघेका सवारीसाधनले तोकिएको करको १ सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यसको अर्थ कुनै सवारीसाधनले वार्षिक १ सय रुपैयाँ सवारी कर तिर्नुपर्ने रहेछ भने आर्थिक वर्ष (आव) नाघेमा २ सय रुपैयाँ तिनुपर्नेछ । यसका साथै चालू आवको समेत थपेर ३ सय रुपैयाँ दिनुपर्ने व्यवस्था पनि प्रदेश कानुनमा उल्लेख छ । सवारी करमा गरिएको वृद्धिको यो व्यवस्थालाई ...


गुल्मीमा पहिरो :  ६ जनाको मृत्यु, २ बेपत्ता, २ घाइते

गुल्मी - सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मीको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् ।

राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका १० बर्षिय छोरा दर्शन त्रामुको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । स्थानियका अनुसार उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएका छन्।

यता, सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा ४ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी ...


नेटवर्किङ धन्दा गर्दै ठग्ने ३ जना चितवनबाट पक्राउ

चितवन - चितवनमा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा एलटी एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रालि नामक संस्थाका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका–७ बस्ने 'सुमन' भनिने ३७ वर्षीय जहरमान घिसिङ तथा सदस्यहरु गोरखा पालुङटार नगरपालिका–१० का ३९ वर्षीय 'डिबी' भनिने दलबहादुर गुरुङ र रुपन्देहीको बुटवल महानगरपालिका–९ का ४३ वर्षीया पार्वती केसी रहेका छन्।

उनीहरुले प्रचलित कानुनविपरीत प्रतिबन्धित नेटवर्किङ एलटी एभरेष्ट हर्बल लाइफ ग्लोबल प्रालि काठमाडौमा दर्ता गरी चितवनमा पिरामिड शैलीमा व्यापार प्रणाली अपनाई चितवनका सर्वसाधरणहरूलाई झुक्याएर ठगी गर्दै आएको जिल्ला प्रहरी कार्यालय ...


परीक्षा नियन्त्रक आफैले 'मलाई हटाइदिनूस्' भन्दै पत्र लेखेपछि  शिक्षा मन्त्रालयमा तरङ्ग

काठमाडौं - परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानो ठिमीका नियन्त्रक विष्णुप्रसाद अधिकारीले केही दिनअघि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई लिखित निवेदन दिँदै आफूलाई जिम्मेवारीबाट हटाइदिन अनुरोध गरेका छन् ।

विगतमा नियन्त्रक भएर जान मरिहत्ते गर्ने उक्त कार्यालयमा डेढ वर्षदेखि कार्यरत नियन्त्रक अधिकारीले लिखित निवेदन नै दिएर जिम्मेवारीबाट हटाइदिन अनुरोध गरेपछि मन्त्रालय तथा मातहतका निकायमा तरंग फैलिएको छ।

परीक्षा नियन्त्रक भएर एसईईको एउटा परीक्षा सफलतापूर्वक सञ्चालन गरेका अधिकारीले पनिकालाई मन्त्रालयले बेवास्ता गरेको गुनासो गर्दै निवेदन दिएका हुन्।अहिलेकै संरचनामा रहेर पनिकामा काम गर्न नसक्ने जानकारी उनले निवेदनमार्फत दिएका ...


दाङमा तीन युवतीको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु

काठमाडौ - दाङमा पोखरीमा डुबेर तीन युवतीको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आइतबार साँझ ७ः४५ बजेतिर पोखरीमा नुहाउने क्रममा घोराही उपमहानगरपालिका–१८ अम्बापुर निवासी १९ वर्षीया वसन्ता विक, घोराही–१८ सालघारी निवासी १९ वर्षीया झरणा विक र झरनाकी १६ वर्षीया बहिनी अमृताको मृत्यु भएको हो।

उनीहरुलाई पोखरीमा डुबेको अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो। ...


मोरङमा एक वर्षमा झन्डै ३० हजारले लिए नागरिकता

विराटनगर- मोरङ जिल्लाबाट एक वर्षको अवधिमा २९ हजार ८ सय ९६ जनाले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन्। जसमा जिल्ला प्रशासन कार्यालयबाट १४ हजार २ सय ५५, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट ७ हजार २ सय ६० र इलाका प्रशासन कार्यालय रङ्गेलीबाट ४ हजार ४ सय ६६ ले सो प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालयद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

गएको आर्थिक वर्षमा १४ हजार ४९ जनालाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि वितरण गरिएको छ। सो प्रतिलिपि जिल्ला प्रशासन कार्यालयबाट ८ हजार ६ सय ४४ थान, इलाका प्रशासन ...


तिन दिनको मौसम पूर्वानुमान : पुर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा, पहिरो र बाढीसंग सतर्क रहन आग्रह

काठमाडौं - आगामी बुधबारसम्म देशका पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ३ दिनको मौसमी विवरण सार्वजनिक गर्दै महाशाखाले पश्चिमका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ। बुधबार भने देशका अधिकांश स्थानमा वर्षा हुने विवरणमा जनाइएको छ।

मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर रहेको जनाउँदै महाशाखाले बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्फयुक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्व तथा मध्यका अधिकांश साथै पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको जनाएको हो।

महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्यका अधिकांश भू-भागमा ...


हसियाँ प्रहार गरी आफ्नै बुवाको हत्या, आमाको अवस्था गम्भीर

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका-११, सिसैयामा छोराले धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको हत्या गरेका छन्।

घोडाघोडी नगरपालिका-११ बस्ने ५५ वर्षीय उदे रावतले आइतबार राति हसियाँ प्रहार गर्दा आफ्नै बुवा ७५ वर्षीय काल्चे रावतको मृत्यु भएको हो।

घटनामा मृतक रावतकी श्रीमती नन्दे रावत गम्भीर घाइते भएकी छिन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।

घरयासी झगडामा विवाद उत्पन्न हुँदा छोराले आफ्नै बुवामाथि धारिलो हतियार हसियाँ प्रहार गरेको प्रहरीको भनाइ छ। हत्या गरि फरार रहेका रावतलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक ...


बालुवाटार जग्गा प्रकरणमा अख्तियारलाई सहयोग गर्छु : गच्छदार

काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा सो जग्गा प्रकरणमा मुछिएको समाचार आइरहेका बेला गच्छदारले त्यसमा आफ्नो कुनै पनि संलग्नता नरहेको प्रतिक्रिया दिएका हुन्।

आइतबार साँझ भारतबाट स्वदेश फर्किएका गच्छदारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा आफूले बालुवाटारमा सडक फराकिलो बनाउनका लागि प्रस्ताव लगे पनि भूमिसम्बन्धी कुनै प्रस्ताव नलगेको पटक–पटक दोहोर्‍याए।

उपसभापति गच्छदारले आफू आँखाको उपचारका लागि अमेरिकाबाट सिधै भारत फर्के पनि सो जग्गा प्रकरणको अभियोग छल्ने काम गरेको भन्दै ...


सडकमा जमेको पानीको खाल्डो तर्न ५० देखि ५०० रुपैयाँसम्म शुल्क

मलंगवा - लखनदेही खोलाको बाढीले एक साताअघि सर्लाहीको कौडेनास्थित हुलाकी सडक भत्कायो। बाढीले सडकमै १० मिटर लामो र पाँच फिट गहिरो खाल्डो बनाएको छ। त्यहाँ पानी जम्मा भएपछि पश्चिमी क्षेत्र जाने यात्रुलाई सास्ती भएको छ।

पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्नेले यो ठाउँ पार गर्न शुल्क तिरिरहेका छन्। स्थानीय युवाले बसको ट्युबमा हावा भरेर त्यसमाथि खाटो राखी यात्रुसँग चर्को शुल्क लिएर तार्ने गरेका छन्। उनीहरूले सुरुमा पैदल यात्रुसँग ५० रुपैयाँ, साइकल यात्रुसँग २ सय र मोटरसाइकल यात्रुसँग ५ सय लिएका थिए। खाल्डोमा पानी कम भएपछि क्रमशः ...


एकाबिहानै प्रचण्ड निवासमा किन पूर्वमाओवादी नेताहरुको बैठक ?

काठमाडौं - एकता प्रक्रियाको काम टुंगो लगाउने विषयमा छलफल गर्न पूर्व माओवादी नेताहरूको बैठक बसिरहेको छ। आइतबार बिहान ७ बजेदेखि खुमलटारस्थित प्रचण्ड निवसमा बैठक बसिरहेको एक नेकपा(पूर्व माओवादी) नेताले जानकारी दिएका छन्।

आइतबार दिउँसो १ बजे नेकपाको सचिवालय बैठक बस्नुअघि अनौपचारिक छलफल गर्न बैठक बसेको ती नेताले जनाएका छन् । एकता प्रक्रियामा टुंगो लगाउनु पर्ने जिल्ला इन्चार्जहरु, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्चलगायतका विषयमा आजै सचिवालयले टुंगो लगाउने तयारी छ।

३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति भइसकेको ...


विप्लबको भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना, कहाँ कसको नेतृत्व ?

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र भत्काउने गर्दै आएको छ।

२८ फागुनमा सरकारले प्रतिबन्ध लगाउनुअघि एउटा संरचनामा चलेको विप्लव समूह अहिले अलग संरचनाका आधारमा चलेको छ। ‘समयानुकूल समूह संरचना हेरफेर गरी अनुकूलताका आधारमा संगठन निर्माण गरी हामी अगाडि बढिरहेका छौं’, विप्लव समूहका एक केन्द्रीय सदस्यले भने, ...


अब १८ देखि ३५ उमेर वर्ष भित्रका व्यक्ति मात्रै 'युवा'

काठमाडौं - सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ। राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन-२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको छ।

परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपालमा पनि युवाको उमेर समूहमा पाँच वर्ष कम गरेर परिभाषित गर्न थालिएको बताए। ‘सबै मुलुकमा युवाको उमेर ३५ वर्षभन्दा माथि छैन्’, उनले भने, ‘त्यही भएर हाम्रो मुलुकमा पनि युवाको उमेर ४० वर्षबाट घटाएर ३५ वर्षलाई राख्ने प्रस्ताव गरेका छौँ।’

अहिले भने परिषद्को ऐनमा युवाको उमेरको १६ देखि ...


वार्ताको लागि सरकारसंग अनौपचारिक संवाद गर्दै आएका विप्लबका उपत्यका इन्चार्ज पक्राउ

काठमाडौं - नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।

गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा लामाको हात रहेको प्रहरीले दाबी गरेको छ । त्यसैगरी जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटको योजनाकार पनि लामा नै रहेको भन्दै प्रहरीले खोजीको सूचीमा राखेको थियो ।

माओवादी जनयुद्धको सुरुवातदेखि नै पार्टीमा सक्रिय लामा सो समय बम बनाउने ...


धनगढी विस्फोटको जिम्मेवारी विप्लव समूहले लियो

काठमाडौं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कैलालीको धनगढीमा बिहीबार भएको घटनाको जिम्मा लिएको छ। सेती-महाकाली ब्युरो इन्चार्ज निर्माणले विज्ञप्तिमार्फत बम विस्फोटको जिम्मा लिएका हुन्।

घटनामा परी घाइते भएका ५ जनामध्ये बझाङका रामबहादुर सिंहको मृत्यु भएको छ। उनी नेकपाकै कार्यकर्ता हुन्।

घाइतेहरुको उपचार खर्च पार्टीले बेहोर्ने प्रतिबद्धता जनाइएको छ। घटनामा परी सर्वसाधारण नागरिकहरुमा पर्न गएको असहजताप्रति पार्टीले दुःख व्यक्त गरेको छ।

पार्टीले आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ पड्किएको पनि जनाएको छ।

धनगढीको सहिद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट भएको थियो। विस्फोटमा ...


बाजुरामा जीप दुर्घटना हुँदा चालकसहित २ को मृत्यु, ११ घाइते मध्ये ४ को अवस्था गम्भीर

बाजुरा - बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–४ का २६ वर्षीय जीपका चालक रमेश बोगटी र खत्याड गाउँपालिका–६ मुगुका २४ वर्षीय रामबहादुर शाही रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार चालकसहित १५ जना सवार जीपमा थिए । दुर्घटनामा ११ जना घाइते भएका छन् । ती मध्ये ४ जनाको अवस्था गम्भीर छ। क १ ज २१ नम्बरको जीप शुक्रबार बिहान साढे ८ बजे दुर्घटना भएको हो।

गम्भीर ...


जुम्लामा स्थानीयले वडाध्यक्ष कुटे, प्रहरीलाई समेत गाउँबाट लखेटे

जुम्ला - जडीबुटी चोरी निकासीे आरोपमा जुम्लाका स्थानीयले पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि कुटपिट गरेका छन् । उनीहरूले घटना नियन्त्रणमा लिन आएका प्रहरीलाई समेत गाउँबाट लखेटेका छन् ।

बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले बुधबार वडाध्यक्ष रावतमाथि कुटपिट गरेका हुन् । स्थानीयवासीले हातपात गर्दै कमिजसमेत च्यातिदिएको वडाध्यक्षले गुनासो गरेका छन् ।

स्थानीयवासीले वडाध्यक्ष रावतविरुद्ध नाराबाजी गर्दै पदबाट राजीनामा दिन मागसमेत गरेका छन् । सामुदायिक वनमा पाइने सेतोचिनी (खिरौँला) चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको लुमगाउँका स्थानीयवासीको आरोप छ ।

जनप्रतिनिधि ...


पूर्वी र मध्य तराइका जिल्लामा बाढीको प्रक्षेपण, आगामी ३ दिनसम्म सतर्क रहन आग्रह

काठमाडौं - आगामी ३ दिनसम्म वर्षा हुने भएकोले देशका मुख्य नदीहरुमा बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।

खासगरि पूर्व र मध्य क्षेत्रमा बाढीको सम्भावना भारी वर्षा हुने भएकोले ठूला तथा मझौला नदीहरुमा बाढी आउने भएकोले सर्तकता अपनाउन आग्रह गरिएको हो ।

बिशेष गरि इलाम, झापा, मोरंग, सुनसरी, सप्तरी, मकवानपुर, सिन्धुली, सर्लाही, रौतहट, नवलपरासी, रुपन्देही, गुल्मी, पाल्पा, दाङ र आसपासका जिल्लाको पहाड र चुरेबाट बहने नदीहरुमा आकस्मिक बहाव बढ्ने हुनाले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

...

बिधुतिय बस किन्न साझालाई ३ अर्ब, यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय !

काठमाडौं - मन्त्रीपरिषद वैठकले विद्युतीय बस खरिद गर्न साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । बिहिबार नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि गोकुल बास्कोटाले सो जानकारी गराएका हुन् ।

सरकारले उपलब्ध गराउने रकम सरकारको शेयरमा रहने गरि दिन लागिएको पनि बास्कोटाले जानकारी दिएका छन् ।

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू :
१. गैरकानुनी रूपमा नेपाल बसिरहेका पाँच जना श्रीलंकन नागरिकको दुई लाख पचास हजार रूपैयाँ जरिवाना र ३७ हजार तीन सय ८० अमेरिकी डलर भिसा शुल्क ...


द्वन्द्वकालीन मुद्दामा जर्मनीको चासो

काठमाडौँ - सशस्त्र द्वन्द्वका मुद्दा टुंग्याउन विलम्ब भइरहेका बेला जर्मनीले यसप्रति चासो देखाएको छ। नेपाल भ्रमणमा रहेका जर्मनीको परराष्ट्र मन्त्रालयका दक्षिण एशिया मामिलासम्बन्धी आयुक्त मार्कुस् पोटजेलले यसबारे चासो व्यक्त गरेका हुन्।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग भएको शिष्टाचार भेटमा उनले यसबारे चासो राख्दै ती मुद्दा शीघ्र टुङ्गिनेमा जर्मनी आश्वस्त रहेका बताएका थिए। भेटमा कानुन मन्त्री ढकालले द्वन्द्वकालीन सबै समस्या समाधान गर्न सरकारले आवश्यक कानून तर्जुमा गरेको र ती संसदीय प्रक्रियामा रहेको जानकारी पोटजेललाई गराएका थिए।

नेपालको दुई दिने भ्रमण पूरा गरी भारततर्फ प्रस्थान गर्नुअघि उनले ...


तरकारीमा अस्वभाविक मूल्यवृद्धि देखिएपछि कालिमाटी र बल्खुमा वाणिज्यको छड्के

काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा फलफूल तथा तरकारी बजारमा अनुगमन गरेको छ। विभागले २ वटा टोली परिचालन गरेर शुक्रबार बिहान ४ बजेदेखि कालिमाटी र बल्खुको तरकारी बजारमा छड्के गरेको हो।

असार अन्तिम सातादेखिको अविरल वर्षा र बाढीपहिरोको कारण देखाउँदै व्यापारीहरुले तरकारीको मूल्यमा अस्वभाविक वृद्धि गरेको देखिएपछि विभागको टोलीले अनुगमन गरेको हो। विभिन्न स्थानबाट उपत्यकामा भित्रने तरकारी वर्षापछिको बाढीपहिरोका कारण सडक अवरुद्ध भएको र माग अनुसार आपूर्ति नभएको भन्दै व्यापारीहरुले तरकारीको मूल्य बढाएका थिए।

कालिमाटी अनुगमनको नेतृत्व गरेका विभागका शाखा अधिकृत दीपकराज पोखरेलले ...


कांग्रेस नेता मोहनबहादुर बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

काठमाडौं - राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको रकम भेटिएको छ। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व सञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको हो। विभागले सो रकम झिक्न नमिल्ने बनाएर अनुसन्धान थालेको छ। बस्नेतले कर छलीको रकम सहकारीमा जम्मा गरेको विभागको आशंका छ।

सहकारीमा जम्मा गरेको रकमको स्रोत नभेटिएको भन्दै विभागले अध्ययन थालेको हो। सहकारीमा बस्नेतको गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति देखिएको भन्दै विभागले बयानका लागि बस्नेतलाई बोलाउने तयारी गरेको छ। ...


वार्ताका लागि विप्लबका कुनै पनि शर्त स्वीकार्य  हुँदैनन् : संचारमन्त्री बाँस्कोटा

काठमाडौं - शान्तिपूर्ण राजनीतिमा आउने विश्वासिलो आधार नभई सरकारले प्रतिबन्धित नेकपासँग वार्ता नगर्ने स्पष्ट पारेको छ। वार्ताका नाममा विगतमा विद्रोही शक्तिले शक्ति सञ्चय गरेको प्रसंग उल्लेख गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वार्ताका लागि शान्तिपूर्ण राजनीतिमा आउनुपर्ने सर्त राखेका छन्।

‘शक्ति सञ्चय गर्नका लागि वार्ताको हल्ला गरेर हुँदैन। हामीले २०५२ सालदेखि १० वर्षको सशस्त्र युद्ध झेलेका छौं,’ सिंहदरबारमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘गुमेको शक्ति सञ्चय र दाउपेचका लागि वार्ता हुन सक्दैन।’

पछिल्लो समय सरकार र सत्तारूढ नेकपाले भूमिगत राजनीति गरिरहेको ...


धनगढी विष्फोटका घाइते राम सिंहको मृत्यु, अन्य घाइते चार मध्ये एकको अवस्था गम्भीर

धनगढी - धनगढीमा बिहीबार बेलुकी भएको विष्फोटमा गम्भीर घाइते भएका राम सिंहको मृत्यु भएको छ।बझाङ घर भएका ३५ वर्षका राम सिंहको राती ११ बजेतिर धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। विष्फोटमा उनको कम्मरमुनिका मासु खसेको थियो।

विष्फोटमा परी सिंहसहित पाँच जना घाइते भएका थिए। धनगढीको चटकपुरमा रहेको सहिद गेट नजिकैको नीलम होटलमा बेलुकी ७ बजेतिर विष्फोट भएको थियो।

यस्तै अर्का घाइते कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का लक्ष्मण सेरेलाको अवस्था पनि गम्भीर छ। उनको पनि कम्मर आसपासको क्षेत्रमा शरीरभित्र फलामका टुक्रा अड्किएका छन्। उनको, आज ...


मोरङमा बस र तरकारी बोकेको गाडी ठोकिदा एकको मृत्यु, १८ घाइते मध्ये ९ को अवस्था गम्भीर

विराटनगर - पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको शनिश्चरे १० मा बस र तरकारी बोकेको गाडी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।

३ जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो । ६ जना घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा ल्याइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मृतक र घाइतेहरुको परिचय नखुलेको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

...

बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ८८ पुग्यो, ३१ अझै बेपत्ता

काठमाडौं - गएको साता बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ ।

यसैगरी बुधबार बेलुकासम्ममा बाढी, पहिरो र डुबानका कारण ३१ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढी पहिरोमा घाइते भएकामध्ये ११ जनाको उपचार भैरहेको र अन्यको उपचारपछि घर फिर्ता पठाइएको छ ।

बाढी, पहिरो र डुबानामा परेका ३ हजार ३ सय ६६ जनाभन्दा बढीको उद्धार गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ । अन्य बाँकी तथ्यांक संकलनको कार्य भइरहेको छ । तथ्यांकसँगै राहत वितरण कार्यलाई ...


घरेलु हिंसा, बहुविवाह र जातीय विभेद गर्ने कर्मचारीले पेन्सन नपाउने

काठमाडौँ - बहुविवाह गर्ने र यौनहिंसामा संलग्न अवकाशप्राप्त कर्मचारीले पेन्सन नपाउने कानुन बनाउन लागिएको छ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले जातीय छुवाछुत गर्ने, कार्यालयमा यौनहिंसा गर्ने, बहुविवाह गर्ने, अन्य देशको डिभी/पिआर लिने, घरेलु हिंसा गर्ने र राज्यको गोपनीयता भंग गर्ने कर्मचारीलाई पेन्सन सुविधा नदिने सहमति जुटाएको हो ।

सरकारले भ्रष्टाचार, किर्ते, राष्ट्रविरुद्ध जासुसी, लागुऔषध कारोबार गर्ने कर्मचारीले पेन्सन सुविधा नपाउने प्रस्तावसहितको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसद्मा लगेको थियो । विधेयकमा सम्पत्ति शुद्धीकरण, पुरातात्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर ...


पाइपलाइनबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु

काठमाडौँ - पाइपलाइनबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु भएको छ । नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन तयार भएपछि डिलेज ल्याउन थालिएको हो । बुधबार दिउँसो २ बजे भारतीय आयल कर्पोरेसन (आइओसी) को मोतिहारी डिपोबाट छाडिएको डिजेल १८ घन्टापछि बिहीबार साँझ ६ बजे नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आइपुग्नेछ । आइओसीको अनुदान सहयोगमा निर्माण भएको पाइपलाइनको सबै परीक्षण सकिएपछि डिजेल पठाइएको निगमको अमलेखगन्जस्थित डिपो प्रमुख प्रदीप यादवले बताए । ‘अमलेखगन्जका लागि पाइपबाट डिजेल छाडिएको छ,’ उनले भने ।

पाइपलाइनबाट आउने डिजेल तत्काल अमलेखगन्ज डिपोमा भने खन्याइने छैन । ‘डिजेल पाइपमै राखिनेछ,’ यादवले ...


साढे दुई अर्ब लागतमा भैँसेपाटीमा जिम र स्विमिङपुलसहितको मन्त्रीनिवास बन्दै

काठमाडौँ - सरकारले मन्त्रीहरूका लागि जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आवास बनाउँदै छ । संसद् भवन निर्माणका लागि छुट्याइएको ललितपुर महानगरपालिकाको भैँसेपाटीस्थित सैंबु आवास क्षेत्रमा साढे दुई अर्ब लागतमा ९६ रोपनी १० आना जग्गामा ३३ भवन बनाउन लागेको हो । यही आवास क्षेत्रभित्र राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखको पनि निवास रहनेछ । दुई वर्षभित्र निर्माण सक्ने तयारी छ ।

गत १७ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, राष्ट्रिय सभाका अध्यक्षसहित मन्त्रीहरूका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सहरी विकास तथा भवन विभागले मन्त्रीका ...


उपभोक्ता समितिमा आफ्नै मान्छे राखेर विकासे बजेटमा जनप्रतिनिधिको रजाइँ

कपिलवस्तु - जिल्लाका सबै स्थानीय तहले प्रायः करोडभन्दा कम लागतका अधिकांश काम उपभोक्ता समितिमार्फत गराउँदै आएका छन्। तर उपभोक्ता समितिहरूले आ–आफ्नो जिम्मेवारीमा परेको काम फेरि ठेक्का दिएर गराउँदा भ्रष्टाचार बढेको गुनासो बढ्न थालेको छ। जनप्रतिनिधिहरूले आफ्नै आफन्त राखेर उपभोक्ता समिति गठन गर्ने र सोही समितिमार्फत रजाइँ गर्ने गरेको पाइएपछि त्यस किसिमको गुनासो बढ्न थालेको हो। उपभोक्ता समितिसँग ठेक्का लिनेले कमसल र गुणस्तरहीन काम गर्दा विकासे रकमको दुरुपयोग भइरहेको भन्दै विरोध हुन थालेको छ।

भारतीयले लगाउने बाँधका कारण मायादेवी गाउँपालिका–८ मा वरकुललगायत चारवटा गाउँको खेतीयोग्य जमिन डुब्ने ...


संसदमा सद्दे गाडी ग्यारेजमा थन्काएर नयाँ किन्ने होडबाजी

काठमाडौं - संघीय संसदन्तर्गत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्क्याउँदै उनीहरुलाई नयाँ गाडी दिने तयारी भएको छ। पहिलो लटमा चार समितिका सभापतिलाई गाडी उपलब्ध गराइसकिएको छ। दोस्रो लटमा ११ सभापतिलाई गाडी उपलब्ध गराउने तयारी छ। संसद् सचिवालयले केही दिनभित्रै दोस्रो लटमा ११ सभापतिलाई गाडी उपलब्ध गराइने जनाएको छ। सचिवालयले ६ करोड १६ लाख रुपैयाँ खर्चेर ११ स्कोर्पियो गाडी खरिद गरिसकेको छ।

समितिका सभापतिहरुले अहिले चढिरहेका गाडी ग्यारेजमा थन्काउने तयारी भएको स्रोतले बतायो। ‘अहिलेसम्म कसैलाई दिने कुरा भएको छैन, यदाकदा कर्मचारीले प्रयोग गर्न ...


'आयात हुने तरकारी तथा फलफूल विषादी परीक्षण गरेर मात्रै भित्राउनु'

काठमाडौं - एकल इजलासबाट जारी अल्पकालीन आदेशलाई निरन्तरता दिँदै सर्वाेच्च अदालतले मंगलबार भारत तथा अन्य मुलुकबाट आउने तरकारी तथा फलफूल विषादी परीक्षण नगरी नभित्त्र्याउन अन्तरिम आदेश दिएको छ।न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दुईदिनको बहस सकिएपछि सरकारका नाममा अन्तरिम आदेश दिएको हो। विषादी मुद्दामा ६ दिनअघि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासबाट तरकारी तथा फलफूल विषादी परीक्षण नगरी नभित्र्याउन अल्पकालीन आदेश जारी गरेको थियो। काठमाडौंस्थित भारतीय दूतावासको पत्र आएपछि विषादी परीक्षणको निर्णयबाट पछि हट्ने सरकारी निर्णयलाई चुनौती दिँदै तीनवट रिट दायर भएका थिए। दायर तीनवटा ...


विश्वविद्यालयका २५ प्रतिशत विद्यार्थी मात्रै पास, उत्तीर्णलाई समेत रोजगारी पाउन मुस्किल

काठमाडौं - विश्वविद्यालय शिक्षामा लगानीअनुरूप प्रतिफल आएको छैन। तापनि, सरकारी लगानी बढाउनुपर्ने बहस चलिरहेको छ। विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार सबै विश्वविद्यालयको विद्यार्थी उत्तीर्णदर औसतमा २५ प्रतिशत मात्र छ।

जेनतेन उत्तीर्ण जनशक्तिले पनि योग्यताअनुसार रोजगारी नपाउनुले विश्वविद्यालय शिक्षाको पुनःसंरचना अत्यावश्यक देखाएको शिक्षाविद् बताउँछन्। त्रिविको स्नातक तहमा उत्तीर्णदर २७.३२ प्रतिशत मात्र छ। स्नातकोत्तरमा १८.३८ प्रतिशत छ। स्नातक र स्नातकोत्तर दुवैको औसत उत्तीर्णदर २५.९४ प्रतिशत छ। त्रिवि सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय हो। यसले गत साता ६०औं वार्षिकोत्सव मनायो। उच्च शिक्षा हासिल गर्नेमध्ये ८० प्रतिशत यसकै छन्।

त्रिविको वार्षिक बजेट ...


अनलाइन सपिङ्गका माध्यमबाट ठगि : ५ करोड ठग्ने तिन जना पक्राउ

काठमाडौँ - सामाजिक सञ्जाल इमो, भाइबर, फेसबुक, ह्वाट्समार्फत झन्डै पाँच करोड रुपैयाँ ठगी गर्ने गिरोहका मुख्य अभियुक्तसहित तीनजना पक्राउ परेका छन् । महोत्तरी सोनमा गाउँपालिका–७ का २० वर्षीय एमडी सगिर शेख, महोत्तरीकै गौशाला नगरपालिका–५ का २२ वर्षीय यमदादुल मोमिन र भारत उत्तर प्रदेशका ३० वर्षीय आकिव जावेद पक्राउ परेका हुन् ।

महानगगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुल थापाले ठगी धन्दाको मुख्य योजनाकार भारतीय नागरिक जावेद रहेको बताए ।

उनले भने, ‘सामाजिक सञ्जालमार्फत ठगियौँ भनेर उजुरी पर्‍यो । अनुसन्धानमा हामी जुट्यौँ । महिनादिनसम्मको उनीहरूको ...


डाक्टरले बिरामी जाँच गर्दा लाग्ने शुल्क बढाइदै

काठमाडौँ - पाँच वर्षपछि चिकित्सक परामर्श शुल्क वृद्धि हुने भएको छ । डाक्टरले बिरामी हेर्दा लिने शुल्कमा ८५ देखि एक सय ६० रुपैयाँसम्म वृद्धि गर्न लागिएको शुल्क पुनरावलोकन समितिका संयोजक डा. विकास देवकोटाले जानकारी दिए । यससँगै पाँचवर्षे अनुभव भएका विशेषज्ञ डाक्टरले लिँदै आएको चार सय ७५ रुपैयाँ शुल्क बढेर ६ सय ३५ पुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात् गर्दै शुल्क बढाउन लागिएको जनाएको छ । पाँच वर्षदेखि चिकित्सक परामर्श शुल्क बढेको थिएन । डाक्टरको योग्यता र अनुभवअनुसार फरकफरक दरमा शुल्क बढ्नेछ । ‘दुई–दुई वर्षमा शुल्क बढाउने ...


छविको शिल्पालाई खुल्लापत्र : ''मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने...''

निर्माता छविराज ओझाले आफ्नी श्रीमती एवं अभिनेत्री शिल्पा पोखरेललाइ लेखेको खुलापत्र :
शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं l छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि ...


पहिरोले बिपी राजमार्ग अबरुद्ध, सवारी आवागमन ठप्प

काठमाडौं - लगातारको वर्षापछि खसेको पहिरोका कारण बिपी राजमार्ग बन्द भएको छ।

सिन्धुलीको गोलाङजोर गाउँपालिका-७ स्थित कानढुंग्री भन्ने स्थानमा पहिरो खसेपछि यातायत आवागमन ठप्प भएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।

राति २ बजे खसेको पहिरो पन्छ्याउने काम भइरहेको उनले बताए। 'गएरातिदेखि पुनः भारी वर्षा भएकोले पहिरो खसेको हो। २ वटा डोजरसहित अहिले पहिरो पन्छ्याउने काम भइरहेको छ,' उनले भने।

अहिले सो क्षेत्रमा पूर्वबाट राजधानी आउँदै गरेका र राजधानीबाट पूर्वतर्फ छुटेका सयौं सवारीसाधन रोकिएका छन्।

यसअघि केही दिनअघि सोही सडकखण्डकै २६ किलो भन्ने स्थानमा ठूलो ढुंगा खसेका ...


उदयपुरमा पहिरोले २ घर पुरिए, दुई जना बेपत्ता

गाईघाट- उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गएराति १ बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रितबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ।

माथिल्लो डाँडाबाट खसेको पहिरोले घर पुरिँदा रितबहादुरकी ५६ वर्षीया आमा रणमाया मगर बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए।

घटनास्थलमा आज बिहानै प्रहरी परिचालन गरिएको भए पनि स्थानीय रसुवाखोलाको बाढीका कारण तर्न समस्या हुँदा प्रहरी घटनास्थलमा पुग्न समस्या भइरहेको प्रहरी प्रमुख बुढामगरले ...


भक्तपुर-काभ्रे सिमानजिकै सरकार र विप्लवबिच वार्ता, लगत्तै सोमप्रसाद पाण्डे किन पश्चिम उडे ?

भक्तपुर - पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ ।

सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गरेका थिए । छलफलमा विप्लवका स्थायी समिति सदस्यस्तरका नेता सहभागी थिए । उनको नाम गोप्य राखिएको छ । ‘यो प्रारम्भिक चरणकै छलफल हो, त्यसैले धेरै कुरा भन्न मिल्दैन । तर, छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको छ,’ पाण्डेले भने । ...


कालिकोटका स्थानिय तहको काममा बिप्लव समुहको निगरानी

कालिकोट - नेकपाका कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य निशानामा राखेका छन् । बिप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका भेरी कर्णाली संयोजक शितल विष्टले भ्रष्ट जनप्रतिनिधि प्रमूख निशानीमा रहेको बताए ।

‘राम्रो काम गर्नेहरुलाई सम्मान गर्ने र अनीयमितता गर्नेहरुलाई जन कारबाही गर्ने पार्टीको योजना छ । कालिकोटका सबै स्थानीय तहमा व्यापक अनियमितता भएको जनगुनासो बढी आएका छन् ।’ विष्टले भने । यसको विषयमा पार्टीको समन्वयमा युवा संगठनले छानविन गर्ने उनको भनाइ छ । युवा संगठनका केन्द्रीय सदस्य समेत रहेका विष्टले अनियमितताकै बिरुमा जिल्लाका ९ वटै स्थानीय तह र ८२ ...


मध्यरातमा सरकारी कार्यालयबाट ल्यापटप, क्यामेरालगायतका सामान चोरी

तनहुँ - नागरिकको सुरक्षाको जिम्मा लिएको सरकारकै आफ्नै श्रोत साधनको चोरी भएको छ ।

तनहुँको दमौलीस्थित व्यास नगरपालिका–३ स्थित पूर्वाधार विकास कार्यालयको, तनहुँ एकाईमा सोमबार मध्यरातमा चोरी भएको हो । मध्यरातको १२ बजेदेखि २ बजेभित्र चोरी भएको अनुमान गरिएको छ ।

कार्यालयको दायाँतर्फ रहेको झ्यालबाट ग्रिल निकालेर कार्यालयभित्रै रहेको दराज फुटाइ अज्ञात व्यक्ति÷समुहले चोरी गरेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ।

कार्यालयबाट ६ वटा ल्यापटप, तीनवटा क्यामेरा, चार वटा पुलको फाइल र तीनवटा उचाई नाप्ने उपकरण चोरी भएको इन्जिनियर विवेक सिग्देलले जानकारी दिए ।कार्यालयमा रहेका तीन कर्मचारी ...


बाढी-पहिरो अपडेट : ६५ को मृत्यु, ३० बेपत्ता, ३८ घाइते, एक हजार ५ सयकाे उद्धार !

काठमाडौँ - गएकाे पाँच दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट देशका विभिन्न जिल्लामा अहिलेसम्म ६५ जनाको ज्यान गएकाे भएको छ । ज्यान जानेमा २४ महिला र ४१ जना पुरुष रहेका छन् ।

विपद्मा परेर ३८ घाइते भएको र ३० जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । अहिलेसम्म झण्डै एक हजार ५ सय जनाकाे सकुशल उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपद्बाट प्रभावित भएका छन् ।

पैसट्ठीकाे मृत्यु

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म देशका विभिन्न जिल्लामा मृत्यु हुनेको सङ्ख्या ...


पानी सतह बढेपछि कुलेखानीको ड्याम खोलिँदै, यसले कहाँ-कहाँ असर गर्छ ?

काठमाडौं - मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत आयोजनाको ड्याम (इन्द्रसरोवर)मा पानीको तह क्षमता भन्दा बढी हुन थालेपछि पानीलाई निकास दिइँदै छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार हाल इन्द्रसरोवरमा पानीको तह १ हजार ५ सय २५ मिटर ४० सेन्टिमिटर नाघिसकेको छ।

सरोवरमा पानीको तह १ हजार ५ सय ३० पुगेमा 'ओभर फ्लो' हुने हुँदा सोमबार बिहान ८ बजेबाट पानीलाई निकास दिइने निर्णय भएको तामाङले जानकारी दिए। 'अहिले पानीको तह १ हजार ५ सय २५ मिटर ४० सेन्टिमिटर नाघिसकेको छ। प्रतिघन्टा २ मिटरका दरले पानीको तह ...


पहिरोले काभ्रेको रोशी नदी थुनियो, स्थानीय त्रसित

काभ्रे - अविरल वर्षाका कारण पनौती नगरपालिकाको रोशी जोरघट्ट-२ मा पहिरो खसेपछि रोशी नदी थुनिएको छ।

मापदण्डविपरीत खुलेका ढुङ्गाखानीका कारण पहिरो गएपछि नदी थुनिएको स्थानीयले बताएका छन्। पहिरोका कारण नदी छेउमा रहेका वस्तीमा ढुङ्गासहितको भल पसेर वस्ती र सडक अवरुद्ध भएको छ।

डाइमन्ड र कृष्टल ढुङ्गाखानी उद्योगले जथाभावी स्काभेटर प्रयोग गरेर पहाड खनेका कारण डाँडै खसेर नदी थुनिएको स्थानीयले जानकारी दिए।

स्थानीय विश्व थापाको घर अगाडि ठूलाठूला चट्टानसहितको पहिरो गएको छ। पहिरोका कारण स्थानीय त्रसित बनेका छन् ।

सो स्थानमा मात्र ८ वटा ढुङ्गाखानी र दुई वटा क्रसर उद्योग ...


मौसम पूर्वानुमान :  आउँदो तीनदिनसम्म वर्षाको सम्भावना

काठमाण्डौ - देशको पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

वर्षाका कारण देशको पहाडी भूभागमा पहिरो र तराईमा बहने नदीमा जलको बहाब बढेर बाढी जान सक्ने देखिको भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको हो ।

यस्तै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि उसले आग्रह गरेको छ ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भागमा रहेकाले मनसुनि गतिविधि देशभर सक्रिय बनेको मौसमविद् राजु ...


बाढीपहिरो अपडेट : ५० जनाको मृत्यु, ३३ बेपत्ता, ११ सय बढीको उद्धार

काठमाडौं - बिहीबारदेखिको अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट हालसम्म ५० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

आइतबार बिहानको तथ्यांकअनुसार उपत्यकामा ८ जनाको मृत्यु भएको छ। जसमा ३ महिला र ५ पुरुष रहेका छन्।

बाढी तथा पहिरोमा परी प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ। जसमा महिला ७ र पुरुष १० रहेका छन्।

प्रदेश २ मा बाढीका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ। जसमा महिला २ र पुरुष ५ रहेका छन्। प्रदेश ३ मा बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ...


बाढीपहिरो अपडेट : ४३ जनाको मृत्यु, २४ बेपत्ता, ११ सय बढीको उद्धार

काठमाडौं - बिहीबारदेखिको अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट हालसम्म ४३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

बाढी तथा पहिरोमा परी शनिबार रातिसम्मको तथ्यांकअनुसार ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ ,ओखलढुंगा र काभ्रेमा ३/३ जना, धादिङ , झापा, सिन्धुलीमा २/२ जना तथा पाल्पा, पर्सा, रामेछाप, इलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा १/१ जना गरी ४३ जनाको मृत्यु भएको छ। मृतकहरुमध्ये १८ जना महिला र २५ जना पुरुष रहेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म ...


बाढी र पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि ८ हजार नेपाली सेना तैनाथ

काठमाडौं- बिहीबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्‍न स्थानहरुमा आएको बाढी/पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि नेपाली सेनाले आफ्ना ८ हजार फौज परिचालन गरेको छ।

विभिन्‍न स्थानहरुमा तैनाथ युनिटहरुबाट २१ जिल्लाको ३२ स्थानमा ८ हजार फौज परिचालन भई उद्धारको कार्यलाई जारी राखिएको नेपाली सेनाले जनाएको छ।

सेनाले पछिल्लो समय सिराहा जिल्लाको कमला टापुमा फसिरहेका इन्जिनियरसहित ९ जनाको टोलीलाई शनिबार राति उद्धार गरेको छ।

बसविटा वडा नम्बर ६ मा (पूर्वपश्चिम राजमार्गको कमला नदीको पुलबाट २०० मिटर उत्तरतर्फ कमला टापु भन्ने स्थानमा) बन्दै गरेको पक्‍की पुल अनुगमन गर्न गएको इन्जिनियरसहित ...


श्रीलंकाका लागि नेपाली राजदूतले दिए राजीनामा

काठमाडौं - श्रीलंकाका लागि नेपाली राजदूत प्रा डा विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले त्यसको पुष्टि गरे। ‘उहाँले राजीनामा दिनु भएको रहेछ, त्यो स्वीकृत भएको छ,’ उनले भने।

राजीनामा दिनुको कारणबारे भने आफूलाई जानकारी नभएको उनले बताए।

उनले परराष्ट्र प्रशासनप्रति असन्तुष्टि देखाउँदै पदबाट राजीनामा दिएको बुझिएको छ। प्याकुरेल २३ बैसाख २०७४ मा श्रीलंकाका राजदूतमा नियुक्त भएका थिए।

लामो समय अर्थशास्त्रको प्राध्यापन गरेका उनी शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा राजदूत नियुक्त भएका थिए।

उनको राजीनामा साउन १ गतेदेखि लागू हुने गरी गएको मंगलबार सरकारले स्वीकृत गरेको हो।

देउवाको पालामा ...


बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ३० पुग्यो, १८ बेपत्ता, १३३ को सकुशल उद्धार

काठमाडौं - अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन्।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको छ। यो स्थानीय प्रहरी कार्यालय र विपद व्यवस्थापन महाशाखाबाट परिचालित टोली समेबाट उद्धार गरिएकाको संयुक्त संख्या हो।

बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति ...


त्रियुगा नदीको बाँध फुट्यो, दुई सय घर डुबानमा

सप्तरी - उदयपुर र सप्तरीको सीमामा पर्ने त्रियुगा नदीको बाँध फुटेको छ। उदयपुरतर्फको बाँध फुटेका कारण त्रियुगा नगरपालिका १– अम्बासीमा बाढी पसेको छ। सो स्थानका करिब १ सय ५० देखि २०० घर डुबानमा परेका छन्।

सप्तरीतर्फ भने सानो क्षेत्रफलमा मात्रै बाँध फुटेको छ। सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा करिब २० घरमा बाढी पसेको छ। यो बजार क्षेत्र पनि हो।

यदि वर्षा भइरहने र नदीमा पानीको बहाव बढ्ने हो भने यस क्षेत्रका करिब २ सय घर डुबान पर्ने सम्भावना छ। यी दुवै क्षेत्रका स्थानीयहरु सुरक्षित स्थानमा सरिसकेका छन्।

उनीहरुले घरमा ...


सिम्ता र शिवालय गाउँपालिकाबीच सीमा विवाद, साइनबोर्ड उखेलेर फ्याँक्ने होडबाजी !

जाजरकोट - जाजरकोट र सुर्खेतको सीमा क्षेत्रमा पर्ने छेडाचौरमा सीमा विवाद उत्पन्न भएको छ। सुर्खेतको सिम्ता गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिकाबीच सीमा विवाद देखिएको हो।

शुक्रबार सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलगायतको टोली आएर छेडाचौरमा आफ्नो बोर्ड टाँसेर गएलगत्तै जाजरकोट शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीको टोली आएर पूर्ण सिम्ता गाउँपालिकाले राखेको साइनबोर्ड उलेखेर फ्याँकी आफ्नो गाउँपालिकाको बोर्ड राखेको प्रहरीले बताएको छ।

जाजरकोटको शिवालय गाउँपालिका–१ र सुर्खेतको सिम्ताको वडा १ बीचमा छेडाचौरलाई आआफ्नो दाबी गरेपछि विवाद उत्पन्न भई सीमा क्षेत्रमा राखिएको बोर्ड फालाफाल अवस्थामा पुगेको हो। शिवालय गाउँपालिकाका प्रशासकीय ...


मौसम खराबीले विमानस्थलमा थन्कियो औषधि, डोल्पामा बिरामीको बिजोग

बाँके - कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौं मूल्यको औषधि करिब सातादेखि नेपालगन्ज विमानस्थलमा थन्किएको छ। नेपालगन्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगन्जमै थन्किएको हो।

औषधि यहीँ थन्किएपछि अहिले डोल्पा अस्पतालमा सिटामोलको समेत अभाव देखिएको अस्पतालले जनाएको छ। जुफाल विमानस्थल चार दिनदेखि नखुलेकोले नेपालगन्जदेखि जुफाल उडान हुन नसकेको नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर बताए।

मौसममा खराबी आएर जहाजले उडान भर्न नसकेपछि विमानस्थल बन्द भएको उनले बताए। दुई सातादेखि अस्पतालमा ३० जनाभन्दा धेरै बिरामी भर्ना गरिएका छन्। औषधि अभाव हुन थालेपछि माथिल्लो निकायमा माग ...


बाढीपहिरोले आठ वर्षमा २०३५ जनाले ज्यान गुमाए

काठमाडौँ - बर्खा लागेसँगै यस वर्ष पनि बाढीपहिरोको शृंखला सुरु भएको छ । मंगलबारदेखि लगातार परेको वर्षासँगै आएको बाढीपहिरोले देशव्यापी जनधनको क्षति भएको छ । शुक्रबार साँझसम्म विभिन्न जिल्लामा १८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । पहाडी जिल्लामा पहिरोको जोखिम धेरै देखिएको छ भने तराईका जिल्ला डुबानमा परेका छन् । प्राकृतिक प्रकोपकै कारण वर्षेनी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । बाढीपहिरोबाट आठ वर्षमा दुई हजार ३५ जनाको मृत्यु भएको छ । सबै प्रकारका प्राकृतिक प्रकोपबाट यसै अवधिमा १२ हजार तीन सय ५० जनाको मृत्यु भएको गृहको तथ्यांकमा उल्लेख ...


विहे गर्न नमान्दा वडाध्यक्षकै रोहवरमा कुटपिट  : घाइतेको मृत्यु, सडकमा शव प्रदर्शन

विराटनगर - वडाध्यक्षकै रोहवरमा भएको छलफलका क्रममा घाइते भएका विराटनगर–१४ का ५५ वर्षीय शर्मानन्द यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । छोराको विवाहको विषयमा ३२ जेठमा भएको छलफलका क्रममा उनी घाइते भएका थिए । घटनालगत्तै उपचारका लागि उनलार्ई विराटनगर अस्पतालको आइसियूमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि भारतको सिलगढी रेफर गरियो । सिलगढीबाट फेरि उनलाई विराटनगरस्थित कोसी अञ्चल अस्पताल ल्याइएको थियो ।

यादवको कोसी अञ्चल अस्पतालमा शुक्रबार मृत्यु भएको हो । घटनापछि आक्रोशित बनेका आफन्तले सडकमा शव राखेर प्रदर्शन गरेका छन् । युवती पक्षका आफन्तले मरणासन्न हुनेगरी कुटपिट गरेको उनीहरूको आरोप ...


आइतबारसम्म देशैभर वर्षाको सम्भावना

काठमाडौँ - जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले देशैभर भइरहेको अविरल वर्ष आइतबार रातिसम्म जारी रहने प्रक्षेपण गरेको छ । शनिबार र आइतबार देशैभर अविरल वर्षा कायम रहने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए । सोमबार बिहानदेखि भने मौसममा सामान्य सुधार हुने पूर्वानुमान छ ।

जहाँ भारी वर्षाको सम्भावना छ
शनिबार दिउँसो पूर्व र मध्य तराई तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । पूर्व र मध्य पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुने अनुमान गरिएको छ ।
शनिबार राति पूर्वको मध्यपहाडी क्षेत्र र पश्चिमको पहाडी क्षेत्रका एक–दुई ...


देशभर बाढी र पहिरोको विनाश : १८ को मृत्यु, ७ बेपत्ता, कहाँ के भयाे ?

काठमाडौँ - बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण पहाडमा पहिरो गएको छ भने काठमाडौं उपत्यका र तराई डुबानमा परेका छन् । शुक्रबार रातिसम्म १८ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । सात बेपत्ता छन् । मृतक र बेपत्ताहरूको संख्या थपिने क्रम जारी छ । गृहका अनुसार काठमाडौं र खोटाङमा तीन–तीनजनाको मृत्यु भएको छ । त्यस्तै, झापा, काभ्रे र भोजपुरमा दुई–दुईजनाको मृत्यु भएको छ । पर्सा, रामेछाप, सिन्धुली, ललितपुर, धादिङ, ओखलढुंगा, बारा र मकवानपुरमा एक–एकजनाको मृत्यु भएको छ ।

विपद्मा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट विशेष टिम परिचालन ...


काभ्रेमा घरमाथिबाट खसेको पहिरोले एकै परिवारका २ को मृत्यु, २ जना घाइते

काठमाडौं - अविरल वर्षाका कारण घर भत्किँदा काभ्रे बनेपा नगरपालिका ३ नालामा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको मृत्यु भएको हो। उनीहरु हजुरआमा-नातिनी हुन्। घटनामा परिवारका अरु २ जना घाइते भएको काभ्रेका एसपी जयराम सापकोटाले बताए। घाइते हुनेमा ३० वर्षीय सुशीला दंगाल र तीन महिनाको अनुष्का दंगाल रहेका छन्।

उनीहरूको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

घरमाथिबाट खसेको पहिरोले घरमा क्षति पुगेको हो।

...

सुनसरीको सुकसेना गाउँ डुबानमा, स्थानीयलाई स्कुलमा सारिँदै

काठमाडौं - बिहीबारदेखि परेको अविरल वर्षाका कारण सुनसरीको हरिनगरा गाउँपालिका–५ स्थित सुकसेना गाउँ डुबानमा परेको छ।

उक्त गाउँमा रहेका ६० घर डुबानमा परेको प्रहरीले जनाएको छ। बस्तीमा घुँडासम्मको पानी जमिसकेको छ। गाउँ नै डुबानमा परेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानका लागि हरिनगरा–४ मा रहेको श्री मावि स्कुल वसन्तपुरमा सार्न थालिएको प्रहरीले जनाएको छ।

उक्त स्थानमा अहिले सइको कमाण्डमा १० जना प्रहरी खटिइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। डुबानमा परेको ठाउँ सुरक्षा बेसक्याम्प वसन्तपुरबाट १ किलोमिटर उत्तरमा पर्छ। अहिले पनि सो ठाउँमा पानी परिरहेको छ।

...

विप्लव समुहका उच्चस्तरका नेता पक्राउ नगर्न सुरक्षा निकायमा आन्तरिक सर्कुलर

काठमाडौं - सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उच्चस्तरका नेता पक्राउ नगर्न सुरक्षा निकायलाई आन्तरिक सर्कुलर गरेको छ।

सरकारले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई यस्तो सर्कुलर गरेको हो। सरकारको उक्त सर्कुलरबारे नेपाल लाइभलाई जानकारी दिँदै नेपाल प्रहरीका एक एसएसपीले सर्लाही घटनापछि सरकारले प्रहरीलाई अति लचता अपनाउन भन्दै यस्तो सर्कुलर गरेको हो।

‘सर्लाही घटनापछि विप्लव समूह आक्रमक रुपमा आउनसक्ने आंकलन सरकारको थियो। सो घटनापछि उच्चस्तरका नेता पक्राउ गर्दा विप्लव समूह झनै उत्तेजित हुने भन्दै सरकारले यस्तो सर्कुलर गरेको हुनसक्छ,’ ...


अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित, बागमती नदीको बहाव खतरामाथि

काठमाडौं - बिहीबार दिउँसोबाट परेको अविरल वर्षाका कारण काठमाडौं लगायत देशभरको जनजीवन प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती नदीको तराई क्षेत्रमा बहाब खतरामाथि पुगिसकेको छ भने कमला र कन्काईमा बहाब सतर्कता नजिक छ।

कोसी नदीको बाढीको बहाव पनि सतर्कता तह नजिक रहेको विभागले जनाएको छ।

प्रदेश १, २ र ३ का सबै चुरे खोलाहरुमा बहाव सतर्कता माथि रहेकाले उच्च खतरा देखिन्छ।

कमला नदी-धनुषा-तितरिया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्ने क्रममा रहेकाले धनुषा र सिरहाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पनि ...


त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना, दुई यात्रु घाइते

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको जहाज अवतरणका क्रममा चिप्लिँदा २ यात्रु घाइते भएका छन्। नेपालगन्जबाट उडको यतीको एटीआर–७२ को जहाज बर्सातका कारण धावनमार्गमा चिप्लिएको हो।

अरु यात्रु सकुशल छन्।

विमानस्थलको उडान र अवतरण पूर्ण रुपमा ठप्प भएको छ।

...

आफ्नै श्रीमानबाट असुरक्षित रहेको भन्दै शिल्पा पोखरेल प्रहरी शरणमा, पिटाइले कानमा गम्भीर असर !

काठमाडौं - अभिनेत्री शिल्पा पोखरेल आफ्नै श्रीमान छवि ओझाबाट असुरक्षित रहेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन । अभिनेत्री पोखरेलले महानगरीय प्रहरी परिसर काठमाडौंमा शान्ति सुरक्षा माग्दै उजुरी दिएकी हुन्।

‘म छविराज ओझाबाट असुरक्षित भएँ। सुरक्षा चाहियो भन्दै निवेदन दिनुभएको छ,’ परिसरका डिएसपी होविन्द्र बोगटीले भने। उजुरीपछि प्रहरीले दुबै जनालाई छलफलको लागि बुधवार बोलाएको छ।
उनले आफ्ना फिल्म निर्माता पति ओझालाई घरेलु हिंसाको आरोप लगाएकी छन्।

तीन दिनअघि उनी घरेलु हिंसाको उजुरी लिएर जिल्ला प्रशासन कार्यलय काठमाडौं पुगेपनि मिडियामा यसको खबर आज(बुधबार)मात्रै सार्वजनिक भएको थियो।

हाल शिल्पासँगै रहेकी ...


विषादी परीक्षण रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ - सर्वोच्च अदालतले विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउन दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो । विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णयविरूद्ध तीन वटा रिट सर्वोच्च अदालतमा दर्ता भएका थिए । ती सबै रिटमा उक्त इजालसले अन्तरिम आदेश जारी गरेको हो । तर असार ३० गते रिटका दुबै पक्षलाई अदालतले छलफलका लागि झिकाएको छ ।

उक्त छलफलपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे सर्वोच्चले अर्को निर्णय गर्ने ...


भोजपुरमा प्रहरी र विप्लव समूह बिच भिडन्त, दुई जनाको मृत्यु !

काठमाडौं - भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भएको भिडन्तमा दुई जनाको ज्यान गएको छ।

भोजपुर नगरपालिका- ७ हटिया लाइनमा भएको भिडन्तमा एक प्रहरी र एक विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको हो।

सादा पोसाकमा गस्तीमा खटिएको प्रहरीमाथि विप्लव समूहले सुरुमा फायरिङ गरेको थियो। प्रहरी जवान सञ्जीव राईको छातीमा गोली लाग्यो। सो क्रममा जवाफी कारबाही गर्दा विप्लव समूहका ओखलढुंगा इन्चार्ज निरकुमार राई घाइते भए। दुवैलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचार क्रममा दुई जनाकै मृत्यु भएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए।

घटनामा प्रहरी जवान ...


तरकारीको विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रीट

काठमाडौं - भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण अनिवार्यरुपमा गर्न आदेशको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रीट दर्ता भएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले दर्ता गराएको रीटमा भारतबाट आउने र नेपालमै उत्पादन हुने तरकारी र फलफूल अनिवार्यरुपमा परीक्षण गराएर मात्रै उपभोक्तामाझ विक्री वितरण गर्नुपर्ने व्यवस्थाका लागि आदेशको माग गरिएको छ ।

विषादीयुक्त तरकारी र फलफूलले गर्भमा रहेको शिशुलाई समेत असर गर्ने भन्दै स्वास्थ्य खान पाउनु नागरिकको मौलिक हकसमेत भएकाले जाँच्ने मेसिनको अभावको बाहनामा विषादीयुक्त तरकारी बेच्न नपाइने रीट ...


हिमाल आरोहणमा प्रतिबन्ध लाग्दैन : पर्यटन विभाग

काठमाडौं - पर्यटन विभागले हिमाल आरोहणमा प्रतिबन्ध लगाउने तथा केही समयमा लागि रोक्ने भन्ने विषय हल्ला मात्रै भएको जनाएको छ।

विभागले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले आरोहणका लागि खुल्ला गरेका सगरमाथालगायतका ४ सय १४ हिमालहरु मध्ये कुनै पनि हिमालमा आरोहणका लागि प्रतिबन्ध लगाउने निर्णय नभएको स्पष्ट पारेको छ। केही सयम आरोहण कार्य रोक्ने सम्बन्धमा कुनै छलफल नभएको विभागले जनाएको छ।

केही दिन अगाडि मात्रै सरकारले हिमाल आरोहण केही समयका लागि रोक्ने तयारी गरेको भन्दै केही सञ्चारमाध्यममा आएका समाचारमा कुनै सत्यता नभएको विभागले स्पष्ट पारेको छ।

विभागले सन् ...


मन्त्रिपरिषद् बैठक नसकिँदै किन बाहिरिए मन्त्री यादव ?

काठमाडौं - उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव मन्त्रिपरिषद्‌को बैठक चलिरहेकै बेला बिचैबाट बाहिरिएका छन्। सिंहदरबारमा आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद्को बैठकबाट मन्त्री यादव बैठक नसकिँदै बाहिरिएका हुन्।

मन्त्री यादव आयातित फलफूल तथा तरकारीको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएसँगै विवादमा तानिएका थिए।

यादवले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै भारत तथा तेस्रो मुलुकबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण गर्ने निर्णयमा पछि हट्नुको आफूले नैतिक जिम्मेवारी लिने बताएका थिए। कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालसँग कुरा बाझिएपछि यादवले सचिवको भर पर्दा यस्तो अवस्था आएको बताएका थिए।

सरकारका पछिल्ला ...


कहिले टुंगिन्छ स्वास्थ्यका कर्मचारीको समायोजन ?

काठमाडौँ - सरकारले कर्मचारी समायोजन सकिएको घोषणा गरेको तीन महिना नाघिसक्दा पनि स्वास्थ्यतर्फ ठूलो संख्याका कर्मचारीको समायोजन नै भएको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन टुंगिएको घोषणा गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यतर्फका करिब एक हजार कर्मचारीको मात्रै समायोजन सकिएको जनाएको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्यतर्फ समायोजन हुनुपर्ने कर्मचारीको संख्या २७ हजार पाँच सय छ । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले हालसम्म ११औँ तहको समायोजन सकिएर मेडिकल एसिस्टेन्ट, बायोमेडिकल इक्विपमेन्ट एसिस्टेन्टलगायत केही पदको समायोजन सुरु भएको बताए । अहेव र अनमी पदका मात्रै २१ हजार कर्मचारी समायोजन ...


जबर्जस्ती बिसादियुक्त तरकारी खुवाउनु अपराध, जनताको स्वास्थ्य जोखिममा !

काठमाडौं - तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकले बताएका छन्। तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको चिकित्सकको दाबी छ। विषादी प्रयोग गरिएका तरकारी एवं फलफूल खाँदा स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चिकित्सक बताउँछन्।

वरिष्ठ छातीरोग विशेषज्ञ डा. केदारनरसिंह केसीका अनुसार रासायनिक विषादी राखिएको तरकारी एवं फलफूल सेवन गर्दा छाती र टाउको दुख्ने, जिउ चिलाउने, बान्ता हुने, दिसा लागिरहने लगायतका समस्या देखिन्छ। लामो समयसम्म विषादीयुक्त तरकारीको सेवनले मुटु, फोक्सो, मिर्गौलालगायत ...


चार देशका लागि सिफारिस  भएका राजदुत अनुमोदित

काठमाडौँ - सरकारले चार देशका लागि सिफारिस गरेका राजदूतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ । सोमबारको समिति बैठकले अस्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि वंशीधर मिश्र, स्पेनका लागि दावा फुटुङ शेर्पा र कतारका लागि नारदनाथ भारद्वाजलाई स्वीकृत गरेको हो ।

प्रस्तावित राजदूतले संसदीय सुनुवाइका क्रममा आफ्ना भावी कार्ययोजना पनि सुनाए । बंगलादेशका लागि प्रस्तावित मिश्रले चुरे क्षेत्रको बस्ती तराई–मधेसमा सारेर त्यहाँबाट निस्किएको ढुंगा बंगलादेशलाई बेच्ने योजना सुनाए ।

उनको प्रस्तावमा सत्तारूढ दलकै सांसदले पनि आपत्ति जनाए । सरकार र सत्तारूढ दलले कुनै योजना नै नबनाएको विषयमा प्रस्तावित राजदूतले बोल्नु ...


दार्चुलामा झुण्डिएको अवस्थामा भेटिए  युवा-युवती

दार्चुला - दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारको पिपलचौरामा रहेको बिष्ट वियर वारको एक कोठामा एक युवा र एक युवती झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का अन्दाजी २८ वर्षीय महादेव डागा र मालिकार्जुन-४ औतालेककी अन्दाजी २२ वर्षीया मनिषा राबल कोठाको पङ्खामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । मनिषाको २ महिना अगाडि मात्रै विवाह भएको र दुबै नाताले दाजु-बहिनी पर्ने स्थानीयको भनाई छ । महादेवको २ श्रीमती, १ छोरा र १ छोरी रहेको स्थानीय बताउँछन् ।

बिहान चाँडै ...


 तेस्रो पटक बिहे गर्दै पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं - नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने भएका छन् । ६२ वर्षीय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेका हुन् । यद्यपि बधुको नाम भने खुलेको छैन ।

बिहेअघि उनले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन् । बिहेको मिति भने सार्वजनिक गरिएको छैन ।

टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र रहेको स्रोतले बतायो । कार्कीले यसअघि बिहे गरेका दुवै श्रीमतीको निधन भएपछि उनले तेश्रो विवाह गर्न लागेका हुन् ।

कार्कीले पहिलो बिहे पछाइँ परिवारकी छोरीसँग र दोस्रो बिहे राणा ...


सुर्खेतबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद

सुर्खेत - सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन विद्रोही नेकपा माओवादीले लुकाएको हुनसक्ने ठूलो परिमाणमा विष्फोटक पदार्थ फेला परेको छ। सुर्खेतको चिंगाड गाउँपालिका–७ बडाकाँडाको जंगलमा ढुंगामुनि लुकाई राखेको अवस्थामा आइतबार विष्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार बम बनाउन प्रयोग गरिने सकेट ७८ थान, गन्दक दुई किलो, सेफ्टी फ्युज आठ थान, डेटकड एक मिटर र ६० थान केप फेला परेको हो। ‘विप्लव समूहको गतिविधि निगरानीका लागि गस्तीमा गएको प्रहरीले द्वन्द्वकालिन विष्फोटक पदार्थहरु फेला पारेको हो’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिप ...


प्रधानमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस किन संचालनमा आउन सकेनन ?

काठमाडौं - लुम्बिनी क्षेत्रमा पर्यटकको सवारीका लागि ८ महिनाअघि भित्र्याइएका विद्युतीय बस अझै सञ्चालनमा आउन सकेका छैनन्। सरकार र विद्युतीय बस बिक्रेता चिनियाँ बीवाईडी अटो इन्ड्रस्टी कम्पनीबीचको विवादका कारण विद्युतीय बस सञ्चालन गर्न नसकिएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव नीता पोखरेल अर्यालका अनुसार खरिद सम्झौता अनुरूपका बस नभएकाले सञ्चालनमा रोक लगाइएको हो। लुम्बिनी लैजानुअघि साझा यातायातले २ वटा बस काठमाडौं उपत्यकामा सञ्चालन गर्न सरकारले स्वीकृति दिएको थियो। कपिलवस्तु(तिलौराकोट)–लुम्बिनी–देवदह–रामग्राम बुद्धिस्ट सर्किटमा सञ्चालन गर्न ल्याइएका ५ वटा बस प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए।

ओली ती ...


तरकारीको विषादी परीक्षण : भारत छिराउन परीक्षण अनिवार्य, नेपाल छिराउन खुल्ला !

विराटनगर - तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि। तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन्।

भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ। भारतको पनि सीमा नजिक क्यारेन्टाइन प्रयोगशाला छैन। नेपाली व्यवसायीले नमुना परीक्षण गराउन कोलकाता पुग्नुपर्छ। दसदेखि १५ दिनमा मात्र रिपोर्ट हात लाग्छ। भारतले दिने गरेका यस्ता सास्तीबारे भने सरकारले चासो दिएको छैन।

नमुना परीक्षण गर्न लैजाँदा नेपाली उत्पादन सीमा नाकामै रोक्ने गरिएको छ। त्यस अवधिका धेरै कृषिजन्य बस्तुको गुणस्तर घट्ने र गुम्सिएर ...


गृहको अडान कायमै : 'दोहोरो मुठभेडमै पौडेल मारिएका हुन्'

सर्लाही - सर्लाहीका कुमार पौडेलको मृत्यु प्रहरीसँगको दोहोरो मुठभेठमै भएको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ । गृहले गठन गरेको छानबिन समितिले घटनामा प्रहरीको कुनै गल्ती नभएको रिपोर्ट बुझाएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशनपछि गृह मन्त्रालयले उपसचिव दीपक नेपालको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । समितिले आइतबार गृहसचिव प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन आइतबार नै राज्य व्यवस्था समितिमा समेत पठाइएको छ ।

‘पौडेल सधैँ पेस्तोल बोकेर हिँड्थे’
गत ५ असारमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज पौडेलको प्रहरी गोलीबाट मृत्यु भएको थियो । ...


त्रिविको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ, सम्झौता सकिएपछि पनि हट्न मान्दैनन !

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको बल्खुदेखि कीर्तिपुरसम्मको जग्गामा निजीदेखि धार्मिक संस्थासम्मले रजाइँ गरेका छन् । त्रिविको जग्गामा रजाइँ गर्ने यस्ता संस्था २० वटा छन् । कतिपय संस्थाको रेकर्ड त्रिविको सम्पत्ति विवरण राख्ने शाखामा समेत छैन । कुनैले केन्द्रीय सरकारको सिफारिस लिएर त कुनैले आफैँ हडपेर बसेका हुन् । त्रिविको जग्गा ओगट्नेमा कतिपय नाफामूलक संस्था पनि छन् । त्रिविका पदाधिकारीबाटै उनीहरूलाई संरक्षण मिलेको छ । केहीलाई हटाउने प्रयास भए पनि राजनीतिक संरक्षणमा जोगिएका छन् । कीर्तिपुर परिसरमा त्रिविसँग तीन हजार ६ सय १३ रोपनी जग्गाको लालपुर्जा छ । तर, एकतिहाइ जग्गा व्यक्ति ...


रेडक्रसमा चरम अनियमितता

काठमाडौं - नेपाल रेडक्रसमाथि छानबिन गर्न समाजकल्याण परिषद्ले बनाएको समितिले व्यापक अनियमितता भएको निचोड निकालेको छ। उसले वर्तमान कार्यसमिति विघटन गर्न सिफारिससमेत गरेको छ।

भूकम्पपछि आएको सहायता र अन्य स्रोतको व्यापक हिनामिना भएकोबारे धेरै उजुरी परेको थियो। त्यसपछि परिषद्ले सदस्य लक्ष्मीकुमारी कोइरालाको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। त्यसले केही दिनअघि बुझाएको प्रतिवेदन अन्नपूर्ण पोस्ट्ले पाएको छ। त्यसमा रेडक्रसमा अनियन्त्रित अनियमितता भएको फेहरिस्त देखाइएको छ।

्र‘संस्थाका पदाधिकारीहरूले भूकम्पपश्चात् लामो समयसम्म पनि कार्यसमितिको बैठक नबसी गैरजिम्मेवार तवरले वैदेशिक सहयोग परिचालन गरेको, परिषद्बाट विभिन्न समयमा दिइएका सुझाव कार्यान्वयन नगरेको, प्रचलित ...


चार सन्तानसहित रोशना खातुन सप्तकोशीमा हाम फालिन् ! यस्तो छ घटना !

राजविराज - माया र ममताकी खानी आमा। आफ्नो सन्तानलाई आमाले हत्या गर्ने कुरा कसैले अनुमान पनि गर्न सक्दैनन्। तर, शनिबार एक आमाले आफ्ना चार सन्तानलाई सप्तकोशी नदीमा फालेर आफू पनि हाम फालेको खबर सार्वजनिक भएको छ।

घरपक्षले माइत र माइती पक्षले घर खेदेपछि ३५ वर्षीया रोशना खातुन चार सन्तानसहित सप्तरीको हनुमाननगर कंकालिनी १ मा पुगेर सप्तकोशी नदीमा हाम फालेको स्थानीय आकाशराज भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार अर्की महिलासँगको सम्बन्धका कारण श्रीमानले दिनहुँ कुटपिट गर्न थालेपछि माइतीको शरणमा गएकी खातुनलाई माइतीले पनि जबरजस्ती घर पठाएका थिए।

सामाजिक परम्पराअनुसार १४ ...


कार्यकर्तालाई ओलीको निर्देशन : 'सरकारका निर्णयको रक्षा सिपाही झैं गर्नुहोस्'

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेता-कार्यकर्तालाई पार्टी र सरकारका निर्णयको रक्षा सिपाहीले झैं गर्न निर्देशन दिएका छन्। नेकपा संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।

‘​नेता-कार्यकर्ताले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुहोस्’, प्रधानमन्त्री ओलीले भने, ‘पार्टीका नीति, नियम र अनुशासनलाई पनि ख्याल गरेर काम गर्नुहोस्।’

उनले पार्टीको नेता कार्यकर्ताले पार्टीको नीति निर्णय पालना गर्नुपर्नेमा जोड दिए। ‘असहमति बाहिर होइन, संसदीय दल र पार्टीका बैठकमा राख्नु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘पार्टीभित्र कटुतापूर्ण सम्बन्ध हुनु आवश्यक छैन। हामी ...


छुट्टाछुट्टै आठ व्यक्तिको हत्या, १ सय १७ वर्षको जेल सुनाइएका नसिम बानेश्वरबाट पक्राउ

काठमाडौं - आठ व्यक्तिको हत्या, अपहरण र डकैतीमा अदालतबाट १ सय १७ वर्षको जेल सजाय पाएर फरार रहँदै आएका कपिलवस्तु मायादेवी गाउँपालिकाका नसिम खाँ मुसलमान शनिबार पक्राउ परेका छन्।

नेकपाका संगठित सदस्य जाबेद बादशाह उपनामका मुसलमान राजनीतिकै आडमा जोगिँदै आएका थिए। कपिलवस्तुमा व्यक्ति हत्यासहित लुटपाट र अपहरणका घटनाका अपराधीका रूपमा प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो। उनी राजधानीको बानेश्वरबाट पक्राउ परेका हुन्। उनलाई शनिबार नै कपिलवस्तु प्रहरीको जिम्मा लगाइएको छ।

मुसलमान नेपालमा अपराध गरी भारतको अलिगढवा बस्दै आएका थिए। उनलाई पक्राउ गर्न भारतका लागि तत्कालीन नेपाली ...


काठमाण्डाैमा भूकम्पकाे धक्का

काठमाण्डाै - काठमाण्डाैमा भर्खरै भूकम्पकाे धक्का महसु्स भएकाे छ । अहिले बेलुकी ४ बजेर १५ मिनेट जाँदा भूकम्पकाे धक्का महसु्स भएकाे हाे। 

भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले बताए। 

...

बालुवाटार जग्गा प्रकरण : उपसचिवसहित पाँच कर्मचारीलाई बयानमा बोलाइयो !

काठमाडौं - बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा भूमाफियालाई दिनेगरी किर्ते कागजात तयार पार्ने तत्कालीन उपसचिव र शाखा अधिकृतसहित पाँचजना कर्मचारीलाई एक साताभित्र उपन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ।

ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हिनामिनामा संलग्नमाथि भइरहेको अनुसन्धानमा बोलाउँदा नआएपछि आयोगले सार्वजनिक सूचनामार्फत उपसचिव र शाखा अधिकृतसहित भूमिसुधार तथा व्यवस्थापन विभाग र मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीलाई बयानका लागि सूचनामार्फत डाकेको हो।

विभागका तत्कालीन निर्देशक (उपसचिव) पुष्पराज उपाध्याय, शाखा अधिकृत इन्द्रप्रसाद ढुंगाना, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु टीकाबहादुर बिसी, झपेन्द्रराज पन्त र ...


दलाई लामाको जन्मोत्सव मनाउन सरकारले रोक लगायो !

काठमाडौं - गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो।

जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको हो। नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। चिनियाँ उच्च अधिकारीसँग गरिने हरेकपटकको भेटवार्तामा नेपाल सबै तहका नेता तथा प्रशासकले दोहो¥याउने शब्द हो, ‘हामी एक चीन नीतिमा हामी प्रतिबद्ध छौं।’ जिल्ला प्रशासनले चीनविरोधी गतिविधि गर्न नदिने भन्दै लामाको जन्मोत्सव मनाउने कार्यक्रम गर्न अनुमति ...


नेपालमै यस्तो : आर्थिक संकट परेपछि छोरीको जीवन बिमा गराएर हत्या !

रौतहट - छोरीको जीवन बिमा गराएर हत्या गर्ने एक जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । घरमा आर्थिक संकट परेको भन्दै रौतहटको मौलापुर नगरपालिका–६ पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीय छोरी लक्ष्मीकुमारीको हत्या गरेको हो ।

प्रदेश २ को सरकारले छोरीका लागि ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान सुरु गरी गरिरहँदा रौतहटमा भने आफ्नो आर्थिक संकट हटाउन छोरीको जीवन बिमा गरी हत्या गरेको रहस्य खुलेको हो । १७ असारमा घरमै सुतेकी बालिकाको शव भोलिपल्ट बिहान गाउँकै पोखरीमा भेटिएको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा बालिकाको बुवाको गतिविधि ...


भारतले नेपाललाई दिने अनुदान १६ अर्ब ८० करोड पुर्‍यायो

काठमाडौँ - भारतमा हालै भएको निर्वाचनमा विशाल जनमतसहित निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले दोस्रो कार्यकालको पहिलो बजेटमा विदेशी लगानी र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । निर्वाचनअघि ल्याएको अन्तरिम बजेटका अधिकांश कार्यक्रमलाई निरन्तरतासमेत दिइएको छ । आगामी पाँच वर्षमा ५० खर्ब अमेरिकी डलरको अर्थतन्त्र बन्ने उच्च महत्वाकांक्षासहितको बजेटले त्यो हासिल गर्न स्वदेशी तथा विदेशी लगानी परिचालन गरिने उल्लेख गरेको छ । बजेटमा रेलमार्ग, जलमार्ग तथा सडक यातायातलाई प्रमुख प्राथमिकता दिइएको छ ।

भारतको इतिहासकै पहिलो पूर्ण महिला अर्थमन्त्री निर्मला सिथारमणले शुक्रवार सदनमा आर्थिक वर्ष २०१९–२० को बजेट प्रस्तुत गरेकी हुन् । ...


मेरो बिरोध गर्नेले काठमाडौंमा मास्क लगाएर हिंडे : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीले विरोधका लागि भए पनि मास्क लगाउन विरोधीलाई आग्रह गरेका छन् । काठमाडौंका सडकमा अहिले मास्क नलगाएरै पनि हिँड्न सकिने अवस्था रहेको भन्दै प्रधानमन्त्रीले विरोधका लागि भने मास्क लगाएर हिँड्न सकिने बताए । समाजवादी पार्टीबाट नेकपा प्रवेश गरेका नेता–कार्यकर्तालाई केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार स्वागत गर्दै प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्री हुँदा काठमाडौंका सडक धेरै धुलाम्य थिए । त्यस्तो धुलाम्य अहिले छैन । त्यो वेला मास्क नलाई हिँड्न सक्ने अवस्था थिएन । तर, अहिले त्यस्तो अवस्था छैन ।

मास्क नलगाएर पनि हिँड्न सकिन्छ ।’ सरकारले यसलाई पनि अझ सुधार गरिरहेको भन्दै ...


झापामा  १७ वर्षीया किशोरी पटक-पटक बलात्कृत

भद्रपुर - झापा मेचीनगरकी १७ वर्षीया एक किशोरी पटक - पटक बलात्कृत हुन पुगेकी छिन्। पछिल्लोपटक मेचीनगरको आम्दा अस्पतालनजिक लगेर मेचीनगर वडा न. ९ का ५५ वर्षीय विष्णु खड्काले बलात्कार गर्दागर्दै किशोरी चिच्याएपछि उनको कर्तुत सार्वजनिक भएको हो।

‘किशोरी चिच्याएपछि हामीले उनको परिवारलाई खबर गर्‍यौं, त्यतिबेला किशोरी बोल्न सक्ने अवस्थामा थिइनन्,’ स्थानीय मेनुका दाहालले भनिन्, ‘कपडा सबै च्यातिएको थियो, युवती चिच्याउन थालेपछि खड्का भागेका थिए।’

खड्का १७ दिनदेखि फरार छन्। किशोरीले आफुलाई खड्काले पटक–पटक बलात्कार गरेको जाहेरी यहि असार ३ गते इलाका प्रहरी कार्यालय मेचीनगरमा दिएकी छिन्। ...


गोरखाका प्रहरी प्रमुख दिउसै कार्यालयमै रक्सीले मातेर मान्छे नचिन्ने अवस्थामा भेटिए

गोरखा - गण्डकी प्रदेश प्रहरी कार्यालयले गोरखाका प्रहरी प्रमुख भोला रावलले दिउसै मदिरा सेवन गरेको हुनसक्ने भन्दै दिउसो कार्यालय समयमै मेडिकल चेकजाँच गरेको छ ।

छड्के निरीक्षणका क्रममा बुधबार दिउसो गोरखा आएको एसएसपी हरिराज वाग्लेको टोलीले निरीक्षण गर्दा कार्यालय समयमै मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएको डिआइजी विनोद शर्मा घिमिरेले जानकारी दिए ।

‘गोरखाका एसपी तीन दिनसम्म सम्पर्कमा नआएपछि हामीले एसएसपीको नेतृत्वको टोलीलाई आन्तरिक रुपमा निरीक्षण गर्न पठाएका थियौँ । दिउसो १२ बजे नै निवासमा मादक पदार्थ सेवन गरेर बसेको भेटियो’, डिआइजी घिमिरेले भने, ‘टोलीले गोरखा अस्पतालबाट ...


बागलुङमा १३ वर्षीय अनिल राई दुई साता देखि वेपत्ता

बागलुङ - जिल्लाको ताराखोला गाउँपालिका–४ हिलका एक बालक १४ दिनदेखि वेपत्ता भएका छन् ।

बागलुङ सदरमुकामस्थित धौलागिरी चोकमा बस्दैआएका १३ वर्षीय अनिल राई गत असार ६ गतेदेखि सम्पर्क विहीन भएको परिवारले जनाएको छ ।

राई बागलुङस्थित विद्यामन्दिर माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् । आकाशे रंगको सर्ट र जिन्स पाईन्ट लगाएर धौलागिरी चोकस्थित कोठाबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कमा नरहेको अनिलका आमा मनकुमारी राईले बताए । हराएका बालकको खोजी कार्य जारी राखिए पनि फेला पार्न नसकिएको प्रहरीले बताएको छ ।

...

काभ्रे पाँचखालमा लिच्छविकालीन भग्नावशेष भेटिए

काठमाडौं - काभ्रेपलाञ्चोकको पाँचखाल–७ मा लिच्छविकालीन भग्नावशेष भेटिएका छन्। पुरातत्त्व विभागको टोलीले हालै करिब दुई साता यसको उत्खनन् गरेको थियो। त्यस क्रममा खानेपानीका पाइपलाइन, दरबारका भग्नावशेषदेखि मानदेवले चलाएको मुद्रा मानांकलगायत भेटिएको हो।

पाइपलाइन इँटा र माटोले बनाएको पाइएको छ। रानीपोखरी दरबारसमेत फेला परेको उत्खनन्मा खटिएका पुरातत्त्वविद् उद्धवराज आचार्यले बताए। उनका अनुसार उत्खनन्का क्रममा पुरातात्त्विक अभिलेख फेला परेको छ। ती अभिलेख १२–१३औं शताब्दीको भएको अनुमान छ। ‘हामीले १२–१३ दिन उत्खनन् गरेका थियौं’, उनले भने, ‘त्यहाँ खानेपानीका तीनवटा पुराना पाइपलाइन भेटिए। एउटा भवनको जग भेटियो।’

उनका अनुसार पुरानो कुवाबाट ...


दिपक मनाङ्गेसहित विप्लवका कास्की संयोजक नेकपा प्रवेश

काठमाडौं - गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन्। गुरुङलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन्। मुख्यमन्त्री गुरूङले मनाङ्गेलाई नेकपाको विधान पनि हस्तान्तरण गरे। मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए।

राजीवसँगै विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका किसान महासंघका कास्की संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन्। ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद दीपक मनाङ्गे थुनामुक्त भएपछि प्रदेश सांसदको रुपमा सपथ लिएका थिए।

...

नेपाल भित्रिने तरकारी र फलफूलमा विषादी जाँच नगर्न भारतीय दबाब !

काठमाडौं - सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ। उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ।

भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले जाँच गर्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जनाएको हो।

दूतावासको पत्रमा भारतबाट निर्वाध रुपमा नेपालमा खाद्यलगायत सामग्री भित्रिन पाउनुपर्ने भन्दै जाँचप्रति आपत्ति जनाइएको छ। पत्रबाहेक दूतावासका अधिकारीहरुले पनि सरकारका मन्त्री र मन्त्रालयका उच्च कर्मचारीलाई भेटेर जाँच ...


चीनले भन्यो : राष्ट्रपति सीको नेपाल भ्रमण हुन्छ

बेइजिङ - चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चीनको कूटनीतिक एजेन्डामा रहेको स्पष्ट पारेका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बुधबार भएको भेटवार्तामा वाङले भ्रमणको समयबारे थप छलफल गर्नुपर्ने बताए । चीनको दलियानमा १३औँ वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठक सकेर बेइजिङ पुगेका परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीच आधा घन्टा छलफल भएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको भन्दै उच्चस्तरीय भ्रमण आदान–प्रदानले सम्बन्ध थप सुदृढ हुने बताएपछि जवाफमा वाङले सीको भ्रमण हुने बताएका हुन् । ‘उच्चस्तरीय ...


दिल्ली पुर्‍याई २६ लाख लुट्ने गिरोहमा प्रहरी पनि, मिर्गौला पनि निकाल्न खोजेको आशंका !

काठमाडौँ - एक नेपाली किशोरलाई क्यानडा पठाउने आश्वासनमा नयाँदिल्ली पुर्‍याएर लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता भेटिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान दिनेश कार्कीसहित चारजनालाई पक्राउ गरी मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्ने अन्यमा योगेश सापकोटा, सचिन बराल र जीवन भट्टराई छन् ।

प्रहरी जवान कार्कीले म्याग्दीका देवेन्द्र रोक्कालाई दिल्लीसम्म पुर्‍याएका थिए । दिल्लीमा रोक्काका बुबा र मामालाई बेहोस बनाएर उनीहरूसँग भएको २४ हजार डलर लुटिएको थियो । गिरोहले मिर्गौलासमेत निकाल्न खोजेको आशंका गरिएको छ ।

चारैजनाविरुद्ध मानव बेचबिखन ...


त्रिवि नतिजा घोटालाको नालीबेली : छोरीलाई पास गराउन ३३ अंक थपेर योग्यको १४ नम्बर घटाइयो !

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीदेखि कर्मचारीसम्मले आयोगको भर्ना परीक्षामा फेल भएका आफन्तलाई नम्बर थपेर पास गराई जागिर दिलाउने गरेको खुलेको छ । पास भएका अन्य परीक्षार्थीको भने नम्बर घटाएर फेल गराएको पनि भेटिएको छ ।

भर्ना प्रक्रियामा अनियमितता गरेको र आफन्तलाई भर्ना गर्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिविका प्राध्यापकहरू टेकनाथ ढकाल र गोविन्द ...


त्रिवि नतिजा घोटाला प्रकरण : यस्तो छ १० जना अभियुक्तले अख्तियार समक्ष दिएको बयान !

काठमाडौँ - त्रिवि सेवा आयोगका अध्यक्षलाई जेल पठाउने मागसहित अख्तियारले १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । अभियुक्तहरुले आफन्तलाइ पास गराउन १४ अङ्कसम्म थपि उच्च अंक ल्याउने व्यक्तिको ३३ नम्बरसम्म घटाईदिएको फेला परेको छ । यस्तो छ उनीहरुले अख्तियारसमक्ष दिएको बयान :

१. अभियुक्त : चैतन्य शर्मा

पद : अध्यक्ष, त्रिवि सेवा आयोग

अख्तियारको मागदाबी : चार वर्षसम्म कैदर एक लाख १० हजारसम्म जरिवाना

शर्माले अख्तियारमा दिएको बयानको सारः परीक्षासम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी मनोनीत सदस्यको भएकोमा निजबाट नै संपरीक्षण गराउने कार्य नगर्नु कमजोरी भएको हो । मेरो रेखदेखमा कमीकमजोरी भएकोमा ...


परीक्षाको परीणाम फेरवदल गरि आफ्ना मान्छेलाई त्रिविमा जागिर खुवाउने १० जना कर्मचारी बिरुद्ध मुद्दा


त्रिभुवन विश्वबिद्यालय. सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा लगायत १० जना उपर परीक्षाको परीणाम फेरवदल गरेको कसुरमा आरोप-पत्र दायर गरिएको ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रकाशन गरेको विज्ञापन अन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपुर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीहरुका आफन्त मान्छेहरुलाई समेत उत्तिर्ण गराई अनियमितता गरेको भन्ने समेत ब्यहोराको यस आयोगमा विभिन्न मितिमा दर्ता हुन आएका उजुरी निवेदनहरुका सम्बन्धमा अध्ययन विश्लेषण गरी हेर्दा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको मिति २०७३/११/२८ मा प्रकाशित विज्ञापन नं. १८/२०७३/०७४ अन्तर्गत विभिन्न १६ ...


एसइईको नतिजा चित्त नबुझे पुनः परीक्षण गर्न पाइने, प्रक्रिया के हो ?

काठमाडौं - एसइईको उत्तरपस्तिकाको पुनर्योग गर्दा चित्त नबुझे विद्यार्थीले उत्तर पुस्तिकाको पुनः परीक्षणसमेत गर्न पाउने भएका छन्।

विद्यार्थीले आफ्नो नतिजामा सन्तुष्ट हुन नसके तीन चरणमा सुनुवाइको व्यवस्था राष्ट्रिय परिक्षा बोर्डले गरेको छ। प्राप्त श्रेणीमा विद्यार्थीले चित्त नबुझे प्रारम्भमा पुनर्योगको आवदेन दिन सक्नेछन्।

पुनर्योगमा असन्तुष्ट रहेको अवस्थामा उत्तर पुस्तिका पुनः परीक्षणको लागि दरखास्त दिन सकिनेछ। पुनः परीक्षणमा पनि चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न सकिने व्यवस्थासमेत बोर्डले गरेको छ। पुनः परीक्षणका लागि प्रति विषय शुल्क बोर्डले तोकिसकेको छैन।

विद्यार्थीको पुस्तिका पुनः परीक्षण हुने निर्देशिका गत वर्षदेखि सुरु भएको परिक्षा ...


अन्तत: नेपालमा हुने भनिएको भारतीय फिल्म अवार्ड 'आईफा' रद्द

काठमाडौं - चर्को विवादका बीच अन्तत: भारतीय फिल्म अवार्ड 'आईफा' नेपालमा नहुने भएको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने पुष्टि गरे । ‘यो वर्ष नहुने नै भयो, अब एक/दुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुन: आयोजनाको सम्भावना रहन्छ’ उनले भने ।

...

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते (तालिकासहित)

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ । बोर्डले बुधबार एक सूचना प्रकाशित गरी दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन् । २ विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ ।

परीक्षामा सहभागी हुन चाहनेले साउन १५ सम्ममा आवेदन फारम भर्ने समयसीमा बोर्डले तोकेको छ ।

...

अब १८ वर्ष पुगेपछि  मात्रै चालक लाइसेन्स दिने कानुन पास !

काठमाडौँ - प्रदेश ३ सरकारले १८ वर्ष पुगेपछि मात्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिने कानुन बनाएको छ । हालको कानुनअनुसार १६ वर्ष पुगेपछि दुईपांग्रे सवारीको लाइसेन्स लिन सकिन्छ । नयाँ व्यवस्थासहितको ‘प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७५’ १८ माघमै राजपत्रमा प्रकाशित भइसकेको छ । नयाँ प्रावधान लागू गर्न प्रदेश सरकारले केन्द्रीय सरकारलाई आग्रह गरेको छ ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङकी प्रमुख कमला थापा खत्रीले केन्द्रीय सिस्टमअनुसार नै काम हुने भएकाले नयाँ कानुन लागू हुन नसकेको बताइन् । ‘प्रदेश ३ सरकारले बनाएको कानुनमा लाइसेन्सका लागि १८ वर्ष उमेर पुग्नुपर्ने ...


अछाममा बस दुर्घटना : १८ घाइते,  २ को अवस्था गम्भीर !

अछाम - साँफेबगरको झकालेमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

महेन्द्रनगरबाट बाजुरातर्फ जाँदै गरेको पवनदुत यातायातको ना ७ ख २५६४ नम्बरको बस बुधबार बिहान बिपरित दिशातर्फबाट आउदै गरेको गाडीलाई साइड दिने क्रममा सडक भासिएर दुर्घटना हो । दुर्घटनामा घाइते भएका सबैको न्याय हेल्थ नेपाल बयलपाटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए । घाइते भएका मध्ये बाजुराको स्वामीकार्तिक गाउँपालिका १ का १८ वर्षीय पदम कुमाल र बाँकेको कोहलपुर चप्परगौडीका १५ ...


नेपाली चेलीलाई 'प्रिन्सेस डायना' अवार्ड

काठमाडौं - नेपाली चेली कञ्चन अमात्यले 'प्रिन्सेस डायना अवार्ड' पाएकी छन्। अमेरिकमा रहेर राष्ट्रसंघमार्फत् महिलाको आर्थिक सशक्तिकरणको अभियानमा रहेकी अमात्य उक्त अवार्ड पाउने पहिलो नेपाली हुन्।

१९९७ मा प्रिन्सेस डायनाको कार दुर्घटनाबाट फ्रान्समा निधनपछि नै बेलायती राजपरिवारले मानवीयता र सामाजिक क्षेत्रमा काम गर्ने युवालाई उक्त अवार्ड डायनाको जन्मदिनमा दिँदै आएको छ।

डायनाको सम्झनास्वरुप उक्त अवार्डको आरम्भ गरिएको हो। २० वर्षदेखि उक्त अवार्ड राजपरिवारबाट उपलब्ध गराइदै आएको छ। डायनाका दुई छोरा प्रिन्स विलियम र प्रिन्स ह्यारीले उक्त अवार्ड डायनाले बाल्यकाल बिताएको घरमा उपलब्ध गराउँदै आएका छन्। पाटनकी कञ्चन ...


सिरहामा ९ महिने बालिका बलात्कृत

सिरहा - सिरहाको लहान नगरपालिका - २४ मा ९ महिने बालिका बलात्कृत भएको आरोपमा १४ वर्षे बालक पक्राउ परेका छन् ।

मंगलबार भएको उक्त घटनामा सोही गाउँका १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई आमाले घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरको सदस्यलाई खाजा पु¥याउन जाँदा ती बालकले उनीमाथि यस्तो घटना घटाएको प्रहरीले जनाएको छ ।

खेतबाट फर्कँदा ती बालकलाई बालिकाकी आमाले घरमै भेटेपछि उजुरी दिएकी हुन् । स्थानीयले समेत सूचना दिएको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकाको यौनीबाट रक्तश्राव भएपछि प्रहरीले उनलाई स्वास्थ्य ...


भाटभटेनी संचालक मिन बहादुर गुरुङमाथि छानबिन थालियो

काठमाडौं - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ। बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा परेका गुरुङ, ढकाल र सुवेदीमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान अघि बढाएको हो।

विभागले भाटभटेनीका नाममा देशभर सञ्चालित सुपरमार्केटको जग्गाजमिनसहितको लगानीलाई पनि छानबिनको दायरामा ल्याएको छ। गुरुङले तयारी कपडा आयात गर्दा सरकारलाई बुझाउनुपर्ने राजस्वमा ...


परपुरुषसँगको प्रेममा बाधक भएको भन्दै 'कन्ट्र्याक्ट किलर' लगाएर आमाको हत्या, यसरी खुल्यो रहस्य !

काठमाडौँ - प्रेमीसँगको सम्बन्धमा तगारो बनेपछि भाडाका अपराधी ल्याएर छोरीले आमाको हत्या गराएको खुलेको छ । ६१ वर्षीया आमा सावित्री भट्टराईको हत्या पश्चात ‘कन्ट्र्याक्ट किलर’ लाई १२ लाख रुपैयाँ दिने आश्वासन ईश्वरीले दिएकी थिइन्।

ईश्वरीको श्रीमान् छँदाछँदै विगत केही महिनादेखि परपुरुषसँग अवैध सम्बन्ध थियो। ईश्वरीका श्रीमान् काठमाडौंमै व्यवसाय गर्छन्। सबै कुरा थाहा पाएकी आमा सावित्रीलाई छोरीको गतिविधि मन परेको थिएन।

काठमाडौंको जडिबुटीको एक गार्मेन्टमा काम गर्ने सिरहा विष्णुपुरका मोहम्मद नौसादसँग ईश्वरीको प्रेम सम्बन्ध रहेको र आमाको हत्यामा यही सम्बन्ध कारक बनेको प्रहरी अनुसन्धानले देखाएको छ।

छोरीको घरमा आश्रय ...


लोकसेवाको विज्ञापन रोक्न सर्वोच्चको अस्विकार

काठमाडौं - सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापनलाई रोक्नुपर्ने मागलाई अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले विज्ञापन रोक्न नमिल्ने निर्णय दिएपछि ९ हजारभन्दा बढी पदमा जाँच लिन लोकसेवा आयोगलाई मार्ग प्रशस्त भएको छ।

ती पदका लागि गत जेठ ६ गतेको निर्णयअनुसार १५ गते ९ हजार १६१ पदका लागि आयोगले दरखास्त आह्वान गरेको थियो।

'उक्त विज्ञापन बमोजिम चार लाखभन्दा बढीको संख्यामा दर्खास्त परेको र सो मध्ये समावेशी समूहको तर्फबाट एक लाख ५० हजार भन्दा बढी व्यक्तिहरूले दरखास्त गरेको देखिएकोले ती व्यक्तिहरूको प्रतिस्पर्धा ...


ज्याला नपाएपछि वडा कार्यालयमा मजदुरले लगाए ताला

बैतडी - बैतडीको सिगास गाउँपालिका वडा नं १ को कार्यालयमा मजदुरहरुले तालाबन्दी गरेका छन् । गत साल सम्पन्न भएको खानेपानी योजनामा काम गरेको रकम नदिएको भन्दै मजदुरहरुले तालाबन्दी गरेका हुन् ।

वडा कार्यालयसम्म पुग्ने रेलापानी खानेपानी योजना गत वर्ष नै फरफराक गरिएको भए पनि आफूहरुले काम गरेको पैसा नपाएकाले तालाबन्दी गरेको स्थानीय मजदुर डम्मरसिंह पन्तले बताए । आफूहरुको समस्या समाधानका लागि पटक पटक आग्रह गरेको भए पनि समस्या सम्बोधन नभएपछि बाध्य भएर तालाबन्दी गरेको उनले बताए । उनले भने ‘हामी काम गरेर खाने मान्छे हौँ । ...


भ्रस्टाचारको मुद्दा लागेका सशस्त्रका ४ जना पुर्व आइजीले पाए सफाई

काठमाडौँ - सशस्त्र प्रहरी बलका लागि सामान खरिद गर्ने सिलसिलामा भ्रष्टाचार ( रकम हिनामिना) गरेको आरोप सहित देहायका मितिहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देहायका पुर्व महानिरिक्षक बिरुद्ध मुद्दा दायर गरेकोमा विशेष अदालतको मिति २०७६ साल असार १६ गतेको देहायको इजलासले निजहरु सबै २२ जनाले नै सफाई पाउने फैसला गरेको छ ।

इजलास
माननीय न्यायाधीश श्री बाबुराम रेग्मी
न्यायाधीश श्री द्वारिकामान जोशी
न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य

प्रतिवादीहरु                        मुद्दा दर्ता मिति        ...


अख्तियारका पुर्व आयुक्त पाठकसंग मिलेर अकुत सम्पत्ति कमाउने बिरुद्ध मुद्दा

काठमाडौँ - अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको अकुत सम्पत्ति भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेकै वेला झामाथि अख्तियारले छानबिन थालेको थियो । उनले १७ असार ०४० मा सरकारी जागिर सुरु गरेका थिए । त्यसयता तीन करोड ८५ लाख ४३ हजार दुई सय ३४ रुपैयाँबराबरको सम्पत्ति जोडेकोमा दुई करोड २८ लाख ...


असार १५ : उपत्यकामा एक दिनमै ७ करोडको दही बिक्री

काठमाडौं - उपत्यकामा एक दिनमै ७ करोडको दही बिक्री भएको छ। असार १५ मा धान दिवस मनाउने र दही चिउरा खाने चलन छ। यसले गर्दा एक दिनमै दहीको कारोबार यति धेरै भएको हो।

सामान्य दिनभन्दा असार १५ मा उपत्यकामा दहीको माग १० गुणाभन्दा बढी हुन्छ। माग अत्यधिक भएकाले ठूलो उद्योगीलाई यो दिन भ्याइनभ्याइ हुन्छ। दूध अभाव र उत्पादन क्षमता कम भएका कारण मागअनुसार उत्पादन गर्न छैन।

असार १४ गतेदेखि नै आमउपभोत्ताmाले दहीको जोहो गरी घरमा राख्ने गर्छन्। माग बर्सेनि बढ्दै गए पनि यही समयमा हुने कच्चा दूधको ...


अहिलेसम्म देशभर १४. २५ रोपाइँ मात्र

काठमाडौं - देशभर १४. २५ रोपाइँ सम्पन्न भएको छ। प्रमुख खाद्यान्न बाली धानका लागि पानी अभाव हुँदा यस वर्ष रोपाइँ न्यून भएको हो। यस वर्ष पहाड र तराई दुवै स्थानमा मौसमले साथ दिएको छैन। पर्याप्त वर्षा नहुँदा सिँचाइ सुविधा भएका स्थानमा समेत खेत बाँझै छ।

नेपालका थुप्रै स्थानमा आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समयमा पानी नपर्दा रोपाइँ कम भएको जानकारी दिएको छ। सरकारी तथ्यांकअनुसार १५ गतेसम्म उच्च पहाडमा ३९ प्रतिशत, पहाडमा २२ र तराईमा ११ प्रतिशत रोपाइँ भएको छ। गत ...


नयाँ राष्ट्रिय सुरक्षा नीति आउंदै

काठमाडौं - सरकारले राष्ट्रिय सुरक्षा नीति (रासुनी) २०७५ सार्वजनिक गर्ने भएको छ। अमेरिकाले नेपाललाई जोडेर सुरक्षा रणनीति सार्वजनिक गरेपछि सरकारले परिमार्जित नीति ल्याउने तयारी गरेको हो।

६ महिनाअघि परिमार्जन गरिएको नीति सार्वजनिक नभएपछि विभिन्न कोणबाट बहस र छलफल भएका थिए। सरकारको नियतमाथि प्रमुख प्रतिपक्षी र विज्ञले आशंका गरेका थिए।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यसमा आशंका गर्ने विषय केही नभएको दाबी गरे। यसलाई सरकारले प्रक्रियागत ढंगबाटै सार्वजनिक गर्ने मन्त्री पोखरेलले बताए। ‘हामीले व्यापक छलफल र बहसपछि तयार पारेको राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्न कुनै समस्या छैन’, उनले ...


आज असार १५ : दहि चिउरा खाने, 'मानो रोपेर मुरी फलाउने'

काठमाडौं - 'मानो रोपेर मुरी उब्जाउने' महिनाको सुरुवात अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ।

कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन ...


काठमाडौं जिल्ला बारमा डिएलएको प्यानलै विजयी !

काठमाडौँ - काठमाडौं जिल्ला बार एसोसिएसनमा कांग्रेस निकट कानुन व्यवसायीको संगठन डिएलएको प्यानल नै विजयी भएको छ । अध्यक्षमा डिएलएका जगदीश घिमिरे एक हजार तीन मतका साथ विजयी भए भने उनको निकटतम प्रतिद्वन्दी सत्तारूढ नेकपा निकट कानुन व्यवसायीको संगठन एनएलएका कुलप्रसाद आचार्यले एक सय १० मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश अधिकारीले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा डिएलएका सुवोधकुमार घिमिरे ९ सय ९८ मत पाएर विजयी भए भने उनका प्रतिद्वन्द्वी एनएलएका लोकप्रिय सुनुवारले १ सय १३ मत पाए ।

त्यस्तै, सचिवमा डिएलएकै दमनबहादुर चन्द ९८९ ...


पूर्वमन्त्रीले दुहुनो भैँसी मुस्कुराउँदै लगे, सहिद परिवार जिल्ल
भन्छन् : जवान छोरा सहिद भएर म बुढो बाँचेको यही दिन देख्न रहेछ

सिराहा - भैँसी वितरण गर्न लहानमा आयोजित कार्यक्रम । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री (कुर्तामा) शैलेन्द्रप्रसाद साहले पूर्वकेन्द्रीय मन्त्री राजलाल यादव (स्टकोटमा)लाई दुहुनो भैँसी हस्तान्तरण गरे । पूर्वमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य यादवले सिरहा भगवानपुर गाउँपालिका–३ बाट वडा सदस्य जितेका छन् ।

हिजो सहिद भए ५० लाख दिन्छौँ भनेर आन्दोलनमा उतारियो, आज एउटा भैँसी लिन पनि सहिद भएको प्रमाणसहित निवेदन दिन भनियो, के सरकारसँग सहिदको अभिलेखसमेत छैन ?

प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारका लागि भन्दै भैँसी किनेर पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण ...


कृषिप्रधान देश : १ खर्ब ६० अर्बको आयात हुँदा निर्यात जम्मा २० अर्बको !

काठमाडौँ - ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आश्रित रहेको नेपालको कृषि वस्तुमा परानिर्भरता बढ्दो देखिएको छ । खाद्यन्नदेखि तरकारी, फलफूल र काठका वस्तुको आयात उच्चदरमा बढिरहेको सरकारी तथ्यांकले देखाउँछ । चालू आर्थिक वर्षको ११ महिनामा कृषि तथा वनमा आधारित वस्तुमै नेपालले १ खर्ब ६० अर्ब २८ करोडको व्यापार घाटा व्यहोरेको छ । यो अघिल्लो आवको सोही अवधिभन्दा २२ अर्ब रुपैयाँले बढी हो । अघिल्लो आव ०७५/७६को ११ महिनामा नेपालमा कृषि र वनमा आधारित वस्तुको आयात १ खर्ब ३८ अर्ब रुपैयाँबराबरको भएको थियो ।

समीक्षा अवधिमा नेपालको व्यापार घाटा १७.४० प्रतिशतले बढेर ...


बाह्र दिनका लागि १ करोड २२ लाखको ठेक्का

ओखलढुंगा - मोलुङ गाउँपालिकाले असार १९ दिन बाँकी हुँदा सडक निर्माणका लागि १ करोड २२ लाख ६६ हजार १ सय ९६ रुपैयाँको ठेक्का सम्झौता गरेको छ। यो बजेट प्रदेश सरकारमार्फत सशर्त अनुदानबाट प्राप्त भएको हो। असारभित्रै काम सम्पन्न गर्नुपर्ने गरी सडक ट्र्याक निर्माण र स्तरोन्नति गर्न गत सोमबार ठेक्का दर्ता गर्ने अन्तिम म्याद तोकिएको थियो।

गत जेठ १० गते सूचना प्रकाशित गरी गाउँपालिकाको कार्यालयले ठेक्का आह्वान गरेको थियो। ठेक्कामा घलेगाउँ–हर्कपुर–प्राप्चा–देवीटार–ढाँडे हुँदै देउराली गाउँपालिकाको कार्यालय–मगरगाउँ–दिप्ली–राँगादीप–वडा कार्यालय हुँदै विल्दु ठाडे सडक योजनाअन्तर्गत घलेगाउँ–घट्टेकुलो, ओपी गैरी–मगरगाउँ सडकको ट्र्याक निर्माण ...


संघीय मन्त्रालय अन्तर्गतका यी ३१ निकाय खारेज गर्न सिफारिस !

काठमाडौँ - सार्वजनिक खर्च पुनरावलोकन आयोगले संघीय मन्त्रालयअन्तर्गतका समिति, बोर्ड, आयोग र परिषद्जस्ता ३१ निकाय खारेज गर्न सरकारलाई सिफारिस गरेको छ । अर्थविद् डा. डिल्लीराज खनालको नेतृत्वमा ३ भदौ ०७५ मा गठित आयोगले उद्देश्य पूरा नगरेका, संघीय संरचनाअनुसार तहमा अधिकार बाँडफाँड भएर बेकामे बनेका, मन्त्रालय र विभागका कामसँग दोहोरोपन देखिएका, उस्तै काम गर्ने अर्कोसँग मेल खानेलगायत निकाय खारेज गर्न सिफारिस गरेको हो ।

यी हुन् खारेज गर्न प्रस्ताव गरिएका निकाय
१. शान्तिकोष सचिवालय
२. व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र
३. औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
४. भू–बहालकर तथा शिक्षा ...


फ्रिज हुने अवस्थामा बजेट : पैसा सक्न अब दैनिक २३ अर्ब खर्च गर्नुपर्ने !

चालू वर्षको ३४६ दिनमा आठ खर्ब ७९ अर्ब खर्च गरेको सरकारलाई बाँकी १९ दिनमा चार खर्ब ३६ अर्ब १६ करोड खर्च गर्न दबाब

सरकारले चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब १६ करोडको बजेट ल्याएको थियो । तर, वर्ष सकिन १९ दिन बाँकी रहँदा ६६.८४ प्रतिशत अर्थात् आठ खर्ब ७९ अर्ब ३३ लाख मात्रै खर्च भएको छ । सरकारले बजेटको लक्ष्य पूरा गर्न बाँकी १९ दिनमा चार खर्ब ३६ अर्ब १५ करोड सकाउनुपर्छ । यसका लागि दैनिक २२ अर्ब ९५ करोड खर्च गर्नुपर्ने हुन्छ । तर, सरकारले अहिलेसम्म दैनिक औसत ...


पीडक ‘धर्तीमाता’ पक्राउ पर्दा प्रहरी हवल्दार नै काप्न थालेपछि यस्तो हङ्गामा

काठमाडौं - आफूलाई धर्तीमाता बताउने गुल्मी घर भएर बुटवल बस्ने विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। गत साता भद्रकाली मन्दिरमा एक किशोरीमाथि अभद्र व्यवहार र कुटपिट गरेकी कुँवरलाई शुक्रबार बिहान बालाजुबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

कुँवरले युवतीमाथि कुटपिट गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। कुँवरले युवतीमाथि कुटपिट गर्दा हेरेर बसेका दुई प्रहरीलाई विभागीय कारबाही हुने भएको छ। महानगरीय प्रहरी परिसर टेकुको हिसरातमा राखिएकी कुँवरले आफूलाई प्रहरीले घोर अन्याय गरेको भन्दै आक्रोश पोखेकी छन्। प्रहरीले उनीमाथि अनुसन्धान सुरु भएको बताएको छ।

महिला हवल्दारलाई नै काम छुटेपछि..
शुक्रबार ...


लिफ्ट दिएर ट्रकभित्रै बलात्कार गर्ने चालक र सहचालक पक्राउ

दमौली - नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सह चालकले सवारीभित्रै बलात्कार गरेका छन्। बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई ट्रक भित्रै बलात्कारको अभियोगमा चालक र सह चालक दुवै पक्राउ परेका छन्।

ट्रकका चालक मोरङ ऊर्लाबारी नगरपालिका ३ सूर्यचोकका ३० वर्षीय चालक विमल ढकाल र सहचालक ३२ वर्षीय गोपाल भण्डारीविरुद्ध जर्बजस्ती करणी मुद्दामा अनुसन्धानका लागि तनहुँ अदालतबाट अनुमति लिएर हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

प्रहरीका ...


कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं - कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो ।

परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ । ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ ।

जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण ...


लागुऔषधसहित तीन जना पक्राउ

नवलपरासी– प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो।

भैरहवाबाट काठमाडौँका लागि छुटेको लु१ख ९११३ नंको बसमा सवार काठमाडौँ महानगरपालिका–२ बस्ने २५ वर्षीय सन्दीप रजकलाई पक्राउ गरिएको हो। उनको साथबाट नुर्फिन ११९ थान, डाइजापाम ११५ थान र फेनरागन ११८ थान गरी जम्मा ३५२ थान लागुऔषध साथै प्रयोग भइसकेको सिरिन्ज तीन थानसमेत बरामद गरिएको छ।

यस्तै सोही स्थानमा बझाङबाट काठमाडौँका लागि छुटेको ना६ख १३३३ नंको बसमा सवार ललितपुरका २६ वर्षीय विक्रम थोकर र ललितपुरकै महालक्ष्मी ...


‘सिरिन्ज’ आक्रमणकारीको बयान : 'ढलानको किला रोप्दा मजा आउने भएकाले रोपेको हुँ'

काठमाडौं - काठमाडौं उपत्यकामा युवतीमाथि शृंखलाबद्ध 'सिरिन्ज' आक्रमण गर्ने एक युवा पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाबाट परिचालन भएको विशेष टोलीले ती युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की छन्। पीडितहरुले सिरिन्ज जस्तो वस्तु घोपिएको बताए पनि उनले सिरिन्ज नभएर ढलानको किला रोपेको बयान दिएका छन्।

उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। उनले बयानमा किला रोपेको बताएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले दुनियाँ खबरलाई जानकारी दिए।

उनले बयानमा भनेका छन्, ‘किला रोपेँको हुँ। त्यो पनि युवतीलाई ...


सिंहदरबार अगाडि 'बोक्सी' भन्दै युवती कुटपिट गर्ने महिला पक्राउ

काठमाडौं - सिंहदरबार अगाडि आफूलाई धर्ती माता बताउँदै एक युवतीलाई कुटपिट गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले बताए।

आफूलाई धर्ती माता बताउँदै एक महिलाले सिंहदरबार अगाडि रहेको भद्रकालीको मन्दिर नजिक कुटपिट गरेकी थिइन्। उनले यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उनले एक युवतीलाई ‘तँ को होस् छिटो निस्की, तेरो मासु खाउँला’ भन्दै गाली गर्दै पिटेकी थिइन्।

उनलाई पक्राउ गरिए पनि अहिलेसम्म पीडित सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

...

सिंहदरबारको अगाडी बोक्सी भगाउने नाममा यातना दिने कथित 'धर्तीमाता' खोज्न प्रहरी परिचालन !

काठमाडौं - सिंहदरबारको ‘आँखा’अगाडि, नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमाताको खोजीका लागि काठमाडौं प्रहरीले सक्रियता देखाएको छ। बुटवलबाट काठमाडौं आएकी धर्तीमाता भनिने विष्णु कुँवरले सार्वजनिकस्थलमै बोक्सी भगाउने नाममा एक युवतीमाथि कुटपिट गरेको घटना सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नका लागि प्रहरीले तदारुकता देखाएको हो।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार भद्रकाली मन्दिरजस्तो सार्वजनिकस्थलमा भएको कुटपिटको घटनालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन प्रक्रिया थालिएको छ। कुँवरसँग फोन सम्पर्क भएको जनाउँदै डिएसपी बोगटीले कुँवरले आफू भक्तको ...


बालुवाटार जग्गा प्रकरण : भाटभटेनीका संचालक देखि पूर्व उपसचिवसम्म फरारको सूचीमा !

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा संलग्न ८९ आरोपितलाई फरार सूचीमा राखेको छ। ललितानिवासको जग्गा हिनाबिलश्रसम्बन्धी अनुसन्धानमा पटक–पटक बोलाउँदा पनि उपस्थित नभएपछि आयोगले पूर्व उपसचिव हुपेन्द्रमणि केसी, भाटभटेनी सुपरमार्केटका सञ्चालक कल्याण गुरुङ, व्यापारिक घराना गोयल समूहका अध्यक्ष कैलाशचन्द्र गोयल, भूमाफियाद्वय रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित ८९ आरोपीलाई फरार सूचीमा राखेको हो।

फरार सूचीमा राखिएकामध्ये ५९ आरोपितको तीनपुस्ते हुलिया र स्थायी ठेगाना नै खुलेको छैन। तीनपुस्ते हुलिया नखुलेका व्यक्तिलाई भूमाफिया र मालपोतका कर्मचारीले नक्कली मोही खडा गरेर जग्गा हडपेको ...


‘जो सुकैले जे भनुन् क्लिन फिड लागु भएरै छोड्छ’ : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं - सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले क्लिन फिड लागु भएरै छाढ्ने बताए। सञ्चारमन्त्रालयमा आयोजित मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘यो मिडियामा आएको समाजवाद हो, सबै मिडिया र विज्ञापन व्यावसायीले सर्मथन र साथ दिएका छन् त्यसकारण लागु हुन्छ,’ उनले भने ‘जो सुकैले जे भनुन् यो लागु भएरै छोड्छ।’

त्यस्तै उनले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूह मानवताविरोधि गतिविधिमा संलग्न भएको बताएका छन्। विप्लव समूहको गतिविधि समाजवादी र राजनीतिक चरित्रको नभएर फासिवादी अपराधिक भएकाले मानवताविरोधि भएको बतएका हुन्। ‘मानिसको बाँच्न पाउने अधिकार शान्तिपूर्वक ...


बालुवाटार जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेका अख्तियारका पूर्वकर्मचारी फरार

काठमाडौँ - बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएका हुन् ।

मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले सो जग्गा व्यक्तिको नाममा फिर्ता गर्न सघाएका थिए । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

अख्तियारले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उनीसहित तीनजनालाई सात दिनभित्र उपस्थित हुन भनेको छ । अन्य दुईजना डा. शोभाकान्त ढकाल र अधिवक्ता रामप्रसाद सुवेदी हुन् । उनीहरू बालुवाटारको ...


एसईई नतिजा : कुन प्रदेशमा कस्तो नतिजा ?

काठमाडौं - प्रदेश १ बाट एसईईमा ८१ हजार ७६ जना सहभागी थिए। तीमध्ये १ हजार ९८४ ले ३.६० देखि ४ जीपीए ग्रेड ल्याएका छन्। ३.२० देखि ३.६० जीपीए ल्याउने ८ हजार ४, २.८० देखि ३.२० जीपीए ल्याउने १ हजार ६८१ र २.४० देखि २.८० जीपीए ल्याउने परीक्षार्थी १२ हजार ९६० छन्। २ देखि २.४० जीपीए ल्याउने १८ हजार ६५, १.६० देखि २ जीपीए ल्याउने १८ हजार ३८९, १.२० देखि १.६० जीपीए ल्याउने सात हजार २९९ जना र ०.८० देखि १.२० जीपीए ल्याउने ४९२ जना छन्।

परीक्षामा ...


मन्त्रिपरिषद पुनर्गठनको तयारी :  नयाँ मन्त्रीमा क-कसको सम्भावना (सुची सहित)

काठमाडौँ - प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले कम्तिमा पनि ६ जना पुराना मन्त्रीहरु विदा गरेर तत्तत् स्थानमा पार्टीका नयाँ नेताहरुलाई जिम्मेवारी दिने तयारी गरेका छन्।

त्यसका लागि ओलीले योगेश भट्टराई, महेश बस्नेत र पार्वत गुरुङलाई बालुवाटार बोलाएर छलफल गरिसकेका छन्। यी तीन नेताहरु मन्त्रीका आकांक्षी हुन्। तर अरु दुई या तीन जना आकांक्षीसँग पनि ओलीले छलफलको तयारी गरेको बताइएको छ।

त्यसैगरी पुष्पकमल दाहालले भने पूर्व माओवादीबाट आकांक्षीहरु जनार्दन शर्मा, प्रभु शाह र देवेन्द्र पौडेललाई आफ्नो निवास बोलाएर छलफल गरेको स्रोतले बताएको छ।

...

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २१ निर्णय

काठमाडौं - सरकारले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएका भारतीय नागरिकको नागरिकता रद्द गर्ने लगायत २१ निर्णय गरेको छ।

असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

...

सत्र हजार ५ सय बिद्यार्थीले ल्याए ए प्लस (सूचीसहित)

काठमाडौं - एसइईको परीक्षाफल प्रकाशित भएको छ। सार्वजनिक नतिजामा १७ हजार ५ सय ८० विद्यार्थीले ३‍.६ देखि ४ जिपिएसम्म (ए प्लस) ल्याएका छन्।

५१ हजार १ सय ३७ विद्यार्थीले ३.२ देखि ३.६ जिपिएसम्म (ए) ल्याएका छन्।

सबैभन्दा बढी ९८ हजार २ सय ७ विद्यार्थीले २ देखि २.४ जिपिएसम्म(बि माइनस) ल्याएका छन्।

ग्रेडको सूची हेर्नुस्-


परीक्षामा सामेल २ जना विद्यार्थीको सबै परीक्षा रद्द भएको छ भने ४८ जनाको आंशिक परीक्षा रद्द भएको छ।

२०७५ चैत्र १० गतेबाट सुरु भएको परीक्षामा कुल ४ लाख ७५ हजार ३ जना विद्यार्थी ...


एसइईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस आफ्नो रिजल्ट !

काठमाडौं - २०७५ मा भएको एसइईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो।

परीक्षामा सामेल २ जना विद्यार्थीको सबै परीक्षा रद्द भएको छ भने ४८ जनाको आंशिक परीक्षा रद्द भएको छ।

२०७५ चैत्र १० गतेबाट सुरु भएको परीक्षामा कुल ४ लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी भएका थिए। देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएको थियो।

प्रदेश १ बाट ८३ हजार ६ सय १८, प्रदेश २ बाट ७० हजार ५ सय १८, प्रदेश ३ बाट १ लाख हजार २, गण्डकी ...


‘एसईई’को नतिजा आजै दिउसो सार्वजनिक गर्ने तयारी

काठमाडौं - २०७५ सालको माध्यमिक शिक्षा ९एसईई० परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक गर्ने तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षाको नतिजो सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको छ ।

उनका अनुसार बोर्डले निर्णय गरेलगत्तै परीक्षाफल सार्वजनिक गरिने छ।अपराह्न ३ बजे नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी रहेको छ। चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

...

व्यवहारमा खुलेन तातोपानी नाका

तातोपानी - नेपाल-चीन जोड्ने पहिलो व्यावसायिक नाका तातोपानी बन्द भएको चार महिनापछि औपचारिक रूपमा सञ्चालनमा आएको घोषणा गरिए पनि व्यवहारमा भने सञ्चालनमा आउन सकेको छैन।

दुवै देशका वाणिज्यमन्त्रीको उपस्थितिमा गत जेठ १५ गते सीमास्थित मितेरी पुलमा रिवन काटेर नाका सञ्चालनको घोषणा भए पनि व्यावहारिक रूपमा नाकाबाट व्यापार सञ्चालन हुन नसकेको हो। कार्यक्रमका दिन चीनबाट ल्याइएका ऊन नेपाल भित्त्याउने र दुई कन्टेनर हस्तकलाका सामान चीन पठाउने बाहेक थप कारोबार नभएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। लार्चामा अत्याधुनिक सुक्खा बन्दरगाह र मितेरी पुल तथा सीमा जोड्ने सडकको निर्माणपछि ...


चीनमा ४४ जना नेपाली चेली अलपत्र

बेइजिङ - गार्मेन्ट कारखानामा काम गर्न चीन आएका ४४ नेपाली महिला अलपत्र पारेका छन् । चीनको उत्तर–पूर्वमा पर्ने ल्याबोनिङ प्रान्तको तानतोङस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न आएका नेपाली चेली भिसा अवधि सकिएपछि अलपत्र परेका हुन् । उनीहरूलाई एकमहिने पर्यटक भिसामा काठमाडौंस्थित एक मेनपावर कम्पनीले चीन पठाएको थियो । अलपत्र नेपाली चेलीले आफूहरूलाई चीन पठाउने मेनपावर कम्पनी र बेइजिङस्थित नेपाली दूतावाससँग उद्धार गरी नेपाल पठाइदिन अनुरोध गरेका छन् ।

काठमाडौं गौशाला पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीले मोटो रकम लिएर आफूहरूलाई चीन पठाएको ती चेलीले बताएका छन् ...


सिंहदरबारकै मुलगेट अगाडी बोक्सीको नाममा यातना, प्रहरी बने रमिते !

काठमाडौं - सिंहदरबारभन्दा केही सय मिटर नजिक र नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण हुँदा पनि प्रशासन मौन छ । आफूलाई धर्तीमाताका रुपमा चिनाउने विष्णु कुँवरले सार्वजनिक स्थलमै एक युवतीमाथि बर्बरतापूर्ण यातना दिएकी छिन् । बुटवलबाट काठमाडौं आएकी कुँवरले भद्रकाली मन्दिरमा दर्शन गर्न गएकी एक युवतीमाथि बोक्सी भगाउने नाममा कुटपिट गरेकी हुन् । उनले ‘तँ को होस्, छिटो निस्की’ भनेर युवतीको टाउकोमा हातले पिटेको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ ।

कुँवरले ती युवतीमाथि जाइलाग्दै ‘निस्किन्छेस् कि निस्किन्नस्, तेरो मासु खाम्ला, मलाई ...


त्रिविको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच, फेल भएको मान्छे 'गोल्ड मेडलिस्ट' बन्दा क्याम्पसका सबै जना चकित !

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ । मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । परीक्षामा फेल भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीलाई आर्थिक प्रभावमा पारी गोल्ड मेडल हात पारेका हुन् ।

कोइराला र पनिका बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरिसकेको छ । छानबिनका क्रममा कर्माचार्यले डेढ लाख लिएर उत्कृष्ट नम्बर ल्याउने गरी कोइरालाको नम्बर थपिदिएका थिए । धेरैजसो विषयमा उनी फेल भएको र सबैमा नम्बर थपेर उनलाई गोल्ड मेडलिस्ट बनाइएको अनुसन्धानमा खुलेको छ । ...


बालुवाटार जग्गाको छानबिन अन्तिम चरणमा, मुद्दा चलाउने अख्तियारको अन्तिम तयारी !

काठमाडौँ - बालुवाटारको करिब एक सय ४७ रोपनी सरकारी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत तथा गुठीका तत्कालीन कर्मचारीसँग बयान लिई गुठियार र अन्य जग्गाधनीसँगसमेत बयान लिने तयारी गरेको छ । मालपोत, नापी, गुठी संस्थानका कर्मचारीलगायत ५० जनाभन्दा धेरैसँग आयोगले सोधपुछ गरिसकेको छ । सूवर्णशमशेर राणाका परिवारका केही सदस्यमाथिसमेत सिआइबीले सोधपुछ गरेको स्रोत बताउँछ ।

बयानका लागि बोलाइएका अन्य जग्गाधनी उपस्थित नभएपछि आयोगले बुधबार पत्रिकामार्फत सात दिनभित्र उपस्थित हुन ८६ जनाको नाममा सूचना जारी गरेको छ । सूचना जारी भएकाहरूमा बिचौलिया शोभाकान्त ढकालकी ...


एसइईको नतिजा सार्वजनिक गर्न आज बोर्ड बैठक बोलाइयो, लगत्तै नतिजा प्रकाशन हुने

भक्तपुर - परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भएको जनाएको छ । अब बोर्डको बैठक बसेपछि नतिजा प्रकाशन हुने कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताए । बिहीबार दिउँसो १ बजे बैठक डाकिएको छ । यसअघि बुधबार नै बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भए पनि पुनः परीक्षण नसकिएकाले बैठक सरेको हो ।

‘सबै तयारी सकिएको छ, नतिजामा विगतमा झैँ त्रुटि नदोहोरिओस् भनेर पुनः परीक्षणलाई जोड दिएका हौँ,’ उपनियन्त्रक शर्माले भने, ‘कार्यालयले नतिजा प्रकाशनका लागि बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको ...


बालुवाटार जग्गा प्रकरण : ८६ जनालाई अख्तियारमा हाजिर हुन सुचना (नामसहित)

काठमाडौं - बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ।

बुधबार अख्तियारले एक सार्वजनिक सूचना जारी गर्दै बयानका लागि बोलाएको हो। अनियमितताको छानबिनका लागि आरोपितहरुलाई सात दिनको समय दिइएको छ।

...

‘विदेशमा उपचार गराउनेलाई सरकारले खर्च दिँदैन’

काठमाडौं - उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानले गरेको व्यवस्थाअनुसार आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैलाई उपलब्ध गराउने नीतिअनुसार नै काम भइरहेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकमा सांसदले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उनले विपन्न वर्ग र गरिब जनताहरुको स्वास्थ्य उपचारका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैलाई उपलब्ध गराउने नीतिअनुसार सरकारले काम अघि बढाइरहेको बताएका हुन्। उनले वडावडामा स्वास्थ्य संस्था स्थापना गर्ने काम अघि बढाइएको उल्लेख गर्दै आगामी वर्षमा सबै वडामा स्वास्थ्य संस्था स्थापना भइसक्ने दाबी ...


समयमा वर्षात् नहुँदा धान रोपाइँ कम

काठमाडौं - मुलुकभर समयमा वर्षात् नहुँदा गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ कम भएको छ। कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार गत वर्षको तुलनामा साढे तीन प्रतिशत कम रोपाइँ भएको हो। गत वर्षको असार ९ सम्म १५.९ प्रतिशत धान रोपाइँ भएकोमा यो वर्ष सोही अवधि (असार ९ गतेसम्म ) मा ११.६४ प्रतिशत भएको मन्त्रालयले जनाएको छ।

कृषि मन्त्रालयका वरिष्ठ कृषि अधिकृत विनोद भट्टराईका अनुसार मौसम ढिला सुरु भएकाले रोपाइँ कम भएको हो। ‘नेपालमा मौसम सुरु हुन ढिला हुँदा अपेक्षित रोपाइँ हुन सकेन,’ भट्टराईले भने, ‘उच्च पहाड ...


सदूरपश्चिममा बजेट सक्न भ्याई नभ्याई : असारे विकासको चटारो

सदूरपश्चिम - कैलालीको लम्की–चुहा नगरपालिकाले उद्यान निर्माण गर्न दुईवटा उपभोक्ता समिति गठन ग¥र्यो। १ करोड ३३ लाख बजेट टुक्राएर योजना वितरण गरियो। सार्वजनिक खरिद ऐनमा एक करोड भन्दा बढि बजेटका योजना, उपभोक्ता समितिबाट निर्माण गर्न नपाईने प्रावधान छ। तर असारे बजेट सक्न टुक्रयाएर उपभोक्ता समिति बनाएर काम सुरु गरिएको छ। उपभोक्ता समितिको अध्यक्ष रहेका भीम जैसीले बजेट टुक्रयाएर दुवै समितिले काम थालेको बताए। स्थानीयले नमुना भनिएको पार्कको वाउन्ड्री वाल गुणस्तरहीन भएको भन्दै विरोध समेत गरे।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्षको अन्तिममा वडा नम्बर २ मा ग्राभेल गरेको ...


'फ्री तिब्बत' कार्यक्रमा सहभागी हुन गएका सांसद प्रदीप यादव निलम्बित

काठमाडौँ - लाट्भियाको राजधानी रिगामामा गरिएको स्वतन्त्र तिब्बत कार्यक्रममा सहभागी भएको भन्दै समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई ६ महिनाका लागि पार्टीबाट निष्कासन गरेको छ। समाजवादी पार्टीको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले यादवलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा पार्टी नीतिविपरीत र पार्टीलाई जानकारी नगराई लाट्भियामा ‘इन्टरनेसनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ कार्यक्रममा सहभागी भएको भन्दै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको जानकारी गराइएको छ। यस विषयमा यादवलाई सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको पार्टीले जारी गरिएको विज्ञप्तिमा जनाइएको ...


किर्तिपुर र जावलाखेल सहित देशभरका २८ भन्दा बढी स्थानमा बमसहित शंकास्पद वस्तु फेला

काठमाडौं - देशका विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएका छन्। प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार देशका २८ भन्दा बढी स्थानमा शंकास्पद वस्तु राखिएको भेटिएको छ। जनतामा त्रास र भय सिर्जना गर्न तार हुक गरी यस्ता शंकास्पद वस्तु राखिएको उनले बताए।

यसैक्रममा यस्तै शंकास्पद वस्तु किर्तिपुर र ललितपुरको जावलाखेलमा समेत राखिएको भेटिएको छ। किर्तिपिरको नयाँबजारको गेट छेउमा बिहान ५:०५ बजेको समयमा रातो झण्डाले बेरिएको भित्र बोतलजस्तो देखिने शंकास्पद वस्तु भेटिएको र सो वस्तु बम नभएको प्रमाणित भएको प्रहरीले जनाएको छ।

यस्तै शंकास्पद वस्तु जावालाखेलमा पनि भेटिएको भए पनि सो ...


काभ्रेमा विभिन्न ठाउँमा बम र शंकास्पद वस्तु

काभ्रे - नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्द सफल पार्न काभ्रेका विभिन्न ठाउँमा बम राखेर जनजीवन प्रभावित पार्ने काम भएको छ । बन्दको प्रभाव देखाउन विभिन्न ठाउँमा बमजस्तै देखिने शंकास्पदवस्तु राखेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले बताएका छन्। पनौती र धुलिखेलमा शंकास्पद राखिएको र नेपाली सेनाको टोलीले बिहानै डिस्पोज गरिसकेको छ ।

तर्साउनको लागि मात्र बियरको बोतलमा बालुवा भरेर कतै कुकरमा भुस भरेर राखेको पाइएको डिएसपी गिरीले जानकारी दिए। धुलिखेल नगरपालिकास्थित हस्पिटल चोकमा, पनौती नगरपालिको खोपासी जाने पोल र पनौती बसपार्क चोकमा शंकास्पद ...


विदुरका मेयर सञ्जु पण्डितको घरमा प्रेसर कुकर बम

नुवाकोट - विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको घरमा प्रेसर कुकर बम भेटिएको छ। मेयर पण्डितको विदुर नगरपालिका–९ विजुरामा रहेको घरमा सोमबार राति प्रेसर कुकर बम फेला परेको हो।

बम मंगलवार बिहान नेपाली सेनाको जवरजंग गणको वम डिस्पोजल टोलीले निस्क्रिय पारेका छन् । राति १२ बजे मेयर पण्डितको घरको मुल ढोका अगाडी झुण्ड्याइएको अवस्थामा वम फेला परेको थियो रातिको भएकाले बिहान मात्रै बम डिस्पामेजल गरिएको जवरजंग गणका गणपति प्रमुख सेनानी अच्युत शाहले जानकारी दिए। मेयरको घरमा बम राखेको जानकारी पाएपछि स्थानीय त्रसिद बनेका थिए।

वम फेला परेको ६ ...


देशभर विप्लब बन्दको आशिंक प्रभाव

काठमाडौं - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर आशिंक परेको छ। बिहानैदेखि आशिंक रुपमा सवारी साधन चलेका छन् भने केही संख्यामा मात्रै शिक्षण संस्था खुलेका छन्।

उपत्यकाका विभिन्न रुटमा चल्ने सवारी केही मात्रामा मात्रै चलेका छन्। लामो दुरीका सवारी साधन नचले पनि छोटो दुरीका सवारी भने आशिंक रुपमा चलेको हाम्रा जिल्ला संवादाताहरुले जनाएका छन्।

पश्चिममा महेन्द्रनगर र धनगढीबाट छुट्ने लामो दुरीका सवारी साधन छुटेका छैनन। नेपालगञ्ज र बुटवलमा पनि आशिंक रुपमा सवारी साधान चलेका छन्। देशभरको सुरक्षा व्यवस्था कडा पारिएको नेपाल ...


अछामको दुई वटा वडा कार्यालयमा विप्लव समूहद्वारा पेट्रोल छर्केर आगजनी

साँफेबगर - विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अछामको ढकारी गाउँपालिका-५ र पञ्चदेवल विनायक नगरपालिका-३ को वडा कार्यालयमा आगजनी गरेको छ । आगजनीका कारण दुबै वडा कार्यालयमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार आगजनीका कारण पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ३ मा १ थान कम्यूटर, १ थान प्रीन्टर र कुर्सी टेवल लगायतका फर्निचर तथा अन्य कार्यालयका सबै कागजात जलेर नष्ट भएका छन् ।

मंगलवार बिहान २ बजेतिर विप्लव समूहका ५/६ जना आएर वडा सचिव महाजित विकको कार्यकक्षमा पेट्रोल छर्केर आगो ...


एकताको सहमतिबाट पछि हटे त्योभन्दा बढी दुर्भाग्य अरू केही हुँदैन : प्रचण्ड

चितवन - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको सहमतिबाट पछि हटे पार्टी र देश खतरामा पर्ने बताएका छन्।

‘एकता गर्दाको सहमति कार्यान्वयनमा कुनै बहाना खोजे त्योभन्दा बढी दुर्भाग्य अरू केही हुँदैन’, नेकपा चितवनको जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा सोमबार अध्यक्ष दाहालले भने। एकताको मर्मअनुसार काम गर्न उनले कार्यकर्तालाई निर्देशन दिए।

एकताका आधारका रूपमा तयार दस्तावेज र सहमतिबाट कोही पनि विचलित हुन नपाउने उनको भनाइ थियो। ‘दस्तावेज, सहमति र हस्ताक्षरबाट कुनै बहाना गरेर विचलित हुन खोज्यांै भने पार्टीका लागि सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ’, उनले भने।

उनले मार्क्सवादको सिद्धान्त लागू गर्न ...


राजा फालेर गणतन्त्र ल्याउनु सानो परिवर्तन होइन : प्रचण्ड

चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताएका छन् ।

आज यहाँ आयोजित माडी नगरपालिकाको तेस्रो नगरसभामा उनले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने बताए । अहिले तीनै तहको समन्वय गर्ने काम भइरहेको उनको भनाइ थियो ।

कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने उनले बताए । अहिलेको परिवर्तन गुणात्मक भएको अधयक्ष दाहालको ...


रुपन्देहीमा बलात्कार भैरहेकी साथीलाई बचाउन गुहार माग्दै गएकी साथी माथि सामुहिक बलात्कार

रुपन्देही - रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ भने अर्का अरोपी विष्णु थारुसहित अन्य व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । पक्राउ परेका ज्ञवालीलाई जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक शङ्कर ...


बुढीगण्डकी गेजुवालाई दिइसकिएको कुरा हल्ला मात्रै : ऊर्जामन्त्री पुन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुढीगण्डकी आयोजना गेजुवा कम्पनीलाई दिइ नसकेको स्पष्ट पारेका छन्। सोमबार संसदमा बोल्दै मन्त्री पुनले १२ सय मेगावाट उत्पादन क्षमता रहेको बुढीगण्डकी जलविद्युत आयोजना चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी (सिजिजिसी) लाई दिई नसकेको स्पष्ट पारे।

बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई आयोजना सुम्पिएको भन्ने विषयमा कुनै सत्यता नरहेको उनको भनाइ छ। ‘बिना प्रतिस्पर्धा चिनीयाँ कम्पनीलाई आयोजना दिन लागिएको भन्ने विषयहरु बाहिर आएका छन्। उक्त कम्पनीसँग वार्ता गरी आयोजना विकासको खाका तयार गर्न मात्र मन्त्रालयलाई अख्तियारी ...


विप्लवका सर्लाही इन्चार्ज मारिएको घटना छानबिन गर्न समितिको निर्देशन

काठमाडौं - संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ।

समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पौडेल मारिएको सो घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन गरी एक साताभित्र समितिमा प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन्।

बैठकमा समितिका सदस्यहरुले सरकारले मुठभेढमा नभई चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई हत्या गरेको दाबी गर्दै ...


नगरपालिका र बिमाबाट पहिल्यै क्षतिपूर्ति लिएका मेयरलाई सरकारको ३० लाख बक्सिस !

बिर्तामोड - सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । स्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयरलाई २० र २३ को मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिएको हो । साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय आन्दोलित भएका थिए । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको पनि मृत्यु भएको थियो ।

घटनाले गम्भीर मोड लिँदासमेत मौन बसेको भन्दै १० कात्तिकको ...


प्रहरीको रासन भत्ता बढ्यो !

काठमाडौँ - पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले १ साउनदेखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । ‘साउनदेखि नयाँ दरअनुसार प्रहरीले रासनभत्ता पाउनेछन्,’ प्रहरीको बजेट महाशाखाका प्रमुख एसएसपी दीपक थापाले नयाँ पत्रिकासँग भने, ‘बजेट आइसकेको छ, नयाँ दर स्वीकृतिका लागि प्रक्रिया अघि बढिसकेको छ ।’

प्रहरीलाई ०७५ मा तय भएको दरअनुसार रासनभत्ता दिइनेछ । नेपाल प्रहरीको रासनभत्ता हरेक जिल्लामा फरक–फरक छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने एक समितिले ...


नेपाल बस्न भिसा किर्ते

काठमाडौं - उज्वेकिस्तानकी साकानोजा कुरवानियाजोभाले नेपालको प्रवेशाज्ञा (भिसा) किर्ते गरेकी छन्। अघिल्लो वर्ष असार ४ गते ९० दिनको पर्यटक भिसामा उनी नेपाल भित्रिएकी थिइन्। भिसाको म्याद रहुन्जेल उनले नेपालमा के गरिन् र कहाँ बसिन् भन्ने सरकारी अधिकारीलाई पत्तो छैन। म्याद गुज्रिएपछि पनि उनी लामो समय नेपाल बसेको खुलेको छ। त्यही बीचमा उनी भारत पुगिन्। तर, यसको रेकर्ड अध्यागमनको सफ्टवेयरमा कैद छैन। उनी हवाईमार्गबाट भारत गइन् या स्थलमार्गबाट भन्ने पनि खुलेको छैन।

नेपालले हस्तलिखित भिसा प्रयोग गर्दै आएको छ। यो जो कोहीले सजिलै केरमेट गर्न सक्छन्। अध्यागमन ...


विप्लव नेता पौडेलको निर्ममतापूर्वक हत्या हुनु खेदजनक  : जनार्दन शर्मा

काठमाडौं - नेकपाका नेता जनार्दन शर्माले नेत्रविक्रम चन्द 'विप्लव' समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको घटना गम्भीर भएको बताएका छन्। आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेता शर्माले यस्तो बताएका हुन्।संविधान हुँदाहुँदै यसबाट बाहिर गएर निर्ममतापूर्वक पौडेलको हत्या हुनु खेदजनक रहेको भन्दै उनले आपत्ती जनाए।

उनले भने,' निर्ममता ढंगले हात खुट्टा छियाछिया पारेर हत्या गरिएको भन्ने सुन्नमा आएको छ।मलाई त्यो बेला धनमायाको हत्याको आद आयो।' पञ्‍चायतकालमा बर्बरतापूर्वक हत्या भएको याद आयो।' शर्माले यस्तो प्रवृत्तिलाई बेलैमा कारबाही नगर्दा परिवर्तित व्यवस्थाप्रति नै प्रश्नन उठने सक्ने बताए।नेता ...


हुण्डी कारोबारमा एनआरएन कोरियाका कोषाध्यक्ष नै संग्लग्न, पक्रेर नेपाल पठाइयो

सोल - हुण्डी कारोबारको आरोपमा गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका एक पदाधिकारीलाई 'डिपोर्ट' गरिएको छ। एनआरएनए कोरियाका कोषाध्यक्ष आलोक बानियाँलाई पक्राउपछि नेपाल पठाइएको हो। राजधानी सोल नजिक तोङ्देमुन बजारबाट अघिल्लो महिना पक्राउ परेका उनलाई एक महिना हिरासतमा राखी नेपाल पठाइएको हो।

लामो समयदेखि हुण्डी कारोबारसम्बन्धी मुद्दा खेपिरहेका उनलाई पटक-पटक थुनामा राखेर अनुसन्धान गरेपछि गत साता नेपाल फर्काइएको थियो। बानियाँले सस्तो दरमा नेपाल रकम पठाइदिने भन्दै नेपाली कामदारको अवैधानिक रुपमा रकम संकलन गरेको पुष्टि भएपछि उनलाई प्रहरीले नेपाल पठाएको हो।

कोरियामा दशक बिताएका बानियाँ कुक भिसामा गएका थिए। ...


लोकसेवाको विज्ञापनमाथि सर्वोच्चमा परेका ४ वटा मुद्दाको सुनुवाइ जारी !

काठमाडौं - लोकसेवा आयोगको विज्ञापन रोक्ने वा नरोक्ने बारेमा सर्वोच्च अदालतमा आज सुनुवाइ चलिरहेको छ ।

न्यायाधीशद्धय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलाशमा यो विवादका चारै वटा मुद्दालाई सँगै राखेर सुनुवाइ गर्न लागिएको हो। यसअघि सर्वोच्चले विचाराधीन सवै निवेदनलाई एकमुष्ट रुपमा सहभागी गराएर सुनुवाइ गर्ने भनेपछि आजलाई पेसी तोकिएको थियो।

आयोगले ५ सय १५ स्थानीय तहका लागि भएको विज्ञापन विवादमा सर्वोच्चमा समावेशी नभएको, संसदको समितिले क्षेत्राधिकार मिचेर र स्थानीय तहमा कार्यरत रहेका कर्मचारीहरुलाई बेवास्ता गरिएको दाबीसहित ४ थान मुद्दा दायर भएका थिए। सर्वोच्चले यी ४ थान निवेदनमा ...


गुठी विधेयक फिर्ता लिने प्रस्ताव संसदमा दर्ता

काठमाडौं - सरकारले संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा दर्ता गराएको गुठी विधेयक फिर्ता लिने प्रस्ताव दर्ता गरेको छ। गुठी विधेयक विवादित भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर फिर्ता हुने बताएकी थिइन्।

गुठी विधेयकको विरोधमा जनता सडकमा आएर जनदबाब दिएपछि सरकार पछी हटेको थियो। विधेयकमा रहेका व्यवस्था गुठीहरु मास्ने र जग्गा माफियाहरुको पक्षमा जाने भन्दै आलोचना भएको थियो।

विधेयक राष्ट्रियसभामा छलफल भई संशोधनको चरणमा रहेको थियो। गुठी विधेयकभित्र रहेका व्यवस्थाले काठमाडौं उपत्यकालगायत देशभरका निजी गुठीका जग्गामा सरकारले नियन्त्रण गर्ने मनसाय राखेर विधेयक ...


अब प्रधानन्यायाधीश, न्यायाधीश र पदाधिकारीको कार्यक्षमता, इमानदारिता र आचरण जाँचिने

काठमाडौँ - सरकारले संसद्मा महाअभियोग दर्ता भएलगत्तै राष्ट्रपतिदेखि संवैधानिक निकायका पदाधिकारी जिम्मेवारीमुक्त हुने गरी कानुन बनाउँदै छ । राष्ट्रपति, उपराष्ट्रपति, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीश, न्यायपरिषद्का सदस्य तथा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीमाथि महाअभियोग लगाउने ऐन संशोधनसहित एकीकृत रूपमा ल्याउने तयारी गरेको हो ।

महाअभियोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार भइसकेको छ । हाल महाअभियोग लगाउने सम्बन्धमा पदाधिकारीपिच्छे फरक–फरक व्यवस्था छ । यी विशिष्ट व्यक्तिविरुद्ध महाअभियोग लगाउने आधार र कारण विश्लेषण गर्न संसद्ले जाँचबुझ समिति गठन गर्ने प्रस्तावसमेत नयाँ विधेयकले गरेको छ । महाअभियोग लागेका व्यक्तिलाई बोलाएर ...


काठमाडौं प्रहरीलाई जग्गा खरिदका लागि करिब दुई अर्ब

काठमाडौँ - सरकारले महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखालाई जग्गा खरिदका लागि करिब दुई अर्ब रुपैयाँ निकासा गरेको छ । केही दिनअघि मात्र सरकारले महानगरीय परिसरलाई एक अर्ब २० करोड र अपराध महाशाखालाई ६७ करोड ६७ लाख रुपैयाँ निकासा गरेको हो । परिसरले सर्वोच्च अदालत सामुन्ने भद्रकालीस्थित नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गा र महाशाखाले नेपाल आयल निगमको टेकुस्थित नौ रोपनी जग्गा खरिद गर्नेछ ।

परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार खाद्य संस्थानको जग्गा आगामी साता काठमाडौं परिसरको नाममा पास हुनेछ । महाशाखाले भने ...


रेशम चौधरीको नियति : जनताले सांसद बनाए, अदालतले कैदी बनायो, सरकारले साङ्लो लगायो !

काठमाडौँ - अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो । कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिए । यसलगत्तै कर्मचारी तथा प्रहरीमाथि कारबाही प्रक्रिया पनि सुरु भएको छ ।

टीकापुर हत्या प्रकरणमा अदालतबाट दोषी ठहर भई जन्मकैद सजाय पाएका चौधरीलाई बिहीबार वीर अस्पतालमा भर्ना गरिएको थियो । बेडमा रहँदासमेत उनलाई नेल लगाइएको थियो । चौधरीको नेलसहितको तस्बिर बाहिरिएपछि ...


पाँच जना नेपाली युवक मुम्बईमा नौ महिनादेखि बन्धक

काठमाडौँ - राम्रो काम लगाइदिन्छु भन्ने दलालको पछि लागेर गएका पाँचजना दलित किशोरलाई मुम्बईमा बन्धक बनाइएको छ । सिरहाका दुई, सप्तरीका दुई र उदयपुरका एक किशोरलाई बन्धक बनाइएको हो । यसरी बन्धक बनाइएकामा लहान–१५ लग्राहाका राजकुमार सदायका छोरा १६ वर्षीय सरोज सदाय र १४ वर्षीय विजय सदाय, सप्तरी प्रीतमपुरका १५ वर्षीय ललकु सदाय र १४ वर्षीय प्रमोद सदाय तथा उदयपुर गाईघाटका १५ वर्षीय अक्षय सदाय छन् । उनीहरूलाई पछिल्लो नौ महिनादेखि परिवारसँग कुरासमेत गर्न नदिएको मुम्बईमा बन्धक परेर फर्किएकामध्येका ३३ वर्षीय जितन सदायले बताए । मुम्बई पुगेको एक महिनामै ...


काभ्रेमा घर भत्किँदा महिला घाइते, श्रीमान् र छोरीको उद्धार

काभ्रेपलाञ्चोक - मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेसीमा घर भत्किँदा एक महिला गम्भीर घाइते भएकी छन् । दुई जनाको उद्धार गरिएको छ । शनिबार बिहान तीन बजे नवराज सापकोटाको घरको पर्खाल भत्केर छिमेकी थलप्रसाद सापकोटोको घरमा क्षति पुगेको हो । गारो भत्किएर थलप्रसादको घरमा डेरा गरी बस्ने ४६ वर्षीया विष्णुमाया तामाङ घाइते भएकी हुन् ।

उनका श्रीमान् र दुई वर्षीया छोरी पुरिए पनि दुवै जनाको सकुशल उद्धार गरिएको हुगुवापाटी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सानोकाजी तुलाधारले जानकारी दिए । स्थानीयवासीको सहयोगमा पुरिएका तीनै जनाको तत्कालै उद्धार गरिएको हो । ...


विप्लबका सर्लाही इन्चार्ज मारिएको घटनाको मानवअधिकार आयोगले छानविन गर्ने

काठमाडौं - राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा दोहोरो मुठभेडको क्रममा बिहीबार प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल घटनाको सत्यतथ्य अनुसन्धान गर्ने भएको छ ।

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले शक्रबार विज्ञप्ति जारी गरी त्यस घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय एवम् प्रदेश नम्बर २ कार्यालयबाट टोली खटाइएको जानकारी दिए । टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी आयोगलाई प्रतिवेदन बुझाउने छ ।

...

विपद्का कारण २ महिनामा देशभरमा ६९ जनाको मृत्यु

काठमाडौं - कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ । वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते तथा दुई जना बेपत्ता भएका छन् ।

नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका अनुसार आगालागीबाट दश, पहिरोबाट चार, चट्याङ लागेर २३, विभिन्न जनावरको आक्रमणबाट सात, महामारीबाट एक, हावाहुरीबाट आठ, लेक लागेर १३ तथा अन्य विपद्का घटनाबाट तीन जनाको मृत्यु भएको छ ।

आगलागीबाट ३५, पहिरोबाट दुई, चट्याङ ...


महिलामाथि अपशब्द बोलेको बिषयमा इटहरीका मेयर चौधरीमाथि पार्टीले छानबिन गर्ने

काठमाडौं - इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीमाथि छानविन हुनेभएको छ । महिलाहरुको चरित्र हत्या गर्ने खालका अपशब्द प्रयोग गरेकोमा उनीमाथि पार्टीले छानबिन गर्ने बताइएको छ । यसअघि चौधरी पत्रकारसंगको भनाभनका कारण चर्चामा आएका थिए ।

चौधरीले केहि दिन अघि सार्वजनिक कार्यक्रममै महिलामाथिसमेत अपशव्द प्रयोग गरेका थिए । यसबारे भोलि आइतबार छलफल हुने सुनसरी नेकपा जिल्ला अध्यक्ष पप्पु मण्डलले जानकारी गराए।

प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरीको बोली अशोभनीय र पार्टी हितविपरीत रहेको प्रदेश कमिटीलाई जानकारी गराएको जिल्ला अध्यक्ष मण्डल बताउँछन्।

यसैबीच, महिलाहरुमाथि चौधरीले अपशब्द बोलेको सन्दर्भमा महिला संघसंस्थाहरुले पनि ...


रेशम चौधरीको खुट्टामा लगाइएको १४ किलोको साङ्लो हटाइयो !

काठमाडौं - रेशम चौधरीको खुट्टामा लगाइएको साङ्लो हटाइएको छ । चौधरीको अस्पतालको बेडमा साङ्लो खुट्टामा बादिएको तस्विर सार्वजनिक भएपछी मिडिया तथा सामाजिक संजालमा ब्यापक आलोचना भएको थियो ।

संविधान घोषणा हुनु एक महिनाअघि भएको टीकापुर घटनाको अभियोगमा जेल परेका चौधरीलाई उपचारका क्रममा पनि १४ किलोको साङ्लो बाँधिएको थियो।

उनलाई लगाइएको साङ्लो शुक्रबार बेलुका नै हटाइएको छ।

यसैबीच, साङ्लो लगाउने कार्यमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका छन्। 'उपचारका लागि लैजाँदा जसले साङ्लो बाँधे, उनीहरुलाई कारबाही गर्न प्रधानमन्त्रीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिनुभएको छ', प्रधानमन्त्रीका प्रेस ...


मुठभेडमा ‘विप्लव’ समूहका सर्लाही इन्चार्ज मारिएको प्रहरीको दावी

सर्लाही - जवाफी कारबाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको प्रहरीले दावी गरेको छ। बिहीबार दिउँसो सर्लाहीकै लालबन्दी नगरपालिका–१, चुरे क्षेत्रस्थित लखन्देही खोलामा प्रहरी कारबाहीमा पौडेलको मृत्यु भएको प्रहरी स्रोतले जनायो।

विशेष सुराकीका आधारमा गएको प्रहरी गस्ती टोली देखेपछि पौडेल सहितका विप्लव कार्यकर्ता टोलीले गोली प्रहार गरेको र जवाफी कारबाही गर्दा उनको मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर स्रोतले जनाएको छ।

प्रहरीले जवाफी कारबाही गर्ने क्रममा केहीबेर दोहोरो गोली हानाहान भएको र पछि विप्लव समूहका कार्यकर्ता भागेका बताइएको छ। स्रोतका अनुसार ...


चारवटा मोबाइल भ्यान किन्दा २४ करोड भ्रष्टाचार, सहसचिवसहित १३ विरुद्ध मुद्दा दायर

काठमाडौँ - प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खाद्य अनुगमन तथा परीक्षणका लागि चारवटा मोबाइल भ्यान प्रयोगशाला खरिद गर्दा २४ करोडभन्दा धेरै भ्रष्टाचार भएको छ । सम्झौताभन्दा कमसल प्रयोगशाला खरिद गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिवसहित १३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले खाद्य गुणस्तरको अनुगमन प्रभावकारी बनाउन भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको २४ करोड बजेटमा चारवटा मोबाइल भ्यान प्रयोगशाला खरिद गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रूपमा टेन्डर आह्वान गरेका थिए । दक्षिण एसियामै पहिलोपटक ...


त्रिविमा आफ्नो बढुवा आफैं : क-कसले गरे यस्तो !

काठमाडौं - कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र ? धेरैको उत्तर हुन्छ– सक्दैनन्। तर त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन्। पदमा बस्यो, नियम आफू अनुकूल बनायो अनि बढुवा भइहाल्यो। लामो सययदेखि त्रिवि यस्तै बेथितिको मारमा गुज्रिरहेको छ।

त्रिविका तीन रजिस्ट्रार पदमै रहेका बेला सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा भएका छन्। सहप्राध्यापकबाट हालै प्राध्यापकमा बढुवा भएका रजिस्ट्रार डिल्ली उप्रेती पछिल्ला व्यक्ति हुन्।

यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी आफू अनुकूल नियम परिवर्तन गरेर बढुवा भएका थिए। शिक्षा अर्थशास्त्रका सहप्राध्यापक उप्रेती चार वर्षअघि रजिस्ट्रारमा नियुक्त भएका थिए तकालीन ...


मन्त्रिपरिषद् पुनर्गठनको तयारी, योगेश भट्टराई समक्ष यस्तो अनौपचारिक प्रस्ताव !

काठमाडौँ - सत्तारुढ नेकपामा मन्त्रिपरिषद् हेरफेरको बहस सुरु भएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्पमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग छलफल भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुष्टि गरेका छन् ।

पोखरा पुगेर अध्यक्ष प्रचण्डले मन्त्रीहरूको जिम्मेवारी फेरिनेबारे बोलेका हुन् । उनले १८ जेठमा विराटनगर विमानस्थलमा पनि पत्रकारहरूसँग कुरा गर्दै सरकारको कामलाई गति दिन मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका थिए । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने मन्त्रिपरिषद् हेरफेरबारे सचिवालय बैठकमा औपचारिक छलफल नभएको बताए । ‘हामीले सोध्दा उहाँले छलफल ...


विप्लवका नेता खोज्न ‘विशेष सुरक्षा कार्यदल’ परिचालन

काठमाडौं - सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता÷कार्यकर्ता पक्राउ गर्न विशेष सुरक्षा कार्यदल परिचालन गरेको छ। बम विस्फोट, आगजनी, जबर्जस्ती चन्दा÷फिरौती असुल, हातहतियार कारोबारलगायत संगठित अपराधमा विप्लव नेतृत्वको नेकपा माओवादीको संलग्नता देखिएको भन्दै सरकारले त्यसविरुद्ध नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल(एपीएफ) र राष्ट्रिय अनुसन्धान विभागमार्फत विशेष सुरक्षा कार्यदल गठन गरेको हो।

२०७५ फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउँदै नेता÷कार्यकर्ता पक्राउ गर्न देशभरका सुरक्षा संयन्त्र परिपत्र गरेको थियो। प्रतिबन्ध लागेपछि देशभरबाट नेकपाका ५ सय १५ कार्यकर्ता विशेष सुरषा ...


स्वर्गद्वारी गुठीको जग्गामा चलखेल

दाङ - घोराही उपमहानगरपालिका–२ रामपुर पलाँसेका टेकबहादुर चौधरी स्वर्गद्वारी आश्रमका गुठी किसान हुन्। तीन पुस्तादेखि सोही आश्रमकै गुठी जमिनमा उनको परिवार आश्रित रहँदै आएको छ। उनले आश्रमको एक बिघा जमिनको मालिक आफूलाई मान्दै आएका छन्। तर सो जमिनको मोही पुर्जा उनीसँग छैन। कहाँ कोसँग छ भन्ने पनि थाहा छैन। ‘जग्गा मेरो नाममा पास गराइदिने भन्दै धेरै वर्षअघि केही टाठाबाठाले पुर्जा लगेका हुन्,’ उनले भने, ‘अहिलेसम्म फिर्ता आएको छैन।’ उनले आफूले भोगचलन गर्दै आएको गुठी जमिनको मोही पुर्जा फिर्ता ल्याउन धेरै कोसिस गरे। तर अहिलेसम्म पाएका ...


जनकपुरमा ८ वटा ग्यास सिलिन्डर बिस्फोट, तीन वटा होटल जले

जनकपुरधाम - सिलिन्डर ग्यास पड्किएर जनकपुरमा बिहीबार बिहानै आगलागी भएको छ। जनकपुरधाम उपमहानगरपालिका –२ कदमचोकको होटलमा जडान गरिएको फ्रिजमा विद्युत सर्ट भइ आगलागी सुरु भएको थियो। आगलागीमा सोही होटलमा राखिएको ८ वटा ग्यास सिलिन्डर पड्किएको थियो। ग्यास विस्फोट भएपछि आगलागीले ठूलो रुप लिएको हो। आगोले तीनवटा होटेल पूर्ण रुपमा जलेको छ।

गोविन्द मिस्ठान्न भण्डार, सियाराम मिस्ठान्न भण्डार र सँगै रहेको एक होटेल गरी तीन भोजनालय जलेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए। ‘होटेलको फ्रिजमा विद्युत सर्ट भइ आगलागी भएको हुन सक्छ,’उपरीक्षक खनालले भने।

जनकपुर, महेन्द्रनगरबाट आएको दमकलको ...


त्रिविमा ‘गोल्ड मेडल’ किनबेच, नम्बर बढाउन गोप्य शाखाको मान्छेसंग पाँच लाखको डिल

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई दिइने ‘गोल्ड मेडल’ खरिद–बिक्री हुने गरेको खुलेको छ । गोल्ड मेडल खरिद–बिक्रीमा संलग्न त्रिविका एक कर्मचारी र विद्यार्थीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइरालालाई आयोगले पक्राउ गरेको हो । पाटन क्याम्पसमा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत कोइराला पेसाले अधिवक्ता हुन् ।

आफूलाई ‘गोल्ड मेडलिस्ट’ बन्ने रहरमा उनले कर्मचारी कर्माचार्यसँग आर्थिक ‘डिल’ गरेका थिए । परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिने परीक्षामा चलखेल गर्ने कर्मचारी कर्माचार्यसहित दुईजनालाई पक्राउ गरिएको आयोगका ...


लोक सेवा भर्ना विवाद : सबै फाइल एक साथ पेश गर्न सर्वोच्चको आदेश !

काठमाडौं - स्थानीय तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले निकालेको विज्ञापनसम्बन्धमा परेको रिटमाथि अन्तरिम आदेश दिने कि नदिने भन्ने विषय आज पनि टुंगिन सकेन ।

यही विज्ञापनका सम्बन्धमा परेका सबै रिटको फाइल एक साथ पेश गर्न बुधवार सर्वोच्चले आदेश दिएको छ ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले यससम्बन्धी सबै रिटका फाइल एक साथ पेश गर्न आदेश दिएको हो ।

शुरूमा अधिवक्ता विकास ठाकुरले लोक सेवाको विज्ञापन समावेशी समानुपातिक सिद्धान्तविपरीत रहेकाले खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।

लोक सेवाबाहेक अरूले कर्मचारी भर्ना लिन नमिल्ने भन्दै अर्को ...


गुठी विधेयकको विरोधमा राजधानीमा विशाल जनप्रदर्शन !

काठमाडौं - सरकारले ल्याएको गुठी विधेयकको विरोधमा राजधानीमा विशाल जनप्रदर्शन भएको छ । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन गरिएको छ।

‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ को चौतर्फी विरोध भएपछि सरकारले मंगलबार विधेयक फिर्ता लिएको थियो। विधेयक फिर्ता भएपछि पनि खबरदारीस्वरुप गुठीयारहरुले बृहत् सभा गर्दैछन्। फिर्ता लिइए पनि पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका कायमै रहेको भन्दै आज खबरदारी गर्नुपरेको आयोजकको भनाइ छ।

राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल ...


सुन तस्करीको शैली फेरिँदै : यस्तो छ तस्करीको नयाँ तरिका !

काठमाडौँ - सुन तस्करी रोक्न सरकारले कडाइ गरे पनि सुन ओसारपसार रोकिएको छैन । तस्करीमा संलग्नहरूले फरक शैली अपनाएर अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन भित्र्याउँदै आएका छन् । वैदेशिक रोजगारका लागि कतार पुगेका कामदारहरूलाई आर्थिक प्रलोभन दिई भरिया बनाएर सुन काठमाडौं भित्र्याउने गरिएको फेला परेको छ । त्यसका लागि तस्करीमा संलग्नहरूले कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गरिरहेका छन् । विमानस्थलभित्रै जुनसुकै वेला सुन तस्करीमा संलग्नहरू भेटिन्छन् ।

बोर्डिङ पास बनाउने क्षेत्रसम्म पहुँच पु-याएका उनीहरूले नेपाल फर्कनेहरूलाई आर्थिक प्रलोभन दिई सुन बोकाएर पठाउने गरेका छन् । नेपाल सरकारले तोकेको मापदण्डअनुसार ५० ग्राम सुन लगिदिए ...


केटाको सम्पत्ति हत्त्याउन छोरीको नाटकीय बिहे, बिहेको एक हप्तामै डिभोर्सको मागेपछि यस्तो अवस्था !

काठमाडौं - बागलुङ हरिचौरस्थित काशीराम गौतम हिजोआज कहिले गृह मन्त्रालय, कहिले काठमाडौं जिल्ला अदालत त कहिले पुल्चोकस्थित उच्च अदालतमा भेटिन्छन्। बुहारीको माइती पक्षले दिनुसम्म दुःख दिएपछि उनी सुरक्षा र न्याय माग्दै काठमाडौं आइपुगेका हुन्। पाँच÷छ वर्षअघि उनका छोरासँग नाटकीय रूपमा बिहे गरेकी सुस्मिता पौडेलको माइती पक्षले अहिले डर र धम्की दिँदै धनसम्पत्ति माग्न थालेको उनी बताउँछन्।

‘लामो समय विदेश बसियो, यहाँको समाजसँग त्यति घुलमिल हुन पाइएन, छोराको बिहेको कुरा आफन्तबाटै अघि बढ्यो,’ काशीरामले भने, ‘तर सम्पत्तिको प्रलोभनमा केटी पक्षले नाटकीय बिहे गराएको रहेछ, बिहेको सात÷आठ दिनमै ...


राष्ट्रिय गौरवका आयोजनाको अनुगमन अब सिधै प्रधानमन्त्रीले गर्ने, हेल्लो नेपालको उजुरी पनि प्रधानमन्त्रीकोमा !

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट प्रधानमन्त्रीले अनुगमन थाल्नेछन् । राष्ट्रिय गौरवका आयोजनाको काम सीधै प्रधानमन्त्रीले अनुगमन गर्ने उद्देश्यले गत १५ जेठबाट प्रधानमन्त्री कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएको हो । यही कक्षबाट प्रधानमन्त्री ओलीले आयोजनामा भइरहेको कामको नियमित रूपमा भिडियोमार्फत अनुगमन गर्नेछन् । उनले आवश्यकताअनुसार आयोजनाप्रमुख र प्राविधिकहरूसँग सम्वाद गर्ने व्यवस्था मिलाइएको छ । असारबाट अनुगमन सुरु हुनेछ ।

सुरुमा गौतमबुद्ध विमानस्थल ...


साढे ३३ किलो सुन प्रकरणमा मुछिएका पाँच न्यायाधीशमाथि कारबाहीको सिफारिस

काठमाडौं - साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ। उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ।

‘प्रतिवेदनको पोको खोलियो। अध्ययन गर्दा दुई जनाको अवस्था गम्भीर खालकै छ। तीन जनालाई स्पष्टीकरण सोधेर केही न केही गर्नुपर्ने देखिएको छ,’ परिषद्का एक पदाधिकारीले अन्नपूर्णसँग भने, ‘एकजनालाई सचेत गर्नुपर्ने हुनसक्छ।’

छानबिन प्रतिवेदनमाथि छलफलका लागि मंगलबार न्याय परिषद् बैठक बसेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निर्देशनअनुरूप पदाधिकारी बैठक ...


गुठी विधेयक फिर्ता लिएको  सरकारको घोषणा !

काठमाडौं- सरकारले गुठी विधेयक फिर्ता लिएको छ। ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ बैसाख १७ मा राष्ट्रियसभामा दर्ता भएको थियो। आज विशेष पत्रकार सम्मेलन गर्दै भूमि सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने सरकारले निर्णय गरेको जानकारी गराइन्।

सो विधेयकका प्रावधानले मौलिक सम्पत्तिका रुपमा रहेको गुठी संस्कृति लोप हुने भन्दै व्यापक विरोध भएको थियो। विधेयक खारेजीको माग गर्दै गुठियारका साथै विभिन्न संस्थाले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका छन्।

संसदमा दर्ता भएको विधेयकले मूलतः जग्गाको व्यवस्थापनमा मात्रै ध्यान दिएको सरोकारवालाहरुको भनाइ छ। ...


नेपाल छिर्ने ३ भारतीय प्रहरी नेपाल प्रहरीको नियन्त्रणमा, यसकारण पुगेका रहेछन अछाम !

डडेलधुरा- भारतको छत्तिसगढबाट खानतलासीका लागि आएका ३ जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। दुई महिनाअघि भागी विवाह गरेका किशोरकिशोरीलाई पक्राउ गर्न आएको भारतीय प्रहरी अधिकारी अशोक पाण्डे नेतृत्वको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा निगरानीमा राखिएको छ।

भारतको छत्तिसगढ राज्यको कोबार जिल्लाकी एक १५ वर्षीया किशोरीलाई अछामको बान्नीगढी जयगढ गाउँपालिका–६, दर्नाका १९ वर्षीय केशव सोनीले भगाएर ल्याएका थिए। किशोरीको परिवारले छोरी खोजीको निवेदन दिएपछि छत्तिसगढ प्रहरी महानिरीक्षकले भारतको पञ्जाव, हरियाणा, उडिसा र नेपालको अछाममा खानतलासी गर्न अनुमति दिएको थियो। त्यही अनुमतिका आधारमा पाण्डे नेतृत्वको टोली नेपालगन्जको ...


गाउँपालिका उपाध्यक्षसहित १० जना सवार जिप कर्णाली नदीमा खस्यो

काठमाडौं- हुम्लाको खार्पुनाथमा गाउँपालिकाका उपाध्यक्षसहित १० जना सवार जिप दुर्घटना परेको छ। खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहितका यात्रु रहेको जिप सडकबाट कर्णाली नदीमा खसेको हो।

तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको लु १ ज ७१६६ नम्बरको जिप बेडुबिसौना भन्ने ठाउँमा पुग्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। मंगलबार दिउँसो १२ बजेर १४ मिनेटमा दुर्घटना भएर कर्णाली नदिमा खसेको हुम्लाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए।

जिप बाटोबाट सिधै कर्णाली नदीमा पुगेको र घटनास्थलमा अहिले उद्धार टोली पुगिसकेको उनको भनाइ छ। सेना र प्रहरीको टोली ...


समता अस्पतालमा काम गर्ने युवती मृत फेला, आफन्तद्वारा अस्पताल तोडफोड

काठमाडौं - बौद्धस्थित समता अस्पतालमा तोडफोड भएको छ। अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया बिमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका हुन्।

रामेछापको दोरम्बा घर भएकी तामाङ विगत केही समयदेखि उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत थिइन्। अहिले अस्पताल प्रशासन र मृतक तामाङका आफन्तबीच छलफल भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए।

आफन्तले नाराबाजी गरेपछि अहिले ठूलो मात्रामा अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ।

 

(तस्बिर : अमृत योन्जनको फेसबुक)

...

यातायात समितिका सम्पति राष्ट्रियकरण गर्नुको साटो फुकुवा गर्ने तयारी

काठमाडौं - सरकारले सार्वजनिक यातायात समितिहरूका रोक्का चलअचल सम्पत्ति फुकुवा गर्ने तयारी गरेको छ। राष्ट्रियकरण हुनुपर्ने सम्पत्ति फुकुवा गरेर सरकारले सार्वजनिक यातायातमा वर्षौंदेखि जरा गाडेको सिन्डिकेट संस्थागत गर्न खोजेको देखिएको छ।

यातायात व्यवसायीको प्रलोभनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बैंकमा रोक्का रहेको यातायात समितिको चलअचल सम्पत्ति फुकुवा गर्न परिपत्र जारी गरेको छ। कम्पनीमा रूपान्तरणका लागि यातायात समितिहरूका रकम फुकुवा गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए। कम्पनीमा आउने समितिलाई सहुलियत दिन रकम फिर्ता गर्न लागिएको उनले सुनाए।

सरकारले ०७५ वैशाख २१ गते यातायात समितिहरूको सम्पत्ति छानबिन ...


नेकपाको राजनीतिक कार्यक्रम 'जनताको जनवाद' नै हो : प्रचण्ड

काठमाडौं - सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक कार्यक्रम 'जनताको जनवाद' भएकोले कसैलाई पनि दुविधामा नपर्न आग्रह गरेका छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतापछि नेकपाको राजनीतिक कार्यक्रम प्रष्ट नभएको भन्दै पार्टीकै नेताहरूले समेत प्रश्न उठाउन थालेका बेला अध्यक्ष दाहालले राजनीतिक कार्यक्रम प्रष्ट भएको बताएका हुन्।

माओवादी जनयुद्दका क्रममा मारिएका रितबहादुर खड्काको १७ औं स्मृति दिवसमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै दाहालले तत्कालीन पार्टीका दुवै धारका वरिष्ठ नेताहरूले ड्राफ्ट गरेको, सचिवालय र स्थायी समितिले अनुमोदन गरेको विचारमा कोही पनि दुविधामा पर्न नुहने ...


गुठी विधेयक ल्याउने नेवारका ज्वाइँ नेता : क-कसले बिहे गरे नेवारकी छोरी !

काठमाडौं - गुठी विधेयकको चौतर्फी विरोध भइरहँदा नेकपाका नेताहरु के सोचिराखेका होलान् ! अझै तिनका पत्नी र परिवारका सदस्यमा कस्तो गफगाफ होला ?

नेवार जातिको संस्कृति र सम्पदा नष्ट गर्ने ‘कम्युनिष्ट’ सरकारको दृष्टता हो भन्ने आरोप पनि छ । कतिपयले ‘कम्युनिष्टहरुले आफ्नो जात जनाए’ पनि भनेका छन् । धर्म, संस्कृति नष्ट गर्ने कम्युनिष्टको उद्देश्य नै हो भन्ने तिनको तर्क छ । भलै नेकपावालाहरु कम्युनिष्ट नभएको कुरा उनीहरुले स्वयं स्वीकार गरिसकेका छन् ।

यस्तो अवस्थामा गुठी भत्काउने नेकपा सरकारको योजनाभित्र संस्कृति, धर्म नष्ट गर्ने भन्दा पनि सम्पत्ति, सांगठनिक ...


अध्यापन अनुमति पत्र (लाइसेन्स) को आवेदन खुल्यो !

काठमाडौं - विद्यालय तहमा पढाउन आवश्यक पर्ने अध्यापन अनुमति पत्र (लाइसेन्स) को आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले सोमबार आवेदन खुल्ला गरेको हो ।

यसपटकदेखि आवेदकले अनलाईनबाटै परीक्षाको फाराम भर्न सक्ने व्यवस्था गरेको छ । आवेदन सोमबारदेखि असार २२ गतेसम्म भर्न सकिनेछ । दोब्बतर दस्तुर तिरेर भने असार २९ गतेसम्म भर्न सकिने आयोगले जनाएको छ ।

आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका अनुमति पत्रको लागि क्रमस : पाँच सय, सात सय र एक हजार रुपैंया दस्तुर तोकेको छ । लामो समयदेखि रोकिएको आवेदन आयोगले सोमबार ...


भारतीय विश्लेषण : नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा, भारत पछि पर्‍यो

नयाँ दिल्ली - नेपालका कैयौं विद्यालयमा चिनियाँ भाषा मन्दारिनको पढाइ अनिवार्य गरिएको छ। मिडियाको रिपोर्टअनुसार चिनियाँ भाषा शिक्षकको पारिश्रमिक चीनले बेहोर्ने प्रस्तावपछि यो निर्णय गरिएको हो। बिबिसी हिन्दी सेवाले ‘द हिमालयन टाइम्स’ दैनिकलाई उद्धृत गर्दै चिनियाँ भाषा शिक्षकको तलब काठमाडौंस्थित चिनियाँ दूतावासले गर्ने उल्लेख गरेको छ।

अखबारले काठमाडौंका १० ठूला स्कुलका प्रिन्सिपल र शिक्षकसँग कुराकानी गरेको र उनीहरूले विद्यार्थीलाई चिनियाँ अनिवार्य सिक्नुपर्ने स्विकारेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।

विद्यार्थीले चिनियाँ सिक्न अनिवार्य नगरिएको सरकारले प्रष्ट पारेको छ। विद्यालयको पाठ्यक्रम बनाउने सरकारी निकाय पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी ...


मिसनरी अस्पतालमा शिवसेनाको छापा, ३० थान बाइबल जलाइदिए !

ललितपुर - शिवसेना नेपाल गोदावरी नगरपालिकास्थित आनन्द वन अस्पतालमा शनिबार छापामार शैलीमा पसेर कागजात कब्जा गरेको छ । बिरामीको निःशुल्क उपचार गर्ने बहानामा जबर्जस्ती इसाई धर्म प्रचार र परिवर्तन गराएको आरोप शिवसेना नेपालका केन्द्रीय अभियन्ता मनोज सापकोटाले लगाए । नेपालका मौलिक रैथाने धर्मसंस्कृति बचाउने अभियानमा लागेकाले यस्ता गतिविधि बढ्न नदिने पनि उनले चेतावनी दिए ।

अस्पताल द लेप्रोसी मिसन नामको गैरसरकारी संस्थाको सहयोगमा सञ्चालित छ । राजा महेन्द्रको पहलमा स्थापित अस्पतालमा दीनदुःखीलाई प्रलोभनमा पारेर धर्मप्रचार गरेको आरोप सापकोटाले लगाए । बिरामीका शड्ढयाबाट बाइबल निकालिएका थिए ।

‘कम्तीमा ...


'सरकारको समिकरण फेरबदलको खेल भईरहेको खुलासा'

काठमाडौँ - सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङले शान्ति प्रक्रियाको मुद्धा उचालेर सरकारको समिकरण बदल्ने खेल भइरहेको बताएका छन् ।

विभिन्न विधेयकलाई लिएर सदन र सडकमा सरकारको विरोध भईरहेका बेला सत्तारुढ दलका प्रमुख सचेतक गुरुङले सरकारको समिकरण फेरबदलको खेल भईरहेको खुलासा गरेका हुन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले नेताहरुको कमिकमजोरीबाट बाह्य शक्तिहरुले नाजायज फाईदा उठाईरहेको र ती शक्ति केन्द्रसंगको मिलेमतोमा सरकारको समिकरण फेरबदलको तयारी भइरहेको दाबी गरेका हुन् ।

‘विदेशीले शान्ति प्रक्रियालाई अवरोध गर्ने प्रयासमा छ,’ उनले भने, ‘यहाका कतिपय दलका नेताहरु यही मुद्धालाई ...


त्रिवि सेवा आयोगमा बिद्यार्थीको तालाबन्दी

किर्तिपुर - त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता भएको भन्दै विरोधमा उत्रिएका विद्यार्थीले मुलगेटमै ताला लगाएका छन् । एक महिनादेखि आयोगको मुल गेटमा अनसन बसिरहेका विद्यार्थीले आजदेखि पदाधिकारीलाई प्रवेशमा रोक लगाउने गरी तालाबन्दी गरेका हुन् ।

कर्मचारीको परीक्षामा त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्माका आफन्त, अन्य पदाधिकारी र विद्यार्थी नेताकासमेत आफन्तको नाम निकालेको भन्दै अख्तियार र सतर्कता केन्द्रमा उजुरी परेको थियो । उजुरी परेपछि अख्तियारले छापा मारेर कागजपत्र नियन्त्रण लिएको छ । कागजपत्र अख्तियारको नियन्त्रणमा भए पनि सेवा आयोगले लिखितमा नाम निकालेका परीक्षार्थीको मौखिक परिक्षा लिएको थियो ...


दाइजोको निहुँमा डाक्टर बुहारीलाई ससुरा र पतिको फेरि यातना

वीरगन्ज - अदालतको आदेशमा घरमा बस्दै आएकी डा. निलम साहले दाइजोको निहुँमा पुनः यातना खेप्नु परेको दाबी गरेकी छन्। ससुरालगायतले आफूलाई घरबाट निकाल्न यातना दिएको उनले बताइन्।

वीरगन्जमा आइतबार पत्रकार सम्मेलन गरेर निलमले अदालतको आदेशसमेत अटेर गरेर ससुरा पक्षले आफूलाई यातना दिएर घरनिकाला गर्न खोजेको बताइन्।

शनिबार आफू बस्ने कोठामा बिजुलीको लाइन काटिदिएको र पानीको आपूर्ति पनि बन्द गरिदिएको उनको भनाइ छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ६ माइस्थानका गम्भरी साहका छोरा डाक्टर राजेश साहसँग डाक्टर निलमको २०६७ सालमा मागी बिहे भएको थियो। माइतीघर बाराको मटिअर्वा भएकी डाक्टर निलम ...


४६ हजार शिक्षक दरबन्दी थप्ने सरकारको तयारी

काठमाडौं - विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हो।

कक्षा एकदेखि १० सम्म पढाउन ०६० सालदेखि राहत दरबन्दीमा नियुक्त ४० हजार र कक्षा ११ र १२ पढाउन अनुदान कोटामा नियुक्त ५ हजार नौ सय ५९ जना शिक्षकलाई दरबन्दीमा रूपान्तरण गर्न लागिएको हो।

शिक्षकलाई दरबन्दीमा रूपान्तरण गरिए राज्यलाई वार्षिक थप १ अर्ब ५० करोड व्यायभार पर्नेछ। मुलुकभर २७ हजार ८ ...


नुवाकोटमा सभापति देउवालाई महत र केसीले बहिस्कार गरे

नुवाकोट - नुवाकोटका दुवै निर्वाचन क्षेत्रलाई समेटेर लिखु गाउँपालिकास्थित चौघडामा शनिबार आयोजित नेपाली कांग्रेसको भेलामा विवादित बन्यो । तीन दशकदेखि नुवाकोटलाई नै आधार बनाएर राजनीति गर्दै आएका कांग्रेसका दुई हस्तीले भेला बहिस्कार गरे।

नुवाकोटबाटै चुनाव जितेर पटक–पटक सांसद र मन्त्री बनेका अर्जुननरसिंह केसी र डा. रामशरण महत कार्यक्रममा सहभागी भएनन् । उनीहरूले कार्यक्रम आयोजनाप्रति असहमति जनाउँदै बहिस्कार गरेको कार्यकर्ताले जानकारी दिएका छन् । देउवानिकट सहमहामन्त्री डा. प्रकाशरण महतको निर्देशनमा कार्यक्रम गरिएकाले केसी र महतले बहिस्कार गरेको कांग्रेस संस्थापन पक्षको भनाइ छ ।

पार्टीको विधान विपरित भनिएको सम्मेलन ...


चार किलो सुनसहित नेपाली पक्राउ परेपछि नाकामा चीनको कडाइ

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट हुने तस्करीमा चीनले कडाइ गर्न थालेको छ । करिब १५ दिनअघि चिनियाँ भन्सारले नाकामा एक्सरे मेसिनसमेत जडान गरेको छ । चिनियाँ भन्सारले चार किलो सुनसहित एक नेपालीलाई पक्राउ गरेको छ । रसुवाको कालिका गाउँपालिका–५ का समीर परियारलाई २०जेठमा पक्राउ गरिएको स्रोतले जनाएको छ ।

स्याउ लिएर नेपालतर्फ आउँदै गरेको ना.२ख ६४०१ नम्बरको कन्टेनरमा चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन् । पक्राउ परेका परियारलाई चिनियाँ भन्सारले सिगात्से लगेको स्रोतले जनाएको छ । तर, उनको अवस्थाबारे नेपाली पक्षलाई कुनै पनि जानकारी नभएको बताइएको छ । सुन पक्राउको विषयमा ...


पार्टीभित्रै प्रतिवादी रावल : केन्द्रमा नेपालनिकट, सुदूरपश्चिममा बेग्लै प्रभाव !

काठमाडौँ - २२ वैशाखको एउटा सन्दर्भ । कमलादीस्थित प्रज्ञा भवनको हल खचाखच थियो । नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को पर्खाइ थियो । बीचैमा भीम रावल प्रवेश गरे, एक्कासि भिडले हुटिङ गरेर उनको आगमनलाई स्वागत गर्‍यो । अकमकिएका रावलले भिडतिर फर्किएर अभिवादन फर्काए, प्रेक्षालयको तल्लो पंक्तिमा गएर बसे ।

कार्ल मार्क्सको २०१औँ जन्मदिवस बनाउने त्यस कार्यक्रममा अध्यक्षबाहेकका नेताहरूमा रावल आउँदा मात्रै हुटिङ भएको थियो । सहभागीमध्ये केहीले टिप्पणी पनि गरिहाले– प्रस्ट वैचारिक अडान भएकाले रावलको ‘क्रेज’ बढ्दो छ । भीम रावल नेकपाभित्र वरिष्ठ नेता ...


घुमाउने बहानामा छोरीमाथि अप्राकृति मैथुन र बलात्कार गर्ने सानोबाबु पक्राउ

ललितपुर - गोदावरी नगरपालिकाको एक विद्यालयको संरक्षणमा रहेकी १३ वर्षीया बालिका आफ्नै सानोबाबुबाट बारम्बार बलात्कृत भएको खुलेको छ।

गत शनिबार पनि सानोबाबुले गोदावरीको एक होटलमा अप्राकृतिक मैथुन गर्न लगाएपछि सानुबाबुको कर्तुत बाहिर आएको हो। काठमाडौं बाहिर घर भएकी बालिका विद्यालयको होस्टलमा बस्दै आएकी थिइन्।

उनका अभिभावक उपत्यका बाहिरै रहेको जानकारी प्रहरीले दिएको छ। त्यसैले उनका सानोबाबुले बालिकाको जिम्मा लिएर बेलाबेलामा घुमफिर गराउन लैजाने गरेको विद्यालयले जानकारी दिएको प्रहरीले जनाएको छ।

बालिकाले गत शनिबारको घटना साथीलाई बताएकी थिइन्। उक्त कुरा विद्यालयका शिक्षकको ...


सरकारको अलोकप्रिय कदम बढ्दो ! को के मा आन्दोलित ?

काठमाडौं - सरकारले सरोकारवालासँग परामर्श नै नगरी धमाधम विधेयक ल्याउन थालेपछि सर्वत्र विरोध भएको छ। दुईतिहाइ नेतृत्वको सरकार ‘अलोकतान्त्रिक’ बाटोमा जान खोजेको भन्दै आन्दोलन सुरु भएको छ।

केही दिनदेखि विभिन्न क्षेत्रका पेसाकर्मी र अधिकारकर्मी सडक आन्दोलनमा छन्। मानवअधिकारकर्मी, सञ्चारकर्मी, गुठीयारदेखि बेरोजगार युवासम्म सरकारविरुद्ध सडकमा छन्।

झन्डै आधा दर्जन विधेयकमा सरोकारवालाले नै असन्तुष्टि जनाएका छन्। उनीहरूले सरकार अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारविपरीत जान खोजेकाले आन्दोलन गर्नुपरेको बताएका छन्।

गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, राष्ट्रिय मानवअधिकार आयोग ऐन ...


पर्याप्त तयारी बिनै प्रधानमन्त्रीको युरोप यात्रा, कहाँनिर चुक्यो परराष्ट्र मन्त्रालय ?

काठमाडौं - प्रधानमन्त्री केपी ओली नौ दिने युरोप यात्रा पूरा गरेर आइतबार स्वदेश फर्कंदै छन्। परराष्ट्र मन्त्रालयले पर्याप्त तयारी नगरे पनि प्रधानमन्त्री ओलीले भ्रमणलाई सबल बनाएका छन्। निकै व्यस्त हुने गरी भ्रमणतालिका तय गरिएको थियो। यो भ्रमण नेपालका पुराना दुई हस्ती मुलुक बेलायत र फ्रान्ससँगको सम्बन्धमा नयाँ आयाम थपिएको सरकारी दाबी छ।

भ्रमणपछि भएको समीक्षामा प्रधानमन्त्री ओली परराष्ट्रले गरेको तयारीमा खुसी नभएको भ्रमण दलका एक सदस्यले बताए। उनले भने, ‘भ्रमण केही नमिले जस्तो भयो। यस्ता विषयमा कूटनीतिक कर्मचारी चुक्न हुँदैन।’

‘तपार्इंहरू सक्रिय भएर काम गर्नुहोस्। अन्य मुलुकले ...


'बोक्सी' भनि आरोप लगाउने पागल महिला प्रहरी नियन्त्रणमा !

धुलाबारी - आफूलाई बोक्सीको आरोप लगाएको भन्दै मेचीनगर नगरपालिका–९ धुलाबारीकी ८१ वर्षीया गंगामाया बस्नेतले स्थानीय दुईजना महिलाविरुद्ध उजुरी दिएकी छिन् । केही दिनअघि नै छिमेकी कुमारी चम्लागाईंका नाममा उजुरी दिएकी वृद्धाले शुक्रबार आफूलाई ‘माता’ बताउँदै मन्दिरमा बस्ने पवित्रा सिवाकोटीविरुद्ध पनि जाहेरी दिएकी हुन् ।

जाहेरी परेपछि प्रहरीले शुक्रबार अपराह्न ‘माता’ सिवाकोटीलाई पक्राउ गरेको छ । ‘माता’विरुद्ध उजुरी पर्नासाथ इलाका प्रहरी कार्यालय धुलाबारीले पत्र लेखेर जिल्ला अदालत झापामा पठाएको थियो । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि ‘माता’लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले बताए ।

तर, अर्की महिला कुमारी ...


त्रिवि सेवा आयोगमा अख्तियारको छापा, कर्मचारी भर्नासम्बन्धी कागजपत्र नियन्त्रणमा !

काठमाडौँ - कर्मचारी भर्नामा अनियमिततालगायतको विषयमा छानबिन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयमा छापा मारेको छ । अख्तियार टोलीले त्रिवि सेवा आयोगका कर्मचारी भर्नासम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा थप कागजपत्र नियन्त्रणमा लिइएको आयोगका एक अधिकारीले बताए । गत महिना सार्वजनिक भएको आयोगको कर्मचारी भर्नाको लिखित नतिजामा आयोगकै अधिकारी, विद्यार्थी नेता तथा कर्मचारीका आफन्त उत्तीर्ण भएको भन्दै उजुरी परेको थियो ।

मिलेमतोकै आधारमा नतिजा प्रकाशन गरिएको आशंका गरिएको छ । चलखेलका आधारमा कर्मचारी भर्ना गर्न लागेको उजुरी परेपछि अख्तियारले एक महिनादेखि छानबिन गर्दै आएको थियो । त्रिवि शिक्षा ...


मध्यपान सेवन गरी नेपाली प्रहरी कुट्ने ५ जना भारतीय पक्राउ

वीरगन्ज - भारतीय सीमा नाकासँग जोडिएको पर्साको ठोरीमा भारतीयहरुको दादागिरी बढ्दै गएको छ। तीन साता अघि मात्र घरायसी सामान किनमेलका लागि भारतको भिखनाठोरीको हाटबजारमा गएका ५ जना नेपालीलाइ भारतीयहरुले कुटपिट गरेर घाइते बनाएका थिए। उक्त घटना सेलाउन नपाउँदै अहिले फेरि भारतीयहरुले नेपाली भूमिमै पसेर ड्युटीमा रहेका नेपाल प्रहरीका एक जवानलाई कुटपिट गरेका छन्।

ठोरीस्थित इलाका प्रहरी कार्यालय छेउको सेन्ट्री ड्यूटीमै बसेका प्रहरी जवान प्रसाद चौधरीलाई पाँच जना भारतीय युवाहरुले कुटपिट गरेका हुन्। शुक्रबार अपरान्ह डब्लूबीडी ९६६८ नम्बरको भारतीय सफारी गाडी चढेर नेपालको ठोरी घुम्न आएका पाँच ...


वायुसेवा निगमका कार्यकारीलाई मन्त्रालयको स्पष्टीकरण : दिए यस्तो गैरजिम्मेवार जवाफ

मन्त्रालयको प्रश्न

१. उड्डयन क्षेत्रमा निगमको बजार हिस्सा बढाउन के गर्नुभयो ?
२. निगमलाई आर्थिक रूपमा सक्षम बनाउन के कार्ययोजना बनाउनुभयो ?
३. पाइलट तथा जनशक्तिको व्यवस्थापनमा के गर्नुभयो ?
४. तपाईं कार्यकारी प्रमुख भएपछि नेपाल वायुसेवा निगममा के प्रगति भयो ?

उडानयोग्य जहाज थन्क्याएर अर्बौँ घाटा निम्त्याउने नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । अक्षम व्यवस्थापनका कारण निगमले व्यहोर्दै आएको घाटाबारे नयाँ पत्रिका दैनिकले शृंखलाबद्ध समाचार प्रकाशित गरेपछि मन्त्रालयले खरेललाई बिहीबार चारबुँदे स्पष्टीकरण सोधेको हो ।

सचिवस्तरीय निर्णय ...


सर्वोच्चले दिएको आदेश सरकारले मान्दैन ! गरिब जनता भएको भए के हुन्थ्यो होला ?

काठमाडौँ - देशमा सुशासन कायम गर्ने जिम्मा लिएको सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै न्यायालयको आदेश उल्लंघनमा अगाडि देखिएका छन् । सर्वोच्चले सार्वजनिक सरोकारसँग सम्बन्धित मुद्दामा विभिन्न मन्त्रालयका नाममा आदेश दिए पनि २० वर्षसम्म कार्यान्वयन नभएका उदाहरण छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मात्रै कार्यान्वयन गर्नुपर्ने यस्ता मुद्दा २३ वटा छन् । अन्य १९ मन्त्रालय, राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा सर्वोच्चले दिएको आदेश पनि कार्यान्वयन भएका छैनन् । यस्ता फैसला एक सय ९२ वटा छन् ।

सबैभन्दा धेरै फैसला कार्यान्वयन नगर्ने गृह मन्त्रालय

सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगर्नेमा ...


विकास गर्न दिएको खर्चबाट प्रत्येक सांसदलाई एक लाख माथिको ल्यापटप, १६ वटा गाडी खरिद : जनता निरास !

काठमाडौँ - तलब, भत्ता र अन्य सुविधा गरी एक सांसदको मासिक कमाइ कम्तीमा ८० हजार पुग्छ । प्रतिनिधिसभाका सभामुख/उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष/उपाध्यक्ष, विभिन्न संसदीय समिति सभापति र मन्त्री पदमा आसीनको कमाइ झन् बढी हुन्छ । मासिक ८० हजारभन्दा बढी कमाउने जनप्रतिनिधिले एउटा ल्यापटप आफैँ किन्न नसक्ने भन्ने प्रश्न नै रहँदैन । जब कि बजारमा ३० हजारदेखिका ल्यापटप पाइन्छन् ।

तर, संसद् सचिवालय प्रत्येक सांसदका लागि कम्तीमा एक–एक लाख पर्ने ल्यापटप खरिदमा लागेको छ । संसद्को व्यवस्थापन बोर्डले ल्यापटप खरिद निर्णय गरेपछि १९ जेठमा सचिवालयले टेन्डर आह्वानको सूचना प्रकाशित गरिसकेको छ । बोर्डमा ...


पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन

चितवन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ। पौडेलको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार जानकारी दिए।

पौडेलको घर चितवनको माडी नगरपालिका–५ नयाँ पिपरिया छ। घर निर्माणका क्रममा काम गर्दागर्दै शुक्रबार बिहान ७ बजेतिर पौडललाई हृदयघात भएको थियो। माडीस्थित बगौडा अस्पताल जाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला अध्यक्ष परियारको भनाइ छ।

५३ वर्षीय पौडेल नेकपा केन्द्रीय सदस्य हुन्। नेता पौडेल जनमोर्चासँग एकीकरणका क्रममा तत्कालीन माओवादीमा आवद्ध भएका थिए।

दोश्रो संविधानसभा चुनावमा समानुपातिक सांसद बनेका ...


विदेशी जेलमा पाँच सय ३२ नेपाली, कोहि कसुरले त कोहि परिबन्धले !

काठमाडौं - वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीमध्ये अहिले पाँच सय ३२ जना जेलमा परेका छन्।आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका युवाले कानुन विपरीत कार्य गरेपछि जेलमा परेका हुन्। कतिपय परिबन्दले पनि जेलमा पुगेका छन्।वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीको क्रममा विभिन्न मुलुकमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए। उनका अनुसार हाल वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुक गएका युवामध्ये जेल पर्नेको संख्या पाँच सय ३२ पुगेको छ। हाल सबैभन्दा बढी मलेसियाको जेलमा छन्।

बोर्डका अनुसार मलेसियामा दुई सय चार, ...


रेनु दाहाललाई जिताउन मत पत्र च्यात्ने दाेषी ठहर

चितवन - निर्वाचन कसुरसम्बन्धी भरतपुर महानगरपालिकाको मुद्दामा चितवन जिल्ला अदालतले २ वर्षपछि फैसला गरेको छ । असार ५ गतेको पेशीमा कारवाही सुनाउने गरी बिहीबार जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको एकल इजलासले ०७४ वैशाख ३१ भएको निर्वाचनअन्तर्गत जेठ १४ गते राति भरतपुर महानगरपालिका-१९ को मतपत्र च्यातेको आरोपमा मुद्दा चलेका दुई व्यक्तिलाई कसुर ठहर गरी फैसला भएको छ ।

०७४ जेठ १७ गते चितवन अदालतमा मुद्दा दायर भएको थियो । आरोपितविरुद्ध एक लाख जरिवाना र २ वर्ष कैद सजायको माग गरिएको थियो । २६ औं पटकको पेशीमा चितवन ...


पुनः पक्राउ पर्ने डरले विप्लव कार्यकर्ताको अदालतमै बास

पोखरा - रिहाइको आदेश भए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नौ कार्यकर्ता अदालतबाहिर निस्किन सकेका छैनन्। उनीहरूलाई उच्च अदालत पोखराले बिहीबार रिहा आदेश गरेको हो। तर, फेरि पक्राउ गर्न गेटबाहिर प्रहरी बसेपछि उनीहरू अदालतभित्रै बसेका हुन्। कास्की जिल्ला प्रहरीको टोलीले जेठ २५ गते घान्द्रुकबाट जंगबहादुर भण्डारी, प्रकाश बाँस्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मिलन राईसहित १८ जनालाई पक्राउ गरेको थियो। नौ जनालाई सार्वजनिक र नौ जनालाई राज्यविरुद्धको मुद्दा चलाइएको थियो।

राज्यविरुद्धको कसुरमा जिल्ला अदालतबाट म्याद थप भएपछि ...


जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु, पाँच जना घाईते

महेन्द्रनगर - कञ्चनपुरमा जेसीबीले ई-रिक्सालाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। कञ्चनपुरको गड्डाचौकीबाट महेन्द्रनगर बजारतर्फ आइरहेको म १ ह ७६३ नम्बरको ई रिक्सालाई विपरित दिशाबाट गइरहेको से १ क ७३३ नम्बरको जेसीबीले भीमदत्त पन्त नगरपालिका - ६ बनगाउँ नजिक ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा पाँच जना घाईते भएका छन्।

मृतकमध्ये दुईजना पुरुष र एक महिला रहेको कञ्चनपुर प्रहरीले जनाएको छ। घाइते पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए। घाईते सबै जनालाई महाकाली अञ्चल अस्पतालमा पुर्‍याइएको ...


गुठी विधेयक सच्चाउन सरकार लचिलो

काठमाडौं - ‘मौकामा चौका’ हान्नुपर्छ भन्ने भनाइ पछिल्लो समय गुठीका जग्गामा लागू भएको छ। पहिले गुठीको जग्गा चलाए पाप लाग्ने डर थियो। अहिले भेटेसम्म लुट्नुपर्छ भन्ने देखिएको छ। ‘धन देखेपछि महादेवका तीन नेत्र’ भनेझैं गुठीको जग्गा हत्याउन व्यक्तिदेखि सरकारसम्म लागिपरेका पाइएका छन्।

गुठी संस्थान केन्द्रीय कार्यालयका अनुसार गुठीका जग्गा व्यक्ति, क्लब, संघ, संस्था र सरकारबाट अतिक्रमण भएका छन्। ‘५६३ बिघा तराईको जमिन र ७० रोपनी राजधानीकै जमिन अतिक्रमणमा परेको हो’, संस्थानका प्रवक्ता सरोज थपलियाले अन्नपूर्णसँग भने, ‘यी जग्गा अतिक्रमणमा व्यक्तिदेखि सरकारसम्म देखिएका छन्।’ गुठी संस्थानको पछिल्लो ...


सरकारी जग्गा हत्याउने २८ जना विरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा !

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै पटकमा २८ जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरको छ।

बाँके जिल्ला साविक खासकरकाँदो वडा ७ सिट नं.७ कि.नं. २१० क्षेत्रफल ०-५-१३ तथा साविक नेपालगञ्ज नगरपञ्चायत वडा नं.३ को कि.नं.१४ क्षेत्रफल ०–५–१७ र जिल्ला बर्दिया नेउलापुर वडा नं. ७ ‘क’ को कि.नं. १९१ र वडा नं. ९ ‘ख’ को कि.नं. ७, ८, ५०, ६१ र ६३ को जग्गा सम्बन्धी सरकारी कागजात सच्याई (किर्ते) गरी भ्रष्टाचार गरको आरोपमा अख्तियारले एकैपटक २८ जना विरुद्ध मुद्दा दायर गरको हो।

नेपाल ...


यस्ता छन् जेठ २३ गते बसेको मन्त्रिपरिषद्‌ बैठकका १४ निर्णय

काठमाडौं - नेपाल सरकार, मन्त्रिपरिषदको जेठ २३ गते बसेको बैठकमा भएका महत्वपूर्ण निर्णय आज सार्वजनिक भएको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिक गरेका हुन्।

यस्ता छन् १४ निर्णय-
१. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरिएको छ ।
२. सार्वजनिक खरिद (सातौँ संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।
३. इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायतका उपकरण, इन्ट्रानेट-लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिई इन्टरनेट सेवाको मूल्य ...


सार्वजनिक यातायातको भाडा बढ्यो !

काठमाडौं- सरकारले सबै खाले सार्वजनिक सवारी साधनमा लागू हुने गरी भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालले भाडा बढाइएको बताए।

सबै खाले सवारी साधनमा लागू हुने गरी छोटो दुरीका सवारीमा १२ प्रतिशत र लामो दुरीका सवारीमा २० प्रतिशतसम्म बढाइएको उनले पुष्टि गरे। विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको बताएको छ।

भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल गरेको थियो। बिहिबार यायायात व्यवसायी, उपभोक्ता कर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको ...


प्रचण्डले भनेको मुलुकमा अहिले चलिरहेको अदृष्य लडाई कस्तो हो ?

चितवन - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अहिले अदृष्य लडाई चलिरहेको बताएका छन । अच्युतराज स्मृति प्रतिष्ठानले  चितवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकमा गुणात्मक परिवर्तन भए पनि निरंकुसतावादीहरुको चलखेलले गर्दा नदेखिने लडाई चलीरहेको बताएका हुन ।

ठुला आन्दोलनपछिको राजनीतिक परिवर्तन घोषणा भए पनि राज्य संरचना पुरानै स्कुल अनुसार चल्दा उपलव्धी गुम्ने खतरा रहेको औल्याएका छन । केहि नियम कानुन परिवर्तन भए पनि अझै धेरै कानुन पञ्चायतकालीन भएकाले परिवर्तनलाई संस्थागत गरी विकासतर्फ लम्कन समस्या भईरहेको प्रचण्डको भनाई छ ।

विगतमा २००७ ...


रसुवागढी नाकामा बुधबारदेखि कन्टेनर सञ्चालन

रसुवा - रसुवागढी नाकाबाट बुधबारदेखि कन्टेनर सञ्चालन सुरु भएको छ । विभिन्न माग राख्दै सोमबारदेखि कन्टेनर नचलाएका व्यवसायीले जिल्ला प्रशासन कार्यालयसँग मौखिक सहमति गरेर बुधबारदेखि कन्टेर सञ्चालन सुरु गरेका हुन् । रसुवागढी नाका व्यवस्थापन समितिले रसुवागढी नाकामा आलोपालो प्रणाली लागू गरेर कन्टेनर सञ्चालन गरिरहेका थिए । जिल्ला प्रशासन कार्यालय रसुवाले नाकामा सञ्चालन हुने ट्रक कन्टेनरलाई व्यवस्थित बनाउने भन्दै ‘पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’ लागू गरेको थियो । व्यवसायीले ‘पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’अनुसार सामग्री आयात तथा निर्यात गर्ने बताएका छन् । प्रशासनले सुरु ...


कमला नदी दोहनमा मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर

सिरहा - कमला नदी दोहनमा गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु साहले टिपर र वडा नम्बर २ का अध्यक्ष गणेशकुमार सिंहले एक्साभेटर सञ्चालन गरेको पाइएको छ। उत्खनन भइरहेको स्थान नगरपालिकाको वडानम्बर ८ मा पर्छ। सो वडाका वडाध्यक्ष गणेशकुमार सिंहका अनुसार कमलामा एक्साभेटर प्रवेश रोक्न गरेको प्रयास सफल भएन। जति गरे पनि नसकेपछि चुप लागेर बसेको सिंहले बताए।

यो नदीमा पहिलो पटक एक्साभेटरले नदीजन्य पदार्थ खनेको देख्ने प्रशस्त छन्। त्यसैमध्येका एक हुन् दोरिक पासवान। उनी भन्छन्, ‘प्रहरी, प्रशासन र जनप्रतिनिधिकै मिलेमतोमा ढुंगा, गिटी, बालुवा उत्खनन तीव्र बनेको छ। ...


पढाइ खर्च जुटाउन स्कुल ड्रेसमै विद्यालयमै गिटी कुट्छन् विद्यार्थी

जाजरकोट - सरकारले आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाएको छ । तर, जाजरकोटको बारेकोट गाउँपालिका–४ मैनास्थित जगत आधारभूत विद्यालयका विद्यार्थी पढाइखर्च जुटाउन विद्यालयकै गिटी कुट्न बाध्य छन् ।

निम्न आर्थिक अवस्था भएका बालबालिका बिहान विद्यालय सुरु हुनुअघि र विद्यालय छुटेपछि गिटी कुट्छन् । विद्यालयमा तीनकोठे अर्को भवन बन्दै छ । २५ किलो चामल अट्ने एक बोरा गिटी कुटेबापत उनीहरूले १२० रुपैयाँ पाउँछन् ।

‘बिहान र बेलुका कुट्दा चार बोराजति गिटी बन्छ,’ कक्षा ६ मा अध्ययनरत पुष्पा बस्नेतले भनिन्, ‘यो पैसा आफू र भाइबहिनीका लागि कापी, कलमलगायत शैक्षिक सामग्री किन्न खर्च गर्छु ।’

 



लोकसेवाको फारम एक लाखले भरिसके, विज्ञापन रद्द हुँदैन : मन्त्री पण्डित

काठमाडौँ - स्थानीय तहका लागि नौ हजार एक सय ६१ पदमा लोकसेवा आयोगले १५ जेठमा विज्ञापन खोलेपछि बुधबारसम्म एक लाखले फारम भरेका छन् । तर, राज्यका सम्बन्धित निकायबीचको विवादका कारण परीक्षा हुने–नहुने नै अन्योल छ ।

लोकसेवाले प्रकाशन गरेको विज्ञापन रद्द गर्न २७ जेठमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएसँगै अन्योल भएको हो । विज्ञापनलगत्तै प्रदेश २ सरकार र मधेसवादी दलले आपत्ति जनाए पनि राज्य व्यवस्था तथा सुशासन समितिमा २० जेठमा मात्रै पहिलोपटक छलफल भएको थियो । त्यससँगै पाँचपटक बैठक बसेर समितिले २७ जेठमा विज्ञापन रद्द गर्न निर्देशन ...


निगम डुबाउन वर्तमान नेतृत्व नै सक्रिय : ९ जहाजमध्ये ७ वटा जहाज थन्काएपछि कसरी जाओस त नाफामा ?

काठमाडौँ - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान धराशयी बनाउन वर्तमान नेतृत्व नै लागेको खुलेको छ । आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउन्डेड छन् । दुईवटा एमए ६०, चारवटा वाई–१२ र तीनवटा ट्विनअटर जहाजले आन्तरिक उडान गर्नुपर्नेमा हाल दुईवटा मात्रै उडिरहेका छन् । आन्तरिकतर्फका पाइलटमध्ये कसैलाई अन्तर्राष्ट्रियतर्फ सारिएको छ भने भएकालाई पनि आवश्यक तालिमबाट वञ्चित गरी नियतवश उडानका लागि अयोग्य बनाइएको देखिन्छ ।

जहाज उडाउन पाइलट नभएकाले आन्तरिक उडान रोकिएको दाबी व्यवस्थापनले गरेको छ । तर, यिनै जहाज उडाउने जिम्मेवारी दिइएका पाइलटलाई भने आवश्यक तालिम र प्राविधिक ...


युद्धग्रस्त लिबियामा अपहरणमा परेका ४ नेपालीको उद्धार

काठमाडौं - युद्धग्रस्त लिबियामा अपहरणमा परेका ४ नेपालीको उद्धार गरिएको छ। इजिप्टस्थित नेपाली दूतावास र युनाइटेड नेसन (युएन) को पहलमा उनीहरुको सुरक्षित उद्धार गरिएको हो।

उद्धार गरिएकाहरुमा लमजुङका पूर्णप्रकाश अधिकारी, राजकुमार गुरुङ, दिनेश खत्री र चितवनका नेत्र भट्टराई रहेका छन्। एक हप्ताअघि लिबियाबाट इटली जाने क्रममा लिबियाको जविया ओसमा एन आर्मड नामक सशस्त्र विद्रोही समूहको नियन्त्रणमा परेको उनीहरुले खबर गरेका थिए। उक्त समूहले अपहरणपछि सबै नङसमेत उप्काइदिएर यातना दिएको र रकमसमेत मागेको बताएका थिए।

त्यसपछि उद्धारको अपिल गर्दै उनीहरुका आफन्तले परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए। परराष्ट्रमा निवेदन ...


५७ लाख ७९ हजार अवैध नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं - स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

सोमबार बेलुका जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलबरिया बाराबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले बाराको सुवर्ण गाउँपालिका ७ सनफुलवास्थित दशगजा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो। सडकमा चेकजाँचको क्रममा भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा ११ पिपरा टोल बस्ने २४ वर्षका वृजकिशोर कुमार पक्राउ परेका हुन्।

उनी बिआर ०५ एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार थिए। प्रहरीले चेकजाँजको क्रममा दुवै खुट्टाको घुँडामुनि पिडौंलाको भाग, कम्मर, ...


लोकसेवा विवादमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार, असार ३ गते छलफलका लागि बोलायो !

काठमाडौं - सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलिएको विज्ञापन किन रद्द नगर्ने भनेर लोक सेवा आयोगलाई सोधेको छ । रिट निवेदकले अन्तरिम आदेश माग गरेकाले यसबारे छलफल गर्न दुबै पक्षलाई ३ गते बोलाएको छ ।

लोकसेवाले विभिन्न स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै १५ जेठमा विज्ञापन खुलाएको थियो । तर समावेशी नभएको भन्दै विरोध भयो । संसदको राज्य व्यवस्था समितिले पनि संविधान र स्थानीय तह संचालन ऐनको मर्म अनुसार नभएको भन्दै विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।

आयोगको विज्ञापन रद्द गर्न ...


विवादास्पद विधेयकमै अल्झियो सरकार, कुन विधेयकमा के विवाद ?

काठमाडौं - सरकारले ल्याएका धेरैजसो विधेयक विवादित बन्दै गएका छन्। सरोकारवाला विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रेका छन्। विधेयक विवादमा आएपछि सरकार अलमलमा परेको छ। राष्ट्रिय सुरक्षा परिषद्को काम कर्तव्य, अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मिडिया काउन्सिल विधेयक, शान्तिसुरक्षा कायम गर्न बनेको विधेयक, नेपाल प्रहरीको गठन तथा सेवासर्त सम्बन्धमा बनेको विधेयक, गुठीसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक, मदिरा उत्पादन र बिक्रीवितरण नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी विधेयक, राष्ट्रिय मानवअधिकारसम्बन्धी विधेयक मस्यौदामा सरोकारवाला निकाय, संस्था र व्यक्तिले असन्तुष्टि जनाउँदै विरोध ...


पश्चिममा बुधबार बिहानै देखि भीषण हावाहुरी

काठमाडौं - केही दिन अघि हावाहुरीले ठूलो क्षति पु-याएको कैलाली-कञ्चनपुरमा बुधबार बिहानै हावाहुरी सुरु भएको छ। बिहानै भीषण हावाहुरीसहितको वर्षा भएपछि स्थानीय त्रसित भएका छन्। यस अघि बिहीबारको हावाहुरीले घरबार विहिन भएकाहरुलाई बढी समस्या भएको कैलालीका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए। घरको पर्खाल र छानो भत्किएर खुल्ला आकाशमुनी त्रिपाल टागेर बसेकाहरु बिचल्लिमा परेका छन्।

पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका धेरैजसो स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने ...


महोत्तरीमा स्कुलमा बिहे भोज गर्न विद्यार्थीलाई छुट्टी

महोत्तरी - फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ। त्यो अभिनय थियो। त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ।

गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई छुट्टी दिएको थयो। विवाह थियो– संघीय समाजवादी पार्टीका केन्द्रीय नेता लक्ष्मी महतोका भतिजको।

पढाइ रोकेर आयोजना गरिएको भोजमा स्थानीय जनप्रतिनिधि र नेताहरू सामेल भए। गन्नेमान्ने निम्तालुले बालबालिका बसेर पढ्ने डेक्स–बेन्चमा भोज खाएको दृश्य रमितलाग्दो थियो। ठूला व्यक्तिको बिहेमा बराती राख्न ...


यमन र मालीमा शान्ति स्थापनार्थ नेपाल प्रहरीलाई खटाइने

काठमाडौँ - राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुक यमन र मालीमा शान्ति स्थापनार्थ नेपाल प्रहरीलाई खटाउने भएको छ । यमनका लागि प्रहरी अधिकृतको नाम सिफारिस भइसकेको छ भने माली शान्ति मिसनमा समेत पठाउन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पर्यवेक्षकका रूपमा राष्ट्रसंघले नेपाल प्रहरीलाई यमन र मालीमा खटाउन लागेको हो । फ्रेन्च भाषामा पोख्त प्रहरी ती देशमा पठाउन लागिएको छ ।

यमनका लागि तीन प्रहरीको नाम सिफारिस भइसकेको प्रहरीको युएन शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डेले बताए । मालीमा खटाउनेबारे पनि छलफल भइरहेको उनले बताए । गत कात्तिकदेखि नेपाल प्रहरी कंगो मिसनमा समेत खटिँदै आएको ...


नेकपा युवा संगठनको नाममा विवाद : युवा संघ कि वाइसिएल ?

काठमाडौँ - सत्तारुढ नेकपाको युवा भ्रातृ संगठनमा नाम–विवाद बल्झेको छ । संगठनको औपचारिक एकता भइसकेपछि पनि नाम के राख्ने भनेर दुई समूहबीच मत बाझिएको हो । पूर्वमाओवादी समूह आफ्नो पुरानै नाम वाइसिएल (योङ कम्युनिस्ट लिग) स्थापित गर्न चाहन्छ । पूर्वएमाले समूहले युवा संघ नेपाल नामको निरन्तरतामा अडान राखेको छ । युवा संघ नेपाल तत्कालीन एमालेनिकट युवा संगठनको नाम हो । नेकपाका जनवर्गीय संगठनहरूको एकता घोषणा कार्यक्रममा ‘युवा संघ’ नाम नै घोषणा गरिएको थियो । तर, तत्कालीन माओवादीनिकट युवा नेताहरूले सो नाम स्विकारेका छैनन् ।

‘पार्टी महासचिवले नै यसबारे थप छलफल गरौँला भन्नुभएकाले सर्कुलर ...


४० करोड लागतमा प्रधानमन्त्रीको नयाँ निवास बनाइने, डाक्टर कक्ष, डेन्टल कक्ष, सैलुनदेखि होम थिएटरसम्म हुने !

काठमाडौँ - प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ ।

सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ । चालू आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ । भवनको आर्किटेक्चर डिजाइन आजु डिजाइन कम्पनीले गरेको छ भने स्ट्रक्चर डिजाइन क्राफ्ट डिजाइन कम्पनीले गरेको छ । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपाली ...


एसइईको प्रश्नपत्र आउट गर्ने प्रहरी र शिक्षक बिरुद्ध मुद्दा दायर

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रहरीसहित १२ जनाविरुद्ध मंगलबार मुद्दा दायर गरको छ । एसइईको प्रश्नपत्र चुहाएको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । एसइईको प्रश्नपत्र चुहाएको आरोपमा दुई प्रहरीसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर, सिरहाका प्रहरी जवानहरू दीपेन्द्रकुमार मण्डल र ब्रम्हा देव सुनरैतसहितका व्यक्तिविरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।

कल्याणपुरस्थित प्रहरी कार्यालयबाटै प्रश्नपत्र प्रहरीले नै ‘लिक’ गरेको थियो । उनीहरूलाई गत चैतमै प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । अदालतले जवानद्वयलाई थुनामा राख्ने र अन्यलाई धरौटीमा छाड्ने आदेश दिएको ...


एसइईको प्रश्नपत्र आउट गर्ने प्रहरी र शिक्षक बिरुद्ध मुद्दा दायर

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रहरीसहित १२ जनाविरुद्ध मंगलबार मुद्दा दायर गरको छ । एसइईको प्रश्नपत्र चुहाएको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । एसइईको प्रश्नपत्र चुहाएको आरोपमा दुई प्रहरीसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर, सिरहाका प्रहरी जवानहरू दीपेन्द्रकुमार मण्डल र ब्रम्हा देव सुनरैतसहितका व्यक्तिविरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।

कल्याणपुरस्थित प्रहरी कार्यालयबाटै प्रश्नपत्र प्रहरीले नै ‘लिक’ गरेको थियो । उनीहरूलाई गत चैतमै प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । अदालतले जवानद्वयलाई थुनामा राख्ने र अन्यलाई धरौटीमा छाड्ने आदेश दिएको ...


कपिलवस्तुमा मात्रै साढे १० हजार हेक्टरभन्दा बढी वन अतिक्रमण

कपिलवस्तु - जिल्लामा साढे १० हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने वनको जग्गा विभिन्न व्यक्ति, संघसंस्था, विद्यालय, मठमन्दिरको नाममा अतिक्रमण गरिएको हो। वन डिभिजन कार्यालयका अनुसार जिल्लामा १० हजार ६ सय ४४ हेक्टर वन अतिक्रमणमा परेको छ। भूउपयोग चित्र २००१ अनुसार कपिलवस्तु जिल्लामा ६२ हजार एक सय १२ हेक्टर वनक्षेत्र छ। जिल्लामा पटना, गुगौली, खरेन्द्रपुर, वीररपुर र बिसुनपुर इलाका वन कार्यालयअन्तर्गतको क्षेत्र बढी अतिक्रमणमा परेको छ।

त्यसै क्रममा सबैभन्दा बढी जिल्लाको बाणगंगा नगरपालिकाको पटनामा सबैभन्दा बढी वनक्षेत्र अतिक्रणमा परेको वन ...


आइएलओको कार्यक्रममा प्रधानमन्त्रीको दावी : 'नेपालमा सामाजिक सुरक्षा स्थापित भइसक्यो'

जेनेभा - प्रधानमन्त्री केपी ओलीले सोमबार अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकी कार्यक्रमलाई जेनेभामा सम्बोधन गरेका छन् । उनले नेपालमा श्रमिकहरूको सामाजिक सुरक्षा ग्यारेन्टी भएको, बेरोजगारलाई न्यूनतम भत्ताको व्यवस्था गरिएको र वृद्धवृद्धालाई २५ वर्षदेखि पेन्सनको व्यवस्था भएको बताए । नयाँ संविधानमार्फत श्रमिकको अधिकार स्थापित भएको पनि उनको भनाइ छ ।

लोकतन्त्र र सामाजिक न्यायलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीले जानकारी दिए । आर्थिक अधिकार र सामाजिक न्यायविना लोकतन्त्रको अर्थ नहुने पनि प्रधानमन्त्रीले बताए । ‘२५ वर्षदेखि हामीले वृद्धवृद्धा नागरिकका लागि वृद्धभत्ता र एकल महिलाका तथा समाजका सीमान्तकृत वर्गका लागि मासिक भत्ता उपलब्ध ...


धनगढीका हुरीपीडितको गुनासो : 'हाम्रो बिजोग हेर्ने आए, राहत दिने आएनन्'

कैलाली - धनगढी–७, का मनेहराका मंगीराम चौधरीको परिवार चार दिनदेखि छिमेकीको जमिनमा झुप्रो बनाएर बसिरहेको छ । हावाहुरीले घर भताभुंग बनायो, ओत लाग्ने ठाउँसमेत रहेन, हुरीसँगै आएको वर्षाले खानेकुरा नष्ट भयो । मजदुरी गरेर चारजनाको परिवार पाल्दै आएका उनी अहिले गाउँको पसलबाट उधारोमा खाद्यान्न किनेर छाक टारिरहेका छन् ।

घर ठड्याउने पैसा नभएपछि उनको परिवारले दिउँसो खुला आकाश र फाटेको पालमुनि रात काटिरहेको छ । बिचल्लीमा परेको पाँच दिनसम्म उनले कतैबाट राहत पाएका छैनन् । अनुगमन गर्नेहरू पुग्दा राहत पाइन्छ कि भन्ने आशा जाग्छ, तर उनीहरू हेरेर मात्रै फर्किने गरेको उनको ...


दुई अर्ब ३७ करोडको प्रधानमन्त्री रोजगार कार्यक्रम : ७१ करोड बेल्चा-हेल्मेट खरिदमै स्वाहा !

काठमाडौँ - प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रत्येक स्थानीय तहलाई ६ लाखदेखि १ करोडसम्म बजेट दिइएको छ । यो कार्यक्रमअन्तर्गत देशभर दुई अर्ब ३७ करोड वितरण गरिएको छ । स्थानीय तहको गरिब घरधुरी संख्या (६०% भार), जनसंख्या (२०% भार) र दुर्गमता (२०% भार)का आधारमा रकम दिइने ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७६’ मा उल्लेख छ ।

स्थानीय तहले पाएको रकममध्ये आयोजनाको कुल लागतको कम्तीमा ७०% श्रमिकको ज्यालामा खर्च गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । त्यस्तै, निर्माण सामग्री खरिदका लागि २५% अर्थात् ५९ करोड, औजारमा ३% अर्थात् सात ...


यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी खोलामा उत्तानो !

स्याङ्जा - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेस्थित दरौँ खोलामा पल्टेको छ । अर्जुनचौपारी–३ कै सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्किने क्रममा मन्त्री सवार बा.२झ ४०२९ नम्बरको गाडी पल्टेको हो । गाडी खोलामा डुबेपछि मन्त्री महासेठलाई सुरक्षाकर्मीले तत्काल उद्धार गरेका थिए । गाडी क्रेन लगाएर झिकिएको थियो ।

दैनिक तीनवटा मिनिबस, १० जिप र मालवाहक सवारीसाधनहरू दरौँ खोलाको यही भँगालोबाट वारपार गर्न बाध्य छन् । देशकै पहिलो होमस्टे भनेर चिनिने स्याङ्जाको सिरुबारीसम्म दरौँ खोलो हुँदै सवारीसाधन चल्छन् । पोखराबाट स्याङ्जा सदरमुकाम हुँदै अर्जुनचौपारी बजार आउने ...


उपभोक्ता माथि बिद्युतका कर्मचारीको भाटा, यस्तो छ लफडा !

बारा - बाराको कलैयास्थित नेपाल विद्युत प्राधिकरण कार्यालयमा सोमबार प्राधरिकरणका कर्मचारी र उपभोक्ताबीच झडप भएको छ। विद्युत प्राधिकरणका कर्मचारीले बाँसको भाटाले प्रहार गर्दा तीन जना उपभोक्ता घाइते भएका छन्। टाउको फुटेर घाइते भएका कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरका राम बिहारी राउत अहिर, वीरेन्द्र यादव र राजेश (थर नखुलेका) को कलैयास्थित जिल्ला अस्पतालमा उपचार गरिएको छ।

विद्युत प्राधिकरणको लापरवाहीका कारण सोमबार बिहान ३ बजे हाइ भोल्टेज करेन्ट प्रबाह हुँदा टिभी, फ्रिज, पंखा, पानी तान्ने मोटर लगायत घरायसी विद्युतीय सामग्री जलेर नष्ट भएपछि क्षतिपूर्तिको माग गर्दै रामपुरका ...


लोकसेवाको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं - संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।

समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबााबु पण्डितसँगकाे छलफल लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो ।

समितिको बैठकमा सोमवार बिहान उपस्थित भएका संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापन संविधानसम्मत भएको भन्दै त्यसको बचाउ गरेका थिए ।

लोकसेवाले गरेको विज्ञापनबारे छलफल गर्न संसद्को राज्य व्यवस्था समितिले यसअघि बोलाएका दुई बैठकमा अनुपस्थित पण्डितले सोमबार उठेका प्रश्नहरुको जवाफ ...


मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन : गोकुल बास्कोटा

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदमा सरकारले प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विधेयकमा छलफल हुने तर फिर्ता नहुने बताएका हुन् ।

मन्त्री बास्काेटाले भने, “विधेयक श्रमजीवी पत्रकारको हितमा छ, लेखेर खानेका पक्षमा छ । सही सूचना दिँदा कारवाही हुन्छ कि भनेर डराउनु पर्दैन ।” विधेयक पढ्न पत्रकारलाई सुझाव दिँदै उनले भने, 'सडकमा उफ्रेर समस्या समाधान हुँदैन ।'

“मिडिया विधेयकले नियन्त्रण गर्न आँट्यो भनेर झण्डा उठाउनु ठीक हो, यहाँ त ...


ललितानिवासको जग्गा हडप्नेविरुद्ध मुद्दा चलाउने तयारी

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा हिनामिना प्रकरणमा मुछिएका तत्कालीन भोगाधिकारी, मालपोतका कर्मचारी र भूमाफियाविरुद्ध कीर्ते र ठगी कस्रमा मुद्दा चलाउनुपर्ने निकर्षमा पुगेका छन्।

मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको करिब १ सय १४ रोपनी जग्गा सुवर्णशमशेरका तत्कालीन भोगाधिकारी, डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी र भूमाफियाको मिलेमतोमा हडपिएको भन्दै आयोग र ब्युरोले दोषीविरुद्ध साबिक मुलुकी ऐनको कीर्ते र ठगी कसुरमा कारबाही गर्नुपर्ने निष्कर्ष निकालेका हुन्।

‘सरकारी ललितानिवासले चर्चेको जग्गा हडप्न सुवर्णशमशेरका भोगाधिकारी, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारी र भूमाफियाले ...


हावाहुरीले पर्सामा फेरि ठूलो क्षति, ५ जना घाइते !

वीरगन्ज - आइतवार साँझ वर्षासँगै आएको हावाहुरीले पर्सामा फेरि क्षति पुगेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद घट्टराईका अनुसार हुरीले वीरगन्ज महानगरपालिकामा मात्रै आइतबार पाँचजना घाइते भएका छन्।

वीरगन्ज ७ रामटोलमा महेस साहको निर्माण भइरहेको घरको पर्खाल भत्किदा त्यसमा च्यापिएर स्थनीय १६ वर्षीय ओमप्रकाश साह, १८ वर्षीय दिपेन्द्र पटेल र १५ वर्षीय सुनिल पटेल तथा वीरगन्ज १६ इनरुवामा नेक महम्मदको आफ्नै घर भत्किदा १४ वर्षीया छोरी गुल्सन खातुन र ३८ वर्षीया पत्नी शायदा खातुन घाइते भएका हुन्। पाँचैजना घाइतेको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

वीरगन्जको लिंकरोडमा रहेको ...


धरानमा डेंगुको महामारी, पुर्वाञ्चल क्याम्पसमा पठनपाठन स्थगित

धरान - विद्यार्थी बिरामी हुन थालेपछि धरान–८ तीनकुनेस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसको पठनपाठन स्थगित भएको छ। क्याम्पसमा डेंगु ज्वरोको प्रकोप फैलिएपछि विद्यार्थीको विशेष आग्रह र विभागीय प्रमुखहरूको सहमतिमा क्याम्पसले सोमबारदेखि पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो। क्याम्पस प्रमुख ओमप्रसाद ढकालका अनुसार डेंगु संक्रमणको त्रासले विद्यार्थी क्याम्पस आउनै छोडेपछि शुक्रबारसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरिएको हो। ‘विद्यार्थी र सबै विद्यार्थी संगठनको विशेष अनुरोध आयो, विभागीय प्रमुखहरूको पनि सहमतिमा सोमबारदेखि शुक्रबारसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेका हौं,’ क्याम्पस प्रमुख ढकालले भने, ‘डेंगुको कारण कक्षामा विद्यार्थी नै आएका छैनन्।’’ ...


कठै किसान : उखु बेच्न नपाएपछि दाउरा !
किसान मरोस कि बाँचोस सरकारलाई बाल मतलव !

बुटवल - नवलपरासीको प्रतापपुर गाउँपालिका–९ की सुमित्रा धवल मंगलबार खेतको डिलमा बसेर एक तमासले सुकेका उखु हेरेर टोलाउँदै थिइन। घर सामुन्नेको ६ कट्ठा खेतमा उनले २०७४ को फागुनमा उखु लगाएकी हुन्। जुन उखु उनका लागि खुन पसिना सबथोक हो। १० जनाको परिवार पाल्ने एकमात्र आयस्रोत हो। तर त्यही उखुले अहिले उनलाई दिनको भोक न रातको निन्द्रा बनाएको छ। बर्षदिनको मेहनत र पसीना खेतमा सुकेर सोत्तर बनेपछि हातगोडा छाडेका छन्। केही दिनअघिको असिना पानीले तीनै उखु पनि ढलेर आधाजसो कुहीएका छन्। ‘हामी त लुटियौं। बर्बाद भयौं। ...


कर्णाली प्रदेश सरकारले जनताको रगत-पसिनालाई विलासितासंग साट्यो
दुई अर्बभन्दा बढी रकमान्तर, ५४ गाडी खरिद

सुर्खेत - आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयले दुई अर्बभन्दा बढी रकमान्तर गरेका छन्। हालसम्म ७.३७ प्रतिशतमात्रै विकास बजेट खर्च गर्न सकेको प्रदेश सरकारले रकमान्तर गरेको बजेटमध्येबाट ५४ वटा सवारीसाधन खरिद गरेको छ। साबिकका क्षेत्रीय तथा जिल्लास्थित कार्यालयका साथै संघीय सरकारले पठाएका सवारीसाधन पर्याप्त हुँदाहुँदै प्रदेश सरकारले पूर्वाधार निर्माण र कृषकसँग प्रत्यक्ष सरोकार राख्ने बजेटसमेत रकमान्तर गरी सवारीसाधन गरिद गरेको हो।

प्रदेश सरकारका विभिन्न मन्त्रालयले हालसम्म ४२ वटा नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गरिसकेका छन्। १२ वटा सवारीसाधन खरिद प्रक्रियामा छन्। आर्थिक मामिला तथा योजना ...


माथिल्लो कर्णाली आयोजनाको कार्यालयमा बम विस्फोट

अछाम - माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्पर्क कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ । जसका कारण भवन पुरै चर्केको छ भने शौचालयमा क्षति पुगेको छ ।

आयोजनाले भाडामा प्रयोग गर्दै आएको अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ असाराघाट स्थित दिपक बीसीको तीन तले घरमा रहेको कार्यालयमा समूहले आज विहान साढे दुई बजेतिर बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार घरको पूर्व तर्फको भित्तामा बम पड्किएपछि घरको आधा भाग चर्किएको छ भने भे ७ प ९६९८ नम्बरको मोटरसाइकल ...


श्रीमान् विदेश हुँदा रहेको अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या, आमा र प्रेमी पक्राउ

कन्याम - इलाममा एक नवजात शिशुको शव फेला परेको छ। देउमाई नगरपालिका-८, जितपुरस्थित जंगबहादुर राईको उत्तिसको बारीमा नवजात शिशुको शव फेला पारिएको इलाका प्रहरी कार्यालय मंगलबारे इलामका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।

बिहीबार मध्यान्ह १२:३० बजे शव भेटिएको सूचनाका आधारमा साह नेतृत्वको टोली घटनास्थल पुगेको थियो।

उक्त घटनाबारे अनुसन्धान गर्दा प्रहरीले सोही स्थान बस्ने वर्ष ३२ कि कल्पना राईले श्रीमान् वैदेशिक रोजगारीमा रहेको अवस्थामा अवैध शारीरिक सम्बन्धबाट गर्भ रहन गएकोले सो शिशुलाई जन्माई फालेको खुल्न आएको बताएको छ।

घटनामा संलग्न सोही स्थान बस्ने वर्ष ४० का लोकबहादुर ...


विप्लव नेतृत्वको नेकपामा जिम्मेवारी हेरफेर, कसलाई कहाँको जिम्मा ?

काठमाडौँ - प्रतिबन्धित नेकपाले आफ्ना नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । डेढ साताअघि बसेको बैठकले पार्टीको कमान्ड र ब्युरोको नेतृत्व फेरबदल गरेको हो । फेरिएको संरचनामा राजधानीसहितको मध्यकमान्ड महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’कै निगरानीमा रहने स्रोतले बतायो ।

चार कमान्ड रहेको संगठन संरचनामध्ये सो पार्टीले मध्यकमान्डमा राजधानी काठमाडौंलगायत जिल्लालाई समेटेको छ । मध्यकमान्डलाई हेडक्वार्टर (विप्लव)को प्रत्यक्ष निगरानीमा रहने गरी इन्चार्जमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तोकिएको छ । पछिल्लोपटक मध्यकमान्ड हेर्दै आएका हेमन्तप्रकाश ओली‘सुदर्शन’ काभ्रेबाट पक्राउ परेका थिए ।

स्थायी समिति बैठकले मध्यपश्चिम कमान्डको जिम्मेवारी चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई दिएको छ ...


दश लाख लिएर अभियुक्त जोगाउने इन्स्पेक्टर पक्राउ

काठमाडौं - सबारी ज्यानमुद्दामा संलग्न चालक जोगाएको आरोपमा नेपाल प्रहरीका इन्स्पेक्टर लोकबहादुर जिसी नवलपरासीबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले मंगलबार इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख जिसीलाई पक्राउ गरेको हो।

२०७६ वैशाख ११ गते राती बोधराज पाण्डेले पूर्वपश्चिम राजमार्गको गैंडाकोट खण्डमा चलाएको कारको ठक्करबाट मृत्यु भएको सबारी ज्यान मुद्दामा नक्कली चालक खडा गरेर प्रमाण नष्ट गरेको अभियोग लगाइएको छ । विपरीत दिशातिरबाट आएको मोटरसाइकललाई पाण्डेले चलाएको कारले ठक्कर दिएको थियो । पाण्डेले चलाएको कारको ठक्करबाट मोटरसाइकल पछाडी बस्ने युवतीको ...


एसइईको नतिजा आउन यसकारण ढिला हुने

काठमाडौँ - विगतका वर्षहरूमा जेठ मसान्तदेखि असार १–२भित्रै हुने गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ । परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुर्नुपर्ने बताए ।

प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश–२ मा प्रश्नपत्र बाहिरिएपछि स्थगित र रद्द गरेका विषयको परीक्षा २२ देखि २९ चैतसम्म सञ्चालन गरेको थियो । यसकारण परीक्षा सकिन अघिल्ला वर्षको भन्दा १० दिन बढी लागेको थियो । १० ...


प्रधानमन्त्री रोजगार कार्यक्रम पैसो सक्ने मेलो : ३० दिनमा दुई अर्ब ३७ करोड सक्ने असारे खोलो

काठमाडौँ - सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीका नाममा ऐनविपरीत बजेट खर्च गर्न थालेको छ । चालू आर्थिक वर्ष सकिनै लाग्दा सरकारले न्यूनतम रोजगारीको एकमहिने कार्यक्रम सुरु गरेको हो । जब कि, रोजगारीको हकसम्बन्धी ऐनले न्यूनतम रोजगारी हुनका लागि कम्तीमा सय दिन हुनुपर्ने व्यवस्था गरेको छ ।

हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहमार्फत बेरोजगारलाई ३० दिने रोजगारी दिन दुई अर्ब ३६ करोड ८० लाख निकासा गरेको छ । स्थानीय तहको घरधुरी संख्या, जनसंख्या र भौगोलिक अवस्थाका आधारमा एक स्थानीय तहलाई ६ लाखदेखि एक ...


जम्बो टोली सहित प्रधानमन्त्री ओली युरोप यात्रामा

काठमाडौं - प्रधानमन्त्री केपी ओली ९ दिन लामो युरोप यात्रामा निस्केका छन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को कार्यक्रममा सहभागी हुन र बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा प्रवचन दिने एजेन्डासहित जम्बो टोलीको नेतृत्व गर्दै उनी शनिबार साँझ युरोप यात्राका निस्केका हुन।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालको निर्देशनमा परराष्ट्र मन्त्रालयले भ्रमणको चाँजो मिलाएको हो। इन्जिनियरको भूमिका भए पनि रिमाल श्रमिकको नेताको रुपमा दलबाट रजगज गरेका व्यक्ति हुन्। उनैले आईएलको साथै अक्सफोर्डको समेत कार्य जोडेर भ्रमण ओझिलो बनाउन निकै पहिलेदेखि परराष्ट्रलाई दवाव दिँदै आएका अधिकारीहरू बताउँछन्।

प्रधानमन्त्री ओली दुई मन्त्री र सल्लाहकारको ...


व्यापारीले गरे दैनिक उपभोग्य वस्तुमा चर्को मूल्य वृद्धि, उपभोक्ता लुटिंदा सरकार मौन !

काठमाडौं - बजेट पूर्व कायम भएको दैनिक उपभोग्य वस्तुको मूल्य व्यापारीको मिलेमतोमा हालसम्म फिर्ता गरिएको छैन। व्यापारीहरूले विभिन्न बहानामा अत्यावश्यक दैनिक उपभोग्य बस्तुको मूल्य आफुखूसी तोकेका थिए। दैनिक उपभोग्य बस्तुको उपभोक्ता मूल्यमा सय रुपैयाँसम्म वृद्धि गरिएको थियो।

बजेट वक्तव्य आउनुभन्दा तीन दिनअघि दैनिक उपभोग्य बस्तुमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम एक सय रुपैयाँसम्म मूल्य वृद्धि भएको थियो। मूल्य वृद्धिले सबैलाई अतिरिक्त आर्थिक भार थपेको थियो। व्यापारीले एकलौटी रूपमा गरेको मूल्य वृद्धिलाई अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सही छाप लगाइदिएकाले मूल्य वृद्धि कायमै रहेको हो।

भारतमा ...


कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि पहल सुरू

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण व्यवस्था गर्न नेपाल आयल निगमलाई आग्रह गरेका छन् । पेट्रोलियम पदार्थको कारोवारको व्यवस्थापन सम्वन्धि दिर्घकालीन रणनैतिक सुधार सम्वन्धि उच्चस्तरीय कार्यदलको टोलीसंग मुख्यमन्त्री कार्यालयमा शुक्रवार भएको भेटवार्तामा उहाँले यस्तो आग्रह गरेको हो ।

हालसम्म कर्णालीमा एउटा पनि पेट्रोलियम पदार्थको भण्डारण नरहेको भन्दै मुख्यमन्त्री शाहीले असहज परिस्थितिमा पेट्रोलियम पदार्थको आपुर्तिको लागि भण्डारणको आवश्यकता जरुरी भएको बताए ।

भेटवार्तामा निगमको टोलीले पेट्रोलियम पदार्थको भण्डारण व्यवस्थाको लागि जग्गा प्राप्तीको समस्या रहेको भन्दै सहजीकरणका लागि मुख्यमन्त्री शाहीलाई आग्रह गरेको थियो ...


कोरियन भाषा परीक्षा आज र भोलि, ९२ हजारले जांच दिंदै

काठमाडौं - रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरियाका लागि आज र भोलि भाषा परीक्षा हुने भएको छ।

परीक्षार्थीले काठमाडौं र पोखराबाट भाषा परीक्षा दिने छन्। भाषा परीक्षाका लागि यसपटक ९२ हजार ३ सय ५६ युवाले फर्म भरेका थिए। यो संख्या २००८ पछिकै सबैभन्दा बढी परिक्षार्थीको आवेदन हो।

चैत ८ देखि दश दिनसम्म खुलेको आवदेनमा युवाहरूले अनलाइन प्रणालीबाट फर्म भरेका थिए।

आगामी वर्ष अर्थात् सन् २०२० का लागि सञ्चालन भएको परीक्षाबाट कोरियाले १० हजार ५० युवालाई छनोट गर्नेछ। यस मध्ये उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० छानिने छन् भने कृषि ...


बिस वर्षे विदेश बसाइबाट रित्तो हात फर्किएका हरिलाल : तरकारी खेतीबाट मालामाल

बेनी - जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ।

म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५० वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो। तीनदशक अघि २० वर्षे उमेरमा गरीबीका कारण साहुसँग ऋण लिएर मुग्लानको बाटो समाएका घिमिरेले दश वर्ष साउदी अरब र १० वर्ष खाडीका अन्य मुलुकमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किए। घर फर्केर हलो र कोदाली बोकी आफ्नै ...


बलात्कार आरोप लागेका जनप्रतिनिधिलाई थुन्न अदालतको आदेश

ओखलढुंगा - इटाभट्टामा काम गर्ने युवतीलाई बलात्कार गरेको आरोप लागेका ओखलढुंगाका एक जनप्रतिनिधिलाई जेल चलान गरिएको छ । जिल्लाको लिखु गाउँपालिका-३ का वडा सदस्य विष्णु श्रेष्ठलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

अदालतको आदेशसँगै वडा सदस्य श्रेष्ठलाई कारागार पठाईएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । वडा सदस्य श्रेष्ठ विरुद्ध परेको मुद्दाको विषयमा अनुसन्धान सकिएपछि पूर्पक्षका लागि जेल चलान गरिएको प्रहरी प्रमुख मल्लको भनाई छ । अब अदालतले उनलाई के कति सजाय दिने भन्नेबारे फैसला गर्ने छ ।

वडा सदस्य ...


संसद्‍लाई बजेट नदिन नेकपा संसदीय दलको आग्रह

बुटवल - सांसदलाई विकासका नाममा दिइएको बजेटको विरोध भइरहेका बेला प्रदेश ५ को सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले संसद विकास कोषको व्यवस्था नगर्न सरकारलाई आग्रह गरेको छ।

शुक्रबार बसेको संसदीय दलको बैठकले संसद विकास कोषका नाममा कुनै पनि रकम आगामी बजेटमा विनियोजन नगर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो।

प्रदेश ५ मा सत्तारुढसहित अधिकांश सांसदले कम्तिमा ३ करोड रकम सांसदलाई दिनुपर्ने बताउँदै आएका थिए। नेपाल संसदीय दलको बैठकले सांसदलाई रकम दिने कुरा संघीयता विरोधी हुने भन्दै त्यस्तो व्यवस्था रोक्न सरकारलाई आग्रह गरेको हो।

मुख्यमन्त्री तथा दलका नेता शंकर ...


धादिङको थाक्रे गाउँ : जहाँ पाइन्छ निःशुल्क खाना

धादिङ - थाक्रे गाउँपालिका–५ तसर्पुमा बिहान ९ बजे विद्यालय पोसाकमै बालबालिका एउटा ठूलो हलभित्र प्रवेश गर्छन्। तर, उनीहरूसँग कापीकिताब हुन्न। कुनै कार्यक्रममा गएका हुन् कि भन्ने लाग्छ। आदर्श मावि र शिवशंकर आधारभूत विद्यालयका विद्यार्थीको एक दशकदेखिको यो दैनिकी हो यो। विद्यालयमा कापीकिताब राखेर उनीहरू खाना खान जनभोजनालय जान्छन्। मेलापातका कारण घरमा खाना बनाउन नभ्याएका स्थानीय र वृद्धवृद्धा पनि जनभोजनालयमै खाना खान्छन्।

थाक्रे–५ दामेचौरमा प्रेमसागर फाउन्डेसनले मानव सेवाका लागि जनभोजनालय स्थापना गरेको थियो। यसले १० वर्षदेखि धादिङ र मकवानपुरका २ हजार ५ सय जनालाई निःशुल्क खाना र ...


प्रधानमन्त्री आज युरोप जाँदै

ध्रुवराज अर्याल- लन्डन : पहिलो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायतमा १७ वर्षपछि नेपालबाट प्रधानमन्त्रीस्तरको भ्रमण हुँदै छ । तर, ब्रेक्जिट प्रकरणले यहाँ राजनीतिक अस्थिरता निम्त्याएका बेला प्रधानमन्त्री केपी ओलीको भ्रमण तय भएको हो ।

प्रधानमन्त्री ओली शनिबार युरोप भ्रमणमा निस्किँदै छन् । स्विट्जरल्यान्डमा अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा सहभागी भई उनी सोमबार लन्डन आइपुग्नेछन् । यहाँ तीन दिन रहेर प्रधानमन्त्री फ्रान्स जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो गर्ने बेलायती प्रधानमन्त्री टेरिसा मे सरकारबाट बाहिरिने क्रममा छिन् । उनले प्रधानमन्त्री पदबाट औपचारिक राजीनामा दिइसकेकी छैनन् तर ...


खुकुरी प्रहार गर्दै काठमाडौंमा लुटपाट गर्दै हिड्ने गिरोह पक्राउ

काठमाडौं - काठमाडौं उपत्यकाका सुनचाँदी पसल, मनी एक्सचेन्ज, विभिन्न वित्तीय संस्थाहरूमा खुकुरी प्रहार गर्दै, मान्छेलाई नियन्त्रणमा लिएर लुटपाटको आतंक मच्चाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौं उपत्यका र इलामबाट पक्राउ गरेको हो।

पछिल्लो समय जेठ ४ गते दिउँसो १२ बजेर ४५ मिनेटमा काठमाडौं जोरपाटीस्थित बुद्धराम सुनारले सञ्चालन गरेको भिमश्वरी सुनचाँदी पसल लुटिएको थियो। ४/५ जनाको समूहमा खुकुरी र रड लिएर एक समूह उक्त पसलमा पुगेको थियो।

हतियारसहित उक्त पसलमा पुगेका उनीहरूले पसलवालालाई बोल्न कराउन नदिई कब्जामा लिएर ...


आइतबार उपत्यकामा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं - सरकारले आइतबार उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको जनाएका हुन् ।
गृह मन्त्रालयले आइतबार उपत्यकामा सार्वजनिक विदा दिने निर्णयको प्रेस बिज्ञप्ति समेत जारी गरेको छ ।

...

कृषिप्रधान देशमा मलको राजनीति : धान रोप्ने वेला बल्ल मल खरिद गर्दै सरकार !

काठमाडौँ - धान रोपाइ सुरु गर्न लागेका किसानले रासायनिक मल समयमै नपाउने भएका छन् । मल आपूर्ति गर्ने सरकारका दुई निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हाल युरिया र डिएपी खरिद प्रक्रिया अघि बढाएका छन्, तर गोदामसम्म मल आइपुगेको छैन ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार बिहीबारसम्म गोदाममा सात हजार पाँच सय मेट्रिकटन युरिया र १३ हजार नौ सय मेट्रिकटन डिएपी मौज्दात छ । यो परिमाणले मुस्किलले एक साता धान्छ । यो परिमाण सकिएपछि किसानलाई तत्काल वितरण गर्ने मल सरकारी निकायसँग छैन । कृषि मन्त्रालयका अनुसार ...


अब सवारी दुर्घटनाका मृतकको परिवारले २८ लाखसम्म पाउने

काठमाडौँ - अब सवारीसाधन दुर्घटनाबाट मृत्यु भएमा पीडित परिवारले बिमा कम्पनीबाट अधिकतम २८ लाख रुपैयाँसम्म पाउने भएका छन् । यातायात व्यवस्था विभागको अनुरोधमा बिमा समितिले मोटर बिमाको बिमांक रकम ८ लाखबाट बढाएर २८ लाख रुपैयाँसम्म बनाउने तयारी गरेको छ । विभागले मोटर बिमा योजनामा मेरुदण्ड र टाउकोमा लागेको चोटको पनि रक्षावरण गर्न समितिलाई अनुरोध गरेको छ ।

सरकारले यातायात समितिहरूको खारेजी गरेपछि व्यवसायीलाई थप सुरक्षित बनाउन बिमांक रकम बढाउने तयारी गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयपछि विभागले मोटर बिमालाई संशोधन गरी बिमांक रकम बढाउन बिमा समितिलाई अनुरोध ...


धरानमा २ सय १७ जना डेंगुका संक्रमित, नियन्त्रणमा नआएपछि संकटग्रस्त क्षेत्र घोषणा

धरान - धरान उपमहानगरपालिकामा महिना दिनदेखि फैलिएको डेंगु रोगको संक्रमण अझै नियन्त्रण हुन सकेको छैन ।

डेंगु नियन्त्रण गर्न उपमहानगरपालिका र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पहल थालेको भए पनि दिनप्रदिदिन डेंगुका बिरामी बढ्ने क्रम जारी छ ।पोथी लामखुट्टेको टोकाईबाट सर्ने प्राणघातक रोग डेंगु नियन्त्रणमा आउन नसकेपछि धरान उपमहानगरपालिकाले वडा नम्बर ८ र १५ लाई डेंगु संकटग्रस्त वडा घोषणा गरेको छ ।

साथै ती क्षेत्रमा जनचेतानामुलक कार्यक्रम र लामखुट्टे मार्ने काम पनि भइरहेको धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारीले बताइन् । उनले संकटग्रस्त क्षेत्र घोषणा गरिएका वडामा ...


राउटे बस्तीमा तारबार र चौकीदार, भेट्नको लागि अब टिकट !

सुर्खेत - बस्ती छिर्न टिकट ! सुन्दा अनौठो लाग्न सक्छ। हो, दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि यस्तो व्यवस्था गरेको छ। राउटे जंगलमा फिरन्ते जीवन बिताउँदै आएको समुदाय हो। योे समुदायको छुट्टै भाषा र संस्कृति छ। सामाजिक रूपान्तरणको चरणमा रहेका राउटे समुदायको बस्तीमा पुग्नेको संख्या बढेपछि गाउँपालिकाले यसलाई पर्यटन व्यवसायका रूपमा अगाडि बढाउने तयारी गरेको छ।

‘राउटेलाई हेर्न आउनेको संख्या बढ्दो छ। जथाभाबी प्रवेश गर्ने भीडले राउटेको संस्कृति हराउने खतरा छ’, गाउँपालिकाका अध्यक्ष खेमराज वली भन्छन्, ‘हामीले राउटे समुदायलाई रूपान्तरण गर्दैछौं। राउटे ...


कैलालीमा भिषण हावाहुरी  : मृत्यु हुनेको संख्या २ पुग्यो

टीकापुर - गएराति आएको भिषण हावाहुरीका कारण कैलालीको टीकापुरमा २ जनाको मृत्यु भएको छ भने कयौं घरका छाना उडाएका छन्। 

कैलाली जिल्ला दैवी प्रकोप राहत तथा उद्दार समितिका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार कैलालीमा हावाहुरीका कारण अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका-२, राजीपुरकी ४७ वर्षीया लाहानु चौधरी छिन्। उनको कुखुराको खोर भत्किँदा च्यापिएर मृत्यु भएको थियो। यस्तै कैलालीकै गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा बा३प ३८३६ नम्बरको टिपरसँग से२१प ५८२१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका वीरबहादुर चौधरीको पनि ...


ललितपुरमा आमाछोरी झुण्डिएको अवस्थामा फेला परे !

काठमाडौं - ललितपुरको महांकाल गाउँपालिका कालेश्वरमा आमाछोरी झुण्डिएको अवस्थामा फेला परेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाले दिएको जानकारी अनुसार आमा जानी शर्मा र छोरी राधिका शर्मा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत चापागाउँबाट डिएसपीको कमाण्डमा एक टोली पुगेको छ। भने प्रहरी चौकी कालेश्वरले पनि घटनाको मुचुल्का उठाउँदै गरेको डिएसपी चिमोरियाले बताए।

आत्महत्याको कारण भने हालसम्म नखुलेको उनले बताए।

...

दुई जना हुण्डी कारोबारी वीरगञ्जबाट पक्राउ

काठमाडौं - जिल्ला प्रहरी कार्यालय पर्साले दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। हुण्डीको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्जको रजतजयन्ती चोकबाट उनीहरुलाई बुधबार पक्राउ गरेका हो।

पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिकाको पहाडी टोलका २२ वर्षीय रोशन साह र भारत बिहारको मोतिहार ग्राम पञ्चायतका २२ वर्षीय सौरभ कुमार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनीहरुको साथबाट स्रोत नखुलेको २ लाख ९९ हजार ५ सय रुपैयाँ र २ थान मोबाइल बरामद भएको छ।

...

गुण्डा नाइके राधे पेस्तोलसहित धादिङबाट पक्राउ, भिडन्तमा दुई प्रहरी घाइते

काठमाडौं - गुण्डा नाइके राधे (राधाकृष्ण भण्डारी) पक्राउ परेका छन्। बुधबार साँझ उनी धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ बाट पक्राउ परेका हुन्। उनको साथबाट प्रहरीले पेस्तोलसमेत बरामद गरेको छ। प्रहरीलाई देखेपछि उनको समूह प्रहरीमाथि नै जाइलागेको थियो। सो क्रममा दुई प्रहरी घाइते भएका छन्।

उनी तरुण दल धादिङका जिल्ला उपाध्यक्षसमेत हुन्।

दुई वर्षअघि राधेको समूहले अन्धाधुन्ध खुँडा प्रहार गर्दा धादिङकै आयुप तामाङ गम्भीर घाइते भएका थिए। राधे प्रहरीको गुण्डाको लिस्टमा भएका व्यक्ति हुन्। उनले धादिङमा हुने ठेक्कापट्टा, अवैध बालुवा खानी लगायतको कमिसन लिने गरेको प्रहरीको भनाइ छ।

अर्का ...


आत्मालोचना गरि सच्चिन ईटहरीका मेयरलाई नेकपा नेताहरूको आग्रह

काठमाडौं - सार्वजनिक अभिव्यक्तिका कारण आलोचित बनेका ईटहरीका मेयर द्वारिकलाल चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूले आत्मआलोचना गर्न सुझाव दिएका छन् ।

पत्रकार तथा अन्य कतिपय व्यक्तिबारे सार्वजनिक धारणाको विषयमा टिकाटिप्पणी हुन थालेपछि नेताहरूले चौधरीलाई सच्चिन आग्रह गरेका हुन ।

प्रदेश नम्बर–५ का मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत जनताको बहुदलीय जनवादबाट दीक्षित कार्यकर्ता लोकतान्त्रिक मुल्य मान्यता र विधिको शासनप्रति प्रतिबद्ध रहनुपर्नेमा जोड दिएका छन् ।

‘द्वारिकाजीको आक्रोश पीतपत्रकारिता र भ्रष्टाचार विरुद्ध भए पनि अभिव्यक्ति भने अस्वाभाविक र गलत छन्’ मुख्मन्त्री पोखरेलले लेखेका छन्, ‘तसर्थ ...


२७ करोड लागतमा घोराहीको करौती डाँडामा रङ्गशाला बनाउन शुरु

दाङ - घोराही उपमहानगरपालिका–१६ मा रहेको करौती डाँडामा करीब २५ बिगाहा क्षेत्रफलमा बहुउद्देश्य खेलकूद रङ्गशाला बनाउन शुरु गरिएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त खेलकूद रङ्गशाला निर्माणको काम थालिएको हो ।

चालू आवमा प्रदेश सरकारको उक्त रङ्गशाला निर्माणका लागि रु ५० लाख छुट्याइएको छ । सरकारले दिएको उक्त बजेटलाई उपमहानगरपालिकाको प्राविधिक सहयोगमा रङ्गशाला व्यवस्थापन तथा निर्माण समिति बनाएर काम शुरु भएको छ ।

उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठका अनुसार करौती डाँडामा बन्न लागेको बहुउद्देश्य खेलकूद रङ्गशालामा फुटबलका साथसाथै विभिन्न खेल खेल्न संरचना ...


पाइपलाइन बिछ्याउने काम सम्पन्न, ढुवानी वापतको वार्षिक झण्डै दुई अर्ब रुपैयाँ बच्ने !

काठमाडौं, जेठ २२ - राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ ।

पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ । भारतीय आयल कर्पोरेशन ९आइओसी० सँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन, मर्मत र अद्यावधिक राख्ने जिम्मेवारी निगमको भएकाले कर्पोरेशनले यही जेठ २३ गतेदेखि निगमका २५ जना प्राविधिक जनशक्तिलाई भारतको लखनउमा आठ दिने तालीम दिनेछ ।

नेपालतिर ३६ र भारततिर ४२ ...


विप्लव समुहले गर्यो भक्तपुरमा जग्गा कब्जा !

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा जग्गा कब्जा गरेको छ। सोमबार भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा रहेको कित्ता नम्बर १७९७ रहेको एक रोपनी एक दाम क्षेत्रफल जग्गा पार्टी जिल्ला जनपरिषद भक्तपुरले कब्जा गरेको हो।

सो जग्गा चाँगुनारायण–५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको छ। अनपढ महिलालाई दबाब र प्रलोभन दिएर जग्गा भूमाफियाले कब्जा गरेको र ती महिलाले न्याय नभएपछि आफ्नो पार्टीमा उजुरी गर्न आएपछि जग्गा कब्जा गरेको भक्तपुर जिल्ला जनपरिषद् प्रमुख एससीद्वारा जारी विज्ञप्तिमा जनाइएको ...


२१ जना सीडीओ र सहायक सीडीओको सरुवा (सूची)

काठमाडौं - गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ), सहायक सिडिओ तथा सहसचिव र उपसचिव गरी २६ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ।

सरुवा सूची अनुसार विभिन्न जिल्लामा सिडिओ, सहायक सिडिओ र गृह मन्त्रालयका कर्मचारी हेरफेर गरिएको हो। उनीहरुमध्ये केहीलाई काज सरुवा गरिएको छ भने केहीको पदस्थापन र सरुवा गरिएको छ।

सरुवा गरिएका कर्मचारी तथा सिडिओको सूची यस्तो छ-

...

कलंकी-कोटेश्वर सडकमा गति सीमा : मुख्य लेनमा ५० र सर्भिस लेनमा २० किमि प्रतिघण्टा

काठमाडौं - सवारी दुर्घटना न्यूनीकरण गर्न चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डमा गति सीमा निर्धारण गरिएको छ। विस्तारित यो खण्डमा तीव्र गतिमा गुड्ने सवारीका कारण दुर्घटना बढेकाले ट्राफिक प्रहरीले गति सीमा तोकेको हो। यो सडकको मुख्य लेनमा ५० किमि प्रतिघण्टाको गति तोकिएको छ। सर्भिस लेनमा २० किमि प्रतिघण्टा तोकिएको छ।

जेठ २० देखि नै सवारीसाधनको गति जाँच्ने काम भइरहेको ट्राफिक महाशाखाले जनाएको छ। तोकिएको गतिभन्दा बढी गतिमा सवारीसाधन चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ (६) बमोजिम आवश्यक जरिवाना र कारबाही हुने ...


सोलुखुम्बु घटनापछि  'प्रकाण्ड'को बिज्ञप्ति : 'सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति छैन'

काठमाडौं - नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको प्रष्ट पारेका छन्। सोलुखुम्बु घटनापछि सोमबार विज्ञप्ति जारी गर्दै प्रकाण्डले पार्टीमाथि सरकारले षड्यन्त्र गरेको दावी गरेका हुन्।

'सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारवाजीप्रति ध्यानाकर्षण भएको छ' विज्ञप्तिमा भनिएको छ,'सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यस प्रकारको कुनै घटना नभएको स्पष्ट पार्न चाहान्छौं।'

पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप त्यसप्रकारको समाचार बाहिर आएको समेत प्रकाण्डले विज्ञप्ति मार्फत् प्रष्ट पारे।


सरकारले नवीकरण दस्तुर २० अर्ब तिराउने निर्णय गरेपछि नेपाल टेलिकममा हङ्गामा

काठमाडौं - सरकारले मोबाइल सेवाको नवीकरण दस्तुर २० अर्ब तिराउने निर्णय गरेर टेलिकमलाई धराशायी बनाउन खोजेको नेपाल टेलिकमका तीनवटा ट्रेड युनियनले आरोप लगाएका छन्। आधिकारिक ट्रेड युनियनसहित अन्य दुई कर्मचारी युनियनले सोमबार संयुक्त पत्रकार सम्मेलन गरी २० अर्ब रुपैयाँ तिरेमा टेलिकम धराशायी हुने दाबी गरे।

उनीहरूले सरकारी संस्थालाई हचुवाको भरमा मन्त्रिपरिषद्बाट नवीकरणबापत २० अर्ब तिनुपर्ने निर्णय हुनु नेपालको संविधानको धारा ११५ प्रतिकूल रहेको दाबी गरेका छन्। जेठ १० गते मन्त्रिपरिषद्ले टेलिकमले दोस्रो नवीकरणबापतको दस्तुर २० अर्ब तिर्नुपर्ने र त्यसका लागि ५ किस्ताको सुविधा दिने निर्णय गरेको ...


तेस्रोलिंगी गुरुङको पक्षमा फैसला, पार्टनरलाई १५ वर्षको जेल सजाय

काठमाडौं - तेस्रोलिंगी जुनू गुरुङको हत्यामा संलग्न रहेका उनका पार्टनरलाई सर्वोच्च अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ। करिब तीन महिनाअघि उनको हत्या भएको थियो। सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले आइतबार जुनूको पक्षमा फैसला गरेको नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन्।

उनका अनुसार तेस्रालिंगी महिलाका रूपमा खुलिसकेकी ३२ वर्षीया जुनू पोखराकी हुन्। उनी लाजिम्पाटमा बस्थिन्। उनका पार्टनर २१ बर्से विदेश कार्की उनीसँगै बस्थे। जुनूको मृत्यु हुनुभन्दा ३ दिनअघि पनि कार्कीले नराम्ररी पिटेका थिए। जुनू प्रहरीकहाँ पुगेकी थिइन्। प्रहरीले उनीसँग मेडिकल रिपोर्ट लिएर आउनु भनेको ...


विप्लव समुहले छेस्काम चौकी कब्जा गर्न गएको हल्ला हो या सत्य हो ?

काठमाडौं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा प्रयास गरेको छ। आइतबार राति करिब ३० जनाको समूहमा आएका विप्लवका लडाकुले प्रहरी चौकी कब्जा प्रयास गरेका हुन्। तर, विप्लव कार्यकर्ताबारे सूचना पाएका प्रहरीले चौकी छाडेर अन्यत्र गएपछि कुनै घटना हुन नपाएको सुरक्षा स्रोतले जनाएको छ।

मध्यराति १२ बजेको समयमा विप्लवका कार्यकर्ता चौकीमा पुगेका थिए। विप्लवका कार्यकर्ता चौकीतर्फ आउँदै गरेको सूचना पाएपछि ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएर बसेको खुलेको छ। प्रहरी नभेटेपछि उनीहरू बिहान ३ बजेसम्म चौकी आसापासकै क्षेत्रमा ...


'आलोपालो' गर्न दुई अध्यक्षबीच भएको लिखित सहमतिबारे थाहा छैन : नेपाल

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच वर्षसम्म सरकार परिवर्तन गर्न नहुने धारणा राखेका छन्। पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकार सञ्चालन गर्ने विषयबारे टीकाटिप्पणी भइरहेका बेला आइतबार तीन नेताबीच भएको छलफलमा नेपालले सरकार परिवर्तनको कुरा नगर्न आग्रह गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेता नेपालले दुई अध्यक्षबीच भएको लिखित सहमतिबारे पार्टीलाई कुनै जानकारी नभएको बताए।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दुई पार्टीले तयार गरेको संयुक्त चुनावी घोषणापत्रमा समेत पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्ने उल्लेख भएको चर्चा ...


न्यायाधीशकै शैक्षिक प्रमाणपत्र नक्कली, कारवाहीको माग गर्दै मुद्दा दर्ता

काठमाडौँ - न्यायपरिषद् स्थापना भएको २९ वर्षमा दोस्रो न्यायाधीशविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । परिषद्ले आइतबार तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

न्यायपरिषद्ले न्यायाधीश उपाध्यायले पटक–पटक आग्रह गर्दा पनि सक्कली प्रमाणपत्र बुझाउन नसकेपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्नुपरेको प्रस्ट पारेको छ । उनले अहिलेसम्म प्रोभिजनल सर्टिफिकेटका आधारमा न्याय सेवामा जागिर खाइरहेका थिए । उनले कानपुर विश्वविद्यालयबाट स्नातक (बिए) उत्तीर्ण नै नगरी त्रिभुवन विश्वविद्यालयबाट बिएल तहको प्रमाणपत्र लिएको आरोप लगाएको छ । परिषद्ले उपाध्यायलाई ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजारसम्म ...


विप्लवलाई मूल प्रवाहमा आउन प्रचण्डको आग्रह

काठमाडौँ - सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द विप्लवलाई सत्तारुढ नेकपामै सामेल हुन आग्रह गरेका छन् । उनले विभिन्न समूहमा रहेका कम्युनिस्टलाई पनि नेकपामै समावेश भएर मूल प्रवाहमा अघि बढ्न आग्रह गरे । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदम राईलाई आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रवेश गराउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कुनै दिन मुलुकको समृद्धि र समाजवादका लागि विप्लव पनि सत्तारुढ नेकपामै आउनुपर्ने बताए ।

उनले विप्लव समूहले लिएको बाटोले गन्तव्यमा नपुगिने भन्दै अन्तिम गन्तव्य नेकपा नै भएको दाबी गरे । ‘म अन्य ...


तोडिदै सिन्डिकेट : ठुला र शक्तिशाली यातायात समितिहरू धमाधम कम्पनीमा दर्ता

काठमाडौँ - शक्तिशाली भनिएका र यातायात क्षेत्रमा सिन्डिकेट चलाइरहेका यातायात समितिहरू कम्पनीमा रूपान्तरण भएका छन् । सरकारले कानुन संशोधन गरेर १८ जेठभित्र कम्पनीमा रूपान्तरण हुने म्याद तोकेको थियो । तोकिएको समयावधिभित्रै १ सय १ भन्दा बढी सदस्य भएका देशभरका सबै यातायात समितिले कम्पनीमा दर्ताका लागि विवरण बुझाएको कम्पनी रजिस्ट्रारको कार्यालयका प्रमुख रजिस्ट्रार भुवनहरि अर्यालले जानकारी दिए । ‘शनिबार मध्य–रातिसम्म दर्ताका लागि अनलाइन तथा उपस्थित भएर विवरण बुझाएका समितिलाई अध्ययन गरेर दर्ता गर्ने काम भइरहेको छ,’ उनले भने, ‘यो काम आइतबार मध्य–रातिसम्ममा सम्पन्न हुन्छ ।’

१८ जेठमा सार्वजनिक बिदा (शनिबार) भएकाले ...


कारवाहीमा परेका प्रकाण्डको पार्टीमा ‘कमब्याक’

काठमाडौं - पदम राई नेकपा प्रवेशपछि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पुन कमब्याक भएका छन्। पक्राउ परेर छुटेदेखि प्रवक्ता प्रकाण्ड कारवाहीमा परेका थिए। प्रकाण्डलाई विज्ञप्ति जारी गर्ने जिम्मा दिएका विप्लव आफैँले विज्ञप्ति प्रकाशन गर्न थालेका छन्।

साउन २३ गते राजधानीबाट पक्राउ परेका प्रकाण्डलाई सर्वोच्च अदालतले पटक-पटक रिहा गर्न आदेश दिएको थियो। तर, उनलाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लिने गर्दथ्यो। डेढ महिनामा प्रहरीले प्रकाण्डलाई काठमाडौं, काभ्रे, नुवाकोट, भोजपुर र दाङलगायतका जिल्ला पुर्याएको थियो। अन्तत उनी असोजमा रिहा भएका थिए।
गृहमन्त्री रामबहादुर थापा 'बादल'सँग भएको ...


के प्रचण्डले भारतसामु ‘ओलीको कार्यकाल ५ वर्ष’ छैन भन्ने ‘कूटनीतिक’ सन्देश प्रवाह गर्न खोजेका हुन् ?

काठमाडौँ - ‘यतिबेला किन बोले दाहाल ? ’ राजनीतिक वृत्तमा जिज्ञासा पोखिने क्रम बढ्दै छ । प्रधानमन्त्री केपी ओली भारत जाने सुरसार गर्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले १५ गते एक टेलिभिजनमार्फत डेढ वर्षपछि आफू प्रधानमन्त्री हुने सहमति भएको खुलासा गरे । यो खुलासाले ओली निकै क्रुद्ध बनेका थिए । भारी मन र खिन्न अनुहार बनाएर ओली भारततर्फ प्रस्थान गर्दै गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ५ बुँदे सहमति छ्याप्छ्याप्ती भइसकेको थियो । ओलीका लागि यो घटना निकै असह्य थियो ।

दुई तिहाइको स्थायी सरकारको सन्देश दिइरहेका ...


फेवातालमा दैनिकजसो मौसममा खराबी, मध्याह्नपछि डुंगा सयर नगर्न अनुरोध

पोखरा - पोखरामा सोमबार दिउँसो कालो बादल मडारिएर हावाहुरीसहित असिनापानी प¥यो। एकाएक हुरीसहितको असिनापानीले फेवातालमा छाल उठ्यो। त्यही छालमा परेर डुंगा सवार सातजना तालमा खसे। लाइफ ज्याकेट लगाएकाले तालमा खसे पनि उनीहरु सबैजना तैरिए। तत्कालै पुगेको सशस्त्र प्रहरीको टोलीले उनीहरूको उद्धार ग¥यो।

पोखरा विमानस्थलले सोमबार पोखरामा ६४ नटिकल माइल (११८ किलोमिटर) प्रतिघन्टाका दरले हावा चलेको जनाएको थियो। विमानस्थलका अनुसार यो गतिको हावामा जहाज उडान र अवतरणसमेत सम्भव हुँदैन।

फेवातालमा छाल आउने र डुंगा घोप्टिने घटना पछिल्लो समय दिनहुँजसो भइरहेका छन्। दिनहुँजसो तालमा छालले डुंगा घोप्ट्याए पनि अप्रिय ...


साढे तीन तलाको स्वीकृति ११ तलाको होटेल, उद्घाटन नगरी फर्किए प्रधानमन्त्री

पोखरा - प्रधानमन्त्री केपी ओलीले एउटा विवादास्पद होटेलको उद्घाटन गर्न अस्वीकार गरेका छन् । साढे तीन तलाको मात्र नक्सा पास गरी ११ तला निर्माण गरिएको थाहा पाएपछि उनी उद्घाटन नगरी फर्किएका हुन् । प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान सवा १० बजे पोखरा विमानस्थल उत्रिएका थिए । त्यसपछि उनी सीधै लेकसाइडस्थित होटेल स्विस इन्टरनेसनल पुगेका थिए । तर, मापदण्डविपरीत बनेको होटेल उद्घाटन गर्दा आलोचित हुने देखिएपछि उनी त्यसै फर्किएका हुन् ।

प्रधानमन्त्रीभन्दा अघि संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा होटेल पुगिसकेका थिए । प्रधानमन्त्रीसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा ...


‘आलोपालो सहमति’ बारे प्रचण्डले मुख खोले !

धरान - नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन्। सरकारको ‘आलोपालो सहमति’ का विषयमा दाहालले एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिपछि दुई अध्यक्षको सम्बन्धमा खटपट सुरु भएको आँकलन गरिरहँदा उनले अनावश्यक कुराले पार्टीभित्र फाटो नआउने र आउन पनि नदिने स्पष्ट पारेका हुन्।

किरात राई यायोख्खा सुनसरीको साकेला सिली समापन कार्यक्रममका लागि विराटनगर हुँदै शनिबार धरान आइपुगेका दाहालले भने, ‘उहाँ (प्रधानमन्त्री केपी ओली) नै पाँचै वर्ष प्रधानमन्त्री बन्न सक्नुहुन्छ। कसरी र कसले सरकार एवं पार्टी चलाउने भन्ने कुरा दुई अध्यक्षबीचको सहमतिमा हुन्छ। अनावश्यक कुराले ...


इतिहासको त्यो कालो दिनको कहिले होला पर्दाफास : आजैका दिन भएको थियो राजा बिरेन्द्रको वंशनास !

काठमाडौँ - शुक्रबारको दिन बिहानैदेखि चर्को घाम लागेको थियो। २०५८ जेठ १९ गते बिहान आठ बजे सधैं झैं महाराजाधिराज सरकार ‘मर्निङ वाक’ मा निस्किबक्स्यो। त्यस दिन मौसुफको अनुहार अवसादले ढाकेजस्तो अलि अँध्यारो देखिन्थ्यो। लाग्थ्यो, कुनै किसिमको वलिष्ठ बोझ झेल्नु परिरहेको छ। शिष्टाचारले मिल्दो हो त म ‘के भयो सरकार’ भनी सोध्ने थिएँ। तर म त फगत एउटा पाश्र्ववर्ती मात्र न थिएँ ! मनमनै नियालें मात्र।

वीरेन्द्र सरकार दुई घण्टासम्म केही नबोली दरबारभित्र टहलिबक्स्यो। सरकार सामान्यतया कमै बोल्ने स्वभावका भए पनि अरू बेला केही न केही कुराकानी ...


यार्सागुम्बा टिप्न गएका तीन जनाको ज्यान गयो

डोल्पा - बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्न डोल्पाका हिमपाटनहरुमा पुगेका यार्सासंकलकहरुको अकालमा ज्यान जाने क्रम शुरु भएको छ। अत्याधिक जाडो र खानपान नमिल्दा मानिसहरुले अकालमा ज्यान गुमाउने गरेका छन।

बिहिवार र शनिवार बिहान सम्ममा तीन जनाले ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेमा जाजरकोट जिल्ला बारेकोट गाउँपालिका १का १८ वर्षीय कृष्ण बिक जाजरकोटकै २३ वर्षीय रमेश चलाउनेको अत्याधिक जाडो र लेक लागेर शनिबार बिहान मृत्यु भएको खवर प्राप्त भएको शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुलिगाडका सुचना अधिकृत छत्र खड्काले जानकारी दिए।

उनीहरु शे फोक्सुण्डो गाउँपालिका अन्तरगत पर्ने रमाना भन्ने लेकमा यार्सागुम्बा ...


भारतमा १ करोड लाग्ने कलेजो प्रत्यारोपण अब नेपालमा २५ लाखमै

काठमाडौँ - शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको छ । तीन वर्षको अथक प्रयासपछि शुक्रबार प्रत्यारोपण गर्न चिकित्सकहरु सफल भएका छन् । प्रा.डा रमेशसिंह भण्डारीको नेतृत्वमा शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौं निवासी ५८ वर्षीय एक व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई ३३ वर्षकी छोरीले कलेजो दान गरेकी हुन ।

डा. भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको प्रत्यारोपण राती १२ बजेर ३० मिनेट जादा सकिएको थियो । नेपाली चिकित्सकलाई साथ दिन भारतको एपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञ डा. निरव गौरको टिम आएको थियो । ...


युवतीको विषयमा ग्याङ फाइट गर्ने सातजना जेल चलान

ललितपुर - गत वैशाख २० गते पुल्चोकको सुमेरु सिटी अस्पताल नजिकै युवतीको विषयमा ग्याङ फाइटमा संलग्न सातजना जेल चलान भएका छन्। फाइटमा २० वर्षीय अन्सल शाक्यको मृत्यु भएको थियो। फाइटमा संलग्न सात युवालाई शुक्रबार पुर्पक्षका लागि जेल चलान गरिएको हो।

महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवतmा नारायण चिमोरियाका अनुसार मुकेश महर्जन, कृष्ण तामाङ, प्रितम चुडाल थापा, सागर शाही, कुमार तामाङ, विशान्त थापा मगर र सुजन सोडारी पुर्पक्षका लागि जेल चलान भएका हुन्। मुकेशले अन्सलमाथि छुरा प्रहार गरेको प्रहरी आनुसन्धानबाट खुलेको थियो।

वैशाख २० गते साँझ ६:३० मा दुई ...


यस्तो छ नरेन्द्र मोदीको मन्त्रिमण्डलको सूची !

एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिमण्डलको सूची यसप्रकार छ :
प्रधानमन्त्री नरेन्द्र मोदी : कार्मिक, जन सिकायत, पेन्सन, परमाणु ऊर्जा, अन्तरिक्ष, नीतिगत मामिला र अन्य मन्त्रीलाई जिम्मेवारी नदिइएका मन्त्रालयहरू।

मन्त्री मन्त्रालय
राजनाथ सिंह रक्षा
अमित शाह गृह
नितिन गडकरी सडक परिवहन, राजमार्ग
डिवी सदानन्द गौडा रसायन तथा मल
एस जयशंकर विदेश
निर्मला सितारमण वित्त तथा कर्पोरेट मामिला
रामविलास पासवान उपभोक्ता मामिला, खाद्य तथा नागरिक आपूर्ति
नरेन्द्रसिंह तोमर कृषि, किसान कल्याण, ग्रामीण विकास, पञ्चायती व्यवस्था
रविशंकर प्रसाद विधि तथा न्याय, सञ्चार, इलेक्ट्रोनिक्स तथा आइटी
हरसिमसरत ...


प्रधानमन्त्री ओली भन्छन : ‘एउटा व्यक्तिले दुई देशको सम्बन्धमा फरक पर्दैन’

काठमाडौं - नेपाल र भारत सहकार्य उल्झनरहित अघि बढ्ने विश्वास लिएर प्रधानमन्त्री केपी ओली स्वदेश फर्केका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ प्रधानमन्त्री प्रसन्न मुद्रामा स्वदेश फर्केका हुन्।

ओलीले शुक्रबार बिहान भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए। भेटमा मोदीले नेपाल र भारतको सम्बन्ध जनस्तरमा राम्रो हुँदै गएको र यसलाई थप उचाइमा लैजान ‘रचनात्मक सहकार्य’ गर्ने बताएका थिए। उनले सहकार्यप्रति खुसी व्यक्त गर्दै यही गतिमा सम्बन्ध अगाडि बढाउने आफ्नो चाहना पनि व्यक्त गरे। मोदीले प्रधानमन्त्री ओलीसमक्ष आतंकवादविरुद्ध जुटेर सहकार्य गर्दै समृद्धिमा ...


घुस लिंदालिंदै वडासदस्य पक्राउ

जनकपुर- महोत्तरीमा शुक्रबार बिहान घुससहित एक जनप्रतिनिधि पक्राउ परेका छन्।

महोत्तरीको एकडारा गाउँपालिका ४ का राजपाबाट निर्वाचित वडासदस्य रामचन्द्र राय यादवलाई घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।

वडामा निर्माणाधीन एक योजनाको ठेकेदारसँग घुस रकम मागेको सूचना पाएर पुगेको अख्तियारको टोलीले ३६ हजार घुससहित उनलाई पक्राउ गरेको हो।

यादवलाई आवश्यक कारबाहीका लागि अख्तियारले बर्दिवासस्थित कार्यालय लगेको छ।

...

पर्वतमा ७ वर्षीया बालिका बलात्कृत

पर्वत - दक्षिण पर्वतको विहादी गाउँपालिकामा ७ वर्षीया बालिका बलात्कृत भएकी छिन्।

विहादी गाउँपालिकाकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ। चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका जिल्लाको पैयूँ गाउँपालिका–६ सरौँखोला घर भएका सुरजले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती गरेको स्वीकार गरेको हुवास इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिए।

घटनापछि भाग्दै गरेका उनलाई इलाका प्रहरी कार्यालयको टोलीले राति ८ बजे उरामबाट पक्राउ गरिएको थियो। पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि पोखराको गण्डकी अञ्चल अस्पतालमा ...


प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

काठमाडौं - भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली गएका प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्तँ भएको हो ।

भेटमा दुबै नेताले द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गरेका भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम छ ।

...

मोदीले 'नाकाबन्दी डिजाइनर' जयशंकरलाई विदेशमन्त्री बनाएपछि नेपालमा तरंग !

काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिमण्डलमा परेका एक जना मन्त्रीको बारेमा नेपालमा बिहीबार बेलुकादेखि नै निकै चर्चा भइरहेको छ । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा पनि उनको निकै चर्चा भएको छ । भारतका पूर्वविदेश सचिव एस जयशंकरलाई मन्त्रीको शपथ गराएपछि नेपालमा चर्चा सुरु भएको हो ।

मोदीको पहिलो कार्यकालमा उनको विशेष दूतका रुपमा नेपालमा आएर केही राजनीतिक दलको असन्तुष्टि कायमै रहेकाले तत्काल संविधान घोषणा नगर्न आग्रह गर्ने व्यक्ति थिए जयशंकर । उनी त्यतिबेला विदेश सचिव थिए ।

भारतले २०७२ सालमा नेपालमाथि नाकाबन्दी लगाउनुभन्दा अघि जयशंकर नेपाल आएका थिए ...


​पूर्वपश्चिम राजमार्गमा अज्ञात समुहद्वारा यात्रु बस लुटपाट

बारा - पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडकखण्ड अन्तरगत १३ किलो जंगल नजिकै आज बिहान यात्रुबाहक रात्रि बसमा लुटपाट भएको छ ।ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक बिक्रम लामाका अनुसार निजगढबाट ७ किमी पश्चिम जंगलमा काठमाडौँबाट जलेश्वरतर्फ जाँदै गरेको ना ७ ख २७९० को रात्रि बसमा अज्ञात समुहले बिहान करिब ३ बजे लुटपाट गरेको हो ।

जीप र मोटरसाइकलमा आएको ६÷७ जनाको समुहले सडक अवरोध गरी चालकलाई कुटपिट गर्नुका साथै कन्डक्टरसँग रहेको ४५ हजार नगद र मोबाईल एक थान लुटेरे लगेको प्रहरीले जनाएको छ । बसका यात्रुले प्रतिकार गर्न ...


पूर्वराजाका सल्लाहकार एवं व्यावसायी प्रभाकर शमशेर राणाको निधन

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा व्यावसायिक साझेदार प्रभाकर शमशेर राणाको उपचारका क्रममा बिहिबार अमेरिकाको न्युयोर्कमा निधन भएको छ । एक वर्षदेखि न्युयोर्कमा उपचार गर्ने क्रममा बिहिबार राणाको निधन भएको पारिवारिक स्रोतहरूले पुष्टि गरेका छन् । राणाको शव नेपाल ल्याएर संभवतः शनिबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम छ ।

८४ वर्षीय राणा ढाडको विरामी थिए र त्यसको सल्यक्रिया गर्ने क्रममा अस्पतालको हलेचेक्र्याइँले गर्दा झन् थला परेका थिए । एक वर्षदेखि न्युयोर्कमै रहेर उपचार गर्ने क्रममा केही महिनाअघि उनलाई ‘हार्टअट्याक’ भएको थियो । पत्रकार ...


काठमाडौँमा कतार भिसा सेन्टरको स्थापना, अब विदेश जाने सम्पूर्ण प्रक्रिया नेपालमै

काठमाडौँ - कतार भिसा सेन्टर (क्युभिसी) ले बुधबारबाट नेपालमा सेवा सुरु गरेको छ । नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैल र कतार भिसा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलिफा अल मोहन्नदीले बुधबार साँझ काठमाडौं महानगरपालिका-४ महाराजगन्जमा रहेको भिसा सेन्टर उद्घाटन गरे ।

औपचारिक सेवा सुरू भएसँगै कतार रोजगारीमा जाने कामदारको सम्पूर्ण प्रक्रिया अब नेपालमै पूरा हुने भएको छ । अब रोजगारीमा जाने कामदारले भिसा, स्वास्थ्य परीक्षण, कामदारको औँठा छाप, कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका काम सेवा यही सेन्टरबाट पाउनेछन् । यस्तै, कामदारले ...


रंगशालाको बार भत्काउने १६ जना प्रहरी खोरमा

चितवन - चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा सुरक्षाका लागि लगाइएको जस्तापाता सहितको बार केही व्यक्तिहरुले बुधबार बिहान भत्काएका छन् ।

सडक विस्तार गर्ने सम्बन्धमा असन्तुष्ट पक्षले उक्त घटना गराएको चितवन प्रहरीले जनाएको छ । डोजर नै प्रयोग गरेर झण्डै १ किमि बारक्षेत्र भत्काइएको छ । अराजक व्यक्तिहरुले उक्त घटना गराएको भन्दै केही स्थानीयले भने दोषीलाई पक्राउ गरी कारबाही गर्दै स्थानीय प्रशासनलाई दवाव दिएका थिए । भत्काइएको क्षेत्रको बुधबार जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, ...


गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण स्थगित

काठमाडौं - धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजना केही समयका लागि स्थगित भएको छ।

निर्माण स्थलमा लगाइएको तारबारमा बुधबार डोजर चलेपछि फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले प्रेस विज्ञप्तिमार्फत् स्थगित भएको जानकारी दिएका हुन्।

परियोजनाको सुरुवातदेखि नै काममा असहजता सिर्जना गराउने, विभिन्न अनुचित माग राख्ने र फाउण्डेशनका कर्मचारी धम्क्याउने लगायतका कामहरू केही उत्श्रृंखल समूहबाट हुँदै आएको भन्दै उनले बारमा डोजर चलाउनेप्रति भर्त्सनासमेत गरेका छन्।

समस्याको स्थायी समाधान र सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि परियोजना स्थगित गरिएको उनले जानकारी दिए।

'परियोजना भित्रको सुरक्षाको स्थिति र कार्यवातावरण ...


प्रधानमन्त्री ओली आज भारत जाँदै

काठमाडौं - भारतीय समकक्षी नरेन्द्र मोदीको दोस्रो कार्यकालको लागि हुन लागेको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार भारत जाँदैछन् । मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जान लागेका हुन् ।

उनी नेपाल एयरलाइन्सको विमानबाट दिउँसो साढे १ बजे भारत जाने तयारी छ । मोदीले नेपालका प्रधानमन्त्रीसहित छिमेकी देशका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा निम्ता दिएका छन् ।

बिहीबार साँझ ७ बजे शपथग्रहण सहभागी भएर प्रधानमन्त्री ओली भोलि शुक्रबार काठमाडौं फर्कनेछन् । दिल्ली बसाइ क्रममा ओली र मोदीबीच द्विपक्षीय विषयमा छलफल ...


युवा तथा खेलकुदलाई ४ अर्ब, मुलपानीलाई १० करोड

काठमाडौं - सरकारले आर्थिक वर्ष २०७६/०७ का लागि युवा तथा खेलकुदलाई ३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । यो अघिल्लो वर्षको भन्दा १ अर्ब ९५ करोड बढि हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा गरेको बजेट भाषण गर्दै युवा तथा खेलकुदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए ।

काठमाडौं उपत्याकामा अन्तर्राष्ट्रिय खेलकुद परिसरको निर्माण गर्न प्रारम्भिक अध्ययन गरिने, सबै प्रदेश र स्थानीय तहमा प्रदेशस्तरको रंगशाला, खेलग्रामको निर्माण गरिने बजेट भाषणमा उल्लेख छ । त्यस्तै, निर्माणाधिन अवस्थामा रहेको मुलपानी क्रिकेट मैदान सम्पन्न गर्न १० करोड ...


हवाई आयोजनामा १५ अर्ब ८५ करोड बजेट, कुन विमानस्थललाई कति बजेट ?

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवका तीनसहित हवाई आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । सबै गरी हवाई आयोजनामा पौने १६ अर्ब बजेट विनियोजन भएको छ ।

संसदमा अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको बजेटमा हवाई क्षेत्रलाई १५ अर्ब ८५ करोड बजेट छुट्याइएको छ । यो चाुल अब भन्दा कम हो । चालु आवमा हवाई पूर्वाधारका लागि १९ अर्ब ३५ करोड रुपैयाँ छुट्याइएको थियो ।

राष्ट्रिय गौरवका २१ आयोजनामध्ये भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय अहिले भौतिक प्रगतिका हिसावले अगाडी छन् ...


रेलमार्ग बनाउन ७ अर्ब ७० करोड बजेट

काठमाडौं - रेलमार्गहरुको निर्माणलाई प्रतिष्ठाको विषय बनाएको सरकारले यस कार्यका लागि आगामी वर्षमा पौने ८ अर्ब करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि साढे ४ अर्ब बजेट पाएको रेलमार्गले आगामी वर्ष ७ अर्ब ७० बजेट पाएको हो ।

बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखेको बताए । यो बजेट मुख्यरुपमा रेलमार्गको जग्गा अधिग्रहण लगायतका काममा खर्च हुनेछ । पूर्व-पश्चिमसहित अन्य रेलमार्गलाई प्राथमिकतामा राखेर बजेट आएको छ ।

रेल विभागले झण्डै २० अर्ब मागेको थियो । ...


सांसदलाई ६ करोडका दरले पैसा बाँड्ने निर्णय

काठमाडौं - सरकारले विकास कार्यमा संघीय सांसदहरुको सहभागिता गराउने भन्दै रकम विनियोजन गरेको छ । सांसदलाई पैसा बाँडेर विकास नहुने भन्दै अर्थविज्ञहरुको चर्को आलोचनाबिच अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय लिएका हुन् ।

बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै अर्थमनत्री खतिवडाले स्थानीय विकास साझेदार कार्यक्रम अन्तर्गत प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँका दरले ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन् ।

यसअघि चालु आर्थिक वर्षको बजेटमा अर्थमन्त्री खतिवडाले प्रति निर्वाचन क्षेत्र ४ ...


त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभर बनाइने

काठमाडौं - सरकारले काठमाडौँको त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभर निर्माण गर्ने भएको छ।

आर्थिक वर्ष २०७६/०७७ मा विस्तृत सम्भाव्यता अध्यनका लागि बजेट बिनियोजन गरिएको छ। त्यसैगरी यो आर्थिक वर्षमा देशभर २ सय पुल निर्माण गरिने छ। त्यसका लागि ७ अर्ब रुपैयाँ बिनियोजन गरिएको छ।

...

सरकारको लक्ष्य : आर्थिक वृद्धिदर ८.५ प्रतिशत

काठमाडौँ - सरकारको लक्ष्य आगामी वर्षको आर्थिक वृद्धिदर ८ दशमलव ५ प्रतिशतको हाराहारी पुर्या‍उने लक्ष्य लिएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले सदनमा बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

यस अघि चालु आवको बजेटमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएपनि यो वर्षको आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशतको हाराहारीमा मात्रै रहने अनुमान गरिएको छ।

...

रेशम चौधरी जेलमै बिरामी, राजपाका नेताले वास्ता नगरेपछि निरास

काठमाडौं - टीकापुर घटनामा स‌ंलग्‍न रहेको आरोपमा जिल्ला अदालत कैलालीबाट जन्मकैदको फैसला सुनाइएका सांसद रेशम चौधरी बिरामी परेका छन्।

साढे तीन वर्षअघि कैलालीको टीकापुरमा नौ जनाको हत्या भएको घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको थियो।

थरूहटको आन्दोलन चर्किँदा वि.सं. २०७२ भदौमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिदिएको थियो।

जन्म कैदको सजाय पाएर हाल डिल्लीबजार कारागारमा रहेका चौधरीको फोक्सोमा समस्या देखिएको छ।

जिल्ला अदालत कैलालीबाट जन्मकैदको फैसला भएपनि उनको मुद्दा पुनराववेदनका लागि उच्च अदालतमा पुगेको ...


झापामा  दिउँसै जङ्गली हात्तीको बथान वस्तीमा छिरेपछि गाउँ र विद्यालयमा त्रास

भद्रपुर- झापाको अर्जुनधारा नगरपालिका–५ मा मानव वस्तीको बीचमा बच्चासहित जङ्गली हात्तीको बथान दिउँसै आएपछि त्रास फैलिएको छ । भारततिरबाट आएका छ वटा हात्ती आज बिहानदेखि सो वडास्थित ध्यानबहादुर भारतीको उखुबारीमा बसेका छन् ।

हात्ती बसेको उखुबारीको वरिपरि दुई दर्जन घर छन् भने डेढ सय विद्यार्थी अध्ययन गर्ने एउटा आधारभूत विद्यालय छेउमै छ । हात्ती दिउँसो बास बस्ने र राति आहारका लागि सक्रिय हुने गर्दछ ।

हात्तीबाट मानव वस्ती र विद्यालयमा क्षति नपुगोस् भनेर डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णु घिमिरेको नेतृत्वमा वन कार्यालयको टोली हात्ती रुग्न खटिएको ...


अब चिया पसलमा बसेर कुरा काट्नेको मुख थुनियो : महेश बस्नेत

भक्तपुर - नेकपाका केन्द्रीय सदस्य एंव पूर्वउद्योगमन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिका–५ कटुञ्जे र वडा नं ७ गुण्डु किवाचोक जोड्ने बूढी गण्डकी खोलामा बनेको पुलको आज उद्घाटन गरे । रु एक करोड ३७ लाख ८४ हजारको लागतमा सो पुल निर्माण भएको हो ।

सो अवसरमा पूर्वउद्योगमन्त्री बस्नेतले चिया पसलमा बसेर कुरा काट्नेदेखि संसद्मा बसेर आलोचना गर्नेको अब सरकारको काम देखेर मुख बन्द हुने बताए ।

स्थानीय जनताको मागका आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएको चर्चा गर्दै उनले सामाजिक सञ्जालमा केही व्यक्तिले सरकारसँग गुनासो गरेपनि देशभरका अधिकांश जनताले सरकारप्रतिको ...


गरिवी र गणतन्त्र सँगसँगै रहन सक्दैनन् : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने बताएका छन् ।

बुधबार गणतन्त्र दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साे कुरा बताएका हुन् ।

उनले भने गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै अघि बढ्न पनि सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन । हाम्रा सम्पूर्ण पाइला सुशासन र विकासतर्फ अग्रसर छन् ।

उनले गणतन्त्र भनेको जनता आफैले शासक आफैं चुन्न पाउने र राम्रो काम नगर्नेलाई चुनावमा पराजित गर्न पाउने व्यवस्था गणतन्त्र भएको बताए । त्यस्तै उनले गणतन्त्रलाई जनताकै अभिमतमा ...


गणतन्त्रको स्थापना राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन : प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मुलूकमा विद्यमान सामन्ती, निरङ्कुश तथा एकात्मक सत्ताको अन्त्य भएको बताएका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले बुधबार गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा भएको अवसरमा एक शुभकामना सन्देश मार्फत सो कुरा बताएका हुन् । उनले दिएको शुभकामना सन्देशमा भनिएको छ ‘सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १२ वर्ष पूरा भएको छ । सर्वप्रथम म गणतन्त्र दिवसको ...


लोकसेवाले माग्यो ९ हजार कर्मचारी (हेर्नुहोस विज्ञापन)

काठमाडौँ - लोकसेवा आयोगले स्थानीय तहका लागि नौ हजार कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । आयोगले बुधबार स्थानीय तहमा रिक्त रहेका पदहरु पदपूर्ती गर्न प्राविधिक र अप्राविधिक दुबैतर्फ गरी कुल नौ हजार एक सय ६१ जनाका लागि आवेदन माग गरेको हो । लोक सेवा आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ विज्ञापन खुलाएको छ । प्रकाशित सूचनामा प्रत्येक गाउँपालिका, नगरपालिका छुट्टछ्ट्टै रुपमा पदपूर्ती हुने गरी सूचना निकालेको हो ।

आयोगका अनुसार असार ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन १० गतेसम्म ...


बुढीगण्डकी अघि नबढेको भन्दै नेकपाकै सांसदले गरे सरकारको चर्को आलोचना

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

नेकपाका सांसदहरु राधा ज्ञवाली, भूमिप्रसाद त्रिपाठी र पाल्देन छेपाङ गुरुङले बुढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अझै अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन्।

मंगलबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै नेकपाकी सांसद एवम् पूर्व उर्जामन्त्री ज्ञवालीले सरकारले १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको काम अहिलेसम्म पनि अघि बढाउन नसकेकोमा असन्तुष्टि जनाइन्। उनले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने सो जलविद्युत ...


मोदीको शपथमा पाँच छिमेकीलाई मात्रै निम्ता, प्रधानमन्त्री ओली बिहीबार भारत जाने !

काठमाडौँ - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा आठमध्ये पाँच छिमेकी मुलुकलाई मात्रै निमन्त्रणा गरिएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सदस्यसमेत रहेका नेपाल, भुटान, बंगलादेश, म्यानमार र श्रीलंकालाई अतिथिका रूपमा निमन्त्रणा छ । तर, छिमेकी पाकिस्तान, अफगानिस्तान र चीनलाई निम्ता छैन ।

बिमस्टेक सदस्य थाइल्यान्डका कार्यकारी प्रमुखलाई पनि अतिथिका रूपमा निमन्त्रणा छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को अध्यक्षराष्ट्र किर्गिस्तान र भारतीय मूल बाहुल्य रहेको मोरिससका कार्यकारी प्रमुखलाई पनि शपथग्रहणमा निम्ता गरिएको छ । भारतीय विदेश मन्त्रालयले छिमेक प्रथम नीतिअनुसार छिमेकी मुलुकलाई प्रधानमन्त्रीको शपथग्रहणमा बोलाएको ...


३० वर्षदेखि जङ्गलमा बास, भन्छन - 'जङ्गली जनावर कराउँदा डर लाग्छ'

तानसेन - पाल्पाको निस्दी गाउँपालिकाका-४ का एक वृद्ध तीन दशकदेखि जङ्गलमा बास बस्दै आएका छन् । कुष्ठरोग लागेका जसवीर सुनारी गाउँदेखि करिब सात सय मिटर टाढा जङ्गलमा बस्दै आएका हुन् ।

कुष्ठरोग लागेको थाहा पाएपछि २०४० सालमा गाउँलेले अरूलाई सर्न सक्छ भनेर उनलाई जङ्गलमा पठाएका थिए । उमेरले करिब ८० वर्ष पुगेका सुनारीले कुष्ठरोग लागेपछि गाउँलेले हेला गरेको गुनासो गरे । 'पहिले पनि मेरो नजिक काेही आउन मान्थेनन्, अन्त्यमा जङ्गलको बास गराए,' सुनारीले भने ।

अविवाहित सुनारीलाई भाइका छोराबुहारीले घर बोलाए पनि गाउँलेले दुर्व्यवहार गर्ने भएकाले घर ...


प्रमुख न्यायाधीशकै प्रमाणपत्र नक्कली रहेको भेटिएपछि निलम्बनमा

काठमाडौं - न्यायपरिषद्को मंगलबार बसेको बैठकले तनहुँ जिल्ला अदालतका प्रमुख न्यायाधीश ओमकार उपाध्याय र ललितपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश विश्वमंगल आत्रेयलाई निलम्बन गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले दुबै न्यायाधीशलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको हो।

तनहुँका तत्कालीन न्यायाधीश उपाध्यायलाई शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी एलएलबी उत्तीर्ण गरेको आरोपमा निलम्बनको कारबाही गरिएको हो। नक्कली प्रमाण पत्रमा न्यायाधीशविरुद्ध मुद्दा चलाउनुपर्ने घटना न्यायिक इतिहासमै नौलो भएको छ।

परिषद् उच्च स्रोतका अनुसार छानबिनकाक्रममा उपाध्यायले भारतबाट स्नातक तह (बीए) उत्तीर्ण गरेको नक्कली सर्टिफिकेट ल्याएर नेपालमा एलएलबी गरेको भेटिएपछि ...


गुप्तचरको सूचनालाई गम्भीरताका साथ नलिंदा आइतवारको विस्फोट

काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले सहरकेन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साताअघि नै रिपोर्टिङ गरेको थियो। विप्लव समूहले आफूलाई चर्चामा ल्याउन सहरकेन्द्रित गतिविधि सुरु गरेको र अवाञ्छित गतिविधि हुन सक्ने भन्दै प्रधानमन्त्री कार्यालयमातहत नै रहेको सो विभागका प्रमुख गणेश अधिकारीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई रिपोर्टिङ गरेका थिए।

‘पुरानो जनयुद्धको रूपलाई गाउँभन्दा सहरकेन्द्रित गरेर आफूलाई अन्तर्राष्ट्रियकरण गर्न खोजेको सूचना मुख्यसचिव रेग्मीलाई दिइएको छ,’ अनुसन्धान विभाग स्रोतले भन्यो, ‘बम पड्किन्छ भन्ने प्राविधिक सूचना त होइन, उनीहरूको आउजाउ बढेको, बैठक भेलाहरू सुरु भएको र ...


न्युरोडमा बिहीबारदेखि स्मार्ट पार्किङ, बाइकलाई घण्टाको २५ रुपैयाँ !

काठमाडौँ - न्युरोडमा बिहीबारदेखि स्मार्ट पार्किङ सुरु हुने भएको छ । अव्यवस्थित पार्किङले समस्या बढाएको बताउँदै काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ सिस्टम सञ्चालन गर्न लागेको हो । तीन महिनाअघि काठमाडौं महानगरले ह्विल्स ट्रलियोर्स कम्पनीसँग स्मार्ट पार्किङ सञ्चालनका लागि सम्झौता गरेको थियो ।

कम्पनीले स्मार्ट पार्किङ सञ्चालनको अन्तिम तयारी गरिरहेको छ । सुरुमा न्युरोड क्षेत्रका पाँच स्थानमा सञ्चालन गर्ने तयारी छ । कम्पनीका आइटी को–अर्डिनेटर हरीष अग्रवालका अनुसार न्युरोड क्षेत्रका रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट पार्किङ सिस्टम लागू हुनेछ ।

ती स्थानमा आठ सय बाइक र ...


९२ रोपनी सरकारी जग्गा हाउजिङलाई बेच्ने कर्मचारी बिरुद्ध मुद्दा !

काठमाडौँ - नक्कली लालपुर्जाका आधारमा मालपोत कर्मचारीले चन्द्रागिरी नगरपालिकास्थित ९२ रोपनी सरकारी जग्गा हाउजिङ कम्पनीको नाममा पास गरिदिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी त्यसमा संलग्न मालपोत कर्मचारीसहित सातजनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय कलंकीका तत्कालीन मालपोत अधिकृत शिवप्रसाद रिमाल र नायब सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङ कम्पनीका सञ्चालक रामकुमार सुयल थापाविरुद्ध मुद्दा दायर भएको हो । नक्कली जग्गाधनी मीनाकुमारीको वारेस दिपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरुद्ध आयोगले मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार ...


गृहमन्त्री आफै भन्छन् : ‘विप्लवले  चार कम्पनी सेना बनाइसके’

काठमाडौँ - गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सोमबारको संसद् बैठकमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चार कम्पनी सैनिक दस्ता गठन गरेको बताए । तर, उनकै नेतृत्वको गृह मन्त्रालयसँग सो समूहका हिंसात्मक गतिविधि रोक्ने प्रस्ट योजना भने छैन । सैन्य दस्ता नै बनाइसकेको भनेर सूचना पाउँदा पनि गृहले त्यसविरुद्ध कुनै सुरक्षा रणनीति बनाउन ठानेको आवश्यक छैन । वास्तवमा विप्लव समूहप्रति सरकारको नीति नै प्रस्ट छैन । विस्फोटका घटना बढ्दै जाँदा सतर्क रहन सुरक्षा निकायलाई निर्देशन दिनेबाहेक गृहले यो प्रकरणमा विशेष योजना बनाउन सकेको छैन । उल्टो सरकारी संयन्त्रहरूलाई नै अलगथलग र कमजोर ...


मकवानपुरमा विप्लबद्वारा दुई ट्रकमा आगजनी

काठमाडौं - मकवानपुरको चौकी टोल र खानीगाउँमा दुई ट्रकमा आगजनी भएको छ । बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हेटौंडा-१ चौकीटोलमा र थाहा नगरपालिका- १ खानीगाउँमा ट्रकमा आगजनी गरेका हुन् ।

त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगजनी भएको स्थान प्रहरी चौकी नजिकै पर्दछ ।

यसैगरी हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा पनि आगजनी भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले जानकारी दिए ।

बन्दको क्रममा ...


उपत्यकाका ७ स्थानमा बम फेला, ३ ठाउँमा बिस्फोट

काठमाडौँ - आइतबार काठमाडौँ उपत्यकाका ३ स्थानमा बम विस्फोट भएको छ भने ४ स्थानमा शंकास्पद बम भेटिएको छ। सुकेधारा, घट्टेकुलो र नागढुंगामा बम विस्फोट भएको छ।

दिउँसो लगभग एकै समय सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा परी ३ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जानकारी दिएको छ। ती दुर्घटनामा परी अन्य ६ जना ‍घाइते भएका छन्।

यसैगरी कोटेश्वर सातदोबाटो, ग्वार्को र लगनखेलमा भने शंकास्पद बम भेटिएको छ। यी चारै स्थानमा नेपाली सेनाको टोलीले बम निस्क्रिय गरेको छ।

आइतबार साँझै नागढुंगामा भएको बम विस्फोटमा परी २ जना घाइते भएका छन्।

सो विस्फोटमा ...


बैतडीमा शंकास्पद वस्तु फेला

डडेल्धुरा - बैतडीको दोगडाकेदार गाउँपालिकामा शंकास्पद वस्तु फेला परेको छ।

सोमबार बिहानै जिल्ला दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा उक्त शंकास्पद वस्तु भेट्टिएको हो।

प्लाष्टिकको दुई पोका तार जोडिएको र इनामेलका २ वडा डिब्वा रातो कपडाले बेरिएको अवस्थामा उक्त वस्तुहरू रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए।

खोचलेक प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको छ्। उक्त शंकास्पद वस्तु बम हुनसक्ने प्रहरीले जनाएको छ।

उक्त शंकास्पद बस्तु डिस्पोजलका लागी बैतडीस्थित हनुमानध्वज गुल्मको सेनाको टोली घटनास्थलतर्फ जान लागेको प्रहरी प्रवक्ता चन्दले बताए।

नेत्रविक्रम चन्द 'विप्लव' समूहको ...


वर्दिबास नगरपालिकाको गेटमै बम

जनकपुर - वर्दिबास नगरपालिकाको मूल गेट नजिकै कुकर बम फेला परेको छ।

बम फेला परेको सूचना पाउनसाथ प्रहरी घटना स्थल पुगिसकेको छ भने आर्मीको डिस्पोजल टोली पुग्दैछ।

२‍.५ लिटरको कुकरमा विस्फोटक राखिएको छ भने माथि एउटा मोबाइल राखेर कनेक्ट गरिएको छ। घटनाबारे थप विबरण आउन बाँकी रहेको छ।

...

घट्टेकुलो विस्फोट विप्लव समूहले गराएको पुष्टि

काठमाडौँ - घट्टेकुलोमा भएको विस्फोटमा नेकपा विप्लव समूहको संलग्नता पाइएको छ । घट्टेकुलो बिस्फोटमा घाइते भएका रविन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी नेकपा विप्लव समूहसम्बद्ध विद्यार्थी संगठनका त्रिचन्द्र इकाई अध्यक्ष भएको पाइएको छ ।

राजधानीको सुकेधारा र घट्टेकुलोमा आइतबार दिउँसो सिलिन्डर बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो । प्रहरी अनुसार अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ। सुकेधाराको पुलछेउमा विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने घटनामा परी अन्य ४ जना घाइते भएका छन्।

घाइतेहरुको ओम अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार ...


सुकेधारा र घट्टेकुलोमा सिलिन्डर बम विस्फोट, ३ जनाको मृत्यु ४ घाइते

काठमाडौँ - राजधानीको सुकेधारा र घट्टेकुलोमा आइतबार दिउँसो सिलिन्डर बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसरका एसएसपी सहकुल थापाका अनुसार अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ। सुकेधाराको पुलछेउमा विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने घटनामा परी अन्य ४ जना घाइते भएका छन्।

उता राजधानीकै घट्टेकुलो पनि सिलिन्डर बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीले घरको गेटभित्र बिस्फोट भएको बताएको छ। बिस्फोट कसले गराएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरुको ओम अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले ...


बालुवाटार जग्गा प्रकरण : प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी रहेको अधिकृतको बयान

काठमाडौं - मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी रहेको बयान दिएका छन्। ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष उनले जग्गा हिनामिनामा कार्यालय प्रमुखको मात्रै संलग्नता देखाएर अरूलाई उन्मुक्ति दिन खोजिएकोप्रति संकेत गर्दै यस्तो बताएका हुन्।

‘मन्त्रिपरिषद्, मुख्य सचिव, मन्त्रालयका सचिव, भूमिसुधार विभाग हुँदै मालपोत कार्यालयमा आएका कागजात सदर गरेर ललितानिवासको जग्गा सुवर्णशमशेरका भोगाधिकारीलाई दिइएको हो,’ २०४९ सालमा प्रमुख मालपोत अधिकृत रहेका देउजाको भनाइ उद्धृत गर्दै अख्तियार उच्च स्रोतले भन्यो, ‘मालपोतको ...


भारतमा मोदी आएजस्तै  हामी पनि आउँछौँ : कमल थापा

चौतारा - राप्रपा अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा आफ्ना पार्टी अग्रणी शक्ति हुने दाबी गरेका छन् । हिन्दूत्वको एजेन्डा बोकेर भारतमा नरेन्द्र मोदीले दोस्रोपटक चुनाव जितेको उदाहरण दिँदै थापाले राप्रपाले पनि जनताको विश्वास जित्ने बताएका हुन् ।

सिन्धुपाल्चोकबाट राप्रपा प्रवेश गर्नेलाई शनिबार स्वागत गर्दै थापाले परिवर्तनकारी भन्ने दलहरूकै अकर्मण्यताले ४० लाख नेपाली युवाले रोजगारीका लागि खाडी मुलुकमा पसिना बगाउनुपरेको बताए ।

...

क्यानडा लैजाने प्रलोभन देखाएर १३ करोड ठगी गर्ने पक्राउ

काठमाडौँ - थाइल्यान्ड बसेर दुई सय नेपाली युवासँग १३ करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने भोजपुर हेलौचा–३ का पर्शुराम गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएका प्रहरी टोलीले उनलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । गत १३ चैतमा थाइल्यान्ड प्रहरीले ठगी मुद्दामा उनलाई पक्राउ गरेको थियो । नेपाल प्रहरी, थाइल्यान्डस्थित नेपाली दूतावास र थाई प्रहरीको सहकार्यमा पक्राउ परेका थिए । करिब दुई महिना थाई सरकारले अध्यागमन हिरासतमा राखेपछि उनलाई नेपाल डिपोर्ट गरेको थियो ।

क्यानडा लैजाने प्रलोभन देखाएर ठगी
प्रहरीका अनुसार आकर्षक रोजगारीमा क्यानाडा लैजाने ...


मिडिया काउन्सिल विधेयक पारित हुँदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं - नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार प्रेस स्वतन्त्रताविरोधी नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘पे्रसलाई कुण्ठित गरिँदैन। मिडिया काउन्सिल विधेयक यथास्थितिमा पास हुँदैन, परिमार्जन हुन्छ। नागरिकता विधेयकमा पनि राजनीतिक सहमति गर्नुपर्छ। मानवअधिकार आयोग ऐनमा पनि अधिकार कुण्ठित हुने प्रावधान राखिँदैन।’

उनले पहिलो आवश्यकता सुशासन भन्दै भ्रष्टाचारीबाहेक अरुलाई देखाइदिन्छु भनेर नहुने बताए। राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको आयोजनामा बहुमतको सरकार गठनको १५ महिना ‘लोकतन्त्र, मानव अधिकार, राष्ट्रियता र सुशासन ः चुनौती, संरक्षण र सबलीकरण’ विषयक बृहत् राष्ट्रिय परामर्श कार्यक्रममा उनले भने, ‘लुकाएर कुरा गर्नु हुँदैन, सुशासनमा हामीले ...


दुई लाख चन्दा नदिएपछि सैनिक जवान विप्लब समुहको अपहरणमा

काठमाडौं - प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ।

रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए। छुट्टीमा घर गएका शाहीलाई विप्लव समूहले जाजरकोट जुनिचाँदे गाउँपालिका–२ स्थित आफ्नै घरबाट अपहरण गरेको हो। सैनिक जवान शाहीका बाबु वीरबहादुर कांग्रेसका तर्फबाट सोही वडाका अध्यक्ष हुन्। अपहरणको यो घटना वैशाख १६ गतेको हो। अपहरणलगत्तै शाहीलाई विप्लव समूहले ...


भारतीय नक्कली नोट कारोबारमा संलग्न युनुस अन्सारीसहित ६ जना सार्वजनिक

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाैने ८ करोड बराबरको भारतीय नक्कली नोटसहित पक्राउ परेका ६ जनालाई सार्वजनिक गरिएको छ। महानगरीय प्रहरी परिसर टेकुमा प्रहरीले बरामद गरिएको नक्कली भारुसहित कारेबारमा संलग्न सबै ६ जनालाई सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी परिसरका अनुसार कतारको दाेहाबाट उडेको कतार एयरवेजको विमानबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली नोट काठमाडौं ल्याइएको थियो। शुक्रबार बिहान ९ः४० मा काठमाडौं उत्रिएको विमानमा सवार ३ जना पाकिस्तानी नागरिकले नेपाल ल्याउँदै गरेको साे परिमाणको नाेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षा जाँचका क्रममा बरामद गरिएको हो।

पक्राउ पर्नेमा ...


कुरीति, कुसंस्कार र कुप्रथाको अन्त्य गर्न संवैधानिक सङ्कल्प : राष्ट्रपति

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले सुनिश्चित रहेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रुपमा समाजलाई परिचालित गर्ने चेतनशील र जागरुक समुदाय अग्रसर हुन आवश्यक रहेको बताइन् । बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगाैंडामा मानवअधिकारको लागि एकल महिला समूहको नवनिर्मित छहारी भवनको आज उद्घाटन गर्दै उनले यस्तो प्रयासबाट समाज, राष्ट्र र सम्पूर्ण विश्व नै सुसंस्कृत बन्न गई मानव जीवन सुखी र सम्पन्न हुने उल्लेख गरिन् ।

राज्यले अँगालेका महत्वपूर्ण प्रावधानको प्रभावकारी कार्यान्वयनले महिलाको चौतर्फी विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, “सदियाँैदेखि समाजको आधारभूत ...


मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ : नेता नेपाल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । उनले विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेकाले परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए ।

प्रेस सङ्गठनले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, “विवाद र विमत्ति रहेकै अवस्थामा यसलाई पास गरिनुहुँदैन, विवादास्पदरुपमा विधेयक ल्याउने कुरा नहोस्, यसलाई सबैले अपनत्व महसुुस गर्ने गरी अघि बढाउनुपर्छ ।”

उनले विधेयकलाई छलफल र सुझावसहित संशोधन गर्नुपर्ने बताए । प्रेस स्वतन्त्र हुनुपर्छ, कहीँकतैबाट ...


पूर्वप्रधानन्यायाधीश खत्रीको निधनको शोकमा आइतबार अदालत बिदा

काठमाडौं - सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही जेठ १२ गते देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने जनाइएको छ ।

सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले आइतबार शोक बिदा दिने निर्णय गरेको हो । अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार निधन हुनुभएका स्वर्गीय खत्रीको ...


‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकलको अनलाइन किनबेच गर्न ‘भटभटे एप’

काठमाडौँ - के तपाईं ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईंले ‘भटभटे एप’ प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ । एएम नेपाल प्रालिले ‘भटभटे एप’ प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाइकल किनबेच सहज बनेको हो ।

यसमा मोटरसाइकल बेच्न चाहनेले सजिलै आफ्नो मोटरसाइकलको तोकिएको विवरण सो एपमा ‘पोष्ट’ गर्न सक्नेछन् । किन्न चाहनेले सिधै बिक्रेतालाई अनलाइन सम्पर्क गरेर खरिद गर्न सक्नेछ । टुटल र पठाओ जस्ता माध्यमले मोटरसाइकलबाट यात्रु ओसारपसार गरेर चर्चा बटुलिरहेको बेला मोटरसाइकल किनबेच गर्न चाहने उपभोक्तालाई लक्षित ...


पर्यटकको भेषमा अपराधिक गतिविधि, विभिन्न देशका १५६ जना नेपाली जेलमा

काठमाडौँ - आइभोरीकोस्टका नागरिक वात्तर अलाक्ग्नी (टोगा) ले नेपाल बसाईको एकवर्षमा काभ्रेकी कुसुम कायस्थसँग बिहे गरे । फुटबल खेलाडीको रूपमा प्रवेश पाएका अलाक्ग्नीको जोडी ‘अनलाईन चिठ्ठा’ ठगीमा पक्राउ परे ।

२०७२ सालको महाविनाशकारी भूकम्प पीडित बालबालिकाको संरक्षण गर्ने उद्देश्य अनुरुप एक गैरसरकारी संस्थाको आग्रहमा नेपाल आएका फ्रान्सेली नागरिक ७९ वर्षीय गर्गेस आईगोर सिमानेस्कीलाई बाल यौनदुराचारको अभियोगमा ठमेलबाट पक्राउ गरियो ।

त्यस्तै, ठमेल ज्याठामा होटल व्यवसाय सञ्चालन गर्ने योजना अनुरूप तीन वर्षअघि नेपाल छिरेका वाङ झु नाम गरेका चिनियाँ नागरिक पनि अबैध डलर ४० लाख बोकेर हङकङ जाँदै ...


यो वर्ष ५ सय ५० आरोही सगरमाथाको चुचुरोमा, चार जनाको बाटैमा निधन

चालू सिजनको बिहीबारसम्म ५ सय ५० जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । पर्यटन विभाग पर्वतारोहण शाखाकी प्रमुख मीरा आचार्यका अनुसार आरोही र तिनका सहयोगी शेर्पा, गाइड र सरदार गरी अहिलेसम्म ५ सय ५० जनाले सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागबाट अनुमति लिएका आरोही कतिले आरोहण परित्याग गरे भन्ने तथ्यांक भने संकलन भइरहेको उनले जानकारी दिइन् ।

सगरमाथा आधार शिविरमा रहेका सूचना अधिकारी ज्ञानेन्द्र श्रेष्ठका अनुसार बिहीबार मात्रै १ सय २१ जनाले सफल आरोहण गरेका छन् । उनले भने, ‘अहिलेसम्म ३ सय आरोहीले आरोहण गरिसकेका छन् । शुक्रबार मौसम ...


पाँचथर हत्याकाण्ड : पाँचजनाको एउटै चितामा अन्त्येष्टि

पाँचथर - जिल्लाको मिक्लाजोङ गाउँपालिका–३ आरुबोटेमा भएको हत्याकाण्डमा ज्यान गुमाएका नौजनाको अन्त्येष्टि गरिएको छ । प्रहरीले घटनाका आरोपित मानबहादुर माखिमको शव भने परिवारको जिम्मा लगाएको छैन । मिक्लाजोङ गाउँपालिका–३ का वडाध्यक्ष हस्तराज फियाकका अनुसार हत्या भएका दुई परिवारमध्ये बमबहादुर फियाकको परिवारका चार सदस्यको अरुबोटेस्थित सल्लेरी चिहानडाँडामा अन्त्येष्टि गरिएको छ । त्यस्तै धनराज शेर्माको परिवारका पाँच सदस्यलाई मिक्लाजोङ–२ को सराङडाँडास्थित नसुवा दोभानमा एकै चितामा जलाइएको छ ।

फियाक परिवारका बमबहादुर फियाक र श्रीमती पुर्षीमाया फियाक तथा छोरी मनकुमारी फियाक र नातिनी आसे फियाकको हत्या भएको थियो । साइँली छोरी बुद्धमाया खजुमले मृतकहरूलाई ...


२०१४ मा २८२ सिट जितेको भाजपालाई यसपालि ३०३ सिट !
गठबन्धनको सिट ३४९

एजेन्सी - भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भाजपा प्रभावशाली सुधारसहित पुनः विजयी भएको छ । सरकार बनाउन दुई सय ७२ सिट आवश्यक भए पनि भाजपा एक्लैले तीन सय सिट पार गरेको छ । त्यस्तै, भाजपाको गठबन्धन नेसनल डेमोक्र्याटिक अलाइन्स (एनडिए)ले तीन सय ४९ सिट पुर्‍याएको छ ।

प्रतिपक्षी कंग्रेसले यो निर्वाचनमा पनि लज्जास्पद हार बेहोरेको छ । २०१४ को निर्वाचनमा ४४ सिट ल्याएको उसले यसपालि ५२ पुर्‍याएको छ । संविधानतः प्रमुख प्रतिपक्ष दलको मान्यता पाउन आवश्यक ५५ सिट पनि उसले जुटाउन सकेन । यसरी मोदी चुनौतीविहीन बनेका छन् । कंग्रेस नेतृत्वको युनाइटेड ...


लोकसभा चुनाव : अधिकांश स्थानमा भाजपा गठबन्धनकाे अग्रता

नयाँदिल्ली - भारतको तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको आज बिहानैदेखि मतगणना जारी छ । मतगणनाको प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा० को गठबन्धनले फेरि बहुमत ल्याउने देखिएको छ ।

भारतीय सञ्चार माध्यमहरुले भाजपा गठबन्धन ९एनडीए० ले ३०० भन्दा बढी स्थानमा अग्रता कायम गरिरहेको बताएका छन् । प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कङ्ग्रेसको प्रगतिशील गठबन्धन ९युपिए० ले १०० स्थानको हाराहारीमा मात्र अग्रता बनाएको छ ।

भाजपाले कमजोर प्रदर्शन गर्ने अपेक्षा गरिएका उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान जस्ता केही राज्यमा पनि भाजपाले नै अग्रता कायम गरेको छ । भाजपाले ...


सहमतिअनुसार कालोपत्र नगरेपछि बौद्धका व्यापारीद्वारा पुनः आन्दोलनको चेतावनी

काठमाडाैँ - निर्माण कम्पनीले गरेको ६ बुँदे सहमतिअनुसार कालोपत्र नगरेकोे भन्दै बौद्ध व्यापार सङ्घ लगाएतले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । टुसालदेखि बौद्ध गेटसम्म कालोपत्र गरेको भए पनि सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्म कालोपत्र गर्नुपर्र्नेमा ठेकेदारले आनाकानी गर्दै टार्न खोजेको बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले बताए ।

सडक निर्माण नभएको भन्दै बौद्धवासीले बाटो अवरुद्ध गरेपछि गत वैशाख २६ गते भएको सहमतिअनुसार बौद्ध गेटदेखि जोरपाटीसम्मको सडकमा कालोपत्र गर्नुपूर्व गरिने सवबेस, बेस र साइड ड्रेनको काम वैशाख २७ गतेबाट शुरु गर्ने सहमति भएको थियो । ठेकेदार कम्पनी ...


रेडक्रसमा विवाद : प्रक्रियाविपरीत बनाइएका जिल्ला समितिहरु भंग गर्ने

काठमाडौं - नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिले प्रक्रियाविपरीत जिल्ला अधिवेशन गरेका जिल्ला समितिहरु भंग गर्ने भएको छ।

कागजात प्रमाण नष्ट गर्न सक्ने भएको जनाउँदै भक्तपुर, उदयपुर, मकवानपुर, नवलपरासी पश्चिम र मुस्ताङ र कैलाली जिल्ला शाखा भंग गर्ने तदर्थ समिति स्रोतले जानकारी गराएको छ। साथै, प्रदेश नम्बर ३ को प्रदेशसभा कार्यसमितिको स्थानमा नयाँ समिति बनाउने जानकारी गराइएको छ।

आइतबार बस्ने तदर्थ समितिको पहिलो बैठकले निर्वतमान कार्यसमितिले पद्धतिविपरीत गरेका जिल्ला अधिवेसनबाट निर्वाचितहरुलाई हटाउने तयारी गरेको छ। भंग भएका जिल्ला कार्यसमिति एक साताभित्र गठन गरिने बताइएको छ।

वैधानिक दायित्व पूरा ...


मिडिया काउन्सिलको वामदेव गौतमद्वारा विरोध, सच्याएर मात्र पारित गर्न आग्रह

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकप्रति ध्यानाकर्षण भएको बताएका छन्।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै गौतमले विधेयक सच्याएर मात्र पारित गर्न आग्रह गरेका छन्। 'उक्त विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता मैले देखेको छु। सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु', उनले भनेका छन्, 'तर, समाचार लेखेकै आधारमा पत्रकारलाई दश–दश लाख रुपैयाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित लाग्दैन।'

उनले समय-समयमा पेसाको ...


युद्धग्रस्त लिबियामा फसेका १५ नेपालीको उद्धार गरि नेपाल ल्याइयो

काठमाडौं - युद्धग्रस्त लिवियामा फसेका १५ जना नेपाली बुधबार नेपाल आइपुगेका छन्।

राम्रो काम र कमाइको प्रलोभन देखाएर लिविया पुर्‍याइएका कामदार युद्धग्रस्त क्षेत्रमा अलपत्र परेसँगै उनीहरुलाई लिवियाको त्रिपोलीबाट उद्धार गरेर नेपाल ल्याइएको हो।

युद्धग्रस्त क्षेत्रमा पुगेर त्रासमा काम गर्न बाध्य नेपाली कामदारहरुलाई इजिप्टको कायरोस्थित नेपाली दूतावास, अन्तर्राष्ट्रिय आप्रवासी संघठन (आइओम), लिवियाली प्रहरी र नेपाली शान्ति सेनाको टोलीले उद्धार गरी आइएमओको क्याम्पमा राखिएको थियो।

उद्धार गरिएका सबै १५ नेपालीको मेडिकल जाँच तथा नेपाल फिर्तीका सबै कागजपत्र तयार भएपछि उनीहरुलाई नेपाल पठाइएको हो। उनीहरु लिवियाबाट टर्की हुँदै बुधबार बिहान ८ ...


उच्च अदालतका न्यायधीश विरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं- उच्च अदालतका न्याायधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ।

काभ्रेका उमेश बानियाँले न्याायधीश ढकालविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्। यसअघि उनको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो। त्यसविरुद्ध बानियाँ इजलासमा निवेदन लिएर गएका थिए। न्याायाधीश सपना प्रधान मल्लको इजलासले निवेदन दर्ता गर्न आदेश गरेको थियो। सो आदेशपछि सर्वोच्च प्रशासनले आज रिट दर्ता गरेको हो। उक्त मुद्दामाथि जेठ ९ गतेलाई पेशी तोकिएको छ।

...

बारामा मानसिक सन्तुलन नभएकी किशोरीमाथि सामूहिक बलात्कार

बारा - मानसिक सन्तुलन नभएकी एक किशोरी बारामा सामूहिक बलात्कारको सिकार भएको घटना सार्वजनिक भएको छ।

स्थानीय २५ वर्षीय रामअयोध्या मण्डलसहित दुई युवाले किशोरीलाई ललाइफकाइ नजिकै रहेको बाँसघारीमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ।

बाराको परवानीपुर गाउँपालिका–१ बुनियाद टोलमा सोमबार राति करिब ८ बजे ती किशोरीमाथि सामूहिक बलात्कार भएको हो।

‘सोमबार राति करिब साढे ८ बजे नचिनिएकी एक किशोरी टोलमा घुमिरहेकी थिइन्,' इलाका प्रहरी कार्यालय परवानीपुर बाराका प्रहरी नायब निरीक्षक नन्दकिशोर सिंहले भने, ‘मण्डल र एक जना बारा खुटवा प्रसौनी गाउँपालिकाकै पहिचान नखुलेका युवाले चाउचाउ, चकलेट दिन्छु भनी ...


बेलायती मन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

ललितपुर - बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सगले आज दिउँसो अध्यक्ष प्रचण्डसँग भेट गरेकी छन् । ललितपुरस्थित अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका बिषयमा छलफल भएको थियो । भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढेको बताए ।

अध्यक्ष प्रचण्डले भने,‘आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्याबहारिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौं ।’

अध्यक्षले शान्ति प्रक्रिया, नयाँ संविधान ...


पाँचथर हत्या प्रकरण : सामूहिक हत्या गरि ज्वाइँ आफु पनि झुण्डिएको हुनसक्ने प्रहरीको अनुमान !

पाँचथर - पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर मोखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।

अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । अधिकृतहरुका अनुसार मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । ‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन्’, स्रोतले भन्यो ।

घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि मोखिमकै थियो ...


पाँचथर सामूहिक हत्या प्रकरण : घटनास्थल पर रुखमा झुण्डिएको अवस्थामा अर्को शव भेटियो

पाँचथर - पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा गएराति ९ जनाको विभत्स हत्या भएको स्थानबाट केही किलोमिटर पर अर्का एक युवकको शव भेटिएको छ । मिक्लाजुङको वडा नं. ८ मा मानबहादुर माखिमको शव भेटिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलले घटनास्थलबाट पैदल हिँड्दा करिब डेढ÷दुई घन्टा लाग्ने दूरीमा शव भेटिएको जानकारी आएको बताए । उनका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख घटनास्थलतर्फ गइरहेका छन् ।

माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । यद्यपि, घटनामा उनको कुनै संलग्नता थियो÷थिएन भन्ने विषय चाहिँ खुलेको छैन । अनुसन्धान अधिकारीले ...


पाँचथर हत्या अपडेटः मृतक ९ जनाकै पहिचान खुल्यो (नामसहित)

पाँचथर - मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति हत्या गरिएका ९ जनाकै पहिचान खुलेको छ ।

सोमबार राति स्थानीय धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका चार जनाको हत्या भएको वडाध्यक्ष हस्तराज फियाकले जानकारी दिएका छन् ।

उनका अनुसार, हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने ...


सोह्र वर्षमा ५ हजार मानिस हराएको माइती नेपालमा उजुरी

नेपालगञ्ज - बाँकेको नेपाल–भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै गएको छ।

भारत र खाडीमुलुक गएर हराएका प्रदेश ५, ७ र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाङले यसको चित्रण गरेको छ।

यहाँको माइती नेपालमा आफन्त खोजीको निवेदन दिनेको सङ्ख्या विगत १६ वर्षको अवधिमा करिब ५ हजार पुगेको तथ्याङ्कमा उल्लेख छ। यस वर्षको ९ महिनाको अवधिमा करिब ४ सयभन्दा बढीले आफन्त हराएको निवेदन दिएका छन्।

माइती ...


पर्वतमा घर फोडेर १५ तोला सुन चोर्ने दुई पक्राउ

कुश्मा - दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न २ जनालाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना रहेका छन्।

उक्त घरको दराज तोडफोड गरी चोरी गरेको रानीहार एक थान, बटारे बाला एक थान, छापे औँठी एक थान, चन्द्रमा एक थान, झुम्का दुई थान, विन्दिया एक थान, बेरुवा औँठी एक थान र सिक्री एक थान अभियुक्त नारायण आलेको घरको शौचालयमा लुकाइ ...


टाेखामा प्रहरीले डाँका माथि गोली चलायो, वीर अस्पतालमा उपचार हुँदै !

काठमाडाैं - काठमाडौको टाेखा नगरपालिकामा गाेली चलेकाे छ। डाँका मुद्दामा आधा दर्जनभन्दा बढी उजुरी परेका 'काले' भनिने विष्णु तामाङलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि महानगरीय प्रहरी अनुसन्धान महाशाखाबाट खटिएकाे टाेलीले उनीमाथि गाेली प्रहार गरेकाे एसएसपी सहकुल बहादुर थापाले जनाएका छन्।

'हामीले टाेखाबाट उसलाई नियन्त्रणमा लिन खाेजेका थियाैं, तर उनी हातहतियार देखाएर भाग्न खाेजेपछि उसकाे घुँडामुनि गाेली प्रहार गरी नियन्त्रणमा लिएका हाैं।,' थापाले भने।

गाेली प्रहारपछि घाइते भएका सिन्धुपाल्चोक मेलम्चीका स्थायी बासिन्दा तामाङकाे हाल वीर अस्पतालमा उपचार भइरहेकाे थापाले जनाए।

६ वर्ष चाेरीडाँका मुद्दामा जेल बसेर तामाङ २०७२ मा ...


​सडकको बिचमै बिजुलीको पोल, बटुवाको ज्यान जोखिममा !

मोरङ - विराटनगरको रानीदेखि धरानसम्मको ६ लेन सडकमा बिजुलीको पोल नै नहटाई कालोपत्रे गरिएको छ ।०७० देखि निर्माण सुरु भएको ६ लेन सडक परियोजना ढिलोमात्रै होइन, गुणस्तरहीन र असुरक्षित काम भएको छ ।

बनेका सडकमा मात्र लापरावाही भएको छैन, निर्माणाधीन सडकमा समेत लापरवाही देखिएको छ । प्रदेश १ को राजधानी विराटनगरको मुख्यद्धार प्रवेशस्थलमा नै सडकको बीचमा बिजुलीको खम्बा भएपनि कालोपत्रे गरिएको छ । झण्डै एक दर्जन बिजुलीका खम्बाहरुलाई सडकको बीचमै छाडेर ठेकेदार कम्पनीले कालोपत्रे गरेको हो ।

दुग्ध विकास संस्थानदेखि नेमुवा नहरसम्मको ठेकेदारको जिम्मा पाएको शर्मा कान्छाराम ...


काङ्ग्रेसको जागरण अभियानमा कार्यकर्ताको नेतृत्वप्रति तीव्र आक्रोश

मोरङ - मोरङको उर्लाबारीमा आइतबार आयोजित नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।

काङ्ग्रेस उर्लाबारी नगर समितिले यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी कार्यकर्ताले प्रदेश र सङ्घीय निर्वाचनको पराजय र त्यसपछि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै कार्यकर्ताले नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन् । काङ्ग्रेसका पूर्व जिल्ला सदस्य राधाकृष्ण पोख्रेलले काङ्ग्रेसभित्र ६०/४० को भागबण्डा के हो भन्दै नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रश्न गरेका थिए ।

आक्रोशित रुपमा प्रस्तुत भएका उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर ...


मिडिया काउन्सिल विधेयक फिर्ता नभए कडा आन्दोलनको चेतावनी

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिललगायत अप्रजातान्त्रिक विधेयक फिर्ता नभए सडक र सदनबाट कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता केसीले आफूहरू लोकतान्त्रका आधारभूत सिद्धान्तमा सम्झौता गर्ने पक्षमा नरहेको बताए। ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने ढंगले प्रस्तुत भएको छ, सरकारको काम हेर्दा नियन्त्रणमुखी प्रवृत्ति अपनाएको देखिन्छ,’ उनले भने।

उनले सरकारले प्रेसमाथि गर्न खोजेको नियन्त्रणको कोशिस आफ्नो पार्टीलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। उनले भने, ‘विधेयकमा पत्रकारलाई १५ वर्षसम्मको कैद र ...


ठेकेदार हाबी हुँदा देश विकासमा गम्भीर असर : प्रचण्ड

नुवाकोट - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माणका लागि सत्तापक्ष र प्रतिपक्ष भनेर दलहरू विभाजित हुन नहुने बताएका छन् । ककनी गाउँपालिका–४ रानीपौवामा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’को शनिबार उद्घाटन गर्दै प्रचण्डले विकासका लागि दलीय रूपमा विभाजित हुन नहुने बताएका छन् ।

जनताको समृद्धिका लागि तीन तहका सरकारले काम गरिरहेका उनले बताए । उनले देशलाई विकास गर्न नयाँ गतिको साथमा अघि बढाउन दृढ रहेको समेत बताए । कृषि क्रान्तिबाट नै आर्थिक समृद्धि सम्भव भएकाले कृषिमा युवापुस्तालाई आकर्षित गराउने कार्यक्रमको खाँचो उनले औँल्याए ।

प्रचण्डले विकासमा ठेकेदार हाबी भएका कारण प्रभावकारी ...


महिलालाई रुखमा बाधेंर बलात्कार गर्न खज्ने पक्राउ

धनगढी - कैलाली प्रहरीले महिलालाई बलात्कार गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। महिलालाई जंगलमा लगेर रुखमा बाँधी बलात्कार गर्न खोज्ने कैलारी गाउँपालिका–८ का २४ वर्षे मनिश चौधरीलाई प्रहरीले शुक्रबार राती पक्राउ गरेको हो।

प्रहरीका अनुसार जिल्लाको कैलारी गाउँपालिका–६ को मसुरिया र कनरी बिचमा रहेको भारताल जंगलमा बलात्कार गर्न खोजेको सूचना आएपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार पीडितलाई त्रास देखाएर जंगलमा लगी सम्पूर्ण कपडा खोल्न लगाएर बलात्कार गर्ने प्रयास गरिरहँदा पीडित महिना भाग्न ...


गोरखा : मासु काटेको वा खाएको भेटिए ५० हजार जरिबाना, सुराक दिनलाई १५ हजार इनाम

गोरखा - गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए ।

उनका अनुसार ...


रुपन्देहीमा गोलि चल्यो, भारतीयको आक्रमणबाट ३ नपाली  प्रहरी घाइते

नेपाल - भारत सीमानाका शंकरपुरमा भारतीयको आक्रमणबाट तीन प्रहरी घाइते भएका छन् । हतियार लिई नेपाल प्रवेश गरेका भारत महाराजगन्जका झिनक धोबीलाई पक्राउ गर्न खोज्दा उनका भारतीय समर्थकले प्रहरीमाथि आक्रमण गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

भारतीयको आक्रमणबाट नेपाल प्रहरीका तेजबहादुुर कुँवर, प्रेमबहादुुर आले र विक्रम मल्ल घाइते भएका छन् । धोबीलाई पक्राउ गर्ने क्रममा आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर धोबी घाइते भएका छन् । घाइते धोबीलाई भारतीय पक्षले नै उठाएर लगेको डिएसपी भण्डारीले जानकारी दिए । ...


सर्वोच्चको फरक-फरक इजलासबाट आएको छुट्टाछुट्टै आदेशले नागरिकता वितरणमा अन्योलता !

काठमाडौँ - अदालतसम्म पुगेको नागरिकतासम्बन्धीको विवादमा सर्वोच्च अदालतले फरक–फरक आदेश दिएपछि अन्योलता बढेको छ । जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई वंशजको नागरिकता दिन गृहमन्त्रालयले गरेको परिपत्रविरुद्ध परेको रिटको फरक–फरक इजलासबाट छुट्टाछुट्टै आदेश आएपछि अन्योलता बढेको हो ।

२४ वैशाखमा सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले अदालतले गरेका फरक–फरक आदेशले कार्यान्वयनमा द्विविधा देखिएकाले आदेशमा निश्चितता र एक रुपता कायम गर्नुपर्ने ठहर गरेका थिए । उनीहरुले विवादित कानुनी प्रश्नको निरुपण हुनु आवश्यक र मनासिव देखिएको भन्दै पूर्ण इजलासमा पठाएका थिए । तर, बिहीबार न्यायाधीशद्वय खतिवडा ...


श्रीमतीमाथि एसिड प्रहार : सबथोक त्यागेर बिहे गरेकी जेनी बनिन नरपिचासको सिकार !

काठमाडौँ - एसिड प्रहारबाट घाइते दोलखा डाँडागाउँ माकु–४ की २० वर्षीया जेनी खड्काको स्वास्थ्य अवस्था चिन्ताजनक छ । सँगै बस्न नमानेको भन्दै काभ्रे नमोबुद्ध–४ फूलबारीका विष्णु भुजेलले जेनीलाई बुधबार साँझ कालोपुलमा एसिड प्रहार गरेका थिए । जेनी भुजेलकी कान्छी श्रीमती रहेको अनुसन्धानबाट खुलेको छ ।

एसिडबाट जेनीको अनुहार, हात र शरीरका विभिन्न भाग जलेका छन् । उनको कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड वर्न सेन्टरको सघन कक्षमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जेनी बोल्न सक्ने अवस्थामा छैनन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बोल्न सक्ने अवस्था नभएपछि घटनाको विस्तृत विवरण ...


लमजुङको दूधपोखरीमा चट्याङ लागेर २८ भेडा मरे

बेंसीसहर - लमजुङको दूधपोखरी गाउँपालिका-१ मलेया डाँडामा रहेको घुम्ती भेडीगोठमा चट्याङ पर्दा २८ भेडा मरेका छन् ।गएको वैशाख २८ गते शनिबार साँझ परेको चट्याङ लागेर भेडीगोठका २८ वटा भेडा मरेको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले जानकारी दिए।

चट्याङ लागेर भेडा मरेको खबर पाएसँगै वैशाख ३० गते नै गुरुङसँगै दोर्दी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक विनोदप्रसाद कट्टेल र भेडापालन समूहका १३ जना किसान १२ घण्टा पैदल हिँडेर भेडीगोठ पुगेका थिए ।

चट्याङ लागेर २८ वटा भेडा मरेको पशु सेवा ...


काममा अबरोध गर्ने विरुद्ध यसरी कड्किए कुलमान

काठमाडौं - त्रिशुली थ्री बी हब सबस्टेसन निर्माणको स्थलगत अनुगमनमा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिहीबार काम रोकेको भन्दै केही स्थानीय बासिन्दासँग कड्किए।

केही दिनदेखि सरोकार समितिका नाममा आयोजनास्थलको काम रोकिएपछि कार्यकारी निर्देशक घिसिङ बिहीबार आफैं त्यहाँको स्थलगत अनुगमनमा आएका थिए।

नेपाल विद्युत प्राधिकरणले नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ पैह्रेबेसीमा सब स्टेसन निर्माण गरिरहेको छ।

पारी रसुवाको उत्तरगया गाउँपालिका ४ र वारी किस्पाङ गाउँपालिका ५ र बीचमा त्रुशुली नदी। उत्तरगया गाउँपालिका ४ का केही स्थानीयले त्रिशुली नदीको बगरमा पर्खाल बनाउन दुई दिसनदेखि अवरोध गर्दै ...


घरेलु रक्सी बनाउन प्याड, पिसाब, बोरा, र फाटेका जुत्ता-चप्पल प्रयोग गरेको भेटियो !

दाङ - दाङमा उत्पादन हुने घरेलु मदिरा (रक्सी)मा महिलाले महिनावारी हुँदा प्रयोग गरिएका प्याड र पिसाब प्रयोग हुने गरेको पाइएको छ ।

दाङमा घरेलु रक्सी बनाउनेहरुले अन्नसँगै महिलाले महिनावारीका बेला प्रयोग गर्ने प्याड, पुराना बोरा, जुत्ताचप्पल र पिसाबको प्रयोग गर्ने गरेको भेटिएको हो । सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मदिरा नियन्त्रण अभियानमा यस्तो अवस्था भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, जनप्रतिनिधि, टोल विकास संस्था, महिला र प्रहरीको संयुक्त सहभागितामा भएको अनुगमनमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का विभिन्न स्थानमा भेटिएको घरेलु रक्सीमा यस्ता चिज प्रयोग भएको पाइएको स्थानयी ...


सर्लाहीमा २ क्विन्टल गाँजासहित २ युवा पक्राउ

काठमाडौं - सर्लाहीमा २ क्विन्टल गाँजासहित २ युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–७ का सनोजराज घिमिरे र पर्सा वीरगञ्ज महानगरपालिका–१८ घर भई लालबन्दी नगरपालिका–७ बस्दै आएका २२ वर्षीय सिधु सिंह रहेका छन् ।

लालबन्दी नगरपालिका–६ स्थित संगम लामाको घरमा लागु औषध गाँजा लुकाईछिपाई राखेको सूचनाको आधारमा दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त प्रहरी घरको ताला फुटाई खानतलासी ६० किलोग्राम गाँजा भेटिएको थियो ।

६० किलोग्राम गाँजा बरामद भएपछि लालबन्दी नगरपालिका–७ हस्पिटल छेउमा शंकास्पद रुपमा पार्किङ गरी राखिएको ...


जेठ १७ देखि तातोपानी नाका सञ्चालनमा आउंदै

काठमाडौ - २०७२ सालको भूकम्प तथा भोटेकोशीमा आएको बाढिका कारण ध्वस्त भएको सिन्धुपाल्चोकस्थित नेपाल –चीनबीचको मुख्य तातोपानी नाका १७ जेठबाट सञ्चालनमा आउने भएको छ।

तातोपानीको लिपिङस्थित मितेरी पुलको उद्घाटनसँगै १७ जेठबाट तातोपानी नाका सञ्चालनको तयारी भएको हो। १२ वैशाख ०७२ को भूकम्प र भोटेकोसीमा आएको वाढीले मितेरी पुल ध्वस्त भएको थियो । हाल उक्त पुल पुनर्निर्माणको अन्तिम चरणमा रहेको छ । चिनियाँ कम्पनीले पुल निर्माणको काम गरिरहेको छ।

पुल निर्माणमा दैनिक करिब पाँच सय मजदुर खटिँदै आएका छन्। चीनको तियानसुन रोड एन्ड ब्रिज कम्पनीले १० जेठमा निर्माण ...


समयमा काम पूरा नगर्ने निर्माण कम्पनीमाथि कारवाही

लहान - सडक डिभिजन कार्यालय लहान सिरहाले सडक तथा पुल निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीमाथि कारवाही गरेको छ । सिरहासहित सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौता गरे पनि समयमा काम सम्पन्न नगर्ने आठ निर्माणसँग सम्बन्धित कम्पनीमाथि कारवाही गरिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए ।

सम्झौताबमोजिम ठेक्काको काम शुरु नै नगरेको तथा कार्य शुरु भए पनि सन्तोषजनक प्रगति नदेखिएकाले मौखिक पत्र तथा सूचनामार्फत पटकपटक जानकारी गराउँदासमेत कार्य शुरु गर्नेतर्फ पहल नथालेपछि कारवाही शुरु गरिएको प्रमुख साहको भनाइ ...


विश्वविद्यालयको कुलपतिमा राष्ट्रपति बनाउन सिफारिस

काठमाडौँ - ठूला विश्वविद्यालयको कुलपतिमा राष्ट्रपति र साना विश्वविद्यालयको उपकुलपति उपराष्ट्रपति हुने व्यवस्था गर्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले कुलपति प्रधानमन्त्री हुने ब्यवस्था परिवर्तन गरी राष्ट्रपति र उपराष्ट्रपति राख्न सिफारिस गरेको हो ।

कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुझाएको प्रतिवेदनमा साना विश्वविद्यालयसहित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपराष्ट्रपति कुलपति हुने व्यवस्था गर्न सिफारिस गरेको छ । सबै विश्वविद्यालयको समन्वयका लागि सहकुलपतिमा शिक्षामन्त्री नै हुनुपर्ने कार्यदलले सिफारिस गरेको ...


संसद्को रेकर्डबाट मेरो होइन, विपक्षीका ‘अमर्यादित’ शब्द हटाइएको हो : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रेकर्डबाट आफ्ना होइन, विपक्षीका ‘अमर्यादित’ शब्द हटाएको दाबी गरेका छन्। आफूले गैरसंसदीय शब्द प्रयोगै नगरेको उनको भनाइ थियो। ‘मैले गैरसंसदीय शब्द प्रयोग गरेको छैन,’ भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकेर बुधबार फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘सभामुखले पनि मैले कुनैै गैरसंसदीय शब्द प्रयोग गरेको र त्यसलाई हटाउनुपर्छ भन्नुभएको छैन।’

उनले थपे, ‘बरु विपक्षी दलका सांसदबाट उत्ताउला र अमर्यादित शब्द प्रयोग भएका थिए। ती शब्द संसद्को रेकर्डबाट हटाइएको हो। संसद् मर्यादित थलो हो। यसको गरिमा र सम्मानमा कसैले पनि ...


मेलम्चीको बाँकी काम तत्काल सुरु गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं - संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाको बाँकि काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो ।

काठमाडौं उपत्यकाबासीको प्रतीक्षाको विषय बनिरहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई तत्काल अघि बढाउन सरकारलाई पुनः निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् । त्यसैगरी समितिले सरकारको नीति तथा कार्यक्रम अनुसारनै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न÷गराउन पनि खानेपानी मन्त्रालयलाई सचेत गराएको छ ।

समितिले राष्ट्रिय खानेपानी ...


गाडी भाडामा लिएर चोरी गर्दै हिड्ने पाकिस्तानी दम्पत्ति एयरपोर्टबाट पक्राउ

काठमाडौं - भक्तपुरको लोकन्थलीमा एक पसलको काउन्टरबाट ७० हजार रुपैयाँ चोरी भयो। पसलमा आएका एक दम्पत्तिले काउन्टरबाट रकम निकालेको पत्ता लगाए पनि उनीहरूको पहिचान हुन सकिरहेको थिएन।

त्यसै प्रकृतिको घटना फेरि केही दिनपछि लोकन्थलीमा दोहोरियो। काउन्टरबाट ३० हजार हराएपछि पसलेले प्रहरीमा उजुरी दिए। पैसा चोरी भएपछि प्रहरीले सो क्षेत्रमा निगरानी बढायो। सिसिटिभी फुटेजहरू निकालेपछि मंगलबार महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले लोकन्थलीबाट एउटा कारलाई पछ्यायो।

सो कारलाई त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट नियन्त्रणमा लियो। कारमा ५ जना थिए। एक जना चालक र एक पाकिस्तानी दम्पत्ति। उनीहरूका डेढ र साढे ...


संसदमा कांग्रेस कडा रुपमा प्रस्तुत हुने

काठमाडौं - संगठन सुदुढिकरण र सरकारलाई खबरदारी गर्न बैशाख २५ देखि ७७ वटै जिल्लामा ‘राष्ट्रिय जागरण अभियान’ संचालन गरिरहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सरकारप्रति थप सशंकित र आक्रामक बनेको छ। सरकार एकपछि अर्को गर्दै निरंकशुतातर्फ अगाडि बढेको भन्दै कांग्रेसले सरकारका गलत कामको संसदबाट प्रतिरोध गर्ने चेतावनी दिएको छ।

आफ्नो नयाँ रणनीति तय गर्न कांग्रेसले बुधबार संसदीय दलको बैठक बोलाएको छ। सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकका विषयमा छलफल गर्न बुधबार संसदीय दलको ...


भाइलाई भेट्न गएकी नेपाली चेली दिल्लीमा सामुहिक बलात्कृत !

काठमाडौं - नेपालकी एक २४ वर्षीया महिला दिल्लीमा सामूहिक बलात्कारको शिकार भएकी छिन् । काठमाडौंबाट आफ्नो भाइलाई भेट्न मुम्बई जाने क्रममा ती महिला चार जना पुरुषबाट बलात्कृत भएकी हुन् । दिल्ली प्रहरीले ती चार जना पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ ।

ती महिलाले आफूलाई बलात्कार गर्ने पुरुषहरुको नाम पनि प्रहरीलाई दिएकी छिन् । उनले ती पुरुषमध्ये एक जनाको फोन नम्बर पनि प्रहरीलाई दिएकी छिन् ।

पीडित महिलाले आफू काठमाडौंबाट आएको बताएकी छिन् । उनी शनिबार नै दिल्ली पुगेकी थिइन् । उनी दिल्लीबाट मुम्बईको लागि रेल चढ्ने तयारीमा ...


मिडिया काउन्सिल विधेयक फिर्ता हुनुपर्छ : रामशरण महत

धनकुटा - नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले सरकारले सञ्चार र मानव अधिकारको क्षेत्रमा हस्तक्षेपकारी कार्य गरेको आरोप लगाएका छन् । उनले सरकार अधिनायकवादतर्फ अग्रसर भएको भन्दै लोकतान्त्रिक मूल्यमान्यतालाई ख्याल नगरिए त्यसमा प्रतिपक्ष मुकदर्शक भएर चुप लागेर नबस्ने चेतावनी दिए ।

प्रेस युनियन धनकुटाले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले सरकारले अघि सारेको आमसञ्चार विधेयक समग्र सञ्चार क्षेत्रमाथिको आक्रमण रहेको टिप्पणी गरे । मन्त्रीपरिषदबाट पारित भएर संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक समग्र सञ्चार क्षेत्रको विरुद्ध रहेकोले संसदबाट पास गर्न नहुने महतको ...


प्रदेश २ : 'सिडिओ'सरह आफ्नै प्रशासक राख्न पाइने विधेयक प्रदेशसभामा पेस

जनकपुर- प्रदेश २ मा प्रमुख जिल्ला अधिकारी (सिडियाे)सरह आफ्नै प्रशासक राख्न पाइने विधेयक प्रदेशसभा बैठकमा पेस भएकाे छ।

प्रदेशको शान्ति सुव्यवस्था कायम राख्न, जनताको सुविधा र सुशासन कायम राख्न प्रदेश २ सरकारले प्रमुख जिल्ला अधिकारी सरह आफ्नै प्रशासक राख्न पाउने व्यवस्था सहितको 'प्रदेश प्रशासन सम्बन्धमा व्यवस्था गर्न बनेकाे विधेयक'ले लामो समयपश्चात् प्रदेशसभामा साेमबार प्रवेश पाएको थियाे।

तेश्रो अधिवेशन सुरु भएदेखि नै प्रदेशसभा अवरुद्ध हुँदै आएको कारण विद्येयकले संसद बैठकमा प्रवेश पाउन सकेको थिएन। तर, प्रदेश सरकार र प्रतिपक्षी दलबीचको सहमतिपश्चात् साेमबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री ...


नेपालीको मुहार जहाँ उज्यालो त्यहीं नै बजेटको प्राथमिकता : अर्थमन्त्री खतिवडा

काठमाडौँ - अर्थमन्त्री डा युवराज खतिवडाले हामीले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हुँदै आएको बताएका छन् ।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण हुने जानकारी दिए ।

अर्थमन्त्री डा खतिवडाले भने, ‘हामी बजेट अनुशासन र मापदण्डमा बस्नुपर्दछ, त्यसका लागि सबैको सहयोग आवश्यक छ, वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ, ठूला पूर्वाधार आयोजना कार्यान्वयन गर्ने ...


प्रधानमन्त्री कम्बोडियामा, पुर्वराजाको सालिकमा पुष्पगुच्छा अर्पण

काठमाडौं - दक्षिणपूर्वी एसियाली दुई देश भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमणमा निस्केका प्रधानमन्त्री केपी शर्मा ओली सोमबारदेखि कम्बोडियाको भ्रमणमा छन्।

जोम्बो टोलीसहित सोमबार मध्याह्नतिर कम्बोडियाको राजधानी फेनोम फेन पुगेका प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी हुन सेनसँग द्विपक्षीय वार्ता गर्नुअघि दुई स्मारकमा पुष्पगुच्छा अर्पण गरे। ओलीले पुष्पगुच्छा अर्पण गरेको पहिलो स्मारक थियो-स्वतन्त्रता स्मारक। राजधानी फेनोम फेनमै रहेको स्वतन्त्रता स्मारक त्यहाँको स्वतन्त्रताका लागि लड्नेहरुको सम्झनामा सन् १९५८ मा बनाइएको थियो।

८ दशक भन्दा बढी समय फ्रान्सको उपनिवेशमा रहेको कम्बोडिया सन् १९५३ मा स्वतन्त्र भएको थियो। त्यसयता कम्बोडियाले आफ्नो स्वतन्त्रता दिवस ...


मिडिया काउन्सिल विधेयक सच्याउन पहल गर्छु : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

अध्यक्ष तिमिल्सिनाले संघीय संसदको राष्ट्रियसभामा दर्ता गरिएको सो विधेयक संशोधनको क्रममा र संसदीय समितिको छलफलको क्रममा सच्याउने अवसर भएकाले त्यसको सदुपयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे। मंगलबार सो विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भटमा उनले सो विधेयकमा देखिएका कमीकमजोरी हटाउन पर्याप्त छलफल गर्ने अवसर भएको पनि स्पष्ट पारे।

विधेयक संशोधनको क्रममा र विषयगत समितिमा छलफलको क्रममा सरोकारवाला निकायसँग पनि छलफल गर्ने ...


स्वर्गद्वारी आश्रमको सयौं बिघा जग्गा भूमाफियाको कब्जामा

प्युठान- देशभरका सरकारी तथा सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेको चर्चा सेलाउन नपाउँदै प्युठानको स्वर्गद्वारी आश्रमको सयौं बिघा जग्गामा वर्षौंदेखि माफियाहरुको कब्जामा रहँदै आएको खुलासा भएको छ। स्वर्गद्वारी आश्रमको दाङमा रहेको खर्बौं मूल्य पर्ने जग्गा अतिक्रमण गरेको पाइएको हो। माओवादीले थालेको 'जनयुद्ध'सँगै अतिक्रमणकारी, ठेकेदार र मोहीले आश्रमको जग्गा उपयोग गरिरहेका हुन्। तर, सरकारी निकायले यी जग्गा आश्रमको नाममा फिर्ता गराउन पहलसमेत थालेको छैन।

स्वर्गद्वारी आश्रमको रेकर्डमा आश्रमका नाममा २६ हजार रोपनी पाखो जग्गा र कोचिबाङमा १ सय ४० रोपनी खेत छ। रोल्पाको रुन्टीमा १३ रोपनी छ। त्यस्तै, ...


मंगलबारसम्म देशैभरी चट्याङ र वर्षाको सम्भावना

काठमाडौ - आइतबारदेखि देशभर बदलिएको मौषममा सुधार आउन केही दिन लाग्नृ भएको छ । आज देशभर वर्षा हुनेछ भने देशको पश्चिम भूभागमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले वर्षा मंगलबारसम्म जारी रहने जनाएको छ।
शाखाका अनुसार काठमाडौ उपत्यकामा हल्का वर्षा हुनेछ भने पहाडी भेगमा चट्याङ पर्ने संभावना रहेको छ । त्यस्तै तराईका विभिन्न भागमा हावाहुरी आउने संभावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

बैशाख ३० गते (सोमबार)
दिउँसो : देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ। पश्चिमका थोरै ...


खोटाङमा चट्याङले आठ जना गम्भीर घाइते

खाेटाङ - हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन् ।

घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए । उनीहरुलाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर आइतबार साँझ नै जिल्ला अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर ...


शीर्ष नेताको हत्या गर्ने योजना झुटो हल्ला : बिप्लव

काठमाडौं - प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफू्रहरुले उठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको दाबी गरे ।

‘वार्ताबाट न हामी तर्सिन्छौँ, न त वार्ताले क्रान्तिले उठाएको विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौँ,’ उनले भने । एनसेलमाथिको कारबाहीपछि सरकारले पार्टी प्रतिबन्ध लगाएको उनको भनाइ छ । राजनीतिक दलका शीर्ष नेताको हत्या योजना उनको पार्टीले बनाएको भन्ने सरकारको दाबीमाथि विप्लवले खण्डन गरे ।

...

उपेन्द्र यादव जंगिदै माइक फालेर स्टुडियोबाट बाहिरिएको भिडियो भाइरल (भिडियोसहित)

काठमाडौं - सरकारका उपप्रधान एंव स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव एक टेलिभिजनसँगको अन्तवार्ताका क्रममा प्रश्न चित्त नबुझेपछि माइक फालेर हिंडेका छन् । भर्खरै गठित समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले पत्रकारको प्रश्नमा प्रतिप्रश्न गर्दै उत्तेजित मुद्रामा माइक फालेर हिंडेका हुन् ।

एभिन्यूज खरब टेलिभिजनका पत्रकार सुशील पाण्डेसँगको ‘सकस राजनीति’ भन्ने कार्यक्रममा उपप्रधानमन्त्री यादवले प्रश्न चित्त नबुझेपछि माइक फालेर हिंडेका हुन् । पत्रकारले, ‘समाजवादी पार्टीले जनतालाई के दिन्छ ?’ भनेर सोध्दा उनि ‘मिडियाले नेपाली जनतालाई के दिन्छ ?’ भन्दै प्रतिप्रश्न गर्दै आक्रोशित भई टेलिभिजनबाट बाहिरिएका छन् ।

उपेन्द्र यादव ...


मिडिया माथि अंकुश लगाउने सरकारी कदमको सर्वत्र विरोध, विवेकशीलले निकाल्यो यस्तो विज्ञप्ति !

काठमाडौं - विवेकशील नेपाली दलले राज्यको चौथो खम्बा स्वतन्त्र प्रेसलाई नै प्रतिकूल असर पार्नेगरि सरकारले ल्याएको विधेयकले नेतृत्वलाई जवाफदेही बनाई राख्न चाहिने स्वतन्त्र रुपमा सूचना सम्प्रेषण गर्ने संयन्त्रहरुलाई नै अंकुश लगाएको बताएको छ । आइतबार बिज्ञप्ती जारी गर्दै विवेकशील पाटीले नेपालमा नागरिकलाई विवेकशील र सरकारलाई सेवक बनाउन स्वतन्त्र अभिव्यक्ति र यसको संरक्षक स्वतन्त्र प्रेस अपरिहार्य रहेको बताएको हो ।

बिज्ञप्तीमा भनिएको छः–

राज्यको चौथो खम्बा स्वतन्त्र प्रेसलाई नै प्रतिकूल असर पार्नेगरि सरकारले ल्याएको विधेयकले नेतृत्वलाई जवाफदेही बनाई राख्न चाहिने स्वतन्त्र रुपमा सूचना सम्प्रेषण गर्ने संयन्त्रहरुलाई नै अंकुश ...


शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्ने हाम्रो संकल्प :  शिक्षामन्त्री

काठमाडौं । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रूपान्तरणका लागि नमुना विद्यालयको अवधारणा अघि सारेको बताए । सामुदायिक विद्यालयको रूपान्तरणको दशक सुरु भएको बताउँदै उनले शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सरकार दृढ संकल्पसहित लागेको बताए । झापाको विर्तामोड–५ मा महेन्द्ररत्न माविको नमुना विद्यालयको शिलान्यास गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

उनले शिक्षामा छलफल, सुधार र क्रान्तिको आवश्यकता रहेको बताए । नमुना विद्यालयको मूल उद्देश्यलाई आत्मसात गर्न जरुरी छ,’ उनले भने, ‘सार्वजनिक शिक्षाले वर्गको अन्त्य गर्नुपर्छ ।’ सामुदायिक विद्यालयलाई आशा र भरोसाको केन्द्र बनाउन ...


डिआइजी बनेका पोखरेललाई दर्ज्यानी चिन्हसंगै प्रहरी प्रवक्ताको जिम्मेवारी

काठमाडौं - प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

आइतबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमका बीच पोखरेललाई डिआइजीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। गत बिहीबार पोखरेललाई बढुवा समितिले डिआइजीका लागि सिफारिस गरेको थियो।

बढुवा सिफारिसपछि एक हप्तासम्म सिफारिसमा परेका व्यक्तिविरुद्ध उजुरी हाल्न पाउने व्यवस्था हुन्छ। तर, पोखरेल बढुवाका लागि सिफारिस भएकाेमा कसैको पनि उजुरी नपरेकाले आइतबार उनलाई डिआइजीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

उनलाई नेपाल प्रहरीकाे प्रवक्ताकाे समेत जिम्मेवारी दिइएकाे छ।

करिब ६ महिनाअघि काभ्रेमा भएको गाडी दुर्घटनामा डिआइजी ...


पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हुनु दुखद : ओनसरी घर्ति

बुटवल - पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने बताएकी छिन् ।

प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामकरणको टुङ्गो लगाउने बताए ।
रिपोटर्स क्लब नेपाल प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उनले प्रदेशसभाका सदस्यले जनताको राय लिएर मात्रै राजधानीको टुङ्गो लगाउने धारणा राखिन् । मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुङ्गो लाग्न समय लागेको उनको भनाइ थियो ...


स‌ंसदमा प्रि-बजेट माथिको छलफल जारी !

काठमाडौं - संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक जारि छ। बैठकमा गत शुक्रबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको ‘बजेट विनियोजन बिधेयक, २०७६’ माथि आज छलफल भैरहेको छ । बजेटका आधार, सिद्धान्त र प्राथमिकताका विषयमा मुख्यत वैठकमा छलफल भैरहेको छ ।

बजेट उपर विभिन्न सांसदहरुले आ-आफ्नो धारणा राख्ने क्रम जारि छ । बैठकमा पुर्व अर्थमन्त्रिहरु डा बाबुराम भट्टराई, ज्ञानेन्द्र कार्की, सुरेन्द्र पाण्डेलगायतले आ-आफ्नो धारणा राखेका छन् ।

...

मोरङमा चार हजारलाई वंशजको नागरिकता

मोरङ - जन्मसिद्ध नागरिकता प्राप्त गरेका आमाबाबुका चार हजार सन्तानले मोरङमा वंशजको नागरिकता प्राप्त गरेका छन् ।

गृह मन्त्रालयको परिपत्रअनुसार २० चैतदेखि २४ वैशाखसम्म मोरङमा जिल्ला प्रशासन, इलाका प्रशासन रंगेली र उर्लाबारीबाट तीन हजार नौ सय १० जनाले वंशजको नागरिकता पाएका हुन् ।

जिल्ला प्रशासन मोरङका प्रवक्ता सहायक सिडिओ उमेश पाण्डेका अनुसार पछिल्लोपटक सर्वोच्चले रोक लगाएपछि भने नागरिकता लिनका लागि टोकन पाइसकेका दुई हजार चार सयजनाले वंशजको नागरिकता लिन पाएका छैनन् । उनीहरूलाई अगामी २१ जेठसम्म नारिकता वितरण गर्नका लागि टोकन दिइएको थियो ।

नागरिकता विधेयक संघीय संसदमा ...


मिडियाप्रति कठोर बन्दै सरकार : १५ वर्षसम्म जेल र करोडसम्म जरिवाना प्रस्ताव

काठमाडौं - सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ। संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेखि १५ वर्षसम्म जेल तथा दुवै सजाय हुनसक्ने प्रावधान समेटेको छ।

कुनै पनि स्वदेशी, विदेशी आमसञ्चार माध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियता, विभिन्न संघीय एकाइ, जातजाति, धर्म वा सम्प्रदाय, राज्यद्रोह वा अदालतको अवहेलना वा अपराध गर्न दुरुत्साहन गर्नेजस्ता काम गरे उक्त जरिवाना वा कैद सजाय हुने ...


भारतमा आफ्नो छुट्टै प्रान्त स्थापना गरेको आइएसको दाबी

नयाँ दिल्ली - अन्तर्राष्ट्रिय आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)ले पहिलो पटक भारतमा आफ्नो छुट्टै प्रान्त स्थापना गरेको दाबी गरेको छ। लामो समयदेखि द्वन्दग्रस्त कास्मिरमा लडाकु समूह र भारतीय सुरक्षा फौजबीच भएको झडपमा आइएससँग सम्बन्ध रहेको भनिएका लडाकुको मृत्यु भएपछि उसको यस्तो दाबी आएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

आइएसको समाचार एजेन्सी ‘अमाक’मार्फत उसले शुक्रबार भारतमा नयाँ प्रान्त स्थापना गरेको र सो प्रान्तको नाम ‘विलायाह अफ हिन्द’ राखिएको जनाएको छ। आइएसले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै अमाकले जनाएअनुसार कास्मिरको सोपियान जिल्लाको अम्सिफोरा सहरमा आइएसले भारतीय सेनामा ...


झापामा भेटिएको बम डिस्पोज, यातायात सुचारु

झापा - कनकाई नगरपालिकाको माइ पुल नजिकै भेटिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरेको छ। पुलको पुर्वी भागको उत्तरपट्टी आइतबार बिहान भेटिएको उक्त वस्तु नेपाली सेनाको चार आलीबाट खटिएको टोलीले डिस्पोज गरेको हो।

पुल नजिकै शंकास्पद वस्तु भेटिएपछि बिहान ६ बजेदेखि अवरुद्ध यातायात पनि सुचारु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवाश खड्काले बताए। वस्तु राखिएको ठाउँ नजिकै गोर्खा जनमुक्ति मोर्चा लेखिएको पर्चा भेटिएकोले उक्त समूहले नै बम राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। स्रोतले उक्त वस्तु टाइम बम बताएपनि सेनाको डिस्पोजल टोलीले भने ...


पाँचतारे होटलबाट अवैध नेटवर्किङ धन्दा : १२ भारतीय पक्राउ

काठमाडौं - पाँचतारे होटलमा बसेर नेटवर्किङ व्यवसाय सञ्चालन गर्न खोजेको आरोपमा प्रहरीले १२ भारतीय नागरिकलाई पक्राउ गरेको छ।

साइन ग्रुपको नामबाट नेपालमा नेटवर्किङ व्यवसाय सञ्चालन गर्न दरबारमार्गस्थित याक एण्ड यति होटलमा धमाधम तालिम दिइरहेका बेला शनिबार अपरान्ह प्रहरीले १२ भारतीयलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं प्रहरी परिसर र राष्ट्र बैंकको टोली होटलमै पुगेर साइन ग्रुपका प्रमुख प्रबन्ध निर्देशक रसिद नसिमसहित १२ जनालाई नियन्त्रणमा लिएको हो। परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार उनीहरुमाथि अनुसन्धान सुरु भएको छ।

पक्राउ पर्नेमा रसिदसँगै भारत लखनउका अजितकुमार सिंह, ...


अहिलेका प्रदेश खारेज गरेर केन्द्र र स्थानीय निकाय राखे त्यसैले जनताको आवश्यकता पुरा गर्छ : केसी

काठमाडौँ - नेपाललाई संघीय प्रणालीमा लैजान २०६४ मा संविधानसभाको खाका तयार गरियो। यो राजनीतिक दलहरूको एजेन्डा नै थिएन, होइन। सबै पक्षले कमजोर र भौगोलिक रूपमा यति सानो मुलुकलाई संघीय प्रणालीमा लैजानुको उद्देश्य नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउने, जातीय सद्भाव बढाउने, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता मजबुत पार्न संघीयता ल्याइएको थिएन। यो त नेपालमाथि आर्थिक भार बढाउने, क्षेत्रीय, जातीय राज्य बनाएर जातजातिबीच द्वन्द्व फैलाउने र कालान्तरमा यसलाई लाइबेरिया, इथियोपिया बनाउने उद्देश्यले शक्ति राष्ट्रहरूले संघीयताको एजेन्डा अघि सारेका थिए। दलहरूले यस विषयमा विचारै गरेनन्।

नेपाल बहुजातीय देश हो। ...


ठेकेदार र कर्मचारीको मिलोमतोमा अनुदानको चामल बाटामै बिक्री

रुकुम - सरकारले खाद्यान्न कम उत्पादन हुने दुर्गमका स्थानीयवासीका लागि अनुदानमा चामल पठाउँदै आए पनि सम्बन्धित व्यक्तिकहाँ पुग्न नसकेको पाइएको छ। ठेकेदार र खाद्य संस्थानका कर्मचारीको मिलोमतोमा बीच बाटामै बिक्री गरिएपछि लक्षित व्यक्तिहरूले चामल नपाएको खुलासा भएको हो। डोल्पाका स्थानीयका लागि भनेर पठाइने अनुदानको चामल रुकुममै बिक्री भएको हो।

संस्थानबाट डोल्पाको मुड्केचुला गाउँपालिका–७ मा रहेको सर्मी डिपोका लागि पठाइएको चामले रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका–६ त्रिवेणीमा बिक्री भएको हो। हजार क्विन्टल चामल ठेकेदारले सम्बन्धित ठाउँमा नपु-याई बीच बाटामै बिक्री गरेका हुन्। अनुदानको चामल बाटोमै बिक्री भएसँगै ...


अवैध शरणार्थीको केन्द्र बन्दै नेपाल, कुन देशबाट कति र कहाँ बस्दैछन ?

नेपालको भिसा नीति उदार छ, सिमाना खुला छ । यही कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन् । वर्षौँदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजारभन्दा बढी अवैध शरणार्थी नेपालमा जम्मा भइसकेका छन् । कतिले तेस्रो मुलुक छिर्न नेपाललाई ट्रान्जिट बनाएका छन्, धेरैले पासपोर्ट नै फालेर स्थायी बसोवासको थलोजस्तो मानेका छन् । त्यसो त शरणार्थीसम्बन्धी नेपालको न कुनै कानुन छ, न त अन्तर्राष्ट्रिय महासन्धि–१९५१ मै हस्ताक्षर गरेको छ । अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर नगरेका कारण नेपाल कुनै पनि देशका नागरिकलाई शरणार्थी स्वीकार गर्न बाध्य छैन । तर, सरकार ...


निरङ्कुश 'मिडिया काउन्सिल' विधेयकविरुद्ध पत्रकार महासंघ आन्दोलित

काठमाडौँ - सरकारले संसदमा पठाएको मिडिया काउन्सिलसम्बन्धी विधेयक संविधानको मूल मर्म विपरित रहेको भन्दै नेपाल पत्रकार महासंघले विरोध गर्ने भएकाे छ । महासंघको शुत्रबार बसेको आकस्मिक बैठकले विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरित भएको भन्दै विरोध गर्ने निर्णय गरेको हो ।

महासंघको अध्यक्ष गोविन्द आचार्यका अनुसार विधेयकविरूद्ध विरोध कार्यक्रम २९ वैशाखमा महासंघका पूर्व पदाधिकारी, संचार माध्यामका सम्पादक, कानुनविद् र विज्ञसँग बृहत छलफल गर्ने कार्यक्रम रहेकाे छ । यस्तै, ३० वैशाखमा सभामुख तथा राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने जनाइएकाे छ । ३१ वैशाखमा संसदका ...


वडा कार्यालय पुग्‍नै ३ दिन ! रुवीभ्यालीका कुनै पनि वडामा सचिव छैनन् !

लापा (धादिङ) - ‘राणाको शासन गयो। राजाको शासन गयो। गणतन्त्र आयो। हामी नेवेरबासीको चाहिँ राणा र राजाकै पालाको जस्तो सास्ती खेप्दैमा जिन्दगी जानेभो।’ यो दुःखेसो हो, उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–५ नेवेरगाउँका (साबिक लापा गाविस–३) नोर्सिङ लामाको। नोर्सिङ लामासहित नेवेरबासीले २०४६ सालदेखि भएका विभिन्न राजनीतिक परिवर्तनपछिका चुनावमा एक दिन पैदल हिँडेर पनि मतदान गरे।

उनीहरूलाई गाउँमा विकास, परिवर्तन र सुखसुविधाको तीव्र आस थियो। तर विकास निर्माण त परको कुरा, वडा कार्यालयको सामान्य सेवा लिन पनि तीन दिन लाग्ने भएपछि नेवेरबासी सधंै सास्ती खेप्न बाध्य छन्। नेवेरबासीको मतदान ...


दश महिनाकी छोरीलाई जलाएर मार्ने बाबुआमा पक्राउ

दार्चुला - आफ्नै १० महिनाकी छोरीलाई जलाएर हत्या गरेको आरोपमा दार्चुलामा बुबाआमा पक्राउ परेका छन् ।

बिहीबार राति खरको थुप्रोमा राखेर आगो लगाई छोरीको हत्या गरेको आरोपमा प्रहरीले व्याँस गाउँपालिका–५ चुकपानीका नवीन र आमा शिला विष्ट दम्पत्तिलाई पक्राउ गरेको हो । घटनापछि भाग्दै गरेका उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए ।

स्थानीयले खबर गरेपछि उनीहरुलाई धौलाकोट प्रहरी चौकीका असई अमीर रावलको टोलीले पक्राउ गरेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराको टोलीले सदरमुकाम ल्याएको हो ...


बच्चालाई अस्पतालमा बेवारिसे छाडेका पूर्वसांसद साह दम्पती अस्पतालमा भर्ना

काठमाडौं - बच्चालाई बेवारिसे अवस्थामा छाडेको आरोपमा पक्राउ परेकी पूर्वसांसद गायत्री साह र उनका पति राजेश महतोकाे स्वास्थ्यमा खराबी आएपछि पाटन अस्पताल भर्ना गरिएकाे छ।

पक्राउ परेपछि ६ दिनदेखि हिरासतमै अनसन बसेका गायत्री साह र उनका पतिकाे स्वास्थ्यमा खराबी आएपछि आज पाटन अस्पतालकाे आकस्मिक कक्षमा भर्ना गरिएकाे हाे। रि‌गटा लाग्ने र बेहाेस हुने समस्या भएपछि उनीहरुलाई अस्पताल लगिएकाे हाे।

ललितपुरको मेडिसिटी अस्पतालमा बच्चालाई बेवारिसे अवस्थामा छाडेको आरोपमा उनीहरुलाई पक्राउ गरिएकाे थियाे। पक्राउ परेका साह दम्पत्तीलाई प्रहरीले सोमबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियाे।

महानगरीय प्रहरी परिसर ललितपुरका ...


सर्वोच्चको चियापान कर्मचारीले यसकारण बहिष्कार गरे !

काठमाडौँ - सर्वोच्च अदालतले कानुन दिवसको अवसरमा चियापान आयोजना गरेको छ । सर्वोच्च अदालतमा आयोजित चियापानमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्चपदस्थहरूको उपस्थिति थियो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशलगायतको पनि उपस्थिति थियो । चियापानअघि बोल्दै सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट मात्रै नागरिकका हक, अधिकारको संरक्षण हुन सक्ने बताए ।

न्यायपालिकाका कर्मचारीले भने चियापान बहिष्कार गरेका छन् । अध्ययन भ्रमणमा जाने टोलीमा कर्मचारी नपरेको भन्दै कर्मचारीले अदालतको कार्यक्रम बहिष्कार गरेका हुन् । गत ...


बुढीगण्डकीमा माफियाको चलखेल : राज्यलाई डुबाउन यस्तो खेल !

काठमाडौँ - कमिसनको खेलमा राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्षमता घटाउने प्रयास भइरहेको छ । जलमाफियाहरूको योजनाअनुसार प्रधानमन्त्री कार्यालयले १२ सय मेगावाटको आयोजनालाई आठ सय मेगावाटमा खुम्च्याउन छलफल थालेको छ । क्षमता घटाएर चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी (सिजिजिसी)लाई आयोजना सुम्पिने प्रधानमन्त्री केपी ओलीको योजना छ । यसका लागि कम्पनीका नेपाल एजेन्ट दीपक भट्ट र सुशील भट्ट राजनीतिक लबिङमा छन् । भट्ट दाजुभाइ ठूला ठेक्कामा विदेशी कम्पनीको एजेन्टका रूपमा काम गर्छन् ।

स्रोतका अनुसार ओलीको इच्छाअनुसार प्रधानमन्त्री कार्यालयले आयोजनाको क्षमता घटाउने प्रस्ताव नै तयार गरिसकेको छ । यस विषयमा दुई–तीन चरणमा ...


५० औं वैवाहिक वर्षगाँठ : ‘प्रचण्ड’ले गरे दोश्रो पटक विवाह

काठमाडौं - बञ्चेबाजा र धिमेबाजासहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार दोस्रो पटक सीता दाहालसँग विवाह गरेका छन्।

२०२६ साल वैशाख २६ गते सीता दाहालसँग विवाह गरेका प्रचण्डले बिहीबार ५० औं वैवाहिक वर्षगाँठ विशेष ढंगले मनाएका हुन्। बिहीबार साँझ खुमलटारस्थित निवासमा पारिवारिक जमघटमा प्रचण्डले वैवाहिक जीवनको ५० औं वर्षगाँठ मनाएका हुन्।

२०७४ मंसिर ३ गते छोरा प्रकाश दाहालको निधन भएपछि सीता विक्षिप्त छन्। छोराको शोकपछि विक्षिप्त बनेकी सीताको मन भुलाउन प्रचण्डले ५० औं वैवाहिक वर्षगाँठलाई विशेष बनाउने तयारी ७-८ महिना अघिनै तयारी गरेका थिए।

५० औं वर्षगाँठमा आफ्नो ...


न्याय परिषद् सदस्यले बार अध्यक्षलाई हप्काए : 'तैले के गर्न सक्छस् गर !'
सिटौला बारकै कोटाबाट न्याय परिषद् सदस्यमा सिफारिस भएका थिए

काठमाडौं - कानुन दिवसको अवसरमा आयोजित सर्वोच्च अदालतको विशेष कार्यक्रममा न्याय परिषद्का सदस्य रामप्रसाद सिटौला र नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठबीच झण् डै हातहालाहाल भएको छ।

सर्वोच्च अदालत परिसरमा भएको कार्यक्रम समापनपछि सिटौला र श्रेष्ठबीच चर्काचर्की भएको हो। चियापान समारोह सकिएपछि सिटौला र श्रेष्ठको मञ्च अगाडि जम्काभेट भएको थियो। भेटका क्रममा नेपाल बारका अध्यक्ष रहेका श्रेष्ठले न्यायाधीश नियुक्तिका विषयमा बारले माग गरेको सूचना उपलब्ध नगराएको विषयमा सिटौलासँग जिज्ञासा राखेका थिए।

न्यायाधीश सिफारिस विवादमा परेपछि सर्वोच्च बारको आग्रह अनुरुप नेपाल बारले न्यायपरिषद्सँग एक महिना अगाडि आधार र ...


'मिस नेपाल २०१९' को ताज अनुष्का श्रेष्ठलाई

काठमाडौं - ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् ।

प्रदीप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बनिन् । यस्तै मीरा कक्षपतिले मिस नेपाल इन्टरनेसनल र रोज लामाले सुपर न्यासनलको उपाधि जितेका छन् । २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए । अनुष्कालाई मिस नेपाल २०१८ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । अनुष्काले अब मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

मिस ...


प्रधानमन्त्री ओली भियतनाम प्रस्थान

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी भ्रमणका लागि दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणका लागि प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको चार्टर विमान 'एयरबस ए-३२०' को उडानमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन्। उडान समय बिहान १०ः२५ का लागि तोकिएको भए पनि उनको उडानमा केही ढिलाई भएको थियो।

भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा भ्रमणमा निस्कन लागेका ओलीको यो पाँचौ विदेश भ्रमण हो।

भियतनामबाट भ्रमणको सुरुवात गर्ने ओलीले भियतनामी समकक्षी गुयन सुआन फुकसँग द्धिपक्षीय वार्तासमेत गर्नेछन्। परराष्ट्रमन्त्रालयका अनुसार उनले त्यहाँको संसद् ...


अदालतको फरार सूचीमा पूर्वआइजिपीदेखि बैंकरसम्म (सुचिसहित)

रमेश चन्द ठकुरी : प्रहरीका पूर्वमहानिरीक्षक

अदालतको फरार सूचीमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी पनि छन् । सुडान घोटाला प्रकरणमा उनी अदालतबाट दोषी ठहर भएका थिए । सर्वाेच्च अदालतले दुई वर्षअघि उनलाई भ्रष्टाचार मुद्दामा एक वर्ष कैद र ४० हजार जरिवाना सजायको फैसला सुनाएको थियो । सोही मुद्दामा पूर्वआइजिपीहरू ओमविक्रम राणा र हेमबहादुर गुरुङले अदालतमा दुई वर्षअघि नै आत्मसमर्पण गरेका थिए । गुरुङ जेल सजाय भोगेर छुटिसकेका छन् ।

पवनजंग कार्की : बैंकर

बैंकर पवनजंग कार्की पनि फरार छन् । अहिले उनले अमेरिकामा डिपार्टमेन्ट स्टोर सञ्चालन गरिरहेका छन् । तत्कालीन क्यापिटल मर्चेन्ट एन्ड ...


गृहको सर्कुलरपछि बाँकेमा १९ दिनमा ७९५ जनालाई नागरिकता !

नेपालगंज - जिल्ला प्रशासन कार्यालय बाँकेले १९ दिनको अवधिमा झन्डै आठ सयलाई वंशजको नागरिकता प्रदान गरेको छ । जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको सर्कुलरपछि जिल्ला प्रशासन कार्यालयले सात सय ९५ जनालाई वंशजको नागरिकता प्रदान गरेको हो । नागरिकता लिनेमा दुई सय ३२ महिला र पाँच सय ६३ पुरुष छन् ।

सर्वोच्चको आदेशपछि २६ चैतदेखि ३ वैशाखसम्म नागरिकता वितरण कार्य रोकिएको थियो । ‘यो तथ्यांक इलाका प्रशासन कार्यालय नरैनापुर र कोहलपुरबाहेक हो,’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले भने । ...


काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्न माग, स्थानीय सरकारमाथि हस्तक्षेप गरेको आरोप

काठमाडौँ - उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्न माग गरेको छ । बुधबार ललितपुरमा बसेको फोरम बैठकले स्थानीय सरकारको काम, कर्तव्य र अधिकारमा पटक—पटक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै प्राधिकरण खारेजीको माग गरेको हो ।

पछिल्लोसमय काठमाडौं महानगरपालिका र प्राधिकरणबीच भवन निर्माण मापदण्डका विषयमा आरोप–प्रत्यारोप चलिरहेको छ । प्राधिरकणले आफ्नो मापदण्डविपरित महानगरले छुट्टै मापदण्ड बनाएको आरोप लगाउँदै आएको छ । महानगरले प्राधिकरणले आफ्नो अधिकारमा हस्तक्षेप गरेको बताउँदै आएको छ ।

दुई निकायबीचको विवाद चलिरहँदा काठमाडौं महानगरका मेयर अध्यक्ष रहेको फोरमले प्राधिकरण खारेजीको माग गरेको हो । ‘उपत्यकाको राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक ...


जनप्रतिनिधि र नेता नै इन्द्रावती र सुनकोसी नदी दोहनमा

चौतारा - जनप्रतिनिधि र राजनीतिक दलका नेता नै इन्द्रावती र सुनकोसी नदी दोहनमा लागेका छन् । जिल्लामा रहेका २१ वटा क्रसर उद्योगमा राजनीतिक दलका नेता र जनप्रतिनिधिको लगानी रहेको खुलासा भएको छ । नदीआसपास स्थापना भएका अधिकांश क्रसर उद्योगका हर्ताकर्ता जनप्रतिनिधि र नेताहरू नै छन् । त्यसैले, स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीका लागि दिएको ठेक्का तिनकै पोल्टामा पुग्ने गरेको छ ।

सत्तारुढ दल नेकपाका अधिकांश नेता तथा जनप्रतिनिधिले क्रसर र नदी ठेक्कामा लगानी गरेका छन् । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सिन्धुपाल्चोक जिल्ला पार्टी सचिव दावा तामाङको ‘अविरल बग्दछ ...


राजमार्ग बन्द गर्न निषेध : २०-२० किलोमिटरमा सुरक्षा पोस्ट, बन्द भएको १० मिनेटमै प्रहरी

काठमाडौँ - कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ । विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले नयाँ कार्यविधि लागू गरेको हो । कार्यविधिअनुसार राजमार्गमा २०–२० किलोमिटरको दूरीमा सशस्त्र प्रहरीका सुरक्षा पोस्ट रहनेछन् । सशस्त्रले ठूला राजमार्गमा हुने दुर्घटनालक्षित आठवटा ठूला एम्बुलेन्ससमेत खरिद गरेको छ । त्यस्ता एम्बुलेन्सले एकैपटक १०–१२ जनासम्म बिरामी बोक्न सक्छन् । ठूला एम्बुलेन्ससहित अब टोली राजमार्गमा खटिने सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । अहिले उद्धारका लागि सशस्त्र प्रहरीसँग ...


सवारी दुर्घटनामा परि ९ जनाको मृत्यु

काठमाडौं - काठमाडौं, सर्लाही, रुपन्देही, कपिलबस्तु, सिन्धुपाल्चोक, सिराहा, रुपन्देही, पाचँथर र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

काठमाडौं, काठमाडौं महानगरपालिका-१५ ठाडो भर्याभङस्थित सडकमा प्रदेश ३-००४ प ००११ नम्बरको मोटरसाइकलले मंगलबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री रामेछाप घर भएका २२ वर्षीय रोहित कार्कीको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, कबिलासी नगरपालिका-८ कबिलासीस्थित सडकमा बीआर-३० डब्लु १७७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ...


विजातीय केटासँग विवाह गरेकाे भन्दै बाबुले छोरी-ज्वाइँलाई जिउँदै जलाए !

रुक्मिणी रणसिङ्‍घे १९ वर्षकी मात्र थिइन्। ६ महिनाअघि उनले आफूले प्रेम गरेको केटासँग विवाह गरिन्। तर रुक्मिणी र उनका पतिको जात नमिल्ने भएकाले उनीहरूको विवाहको निर्णयमा परिवारको सहमति थिएन।

जात नमिल्ने केटासँग रुक्मिणीले गरेको विवाहलाई लिएर उनको माइती पक्षमा असमझदारी यति धेरै बढ्यो कि एक दिन रुक्मिणीका पिता, काका र मामा मिलेर उनी र उनका पतिलाई जिउँदै जलाइ दिए।

आफ्नो परिवारप्रतिको आक्रोशको मूल्य रुक्मिणीले आफ्नो ज्यान दिएर चुक्ता गर्नुपर्‍यो। महाराष्ट्रको अहमदनगरको यो घटनाले ुअनर किलिङुको मामिलालाई फेरि एकपटक सबैका सामू ल्याइदिएको छ।

रुक्मिणी अनुसूचित जाती ९एससी०मा पर्ने पासी ...


प्रधानमन्त्री ओली भियतनाम जादै, को-को छन् भ्रमण टोलीमा ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको मैत्रीपूर्ण निमन्त्रणमा भियतनामको पाँच दिने भ्रमणका लागि बिहीबार त्यसतर्फ जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोही क्रममा प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणमा वैशाख ३० गतेदेखि जेठ १ गतेसम्म तीन दिनको कम्बोडियाको औपचारिक भ्रमण गर्ने छन् ।

भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनामी समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने छन् । यस्तै, उनले त्यहाँको नेसनल एसेम्लीको अध्यक्षसँग पनि भेट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको सम्मानमा आयोजना हुने रात्रिभोज कार्यक्रममा प्रधानमन्त्री ...


चार सय ३३ स्थानीय तहले बुझाए १० हजार कर्मचारीको रिक्त दरबन्दी

काठमाडौं - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४३३ स्थानीय तहले मात्र रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण बुझाएका छन् ।

मन्त्रालयले गत वैशाख २० गतेसम्म ७५३ स्थानीय तहलाई रिक्त दरबन्दी सङ्ख्यासहितको विवरण पठाउने भने तापनि अहिलेसम्म ४३३ स्थानीय तहले मात्र विवरण पठाएको मन्त्रालयका सहसचिव भुपराज बरालले जानकारी दिए ।

अझै ३२० स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाएका छैनन् । उनले दरबन्दी विवरण नबुझाउने स्थानीय तहलाई ताकेता गरिएको जानकारी गराए। उाका अनुसार ती स्थानीय तहले करीब १० हजार कर्मचारीको रिक्त दरबन्दी विवरण पठाएका छन् ।

मन्त्रालयले रिक्त दरबन्दीको ...


अस्थायी शिक्षकलाई यहि शैक्षिकसत्र भित्रै विदाई गर्दै सरकार

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी गर्नुपर्ने माग सम्बोधन गर्न नसकिने बताएका छन् ।

बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले एक पटक लिइएको परीक्षामा अनुतीर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू शैक्षिकसत्र भित्रै सम्मानका साथ विदाई गर्ने योजना पनि अघि सारे ।

सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन एक पटक परीक्षा लिएको थियो । तर अब त्यसरी पुनः परीक्षा लिएर स्थायी गराउन कानुनले नै नमिल्ने मन्त्री पोखरेलको तर्क छ । मन्त्री पोखरेलले गुणस्तरीय शिक्षामा जोड दिइरहेका ...


एनसेललाई तत्काल कर नतिराउन सर्वोच्चको आदेश

काठमाडाै‌ं - सर्वाेच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल प्रालिको ८० प्रतिशत सेयर खरिद–बिक्रीको लाभकर छली विवादमा तत्काल कर नलिन ठूला करदाता कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको छ।

सोमबारदेखि सुनुवाइ गरेको न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो।

सर्वोच्चको यो आदेशपछि एनसेलले तत्काल कर बुझाउने बाध्यताबाट उन्मुक्ति पाउने भएको छ। सर्वोच्चको यो आदेशसँगै सरकारले पाउने ३९ अर्ब रकम तत्काल गुमाउने भएको छ। सर्वोच्चले मुद्दाको किनारा नलागेसम्मका लागि अन्तरिम आदेश जारी गरेकाले एनसेलबाट उठाउने रकम अन्योलमा परेको हो।

सर्वोच्च अदालतका ...


नागरिकता विवाद : गृहको सर्कुलर कार्यान्वयन नगर्न सर्वोच्चको आदेश !

काठमाडौं - सर्वाेच्च अदातलले जन्मको आधारमा नागरिकताप्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको गृह मन्त्रालयको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

यसअघि सर्वोच्चले एकल इजलासबाट जारी भएको अन्तरिम आदेश खारेज हुने निर्णय गरे पनि त्यसलाई पुन: उल्टाएर पत्र कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ।

बालकृष्ण न्यौपानैको रिटमा न्यायाधीशद्वय ईश्वर खतिवडा र शुष्मलता माथेमाको इजलासले यस्तो आदेश गरेको हो। उक्त इजलासले नागरिकताको विषयमा गम्भीर कानुनी प्रश्न देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेशसमेत गरेको छ।

सर्वोच्चले पूर्ण इजलासले सुनुवाइ गरी आदेश जारी ...


कांग्रेसको विरोधबीच नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं - संघीय संसदको प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुत बहुमतले पारित गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदको गरिमा घटाएको भन्दै प्रमुख प्रतिपक्षीको विरोधका बाबजुत संसदले नीति तथा कार्यक्रम पास गरेको हो।

प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा प्रमुख प्रतिपक्षले संसद अवरुद्ध गरेको थियो।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिए। लगत्तै का्रग्रेसका सांसदहरुले प्रश्न गरेका थिए। जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले ...


आन्तरिक खिचातानीले मेलम्चीमा व्यर्थै थपियो साढे २ अर्ब भार

काठमाडौं - मेलम्चीको बाँकी काम (तीन प्रतिशत)का लागि थप दुई अर्ब ५२ करोड रुपैयाँ खर्च हुने भएको छ। ३६ करोड रुपैयाँ भुक्तानी दिएको भए आइसकेको मेलम्ची सरकारी कर्मचारीको ‘द्रव्यमोह’का कारण बाँकी काम सक्न राज्यले यति धेरै रकम पुनः लगानी गर्नुपरेको हो।

अघिल्ला खानेपानी सचिव गजेन्द्र ठाकुरले मेलम्ची ठेकेदार सीएमसीलाई दिनुपर्ने ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएका थिए। सीएमसी नफर्किने छाँट देखेपछि खानेपानी मन्त्रालयले नयाँ ठेक्का गर्नुपर्ने भएको हो। यसका लागि मेलम्ची खानेपानी बोर्डले बाँकी कामका लागि दुई अर्ब ५२ करोड रुपैयाँको लागत अनुमान गरेको छ।

लागत अनुमान ...


ठेक्का खारेज गरेको युटिएललाई सरकारको उल्टै ४० करोड भुक्तानी !

काठमाडौँ - प्रदेश ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउन नसकेको भन्दै युनाइटेड टेलिकम लिमिटेड (युटिएल)सँगको ठेक्का सम्झौता खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय नै गायब भएको छ । युटिएलसँगको २ अर्ब १ करोड रुपैयाँको ठेक्का खारेज गर्ने निर्णय दुई महिना बितिसक्दासमेत कार्यान्वयनमा आएको छैन । ६ फागुनको मन्त्रिपरिषद् बैठकले युटिएलसँगको ठेक्का खारेज गर्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न ९ फागुनमा आयोजित नियमित पत्रकार सम्मेलनमै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उक्त निर्णय सार्वजनिक गरेका थिए ।

सोही दिन सञ्चार मन्त्रालयले जारी गरेको ...


नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद्मा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममाथिको छलफल मंगलबार सकिँदै छ । गत शुक्रबार संसद्मा प्रस्तुत कार्यक्रममाथि तीन दिन चलेको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री केपी ओलीले मंगलबार जवाफ दिँदै छन् । ‘नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीज्यूले दिनुहुनेछ, त्यसलगत्तै नीति तथा कार्यक्रम पारितको प्रक्रियामा जानेछ र टुंगिनेछ,’ संसद् सचिवालयका कार्यव्यवस्था परामर्श शाखाका राजन घिमिरेले भने । उनका अनुसार २७ गतेबाट प्रिबजेटमाथि छलफल प्रारम्भ हुनेछ ।

पक्ष–विपक्षमा सांसद
सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेस ...


अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन पूर्वन्यायाधीशको अध्यक्षतामा आयोग गठन !

काठमाडौँ - सरकारले बालुवाटारसहित देशभर अतिक्रमित सरकारी जग्गाबारे छानबिन गर्न शक्तिशाली आयोग गठन गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनमणि भट्टराईको अध्यक्षतामा चार सदस्यीय अधिकारसम्पन्न आयोग गठन गरेको हो । आयोगमा भूमिअधिकारकर्मी जगत देउजा, पूर्वसहसचिव जानकीवल्लभ अधिकारी र महोत्तरीकी दुर्गा दाहाल सदस्य छन् । यस्तै, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव शंकरबहादुर थापालाई आयोगको सदस्यसचिव तोकिएको छ ।

विगतमा अधिग्रहण गरी सरकारको स्वामित्वमा ल्याइएको जग्गा, गुठीका जग्गा र अन्य सरकारी जग्गा हिनामिना तथा अतिक्रमणको ६ महिनाभित्र छानबिन गर्ने जिम्मेवारी सरकारले आयोगलाई दिएको छ । यस्तै व्यक्तिको नाममा लगिएको ...


बालाजुस्थित विष्णुमति करिडोरमा सडक अतिक्रमण गरी बनाइएका घरटहरामा डोजर चल्यो !

काठमाडौं - काठमाडाैंकाे बालाजु क्षेत्रमा स्थानिय प्रशासनले डोजर चलाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र जिल्ला प्रशासन कार्यालय काठमाडाैंको सहकार्यमा विष्णुमति करिडोरको सडक अतिक्रमण गरेर बनाइएका घरटहरा हटाइएको एक वडाध्यक्षले बताए ।

यससंगै विष्णुमति करिडोर सञ्चालनमा आउने र त्यस क्षेत्रमा हुने जाम हट्ने ट्राफिक प्रहरीले विश्वास लिएकाे छ।

टोखा नगरपालिका मेयर प्रकाश अधिकारी, ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्त, नगरपालिकाका वडाध्यक्षहरुको उपस्थितिमा घरटहरा हटाइएकाे हाे। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३ महिने विशेष अभियानका क्रममा साे क्षेत्रका सबै घरटहरा हटाउन एक साताकाे समय दिएकाे थियाे। ताेकिएकाे समयमा ...


प्रदेश राजधानी नसार्न माग गर्दै विराटनगरमा अनिश्चितकालीन आम हडतालको घोषणा

इटहरी - विराटनगरलाइ प्रदेश १ को स्थायी राजधानी कायम गर्न माग गर्दै हडताल सुरु भएको छ। स्थायी राजधानी नसार्न माग गर्दै विराटनगर महानगरपालिकामा गएराति रातारात संघर्ष समिति बनेको र त्यसले राजमार्ग बन्द र हडताल आह्वान गरेको हो।

आइतबार मात्र प्रदेशसभामा 'वृहत विराटनगर'भित्र राजधानी रहने गरी प्रदेश राजधानीसम्बन्धी प्रस्ताव पेस गरिएकाे थियाे। वृहत विराटनगर भित्र इटहरी, सुन्दरहरैचा लगायत ११ वटा स्थानीय तह रहने उल्लेख गरिएको छ। त्यसमा पनि विराटनगर र इटहरीमा व्यवस्थापिका र कार्यपालिका रहने गरी राजधानी सिफारिस गरिएकाे हो।

विराटनगर बाहिर कुनै पनि कार्यलय जान नहुने माग ...


थेसिस चोरी गरेको पत्ता लगाउने सफ्टवेयर बनाउने विश्वविद्यालयको तयारी

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले लेख—रचना वा थेसिस चोरी रोक्न ‘एन्टी–प्लेगरिजम सफ्टवेयर’ प्रयोगमा ल्याउने भएका छन्।

सफ्टवेयर खरिदका लागि विश्वविद्यालय अनुदान आयोगले तत्काल ७० लाख रुपैयाँ अनुदान दिने भएको छ।

आयोगले कृतिगत वा सिर्जना चोरी पत्ता लगाउन उपयोग हुने सफ्टवेयर सञ्चालनका लागि त्रिवि केन्द्रीय पुस्तकालायसहितका सम्बद्ध संस्थागत प्रस्ताव माग गरेको छ।

उक्त सफ्टवेयरले जुनसुकै विषयमा गरिएका शोध तथा अनुसन्धान कार्य थेसिसमा गसअघि गरिएको शोधकार्यको नक्कल वा पुनः उद्धृत कार्यको मूल्यांकन गर्नेछ। मुलुकमा ११ विश्वविद्यालय छन्। त्यसैगरी पाँचवटा मानीत विश्वविद्यालय छन्।

...

प्राधिकरणको एक खर्ब ५६ अर्ब बजेट स्वीकृत

काठमाण्डाै - राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६/७७ लागि एक खर्ब ५६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको प्राधिकरणको निर्देशक समितिको १५ औँ बैठकले आगामी आवको बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो ।

निर्देशक समितिको बैठकले प्राधिकरणको आगामी बजेट तथा कार्यक्रम स्वीकृत गर्दै सोही आधारमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउने निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले प्राधिकरणको समग्र पुनःनिर्माणको कार्यक्रमका निम्ति करिब ६ खर्ब ३० अर्ब रुपैयाँ सरकारको बजेटरी कार्यक्रम र दातृ निकायकोसमेत सहयोगमार्फत ...


प्रचण्ड भन्छन - 'फेरि एकपटक जंगल जान सक्छु'

काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि एक पटक जंगल जान सक्ने बताएका छन्। आइतबार काल मार्क्सको २०१ औं जन्मस्मृतिको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘समृद्धि र समाजवाद : हामी कहाँ छौं’ शीर्षक दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘म के ठान्छु भने सम्पूर्ण चिज त्याग गरेर फेरि एकपटक जंगलमा जानु परे जान सक्छु।’

फेरि जंगल जान आफूलाई कठिन नहुने प्रचण्डको दाबी छ। उनले त्यसका लागि साथीहरुको सहयोग भने आवश्यक हुने प्रष्ट पारे। ‘यो कुरा मलाई पटक्कै गाह्रो लाग्दैन’, प्रचण्डले भने, ...


नेताले बिहानदेखि रातिसम्म सय दलाल भेट्छन् : घनश्याम भुसाल

काठमाडौं - नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टी नेताले दैनिक सय दलालसँग भेट गर्ने गरेको बताएका लगाएका छन्।

आइतबार काल मार्क्सको २०१ औं जन्मस्मृतिको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता भुसालले बिहान उठेदेखि राति नसुतेसम्म नेताले दलाल भेट्ने गरेको बताएका हुन्।

‘हाम्रा नेताका दिनमा सयजना जति दलालसँग भेट हुन्छ जस्तो लाग्छ। कुन व्यापारी, तस्करको पक्षमा तपाईं हुनुहुन्छ भनेर सैद्धान्तिक बहस पार्टीभित्रै चल्न थालेको छ’, भुसालले भने, ‘कानुन ठिक गर्न अदालतमा आफ्नो खल्तीको न्यायाधीश पठाउने, कर हाकिम, अख्तियारमा लोकमान वा अर्को कोही मान्छे चाहिन्छ। यसरी हेर्दा बिहानदेखि ...


उच्च अदालत बाँकेका कर्मचारी पाठक घुस सहित पक्राउ

नेपालगंज - उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठक घुस सहित पक्राउ परेका छन् । अख्तियारले निज पाठकले अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रू.३,००,०००।– (तीन लाख) घुसबापतको रकम लिदै गर्दाको अवस्थामा मिति २०७६।०१।२१ गते निजलाई चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बरबाट नियन्त्रणमा लिएको छ । अहिले अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।

...

उच्च अदालत बाँकेका कर्मचारी घुस सहित पक्राउ

नेपालगंज - उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठक घुस सहित पक्राउ परेका छन् । अख्तियारले निज पाठकले अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रू.३,००,०००।– (तीन लाख) घुसबापतको रकम लिदै गर्दाको अवस्थामा मिति २०७६।०१।२१ गते निजलाई चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बरबाट नियन्त्रणमा लिएको छ । अहिले अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।

...

रातो मच्छिन्द्रनाथको जात्रा आजबाट सुरु

काठमाडौँ - रातो मच्छिन्द्रनाथको जात्रा आइतबारबाट सुरु हुँदैछ । दिउँसो चार बजेपछि जात्रा सुरु हुने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए । जात्राअघि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर टंगालबाट बाजासहित पुल्चोक ल्याइनेछ । पौडेलले भने ‘रातो मच्छिन्द्रनाथलाई टंगालबाट तीन बजे बाजासहित पुल्चोक लगिनेछ । करिब चार बजे विधिपूर्वक पूजा गरी रथारोहण गरेपछि जात्रा सुरु हुन्छ ।’ रथलाई जेठ तेस्रो सातासम्म जावलाखेल पुर्‍याउने योजना छ । रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाएर जात्रा समापन हुन्छ ।

यसरी तानिन्छ रथ
मच्छिन्द्रनाथलाई लिन मीननाथको रथ पुल्चोक पुगेपछि दुवै रथ तान्न सुरु गरिन्छ । गाबहालसम्म मच्छिन्द्रनाथको ...


दश स्थानीय तहको फोहोर व्यवस्थापन गर्न चिनियाँ प्रस्ताव, प्लान्टमार्फत १५ मेगावाटसम्म बिजुली र धुलोबाट इट्टा बन

काठमाडौँ - प्रदेश १ का १० वटा स्थानीय तहमा उत्पादित फोहोर व्यवस्थापनका लागि चिनियाँ कम्पनीले चासो देखाएको छ । चाइना कन्च भेन्चर होल्डिङ लिमिटेडले विराटनगरपालिकासहित १० स्थानीय तहको फोहोर व्यवस्थापन गर्न लगानी बोर्डसमक्ष प्रस्ताव पेस गरेको छ । कम्पनीले फोहोर व्यवस्थापनमार्फत विद्युत् उत्पादनका लागि गत २६ चैतमा लगानी बोर्डमा प्रस्ताव पेस गरेको थियो ।

के छ प्रस्तावमा ?
चिनियाँ कम्पनीले विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बेलबारी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, कानेपोखरी गाउँपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिकालगायतका १० स्थानीय तहको फोहोर व्यवस्थापन गर्ने प्रस्ताव गरेको छ । परियोजनाका लागि ...


शान्ति प्रक्रियामा नआए 'विप्लव' सिद्धिन्छ : प्रधानमन्त्री

काठमाडौँ - प्रधानान्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा नआए नेत्रविक्रम चन्द 'विप्लव' समुहको अस्तित्व समाप्त हुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा नआए विप्लव समुहकाे अन्त्य हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पृथकतवादको अन्त्य गरेसँगै विप्लव समुहको नाममा हुने गतिविधि नियन्त्रण गरेकाे बताए । उनले विप्लव समुहद्वारा हतियार बुझाएर हिंसा अन्त्य नगरे साे समुह नै अन्त्य हुने घाेषणा गरे । उनले भने, “पृथकतावाद अन्त्य गर्‍यौँ र विप्लव समुहको नाममा हुने त्रासकाे नियन्त्रण गर्‍याैँ । उनीहरुले हिंसाको ...


राष्ट्रपतिले संसदमा बोलेको 'मेरो सरकार' बारे प्रधानमन्त्री ओलीले दिए यस्तो प्रतिक्रिया !

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणाली र अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ सम्बोधन गरेको स्पष्टीकरण दिएका छन् । गणतन्त्र स्थापनापछि नीति तथा कार्यक्रम सम्बोधनका क्रममा पहिलोपटक राजाकै शैलीमा राष्ट्रपति विद्या भण्डारीले मेरो सरकार सम्बोधन गरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री बोलेका हुन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार नीति तथा कार्यक्रमबारे सम्पादकसहितका संचारकर्मीसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण, सुशासन र देश विकासबाहेक सरकारको अरू कुनै स्वार्थ नभएको बताए । नेपालमा राजनीतिक दल, बौद्धिक जगत, मिडियासहित सबैमा नकारात्मक पक्षको मात्रै चर्चा गर्ने, आत्मभत्र्सना गर्ने ...


राष्ट्रियसभा अध्यक्षद्वारा चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब झ्वाम !

काठमाडौँ - राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् ।

‘अध्यक्षज्यूको गाडी अधिकांश समय संसद् सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन् । अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ । तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद् सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षज्यूले चारैजनाको पारिश्रमिक आफ्नै खातामा ...


नेकपा नेतृत्वको व्हिप : 'नीति तथा कार्यक्रम उपर दोहोरो जवाफ हुँदैन, पक्षमा मतदान गर्नु'

काठमाडौं - नेकपाले संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा सहभागी हुन सांसदहरूलाई रोक लगाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्बाङले समय नभएको भन्दै सांसदहरूलाई छलफलमा रोक लगाएका हुन्।

संसदीय दलको शनिबारको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममा प्रयोग भएका भाषा र तथ्यांकबारे छलफल गर्न पाउनुपर्ने माग गरेका थिए। उठेका प्रश्नको सरकारका तर्फबाट जबाफ दिनुपर्ने माग उनीहरूको थियो। तीनै नेताले नीति तथा कार्यक्रममाथि हुने मतदानमा समर्थन जनाउन सांसदहरुलाई निर्देशन दिएका छन्। नीति तथा कार्यक्रममाथि वैशाख २४ ...


प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्‍न बहुमतको सिफारिस, राजधानी रुपन्देही कि दाङ ?

बुटवल - प्रदेश ५ को नाम लुम्बिनी र राजधानी रुपन्देही वा दाङमा बनाउने सुझाव दिइएको छ। प्रदेश सभामा राजधानी सिफारिश गर्न बनेको विशेष समिति मातहतको उपसमितिले मूल समितिलाई सुझाव सहितको प्रतिवेदन दिएको हो।

शनिबार बसेको बैठकले १२ वटै जिल्लाबाट संकलन भएको सुझावका आधारमा प्रतिवेदन बनाएको छ। सो प्रतिवेदन आइतबार बिहान बस्ने मुल समितिको बैठकले अन्तिम रुप दिनेछ।

हिउँदे अधिवेशन सकिँदै गर्दा समितिले प्रदेशको नाम र राजधानीबारे अन्तिम टुंगो लगाएर प्रदेशसभामा पेश गर्ने तयारी गरेको हो। प्रदेशको राजधानी र नाम सिफारिश गर्न बनेको विशेष समितिले बनाएका ६ वटा ...


आमाको महिमा  : माइती गाउँ जाँदा पनि सन्तानको भोक देख्दछिन्, खानाको गाँसगाँसमा !
‘संसारमै छ सबै चिज, खोजे मिल्छ घरी घरी : तर जन्म दिने आमा पाइँदैन कसै गरी’

धर्वसागर शर्मा

‘मनमा दुःखको सागर उर्लिएकै भए पनि
छोडेर सन्तानलाई घरमा माइती गाउँ गए पनि।
सन्तानको भोक देख्दछिन्, खानाको गाँसगाँसमा
छोराछोरी अटाउँछन् आमाको साससासमा।।’

शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्षकको कविता प्रतियोगितामा कक्षा १० का छात्रा भावना शेरबुजाले यो कविता वाचन गर्दा धेरैका आँखा रसाए।

मातातीर्थ औँसीअर्थात् ‘आमाको मुख हेर्ने दिन’ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा १४ छात्र–छात्राले आमाको महिमा, आमाका दुःख कष्ट र सन्तानका लागि आमाले गर्ने त्याग र महानताका कविता सुनाएका थिए।

‘आमाका आँखामा मैले विश्व ब्रह्माण्ड देख्दछु


आज आमाको मुख हेर्ने दिन : 'मातृदेवो भव'

काठमाडौँ - नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

“शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ, यसैबाट शास्त्रले आमालाई ...


सरकारको नीति तथा कार्यक्रम महत्वाकांक्षी, यस्ता छन् मुख्य लक्ष्यहरु !

चार वर्षभित्र सबै स्थानीय तहसम्म कालोपत्रे सडक
आगामी चार वर्षभित्र सबै स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोडिनेछ । एक वर्षभित्र हुम्ला र डोल्पाका सदरमुकामलाई पनि सडक सञ्जालले जोडेर ७७ वटै जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा ल्याइनेछ ।

एक वर्षभित्रै पूर्व–पश्चिम रेलमार्ग निर्माण सुरु गरिने
आगामी वर्ष पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्य सुरु गरिनेछ । काठमाडौंलाई भारत र चीन जोड्ने वीरगन्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्गको डिपिआर तयार गरी दुई वर्षभित्र निर्माण सुरु गर्ने । जयनगर–बिजलपुरा र भारतको बथनाहादेखि विराटनगर चल्ने रेल सेवा एक वर्षभित्रै सुरु गरिने तथा बिजलपुरा–बर्दिबास रेलमार्गको निर्माण कार्य सक्ने ।

एक वर्षमा ...


कांग्रेसका छाँया मन्त्रीको सुची तयार : को-को छन् ?

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो । गगन थापा, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, मानबहादुर विश्वकर्मा, बद्री पाण्डेलगायत नेता प्रस्तावित मन्त्रीको सूचीमा छन् । सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाएपछि छाया सरकार घोषणा गर्ने तयारी छ । यसबारे कांग्रेसको प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले देउवासँग छलफल गरेका छन् । प्रस्तावित नाममा सभापतिले सहमति जनाए शनिबार बस्ने संसदीय दलको बैठकबाटै ...


अब १० वर्ष कैद सजाय तोकिएको व्यक्ति पाँच वर्षमै जेलमुक्त हुनसक्ने

काठमाडौँ - नयाँ मुलुकी अपराधसंहिता लागू भएको एक वर्ष नबित्दै सरकारले संशोधन गरेर आधा कैद छुट दिने व्यवस्था गरेको छ । गत भदौबाट लागू भएको संहिता संशोधन गरी फौजदारी कसुर (कैद कट्टासम्बन्धी) नियमावली बनाएर ५० प्रतिशत कैद मिनाहाको व्यवस्था गरेको हो । नयाँ मुलुकी अपराधसंहितामा कुनै पनि अपराधमा न्यूनतम ७५ प्रतिशत कैद भुक्तान गरेपछि मात्र बाँकी कैद मिनाहा गर्न सकिने प्रावधान राखिएको थियो । विगतमा बढी छुट दिँदा अपराध बढेपछि ७५ प्रतिशत कैद अनिवार्य व्यवस्था गरिएको थियो । तर, अहिले कारागारमा क्षमताभन्दा धेरै कैदी हुँदा व्यवस्थापनमा समस्या भएको कारण ...


न्यायालयमा बढ्दो राजनीतिक प्रभाव : सर्वसत्तावादको संकेत !

काठमाडौं - न्यायालयमा बढेको राजनीतिक प्रभावले मुलुक सर्वसत्तावादतर्फ प्रवेश गर्न लागेको पूर्वन्यायाधीशहरूको अध्ययनले देखाएको छ। पूर्वन्यायाधीश समाजको अध्ययन प्रतिवदेनले न्यायालय क्रमशः गलत बाटोमा जान थालेको औंल्याउ“दै त्यसमा सतर्कता अपनाउन ढिलाइ भइसकेको निष्कर्ष निकालेको छ।

‘लोकतन्त्रमा राजनीति र खासगरी जनताका लागि राजनीतिको साह्रै महत्व भए पनि यसका बढीजसो सुप्रभाव र केही दुष्प्रभावसमेतको सम्भावना पनि रहने हुँदा न्यायपालिकाले राजनीतिक दुष्प्रभावसमेतबाट जनताको अधिकारको सुरक्षा गर्नुपर्ने दायित्व बोक्नुपर्ने हुन्छ,’ सर्वाेच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रप्रसाद भण्डारीको संयोजकत्वमा गठित अध्ययन समितिले बुधबार पूर्वन्यायाधीश समाजमा बुझाएको प्रतिवेदनमा लेखिएको छ, ‘न्यायपालिका दलहरुको प्रभावमा पर्ने दुर्भाग्यपूर्ण ...


संसदमा राष्ट्रपतिले 'मेरो सरकार' भन्दा राजाको झल्को, सामाजिक सञ्जालमा तिव्र आलोचना !

काठमाडाैं- राजाको समयमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमको शैलीमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत भएकाे भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ।

गणतन्त्रको समयमा राजाले प्रयोग गर्ने ‘मेरो सरकार’को शब्दावलीलाई सोही सरह प्रयोग गरिएको भन्दै विरोध भएको हो। गणतन्त्रात्मक व्यवस्थामा राजाको शैली सम्बाेधनमा प्रस्तुत गरिएको भनी सञ्जालमा आपत्ति जनाइएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले 'नेपाली जनाताले बनाएको सरकार छ कि राष्ट्रपतिको सरकार?' भनी प्रधानमन्त्रीलाई जिज्ञासा राखेका छन्। 'राजाकै शैलीमा राष्ट्रपतिको संवोधन शैली हुने भनी संविधानमा कहाँ उल्लेख छ?' भनि जवाफ मागेका छन्। उनी भन्छन्, ‘कुनैबेला श्री ५ ...


राष्ट्रपतिको दावी : 'मेरो सरकार मैले सोचे भन्दा पनि बढी सफल भयो'

काठमाडाैं - सरकारले आफ्नो पहिलो वर्षे कार्यकाल सोचेभन्दा बढी सफल भएको दाबी गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा सार्वजनिक गर्नेक्रममा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सफल भएको सरकारले दाबी गरेको हो।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम समिक्षा गर्नेक्रममा यो सरकारको इतिहासमै सबैभन्दा उत्कृष्ट काम गर्न सफल भएकोसमेत उल्लेख गरिएको छ।

‘मेरो सरकार समृद्धिको आधार बनाउन सफल भयो, हरेक दिन एक कदम अगाडि बढेर काम गरिरहेको छ', नीति तथा कार्यक्रममा भनिएको छ।

सात दशक लामो राजनैतिक चुनौती पार गर्दै यो ...


आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमको पूर्णपाठ !

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलनअनुरुप सरकारले संघीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकी छन्।

— नीति तथा कार्यक्रमको पूर्णपाठ —
प्रतिनिधिसभाका सम्माननीय सभामुख,
राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष,
सङ्‍घीय संसदका माननीय सदस्यहरू,
संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्‍क्रमणकाल समाप्‍त भई स्थायित्व विकसित भएको ...


एक किलो सुनसहित रौतहटबाट एक जना पक्राउ

जनकपुर - रौतहट प्रहरीले एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । विषेश सूचनाका आधारमा प्रहरी टोलीले गौरस्थित बसपार्कबाट एक किलो सुनसहित शुक्रबार बिहान गौर नगरपालिका– ५ का अनुकेश कुमार साहलाई पक्राउ गरेको हो

लामो समयदेखि अवैध सुन व्यापार गर्दै आएको सूचनाका आधारमा साहलाई पक्राउ गरेको हो। काठमाडौंबाट आएको रात्रि बसबाट आर्लिंदै गर्दा उनलाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए।

प्रहरी नियन्त्रणमा रहेका साहमाथि थप अनुुसन्धान भइरहेको एसपी खत्रीले जानकारी दिए। उनले भने, ‘साहले काठमाडौंबाट ल्याएको उक्त सुन भारतीय बजारमा लैजादै गरिएको ...


पोखरा बाहेकका आन्तरिक उडान सबै ठप्प, पूर्वी हिमाली क्षेत्रमा हेलिकोप्टर उडान नगर्न गृहको आग्रह

काठमाडौं - बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानीले गराएको बदलीका कारण हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ। पूर्वी हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले हेलिकोप्टर उडान नगर्न गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले अपिल गरेको छ।

शुक्रबार बिहानदेखि शनिबार बेलुसम्म उडान नगर्न अपिल गरिएको हो। जारी सूचनामा भनिएको छ, 'पूर्वी हिमाली क्षेत्रमा अहिलेदेखि नै भोलि दिनभरसम्म हेलिकोप्टर उडान नगर्नु नगराउनुहुन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ।'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार मौसम प्रतिकूलताका कारण अहिले आन्तरिक ...


'फानी' आउनुपुर्व उडिसाका १० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो
१० हजार गाउँ र ५२ सहर प्रभावित हुने

काठमाडौं - बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानी केही समयमा उडिसाको तटवर्ती क्षेत्रमा आउने भएको छ। तुफानको असरले अहिले त्यहाँ वर्षा भइरहेको छ। तटीय क्षेत्रबाट करिब १० लाख मानिसलाई सुरक्षित स्थानतिर सारिएको छ। तर, झन्डै १ लाख मानिसले भने आफ्नो घर छोडेर जान नमानेको बिबिसीले उल्लेख गरेको छ।

नौसेना र कोस्ट गार्ड तथा अन्य सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जनाइएको छ। मौसम विभागका अनुसार स्थानीय समय अनुसार ८ बजे फानी सुरु भएको हो। त्यो समयमा हावाको गति १७५ देखि १८५ किलोमिटर प्रतिघन्टा देखिएको विभागले जनाएको छ।

यो ...


आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं - सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसकारूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन सुरु भएको हो । यो वर्ष राष्ट्रसंघकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ ।

यो किन पनि महत्वपूर्ण छ भने सन् १९९१ मा अर्को अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको सम्मेलनले जारी गरेको घोषणापत्रको स्मरणमा नै यो दिवस सुरु भएको हो । उक्त सम्मेलन युनेस्कोको आयोजनामा भएको थियो र सम्मेलनको मूल उद्देश्य बहुलवादी ...


पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरी बढ्यो

काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ बढाएको हो ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन । नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरको १ सय ११ रुपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल अब लिटरको ९८ रुपैयाँ पर्नेछ ।

...

भारतको उडिसामा समुद्री आँधी फानी, नेपालका यी स्थानहरुमा सतर्क रहन आग्रह !

भारत - शक्तिशाली समुद्री आँधी फानीले भारतको तटवर्ती राज्य उडिसामा शुक्रवार बिहान प्रहार गर्दैछ। बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ।

आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको छ। भारतको मौसम विभागका अनुसार स्थानीय समयानुसार बिहान आठ बजेदेखि १२ बजेभित्र फानीले ओडिशाको पुरीमा हान्नेछ।

फानीको सम्भावित मार्गमा पर्ने स्थानबाट झन्डै आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिँदै गरेको अधिकारीहरूले बताएका छन्।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने ...


हुरीबतास सहित पानी पर्ने भएकोले यी क्षेत्रका मानिसहरु सतर्क रहनुहोला !

काठमाडौं - काठमाडौंसहित मध्य क्षेत्रमा हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । शुक्रबार बिहान रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारेको पश्चिमी न्यूनचापिय प्राणाली अहिले पूर्वतिर सरिरहेको मौसमविदहरूले जनाएका छन ।

भैरहवा, चितवनलगायतका ठाउँमा हुरीबताससहित चट्याङ परिरहेको छ । यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले उपत्यकासहित मध्य क्षेत्रमा केहीबेरपछि हुरीबताससहित चट्याङ पर्ने सम्भावना छ ।

बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यो चक्रवातको प्रभावले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग ...


प्रदेशको नाम र राजधानीमा सहमति नजुटेपछि प्रदेश १ को संसद् बैठक स्थगित

विराटनगर - प्रदेश १ को संसद् बैठक स्थगित भएको छ । प्रदेशको नाम र राजधानीमा सहमति हुन नसकेपछि आजका लागि तय बैठक स्थगित भएको हो ।

आज प्रदेशको नाम र राजधानीको प्रस्ताव लैजान दलहरूलाई समयसीमा दिएको थियो । तर, दलहरुबीच सहमति हुन सकेको छैन । सत्तारुढ दलबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर फरक–फरक धारणा बाहिर आइरहेको छ ।

प्रदेशको नाम र राजधानीबारे टुंगो लगाउन नेकपाको बुधबारदेखि बैठक बसिरहेको छ । आज पनि बिहानैदेखि यसबारे निर्णय लिन बैठक भइरहेको नेताहरुले बताएका छन् ।

यसअघि धनकुटालाइ सम्पर्क राजधानी बनाउने प्रदेश ...


सर्वोच्चको आदेशपछि बाँकेमा जारी गरिएका तीन सय नागरिकता खारेज

बाँके - बाँके जिल्लामा वंशजका आधारमा वितरण गरिएका झण्डै ३०० नागरिकता खारेजीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, रझेना, खजुराखुर्द र मनिकापुरका ती नागरिकता खारेजीमा परेका हुन् ।

सर्वोच्च अदालतको पछिल्लो एउटा आदेशले तराई मधेसलगायतका विभिन्न जिल्लामा कानूनविपरीत वितरण गरिएका ३४ हजार नागरिकतालाई प्रचलनमा नल्याउन अन्तरिम आदेश जारी गरेपछि बाँकेका झण्डै ३०० नागरिकता खारेजीमा परेका हुन् ।

“२९९ नागरिकता त्यसखालको रहेको अनुमान छ”, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भने, “एक हजार ८१८ नागरिकतामध्ये अधिकांश फिर्ता भइसकेको पाइयो ।” विसं २०५४ मा तत्कालीन सरकारको निर्णयका ...


विभिन्न बहानामा गरिने सडक अवरुद्ध खुलाउन 'गुल्म' गठन गर्ने सशस्त्रको तयारी

काठमाडौं - आफ्ना माग पूरा गर्न राजनीतिक पार्टीहरुले सडक अवरुद्ध गर्ने शैली पुरानै हो। विरोध प्रर्दशनको मुख्य थलो नै सडक बन्दै आएको छ। सर्वसाधारणसमेत विभिन्न बहानामा सडक अरोधमा उत्रिन थालेका छन्। मंगलबार मात्रै कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएपछि दिनभर सडक अवरुद्ध भयो। जसकारण गन्तव्यमा हिँडेका थुप्रै यात्रु अलपत्रमा परे।

यसरी यो वा त्यो नाममा हुने सडक अवरुद्धलाई सधैंका लागि बन्द गर्न सशस्त्र प्रहरी बल (एपिएफ) ले एउटै छुट्टै टोली गठन गर्न लागेको छ।

एपिएफले सडक अवरोध हटाउन लोकमार्ग सुरक्षार्थ गुल्म गठनको तयारीको थालेको हो। लाइफलाइन ...


निर्माणाधीन प्रसारणलाइनको टावर बन्न नदिए ललितपुरमा लोडसेडिङको सम्भावना : कुलमान घिसिङ
निर्माणाधीन प्रसारणलाइनको टावर स्थानीयले ढाले

काठमाडौं - काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन बन्न नदिएमा ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएको छ।

विद्युतकाे माग बढिरहेको तर हाल विद्युत आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हुँदा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नु पर्ने बाध्यात्मक अवस्था आउन लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले बताए।

आर्थिक वर्ष २०५५/०५६ बाट सुरु भएको थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजनाको ललितपुर खण्ड स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन। ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको ...


नेपालमा पहिलोपटक बर्डफ्लुबाट मानिसको मृत्यु

काठमाडौं - नेपालमा बर्ड फ्लुका कारण एक जनाको ज्यान गएको छ। २१ वर्षीय एक युवकको बर्ड फ्लु (एच फाइभ एन वान) मृत्यु भएको हो। नेपालमा मानिसमा बर्ड फ्लु पुष्टि भएको यो पहिलो घटना हो। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले 'अप्रत्यासित घटना भएको' बताइन्।

ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनको र्‍यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, स्वासप्रस्वासमा समस्या भई चैत १५ गते नै उनको ...


अन्तर्राष्ट्रिय श्रमिक दिवस : आधारभूत अधिकार प्राप्तिका लागि संघर्ष जारी

काठमाडाैं - ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार विश्वभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।

श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो।

मजदुर आन्दोलन चर्किंदै गर्दा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो। सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले ...


ट्रकको ठक्करले युवतीको मृत्युपछि कैलाली तनावग्रस्त, प्रहरीसहित ७ जना घाइते

धनगढी - ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि कैलालीको लम्की बजार तनावग्रस्त भएको छ।

लम्कीचुहा नगरपालिका–३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षकी सुनिता रावलको मृत्यु भएको थियो। उनको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका विद्यार्थी र स्थानीयले राजमार्ग अवरुद्ध गराएपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको हो।

अहिले पनि आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन्। जसकारण लम्की बजार तनावग्रस्त छ। बजार बन्द छन् भने यातायातका साधन पनि चल्न सकेका छैनन्।

आक्रोशित विद्यार्थी र स्थानीयले ठक्कर दिने ट्रकलाई जलाउने प्रयास गरेका थिए। सडकमा टायर जलाएर प्रर्दशनमा उत्रिएपछि प्रहरीले प्रदर्शनकारीमाथि ...


देश विकासका प्रमुख बाधक ठग ठेकेदार हुन् : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको संसदीय दलको बैठकमा मुलुकको विकास निर्माणका प्रमुख बाधक निर्माण व्यवसायीहरु भएको भन्दै काम नगर्ने ठेकेदारप्रति सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्।

संसदीय दलको मंगलबारको बैठकमा करिब दुई घन्टा बोलेका ओलीले वर्तमान सरकारले गरेका कामको चर्चा गर्दै देशभरका ठेक्कामा ठेकेदारहरुले मुलुकलाई ठगिरहेको बताए। ‘ठेकेदारहरुले काम लिने तर समयमै नसक्ने कारणले सरकार बढी बदनाम भएको छ,’ बैठकमा सहभागी एक नेताले ओलीलाई उद्धृत गर्दै भने, ‘ठेक्का पाएपछि काम गर्ने निहुँमा मोबिलाइजेसन बापत रकम लिने तर काम भने नगर्ने प्रवृत्ति ठेकेदारहरुमा देखिएको ...


महासचिव पौडेलले जग्गा किनेको हो, हडपेको होइन : प्रधानमन्त्री ओली

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिका नाममा रजिस्ट्रेसन गरिएको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले पुनः आफ्नो स्वामित्वमा ल्याउने बताएका छन्। नेकपा संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसदलाई सम्बोधन गर्ने क्रममा दलका नेता प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

सत्तासीन दल नेकपाका महासचिव विष्णुप्रसाद पौडेलसमेत सरकारी ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाइ आएको हो। उनले बैठकमा भने, ‘हाम्रो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले पनि त्यहाँ जग्गा किन्नुभएको रहेछ। उहाँले किनेको जग्गाको विषयलाई लिएर सरकार र पार्टीको बदनाम गर्न जरुरी छैन।’ महासचिव पौडेलले तत्कालीन राजा ...


स्वास्थ्यमा एकाएक समस्या देखिएपछि एक दिन अगावै स्वदेश फिर्दै राष्ट्रपति !

काठमाडौं - स्वास्थ्यमा समस्या देखिएपछि चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवि भण्डारी पूर्वनिर्धारित समयभन्दा एक दिन अघि नै स्वदेश फर्किने भएकी छिन्। चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन चीन पुगेकी राष्ट्रपति भण्डारी कार्यतालिकाभन्दा एक दिनअघि बुधबार (आज) स्वदेश फर्किन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानमा तिब्बतबाट बुधबार बिहान काठमाडौँ ओर्लने सचिवालयले जनाएको छ। भण्डारी मंगलबार चीनको राजधानी बेइजिङबाट ल्हासा पुगेकी थिइन्। तर त्यहाँ पुगेकी उनको स्वास्थ्यमा एकाएक समस्या देखिएको हो।

फोरममा भाग लिएपछि भण्डारीले सोमबार चिनियाँ ...


भृकुटीमण्डपस्थित फनपार्कको ठेक्का सम्झौता खारेज

काठमाडौँ - समाज कल्याण परिषद्ले भृकुटीमण्डपमा सञ्चालित फनपार्क र टुकुचामा सञ्चालित तरकारी बजारको भाडा सम्झौता रद्द गरेको छ । परिषद्का सूचना अधिकृत दुर्गाप्रसाद भट्टराईले भृकुटीमण्डपको फनपार्क र टुकुचाको तरकारी बजारको भाडा सम्झौता खारेज गरिएको बताए । भृकुटीमण्डपस्थित ८३ रोपनी जग्गामा पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङले फनपार्क र ल्यामापुचःले मनोरञ्जन स्टल सञ्चालन गर्दै आएका थिए । टुकुचाको ८.५ रोपनी जग्गामा हरितकृषि सहकारीले तरकारी बजार सञ्चालन गर्दै आएको थियो ।

‘भृकुटीमण्डपमा दुईवटा कम्पनीले छुट्टाछुट्टै तवरले मनोरञ्जनका स्टल सञ्चालन गर्दै आएका थिए । त्यस्तै, टुकुचामा तरकारी बजार सञ्चालन हुँदै आएको थियो,’ सूचना अधिकृत भट्टराईले भने, ‘अब ...


सत्यमोहन जोशीको सम्मानमा वैशाख ३० गते ललितपुर महानगरमा बिदा

ललितपुर - ललितपुर महानगरपालिकाले शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा वैशाख ३० गते सार्वजनिक बिदा घोषणा गरेको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक बिदा दिने जानकारी सोमबार दिए।

जोशी ३० गते ९९ वर्ष पूरा गरी सय वर्ष लाग्दै छन्। राष्ट्रको कला, संस्कृति र साहित्य विकासमा महत्वपूर्ण योगदान गर्दै अन्तर्राष्ट्रिय स्तरमा चिनाएको भन्दै सय वर्ष पुगेकै दिन महानगरपालिकाअन्तर्गतका सबै कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।

महानगरपालिकाले पाठयपुस्तकमा उनको जीवनी समावेश गर्ने, तस्बिरअंकीत चाँदीका मुद्रा निष्काशन र हुलाक टिकट प्रकाशन गर्ने, नगरभित्रका पार्कमा उनको प्रतिमा राख्ने र उपयुक्त ...


वडाध्यक्षद्वारा एकल महिलाको जग्गा झुक्काएर आफन्तको नाममा नामसारी

बुटवल - रूपन्देहीको मर्चवारमा जनप्रतिनिधि र कर्मचारीले एकल महिलाको जग्गा हडपेका छन् । कोटहीमाई गाउँपालिका–४ की कमलावती पालको एक बिघा, १२ कठ्ठा साढे सात धुर जग्गा झुक्याएर नामसारी गरिएको छ । वडाध्यक्ष ओमप्रकाश पाण्डेले आफ्ना छोरासहित सातजनाको नाममा जग्गा नामसारी गराएका हुन् ।

प्यारालाइसिसले थलिएकी ४९ वर्षीया कलावती हिँडडुल गर्न सक्दिनन् । उनको जग्गा झुक्काएर नामसारी गरिएको छिमेकी हरिप्रसाद बानियाँले बताए । सरकारले उपचारका लागि पैसा दिएको र सो पैसा पाउन सहीछाप गर्नुपर्ने भन्दै राजीनामा गराएको बानियाँले बताए ।

जग्गाको प्रचलित मूल्य ५० लाखभन्दा बढी छ । ...


'नेपाललाई नजिकबाट नियालिरहेको छु, समृद्धिमा सघाउँछु'  : सी चिनिफिङ

बेइजिङ/ काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनिफिङले राजनीतिक स्थायित्व र आपसी सहकार्यबाट नेपालको समृद्धि यात्रा सफल हुने बताएका छन् । नेपालको राजनीति, स्थायित्व र विकासक्रमलाई नजिकबाट नियालिरहेको स्पष्ट पार्दै उनले समृद्धि यात्रामा सघाउन चीन सधैं तत्पर रहेको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार बेइजिङस्थित चिनियाँ बृहत् जनसभा भवनमा भएको औपचारिक भेटवार्तामा सीले यस्तो धारणा व्यक्त गरेका हुन्।

राष्ट्रपति सीले चीन र नेपालबीच युगौंदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । उनले भने, ‘दुई देशका जनताको मन मिलेको छ र सहकार्य हुँदै आएको छ ।’ सीले नेपाल–चीन सम्बन्ध राष्ट्रिय ...


प्रदेश २ का मुख्यमन्त्री राउतद्वारा राहत कोषको ७९ लाख दुरुपयाेग !

जनकपुर- मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री राहत कोष र अन्य विविध कोषको चरम दुरुपयोग गरेका छन्। २ नम्बर प्रदेशको 'नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता निर्देशिका २०७५' को प्रावधानविपरीत व्यक्ति तथा संघसंस्थालाई जथाभावी रकम वितरण गरी कोषको चरम दुरुपयोग गरेका हुन्।

‘प्रदेशभित्र पिछडिएका क्षेत्र, वर्ग र समुदाय तथा चरम आर्थिक अभाव भोग्न बाध्य भई कठिन जीवनयापन गरिरहेका अपाङ्ग, असहाय, अशक्त, टुहुरा, बेसाहारा, विपन्न नागरिकलाई आर्थिक सहायता उपलब्ध गराई उनीहरूको जीवन रक्षा गरी सामाजिक सुरक्षा प्रदान गर्न प्रदेश सरकारले प्रदान गर्ने आर्थिक सहायतालाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले ...


कर विवादको मुद्दामा एनसेलले गुहार्‍यो अन्तर्राष्ट्रिय निकाय

काठमाडौं - एनसेलले सरकारसंग चलिरहेको कर विवाद सम्बन्धमा अन्तर्राष्ट्रिय निकाय गुहार्ने तयारी गरेको छ । नेपाल सरकारले निर्धारण गरको कर विरुद्धको मुद्दा लिएर अन्तर्राष्ट्रिय आर्बिट्रेसन निकायमा जाने एनसेलको तयारी छ ।

एजिआटा यूके र एनसेलले आर्बिट्रेसनमा जानका लागि अन्तर्राष्ट्रिय लगानी सम्बन्धी विवाद समाधान केन्द्र (आईसीएसआईडी)मा निवेदन दिने तयारी गरेको छ ।आईसीएसआईडीे विश्व बैंक समूह अन्तरगतको कर तथा लगानी सम्बन्धी विवाद हेर्ने केन्द्र हो ।

एनसेलले यसमा जाने निर्णय गरेर मलेससियाको स्टक एक्सचेन्जमार्फत सेयर लगानीकर्तालाई आर्बिट्रेसनमा जान लागिएको जानकारी दिएको छ ।

सार्वजनिक भएको विवरणअनुसार एनसेलले नेपालले संयुक्त अधिराज्ज ...


केन्द्र सरकारको उदासिनताले फेवाताल संरक्षण अन्योलमा, चारकिल्ला तोक्न स्थानिय सरकार अलमलमा !

पोखरा - संघीय सरकारले वास्ता नगर्दा सर्वोच्च अदालतले फेवाताल संरक्षणका लागि दिएको निर्देशनात्मक आदेश एक वर्ष पूरा हुँदा पनि कार्यान्वयनमा आएको छैन । जबकि सर्वोच्च अदालतले ६ महिनाभित्रै कार्यान्वयन गर्न आदेश दिएको थियो । गत १६ वैशाखमा सर्वाेच्चले गरेको फैसलामा ६ महिनाभित्र फेवातालको चारकिल्ला सीमांकन गरिसक्नुपर्ने उल्लेख छ । तर, एक वर्ष बितिसक्दा पनि के आधारमा सीमांकन गर्ने भन्ने टुंगो लाग्न सकेको छैन ।

कास्की नापी कार्यालयका प्रमुख खिमलाल गौतमले सीमांकनको आधार स्पष्ट नभएको बताए । ‘फैसलाको मर्म हेर्दा केन्द्र सरकारले सीमांकनको आधार दिनुपर्ने हो,’ नापी प्रमुख गौतमले भने, ‘सरकारले यसको ...


राई र विश्वकर्माबीच मागेर धुमधाम विवाह

धरान - शनिबार र आइतबार धरानका एक नवविवाहित जोडी एकाएक अनलाइन मिडिया र सामाजिक सञ्जालमा भाइरल भयो । कारण थियो दलित समुदायकी बेहुली र गैरदलित समुदायका बेहुलाबीच भएको मागी विवाह । बेहुला हुन्, हाल धरान उपमहानगरपालिका–१३ का नवीन राई । बेहुली धरान–१५ की सुष्मा कालिकोटे (विश्वकर्मा) । पुरातन नेपाली समाज र सोचको भाषामा भन्ने हो भने बेहुला कथित पानी चल्ने र बेहुली कथित पानी नचल्ने जात । यी दुई जातिबीचको बिहेवारीलाई अझै पनि नेपाली समाजले सहज रूपमा पचाउन सकेको छैन । तर नवीन र सुष्माले ...


व्यवसायीलाई नदेखिने नम्बरबाट फोन गर्दै रकम नदिए ज्यान मार्ने धम्की !

काठमाडौं - निर्माण व्यवसायीलाई रकम माग्दै फोनमा लगातार धम्की आउन थालेपछि उनीहरू त्रसित छन्। अर्को ‘गौचन काण्ड’ मच्चिने भन्दै उनीहरूलाई गत फागुन देखि नदेखिने नम्बरबाट धम्की आएको हो।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीको ज्यानै लिने धम्की आएको जानकारी प्रधानमन्त्रीदेखि गृहमन्त्री र प्रहरी आईजीसम्मलाई गराइसकेको बताए। व्यवसायीलाई फोनमा ५० लाखदेखि एक करोड रुपैयाँसम्म चन्दा मागिएको जानकारी उनले दिए। उनले भने, ‘हाम्रा २२ जना साथीलाई इन्टरनेट कलमार्फत् अननोन नम्बरबाट फोन गरी रकम मागिरहेका छन्। नदिए पूर्वअध्यक्ष शरद गौचनकै हालतमा पुर्‍याइदिने धम्की दिइरहेका छन्।’

लगातार धम्की आएपछि ...


पारवहन प्रोटोकलमा हस्ताक्षर, अब नेपालको पहुँच उत्तरतर्फको समुद्रसम्म

बेइजिङ - नेपाल–चीनबीचको पारवहन तथा यातायात सम्झौता सोमबारदेखि औपचारिक कार्यान्वयनमा आउने भएको छ। सन् २०१६ मा सम्पन्न पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा दुई मुलुकका राष्ट्र प्रमुखको उपस्थितिमा सोमबार हस्ताक्षर हुँदै छ।

प्रोटोकलमा हस्ताक्षरपछि नेपालको पहुँच उत्तरतर्फको समुद्रसम्म हुनेछ। यसले दुईपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास चीनको छ भने नेपाल एकपक्षीय निर्भरताबाट मुक्त हुनेछ। संविधान जारी भएपछि असन्तुष्ट भारतले गरेको आर्थिक नाकाबन्दीले यो तहमा नेपाललाई पुर्‍याएको हो।

नेपालले भारतको भूमिबाट मात्र तेस्रो मुलुकसँग सामुद्रिक बन्दरगाहबाट व्यापार गर्दै आएको छ। यद्यपि, नेपालको चीनतर्फ जोड्ने सडक अझै सवल छैन। तर, ...


हत्याको नौ दिनपछि रिनाको दाहसंस्कार, हत्यारा पत्ता लाग्ला त अब ?

विराटनगर - मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा मृत फेला परेकी रिना बस्नेतको ९ दिनपछि आफन्तले दाहसंस्कार गरेका छन्। घटनाको अनुसन्धानलाई प्रभावकारी बनाएर जतिसक्दो चाँडो सत्यतथ्य पत्ता लगाउने सहमतिपछि आइतबार आफन्तले सुनसरीको चतरा घाटमा शवको गरेका दाहसंस्कार हुन्।

वीरबहादुर बस्नेतको घरमा १४ वर्षीय छोरासहित डेरा बस्दै आएकी रिना यही बैशाख ७ गते शनिबार बिहान निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन्। बलात्कारपछि हत्या गरिएको र प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीय बासिन्दा आन्दोलित बनेका थिए। सोही आन्दोलनका कारण सोमबार र मंगलबार पथरी बजार नै तनावग्रस्त बनेको थियो।

आन्दोलनकारीलाई ...


हुम्लामा मौसमी 'फ्लु' नियन्त्रणमा आएन, ९ जनाको मृत्यु !

हुम्ला - चैत अन्तिम सातादेखि फैलिएको मौसमी फ्लुको संक्रमणका कारण हुम्लाको ताँजाकोटमा नौ जनाको मृत्यु भएको छ। सुरुमा सामान्य रुघाखोकी मात्र देखिए पनि विस्तारै गाउँभरि संक्रमण फैलिँदै गएको हो।

सिमकोटस्थित जिल्ला अस्पताल पुग्न तीन दिन लाग्ने र गाउँको स्वास्थ्य चौकीमा सामान्य औषधोपचारले निको नभएपछि एकाएक ज्येष्ठ नागरिक र बालबालिकाको ज्यान जान थालेको हो। अहिले गाउँका ५०÷६० जना उपचारका लागि ताँजाकोटस्थित स्वास्थ्य चौकी आउने गरेको स्वास्थ्य चौकीका अहेव मोतीलाल जैसीले जानकारी दिए। ‘सुरुमा एक/दुई जना वृद्धको मृत्यु हुँदा हामीले सामान्य ठानेका थियौं तर एकाएक अरू पनि बिरामी ...


नयाँ पेट्रोल पम्पको लागि लाइसेन्स खुल्दै !

काठमाडौँ - आयल निगमले पेट्रोल र डिजेल बिक्री गर्ने नयाँ पम्पको लाइसेन्स खुला गर्ने भएको छ । पेट्रोलपम्प सञ्चालनसम्बन्धी विक्रेता विनियमावली संशोधन गरेर कर्णाली प्रदेश र नयाँ खुलेका राजमार्गलाई लक्षित गरी पम्प सञ्चालनको लाइसेन्स दिन लागिएको हो । हाल देशभर १ हजार ४ सय ८० पम्प सञ्चालनमा छन् ।

निगमले पम्प लाइसेन्स वितरणलाई सहज पार्ने गरी विनियमावली संशोधन गरेको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतले तोकिएको मापदण्ड पूरा गरेर पम्प सञ्चालन गर्न खोज्ने सबैलाई लाइसेन्स दिन लागेको बताए । ‘१–२ दिनमै नयाँ पम्पको लाइसेन्सका लागि आवेदन खुलाउँदै छौँ,’ उनले भने ।

पुरानो विनियमावलीमा ...


बालुवाटार जग्गा प्रकरण : पौडेललाई जोगाउन चलखेल

काठमाडौं - भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सार्वजनिक कार्यक्रममै पौडेलका छोरा नवीनका नाममा रहेको बालुवाटारस्थित आठ आना जग्गा सरकारले फिर्ता नगर्ने आसयको अभिव्यक्ति दिएपछि भूमाफियाले कब्जा गरेको ललितानिवास परिसरको बाँकी जग्गा पनि सरकारका नाममा आउनेमा आशंका बढेको छ। यसबाट ललितानिवासको जग्गा हिनामिनाको छानबिन पनि थप पेचिलो बन्ने देखिएको छ।

ललितानिवासको जग्गा हिनामिना प्रकरणमा महासचिव पौडेलमाथि अतिरञ्जना हुनेगरी समाचार ...


तातोपानी नाका जेठभित्रै संचालनमा आउने

सिन्धुपाल्चोक - चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ। तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक सुक्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउने उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ।

‘बन्द नाका व्यापारिक रुपले सञ्चालनमा ल्याउन मन्त्रालयले तयारी थालिसकेको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव नवराज ढकालले शुक्रबार नागरिकसँग भने, ‘बन्दरगाह नेपाललाई हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउँछ।’ चीन सरकारको सहयोगमा निर्माण अन्तिम चरणमा पुगेको बन्दरगाह आउँदो मे २० (जेठ ६ गते) भित्र हस्तान्तरण गर्ने जानकारी उसले पठाइसकेकाले नाका सञ्चालनको ...


प्रदेश २ का मन्त्रीको अग्रसरतामा 'बालबिबाह'

सिरहा - प्रदेश २ सरकारले करोडौं रुपैयाँ खर्च गरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको छ। तर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले नै अभियानको खिल्ली उडाउँदै एक दलित बालिकाको विवाह गराएका छन्। मण्डल राजपाबाट मन्त्री भएका हुन्। केही महिनायता प्रहरीले सिरहामा ७ बालविवाह रोकेको छ।

मन्त्री मण्डलले आफ्नै उपस्थितिमा वैशाख ११ गते सिरहाको कल्याणपुर नगरपालिका–३ प्रसाहीकी १४ वर्षीया राधा मल्लिक (डोम)को धनुषाको औरही गाउँपालिकाका अजय मल्लिकसँग बिहे गराइदिएका छन्। ती बालिकाको बिहेमा मन्त्री मण्डल र नगरपालिकाका ३ नम्बर वडाध्यक्ष अशोक ...


बीआरआई सम्पन्न : नेपालमा रेल ल्याउन राखिएको प्रस्ताव चीनद्वारा सदर !

बेइजिङ - नेपाल र चीनबीच सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेको छ। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव स्वीकार गरेको हो। योसँगै बीआरआईमा नेपालमा रेल ल्याउने योजना समावेश भएको छ।

विभिन्न निर्णय गर्दै बीआरआई सम्मेलन शनिबार बेइजिङमा सम्पन्न भएको छ। विभिन्न मुलुकसँग गरिने आर्थिक सहकार्य र सञ्जाल विस्तारको पहिलो एनेक्सको २३ औं बुँदामा नेपालसँग सहकार्य हुने उल्लेख छ। ३७ मुलुकका राष्ट्र एवं सरकार प्रमुख सम्मिलित गोलमेचपछि ३८ बुँदे संयुक्त वक्तव्य जारी गरिएको छ। वक्तव्यमा तीन ...


बाणगंगाको ६२ बिघा सरकारी जग्गा व्यक्तिका नाममा, विवाद सर्वोच्चमा !

कपिलवस्तु - कपिलवस्तुको बाणगंगा नगरपालिका–८ (साबिक मोतिपुर गाविस) मा पर्ने बाणगंगा नदीको ६२ बिघा व्यक्तिका नाममा दर्ता भएको छ। यो विवाद अहिले सर्वोच्च अदालत पुगेको छ।

बाणगंगा नदीको पुलदेखि दक्षिणतर्फ लक्ष्मणघाटसम्मको ६२ बिघा नदी क्षेत्रलाई भूमाफिया तथा मालपोल कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा कायम गरिएपछि त्यसलाई बदर गर्न माग गरेर सर्वोच्च्मा मुद्दा हालिएको हो। नदी क्षेत्रको सो जग्गामा अहिले लुम्बिनी कंक्रिट उद्योग, न्यू बाणगंगा क्रसरसमेत छन। सो क्रसरमा पूर्वसभासद र राजनीतिक दलका पहुँचवालाको पनि लगानी छ।

मालपोत कार्यालयका अनुसार व्यक्तिका नाममा गराइएको सो जग्गा सार्वजनकि ठहर गरी अहिले ...


यस्ता छन् यो वर्ष पुरा हुन लागेका विकासका परियोजनाहरु !

काठमाडौँ - आर्थिक वर्ष ०७६/७७ देशको १५औँ योजना कार्यान्वयनको पहिलो वर्ष हो । सरकारले १५औँ योजना अवधिभर आर्थिक वृद्धिदर औसत वार्षिक ९.२ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । ०७६ को सुरुमै नेपालकै पहिलो स्याटेलाइट प्रक्षेपण, भेरी–बबई सुरुङको ब्रेक थ्रु र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार भयो । निजी क्षेत्रले निर्माण गरेका दुई पाँचतारे होटेल मारियोट र सोल्टी पनि नयाँ वर्षको सुरुदेखि औपचारिक सञ्चालनमा आए । प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले अब विकासले गति लिने दाबी गर्दै आएका छन् । निर्माणका क्रममा रहेका र यसै वर्ष सम्पन्न हुने ...


सीके राउत पार्टी दर्ता गर्न काठमाडौंमा !

काठमाडौं - स्वन्तन्त्र मधेसको अभियान छाडेर संवैधानिक प्रक्रियामा सामेल भएका सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ। आयोगमा जनमत पार्टी दर्ता गर्ने उदेश्यसहित राउत नेतृत्वको टोली काठमाडौं आएर संवैधानिक र कानुनी प्रक्रिया सम्बन्धी आवश्यक सल्लाह र छलफल गरिरहेको छ।

जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार आवश्यक कागजपत्र मिलाउने कार्य भइरहेको छ। ‘पार्टी दर्ता गराउनका लागि अध्यक्षसहित हाम्रो टोली काठमाडौं आएको छ, सम्भवतः आगामी हप्ता भित्रै पार्टी दर्ता भइसक्ने छ’, सिंहले नागरिकसँग भने, ‘अब पार्टी दर्ता गराएर मात्रै फर्किने हो।’ उनका अनुसार पार्टी ...


नाकामा नुनदेखि सुनसम्म सेटिङ, तस्करलाई प्रहरीकै सहयोग !

जनकपुरधाम - सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ। भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन्। कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ। केही घटनाले त्यसको पुष्टि हुन्छ।

धनुषाको विदेह नगरपालिका—१ महिनाथपुरमा सशस्त्रको पोस्टभन्दा २० मिटर परको घरबाट जनकपुर भन्सार कार्यालयको टोलीले बुधबार १९ लाखभन्दा बढीको सामान बरामद ग¥यो। स्थानीय नवलकिशोर रायको घरमा तस्करी गरी भन्सार छली ल्याइएको कपडा, भाँडावर्तन, खाद्यसामग्रीसहितका ३२ वटा पोका बरामद भएको थियो। नजिकैको सशस्त्र प्रहरी पोस्ट अनभिज्ञ भयो।

गत चैत १५ गते भन्सारका केही ...


सर्वोच्चको अर्को आदेश : 'अनाधिकृत तवरले नागरिकता प्राप्त गरेका ३२ हजार बाबुका सन्तानलाई नागरिकता नदिनु'

काठमाडौं - अंगीकृत नागरिकका सन्तानलाई बंशजको नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लर अनुसार कतिपयलाई नागरिकता वितरण नगर्न सर्वोच्च अदालतले फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ ।

यसअघि सर्वोच्च अदालतले नै गृहको सर्कुलर अनुसार नागरिकता वितरण नरोक्नू भनेको थियो । तर, एक साता नबित्दै अदालतले कतिपय व्यक्तिहरूका हकमा नागरिकता वितरणमाथि अन्तरिम रोक लगाइदिएको छ ।

अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गृह मन्त्रालयको सर्कुलरबमोजिम नागरिकता वितरण गर्ने कार्य नरोक्नू भनेको थियो । त्यो आदेशपछि देशभरिका जिल्ला प्रशासन कार्यालयमा नागरिकता वितरण सुचारु ...


‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्व ‘रेड नोटिस’ जारी, मानव तस्करीमा संलग्न रहेको दावी !

काठमाडौं - प्रहरी महानिरीक्षक (आईजीपी) सचिवालय मातहतको प्रहरी अपराध संगठन (इन्टरपोल) शाखाले मानव तस्करमा संलग्न रहेको भन्दै चलचित्र ‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्व रेड नोटिस जारी गरेको छ ।
प्रहरी हेडक्वार्टरका केन्द्रीय प्रवक्ता उत्तम सुवेदीका अनुसार उनीविरुद्व रेड नोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् ।

क्यानाडामा बस्दै आएका गौतमले दुई वर्षअघि नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गरेको भन्दै विवादमा तानिएका थिए ।

केही वर्षअघि गौतमको समूहले फिल्मको सुटिङका नाममा तीन नेपालीलाई अमेरिका लैजाने भन्दै विभिन्न देश ...


बीआरआई फोरममा राष्ट्रपतिको सम्बोधन : 'नेपालका लागि रोड कनेक्टिभिटी नेटवर्क अत्यन्तै फलदायी'

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार सम्बोधन गरेकी छन् । सम्बोधनमा उनले 'नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताइन ।

चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपाल-चीन सीमाना पार रेलवे वा बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग पनि कनेक्टिभिटीलाई प्रवर्द्धन गर्दछ ।’ भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास ...


चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् पर्वतका फलामखानीबासी

पर्वत - जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन सुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् ।

बर्सेनि चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा त्रसित हुने गरेका छन् । बिहान, दिउँसो र साँझ जुनसुकै बेला पनि आकाशमा गड्यङगुडुङ गर्न सुरु गरेपछि घरभित्र छिर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ ।

यो गाउँमा बर्सेनि चट्याङका कारण एकदेखि तीनसम्मको ज्यान जाने गरेको छ भने बर्सेनि धेरै पशुधनको समेत क्षति हुने गरेको स्थानीयवासी ठाकुर रसाइलीले ...


भारतीय प्रधानमन्त्री माेदीले वनारसबाट उम्मेदवारी दर्ता गराउँदै

नयाँ दिल्ली - भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले आज उम्मेदवारी दर्ता गर्दैछन्। लाेकसभा निर्वाचन २०१९ अन्तर्गत माेदीले आज वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गर्ने जनाइएकाे छ।

भारतीय जनता पार्टीका अनुसार साे क्रममा जनता दल युनाइटेडका अध्यक्ष नीतीश कुमार, शिवसेना प्रमुख उद्धव ठाकरे, लोकजनशक्ति पार्टी के अध्यक्ष रामविलास पासवान र वरिष्ठ अकाली नेता प्रकाश सिंह बादलसमेत एनडिएका नेताकार्यकर्ता चुनाव आयाेगकाे कार्यलयमा उपस्थित हुने जनाइएकाे छ।

साे क्षेत्रकाे चुनावमा भाजपा, जनता दल युनाइटेड, शिवसेना, लोकजनशक्ति पार्टीबीच गठबन्धन भएकाे छ।

माेदी चुनाव प्रचारका क्रममा पनि आफ्नाे निर्वाचन क्षेत्रमा देखिएका थिए। बिहीबार ...


बैसाख २२ देखि धनगढी विमानस्थल बन्द हुँदै

काठमाडाैं - धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ। धावनमार्गको मर्मतसम्भारका साथै विमानस्थलको स्तरोन्नति गर्न एक महिनाका लागि हवाई सेवा बन्द गर्न लागिएको हो।

आगामी बैसाख २२ देखि जेठ २१ सम्म विमानस्थलमा हुने सम्पूर्ण उडान बन्द गरिने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए। त्रिभुवन विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको यो विमानस्थलमा काठमाडौंबाट बुद्ध एयर, श्री एयर, नेपाल एयरलाइन्सले नियमित उडान भर्ने गरेका छन्।

१० वर्षमा धावन मार्गको स्तरोन्नति गर्नुपर्ने भएपनि विगत १४ वर्षदेखि धावनमार्गको स्तरोन्नति गरिएको थिएन। यसपटक झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग, ...


सिराहामा युवतीलाई जिउँदै जलाएर हत्या प्रयास, श्रीमान फरार सासु प्रहरी नियन्त्रणमा !

काठमाडाैं- सिरहामा एक युवतीमाथि मट्टितेल छर्किएर जिउँदै जलाएर हत्या गर्ने प्रयास भएकाे छ। सिरहा नगरपालिका-८ की २१ वर्षीय कन्चन मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन्।

कन्चनकाे शरीरकाे ५० प्रतिशत माग जलेकाे बताइएकाे छ। जलिरहेकाे अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे थियाे। तर, अस्पतालले उपचार सम्भव नभएकाे जनाएपछि राति पाैने २ बजे उनलाई काठमाडाैं ल्याइएकाे एक छिमकीले बताए।

कन्चनकाे अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेकाे उनलाई सिरहादेखि काठमाडाैं ल्याउन सहयाेग पुर्‍याउने जिता गुरुङले जानकारी दिइन्।

श्रीमतीलाई जिउँदै जलाउन खाेज्ने ...


कतारका लागि नेपाली राजदुत फिर्ता, संचारमन्त्री भन्छन : 'किन र के को लागि फिर्ता गरिएको नसोध्नुस्'

काठमाडौं - कतारका लागि नेपाली राजदुत रमेश कोइरालालाई सरकारले फिर्ता बोलाउने भएको छ।

मन्त्रीपरिषदको निर्णय सर्वाजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले कतारका लागि नेपाली राजदुतलाई फिर्ता गर्ने निर्णय सुनाएका हुन्।

'किन र के को लागि फिर्ता गरिएको नसोध्नुस्,सरकारले राम्रो कामको लागि निर्णय गरेको हो,' प्रवक्ता बास्कोटाले भने।

कोइरालालाई तत्कालीन शेर बहादुर देउवाको सरकारले कांग्रेसको कोटाबाट नियुक्त गरेको थियो।

...

दोहोरियो निगमको हेलचेक्र्याइँ : प्रशिक्षक पाइलट बिनै राष्ट्रपति चीन उडेको खुलासा !

काठमाडौं - बुधबार चीन भ्रमणका लागि प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीको जहाज आइपी पाइलट (प्रशिक्षक पाइलट) बिनै उडेको रहस्य खुलेको छ। नेपाल एयरलाइन्सको भिभिआइपी उडान सञ्चालन सम्बन्धी नियममा सामान्यत: आइपी पाइलट हुनुपर्ने उल्लेख छ।

साथै यसअघि सन् २०१७ मे १२ मा राष्ट्रपति भण्डारी बैंकक जाँदा पनि स्टान्टर्ड अपरेसन प्रोड्युसर विपरीत आइपी पाइलटबिनै नेपाल एयरलाइन्सले जहाज उडान गरेको विषयमा विवाद भएको थियो। विवादलगतै बनेको अध्ययन कमिटीले भिभिआइपी उडानमा आइपी पाइलट हुनुपर्ने उल्लेख गरेको प्रतिवेदन निगममा बुझाएको थियो।
'यसअघिको उडान गलत थियो वा थिएन? नियामक निकायले प्रश्न ...


एनसेल कर प्रकरण : तत्काल कर नउठाउन सर्वोच्चको आदेश !

काठमाडौं - सर्वोच्च अदालतले ७ दिनभित्र लाभकर बुझाउन ठूला करदाता कार्यालयले एनसेललाई काटेको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ ।

साथै ठूला करदाता कार्यालयसँग कर निर्धारणको निर्णयबारे लिखित जवाफ माग्दै वैशाख २४ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
ठूला करदाता कार्यालयले बिलम्ब शुल्कसहित ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर निर्धारण गर्दै बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ सात दिन (१० वैशाख) भित्र तिर्न पत्र काटेको थियो ।

तर, ठूला करदाता कार्यालयले आफ्नो अधिकार सीमा ...


हिमालयन कार्गोका प्रोपाइटरसहित ३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन कार्गोकी संचालक मधुकुमारी चौधरी र उनका पति भारतीय नागरिक विनोदकुमार गुप्तासहित ३ जना विरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ ।

कम्पनीले १० वर्षदेखि कर छली गरेर प्राप्त गरेको रकम आफ्नो र कर्मचारीको खातामा जम्मा गरेको, घर जग्गा र अन्य कम्पनीमा लगानी गरेको देखिएको भन्दै विभागले मधुकुमारी चौधरी र उनका श्रीमान विनोदविरुद्ध २२ करोड ९५ लाख ४९ हजार २ सय रुपैयाँ विगो दावी गरी विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको कसूरमा अभियोगपत्र दायर गरेको हो । विभागले उनीहरु दुबै जनालाई जनही ...


राष्ट्रपति भण्डारीलाई चीनमा प्रान्तीय उपगभर्नरको स्वागत !

एजेन्सी - राष्ट्रपति विद्यादेवी भण्डारी चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा बुधबार चीनको पुरानो राजधानी सिआन आइपुगेकी छन् ।

उनलाई सान्सी प्रान्तका उपगभर्नर हु मिङलाङ, चीनका लागि नेपाली राजदुत लिलामणी पौड्याल र नेपालका लागि चिनीया राजदुत होउ याङछीले स्वागत गरेका थिए । बिहीबार बिहान सियान प्रान्तका गर्भनर लोउ याङसङले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि गर्भनरले राष्ट्रपतिको सम्मानमा आयोजना गरेको दिवा भोजमा सहभागी हुनेछन् । दिउँसो टेराकोटी वारियरको निरीक्षण पछि साँझ बेइजिङ आउने कार्यक्रम छ । शुक्रबार वेल्ड एण्ड रोडको दोस्रो सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुने ...


सत्यनिरुपण आयोगले बुझायो अधुरो प्रतिवेदन

काठमाडौं - सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको समयावधि सकिएलगत्तै आयोगले सरकारलाई अधुरो प्रतिवेदन बुझाएको छ। तत्कालीन पदाधिकारीले अलपत्र छाडेर गएको प्रतिवेदन आयोगका निमित्त सचिव गोपीचन्द्र भट्टराईले बुधबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत् प्रधानमन्त्रीलाई बुझाएका हुन्।

मन्त्री ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त प्रतिवेदन बुझाउने छन्। सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटना पत्ता लगाई सिफारिस गर्न बनेको सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी प्रतिवेदन नबुझाई आयोगबाट बाहिरिएका थिए। आयोगले पीडितका उजुरी संकलनबाहेक काम गर्न सकेन। आयोगका सचिवले सरकारलाई बुझाएको प्रतिवेदनमा उजुरी संख्या, अहिलेसम्म भएका ...


भूकम्पको चौथो वर्ष : बारपाकले काँचुली फेर्यो !

गोरखा - भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ। गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ। छपक्कै पक्की घर बनेका छन्। पहिले बारपाकमा एकअर्को घर जान, चिन्न मुस्किल थियो। घरघरै एम्बुलेन्स पुग्ने सडक थिएन। अहिले बस्तीको बीच भाग भएर सडक खुलेको छ। पुरानो ढुंगामाटोको विद्यालय थियो, अहिले विद्यालय भवन सिमेन्टको पक्की बनेको छ। चार वर्ष टहरामा पढेका अब पक्की भवनमा पढ्दैछन्। यो भूकम्पले ल्याएको अवसर हो।

सदरमुकामबाट बारपाकसम्म जाने ४७ किलोमिटर सडक कालोपत्रे हुँदैछ। एक दिन पुरै खर्चेर ...


चाइनिज जहाजले डुबायो : एक वर्षमा ६० करोड ६१ लाख घाटा !

काठमाडौँ - आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन् । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आव २०७४/०७५ मा चिनियाँ जहाजले निगमलाई यो रकमबराबर नोक्सान गराएका हुन् । निगमलाई दुईवटा एमए सिक्स्टी जहाजले ३१ करोड ६४ लाख रुपैयाँ घाटा गराएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी चारवटा वाई टुवेल जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ ।

पाइलटको अभाव
निगमका जहाज उडानका लागि भर्खरै ५० जना पाइलट माग गरेको भए पनि २६ ...


पुनर्निर्माणमा वैदेशिक सहायता : प्रतिबद्धता ४१० अर्ब, सम्झौता २६२ अर्ब रुपैयाँ

काठमाडौं - भूकम्पपछिको पुनर्निर्माणका लागि बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदारबाट ४१० अर्बको प्रतिबद्धता प्राप्त भएकोमा अहिलेसम्म २६२ अर्ब डलर बराबर सहायता परिचालन सम्झौता भएको छ। पुनर्निर्माणका लागि प्राप्त कतिपय सहायताअन्तर्गत परियोजना कार्यान्वयनमा छन्। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि राहत, उद्दार र पुनर्निर्माणका लागि दातृ निकायबाट सहयोगको प्रतिबद्धता आएको हो।

नेपालले भूकम्प पुनर्निर्माणका लागि २०७२ असार १० मा दातृ सम्मेलन आयोजना गरेको थियो। उक्त सम्मेलनमा आएको प्रतिबद्धता ४१० अर्ब रुपैयाँमा दातृ निकायले राहत, उद्धार पुनस्थापनामा गरेको खर्चसमेत जोडिएको थियो। दातृ निकायले राहत, उद्धार पुनस्थापनामा करिब ६७ ...


हेमन्तप्रकाश ओलीसहित ६ जना जेल चलान, विप्लवमाथि पनि मुद्दाको तयारी !

काठमाडौँ - सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका मध्यक्षेत्र इन्चार्ज रहेका हेमन्तप्रकाश ओलीसहित ६ नेता जेल चलान भएका छन् । ललितपुरको नख्खुमा दुई महिनाअघि भएको बम विष्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत ललितपुरले मंगलबार पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

ओलीसहित शिव धमला भनिने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परियार र विराट भन्ने वीरबहादुर कठायत जेल चलान भएको ललितपुर प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध, ज्यान मार्ने उद्योग र संगठित अपराध गरी चारवटा मुद्दा चलेको थियो । जसमा ...


सन्दर्भ लोकतन्त्र दिवस : १२ वर्षमा ११ सरकार, विकासमा कछुवाको गति !

काठमाडौं - लोकतन्त्र दिवस। मुलुकमा युगान्तकारी परिवर्तन भएको दिन। दोस्रो जनआन्दोलनमार्फत सार्वभौमसत्ता र राजकीय सत्ता जनतामै फर्केको दिन, वैशाख ११ गते। त्यही आन्दोलनको बलमा १० वर्षे सशस्त्र युद्ध समाप्ति। वंश शासन अन्त्य भई लोकतन्त्र स्थापना। संविधानसभामार्फत संविधान निर्माण। मुलुकमा लोकतन्त्र, शान्ति र स्थायित्वको सुरुवात।

लोकतान्त्रिक आन्दोलनको अर्को एजेन्डा थियो, समृद्धि र विकास। तर १२ वर्ष बित्दा पनि यो एजेन्डा प्राथमिकतामा नपर्दा जनता निराश बन्न थालेका छन्। सोही आन्दोलनको जगमा धेरै काम भए। राजनीतिक स्थायित्व भई विकास र समृद्धिको मुद्दा अगाडि आउन थालेको छ। यद्यपि नेताहरूको व्यवहारबाट ...


धनगढीबाट बझाङका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना, ६ जनाको मृत्यु २६ घाइते !

डडेल्धुरा - डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो।

धनगढीबाट बझाङका लागि छुटेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नं को बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले पुष्टि गरे। प्रहरीले घटनास्थल पुगेर घाइतेको उद्धार गरिरहेको बताएको छ। घाइतेहरुलाई डडेल्धुरा अस्पताल डडेल्धुरा ल्याइँदैछ। बस सडकबाट १०० मिटर तल खसेको छ।

...

नाैबिसे केन्द्रबिन्दु भएर एकाबिहानै २ पटक भूकम्पकाे धक्का

काठमाडाैं - धादिङकाे केन्द्र भएर बुधबार बिहान ११ मिनेटकाे अन्तरमा २ वटा भूकम्प गएकाे छ। गृह मन्त्रालयअन्तर्गतकाे विपद् व्यववस्थापन केन्द्रका अनुसार धादिङकाे नाैबिसे केन्द्र भएर २ पटक भूकम्पकाे धक्का महसुस भएकाे हाे।

पहिलाे धक्का बिहान ६ः२९ मा र दाेस्राे ६ः४० मा महसुस भएकाे केन्द्रले जनाएकाे छ।

काठमाडाैंबाट पश्चिमतर्फ नाैबिसे केन्द्र भएकाे पहिलाे पहिलाे धक्का ५ दशमलब २ म्याग्निच्युडकाे रहेकाे केन्द्रले जनाएकाे छ। त्यसकाे ११ मिनेटमा नाैबिसे नै केन्द्र भएर गएकाे दाेस्राे भूकम्पकाे म्याग्निच्युड भने ४ दशमलब ३ रिक्टर स्केल रहेकाे बताइएकाे छ।

नौबिशे केन्द्रबिन्दु बनाएर गएका दुवै भूकम्पबाट ...


कर्मचारी माथि सरकारको विभेद : यी हुन् १०० प्रतिशतसम्म अतिरिक्त भत्ता पाउने भाग्यमानी कार्यालयहरु !

काठमाडौँ - सरकारले गत साउनमा पारिश्रमिकबाहेक पाउँदै आएको अतिरिक्त भत्तालाई फजुल खर्च भन्दै हटाएकोमा अहिले त्यसैलाई पुनः निरन्तरता दिएको छ । अहिले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी दुई दर्जनभन्दा बढी सरकारी निकायका कर्मचारीलाई ४० देखि १०० प्रतिशतसम्म अतिरिक्त भत्ता दिने निर्णय गरिएको छ । सरको यो कदमबाट १५ हजारभन्दा बढी कर्मचारीले फाइदा लिनेछन् ।

सरकारले एक महिनामा कार्यालय समयभन्दा ८० घण्टाभन्दा बढी काम गर्ने कर्मचारीलाई अतिरिक्त भत्ता दिने निर्णय गरेको बताएको छ । यस्तो भत्ता पाउने कार्यालयमा महालेखा परीक्षकको कार्यालयका कर्मचारी, संघीय संसद् सचिवालयका कर्मचारी, महालेखा नियन्त्रकका ...


विप्लवका गाेरखा जनपरिषद् प्रमुखसहित २ जना पक्राउ

गोरखा - नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य इश्वर पाण्डे छन्।

प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका रिजाललाई राजद्रोहअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइने गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए।

त्यस्तै पक्राउ परेका विद्यार्थी नेता पाण्डेलाई धादिङको एनसेल टावरमा क्षति पुर्‍याएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि पठाइएको उनले बताए। ...


नेपाल प्रहरीद्वारा २२ हजार थप दरबन्दी माग !

काठमाडौँ - विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ । सात सय ५० ग्राम नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लागि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार तत्कालका लागि २२ हजार चार सय १८ दरबन्दी आवश्यक छ । ‘यसमध्ये केही दरबन्दी थप हुने क्रममा छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । नयाँ दरबन्दीसँगै त्यसका लागि आवश्यक ब्यारेक, सञ्चार सेट तथा सवारीसाधनसमेत आवश्यकता रहेको उनको भनाइ छ ।

प्रहरीलाई खाटसमेत अभाव


पढाउदै नपढाइ ३ वर्षदेखि शिक्षिकाले बुझ्दै आइरहेकी छिन तलब !

बाजुरा - बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका- ३ मा रहेको चैत्यपीपल सूर्योदय निमाविमा कार्यरत शिक्षिकाले नपढाएर तलब खाएको खुलाशा भएको छ।नेपाली विषय राहत निमावि दरबन्दीमा कार्यरत शिक्षिका शुशिला रौलेलाई ३ वर्षदेखि तत्कालिन गाविस,बुढिगंगा नगरपालिका र विद्यालयको संरक्षणमा तलब खुवाइरहेको स्थानीयले बताए।

शिक्षिका रौले विगत तीन वर्षदेखि धनगढी बस्दै आएकी छन्। उनले केही समय खेताला शिक्षक राखेकी थिइन्। २०७४ माघदेखि चैत्रसम्म एकजना खेताला राखिन्। त्यसपछि २०७५ मा असारमा आएर उपस्थित नभएको हाजीर गरेर तलब बुझिइन्। त्यो बीचमा कुनै दिन विद्यालयमा उपस्थित भइनन्। २०७५ साउनदेखि असोजसम्म एकजना स्थानीयलाई १० ...


नेपाली कामदार तत्काल जापान जान यसकारण नपाउने !

काठमाडौं - नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन्। जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो।

रोजगारीका लागि जापानले संरचना निर्माण प्रक्रिया अघिबढाएको छ। भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धित व्यवसायको एसोसिएसन ले सीप परीक्षण गर्नेछन्। नेपालका लागि सीप परीक्षणको परीक्षा लिन खुला भएका मध्ये कुनै पनि व्यवसायका एसोसिएसन तयार नभएको बताइएको छ।

भाषा र सीप परीक्षामा उत्तीर्णको जापान सरकारले कुनै पनि रोस्टर तयार गर्दैन। आफूले उत्तीर्ण गरेको सीप र भाषाको प्रमाणपत्रका आधारमा जापानी रोजगारदातासँग सम्पर्क गरी रोजगारदाताले पठाएको ...


यातायात कार्यालय एकान्तकुनाका प्रमुख अफिस नै आउदैनन, कर्मचारी ३ नबज्दै घरतिर टाप !

काठमाडौँ - कार्यालय समय बिहान १० देखि अपराह्न पाँच बजेसम्म हो। सेवाग्राहीको भीडभाड हुने कतिपय कार्यालयमा समय थपेर पनि काम हुन्छ। तर तपाईं ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नुभयो भने अवस्था फरक पाउनुहुन्छ। त्यहाँ तीन नबज्दै कर्मचारी हिँडिसक्छन्।

सेवाग्राहीको बढी भीड हुने ठाउँ यातायात कार्यालय। चालक अनुमतिपत्र लिनेदेखि नवीकरण गर्ने र सवारी जाँचपास गर्ने ठाउँ यहीं छ। दुई बजेसम्म राजस्व बुझाउने समय तोकिएको छ। मेडिकलका लागि दस्तुर बुझाउने ठाउँ पनि दुई बजे बन्द हुन्छ। कर्मचारी बाहिरिने क्रम सुरु हुन्छ।

तीन बजेपछि त कर्मचारी भेट्टाउनै मुस्किल हुन्छ। नवीकरण ...


नेपाली कम्युनिष्ट आन्दोलनका ७० वर्ष : वि .सं. २००६ देखि दुई तिहाइसम्म आइपुग्दा के-के घटना भए ?

काठमाडौँ - नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास ७० वर्ष पुरानो छ। हाल दर्जनौं समूहमा रहेका कम्युनिष्ट घटकहरुको चर्चा सम्भव नहोला। तर, नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको इतिहासलाई ४ भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ।

१. २००६ देखि २०१९ सम्म एकीकृत पार्टी

२००६ साल वैसाख १० (सन् १९४९ अप्रिल २२) गते भारतको कलकत्ताको श्यामबजारमा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र नरबहादुर कर्मचार्य मिली नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरे। नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने प्रेरणा रुसी क्रान्ति, चिनिया क्रान्तिको निरन्तर विकास, भारतको तेलङगना विद्रोह, राणाशासन ...


जिल्ला नेतृत्वको सुची बाहिरिएलगतै माधव नेपाल किन बाहिरिए ?

काठमाडौं - नेपाल कम्युनिष्ट पाटी नेकपाका ७७ जिल्ला नेतृत्वको सूची बाहिरिए लगतै वरिष्ठ नेता माधव कुमार नेपाल पनि कार्यक्रमस्थलबाट बाहिरिएका छन् ।

आज सोमबार राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित नेकपाको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट नेपाल बाहिरिएका हुन् ।

कार्यक्रममै नेकपा नेता विष्णु पौडेलले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको लिस्ट उपलब्ध गराएका थिए । सोलगत्तै उनी बाहिरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

...

गाडीमा भारतीय क्राइम ब्रान्चको लोगो राखेर गाँजा तस्करी

काठमाडौं - गाडीमा भारतीय क्राइम ब्रान्चको नाम राखेर तस्करी हुने गरेको पाइएको छ। क्राइम चेक अर्गनाइजेसनको सचिव लेखिएको गाडीमार्फत् लागू औषध तस्करी हुने गरेको पाइएको हो।

बिआर ३१ एम ५०५१ नम्बर प्लेटको भारतीय कारमा क्राइम चेक अर्गनाइजेसनको सचिव लेखेर गाँजा तस्करी गर्दै गरेका बेला सो गाडीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रदेश ३ प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले उक्त कार र चालकलाई पक्राउ गरेको जानकारी दिएको छ। कारबाट प्रहरीले ४८ किलो ८ सय ग्राम गाँजासमेत बरामद गरेको छ।

कार चालक भारत विहारको बैशाली ग्राम ...


समायोजनमा अटेरी गर्ने कर्मचारीलाई बर्खास्त गर्ने सरकारको तयारी

काठमाडौँ - समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ । मन्त्रालय उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी समायोजन ऐन २०७५ को दफा १३ अनुसार अवकाश दिन सक्ने सम्मको कारबाही गर्ने तयारी भएको छ ।

मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘आफूलाई अन्याय भएको भन्दै गुनासो सुनुवाइ हुने स्थिती छ । बाँकी कर्मचारीप्रति सरकार कठोर बन्ने छ ।’

त्यस्ता कर्मचारीलाई ऐनअनुसार २१ दिन भित्र हाजिर हुन नगए कारबाही गरिने तयारी भएको ती कर्मचारी बताउँछन् ।

...

कर्णाली प्रदेश : नौ महिनामा १२ प्रतिशत बजेट मात्र खर्च

सुर्खेत - कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा १२ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि २६ अर्ब २८ करोड ३६ लाख अख्तियारी भएकोमा तीन अर्ब सात करोड २५ लाख रुपैयाँ खर्च भएको जनाएको छ।

त्यसमध्ये चालुतर्फ १६.४८ प्रतिशत र पुँजीगतर्फ १०.२७ प्रतिशत बजेट खर्च भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चालु आर्थिक वर्षको नौ महिनामा चालुतर्फ एक अर्ब १३ करोड ७६ लाख र पुँजीगततर्फ एक अर्ब ९३ करोड ८६ लाख रुपैयाँ खर्च भएको जानकारी दिए। उनले कर्मचारी ...


रोकिएन तस्करी  : चार विदेशी महिला पर्यटक तीन किलो सुनसहित विमानस्थलबाट पक्राउ

काठमाडौँ - विभिन्न देशका नागरिकलाई पर्यटकका रूपमा नेपाल पठाएर सुन तस्करी हुन थालेको छ । आइतबार कम्बोडिया र भियतनामका चारजना महिला तीन केजी तीन सय ग्राम तस्करीको सुनसहित विमानस्थलमा पक्राउ परेका छन् । बैंककबाट नेपाल आउनेक्रममा उनीहरू पक्राउ परेका हुन् । गोप्य अंगमा लुकाएर उनीहरूले सुन तस्करीको प्रयास गरेका थिए ।

पक्राउ पर्नेमा दुई भियतनामी र दुई कम्बोडियन महिला छन् । भन्सार कार्यालयले चेकिङका क्रममा दुवैलाई पक्राउ गरेको हो । अन्य दुईजना भन्सार पास गरेर पार्किङतर्फ पुगेपछि समातिएका हुन् । उनीहरूबाट सुनका गहना तथा साना टुक्राहरू बरामद भएको विमानस्थल प्रहरीका प्रमुख एसएसपी सन्दीप ...


काठमाडौं 'भ्यू टावर' निर्माणका लागि एक वर्ष समय थप

काठमाडौं - काठमाडौं 'भ्यू टावर' (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षाअनुरुप अघि बढ्न नसकेपछि काठमाडौं महानगरपालिकाले एक वर्ष समय थप गरेको छ।

निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमिनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी गराएको छ।

निर्माणको कामअन्तर्गत अहिले जमीनमुनिको काम भइरहेको छ। जमिनमुनिको ८० प्रतिशत काम सकिएपनि अन्य काम सुरु नै हुन नसकेको कामपा सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख ध्रुव काफ्ले बताउँछन्। उनका अनुसार आवश्यकता अनुरुप एक वर्षको समय थप गरिएको हो।

भूमिगत तलाको काम अन्तिम चरणमा पुगेको छ। ...


महँगा सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भूमाफिया सक्रिय
पाटन क्याम्पसको ५१ रोपनी जग्गामा व्यक्तिको दाबी

काठमाडौँ - महँगा सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भूमाफिया सक्रिय छन् । ललितपुरको पाटन संयुक्त क्याम्पसकै ५१ रोपनी जग्गा व्यक्तिले आफ्नो दाबी गरेर मुद्दा दायर गरेका छन् । त्यस्तै गोठाटारमा रहेको १४ रोपनी १२ आना सार्वजनिक जग्गा पनि व्यक्तिले दाबी गरेर मुद्दा दायर गरिएको छ । एक गुठीले समेत सो जग्गा आफ्नो मातहत ल्याउने प्रयास गरिरहेको छ । भक्तपुरको सुडालमा रहेको ७१ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्न एउटा समूह नै योजनाबद्ध रूपमा लागेको छ ।

प्रहरीकै जग्गामा समेत भूमाफियाले आँखा लगाएका छन् । काभ्रेको पनौतीमा तालिम केन्द्र बनाउन सरकारले प्रहरीलाई ...


जग्गा विवादका पाँच सय ५० मुद्दा अदालतमा ! सार्वजनिक जग्गा व्यक्तिको नाममा कसरी दर्ता हुन्छन् ?

काठमाडौँ - अदालतकै आदेशमा सयौँ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएका छन् । सार्वजनिक जग्गा दाबी गर्दै दायर गरिएका पाँच सयभन्दा धेरै मुद्दा अहिले पनि विभिन्न अदालतमा छन् । महान्यायाधिवक्ता कार्यालयका अनुसार सर्वाेच्च अदालतमा मात्र सार्वजनिक जग्गासम्बन्धी चार सय मुद्दा छन् । सर्वाेच्चबाहेक जिल्ला र उच्च अदालतमा करिब डेढ सय मुद्दा रहेको सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले बताए । सार्वजनिक जग्गासम्बन्धी धेरैजसो मुद्दामा सरकारले हार्ने गरेको छ ।

भू–माफियाको प्रभाव मन्त्रिपरिषद्देखि अदालतसम्म
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने धन्दामा लागेका भू–माफियाले उच्च सरकारी निकायलाई प्रभावमा पार्ने गरेका छन् । स्थानीयलाई निवेदन दिन ...


विप्लवमाथि पार्टी भित्रबाटै 'वार्ता'मा बस्न दबाब !

काठमाडौं - नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई सरकारसँग वार्ता गर्न दबाब परेको छ। पार्टीका प्रभावशाली नेताहरूले महासचिव चन्दलाई सरकारसँग वार्तामा बस्न दबाब दिएका हुन्।

पोलिटब्युरो सदस्य तथा पूर्वीकमान्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दबाब दिएका हुन्। महासचिव चन्द भने तत्काल वार्ता गर्ने पक्षमा छैनन्। यद्यपि उनी सरकारको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष÷अप्रत्यक्ष सम्पर्कमा छन्।

वार्ता पक्षधर नेताहरूले वार्ताका लागि तयार नदेखिए सरकारसँग वार्ताको पहल थाल्ने चेतावनीसमेत महासचिव चन्दलाई दिएको पार्टी निकट स्रोतले बतायो।

सरकारले २८ फागुनमा चन्द नेतृत्वको पार्टी गतिविधिमाथि ...


अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा मूल्य समायोजन गर्न निगम किन अनिच्छुक ?

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो। तर दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैन। उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको छ।

इन्धनको मूल्य समायोजन नगर्दा निगम दुई महिनायता ‘आकर्षक’ नाफामा छ। निगमले माघ १९ पछि मूल्य समायोजन गरेको छैन। माघ १९ मा निगमको मासिक नाफा दुई अर्ब ३२ करोड थियो। निगमको मासिक नाफा ६० करोड पुगेको छ।

निगमले २०७१ असोजदेखि स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो। उक्त प्रणालीअनुसार ...


प्रधानमन्त्रीलाई बुटवलमा ५ तहको सुरक्षा घेरा तोडेर कालो झण्डा देखाउने को हुन् ?
प्रधानमन्त्रीले नै 'ऊ मलाई कालो झन्डा देखाईरहेको छ' भनेर सुरक्षाकर्मीलाई देखाइदिए !

बुटबल - कडा सुरक्षाका बीच बुटवलको एक कार्यक्रममा सम्बोधन गर्दैगर्दा प्रधामन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालो झन्डा देखाइएको छ। बुटवलस्थित जितगढी विजयी उत्सवलाई सम्बोधन गर्दैगर्दा प्रधानमन्त्री ओलीलाई एक युवा कार्यक्रम स्थल प्रवेश गरी कालो झन्डा देखाएका हुन्।

उजिरसिंह जिन्दाबाद, हाम्रो देश प्राणभन्दा प्यारो छ लगायतका नारा लगाउँदै कार्यक्रमस्थल प्रवेश गरेका अर्घाखाँचीका रुद्र घिमिरेले कार्यक्रमस्थलमा प्रधानमन्त्री कालो झन्डा देखाएका हुन्।

कार्यक्रमस्थल प्रवेश गरेर प्रधानमन्त्रीलाई कालो झन्डा देखाउदा समेत प्रहरीले केही जानकारी नपाएपछि प्रधानमन्त्रीले नै 'ऊ मलाई कालो झन्डा देखाईरहेको छ। तपाईंहरु के हेरेर बस्नु भएको छ?' भने ...


दिल्ली-काठमाडौं चल्ने बसमा  बिष्फोटक पदार्थ फेला पर्यो

काठमाडौं - भारतको नयाँ दिल्लीबाट काठमाडौं जाँदै गरेको बसबाट ठूलो मात्रामा बिष्फोटक पदार्थ बरामद भएको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२ः ४५ बजेतिर ना ५ ख ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो ।

बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका सामाग्रीहरु बरामद भएको बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) नेत्र केसीले जानकारी दिए । राति शंका लागेर राति बस जाँच गरिएको थियो । ...


बालुवाटार जग्गा प्रकरण : प्रचण्ड र वामदेवको साथ पाएपछि महासचिवबाट राजीनामा नदिने अडानमा पौडेल !

काठमाडौं - बालुवाटारको सरकारी जग्गा किनेर विवादमा परेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले तत्काल राजीनामा नदिने संकेत गरेका छन् । आफ्नै दलभित्र नेताहरूले पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न दवाव परिरहेका बेला महासचिव पौडेलले दोस्रो पटक लामो विज्ञप्ति जारी गरेर आफ्नो संलग्नता अस्वीकार गरेका छन् । पौडेलले विज्ञप्तिमार्फत आफू तत्काल महासचिव पदबाट राजीनामा दिने मुडमा नरहेको स्पष्ट पारेका छन् ।

उनले आफ्ना विरोधीहरूलाई कडा जवाफ दिँदै विज्ञप्तिमार्फत अडानलाई दृढताका साथ राखेका छन् । पौडेलले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको विषयमा शुक्रबार ...


'राजसंस्था फर्किन्छ' भन्ने हल्लाको पछाडी नलाग्नुस  : प्रधानमन्त्री

बुटवल - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकासको बाटोमा अघि बढेको देखेर विरोधीहरुले भ्रम फैलाउन थालेका बताएका छन् । बुटवलमा जितगढी उत्सवको मूल समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारको समृद्धिको यात्रा देख्न नचाहनेहरु धर्म, समुदाय र ज्योतिषीहरुलाई उक्साएर अनावश्यक भ्रम फैलाउन लागिपरेको बताए । प्रधानमन्त्री ओलीले गणतन्त्र हटेर राजसंस्था फर्किने, प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रधानमन्त्री हुने योग रहेकोजस्ता ज्योतिषीहरुको भविष्यवाणीप्रति संकेत गर्दै त्यसका पछाडि नलाग्न आग्रह गरे ।
‘कोही माता, पिता, बनेर ज्योतिषी बनेर उचालेका छन, असार लागेपछि पानी पर्छ भन्ने कुरा सबैलाई थाहा छ, उनले भने–‘कुनै ...


‘वसुन्धराश्री पुरस्कार’ महजोडीलाई

काठमाडौं - वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ।

हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरूको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाइ नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत कलाकार श्रेष्ठलाई सम्मानपत्रसहित रु ५० हजार राशीको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

त्यसैगरी हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई अझ स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकासका खातिर काम गरेको भन्दै कलाकार हरिवंश आचार्यलाई सम्मानपत्रसहित ...


राप्रपाको आब्हान : राजसंस्थाप्रति आस्था राख्ने दल तथा संस्थाहरु एकतामा आउनुस  !

काठमाडौं - राप्रपा केन्द्रीय कार्य समितिको आकस्मिक बैठक आज अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । बैठकले देहाय बमोजिमका निर्णयहरू गरेको छ ।

१. फागुन ७ गते सम्माननीय प्रधानमन्त्रीलाई हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, मुल्य वृद्धि नियन्त्रण लगायतका २२ बुँदे माग राखी राप्रपाले पहिलो चरणको जनसंघर्ष शुरु गरेको थियो । जनसंघर्षका क्रममा मेची महाकाली १५ दिने राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दु राष्ट्रका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश ...


सर्वोच्चको आदेशसँगै मोरङमा नागरिकता लिनेको भीड, प्रशासनमा भारतीय मोटरसाइकलको चाप !

विराटनगर - सर्वोच्च अदालतलको पछिल्लो आदेशसँगै जन्मको आधारमा नागरिकता लिएका आमाबुवाका सन्तानले वंशजको नागरिकता प्राप्त गर्ने क्रम शुरु भएको छ ।

खासगरी मोरङ जिल्ला प्रशासन कार्यालय र मातहतका इलाका प्रशासन कार्यालयहरुमा नागरिकता लिन आउनेको थामिनसक्नुको भीड छ । भीड बढेका कारण प्रशासनले ‘टोकन’ प्रणाली लागु गरेको छ । बिहीबारसम्मको तथ्यांकअनुसार मोरङमा कूल ७ सय ४५ जनाले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासनबाट कूल ३ हजार ५ सय टोकन वितरण भएको छ । इलाका प्रशासन कार्यालय रंगेली र उर्लाबारीमा पनि नागकिता लिन आउनेको चाप उत्तिकै छ ...


एक महिलासंग अनैतिक सम्बन्ध रहेको खुलेपछि इन्स्पेक्टर भण्डारीलाई कारवाहीको सिफारिस

काठमाडौँ - खराब संगतका कारण एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) कारबाहीमा परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट तानिएका इन्स्पेक्टर दिनेश भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कारबाही प्रक्रिया अघि बढाएको हो । भण्डारीले दुई महिलाकोे साढे २३ लाख रुपैयाँ ठगी गरेको छानबिनमा खुलेको छ ।

कर्तव्य ज्यान मुद्दामा अभियुक्तलाई छुटाइदिने भन्दै मोरङकी कमला खरेल भण्डारी र उनकी बहिनी पद्मा खरेलसँग पैसा लिएको प्रहरीको भनाइ छ । पछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी श्यामलाल ज्ञवालीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । उनलाई तत्कालै महाराजगन्ज वृत्तबाट सरुवा गरिएको थियो ।
...


ऐनको उल्लंघन गर्दै १४ वटा जिससले बाँडे कर्मचारीलाई आफूखुसी भत्ता !

काठमाडौं - स्थानीय तहलाई समन्वय गर्ने जिम्मेवारी लिएका जिल्ला समन्वय समितिले कर्मचारीलाई नियम उल्लंघन गर्दै आफूखुसी तलब भत्ता तथा सुविधा दिने गरेका छन्। यसबाट कर्मचारीलाई दिने तलबभत्तामै जिससमा करोडाैँ रुपैयाँको अनियमता भएको पुष्टि भएको छ। जिसस नवलपरासी (पश्चिम)ले १४ कर्मचारीलाई २ देखि १० महिनाको तलब बराबर ७ लाख २० हजार विशेष भत्ता र जिल्ला प्राविधिक कार्यालयका ८ कर्मचारीलाई ८ महिनादेखि ५१ महिनासम्मको तलब बराबर ११ लाख ३० हजार प्रोत्साहन भत्ता दिएको छ। जुन सुविधा कार्यविधि तथा मापदण्ड तयार नगरी दिइएको छ। यस्तो खर्च संघीय कानुनविपरीत ...


छोरी बिबाह गरेर अमेरिका लैजान्छु भन्दै अभिभाबकसंग ४२ लाख ठगी गर्ने युवा पक्राउ

काठमाडौँ - विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको हो । उनले काठमाडौंकी १२ कक्षामा अध्ययनरत एक किशोरीलाई विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा ४२ लाख रुपैयाँ असुलेका थिए । प्रहरीका अनुसार छोरी अमेरिका जाने प्रलोभनमा परेपछि अभिभावकले घर बैंकमा राखेर ४२ लाख रुपैयाँ जुटाएका थिए । रकम लिएर खड्का गायब भएपछि मात्रै ...


को बन्ला रवीन्द्रको उत्तराधिकारी ? यस्ता छन् कास्की-२ का सम्भावित उम्मेदवार !

पोखरा - तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्र कास्की–२ खाली भएको छ । सरकारले उपनिर्वाचन घोषणा त गरेको छैन । तर, सम्भावित उम्मेदवारबारे राजनीतिक वृत्तमा चर्चा–परिचर्चा सुरु भएको छ । विद्यार्थी राजनीतिबाट स्थापित भएका नेकपाका लोकप्रिय नेता अधिकारी ०६४ को पहिलो संविधानसभा निर्वाचनयता लगातार तीनपटक प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

लगातार चुनाव जितेका अधिकारीले पहिलोपटक संसद्मा लेखा समिति सदस्य, दोस्रोपटक विकास समिति सभापति र तेस्रोपटक मन्त्रीको जिम्मेवारी पूरा गरे । उनको निधनसँगै रिक्त चुनाव क्षेत्रमा पार्टीले कसलाई उम्मेदवार बनाउला भन्नेबारे अड्कलबाजी हुन ...


सिन्डिकेट अन्त्य घोषणाको एक वर्ष : साढे तीन लाख सवारीमा साढे सात हजार मात्र कम्पनीमा दर्ता !

काठमाडौँ - सरकारले यातायात सिन्डिकेट अन्त्यको घोषणा गरेको बुधबार एक वर्ष पूरा भएको छ । तर, देशभर साढे तीन लाख सवारीसाधन सञ्चालनमा रहेकामा साढे सात हजार मात्रै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका छन् । यातायात समिति खडा गरेर सिन्डिकेट लाद्दै राज्यलाई करसमेत नतिरी सञ्चालन भएका सवारीसाधन नियमनका लागि सरकारले कम्पनीअन्तर्गत दर्ता गर्न ०७५ असार मसान्तसम्मको समय दिएको थियो । तर, त्यसयता तीनपटक म्याद थप्दासमेत तीन लाखमध्ये सात हजार ६ सय ६५ गाडी मात्रै कम्पनीमा दर्ता गरिएका छन् । यो कुल सवारीसाधनको दुई दशमलव १८ प्रतिशत मात्रै हो । अब तेस्रोपटक ...


वृद्धभत्ता हटाउने सरकारको तयारी

काठमाडौं - सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो। वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।

सरकारको प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले गौमुखी मिडिया सम्मेलनमा भने, ‘छोराछोरी टन्न कमाएर बाहिर हिँड्ने, बाबुआमालाई सरकारले वृद्धभत्ता दिएर पाल्ने कुराको थिति सधैं राख्न सकिँदैन, राखिँदैन।’

२०७४ सालमा सम्पन्न निर्वाचनमा वृद्धभत्ता बढाउन दलहरुबीच प्रतिस्पर्धा नै चलेको थियो। ...


बिप्लव समूहको बन्दमा अहिलेसम्म घटेका २० घटना !

१. एकाबिहानै पाल्पामा भयो शक्तिशाली बम विस्फोट, सरकारी भवनमा ठुलो क्षति
२. कोहलपुरमा शंकास्पद वस्तु फेला
३. मकवानपुरमा दुईवटा गाडीमा आगजनी
४. पोखरामा बम डिस्पोज गर्दा सेनाका नायक घाइते
५. मकवानपुरमा जलाइयो तरकारी र कुखरा बोकेको गाडी
७. बिभिन्न जिल्लामा शंकास्पद वस्तु भेटियो
८. अर्घाखाँचीको सदरमुकाममा बम फेला पर्यो
९. रुपन्देही र वर्दियामा आतंकित पार्न शंकास्पद वस्तु
१०. विप्लव समूहको बन्दले काठमाण्डुलाई छोएन
११. विप्लव समूहद्वारा दुईवटा गाडीमा पेट्रोल छर्किएर आगजनी , गाडी पूर्ण रुपमा क्षति
१२. सिमभञ्ज्याङमा बोलेरो, भीमफेदीमा मिनी आइचर ...


अब ट्याक्सी चढ्न यसरी चलाउनुहोस मोबाइल एप, ५ मिनेटमै आउँछ ट्याक्सी !

काठमाडौं - राजधानीमा काम विशेषले यात्राका लागि ट्याक्सी चढ्ने गर्नुहुन्छ ? उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले यात्रुलाई सहज सुविधा दिन मोबाइल एपमार्फत सेवा दिने भएको छ।

उपत्यकाका ५ हजार भन्दा बढी स्वरोजगार ट्याक्सी चालक आबद्ध समाजले यात्रुहरूलाई प्रविधिमा आधारित रहेर सेवा दिन थालेको हो। परीक्षणका रुपमा मोबाइल एप इजीट्याक्सीनेपाल मार्फत वैशाख दोस्रो सातादेखि ट्याक्सी सेवा सुरु हुने समाजका महासचिव पूर्णलाल मोक्तानले जानकारी दिए।

समाजले सरकारले तोकेको दरमा नै सेवा दिने उनले बताए। ‘भाडा वृद्धि गर्न सरकारलाई अनुरोध गरेका छौँ’, उनले भने, ‘अहिले घाटा भए पनि ...


विप्लब बन्द : कोहलपुर, अर्घाखाँची र बागलुङमा शंकास्पद वस्तु फेला

मोफसल - कोहलपुर, अर्घाखाँची र बागलुङमा शंकास्पद वस्तु फेला परेका छन्। कोहलपुर बसपार्कदेखि पश्चिममा कृषि बजारको नजिकै राजमार्गको बीच भागमा प्रेसरकुकर राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए।

बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले आतंकित पार्ने उद्देश्यले कसैले राखेको हुन सक्ने बताए। बिहान पौने सात बजेतिर प्रहरीले बाँसको डण्डाको सहायताले फालेर बाटो खोलेको एसपी पौडेलले जानकारी दिए।

शंकास्पद बस्तु बम भए नभएको छुट्याउन नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको प्रहरीले जनाएको छ। बम कसले कुन उद्देश्यले राखेको हो भन्ने एकिन भइसकेको छैन। ८ औं राष्ट्रिय ...


विप्लब बन्दको उपत्यकामा आंशिक प्रभाब, बाहिरका जिल्लाको जनजीवन प्रभावित !

काठमाण्डौ - विप्लव समूहको बन्दको उपत्यकामा आंशिक प्रभाव परेको छ । बन्दले जिल्लाको जनजीवन भने प्रभावित भएको छ । बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती भएको छ । परीक्षा दिन हिँडेका विद्यार्थी मर्कामा परेका छन् ।

यस्तै बजार र कलकारखाना पनि खुलेका छैनन् । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको देशभरी नै आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ । यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् । मुग्लिन प्रहरीका अनुसार, निजी ...


पाल्पाको रिब्दीकोट गाउँपालिका भवनमा बम विस्फोट

पाल्पा - जिल्लाको रिब्दीकोट गाँउपालिकाको भवनमा बम विस्फोट भएको छ । बिहीबार बिहान करिब २ बजे तिर कार्यालयमा अज्ञात समुहले टायर बम विस्फोट गराएको प्रहरीले जानकारी दिएको छ ।

विस्फोटबाट कार्यालयको झ्यालढोका, छानो, कम्प्युटर, फोटोकपी मेशिनलगायतका सामग्रीमा क्षति पुगेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिए ।

घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । बिहीबार विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आव्हान गरेकाले त्यही समूहले बम विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

बम विस्फोटपछि स्थानीय त्रसित बनेका छन् ।

...

अन्तरिक्ष युगमा प्रवेश गर्यो नेपाल, पहिलो पटक 'नासा'बाट उड्यो नेपालको आफ्नै स्याटेलाइट !

काठमाण्डाै - पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ ।

नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाएको हो ।

जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ निर्माण गरेको हो । भूउपग्रह निर्माणको नेतृत्व विश्वविद्यालयका वरिष्ठ अन्तरिक्ष वैज्ञानिकले गरेका छन् । जसलाई प्रत्यक्ष रुपमा नेपाली वैज्ञानिक श्रेष्ठ र मास्केले सहयोग गरेका हुन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समय अनुसार ...


नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्कारलाल श्रेष्ठको निधन

काठमाडौं - नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्कारलाल श्रेष्ठको निधन भएको छ। उनको आज बिहान बिहान ११:५९ मिनेटमा ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

कामना न्युज पब्लिकेसन प्रालिका अध्यक्षसमेत रहेका उनी पाँच महिनायता उपचाररत थिए। नाकमा समस्या भएपछि वयोधा हस्पिटलमा उनको उपचार गरिएको थियो भने मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो।

भारतको मेदान्त अस्पतालमा दुई महिना बसेका श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि काठमाडौं फर्काइएको थियो। उनलाई नर्भिक र मेडिसिटी अस्पतालमा पनि उपचार गराइएको थियो।

...

कार्यालय रित्तो पारेर सानीभेरी गाउँपालिकाका जनप्रतिनिधि दार्जिलिङ भ्रमणमा !

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–३ की लीला गुरुङ अपांगता भएका दुई नाति–नातिना लिएर अपांग परिचयपत्र बनाउन मंगलबार बिहान १० बजे नै गाउँपालिका कार्यालय पुगिन् । तर, ३० चैतदेखि जनप्रतिनिधि र कर्मचारीविहीन कार्यालयबाट लीलाको काम सम्भव भएन । बल्लतल्ल कार्यालय पुगेकी वृद्धा फेरि नातिनी मनकला र नाति दिवसलाई लिएर सकिनसकी फर्किइन् ।

लीला गुरुङजस्ता सेवाग्राहीले सास्ती पाउँदा, सेवा दिनुपर्ने जनप्रतिनिधि र कर्मचारी भने दार्जिलिङमा सामूहिक फोटो सेसन गर्दै मस्ती गरिरहेका थिए । हरेक महिना ३ गते बाँडिने अपांगता परिचयपत्र यसपटक मुख्य पदाधिकारी र कर्मचारीको अभावमा वितरण हुन सकेन । चैत मसान्तसम्म भइसक्नुपर्ने कक्षा ...


 इजरायलमा विद्यमान 'सगरमाथा चीनमा पर्छ' भन्ने झुट सच्चियो !

काठमाडौं - इजरायलले सर्वोच्च शिखर सगरमाथा नेपालमै रहेको स्वीकार गरेको छ। यसअघि जोर्डन र इजरायलको बीच तथा प्यालेस्टायन क्षेत्रमा अवस्थित मृतसागरसँगै रहेको कालिया बिच (समुद्री तट) मा ‘वल्र्ड हाइलाइट’ भनेर लेखिएको होर्डिङ बोर्डमा सगरमाथा चीनमा रहेको सूचना राखेको थियो।

इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यको पहलमा यसअघि उल्लेख गरिएको गलत सूचना सच्याइएको हो। उक्त बोर्डमा झण्डासमेत चीनको राखिएको थियो। शाक्यले होर्डिङ बोर्ड परिवर्तन गर्न सकेको जानकारी दिइन्। ‘निरन्तरको प्रयासपछि गलत सूचना सच्याउन सफल भएका छौं। त्यसका लागि म र मेरो देशका तर्फबाट इजरायली सरकारलाई विशेष ...


गोरखाको यस्तो गाउँ जहाँ अझै 'किशोरीलाई जबर्जस्ती तानेर आफ्नो बनाइन्छ'

बिही (गोरखा) : ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो । ‘हाम्रो त रक्सी बेच्ने घर होइन’, भनें । ‘माथिल्लो घरको दाइ हो क्या म, ढोका खोल्’ भन्यो । अनि मैले बिस्तारै ढोका खोलेर हेरेको मात्र थिएँ, क्य्राक गाउँको केटा रहेछ । घरभित्र छिर्‍यो र मेरी बहिनीलाई जबरजस्ती तानेर ...


सचिवहरु फेरिएको फेरियै गर्दा मन्त्रालयहरुको बेरुजु झन् बढ्यो !

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वर्ष दिनमा ६ सचिव परिवर्तन भए । मन्त्रालयको २३ करोड ५९ लाख ५८ हजार बेरुजु छ । यामकुमारी खतिवडाले डेढ महिना पनि सचिवको जिम्मेवारी निर्वाह गर्न पाइनन् । मन्त्रालयमा शंकरप्रसाद कोइराला, प्रेमकुमार राई, कृष्णप्रसाद देवकोटा, अनिलकुमार ठाकुर र चन्द्रकुमार घिमिरे सचिव जिम्मेवारीमा रहे ।

खानेपानी मन्त्रालयमा एक वर्षमा ५ सचिव आए । सचिव फेरिँदा बेरुजुको मात्रा बढिरह्यो । मन्त्रालयको बेरुजु ६ अर्ब ४ करोड ४० लाख छ । भीमप्रसाद उपाध्याय, कृष्णराज बीसी (दुई पटक) तथा गजेन्द्रकुमार ठाकुर दोहोरिएर मन्त्रालयको ...


संघीयता कार्यान्वयनको विषय जटिल हो सभामुख ः महरा
प्राविधिक सिपलाई आधुनिकरण गर्न आवश्यक

दिवाकर पोख्रेल
देउखुरी, बैशाख । संघीय सभामुख कृष्णबहादुर महराले संघीयता कार्यान्यनको विषय जटिल भएको बताउनुभएको छ । दाङको राप्ती प्राविधिक शिक्षालयको रजत जयन्ती समारोहको उदघाटन गर्दै सभामुख महराले अप्ठारो र अन्यौताकै विचमा संघीयता कार्यान्यनको सवालमा धेरै काम गरिएको बताउनुभयो । केही अप्ठारो अन्यौता जस्तो देखिन्छ,केही नपुगेको जस्तो पनि देखिन्छ रणनीतिक योजनाका साथ काम पनि भइरहेको छ, महराले भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका संघीय सभामुख महराले मुलुक संघीयतामा गएको तीन बर्षमै धेरै उपलव्धी नदेखिपनि आसादित काम भएको दावी गर्नुभयो । अमेरिकामा संघीयता लागुभएको सयौं बर्ष ...


भेरी-बबई आयोजना सुरुङको ‘ब्रेक थ्रु’ !

सुर्खेत - राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुरुङको ‘ब्रेक थ्रु’ गरेसँगै आयोजनाको सुरुङ निर्माणको काम सकिएको औपचारिक घोषणा भएको हो ।

भेरीगंगा नगरपालिको हात्तिखालदेखि चिप्लेसम्म १२ किलोमिटर २ सय मिटर सुरुङ निर्माणको काम निर्धारित समय भन्दा झण्डै १ बर्ष पहिल्यै सकिएको हो । यसको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुफ कम्पनीले २०७४ साल कात्तिक २० गतेदेखि काम थालेको थियो ।

नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएकाले तोकिएभन्दा पहिल्यै काम सकिएको आयोजनाका प्रमुख ...


मन्त्रीले 'बहिष्कार' गरे प्रधानमन्त्रीको सम्बोधन कार्यक्रम, यस्तो रहेछ कारण !

काठमाडौं - नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरू नै उपस्थित भएनन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित नभएका हुन्।

काठमाडांैमै रहेर पनि गृहमन्त्री थापा, ऊर्जामन्त्री पुन उपस्थित भएनन् भने अन्य मन्त्रीहरू भने काठमाडौंबाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका ...


लुक्ला विमान दुर्घटना : पतिको मृत्युको खबरले पत्नी बेहोस

भोजपुर - ‘सानु, नानीहरूको ख्याल राख्नु। दशैं तिहार मनाइयो। नयाँ साल लागेपछि छुट्टी मिलाएर आउछु’, नेपाल प्रहरीका असइरुद्रबहादुर श्रेष्ठले घरबाट हिड्ने बेलामा जीवनसाथी प्रेमिका शेर्पा श्रेष्ठलाई भनेका थिए। दशैं तिहारको छुट्टी सकेर कार्यक्षेत्रमा फर्कनुअघि पतिले भनेको यो कुरा सम्झँदै भावविह्वल बनेकी प्रेमिका घरीघरी डाँको छाडेर रोइरहेकी छन्।

सोेलुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको जहाज दुर्घटनामा परेर घाइते भई उपचारका लागि लगिएको सुनेपछि भक्कानिन थालेकी उनी पतिको मृत्युको खवर सुनेपछि सम्हालिन नसकेर बेहोस बनेकी हुन्। उनलाई आफन्त र छरछिमेकीले सम्झाउने प्रयास गरिरहेका छन्। जीवनभर साथ दिने ...


कांग्रेसको आरोप : प्रधानमन्त्री ओलीको 'बोलि'का कारण टिभी हेर्ने लाजमर्दो !

काठमाडौं - प्रधानमन्त्री केपी ओलीको पछिल्लो अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ। प्रधानमन्त्री ओलीले आइतबार विपक्षी दल भेला भएर आन्दोलन गर्ने भनेको सुने भन्दै उनीहरूलाई ‘नन्दीभृंगी’को संज्ञा दिएका थिए।

आपत्ति जनाउनकै लागि कांग्रेसले सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेको छ। उक्त अवसरमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीले जथाभावी बोल्न थालेको प्रतिक्रिया दिए। यस्ता आपत्तिजनक अभिव्यक्तिको प्रमुख प्रतिपक्षीले घोर भत्र्सना गर्ने उनले बताए।

कूटनीतिक क्षेत्रमा पनि आफ्नो साख गिराएको धारणा कांग्रेसको समीक्षा छ। छिमेक र शक्ति मुलुकसँग साख गिराउँदै मुलुकलाई थप संकटमा पार्न खोजेकाले सचेत ...


विप्लवको शिक्षक संगठनका केन्द्रीय अध्यक्षलाई पनि जनसेवाश्री पदक

काठमाडौं - ध्वंसात्मक गतिविधि गरेको आरोपमा सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टीको शिक्षक संगठनका केन्द्रीय अध्यक्ष पनि प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन्।

विप्लव नेतृत्वको नेकपा निकट शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई पदक वितरण गरेकी हुन्।

पाठक अध्यक्ष रहेको अखिल नेपाल शिक्षक संगठन नेकपाको आधिकारिक शिक्षक संगठन हो। राजनीतिक दल निकट शिक्षक संगठनका अध्यक्ष भएपनि उनले नेतृत्व गरेको स्कुल भने पढाईमा अब्ब्ल छ। उनी बुटवल उपमहानगरपालिका वडा नम्बर १० स्थित कालिका मानवज्ञान ...


बिस्केट जात्रा रौनक : सिन्दुरले रंगियो भक्तपुर

भत्तपुर - बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् ।

विहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाईएको हो ।

थिमिमा मात्र मनाईने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ । यो जात्रा आज विहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । हिजोदेखि विष्णुवीर र दक्षिण ...


बन्दाबन्दै भत्कियो पुल

गुल्मी - गुल्मीको मुसिकोट नगरपालिकामा बन्दै गरेको पुल भत्किएको छ। शनिबारदेखि ढलान थालिएको पुल आइतबार ढलान गर्दागर्दै भत्किएको हो।

नगरपालिकाको बडागाउँ र वामीटक्सार बजार जोड्ने पुल भत्किएको हाे । पुल भत्किदा ठेकदारसहित पाँचजना मजदुर घाइते भएका छन्। प्रदेश ५ सरकारले विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालय गुल्मीमार्फत् उक्त पुल निर्माण गर्न लागिएको हो।

५८ मिटर लामो पुलकोबीच भागमा पिलर उठाइएको छैन। ओभरलोडका कारण पुल भत्किएको हुन सक्ने मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए। पुल निर्माणका लागि करिब पाँच करोड बजेट विनियोजन गरिएको साविकको जिल्ला प्राविधिक ...


अख्तियारको आक्रामक वर्ष : २०७५ मा क-कसलाई डाम्यो ?

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०७५ मा आक्रामक रह्यो। तर वर्षको अन्त्यअन्त्यतिर भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको संस्थाका पदाधिकारी नै ‘घुसकाण्ड’मा मुछिए। यो घटनाले भने अख्तियारको छविलाई धमिल्याउन खोज्यो।

लोकमानसिंह कार्की प्रवृत्तिबाट जनविश्वास गुमाएको अख्तियारमा घिमिरे प्रमुख आयुक्त भएसँगै आशाको सञ्चार भएको थियो। ठीक त्यति बेलै आयुक्त पाठकले घुस लिएको भिडियो बाहिरियो। नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण, भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख घुस लिएको खुलेपछि पाठक राजीनामा दिन बाध्य भए। अख्तियारले आफ्नै आयुक्त पाठकविरुद्ध मुद्दा दायर ग र्‍यो। यो घटना इतिहासकै नौलो थियो। यता ...


टेलिकमको अफर : ९ रुपैयाँमा ९० मिनेट कल

काठमाडौं - नेपाल टेलिकमले विभिन्न प्याकेजसहित स्प्रिङ अफर उपलब्ध गराएको छ। शनिबारबाट सुरु भएको यो योजना ९० दिनसम्म चल्नेछ। टेलिकमले एक घण्टा अनलिमिटेड प्याक ल्याएको छ।

यस प्याकअन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टीभ भएपछि एक घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित प्रयोग गर्न सक्नेछन्।

यसका अलावा १० मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असीमित भ्वाइस÷डाटा÷एसएमएस प्रयोग गर्न सकिनेछ। अलटाइम डाटा प्याकअन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा अलटाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ। जसमा १२ रुपैयाँदेखि ९९० रुपैयाँसम्मका प्याक उपलब्ध छन्। डे डाटा ...


लुक्ला विमान दुर्घटनामा मृत्यु हुनेकाे संख्या ३ पुग्याे !

काठमाडौं - सोलुखुम्बुको लुक्लामा भएकाे समिट एयरको विमान दुर्घटनामा थप एक जनाकाे मृत्यु भएकाे छ।

नेपाल प्रहरीका अनुसार लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठ घाइते भई उपचारका लागि काठमाडौंतर्फ ल्याइएकोमा थप उपचारको क्रममा मृत्यु भएको हाे। विमानमा रहेका ४ जना यात्रुको अवस्था सकुशल रहेको बताइएकाे छ।

यसअघि दुर्घटनामा २ जनाको मृत्यु भएको साेलुखुम्बुका डिएसपी सालिकराम शर्माले बताएका थिए। दुर्घटनामा विमानका को-पाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको मृत्यु भएको हाे।

विमानका चालककाे अवस्था गम्भीर रहेकाे र उनलाई थप उपचारका लागि ...


लुक्लामा विमान दुर्घटना : २ जनाको मृत्यु, ३ घाइते !

काठमाडौं - सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुर्घटनामा परेको छ । लुक्ला विमानस्थलमा समिट एयरको ‘एल १०’ कलसाइनको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ।

लुक्काबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको  विमान दुर्घटनामा परेको हो । चिप्लिएर मनाङ एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

विमानको ठक्करबाट मनाङ एयर र श्री एयर हेलिकोप्टरमा क्षति पुगेको छ । 

लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा ...


लुक्लामा समीट एयरको विमान दुर्घटना

काठमाडौं - सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुर्घटनामा परेको छ । लुक्ला विमानस्थलमा समिट एयरको ‘एल १०’ कलसाइनको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ।

लुक्काबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको  विमान दुर्घटनामा परेको हो । चिप्लिएर मनाङ एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

विमानको ठक्करबाट मनाङ एयर र श्री एयर हेलिकोप्टरमा क्षति पुगेको छ । 

लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा ...


देशका लागि यो दुर्लभ समय : ६२.६८% सक्रिय जनसंख्या देश निर्माणमा प्रयोग हुन्छ कि खेर जान्छ ?
नौ वर्षपछि नेपाल प्रौढ र ३५ वर्षपछि वृद्धहरूको देशमा प्रवेश गर्नेछ

काठमाडौँ - उत्पादनशीलभन्दा आश्रित जनसंख्या थोरै भएको यो अवस्था न इतिहासमा थियो, न भविष्यमा रहनेछ । उत्पादनशील अथवा १५ देखि ६४ वर्ष उमेरसमूहको जनसंख्या अहिले ६२.६८ प्रतिशत पुगेको छ । आश्रितभन्दा उत्पादनशील जनसंख्या धेरै भएको यो दुर्लभ समय देश निर्माणमा प्रयोग हुन्छ कि खेर जान्छ ? गम्भीर चासो र अविलम्ब पहलको आवश्यकता छ ।

सक्रिय जनसंख्या (काम गर्ने उमेर समूह) लाई देश विकासको आधार मानिन्छ । १५ देखि ६४ वर्ष उमेर समूहको यो जनसंख्या अधिक हुँदा देशले जनसांख्यिक लाभमार्फत विकासमा फड्को मार्ने संसारभरको अनुभव छ । नेपालमा यस्तो जनसांख्यिक लाभको अवसर ...


आदित्यमा विनास्रोतको ज्ञानको भण्डार : प्रधानमन्त्री ओली

काठमाडौं - बालगुरु आदित्यले तयार पारेको खाकाको आधारमा काठमाडौंस्थित गौरीघाटमा बनाइएको शिवमन्दिरको शनिबार प्राणप्रतिष्ठा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय पुस्पकमल दाहाल र शेरबहादुर देउवाको उपस्थितिमा सो मन्दिरको प्राणप्रतिष्ठा गरिएको हो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बालगुरु आदित्यको असाधारण क्षमताको प्रशंसासमेत गरेका छन्। बालज्ञानी आदित्यको सुस्वास्थ्यको कामना गर्दै उनले भने, ‘लेखेर मात्रै सन्देश दिने नभई वाचन गरेर सन्देश दिने क्षमताको पनि विकास होस् भन्ने कामना गर्दछु, उहाँका हातले सरर महŒवपूर्ण ग्रन्थहरू लेख्न सकून्।’

ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य छ, स्रोतविना ज्ञान प्राप्त हुँदैन तर आदित्यमा विनास्रोतको ज्ञान ...


नयाँ वर्ष २०७६ प्रारम्भ, सबै नेपालीमा प्रगति-उन्नति तथा समृद्धिको कामना !

काठमाडौं - आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्षको अवसरमा बिभिन्न स्थानमा घुम्न जाने,पिकनिक खान जाने, र मन्दिरमा पूगेर पूजा गर्ने नेपालीहरुको प्रचलन छ । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता ःअसफलता मूल्यांकन गरी नयाँ योजनाको संकल्प गर्दछन् ।

यस अवसरमा आज बिहानै स्नान गर्ने, घर,आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा ...


कब्जा गरिएका सरकारी जग्गा फिर्ता गराइन्छ : प्रधानमन्त्री ओली

काठमाडाैँ - प्रधानमन्त्री केपी शर्मा ओलीले कब्जा गरिएका सरकारी जग्गा फिर्ता गराइने बताएका छन्। नयाँ वर्ष २०७६ को अवसरमा आइतबार बालुवाटार परिसरबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गएको वर्ष भ्रष्टाचार र बेतिथिविरुद्दको अभियानको वर्ष रहेको बताए।

उनले प्रश्न गर्दै भने, 'यस अघि कुनै उच्च ओहोदामा बस्ने मान्छे छानविनको दायरामा आएका थिए? शंकाको घेरमा परेका र विगतमा अवाञ्छनिय काममा संलग्नहरु अहिले किन छट्पटाएका छन्?' 'घर जग्गा कारोबार होस वा संगठित तस्करी, अवाञ्छित कामको छानबिन जारी छ। जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरु धमाधम फिर्ता गरिँदैछ र ...


भ्रमणमा निस्किएकाे बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, ३१ घाइते

सर्लाही - पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। साेही दुर्घटनामा परी ३१ जना घाइतेसमेत भएका छन्।

काठमाण्डौंबाट पुर्वतर्फ जाँदै गरेको बा.३.ख १३१८ नम्वरको बस पल्टिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएकाे छ। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिँएको हो।

दुर्घटनामा ज्यान गुमाएका सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको ज्यान गएको हो।

दुर्घटना परी ३१ घाइते भएकामध्ये ४ जना अवस्था गम्भीर रहेकाेलेथप ...


ज्योतिषशास्त्र अनुसार नेपालका लागि यस्तो छ नयाँ वर्ष !

काठमाडौ - ज्योतिष शास्त्रको बारेमा चर्चा गर्दा मानिसको बारेमा भन्दा लग्न र राशिमा ध्यान दिनु पर्दछ भने नववर्षको वारेमा भन्दा त्यस वर्षको राजा, मन्त्री र वर्षारम्भको समयमा गठित ग्रह र वर्ष प्रवेश लग्न लाई समन्वय गरी बताउने हो । यो वर्षको संवतसरको नाम परिधावी हो । वर्षारम्भमा ग्रह गठन विधि यस प्रकार रहने छ–राजामा शनि र मन्त्रीको जिम्मेवारी सूर्यले पाएका छन् । यो गत वर्षको विपरित छ । अन्य ग्रहरुले विविध जिम्वेवारी पाएका छन् । आ–आफ्ना जिम्वेवारीमा ग्रहहरु निर्विवाद अघि बढ्ने छन् । जसअनुसार सूर्य ...


धरानमा ३ वटा सवारी एकआपसमा ठोक्किदा तिन जनाको मृत्यु, १२ घाइते

धरान - २०७५ सुनसरीको धरानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गएराति साढे ११ बजे धरान प्रवेश गर्ने तीनकुने नजिक तीन वटा सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको हो । धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उरिक्षक सुमन तिम्सिनाका अनुसार मृत्यु हुनेमा कारमा सवार पाँचथर याशोक ३ बस्ने २८ वर्षीय मदन लावती लिम्बु, मोरङको केराबारी–९ बस्ने २७ वर्षीय अनिल श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका ४ बस्ने २७ वर्षीय जनक बुढाथोकी रहेका छन् ।

१२ जना घाइते भएका छन् । सोही दिशामा रहेको बा ...


यस्ता छन् २०७५ सालका चर्चित घटनाक्रमहरु !

काठमाडौं - २०७५ साल समाप्त भएर नयाँ वर्ष आगमन हुँदैछ । फर्केर हेर्दा, वर्ष ०७५ मिश्रित रह्यो । राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक क्षेत्रमा केही राम्रा काम भए केही काम निकै विवादित बने । अपराधका ठूला घटना पनि भए ।

डा. सीके मूलधारमा, विप्लवमाथि प्रतिबन्ध
२४ फागुनमा सरकारले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग ११ बुँदे सहमति गर्यो । स्वतन्त्र मधेसको मागसहित देश नै टुक्र्याउने अभियानमा लागेका राउतसँग भएको सो सहमतिसँगै उनको समूह मूलधारमा आएको घोषणा गरियो । राउतसँगको सहमति भएको चार दिनपछि सरकारले २८ फागुनमा ...


भोलिदेखि बागमतीमा व्यावसायिक रुपमा ठूलो डुङ्गा चल्ने !

काठमाडौं - सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट ठूलो डुङ्गा सञ्चालन हुने भएको छ । विसं २०७६ वैशाख १ गतेबाट सञ्चालन हुने गरी रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन गर्न लागिएको हो ।

मकवानपुरबाट प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको पहलमा जलमार्ग निर्माण भएको र वैशाख १ गतेबाट ११ सिट क्षमताको मोटरबोट सञ्चालन हुने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए । तत्काल भाडामा ल्याइएको मोटरबोट सञ्चालन हुने र पछि केन्द्र तथा प्रदेश ...


अब प्रदेश सरकारको बिदामा केन्द्र मातहतका कार्यालय पनि बन्द हुने

काठमाडौं - प्रदेश सरकारले दिएको सार्वजनिक बिदा केन्द्र सरकार मातहतका कार्यालयलाई पनि लागू हुने भएको छ। सरकारले प्रदेश सरकारले दिएको बिदा केन्द्र सरकार मातहतका कार्यालयलाई पनि लागू हुने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न गरिएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यसअघि केन्द्र सरकारले दिएको बिदा केन्द्र मातहतका कार्यालयलाई मात्र लागू हुने भएको भए पनि अब केन्द्र मातहतका कार्यालयमा पनि लागू हुने बताए।

यस्तै मन्त्री बाँस्कोटाले समायोजनमा चित्त नबुझाएका डाक्टरहरुलाई हड्ताल नगर्न आग्रह गरेका छन्। उनले हड्ताल गर्दा डाक्टरहरुले आफ्नो मर्यादा रहन्छ कि रहँदैन ...


मलद्वारमा ३ किलो सुन लुकाएर ल्याउने चिनियाँ नागरिक पक्राउ

बिर्तामोड - मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। उनीहरुबाट ३ किलो ३०० ग्राम सुन बरामद भएको विमानस्थलका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

बिहीबार अपरान्ह ४ बजे एयरपोर्टमा उत्रिएका चिन फुजियानका झ्यांग जिआंग, गान्सुका माओ इन्गुआ र गान्सुकै माओ फुमिंगबाट उक्त सुन बरामत भएको उपरीक्षक कोइरालाले बताए। भन्सारको एक्स–रे मेसिनमा उनीहरुको पेटमा केही धातु रहेको देखिएपछि पानी खुवाएर दिसा गर्न लगाउँदा ३ किलो ३०० ग्राम सुन बरामद भएको कोइरालाको भनाइ छ।

पानी खुवाएको आधा घण्टापछि दिसा मार्फत सुन निक्लिएको ...


'महासचिबज्युले किनेको जग्गा नक्कली परेछ, उहाँ अपराधी होइन, पीडित हो’ : संचारमन्त्री बाँस्कोटा

काठमाडौं - सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल नै भूमाफियाबाट ठगिएको बताएका छन्। सरकारको नियमित पत्रकार सम्मेलनमा बिहीबार सञ्चार मन्त्री बास्कोटाले बालुवाटारस्थित ललितानिवास हडप्नेलाई सरकारले कुनै पनि हालतमा उन्मुक्ति नदिने बताउँदै पार्टीका महासचिव नै ठगिएको दाबी गरे।

‘उहाँ (पौडेल) आफैंले किनेको जग्गा नै नक्कली परेछ। उहाँ अपराधी होइन, पीडित हो’, मन्त्री बास्कोटाले भने, ‘सरकारी जग्गा खरिदमा उहाँ (पौडेल) को संलग्नता छैन। त्यहाँ अरू नै संलग्न छन्। सरकारले जग्गा रोक्का गरिसकेको छ। सरकारी सम्पत्तिको रक्षा गर्ने जिम्मा ...


'संघियता अभ्यास गाडी सिक्दा सिकारुले ब्रेक र एक्सिलेटरमा झुक्किए जस्तो' : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ५५ प्रतिशत पु¥याउन आग्रह गरेका छन्। २०४६ सालको राजनीतिक परिवर्तनपछिका सबै सरकारले मुलुकको विकासमा निजी क्षेत्रको महत्वलाई उजागर गर्दै आएका छन्। तर कुनै पनि सरकार निजी क्षेत्रमैत्री हुन सकेका छैनन्। नेपाल उद्योग वाणिज्य महासंघको ५३औं साधारणसभा उद्घाटन सत्रमा प्रधानमन्त्रीले सरकार सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सहकार्य गरेर अघि बढ्न हतारोमा रहेको बताए। ‘हामी पिपिपी मोडलमा काम गर्न तयार छौं,’ ओलीले भने, ‘अर्थतन्त्रमा सकेसम्म धेरै हिस्सा निजी क्षेत्रको हुनुपर्छ भन्ने मान्यता यो सरकारको छ।’

उनले विगतमा भन्दा ...


सेनाका लागि हतियार अब स्वदेशमै बनाइने !

काठमाडौं - नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ। प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो। नीतिमा सेना र प्रहरीको क्षमता र व्यावसायिकता वृद्धि गर्ने व्यवस्था छ। सरकारले स्वीकृत गरिसकेको सुरक्षा नीति कार्यान्वयन गर्न छलफल भइरहेको छ।

सुरक्षा निकायको पुनःसंरचना गर्ने व्यवस्था नीतिमा छ। पुनःसंरचना गर्दा जनसंख्या, भौगोलिक जटिलता र भूराजनीतिलाई ध्यान दिइनेछ।

तत्कालीन राजा वीरेन्द्रले नेपालमै अत्याधुनिक हतियार प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएका थिए। यसका लागि उनले जर्मनीसँग सहकार्य अघि बढाएका थिए। उनले ...


फिलिपिन्समा फेला पर्‍यो अर्को मानव प्रजाति !

एजेन्सी - विश्वमा अहिलेसम्म फेला परेका मानवका विभिन्न प्रजातिमा एउटा अर्को नाम थपिएको छ। नयाँ मानव प्रजातिको अवशेष फिलिपिन्सको एउटा गुफामा फेला परेको हो।

लुप्त भइसकेको यो प्रजातिको अवशेष फिलिपिन्सको सबैभन्दा ठूलो टापु लुजोनमा फेला परेको हो। लुजोन टापुमा भेटिएकाले यो मानव प्रजातिको नाम होमो लुजोनेन्सिस राखिएको छ।होमो लुजोनेन्सिस प्रजातिको शारीरिक विशेषतामध्ये केही अन्य प्राचीन मानव प्रजाति र अहिलेको होमो सेपियन्ससँग मिल्दोजुल्दो छ।

यो प्रजाति अफ्रिकाका प्राचीन मानव प्रजातिसँग सम्बन्धित हुन सक्ने अनुमान छ। उनीहरू कालान्तरमा अफ्रिकाबाट दक्षिणपूर्वी एसियामा बसोबास गरेको हुनसक्ने अनुमान छ। होमो लुजोनेन्सिसका अवशेष ...


सर्वसाधारणको ८ करोडभन्दा बढी रकम लिएर सहकारीका संचालक फरार

वीरगन्ज - वीरगन्जको लिंकरोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक बचकर्ताको करोडौं रकम लिएर फरार भएका छन्। सहकारी संस्थामा १ हजार ५ सय भन्दा बढी शेयर सदस्य छन्।उनीहरुले बचत गरेको करिब ८ करोड भन्दा बढी रकम लिएर संचालक फरार भएका हुन्।

संचालक समितिका अध्यक्ष राजेश पटेलसहित सबै १४ जना संचालक संस्थाको कार्यालयमा ताल्चा लगाएर विगत एक हप्ता देखि फरार भएको बचकर्ताले बताएका छन्। वीरगन्ज जेसीसका पूर्वअध्यक्ष एवं जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका कोषाध्यक्ष समेत रहेका सहकारी संस्थाका अध्यक्ष राजेश पटेलसहित संस्थाको ...


डोजरले बाटो खनेको हेर्दा हेर्दै रुखले च्यापेर एक जनाको ज्यान गयो !

नुवाकोट - नुवाकोटको पूर्वी भेगमा रहेको तलाखुमा स्काभेटरले बाटो खनेको हेर्दा स्थानीय एक युवकको ज्यान गएको छ। सदरमकुाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका-१ तलाखुमा जेसिबि स्काभेटरले बाटो खनेको हेर्ने क्रममा रुखले च्यापेर ३७ वर्षीय सानुकान्छा तामाङको मृत्यु भएको जिल्ला प्रह्री कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए।

बाटो खनेको हेरिरहेका बेला ढलेको रुखले च्यापी गम्भीर घाइते तामाङलाई उपचारका लागि काठमाडौ लैजादै गर्दा बुधबार राति बाटोमै मृत्यु भएको उनले जानकारी दिए।

...

नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध

काठमाडौं - सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिए ।

पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले यो अनलाइन खेलको उत्पादन गरेको हो ।

...

पूर्वराजा ज्ञानेन्द्रको गाडीले ठक्कर दिँदा एकको मृत्यु, एक घाइते !

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते भएका छन्।

बा ३ च ७९६२ नम्बरको गाडीले मोरङस्थित सुन्दरहरैंचा नगरपालिका विराटचोकमा ठक्कर दिँदा २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो। गाडीको ठक्करबाट प्रकाश चौधरी घाइते भएका छन्।

शशस्त्र प्रहरीका जवान दीपेन्द्रप्रसाद लम्सालले गाडी चलाएको बताइएको छ। मोटरसाइकलमा सवारलाई पूर्व राजाको गाडीले ठक्कर दिएको थियो।

उक्त गाडीमा पूर्व राजा भने थिएनन्। शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्कने क्रममा गएराती घटना भएको थियो।

...

जुगल हिमालमा आरोहण गर्ने 'फर्स्ट टिम' बन्यो माया गुरुङको टोली !

काठमाडौं - सिन्धुपाल्चोकमा रहेको जुगल हिमालमा पहिलो पटक सफल आरोहण भएको छ । यही चैत १५ गते हिंडेको माया गुरुङ नेतृत्वको टोलीले आज साझ ५ः२० मा पहिलो पटक मानव पाइला राख्न सफल भएको हो ।

टोलीमा गुरुङसँगै, सर्मिला थापा र मिलन तामाङले आज साँझ सफल आरोहण गरेको जुगल गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष दिलकुमार लामाले महिलान्यूजलाई जानकारी दिनुभयो । टोलीमा ५ जना गए पनि दुई जना बीच बाटै फर्किएको पनि लामाले बताउनुभयो ।

६ हजार १५१ मिटर उचाइमा रहेको यो हिमालमा हालसम्म आरोहण बन्द रहेको थियो ...


गुल्मीमा जीप दुर्घटना हुँदा पूर्व सांसदसहित दुईजनाको मृत्यु, ८ घाइते !

गुल्मी - गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिका १ को चैन डाँडामा दुर्घटना बिहान धुर्कोट गाउँपालिका ५ का नेपाली काँग्रेसका पूर्व सांसद ६५ वर्षका रुद्रमणी शर्मा भण्डारी र मालिका गाउँपालिका १ का ८ वर्षका वस्कर विश्वकर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिए ।

घाइते ४ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ भने ४ जनालाई गुल्मी अस्पताल तम्घास लगिएको छ । मालिका गाउँपालिकाको दर्लिङ्गबाट सदरमुकाम तम्घासका लागि छुटेको लु ...


वैदेशिक रोजगार विभागको महानिर्देशकमा डा. भीष्मकुमार भुसाल

काठमाण्डौ - वैदेशिक रोजगार विभागको महानिर्देशकमा डाक्टर भीष्मकुमार भुसाल नियुक्त भएका छन् ।

गएको साउन पहिलो हप्ता महानिर्देशकको जिम्मेवारी सम्हालेका दिलिप चापागाईंले उमेर हदका कारण अवकास पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भुसाललाई महानिर्देशकमा नियुक्त गरेको हो ।

वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, पुनःनिर्माण प्राधिकरणको उपसचिवका रुपमा पनि काम गरेका भुसाललाई मन्त्रालयले विभागको महानिर्देशक नियुक्त गरेको हो ।
विभागका नवनियुक्त महानिर्देशक भुसालले आफ्नो कार्यकालमा वैदेशिक रोजगारीका क्रममा ठगिएका र दुःख पाएकाहरुको दुःखमा मल्हम लगाउने प्रतिबद्धता जनाएका छन् । उनले अब आफुले ठगिएका र दुःख पाएकाहरुका ...


हिमाल देखि तराइसम्म ४५ वटा नयाँ सहर बनाउने तयारी (कहाँ-कहाँ सुचिसहित) !

काठमाडौँ - सहरी विकास मन्त्रालयले देशका विभिन्न स्थानमा ४५ वटा नयाँ सहर निर्माण गर्ने भएको छ । मन्त्रालयले २७ वटा नयाँ सहर, १३ वटा स्मार्ट सिटी र ५ वटा हिमाली सहरका रूपमा विकास गरिने भएको हो । सहरी विकास तथा भवन निर्माणअन्तर्गत सहरी विकास आयोजनाले सहरहरू निर्माण गर्न अध्यनय कार्य अगाडि बढाएको छ ।

२७ वटा नयाँ सहरमध्ये मध्य पहाडी लोकमार्गमा अवस्थित १२ वटा सहरको अध्ययन सकिएको आयोजना प्रमुख किशोर लाल महाजुले बताए । त्यस्तै, हुलाकी लोकर्मागमा अवस्थित १० नयाँ सहर, तराई मधेस अवस्थित ५ नयाँ सहर, १३ वटा स्मार्ट ...


सरकारको अनुमति लिएर क्रिस्चियन धर्म प्रचार, यी हुन् सक्रिय आईएनजीओहरु !

काठमाडौं - सरकारको अनुमतिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन्। राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ। समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायतलगायत आईएनजीओले समाजकल्याण परिषद्बाट स्वीकृति लिई क्रिस्चियन धर्म प्रचार गरिरहेका छन्।

यसबारे लेखा समितिअन्तर्गतको उपसमितिले समाजकल्याण परिषद्, प्रमुख जिल्ला अधिकारी र सम्बन्धित मन्त्रालयसँग जबाफ माग्ने भएको छ। ती संस्थाले करोडौं रुपैयाँ खर्च गरी धर्म प्रचार गरिरहेको दाबी उपसमितिको छ। ‘क्रिस्चियन धर्म प्रचार गर्न संस्थालाई ...


राप्रपाबाट सांसद लिंङदेनलाई ज्यान मार्ने धम्की दिने को हुन् ?

काठमाडौं - झापाबाट निर्वाचित संघीय सांसद राजेन्द्र लिंङदेनलाई मार्न भन्दै ५० लाखको सुपारी दिएको म्यासेज पठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्यानपावर एजेन्ट बनेर काम गर्दै आएका झापाका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकायलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। झापाको क्षेत्र नं ३ बाट प्रतिनीधि सभामा निर्वाचित भएका लिङदेनले सोमबार राती आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई मार्न कोही कसैले ५० लाख खर्च गरिसकेको आशय व्यक्त गरेपछि उनलाई म्यासेज पठाउने व्यक्ति पक्राउ परिसकेको खुलेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता एसपी उमाप्रसाद चर्तुर्वेदी ...


स्पेनको म्याड्रिडमा नेपालको जस्तै लुम्बिनी बनाइने !

काठमाडौं - स्पेनको म्याड्रिड सहरमा नेपालको जस्तै लुम्बिनी बन्ने भएको छ। लुम्बिनी संस्कृति नगरपालिकाका मेयर मनमोहन चौधरीले त्यहाँ बुद्ध पार्कसहित लुम्बनी बनाउनका लागि म्याड्रिड नगरपालिकासँग सम्झौता गरेका छन्।

स्पेनमा रहेका नेपाली एकराज गिरीको योजना र बेल्जियममा रहेका गोविन्द सुवेदीको पहलमा बुद्धपार्क बनाउन लागिएको हो। सो नगरपालिकाका मेयर मनमोहन चौधरीले स्पेनको म्याड्रिडमा बौद्ध पार्क बनाउने विषयमा सम्झौता भएको बताए। उनका अनुसार त्यहाँ रहेका नेपालीहरूले बुद्धपार्क बनाउन म्याड्रिड नगरपालिकालाई जग्गा उपलब्ध गराउन गरेको अनुरोध स्कीकार गर्दे बुद्ध पार्क बनाउने बारेमा सम्झौता गरेको बताए।

‘त्यहाँको नगरपालिका र हाम्रो नगरपालिकाबीच भगिनी ...


यी हुन् सरकारी जग्गा हडप्ने ठूलाबडा !

काठमाडौं - मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ।

व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेको पाइएको छ। सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय थप पेचिलो बनेको छ। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलका छोरा नवीनको नाममा ललितानिवास परिसरमा जग्गा छ। मालपोत कार्यालय डिल्लीबजारका अनुसार ललितानिवासको जग्गा महासचिव पौडेलले छोरा नवीनका नाममा किनेका हुन्। पौडेल तत्कालीन एमाले ...


अपहरणमा परेका लामाको प्रहरीद्वारा सकुशल उद्धार, चार जना अपहरणकारी पक्राउ !

भक्तपुर - महानगरीय प्रहरी वृत्त थिमीले अपहरणमा परेका एक युवाको सकुशल उद्धार गरी अपहरणमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-७, वागेश्वरीका २३ वर्षीय विकास लामा, काठमाण्डौ महानगरपालिका-६, बौद्ध चावहिलका २९ वर्षीय रमेश लामा, काठमाण्डौ महानगरपालिका-१, कपन चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठ र झापा बुधबार ३ घर भइ हाल काठमाण्डौ महानगरपालिका १५ डल्लु बस्ने ३३ वर्षीय विकास थापा रहेको प्रहरी वृत्त जगातेका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो ।

चार जनाको यस टोलीले भक्तपुरको चाँचुनारायण नगरपालिका-९, ताथली हलाल ...


तिन महिना भित्र एनसेलसंग लाभकर उठाउन सरकारलाई सर्वोच्चको आदेश ! लाभांस वितरण र शेयर बिक्रीमा रोक !

काठमाडौं- सर्वोच्च अदालतले एनसेल लाभकरका सम्बन्धमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै तीन महिनाभित्र सम्पूर्ण लाभकर उठाउन ठुला करदाता कार्यालयलाई आदेश गरेको छ।

एनसेल लाभकर सम्बन्धी मुद्दामा मंगलबार पूर्णापाठ सार्वजनिक गर्दै तीन महिनाभित्र एनसेलसँग बिक्रीबापतको लाभकरको कानूनबमोजिम असुल उपर गर्न आदेश गरेको हो। सर्वोच्चले लाभांस वितरण र शेयर बिक्रीको अनुमति दिन पनि रोक लगाएको छ।

सर्वोच्च अदातलले जारी गरेको पूर्णपाठमा आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत विपक्षीहरुलाई दिई मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दायरीको लगत कट्टा गरिदिन समेत भनिएको छ।

सर्वोच्चको पूर्णपाठमा भनिएको छ, ‘एनसेलले मिति २०७३ बैशाख २६ गते र ...


बारामा आएको असिना सहितको आँधीले प्रहरी पोस्टको छानो उडायो, ठुलो मात्रामा कृषि बालि नष्ट !

बारा - भिषण हावाहुरी आएर सर्बनास पारेको दुई सातामै बारामा पुन असिनापानी सहितको हावाहुरी आएको छ । ठुलो मात्रामा परेको असिनापानी सहितको हावाहुरीले जारी एसईई परिक्षा समेत प्रभावित बनेको छ । हावाहुरीले सिमरा उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ ।

करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाएको छ । हुरीले उपमहानगरपालिकाको गहुँ, मकै, तरकारीलगायत बालीमा क्षति पुर्याउनुका साथै सिमरा एफएमको टावरसमेत उडाएको छ । कतिपय स्थानमा हुरीले रुख समेत ढालिदिएको छ । घरको छतमा राखिएका सोलार प्यानल पनि हुरीले उडाएको छ ।

हुरीले ...


विप्लबद्वारा चरणबद्ध आन्दोलनको घोषणा, वैशाख ५ गते नेपाल बन्द !

काठमाडौं - सरकारद्वारा प्रतिवन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारको प्रतिबन्धबिरुद्ध चरणबद्ध विरोध कार्यक्रम घोषणा गरेको छ।

पार्टीको महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन्।

सरकारको लगाएको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजी गरेको बताएका छन्।

विप्लवद्वारा जारी विज्ञप्तिमा, चैत्र २६ देखि २९ गतेसम्म प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर गर्ने, वैशाख २ गते कोण सभा, वैशाख ३ गते अन्तरक्रिया, वैशाख ...


प्रधानमन्त्री ओलीविरुद्ध विराटनगरमा नाराबाजी !

विराटनगर - जन्मसिद्ध नागरिकता प्राप्त गरेकाहरुको सन्तानलाई वंशजको नागरिकता वितरणमा सर्वोच्चले रोक लगाएपछि विराटनगरका युवाहरु आन्दोलित बनेका छन् ।

उनीहरुले मंगलबार दिउँसो विराटनगरको महेन्द्र चौकमा नागरिकता वितरणमा रोक लगाएको भन्दै प्रधानमन्त्री केपी ओलीबिरुद्ध नाराबाजी गर्दै प्रर्दशन गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे र सुनसरीका सहायक सिडओ ध्रुवबहादुर खडकाले सर्वाच्चको आदेशपछि मंगलबारदेखी अर्को परिपत्र नआएसम्मका लागि नागरिकता वितरण रोकिएको बताए ।

जिल्ला प्रशासन कार्यालय विराटनगर अगाडि भेला भएर नाराबाजी गर्दै गरेका व्यक्तिहरूलाई प्रहरी र प्रशासनले सम्झाएर पठाएको थियो । तर ...


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा

भैरहवा - भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकाे अन्तिम चरणकाे काम तीव्र रुपमा भइरहेको छ। ४ तहसम्म निर्माण हुने धावनमार्गकाे कालाेपत्रे गर्ने काम अब अन्तिम चरण मात्रै बाँकि छ।

चौथो तहको कालोपत्रे गर्ने काम पनि गत सातादेखि सुरु भएको थियो। यसबीचमा वर्षा तथा हावाहुरीका कारण कालाेपत्रे गर्न समस्या भएकाे आयोजनाले जनाएको छ। धावनमार्ग ३ किलोमिटर लम्बाईको छ। अन्तिम सतहको कालोपत्रे साढे ७ सेन्टिमिटरको हुनेछ।

धावनमार्गको अन्तिम चरणको कामसँगै 'ट्याक्सी वे' पनि कालोपत्रे गरिने विमानस्थलका आयोजना प्रमुख इ प्रवेश अधिकारीले जानकारी दिए। 'धावनमार्गमा कालाेपत्रेकाे कामसँगै ट्याक्सी वे ...


'विप्लव' समूहलाई राजनीतिक मुलधारमा ल्याउने प्रयास जारी छ : गृहमन्त्री

पोखरा - गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधानअनुरुप भएको बताएका छन्।

गण्डकी प्रदेशमा शनिबारदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा यहाँ आएका गृहमन्त्री थापाले आज आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताए।

संसद्‌मा नागरिकतासम्बन्धी विधेयक छलफलका क्रममा रहे पनि अधिवेशन रोकिएका कारण तत्कालीन समस्या समाधान गर्न मन्त्रालयले परिपत्र गरेको स्पष्ट पार्दै उनले सर्वोच्च अदालतको आदेशका साथै संविधानमा व्यवस्था भएका कारण यसमा शंका गर्नुपर्ने अवस्था नरहेको जिकिर ...


बागलुङमा लोकमार्ग विस्तार तिब्र, सडक क्षेत्रका घर टहरा हटाइदै !

बलेवा - मध्यपहाडी लोकमार्गलाई विस्तार गर्ने क्रममा बागलुङ बजारमा पर्ने घर टहरा हटाउने काम शुरु गरिएको छ। लोकमार्गले तोकिएको मापदण्डविपरित बनेका घर टहरालाई हटाउने काम शुरु गरेको हो।

बागलुङ–पोखरा खण्ड अन्तर्गत बागलुङ नगरपालिका–१ र २ का घर टहरा भत्काएर सडक चौडा पार्न दुवै वडाकार्यालयले सात दिने सूचना समेत जारी गरेका छन्।

हाल बाङगेचउरदेखि सोझै उपल्लाचौर पुग्ने गरी लोकमार्गको रेखाङ्कन भए पनि बजार प्रवेशको बाटो समेत चौडा बनाउन पर्ने भएकोले काम थालिएको वडा नं–२ का अध्यक्ष जीवन आचार्यले बताए।

चौडा पारिएको सडक कम्तीमा १० मिटरमा कालोपत्रे गर्ने योजना छ ...


सुदुरपश्चिम विश्वविद्यालय तिन महिनादेखि पदाधिकारीविहीन

कञ्चनपुर - सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तीन महिनादेखि पदाधिकारीविहीन अवस्थामा रहेको छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठ र रजिष्ट्रार प्राध्यापक डा. द्विजराज भट्टलाई पदमा रहेर काम नगर्न कुलपतिले पत्र पठाएपछि विश्वविद्यालय पदाधिकारीविहीन बनेको हो।

पदीय मर्यादाविपरीत काम गरेको भन्दै गत पुस २६ गते कुलपतिको कार्यालयबाट उपकुलपति र रजिष्ट्रारलाई पदमा रहेर काम नगर्न उल्लेख गर्दै पत्र पठाइएको थियो।

तीन महीना भइसक्दासमेत सरकारले निणय गर्न नसक्दा विश्वविद्यालय पदाधिकारीविहीन अवस्थामा पुगेको विश्वविद्यालयका प्रवक्ता तथा सूचना प्रमुख गोविन्दबल्लभ पन्तले बताए।

उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्ट विश्वविद्यालयमा नियुक्ति पाएदेखि नै कार्यस्थल केन्द्रीय कार्यालय महेन्द्रनगरमा नबसी ...


उपत्यकाभित्रका फुटपाथ पसल हटाउँदै प्रहरी !

काठमाडौं - ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि विभिन्न निकायको सहकार्यमा उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हालै लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत जथाभावी हुने सडक फुटपाथ अतिक्रमण हटाउने भएको हो।

महाशाखाले विभिन्न निकायको सहकार्यमा उपत्यकाको पुरानो वानेश्वरदेखि सिनामङ्गलसम्म, पिङ्गलास्थानदेखि गौशाला चोकसम्म, कोटेश्वर वरीपरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, त्रिपुरेश्वरदेखि कलङ्कीसम्म, चावहिलदेखि जोरपाटीसम्म, थापाथलीदेखि लगनखेलसम्मका फुटपाथ पसल तथा पार्किङ हटाउन लागेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन यही चैत २१ गतेदेखि ...


बिस हजार कर्मचारीको माग गर्दै लोकसेवा आयोग !

पर्सा- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार चाँडै २० हजार कर्मचारी भर्नाका लागि लोकसेवा आयोग खुला गर्ने तयारीमा रहेको बताएका छन्। कर्मचारी समायोजन समाप्त भएपछि मुलुकमा कर्मचारीको ठूलो अभाव देखिएकाले पहिलो चरणमा लोक सेवामार्फत उक्त परिमाणमा कर्मचारी भर्ना गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

नेपाल प्रजापति (कुम्भकार) सङ्घको आज वीरगञ्जमा आयोजित सातौँ राष्ट्रिय महाधिवेशको उद्घाटन गर्दै मन्त्री पण्डितले सरकारले कर्मचारी भर्नाका लागि खुला गर्न लागेको लोक सेवा आयोग परीक्षाको तयारीमा जुट्न युवालाई आह्वानसमेत गरे। उनले मुलुकमा रहेको गरीबी, अशिक्षा र पछौटेपना अन्त्य गर्न सरकार ...


हिमाल आरोहण गर्न ४६ आरोही समूहले पाए अनुमति, २५ करोड रोयल्टी संकलन !

काठमाडौँ - यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन्। ४६ आरोही समूहका १९३ आरोहीबाट आजसम्म रु २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ।

सो मध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै रु २३ करोड ९२ लाख ५७५ रोयल्टी उठेको छ।

सगरमाथा आरोहणका लागि १९ आरोही समूहका १९३ आरोही गएका छन्। सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम गन्तव्यतर्फ लागेका विभागले जनाएको छ। कञ्चनजङ्गा र ल्होत्सेका लागि समान चार र अन्नपूर्ण तथा अमादब्लममा समान दुई आरोही ...


आकाशमा कालो बादल देख्नासाथै तर्सिन्छन् हावाहुरी पीडित !

वीरगन्ज- आकाशमा कालो बादल लागेको छ। मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने संकेतले स्थानीय डराउन थाल्छन्। जिउ सिरिंग हुन्छ। मनभित्र त्रासका कारण शंकाउपशंका उब्जन थाल्छ।

यस्तै त्रासको दैनिकी भोगिरहेछन् इजहार मियाँ।

'आइतबार साँझ सुरुमा आकाशमा यस्तै कालो बादल लागेको थियो। केही समयको अन्तरालमा आएको विनाशकारी हावाहुरीले विनाशलीला देखाएर श्रीमती, बुहारी र दुई नातिको ज्यान लिएर गयो,' ६५ वर्षीय मियाँ उनी विलौना पोख्छन्, 'फेरि मौसममा परिर्वतन देख्दा आइतबारको कहालीलाग्दो रातले भयभीत।त छु।'

ठूलो आवाज र गर्जनसहित आएको सो दुई वटा चक्रवात आफ्नो घर अगाडि एकआपसमा जुधेको उनी बताउँछन्। ...


आज उपत्यकाको मौसम  दिनभर खराब हुने

काठमाडौं - देशको पश्चिमी भेगबाट मध्य र पूर्वी भेगतिर अहिले आइरहेको वायुले गर्दा संघीय राजधानी काठमाडौं र पूर्वी भागमा आज दिनभरी मौसम खराब हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मिनकुमार अर्यालले शुक्रबार बिहान दिएको जानकारी दिएअनुसार पोखरा आसपास विकसित भएको प्रणाली हाल काठमाडौं नजिक आएका कारण नै मौसम खराब भएको हो । उनका अनुसार यो क्रम आज दिनभरी काठमाडौं र देशको पूर्वी भागमा जारी रहनेछ । यो प्रणाली पूर्वतिर सर्दै जाने उनको भनाई छ ।

पूर्वानुमान महाशाखाका अनुसार देशभरका धेरैजसो भू–भागहरुमा आज ...


आज घोडेजात्रा पर्व ! यौन, सौन्दर्य र धर्मको प्रतिक हो घोडा !

काठमाडौं - प्राचीन मानिसको जीवनशैलीमा सहजता, सरलता, सुगमता ल्याउन चारखुट्टे जनावर घोडाको ठूलो भूमिका छ । घरेलु प्राणी घोडाको सामाजिक र धार्मिक महत्वसँगसँगै दौडेको छ । लामो खुट्टा, लामै घाँटी र लामो थुतुनो, लामो पुच्छर र नफाटेका खुर एवं याल जगरले गर्दा घोडा आकर्षक र फुर्तिलो देखिन्छ ।

पृथ्वीमा भएका प्राणीहरूमध्ये घोडा बलियो मानिन्छ । यसकै बलको आधारमा अठारौं शताब्दीमा अश्वशक्ति ‘हर्ष पावर’ शब्दको प्रयोग स्कटल्यान्डका इन्जिनियर जेम्स वाटले शक्तिमापन यन्त्रमा उल्लेख गरे । भारी बोक्ने, चढ्ने वा बग्गी तान्ने काममा घोडाको प्रयोग गरिन्छ । विश्वभर ...


सरकारी चिकित्सक ओपिडी बन्दको घोषणा गर्दै आन्दोलनमा उत्रिए

काठमाडाैं - आफूसँगको सहमतिविपरीत सरकारले कर्मचारी समायोजनको सूची प्रकाशित गरेको भन्दै सरकारी चिकित्सक संघ (गोदान) आन्दोलित भएको छ । गोदानका अध्यक्ष डा। दीपेन्द्र पाण्डेले शुक्रबारबाट सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने जानकारी दिए ।

आजको नयाँ पत्रिकामा खबर छ – प्रधानमन्त्री केपी ओलीले आश्वासन दिने, सहमति गर्ने, तर कार्यान्वयनमा चुक्ने गरेको भन्दै उनले आपत्ति जनाए । सरकारी चिकित्सकहरूले कर्मचारी समायोजनमा संघअन्तर्गत रहन पाउनुपर्ने अडान राखेर लामो समयदेखि विरोध जनाउँदै आएका छन् । पाण्डेले डाक्टरको दरबन्दी संघअन्तर्गत राख्दै आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा खटाउनुपर्ने बताए ।

चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले समायोजन ...


नेपाल बारको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी, महासचिवमा भने कांग्रेस निकट उम्मेदवार पौडेल निर्वाचित

काठमाडौं - कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।

बिहीबार साँझ सकिएको मतगणनामा चण्डेश्वरले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेलले भन्दा बढी मत ल्याएका हुन् । मतगणना सकिए पनि निर्वाचन समितिले मतपरिणाम भने सार्वजनिक गरेको छैन ।

अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् । तर महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । उनले वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन् ।

प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले मतगणना सकिए पनि अहिले मत जोड्ने ...


यी हुन् एसईईको प्रश्नपत्र 'लिक' गर्ने ६ जना, यसरी गरेका रहेछन लिक !

सप्तरी - प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र दुई नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् जवान थिए ।

इप्रका, कल्याणपुरमा जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्र ...


एसईईको प्रश्नपत्र आउट गर्नेहरुलाई सार्वजनिक गर्दै प्रहरी

काठमाडौं - प्रदेश २ मा एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई प्रहरीले आज सार्वजनिक गर्दैछ । प्रदेश २ मा चैत १४ र १५ मा भएको एसईईको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो ।

सो घटनाको बारेमा सीआईबीको अनुसन्धानले प्रहरीकै संलग्नतामा किनबेच भएको रहस्य खोलेको थियो । घटनामा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलसहित आठ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीमा दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर ...


नेपाल बार चुनाब : घट्दै मतान्तर, श्रेष्ठ झिनो मतले अघि !

काठमाडौं - कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको जारी मत गणनामा प्रगतिशील समूहका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिकका सुनिल पोखरेलबीचको मतान्तर ५२ मा पुगेको छ।

काठमाडौं र पाटन बारको मत गणना चलिरहँदा श्रेष्ठले २७ सय ५७ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै सुनिलकुमार पोखरेलले २७ सय ५ मत प्राप्त गरेका छन्। महासचिवमा भने लोकतान्त्रिकका लीलामणि पोखरेलले अग्रता कायमै राखेका छन्। उनले २८ सय २७ मत पाएका छन् भने उनका प्रतिस्पर्धी प्रगतीशीलका सुरेन्द्र थापाले २५ सय ९२ मत पाएका छन्।

हिजो बेलुकाको गणनामा प्रगतिशील समूहका श्रेष्ठले ...


 नेपाल बारको अन्तिम नतिजा आजै बेलुका आउने, यस्तो छ ताजा परिणाम !

काठमाडौँ - नेपाल बार एसोसिएसनको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतगणनामा नेकपा निकट प्रगतिशील र काँग्रेस निकट प्रजातान्त्रिक समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

मतगणनाको सुरुवातमा प्रजातान्त्रिक समुहका उम्मेदवार पोखरेलले अग्रता लिएका थिए । मतगणना अन्तिम चरणमा पुग्दा प्रगतिशीलका श्रेष्ठ झिनो मतले अगाडि देखिएका छन् ।

पछिल्लो मत गणना अनुसार प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठले ८० मतले अग्रता लिएका छन् ।

श्रेष्ठले दुई हजार चार सय ४५ मत प्राप्त गर्दा प्रजातान्त्रिक समूहका सुनिलकुमार पोखरेलले दुई हजार ३ सय ७५ मत पाएका छन् ।

त्यस्तै महासचिवमा लोकतान्त्रिक ...


सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले दिए यस्तो निर्देशन !

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग गरेको छलफल सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा मुख्यमन्त्रीहरुसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन् भनेर सचेत रहनुपर्ने सुझाव दिएका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद् अघिल्लो बैठकले पास गरेका २९ बुँदेको कार्यान्वयन तदारुकताका साथ गरिने पनि बताए । प्रधानमन्त्री ओलीले हावाहुरी पिडित बारा ...


प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा बैठक जारी

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली र सात वटै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा बैठक चलिरहेको छ । बिहान पौने ८ बजेदेखि सुरु भएको बैठकमा मुख्यमन्त्रीहरुले आफ्नो प्रदेशको रिर्पोटिङ गरेका छन् । बैठकमा बारामा गएको आँधी प्रभावितका बारेमा पनि छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

बैठकमा प्रदेशका लागि आगामी बर्षको नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने भएको छविकास परिषद्को बैठकका लागि मुख्यमन्त्रीहरु काठमाडौं आएका बेला प्रधानमन्त्रीले बालुवाटारमा बैठक डाकेका हुन् ।

...

 संखुवासभामा चट्याङले लागेर २ जनाको मृत्यु

संखुवासभा - संखुवासभाको पाँचखपन नगरपालिका( ९ सुनार गाँउस्थित असिना पानीसँगै परेको चट्याङबाट दुई जनाको मृत्यु भएको छ । पर्दा आफ्नै घरमा बसिरहेका सोही स्थान बस्ने ४० वर्षीया सिता बिक र ५० वर्षीया सुकुमाया लिम्बुको मंगलबार दिउसो मृत्यु भएको छ ।

चट्याङ पर्दा बेहोश भएका उनीहरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी जलजला हुँदै थप उपचारको लागि स्वास्थ्य चौकी वाना लगिएकोमा दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

 

...

बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष माथि आक्रमण !

बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले गए राति चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पञ्चेश्वर–६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डारी रहेका छन् ।

उनीहरुलाई गए राति हातपात भएको ठाउँ नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरले जानकारी दिए ।

मङ्गलबार रोडीदेवलदेखि गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका विषयमा छलफल गरेर फर्किदै गर्दा पाँच÷छ जनाको समूहले आफूमाथि आक्रमण गरेको अध्यक्ष चन्दले बताएका ...


विप्लव समुह अब छिट्टै राजनितिक मुलधारमा आउँछ : मुख्यमन्त्री राई

सोलुखुम्बु - प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले नेत्र विक्रम चन्द विप्लव समुह अब छिट्टै राजनितिक मुलधारमा आउने वताएका छन ।

मंगलवार सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले निर्माण गरेको गाउँसभा हल तथा प्रहरीचौकीको भवन उद्घाटन गर्दै मुख्यमन्त्री राईले देशमा मधेशलाई अलग गर्छु भन्ने सिके राउत जस्ता फरक विचारका समुह समेत संघियता कार्यान्वयन गर्न राज्यसंग समन्वय गर्न आइसकेको अवस्थामा अब देशमा कसैले पनि बन्दुक बोक्नु पर्ने अवस्था नरहेको स्पष्ट पारे ।

विप्लवले अझै बन्दुकको आठमा अगाडी बढ्ने खोजे जनताले नै त्यसको जवाफ फर्काउने भएकोले अब राष्ट्र निर्माण आउनुको ...


दुई तिहाईको सरकारले देखिने र महसुस हुने गरि काम गर्दैछ : प्रचण्ड

काठमाडौं - नेकपा अध्यक्ष प्रचण्डले नेपालको परिवर्तन ठूलो त्याग र बलिदान मार्फत आएकाले यसलाई संस्थागत गरेर जान सबैलाई आग्रह गरेका छन् ।

योजना आयोगले आयोजना गरेको १५ औं समारोहमा यस्तो कुरा बताएका हुन् । प्रचण्डले राज्य संरचनामा ठूलो परिवर्तन भएको स्मरण गर्दै सवैले अपनत्व स्विकार गरेको संविधानले अचम्मको व्यवस्था गरेको छ यसलाई पर्याप्त ध्यान दिनु पर्ने जिकिर गरेका छन् ।

आफूले नेतृत्व गरेको सरकारले दुईवटा योजना आयोगका योजना नजिकबाट हेरेको भन्दै यस पटकको टिम विशेष भएको स्मरण गरेका छन् ।

दुई तिहाईको सरकार जनताको मन जितेर आएको भन्दै ...


सर्वोच्च अदालतमा पाँच जना न्यायाधिशको नाम सिफारिस (सुचिसहित)

काठमाडौं - न्याय परिषद बैठकले सर्वोच्च अदालतमा पाँच र उच्च अदालतका लागि १७ गरी २२ न्यायाधीश सिफारिस गरेको छ । न्याय परिषदको आज बसेको बैठकले सो सिफारिस गरेको हो ।

सर्वोच्चमा वकिलबाट हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्मा तथा उच्च अदालतको न्यायाधीशबाट प्रकाश ढुंगाना र सुष्मालता माथेमा सिफारिसमा परेका छन् ।

...

बाराका हावाहुरी पीडितलाई एक करोड राहत दिने सुदूरपश्चिम सरकार निर्णय

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरी पीडितलाई एक करोड राहत रकम दिने निर्णय गरेको छ। मंगलबार बसेको प्रदेश सरकारको वैठकले हावाहुरी प्रभावित परिवारलाई एक करोड रकम सहयोग गर्ने निर्णय गरेको हो ।

हावाहुरीबाट प्रभावित परिवारलाई सहयोग गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिएका छन् । मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहले प्रदेश २ सरकारको राहत कोषमा उक्त रकम पठाउने बताए। मन्त्रिपरिषद्को बैठकले हावाहुरीका कारण प्रदेश २ मा भएको क्षति र घटनाप्रति दुःख व्यक्त गरेको छ।

आइतबार साँझ आएको ...


हावाहुरीबाट प्रभावित परिवारलाई २५ लाख दिने देउवाको घोषणा !

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हावाहुरी प्रभावित बाराको फेटा गाउँपालिका पुगेका छन् । सभापति देउवाले प्रभावित क्षेत्रका पीडितहरूसँग भेट गरेर नेपाली कांग्रेस पार्टीको तर्फबाट २५ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रभावित क्षेत्रको अवलोकन गर्न मंगलबार लुम्बिनीबाट हेलिकप्टरमार्फत सभापति देउवा बारा पुगेका हुन् ।

...

राहत बाड्न बाराको पुरैनिया पुगे प्रचण्ड !

बारा - नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हावाहुरी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण तथा राहत वितरणमा जुटेका छन् । मंगलबार दिउसो बारा आइपुगेका प्रचण्डले नारायणी अस्पताल र नेशनल मेडिकल कलेजका बिरामीलाई भेटी राहत वितरणमा लागेका हुन् ।

प्रचण्ड स्थलगत अध्ययन गर्न प्रभावित क्षेत्रमा जनताको घर आगनमा पुगेका हुन् । अध्यक्ष प्रचण्डले वाईसियल नेपालको समन्वयनमा बाराको अतिप्रभावित गाउँ पुरैनियाबाट राहत वितरण सुरु गरेका छन् । बाराको पुरैनिया गाउँमा प्रचण्ड पैदल हिंडेर प्रभावितलाई भेटघाट तथा राहत वितरण गरिरहेका छन् । प्रचण्डले स्थानिय जनतासँग कुराकानी गर्दै पीडितलाई राहत तथा सरकारसँग ...


हावाहुरीबाट ज्यान गुमाएकाको परिवारलाई ५/५ लाख दिने प्रचण्डको घोषणा !

काठमाडौं - नेकपा अध्यक्ष प्रचण्डले हावाहुरीबाट ज्यान गुमाएका प्रत्येक मृतकको परिवारलाई पार्टीको तर्फबाट ५ लाख राहतको घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

हावाहुरी प्रभावित जिल्लामा पुगेका प्रचण्डले भने, प्रधानमन्त्रीसँग सल्लाह गरिसकेको छु । प्रत्येक परिवारलाई राहत स्वरुप ५ लाख रकम उपलब्ध गराइनेछ । घाइतेहरुको निस्शुल्क उपचार हुनेछ र घरवार विहिन बन्न पुगेका नागरिकको घर समेत बनाइने छ ।

पुरैनियामा पीडित परिवारलाई राहत दिदै प्रचण्डले भने, ‘तपाईहरुको दुखमा सरकार छ । नेकपा ...


बारा र पर्सामा रगत अभाव हुन नदिन लमहीमा रत्तदान

देउखुरी समाचारदाता
देउखुरी, चैत ।  प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लाका घाइतेलाई रगत अभाव हुन नदिन रत्तदान कार्यक्रमको शुरुवात गरिएको छ । विपतमा परेकाहरुको जीवन बचाउन रत्तदान कार्यक्रमको आयोजना गरिएको लमही नगर जेसीसका अध्यक्ष शिवशंकर गुप्ताले जानकारी दिनुभयो ।
मानवताको सेवा नै जीवनको सवोत्तम कार्य हो भन्ने मुलमन्त्रका साथ रत्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा ४१ जनाले रत्तदान गरेका छन् । रत्तदान कार्यक्रममा राजनीतिक कर्मी ओमप्रकाश सुवेदी सागरले पहिलो पटक रत्तदान गर्नुभएको छ ।

 

२ नम्बर प्रदेशमा रगतको अभाव ...


छुवाछुत अन्त्यको माग गर्दै अभियान टोली लमही आउने

उखुरी समाचारदाता
चैत १८ गते । जातीय छुवाछुतलाई व्यवहारमा अन्त्य गर्नुपर्ने माग गर्दै पदयात्रा मंगरबार लमही आइपुग्ने भएको छ । टोली आठौं दिन आज (सोमबार) बाँकेको चप्पर गौरीको दलित बस्ती आइपुगेको छ । पदयात्रा कञ्चनपुरको महाकाली नगरपालिकाको दोधारा चाँदनीबाट सुरुभएको हो ।

पदयात्रा टाेली

अहिलेसम्म एक दर्जनभन्दा बस्तीका ८ हजारभन्दा बढी दलित–गैरदलितसँग छुवाछूत हटाउने विषयमा संवाद गरिएको टोलीका एक सदस्य अशोक दर्नालले जानकारी दिनुभयो ।
पदयात्राका क्रममा स्थानीय बासिन्दा, स्थानीय तह तथा प्रहरी प्रशासनबाट राम्रो सहयोग पाइरहेको पदयात्रा टोलीले जनाएको छ । मंगलबार लमहीमा ...


दाङको जखेरा तालको क्षेत्रफल बढ्दै
डुंगामा सरर् साँसद

दिवाकर पोख्रेल
देउखुरी, चैत । दाङको प्रशिद्ध पर्यटकिय क्षेत्र जखेरा तालको क्षेत्रफल बढाउने गरी काम भइरहेको छ । हाल रहेको जखेरामा पानीलले आगटेको कुल क्षेत्रफल साढे पाँच हेक्टर क्षेत्रफललाई बढाएर १० कठ्ठा थप गरिएको छ । राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति रु १५ लाख ,प्रदेश पाँचको उद्योग पर्यटन तथा वन बाताबरण मन्त्रालयको ४ लाखको लागतमा जखेरामा मर्मत सम्भार तथा तालको आकार बढाउने काम भइरहेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण विकास समितका कार्यवाहक अध्यक्ष रविध्वज थापाले जानकारी दिनुभयो ।


तालमा रहेको मन्दिरको चौतर्फीवाल ...


प्रदेश २ मा स्थगित भएको एसइई परिक्षा चैत २२ देखि सञ्चालन हुने

काठमाडौं - प्रदेश २ मा रद्द भएका एसइईको विज्ञान र सामाजिक तथा स्थगित गरिएको अरु विषयको परीक्षा चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उक्त निर्णय गरेको हो।

२२ गते विज्ञान र २३ गते सामाजिक विषयको परीक्षा हुने भएको छ। चैत २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयहरुको परीक्षा लिइने बोर्डले जनाएको छ।

...

हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले पठायो चिकित्सक टोली !

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा रमेश खरेलको नेतृत्वको एक टोली हावाहुरी प्रभावित जिल्लामा पठाउने निर्णय गरेको छ। मन्त्रालयमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो।

डा खरेलसहितको टोली प्रभावित जिल्लातर्फ लागिसकेको छ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जनकपुर र चितवनबाट अर्थोपेडिक सर्जनसहितको चिकित्सकीय टोली पनि त्यसतर्फ पठाइएको बताए।

आइतबार साँझ बारा र पर्सामा आएको भीषण हावाहरीबाट घाइते भएकाको उपचार गर्न आवश्यक परे थप टोली पनि पठाउने उनले बताए। उनले भने, ‘थप चिकित्सक टोली तत्काल आवश्यक नपर्ने सूचना आएको छ, हामी निरन्तर सम्पर्कमा छौं, आवश्यक परे पठाउछौं।’

उपप्रधान एवं ...


झापाको कार्यक्रम स्थगित गरी प्रधानमन्त्री हावाहुरी प्रभावित स्थल तर्फ जाँदै

काठमाडौं - गएरातिको हावाहुरी तथा असिनाले बारा र पर्सा जिल्लामा पुर्‍याएको क्षतिको स्थिति बुझ्न प्रधानमन्त्री त्यसतर्फ जाने भएका छन्। सोमबार झापाको दमकमा आयोजित एक कार्यक्रममा छोटो सम्बोधन गर्दै प्रधानमन्त्रीले आफू वीरगन्ज जान लागेकाले कार्यक्रम आयोजक तथा उपस्थितसँग अनुमति लिन आएको बताए।

'म त्यहाँको स्थिति कस्तो छ, के गर्न सकिन्छ, सरकारले के गर्नुपर्छ भनेर हेर्न म त्यता जाँदैछु', उनले भने, 'त्यसकारण मैले गौरादहको कार्यक्रम स्थगित गरेको छु।'

प्रधानमन्त्री विभिन्न कार्यक्रममा सहभागिताका लागि देशको पूर्वी क्षेत्रमा थिए।

उनले हावाहुरीले पुर्‍याएको क्षतिप्रति एकदमै दुःखी भएको प्रतिक्रिया दिए। 'हिजो बेलुकादेखि नै म ...


हावाहुरीबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो, ५ सयभन्दा बढी घाईते

बारा - गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको छ । ३१ जनाको मृत्यु तथा ५ सयभन्दा बढी घाईते हुने गरी आएको हावा हुरीले बस्तिनै सखाप पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा रमेश खरेलको नेतृत्वको एक टोली हावाहुरी प्रभावित जिल्लामा पठाउने निर्णय गरेको छ। मन्त्रालयमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो।

डा खरेलसहितको टोली प्रभावित जिल्लातर्फ लागिसकेको छ।
त्यस्तै, गएरातिको हावाहुरी तथा असिनाले बारा र पर्सा जिल्लामा पुर्‍याएको क्षतिको स्थिति बुझ्न प्रधानमन्त्री त्यसतर्फ जाने भएका छन्। सोमबार झापाको दमकमा आयोजित ...


नेविसङ्घको ११ जना नेता प्रहरी नियन्त्रणमा !

काठमाडौँ - नेपाल विद्यार्थी सङ्घले विभिन्न कलेजमा आन्दोलन गर्ने क्रममा ११ जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । संघले नियमविपरीत भर्ना गरेर पढाउने कलेजलाई कारवाहीको माग गर्दै आन्दोलन गरको छ ।

नियमविपरीत विगत सात महीनादेखि महङ्गो शुल्क लिएर पढेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षा लिन अस्वीकार गरेको भन्दै नेविसङ्घले त्यस्ता कलेजमाथि कारवाहीको माग गरेको हो ।

नेविसङ्घका नेता नवराज त्रिपाठीले उपत्यकाका एपेक्स, राजधानी, सायम, युनिग्लोबलगायत कलेजले नियमविपरीत ३९१ विद्यार्थीलाई भर्ना गरेर परीक्षा दिने वातावरण नबनाएकाले आन्दोलन गरेको जानकारी दिए ।

“कलेजहरु शिक्षा दिने थलोभन्दा पनि ठग्ने थलोको रुपमा ...


ओखलढुंगामा जीप दुर्घटना, ६ को मृत्युु, ३ को अवस्था गम्भिर

ओखलढुंगा - ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीमा स्कारपियो जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य ३ जना गम्भिर घाइते भएका छन् ।

सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको जीप सडकबाट खसेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सोलुखुम्बुका ५५ वर्षीय मिङ्मा शेर्पा, ४५ वर्षीय साङगेल शेर्पा, नुर्वु शेर्पा, ङवाङ शेर्पा रहेका छन् भने डोमा र नुमा शेर्पाको पनि घटनास्थलमै ज्यान गएको ओखलडुंगा प्रहरीले जनाएको छ।

घाइतेलाई प्राथमिक उपचार घुर्मिमा भइरहेको छ। जीप सोलुदुधकुण्ड नगरपालिका ...


वायुसेनाकाे मिग-२७ विमान जोधपुरमा दुर्घटनाग्रस्त

जोधपुर - भारतीय वायुसेनाकाे एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ ।

वायुसेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएको छ । जोधपुरबाट करिब १२० किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको मिग–२७ विमानमा इन्जिनमा खराबी आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गत मार्च ८ तारिखमा पनि राजस्थानको बिकानेर इलाकामा मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको थियो ।

रुसमा निर्मित मिग लडाकू विमानहरु एकपछि अर्को दुर्घटना हुने गरेका छन् । गत फेब्रुअरी १ ...


अमेरिकामा आफुलाई पक्राउ गर्न खोजिएको बारे प्रचण्डले गरे यस्तो खुलासा !

काठमाडौं - अमेरिकामा भ्रमणमा रहँदा नेपाली कांग्रेस निकट वाशिंगटन डिसी कमिटीले आफुँलाई पक्राउ गराउन खोजेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन् । आइतबार रिपोर्टर्स क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रचण्डले नेपाली कांग्रेस वासिंगटन डिसी कमिटिले आफुँलाई अपराधी, हत्यारा भनि गिरफ्तार गराउन खोजेको जानकारी पाएको बताएका हुन् । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएको बेला उनलाई पक्राउ गर्न एफबीआईमा उजुरी परेको थियो ।

‘विदेशमा बसेर नेपालको शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा र त्यसको हस्ताक्षरकर्तालाई अपराधीको रुपमा गिरफ्तार गरेर जेल हाल्नुपर्‍यो भनेर अन्तर्राष्ट्रिय जगतलाई भन्नु ...


'लगानी र विकासका लागि नेपाल उपयुक्त देश' : बिदेशी दाता

काठमाडौँ - नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालले नयाँ संविधान र राजनीति स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको जनाएका छन् ।

आफ्नो मुलुकको विकासको अनुभव प्रस्तुत गर्दै उनीहरुले नेपालले सम्मेलन गरेर वैदेशिक लगानीका लागि उचित ढोका खोलेको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेको सो सम्मेलनको आज समापन हुँदैछ ।

नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत साडिक जाफेरले आफ्नो मुलुकले खुल्ला अर्थतन्त्रमा विश्वास गर्ने र नेपालको छिमेकी भारतसँग व्यापारिक सम्बन्ध विकसित भइसकेकाले नेपालमा लगानी ल्याउन ...


माथिल्लो त्रिशूली बनाउन कोरियन कम्पनीको ६१५ मिलियन डलरको लगानी सम्झौता

काठमाडौं- माथिल्लो त्रिशूलीमा कोरियन कम्पनीले लगानी गर्ने भएको छ। सन् २०२४ भित्र निर्माण सम्पन्न गर्ने गरी ६ सय १५ मिलियन डलर बराबर लगानी सम्झौता भएको हो।

नेपाल लगानी सम्मेलनको समापनका दिन आज उक्त सम्झौता भएको हो।

...

लगानी सम्मेलन : अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा एक खर्ब १० अर्ब लगानी गर्ने

काठमाडौं - अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा एक अर्ब अमेरिकी डलर (एक खर्ब १० अर्ब) बराबरको लगानी गर्ने भएको छ।

लगानी सम्मेलनका अवसरका उक्त सम्झौता भएको हो। निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी यस्तो लगानी गर्ने बताएको हो।

निगमले ठूला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै आएको छ।

...

बानेश्वर दुर्घटनाको भिडियो भाइरल, पूर्वप्रधानमन्त्री चन्दले भने : 'म दु:खी छु'

काठमाडौं - सशस्त्र प्रहरी बलको भ्यानले एउटा स्कुटरलाई ठक्कर दिएको भिडियो शनिबार सामाजिक सञ्जालमा भाइरल भयो। बा १ झ ९५२७ नम्बरको सो भ्यान पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको बुझिएको छ।

शुक्रबार साँझतिर बानेश्वरबाट बबरमहलतर्फ जाँदै गर्दा भ्यानले स्कुटरलाई ठक्कर दिएको थियो। तर, दुर्घटना गराएपछि सो भ्यान नरोकिई अगाडि बढेको भिडियोमा देख्न सकिन्छ।
दुर्घटनाको कारक भ्यान नै भागेपछि सामाजिक सञ्जालमा निकै आलोचन भइरहेको छ।

'के जनता भुइँमान्छेको जीवनको केही महत्त्व छैन', ट्विटर प्रयोगकर्ता लिवाङी अराजकतावादीले आक्रोश पोखेका छन्। अन्यको प्रतिक्रिया पनि उनीसँग मिल्दोजुल्दो छ।

चन्दद्वारा दुःख व्यक्त
आफ्नो सुरक्षाका ...


एक लाख कर्मचारीको समायोजन सकियो !

काठमाडौँ - संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो मानिएको र लामो समय विवादमा अल्झिएको कर्मचारी समायोजन लगभग टुंगिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै तहमा गरी बिहीबारसम्म एक लाख कर्मचारीको समायोजन सकिने जनाएको छ ।

बुधबारसम्म निजामतीतर्फ साढे ६० हजार र स्थानीय सेवातर्फ ११ हजारभन्दा बढी कर्मचारीको समायोजन भएकोमा बिहीबारसम्म स्वास्थ्य सेवातर्फका २८ हजारको समायोजन पनि सकिने मन्त्रालयका अधिकारीले बताए । समायोजन हुने यी सबै कर्मचारीको संख्या एक लाख पुग्ने उनको भनाइ छ ।

मन्त्रालयले समायोजन सकेको घोषणा गरेपछि पनि चैतभित्र कर्मचारीलाई गुनासो सुनुवाइको अवसर दिनेछ । ...


निकम्मा स्वास्थ्य सेवा : गरिब जनतालाई छुट्याइएको निःशुल्क औषधिको ४१ करोड फ्रिज !

काठमाडौँ - स्वास्थ्य सेवा विभागले केही औषधि बिग्रिने गरी अत्यधिक खरिद गरेको भेटिएको छ । सुगरको औषधि मेटफर्मिन ५०० एमजी बढीमा नौ महिना भण्डारण गर्न सकिन्छ, तर विभागले ८८ महिना अर्थात् ७ वर्ष ४ महिनालाई पुग्ने गरी खरिद गरेको छ । त्यस्तै सल्फामथोजाजोल ट्रिमथोप्रिम ४८० एमजी एन्टिबाइटिक नौ महिना मात्र भण्डारण गर्न सकिन्छ । तर, विभागले ५८ महिनालाई पुग्ने गरी खरिद गरेको महालेखापरीक्षकको कार्यालयले भेटाएको छ । ११ महिनासम्म मात्र भण्डारण गर्न सकिने क्षयरोगविरुद्धको बिसिजी भ्याक्सिन पनि साढे १३ महिनासम्म पुग्ने गरी खरिद गरिएको छ । तर, ...


विप्लबले घोषणा गरेको नेपाल बन्द फिर्ता !

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ।

सोमबार विज्ञप्ति सार्वजनिक गर्दै चैत १६ गते नेपाल बन्दको घोषणा गरेको विप्लवको पार्टीले बुधबार बन्द फिर्ता लिने निर्णय गरेको हो।

सरकारले पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि पहिलो पटक बसेको स्थायी समिति बैठकले सोमबार नेपाल बन्दलगायत चरणबन्द आन्दोलनको घोषणा गरेको थियो।
नेपाल बन्द घोषणा गरेकै दिन नेपाल बार एसोसिएसनको चुनाव र एसईईको परीक्षा परेपछि विप्लवको पार्टीले बन्द फिर्ता लिने निर्णय लिएको स्रोतको दाबी छ।

बार एसोसिएसन र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण ...


नेपालमा रेल कुदाउन चीन आतुर

बेइजिङ - नेपालमा चिनियाँ रेलको चर्चा चल्छ। चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन्। चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान आतुर छौं।’

उनले काठमाडौंसम्म रेल पुर्‍याउन उच्च राजनीतिक तहमा छलफल भएर अध्ययन अघि बढेको जानकारी दिए। ‘हाम्रो र नेपालको चाहना मिलेमा रेलमार्गसँग जोड्न समस्या हुँदैन। दुईपक्षीय सहकार्य भनेको विन–विन नै हो’, उनले भने, ‘हामी लगानीको प्रतिफलभन्दा पनि नेपाली जनताले कति फाइदा पाउँछन् भन्नेमा केन्द्रित छौं।’ नेपालजस्तो भूपरिवेष्टित मुलुकलाई रेलले जोडेमा एउटा लिंक खुला हुने र विकल्प ...


पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेलाई ५ लाख धरौटी लिएर तारेखमा छाड्न आदेश !

काठमाडौं - पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेलाई ५ लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न विशेष अदालतले आदेश दिएको छ । आदेश भएसंगै उनि नगदै राखेर छुटेका छन् ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुँदा भृकुटीमण्डप फन पार्कको जग्गा भाडामा अनियमितता गरेको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

...

लगानी सम्मेलनको तयारी पूरा,  ६ सयभन्दा बढी लगानीकर्ताको सहभागीता हुने !

काठमाडौं - सरकारले शुक्रबारदेखि राजधानी काठमाडौमा हुन लागेको लगानी सम्मेलनको तयारी पूरा भएको जनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शुक्रबारबाट हुने तेस्रो लगानी सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको बताएका हुन् । पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना छलफलमा रहने बताए।

सम्मेलनमा ६ सयभन्दा बढी लगानीकर्ताहरुको सहभागीता हुने बताइएको छ । सम्मेलनमा यसअघि पूर्व तयारी भएका योजनाहरुको एमओयु समेत हुने डा. खतिवडाको दाबी छ । उनले भने ‘स्वदेश लगानीकर्ता र विदेशी ...


दश हजार अस्थायी शिक्षकलाई विदा गर्दै सरकार !

काठमाडौ - सरकारले १० हजार अस्थायी शिक्षकलाई बिदा गर्ने भएको छ। स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा असफल भएका करिब १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गर्ने तयारी सरकारले गरेको हो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार लिखित परीक्षामा असफल भएका शिक्षकलाई उपदानसहित विदाई गर्ने तयारी अघि बढाइएको हो । त्यसका लागि पाँच अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ। आगामी असार मसान्तपछि अस्थायी शिक्षकलाई विदाई गरिने बताइएको छ ।

हाल देशभरिका सामुदायिक विद्यालयमा ४७ हजार १०२ शिक्षक अपुग छन्। सरकारले केही समयअघि गठन गरेको कार्यदलले ...


लगानी सम्मेलनमा आउन लागेका हाई प्रोफाइल विदेशी को-को हुन् ?

काठमाडौं - शुक्रबारबाट काठमाडौंमा हुने लगानी सम्मेलनलाई केन्द्रित गरेर सरकारले ३२ खर्बभन्दा बढीका परियोजनाहरू देखाउँदै छ । सम्मेलनमा भाग लिनको लागि ६ सयभन्दा बढी प्रतिनिधिहरू आउँदै छ, केही लगानी बोर्डले गरेको निमन्त्रणाको आधारमा त केही लगानीको अध्ययनका लागि सम्मेलनमा आउन थालेका छन् । ६ सय विदेशी प्रतिनिधिका बीच ६ जना उच्च अधिकारीहरू लगानी सम्मेलनमा भाग लिन नेपाल आउँदै छन् । लगानी सम्मेलनको क्रममा मन्त्रीस्तरका पात्र भने एकजना मात्र रहेका छन् ।

म्यानमारका विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाङ टुनले लगानी सम्मेलनमा भाग लिँदै छन् । म्यानमारबाट ...


विप्लवका कार्यकर्तालाई जवाफी कारबाहीस्वरूप गोली चलाएको प्रहरी दाबी

डोटी- जिल्ला प्रहरी कार्यालय अछामले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ।

प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार जिल्लाको रामारोशन गाउँपालिकाको झाता गाउँमा गस्तीमा गएको प्रहरी टोलीमाथि ‘विप्लव’ समूहका कार्यकर्ताले गोली चलाएपछि उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भुमिसरा धामी र युवा सङ्गठनका राजेन्द्र धामी रहेका छन्।

रामारोशन गाउँपालिकाको झाता गाउँमा ‘विप्लव’ समूहका कार्यकर्ता रहेको थाहा पाएपछि प्रहरी टोली मङ्गलबार त्यहाँ पुगेको थियो। ...


निर्मला हत्या प्रकरण : डिएसपी अंगुर जिसी ९ लाख धरौटीमा रिहा !

काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको अनुसन्धानमा खटिएका सिआइबीका डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा तिरेर रिहा भएका छन्।निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र अभियुक्तलाई यातना दिएको आरोपमा उजुरी परेपछि डिएसपी जिसीलाई कञ्चनपुर जिल्ला अदालतले बयानका लागि बोलाएको थियो।

सोमबार र मंगलबारको बयान सकिएपछि उनलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालतले दिएको थियो। अदालतको उक्त आदेशको केही घन्टामा नै डिएसपी जिसी ९ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन्।

उनलाई यातना सम्बन्धी मुद्दामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दा ४ ...


विश्वका घुम्नैपर्ने उत्कृष्ट पर्यटकीय गन्तव्यको १९औं स्थानमा काठमाडौं !

काठमाडौं - सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौं १९औं स्थानमा परेको छ।

घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने अमेरिकी ट्राभल साइट 'ट्रिप एडभाइजर डटकम'ले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औं उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो।

ट्रिप एडभाइजरले काठमाडौं उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त अनुपम भवन, सङ्ग्रहालय, मठमन्दिर, चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका साथै विश्व सम्पदा सूचीमा सूचीकृतस्थल हरेक यात्रीले हेर्नैपर्ने स्थानका रुपमा समावेश गरेको छ।

बौद्धनाथ, कपन गुम्बा, पशुपतिनाथ, केशरमहलस्थित स्वप्न उद्यान, काठमाडौं, ललितपुर, भक्तपुर ...


अख्तियारमा स्थानीय तहमा भएका भ्रष्टाचारका उजुरीका चाङ !

बुटवल- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा भ्रष्टचारका उजुरीको चाङ लागेको छ। आयोगमा परेको भ्रष्टाचारका उजुरीमध्ये सबैभन्दा बढी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्ग स्थानीय निकायका परेका छन्।

उक्त मन्त्रालय मातहतका कार्यालय र स्थानीय सरकारका काम कारबाहीलाई लिएर ३ सय ७५ वटा उजुरी परेको अख्तियारले जनाएको छ।

त्यसैगरी शिक्षा मन्त्रालय अन्तर्गत ३ सय १०, भूमि व्यवस्था मन्त्रालय अन्तर्गत ८५, भौतिक पूर्वाधार ५०, वन मन्त्रालय अन्तर्गत ४९, ऊर्जा अन्तर्गतका ३४, स्वास्थ्य अन्तर्गतका ३३, गृह अन्तर्गतका २८, कृषि अन्तर्गतका १४ र अन्य मन्त्रालयका ४१ उजुरी परेका छन्। संघीय ...


अख्तियारका तत्कालीन आयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं - ७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

मंगलबार आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। अदालतमा बुझाइएको अभियोगपत्रमा घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएको छ। उक्त अभियोगपत्रमा दुवै जनालाई जनही ७८ लाख रूपैयाँ बिगो माग दाबी पनि गरिएको छ।

पाठकले घुस लिने क्रममा विभिन्न व्यक्तिसँग गरेको बार्गेनिङ सम्बन्धि भिडियो समेत सार्वजनिक भइसकेको छ। घुस काण्डमा मुछिएका उनले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए।

...

सडक दुर्घटना कम गर्न अनेक उपाय
ट्राफिक चिन्ह फाल्ने फोड्ने समस्या

दिवाकर पोख्रेल
देउखुरी, चैत । जिल्ला ट्राफिक कार्यालय,प्रहरी कार्यालय सहित विभिन्न संघस.स्थाले सडक दुर्घटना कम गर्न विभिन्न उपायहरु अपनाउन थालेका छन् । कहिले सडकमै चालकको स्वास्थ्य जाँच त कहिले सडक सुधार तथा पर्चा पप्लेट वितरण गरेर सडक दुर्घटना कम गर्नको लागि अभियान नै संचालन गरिएको छ ।

विशेषगरी पुर्वपश्चिम राजमार्ग र घोराही लमही सडकखण्डमा बढी दुर्घटनामा अकालमै ज्यान गुमाउन थालेपछि ट्राफिक प्रहरी संगै सामाजिक संघसंस्था पनि सकृय हुन थालेका छन् । विभिन्न सामाजिक संघसस्ंथा, बैंक, बाणिज्य संघसंस्था र ट्राफिक प्रहरी कार्यालयको सकृयतामा ट्राफिक संकेत सहितका वोर्डहरु, ...


हुम्लामा भारी हिमपात, एसइई परीक्षार्थीलाई समस्या

हुम्ला- हुम्लामा चैतको दोस्रो साता पुनः हिमपात भएको छ। यसअघि पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो। चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या भएकाे छ।

हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष अमरबहादुर शाहीले बताए। जिल्लामा सोमबार दिनभर पानी परेको थियो भने आज बिहानदेखि हिमपात सुरु भएको छ।

चैत १० गतेबाट सञ्चालन भएको एसइई परीक्षा दिने परीक्षार्थीलाई हिमपातसँगै बढेको चिसोले लेख्न समस्या भएकाे छ। सोमबार बिहानदेखि मौसम बदलिएसँगै आज बिहानबाट हिमपात भएको छ। जिल्लाको बेँसीतिर ...


अमेरिकामा सीताको उपचार सकियो, नेपाल फर्किने तयारी !

अमेरिका - नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अमेरिकामा उपचार प्रक्रिया सकिएको छ । दाहाल परिवार पत्नी सीताको उपचारका लागि एकसाताअघि अमेरिका आइपुगेका थिए ।

सीताको जोन हप्किन्स अस्पताल र जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टरमा स्वास्थ्य परिक्षण गरिएको थियो । बंशानुगत पार्किन्सन रोगबाट ग्रसित सीताको स्वास्थ्य परिक्षणपछि यहाँका चिकित्सकहरुले समेत उनलाई सोही रोग रहेको निर्क्यौल गरेका छन् । चिकित्सकले स्वास्थ्य परीक्षण जारी राख्न भन्दै औषधि दिएका छन् ।

मेरिल्याण्ड राज्यमा रहेको जोन हप्किन्समा स्वास्थ्य परिक्षणपछि थप उपचारका लागि जर्जटाउन यूनिभर्सिटीमा पुराइएको राजदूत डाक्टर ...


बैंकमै पनि सामाजिक सुरक्षा भत्ता पाउनै सकस

धनगढी - हातमा लौरो।उभिनै नसक्ने कापिरहेको शरीर।कमजोर दृष्टि। कृषि विकास बैंक कैलाली पुलनिरको शाखा बाहिरको चर्को घाममा सैयौं जेष्ठ नागरिक लामवद्ध लाइनमा।त्यही लाइनमा भेटिए ९० वर्षीया काली प्रसाद चौधरी। अघिपछि उभिएका जेष्ठ नागरिकको अडेसले कापिरहेका उनी वृद्ध भत्ता बुझ्न त्यहाँ आएका हुन्। उनले लाइन बसेरै चार महिनाको ८ हजार वृद्ध भत्ता बुझे।

'९० वर्ष भयो।चार महिनाको भत्ता पाउने भनेपछि बैंकमै आएको हुँ, लरबराउँदै मसिनो स्वरमा भने, 'नजिक त वडा कार्यालय थियो, त्यतैबाट दिएको भए कत्ति सजिलो हुन्थ्यो।' कालीप्रसाद आफूले भोट दिएर जिताएका जनप्रतिनिधिलाई सरापी रहेका थिए।'भोट ...


पाठक दम्पतीले दिए जग्गा बेचेर अस्पताललाई डेढ करोड दान

भरतपुर - भरतपुरका भीमराज पाठक दृष्टिविहीनको पीडा देख्दा निकै दुःखी थिए । दृष्टिविहीनलाई कसरी उज्यालो संसार देखाउने उपायको खोजीमा धेरैतिर भौंतारिए उनी । एक दिन साथीसँगको सल्लाहमा आँखाको नानी प्रत्यारोपण गर्न सकिने थाहा पाए । त्यसका लागि सुविधा सम्पन्न अस्पताल चाहिने भएपछि उनलाई केही गरौं भन्ने भावना जाग्यो । अनि आँखा बैंक स्थापनार्थ डेढ करोड रुपैयाँ दान गरे ।

भरतपुर आँखा अस्पतालमा नानी संकलन केन्द्र स्थापनाका लागि ७४ वर्षीय पाठकले पूर्वी चितवनको एक बिघा जग्गा बेचेर दान गरेका हुन् । ‘आँखा देखाउने काममा दान गर्न पाउँदा ...


प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलिया सिफारिस

काठमाडौं - निर्वाचन आयोगको प्रमुखमा दिनेश थपलिया सिफारिस भएका छन्।

सोमबार बसेको संवैधानिक परिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो।

सचिव उनले आजै पदबाट राजीनामा दिएका थिए।

अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनले सो पदमा नियुक्ति पाउने छन्।

...

सुरक्षा परिषद्को बैठकबाट सेना परिचालन हुन्छ - उपप्रधानमन्त्री पोखरेल

विराटनगर - उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँनले सुरक्षा परिषद्को बैठक नबसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकको प्रस्ताव राष्ट्रपतिबाट सदर भएपछि मात्र सेना परिचालन हुने स्पष्ट पारे । उनले सेना परिचालनको एक महीनापछि प्रतिनिधिसभाबाट उक्त प्रस्ताव पास हुनुपर्छ भन्दै प्रधानमन्त्री एक्लैको निर्णयबाट सेनाको परिचालन हुने भन्ने कुरा गलत भएको धारणा व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले विप्लव समूह हतियार छाडेर आएमा मात्र वार्ता हुने बताउँदै हतियार बोकीबोकी ...


विप्लबका अर्का ठुलो नेता विस्फोटक पदार्थ सहित समातिए !

कालिकोट - सोमबार विहान मात्रै पुर्वमा मेची कोशी व्युरो इन्चार्ज पक्राउ गरेको प्रहरीले सोमबार मध्यान्ह बुद्धीजीवि परिषद भेरी कर्णालीका इन्चार्ज धनराज शाहीलाई पक्राउ गरेको हो ।

प्रतिवन्धित नेकपाको कालिकोट जिल्ला जनसरकार प्रमुख समेत रहेका शाहीलाई बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटरसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले जिल्ला मजदुर संगठन कालिकोट इञ्चार्ज भरत शाहीलाई पनि पक्राउ गरेको छ। प्रहरीले कारबाही तीव्र पारेपछि जिल्ला सैन्य सह–इञ्चार्ज रमेश चँदारा सुनारले आत्मसमर्पण गरेका छन्। ‘उनले ...


मुलधारमा आउन विप्लवलाई प्रधानमन्त्रीको चैत्र मसान्तसम्मको अल्टिमेटम

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई मुलधारको राजनीतिमा आउन चैत्र मसान्तसम्मको अल्टिमेटम दिएका छन् । नेकपा संसदीय दलको बैठकमा बोल्दै ओलीले हिंसा नत्यागे सबैलाई नियन्त्रणमा लिईने समेत उद्घोष गरे । प्रधानमन्त्री ओलीले मूलधारमा आउने मौका नछाड्न समेत विप्लव समूहलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले राजनीतिक आवरणमा विप्लव समूहले आपराधिक काम गरेकाले गतिविधिलाई नियन्त्रणमा लिएर अगाडि बढ्न आवश्यक रहेको प्रष्टाए ।

हिउँदे अधिवेशनको समीक्षा गर्न डाकिएको संसदीय दलको बैठकमा बोल्दै ओलीले जनपक्षीय कार्यक्रमको योजना ल्याउन सांसदहरुलाई निर्देशन दिएका छन् । उनले आगामी ...


नेपाल र जापान बिच श्रम सम्झौता, यस्ता सुविधा पाउनेछन नेपाली कामदारले !

काठमाडौं - नेपाली कामदार लैजाने विषयमा सोमबार सरकार र जापानी पक्षबीच समझदारी (एमओसी)मा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच कामदार आपूर्तिबारे सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर भएको हो।

आगामी अप्रिल १ देखि कार्यान्वयनमा आउने गरी दुई देशबीच भएको सम्झौता अनुसार जापानमा जाने कामदारले जापानी सरह सेवा सुविधा पाउने छन् । सम्झौता अनुसार जापान जाने कामदारको न्यूनतम तलब २ लाख रुपैयाँ हुनेछ।

जापानीज भाषा र सीप परीक्षा पास गर्नुपर्ने
सम्झौता अनुसार जापान जान ...


धमाधम भूमिगत हुँदै विप्लव समूहका नेता-कार्यकर्ता !

नेपालगन्ज - गाँउगाँउमा जागरण अभियान गर्दै आएका नेत्रविक्रम चन्द (विप्लव) नेकपाका नेता तथा कार्यकर्ता भूमिगत भएका छन्। सरकारले विप्लवका गतिविधिमा प्रतिबन्ध र हतियारसहित नेता तथा कार्यकर्ता भेटिए सिधै गोली हान्न सुरक्षाकर्मीलाई निर्देशन दिएपछि विप्लवका नेता तथा कार्यकर्ता भूमिगत भएका हुन्।

विप्लवको आधार क्षेत्र मानिने पहाडी जिल्ला कालीकोट, रुकुम, रोल्पासँगै तराईका जिल्लामा पनि उनीहरू भूमिगत भएका छन्। तर, विप्लवले आपूmहरू गाँउ जागरण अभियानमै भएको बताएको छ। ‘सरकारले प्रतिबन्ध गराएपछि सुरक्षाका लागि पनि सदरमुकाम छाड्नै प¥यो,’ नेकपाका रुकुम पश्चिम सेक्रेटरी चन्द्रबहादुर बुढाले भने, ‘हामी अर्धभूमिगत, भूमिगत भएका छैनौं, ...


मोबाइलबाटै वडामा काम भए नभएको नियाल्छन् इलामका मेयर !

इलाम - इलाम नगरपालिका वडा नम्बर ७ कार्यालयकी एक कर्मचारी महिला सेवाग्राहीको काम गर्दैछिन्। वडा नम्बर कार्यालयमा सेवाग्राहीको भीड अलि धेरै देखिन्छ। वडा नम्बर १२ कार्यालयका कुर्सी खाली देखिन्छन् तर कर्मचारी त्यहीं ओहोर–दोहोर गरिरहेका छन्।

इलाम नगरपालिकाका मेयर महेश बस्नेत कार्यकक्षमै बसेर यी दृश्य कम्प्युटरमा प्रत्यक्ष हेरिरहेका छन्। कुन वडामा अहिले सेवाग्राहीको चाप कस्तो छ, कुन कर्मचारी कार्यालय आए कि आएनन् भनेर थाहा पाउन उनी अब वडा कार्यालयैपिच्छे अनुगमनमा गइरहनुपर्दैन। त्यति मात्र होइन, कार्यकक्ष छाडेर जानुपरे पनि वडाका गतिविधि हेर्न समस्या छैन। हातमै रहेको मोबाइलमा वडाका ...


विमानस्थलको ‘एक्सरे’ मेसिनले काम गर्दैन, अनि कसरी नछिरोस सुनको हात्ती !

काठमाडौं - केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको ‘एक्सरे’ मेसिन पार गरी ठूलो परिमाणमा सुन बाहिर ल्याइयो। त्यसरी सुन फुत्काउन संलग्न भन्सार कर्मचारी र उच्च तहका प्रहरी अधिकारीमाथि अनुसन्धान जारी छ।

भन्सारको एक्सरे मेसिन र बाक्लो संख्यामा प्रहरी परिचालन भएको स्थानबाट सुन कसरी सहजै बाहिरिन्छ ? यसको चित्तबुझ्दो जबाफ कुनै निकायले दिन सकेको छैन। विमानस्थलबाट निषेधित वस्तु फुत्किन्छन् या मिलेमतोमा फुत्काइन्छ भन्ने विषयमा गम्भीर अनुसन्धान पनि हुन सकेको छैन।

गत सोमबार वैदेशिक रोजगार पूरा गरी मलेसियाबाट फर्किएका तीन नेपालीलाई विमानस्थल प्रहरीले पक्राउ गर्‍यो। उनीहरू पक्राउ पर्नुको ...


यस वर्षकाे एसइई परिक्षा आजदेखि सुरु, ४ लाख ७५ हजार परीक्षार्थी सहभागी

काठमाडाैं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आज (आइतबार) देखि सुरु हुँदैछ। बिहान ८ बजेबाट सुरु हुने परीक्षा ११ बजेसम्म चल्नेछ। परीक्षाकाे पहिलाे दिन आज विद्यार्थीले अनिवार्य अ‌ंग्रेजी विषयकाे परीक्षा दिँदैछन्।

परीक्षालाई लिएर देशभर सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ। हरेक केन्द्रमा केन्द्राध्यक्ष, परीक्षा नियन्त्रक र गार्ड ताेक्ने तथा आवशयकताअनुसार सुरक्षाकर्मीसमेत परिचालन गरिएकाे छ। परीक्षाकाे क्रममा अभद्र व्यवहार गरिएकाे भेटिएमा कानुन बमाेजिम कारबाही गर्न सुरक्षा निकायलाई छुट दिइएकाे छ।

परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ ...


हिंसा त्यागेर संविधानको दायरामा आउन विप्लब समुहलाई प्रधानमन्त्रीको आग्रह !

भैरहवा - प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई आपराधिक गतिविधि त्यागी संविधानको दायराभित्र आउन आग्रह गरेका छन् । शुक्रबार भैरहवामा भएको पत्रकार भेटघाटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सिके राउतले विखण्डन छाडेर र विकासको बाटोमा आउन सहमत भएको स्मरण गर्दै प्रधानमन्त्रीले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि शान्तिपूर्ण मार्गमा आउन सरकारले अपिल गरेको बताए । ‘संवैधानिक दायराभित्र रहेर देशको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतालाई रक्षा गर्नु सबैको कर्तव्य हो,’ प्रधानमन्त्रीले भने, ‘सिके राउत समूहसमेत विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आइसकेको छ । विप्लव समूहलाई पनि त्यसरी नै आउन र आपराधिक गतिविधि ...


विप्लव पक्राउ परे के हुन्छ सजाय ?

काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ। फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उसका सबै गतिविधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोषणा गरिसकेको छ।

‘सरकारले विप्लव समूहका गतिविधि विध्वंसात्मक र आपराधिक भएको घोषणा गरिसकेको अवस्थामा हामीले प्रचलित संगठित अपराध ऐन २०७० र फौजदारी अपराध (संहिता) ऐन २०७४ अनुसार कारबाही अघि बढाएका छौं,’ प्रहरी स्रोत भन्छ, ‘देशभरका युनिटमा पनि सोहीअनुसार कारबाही गर्न सर्कुलर भइसकेको छ।’ ...


पोल्याण्ड पठाउने लोभ देखाएर साढे पाँच करोड झ्वाम !

ललितपुर - पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी गरेको आरोपमा अरुणकुमार महतो र हरिबहादुर लामा पुर्पक्षका लागी थुनामा गएका छन्।

पोल्याण्ड पठाइदिने बहानामा ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। उनीहरुले दै ६ सय नौ जनाबाट यत्ति ठूलो रकम उठाएको प्रहरीको भनाइ छ।

महतो र लामालाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। सोही आरोपमा संलग्न अन्य १० जना भने फरार छन्।

प्रमाणपत्रमा काठमाडौं महानगरपालिका ९ मा कार्यालय रहेको भनिए पनि उनीहरुले ग्वार्कोमा दृष्मा ओभरसीज प्रालि संचालन संचालन ...


जसले सिउँदो रंग्याए, उनैले लखेटे !

काठमाडौं - जीवनभर साथ दिने बाचा गरेका पतिले घरबाट निकालेपछि एक महिलाको बिचल्ली भएको छ। आफन्त साक्षी राखेर जीवनसाथी बनाएका पतिविरुद्ध मुद्दा दर्ता गरी ३६ वर्षीय सुमन जैसवालले न्याय खोजिरहेकी छन्।

भारतको गोरखपुरकी सुमनसँग कपिलवस्तुको शिवराज नगरपालिका–५ का विजय भनिने वीरेन्द्र जैसवालले मागी बिहे गरेका थिए। २०५८ जेठ १० गते विवाह बन्धनमा बाँधिएकी सुमन र वीरेन्द्रका एक छोरा विवेक १७ वर्षका छन्।

वीरेन्द्रले सुमनसँग १३ वर्ष सँगै बिताए। त्यसपछि उनले गोरखपुर माइती गइन्। सुमन माइती गएपछि वीरेन्द्रले पूजा भन्ने पुष्पा जैसवाललाई कान्छी पत्नी बनाएर भिœयाए। छोरो जन्मिसकेको ...


विप्लब समुहका मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली पक्राउ !

काठमाडौं - नख्खु बम विस्फोटका प्रमुख योजनाकार मानिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् । मध्य केन्द्रीय कमाण्ड इन्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन् । उनलाई प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालका अनुसार ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका छन् ।

विप्वले पार्टीभित्र धेरै विश्वास गर्ने नेतामा ओली पर्छन् ...


नेपाल र जापानबीच सोमबार श्रम साझेदारी हुँदै, यो वर्ष ४० हजार कामदार लैजाने अनुमान !

नागरिक - नेपाल र जापानबीच कामदार लिने विषयमा आगामी सोमबार श्रम साझेदारी हुँदैछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दुई देशबीच हुने समझदारीका सबै प्रक्रिया पूरा भइसकेको बताएका छन्। नागरिकसँग कुरा गर्दै मन्त्री विष्टले भने, ‘सबै प्रक्रिया टुंगिसकेको छ अब दुई देशका अधिकारीबीच हस्ताक्षर गर्न मात्र बाँकी छ।’

जापानले विदेशी कामदारको अभाव टार्न आगामी ५ वर्षमा झण्डै ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ। दुबै देशका अधिकारीले नेपाली कमदारलाई छुट्याएको कोटा जानकारी नदिएपनि झण्डै ४० हजार नेपालीले रोजगार पाउनु आशा गरिएको ...


गोरखामा चितुवा र कुकुरको डेढघण्टा भिडन्त : चितुवाको मृत्यु

गोरखा - पालुङ्टार नगरपालिका ९ भोर्लेको जंगलमा चितुवा र कुकुरको भिडन्त हुँदा चितुवाको मृत्यू भएको छ। बिहीबार बिहान चारबजेदेखि साँढे पाँचबजेसम्म भएको भिडन्तमा चितुवा मरेको वडा अध्यक्ष भेजराज पाण्डेले जानकारी दिए।

स्थानीय फुचुङ लामाको बाख्रा फाराममा बाख्रामाथि आक्रमण गर्न आएको चितुवामाथि कुकुरले प्रत्याक्रमण गर्दा चितुवाको मृत्यू भएको उनले बताए। ‘बाख्रा फाराममा साना ठूला गरेर छ वटा कुकुर थिए। कुकुर सबै उन्नत जातका हुन्’, उनले भने, ‘दोहोरो भिडन्त हुँदा चितुवा पनि मरेको छ। एउटा कुकुरको पनि मृत्यू भएको छ।’ दुईटा कुकुर पनि घाइते भएको उनले बताए।

चितुवा र ...


प्रधानमन्त्री ओली पोहोर साल चिन जानुको सट्टा भारत तर्फ लागेपछि चीनले यसपाली नेपाललाई ‘बोआओ सम्मेलन'मा बोलाएन !

काठमाडौं - नेपाल यसपटक ‘बोआओ फोरम’ मा सहभागी नहुने भएको छ। चीनको हैनान प्रान्तमा हरेक वर्ष आयोजना हुने ‘बोआओ फोरम’ को सम्मेलनमा सहभागी हुँदै आएको थियो।

गत मंसिरमा परराष्ट्र सचिवस्तरीय बैठकमा बोआओ सम्मेलन र बीआरआई फोरमको सम्मेलनमा नेपाललाई निमन्त्रणा गरिने बताइएको थियो। प्रधानमन्त्री सहभागी नहुने भएपछि सम्मेलनमा नेपाललाई निमन्त्रणा नगरेको अनुमान कूटनीतिज्ञहरूको छ। फोरमको वार्षिक सम्मेलन आगामी मंगलबार सुरु हुँदैछ।

सम्मेलनमा गत वर्ष राष्ट्रपति सी चिनफिङ सहभागी भएर बेल्ट एन्ड रोड इनिसियटिभ्सको छुट्टै बहस गरेका थिए। त्यही समयमा प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमणमा रहेकाले सम्मेलनमा नेपालका तर्फबाट ...


८४ करोड ६५ लाखमा दुईवटा रेल खरिद गर्दै सरकार !

काठमाडौं - सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्न लागेको छ। मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि रेल विभागले जी–टु–जी प्रक्रियाबाट रेल खरिद गर्न प्रक्रिया अघि बढाएको हो।

सरकारले चालू आर्थिक वर्षको बजेटमा रेल किन्न ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। बजेटमा उपलब्ध रकमले दुईवटा रेल खरिद गर्न नसकिने भन्दै विभागले रकम थप्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो। मन्त्रिपरिषद्ले थप रकमसहित कोकन रेल्वे कर्पोरेसनसँग जी–टु–जी प्रक्रियाबाट रेल खरिद गर्न सहमति दिएको हो। दुई साताभित्र रेल खरिद प्रक्रिया अघि बढ्ने विभागका महानिर्देशक बलराम मि श्रले ...


बालिका बलात्कार गर्नेलाई २५ वर्ष कैद हुने फैसला

रुकुम पूर्व - साढे तीन वर्षीया बालिका बलात्कार अभियोगमा पक्राउ परेका रुकुमका एक व्यक्तिलाई रुकुमकोट जिल्ला अदालतले २५ वर्ष कैद फैसला गरेको छ। अदालतले बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका सिस्ने गाउँपालिका–५, का ३० वर्षीय भरत गौतम (मदन)लाई २५ वर्ष कैद फैसला गरेको हो।

जिल्ला न्यायधीश दुर्गाबहादुर भुषालको इजालसले १९ वर्ष कसुर वापत र ६ वर्ष थप गरी २५ वर्ष कैद फैसला गरेको अदलातका श्रेष्तेदार शुशिलकुमार यादवले बताए। बालिका बलत्कार गरेको कसुरमा १९ र दोहोर्‍याएर अपराध गरेका कारण थप ६ वर्ष गरी २५ वर्ष कैद हुने ...


विप्लव खोज्दै गाउँ पस्यो नेपाली सेना !

कालिकोट - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ। रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो। गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ।

कालिकोट विप्लव नेतृत्वको नेकपाको पकड क्षेत्र मानिन्छ। नेकपाले विभिन्न गतिविधि बढाएपछि सुरक्षा निकाय संयुक्त रूपमा गाउँ केन्द्रित भएको हो।

गुल्मपति थापामगरले जिल्लाबाट मंगलबार गाउँ हिँडेको सुरक्षा निकायको टोली सान्नित्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका हुँदै नरहरिनाथ गाउँपालिका जाने तयारीमा रहेको बताए। उनले भने, ‘तीनवटै सुरक्षा निकायको गस्तीसहित कुमालगाउँमा ...


अध्ययन भिसा लिई पढ्ने विदेशीको संख्या दुई हजार पुग्यो !

काठमाडौँ - अध्ययन भिसामा नेपाल आउने विदेशीको संख्यामा ठूलो वृद्धि भएको छ । २०१८ मा अध्ययन भिसा लिने विदेशीको संख्या अघिल्लो वर्षको तुलनामा ५५ प्रतिशतले बढेको छ । २०१८ मा २ हजार १६ विदेशी (भारतीयबाहेक)ले नेपालमा अध्ययन भिसा लिएका छन् । २०१७ मा १ हजार २ सय ९७ ले यो भिसा लिएका थिए । यसरी नेपाल भित्रिनेहरू अध्ययनभन्दा अन्य गतिविधिमा संलग्न रहेको आशंका अध्यागमन विभागका अधिकारीहरूको छ ।

धेरैजसो धर्म प्रचारमा लागेको उनीहरूको भनाइ छ । ‘अध्ययन भिसा लिनेको संख्या एकदमै बढेको छ, यसमा हामी पनि अध्ययन गर्दै छौँ,’ अध्यागमन विभागका महानिर्देशक ...


बिपी प्रतिष्ठानमा दुई उपकुलपति

धरान - धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना उपकुलपति भएका छन् । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी ओलीले २६ फागुनमा डा. राजकुमार रौनियारलाई उपकुलपति पदबाट हटाउने निर्णय गरेका थिए । ४ चैतमा सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले रेक्टर (शिक्षाध्यक्ष) डा. गुरुप्रसाद खनाललाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त उपकुलपतिमा नियुक्तिपत्र दिए ।

यता सर्वाेच्च अदालतले भने कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्रीको निर्णय कार्यान्वयन नगराउने आदेश दियो । बुधबार रौनियारले पुनः पदबहाली गरेपछि प्रतिष्ठानमा दुईजना उपकुलपति भएका छन् । खनालले सोमबार चैत ४ गतेको पत्र ल्याएर मंगलबारदेखि काम गर्न थालेका छन् । ...


विप्लव समूहविरुद्ध प्रहरीको अन्डर कभर अपरेसन तिव्र !

काठमाडौं - सरकारले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रामक अपरेसन सुरु गरेको छ। विप्लव समूहले पहाडी जिल्ला केन्द्रित गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। प्रहरीले आवश्यकताअनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र गुप्त कारबाही (अन्डर कभर अपरेसन) पद्धति अपनाएर अपरेसन सुरु गरेको हो।

मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले काभ्रेमा कारबाही गर्दा पनि सोही पद्धति अपनाएको थियो। ललितपुरको नख्खुका भएको बम विस्फोट र बसुन्धरामा ...


तराईमा आज होली, जनकपुरमा भोलि

जनकपुरधाम - यस वर्षको होली जनकपुरधाममा शुक्रबार मनाइने भएको छ। पहाडमा बुधबार मनाइएको छ। तराईमा बिहीबार होली मनाइँदै छ। प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भने शुक्रबार मनाइनेछ।

१५ दिने मिथिला माध्यमिकी परिक्रमा जनकपुरको अन्तरगृह प्रवेश गरेको भोलिपल्ट जनकपुर क्षेत्रमा होरी (होली) मनाउने प्रचलन रहेको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले बताए। मिथिला परिक्रमा बुधबार जनकपुरस्थित बाह्रबिघामा आएर समापन भएको छ। बिहीबार बिहानै जनकपुरको अन्तरगृह परिक्रमा सकिएपछि शुक्रबार जनकपुरमा होली मनाइने छ।

नेपाल र भारतको एक सय ३३ किलोमिटरको दुरी पैदल यात्रा गरेर माध्यमिकी परिक्रमामा सहभागी साधुसन्त, गृहस्थ तथा ...


गणतन्त्र, संघीयता र धर्मका बारेमा जनमत संग्रह गर्नुपर्छ : शशांक कोइराला

काठमाडौं - कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने बताएका छन्। होलीका अवसरमा बुधबार आफ्नै निवासमा आयोजित कार्यक्रममा कोइरालाले भने, ‘धर्म निरपेक्षता मात्रै होइन, संघीयता र गणतन्त्रबारे जनमत संग्रह गरेर जनताको इच्छा बुझ्न आवश्यक हुन्छ र सकिन्छ। धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रका लागि जनमत लिनुपर्छ।’ कांग्रेस नेतृत्वको सरकारले नै संविधान जारी गरेर मुलुक गणतन्त्रमा गई कार्यान्वयन भइरहेको अवस्थामा कोइरालाले संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्। कोइरालाका अनुसार धर्म निरपेक्ष वा सापेक्ष हुन सक्दैन।

महामन्त्री कोइरालाले धर्म निरपेक्षताका ...


स्थानीय तहमा मनपरी : कर्मचारी रिझाउन तलब वृद्धि र बढुवा !

काठमाडौं - स्थानीय तहका जनप्रतिनिधिले गैरकानुनी रूपमा कर्मचारीको तलब वृद्धि र बढुवा गरेका छन्। ललितपुर महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका तथा बैतडी र कञ्चनपुर जिल्लाका नगरपालिकाले कर्मचारी रिझाउन तलब स्केल र तह वृद्धि गरेका हुन्। विद्यमान कानुनअनुसार जनप्रतिनिधिलाई कर्मचारीको तलब र तह बढाउने अधिकार छैन।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रूपनारायण भट्टराईले कर्मचारीको सेवासुविधा बढाउने नगरपालिकाको निर्णय गैरकानुनी भएको बताए। ‘केही तहले निर्णय कार्यान्वयन गरिसकेका छन्।

प्रदेश लोकसेवा गठन भएसँगै अनुगमन गरी कर्मचारीलाई खुवाइएको तलब बेरुजु देखाइनेछ’, उनले भने, ‘त्यसपछि जनप्रतिनिधिले कर्मचारी रिझाएर ...


काभ्रेमा प्रहरी र विप्लव समूह बिच दोहोर गोलि हानाहान, एकजना हतियारसहित फरार

काठमाडौँ - मंगलबार राति काभ्रेको रोशी गाउँपालिका-१, काफल डाँडामा प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच मुठभेड भएको प्रहरीले दाबी गरेको छ ।

केही समय अघि उपत्यकाको विभिन्न स्थानमा एकजना सर्वसाधारणको ज्यानसमेत जाने गरी भएका बिस्फोट अनुशन्धानको क्रममा प्राप्त सूचनाका आधारमा काभ्रे पुगेको महानगरीय प्रहरी अपराध महाशाखाको टोली र नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको बताइएको छ। नेकपा समूहका कार्यकर्तालाई नियन्त्रणमा लिन खोज्दा एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा गएको अपराध महाशाखा टोलीमाथि उनीहरुले फायर खोलेको दाबी प्रहरीको छ। त्यसपछि प्रहरीले पनि फायरिङ गरेको दाबी छ।

उक्त टोलीले राति अबेरसम्म खानतलासी ...


'मैले घुस लिएको साँचो हो, यो मेरो जिन्दगीकै ठूलो भुल भयो' : पाठक

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ घुस लिएको अभियोग लागेपछि आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठकसँग बयान लिन थालेको छ। पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान टोलीले दिनभर लिखित बयान लिएको हो।

बेलुका पाठकलाई निवासमै लगेर छोडिएको छ। उनीसँगको बयान नसकिएको अख्तियार स्रोतले जनाएको छ। पाठकलाई अख्तियार र काठमाडौं प्रहरीको विशेष टोलीले २४सै घण्टा निगरानीमा राखेका छन्। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने प्रलोभनमा कलेजका संस्थापक सञ्चालक लम्बोदर न्यौपानेबाट ७८ लाख रुपैयाँ घुस लिएको तथ्य खुलेपछि पाठकले फागुन ...


फुल्चाेकी मिडियाका संचालक, मोडल परि तामाङ र लक्ष्मी मोक्तानलाई किन पक्रियो पुलिसले ?

काठमाडौँ - अस्लिल सामाग्री प्रसारण गरेको भन्दै प्रहरीले यूट्युब च्यानेल मस्ति टकका टाइम्सका मोडल परी तामाङ र लक्ष्मी मोक्तानसहित फुल्चाेकी मिडिया ग्रुपका सञ्चालक राजकुमार कुँवरलाई पक्राउ गरेको छ ।

सामाजिक संजालमा अश्लिल , उत्तेजित अन्तर्वार्ता दिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुविरुद्ध साइबर अपराध लगाई कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

...

काभ्रेमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान

काभ्रे - काभ्रेमा प्रहरी र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्व समूहबीच गोली हानाहान भएकाे छ । विप्लवका कार्यकर्ताहरु काभ्रेमा लुकेर बसेकाे सुराकीका आधारमा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाकाे टाेली काभ्रेमा पुगेका थिए ।

गाउँमा लुकेर बसेका विप्लव कार्यकर्ताले प्रहरीमाथि फायरिङ खाेलेपछि प्रहरीले जवाफी फायरिङ गरेकाे महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी केदार ढकाल जानकारी दिए । उनले भने, 'उनीहरुले गोली चलाएपछि फायरिङ भएको भन्ने आएको छ ।' घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

...

आज फागु पूर्णिमा अर्थात् होली : हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ - फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा ...


३३ केजी सुन तस्करीको न्याय सम्पादनमा मुछिएका न्यायाधीशमाथि छानबिन गर्न समिति गठन

काठमाडौं - ३३ केजी सुन तस्करीका अभियुक्त र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा भएको आदेशमा असंगति देखिएपछि न्यायिक जिम्मेबारीबाट अलग गरिएका उच्च अदालतका आठ न्यायाधीशमाथि वृहत् छानबिन हुने भएको छ । न्यायापरिषद् बैठकले वृहत् छानबिनका लागि सर्वोच्च अदालतका तीनजना न्यायाधीश संलग्न समिति गठन गरेको छ । यसअघि सर्वोच्चकै न्यायाधीश ईश्वर खतिवडालाई छानबिनको जिम्मा दिइएको थियो ।

खतिवडा समितिको ४५ दिन लामो अनुसन्धानपछि सुन प्रकरणमा वृहत् छानबिनका लागि परिषद्समक्ष प्रस्ताव गरेपछि अर्को शक्तिशाली समिति बनाइएको हो । मुद्दाका सबै पक्षमाथि वृहत् जाँचबुझ गर्नुपर्ने अवस्था देखिएको भन्दै खतिवडा ...


भारतबाट हुने पशुपन्छीको अबैध आयात रोकियो !

काठमाडौं - मासु उपभोगका लागि यसअघि भारतबाट पशुपन्छी (खसीबोका, बाख्रा, राँगाभैंसी, भेडा, बंगुर, तयारी कच्चा मासुलगायत)को अवैध आयात हुन्थ्यो। त्यसलाई रोक्न सरकारले कडाइ गरेको छ। सरकारले माछामा पनि रोक लगाएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा पाँच दिनदेखि पशुपन्छी आयात ठप्प छ। मन्त्रालयले स्वदेशी उत्पादनका लागि बजार व्यवस्थापन गर्न, उपभोक्तालाई स्वच्छ, स्वस्थ मासु उपभोग गराउन र मासुजन्य पशुपन्छीमा मुलुकलाई आत्मनिर्भर बनाउन नयाँ रणनीति अख्तियार गरेको बताएको छ।

सरकारले कडाइ गरेपछि पछिल्लो पाँच दिनदेखि भारतबाट मासु प्रयोजनका कुनै पनि पशुपन्छी आयात नभएको चौपाया खरिदबिक्री सेवा केन्द्रका पूर्वअध्यक्ष ...


मोबाइल सेवा लाइसेन्स नवीकरण गर्न २० अर्ब रुपैयाँ

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा नवीकरण दस्तुर २० अर्ब रुपैयाँ लिने निर्णय गरेको छ। प्राधिकरणको आइतबारको बोर्ड बैठकले नेपाल टेलिकमले दोस्रो र तेस्रोपटकको नवीकरण दस्तुर २० अर्बका दरले बुझाउनुपर्ने निर्णय गरेको हो। नेपाल टेलिकमको नवीकरण दस्तुरसहितको निवेदनमा छलफल गरी यस्तो निर्णय गरिएको प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोतम खनालले बताएका छन्। ‘नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा नवीकरण दस्तुर २० अर्ब रुपैयाँ लिने निर्णय गरेको छ’, खनालले भने, ‘नेपाल टेलिकमले माघ २५ गतेभित्रै तेस्रो किस्ता बुझाउँदै मोबाइल सेवा नवीकरणका लागि निवेदन दिएको थियो।

त्यसैका अधारमा छलफल गर्दै ...


श्रम स्वीकृतिका लागि गएका सेवाग्राहीलाई प्रहरीको मुड्की

जनकपुरधाम - संघीय सरकारले पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने व्यवस्था गर्‍यो। जनकपुरको क्याम्पस चोकमा पनि श्रम तथा रोजगार कार्यालय खुल्यो। प्रदेश २ बाट वैदेशिक रोजगारमा जानेहरू खुसी भए। यहाँबाट पहिलो श्रम स्वीकृति धनुषा धनौजी—५ का मोहम्मद जिलानी मोमिमनलाई १० मिनेटमै दिइएको थियो। उनलाई श्रम विभागका महानिर्देशक उदयकुमार गुप्ता र जनकपुर कार्यालयका निमित्त प्रमुख मनोजकुमार यादवले फूलमाला लगाई मिठाई खुवाएका थिए।

तर, आइतबार बिहान ९ः२५ बजे कार्यालयमा सेवाग्राहीको सास्ती हेरिनसक्नु थियो। एक सातासम्म पनि काम नबनेपछि उनीहरू हैरान थिए। रोजगारी टुट्ला कि भन्ने चिन्ता उनीहरूमा ...


नाममात्रैको अस्पताल
ल्याव र औषधिको अभाव

दिवाकर पोख्रेल
देउखुरी, चैत । अभावै अभावमा सञ्चालनमा आइरहेको दाङको लमही अस्पतालमा सुधार आउन सकेको छैन । २०७५ असार मसान्त पछि सञ्चालक समितिको बिघटन संगै अस्पतालमा सञ्चालक समिति नभएपछि केही समय अस्पताल सञ्चालनको विषयमा अन्यौता थपिएको थियो । नयाँ संरचना अन्तरगर्त अस्पातल सञ्चालनको लागि स्पस्ट्र नीति नहुँदा पनि अस्पताल सञ्चालनमा समस्या थपिएको छ । लमही नगरपालिकाले स्वास्थ्य संग सम्बन्धी कार्यविधी नवनाउँदा पनि उत्तिकै समस्या भएको छ । स्थानीय सरकारको नाताले लमही अस्पतालाई संचालन गर्नको लागि लमही नगरपालिकाले पुर्ण जिम्मेवारी लिएर काम गरेको भएपनि अस्पतालको सेवा ...


मन्त्री बन्न बालुवाटारमा क-कसले गरिरहेका छन् लबिङ्ग ! अध्यक्षद्वयको रोजाइमा को-को छन् ?

काठमाडौं - मन्त्रिपरिषद् फेरबदल गर्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो पटक छलफल भएको समाचार सतहमा आएपछि एकजना कहलिएका व्यापारीले प्रधानमन्त्री ओलीका एक सल्लाहकारलाई फोनै गरेर सोधे, ‘अरु कुरा चाहिएन, अर्थमन्त्री चेन्ज हुन्छन् कि हुन्नन् सर?’

प्रधानमन्त्री ओलीका सल्लाहकार अल्मलिए। के भन्ने के नभन्ने, उनी विलखबन्दमा परे।

सल्लाहकारले जवाफ दिए, ‘अर्थमन्त्री त यसै भन्न सकिन्न। दुई पार्टी अध्यक्षबीच छलफल भइरहेको छ। मलाई थाहा भएको यत्ति हो।’

निजी क्षेत्रका व्यापारिक केही समूहहरु अर्थमन्त्री डा युवराज खतिवडा परिवर्तन गर्न चाहन्छन्। कसिलो आर्थिक नीति, ...


एकतामा पेलिए समानान्तर कमिटी बनाउने माधव नेपालको चेतावनी !

काठमाडौं - पार्टी एकताको प्रक्रियामा आफ्नो समूहलाई पेलिएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले नेकपाभित्र समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड पार्टी एकताको अन्तिम गृहकार्यमा जुटेका बेला माधव नेपाल समूहले समानान्तर कमिटी बनाउने चेतावनी दिएको हो। अध्यक्षद्वबीच जिल्ला नेतृत्व टुंगाउन छलफल चलिरहेको बेला नेपालले समानान्तर कमिटीको चेतावनी दिएर आफ्नो प्रष्ट अंशबण्डा खोजेका छन्।

नेता नेपालले सचिवालय बैठकभन्दा बाहिरबाट जिल्ला नेतृत्व टुंग्याए समान्तर कमिटी बनाउने चेतावनी दिएका हुन्। तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नेपाललाई सहमतिमा ल्याउन प्रयास ...


लगानी सम्मेलनका लागि  २५ खर्ब रुपैयाँकाे 'प्रोजेक्ट बैंक' तयार ! कुन आयोजनालाई कति बजेट ?

काठमाडौं - आगामी चैत १५ र १६ गते आयोजना हुने दोश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनका लागि लगानी बोर्डले सरकारी क्षेत्रबाट ४६ वटा र निजी क्षेत्रबाट १७ वटा आयोजनालाई 'प्रोजेक्ट बैंक'का रुपमा राख्ने भएको छ।

लगानी सम्मेलनमा मुख्यतय: यीनै आयोजनाहरुमा आधारित भएर सरकारले विदेशी लगानीका लागि आह्वान गर्न लागेको हो।

विदेशी लगानीकर्तालाई नेपालका कुन आयोजनामा लगानी गर्ने भनेर अन्यौलता नहोस् भन्ने उद्देश्यले प्रोजेक्ट बैंक तयार पारिएको लगानी बोर्डको कार्यालयले जनाएको छ।

लगानी सम्मेलनमा आउने लगानीकर्ताहरुले यी आयोजनाहरुका बारेमा विस्तृत जानकारी पाउनेछन् भने उपयुक्त ठानेमा लगानीका लागि सम्मेलनमार्फत नै प्रतिबद्धता जनाउनेसमेत ...


राति ‘हेडफोन’ लगाएर सुतेका विद्यार्थी विहान उठ्दा कान नसुन्ने भएपछि…

एजेन्सी - ताइवानको ताइचुङ्गमा राति ‘हेडफोन’ लगाएर सुतेका एक विद्यार्थी विहान उठ्दा एउटा कान नसुन्ने भएका छन् ।

डेलीमेलका अनुसार ताइवान एशिया युनिभर्सिटी हस्पिटलमा उक्त विद्यार्थीको उपचार भइरहेको छ । उनको एउटा कानले काम गर्न छोडेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । उनको एउटा कानको ‘हेडफोन’ निस्किएको कारण अर्को कान मात्रै बन्द भएको थियो ।

ओटोराइनोलानेन्जोलोजी विभागका डा. तियान हुईजी (Dr. Tian Huiji Department of Otorhinolaryngology)ले सुत्ने समयमा हेडफोनको प्रयोग नगर्न सुझाव दिएका छन् । जसले कानमा समस्या पैदा गराउँछ ।

रातको समयमा शरीरमा रक्तचाप न्यून हुने भएकाले ...


देउवा र पौडेलले सांसदको टिकट बेचेर आधा-आधा पैसा बाँडे : अमरेशकुमार सिंह
रामचन्द्र पौडेल लोभी बाहुन हुन्

काठमाडौं - नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले गत निर्वाचनका बेला पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसा दिएर टिकट वितरण गरेको र प्राप्त पैसा आधा-आधा बाँडेको आरोप लगाएका छन्।

राजधानीमा नेपाली कांग्रेसको सर्लाही-काठमाडौं सम्पर्क समितिले गरेको कार्यक्रममा बोल्दै सिंहले प्रदेश २ मा टिकट वितरणमा पूरै आर्थिक चलखेल गरेको बताए। प्रदेश २ को एक निर्वाचन क्षेत्रका उम्मेदवारको नाम नलिई उदाहरण दिँदै उनले भने, ‘उसलाई टिकट दिनै हुने थिएन। ६० लाख टिकटको मूल्य तोकिएछ। उसलाई टिकट दिन हुन्न भनी रामचन्द्र पौडेललाई सम्झाएको थिएँ, उनले देउवासँग ...


सिके राउत नेतृत्वको गठबन्धनको केन्द्रीय परिषद् बैठक लहानमा शुरु !

जनकपुर- सरकारसँग ११ बुँदे सम्झौता गरेको सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले राष्ट्रिय परिषद्को बैठक बोलाएको छ। सिरहाको लहानमा आइतबार बस्ने बैठकका लागि सबै केन्द्रीय समिति सदस्यलाई जानकारी पठाइसकेको छ।

बैठकमा सहभागी हुन आउनेलाई आ–आफ्नो नागरिकता अनिवार्य ल्याउन भनिएको छ। सरकारसँग भएको ११ बुँदे सम्झौता र अगामी रणनीतिको बारेमा छलफल गर्नका लागि राष्ट्रिय परिषद्को बैठक बोलाइएको हो।

परिषद्को बैठक सकिएपछि विस्तारित बैठक हुने त्यसपछि गठबन्धनका संयोजक मधेश दौडाहमा निस्किने बताइएको छ। परिषद्को बैठक दुई दिनसम्म चल्ने बताइएको छ। ४ गते परिषद्को बैठक सकिएपछि सप्तरीबाट गठबन्धनको र्‍याली निस्किने ...


विप्लब नेतृत्वको पार्टी अनधिकृत झुण्ड हो, सरकारले चिन्दैन : प्रधानमन्त्री

विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन्।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताए।

'जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो– सरकारले चिन्दैन', प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै प्रतिबन्ध लगाइएको बताए। विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन प्रधानमन्त्रीले नेताहरुलाई आग्रह गरे।

'नेपालका नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, आफैँलाई जवाफ दिन नसक्ने कुराहरु नगर्नुहोस्, उनको पार्टी कहीँ दर्ता भएको ...


पत्नीलाई लिएर उपचारका लागि अमेरिका जाँदै प्रचण्ड, के हो उनलाई लागेको 'पिएसपी' रोग ?

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नि सीताको उपचारका लागि अमेरिका जाने भएका छन्। आइतबार दाहाल दम्पतिका साथ छोरीज्वाइ समेत अमेरिका जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

प्रचण्ड दम्पतिसँगै छोरीज्वाईं गंगा र जीवन आचार्य अमेरिका जान लागेका हुन्। सीतालाई पार्किन्सन जस्तै लक्षण भएको पिएसपी रोग लागेको चिकित्सकले बताएका छन्। सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छन्।

उनीहरु आज साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गर्ने बताइएको छ। सीताको अमेरिकाको जोन हकिङ्स् अस्पतालमा उपचार हुनेछ।

दाहाल दम्पतिका छोरा प्रकाशको गतवर्ष निधन भएपछि सीता थप ...


ऐन प्यासनले जुरायो अभिभावकको भेला
शिक्षा क्षेत्रमा गुणात्मक सुधारको खाँचो

देउखुरी समाचारदाता
देउखुरी, चैत । देउखुरीका ऐन प्यासनमा आवद्ध विद्यालयका अभिभावक लाई एकै ठाउँमा जम्मा गरेर अभिभावक केन्द्रित शिक्षा प्रर्दान गरिएको छ । एन प्याब्सन दाङ देउखुरीले आयोजना गरेको वृहत निजी विद्यालय अभिभावक तालिमको लमहीमा उद्घाटन प्रदेश सभा सदस्य रेवतीरमण शर्माले गर्नुभयो ।

उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले सरकारले आवश्यकताको आधारमा प्राविधिक जनशक्ति उत्पादन गर्न शिक्षा क्षेत्रमा लगाउनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा गुणात्मक सुधारको खाँचो रहेको भन्दै उहाँले शिक्षक, विद्यार्थी, अभिभावक, सरोकार राख्ने निकाय सबै जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

देउखुरीदेउखुरी क्षेत्रमा रहेका ११ ...


पूर्वराजा हेर्न सर्लाहीमा सीडीओसम्मको लर्को

सर्लाही - विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र बिहीबार दिउँसो सर्लाही आएका छन्।

महोत्तरीको जलेश्वरबाट पूर्वपश्चिम राजमार्ग हुँदै सुरक्षा स्कर्टिङको सवारी लावालस्करसहित शाह सदरमुकाम मलंगवा आएका हुन्। सवा ४ बजे मलंगवा आइपुगेका शाहले स्थानीय दुर्गाभगवती मन्दिरमा पूजा गरे। पूर्वराजा शाहको स्वागतमा ठूलो संख्यामा राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित ठूलो संख्यामा राजावादीहरुको उपस्थिति थियो।

त्यस्तै पूर्वराजालाई हेर्न स्थानीय सयौं सर्वसाधारणसमेत सडकको दायाँबायाँ उभिएर नमस्कार गरिरहेका थिए। पूजालगत्तै शाहलाई मन्दिरबाट उत्तरपूर्व जानकी फेमिली पार्टी प्यालेससम्म झण्डै २ किलोमिटर पैदल यात्रा ...


जापान र ललितपुरका सम्पदा मिल्दाजुल्दा

ललितपुर - जापानस्थित अमूर्त लोक सांस्कृतिक सम्पत्ति विभागका प्रमुख हिरोमिची कुबातोले ललितपुर महानगरले आयोजना गरेको काठमाडौं उपत्यका र काभ्रेका मेयरहरूको दोस्रो सम्मेलनमा जापान र नेपालको संस्कृति मिलेको बताएका छन्। कार्यक्रममा २४ वटा नगरपालिकाका मेयर सहभागी थिए। कार्यक्रममा संस्कृति सम्पदा पुनर्निर्माण, संरक्षण, प्रवद्र्धनको विषयमा छलफल भएको थियो। कुबोताले नेपालमा जस्तै जापानमा पनि सन् २०११ मा गएको भूकम्पले महत्वपूर्ण मूर्त र अमूर्त सम्पदामा क्षति पुर्‍याएको बताए।

उनका अनुसार जापानमा आठ हजारभन्दा धेरै अमूर्त सम्पदा छन्। उनले खोकनाबारे अध्ययन गरिरहेका छन्। ‘जापान र नेपालको संस्कृति मिलेको देखिन्छ,’ कुबोताले भने, ...


बोइङ ७३७ म्याक्सका ३७१ विमान ग्राउन्डेड

न्युयोर्क - जहाज निर्माता कम्पनी बोइङले ७३७ म्याक्स परिवारका संसारभरका सबै जहाज ‘ग्राउन्डेड’ गरेको छ। एक वर्षमा एकै खालका दुई घातक हवाई दुर्घटनापछि विभिन्न देशले यो जहाज उडानमा प्रतिबन्ध लगाएका थिए। राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेश निर्देशनमार्फत अमेरिकामा पनि उडान रोकेपछि कम्पनी जहाज थन्क्याउन बाध्य भएको हो।

यसबाट संसारभरिका दर्जनौं एयरलाइन्सका तीन सय ७१ विमान ग्राउन्डेड भएका छन्। अमेरिकी कम्पनी बोइङले आफ्ना जहाजको गुणस्तर उत्कृष्ट भएको दाबी भने छाडेको छैन।

राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘तत्काल यी सबै जहाज नउडाउन निर्देशन दिन्छु। सबै विमानचालक र विमान कम्पनीलाई यो ...


हतियार बुझाउन विप्लवलाई सरकारको ३५ दिनको अल्टिमेटम !

काठमाडौं - सरकारले नेत्रविक्रम चन्द 'विप्लव'नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ। मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट पारे।

विप्लव समूहले आपराधिक र हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उसका त्यस्ता गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने,'यसका लागि रातो कार्पेट ओछ्याएरै बिन्ती गर्छौँ तर उनीहरुको अडान हेर्दा त्यस्तो देखिएन र सरकार यो निर्णयमा पुगेको हो।'

उनले वार्ताका लागि पटक पटक ...


निर्मला हत्या प्रकरण : प्रमाण लुकाएको आरोप लागेका प्रहरी धरौटीमा रिहा

कञ्चनपुर - निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गर्दा प्रमाण लुकाएको आरोप लागेका ६ प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

प्रहरीको बयान र थुनछेक बहसपछि जिल्ला अदालतको बहस बुधबार सकिएको हो।

तत्कालीन डिएसपी ज्ञानबहादु सेठ्ठिलाई ९ लाख, इन्सपेक्टर एकिन्द्र खड्कालाई ९ लाख, सब इन्सपेक्टर जगदीश भट्टलाई चार लाख, सइ हरिसिंह धामीलाई साढे ३ लाख, सइ रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई साढे २ लाख धरौटीमा रिहा गरेको हो।

...

प्रधानमन्त्रीले बैठकै नराखि सेना परिचालनको लागि सिफारिस गर्न सक्ने

काठमाडौं - गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधानसहितको विधेयक संसद्मा पुगेको छ। असहज अवस्थामा तत्काल बैठक बस्न सम्भव नभए प्रधानमन्त्रीले सोझै राष्ट्रपतिसमक्ष सेना परिचालनको सिफारिस गर्न सक्ने व्यवस्था विधयेकमा छ। राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी प्रस्तावित विधेयकमा प्रधानमन्त्री एवं परिषद्को अध्यक्षलाई त्यस्तो अधिकार प्रत्यायोजन गरिएको हो।

‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राष्ट्रिय संकट उत्पन भए वा तत्काल सेना परिचालन नगरे त्यस्तो संकट आउने देखिए र तत्काल सुरक्षा परिषद्को बैठक सम्भव नभए अध्यक्षले सेना ...


नेपालको आफ्नै स्याटलाइट, यस्तो हुनेछ फाइदा !

काठमाडौं - यो हप्ता ‘स्याटलाइट’ विशेष चर्चाको विषय बन्यो। सरकारले अबको ३० महिनाभित्र आफ्नै स्याटलाइट लन्च गर्ने योजनाका साथ फ्रान्स सरकार र फ्रान्सेली कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ। फ्रान्स सरकारसँग भएको यो हस्ताक्षर २५ वर्षदेखि आफ्नै स्याटलाइटको सपना देख्दै आएका नेपालीका लागि महत्वपूर्ण सुरुवात हुनसक्छ।

फ्रान्सको आर्थिक तथा प्राविधिक सहयोगमा ३० महिनाभित्र आफ्नै स्याटलाइट स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा गत शुक्रबारमात्रै नेपाल फर्किएका हुन्। नेपालको तर्फबाट नेपाल दूरसञ्चार प्राधिकरण र नेपालका लागि स्याटलाइट बनाइदिने थालेस एलेनिया स्पेसबीच बाँस्कोटाको ...


गोरखामा शंकास्पद वस्तु फेला

गोरखा - विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको दिन बिहानै गोरखा सदरमुकामका दुई ठाउँमा शंकास्पद वस्तु भेटिएका छन् । गोरखा नगरपालिका ६ क्याम्पसरोडमा र गोरखा नगरपालिका १० बाह्रकिलो भन्ने ठाउँमा कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए ।

तारले जेलिएको र टेप टाँसिएको कुकर झोलामा राखेर सडकमा छाडिएको अबस्थामा भेटिएको उनले बताए । बम हुन पनि सक्ने आशंकामा सो वस्तु निष्कृय बनाउन नेपाली सेनाको टोली सो स्थलमा पुगिसकेको रणसिँह दल गणका गणपति चन्दनसिँह थापाले जानकारी दिए ।

...

सहकारीको बदमासी : सर्वसाधारणबाट पैसा उठाएर आफ्नै व्यवसायमा लगानी !

काठमाडौं - सिभिल ग्रुपले प्रवर्द्धधन गरेको सिभिल सेभिङ एन्ड कोअपरेटिभले ९१ प्रतिशत कर्जा आफ्नै स्वामित्वका अन्य तीनवटा व्यवसायमा लगानी गरेको पाइएको छ। सहकारीको आर्थिक वर्ष २०७४/७५ को अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले आठ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालिमा गरी सात अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको छ। यी तीनवटै कम्पनी सिभिल ग्रुपबाट प्रवर्द्धधित छन्।

सहकारीमा २ हजार ६ सय ९० सदस्य बचतकर्ता छन्। सिभिल सेभिङ एन्ड कोअपरेटिभ सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले प्रवर्द्धधन गरेका हुन्। ...


कहाँबाट ल्याए विप्लवले हतियार ? यसो भन्छन पूर्वडेपुटी कमान्डर समेत रहेका कृषिमन्त्री !

सुर्खेत - कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन्। उनले तत्कालीन लडाकुका छवटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरबाट विप्लव समूहले हतियार लगेको दाबी गरे।

लडाकुका पूर्वडेपुटी कमान्डरसमेत रहेका मन्त्री खनालले विप्लव समूहले तत्कालीन शिविरहरुबाट कति हतियार लिएर बाहिरिएको थियो भन्नेबारे भने खुलाएनन् । ‘मेरै नेतृत्वमा सेना समायोजनको काम भइरहेको थियो, हामी नेपाली सेनासँग सहकार्य गरेर जानुपर्छ भन्ने पक्षमा थियौं’, उनले भने, ‘त्यहीं बेला उहाँहरु हतियार लिएर बाहिरिनु भएको हो ।’ ...


पोखरा विश्वविद्यालयले परिक्षा फारम नबुझेपछि ३ सय ३५ विद्यार्थी अन्योलमा

काठमाडौँ - पोखरा विश्वविद्यालयअन्तर्गतका ४२ कलेजका ३ सय ३५ विद्यार्थीको परीक्षा अन्योलमा परेको छ । बिबिए र बिबिए–बिआईमा मापदण्डविपरीत भर्ना गरिएका विद्यार्थीको परीक्षा फारम विश्वविद्यालयले नबुझेपछि ती विद्यार्थीको परीक्षामा सहभागिताबारेअन्योल भएको हो ।

विश्वविद्यालयले तय गरेको नतिजा ल्याएका १२ कक्षा उत्तीर्णलाई मात्रै भर्ना गर्नुपर्ने मापदण्ड तोडेर कलेजहरूले विद्यार्थी भर्ना गरेका थिए । कलेजहरूले विद्यार्थीसँग भर्नाबापत ४० हजार र पहिलो सेमेस्टरको ६० हजारका दरले उठाइसकेका छन् । ओपेनका महासचिव नरबहादुर विष्टले बिबिए र बिबिए–बिआईमा भर्ना गरिएका ३ सय ३५ विद्यार्थीको परीक्षा फारम भर्ने सवालमा समस्या रहेको बताए ।

कलेजहरूले पोखरा विश्वविद्यालयका उच्च पदाधिकारीसँग ...


विप्लवमाथि प्रतिबन्ध निर्णयले नेकपामा असन्तुष्टि, भन्छन 'सल्लाह नगरी निर्णय लिने यो त अत्ति भो'

काठमाडौं - पार्टीभित्र छलफलबिनै नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टी गतिविधि प्रतिबन्ध लगाउने सरकारी निर्णयमा सत्तारूढ नेकपाकै नेताले असन्तुष्टि जनाएका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले यस विषयमा पार्टीमा सामान्य छलफल नगरी क्याबिनेटबाट सीधै निर्णय लिएको भन्दै नेकपाका नेताहरूले असन्तुष्टि पोखेका हुन्।

सीके राउतसँगको ११ बुँदे सम्झौता, विप्लव नेकपाका गतिविधिमाथि प्रतिबन्धलगायत दुरगामी महत्त्वका विषयमा पार्टी बैठकको आवश्यकता नै नठानी प्रधानमन्त्रीले धमाधम निर्णय लिएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्।

अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बुधबार भेला भएका नेकपा सचिवालय नेताले प्रधानमन्त्रीको कार्यशैलीप्रति तीव्र आक्रोश पोखे। दाहाल निवासको बैठकमा ...


प्रतिबन्धपछि विप्लबको जवाफ : 'सरकारलाई छिट्टै जवाफ दिन्छौं'

काठमाडौँ - नेकपा नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि देश तरङ्गित भएको छ । जनयुद्धका सहयात्री रामबहादुर थापा ‘बादल’को प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएपछि विप्लवका नेताहरुले कडा प्रतिक्रिया दिएका छन् ।

विप्लवका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले मंगलबारै सरकारले हठातरुपमा प्रबतिबन्ध लगाउँदै अपराधिक संगठन घोषणा गरेर महँगो निर्णय लिएको बताएका छन् । उनले यो निर्णय देश र जनतामाथिको गम्भीर षडयन्त्र भएको प्रतिक्रिया दिएका छन् ।

‘सामाजिक फासी केपी–प्रचण्ड सरकारले जनताको पार्टी नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ, यसबाट प्रष्टरुपमा देशलाई दलाल बुर्जुवाहरुको ...


'पार्टीमा औपचारिक छलफल नभई विप्लवको पार्टीलाई प्रतिबन्ध' : नेकपा नेता पौडेल

काठमाडौं - पार्टीमा औपचारिक छलफल नभई नेकपा सरकारले विप्लव पार्टीको गतिविधिलाई प्रतिबन्द गरेको नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताएका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले विप्लव पार्टीको गतिविधि प्रतिबन्ध गर्ने निर्णय गरेपछि नेकपा पार्टीभित्रै असन्तुष्टि पैदा भएको हो।

नेपाल लाइभसँग कुरा गर्दै पौडेलले भने, 'राजनीतिक तवरले हल गर्नुपर्ने हो। राज्यको नियन्त्रणबाट बाहिर गएको थिएन। पार्टीमा औपचारिक छलफलसमेत भएन।'

त्यसैगरी नेकपा नेता बिष्णु रिजालले यसरी गतिविधि प्रतिबन्ध गर्नु एक दुर्भाग्यपूर्ण र अनौठो निर्णय भएको बताए। उनले एक ट्विट्मार्फत प्रतिक्रिया दिए, 'यसले देशलाई अराजकतामा पुर्याउनेछ। यो विवादको औपचारिक घोषणा हो।'

...

भरतपुर महानगरको वडा कार्यलयमा बम बिस्फोट

चितवन - भरतपुर महानगरपालिका ५ को वडा कार्यलयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ। तोरीखेतमा रहेको वडा कार्यालयमा राति करिब १२ः३० बजे विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको जानकारी दिए।

जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो। विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ।

घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताए। राठौरले ...


मन्त्रिमण्डल हेरफेर गर्ने तयारी !

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन्। सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका हुन्। यस विषयमा प्रधामन्त्री ओली र नेकपाका अर्का अध्यक्ष दाहालले विगत दुई दिनयता विभिन्न चरणमा छलफल जारी राखेका छन्।

मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनका लागि ‘सफ्टवेयर’ नै विकास गरेर त्यसमार्फत सबै काम नियाल्दै मूल्यांकन गरिरहेका ओलीले लगानी सम्मेलनपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी थालेको प्रधानमन्त्रीका एक सल्लाहकारले जानकारी दिए। लगानी सम्मेलन चैत १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ।

गत वर्ष ३ फागुनमा ...


सुन तस्करी प्रकरणमा न्यायिक विचलनको आशंका : न्यायाधीशमाथि छानबिन लम्बियो

काठमाडौं - ३८ केजी सुन तस्करीका अभियुक्त र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा न्यायिक विचलनको आशंका उत्पन्न भएपछि जिम्मेवारीमुक्त गरिएका उच्च अदालतका ८ न्यायाधीशमाथिको छानबिन लम्बिने भएको छ। छानबिन समितिको थपिएको एकमहिने म्याद पनि फागुन मसान्तमा सकिँदै छ।

मुद्दाका सबै पक्षमाथि विस्तृत अध्ययन गर्नुपर्ने भएकाले थपिएको म्यादमा छानबिन नसकिएको हो। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा नेतृत्वको न्याय परिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा.कुलरत्न भुर्तेलसहित ८ न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको संयोजकत्वमा समिति गठन गरेको थियो।

सुन तस्करीका अभियुक्तको सुनुवाइ प्रकरणमा परिषद्ले उच्च अदालत विराटनगरका ...


दैलेखका स्थानीय जनप्रतिनिधिहरुलाई पदबाट राजिनामा दिन विप्लब समूहको उर्दी !

दैलेख - दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ । पत्रमात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई सुरक्षा चुनौती देखिएका संवेदनशील स्थानमा सुरक्षाबल बढाउन र सुरक्षा निकाय सचेत हुन आग्रह गरेका छन् ।

यस्ता फोन र धम्की अहिले दैलेखका ११ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षसम्मलाई आएको दैलेखका स्थानीय सरकार प्रमुखहरुले बताए ।

दैलेखका स्थानीय सरकारका प्रमुखहरुलाई ...


पैसा नआए मेलम्ची आयोजनाको काम अघि बढाउन दिदैनौं : स्थानीय ठेकेदार

सिन्धुपाल्चोक- मेलम्ची आयोजनामा नयाँ ठेकेदार कम्पनी आएपनि आफूहरुको पैसा नआए आयोजनाको काम अघि बढाउन नदिने स्थानीय ठेकेदारहरुले चेतावनी दिएका छन्।

मंगलबार सिन्धुपाल्चोकमा पत्रकार सम्मेलन आयोजना गरी स्थानीय ठेकेदारको बक्यौता भुक्तानी नभए मेलम्ची आयोजनामा काम गर्न नदिने उनीहरुले बताएका हुन्।

आयोजनाको तत्कालीन मुख्य ठेकेदार कम्पनी सिएमसीले स्थानीय ठेकेदारलाई ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको उनीहरुको भनाइ छ।

यसअघि पनि पटकपटक तालुकदार निकायमा आफूहरुको रकम भुक्तानीका लागि ध्यानाकर्षण गराइसकेको तर बक्यौता तिर्ने सम्बन्धमा कुनै पनि प्रगति नभएको भन्दै उनीहरूले चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन्।

कार्यक्रम अन्तर्गत बाहुनेपाटीको फिल्ड ...


मन्त्रीमण्डल हेरफेर हुँदैछ : प्रचण्ड

काठमाडौं - सत्ताधारी प्रमुख राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'ले वर्तमान मन्त्रीमण्डल हेरफेर हुन सक्ने बताएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सरकारका मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुन सक्ने बताएका हुन्। तर यसमा प्रधानमन्त्रीकै मुख्य भुमिका हुने उनले बताए।

मंगलबार बिहानमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि मन्त्रीमण्डल हेरफेरका विषयमा कुराकानी भएको उनले बताएका थिए।

'साँचो कुरा के हो भने आज बिहान मात्रै प्रधानमन्त्रीसँग छलफल भएको हो,' अध्यक्ष प्रचण्डले भने, 'हाम्रो सिस्टममा प्रधानमन्त्रीकै अधिकार क्षेत्रभित्रको कुरा हो। आवश्यक परेका खण्डमा दुबै जना अध्यक्षबीच छलफल भएर ...


जहाँ पैसा धेरै छ, त्यहाँ बम हान्‍नेसँग केको वार्ता : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् ।

फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको वनस्थलीस्थित घरमा बम पड्काइएकोबारे नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न आएको टोलीसँग बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका हुन् ।

‘कतिपयले वार्ता गर्नुपर्‍यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् रु बम पड्काउने, आतंकित पार्ने ,पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्” प्रधानमन्त्री ओलीले ...


हिमपातले मुस्ताङमा ११ सय ३५ पशु चौपाया मरे !

मुस्ताङ- लगातारको हिमपातले उपल्लो मुस्ताङमा १२ दिनमा ११ सय ३५ पशु चौपाया मरेका छन् । लोमाङथाङ र थासाङ गाउँपालिकाका विभिन्न गाउँमा कृषिकले पालेका पशु चौपाया मरेका हुन् । सीमा प्रहरी चौकी लोमाङथाङले दिएको जानकारीअनुसार लोमाङथाङ गाउँपालिका ३, ४ र ५ मा ८ सय ८८ भेडाच्याङ्ग्रा र २ सय ३९ याक मरेका हुन् । हिमपातबाट स्थानीय ५५ जना कृषक पीडित बनेको प्रहरीले जनाएको छ । त्यस्तै, थासाङ–२ का गोविन्द शेरचनले पालेका ८ चौँरी हिमपहिरोमा परेर मरेका छन् ।

किसानलाई झन्डै दुई करोडबराबरको क्षति भएको प्रहरीको अनुमान छ । थप विवरण संकलनका लागि मुस्ताङका ...


राष्ट्रिय अखण्डता र सार्वभौम सत्ताको विषयमा जनमतसंग्रह हुन सक्दैन : प्रधानमन्त्री


काठमाडौं - प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय अखण्डता र सार्वभौम सत्ताको विषयमा जनमतसंग्रह हुनै नसक्ने बताएका छन्। मुलुक टुक्रा पर्ने विषयको विषलाई फाल्दै त्यहाँ राजनीतिक धारको परिकल्पना गरिएको उनको तर्क थियो। ‘मुलुक टुक्रयाउने विषय कुनै प्रश्नको रूपमा उठ्नै सक्दैन’, राष्ट्रिय सुरक्षा परिषद्को १८ औं वार्षिक उत्सव कार्यक्रममा उनले भने, ‘मुलुकको अस्तित्व, एकता, जनताको सार्वभौमसत्ता र स्वाधीनताको सवालमा जनमत संग्रह हुनै सक्दैन।’

यद्यपी जनमत संग्रह उच्चारण नै गर्न नहुने शब्द होइन भन्दै उनले भने, ‘लोकतन्त्रको उच्चतम अभ्यास भएको स्थानमा यसको उपयोग हुन्छ। राजनीतिक विषयमा मात्र जनमत संग्रह ...


यो वर्ष कोरियाले १० हजार कामदार लैजाने

काठमाडौ - दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको हो ।

वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्याकंनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो ।

...

सुरक्षा परिषद्को बैठक बस्दै, विप्लबले दिएको सुरक्षा चुनौतीबारे छलफल हुँदै !

काठमाडौं - मुलुकको शान्ति सुरक्षाका बारेमा समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा परिषदको बैठक बोलाइएको छ ।

पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले सुरक्षा संयन्त्रलाई चुनौति दिएको र संघीय राजधानीमा समेत नागरिक असुरक्षित महसुस गर्न थालेपछि थप कडाइ गर्न बैठक आह्वान गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बस्ने बैठकमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतको उपस्थिति रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए ।

स्थायी शान्ति र दीगो विकासको लक्ष्य लिएको सरकारले मुलुकमा भइरहेका अराजक गतिविधिको अन्त्य गर्ने प्रतिवद्धता गरेको ...


इथियोपियन विमान दुर्घटनामा परी गोरखाकी एकता अधिकारीको मृत्यु !

काठमाडाैं - इथियोपिया विमान दुर्घटनामा मृत्यु हुने नेपाली गोरखाकी एकता अधिकारी रहेकाे पुष्टि भएकाे छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्रोतका अनुसार अधिकारी इथियोपियास्थित संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व खाद्य कार्यक्रममा कार्यरत थिइन्। उनी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत रहेकाे बताइएकाे छ।

एकता २ वर्ष अघिसम्म नेपालकै विश्व खाद्य कार्यक्रमसम्बद्ध रहेर काठमाडौंमा कार्यरत थिइन्। विशेषतः नेपालमा आएको २०७२ को भूकम्पपछिको विपत‍्‍‍काे स्थितिमा एकता विश्व खाद्य कार्यक्रमको ‘आपतकालीन राहत कार्यक्रम’मा संलग्न थिइन्।

उनी खाद्य कार्यक्रमअन्तर्गत इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याकाे नैरोबीमा आयाेजित एक कार्यक्रममा ...


रुपन्देहीकाे सम्मरीमाई गाउँपालिका अध्यक्षद्वारा नेकपा परित्याग, यस्तो छ कारण !

भैरहवा- रुपन्देहीकाे सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका छन्। रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पर्ने सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्लाले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। पर्टीभित्र तानाशाही व्यवस्था लादिएको र चाप्लुसी गर्नेहरुलाई प्रश्रय दिइएकाले नेकपाभित्र बस्नुको औचित्य नरहेको उनले बताए।

स्थानीय तह निर्वाचनमा तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित शुक्ला प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अघि तत्कालीन नेकपा (एमाले)मा प्रवेश गरेका थिए। शुक्लासँगै पत्नी पल्लवी शुक्ला पनि एमालेमा प्रवेश गरी रुपन्देही क्षेत्र नम्बर ४ 'ख' बाट प्रदेशसभा ...


गुप्तचरी निकायलाई बलियो बनाउन 'राष्ट्रिय सुरक्षा नीति'को सिफारिस !

काठमाडौं - परिमार्जित राष्ट्रिय सुरक्षा नीतिले गुप्तचरी निकायलाई बलियो पार्न सिफारिस गरेको पाइएको छ।

रक्षा मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय सुरक्षा नीति, २०७५’ ले राजनीतिक आडमा हुने अपराध, कमजोर अर्थतन्त्र, परनिर्भरता, विखण्डनवादी समूहको गतिविधि आदिको सूक्ष्म विश्लेषण गर्ने गुप्तचरी निकायलाई बलियो बनाउनुपर्ने सिफारिस गरेको हो।

‘राष्ट्रिय सुरक्षा नीति, २०७३’ लाई परिमार्जन गर्न ६ महिनाअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलकाे संयोजकत्वमा बनाइएको समितिले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त नीतिको मस्यौदा बुझाएको थियो।

समितिका अन्य सदस्यमा पूर्व महान्यायाधीवक्ता हरि फुयाँल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, राष्ट्रपतिका सामाजिक तथा राष्ट्रिय ...


विप्लव माओवादीलाई धमाधम पक्राउ गर्न गृहमन्त्रीको निर्देशन !

सुर्खेत- गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादीलाई नियन्त्रण गर्नका लागि कठोर रुपमा प्रस्तुत हुन सुरक्षा अंगहरुलाई निर्देशन दिएका छन्। उनले पछिल्लो केही समययता विप्लव माओवादीले देशव्यापी रुपमा ध्वंसात्मक गतिविधिहरु विस्तार गरेको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि कठोर रुपमा प्रस्तुत हुन सुरक्षा अंगहरुलाई निर्देशन दिए। ‘अहिलेकै संविधान र कानुनको परिधिभित्र रहेर विप्लवका गतिविधिहरु नियन्त्रण गर्नेतर्फ लाग्नुहोस्’ कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘उनीहरुलाई कुनैपनि हालतमा फैलिन दिइनु हुन्न।’

उनले विगतमा कतिपय पक्षहरुबाट विप्लव माओवादीलाई संरक्षण र उत्मुक्ति दिइएकाले उनीहरुको हौसला बढेको बताए। ...


कमजोरी कसको : पाल्पाको जिल्ला अस्पताल जहाँ घाउँ पुछ्ने रुई समेत छैन !

तानसेन -फलामले काटेर गम्भीर चोट लागेपछि तानसेन नगरपालिका–११ बन्दीपोखराका १५ वर्षीय गोविन्द बोहरालाई आमा भीमाले बिहीबार जिल्ला अस्पताल दौडाइन् । एक घन्टा हिँडेर आमाछोरा अस्पताल पुगे, तर अस्पतालमा टिटी सुई नै रहेनछ । जिल्ला अस्पतालको बिजोग त्यतिवेला थाहा लाग्यो, जब भीमाले छोराको आँखामाथि जमेको रगत पुछ्न रुई मागिन् । नर्सले भनिन्, ‘रुई छैन ।’

‘१ घन्टा हिँडेर अस्पतालसम्म आयौँ, नर्सले टिटी सुई लगाउनुपर्छ, तर यहाँ सकिएको छ भन्दै मेडिकलतिर लैजान भन्नुभयो,’ भीमाले भनिन्, ‘लतपतिएको रगत पुछ्न रुई मागेको, त्यो पनि रहेनछ ।’

अस्पतालको इमर्जेन्सी तथा स्टोर शाखाका इन्चार्ज अहेव चन्द्रतारा बस्यालले टिटी ...


केडिया अपहरणमा प्रहरीकै संलग्नता, ३० लाख लिएको दाबी !

वीरगन्ज - उद्योगी सुरेश केडियाको अपहरणकाण्डका मुख्य नाइके भारतीय नागरिक बब्लु पासवानले अपहरणका बेला नेपाल प्रहरीले पनि मोटो रकम लिएको आरोप लगाएका छन्।

उद्योगी केडियाको अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले गत बिहीवार भारतसँग सीमा जोडिएको पर्साको भिस्वा नाकाबाट भारत बिहारको रक्सौल नगर परिषद् वडा नम्बर १७ का ३५ वर्षीय बब्लु पासवान र राजहर्नाही ग्राम पन्चायत वडा नम्बर ३ का २५ वर्षीय नन्की भन्ने विजय महतो कुशवाहालाई पक्राउ गरेको थियो।

पक्राउ परेका दुवैलाई सार्वजनिक गर्न शनिवार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा अपहरणकाण्डका मुख्य नाइके भनिएका पासवानले ...


कसको ‘सुरक्षा थ्रेट’ छ सिके राउतलाई ?

काठमाडौं - सरकारसँग सम्झौता हुनुअघि मुलुक विखण्डनको माग गर्दै आएका सीके राउत सुरक्षा चुनौतीका पात्र थिए। सेना र प्रहरीको आँकलन पनि यस्तै थियो। तर यतिबेला राउत आफैं ‘सुरक्षा थ्रेट’ मा छन्। त्यसैले सरकारले उनको सुरक्षाका लागि प्रहरी नायब निरीक्षक (सई) दर्जाका एक जुनियर प्रहरी अधिकृत खटाएको छ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा राउतलाई प्रहरी प्रधान कार्यालयले अंगरक्षक उपलब्ध गराएको हो। अंगरक्षकको आवश्यक प्रबन्धको छुट्टै प्रक्रिया छ। हालसम्मको प्रक्रियामा गृहले प्रहरी मुख्यालयलाई निर्देशन दिने र मुख्यालयको सुरक्षा सेवा निर्देशनालयले अंगरक्षक खटाउँदै आएको छ। तर राउतलाई दिइएको अंगरक्षक गृहले सीधै ...


राष्ट्रपति आज न्युयोर्क जाँदै !

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी महिलासम्बन्धी राष्ट्रसंघीय बैठकमा सहभागी हुन आइतबार त्यसतर्फ जाँदैछिन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३औं बैठकमा भाग लिन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

लैंगिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्राष्ट्रिय स्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले महिलाको नेतृत्वले कसरी विश्वलाई परिवर्तन गर्नसक्छ भन्ने विषयमा धारणा राख्नेछिन् । उनले साइडलानमा संयुक्त राष्ट्रसंघका महासविच गुटेरसलगायत अन्य सहभागीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीसँग परराष्ट्र सचिव ...


विप्लव समूहले अपहरण गरेको प्रदेश सांसद मल्ल सम्पर्कमा !

काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अपहरण गरेको भनिएकी बझाङकी प्रदेश सांसद देवकी मल्ल थापा सम्पर्कमा आएकी छन्।

समानुपातिकबाट सांसद बनेकी थापालाई शुक्रबार बिहान विप्लव समूहले कब्जामा लिएको थियो। उनी दिउँसो सम्पर्कमा आएको बझाङका डिएसपी प्रवीण धितालले जानकारी दिए । ‘उहाँ सम्पर्कमा आइसक्नुभएको छ। थप विवरण उहाँलाई भेटेपछि नै थाहा होला,’ डिएसपी धितालले भने।

समानुपातिकबाट सांसद बनेकी थापालाई शुक्रबार बिहान विप्लव समूहले कब्जामा लिएको बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताएका थिए।

...

सरकारले सिके राउतसंग तराई-मधेसमा गर्ने भनिएको आखिर कस्तो जनमत संग्रह हो ?

काठमाडौँ - स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. चन्द्रकान्त राउत (सिके) मूलधारको राजनीतिमा प्रवेश गरेका छन् । सरकारसँग ११ बुँदे सहमतिमा हस्ताक्षर गर्दै उनी मूलधारको राजनीतिमा होमिएका हुन् ।

तराई-मधेसमा छुट्टै राज्यको अभियानसहित पृथकतावादी गतिविधि चलाइरहेका सिके राउतसँग सरकारले 'जनमतको सहमति' गरेको छ ।

कस्तो जनमत ?

राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित राजनीतिकि सहमति घोषणा कार्यक्रममा राउतले सरकारसँग ११ बुँदे सहमति गरेका राउतले दुई नम्बर बुँदालाई विशेष प्राथमिकता थिए ।

गृहमन्त्री रामबहादुर थापा बादलसँग हस्ताक्षर गरिएको सहमतिको पत्र लेनदेन गरेपछि मञ्चमा उक्लिएका उनले सरकारले तराई-मधेसमा जनमत संग्रहको बाचा गरेकाले मूलधारकै राजनीतिमा ...


वैदेशिक रोजगार सङ्घका अध्यक्षको घरमा बम विस्फोट !


काठमाडौं - वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरूङको बसुन्धारस्थित घरमा शुक्रबार राति ७:४० बजे अज्ञात समूहले बम विस्फोट गराएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाका अनुसार अज्ञात समुहले बम विष्फोट गराएको हो । गुरुङ दिउँसोदेखि घरमै थिए । उनले चार तलामाथिबाट ठूलो विष्फोटको आवाज सुनेपछि हेर्दा गाडीमै आगो लागेको देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले अहिले यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेकाे बताएकाे छ । साथै अनुसन्धान सुरु गर्ने बताएकाे छ । घरमा पार्किङ गरेर राखिएको कारमा र बम विस्फोट ...


सबैलाई सरप्राइज दिंदै एकाएक कसरी ‘यू–टर्न’ भए सिके राउत ?

काठमाडौं - राष्ट्रिय अखण्डता विरुद्धकै नारा लिएर मधेसमा सांगठनिक रुपमा सक्रिय डाक्टर सिके राउत आफ्नो अभियान छोडेर मूल राजनीतिमा आउने घोषणा गरेका छन्।

सिके राउतको ‘यूटर्न’का लागि सरकारका तर्फबाट कसले पहल गरेको रहेछ? हामीले प्रधानमन्त्री केपी ओलीका एक जना सल्लाहकारलाई सोधेका थियौं।

‘यसमा स्वयं प्रधानमन्त्री ओलीले पहल गर्नुभएको हो’, ती सल्लाहकारले भने, ‘प्रधानमन्त्री ओलीलाई सघाउने काम भने राजनीतिक सल्लाहकार विष्णु रिमाल र पार्टीका तर्फबाट महासचिव विष्णु पौडेलले गर्नुभएको हो।’

हिजो मात्रै सर्वोच्च अदालतको आदेशबाट रिहा भएका राउतले फेरि छुट्टै मधेसको अभियान चलाउने र पुन: पक्राउ पर्न सक्ने धेरैले ...


डा सिके राउत र सरकार बिच ११ बुंदे सहमति, यस्ता छन् सहमतिका बुँदाहरु !

काठमाडौं- डा सिके राउतसँग सरकारले ११ बुँदे राजनीतिक सहमति गरेको छ। 'छुटै मधेस' हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका राउतसंग आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले हस्ताक्षर गरे ।

यस्तो छ सरकार र गठबन्धनबीच भएको सहमति

१) संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र हो। नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डता रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो।

२) राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्येश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्नेमा हामी ...


 काठमाडाै जिल्ला अदालतका न्यायाधीश भरत लम्साल किन कारबाहीमा परे ?

काठमाडौं - न्यायिक विचलन भेटिएकाे भन्दै काठमाडाै जिल्ला अदालतका न्यायाधीश भरत लम्साल कारबाहीमा परेका छन्। उनलाई कारबाही स्वरुप सप्तरी जिल्ला अदालत सरुवा गरिएकाे छ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले न्यायीक विचलनमा परेकाे उजुरि हेरेपछि न्यायाधीश लम्साललाई सरुवा गरेका हुन्।

आफू पदमा आएपछि एक विशेष निगरानी समिति गठन गरी देशभरका जिल्ला तथा उच्च अदालतकाे न्याय सम्पादनकाे प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए। साेअनुसार प्रधानन्यायाधीश राणाले पदमा आसिन भएको पहिलाे हप्तामै न्याय सम्पादनमा विचलन देखिएकाे उजुरी परेका न्यायाधीशहरुलाई धमाधम सरुवा गर्दै आक्रमक 'एक्सन' थालेका थिए।

यसअघि विराटनगर उच्च अदालतका ७ जना न्यायाधीशलाई ...


हेलिकोप्टर दुर्घटनामा निधन भएकाका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा !

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाका परिवारलाई आवश्यक आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्।

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको साझा संकल्पमा इमानदारिताका साथ लागेका मन्त्री अधिकारीसहित हेलिप्काेटर दुर्घटनामा परी निधन भएका सातै जनाको परिवारको अवस्थाबारे अध्ययन भइरहेको उल्लेख गर्दै छिट्टै आवश्यक आर्थिक सहायता उपलब्ध गराउने बताए।

बिहीबार मन्त्री अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमम बोल्दै उनले लोकतन्त्रको सफल कार्यान्वयन, मुलुकको विकास र ...


सिके राउतको स्वतन्त्र मधेस गठनबन्धन बिघटन हुँदै, प्रधानमन्त्रीसंगै आज अखण्डता स्वीकार गरेको घोषणा गर्दै !

काठमाडौं - प्रधानमन्त्री केपी ओली र पृथकतावादी गतिविधि गरिरहेका डा सिके राउतले आज एकै मञ्चबाट सम्बोधन गर्दैछन्। यसअघि स्वतन्त्र मधेसको एजेन्डासहित गतिविधि गरिरहेका राउतले आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा अखण्ड नेपाल स्वीकार गरेको घोषणा गर्ने बताइएको छ।

जिल्ला अदालत रौतहटको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका राउत सर्वोच्च अदालतको आदेशमा हिजोमात्रै रिहा भएका थिए।

राउत लामो समयदेखि मधेसलाई नेपालबाट छुट्याउनुपर्ने अभियानमा थिए। स्रोतका अनुसार राउतको स्वतन्त्र मधेस गठनबन्धनसमेत आजैबाट विघटन हुनेछ । मधेसलाई राज्यले दमन गरेको भन्दै उनले मधेसमा छुट्टै सेना हुनुपर्ने समेत बताउँदै आएका ...


सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश !

काठमाडौं - सर्वोच्च अदालतले सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले साधारण तारेखमा रिहा गरी अनुसन्धान जारी राख्न आदेश दिएको हो ।

जिल्ला अदालत रौतहटको आदेशमा राउत पुर्पक्षको लागि जिल्लामै थुनामा रहेका थिए । राउतले राज्य विप्लवको मुद्दा खेपिरहेका छन् ।

 

 

...

विप्लबको भातिजाको घरमा प्रहरीले खानतलासी गरेपछि कपिलवस्तुमा लफडा !

तौलिहवा - कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढीमा नेत्र विक्रम चन्द ‘विप्लव’को घर समेत रहेको शिवगढीमा प्रहरीले सर्च अपरेसन गरेपछि स्थानीय र प्रहरीबीच तनाव सिर्जना भएको छ ।

प्रहरीको विशेष टोलीले बिहीबार बिहान विप्लवका भतिजा यादव चन्दको घरमा शर्च अपरेसन गरेको थियो। सर्च अपरेसन गर्दा चन्दको घरमा केही हतियार भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले सर्च अपरेशन गर्दै गर्दा स्थानीयबासीले प्रहरीलाई ढुङ्गा प्रहार गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको वडा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

विशेष सुराकीको आधारमा प्रहरीले चन्दको घरमा अपरेशन गरेको हो। प्रहरीले ...


राहत शिक्षकले आन्दोलन फिर्ता लिए, यस्तो छ सरकारसंगको ३ बुँदे सहमति !

काठमाडौँ - सरकारसँग तीनबुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी) का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ।

केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको थियो।

सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरले आज जारी गरेको विज्ञप्तिमा आन्दोलन फिर्ता गरिएको जनाइएको छ।

छुट अस्थायी र स्रोत व्यक्ति सट्टा शिक्षक भने उक्त सहमतिमा समावेश छैनन्।

मन्त्रालयले ...


कर्मचारीलाई समायोजनपत्र दिई खटाउन सुरु !

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका कर्मचारीलाई समायोजनपत्र दिई संघ, प्रदेश र स्थानीय तहमा खटाउन थालेको छ।

अहिलेसम्म समायोजन रोजेका करिब ४८ हजारलाई पत्र दिई खटाउने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। 'समायोजन रोजेकालाई पत्र दिई खटाउने कार्य भइरहेको छ,' उनले भने, 'समायोजनपत्र लिएका कर्मचारी ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार २१ दिनभित्र आफू समायोजन भएको कार्यालयम पुग्नुपर्नेछ। कर्मचारी समायोजन नहुँदा प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव भएको गुनासो आइरहेको छ।'

करिब ८७ कर्मचारीमध्ये कर्मचारीमध्ये ७७ हजारले समायोजन रोजेका थिए। समायोजन रोजेकालाई विस्तारै ...


३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दाउपर सर्वोच्चमा सुनुवाइ जारी

काठमाडौं - ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । उक्त मुद्दा न्यायाधीशद्धय दिपककुमार कार्की र हरिकृष्ण कार्कीको इजलाशमा पेसी रहेको छ।

१७ आरोपितहरु जिल्ला अदालत मोरङ, उच्च अदातल विराटनगरले आफ्नो पक्षमा आदेश नगरेपछि पुनरावेदनको निवेदन लिएर सर्वोच्च आएका हुन्। दुई प्रतिवादिको हकमा सरकार आफैंले पुनरावेदन निवेदन दायर गरेको छ। सबै १९ थान निवेदनहरु एकै इजलाशमा राखेर सुनुवाइ हुन लागेको हो।

पाँच पटकसम्म पक्षले सार्दै आए पेसी

उच्च अदातल विराटनगर र जिल्ला अदातलले गरेको आदेश त्रुटीपूर्ण भएको भन्दै १७ नम्वर निवेदनअनुसार ...


प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई थप सेवासुविधा हुने

काठमाडौं - प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सेवासुविधा हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीहरुलाई थप सुविधा हुने व्यवस्थासहितको संघीय निजामती सेवा ऐन संघीय संसदमा पेस गरिएको बताए ।अहिले स्थानीय तहमा समायोजन भएर गएका निजामती कर्मचारीहरुलाई बढुवा भएर संघीय सरकार मातहत ल्याउने बाटो खुला रहेको उनको भनाइ थियो।

बिहीबार ललितपुरमा नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुका लागि आयोजित आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको समापन गर्दै मन्त्री पण्डितले कुनै पनि तहका कर्मचारीहरुको वृत्तिविकास नरोकिने दोहोर्‍याए। ...


टीकापुर काण्डमा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद हुने फैसला, अरु कसले के सजाय पाए (सुचिसहित)

धनगढी- टीकापुर घटनामा जिल्ला अदालत कैलालीले प्रतिनिधिसभाका सांसद तर पुर्पक्षका लागि थुनामा रहेका रेशमलाल चौधरीसहित ११ जनालाई मुख्य दोषी ठहर गर्दै जन्मकैद हुने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित अन्य १० जनाको योजनामा उच्च सुरक्षा अधिकारीसहित ९ जनाको हत्या भएको ठहर गरेको हो। एक नाबालकको समेत उक्त घटनामा हत्या गरिएको थियो। 'पासविक' घटना भएको भन्दै टीकापुर काण्डको रुपमा चर्चा भएको थियो।

जिल्ला अदालतको फैसला अनुसार जन्मकैद ककसलाई ?
रेशमलाल चौधरी
हरिनारायाण चौधरी
राजकुमार कठरिया
सुन्दरलाल कठरिया
बृजमोहन डगौरा
राजेश चौधरी
वीरबहादुर चौधरी


प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि शिक्षण अस्पताल भर्ना भएका छन्।

नियमित उपचारका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना भएका हुन्।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्री उपचारका लागि अस्पताल भर्ना भएको पुष्टि गर्दै आवश्यक परीक्षण भइरहेको बताइन्।

...

प्याराग्लाइडिङमा हेलचक्र्याइँ : तीन दिनमा ४ दुर्घटना हुँदा कता गयो नियमनकारी निकाय ?

पोखरा - प्याराग्लाइडिङ उडानमा दिनहुँजसो दुर्घटना हुन थालेका छन्। रसियन पाइलट डिमित्री स्टेपान्सिनको मंगलबार सराङकोटबाट ‘टेकअफ’ को क्रममा ज्यान गएको छ। बैदाम चौकीका डिएसपी कोमल शाहका अनुसार टेकअफ गर्ने क्रममा मंगलबार बिहान ११ बजेतिर डिमित्री भुइँमा बजारिएका थिए। आइतबार सराङकोटबाटै उडेका रोमानियाका पाइलट इबि चिसजिरले पनि प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए। सोमबारको दुर्घटनामा पनि दुई विदेशी पाइलट घाइते भए।

पछिल्लो तीन दिनमा भएका चारवटा प्याराग्लाइडिङ दुर्घटनामा दुई विदेशी पाइलटको ज्यान गएको छ भने दुईजना घाइते भए। प्याराग्लाइडिङ व्यवसायीका अनुसार चारवटै दुर्घटनाका पाइलट सोलो (एकल) उडानमा थिए। ...


घुस प्रकरणमा मुछिएका पाठकसँग बयान लिने अख्तियारको तयारी !

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरको स्वामित्व विवादमा घुस लिएको आरोप लागेका आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई बयानका लागि डाक्ने भएको छ।

सो घुस प्रकरण सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पाठकलाई आयोगका सहसचिव नेतृत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले बयानका लागि टंगालस्थित कार्यालयमै बोलाउने तयारी गरेको हो। पाठकमाथि उक्त कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको आरोप छ।

इन्जिनियरिङ कलेज घुस प्रकरण अनुसन्धान टोलीमा सहसचिव, उपसचिव र नेपाल प्रहरीका डिएसपी छन्। पाठकले कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै बिचौलियामार्फत घुस लिएको पुष्टि भएपछि ...


आठ करोडको मेसिन तीन वर्षदेखि ट्रमाको स्टोरमै थन्कियो, निर्देशक भन्छन : 'राख्ने ठाउँ भएन'

काठमाडौँ - सरकारी अस्पतालले किनेका र अनुदानमा पाएका कतिपय महँगा उपकरण प्रयोग भएका छैनन् । बिग्रिएका उपकरण बनाइएको छैन भने कतिपय नयाँ उपकरण जडानसमेत नभएकाले खिया लागेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सअन्तर्गत रहेको राष्ट्रिय ट्रमा सेन्टरमा तीन वर्षअघि ल्याइएको सिटी एन्जिओग्राम (क्याथ ल्याब) सञ्चालनमा आउन सकेको छैन । त्यस्तै अत्याधुनिक इन्ट्राअप्रेटिभ सिटी स्क्यान पनि विगत एक वर्षदेखि थन्किएर बसेको छ ।

भारतले बनाइदिएको ट्रमा सेन्टरमा क्याथ ल्याब पनि उसैले अनुदानमा दिएको हो । तर, सेन्टरका निमित्त निर्देशक डा. विनोद शेरचनका अनुसार सिटी स्क्यान राख्ने कोठाको व्यवस्थापन भएको छैन । मेसिन ...


श्रीमतीलाई भान्से राखेर तलब खुवाएका फुङलिङका उपमेयरले फिर्ता गरे ९६ हजार

फुङलिङ - ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले श्रीमतीलाई भान्से नियुक्त गरेर खुवाउँदै आएको तलब एकमुष्ट फिर्ता गरेका छन् । उपमेयर भट्टराईले १ साउनदेखि श्रीमती बालकुमारी कार्की भट्टराईलाई भान्से नियुक्त गरेर मासिक १५ हजार ५ सय ९० रुपैयाँका दरले अहिलेसम्म दिएको ९६ हजार रुपैयाँ फिर्ता गरेका हुन् ।

उपमेयर भट्टराईले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आफूबाट गल्ती भएको स्विकार्दै श्रीमतीले बुझेको ९६ हजार नगरपालिकाको सञ्चित कोष खातामा जम्मा गरेको बताए । समयमै ऐन, कानुन, नीतिनियम, कार्यविधि, निर्देशिका उपलब्ध नहुँदा गल्ती भएको उनले बताएका छन् । गत आइतबार नयाँ पत्रिकामा ...


ज्ञानेन्द्र झाको बयान : ‘लम्बोदरको ७८  लाख आयुक्त पाठकलाई बुझाएको हुँ’

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेको ७८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई बुझाएको स्वीकार गरेका छन्। आयोगका तत्कालीन आयुक्त पाठकको रकम लेनदेनसम्बन्धी अडियो–भिडियो प्रकरणमा मुछिएका झाले अख्तियारसँगको बयानमा आफूले पाठकलाई उक्त रकम बुझाएको स्वीकार गरेका हुन्।

झाले भनेका छन्, ‘पाठकलाई एकपटक ४० लाख र अर्कोपटक ३८ लाख रकम दिएको हुँ।’ अख्तियारले झासँग शुक्रबार, आइतबार र मंगलबार बयान लिएको छ। ‘न्यौपानेको कलेजमा विवाद रहेछ। साथीभाइका नाताले न्यौपानेले एकपटक आयुक्तसँग भेट्ने कुरा गर्नुभयो,’ ...


नक्कली भ्याट बिल जारी गरी राज्यलाई अर्बौं ठग्ने २४ फर्मविरुद्ध मुद्दा

काठमाडौं - राजश्व अनुसन्धान विभागले राजश्व छली गर्ने विभिन्न व्यक्ति तथा कम्पनीहरुलाई अर्बौँ रकमको बिगो सहित मुद्दा दायर गरेको छ । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल जारी गर्दै १ अर्ब ७५ कराेड राजश्व हिनामिना गर्ने २४ वटा नयाँ फर्म तथा कम्पनीहरु बिरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको हो ।

विभागका अनुसार झुट्टा तथा नक्कली सामान बिक्री गरी राजश्व छली गर्ने जयकिशोर साह र परमेश्वर साहसहित २४ वटा फर्मका संचालक समेतलाई १ अर्ब विगो दाबीसहित काठमाडौं अदालतमा मुद्दा दर्ता गरिएको हो ।

मुल्य अभिवृद्धि करको झुट्टा तथा ...


यी हुन् ‘रेड जोन’मा परेका ७ मन्त्री ! अन्य धेरैजसको काम पनि सन्तोषजनक छैन !

काठमाडौं - ‘मैले त्यस्तो महसुस गरेको त छैन, तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू हेरफेर गर्नेबारे अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिरहेको भन्ने खबर सुनेको छु,' अघिल्लो साता ताप्लेजुङ उड्नुअघि संस्कृति, नागरिक उड्ययन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले तालुकदार मन्त्रालयका एक उच्च अधिकारीले राखेको जिज्ञासामा भनेका थिए, ‘मलाई भने प्रधानमन्त्रीले त्यस्तो सुइँको दिनुभएको छैन। यसबारे म यस्तै हुन्छ भन्न सक्दिनँ।’

मन्त्री अधिकारीसहित ७ जनाको दु:खद् निधन भएको ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाको अघिल्लो दिनसम्म पनि मन्त्रिमण्डलमा जिम्मेवारी हेरफेर हुनेबारे मिडियाहरूमा चर्चा देखिएको/पढिएको थियो। शोकका कारण पनि यो विषयको चर्चा ...


पानीजहाजको सम्भाव्यता अध्ययन गर्ने टोली नवलपरासीको त्रिवेणीमा !
टर्मिनल त्रिवेणी व्यारेजनजिक राख्न सकिने

नेपाल - भारत चल्ने पानीजहाजको टर्मिनल नेपालमा त्रिवेणी व्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको अध्ययनले देखाएको छ । नेपालमा पानीजहाजको सम्भावना खोज्न गठित समिति र भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरण विज्ञ समूहले सोमबार अध्ययन गरी सुस्ता गाउ“पालिकामा पर्ने गण्डक नदीको स्पर (ठोकर) नम्बर १२ आसपास तत्कालका लागि टर्मिनल बनाउन सकिने सम्भावित निष्कर्ष निकालेको हो ।

त्रिवेणी व्यारेजको पुलभन्दा तल्लो भागमा स्पर नम्बर १२ आसपास टर्मिनल बनाउन उपयुक्त देखिएको नेपालतर्फको टोलीका संयोजक जल तथा ऊर्जा आयोजनाका सहसचिव माधव बेल्वासेले बताए । भारतीय पक्षले यसबाहेक त्रिवेणी ब्यारेज पुलभन्दा माथिपट्टि नवलपुरको ...


दक्षिण कोरियाबाट वर्षमा साढे ४४ अर्ब हुन्डीमार्फत नेपाल भित्रिने गरेको खुलासा !

काठमाडौँ - दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले प्रत्येक वर्ष झन्डै ४४ अर्ब रुपैयाँ हुन्डीमार्फत नेपाल पठाउने देखिएको छ । औपचारिक प्रणालीबाट कोरियाबाट नेपाल भित्रने रेमिट्यान्स र दक्षिण कोरियामा रहेका नेपालीको कुल कमाइलाई तुलना गर्दा त्यहाँबाट झन्डै आधा खर्ब रकम हुन्डीमार्फत नेपाल भित्रिने गरेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दक्षिण कोरियाबाट आर्थिक वर्ष २०७४/७५ मा रेमिट्यान्स कम्पनी तथा बैंकिङ प्रणालीबाट १८ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ (सोमबारका लागि तोकिएको अमेरिकी डलरको खरिददरअनुसार) भित्रिएको देखिन्छ । यो रकम सोही अवधिमा कोरियामा नेपालीले गरेको आम्दानीभन्दा करिब ४४ अर्ब ६५ ...


सरकारी कर्मचारीको मिलेमतोमा गुठीको करोडौंको जग्गा व्यक्तिलाई नामसारी !

काठमाडौं - मृगस्थली गोरखनाथ गुठीको करोडौं मूल्य पर्ने जग्गा व्यक्तिलाई नामसारी गरिएको छ। नापी र मालपोतका कार्मचारी तथा भूमाफियाले साविकको बालाजु गाविस २ ‘क’ को कित्ता नम्बर ३४३ को २ रोपनी ७ आना गुठीको जग्गा प्लटिङ गरी व्यक्तिलाई नामसारी गरेका हुन्।

०२२ सालमा जग्गा ऐनअनुसार गुठीको नाममा दर्ता भई संस्थानले पुर्जा पाएको अभिलेख सुरक्षित छ। जग्गाधनी पुर्जामा गुठीको जग्गा भएको स्पष्ट देखिन्छ। ०४५÷४६ सालतिर दोस्रो नगर नापी हुँदा धेरै कित्ताकाट भएको पाइन्छ।

नापी कार्यालय डिल्लीबजारले गुठी संस्थाको तहसील शाखा कार्यालयलाई दिएको विवरणअनुसार साविकको बालाजु २ को उक्त ...


केन्द्रको हस्तक्षेपले स्थानीय तह रुष्ट !

काठमाडौं - कानुन निर्माणका क्रममा सरकार संघीयताको मर्मविपरीत जान थालेपछि स्थानीय तह रुष्ट बनेको छ। संविधानले दिएको एकल अधिकार प्रयोगमा सरकारले ‘हस्तक्षेप’ गरेको आरोप स्थानीय तहका जनप्रतिनिधिले लगाएका छन्।

स्थानीय जनप्रतिनिधिको साझा संस्था गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघले स्थानीय तहको संविधानप्रदत्त अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप लगाउँदै कानुनी उपचारमा जाने चेतावनी दिएका छन्।

स्थानीय सरकारसँग प्रत्यक्ष असर गर्ने संघीय कानुनको संशोधन र खारेजी तथा नयाँ कानुन बनाउँदा संविधानको अनुसूची ८ मा रहेको एकल अधिकारमा समेत संकुचन तथा हस्तक्षेप भइरहेको आरोप जनप्रतिनिधिको छ।

गाउँपालिका महासंघ र नेपाल नगरपालिका ...


जापान कामदार पठाउने प्रक्रिया अप्रिलदेखि सुरु हुने !

काठमाडौं - जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ। मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।

कामदार पठाउन वैदेशिक रोजगार विभागमा छुट्टै संयन्त्र बनाएर काम गर्न दुवै मुलुक सहमत भइसकेका छन्। मन्त्रालयका अनुसार कामदार पठाउने प्रक्रिया अप्रिलदेखि सुरु हुनेछ। त्यसअघि भाषा परीक्षा सञ्चालन गर्ने तयारी छ। ‘अप्रिलदेखि नै कामदार भर्ना छनोट सुरु हुनेछ’, मन्त्रालय स्रोतले भन्यो, ‘त्यसअघि भाषा परीक्षा हुन्छ।’

नेपाली कामदार ...


महाशिवरात्रि - पशुपतिमा दर्शनार्थीको भीड, चारै ढाेका खोलिए !

काठमाडौं - महाशिवरात्रिका दिन आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। बिहानैदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन्। आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको छ।

Image result for महाशिवरात्रि - पशुपतिमा दर्शनार्थीको भीड

मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक–एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट ...


यसरी मनाइँदै छ आज टुंडिखेलमा सेना दिवस !

काठमाडौं - आज सेना दिवस मनाइँदै छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्ने कार्यक्रम तय गरेको छ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सोमबार आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन्।

सेना दिवसका अवसमा राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले दिवसको अवसरमा शुभकामना दिएका छन्। सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

सैनिक मञ्चको समारोहमा परेड (शस्त्राभ्यास) र तोप बढाइँ, ...


सुनसहित पक्राउ परेका वडाध्यक्षसहित ६ जना जेल चलान

लहान - सुनसहित पक्राउ परेका लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका छन्। एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका उनीहरूलाई शुक्रबार पुर्पक्षका लागि सिरहा कारागारमा राखिएको हो। राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वडाध्यक्ष मियाँसँगै मोहम्मद रहमान, मोहम्मद अफरोज, मोहम्मद अमिरुल, मोहम्मद कैयुम र मोहम्मद रियाजलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको से्रस्तेदार(रजिस्ट्रार) नरेन्द्र श्रेष्ठले जानकारी दिए।

सशस्त्र प्रहरीको टोलीले पुस २८ गत्ते पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट एक किलो ...


३५ देशमा फेसबुकका ८२ कार्यालय, नेपालमा कहिले ?

काठमाडौँ - सरकारले सूचना प्रविधिको विकास, प्रवद्र्धन र नियमन गर्न तयार पारेको सूचना प्रविधिसम्बन्धी विधेयक संसद्मा विचाराधीन छ । विधेयकमा साइबर अपराधलाई नियन्त्रणसँगै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउने भन्दै केही प्रावधान राखिएका छन् । तर, त्यस्ता व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने विपक्षी दल तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले आशंका गरेका छन् ।

प्रस्तावित व्यवस्थाअनुसार सामाजिक सञ्जालमा राख्न नहुने उल्लेख गरिएका सामग्री सरकारले तत्काल हटाउन निर्देशन दिन सक्छ । निर्देशन नमानेमा सञ्चालकलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, ...


यो वर्ष आर्थिक सहायता र विदेश भ्रमणमा मात्रै २ अर्ब खर्च !

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ। २०७४ फागुन ३ गते सरकारको नेतृत्वमा आएपछि ओलीले विकास, सुशासन र आर्थिक मितव्ययितालाई मूलमन्त्रको रुपमा प्रचार गरेका थिए। ओली सरकारले एक वर्षको अवधिमा आर्थिक सहायता र सहिद घोषणा नाममा १ अर्ब ८० करोड ९३ लाख रुपैयाँभन्दा बढी राज्यको ढुकुटीबाट बाँडेको हो। त्यस्तै विदेश भ्रमणमा करिब २३ करोड रुपैयाँ खर्च भएको छ।

सहायता माग्दै दर्ता भएका ३ हजारभन्दा बढी ...


आज महाशिवरात्री : पशुपतिमा कुम्भमेला, १० लाखले दर्शन गर्ने अनुमान !

काठमाडौं - यसपटकको महाशिवरात्रीमा १० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा पशुपति क्षेत्र विकास कोषले गरेको छ। महाशिवरात्री सोमबार परेको छ। कोषका सदस्यसचिव डा. प्रदीप ढकालले महाशिवरात्रीमा १० लाख बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको बताए। उनले भने, ‘हामीले सहजै दर्शन गराउने व्यवस्था मिलाएका छौं। विशेष पासको व्यवस्था छैन। ज्येष्ठ नागरिकलाई स्वयंसेवकको सहयोगमा पशुपतिनाथको दर्शन गराइनेछ।’

बिहान तीन बजे मूल मन्दिरको तीनवटा ढोका खुल्नेछ। यस्तै भक्तजनलाई पशुपतिनाथ दर्शनका लागि चार बजे खुला गरिने कोषको तयारी छ। पशुपतिनाथको दर्शन गर्न उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाइनको व्यवस्था ...


'नो पार्किङ'मा राखिएको डीआईजीको गाडी कारबाहीमा !

काठमाडौं - नो–पार्किङमै पार्किङ गरिएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को गाडी कारबाहीमा परेको छ ।

शुक्रबार दिउँसो नर्भिक हस्पिटल अगाडि पार्किङ गरेको तस्वीर सार्वजनिक भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गाडीमाथि कारबाही गरेको हो । वायोमेडिकल वैज्ञानिक डा. समिरमणि दीक्षितमा ट्वीटरमार्फत उक्त तस्वीर सार्वजनिक गरेपछि ट्राफिक प्रहरीले गाडी धनीको खोजी गरेको थियो ।

दीक्षितले तस्वीरसँग लेखेका थिए, ‘आउनुस्, ट्राफिक नियम उल्लंघन गरौं । स्थानः नर्भिक अस्पताल अगाडि । समयः फोटो खिच्दा १६ः३० बजेको र यो ट्वीट गर्ने समयसम्म पनि त्यहीँ खडा ।’

ट्वीटमा ट्राफिक महाशाखाको ह्याण्डलबाट शुक्रबारै रिप्लाई गरिएको ...


केन्द्रले प्रदेशमा समानान्तर सरकार चलाउन खोजेको मुख्यमन्त्री राउतको आरोप !

जनकपुरधाम - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले आन्तरिक सुरक्षाको नाममा प्रदेशमा समानान्तर सरकार चलाउन खोजेको आरोप लगाएका छन्। संघीयता विरोधी कुनै पनि किसिमका गतिविधि स्वीकार्य नहुने उनले बताए।

चेतना नेपालद्वारा आज जनकपुरमा आयोजना गरेको संघीयता कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संविधान र संघीयताको भावना विपरीत ल्याइएको आन्तरिक सुरक्षा सम्बन्धि विधेयक आफूहरूले कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताए।

'सयौ‌ं मधेशीको बलिदानीबाट प्राप्त संघीयता समाप्त गर्ने षडयन्त्र कँही कतै बाट भएपनि त्यस्ता गतिविधि विरुद्ध प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुन्छ,' उनले भने, ...


यी पाँच नेताका आँखामा पूर्वअर्थमन्त्री अधिकारी !

काठमाडौं - वृद्धहरूका सारथी पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले शनिबार राती देहत्याग गरे। २०५१ सालको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सरकारले ल्याएको जनपक्षीय नीति तथा कार्यक्रम र बजेटलाई हालसम्म पनि नमूना कार्यका रुपमा लिने गरिन्छ। सोही सरकारमा उनी अर्थमन्त्री थिए।

८३ वर्षको उमेरमा निधन भएका अधिकारीलाई उनी आबद्ध पार्टी र विपक्षी दलका नेताहरूले वृद्ध र जनप्रेमी नेताका रुपमा स्मरण गरेका छन्। कसले कसरी सम्झिए नेता अधिकारीलाई, हेरौं संक्षेपमाः

ढाडस दिने नेता : प्रचण्ड, नेकपा अध्यक्ष
भेन्टिलेटरमा जानुअघि उहाँले पार्टी, देश र समाजकै चिन्ता गर्नुभएको थियो। समृद्धिको चाहना गर्नुभएको ...


महाशिवरात्रीमा पशुपति जाने यस्तो छ सवारी आवागमनको रुट !

काठमाडौं - महाशिव रात्रीमा पशुपति क्षेत्र आसपास प्रहरी सवारी प्रवेश निषेध गरेको छ।

पशुपति क्षेत्रमा पूजाआज गर्ने आवत जावत गर्नेको भीडलाई मध्यनजर गर्दै प्रहरीले सवारी आवागमनको रुट समेत निर्धारण गरेको छ।

प्रहरी तय गरेको रुट अनुसार चावहिलबाट गौशाला, पूरानो बानेश्वरबाट गौशाला, रातोपुल हुँदै गौशाला, तिलगंगा हुँदै गौशालातर्फ जाने सवारीलाई प्रवेश निधेष गरेको छ।

भोलि सोमबार महाशिवरात्री परेको छ।

...

पूर्वमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि !

काठमाडौं - शनिबार राती निधन भएका पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको अन्त्येष्टि गरिएको छ।

काठमाडौंको पशुपतिस्थित आर्यघाटमा नेकपाका नेतासमेत रहेका अधिकारीको अन्त्येष्टि गरिएको हो।

अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।
अधिकारीलाई उनका तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ति दिएका छन् । अन्त्येष्टिअघि आर्यघाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाए ।

नेता अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टिअघि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर नेता अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ...


अभिभावकलाई योग तथा आयुबेर्द शिक्षा

दिवाकर पोख्रेल
देउखुरी, फागुन । घरमै पाइने जडिबुटीलाई औषधिको रुपमा प्रयोग नगरेर महङगो शुल्कमा अलोपेथिक औषधि प्रयोग गर्नुपर्ने बाध्यतालाई हटाउने दाङको एक संस्थागत विद्यालयले अभिभावकलाई योगाशिक्षा र आयुबेर्द शिक्षाको बारेमा जानकारी गराएको छ । पतन्जली योग समितिका आयुवेर्द परार्शदाता र योग शिक्षक मार्फत विद्यालयका अभिभावकलाई ज्ञान दिलाएपछि अभिभावक पनि खुसी भएका छन् ।

विद्यालयले भावादीत ज्ञान,संस्कारयुक्त शिक्षा दिलाउदै आएको थियो, विद्यालयमै बोलाएर आयुबेर्दको रुपमा जानकारी गराउँदा खुसी लाग्यो,अभिभावक राधा खनालले भन्नुभयो ।
दाङको लमही स्थित ज्योतिस्मती बिद्यापीठ लमहीले आफ्ना अभिभावक र विद्यार्थीलाई योगाशिक्षा र आयुर्वेदिक ...


पर्यावरणमा असर पुर्‍याएकाे भन्दै भारतविरुद्ध मुद्दा दायर गर्ने पाकिस्तानको तयारी

इस्लामाबाद - भारत–पाकिस्तान तनाब मत्थर भइरहँदा पाकिस्तान सरकारले युद्ध विमानको हमलाबाट सल्लाका रुखमा क्षति पुर्‍याउँदै पर्यावरण पर्यटनमा असर पुर्‍याएकाे भन्दै भारतविरुद्ध मुद्दा दायर गर्ने भएको छ ।

पाकिस्तान सरकारले संयुक्त राष्ट्रसंघमा भारत सरकारविरुद्ध मुद्दा दायर गर्ने कुरा शुक्रबार यहाँका एक मन्त्रीको हवाला दिँदै रोयटर्सले जनाएको छ ।

मंगलबार भारतीय युद्ध विमानले बालाकाुटस्थित जंगलमा गरेको बम हमलाबाट ठूलो संख्यामा सल्लाका रुख नष्ट भएको पाकिस्तानी पक्षबाट उठ्दैआएको थियो । जब कि, भारतले भने पाकिस्तानमा आफूले गरेको हमलाबाट ३ सय भन्दा धेरै विद्रोहीको ज्यान गएको दावी गर्दैआएको थियो । पाकिस्तानमा ...


कमिसन नबढाए ग्यासको आपूर्ति बन्द गर्ने उद्योगीको सरकारलाई धम्की

काठमाडौं - नेपालमा खाना पकाउने ग्यास (एलपीजी) को कारोबार गर्दै आएका उद्योगीले अत्यावश्यक सूचीमा पर्ने ग्यासको कारोबार ठप्प पार्ने धम्की दिएका छन्। सञ्चालन खर्च र कमिसन वृद्धिको माग राख्दै उनीहरूले आमउपभोक्तालाई सास्ती हुने गरी ग्यासको कारोबार बन्द गर्ने भन्दै धम्की दिएका हुन्।

उद्योगलाई व्यवस्थित गर्न बनाइएको मापदण्डसमेत पालना नगरी अटेर गरी बसेका उद्योगीहरूको संस्था नेपाल एलपी ग्यास उद्योग संघले यस्तो धम्की दिएको हो। संघले पछिल्लो समयमा १० बुँदे माग राखेर आन्दोलन घोषणा गरेको छ। उद्योगीले ग्यास उद्योगको सञ्चालन खर्च अत्याधिक वृद्धि भएका कारण उद्योग सञ्चालन गर्न ...


भारत-पाकिस्तान विवादका कारण नेपाल-भारत सीमामा 'हाई अलर्ट'

भैरहवा- दुई हप्ताअघि भारतीय सुरक्षाकर्मीमाथि पुलावामा आक्रमण भएपछि भारत र पाकिस्तानबीच बढेको विवादका कारण नेपाल-भारत सीमा नाकामा कडाइ गरिएको छ।

नेपाल भारतको खुला सीमा नाकाबाट आतंक घुस पैठ लगायतका आपराधिक क्रियाकलाप रोक्न सीमा नाका बेलहिया र सुनौलीमा कडाइ गरिएको हो। सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरूले चेकजाँच कडा बनाएका छन्।

भारतमा हुन लागेको लोकसभा निर्वाचनलाई पनि दृष्टिगत गर्दै भारतले नेपालसगँ सुरक्षा सहयोग गर्न आग्रह समेत गरेको छ।

निर्वाचनको साथसाथै भारत–पाक बीच तनाव बढेसँगै नेपालले पनि नाकाबाट हुने सक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न नाकामा कडाइ गरिएको सोनौली कोतवालीका निमित्त प्रमुख ...


दार्चुला जिप दुर्घटना अपडेट :ज्यान गुमाउनेको संख्या ११ पुग्यो

दार्चुला - दार्चुलामा भएको जिप दुर्घटना परि मुत्यु हुनेको संख्या ११ पुगेको छ। सदरमुकाम खलंगाबाट हिकिला तर्फ जाँदै गरेको म १ ज २८० नम्बरको जिप तिंकर सडक अन्तर्गत पर्ने दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर ७ महिला, ३ पुरुष र एक नावालक गरि ११ जनाको शव फेला परेको दुर्घटनास्थलबाट जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव निरिक्षक माधव भट्टले जानकारी दिए।
दुर्घटनाग्रस्त जिपमा बढी यात्रु सवार रहेकाले अन्यको उद्धार भइरहेको उनले जानकारी दिए। घटना एकदमै भिरमा भएकाले उद्धारमा कठिनाई भइरहेको उनले बताए।

तीन दिनअघि त्यही ...


गोदामचौर बलात्कारकाण्ड : ३ जनालाई जनही २० वर्ष ६० दिन कैद हुने फैसला !

काठमाडौ - ललितपुरको गोदामचौर बलात्कार काण्डका तीनै जना अभियुक्तलाई जनही २० वर्ष ६० दिन जेल सजाय हुने फैसला भएको छ।

सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दामा १५ महिनापछि फैसला भएको हो।

ललितपुर जिल्ला अदालतका न्यायाधीश धनसिंह महराको इजलासले तनि जनलाई दोषी ठहर गर्दै यस्तो फैसला सुनाएको हो।

२०७४ मंसिर ३ गते गोदावरी नगरपालिका–१ गोदामचौरमा भएको सामूहिक बलात्कारको घटनाका अभियुक्तहरु रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई जनही दश वर्ष कैद सजाय भएको हो। त्यसैगरी ज्यान मार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि ...


राजकीय सम्मान सहित मन्त्री अधिकारीको अन्त्येष्टि, श्रीमती र छोराले दिए दागबत्ति !

पोखरा- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मान सहित अन्त्येष्टि गरिएको छ। गृहनगर पोखराको रामघाटमा अन्त्येष्टि गरिएको हो।

अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई र छोरा विराज र स्वराज अधिकारीले दागबत्ति दिएका हुन्।

यसअघि पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभा गरिएको थियो। शवयात्रा नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म पुगेको थियो।

अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारिक तयारी छ। काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुने बताइएको छ।

...

पाकिस्तानी प्रधानमन्त्रीले आफ्नो कब्जामा रहेका भारतीय पाइलटको छोरालाई लेखेको यो मार्मिक पत्र !

पाकिस्तानिले भारतिय पाईलटको छोरो लाई लेखएको पत्र ‘ हाइ लिटिल बन्नी ! बधाइ छ ।
तिमी छिटै आफ्ना पितालाई अंकमाल गर्न गइरहेका छौ । हामी उनलाई तिमी कहाँ उपहारको रुपमा पठाउँदैछौं,यो कुराको पर्वाह नगरिकन कि उनी यहाँ तिमीजस्तै कैयौंमाथि बम बर्साउन आएका थिए । बनी सुन । तिमीलाई मेरो एउटा अनुरोध छ ।
जब उनी भावुक भएर तिमीलाई अंकमाल गर्नेछन्, कृपया मेरो तर्फबाट उनीसँग केही प्रश्नहरु सोधिदिनू । उनीसँग सोध्नू
१– ड्याड, के मजस्तै कश्मिरी बालबालिकाहरुसँग आफ्ना पिताको साथमा खुसीसाथ बाँच्ने अधिकार छैन ...


हिउँका कारण मध्यपहाडी लोकमार्ग महिना दिन देखि बन्द

रुकुम - रुकुम (पूर्व) लाई बागलुङ हुँदै राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोकमार्गमा हिउँ जम्दा महीनादिन यता यातायातका साधन चल्न सकेका छैनन् ।

रुकुम ९पूर्व० र बागलुङको सिमानामा पर्ने सडकखण्डमा तीनदेखि पाँच फिटसम्म हिउँ जम्दा सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

यातायातका साधन ठप्प हुँदा खाद्यान्न ढुवानीमा समेत समस्या भएको छ । पहिलेको हिउँ बिलाउन नपाउँदै बारम्बारको हिमपातले सडकमा हिउँ थुप्रिदा समस्या भएको स्थानीयवासी बताउँछन् ।

हिउँ जमेपछि रुकुम पूर्वबाट बागलुङ, पोखरा हँुदै काठमाडौँ जाने यात्रु समस्यामा परेका छन् । सडक अवरुद्धकै कारण ढोरपाटन ...


मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन पोखरामा उर्लियो जनसागर !

पोखरा- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव अन्तिम श्रद्धाञ्जली पोखरामा जनसागर उर्लिएको छ । अधिकारीलाई श्रद्धाञ्जली दिन युवा देखि बालक वृद्धसम्म पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पुगेका छन्।

विभिन्न स्थानबाट भेला भएका सर्वासाधारण राजनीतिक दलका स्थानीय नेताकार्यकर्ता सरकारी कर्मचारी लगायतले मन्त्री अधिकारीको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

दिवंगत अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिने संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल, नेता वामदेव गौतम, योगेश भट्टराई, मन्त्रीहरु पद्मा अर्याल, भानुभक्त ढकाल, कांग्रेस नेता चन्द्र भण्डारी लगायत नेता पुगेका थिए।

राजनीतिक दलका नेता ...


३८ सय किलो सुन तस्करीको मुद्दा सर्वोच्चमा किन सरेको सर्‍यै छ ?

काठमाडौं - ३८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरको आदेशलाई चुनौती दिँदै सर्वोच्चमा दायर भएका निवेदन पक्षका कानुन व्यवसायीले बारम्बार हटाएका छन्।

आफू अनुकूल नजिक आउने इजलास नपरेको निष्कर्षसहित पक्षका कानुन व्यवसायीहरुले पाँचौ पटक मुद्दाको पेशी हटाएका हुन्।

२०७५ कात्तिक १५ देखि दर्ता भएका निवेदनमा हालसम्म २० न्यायाधीशकोमा इजलास तोकिएको छ। सर्वोच्चले त्यसमा फाइल मगाउने आदेश मात्र गरेको छ।

१६ अभियुक्तको मुद्दाको पेशी शुक्रबार दीपकुमार कार्की र मिरा खड्काको इजलासमा रहेको थियो। तर पक्षका कानुन व्यवसायीले हटाउने निवेदन ...


शोकले भावविह्वल बन्यो टुँडिखेल (फोटोफिचर)

काठमाडौं - ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु, उच्च सरकारी अधिकारी, कुटनीतिक नियोगका अधिकारी, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले टुँडिखेल पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत मन्त्री रविन्द्र अधिकारीको पार्थिव शरिरमाथि राष्ट्रिय झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

...

स्व. अधिकारीको शवलाई गृहनगर पोखरा लगिंदै, को-को जाँदैछन् अन्त्येष्टिमा ?

काठमाडौँ- दिवंगत मन्त्री रवीन्द्र अधिकारीको शव टुँडिखेलबाट उठाइएको छ। श्रद्धाञ्जलीका लागि राखिएको उनको शव अबको केही समयमा गृहनगर पोखरा लगिने बताइएको छ।

मन्त्री अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानका साथ पोखरामा प्रदेश सरकारले गर्ने तयारी गरेको छ।

अन्तिम संस्कारमा सहभागी हुन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलससहित नेकपाका महासचिव विष्णु पौडेल, नेता बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पोखरा जाने कार्यक्रम तय गरिएको छ।

...

मृतकलाई श्रद्धाञ्जली दिन टुंडिखेलमा सर्वसाधारणको लाइन

काठमाडौं- हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सातै जनालाई श्रद्धाञ्जली दिन सर्वसाधारणको भिड लागेको छ।

काठमाडौंको टुँढिखेलमा हातमा फूलमाला लिएर आम सर्वसाधारण श्रद्धाञ्जलीका लागि लामबद्ध बसेका हुन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीलाई राष्ट्रिय झन्डा ओढाएर सम्मान गरेका थिए।

साथै राष्ट्रपति विद्यादेवी भण्डारी पनि मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन टुँडिखेल पुगेकी थिइन्।

मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन सरकारका मन्त्री, उच्च पदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता समेत टुँडिखेल पुगेका छन्।

...

पोखरामा मन्त्री अधिकारीको शवयात्रा गरिने, अन्त्येष्टि रामघाटमा !

पोखरा- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जली तथा दाहसंस्कार पोखराको रामघाटमा हुने तय भएको छ। नगरका विभिन्न स्थानमा शवयात्रा सहित रामघाट पुग्ने र त्यहीँ अन्तिम संस्कार गरिने भएको हो।

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार नगर परिक्रमासहितको शवयात्रा गरिने गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

पोखरा नँयाबजारस्थित प्रदर्शनी केन्द्रमा मन्त्री अधिकारीको अन्तिम श्रद्धाञ्जली कार्यक्रम गरिनेछ। यसको व्यवस्थापन प्रदेश सरकारले गर्ने बताइएको छ।

यसपछि नगर परिक्रमासहित शवयात्रा गरिने तय भएको मुख्यमन्त्री गुरुङले बताए।

पोखरा प्रदर्शनीकेन्द्रबाट सुरु भएको शवयात्रा नयाँ ...


मन्त्री अधिकारीको अन्त्येष्टि शुक्रबार गृह जिल्ला पोखरामा गरिने !

पोखरा - हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुने भएको छ ।

कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए ।

मन्त्री अधिकारी पोखरा-३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका थिए ।

स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौं ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका ...


हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरूको परिवारलाई प्रचण्डले भेटे !

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरूका परिवारजनलाई भेट गरी समवेदना प्रकट गरेका छन्।

बिहीबार बिहान दिवंगत भएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबाआमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवन पुगेर अध्यक्ष प्रचण्डले भेट गरेका हुन्। उनले परिवारप्रति समवेदना प्रकट गरेका छन्।

त्यसैगरी व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटी समवेदना प्रकट गरेका हुन्।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा हुँदै ...


सुकेटार विमानस्थलमा वर्षा र हिमपात रोकिएन, शव तत्काल काठमाडौं ल्याउन कठिन

ताप्लेजुङ - ताप्लेजुङमा भारी वर्षा भएपछि हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारी लगायतका शव तत्काल काठमाडौं ल्याउन नसकिने अवस्था रहेको सुरक्षाकर्मीले बताएका छन्।

अहिले सुकेटार विमानस्थल रआसपासका क्षेत्रमा ठूलो मात्रामा वर्षा र हिमपात भइरहेको छ । विमानस्थल ल्याइसेकेको शव वर्षाका कारण काठमाडौं ल्याउन सक्ने अवस्था छैन।

पानीसँगै विमानस्थलमा असिना समेत परेको बताइएको छ । पानी रहेर मौसम सफा भएपछि मात्रै शव काठमाडौं पठाउन सकिने प्रजिअ अर्जुन भण्डारीले जानकारी दिए ।

...

बाह्र वर्षपछि काठमाडौँ वरिपरिका डांडां  हिउँले सेताम्मे (फोटोफिचर)

भक्तपुर- भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ। भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो। भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हँुदा जनजीवन प्रभावित भएको छ।

भक्तपुर, मध्यपुरथिमि, चाँगुनरायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ। उपत्यकाका काठमाडौँ र ललितपुरमा समेत हिमपात भएको छ।

हिमपातका कारण नगरकोट, सुडाल, रानीकोटलगायतका जिल्लाका पर्यटकीय क्षेत्रमा बिहान यातायातसमेत सञ्चालन हुन सकेका थिएनन्। हिमपातले भक्तपुर हुँदै नगरकोटतर्फ आउने यातायात सेवा बिहानैदेखि अवरुद्ध तेलकोटका सोम शर्मा बजगाईंले जानकारी दिए।

हिमपातपछि पर्यटकीय क्षेत्र नगरकोटलगायतका ...


मृत्युको शोकमा आज सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने

काठमाडौं- ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने भएको छ। अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णयसमेत सरकारले गरेको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीको राजकीय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको थियो।

बिहीबार देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक बिदा दिनुका साथै सबै सरकारी कार्यालयहरुमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ...


हेलिकोप्टर दुर्घटना : प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं- ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएपछि मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बस्न लागेको छ। दुर्घटनामा परी मन्त्रि अधिकारि सहित ७ जनाको दुखद निधन भएको छ ।

हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए। उक्त हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।

एयर डाइनेस्टीको कलसाइन एएमआई (अल्फा माइक इन्डिया) हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो।

...

हेलिकाेप्टर दुर्घटनामा परी  मन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाकाे निधन !

काठमाडाैं- ताप्लेजुङमा भएको हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन भएको छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो।

दुर्घटनास्थलमा ७ जनाकाे शव फेला परेकाे हेली साेसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरे।

फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई 'तारा'ले पनि मृतकमध्ये ५ जनाकाे शव फेला परेकाे पुष्टि गरे।

'दुर्घटना भएकाे जानकारी मिल्नासाथ हामी साे स्थानतर्फ जाँदैछाैं', उपप्रमुख भट्टराईले भने, 'दुर्घटना स्थलमा पुगेका स्थानीयले सबैजनाकाे मृत्यु भएकाे र हालसम्म ५ जनाकाे शव भेटिएकाे पुष्टि गरेका ...


पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना, ५ जनाको शव भेटियो

काठमाडौं - ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताए ।

...

दुई भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी दाबी

बिबिसी - पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमानलाई खसालिएको दाबी गरेको छ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भारत-पाकिस्तान वायुसीमा नाघेर पाकिस्तानी आकाशमा छिरेका ती भारतीय विमानलाई पाकिस्तानी वायुसेनाले खसालिदिएको दाबी गरेका हुन्।

उनका अनुसार एक भारतीय विमानचालकलाई पक्राउ गरिएको छ।

पाकिस्तानी वायुसेनाले कारबाही गरेपछि एउटा विमान पाकिस्तान प्रशासित कश्मीर र अर्को भारत प्रशासित कश्मीरमा खसेको उनले दाबी गरे।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतीय वायुसेनाका ती विमानमा प्राविधिक समस्या भएको र पाकिस्तानले दाबी गरेजस्तो नभएको जनाएका छन्।

यसअघि विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानी वायुसेनाले आफ्नो आकाशभित्रै रहेर ...


सरकारी अनुगमन फितलो हुँदा राज्यको साढे २३ अर्बमा ठेकदारको रजाइँ !

काठमाडौं - सरकारी निकायको फितलो अनुगमन र गैरजिम्मेवारीका कारण राज्यको साढे २३ अर्ब रुपैयाँमा ठेकदारहरुले रजाइँ गरेका छन्। आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएपछि काम अगाडि बढाउन सरकारले ठेकेदारलाई ‘मोबिलाइजेसन’ का नाममा सुरुमै रकम दिनुपर्ने कानुनी व्यवस्था छ। ठेकेदारले यही मोबिलाइजेसनबापत राज्यको २३ अर्ब ६० करोड रुपैयाँ लगेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारबाट सञ्चालित आयोजनाको ठेक्का व्यवस्थापन अवस्थाबारे केही दिनअघि अध्ययन तथा विश्लेषण गरेको थियो। यही अध्ययनले ठेकेदारले कामै सुरु नगरीकन राज्यको अर्बौं रुपैयाँमा रजाइँ गरेको देखाएको हो।

मुलुकका अधिकांश ठूला र मझौला ठेकेदारले ठेक्का हात ...


प्रहरीको रासन भत्ता बढाउने सरकारको तयारी

काठमाडौँ - नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीका लागि साउनदेखि रासनभत्ता बढ्ने भएको छ । तत्काल रासनभत्ता बढाउन तीनवटै निकायले लबिङ गर्दै आएका छन् । चार वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता बढेको छैन । चार वर्षमा धेरै महँगी बढेको भन्दै रासनभत्ता ४० प्रतिशत बढाउन नेपाल प्रहरीले प्रस्ताव गरेको छ । रासनभत्ता वृद्धिबारे छलफल भइरहेको र छिटै निर्णय हुने अपेक्षा रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए । गृह स्रोतका अनुसार नयाँ बजेटपछि मात्र रासनभत्ता बढाउने आश्वासन अर्थ मन्त्रालयबाट आएको छ । कति प्रतिशत बढ्ने भन्ने तय भइसकेको छ । रासनभत्ता ...


‘पठाओ’को सेवा नरोक्न सरकारका नाममा सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा नरोक्न आदेश दिएको छ।

न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले मंगलबार मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओको सेवा रोक्न अस्वीकार गरेको हो।

निजी प्रयोजनमा प्रयोग हुने मोटरसाइकल र स्कुटरमा व्यवसाय चलाउन रोक लगाउन माग गर्दै श्यामकुमार श्रेष्ठले गत माघ २८ गते सर्वोच्च अदातलमा रिट निवेदन दायर गरेका थिए।

यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारीसाधनले उपदफा २ बमोजिम निजी सवारीसाधन यातायात व्यवसायकै रुपमा प्रयोग गर्न ...


नेपालको खाद्य प्रयोगशाला परीक्षणलाई अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा रहेको राष्ट्रिय खाद्य प्रयोगशालाबाट जारी परिक्षण प्रतिवेदनले अन्तर्राष्ट्रिय मान्यता पाउने भएको छ। नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाको अभावमा नेपालबाट वस्तु निर्यात गर्दा वस्तु परीक्षणका लागि भारतका र अन्य देशका अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालामा पठाउनुपर्ने बाध्यता थियो।

नेपालले भारतस्थित 'नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज’ बाट २१ वस्तुको १२१ प्यारामिटरमा परीक्षणका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्णका अनुसार विभिन्न २१ वस्तुमा राष्ट्रिय खाद्य प्रयोगशालाबाट जारी भएको परिक्षण प्रतिवेदनले अन्तर्राष्ट्रिय ...


नेविसंघमा उमेरहदबन्दी लगाउन माग गर्दै सिटौला पक्षधरको सानेपामा नारावाजी !

काठमाडौं - नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेरहदबन्दी लगाउनुपर्ने माग गर्दै नेविसंघ आवद्ध एक समुहले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नारावाजी गरेको छ । नैनसिंह महर नेतृत्वको निर्वाचित कार्यसमिति भंग भएपछि नेविसंघमा तदर्थ समिति ल्याउने तयारी भइरहेका बेला उनीहरुले नारावाजी गरेका हुन् ।

कांग्रेसमा तेस्रो धारका रुपमा चिनिने नेता कृष्णप्रसाद सिटौला निकट विद्यार्थी नेता कार्यकर्ताले पार्टी कार्यालय सानेपामा मंगलबार बिहानैदेखि नारावाजी गरेका हुन् । उनीहरुले नेविसंघमा पार्टीले नै ३२ वर्षे उमेरहदबन्दी लगाउने विधान पारित गरेकाले यसको कार्यान्वयन हुनुपर्ने माग गरेका हुन् ।

‘विधानमै ३२ वर्षको प्रावधान भइसकेपछि ...


हिन्दूराष्ट्रको लागि दवाव दिन राप्रपाले मेची-महाकाली अभियान संचालन गर्ने !

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रता सहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्दैछ ।

यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन गरिने छ । दुई हजार ८०० किलोमिटरको यात्रामा सम्बन्धित जिल्लाका सङ्गठनले यात्राका क्रममा आवश्यक समन्वयन र सहयोग गर्ने तथा यात्रा अवधिभर विभिन्न शहरमा करीब २०० सभा गरिने भएको छ । उक्त यात्रा सकिएपछि यस किसिमको यात्रा बाँकी अन्य जिल्लामा समेत गरिने पार्टीले जनाएको छ ।

पार्टीका शीर्ष नेता तथा ...


आफुलाई रेणु दाहालले 'स्पेस' नदिएको भरतपुर महानगरकी उपप्रमुखको आरोप !

काठमाडौँ - भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरप्रमुखले आफुलाई 'स्पेस' नदिएको आरोप लगाएकी छिन । उनले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको, लेखा समिति गठन नगरेको लगायतका आरोप लगाएकी हुन् ।

उपप्रमुख ठकुरीले आज यहाँ पत्रकार सम्मेलन गरी आफूले जिम्मेवारी निर्वाह गर्दा आइपरेका समस्या र महानगरपालिकाको अवस्थाका बारेमा जानकारी गराए। उनले भने, “कार्यपालिका बैठकमा ल्याइने एजेण्डा एकलौटी तरिकाले ल्याउने गरिएको छ, समयमा जानकारीसमेत हुँदैन, एजेण्डामा कुनै विमति राख्दा ‘महानगर प्रमुखले चलाउने हो तपाईंले होइन’ जस्ता शब्द प्रयोग गर्ने गरिएको छ ।”

महानगरमा लेखा समिति गठन नगरी ...


बाजुरामा हिमपात नारोकिंदा जनजीवन कष्टकर !

मार्तडी - बाजुराका अधिकांश क्षेत्रमा सोमबारदेखि पुनः हिमपात भएको छ । माघ पहिलो साताबाट शुरु भएको हिमपातसँगै भारी वर्षाका कारण बाजुरावासीको जनजीवन कष्टकर बन्दै गएको छ ।

गत माघ पहिलो साताबाट जिल्लाका हिमाली क्षेत्रमा हिमपात भएको थियो । लगातार वर्षाका कारण यहाँका ग्रामीण सडक आंशिक रुपमा बन्द भएका छन् । हिमपात र अत्यधिक वर्षाले ग्रामीण सडक अवरुद्ध भएपछि छोटो दूरीका सवारीसाधन चल्न छाडेको जयमालिका यातायात प्रालिका उपाध्यक्ष पृथ्वी रावलले बताए । यातायात बन्द हुँदा कामका लागि सदरमुकाम आवतजावत गर्ने स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।

लगातारको वर्षा र ...


पाकिस्तानी भूमिमा भारतीय सेनाले गर्यो आक्रमण !

काठमाडौं - भारतीय वायुसेनाको मिराज २००० विमानले पाकिस्तान अधिनस्थ कास्मिरमा १००० किलो बम प्रहार गरेको छ । मंगलबार बिहान नहुँदै भारतीय वायुसेनाका फाइटर विमानहरूले पाकिस्तान अधिनस्थ कास्मिर प्रवेश गरि १००० किलोको बम प्रहार गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । राती ३ः३० बजे भएको आक्रमणमा आतंककारीको अखडा ध्वस्त भएको र करिब ३०० जना आतंककारी मारिएको बताइएको छ । सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै इण्डिया टुडेले जनाएअनुसार भारतको मिराज फाइटर जेटले पाकिस्तान अधिनस्थ क्षेत्रमा आक्रमण गरी ठूलो आतंकवादी शिविर नष्ट गरेको हो ।

भारतीय वायुसेनाको फाइटर जेटले बिहान ...


आयल निगमबारे भ्रामक समाचार छापेको भन्दै निगममा क्रियाशील ट्रेड युनियनले निकाले यस्तो बिज्ञप्ति !

काठमाडौँ - नेपाल आयल निगममा कार्यरत कर्मचारीहरुले उनीहरुले गर्ने कामको प्रकृति, संवेदनशीलता लगायत विषयलाई आधार बनाई कर्मचारीलाई सेवासुविधा दिने नीति अख्तियार गर्न माग गरेका छन् ।

नेपाल आयल निगमको व्यवस्थापन, तालुक मन्त्रालय र मन्त्रिपरिषद्को निर्णयअनुसार नीतिगत व्यवस्था गरेर संवेदनशीलताका आधारमा प्रदान गरिएको सेवा सुबिधा सम्बन्धमा मिति २०७५ फाल्गुन १३ मा एक राष्ट्रिय दैनिकमा प्रकाशित "उपभोक्ताको ढाड सकेर कर्मचारीलाई साबुनसम्मको सुबिधा बाड्दै आयल निगम" शिर्षकमा प्रकाशित समाचारमा प्रचलित विनियम अनुसार करीब १०–१२ वर्षअघिबाट उपलब्ध गराउँदै सेवा तथा सुबिधाको बिषयमा आम जनमानसमा भ्रम सृजना हुने किसिमले समाचार प्रकाशित ...


सानेपामा नेविसंघका दुई पक्षबीच झडप !

काठमाडौँ - कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघका दुई समुहबीच झडप भएको छ । आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा संस्थापन पक्ष र सिटौला पक्षबीच झडप भएको हो ।

केन्द्रीय समितिको बैठक बस्ने भएकाले नेविसंघमा ३२ बर्ष उमेरहद लगाउनु पर्छ भन्दै दवाव दिन कृष्णप्रसाद सिटौला पक्षका संघका नेता कार्यकर्ता सानेपा पुगेका थिए । त्यस्तै उमेरहदको विरुद्धमा रहेका संस्थापन पक्षका संघका समर्थकपनि दवाव दिन पुगेपछि दुबै पक्षबीच झडप भएको हो ।

प्रहरीले बल प्रयोग गरेर दुबै पक्षलाई तितर वितर पारेको थियो । प्रहरी हस्तक्षेपपछि झडप नियन्त्रणमा आएको हो । प्रहरीले लाठीचार्ज ...


निलम्बित सांसद रौनियार र उनको छोरासंग जनही एक करोड ७५ लाख रुपैयाँ धरौटी माग

काठमाडौँ - निलम्बित सांसद हरिनारायण प्रसाद रौनियारसँग विशेष अदालतले एक करोड ७५ लाख रुपैयाँ धरौटी मागेको छ । भ्रष्टाचार मुद्दामा उनलाई आइतबार अदालतमा उपस्थित गराएकाे थियाे । गत १९ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौनियार र उनका छोरा सुमितविरुद्ध १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।

सुमित रौनियार पप्पु कन्ट्रक्सनका मालिक तथा हरिनारायण प्रसाद रौनियारका छोरा हुन् । सुमितसँग पनि एक करोड ७५ लाख रुपैयाँ धरौटी माग भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए । प्राइम ...


सिडियोको दुर्घटना गराएका चालकको पत्नीका नाममा करोडौंको सम्पत्ति !

बारा - प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको सवारीसाधन दुर्घटना गराएको भनी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रशासन कार्यालय बाराका चालक जगतनारायण राउत कुर्मीकी श्रीमती प्रेमशीलादेवी कुर्मीको नाममा करोडौंको जग्गा रहेको खुल्न आएको छ। पुख्र्यौली जग्गाबाट ५ कट्ठा हिस्सा पाएका कुर्मीले आफन्त र श्रीमतीको नाममा यसको २० गुणाभन्दा बढी जग्गा जोडिसकेका छन्।

सविक ब्रह्मपुरी १ हाल कलैया उपमहानगरपालिका १७ निवासी कुर्मीले प्रमुख जिल्ला अधिकारीको गाडी चालक हुनुभन्दा पहिले परिवार पाल्न अरुको घरमा चालकको काम गर्ने गरेका ब्रह्मपुरीका स्थानीयले बताएका छन्। ...


चिनमा बनेको गाडीलाई भारतमा बनेको भनेर पर्यटन मन्त्रालयको झुटो दावी !

काठमाडौं - पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले आयात गरेका बस भारतमा बनेको दाबी गरे पनि प्रमाणले भने ती बस चीनमै बनेको पाइएको छ।

नागरिकलाई प्राप्त विभिन्न कागजात तथा मन्त्रालयबाट प्राप्त पत्रले बस चीनमै बनेको देखिन्छ। यसले मन्त्रालयका अधिकारीको भनाइलाई गलत साबित गर्छ। मन्त्रालयका सचिव कृष्ण देवकोटाले बिहीबार बिदाइ कार्यक्रममा भाषण गर्दै बस भारतमा बनेको दाबी गरेका थिए। उनले ती बस चीनमा बनेका हुन् भनेर रुजु गर्न नमानेपछि आफूलाई सरुवा गरेको आरोप लगाएका थिए। सचिव देवकोटा हालै युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन्।

बिवाइडी ...


एनसेल टावरमा शृंखलाबद्ध विस्फोट : विप्लवका १८ कार्यकर्ता पक्राउ !

काठमाडौं - एनसेल टावरमा शृंखलाबद्ध आगजनीको अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न भएको आशंकामा नेत्र विक्रम चन्द ‘विप्लव' नेतृत्वको नेकपाका १८ कार्यकर्तालाई पक्राउ गरेको छ। शुक्रबार राती ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गरेर सुरु भएको विष्फोटको घटनापछि भैरहवा, रौतहट पोखरा, काभ्रे, बाग्लुङ र पूर्वी नवलपरासीमा रहेका केही एनसेल टावरमा पनि आगजनी भएको थियो।

प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले देशभरको सुरक्षा हाई अलर्टमा राखिएको बताए। उनले भने, 'एनसेलका टावरमा विष्फोट र आगजानी गर्नेमाथि फेरी धरपकड सुरु भएको छ। अहिलेसम्म १८ जना पुगिसके।'

प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी ...


छोराछोरीको प्रतिमा हेर्दै वित्यो ५७ वर्ष, तर अहँ उनीहरु कहिल्यै फर्किएनन !

इलाम - डम्बरसिंह सुनुवार ९२ वर्षका भए। उनका नाबालक छोराछोरी सेनाको गोली प्रहारबाट ५७ वर्षअघि मारिए। डम्बरसिंहले उनै ‘मुटुका टुक्रा’का प्रतिमा बनाएर हेरचाह गर्दै आएका छन्।

‘कान सुन्न छाडें। आँखा देख्न सक्दिनँ’, उनले भने, ‘यिनीहरूको हेरचाह गरेर दिन काट्छु।’ उनले छोराछोरीको प्रतिमा ढुंगामा कुँदेका थिए। यसको स्याहारमा उनले ५७ वर्ष बिताए। उनीहरूकै बारेमा कल्पिरहन्छन् उनी। सम्झिएर आँसु झार्छन्। तत्कालीन राजा महेन्द्रको २०१७ पुस १ गतेको कदमपछि प्रजातान्त्रिक सरकार ‘अपहरण’मा पर्‍यो। त्यसपछि कांग्रेसले २०१८ मा सशस्त्र विद्रोह आह्वान गरेको थियो। त्यसको झिल्को इलामको गाउँसम्म फैलियो।

मंगलबारेस्थित थुम्की डाँडामा ...


नेपाली विद्यार्थी  तत्काल घर फर्किनुपर्दैन : अस्ट्रेलियाली दूतावास

काठमाडौँ - अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी)मा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को निर्णय नभएसम्म त्यहीं पढाइलाई निरन्तरता दिन काठमाडौंस्थित अस्ट्रेलियन दूतावासले आग्रह गरेको छ । संस्था बन्द गर्नुअघि एआइबिटीले ती विद्यार्थीलाई अर्को संस्थामा सार्नुपर्ने वा उनीहरूको पैसा फिर्ता गर्नुपर्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यही संस्थामा पढाइलाई निरन्तरता दिए मात्रै विद्यार्थीको भिसाको कानुनी आधार सुनिश्चित हुने पनि दूतावासले स्पष्ट पारेको छ ।

‘एआइबिटी बन्द हुनुअघि उसले विद्यार्थीलाई वैकल्पिक पाठ्यक्रम अध्ययनको सुनिश्चितता गर्नुपर्नेछ, अथवा खर्च हुन बाँकी ट्युसन शुल्क विद्यार्थीलाई फिर्ता गर्नुपर्नेछ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ ।

नर्सिङ तथा ...


कलंकी देखी महाराजगन्ज  चक्रपथ पनि अब आठ लेनको बन्ने !

काठमाडौँ - काठमाडौं चक्रपथअन्तर्गतको कलंकी–महाराजगन्ज खण्ड पनि चाँडै आठ लेनको बन्ने भएको छ । चक्रपथ विस्तार आयोजनाअन्तर्गत दोस्रो चरणमा कलंकी–महाराजगन्ज खण्डको विस्तृत इन्जिनियरिङ डिजाइनको काम भइरहेको काठमाडौं चक्रपथ आयोजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए । पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड यसअघि नै आठ लेनको बनिसकेको छ ।

कुल २७ किलोमिटर लम्बाइ रहेको चक्रपथको दोस्रो चरणमा ८ दशमलव २ किलोमिटर सडक विस्तार तथा सुधार गरिनेछ । प्राविधिक तयारीअन्तर्गत डिजाइनको काम चिनियाँ टोलीले तयार गरिरहेको आयोजना प्रमुख रिमालले जानकारी दिए । विस्तारपछि सडक ५० मिटर चौडाइ भएको आठ लेनको हुनेछ । अहिले कलंकी–कोटेश्वरबाहेकका स्थानमा चार ...


लिखतमा ३५ फिट हुनुपर्नेमा ३५ रोपनी भएपछी ढकालको बिजोग, मुद्दा लड्दा लड्दै सुकुम्बासी !

इलाम - सूर्योदय नगरपालिका–११ का ६१ वर्षीय इन्द्रप्रसाद ढकालले जग्गा फिर्ता पाउने आसमा ४० वर्ष अदालतको ढोका ढक्ढक्याए। पछिल्लो पटक अदालतले उनको मुद्दा खारेज गरिदियो। यो अवधिमा न्यायका लागि २ करोड रुपैयाँ हाराहारी सकिएको उनको दाबी छ। ‘सम्पत्तिका नाममा अब नागरिकता मात्र बाँकी छ’, उनले भने।

सर्वोच्च अदालतबाट मुद्दा हारेपछि ढकाल परिवार सरकारले केही गरिदेला कि भन्ने आसमा छ। प्रधानमन्त्री केपी ओली पुस २० मा इलाम आउँदा सुरक्षाकर्मीलाई ठेलठाल पारी उनले एउटा पत्र थमाए। पत्रमा लेखिएको थियो, ‘मुद्दा फिर्ता गरी सुकुम्बासी हुनबाट मुक्त गराइपाऊँ।’

उनले ०३९ पुस ...


प्रदेश ५ का सांसद उत्तरकुमार वलीको निधन !

दाङ - प्रदेश ५ का सांसद उत्तरकुमार वलीको निधन भएको छ । ललितपुरथित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे निधन भएको सुरेश रावतले जानकारी दिएका छन् ।

सांसद वली गत माघ २४ गते बुटवलमा प्रदेशसभा बैठक सकेर घर फर्कदैं गर्दा दाङमा सवारी दुर्घटनामा परेका थिए । उनको कारलाई बसले ठक्कर दिदाँ उनी गम्भीर घाइते भएका थिए ।

वलीको शव पोस्टमार्टम गरी बिहान ९ देखि १० बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने र आजै उनको शव गृह जिल्ला दाङ लगिने तयारी भएको सुरेश ...


समाज कल्याणका पाँच जना पदाधिकारी बर्खास्त !

काठमाडौंँ - सरकारले समाज कल्याण परिषदका पाँच जना पदाधिकारीहरूलाई बर्खास्त गरेको छ । सरकारले उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई बर्खास्त गरेको छ ।

फागुन ३ गते बसको मन्त्रिपरिषद बैठकले परिषद्का पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले उनीहरुले कानुनविपरित काम गरेको पाइएकाले पदमुक्त गरिएको जानकारी दिए ।

 

...

राजनारायण पाठकले घुस लिएको भिडियो अख्तियारलाई बुझाइयो !

काठमाडौँ - अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अनुसन्धान टोलीलाई बुझाएको छ ।

आवश्यक प्रमाण बटुल्ने क्रममा बिहीबार सिंहदरबारस्थित संसदीय दलमा पुगेको अख्तियारको तीन सदस्यीय अनुसन्धान टोलीलाई नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले ७८ लाख घुस लिने क्रममा खिचिएको भिडियोसहितको पेन ड्राइभ र अन्य कागजपत्र बुझाएका हुन् ।

‘स्रोतको अनुसार पाठकले चाँगुनारायण नगरपालिकास्थित इन्जिनियरिङ कलेजमा सञ्चालकसँग घुस लिँदा खिचेको भिडियो अख्तियारको टोलीलाई बुझाएको हो ।’

पाठकले इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटको विवाद मिलाइदिने भन्दै पटक पटक गरेर ७८ लाख रुपैयाँ घुस लिएका ...


यस्ता छन् अघिल्लो हप्ताको  मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु !

काठमाडौं - मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले बिहीबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शुक्रबारको मन्त्रिपरिष्द बैठकका निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् मन्त्रिपरिषद् बैठकका विभिन्न २३ निर्णयः

– द्वैध कराधान मुक्ति तथा वित्तिय छल निरोध सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरिएको छ।

– दाना पदार्थ ऐन, २०३३ लागू हुन बाँकी रहेका जिल्लाहरूमा समेत लागू गर्ने र सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ।

– महानेहरूका काम, कर्तव्य तथा सेवा, शर्त सुविधासम्बन्धी विनियमावली २०६६ (तेस्रो संशोधन) २०७५ स्वीकृत ...


बंगलादेशको आवासीय भवनमा आगलागी हुँदा ७० जनाको मृत्यु !

काठमाडौं - बंगलादेशको राजधानी ढाकामा अवस्थित एक भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ । ४० जना गम्भीर घाइते भएका छन् । सरकारी अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

राजधानी ढाकाको पुरानो शहरको चोक बजारस्थित एक भवनमा सबैभन्दा पहिलो आगो देखिएको थियो । यो आवासीय भवनमा केमिकलको गोदाम पनि थियो । केमिकल र प्लास्टिकका कारण आगो चाँडै फैलिएर छेउका भवनमा पनि क्षति पुगेको छ ।

आगो निभाउनका लागि अग्नि नियन्त्रकसहित ३० वटा गाडी घटनास्थलमा तत्कालै परिचालित गरिएको थियो । ९५ प्रतिशत आगो निभाइसकिएको ...


सुदूरपश्चिम संसदलाई सम्बोधन गर्न प्रधानमन्त्री धनगढीमा !

धनगढी - सुदूरपश्चिम संसदलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । ओलीले सुदूरपश्चिम प्रदेशको संसदलाई आज सम्बोधन गर्दैछन् । अन्य प्रदेशहरुको संसदलाई यसअघि नै सम्बोधन गरिसकेका ओलीले आज सुदूरपश्चिम संसदलाई सम्बोधन गर्न लागेका हुन् ।

त्यसका लागि उनी प्रदेशसभा भवन प्रवेश गरेका छन् । उनलाई प्रदेश मुख्यमन्त्री, सभामुख, मन्त्री, सांसद् तथा संसद् सचिवालयका कर्मचारीले रातो कार्पेट बिछ्याएर स्वागत गरे।

प्रधानमन्त्रीले संसद बैठकमा बोल्ने विषयबारे केही नबताइए पनि प्रदेशको विकास तथा सम्भावनाबारे धारणा राख्ने अनुमान गरिएको छ ।

संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले ...


मुस्लिम आयोगमा प्रस्तावित अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गरिने !

काठमाडौँ - मुस्लिम आयोगको अध्यक्षमा सिफारिस समिम अन्सारीको नागरिकता तथा शैक्षिक प्रमाणपत्रबारे विवाद भएपछि संसदीय सुनुवाइ अनिश्चित बनेको छ । अन्सारीविरुद्ध परेका चारवटा उजुरी तथा उजुरीकर्तासँग समितिले मंगलबार छलफल गरेपछि नागरिकता तथा शैक्षिक प्रमाणपत्र मगाएको छ ।

उजुरीकर्ताले प्रस्तावित अध्यक्ष अन्सारीमाथि प्रश्न उठाएपछि समितिले उनको नागरिकता काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट, एसएलसी र प्रमाणपत्र तहको सर्टिफिकेट संवैधानिक परिषद्बाट तीन दिनभित्र झिकाउने निर्णय गरेको हो । अन्सारी नेकपाको केन्द्रीय सदस्यसमेत रहेको, तर संवैधानिक व्यवस्थाअनुसार कुनै राजनीतिक दलको सदस्यता लिएको व्यक्ति आयोग अध्यक्षका लागि योग्य नहुने भएकाले उनको राजनीतिक संलग्नताबारे निर्वाचन आयोगबाट ...


कमिसनको खेल : संघीय संसदमा सद्दे गाडी थन्क्याएर नयाँ खरिद !

काठमाडौं - संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो, ६वटा कार, दुइटा टाटा सुमो र एउटा बस दुई साताअघि लगेको हो।

प्रधानमन्त्री कार्यालयले लगेका ती गाडी परीक्षण गर्दा बिग्रिएका नभई सद्दे अवस्थामै पाइएका छन्। स्रोतका अनुसार संसद् सचिवालयले सद्दे गाडीलाई बिगिैएको भन्दै नयाँ किन्न थन्क्याएर राखेको हो। नयाँ किन्दा कमिसन पाइन्छ। कमिसनको मोहमा संसद् सचिवालयका अधिकारीले सद्दे गाडीलाई थन्क्याएर राखेका हुन्।

प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘संसद् सचिवालयले लामो समयसम्म ...


उपल्लो जातलाई छोएको निहुँमा कुटिए डोम आमाछोरी, मिलापत्र गर्न प्रहरीको दवाव !

सिरहा - दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दबाउन खोजेको छ । छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेका हुन् । प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्र गर्न दबाब दिएको हो ।

३ फागुनको बिहान स्थानीय मुतनी खोलामा शौच गर्न गएका ललिताका ८ वर्षीय छोरा सुशीलले छिमेकी अशोक सदायलाई छोएको निहुँमा ललिता र अमिरका कुटिएका थिए । अशोक अयोधीका नाति हुन् ...


फास्ट ट्रयाक बनाउँदा काटिएका एक अर्ब बराबरको काठ कुहिन थाल्यो !

काठमाडौँ - निजगढ फास्ट ट्रयाक प्रभावित क्षेत्रमा काटिएका रूखका झन्डै दुई लाख क्युफिट काठ कुहिन थालेका छन् । निजगढ–पथलैया जोड्ने सडकको किनारमा दुई वर्षदेखि थुपारिएका ४९ हजार ८ सय ३९ क्युफिट र मकवानपुर जिल्लाअन्तर्गत पर्ने १८ सामुदायिक वनमा काटिएका १ लाख २३ हजार ६ सय ३६ क्युफिट काठ कुहिन थालेका हुन् ।

मकवानपुरमा पर्ने १८ सामुदायिक वनमा १५ हजार ६ सय ७२ रूख अर्थात् १ लाख ६० हजार ६ सय ९९ क्युफिट काटिएकोमा ३७ हजार ६ सय २६ क्युफिट मात्रै बेचिएको छ । बाँकी एक लाख २३ हजार ६ ...


फ्रुटी र चाउचाउमा लोभ्याएर बालिकाको बलात्कार, प्रमाण नष्ट गर्न हत्या !

जनकपुरधाम - जनकपुरधाम फ्रुटी र चाउचाउमा लोभिँदा धनुषाकी ११ वर्षीया बालिका रेश्माको ज्यान गएको खुलेको छ । छिमेकीको बिहे भोजमा रमाइरहेकी धनुषा मिथिला नगरपालिका—३ हरिहरपुर मगरटोलकी दुतिया रसाइली (रेश्मा)लाई बिहेमै आएका एक युवाले फ्रुटी र चाउचाउमा लोभ्याएर बलात्कारपछि हत्या गरेका हुन् ।

फागुन १ गते राति ८ः३० बजेसम्म रेश्मा बाजाको धुनमा नाच्दै मख्ख थिइन् । तर, उनले त्यो रमाइलो भोलिपल्ट बिहान परिवारसँग साट्ने अवसर पाइनन् । नाचगानकै बीचमा लाइन गयो । अँध्यारो भएपछि केही केटाकेटीबाहेक अधिकांश घरतिर लागे । कोही नभएको मौका छोपेर बिहेमा सहभागी हुन ...


भारतबाट उद्धार गरिएका १९७ जना नेपालीलाई काठमाडौँ ल्याइयो !

काठमाडौं - भारतमा उद्धार गरिएका १९७ जना नेपालीलाई काठमाडौँ ल्याइएको छ । बुधबार बिहान तीन बजे काठमाडौं आइपुगेका छन् । काकडभिट्टाको पानी ट्यांकी नाका हुँदै मंगलबार नेपाल फर्काइएका उनीहरुलाई बुधबार बिहान काठमाडौं ल्याइएको हो ।

भारतस्थित मणिपुरका विभिन्न ठाउँबाट उद्धार गरेर नेपाल फर्काइएकामो १४७ जना महिला र ३२ जना पुरुष रहेका छन् । नेपाल र भारत सरकारको संयुक्त पहलमा ती उनीहरुलाई फर्काइएको हो ।

दुई साताअगाडि माइती नेपाललाई प्राप्त गोप्य सूचनाको आधारमा उद्धार कार्यको थालनी भएको थियो । सूचना पाएपछि माइती नेपालले दिल्ली महिला आयोगलाई जानकारी दिएको ...


घुस काण्डमा मुछिएका आयुक्त पाठकमाथि छानबिन गर्न अख्तियारद्वारा समिति गठन

काठमाडौं - घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ।

महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउने राय दिएलगत्तै अख्तियारले मंगलबार छानबिन समिति गठन गरेको हो।

सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। 'पाठकमाथि औपचारिक अनुसन्धान सुुरु भएको छ,’ उनले भने, ‘विस्तृत अनुसन्धान हुुन्छ।’

महान्यायाधिवक्ता कार्यालयले सोमबार पाठकमाथि अख्तियारले छानबिन गर्न सक्ने राय दिएको थियो।

पाठकको झन्डै एक अर्ब रुपैयाँ बराबरको अकुत सम्पत्ति देखिएको भन्दै काठमाडौंं कोटेश्वरका सुजन दाहालले अख्तिायरमा ...


सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले किन दिए राजीनामा ?

काठमाडौं- सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन्। जोशीले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन्।

प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा आएपछि जोशीलाई मुद्दा हेर्न दिएका थिएनन्। जोशीको जिम्मेवारी पुस १९ देखि नै खोसिएको थियो। त्यसपछि जोशी बिदामा बस्दै आएका थिए।

मेलमिलाप परिषद्‌को अध्यक्ष समेत खोसेर ईश्वरप्रसाद खतिवडालाई दिइएको थियो।

आफूलाई काम गर्न नदिइएपछि राजीनामा दिएको जोशीले प्रतिक्रिया दिएका छन् । 'काम गर्न दिएनन् त्यही भएर राजीनामा दिएँ,' उनले भने ।

 

...

भारतले ग्यास बुलेट सञ्चालन अनुमति नदिँदा वर्षेनी बाहिरिन्छ सवा २ अर्ब !

काठमाडौं - ग्यास ढुवानी गर्दा नेपालबाट वार्षिक रुपमा २ अर्ब २५ करोड रुपैयाँ बाहिरिने गरेको छ । स्वदेशी नम्बरका ग्यास बुलेट निर्माण भए पनि प्रयोगमा आउन नसक्दा भारतीय नम्बरका ग्यास बुलेटले ग्यास ढुवानी गरेवापत सो रकम बाहिर जाने गरेको हो । दुई वर्षअघि नेपाली ग्यास नम्बरका ग्यास बुलेट निर्माण गरे पनि ग्यास ढुवानी गर्न भारतले अनुमति नदिँदा प्रयोगमा आउन सकेको छैन ।

नेपाल आयल निगमका अनुसार ग्यास ढुवानीबापत २ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ । अहिले ६ सय ५० भन्दा बढी भारतीय नम्बर बुलेटबाट ...


गत वर्ष उत्कृष्ट बनेका कर्मचारी ६० हजार घूससहित पक्राउ !

महेन्द्रनगर - कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै योजना शाखा प्रमुख इन्जिनियर बजागाईंलाई सम्मानपत्र र दोसल्लासहित सम्मानित गरिएको थियो ।

तर उक्त सम्मान पाएको एक वर्षमै उनी ६० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिकाका सबइन्जिनियर बजगाईंलाई ६० हजार घूससहित रंगेहात अख्तियारले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले बजगाईंलाई नगद ...


निर्वाचन आयोगमा पदाधिकारी नियुक्ति गर्न गृहकार्य सुरु !

काठमाडौँ - संवैधानिक परिषदले निर्वाचन आयोगका पदाधिकारी नियुक्ति गर्ने विषयमा छलफल सुरु गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले आयोगमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरु नियुक्ति गर्न सिफारिसका सम्बन्धमा छलफल गरेको हो ।

आयुक्तहरु नियुक्ति बारे आगामी १२ गते बस्ने बैठकले टुंगो लगाउने गरी छलफल भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय सभावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगका सदस्यहरुको सिफारिसका विषयसमेत छलफल भएको थियो ।

सोमबार बसेको बैठकले ती आयोगका अध्यक्षहरु ...


श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदै !

काठमाडौँ - हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिलाले महीनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीहरूको उद्धार गरेकाले परम्परागत रूपमा ...


लाइसेन्स वितरणको अधिकार सम्बन्धित प्रदेशलाई दिने केन्द्रको तयारी !

काठमाडौ - यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउन प्रदेश मातहतमा लाइसेन्स छपाइको जिम्मेवारी दिने तयारी गरेको छ। सवारी साधन अनुमति पत्रको आवेदनको संख्या विगतको भन्दा पाँच गुणासम्म बढ्न थालेपछि विभागले प्रदेश स्तरमा छपाउने कार्य अघि बढाउन लागेको हो। हाल लाइसेन्स छपाइ तथा वितरणसम्बन्धि सम्पूर्ण काम यातायात व्यवस्था विभागले गर्दै आइरहेको छ।

'पछिल्लो समय लाइसेन्स लिनेको संख्या पाँच गुणाले बढेकोले विभागलाई लाइसेन्स वितरणमा हम्मेहम्मे परेको हुँदा अब प्रदेश स्तरमा छपाइ तथा वितरणको काम थालिने तयारी भइरहेको छ,’ यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले ...


समायोजित निजामती कर्मचारीमध्ये अधिकांश संघमा !

काठमाडौं - सरकारले सोमबार साँझसम्म १३ हजार तीन सय ४१ कर्मचारीको समायोजन टुंगो लगाएको छ। तीमध्ये ११ हजार आठ सय ९५ कर्मचारीको समायोजन संघमै भएको छ। यसअघि सरकारले न्याय सेवा र लेखापरीक्षण समूहका ६ हजार कर्मचारीलाई स्वतः संघमा समायोजन गरेको थियो।

सोमबारसम्म न्याय सेवा, लेखा परीक्षण, प्रशासन, राजस्व, शिक्षा, इन्जिनियरिङ र वन समूहका कर्मचारीको समायोजनको टुंगो लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालया प्रवक्ता सुरेश अधिकारीले मंगलबार करिब १३ हजार कार्यालय सहयोगी र सवारी चालकको समायोजन गर्ने तयारी भइरहेको जानकारी दिए। यसैगरी मंगलबारदेखि ...


पाठकलाई मुद्दा चलाउन महान्यायाधिवक्ताको राय !

काठमाडौं - महान्यायाधिवक्ता कार्यालयले घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाउन राय दिएको छ। अख्तियारले सोमबार महान्यायाधिवक्ता कार्यालयसमक्ष मुद्दा कसरी चलाउने भन्ने विषयमा राय माग गरेको थियो। महान्यायाधिवक्ता कार्यालयले संविधानमा सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको ठहरिएमा मुद्दा दर्ता गर्न सक्ने व्यवस्था भएकाले सोहीअनुसार अगाडि बढाउन सक्ने राय दिएको हो।

महान्यायाधिवक्ताको कार्यालयले अख्तियारको आफ्नै ऐनमा पनि अनुसन्धान गरी भ्रष्टाचार गरेको देखिएमा मुद्दा दर्ता गरी कारबाही गर्न सक्ने व्यवस्था भएकाले त्यसैअनुसार अघि बढ्न सुझाव दिएको हो। ...


सामाजिक सञ्जाल प्रयोगमा अंकुश लगाउने बिधेयक सदनमा !

काठमाडौं - सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दुवै सदनबाट हुबहु पारित भए अभिव्यक्ति स्वतन्त्रता झन् कुण्ठित हुने देखिएको छ। ‘दफा ४७’ ले चर्चित बनेको विद्युतीय कारोबार ऐन, २०६३ लाई खारेज गर्ने गरी ल्याइएको यो विधेयकमा उक्त दफाभन्दा पनि संकुचित प्रावधान राखिएका छन्।

विधेयक जस्ताको तस्तै पारित भए सामाजिक सञ्जालको निर्वाध प्रयोगमा अंकुश लाग्ने मात्र होइन, इन्टरनेटमा लेखेका सामग्रीका आधारमा पनि नागरिक दण्डित हुनुपर्ने स्थिति आउने चेतावनी विज्ञले दिएका छन्।

विधेयकमा विद्युतीय माध्यम प्रयोग गरी ‘प्रचलित कानुनबमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएको कुरा प्रसारण वा ...


कांग्रेस नेता सिंहले पशुपति शर्मालाई २५ हजार पुरस्कार दिने घोषणा गरेपछि नेकपा सांसद रावलको यस्तो प्रतिक्रिया !

काठमाडौँ - गायक पशुपति शर्मालाई प्रमुख प्रतिपक्ष दल कांग्रेस सांसद अमरेश कुमार सिंहले आफ्नो तलबबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेपछि त्यसले नयाँ तरंग सिर्जना गरेको छ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले गायक शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरलगत्तै सत्तारुढ दलका सांसद झपड रावलले गीत योजनावद्ध रुपमा आएको भन्दै त्यही गीत सांसद सिंहले गाए आफ्नो एक महिनाको तलब ५५ हजार २ सय ३० रुपैयाँ दिने जनाफ दिए।

...

धनुषामा जलेको अवस्थामा भेटिएकी बालिकाको सामूहिक बलात्कार पछि हत्या भएको पुष्टी !

जनकपुर - फागुन २ मा आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी जनकपुरकी ११ वर्षीया बालिका दुतिया रैसेलीको बलात्कारपछि हत्या भएको खुलासा भएको छ।

सुरुमा जिउँदै जलाएर हत्या गरिएको आंशकामा अनुसन्धान गरिरहेको प्रहरीले घटनाका मुख्य आरोपी पक्राउ गरेपछि रहस्य बाहिर आएकाे हाे। प्रहरी अनुसन्धानमा बालिकाको बलात्कारपछि हत्या गरिएको र शवको पहिचान लुकाउन जलाएको रहस्य खुल्न आएकाे हो।

प्रदेश २ प्रहरीको विशेष टोलीकाे प्रारम्भिक अनुसन्धानमा बालिकामाथि चार जनाले सामूहिक बलात्कार गरेको खुल्न आएको हो। प्रहरीले घटनामा संलग्न सबैकाे पहिचान र केहीलाइ पक्राउ गरेकाे छ।

प्रदेश प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले ...


दुर्घटनामा परेका बाराका सिडियोको निधन !

काठमाडौँ - सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ।

प्रजिअ भट्टराईको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार निधन भएको हो।

प्रजिअ भट्टराईका भाइ नरेश भट्टराईले उनकाे मृत्यु भएकाे पुष्टि गरेका छन्। उनले केही समय अघि दाजुकाे मृत्यु भएकाे र अाफु अस्पतालमै रहेकाे बताए।

माघ १२ गते बाराको निजगढमा आयोजित एक कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिक प्रमुख जिल्ला अधिकारी भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल चढेको जीप दुर्घटना भएको थियो।

उक्त घटनामा परी प्रहरी उपरिक्षक ...


साढे तिन वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक पक्राउ

काठमाडौं - रुकुम पूर्वमा साढे ३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरि पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

पक्राउ पर्नेमा सिस्ने गाउँपालिका —५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतम रहेको प्रहरीले बताएको छ ।

आइतबार जिल्ला न्यायाधीशको इजलासले गौतमलाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतले जानकारी दिएको छ ।

घरमा खेलिरहेकी बालिकालाई कोहि नभएको मौका छोपि गौतमले गत माघ २१ गते बलात्कार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

गौतम यो भन्दा अगाडि पनि जबरजस्ती करणीको मुद्दामा साढे चार वर्ष कैद सजाय भुक्तान ...


सरकारले भ्रष्टचार, बेथिति र विसंगतिको जग बसाल्यो : रामचन्द्र पौडेल

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले समृद्धिको नभई भ्रष्टचार, बेथिति र विसंगतिको जग बसालेको टिप्पणी गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो एकवर्षे कार्यकाल पुरा भएपछि देशबासीका नाममा सम्बोधन गर्दै सम्बृद्धिको जग बसाएको उल्लेख गरेका थिए।

तनहुँको व्यास नगरपालिका-११, बेलटारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख विपक्षी दल कांग्रेसका वरिष्ठ नेता पौडेलले ओली सरकारले भ्रष्टाचार, बेथिती र विसंगतिको जग बसाएकाले मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने आराेप लगाएका हुन्। पौडेलले भने, ‘ओलीजीले सरकारले समृद्धिको जग बसाएको भन्नुभएछ। सरकारले बसाएको जगबाट मुलुक समृद्धिको बाटोमा ...


तेस्रो पटक म्याद थप्दा समेत पुल निर्माण अधुरै !

खोटाङ- तेस्रो पटक थपिएको म्याद सकिँदा पनि खोटाङको रेग्मीटारस्थित साप्सु खोलामा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन।

सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने ६५ मिटर लम्बाईको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन।

दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको ढलान गत कात्तिकमै गरिए पनि पुल र सडकलाई जोड्ने ग्याबिन पर्खाल हालसम्म बनाइएको छैन। पुल तयार भए पनि पुलको वारी र पारी सडकसँग नजोडिँदा दिक्तेल–गाईघाट ओहोरदोहोर गर्ने सवारी साधन जोखिम मोलेर खोला तार्न बाध्य छन्।

पुल निर्माणको काम करीब दुई प्रतिशत मात्र बाँकी ...


राजनारायण पाठकमाथि अनुसन्धान गर्न अख्तियारले थाल्यो गृहकार्य !

काठमाडौँ - भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान गर्ने भएको छ।

प्रमुख आयुक्त नवीनकुमार घिमिरेसहित अन्य आयुक्त र बरिष्ठ कर्मचारी सम्मिलित बैठकले पाठकविरूद्ध अनुसन्धान प्रक्रिया अघि बढाउने बिषयमा आईतबार दिनभर बैठकपछि बैठक बसेकाे थियो। टंगालस्थित कार्यालयमा मध्यान्हदेखि भइरहेको बृहत् छलफलमा आयुक्तहरु डा.गणेशराज जोशी, डा.सावित्री गुरुङ, अख्तियार सचिव महेश्वर न्यौपाने तथा बरिष्ठ कर्मचारी सहभागी थिए।

‘भ्रष्टाचार नियन्त्रण गर्ने अंगको जिम्मेवार पदमा बसेर आर्थिक अनियमितता गर्ने पाठकविरुद्ध छानबीन प्रक्रिया अघि बढाउने बिषयमा ...


प्रहरीलाई घुस दिन खोज्ने दुइजना ट्रिपर चालक फन्दामा !

काठमाडौं - काठमाडौं महानगरपालिका वल्खुस्थित सडकबाट प्रहरीलाई आर्थिक प्रलोभनमा पार्नका लागि नगद ५ सय रुपैयाँ दिन खोज्ने मकवानपुर घर भएका २३ वर्षीय ओमबहादुर कार्की र सोही ठाउँ घर भएका २४ वर्षीय लख्खे पन्तलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित खटिएको प्रहरीले बा.४ ख ६८४५ नम्बरको ट्रिपर र बा.३ ख ६५६८ नम्बरको ट्रिपर जाँच गर्ने क्रममा चालकको साथमा कागज पत्र नभएपछि दुबै ट्रिपरहरु नियन्त्रणमा लिन खोज्दा दुबै ट्रिपरको संयुक्त भनी उक्त नगद घुस दिन खोजेकाले दुबै सवारी साधन सहित चालकहरू ओमबहादुर र लख्खेलाई प्रहरीले ...


सत्तारुढ दलकै विद्यार्थी संगठनले घोषणा गरे आन्दोलन !

काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी संगठनले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै उपकुलपति कार्यालय घेराउसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

त्रिभुवन विश्वविद्यालयले फागुन १४ का लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन मिति घोषणा गरे पनि निर्वाचन कार्यातालिका सार्वजनिक नगरेको भन्दै अखिल र क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गर्का हुन्।

आइतबार अखिल अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त विज्ञप्ति विज्ञप्ति प्रकाशित गर्दै दुई दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

विज्ञप्तिमा सोमबार ११ बजे उपकुलपतिको कार्यालय घेराउ गर्ने र मंगलबार देशभरका स्ववियु ...


पढाई राम्रो हुने सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण !

रामपुर - पाल्पाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएको छ ।

सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकहरुले बताउन थालेका छन् ।

रामपुर बेझाडस्थित रामतुलसी माध्यमिक विद्यालय गुणस्तरीय पढाई हुन थालेपछि अहिले सो विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइ बनेको छ । प्रशस्त रुपमा कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेलमैदान, विद्यालय प्रवेश गर्ने वित्तिकै अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण आफूहरु त्यहाँ पढ्न लागेको विद्यार्थी निशान सिग्देलले बताए ...


भ्रष्टाचारमा मुछिएका पुर्वआयुक्त पाठकमाथि कारवाही चलाउन माग !

दमौली - नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताएका छन् । आज तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्दछ भने ।

देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारमा सङ्लग्नलाई कडाभन्दा कडा कारवाही गर्नेतर्फ सरकार अग्रसर हुनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले सुशासन र शान्ति सुरक्षा विकासको पहिलो शर्त भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। उनले संसद्मा काङ्ग्रेसको भूमिका प्रभावकारी नभएको ...


महाभियोगबाट बच्न अख्तियार आयुक्त राजनारायण पाठकले दिए राजीनामा !

काठमाडौं - भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउने नाममा घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन्।

कलेजको जग्गा विवादमा ७६ लाख घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले बताए।

पाठकलाई प्रधानमन्त्री र अख्तियारका प्रमुख नवीन घिमिरेले राजीनामा दिन सुझाए पनि उनी अटेर गरेपछि प्रधानमन्त्रीकै निर्देशनमा सत्तारुढ नेकपाले महाअभियोग लगाने तयारी गरेको थियो । पाठकले महाभियोगबाट बच्न आजै राजीनामा दिएका हुन्।

पाठकको घुस प्रकरणको भिडियो प्रधानमन्त्रीसमक्ष पुगिसकेको बताइएको छ।

...

अख्तियार आयुक्त पाठकलाई तत्काल महाभियोग लगाउन माग !

काठमाडौं - विवेकशील नेपालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल महाभियोग लगाएर र आवश्यक छानविन गरी दण्डित र्गन माग गरेको छ । विवेकशिल नेपालीले एक प्रेस रिलिज गर्दै आयुक्त पाठकलाई अनुसन्धान गरि तत्काल कारवाही गर्न माग गरेको हो ।

हेर्नुहोस् प्रेस रिलिज

२०७३ भाद्र महिनामा विवेकशील नेपालीले अख़्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि महाभियोगको माग गरेको थियो । डा। गोविन्द केसीले शुरु गरेको सत्याग्रहको समर्थनमा हामीले शसक्त अभियान चलाउदाँ लोकमान सिंह कार्कीको पद त खोसियो तर राजनारायण पाठकमाथी भने ...


चट्याङले भिषण आगलागीः एक घाइते लाखौंको क्षति !

तुलसीपुर - आज बिहान चट्याङ परेर आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा विककी श्रीमती ७४ वर्षीय मोती विक आगोले जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आगलागीबाट घरमा रहेको महत्वपूर्ण कागजात, घर, घरमा रहेका काठ दाउरा नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् । विकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ...


कंचनपुरबाट फेरी साढे ५ किलो अवैध सुन बरामद !

धनगढी - बिहिबार दिउसो १८ किलो सुन बरामद गरेको प्रहरीले कञ्चनपुरबाट थप ५ किलो ६ सय ग्राम सुन फेला पारेका छ । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) सहितको टोलीले बिहीबार राति थप सुन बरामद गरेको हो। दिउँसो सुनसहित पक्राउ परेका लक्ष्मण तिरुवाको घरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद गरिएको कञ्चनपुरका एसपी कुवेर कडायतले जानकारी दिए ।

पक्राउ परेका तिरुवा दाजुभाइलाई सोधधपुछ गर्ने क्रममा थप सुन बरामद भएको प्र्रहरीले जनाएको छ। शुक्लाफाँटा नगरपालिका ११ घर भएका लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस्थामा थप सुन बरामद भएको ...


'जनताको जलबिद्युतको पहिलो शेयर म किन्छु' : प्रधानमन्त्री ओली

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् आयोजनाका कार्यक्रमको पहिलो शेयर आफूले खरीद गर्ने उद्घोष गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कार्यक्रमको पहिलो शेयरधनी आफू बन्ने घोषणा गरे ।

कार्यक्रम शुरु भएको ३५ दिनभित्र सबै नेपालीले शेयर खरीद गर्न सक्ने भएकाले आगामी चैत ७ गते नै आफूले पहिलो शेयर लिने प्रधानमन्त्रीको भनाइ थियो । उनले के कति परिमाणको शेयर खरीद गर्ने विषयमा जानकारी नदिनु भए पनि पहिलो ...


देशबासीको नाममा प्रधानमन्त्रीको सम्बोधन !

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो कार्यकालमा राजनीतिक स्थिरता भएकाले समृृद्धिको आधार तयार भएको बताएका छन् । सरकार गठन भएको एक बर्ष पुगेको पूर्वसन्धामा बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालमा भए गरेका कामहरु सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले आफ्नो पहिलो बर्षको कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधान अनुसार मौलिक हकको कार्यान्वयनलगायतका काम गर्न सफल भएको बताए ।

प्रधानमन्त्रीले २५ कानुन पारित, २३ विधेयक विचाराधिन २४ विधेयक प्रस्तुत भएको र लगानी मैत्री वाताबरणका लागि ऐन परिमार्जनको तयारी ...


घुस काण्डमा मुछिएका अख्तियार आयुक्त पाठकलाई महाभियोग लगाउन प्रधानमन्त्रीको निर्देशन !

काठमाडौं - घुस कान्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध माअभियोग प्रस्ताव दर्ताको तयारी सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएसँगै नेकपा सांसदहरु महाअभियोग प्रस्तावबारे छलफलमा जुटेका हुन् । बिहीबार दिनभरिसम्म राजीनामा नआए भोलि शुक्रबार संसदमा महाअभियोग प्रस्ताव गर्ने तयारी उनीहरुले गरेका छन् ।

‘भ्रष्टाचार निवारण गर्ने संवैधानिक निकायमा बसेर घुस खाएको विवरण सार्वजनिक हुनु गम्भीर विषय हो । यो विषयमा हामी छलफलमा छौं’, संसदको शिक्षा समिति सदस्य एवं नेकपा सांसद योगेश भट्टराईले भने, ‘आज दिनभरिमा राजीनामा नदिए ...


कञ्चनपुरमा खाल्डोमा गाडेर यसरी लुकाइएको थियो १८ किलो सुन !

कञ्चनपुर - प्रहरीले कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट सुन बरामद गरेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँबेर कडायतले बताए ।

कञ्चनपुर पुनर्वास नगरपालिका–२ स्थित स्थानीय शंकर विकको घरमा लुकाएर राखिएको अवस्थामा सुन बरामद गरिएको हो । खाल्डो खनेर गाडिएको अवस्थामा सुनका १०८ वटा सिक्का प्राप्त भएको र सो जोख्दा तौल १८ किलो भएको प्रहरीले जनाएको छ। त्यसबारे प्रहरीले थप अनुसन्धान ...


अख्तियारका आयुक्त पाठकले राजीनामा नदिए महाअभियोग लगाउने सत्तारुढ दलको प्रतिक्रिया !

काठमाडौं - घुसकाण्डमा मुछिएको भनिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लगाइने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले प्रतिक्रिया दिएका छन् ।

भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा ७६ लाख रुपैयाँ घुस बुझेको भिडियो हेरेपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका हुन् । ‘राजिनामा नदिए शुक्रबार महाअभियोग दर्ता हुनसक्छ’, स्रोतले भन्यो ।

संसदको शिक्षा समितिका सदस्य समेत रहेका सांसद योगेश भट्टराईले पनि आयुक्त पाठकले राजिनामा दिनुपर्ने र उनीमाथि छानविन हुने प्रतिक्रिया दिए । भट्टराई भन्छन्, ‘राजिनामा दिनु भएनन् भने महाअभियोगको बाटो त ...


आज प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने !

काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्। सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले आज बिहिबार देशवासीका लागि सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले आज दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले बतायो ।

ओलीको नेतृत्वमा गत वर्ष आजकै दिन अर्थात् फागुन ३ गते नयाँ सरकार बनेको थियो। सम्बोधनमा ओलीले सरकारको एक वर्षको कार्यकालको समिक्षा गर्नुका साथै भावी कार्ययोजनाका बारेमा समेत प्रष्ट पार्ने बताइएको छ।

...

आज भ्यालेन्टाइन डे, यसरी मनाउन थालियो यो दिवस !

काठमाडौ - आज नेपाल लगायत विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस मनाईंदै छ । विश्वका युवा युवतीले आजको दिनलाई विशेष चाडका रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ । यो दिन प्रेमि प्रमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्साउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्ताव राख्ने प्रचलन पनि छन् । दिवसका अवसरमा विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रम हुँदैछन् ।

विशेष गरी ‘भ्यालेन्टाइन डे’ को औपचारिक सुरुआत सन् २६९ बाट रोमनबाट शुरु भएको हो ...


बैंकको ब्याज १५ दिन भित्र नघटाए आन्दोलन गर्ने उद्योग वाणिज्य महासंघको चेतावनी !

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघले बैंकको ब्याज १५ दिन भित्र नघटाए आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ब्याज घटाउनका लागि राष्ट्र बैंक र सरकारलाई १५ दिनको अल्टिमेटम दिदै आन्दोलनमा उत्रले चेतावनि दिइन् । केही समययता बैंकको ब्याजदर घटाउन माग गर्दै बिराटनगरका उद्योगीहरु आन्दोलनमा उत्रिएका छन् ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्दामणि शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायतका प्रतिनिधि, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, मोरङका उद्योगीहरु र प्रदेश सरकारका प्रतिनिधिबीच बिराटनगरमा ब्याजदर सम्बन्धी वार्ता भएको थियो ...


‘नेकपाभित्र फाटो ल्याउने प्रयास थामिसक्नुको छैन' : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा समस्या पैदा गर्ने प्रयास भइरहेको बताएका छन् । तर, त्यो सफल नहुने उनको दाबी छ ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेकपाभित्र समस्या पैदा गर्ने कोशिस थामिसक्नु छैन । बालाई आमा बोक्सी हो भन्ने र आमालाई बाले रक्सी खान्छन्, मुख सुघ्नुस्’ भनेर झगडा गराएजस्तो नेकपामा फाटो ल्याउने प्रयास भइरहेको छ । प्रयास नगरे हुन्छ, न आमा मुख सुघ्न जान्छिन्, न बाले आमालाई बोक्सी भन्छन् ।’

प्रधानमन्त्री ओलीले सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध विगार्न प्रयास भइरहेको समेत ...


जनयुद्ध दिवस कार्यक्रममा केपी ओली किन गएनन् ?

काठमाडौं - नेकपाले तत्कालीन एमालेको मुख्यालय धुम्बाराहीमा बुधबार जनयुद्ध दिवस मनायो । तर, तत्कालीन एमाले अध्यक्ष केपी ओली पार्टीले आयोजना गरेको जनयुद्ध दिवस मनाउने कार्यक्रममा उपस्थित भएनन् । जनयुद्ध शुरु गर्ने तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले कार्यक्रमको नेतृत्व गरे ।

पार्टीले आयोजना गरेको कार्यक्रम प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले मात्रै बहिस्कार गरेनन्, तत्कालीन एमालेबाट नेकपामा रहेका बरिष्ठ नेताहरुसमेत अनुपस्थित रहे । प्रचण्डले पार्टी अध्यक्षको रुपमा जनयुद्धका दुःख र उपलब्धी सुनाए । प्रचण्डले जनयुद्धको बयान मात्रै गरेनन्, तत्कालीन एमाले महासचिव मदन भण्डारीको तारिफ पनि गरे । जनयुद्ध बहिस्कार गर्ने ...


बेरोजगार सबैलाई कम्तीमा सय दिन रोजगारी दिने सरकारको घोषणा !

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले बुधबार ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’को उद्घाटन गरेका छन् । राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यक्रमको उद्घाटन गरेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो। ‘सबैका लागि रोजगार : संवैधानिक अधिकार’ नारा राखिएको यो कार्यक्रम श्रमिकलक्षित छ।

सकेसम्म रोजगारी दिने
नयाँ कार्यक्रमअनुसार सरकारले कुनै बेरोजगार नागरिकलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने प्रयास गर्नेछ। त्यसका लागि बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास भएको गाउँ वा नगरपालिकाको वडा ...


सरकार आफैले प्रक्रिया मिचेर अर्बौंको सवारीसाधन खरिद !

काठमाडौं - सरकारले खरिद प्रक्रिया मिचेर अर्बौं रुपैयाँ सवारीसाधन खरिद गरेको छ। कानुनले तोकेको कार्यविधि पूरा नगरी गाडी खरिद गरेको सरकारी अध्ययनले देखाएको छ।

आर्थिक वर्ष ०७४/७५ मा सवारीसाधन खरिद र व्यवस्थापनका लागि ११ अर्ब ८५ करोड १७ लाख रुपैयाँ खर्च भएको छ। गाडी खरिदमा मात्रै ६ अर्ब ५७ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ। तर, कतिपय गाडी ऐन विपरीत खरिद गरेको पाइएको छ। सार्वजनिक खरिद ऐन २०६३ को दफा ५ मा एक लाख रुपैयाँभन्दा बढी सामान खरिद गर्दा लागतअनुमान तयार गरी खरिद गर्नुपर्ने व्यवस्था ...


नारायणी नदीसम्म पानीजहाज आउने जलमार्ग निर्माण सुरु

काठमाडौँ - भारतले नेपालको नारायणी नदीसम्म पानीजहाज आउने जलमार्ग निर्माण सुरु गरेको छ । भारतको केन्द्रीय सरकारले गंगा नदीदेखि गण्डक नदीसम्म जलमार्ग निर्माण सुरु गरेको हो ।

भारत सरकारका केन्द्रीय जलमार्गमन्त्री नितिन गडकरीले सोमबार बिहारको हाजिपुर (गंगा र गण्डकको संगम)देखि बाघा (नेपालको सिमानानजिक) सम्म निर्माण हुने जलमार्गको शिलान्यास गरेका हुन् । यसबाट दुई मुलुकबीचको जलमार्ग निर्माण कार्यले गति लिएको मन्त्रालयले जनाएको छ ।

‘गण्डक नहरदेखि बिहारको हजिपुरसम्म बहने गण्डक (एनडब्ल्यू३७)मा जलमार्ग निर्माण सुरु भएको छ,’ मन्त्रालयले आधिकारिक ट्विटरमा उल्लेख गरेको छ, ‘यससँगै गंगा नदीले नेपाललाई जलमार्गबाट वाराणसी रिभर टर्मिनल र हल्दिया ...


वकिलबाटै ठगिए सर्वाेच्चका पूर्वन्यायाशीश
‘ल कलेज’ चलाउने भन्दै पौने तीन करोड ठगी

काठमाडौँ - सर्वाेच्च अदालतका पूर्वन्यायाधीश तथा देशका वरिष्ठ अधिवक्ताहरू नै अर्का एक अधिवक्ताबाट ठगिएका छन् । आफूलाई मानवअधिकारकर्मी भन्दै आएका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनले कानुनसम्बन्धी क्याम्पस स्थापना गर्ने भन्दै उठाएको रकम ठगी गरेका हुन् ।

२ करोड ७६ लाख हिनामिना गरेको अभियोगमा अधिवक्ता तथा मानवअधिकारकर्मी सिवाकोटी र उनका साथी बद्रीकुमार थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ । सर्वाेच्च अदालतका पूर्वन्यायाधीश पवनकुमार ओझाको अध्यक्षतामा कलेज स्थापनाका लागि खोलिएको मञ्जुश्री एकेडेमी कम्पनीको रकम सिवाकोटी र थापाले व्यक्तिगत प्रयोजनमा खर्च गरेका हुन् । कम्पनीका सेयरधनी रहेका ...


धमाधम जग्गा प्लटिङको काम गर्दै नेपाली सेना

काठमाडौँ - सैनिक कल्याणकारी कोषको साढे पाँच अर्ब परिचालन गरेर नेपाली सेनाले विभिन्न नाफामूलक व्यवसाय बढाएको छ । पार्टी प्यालेस, पेट्रोलपम्प, सडक निर्माणदेखि सपिङ कम्प्लेक्स र जग्गा प्लटिङ गरेर बेच्ने कारोबारमा समेत सेना सक्रिय छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको तथ्यांकअनुसार गत मंसिर मसान्तसम्म सेनाले कल्याणकारी कोषमार्फत पाँच अर्ब ५७ करोड २४ लाख ३० हजार रुपैयाँ विभिन्न परियोजनामा लगानी गरेको छ ।

यतिखेर सेनाले इचंगुनारायणमा ४२ करोडको जग्गा खरिद गरी धमाधम प्लटिङ गरेर बिक्री–वितरणको अन्तिम तयारी गरिरहेको छ । उसले भक्तपुरको दुवाकोटमा एक सय २२ रोपनी र काठमाडौंको ...


दुई करोड पचास लाख धरौटी बुझाएर छुटे गोपाल खड्का !

काठमाडौं - नेपाल आयल निगममा पूर्वकार्यकारी निर्देशक गोपाल खड्का धरौटी बुझाएर तारेखमा छुटेका छन्। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले उक्त धरौटी रकम बुझाउन आदेश गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुष २३ गते दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा दुई करोड पचास लाख धरौटी बुझाएर छुटेका हुन्। खड्काको धरौटीमा नेपाल इन्भेष्टमेन्ट बैंक ग्यारेन्टी बसेको छ। अख्तियारले उनको १८ करोड ६६ लाख रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो।

...

सरकारी जहाज उडाउन पाइलट अभाव !

काठमाडौँ - नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने जनाएको छ । विमान चालकको अभाव र मर्मतका लागि ग्राउण्डेड भएका जहाजलाई साता दिनदेखि एक महीनाभित्र सबै जहाज चलाउने तयारी भइरहेको निगमले जनाएको हो ।

पछिल्लो समयमा पाइलट अभावले सबै चिनियाँ जहाज ग्राउण्डेडलगायतका समाचार सञ्चार माध्यममा आएका थिए । निगमका जहाज साच्चिकै ग्राउण्डेड भएका हुन त रु भन्ने रासससँगको जिज्ञासामा निगमका सहायक प्रवक्ता नवराज कोइरालाले केही जहाज पाइलट अभाव तथा मर्मतका सिलसिलामा भएका जहाजबाट पनि छिट्टै उडान गर्ने तयारीमा रहेको जानकारी दिए ...


गरीको नाममा आएको पैसामा टाठाबाठाको रजाई !

काठमाडौँ - गरीबी निवारण कोषमा गरीबको नाममा आएको रकममा टाठाबाठाले रजाइ गर्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

गरीबको नाममा खर्च हुने रकम टाठाबाठाले दुरुपयोग गर्ने गरेको तथ्य राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदनमा भौतिक पूर्वाधार निर्माण र घुम्ती कोषको रु १८ करोड ५९ लाख ६५ हजार २६९ दुरुपयोग भएको सो प्रतिवेदनले देखाएको छ ।

विभिन्न ठाउँमा भौतिक पूर्वाधार निर्माण गर्दा रु १० करोड ४ लाख ४१ हजार ७८८ र घुम्ती कोषमार्फत गरीबीको जीवनस्तर उकास्नका लागि सञ्चालन भएको समुदायिक साझेदारी कार्यक्रममा करीब रु आठ करोड ...


‘सडक सुरक्षा परिषद्’ गठन गर्न माग

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ ।

नेपाली काङ्ग्रेसका सांसद डा डिला सङ्ग्रौलाले दर्ता गराएको ‘नेपालमा सडक दुर्घटना परेर मृत्यु वा घाइते हुनेका तथ्याङ्क पछिल्लो पाँच वर्षमा भयावह रुपमा बढिरहेकाले दुर्घटना रोक्न कदम चाल्नुपर्ने र राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२० कार्यान्वयन गरियोस्’ भन्ने जरुरी महत्वको प्रस्तावमाथि बैठकमा छलफल भएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रास्तावका सम्बन्धमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै सडक दुर्घटना न्यूनीकरणका लागि ‘सडक सुरक्षा परिषद्’ गठन हुनुपर्ने सांसदको सुझाव सकारात्मक भएको बताए ...


रोजगारीका लागि सरकारले तोक्यो 'रोजगार संयोजक'

काठमाडौं - संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि हरेक स्थानीय तहमा नियुक्त गर्ने ‘रोजगार संयोजक’ पदका लागि आवेदन दिएकामध्ये प्रारम्भीक योग्यताक्रमको सूचीमा समावेश हुनेको विवरण सार्वजनिक गरेको छ । रोजगार संयोजक पदका लागि अनलाईनबाटै आवेदन दिएकामध्येबाट प्रारम्भिक योग्यताक्रम निर्धारण गरी सर्टलिस्टिङ गरिएको हो ।

सरकारले देशभरका सबै स्थानीय तहमा आधा अधिकृत तथा नायव सुब्बा सरहको १ जना रोजगार संयोजक तोक्नेछ । यसका लागि सरकारले पुस महिनादेखि आवेदन खुला गरेको थियो ।

...

तल्लो अरुण निर्माण गर्न भारतको प्रस्ताव

नयाँ दिल्ली - भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गरेका हुन् । “तल्लो अरुण भारतीय कम्पनीले अहिले निर्माण गरिरहेको अरुण तेस्रोकै मोडलमा निर्माण गर्न भारतीय पक्षबाट प्रस्ताव गरिएको छ, हामीले अरुण तेस्रोको निर्माण प्रगति हेरेर सोही आधारमा थप छलफल गरौँला भनेका छौँ”, मन्त्री पुनले भने । “सरकारले अरुण ...


निर्मला प्रकरण : डीएनए परीक्षणका लागि नमुना विदेश पठाइने

काठमाडौं - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको भेजाइनल स्वाबमा भएको डीएनए परीक्षणका लागि विदेश पठाउने तयारी भएको छ । पछिल्लो समयय डीएनको वैधानिकतामै प्रश्न उठ्न थालेपछि नेपाल प्रहरीले उक्त स्वाब नै जाँचका लागि विदेश पठाउने तयारी गरेको स्रोतले जानकारी दियो । ‘यसबारे छलफल भइरहेको छ । राष्ट्रिय मानव अधिकार आयोगले पनि डिएनएको वैधानिकतामाथि प्रश्न पठाएको छ,’ स्रोतले भन्यो, ’विदेशमा जाँच गराउन पठाउनेबारे छलफल भइरहेकोले केही दिनमा टुंगो लाग्ला ।’

तर, कुन देश पठाउने भन्ने टुंगो लागिसकेको छैन । यसबारे पनि छलफल भइरहेको छ । मानव ...


यो सरकार ढल्नुभन्दा अगाडि धेरै कुरा थितिमा ल्याउँछ : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई दलाली र चाकडी नगर्न निर्देशन दिएका छन् । साथै सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रधानमन्त्री ओलीले प्रहरी अधिकारीहरुलाई सार्वजनिक मञ्चबाटै सचेत गराएका छन् । नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘प्रहरी भनेको दलाली वा दमन गर्नका लागि होइन, कर्तव्य पालनाका लागि हो ।’ उनले भने, ‘हाकिम र माथिकाको दलाली नगर्नुस्, प्रहरी दलाली गर्न होइन, दमन गर्न पनि होइन । प्रोमोशन हुनको लागि कसैलाई रिझाउनु पर्दैन ...


‘पूर्व–पश्चिम रेल’ घन्किएपछि प्रधानमन्त्रीले भने : ‘मैले बनाउनै बाँकी छ, तिमीहरुले आजै कुंदायौ'

काठमाडौं - सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वर्ल्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी आज प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमा थियो ।

एचआइभी सङ्क्रमित बालबालिकालाई मात्रै आवासीय रुपमा पठनपाठन गराउँदै आएको शिक्षा सदनलाई प्रमाणपत्र वितरण सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक बालिकालाई गीत गाउन आग्रह गरे । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारको माहोल सङ्गीतमय बन्न पुग्यो ।

‘सानी छोरीले गीत गाउँछिन् अब’, प्रधानमन्त्री ओलीको आग्रहमा पाँच कक्षामा अध्ययनरत ११ वर्षीय सोनी विकले जुरुक्क उठेर गीत गुनगुनाउन थालिन्।

जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले ...


मधेसको समृद्धिको लागि संबिधान संसोधन हुन्छ : प्रचण्ड

सिराहा - पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताएका छन् । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, मैले र उपेन्द्र यादवले हस्ताक्षर गरेका छौं ।’

उनले मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शंका नगर्न आग्रह गर्दै मधेसको विकास गरेर मात्रै मधेसी ...


निगमभित्रका गलत र अनियमित गतिविधि छानबिन गर्छु : पर्यटनमन्त्री अधिकारी

काठमाडौँ - सरकारका बारेमा अफवाह फैलाइए पनि सरकार अविचलित अघि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन् ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउण्टेन एकेडमी) र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले संयुक्त रुपमा सञ्चालन गरेको पदयात्रा पथ प्रदर्शक तालीममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरणका क्रममा उनले सो कुरा बताएको हो ।

सरकारले आर्थिक समृद्धिको नारालाई साकार तुल्याउनका लागि सुशासन कायम र असल काम गर्न थालेकामा विरोधीले आत्तिएर अनेक प्रतिक्रिया जनाइरहेका छन् तर सरकारलाई यस्ता कुराले असर नपार्ने मन्त्री अधिकारीले बताए ।

उनले भने, “हामीकहाँ ...


रुकुम पूर्वको सदरमुकाम विवाद संवैधानिक इजलासमा !

रुकुम - रुकुम (पूर्व)को सदरमुकामसम्बन्धी विवाद संवैधानिक इजलासमा पठाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशमान सिंह रावतको सोमबारको पूर्ण इजलासले उक्त मुद्दालाई संवैधानिक इजलासमा पठाउने फैसला गरेको हो । यस मुद्दामा अब संवैधानिक इजलासले फैसला गर्नेछ ।

संविधानसँग बाझिने खालका मुद्दालाई सर्वोच्चले संवैधानिक इजलासमा पठाउने गरेको छ । सरकारले निर्माण गरिसकेको र उक्त निर्णय खारेजीको मागसहित मुद्दामा सर्वोच्चमा लामो समय बहस गर्दै अन्ततः सर्वोच्च अदालतमातहतको संवैधानिक इजलासमा पठाएको हो ।

मुद्दा संवैधानिक इजलासमा पठाइए पनि संवैधानिक इजलासले पेसी तोकेको छैन । आज संवैधानिक इजलासले ...


सिन्धुलीमा जिप दुर्घटना, ५ जनाको मृत्यु

सिन्धुली– सिन्धुलीको फिकल गाउँपालिका–२ चण्डी भञ्याङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

फिकलबाट सिन्धुलीमाडी तर्फ जाँदै गरेको बा. १५ च ९४२२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) चक्र बहादुर सिंहले जानकारी दिए ।

बेलोरोमा ८ जना यात्रु सवार थिए । जिप चण्डी भञ्ज्याङ स्थित सडकबाट २ सय मिटर तल खसेको थियो । मृतकको सनाखत भैनसकेको र घटनाबारे अनुसन्धान भईरहेको एसपी सिंहले बताए ।

...

फागुन १५ भित्र भेरी–बबई सुरुङको ब्रेक थ्रु !

सुर्खेत - राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको टनेल निर्माण अन्तिम चरणमा पुगेको छ। नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम)ले मंगलबारसम्म ११ हजार एक सय मिटर सुरुङ निर्माण गरेको छ। आयोजनाले फागुन १५ भित्र ‘ब्रेक थ्रु’ (निर्माण सम्पन्न) गर्ने तयारी गरेको छ। सुरुङको लम्बाइ १२ हजार मिटर हो। ‘अब नौ सय मिटर सुरुङ निर्माणको काम बाँकी छ, टनेल ‘एक्जिट’का लागि भेरीको चिप्लेमा प्लेटफर्म निर्माण सम्पन्न गरिसकेका छौं,’ आयोजना प्रमुख सञ्जीव बरालले भने, ‘फागुन १५ भित्र टनेल निर्माणको काम सम्पन्न हुन्छ।’

आयोजनाका अनुसार टनेल निर्माणको काम ...


पटक-पटकको राजनीतिक हस्तक्षेपले थलियो नेपाल संस्कृत विश्वविद्यालय !

काठमाडौं - चरम राजनीतिक हस्तक्षेपका कारण नेपाल संस्कृत विश्वविद्यालय लथालिङ्ग बनेको छ। विश्वविद्यालयका प्रध्यापक तथा कर्मचारीहरुले तीन महिनादेखिको तलब पाएका छैनन्। विश्वविद्यालयको शैक्षिक, प्रशासिनक तथा आर्थिक कार्यक्रमहरु ठप्प बनेका छन् भने साउनमै विश्वविद्यालय सभा बसेर टुंग्याउनुपर्ने विश्वविद्यालयको बजेट, शैक्षिक कार्यक्रम, शैक्षिक क्यालेन्डर निर्माण, रणनीति तयलगायतका काम पनि हुन सकेका छैनन्।

गत असारमा विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला क्यानाडामा भएको विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा उनलाई विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिनास्वीकृति भ्रमणमा जान लागेको आरोपमा एयरपोर्टबाटै फर्काए। त्यसपछि सुरु भएको उपकुलपति र कुलपतिबीचको ...


एनसेल र एक्जिएटाको ४० अर्ब कर असुल गर्न सरकारलाई सर्वोच्चको आदेश !

काठमाडौं - सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभकर एनसेल र विदेशी कम्पनी एक्जिएटाबाट असुल गर्न बुधबार सरकारलाई परमादेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको बृहद् पूर्ण इजलासले एनसेल, सेयर कारोबार रहेका विदेशी कम्पनी तथा अधिवक्ता भावेश गौतमका रिट निवेदन खारेज गर्दै कर तिनुपर्ने फैसला सुनाएको हो।

इजलासमा न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान थिए। फैसलाको पूर्ण पाठ आउन बाँकी रहे पनि हाल पनि एनसेलको प्रभावकारी नियन्त्रण एक्जियटा कम्पनीकै नियन्त्रणमा रहेका कारण करको दायित्व पनि एनसेल र उसैको हुने ‘स्प्रिट’ मा निर्णय भएको सर्वोच्चले ...


निर्मलाको विषयलाई लिएर गृहमन्त्रीलाई संसदमा -याख-याख्ती !

काठमाडौं - ‘निर्मला पन्तका हत्यारा बालुवाटार र सिंहदरबारका कुर्सीमा पो छन् कि ? ’ कांग्रेस सांसद डिला संग्रौलाले ‘आक्रोशपूर्ण व्यंग्यात्मक’ प्रश्न राख्दा गृहमन्त्री रामबहादुर थापाले अप्ठ्यारो महसुस गरेका देखिन्थे।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको झन्डै ६ महिना पुग्दा पनि हत्यारा कारबाही गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला बुधबार गृहमन्त्री थापालाई सांसदले यही प्रश्न तेस्र्याए। मन्त्रीहरूसँग सांसदका प्रश्नोत्तर कार्यक्रमअन्तर्गत थापाले निर्मला घटनाबारे ‘रेडिमेड’ जवाफ फर्काए, ‘अनुसन्धान जारी छ।’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वयं गृहमन्त्री थापाले निर्मलाका हत्यारा पत्ता लाग्ने भनी ‘दिन, ...


 सप्तरीमा बहुविवाह गर्ने जोडीलाई एक वर्ष कैद हुने ठहर !

राजविराज - सप्तरीको डाकनेश्वरी नगरपालिका–१ स्थित बहुविवाह गर्ने एक जोडीलाई जिल्ला अदालतले एक वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले तारेखमा रहेका आरोपितहरु ३४ वर्षीय जयराम साह र उनकी दोस्रो श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई सोमबार जनही एक वर्ष कैद सजायको फैसला गरेको हो ।

अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार पीडितले उजुरीका साथ पेश गरेको विवाह दर्ता, छोराहरुको जन्मदर्ता र दोस्रो विवाह गर्दा काटेको कंकालिनी भगवती मन्दिरको रसिदका आधारमा बहुविवाह गरेको दावी पुष्टि भएकोले कैद र जरिवानाको फैसला गरिएको हो ।

साहकी पहिलो श्रीमती ...


साझा स्वास्थ्यमामा अनियमितता, थप छानबिन गर्न अख्तियारलाई सिफारिस !

काठमाडौँ - राष्ट्रिय सतर्कता केन्द्रले साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमा अनियमितता भएको ठहर गरेको छ । औषधिको मौज्दात राख्दादेखि बिक्रीबाट प्राप्त रकम बैंकमा दाखिला गर्दासम्म अनियमितता भएको केन्द्रको निष्कर्ष छ । उसले थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिससमेत गरेको छ ।

सहकारीको महाराजगन्ज बिक्री कक्षमा हुनुपर्नेभन्दा १३ लाख २ हजार रुपैयाँ मूल्यबराबरको औषधि कम देखिएको भन्दै त्यसमा अनियमितता भएको केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

बिक्री कक्षमा ८ असार ०७४ मा ८१ लाख ६२ हजार रुपैयाँ मूल्यबराबरको औषधि हुनुपर्नेमा ६८ लाख ५९ हजार रुपैयाँ ...


जाली कागजात पेश गरि विदेशीले लिएका ३३९ नेपाली नागरिकता रद्द !

काठमाडौँ - विदेशी नागरिकले जाली कागजात पेस गरी लिएका तीन सय ३९ नेपाली नागरिकता सरकारले रद्द गरेको छ । ०५४ देखि ०७३ को अवधिमा ती नागरिकता लिइएको गृह मन्त्रालयले जनाएको छ । रद्द गरिएका नागरिकता अधिकांश भारतीय मूलका नागरिकले लिएका थिए । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल नागरिकता ऐन, २०६३ ले दिएको अधिकार क्षेत्रभित्र रही विदेशी नागरिकको नागरिकता रद्द गरिएको बताए ।

नेपाल नागरिकता ऐन, २०६३ अनुसार नागरिकता रद्द नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि मात्रै हुन्छ । यसका लागि नागरिकतावाहकविरुद्ध नेपाल सरकारको आधिकारिक निकायमा उजुरी पर्नुपर्छ । छानबिनपछि गृह हुँदै उक्त ...


विलासिताका वस्तु आयात नियन्त्रण गर्ने सरकारको तयारी, के-के हुन् विलासिताका सामान ?

काठमाडौं - व्यापार घाटा न्यूनीकरण गर्न सरकारले महँगा र विलासिताका वस्तुको आयात नियन्त्रण गर्ने तयारी गरेको छ। स्वदेशमै उत्पादन हुन सक्ने वस्तु अत्यधिक परिमाणमा आयात हुँदा व्यापार घाटा बढ्दै गएको ठहर गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो।

मन्त्रालयका सहसचिव रबीशंकर सैंजू स्वदेशमै उत्पादन गर्नसक्ने अवस्था भएका वस्तु पनि आयात भएका कारण व्यापार घाटा बढ्दै गएको बताउँछन्। स्वदेशी वस्तु र उद्योगलाई प्रोत्साहन गर्ने नीति अन्तर्गत महँगा र बिलासिता वस्तुको आयात नियन्त्रण गर्न लागिएको हो। यसका लागि मन्त्रालयले केही वस्तुको सूची तयार पारी मन्त्रिपरिषद्को ...


कमीसनका लागि अनावश्यक उपकरण खरिद गरिएको स्वास्थ्य राज्यमन्त्रीको खुलासा !

ललितपुर - स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले धेरै सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा आवश्यकै नभएका करोडौं रुपैयाँका उपकरण खरिद गरी थन्क्याएर राखेको खुलासा गरेका छन् ।

विश्व क्यान्सर दिवसको अवसरमा नेपाल अुर्बदरोग निवारण संस्थाले ललितपुरमा गरेको कार्यक्रममा राज्यमन्त्री डा. यादवले कमीसन पाउनकै लागि धेरै उपकरण किनिएको तर उपयोगमा नभएको बताए ।

‘कमिसन पाउनकै लागि धेरै उपकरण किनिएका छन्’, उनले भने, ‘तर ती उपकरण प्रयोगमा आएका छैनन् । त्यसैले स्वास्थ्यमा जति बजेट आए पनि पुग्नेवाला भने छैन ।’

उनले स्वास्थ्यमा आउने धेरै बजेट दुरुपयोग हुँदै आएको उल्लेख गर्दै स्वास्थ्यमा ...


साढे ३३ केजी सुन तस्करीका अर्का मुख्य अभियुक्त दुबईबाट पक्राउ !

काठमाडौँ - साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका फरार एक मुख्य अभियुक्त हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । नेपाल प्रहरीको आग्रहमा संयुक्त अरब इमिरेट्स (युएई)को प्रहरीले उनलाई पक्राउ गरेको हो । खड्कालाई नेपाल ल्याउन प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए । उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेको थियो । सोही नोटिसका आधारमा खड्का दुई साताअघि पक्राउ परेका हुन् ।

गृह मन्त्रालयले गठन गरेको विशेष अनुसन्धान टोलीका अनुसार उनी विगत पाँच वर्षदेखि विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहका मुख्य ...


फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा हुँदै, रोजगार दिन नसके भत्ता दिइने !

काठमाडौँ - सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १ देखि सो कार्यक्रमको घोषणा गर्ने तयारी गरेको छ । सरकारले कार्यक्रमका लागि आवश्यक ऐन तथा नियमावली तयार गरिसकेको छ ।

गत १९ पुसको मन्त्रिपरिषद्ले पारित गरेको रोजगारीको हकसम्बन्धी नियमावलीले संघीय सरकार, सातवटै प्रदेश सरकार र ७५३ स्थानीय तहले न्यूनतम रोजगार प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ । सोहीअनुसार सार्वजनिक विकास निर्माणका कार्यक्रम तथा आयोजनाहरूमा सिर्जना ...


नेविसंघका अध्यक्ष नैनसिंह महरसहित १२ जना पक्राउ

काठमाडौँ - नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेविसंघ अध्यक्ष महरको नेतृत्वमा निस्केको जुलुसले गत शनिबार पोखरामा सरकारी गाडी जलाउने आफ्ना कार्यकर्तालाई पक्राउ गरेको विरोधमा प्रदर्शन गरेको छ । मिनभवनस्थित कमर्स क्याम्पसबाट निकाले जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदर्शनमा उत्रिएका नेविसंघ अध्यक्ष महरसहित १२ जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको हो । सार्वजनिक विदाको दिन गाडी चलाएको भन्दै पोखरामा सरकारी गाडी जलाउने नेविसंघका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

...

सडकमै सवारी चालकको स्वास्थ्य जाँच

देउखुरी समाचारदाता
देउखुरी, माघ । दाङको देउखुरी उपत्यकामा सवारी चालकहरुको स्वास्थ्य परिक्षणको कार्यलाई तिब्रता दिईएको छ . दाङका बिभिन्न स्थानमा केही समय अगाडी सवारि दुर्घटनाबाट ठूलो मानबिय क्षेति भएपछि दुर्घटना न्युनिकरणका लागी दाङमा नागरिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सवारि चालकको स्वास्थ्य जाच गर्न थालिएको हो ।
चालकको स्वास्थ्य जाँच गर्दा चालकको स्वास्थ्य अवस्था बारे जानकारी हुनुका साथै रिफ्रेस हुन पनि सहयोग पुगेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मदन कुवंरले जानकारी दिनुभयो ।

जिल्लाका प्रम्ख शहरmलाई लक्षित गरि भालुवाङ, लमही, घोराही, तुलसीपुर र अमिलियामा निशुल्क स्वास्थ्य शिविरकै ...


'नागरिकता बिधेयक जस्ताको तस्तै पारित गरे देशमा अर्को गृहयुद्धको खतरा'

काठमाडौँ - २५ प्लस नामक संस्थाले सोमवार बालुवाटारमा हाल संसदमा प्रस्तावित नागरिकता विधेयक ऐन, २०७५ मा रहेका लुप होल र त्रुटीबारे छलफल गर्दै सरकार तथा संसद तथा अन्य सरोकारवालालाई यसबारेमा जानकारी एवं दवाव सिर्जना गर्ने उद्देश्यले 'संसदमा प्रस्तावित नागरिकता विधेयक ऐन, २०७५ बारे छलफल’ नामक कार्यक्रम आयोजना गरेको थियो । जसमा २५ प्लस का पूर्व अख्तियार आयुक्त श्री सुर्यनाय उपाध्याय लगायत अन्य सदस्यहरु देविराम शर्मा, हेमन्त सेढाई, अनिल योगी, श्रीनाथ पण्डित लगायत अन्य आमन्त्रितहरु नेपाली कांग्रेस नेता लक्ष्मण घिमिरे, स्वागत नेपाल एवं पत्रकारहरु गरी करिब ...


गढीमाई नगरपालिकाका मेयर र वडाध्यक्षका घरमै हुकिङ गरी विद्युत् चोरी  !

काठमाडौं - रौतहटको गढीमाई नगरपालिकाका मेयर र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न रहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१), वडा नम्बर ६ का अध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३ ए) र गरुडा नगरपालिका–१ का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं १८.०८.१९)ले आफ्नो घरमा विद्युत् चोरी गरी प्रयोग गरेको फेला पारेको हो ।

गौर क्षेत्रमा विद्युत् चोरी अत्यधिक रहेको गुनासो आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महाशाखाका इन्जिनियर प्रदीपकुमार शर्माको नेतृत्वमा छड्के जाँच टोली ...


खुमलटार पुगेका क्रिकेट टोलीलाई प्रचण्डले भने - 'ऐतिहासिक जीतले हामी खुशी छौं'

ललितपुर - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन् ।

ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अध्यक्ष प्रचण्डले आज खुमलटारस्थित निवासमा भएको भेटमा राष्ट्रिय टीमका खेलाडीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले नेपालको ऐतिहासिक जीतले खुशी भएको बताए ।

देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र ...


प्रधानमन्त्रीद्वारा सोनाम ल्होछारको सुभकामना !

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको बताएका छन् ।

प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातिका आआफ्नै परम्परा, चाडपर्व, वेशभूषा रहेका छन् । मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ ।”

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य राखेर अघि ...


बिजेता क्रिकेट टिमलाई प्रधानमन्त्री र प्रचण्डको बधाई, टोलि आज साढे ३ स्वदेश फर्किंदै !

काठमाडौँ - प्रधानमन्त्री एबं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख गरेका छन् । नेपाली क्रिकेटका लागि टि–२० सिरिज जित्नु अर्को ठूलो सफलता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ट्विीटरमा लेखेका छन्, “नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो, नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई दिन चाहन्छु ।”

त्यस्तै ...


सदरमुकाम विवादले उग्र रुप लिएपछि रुकुमकोटमा अनिश्चितकालीन निषेधाज्ञा

रुकुम पूर्व - सदरमुकाम विवादले उग्र रुप लिएपछि रुकुमकोटमा अनिश्चितकालीन निषेधाज्ञारुकुमकोटमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

सदरमुकामका लागि रुकुमकोटका र गोलखाडाबासीले आ–आफ्ना आन्दोलनका कार्यक्रमहरु गर्न नछोड्ने अडान लिएपछि चार किल्ला तोकी निषेधित क्षेत्र घोषणा गरिएको कार्यालयले जनाएको छ ।

रुकुमकोटको चार किल्लामा कुनै पनि किसिमका सभा, जुलुस, भेला तथा प्रदर्शनका कार्यक्रमहरु गर्न गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका ५ को धौला पहिरा, पश्चिममा ...


विराटनगरमा मृत भेटिएकी बालिकाको बलात्कार पछि हत्या भएको खुलासा, दुई अभियुक्त पक्राउ !

मोरङ - विराटनगरमा मृत भेटिएकी १० वर्षीय बालिकाको बलात्कार पछि हत्या भएको पाइएको छ । गएको माघ १२ गते देखि विराटनगर महानगरपालिका वडा नम्बर ८ बलुवाही की १० वर्षीय बालिका रूमती दास हराएकी थिइन ।

बालिकालाई लागू औषध प्रयोगकर्ता २ जना स्थानीय युवाले बलात्कार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

गएको माघ १२ गते राति करिब ८ बजेको समयमा विराटनगर महानगरपालिका वडा नम्बर ८ बलुवाही की १० वर्षीय बालिका रूमती दास हराएपछि उनका बुवा रामप्रसाद दासले छोरी खोजिदिन ...


बन्दुक बनाउने कारखानामा प्रहरीले छापा मार्यो,  ७ थान हतियार बरामद !

काठमाडौं - प्रहरीले दाङमा ठूलो परिमाणमा हातहतियार बरामद गरेको छ। भारतीय सीमा नाका अन्तरगतको दाङको भौवा नाकाबाट गएराति प्रहरीले ठूलो परिमाणमा हातहतियार फेला पारेको हो।प्रहरी स्रोतका अनुसार प्रहरीले एकै स्थानबाट ७ थान भरुवा बन्दुक, दुई दर्जन बढी बन्दुक बनाउन प्रयोग गरिने नाल, एउटा रिभल्वर (सिक्सर पेस्तोल) र एउटा नलकटवा पेस्तोल बरामद गरेको छ।

प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा त्यहाँ हतियार बनाउने कारखाना रहेको जानकारी आएपछि ईलाका प्रहरी कार्यालय गढवाले गएरातिे छापा मारेको थियो । प्रहरीका अनुसार त्यहि हतियारको कारोबार हुँदै आएको थियो ।

राजपुर गाउँपालिका वडा नं. ...


स्थानिय निकायमा मनोमानी बढेपछि ऐन संसोधन गरेर अंकुश लगाउने केन्द्र सरकारको तयारी !

काठमाडौं - सरकारले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ संशोधन गर्ने भएको छ । स्थानीय तहलाई थप जिम्मेवार, पारदर्शी र जनउत्तरदायी बनाउन आवश्यक भएको ठहर गर्दै ऐन संशोधनको गृहकार्य गरिएको हो ।

संवैधानिक अधिकारलाई अपब्याख्या गरेर विभिन्न स्थानीय तहमा मनमौजी मौलाएको निश्कर्ष निकाल्दै सरकारले ऐनमार्फत उनीहरुलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर पारदर्शी रुपमा काम गर्ने वातावरण तयार गर्न ऐन संशोधन गर्न लागिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ऐन संशोधनका लागि मन्त्रिपरिष्दबाट सैद्दान्तिक स्वीकृत लिएर संशनोधनको मस्यौदा तयार गर्दैछ । कर्मचारी समायोजन लगत्तै मस्यौदालाई अन्तिम ...


कांग्रेसद्वारा संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय सुनुवाइ समिति बहिष्कार गरेको छ । गत माघ ६ गते संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्षको नियुक्ति सिफारिस गरेको थियो । कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेताको सहभागिताबिना भएको बैठकले गरेको सिफारिसको सुनुवाइमा सहभागिता नजनाउने भन्दै बहिष्कार गरेको हो ।

‘हामी बैठकमा गयौ । हाम्रो लिखित असहमति राखेर निष्कियौं’, कांग्रेस सचेतक समेत रहेकी सुनुवाइ समिति सदस्य पुष्पा भुषालले भनिन् ।
कांग्रेसले बहिष्कार गरे पनि सुनुवाइ समितिले सिफारिस गरिएका नामहरू उपर उजुरी आह्वान गरेको छ । सरकारले गत ...


जुम्लामा दुरूपयोग गरिएका सरकारी गाडी प्रहरी नियन्त्रणमा

जुम्ला - जुम्लामा सरकारी सवारी साधन सरकारी कर्मचारी भन्दा बढी गैर कर्मचारीले बढी प्रयोग गर्ने गरेका छन् । आम नागरिकबाट सरकारी सवारी साधनको दुरुपयोग भइरहेको जनगुनासो बढेसँगै शनिबार ट्राफिकले सवारी साधन नियन्त्रणमा लिएको छ ।

मानिस विरामी हुँदा अस्पताल पुर्‍याउने एम्बुलेन्स नभएको ठाउँमा करोडौं रकम खर्चेर दुई पाङ्ग्रे देखि चार पाङ्गे सवारी साधन खरिद गरेका कर्मचारीले हाल साधनको दुरुपयोग गरिरहेका नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए । वर्षै पिच्छे सवारी साधन खरिद गर्दापनि दुरुपयोगका कारण एक वर्ष देखि अर्काे वर्षसम्म नचल्ने गरेको उनले बताए ।

जिल्ला ...


महिनामै २ अर्ब ३२ करोड नाफा बस्ने गरि निगमले इन्धनको मूल्य बढायो !

काठमाडौँ - नेपाल आयल निगमले शनिबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । नयाँ कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले नियुक्त लिएपछि उपभोक्तामुखी निर्णय हुने अपेक्षा विपरित निगमले महिनामा २ अर्ब ३२ करोड रुपैयाँ नाफा राखेर मूल्य बढाएको हाे ।

मूल्य वृद्धिपछि आइतबार बिहानबाट पेट्राेल १ सय १० र डिजेल तथा मट्टितेल प्रतिलिटर समान ९७ रुपैयाँ पुग्ने भएकाे छ । आगामी १५ दिनमा निगमलाई नयाँ मूल्य सूची प्राप्त हुनेछ । नयाँ मूल्य सूची नआउन्जेलसम्म निगमले १५ दिनमा १ अर्ब १६ ...


राजनैतिक आडमा ठेकेदारको मनपरी, नदीमै क्रसर उद्योग !

धनगढी - कैलालीका स्थानीय तहले नियमित नियमन र अनुगमन नगर्दा नदीजन्य पदार्थको दोहन तीव्र रुपमा भइरहेको छ। स्थानीय तहले नदीजन्य पदार्थ उत्खननका लागि ठेकेदारलाई ठेक्का दिइसकेपछि नियमन र अनुगमन नगर्दा जथाभाबी दोहन बढेको हो।

जिल्लाका सानाठूला खोलामा ठेकेदारले मनपरी गरेको गुनासो आएपछि जिल्ला समन्वय समिति, कैलालीले स्थानीय तहलाई ढुंगागिटी र बालुवा उत्खनन अर्को व्यवस्था नभएसम्म नगर्न परिपत्र गरेको छ। ‘हामीले सबै स्थानीय तहका खोलाको अनुगमन ग-यौं,’ जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले भने, ‘केही खोला तथा नदीमा जथाभाबी दोहन भएको छ।’

अनुगमन क्रममा कैलालीको चिसापानीस्थित कर्णाली नदीमा ...


भेनेजुएला प्रकरण : हचुवामा बोल्दा नेपाल-अमेरिका सम्बन्ध संकटमा !

काठमाडौं - नेपालका केही नेताका वैचारिक मतैक्यताबाहेक खासै साइनो नभएको मुलुकको विषयलाई लिएर ‘अकारण’ पुरानो एवं ठूलो दातृमुलुकसँग सम्बन्ध नविर्गान विज्ञले राजनीतिक दल एवं सरकारलाई सुझाव दिएका छन्।

नेपालको कूटनीति पछिल्लो समय छिमेक केन्द्रित नै छ भन्नेलाई बल पुग्ने गरी धारणा आउनुले अमेरिकासँग सम्बन्ध सुधार गरेको संकेतलाई गर्भमा नै तुहाउनु हो। सम्बन्धलाई राजनीतिक रूपमा नविकरण गरेको दुई महिना नहुँदै शक्ति मुलुकसँगको सम्बन्ध संकटमा परेको छ। सम्बन्ध संकटमा पर्नुको कारण ‘नेताको बोली र वैचारिक मतैक्यता’ बनेको छ। जनतलाई शब्दजालले अलमल्याउने बानी परिसकेका नेताले विदेशी मित्रराष्ट्रलाई पनि त्यही ...


सप्तरीमा सशस्त्र प्रहरी र भारतीय तस्करबीच गोली हानाहान

राजविराज - गाँजा तस्करीको ट्रान्जीट प्वाइन्ट बनेको सप्तरीमा गएराति सशस्त्र प्रहरी र गाँजा तस्करबीच दोहोरो गोली हानाहान भएको छ ।

गाँजा लिएर भारततर्फ तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र गाँजा तस्करबीच हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित गोबरगाढामा दोहोरो गोली हानाहान भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय ६ नम्बर गणका प्रमुख एसपी खेम थापाले बताए ।

यस क्रममा तीनजना भारतीय तस्करलाई पक्राउ गरी उनीहरुको साथबाट ४२ किलो गाजा नियन्त्रणमा लिइएको छ । गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीमाथि दुई राउण्ड गोली प्रहार भएपछि सशस्त्र प्रहरीले एक गोली फायर गरेको ...


छुमन्तर गरेर विकास हुँदैन, परिणाम आउन केही समय लाग्छ : प्रम ओली

सिरहा - प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको बाटोमा अगाडि बढेको बताएका छन्। शनिबार सिरहा सदरमुकाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

तत्कालीन एमाले सिरहाका नेता तथा पूर्वसांसद स्वर्गीय हेमनारायण यादवको १५ औँ स्मृति सभामा बोल्दै प्रधानमन्त्री ओलीले गरिबी, बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ सरकारले काम अगाडि बढाएको उल्लेख गरे।

व्यवहारिक रुपमा मुलुकको गरिबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको दाबी उनको छ।

बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रमको लागि प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति ...


समाज कल्याण परिषद्मा पदाधिकारीको ब्रह्‍मलुट !

काठमाडौं - समाज कल्याण परिषद् कार्यालयको भित्तामा लेखिएको छ– मन, वचन र कर्मले सेवा गरौं। सामाजिक सेवा गर्न भनेरै परिषद् स्थापना गरिएको हो। तर यसको नेतृत्व गर्नेहरूले भने आफ्नो सेवामा स्रोतसाधन खर्चिरहेका छन्। संस्थाको हित बिर्सेर सुविधामा ब्रह्‍मलुट मञ्चाइरहेका छन्।

परिषद्का पदाधिकारीले गाडी खरिददेखि कर्मचारी भर्ना र सेवा सुविधा तोक्नेसम्मका काममा आफ्नै हात जगन्नाथ गरिरहेका छन्। अन्नपूर्णको खोजबिनमा उनीहरूले नियमविपरीत र संस्थालाई व्ययभार बढाउने गरी सुविधा लिइरहेको पाइएको छ।

०७३ सालमा परिषद्मा नयाँ पदाधिकारी चयन भएका थिए। तत्कालीन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीपी मैनालीले उपाध्यक्षमा ...


संस्कृत शिक्षालाई महत्व दिदै वोडिङ स्कुल, कार्यक्रममै गरियो हवन ।

दिवाकर पोख्रेल
देउखुरी,माघ । दाङ स्थित लमही नगरपालिका ५ लमहीमा रहेको ज्योतिष्मती विद्यापीठ लमहीको १३ औं बार्षिक उत्सवमा प्रमुख अतिथिको रुपमा रहनु भएका नेपाल संस्कृत विश्वविद्यालयका उप कुलपती प्रा.डा. कुलप्रसाद कोइराला उद्घाटन समारोहमा केहि बेर अलमल्निुभयो ।

उद्घाटनको लागि नत दियो बत्ती तयार छ,नत काट्नको लागि रिवन नै । साथमा रहनु भएका लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले विद्यालयका शिक्षकलाई सोध्नुभयो उद्घाटन कसरी गर्ने हो ? तुलसी रोपिएको गमला,जल,कराइमा आगा,ेजौ ंर तिल प्रमुख अतिथिलाई सुप्पेपछि प्रमुख अतिथि उप कुलपति कोइरालाले तुलसीको वोटमा जल चढाउनुभयो,बटुकहरुले मन्त्र पढ्न शुरु ...



प्याराग्लाइडिङ नियमन गर्ने कोही भएन !

पोखरा – पोखराको आकासमा उडान हुने प्याराग्लाइडिङलाई नियमन गर्न भिन्दै र अधिकारसम्पन्न निकाय माग्दै आएको वर्षाैं बितिसकेको छ। तर, सरकारले नियमनकारी निकायको टुंगो लगाउन नसक्दा प्याराग्लाइडिङ क्षेत्रमा देखिएका कमी कमजोरी सुधार हुन नसकेको यहाँका व्यवसायीले बताएका छन्।

झण्डै दुई दशकअघिदेखि यहाँको आकासमा प्याराग्लाइडिङ उडान भइरहेको छ। अहिले झण्डै पाँच दर्जन कम्पनीले यहाँको आकासमा नियमित उडान गर्र्दै आएका छन्। प्याराग्लाइडिङको व्यावसायिक उडान फस्टाउँदै गए पनि यो क्षेत्रका समस्या झनै बढ्दै जाँदा त्यसलाई नियमन गर्न भिन्दै निकाय आवश्यक रहेको व्यवसायीले बताएका छन्। तर, कडाइका साथ नियमन नहुँदा यो ...


काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने एक सय २७ पक्राउ

काठमाडौँ - काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने एक सय २७ लाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

महिना दिनयता प्रहरीले सुरु गरेको विशेष अप्रेसनपछि पक्राउ परेका उनीहरूमध्ये ३ महिला र २१ पुरुष पुर्पक्षका लागि जेल चलान गरिएका छन् । दुई महिला र १८ पुरुष धरौटीमा छुटेका छन् । बाँकी ८३ जनाको भने

हिरासतमै थप अनुसन्धान भइरहेको छ । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले पक्राउमध्ये केही भारतीयमूलका ...


कोसी ब्यारेजदेखि कोलकातासम्म पानीजहाज चलाउन गृहकार्य !

गत २० मंसिरमा प्रधानमन्त्री केपी ओलीले भेडेटार–राँके सडकको शिलान्यास गर्नेक्रममा सप्तकोसी नदीमा चाँडै पानीजहाज आउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले सप्तकोसीमा जहाजको कार्यालय नै खोलेर काम सुरु हुने बताएलगत्तै सुविधायुक्त नयाँ पानीजहाज ल्याइयो । हालै बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीमा पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउने तयारीका लागि नेपालले भारत सरकारसँग छलफल गरिरहेको छ । तर, कोसी नदीमा विभिन्न कम्पनीले धमाधम मिनी पानीजहाज ल्याएर यातायात सेवा सञ्चालन गरिरहेका छन् ।

जल यातायातका लागि अहिले सप्तकोसीको चतरा उत्तम गन्तव्य बनेको छ । पूर्वक्षेत्रका विभिन्न जिल्लामा जाने मिनी पानीजहाज ...


स्थानीय तहले मनपरी कर उठाउन थालेपछि यी ५ कर खारेज गर्न केन्द्रको निर्देशन !

काठमाडौँ - स्थानीय तहले जथाभावी शीर्षकमा कर असुली गरेपछि केन्द्र सरकारले पाँच प्रकारका कर तत्काल खारेज गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै ३१ बुँदे निर्देशन पठाएको हो ।

अधिकांश स्थानीय तहले लगाएको प्रदूषण शुल्क, पटके सवारीसाधन कर, सवारीसाधन कर तथा त्यससँग जोडिएका सबै कर र सेवा नै नदिएको शीर्षकमा उठाएको सेवा–शुल्क तत्काल खारेज गर्न निर्देशन दिएको छ । सवारीसाधन कर तथा त्यससँग जोडिएको कर प्रदेशले उठाउने व्यवस्था छ । यस्तै, व्यावसायिक करको दायरामा आउने प्रकृतिका ...


डा. गोविन्द केसीले किन तोडे एकाएक अनसन ?

काठमाडौं - डा. गोविन्द केसीको १६ औं अनशन २४ औं दिनमा टुंगिएको छ।

उनका अधिकांश माग पूरा गर्दै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि अनशनलाई निरन्तरता दिएका केसीले शुक्रबार साँझ अनशन टुंग्याएका हुन्।

डा. केसीले अनशनको २४ औं दिनमा त्रिवि शिक्षण अस्पतालका सफाइ सहयोगी कर्मचारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमनाथ ढुंगानाले जुस खुवाएर अनशन तोडेका हुन्।

नागरिक समाजका अगुवा र शुभेच्छुकले धेरै दबाब दिएपछि केसी अनसन तोड्ने निर्णयमा पुगेका थिए। शुक्रबार मात्र अनशन स्थगीत गर्न केसीलाई पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वसभामुख दमनाथ ढुंगाना, पा.केदारभक्त माथेमा, पूर्वप्रधानन्यायाधीश ...


एनजिओ/आइएनजिओलाई गृह मन्त्रालयबाट अलग्याइँदै

काठमाडौँ - राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ)लाई गृह मन्त्रालयबाट अलग गर्ने तयारी भएको छ । गैरसरकारी संस्थालाई गृहबाट अलग्याएर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहत राख्ने नीतिगत पहल सुरु भएको हो । गृहमातहत नै रहिरहँदा सबै गतिविधिमा निगरानी बढ्ने संकेत देखिएपछि गैरसरकारी संस्थालाई गृहबाट अलग गरी महिला बालबालिका मन्त्रालयमातहत लैजान खोजिएको हो ।

समाज कल्याण परिषद्को तथ्यांकअनुसार मुलुकभर ४९ हजार एनजिओ दर्ता भएका छन् । जसले वार्षिक २४ अर्ब रुपैयाँको कारोबार गर्छन् । यस्तै, आइएनजिओ २३० वटा दर्ता भएका छन् । उनीहरूले मुलुकभर विभिन्न परियोजनामा ...


अन्तर्राष्ट्रिय समुदायलाई सरकारको प्रस्टीकरण : 'शान्तिप्रक्रिया नेपालको आन्तरिक मामिला हो'

काठमाडौँ - सरकारले विस्तृत शान्ति सम्झौताको मर्मअनुसार देश र जनताको अधिकतम हितमा संक्रमणकालीन न्यायप्रक्रिया टुंग्याउने प्रष्टीकरण दिएको छ । अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई शुक्रबार बोलाएर सरकारले शान्तिप्रक्रिया नेपालको आन्तरिक मामिला भएको तर्फ उनीहरूको ध्यानाकर्षण गराएको छ । नेपालको संवेदनशीलतालाई बुझिदिन भन्दै सरकारले केही कूटनीतिक नियोगले हालै दिएका अभिव्यक्तिबारे अप्रसन्नता पनि जनाएको छ ।

नेपालस्थित राष्ट्रसंघीय कार्यालय तथा अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, युरोपियन युनियन, फिनल्यान्ड, फ्रान्स, नर्बे, स्विट्जरल्यान्डका दूतावासले १० माघमा विज्ञप्तिमार्फत संक्रमणकालीन न्यायको भावी मार्गचित्रबारे सरकारको धारणा मागेका थिए । सत्यनिरूपण आयोग र बेपत्ता पारिएका व्यक्ति खोजबिन ...


मलाई नराम्रोसंग फसाइयो : प्रचण्ड

काठमाडौं - नेपालभन्दा १५ हजार ४४ किलोमिटर (९ हजार ३४८ माइल) टाढाको मुलुक भेनेजुएलाबारे गत शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एउटा वक्तव्य दिए। दाहालको वक्तव्यमा अमेरिकाको कडा निन्दा गरिएको थियो।

भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएको, जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको र सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको भन्दै आलोचना गरिएको थियो।

यसअघि क्रिमिया, कतार, माल्दिभ्स, आदिका राजनीतिक संकटबारे नेपाल र यहाँका नेताले मुखै खोलेका थिएनन्। तर एकाएक भेनेजुएलाबारे दाहाल बोलेपछि राजनीतिक र कूटनीतिक वृत्तमा तरंग गएको छ। दुई तिहाइ ...


संचारमन्त्रि  बाँस्कोटा भन्छन - 'डा. केसीको अनशनको औचित्य सकियो'

काठमाडौँ - प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि डा. केसीको अनशनको औचित्य पनि समाप्त भएको छ । उनको मागभन्दा एक कदम अगाडि बढेर विधेयक पास भएको छ । यतिवेला केसीका लागि बोल्ने शक्ति अदृश्यजस्तो भएको छ । जसले बोक्यो अब उसैले उनलाई अवतरण गराउनुपर्छ ।

अनशनलाई बेवास्ता गर्दै राष्ट्रिय सभाबाट पनि विधेयक पास

चिकित्सा शिक्षा विधेयक बिहीबार राष्ट्रिय सभाले पनि पास गरेपछि डा. गोविन्द केसी अनशन लम्ब्याउने निष्कर्षमा पुगेका छन् । राष्ट्रिय सभाको निर्णय आफ्नो पक्षमा हुने अपेक्षा केसीले गरेका थिए ।

निकट व्यक्तिसँग उनले अनशनलाई थप ऊर्जासहित निरन्तरता ...


दुई हजार आठ सय सुरक्षाकर्मी सहिद घोषणा

काठमाडौँ - सरकारले विभिन्न समयमा मृत्युवरण गरेका दुई हजार आठ सय सातजना राष्ट्रसेवकलाई सहिद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विगतका जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४८, सशस्त्र प्रहरी बलका तीन सय १८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जनालाई सहिद घोषणा गरेको हो ।

मन्त्रिपरिषद् बैठकले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई ‘मर्ज’ गरेर आपूर्तिसम्बन्धी काम गर्ने व्यवस्थाका लागि उपयुक्त नामसहित छुट्टै कम्पनीमा रूपान्तरण गर्न आवश्यक प्रक्रिया अघि बढाउन सैद्धान्तिक स्वीकृति ...


नेपालमा ४२% दलित चरम गरिबीको रेखामुनि !

काठमाडौँ - नेपालको २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छ, जसले दिनमा दुई सय रुपैयाँभन्दा कम आम्दानीमा गुजारा चलाउनुपर्छ । पछिल्लो अपडेटअनुसार दुई करोड ९७ लाख जनसंख्या पुगेकोमा ७४ लाख २५ हजार चरम गरिब अवस्थामा छन् । त्यसमा पनि दलितभित्र गरिबीको अवस्था झन् भयावह छ । नेपालमा जनसंख्याको १३.८ प्रतिशत अर्थात् ४० लाख दलित छन् ।

पहाडमा ९.१ प्रतिशत अर्थात् २७ लाख र तराईमा ४.७ प्रतिशत अर्थात् १४ लाख दलित बस्छन् । पहाडका दलितमध्ये ४२.४ प्रतिशत अर्थात् ११ लाख ५५ हजार र मधेसका दलितमध्ये ४०.२ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ...


रंगशाला बनाउने घोषणा गरेकै दिन उठ्यो साढे तिन करोड सहयोग !

काठमाडौं - धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममै साढे तीन करोड सहयोग जुटेको छ।

बुधबार राजधानीमा आयोजित गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौता कार्यक्रममा यो सहयोग रकम जुटेको हो।

बुधबारको कार्यक्रममै एस ट्राभल्सले तीन करोड रुपैयाँ दिने घोषणा गरेको छ। साथमा अन्य संघसंस्था र व्यक्तिले समेत सहयोग घोषणा गरेका हुन्।

अहिलेसम्म अल्का अस्पतालले २५ लाख, आर एम ग्रुपले पाँच लाख , मुक्तिनाथ विकास बैंकले पाँच लाख, रविराज सिंहले ११ लाख, बद्री पंगेनीले एक लाख, मह सञ्चार र भद्रगोल टिमले एकएक ...


तीन करोड जनसंख्यामा सहिदको संख्या मात्रै झन्डै १२ हजार !

काठमाडौं - करिब तीन करोड जनसंख्या भएको मुलुकमा सहिदको संख्या झन्डै १२ हजार पुगेको छ। सरकारले प्रत्येक वर्ष आफूअनुकूल संख्या थप्दै जाँदा सहिदको सूची लम्बिएको हो। यसले गर्दा सहिदकै अवमूल्यन हुन थालेको छ।

राणा शासनमा प्रजातन्त्रका पक्षमा आवाज उठाएको अभियोगमा मृत्युदण्ड दिइएका धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई २००७ सालमा प्रजातन्त्र स्थापनापछि सहिद घोषणा गरी माघ १६ गते सहिद दिवस मनाउन थालिएको इतिहास छ। माथेमा, शास्त्री, श्रेष्ठ र चन्दलाई १९९७ साल माघमा फरकफरक मितिमा फाँसी दिएर र गोली हानेर हत्या गरिएको थियो। तर ...


आफ्नो तलब दीनदु:खीको उपकारमा खर्च गर्ने वडाध्यक्ष !

सर्लाही - सर्लाहीको लालबन्दी नगरपालिकाका एक वडाअध्यक्षले राज्यबाट पाउने आफ्नो तलबभत्ता परोपकारी काममा खर्च गरिरहेका छन्। लालबन्दी–१७ का वडाअध्यक्ष नवराज अधिकारीले आफ्ना वडाका विपन्न वर्गलाई विभिन्न सहयोग गर्ने गरेका हुन्। यसै क्रममा मंगलबार उनले स्थानीय दुई विद्यालयका विद्यार्थीका लागि १ सय ४२ थान सुइटर सहयोग गरेका छन्।

वडाभित्र पर्ने फौदसिंह मावि र कालिञ्जोर माविमा पढ्ने दलित, गरिब, जेहेन्दारलगायत विद्यार्थीलाई उनले एक कार्यक्रमका बीच सुइटर वितरण गरेका हुन्। वडाअध्यक्षबाट सुइटर पाउँदा विद्यार्थीलाई निकै राहत पुगेको फौदसिंह माविका प्रधानाध्यापक मनीबहादुर गुर्मछानेले बताए। ‘आर्थिक अभावका कारण जाडोमा काम्दै विद्यालय ...


काम गर्ने कालु मकै खाने खाने भालु : किसानको पसिनामा बिचौलियाको रजांई !

काठमाडौं – मुलुकको मध्यभागमा पर्ने चितवनमा बन्दा दुई रुपैयाँ किलोमा पनि बिकेन। लागत नउठेको आक्रोशमा किसानले गत शुक्रबार डोजर लगाएर बन्दा नष्ट पारे। तर, त्यही बन्दा काठमाडौंको बजारमा प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको थियो। प्राकृतिक न्याय भन्छ, जसले मेहनत गर्छ उसले फल पाउँछ। तर यहाँ किसानको पसिनामा बिचौलियाले फाइदा लिइरहेका छन्।

राजनीतिक पार्टीहरू निर्धो किसानको अधिकारका पक्षमा बोल्छन् तर सरकारमा गएपछि तिनैको बोली बन्द हुन्छ। चितवनमा भएको घटना यही नीतिको पछिल्लो उदाहरण हो। यसअघि चितवन र सर्लाहीका किसानले लागतै नउठेपछि गोलभेडा, तरकारी र दुग्धजन्य पदार्थ सडकमा ...


बैंक लुटेर जेल परेका साह निस्कदा हुँदा भव्य स्वागत

राजविराज - बैंक लुटपाट गरेको अभियोगमा दुई वर्ष आठ महिना जेल सजाय भुक्तान गरेका ‘अनिल’ भनिने अरुणकुमार साह मंगलबार साँझ रिहा भए ।

सर्वोच्च अदालतको माघ १० गतेको परिपत्रका आधारमा रुपनी–१ रायपुरका साह रिहा हुँदा कारागार गेटमा धुमधामसाथ खुसियाली नै मनाइयो । रिहाको खबरपछि कारागार पुगेका तत्कालिन माओवादीका नेताहरु, सहकर्मी साथी, परिवारका सदस्यहरुले साहलाई खादा, माला, अविर नै लगाएर स्वागत गरे ।

मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को व्याख्या गर्दै सर्वोच्च अदालतले संहिता लागु हुनु पूर्वको अवस्थामा एक दिनको २५ रुपैयाँका दरले हुने गरी जरिवानावापत कैद ...


धुर्मुस-सुन्तलीले क्रिकेट रंगशाला बनाउने भएपछि गाउँमा खुसीयाली !

भरतपुर - रंगशाला निर्माणका लागि केही महिनाअघि सर्भे हुँदा पश्चिम चितवनको शान्तिचोक वरपरका बस्तीमा चर्चा र बहस हुन थाल्यो। रंगशाला बने गाउँकै विकास हुनेमा आशावादी थिए, स्थानीय। रंगशाला बनाउन उपयुक्त जग्गाको खोजीमा रहेका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ जग्गा अवलोकनका लागि पुगेपछि भने गाउँको भरोसा बढ्यो। लामो समयको छलफल र प्रयासपछि सोही स्थलमा रंगशाला निर्माण हुने भएपछि अहिले त्यस क्षेत्रमा खुसीयाली छाएको छ।

राष्ट्रिय गौरवको आयोजना आउने भएपछि ओझेलमा परेको क्षेत्रको पहिचान बढ्ने स्थानीय ६३ वर्षीय आशबहादुर गुरुङ बताउँछन्। ‘रंगशाला बन्ने कुराले सिंगो गाउँ ...


अलपत्र जनता आवास कार्यक्रम, १० वर्षमा एक प्रतिशत मात्रै घर बने !

भूमिहीन दलित र अल्पसंख्यक मुस्लिमलाई लक्ष्य गरेर एक दशकअघि ल्याइएको जनता आवास कार्यक्रम अलपत्र भएका छन् । १४ लाख ६२ हजार परिवारलाई घर बनाइदिने योजनासहित सुरु भएको कार्यक्रमअनुसार एक दशकमा करिब एक प्रतिशत काम भएको छ । सरकारले अहिलेसम्म १७ हजार घर बनेको दाबी गरेको छ ।

आर्थिक वर्ष ०६६/६७ मा प्रधानमन्त्री माधवकुमार नेपालको सरकारले जनता आवास कार्यक्रमको अवधारणा ल्याएको हो । घरवारविहीन मुसहर तथा आमदलितलाई कम्तीमा सुरक्षित आवास उपलब्ध गराउन कार्यक्रम घोषणा गरिएको थियो । आयोजनाको प्रमुख भएर काम गरेका नेपाल सरकारका सहसचिव रामचन्द्र दंगालका अनुसार पहिलो वर्ष सप्तरी, सिरहा ...


३३ किलो सुन तस्करीमा जोडिएका विमानस्थलका रेडियो अपरेटर विरुद्ध १४ करोडको मुद्दा

काठमाडौँ - ३३ किलो सुन तस्करीमा जोडिएका विमानस्थलका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरि १४ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर दायर गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा लामो समयदेखि रेडियो अपरेटर (सुनको जाँच गर्ने मेशिन चलाउने) का रुपमा कार्यरत श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध आज अख्तियारले १४ करोड ६१ लाख २४ हजार रुपैयाँको अकुत सम्पति आर्जनको मुद्दा चलाएको हो ।

श्रेष्ठ तत्कालीन डिआइजी नवराज सिलवाल केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा रहँदा काठमाडौँको तिलगंगाबाट बरामद गरिएको तस्करीको ३३ केजी ...


सुस्तायो सामाजिक सुरक्षा योजना :  दुई महिनामा ६ सय २५ रोजगारदाता मात्रै सुचिकृत !

काठमाडौं - सरकारले आकर्षक नारासहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा ल्याए पनि त्यसअनुरुप निजी क्षेत्रलाई दबाब दिन नसक्दा सूचीकरणमा सुस्तता देखिएकोे छ।

मजदुर कर्मचारीको सामाजिक सुरक्षाको सबालमा सरकार गम्भीर रहेको भन्दै कोषको अवधारणा सार्वजनिक गर्दा ‘नयाँ युगको सुरुआत्’ को नारा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै विज्ञापनको ब्यानरमा ल्याइएको थियो। त्यसअनुसार उद्योगी व्यवसायीलाई कार्यक्रममा समावेश हुन सरकारले दबाब दिन नसक्दा सूचीकरण सुस्त हुन पुगेको हो। सरकारले मंसिर ११ मा कार्यक्रम घोषणा गरेको थियो। त्यसयता सोमबार दुई महिना पुगेको छ। सोमबारसम्ममा जम्मा ६ सय २५ रोजगारदाता ...


बोल्नै नसक्ने भए डा. केसी, स्वास्थ्य अवस्था झन् बिग्रदै !

काठमाडौं - उनी आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुकहरु हेरेरै फर्किन्छन्। २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ। उको शरीर कमजोर बन्दै गएको छ। बोलीसमेत निस्किँदैन। मुस्किलले साउती गर्छन्। परेला पाट्टिएका छन्। तर, ६३ वर्षीय केसीले औषधी खान मानेका छैनन्।

नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन्। उनको इसारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था छ। केसीको अवस्था जटिल हुँदै गइरहेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर ...


फेरिँदै सिंहदरबार भित्रको रूप

काठमाडौँ - सरकारले सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोगको कार्यालय, सडक र झाडी सफाइ अभियानलाई तीव्रता दिएको छ । प्रधानमन्त्री केपी ओलीको निर्देशनअनुसार मुख्यसचिव लोकदर्शन रेग्मीसहितको उच्च अधिकारीहरूको बैठकले सिंहदरबारभित्र सफाइ अभियान चलाएको हो ।

मुख्यसचिवसहित उच्च अधिकारीहरूको बैठकले १६ माघभित्र रङरोगनसहित सबै मन्त्रालयमा सफाइ अभियान सम्पन्न गरिसक्न तथा परिसरभित्र रहेका सबै पुराना सवारीसाधनको व्यवस्थापन गर्न निर्देशन दिएको थियो । त्यसअनुसार अहिले सबै मन्त्रालय आयोग र निकायले अभियान चलाइरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए ।

काम लाग्ने पुराना सवारी स्थानीय तहलाई
गत ३१ भदौमा मुख्यसचिव रेग्मीको नेतृत्वमा ...


हुँदै नभएको गाडीका लागि तीन करोड कर्जा, यस्तो रहेछ रामकहानी !

काठमाडौँ - हुँदै नभएको गाडीको नाममा समेत कर्जा प्रवाह गरी बैंकबाट कर्जा लिएर ठगी भएको खुलेको छ । यो प्रकरणमा झन्डै तीन करोड अनियमितता गर्नेे बैंकका कर्मचारीसहित आठजना पक्राउ परेका छन् ।

सुन्धारामा केन्द्रीय कार्यालय रहेको देवः विकास बैंकमा अनियमितता गर्ने बैंकका शाखा प्रबन्धक सरिनशंकर श्रेष्ठसहित आठैजनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ प्रक्रिया अघि बढाएको हो । सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । थप आठजनालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न लागेको छ ।

गिरोहका मुख्य नाइके केदार ढुंगाना र नारायण श्रेष्ठ हुन् । ढुंगाना विदेश पुगिसकेका छन् भने श्रेष्ठलाई प्रहरीले ...


निर्मला पन्तको 'भजाइनल स्वाब'संग आमाको डिएनए मिल्यो !

काठमाडौँ - बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको 'भजाइनल स्वाब'संग उनकी आमा दुर्गादेवीको डिएनए मिलेको छ।

कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार निर्मला र दुर्गादेवीको डिएनए सोमबार सार्वजनिक गरिएको छ। ‘दुबैको डिएनए मिलेको रिपोर्ट छ,’ कडायतले भने, ‘निर्मलाको भजाइनल स्वाबबारे उठेका सबै प्रश्न गलत थिए भन्ने पुष्टि भएको छ।’

पन्तको भजाइनल स्वाबको वैधाकितामाथि शंकास्पद टिप्पणी हुँदै आएको थियो। यस्तो टिप्पणी आउन थालेपछि गत पुस २५ मा निर्मलाकी आमा दुर्गादेवीले डिएनए परीक्षणका लागि रगत दिएकी थिइन्।

राष्ट्रिय मानवअधिकार आयोगले निर्मला पन्तको हत्या अनुसन्धानबारे आइतबारमात्र प्रतिवेदन सरकारलाई बुझाएको थियो। ...


चीन सरकारद्वारा कोटेश्वर-कलङ्की सडक नेपाललाई हस्तान्तरण !

काठमाडौँ - चीन सरकारले गत महीना निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलङ्की सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा आज आयोजित ‘चिनियाँ सहयोगको निर्माण भएको काठमाडौँ चक्रपथ सुधार परियोजना हस्तान्तरण कार्यक्रम’ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चीनका राजदूत हउ याङ्चीले साँचो दिँदै सो सडक हस्तान्तरण गरेका छन् । सो अवसरमा उनीहरुले संयुक्तरुपमा सडकको उद्घाटन पनि गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच समस्यारहित र अनुपम सम्बन्ध रहेको बताए । उनले भने, ‘सडक, कृषि, शिक्षा, स्वास्थ्यलगायतका धेरै क्षेत्रमा चीन सरकारले ...


प्रचण्डपत्नी सीताको स्वास्थ्यमा सुधार !

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष कमरेड प्रचण्डकी जीवनसंगिनी सीता दाहालकाे स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । प्रचण्ड पत्नी दाहालको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज भएकि छिन् ।

माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराइरहेको उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो २ बजे डिस्चार्ज भएको हो । उनलाई हिजो आइसियुबाट जनरल वार्डमा सारिएको थियो। उपचारमा संलग्न चिकित्सक डा. अशोक शर्माका अनुसार जनरल वार्डमा उनको निगरानी पश्चात स्वास्थ्यमा सुधार देखिएपछि आज डिस्चार्ज गरिएको हो ।

...

गोविन्द केसीलाई अस्पतालमा अनसन नबस्न शिक्षण अस्पतालको विज्ञप्ति

काठमाडौं - त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अस्पतालमा कुनै पनि धर्ना, विरोध र बन्दहड्तालका कार्यक्रम नराख्न अनुरोध गरेको छ। बिरामीको स्वास्थ्योपचारमा समस्या हुने भन्दै अस्पतालले अनशन नबस्न आग्रह गरेको हो ।

चिकित्सा शिक्षा सुधार लगायतका माग राखेर २५ दिनदेखि अनशनरत अस्पतालका प्रा. डा. गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले सोमबारदेखि अस्पताल परिसरमा रिले अनशन थालेपछि अस्पतालले विज्ञप्ति निकालेको हो।

...

दीपक मनाङेले लिए शपथ !

काठमाडौँ - गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङ दीपक मनाङेले शपथ लिएका छन् । प्रदेश सभा सदस्य मनाङेले ईश्वरका नाममा प्रदेशसभा सदश्यको शपथ लिएका हुन्।

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुख नेत्रनाथ अधिकारीले मनाङेलाई शपथ गराएका हुन्। गत पुस ११ गते प्रदेशसभा कार्यालयमा दीपक मनाङेले शपथ खान पाऊँ भनी निवेदन दिएपछि यस विषयमा सभामुखले पटक–पटक छलफल गर्दै आएका थिए ।

गुरुङ प्रदेशसभामा मनाङ ’ख’ बाट निर्बाचित भए पनि ज्यान मुद्दामा जेल चलान भएपछि शपथ खान पाएका थिएनन् । उस्तै प्रकारको मुद्धामा कारागारमा रहेका संघीय संसदका सांसद रेशम ...


‘इपिजीको प्रतिवेदनबारे जवाफ दिन सक्दिनँ’ : भारतीय राजदुत

काठमाडौँ - नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को प्रतिवेदन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्ने/नबुझ्नेबारे आफू जानकार नरहेको बताएका छन् । रिपोर्टस् क्लबमा शुक्रबार आयोजिक पत्रकार भेटघाटमा राजदूत पुरीले यस्तो बताएका हुन् । ‘म इपिजीमा आबद्ध छैन । यो आफैँमा स्वायत्त निकाय हो,’ पुरीले भने, ‘रिपोर्टको सन्दर्भमा इपिजीकै अधिकारीले बोल्नुहोला, म यसबारे जबाफ दिने अवस्थामा छैन । ’

दुई देशबीच रहेको जनस्तरको सम्बन्ध विश्वमा कहीँ नभएको बताएका राजदूत पुरीले द्विपक्षीय सम्बन्धको केन्द्रविन्दु नै जनता–जनताबीचको सम्बन्ध रहेकाले आफूहरूले यसलाई निकै महत्व दिँदै आएको दाबी गरे । सोही कार्यक्रममा राजपा ...


डा. केसीले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ - अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका छन् । प्रतिपक्षी दल कांग्रेसको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएपछि अनशनरत केसीको पक्षका सहयोगी डा. जिवन क्षेत्रीले यस्तो बताएका हुन् । उनका अनुसार प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । केसीले लामो समयदेखि प्रधानमन्त्री ओलीले औषधि सेवन गरिरहेकाले उनी बरालिएका (मानसिक रोगी)ले उपचार गर्नुपर्ने पनि बताए ।

उनले अनसन लगायतका कार्यक्रम जारी नै राख्ने बताए । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाबाट विधेयक पारित भएको र राष्ट्रिय सभाका सांसद्हरुले यसलाई सच्याउनु पर्नेतर्फ पनि ...


पार्किङका मोटरसाइकल धमाधम उठाउंदै प्रहरी !

काठमाडौं उपत्यकामा अनधिकृत रूपमा पार्किङ गरिएका करिब पाँच हजार मोटरसाइकल कारबाहीमा परेका छन् । ६ महिनायता अनधिकृत रूपमा पार्किङ गरिएका चार हजार आठ सय नौ मोटरसाइकल कारबाहीमा परेका हुन् । नगर प्रहरी र ट्राफिक प्रहरीले त्यस्ता मोटरसाइकललाई कारबाही गरेको हो । पैदलयात्रुलाई हिँड्न गाह्रो हुने गरी र जाम हुने गरी पार्किङ गरिएका मोटरसाइकल बग्गीखाना ल्याइने गरिएको छ ।

‘पार्किङ गर्न नमिल्ने ठाउँमा पार्किङ गरिएका मोटरसाइकललाई कारबाही गर्ने गरेका छौँ,’ नगर प्रहरी नायब निरीक्षक श्यामप्रसाद तिमल्सिनाले भने, ‘फुटपाथ र सडक नै ढाकेर गरेर पार्किङ गर्नेलाई कारबाहीको दायरामा ...


सत्तारुढ दलले पेलेपछि भड्कियो कांग्रेस, सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी !

काठमाडौँ - आफ्नो विरोध र असन्तुष्टिका बाबजुद संसद्मा बल प्रयोग गरी चिकित्सा शिक्षा विधेयक पारित गरिएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस सरकारसँग भड्किएको छ । कांग्रेसले पार्टीका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामका दुई अस्पताल केन्द्रमातहत नराख्ने गरी सरकारले गरेको निर्णयपछि निरन्तर संसद् अवरुद्ध गर्दै आएको थियो । नाराबाजीकै बीचमा शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित गरिएपछि कांग्रेस आक्रामक बनेको हो ।

सभामुखको भूमिकाप्रति आपत्ति
विधेयक पारित भएलगत्तै बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति आपत्ति नै जनाएको छ । ‘संसदीय अभ्यासमा सभामुख सत्तासामु निरीह हुन सक्दैन । निष्पक्षता र ...


बिहेको बसमा करेन्ट लाग्दा ६ जन्तीको मृत्यु

धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कँदै गरेको बसमा करेन्ट प्रवाह हुँदा ६ जनाको मृत्यु भएको छ । ५ जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिन्धुली दुधौलीकी ३० वर्षीया लीला अधिकारी, ३५ वर्षीय रामबाबु अधिकारी, १९ वर्षीय आक्रोश कुँवर, २२ वर्षीया पूजा अधिकारी र रेश्मादेवी कुँवर छन् ।

रामबाबुको उपचारका लागि ल्याउँदै गर्दा ज्यान गएको हो । मध्यरातसम्म बाँकी एकजनाको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक गोविन्द ...


डा.केसीलाई उत्सव मनाउन योगेश भट्टराईको सुझाव

काठमाडौं - राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित गरेपछि नेकपाका सांसद् योगेश भट्टराईले १७ दिनदेखि अनसनमा रहेका डा. गोविन्द केसीलाई अनसन तोडेर उत्सव मनाउन सुझाव दिएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकले पत्रकारसँग कुरा गर्दै अब केसीका नाममा राजनीति गर्ने दिन गएकोसमेत बताएका छन्।

‘डा। केसीले १६ पटकसम्म अनसन बसेर अगाडि सारेका माग पूरा भएका छन्। अब उहाँ अनसन तोडेर उत्साव मनाउन आउनुपर्छ’, सांसद् भट्टराईले भने, ‘अब तपाईं पनि उत्सवका निम्ति तयार हुनुहोस्।’

विधेक पारित भएपछि केसीका शतप्रतिशत माग पूरा भएको भट्टराईको भनाइ छ ‘तपाईंका शतप्रतिशत माग पूरा ...


बैठकमा सभामुखले जालझेलपूर्ण व्यवहार गरे : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा बैठकमा सभामुखले जालझेलपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले सभामुखले तपाईहरुको अवरोध भयो भने सदन अगाडि बढाउदिन भन्ने सन्देश कांग्रेसलाई दिएको तर बैठकमा जालझेल गरेको उनको दाबी छ। ‘चिकित्सा शिक्षा विधेयक पास गर्न सरकाभन्दा अर्को कोही लागेको थियो भने त्यो सभामुख लागेको थियो’, उनले भने, ‘संसदको मुठभेड टार्ने बेलामा प्रतिपक्षी सांसदलाई बोलाएर संसदमा गलत व्यवहार गरियो।’ सभामखुले पदबाट जिम्मेवारपूर्ण व्यवहार गर्न नसेकेको उनको गुनासो छ।

कांग्रेसको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले दुई तिहाई बहुमतको ...


विवेकशीलका १८ कार्यकर्ता बानेश्वरबाट पक्राउ

काठमाडौं - डा. गोविन्द केसीको पक्षमा प्रदर्शन गरिरहेका विवेकशील नेपाली दलका नेता तथा कार्यकर्ता नयाँ बानेश्वरबाट पक्राउ परेका छन् ।डा. गोविन्द केसीको पक्षमा संघीय संसद अगाडि नारावाजी गरेपछि १८ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । डा. केसीसँग सरकारले गरेका सम्झौता लागु गर्नुपर्ने लगायत माग राख्दै आन्दोलन गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका उनीहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा थुनिराखेको छ ।

चिकित्सा शिक्षा विधेयक आज संसदमा टेबुल गर्ने तयारी गरिरहँदा विधेयक डा। केसीसँग सम्झौताविपरित रहेको भन्दै नयाँ बानेश्वसमा उनका समर्थकले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् ।

...

चर्को नारावाजीका बिच चिकित्सा शिक्षा विधेयक पास !

काठमाडौं - सरकारले सदनमा प्रतिपक्षको चर्को नारावाजी तथा होहल्लाका वावजूद चिकित्सा शिक्षा विधेयक पारित गरेको छ ।

कांग्रेस सांसदहरुले नाराबाजीका साथै होहल्ला समेत गरेका थिए । तर, सत्तारुढ नेकपाको बहुमत रहेको संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ ।

नेपाली कांग्रेसले सदनमा अवरोध जारि राखेको छ । डा. गोविन्द केसीसँग भएका सहमति र नेताका नाममा खुलेका अस्पतालसँग जोडिएका विषयमा असहमति राख्दै कांग्रेसका सांसदहरुले बिरोध जारि।राखेका हुन । सभामुखले बिरोधकै बीच बैठकको कारवाहि अघि बढाएका थिए ।

कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न ...


सुत्केरी गाईभैंसीलाई पाँच हजार भत्ता

नुवाकोट - झन्झटिलो मानेर पछिल्लो समय गाउँघरतिर पशुपालन गर्न बिस्तारै कम हुँदै गएको छ। यसले गर्दा पशुजन्य पदार्थको आयात पनि वृद्धि हुँदै गएको छ। यही तथ्यलाई ध्यान दिँदै नुवाकोटको किस्पाङ गाउँपालिकाले स्थानीय बासिन्दालाई पशुपालनमा आकर्षित गर्ने योजना बनाएको छ।

योजनाअन्तर्गत गाउँपालिकाले पशुपालन र दुग्ध व्यवसायलाई प्रोत्साहन गर्न गाईभैंसीलाई सुत्केरी भत्ता दिने व्यवस्था गरेको छ। गाईंभैसीलाई पहिलोपटक सुत्केरी हुँदा पाँच हजार र दोस्रोपटकमा तीन हजार रुपैयाँ भत्ताबापत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। किसानले गाईभैंसीका बाच्छाबाच्छी र पाडापाडी नबेचून् बरु तिनलाई घरमै पालेर व्यावसायिक पशुपालततर्फ लागून् भनी गाउँपालिकाले ...


मेलम्चीको बाँकी काम सेनालाई दिने तयारी !

काठमाडौं – सरकारले मेलम्ची खानेपानी उपआयोजना अघि बढाउने विषयमा बृहत् छलफल थालेको छ। सरकारले ठेकेदार कम्पनीलाई नोटिस अफ टर्मिनेसन पठाएसँगै आयोजना अघि बढाउने विषयमा विभिन्न चरणमा छलफल तीव्र पारेको मेलम्ची खानेपानी उपआयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

‘ठेकेदार कम्पनीलाई नोटिस अफ टर्मिनेसन पठाएसँगै आयोजना कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित भएका छौं,’ उनले भने, ‘मेलम्चीको हेडवक्र्समा परामर्शदाता खटाएर बाँकी कामको लागत तयार पार्ने काम भइरहेको छ।’

मेलम्ची उपआयोजना र खानेपानी मन्त्रालयले आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा विस्तृत रुपमा छलफल गरिरहेको उनले बताए। उनका अनुसार मेलम्चीको परामर्शदाता ...


भारतीय पक्षद्वारा नेपाललाई थाहै नदिई सिमा क्षेत्रमा ट्रेन्च निर्माण

कञ्चनपुर - धनगढीसँग जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारनजिक दसगजाछेउमै भारतीय पक्षले माटोको ट्रेन्च निर्माण गरिरहेको छ। नेपाल पक्षलाई जानकारी नदिई भारतीय पक्षले स्काभेटर लगाएर करिब ५–६ फिट उचाइको ट्रेन्च बनाएको हो। यो ट्रेन्च निर्माणले वर्षामा पानी रोकिएर नेपाली भूभाग र बस्ती डुबानमा पर्ने चिन्ता स्थानीयको छ।

सीमाछेउछाउमा कुनै पनि देशले अर्को देशको अनुमतिबिना कुनै संरचना बनाउन नपाउने प्रावधान छ। चार वर्षअघि पनि यहीं भारतीय पक्षले अहिलेको जस्तै माटोको ट्रेन्च बनाएको थियो र विरोधपछि भत्काएको थियो। ‘चार वर्षअघि पनि यसरी सीमामा ट्रेन्च बनाएको थियो। विरोध गरेपछि ...


सरकारविरुद्ध संघर्ष चर्काउने तयारीमा कांग्रेस, लगायो यस्ता ४ आरोप !

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको रवैया ठीक नभएको भन्दै सरकारविरुद्ध संघर्ष नै गर्नुपर्ने चेतावनी दिएको छ । आफ्ना नेताको नाम जोडिएका अस्पताललाई विघटनतर्फ लाने, विपक्षी दलको नेताविना नै संवैधानिक परिषद्को बैठकबाट निर्णय गराउने, गोविन्द केसीको मागमा गैरजिम्मेवार बन्ने र निर्मला पन्तका हत्यारा खोज्न सरकार जिम्मेवार नबनेको भन्दै कांग्रेस सरकार विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने भएको छ ।

बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरुले सरकार यी मुद्दामा गैह्रजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै सरकारविरुद्ध आन्दोलन नै चर्काउनुपर्ने बताएका थिए ।

‘संवैधानिक परिषद्को निर्णयदेखि निर्मला पन्तको हत्यारालाई ...


संसदमा चिकित्सा शिक्षा विधेयक  : सत्ता र प्रतिपक्ष बिच मुठभेडको तयारी

काठमाडौं - चिकित्सा शिक्षा विधेयक संसद्‍बाट शुक्रबार पारित गर्नैपर्ने अडानमा सत्तापक्ष छ भने प्रमुख प्रतिपक्षी कांग्रेस जसरी पनि रोक्नेमा। त्यसैले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा ‘मुठभेड’ हुनसक्ने सम्भावना छ।

मंगलबार सत्तापक्ष–प्रतिपक्षको घम्घाघम्सी र तनावपछि बैठक स्थगित भएको थियो। संसद् सचिवालयले शुक्रबारको बैठकमा विधेयक पारित गर्ने एक मात्र एजेन्डा राखेको छ। तर आफ्ना माग पूरा नभई पारित गर्न खोजे ‘मुठभेड’ हुने कांग्रेस नेताहरूले चेतावनी दिएका छन्। कांग्रेसले आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघमातहत मान्यता दिनुपर्ने अडान राख्दै आएको छ।

सभामुख कृष्णबहादुर महराले शान्तिपूर्ण तवरले ...


प्रहरीमा ३० वर्षे सेवाअवधि हट्दै

काठमाडौं - गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवाअवधि हटाएर उमेरहद र पदावधिमात्रै कायम गर्न संघीय प्रहरी ऐन मस्यौदा बनाएको छ। गृहमन्त्री रामबहादुर थापाकै निर्देशनमा प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवाअवधि हटाएर संघीय ऐनमा अवकाशको आधार उमेरहद र पदावधि मात्र कायम गर्न लागिएको हो।

‘नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कायम ३० वर्षे सेवाअवधि अब हट्छ, हटाउनुपर्छ तर अहिले नै हट्छ कि कहिले भन्ने विषयमा छलफल हुनुपर्छ,’ स्रोतले भन्यो। स्रोतका अनुसार गृहमन्त्री थापाकै सक्रियतामा ३० वर्षे सेवाअवधि हटाउन लागिएको हो। नेपाल प्रहरीको ...


अन्तर्राष्ट्रिय समुदायलाई जवाफ : ‘नेपाललाई कसैले सम्झाउनु पर्दैन’

काठमाडाैँ - नेपालको संक्रमणकालीन न्याय टुंग्याउने विषयमा नौ कूटनीतिक नियोगले संयुक्त रूपमा देखाएको चासोप्रति सरकारले प्रतिवाद गरेको छ। नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयसहित युरोपियन युनियन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र फिनल्यान्ड दूतावासले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै संक्रमणकालीन न्याय टुंगोमा पु-याउन सरकारलाई सुझाव दिएका थिए। त्यसको जबाफ दिँदै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा सुझाव वा दृष्टिकोण राख्न आवश्यक नभएको बताएका हुन्। उनले बिहीबार नियमित पत्रकार सम्मेलनमा भने, ‘शान्ति सम्झौतामा संलग्न सबै शक्ति मूलधारको राजनीतिमा रहेकाले उम्किन पाउने अवस्था ...


चट्याङ लागेर चरिरहेका ५२ वटा भेडा एकैठाउँमा मरे !

बाजुरा - जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जंगलमा चराउन लगेको अवस्थामा चट्याङ लागेर ५२ वटा भेडा मरेका छन् । भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । चुथीको जंगलमा सँगै चरिरहेका १२३ वटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमै मरेको भाटले बताए ।

मंगलबार साँझ चट्याङ परेर भेडा मरेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण बुधबार मात्रै यकिन भएको भेडा व्यावसायिक राजेन्द्र रोकायाले बताए । रोकायाले भेडापालन व्यवसाय आफ्नो र धामीको साझेदारी गरिएको बताए ।

चट्याङका कारण करिब पाँच लाखभन्दा बढीको क्षति भएको ...


उपकुलपति नियुक्तिको फाइल अड्काइदिएपछि सरकारसँग स्वास्थ्यमन्त्री असन्तुष्ट

काठमाडौं - उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सरकारसँग असन्तुष्ट देखिएका छन्। उनले गरेका सिफारिस मन्त्रिपरिषद्मा अड्किएपछि उनी असन्तुष्ट भएका हुन्। संघीय फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादव सरकारमा सहभागी भएको ८ महिनामै मन्त्रिपरिषद्को कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन्। उनले गत जेठ १८ मा उपप्रधान एवं स्वास्थ्यमन्त्रीको सपथ लिएका थिए।

सरकारले डा.गोविन्द केसीसँग गरेको सम्झौताअनुरूप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नल्याइएकोमा उनको असन्तुष्टि छ। ‘आन्दोलन गरेर आएको हुँ। के ठेगान भोलि फेरि आन्दोलनमा जानु पर्ने हो ? ’, उनले भने, ‘डा.गोविन्द केसीसँग गरिएको सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्छ। चिकित्सा ...


सञ्‍चारमन्त्रीविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं - सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र नेपाल टेलिकमविरुद्ध मुद्दा दायर भएको छ। नेपाल टेलिकमअन्तर्गतको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीस्थित पुराना ब्याट्री नचलाउन सर्वोच्चले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै मन्त्री बाँस्कोटा र टेलिकमविरुद्ध बुधबार मुद्दा दर्ता भएको हो।

सर्वोच्चबाट अन्तरिम आदेश जारी भएको र फैसला नभइसकेको स्थितिमा सामान उठाउन थालेपछि विवाद चुलिएको हो। स्क्र्याप बाई एन्ड सेल्स फर्मले मन्त्री र टेलिकममाथि कारवाहीको मागसहित मुद्दा हालेको हो। पुराना ब्याट्री उठाउन धेरै रकम कबोल गरे पनि निर्देशनालयले कानुनविपरीत अर्को ...


छोरी जन्मे एक लाखको बिमा गरिदिने प्रदेश सरकारको घोषणा !

जनकपुरधाम - प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो। २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्नेछन्। यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ।

लामो समय मधेसमा छोरीहरुले चरम विभेद सहँदै आएका छन्। छोरीको जन्ममा आमाबाबुसमेत खुसी नहुने अवस्था थियो। त्यही संस्कारलाई बदल्न प्रदेश सरकारले बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अघि सारेको छ।

यो कार्यक्रम सुरु भइसकेको मन्त्रिपरिषद् कार्यालयका सचिव टिकामणि ...


भारतले मिचेको सीमा क्षेत्रमा विप्लव माओवादीले लगायो काँडेतार !

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ सम्बद्ध अखिल क्रान्तिकारीले भारतबाट अतिक्रमित सीमा क्षेत्रमा काँडेतार लगाएको छ । चितवनको माडीस्थित सोमेश्वरगढी नजिकै मर्चरी भन्ने स्थानमा काँडेतार लगाएको हो ।

माडी क्षेत्रमा भारतले दुई सय मिटर वर सीमा स्तम्भ सारेको स्थानीयबासी बताउँछन् । त्यही ठाउँमा विप्लव नेतृत्वको माओवादीसम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले तारबार गरेको हो ।

अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकालले ३० मिटर लामो तारबार गरेको जानकारी दिए । खुल्ला सिमानाका कारण बिभिन्न आपराधिक गतिविधि बढेकाले बोर्डर सिल गर्नुपर्ने र भारतीय सीमा अतिक्रमण रोकिनुपर्ने सन्देश दिन तारबार गरेको उनले बताए ...


पुजारीकै संलग्नतामा जनकपुरमा मठमन्दिरका अर्बौंका जमिन गायब !

जनकपुर - हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठीजग्गा बिक्री तथा अतिक्रमण गरेको पाइएको छ । यसले धार्मिकस्थलको पोखरी, जग्गा, पाटीपौवा र देवालय संकटमा परेका छन् ।

मठमन्दिरको सयौं बिघा जग्गा बेचिएपछि कति मन्दिर लोपै भइसकेका छन् भने भगवानका मूर्ति समेत बेचिएका छन् । गुठीकै जग्गामा बसेको जनकपुर गुठीलाई आफ्नै जग्गा जोगाउन गाह्रो छ । भूमाफियाहरू जग्गा किनबेचमा सक्रिय छन् ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरले जनाएअनुसार ३० बिघा जग्गा अतिक्रमण भएको छ तर यो तथ्यांकको ...


धादिङ्गमा बरामद भएको ४ किलो सुन बाटोमै कसरी तामा बन्यो ?

काठमाडौँ - सुन भनेर बरामद गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक धातु परीक्षणमा तामा र ढलोट भएको घटनाको प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको छ । प्रहरीको अपराध अनुसन्धान विभागले जिल्ला प्रहरी कार्यालय धादिङसँग मंगलबार स्पष्टीकरण लिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले तीन साताअघि तीनजनालाई चार किलो सुनसहित पक्राउ गरी राजस्व अनुसन्धान विभागमा पठाएको थियो ।

परीक्षणका क्रममा सो धातु तामा र ढलोट भएको खुलेको थियो । तर, बरामद गरिएको सुन नै भएको र पछि चलखेल भएको आशंका गरिएको छ । सुन भनेर बुझाएको धातु अन्य भएको खुलेपछि साटफेर भएको आशंका राजस्व ...


सप्तरीमा प्रहरी इन्काउन्टरमा एकको मृत्यु

राजविराज - प्रहरी इन्काउन्टरमा सप्तरीमा एक जनाको मृत्यु भएको छ । राजविराज–रुपनी सडक खण्ड अन्तर्गत रुपनी चोकदेखि एक किलोमिटर दक्षिणमा बुधबार बिहान प्रहरीसँगको मुडभेडमा एक जनाको मृत्य भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीकाअनुसार मृत्यु हुनेमा सप्तरी कडरबोनाका दिपेन्द्र चौधरी रहेका छन् ।

बुधबार बिहान साढे ४ बजे चेकजाँचका क्रममा प्रहरीमाथि फायर गरेपछि प्रहरीले जवाफी फायर गर्दा मोटरसाइकलको पछाडी बसेका चौधरीको मृत्यु भएको डीएसपी भावेश रिमालले बताए।

डीएसपी रिमालकाअनुसार प्रहरीलाई देख्नेवित्तिकै चौधरीले गोली चलाएका थिए । प्रहरीले तत्काल जवफी फायरिङ गर्दा मोटरसाइलकको पछाडि सवार व्यक्ति ढलेको र ...


विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री उद्घोष : ‘आर्थिक विकासमा नेपाललाई पर्खने सुविधा छैन’

प्रधानमन्त्री केपी ओलीले आर्थिक विकासका दृष्टिले नेपाललाई पर्खने सुविधा नरहेको बताएका छन् । स्विट्जरल्यान्डको डाभोसमा मंगलबार सुरु विश्व आर्थिक मञ्चमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘दक्षिण एसियामा रणनीतिक दृष्टिकोण’ शीर्षकको सेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले मुलुकको सबै पक्षलाई तीव्र रूपमा विकास गर्नुपर्नेछ ।

चीन, भारत, बंगलादेशलगायत सबै मुलुकसँग हामी नयाँ सम्झौता गरिरहेका छौँ र नयाँ स्तरको सम्बन्ध बनाएर अघि बढिरहेका छौँ ।’ आन्तरिक रूपमा हामी तीव्र आर्थिक वृद्धि हासिल गर्न, जनतालाई सेवा दिन र भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत सुधारको काम गरिरहेको पनि उनले बताए । सरकारले आफ्नो सम्पूर्ण ...


सरकारले समयको उचित सदुपयोग गर्न सकेन : नेता पौडेल

पाल्पा - नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताएका छन् ।

प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको आरोप लगाए। उनले सरकारलाई काम गर्न उचित समय भए पनि बहुमतको दम्भका कारण काम हुन नसकेको बताए । वर्तमान सरकारले विकास, सुशासन तथा शान्ति सुरक्षा महसुस हुने गरी काम गर्न नसकेको उनको आरोप थियो ।

उनले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा संवैधानिक परिषदबाट हुने कानूनी ...


'राप्रपालाई कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्ति बनाउछौं' : कमल थापा

हेटौँडा - राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उनले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो काङ्ग्रेसले बोक्दा काङ्ग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्छ भने ।

‘हिन्दूत्व जनजाँगरण अभियान’ अन्तर्गत हेटौँडा–६ मा उक्त पार्टीद्वारा आज आयोजित घरदैलो कार्यक्रममा अध्यक्ष थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका लागि एक पटक सबै उठ्नुपर्ने समय आएको विचार व्यक्त गरे ।

मुलुकमा भ्रष्टाचार मौलाएको छ भन्दै उनले वाइड बडी विमान ...


उपभोक्ता ठग्ने ६ वटा पेट्रोलपम्पलाई कारवाही !

वीरगञ्ज - गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय पर्साले बाराका ६ पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरेको छ । कम परिमाणको तेल बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरिएको हो ।

नापतौल ऐन २०२५ को दफा ३० को १ बमोजिम ती पेट्रोलपम्प सञ्चालकलाई १० दिनदेखि तीन महीनासम्मको कैद सजाय तथा रु १० हजारसम्म जरिवाना गरिएको कार्यालयका सूचना अधिकारी रजनिश झाले जानकारी दिनुभयो । गत असोजमा क्षेत्रीय प्रमुख शशीभूषण यादव, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुगमनका क्रममा ती पेट्रोलपम्पका सञ्चालकले उपभोक्तालाई ठगी गरेको भेटिएको थियो ...


कांग्रेसले रोष्ट्रम घेराउ गरेपछि संसदमा हङ्गामा !

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका कारण संघीय संसदको प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ । आफ्ना दुई नेताको नाममा खोलिएका अस्पताल संघीय सरकार मातहत नल्याउने निर्णयको विरोधमा कांग्रेसले प्रतिनिधि सभाको रोष्ट्रम घेरेको हो ।

सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नेबित्तिकै विशेष समय लिएर सांसद प्रकाशमान सिंहले बोलेपछि कांग्रेस सांसदहरुले रोष्ट्रम घेराउ गरेका हुन् ।

सांसद सिंहले तनहुँस्थित जिपी कोइराला श्वास प्रश्वास केन्द्र र बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताल संघीय सरकारमा मातहतमा ल्याउने निर्णय सरकारले नगरेसम्म संसद बैठक चल्न नदिने घोषणा गरे ।

सांसद ...


कांग्रेसद्वारा प्रतिनिधिसभा बैठकपनि अवरुद्ध

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठक आफ्ना नेताहरुका नामका अस्पतालका विषय उठाई प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरोध गरेपछि स्थगन भएको छ । ।

प्रतिनिधिसभाको बैठक शुरु हुनेबित्तिकै काङ्ग्रेसका सांसदले आसनबाट उठेर विरोध गरेका थिए । विरोधकै बीच सभामुख कृष्णबहादुर महराले अनुमति दिएपछि काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफ्ना नेताको नाममा स्थापना भएका अस्पतालका बारेमा अझै निर्णय नभएको भन्दै आपत्ति जनाए । उपनेता गच्छदारले गत पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले देशका अन्य अस्पताल सङ्घीय सरकारअन्तर्गत राखिए पनि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला ...


कांग्रेसद्वारा राष्ट्रिय सभा अबरुद्ध,  एक साताका लागि बैठक स्थगित

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा अवरोध गरेपछि बैठक स्थगित भएको छ । सोमबार दुई पटकसम्म कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको एक साताका लागि स्थगित भएको हो।

सोमबार बिहान ११ बजे बसेको बैठकमा कांग्रेसले अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनालले आधा घण्टाका लागि स्थगित गरेका थिए ।

त्यसपछि मध्यान्ह १२ बजे बसेको बैठकमा पनि कांग्रेसले अवरोध गरेपछि आजका कार्यसूची हटाएर माघ १४ गते ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

...

अर्थमन्त्रीको दबाबमा पूर्वाधार विकास बैंकका अध्यक्ष बर्खास्त

काठमाडौं - अर्थमन्त्री युवराज खतिवडाको दबाबमा पूर्वाधार विकास बैंकका अध्यक्ष डा. विमल कोइरालालाई बर्खास्त गरिएको छ। बैंक स्थापनाका लागि सबै प्रक्रिया पूरा भएर राष्ट्र बैंकबाट अनुमति लिने क्रममा रहेका बेला कोइरालालाई पदबाट हटाइएको हो। गत बुधबारको सञ्चालक समिति बैठकले उनलाई हटाउने निर्णय गरेको थियो। बैंकका अध्यक्षमा अनुज अग्रवाल नियुक्त भएका छन्।

बैंक स्थापना गर्ने काममा अहोरात्र खट्दा पनि आफूलाई हटाइने कोइरालाले बताए। ‘करिब साढे तीन वर्षसम्म बैंक स्थापना गर्न मेहनत गरें। तर त्यो मेहनतको कुनै अर्थ भएन,’ पूर्व मुख्यसचिवसमेत रहेका कोइरालाले नागरिकसँग आइतबार भने, ‘यसबारे उपयुक्त ...


प्रस्ताव नै नगरी रसुवामा गाउँपालिकाको नाम परिवर्तन

रसुवा – रसुवाको कालिका गाउँपालिकाको नाम परिवर्तनको विषय गाउँसभामासमेत उठेको छैन। तर कर्मचारी समायोजन फारममा भने गाउँपालिकाको नाम परिवर्तन गरेर शुभकालिका गाउँपालिका राखिएको छ। गाउँसभाबाट पारित नै नभएको नाम आएकोमा अचम्म लागेको गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए।

‘कर्मचारी समायोजनको लागि अनलाइनबाट फर्म भर्दा नाम परिवर्तन गरेर राखेको कर्मचारीबाट जानकारी भयो, उनले भने, तर नाम परिवर्तन गरेको छैन।’

जिल्लाको एउटा गाउँपालिकाको नाम मात्रै परिवर्तन भएको छ। जिल्लाको पार्वतीकुण्ड गाउँपालिकाले नाम परिवर्तन गरेर आमाछोदिङ्मो गाउँपालिका राखेको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिकाले गोसाइकुण्ड–लाङटाङ नाम प्रस्ताव गरेको छ। तर यसको पनि नाम ...


आजदेखि श्रीस्वस्थानी व्रत सुरु

काठमाडौं - प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रत आजदेखि (सोमबार) सुरु भएकाे छ।

स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ। यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ। यस वर्षको मेला माघ ७ गते साेमबारदेखि सुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ। नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर व्रत वस्ने गरिन्छ।

व्रत वस्न अघि व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरिन्छन्। ...


पशुपतिनाथको ११ सय बिघा जग्गा गायब

काठमाडौं - पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन । यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायबसरह । मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि यो पत्ता लगाए पनि फर्काउन सकेको छैन ।

राजा त्रिभुवनले आफूलाई दूध खुवाएबापत बुबु बडामहारानी (धाई आमा) लाई तराईका ४ जिल्लामा ११ सय बिघा जग्गा बिर्ता दिएका थिए । निःसन्तान बुबु बडामहारानीले जीवनको आखिरी अवस्थामा त्यो जग्गा पशुपतिनाथ ( श्री) का नाममा दान गरेकी थिइन् । त्यसको अभिलेख सनद, सवाल, लालमोहर, शिलापत्र, ...


धेरैजसो सांसद ब्लडप्रेसर र सुगरको बिरामी !

काठमाडौँ - संघीय संसद् सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन् । सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजारसम्म उपचार खर्च दिएको पाइएको छ भने सबैभन्दा कम एक हजार ६ सय ५० रुपैयाँको बिल भुक्तानी सचिवालयबाट भएको छ ।

सांसदहरूमध्ये धेरैजसो ब्लडप्रेसर र सुगरको बिरामी भेटिएका छन् । संघीय संसद् सचिवालयस्थित स्वास्थ्य सेवासम्बन्धी शाखामा पुग्ने सांसदमध्ये अधिकांश प्रेसर, सुगरदेखि महिला सांसदमध्ये धेरै गाइनेको समस्या लिएर पुग्ने गरेका छन् । सचिवालयमा कार्यरत डा. एई अन्सारीले मुटु, किड्नीको उपचारलगायतका जटिल उपचार ...


फागुन ३ भित्र कर्मचारी समायोजन सक्ने तयारी

काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी ३ फागुनभित्र कर्मचारी समायोजनको प्रक्रिया सक्ने गरी काम अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीले आवेदन दिने समय सकिएपछि मन्त्रालयले उनीहरूलाई समायोजन गर्ने प्रक्रिया अघि बढाएको हो । मन्त्रालयका अनुसार ३५ हजार ३६४ कर्मचारीले संघलाई पहिलो प्राथमिकतामा राखेर समायोजन रोजेका छन् ।

यस्तै, १४ हजार २०९ जनाले प्रदेशमा समायोजन हुन प्राथमिकतासहित आवेदन दिएका छन् ।मन्त्रालयका अनुसार २७ हजार ४६१ जनाले संघ र प्रदेशभन्दा स्थानीय तहमा बसेर काम गर्न बढी रुचि देखाएका छन् । उनीहरूले पहिलो प्राथमिकतामा स्थानीय ...


सरकारलाई दिएको समर्थन फिर्ता लिंदै राजपा !

काठमाडौँ - राष्ट्रिय जनता पार्टी नेपालले आफूसँग गरेको सहमति कार्यान्वयन गर्न आलटाल गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । अध्यक्षमण्डलका नयाँ संयोजक महेन्द्र राय यादवले पार्टी कार्यालय बबरमहलमा पदभार सम्हालेपछि भएको अध्यक्षमण्डलका सदस्यहरूको अनौपचारिक बैठक सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री केपी ओली आइतबार विश्व आर्थिक मञ्चको ८–११ माघसम्म हुने वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्यान्डको डाभोस सहर जाने भएकाले त्यहाँबाट फर्केपछि उनलाई जानकारी गराएर सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको तयारी छ । समर्थन फिर्ता लिने औपचारिक निर्णय नयाँ अध्यक्षमण्डलका संयोजक यादवको ...


पाँचवटा संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गर्न सिफारिस, को-को परे ?

काठमाडौँ - संवैधानिक परिषद् बैठकले ५ वटा संवैधानिक आयोगका अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको छ।

आइतबार बसेको परिषद् बैठकले राष्ट्रिय प्राकृतिक तथा वृत आयोगको अध्यक्षका लागि पूर्वसचिव बालानन्द पौडेललाई सिफारिस गरेको छ। त्यस्तै, समावेशी आयोगमा पूर्वसचिव शान्ताराज सुवेदी, मधेशी आयोगमा विजय कुमार दत्त, थारू आयोगमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगका अध्यक्षका लागि समिम अन्सारीलाई सिफारिस गरेको छ।

बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा भने उपस्थित थिएनन् ।

सिफारिस भएका अध्यक्षहरूको संसदीय सुनुवाइ हुनेछ। समितिले अनुमोदन गरेपछि उनीहरू नियुक्त हुनेछन्।

आयोगका अन्य सदस्यहरू भने नियुक्त गर्न बाँकी रहेको राष्ट्रिय ...


वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल सिफारिस !

काठमाडौं - संवैधानिक परिषद्को आइतबार बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष बालानन्द पौडेललाई सिफारिस गरेको छ ।

यसअघि स्थानीय तह पुनर्संरचना आयोगका संयोजक रहेका पूर्वसचिव पौडेललाई वित्त आयोगको अध्यक्ष सिफारिस गरिएको हो ।

प्रदेशहरुले धेरै पहिलेदेखि वित्त आयोग गठनको माग गर्दै आएका थिए । सरकारले पुस मसान्तभित्र आयोग गठन गर्ने वचन दिएको थियो । तर एक हप्ता ढिला गरी आयोगको अध्यक्ष सिफारिस गरेको हो ।

सरकारले आयोगमा यसअघि नै सचिव तोके पनि पदाधिकारी नियुक्त नहुँदा काम गर्न सकेको थिएन ।

...

श्रीस्वस्थानी व्रतकथा भोलिदेखि, साँखु मेलाको तयारी पूरा !

काठमाडौं - प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ ।

स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ ।

यस वर्षको मेला माघ ७ गते सामेबारदेखि शुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको शुरुवात् आज बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिने ...


नेपाली बालबालिका माथि बिदेशीको यौन दुराचार !

काठमाडौं - केही महिनाअघि नेपाल प्रहरीका नायब उपरीक्षक कबित कटुवाल भक्तपुरस्थित काठमाण्डू भ्याली फन पार्क पुगे । केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत कटुवाल त्यो सप्ताहान्त परिवारसँग थिए । तर उनका तीक्ष्ण आँखा एक विदेशीमाथि पर्यो । दुई बालक र चार बालिकासँग रमाइरहेका ती विदेशी पुरुषको हाउभाउ तथा क्रियाकलाप उनलाई अस्वाभाविक लाग्यो । बालबालिकालाई सुम्सुम्याउने उनको शैली भिन्न देखिन्थ्यो ।
पेशाले अनुसन्धान अधिकृत भएकाले होला केही समय नियालेपछि कटुवालले उक्त विदेशीको तस्बिर आफ्नो मोबाइल फोनको क्यामेराले खिचे । त्यसपछि पनि उनका आँखाले विश्राम लिएनन् । भोलिपल्ट कार्यालय ...


अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलागौं : देउवा

दमौली - नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेस तनहुँ कार्यलयले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा हाँल अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिए ।

विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै पूर्व प्रधानमन्त्री तथा सभापति देउवाले केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्न सकिने तर विधि विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने बताए ।

सबै एकजुट भएर अगाडि बढे काङ्ग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने भएकाले अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य ...


वाम बुद्धिजीवी माणिकलाल श्रेष्ठलाई भेट्न प्रचण्ड अस्पतालमा

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम बुद्धिजीवी प्रा डा माणिकलाल श्रेष्ठको स्वास्थ्यवस्था बारेमा जानकारी लिएका छन् ।

तीनदेखि स्वास्थ्यमा समस्या आएपछि प्रा डा श्रेष्ठ ललितपुरस्थित मेडीसिटी अस्पतालमा उपचारत छन् । अध्यक्ष दाहालले प्रा डा श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

चिसोका कारण निमोनिया भएपछि प्रा डा श्रेष्ठ अस्पताल भर्ना भएका हुन् । अध्यक्ष दाहालले प्रा डा श्रेष्ठको स्वास्थ्योपचारमा संलग्न चिकित्सकसँग आवश्यक परामर्शसमेत गरेका थिए ।

...

डा. केसीको स्वास्थ्यमा सुधार

काठमाडौं - इलाम पुगेर अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्यअवस्था सामन्य रहेपछि आज नर्मल वार्डमा सारिएको छ ।

विगत १२ दिनदेखि अनशनरत केसीलाई शुक्रबार राति स्वास्थ्य अवस्थामा खराब भएपछि इलामबाट नाइटभिजन हेलि प्रयोग गरी काठमाडौं झिकाइएको थियो ।

केसीको उपचारमा संलग्न डा. सुवास आचार्य भने, – ‘उहाँलाई अहिले ठिक देखेपछि नर्मल वेडमा सारिएको हो ।’

साथै बाहिर हल्ला चलेजस्तो नभई केसीको अवस्था सामान्य रहेको डा. आचार्यले बताएका छन् ।

...

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ की पत्नि सिता दाहाल अस्पताल भर्ना भएकी छिन् ।

लामो समयदेखि बिरामी रहेकी सिताको स्वास्थ्यमा थप समस्या आएपछि आइतबार बिहान उनलाई ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारीक स्रोतले बताएको छ । उनको उपचारमा डा। युवराज शर्मा लगायतको टोली संलग्न रहेको जनाइएको छ ।

...

सीमावर्ती सहरमा हुन्डीको जालो : कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न !

काठमाडौं - दुई सातायता प्रहरीले ठूलो मात्रामा गैरकानुनी आर्थिक कारोबार (हुन्डी) को रकम बरामद गरिरहेको छ। हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र विराटनगरजस्ता सीमावर्ती सहरमा फैलिएको अनुसन्धानले देखाएको छ। संगठित रूपमा हुन्डी कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न देखिएका छन्।

एक वर्षयता हुन्डी कारोबारीबाट प्रहरीले करोडौँ रकम बरामद गरेको छ। १० जनाभन्दा बढी पक्राउ परिसकेका छन्। अर्थतन्त्रलाई नै चुनौती दिनेगरी भइरहेको हुण्डी कारोबार नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्युरो र महानरीय अपराध महाशाखा सक्रिय छ। प्रदेश र जिल्ला प्रहरी पनि कारोबार रोक्न लागिपरेका छन्।

सहकारी र मनी एक्सचेन्जबाटै हुण्डी

प्रहरीले ...


ब्युटिपार्लरमा जागिर लगाइदिन्छु भन्दै भारतको कोठीमा लगेर बिक्री

भारत लगेर युवतीहरूलाई बिक्री गरेको अभियोगमा प्रहरीले धरानका ३१ वर्षीय सन्तोष राईलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले ब्युटिपार्लरमा जागिर लगाइदिने आश्वासनमा भारत लगेर युवतीहरूलाई बिक्री गर्ने गरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेको हो । उनीविरुद्ध चार युवतीलाई नयाँदिल्लीको जिडी रोडस्थित वेश्यालयमा लगेर बिक्री गरेको अभियोग छ ।

काँकडभिट्टा नाकाबाट सिक्किम लैजाने भन्दै उनले दिल्ली पुर्‍याएर बिक्री गरेको उजुरी परेको छ,’ सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीले भने,‘गरिब युवतीलाई उनले आफ्नो टार्गेटमा पारेका छन् ।’ पीडितमध्ये धेरैजसो सुनसरीका छन् । उनीहरूले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् ।

पक्राउ परेका ...


डा. केसी र सरकार आ-आफ्नै अडानमा

काठमाडौँ - डा. गोविन्द केसी १६औँ अनशनमा बसेको विषयमा सरकारले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यो विषयमा आफू नबोल्ने बताए । उता, संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा रहेका सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईको भनाइ यस्तो छ– ‘डा. केसीसँग भएको सहमतिमा विधेयकको प्रस्तावनामा ‘उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७५’ राख्नुपर्ने उल्लेख थियो । अहिले विधेयकमा ‘विभिन्न समयमा गठित आयोग, समिति तथा कार्यदल’ भन्ने शब्द राखिएको छ । किनकि, केदारभक्त माथेमा मात्र होइन गौरीबहादुर कार्की, जयराम गिरी, प्रेम कुँवर, शिव राईलगायतको प्रतिवेदनको मर्म र भावनालाई प्रस्तावनामा समेटिएको छ ।

-डा.केसीसँगको ...


कम्पनी रजिस्ट्रारमा घुसका काण्डै काण्ड, जति पक्रदा पनि सुध्रिएनन कर्मचारी !

काठमाडौँ - कम्पनी रजिस्ट्रारको कार्यालय यातायात र मालपोतपछि अत्यधिक भ्रष्टाचार हुने अड्डा बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा कर्मचारीले घुस मागेको र दुःख दिएको अत्यधिक उजुरी पर्न थालेका छन् ।

पछिल्लो चार महिनामा मात्र कम्पनी रजिस्ट्रार कार्यालयमा कार्यरत १० कर्मचारीविरुद्ध मुद्दा दायर भइसकेको छ । आयोगका कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारीलाई प्रहरी र अख्तियारले प्रतिवादी बनाएर मुद्दा दायर गरिसकेको छ । कम्पनी नवीकरणका लागि घुस दिनेदेखि धनीलाई थाहै नदिई कम्पनी बिक्रीसम्मका गतिविधि कार्यालयमा देखिएको छ । पटक–पटक आफ्ना कर्मचारी विभिन्न काण्डमा पक्राउ पर्दा पनि सुधारका लागि प्रयत्न ...


कम्पनीका रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार र छोरी घुससहित रंगेहात पक्राउ

काठमाडौं - कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रार र उनकी छोरीलाई १ लाख घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले सोमबार सहायक रजिष्ट्रार गीताकुमारी पन्थी र उनकी छोरी पोषणलाई रंगेहात पक्रेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालले त्रिपुरेश्वरमा सञ्चालित एक विद्यालयको राजश्व रकम छुट गराउने नाममा पन्थीले घुस मागेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

अख्तियारले सहायक रजिष्ट्रार पन्थीकी छोरीलाई समेत नियन्त्रणमा लिएको छ । पन्थीले घुस रकम छोरीलाई राख्न दिएकाले दुवै जनालाई ...


यौन दुर्व्यवहारको आरोप् लागेका बम्जन तत्काल सार्वजनिक नहुने !

सिन्धुली - रामबहादुर बम्जनसम्बद्ध बोधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गर्दै छ। सोही कार्यक्रममा धार्मिक सम्बोधन गर्ने भन्ने पूर्वनिर्धारित कार्यक्रममा बम्जन सार्वजनिक नहुने जनाइएको छ। आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरूमाथि यौन दुव्र्यवहारको आरोप लागेका बम्जन सुरक्षा चुनौतीका कारण सार्वजनिक हुन नखोजेको आयोजकले बताएको छ।

आश्रममा हुने पूजामा बम्जनसम्बद्ध स्वदेश तथा विदेशका धार्मिक व्यक्तित्वको उपस्थिति रहने बोधी श्रवण धर्म संघ सिन्धुलीले जनाएको छ। संघका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार उक्त पूजामा तपस्वी बम्जनले ...


कम्पनी रजिस्ट्रारको कार्यालय : जहाँका कर्मचारीले घुस खाएरै कमाउँछन् महिनाकै ३ देखि ५ लाख !

काठमाडौँ - विहान ११ बजे। त्रिपुरेश्वरस्थित कम्पनी रजिस्ट्रार कार्यालयको परिसरमा टोलाइरेका थिए, रौतहटका श्याम साह (२५)। उनी दुई दिनदेखि नयाँ कम्पनी दर्ता गर्न कार्यालय धाइरहेका थिए। कलंकीको एक लजमा बस्दै आएका उनको अझै काम सुरु भएको थिएन। फाइल बोकेर परिसरमा टोलाइरहेका उनले भने, ‘कर्मचारीलाई सोध्यो, जवाफै दिँदैनन्।’

दुई दिनमा उनले किसिमकिसिमका मान्छे भेटे। कानुन व्यवसायी भेटे। बिचौलिया भेटे। आफूजस्तै अनभिज्ञ सेवाग्राही भेटे। तर, कसैको सहारा नलिइ आफै काम गर्न सघि सरे। अन्ततः हात लाग्यो शून्य। एकातिर काम बनेको छैन। अर्कोतिर लजमा बस्दाबस्दा पैसा सकिन लाग्यो। दुई ...


सचिव कुटपिट : मन्त्रीलाई कारवाही गर्न कर्मचारीले दिए २४ घन्टे अल्टिमेटम !

काठमाडौँ - प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवलाई कुटपिट गरेको विरोधमा कर्मचारीहरू आन्दोलित भएका छन् । २४ घन्टाभित्र दोषीलाई कारबाहीको माग गरेका उनीहरूले मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई छुट्टाछुटै ज्ञापनपत्र बुझाएका छन् । २४ घन्टाभित्र कारबाही नभए कडा आन्दोलनमा उत्रने उनीहरूले चेतावनी दिए । सोमबार भने सबै कर्मचारीले कालोपट्टी बाँधेर काम गरेका थिए । सचिव झामाथि भएको हातपातले असुरक्षित महसुस गरेको भन्दै कर्मचारीहरूले कुटपिटको भत्र्सनासमेत गरेका छन् । आफन्तका एनजियोेलाई ‘लघु उद्यम विकास कार्यक्रम (मेडपा)’ कार्यक्रमका लागि छनोट नगरेको भन्दै आइतबार ...


लाउडा मुद्दा ९५ पटक पेसीमा, यस्तो छ लाउडाको नालीबेली !
१२ जना प्रधानन्यायाधीश फेरिए तर, मुद्दा किनारा लागेन

काठमाडौँ - १८ वर्ष पुरानो बहुचर्चित लाउडा विमान भाडा मुद्दा अहिलेसम्म किनारा लागेको छैन । ११ वर्षअघि सो मुद्दा सर्वोच्च पुगेपछि १२ जना प्रधानन्यायाधीश फेरिएका छन् । तर, मुद्दा किनारा लाग्ने टुंगो छैन । सर्वोच्चमा ९५ पटक पेसी तोकिए पनि २१ पटक पेसी नै हटाइएको छ । ७४ पटक इजलास तोकिएकोमा ३९ पटक हेर्न नभ्याइने र नमिल्ने सूचीमा राखियो । पक्ष र विपक्षले १५ पटक सुनुवाइ स्थगित गरे । २० पटक सुनुवाइ हुँदा सर्वोच्चले फाइलहरू मगाउनेलगायतका आदेश दिएको थियो ।

८५औँ पेसीमा ६ वैशाख ०७४ मा ...


संघीय प्रहरी ऐन संसदमा, यस्ता छन् प्रहरीको काम, कर्तव्य र अधिकार !

काठमाडौँ - गृह मन्त्रालयले संघीय प्रहरी ऐनको विधेयक तयार गरेको छ । करिब आठ महिनाको गृहकार्यपछि मन्त्रालयले आइतबार ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्य, सञ्चालन, सुपरिवेक्षण र समन्वयसम्बन्धी विधेयक’ संघीय संसद्मा दर्ता गरेको हो ।

विधेयकमा नेपाल प्रहरी र प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकार, प्रदेश प्रहरीको गठन, प्रदेशस्तरमा रहने प्रहरी प्रमुखको दर्जा, प्रदेश तथा जिल्लाअन्तर्गत रहेका प्रहरीमाथिको नियन्त्रणलगायत कानुनी व्यवस्था समेटिएका छन् ।

त्यस्तै, गृह मन्त्रालय, नेपाल प्रहरी, प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश प्रहरी र जिल्ला प्रशासन कार्यालयबीचको समन्वयका विषयमा पनि विधेयकमा ...


गुल्मीमा अवैध हतियार बनाउने आरने पक्राउ

तम्घास - जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट गाउँपालिका, ३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमा अवैध आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी भरुवा बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित जिसीलाई सार्वजनिक गरेको हाे ।

जिसीको घरबाट तीन थान भरुवा बन्दुक, मेडइन कोलकत्ता लेखिएको एक थान टोय एर गन, दुई थान बन्दुकको नाल र बन्दुकको छर्रा बनाउन प्रयोग हुने रड, बारुद, बन्दुकको टेगर, सटगनको खोका लगायतका सामाग्री बरामद गरेको प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए ।

विशेष ...


कोलकातामा वरामद ३३ केजी सुन नेपाल ल्याउन पहल !

काठमाडौँ - सरकारले भारतको कोलकातामा ३३ केजी सुनसहित पक्राउ तीन नेपालीलाई अनुसन्धानका लागि नेपाल ल्याउन कूटनीतिक पहल थालेको छ । बरामद सुनसँगै पक्राउ परेका तीनजनालाई नेपाल ल्याउन गृह मन्त्रालयले परराष्ट्रलाई पत्र लेखिसकेको छ । कूटनीतिक च्यानलबाट आउन भारत सरकारले भनेपछि गृहले यस्तो पहल थालेको हो ।

‘कोलकातामा ३३ केजी सुनसँगै पक्राउ तीन नेपालीको सम्बन्धमा हामीले बुझ्न खोजेका हौँ । घटनाबारे थप बुझ्न प्रहरी नै त्यसतर्फ खटाउन पहल पनि भएको हो । तर, पछि भारत सरकारले कूटनीतिक च्यानलबाट आउन भन्यो । त्यसलगत्तै गृहले परराष्ट्रलाई पत्र लेखेको छ,’ गायब ३३ केजी सुन र सनम ...


कोरिया भाषा परीक्षा अर्को वर्षदेखि अनलाइनबाटै

काठमाडौँ - सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।

अचेल कोरियन भाषा परीक्षा कागजमा लिने चलन छ । ‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने होइन । हामीले परीक्षा केन्द्र तोकिदिएका हुन्छौं । त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने हुन्छ ।’ भण्डारीले भने ।


नागरिक

...

यी हुन् कांग्रेसमा छाँया मन्त्रीका दाबेदार !

काठमाडौँ - सरकारको निगरानी गर्न कांग्रेसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । रुचि भएका तीनवटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३ मध्ये १० सांसदले मात्र नाम टिपाएका छन् । सांसदलाई नाम टिपाउन कांग्रेसले एक हप्ताको समय दिएको थियो ।

संसदीय दलको २४ पुसको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको काम–कारबाही नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने निर्णय गर्दै नाम टिपाउन सांसदलाई आग्रह गरेको थियो । प्राथमिकताका आधारमा तीन मन्त्रालय छान्न कांग्रेसले ६३ सांसदको नामसहितको फाराम २४ पुसदेखि दलको कार्यालय सिंहदबार र संसद् भवन ...


मन्त्रीकै निर्देशनमा कुटाई खाने सचिव पक्राउ

जनकपुर - प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले कार्यकक्षमै बोलाएर सचिवमाथि दुर्व्यवहार गरेका छन्।

मन्त्री यादवले दुर्व्यवहार गरेका सचिवलाई तत्काल पक्राउ गर्न उल्टै प्रहरीलाई निर्देशन दिएका छन्। मन्त्रीको निर्देशन लगत्तै पत्रकारसँग रोइरहेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई प्रहरीले पक्राउ गरेको छ।

आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमै बोलाएर कुटपिट गरेको सचिव झाको भनाइ छ। ‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने।

सचिव झाले मन्त्रीको कुटाई खाँदा सभामुख सरोजकुमार यादव मन्त्रीकै कार्यकक्षमा थिए। ...


पिटाइ खाएपछि रुँदै मन्त्रीले कुटेको बारेमा यसरी पोल खोले सचिवले !

जनकपुर - प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन्। आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाको भनाइ छ।

‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने। सभामुख सरोजकुमार यादवकै अगाडि मन्त्रीले कुटपिट गरेका हुन्।

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ। उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन्। कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ।

मन्त्री यादवले सचिव झालाई अर्थमन्त्रीको चेम्बरमै ...


प्रदेश २ को मन्त्रीले सचिव कुटे, छानविन समिति गठन !

जनकपुर - प्रदेश २ को मन्त्रिपरिषद् बैठकले मन्त्रीले सचिवमाथि कुटपिट गरेको घटनाको छानबिनका लागि समिति गठन गरेको छ।

आइतबार दिउँसो बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेद्र यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।

छानबिन समितिको सदस्यमा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य रहेको प्रमुख सचिव दिपक सुवेदीले जानकारी दिए।

आइतबार दिउँसो आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा झापड हानेका थिए।

...

बैगुनी छिमेकी : भारतद्वारा पानी र क्षतिपूर्ति दिन इन्कार !

काठमाडौं - कोसी, गण्डक र महाकाली नदीमा एकलौटी संरचना बनाएको भारतले नेपाललाई क्षतिपूर्ति दिन अस्वीकार गरेको छ। सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी दिन भारतले अनेक प्राविधिक बहाना झिकी पुरानै आलटाललाई निरन्तरता दिएको छ।

नेपाल र भारतबीच ६ वर्षपछि जलस्रोतसचिव स्तरीय संयुक्त समिति (जेसीडब्लूआर) बैठक गत शुक्रबार राति नयाँ दिल्लीमा सम्पन्न भयो। बैठकमा जलस्रोतसम्बन्धी नेपालका अधिकांश प्रस्ताव र आग्रह भारतले अस्वीकार गरेको छ। नेपालले पाउनुपर्ने क्षतिपूर्ति र नेपालको हक लाग्ने पानीसम्बन्धी मुद्दामा भारतसित सहमति हुन नसकेपछि वार्ता असफल भएको हो। भारतीय पक्षले पुराना अडान दोहोर्‍याएको र नयाँ सहमति ...


रुपन्देहीमा प्रहरी र तस्करबिच भिडन्त, गोली लागि एकको मृत्यु !

भैरहवा - रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबिच भिडन्त हुँदा १ जना तस्करको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउना साथ तस्करी रोक्न सादा पोसाकमा खटिएकाे प्रहरी टाेलीबीच भिडन्त हुँदा ती तस्करकाे मृत्यु भएको हाे।

उनले भने,' तस्करी राेक्न यहाँबाट प्रहरी पठाएका थियौ, मधयरातमा प्रहरी माथीनै पहिला तस्करहरुले फायर खोलेका थिए, मोटरसाईकलमा आएका तस्करहरुलाई प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरी माथी नै गोली चलाएपछि बाध्य भएर प्रहरीले पनि फायर खाेलेकाे थियाे।'

तस्करको ...


काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको बस धादिङमा दुर्घटना, ३१ जना घाइते !

धादिङ - काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङमा दुर्घटना भएको छ। बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आइतबार बिहान दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परी ३१ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ।

घाइतेको बजारवासी प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ ल्याइको छ। गाडीमा ४१ जना सवार ...


छात्रालाई याैन दुर्व्यवहार गरेकाे अभियाेगमा शिक्षक पक्राउ

नवलपरासी - नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको अभियाेगमा शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका,११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेललार्इ शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुर्व्यवहार गरेको भन्दै परिवारले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेललाई इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ । पौडेलमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिएका छन् ।

...

साठी हजार कर्मचारी समायोजनका लागि तयार : मन्त्रि पण्डित

काठमाडौँ - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साठी हजार कर्मचारी समायोजनका लागि तयार भएका बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ७० प्रतिशत कर्मचारी स्थानीय तहमा जाने सहमति कायम गरेको जानकारी दिए । माघ २ गतेसम्म समायोजनको सीमा रहेकाले २१ दिनभित्र तोकिएको क्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरिने प्रष्ट पारे ।

सङ्घ, प्रदेश र स्थानीय निकायमा गरी एक लाख ३८ हजार कर्मचारीको दरबन्दी रहेको र आवश्यक अपुग कर्मचारी सङ्घीय लोक सेवा आयोगले छोटो प्रक्रियाबाट पदपूर्ति गर्ने मन्त्री पण्डितले जानकारी दिए । ...


जनप्रतिनिधि र कर्मचारीकै घरमा छाउगोठ !

सुर्खेत - चौकुने गाउँपालिका–६ भावरका टोपबहादुर बयक गाउँपालिकाका सचिव हुन्। उनकै घरमा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) छ। सरकारले जनप्रतिनिधि र कर्मचारीका घरमा छाउगोठ भेटिए सरकारी सेवा–सुविधा रोक्का गर्ने निर्णय गरेको बयकलाई जानकारी नभएको होइन्। ‘घरमा बुवा धामी हुनुहुन्छ, महिनावारी भएका महिलालाई घरभित्र राखे देउता रिसाउँछन्,’ बयकले भने, ‘व्यक्तिगत रूपमा म मान्दिनँ तर घरकालाई सम्झाउन सकिँदो रहेनछ।’

चौकुनेसँगै जोडिएको पञ्चपुरी नगरपालिका–१० का वेदराज भण्डारी निर्वाचित वडा सदस्य हुन्। सामाजिक विकृति र कुरीति अन्त्य गर्ने अभियानमा लाग्नुपर्ने भण्डारीकै घरमा छाउगोठ छ। स्थानीय सरकार गठनलगत्तै पञ्चपुरी नगरले ...


विद्याभूषण पदक तथा पुरस्कारमा त्रिविको मनपरी !

काठमाडौं - स्‍नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई दिइने विद्याभूषण पदक तथा अन्य पुरस्कारमा त्रिभुवन विश्वविद्यालयले मनपरी गरेको छ। वार्षिक र सेमेस्टर प्रणाली पढेकालाई एकै डालोमा राखेर पदक पाउने विद्यार्थी छानिएको छ। त्यसो गर्नु गलत भएको जानकारहरुको भनाइ छ। किनभने यी दुई प्रणालीमा पढाउने र नम्बर दिने शैली फरक छन्।

त्रिविअन्तर्गत स्‍नातकोत्तर तहमा २०७२ सालसम्म वार्षिक प्रणालीबाट मात्र पढाइ हुन्थ्यो। त्यही वर्षदेखि केही क्याम्पसमा सेमेस्टर र केहीमा वार्षिक प्रणालीबाट पढाइ भइरहेको छ। यो वर्षदेखि सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गरिएको छ। गत शैक्षिक सत्रमा भौतिक संरचना ...


लहान नगरपालिकाका वडाध्यक्ष सुनतस्करीमा, पौने दुई किलो सुन सहित ९ जना पक्राउ !

सिराहा - सिरहाको गोलबजार– ९ धुर्मीखोलानजिकबाट तस्करीको पौने दुई किलो सुन बरामद गरेको सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । शनिबार बिहान भारतीय नम्बरप्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि एक जनप्रतिनिधिसहित तीनजनालाई लुकाएको खुलेको हो ।

सार्वजनिक गरिएका एक अभियुक्तले नै सूचना चुहाएपछि सशस्त्रले अन्य तीनजना पक्राउ परेको जानकारी केही घन्टापछि दिएको छ । सदरमुकाम लहानस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खटिएको टोलीले सुनसहित उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार लहान नगरपालिका– ...


एमबिबिएस भर्नामा निजी मेडिकल कलेजको मनपरी अशुली !

काठमाडौँ - चिकित्सा शिक्षा सुधारका लागि व्यापक बहस भइरहेका वेला निजी मेडिकल कलेजहरूले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजारसम्म लिएर एमबिबिएस पढाउन सकिने व्यवस्था गरेको छ । तर, मेडिकल कलेजहरूले १४ लाखसम्म बढी शुल्क लिएको भेटिएको छ ।

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले एमबिबिएसका विद्यार्थीसँग सरकारले तोकेभन्दा १४ लाखसम्म बढी शुल्क असुलेको खुलेको छ । गत २६ असोजमा सरकारले एमबिबिएसमा उपत्यकाभित्रका कलेजलाई ३८ लाख ५० हजार र काठमाडौंबाहिरका कलेजलाई ४२ लाख ४५ हजार शुल्क निर्धारण गरे पनि नेसनल मेडिकल कलेजले ...


जग्गाको कित्ताकाट फुकुवा, तर यस्तो शर्तमा !

काठमाडौं - सरकारले डेढ वर्षअघि रोक लगाएको जग्गा कित्ताकाट फुकुवा गरेको छ । अब सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइनेछ ।

रोक्का गर्दा ब्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

२०७४ साउन २६ मा जग्गा खण्डिकरण रोक्न गरेको निर्णय खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

...

न्याय दिन ढिलाई हुँदा परिवारमा बिग्रह : श्रीमानबाट यसकारण कुटिइन् निर्मलाकी आमा !

कंचनपुर - बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्त श्रीमान् यज्ञराजबाटै कुटिएकी छिन् । डिएनए परीक्षणका लागि प्रहरीलाई रगत दिएको र सरकारी राहत लिन खोजेको भन्दै श्रीमान्ले कुटेको दुर्गाले बताइन् ।

‘म भान्सामा भात पकाइरहेकी थिएँ । उनी (यज्ञराज) एक्कासि आएर मेरो घाँटी च्यापे । नसोधी रगत दिने ? राहत बुझ्न खोज्ने भन्दै कुटपिट गरे,’ दुर्गाले भनिन्, ‘घटना हुँदा दुवै छोरी स्कुल गएका थिए । भान्सामै लछारपछार गरेपछि म ज्यान जोगाउन उम्किएर बाहिर निस्किएँ ।’

निर्मलाको शवबाट निकालिएको भनिएको नमुना उनकै हो कि होइन यकिन गर्न दुर्गाले प्रहरीमा आफैँ निवेदन दिएकी ...


जाडोले कठ्यांग्रिएर काठमाडौंमा दैनिक ६ जनाको मृत्यु

काठमाडौँ - काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेषगरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिकाआसपासका सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ ।

मन्दिर आसपासमा धेरै वृद्धवृद्धा
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र पोखरेलले बढ्दो चिसोका कारण प्रत्येक वर्षको जाडोमा कक्रिएर दैनिक चारदेखि ६ जनाको मृत्यु हुने गरेको बताए । ‘बढ्दो चिसोले सहरमै दैनिक चारदेखि ६ जनाको कक्रिएर ...


रिटायर्ड ५२ प्रहरी अधिकृतको घरमा काम गर्ने ८५ प्रहरी तानिए

काठमाडौँ - अवकाशप्राप्त उच्च प्रहरी अधिकारीको घरमा अवैध रूपमा कार्यरत ८५ प्रहरी मुख्यालय तानिएका छन् । प्रहरी प्रधान कार्यालयले पाँच पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सहित ५२ प्रहरीको घरबाट पिएसओका नाममा राखिएका सुरक्षाकर्मी फिर्ता गरेको हो । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० उल्लंघन गर्दै अवैध रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता बोलाएको प्रहरीले जनाएको छ ।

एउटै पूर्वएआइजीको घरमा चारजनासम्म सुरक्षाकर्मी
नियमविपरीत पूर्वएआइजीहरूले राखेका पिएसओ पनि हटाइएको छ । कार्यविधिमा अवकाशप्राप्त आइजिपीले मात्र पिएसओ तथा सहयोगीको सुविधा पाउने उल्लेख छ । तर, सबैजसो अवकाशप्राप्त एआइजीहरूले पिएसओका नाममा सहयोगी राखेका छन् । एआइजीले राखेका एकभन्दा धेरै ...


वाइडबडी किन्न जम्माजम्मी २१ बैठक, कसले के भूमिका खेल्यो ?

२९ असोज ०७२ बिहान ७:३०
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष दिनेश थपलियाको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक : वाइडबडी र न्यारोबडी विमान खरिद गर्न अध्ययन गराई विभिन्न विकल्पसहित तीन महिनाभित्र प्रतिवेदन पेस गर्न महाप्रबन्धक कंसाकारलाई जिम्मेवारी ।

२ वैशाख ०७३ साँझ ५:१५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक : सञ्चालक समिति सदस्य सूर्यप्रसाद आचार्यको संयोजकत्वमा वाइडबडी खरिद उपसमिति गठन ।

५ असोज ०७३ साँझ ५:१५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको ...


न्याय दिन ढिलाई गर्दा निर्मलाको परिवारमा झगडा !

काठमाडौं - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तका परिवारलाई सरकारले दिएको राहतमा विवाद भएको छ । निर्मलाको परिवारलाई केन्द्र सरकारले १० लाख, प्रदेश सरकारले ५ लाख र भीमदत्त नगरपालिकाले ३ राहत राहत रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

उनीहरुले हालसम्म राहत बुझेका छैनन् ।, तर बुधबारमात्रै निर्मलाकी आमाले आफ्ना बाँकी दुई छोरीको भविष्यको लागि राहत बुझ्ने बताएकी थिइन् । निर्मलाका बुवा यज्ञराज पन्तले भने सरकारले दिएको राहत रकम बुझे दुर्गादेवीको घरको दैलोमा गएर आत्महत्या गर्ने चेतावनी दिएका छन् । यज्ञराजले ...


सोमबारको मन्त्रिपरिषद्‍ बैठकले गरेका १४ निर्णयहरु !

काठमाडौं - सोमबारको मन्त्रिपरिषद्‍का बैठकका निर्णय सरकारले बिहीबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता
एवम् सूचना प्रविधि तथा संञ्चार मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गरेको हुन्।

मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख १४ निर्णय :

१. नेपाल विशेष सेवा (अठारौं संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ।

२. राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम स्वीकृत गरिएको छ।

३. नेपालगञ्ज (बाँके) रंगशाला परिसरभित्र रहेको दुई कठ्ठा सात धुर जग्गा प्राप्त गर्न राष्ट्रिय खेलकुद परिषद्लाई स्वीकृति दिइएको छ।

४. सात जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा पदोन्नती गरी पदस्थापन गर्ने र १३ ...


इन्डो-प्यासिफिकमा समर्थन खोज्दै नेपाल आइपुग्यो जापान !

काठमाडौं - जापानी विदेशमन्त्री तारो कोनोले नेपाल दक्षिण एसियाको राजधानी भएकोले यस क्षेत्रको राजनीतिक स्थायित्व, शान्ति र समृद्धिमा भूमिका खेल्नसक्ने बताएका छन्। भारतमा उच्चस्तरीय राजनीतिक भेटघाट सकेर बुधबार काठमाडौं ओर्लेका कोनोले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको टोलीसँग दुईपक्षीय वार्ता गरे। चीन र भारतको बीचमा रहेको नेपालले यसक्षेत्रमा भूमिका खेल्नसक्ने अमेरिकी विश्वास र धारणालाई नै बल पुग्नेगरी जापानी मन्त्रीले पनि आफ्नो भनाइ राखे। उनी भारतीय प्रधानन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँग इन्डो प्यासिफिक क्षेत्र र यसको रणनीतिबारे छलफल गरेर काठमाडौं आएका हुन्।

मंगलबार सुरु भएको रायसेना डायलगमा ...


धरहरा बनाउन जनताबाटै पौने दुई अर्ब संकलन !

काठमाडौं - टेलिकम क्षेत्रबाट धरहरा निर्माणका लागि पौने दुई अर्ब रुपैयाँ संकलन भएको छ। भूकम्पले क्षति पुर्‍याएका सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७२/७३ को बजेटमा दूरसञ्चार सेवा दस्तुरको १ प्रतिशत सम्पदा कोषमा जाने उल्लेख थियो। अर्थमन्त्री डा.रामशरण महतले प्रस्तुत गरेको बजेटमा ‘हाम्रो धरोहर–हाम्रै दायित्व’ शीर्षकमा राष्ट्रिय पुनर्निर्माण कोष अन्तर्गत छुट्टै सम्पदा कोष बनाइने उल्लेख थियो।

त्यसअघि दूरसञ्चार सेवा दस्तुरका रूपमा १० प्रतिशतमात्रै बुझाउँदै आएका टेलिकम सेवा प्रदायक कम्पनीले १ प्रतिशत थप गरी ११ प्रतिशत बुझाउँदै आएका थिए। २०७२/७३ देखि आर्थिक वर्ष २०७४/७५ सम्म उक्त कोषमा ...


सप्तकोशीमा चल्यो ‘पानीजहाज’ (फोटो फिचर)

काठमाडौँ - संसद्को हिउँदे अधिवेशनमा केही दिनअघि पानीजहाजको चर्चा चल्यो। सांसद्हरूले प्रधानमन्त्रीलाई पानीजहाजको टिकट कहाँ पाइन्छ ? भनेर व्यंग्य गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘पानीजहाज चढ्नका लागि धैर्य गर्न’ आग्रह गरे।

त्यसो त प्रधानमन्त्री ओलीले दुई वर्षअघि एउटा कार्यक्रममा हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झण्डा गाडेका पानीजहाज चलाउने घोषणा गरेका थिए। गत जेठमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासेको संयोजकत्वमा छ सदस्यीय ‘इन्यान्ड वाटर वे अध्ययन समिति’ पनि बनाएका थिए।
समुद्रमा पानीजहाज चलाउने सरकारको योजनाले त ...


डीएनए परिक्षणका लागि निर्मलाकी आमाले दिइन् रगत

काठमाडौं - कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको शवबाट निकालिएको भनिएको ‘भजाइनल स्वाब’को वैधानिकता जाँच्न उनकी आमाको डीएनए टेष्ट गरिने भएको छ । यसका लागि आमा दुर्गादेवीले महाकाली अञ्चल अस्पतालमा पुगेर रगतको नमुना दिएकी छन् ।

१० साउनमा साथी रोशनी बम कहाँ पढ्न गएकी निर्मलाको शव भोलिपल्ट विहान बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो । घटनामा संलग्न अहिलेसम्म पक्राउ गरेका छैनन् । घटनामा संलग्न रहेको आशंकामा थुप्रै मानिस पक्राउ परेपनि डीएनए टेष्ट नमिलेपछि सबै छुटेका छन् । यसले निर्मलाको शवबाट संकलन गरिएको ‘भजाइनल स्वाब’को वैधानिकतामाथि ...


चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, डा. केसीसँग भएको सहमति लत्त्याइयो !

काठमाडौ - चिकित्सा शिक्षा विधेयक संसद्को बहुमतले पारित गरेको छ। प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको बैठकले नेपाली कांग्रेसको विरोधका बीचमै एकपक्षीय रुपमा बहुमतले विधेयक पारित गरेको हो।

डा. गोविन्द केसीको सहमतिअनुसार उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर समितिले निर्णय गर्न नसक्ने भन्दै नेकपामा सांसदहरुले बहुमत पुर्‍याउँदै विधेयक पारित गरेका हुन्। यसरी विधेयक पारित भएकोमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले फरक मत राखेको छ। समितिको निर्णयप्रति आपत्ति जनाउँदै सांसद गगन थापाले सरकारले धोका दिएको टिप्पणी गरे। ‘हाम्रो अनुभवको आधारमा भन्न सकिन्छ, विधेयकले अस्तव्यस्ततालाई निरन्तरता दिएको छ’, थापाले भने, ‘हिजो अख्तियार ...


न्यायका लागि संयुक्त राष्ट्रसंघ गुहार्दै गंगामाया अधिकारी

काठमाडौं - सत्याग्रही गंगामाया अधिकारीले न्यायका लागि संयुक्त राष्ट्रसंघ (युएन) लाई गुहार्ने भएकी छन्।

छोराको हत्या घटनामा नेपाल सरकारबाट न्याय नपाएपछि उनले यो प्रकरणलाई अन्तर्राष्ट्रियकरण गर्न लागेकी हुन्। अधिकारीले बुधबार दिउँसो ३ बजे नेपालस्थित यूएन आवासीय संयोजक भेलेरी जुलियान्डलाई भेटेर न्यायका लागि अपिल गर्ने कार्यक्रम छ।

अधिकारीले सरकार आफूलाई न्याय दिन अनिच्छुक रहेको र छोराको हत्यारालाई कारबाही गर्न अक्षम रहेको निष्कर्षसहित घटनालाई अन्तर्राष्ट्रियकरण गर्न लागेकी हुन्। अधिकारीले बेलायत भ्रमण गर्ने पनि बताएकी छन्। उनका छोरा कृष्णप्रसादको हत्यामा आरोपी रुद्रप्रसाद आचार्य बेलायतमै लुकेर बसेको चर्चा चल्ने गरेको छ।

गंगामायाले ...


तिन वटा नक्कली नागरिकता बनाएर ४० लाख ठग्ने पक्राउ !

काठमाडौं - काठमाडौं उपत्याकामा ठगी गर्दै हिँड्ने एक जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। ठगिएका व्यापारीहरुले उजुरी गरेका आधारमा प्रहरीले काठमाडौंको टोखाबाट कैलालीका वासुदेव मैनालीलाई पक्राउ गरेको हो।

मैनालीले ठगी गर्नकै लागि ३ वटा नागरिकतासमेत लिएको प्रहरीले जनाएको छ।मैनालीले रामचन्द शर्मा, शिवराम पौडेल र वासुदेव मैनालीका नामबाट ३ ओटा नागरिकता लिएका थिए। ‘व्यापारीलाई ठगी गर्नकै लागि ३ वटा नागरिकता बनाएको देखियो,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले भने।

प्रहरीका अनुसार मैनाली होलसेल पसलमा जान्थे, सामान हेर्थे अनि महँगा सामान किनेर चेक दिँदै हिड्थे। मैनालीले सामान ...


सरकारलाई घाँडो भो बरामद गरेको रक्तचन्दन

काठमाडौं - नेपालमा बरामद भएका रक्तचन्दन भारतले फिर्ता नलगेपछि त्यसको व्यवस्थापनमा समस्या देखिएको छ। प्रहरी र वन विभागले समातेका झण्डै अढाइ लाख किलो रक्तचन्दनको सुरक्षा र व्यवस्थापनमा करोडौं खर्च भइरहेको छ। अवैध तरिकाले भित्रिएका रक्तचन्दन समातिएपछि सम्बन्धित देशमै फिर्ता गर्नुपर्ने प्रावधान छ। त्यसैअनुसार सरकारले पटकपटक ताकेता गरे पनि भारतले लगेको छैन।

बरामद लोपोन्मुख जडीबुटी सम्बन्धित स्थानमै फिर्ता गर्नुपर्ने अन्तर्राष्ट्रिय कानुन र महसन्धिको प्रावधानअनुुसार मन्त्रिपरिषद्ले फिर्ता दिने निर्णय गरेको थियो। फैसला भइसकेका मुद्दाका रक्तचन्दन फिर्ता लैजान भारतलाई पत्राचार गरे पनि नलगेकाले वन विभाग परिसरमै राखिएको विभागको साइटिस ...


कर्मचारीलाई २१ दिनभित्र खटाएको ठाउँ नगए बर्खास्त गर्ने तयारी !

काठमाडौं - खटाएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने तयारी सरकारले गरिरहेको छ। समायोजन ऐनको प्रावधानमा टेकेर पत्र दिएको २१ दिनभित्र तोकिएको ठाउँमा हाजिर नहुने कर्मचारीलाई बर्खास्त गर्ने तयारी गरेको हो। अटेर गर्ने कर्मचारीलाई बर्खास्त गर्ने तयारी भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्न सकिने बताए। ‘चिठी दिएको २१ दिनभित्र तोकिएको ठाउँमा जानुपर्छ, कसैले जान्नँ भन्न पाउँदैन, जान्नँ भन्नेलाई बर्खास्तको बाटो सुरु हुन्छ, उहाँलाई घर पठाइन्छ’, उनले भने ।

अदालतको आदेशबाहेक ...


आयल निगमले चर्को नाफा राखेर इन्धनको मूल्य कम घटाएको खुलासा !

काठमाडौँ - नेपाल आयल निगमले चर्को नाफा राखेर इन्धनको मूल्य कम घटाएको तथ्य फेला परेको छ । निगमले १८ पुसमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर समान २ रुपैयाँ घटाएर पेट्रोल १ सय ८ र डिजेल तथा मट्टीतेल समान ९५ रुपैयाँ प्रतिलिटर मूल्य कायम गरेको छ । उपभोक्ता मूल्य थोरै मात्र घटाएकै कारण निगमले १५ दिनमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा गर्ने भएको हो । १५ दिनमा यति धेरै नाफा कमाउने आयल निगम मुलुककै एक्लो संस्था हो ।

आयल निगमले तेल खरिद गर्ने दर घटेको अनुपातमा नेपाली बजारको ...


प्रहरीले जाडोको लागि ज्याकेट पुषमा माग्यो, बैशाखमा आउने !

काठमाडौँ - देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न थालेका हुन् । तर, प्रधान कार्यालयले पुस दोस्रो हप्ता मात्रै साढे १५ हजार ज्याकेट खरिद गर्न प्रक्रिया अघि बढाएको छ । टेन्डरलगायत सबै प्रक्रिया सकिएर ज्याकेट आउँदा चर्को गर्मी सुरु भइसक्नेछ ।

समयमा खरिद नहुँदा धेरै प्रहरी यस वर्ष पनि माइनस २० डिग्री सेल्सियससम्मको कठ्यांग्रिने जाडोमा ज्याकेट नलगाई ड्युटी गर्न बाध्य छन् । खासगरी नयाँ भर्ना भएका प्रहरीले ज्याकेट पाएका छैनन् । उपत्यकासहित देशैभरिका प्रहरी कार्यालयमा यस्तो समस्या छ । प्रहरीको केन्द्रीय तथा प्रदेशस्तरको भण्डार रित्तो छ ।

प्रहरीको प्रबन्ध ...


टोखामा हिटर पड्किएर घरमा आगलागी

काठमाडौँ - जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालय काठमाडौँले ग्यास जडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको हो । पुसको पहिलो हप्ता हिटरमा जोडेको ग्यास चुहिएर काठमाडौँ कलङ्कीका इञ्जिनीयर दम्पतीको ज्यान गएको घटना सेलाउन नपाउँदै आज बिहान मात्रै काठमाडौँको टोखामा हिटर पड्किएर आगलागी भएको छ ।

टोखा नगरपालिका–११ भण्डारी टोलस्थित मुकुन्दराजप्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर आगालागी हुँदा लत्ताकपडा, टिभी, ग्यास चुलोलगायत सामग्री जल्दा करीब रु दुई लाख बराबरको ...


वैदेशिक रोजगार कार्यालयमा सेवाग्राहीलाई दु:ख दिने सात बिचौलिया पक्राउ

काठमाडौँ - प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई आज नियन्त्रणमा लिएको छ ।

श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको फलाने साँखुका २५ वर्षीय भरत तामाङ, मङ्गलटारका ३७ वर्षीय दिपु शाह र कोशीपारिका ३५ वर्षीय गणेश तामाङ रहेका छन् ।

त्यस्तै भक्तपुर बोडेका ३६ वर्षीय मनुराज न्यौपाने, मोरङको पट्यारीका २४ वर्षीय पुजन राई, बाफलका २० वर्षीय विकल शाही र २६ वर्षीय राजेश तामाङलाई पनि सेवाग्राहीलाई सास्ती दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको ...


मानव तस्करीको अभियोग लागेकी राजदूत लक्की शेर्पाद्वारा राजीनामा

काठमाडौं - मानव तस्करी विवादमा मुछिएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छिन्। उनको आरोपमाथि छानबिन चलिरहेको थियो।

शेर्पाका सवारी चालक वाङ्छु शेर्पाले उनीमाथि मानव बेचविखनमा संलग्न रहेको आरोप लगाएका थिए। शेर्पामाथि सवारी चालक वाङ्छु शेर्पाले आफूलाई अष्ट्रेलिया लैजान राजदूत शेर्पाले रकम लिएको आरोप लगाएका थिए।

सवारी चालकले राजदूत शेर्पामाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्रले उनीमाथि स्पष्टीकरण सोधेको थियो। उनको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले समिति नै गठन गरी छानबिनका लागि उनलाई काठमाडौं बोलाएको थियो।

तर, शेर्पाले आफूविरुद्ध लगाइएको आरोप निराधार रहेको ...


सरकारले किनिदिएको कोटमा यसरि ठाँटिए राउटे !

सुर्खेत - जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेले नसिलाएका सेता कपडाले शरीर ढाक्छन् । यो उनीहरुको पुख्र्यौली चलन हो । तर, तिनै राउटेले पहिलोपटक कोट लगाएका छन् । कोटमा ठाँटिएर फोटोसुट गराएका छन् ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको विशेष पहलमा राउटेले कोट लगाएका हुन्। राउटेहरुलाई पनि आधुनिक समाजसँग नजिक बनाउन मन्त्रालयले कोट लगाइदिएको हो। सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विकेका अनुसार बिस्तारै राउटेहरुलाई घरमा ल्याउन र उनीहरुको जीवनरक्षाका लागि पहिलो चरणमा कोट वितरण गरेको हो।

‘जंगलमा बस्दा स्वास्थ्य उपचार र खानपिनको समस्या हुन्छ’, विकेले भने, ...


राष्ट्रिय गौरवका आयोजनाको 'विरक्त लाग्दो' प्रगति

काठमाडौँ - अन्तर्राष्ट्रिय अभ्यासमा ठूला पूर्वाधार आयोजना निर्माण थाल्नुअघि पूर्वतयारी गरिन्छ र तोकिएको समयमा सम्पन्न गर्ने परिपाटी छ । अधिकांश आयोजना ३ देखि ५ वर्षभित्र सकिन्छ । कारणवश ढिला भए ६ देखि ८ वर्षभित्र पूरा गर्ने प्रचलन छ । तर, नेपालको अनुभव अन्तर्राष्ट्रिय अभ्याससँग मिल्दैन । अधिकांश आयोजनालाई राष्ट्रिय गौरवको नाम दिएर समयमै र तोकिएकै लागतभित्र पूरा गर्ने भनिएको ७ वर्ष पुगिसकेको छ ।

सरकारको सबैभन्दा बढी निगरानी र अनुगमनमा पर्ने गरेका छन् । संसदीय समितिहरूमा धेरैपटक छलफलको एजेन्डा बनेका छन् । सरकारले आयोजनालाई आवश्यक पर्ने स्रोतको सुनिश्चितता गरेको छ । तर, आयोजना पूरा ...


त्रिविले थाल्यो स्ववियु निर्वाचनको तयारी

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ । आगामी फागुनमा स्ववियु निर्वाचन गर्न तयारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि देशभरि रहेका आङ्गिक र सामुदायिक क्याम्पसलाई परिपत्र पठाइसकेकाे छ । परिपत्रमा स्ववियु निर्वाचन भएकाे दुई वर्ष भएकाले पूर्वतयारी गर्न भनिएको छ ।

‘निर्वाचनमा सबै विद्यार्थी सङ्गठनलाई समेट्छौँ,’ थापाले भने । उनले त्रिवि कार्यकारी परिषदकाे बैठकले चाँडै नै निर्वाचन मिति तोक्ने जानकारी गराए । गत निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी ...


राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रेग्मी हटाइए, नयाँ प्रमुखमा गणेश अधिकारी नियुक्त

काठमाडौँ - सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको ठाउँमा एआइजी गणेश अधिकारीलाई नियुक्त गरेको छ ।

बैठकले विभाग सञ्चालनसम्बन्धी विशेष सेवा नियमावलीमा रहेको प्रमुखको पदावधिसम्बन्धी प्रावधान संशोधन गरेर रेग्मीलाई हटाएको हो । नियमावलीमा प्रमुखको पदावधि चार वर्ष हुने व्यवस्था थियो । यसलाई संशोधन गरी तीन वर्ष बनाइएको छ । चारवर्षे पदावधि हुँदा रेग्मी १४ जेठसम्म कायम रहन्थे । नवनियुक्त प्रमुख अधिकारीले सोमबार बेलुका नै पदभार ग्रहण गरेका छन् ।

प्रमुख फेर्ने तयारीबारे गृह मन्त्रालयकै अधिकारीहरूलाईसमेत जानकारी थिएन । रेग्मी सोमबार सुरक्षासम्बन्धी छलफलमा गृहमै थिए । केही ...


गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दावीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

खड्कासहित उनको सम्पत्ति लुकाउनमा संलग्न अन्य केहीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

खड्काले नेपाल बयल निगमकाे कार्यकारी निर्देशक हुँदा र त्यसअघि सरकारी सेवामा रहँदा आफ्नो वैध आय भन्दा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ बढी आर्जन गरेको अख्तियारको ...


वाइडबडी प्रकरण : बहालवालासहित दुई पूर्वमन्त्रीलाई कारबाही गर्न सिफारिस, गृहसचिवलाई क्लिन चिट

काठमाडौं - सार्वजनिक लेखा समितिको बैठकले निगमको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै दुई पूर्वसहित वहालवाला पर्यटनमन्त्रीलाई कारबाही गर्न सिफारिस गरेको छ । समितिको सोमबार बसेको बैठकमा उपससमितिको प्रतिवेदन संशोधन गरेर पेश गरिएको थियो । बहालवाला मन्त्री रविन्द्र अधिकारीले आफ्नो कुनै गल्ती नभएको प्रष्टिकरण दिएको केहीसमयपछि नै समितिले बहालसहित दुई पूर्व मन्त्रीलाई कारबाही गर्न सिफारिस गरेको हो ।

समितिको सोमबार बसेको बैठकमा उपससमितिको प्रतिवेदन संशोधन गरेर पेश गरिएको थियो । जसमा ‘महालेखा परीक्षकको प्रतिवेदनको सम्परीक्षण र बेरुजु फस्र्यौट गर्ने विम्मा लेखा उत्तरदायी अधिकृतका रुपमा मन्त्रालयका सचिवको ...


सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस नवलपुरमा दुर्घटना

नवलपरासी - पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिका–११, बाहुनेकुनामा आज बिहान बस पल्टिँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।

सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ५ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका सबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी कालीकोट मानमा खर्चना गाउँपालिका दुई बस्ने ५० वर्षीय धर्मबहादुर शाही गम्भीर घाइते ...


अनुमान र पूर्वाग्रहका आधारमा मेरो नाम जोडियो :  मन्त्री अधिकारी

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले अनुमान र पूर्वाग्रहका आधारमा वाइडबडी विमान खरिदमा आफ्नो नाम जोडेको दाबी गरेका छन् । उनले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी नेपाल बायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाज खरिदमा आफूले काुनन बमोजिम काम गरेको र त्यसमा भनिएको भ्रष्टाचारमा आफ्नो संलग्नता नरहेको दावी समेत गरेका छन् ।

मन्त्री अधिकारीले वाइडबडी खरिद प्रकरणमा उठेका प्रश्नहरुको निश्पक्ष छानविन गर्न पनि आग्रह गर्दै त्यसमा अफ्नोतर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धता गरे ।

पत्रकार सम्मेलनमा उनलेले अनुसन्धानका क्रममा मन्त्रालयका कोही कर्मचारी दोषी ...


गायिका विष्णु माझी स्याङ्जामा सार्वजनिक, लुकेर बस्नुको कारण यस्तो रहेछ !

स्याङ्जा - आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो र‌ंगको ओभर कोट लगाएकी, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा बेरेको, कालै माक्स लगाएकी एक महिला निस्किइन् ।

आइतबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा आइपुगेकी लोक तथा दोहोरी गायिका विष्णु माझी । उनी श्रीमान् सुन्दरमणी अधिकारीसँगै ट्याक्सीमा आएकी हुन् । तर, दुवै जनाले पत्रकारसँग कुरा गर्न र फोटो खिचाउन मानेनन् ।

दुवै जना प्रहरी प्रमुखको कार्यकक्ष ...


हुम्लामा भारी हिमपात हुँदा स्थानिय जनजीवन प्रभावित !

हुम्ला - आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ ।

हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार रातिदेखि अझै निरन्तर परेपछि अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ ।

हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनस झरेको छ । आइतबार रातिदेखि निरन्तर परेको हिमपातले ...


जेल छोडेर किन घर जानै मान्दैनन नेपालगञ्जका कैदी !

नेपालगन्ज - अपराध कर्म गर्नेहरु जेल पर्छन् । अपवादका रुपमा केही परिबन्धमा परेर जेल पुग्छन् । जेल पर्नु कदापी राम्रो मानिँदैन । जेललाई सुधार गृह पनि भन्ने गरिन्छ । एकपटक जेल पुगेकाहरु फेरि त्यहाँ नपुगुन् भनिन्छ । नेपालगञ्ज कारागार (जेल) मा भने केही यस्ता व्यक्ति छन् । जो छुटेको महिना, दुई महिनामा फेरि जेल फर्किन्छन् । सहायक जेलर श्याम लामिछाने भन्छन, ‘जितबहादुर भण्डारी नाम गरेका व्यक्ति साउन यता तीनपटक जेल आइसके । अर्का सुनिल भण्डारी, गोली मिठाई र उदयलाल देवकोटा कारागारका नियमित सदस्यजस्तै छन् ।’ ...


सर्वोच्चमा चार न्यायाधीशको पद रिक्त

काठमाडौं - सर्वोच्च अदालतकामा चार न्यायाधीशको पद रिक्त भएको छ । सर्बोच्च अदालतका न्यायाधीश सारदाप्रसाद घिमिरेले अवकाश पाएसँगै ६५ वर्षे उमेर हदका कारण शुक्रबारबाट अवकाश पाएका हुन् ।

घिमिरेभन्दा पहिला १७ पुसमा प्रधानन्यायाधीशको पदबाट ओमप्रकाश मिश्रले अवकाश पाएका थिए । त्योभन्दा अघि सुशीला कार्की र गोपाल पराजुलीले पनि अवकाश पाइसकेका छन् ।

पौडेलले न्यायाधीश पदबाट अवकाश पाएका थिए भने पराजुलीले प्रधानन्यायाधीशबाट राजीनामा दिएका थिए ।

...

...

प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिएपछि संसदमा लफडावाजी !

काठमाडौं - संसदमा सार्वजनिक मन्तव्य दिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नपाएपछि विपक्षी सांसदहरुले लफडा गरेका छन् । यो सँगै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक १५ मिनेटकोलागि स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिइएको भन्दै रोष्टम घेराउ गरेका हुन् ।

सार्वजनिक महत्वको बिषयमा प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्ने विपक्षीहरुको माग थियो । कांग्रेस सांसदको विरोधपछि सभामुखले सिमित सदस्यलाई प्रश्न गर्न समय दिएका थिए । तर कांग्रेसका सांसद मिनेन्द्र रिजालले सिमित समय नराख्न ध्यानाकर्षण गराएका थिए । कांग्रेसका ...


दीपक मनाङेको शपथ यसकारण नहुने भयो !

पोखरा - राजीव गुरुङ ऊर्फ दीपक मनाङेले प्रदेशसभा सदस्यको सपथ लिन नपाउने भएका छन् । ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेका मनाङेको सपथ रोकिएको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए।

आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख दलका नेताहरुले मनाङेलाई शपथ गराउनु गैर कानुनी भएको जिकिर गरेपछि सपथ रोक्ने निर्णय गरेको अधिकारीले जानकारी दिए। त्यसअघि सभामुखले प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेसँग परामर्श लिएका थिए।

मनाङेसहितका पाँचजनाविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो।

 

...

लोकसेवाको अधिकारमा कटौती !

काठमाडौं - संवैधानिक अधिकार कटौती गरी कानुन संशोधन तयारीप्रति लोकसेवा आयोगका पदाधिकारी असन्तुष्ट बनेका छन्। लोकसेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सरकारले प्रशासनिक र वित्तीय अधिकार कटौती गरेको अध्यक्ष उमेशप्रसाद मैनालीको भनाइ छ।

उनका अनुसार संवैधानिक अंगका रूपमा स्वायत्तताको अधिकारसमेत सरकारले लिएको छ। बाधाअडकाउ फुकाउ विशेषाधिकार खोसिएको छ। ‘दुईतिहाइ सरकारले लोकसेवालाई अझ शक्तिशाली बनाउला भन्ने विश्वास थियो’, उनले भने, ‘संवैधानिक अंगको स्वायत्तता नै खोसिएकोमा छक्क परेका छौं।’

विधेयक सच्याउन आग्रह गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरिएको उनले सुनाए। ‘सरकारले त आयोगको अधिकार खोसिसक्यो। अब ...


समायोजित कर्मचारी अब अर्को प्रदेशमा सरूवा हुन सक्ने !

काठमाडौं - प्रदेश या स्थानीय तहमा समायोजित कर्मचारी अब एक प्रदेशबाट अर्को प्रदेशमा या एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा हुन पाउने भएका छन्। सरकार र आधिकारिक ट्रेड युनियनबीच बिहीबार राति भएको नौबुँदे सहमतिमा त्यस्तो उल्लेख छ।

सोही सहमतिबमोजिम सरुवा हुन पाउनेगरी कानुनी व्यवस्था मिलाउन आधिकारिक ट्रेड युनियनसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिबद्धता जनाएको हो। तर एक प्रदेश या स्थानीय तहबाट अर्को प्रदेश या स्थानीय तहमा सरुवा हुँदा सम्बन्धित दुई प्रदेश या स्थानीय तहको सहमति आवश्यक पर्ने जनाइएको छ। सम्बन्धित कर्मचारीको स्थायी ठेगानाका ...


भिभिआइपीका लागि थप चार महँगा हेलिकोप्टर खरिद गर्दै सरकार !

काठमाडौं - नेपाली सेनाले भिभिआइपी (विशिष्ट) का लागि चारवटा महँगा हेलिकोप्टर खरिद गर्ने भएको छ। सेनाले अघि बढाएको दीर्घकालीन हवाई योजनाअन्तर्गत २०८२ सम्म चारवटा हेलिकोप्टर खरिद गर्ने लक्ष्य राखेको छ। तीमध्ये एउटा अगस्टा वेस्टल्यान्ड काठमाडौं आइसकेको छ। डेढ अर्बभन्दा बढी मूल्यको उक्त हेलिकोप्टर कम्पनीले सेनालाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ। बाँकी तीनमा एउटा अगस्टा र दुइटा बेल रहेको सेनाले जनाएको छ।

विशिष्ट सेवाका लागि प्रयोग हुने चारवटै हेलिकोप्टर एयर बेसअन्तर्गत विशिष्ट उडान सेवाका लागि काठमाडौंमा रहने सेनाले जनाएको छ। ती हेलिकोप्टर विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख तथा ...


मापदण्ड नपुगेका कम्पनीका औषधि छ्याप्छ्याप्ती बजारमा !

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ।

जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको सुझाव छ। त्यसैले जिएमपी मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीले उत्पादन गरेका औषधि बिक्रीवितरणमा रोक लगाउनुपर्ने उनीहरूले बताएका छन्। बजारमा अहिले जिएमपी मापदण्ड पुग्न नसकेर नवीकरण हुन नसकेका २० भन्दा बढी कम्पनीका औषधि बिक्री भइरहेको छ।

देउराली जनता फर्मास्युटिकल्स प्रालि (डिजेपिएल) को डब्लुएचओको ...


कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढिसक्यो : प्रधानमन्त्री

मिक्लाजुङ - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् ।

पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताए ।

“मेचीदेखि महाकालीसम्म सबैतिर सुगम सडक पुग्दैछ, बिजुलीबाट मुलुक उज्यालो बन्दैछ”, प्रधानमन्त्री ओलीले भने, “सबै जिल्लालाई सडक सञ्जालले जोडिसकेपछि गाउँगाउँसम्म सुगम सडक बनाउने अभियान अघि बढाइन्छ ।” निरक्षरताको अन्त्य गर्ने कार्यक्रम विस्तार भइरहेको छ भन्दै प्रधानमन्त्री ओलीले ...


वायुसेवाका सुगतरत्न कंसाकारलाई कालोमोसो !

काठमाडौं - नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो ।

वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारसि गरेको थियो ।

...

राम बहादुर बमजनको आश्रममा प्रहरीको छापा !

काठमाडौं - शुक्रबार विहान प्रहरीको ठुलो दलबल सहित राम बहादुर बमजनको सिन्धुपोल्चोक आश्रममा प्रहरीले छापा मारेको छ ।

सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीको नेतृत्वमा छापा मार्न गएको टोलीमा फोरेन्शिक विशेषज्ञसहित सिआइबिको टोली समेत संलग्न रहेको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार बमजनको आश्रमबाट केही अनुयायीहरु बेपत्ता भएको उजुरीको आधारमा प्रहरीले छापा मारेको हो ।

सिन्धुपाल्चोक आश्रममा उनका अनुयायी सञ्चलाल वाइवाको हत्या गरी बमजन आश्रमभित्रै गाडिएको आशंका प्रहरीले गरेको छ ।

...

पत्रकार रवि लामिछानेको डिभोर्स ! रुँदै भने : 'दुनियाँको घर मिलाएँ, आफ्नै मिलाउन सकिनँ'

काठमाडौं - ‘भाइरल’ टेलिभिजन प्रस्तोता रवि लामिछानेले विवाहको करिब २५ वर्षपछि पत्नी ईशासँगको वैहाविक सम्बन्ध तोडेका छन् । दुई छोरीलाई जन्म दिएकी ईशासँग रविले केही दिनअघि डिभोर्स गरेका हुन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविले बताएका छन् । रविले इशासँगको डिभोर्सको कारण भने खुलाउन चाहेका छैनन् । रविसँग डिभोर्स गरेर इशा अमेरिका फर्किसकेकी छिन् ।

तर, इशासँग डिभोर्सअघि नै एक विदेशीसँग सम्बन्ध बनाएर रविले एक सन्तानसमेत जन्माइसकेका छन् । यो तथ्य रवि स्वयंले स्विकार गरेका छन् । ‘उनको र मेरो बाटो अलग भएको धेरै वर्ष ...


विकास खर्च कटौती गरेर सवारीसाधन खरिद गर्दै प्युठानका जनप्रतिनिधि

प्युठान - विकास खर्च कटौती गरेर प्युठानका जनप्रतिनिधिले सवारीसाधन खरिद गर्न थालेका छन् । उनीहरूले नगरपालिका मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा सबै वडाध्यक्षका लागि सवारीसाधन खरिद गरेका छन् । प्युठानका ऐरावती र झिमरुक गाउँपालिकाले मात्रै सवारीसाधन खरिद गरेका छैनन् । अन्य सातै स्थानीय सरकारले मेयर–उपमेयर तथा अध्यक्ष–उपाध्यक्षका लागि स्कारपियो खरिद गरेका छन् । त्यस्तै, नगरपालिका र गाउँपालिकाले सबै वडाध्यक्षका लागि महँगा मोटरसाइकल खरिद गरेका छन् । प्युठान नगरपालिकाले स्थानीय तहको निर्वाचनअघि नै करिब ४० लाखमा स्कारपियो खरिद गरेको थियो । मेयर अर्जुनकुमार ...


शपथ लिएका चौधरी छातीमा सांसदको लोगो भिरेर जेलमै फिर्ता

काठमाडौँ - कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रेशम चौधरीले चुनाव जितेको एक वर्षपछि पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) सांसद चौधरीलाई बिहीबार सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित संसद् सचिवालय शपथ खुवाएका हुन् ।

प्रहरीको पहरामा सांसदको शपथ लिन सिंहदरबार पुगेका चौधरी थारू संस्कृति झल्किने पोसाकसँगै ढाका टोपी र कालो चस्मामा ठाँटिएका थिए । उनले थारू भाषामै शपथ खाए ।

थरुहट आन्दोलनका क्रममा ७ भदौ ०७२ मा टीकापुरमा भएको आठजनाको हत्या घटनामा जिल्ला अदालत कैलालीले चौधरीलाई मुख्य दोषी ठहर गरेपछि उनको शपथ रोकिएको थियो । ...


सार्वजनिक बिदा १३ दिन बढाउने तयारी, कुन-कुन दिनलाई तोकियो ?

काठमाडौँ - सरकारले राष्ट्रिय बिदा बढाउने भएको छ । विभिन्न समुदायको दबाबपछि सरकारले अर्काे वर्षदेखि लागू हुने गरी बिदा बढाउन लागेको हो । राष्ट्रिय बिदा पुनरावलोकनका लागि मन्त्रिपरिषद्ले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गठन गरेको समितिले १३ दिन बिदा बढाउन प्रस्ताव गरेको छ । गृह मन्त्रालयका अनुसार वैशाख पूर्णिमामा मनाइने उँभौली र मंसिर पूर्णिमामा मनाइने उँधौलीमा बिदा दिन प्रस्ताव गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ र किरात समन्वय समितिको सिफारिसमा दुई दिन बिदा दिन लागिएको हो । राष्ट्रिय मुस्लिम गठबन्धनको सिफारिसमा इदुल फित्र, नेपाल मुस्लिम संघको सिफारिसमा बकर–इद र ...


राणा प्रधानन्यायाधीश बनेपछि सर्वोच्चमा भूमिकाविहीन बनाइए जोशी !

काठमाडौँ - न्यायपरिषद्ले न्यायाधीश दीपकराज जोशीलाई भूमिकाविहीन बनाएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बसेको परिषद् बैठकले जोशीलाई वरिष्ठतम न्यायाधीशको वरीयताबाट हटाएर दीपककुमार कार्कीलाई ल्याएको छ ।

जोशी वरिष्ठतम न्यायाधीशका रूपमा अहिलेसम्म सर्वोच्चको १ नम्बर चेम्बरको इलजासमा बस्थे । बुधबार पदभार ग्रहणसँगै घोषणा गरेअनुसार प्रधानन्यायाधीश राणाले जोशीलाई इजलास पनि तोकेका छैनन् ।

बिहीबारको न्यायपरिषद् बैठकले जोशीलाई संवैधानिक इजलासमा समेत राखेन । सर्वोच्चका पाँच वरिष्ठ न्यायाधीशको संवैधानिक इजलास पुनर्गठन गर्दै प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीलाई राखिएको छ । राजीनामा दिएर बाटो खुला गर्न बुधबारै ...


टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले सपथ लिए !

काठमाडौं - कैलालीको टीकापुर घटनाका अभियुक्त भएको अभियोगमा पूर्पक्षका लागी थुनामा रहेका रेशम चौधरीले सांसद पदको सपथ लिएका छन् ।

डिल्ली बजार कारागारमा रहेका चैधरीलाई सपथका लागी सिंहदरबार पुर्याइएको थियो ।

कैलाली जिल्ला अदालतमा मुद्दा विचाराधिन रहेका चौधरी फरार अवस्थामै कैलाली १ बाट चुनाव लडेर विजयी भएका थिए ।

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सपथ ख्वाएका थिए ।

सपथ समारोहमा नेकपाका नेता सुवास नेम्वाङ, राष्ट्रिय जनता पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । सपथ लगत्तै चौधरीालई डिल्लीबजार कारागार चलान गरिएको छ ।

...

राष्ट्रपतिले हेलिकप्टरबाटै अवलोकन गरिन् देशको कृषि अवस्था !

बिर्तामोड - बुधबार झापा आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको कृषि परियोजनालाई हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी छन् ।

गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्तीत एक सय बिघा जमिनमा सञ्चालित नमुना कृषि परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको छ ।

राष्ट्रपति भण्डारीले बुधबार दिउसो उक्त परियोजनाको हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी हुन् । शिवसताक्षी नगरपालिका–४ स्थित चन्द्रडाँगी कृषि फार्मको भने उनले स्थलगत अवलोकन गरिन् । कृषि फार्म ८४ बिघा क्षेत्रफलमा फैलिएको छ । फार्मलाई कृषि विश्वविद्यालय बनाउने पहल भइरहेका बेला राष्ट्रपति भण्डारीले ...


न्यायाधिश जोशीले किन छोड्दैनन् सर्वोच्च ?

काठमाडौं - प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली बाहिरिएपछि सर्वोच्च अदालतमा दीपकराज जोशीका दिन सकसपूर्ण रहे। पहिले कायममुकायम प्रधानन्यायाधीश र अहिले वरिष्ठतम न्यायाधीश उनको समय किचलो रहित हुन सकेन।

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले जोशीलाई पेशी नतोक्ने बताएका छन्। बुधबार नै पदबहाली गरेका राणाले संसदीय समितिको सम्मानको लागि आफूले 'कठोर र गम्भीर निर्णय लिएको' बताए। 'उहाँलाई (जोशी) पेशी तोक्दिनँ। उहाँले स्वभाविक रुपमा बाहिरिनु विकल्प हुनसक्छ। जनआस्था वृद्धि गर्न हामी न्यायाधीश बाटो लाग्न पनि तयार हुनुपर्छ', अन्नपूर्णले गरेको प्रश्नको जवाफमा प्रधानन्यायाधीश राणाले भने।

गत वर्ष फागुन मसान्तदेखि जोशी कामु प्रधानन्यायाधीश भएका थिए। ...


वाइडबडी प्रकरण : समितिको अन्तिम निर्णय कुर्दै नेकपा

काठमाडौं - सत्तारुढ नेकपाले वाइडबडी प्रकरणमा संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले ल्याएको प्रतिवेदनमा समितिको अन्तिम निर्णय र त्यसपछि आउने प्रतिवेदन अध्ययनपछि मात्र आफनो धारणा सार्वजनिक गर्ने भएको छ। वाइडबडी अध्ययन अनुसन्धान गर्न गठित उपसमितिले बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई समेत दोषी ठहर्‍याउँदै कारवाही सिफारस गरेको छ।

‘उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनका विषयमा पार्टीभित्र छलफल भएको छैन। औपचारिक धारणा बनेको छैन। उपसमितिले अहिले प्रतिवेदन समितिलाई बुझाएको छ। समितिले त्यसलाई कुन रुपमा लिएर अन्तिम निर्णय लिन्छ, हामी त्यसलाई हेरिरहेका छौं,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग ...


राज्यको सवा ४ अर्ब नोक्सान भएको ठहर : मन्त्री, सचिव र कर्मचारीलाई कारवाही सिफारिस

काठमाडौं - नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान भित्र्याउँदा चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ नोक्सान भएको संसदीय समितिले ठहर गरेको छ। सार्वजनिक लेखा समितिअन्तर्गत गठित उपसमितिले बुधबार समितिलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनले वर्तमान सटही दर अनुसार उक्त रकम नोक्सानी भएको पुष्टि गरेको छ। विमान खरिद प्रक्रियामा संग्लग्न भई नोक्सान पुर्‍याउने व्यक्तिलाई कारवाही गर्न सिफारिस पनि गरिएको छ।

प्रतिवेदनअनुसार विमानको लागत अनुमान र खरिद मूल्यमा भएको अनियमिततामा दुई करोड ३६ लाख अमेरिकी डलर, कबोल गरिएको मूल्यमा वृद्धि गरेर भुक्तानी गर्दा ६८ लाख डलर नोक्सान भएको ...


प्रधानन्यायाधीश जबराद्वारा पदभार ग्रहण

काठमाडौँ - नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबहाली गरेका छन् । शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि जबराले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई सर्वोच्चमा न्यायाधीश, कर्मचारीलगायतले स्वागत गरेका थिए ।

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ लिएका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराएकि हुन्।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको ...


कर्मचारी समायोजन अध्यादेश पारित

काठमाडौँ - कर्मचारी समायोजन अध्यादेश प्रतिनिधिसभाबाट पारित भएको छ । प्रमुख विपक्षी दल कांग्रेससहित केही विपक्षी सांसदको असहमतिका बाबजुद सरकारले पेस गरेको अध्यादेश बहुमतबाट पारित भएको हो । कांग्रेस सांसद गगन थापा र नेमकिपा सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए । अध्यादेशलाई अस्वीकार गर्ने प्रस्ताव प्रस्तुत गर्दै कांग्रेस सांसद थापाले निजामती ऐनविपरीत सरकारले अध्यादेश ल्याएको बताए ।

कर्मचारीलाई थिलथिलो बनाइएको भन्दै उनले कर्मचारीको समायोजन गरेर प्राप्त गर्न खोजिएको उद्देश्यमाथि नै कुठाराघात भएको बताए । ‘यो संघीयताको मर्म प्रतिकूल पनि छ,’ थापाले भने । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ...


भारतमा इन्धनको मूल्य घटेको घट्यै, यता नेपालमा बढेको बढ्यै !

काठमाडौँ - कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । जसकारण नेपालले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पछिल्लो एक वर्षमा सबैभन्दा कम मूल्य निर्धारण गरी भारतमा पेट्रोल, डिजेल बिक्री गरिरहेको छ । आइओसीले सोमबार पेट्रोलमा २८ पैसा र डिजेलमा २३ पैसा मूल्य घटाएर दिल्लीमा प्रतिलिटर पेट्रोल ६८.८४ भारु र डिजेल ६२.८६ भारु निर्धारण गरेको छ । यो सन् २०१८ को सबैभन्दा कम मूल्य हो । भारतमा मूल्य घटेसँगै अब नेपाल र भारतको इन्धन मूल्य पनि बराबरी भएको छ । यसअघि भारतीय बजारमा इन्धनको भाउ सस्तो हुँदा तराईका ...


ईपीजीको प्रतिवेदनमा भारतको असन्तुष्टि : सिमा नियमनमा थप छलफल खोज्दै !

काठमाडौं - नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले प्रतिवेदन तयार पारेका ६ महिना पुगिसकेको छ। तर, भारतको कूटनीतिक संयन्त्र र सुरक्षा निकायको आपत्तिका कारण प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझेका छैनन्।

‘भारतीय प्रधानमन्त्रीलाई सल्लाह दिने निकाय (कूटनीतिक संयन्त्र र सुरक्षा निकाय) असन्तुष्ट भएका कारण ईपीजीको प्रतिवेदन बुझ्न ढिलाइ भएको हो,’ नयाँ दिल्लीस्थित नेपाली दूतावास उच्च स्रोतले मंगलबार अन्नपूर्णसँग भन्यो, ‘हामीले यसबारे परराष्ट्र मन्त्रालय र ईपीजी टोलीलाई स्पष्ट जानकारी दिइसकेका छौं।’

खासगरी प्रतिवेदनमा उल्लिखित सीमा नियमनका प्रावधानबारे भारतीय सुरक्षा संयन्त्र असहमत भएको हो। सीमाबारे भारततर्फका सदस्य बीसी उप्रेतीले नै ...


डा. गोविन्द केसी किन गए सुटुक्क इलामतिर ?

काठमाडौं - चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्नेलगायतका माग राखेका डा. गोविन्द केसीले इलामबाट अनशन सुरु गर्ने भएका छन। सोहौं पटकको अनशनका लागि उनी मंगलबार बिहान सुटुक्क इलाम पुगेका हुन्।

डा. अभिषेक राज सिंहले ट्विट गर्दै यसपटकको लडाईं इलामबाट लड्ने जनाएका छन्। ट्वीटमा उनले लेखेका छन्, ‘आशा छ, सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन हुने छ।’

१५ औं सत्याग्रहका बेला गत साउन १० गते सरकार र डा. केसीबीच सम्झौता भएको थियो। चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने क्रममा विगतमा गरिएका सम्झौता उल्लंघन गर्ने चलखेल भए कुनै ...


सहमतिका आधारमा प्रदेश ५ को राजधानीको टुङ्गो लगाइन्छ : सभामुख

काठमाडौं - प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानीको टुङ्गो लगाउनुपर्ने बताएका छन् ।

राजधानी हचुवाको भरमा तोक्ने विषय नभएको बताउँदै उनले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउने विषय महत्वपूर्ण भएको बताए । रिपोटर्स क्लब प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा सभामुख घर्तीले प्रदेशको राजधानी प्रदेशका सबै जनताको भवना बुझेर तय गर्नुपर्ने बताए ।

प्रतिपक्ष दलको विरोध र सत्ता पक्षकै सांसदले गुनासो गरेको कारण स्थायी राजधानी र नामाकरण गर्न विशेष समिति बनाइएको बताउँदै प्रदेशका सबै सांसदले आफ्नो तहभन्दा माथि ...


संसदमा चोलेन्द्रको जवाफ : म्यारिजलाई बौद्धिक खेल भन्ने शब्द फैसलाको होइन, पत्रकारको हो !

काठमाडौं - प्रधानन्यायाधीशका लागि सिफारिश चोलेन्द्र शमशेर जबराले संसदीय सुनुवाइ समितिमा आफुविरुद्ध परेका उजुरीको खण्डन गर्दै आफ्ना कुनै पनि निर्णय बद्नियतपूर्ण नभएको जिकिर गरेका छन् ।

मंगलबार सिंहदरबारमा भएको सुनुवाइका क्रममा जबराले आफूविरूद्ध परेका उजुरी र सांसदहरूले सोधेका प्रश्नको जवाफ दिए । उनले न्यायालयबारे नागरिकमा रहेका गुनासा र जिज्ञासालाई आफूले तयार पारेको कार्ययोजनाले सम्बोधन गर्ने बताए ।

आफूविरूद्ध परेका उजुरी सहृदयताका साथ लिने उल्लेख गर्दै उनले आफूले ऐन र कानुन बमोजिममात्रै फैसला गरेको दाबी गरे।

‘जति पनि उजुरी आएका छन् । तिनलाई सहृदयताका साथ लिन्छु,यसबाट मलाई आफैलाई परिमार्जन ...


चोलेन्द्रशम्शेर प्रधानन्यायाधीशका लागि सर्वसम्मत अनुमोदित

काठमाडौं - संसदको सार्वजनिक सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सुनुवाई सकिएलगत्तै उनलाई सर्वोच्चको प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत रुपमा अनुमोदित गरेको छ। उनले सुनुवाईका क्रममा समितिका सदस्य सांसदहरुले गरेका प्रश्न तथा उनीमाथि लगाइएका आरोप तथा उजुरीहरुबारे आफ्नो प्रतिक्रिया दिएका थिए ।

सुनुवाईकै क्रममा उनले समितिका सदस्यहरुलाई आस्वस्त पार्न भने, ‘आफैंले आफ्नो अनुहार कोतरेर घाउ बनाएर जाने छैन ।’

समितिबाट अस्वीकृत न्यायाधीश दीपकराज जोशीले जाथाभावी आदेश गरेको भन्दै योगेश भट्टराईले उठाएको प्रश्नको जवाफ दिँदै उनले संसदीय समितिका यसअघिको निर्णयलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। यस्तै जुवा, प्रेरणा ...


वाइडबडी खरिद प्रकरण : संसदीय समिति गठन गर्न माग

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद डा अमरेशकुमार सिंहले सरकारले दुईवटा वाइडबडी विमान खरीद गर्दा सार्वजनिक खरीद ऐन र नियमावलीका प्रावधानको पालना नगरेको आरोप लगाएका छन्।

उनले वाइडबडी विमान खरिद गर्दा सम्झौता भएको कम्पनी एक महीनापछि मात्र दर्ता भएको प्रमाण फेला परेकाले संसदीय समिति गठन गरी छानबिन गर्न माग गरे ।

सांसद पम्फा भुसालले कर्मचारीले खटाएको स्थानमा जानुपर्ने उल्लेख गर्दै वृत्ति विकासमा असर पर्ने गरी गरिएको व्यवस्था संशोधन गर्न माग गरे । सांसद विमलप्रसाद श्रीवास्तवले स्थानीय तहका कर्मचारीलाई पन्छाएर विकास निर्माणका काम हुन ...


फेरी अनसन बस्ने डा. केसीको तयारी, यस्ता छन् माग !

काठमाडौँ - डा. गोविन्द केसीले आफुनो माग पुरा नभए बुधबादेखि १६ औँ अनसनमा बस्ने भएका छन् । सहमति कार्यन्वयनका लागि सरकारलाई दोस्रो पटक पुस १७ गतेको समयसीमा दिइएको थियो तर माग सम्बोधन गर्नेतर्फ सरकार नलागेकाले भोलिदेखि डा. केसीले अनसन सुरु गर्ने स्रोतले बताएको छ

१५ औँ अनसन तोडिएको ५ महिना बितिसक्दा पनि सरकारसँग भएका सहमति कार्यान्वयन नभएपछि डा. केसी अनसनको तयारीमा लागेका हुन् । डा. केसीले मङ्सिर १० गते पत्रकार सम्मेलन गर्दै पुस २ गते सम्म सरकारलाई सहमति कार्यान्वयन गर्न अल्टिमेटम दिएका थिए ।

के छन् डाक्टर ...


समायोजनमा नगई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने तयारी !

काठमाडौँ - सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजनमा नगई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अध्यादेश अनुसार समायोजन नभई आन्दोलन गर्ने कर्मचारीलाई कारवाही गर्ने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए ।

उनका अनुसार आन्दोलन गर्ने कर्मचारीलाई ‘निजामति सेवा ऐन–२०४९’ अनुसार आचरण र अनुशासन पालना नगरेको भन्दै कारवाही गर्ने भएको हो । कर्मचारी समायोजन गर्न ल्याइएको अध्यादेश अनुसार समायोजनमा नगएर दैनिकजसो सिंहदरबारभित्र कर्मचारीले सरकार विरुद्ध आन्दोलन गर्न थालेपछि मन्त्रालयले कारवाहीको प्रक्रिया अगाडि बढाएको हो ...


नेपाल प्रहरीको हाइटी मिसन बन्द हुँदै

काठमाडौँ - नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको छ । हाल हाइटीमा खटिएको फम्र्ड पुलिस युनिट (एफपियू) को टोली नै अन्तिम हुने जानकारी राष्ट्रसंघले नेपाल प्रहरीलाई गराएको छ । प्रहरीले बन्दोबस्तीका सामान फिर्ताका लागि तयारीसमेत थालिसकेको छ । साथै हाइटी मिसनका लागि अघि बढाइएको नाम छनोट प्रक्रियासमेत रोकिएको छ । हाल हाइटीको एफपियू मिसनमा १ सय ४० प्रहरी खटिएका छन् ।

हाइटीमा द्वन्द्व समाधानउन्मुख भएकाले राष्ट्रसंघले शान्ति सेनालाई कटौती गर्दै लगेको हो । सोहीअनुसार यसअघि नै ‘अनपोल मिसन’अन्तर्गत कोटा कटौती भइसकेको छ । क्यारेबियन देश हाइटीमा सन् २००४ ...


देश विकासका बाधक 'पप्पु', इआरएमसीको नियति पनि उस्तै !

काठमाडौँ - शिवाखोला २६.९५ मेगावाट जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययनको जिम्मा विद्युत् विकास विभागले इन्भाइरोमेन्ट एन्ड रिसर्च म्यानेजमेन्ट कन्सल्ट्यान्ट (इआरएमसी) र हाइड्रो कन्सल्टको जोइन्ट भेन्चरलाई दियो । ३० असार ०७४ मा सक्ने गरी २ वर्षको समय दिएर ३१ असार ०७२ मा सम्झौता गरिएको थियो । तर, समयमा काम नसकेपछि अध्ययनका लागि अझ डेढ वर्ष समय थप गरी २९ मंसिर ०७५ सम्म पु-याइयो । तर, फेरि पनि काम सकेको छैन । अझै म्याद थपका लागि कम्पनीले विभागमा आवेदन दिएको छ ।

विद्युत् विकास विभागले एउटा छुट्टै सहायक कम्पनी स्थापना गरी २० मेगावाट ...


संसदमा प्रस्तावित प्रधानन्यायाधीशलाइ १२ प्रश्न : जवाफ दिन पाएनन् !

१२ सांसदका प्रश्न: जबराले प्रश्न टिपे, जवाफ दिन पाएनन्

योगेश भट्टराई
यतिवेला अदालत, संसद्, पुलिसलगायत सबैलाई बदनाम गर्ने गरी सुनियोजित रूपमा हावा चलिरहेको छ । न्यायालयको खस्कँदो गरिमा कसरी माथि उठाउनुहुन्छ ? राज्यलाई आर्थिक रूपमा धेरै नोक्सानी हुने गरी न्यायालयबाट अन्तरिम आदेश किन भइरहेको छ ? अदालतका निर्णयबाट सार्वजनिक सम्पत्तिको किन नोक्सानी भइरहेको छ ?
शिवकुमार मण्डल
तपाईं ब्ल्याकमेलिङबाट न्यायालय प्रवेश गरेको भन्ने उजुरी परेको छ । म्यारिज (तास)लाई बौद्धिक मनोरञ्जनको खेल भनेर किन फैसला गर्नुभयो ? तपाईंले प्रधानन्यायाधीशले तोकेको इजलास नै बहिष्कार गर्नुभएको थियो । अब तपाईं प्रधानन्यायाधीश ...


आफु निलम्बनमा नपरेको सांसद रौनियारको दावी

वीरगन्ज – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय समाजवादी फोरमका हरिनारायण रौनियार सांसद पदबाट निलम्बनमा नपरेको दाबी गरेका छन्।

आइतबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले रौनियार निलम्बनमा परेको भन्ने हल्ला निराधार रहेको दाबी गर्दै मंगलबारदेखि उनी संसदमा उपस्थित हुने बताएका हुन्।

पप्पु कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका रौनियारविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेपछि उनलाई संसद सचिवालयले पदबाट निलम्बन गरेको भनिएको थियो। रौनियार निलम्बनमा परेको भनिएकै कारण पर्सा क्षेत्र नम्बर ३ बाट कुनै पनि योजना छनौट ...


जन्मदिन मनाउन पूर्वयुवराज पारस परिवारलाई छोडेर एक्लै पुगे चितवन !

काठमाडौ - आफ्नो अधिकांस जन्मदिन छोराछोरीसंगै मनाउने गर्नुभएका पारस शाहले यो वर्ष अरु साथीहरूसँग मनाउने भएका छन्। शनिवारै चितवन आएका पारसका साथमा राजेश सिह, सितल सिहलगायत आफ्ना नजिकका साथीहरू सहभागि भएका छन्।

पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै छन्। पुर्वराजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गरेका थिए। आमा कोमल, श्रीमति हिमानी, छोरीहरु पुर्णिका, किर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससंगै जन्मदिन मनाउने योजना बनाएका थिए, तर पारस आफ्ना साथीसंग चितवन गएका छन्।'

यही पुस १७ गते अग्रेजी नयाँ वर्ष र छोरा पारसको जन्मदिन मनाउने ...


सुर्खेतका ३ बालिका पाँच दिनदेखि बेपत्ता

काठमाडौं - सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।

हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेको जिल्ला प्रहरी कार्यालय सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । सम्पर्कविहीन तीनै बालिकाको खोजतलास भने तीव्ररूपमा भइरहेको उनले बताए ।

‘१० गते नै सिम्ता गाउँपालिकासँग जोडिएको सल्यान जिल्लाको सल्लीबजारबाट मिलन विकको गाडी चढेका उनीहरु कहाँ गए ...


पार्टी र सरकार नीतिको गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग उपप्रधानमन्त्रीको आग्रह

काठमाडौँ - उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको २०औँ साधारणसभाको उद्घाटन सत्रमा उनले साना साना विषयमा पनि निश्चित धुरीको आग्रहका आधारमा समाचार सम्प्रेषण गर्ने गर्दा तथ्यको तोडमोड हुने र जनतासमक्ष सत्य समाचार पुग्न नसक्ने बताए ।

उनले भने, “सञ्चार क्षेत्रमा लागेका सत्ता र प्रतिपक्ष हुनु जरुरी छैन । विषयवस्तु र गुण दोष जाँचेर ठिक र बेठिक लेखिदिनुस्, जहाँ जहाँ परे पनि परोस् ...


शारीरिक सुगठनमा स्वर्ण पदक जितेका महेश्वरलाई प्रचण्डको बधाई !

ललितपुर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएका छन् ।

काठमाडौं। अध्यक्ष प्रचण्डको निमन्त्रणामा प्रचण्ड निवास खुमलटारमा आएकाका कौशल महर्जनले हालै मात्र सम्पन्न शारीरिक सुगठनमा विश्वस्तरको प्रतियोगितामा संवरण पदक जितेका थिए ।

उक्त अवसरमा अध्यक्ष प्रचण्डले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उँचो पार्न सहयोग गरेकोमा बधाई दिएको हो । “तपाईले उत्कृष्ट कौशल देखाउनु भयो । यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ ।” अध्यक्षले भेटका अवसरमा भने, “विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाई प्रस्तुतीले ...


आगलागी स्थानमै एकीकृत नमुना बस्ती बनाइदिने प्रदेश सरकारको घोषणा !

सुर्खेत - कर्णाली प्रदेश सरकारले कालिकोटको पलाँताका अग्निपीडितका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ। प्रदेश सरकारले अग्निपीडित परिवार पुनःस्थापना कार्यक्रमअन्तर्गत बस्ती जलेकै ठाउँमा नमुना बस्ती बनाउने निर्णय गरेको हो। नमुना बस्ती निर्माणका लागि प्रदेश सरकारले ४ करोड ३५ लाख रुपियाँ छुट्याएको छ।

‘अग्निपीडितहरूको आवास निर्माणका लागि प्रतिपरिवार पाँच लाखका दरले चार करोड ३५ लाख रुपैयाँ छुट्याएका छौं,’ सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भनिन्, ‘आगोले खरानी भएको बस्तीमै नमुना बस्ती निर्माण गछौं।’ प्रदेश सरकारले बस्तीको नक्सा र प्राविधिक सहयोगको काम अगाडि ...


चिसोका कारण देशभरको जनजीवन प्रभावित !

काठमाडौँ - केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरका जनजीवन प्रभावित बनेको छ । उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अझै चिसो बढ्न सक्नेछ । उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना देखिए पनि अन्य क्षेत्रमा मौसम सफा रहेको मौसमविद् सुजन सुवेदीले जानकारी दिए ।

काठमाडौंमा माइनस ३.५ डिग्रीको रेकर्ड
काठमाडौं उपत्यकामा हिजोआज तापक्रम दैनिकजसो घटबढ भइरहेको छ । शुक्रबार बिहानको तापक्रम १.५ डिग्री मापन गरिएको थियो । शनिबार साँझ पनि तापक्रम १.५ डिग्री थियो । दिउँसो घाम ...


जनता मार्ने गाउँपालिका : यस्तो काठेपुल तर्न नागरिकलाई १५ रुपैयाँको टिकट !

कैलाली - जम्मा एक लाख लगानी गरे काठेपुल बन्न सक्छ । जनता सजिलै आवतजावत गर्न सक्छन् । तर, कैलालीको कैलारी गाउँपालिकाले पुललाई आम्दानीको स्रोत बनाएको छ । स्थानीय जनताले प्रत्येकपटक हिँडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाइकलबाट तर्दा ३५ रुपैयाँको टिकट काट्नुपर्छ । पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चारवटा काठेपुलबाट वार्षिक १५ लाख रुपैयाँ राजस्व उठाउन थालेको छ ।

गाउँपालिकाभित्र पर्ने मोहना नदी तर्न निमुवाबोझी, खोनपुर, गोबरैला र मोहनपुर गरी चार घाटमा गाउँपालिकामार्फत काठेपुल बनाइएका छन् । नदीपारिका बस्ती मोहनपुर, शिवरत्नपुर र भारतीय बजार चन्दनचौकीमा ओहोरदोहोर गर्न वर्षायाम ...


चीनसँगको सीमाक्षेत्रको सुरक्षामा थपिँदै सशस्त्र प्रहरी

काठमाडौँ - उत्तरी छिमेकी चीनसँगको सीमाक्षेत्रमा तस्करीलगायत सुरक्षा चुनौती बढेपछि सशस्त्र प्रहरी बलको उपस्थिति बढाइँदै छ । आठ हिमाली जिल्लाका सीमाक्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न लागिएको हो । उत्तरी नाकाहरूमा बिओपी स्थापनाका लागि प्रक्रिया अघि बढेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले बताए ।

‘संखुवासभाको किमाथांकामा बिओपी स्थापनाका लागि जग्गाको पनि लगभग टुंगो लागेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अन्य उत्तरी जिल्लामा पनि जिल्ला सुरक्षा समितिबाट निर्णय भई कार्यालय राख्ने ठाउँबारे अध्ययन भइरहेको छ ।’

किमाथांकाबाहेक ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको सामागाउँ, मुस्ताङको कोरला, हुम्लाको हिल्सा, मुगुको नाम्चेला, दार्चुलाको लिपुलेक र ...


स्थानीय सरकारमा विकास नीतिको अभाब : डोजरमा मात्रै देख्छन् विकास
जनप्रतिनिधिहरु सबै आफूले जान्दैनन् तर नजानेका कुरा जानकारसँग सोध्ने पनि गर्दैनन्

रोल्पा - सिंहदरबारले गाउँ देखेन, गाउँको पहुच सिंहदरवार सम्म पुगेन भन्दै ठूलो अपेक्षाका साथ गाउँमै भित्राइएको संघीय शासन प्रणालीको स्वरुप स्थानीय सरकारले नयाँ काम गर्न नसकेको जनगुनासो आउन थालेको छ।

शिक्षा, स्वास्थ्य, कृर्षि, पशुपालन, रोजगारी लगायत जनजिबिकाका सवालमा स्थानीय तहले पुरानै ‘तरिकाको कार्यक्रमलाई निरन्तरता दिएका छन। जानकारहरुका अनुसार जनप्रतिनिधिहरु सबै आफूले जान्दैनन् तर नजानेका कुरा जानकारसँग सोध्ने पनि गर्दैनन्।

ऐन निर्माणमा जानकारसँग कुनै छलफलसमेत नगरेका जनप्रतिनिधिहरु कार्यक्रम कार्यान्वयनमा पनि जबरजस्ती अगाडि बढ्ने गरेका छन।
‘सबै स्थानियतहमा नीति तथा ऐनहरु पुरानै छन्। मौलिकता केहि छैन। नयाँ केहि आएन ...


कर्मचारी समायोजनमा सरकार कठोर बन्दै, नटेरे बिदा गर्ने तयारी

काठमाडौं – कर्मचारी समायोजन अध्यादेश कार्यान्वयनका लागि कठोर बन्ने संकेत सरकारले गरेको छ। सरकारले आन्दोलनरत कर्मचारीलाई आइतबार छलफलका लागि बोलाए पनि ऊ आफ्नो अडानबाट पछि नहट्ने बुझिएको छ।

मन्त्रालय स्रोत अनुसार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, समान्य प्रशासनसचिव तथा मन्त्रालयका उच्च कर्मचारी कर्मचारीले विरोध गरे पनि समायोजन अध्यादेश कार्यान्वयन गर्ने पक्षमा उभिएका छन्। निजामती कर्मचारीले गम्भीर किसिमका आन्दोलनको कार्यक्रम घोषणा गरे भने कसरी अघि बढ्ने विषयमा पनि छलफल भइरहेको मन्त्रालय स्रोतको भनाइ छ।

कर्मचारी आन्दोलनमा उत्रे कानुन बनाई कर्मचारी संगठन तथा ट्रेड युनियन बन्द गर्नेसम्मको सोचमा मन्त्रालय छ। ...


निर्मला हत्याको अनुसन्धान नयाँ सिराबाट : आइजीपी खनाल

धनगढी - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याको अनुसन्धान नयाँ सिराबाट थालिएको बताएका छन्। सुदूरपश्चिम भ्रमणमा आएका उनले फरक कोणबाट अनुसन्धान थालिएको जनाउ दिएका हुन्।

निर्मलाबारे इमानदारीपूर्वक र गहन रूपमा अनुसन्धान भइरहेको उल्लेख गर्दै महानिरीक्षक खनालले हत्यारा जस्तोसुकै शक्तीशाली भए पनि पत्ता लाग्ने विश्वास व्यक्त गरे। ‘इमानदारीपूर्वक, गम्भीर र फरक कोणबाट अनुसन्धान अघि बढाएका छौं,’ उनले नागरिकलाई भने, ‘जुन तह, तप्का र क्षेत्रको भए पनि निर्मलाको हत्यारालाई पत्ता लगाएरै छाड्छौं।’

अनुसन्धानबाट निर्मलाको दोषी पत्ता लाग्नेमा आफू पुरै आशावादी भएको उनको भनाइ थियो। केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) का ...


सरकारकै कारण अर्बौँ मूल्यको काठ जंगलमै सड्यो, ब्यबसायी विदेशबाट काठ आयात गर्दै !

काठमाडौँ - वन मन्त्रालयले वार्षिक रूपमा १६ लाख क्युफिट काठ निकाल्ने गरेको छ । दाउराका रूपमा १२ सय ६३ चट्टा निकाल्ने गरेको वन तथा भूसंरक्षण विभागले जनाएको छ । तर, केही समययता सरकारले नियमित रूपमा काठ निकाल्न नसक्दा अर्बौँ मूल्यको काठ जंगलमै कुहिएको छ । नेपाली काठ जंगलमै रहँदा व्यवसायीहरूले भने विदेशबाट काठ आयात गर्दै आएका छन् । वन मन्त्रालयले काठमा आत्मनिर्भर हुने अवधारणा ल्याए पनि गत वर्ष मात्र वार्षिक साढे चार अर्बको काठ र काठजन्य सामग्री विदेशबाट आयात भएको छ ।

टिम्बर कर्पोरेसनका चार काठ ...


गण्डकी प्रदेशमा काम नभएपछि यस्तो : 'संसदका कर्मचारी घाम ताप्छन्, झगडा गर्छन'

पोखरा – संसद सचिवालयका कर्मचारी यतिबेला फुर्सदिला छन्। सदन तीन महिनादेखि बन्द छ। सामान्य प्रशासनिक कामबाहेक कर्मचारी घाम तापेरै बस्छन्। केही समयअघि प्रदेशसभा प्राङ्गणमा फुटबल खेलेर सचिवालयका २ कर्मचारीले खुट्टा नै भाँचेका पनि थिए। यस्तै, सरकारी गाडी सिक्न खोज्दा अर्को गाडी नै कुच्चिएको थियो।

बुधवार प्रदेशसभामा पुग्दा कर्मचारीहरू बाहिरै बसेर घाम तापिरहेका थिए। सभामुख नेत्रनाथ अधिकारी सहित सचिवालयका सचिव शम्भु खड्कासहित केही कर्मचारीहरू बैठकमा सहभागी थिए। बैठक सकिएपछि सभामुख फर्के। त्यसपछि सुरु भयो सचिव शम्भु खड्का र लेखा अधिकृत दुर्योधन गिरीको जुहारी। दुई कर्मचारी झगडामा उत्रिनुको ...


नेपालको बिद्युत किन्न भारत सहमत, दुइ देश बीच लागु भएको 'ऊर्जा बैंकिङ' के हो ?

काठमाडौं - बर्खायाममा धेरै बिजुली उत्पादन हुने । तर हिउँदमा कम । बर्खायाममा छेलोखेलो तर हिउँदमा अभाव । आयात नै गर्नुपर्ने । विद्युत् प्राधिकरणले बर्खायाममा उत्पादन हुने तर उपयोग गर्न नसकी खेर जाने बिजुलीको आँकडा तयार गरेको थियो— ४ हजार ७ सय ५० मेगावाट । अर्थात् एक खर्ब ७९ अर्ब रुपैयाँ बराबरको बिजुली खेर जानेमा प्राधिकरण चिन्तित थियो । त्यही भएर उसले बर्खायामको बिजुली किन्ने सम्झौतै (पीपीए) गर्न छाडेको थियो ।

अब प्राधिकरण खेर जाने बिजुलीको तनावबाट मुक्त भएको छ । प्राधिकरण मात्र होइन, नेपालका नदी ...


समवेदना सन्देशमा ‘बधाई’ दिने कर्मचारीमाथि कारबाही सुरु

काठमाडौं - परराष्ट्र मन्त्रालयले इन्डोनेसियामा गएको सुनामी सम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने कर्मचारीमाथि कारबाही सुरु गरेको छ ।

बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै परराष्ट्रले सम्बन्धित अधिकारीमाथि कारबाही सुरु भएको बताएको हो । ‘त्रुटी कसरी हुन गयो भन्नेबारे सम्बन्धित अधिकारीसँग स्पष्टिकरण माग गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तथ्य पत्ता लागेपछि संलग्नलाई उचित कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’

परराष्ट्रले बुधबार मन्त्रालयबाट जारी विज्ञप्तिमा भएको त्रुटी र आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो उल्लेख गरेको हो ।

सँगै मन्त्रालयले राष्ट्रपतिले इन्डोनेसियााका राष्ट्रपतिलाई पठाएको ...


प्रदेश सभाको सपथ ग्रहण माग्दै गुण्डा नाइके मनाङेद्वारा निवेदन पेश

काठमाडौँ - करिब एक साताअघि रिहा भएका गुण्डा नाइके राजिव गुरुङ उर्फ ‘दीपक मनाङे’ले प्रदेश संसदको सपथका लागि निवेदन दिएका छन् । गण्डकी प्रदेश सभाअर्न्तगतको मनाङ ‘ख’बाट स्वतन्त्र उम्मेद्वारमा निर्वाचित भएका उनले बिहीबार पोखरास्थित प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराएको प्रदेश सभा सचिवालयका उपसचिव नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

बिहीबार दिउँसो करिब सवा १२ बजे संसद सचिवालय परिसरमा पुगेका मनाङले आफूसँग आएका साथीलाई निवेदन दर्ता गर्न लगाएका थिए । उनको निवेदन एक सय ८६ नम्बरमा दर्ता भएको छ ।

विभिन्न मुद्दाको आरोपमा जेलमा रहेका मनाङेलाई एक साताअघि ...


नेकपा बैठकमा ओलीको जिकिर : 'सरकारको कामबारे पार्टीमा आलोचना भएपनि जनतामा वाहवाही नै छ'

काठमाडौँ - नेकपा स्थायी समिति बैठकमा अध्यक्ष केपी ओलीले जवाफ दिँदा नेताहरूले प्रतिवाद गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीको प्रतिवादमा एकपछि अर्को स्थायी समिति सदस्य उत्रिएपछि बिहीबार बैठक समापन हुन सकेन । अचानक स्थगित गरी बैठक शुक्रबार बिहान ८ बजे बोलाइएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डले पेस गरेको प्रतिवेदन पास गरेर बिहीबार नै बैठक सक्ने तयारी थियो । तर, ओलीको दुई घन्टा लामो जवाफ सकिएलगत्तै वामदेव गौतम, घनश्याम भुसाल र भीम रावलले प्रतिवाद गरेका थिए ।

‘अध्यक्ष ओलीजीले आफ्नो धारणा राखेपछि वामदेव गौतम, घनश्याम भुसाल र भीम रावलले प्रतिवाद गरेपछि धेरैजनाले ...


चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा ९ वटा उजुरी, छलफलकालागि सिंहदरबार डाकियो !

काठमाडौं - प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा नौ वटा उजुरी परेका छन् । उजुरीमाथि छलफल गर्न समितिले शुक्रबार दिउँसो तीन बजे उजुरीकर्तालाई बोलाएको छ ।

उजुरीकर्ताहरूसँगको छलफलपछि समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग उनीविरुद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनुवाई विशेष समितिमा सनुवाई हुनेछ।

संसदीय सुनुवाई समितिले संवैधानिक समितिको सिफारिस स्वीकृत गरेमा राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ।

मंसिर २७ गते संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश मध्येबाट जबराको नाम भावी प्रधानन्यायाधीशमा सर्वसम्मतीबाट सिफारिस गरेको थियो।

...

प्रधानमन्त्रीद्वारा धरहरा पुनर्निर्माणको शिलान्यास, यस्तो बन्नेछ २२ तले धरहरा !

काठमाडौं -आज धरहरा पुनर्निर्माणको शिलान्यास भएकाे छ । सुन्धारामा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत उपस्थित छन् ।

भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो ।

यस्तो बन्नेछ २२ तले ...


नक्कली कम्पनी खडा गरी ६८ करोड ठगी प्रकरणमा सरकारी कर्मचारीकै मिलेमतो

काठमाडौँ - नक्कली कम्पनी खडा गरी ६८ करोड ठगी प्रकरणमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको पनि मिलेमतो देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कार्यालय सहयोगी सुरेन्द्र कार्कीलाई पक्राउ गरेको छ ।

भेट्टाएको नागरिकताका आधारमा एक समूहले कम्पनी दर्ता गरी कर छली गरेर ६८ करोड रुपैयाँ ठगी गरेको थियो । त्यसमा संलग्न चारजना यसअघि नै पक्राउ परिसकेका छन् । दिनेश सिवाकोटी, विजयनारायण श्रेष्ठ, रमेश दाहाल र शरद रिजालालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी अनुसन्धान गर्दा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको समेत मिलेमतो खुलेको हो ।

लीला श्रेष्ठको भेट्टाएको नागरिकताका आधारमा उनीहरूले ...


निर्मला प्रकरण : निर्दोष प्रदीपले भने, 'पुलिसले पैतालामा लाठीले हानेपछि अपराध स्विकारेको हुँ'

काठमाडौँ - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो ।

भीमदत्त नगरपालिका–१८ भगतपुरका १९ वर्षीय प्रदीपलाई १७ मंसिरमा पक्राउ गरी प्रहरीले सार्वजनिक हितविरुद्धको अपराध मुद्दा लगाएर थुनेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएपछि उनी छुटेका छन् ।

छुटेपछि रावलले आफूलाई प्रहरीले यातना दिएको बताएका छन् । सिआइबीको कार्यालयमा यातना दिएपछि आफू र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरेको भनेर बयान दिएको उनले सुनाए ।

‘पैतलामा ...


प्रदेशमा पनि हालखबर उस्तै : घर छैन भनेर ढाँटेर घरभाडा खल्तीमा !

प्रदेश १ : आफ्नै घरमा बसेर घरभाडा

संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादव, नेकपाकी मीना यादव र लीलाबल्लभ अधिकारी तथा कांग्रेसकी बिन्दिया कार्कीको प्रदेश राजधानी विराटनगरमा घर छ । तैपनि उनीहरूले मासिक १५ हजारका दरले प्रदेश सभाबाट घरभाडा रकम बुझिरहेका छन् ।

विराटनगरसँग सिमाना जोडिएको ग्रामथान गाउँपालिका घर भएका नेकपाका विजयविश्वास थारू र धनपालथान गाउँपालिका घर भएका ज्ञानेश्वर राजवंशी, इटहरी घर भएका सर्वध्वज साँवा र लिलम बस्नेत तथा विराटचोकका राजकुमार ओझा घरबाटै संसद् ओहोरदोहोर गर्छन् । तैपनि घरभाडाबापतको रकम भने बुझिरहेका छन् ।

राजधानीबाट करिब ३० किलोमिटर दूरीमा घर भएका ...


जापानको प्रस्ताव : 'कामदार लैजान म्यानपावर र दलाल होइन छुट्टै ‘एमओसी’ गरौँ'

काठमाडौं - जापान सरकारले नेपालबाट कामदार लैजानको लागि नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । जापानको मन्त्रिपरिषदले नेपाललगायतका ८ वटा राष्ट्रबाट कामदार लैजान नयाँ नियमावली पास गरेको भोलिपल्टै नेपालसमक्ष यस्तो प्रस्ताव गरेको हो । जापानको न्याय मन्त्रालयका उच्च अधिकारीहरु बुधबार टोकियोस्थित नेपाली दूतावासमा पुगेर नेपालबाट कामदार लैजाने बाटो खोल्नको लागि नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

जापानले नेपालबाट कामदार लैजानको लागि सहयोग सम्बन्धी नयाँ समझदारीपत्र ‘एमओसी’ मा हस्ताक्षर गर्नुपर्ने प्रस्ताव ल्याएको छ । एमओसीले कुन प्रक्रियाबाट कति कामदार लैजाने भन्ने टुंगो लगाउँछ । सन् ...


कर्मचारी समायोजनको सूचना जारी, फारम नभरे जबर्जस्ती खटाउने चेतावनी !

काठमाडौं - सरकारले निजामती कर्मचारी समायोजनका लागि सूचना जारी गरेको छ। समायोजनमा जाने कर्मचारीले अनलाइनमार्फत् फारम भर्नुपर्नेछ। सामान्य प्रशासन मन्त्रालयमा बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै देशभर १ लाख ३८ हजार १७८ दरबन्दी कायम गरिएको सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी छन्।

मन्त्रालयले २१ दिनभित्र अनलाइन फारम भर्न बाध्यकारी सूचना जारी गरेको छ। कर्मचारी समायोजन अध्यादेश २०७५ दफा ५ को उपदफा १ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समयोजन गर्न समायोजन डट जिओभी ...


दुखद खबर : नेपाल आइडल बिजेता रवि ओडकी आमाको करेन्ट लागेर निधन

कैलाली - दोस्रो नेपाल आइडल रवि ओडकी आमा विष्नादेवी ओडको मृत्यु भएको छ। बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्दाजी ४५ वर्षकी उनले अत्तरिया अस्पतालबाट सेती अञ्चल अस्पताल लैजाँदै गर्दा प्राण छोडेकी हुन्।

बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन्। तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याइएको थियो।

अस्पतालले उनलाई सेती अञ्चल अस्पताल रेफर गरेपछि उनलाई त्यसतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो। अहिले उनको ...


पूर्वराजा र नारायणकाजीबीच पोखरामा जम्काभेट

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ। साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्किंदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरूलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो। बुहारी र नातिनीहरूको स्वागतका लागि पूर्वराजा विमानस्थलको भिआइपी कक्षमा प्रतीक्षारत थिए। काठमाडांै फर्किंदै गरेका श्रेष्ठ पनि विमानस्थलको भिआइपी रुममा पुगेपछि दुवैबीच भेट भएको हो। श्रेष्ठ विमानस्थलको भिआईपी कक्षमा जाँदै गर्दा विमानस्थलमा खटिएका प्रहरी जवानले विमानस्थलमा पूर्वराजा आएको जानकारी गराएका थिए।

श्रेष्ठलाई देखेपछि पूर्वराजा शाहले नेता श्रेष्ठलाई नमस्कार गर्दै ...


भ्रष्टाचारको विरोध गर्दा उपसचिवको सरुवा !

विराटनगर - श्रम तथा रोजगार मन्त्रालय र मातहतका कार्यलयमा हुने गरेको भ्रष्टाचार रोक्न खोज्दा एक उपसचिवको सरुवा भएको छ। बेथिति रोक्न अभियान चलाएकै कारण श्रम तथा रोजगार कार्यालय विराटनगरका उपसचिव प्रेमप्रसाद सञ्जेललाई सचिवस्तरीय निर्णयबाट व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान इटहरी सरुवा गरिएको हो।

क्षेत्रीय निर्वाचन कार्यालय मोरङमा कार्यरत सञ्जेललाई सो कार्यलय खारेज भएपछि गत असोज ५ गते विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा सरुवा गरिएको थियो। असोज २५ गते उनी सो कार्यालयमा हाजिर भएका थिए। हाजिर भएदेखि नै श्रम क्षेत्रको बेथितिविरुद्ध सक्रिय रुपमा उत्रेका सञ्जेलले मोरङका ...


तत्काल भुक्तानी नपाए काम नगर्ने मेलम्चीका स्वदेशी ठेकेदारको उद्घोष !

काठमाडौं - मेलम्ची खानेपानी आयोजना निर्माणमा ४४ वटा नेपाली ठेकेदारले पैसा नपाए थप काम रोक्ने चेतावनी दिएका छन्। सीएमसी पीडित नेपाली समूहका संयोजक श्रीराम न्यौपानेले मंगलबार राजधानीमा आयोजना भएको एक कार्यक्रममा भने, ‘इटालियन ठेकेदार सीएमसीबाट काम लिएका नेपाली ठकेदारले करिब डेढ अर्ब रुपैयाँ लिन बाँकी छ। यो रकम सरकारले उपलब्ध गराइदिने वातावरण बनादिनुपर्‍यो।’

उनले भने, ‘सरकारले ठेकेदार कम्पनीलाई पैसा नदिएका कारण आफूहरूले पैसा नपाएको हो।’ ठेकेदार कम्पनीले गत नोभेम्बर १६ तारेखभित्र ३५ करोड रुपैयाँ भुक्तानी दिन मेलम्ची खानेपानी बोर्डलाई पत्र पठाएको थियो। पत्रअनुसार पैसा नदिँदा एकतर्फी ...


इन्टरनेट सुविधाले धरासायी बन्दै नेपाल टेलिकम, विश्वभर इन्टरनेट फ्री भएपछी टेलिकम के गर्ला ?

काठमाडौं - नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले इन्टरनेसनल लङ डिस्टेन्स (आईएलडी) अर्थात विदेशबाट आउने कलको आम्दानी र ब्रोडब्यान्ड इन्टरनेट÷मोबाइल डाटा दुवैमा आम्दानी गुमाएको छ। मोबाइल डाटा र इन्टरनेटको प्रयोग बढ्दै जाँदा आईएलडीमार्फत हुने आम्दानी घट्दै गएको उल्लेख गर्दै आएको टेलिकमले डाटामा पनि आम्दानी गुमाएको छ।

टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको ०७४÷७५ को आर्थिक विवरणका अनुसार टेलिकमको आईएलडीमार्फत हुने आम्दानी अघिल्लो आवको तुलनामा करिब एक अर्ब गुमाएको छ। त्यस्तै डाटातर्फ पनि करिब १० करोड कम आम्दानी भएको देखिन्छ। सोही डाटामा अर्को टेलिफोन सेवाप्रदायक कम्पनी एनसेलले ०७३÷७४ को ...


नेपाली कामदारलाई खुल्यो जापान जाने सस्तो र सहज बाटो !

काठमाडौं - जापानको मन्त्रिपरिषद्ले मंगलबार आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै जापानमा कामदार पठाउने बाटो खुला भएको छ। जापान सरकारको आप्रवासी कामदारको प्रवेसाज्ञा (भीसा) वर्गीकरण अन्तर्गत वैदेशिक रोजगारीमा जापान जान चाहनेको आकांक्षा बढाएको छ।

अघिल्लो महिना संशोधन भएको आप्रवासन नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन गर्न आगामी आर्थिक वर्षको बजेटमा २२.४ अर्ब जापानी ऐन विनियोजन हुने भएको छ। यसका लागि जापानभर सयभन्दा बढी परामर्श केन्द्र स्थापना हुनेछन्। यसमा नेपालीसहित ११ भाषीलाई लक्ष्य गरिएको छ। यसमा जापानी, अंग्रेजी, चिनियाँ, भियतनामी, कोरियन, स्पेनिस, पोर्चुगिज, नेपाली, इन्डोनेसिया, थाई र फिलिपीनी द्विपमा ...


तस्कर समात्न भारतीय असहयोग, फ़र्किएला त ३३ किलो सुन ?

काठमाडौं - मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए। त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ। तर सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक पहल गर्नुपर्ने भएको छ।

सुन र दुई व्यक्ति पक्राउ पर्नेबित्तिकै त्यसबारे भारतीय अधिकारीहरुले कोलकाताको नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराएका थिए। सुरुमा उनीहरुले अनुसन्धानमा सघाउने जानकारी नेपाललाई दिएका थिए। तर पछिल्लो समय भारतीय अधिकारीहरुले बोली फेरेका छन्। अहिले ...


तेह्रथुममा विवाह मण्डपमा आक्रमण, बेहुली सहित ४ घाइते

तेह्रथुम - तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०।३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण गरेको थियो । उनीहरूको कुटपिटबाट बेहुली प्रतिक्षा सम्बाहाम्फे सहित ४ जना घाइते भएका छन् ।

प्रहरीले विवाहमा कुटपिट गर्ने १९ वर्षका सरोज लिम्बू, १४ वर्षका ओमन लिम्बू, २१ वर्षका दिनेश लिम्बू, १९ वर्षका सुदीप लिम्बू र १७ वर्षका मन्दिप लिम्बूलाई नियन्त्रणमा लिएको छ । कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइते ...


दुई तिहाइ सरकारले जुन रफ्तारमा फड्को मार्नुपर्ने हो त्यो भएन : कांग्रेस नेता पौडेल

काभ्रेपलाञ्चोक - नेपाल काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताएका छन् ।

अरनिको मिडिया नेटवर्कद्वारा सञ्चालित रेडियो अरनिको र अरनिको खबर डटकम अनलाइनको आज बनेपामा शुभारम्भ गर्दै वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन रफ्तारमा फड्को मार्नुपर्ने त्यसो हुन नसकेको बताए । उनले भने, “दुई तिहाईको सरकार छ, उसलाई यो अवसर र मौका पनि हो ।” वरिष्ठ नेता पौडेलले सरकारले गति लिन नसकेको आरोप लगाए । उनले भने, “सरकारलाई कसैको विरोध नहुँदा किन काम गरिरहेको छैन, कुहिरोको कागझैं भएको ...


भ्रष्टाचार आरोपित चुडामणि शर्मा सहसचिवको वरियताक्रमको एक नम्बरमा

काठमाडौं - संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दुई सय ७४ सहसचिवहरुको वरियताक्रम सार्वजनिक गरेको छ । वरियताक्रम राखेको मन्त्रालयले चूडामणि शर्मालाई पहिलो नम्बरमा राखेको छ ।

शर्मा भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका व्यक्ति हुन् । शर्माले कर फर्छ्योट आयोगमार्फत भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दासमेत दायर भएको छ।

यस्तै दोस्रो वरियतामा रामप्रसाद थपलिया, तेस्रोमा वीरेन्द्र कुमार यादव रहेका छन् । यस्तै अन्तिम वरियतामा गोगन बहादुर हमाल रहेको छन् ।

...

संबिधान संशोधन गर्न सरकार सहमत, राजपाले दियो एक हप्ताको समय !

काठमाडौं - समर्थन फिर्ता लिने बताएपछि राजपासँग प्रधानमन्त्री केपी शर्मा ओलीले सात दिनको समय माग गरेका छन् । भेटवार्तामा प्रधानमन्त्री ओलीले राजपाको माग बमोजिम प्रक्रिया अघि बढाउन सात दिनको समय माग गरेको राजपा महामन्त्री केशव झाले बताए ।

मंगलबार बिहान १० बजे प्रधानमन्त्रीले बालुवाटारमा बाेलाएकाे भेटवार्तामा सरकार, आफ्ना पार्टी र विपक्षि दलसँग समेत संविधान संशोधन लगायतका विषयमा छलफल गर्ने र त्यसमा के गर्न सकिन्छ त्यसको बारेमा एक हप्तापछि जवाफ दिने कुरा प्रधानमन्त्री ओलीले भनेको राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले बताए ।

उनका अनुसार प्रधानमन्त्रीसँगको छलफलपछि आन्तरिक ...


निर्मला प्रकरण : यातना दिएको भन्दै विशालका परिवारले प्रहरीविरुद्ध आयोगमा उजुरी दिए !

महेन्द्रनगर - निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले हिरासतमा यातना दिएको भन्दै न्यायका लागि परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

सोमबार विशालका बुवा वीरवहादुर चौधरीले कञ्चनपुर प्रहरीले पक्राउ गरिसकेपछि हिरासतमा यातना दिएको भन्दै उजुरी दिएका हुन् । आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा विरवहादुरले ईमेल मार्फत उजुरी पठाएका छन् । ‘मेरो छोरालाई निर्मला पन्त बलात्कार र हत्या प्रकरणको अनुसन्धानका लागि भन्दै पक्राउ गरियो’ उजुरीमा विशालका बुवा वीरवहादुरले भनेका छन्, ‘हिरासतमा नै उसलाई मानसिक र शारिरीक दुबै यातना ...


प्रदेशमा पनि इन्धनमा दोहोरो दोहन : मुख्यमन्त्री कार्यालयबाट पैसा बुझेर खल्तीमा, मन्त्रालयको कुपनले तेल !

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिइरहेका छन् । मुख्यमन्त्री कार्यालयबाट इन्धनबापतको रकम बुझ्ने मन्त्रीहरूले गाडीमा भने मन्त्रालयको कुपनबाट तेल हाल्ने गरेका छन् ।

मन्त्रीहरूको पारिश्रमिक र सेवासुविधासम्बन्धी ऐनअनुसार सरकारले मन्त्रीहरूलाई मासिक २ सय ५० लिटर र राज्यमन्त्रीहरूलाई दुई सय लिटर इन्धन सुविधा दिन्छ । यो रकम उनीहरूले मासिक पारिश्रमिकसँगै नगदमा बुझ्दै आएका छन् । तर, मन्त्रीहरूले मन्त्रालयबाट थप मासिक ३ सय २० लिटरसम्म तेल लिने गरेको पाइएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले साउनयता मन्त्रालयबाट ९ सय लिटर तेल बुझेका छन् । उनका स्वकीय सचिवले पनि मन्त्रालयकै ...


गाउँपालिकामा एउटै नम्बरका दुई मोटरसाइकल, कसरी यस्तो भयो ?

झापा - बाह्रदशी गाउँपालिकाले एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकल प्रयोग गरिरहेको छ । गाउँपालिकाले यातायात व्यवस्था तथा ट्राफिक नियमविपरीत एउटै नम्बरका दुईवटा मोटरसाइकल प्रयोग गरेको हो । दुवै मोटरसाइकलमा सेतो प्लेटमा मे.१ब ७४९ लेखिएको छ । दुवै मोटरसाइकल बजाज कम्पनीको १५० सिसीको पल्सर हुन् ।

एउटा मोटरसाइकल लेखा अधिकृत सेवकविक्रम राई र अर्को इन्जिनियर नरेन्द्र श्रेष्ठ चढ्ने गरेका छन् । एउटा मोटरसाइकलको वास्तविक नम्बर मे.१ ब७५६ रहेको पाइएको छ ।

२९ असोज ०७५ मा यातायात व्यवस्था कार्यालय मेचीमा दर्ता भएको सो मोटरसाइकलको वास्तविक नम्बर ब्लुबुकबाट खुलेको हो ...


आइजिपी खनाल भन्छन : 'गाडी मेरो लागि मात्र होइन, पछि आउने ले पनि चढ्छन्'

काठमाडौँ - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आवश्यकताअनुसार नै बुलेटप्रुफ गाडी किनेको बताएका छन् । प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ गाडी आफ्नो सोख नभई आवश्यकता भएको प्रस्टीकरण दिए ।

सोमबार नयाँ पत्रिकामा देशभरका आठ सय ५० प्रहरी कार्यालयमा शौचालयसमेत नहुँदा आइजिपीले सवा दुई करोडको बुलेटप्रुफ गाडी खरिद गरेको र उनको निवास र सचिवालयमा यसअघि नै १९ गाडी रहेको समाचार प्रकाशित भएको थियो । समाचारमाथि उनले यसरी स्पष्टीकरण दिए :

म गाडीको सौखिन होइन, आवश्यकताले किनेको हो
गाडीको कुरा आज मिडियामा आएको छ । १२ वर्ष पुरानो गाडी रहेछ । एक ...


अज्ञात रोगले बाँकेमा एक हजार बाख्रा मरे, रोगको पत्तो लागेन !

बाँके - बाँकेको डुडुवा गाउँपालिका– ५ कम्दी गाउँमा फैलिएको अज्ञात रोगबाट एक हजारभन्दा बढी बाख्रा मरेका छन् । दैनिकजसो बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । कम्दी गाउँका मात्रै एक हजारभन्दा बढी बाख्रा मरिसकेको वडाध्यक्ष पर्शुराम बुढाथोकीले जानकारी दिए ।

बाख्राको पेट फुल्ने, मुखबाट र्‍याल छोड्ने, पातलो दिसा गर्ने ज्वरो आउने र मर्ने गरेको किसान सुकमाया बोहोराको भनाइ थियो । ‘बाख्रा पालेरै खर्च चलाउने हामीलाई ठूलो क्षति भयो, अझै कति बाख्रा मर्ने हुन् थाह छैन’, उनले भने, ‘गाउँभरि त्रास फैलिएको छ । हाम्रा बाख्रा बचाइदिनुपपर्‍यो ...


बसको ठक्करले एकजनाको मृत्यु भएपछि घोराही तनाबग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

दाङ - दाङको घोराहीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि घोराही तनाबग्रस्त छ । आफन्त र स्थानीय आक्रोशित हुँदै आन्दोलनमा उत्रीएका छन् । आन्दोलित समूहले बस तोडफोड गरेका छन् भने नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

स्थानीयले प्रहरीले दमन गरेको भन्दै आन्दोलन जारी राखेका छन् । प्रहरीले भने सवारीसाधनमा क्षति पु¥याउने गरी गतिविधि गरेको र त्यसलाई नियन्त्रणमा लिन र भीड हटाउन अश्रु ग्यास प्रयोग गरेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । असर नपुग्ने गरी यस्तो कारवाही गरिएको उनले बताएका छन् ।

सोमबार ...


पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति

धनुषा - श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन ।

मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दीबमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन् । सेवा शुरु गर्न उपसचिवसहित कम्तीमा १४ कर्मचारी आवश्यक छ । श्रम कार्यालय जनकपुरमा एक जना कार्यालय सहयोगीसहित जम्मा तीन कर्मचारी कार्यरत छन् ...


प्रहरीका ८५० कार्यालयमा शौचालय छैन, महानिरीक्षकका २० वटा गाडी !

काठमाडौ - प्रहरी रिपोर्ट भन्छ, देशभर ८५० कार्यालयमा शौचालय छैन।’ शौचालय अभावमा लोटा लिएर पाखापाखा दुगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्याण्डक्रुजर गाडी ल्याएका छन्।

उनको गाडीमा बुलेटप्रुफसमेत जोडिएको छ। दिनरात ड्युटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत व्यवस्था नगर्ने प्रधान कार्यालयले महानिरीक्षकको विलासिताका लागि भने ठूलो रकम खर्च गरेको छ।

आर्थिक वर्षको अन्तिममा करोडौँ बजेट फ्रिज हुन लागेको भन्दै महानिरीक्षक खनालले आफ्नो लागि भव्य गाडी खरिद गरेका हुन्। तर, यसअघि उनी चढ्ने मित्सुबिसी पजेरोसहित उनको सचिवालयमातहत १९ गाडी परिचालन भइरहेका थिए ...


शिक्षक सरुवा गरेको बिरोधमा बिद्यार्थी आन्दोलित, घण्टाघर तनावग्रस्त !

वीरगञ्ज - आर्थिक नगरी वीरगञ्जको माईस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध आज बिहानैदेखि घण्टाघरमा नारा जुलुस गर्न थालेपछि घण्टाघर तनावग्रस्त भएको छ ।

महानगरपालिकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा सुखचैना माविमा गरेपछि विद्यार्थीले आइतबारदेखि नै प्रमुख सरावगीविरुद्ध नाराबाजी गर्दै आएका छन् ।

प्रअ मेहताले शैक्षिक अवस्था तहसनहस पारेको, शिक्षालाई अङ्ग्रेजी माध्यम बनाएर अभिभावकसँग चर्को शुल्क असुल्दै आएको, विद्यालयलाई राजनीतिक अखडा बनाएको तथा माफियातन्त्र लाद्न खोजेकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा गरिएको महानगरपालिका प्रमुख सरावगीले राससलाई बताए । उनले ...


२४ लाख अबैध रकम सहित जोगबनी नाकाबाट २ भारतीय पक्राउ

विराटनगर - सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले रु २४ लाख नेपालीसहित दुई भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भारत अररिया जिल्ला फारविसगञ्ज–९ का २८ वर्षीय सनोजकुमार साह र ५० वर्षीया सुशीलादेवी गुप्ता साह छन् । जाँचका क्रममा बिआर३८एच ६१४२ नंको भारतीय सुजुकी कारमा रकमसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताउनुभयो । हुण्डिमार्फत नेपालबाट भारत पठाइएको रकम भुक्तानी गर्न ल्याइएको आशङ्का गरिएको छ ।

उनीहरुको साथबाट २४ लाख १५ हजार नेपाली रुपैयाँ तथा चार हजार ९०० भारतीय रुपैयाँ ...


कालिकोटको आगो अझै नियन्त्रणमा आएन, ८७ घर जले, ७ घाइते

कालीकोट - कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ८७ घर जलेर नष्ट भएका छन् ।

खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको जिल्ला प्रहरी कार्यालय कालीकाटले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गए रातिनै पलाता गाउँपालिकाको निर्माण कार्यदल त्यहाँ पुगेको थियो । सुख्खा क्षेत्र भएको र फुसको छाना भएको बस्तीमा आगलागी हुँदा आगो ...


दाङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन

दाङ - दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशचन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदनबहादुर कुँवर रहेका छन् ।

समितिले दुर्घटनाको कारण पत्ता लगाइ प्रदेश प्रहरी कार्यालयलाई सुझाव दिने छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर– ३ राम्रीमा शुक्रबार कृष्णसेन इच्छुक स्मृति ...


तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने तयारी !

काठमाडौं - तीन वर्षदेखि बन्द तातोपानी नाका सञ्चालनमा ल्याउने चिनियाँ पक्षले जानकारी दिएको छ। चिनियाँ अधिकारीहरूले सरकारलाई आगामी मे महिनाबाट सो नाका सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी गराएका छन्। आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा नेपालका लागि नयाँ चिनियाँ राजदूत यु होङले गृहमन्त्री रामबहादुर थापासँग बिदाइ भेटका क्रममा त्यस्तो जानकारी गराएको गृह मन्त्रालयले जनाएको छ। राजदूत होङले गृहमन्त्री थापासँग केही समयअघि बिदाइ भेट गरेकी थिइन्। सोही भेटमा उनले नाका सञ्चालनका लागि नेपालबाट पनि सोही किसिमको तयारीको अपेक्षा राखेको जनाइएको छ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति ...


पोषण भत्ता पाउँदैनन् डोम बालबालिका

रौतहट - डोमजातिका अधिकांश बालबालिका सरकारले दिँदै आएको पोषणभत्ताबाट वञ्चित भएका छन्। मानव विकास सूचकांकमा पछि परेका जिल्लाका बालबालिकालाई सरकारले स्थानीय तहमामार्फत मासिक चार सय रुपैयाँ दिँदै आएको छ।

नेपाल सरकारको सामाजिक सुरक्षा सञ्चालन कार्यविधिमा एउटै आमाबाट जन्मेका दई जनासम्म बालबालिकाले पोषणभत्ता पाउने व्यवस्था छ। तर, जिल्लाका करिब दुई सय डोम जातिका बालबालिकाले यस्तो भत्ता पाउन नसकेका उनीहरूका अभिभावकले बताएका छन्।

वृन्दावन नगरपालिका ७ धमौराटोलमा ७ घर डोमजाति सडक किनारमा बस्छन्। सरकारले उपलब्ध गराउने भनेको पोषणभत्ताको जानकारीसम्म उनीहरूलाई छैन। धमौराका सञ्जय मालीका दुई बर्से छोरा र ६ ...


परराष्ट्रमन्त्रीको अमेरिका भ्रमणले  चीन र भारतमा यस्तो तरङ्ग !

काठमाडौँ - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकासँग १७ वर्षपछि उच्चस्तरीय औपचारिक संवाद स्थापित मात्र गरेका छैनन्, नेपालको कूटनीतिक र सामरिक पहिचानमा नयाँ तरंग ल्याएका छन् । अमेरिका र उसका सहयोगी देशहरूसँग हतियार खरिद गर्ने मात्र होइन, उत्तर कोरियाको विषयमा साझा धारणा बनाउने र इन्डोप्यासिफिक सुरक्षा रणनीतिमा नेपाल सहभागी हुने विषयले चीन सशंकित भएको छ । भारत भने तटस्थ छ ।
५ माघ ०५८ मा अमेरिकाका तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए । पेन्टागन र ट्विनटावरमा अलकायदाले गरेको आक्रमणपछि अफगानिस्तानमा हमला गर्न तयार भएको अमेरिकाले विश्वमत जुटाउन पावेललाई ...


दुर्घटनाले रित्तियो शिक्षालय, शोकमा दाङका बजार र विद्यालय बन्द !

दाङ - तुलसीपुर–३ मा शुक्रबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्वका एक÷एकजनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।
घोराही उपमहानगरपालिका–७ स्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको हो । शिक्षालयका शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरेर फर्किने क्रममा बस दुर्घटना भएको थियो ।

दुर्घटनामा बसचालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन ...


विशाल चौधरी भन्छन : 'प्रहरीले मारिदिने धम्की दिएपछि डरले अपराध स्वीकारे'
निर्मला घटनाको अनुसन्धानमा प्रहरी फेरि पनि असफल

काठमाडौँ - बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी फेरि पनि असफल भएको छ । पछिल्लोपटक दुई किशोर प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान चलाएको प्रहरीले डिएनए नमिलेपछि विशाललाई छाडिदिएको छ । यद्यपि, प्रहरीले डिएनए रिपोर्ट सार्वजनिक भने गरेको छैन ।

प्रहरी नेतृत्वले उनीहरूको रिपोर्टबारे सूचना पाएपछि विशाललाई छाडेको उच्च स्रोतले बतायो । डिएनए रिपोर्ट कञ्चनपपुर पुगिसकेको पनि प्रहरी स्रोतले जनायो । प्रदीप भने महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमै छन् ।

कञ्चनपुर प्रहरीले भने डिएनए रिपोर्ट प्राप्त नभएको जनाएको छ । ‘उतैबाट भेरिफाई गरेर विशाललाई छाडेको होला । आजसम्म दुवैको रिपोर्ट यहाँ ...


सर्वोच्चको आदेशपछि दीपक मनाङ्गे थुनामुक्त

काठमाडाैं - मनाङबाट निर्वाचित प्रदेशसभा सांसद तथा गुन्डा नाइके राजिव गुरुङ अर्थात् दीपक मनाङ्गेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । ज्यान मार्ने उद्योग मुद्दामा डिल्ली बजार जेलमा रहेका गुन्डा नाइके दीपक मनाङे रिहा भएका हुन् ।

सर्वोच्च अदालतको आदेशमा उनी शुक्रबार जेलबाट छुटेका हुन् । बाँकी कैद मिनाहा गर्ने आदेशसँगै उनी छुटेका हुन् । अर्का गुण्डा नाइके चक्रे मिलनको हात काटेको घटनामा उनलाई दोषी ठहर गरी जेल सजाय गरिएको थियो ।

प्रहरीको फरार सूचीमा रहेका उनलाई गत वर्ष मनाङबाट प्रदेशसभामा निर्वाचित भएपछि नै पक्राउ गरी ...


छाउ बार्ने जनप्रतिनिधि र कर्मचारीको तलब रोकिने

अछाम - अछामको कमलबजार नगरपालिकाले छाउपडी प्रथाविरुद्ध सकारात्मक निर्णय गरेको छ । ‘छाउ बार्ने’ जनप्रतिनिधि र कर्मचारीको तलब रोक्का गर्ने निर्णय नगरपालिकाले गरेको हो । ‘छाउ बार्ने जनप्रतिनिधि र कर्मचारीको तलब रोक्ने योजनामा छौँ,’ नगर उप–प्रमुख भूमिसरा ढकालले भनिन्, ‘सफल भइन्छ वा भइन्न, त्यो समयले देखाउनेछ ।

वडादेखि नगरपालिकासम्मका जनप्रतिनिधि र कर्मचारीको घरमा निरीक्षण गरेर छाउ बारेको भेटिएमा कारबाही गरिनेछ ।’कानुनले समेत अपराध ठानेको छाउ बार्ने चलन पदमा रहेका र नीति निर्माणमा संलग्न रहेका व्यक्तिले नै कायम राखेकाले त्यो अन्त्यका लागि कडा निर्णय गरिएको नगर उप–प्रमुख ढकालले भनिन् ।

सदरमुकाम मंगलसेनमा बुधबार ...


यसकारण रोकियो प्रहरी समायोजन अध्यादेश !

काठमाडौँ - विस्तृत छलफलविना नै सरकारले ल्याउन लागेको प्रहरी समायोजन अध्यादेश रोकिएको छ । अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाउने तयारी भइरहेका वेला संसद् अधिवेशन आह्वान भएपछि अध्यादेश रोकिएको हो ।

११ पुसदेखि संसद्को हिउँदे अधिवेशन बोलाइएको छ । संसद् अधिवेशन बोलाइसकिएको अवस्थामा अध्यादेश ल्याउन नमिल्ने भएकाले प्रहरी समायोजन अध्यादेश रोकिएको हो । अब संसद्बाट प्रहरी समायोजन ऐनअघि बढ्ने गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले बताए ।

सरकारले तत्कालै प्रहरीको पनि समायोजन प्रक्रिया अघि बढाउन अध्यादेशमार्फत समायोजनसम्बन्धि कानुन ल्याउन लागेको थियो । दुई साताअघिको मन्त्रिपरिषद्को बैठकले रायका लागि अध्यादेश लोकसेवा आयोग पठाएको थियो । आयोगले समेत ...


सरकारी वकिलको सम्मेलन आइतवारदेखि राजधानीमा !

काठमाडौं - नयाँ अपराधसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सरकारी वकिलहरुको दोस्रो सम्मेलन काठमाडौंमा हुँदैछ। ‘वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराधसंहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने मूल नाराका साथ नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन आइतबारदेखि मंगलबारसम्म चल्नेछ।

२०७३ पुसमा पहिलो सम्मेलन भएको थियो। पहिलो सम्मेलनबाट पारित घोषणापत्रअनुसार महान्यायाधिवक्ता कार्यालय स्थापना दिवसका अवसरमा सम्मेलन हुन लागेको हो। सम्मेलनमा ३ सय बढी सरकारी वकिलको सहभागिता रहने बताइएको छ। सम्मेलनमा पर्यवेक्षकको रुपमा न्यायपालिका, नेपाल प्रहरी, नेपाल बार, मन्त्रालय, विभाग, मुख्य न्यायाधिवक्ताको कार्यालयबाट विधिविज्ञान विज्ञ सहभागी हुनेछन्।

भदौ १ बाट लागू भएको मुलुकी अपराधसंहिताको कार्यान्वयन ...


दाङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २२ पुग्यो, १५ घाइते

तुलसीपुर - राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्री बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ । भने १५ जना घाईते छन् ।

सल्यान कपुरकोटको बनसपति उद्यान केन्द्र अवलोकन पछि फर्किएको दाङ घोराहीको कृष्णसेन ईच्छुक स्मृती बहुप्राबिधिक शिक्षालयको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको भएको जिल्ला प्रहरी प्रमुख एसपि बेलबहादुर पाण्डेले जानकारी दिए ।

अहिलेसम्म ५ जनाएको बाहेक मृत्यु हुनेहरुको सनाखत भने हुन सकेको छैन् । दुर्घटनामा परि १५ जना घाईते भएका छन् । घाईते मध्ये १५ जना नेपालगंज रेफर गरिएको प्रहरीले बताएको छ । ...


चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु

काठमाडौं - चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले लापरवाही गर्ने चिकित्सकमाथि कारवाहीको मागसहित प्रदर्शन गरेका हुन् ।

व्यथाले चयापेपछि बुधबार साँझ लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भर्ना गरिएकी सञ्जुलाई त्यहाँबाट चिकित्सकले विराटनगर वा धरान लैजान सल्लाह दिएकाले परिवारजनले बाहिर लैजान तयारी गरेका बखत ...


बेपत्ता भएका नेकपा नेता भण्डारी भारतमा रहेको पत्तो लाग्यो !

काठमाडौं - प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उनलाई देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान सम्पर्कविहीन भएको भनिएको २५ मिनेटपछि उनलाई काँकरभिट्टा नाकामा रिक्सामा चढेको अवस्थामा सिसी क्यामेराले रेकर्ड गरेको हो ।

‘एक जना मानिस छेउमा देखिएका छन्’, प्रहरी प्रवक्ता श्रेष्ठले भने, ‘बुधबार बिहान ९ः२५ बजे उहाँ काँकरभिट्टाबाट भारततिर जाँदै गरेको र १५ मिनेटपश्चात भारतीय नाका पानीट्याङ्कीमा पुग्नुभएको सिसी क्यामेरामा ...


चिसो भुइँमै बसेर पढ्छन  पर्साका दर्जनौ प्राविका विद्यार्थी

पर्सा - चिसो र शीतलहरका कारण पर्साका ग्रामण क्षेत्रका विद्यार्थी प्रभावित भएका छन् ।

कक्षा कोठामा विद्यार्थीका लागि डेस्क र बेन्च समेत नहुँदा जिल्लाका दर्जनौ प्राथमिक विद्यालयका विद्यार्थीहरु चिसो भुइँमै बसेर पढ्न बाध्य भएका छन् ।जिल्लाका दुई दर्जनभन्दा बढी प्राथमिक विद्यालयमा डेक्स बेन्चको अभाव छ ।

पर्साका अधिकांश विद्यालयका विद्यार्थीहरु घाम लागेको बेला चौरमा र शितलहरका बेला कक्षा कोठामा बोरा विछ्याएर बर्षौदेखि पढ्दै आएका छन् ।

सरकारी निकाय तथा स्थानीय तहका जनप्रतिनिधिले सामूदायिक विद्यालयहरुको भौतिक संरचनामा ध्यान नदिएका कारण विद्यार्थीहरु चिसो भुईमै पढ्न बाध्य भएका शिक्षकहरुको गुनासो छ ...


हाम्रै नेपालमा : पासपोर्ट बनाउन कपालमा जुत्ताको पालिस !

काठमाडौं - पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ ? कपाल रंगीन नबनाउनुहोला । नत्र जुत्ताको पालिस टाउकामा दल्नुपर्ला । म्हेन्दी लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका छन् । एक सय रुपैयाँ तिर्दै, कपालमा जुत्ताको पालिस दल्दै ।

बालाजुकी पूजा पाठकसँग हस्तलिखित राहदानी थियो । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन बिहीबार केशरमहलस्थित राहदानी विभाग पुगिन् । फोटो खिच्ने लाइनमा बस्दा एक कर्मचारीले उनको खैरो कपाल हेर्दै भने, ‘कपालमा कालो लगाएर आउनुस् है, यस्तो कपालमा हुँदैन ।’

अमेरिकाबाट फर्केकी पाठकलाई त्यहीको कर्मचारीले प्रहरीको क्यान्टिनमा गएर जुत्तामा लगाउने पालिसले कपाल ...


समायोजन अध्यादेशविरुद्ध कर्मचारी आन्दोलित

काठमाडौं - समायोजन अध्यादेशविरुद्ध कर्मचारी आन्दोलित भएका छन्। सिंहदरबारभित्रका कर्मचारीले समेत बुधबार काम छाडेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेका छन्।

आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले संविधानविपरीत जबर्जस्ती धम्क्याएर समायोजन लाद्न खोजेकाले कर्मचारी आन्दोलित भएको दाबी गरे। ‘५१ प्रतिशत आम कर्मचारीको चित्त बुझ्नु पर्‍यो, त्यो अध्यादेशको पक्षमा कुनै कर्मचारी छैनन्’, उनले भने, ‘सरकारले लिँडेढिपी गरेर यो अध्यादेश ल्याएको छ।’ उनले तत्काल अध्यादेश संशोधन गरेर कर्मचारी समायोजन गर्नु पर्ने बताए। उनले अध्यादेश संशोधन नगरी कर्मचारी समायोजन हुनै नसक्ने बताए।

सरकारले कर्मचारी समायोजन गर्ने तयारी गरिरहँदा त्यसविरुद्ध कर्मचारी ...


नेकपा बैठकमा मन्त्री हेरफेर गर्न माग !

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलक्रममा सदस्यहरुले सरकार र पार्टीमा ‘एक व्यक्ति एक पद’ नीति कार्यान्वयन तथा सरकार पुनर्गठन गर्न नेतृत्वसँग माग गरेका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार भएको छलफलमा सहभागी अधिकांश सदस्यले यस्तो माग गरेका हुन।

एउटै व्यक्तिलाई सरकार र पार्टी दुवैमा जिम्मेवारी दिँदा सरकार र पार्टी दुवैतिरको काम प्रभावकारी बन्न नसकेकाले ‘एक व्यक्ति एक पद’ को नीति कार्यान्वयनमा ल्याउनुपर्ने तर्क उनीहरूको छ। सरकारमा बसेर प्रभावकारी काम गर्न नसकेका मन्त्रीलाई पनि हटाएर ...


...

प्रधानमन्त्रीमा शक्ति केन्द्रित गरेकोमा नेकपा बैठकमा ओलीको आलोचना !

काठमाडौं - सत्तारुढ दल नेकपाको बैठकमा प्रधानमन्त्रीले शक्ति आफूमा केन्द्रीकृत गरेको र एसिया प्यासिफिक सम्मेलनमा सरकारको संरक्षण र सहभागिताप्रति चर्काे विरोध भएको छ। ४ दिनयता पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा बोल्ने स्थायी समितिका अधिकांश सदस्यले मुख्यतः यी दुई विषयमा सरकारको आलोचना गरेका छन्।

७ महिनासम्म पार्टी एकतालाई पूर्णता दिन नसकेको, संगठनको जिम्मेवारीमा पक्षपात गरेको, गुटबन्दी गरेको, विधान मिचेकोजस्ता आरोप नेतृत्वमाथि लागिरहँदा प्रधानमन्त्रीको शक्ति केन्द्रीकरण र एसिया प्यासिफिक समिटले पनि महत्‍व पाइरहेको छ। प्रधानमन्त्रीले मन्त्रीका अधिकारसमेत आफूमा केन्द्रित गर्दा मन्त्री सशक्त नहुने र प्रधानमन्त्री कार्यालयसमेत कामको बोझले ...


मेलम्ची आयोजना अनिश्चित !

काठमाडौँ - खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिले सोमबार र मंंगलबार दुई दिन प्रयास गर्दा पनि इटालियन ठेकेदार कम्पनी (सीएमसी) काम गर्न तयार नभएपछि मेलम्ची आयोजना अनिश्चित भएको छ ।

सुरुङको फाइनल फिनिसिङसहितका मुख्य काम रोकिँदा ४६ दिनमात्र काठमाडौँमा पानी ल्याउने कार्यतालिका प्रभावित भएको छ ।

आयोजनाका पदाधिकारीलाई जानकारी नै नदिई सोमबार नेपाल छाड्न लागेका सीएमसीका प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेचोसहितका ८ अधिकारीलाई प्रहरीले रोकेको थियो ।

...

निर्मला पन्तकी आमाले दिइन एसपी पन्त सहित ८ जना प्रहरी बिरुद्ध किटानी जाहेरी

कन्चनपुर - कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे प्रमाण नष्ट गरेको भन्दै निर्मलाकी आमा दुर्गादेवी पन्तले कन्चनपुरका तत्कालिन प्रहरी प्रमुखसहित ८ जना विरुद्ध किटानी जाहेरी दिएकी छन् । दुर्गादेवीले बर्खास्तीमा परेका कञ्चनपुरका तत्कालिन प्रहरी उपरीक्षक दिल्लीराज बिष्ट, प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर सेठी, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक अंगुर जिसी विरुद्ध उजुरी दिएकी हुन् ।

त्यस्तै, बर्खास्तीमा परेका प्रहरी निरीक्षक जगदीश भट्टका साथै प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक रामसिंह धामी, हरिसिंह धामी र प्रहरी जवान विरुद्ध पनि प्रमाण नष्ट गरेको आरोपमा दुर्गादेवीले ...


मोनोरेलको डीपीआर सम्झौता आज

काठमाडौँ - काठमाडौँ र ललितपुर महानगरपालिकामा प्रस्तावित मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न आज सम्झौता हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मोनोरेल निर्माण तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सम्बन्धी सम्झौता बुधबार हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मोनोरेलको डीपीआर तयार गर्ने सम्बन्धी सम्झौता गर्न चाइना रेल्वे कम्पनी लिमिटेड (सीआरसी, व्यूरो २५)का पदाधिकारीहरू नेपाल आइसक्नुभएको छ । उहाँहरूसँग बुधबार सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।” सम्झौता भएको छ महिनाभित्र डीपीआर तयार हुने जानकारी उहाँले दिनुभयो । सीआरसीसी चीनको सरकारी स्वामित्वको निर्माण कम्पनी हो ...


निर्मला प्रकरणमा उब्जिएको पछिल्लो प्रश्न : कि त्यो निर्मलाको नभएर अरु कसैको नै स्वाब हो ?

काठमाडौं - कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका दुई किशोरको डीएनए रिपोर्ट जिल्ला पठाइएको छ। मंसिर १८ गते काठमाडौंको महाराजगन्जमा पक्राउ परेका भीमदत्तनगर नगरपालिका–१८ का प्रदीप रावल र विशाल चौधरीको डीएनए रिपोर्ट नेगेटिभ आएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

‘बलात्कारपछि हत्या गरेर गाउँकै उखुबारीमा भेटिएको निर्मलाको शवबाट निकालिएको भजाइनल स्वाबसँग दुवैको डीएनए मिलेको पाइएन’, उच्च स्रोतले भन्यो, ‘विधि विज्ञान प्रयोगशालाले दुवैको डीएनए रिपोर्ट प्रहरी प्रधान कार्यालयलाई बुझाइसकेको छ। अब यो जिल्ला सरकारी वकिलको रोहबरमा कञ्चनपुर प्रहरीले केही दिनमै खोल्नेछ।’

प्रदीपले ...


महतले र केसीको हातको माइक खोसेपछि कांग्रेस महासमिति बैठकमा घम्साघम्सी !

काठमाडौं - नेपाली कांग्रेसको महासमितिको बैठकमा नेताहरुबीच माइक खोसाखोस भएको छ । सहमहामन्त्री डा. प्रकाशसरण महत र नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीबीच माइक खोसाखोस भएको हो । केसी मन्चमा गएर बोल्दाबोल्दै महत आएर माइक खोसेका थिए । त्यतिबेला केहीबेर तनाव देखिएको थियो ।

नेता केसीले भने, ‘महासमिति बैठक सुरु भएको आज चार दिन भयो तर, पार्टीको विधान अझै आएन । पहिले विधान चाहियो त्यसपछि मात्रै बैठक प्रारम्भ गर्नुपर्छ भनेर म मञ्चमा बोल्दै थिएँ तर, प्रकाशसरण महतजी आएर माइक खोस्नुभयो ।’

दुई नेता बीचको माइक खोसाखोसका कारण होहल्ला ...


पत्रकारलाई अब उपचारमा २० प्रतिशत छुट !

दमौली - दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट, एक्सरे, दन्त सेवालगायतमा छुट दिने निर्णय भएको छ ।

उनले भने, “राज्यको चौथो अङ्गका रुपमा रहेका पत्रकारलाई बिरामी हुँदा उपचारमा केही सहजता होस् भनेर यस्तो निर्णय गरेका हौँ ।” अस्पताल विकास समितिले पूर्ण अपाङ्गता भएका ...


उचित मूल्य नपाएपछि झापाका कुखुरा पालक आन्दोलनमा !

झापा - झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादन गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

विभिन्न सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपाल कुखुरापालक किसान सङ्घ झापाका अध्यक्ष राजन पौडेले बताए ।

“पछिल्लो समय चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको छ”, उनले भने, “तर, किसानले उत्पादन गरेको कुखुराको मूल्य घट्दो छ ।” आन्दोलन स्वरूप किसानले समस्या समाधान नभएसम्म खोरमा खुकुराको ...


बाह्र वर्षीया बालिका १२ दिनदेखि बेपत्ता

इलाम - इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् ।

सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् । २० गते बिहान बालिका विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले जानकारी दिए । बालिका घर नफर्के पनि आफन्तकोमा गएको आशङ्कामा बेलुका नखोजिएको तर दुई दिनसम्म नफर्केपछि खोजी कार्य शुरू गरिएको गुरुङले बताए ।

बलिकाका परिवार, आफन्त र प्रहरीले समेत बालिकाको खोजी गरे पनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका हबल्दार विजय राईले जानकरी दिए ...


चार उत्कृष्ट न्यायाधीशलाई सम्मान !

काठमाडौं - न्याय परिषद्को २८औँ दिवसका अवसरमा चार उत्कृष्ट न्यायाधीशलाई आज सम्मान गरिएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले दोसल्ला ओढाइ उत्कृष्ट छनोट भएका न्यायाधीशलाई सम्मान गरेका हुन् ।

सम्मानित न्यायाधीशमा विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ, जिल्ला न्यायाधीश महोत्तरीका न्यायाधीश ब्रजेश प्याकुरेल र डडेलधुराका न्यायाधीश चन्द्रमणि ज्ञवाली रहेका छन् ।

सो अवसरमा प्रधानन्यायाधीश मिश्रले न्याय परिषद् बुलेटिनको पनि विमोचन गरेका थिए । समारोहमा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का पदाधिकारी, मुख्य रजिष्ट्रार, मुख्य न्यायाधीश, न्यायाधीश, सचिव र नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नेपाल बार ...


खटिया-दिपायल सडकलाई राष्ट्रिय राजमार्ग बनाउन माग

डोटी - सुदूरपश्चिमको खुटिया-दिपायल हुँदै बझाङ्ङको मानसरोवर जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रयास थालिएको छ ।
सांसदहरुको प्रतिनिधिमण्डल गएको छ । डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगर सहितको टोलीलेले भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेटलाई उक्त सडकलाई राष्ट्रिय राजमार्ग बनाउनका लागि मन्त्रिपरिषद्को बैठकमा पेश गर्न आग्रह गरेका हुन् । उक्त सडक राष्ट्रिय राजमार्ग बनाउनका लागि मन्त्री परिषद्को बैठकमा पेश गर्ने प्रतिबद्धता भौतिक योजना तथा निर्माणमन्त्री महासेठले जनाउनुभएको कुरा सांसद आलेमगरले जानकारी दिए ।

डोटीको विकासका लागि लागिपरेका सांसद आलेमगरले उक्त सडकलाई जसरी पनि मानसरोवरमा पु¥याएरै छोड्ने जिकिर ...


गरीबीले सानै उमेरमा विवाह

जाजरकोट - पढाइमा कमजोर तथा घरको आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकाले उमेर नपुग्दै विवाह भएको पाइएको छ ।

उमेर नपुग्दै विवाह नगर्न आग्रह गर्दा पनि बालविवाह गर्ने क्रम नरोकिएको पञ्च भयार माध्यामिक विद्यालयका शिक्षिका नन्दा शाहीले जानकारी दिइन् । आर्थिक अवस्था कमजोर भएका छात्राको उमेर नपुग्दै बिहे हुने गरेको छ । विभिन्न आर्थिक प्रलोभनमा परेर, कम उमेरमा बिहे गर्नेको सङ्ख्या बढेको सरोकारवाला बताउँछन् ।

आर्थिक अवस्था कमजोर भएका परिवारका छोरी धनीसँग बिहे गरेमा राम्रो लगाउने, मीठो खाने भ्रमका कारण छिटो बिहे हुने गरेको छ । कम ...


वातावरणीय प्रभाव मूल्याङ्कन बिनै धमाधम सडक खन्दै डोटीका स्थानिय निकाय

डोटी - केआइसिंह गाउँपालिकाले रु ४१ लाखमा जेसिवी कम्पनीको नयाँ व्याकहोल लोडर(चक्कावाला डोजर) खरीद गर्यो । गाउँगाउँ र बस्तीबस्तीमा सडक पुर्याउने भन्दै गाउँपालिकाले डोजर खरीद गरेको हो ।

यस्तै सायल गाउँपालिकाले रु एक करोड २९ लाखमा लुसान कम्पनीको डोजर खरीद ग¥यो । सो गाउँपालिकाले सडक बनाउन डोजर प्रयोग गरी डाँडा भत्काउन थालेको छ । बडीकेदार गाउँपालिकाले पनि रु एक करोड २३ लाखमा लुसान कम्पनीकै डोजर खरीद गरेको छ । सो गाउँपालिकाले पाँचै वडामा सडक पु¥याउने योजना बनाएको छ ।

दीपायल सिलगढी नगरपालिकाले यसअघि नै डोजर खरीद गरिसकेको ...


मेलम्ची खानेपानीका ठेकेदारको किन गरियो पासपोर्ट जफत ?

काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छाडेर भाग्न खोज्ने ठेकेदारलाको पासपोर्ट जफत भएको छ । प्रहरीले इटालियन ठेकेदार कम्पनीका म्यानेजर क्रिश्चियानो ग्रेसो सहित ८ जनाको पासपोर्ट जफत गरेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुम एसएसपी धिरजजप्रताप सिंहले खानेपानी मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयको निर्देशनपछि उनीहरुको पासपोर्ट जफत गरिएको बताए ।

प्रहरीका अनुसार उनीहरु क्रिसमस मनाउन जाने भन्दै काम छाडेर दुई दिनअघि काठमाडौं आएका थिए । उनीहरुलाई प्रहरीले काठमाडौंका बिभिन्न होटलमा पुगेर पक्राउ गरी पासपोर्ट जफत गरेको जनाएको छ ।

...

काठमाडौँमा बढ्यो चिसो, तापक्रम ह्वात्तै २ डिग्रीमा झर्यो

काठमाडौं - काठमाडौं उपत्यकामा एकाएक अत्याधिक चिसो बढेर तापक्रम २ डिग्रीमा झरेको छ ।

मौसम विभागका अनुसार सोमबार काठमाडौंको तापक्रम २. ५ डिग्रीमा झरेको हो । यो तापक्रम विभागको रेकर्डअनुसार यो वर्षकै सबैभन्दा कम हो ।

बंगालको खाडीको दक्षिण/ पश्चिम क्षेत्रमा ‘फेथाइ’ नामको समुद्री आँधी आएकाले त्यसको प्रभावले काठमाडौंमा चिसो बढेको हो । जसका कारण उच्च पहाडी क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।

...

सांसदहरुले आफैले योजना बनाउने भन्दै साढे ६ अर्ब रुपैयाँ आफूखुशी बाँडे

काठमाडौं - संघीय सांसदले तजबिजीमा करिब साढे ६ अर्ब रुपैयाँबराबरका योजना बाँडफाँट गरेका छन्। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत मुलुकका एक सय ६५ निर्वाचन क्षेत्रबाट संघीय संसद्मा निर्वाचित सांसदले यसरी योजना बाँडफाँट गरेका हुन्। संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिबीचको समन्वयमा बजेटका योजना वितरण गर्ने व्यवस्था भए पनि संघीय सांसदले आफूखुुसी गरेका हुन्।

बजेटमा भएको व्यवस्था अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकेको ढाँचामा सांसदले योजना बाँडफाँट गरी पेस गरेका छन्। प्रायः सबै सांसदले योजनाको सूची जिल्ला समन्वय समितिमार्फत मन्त्रालयमा पठाए पनि केही ...


सरकारलाई बोझ बन्दै सार्वजनिक संस्थान, धेरैले लगानीअनुसार प्रतिफल दिन सकेनन !

काठमाडौं - स्न १९९० को दशकअघि संसारभर सार्वजनिक संस्थान स्थापना हुने लहर चल्यो। युरोप, अमेरिकामा चलेको यो लहर नेपालमा पनि पस्यो र एकताका यहाँ सार्वजनिक संस्थान पाँच दर्जनसम्म पुगे।

अन्य देशहरुले सार्वजनिक संस्थानहरु प्रयोग गर्दै आर्थिक उन्नति गरे, आवश्यकताअनुसार पुनः व्यवस्थापन पनि गर्दै गए। तर यस मामिलामा ‘असफल’ भयो। नेपालले न त राम्रोसँग निजीकरण गर्न सक्यो न त राम्रो व्यवस्थापन नै।

मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै सार्वजनिक संस्थानहरुको व्यवस्थापनमा अर्को चुनौती थपिएको छ। संस्थानले राज्यलाई हरेक वर्ष अर्बौं भार थप्दै गएका छन् तर लगानीअनुसार प्रतिफल दिन सकेका ...


मिनिट्रक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

नुवाकोट - शुक्रबार साझ नुवाकोटको घ्याङफेदीमा भएको मिनिट्रक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ।

दुर्घटना हुदा १८ जनाको घटनास्थलमा, १ जनाको उपचारको क्रममा अस्पताल लैजादै गर्दा बाटोमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराइले बताएका छन्। ‘अस्पतालमा उपचारको लागि लैजादै गर्दा बाटैमा मृत्यु भएकालाई पनि दुर्घटनास्थलमा नै ल्याएका छौँ। रातको समयमा दुर्घटना भएकाले रातभरी खोजीकार्य जारी राख्यौं’, उनले भने, घटनास्थल भिर रहेको र खोजी कार्य अझै जारी छ भने मृतकको सनाखत अझै हुन सकेको छैन।

बा ...


पाल्पामा दुखद खबर : जिप दुर्घटनामा परि ५ जनाको मृत्यु, ४ घाइते

पाल्पा - पाल्पाको जल्पाबाट बहादुरपुरतर्फ जादैँ गरेको लु १ च २६५३ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा माथागढी गाउँपालिका वडा नंं ८ की ३३ वर्षीय यानिसर गाँहा, बुमाकुमारी दर्लामी, रेवतबहादुर जि.सी., कुनिसरा रुचाल र जिपचालक २० वर्षीय वीरेन्द्र राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा घाइते हुनेहरुमा माथाँगढी ८ कै ४० वर्षीय सुरेन्द्र मश्राङ्गी, ४० वर्षीय देव सिंह राना, २६ वर्षिया शान्ता रुचाल र उनकी ३ वर्षीया छोरी रहेको प्रहरीले जानकारी दिएको ...


प्रहरीको आँखामा खुर्सानीको धुलो छर्केर जेलबाट भाग्ने पक्राउ

सिमकोट - जिल्ला प्रहरी कार्यालयस्थित ड्यूटीमा खटिएका प्रहरी जवानको आँखामा खुर्सानीको धुलो छर्केर भाग्न खोज्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

हिरासतबाट भाग्न खोज्ने एकजना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयको हातामा रहेको हिरासतमा रहेका अभियुक्तले सुरक्षाकर्मीको आखाँमा खुर्सानीको धुलो छर्केर भाग्न खोज्दा उनलाई पक्राउ गरिएको बताइएको छ ।

बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतमा रहेका सर्केगाढ गाउँपालिका–२ कागङे महतरा प्रहरीलाई छलेर भाग्न खोज्दा फेरि पक्राउ परेका हुन् । थुनुवाहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको आँखामा महतराले चाउचाउको धुलो खुर्सानी छकेका थिए ।

जिल्ला प्रहरी कार्यालयका ...


जाजरकोटमा ७४ प्रतिशतको उमेर नपुग्दै घरजम

जाजरकोट - सविता खत्रीको उमेर १२ वर्ष मात्र भयो। उनी खलंगाको त्रिभुवन माविमा कक्षा ६ पढ्दै थिइन्। तिनै सविताले बिहे गरेको खबर सुनेर उनका शिक्षक र साथीहरू अचम्मित भए। तर जाजरकोटमा बालविवाह विरलै हुने घटना होइन। यस जिल्लामा ७४ प्रतिशतले उमेर नपुग्दै घरजम गर्छन्। जसले गर्दा पढाइ छोड्ने र सम्बन्धविच्छेद गर्नेको संख्या बढिरहेको छ।

धादिङका १८ वर्षीय दुर्गा तामाङ पुल बनाउन जाजरकोट आएका थिए। सविताले उनैसँग भागीविवाह गरेकी छन्। गाउँलेले भनेपछि मात्रै उनका बुबा अक्कलबहादुर खत्रीले छोरीले बिहे गरेको थाहा पाए। ‘दिनहुँ पढ्न जान्थी। हामीलाई थाहा ...


चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि तयारी सुरू

काठमाडौं - चीनले नेपालमा उच्चस्तरीय भ्रमणको तयारी अघि बढाएको छ। नेपाल–चीन दुईपक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा उच्चस्तरको भ्रमणबारे छलफल भएको छ। तर उच्चस्तरको भ्रमण कहिले हुने भने स्पष्ट भइसकेको छैन। चीनबाट राष्ट्रपति स्तरको भ्रमणका लागि नेपालले लगातार पहल गरिरहेको छ।

जियाङ जेमिनले सन् १९९६ को डिसेम्बरमा दुईदिने नेपाल भ्रमण गरेका थिए। २०१२ को जनवरीमा प्रधानमन्त्री वेन जियावाओ पाँच घण्टाका लागि नेपाल आएका थिए। राष्ट्रपति हु जिन्ताओ दुई कार्यमालमा नेपाल आएनन्। राष्ट्रपति सि चिनफिङले पनि पहिलो कार्यकालमा नेपाल भ्रमण आवश्यक ठानेनन्।

नेपाल–चीन दुई पक्षीय परामर्श संयन्त्रको १२ ...


संबिधान संशोधन हुन्छ : प्रचण्ड

काठमाडाैं - पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर भए पनि उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताएका छन् ।

बिहीबार थारु भाषाको पत्रिका ‘मुक्तिक डगर’को विमोचन गर्दे अध्यक्ष प्रचण्डले उत्पीडित वर्गले चाहे अनुरुपको अधिकार नपाएको भन्दै संविधान संशोधनका माध्यमबाट त्यसलाई पूरा गर्न आफू तयार रहेको बताएका हुन् ।

‘हाम्रो आन्दोलन र हाम्रो उद्देश्य अझै पूरा भएको छैन्’, उनले भने, ‘उत्पीडित जनताले चाहेको र कल्पना गरेको समाजको अझै निर्माण हुन सकेको छैन् ।’ अध्यक्ष प्रचण्डले आफूहरु अझै पनि आन्दोलनकै ...


सरकारद्वारा साना किसानको ऋण मिनाहा

काठमाडाैं - कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताएका हुन् ।

कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ ।

...

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

काठमाडौं - संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ । बिहीबार विहान बसेको परिषदको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, परिषदले अस्वीकृत भएको कैफियतमा उल्लेख थियो । जोशी प्रधानन्यायाधीशका लागि यसअघि संसदीय समितिबाट अस्वीकृत भएका थिए ।

यसअघि पटक स्थगित हुँदै आएको संवैधानिक परिषद्को बैठक विहिवार बिहान बसेको थियो ।

...

विप्लव र राउतका ४५० कार्यकर्ता पक्राउ गरेपछि  मुलुकमा अमनचयन कायम भएको सरकारको निष्कर्ष

काठमाडौं - मुलुक बिखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा सलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रति सरकार कडा देखिएको छ। राजनीतिक आवरणमा देशविरुद्धको अपराध, हिंसा र आतंक मच्चाउनेलाई छाड्न नमिल्ने भन्दै धमाधम पक्राउ र मुद्दा चलाउन थालेपछि मुलुकमा शान्ति र अमनचयन कायम भएको सरकारको निष्कर्ष रहेको छ।

विगतमा कमजोर मुद्दा बनाएर अदालतमा लाने र बन्दी प्रत्यक्षीकरणमा छुट्दै आएका राउत पछिल्लोपटक हिरासतमा फर्किनु परेको छ भने उनका ९४ जना कार्यकर्ता पक्राउ गरी अनुसन्धानमा राखिएका छन्। सर्वोच्च अदालतवाट बन्दी प्रत्यक्षीकरणबाट छुट्दै आएका राउतलाई उनका ...


सात वर्षीय बालक अपहरण गरी १५ लाख फिरौती माग्ने तीन पक्राउ

झापा - सात वर्षीय बालक अपहरणमा संलग्न तीनजनालाई झापा प्रहरीले पक्राउ गरेको छ । भारत बिहारको सुपौलका मोहम्मद सद्दामका सात वर्षीय छोरा महफुज आलमको अपहरणमा संलग्न गौरीगन्ज गाउँपालिकाका ४७ वर्षीय बद्री यादवसहित तीनजना पक्राउ परेका हुन् ।

यादव संघीय समाजवादी फोरमका नेता हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा गौरीगन्ज गाउँपालिकाको अध्यक्षका उम्मेदवार थिए । त्यसअघि ०६४ र ०७० सालको निर्वाचनमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट यादव प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए । उनै यादवको योजना र संलग्नतामा गौरीगन्ज–४ का श्रीप्रसाद मुखिया र उनकी श्रीमती ...


राष्ट्रपति भवननजिकका भट्टी पसल बन्द गरिने

काठमाडौँ - काठमाडौं महानगरपालिकाले राष्ट्रपति निवासनजिकै सञ्चालिन भट्टी पसल तत्काल बन्द गर्ने भएको छ । महानगरपालिकाको अनुगमन समितिले बुधबार गरेको अनुगमनका क्रममा राष्ट्रपति निवासनजिकै मात्र १० वटा गैरकानुनी भट्टी पसल सञ्चालनमा रहेको भेटेको थियो । ती भट्टी पसल तत्काल घरबेटीलाई चिठी पठाएर बन्द गर्न लगाउने वडा नम्बर–३ का अध्यक्ष दीपक केसीले बताए । ‘हामीले आज (बुधबार) सम्झाउने काम मात्र गर्‍यौँ,’ उनले भने, ‘सम्झाएर मात्र हुनेजस्तो छैन, त्यसैले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउँदै छौँ ।’

उपमेयर हरिप्रभा खड्गी नेतृत्वको अनुगमन टोलीमा उपभोक्ता अधिकारकर्मी, महानगरपालिका खाद्य विभाग प्रमुखलगायत ...


गोदामचौर बलात्कारमा पनि प्रहरीद्वारा प्रमाण नष्ट, डिएनए म्याच भएन

काठमाडौँ - एक वर्षअघि ललितपुरको गोदावरी–१ गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन् । अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रहरीले बुधबार गोदावरीमै पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्त
केही समय भारतमा लुकेपछि पछिल्लो समय उनीहरू गाउँ फर्किएका थिए । उनीहरूविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दा दायर छ । कार्यालयबाट साँझ घर फर्कँदै गरेकी स्थानीय युवतीलाई टाउकामा ढुंगाले हानेर बेहोस बनाई बलात्कार गरेको आरोप उनीहरूमाथि छ । पीडित युवती अर्को बिहान बेहोस अवस्थामा तोरीबारीमा फेला ...


दाङमा जन्ती चढेको जिप दुर्घटना, बेहुलाका आमाबुवा सहित ६ जनाको मृत्यु

दाङ । दाङको रिहारमा बस र बेलुली लिएर फर्किँदै गरेको स्कारपियो कार ठोक्किदा ६ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ९ रिहारस्थित प्रहरी चौकीदेखि पश्चिमतर्फ महेन्द्रनगरदेखि काठमाडौंतर्फ जाँदै गरेको ना५ ख ४०९० नम्बरको बस र बुटवलदेखि नेपालगञ्जतर्फ जाँदै गरेको बा१२ च ३१२२ नम्बरको कार एक आपसमा ठोक्किँदा ६ जनाको मृत्युु भएको हो ।

मध्यराती भएको सो दुर्घटनामा परी मृत्युु हुनेमा दुलाहाका बुवाआमा र आफन्त छन् । बाँके राप्ती सोनारी गाउँपालिका –८ शम्शेरगञ्ज बस्ने ४९ वर्षीय ...


रासनभत्ता ४० प्रतिशत बढाउन प्रहरीको प्रस्ताव

काठमाडौँ - नेपाल प्रहरीले महँगीअनुसार ४० प्रतिशत रासनभत्ता बढाउन प्रस्ताव गरेको छ । पछिल्लो चार वर्षदेखि प्रहरीको रासनभत्ता वृद्धि भएको छैन । चार वर्षयता महँगी धेरै बढेको भन्दै रासनभत्ता बढाउन माग गरेको प्रहरीले जनाएको छ ।

अहिलेको रासनभत्ताले खाना खान नपुगेको प्रहरीको भनाइ छ । चार वर्षको अवधिमा बढेको महँगी, नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सूचकांक, नेपाल उद्योग वाणिज्य महासंघको मूल्यसूची र रासनमा क्यालोरीसमेत बढाएर ४० प्रतिशत भत्ता वृद्धि गर्न प्रहरीको प्रस्ताव छ । लामो समयदेखि रासन वृद्धि नहुँदा समस्या भएकाले वृद्धिका लागि पहल गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले ...


त्रिवि सहितका तीन विश्वविद्यालय आन्दोलनले ग्रस्त, बिद्यार्थीको भविष्य अन्योलमा !

काठमाडौँ - देशकै सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयमा डिनदेखि उपकुलपति कार्यालयसम्म तालाबन्दी छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि शिक्षालाई निजीकरण गरेको विरोधमा महिनौँदेखि प्राध्यापक तथा विद्यार्थीहरू आन्दोलनमा छन् । सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय पनि पदाधिकारीका कारण आन्दोलनमय बनेको छ । तालाबन्दी तथा आन्दोलनका कारण विद्यार्थीको परीक्षा तथा नतिजा प्रकाशनमा समस्या भएको छ । केही विश्वविद्यालयमा महिनौँदेखि विद्यार्थीले पढ्नसमेत पाएका छैनन् ।

त्रिविमा विद्यार्थीदेखि प्राध्यापकसम्मको ताला, परीक्षाका काम प्रभावित
त्रिविको मानविकी संकायको डिन कार्यालय, योजना निर्देशनालय, शिक्षाध्यक्ष र उपकुलपति कार्यालयमा तालाबन्दी छ । मोहन वैद्यनिकट नेकपा माओवादीनिकटका प्राध्यापकहरूले गत बिहीबार सहायक डिन नियुक्तिमा ...


ऊर्जा उत्पादकको सबै विद्युत् अब प्राधिकरणले किन्ने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले ऊर्जा उत्पादकहरूसँग विद्युत् खरिद गर्दा ‘टेक अर पे’ प्रावधान अपनाउने निर्णय गरेको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनको अध्यक्षतामा मंगलबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । यससँगै निजी ऊर्जा उत्पादकहरूले झन्डै ५ वर्षदेखि उठाउँदै आएको माग सम्बोधन भएको छ ।

‘यो निर्णयले जलविद्युत् आयोजनाहरूमा आन्तरिक तथा बाह्य लगानी बढ्नेछ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘१० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई सघाउ पुग्ने विश्वास हामीले लिएका छौँ ।’ प्राधिकरणको यस्तो निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको ...


नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदन मोदीले स्वीकारेनन् !

काठमाडौँ - नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले पाँच महिनाअघि तयार गरेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अझै बुझाउन सकेको छैन । प्रतिवेदनप्रति असन्तुष्ट मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले इपिजी टोलीलाई प्रधानमन्त्रीसँग भेटको समय नै मिलाउन दिएका छैनन् ।

१९५० को नेपाल–भारत मैत्री सन्धिबाट भारतभन्दा नेपाल लाभान्वित भएको र अहिले इपिजीको प्रतिवेदनले भारतलाई समस्या तथा नेपाललाई थप लाभ हुने डोभालको निष्कर्ष छ । इपिजीको भारत पक्षका संयोजक भगतसिंह कोस्यारीले मोदीसँग भेटघाटको समय मिलाउन कोसिस गरिरहेका छन् । तर, प्रतिवेदन नसच्याए प्रधानमन्त्री मोदीले नबुझ्ने डोभालको भनाइपछि इपिजी अनिर्णयको बन्दी भएको छ । ...


सुकेधाराको सुधारगृहमा चरम  यौन दुराचार, २१ जनाको उद्धार

काठमाडौँ - सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामक सुधारगृहमा यौन दुराचार हुने गरेको खुलेको छ । अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त सुधारगृहबाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धारसमेत गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि सुधारगृहमा यौन दुराचारसमेत हुने गरेको खुलेको हो ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले सुधारगृहका कर्मचारी ३६ वर्षीया सुदीप ढुंगानालाई पक्राउ गरेको छ । उनले नौ महिनादेखि सुधारगृहमा रहेका १४ वर्षीय बालक र २१ वर्षीय युवकलाई यौन दुराचार गर्दै आएका थिए । प्रहरीले ढुंगानाविरुद्ध बाल यौन दुराचार मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

परिसरका ...


झन् जटिल बन्दै निर्मला प्रकरण : अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी

काठमाडौँ - अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ । वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ । पछिल्लोपटक पक्राउ परेकाहरूले अपराध स्वीकार गरेको प्रहरीको भनाइमा पनि धेरैको अविश्वास छ ।

पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले सोधपुछका क्रममा अपराध स्वीकार गरे पनि प्रहरी ढुक्क हुन सकेको छैन । आफैं ढुक्क हुन नसक्ने बयान कसरी प्रहरीले संकलन गरिरहेको छ भन्ने प्रश्न पनि झन् गम्भीर हुँदै गइरहेको छ । विगतमा पक्राउ परेका केही अभियुक्तले समेत आरोप स्वीकार गरेका थिए । ...


विशाल चौधरीका बाबु भन्छन् : ‘नसा दिएर मेरो छोरालाई अपराध स्वीकार गर्न दवाव दिए'

तपाईंको छोरा विशाललाई प्रहरीले कञ्चनपुरबाट ल्याएको छ, छोरासँगै तपाईंलाई पनि काठमाडौं ल्याएको थियो । यसअघि पनि तपाईंको छोरा पक्राउ परेको भन्ने छ । खासमा उनी कहिले र किन पक्राउ परेका थिए ?

म मजदुरी गर्ने मान्छे हुँ, घर बनाउने काम गर्छु । बिहानै काममा जान्छु । साउन १० गते प्रदीप रावललाई पुलिसले समातेछ । किनकि, ९ गते कुखुरा र पैसासैसा चोरी भएको रहेछ । प्रदीपले विशालको नाम लिएछ । उसले विशालको घर पनि देखाइदिएछ । १० गते नै बेलुकी साढे ४ बजेतिर मेरो छोरा विशाललाई समातेर वडा पुलिस कार्यालय लगियो । त्यो दिन हिरासतमै राखे । ...


जहाज खरिदमा गलत नियत राखिएको निष्कर्षसहितको राय संसदमा

काठमाडौँ - सार्वजनिक खरिद अनुगमन कार्यालयले वाइडबडी विमान खरिदमा गलत नियत राखिएको निष्कर्षसहितको राय संसद्को सार्वजनिक लेखा समितिलाई दिएको छ । समितिले विमान खरिदमा ऐनले गरेको व्यवस्था पालना भए–नभएको राय दिन कार्यालयलाई निर्देशन गरेको थियो । विमान खरिद प्रक्रियामा भएका कमजोरीबारे कार्यालयले उठाएका प्रश्न यस्ता छन् :

प्रश्न १ : खरिद अनुगमन कार्यालयले विमान खरिदका लागि स्पेसिफिकेसन तयार गर्दादेखि नै गलत उद्देश्य राखिएको देखाएको छ । सार्वजनिक खरिद ऐनअनुसार स्पेसिफिकेसन तयार गर्दा कुनै खास ब्रान्ड, ट्रेडमार्क, नाम, पेटेन्ट, डिजाइन वा उत्पादक उल्लेख गर्न पाइँदैन । तर, नेपाल वायुसेवा निगमले सुरुमै ...


संसदमा आइजिपी : 'निर्मला केशमा मेरो भूमिका शंकास्पद भेटिए बर्दी फुकालिदिनुस्'


काठमाडौं - नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको हत्या अनुसन्धान टुंगो नलाग्दा हरेक दिन निन्द्रा लाग्न नसकेको बताएका छन्। राष्ट्रिय सभाको दिगो विकास तथा शुसासन समितिमा सांसदहरुको प्रश्नको जवाफ दिँदै आईजिपी खनालले लामो समयसम्म निर्मला हत्याको अनुसन्धान टुंगो नलाग्दा निन्द्रा लाग्ने अवस्था नभएको बताए।

प्रहरीले अनुसन्धानलाई निकै गम्भीरतापूर्वक लिएको खनालको दाबी छ । उनले संगठनको सामर्थ्यले भ्याएसम्म अनुसन्धान भइरहेको बताए। कन्चनपुरको भीमदत्त नगरपालिकामा गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएकी स्थानीय १३ वर्षीय किशोरी निर्मलाका हत्यारालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। ...


निर्मला हत्याको परिणामबारे यस्तो दावी गर्छन प्रहरी प्रमुख खनाल !

काठमाडाैं - नेपाल प्रहरी महानिरीक्षक(आईजीपी) सर्वेन्द्र खनालले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्याको घटना अनुसन्धान साँघुरिएको बताएका छन् ।

संसदको दीगो विकास तथा सुशासन समितिमा उपस्थित उनले छिटै परिणाम आउने विश्वास व्यक्त गरे । ‘घटनाको अनुसन्धान साँघुरिएको छ । केही समयभित्रै परिणाम आउला’, उनले भने ।

निर्मला प्रकरणमा दोषीको खोजी गरिरहेको प्रहरीले पछिल्लो समय प्रदिप रावल, बिशाल चौधरी र दिनेश चौधरीलार्इ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

उनीहरूको डिएनए टेस्ट समेत गरिसकिएको छ । प्रहरी हिरासतमा रहेका उनीहरूसँग केही अघि महानिरीक्षक खनाल आफैँले बयान लिएको विषय सार्वजनिक ...


दुई किलो सुनसहित धुन्चेबाट एक जना पक्राउ

रसुवा - प्रहरीले धुन्चेबाट २ किलो सुनसहित गोसाईगुण्ड गाउँपालिका–१ स्थायी घर भएका निमा दोर्जे तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख (डीएसपी) सन्तोष तामाङका अनुसार स्याफ्रुबाट काठमाडौं जाँदै गरेको ना १ ज ६१७६ को टाटासुमोमा सवार यात्रु निमा दोर्जेको साथबाट लुकाईछिपाई ल्याएको दुई किलो सुन बरामद गरिएको हो ।

जिल्ला सदरमुकामा धुन्चेमा नियमित चेकजाँचका क्रममा निमा दोर्जे तामाङलाई नियन्त्रणमा लिईएको हो ।

...

सुनसरीमा प्रहरी र भारतीय डाँकाबीच दोहोरो भिडन्त, गोलि लागि एकको मृत्यु

सुनसरी - कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार÷पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

मृतकको सनाखत हुन सकेको छैन । चार÷पाँच जनाको समूहमा रहेको शङ्कास्पद व्यक्तिलाई प्रहरी टोलीले रोक्न खोज्दा उनीहरुले प्रहरीलाई लक्षित गरी एक्कासि गोली फायर गरेपछि आत्मरक्षाका लागि प्रहरीले जवाफी ...


राजदुत लक्कि शेर्पालाई बर्खास्त गर्ने ओली-प्रचण्डको तयारी, यस्तो छ कारण !

काठमाडाैं - मानव तस्करीको गम्भीर आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अन्ततः बर्खास्तीमा पर्ने निश्चित भएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शेर्पालाई बर्खास्त गर्ने सहमति भइसकेको छ ।

आफ्नै चालक सोलुखुम्बुका वाङछु शेर्पाले लक्कीमाथि मानव तस्करी आरोप लगाएपछि विवादमा तानिएपछि उनलाई परराष्ट्र मन्त्रालयले केही दिनअघि स्पष्टीकरणका लागि काठमाण्डु बोलाएको थियो ।

शेर्पामाथि लागेको अभियोगबारे छानबिन गर्न मन्त्रालयले छानबिन समिति बनाएको छ । समितिलाई बयान दिनुअघि शेर्पासँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सचिव शंकरदास बैरागीले सोधपुछ ...


महिला हिंसा विरूद्वको १६ दिने अभियान जारी


शिवु खनाल देउखुरी। पछिल्लो समय महिलाहरु बढि हिंसामा परेको एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । आईतवार लमही नगरपालिका वडा नम्बर १ सुन्डबरीमा आयोजित लैगिक महिला हिंसा विरूद्वको १६ दिने अभियान अन्र्तक्रिया कार्यक्रममा महिला महिलामा धेरै हिंसा र दुब्र्यहार भएको भन्दै नगरलाई हिंसामुक्त समाज बनाउनु पर्ने कुरामा जोड दिएको छ ।
लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले महिला र पुरुषको विभेद राखेर अगाडि बढ्न नसकिने भन्दै, गाउँ समाजमा जव सम्म महिला पुरुष एक रथका दुई पाङग्रा हुन् भन्ने चेतनाको विकास गर्न जरुरी रहेको बताउनुभयो ...


सुकुक्बासी भन्छनः हामीलाई भोट बैंक नबनाउनुस
साँसदसंग मुत्तकमैयाको संबाद

दिवाकर पोख्रेल देउखुरी,मंसिर । लमही नगरपालिका वडा नम्बर ६ कोलमोडका मानवहादुर बुढाथोकी ऐलानी जग्गामा बसोबास गरेको बर्षै भयो । अहिले सम्म उहाँ बसोबास गर्दै आइरहेको जग्गाको लालपुर्जा उहाँले पाउन सक्नु भएको छैन । हाम्रो चार पुस्ता वितीसक्यो लालपुर्जा पाउने कहिले हो ? मानवहादुरले लमहीमा साँसद संग संबाद कार्यक्रममा भन्नुभयो । उहाँ जस्तै सो ठाउँमा ८३ घरपरिवार ऐलानी जग्गामा बस्दै आएका छन् । पक्की घरबास गरेर बस्दै आएका कुलमोडबासीको सधै लालपुर्जाकै प्रश्न गर्छन ।

गढवा गाउँपालिका ७ की गौरी चौधरीले आफूहरु बर्षै देखि ४ बिगाहा जग्गा जोद्यदै ...


दाङका नाकाबासीले सभामुखलाई भेटेर के भने ?


दिवाकर पोख्रेल
देउखुरी, मंसिर । भारत संग सिमा जोडिएको क्षेत्र दाङका नाकाबासीले संघीय संसदका सभामुख कृष्णबहादुर महरासंग नाका क्षेत्रको समग्र विकासको लागि पहल थाल्न आग्रह गरेका छन् । सभामुख महरालाई दाङको प्रत्येक नाकाबासीको पिडा जानकारी रहेको भन्दै नाकाबासीको मागलाई गम्भिरता पुर्वक लिन समेत अनुरोध गरेका छन् । यस आर्थिक बर्षमा सम्पन्न गरि नाका क्षेत्रलाई लक्षित गरेर विनियोजन नभएको स्मरण गराउँदै नाकाबासीहरुले सरकारलाई समेत घचघचाउन आग्रह गरेका हुन । राजपुर गाउँपालिका वडा नम्बर ७ निवासी भिम ओलीले नाकाली जनताले सभामुखलाई भेट्न पाउनु लाई आफ्नो माग ...


वाइडबडी प्रकरण : निगमलाई लेखा समितिका ३८ प्रश्न

काठमाडौं - वाइडबडी प्रकरणबारे संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमसँग लिखित जवाफका लागि ३८ प्रश्न तयार गरेको छ। समितिले निगमलाई बुधबार प्रश्न पठाउने भएको हो।

वाइडबडीको खरिद प्रक्रिया र अनियमितता सम्बन्धमा सांसदले उठाएका प्रश्न समेटेर निगमसँग जवाफ मागिएको समिति सभापति भरत शाहले जानकारी दिए। ‘हामीले प्रश्न तयार गरिसकेका छौं, यसमा छाँटकाँट हुनसक्छ’, शाहले भने, ‘भोलि (बुधबार) समिति बैठक बसेपछि निगमलाई लिखित प्रश्न पठाउँछौं।’ उनले निगमलाई जवाफका लागि बढीमा तीन दिनको समय दिइने जनाए।

निगमले ल्याएका दुई वटा वाइडबडी विमानबारे समितिले अध्ययन गरिरहेको छ। पर्यटन तथा ...


गहुँको विउ धमाधम भारततिर तस्करी, नेपालमा अभाव

विराटनगर - नेपाली कृषकहरुले गहुँको विउ पाउन मुस्किल परिरहेका बेला भारततर्फ भने धमाधम यसको तस्करी भइरहेको हो ।

गहुँको विउ भारत लैजान पूर्ण रुपमा प्रतिबन्ध लगाइएको भए पनि विराटनगरको जोगवनी, मटेरुवा, दरैया, हुलासमेटल समेतका नाका हुँदै गैरकानुनी रुपमा भारत लैजाने गरिएको भेटिएको हो ।

रौतहट, मकवानपुर समेतका जिल्लाबाट कृषकलाई लक्षित गरी आयात गरिएको गहुँको विउ भारत कटाउने गरेको खुलेको छ । एनल २९७, एनल ९७१, गौतम, विजय, आदित्य लगायत जातका गहुँको विउ अवैध रुपमा भारत लैजाने गरिएको हो ।

भारतको जोगवनीतर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले एकै पटकमा ...


श्रृंखलाले जितिन एकै पटक २ वटा अवार्ड, मिस वर्ल्डको टप ३० मा प्रवेश !

काठमाडौँ - मिस नेपाल श्रृंखला खतिवडा चीनको पर्यटकीय सहर सान्यामा जारी मिस वर्ल्ड २०१८ को टप ३० मा प्रवेश गर्न सफल भएकी छन् ।

केन्या र मेक्सिकोका सुन्दरीलाई मल्टिमिडिया अवार्डमा उछिन्दै नेपाली सुन्दरी श्रृंखलाले आफूलाई टप ३० भित्र पार्न सफल भएकी हुन् ।

चीनको सान्यामा भइरहेको मिस वर्ल्ड २०१८ मा सहभागी श्रृंखला पहिलो राउन्डमा भएको हेड टु हेड च्यालेन्ज अन्तरगत समूह १३ मा लक्जेम्बर्ग, बोस्निया एन्ड हर्जगोभिना, गुयाम र माल्दोभाकी सुन्दरीलाई हराउँदै अघि बढेकी थिइन् ।

त्यसपछि टप ३० का लागि भएको हेड टु हेड च्यालेन्जमा उनी सिंगापुरकी ...


प्रधानन्यायाधीशको सिफारिस हुन सकेन

काठमाडौँ - संवैधानिक परिषद् बैठक भावी प्रधानन्यायाधीशको सिफारिस गर्न असफल भएको छ । सोमबार बसेको परिषद् बैठकले प्रधानन्यायाधीशमा दीपकराज जोशी वा चोलेन्द्रशमशेर जबरामध्ये कसलाई सिफारिस गर्ने भन्ने कुनै निर्णय लिन सकेन । विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा जानुपर्ने भन्दै बाहिरिएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको परिषद् बैठक केहीबेरमै स्थगित भएको हो ।

वरिष्ठताका आधारमा न्यायपरिषद्ले जोशी र जबराको नाम संवैधानिक परिषद्मा पठाएको छ । प्रधानन्यायाधीका लागि सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष काम गरेको न्यायाधीश योग्य हुने कानुनी व्यवस्था छ । जोशी र ...


डा. सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको इन्कार

काठमाडौँ - डा. सिके राउतलाई थुनामुक्त गरिपाउँ भनि सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षिकरणको मुद्दामा सर्वोच्च अदालतले थुनामुक्त गर्न इन्कार गरीदिएको छ । सर्वोच्चका न्यायाधिश दिपकराज जोशी र बम कुमार श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निबेदन खारेज गर्दै राउतलाई रौतहट जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दामा बयानका लागि उपस्थित गराउन समेत आदेश दिएको छ ।

राउत बिरुद्ध रौतहट जिल्ला अदालतमा राज्य बिरुद्धको संगठित कसुरमा मुद्दा चलिरहेको छ । सोहि मुद्दामा राउतलाई सरकारले गैरकानुनि रुपमा थुनामा राखेको र थुना मुक्त गरि पाउँ भन्दै निजका भाइले चन्द्रकान्त राउतले कार्तिक १२ ...


प्रहरी प्रवक्ता भन्छन : 'विदेशी पाहुनामा गलत सन्देश नजाओस् भनेर निर्मलाका पोस्टर च्यातेका हौँ'

काठमाडौं - बलात्कारपछि हत्या भएको लामो समय हुँदा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तका दोषी पक्राउ पर्न सकेका छैनन् । अहिलसम्म पनि निर्मलाका हत्यारा पक्राउ नपर्दा नागरिकमा सरकारप्रति आक्रोशको आगो दन्किरहेको छ । तर, सरकार भने अनुसन्धान हुँदैछ भन्दै आश्वासन दिइरहेकै छ ।

निर्मलाका हत्यारा पक्राउ गर्न ढिलाई गरिरहेको भन्दै नागरिकले सडक तताइरहेकै छन् । उनको न्यायका लागि कयौं सर्वसाधारणले सडक तथा विभिन्न ठाउँमा निर्मलाको तस्बिर अंकित पोस्टर टाँसिररहेका छन् ।

केही व्यक्ति त निर्मलाको तस्बिर सडकमा टाँसिएको भन्दै पक्राउसमेत परेका छन् । प्रहरीले सडकमा टाँसिएका निर्मलाको तस्बिर ...


बलात्कार गरेर फरार भएका भारतीय नागरिक पक्राउ

पर्वत - जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल पर्वतको फलेवास नगरपालिकामा मजदूर काम गर्दै आएका २२ वर्षीय सद्रे आलम रहेका छन् ।

आलमले फलेवास नगरपालिका–५ खानीगाउँकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेको भनी प्रहरीमा उजुरी परेको आधारमा खोजी गर्दा सोही ठाउँमा लुकीछिपी बसेको अवस्थामा आलम पक्राउ गरेको हो ।

फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा उनलाई फलेवासबाटै पक्राउ गरिएको जिल्ला ...


टिकापुरमा मोटरसाइकल दुर्घटना, ३ जनाको ज्यान गयो

टीकापुर - कैलालीको टीकापुरमा भएका दुई वटा दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ ।

टीकापुर नगरपालिकाको-७ खैरीमा राती साढे ८ बजे अनटेष्ट मोटरसाइकल डल्लपमा ठोक्किदा त्यसमा सवार टीकापुर वडा नं ७ बैदीका ३८ वर्षका जिवानन्द कोइराला र २७ वर्षका विष्णु रिमालको ज्यान गएको हो ।

उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी सहायक निरीक्षक भानु बजगाईले जानकारी दिए ।

मोटरसाइकल चालक पवन पाण्डेको हात भाच्चिएको छ उनको कोहलपुर मेडिकल कलेजमा र अर्का घाइते डल्लप चालक बम्पर चौधरीको नेपालगञ्जमा उपचार ...


१८ वर्षमुनिकालाई डिस्को र दोहोरी जान बन्देज

काठमाडौँ - प्रहरीले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई केही मनोरञ्जनस्थल प्रवेशमा कडाइ गर्ने भएको छ । प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लाई कडाइका साथ लागू गर्न थालेपछि काठमाडौंका मनोरञ्जनस्थल (डिस्को, पब, दोहोरी साँझ, लाउन्ज बार) मा १८ वर्षभन्दा कम उमेरकाले प्रवेश गर्न नपाउने भएका छन् । प्रहरीका अनुसार नयाँ नियम जबर्जस्ती गरे बालबालिकासम्बन्धी ऐन २०७५, परिच्छेद ८, दफा ६६ को उपदफा ‘ख’ उल्लंघन गरेको मानिनेछ । कानुन उल्लंघन गरेको प्रमाणित भए कसुरदारलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुनेछ ।

उमेर खुल्ने कागजात बोक्नुपर्नेे
प्रहरीका ...


‘हेड टु हेड च्यालेन्ज’बाट बाहिरिइन् शृङ्खला, मिस वर्ल्डको सम्भावना कति ?

काठमाडौँ - मिस वर्ल्ड २०१८ को ‘हेड टु हेड’ च्यालेन्जबाट नेपालकी शृङ्खला खतिवडा बाहिरिएकी छन्।

शृङ्खला सिंगापुरकी भेनेसा पहेसँग प्रतिस्पर्धामा थिइन्। भेनेसाले उत्कृष्ट प्रस्तुति दिएपछि शृङ्खला कमजोर देखिएकी हुन्।

‘हेड टु हेड च्यालेन्ज’को दोस्रो राउन्डमा २० देशका प्रतिस्पर्धी थिए। यसमा जितेको भए शृङ्खला टप ३० मा पुग्ने थिइन्। उनी टप ३० मा पुग्ने सम्भावना भने अझै बाँकी नै छ। ३० मध्ये बाँकी १७ प्रतिस्पर्धामा कुनै पनि जितेमा उनी टप ३० मा पुग्न सक्नेछिन्।

यो प्रतिस्पर्धा हारेपछि आफ्नो कमजोरी स्वीकार्दै उनले युट्युबमा भिडियो अप्लोड गरेकी छन्। भिडियोमा आफ्नो प्रस्तुतिमा ...


निर्मलाको हत्यारा पत्ता लगाउन प्रहरी उदासिन, छानबिन समितिमा रहेकाहरू अन्तै व्यस्त

काठमाडौँ - निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका अभियुक्त पहिल्याउन असफल हुँदा आलोचित नेपाल प्रहरीले अनुसन्धानमा भएको लापरबाहीमाथि छानबिनलाई समेत प्राथमिकता दिन सकेको छैन । एआइजीको संयोजकत्वमा छानबिन समिति गठन भएको दुई महिना बितिसक्दा पनि प्रतिवेदन दिन सकेको छैन ।

घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीबाट कुन हदको लापरबाही भएको हो भनेर बुझ्न एआइजी धिरु बस्नेत नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिले अझै प्रतिवेदन बुझाउन सकेको छैन । अभियुक्त पत्ता लगाउन तीन महिनादेखि जनस्तरबाट दबाबमूलक कार्यक्रम भइरहेका छन् । निर्मलाका बुबा मानसिक सन्तुलन गुमाएर अस्पतालमा भर्ना भएका छन् ।

राज्यले नै अभियुक्तलाई संरक्षण गरेको ...


प्रधानमन्त्री ओलीलाई सुशासनको तक्मा, कार्यक्रम राखिदिएकोमा क्रिष्टियन नेतृत्वको धन्यवाद

काठमाडौँ - युनिभर्सल पिस फाउन्डेसन (युपिएफ)ले प्रधानमन्त्री केपी ओलीलाई ‘नेतृत्व र सुशासन पुरस्कार’ प्रदान गरेको छ । नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्री ओलीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि एक लाख डलर छ । प्रधानमन्त्रीले यो पुरस्कार नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका छन् ।

राजनीतिक आवरणमा धार्मिक गतिविधिका लागि आयोजना भएको एसिया प्यासिफिक समिट– २०१८ करिब १५ सयजनाले क्रिस्चियन धर्ममाताबाट आशीर्वाद लिएर सम्पन्न भएको छ । आफूलाई जिससकी छोरी भनेर चिनाउने हाक जा हान मुनले ...


छ महिनामा सांसदको उपचारमा ६८ लाख खर्च

काठमाडाैं - प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन्। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको छ महिनामा ६८ लाख ४ हजार १ सय ८४ रुपैयाँ उपलब्ध गराइएको हो।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा ऐन २०७३ अनुसार सांसदहरूलाई चिकित्सा बोर्डको सिफारिसअनुसार सो रकम लगेका हुन्। सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांसदलाई उपलब्ध गराइएको औषधि उपचारबापतको रकम बिलभर्पाइ अध्ययन गरेर उपलब्ध गराइएको बताए।

संसद् सचिवालयका एक अधिकारीका अनुसार विगतको ६ सय १ सदस्यीय संसदको ...


नेसनल मेडकिल कलेजको शुल्क तोकिएभन्दा १४ लाख बढी

काठमाडौं - त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्कभन्दा १४ लाख बढी असुलेको पाइएको छ। नागरिकलाई प्राप्त विवरण र उक्त मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकसँग गरिएको कुराकानीपछि यसको पुष्टि भएको हो। २०७५ असोज २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाबाहिर ४२ लाख ४५ हजारभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो। उक्त निर्णयलाई उल्लंघन गर्दै पर्साको वीरगन्ज महानगरपालिकामा सञ्चालित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले ५५ लाख ८५ हजार ६ सय शुल्क निर्धारण गरेको छ।

शैक्षिक ...


अब हरेक ५ वर्षमा पुराना डाक्टरको समेत परिक्षा लिइने, १०० नम्बर नल्याए लाइसेन्स खारेज !

काठमाडौँ - डाक्टरहरूको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि अब हरेक पाँच वर्षमा उनीहरूको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच वर्षमा परीक्षा लिन लागेको हो ।

यसअघि एकपटक लाइसेन्स पाएपछि डाक्टर सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो । तर, अब हरेक पाँच वर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाइसेन्स नवीकरण हुनेछ । सय नम्बर नल्याउने डाक्टरको लाइसेन्स नै खारेज हुनेछ ।

‘यसअघि डाक्टरले एकपटक लाइसेन्स लिएपछि आजीवन दोहो-याएर हेर्ने परिपाटी थिएन,’ नेपाल मेडिकल काउन्सिलका सदस्य प्रा.डा. सुदीप आचार्यले भने, ...


यी हुन् घरमा वास मागेर उल्टै घर लुट्ने पशुहरु !

चितवन - साँझ ७ बजेतिर ३ जना युवा ‘हामीलाई बचाइदिनुस्, सुरक्षा दिनुस्’ भन्दै भरतपुर ८ गौरीगन्ज ज्योतिष टोलस्थित तारानाथ सुवेदीकोे घरमा पसे । घरधनीले आपत् परेको होला भनेर आश्रय दिए । राति १० बजेपछि जाने भन्दै उनीहरूले सोही घरमा खाना पनि खाए । आश्रय दिएकै युवा लुटपाट गरी फरार भए ।

७ मंसिरमा सुवेदीको घरबाट २ लाख नगदसहित ७ लाखबराबरको धनमाल लुटपाट भएको छ । मोटरसाइकलसमेत लुटेराले लगेकामा भोलिपल्ट भोजाडमा भेटिएको चितवन प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले जानकारी दिए ।

लुटपाटको गरगहना किन्नेसहित ४ पक्राउ
घटनामा ...


मलेसियामा नेपाली ३६ घन्टा काम गर्न बाध्य, दुतावासमा उजुरी गर्दा उल्टै यातना !

मलेसिया - मलेसियाको एक कम्पनीले तीन सय नेपाली कामदारलाई लगातार ३६ घन्टासम्म काम गर्न बाध्य पारेको खुलेको छ । नेपालीलाई स्कुडाई जोहरबारुस्थित बिजिएस सेक्युरिटी एसडिएन बिएचडी कम्पनीले करिब तीन सय नेपाली कामदारलाई अमानवीय रूपमा काम गर्न बाध्य पारेको हो । समस्यामा परेका सबै कामदार सेक्युरिटी गार्डको काम गर्न गएका छन् ।

‘यहाँ हामी लगातार ३६ घण्टासम्म काम गर्न बाध्य छौं,’ बाँके घर भएका एक कामदारले भने, ‘काममा नगएर शारीरिक र मानसिक यातना सहनुपर्छ । नेपालमा गरिएको करारपत्रअनुसार पारिश्रमिक पनि पाएका छैनौं । उल्टै अनेक बहानामा तलबबाट रकम काटिन्छ ।’

बिजिएस सेक्युरिटी कम्पनीले अधिकांश ...


सरकार आफैले मान्दैन कानुन : नियमविपरीत १६ जिल्लामा कामु सिडिओ

काठमाडौँ - निजामती सेवा ऐनको व्यवस्थाविपरीत सरकारले १६ जिल्लामा ६ महिनाभन्दा बढी समयदेखि कायममुकायम प्रमुख जिल्ला आधिकारी (सिडिओ) खटाएको छ । सहसचिवको दरबन्दी भएका जिल्लाहरूमा ६ महिनाभन्दा लामो समयदेखि उपसचिवहरूले कामु सिडिओका रूपमा काम गर्दै आएका हुन् । निजामती ऐनमा कुनै पनि कर्मचारीलाई ६ महिनाभन्दा बढी कायममुकायम बनाएर खटाउन नपाइने प्रावधान छ ।

इलाम, उदयपुर, सिन्धुली, सप्तरी, सिरहा, महोत्तरी, बारा, सिन्धुपाल्चोक, तनहुँ, बाग्लुङ, स्याङ्जा, गुल्मी, नवलपरासी, नवलपरासी (पूर्व), बर्दिया र डोटीमा ६ महिनाभन्दा लामो समयदेखि कामु सिडिओ छन् ।

सहसचिव अभाव भएकाले धेरै जिल्लामा उपसचिवलाई कामुको जिम्मेवारी दिएर खटाउनुपरेको गृह मन्त्रालयका ...


गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको तयारी

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको अाजकाे कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ  ।

कान्तिपुर दैनिकले खडकाले अाजसम्म पद बहाली हुंदा गरेका अनियमितताकाे विवरण नै सार्वजनिक गरेकाे छ ।

अख्तियारको विस्तृत अनुसन्धान दायरामा रहेकाखड्काको वैध आर्जनको तुलनामा उनले आर्जन गरेको सम्पत्तिको हिस्सा बढी भेटिएको हो ।

‘उहाँविरुद्ध परेको उजुरीमाथि छानबिन टुंगिएर प्रतिवेदन पेस भइसकेको छ । गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा विशेष अदालतमा मुद्दा दायर हुनेछ,’ अख्तियार स्रोतले भन्यो, ‘खड्काविरुद्ध दर्जनौं फाइल अलपत्र परेको ...


त्रिविको गम्भीर लापरबाही  : पहिले ४ नम्बर आएको विषयमा रिटोटलिङ गर्दा ६० नम्बर

काठमाडौं - उत्तर पुस्तिका निरीक्षणमा त्रिभुवन विश्वबिद्यालयले गम्भीर लापरबाही गर्ने गरेको तथ्य फेला परेको छ । केहि दिनअघि मात्र सार्वजकिन एमबीएस दोश्रो वर्षको रिटोटलिङको नतिजामा एक बिद्यार्थीको ५६ अंक बढेर आएको छ ।

सिम्बोल नम्बर २००५०००४ भएका एक बिद्यार्थीले Strategy Management and Business Environment बिषयमा आफूले प्राप्त गरेको अंक चित्त नबुझेर रिटोटलिङ गर्दा ५६ अंक बढेर ६० आएको छ । यस्तै अन्य थुप्रै बिद्यार्थीको समेत उल्लेख्य मात्रामा अंक बढेर आएको छ ।

करीब ७ महिना अगाडि प्रकाशित एमबीएसकै रिटोटलिङ नतिजामासमेत एक विद्यार्थीको १९ अङ्क आएर पुनःगणना गराउँदा ...


एशिया प्रशान्त सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन : 'हिमाल पग्लने क्रम रोक्ने उपायबारे सोच्ने बेला आयो'

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताएका छन् ।

आजदेखि यहाँ शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान, प्रविधि, सञ्चारका क्षेत्रमा प्रगति भएपनि गरीबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीहरुको सामना गरिरहनुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापार, नवप्रर्तन, संस्कृति आदिका माध्यमबाट एशियाली मूल्य र मान्यताका साथ सहकार्य बढाउन आह्वान गरे ।

जलवायु परिवर्तन विकास र मानवीय अस्तित्वकै लागि चुनौती भएकाले हिमालहरुको पग्लने क्रम रोक्ने उपायहरुबारे ...


पूर्वमन्त्री विष्टसहित २६ जना चाबहिलबाट पक्राउ

काठमाडौं - पूर्वमन्त्री विराज विष्टसहित २६ जनालाई प्रहरीले चाबहिलबाट पक्राउ गरेको छ।

एसिया प्यासिफिक समिट र ईसाइ सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमस्थलबाटै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पूर्वसंघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्ट, श्याम केसी, श्याम प्रसाद घिमिरे, कमल विष्ट, माधव प्रसाद भण्डारी, सपना अर्याललगायतलाई पक्राउ गरिएको बताइएको छ ।

सो कार्यक्रममार्फत् ‘जिससकी एक मात्र छोरी’ घोषणा गर्ने विरूद्ध उनीहरूले विरोध कार्यक्रम गरेका थिए।

...

डिएसपीसँग अभियुक्तको फोनमा ‘बार्गेनिङ’ !

दोलखा - जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेव पाठकको मोबाइल फोन सेटमा मंगलबार बिहान १० बजे अपरिचित मोबाइल नम्बरबाट फोन आयो। डिएसपीले फोन उठाएपछि उताबाट आवाज आयो, ‘डिएसपी सा’प नमस्कार।’ डिएसपीले नमस्कार भन्दै सोधे, ‘को बोल्नु भएको होला ?’ उताबाट जबाफ आयो, ‘मेरो नाम तस्बिर तामाङ हो। सोमबार दिउँसो ठूलोपातल गाउँमा एउटी महिलाको हत्या भएको थियो नि। हो तिनै महिलाको हत्या गर्ने हुँ म। म उनको श्रीमान् हुुुँ। तपाईंका पुलिस मेरो पछि लागेका छन् रे। पछि नलाग्नु भन्नुस्। मेरो साथमा दुई मिटर नाइलनको डोरी पनि छ। ...


भरतपुरमा ८० वर्षीय वृद्धलाई घर निकाला, यस्तो थियो परिवारिक विवाद !

भरतपुर - भरतपुर महानगरपालिका १ रामनगरका ८० बर्से गोविन्द डंगोल परिवारले निकालेपछि छिमेकमा डेरा लिएर बस्न बाध्य छन्। अथक सम्पत्ति भएका उनलाई श्रीमती र चारभाइ छोराले दुई महिनाअघि घर निकाला गरेका हुन्। ‘बूढेसकालमा छोराहरूको सहारा पाइएला भनेको उल्टै निकाले’, उनले रुँदै भने, ‘परिवारबाटै यस्तो अन्याय होला भन्ने सोचेकै थिइनँ ।’ उनले गुनासो गर्दै भने, ‘किर्ते सही गराएर मेरै सम्पत्तिबाट वञ्चित गराए, त्यति धेरै सम्पत्ति भएर पनि घरबारविहीन हुनुपरेको छ ।’

ज्येष्ठ नागरिकको सम्पत्ति लिने बदनियतले ठगी गरिएको उनको आरोप छ। उनले २०१८ सालमा कृषि विभागबाट ३५ ...


१ सय २६ घण्टासम्म लगातार नाचेर विश्व रेकर्ड राख्ने यी हुन् नेपाली चेली !

काठमाडौं - १७ वर्षीया नेपाली किशोरी बन्दना नेपालले १ सय २६ घण्टासम्म निरन्तर नाचेर विश्वकै सबैभन्दा लामो समय नाच्नसक्ने एकल व्यक्तिको रुपमा गिनिज वल्र्ड रेकर्ड बनाएकी छन् ।

गत नोभेम्बर २३ शुक्रबार नाच्न सुरु गरेकी उनी २८ नोभेम्बरसम्म निरन्तर नाचिरहेकी थिइन् । गिनिज वल्र्ड रेकर्डका प्रतिनिधि, मिडिया, परिवारका सदस्य र आफन्तका बीच उनी काठमाडौंको एक रेष्टुरेण्टको हलमा नेपाली संगीतको तालमा नचेकी हुन् ।

भारतकी कलामन्डलम हेमलथाले यसअघि सन् २०११ मा १ सय २३ घण्टा १५ मिनेटको निरन्तर नाचको रेकर्ड तोड्दै बन्दनाले रेकर्ड राखेकी हुन् । नाचको यस ...


सरकारलार्इ च्यालेन्ज : काठमाडौँको चोक-चोकमा रातारात कसले टाँस्यो यस्तो पोस्टर ?

काठमाडाैं - मंगलबार सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भाषणको पूर्ववत् शैली नै अपनाए ‘जहाँ हेर्यो त्यहीँ सरकार छ । अब कम पावर भएका चस्मा लगाउनेहरूले पनि सरकार देख्नेछन् ।’ कञ्चनपुरकि निर्मला पन्तको न्यायका निम्ति स्वतःस्फूर्त आवाज उठाइरहेका व्यक्तिहरूलाई त्यो पाच्य भएन । सामाजिक सुरक्षा कार्यक्रमको पोस्टर चोकचोकमा टाँसेर सरकार भएको आभास दिलाउन लागिपरेको सरकारलाई #Impunity माार्फत् जवाफ दिन शुरू गरेका हुन् ।

सरकारको सामाजिक सुरक्षा कार्यक्रम प्रचारकै शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसिएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको ...


पाथीभरामा चार महिनामा ६० लाख बराबर भेटी संकलन

ताप्लेजुङ - ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महिनामा ५० लाख रुपैयाँ भेटी संकलन भएको छ ।

यो तीर्थयात्रीले चढाएको भेटी रकम हो । भारतीय रुपैयाँ गणना गर्न बाँकी रहेको छ भने सुन, चाँदी लगायतको गहना बिक्री गर्नपनि बाँकी छ ।

सबै सटही गर्दा ६० लाख रुपैयाँ भन्दा बढी हुने अनुमान पाथीभरा भेटिघाटी ब्यवस्थापन समितिको छ । पाथीभरा भेटिघाटी ब्यवस्थापन समितिका सदस्य सचिव उदय भट्टराईका अनुसार साउन देखि कार्तिक मसान्तसम्मको ४९ लाख ६५ हजार ६ सय ५० रुपैयाँ बैंक खातामा जम्मा गरिसकिएको छ ।

गणना गत कार्तिक ...


म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी काठमाडौँमा

काठमाडौँ - म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी एशिया प्यासिफिक समिटमा भाग लिनका लागि नेपाल आइपुगेकी छन् । उनको यो औपचारिक नेपाल भ्रमण समेत रहेकोले सरकारको तर्फबाट नै उनको भ्रमण व्यवस्थापन गरिएको छ ।

उनलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका थिए। नोबेल शान्ति पुरस्कार विजेतासमेत रहेकी सुकीलाई विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। सरकारले सुकीको बस्ने व्यवस्था होटल सोल्टीमा मिलाएको छ।

नेपालमा रहँदा सुकीले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता समेत गर्नेछिन् । पछिल्लो समय म्यानमारमा रोहिंग्या समुदाय माथि भएको हिंसामा ...


कम्बोडियाका प्रधानमन्त्री काठमाडौँ आइपुगे

काठमाडौँ - एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार काठमाडौँ आइपुगेका छन् ।

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएका थिए । बिहीबारदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौँमा हुँदैछ ।

...

शृङ्खला खतिवडा मिस वर्ल्ड प्रतिस्पर्धाको सेमिफाइनलमा, मिस वर्ल्ड जिते के हुन्छ नेपाललाई ?

काठमाडौं - मिस नेपाल २०१८ विजेता श्रृङ्खला खतिवडा चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी छन्। नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलोपटक हो। उनले उपाधि जित्ने नजित्ने ८ डिसेम्बरमा हुने फाइनलमा तय हुन्छ। तर सामाजिक संजालमा भने मिस वर्ल्ड र श्रृङ्खला खतिवडा निकै चर्चाका विषय बनेका छन्।

इतिहास हेर्ने हो भने वामपन्थी विचारधारा बोक्ने नेता तथा कार्यकर्ता सुन्दरी प्रतियोगिताका विरोधी देखिन्छन्। श्रृङ्खला खतिवडा वामपन्थी विचारधारकै नेताकी छोरी भएर सुन्दरी प्रतियोगितामा गई मिस नेपालको ताज पहिरी ...


प्रहरी नै लुटेरा भएपछी कसको के लाग्छ ! यस्तो छ घटना !

काठमाडौँ - नक्कली सुन देखाएर मंगलबार राति बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ । घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेसनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा दुईजना प्रहरी हवल्दार भएको खुलेको हो ।

महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको सिआरभी टोलीले राति ११ बजेतिर लुटपाटस्थलनजिकै एक केजी नक्कली सुन र ३६ लाख ६५ हजार रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको थियो । प्रहरीले औपचारिक रूपमा दुई हवल्दारको नाम सार्वजनिक नगरे पनि स्रोतले उनीहरू महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत शालिग्राम विक र बालाजु वृत्तमा कार्यरत मोहन ...


जलविद्युत् भन्दा आधा सस्तो सौर्य ऊर्जा

काठमाडौँ - जलविद्युत्को तुलनामा सौर्य विद्युत् सस्तो हुन थालेको छ । सौर्य ऊर्जाको प्रविधि र उपकरण सस्तो हुदै जाँदा सौर्य आयोजना पनि सस्तो हुँदै गएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । अहिले सौर्य ऊर्जा प्रतिमेगावाट ८ देखि १० करोड रुपैयाँसम्ममा उत्पादन गर्न सकिने देखिएको छ । तर, जलविद्युत् आयोजना निर्माण गर्दा भने प्रतिमेगावाट १५ देखि २० करोड रुपैयाँसम्म लाग्दै आएको छ । अझ चमेलियाजस्ता अपवादका केही सरकारी आयोजनामा त प्रतिमेगावाट ५३ करोडसम्म पनि लागेको छ ।

‘केही वर्षअघिसम्म जलविद्युत् आयोजनाको तुलनामा सौर्य ऊर्जा धेरै महँगो थियो,’ उनले भने, ‘प्रविधिमा ...


अब मदिरा किन्न र पिउन परिचयपत्र चाहिने, बेलुका ४ बजे अघि पिए यस्तो कारवाही !

काठमाडौँ - सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार–प्रसारमा अंकुश लगाउने भएको छ । गृह मन्त्रालयले कार्यकारी आदेश जारी गर्दै मदिराको उत्पादनदेखि प्रचारसम्ममा अंकुश लगाउने तयारी गरेको हो । शान्तिसुरक्षामा खलल पु-याउने तथा महिला हिंसा बढाउन कारक रहेको भन्दै गृहले कडा नियम लगाउन लागेको हो ।

मदिरा सेवनले समाजमा शान्तिसुरक्षा, अमनचयन, स्वास्थ्य, सदाचार र आर्थिक पक्षमा ठूलो क्षति पु-याइरहेकाले मदिराको उत्पादन, बिक्री–वितरण र सेवनलाई नियन्त्रण गर्न अत्यावश्यक छ,’ कार्यकारी आदेशको प्रस्तावित मस्यौदामा भनिएको छ, ‘मदिरासम्बन्धी एकीकृत कानुन नबनेसम्म तत्कालै कार्यकारी आदेश जारी गरी समस्या समाधान गर्नुपर्छ ।’

मदिरा उद्योगलाई कडाइ, विज्ञापन ...


कृषि र वन क्याम्पसको भर्ना रोक्न निर्देशन

चितवन - कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी आन्दोलित बनेपछि निजीका लागि भर्ना प्रक्रिया रोक्का गरिएको छ । विश्वविद्यालयले डिनको कार्यालयलाई हालका लागि निजी सम्बन्धनको भर्ना प्रक्रिया रोक्का गर्न निर्देशन दिएको थियो ।

विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तका अनुसार मङ्गलबार बसेको भर्ना समितिले विश्वविद्यालयको निर्देशनअनुसार भर्नाको सूचना संशोधन गरी हाललाई निजी सम्बन्धनको भर्ना प्रक्रिया रोक्का गर्ने निर्णय गरिएको बताए। यससँगै वन सङ्कायको पनि निजीको भर्ना प्रक्रिया रोक्का हुने बताइएको छ ।

दत्तका अनुसार विश्वविद्यालयको रामपुरमा रहेको क्याम्पस र आङ्गिक क्याम्पसका लागि भने यही भर्नाको ...


धादिङमा एकल महिलाले सामुहिक रुपमै लगाए रातो कपडा !

धादिङ - धादिङको थाक्रे गाउँपालिकामा एकल महिलाहरुले रातो कपडा लगाएका छन् ।

अन्तराष्ट्रिय लैंगिङ्ग हिंसा बिरुद्धको १६ दिने अभियानअन्तर्गत सामाजिक न्याय र लैगिङ्ग समानाता सहितको थाक्रे कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा एकल महिलाहरुलाई रातो टिका तथा रातो ओढ्ने ओडाएर सम्मान गरिएको हो । थाक्रे गाउँपालिकास्तरीय महिला मानव अधिकार रक्षकहरुको सञ्जाल र थाक्रे गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा करिब दुईसय एकल महिलाले रातो कपडा लगाएका हुन् ।

कार्यक्रममा बोल्दै थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले एकल महिला भएकै आधारमा समाजमा हुने विभेद अन्त्य गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

...

‘विप्लव र प्रकाण्ड’बीच चुलियो द्धन्द्व

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीभित्र दुई शीर्ष नेताहरूबीच ठूलो मतभेद चुलिएको छ । दुई शीर्ष नेताहरूबीच विवाद बढेपछि पार्टी विभाजनको चर्चा समेत हुन थालेको छ ।

काठमाडौंमा मंसिर ८ गते भएको जनसभामा विप्लव नआएपछि पार्टीभित्रको विवाद बाहिर आएको हो । नेकपाका स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का गतिविधिबाट रुष्ट बनेका विप्लवले अन्तिम समयमा काठमाडौंको जनसभामा नआउने निर्णय गरेको स्रोतले जनाएको छ ।

त्यस अगाडि नेकपाले मंसिर ८ गतेको जनसभालाई विप्लवले सम्बोधन गर्ने भनेर प्रचार गरिएको थियो । जनसभाको तयारी प्रकाण्ड आफैले ...


ऋणको चक्रमा मधेसका डोम समुदाय : आफ्नो उत्पादनले बजार नपाएपछि घर चलाउनै मुस्किल

काठमाडौ - प्रदेश नम्बर २ का डोम समुदाय आफूले गरेको उत्पादनले बजार नपाएपछि पुस्तौँदेखि ऋणको भारी बोक्न बाध्य भएका छन् ।

घरबार चलाउन र जीविकोपार्जन गर्न ऋण लिनुपर्ने बाध्यतामा रहेका डोम समुदायको ऋणको चक्र निरन्तर जारी रहँदा खान लगाउन, स्वास्थ्य उपचार, शिक्षामा पनि समस्या हुने गरेको छ । पुस्तौदेखि जानेको सामान बनाउने पेशासँग जुधिरहेका डोम समुदाय ऋण लिएर नै दुःख टारेर सुख खोज्ने योजनामा छन् ।

प्रदेश नम्बर २ का जिल्लाहरुमा भेटिने डोम समुदायमा पुस्ताबाट सीप त स¥यो तर ऋण पनि सरिरहेको छ । डोम समुदायमाहजुरबुवा पुस्तादेखि ...


प्रधानन्यायाधीश नियुक्तको तयारी सुरु, फेरी किन सिफारिस गरियो दिपकराज जोशीलाई ?

काठमाडौँ - प्रधानन्यायाधीश ओमप्रकाश मिश्र अवकाश हुनु ३७ दिन अगाडि नै नयाँ प्रधानन्यायाधीश नियुक्तकोको तयारी सुरु भएको छ । न्यायपरिषदले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका न्यायाधीशहरुको रोस्टर संवैधानिक परिषदको सचिवालयमा पठाएको हो ।

नियुक्तिको प्रक्रिया एक महिनाभन्दा पहिल्यै सुरु गरेपछि मिश्रले अवकाश पाउनुअघि नै प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदन भइसक्ने छन् । त्यसले गर्दा संसदीय सुनुवाइबाट अस्वीकृत दीपकराज जोशी कामु प्रधानन्यायाधीश भई सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने सम्भावना रहँदैन ।

न्यायपरिषद् सचिवालयले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दिपकराज जोशी र चोलेन्द्रशमसेर जबराको नाम सिफारिस गरेको छ । यी ...


मंसिर १३ देखि १६ गतेसम्म फेरी किन लाग्दैछ सवारी साधनमा जोरबिजोर प्रणाली ?

काठमाडौँ - काठमाडौं उपत्यकामा यही मंसिर १३ देखि १६ गतेसम्म सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाणी लागू गरिने भएको छ ।

म‌ंसिर १४ देखि काठमाडौंमा सुरु हुने ‘एसिया प्यासेफिक समिट’मा सहभागी हुन विभिन्न देशका अतिविशिष्ट, विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यवस्थित बनाउन जोरबिजोर प्रणाली लागू गर्न लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । समिट १४ देखि १७ गतेसम्म हुँदै छ ।

महाशाखाले निकालेको सूचनाअनुसार १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन चल्न पाउने छन् । तर, अत्यावश्यक सेवा र शैक्षिक ...


मोरङमा मापसे चेकजाँचमा झडप, यसरी घट्यो घटना !

विराटनगर - विराटनगर महानगरपालिकासँग जोडिएको मोरङको कटहरी गाउँपालिका- १ महेशपुरमा सोमबार राति मादक पदार्थ सेवन (मापसे) चेकजाँचमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाबीच दोहोरो झडप भएको छ।

झडपका कारण स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीले घरघरमा पसेर सुतिरहेका र बसिरहेका सर्वसाधारणमाथि कुटपिट गरेको आरोप स्थानीयले लगाएका छन्। महेशपुरमा मापसे चेकजाँचमा खटिएको प्रहरी टोली र त्यहीं बसेर गफगाफ गरिरहेका स्थानीय बासिन्दाको एउटा समूहबीच भएको विवादले उग्ररुप लिएपछि झडपको स्थिति उत्पन्न भएको हो।

प्रहरीका अनुसार ड्युटीमा खटिएका प्रहरीलाई मापसे चेकजाँचका नाममा स्थानीय बासिन्दासँग अनाधिकृतरुपमा पैसा माग्ने गरिएको आरोप लगाइएपछि विवाद ...


हुकिङ गरी विद्युत् चोर्ने ५३ जना पक्राउ

लहान - हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ ।

उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो ।अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको पाइएका सबैलाई नियन्त्रणमा लिई विद्युत् चुहावट ऐनबमोजिम कारवाहीसहित जरिवानावापत रु पाँच लाख ८६ हजार राजश्व सङ्कलन गरिएको र सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभी, एलइडीलगायत सामान पनि बरामद गरिएको उनले जानकारी दिए ।

...

प्रधानमन्त्रीद्वारा सामाजिक सुरक्षा योजना घोषणा, यसबाट जनतालाई के फाइदा पुग्छ ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवामा रहेकालाई मान र मानो दिने, तर अन्य सेवामा लागेकालाई वेवास्ता गर्ने प्रणालीको अब अन्त्य भएको बताएका छन् ।

काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्दै प्रधानमन्त्रीले राज्य आफ्ना नागरिकको अभिभावक भएको बताए । नागरिकलाई सुरक्षा दिने र उनीहरुको सुरक्षित भविष्यको सुनिश्चितता दिने काम राज्यको जिम्मेवारी भएको उनले बताए ।

कांग्रेसलाई लक्षित गर्दै प्रधानमन्त्रीले ‘सरकार हरायो, कहाँ छ ? भनेर सरकार खोज्नेहरुलाई देखाउन तामझाम गरिएको’ बताए । उनले भने ‘सरकार कहाँ छ ? भनेर खोज्नेहरुलाई आग्रह ...


श्रम स्वीकृति लिनै मुस्किल, श्रम कार्यालयकै अगाडी यसरी ठगिन्छन् जनता !

काठमाडौं - ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय । आइतबार बिहान ९ः३० बजे । गेटमा एक युवती डाँको छाडेर रोइरहेकी थिइन् । उनी भन्दै थिइन्, ‘आज श्रम स्विकृति बनेन भने मैले आत्महत्या गरे नी हुन्छ ।’

इलामकी २७ वर्षीया सरोजा महतरा आँशु पुछिरहेकी थिइन् । उनी पासपोर्ट र अन्य काजगात देखाउँदै कर्मचारीलाई पीडा सुनाइरहेकी थिइन् । श्रम स्विकृति दिन बारम्बार आग्रह गरिरहेकी थिइन् । शाखा अधिकृत छत्र शाह भन्दै थिए, ‘भर्खरै परिर्वतन भएको नियमअनुसार तपाईको काम आज हुँदैन । आजै गर्ने भए विभाग जानुस् ।’

आफ्नो काम नबन्ने भएपछि ...


करारमा कर्मचारी भर्ना गर्दै सुदूरपश्चिम प्रदेश

काठमाडौँ - संघीय सरकारले कर्मचारी नपठाउँदा बजेट कार्यान्वयनमा समस्या देखिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करारमा कर्मचारी राख्ने तयारी थालेको छ । कर्मचारी भर्नासम्बन्धी कार्यविधि बनाउन कार्यदल गठन गर्ने निर्णय सरकारले गरेको छ ।

मुख्यमन्त्री, मन्त्री र मन्त्रालयका सचिवहरू सहभागी सरकारको पहिलो चौमासिक समीक्षा बैठकले कर्मचारी करारमा भर्ना गर्न आवश्यक कार्यविधि बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको हो । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले दुई हप्ताभित्रै कार्यविधि बनाएर कर्मचारी भर्ना प्रक्रिया सुरु गर्ने तयारीमा प्रदेश सरकार लागेको बताए ।

केन्द्र सरकारले कर्मचारी नपठाएको र प्रदेश लोकसेवा पनि गठन नभइसकेको अवस्थामा बजेट कार्यान्वयन ...


सेना–प्रहरीकाे जागिरमा किन घट्दो छ आकर्षण ?

काठमाडौँ - नेपाल प्रहरीको जवान पदमा ६,२४४ माग गरेकोमा ४१,७९६ आवेदन मात्रै परेको छ । ४ सय कार्यालय सहयोगीको मागमा ३,३४५ आवेदन परेको छ । धेरै आवेदन परे क्षमतावान व्यक्तिहरू आउने अपेक्षा गरिए पनि न्यून आवेदन परेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए ।

पेन्सनलगत्तै राजीनामाको लहर
सुरक्षा निकायमा राजीनामाको लहर पनि बढिरहेको छ । नेपाल प्रहरीमा गत आर्थिक वर्षमा एक हजार सात सय ८१ ले राजीनामा दिए । सशस्त्र प्रहरीमा पनि गत आर्थिक वर्षमा एक हजार ४ सय ५७ जनाले राजीनामा दिएका थिए । सेनामा पनि तल्लो तहमा राजीनामा ...


आजबाट लागु हुने श्रमिकको पेन्सनसहितको सामाजिक सुरक्षा योजना के हो ? सुविधा कसरी पाइन्छ ?

काठमाडौँ - सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु गर्दै छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार (आज) प्रधानमन्त्री केपी ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्दै छन् ।

सामाजिक सुरक्षा योजना सञ्चालनका लागि ऐन, नियमावली र कार्यविधिसमेत निर्माण भइसकेका छन् । पहिलो चरणमा औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी चार कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ ।

रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको सञ्चयकोषबापत १० प्रतिशत रकम, उपदानबापत ८ दशमलव ३३ प्रतिशत ...


प्रदर्शनको तयारी गरिरहेका सिके राउतका तीन कार्यकर्ता पक्राउ

सप्तरी - राजविराजमा प्रदर्शनको तयारी गरिरहेका सिके राउतसँग सम्बन्धित तीन स्थानीय व्यक्ति आज अपराह्न पक्राउ परेका छन् । पूर्वसांसद महेशप्रसाद यादवसहित तीन जना पक्राउ परेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

रिमालका अनुसार यादवसँगै राजविराज –७ का नारायण यादव र विष्णुपुर गाउँपालिका –१ का महेश यादव पनि पक्राउ परेका छन् ।

उनीहरुलाई स्थानीय शिव मन्दिरको प्राङ्गणमा प्रदर्शनको तयारी गरिरहेका बेला नियन्त्रणमा लिइएको प्रनाउ रिमालले बताए । राउतको संस्थाका प्रचारप्रसार विभाग प्रमुख किसनले शान्तिपूर्ण प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरी तीन जनालाई पक्राउ गरेको आरोप लगाएका ...


उपत्यकासहित देशभर चिसो बढ्यो !

काठमाडौं - काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । यद्यपि अपराह्न भने तापक्रम केही बढी छ । महाशाखाले काठमाडौंको अधिकतम तापक्रम सोमबार २२ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ ।

केही दिनयता उपत्यकासहित देशभरको तापक्रम घटिरहेको महाशाखाले जनाएको छ । अहिले जुम्लाको न्यूनतम तापक्रम माइनस ० दशमलव १ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस छ । वीरेन्द्रनगरको न्यूनतम तापक्रम १३ दशमलव ...


मन्त्री रवीन्द्र अधिकारीलाई गृहजिल्लामै कालो झण्डा

पोखरा - नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा कालोझण्डा देखाएका छन् । सोमबार गृहजिल्ला पोखरामा डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्तिका नेता/कार्यकर्ताले पोखराको सृजना चोकमा कालो झण्डा देखाएका हुन् ।

वाइडबडी जहाज खरिदमा व्यापक अनियमितता भएको भन्दै मन्त्री अधिकारीको अहिले चाैतर्फि बिरोध हुन थालेको छ ।

कास्कीका प्रमुख एसपी ओम रानाका अनुसार कालो झण्डा देखाएको आरोपमा नयाँ शक्ति नेपालका विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट पक्राउ ...


निर्मलाको हत्यारालाई पक्राउ गरी कारबाही नगरे अनसन बस्ने डा. केसीको चेतावनी

काठमाडाैं - डा. गोविन्द केसीले सरकारलाई तीन हप्ते गतेसम्मको अल्टिमेटम दिएका छन् । सोमबार पत्रकार सम्मेलन गरी माग पूरा नभए आमरण अनसन बस्ने डा. केसीले चेतावनी दिएका हुन् ।

डा. केसीले १० साउनमा भएको सहमति कार्यान्वयनसँगै निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरे । उनले १६ औं पटक अनशन बस्ने चेतावनी दिएका छन् ।

यसअघि स्वास्थ्य क्षेत्रको बिषयलार्इ लिएर डा. केसी पटक-पटक अनसन बस्दै अाएका छन् ।

...

सुनसरीमा फिदा हुसेनको गोली हानि हत्या

सुनसरी - सुनसरीको दुहबीमा गोली लागि एक व्यक्तिको ज्यान गएको छ ।

बुधबार मर्निङ वाकमा निस्किएका बेला स्थानीय इँटा भट्टाका सुपरभाइजर ४४ बर्षिय फिदा हुसेनलाई गोली हानेको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई दुहबी–९ नहर क्षेत्रमा गोली हानिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयाँलले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए।

यसैबीच घटनाको विरोधमा मृतकका परिवार तथा आफन्तले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । मृतकको शव उनकै घरमा राखिएको छ ।

हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष मेहेदी ...


मापसे गरी कार्यालय आउँछन् सरकारी कर्मचारी

तनहुँ - मालपोत कार्यालय तनहुँका कर्मचारी मापसे गरेर कार्यालय आउने गरेका छन् । कार्यालयका नासु विनोदकुमार अधिकारीले मंगलबार मापसे गरी कार्यालयमा आएर काम गरेका छन् । उनी पटक–पटक मापसे गरी कार्यालय आउने गरेका छन् ।

कार्यालयका प्रमुख जितेन्द्रजंग केसीले नासु अधिकारीले मंगलबार मापसे गरेर आएको थाहा पाएपछि कार्यालयबाट निकालिदिएको बताए । ‘मापसे गरेर आएपछि सधैँ स्पष्टीकरण सोध्ने गरेका छौँ, खाएर नआउनुस् भन्छौँ, हुन्छ पनि भन्नुहुन्छ’ केसीले भने, ‘तर जति भने पनि अटेर गर्नुहुन्छ ।’

मापसे गरेर कार्यालय आएका अधिकारी प्रमुख केसीको निर्देशनमा केही समय कार्यालयमा बसेर फर्केका थिए । मालपोत कार्यालयको संवेदनशील फाँटमा ...


श्रम कार्यालयमा वैदेशिक रोजगारमा जानेकाे लाइन

काठमाडौँ - सरकारले ३ पुस ०७३ मै अनलाइनबाट श्रम स्वीकृति लिने घोषणा गरेको थियो । त्यति मात्र होइन, श्रम मन्त्रालयले गत १५ असोजदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएएमएस) सँगै श्रम स्वीकृतिलगायत सबै काम अनलाइनबाट गर्न सकिने व्यवस्था सार्वजनिक ग-यो ।

सरकारको यो घोषणाअनुसार श्रम स्वीकृतिको फाराम भर्न मात्र होइन, श्रम स्वीकृतिका चरणको प्रगति स्थिति अनलाइनबाट नै थाहा पाउन, आफ्नो श्रम स्वीकृति भए–नभएको विवरण मोबाइल, एसएमएस, वेबसाइट र एप्सबाटै जानकारी लिन सकिने भनिएको थियो ।

तर, सरकारको घोषणा कसरी कार्यान्वयन भएको छ – ताहाचलस्थित श्रम कार्यालयमा लाइन लागेका युवाको यही ...


सत्तापक्षका सांसदबाटै सरकारको आलोचना

बुटवल - प्रदेश ५ सरकारको कार्यशैलीप्रति सत्तारुढ दलकै सांसदहरूले चर्को आलोचना गरेका छन् । सरकारको काम सुस्त गतिमा भएको भन्दै सांसदहरूले प्रदेश मामिला तथा कानुन समितिको बैठकमा चर्को आलोचना गरेका हुन् ।

मंगलबार प्रदेश कानुन मस्यौदा तथा सुझाब आयोगसँग कानुन निर्माण सम्बन्धमा भएका प्रगतिबारे भएको छलफलमा सांसदले सरकार र आयोगको काम प्रभावकारी नभएको भन्दै आलोचना गरेका हुन् । उनीहरूले जनताको अपेक्षा पूरा गर्न विकासको गति तीव्र बनाउन ध्यानाकर्षणसमेत गरे ।

बैठकमा कानुन आयोगका सदस्य विष्णु पोखरेलले प्रगति विवरण प्रस्तुत गरेसँगै सांसदहरूले असन्तुष्टि पोखे । सांसद भोजप्रसाद श्रेष्ठले सुशासनसँग जोडिएका कानुन निर्माणमा चासो ...


सेमेस्टरमा लगाइएपछि त्रिविको नतिजामा सुधार

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयमा सेमेस्टर प्रणालीमा पढाइ हुने विषयको नतिजामा सुधार हुँदै गर्दा वार्षिक प्रणालीको नतिजा भने नाजुक देखिएको छ । वार्षिक प्रणालीमा पढाइ भएका स्नातक तहका विषयमा उत्तीर्ण नतिजा १५ देखि ४५ प्रतिशतसम्म मात्रै आउँदा सेमेस्टर लागू गरिएका स्नातकोत्तर तहका विषयमा ४५ देखि ९० प्रतिशतसम्म उत्तीर्ण नतिजा आएको हो ।

वार्षिक प्रणालीमा सबैभन्दा कमजोर नतिजा शिक्षाशास्त्र संकायको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षानियन्त्रक पुष्पराज जोशीका अनुसार बिएस्सी, बिबिएस, बिएड र बिएमध्ये सबैभन्दा कमजोर नतिजा बिएडको छ ।

सेमेस्टर प्रणालीमा पनि तुलनात्मक रूपमा शिक्षाशास्त्र संकायकै नतिजा कमजोर छ । त्रिविले सेमेस्टर प्रणाली ...


राप्ती नदीमा एकैसाथ तीनवटा पक्की पुल बन्दै
कार्य प्रगति सन्तोषजनक, बजेट अभाव हुँदा समस्या

दिवाकर पोख्रेल, देउखुरी - दाङ देउखुरी स्थित राप्ती नदीमा एकै साथ तीनवटा पक्की पुल निर्माण कार्य भइरहेको छ । राप्ती गाउँपालिकाको सिसहनियाँ बाट गढवा गाउँपालिकाको महदेवा जोड्ने पक्की पुल निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । नेपालकै दोस्रो लामो पक्की पुलको रुपमा बन्दै गइरहेको आठ सय ६० मिटर लामो पुल बनेपछि राप्ती गाउँपालि र गढवा गाउँपालिकामा आवत जावतमा सहज हुनेछ ।

अनक कन्ट्रक्सन प्रालिले सिसहनियाँ महदेवा र लमही नगरपालिको जहरे देखि राजपुर गाउँपालिका जोडन गरी दुइवटा पक्की पुल एकैसाथ निर्माण गरेको छ । भने लमही नगरपालिकाको ...


भाउजुले राती ढोका खुला राख्न नमानेपछि देवरले निर्घात कुटे, घर पनि जलाइदिए

जनकपुरधाम - धनुषामा देवरले भाउजुलाई निर्घात कुटपिट गरेर घरमा समेत आगो लगाइदिएका छन्।लक्ष्मीनिया गाउँपालिका- २ की परमशिला यादवमाथि उनका आफ्नै देवर विपिन यादवले कुटपिट गरेका हुन्।

विपिनले भाउजुको घरमा आगो समेत लगाइ दिएपछि लाखौंको सम्पत्ति जलेर खरानी भएको छ। विपिनले शनिबार राति घरमा कुलदेवताको पूजा (बैसकी) गरेको थियो। त्यतिबेला उनले भाउजु परमशिलालाई घरको मुलढोका खुल्ला राख्न भनेका थिए ।

तर परमशिलाले श्रीमान घरमा नभएको ढोका खुल्ला राख्न नमानेपछि घरको देवतालाई थुनेर राखेको भन्दै विपिनले परमशिलामाथि निर्घाट कुटपिट गरेको स्थानीयको भनाई छ।परमशिलाको श्रीमान भने खाडी मुलुक कतारमा छन्।

कुटाईबाट ...


प्रदेशमा जाने प्रहरीको यसरी हुँदैछ समायोजन !

काठमाडौँ - सरकारले कर्मचारीसँगै प्रदेशमा प्रहरी समायोजनको तयारी गरेको छ । अध्यादेशबाटै प्रहरी समायोजन ऐन ल्याउने गृहकार्य सुरु भएको हो । प्रहरी समायोजन र प्रहरी सञ्चालन तथा समन्वय ऐन अध्यादेशमार्फत ल्याउन लागिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले रायका लागि ऐनको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ ।

काठमाडौं उपत्यकालाई केन्द्रीय प्रहरीमातहत राख्ने, इन्स्पेक्टर पदमा केन्द्रले भर्ना गरेर प्रदेशमा पठाउने तथा केन्द्र सरकारमातहत केन्द्रीय अनुसन्धान ब्युरो रहने गरी समायोजन प्रस्ताव भएको छ ।
संघीय प्रहरी ऐन आउन ढिला हुने भएपछि गृहले त्यसअघि नै प्रहरी समायोजन ऐन ल्याएर ...


अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा २८ पटक घट्यो, नेपालमा भने बढेको बढ्यै

काठमाडौँ - अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम भएको छ । डेढ महिनाअघि कच्चा तेलको भाउ ८६.२९ डलर प्रतिब्यारेल थियो । एक महिनामा कच्चा तेलको भाउ २३ प्रतिशतले घटिसकेको छ । यो अवधिमा भारतीय बजारमा पेट्रोल ६.१२ भारु र डिजेल ४.१३ भारु सस्तिएको हो ।

आयल निगमले तेल ...


एक तह बढुवा भएर तल्लो तहमा जाने कर्मचारीलाई एक वर्ष सेवा अनिवार्य

काठमाडौँ - एक तह बढुवा भएर स्थानीय तह र प्रदेशमा समायोजन हुने कर्मचारीले कम्तीमा एक वर्ष सेवा गर्नैपर्ने भएको छ । सरकारले तल्लो तहमा समायोजन हुने कर्मचारीले एक वर्ष सेवा गर्नैपर्ने बाध्यकारी नियमसहितको ऐन ल्याउन लागेको हो ।

अध्यादेशबाट ल्याउन लागिएको उक्त ऐनमा राय दिन विधेयक अहिले लोकसेवा आयोगलाई पठाइएको छ । स्वैच्छिक अवकाशमा जानबाट रोकिएका कर्मचारी थप सुविधासहित समायोजन भएलगत्तै राजीनामा दिने स्थिति आउन नदिने प्रस्ताव विधेयकमा गरिएको छ ।

समायोजन भएको एक वर्ष नपुग्दै अवकाश लिए त्यस्ता कर्मचारीले समायोजन हुनुअघिको पदबाट पाउने सुविधा मात्र प्राप्त गर्न सक्ने प्रस्ताव गरिएको ...


मानवतस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीको असहयोग

काठमाडौँ - म्यानपावरको आवरणमा मानव तस्करी गर्दै आएका म्यानपावरका सञ्चालक पक्राउ गर्न प्रहरीले नै असहयोग गरेको छ । मानवतस्करीमा परेकी एक महिलाको उजुरीमा वैदेशिक रोजगार विभागले साकुरा इन्टरनेसनलका सञ्चालक महेन्द्रकुमार रानालाई पक्राउ गरी उपस्थित गराइदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई पत्राचार गरेको थियो ।

२८ भदौमै विभागले प्रहरीलाई पठाएको उक्त पत्रउपर कुनै कारबाही भएको छैन । वैदेशिक रोजगारीसम्बन्धी व्यक्तिगत उजुरीमा मात्रै पक्राउ पुर्जी जारी गर्दै आएको विभागले म्यानपावर व्यवसायीलाई नै पक्राउ पुर्जी जारी गरेको पहिलोपटक हो । साकुरा इन्टरनेसनलका सञ्चालकको जालोमा परेर भारत हुँदै ग्रिस पु-याइएकी पीडित युवतीले फर्किएपछि आफूले बुझाएको ...


डा.गोविन्द केसी अस्वस्थ भएपछि अस्पताल भर्ना

काठमाडौँ - बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ प्राध्यापक डा.गोविन्द केसी अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

उनलाई आज बिहान ४ बजे त्रिबि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थ्योरासिक विभागको ईमर्जेन्सी कक्षमा भर्ना गरिएको शिक्षण अस्पतालमा कार्यरत डा.अभिषेकराज सिंहले जानकारी दिएका छन् । ‘छातीमा अत्याधिक दुखाइका कारण आज बिहानको ४ बजे ईमर्जेन्सीमा भर्ना गरिएको छ । रिपोर्टहरु आउने क्रम जारी छ ।

...

आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरि मनाइँदै

काठमाडौं - प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आजै ब्युँझिएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महीना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन्।

विष्णु क्षीरसागरमा सुतेकाले यी चार महीनामा विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढीपहिरो आउने र सर्प ...


दश वर्षमा गाडी खरिदमै ५४ अर्ब खर्च

काठमाडौं - सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ। पछिल्लो १० वर्षमा सरकारले साढे ५४ अर्ब रूपैयाँ गाडी किन्नमा खर्चिएको छ। २०६५ सालपछि बढीमा ६०/६५ करोडमा वार्षिक गाडी खरिद भइरहेकोमा त्यसपछि ह्वात्तै बढेर साढे २ अर्ब पुग्यो। त्यो चाप बर्सेनि बढ्दै गएको छ। पछिल्लोे आर्थिक वर्षमा गाडी खरिद, मर्मत र इन्धनमा मात्रै ११ अर्ब रुपैयाँ खर्च गरिसकेको छ।

६ अर्ब ७५ करोडको गाडी खरिद, एक अर्ब ९० करोड मर्मत र २ अर्ब ५० करोड इन्धन खर्च गरेको सरकारी तथ्यांकमा उल्लेख छ। चालु वर्षमा खर्च ...


मन्त्रीहरूको कामको मूल्यांकन गर्दै प्रधानमन्त्री

काठमाडौँ - सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै पार्टीभित्रै आलोचना खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको चारमहिने कामको मूल्यांकन गर्न लागेका छन् । मन्त्रीहरूको कामको चौमासिक मूल्यांकनका लागि प्रधानमन्त्री कार्यालयले ५, ७ र ८ मंसिरमा बैठक बोलाएको हो । बैठकमा सबै मन्त्रालयका मन्त्री र सचिवहरूलाई उपस्थित हुन भनिएको छ ।

परम्परागत सरकारी कार्यशैलीमा आमूल सुधारका लागि भन्दै प्रधानमन्त्रीले गत असोजदेखि अनलाइनबाटै सबै मन्त्रालयको कामको मूल्यांकन सुरु गरेका थिए । एप्समार्फत प्रधानमन्त्रीले मन्त्रालयहरूको कामको जानकारी लिइरहे पनि चौमासिक बैठकमा सबै मन्त्रालयको कामको एकमुष्ट समीक्षा हुने प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी ...


आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु

काठमाडौँ - सरकारले गृहकार्यको आठ वर्षपछि आज (सोमबार)देखि बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र बाँड्दै छ । चिप प्रविधिमा आधारित परिचयपत्र पाँचथर फिदिमकी १०१ वर्षीया वृद्धा भगवती भण्डारी र एक उच्च सरकारी अधिकारीलाई दिएर वितरण अभियान सुरु गर्न लागेको हो ।

गृहमन्त्री रामबहादुर थापाले दुईजनालाई परिचयपत्र हस्तान्तरण गरेर वितरण अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । सुरुमा प्रधानमन्त्री केपी ओलीले नै उद्घाटन गर्ने कार्यक्रम तय गरिएको भए पनि स्वास्थ्य अवस्थाका कारण उनी उपस्थित नहुने भएका हुन् । पहिलो दिन पाँचथरका अन्य ४८ जनालाई पनि परिचयपत्र बाँडिने छ ।

एसियाली विकास बैंक (एडिबी)को सहयोगमा परिचयपत्र वितरणका ...


पूर्व उपसभामुख सुवेदीले गरिदिइन् जेठी बुहारीको विवाह

बाँके (नेस) - पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी दम्पतिले एकल भएकी जेठी बुहारीलाई छोरीका रुपमा विवाह गरेर पठाएका छन् ।

संघीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति रहेकी सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीकै रुपमा अन्माएकी हुन् । पूर्णाका श्रीमान प्रकाश सुवेदी पनि नेकपाका नेता हुन् ।

व्यापारको सिलसिलामा काठमाडौं गएको बेलामा २०७२ सालको भूकम्पमा छोरा अच्यूतराज सुवेदीको मृत्यु भएको थियो । बसेको होटल भत्किदा च्यापिएर गम्भीर घाइते भएका सुवेदीको भारतीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । अच्यूतको मृत्यु भएपछि बुहारी मालती एकल भएकी थिइन् । ...


डेढ महिनाभित्र जयनगर-जनकपुर रेल पुनः सञ्चालनमा आउने

काठमाडौँ - डेढ महिनाभित्र जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका प्रवक्ता अमन चित्रकारले सन् २०१८ को अन्तिम (पुस १६) सम्ममा जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने जानकारी दिनुभयो । तत्काल जम्मा ३४ किलोमिटर दूरीको रेल सेवा पुनः सञ्चालनमा ल्याउन भौतिक निर्माणका काम सम्पन्न भइसकेको जानकारी समेत उहाँले दिनुभयो ।

‘ट्रेन सेट’ खरिद गरेर जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने सरकारको पहिलो प्राथमिकता हो तर सन् २०१८ भित्र नै रेल सेवा सञ्चालनमा ल्याउनुपर्ने समयसीमा भएकाले ‘ट्रेन सेट’ नै ‘वेट लिज’ मा लिएर सञ्चालन गर्ने कि ...


ब्यूँतियो विप्लवको जनअदालत, एक हजार मुद्दा दर्ता भएकोमा आठ सय टुङ्गाएको दावी

काठमाडौँ - विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा एक हजार मुद्दा दर्ता भएको जनाएको छ ।

सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेन लगायत रहेका छन् । तीमध्ये आठ सय मुद्दा टुङ्ग्याई सकिएको उक्त पार्टीले जनाएको छ।

उक्त पार्टीका विद्यार्थी नेता मदन केसीले सरकार मातहत रहेका अदालतले टुङग्याउन नसकेका मुद्दाहरु टुङ्ग्याउन थालेकाले ‘जनअदालत’ प्रति आकर्षण बढेको दावी गर्दै थप्नुभयो–‘जनअदालतमा घरायसी झग्डा, भ्रष्टाचार, ठगी, लेनदेन जस्ता मुद्दा दर्ता छन् । हामीले सजिलै ती मुद्दाहरुको अध्ययन गरेर जनताको काम गरिरहेका ...


देउसी खेल्न हिँडेका किशोरीलाई बन्धक बनाएर बलात्कार गर्ने २ पक्राउ

बिदुर - किशोरी बलत्कारको अभियोगमा नुवाकोट प्रहरीले बुधबार साँझ नेपाल विद्यार्थी संघ नुवाकोटका जिल्ला नेतालाई विदुर नगरपालिका वडा नं ४ बट्टारबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय बादल श्रेष्ठ र रवीन थापा रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताए । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको कुँवरले जानकारी दिए । पक्राउ परेका दुबैलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा समेत अनुसन्धान भइरहेको छ ।

उनीहरुले गत कार्तिक २१ गते नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा बट्टारस्थित एक ...


राजनीतिक भर्ति केन्द्र बन्यो वीर अस्पताल, चोरबाटोबाट ५ सय कर्मचारी नियुक्त

काठमाडौं - देशकै सबैभन्दा पुरानो वीर अस्पतालमा तीन वर्षको अवधिमा नियम मिचेर चोरबाटोबाट झन्डै ५ सय कर्मचारी नियुक्त गरेको पाइएको छ । सेवा सुविधा विस्तारको वहानामा अस्पताललाई कर्मचारी भर्तीकेन्द्र बनाइएपछि सेवा प्रवाहमा समेत नकारात्मक असर परेको छ ।

अस्पतालमा सरकारीबाहेक संस्थानअन्तर्गको कर्मचारीको भर्ना चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सेवा आयोगले गर्ने प्रावधान छ । तर सेवा आयोगलाई निष्क्रिय बनाउँदै अस्पतालका उच्च पदाधिकारीहरूले तीन वर्षमा आफूखुसी ४८५ कर्मचारी भर्ना गरेको पाइएको हो ।

उपकुलपतिदेखि प्रशासन प्रमुखसम्मलाई कारबाही सिफारिस
कार्यालय सहायकदेखि चिकित्सकसम्म चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रहेको वीर अस्पताल र ...


झन् मौलायो भ्रष्टाचार : स्थानीय तहमा भ्रष्टाचारको विगविगी

नेपालगन्ज - बाँके, बर्दिया र दाङका स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाए अनुसार मुलुक संघीय संरचनामा गएपछि स्थानीय तहमा भ्रष्टाचार मौलाएको हो । जिल्लामा यसअघि शिक्षामा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको गुनासाहरु आउँथे।

मुलुक संघीय संरचनामा गएपछिको यस वर्षको आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जमा तीन सय १५ भ्रष्टाचारका उजुरी दर्ता भएका छन् । सबैभन्दा बढी स्थानीय तहमा भएका भ्रष्टाचारका उजुरी परेका छन् । स्थानीय तहसँग सम्बन्धित एक सय ६ उजुरी दर्ता भएका छन्।

परेका उजुरीमा बाँकेमा ४७, बर्दियामा २६ ...


सरकारी कर्मचारीको मिलेमतोमा अनुदानको नुनमा कालोबजारी

बाजुरा - ढुवानी अनुदानको भानु नुनमा कालोबजारी भएको छ । बजार मूल्य नौ रुपैयाँ रहेको नुन खरिद गर्दा उपभोक्ता २५ रुपैयाँ तिर्न बाध्य छन् । ढुवानी अनुदानको नुन बिक्री गर्ने जिम्मा बाजुरास्थित साल्ट ट्रेडिङ लिमिटेडको डिपोलाई मात्रै छ । डिपोका कर्मचारीले व्यापारीसँग कमिसन लिएर नुन बिक्री गरिरहेका छन् । ‘डिपोमा जाँदा छैन भन्छन्, पसलमा जाँदा पाइन्छ । व्यापारीबाट खरिद गर्दा हामी बढी मूल्य तिर्न बाध्य छौं’, खप्तड छेडेदह गाउँपालिका–१ की भाना थापाले दुखेसो गरिन् ।

व्यापारीबाट २५ रुपैयाँमा एक किलो नुन किन्नुपर्छ बूढीगंगा नगरपालिकाका भुवन थापाले ...


अनुमति नलिई धमाधम नेपाली भूमिमा बाटो बनाउँदै भारत

दार्चुला - भारतले अनुमति नलिई नेपाली क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । भारतीय क्षेत्रमा सडक निर्माण भइरहेको छ ।

त्यहाँको घटियाबगर–लखनपुर–लिपुलेक सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्नलगायत सामान ढुवानी गर्न नेपालतर्फ घोरेटो बाटो निर्माण भइरहेको निर्माण कम्पनीका प्रतिनिधि साजन विष्टले बताए ।

‘भारतीय क्षेत्रमै आवतजावत गर्न अप्ठ्यारो छ, नेपालबाट सजिलो भएकाले बाटो बनाइरहेका छौँ,’ विष्टले भने । भारतीय लोक निर्माण विभाग पिथौरागढअन्तर्गत सडक निर्माण भइरहेको छ । त्यही विभागको निर्देशनअनुसार नेपाली क्षेत्रमा पनि घोरेटो ...


आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस !

काठमाडौ - आज विश्वभर अन्तराष्ट्रिय विद्यार्थी दिवस मनाईदै छ ।नोभेम्वर महिनाको १७ तारिखका दिन हरेक वर्ष संसारभरि गैह्र राजनैतिकरुपमा बहु–सांस्कृतिक रुपमा विश्व विद्यार्थी दिवस मनाउने गरिएको छ ।

आजको यो दिन नाजी सैनिकहरुले सन् १९३९ मा चेक रिपब्लिकका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुमाथि आक्रमण गरी हत्या र गिरफ्तार गरेका थिए । त्यस्तै सन् १९८९ मा भएको परिवर्तनमा समेत विद्यार्थीको शहादतको सन्दर्भलाई भावनात्मक रूपमा सम्मान गर्न सम्झिने गरिएको छ ।

ति विद्यार्थीहरु र उनीहरुको मृतआत्माको चिर शान्तिको कामनाका साथ विद्यार्थी दिवस मनाउन सुरु गरिएको हो । नेपालमा पनि विभिन्न चरणमा ...


आजदेखि माइक्रो बस चालकलाई पोसाक अनिवार्य

काठमाडौ - ट्याक्सीचालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई पनि यो नियमभित्र ल्याएको छ।

शनिबारदेखि लागू हुने गरी माइक्रोका चालकलाई सुन्तला र सहचालकलाई हरियो रङको ज्याकेट लगाउन अनिवार्य गरेको हो। यी ज्याकेटमा फ्लोरिसेन्ट पनि राखिएको हुन्छ।

‘यातायात व्यवस्था ऐनमै चालकले विशेष खालको पोसाक लगाउनुपर्ने व्यवस्था छ, त्यसैले नियम कार्यान्वयनमा मात्रै ल्याएका हौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भने, ‘तोकिएको ड्रेस नलगाए कारबाही गरिनेछ।’ तोकेको ज्याकेट नलगाउने चालकलाई पाँच सय जरिवाना भराइने एसएसपी पन्तले बताएको समाचार छ।

पहिलो दिन ५० देखि ७० ...


आफ्नै गाउँमा कुटिए सांसद पासवान ! कसले कुट्यो ?

काठमाडौ - राष्ट्रियसभा सदस्य रामप्रीत पासवान आफ्नै गाउँमा कुटिएका छन् । कविलासी नगरपालिका–६, मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासवान कुटिएका हुन् ।

उनी संघीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुन् । छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासी आफ्नो ज्यान मार्ने किसिमले आक्रमण गरेको पासवानले बताए ।

उनको शरीरमा शरीरमा चोट लागेको बताइएको छ । राष्ट्रियसभा सदस्य पासवानमाथि संघातिक रुपमा आक्रमण गरिएको भन्दै नेपाल दलित सेवा समाजले आन्दोलनको चेतावनी दिएको छ ।

संघका ...


कुमाल बस्तीको हविगत : ‘खाए मकै, नखाए भोकै’

पोखरा - मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ ।

तनहुँ जिल्लाको दक्षिणी भेग घिरिङ गाउँपालिका–४ को उर्वरभूमि गड्यौलीटारमा सिँचाइ अभावका कारण स्थानीय बासिन्दा अहिले पनि मुख्य खाद्यान्न बाली मकैमा निर्भर रहँदै आएका हुन् ।

बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म विशेषगरी मकैकै भात, ढिँडो, आँटो, रोटी, भुटुवा र जाँडसमेत बनाउनाका साथैं वृद्ध र बालबालिकाका लागि सातुजस्ता परिकार बनाएर खानु–खुवाउनु पुस्ताँैदेखिको दैनिकी अहिले पनि कायमै छ । “बारीमा धान फल्दैन, विदेशबाट आएको र ...


सात वर्षीया बालिका बलात्कृत गर्ने युवा पक्राउ

बझाड - रामपुरमा सात वर्षीया बालिका बलात्कृत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत बिहार बेतिया धन्ग्रौल घर भएका रामपुरमा ज्याला मजदुरी गर्दै आएका २२ वर्षका कौशर आलमलाई बालिका बलात्कारको अभियोगमा इलाका प्रहरी कार्यालय रामपुरले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो ४ बजे बालिका बलात्कार गरी फरार रहेका आलमलाई राति ९ बजे रामपुर नगरपालिका–५ स्थित मटेरीबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भोजराज पाण्डेले जानकारी दिए ।

“बालिका बलात्कृत भएको खबर ७ः३० बजे हामीकहाँ आयो, त्यसलगत्तै टोली खटिएर बलात्कारीलाई पक्राउ गर्न सफल भइयो”, उनले भने ...


पाँच किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई युवक पक्राउ

बेत्रावती - किशोरी बलत्कारको अभियोगमा नुवाकोट प्रहरीले विदुर नगरपालिका–४ बट्टारका दुई जनालाई पक्राउ गरेको छ ।

स्थानीय बादल श्रेष्ठ र रवीन थापालाई नियन्त्रणमा लिएर प्रहरीले बिहीबार नुवाकोट जिल्ला अदालतमा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए ।

३२ वर्षीय श्रेष्ठ र २४ वर्षीय थापालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

पक्राउ परेका दुबैलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा समेत अनुसन्धान भइरहेको छ । उनीहरुले गतसाता नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा बट्टारस्थित एक ...


निर्मला हत्याको अनुसन्धान शुन्यमा  : थप ४ जनाको डिएनए मिलेन

काठमाडौं - कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान फेरि पनि शुन्यमै छ । अनुसन्धानका क्रममा थप चारजनाको डिएनए परीक्षण गरिए पनि मेल नखाएको कञ्चनपुर प्रहरीले जनायो ।

काठमाडौंस्थित विधिविज्ञान प्रयोगशालामा गरिएको डिएनए परीक्षण सरकारी वकिलको रोहवरमा कञ्चनपुर प्रहरीले खोलेको हो । तर, चारैजनाको डिएन निर्मलाको भेजिनल स्वाबमा भेटिएको डीएनएसँग मेल नखाएको जिल्ला प्रहरी प्रमुख एसपी कुबेरसिंह कडायतले जनाकारी दिए ।

प्रहरीले यी चारजनाको नाम भने सार्वजनिक गरेको छैन । दोषी प्रमाण भेटिएमात्रै नाम सार्वजनिक गर्ने बताएको थियो ।

यसअघि पाँचजनाको डिएनए परीक्षण पनि मेल ...


मन्त्रिपरिषद्का निर्णय हरेक बिहीबार सार्वजनिक गरिने

काठमाडौं - परिपक्व नहुदैँ निर्णय सार्वजनिक भइदिँदा गलत सूचना प्रवाह भएको भन्दै मन्त्रिपरिषद्को हरेक निर्णय प्रत्येक बिहीबार सार्वजनिक गरिने भएको छ। सरकारका प्रवक्तासमेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकार र मन्त्रिपरिषद्सम्न्धी धारणा हरेक बिहीबार सार्वजनिक गर्ने जनाएका हुन्।

‘निर्णय परिपक्व नभई सार्वजनिक गर्दा गलत सन्देश प्रवाह भएकाले त्यसलाई सुधार गर्न सरकार गम्भीर भएको छ,’ प्रवक्ता बाँस्कोटाले भने, ‘मन्त्रिपरिषद् तथा सरकारसम्बन्धी धारणा अब हरेक बिहीबार सार्वजनिक गरिनेछ ।’ सो क्रममा हरेक मन्त्रालयका प्रवक्तासमेत उक्त पत्रकारसम्मेलनमा उपस्थित हुनेछन् भने पत्रकारले सोही क्रममा ...


यी हुन् सरकारले जनतालाई लुकाएका मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं - सरकारले कत्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले राजश्व न्यायाधीकरणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनाका साथै कर्मचारी समायोजन विषयका व्यवस्था गर्न बनेको अध्यादेश २०७५ मा लोकसेवा आयोगको परामर्श माग गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

यसैगरी विभिन्न मन्त्रालयमा चालू परियोजनाको काममा तीव्रता दिने उद्देश्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपक्षी विकास, भौतिक पूर्वाधार तथा यातायात एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले ...


बिहे गर्ने उमेर नपुग्दै गर्भपतन गर्नेको संख्या बढ्दो

इलाम - मुलुकी संहिताले २० वर्षभन्दा कम उमेरमा बिहे गर्न बन्देज लगाएको छ । १८ वर्षभन्दा कम उमेरमा त सहमतिमा पनि यौनसम्पर्क गर्न नपाइने कानुनी व्यवस्था छ । तर, १८ वर्षभन्दा कम उमेरमै गर्भपतन सेवा लिने किशोरीको संख्या उल्लेख्य भएको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार तीन वर्षमा पाँच हजार सात सय ४७ जनाले गर्भपतन गराएका छन् । तीमध्ये २० वर्षभन्दा कम उमेरमै गर्भपतन गराउने २० प्रतिशत छन् । गर्भपतनसम्बन्धी अध्ययन गर्ने संस्था आइपासका अनुसार यस अवधिमा तीन सय ४० जना १८ वर्षभन्दा कम उमेरका ...


स्वास्थ्यसचिव चौधरीलाई कारबाही गर्ने सरकारको तयारी

काठमाडौँ - सरकारले स्वास्थ्य तथा जनसंख्यासचिव डा. पुष्पा चौधरीमाथि कारबाहीको तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिए पनि सचिव चौधरी हाजिर हुन नगएपछि उनीमाथि कारबाही गर्ने मनस्थितिमा सरकार पुगेको हो ।

सरकारको निर्णयविरुद्ध सचिव सर्वोच्च अदालत गएको नेपालको इतिहासमा पहिलो घटना हो । ‘यस विषयमा सरकार मौन बस्न सक्दैन,’ प्रधानमन्त्री कार्यालयका एक सचिवले भने । सर्वोच्चको आदेशसँगै चौधरी प्रधानमन्त्री कार्यालयमा जानकारी नै नगराई नियमित रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जाने गरेकी छन् । सरकारले उनको सबै अधिकार खोसेको छ ।

गत २८ असोजको मन्त्रिपरिषद् बैठकले चौधरीलाई ...


निर्मलाको बलात्कार पछि हत्या प्रकरण : धर्नामा बस्ने उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा

महेन्द्रनगर - निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेका वेला प्रहरीले केही गाउँलेलाई नै शंकाको घेरामा राखेर अनुसन्धान थालेको हो । ‘उल्टाखाम क्षेत्रका केही व्यक्ति शंकाको घेरामा छन् । उनीहरूको गतिविधिमाथि सूक्ष्म ढंगले निगरानी भइरहेको छ,’ कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले भने।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार निर्मलाका केही आफन्तलाई पनि निगरानीमा राखिएको छ ।

प्रहरीले गाउँलेसँगै अन्य क्षेत्रमा पनि अनुसन्धान ...


हिमालमा बेपत्ता भएका दुई आरोहीको शव ३० वर्षपछि फेला

काठमाडौं - ७ हजार १ सय ६१ मिटर अग्लो पुमोरी हिमालमा बेपत्ता भएका आइसल्यान्डका दुई आरोहीको शव ३० वर्षपछि फेला परेको छ। आइसल्यान्डको अखबार आइसल्यान्ड रिभ्यूले मंगलबार शवको पहिचान भएको समाचार छापेको छ।

२०४५ असोजमा पुमोरी हिमाल आरोहणका क्रममा २७ वर्षीय युवा क्रिस्टिन रुनारसोन र पोर्रटिन गुओजोन्सनको आधिकारिक पहिचान खुल्ने कागजातसहित शव फेला परेको अखबारले उल्लेख गरेको छ। अमेरिकी पर्वतारोहीले शव पत्ता लगाएका हुन्। उनीहरूकी साथी अन्ना लारा फ्रिओरीकस्डोटिरकोले आरोहण क्रममा ६ हजार ६ सयदेखि ६ हजार ७ सय मिटर उचाइमा दुवै जना बेपत्ता भएको बताएकी ...


धर्म परिवर्तन गराउने तीन जनालाई देश निकाला गरिँदै

काठमाडौं - सरकारले भिसा दुरूपयोग गरी धर्म परिवर्तन गराउने ३ विदेशीलाई प्रवेशमा प्रतिबन्ध लगाई निस्काशन गर्ने भएको छ। पछिल्लो पटक इसाई धर्म प्रचारका क्रममा नियन्त्रणमा लिइएका दुई जापानी महिला मारी इकुरा र यासुको ओबा तथा र अस्ट्रेलियाई युवती क्याटिया ग्रानलाई गृह मन्त्रालयले डिपोर्ट गर्ने तयारी गरेको छ।

ती जापानीलाई नेपाल प्रवेशमा ५ वर्ष प्रतिबन्ध लगाउने गृहको तयारी छ। अध्यागमन विभागले धर्म प्रचार गर्ने जापानीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। धर्म परिवर्तन गराउने नेपालीमाथि समेत कानुनअनुसार कारवाही गर्ने तयारी गृहको छ।

अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले ...


जुवाडे व्यवसायीको आरोप : प्रहरीले खालबाट १० लाख बरामद गर्यो ८ लाख बढी लुकायो

विराटनगर - तास खेल्दै गरेको अवस्थामा विराटनगरबाट पक्राउ परेका पाँच उद्योगी व्यवसायीसँग जिल्ला प्रशासन कार्यालय मोरङले जनही १२-१२ हजार रुपैयाँ धरौटी माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश केसीको इजलासले बुधबार उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । प्रहरीले उनीहरु विरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को जुवा ऐन अन्तर्गत मुद्दा चलाएको थियो ।

प्रहरीले तास खेल्दै गरेको अवस्थामा गत आइतबार बिहान उद्योगी व्यवसायी ६९ वर्षीय चम्पालाल राठी, ५० वर्षीय जीवन रिजाल, ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विमल अग्रवाल र ३८ वर्षीय हंशराज जैनलाई पक्राउ गरेको थियो ...


पूर्वराजा ज्ञानेन्द्र र प्रकाशमानको ‘जम्काभेट’ ले राजनीतिक वृत तरङ्गित !

काठमाडौँ - दुई दिनयता नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चर्चामा छन् । चर्चाको विषय भने फरक रहेको छ । कांग्रेस नेतृ सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित कोइराला परिवारका नेताबीच गुट भेला भएलगत्तै शाह–सिंहबीचको जम्काभेटबारे अनेक अड्कलबाजी काट्न थालिएको छ ।

मण्डिखाटारमा सोमबार बिहान वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु डा. शेखर कोइराला, डा. रामशरण महत र अर्जुननरसिंह केसीबीच कांग्रेसभित्रको अवस्थालाई लिएर राजनीतिक वार्ता भएको केही घण्टापछि होटेल सोल्टीमा दुईजनाबीच जम्का भेट भएको हो ।

कांग्रेसभित्र महामन्त्री शशांकले हिन्दूराज्य फर्काउनुपर्ने लाइनमा पार्टीलाई अघि बढाउनुपर्ने ...


दीर्घ सोडारी मन्त्री पदबाट बर्खास्त हुनुको भित्रि कथा यस्तो पो रहेछ !


काठमाडौं - सोमबार बिहान । मुख्यमन्त्री त्रिलोचन भट्ट एकाएक काठमाडौं आइपुगे । उनीलाई प्रधानमन्त्री कार्यालयबाट बोलाहट आएको थियो । प्रसङ्ग थियो– सामाजिक विकास मन्त्री दीर्घ सोडारीविरुद्ध परेका उजुरी ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री दीर्घ सोडारीविरुद्ध नैतिक र पदीय आचरणसँग जोडिएका उजुरी आएपछि उनीलाई मन्त्रीपदबाट हटाउन पार्टी अध्यक्षसमक्ष उजुरी परेको थियो । विशेष श्रोतका अनुसार, सोमबार बिहान काठमाडौं आएका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले यस विषयमा गम्भीर छलफल गरेका थिए ।

नैतिक आचरणकै विषय जोडिइसकेपछि मन्त्री पदमा बसिराख्न उचित नहुने र यसले पार्टीलाई नै असर पर्न सक्ने प्रधानमन्त्रीको जिकिर ...


सोह्रौं अनशनको तयारी गर्दै डा. केसी

काठमाडौं - सरकारले आफूसँग पन्ध्रौं अनशनका क्रममा गरेको सम्झौता कार्यान्वयनमा आलटाल गरेपछि डा. गोविन्द केसी १६ औं अनशनको तयारीमा जुटेका छन् । सरकार उनीसँग गरेको सहमति कार्यान्वयनमा उदासीन भभपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी फेरि अनशन बस्न लागेका हुन्।

सरकारलाई आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरे १६ औं अनशन बस्न बाध्य हुने चेतावनी दिँदै आएका डा. केसी सरकारले झुक्याएको भन्दै अनशन बस्ने तरखरमा रहेको उनी निकट चिकित्सकले नागरिकलाई बताए । सरकारले आफूसँग भएका सम्झौता उल्लंघन गरेको र माफियाका पक्षमा काम गरेको आरोप लगाउँदै आएका डा. केसीले ...


सुदूरपश्चिम प्रदेश : कृष्णराज सुवेदीले पाए सामाजिक विकास मन्त्री पद

धनगढी - सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी पदमुक्त भएपछि कृष्णराज सुवेदी मन्त्री पद पाएका छन्।

तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ख बाट निर्वाचित प्रदेश सांसद हुन्। सुवेदीलाई प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपिनियताको शपथ गराए।

पदीय आचरण विपरित काम गरेको भन्दै सामाजिक विकासमन्त्रीबाट सोडारीलाई बर्खास्त गरिएपछि मंगलबार सुवेदीलाई नियुक्त गरिएको हो।

शपथ ग्रहरणपछि मन्त्री सुवेदीले आफ्नो कार्यकालमा प्रदेशका समस्या हल गर्ने उद्घोष गरेका छन्।

सुवेदीलाई प्रदेश प्रमुखको कार्यालयमा मंगलबार साँझ प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको ...


लोकसेवाले एकैपटक दुई हजारभन्दा बढीको संख्यामा अधिकृत माग गर्दै

काठमाडौं - लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सहसचिवसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो ।

संशोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । यसअघि सरकारको निर्णयका कारण लोकसेवाको कार्यतालिका दुई महिना पर सरेको थियो । ‘आयोगले एकै पटक यति ठूलो संख्यामा विज्ञापन गर्न लागेको पहिलो हो’, सुवेदीले भने, ‘संघ, प्रदेश र स्थानीय तहका लागि धेरै कर्मचारी आवश्यक छन् ।’

आयोगले गतवर्ष शाखा अधिकृतदेखि सहसचिवसम्म ...


रुपन्देही, बाँके र दाङमा महानगर बनाउने तयारी

बुटवल - प्रदेश ५ मा तीनवटा महानगरपालिका बनाउने तयारी सुरु भएको छ । सरकारले प्रदेशका मुख्य तीन सहरलाई केन्द्रित गरी महानगर बनाउन कानुन निर्माणको प्रक्रिया सुरु गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले विकास प्राधिकरण बनाउन आवश्यक कानुन बनाउने प्रक्रियासमेत अगाडि बढाएको छ । प्रदेश विकास प्राधिकरण सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्रलाई मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ । प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्राधिकरण स्थापनाका लागि ऐनको तयारी भएको बताए । महानगर बनाउँदा विभिन्न स्थानीय तहहरूलाई गाभ्नुपर्ने भएकाले समन्वय गरेर अगाडि बढ्ने तयारी छ ।

रुपन्देही, बाँके ...


लापरबाही नरोकिएपछि सिक्टा सिँचाइ आयोजनाबाट पप्पु आउट

काठमाडौं - कोस्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको छ । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको हो । ठेक्का सम्झौता गरेको २८ महिना बित्दा पनि कामको प्रगति निराशाजनक भएपछि पप्पुसँग सम्झौता तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले बताए। उनका अनुसार यस अवधिमा पप्पुले जम्मा ७ प्रतिशत काम गरेको छ।

स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना सिक्टामा साउदी विकास कोषले दुई अर्ब ४१ करोड रुपैयाँ आर्थिक सहयोग ...


बर्दियामा हिन्दु धर्मलाई शराप्दै क्रिश्चियन धर्म प्रचार, अष्ट्रेलियन महिलासहित चार नेपाली पक्राउ

गुलरिया - बर्दियाको गुलरिया नगरपालिकास्थित बजार क्षेत्रमा घरदैलो गरेरै क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेका एक अष्ट्रेलियन महिलासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

धर्मको प्रचारप्रसार गर्दै हिँडेको सूचनाका आधारमा सोमवार जिल्ला प्रशासन कार्यालय बर्दियाले उनीहरुलाई कार्यालयमा झिकाई जाँचबुझ गर्दा धर्म प्रचार गरेको पाइएपछि प्रहरीको जिम्मा लगाइएको हो ।

प्रहरीले ईसाई धर्म प्रचार गर्दै हिँडेका ४ जना नेपालीसहित एकजना अष्ट्रेलियन महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।

त्यसक्रममा पासपोर्ट नम्बर एन ७००७३७११ भएको बताउने अष्ट्रेलियन महिला क्याटिया ग्रान, नेपालगञ्ज निवासी श्वेता मानन्धर, श्रीजन ...


देशभरका अदालतमा २१ न्यायाधीश पद रिक्त

काठमाडौँ - सर्वोच्च अदालतसहित देशभरका अदालतमा २१ न्यायाधीशको पद खाली रहेको छ । अदालतमा मुद्दाको चाप बढिरहेका वेला ६ महिनादेखि न्यायाधीशको पदपूर्ति रोकिएको छ । २१ न्यायाधीशको दरबन्दी रहेको सर्वोच्चमा सात महिनादेखि दुई न्यायाधीश पद रिक्त छन् । पूर्वकामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश जगदीश शर्मा पौडेलको अवकाशपछि दुई पद खाली भएको हो । पराजुलीले अवकाश पाएको सात महिना बढी भइसकेको छ भने शर्माले सर्वोच्चबाट अवकाश पाएको एक वर्ष पुगिसकेको छ ।

न्यायाधीश पदपूर्तिका लागि विज्ञापन खोल्ने तयारी
उच्च अदालतहरूमा १६० न्यायाधीशको पद रहेकामा १३ जना न्यायाधीशको पदपूर्ति हुनसकेको छैन । संघीयता ...


प्रहरीको सइसम्मको सरुवाको जिम्मा अब प्रदेशलाई

काठमाडौँ - संघीय प्रहरी ऐन ल्याउन ढिला भएपछि सरकारले प्रदेश सरकारलाई तल्लो तहका प्रहरीको सरुवा तथा प्रहरी चौकी निर्माणको अधिकार प्रत्यायोजन गरेको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रदेश प्रहरी, प्रशासन तथा शान्ति सुरक्षासम्बन्धी कार्यकारी आदेश’मार्फत यस्तो अधिकार दिएको हो ।

केन्द्रीय प्रहरीको ऐन तथा नियमावलीमा रहेको सरुवा मापदण्डअनुसार प्रदेशभित्र प्रहरी नायब निरीक्षक (सइ)सम्मको सरुवाको अधिकार प्रदेशलाई दिइएको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताए । ‘संघीय प्रहरी ऐन आउन ढिला भएपछि कार्यकारी आदेशमार्फत केही अधिकार दिइएको हो,’ सहसचिव शर्माले भने, ‘यो अन्तरिम व्यवस्था हो, ऐन आएपछि यो आदेश खारेज हुन्छ ।’ प्रधानमन्त्री ...


प्रहरीमा अब पद रिक्त भएको तीन महिनाभित्र बढुवा गर्नुपर्ने

काठमाडौँ - नेपाल प्रहरीमा माथिल्ला पदहरूमा रिक्त भएको तीन महिनाभित्र अनिवार्य रूपमा बढुवा गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । तोकिएको अवधिभित्र बढुवा नभए बढुवा समितिका अधिकारीलाई कारबाही गर्नसमेत सर्वाेच्चले भनेको छ ।

पूर्वएसएसपी यादवराज खनालले दायर गरेको रिटको फैसलामा सर्वाेच्चले यस्तो आदेश दिएको हो । सर्वाेच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र डम्बरबहादुर शाहीको इजलासले यस्तो फैसला गरेको हो । गत १३ जेठमा भएको फैसलाको पूर्णपाठ हालै गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा पुगेको छ ।

समयमा बढुवा नहुँदा बढुवाका उम्मेदवारलाई मात्र नभई संगठनलाई नै क्षति हुने भन्दै समयमै बढुवा गर्न सर्वाेच्चले ...


लहानमा बालिका र युवतीमाथि सात जनाको समूहद्वारा सामूहिक बलात्कार

लहान - सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका हुन् ।

पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा स्वास्थ्य परीक्षण गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

बलात्कार घटनामा संलग्न रहेका सातै जना फरार रहेको र उनीहरूको विशेष प्रहरी परिचालन गरी तीव्रगतिमा खोजतलास भइरहेको प्रहरी नायब उपरीक्षक थापाले ...


छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

कात्तिक -  मोरङ कानेपोखरी गाउँपालिकामा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ परेका छन् ।

१४ बर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका – ५ का ३९ बर्षका बाबु पक्राउ परेका हुन् ।

श्रीमती माइत गएको अवस्थामा बुबाले गत कात्तिक ७ गते जबरजस्ती करणी गरेको खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

उनका अनुसार किशोरीका हजुरआमाले किटानी जाहेरी दिएपछि कात्तिक २० गते प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्यादसमेत लिएको छ ।

किशोरीले उक्त घटना ...


यी हुन गोप्य राखिएको भनिएका मन्त्रिपरिषदका निर्णयहरु

काठमाडाैं - सरकारले अाइतबार बसेको मन्त्रीपरिषद् बैठक गोप्य राखेको छ । सुचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटासँग संचारकर्मीले निर्णयबारे जानकारी दिन आग्रह गरेपछि डिटेलमा जानकारी दिनका लागि फरक व्यवस्था गर्न लागिएको बताएका थिए । सरकारले औपचारिक रुपमा भने कुनै पनि निर्णय सार्वजनिक गरेको छैन ।

- प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन ।
- दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई फिर्ता बोलाउने निर्णय
- भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस ...


नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नेपाल

काठमाडौ - नागरिक लगानी कोषले रमण नेपाललाई नेतृत्वको रूपमा पाएको छ । आइतबारको मन्त्रीपरिषद बैठकले कार्यकारी निर्देशकको जिम्मेवारी नेपाललाई दिएको हो । अर्थमन्त्रालयले तीनजनाको नाम सिफारिस गरेको थियो । नवनियुक्त नेपाल राष्ट्र बैंकको नायव निर्देशकबाट सेवा निवृत्त व्यक्ति हुन् ।

अर्थमन्त्रालयद्वारा गठित छनोट समितिले शैक्षिक योग्यता,अनुभव र व्यवशायिक कार्ययोजना मूल्याङ्कन तथा अन्तरवार्ताका आधारमा कात्तिक १४ गते ३ जनाको नाम सिफारिस गरेको थियो । गुल्मिका कपिल ज्ञवाली,मोरङ्गका रमण नेपाल र काभ्रेका शेषरमण आचार्य मध्ये मन्त्रिपरिषद्ले नेपाललाई कार्यकारी निर्देशक बनाउने निर्णय लिएको हो ।

...

परपुरुषसँग सल्किएको भन्दै छुरा हानेर श्रीमतीको हत्या

कार्तिक - परपुरुष सल्किएको भन्दै राजधानीमै एक पुरुषले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । परपुरुषसँग सम्बन्धको आरोप लगाउने क्रममा विवाद बढेपछि आइतबार राति खोटाङ घर भई कपनमा बस्दै आएका ४० वर्षीय सुवास राईले ३५ वर्षीया श्रीमती प्रमिला राईलाई अन्धाधुन्ध चक्कु प्रहार गरेका हुन् । राति १२ बजेतिर घटना भएको प्रहरीले जनाएको छ ।

घाइते प्रमिलालाई उपचारका लागि हेल्पिङ ह्यान्डमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको काठमाडौँ प्रहरी प्रवक्ता होवेन्द्र बोगटीले बताए। घटनापछि फरार भएका सुवासलाई राति नै स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई हाल बौद्ध ...


प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा भट्टराई

काठमाडौं - प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा राजन भट्टराई नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले भट्टराईलाई सल्लाहकार नियुक्त गरेको हो ।

भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए । पूर्वसांसद समेत रहेका उनी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य समेत हुन् ।

...

उपप्रधानमन्त्री आफैको यस्तो उद्घोष : 'यो जुनीमा चीन र भारतको रेल नेपाल आउन असम्भव'

काठमाडौं- उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल हाम्रै जीवनकालमा नआउने बताएका छन्। भारतीय पत्रिका द विकलाई दिएको अन्तर्वार्तामा यादवले नेपालमा चीन र भारतबाट रेल आउन लागेको भए पनि त्यो सजिलो नभएको बताएका छन्। उनले भनेका छन्, 'यो सजिलो छैन। र मलाइ लाग्दैन मेरो जीवनकालमा यो देखिने छ।'

अन्तर्वार्ताको क्रममा उनले चिनियाँ वन्दरगाहा प्रयोगबारे समेत बताएका छन्। चिनिया पोर्ट ३ हजार किलोमिटर टाढा भएको र कलकत्ता पोर्ट १ हजार किलोमिटर भन्दा कम रहेकोले यो उपयुक्त विकल्प बताएका छन्।

नेपाल भूपरिवेष्ठित देश भएकोले चीन र भारत दुई विकल्प ...


त्रिभुवन विश्वविद्यालयमा चरम बेतिथी

काठमाडौं - त्रिभुवन विश्वविद्यालयमा चरम आर्थिक अनियमितता र बेथिति भएको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनले त्रिविमा बेथिति भएको खुलासा गरेको हो।

विश्वविविद्यालयका वरिष्ठ शिक्षकहरूले कक्षा कोठामा निकै कम जाने गरेको, समयमा लेखा परीक्षण नभएको, पेश्की रकम फस्र्यौटमा ध्यान नदिएको, सम्पत्ति (जिन्सी) खातालाई व्यवस्थित रुपमा नराखिएको देखिएको छ।

त्रिविका शिक्षकले स्नातक, स्नात्तकोत्तर तहमा सातामा १२ देखि १५ वटा कक्षा लिनुपर्ने व्यवस्था छ । तर कतिपयले सातामा तीन, चार वटा मात्र कक्षा लिने गरेका, अधिकांश शिक्षकले अन्य संस्थामा अध्यापन गर्न अनुमति लिइ विद्यार्थीको पढाईमा वाधा पु-याएको राष्ट्रिय सतर्कता ...


नवलपरासीमा दाङ जाँदै गरेको बस दुर्घटना, २५ घाइते मध्य ३ गम्भीर

कावासोती - पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ।

दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय होमबहादुर पोखरेल, दाङ शान्तिनगर गाउँपालिका–१ बस्ने एक वर्षीय बालक यनुष विक र तुलसीपुर बस्ने २४ वर्षीया लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको उनले जानकारी दिए। घाइतेमध्ये १० जनाको अवस्था मध्यम ...


अपहरण मुद्दामा मुख्य योजनाकारलाई साधारण तारेख, यस्तो गम्भीर थियो घटना !

काठमाडौँ - युवती प्रयोग गरी व्यवसायीहरूलाई अपहरण गरेर पैसा असुल्ने गिरोहका मुख्य योजनाकारका रूपमा प्रहरीले पक्राउ गरेका व्यक्ति साधारण तारेखमा छुटेका छन् । सिन्धुलीका पुष्पराज श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाडेको हो ।

सिन्धुलीकै ठेकेदार रमेश कुँवरलाई बन्धक बनाई श्रेष्ठ नेतृत्वको गिरोहले दुई वर्षअघि फिरौती लिएर छाडेको थियो । सो मुद्दामा पाँचजना यसअघि नै पक्राउ परेकोमा श्रेष्ठ भने फरार थिए । महानगरीय अपराध महाशाखाले उनलाई २६ भदौमा गुन्डागर्दीको आरोपमा पक्राउ गरेको थियो । पक्राउ गर्दा उनी अपहरण मुद्दामा फरार अभियुक्त भएको खुल्यो । तर, अनुसन्धान प्रक्रियामै चलखेल गरी उनी छुटेका छन् ।

सार्वजनिक ...


सामाजिक संजालबाट पिडित हुने महिलाको संख्या बढ्दो

काठमाडौँ - साइबर अपराधबाट पीडित हुनेको संख्या २४ प्रतिशतका दरले बढ्दै गएको पाइएको छ । पीडित हुनेमा अधिकांश महिला छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार गएको ४ वर्षमा साइबर अपराधबाट ३ हजार ७ सय ८७ सर्वसाधारण पीडित भएका छन् । जसमध्ये ९९ प्रतिशत पीडित १५ देखि २५ वर्ष उमेर समूहका किशोरी तथा महिला छन् । बाँकी एक प्रतिशत पीडित सेलिबे्रटी, उच्च तहका अधिकारी र व्यापारी रहेको प्रहरीले जनाएको छ ।

महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले साइबर अपराधबाट पीडित हुनेको संख्या प्रत्येक वर्ष वृद्धि हुँदै ...


जिल्लाले बलात्कार आरोपीलाई धरौटीमा छोड्न आदेश दिएपछि उच्च अदालतले उल्ट्यायो

काठमाडौँ - जिल्ला अदालत दोलखाले बलात्कार मुद्दाका अभियुक्तलाई धरौटीमा छाड्न दिएको आदेश त्रुटिपूर्ण भन्दै उच्च अदालत पाटनले थुनामा राखेर मुद्दा चलाउन आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश राजकुमार बम र नातिबाबु लामिछानेको संयुक्त इजलासले १६ वर्षकी किशोरी बलात्कारको मुद्दामा धरौटीमा छुटेका इराज गिरीलाई पुनः थुनामा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।

दोलखाकी १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका इराज गिरीलाई जिल्ला अदालतले ६५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्ला न्यायाधीश कमलराज विष्टको एकल इजलासले २७ वैशाख ...


प्युठानको मल्लरानीमा खानेपानीको चरम अभाव, स्थानीयले 'रित्तो गाग्री' ठटाएर भैलो खेले

प्युठान - प्यु्ठानको मल्लरानी गाउँपालिका-३ चौरपानीबासीहरुले खानेपानीको समस्या भैलोबाट प्रस्तुत गरेका छन् । लामो समय सम्म खानेपानीको समस्याबाट आक्रान्त स्थानीयले यसपालीको भैलोमा रित्ता गाग्री ठटाएर भैलो खेले । खानेपानीको समस्या हल गर्नका निमित्त आर्थिक संकलन एवं तीनै तहको सरकारलाई दबाब दिन रित्तो गाग्री ठटाएर भैलो खेलिएको स्थानीय यूवा बासुदेव पोखरेलले जानकारी दिए ।

साविकको रस्पुरकोट गाविसको बडा नम्बर ६,७,८ र ९ नम्बर बडामा खानेपानीको चरम अभाव छ । स्थानीय स्तरमा रहेका खानेपानीको मुहान सुक्दै जाने थालेपछी अहिले यहाँका स्थानीयलाई एक गाग्रो पानी भर्न मध्यरात देखि नै लाइन ...


देउखुरी बहुमुखी क्याम्पसको प्रमुखमा गिरी

दिवाकर पोख्रेल - देउखुरीको पुरानो क्याम्पस देउखुरी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा शेरवहादुर गिरी नियुत्त हुनु भएको छ । २० गते बसेको क्याम्पस संचालक समितिको बैठकले क्याम्पसका सहायक क्याम्पस प्रमुख गिरीलाई आगामी चारबर्ष कार्यकालको लागि क्याम्पसको क्याम्पस पमुख पदमा नियत्त गरेको क्याम्पस संचालक समितिका अध्यक्ष रेश्मीराज शर्मा कंगालीले जानकारी दिनुभयो ।

स्नाकोत्तर तह सम्म पठन पाठन संचालन भएको देउखुरीको पुरानो सामुदायिक क्याम्पसको उहाँ चौथो क्याम्पस प्रमख हुनुहुन्छ । बिक्रम पोख्रेल संथापक क्याम्पस प्रमख बन्नुभएको उक्त क्याम्पसमा शुधिरकुमार अधिकारी शेषमणि गौतम क्याम्पस प्रमख बनि सक्नुभएको छ । क्याम्पस ...


कुलमानले आजकै दिन हटाइदिएको नेपालीको त्यो 'अध्याँरो युग' !

काठमाडौं - मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु । पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्ट’ विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझबुझसमेत थियो ।

उनले सूत्रसमेत मनमनै पहिल्याएका थिए । तर, आफू प्राधिकरणको कार्यकारी प्रमुख नभएसम्म उनी लोडसेडिङ अन्त्य गर्ने आफ्ना सूत्रहरू कार्यान्वयनमा लान सक्ने अवस्थामा थिएनन् । त्यसैले सार्वजनिक पनि गरेनन् ।

०५१ मा घिसिङ इन्जिनियर पदबाट प्राधिकरणको सेवा प्रवेश गर्दा देशमा रोग, भोक र शोक अन्त्य गर्ने भन्दै ...


अब काठमाडौंबाटै कतारी भिसा

काठमाडौं - काम गर्न जाने नेपाली श्रमिकलाई आवश्यक भिसा उपलब्ध गराउन र उनीहरुको स्वास्थ्य परीक्षणका लागि कतार सरकारले एक महिनाभित्रै काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने भएको छ । कामदार स्रोत मुलुकमै भिसा उपलब्ध गराउने कतार सरकारको योजनाको एक हिस्सा अन्तर्गत काठमाडौंमा भिसा सेन्टर खोल्न लागिएको काठमाडौंस्थित कतारी राजदूतावासले जनाएको छ।

कतार सरकारले आफूले कामदार ल्याउने आठवटा मुलुकमा २० वटा भिसा सेन्टर खोल्न लागेको छ । काठमाडौंबाटै भिसा प्रक्रिया हुने भएपछि आजाद भिसाका नाममा हुने ठगी रोकिने, भिसा सम्बन्धी सबै प्रक्रिया काठमाडौंबाटै हुने, भिसा प्रक्रियामा बिचौलियाको भूमिका ...


५० हजारको लोभले भारतमा बेचिँदै नेपाली चेली

नेपालगन्ज - २१ वर्षीया सरिता क्षेत्री (नाम परिवर्तन) महिनामा ५० हजार रुपैयाँ कमाउने लालसामा पतिलाई समेत थाहै नदिइ भारत पुगिन् । दलालले कुवेत पठाउने नाममा १५ दिन उत्तर प्रदेशको गाजियावाद इन्द्रपुरम्स्थित एक फ्लाटमा राख्यो । यसअघिदेखि त्यहाँ उनी जस्तै थुप्रै नेपाली महिला राखिएका थिए ।

दिल्लीस्थित नेपाली दूतावासलाई माइती इण्डियाले नेपाली चेलीको उद्दार गर्न आग्रह गरेपछि प्रहरीको सहयोगमा २३ अक्टोबरमा क्षेत्रीको उद्दार भयो ।

उद्दार गरिएका सबैलाई माइती इण्डियाले सोमबार बाँके प्रहरी र माइती नेपाल नेपालगन्जलाई उनलाई हस्तान्तरण गरेको छ । खाडी मुलुकमा बेचिन लागेका ४० जना ...


डोरमणिसँग किन झुक्ने ? उनि मुख्यमन्त्री हुन लायक  छैनन्  : केशव स्थापित

काठमाडौं - प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई पूर्वराजा ज्ञानेन्द्रको पारामा हप्काएपछि आफू चर्को स्वरमा बोलेको बताएका छन्।

मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै स्थापितले यस्तो बताएका हुन्। ‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’, उनले भने, ‘राजा ज्ञानेन्द्रसँग डराइन भने त्यही पारा देखाउने डोरमणिसँग किन झुक्ने ?’

फरक प्रसंगमा उनले आफू महिलालाई सत्कार गर्ने मान्छे भएको प्रतिक्रिया दिए । ‘मैले लञ्च अफर गर्दा के गलत भयो ? म त खाना मिठो ...


काठमाडौंको धुलोले बच्चैमा दमको रोग

काठमाडौँ - सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानका सडक सद्दे छैनन् । भत्काइएका सडक समयमै मर्मत नगरिनु, समयमै सडक मर्मत र विस्तार कार्य सम्पन्न नहनु, सवारीसाधनको चाप अत्यधिक हुनु र विशाक्त धुवाँ फ्याँक्ने पुराना यातायातका साधन विस्थापन नहुनाले उपत्यकावासी वर्षौदेखि धुलो र धुवाँबाट आजित छन् ।

धुलोका कारण बच्चादेखि वृद्धवृद्धासमेत प्रभावित भएको चिकित्सकहरूको भनाइ छ । ‘अहिले वृद्धवृद्धा र तन्नेरी मात्र होइन, बच्चामा पनि दमको समस्या अत्यधिक पाइएको छ,’ छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बमले नयाँ पत्रिकासँग भने, ‘धुलोले जनताको ...


कुसुन्डा भाषा बोल्न जान्ने नेपालभरमै दुई जना मात्रै बाँकी, भाषा संरक्षणमा सरकारले थाल्यो पहल !

दिवाकर पोख्र्रेल, देउखुरी - लोपउन्मुख कुसुन्डा भाषा संरक्षणको लागि सरकारी प्रयास शुरु भएको छ । नेपाल सरकार भाषा आयोगले कसुन्डाभाषा संरक्षणका लागि विभिन्न कार्यक्रम ल्याएको छ । आयोगले दाङ र रोल्पामा रहेका नयाँपुस्तालाई भाषा कक्षा संचालन गरि कसुन्डाभाषिको संख्या बढाउने भएको छ । भाषा आयोगका सचिव गणेश भट्टराइले भाषा आयोगले देशका तीनवटा भाषा संरक्षणको लागि कार्यक्रम थालेको जानकारी दिदै दाङमा कुसुन्डा भाषा संरक्षणका कार्यक्रम लागु गरिएको बताए । नयाँपुस्ताले अहिले केहि चासो दिएका छन्, यसबाट भाषा जोगाउन सजिलो हुन्छ, यसमा बढी सकृयता हुन आवश्यकता छ ...


बर्दियामा सुतिरहेका व्यक्ति माथि गोली प्रहार

बर्दिया - बढैयातालमा अज्ञात समूहले गोली हानेर एक व्यक्तिको हत्या गरेको छ । आइतबार राति बढैयाताल गाउँपालिका–३,गोबरियापुरका ३५ वर्षीय मोहन खटिकको गोली प्रहारबाट हत्या भएको हो ।

घरमा सुतिरहेका खटिकलाई गोली प्रहार गरी लुटेरा समूहले घरमा रहेको ५० हजार रुपैयाँसमेत लुटि लगेका प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समूहको पहिचान भएको छैन् ।

गोली प्रहारबाट गम्भीर घाइते भएका खटिकको उपचारको क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टले जनाएको छ ।

खटिकको शव हाल अस्पतालमै छ । हत्या र लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको ...


यी हुन् कुलमानलाई चुनौती दिने बिद्युतकै कर्मचारी जो रंगेहात समातिए !

भक्तपुर - अर्बौँ घाटामा रहेकको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेर कुलमान घिसिङले संस्थालाई यही वर्ष नाफामा लगिसकेका छन् । अघिल्ला तिहारहरुमा आधा देश अन्धकार भइरहँदा कुलमानले कमाण्ड सम्हालेसँगै दीपहरुको पर्व तिहारमा देश नै झलमल हुन थालेको छ।

तर प्राधिकरणलाई उँभो लगाउन कुलमान लागिरहेका बेला उनै मातहतका केही कर्मचारीहरु कामचोर मात्रै निस्किएनन् प्रहरीको खोरमा रात समेत बिताउन बाध्य भए ।

कुलमानले तिहारमा देशका कुनै पनि भागमा लोडसेडिङ हुनै नदिने घोषणा गरिसकेको अवस्थामा प्राधिकरण भक्तपुरको शाखाको नोलाइटमा कार्यरत कर्मचारी भने तास खेल्दै गर्दा समातिएका छन् ।

नोलाइट जस्तो ...


मोदी पुनः नेपाल आउंदै, भारतीय कांग्रेसले नेपाललाई दियो यस्तो चेतावनी ?

काठमाडौं - भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई)ले नरेन्द्र मोदीलाई मात्रै महŒव नदिन नेपाललाई आग्रह गरेको छ । प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो ।

कुटनीतिक उच्चस्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी (बीजेपी)लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ । आगामी निर्वाचनमा कांग्रेस आईले वर्तमान सरकारको छिमेक नीतिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दै छ । यसै सन्दर्भमा उसले नेपालसँग पनि मोदीको विदेश–नीतिको विषय उठाएको हो ।

नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि नचुकेको समेत भारतीय कांग्रेसको ...


विलाए आन्दोलनको अर्को नाम पद्मरत्न तुलाधर !

म कविता लेख्छु
पद्म कविता रुन्छन् ।

पद्मरत्न तुलाधरबारे आफ्नो अभिव्यक्ति दिँदा जनकवि दुर्गालाल श्रेष्ठले बोलेको अकविता हो यो । तथापि दुर्गालाल श्रेष्ठले पद्मरत्नबारे अकविता नै बोले पनि त्यसमा कविताजत्तिकै सत्यता किन हुन्छ भने पद्मरत्नले आजको मितिसम्ममा जुन उच्च व्यक्तित्व निर्माण गरे, त्यसमा दुर्गालाल श्रेष्ठको पनि उत्तिकै योगदान रहेको छ ।

पद्मरत्नको व्यक्तित्व निर्माणको पहिलो खुड्किलो भाषिक समानताका लागि उनले गरेको संघर्षबाट सुरु हुन्छ । त्यो संघर्षमा उनको पहिलो गुरु नै दुर्गालाल श्रेष्ठ हुन् । काठमाडौंको असन न्हैकन्तला दुवैजनाको घर रहेको टोल हो ।

१९९७ माघमा पद्मरत्नको जन्म हुँदा नेपालमा राणा शासनविरुद्ध क्रान्ति गर्ने ...


बोक्सी आरोपमा निर्घात कुटपिट, यस्तो छ घटना !

जनकपुरधाम - बोक्सी आरोप लगाउँदै धनुषामा एक महिलालाई निर्घात कुटपिट गरिएको छ । गाउँका पञ्च भलादमीले उनलाई ५० हजार रुपैयाँको भोज खुवाउन र ५० हजार रुपैयाँ जरिवानासमेत गरेका छन् ।

जिल्लाको धनौजी गाउँपालिका–२ कि ३० वर्षीया मन्तोरियादेवी मण्डललाई जेठाजु इन्दल मण्डल, जेठानी मानकी, भतिजीहरू र घरपरिवारका सदस्यले नै एक वर्षदेखि बोक्सी भन्दै गाली बेइज्जती र कुटपिट गर्दै आएका थिए । यसै क्रममा कात्तिक १६ गते जेठाजुले जातीय पञ्चायती बोलाएर त्यहाँ सबैका सामु बोक्सी स्विकार्न दबाब दिएका थिए ।

‘आफ्नो जातिको माइजन (जातीय मुखिया) फुगनी मण्डल र पञ्चहरू ...


भारत सरकारले बनाएको कालोपत्रे ६ महिनामै जीर्ण, भवन पनि चुहिएर त्यस्तै !

वीरगन्ज - वीरगन्जको अलौं सिर्सियामा भारत सरकारले बनाइदिएको एकीकृत चेकजाँच चौकी (आइसिपी) सञ्चालनमा आएको ६ महिना पनि नबित्दै त्यसको भौतिक संरचनामा भत्किएको छ।

भारत सरकारले निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको ६ महिना नबित्दै आइसिपीको कालोपत्रे सडक भत्किएको हो। नेपाल भारतबीचको आयात निर्यातको कारोबारमा सहजता ल्याउने उद्देश्यले भारत सरकारले उपहार स्वरुप एक अर्ब ३९ करोड भारुको लगानीमा वीरगन्जको अलौं सिर्सियामा आइसिपी बनाइदिएको हो।

भारत सरकारले नेपाल इन्टर मोडल यातायात विकास समितिलाई गत चैत २४ गते हस्तान्तरण गरेकै दिनदेखि आइसिपी, औपचारिक रुपमा सञ्चालनमा आएको थियोे।

हस्तान्तरण भइ सन्चालनमा ...


सातौँ नक्कली छोरालाई नागरिकता बनाउँदा पक्राउ

काठमाडौँ - दसैँको रमझम सुरु भइसकेको थियो । सेवाग्राहीको चाप कम भएको थियो, कर्मचारी घर जाने हतारोमा थिए । त्यहीवेला विराटनगर–१ का सत्यनारायण पोद्दार छोराको नागरिकता बनाउन मोरङ जिल्ला प्रशासन कार्यालय पुगे ।

५५ वर्षीय सत्यनारायणसँग वडा कार्यालयको सिफारिस थियो । वडासचिवसँगै वडाध्यक्षले हस्ताक्षर गरेका थिए । यसअघि पनि छोराको नागरिकता बनाउन जिल्ला प्रशासन पुगेका उनलाई नागरिकता शाखाका कर्मचारीले ख्यालख्यालमै सोधे, ‘कति छोरा छन्, सधैँ नागरिकता बनाउन आउनुहुन्छ ?’

सत्यनारायण झस्किए, केही बोल्न सकेनन् । उनी अलमलिएको देखेपछि नागरिकता शाखाका कर्मचारीले सोधखोज गर्न थाले । फाइल पल्टाउँदै जाँदा त थाहा भयो, उनले नागरिकता लिन ...


रक्षामन्त्रीको हेलिकोप्टर ल्याण्ड गर्न क्रिकेट प्रतियोगिता स्थगित, यसो भन्छन जिल्लाका सिडिओ !

कलैया - पार्टीको चियापानमा सहभागी हुन शनिबार हेलिकोप्टरमा सदरमुकाम आएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका कारण जिल्ला स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता स्थगित भयो ।

कलैयाको सिद्देश्वर क्रिकेट मैदानमा हेलिकोप्टर ल्याण्ड गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले त्यहाँ जारी जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता स्थगित गर्न लगाएको हो ।

प्रतियोगिता रोक्न लगाएपछि शनिबारका दुई खेल प्रभावित भएको कलैया क्रिकेट क्लबका एक पदाधिकारीले बताए । रक्षामन्त्रीका कारण दुई खेल रद्द हुँदा आयोजकलाई आर्थिक भार थपिनुका साथै कार्यक्रमको पूर्व निर्धारित तालिका समेत बिग्रीएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी ...


पोखरामा दुई सयको हाराहारीमा भारतीय मगन्ते, पर्यटकलाई सास्ती

काठमाडौँ - पोखरा घुम्न आउने पर्यटकले भारतीय माग्नेका कारण सास्ती बेहोर्नुपरेको छ । माग्नेहरूले पर्यटकलाई दुःख दिने र विदेशमा समेत नकारात्मक सन्देश गएको पर्यटन व्यवसायीले बताएका छन् ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराईले माग्नेकोे बिगबिगी रहेको बताए । लेकसाइडको सडकपेटी र फेवातालको फुटट्र्याकमा माग्नेकै कारण पर्यटकले धेरै सास्ती भोग्नुपरेको उनले बताए । यसरी भिख माग्ने भारतीय भए पनि पर्यटकलाई नेपाली नै भन्ने भ्रम हुने गरेको छ ।

पर्यटकले प्राकृतिक सौन्दर्यसँगै भिखारीले सडकपेटीमा उनीहरूसँग भिख माग्दै गरेको तस्बिर खिच्ने र सामाजिक सञ्जाललगायतका माध्यमबाट गलत सन्देश विदेशमा जाने गरेको भट्टराईको दाबी छ । न्यानो ...


कर्मचारी नहुँदा न्यायिक समितिलाई न्याय निरुपण गर्न समस्या

दिवाकर पोख्रेल, देउखुरी - स्थानीय तहमा गठन भएका न्यायिक समितिमा दक्ष कर्मचारीको अभावमा न्याय सम्पादनमा असहजता भएको छ । स्थानीय तहमा रहेको न्यायिक समितिले न्यायपालिकाको रुपमा काम गर्ने अधिकार संविधानले दिएपनि कानुन सम्बन्धि जानकारी भएका कर्मचारी स्थानिय तहमा नहुँदा समस्या भएको लमही नगरपालिका न्यायिक समितिकी संयोजक देवका बेल्वासेले जानकारी दिनुभयो ।
आफूहरुले कर्मचारीको अभाव रहंदा रहंदै पनि समितिमा दर्ता भएका विवाद मिलाउन र न्याय दिलाउने कार्यमा सकृय रहेको भन्दै संयोजक बेल्वासेले कानुन विदहरुको सरसल्लाहमा काम गरिहेको बताउनुभयो । दक्ष कर्मचारी छैनन,स्थानीय तहलाई कर्मचारी राख्ने ...


पूर्वमन्त्री गौतमको सरकारलाई आग्रह : 'बाँझो जमिन सिंचाइ हुने कार्यक्रम ल्याउनुस'

दिवाकर पोख्रेल, देउखुरी - पूर्व जलश्रोत मन्त्री सञ्जय गौतमले बाँझो जमिन सिंचाइ हुनेखालको कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले जलश्रोतको नीतिनै सिंचाइ तर्फ केन्द्रित गर्न सरकारलाई आग्रह गर्नुभएको हो । नीतिगत रुपममै सिचाइयोग्य भुमिमा सिंचाइ सुविधा पु¥याउनेगरी सरकारले कार्यक्रम ल्याउन सरकार संग माग गर्नुभयो । दाङको लमहीमा पत्रकार भेटघाट कार्यक्रमलाई शम्बोधन गर्दै पूर्वजलश्रोत मन्त्री गौतमले जलश्रोत स्थिर रहंदा उत्पादन बढाउन नसकिएको तर्क गर्दै उत्पादन बढाएर आयात रोक्नेगरि सरकारले कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । जलश्रोतको क्षेत्रमा खासै नयाँ कार्यक्रम पाएको छैन, पुरानै कार्यक्रमकै ...


स्थानीय न्यायिक समितिको न्यायाधिशलाई आग्रह :  श्रीमान् हामीलाई पनि न्याय दिन सिकाउनुस !

दिवाकर पोख्रेल, देउखुरी - स्थानीय न्यायिक समितिले स्थानीय स्तरमा न्याय सम्पादन गर्न समस्या रहेको भन्दै न्यायधिसहरु संग सुझाव माग गरेका छन् । संविधानतः स्थानीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको परिकल्पना गरी न्याय सम्पादन अधिकार दिएपनि कानुन सम्बन्धि ज्ञानको अभावमा न्याय सम्पादनमा समस्या भएकोले अदालत बाट सहजीकरण गर्न आग्रह समेत गरेका छन । कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र (सेलर्ड) दाङले लमहीमा आयोजना गरेको स्थानीय तहको न्यायिक अधिकार कार्यान्वयन विषयक एकदिने अनुशिक्षण कार्यक्रममा यस्तो बताएका हुन ।

लमही नगरपालिका न्यायिक समितिका सदस्य कृष्ण घिमिरेले सबैखालका विवाद स्थानीय ...


शौचालय गएकी १३ वर्षीय बालिका बलात्कृत

कपिलवस्तु - जिल्लाको शिवराज नगरपालिका १ मा बुधबार राती १३ बर्षीया बालिका बलाकृत भएकी छिन् ।

राती शौच गर्न जाँदा स्थानीय २२ बर्षीय खिम बहादुर विकले बारीमा लगि जबरजस्ती करणी गरेको भनी पीडित बालिकाका परिवारले वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिएका छन् ।

देउसी भैलोको तयारी गरी राती करिब १० बजे घरमा आएकी बालिका शौचालय गर्न घर नजिकैको शौचालयमा जाँदै गर्दा पिडकले जवरजस्ती तानेर मुख थुनी बलात्कार गरेको पीडितको आरोप छ ।

परिवारलाई राती नै बालिकाले घटनाबारे बताएको भए पनि बिहीबार बिहान मात्रै प्रहरीलाई खबर गरेको थियो ...


दश स्थानमा राजदूत नियुक्तको तयारी, कहाँ कसको दावेदारी ?

काठमाडौँ - सरकारले रिक्त रहेका चार , चाँडै रिक्त हुन लागेका ६ समेत १० कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गर्ने भएको छ । कार्तिकभित्रै राजदूतका लागि सिफारिस गर्ने सरकारको तयारी छ ।

हाल भारत, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोग, मलेशिया र युनाइटेड अरब इमिरेट्समा राजदूत खाली छन् । तीन महिनाभित्र थप पाँच मुलुक र जेनेभास्थित स्थायी नियोगमा राजदूतको म्याद सकिँदैछ ।

शुरुमा रिक्त देशमा मात्रै राजदूत सिफारिशका लागि तयारी भएको तर तीन महिनाभित्र छ स्थानमा रिक्त हुने भएकोले अब एकैसाथ सिफारिश गरिने परराष्ट्रमन्त्री ज्ञवालीले बताए । ‘म ...


धार्मिक एकताको नमूना : सप्तरीमा मुस्लिमको पर्वमा हिन्दू अध्यक्ष

सप्तरी - रौतहट तथा कपिलवस्तुमा हिन्दू र मुस्लिमबीच केही तनाव देखाप-यो । हिन्दूहरुले नवदुर्गामा पूजा गरेको मूर्ति विसर्जनलाई लिएर दुई धर्माम्बलीबीच तनाव देखिएपछि प्रशासनलाई कर्फ्यु नै लगाउनुपरेको थियो । तर, सप्तरी जिल्लामा एउटा यस्तो ठाउँ छ, जहाँका हिन्दू, मुस्लिमबीच सौहार्दपूर्ण सम्बन्ध मात्र छैन, एकले अर्काको चाडपर्व सँगै मनाउँछन् ।

शम्भुनाथ नगरपालिका वडा नम्बर २ कनकपट्टीमा दुई धर्माम्बलीबीचको सौहार्दपूर्ण सम्बन्ध बर्षाैंदेखि रहँदै आएको छ । सम्बन्ध यहाँसम्म राम्रो देखिएको छ कि एक धर्मको चाड मनाउन अर्काे धर्मका व्यक्ति आयोजक समितिका अध्यक्ष बन्ने गर्छन् ।

पछिल्लोपटक यहाँ मुस्लिम समुदायको ...


नातिको कुटाईबाट हजुरबुवाको मृत्यु

इलाम - जिल्लाको माइ नगरपालिकामा नातिको कुटाईबाट हजुरबुवाको मृत्यु भएको छ । सोही नगरपालिका वडा नम्बर ५ का ६५ वर्षीय देउमान नेम्बाङलाई आफ्नै नातिले बियरको बोत्तलले टाउकामा हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

शुक्रबार राति २२ वर्षीय सञ्जय राईले घरायसी विवादमा कुटपिट गरेपछि बृद्ध नेम्बाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ । सञ्जयलाई नियन्त्रणमा लिएको प्रहरी हवल्दार विजय राईले जानकारी दिनुभयो ।

...

फेसबुक असुरक्षित : हजारौं गोप्य म्यासेज सार्वजनिक, एकाउन्ट बेच्न विज्ञापन !

एजेन्सी - सामाजिक सञ्जाल फेसबुक अहिले सबैको अनिवार्य बनेको छ । उठ्दाबस्दा अधिकांशको फेसबुक निकै अपरिहार्य भएको छ । तर, ह्याकरहरुले हजारौं फेसबुक प्रयोगकर्ताको एकाउन्ट ह्याक खबर सार्वजनिक भएको छ । ह्याकरले निजी सन्देश (प्राइभेट म्यासेज) प्रकाशित गरेका छन् । कम्तिमा ८१ हजार भन्दा बढी फेसबुक प्रयोगकर्ताका म्यासेजहरु उनीहरुले सर्वाजनिक गरेका हुन् ।

यसमा संलग्नहरुले बिबिसीको रुसी सेवालाई आफूहरुसँग १२० मिलियन फेसबुक एकाउन्टको विस्तृत जानकारी रहेको बताएका छन् । उनीहरुले त्यो जानकारी बेच्ने प्रयास गरेका छन् ।

फेसबुकले प्रयोगकर्ताको गोपनियतामा कुनै पनि किसिमको सम्झौता नगरिने बताएको छ ...


राखेप र खेलकुद मन्त्रालयलाई पत्तै नदिइ कसरी आयो विश्वकप ट्रफी नेपाल ?

काठमाडौं - अघिल्लो शुक्रबार आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोतियोगिताको ट्रफी नेपाल भ्रमणमा ल्याइयो। ट्रफी चार दिन नेपालमा रह्यो। अर्को वर्ष आयोजना हुने एक दिवसीय विश्वकपअघि संसारव्यापी क्रिकेटको माहोल तयार पार्न ट्रफी नेपाल ल्याइएको थियो।

ट्रफीलाई राष्ट्रपति भवन पुर्‍याइयो। राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले ट्रफी उचालेर तस्विर पनि खिचाइन्। ट्रफी नेपाल घुमाएर फिर्ता लगिसकिएको छ। तर, त्यसको आगमनबारे देशको कुनै पनि आधिकारिक निकायलाई जानकारी नगराइएको रहस्य खुलेको छ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपाली खेलकुदका दुई नेतृत्वदायी निकाय हुन्। दुवै निकायले विश्वकप ट्रफी नेपाल भ्रमणमा ...


सरकार निर्णय गर्ने सर्वोच्च उल्ट्याउने, को-को जोगिए पदमुक्तिबाट ?

काठमाडौं - नियुक्ति र पदमुक्तिसम्बन्धी ५७ निर्णय कार्यान्वयन गर्न सरकारलाई सर्वोच्च अदालतले रोक लगाएको छ। केपी ओली नेतृत्वको सरकारका पदमुक्तिसम्बन्धी निर्णय न्यायालयको नजरमा एकपछि अर्को गर्दै फेल भएका छन्। झन्डै दुई दर्जन निर्णयमा त प्रारम्भिक रूपमै ‘सुविधा र सन्तुलन’ नदेखिएको ठहर सर्वोच्चले गर्‍यो।

स्वास्थ्यसचिव डा.पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा जगेडामा नराख्न शुक्रबार प्रधानन्यायाधीश ओमप्रकाश मि श्रको इजलासले अन्तरिम आदेश दिएको छ। गत असोज २८ को निर्णयअनुरूप सचिव चौधरी मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा जगेडामा तानिएकी थिइन्। उनलाई यथास्थितिमा काम गर्न दिन, सरुवा गर्ने र रमाना दिने काम नगर्न सर्वोच्चले ...


प्रधानमन्त्री केपी ओली डिस्चार्ज

काठमाडौँ - प्रधानमन्त्री केपी ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । रूघा, खोकी र छातीमा संक्रमण भएपछि गत सोमबार बिहान मनमोहन काडियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । पाँच दिन लामो उपचारपछि प्रधानमन्त्री ओली डिस्चार्ज भएको उपचारमा संलग्न चिकित्सक डा. सन्तकुमार दासले बताए । बिहीबारको रिपोर्टले डिस्चार्ज दिन उचित भएको देखिएको थियो ।

शुक्रबार पनि कुनै समस्या नदेखिएपछि घर पठाइएको चिकित्सकले बताएका छन् । ११ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरेका ओलीमा तत्काल संक्रमण फैलन सक्ने भन्दै चिकित्सकले केही दिन अस्पतालमै राखेर उपचार गरेका थिए । ...


केशव स्थापित मन्त्री पदबाट बर्खास्त

काठमाडौं - प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित पदमुक्त भएका छन्। मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई शुक्रबार अपरान्ह बर्खास्त र्ने निर्णय गरेको प्रदेश ३ का एक जना मन्त्रीले बताए।

मन्त्री स्थापितलाई बर्खास्त गरी उनले सम्हाल्दै आएको भौतिक योजना मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले लिने बताइएको छ ।
बुधबार प्रदेश मन्त्रीपरिषद बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच भनाभन भएपछि उनलाई बर्खास्त गर्ने तयारी भएको थियो।

मुख्यमन्त्रीसँग भनाभन भएपछि मन्त्री स्थापित हेटौंडाबाट लगत्तै काठमाडौं आएका थिए। मुख्यमन्त्री पौडेल पनि प्रधानमन्त्रीलाई भेटेर उनलाई बर्खास्त गर्ने योजनासहित बिहिबार नै काठमाडौं ...


कलंकीको होटलमा १३ वर्षीया बालिका बलात्कृत

काठमाडाैं - कलंकीमा १३ वर्षीया बालिका बलात्कारमा परेकी छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १०० दिन पूरा भएकै दिन नुवाकोटकी बालिका बलात्कृत भएको सार्वजनिक भएको छ ।

कलंकीचोक नजिकैको थकाली होटलमा एक १३ वर्षीया बालिका बलात्कारमा परेकी हुन् । बलात्कार भएको ८ दिनपछि पीडित पक्षले महानगरीय प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो ।

नुवाकोट घर भएकी दलित समुदायकी ती बालिकामाथि यही कार्तिक ८ गते नुवाकोटकै ३० वर्षीय उमेश सुनुवारले बलात्कार गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

बलात्कारका आरोपी ...


टिकापुरमा कब्जा भएको व्यक्तिगत जग्गा खाली गराइयो !

कैलाली - टीकापुर नगरपालिका– ९ पायलगाउँस्थित सुकुमबासीको नाममा कब्जा भएको जग्गा प्रहरी, प्रशासन र नगरपालिकाको पहलमा खाली गरिएको छ । पायलगाउँस्थित गोविन्दप्रसाद श्रेष्ठको ६ बिघा ४ कट्ठा जग्गा कब्जा गरी बसेकाहरूलाई प्रहरी प्रशासनले हटाएको हो ।

श्रेष्ठको व्यक्तिगत तथा मोहियानी हकदार लौटन चौधरी, जोगीलाल चौधरी र महादेव चौधरीले भोगचलन गर्दै आएको जग्गालाई ऐलानी भन्दै एक सय ४६ घरले पाल हालेर बुधबारदेखि कब्जा गरेका थिए । व्यक्तिगत जग्गा अतिक्रमण गरी अवैधानिक रूपमा नबस्न आग्रह गर्दै जग्गा खाली गराइरहेको टीकापुरका प्रहरी उपरीक्षक शिवबहादुर सिंहले बताए ।

उनले सुकुमबासीसँगको छलफलपछि उक्त जग्गा खाली गरिदिन ...


बागमती गाउँपालिका : कार्यालय रित्याएर घुम्न

ललितपुर : ललितपुरको बागमती गाउँपालिकाका अध्यक्षसहितको जम्बो टोली कार्यालय नै खाली गरी स्थानीय तह अवलोकन गर्न पूर्वीनेपाल भ्रमणमा निस्किएको छ। टोलीमा ३३ जना सहभागी छन्। पाँचदिने भ्रमणमा मंगलबार निस्किएको टोलीको दार्जिलिङसम्म पुगेर शुक्रबार फर्किने योजना थियो। तर, टोली बिहीबार धरान–धनकुटातर्फ लागेको छ।

गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले इलामको विश्वशान्ति तथा रुम र झापाको बुद्धशान्ति गाउँपालिका अवलोकन गरी धरानतर्फ गएको बताए। उनका अनुसार धरान–धनकुटाका केही स्थानीय तहका काम हेर्ने योजना छ। ‘मिल्यो भने शुक्रबार नै काठमाडौं फर्कन्छैाँ’, उनले भने।

कार्यालय सुनसान बनाएर जनप्रतिनिधि–कर्मचारी टोली भ्रमणमा निस्किएपछि सेवाग्राही मारमा परेका ...


अब मोटरसाइकल दर्ता प्रदेशअन्तर्गत

काठमाडौं - मोटरसाइकल प्रदेशअन्तर्गत दर्ता हुने भएको छ। यसअघि अञ्चलअन्तर्गत दर्ता हुँदै आएको थियो। दसैंअघि बाग्मती अञ्चलबाट हुने मोटरसाइकल दर्ता रोकिएको थियो। साबिकको बाग्मती अञ्चलमा ९९ लटसम्म मोटरसाइकल दर्ता भइसकेको थियो।

१०० को लटमा प्रवेश गर्न कानुनी अड्चन थियो। दसैं सवारीसाधन बिक्रीमा उर्वर समय मानिन्छ। व्यवसायीले त्यस बीचमा अन्य अञ्चलबाट मोटरसाइकल दर्ता गरी बिक्रीवितरण गरेका थिए। यातायात व्यवस्था नियावलीमा दुई डिजिटसम्म मात्रै लट नम्बर राखेर मोटरसाइकल दर्ता गर्न पाइने व्यवस्था थियो।

मुलुकको नयाँ संविधानले अञ्चललाई चिन्दैन। मुलुक संघीय संरचनामा गइसकेकाले प्रदेशको नामबाट मोटरसाइकल दर्ता प्रक्रिया अघि बढाइएको ...


निर्मला प्रकरण : बलात्कारपछि हत्या भएकाे सय दिन पूरा, निश्कर्ष शून्य

कंचनपुर - कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पूरा भयो । अपराधी पत्ता लगाउन नसक्दा आलोचना खेप्दै आएको सरकारले सय दिन पूरा हुँदा पनि आलोचना खेपिरहेको छ ।

गत १० साउनमा घरबाट होमवार्क गर्न भन्दै साथीको घर पुगेकी निर्मलाको ११ गते उखुबारीमा शव भेटिएको थियो । शव भेटिएसँगै सरकारले बनाएको एउटा उच्चस्तरीय सहित ७ वटा अनुसन्धान टोलीले कुनै नतिजा दिन नसकेपछि सरकारको आलोचना चुलिएको थियो ।

सामाजिक अभियन्ताले निर्मलाको न्याय माग्दै सडकमा आन्दोलनका कार्यक्रम गर्दै आएको थियो । अभियन्ताले आन्दोलनलाई निरन्तरता ...


जापान जान चाहनेलाई खुशीको खबर : अब अनलाइनबाटै भाषा परीक्षा दिन सकिने

काठमाडौं - जापान जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिए ।

कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि तीन महीना पर्खनुपर्नेमा अनलाइनबाट परीक्षा दिनेबित्तिकै थाहा पाउन सकिन्छ । सोको प्रमाणपत्र १० दिनमा लिन पाइनेछ । परीक्षामा उपयुक्त लब्धाङ्क नआएको एक सातापछि अर्को परीक्षा दिन सकिने व्यवस्था छ ।

जापानको न्याय ...


करारबाट हटाइएका कर्मचारीलाई सिंहदरवार प्रवेशमा रोक

काठमाडौं - गृह मन्त्रालयले करार सेवाबाट हटाइएका कर्मचारीलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको छ ।

गृह मन्त्रालय अन्तर्गतका करार सेवामा कार्यरत ८३ (तत्कालिन शान्ति मन्त्रालय समेत गरी) कर्मचारीलाई हटाउँदै बुधबारदेखि सिंहदरवारभित्र प्रवेशमा रोक लगाएको हो । यसरी सेवाबाट हटाइनेमा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयका ४१ कर्मचारी पनि छन् ।

गृह मन्त्रालय अन्तर्गत प्रशासन शाखामा कार्यरत उपसचिव ज्ञाननाथ ढकालका अनुसार तत्कालीन शान्ति मन्त्रालयका कम्प्युटर अपरेटर ६, सहायक कम्प्युटर अपरेटर ३, रिसेप्सनिस्ट १, हलुका सवारी चालक ७ र कार्यालय सहयोगी २६ छन् ।

यस्तै, गृह मन्त्रालय अन्तर्गतका कम्प्युटर टेक्निसियन १, कम्प्युटर ...


मन्त्री स्थापितलार्इ हटाउने तयारी, कारण यस्तो छ !

काठमाडौं - प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पाैडेलमाथि अभद्र रूपमा प्रस्तुत भएपछि प्रदेश ३ सरकारका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलार्इ हटाउने चलखेल शुरू भएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकमा स्थापितले अभद्र व्यवहार गरेको भन्दै हटाउने तयारी गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले स्थापितसँग काम गर्न नसकिने भन्दै नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नेतृत्वलार्इ जानकारी गराइसकेको स्रोतले बतायो । प्रधानमन्त्री केपी शर्मा अोली डिस्चार्ज भएपछि स्थापितबारे निर्णय हुने बताइएको छ । बिहीबार (अाज) मुख्यमन्त्री पौडेल र अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेल नेकपा नेतृत्वसँग छलफलका ...


प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पुरा सुधार, डिस्चार्ज गर्ने तयारी !

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । अब उनलाई हस्पिटलबाट डिस्चार्ज गर्नेबारे चिकित्सकले छलफल थालेका छन् ।

बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले लगभग पूर्ण स्वास्थ्य लाभ गरेका छन् भन्ने ठानेका छौं । डिस्चार्ज कहिले गर्ने ? भन्ने विषयमा छलफल गरेका छौं तर टुंगो लगाएका छैनौं ।’

उनले अघि भने, ‘रगतको रिपोर्ट नर्मल अवस्थामा आएको छ । छिट्टै स्वास्थ्य लाभ गरेर छिट्टै फर्किने छन् ।
अस्पतालले बिहीबार बिहान १० बजे जारी गरेको प्रेस ...


भाइटीकाको साइत सार्वजनिक

काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। समितिको बुधबार बसेको बैठकले यही कार्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए। समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ।

यस वर्ष यमपञ्चक अर्थात तिहार कार्तिक १९ गतेदेखि शुरु हुँदैछ। कार्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार तथा आयुर्वेदका प्रवर्तक धनवन्तरि जयन्ती र यसै दिन भाण्ड पर्व, कार्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी परेकाे छ। ...


विश्वका शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औं

काठमाडौं - नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वभरका पासपोर्टमध्ये ७९ औं स्थानमा परेको छ। ग्लोबल पासपोर्ट पावर -यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत वर्षकै अवस्थामा रहेर उक्त स्थान प्राप्त गरेको हो। नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु नपर्ने, ३४ मा आगमन भिसा लाग्ने र १५१ मा भिसा आवेदन गरी पाएपछि मात्र यात्रा गर्न सकिने अवस्थाका आधारमा श्रेणी निर्धारण गरिएको छ।

पासपोर्टको शक्ति मापनको मापदण्ड उक्त देशको पासपोर्टधारीले कुल भिसा–फ्री यात्रा गर्न पाउने आधारमा गरिएको छ। यसअनुसार सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली रहेको रिपोर्टले देखाएको ...


सात जनालाई सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडाैं - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आतंककारी गतिविधिमा रकम लगाएको अभियोगमा दुई मुख्य योजनाकारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। भारतका विभिन्न ठाउँमा भएका विस्फोटमा उनीहरूको संलग्नता रहेको आरोप छ ।

विभागले दुबईबाट एक जना पाकिस्तानीले नेपाल र भारतमा आतंककारी गतिविधिका लागि रकम पठाउने गरेको जनाएको छ। दुबईमा रहेका कलैया—८ विद्यानगरका ४८ बर्से समसुल होदाले पाकिस्तानका सफीसँग पैसा लिएर नेपाल पठाउँथे। उक्त रकम नेपाल र भारतमा आतंकवादी गतिविधिमा खर्चिएको अनुसन्धानले देखाएको छ ।

विभाग स्रोतका अनुसार सफी त्यहाँ बसेर आतंकवादी गतिविधिमा सहयोग गर्थे। उनीसँग मिलेर ...


मलेसिया सम्झौतामा म्यानपावर व्यवसायीको आपत्ति

काठमाडौँ - सरकारले विनाखर्च नेपाली कामदार मलेसिया जान पाउने गरी श्रमसम्बन्धी आपसी समझदारी (एमओयू) गरेसँगै कामदारसँग अत्यधिक शुल्क उठाउने गरेका म्यानपावर व्यवसायी असन्तुष्ट बनेका छन् । कामदारलाई वैदेशिक रोजगारीमा मलेसिया पठाउँदा आफूहरूले पाउने सेवा शुल्क न्यून रहेको र कामदारको कोटा नतोकिएको भन्दै व्यवसायीले आपत्ति जनाएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनले सोमबार काठमाडौंमा कामदार भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए । समझदारीअनुसार म्यानपावर कम्पनीले रोजगारदाताबाट आधा महिनाको पारिश्रमिकबराबर सेवा शुल्क पाउने उल्लेख छ ।

समझदारीमा के छ ?


सरकारलाई दबाब दिने कार्यक्रम बनाउन कांग्रेसलाई विज्ञको सुझाव

काठमाडौँ - कांग्रेसलाई विभिन्न क्षेत्रका विज्ञले सरकारले गरेका जथाभावी निर्णयको विरोध गर्ने स्पष्ट खाका राजनीतिक प्रतिवेदनमा उल्लेख गर्न सुझाब दिएका छन् । सरकार संघीयतामा स्पष्ट नभएको, लोकतान्त्रिक मूल्य र मान्यतामा गम्भीर नभएको, शिक्षा, स्वास्थ्य, औद्योगिक विकासमा हस्तक्षेप गरिरहेको तर्क गर्दै विज्ञहरूले त्यस्ता विषयमा आमनागरिकलाई जानकारी दिने र सरकारलाई दबाब दिने रणनीतिक कार्यक्रमको खाँचो औँल्याएका हुन् ।

उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित राजनीतिक प्रतिवेदन तयारी समितिले सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित विभिन्न क्षेत्रका विज्ञलाई बोलाएर बुधबार सुझाब मागेको हो ।

विज्ञहरूले केन्द्र र प्रदेश सरकारको सम्बन्ध, संघीयताका विषयमा पार्टीले लिनुपर्ने ...


अनुगमन नगरी फर्छौट हुन्छन योजना : उपभोक्ता समिति नाम मात्रैको

दिवाकर पोख्रेल, देउखुरी – स्थानीय तहमा यस आर्थिक बर्ष २०७४÷०७५ मा कार्यान्यन गर्नुपर्ने योजना कार्यान्यनको काम शुरु हुदैछ । स्थानीय तहका योजनालाई पारदर्शि र जावफदेहि बनाउनको लागि उपभोक्ता समिति संगै अनुगमन समिति बनाउने प्रावधान भएपनि उपभोक्ता समिति कागजमा मात्रै सिमिति हुने गरेको पाइएको छ । उपभोक्ता समितिले गरेका कामको अनुगमन गरि भुक्तानीको लागि सिफारीस गर्ने अनुगमन समिति नै निष्कृय हुंदा स्थानीय तहका योजनाहरु प्रभावकारी ढङगले कार्यान्यनमा समस्या हुने शुसासनको क्षेत्रमा क्रियासिलहरु नै बताउँछन ।

बेस संस्थाको शुसासनको क्षेत्रमा कार्यरत नरवहादुर चौधरीले अनुगमन समितिको सकृयता नबढनुमा उपभोत्ता ...


लक्षित बर्ग कार्यक्रम टाठाबाठाको हातमा, करौडौ खर्च हुंदा उपलव्धी शुन्य

दिवाकर पोख्रेल, देउखुरी - नेपाल सरकारले विपन्न तथा सिमान्तकृत समुदायको क्षमता विकासको लागि भन्दै ल्याएको लक्षित बर्ग कार्यक्रम सिमित ब्यक्तिको कमाइ खाने भाँडो बनेको छ । लक्षित बर्ग कार्यक्रम मार्फत लक्षित बर्गको क्षमता विकास गरि आर्थिक पार्जन र शशत्तीकरण गर्ने उदेश्य रहेको लक्षित बर्ग कार्यक्रमको अधिकाश रकमको उपलब्धी शुन्य देखिएको छ । दाङको लमही नगरपालिकाले गत आर्थिक बर्षमा लक्षित बर्ग कार्यक्रम अन्तरगर्त सिप विकासको लागि जम्मा एक करोड ७४ लाख ५१ हजार एक सय ८६ रुपियाँ बजेट विनियोजन गरेकोमा त्यसको ६७ प्रतिसत रकम खर्च भएको ...


प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, यस्तो भन्छन डाक्टर !

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका प्रधानमन्त्री ओलीले मंगलबार खाजा खानुको साथै दारीसमेत आफैंले बनाएको डाक्टरले जनाएका छन्।

‘उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ, उहाँले सामान्य खाना पनि खान सुरु गर्नुभएको छ,’ प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले भनिन्, ‘स्वास्थ्यमा सुधार हुँदै आएपछि उहाँ आफ्नो नियमित काममा फर्किन हतार गरिराख्नुभएको छ ।’ उपचारमा संलग्न चिकित्सकले भने पूर्णरुपमा निको नभएसम्म अस्पतालमै आराम गर्न प्रधानमन्त्रीलाई सुझाएका छन् । ‘पूर्ण निको नभएसम्म ...


पोखरामा ४८ जना डेंगुका संक्रमित भेटिए, कस्तो हुन्छ डेंगुको लक्षण ?

पोखरा - पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा ४८ जना डेंगुका संक्रमित भेटिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले दसैँपछि मंगलबारसम्म ४८ जनामा लामखुट्टेका कारण हुने डेंगुको संक्रमण भेटिएको जानकारी दिए । असोजको पहिलो सातादेखि डेंगुको संक्रमण फैलिएको र दसैँपछि विभिन्न स्वास्थ्य संस्थामा परीक्षण गर्न गएका उनीहरूमा संक्रमण देखिएको उनको भनाइ छ । संक्रमण देखिएकाहरूको हाल पोखराका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पोखरामा असोजको पहिलो साता दुईजनामा डेंगुको संक्रमण देखिएको थियो । उनका अनुसार पोखरा महानगर–८ का धेरै व्यक्तिमा डेंगु देखिएको छ । यस्तै, ५, ९ र १५ ...


पप्पु कन्स्ट्रक्सनको अगाडी निरिह बन्यो सरकार !

सिन्धुली - गृहमन्त्री रामबहादुर थापाले कामचोर ठेकेदारलाई कारबाही गर्ने उद्घोष गरेको झन्डै ६ महिना पूरा हुँदा पनि कुनै ठेकेदारलाई कारबाही गर्न सकेका छैनन् । स्थानीय प्रशासनको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार भएअनुसार हालैमात्र १५ निर्माण कम्पनीलाई कालोसूचीमा पनि राख्यो । तर, राजनीतिक आडमा ठेक्का गर्दै वर्षौदेखि कामै नगरी बस्ने पप्पु कन्स्ट्रक्सन भने कालोसूचीमा पनि नपरेपछि नागरिक भने सरकार र सरकारको कामप्रति सशंकित हुन थालेका छन् ।

हालैमात्र अरबौंको निर्माण काम गर्न ठेक्का सकार गरेर पनि काम नगर्ने १० वटा निर्माण कम्पनी र पाँच मालवस्तु ...


वायु सेवा निगम टाट पालिएको घोषणा मात्रै गर्न बाँकी

काठमाडौं - व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एयरलाइन्स ऋणैऋणमा डुब्दै गएको छ। सुरुको ४५ दिनमै यिनको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो। यो दैनिक करोडभन्दा माथि हो।

अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए। त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख नाघ्यो। कमाइको तेब्बर खर्च गराउने दुवै जहाजका लागि नयाँ गन्तव्य भने अझै तय भएको छैन।

जापान, चीन, कोरिया, अस्ट्रेलियालगायत लामो दूरीमा कसैले अनुमति दिएको छैन। राम्रो कमाइ गरिरहेका अघिल्ला जहाजकै ‘सेक्टर’ ...


लक्षित व्यक्तिसम्म पुग्दैन लक्षित बर्ग कार्यक्रम, थाहै नदिइ खाइदिन्छन पैसा !

दिवाकर पोख्रेल
देउखुरी, कातिक १३ गते । नेपाल सरकारले विपन्न तथा सिमान्तकृत समुदायको क्षमता विकासको लागि भन्दै ल्याएको लक्षित बर्ग कार्यक्रम सिमित ब्यक्तिको कमाइ खाने भाँडो बनेको छ । लक्षित बर्ग कार्यक्रम मार्फत लक्षित बर्गको क्षमता विकास गरि आर्थिक पार्जन र शशत्तीकरण गर्ने उदेश्य रहेको लक्षित बर्ग कार्यक्रमको अधिकाश रकमको उपलब्धी शुन्य देखिएको छ । दाङको लमही नगरपालिकाले गत आर्थिक बर्षमा लक्षित बर्ग कार्यक्रम अन्तरगर्त सिप विकासको लागि जम्मा एक करोड ७४ लाख ५१ हजार एक सय ८६ रुपियाँ बजेट विनियोजन गरेकोमा त्यसको ६७ प्रतिसत ...


सर्लाहीमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, गोलि लागेर एक जनाको ज्यान गयो

सर्लाही - सर्लाहीको रामनगर गाउँपालिका – ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जानको ज्यान गएको छ ।

बिहान ७ वजे नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय ६५ वर्षीय विलास महतोको ज्यान गएको सर्लाही क्षेत्र नम्बर ४ प्रदेश क बाट निर्वाचित सांसद विरेन्द्र सिंहले जानकारी दिए । गोली लागेर अन्य चार जना घाइते भएका छन् ।

घाइते लिन गएको एम्बुलेन्समासमेत उनीहरुले तोडफोड गरेकाले घाइतेलाई उपचारमा लैजान समस्या परेको उहाँले जानकारी दिए । सोमबार बिहान यही नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित ...


आयल निगमले स्टोरेज क्षमता बढाउंदै, सुर्खेतमा १ करोड लिटरको भण्डारण क्षमता बनाउने तयारी

सुर्खेत - नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले यसैबर्षदेखि निगमको सुर्खेत कार्यालयको इन्धन भण्डारण क्षमता बढाइने बताएका छन् । पेट्रोलियम डिलर्स एशोसियशन कर्णाली प्रदेशका व्यवसायीहरुसंग सोमवार सुर्खेतमा छलफल गर्ने क्रममा उनले एक विगाह क्षेत्रफल भएको सुर्खेत डिपोमा डिजल र पेट्रोलको भण्डारण क्षमता बृद्धि गरिने जनाएका छन् । अहिले सुर्खेतमा ६० हजार लिटर हवाई इन्धन र ४५ हजार लिटर मट्टितेलको मात्र भण्डारण क्षमता छ । डिजल र पेट्रोलको भण्डारण छैन ।

यसैबर्षदेखि झण्डै साढे ६ लाख लिटर क्षमताको भण्डारण डिपोको काम सुरु हुने कार्यकारी निर्देशक भट्टराईले ...


प्रधानमन्त्री स्वास्थ्यबारे आयो यस्तो पछिल्लो रिपोर्ट

काठमाडौं - श्वासप्रश्वासमा समस्या भएपछि सोमबार भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि थप केही दिन अस्पतालमा बस्नुपर्ने भएको छ। ‘उहाँको स्वास्थ्यलाभका लागि केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्छ,’ प्रधानमन्त्रीको उपचारमा संलग्न डा. अरुण सायमीले भने।

भाइरल ज्वरोका कारण केही दिनदेखि औषधि लिएर सरकारी निवास बालुवाटारमै आराम गरिरहेका ओलीलाई सास फेर्न गाह्रो भएपछि सोमबार बिहान करिब ३ बजे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पु-याइएको थियो। अहिले उनको उपचार मनमोहन हर्ट सेन्टरमा भइरहेको छ। प्रधानमन्त्री ओलीको उपचारमा डा. सायमीको नेतृत्वमा डा. दिव्या सिंह र डा. सन्त दाससहितको ...


पेट्रोलियम पदार्थको मूल्य छठ पछि फेरी बढ्ने

काठमाडौं - सरकारले नेपाल आयल निगमलाई आगामी छठ पर्वसम्म पेट्रोलियम पदार्थमा मूल्य नबढाउन निर्देशन दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुरुप उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएका हुन्। चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर हुने भन्दै उनले तिहार र छठसम्म इन्धनको मूल्य नबढाउन निर्देशन दिएका हुन्।

निगमलाई पेट्रोलियम पदार्थको कारोबारमा घाटा भए पनि उपभोक्ताको हितलाई ध्यान दिँदै सुलभ दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन निर्देशन दिइएकोउद्योग मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए।

हाल निगमलाई पेट्रोलमा ...


प्रधानमन्त्री स्वास्थ्यबारे आयो पछिल्लो यस्तो रिपोर्ट

काठमाडौं - अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले जानकारी गराएको छ। सोमबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालकाे मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको छातीमा संक्रमण देखिएको र शरीरमा चीनीको मात्रा असन्तुलित देखिएकाले भर्ना गरिएको बताएको हो।

भास्कुलरद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरकेको समेत जानकारी गराइएको छ।

अस्पतालका अनुसार यसबाहेक प्रधानमन्त्रीको अन्य स्वास्थ्य अवस्था सामान्य रहेको छ। प्रधानमन्त्री ओली मौसमी रुघाखोकी र ज्वरोकाका कारण शुक्रबारदेखि नै बिरामी थिए। ज्वरो निको भइसकेको तर राति असहज महसुस गरेपछि अस्पताल लगिएको ...


छिमेकीको पत्नीसँग यौनसम्बन्ध राख्ने युवालाई कालो मोसो दली गाउँ घुमाइयो

महोत्तरी - छिमेकीको पत्नीसँग अनैतिक यौनसम्बन्ध राखेको आरोपमा महोत्तरीको एकडारा गाउँपालिका—१ का एक युवालाई गाउँलेले मोसो दलेर गाउँ घुमाएका छन् । स्थानीय दीलिप मण्डललाई पाँच सयको संख्यामा उपस्थित भएका गाउँलेले कपाल काटी मोसो दलेर जुत्ताचप्पलको माला लगाउँदै गाउँ घुमाएका हुन् ।

एकडारा गाउँपालिका–१ का वडा अध्यक्ष रहेमान रेजा अनसारीका अनुसार उनले छिमेकी महिलासँग अनैतिक सम्बध राखेका थिए ।

पटक पटक सम्झाउँदा पनि नटेरेपछि समाजिक दण्ड दिइएको उनले बताए । घरमा घेरा हाली निकालेर कपाल काट्नुका साथै अनुहारमा चुना र कालो टीका लगाएर गाउँ घुमाइएको थियो । गाउँपालिकाका ...


भ्रष्टाचारका मुद्दाको सर्वोच्चमा चाङ, कहिले आउने फैसला ?

काठमाडौं - लाउडा जहाज भाडामा ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको दाबीसहित दायर मुद्दाले ११ वर्षदेखि अन्तिम फैसला कुरिरहेको छ। यो मुद्दा १७ वर्षअघि २०५८ जेठमा तत्कालीन पुनरावेदन अदालत पाटनमा दर्ता भएर पछि विशेष अदालतमा सरेको थियो।

उक्त प्रकरणमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारणीदत्त चट्टौतसहित सातजनालाई प्रतिवादी बनाएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०५८ जेठमा भष्टाचार मुद्दा चलाएको हो। विशेष अदालतबाट सफाइ पाएपछि अख्तियारले २०६४ माघ १३ गते सर्वोच्चमा पुनरावेदन गरेको थियो। सर्वोच्चको संयुक्त इजलासमा राय बाझिएपछि यो मुद्दा हाल पूर्ण इजलासमा पुगेको छ।

अदालतमा मुद्दा ...


मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय भैंसेपाटीमा बनाउने सरकारको गृहकार्य

काठमाडौं - सरकारले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको काठमाडौंमा छुट्टाछुट्टै सम्पर्क कार्यालय खोल्ने तयारी गरेको छ। मुख्यमन्त्रीहरूको काठमाडौं बसाइँ सहज र सजिलो बनाउन मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले सहरी विकास मन्त्रालयलाई छुट्टाछुट्टै कार्यालय स्थापना गर्न निर्देशन दिएको हो।

प्रधानमन्त्री कार्यालयको निर्देशन मान्दै सहरी विकास मन्त्रालयले भैंसेपाटीमा रहेको सांसदहरूको आवासीय प्रयोजनकोलागि छुट्याएको जग्गा नजिकै करिब १९ रोपनी जग्गामा मुख्यमन्त्रीका लागि सम्पर्क कार्यालय भवन बनाउन आवश्यक अध्ययन गर्न भवन विभागलाई निर्देशन दिएको छ।

सहरी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्णप्रसाद दवाडीले प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार भैंसेपाटीमा सातवटै प्रदेशका मुख्यमन्त्रीको सम्पर्क कार्यालय भवन बनाउन ...


व्यक्तिगत काममा रातो पासपोर्ट प्रयोग गर्न पाउने संबिधान बनाइयो

काठमाडौँ - मुलुकमा संघीयता कार्यान्वयन भएसँगै कूटनीतिक राहदानी (रातो पासपोर्ट)को प्रयोगसमेत बढेको छ । तीन तहको निर्वाचनपछि जनप्रतिनिधि तथा मन्त्रीको संख्या बढेसँगै राहदानी विभागबाट कूटनीतिक राहदानी विगतको भन्दा धेरै जारी भएको छ । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू भएयता आठ वर्षको अवधिमा ४४ सय सातपटक कूटनीतिक राहदानी जारी भएको छ । गत वर्ष राहदानी विभागले ५३७ वटा रातो पासपोर्ट जारी भएको थियो । यस वर्षको असोज मसान्तसम्म ५९७ वटा राहदानी जारी भइसकेको विभागका सूचना अधिकारी तीर्थराज अर्यालले जानकारी दिए ।

यसकारण बढ्यो रातो पासपोर्टको प्रयोग
मन्त्री, सांसददेखि मेयर तथा सरकारी कर्मचारीसम्मले ...


तिहारपछि राष्ट्रिय परिचयपत्र वितरण

काठमाडौँ - तयारी थालेको आठ वर्षपछि सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । तिहारलगत्तै सिंहदरबारमा कार्यरत निजामती कर्मचारी तथा पाँचथर जिल्लाबाट नागरिकको बायोमेट्रिक विवरणसहितको चिप प्रविधिको परिचयपत्र वितरण गर्न लागिएको हो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले आगामी साता परिचयपत्र छपाइको ‘फाइनल टेस्ट’ गर्दै छ । ‘१ नोभेम्बर (१५ कात्तिक) मा परिचयपत्र छपाइको फाइनल टेस्ट हुँदै छ,’ व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दीपक काफ्लेले भने, ‘अप्रत्याशित समस्या नआएमा कात्तिक महिनाभित्रै परिचयपत्र जारी गर्ने तयारीमा छौँ ।’

एसियाली विकास बैंक (एडिबी)को सहयोगमा सरकारले बायोमेट्रिक विवरणसहितको अत्याधुनिक परिचयपत्र ...


मन्त्रिपरिषद् बैठकका निर्णय : राष्ट्रपतिको विदेश भम्रण स्वीकृत, गोरखापत्रका महाप्रवन्धक पदमुक्त

काठमाडौँ - मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवि भण्डारीकाे कतार भम्रण स्वीकृत गर्नेदेखि गोरखापत्रका महाप्रवन्धनकलार्इ पदमुक्त गर्नेसम्मका निर्णयहरू गरेकाे छ । साेमबारदेखि तीनदिने कतार भ्रमणमा जान लागेकी राष्ट्रपति भण्डारीको भ्रमण स्विकृत गरेको हाे । उनी कतारका राजा अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा सोमबारदेखि तीन दिने जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारीको कतार भ्रमण दुई देशबीचको सम्बन्ध र सहयोग विस्तारमा केन्द्रित रहने सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । भण्डारीको भ्रमणका क्रममा नेपाल–कतारबीच कृषि तथा पशुपंक्षी, स्वास्थ्य, सुरक्षा, प्रेस तथा ...


प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । सोमबार बिहान चार बजेतिर एक्कासी छातिमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर सो विषयमा जानकारी दिने तयारी गरेको छ । थप विवरण आउन बाँकी छ ।

आइतबार सचिवालयले एक प्रेस नाेटमार्फत ओलीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको जानकारी दिएको थियो । चिकित्सकको सल्लाहबमोजिम उनी नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आरामरत रहेको जानकारी पनि दिएको थियो ।

स्वास्थ्यमा ...


अब देखि साइतमा मात्र विवाह

काठमाडौं - अबदेखि बेमौसमी महिनामा विवाह नहुने भएको छ। केही वर्षयता पण्डितले भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा पनि साइत निकाल्दै विवाह गराएपछि कर्मकाण्डमा अनेक विकृति फैलिएको ठहर गर्दै अबदेखि पण्डितहरूले यी बेमौसमी महिनामा विवाह गर्न नपाउने संहिता बनाएका हुन्। देशभरका पण्डितको पाँचौं सम्मेलनले यस्तो निर्णय र निर्देशन गरेको हो।

‘भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा विवाह गर्ने कार्यलाई नितान्त बन्द गर्ने विषयमा यो सम्मेलन मुलुकभरका सबै पण्डितलाई निर्देशन र आह्वान गर्दछ’, राजधानीमा दुई दिन चलेको सम्मेलनको अन्तिम दिन शनिबार १५ बुँदे घोषणापत्र जारी ...


रारा छिर्दा अब आन्तरिक पर्यटकले पनि शुल्क तिर्नु पर्ने

मुगु - रारा भ्रमणमा जाने आन्तरिक पर्यटकले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । रारा राष्ट्रिय निकुञ्जले ६ कात्तिकदेखि आन्तरिक पर्यटकबाट पनि शुल्क लिन सुरु गरेको हो ।

आन्तरिक पर्यटकको संख्या बढ्न थालेपछि शुल्क लिन सुरु गरिएको निकुञ्जले जनाएको छ । ‘यसअघि नेपाली पर्यटकबाट शुल्क लिने गरेका थिएनौँ, अब प्रवेश शुल्क लिन थालेका हौँ,’ निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत (वार्डेन) यज्ञराज रोकायाले भने । यसअघि रारा प्रदेशमा विदेशी पर्यटकबाट मात्रै प्रवेश शुल्क लिने गरिएको थियो ।

कर्णाली प्रदेश सरकारले यस वर्षलाई ‘रारा कर्र्णाली भ्रमण वर्ष’का रूपमा मनाइरहेको छ । रारासम्म यातायातको सुविधा सहज ...


एउटा बाँदर समाते २ हजार

महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछि पर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् ।

गाउँपालिकाभित्रका वडाहरूमा बाँदरले कृषकको बाली खाइदिने तथा नष्ट गर्ने समस्याबाट पीडित भएपछि अभियान सञ्चालन भएको थियो । बाँदर नियन्त्रण अभियान सफल भएपछि कृषक तथा सर्वसाधारण खुसी भएका छन् । गाउँपालिकाका एक हजार सात सय ८२ मध्ये एक हजार घरधुरीका बासिन्दा बाँदरबाट पीडित भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए ।

अभियान सञ्चालन भएपछि कृषकहरूलाई ठूलो राहत मिलेको महाशीलाका प्रवक्ता जीवन उच्चै ...


ओभर टाइमको भत्ता लिन बिहान ७ बजे नै हाजिर गर्छन् विद्युत् प्राधिकरणका कर्मचारी
तर, काम गर्न होइन, ‘ओभर टाइम’बाफतको थप भत्ता लिन

तनहुँ - नेपाल विद्युत् प्राधिकरण, तनहुँ वितरण केन्द्रका अधिकांश कर्मचारी झिसमिसेमै कार्यालय पुग्छन् । तर, काम गर्न होइन, ‘ओभर टाइम’बाफतको थप भत्ता लिन बिहान ७ बजे नै हाजिर गर्ने गरेको पाइएको छ ।

यतिसम्म कि बिदाका दिन झन् धेरै कर्मचारी हाजिर हुन्छन् । यसको पछिल्लो उदाहरण हो, दसैं बिदा । फुलपातीदेखि सार्वजनिक बिदा थियो । तर, विद्युत्का कर्मचारीले अष्टमी, नवमी र विजयादशमीका दिनमा समेत कार्यालय पुगेर हाजिरी गरेका छन् ।

‘बिहानै अफिस आउँछन्, हाजिर गर्छन् र घर फर्किन्छन् । आ–आफ्नो काममा जान्छन्,’ एक कर्मचारीले भने । ‘ओभर टाइम’ बाफतको थप भत्ता लिन विद्युत्का कर्मचारीको रुटिङ ...


चियापान कार्यक्रममा यसकारण उपस्थित भएनन् प्रधानमन्त्री ओली !

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण पार्टीद्वारा आयोजित चियापान कार्यक्रममा उपस्थित हुन सकेनन । स्वास्थ्यमा आएको समस्याका कारण नेकपा अध्यक्ष ओली कार्यक्रमा सहभागि हुन नसकेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।।

ओली बालुवाटारमै आराम गरेर बसिरहेका उनले जानकारी दिए ।

विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेकपाले आज राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको हाे ।

अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुने कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कुटनीतिक, कलाकार पत्रकारलगायतका व्यक्तित्वहरुको सहभागिता रहेको छ ।

...

नेकपाको चियापानमा बाबुराम उपस्थित नहुने, दिए यस्तो ठाडो जवाफ !

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज २०७५ सालको दसैँ तिहार, छठलगायत समस्त नेपाली चाडपर्वका अवसरमा आज काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गर्दैछ ।

पार्टीले चियापान कार्यक्रममा झण्डै ५० हजार जनालाई निम्तो पठाएको जनाएको छ । यसैक्रममा नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेकपाको चियापान कार्यक्रममा नजाने हुनुभएको छ । उहाँले ५० हजारलाई भोज खुवाउनुको सट्टा कुनै उत्पादनको क्षेत्रमा खर्च गरेको भए राम्रो हुने पनि बताउनु भएको छ ।

आफूलाई एउटै खाममा ४ वटा शुभकामना निमन्त्रणा कार्ड पठाएको भन्दै भट्टराईले ...


भूकम्पपीडितको जस्तापाता तीन वर्षदेखि अलपत्र

वीरगन्ज - राज्य र मातहतका निकायको लापरबाहीका कारण भूकम्पले क्षति पुर्याएका विद्यालयका लागि आएको जस्तापाता पर्साको एक खुला चौरमा तीन वर्षदेखि अलपत्र परेको छ ।

नेपाल खाद्य संस्थानको खुला चौरमा विद्यालयका लागि भनेर आएको जस्तापाता खिया लागेर सड्न थालेकोे छ । खुला चौर र वर्षामा चुर्लुम्म पानीमा डुब्ने तथा बाँकी समयमा घामले गर्दा असरल्ल राखिएको जस्तापाता खिया लागेर सड्न थालेको हो ।

२०७२ भदौमा वीरगन्जस्थित सुक्खा बन्दरगाह हुँदै आइपुगेको जस्तापाता साल्ट ट्रेडिङ कर्पोरेसनले केही समयका लागि राख्न भनी नेपाल खाद्य संस्थान वीरगन्ज शाखाको खुला ठाउँ प्रयोग गरेको ...


'छोरीको हत्यारा पत्ता लाग्ने आस मर्यो' : निर्मलाका बाबुआमा

महेन्द्रनगर - ‘छोरीको हत्यारा पत्ता लाग्ने र न्याय पाउने आस मर्दै गएको छ,’ बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्ट बर्खास्त भएको जानकारी पाएपछि भनिन् ।

‘दुईजनालाई बर्खास्त गरेर हामीलाई भुलाउन खोजिएको त होइन ?’ उनले भनिन्, ‘कसैलाई निलम्बित गरियोस् वा बर्खास्त, हामीलाई त हत्यारा चाहियो।’ निर्मलाका बुबा यज्ञराजले एसपी र इन्स्पेक्टरलाई बर्खास्त गरेर वास्तविक अपराधी जोगाउने षड्यन्त्र गरिएको बताए। ‘अब छोरीको हत्यारा पत्ता लाग्ने आस छैन,’ उनले भने, ‘न्याय पाउनै कठिन भयो।’

भीमदत्त ...


हत्यारा भगाउने २ प्रहरी निलम्बित

बिराटनगर - मोरङग प्रहरीले कर्तव्य ज्यान अपराधका दुई जना थुनुवालार्इ भगाएको आरोपमा दुई प्रहरीलाई निलम्बन गरेको छ । बिराटनगर महानगरपालिकास्थित इलाका प्रहरी रानीको हिरासतबाट कर्तव्य ज्यान अपराधका दुई थुनुवा बिहीबार राति भागेसँगै मोरङग प्रहरीले हबल्दार जिरालाल रौनियार र जवान जगन्नाथ बास्कीलाई अनुसन्धानका लागि निलम्बन गरेको हो ।

साथीको हत्या आरोपमा पक्राउ परेका विराटनगर १७ का २० वर्षीय मोहम्मद सद्दिफ हुसैन र २१ वर्षीय मोहम्मद आरिफ इलाका प्रहरी कार्यलय रानीको हिरासत कक्षको भेन्टिलेटरको रड काटेर फरार भएका थिए । उनीहरुले गाउँकै साथी १९ वर्षीय मोहम्मद अस्फाकको फिरौतीका ...


आफ्नो विदेश भ्रमण किन कतारबाट सुरु गर्दैछिन राष्ट्रपतिले ?

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने विदेश भ्रमण तय भएको छ। दोस्रो पटक राष्ट्रपति भएपछि उनले विदेश भ्रमण कतारबाट गर्न लागेकी हुन्। उनी सोमबार सरकारी टोली र व्यापारीसहित कतार भ्रमणमा जाँदै छिन्। स्थानीय, प्रदेश र संघ गरी तीनै तहको निर्वाचनपछि पुनः राष्ट्रपति बनेकी उनले विदेश भ्रमण छिमेक छाडेर खाडी मुलुकबाट गर्नुलाई अर्थपूर्ण भनिएको छ।

उनी पहिलो कार्यकालमै कतार भ्रमण गर्ने तयारीमा थिइन्। तर, त्यहाँ साउदी अरबसहित केही मुलुकले नाकाबन्दी गरेपछि भ्रमण विवादमा पर्न सक्ने भन्दै रोकिएको थियो। कतारमा नाकाबन्दी १७ महिनासम्म पनि जारी छ। उनले अघिल्लो ...


आँखामा हँसिया गडेकी बालिकाले पाइन सफल उपचार !

झापा - दसैँ नजिकिदै थियो । सबै साथीहरु खेल्दै, रमाउँदै थिए । झापा दमककी ८ वर्षीय अंशु गिरीका लागि पनि दसैँ रमाइलोसँग आउँदै थियो । तर, दसैँ नजिकिदै गर्दा उनको जीवनमा कल्पना नगरिएको घटना घट्यो ।

उनी मोरङको पथरीशनिश्चरे, ३ स्थित मामा घर गएकी थिइन् । मामा घरमा रहरले घाँस काट्न खेतमा गइन् । तर, उनी अचानक खेतमा लडिन् । आफैले लिएकी हँसिया आँखाभित्र पस्यो । झण्डै पाँच इञ्च हँसियाको टुप्पो आँखामा पस्दा नाकको डाँडी मुनी हुँदै देब्रे आँखासम्म पुग्यो ।

‘मामाको छोरीसँग घाँस काट्न जाँदै गर्दा ...


भर्नामा अनियमितता गर्ने एक सय ८० सैनिकलाई कोर्ट मार्सल

काठमाडौं - नेपाली सेनाले भर्ना प्रक्रियामा अनियमितता गर्ने केही अधिकृतसहित एक सय ८० सैनिकलाई कोर्ट मार्सल गर्ने भएको छ। सेनाका अनुसार गत वर्ष भएका विभिन्न पदको भर्नाका क्रममा जागिर लगाइदिने प्रलोभन देखाएर पैसा असुल्ने उनीहरूमाथि कोर्ट मार्सल प्रक्रिया सुरू भएको हो।

यसअघि उनीहरूमाथि कोर्ट अफ इन्क्वाइरी भएको थियो । उनीहरु दोषी हुन सक्ने भन्दै सिफारिश भएपछि कोर्ट मार्सल गर्न लागिएको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए ।

‘तल्लो दर्जाको भर्नाका क्रममा पैसा लिने, त्यसमा सघाउने १८० सैनिकलाई हिरासतमा राखिएको छ,’ प्रवक्ता भण्डारीले भने, ‘कोर्ट मार्सलबाट दोषी ...


तिन महिना बिचमा ८७६ बालबालिका हराए

काठमाडौं - चालू आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा देशभर ८७६ बालबालिका हराएका छन् । ३१६ फेला परे पनि ५६० को अवस्था अझै अज्ञात छ । प्रतिशतमा हेर्दा हराएका बालबालिकामध्ये ३६ प्रतिशत मात्रै फेला परेको देखिन्छ । ६४ प्रतिशतको अवस्था अज्ञात छ । बालबालिका खोजतलास समन्वय केन्द्र काठमाडौंका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर राजभण्डारीले यो तथ्यांक पुष्टी गरे ।

प्रदेश नं ३ बाट सबैभन्दा बढी १७२ बालबालिका हराएको तथ्यांक छ जसमा उपत्यकाका मात्रै ६५ छन् । प्रदेश नं १ बाट १३७, २ बाट १४२, ४ ...


कम उमेरका बालिका बलात्कारको उच्च जोखिममा

काठमाडौँ - बालिकाहरु नै बलात्कारको उच्च जोखिममा छन् । सजिलै प्रलोभनमा पार्न सक्ने र आफ्नो उद्देश्य पूरा गर्नसक्ने भएकाले पनि उनीहरु बढी जोखिममा परेका हुन् । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या यसैको एउटा उदाहरण हो । देशलाई नै तरङ्गित पार्ने यस्ता घटना दैनिकजसो घटिरहेका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार जबर्जस्ती करणीका पीडित १८ वर्षभन्दा कम उमेरका ६४ प्रतिशत रहेका छन् । करणीमा १८ देखि २५ वर्षका १८ प्रतिशत र २६ देखि ३५ वर्षका १० प्रतिशत ...


नक्कली कागजात बनाएर श्रम स्वीकृति दिने श्रम कार्यालयका २५ जना कर्मचारी विरुद्ध मुद्धा

काठमाडौं - नक्कली कागजात बनाएर श्रम स्वीकृति दिने २५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

भिसा बिनै गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरेर सरकारी निकायमा गलत लगत राख्ने वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम कार्यालय तहाचलका ६ जना शाखा अधिकृतसहित २५ जना विरुद्ध मुद्धा दायर गरिएको हो ।

शाखा अधिकृत हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेश विक्रम शाह, दिनेश कुमार राई, पवित्रा श्रेष्ठ र रामप्रसाद ओली विरुद्ध मुद्धा दायर गरिएको हो । यस्तै नायव सुव्बा अमरराज जोशी, विष्णुहरी निरौला, दिलबहादुर खत्री, ...


३९ बिघा जग्गा हडप्न भूमाफियाको चलखेल !

धरान - करिब ५ दशकअघि नापी हुँदा फिल्डबुकमा मात्र दर्ता भएको तर विवादका कारण स्रेस्ता पुर्जा नबनेको बराह क्षेत्र नगरपालिका–२ स्थित बाइस बिघे क्षेत्रको जग्गा हत्याउन भूमाफिया लागिपरेका छन्।

इटहरीको कान्छी चोक हुँदै कोसी नदीमा बनेको नयाँ पुल निस्कने पक्की सडक २२ बिघे क्षेत्र भएर निर्माण भएपछि त्यहाँको जग्गा हत्याउन भूमाफिया सल्बलाएका हुन् । स्थानीय राजनीतिक नेतृत्वको पनि यसमा मिलेमतो रहेको स्रोतको दाबी छ । २०२७ सालमा नापी हुँदा २२ जनाको नाममा फिल्डमा जग्गा दर्ता भएको हुनाले उक्त क्षेत्र २२ बिघे नामले प्रसिद्ध छ । २२ ...


किन विवादमा फस्यो प्रदेश २ को प्रहरी ऐन ?

काठमाडौँ - संघीय प्रहरी ऐन नबन्दै प्रदेश २ सरकारले प्रदेश प्रहरी ऐन ल्याएपछि संघीय सरकार असन्तुष्ट बनेकोे छ । प्रदेशले बनाएको कानुन संविधानविपरीत भएको गृह मन्त्रालयको दाबी छ ।

गत २७ असोजमा प्रदेश २ को संसद्ले प्रदेश प्रहरी ऐन पारित गरेको थियो । ऐन आएपछि प्रदेश सरकार प्रहरी भर्नाको तयारीमा जुटेको छ । तर, संघीय प्रहरी ऐन नआउँदै प्रदेश प्रहरी ऐन बन्नु संविधानविपरीत रहेको संघीय सरकारको भनाइ छ ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले प्रदेश प्रहरी ऐन कार्यान्वयन हुन नसक्ने बताए । संघीय प्रहरी ऐनले तोकेको मापदण्डका ...


सरकारी अस्पतालले टेर्दैनन अदालतको आदेश !

काठमाडौँ - अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिने सर्वोच्च अदालतको आदेशको सरकारी अस्पतालहरूले नै अवज्ञा गरिरहेका छन् । सरकारी अस्पताल परिसरमै भाडा र ठेक्कामा फार्मेसी चलिरहेका छन् ।

१४ असार ०७२ मा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै सोही बर्षको १ साउनदेखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न रोक लगाएको थियो । सर्वोच्चले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका नाममा आदेश जारी गरेको थियो । सरकारले उपलब्ध गराउने निःशुल्क औषधि वितरण सेवा अस्पतालले नै सुरु गर्नुपर्ने उल्लेख गर्दै निजी ...


‘इन्टरनेट’बाट सिकेर यसरी बन्यो नक्कली नोट छाप्ने योजना !

काठमाडौँ - प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठले नक्कली नोट छाप्ने योजना सिरहास्थित कारागारबाटै बनाएका थिए ।

जुन वेला उनी हातहतियार तथा खरखजाना मुद्दामा कैदसजाय भुक्तान गर्दै थिए । ११ महिनाको कैद सजाय भुक्तानपछि सीमाक्षेत्रमै रहेर उनले लागुऔषधको कारोबार गर्न थाले । यही क्रममा भेट भएका नयाँ बानेश्वरस्थित रत्नराज्यलक्ष्मी ...


३८ क्विन्टल सुन तस्करी प्रकरण : 'गोरे' को पार्टनर दुबईमा पक्राउ

काठमाडौँ - ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्रेर नेपाल ल्याएको छ । श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको हो । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो ।

श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइने केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताए । उनीविरुद्ध गत वैशाखमा फरार अभियुक्तका रूपमा मुद्दा दायर गरिएको थियो । श्रेष्ठ युएईको दुबई सहरमा बसेर सुन तथा हुन्डीको कारोबारमा संलग्न व्यक्ति हुन् । ...


कर्मचारीलाई एक तह बढुवा दिएर समायोजन गर्ने तयारी, यस्तो छ क्राइटेरिया !

काठमाडौँ - कर्मचारीको व्यापक असन्तुष्टिका कारण स्थानीय तह र प्रदेशमा समायोजन गर्न नसकेको सरकारले अन्ततः एक तह बढुवा गर्नेगरी समायोजन गर्न लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा समायोजन भएर जाने कर्मचारीलाई एक तह बढुवा गर्ने गरी ऐन संशोधन गर्ने गृहकार्य सुरु गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पहलमा मन्त्रालयले अध्यादेशमार्फत कर्मचारी ऐन संशोधन गर्न लागेको छ ।

हालको समायोजन ऐनले कर्मचारीका लागि कुनै आकर्षक प्याकेज नल्याउँदा समायोजन जटिल बनेपछि नयाँ विकल्पको खोजी गरिएको मन्त्रिपरिषद् कार्यालयका एक सहसचिवले बताए । उनका अनुसार एक ...


गुल्मीको गजेनीमा जिप दुर्घटना, दुईको मृत्यु

तम्घास - गुल्मीको चन्द्रकोट गाउँपालिका २ बिसुखर्कको गजेनी गरगरेमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बाग्लुङ हटियाबाट बिशुखर्क धौलादिपतर्फ आउदै गरेको लु १ ज २१८१ को जिप गयराति दुर्घटनामा परेको हो ।

दुर्घटनामा बिशुखर्कका धौलादिपका गाडी मालिक ३९ वर्षीय लाल बहादुर गुरुङ र ५३ वर्षीय चालक भरत गुरुङको मृत्यु भएको वडा अध्यक्ष टंक बहादुर क्षेत्रीले जानकारी दिए । गाडी सडकबाट तीनसय मिटर तल खसेको छ । स्थानीयले बिहानमात्र जानकारी पाएको क्षेत्रीको भनाइ छ । शान्तिपुरबाट प्रहरी टोलि घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यालयका ...


दसैँको मुखमा पेट्रोल पम्पमा लाइन

काठमाडौँ - दसैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दाजान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्तै लाइन बढेको छ । तेलको माग बढेकै वेला शुक्रबार नियमित मात्र तेल वितरण गरेको आयल निगमले शनिबार डिपो बन्द गरेको थियो । त्यसैले आइतबार बिहानैदेखि पेट्रोल पम्पमा लाइन असामान्य बनेको छ ।

शुक्रबार आधा दिन मात्रै काम गर्ने निगमको डिपोका कर्मचारीले हतारहतार ५ लाख लिटर पेट्रोलियम वितरण गरेर घर गएका थिए । निगमको थानकोट डिपो आइतबार १० बजे खुलेपछि मात्र तेल लोडिङ सुरु भएको थियो । तर, पेट्रोल पम्पमा बिहानैदेखि भिड ...


प्रहरी इन्स्पेक्टर १५ हजार घुस सहित पक्राउ

इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतका प्रहरी निरिक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेले सेवाग्राहीको सुनचाँदी पसल चोरी भएकोमा चोर पक्राउ गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिइ गएको टोलीले निजहरुलाई रु.१५,०००।– (पन्ध्र हजार ) घुसबापतको रकम लिइसकेको अवस्थामा पञ्चपुरी नगरपालिका वडा नं. २ स्थित प्रहरी चौकी सालकोटको परिसरवाट मिति २०७५।६।२८ गते नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।

...

आज नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको पूजाअाराधना

काठमाडौ - नवरात्रको पाँचौं दिन आइतबार भगवती दुर्गाको पाँचौँ रूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दकुमार (कुमार)की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ।

गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ। नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपमा भगवतीको आराधना गर्छन्।

पुराणहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख छ। तीमध्ये पनि शरद ऋतुमा पर्ने नवरात्रमा शक्तिस्वरूपमा ...


बस र ट्रक जुध्दा तिन बालबालिका सहित ८ जनाको मृत्यु

नयाँ दिल्ली - पश्चिम भारतीय राज्य राजस्थानमा भएको एक सडक दुर्घटनामा परी पाँच शिक्षिका र तीन बालबालिकाको मृत्यु भएको छ ।

शनिबार बस र ट्रक एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तिमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यस दुर्घटनामा परी कारमा यात्रा गरिरहेका यात्रुहरुको मृत्यु भएको छ । दुर्घटनाग्रस्त कार सामान बोकेर गइरहेको एक ट्रकसँग ठोक्किँदा सो घटना भएको जनाइएको छ ।

शनिबार भएको यस भयानक दुर्घटनामा परी एक विद्यालयका स–साना तीन विद्यार्थी र पाँच महिला शिक्षिकाको मृत्यु भएको एक प्रहरी अधिकारीले जानकारी ...


बाँस्तोलाको आजै अन्त्येष्टि, दिउँसो साढे १ पछि पार्टी कार्यालयमा राखिने

काठमाडौं - पूर्वपरराष्ट्रमन्त्री, पूर्व राजदुत तथा नेपाली काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको आजै अन्त्येष्टि गरिँने भएको छ ।

बाँस्तोलाको शव दिउँसो साढे १ बजेदेखि ४ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। कांग्रेसका शीर्ष नेताहरुले पार्टी कार्यालय पुगेर बाँस्तोलाप्रति श्रद्धाञ्जली ब्यक्त गर्ने कार्यक्रम छ ।

मस्तिष्कघातका कारण छ वर्षदेखि अर्धचेत अवस्थामा रहेका ७४ वर्षका बाँस्तोलाको स्वास्थ्य अवस्था थप जटिल बनेपछि शनिबार बिहान काठमाडौको बाँसबारीमा रहेको न्यूरो अस्पताल लगिएको थियो । तर, चिकित्सकले उपचार सम्भव ...


किन कार्यान्वयन हुँदैनन् संसदीय समितिका निर्देशन ?

काठमाडौँ - उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई चाडपर्वमा कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि गर्नेलाई तत्काल कारबाही गर्न बिहीबारसम्म चारवटा संसदीय समितिले निर्देशन दिइसके । बैठकमा सहभागी मन्त्री, सचिव र विभागीय प्रमुखले बजार अनुगमन तीव्र पार्ने र कालोबजारीमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाए ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, सार्वजनिक लेखा समिति, अर्थ र राष्ट्रिय सरोकार तथा समन्वय समितिले महँगी र कालोबजारी रोक्न निर्देशन दिएका हुन् । तर, मुल्य वृद्धि घट्नुसाटो झन् बढो रहेको उपभोक्ताको गुनासो छ । बजार अनुगमन प्रभावकारी देखिँदैन । गाडी ...


सिक्टा छानबिन प्रतिवेदन मन्त्रीकोमा, अख्तियारमा समेत छानविन चल्दै !

काठमाडौं - सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा देखिएको अनियमितता छानबिन गर्न गठित समितिले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई प्रतिवेदन बुझाएको छ। आगामी आइतबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गर्ने तयारी छ।

सिक्टामा अनियमितताबारे छानबिन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समिति गठन गरेको थियो। छानबिन समितिले आयोजना निर्माणमा व्यवस्थापकीय कमजोरी भएको निष्कर्ष निकालेको छ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइको पश्चिम खण्डको मूल नहर परीक्षणको क्रममा पटकपटक भत्केपछि निर्माणमा अनियमितताको शंका गरी मन्त्रालयले सहसचिव सुशीलचन्द्र तिवारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिले सिक्टाको स्थलगत अध्ययन गर्नुको ...


किन कहिल्यै लागू भएन फ्री भिसा, फ्री टिकट ?

काठमाडौं - बाराका सुदीप मैनाली एक लाख ६५ हजार रुपैयाँ तिरेर दुबई गए। होटलमा वेटरको कामका लागि ५० हजार रुपैयाँ पारि श्रमिक पाइने भनेर उनले उक्त रकम तिरी कतार गएका हुन्। तर उनले कतारमा भनेजस्तो काम पाएनन्। साहुको घरमा घरेलु काम पनि गर्नुपर्‍यो। खान, बस्नसमेत समस्या भयो। खान, बस्न समस्या भएपछि उनलाई बंगाली, केरला र बिहारका मानिसले सहयोग गरे।

उनलाई कतारमा समस्या भएपछि मामाका छोरा भाइ उज्जन उप्रेतीले वैदेशिक रोजगार विभागमा उजुरी हाले। उजुरी हालेको केही दिनमा उनी आफैं टिकट काटेर नेपाल फर्किए तर तीन महिनाको ...


पाँचथरमा हावाबाट बिजुली निकाल्ने तयारी

फिदिम - पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । परीक्षण गरेको दुई वर्षपछि बिजुली उत्पादन गर्न लागिएको हो । यो ठाँउमा बाक्लो कुहिरो लाग्ने र हावा चलिरहने भएकाले हावाबाट राम्ररी बिजुली उत्पादन हुने प्राविधिकहरुले ठहर गरेपछि बिजुली निकाल्ने तयारी थालिएको थियो ।

दुई वर्षअघि वायू उर्जाको टावर राखेर बिजुली उत्पादनका लागि परीक्षण गरिएको थियो । अहिले बिजुली उत्पादनको अन्तिम चणमा पुगेको वडाध्यक्ष तथा वायू उर्जा उपभोत्ता समितिका अध्यक्ष सन्तोष शेर्माले जानकारी दिए । ‘अधिकांश काम पुरा भइसकेको छ’, ...


निर्मला बलात्कार पछि हत्या प्रकरण : दोषीसम्म पुग्‍न आयोगलाई सकस

काठमाडौं - निर्मला हत्याकाण्डको छानबिनमा दोषी पहिचान गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई सकस परेको छ। गत साउनमा बलत्कारपछि हत्या गरिएकी पन्तको आयोगले अनुसन्धान थालेको थियो। आयोगको टोलीले भदौ पहिलो सातादेखि घटनाको छानबिन सुरु गरेको हो। तर, प्रारम्भिक छानबिनको रिपोर्ट तयार गरे पनि हालसम्म सार्वजनिक गरिएको छैन।

आयोगका सदस्य प्रकाश वस्तीले सरकारी छानबिन टोलीको छानबिनमाथि नै आयोगले अनुसन्धान गरेको बताए। सरकारी छानबिन टोलीको सूचना संकलन संरक्षण र परीक्षण राम्रोसँग नहुँदा दोषी पहिचान नभएको आयोगले औंल्याएको छ। ‘हामी अनुसनधानकै चरणमा छौं’, वस्तीले अन्नपूर्णसँग भने। सरकारद्वारा गठित छानबिन टोलीको अनुसन्धानमा ...


एनआरएनएमा अब छ जना उपाध्यक्ष !

काठमाडौं - गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा छ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ ।

शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको महासचिव डा बद्री केसीले जानकारी दिए ।

वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला, युवा तथा दोस्रो पुस्ताको प्रतिनिधित्व गर्ने गरी छुट्टाछुट्टै छ उपाध्यक्ष राख्ने विधानसभामा सहमति जुटेको छ । यसअघि एक महिलासहित तीन उपाध्यक्ष रहने व्यवस्था थियो ।

विधानसभाले गरेको निर्णय विशेष महाधिवेशनमा लगेर पारित गर्नुपर्ने भएकाले अब विधानसभा नरहने ...


निर्मला हत्या प्रकरण : २६ प्रहरीमाथि अनुसन्धान जारी

कञ्चनपुर - कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ ।

गत भदौ ३१ गते सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गरिरहेको छ ।

बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका कञ्चनपुरका २६ जना प्रहरी अधिकारीमाथि छानबिन भइरहेको जनाएको हो ।

‘अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शङ्कास्पद देखिए हामी कडाभन्दा कडा कारबाही ...


धादिङमा टिपर दुर्घटना, ३ जनाको मृत्यु ३ घाइते

धादिङ - धादिङमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

थाक्रे गाउँपालिका-१० मानेडाँडामा शुक्रबार राति बा ५ ख २४१८ नम्बरको टिपर दुर्घटनामा परी थाक्रे गाउँपालिका-१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममाया तामाङ र ६२ वर्षीया सावित्री तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । महेश र सोममायाको घटनास्थलमै र सावित्रीको उपचारका लागि काठमाडौंतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार ...


यस्तो छ दशैंको टिकाको शुभ साइत !

काठमाडौँ - बडादसैँको टीकाको शुभ साइत आउँदो कात्तिक २ गते विहान ९ बजेर ५१ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जन सोही दिन विहान ९ बजेर ३९ मिनेटमा, तुलजाभवानी यात्रा विहान ८ बजेर ३५ मिनेटमा र स्थिरासन खड्गजात्रा विहान ९ बजेर ४४ मिनेटमा साइत रहेको छ ।

समितिका अनुसार असोज ३० गते फूलपातीका दिनमा विहान ९ बजेर २१ मिनेटमा तुलनाभवानी यात्रा र विहान १० बजेर २ मिनेटमा स्थिरासनको साइत रहेको छ । कात्तिक ६ गते अखिलबलिपूर्ति र बुधबार कोजाग्रत ब्रत रहेको जनाइएको छ ...


डिकी र छतमा पशुपक्षी ढुवानी गरे कारवाही

काठमाडौँ - पशुसेवा विभागले पशुसेवा ऐन २०५५, नियमावली २०५६ तथा पशु ढुवानी मापदण्ड २०६४ पालना गर्न व्यवसायीसँग आग्रह गरेको छ । सो मापदण्डमा पशुपक्षी ढुवानी गर्दा उनीहरुलाई याताना हुनेगरी नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाध्ने, क्षमताभन्दा बढी पशु राख्ने, साना तथा ठूला पशुलाई एकै ठाउँमा राखी ढुवानी गर्ने जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ ।

रोगी तथा घाइते वा मरेका पशुलाई व्यावसायिक प्रयोजनका लागि ढुवानी गर्न नहुने, ढुवानी गर्दा मरेका पशुपक्षीलाई निसङ्क्रमणको विधि अपनाइ गहिरो खाडलमा व्यवस्थापन गर्नुपर्ने प्रावधान पनि मापदण्डमा उल्लेख छ ।

विभागद्वारा शुक्रबार जारी ...


सासूले अन्माइन् बुहारी, यस्तो छ कहानी !

भद्रपुर - ‘मामु यता हेर्नु न, बाबा हजुर पनि।’ तीन वर्षमै बाबु गुमाएका मेचीनगर–९ का आशुतोष अधिकारी नजिकै उभिएका बेहुलालाई ‘बाबा’ भन्दै फोटो खिच्दै थिए। आमाको दोस्रो बिहेमा मोबाइलले फोटो खिच्दै गरेका आशुतोष हर्षित देखिन्थे। उनकी हजुरआमा अञ्जु अधिकारी भने सुकसुक गर्दै रुँदै बुहारीलाई सम्झाउँदै थिइन्। ‘अहिलेसम्म मैले कति गाली गरें, कति माया गरें तर तेरै इज्जतका लागि छोरी भनेर गरें। केही गल्ती गरेकी रै’छु भने माफ गरिदेऊ है !’

बुहारीलाई छोरी मानेर खुट्टा ढोग्दै थिइन् उनी। जब सिन्दुर हाल्ने बेला भयो उनी रुँदै घरभित्र पसिन्। ...


शपथ खाँदै घुस खाँदै, असोज १७ यता कसले कहाँ कति घुस खाए ?

काठमाडौं - सरकारले १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो। सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए। तर, घुस लिन छाडेनन्।

प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक साता नबित्दै १६ कर्मचारी कार्यालय समयमै घुस लिँदालिँदै पक्राउ परे।

१९ जना विरुद्ध अख्तियारले भ्रष्टचार मुद्दा दायर गर्यो। ‘बाहिर घुस खाँदिनँ भनेर शपथ लिनुको कुनै अर्थ देखिएन’, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले भने, ‘घुस खाने कर्मचारी पक्राउ पर्न कम भएको छैन।’

कर्मचारीले घुस खानै नपाउने व्यवस्था चाहिएको दंगालले जिकिर गरे। ‘शपथले पुग्दैन, सरकारी सेवामा संरचनागत परिवर्तन र ...


लोकसेवा आकर्षण : ५९ सय पदमा ५ लाख ६७ हजार आवेदन

काठमाडौं - युवाहरूबीच सरकारी सेवा प्रवेशका लागि अत्यधिक आकर्षण देखिएको छ। लोकसेवा आयोगले आवेदन मागेका पद संख्याभन्दा ९५ गुणा धेरै दरखास्त परेका छन्। आयोगले गत वर्ष ५ हजार ९ सय ७० पदका लागि दरखास्त आह्वान गरेको थियो। त्यति पदका लागि ५ लाख ६७ हजार ८ सय ५३ जनाले आवेदन दिए।

‘मागिएको पद संख्याभन्दा ९५ गुणा बढी युवाले दरखास्त दिए। यसले सरकारी सेवाप्रति आकर्षण चुलिएको अनुभूति गरेका छौं’, आयोगका प्रवक्ता किरणराज शर्माले भने। जानकारहरू निजामती सेवामा आकर्षण बढ्नुको कारण उच्च तहमा पुगेका अधिकांश कर्मचारीको आर्थिक स्थिति राम्रो ...


नुवाकोटमा बस दुर्घटना, २ को मृत्यु, ३० भन्दा बढी घाइते

नुवाकोट - नुवाकोट जिल्लाको दुप्तेश्वर–३ झगडेबाट त्रिशुली जाँदै गरेको बा१ख ६३५६ नम्बरको यात्रुवाहक बस सूर्यगढी–५ गणेशस्थानमा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा १ महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

बस गणेशस्थानको छेरी खोलामा अनियन्त्रित भएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ ।

घाइतेमध्ये ...


मोटरसाइकलले ठक्कर दिदा ७ जना घाइते !

कञ्चनपुर - जिल्लाको कृष्णपुर-५ लालझाडी जंगलको अमखौया खोला नजिक पूर्व-पश्चिम राजमार्गमा गए राति मोटरसाइकलले ठक्कर दिँदा ६ मजदुरसहित सात जना घाइते भएका छन् ।

से४प ४३१ नं को मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिँदा गुलरियाबाट काम गरी घर फर्कने क्रममा कृष्णपुर-२ वाणी मुक्त कमैया शिविरका २९ वर्षीया रामकुमारी चौधरी, ३० वर्षीय सन्तोष चौधरी, २२ वर्षीय भगवानदास चौधरी, २० वर्षीय मुकेश चौधरी, २० वर्षीया मञ्जु चौधरी र सीता चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिए ।

घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको ...


डेढ करोड ठगेर दम्पति फरार

नवलपरासी - पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएको छ । दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले रु एक करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ ।

छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिई सापकोटा दम्पती सम्पर्कबिहीन भएका छन् । कावासोती नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक प्रेमशङ्कर मर्दनियाले सो विषयबारे छलफल भइरहेको बताउनुभयो । सापकोटा दम्पतीले विभिन्न पसलबाट सामान खरिद गरेर रकम तिरेका छैनन् । अधिकांशले कागज ...


सरकारी निर्णयविपरीत सांसदलाई भत्ता, कसले कति बुझ्छन ?

काठमाडौँ - सरकारको निर्णय लत्याउँदै संसद्का पदाधिकारी र सदस्यहरूले विभिन्न शीर्षकमा लाखौँ भत्ता बुझ्दै आएका छन् । सरकारले नीति नै बनाएर खारेज गरिसकेको ‘बैठक भत्ता’, ‘विशेष भत्ता’, ‘यातायात भत्ता’ र ‘भ्रमण भत्ता’ शीर्षकमा उनीहरूले रकम बुझिरहेका छन् ।

सार्वजनिक खर्च मितव्ययी बनाउँदै राज्यको ढुकुटी दोहन हुनबाट रोक्न अर्थ मन्त्रालयले तयार गरेको ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन, ०७५’ मन्त्रिपरिषद् बैठकले २६ वैशाखमा पारित गरेको थियो । यसको २६ नम्बर बुँदामा महँगी, पोसाक र स्थानीय भत्ताबाहेक सबै भत्ता खारेज गर्ने उल्लेख छ ।

मार्गदर्शनको बुँदा ३७ मा ‘स्वायत्त संस्था, ...


नाकाबाट धमाधम  रोहिंज्या तस्करी, प्रहरीलाई थाहै छैन  !

काठमाडौं - गृह मन्त्रालयले रोहिंज्या नेपाल प्रवेश नगरेको दाबी गरे पनि कपनस्थित अस्थायी शिविरमा उनीहरूको संख्या बढ्दो छ। पछिल्लो दुई सातामा १० जना रोहिंज्या यहाँ आएका छन्। सन् २०१२ मा आएका केही रोहिंज्याले बंगलादेशबाट मानव तस्करी गरी ल्याउने गरेका छन्।

सीमामा तैनाथ सुरक्षा निकायको गम्भीर हेलचेक्र्याइँ र लापरवाहीले रोहिंज्याले सहजै प्रवेश पाएका हुन्। उनीहरू सीमास्थित अध्यागमन नाका छलेर भित्रिने गरेका छन्। कपनमा रहेका सबै जना त्यसैगरी आएका हुन्।

शिविरमा बसिरहेका जाफर आलमले पछिल्लो पटक १० जना शिविरमा थपिएको बताए। उनले भने, ‘भर्खर आएकाहरू निर्माणसम्बन्धी काममा मजदुरी गर्न ...


साथीकै सहयोगमा जंगलमा लगेर सामूहिक बलात्कार, उजुरी लिन प्रहरीको आनाकानी !

विराटनगर - मोरङको पथरीशनिश्चरे नगरपालिकाकी एक बालिका गत मंगलबार बलात्कारको सिकार भइन्। उनलाई जंगलमा लगी सामूहिक बलात्कार गरिएको थियो।

१३ वर्षीय बालिका पथरीशनिश्चरे १० स्थित मामाघरबाट मंगलबार दिउँसो हराएकी थिइन्। उनी केही समयदेखि मामाघरमै बस्दै आएकी थिइन्। बलात्कारबाट घाइते भएकी उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घरबाट बेहोस अवस्थामा उपचारका लागि लगिएकी उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकलाई उद्धिृत गर्दै प्रहरीले जनाएको छ।

घटनामा संलग्न पथरीशनिश्चरे–१ का २३ बर्से मनोज राई र पथरीशनिश्चरे–९ का २२ बर्से राजकुमार माझीलाई बुधबार पक्राउ गरिएको ...


यसकारण सांसद बन्ने योजनाबाट पछि हटे वामदेव ?

काठमाडौं - चौतर्फी आलोचना भएपछि वामदेव गौतम उपचुनावमाफर्त संसद्मा छिर्ने योजनाबाट पछि हटेका छन्। पार्टीभित्र र बाहिरबाट आफूमाथि तीब्र आलोचना भएपछि केही शीर्ष नेता र आफू निकट नेतासँगको परामर्शपछि गौतमले सांसद् बन्ने योजनाबाट पछि हट्ने मनस्थितिमा पुगेका हुन्।

उनले सम्भवत शुक्रबार विज्ञप्तिमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने छन्। ‘समय, परिस्थिति र भूगोल छनौट पनि उपयुक्त नभएको, चुनावमा लड्ने योजनाले पार्टी र स्वंम वामदेवमाथि आक्रमण तीव्र भएकोले अब उहाँ प्रतिनिधिसभामा जाने विषयमै पुनर्विचारको अवस्थामा पुग्नुभएको छ’, गौतम निकट एक नेताले अन्नपूर्णसँग भने, ‘उहाँले अब वक्तव्यमार्फत आफ्ना कुरा सार्वजनिक ...


साझा यातायातको टिकट अब अनलाइनबाटै बुकिङ !

काठमाडौं - अब यात्रुले घण्टौं लाइन बसीबसी टिकट काट्नुपर्ने झन्झटबाट मुक्त हुनुहोस् । साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ ।

सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन् ।

अनलाइन टिकटिङ सम्बन्धि सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज प्रा।लि।का तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि।आर। खनालले हस्ताक्षर गरे ।

साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्धन गरेको बससेवा डटकमसँगको सहकार्यमा काठमाडौ उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसहरूमा अनलाइनबाट टिकट काट्न ...


चप्पल लगाएर गाडी चलाए पाँच हजारसम्म जरिवाना

भोजपुर - जिल्लाका सार्वजनिक सवारी साधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने नियम लागु गरिएको छ । चप्पल लगाएर सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरण गर्नका जुत्ता लगाउनुपर्ने नियम लागू गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतको छलफलपछि यस्तो निर्णय गरिएको हो । जुत्ता नलगाई सवारी साधन चलाएमा सवारी अनुमतिपत्र निर्देशिकाअनुसार रु दुई हजार देखि पाँच हजारसम्म जरिवाना गर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै भोजपुरबाट लेगुवासम्मको ट्याक्सी भाडा घटाएर रु पाँच सयबाट चार सय कायम गरिएको छ । त्यसैगरी बसमा राख्ने गरिएका ...


सरकारले विप्लवसँग किन वार्ता गर्न सकेन ?

काठमाडाैं - सरकार वा व्यवस्थाविरुद्ध भन्दै हिंसात्मक र अन्य गतिविधिमा संलग्न राजनीतिक दल वा समूहहरूलाई संविधानको दायराभित्र ल्याउने जिम्मा पाएको सरकारी वार्ता टोलीले झन्डै २ दर्जन समूहसँग पहिलो चरणको वार्ता गरेको छ ।

ती वार्ता सकारात्मक रूपमा अगाडि बढेको सरकारी पक्षको भनाइ छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि वार्ताका वातावरण बनेको उक्त वार्ता टोलीका संयोजकको दाबी छ । तर त्यो दलका एक नेताले वार्ताका निम्ति सरकारी प्रयास अझै अपुग भएको प्रतिक्रिया दिएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग विभिन्न चरणमा अनौपचारिक ...


अोली समूहले बागी उम्मेदवारी दिने ‘सिग्नल’ दिएपछि ‘ब्याक’ भए वामदेव

काठमाडाैं - डोल्पाबाट चुनाव लड्ने भनेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता वामदेव गौतमलाई काठमाडाैंबाट पनि ब्रेक लागेको छ । काठमाडाैं क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने तयारी गरेकै बेला गौतमलाई भोट नहाल्ने मतदाताको चेतावनीपछि नेकपाभित्र चर्को बहस चलेपछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले उक्त कदम चालेका हुन् ।

गत सोमबार बसेको नेकपाको बैठकमा वामदेवले चुनाव लड्ने चर्चा चुलिएपछि पार्टीभित्रै असन्तुष्टी बढेर गएको हो । रामवीर मानन्धरले राजीनामा दिएपछि उनका मतदाता वामदेवलाई भोट नहाल्ने निष्र्कषमा पुगेका छन् ।

अध्यक्षद्वयसँग वामदेवले चुनाव हार्ने आँकडा ...


चाडबाडको मुखैमा महँगीले पिल्सिए जनता

काठमाडौं - चाडबाडमा मीठो खान र राम्रो लाउन सबैलाई रहर हुन्छ। व्यापारीले भने यही बेला दैनिक उपभोग्य वस्तुको बजारभाउ बढाएका छन्। यसले दसैंमा आम उपभोक्ताको भान्सा महँगो बनाएको छ। भान्सामा उपभोग हुने धेरै वस्तुमा १५ देखि २० प्रतिशत मूल्यवृद्धि भएको छ। हरियो तरकारीदेखि फलफूलसम्म, चामलदेखि खानेतेलसम्म भाउ बढेको छ। सुख्खा फलफूलको मूल्य पनि अचाक्ली बढाइएको छ।

थोक व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेका हुन्। चाडपर्वको मुखमै मूल्यवृद्धि गरेर उनीहरूले मौकाको फाइदा उठाउन खोजेका छन्। तर व्यापारीले बाहिरबाट आयात गर्ने सामानमा डलरको विनिमय दर बढेकाले सामानको भाउ बढेको दाबी ...


झन्झन् गिर्दै प्रहरी साख : संगठन भित्रका गैरकानुनी हर्कत एक-एक गर्दै पर्दाफास !

काठमाडौं - महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परे। व्यवसायीबाट एक लाख ४० हजार रुपैयाँ घुस लिँदै गर्दा राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले पक्राउ गरेको हो। दुई दिनअघि काठमाडौं मूलपानीमा जुवाडेको अखडामा महानगरीय प्रहरी परिसर टोलीले छापा मार्दा दुई जनाको मृत्यु भएको घटनालाई पनि सर्वसाधारणले शंकाका दृष्टिले हेरेका छन्।

घटनास्थलमा रगत फेला पर्नु तथा दराजको ह्यान्डिल भाँचिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले भनेको र त्यहाँको अवस्थाबीच परस्पर विरोधी तथ्य बाहिर आएका छन्। अपराध तथा भ्रष्टाचारका गतिविधिमा प्रहरी अधिकारी नै ...


गौतमलाई चुनावमा उठाउने निर्णय हुन बाँकी छ : प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताएका छन् ।

सांसद रामवीर मानन्धरले राजीनामा दिएर नेता वामदेव गौतमलाई चुनावमा उठाउने चर्चा भइरहेका बेला अध्यक्ष प्रचण्डले सो सम्बन्धमा पार्टीभित्र निर्णय भइनसकेको प्रष्टयाएका हुन् ।

अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ मा पार्टीको सिट गुम्ने गरी उपनिर्वाचन नहुने भन्दै पार्टीका नेता, कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। बुधबार दसैंको अवसर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिलेको सरकारलाई पाँच वर्षसम्म शासन गर्न ...


सहन्यायाधिवक्ता पाँच लाख घुससहित पक्राउ

पोखरा - सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । थापालाई बुधबार बिहान अख्तियारको टोलीले पक्राउ गरेको हो ।

ठगीसम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म नपुर्‍याइदिने सर्तमा उनले सेवाग्राहीबाट घुस लिएकाले पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए । ढकालका अनुसार, थापामाथि थप अनुसन्धान सुरु गरिएको छ ।

...

संवैधानिक निकायमा रिक्त ४० पदमा ५३५ को दाबी

काठमाडौं - संवैधानिक परिषद्ले संविधानअनुसार आठवटा संवैधानिक निकायमा पदाधिकारी नियुक्त हुन योग्यता पुगेका व्यक्तिहरुको अभिलेख तयार पार्ने प्रयोजनका लागि मागेको आवेदनमा हाल रिक्त ४० पदका लागि ५ सय ३५ जनाको दरखास्त परेको छ।

गत भदौ पाँच गते संवैधानिक परिषद् सचिवालयले संवैधानिक परिषद् (कार्यविधि) नियमावली २०६८ बमोजिम सूचना प्रकाशित गरी आठवटा विभिन्न संवैधानिक निकायको पदाधिकारीमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको थियो । सात दिनको म्याद दिएर जारी गरिएको सो सूचनाबमोजिम आठवटा संवैधानिक निकायका ४० पदका लागि ५ सय ३५ जनाको दरखास्त परेको ...


दशैं आयो : करीव १० लाख सर्वसाधारण उपत्यकाबाट वाहिरिए

काठमाडौ - दशै–तिहार मनाउन काठमाडौँ उपत्यकाबाट वाहिरिनेको संख्या दिन प्रतिदिन बढी रहेको छ । महानगरीय टाफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार घटस्थापना आरम्भ नहुँदै मङ्गलबारसम्म करीव १० लाख जना उपत्यका वाहिरिएका छन् । सोमवारबाट दैनिक एक लाखको हाराहारिमा सर्वसाधारण काठमाडौंबाट वाहिरिन थालेका छन् ।

‘त्यसअघि दैनिक ३०– ४० हजार बाहिरिन्थे तर सोमबारबाटै यो चाप बढ्यो,’ महाशाखा प्रमुख पन्तले भने । असोज २४ गते घटस्थापनासँंगै उपत्यकाका अधिकांस स्कुल कलेज बन्द भएसंँगै यो संख्या बढ्दै जाने अनुमान उहाँको छ ।

काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुड्गाबाट दैनिक २० हजारभन्दा ...


न्याय सेवामा एक हजार ३३९ जना कर्मचारीको माग गर्दै लोक सेवा

काठमाडौ - मागेको २५ वर्षपछि न्यायापालिकामा ठूलो संख्यामा जनशक्ति थपिने भएको छ। सरकारले सर्वोच्चसहित तीन तहका अदालतमा तीन चरणमा एक हजार ३०० भन्दा बढी जनशक्ति आपूर्ति गर्नेछ।

मन्त्रिपरिषदअन्तर्गत उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको प्रशासनिक समितिले एक हजार ३३९ जना कर्मचारी आपूर्तिका टुंगो लगाएपछि न्यायापालिकामा केही वर्ष जनशक्ति अभाव पूरा हुने आशा बढेको छ। समितिले पहिलो चरणमा आर्थिक वर्ष २०७५/७६ का लागि सर्वोच्च र उच्च अदालतमा ४२४ कर्मचारी दरबन्दी प्रस्ताव गरेको छ।

दोस्रो चरणमा आर्थिक वर्ष २०७६/७७ मा पहाडी जिल्ला अदालतका लागि करिब साढे पाँच सय र ...


आज घटस्थापना : यस्तो छ उत्तम साइत !

काठमाडौँ - प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक ...


वामदेवका लागि काठमाडौं-७ का सांसद रामवीर मानन्धरले घोषणा गरे राजिनामा

काठमाडौं - काठमाडौं-७ का नेकपाका सांसद रामवीर मानन्धरले पार्टीसमक्ष राजीनामा दिएको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै मानन्धरले आफूले पार्टीसमक्ष राजीनामा पेश गरेको र पार्टी कमिटीले छिट्टै राजीनामा स्वीकृत गर्ने बताए ।

पत्रकारहरुको प्रश्नको उत्तर दिँदै सांसद मानन्धरले बामदेव गौतम पार्टीका लागि लामो त्याग गरेका र आफूजस्तो फुत्त राजनीतिमा आएको व्यक्ति नभएको भनी बामदेव गौतमको प्रशंसा गरे ।

देशमा शान्ति र समृद्धि आवश्यक भएकोले पार्टीले निर्णय गरे अनुसार आफू वामदेवका लागि निशर्त पद छोड्न तयार भएको उनले जिकिर गरे ।

सांसद मानन्धरले नेता गौतमले आफ्नो ...


यातायात संगठित घुसखोरी : ७ जना अधिकृत  सहित १० जना बिरुद्ध एकैपटक मुद्दा

काठमाडौँ - यातायात कार्यालयमा संगठित घुसखोरी संचालन भएको भेटिएको छ । घुस लिएर लाइसेन्स बाँडेको आरोपमा यातायातका प्रमुख सहित ७ जना अधिकृत र तल्ला तहका ३ कर्मचारी समेत गरि एकैपटक १० जना बिरुद्ध आज बिशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको छ ।

''यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र , बागमतिका कर्मचारीले आर्थिक लाभ घुस रिसवत लिएर परीक्षामा फेल भएका एवं ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमतिपत्र जारी गर्छन भन्ने आयोगमा दर्ता हुन आएको उजुरी उपरको अनुसन्धानको सिलसिलामा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमति ...


एक दम्पत्तीले गरे २० महिलाको हत्या ?

मेक्सिको - न्यान्सी नामक यी महिला आफ्नो शिशु भ्यालेन्टिनाका साथ सेप्टेम्बर ६ देखि हराइरहेकी थिइन् ।

मेक्सिकोमा बच्चालाई गुडाउने प्राममा मानव अङ्गसहित पक्राउ परेका दम्पतीले २० जना महिलाको हत्या गरेको स्वीकारेका छन् । उनीहरूलाई गत हप्ता बिहीवार पक्राउ गरिएको थियो। हराइरहेकी एक महिला र तिनको बच्चाको खोजबिन गर्ने सन्दर्भमा ती दम्पतीसँग भएको प्रामको खनतलासी गर्दा प्रहरीहरूले मानव अङ्ग भेट्टाएका थिए। पक्राउ परेका पुरुषले केही महिलाको बलात्कार पनि गरेको अनि तिनका हड्डी बेचिदिएको बताएका छन्।

कहाँ कहाँ भेटिए मानव अंग ?

अनुसन्धानकर्ताहरूले उक्त दम्पतीको कोठा तथा नजिकैको अर्को स्थानमा ...


बझाङमा जीप दुर्घटना, २ जनाको मृत्यु, १२ घाइते

बझाङ - बझाङको बाग्थलादेखि बिजगडा तर्फ जाँदै गरेको से १ ज ७२६ नम्बरको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

थप १२ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । जिप दुर्घटना के कति कारणले भएको हो भन्नेबारे थाह हुन सकेको छैन । त्यसबारे पहरीले अनुसन्धान गरिरहेको छ । घटनाको थप विवरण आउन सकेको छैन ।

...

भारतमा बन्धक बनाइएका तीन महिलाको उद्दार

काठमाडौं – ओमनमा कामका लागि पठाउने भन्दै दलालले भारत पु-याएका तीन नेपाली महिलाको उद्दार गरिएको छ। मनकामना एकता फाउन्डेसन र प्रहार जनशक्ति पार्टीले उत्तरी मुम्बैको एउटा घरमा बन्धक बनायर राखिएका तीन महिलाको उद्दार गरेको हो।

फाउन्डेसनका अध्यक्ष मोतिलाल न्यौपानेलाई एक जनाले तीन महिलाई एक घरमा बन्धन बनाइएको खबर गरेपछि उनको पहलमा महिलाहरुको उद्दार गरिएको हो। न्यौपानेले फाउन्डेसनका अन्य पदाधिकारीलाई खबर गर्दा फाउन्डेसनका पदाधिकारी कम्लेश सिंह जनशक्ति पार्टीको कार्यकर्ता रहेको र उनले आफ्नो पार्टीलाई खबर गरेपछि प्रहरीको सहयोगमा उनीहरुको उद्दार भएको हो।

उद्दार हुनेमा खोटाङकी २२ वर्षीया सिर्जना ...


कसैले सहयोग नगर्दा निर्मला पन्तको अपराधी पहिचान गर्न सकिन : प्रधानमन्त्री

काठमाडौं - राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन्। देखिहाल्नुभयो, सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन सकिएन। यस्तै समस्या तपार्इंहरूसँग गरेको तीनबुँंदे सहमति कार्यान्वयनमा भएको छ।’

राजपाका अध्यक्ष महन्थ ठाकुरले दुई पृष्ठको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई दिँदै राजपाका माग आगामी छठसम्म पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र फेरि मधेस आन्दोलनमा जाने चेतावनी दिए। प्रधानमन्त्री ओलीले आग्रह ...


अन्ततः सफल भए वामदेव, काठमाडौँ -७ बाट चुनाव लड्ने

काठमाडौँ - बर्दियामा पराजित भएका नेकपाका नेता वामदेव गौतमका लागि काठमाडौँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले छाड्ने भएका छन् । डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरुलाई राजीनामा गराउन असफल भएका वामदेवले रामवीरलाई राजीनामा दिन लगाएर काठमाडौँ क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने भएका हुन् ।

वामदेवका लागि काठमाडौँ क्षेत्र नम्बर ७ बाट राजीनामा दिन तयार भएको सांसद रामवीर मानन्धरको पत्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको जानकारी नेकपा उच्च स्रोतले दिएको छ ।

नेकपामा नेताबीच बढेको कलह मिलाउन र पार्टी एकतालाई ...


साना गाडीमा  टिकट बुकिङ आजबाट

काठमाडौँ - माइक्रोबस, हाइस र टाटासुमो व्यवसायीले दसैँका यात्रुका लागि मंगलबारबाट अग्रिम टिकट बुकिङ खोल्ने भएका छन् । यातायात व्यवस्था विभागसँग मंगलबार भएको छलफलपछि व्यवसायीले यस्तो सहमति गरेको विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए ।

‘मंगलबारबाट अग्रिम टिकट बुकिङ खोल्न व्यवसायी सहमत भएका छन्,’ उपाध्यायले भने । व्यवसायीले अग्रिम टिकट बुकिङ नगरेको तथा यात्रुसँग बढी भाडा लिएको विभागसमक्ष स्वीकारसमेत गरेको उनले बताए । ‘काठमाडौं उपत्यकाबाट यात्रु पु-याएर काठमाडौं फर्किंदा रित्तै फर्किनुपरेकाले बढी भाडा लिएको व्यवसायीले स्वीकार गरेका छन्,’ निर्देशक उपाध्यायले भने, ‘अबदेखि बढी भाडा नलिने सहमतिसमेत गरेका छन् ।’

विभाग–व्यवसायीबीच पाँचबुँदे सहमति
विभागका ...


निर्मला हत्या प्रकरण : अनुसन्धानमा संलग्न थप २ प्रहरी निलम्बित

काठमाडौँ - कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका थप दुर्इ जना प्रहरी निलम्बनमा परेका छन् । अनुसन्धानमा लापरबाही गर्ने प्रहरी नायव निरीक्षक हर सिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका हुन् ।

एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको सिफारिसमा उनीहरु निलम्बनमा परेको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले जानकारी दिए। चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन् ।

भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिस अनुसार यसअघि नै ६ जना प्रहरीलाई निलम्बित गर्ने निर्णय गरेको थियो।

निलम्बनमा पर्नेहरूमा एसपी डिल्ली विष्टसहित डिएसपी ...


फोहर प्रभावित ओखरपौवाका बासिन्दालाई महानगरले दियो एम्बुलेन्स

नुवाकोट - काठमाडौं उपत्यकाको फोहर विसर्जन गरिँदै आएको नुवाकोटको ककनी गाउँपालिकाको प्रभावित बासिन्दालाई सेवा पुर्याउन काठमाडौँ महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ ।

फोहर प्रभावित बासिन्दाले लामो समयदेखि माग गर्दै आएको एम्बुलेन्स पूर्वसहमतिअनुसार आइतबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामालाई प्रदान गरे ।

फोहर प्रभावित बासिन्दा बिरामी हुँदा अस्पताल लैजान हुँदै आएको कठिनाइ समाधानका लागि उक्त एम्बुलेन्स प्रदान गरेको र पूर्वसहमतिहरू आगामी दिनमा क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने प्रमुख शाक्यले बताए ।

कार्यक्रममा ककनीका अध्यक्ष तामाङले दुई वर्षको लागि भनेर फोहर फाल्न थालिएको सिसडोलमा ...


दाङमा दर्दनाक दुर्घटना, छातिबाट छिरेका सरिया ढाडबाट निस्किए

दाङ - जिल्लाको घोराहीमा आइतवार दर्दनाक दुर्घटना भएको छ । मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दिदा पैदल यात्रुको शरीरमा तीन वटा सरिया पसेका छन् ।

घोराही उपमहानगरपालिका १५ शहिद उमेशमार्गमा मोटरसाईकलले ठक्कर दिदा घोराही उपमहानगरपालिका ३ झिङनी निबासी ३८ बर्षिया तिला परियार उछट्टिएर सरिया बोकेको ट्याक्टरमा ठोकिदा छातिबाट सरिया छिरेका हुन् । छातिबाट छिरेका तीन वटा सरिया ढाडबाट निस्केका छन् ।

दुर्घटनालगत्तै सरिया काटेर घाइते परियारलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान राप्ती उपक्षेत्रीय अस्पतालमा पु¥याइएको थियो । अस्पतालमा आसियू सुविधा नहुँदा तत्काल भैरहवा रिफर गरिएको प्रतिष्ठानका सहायक निर्देशक डा. ...


भारतले नेपालको बिजुली किन खरिद गर्न चाहँदैन ?

 

काठमाडौँ - चीन र बंगलादेशसित ऊर्जा सम्झौता भए। अब यहाँबाट धमाधम बिजुली निकासी हुन्छ भन्दै रमाउनेहरू थुप्रै देखिए। भारतले हामीलाई सबै कुरामा ङयाँकेको छ। उकुसमुकस पारेको छ। भारतीय एकाधिकार र हैकमबाट कहिले मुक्ति पाइएला भन्ने छ, तर व्यवहारमा भारतप्रति दिनका दिन निर्भरता बढ्दो छ। भारतीय बिजुली आयात गरेर अहिले देश लोडसेडिङमुक्त छ। ऊर्जामा बढ्दो निर्भरताले राष्ट्रिय सुरक्षालाई चुनौती दिन्छ, जुन हामीले भारतले लगाएको नाकाबन्दीमा भोगिसकेका छौं। अहिले राष्ट्रिय विद्युत् प्रणाली भारतको हातमा छ। यो भनेको डरलाग्दो अवस्था हो। परनिर्भरताबाट उन्मुक्ति पाउने कहिले हो, अझै टुंगो ...


निर्मला पन्त बलात्कार-हत्या प्रतिवेदन सार्वजनिक, को-को तानिए ? (प्रतिवेदनसहित)

काठमाडौँ - गृह मन्त्रालयले कञ्चनपुर घटनासम्बन्धि छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि दबाब बढेको थियो । मन्त्रिपरिषदबाट स्वीकृत लिएपछि गृहले प्रतिवेदन सार्वजनिक गरेको हो ।

 

निर्मला पन्त बलात्कार-हत्या प्रतिवेदनको पूर्णपाठ

https://drive.google.com/file/d/1qnRRSnNgdoJa0JzkgsRW3kEDJKlHwpJd/view

...

सरकारले विप्लब र सिके राउतसंग किन वार्ताको पहल गरेन ?

काठमाडौँ - सरकारले विभिन्न समूहसँग वार्ता गर्न गत ८ भदौमा नेकपा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ताटोली गठन गरेको थियो । सरकारी वार्ताटोली गठन भएको डेढ महिना बितिसक्दा पनि नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पत्र पठाइएको छैन ।

सरकारी वार्ताटोलीले ४२ समूहको पहिचान गरी सबैलाई पत्र पठाइसकेको छ । तर, अझै पनि विप्लव समूहलाई वार्ताका लागि आधिकारिक पत्र पठाइएको छैन । ‘विप्लवजीहरूलाई पत्र पठाउने विषयमा छलफल भइरहेको छ,’ सरकारी वार्ताटोलीका संयोजक पाण्डेले भने, ‘तर उहाँका नेता कार्यकर्ता अझै हिरासतमा भएकाले कसरी वार्ताको वातावरण तयार गर्ने भन्ने विषयमा टुंगो ...


डा. सीके राउत रौतहटबाट पक्राउ

रौतहट - डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् । स्वतन्त्र मधेसको वकालत गर्दै आएका राउत जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट पक्राउ परेका हुन् ।

जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए । राउतलार्इ राज्य विरूद्घको अपराधमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको स्रोतले बतायो ।

...

पत्रकारको तलबमा २५ प्रतिशतले वृद्धि, गोरखापत्रको अध्यक्षमा भण्डारी

काठमाडौं - सरकारले गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । वरिष्ठ पत्रकार तथा लेखक स्तम्भकार भण्डारीलाई आइतवारको मन्त्रिपरिषद बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।

बैठकले यसअघिका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी भण्डारीलाई कार्यकारी अधिकार थपेर अध्यक्ष नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले गोरखापत्रका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण समेत मागेको छ ।

कागज खरिदमा अनियमितता गरेको भनेर छानविन चलिरहेका बेला उपाध्यायले सरकार विरुद्ध अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए । तर सर्वोच्च अदालतले उनको रिट खारेज गरेपछि सरकारले ३ दिनभित्र ...


आजबाट दसैंका लागि नयाँ नोट साटिने

काठमाडौं - विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी आज (आइतबार) बाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ। सर्वसाधारणलाई नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकका कार्यालयहरु तथा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यालयबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो।

मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पोहोर सालजस्तै यस वर्ष पनि नोट सटहीको व्यवस्था गरिएको जानकारी दिए।

५, १०, २०, ५० दरका दुई–दुई पाकेट र १०० दरको एक पाकेट गरी प्रतिव्यक्ति ...


चाडपर्वको मुखमा जनतालाई महँगीको मार

विराटनगर - चाडपर्वको मुखमा खाद्य सामग्रीमा आफूखुसी मूल्य बढाउने प्रवृत्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च अकासिएको छ। ढुवानी खर्च र परल मूल्य नै बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन्। यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन्।

विराटनगर, इटहरी, दमक, इलामलगायत ठाउँमा खाद्यवस्तुको मूल्य १० देखि ४० प्रतिशतसम्म बढेको छ। चामल, तेल, दाल, चिनी तथा तरकारीजस्ता अत्यावश्यक वस्तुको मूल्य बढेपछि सर्वसाधारण महँगीको चेपुवामा परेका हुन्।

चाडबाड नजिकिँदै जा“दा विराटनगरमा बजार मूल्य अकासिएको छ। दैनिक उपभोग्य वस्तुको भाउ सबैभन्दा ज्यादा बढेको छ । यस्तै, ...


पूर्वमन्त्रीदेखि जनप्रतिनिधिसम्म एलएलबीमा भर्ना

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयमा स्नातक तहमा कानुन शिक्षा अध्ययन गर्नेको संख्या अत्यधिक बढेको छ । अधिकतम पाँच सय क्षमताको त्रिविको आंगिक क्याम्पस नेपाल ल क्याम्पसमा झन्डै ११ हजार विद्यार्थी एलएलबी अध्ययनका लागि भर्ना भएका छन् । अवकाशप्राप्त कर्मचारी, इन्जिनियर, डाक्टर मात्र होइन, स्थानीय तहका जनप्रतिनिधि र पूर्वमन्त्रीसमेत भर्ना भएका छन् ।

नेपाल ल क्याम्पसका प्रमुख डा. डिएन पराजुलीका अनुसार एलएलबी प्रथम वर्षमा शुक्रबारसम्ममा १० हजार ८ सय ४५ विद्यार्थी भर्ना भएका छन् । यस वर्ष पूर्वश्रममन्त्री सरिता गिरीलगायत केही नेता एलएलबीमा भर्ना भएको प्रमुख पराजुलीले बताए । ‘आश्चर्यजनक तरिकाले विद्यार्थी भर्ना ...


किन गरियो अख्तियारको अनुसन्धान गर्ने अधिकार कटौती ?

काठमाडौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमित काम गर्ने निकायलाई अनुसन्धान गर्ने आयोगको अधिकार कटौती भएको जनाएको छ ।

यसअघिको संविधानले अनुचित कार्य र भ्रष्टाचार हेर्ने जिम्मा दिएको भए पनि अहिलेको संविधानले भष्ट्राचार मात्र हेर्ने जिम्मा दिएर अनियमित काम गर्ने निकायलाई अनुसन्धान गर्ने अधिकार कटौती गरेको आयोगले जनाएको हो ।

प्रमुख आयुक्त नवीन घिमिरेले अनियमितता पनि भष्ट्राचार नै भएकाले यसलाई हेर्ने अधिकार पनि आयोगलाई दिन आग्रह गरेका छन् । प्रमुख आयुक्त घिमिरेले नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी भ्रष्टाचारको मुद्दामा आयोगले गम्भीर अनुसन्धान गरिरहेको पनि स्पष्ट पारेका छन् ...


​मापसे गर्नेले लाइसेन्स फिर्ता लिन अब जाँच दिनुपर्ने, ८०% मिलाए मात्रै पास !

मोरङ - सवारी दुर्घटनालाई नियन्त्रण गर्न मोरङ प्रहरीले कडा खालको नयाँ नियम लागू गर्न लागेको छ । मादक पदार्थ सेवन गरी सवारी कुदाउँदा हुने दुर्घटना नियन्त्रण गर्न २३ असोजदेखि मापसे कारबाहीमा नयाँ नियम लागू गर्न लागेको हो ।

नयाँ नियमअनुसार मापसे गर्ने चालकले ट्राफिक प्रहरीसँग कक्षा लिएर मात्रै अब पुग्दैन । त्यस्तो चालकले परीक्षा नै दिनुपर्ने छ । ट्राफिकले सोध्ने ८० वटा प्रश्नको ८० प्रतिशत उत्तर सही दिए मात्रै थप कारबाही प्रकृया अघि बढ्छ । नभएसम्म लाइसेन्स फिर्ता गर्ने प्रक्रिया नै अगाडि बढ्दैन । प्रहरी कार्यालयमा ...


दुइ लाखमा यसरी मिलाइयो बलात्कारको घटना !

कालिकोट - दुई महिनाअघि कालिकोटमा भएको बलात्कारको घटना दुई लाख रुपैयाँमा मिलाइएको छ । पीडित किशोरीले बयान फेरेपछि बलात्कारका आरोपी जिल्ला अदालतको आदेशमा छुटेका छन् ।

सान्नी त्रिवेणी गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २५ साउनमा सोही गाउँपालिका-५ रिस्कोटका २८ वर्षीय जनकबहादुर बम पक्राउ परेका थिए । पीडित किशोरीले आफूलाई सान्नी त्रिवेणी गाउँपालिका-३ स्थित एक घरमा बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

उनले २५ साउनमा जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले जनकलाई पक्राउ गरेको थियो । जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनी पुर्पक्षका लागि थुनामा रहेका थिए ।

पैसाको लोभमा ...


सवारी जामका कारण  एम्बुलेन्समै बिरामीको मृत्यु

धादिङ - पृथ्वी राजमार्गमा मंगलबार रातिदेखिको जाममा फसेको एम्बुलेन्सभित्रै एक जना बिरामीको ज्यान गएको छ ।

चितवनको भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं लैजाँदै गरेकी चितवन सौराहाकी ५५ वर्षीया रजनी चौधरीको बुधबार बिहान ज्यान गएको हो । नौबिसे–नागढुंगा सडकखण्ड मर्मत र निर्माणका क्रममा भएको जाममा एम्बुलेन्स परेको थियो । समयमै बिरामीलाई अस्पताल पु¥याउन नसक्दा ज्यान गएको मृतकका आफन्तले बताएका छन् ।

चौधरी बोकेको एम्बुलेन्स टायलघरमा चार घण्टा जाममा फसेको थियो । मृतक चौधरीका आफन्तले सडकमा अत्यावश्यक एम्बुलेन्सलगायतलाई पनि बाटो खुलाउन नसक्ने प्रशासनको आलोचना गरेका छन् ।

चौधरीका छिमेकीले भने, ...


कपडा रंग्याउने केमिकल मिठाईमा, बानेश्वरको संगम स्वीटसमा शिलबन्दी !

काठमाडौं - बानेश्वरमा रहेको संगम स्वीटसले मिठार्इ बनाउनका लागि कपडामा रंग निकाल्न प्रयोग गरिने अखाध्य केमिकल प्रयोग गर्ने गरेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालाय र उपभोक्ताकर्मीसहितको अनुगमन टोलीले कपडामा प्रयोग गरिने ‘हाइड्रो वान’ भन्ने केमिकल प्रयोग गरेको फेला पारेको हो। शरीरका लागि हानिकारक रसायन प्रयोग भएको पाइएपछि मंगलबार शिलबन्दी गरिएको छ।

अनुगमनको क्रममा मिठाइ बनाउने स्थानमा ‘वन्ली युज फर टेक्सटाइल’ भनेर लेखिएको केमिकल भेटिएपछि शिलबन्दी गरिएको हो।पसलको भान्छा पनि फोहोर रहेको र तेल घेरै पटक प्रयोग गरेको भेटिएको अनुगमन टोलीले ...


प्रदेश एकको राजधानी : विराटनगरको विपक्षमा सत्तारुढ सांसद !

विराटनगर - प्रदेश राजधानी र नामकरणबारे टुंगो लगाउन जारी नेकपा प्रदेश संसदीय दलको बैठकमा फरक–फरक धारणा आएको छ । विराटनगरमा सोमबारदेखि जारी बैठकमा बोल्ने नेकपा सांसदले आफूलाई पायक क्षेत्रमै प्रदेश राजधानी हुनुपर्ने अडान राखेका हुन् ।

दुई दिनमा ५६ जनाले आआफ्ना धारणा राखेका छन् । मुख्यमन्त्री शेरधन राईलगायत चार जना मन्त्रीले बोलेपछि बैठक सकिनेछ । राजधानीका लागि आएका सुझावमाथि प्रदेश सरकारले थप छलफल गर्ने मुख्यमन्त्री राईले बताए । ‘हामी सबैको राय लिन्छौं’, उनले भने, ‘त्यसपछि संसद्को चालू बर्खे अधिवशनबाट दसैंअगावै राजधानी र नामको टुंगो गर्छाैं ।’

बैठकमा ...


कसलाई बिश्वास गर्ने : बलात्कार केशमा चिकित्सकको दुईथरि प्रतिवेदन !

काठमाडौं - १२ वर्षीया बालिका बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको छ बालिकाको शारीरिक जाँच गर्दा एउटा चिकित्सकले बलात्कार भएको तर अर्काले नभएको प्रतिवेदन दिएका छन् पीडितको शारीरिक अवस्थासँगै उचाईमासमेत चिकित्सकले फरक फरक राय दिएपछि अनुसन्धानसमेत प्रभावित भएको छ ।

धनुषाकी एक बालिकामाथि भएको जबर्जस्ती करणी सम्बन्धी मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पतालका चिकित्सकले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदन फरक फरक पाइएको छ गत भदौ ८ गते राति उनीमाथि स्थानीय २३ वर्षीय युवकले करणी गरेको अभियोग छ महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता एवं ...


...

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार स्ट्रक्ल्यान्ड, आर्थर र मोरूलाई

स्टकहोम - लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ ।

क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक भएकी छन् । सो विधामा नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन ।

उहाँभन्दा पहिला सन् १९०३ मा मरी क्युरीले र सन् १९६३ मा मारिआ गोइप्पर्ट९माएरले भौतिकशास्त्रतर्फ सो पुरस्कार पाएका थिए ।

डा. स्ट्रिक्ल्यान्डले अमेरिकाका डा. आर्थर याश्किन र फ्रान्सका डा. जेरा मोरूसँग आफूले लेजर फिजिक्सको क्षेत्रमा गरेका अनुसन्धानका लागि संयुक्त रूपमा नोबेल पुरस्कार पाएका ...


'सार्वजनिक काममा व्यक्तिको जग्गा प्रयोग गर्ने भए क्षतिपूर्ति दिनु' : सर्वोच्च अदालत

काठमाडौं - सर्वोच्च अदालतले सार्वजनिक सरोकारको कामका लागि व्यक्तिको जग्गा प्रयोग गर्दा सरकारले क्षतिपूर्ति दिनुपर्ने फैसला गरेकोे छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गत साउन १६ गतेको आदेशको पूर्ण पाठ सार्वजनिक गर्दै सार्वजनिक हितका लागि व्यक्तिको जग्गा प्रयोग गर्र्दा सरकारले क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ ।

आदेशमा सडक विस्तार गर्ने कार्य सार्वजनिक हितको कार्य भएको हुँदा सरकारले व्यक्तिको जग्गा लिँदा क्षतिपूर्तिको विषयमा नीतिगत निर्णय गरेर मात्र सडक विस्तारको कार्य गर्नु, गराउनु भनिएको छ ।

दोलखा जिल्ला, भीमेश्वर नगरपालिका भई हाल काठमाडौँ कागेश्वरी नगरपालिका–११ ...


अब जुत्ता नलगाइ गाडी चलाए लाइसेन्स खारेज !

काठमाडौं - दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् । यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् ।लाईसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि । यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने ।

दुर्घटना हुन नदिन ईलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलार्य जुत्ता अनिवार्य गर्ने गरेको हो ।

दुसै तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याईएको हो । चालकले जुत्ता लगाएर नलगाए जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही ...


बुहारी बलात्कार गर्ने दुइ जेठाजु पक्राउ

धादिङ - बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन । जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलार्ई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलाई प्रहरीले पक्राउ गरेको हो ।

आफुलाई दुई बर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि धादिङ प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको हो ।पछिल्लोपटक माइलो जेठाजुलाई यही असोज ५ गते तथा जेठो जेठाजुलाई गत साउन २८ गते बलात्कार गरेको पीडित बुहारीको भनाई छ ।

आफुलाई बलात्कार गर्न अरु मानिसहरुलाई समेत पठाएको पीडितको आरोप छ । अन्याय सहन ...


प्रेमिकासँग बस्न श्रीमती छोडेर भागेका डाक्टर प्रहरीको फन्दामा

सिरहा - मंगलबार साँझ सिरहाको लहानबाट अपहरण भएको भनिएका सप्तरी मल्हनिया–२ का डाक्टर सुभाष यादवलाई राति ११ बजे प्रहरीले फेला पारेको छ । सर्लाहीको नवलपुरमा भेटिएका डाक्टरले आफ्नी प्रेमिकासँग बस्नका लागि अपहरण शैलीमा भाग्न खोजेको रहस्य खुलेको छ ।

अर्की युवतीसँग प्रेम विवाह गरेको थाहा पाएर उनकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छुट्याउनका लागि डाक्टर यादवलाई एक महिनादेखि लहानमै राखिरहेका थिए। मंगलबार साँझ बजार घुम्न निस्किएका डाक्टर जिपमा चढेर एकाएक गयाब भए ।

सम्पर्क हुन छोडेपछि उनका आफन्तले अपहरणमा परेको हुन सक्ने भन्दै प्रहरीमा खबर गरे । ...


उपसचिवको बैंक खातामा भेटियो स्रोत नखुलेको २ करोड !

काठमाडाैं - घुससहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा २ करोड रुपैयाँ फेला परेको छ । बैंक खातामा रहेको रकमको स्रोत खुलाउन नसकेकाले त्यो रकम भ्रष्टाचारबापतकै भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।

२ महिनाअघि घुससहित पक्राउ परेका डिभिजन सडक कार्यालय रुपन्देहीका डिभिजन इन्जिनियर (उपसचिव) सुरेश ठाकुरको बैंक खातामा २ करोड रुपैयाँभन्दा बढी रकम भेटिएको हो । उनी १२ साउनमा ३६ लाख ७२ हजार रुपैयाँ घुससहित बुटवलमा पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा बैंक खातामा अस्वाभाविक रकम देखिएपछि उनको सम्पत्तिको समेत छानबिन अघि ...


निर्मला बलात्कार-हत्या काण्ड : आरोपित व्यक्तिमाथि अनुसन्धान नै भएन !

काठमाडौँ - कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा आरोपित व्यक्तिलाई अझैसम्म अनुसन्धानको दायरामा नल्याइएको यहाँ सार्वजनिक एक प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपाल मानव अधिकार सङ्गठनले पत्रकार बुधबार सम्मेलन गरी सार्वजनिक गरेको सो प्रतिवेदनमा प्रहरीले आरोपित व्यक्तिमाथि अझै अनुसन्धान नै शुरु नगरेकोे तर निर्दोष व्यक्तिलाई यातना दिइ पीडा दिएको जनाइएको छ ।

उक्त सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले सरोकारवालासँगको सङ्क्षिप्त बयान, स्थानीयसँगको छलफल तथा निर्मला पन्तको न्यायका लागि सङ्घर्षरत् ४० भन्दा बढी समाजका व्यक्तिसँग गरिएको छलफलको निचोडलाई प्रतिवेदनमा समेटिएको बताए ।

उक्त घटना अनुसन्धानका क्रममा भीमदत्त नगरपालिका– ...


नागरिकता बनाउने गिरोह सक्रिय, एउटा नागरिकताको ६० हजार !

राजविराज – एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ । सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले पनि सहजै पाउँछन् । चाहे त्यो विदेशी नागरिक नै किन नहोस्।

विभिन्न गाउँपालिका–नगरपालिका, वडा कार्यालय, प्रहरी र जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँगको मिलेमतोमा गिरोहले नागरिकता बिक्री गर्ने गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको हो । गिरोहले नागरिकताको मूल्य न्यूनतम ६० हजारदेखि दुई लाख रुपैयाँसम्म निर्धारण गरेको छ । नागरिकता लिन इच्छुक व्यक्तिको कामको ...


संसदमा गृहमन्त्रीको जवाफ : 'पुँजीवादका कारण बलात्कार बढ्यो'

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का गृहमन्त्री रामबहादुर थापा बादलले पुँजीवादका कारण बलात्कारका घटना बढेको बताएका छन् ।

बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री थापाले पुँजीवादले महिलालाई नाफा कमाउने मालका रूपमा प्रयोग गर्ने गरेकाले बलात्कार बढ्नुमा पुँजीवादको हात रहेको तर्क गरे । पछिल्लो समय देशभरि बढिरहेका बालिका बलात्कार र हत्याका घटनाबारे छलफल गर्न समितिले गृहमन्त्रीलाई डाकेको थियो ।

‘बलात्कारको सामाजिक र आर्थिक कारण पनि हेर्नुपर्छ । सबैभन्दा धेरै बलात्कार अमेरिकामा हुन्छ । त्यो पुँजीवादले जन्माएको हो । पुँजीवादले नाफा कमाउने मालका रूपमा ...


व्यक्तिगत काममा पनि रातो पासपोर्ट !

काठमाडौं - कूटनीतिक राहदानी (रातो पासपोर्ट) वाहक व्यक्तिले अब सरकारी कामको सिलसिलासँगै अन्य ‘विशेष काम’का लागि पनि राहदानी प्रयोग गर्न पाउने भएका छन् । आजको गोरखापत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

राहदानी ऐन संशोधन गर्न बनेको विधेयकमार्फत् संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कूटनीतिक राहदानी प्रयोगको दायरा बढाएको हो । विशेष काम कस्तो कस्तोलाई मान्ने रु भन्ने परिभाषा विधेयकले गरेको छैन । कूटनीतिक र विशेष राहदानी प्रयोगको व्यवस्था नियमावली वा कार्यविधिमार्फत तोक्नेगरि विधेयकमा सहमति गरिएको छ ।

कूटनीतिक राहदानी सरकारी कामको सिलसिलामा मात्र प्रयोग गर्न पाउने गरी ...


के बिप्लव माओवादीले बंगलादेशको कुनै समुहसँग सम्पर्क विस्तार गरेको हो ?

काठमाडौँ - जसरी २०२६ सालतिर बिपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगालेदशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए । र, चालिसको दशकमा रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड—बाबुरामले भारतमा आश्रय लिए ।

अहिले के विप्लव माओवादीले पनि बंगलादेशको कुनै समुहसँग त्यस्तै खाले सम्पर्क विस्तार गरेको हो ?

यसबारे तथ्य छिट्टै सार्वजनिक होला । तर, प्राप्त दस्तावेज र खर्च विवरणहरुले त्यस्तै देखाउँछ ।

प्रहरीद्धारा बरामद विभिन्न कागजातअनुसार बंगलदेशतर्फ सैन्यसम्बन्धी विविध सहयोगका लागि सम्पर्क र सहयोग भएको भुझिन्छ ।

हवाई मार्ग या फुलबारी नाकामध्ये ...


पप्पुले दुई अर्ब ५१ करोडको आयोजना अलपत्र पारे, भएका काम प्राय: गुणस्तरहीन !

काठमाडौं - पप्पु कन्स्ट्रक्सन बदनाम छ। देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ। काम भने धेरैतिर अलपत्र पारेको छ। अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको छ।

सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको हो। सडक विभागको प्रतिवेदनअनुसार ठेक्का पाएकामध्ये निर्धारित समय सकेर पनि उसले दुई अर्ब ५१ करोड रूपैयाँबराबरको आयोजना अलपत्र पारेको छ।

हात परेका अधिकांश आयोजना वर्षाैदेखि अलपत्र छन्। एउटै आयोजना सम्पन्न नभएको सडक विभागले जनाएको छ। पछिल्लो समय नेपाल राष्ट्र बैंकको बालुवाटारको भवनको ठेक्का पनि उसैले ...


बिस्कुट किन्न हिडेकी वालिका मृत फेला, बलात्कारपछि हत्या भएकोआशंका !

पोखरा - पोखराको पुम्दीभुम्दीमा बिस्कुट किन्न घरबाट पसल हिँडेकी १० वर्षीया बालिका मृत फेला परेकी छिन् । सोमबार साँझ साढे ५ बजे बिस्कुट किन्न पसल हिँडेकी पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित कोदीकी १० वर्षीया बालिका श्रीया विक मंगलबार मृत फेला परेकी हुन् ।

घरबाट पसलतर्फ जाने बाटोनजिकैको झाडीमा उनको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । स्थानीयले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेका छन् । बिस्कुट किन्न हिँडेकी श्रीया अबेरसम्म घर नआएपछि आफन्तले खोजी सुरु गरेका थिए । मंगलबार बिहान ८ बजेतिर स्थानीयले उनको शव देखेपछि ...


किन गरे पूर्वाञ्चल विश्वविद्यालयमा विद्यार्थीले तालाबन्दी ?

काठमाडौँ - कर्मचारी नियुक्तिमा अनियमितता गरेको भन्दै अनेरास्ववियु र नेविसंघले पूर्वाञ्चल विश्वविद्यालयमा छुट्टाछुट्टै तालाबन्दी गरेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले एक महिनादेखि र नेविसंघले एक सातादेखि तालाबन्दी गरेका हुन् ।

कर्मचारी नियुक्तिमा धाँधली भएको भन्दै अनेरास्ववियु र अखिल क्रान्तिकारीले सेवा आयोग र उपकुलपति कार्यालयमा तालाबन्दी गरेका छन् । नेविसंघले भने उच्च तहका कर्मचारी नियुक्तिमा नातावाद लगाएको भन्दै उपकुलपति, रजिस्ट्रार, आर्थिक प्रशासन र सबै संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीले कर्मचारी खुल्ला नियुक्ति गर्न आवेदनबापत लिएको पैसा फिर्ता गर्नुपर्ने, जथाभावी कर्मचारी नियुक्तिको छानबिन हुनुपर्ने, विद्यार्थी नै ...


फेरियो तस्करीको बाटो : रसुवाबाट जंगल हुँदै टोखा ल्याइएको ३ किलो सुन बरामद

काठमाडौँ - प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्कर गरी काठमाडौं भित्र्याइएको ३ किलो सुन टोखाबाट बरामद गरेको छ । बरामद सुनको बजार मूल्य डेढ करोड रुपैयाँभन्दा धेरै छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ ५ः३० बजे टोखाको साईबाबाचोकबाट सुन बरामद गरेको हो ।

तस्करीमा संलग्न रसुवा गोसाइँकुण्ड–१ का २४ वर्षीय नरबहादुर घले र २० वर्षीय पेम्बा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले रसुवाको जंगल हुँदै काठमाडौंको शिवपुरीबाट सुन टोखा ल्याएका थिए । बा.७३प ३४० नम्बरको निलो पल्सर मोटरसाइकलमा उनीहरूले सुन ल्याएका थिए ।

प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त ...


दसैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुल्यो !

काठमाडौ - दसैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि सुरु भएको छ ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घको हिजो बसेको बैठकले अग्रिम टिकट बुकिङ आजबाट खुला गर्ने निर्णय गरेको हो । यसअघि यही असोज ५ गतेबाट टिकट बुकिङ खुला गर्ने भनिए पनि इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यावसायीहरूले रोकेका थिए ।

सरकारले १० प्रतिशत गाडी भाडा बढाएपछि महासङ्घले टिकट बुकिङ खुला गर्ने निर्णय गरेको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले न्युज सेवा डट कमलाई जानकारी दिए । सिटौलाका अनुसार काठमाडौँबाट बाहिरिने सबै नाकामा टिकट बुकिङ खुला गरिएको ...


आजबाट सोह्रश्राद्ध शुरु, के छ यसको महत्व ?

काठमाडौँ - प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि ...


घरेलु कामदार बनाउने प्रहरीको पेन्सन काटिने

काठमाडौं - तल्ला तहका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकारीको पेन्सन काटिने भएको छ। गृहमन्त्रलायले यस्ता प्रहरी अधिकारीको पेन्सन कट्टा गेर्न तयारी थालेको छ।

कानुनविपरीत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकृतको पेन्सन कट्टा गर्ने तयारी गरेको गृहका सहप्रवक्ता एकदेव अधिकारीले जानकारी दिए। कामदारका रुपमा रहेका सुरक्षाकर्मीले बुझ्दै आउको तलब सुविधाबराबर पेन्सन कट्टा हुने बताए।

त्यस्तै गृहका अनुसार दुवै प्रहरी संगठनमा पाँचसय भन्दा धेरै सुरक्षाकर्मी घरेलु कामदारका रुपमा रहेका छन्। विगतमा बनेको सुरक्षा कार्यविधिअनुसार भूतपूर्व प्रहरी महानिरीक्षकले एक फलोअर्स, एक चालक र एक अंगरक्षक गरी तिन ...


निर्मला हत्या प्रकरण : प्रहरीको अनुसन्धान शून्य

कञ्चनपुर - जिल्लाको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको छ । ठीक दुई महिना अगाडि, गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो ।

घटनाको भएको दुई महिना भइसक्दा पनि दोषी पहिचान हुन सकेको छैन । साउन ११ देखि नै अनुसन्धानमा जुटेको प्रहरी प्रशासनले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन । अनुसन्धान प्रगति शून्य जस्तै ...


एक  दर्दनाक घटना : बलात्कारी बाबुले भने - ‘छोरी मलाई फाँसी देउ’

ललितपुर - सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी चापागाउँ (ग) कुमारीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ ।

अनुसन्धानपछि यो घटना सत्य सावित भएसँगै जिल्ला अदालतले बलात्कारी बाबुलाई २६ वर्ष कैद सजाय सुनायो । न्यायाधीश अवनी मैनालीको एकल इजलासले अन्तिम आदेश जारी गर्दै गएको सोमबार यस्तो फैसाला सुनाएको हो । उनले आफ्नी छोरीलाई गएको चैत १५ गते बेलुकी साढे ९ बजेदेखि २०७५ साउन १० गतेसम्म पटकपटक ...


प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको हेडक्वार्टरको निष्कर्ष !

काठमाडौं - प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ। एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले गम्भीर प्रकृतिको लापरबाही भएको ठहर गरेको हो।

समितिले तत्कालीन समयमा फिल्डमा खटिएका प्रहरी अधिकृतहरुले लापरबाही गर्दा प्रहरी संगठनको समेत बदनाम भएको जनाएको छ । गल्ती गर्ने अधिकृतहरुलाई कारबाही गर्न प्रहरीले कानुन शाखाका प्रहरी उपरीक्षक एसपी गणेश रेग्मीको संयोजकत्वमा छुट्टै टोली बनाएको छ।

त्यस्तै अनुसन्धान पाटोमा कहाँ कमजोरी भएको हो भन्नेबारे अनुसन्धान गर्न डिएसपी रमेश थापा खटिएका छन् भने ...


सरकारले तोक्यो नयाँ भाडादर, कहाँ जान कति ? (सूचीसहित)

काठमाडाैं - सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ। यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो।

शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो। विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर रु १४ कायम गरेको छ भने अधिकतम रु २७ हुनेछ। न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु रु १४ तिर्नुपर्नेछ। साविकमा रु १३ न्यूनतम भाडा भए पनि सवारी साधनले यात्रुसँग रु १५ लिँदै आएका थिए।

नयाँ व्यवस्थाअनुसार पाँच किलोमिटरसम्म रु १६, ...


२५ वर्ष नपुगेकालाई मदिरा पिउन प्रतिबन्ध !

गोरखा - अब २५ वर्ष उमेर ननाघेका मगर युवालाई मदिरा पिउन प्रतिबन्ध लगाइएको छ । नेपाल मगर संघले जिल्ला÷जिल्लामा रहेको समितिलाई उक्त अभियानलाई सफल बनाउन अनुरोधसमेत गरेको छ।

युवा जनशक्ति रक्सी र चुरोटलगायतका कुलतमा लाग्ने क्रम धेरै देखिएकाले भोलि देशमा नेतृत्व गर्ने जनशक्ति अभाव हुन सक्ने भन्दै गोरखामा भएको नवौं केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

‘सिक्ने, शिक्षा लिने, युवाको जोस जाँगरको उमेरमा अहिले युवाले चुरोट, रक्सी खाएर बिताउने क्रम बढेको छ, यसलाई निरुत्साहित गर्नुपर्ने निष्कर्षसहित मगर संघको नवौं बैठकले २५ वर्षभित्रका मगर युवालाई मदिरा बन्देज ...


निर्मला हत्या यता प्रदेश ७ मा मात्रै २८ बलात्कृत

धनगढी - कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्। यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना भएको प्रदेश ७ प्रहरी कार्यालयको तथ्यांक छ। असोज ४ मा भएको बलात्कारको घटना भने यो तथ्यांकमा समावेश छैन। योसमेत यस प्रदेशमा साउनयता बलात्कारका २८ वटा घटना भएका हुन् । प्रदेश ७ मा पर्ने कञ्चनपुर उल्टाखामकी निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव ११ गते भेटिएको थियो।

प्रदेश ७ का प्रहरी प्रमुुख प्रहरी नायब महानिरीक्षक सुरज ...


तेजाब आक्रमणकी घाइते सम्झनाको मृत्यु, बहिनीलाई  डिस्चार्ज गर्ने तयारी !

काठमाडौं - तेजाब आक्रमणमा घाइते भई उपचाररत रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ। आइतबार राति ११ बजेर ४० मिनेटमा १८ वर्षीया सम्झनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो। उनको आइसीयूमा उपचार भइरहेको थियो।

सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य छ। उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो। यस्तो अवस्था चिकित्सकीय भाषामा 'मेजर बर्न (गम्भीर जलेको) हो।

मेडिकल भाषामा 'सेप्सिस' (संक्रमण) अवस्थामा रहेकी उनको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन ...


मिलको फितामा बेरिएर महिला गम्भीर घाइते

विराटनगर - शनिबार मिलको फितामा एक महिलाको कपाल बेरिन पुग्दा गम्भीर घाइते भएकी छिन् ।

ट्याम्के–मयुम गाउँपालिका–४ स्थित मिलको फित्तामा बेरिएर स्थानीय ३६ वर्षिया प्रितन्जली राई घाइते भएकी हुन् । आफ्नै घरमा रहेको मिलमा धान कुटाउने क्रममा राईको कपाल मिलको फित्तामा बेरिएको इलाका प्रहरी कार्यालय दिल्पाले जनाएको छ।

गम्भीर घाइते भएकी राईलाई उपचारको लागि हेलिकोप्टरद्वारा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

...

प्रहरी जवानले किन हाने आफैले आफैंलाई गोली ?

स्याङ्जा - स्याङजामा ड्युटीमा रहेका प्रहरी जवानले आफ्नै राईफलले आफ्नो च्यापुमा गोली हानी आत्महत्या गरेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार कारागार स्याङ्जामा कार्यरत नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ घर भएका प्रहरी जवान जितेन्द्र थापा मगरले आफैैले आफैलाई गोली हानेका हुन्।

कारागार प्रमुख बुद्धिप्रसाद शर्माले एकजना प्रहरी जवानले ड्युटीमै आफैंले आफैलाई गोली हानेको पुष्टि गरे । उनले मृतकका विषयमा थप बुझ्ने कार्य भइरहेको जानकारी दिए ।

प्रहरीका अुनसार कारागारको मूल गेटमा ड्युटीमा खटिएका उनले आफूसँग रहेको मार्का ४ राईफलबाट १ राउण्ड गोली आफ्नै च्यापुमा ...


गुजरातबाट चोरेर ल्याएको ७१ लाख नगद सहित एक पक्राऊ

टीकापुर - भारतको गुजरातबाट ल्याउँदै गरेको ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँसहित प्रहरीले भजनी नगरपालिका–३ बर्दवाफाटाबाट एक जनालाई पक्राउ गरेको छ ।

जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीले लम्कीचुहा नगरपालिका १ का ३१ वर्षीय कृष्णराज जोशीलाई आइतबार पक्राउ गरेको हो । जोशीले से ४ प ६७६० नम्बरको मोटरसाइकलमा नेपाल(भारत सीमाको मरियाघाटबाट बोरामा आलु, केही किराना सामान र पैसा लुकाइ ल्याएका थिए । जोशीको भनाइ उदृत गर्दै इलाका प्रहरीका कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले चोरीमा ५ जना संलग्न रहेको बताए ।

असोज ३ गते ...


निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह

काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन्।

काठमाडौंमा सम्पन्न महासंघको ११ औं अधिवेशनमा कांग्रेसकै बागी उम्मेदवार निवर्तमान महासचिव रामशरण देउजा, वामगठबन्धननिकट व्यवसायी यज्ञध्वज कार्की र स्वतन्त्र उम्मेदवार पुरुषोत्तम मानन्धरलाई पराजित गर्दै सिंह निर्वाचित भएका हुन्।

सिंह यसअघि महासंघको केन्द्रीय सदस्य, कोषाध्यक्ष, द्वितिय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको रुपमा लामो समय काम गरेका व्यक्ति हुन्। वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनबाटै युवा व्यवसायी निकोलश पाण्डे निर्वाचित भएका छन्।

यस्तै एसोसिएट उपाध्यक्षमा आङदोर्जी लामा, महासचिवमा रोशन दाहाल, नीतिगत उपमहासचिवमा टंकप्रसाद चौलागाई, आन्तरिकतर्फको उपमहासचिवमा नरहरी थपलिया विजयी भएका छन्। ...


दसैंको टीकाको साइत सार्वजनिक

काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ ।

असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने बताए ।

असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ । त्यसैदिन बिहान ...


धनाढ्य एकल महिलालाई जालमा पार्ने युवक पक्राउ, यसरी पार्दोरहिछ जालमा !

अहमदाबाद (बिबिसी) - एकल महिलासँग बिहा गर्ने नाममा लाखौं ठगि गर्दै हिँडने एकजना युवकलाई गुजरात प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीका अनुसार, यो ठगले सम्बन्ध विच्छेद भएका र पति गुमाएका महिलाहरुसँग विवाह गर्ने भनेर लाखौं असुल्दै आएको थियो ।

ठगीको आरोपमा परेको २४ वर्षीय जुलियन सिन्हा एकजना पूर्व सैनिकको छोरा रहेको बताइन्छ । युवकले कैयन वैवाहिक साइटमा दर्जनाबढी नक्कली एकाउण्ट बनाएको थियो । आफूलाई सेनाको अधिकृत बताएर उसले एकल महिलालाई निशानामा पार्दै आएको थियो ।

उसको प्रोफाइल हेरेर चासो राख्ने महिलाहरुलाई उसले फोनमा कुरा गर्ने गरेको थियो ...


ढिलो र गुणस्तरहीन काम गर्ने पप्पु कन्स्ट्रक्सनलाई फेरि नयाँ सरकारी ठेक्का

काठमाडौं - दर्जनौं पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने निश्चित भएको हो ।

पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले आइतबार औपचारिक रूपमा यसको घोषणा र सम्झौता गर्दै छ ।

पप्पु यसअघिदेखि नै ठेक्का ओगट्ने तर समयमा काम नसक्ने कम्पनीका रूपमा बदनाम छ । निर्माण गरिएको संरचना पनि गुणस्तरहीन रहेको गुनासो बढेपछि सरकारले छानबिनसमेत ...


 प्रधानमन्त्री अमेरिका प्रस्थान, कार्यवाहक प्रधानमन्त्रीको जिम्मा ईश्वर पोखरेललाई  !

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा सहभागी हुन शनिबार न्युयोर्क प्रस्थान गरेका छन् । पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख सल्लाहकार विष्णु रिमालसहित करिब दुई दर्जन प्रतिनिधिमण्डलका साथमा प्रधानमन्त्री न्युयोर्क गएका हुन् । प्रधानमन्त्रीले राष्ट्रसंघको ७३औँ महासभालाई ११ असोजमा सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मुहम्मद कुरेसीसँग बेग्लाबेग्लै हुने भेटमा सार्कको शिखर सम्मेलनमा जोड दिने तयारीसमेत गरेका छन् । संयुक्त राष्ट्रसंघले तयार गरेको कार्यक्रमअनुसार प्रधानमन्त्री ओलीले ११ असोज अपराह्न दोस्रो सत्रको दसौँ वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा भारत र ...


दसैंको मुखैमा गाडी भाडा बढ्यो !

काठमाडौँ - सरकार र यातायात व्यवसायीबीच दशैँको टिकट खुलाउने निर्णयसँगै १० प्रतिशत भाडा बढाउने सहमति भएकाे छ । सार्वजनिक यातायातमा आजैदेखि लागू हुने गरी भाडा वृद्धि भएको हाे ।

गत ३१ भाद्रमा यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ताका प्रतिनिधि, सुरक्षा निकाय समेतका प्रतिनिधि सम्मिलित बैठकमा महासंघले ५ असोज देखि दशैंका लागि अग्रीम बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो । तर बुकिङ खुल्ला गर्नु भन्दा अगाडि नै आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेकाले सरकारले मुल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै बुकिङ रोकेको थियो ।

आज भौतिक ...


नेता-कार्यकर्तालाई कर्मी मौरीझैँ बन्न प्रधानमन्त्रीको निर्देशन !

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई प्राप्त जनताको विश्वास र भरोसालाई तलमाथि हुन नदिने बताएका छन् ।

वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्र्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारसँग समृद्धिको स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम रहेको बताउँदै त्यसका लागि सुदृढ सङ्गठन तथा जनताको विश्वास र भरोसा रहेको बताए ।

उनले भने, ‘यो विश्वासमा धरमर ल्याउन पिपिरी बजाउनेहरू छन् । यसले केही हुनेवाला छैन । हाम्रा कामले जनताका विश्वासमा तलमाथि हुन दिइने छैन । अग्रजहरूका महान् उद्देश्य ...


पार्टी एकताबारे प्रचण्डको यस्तो टिप्पणी !

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकताले समृद्धि र समाजवादको यात्रालाई सहज बनाएको बताएका छन् ।

वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाले केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलताका बीच पनि वाम आन्दोलन र यसलाई टुंगोमा पु¥याउन सतिसालजस्तै प्रस्तुत हुनु नेतृ साहनाको साहसी कदम भएको बताए ।

नेता झलनाथ खनालले राणा शासन हुँदै पञ्चायतविरोधी आन्दोलनमा नेत्री प्रधानको स्थान महत्वपूर्ण रहेको जनाउँदै प्रधानले संविधानसभाको निर्वाचन, लोकतान्त्रिक संविधान निर्माणमा समेत प्रेरणादायी भूमिका ...


जथाभावी फोहर फाल्नेलाई बढी कर : मन्त्री पण्डित

भक्तपुर - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताएका छन् ।

आज भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३० औँ हप्ता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ हप्ताको अवसरमा आयोजित बुलेटिन विमोचन कार्यक्रममा बोल्दै मन्त्रि पण्डितले यस्तो विचार व्यक्त गरेका हुन् ।

स्थानीय सरकारले करको दायरा घटाउनुपर्ने बताउँदै मन्त्री पण्डितले नेपाललाई सफा र सुन्दर बनाउने कार्यमा अवरोध पुऱ्याउँदै प्रदूषण तथा फोहर गर्नेलाई जतिसक्दो बढी कर लगाउनुपर्ने विचार व्यक्त गरे ।

नेपाल सुन्दर, स्वस्थ र ...


मेलम्चीको बाध बनाउन ल्याइएको सिमेन्ट खुसुक्क पसललाई बिक्रि !

काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको बाँध निर्माणका लागि खरिद गरिएका ४ सय ४० बोरा सिमेन्ट निजी पसललाई बिक्री भएको खबरप्रति खानेपानी मन्त्रालयकाे गम्भीर ध्यानकर्षण भएको छ ।

आज मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय गौरवको आयोजना निर्माणको कार्यमा देखिएको यस्तो लापरवाहीप्रति मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ ‘यस किसिमको लापरवाहीप्रति मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनी सिएमसी थप जिम्मेवार भई काम गर्न मन्त्रालयको तर्फबाट सचेत गरिन्छ ।’

मन्त्रालय र सम्बन्धित निकाय आयोजना सम्पन्न गर्न अहोरात्र खटिरहेका बेला यस किसिमको घटना हुनु ...


शनिवार अमेरिका उड्दै प्रधानमन्त्री, यस्तो छ कार्यतालिका !

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ प्रस्थान गर्ने भएका छन्। उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहने छिन्।

असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति मार्फत जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार ...


रिहा हुँदै प्रकाण्ड !

काठमाडौँ - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले यस्तो रणनीति बनाएको हो । पक्राउ परेका नेकपाका अन्य नेता–कार्यकर्ताको हकमा पनि यही नीति अपनाउन सरकार तयार भएको छ ।

सरकारद्वारा गठित राजनीतिक वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलबीच बिहीबार गृह मन्त्रालयमा भएको छलफलमा अबदेखि अदालतले रिहाको आदेश दिएपछि नेकपाका कुनै पनि नेता–कार्यकर्तालाई अर्को घटनासँग सम्बन्धित मुद्दा लगाएर पक्राउ नगर्ने समझदारी भएको हो ।

‘गृहमन्त्रीज्यूलाई हामीले नेकपा वार्ताका ...


न्यायधीश जोशीलाई फेरी किन लगाइदैछ महाअभियोग ?

नेकपाका सयभन्दा बढी सांसदको हस्ताक्षर संकलन
संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीले न्यायाधीश पदबाट राजीनामा नदिए सत्तारुढ दल नेकपाले महाअभियोग लगाएर हटाउने तयारी गरेको छ । सर्वोच्चमा फर्केर जोशीले संसद्को मानमर्दन गरेको निष्कर्ष निकाल्दै महाअभियोग लगाउन नेकपाले आफ्ना सांसदको हस्ताक्षर संकलन थालेको छ । बिहीबार मात्र सयभन्दा बढी सांसदको हस्ताक्षर भइसकेको छ ।

यसअघि प्रधानन्यायाधीशका लागि प्रस्तावित जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । त्यसपछि उनीभन्दा कनिष्ट ओमप्रकाश मिश्र सर्वोच्चको प्रधानन्यायाधीश नियुक्त भइसकेका छन् । संसद्बाट अस्वीकृत भएपछि जोशीले राजीनामा दिने अनुमान गरिएको थियो । तर, उनले मिश्रकै मुनि ...


निर्मला हत्या : कहाँ पुग्यो अनुसन्धान ?

काठमाडौं - दुई महिना हुन लाग्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बालत्कारपछि हत्या घटनाको अनुसन्धान शुन्यमै छ ।अनुसन्धान लाम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । प्रहरीले सुरुवाती अनुसन्धानमा लापरबाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् ।

जसकारण अनुसन्धान डिएनए र पोस्टमार्टमा रिपोर्टमा भर पर्नुपरेको छ । निर्मलाको पोस्टमार्टमा रिपोर्टमा बलात्कारपछि नै हत्या गरिएको उल्लेख छ । सेती अञ्चल अस्पतालमा भएको पोस्टमार्टममा मृत्युको कारण घाँटी अठ्याएर भन्ने उल्लेख छ ।

बालत्कारपछि आफ्नो पहिचान खुल्ने डरले बलात्कारीले घाँटी अठ्याएर हत्या गरेको हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । ...


टिकट लिन आएका यात्रु रित्तो हात फर्किए !

काठमाडौं - नेपालीहरूको महान् चाड दशैँमा घर जाने यात्रु टिकट लिन आज बिहानै नयाँ बसपार्क आए पनि अग्रिम टिकट बुकिङ खुला नहुँदा खाली हात फर्किएका छन् ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले लामो दूरीका सवारी साधनको आजदेखि टिकट बुकिङ खुला गर्ने भनेका कारण नयाँ बसपार्कमा टिकट लिन आएका यात्रु अग्रिम टिकट बुकिङ खुला नहुँदा रित्तो हात फर्किएका हुन् ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहनविक्रम केसीले एकबिहानै टिकट लिन नयाँ बसपार्क आएका यात्रु टिकट नपाएपछि फर्किनुपरेको जानकारी दिए । ‘टिकट लिन आएका १०÷१५ यात्रु अहिलेसम्म ...


विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

 

मलेसिया - मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । मलेसियाका लागि कार्यवाहक राजदूत कुमार राज खरेलले दिएको जानकारी अनुसार ज्यान जानेमध्ये ६ जना नेपाली रहेको पुष्टी भएको हो ।

सञ्जय उराव, विशाल बुढाथोकी र मिमबहादुर घलेको नाम खुलेको र बाँकी तीनजनाको नाम खुल्न बाँकी रहेको उनले जानकारी दिए । विषाक्त रक्सी पिउँदा अरु १७ जना नेपाली बिरामी भएका छन् । उनीहरुको मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

प्राप्त जानकारी अनुसार सनगाइ बुलह अस्पतालमा ५ जनाको निधन भएकाे छ भने ९ जनाको ...


चार वर्षमा चार सरकार, एकपटक संविधान संशोधन

काठमाडौँ - संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको आज तीन वर्ष पूरा भएको छ । ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको थियो ।

यसबीचमा स्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भएका छन् । ७ माघ ०७४ अघि नै संवैधानिक व्यवस्थाअनुसार मुलुकका यी कार्यभार सकिएका हुन् । अहिले ७ सय ५३ स्थानीय, सात प्रदेश र संघीय गरी मुलुकमा ७ सय ६१ सरकार क्रियाशील छन् । सातवटै प्रदेशमा प्रदेश सभा तथा संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभा गठन भई काम अघि बढिसकेको ...


संविधान दिवसबारे फोरम विभाजित, कार्यकर्ता अलमलमा !

जनकपुरधाम - असोज ३ मा संविधान दिवस मनाउने कि कालो दिवस भन्ने विषय तराई मधेसमा यतिबेला चर्चामा छ। मधेसकेन्द्रित दल राजपा नेपालले असोज ३ लाई कालो दिवसका रूपमा मनाउने घोषणा गरेको छ । मधेसबाट पहाड उक्लिन लागेको अर्को दल संघीय समाजवादी फोरम नेपालका नेताकार्यकर्ता त्यस विषयमा विभाजित देखिएका छन्।

फोरमको प्रदेश २ कार्यसमितिले बन्दुकको बलमा जबरजस्ती संविधान जारी भएको दिनलाई कालो दिनका रूपमा मनाउने औपचारिक निर्णय नै सार्वजनिक गरिसकेको छ । फोरमकै नेतृत्वमा रहेको प्रदेश २ सरकारले भने पार्टीको उक्त निर्णय कार्यान्वयन गर्न नसकिने प्रतिक्रिया दिएको ...


संविधानको तीन बर्ष : नेता मालामाल, जनताको बेहाल !

काठमाडौं - सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले तेस्रो बर्ष आजबाट पुरा गर्दै छ । जनताको ७० वर्ष भन्दा लामो प्रतिक्षा र पटक पटकको संघर्षपछि जारी भएको संविधान देश र जनताको पक्षमा कार्यान्वयन हुने अपेक्षा गरिएको थियो ।

तर, जनचाहना अनुरुपको प्रतिफल दिन भने संविधान सफल भएको देखिदैन । संबिधान सफल नहुनुमा राजनितीक दल र उनीहरुको ईच्छाशक्ति बाधक बन्दै गएको छ । संविधान जारी भएको तीन बर्ष वितिसक्दा पनि मौलिक हक अन्तर्गतका कानुन फास्टट्रयाक मार्फत पारित हुनुले जनताको परिवर्तनका आकांक्षालाई कसरी सम्वोधन गरिरहेका छन भन्ने ...


पश्चिम सेतीः चिनियाँ कम्पनि थ्री गर्जेजसँगको सम्झौता खारेज

काठमाडौं - लगानी बोर्डले ७५० मेगावटको पश्चिम सेती जलाशययुक्त जलविधुत् आयोजना विकासका लागि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन सिटिआईसँग भएको समझदारी औपचारिक रुपमै खारेज गरेको छ ।

मंगलबार बसेको बोर्डले ३२ औँ बैठकले यस्तो निर्णय गरेको हो । ०६८ मा भएको सम्झौताअनुसार सात बर्षभित्र अर्थात आगामी चैत्रभित्र योजना सकिनुपर्ने थियो, तर साढे ६ बर्षसम्म काम नै सुरु नभई सम्झौता खारेज भएको छ ।

थ्री गर्जेजले पश्चिम सेती अघि बढाउन अनिच्छा परियोजना विकासको उपयुक्त ढाँचा सिफारिस गर्न उर्जामन्त्री, अर्थमन्त्री र लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत रहने गरी ...


धावनमार्गमा आएको समस्याले विमान आकाशमै होल्ड !

काठमाडौं - धावनमार्गमा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ ।

रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ५ः४० बजेदेखि आकाशमै ‘होल्ड’ भएका छन् ।

धावनमार्ग सामान्य चर्किएपछि मर्मतका लागि विमान केही समयका लागि होल्डमा बस्नुपरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । अबको केही समयपछि नै उडान अवतरण सामान्य हुने उनले उल्लेख गरे ।

खासगरी वर्षायाममा विमानस्थलको कोटेश्वरतर्फको रनवेमा पटक–पटक समस्या आउने गरेको छ ।

...

निर्मला हत्याकाण्ड : सेना तिर तेर्सियो निसानी, १९ सुरक्षाकर्मीको सिमकार्ड जफत !

काठमाडौं - कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कार–हत्याकाण्डको अनुसन्धान गरिरहेको उच्चस्तरीय छानबिन समितिले आशंकाको सुई नेपाली सेनातिर तेर्स्याएको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘‘निर्मलाको शव पाइएको स्थान नजिकै सेनाको ब्यारेक रहेछ, कतिपय सूचना सेनाबाटै घटना भएको हुनसक्छ भन्ने पनि आएका छन् ।’

तत्कालीन एसपी डिल्लीराज विष्ट भएकै बेला साउन १० गते बाहिर निस्किएका सेनाको विषयमा पनि अनुसन्धान गर्न सुझाव दिइएको थियो । एक प्रहरीका अनुसार सेनाका केही जवानको मोबाइल नम्बर पनि अनुसन्धानका लागि सिआइबीको टोलीलाई उपलब्ध गराइएको थियो ।

निर्मलाको बलात्कारपछि हत्या कसले गर्यो भन्ने अझै ...


रेशम चौधरी छुट्नुपर्यो अनि सरकारमा जान्छौं : राजेन्द्र महतो

नेपालगञ्ज - राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताएका छन् । मंगलबार यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित र जनजातिका अधिकारलाई सम्बोधन गर्न नसकेको बताए ।

संविधानलाई समयानुकूल संशोधन नगरेका कारण संविधान दिवसलाई उत्सवको रुपमा मनाउने अवस्था नरहेको उनले बताए । संविधान संशोधनका विषयमा छ महिनासम्म पार्टीले आन्दोलन गरेको स्मरण गराउँदै नेता महतोले वर्तमान सरकारमा सहभागिताभन्दा पनि राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको र सरकारमा सहभागी नभए पनि बाहिरबाट समर्थन भने ...


मामाले भान्जिलाई गराए सामुहिक बलात्कार

काठमाडौं - काठमाडौंको भीमढुंगाको एक होटलमा सामूहिक बलात्कारमा परेकी युवतीलाई उनकै ‘मामा’ले सामूहिक बलात्कार गराएको खुल्न आएको छ । केही दिनदेखि हराइरहेकी नुवाकोटकी २१ वर्षीय युवतीलाई प्रहरीले होटलमा भेटेपछि अनुसन्धान गर्दा सामूहीक बलात्कारमा परेको खुलेको हो ।

बलात्कारको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नुवाकोटका अर्जुन लामा, रामकृष्ण नगरकोटी र सूर्य रानालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीले बताए । एसपी दत्तका अनुसार केही दिनदेखि हराएको भन्ने उजुरी आएकाले खोजी गर्दै जाँदा बलात्कार भएको खुलेको हो।

सोमबार विहानदेखि घरपरिवारसँग सम्पर्कमा नरहेकी युवतीलाई सोही ...


प्रधानमन्त्री असोज ६ गते अमेरिका भ्रमणमा जाने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते अमेरिका भ्रमणमा जाने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ आजबाट ७३ औं महासभा आजबाट शुरु भएको छ । बैठकलार्इ विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले उच्चस्तरीय सम्बोधन गर्नेछन् । ...


निर्मला हत्याकाण्ड : प्रहरीले प्रमाण नष्ट गरेकाले अनुसन्धान जटिल

उल्टाखाम (कञ्चनपुर) - निर्मला हत्या घटनाको छानबिन गरिसकेको उच्चस्तरीय छानबिन समिति पनि निर्मलाको हत्या कसले गरेको भनेर निष्कर्षमा पुग्न सकेको छैन। अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले चलाखीपूर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण नष्ट गरेको निक्र्योल छानबिन समितिको छ। ‘हत्या गर्ने मान्छेले प्रमाण नष्ट पार्न खोजेको छ, बाँकी रहेका प्रमाण प्रहरीले नष्ट गरेको छ’, उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले भने, ‘प्रहरीले दोषी बचाउन नियतवश प्रमाण नष्ट गरेको हो कि भुलवश भन्नेमा हामी निष्कर्षमा पुग्न सकेका छैनौं।’ अब बनेको अनुसन्धान समितिले त्यो कुरा पत्ता लगाउने उनको ...


अर्काको अनुहारमा तेजाब हानेर जिन्दगी बिगार्नेले के पायो ?

काठमाडौँ - मुन्टो उठाउन सक्दिनन्। हातखुट्टा क्विन्टलको भारी जस्तो लाग्छन्। भेन्टिलेटरभित्र सासले बोल्छिन्, ‘मलाई एसिड हान्नेले के पायो ! ? ’ अनुहार र छाती पूरै एसिडले जलेपछि आफ्नै बोली बिरानो जस्तो भएको छ।

यी पीडा कीर्तिपुर अस्पतालको आईसीयूमा उपचाररत १७ वर्षीया सम्झना दासको हो। उनको पीडा शब्दमा व्यक्त गर्न सकिन्न, न आकलन गर्नै सकिन्छ। उनको अवस्था चिन्ताजनक छ। रौतहट चन्द्रपुर-६ की सम्झनालाई मध्यरातमा घरमै एसिड आक्रमण भएको थियो। सँगै सुतेका दिदीबहिनी सम्झना र सुस्मितालाई राति १२ बजे अपरिचित व्यक्तिले एसिड हानेर फरार भयो।

‘ममी यहाँ दुख्यो, ऐया ...


मन्त्रालय खाली गरेर विदेश भ्रमण

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीलाई विदेश भ्रमणमा कडाइ गर्दै परिपत्र गरे पनि मन्त्रालयका उच्च अधिकारी भने एकपछि अर्को गर्दै विदेश भ्रमणमा गएका छन्। मन्त्रालयको नेतृत्व गरेका संघीय मामिलामन्त्री लालबाबु पण्डित यतिखेर चीन भ्रमणमा छन्। मन्त्रालयका ५ सहसचिवमध्ये ३ सहसचिव विदेशमै छन् । बाँकी दुई सहसचिव सुरेश अधिकारी र रूद्रसिंह तामाङले मन्त्रालय चलाएका छन्।

मन्त्री पण्डित सोमबार पत्नी र स्वकीय सचिव लिएर चीन गएका हुन्। उनी असोज ५ मा फर्कने कार्यक्रम छ। मन्त्री पण्डितका निजी सचिव र स्वकीय सचिव विदेशमै छन्। ...


दसैँ-तिहारमा चल्ने गाडीको विवरण संकलन गर्दै सरकार

काठमाडौँ - व्यवसायीले यो वर्ष नयाँ यात्रु बस नथप्ने भएपछि यातायात व्यवस्था विभागले दसैं तिहारमा चल्ने यात्रुबस र अनुमानित यात्रुको विवरण संकलन सुरु गरेको छ । त्यसका लागि यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई विवरण उपलब्ध गराउन आग्रह गरेको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

‘अहिले सञ्चालनमा रहेका गाडीले दसैँ तिहारमा यात्रु ओसार्न सम्भव छ÷छैन, अनुमान गर्न र कति यात्रु हुन्छन् भन्ने यकिन गर्न विवरण संकलन सुरु गरेका छौँ,’ उनले भने । अहिले भइरहेकै गाडीबाट दसैँ तिहारमा घर जाने सबै यात्रुलाई सहज रूपमा सेवा दिन सम्भव नरहेको उनले ...


असाेज ५ देखि दशैँका लागि टिकट बुकिङ खुल्ने

काठमाडौँ - दशैँ नजिकिदै गर्दा असाेज ५ गतेदेखि टिकट बुकिङ सुरु हुने भएको छ । दशैँ मनाउन काठमाडौं बाहिर जाने यात्रुकाे सहजताका लागि अागामी ५ देखि अग्रिम टिकट बुकिङ सुरु गर्ने निर्णय गरेको हाे ।

आइतबार सरकारसँग भएको वार्तामा यातायात व्यवसायीले अागामी ५ देखि अग्रिम टिकट बुकिङ खुला गर्न तयार गरेको यातायात व्यावसायी महास‌ंघका महासिचव सराेज सिटौलाले बताए ।

वार्तामा सरकारका प्रतिनिधि, ट्राफिक प्रहरी, नेपाल प्रहरी, उपभाेक्ता समिति लगायतसँग छलफल गरी अागामी असाेज ५ देखि टिकट खुला गर्ने महासचिव सिटौलाले जानकारी दिए । उनले भने, ‘भाडाको विषयमा ...


झन् बढ्यो बलात्कार : ५२ दिनमा २२५ चेली बलात्कृत !

काठमाडौं - कञ्चनपुर काण्डले देशनै चिन्तित भएको बेला बलात्कारका घटना भने झन बढेका छन् । निर्मलाको बलात्कार र हत्या भएयता ५२ दिनमा २२५ भन्दा बढी चेली बलात्कृत भएका छन् ।

महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा काठमाडौं उपत्यकामा मात्र ४२ महिलामाथि बलात्कार तथा बलात्कारका प्रयास भएको उजुरी परेको छ। साउन १ देखि भदौ २५ सम्म काठमाडौंमा मात्र बलात्कारका २८ घटना भएका छन्। त्यस्तै, ललितपुर र भक्तपुरमा सात सात घटना भएको छ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएयता ५२ दिनमा मुलुकभर २२५ भन्दा बढी चेली बलात्कृत भएको ...


वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल, के गर्छन अब कंसाकार ?

काठमाडौं - सरकारले मदन खरेललाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले मदन खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

गएको शुक्रबार सरकारले झापाका खरेललाई निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो । अब खरेलले सरकारले दिएको जिम्मेवारी अनुसार निगमको व्यवस्थापकीय काम गर्नेछन ।

कार्यकारी अध्यक्षका रुपमा खरेल आइसकेपछि हालका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई पद छाड्न नैतिक दवाब परेको छ । अब खरेलको मातहतमा रहेर काम गर्ने या राजीनामा दिनेमध्ये दुईवटा विकल्प कंसाकारसँग रहेका ...


अाज विश्वकर्मा पूजा, भव्यताका साथ मनाइंदै

काठमाडौँ - कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले ...


'कर्णाली क्षेत्र गरीब थिएन तर बनाइयो'

सुर्खेत - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली क्षेत्र गरीब नभएको तर बनाइएको टिप्पणी गरेका छन् ।

मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित “स्थानीय तह न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी”को क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली क्षेत्रलाई गरीब बनाइएको जिकिर गरे।

कर्णाली पछि पर्नुमा केही कारण दातृ निकाय तथा गैह्र सरकारी संस्था भएको सङ्केत गर्दै मुख्यमन्त्री शाहीले भने, “हामीसँग पवित्र मुहान छन् तर पानी किनेर खान्छौँ, कोदो, कागुनो, चिनो बिर्सेर बिस्कुट चियातिर लागेका छौंँ ।” अरुको आशमा गरीने कामले परनिर्भरता बढाउने भन्दै ...


'प्रतिजासुस विभाग' ब्युँताउने प्रधानमन्त्रीको तयारी !

काठमाडौ - सरकारले प्रधानमन्त्रीको प्रतक्ष्य निर्देशन र नियन्त्रणमा रहने गरी प्रतिजासुस विभाग ब्युँताउने भएको छ । २८ बर्षअघि विघटन गरिएको प्रतिजासुस विभाग ब्युँताउने गरी विशेष सेवा ऐन बन्न लागेको छ ।

नेपाल विशेष सेवा गठन, सञ्चालन र सेवा शर्त व्यवस्था गर्न बनेको विधेयक २०७५ तर्जुमा गर्न मन्त्रिपरिषद बैठकले शुक्रबार नै सहमति दिइसकेको छ ।

गुप्तचर निकायलाई शक्तिशाली र दलीय प्रभावबाट मुक्त गराउन भन्दै प्रधानमन्त्री केपी ओलीले २०७४ फागुन १६ गते नै गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत ल्याइसकेका छन् ।

२०४७ वैशाख ६ गते कृष्णप्रसाद ...


संसदमा आज : निर्मलाको हत्यारा सार्वजानिक गर्न सरकारसमक्ष माग

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा सार्वजानिक गर्न सरकारसित माग गरे ।

उनीहरुले लमजुङ् जिल्लाको उत्तरी भेगमा भदौ २७ गते गएको पहिरोमा परी मृत्य भएका परिवारलाई राहतको व्यवस्था मिलाउन, सुर्खेतमा रहेको यातायात व्यवस्था कार्यालयलाई स्तरोन्नति गर्न र नेपाली बैँकमा रहेको रु आठ करोड भारतीय नोट सटही व्यवस्था मिलाउन सदन मार्फत् सरकारको ध्यानाकर्षण गराए । साथै नुवाकोटको दुप्चेश्वरमा भदौ २७ गते गएको पहिरोमा परी ११ घरमा क्षति पुगेकाले ती घरपरिवारलाई राहत व्यवस्था मिलाउन, दैलेख जिल्लामा दरबन्दीअनुसार चिकित्सा व्यवस्था ...


निर्मला हत्या प्रकरणः सीआईबीका डीएसपी सहित चार प्रहरी निलम्बनमा

काठमाडौँ - बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको छ । हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले आज गृहमन्त्रीलाई प्रारम्भिक प्रतिवेदन पेश गरेको हो ।

प्रतिवेदनले हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने भएकाले निलम्बन गरी छानबिन भइरहेका प्रहरी उपरीक्षक डिल्लीराज बिष्टका अतिरिक्त सो कार्यमा खटिएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, ...


निर्मला हत्याकाण्ड : न्याय माग्दै देशभरका दुई दर्जन भन्दा बढी ठाउँमा विशाल प्रदर्शन

काठमाडौँ - निर्मला पन्त हत्याकाण्डको विरोधमा राजधानी लगायत देशका विभिन्न ठाउँमा विशाल प्रदर्शन भएका छन् । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको निम्ति देशभर दुई दर्जन बढी ठाउँमा प्रदर्शन गरिएको छ ।

गत साउन १० मा बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्या भएको ५२ दिन बितिसक्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै यी प्रदर्शन गरिएका हुन् । राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म भएको विशाल प्रदर्शनमा आम जनसमुदायको स्वतःस्फूर्त सहभागिता रहेको थियो ।

राजधानीका अतिरिक्त काकरभिट्टा हनुमान मन्दिर, अर्जुनधारा, दमक ,बिराटचोक,बिराटनगर,धरानको भानुचोक,इटहरीको रेयुकाई चोक ...


नेकपा अध्यक्ष प्रचण्ड चीन प्रस्थान

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन प्रस्थान गरेका छन् ।

चीन प्रस्थान गर्नुअघि शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘कम्युनिष्ट पार्टीको निमन्त्रणमा जान लागेका पार्टी टु पार्टी सम्बन्ध नै भ्रमणको मुख्य विषय हुने बाला छ ।’

दुई पार्टीको सम्बन्ध र दुई देशबीच भएको सहमति तथा शमझदारी कार्यान्वयनको वातावरण बनाउनु भ्रमणको उद्देश्य भएको उनले जानकारी दिए ।

...

बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी !

काठमाडौँ - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि नेपाल प्रहरीमाथि अनेक प्रश्न उब्जिएका छन् । प्रहरी संगठनमाथि नै आमनागरिकको विश्वास गुम्दै गएको छ । यो दबाबबीच प्रहरीले भने बलात्कारीविरुद्ध लड्न स्कुले छात्रालाई तालिम दिने योजना बनाएको छ ।

७७ जिल्लाकै स्कुले छात्रालाई तालिम दिने
बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपेको नेपाल प्रहरीले बलात्कारविरुद्ध देशव्यापी रूपमा तालिम दिन तयारी थालेको छ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ ।

रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागेको हो । हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी ...


बडिगाड खोला थुनिएर बनेको ताल खुल्न थाल्यो !

गुल्मी - बाग्लुङ्गको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा शुक्रबार रातिदेखि थुनिएको बडिगाड खोलामा पाँच घण्टापछि पानी बग्न थालेको छ ।

थुनिएको खोलाको सतहमाथिबाट बिस्तारै पानी बग्न थालेको हुँदा त्यहाँको अवस्था अहिले खतरामुक्त रहेको घटनास्थलवाट बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताए ।

ढोरपाटन नगरपालिका –१, र बडिगाड गाउँपालिका –७, अन्तर्गत भर्याङ क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि शुक्रबार रातिदेखि खोला थुनिएको थियो । ‘हामी बिहान ५ः १५ मा खोला थुनएको ठाउँमा आइपुगेका थिययौँ, माथिबाट निकै गहिरिएर पहिरो खसेको रहेछ, ताल २ किलोमिटर जति लामो बनेको छ, पहिरो ...


निर्मलाको न्यायका लागि आज १६ स्थानमा प्रदर्शन, हेर्नुहोस कहाँ-कहाँ हुँदैछ ?

काठमाडौं - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्याय र दोषीलाई कारबाहीको माग गर्दै शनिबार देशव्यापी प्रदर्शन हुँदैछ ।

‘निर्मलाको निम्ति न्याय’ भन्दै देशका १६ स्थानबाट एकैपटक दबाब भेला हुन लागेको हो । बलात्कारविरुद्ध आवाज उठाउन गाईघाटको पिपलचोकमा बिहान ८ बजे, मेलम्ची, हेलम्बु बसपार्कमा दिउँसो १ बजे, भरतपुरको चौबीसकोठीमा साँझ ५ बजे, नेपालगञ्जमा दिउँसो १ बजे, पोखराको मानवअधिकार चोकमा दिउँसो १ बजे, पाँचखाल काभ्रेको समाजकल्याण चोकमा बिहान ८ बजे, राजबिराजको भगवती मन्दिर नजिकै दिउँसो १ बजे निर्मलाको पक्षमा प्रदर्शन हुँदैछ ।

यस्तै इनरुवाको लोकतान्त्रिक ...


ठूला दलका नेताले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं – राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५३ को उपदफा १ बमोजिम साना दलका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यले आफ्नो चलअचलसहितको सम्पत्ति विवरण सार्वजनिक गरे पनि प्रमुख एवं राष्ट्रिय चार राजनीतिक दलले अटेर गरिरहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५३ को उपदफा १ मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो ...


कञ्चनरुपमा स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप, विपद् क्षेत्र घोषणा !

राजविराज - प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको ¥याल परीक्षण गरी उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि गरेपछि कञ्चनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिएको नगरपालिका प्रमुख वसन्त मिश्रले जानकारी दिए ।

सो क्षेत्रमा केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामीमा ‘एचवानएनवान’ (स्वाइन फ्लु) र ‘एचथ्रिएनटु’ (हङकङ फ्लु) को भाइरस फेला परेको छ । उक्त रोगका कारण कञ्चनरुप नगरपालिका र ...


वीरगञ्ज महानगरपालिकाका मेयरले किन दिए राजीनामा ?

वीरगञ्ज - स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा मेयर पदमा निर्वाचित संघीय समाजवादी फोरमका विजय सरावगीले पार्टीबाट राजीनामा दिएका छन् । महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै राजीनामा दिएको बताइएको छ ।

व्यापारिक पृष्ठभूमिका सरावगीले समाजिक सञ्जाल ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका हुन् । पार्टीको अनावश्यक दबाबको कारण अाफुले काम गर्न नसकेको भन्दै राजीनामा दिनु परेको बताए । सरावगी व्यापारिक पृष्ठभूमिका हुन् ।

जिल्ला नेतृत्वले भनेका कर्मचारी नियुक्ति र विकास निर्माणको काम मेयरले नगरेको फोरमको अारोप छ ।

...

प्रचण्ड भोलि चीन जाने, क-कसलार्इ भेट्दैछन् ?

काठमाडाैं - पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा प्रचण्ड शनिबार (भोली) चीन भ्रमण जान लागेका हुन् । प्रचण्ड भोली दिउँसो १२ः५ बजे चीन उड्ने उनको सचिवालयले जनाएको छ । प्रचण्डका सचिवालयको एक सदस्यले दिएको जानकारी अनुसार भोली शनिवार चीन गएर बुधबार (असोज ३) गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमण निजी भ्रमण भएको बुझिएको छ । प्रचण्डसंगै भ्रमणदलमा पत्नी ...


नियम विपरित भेटघाटमा भारतीय राजदूत, परराष्ट्र मन्त्रालय भने बेखबर !

काठमाडौं - भारतीय राजदूत मञ्जिवसिंह पुरीले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई पद बहालीको भोलिपल्टै सोमबार सैनिक मुख्यालय पुगेर शिष्टाचार भेट गरे । नेपालले भारतमा बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यासमा भाग नलिएको पृष्ठभूमिमा भएको यो भेटघाटबारे परराष्ट्र मन्त्रालय भने बेखबर छ ।

‘विदेशी राजदूत या पदाधिकारीले सरकारको कुनै निकायका अधिकारी भेटदा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने प्रोटोकल छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर प्रधानसेनापतिलाई राजदूत पुरीले गरेको भेटघाटबारे हामीलाई कुनै जानकारी छैन ।’

विज्ञहरूले प्रोटोकल मिचेर गरिएको भ्रमणलाई नेपालको कूटनीतिको अपमान भन्दै सरकारले यस्तो प्रवृत्ति रोक्न नसकेको टिप्पणी गरेका छन् ...


निर्मला हत्या प्रकरण : फेरि तात्न थाल्यो महेन्द्रनगर

महेन्द्रनगर - बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राख्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पुनः आन्दोलन सुरु भएको छ। महिला अधिकारकर्मी, स्थानीय र नेविसंघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै बिहीबारदेखि सुरु गरेको हो। भदौ ८ गतेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि रोकिएको आन्दोलन पुनः सुरु भएको हो।

उच्चस्तरीय छानबिन समितिलाई काम गर्न दिने भन्दै यसअघि आन्दोलन रोकिएको थियो। समितिले समेत तोकिएको म्यादसम्म सत्यतथ्य बाहिर नल्याउनु र अहिलेसम्म हत्यारा सार्वजनिक हुन नसकेपछि पुनः दबाबमूलक आन्दोलनका कार्यक्रम सुरु गरिएको संघर्ष ...


‘कि न्याय देऊ, नभए गोली’ : निर्मलाका आफन्त

काठमाडौं - बलात्कार संवेदनशील विषय हो। यस्ता विषयमा प्रहरीले हदैसम्मको संवेदनशीलता देखाउनुपर्छ। तर कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरी गम्भीर नबन्दा अनुसन्धान झन् जटिल बन्दै गएको छ। फलस्वरूप घटनाबारे गृहमन्त्री रामबहादुर थापाले संसदमै जवाफ दिनुपर्ने अवस्थासमेत सिर्जना भएको छ।

कञ्चनपुर घटनामा प्रहरीकै संलग्नतालाई लिएर अनेक आशंका उब्जिएका छन्। यस्तो अवस्थामा प्रहरीलाई नै कारबाही गर्ने तालुक निकाय प्रहरी मुख्यालय र गृह मन्त्रालय संवेदनशील हुनुपर्ने हो। तर ऊ पनि मूक बसिदिएपछि घटनालाई लिएर सर्वसाधारणमा आक्रोशसमेत बढ्दै गएको छ।

त्यति मात्र होइन, निलम्बनमा परेका प्रहरीलाई पुरस्कृतसमेत गरिएको ...


आज ऋषि पञ्चमी,  मन्दिरहरुमा श्रद्धालु महिलाको भीड !

काठमाडौं - भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ ...


भक्कानिदै निर्मलाका बाबुले भने : 'न्याय दिन नसक्ने भए हामीलाई पनि गोली ठोकेर मार्नुस'

काठमाडाैं - कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका लागि काठमाण्डु आएका आफन्तले प्रमाण नष्ट गर्न भूमिका खेलेका प्रहरी अधिकारीहरुलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् ।

रिपोर्टस क्लबमा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले अपराध लुकाउन खोज्ने प्रहरीहरु खुलेआम हिंडिरहेको भन्दै न्याय पाउनेमा शंका व्यक्त गरेका हुन् ।

निर्मलाका बुवा यज्ञराज पन्तले निर्मलाको बलात्कार र हत्या घटनामा प्रहरीले प्रमाण नष्ट गर्न गरेका गतिविधिहरुको दृष्टान्त पेश गर्दै अहिलेसम्म उनीहरु खुला हिँडिरहेको प्रति आश्चर्य जनाए ।

उनले निर्मला हराएकै दिन विभिन्न प्रहरी चौकीमा खबर गरेपनि प्रहरी नआइदिएको र ...


१८ किलो सुन छानोमा, यस्तो बन्यो मनकामना मन्दिर !

गोरखा - गोरखामा अवस्थित प्रख्यात धार्मिक स्थल मनकामना मन्दिरको पुनर्निर्माण सकिएको छ । १२ करोड लागतमा मन्दिर पुनर्निर्माण सकिएएको हो । सरकारको चार करोड र भक्तजनहरुबाट संकलित आठ करोड खर्च गरेर मन्दिर जीर्णोद्वार गरिएको मन्दिर जीर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।

मन्दिरको छानामा तामाका पाता राखेर सुनको जलप लगाइएको छ । मन्दिर पुरै सुनौलो देखिएको छ । गजुरमा पनि सुनकै जलप लगाइएको छ । १८ किलो सुन खर्चेर मन्दिरमा जलप लगाइएको समितिले जनाएको छ ।

१२ बैशाख ०७२ को भुकम्पले क्षति पुगेको मन्दिर पुनर्निर्माणका लागि सोही ...


नेताले विदेशमा गरेको उपचार खर्च अब सरकारले नव्यहोर्ने !

काठमाडौ - राज्यको ढुकुटीबाट विदेशमा उपचार खर्च भन्ने विषयमा चौतर्फी आलोचना हुँदै आएको बेला सरकारले नयाँ कानुन ल्याउने तयारी गरेको छ ।

सरकारले व्यवस्थापिका संसद्‌मा पेश गरेको जनस्वास्थ्य सम्बन्धी विधेयकमा बैदेशिक उपचारवाफत खर्च उपलब्ध नहुने उल्लेख्य गरिएको हो ।

प्रतिवेदनमा भनिएको छ, “प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै ब्यक्तिलाई विदेशमा उपचार गर्नु पर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन।”

यो प्रावधान लागु भएमा विदेशमा हुने उपचार खर्च पाउने छैनन् । अहिले कतिपय राजनीतिक व्यक्तिहरुले विदेशमा उपचार गराउँदा सरकारबाट सोधभर्ना गरेको पाइन्छ ।

त्यस्तै ...


उपत्यकामा मोनोरेल : लागत १ खर्व ५६ अर्व, काम सक्न ३ वर्ष

काठमाडौं - राजनीतिज्ञहरुले बारम्बार चर्चा गर्दै आएको मोनो रेलमार्ग उपत्यकामा निर्माणमा गर्न १ खर्व १६ अर्ब लाग्ने भएको छ ।

चिनियाँ कम्पनीले तयार पारेको लागत अनुमान अनुसार, यो मोनो रेलका लागि २७ किलोमिटर लामो रेल चक्रपथको निर्माण गरिने छ । चिनियाँ कम्पनीले तयार पारेको सम्भाव्यता अध्ययनको प्रतिवेदन काठमाडौं र ललितपुर महानगरपालिकालाई बुझाइएको छ ।

प्रतिवेदन अनुसार, मोनो रेलको समग्र काम ३ वर्षमा सम्पन्न हुने छ ।

अब मोनो रेल निर्माण गर्ने या नगर्ने विषयमा थप छलफलपछि कार्य प्रारम्भ हुने छ ।

६ महिनाको म्याद दिइएको सम्भाव्यता अध्ययन टोलीले आज ...


निर्मला बलात्कार प्रकरण : एसपी र डिएसपीको डिएनए जाँच गर्न स्थानीयको माग !

कञ्चनपुर - निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न पहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली विष्ट र डिएसपी ज्ञानबहादुर सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन् ।

प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप विष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने अधिकारी नै घटनामा संलग्न रहेको आशंकमा मजबुद भएको बताएका छन् ।

एसपी विष्ट, डिएसपी सेठी र सिआईबीका डिएसपी अंगुर जिसीलाई निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्छ, उनीहरुका कल डिटेल हेरिनुपर्छ, निर्मलाका मामा केश भण्डारीले भने, ...


बलात्कारी जोगाउन सांसदको घरमा छलफल !

रौतहट - बालिका बलात्कार घटना ढाकछोप गर्न एक नम्बर प्रदेश सभा सांसदले आफ्नै घरमा छलफल (पञ्चायती) राखेको खुलासा भएको छ । पीडितलाई प्रहरीकहाँ आउन नदिइ घटनाको ४ दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो ।

पीडितले इलाका प्रहरी गरुडामा किटानी जाहेरी दिएपछि सांसदले घटना लुकाउन खोजेको खुलेको हो । रौतहटको गम्हरियाकी १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ५० बर्षीय सहमद अन्सारीलाई पक्राउ गरेको छ । भदौ २० गते घरमा कोही नभएको बेला अन्सारीले बलात्कार गरेका थिए ।

घटनापछि प्रदेशसभा सांसद अब्दुल कलाम आजाद (फूलबाबु)ले घरमा पीडकलाई ...


मन्दिर छोएको निहुँमा बारामा दलित समुदायमाथि सांघातिक आक्रमण

बारा - बारामा मन्दिर छोएको निहुँमा दलित समुदायमाथि सांघातिक आक्रमण भएको छ । पावरवाानीपुर गाउँपालिका ३, लिपनीमालस्थित मन्दिर दलित बालकले छेएको भन्दै कुटपिट भएको हो ।

स्थानीय गैरदलितको कुटपिटबाट समुन राम, उनका दाजु उमेद र भनिज आकाश गम्भीर घाईते भएका छन् । उनीहरुको उपचार पर्साको बहुअरीस्थित वीरगन्ज हेल्थ केयर हस्पिटलमा भईरहेको छ । सुमनको सघन उपचार कक्षमा तथा उमेद र अचाकाशको जनरल वार्डमा उपचार भईरहेको छ ।

स्थानीय दलितका अनुसार घटना चार दिनअघिको करिमन रामका सानो छोरा बदरीले वस्तीनजिकै रहेको मन्दिरको धारामा गएर पानी खाएका थिए । ...


डोटीमा बस दुर्घटनाः २४ घाइते मध्ये ६ जनाको अवस्था गम्भीर

बैतडी - डोटीको जोरायल गाउँपालिका-२ छतिवनमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जना घाइते भएका छन्। घाइतेमध्ये ६ को अवस्था गम्भीर छ ।

दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको ना ५ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान ३ बजे अठासीमोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार, बसमा कति यात्रु थिए भन्ने नखुले पनि घाइते २४ यात्रु घाइते भएका छन् ।

उनीहरुको उद्धार गरी उपचारका लागि कैलालीका विभिन्न अस्पतालमा लगिएको ...


मन्त्रीलाई भेटन नदिएको भन्दै स्वकीय सचिव सिंहदरवारभित्रै निर्घात कुटिए !

काठमाडौं - मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटार्इ खाएका छन । लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले नै कुटपिट गरेका थिए ।

गृह मन्त्रालयमा भेटघाट गर्न भन्दै नेकपाका पाँच जना द्धन्द्ध पीडित कार्यकर्ताहरुले गेटबाट पास लिएर सिंहदरवार प्रवेश गरेका थिए । लामो समयसम्म कुर्दा पनि भेट्न पालो नआएपछि नेकपाका कार्यकर्ताहरुले समय मिलाइदिन स्वकीय सचिव विष्टलाई दबाब दिएका थिए ।

स्वकीय सचिव विष्टले मन्त्रीज्यू ...


अपराध संहिताले प्रेसमाथि पारेको नकारात्मक प्रभाव अध्ययन गर्न कार्यदल !

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पारेको प्रभाव तथा अन्योलबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले सिंगो प्रेस जगतलाई संकुचित पारेको भन्दै आलोचना भइरहेका बेला मन्त्रालयले पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदल सदस्यमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस इन्सटिच्यूटका अध्यक्ष तीर्थ कोइराला, मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, ब्रोडकास्टिङ एसोसिएसनका अध्यक्ष चन्द्र न्यौपाने, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा र अनलाइन ...


आज हरितालिका तिज, अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउन व्रत !

काठमाडौं - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो ...


पशुपति छिर्न भक्तजनका लागि तीनवटा मार्ग

काठमाडौं - हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको छ । मित्रपार्क-गौरीघाट-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भर्याङ हुँदै कैलाश दक्षिणस्थित जुत्ताचप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।

जयबागेश्वरी-भुवनेश्वरी-शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था गरिएको मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए ।

यसैगरी तेस्रो मार्ग वनकाली-चारशिवालय-पञ्चदेवलपूर्व-बज्रघर-दक्षिणढोका हुँदै चौँसट्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ ...


जोशी सर्वोच्चमा फर्कने भएपछी महाभियोग लगाउने तयारी !

काठमाडौं - संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी नियमित काममा फर्किने भएका छन्। नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको स्वागतका लागि सोमबार सर्वोच्च अदालत पुगेका जोशीले नागरिकसँग भने, ‘सर्वोच्च त आजै (सोमबार) बाटै आएँ, भोलि (मंगलबार) देखि नियमित काममा फर्कनेछु।’

शैक्षिक प्रमाणपत्र विवादका कारण प्रधानन्यायाधीश हुनबाट रोकिएपछि जोशी घरबिदामा बसेका थिए। जोशीले आफूले प्रधानन्यायाधीश नभएर कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारीमात्र सम्हालेको बताए। ‘म प्रधानन्यायाधीशको कुर्सीमा बसेको त होइन नि’, उनले भने, , ‘नवनियुक्त प्रधानन्यायाधीशलाई सर्वोच्चमा मैले नै स्वागत गरेर कुसीमा राखिदिएको हुँ।’ जोशीले मिश्र र ...


छानबिन समितिका सदस्यमाथि ज्यान मार्ने धम्की, जीवन रक्षाको माग गर्दै राजिनामा !

छानबिनको म्याद १५ दिन थप, उम्कन सक्छन् थुनाबाहिरका अपराधी, मेटाउन सक्छन् प्रमाण

१. जारी छानबिनले निर्मलालाई न्याय दिन नसक्ने उपसचिवको ठहर
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका छन् । १५ दिनको म्याद पाएको समितिको म्याद फेरि १५ दिन थपिएपछि उनले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । समितिमा प्रतिनिधित्व गर्ने पाँचजनामध्ये केसी मात्रै न्याय सेवाका अधिकारी हुन् ।

समितिमा एकजना गृह मन्त्रालयका सहसचिव र तीनजना सुरक्षाकर्मी छन् । समितिले रातदिन काम गरेर थुप्रै मान्छेको बयान र स्थलगत प्रमाण संकलन ...


वामदेवलाई किन सांसद बनाउन चाहेनन् ओलीले ?

काठमाडौँ - डोल्पाका निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत संसद्मा आउने नेकपाका नेता वामदेव गौतमको योजनामा तुषारापात भएको छ । पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा दिन अस्वीकार गरेका छन् ।

सांसद बुढा सुरुमा राजीनामा दिएर वामदेवका लागि ठाउँ खाली गर्न सकारात्मक देखिएका थिए । उनी ‘वामदेवको पक्षमा माहोल बनाउने’ भन्दै जिल्ला पनि गएका थिए । तर, काठमाडौं फर्केपछि उनी ‘मतदाताको दबाबका कारण’ राजीनामा नदिने निष्कर्षमा पुगेका छन् ।

पछिल्लो समय बुढाले राजीनामा दिनैपरे पनि फागुन–चैततिर मात्रै उपयुक्त वातावरण बन्ने सुनाउन थालेको नेकपाका एक नेताले ...


'प्रधानमन्त्रीको टिभीमा दिएको अभिव्यक्तिले हाम्रो न्याय पाउने आशा मर्यो' : निर्मलाका बाबु

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तले न्याय पाउनेमा शंका लागेको भन्दै उच्चस्तरीय छानबिन समितिका सदस्य एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका छन् । केसीको राजीनामाले घटनाको सत्यतथ्य बाहिर आउनेमा शंका बढेर गएको हो ।

प्रहरीको नयाँ अनुसन्धान टोली र सीआईबीकै नयाँ नेतृत्वले सत्यतथ्य बाहिर ल्याउला भन्ने आशामा रहेका पन्त परिवार उच्चस्तरीय समितिका सदस्यको राजीनामाले झन् सशंकित बनेका हुन् । अपराधी पक्राउ पर्छन् भन्ने आशामा रहेका निर्मलाका बुवाआमाको पनि छोरीले अब न्याय पाउने आशा मरेको बताए ।

‘मैले ...


प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त

काठमाडौँ - संसदीय सुनुवाईपछि प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन भएको छ र यसले लामो समयदेखि नेतृत्वविहीन जस्तै बनेको न्यापालिकालाई तत्कालका लागि राहत मिलेको छ ।

संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएका मिश्रले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले सोमबार साँझ नै पदभार ग्रहण समेत गरेका छन् ।

संसदीय सुनुवाईको काममा सबै सदस्यहरू मिश्रको नाम अनुमोदन गर्न सहमत भएपछि उनको प्रधानन्यायाधीश बन्ने बाटो खुलेको हो । देशको शीर्षस्थ न्यायिक निकाय सर्वोच्च अदालतमा पूर्व प्रधानन्यायाधीश सुशीला ...


कुन देश जान कति खर्च लाग्छ ? अब आफ्नै मोबाइलबाट यसरी हेर्नुहोस !

काठमाडौं - वैदेशिक रोजगारमा जाने नेपाली ठगीएपछि त्यसलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले अनलाइन प्रणाली सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज पत्रकार सम्मेलन गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (Foreign Employment Information Management System: FEIMS) को सुरुवात गरेको हो । यस्तै आजै मोबाइल एप पनि सार्वजनिक गरेको छ ।

अब वैदेशिक रोजगारीमा जाने र जान्न चाहानेले अनलाइनमार्फत सो सम्बन्धी सम्पूर्ण जानकारी पाउने छन् । वैदेशिक रोजगारीमा जादा लाग्ने खर्च प्रकिया, पारिश्रमिक र सेवासुविधाका बारेमा मोबाइलबाट जानकारी पाउने मन्त्रालयले जनाएको छ ।

सहज ...


दुई बालिकालाई बन्धक बनाएर ४ दिनदेखि बलात्कार

काठमाडौं - काठमाडौंको कीर्तिपुरमा दुईजना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्री छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काको टोलीले आइतबार नियन्त्रणमा लिएको हो । त्यस्तै, पीडित बालिकाको उद्दार गरिएको छ ।

प्रहरीका अनुसार १४ र १३ वर्षका ती दुई बालिका ४ दिनअघिदेखि हराइरहेका थिए ।

दुवै जनालाई स्वास्थ्य परीक्षणका लागि प्रसुति गृह पठाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

...

निर्मला पन्त बलात्कार : छानबिन समितिका सदस्यले किन दिए राजिनामा ?

काठमाडाैं - कञ्चनपुरको भीमदत्त नगरपालिकामा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धान गर्न गठन गरिएको उच्च स्तरीय छानबिन समितिका सदस्यले राजीनामा दिएका छन् ।

प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन् । उनले समितिको म्याद थप गरिएकोमा असन्तुष्टि जनाएका छन् ।

...

१० किलो सुन तस्करीका अभियुक्त सार्वजनिक

गोरखा - अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेकोे सुनसहित अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नं ७ स्थायी घर भएका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डुटुप लामा र सोही ठाउँका २८ वर्षीय लोप्चन तेन्वे रहेका छन् । गत शनिबार जिल्लाको तिब्बतसँग जोडिएको उत्तरी क्षेत्र सिर्दिबासको फिलिमस्थित प्रहरीको चोकपोस्ट अगाडि जाँचका क्रममा अवैध सुनसहित उनीहरु पक्राउ परेका थिए ।

ऊनीको गलबन्दीभित्र पाँच किलो सुनराखी बाहिरबाट सिलाइ ...


मुख्यमन्त्रीहरूको भेलाले प्रधानमन्त्री असन्तुष्ट, एकाएक स्थगित गरिदिए अन्तर–प्रदेश परिषद् बैठक

काठमाडौं - संघ र प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न बनाइएको अन्तर–प्रदेश परिषद्को बैठक तत्काल नभएमा प्रदेश सरकार सञ्चालनमा देखिएका समस्या अझै लम्बिन सक्ने मुख्यमन्त्रीहरूले चेतावनी दिएका छन् ।

आइतवारका लागि बोलाइएको परिषद्को बैठकमा सबै मुख्यमन्त्रीहरू बसेर औँल्याएका प्रदेशहरूका साझा समस्याबारे छलफल गरी समाधानको निकास खोज्ने योजना थियो । तर प्रधानमन्त्रीले उक्त बैठक स्थगित गरिदिएका छन् । संघ र प्रदेशबीच तथा प्रदेश(प्रदेशबीच उत्पन्न राजनीतिक विवाद निरूपण गर्न एउटा अन्तर–प्रदेश परिषद् रहने संविधानिक व्यवस्था छ ।

प्रधानमन्त्री अध्यक्ष रहने र सातै प्रदेशका मुख्यमन्त्रीसहित केन्द्र सरकारका दुईजना मन्त्री सदस्य रहने ...


पुषदेखि पानीजहाज चल्छ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको बाटोको समस्या हल गर्न मेलम्ची खानेपानी आयोजना पुरा हुनुपर्ने बताएका छन् । शनिवार आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले भत्किएको बाटो मर्मत गर्न मेलम्चीका कारण समस्या भएको बताएका हुन ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली वंश अक्षयकोषद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भत्किएको बाटो मर्मत गर्न अझै ६ महिना लाग्ने बताए ।

मेलम्चीको काम सम्पन्न भएर उपत्यकामा पानी आएको दुई वर्षभित्र सबै बाटोको स्तरोन्नति गरिने उनको दाबी थियो ।

प्रधानमन्त्री ओलीले अर्को वर्षदेखि तराईका कुनै पनि बस्ती डुबानमा नपर्ने भन्दै सुरक्षित बस्ती कसरी ...


पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु

काठमाडौं - महोत्तरी र रुपन्देहीमा शनिबार डुबेर ३ जनाको मृत्यु भएको छ । नयाँबस्तीस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बौद्ध नयाँबस्ती बस्ने ईलामका ४५ बर्षीय उदयबहादुर चौहान डुबेर मृत्यु भएको छ ।

डुबेर घाइते भएको उनको उपचारको लागि शंखरापुर अस्पताल जोरपाटी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यसैगरी महोत्तरी लोहारपट्टी नगरपालिका-४ स्थित बिग्ही खोलामा खेल्ने क्रममा डुबेर सोही ठाँउ बस्ने मोख्तार नवाफको ५ बर्षीया छोरी रोक्सना खातुनको मृत्यु भएको हो ।

साथै रुपन्देही सैनामैना नगरपालिका-११ स्थित कञ्चन खोलामा पौडी खेल्ने क्रममा सोही ठाँउ बस्ने चिन्तामणी रेग्मीको छोरा ...


गेष्ट हाउसमा तीन जना शव भेटियो !

काठमाडौं - काठमाडौं र मकवानपुरमा ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं टोखा नगरपालिका-९ नयाँ बसपार्कस्थित पूर्बेली गेष्ट हाउसमा गत भदौ १५ गतेदेखि बसेका कास्की पोखरा घर भएका २१ बर्षीय सरोज खत्री शनिबार सोही गेष्ट हाउसमा मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ चौकीटोला बस्ने ३१ बर्षीय कृष्ण लामा सोही ठाउँस्थित झाडीमा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

साथै मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ स्थित सनमटारको जंगलमा शनिबार हाल नाम, थर, वतन नखुलेका करीब ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

यस ...


बेगनास तालमा बेपत्ता ६ जनाकै शव फेला, लाइफ ज्याकेट नलगाउँदा दुःखद् घटना

पोखरा - बेगनास तालमा शनिवार डुंगा डुबेर बेपत्ता भएका ६ जनाकै शव आइतबार दिउँसो घटनास्थलनजिकै फेला परेको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

आफन्तकोमा तीजको दर खाने कार्यक्रममा सहभागी हुन जाने क्रममा १० जना सवार डुंगा डुबेको थियो । डुंगा डुबेपछि शनिबारै उपचारका क्रममा दुईको मृत्यु भएको थियो ।

डुंगा डुब्दा नवलपुर गैडाकोटका ३२ वर्षीय रवि खनाल, उनका ८ र ७ वर्षका छोराहरु शंकर र शिव, तनहुँको भीमाद–४ का ४ वर्षीय रन्जित गैरे, पोखरा– ३१ बेगनासका ५ वर्षका प्राचीन पौडेल र पोखरा ...


रोकिएन सुन तस्करी, १० किलो सुनसहित गोरखाबाट २ जना पक्राउ

गोरखा - गोरखाको सिर्दिवासबाट १० किलो सुनसहित दुईजना पक्राउ परेका छन् ।

चुम्नुब्री गाउँपालिका वडा नम्बर ७ को चीनसँग जोडिएको छेकम्पार नाका हुँदै सुन तस्करी गरेका नुटुप लामा र लुप्चन पेम्बालाई प्रहरीले पक्राउ गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

‘दुइ जनाको साथमा पाँच/पाँच किलोको सुनका बिस्कुट भेटियो,’ जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले भने ।

नाकाबाट सुन तस्करी गरेर बजारतर्फ जाँदै गरेको सूचनाका आधारमा प्रहरीले जाँच गर्दा सुनसहित २ जनालाई पक्राउ गरेको हो । सुन तस्करी बढ्न थालेपछि पछिल्लो समय सुरक्षा जाँच बढाइएको ...


बंगलादेशविरुद्ध नेपालको पहिलो गोल, बिमलले गरे गोल

काठमाडौं - बंगलादेशमा जारी साफ च्याम्पीयनसीपको समूह चरणको अन्तिम खेलमा नेपाल अहिले बंगलादेशसँग भिडिरहेको छ । नेपाल हाफ मा १–० गोल अग्रता लिएको छ ।

पहिलो हाफको ३३ औं मिनेटमा बिमल गुरुङले लामो फ्रि किकमा गोल भएको हो । बंगलादेशका गोलरक्षकले हातमै आएको बल पनि रोक्न सकेनन् ।

सेमिफाइनलमा स्थान बनाउन नेपाललाई जित्नैपर्ने दबाव भने छ भने बंगलादेशलाई बराबरी भए पुग्छ ।

...

मन्त्रिमण्डल हेरफेर हुँदैन : प्रधानमन्त्री ओली
छ महिनापछि धूलो र हिलोरहित काठमाडौं हुन्छ !

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल तत्काल हेरफेर नहुने बताएका छन् । जिल्ला समन्वय समिति महासंघ नेपालको पहिलो राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।’

ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएकोको जिकिर गरे । यसअघि सरकारका केही मन्त्रीहरुको कार्यशैलीमा प्रश्न उठेपछि मन्त्रीहरु हेरेफेर हुने चर्चा चलेको थियो । त्यहीबेला नेकपा अध्यक्ष प्रचण्डले पत्रकारहरुसँगको भेटमा सरकारको गम्भीर समीक्षा हुने अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा पार्टी र ...


हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु, एक जनाको जिवितै उद्धार

काठमाडौं – गोरखाको सामागाउँबाट ७ जना यात्रुसहित काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटको म्यागङ गाउँपालिका बसुन्चेतको मैलुङ पाखामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ ।

स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी ...


नेपालमा गैरकानुनी शरणार्थीको घुषपैठ गराउन गिरोह सक्रिय रहेको खुलासा

काठमाडौं - भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिङ्गा र अन्य देशका आप्रवासी घुसपैठ गराउन एक गिरोह योजनाबद्ध रूपमा सक्रिय हुँदै आएको छ। गिरोहले रोहिङ्गा र बंगलादेशीलाई आकर्षित गरी मोटो रकम लिएर नेपालमा घुसपैठ गराइरहेको छ। गिरोहका नाइकेका रूपमा नेपाली महिला विवाह गरेका अफगान नागरिक सक्रिय रहेको पाइएको छ। यसरी अवैध रूपमा काठमाडौं आइपुगेका बंगलादेशी र रोहिङ्गाहरू बूढानीलकण्ठ–११ को कपन क्षेत्रमा टहरा बनाएर बसोबास गर्दै आएका छन्।

निरन्तर रूपमा गैरकानुनी आप्रवासी भित्र्याएपछि कपनका बासिन्दाले ती अफगानीलाई लखेटेका थिए। आप्रवासी र स्थानीय बासिन्दाबीच गत वर्ष झडपको स्थिति उत्पन्न ...


विवादित दिगम्बर झा पुनः दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त

काठमाडौ - भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि नै प्रश्न उठ्ने गरी विवादित छविका दिगम्बर झालाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा पुनः नियुक्ति गरेका छन् ।

विभागीय (सञ्चार तथा सूचना प्रविधि) मन्त्री गोकुल बास्कोटा इथियोपिया गएका बेला बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पहिला अयोग्य भनेका झालाई पुनः प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति दिएको एक मन्त्रीले बताए ।

दिगम्बर झालाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने एक प्रस्ताव छ । तपाईँहरुको अरु कोही छ मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, अन्य कोही पनि मन्त्री बोल्नुभएन ...


३४३ वटा तक्मा बनाउन आठ करोड

काठमाडौं - गत मंगलबार ३४३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित गरियो । राज्यलाई महत्त्पूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौं व्यक्तिलाई विभिन्न विभूषण (तक्मा)ले सम्मान गर्ने प्रचलन अनुसार नै यस वर्ष पनि विभूषित गरिएको हो ।

उनीहरुलाई दिइने तक्मा बनाउन आठ करोड खर्च भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले दिने तक्मामध्ये सबैभन्दा ठूलो नेपालरत्न हो । यो तक्मा बनाउन करिब १५ लाख खर्च हुने छ ।

नेपालरत्न विभूषण यस वर्ष स्व. बिपी कोइरालालाई प्रदान गरिएको थियो । तक्मा हीराजडित हुन्छ । सुनको रश्मि आकारभित्र कमलको ...


प्रेस स्वतन्त्रता माथिको अंकुश हटाउन सरकार तयार

काठमाडौँ - कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मुलुकी अपराध संहिता (ऐन)मा प्रेस स्वतन्त्रता हनन्सम्बन्धी कुनै प्रकारका व्यवस्था भए त्यसलाई संशोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

अनलाइन पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको ‘मुलुकी अपराध संहिता ९ऐन०मा भएको प्रावधानले प्रेस स्वतन्त्रतामा पार्ने असरबारे’ अन्तक्र्रिया कार्यक्रममा उनले ऐनमा भएका प्रेस स्वतन्त्रता हननसम्बन्धी व्यवस्थालाई संशोधन गर्ने बताए ।

उनले मानिसको व्यक्तिगत अधिकार कसैले हस्तक्षेप नगर्नका लागि नयाँ मुलुकी ऐन ल्याइएको भन्दै त्यसले प्रेस स्वतन्त्रतामाथि कुनै अङ्कुश नलगाउने बताए । “व्यक्तिको वैयक्तिक स्वतन्त्रता हनन् गर्नु हुँदैन भन्ने ...


अब चीन हुँदै तेश्रो मुलुक, नेपाललाई दियो ७ वटा बन्दरगाह

काठमाडौं - तेस्रो देशसँग व्यापारका लागि वर्षौंदेखि भारतीय बन्दरगाह प्रयोग गर्दै आएको नेपाललाई चिनियाँ विकल्प खुला भएको छ ।

दुई देशका सहसचिवस्तरीय टोलीको दुईदिने बैठकपछि चीनले नेपाललाई आफ्ना ४ वटा समुन्द्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाह प्रयोगको अनुमति दिएको छ ।

काठमाडौंमा बुधबार र बिहीबार चलेको बैठकले सन् २०१६ मा नेपाल र चीनबीच भएको यातायात तथा पारवहन सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिएको हो ।

नेपालले प्रयोग अनुमति पाएको समुद्री बन्दरगाह मुख्यतः दक्षिण कोरिया, जापान, हङकङ, मकाउ, लाओस, भियतनाम र कम्बोडिया नजिक छन् ।

नेपालले अहिलेसम्म भारत र चीनबाहेक ...


अब पालो काठमाडौं-मुग्लिन सडक बिस्तारको : त्रिशूलीपारि पनि २ लेन बनाइने

काठमाडौँ - सरकारले नागढुंगा–मुग्लिन (पृथ्वी राजमार्ग) सडकलाई ४ लेनमा विस्तार गर्न त्रिशूली नदीपारि दुई लेनको सडक निर्माण गर्ने भएको छ । सवारी चाप धान्न सक्ने गरी सडक विभागले ४ लेनमा विस्तार गर्न लागेको हो । हाल दैनिक १८ हजारसम्म गाडी गुड्ने यो सडकमा सन् २०२२ सम्ममा २५ हजार गाडी गुड्ने अनुमान छ ।

‘पृथ्वी राजमार्गमा बढ्दो सवारी चाप धान्न सो सडकलाई ४ लेनको नबनाई हुँदैन,’ सडक विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले भने, ‘सडक मर्मत गरेर सवारीको गति प्रतिघन्टा १५ किलोमिटरसम्म मात्र पु-याउन सकिने देखियो ।’ उद्गमबाट आएको समयभन्दा बढी समय ...


त्रिविका अनुसन्धान केन्द्रहरुको बिजोग

काठमाडौँ - आर्थिक विकास तथा अनुसन्धान केन्द्र (सेडा)मा अनुसन्धानका लागि बजेट र जनशक्ति नभएको कार्यकारी निर्देशक अरुणकुमार ठाकुर बताउँछन् । पहिले सेडाको अनुसन्धानपछि राष्ट्रिय महत्वका योजनाका काम हुने गरेको, तर ०४६ पछि अनुसन्धानमा ब्रेक लाग्न थालेको उनको भनाइ छ ।

अहिले पनि सेडासँग उल्लेखनीय योजना छैन । गरिबी निवारण कोषले दिएको १२ लाखको परियोजना मात्र सञ्चालनमा छ । ‘रिसर्च सेन्टरलाई बजेट नै छैन, विभागहरूलाई कनिका छरेजस्तो छरेको छ,’ ठाकुरले भने । राम्रा शिक्षक अनुसन्धान केन्द्रमा आउन पनि मान्ने नगरेको उनले बताए ।

परियोजना अघि बढाउँदै सेरिड तर, अनुसन्धानमा सरकारी बजेट छैन

शिक्षा विकास तथा ...


निर्मला बलात्कार प्रकरण : अनुसन्धानमा प्रहरीको त्रुटी नै त्रुटी !

कञ्चनपुर - १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको सुरुवाती अवस्थामै त्रुटि गरेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ । प्रहरी अनुसन्धान प्रक्रियासंगत नभएको आयोगको निष्कर्ष छ ।

आयोग टोलीले पनि घटनाको स्थलगत अध्ययनसहित सरोकारवालासँग छलफल गरेको हो । घटना शीघ्र अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउनुपर्नेमा सुरुवाती अवस्थादेखि नै त्रुटि गरेको आयोगकी आयुक्त एवं प्रवक्ता मोहना अन्सारीले बताइन् । ‘प्रमाण संकलनमा प्रहरीले कमजोरी गरेको छ । घटनास्थललगायत क्षेत्रमा प्रमाण जुटाउने कार्यमा समेत त्रुटि देखिएको छ,’ आयुक्त अन्सारीले भनिन् ।

घटनास्थलको अध्ययन, पीडित परिवार, पक्राउ परेका व्यक्ति र उनीहरूको परिवारका ...


शनिबार प्रचण्ड र मोदीबीच भेटवार्ता

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड भारतको औपचारिक भ्रमणका क्रममा बिहीबार अपराह्न दिल्ली पुगेका छन् । उनी एयर इन्डियाको उडान नम्बर एआई २१६ बाट दिल्ली पुगेका हुन् ।

प्रचण्डले शनिबार दिउँसो साढे १२ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ७ लोककल्याण मार्गस्थित प्रधानमन्त्रीनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । दिल्ली जानुअघि पत्रकारसँग कुरा गर्दै प्रचण्डले नेपाल र भारतबीच यसअघि भएका सम्झौता र सहमति कार्यान्वयनमा जोड दिने बताए ।

शनिबार दिउँसो साढे १ बजे प्रचण्डको सम्मानमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले दिवाभोज आयोजना गरेकी छन् । साँझ इन्डिया फाउन्डेसनद्वारा आयोजित विद्वत् समारोहलाई उनले ...


पेट्रोलियम पदार्थ ढुवानी बन्द गर्ने चालक संघको चेतावनी

काठमाडौं - नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले सरकार समक्ष १८ बुँदे मागपत्र पेश गरेको प्रति बेवास्ता गरेको भन्दै चरणबद्ध आन्दोलनको कार्यक्रमको घोषणा गर्दै पहिलो दिन देशव्यापी डिपोहरूमा कोणसभा गरेको छ ।

पेट्रोलियम ट्याङ्कर चालक संघ बुधबार १८ बुँदे माग राख्दै नेपाल आयल निगम थानकोट डिपोमा कोणसभाको आयोजना गरिएको हो । कोणसभामा बोल्दै आफुहरूको माग सम्बोधन नभए भदौ ३० गतेदेखि अनिश्चितकालीन पेट्रोलियम पदार्थ ढुवानी बन्द गरी आफ्नो सवारीको चावी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा बुझाउने नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघ अध्यक्ष ईश्वर लामाले बताए ।

मागपत्रमा पेट्रोलियम ट्याङ्कर ...


अदालतले छोडेलगत्तै पाँचौं पटक पक्राउ परे प्रकाण्ड : भोजपुरबाट दाङ लगियो

भोजपुर - नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरेको छ। ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनी मुद्दा लागेका ‘प्रकाण्ड’ लाई ६० हजार धरौटीमा रिहा गरेलगत्तै पुनः पक्राउ गरी बुधबार नै दाङ लगिएको छ।

प्रकाण्डमाथि लागेको अभियोगमध्ये टेम्के मैयुङ गाउँपालिका ६, कोट गुम्बामा शेरधन राई चढेको गाडीमा बम विस्फोट गराइएको ज्यान मार्ने मुद्दामा थप प्रमाणबाट बुझ्दै जाने क्रममा ठहरे बमोजिम हुनेगरी २५ हजार नगद, षडानन्द नगरपालिका १३ तीनतले भिरथाप्लामा भएको बम विस्फोटको मुद्दामा ...


अख्तियारको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सिफारिस

काठमाडौं - संवैधानिक परिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सिफारिस गरेको छ। बुधबार बसेको परिषद् बैठकले घिमिरेलाई अख्तियारको प्रमुख आयुक्त सिफारिस गरेको संवैधानिक परिषद् सचिवालय स्रोतले जानकारी दियो।

प्रमुख आयुक्त सिफारिस घिमिरे गत फागुनदेखि आयोगको कार्यबाहक प्रमुख थिए। तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यात गत माघ मसान्तमा सेवानिवृत्त भएयता अख्तियार नेतृत्वविहीन थियो।

वि.सं २०१२ भदौ २९ मा जन्मेका घिमिरे २०३५ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका थिए। उनले विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए।

विभिन्न सार्वजनिक निकायको ...


ललितपुरमा बाबुद्वारा १० वर्षीया छोरीको बलात्कार

ललितपुर - गोदावरी नगरपालिकाको बाडेगाउँमा एक १० वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छन्। सोमबार (भाद्र १८ गते) राति आठ ३० बजे घटना भएपनि मंगलबार साँझमात्र प्रहरीमा उजुरी परेको बाडेगाउँ प्रहरी प्रभागका इन्स्पेक्टर संजीव खड्काले जानकारी दिए।

खड्काका अनुसार हजुरआमा र बालिका प्रहरीमा उजुरी गर्न पुगेका थिए। ‘थप अनुसन्धानका लागि मंगलबार नै सातदोबाटो प्रहरी वृत्तमा पठाएका छौं’, खड्काले भने।

सातदोबाटो प्रहरी वृत्तका डीएसपी विनोद सिलवालले पक्राउ परेका २९ वर्षीय दोषीमाथि थप अनुसन्धान भइरहेको बताए। सातवर्ष पहिला आमाले अर्कैसँग विवाह गरेपछि हजुरआमाले पीडित बालिकाको रेखदेख गर्दै आएकी थिइन्।

कान्छी ...


टिपर आतंक : लियो दाजुभाईकै ज्यान !

काठमाडौँ - बालुवा बोकेको अनियन्त्रित टिपरले हिर्काउदा पुर्वपश्चिम राजमार्गको धारापानीमा दाजुभाईको मृत्यु भएको छ ।

मोटरसाईकलमा यात्रारत दाजुभाईलाई तीव्र गतिमा रहेको टिपरले किचेको थियो ।

उदयपुरको त्रियुगा नगरपालिका ४ बस्ने २५ बर्षीय विकास राई र २३ बर्षीया सचिन्द्र राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । मृत्क विकास र सचिन्द्र दाजुभाई हुन् ।

विदेशबाट आएको समान लिन उनीहरु महोत्तरीको बर्दिवाससम्म यात्रारत थिए ।

चारपाङ्ग्रेएउटा गाडीलार्य ओभरटेक गरेको स ५ प ९०४६ मोटरसाईकललाई ढल्केबरबाट पुर्वतर्फ गईरहेको ना १ प ६१८९ नम्बरको टिपरले ठक्कर थिएको थियो ।

टिपर तिब्र गतिमा ...


पशुपतिको गेटबाहिर ३ घन्टा, पढ्नुहोस बेलायती नागरिक जोनको रोचक कहानी !

सोमबार बिहान ११ बजे । काठमान्डुको गुहेश्वरी मन्दिरमा मानिसहरूको बाक्लो भीड थियो । विवाहित जोडीहरु मन्दिरबाट बाहिरिन्थे । बिहे गर्न लागेकाहरु घुम्टो ओड्दै भित्रिन्थे । पूजाको थाली बोकेका भक्तजनहरु ओहोरदोहोर गरिरन्थे । मन्दिरभित्र बजिरहने घन्टीको आवाज र पिपलको बोटमा नाच्ने चराको चिरबिरले वातावरण रोमान्चित थियो ।

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मन्दिरको गेटमा देखापरे । उनका फ्यानहरु सेल्फी खिच्न झुम्मिए । उनीहरु समता स्कुलका सञ्चालक उत्तम संजेलको जन्ती बन्न पुगेका थिए । संजेल र मनोज गजुरेल पनि आइपुगे । त्यही हुलमा ठाँटिँदै आए निलो सुट–पाइन्ट ...


नेपालमै यस्तो : ट्राफिक नियम पालना नगर्नेलाई चकलेट र खाजा !

चितवन - गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम छ । गाडीको अवस्था चुस्त हुनुपर्छ । ट्राफिक नियम पालना गरी चलाउनुपर्छ । नियम पालना नगरे कारबाही भोग्नुपर्छ ।

अचेल छडे जाँच गर्न जुनसुकै समय र ठाउँमा प्रहरी बस्छ। त्यसरी बस्ने टोलीले भेटे कारबाही स्वरूप जरिवाना तिर्नुपर्छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना भए-नभएको चेक गर्न प्रहरीले छडे जाँच थाल्यो।

ट्राफिक नियम पालना नगर्ने चालकहरू एकपछि अर्को भेटिए। तर, योपटक प्रहरीले कारबाहीका लागि जरिवाना तिर्न भन्दै रसिद ...


प्राध्यापकबाटै प्रश्नपत्र आउट ! यस्तो छ प्राध्यापकको जवाफ !

काठमाडौं - त्रिभुवन विश्वविद्यालय एमएड पहिलो सेमेस्टका विद्यार्थी मंगलबार बिहान ११ बजे हुने भनिएको साइकोलोजी विषयको परीक्षाका लागि अन्तिम तयारी गरेर परीक्षा केन्द्रतर्फ जाँदै थिए । तर, देशभरका ३८ परीक्षा केन्द्रमा परीक्षार्थी पुग्दानपुग्दै प्रश्नपत्र सामाजिक सञ्जालमा छरपस्ट भइसकेको थियो । त्रिभुवन विश्वविद्यालयले तत्कालै छानबिन गर्यो । परीक्षाका लागि तय भएको प्रश्नपत्र नै सामाजिक सञ्जालमा पुगेको पुष्टि भएपछि परीक्षा स्थगित भयो ।

त्रिवि, शिक्षाशास्त्र संकाय, साइकोलोजी विषय समितिका अध्यक्ष प्रा. होमनाथ भट्टराईले प्रश्नपत्र तयार पारेका हुन् । आफूबाटै प्रश्नपत्र आउट भएको उनले स्विकारेका छन् । ‘प्रश्नपत्र मेरो पेनड्राइभमा थियो, त्यसमा बिएड, एमएडका कोर्सका ...


मन्त्री हेरफेर छिट्टै, को-को होलान फिर्ता ?

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका छन् । खुमलटारस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्रीहरू हेरफेर हुन सक्ने बताएका हुन् । उनले आफ्नो-अर्को नभनी केही मन्त्रीको कामका आधारमा जिम्मेवारी हेरफेर हुन सक्ने बताए ।

‘मन्त्रीहरूको विषयमा केही न केही कदम चाल्नुपर्छ भन्ने नै छ । एउटा पक्षको छुँदा अर्को पक्षलाई नछुने भन्ने हुँदैन । जोसुकै पक्षको भए पनि कदम चाल्नुपर्छ भन्ने छ,’ प्रचण्डले भने, ‘सरकार र पार्टीलाई असफल बनाउने तथा जनतालाई निराश बनाउने अवस्था आएकाले केही न केही कदम चाल्छौँ ।’

कदम चाल्दा कसैले कसैलाई ...


किन खोसियो पूर्व मुख्यसचिव सोमलाल सुवेदीको पदक ?

काठमाडौं - सरकारले पूर्व मुख्यसचिव सोमलाल सुवेदीलाई दिने तयारी गरेको प्रवल जनसेवा श्री पदक फिर्ता लिएको छ । एसियाली विकास बैंक (एडीबी) को बैकल्पिक निर्देशकबाट फिर्ता बोलाइएका सुवेदी सरकारविरुद्ध सक्रिय भएपछि उनलाई तक्मा दिने निर्णय फिर्ता लिइएको हो ।

गणतन्त्र दिवसका अवसरमा प्रदान गरिने विभिन्न पदकमध्ये पूर्व मुख्यसचिव सुवेदीलाई प्रसिद्ध प्रवल जनसेवा श्री नामक पदक प्रदान गर्ने निर्णय यसअघि सरकारले गरेको थियो । २०७४ सालको गणतन्त्र दिवसमा सुवेदीलाई प्रसिद्ध प्रवल जनसेवा श्री पदक दिने निर्णय भएको थियो । तर गृह मन्त्रालयले भने सुवेदीलाई दिने घोषणा भएको ...


बिमस्टेकले सदस्य राष्ट्रलाई बिद्युत बेच्ने बाटो खुल्यो : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियाका मुलुकहरूबीचको गतिशील पुल भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभालाई बिम्स्टेक शिखर सम्मेलनका बारेमा जानकारी गराउँदै सम्मेलन सम्पन्न गरी नेपालले आफूलाई गतिशील पुलका रुपमा प्रमाणित गरेको बताए ।

उनले भने, ‘नेपालले व्यवस्थित रुपमा गर्न सक्छ भन्ने देखाएको छ।’ नेपालले विमस्टेक सम्मेलन सावधानीका साथ आयोजना र सञ्चालन त्रुटिरहित गरेकोले प्रभावकारी र सफल भएको प्रधानमन्त्रीले बताए ।

सम्मेलनका क्रममा नागरिकले कष्ट भोगेको भन्दै सम्मेलन सफलताका लागि जनताले गरेको धैर्यताका लागि धन्यवाद दिए। ‘समय, सुरक्षा, कार्यक्रमको गरिमा आदिलाई ध्यान दिँदा जनताले ट्राफिकको ...


कञ्चनपुरमा दुई युवती बेहोस फेला

कञ्चनपुर - कृष्णपुर नगरपालिकामा सोमबार दुई युवती बेहोस अवस्थामा भेट्टिएका छन् ।

कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना र कैलालीको गोदावरी नगरपालिका–१ का बविता राना बेहोस अवस्थमा फेला परेका हुन् । दुवै जनालाई उपचारका लागि सेती अञ्चल अस्पताल भर्ना गरिएको इलाका प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ ।

बृद्धलाई कुटपिट

कृष्णपुर नगरपालिकामा एक वृद्धालाई कुटपिट गरिएको छ । कृष्णपुर–८ बिचुवाका ४० वर्षीय किशोरदत्त भट्टले मादक पदार्थ सेवन गरी ७० वर्षीया दुलारी रानालाई कुटपिट गरेका हुन् । इलाका प्रहरी कार्यालय कृष्णपुरले भट्टलाई नियन्त्रणमा ...


तीन महिनामा प्रदेश ७ मा मात्रै ४७ बलात्कार

धनगढी - साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२, की १३ वर्षीया निर्मला पन्तको बलात्कार गरेर हत्या गरेको घटनाका दोषी पत्ता लगाउनुपर्ने मागसहित एक महिनादेखि महेन्द्रनगरमा भइरहेको प्रदर्शन प्रदेशको अस्थायी राजधानी धनगढी, अत्तरिया र डडेल्धुरासम्म फैलियो।

निर्मलाका हत्यारा पत्ता लगाउनुपर्ने आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर एक युवकको ज्यान गयो भने धेरै घाइते भए । बलात्कार गर्नेलाई कडा कारबाही गरिनुपर्ने अवाजसहित आन्दोलन चर्किएकै बेला प्रदेश ७ मा बलात्कारका घटना बढ्दै गएका छन्।

भदौ १३ गते राति कैलालीको घोडाघोडी नगरपालिका–६ स्थित आफ्नै घरमा सुतिरहेका बेला १४ वर्षीया एक किशोरीलाई उनकै ...


परराष्ट्रको गम्भीर त्रुटी : नेपाली पासपोर्टमा तिब्बती राष्ट्रियता लेखेको भेटियो ।

काठमाडौँ - परराष्ट्र मन्त्रालयबाट जारी राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक परेपछि गजुरी १ की मुक्तिकला लामिछाने तनावममा परेकी छन् । राहदानीमा उनको ठेगाना गजुरी बजार १, डोटी उल्लेख छ, भने राष्ट्रियतामा तिब्बतीयन छ ।

राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने लेखिएको छ । अर्को पानामा नम मोत्तिकला उल्लेख छ । स्नातकोत्तर गरेकी लामिछानेले आफुले बुझाएको राहदानी आवेदन फारममा त्यस्तो कुने गल्ती नभएको बताइन् ।

मैले पटकपटक पढेर फाराममा सही गरेकी थिएँ, उनले भनिन्, लेखपढ गर्न नसक्ने ब्यक्ति भए त झुक्किएँ होला भन्न सकिन्थ्यो तर मैले ...


निगम डुबाउने चिनियाँ जहाज कसरी नेपालमा भित्रियो ?

काठमाडौं - वार्षिक न्यूनतम ३५ करोड रुपैयाँको आर्थिक नोक्सानी पारिरहेका चिनियाँ जहाज ल्याउन सिफारिस गर्ने को को थिए ? चीन सरकारले यही सिफारिसलाई देखाएर ती जहाज (६ वटै) नेपाल सरकारलाई किन्न दबाब दिएको थियो।

यसरी सिफारिस नगरिएको भए ती जहाज नेपाल भित्रिँदैनथे र मुलुकलाई करोडौं रुपैयाँको घाटा पर्दैनथ्यो। बंगलादेशले पनि यही वाई १२ जहाज खरिद गर्न आफ्ना प्राविधिक टोली चीन पठाएको थियो। तर तिनले ठाडै अस्वीकार गरिदिएका थिए। तर, नेपालमा ठीक उल्टो भयो।

चीनको एभिक इन्टरनेशनल होल्डिङ कर्पोरेसन (एभिक इन्टरनेशनल) ले नेपाल वायुसेवा निगमलाई प्रस्तावित जहाजका प्राविधिक ...


टियुमा उपप्राध्यापकको प्रश्नपत्र किनबेच !

काठमाडौं - २०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्यो । केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक चेतराज भट्टले लाखौँ रुपैयाँ लिएर प्रश्नपत्र बिक्री गरेको पुष्टि भयो ।

उनले प्रश्नपत्र बाँडेका विद्यार्थीको हात भाँचिएको बहानामा एमए पहिलो सेमेस्टर टपरलाई परीक्षा दिन लगाएको प्रमाणसमेत सतर्कता केन्द्रले फेला पार्यो । सतर्कता केन्द्रको छानबिन प्रतिवेदनअनुसार ०७२ चैतकै परीक्षामा गणितकै अर्का शिक्षक रामविश्वास साहले आफ्नै सहोदर छोरी-ज्वाइँ अमरनाथ साहको उत्तरपुस्तिका परीक्षण गरे ।

त्रिविको कर्मचारी सेवासम्बन्धी नियम ...


आठ महिने गर्भवतीको सामूहिक बलात्कार

कपिलवस्तु– कपिलवस्तुमा गर्भवती महिलाको सामूहिक बलात्कार भएको छ। देशभर बलात्कारका घटना श्रृंखलाबद्ध रुपमा बाहिर आइरहेको बेला कपिलवस्तुको बिजयनगर गाउँपालिका ७ मा मानसिक अवस्था कमजोर रहेकी एक ३८ बर्षीया महिलालाई बलात्कार गरको आरोपमा ३ जना पक्राउ परेका छन्।

घरमा श्रीमान नभएको मौका छोपी ३ जनाले गत भदौ १२ गते राती १० बजेतिर महिलालाई जबरजस्ती करण गरेको प्रहरीले जनाएको छ। पीडित महिलाका श्रीमानले भदौ १३ गते किटानी जोहरी दिएपछि स्थानीय बकन्चु केवट, प्रह्लाद केवट, बर्षती केवटलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवी रावलले बताए। ‘राम्ररी बोल्न नसक्ने र ...


नयाँ कानुनले प्रेस स्वतन्त्रता कुण्ठित : पत्रकार अान्दाेलित

काठमाडौं - नेपाल पत्रकार महासंघले भदौ १ बाट लागू मुलुकी अपराध संहिता र देवानी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै तत्काल संशोधन आवश्यक रहेको सुझाव राष्ट्रियसभाको विधायन समितिलाई दिएको छ। समितिले आइतबार सरोकारवाला पक्षसँग गरेको छलफलका क्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायसहितको टोलीले नयाँ संविधानको प्रस्तावनाविपरीत मुलुकी सहिंता आएको जिकिर गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर असर पार्ने दफा तत्काल संशोधन गर्न सुझाएको हो।

समाचार प्रकाशन वा प्रसारण गरेकै आधारमा फौजदारी संहिता आकर्षित हुने र एउटा पत्रकार समाचार लेखेकै आधारमा अपराधी करार हुनुपर्ने ...


महानगरमा बम विस्फोट गराउने गोइत समूहका तीन पक्राउ

विराटनगर - विराटनगर महानगरपालिकामा २१ दिन अघि भएको बम विष्फोटमा जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को संलग्नता पुष्टि भएको छ।

प्रहरीले बम विष्फोटमा संलग्न तीनजनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेपछि विष्फोटमा गोइत समूहको संलग्नता पुष्टि भएको हो। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले लामो समयको अनुसन्धानपछि विष्फोटमा संलग्नलाई पक्राउ गरेको जानकारी दिए।

पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुरपतार गाउँपालिका–२ हरिनगरका २० वर्षीय अभिमनु गिरी, सिरहाकै सुखीपुर गाउँपालिका–५ का २४ वर्षीय रामरिझन यादव र मोरङको जहदा गाउँपालिका–२ हरिनगराका ५३ वर्षीय मनोजकुमार सिंह रहेका छन्।

महानगरपालिका ...


दलीय भर्तीकेन्द्र बने विश्वविद्यालय

काठमाडौं - तत्कालीन प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति सुशील कोइरालाले उपकुलपतिमा कांग्रेसकै कार्यकर्ता प्रा.डा. तीर्थ खनियाँलाई नियुक्त गरे । सरकारको यो कदममा तत्कालीन माओवादी र एमालेले पनि समर्थन गरे । किनकि, उनीहरूले पनि रजिस्ट्रार र रेक्टर पाए ।

स्पष्ट भागबन्डा गरेर माओवादीले रेक्टरमा प्रा.डा. सुधा त्रिपाठी र एमालेले रजिस्ट्रारमा डिल्लीप्रसाद उप्रेतीलाई पठायो । थेसिस लेख्दा अरूको बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लागेका खनियाँको विरोध भए पनि उनको पदलाई कसैले दख्खल पुर्याउन सकेन ।

२०७० को निर्वाचनमा चितवनबाट उम्मेदवार बनेका कोइरालाको प्रचारमा खनियाँ हिँडेका थिए । गत संसदीय ...


धरहरा निर्माणको जिम्मा जिआइइटिसी-रमनलाई, अबको धरहरा २२ तले !

काठमाडौं - भूकम्पले क्षतिग्रस्त बनाएको धरहराको पुर्निर्माणको जिम्मा जिआइइटिसी–रमनले पाएको छ । अब बन्ने धरहरा बाहिरबाट हेर्दा ११ तलादेखिने गरी २२ तले अग्लो निर्माण हुनेछ ।

आर्थिक प्रस्तावमा जिआइइटिसी–रमन सबैभन्दा कम रकम कबोल गर्ने कम्पनी रहेको छ । जिआइइटिसी–रमनबाहेक धरहरा पुनर्निर्माणका लागि सिआइसिओ–कालिका–रसुवा जेभीले ४ अर्ब ३९ करोड, जेडआइइसी–लामा जेभीले ४ अर्ब ५० करोड, सिआरफाइभसिइसी–स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सिएफइसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका थिए । प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने जीआईईटिसी–रमन जेभीको आर्थिक प्रस्तावको अध्ययन ...


विदेशमा रहेका नेपालीले अब निर्वाचनमा मतदान गर्न पाउने

काठमाडौं - विभिन्न कारणले विदेशी भूमिमा रहेका नागरिकलाई पनि मतदानको अधिकार प्रधान गर्ने व्यवस्था गर्न नेपाल सरकारका नाममा सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा सर्वोच्चमा आइतबार सुनुवाई गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

‘विदेशमा रहेका सबै नेपाली नागरिकले निर्वाचनमा भाग लिई प्रजातन्त्रको महायज्ञमा सामेल भै मतदानको हक उपभोग गरी सरकार गठन प्रक्रियामा सहभागी हुने सहज र सरल वातावरण निर्माण गर्नुपर्ने दायित्व नेपाल सरकारमा रहेको स्मरण गर्दै सर्वोच्चको आदेशमा भनिएको छ, ‘तसर्थ वैदेशिक ...


वडाअध्यक्ष होटलको कोठाबाट अर्काकी श्रीमतिसहित पक्राउ

बागलुङ - बडिगाड गाउँपालिकाका एक जनप्रतिनिधि होटलको कोठाबाट पक्राउ परेका छन् । बडिगाड ७ का अध्यक्ष कृष्ण गुरुङ बुर्तिबाङ रिभरहेड होटलको कोठाबाट एक महिलासहित पक्राउ परेका छन् ।

आइतबार दिउसो महिलाकै कोठाबाट वडा अध्यक्ष र महिलालाई पक्राउ गरेको बागलुङका एसपी दिपक रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार श्रीमती, वडा अध्यक्षसँग बसेको श्रीमानले देखेपछि प्रहरीलाई खबर गरेको र इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले उनीहरुलाई पक्राउ गरेको बताएका छन् ।

प्रहरीले केहि समय अघिमात्रै पक्राउ गरेको र त्यसबारेमा थप जानकारी अनुसन्धान पछि सार्वजनिक गरिने एसपी रेग्मी बताए ।

...

पाँच हजार भन्दा बढी चिकित्सकले फिर्ता गरे सरकारलाई लाइसेन्स

काठमाडौं - गएको भदौ १ देखि लागू भएको नयाँ मुलुकी ऐनमा भएको व्यवस्थाप्रति आपत्ति जनाउदै संशोधनको माग गर्दै चिकित्सकहरु चरणबद्ध आन्दोलनमा छन् ।

आफ्ना मागको सुनुवाई नभएको भन्दै आइतबार पाँच हजार भन्दा बढी चिकित्सकहरुले आफ्नो लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएका छन् ।

आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेपछि चिकित्सकहरुले मेडिकल काउन्सिलको कार्यालयमा पुगेर नेपाल मेडिकल काउन्सिलको प्रमाण ९लाइसेन्स० बुझाएको चिकित्सक संघका महासचिव डा लोचन कार्कीले बताए ।

मुलुकी अपराध ९संहिता० ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको व्यवहार गरेको चिकित्सक संघको ...


कानुनमन्त्री नै राष्ट्र बै‌‌क अगाडि किन धर्ना बसे ?

जनकपुरधाम - प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव नेपाल राष्ट्र बै‌‌कको क्षेत्रीय कार्यालयको मुल गेटमा धर्ना बसेका छन् ।

प्रदेश नं २ को सरकारले कृष्ण जन्मअष्टमीको अवसरमा आइतबारका लागि दिएको सार्वजनिक विदा अवज्ञा गर्दै खुला रहेको भन्दै राष्ट्र बै‌‌कको मुल गेटमा आन्तरिक मामिला तथा कानुन मन्त्री यादव धर्ना बसेका हुन् ।

जनकपुरस्थित नेपाल राष्ट्र बैंकका कार्यालय बिदाको दिन खुल्ला रहेकाले त्यसलाई बन्द गराउन पुगेका मधेशवादी पार्टीका युवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश सरकारको निर्णयलार्इ अवज्ञा गरेपछि आइतबार साढे १ बजे बैंकको कार्यालयको ...


प्रेस स्वतन्त्रता कुण्ठित हुने प्राबधान संशोधन गर्न तयार छौं : दलका नेता

काठमाडौँ - विभिन्न राजनीतिक दलका नेताले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी बनेका कानून संशोधन गरिने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उनीहरूले लोकतन्त्रलाई सुदृढ पार्न प्रेस स्वतन्त्रता हुनैपर्नेमा जोड दिँदै मुलुकी अपराधसंहिता–२०७४, मुलुकी देवानी संहिता–२०७४मा भएका गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्था प्रेस स्वतन्त्रता विरुद्ध रहेकाले ती कानुनी दफालाई संशोधन गरिनेमा जोड दिएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी समिति सदस्य पम्फा भुसालले प्रेस स्वतन्त्रता सुनिश्चित गरेर मर्यादित पत्रकारिता बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । ‘‘लोकतन्त्रको मूल्य र मान्यता नै ...


गुण्डा नाइके दावा लामा पक्राउ

काठमाडौं - गुण्डा नाइके दावा लामा पक्राउ परेका छन्। लामालाई प्रहरीले दुबईबाट दिल्ली हुँदै काठमाडौं आउने क्रममा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रकाउ गरेको हो। लामा तरुण दल काभ्रेका जिल्ला अध्यक्ष हुन्। लामालाइ प्रहरीले अनलाइन सट्टेबाजी गरेको आरोपमा खोजि गरिरहेको थियो।

लामामाथि २०७३ चैत २९ गते काठमाडौंको गौरीघाटमा चार राउण्ड गोली प्रहार भएको थियो। लामालाई प्रहरीले विभीन्न अभियोगमा पटक पटक पक्राउ गरि छोड्दै आएको छ।

यसैबीच नेपाल तरुण दलले लामा पक्राउ परेलगत्तै प्रेस विज्ञप्ती जारी गर्दै उनको विना सर्त रिहाईको माग गरेको छ। एक लोकतन्त्रवादी माथि अनायासै भएको ...


आज देशभरका स्वास्थ्य सेवा यसकारण बन्द !

काठमाडौं - सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने भएको छ।

संघका महासचिव डा. लोचन कार्कीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र कानुनमन्त्री भानुभक्त ढकालसँग शुक्रबार सिंहदरबारमा भएको बैठकमा सकारात्मक परिणाम निस्कन नसकेकाले हडतालमा उत्रनुपरेको बताए। उनले भने, ‘सरकारले सहमतिबमोजिम संहिता संशोधन प्रक्रिया अघि बढाएन । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ एवं नियमावली २०६९ बनिसके पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढिरहेकाले यस्ता घटनामा ...


सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तबाटै

बुटवल - एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् । मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् ।

कोहलपुर नगरपालिका–३ निवासी ७० बर्से वृद्धले नातिनीलाई तीन वर्षदेखि यौन शोषण गर्दै आइरहेको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी मानबहादुर बिसीका अनुसार पीडित बालिकाले शुक्रबार प्रहरीमा हजुरबुवाविरुद्व उजुरी दिएकी छन् ।

आरोपी वृद्धलाई शुक्रबारै पक्राउ गरी प्रहरीले आवश्यक ...


यति एयरलाइन्सकाे विमान धावनमार्गमा दुर्घटनाग्रस्त

काठमाडौँ - यति एयरलाइन्सको जेट स्ट्रीम विमान शनिबार राति काठमाडौं अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको छ । २१ जना यात्रु लिएर नेपालगन्जबाट आएकाे विमानमा सबै यात्रु सकुशल रहेको त्रिभुवन अन्तराट्रिय विमानस्थल सुरक्षामा कार्यरत डिआईजी कमल जिटीले बताए ।

अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर विमान बाहिर गएको थियो । विमानकाे अघिल्लाे चक्कामा सामान्य क्षति भएकाे त्रिभुवन अन्तराट्रिय विमानस्थलका डिआइजी जिटीले जनाएका छन् ।

अवतरण गर्ने क्रममा भएको भारी वर्षाले धावन मार्ग चिप्लो बन्न पुगेपछि विमान दुर्घटना भएको हो । विमान चिप्लिएर धावन मार्गभन्दा केही मिटर पर पुगेर जमिनमा जोतिन ...


कात्तिकबाट कर्मचारी समायोजनको तयारी

काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवरुद्ध रहेको कर्मचारी समायोजन प्रक्रिया आगामी कात्तिकबाट सुरु हुने जनाएको छ । समायोजन ऐन बने पनि संघीय निजामती सेवा ऐनको अभाव देखाउँदै मन्त्रालयले समायोजन प्रक्रिया रोक्दै आएको छ । मन्त्रालयका सचिव दिनेश थपलियाले कात्तिकको अन्तिम सातादेखि समायोजन सुरु गर्ने गरी काम अगाडि बढिरहेको बताए ।

असोज अन्तिमसम्म संघीय निजामती सेवा ऐन स्वीकृत भएर आउने र त्यसका आधारमा समायोजनको प्रक्रिया अघि बढाउन सकिने जानकारी दिए । संघीय निजामती सेवा ऐनका आधारमा नियमावली बन्ने र त्यसका आधारमा समायोजनको प्रकृया अघि बढाउने मनस्थितीमा मन्त्रालय रहेको ...


विदेशी राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा रात्रिभोज

काठमाडौँ - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका धर्मपत्नी राधिका शाक्यले आज साँझ राजधानीमा रात्रिभोज आयोजना गरेका छन् ।

नेपालको कलासंस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमका साथ आयोजित उक्त कार्यक्रममा सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखका श्रीमान्÷श्रीमती सहभागी थिए । बिम्स्टेकका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई नेपालका पूर्वप्रधानमन्त्रीसँग परिचय गराएका थिए ।

रात्रिभोजमा बिम्स्टेक देशका विदेशमन्त्री, विदेश सचिवलगायत प्रतिनिधिमण्डलका सदस्य, कूटनीतिक नियोगका पदाधिकारी, वरिष्ठ सञ्चारकर्मीका साथै समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो । त्यसअघि ...


रानीपोखरीमा डुब्यो ३ करोड !

काठमाडाैं - काठमाडौं महानगरपालिकाले रानीपोखरी निर्माणमा संलग्न ठेकेदारलाई भुक्तानी रकम दिएपछि सर्वोच्च अदालतमा मुद्धा दायर गरेका छन् ।

रानीपोखरीलाई प्रताप मल्ले बनाएको शैलीमा निर्मा गर्न हालका विभिन्न संरचना भत्काउनुपर्छ ।

मेयर विद्यासुन्दर शाक्यले आफ्नो चुनावी प्रतिबद्धता पालना गरे रोनीपोखरी बनाइएका संरचना भत्काउनुपर्ने हुन्छ ।

संरचना भत्कउँदा ३ करोड रुपैयाँ बालुवामा पानी सरह हुने भएको छ ।
महानगरले ठेकेदारलाई निर्माणका लागि २० प्रतिशत रकम दिईसकेको छ ।

तयसबाहेक थप रकम माग गर्दै ठेकेदार अदालत गएका हुन् । महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार रानीपोखरी पुननिर्माणको लागत ६ करोड ३१ लाख रपैयाँमा ...


निर्मला प्रकरण : घरभित्रै बलात्कार पछि हत्या, प्रहरीले नै प्रमाण मासेको आशंका !

काठमाडाैं - भीमदत्त २ उल्टाखाकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुखसहितले प्रमाण मेटाउन लागेको स्थानीयले आशंका गरेका छन् ।

घटनास्थलमाा शवसँगै भेटिएको निर्मलाको सुरुवाल प्रहरीले नै धोएर निचोरेको, घटनास्थलको सुरक्षा नगरेको, निर्मला पढ्न गएको बम परिवारको आँगनको अम्बाको रुख काटिएको र घरभित्र रंगरोगन गरिएको विषय शंकास्पद रहेको उनीहरु बताउँछन् ।

शव भेटिएकै समयदेखि प्रहरीले प्रमाण मेटाउने काम गरेको छ, नत्र त्यो सुरुवाल धोएर किन निचोर्यो ? , एक स्थानीयले भने, प्रहरीले घटनास्थलको सुरक्षामा पनि खासै चासो दिएन ।

प्रहरीले निर्मलाको सुरुवाल धोएर निचोरेको भिडियो सामाजिक सञ्जालमा ...


दीगो विकासको लक्ष्य हासिल गर्न बिमस्टेकको अपरिहार्यता : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आगन्तुक राष्ट्र प्रुख तथा सरकार प्रमुखहरुलाई स्वागत गरेका छन् ।

उद्घाटन मन्तव्य व्यक्त गर्दै ओलीले भने, ‘विश्वको कूल जनसंख्याको २२ प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने बंगालको खाडी क्षेत्रका राष्ट्रहरुका तर्फबाट हामी यहाँ यस क्षेत्रमा शान्तिपूर्ण, समृद्ध र दिगो विकास कायमगर्ने प्रतिबद्धताका साथ उपस्थित भएका छौँ ।’ उनले बिमस्टेकको सहयोगले दक्षिण एसिया र दक्षिण पूर्व एसियालाई जोड्ने बताए ।

सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रहरुमा समृद्ध प्राकृतिक सम्पदा, कृयाशील जनसंख्याबाट श्रृजना हुने अनगिन्ती अवसरहरु रहेको भन्दै प्रधानमन्त्री ओलीले पूर्खाबाट ...


चाैथाे बिमस्टेक सम्मेलन काठमाडाैंमा सुरु

काठमाडौँ - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन काठमाडौँमा सुरु भएको छ ।

प्रधानमन्त्री एवं बिमस्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन सुरु भएको घोषणा गरे । अध्यक्षको आसनबाट उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले बिमस्टेकको गहन एकीकरणको अपरिहार्यतामा जोड दिँदै शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध बिमस्टेक क्षेत्र बनाउन सबै सदस्य मुलुकबाट आवश्यक प्रयास हुने विश्वास व्यक्त गरे ।

सम्मेलनमा नेपालसहित सात वटै सदस्य देशका ...


थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा काठमाडौँ ओर्लिए

काठमाडौँ - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज काठमाडौँ आइपुगेका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । विशिष्ट पाहुना चान ओ चालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

थाइल्याण्डका प्रधानमन्त्रीलाई शिष्टाचारमहापाल दीपक अधिकारी, नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत तान्सकुल र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गरेका थिए।

...

बङ्गलादेशकी प्रधानमन्त्री  शेख हसिना काठमाडौँमा

काठमाडौँ - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना आज बिहान राजधानी आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । विशिष्ट पाहुना हसिनालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

बङ्गलादेशका प्रधानमन्त्रीलाई शिष्टाचारमहापाल दीपक अधिकारी, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्स, बङ्गलादेशका लागि नेपाली राजदूत चोपलाल भुषालले स्वागत गरेको थियो ।

...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगे

काठमाडौँ - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को दुईदिने शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् ।

मोदी एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

विमानस्थलमा मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतले स्वागत गरेका थिए । मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।

...

बिमस्टेकमा भाग लिन सबै देशका सरकार प्रमुख काठमाडौंमा, हेर्नुहोस् कार्यतालिका !

काठमाडौँ - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन ६ वटै देशका सरकार परमुखहरु काठमाडौँ आइपुगेका छन् । सबै भन्दा अन्तिममा थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा बिहीबार काठमाडौँ आइपुगे ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । विशिष्ट पाहुना चान ओ चालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

आजै बिहान बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । ...


ज्ञानेन्द्र मल्लको १ हजार रन पूरा

काठमाडौं - नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले लिस्ट ‘ए’ मा १ हजार रन पूरा गरेका छन् । उनले बुधबार ओमानविरूद्ध ३२ रन पुरा गरेसँगै लिस्ट ‘ए’ मा ४० खेलबाट १ हजार रन पूरा गरेका हुन्।

बुधबारको ओमान विरुद्धको खेलमा मल्ल ४५ रन बनाएर आउट भए । उनले ६० बलको सामना गरे । जसमा उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए । एसिया कपको छनोटका लागि अहिले नेपालले ओमानविरुद्ध खेलिरहेको छ ।

...

नेपाल र भारतका प्रधानमन्त्रीले शुक्रवार धर्मशालाको संयुक्त उद्घाटन गर्ने

काठमाडौँ - नेपाल–भारत पशुपति मैत्री धर्मशालाको निर्माण कार्य सम्पन्न भएको छ । विसं २०५८ मा शिलान्यास भएको उक्त धर्मशालाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्रदामोदरदास मोदीले यही भदौ १५ गते शुक्रबार संयुक्तरुपमा गर्ने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तीनतारे होटलको सुविधा हुने भनिएको उक्त धर्मशाला निर्माणका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताए । धर्मशाला निर्माणपछि नेपाल, भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’ मा यात्रा गराउन सकिनेछ ।

तिलगङ्गा आँखा अस्पतालको ...


बिम्स्टेक मन्त्रीस्तरीय बैठक जारी

 

काठमाडौं - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को १६ औं मन्त्रीस्तरीय बैठक मंगलबार बिहान बसीरहेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा जारी बैठकमा सदस्य देशका परराष्ट्र/बाहृय मामिला/विदेशमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन बुधबारदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मंगलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९ औं बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन् ।

त्यसैगरी बिम्स्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौं घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता ...


भुटानका अन्तरिम सरकार प्रमुख काठमाडौं ओर्लिए

काठमाडौं - भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन उनि मंगलबार बिहान यहाँ आइपुगेका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले पनि उनलाई स्वागत गरेका थिए ।

...

बिमस्टेक सम्मेलन : सडक रंगरोगन र सजावटमै डेढ करोड खर्च !

काठमाडौं - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका लागि रङ–रोगन तथा सजावटमा डेढ करोड खर्च भएको छ । बिमस्टेकका लागि सडक विभाग र विभिन्न स्थानीय तहले सडक रंग–रोगन गरिरहेका छन् भने विभिन्न सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरूले प्रवेशद्वार तथा होडिङ बोर्ड निर्माण गरिरहेका छन् ।

सडक विभागको नियमित कार्यअन्तर्गत भएको ४ करोडको ठेक्कामध्ये करीब ३० प्रतिशत खर्च बिमस्टेकका लागि भएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए ।

उनले भने, ‘सडक विभागले नियमित कार्य गरिरहेकै थियो । यसैअन्तर्गत गत महिना ...


कंचनपुर काण्ड : आरोपीत बिष्टको मानसिक अवस्था जाँच्न काठमाडौं ल्याइयो

काठमाडौं - कञ्चपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका दिलीपसिंह बिष्टलाई काठमाडौं ल्याइएको छ । प्रहरीले उनको स्वास्थ्य जाँच गर्न काठमाडौं ल्याएको हो । प्रहरीका अनुसार बिष्टलाई मंगलबार बिहान विमानबाट काठमाडौं ल्याईएको हो । उनको त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज र मानसिक अस्पताल पाटनमा चेकजाँच हुनेछ । उनको मानसिक अवस्थाका विषयमा चेकजाँच गर्न लागिएको हो । ‘उनको मानसिक र शारीरिक स्वास्थ्य जाँचका लागि काठमाडौं पठाएका हौं’, कञ्चनपुरका एसपी कुबेर कडायतले भने ।

१० साउनमा साथीकोबाट घर फर्कदै ...


बिम्स्टेक सम्मेलनबारे संसदमा प्रधानमन्त्रीले लिए यस्तो जिकिर !

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी हुने बताएको छ ।

काठमाडौँमा यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनबारे आज प्रतिनिधिसभामा जानकारी दिँदै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, “बिम्स्टेकलाई प्रभावकारी बनाउन, वातावरणको क्षेत्रमा देखिएको परिवर्तनलाई सामना गर्न, दिगो विकास लक्ष्य हासिल गर्न, सदस्य राष्ट्रका ...


‘बलात्कारीलाई सीधै गोली ठोक्नुपर्छ' : माधव नेपाल

काठमाडौं - सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बलात्कारीलाई गोली ठोक्नुपर्ने बताएका छन् ।

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले बलात्कारीलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने उल्लेख गरे । ‘जो सुकै होस् बलात्कारीलाई उन्मुक्ति दिनु हुँदैन’, नेता नेपालले भने, ‘सीधै गोली ठोक्नुपर्छ ।’ नेता नेपालले कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको निन्दा गर्दै जो भए पनि नछाड्न सरकारलाई आग्रह गरे ।

फरक प्रसंगमा नेता नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको काम सुस्त रहेको टिप्पणी गरे । ‘सरकारको गति सुस्त छ’, उनले भने, ‘कामको गति ...


बिम्स्टेकका लागि म्यानमारका राष्ट्रपति काठमाडाैंमा

काठमाडाैं - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आइपुगेका छन् ।

म्यानमारबाट नेपाल भ्रमण गर्ने उनी हालसम्मकै उच्च अधिकारी हुन् भने बिम्स्टेकको पनि पहिलो पाहुना हुन् । सन् १९७७ मा म्यानमारका अध्यक्ष (सेना प्रमुख) जनरल ने वीनको नेपाल भ्रमणपछि म्यानमारबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।

म्यानमारका राष्ट्रपति मिन्टको यो भ्रमणलाई नेपालले औपचारिक सद्भाव भ्रमणको रुपमा समेत अगाडि बढाएको छ । मिन्ट बिम्स्टेकको सम्मेलनका लागि नेपाल आउने पहिलो विदेशी भीभीआईपीसमेत हुन् ।

उनी ...


रोकिएन बलात्कारको शृंखला : ५३ बर्षीय दलबहादुर बिकले गरे बालिकाको बलात्कार

म्याग्दी - मालिका गाँउपालिका–५ मगरदाङ बस्ने १२ वर्षीया बालिका बलात्कृत भएकि छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५३ बर्षीय दलबहादुर बिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

घटनाको बिषयमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

...

फेरी अर्को बलात्कार : नेपालटारमा  १८ बर्षीय साजन बोहराद्वारा बालिका बलात्कृत

काठमाडौं - रुकुमकी एक बालिका काठमाडौंको नारकेश्वर–११ नेपालटारमा बलात्कृत भएकि छिन् । नेवारी खाजा घरमा काम गर्ने ति १४ वर्षीया बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् ।

तारकेश्वर नगरपालिका–११ शेषमती बस्ने बाजुरा बुढीनन्द नगरपालिका–१० का १८ बर्षीय साजन बोहराले बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई खाजा खान गएको अवस्थामा उनले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

...

बाइक/गाडीमा तिन दिन जोर/बिजोर प्रणाली लागु, हेर्नुहोस, तपाइंले कुन-कुन दिन चलाउन पाउनुहुन्छ !

काठमाडाैं - सवारी साधनमा आगामी बुधबार, बिहिबार र शुक्रबार जोर/विजोर प्रणाली लागू हुने भएको छ । चौथो बिमस्टेक सम्मेलनमा लागि काठमाडाैं उपत्यकामा लागू भएको हो ।

१,३,५,७,९ नम्बरका सवारी धनीले १३ र १५ गते र ०,२,४,६,८ नम्बरका सवारी धनीले १४ गते चलाउन पाउनेछन् ।

१३ र १५ गते बिजोर नम्बरका सवारी गुडाउन पाइनेछ भने १४ गते जोर नम्बरका सवारी गुडानउ पाइनेछ । ट्राफिक प्रहरी महाशाखाका अनुसार नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु हुनेछ ।

...

कञ्चनपुर शहीद खुनाको दाहसंस्कार, प्रहरीद्वारा शोक सलामी अर्पण

कञ्चनपुर - शहीद शनि खुनाको आज महाकाली नदीमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार अघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेवघाट पुगी प्रदेश नं ७ का प्रदेशसभा सदस्य तारालामा तामाङ र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले शहीद खुनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए ।

ब्रह्मदेव सीमा प्रहरी चौकीका प्रमुख दीपेन्द्र थापा नेतृत्वको प्रहरी टोलीले शहीद खुनाप्रति शोक सलामी अर्पण गरेको थियो । सरकारले शनिबार खुनालाई शहीद घोषणा गर्नुका साथै उनको परिवारलाई रु १० लाख आर्थिक सहायता दिने घोषणा गरेको थियो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि निर्मला पन्तको हत्यारा पत्ता ...


भेडीगोठमा हैजा, भेडाबाख्राले आँखा देख्न छाडे

पाँचथर - पाँचथरको फालेलुङ गाँउ पालिकाका विभिन्न खर्कका भेडीगोठमा हैजा फैलिँदा एकैसाथ एकसय ५० भन्दा बढी भेडाबाख्राले आँखा देख्न छोडेका छन् । शुरुमा आँखाबाट आँशु आउने, कचेराले क्रमशः आँखा ढाक्न थाल्ने, नानी धमिलो हुँदै गएर पुरै आँखा सेतो हुने त्यसपछि आँखा चिम्म हुने समस्याका कारण फालेलुङ-४ महभीरका टेकबहादुर गुरुङ, फालेलुङ-२ जिमाहाका शुखवहादुर राई र फालेलुङ-३ का मनप्रसाद केरुङले फालेलुङ-४ बिखेमा सामूहिक रुपमा पालेका १३५ वटा भेडा बिरामी परेका छन् ।

यसरी बिरामी परेका भेडाले करीव एक सातासम्म आँखा नै नदख्ने भएकाले चरनमा जाँदा एक आसपमा ठोक्एिर ...


विप्लव, सिके राउत, लिङ्देन र अन्यलाई वार्तामा बोलाउने सरकारको तयारी

काठमाडौं - सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तराईका सशस्त्र समूहहरूसँग वार्ता गर्ने तयारी गरेको छ । वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको हो ।

टोलीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत, पूर्वमा गतिविधि गरिरहेको कुमार लिङ्देन नेतृत्वको समूहसहित सरकारसँग संवादमा नआएका तराईका भूमिगत सशस्त्र समूहसँग वार्ता गर्ने म्यान्डेट पाएको छ ।

उच्चस्तरीय वार्ता टोलीमा नेकपाका नेता सुरेश आलेमगर, ताराकान्त चौधरी, लीला भण्डारी तथा गृह मन्त्रालयका एक सहसचिव सदस्य छन् । शुक्रबार ...


रौतहटमा डुंगा दुर्घटना : ५ जना अझै वेपत्ता, २१ को उद्धार

रौतहट - जिल्लाको लालबकैया नदीमा डुंगा डुब्दा हराइरहेकामध्ये २१ जना सम्पर्कमा आएका छन् । भने, ५ जनाको खोजी भैरहेको छ । डुंगाका सहचालक ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पट्टेल र शान्ती देवी तथा इस्नास नगरपालिकाको औरहीका त्रिभूवन पटेलकी श्रीमती, डुम्बु पटेलको नातिनी र अर्का एक जना हराइरहेका परिवारले बताएका छन् । उनीहरुको रातभरी नै खोजी भएको छ ।

शनिबार बेलुकीपख टिकुलिया घाटमा निर्माण भइरहेको पुलको पिलरमा ठोक्किएर डुंगा पल्टिएको स्थानीयबासिन्दाको अनुमान छ । त्यो ठाउँमा गएको ३ वर्ष अघिदेखि पक्की पुल निर्माण भइरहेको छ ।

डुंगा चालकले नदीको बीच ...


कञ्चनपुर घटनालाई तुहाउन खोज्ने एसपी डिल्लीराज विष्ट निलम्बित

काठमाडौं - गृहमन्त्रालयले कञ्चनपुर पूर्व प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ । भीमदत्त नगर २ कि १३ वर्षीया किशोरी बलात्कार पछि हत्या प्रकरणमा लामो समयसम्म उचित छानविन नगरेको भन्दै गृहमन्त्रालयले बिहीबार काठमाडौ बोलाएको थियो ।

शनिबार गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।

गृहमन्त्री रामबहादुर ‘बादल’, सचिव र तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले बलात्कारपछि हत्याप्रकरणको विस्तृत छानबिनको तथ्य बाहिर नआएसम्मका लागि एसपी विष्टलाई निलम्बन गर्ने निर्णय गरेको हो।

बलात्कारपछि हत्या घटनामा एसपी विष्टको भूमिका शंकास्पद देखिएको र घटनाको अनुसन्धानमा तदारुकता नदेखाएको भन्दै ...


निर्मला पन्त बलात्कार प्रकरण : साथी रोशनी र बबिता पक्राउ

भीमदत्तनगर - १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यामा संग्लनताको आशंकामा प्रहरीले निर्मलाकी साथी भनिएकाी १४ वर्षीया रोशनी बम र उनकी दिदी १९ वर्षीया बबिता बमलाई पक्राउ गरेको छ ।

साउन १० गते निर्मला साथी रोशनीको घरमा गृहकार्य गर्न र नोटबुक लिनका लागि गएकी तर राती अबेरसम्म नफर्किएपछि खोजी गर्दा भोलि पल्ट ९साउन ११० गते उखुबारीमा उनको शव भेटिएको थियो । निर्मलाको बलात्कारपछि हत्याको आशंकामा बम दिदीबहिनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयले पनि बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका थिए । बम ...


कञ्चनपुरका ३ प्रहरी अधिकारीमाथि कारबाहीको तयारी, एसपीका छोरालाई समेत पक्राउ गरिने

काठमाडौं - कञ्चनपुरकी १३ वर्षीय छात्रा निर्मला पन्तका हत्यारालाई तीन हप्तासम्म खोजविन र कारवाही नगरेको आरोप लागेका एसपी, डीएसपी र मुद्दा फाँटका प्रहरीलाई गृहमन्त्रालयले थप कारवाही प्रक्रिया अगाडि बढाएको छ । घटनामा अनुसन्धानको माग भइरहेकाले एसपीका छोरालाई समेत पक्राउ गरिने भएको छ ।

निर्मलाको हत्याको घटनामा निश्पक्ष छानविन गर्नुको साटो तीन हप्तासम्म जिम्मेवारी ननिभाएको आरोप लागेपछि गृहमन्त्रालयले भदौ ७ गते कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी र प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

अब उनीहरुलाई गृहमन्त्रालयमा झिकाएर कञ्चनपुर घटनाबारे वयान लिइने स्रोतले बतायो ...


निर्मला हत्याकाण्ड : प्रहरी माथि पनि छानविन गर्न स्थानीयको माग

उल्टाखाम (कञ्चनपुर) - निर्मला पन्तलाई बलत्कार गरी हत्या गर्नेलाई बचाउन शंकास्पद भूमिका निर्वाह गरेको भन्दै प्रहरी उपरीक्षक डिल्ली बिष्टसहितका प्रहरीमाथि पनि छानबिन हुनुपर्ने माग पीडित पक्षले गरेको छ। निर्मला बेपत्ता भएकै दिन जानकारी गराएको तर प्रहरीले खोजी गर्न आनाकानी गरेको, उनी बेपत्ता भएको रोशनी बमको घरबाट अनुसन्धान सुरु गर्न नमानेको र विभिन्न झुटा विवरण जुटाएर निर्दोष व्यक्तिलाई दोषी करार गर्न खोजेकाले प्रहरीमाथि पनि छानबिन हुनुपर्ने माग पीडित एवं स्थानीयले राखेका हुन्। निर्मला हराएकै दिन साँझ प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्म खबर गर्दा पनि प्रहरीले खोजी ...


'भेडे खुर्सानी' माग्ने निहुँले कोठा छिरी युवतीको बलात्कार, चार महिनापछि खुल्यो तथ्य

काठमाडौँ - घटना भएको झन्डै चार महिनापछि काठमाडौंको नयाँ बानेश्वरमा एक युवतीमाथि बलात्कार भएको तथ्य खुलेको छ । घटनामा संलग्न भएको आरोपमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १० का २४ वर्षीय अनुपसिंह विष्ट पक्राउ परेका छन् ।

विष्टलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले तीन दिनअघि पक्राउ गरेको हो । पीडित युवतीको किटानी जाहेरीपछि प्रहरीले सिंहलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । तर, पर्याप्त प्रमाण नपुगेको भन्दै तारेखमा छाडेको थियो । दबाब बढ्दै गएपछि प्रहरीले सिंहलाई शुक्रबार पुनः हिरासतमा लिएको छ ।

वृत्तका प्रमुख डिएसपी गोविन्द काफ्लेले भने बलात्कारको किटानी जाहेरी परेपछि सिंहलाई पक्राउ गरिएको ...


अध्यक्षलाई नै थाहा छैन गाउँपालिका भित्र के-के मा कति लगाइयो कर !

चरिकोट - देशका विभिन्न स्थानीय तहले सीमा नतोकी कर वृद्धि गरेको विरोधमा कतै आन्दोलन त कतै आमरण अनशन बस्ने काम भएका छन्। दोलखाको उत्तरी दुर्गम विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्कालाई भने आफ्नै पालिकामा कुन-कुन शीर्षकमा कति-कति कर लगाइएको छ भन्नेसम्म थाहा छैन।

पालिकाले लगाएको करको दर र दायराको विषयमा प्रतिक्रिया लिन खोज्दा खड्कालाई आफूलाई कूलमा कति प्रतिशत कर बढेको केही थाहा नभएको बताएका छन्। नागरिकलाई समेत पर्यटन कर लगाएकोबारे प्रतिक्रिया लिँदा उनले उल्टै प्रश्न गरे, ‘के-केमा कर लागेछ रे ? ’

गाउँपालिकाको आर्थिक ऐन २०७५ को दफा ...


अब हातपात गर्ने कर्मचारी सीधै बर्खास्त

काठमाडौं - कर्मचारी बौद्धिक श्रमिक हुन् । बुद्धिले काम गर्नुपर्ने । तर बेलाबखत उनीहरु नै आपसमा हातपात गर्छन् । त्यसरी हातपात गर्ने कर्मचारी अब भने सीधै बर्खास्त हुनेछन् ।

प्रस्तावित संघीय निजामती सेवा विधेयकमा हातपात गर्ने कर्मचारीलाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य नहुने’ गरी बर्खास्त गर्ने प्रावधान राखिएको छ । ट्रेड युनियनको आडमा तल्लो तहका कर्मचारीले माथिल्लो तहका कर्मचारीलाई हातपात गर्ने र धम्काउने क्रम बढेपछि नियन्त्रण गर्न सरकारले कडा कानुनी व्यवस्था गर्न लागेको हो ।

केही समयअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवासम्बन्धी विवादमा ट्रेड युनियनका नेताले ...


कञ्चनपुरमा सरकारको बल प्रयोग, प्रहरीको गोली लागि किशोरको मृत्य, ३० बढी घाइते

महेन्द्रनगर - महेन्द्रनगरमा शुक्रबार साँझ प्रहरीको गोलीले १७ वर्षे किशोरको ज्यान गएको छ। किशोरी निर्मला पन्त हत्या प्रकरणपछिको आन्दोलन हिंसात्मक भएपछि प्रहरीले गोली चलाएको थियो।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ भगतपुर घर भएका सन्नी खुना रहेका छन्। उनको छातीको बायाँपट्टी गोली लागेको छ। गोली लागेलगत्तै महाकाली अञ्चल अस्पताल पुर्‍याइएका खुनाको थप उपचारका लागि एम्बुलेन्समा लैजाँदै गर्दा ज्यान गएको हो।

खुनाको ज्यान गएपछि आक्रोशित प्रदर्शनकारीले स्टे«चरमा राखेर शव बोक्दै जिल्ला प्रशासन कार्यालय परिसर नजिकै ल्याएर छाडेका थिए। राति अबेरसम्म शव त्यही रहेको थियो।

महाकाली अञ्चल अस्पतालका अनुसार झडपमा ३० भन्दा ...


कञ्चनपुर घटनाका घाइतेलाई गृहमन्त्रीले भेटे, उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनामा परेर घाइते भएका आन्दोलनकारीको स्वास्थ्योपचार सरकारले गर्ने बताएका छन् ।

कञ्चनपुरमा आन्दोलनका क्रममा घाइते भएर त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहेका अर्जुन भण्डारालाई शुक्रबार अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आन्दोलनको क्रममा घाइते भएकाको उपचार सरकारले गर्ने बताएका हुन् ।

बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई खोजी कारबाही गर्नुपर्ने मागसहित आन्दोलन गर्दा भण्डारासहित थुप्रै आन्दोलनकारी घाइते भएका थिए ।

गृह मन्त्रालयले बिहीबार मात्र पन्तको हत्याबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

...

'कञ्चनपुर घटनाको नयाँ शिराबाट अनुसन्धान गर्ने स्थिति आउन सक्छ' : प्रहरी प्रमुख

भीमदत्तनगर - आन्दोलनरत पक्षसित समन्वय र छलफल गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताएका छन् ।

बिहीबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर आइपुगेका कडायतले आन्दोलनरत सबै पक्षको राय सुझाव लिने र उच्च प्राथमिकताका साथ घटनाको अनुसन्धान थालिने बताए ।

‘घटना नयाँ शिराबाट अनुसन्धान गर्ने स्थिति आउन सक्छ,’ उनले भने, ‘यहाँ लगाइएको कर्फ्यू आज बिहान ५ बजेदेखि हटेको छ ।’ उनले आन्दोलनरत पक्ष र स्थानीयवासीलाई प्रहरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । बिहीबारसम्म अशान्त रहेको भीमदत्तनगरको स्थिति आज बिहानदेखिबाट सामान्य बन्दै गएको ...


सरकारी दमनको बिरोध गर्दै कञ्चनपुरका विद्यालयहरु बन्द

कञ्चनपुर - निर्मला पन्तका वास्तविक दोषी सार्वजनिक गर्न माग राख्दै स्थानीय बासिन्दाले थालेको आन्दोलनमा प्रहरीले चरम दमन गरेको भन्दै कञ्चनपुरका विद्यालयहरु बन्द गरिएका छन् ।

आन्दोलनमा प्रहरी प्रशासनबाट दमन भएको भन्दै जिल्लास्थित प्याप्सन, एनप्याप्सन आवद्ध विद्यालयले एक दिनका लागि विद्यालय बन्द गरेका हुन् । आन्दोलनमा समर्थन जनाउदै आज जिल्लाका कुनै पनि विद्यालय खुलाइएका छैनन् । प्रहरीले हिजो (विहिबार) स्थानीय बासिन्दाको आन्दोलनमा गोली प्रहार गरेको थियो । गोली लागेर ८ जना घाइते भएका थिए ।

घटनापछि स्थानीय प्रशासनले लगाएको कर्फ्यु शुक्रबार बिहान ५ बजेपछि खुलेको छ । हालसमम ...


प्रकाण्ड फेरी पक्राउ परेपछि आक्रोशमा बिप्लवले निकाले यस्तो बिज्ञप्ति

काठमाडाैं - नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता फेरि पक्राउ परेपछि पार्टीले विज्ञप्ति जारी गरेको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै विप्लव अाक्रोशित बनेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि प्रकाण्डलाई केहि दिनअघि फेरि पक्राउ परेका थिए ।

‘सरकारले श्रृङ्खलाबद्ध गिरफ्तारी तुरुन्त रोकोस् र गिरफ्तार सबै कमरेडहरुलाई ससम्मान रिहा गरोस् भन्ने हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा सरकारविरुद्ध सशक्त संघर्ष गर्न बाध्य हुनेछौं’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जारी विज्ञप्तिअनुसार भदौ ५ मा पक्राउ परेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’, पोलिटब्यूरो सदस्यहरु पदम राई, ...


साहु महाजनलाई गरिब परिचयपत्र, वास्ताविक गरिबको पुर्पुरोमा हात !

प्युठान/ सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क–९, अर्घा पाथ्राबांगका हरिबहादुर गन्धर्बसँग आठ आना जमिन छ । त्यो जमिनमा फलेको मकै, कोदोले तीन महिना पनि खान पुग्दैन । अन्न उब्जाउने बारी नभएपछि उनले सारंगी बजाएर गुजारा चलाउँछन् । परिवार घरमै छाडेर सारंगी बजाउँदै टाढा पुग्ने उनी केही दिन अघिमात्रै गरिब परिचय पत्र लिन वडा कार्यालय पुगे । तर गरिब परिचय पत्र पाउने सूचिमा उनको नामै थिएन ।

गरिबको परिचयपत्र लिन लाइनमा बसेका धेरैलाई उनले नियाले अधिकांश उनका साहु थिए । ‘हामी गरिव एउटा परिचयपत्र लिनुपर्दा पनि ठगिने रहेछौं । ...


सम्बन्धविच्छेद गरि पाउँ भन्दै पुरुषबाट धमाधम मुद्धा दर्ता

कु्स्मा - नयाँ ऐन लागु भएसँगै पर्वत जिल्ला अदालतमा सम्बन्धबिच्छेदका मुद्दा बढेको छ । एक सातामै पाँचजना पुरुषले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गरेका हुन् । श्रीमतीले लामो समयदेखि पीडित बनाएको भन्दै उनीहरु मुद्दा दर्ता गर्न आएका हुन् । नयाँ मुलुकी ऐन लागु भएपछि सम्बन्धबिच्छेद गर्न पुरुषले पनि अदालत जान सक्ने सुविाको उपभोग गर्दै पर्वतमा भदौ ७ गतेसम्म ५ जना पुरुषले सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराइसकेका छन् ।

मुद्दा दर्ता गर्नेमा गणेश अर्याल, लालबहादुर पुन, छविलाल नेपाली, मेखबहादुर कुँवर र समीप सुवेदी रहेको अदालतले जनाएको छ । ...


कालिमाटी तरकारी बजारमा बिचौलियाको दादागिरी, सरकार निरिह

काठमाडौं - तरकारी व्यवसायमा वर्षौंदेखि अड्डा जमाएर बसेका बिचौलियाको सिन्डिकेट राज्यका लागि चुनौती बनेको छ। सरकारभन्दा व्यापारी बलिया भएका कारण सरकारले सिन्डिकेट हटाउन सकेको छैन। नत सिन्डिकेट लागू गर्ने व्यापारीलाई कारबाही भएको छ। सरकारले सिन्डिकेट तोड्न अनेक उपाय गरे पनि बिचौलिया अदालत धाएर टिक्दै आएका छन्। अदालती प्रक्रियामा जाँदा मुद्दा किनारा लगाउन लामो समय लाग्ने भएका कारण पनि बिचौलियालाई फाइदा भएको छ।

व्यापारीको दादागिरीका सामु राज्यको कारबाही प्रक्रिया हरेकपटक विफल बनेको छ। व्यापारीले कालिमाटी बजार बोर्डबिरुद्ध दिएका तीनवटा निवेदन अहिले न्यायालयमा बिचाराधीन छन्। पछिल्लोपटक पनि यस्तै ...


तिन हजार सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य

काठमाडौं - देशभरका तीन हजार सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य भएको छ । कतिपय विद्यालयमा शिक्षक दरबन्दी शून्य हुनु र कतै भने अनावश्यक रूपमा शिक्षक एकै ठाउँमा थुप्रिँदा शैक्षिक सुधारमा समस्या देखिएको छ ।

शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले संकलन गरेको तथ्यांकअनुसार कक्षा १ देखि १० सम्म अध्यापन हुने तीन हजार ५८ सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य देखिएको छ । आधारभूत तह ९कक्षा १-८० सम्मको कक्षा सञ्चालन भएका दुई हजार पाँच सय ५४ र पाँच सय चार माविमा शिक्षक दरबन्दी शून्य छ । आधारभूत विद्यालयमा साबिकको प्राविमा एक हजार चार ...


निर्मला हत्या प्रकरण : छानबिन गर्न समिति गठन, सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं - निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै भैरहेको आन्दोलन चर्किएपछि सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

सरकारले गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा तीन वटै सुरक्षा निकायका प्रहरी नायव महानिरीक्षक, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश ७ को प्रतिनिधिसमेत गरी ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

साथै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी डिल्लीराज बिस्ट र डीएसपी ज्ञानबहादुर सेटीलाई मन्त्रालयले फिर्ता बोलाएको छ । कञ्चनपुरकाे नयाँ प्रमुख जिल्ला अधिकारीमा तारानाथ अधिकारी, एसपी कुवेरसिंह कठायत ...


छुटेलगत्तै फेरी अदालतबाटै पक्राउ परे प्रकाण्ड

काठमाडाैं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा फेरि पक्राउ परेका छन् ।

बिहीबार सर्वोच्च अदालतले प्रकाण्डलाई छाड्न आदेश दिएलगत्तै प्रहरीले अदालत परिसरबाटै दोश्रो पटक पक्राउ गरेको हो । यसअघि जबर्जस्ती चन्दा असुलेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चले छाड्न आदेश दिएलगत्तै काभ्रेको क्रसर उद्योगमा विष्फोट गराएको आरोपमा पक्राउ गरिएको थियो ।

यसपटक पनि सर्वोच्चले विनाकारण थुनामा राखेको भन्दै छाड्न आदेश दिएलगत्तै फेरि प्रहरीले अदालतबाटै पक्राउ गरेको हो । यसपटक भने प्रहरीले गएको मंसिरमा भएको प्रतिनिधिसभा चुनावका क्रममा नुवाकोटको ककनीमा कांग्रेस नेता डा. रामशरण ...


प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस

काठमाडौं - संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा थिए ।

पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले मिश्रको नाम सिफारिस गरेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे र ...


कञ्चनपुरमा अनिश्चितकालका लागी कर्फ्यू आदेश जारी

कञ्चनपुर - निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा भएको स्थानीयवासीको आन्दोलनले उग्र रुप लिएपछि कंचनपुरमा प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रसाशन कार्यालयले जानकारी दिएको छ ।

यसअघिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । जसमा ४ जना घाइते भएका छन् ।

भीमदत्त नगरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनामा प्रहरी अनुसन्धानलाई लिएर स्थानीयले व्यापक असन्तुष्टि प्रकट गरेका छन् ।

अभियुक्तलाई बचाउन प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको विरुद्धमा स्थानीयले ...


कञ्चनपुरमा प्रहरीले गोली चलायो, ४ जना घाइते

कञ्चनपुर - कञ्चनपुरमा किशोरी हत्या प्रकरणमा बिहीबार भएको प्रदर्शनमाथि प्रहरीले गोलि चलाएको छ । गोली लागि ४ जना घाइते भएका छ्न् ।

प्रहरीको गोली लागेर कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्तनगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भटट् भएको एक प्रत्यक्षदर्शीले बताए । घाइतेमध्ये तेज भट्टको अवस्था गम्भीर रहेको बताइएको छ ।

तेज भट्टको टाउकोमा चोट लागेकाले उनको अवस्था जटिल रहेको महाकाली अञ्चल अस्पतालका प्रमुख डा. हरिकुमार श्रेष्ठले बताए ।

डा. श्रेष्ठका अनुसार अन्य घाइतेहरुको अधिकांशको खुट्टा र ढाडमा चोट लागेको छ । खुट्टामा गम्भीर चोट ...


संवैधानिक परिषदको बैठक आज, प्रधानन्यायाधीशमा मिश्र कि राणा ?

काठमाडौं - प्रधानन्यायाधीश सिफारिस गर्नआज संवैधानिक परिषदको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सर्वोच्चमा प्रधानन्यायाधीशका लागि योग्यता पुगेका वरिष्ठ न्यायाधीशमा ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणा छन् । यी दुईमध्ये एक जना सिफारिस हुनेछन ।

प्रधानन्यायाधीश नियुक्तिका लागि यसअघि परिषदले वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर सर्वोच्चको इतिहासमै परिषदले सिफारिस गरेको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भयाे । जोशी अस्वीकृत भएसँगै प्रधानन्यायाधीश नियुक्तिका लागि पुनः परिषदले अर्को नाम सिफारिस गर्न लागेको हो ।

प्रधानन्यायाधीश सिफारिसका लागि
यसैगरी ...


जहाज खरिदमा अनियमितताको शंका, अख्तियारले झिकायो फाइल !

काठमाडौं - नेपाल एअरलाइन्सले पछिल्लोपटक खरिद गरेका ‘वाइडबडी’ जहाज खरिद प्रकरणमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र नेपाल वायु सेवा निगमबाट खरिदसम्बन्धी फाइल झिकाएको छ ।

जहाज खरिदमा बिचौलियासँगको मिलिभगतमा एकलौटी सम्झौता गरिएको प्रश्न उठेपछि अख्तियारले आवश्यक कागजात र फाइल झिकाएको हो । निगमको आर्थिक विनियमावली, २०६५ अनुसार निर्माता कम्पनीसँग मात्र नयाँ विमान खरिद गर्न सकिने भएपनि त्यसविपरित एक हजार घण्टा उडेको भन्दै पुरानो विमान खरिद गर्ने प्रक्रिया अपनाएको बिषयमा प्रश्न उठेपछि अख्तियारले छानबिनका लागि फाइल झिकाएको हो ।

यी दुईवटा ...


बिमस्टेक सम्मेलनको तयारी पूरा

काठमाडौँ - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलनको तयारी पुरा भएको छ । परराष्ट्रमन्त्रालयका अनुसार सम्मेलनमा सबै सदस्य मुलुकका कार्यकारी प्रमुख आउने निश्चित भएको छ । सम्मेलन १४ र १५ भदौमा हुँदैछ भने १२ र १३ भदौमा परराष्ट्रमन्त्रीहरुको वैठक बस्ने तय भएको छ ।

सम्मेलनमा सहभागी सदस्य राष्ट्रका कार्यकारी प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले १४ भदौमा दिवाभोज दिने भएकी छन् । सोही साँझ प्रधानमन्त्री एवं बिमस्टेकका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुको सम्मानमा रात्रीभोज दिनेछन् ।

‘सबै सदस्य राष्ट्रबाट प्रतिनिधित्व सुनिश्चित भएको छ, ...


जिल्ला समन्वय समितिका अधिकृतमाथि छुरा प्रहार

रामेछाप - जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुबेदीमाथि बुधबार राति छुरा प्रहार भएको छ। मन्थली नगरपालिका–१ मच्छेडाडीस्थित आफ्नै घरको कोठामा बसिरहेका सुबेदीलाई मुखमा मास्क बाधेर आएका व्यक्तिले एक्कासी छुरा प्रहार गर्दा पेटमा छुरा लागेर गम्भिर घाइते भएका छन्।

बुधबार राति करिब ९ बजे तिर घरको माथिल्लो तलाको कोठामा नेट चलाएर बसिरहेका सुवेदीलाई कोठामा पसेको व्यक्तिले एक्कासी छुरा प्रहार गरेको थियो। अपरिचित व्यक्तिले झुक्याएर प्रहार गरेको छुरा जवर्जस्ती खोसे पछि सो व्यक्ति हतार हतार निस्कीएर बार्दलीबाट हाम फालेर भागेको बताइएकाे छ।

बुधबार राति नै उनलाई उद्धार ...


त्रिविको लोगो र छाप दुरुपयोग गरि करोडौंको भ्रस्टाचार, नेविसंघद्वारा छानबिन गर्न माग

काठमाडौँ - नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयमा आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरेको छ । नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिले युएसएआइडीमार्फत मानवशास्त्र सङ्कायका आएको रकम प्राध्यापकहरुले आर्थिक तथा नीतिगत भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न माग गरेको हो ।

उक्त समितिका सभापति हरि आचार्यले बुधबार आयोजित पत्रकारसम्मेलनमा विदेशी अनुदानबाट आएको करोडौँ रुपैयाँ अनुसन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीले आफ्नो खल्तीमा हाल्ने गरेको आरोप लगाए । “त्रिविका सम्पूर्ण विभाग विद्यार्थीको हित र पक्षमा बन्न सक्नुपर्छ, अध्ययन अनुसन्धानमा विभागहरु क्रियाशील हुनुपर्छ, त्रिविको लोगो र छापसमेत दुरुपयोग ...


ट्याक्सी चालकले अबदेखि ‘फ्लोरेसेन्ट ज्याकेट’ लगाउनुपर्ने

काठमाडौं - राजधानीका ट्याक्सी चालकहरूले अध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने ‘फ्लोरेसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको छ। बुधबार महानगरीय ट्राफिक महाशाखाले सुन्धारामा एक कार्यक्रम गरी राजधानीमा भाडाका ट्याक्सी चलाउने ड्राइभरका फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने व्यवस्थाको शुभारम्भ गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि उक्त ज्याकेट लगाउनु पर्ने बाध्यात्मक व्यवस्था गरेपनि पूर्ण रुपमा कार्यान्वनका लागि एक महिनाको समय दिइएको छ । आवश्यक मात्रामा उक्त पोशाक व्यवस्था हुन समस्या हुने भएपछि एक महिनाको समय दिइएको हो ।

एक महिनाभित्र सबै ट्याक्सी ड्राइभरले ड्रेस नलगाए कारबाही हुने वरिष्ठ प्रहरी उपरीक्षक ...


प्रधानमन्त्री ओलीद्वारा ग्यास पाइपलाइनको उद्घाटन

विराटनगर - प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ ।

विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड लगानीमा श्रीकृष्ण गौशालामा प्लान्ट स्थापना गरिएको हो । गौशालामा पालिएका गाईहरूको दैनिक संकलन गरिएको गोबर ३ सय घनमिटरको प्लान्टमा हालेर मिथेन ग्यास उत्पादन गरी ट्यांकीमा स्टोर गरेर पाइपलाइनबाट घरघरमा पुर्याइएको छ ।

मञ्चमा टेबुलमाथि राखिएको चुलोमा खिटिक्क स्विच अन गरेर परियोजना उद्घाटन गरेपछि प्रधानमन्त्रीले भने, ‘मैले भनेको ...


कर्मचारी समायोजन प्रक्रिया किन रोकियो ?

काठमाडौं - ऐन अभावमा सरकारले कर्मचारी समायोजन प्रक्रिया रोकेको छ । सरकारले हाल संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने तयारी गरिरहेको छ । सो विधयेक पारित नभएसम्म कर्मचारी समायोजन प्रक्रिया अघि नबढ्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सो विधयेक मन्त्रिपरिषद्बाट संसद्मा लग्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

मन्त्रालयले यसअघि साउनको दोस्रो सातादेखि कर्मचारी समायोजनका प्रक्रिया रोकेको थियो । यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थानीय तहमा समायोजना प्रक्रिया अघि बढाउने जनाएको थियो । तर भदौं पहिलो ...


निर्मला बलात्कार प्रकरण : आरोप लगाइएका विष्ट ‘निर्दोष !

कञ्चनपुर - ‘तपाइँहरु निर्दोषलाई फसाउन नदिनुस्, उसको रुने कराउने कोही छैन, बोलिदिने कोही छैन ।’ महेन्द्रनगर बजारबाट करिब ५ किलोमिटर टाढा रहेको भीमदत्त १९ धर्मभक्त टोलस्थित दिलीप विष्टको घर पुग्दा छिमेकी शान्ता सुवेदीले भनिन् ‘मानसिक सन्तुलन गुमाएका मागेर खाने दिलीपका पक्षमा बोलिदिने केही नभएकाले प्रहरीले उसलाई फसायो ।’

उनी मात्रै नभइ नजिकबाट दिलीपलाई बुझेका गाउँले मानसिक सन्तुलन गुमाएका निर्दोष दिलीपलाई निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोप लगाएकोमा स्तब्ध देखिन्थे । महिला नजिक जान पनि लजाउने, सबैसँग डराउने र अहिलेसम्म कुनै महिलाप्रति कुदृष्टि नलगाएका दिलीपले निर्मलाको बलात्कारपछि ...


अब नागरिकताको सट्टामा राष्ट्रिय परिचयपत्र, कस्तो बन्दैछ ?

काठमाडौ - राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले हाल परिचय पत्रको परीक्षण गरिरहेको छ । केन्द्रका सूचना अधिकारी शिवराज जोशीका अनुसार कात्तिक १५ देखि छाप्ने काम शुरु गर्ने र त्यसलगतै वितरण गर्ने तयारी रहेको बताए । उनले परीक्षण सकेर कम्पनीले हस्तान्तरण गरेपछि वितरण गरिने बताउनुभयो । ‘आइडिमिया आइडिण्टीटी एण्ड सेक्युरिटी’ कम्पनीले राष्ट्रिय परिचय पत्र प्रणाली विकास गरी परीक्षण गरिरहेको छ ।

कम्पनीले भदौ १५ गतेभित्र परीक्षणको काम सकाएर हस्तान्तरण गर्ने भने तापनि प्राविधिक कारणले ...


थपिंदै आर्थिक भार, प्रदेश सभाका सबै सांसदलाई नायब सुब्बा

हेटौंडा - प्रदेशसभाका सदस्यलाई नायब सुब्बा (नासु) तहको स्वकीय सचिव दिने प्रावधानसहितको पारिश्रमिक तथा सुविधा विधेयक पारित भएको छ । यसअघि अधिकृत तहको कर्मचारी प्रस्ताव गरेर प्रतिवेदन बने पनि त्यसमा सरकार सकारात्मक नुहँदा संशोधनसहित विधेयक पारित भएको हो ।

यो व्यवस्था लागू भएपछि प्रदेशलाई वार्षिक तीन करोड आर्थिक भार थपिनेछ । प्रतिवेदनसहित विधेयक पास भएपछि त्यसमा उल्लेख भएका सेवा सुविधा शपथ ग्रहण गरेको मितिबाटै लागू हुने छ।

 

कान्तिपुर

...

राउटे समुदायमा युवती पाउनै मुस्किल, टाउको दुखाई बन्यो मदिराको लत !

दैलेख - ओखलमा धान कुट्न व्यस्त राउटे युवा प्रकाशले एकैपटक जुम्ल्याहा सन्तान जन्माए । चार दिनकी सुत्केरीका लागि पोषिलो खानेकुरा धानको भात नै हुने भन्दै उनी धान कुट्नमै व्यस्त देखिन्छन् ।

कुखुराको मासु र झोल खुवाउनुपर्छ भन्दा उनले मानेनन् । सुत्केरी महिला र बच्चा अरूलाई देखाउन समुदायका अगुवाहरु मान्दैनन् । प्रकाशको उमेर करीब ३० वर्षको भए पनि उनकी श्रीमतीको उमेर करीब १७ वर्ष मात्रै पुगेको छ ।

गुराँस गाउँपालिका–१ बस्दै आएका राउटे समुदाय आफूहरूको तीन थर भएको बताउँछन् । कल्याल, स्ववंशी र रास्कोटी थर रहेको राउटे समुदायमा ...


प्रदेश २ लाई सम्बोधन गर्न प्रधानमन्त्री जनकपुरमा

जनकपुर - प्रदेश २ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली शनिबार जनकपुर आइपुगेका छन् । दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर जनकपुर आएका ओलीलाई सभामुख र उपसभामुखले फूलमाला लगाइदिएर स्वागत गरे । प्रधानमन्त्रीको स्वागतमा प्रदेश सभा सदस्यहरु पनि उपस्थित थिए ।

सम्बोध शुरु गर्नुअघि प्रधानमन्त्री ओलीले प्रदेश २ का मुख्यमन्त्री, सभामुख, उपसभामुख र अन्य वरिष्ठ मन्त्रीबीच छलफल भएको थियो । यो छलफल सम्बोधनको विषयमा केन्द्रित रहेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले अब केहीबेरमा प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री ओलीको स्वागतको लागि ...


बाढीले बाह्रवीसे र भोटेकोशी जोड्ने पुल बगायो

सिन्धुपाल्चोक - अविरल वर्षाको कारण आएको बाढीले बाह्रवीसे खोर्सानीबारी नजिकै रहेको साधीखोला पुलको आधा भाग बगाएको छ । पुलको आधा भाग बगाएसँगै बाह्रविसे नगरपालिकाका केही वडा र भोटेकोशी गाउँपालिकासँगको सडक सम्बन्ध टुटेको छ ।

उक्त पुल बगाएपछि मोटरसाइकलबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको इलाका प्रहरी कार्यालय बाहबीसेले जानकारी दिएको छ ।

प्राविधिकहरु आएर पुलको निरीक्षण गरेपछि मात्रै यातयात सञ्चालन गर्ने प्रहरी कार्यलयले जनाएको छ ।

पुलको दुवैतर्फको जप आधा सरेपछि नेपाल–चीन सीमा आसपासका स्थानीय समस्यामा परेका छन् ।

...

अस्ट्रेलिया जाने तयारीमा रहेकी प्रेमिकाको हत्या गरेका प्रेमिले प्रहरीमा दिए यस्तो बयान !

विराटनगर - मोरङको ग्रामथान गाउपालिका ३ सिद्राहामा एक युवतीको धारिलो हतियार प्रयोग गरि विभत्स हत्या भएको छ । विराटनगरबाट घुम्न जाने क्रममा शुक्रबार २३ वर्षकी शिखा घिमिरेको उनकै प्रेमी ३० वर्षीय दिनेश भट्टराईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी मनोज केसीका अनुसार दुवैजना घुम्नका लागि बिहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए । घुमघामकै क्रममा भट्टराईले धारिलो हतियार दाउ प्रहार गरेर घिमिरेको हत्या गरेका हुन् ।

हत्या गरेर शव नहरको डिलमा फालेर भाग्न खोज्दै गर्दा भट्टराईलाई स्थानीय ...


महंगी र अन्धाधुन्ध कर बढेको विषयमा सरकारले समिक्षा गर्छ : प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अहिलेको सरकार जनताको सरकार भन्ने विश्वास दिलाउने गरी जनमुखी काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा अयोजित नेपाल मण्डल पर्यटन महोत्सव २०७४–७५ ‘टिष्टा–काँगडा नेपाल एकीकरण, वीर योद्धाहरुको सम्झना र सम्मान’ विषयक राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, निर्वाचनपछि सरकार गठन भएको झण्डै ६ महिना हुन लाग्यो, कता कता जनताले सोचे जस्तो नहुने पो हो कि ? महंगी बढेको कुरा, कर बढेको कुरा र सरकारका कामकारबाहीहरु जनताले सोचे जस्तो भएनन् भन्ने गुनासो आएको छ । जनतालाई ...


रिहा भए लगत्तै सर्वोच्च परिसरबाटै पक्राउ परे प्रकाण्ड

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालतले रिहा गर्न दिएको आदेश लगत्तै पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई सर्वोच्च अदालत परिसरबाट पुनः पक्राउ गरेको हो।

उनलाई गएको साउन २२ गते राजधानीबाट चन्दा आतंक मच्चाएको आरोपमा प्रहरीले प्रकाण्ड सहित ३ जनालाई पक्राउ गरि मुद्दा दायर गरेको थियो ।

प्रहरीका अनुसार काभ्रेमा उनीविरुद्ध मुद्धा दायर भएकाले पक्राउ गरिन त्यहाँ बुझाउन काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए ।

प्रकाण्डका छोरा नरेन्द्रबहादुर विश्वकर्माले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा ...


विप्लवका नेतृत्वको नेकपाका प्रवक्तालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले कसुर गरेको देखिने कुनै उजुरी, जाहेरी वा प्रतिवेदन परेको प्रमाण पेश नभएको भन्दै प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो ।

सरकारले प्रकाण्ड सहित तिन जनालाई साउन २२ गते चन्दा असुलीको आरोप लगाउंदै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

लगत्तै जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

तर, चन्दा ऐन २०३० अनुसार कसुर गरेको देखिने कुनै उजुरी, जाहेरी वा ...


आजदेखि नयाँ कानून लागू, कस्ता कसुरलार्इ मानिएको छ फौजदारी अपराध ?

काठमाडौं - आजदेखि मुलुकी ऐन १६५ वर्षपछि हट्दै ‘मुलुकी देवानी संहिता’ – २०७४ लागू हुँदै छ। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेका ‘मुलुकी ऐन’ लाई आज हटाइएको हो । उक्त एेन प्रतिस्थापन गरी सरकारले आजदेखि ‘मुलुकी देवानी’ (संहिता), २०७४ कार्यान्वयनमा ल्याएको छ।

मुलुकी देवानी संहिता नेपालको अहिलेसम्मकै सबैभन्दा लामो ऐनको रुपमा रहन गएको छ । यो संहितामा ६ भाग, ५२ परिच्छेद र ७२१ दफा रहेका छन् । छरिएर रहेका ३१ कानूनको खारेज र ३६ कानूनलाई एकीकृत गरी यो संहिता तर्जुमा गरिएको नेपाल कानुन आयोगले ...


‘स्थानिय कर होइन, खोला तार्ने युवाले पैसा लिएका हुन्’ : प्रधानमन्त्री

काठमाडौं - ‘खोलामा बाढी आउँदा मान्छे तर्न सक्दैनन्, तार्दिन्छौँ भन्दै मान्छे आउँछन्, काँधमा बोकेर तारेर पैसा लिन्छन् । सरकारले के गर्ने ?’ प्रधानमन्त्रीले निःसंकोच भन्छन् । तर, खोला तर्न पुल छैन र पैसा तिरेर मान्छेको काँध चढेर खोला तर्नुपर्छ भने सरकार किन चाहिन्छ ? आश्चर्य १ यिनै प्रधानमन्त्रीले कम्तीमा झोलुंगे पुल बनाउँछु भनेर चुनाव लडेका हुन् ।

प्रधानमन्त्री केपी ओलीलाई भेट्न बिहीबार गाउँपालिका महासंघको टोली प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्यो । टोलीको कुरा सुनेपछि प्रधानमन्त्रीले आफ्ना मनका कुरा खुलेर भने । खासगरी प्रधानमन्त्री स्थानीय तहले उठाइरहेको करको सन्दर्भमा बोले । उनले भने, ‘स्थानीय ...


एक सय ६५ वर्षपछि आज देशमा नयाँ कानुन लागू हुँदै

काठमाडौं - आज भदौ १ गतेदेखि देशले नयाँ कानुन पाउँदैछ । जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला १९१० सालमा बनाइएको मुलुकी ऐन खारेज गरी नयाँ ‘मुलुकी ऐन २०७४’ कार्यान्वयनमा ल्याइएको हो । सो ऐन २०२० सालमा पहिलो पटक संसोधन गरिएको थियो ।

आजदेखि कार्यान्वयनमा आउने ऐनमा मुलुकी अपराध ९संहिता० ऐन २०७४, मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन २०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४, मुलुकी देवानी (संहिता) ऐन २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ रहेका छन् ।

मुलुकी ऐन कार्यान्वयनका लागि सवै तयारी पुरा भइसकेको ...


कर छली गर्ने तिन कम्पनी बिरुद्ध चार अर्ब बिगो माग

काठमाडौं - सरकारले चार अर्ब एक करोड ३६ लाख राजस्व अपलचन गरेको अभियोगमा तीनवटा फमलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका फममध्ये शिव इन्टरप्राइजेज र मण्डला इन्टरप्राइजेजबिरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरिएको छ भने हिमालयन कार्गोको मुद्दा शुक्रबार जिल्ला अदालत काठमाडौंमा दर्ता हुँदै छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले हिमालय कार्गोबाट दुई अर्ब ७२ करोड राजस्व असुल गर्ने गरी शुक्रबार मुद्दा दर्ता गर्न लागिएको जानकारी दिए । यो रकम बिगो र जरिवानासहितको हो । उनले भने, ‘यसमा ६ जना भन्सार कार्यालयका कर्मचारी पनि ...


चिकित्सक संघले सरकारलाई दिएको अल्टिमेटम १५ दिनलाई सार्यो

काठमाडौं - नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि बिरामी नजाँच्ने आन्दोलन १५ दिनका लागि स्थगित गरेको छ ।

नेपाल चिकित्सक संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भदौै १ गते (भोलि) देखि बिरामी नजाँच्ने आन्दोलन १५ दिनसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो । सरकारले लागू गर्न लागेको मुलुकी अपराधि संहिताले चिकित्सकहरुलाई कैदसहितको दण्ड सजायको व्यवस्था गरेको विरोधमा संघले बिरामी नजाँच्ने लगायतको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

कार्यक्रम १५ दिनका लागि स्थगित गरिएको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए। संघले आफ्नो लाइसेन्स भने संघको कार्यालयमा बुझाउन ...


धनुषामा मध्यरातमा सुरुङ खनेर घरभित्र पसी बलात्कार, प्रहरीले उजुरी लिन मानेन

धनुषा – जनकपुरमा २५ वर्षीय महिला बलात्कृत भएकी छिन । गत मंगलबार राति जनकपुर विद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारी महोत्तरी एकडाँडा गाउँपालिका–३, बस्ने ४१ वर्षका रामरोहित मण्डल सुरुङ खनेर घरभित्र पसी मुखथुनेर बलात्कार गरेको पिडित महिलाले बताइन ।

पति वैदेशिक रोजगारमा रहेको र तीनजाना छोराछोरीसँग सुतिरहेको मौकाछोपी कर्मचारी मण्डलले बलात्कार गरेको पीडित महिलाले बताएकी छन् । ती महिलाले विद्युत प्राधिकरणकामा घरमा विद्युत जडान गर्न निवेदन दिएकी थिइन् ।

दुई दिनअघि कर्मचारी मण्डल मिटर जडान गर्न भन्दै पहिला घर हेर्न गएका थिए । घरमा पसेर कहाँ मिटर ठोक्ने ...


कलङ्की अन्डरपास भोलिदेखि संचालनमा आउने

काठमाडौं - कलङ्की अन्डरपास भोलिदेखि संचालनमा आउने भएको छ । चिनियाँ सहयोगमा निर्माण भएको अन्डरपास’ चार लेन फराकिलो र ३८ मिटर लामो छ ।

यो ‘अन्डरपास’ को सञ्चालनपछि नागढुङ्गा तर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधनहरू अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन् । त्यसैगरी, चक्रपथमा घुम्ने सवारी साधनहरू जक्सनमा अवरोध नहुने गरी ‘अन्डरपास’ भएर जानेछन् ।

सांसदको विकास समितिको बैठकमा बोल्दै सडक विभागका महानिर्देशक रबिन्द्र नाथ श्रेष्ठले चिनियाँ निर्माण कम्पनीसँग अन्डरपास सुरु गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

...

करको बबन्डर : कर तिर्नु भन्दा घरै बुझाउनु सस्तो पो होकी !

काठमाडौं - तपाईं साइकल चढ्नुहुन्छ ? त्यसबापत कर लाग्नेछ । खोलामा डुंगा चढेर वारिपारि गर्नुपर्नेछ ? त्यसबापत पनि कर लाग्नेछ । माछा मारेर जिन्दगी चलाउनु हुन्छ ? त्यसका लागि पनि कर तिर्नैपर्छ । सर्वसाधारणको जिन्दगी जताततै करले कष्टकर बनाउँदो छ ।

दुई दशकदेखि स्थानीय तहको निर्वाचन नभएर सास्ती खेपिरहेका जनता एक वर्षअघिसम्म सिंहदबार घरैछेउ आएको भनेर खुसी थिए । तर जनप्रतिनिधिले करको भारी बोकाउन थालेपछि दिग्दार भएका छन् ।

हुँदाहुँदा खोलामा माछा मार्दा, खोलो तर्दा र साइकल चलाउँदासमेत कर तिर्नुपर्ने भएको हो । देशभरिका ६ महानगर, ११ ...


टिकापुर घटनाका ३ वर्ष,  साक्षी पेस गर्न अदालतको आदेश

टिकापुर - तिन वर्षपछि टीकापुर घटनाको सुनुवाइ सुरु भएको छ । बुधबार भएको पहिलो सुनुवाइमा कैलाली जिल्ला अदालतले वादी र प्रतिवादी पक्षका साक्षी पेस गर्न आदेश दिएको छ ।

थरुहट आन्दोलनका क्रममा ७ भदौ ०७२ मा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । झडपमा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ९ जनाको मृत्यु भएको थियो । पीडित पक्षका ८ जनाको जाहेरीमा ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरीमा मुद्दा चलाएको थियो ।

मुद्दाको सुनुवाइमा कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासले वादी र प्रतिवादी पक्षका साक्षी अदालतमा पेस गर्न आदेश दिएको ...


आज नागपंचमी, यसरी रक्षा गर्छन नागले जगतलाई !

काठमाडौँ - प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व बिहीबार परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजा अर्चना गरेर मनाइँदै छ ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले बिहीबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

‘बुधबार बिहान सात बजेर ३५ मिनेटसम्म चौथी तिथि थियो, त्यसैले ...


सिंहदरबार प्रवेशमा कडाई गरिने

काठमाडौं - देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने भएको छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या बढेपछि एकद्वार प्रणालीमार्फत सिंहदरबार प्रवेश गर्ने व्यवस्था गर्न लागिएको हो ।

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भने पनि हाल दैनिक २५ सयभन्दा बढी नागरिक विभिन्न काम लिएर सिंहदरबार प्रवेश गर्ने गरेको प्रहरीको तथ्यांक छ । सिंहदरबारको चारवटै गेटमा डिजिटल गेट निर्माण गर्ने गृह मन्त्रालयअन्तर्गत रहेको सिंहदरबार सुरक्षा समन्वय समितिले गृहकार्य अगाडि बढाएको छ ।

सिंहदरबारमा रहेको चारवटा गेटमध्ये दक्षिण गेट मात्र हाल सर्वसाधारणका लागि खुला गरिएको ...


अब यात्रु ठग्ने ट्याक्सी चालकको लाइसेन्स कब्जा

काठमाडौं - उपत्यकामा ट्याक्सीको ठगी धन्दा बढेको फेला परेपछि प्रहरीले चालकको लाइसेन्स कब्जा अभियान थालेको छ। प्रहरी ‘अपरेसन’मा १० हजारमध्ये आठ हजार ट्याक्सी ठगीमा संलग्न भएको भेटिएको छ।

अनुसन्धानका क्रममा चक्रपथभित्र र बाहिर तोकिएको स्थानमा नजाने र मिटरमा जान नमान्ने भेटिएको छ। छड्के जाँचका लागि ट्राफिकले सादा पोसाकमा प्रहरी परिचालन गरेको थियो। कानुन पालना नगर्ने र मिटर जडान नगरेका भन्दा पनि मिटर जडान गरेका ट्याक्सीको ठगीलाई नियन्त्रण गर्न प्रहरीले कडाइ थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसएसपी वसन्त पन्तले जानकारी दिए।

मिटरबिना ट्याक्सी गुडेको पाइए तत्काल प्रहरीलाई खबर ...


भदौदेखि कोठा भाडामा लिनु-दिनु अघि नै सम्झौता अनिवार्य, नगरे यस्तो कारवाही !

काठमाडाैं - अध्ययन, जागिर, व्यापार वा अन्य कामले देशैभरीका मानिसहरू काठमाडौंमा बसोबास गर्छन्। तर उनीहरुको आफ्नै घर नहुनु र अपार्टमेन्टहरू सजिलै उपलब्ध नहुनले कसैको व्यक्तिगत घरमा मौखिक सहमतिमा कोठा भाडामा लिई बस्नु पर्ने अवस्था छ। तर बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरणले गर्दा डेरा पाउन मुस्किल हुन्छ।

त्यसमाथि घरबेटीको दादागिरी, मन लाग्दी भाडादरले डेरावाललाई हैरानी बनाएको छ।

महंगो भाडा रकम तिरेर बसेपनि घरबेटीले कुन बहानामा कतिबेला हटाउने हो टुंगो हुँदैन। घरबेटीको कचकच र अनेक बहानामा दु:ख दिने र सताउने हुन्छ। जसले गर्दा काठमाडौंमा डेरा गरी बस्नेलाई सधैको तनाव भनेकै ...


नयाँ कानुन : अरुको फोटो बिगार्ने र ब्लफ कल गर्नेलाई दुई वर्ष, अनुमतिबिना घरमा छिरे तीन वर्ष जेल

काठमाडौं - सामाजिक सञ्जालमा विभिन्न नेता तथा चर्चित व्यक्तिको फोटो बिगारेर सार्वजनिक गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिमाना वा दुवै सजाय हुने भएको छ । मुलुकी ऐनलाई विस्थापित गरेर १ भदौदेखि लागू हुने अपराध संहिताले यस्तो व्यवस्था गरेको छ ।

मुलुकी अपराध संहिताको दफा २९५ को उपदफा ३ अनुसार कुनै पनि व्यक्तिको फोटोमा अर्को व्यक्ति वा अन्य वस्तुसँग जोड्ने र प्रकाशन गर्नेलाई सजाय हुने व्यवस्था गरेको छ । ‘कसैले एकको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रूपको ...


निर्दयी बाबु जसले गरे आफ्नै छोरा र भाईको निर्मम हत्या

रुकुम - रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका १४ का एक व्यक्तिले आफ्नै छोरा र भाईको खुकुरी प्रहार गरी हत्या गरेका छन् । मुसीकोट १४ लोरीबाङ लरेखेतका ३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

त्यस्तै उनले खुकुरी प्रहार गरी दुई छोराहरुलाई घाईते बनाएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । खड्काका अनुसार दुई वर्षदेखि मानसिक सन्तुलन बिग्रिएका शंकरले बुधबार बिहान छोरा र भाई माथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका ...


करले निसास्सिए जनता : पोहोर डेढ सय तिरेको अहिले बढेर ३८ सय ५०

दोलखा - भीमेश्वर नगरपालिका–७, साखिनेका सचिन कार्की १० दिनअघि आमाको नाममा रहेको जग्गाको एकीकृत सम्पत्ति कर तिर्न वडा कार्यालय पुगे।

सचिनले आर्थिक वर्ष ०७४–७५ मा आमा देवकुमारीको नाममा रहेको ५ कित्ता जग्गाको करबापत एक सय ५० रुपैयाँ स्थानीय सरकारलाई बुझाएका थिए । उनले २०७४ भदौ ११ गते आव ०७४–७५ को कर बुझाएका थिए । तर साउन १६ गते आव ०७५–७६ को कर बुझाउन वडा कार्यालय पुगेका उनी कर्मचारीले निकालेको हिसाब सुन्दा छाँगाबाट खसे झै भए।

‘अघिल्लो साल एक सय ५० रुपैयाँ तिरेकाले यसपालि बढीमा पाँच सय पुग्यो ...


कालीगण्डकीले विद्यालय बगायो, कोप्चेपानी बस्ती जोखिममा

म्याग्दी - कालीगण्डकी नदीले विद्यालय बगाएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय बुधबार बिहान कालीगण्डकीले बगाएको हो । कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिए । कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन् ।

केही दिनदेखि यहाँ निरन्तर वर्षा भइरहेको छ । कालीगण्डकीको बाढी करीब ४० मिटर बस्तीतर्फ पसेको छ । बाढीले लगातार जग्गा कटान गरिरहेको छ । पाँच दिनअघि कालीगण्डकीले आफ्नो धार परिवर्तन गरेर कटान शुरु गरेको हो । बाढीका कारण ...


पाँच सय चिकित्सिकको नियुक्ति रोकियो

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा भर्ना गरेका पाँच सय चिकित्सिकको नियुक्ति रोकेको छ । देशभरका स्वास्थ्य संस्थामा रिक्त दरबन्दीमा पदपूर्ति गर्ने मनसायले मन्त्रालयले विभिन्न पदमा करारमा चिकित्सक भर्ना गरेको थियो । तर, बजेट अभावमा उनीहरूको नियुक्ति रोकिएको हो ।

देशभर पाँच सयभन्दा बढी चिकित्सकको तत्काल आवश्यकता परेपछि स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी करारमा भर्ना गरेको थियो । नतिजा सार्वजनिक भएपछि पैसा नभएको भन्दै नियुक्ति रोकिएको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले बताए । ‘स्वास्थ्य सेवा ऐनमा आधारित भएर मन्त्रालयले चिकित्सक नियुक्ति गरेको थियो, उनीहरूको नियुक्ति रोकिँदा गम्भीर ...


नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी बर्खास्त

काठमाडौँ - सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले कामिनीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै कामिनीलाई स्पष्टीकरण सोधिएको थियो । नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा उनि ६ असोजमा नियुक्त भएकी थिइन् ।

सिंहदरबारमा हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

बैठकले प्रतिष्ठानमा डिल्लीराज घिमिरे, डा खड्क केसी, प्राडा मीना वैद्य मल्ल, उपरथी ...


झोलामा बम बोकेर हिँडेका विप्लवका २ कार्यकर्ता पक्राउ

काठमाडौं - काठमाडौंको जमलबाट बमसहित दुई जना पक्राउ परेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका क्रममा झोलामा बम बोकेर हिँडेका उनीहरू आज विहान पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सो पार्टीका कार्यकर्ता उषाकिरण र तारा सञ्ज्याल छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखेरलका अनुसार बन्दमा अप्रिय घटना नहोस् भनेर काठमाडौंमा २ हजार बढी प्रहरी परिचालन गरिएको छ। काठमाडौंका नैकाप र सुन्दरीजलमा भेटिएका बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ भने अरू कुने अप्रिय घटना भएको छैन। चन्द ...


रोल्पाको सुलिचौरमा दुई वटा बम बिस्फोट

रोल्पा - पूर्वी रोल्पाको व्यापारिक केन्द्र सुलिचौर बजार नजिकै बम बिस्फोट भएको छ। सोमबार बेलुका साढे ८ बजेतिर लगातार ठूलो आवाजमा दुई वटा बम बिस्फोट भएको थियो।

बम कसले कुन प्रयोजनका लागि बिस्फोट गराएको हो भन्ने आधिकारीक पुष्टी नभए पनि आज घोषणा गरिएको बन्द सफल बनाउन बिप्लव नेतृत्वको नेकपाले गराएको हुन सक्ने आशंंका गरिएको छ।

स्थानियका अनुसार सुलिचौर बजार नजिक डाँडामा उक्त बम बिस्फोट भएको हो। बम विस्फोट भएको स्थान नजिक एनसेल र नेपाल टेलिकमको टावर रहे पनि कहाँ लक्षित गरेर बम बिस्फोट गरिएको हो भन्ने खुल्न ...


वाग्मती र कोसीमा खतराको संकेत, सतर्क हुन आग्रह

काठमाडौं - निरन्तर परेको पानीसँगै वाग्मती र कोसी नदीको बहावले खतराको संकेत नाघेको छ। पूर्वी पहाडी क्षेत्रमा दुई दिनदेखि भारी वर्षा भएसँगै साना खोलाबाट आएको बाढीका कारण वाग्मती र कोसीको बहावमा भारी वृद्धि भएको हो। वाग्मतीको एक र कोसीअन्तर्गतका तीन स्टेसनमा पानीको बहावले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागले सतर्क रहन सर्वसाधारणमा अनुरोधसमेत गरेको छ।

वाग्मतीको राईगाउँ स्टेसनमा ६ मिटरलाई सतर्कता तह मानिए पनि हाल ६ दशमलव ४४ मिटर पानी बग्दै आएको छ। कोसीअन्र्तगत बग्ने सिम्लेमा पानीको सतह ९ ...


नवलपरासीमा पराल बोकेका २ वटा ट्रकमा आगजनी

कावासोती - पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमा मंगलबार बिहानै आगजनी गरिएको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

आगजनीबाट ट्रकमा क्षति पुगेकोे छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउको विरोधमा आज नेपाल बन्द आव्हान गरिएको छ ।

बन्दको पूर्वसन्ध्यामा आगजनी गरेकाले उक्त काम त्यही पार्टीका कार्यकर्ताहरुले गरेको आशंका प्रहरीले गरेको छ ।

...

संविधान संशोधन तत्काल अगाडि नबढ्ने

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीले तत्काल संविधान संशोधन प्रक्रिया अगाडि नबढ्ने बताएका छन् । राजपाको अध्यक्षमण्डलका सदस्यहरूसँगको आइतबार भएको भेटमा प्रधानमन्त्री ओलीले त्यस्तो संकेत गरेका हुन् । उनले संविधान संशोधनबारे मन्त्रिपरिषद्मा छलफल गरेर जानकारी गराउने बताए ।

पहिलो चरणमा संशोधन गर्न सकिने बुँदाबारे छलफल गरी टुंगोमा पुग्ने भन्दै प्रधानमन्त्री ओली राजपा नेताहरूलाई सरकारमा आउन आग्रह गरेका थिए । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी राजपा नेताका अनुसार प्रधानमन्त्रीले सरकार पुनर्गठन गर्न सकिने भन्दै आउन आग्रह गरेका हुन् । संयोजक महन्थ ठाकुरको नेतृत्वमा राजपा मण्डलका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

मन्त्रालय अनुगमन गर्ने सफ्टवेयर बनाउँदै ...


चुनौतिपूर्ण बन्दै प्राकृतिक विपत्ति : पछिल्ला चार महिनामा मात्रै ५ सय २९ जनाको ज्यान गयो

काठमाडौँ - पछिल्ला चार महिनामा प्राकृतिक विपद्का कारण मात्रै ५ सय २९ जनाको ज्यान गएको छ । झन्डै दुई अर्ब रुपैयाँबराबरको धनमालको क्षति भएको छ । भारी वर्षा, बाढी, पहिरोका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । चार महिनामा यी तीन कारणले ज्यान जानेको संख्या ३०० छ । १ अर्ब ९९ करोड १ लाख मूल्यबराबरको धनमालको क्षति भएको छ ।

‘नेपालमा प्राकृतिक विपत्तिका घटना खासगरी १५ जेठदेखि १५ भदौसम्म तीन महिना बढी हुने गरेको देखिन्छ । मनसुनको अवधि भएकाले बाढी र पहिरो बढी जान्छ । नदी तथा खोलाको बहाव ...


विप्लबको बन्द : सूर्यविनायक र लोकन्थलीमा बम फेला, सतुंगलमा शंकास्पद वस्तु

काठमाडौं - भक्तपुरकाे सूर्यविनायक र लोकन्थलीमा प्रेसर ककुर बम फेला परेका छन् । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताए ।

त्यस्तै, काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुंगलमा ...


भदौ १ बाट बिरामी नजाँच्ने चिकित्सक संघको उद्घोष

काठमाडौं - नेपाल चिकित्सक संघले भदौ १ बाट बिरामी नजाँच्ने उद्घोष गरेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन गर्न माग गरेको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै भदौ १ बाट एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र बिरामी नजाँच्ने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मुक्तिराम श्रेष्ठले भने 'उपचार कहिले पनि आफैमा अपराध हुदैन, फेरी पनि हामी कामना गर्छौं यो स्थिति नआओस्'।

मुलुकी अपराध संहितामा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद र हेलचेक्र्याइँले बिरामीको मृत्यु भएमा ३ वर्ष कैदको ...


'प्रकाण्ड' पक्राउबारे सरकारसंग सर्वोच्चले माग्यो जवाफ, ४८ घन्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौं - सर्वोच्च अदालतले विप्लव नेतृत्व पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारसँग पक्राउ गर्नुको कारणबारे लिखित जवाफ समेत माग गरेको छ ।

चन्दा उठाएको आरोपमा केहि दिन अघि पक्राउ परेका उनलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

प्रकाण्ड हाल प्रहरी हिरासतमा छन् । चन्दा एेन २०३० अनुसार अनुसन्धान गर्न आइतबार मात्र उनलाई जिल्ला ...


राष्ट्रिय सभा बैठकमा चार विधेयक प्रस्तुत

काठमाडौँ - राष्ट्रियसभाको सोमबारको बैठकमा विभिन्न विषयका चार विधेयक पेश भएका छन् ।

पेश भएका विधेयकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ हुन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ पेश गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ ...


 भदौ १ देखि लागु हुने कानुनमा हामीले थाहा पाउनै पर्ने यस्ता छन् केहि व्यवस्था !

काठमाडौँ - आगामी भदौ १ देखि मुलुकी अपराध संहिता ऐनसहित छ नयाँ कानुन लागू हुँदै छन्। प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न कडा सजाय व्यवस्था गरिएको छ । सार्वजनिक सेवा, सामाजिक तथा पारिवारिक सम्बन्ध, साम्प्रदायिक सद्भावलगायत क्षेत्रको विसंगतिलाई सरकारले कडा कानुनी व्यवस्थाद्वारा नियमन गर्न खोजेको देखिन्छ।

गृह मन्त्रालय, सरकारी वकिल कार्यालय, नेपाल प्रहरी, सरकारी वकिलको कार्यालय यी ऐनहरु लागू गर्ने विषयमा आ–आफ्नो ठाउँबाट कार्यान्वयनका लागि तयारी भएको जनाएका छन्। निकै छलफल गरेर कानून बनाइएको र पारिवारि, आर्थिक, सामाजिक, मुलुकको ...


ओली सरकारले सार्वजनिक गर्यो आफ्नो ५ महिने उपलब्धि (पूर्णपाठ)

काठमाडौं - केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो ५ महिने उपलब्धि सार्वजनिक गरेको छ । ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका काम समेटेर ७४ पृष्ठ लामो प्रतिवेदन आज सार्वजनिक गरेको हो ।

ओली नेतृत्वको सरकारले आफ्नो ५ महिने उपलब्धिमा प्रमुख सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, सिण्डिकेटको अन्त्य, विकास निर्माणमा ढिलासुस्तीको अन्त्य, औचित्यहीन भ्रमण नियन्त्रणमा रोक लगायतका विषयलाई समेटेको छ ।

त्यस्तै, नारायणगढ मुग्लिन सडक स्तरोन्नती, सिमरा बर्दिबास रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम, मुग्लिनमा त्रिशुली नदीमा आर्कब्रिज अन्तिम चरणमा पुग्नुलाई पनि सरकारले उपलब्धीमा राखेको छ । नागढुंगामा ...


यातायात व्यवस्था कार्यालयका इन्जिनियर घुस सहित पक्राउ

बुटवल - यातायात व्यवस्था कार्यालय बुटवलका इन्जिनियर घुस लिएको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दूरुपयोग अनुसन्धान कार्यालयको टोलीले यातायात व्यवस्था कार्यालय, बुटवल रुपन्देहीमा कार्यरत मेकानिकल इन्जिनियर सरोजकुमार साहलाइ .२०,०००।– (बीस हजार) घुसवापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

साहले नयाँ सवारी (लोडर) दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बाहनामा घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियारले उनलाई पक्राउ गरेको हो । सेवाग्राहीले आयोगलाई खबर गरेर घुस दिएका थिए।

पक्राउ परेका साहलाई नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको छ ।

...

आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं - देशका विभिन्न भूभागमा आज सामान्यदेखि पूर्ण बदली रही देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना रहेको बताउँदै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन अग्रह गरेको छ।

महाशाखाले एक सूचना जारी गर्दै दिउँसो पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने जनाएको छ। यस्तै राति पश्चिमका केही स्थानमा र मध्य तथा पूर्वका एक दुई स्थानमा भारी वर्षा हुने संभावना देखिएको महाशाखाले जनाएको छ।

हाल प्रदेश नं. १ को सुनसरी, प्रदेश नं. २, ५ र ६ का अधिकांश क्षेत्रमा वर्षा भइरहेकाले सतर्क रहन भनिएकाे ...


सैनिक अधिकारीकै संलग्नतामा सेनाको भर्नामा अनियमितता

काठमाडौं - नेपाली सेनाले सैनिक उच्च अधिकारीकै संलग्नतामा नक्कली परिक्षार्थीको नाममा जाँच दिएर सिपाही पदमा भर्ना लिएको पाइएको छ। गत असोजमा लिएको सिपाहीको लिखित परीक्षामा ८ व्यक्तिको अर्कैले परीक्षा दिएको पुष्टि भएपछि सैनिक मुख्यालयले छानबिनका लागि सहायक रथी सीताराम खड्काको अध्यक्षतामा कोर्ट अफ इन्क्वारी गठन गरेको छ।

खड्का प्रधानसेनापति राजेन्द्र क्षत्रीका विश्वास पात्र मानिन्छन्। लोकसेवा आयोगले अर्काले लेखेर पास भएका आठै जनाको परीक्षा समेत रद्द गरिसकेको छ।

सो प्रकरणमा सैनिक मुख्यालयकै उच्च सैनिक अधिकारीको संरक्षण र निर्देशनमा दुई सेनानीले सेटिङमा अर्काको नाममा परीक्षा दिने वातावरण मिलाएको स्रोतले ...


देशैभरि मल अभाव, किसान समस्यामा !

काठमाडौं - मल चाहिएकै बेला देशैभरि कहीं छैन। रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ। यही बेला पाइन छाडेको छ। कृषि सामाग्री कम्पनीले समयमा झिकाउन नसक्दा किसान समस्यामा परेका हुन्। नेपाल मलमा पूर्णतः परनिर्भर छ। भारतबाट सरकारले आयात गर्छ। चाहिएको बेला नल्याइदिने परम्परा यसपालि पनि दोहोरिएको छ।

तर, सरकारी निकाय आफैं यसमा निरीहता देखाउँछन्। ‘धानबालीलाई मल अभाव भएको जानकारी हामीलाई प्राप्त भएको छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव तेज सुवेदीले भने, ‘तत्काल समस्या समाधान गर्न कृषि सामग्री केन्द्रलाई निर्देशन दिइसकेका छौं। मलको ...


कस्तो अवस्थामा पतिले सम्बन्धविच्छेद गर्न पाउँछन् ?

के छ नयाँ मुलुकी एेनमा
काठमाडौं : नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ मा सम्बन्धविच्छेदसम्बन्धी नयाँ व्यवस्था गरिएको छ। अब पतिले चाहेमा पनि सम्बन्धविच्छेद हुनेछ। यसअघि पत्नीले चाहेको अवस्थामा तुरुन्तै सम्बन्धविच्छेद नहुने कानुनी प्रावधान थियो।

मुलुकी देवानी (संहिता) ऐन २०७४ को धारा ९४ मा पतिले चाहेको खण्डमा सम्बन्धविच्छेद गर्न पाउने अधिकार उल्लेख छ।

- कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामाबाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा त्यसभन्दा बढी समयदेखि अलग बसेको खण्डमा पतिले सम्बन्धविच्छेद गर्न पाउनेछन्।

- त्यस्तै पत्नीले पतिलाई खान ...


मेडिकल काउन्सिलको परिक्षामा ७६ प्रतिशत डाक्टर फेल !

काठमाडौं - ठानिन्छ-डाक्टरहरू पढाइमा तगडा हुन्छन्। तर, लाखौं तिरेर पढेका तिनै डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन्। तिनले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन्। डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक-पटक आमरण अनशन बस्छन्। एमबीबीएस पास गरेका विद्यार्थीको हालतले त्यसलाई चरितार्थ गरेको छ।

नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४ प्रतिशत मात्र पास भएका हुन्। काउन्सिलको परीक्षामा सात सय ७६ जना एमबीबीएस अध्ययन सकेका विद्यार्थी सहभागी थिए। नौ जना परीक्षार्थी फाराम भरेपनि परीक्षामा अनुपस्थित थिए।

कुल परिक्षार्थीमध्ये १ सय ८९ जनामात्र ...


टेलिकमले 'कानमा तेल' हाल्दा सरकारलाई अरबौंको नोक्सानी
एनसेलले उछिन्यो टेलिकमलाई

काठमाडौं - अर्बौं बक्यौता उठाउन नसकेर सरकारलाई आर्थिक क्षति पुर्याएको टेलिकमले आइतबार 'महत्वकांक्षी' योजना सार्वजनिक गरेको गरेको छ । टेलिकमले अन्य दूरसञ्चार कम्पनीबाट लामो समयदेखि उठाउन बाँकी रहेको इन्टरकनेक्सन वापतको अर्बौं रुपैयाँ उठाउन नसक्दा सरकारलाई अरबौंको नोक्सानी भएको छ ।

बक्यौता उठाउनेबारे बिज्ञप्ति मौन
गत बैशाख २४ गते बसेको मन्त्रिपरिषद बैठकले कामिनीलाई ११ बुँदे लिखित शर्तहरु पूरा गरेर देखाउन भनेको थियो । सरकारले दिएको लिखित शर्तमा कामिनीलाई ९.७५ अंक प्राप्त गर्ने गरी काम गर्न भनिएको थियो ।

सरकारले तोकेका शर्तहरुको ९ नम्बर बुँदामा टेलिकमले अन्य दूरसञ्चार ...


'प्रकाण्ड'को रिहाइको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।

चन्दा उठाएको आरोपमा पक्राउ परेका नेकपाका स्थायी समिति सदस्य रहेका रहेका प्रकाण्ड, कालिकोटको कालिका गाउँपालिकाका हरिशचन्द्र आचार्य र कपिलवस्तु वाणगंगाका मनबहादुर श्रेष्ठलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै प्रकाण्डका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले रिट दायर गरेका हुन् ।

उनले गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।

विकले रिटमा विना ...


विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट, गोइत समूहले लियो जिम्मा

काठमाडौं -प्रदेश नं. १ को राजधानी मोरंङ्ग जिल्लाको सदरमुकाम विराटनगर महानगरपालिकाको कार्यलयमा जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूहले बम विस्फोट गराएको दाबी गरिएको छ ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष गोइतले एक विज्ञप्ति जारी गरी आफूहरुले महानगर कार्यालयमा प्रेशर कुकर बम विस्फोट गराएको दाबी गरेका छन् ।

‘हामी दुई जिल्ला सप्तरी, सिरहामा मात्र सीमित छैनौं भन्ने प्रेशर कुकर बम विष्फोट गराएका छौं’, गोइतले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

वम विष्फोटबाट महानगरपालिकाको मेयर चढ्ने गाडी महागनरपालिकाको भवन र फर्निचर क्षती पुगेको छ । महानगरको दोश्रो तलामा भएको विष्फोटबाट ...


टेलिकमकी प्रवन्ध निर्देशक कामिनीलाई बर्खास्त गर्ने सरकारको तयारी

काठमाडौँ - सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई ७२ घण्टे स्पष्टीकरण सोधेको छ । कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै मन्त्रिपरिषद्को शुक्रबारको बैठकले अब कुनै मौका नदिने गरी राजभण्डारीलाई स्पष्टीकरण सोधेको हो ।

उनलाई शुक्रबार नै स्पष्टीकरण पत्र थमाएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जानकारी दिएको छ । चित्त बुझ्दो स्पष्टीकरण नआए अब कामिनीलाई मन्त्रिपरिषदको निर्णयबाट बर्खास्त गरिनेछ ।

गत वैशाखमा पनि उनलाई स्पष्टीकरण सोधिएको थियो । त्यतिबेला मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई कार्यसम्पादन शर्तहरु राखेर सचेत मात्र गर्न निर्णय गरेको थियो । उनीसँग शर्तनामा बमोजिम टेलिकमको सेवा नसुध्रिएको र ...


पक्राउ पूर्जी नदिइ पक्राउ गरे प्रहरीलाई कारवाही हुने

काठमाडौं - प्रहरीलाई अब जथाभावी कसैलाई पनि पक्राउ गर्न नपाउने भएको छ । मुलुकी अपराध संहिता ऐन परिच्छेद – १५ को गैरकानूनी थुना सम्बन्धी दफामा बदनियतपूवर्क थुनछेक गर्न नहुने उल्लेख छ ।

अपराधमा सामेल भएको पक्का भए पनि प्रहरीले कसुरदारलाई पक्राउ गरिहाल्न नमिल्ने दफामा उल्लेख छ । पक्राउ गर्नु पहिले प्रहरीले कसुरदारलाई पक्राउ गर्नुको कारण खुलाई पक्राउ पुर्जी दिनुपर्ने छ । अन्यथा पक्राउ गर्नेमाथि नै कारबाही हुने ऐनमा उल्लेख छ । भदौ १ गतेदेखि लागू हुन लागेको यो ऐनमा कसैले कुनै व्यक्तिलाई कानून बमोजिम बाहेक बदनियतपूर्वक ...


जुम्ला घटनाको छानविन गर्न ३ सदस्यीय कार्यदल गठन

सुर्खेत - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ ।

कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो । गठित कार्यदलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृर्षबहादुर शाही सदस्य रहेका छन् ।
उक्त कार्यदलले एक हप्ताभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यादेश दिइएको ...


एक महिने गुँला पर्व आजदेखि शुरु

भक्तपुर - विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आइतबारदेखि शुरु भएको छ । नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।

गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएता पनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका छन् । गुँला पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन् ।

गुँला ...


प्रदेश ७ को नाम ‘दशरथचन्द' राख्न सुझाव

बैतडी - प्रदेश नं ७ को स्थायी राजधानी र नामकरणका लागि सुझाव संकलन भइरहँदा सहिद दशरथचन्दको नामबाट प्रदेशको नामकरण गर्न सुझाव प्राप्त भएको छ ।
बैतडी स्थित सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभामा सहभागी राजनीतिक दलका पदाधिकारी र सर्वसाधारणले प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न उपयुक्त हुने सुझाव दिएका हुन् ।

प्रतिष्ठानको २४औँ वार्षिक साधारणसभाले प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट राख्न प्रदेशका सम्पूर्ण प्रदेशसभा सदस्यलाई अनुरोध गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

सहिद दशरथचन्दको सपना लोकतान्त्रिक गणतन्त्र भएकाले सम्मानका लागि पनि प्रदेशको ...


चटपटे पसलमा गाँजाको ब्यापार, एक पक्राउ

लहान - प्रतिबन्धित लागूऔषध गाँजासहित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ खयरवानाबाट प्रहरीले हिजो साँझ एक पसलेलाई पक्राउ गरेको छ ।

खयरवाना चौकमा चट्पटे पसल गर्ने ६६ वर्षीय शोभित मण्डललाई पसलमा राखेको दुई किलो लागूऔषध गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलेर अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको समानसहित दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका–३ निवासी ४२ वर्षीया अनितादेवी साह र सोही ठाउँकी ...


सहमतिमा यौन सम्बन्ध राख्न अब १८ वर्ष  पुग्नुपर्ने, नभए बलात्कार  ठहरिने

काठमाडौं - १ भदौदेखि लागु हुने मुलुकी संहिता’मा सहमतिमा गरिने यौन सम्बन्धको उमेरहद फेरबदल भएको छ । नयाँ व्यवस्थाअनुसार १८ वर्षभन्दा कम उमेरका महिलासँग राजीखुशीले नै यौनसम्बन्ध राखे पनि बलात्कार ठहरिनेछ ।

पुरानो मुलुकी ऐनमा १६ वर्षमाथिका महिलासँग राजीखुसीमा यौनसम्बन्ध राखेको अवस्थामा जबरजस्ती करणी नमानिने व्यवस्था थियो । १६ वर्षभन्दा मुनिका किशोरीसँग मात्रै राजीखुशीले यौनसम्बन्ध राखे पनि त्यो बलात्कार वा जबरजस्ती करणी ठहरिने प्रावधान थियो ।

नेपाली समाजमा १६ वर्ष कटेका किशोर किशोरीहरुले राजीखुशीमा यौनसम्बन्ध राख्ने क्रम बढिरहेको विभिन्न अध्ययनहरुले देखाउने गरेका छन् । तर, नयाँ मुलुकी ...


काठमाडौँमा पार्किङस्थल निर्माण प्रक्रिया अघि बढ्दै

काठमाडौं - मुख्य समस्याका रुपमा रहेको काठमाडौँ उपत्यकाको यातायातको साधन पार्किङमा अब सहज हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाले पार्किङ व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माणको तयारीमा जुटेसँगै उक्त समस्यामा कमी आउने भएको हो । कामपाले अहिले उक्त पार्किङस्थल पहिलो चरणमा नयाँ सडक, धर्मपथमा निर्माण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । आगामी हप्ता बोलपत्रका लागि सूचना गरिने र त्यसको एक महिनापछि प्रक्रियानुरुपका कम्पनीलाई निर्माणको जिम्मा दिइने कामपा सार्वजनिक एकाइ प्रमुख महेश काफ्लेले जानकारी दिए ।

पहिलो पटक परीक्षणका रुपमा गरिने उक्त पार्किङस्थलको प्रभावकारिता हेरी अन्य स्थानमा ...


जहाँ बलात्कारीलाई गोली हानेर पब्लिकले देख्ने ठाउँमा यसरी झुन्डाइयो (फोटोफिचर)

यमन - यमनबाट बलात्कारीलाई दिइएको कठोर सजायको एउटा समाचार आएको छ । यमनमा एक बालकामाथि बलात्कारको मामिलामा दोषी ३ जनालाई दिइएको सजायले जोकसैको मुटु हल्लिन्छ । यो सजाय थाहा पाउनेले बलात्कारसहितका अपराध गर्न हजार पटक सोच्न बाध्य हुन्छ ।

यमनमा यी दोषीहरुलाई कयौँ मानिसका अगाडि गोली हानेर झुन्डाइएको छ । बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर भएका यिनीहरुलाई पहिले गोली हानियो अनि एउटा क्रेनले झुन्डाइयो ।

क्रेनबाट झुन्डाएर एउटा सन्देश दिन खोजिएको हो । क्रेनबाट झुन्डाएर यस्तो घिन लाग्दो ...


गणेश लामा प्रकरण : मागदावी २७ करोड, सजाय १ करोड ४० लाख

काठमाडौं - गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतले बिहीबार लामालाई दोषी ठहर गर्दै १ वर्ष कैद हुने सजाय सुनाएको हो ।

लामालाई १ वर्ष कैद संगै १ करोड ४० लाख ५० हजार बिगो बमोजिमको सम्पत्ति जफत हुने फैसला सुनाइएको विशेष अदालतका प्रबक्ता नागेन्द्र केशरी पोखरेलले बताए ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले उक्त फैसला गरेको हो ।

यति धेरै फरक किन पर्यो ?
लामामाथि ५ जेठ ०७० मा २७ करोड १ ...


सरकारी अस्पतालका लागि आवश्यक सामग्री समेत  बिरामीले किनिदिनुपर्ने ?

धादिङ- जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् ।

जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने गरेको आइभि सेट, सूई र डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले खरिद गर्नुपर्ने अवस्था आएको बताए ।

बिरामी लिएर जिल्ला अस्पताल जाँदा अस्पतालका डाक्टरले आफैँले उपचार सामग्री र औषधि खरिद गर्नुपर्ने बताउने गरेको राजन ...


'प्रकाण्ड अपराधी हुन्'  : गृहमन्त्री

चितवन - नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नेता गृहमन्त्री रामबहादुर थापा बादलले खड्गबहादुर विक प्रकाण्ड पक्राउबारे मुख खोलेका छन् ।
शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीहरु कुराकानी गर्दै गृहमन्त्री बादलले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको बताएका छन् ।

प्रकाण्ड अपराधी हुन् भन्ने पत्रकारहरुको प्रश्नमा बादलले भने ‘नेपालको कानुनलाई जसले उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौं ।’ बादलले भने ‘म गृहमन्त्री हुँ, मैले कानुनको कार्यन्वयन गर्नुपर्छ त्यसैले अपराधीलाई नियन्त्रण लिँदा हत्कडी लगाइनु स्वभाविक हो ।’ प्रकाण्डले प्रकाण्ड गैरकानुनी काम र ...


धनुषामा लुटेराको आतंक, गोली हानि सुनसहित पैसा लुटपाट

धनुषा - लुटेरा समूहले गोली चलाएको छ । गएराति करीब १०/१२ जनाको समूहमा आएका लुटेरा समूहले गोली प्रहार गर्दा मिथिला नगरपालिका–८ जमुनिवास चोक बस्ने ३८ वर्षीय पुष्पलाल श्रेष्ठ घाइते भएका छन् ।

उनको घरमा लुटेराहरुले लुटपाट गर्न खोजेपछि श्रेष्ठले प्रतिकार गर्दा उक्त समूहले गोली प्रहार गरी घाइते भएका थिए । मंगलसुत्र र ब्रासलेट गरी साढे ६ तोला सुन, १५ तोला चाँदी र नगद २ लाख ५० हजार रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ ।

घाइते श्रेष्ठलाई जनकपुर अंचल अस्पतालबाट थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ...


नेकपाको हेडक्वार्टर धुम्बाराहीमा राखें निर्णय, पेरिसडाँडामा जवस कार्यालयहरु

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हेडक्वार्टर अब धुम्बाराही भएको छ ।

नेकपाको बिहीबार बसेको सचिवालय बैठकले धुम्बाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनवर्गीय संगठनहरुको कार्यालय राख्ने निर्णय गरेको हो ।

धुम्बाराही तत्कालीन एमालेको कार्यालय थियो भने पेरिसडाँडामा माओवादी केन्द्रको कार्यालय थियो ।

 

...

गुन्डा नाइके गणेश लामा दोषी ठहर

काठमाडौं - गुन्डा नाइके सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामा दोषी ठहर भएका छन् । सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतले लामालाई दोषी ठहर गर्दै बिहीबार सजाय सुनाएको हो ।

लामालाई १ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यस बमोजिमकै सम्पत्ति जफत हुने फैसला सुनाइएको छ ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको मुद्दा फैसला गरेको हो ।

लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै ५ जेठ ०७० मा मुद्दा दर्ता भएको थियो । हाल लामा केन्द्रीय कारागारमा छन् । उनलाई ...


बंगलादेशले नेपालसँग बिजुली किन्ने, सम्झौता गर्न बंगलादेशका उर्जा राज्यमन्त्री नेपालमा

काठमाडौं - विद्युत खरिद लगायतका विषयमा छलफल गर्न बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिद नेपाल आएका छन्। शुक्रबार नेपाल र बंगलादेशबीच विद्युत सम्बन्धि सम्झौता हुँदैछ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता सहसचिव दिनेश कुमार घिमिरेका अनुसार बंगलादेशले नेपालबाट विद्युत खरिद, नेपालको विद्युत क्षेत्रमा लगानी लगायतका विषयमा समझदारी हुने छ। यसका लागि दुई देशबीच सचिव स्तरको संयन्त्र समेत बनाउन लागिएको छ। राज्यमन्त्री हमिदसहितको टोली सझदारीका लागि बिहीबार नेपाल आइपुगेको हो।

बंगलादेशमा विद्युतको माग बढ्दै गएको र नेपालमा केही वर्षपछि मागभन्दा धेरै विद्युत उत्पादन हुने भएकाले नेपालले बंगलादेशलाई विद्युत बेच्नेबारे ...


भक्तपुर इन्काउन्टरबारे छानबिन समिति बनाउने गृहको तयारी

काठमाडौं - गृहमन्त्री राबहादुर थापा बादलले सोमबार भक्तपुरमा भएको ‘इन्काउटर’बारे सरकारले छानबिन गर्ने बताएका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले घटनाबारे सरकार आफैंले छानबिन गर्ने बताएका हुन् ।

घटनाबारे सांसदहरुले गृहमन्त्री समक्ष जानकारी मागेपछि उनले छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्ने बताएका हुन् । सोमबार ११ बर्षीय निशान्त खड्काको अपहरणपछि हत्या गरी भाग्ने क्रममा गोपाल तामाङ र अजय तामाङको प्रहरी इनकाउण्टरमा मारिएपछि विभिन्न आशंका व्यक्त भइरहेका बेला गृहमन्त्री थापाले सरकार आफैंले घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रहरीले घरबाटै निशस्त्र रुपमा पक्राउ ...


पहिरोले काभ्रेमा १ को मृत्यु, १८ घर जोखिममा

बनेपा - काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका-१० चिनसौरामा माथिबाट खसेको पहिरोका कारण त्यहाँका १८ घरधुरी जोखिममा परेका र एक बालकको मृत्यु भएको छ ।

मंगलबार राति परेको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा डेढ वर्षको बालक दीपक तामाङको मुत्यु हुनुका साथै अन्य दुई घाइते भएका थिए । पाँच जनाको परिवार बस्दै आएको हेमबहादुर तामाङका कान्छो छोराको सुतिरहेको अवस्थामा पहिरोले पुरिएर मृत्यु भएको हो । दुई महिना अगाडिदेखि त्यहाँ बस्दै आउनुभएका उहाँले राति आएको पानीका कारण माथिबाट पहिरो आएर बस्ने टहरो पुरिएको बताए ।

“समय हेर्नै पाइएन, माथिबाट आएको ...


अब दश लाखमै बन्ने भयो ४ कोठे घर

चितवन - पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १४ मा नेपालमा पहिलो पटक एसवाई प्यानल उद्योग सञ्चालनमा आएको छ । कोरियाली लगानीमा सञ्चालन भएको उद्योगले आफ्नो उत्पादन पनि शुरु गरेको छ ।

२०७४ असोजमा शिलन्यास गरिएको उद्योग ९ महिनामै निर्माण सम्पन्न भई आफ्नो उत्पादन सुरु गर्न सफल भएको हो । उद्योगले गएको असार महिनादेखि उत्पादन सुरु गरि ७ जिल्लामा डेढ करोड रुपैयाँ बराबरको बिक्री वितरण गरिसकेको छ ।

‘सुरक्षित र स्मार्ट घरको सपना’ भन्ने नारासहित कोरियाली एसवाई ग्रुपले पूर्वी चितवनको रत्ननगर पिठुवा एसवाई प्यानल नेपाल नामक उद्योग ...


पहिरोले गाईघाट -फोक्सिङटार सडक डेढ महिनायता अवरुद्ध

गाईघाट - सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको गाईघाटदेखि फोक्सिङटार सडकखण्ड डेढ महिनादेखि पहिरोका कारण अवरुद्ध भएको छ । यसले उदयपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात अवरुद्ध भएको छ ।

गाईघाट दिक्तेल सडकखण्डको साउने र छामलिङमा सडक माथिबाट निरन्तर पहिरो झरेर सडक अवरुद्ध भएपछि उदयपुरको उत्तरी पहाडी क्षेत्रका बिरामीसमेत एम्बुलेन्समा उपचारको लागि अन्यत्र लैजान समस्या भएको बलाम्ताका राजकुमार राईले बताए ।

सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रको जाँते, बलाम्ता, रसुवा, ताम्लिछा, आपटार क्षेत्र र सुनकोशी पारी खोटाङका बिरामीलाई समस्या परेको छ । सडक अवरोधले पहाडी क्षेत्रका जनता दुई ...


पूर्वराजा ज्ञानेन्द्रसंग खुफिया एजेन्टको गोप्य भेट,  थाइल्याण्डमा बन्दैछ ‘ग्राण्ड डिजाइन’ !

काठमाडाैं - नातिनीलाई क्याम्पस भर्ना गर्ने बहानामा स–परिवार थाइल्याल्ड पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँ राजनीतिक चलखेल सुरु गरेका छन् ।

नेपालको राजनीतिक व्यवस्था परिवर्तन गर्ने दाउमा उनले विदेशी खुफिया एजेन्सीका मानिसहरुलाई भेटेका हुन् । भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल ज्ञानेन्द्र भेट्न बैंकक पुगेका थिए । उनीहरुबीच गत शनिबार चार घण्टासम्म एक्लाएक्लै कुराकानी भएको स्रोतले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारका हरेक गतिविधिमा विरोध र असहयोगको नीति अख्तियार गरिरहेका बेला गणतन्त्र खारेज गरेर राजतन्त्र फर्काउने डिजाइनमा सक्रिय ज्ञानेन्द्रको छिमेकी प्रधानमन्त्रीका दूतसँगको गोप्य मन्त्रणालाई अर्थपूर्ण रुपमा ...


प्रहरीको पक्राउ सूचीमा मेयरदेखि प्रदेशमन्त्रीसम्म, किन पक्राउ पर्दैनन् कोहि ?

काठमाडौं - मधेस आन्दोलनका क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेश मन्त्रीको कुर्सीसम्म पुगेका छन्।

तर अहिले पनि उनीहरूको नाम अदालतको उपस्थिति गराउने सूचीमा रहेको छ। मधेस आन्दोलनका क्रममा जलेश्वर घटनामा हत्या अभियोग लागेका फोरम र राजपाका २८ नेतालाई उच्च अदालत जनकपुरले अदालतमा उपस्थिति गराउन परमादेश जारी गरेको छ। २०७२ मा महोत्तरीको जलेश्वरमा एम्बुलेन्सबाट थुतेर थम्मन विकको हत्या गरिएको थियो। विकका आफन्तले उच्च अदालत जनपुरमा ज्यान मार्ने शीर्षकमा २८ व्यक्तिमाथि गत असारमा ...


सरकारी अस्पतालमा बेथिति : बिरामीले तिरेको १९ लाख रकम कर्मचारीको खल्तीमा

इनरुवा - सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको भेटिएको हो ।

प्रयोगशालाका विकेश श्रेष्ठ एक्लैले १० लाख ६४ हजारभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ । नाम दर्ता गराउने ठाउँमा कार्यरत कर्मचारी कविता पोद्दारका नाममा झन्डै पाँच लाख र अजय प्रधानको नाममा तीन लाख ६९ हजारभन्दा बढी बक्यौता छ । सरु भट्टराईको नाममा १३ हजार ६ सय ९७ रुपैयाँ बाँकी देखिन्छ ।

असार मसान्तअघिसम्म भट्टराईको नाममा १७ लाख ६१ हजारभन्दा बढी ...


चार वर्षमा  ४ हजार ४ सय ४५  महिला बलात्कृत

काठमाडौँ - नेपालमा हरेक दिन औसत तीनजना महिला बलात्कृत हुने गरेका छन् । अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ । बलात्कार प्रयासका घटना झन् बढी अर्थात् हरेक वर्ष १६ प्रतिशतका दरले बढेको छ ।

बलात्कारीको निसानामा धेरैजसो बालिका पर्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ । नेपाल प्रहरीको तथ्यांकअनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका छन् । त्यसपछि १० वर्षमुनिका बालिका छन् । बालिका र किशोरी ...


सरकारलाई असफल बनाउन देश भित्र र बाहिरबाट घेराबन्दीको प्रयास : प्रधानमन्त्री

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले समसामायिक राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार बसेको बैठकमा अध्यक्षले समसामायिक राजनीतिक परिस्थितिबारे संक्षिप्त ‘ब्रिफिङ’ मात्र गरेका छन् ।

बैठकमा अध्यक्ष केपी ओलीले कार्ययोजनाका साथ काम अघि बढाइरहेका वेला सरकारलाई असफल बनाउन राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा घेराबन्दीको प्रयास गरिएको बताए । उनले कांग्रेसले डा. गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्ने बाहनामा पछिल्ला घटनाक्रमलाई अन्तर्राष्ट्रियकरणसमेत गर्ने प्रयास गरेको बताए ।

‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीज्यूले पछिल्लो राजनीतिक घटनाक्रमबारे सामान्य ब्रिफिङ गर्नुभयो’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अन्य विषयमा प्रवेश नभएकाले ...


मधेशमा विभेद : 'दलितले खोलेको पसल चल्दैन'

जनकपुरधाम - सर्लाही चन्द्रनगर गाउँपालिका निवासी श्यामबाबु माझीले ऋण लिएर हरिपुर नगरपालिकामा पाँच धुर जग्गा किने । त्यहाँ धान कुट्ने मिल खोले । करिब तीन वर्ष मिल चलाए, त्यसपछि बन्द भयो ।

कारण थियो– उनी दलित हुनु । माझीले भने, ‘सुरुमा त कसैले केही भनेनन् तर पछि दलितले खोलेको मिल पो रहेछ भन्दै ग्राहकले उपेक्षा गर्न थाले ।’

माझीका अनुसार पिठो, धान, चामल छोइन्छ भनेर मिलमा कोही नआउने गाउँलेहरूले आपसी सहमति नै गरे । उनले तीन वर्षसम्म सञ्चालन गरेको मिल मान्छे आउनै छाडेपछि बन्द गरे । ‘मान्छे ...


नयाँदिल्लीबाट १६ नेपाली महिलाको उद्दार

नेपालगन्ज - भारतको नयाँदिल्लीबाट १६ नेपाली महिलाको उद्दार गरिएको छ। भारतीय बाटोहुँदै अवैध खाडीमुलुक जान लागेका महिलालाई दिल्लीको मैदानगढी क्षेत्रका होटलबाट उद्धार गरिएको हो।

नेपाली राजदूतावासको सहयोग तथा समन्वयमा उनीहरुलाई उद्दार गरी नेपालगन्ज ल्याइएको माइती नेपाल नेपालगन्जका प्रमुख केशवराज कोइरालाले जानकारी दिए।

‘दिल्लीबाट ल्याइएका महिलालाई परिवारको जिम्मा लगाउने तयारी भएको छ,’ उनले भने।

दिल्ली महिला आयोग दिल्ली र बनारस प्रहरी तथा रेस्क्यू फाउन्डेशनले सहयोग गरेका थिए। उद्दार गरिएका महिलामध्ये सबैभन्दा बढी बाँकेका पाँचजना रहेका छन्। अन्य दाङ, दैलेख, पाल्पा, नवलपरासी, रुपन्देही, मोरङ, झापालगायत जिल्लाका महिला रहेका छन्।

नेपाल सरकारले ...


प्रवक्ता पक्राउ परेपछि विप्लवले गरे नेपाल बन्दको घोषणा, यस्तो छ तालिका !

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेको विरोधमा पार्टीले नेपाल बन्दसहित विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलाई बिनाकारण पक्राउ गरिएको भन्दै उक्त पार्टीले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो।

प्रवक्तासँगै पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्य पक्राउ परेपछि त्यसको विरोधमा विज्ञप्ति निकालेर विप्लवको पार्टीले आन्दोलनको घोषणा गरेको हो।

विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा पाँच दिनको विरोध कार्यक्रम सार्वजनिक भएको छ। जसअनुसार साउन २५ देखि कोणसभाबाट सुरु भएको विरोध कार्यक्रम २९ गते नेपाल बन्दसम्म छ। विप्लवले साउन ...


बिप्लव माओवादीका प्रबक्ता ‘प्रकाण्ड’ पक्राउ

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् । प्रकाण्डलाई प्रहरीले बुधबार अपरान्ह राजधानीबाट पक्राउ गरेको बताइएको छ ।

गएको चुनावमा हिंसा भड्काएको र चन्दा आतंक मच्चाएको उजुरीको अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको बताइएको छ ।

पार्टीनिकट स्रोतले दिएको जानकारीअनुसार उनी उपत्यका बाहिर आयोजना गरिएको बैठकमा सहभागी भएर राजधानीतर्फ आउँदै गर्दा नागढुंगाबाट समातिएका हुन् ।

प्रहरीले बिकलाई काठमाडौं प्रहरी परिसर टेकूमा राखेको छ । प्रहरीले बुधबार बिहान कपनस्थित बिकको डेरामा छापा मारेको बताइएको छ ।

...

छोरी जोगाउन हरेक दिन चुनौती, एकै महिनामा २३ बलात्कार

चार बालिकाको बलात्कारपछि हत्या
१. १७ दिनको अन्तरमा कञ्चनपुरमा मात्रै दुई बालिकाको बलात्कारपछि हत्या भयो । गत ११ साउनमा भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त साथीको घरबाट फर्कंदै गर्दा बलात्कारको सिकार मात्र भइनन्, ज्यानसमेत गुमाइन् । उनको शव भासीखोलाछेउको उखुबारीमा फेला प-यो । बलात्कार र हत्यामा संलग्नलाई अहिलेसम्म प्रहरीले खोज्न सकेको छैन ।

२.२६ असारमा कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको पनि बलात्कारपछि हत्या भयो । लालझाडी जंगलमा गाडिएको अवस्थामा उनको शव भेटियो । हत्याको अभियोगमा पक्राउ परेका मदन गिरी र भरत बोहरामाथि कर्तव्य ज्यान र बलात्कार मुद्दा चलिरहेको छ ।

३.२० ...


रेलका लागि बुटवलमा साढे दुई किलोमिटर आकाशेपुल

बुटवल - बुटवलको बजार क्षेत्रमा रेल्वे लिग पर्ने भएपछि पूर्वपश्चिम रेलमार्गको लागि फ्लाइओभर (आकाशेपुल) बनाइने भएको छ। रेलमार्गको बुटवल–लमही खण्डअन्तर्गत बुटवलको कालिका नगर क्षेत्रमा आकाशेपुल बनाएर रेल पार गराउने गरी डीपीआरको ड्राफ्ट तयार भइसकेको छ।

यसअघि बस्तीबाटै रेल लैजाने तयारी भएको भन्दै विरोध भएको थियो। स्थानीयहरूले संघर्ष समिति बनाएर रेल बस्ती मासेर लैजान नहुने भन्दै आन्दोलनमै उत्रिएका थिए। सयौं घर मासिने भएपछि रेल विभागले आकाशेपुलको अवधारणा ल्याएको हो।

‘डीपीआरको ड्राफ्ट तयार भएर विभाग बुझाइसकिएको छ’, रेल विभागका सिनियर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्यायले भने, ‘सायद एक÷दुई महिनामै फाइनल ...


भदौदेखि हरियो स्टिकर नभएका चारपांग्रे चलाए कारवाही

काठमाडौं - सरकारले हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारीसाधनलाई भदौदेखि रोक लगाउने भएको छ। पछिल्लो समय सवारीसाधनबाट मानव स्वास्थ्यलाई हानि गर्ने गरी धुँवाको उत्सर्जन वृद्धि भएपछि यातायात व्यवस्था विभागले यस्तो व्यवस्था गर्न लागेको हो।

पहिलो चरणमा काठमाडौं उपत्यकासहित मुलुकभरका उपमहानगरपालिका र महानगरपालिकामा हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारी सञ्चालनमा रोक लगाइनेछ। यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले प्रदूषण परीक्षणमा अनुत्तीर्ण निजी र सार्वजनिक चारपांग्रे सवारीसाधन सञ्चालनमा भदौदेखि रोक लगाइने जानकारी दिए। इन्जिन मर्मत नगरी सञ्चालन गरिने पुराना सवारीसाधनबाट निस्कने प्रदूषण नियन्त्रण गर्न यो व्यवस्था गर्न लागिएको ...


सप्तरीमा बसले माइक्रोलाई ठक्कर दिँदा १७ घाइते, ६ जनाको अवस्था चिन्ताजनक

सप्तरी - सप्तरीको कञ्चनरुप नगरपालिका ८ बदगामा बसले माइक्रो बसलाई ठक्कर दिँदा १७ जना घाइते भएका छन्। ६ जना गम्भीर घाइते छन्। उनीहरुलाई थप उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको छ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको बा ३ ख ८४८५ नम्बरको माइक्रोबसलाई को १ ख ४४६८ नम्बरको बसले ठक्कर दिँदा १७ जना घाइते भएका हुन्।

बसले माइक्रोलाई पछाडिबाट ठक्कर दिँदा माइक्रो बिजुलीको पोलमा ठोक्किएको थियो।

गम्भीर घाइतेमध्ये दुहवी ८ का उज्जल रेग्मीको अवस्था भने गम्भीर रहेको सप्तरी प्रहरीले जनाएको छ। अन्य घाइतेको भने स्थानीय अस्पतालमा उपचार भइराखेको छ।

घाइते सबै माइक्रोमा ...


‘इन्काउन्टर’ शंकाको घेरामा, सुरुमै अपहरणकारीलाई प्रहरीको धम्कीपूर्ण म्यासेज

काठमाडौं - महानगरीय प्रहरी अपराध महाशाखाले पेसेवर गुन्डाबाहेक गरेका दुईटा ‘इन्काउन्टर’ विवादित बनेका छन्। २०७४ साउन २३ मा ललितपुरको कुसुन्तीमा लागूऔषधको कुलतमा फसेका युवक प्रवीण खत्री र यही साउन २१ (सोमबार) गते भक्तपुरमा बालक अपहरणपछि हत्या गरी भाग्दै गरेका दुईजनामाथि गरिएको ‘इन्काउन्टर’ विवादमा परेका हुन् ।

आजको नगारिक दैनिकका अनुसार भक्तपुरमा ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर प्रहरीले आफू ‘पपुलर’ हुन मात्रै गरेको देखिन्छ । आइतबार साँझदेखि अपहरणमा परेका बालक खड्कालाई प्रहरीले सकुशल अपहरणमुक्त गर्न सकेन । ...


ट्रक र बस एकापसमा ठोक्किँदा ४ जनाको मृत्यु, १७ जना घाइते

चितवन - गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नंको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा सत्रजना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका-१० भानुचोकमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा, बसमा सवार काठमाडौँ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका- १ का ४२ वर्षीया ...


बजेटमा कटौती भएपछी राष्ट्रिय सतर्कता केन्द्रको काम प्रभावित

काठमाडौँ - बजेट र कर्मचारी अभावका कारण भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने राष्ट्रिय सतर्कता केन्द्रको काम कारवाही प्रभावित हुने भएको छ ।

चालू आर्थिक वर्षमा सरकारले बजेटमा कटौती र हाल भइरहेको दरबन्दीअनुसारको कर्मचारी नदिँदा भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने कार्यक्रम सञ्चालनमा असर परेको छ । सरकारले चालू आवमा करीब रु दुई करोड ५० लाख बजेट कटौती गरेको हुनाले भ्रष्टाचार न्यूनीकरण र सुशासनसम्बन्धी कार्यक्रम प्रभावित हुने केन्द्रका प्रवक्ता विष्णुराम लामिछानेले बताए ।

उहाँले बजेट बढाएर भ्रष्टाचार नियन्त्रण गर्नाको साटो उल्टो बजेट घटाएर केन्द्रका कामलाई प्रभावित गर्न खोजिएको गुनासो गरे । गत आवमा ...


जनस्वास्थ्यसंग खेलवाड गर्नेलार्इ रेडकार्ड दिन मन्त्री खनालकाे निर्देशन

काठमाडौं - कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले जनस्वास्थ्यमा खेलवाड गर्ने जोसुकैलाई पनि तत्काल रेडकार्ड दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिएका छन् ।

विभागको तेस्रो चौमासिक प्रगति समिक्षा बैठकमा मन्त्री खनालले जनस्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै त्यही अनुसार कडा कदम चाल्न विभागलाई निर्देशन दिए ।

मातहतका संयन्त्र राम्रोसँग चलेनन् भने परिणाम ननिस्कने भन्दै मन्त्री खनालले आफूसँग भएको सम्पूर्ण संयन्त्र परिचालन गर्न निर्देशन दिए । विभागको ठूलो दायित्व रहेको भन्दै खनालले अहिले त्यो पूरा हुन नसकेकोमा असन्तुष्टि जनाए ।

‘विभागको निकै ठूलो जिम्मेवारी ...


रोकिएन सुन तस्करी : विमानस्थलबाट एक पक्राउ

काठमाडौँ - महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

परिसर, महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा सुनसरीका २८ वर्षीय फैजाद आलमलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले विमानस्थलको मूल ढोका अगाडि शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले आलमसँग सुनका सात थान चुरा र पाँच थान बेरुवा आंैँठी बरामद गरेको ...


किशोरीको सर्पले डस्दा मृत्यु

वीरेन्द्रनगर - सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पले डस्दा मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१० जामुकी १४ वर्षीय हरिकला उपाध्यायलाई सर्पले डस्दा आज बिहान मृत्यु भएको हो ।

जामुस्थित बाढीपीडितको शिविरमा पालमुनी बस्दै आएकी हरिकलालाई सर्पले डसेपछि झारफुक गर्दागर्दै मृत्यु भएको हो । बिहान ५ बजेतिर उनलाई सर्पले डसेपछि उपचार गर्नुको सट्टा झारफुकमै बढी ध्यान दिँदा ८ बजे मृत्यु भएको पञ्चपुरी नगरपालिका–१० का वडा सदस्य नैनसिंह विकले जानकारी दिए ।

बाढीपीडित विस्थापित शिविरमा बस्दै आएकी हरिकलालाई बिहान शौचालय गएको बेला सर्पले डसेको थियो । उनी स्थानीय ...


नयाँ  प्रधानन्यायाधीश सिफारिस सोमवार

काठमाडौं- नयाँ प्रधानन्यायाधीश सिफारिसको लागि बुधबार संवैधानिक परिषदको बैठक बोलाइएको छ। प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएपछि परिषदको बैठक बस्न लागेको हो।

नयाँ प्रधानन्यायाधीशको लागि न्यायपरिषदले सर्वोच्च अदालतमा स्थायी न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्र शम्सेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ। संवैधानिक परिषद प्रधानमन्त्रीको अध्यक्षतामा रहेने गर्छ। परिषदमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, कानूनमन्त्री र विपक्षी दलको नेता सदस्य रहने प्रावधान छ।

...

“यातायात एकाधिकार कागजमा तोडियो, व्यवहारमा लागु भएन''

काठमाडाैं - राजधानीकै सडकमा खाल्डाखुल्डी नपुरिँदा ट्राफिक जामलगायत यातायातको आवागमनमा समस्या भएकाले समितिकै बैठकमा आउन ढिला भयो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत कार्यक्षेत्र रहेको संघीय संसद्को विकास तथा प्रविधि समितिको आजको पहिलो बैठकमा उपस्थित केही सांसदले यस्तो गुनासो गरे। यस्तो समस्या व्यवस्थापिका–संसद्को विकास समितिमा पनि सांसदहरुले राख्ने गरेका थिए।

सांसद दुर्गा पौडेलले राजधानीकै सडक हुन् कि धान रोप्ने खेतका गरा छुट्याउन अप्ठ्यारो पर्ने गरेको बताइन। जिल्ला जिल्लामा बिना योजना सडक निर्माण गर्दा वर्षामा पहिरो गएर गाउँ नै बगाइरहेकाले विकासका काम गर्दा ध्यान दिन सरोकार भएका निकायलाई सचेत ...


अख्तियारका पदाधिकारी माथि लागेको रिट खारेज, प्रमुख हुन बाटो खुल्यो

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि योग्यताको प्रश्न उठाउँदै दायर भएको रिट निवेदनलाई सोमबार सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

अख्तियारका कार्यवहाक प्रमुख नवीनकुमार घिमिरे, आयुक्त डा.गणेशराज जोशी र आयुक्त सावित्री गुरुङको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरेको हो । २०७३ मंसिर १ गते दक्षबहाुर क्षेत्रीद्वारा रिट दायर भएको थियो ।

राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषदसहित सात निकायविरुद्ध दायर उक्त रिटलाई कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश केदार प्रसाद चालिसेको संयुक्त इजालसले रिट खारेजीको निर्णय गरेको हो ।

रिट खारेजीसँगै बाँकी तीन बर्षको अवधि पदमा रहेर काम ...


१६ करोड रुपियाँको दुर्इ किलो रुवीसहित एकजना पक्राउ

काठमाडौँ - महानगरीय प्रहरी वृत्त दरबारमार्गले दुई किलोग्राम रुवीसहित एक जनालाई पक्राउ गरेको छ ।

बहुमूल्य धातु रुवी अवैध रुपमा सञ्चय गरी बिक्री वितरण गरिरहेको अवस्थामा वृत्तको टोलीले ललितपुरका ४८ वर्षीय दीपक सिजापतिलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले उपत्यकाका विभिन्न स्थानमा रुवी बिक्री–वितरण तथा ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा रुवीसहित सिजापतिलाई पक्राउ गरिएको बताए । उक्त रुवीको बजार मूल्य १६ करोड रूपैयाँ छ ।

यस्तै, वृत्तले १२ लाख ७० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको ...


अढाइ वर्षमै ७ करोड भ्रष्टाचार

काठमाडौं - अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

अख्तियारको ६ महिना लामो छानबिनबाट सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धा, एकल महिला, असहाय, अशक्त, विपन्न, दलित र अपांगता भएका व्यक्तिलाई बाँड्न छुट्याइएको रकम पत्नी, सासु र काकीको खातामा सारेको फेला परेको छ ।

‘ढकालविरुद्ध उदयपुरको कटारी र इलामको माई नगरपालिकामा रहँदा भ्रष्टाचार गरेको अभियोग दाबीसहित दुई वटा मुद्दा दर्ता भएका छन् ...


जोशी अस्वीकृत प्रकरण : संसदमा कांग्रेस र नेकपाको जुहारी

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ससदीय सुनुवाइ समितिबाट शुक्रबार भएको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भै नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विनाआधार प्रस्तावित प्रधानन्यायाधीशलाई अयोग्य घोषणा गर्ने निर्णय भएको आरोप लगाए ।

कार्कीले भने, “दीपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य हुने हो भने उनको नाम सिफारिश गर्ने प्रधानमन्त्रीको हैसियत के हुने रु विनाप्रमाण आग्रह र पूर्वाग्रहका आधारमा गरिएको निर्णय गलत छ, यसलाई अवैध घोषणा गर्दछौँ, निर्णय मान्दैनौँ ।”

उनले समितिको पछिल्लो निर्णयले न्यायिक स्वतन्त्रता नमानेको देखाएको उल्लेख गर्दै यसबाट संविधान कार्यान्वयनमै चुनौती ...


उपत्यकाका विभिन्न स्थानमा फ्ल्याट भाडामा लिएर यौनधन्दा चलाइरहेका दुई युवती पक्राउ

काठमाडौं - यौनधन्दा संचालन गरेको आरोपमा प्रहरीले दुईजना युवती पक्राउ गरेको छ । उनीहरुलाई राजधानीका विभिन्न स्थानमा फ्लाट भाडामा लिएर यौन व्यवसाय गरेको आरोप छ ।

पक्राउ पर्नेमा ललितपुर पाटन स्थायी घर भई हाल लाजिम्पाट डेरा गरी बस्ने २८ वर्षकी प्रिया श्रेष्ठ र मकवानपुर हेटौंडा नगरपालिका ८ की १८ वर्षीया मन्दिरा तामाङ रहेका छन्। पैसाको प्रलोभन देखार्इ परपुरुषहरूसँग जबरजस्ती यौनसम्पर्क राख्न लगाई उनीहरुले पैसा अशुली गर्ने गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले विशेष सूचनाका आधारमा पक्राउ ...


काँडाघारीबाट अपहरित बालकको हत्या, यस्तो अवस्थामा भेटियो शव !

काठमाडौं - काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या भएको छ । बालक आइतबार साँझ अपहरणमा परेका थिए । अपहरणकारीले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती माग गरेका थिए ।

सोमबार दिउँसो १२ बजे खड्काको शव ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

महानगरीय आयुक्तको कार्यालयका प्रमुख डिआईजी मनोज न्यौपानेका अनुसार बच्चाको शवलाई पोष्टमार्टमका लागि ल्याउने तयारी भइरहेको छ ।

उता, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग मुठभेडमा पर्दा दुर्इ अपहरणकारी अजय तामाङ र गोपाल ...


काँडाघारीबाट ११ वर्षीय बालक अपहरणमा

काठमाडौं - काठमाडौंको काँडाघारीबाट ११ वर्षीय बालक निसान्त खड्का अपहरणमा परेका छन् । खड्काको परिवारलाई अज्ञात समूहले फोन गरी मोटो रकम मागेको परिवार स्रोतले जानकारी दिएको छ ।

घटनाको अनुसन्धानका लागि हाल काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठ लगायत घटनास्थलमा खटिएका छन् ।

उनका अनुसार हिजो रातिदेखिनै प्रहरीले खोजी कार्य जारी राखेको छ। उनी र उनका टीमहरू अहिले काठमाडौंको काडाँघारी, भक्तपुरको ठिमी र ललितपुर आसपासमा खटिएका छन्।

...

आफ्नो गाउँमा बसाइँ सरी आउनेलाई पाँच लाख अनुदान

तेह्रथुम- तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ ।

गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा रु पाँच लाखसम्म अनुदान उपलब्ध गराउने भएको हो । ग्रामीण क्षेत्रमा सेवा सुविधाको अभाव भन्दै सर्वसाधारणको बसाइँ सरेर जाने क्रमलाई रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रम बनाएको छ ।

पूर्वाधार निर्माण, आवश्यक स्रोत साधन परिचालन, खानेपानी व्यवस्थापनलगायत योजनाले बसाइँसराइ रोक्ने गाउँपालिकाले नीति लिएको अध्यक्ष सन्तवीर लिम्बूले बताए । गाउँपालिकाबाट बसाइँसराइ लिएर गइसकेकालाई पुनः फर्काउने र शहरी क्षेत्रमा निस्किएर व्यवसाय गर्नेलाई लक्षित गरी ...


ललितपुरमा बाढीले गाडी बगायो,  बस्तीहरु जोखिममा

काठमाडाैँ - काठमाडाैँ उपत्यकाको ललितपुरमा बाढीले बितण्डा मच्चाएको छ । निरन्तरको अविरल वर्षासँगै अाएको बाढीले एउटा कार समेत बगाएको छ ।

अझै पानी परीराखे बाढी बस्तीमा पस्ने जोखिम समेत देखिएको छ । अन्य ठाउँका खोला र नदीहरूमा पनि अाज पानीको सतहले खतराको स्तर पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

...

भक्तपुरका बिभिन्न भाग डुबानमा,  ७० भन्दा बढी घर जलाम्य

काठमाडौं - लगातारको वर्षाले आएको बाढीका कारण भक्तपुरका बिभिन्न भाग डुबानमा परेका छन् । बाढीका कारण मध्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिका अन्तर्गतका बिभिन्न भाग डुबानमा परेका हुन् । हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमिको राधेराधे क्षेत्र डुबानमा पर्दा खोला आसपासका ७० भन्दा बढी घर जलाम्य भएका छन् ।

खोला बढेपछि हनुमन्ते र मनोहरा खोला किनारका बासिन्दाको घर भित्र पानी पसेको छ ।खोलामा बाढी उर्लिएपछि किनाराका बस्ती र भूकम्प पीडितको शिविरमा पानी पसेको हो । मनोहरा खोलामा समेत पानीको सतह बढेपछि सुकुम्वासी बस्तीमा पनि खोला पसेको छ ...


नयाँशक्तिका जुम्ला संयोजक मृत फेला

जुम्ला — नयाँशक्ति पार्टीका जिल्ला संयोजक एवं चन्दननाथ नगरपालिका–२ का ४३ वर्षीय राधाकृष्ण बुढाथापा मृत अवस्थामा भेटिएका छन् ।

चन्दननाथ–५ जुगाडखोला नजिकै बुढाथापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृत्युको कारण खुल्न सकेको छैन । घटना अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई लागि नियन्त्रणमा लिएको छ । मृतक बुढथापाको शव अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको छ ।

...

सुत्केरी भैँसीलाई तीन हजार भत्ता

रामेछाप - सुनापति गाउँपालिका हिलेदेवीले सुत्केरी भैँसी पाल्ने किसानलाई पोषणभत्तास्वरूप तीन हजार रुपैयाँ भत्ता उपलब्ध गराएको छ । किसानहरूले पाल्दै आएका सुत्केरी भैँसीको स्याहार–सुसार, खानपिन र आहार–विहारमा ध्यान दिन सो रकम दिइएको हो ।

सुनापति गाउँपालिकाका पशुपालक सातजनालाई तीन हजारका दरले २१ हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराएको सुनापति गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख प्रभु चौधरीले जानकारी दिए । उनले भने, ‘गत आर्थिक वर्षबाट सुरुवात गरेको अभियानमा गाउँपालिकाबाट सुत्केरी भत्ताका लागि निकालिएको सूचनाका आधारमा सातजना किसानलाई वितरण गरिएको छ ।’ सो कार्यक्रम आर्थिक वर्ष ०७५/०७६ मा पनि ...


फुजेल हत्या प्रकरण : कृष्ण अधिकारीका भाई नूरप्रसाद प्रहरी हिरासतमा

काठमाडौँ - प्रहरीले गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणका जाहेरवाला नूरप्रसाद अधिकारीलाई आइतबार नियन्त्रणमा लिएको छ । उनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले सानेपाबाट नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले नूरलाई सानेपाबाट नियन्त्रणमा लिइएको बताए । ‘आमा गंगामायाले छोरो खोजी दिन सरकारसँग माग गरेपछि हामीले नुरलाई बोलाएका हौँ । अब उनलाई आमा जिम्मा लगाएर पठाउने कि हिरासतमा राख्ने भन्ने विषयमा छलफल चल्दै छ,’ उनले भने ।

कृष्ण अधिकारी हत्याका जाहेरवाला नुर चार वर्षदेखि सम्पर्कविहीन थिए । कृष्ण नुरका सहोदर भाइ हुन् ...


युनिर्भसल मेडिकल कलेज भैरहवामा तोडफोड

भैरहवा - युनिर्भसल मेडिकल कलेज भैरहवामा तोडफोड भएको छ । सोही मेडिकल कलेजमा बिडिएसमा अध्ययनरत् महावीर शाहको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

उनीहरुले डाक्टरको लापरवाहीले उनको मृत्यु भएको भन्दै आफन्तले अस्पताल परिसरमा विरोध गर्दै तोडफोड गरेका हुन् ।

...

हिमतालमा डुबेका बालक बेलाबेलामा पानीमाथि देखिएपनि सरकारले उद्धार गरेन

सोलु - गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव आज बिहानसम्म निकाल्न नसकिएको प्रहरीको भनाइ छ ।

“हिम तालमा डुबेका बालक बेलाबेलामा पानीमाथि देख्न सकिन्छ”, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नवीन राईले भने, “कुनै पनि उद्धारको सामग्री नहुँदा शव निकाल्न समस्या भएको हो ।”

“खुम्जुङ प्रहरी चौकीबाट करीब दुई दिन पैदल हिँडेर पुगिने सो स्थानमा शनिबार हेलिकप्टरमार्फत केही स्थानीय सहितको प्रहरी टोली त गयो तर थप टोली पठाउन ...


हनुमन्ते खोलामा बाढी : भक्तपुरकाे राधे राधे र सल्लाघारी फेरि डुबानमा

भक्तपुर - राति परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण आज मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ ।

भारी वर्षाका कारण ढुङ्ग्रे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढी आएर पानीको बहाव जमीन सतहभन्दा माथि आएपछि बस्ती डुबानमा परेको हो । राधे राधे क्षेत्रका करीब ७० घर डुबानमा परेका छन् । यहाँका बस्ती डुबानमा परेपछि घरबाट मानिस बाहिर निस्किएका छैनन् । बिहान ४ बजेअगाडि देखि नै घरभित्र पानी पसेपछि यहाँका बासिन्दा त्रसित ...


पहिरोमा पुरिएका ७ जनाको शव निकालियो, २ जना अझै भित्रै

जाजरकोट - अविरल वर्षात्‌का कारण भेरी नगरपालिका–३, ठाँटीबजारमा आइतबार बिहान खसेको पहिरोमा पुरिएका ७ जनाको शव निकालिएको छ । उक्त पहिरोमा २ जना अझै पुरिएका छन् ।

पहिरोमा पुरिएकातीर्थराज बोहराकी छोरी ५ वर्षीय नज्मा बोहरा,२५ वर्षीय सितला लुहार, ६ वर्षीय सम्झना बिक, ३ वर्षीय मनिसा बिक, ९ वर्षीय भगवती बिकको शव निकालिएको छ ।पहिरोमा पुरिएका ३५ बर्षीय लालबहादुर लुहारको डेढ घण्टा पछि जिवितै उद्धार गरिएको छ। उनको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ।

पहिरोले एकै परिवारका ४ जना र स्थानीय जीतबहादुर सुनारको घरमा बस्ने ४ जना बालक पुरिएका ...


बत्तीस हजार कर्मचारीको जागिर जाँदै

काठमाडौं - सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको छ । सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था आएको हो ।

अहिले मन्त्रालय, विभाग र महाशाखा अधाभन्दा बढी कटौती भएपछि त्यसमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने भएको हो । सरकारले ६५ विभागबाट आधाभन्दा धेरै कटौती गरेको छ ।

मन्त्रालयका महाशाखाहरूसमेत कटौती भएपछि कर्मचारीको संख्या घटाउनुपर्ने भएको हो । केन्द्र सरकारले सञ्चालन ...


एक हप्तामा मात्रै दिल्लीबाट ६८ नेपाली चेलीको उद्धार

काठमाडौं - नयाँदिल्लीबाट गतहप्ता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको छ । उद्धार गरिएका ७१ नेपाली महिलामध्ये ६८ जनालाई दिल्ली हुँदै अरब पठाउन लागिएको पुष्टि भएको छ । उनीहरूमध्ये १६ जनालाई मंगलबार काठमाडौं ल्याइएको छ, ३६ जनालाई शनिबार साँझ दिल्लीबाट भैरहवातर्फ ल्याइएको छ । बाँकी १६ जनालाई मंगलबार मात्रै दिल्लीबाट नेपाल फर्काउने तयारी छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले दिल्ली महिला आयोग र दिल्ली प्रहरीको समन्वयमा तीन स्थानमा छापा मार्दा ७१ नेपाली महिला भेटिएको बताए । उनका अनुसार १४ साउनमा ...


पहिरोले जाजरकोटमा तीन घर पुरिए, चार दर्जन घर जोखिममा

जाजरकोट - जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ । घरभित्र मानिस रहेको अनुमान गरिएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खलंगा बजार तल रहेको जाजरकोट–डोल्पा सडक भत्किएपछि भेरी नगरपालिका–३ र ४ का न्युरोड, शान्तिचौतारा, भेलाले, ठाटीबजार, सिमलगैरी, थाप्ले, स्याँलालगायत स्थानमा रहेका चार दर्जन घर पहिरोको उच्च जोखिममा परेका छन्। लगातार वर्षासँगै घरमुनिको सडक पहिरिन थालेपछि खलंगावासी जाग्राम ...


जोशी प्रकरण बिरुद्ध कांग्रेसको आकस्मिक बैठक, अन्तर्राष्ट्रियकरण गर्ने तयारी

काठमाडौं - दुईतिहाइ मतको आडमा सरकारले न्यायालय समेत कब्जा गर्न थालेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने जनाएको छ । दीपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सभापति शेरबहादुर देउवा निवासमा शनिबार कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको थियो । बैठकले सत्तारुढ नेकपाले दुईतिहाइका बलमा गरेको निर्णयलाई संसद, सडक हुँदै अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको हो ।

‘प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइ समितिले गरेको अस्वीकृति नेकपाको दुईतिहाइको बलमा भएको निष्कर्षमा हामी पुगेका छौं’, बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले भने, ‘यसलाई हामी संसद, सडक, बौद्धिक जगत् हुँंदै अन्तर्राष्ट्रियकरण गर्छौं ।’

दुईतिहाइ ...


पदबाट राजीनामा दिन्नँ, पेसी मै तोक्छु’ : कामु प्रधानन्यायाधीश जोशी

काठमाडौं - संसदीय सुनुवाइको दुईतिहाइबाट अस्वीकृत भएपछि दीपकराज जोशीले कामु प्रधानन्यायाधीशकै हैसियतमा काम गर्ने बताएका छन् । प्रधानन्यायाधीशमा अस्वीकृत भइसक्नुभयो अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अस्वीकृत भएर के भो र ? न्यायालयमै बसेर काम गर्छु ।

कामु प्रधानन्यायाधीश मै हुँ, मैले पेसी नतोके कसले तोक्छ ? संविधानको व्यवस्थाअनुसार पनि वरिष्ठ न्यायाधीशले नै पेसी तोक्छ ।’ प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भए पनि न्यायाधीशका रूपमा कार्यरत रहने वा राजीनामा दिने विषयमा उनले बोल्न चाहेनन् । ‘यो विषयमा अहिले बोल्दिनँ,’ उनले भने ।

 

 

नयाँ पत्रिका

...

यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णयहरु !

काठमाडौँ - मन्त्रिपरिषद्को शुक्रबार साँझकाे बैठकले खाद्य तथा पोषण सुरक्षा परियोजना कार्यान्वयनका निम्ति विश्व बैंकबाट प्राप्त हुने २२.७ मिलियन अमेरिकी डलर स्वीकार गर्ने र त्यस निम्ति अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुखको संयोजकत्वमा वार्ताटोली गठन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी एशियाली विकास बैंकबाट पूर्वपश्चिम राजमार्ग सुधारका निम्ति प्राप्त हुने १८० मिलियन सहुलियतपूर्ण ऋणका लागि पनि वार्ताटोली गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

उखु किसानलाई गत जेठ १५ गतेदेखि नै लागू हुनेगरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने ...


पेपरलेस मन्त्रिपरिषदः मन्त्रीको आनाकानीले गरेपछि प्रधानमन्त्रीले दिए चेतावनी

काठमाडौं - जेठ १६ गते राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रूपमा भनेका थिए, ल्यापटप चलाउन नआउने मन्त्रीलाई बिदा गरिन्छ ।

मन्त्रिपरिषद् बैठकलाइए पेपरलेस बनाउने आफ्नो विज्ञ समूहको योजनामा मन्त्रीहरूले ध्यान नदिएपछि प्रधानमन्त्रीले सार्वजनिक रूपमै सचेत गराएका थिए । प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएको दुई महिनापछि दुईपटक ‘पेपरलेस’ मन्त्रिपरिषद् बैठक बसिसकेको छ ।

यो अवधिमा ल्यापटप चलाउन नजानेकै भरमा कुनै मन्त्रीको पद गुमेको त छैन बरु उनीहरू प्रधानमन्त्री कार्यालयको योजनामा राजी भएका छन्। ‘मन्त्रिपरिषद् कार्यालयलाई पेपरलेस बनाउने योजना सुरुमा मन्त्रीहरूले मानेका थिएनन्, प्रधानमन्त्रीका एक अधिकारीले भने, ...


बाग्मती सफाई अभियानमा खानेपानी मन्त्री बीना मगर

काठमाडौं - खानेपानी मन्त्री बीना मगर बाग्मती सफाई महाअभियानको २ सय ७४ औं हप्ताको कार्यक्रममा सहभागी भएकी छिन् ।

शनिबार बिहानै पशुपति क्षेत्र अन्तर्गतको बाग्मतीको सफाई महाअभियानले आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन ।

बाग्मती सरसफाई अभियान अन्तर्गतका आयोजना गरिएको साप्ताहिक सरसफाई कार्यक्रममा प्रमुख अतिथीका रुपमा सहभागी मन्त्री मगरले सहभागीहरुसँगै सरसफाई गरका थिए ।

उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी, बिभिन्न कलेज तथा विद्यालयका विद्यार्थी, नेपाल प्रहरी, सामाजिक क्षेत्रका बिभिन्न व्यक्ति, सर्वसाधारण तथा सरसफाई अभियानमा निरन्तर क्रियाशील व्यक्तित्वलगायत ५ सय बढीको सहभागिता रहेको थियो ।

तीन वर्षअघि २०७० जेठ ...


प्रधानमन्त्रीले गरे तिन मन्त्री नियुक्त, कसले कुन मन्त्रालय पाए ?

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीन मन्त्री नियुक्त गरेका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्ममा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. सुरेन्द्र यादवलाई नियुक्त गरिएको हो ।

प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७४ मा मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । यसअघि साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि सो मन्त्रालय मन्त्रीबिहीन भएको थियो । नवनियुक्त तीन मन्त्रीलाई आजै ...


नक्कली नोट काण्डमा समातिएका फिल्म प्रोड्युसर वाग्ले २५ लाख धरौटीमा छुटे

काठमाडौं - साढे २ करोड रुपैयाँ नक्कली नोटसहित पक्राउ परेका फिल्म प्रोड्युसर माधव वाग्ले धरौटीमा छुटेका छन् । उच्च अदालत, पाटनको आदेशमा वाग्लेलाई काठमाडौं जिल्ला अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो ।

शुक्रबार धरौटी रकम बुझाएपछि उनलाई छाडिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए । यसअघि जेठ पहिलो साता निर्माता वाग्लेसहित ५ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको थियो ।

वाग्ले लुट, लुट २ लगायतका चलचित्र निर्माता हुन् ।

...

भानुभक्त ढकाल बने नयाँ कानुनमन्त्री, पद्मा अर्यालको बढुवा

काठमाडौं - भानुभक्त ढकाल नयाँ कानुनमन्त्री बनेका छन् । नेपाल कम्युनिष्ट पार्टीका सांसद ढकाललाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्रीमा नियुक्त गरेका हुन् ।

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राका बारेमा आपत्तिजनक अभिव्यक्ति दिएपछि शेरबहादुर तामाङले कानुनमन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।

त्यस्तै संघीय समाजवादी फोरमका सांसद सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेकी पद्मा अर्याललाई बढुवा गरी मन्त्रीकै जिम्मा दिने तयारी गरिएको छ । उनलाई भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

नवनियुक्त मन्त्रीहरुको सपथ आजै चार ...


प्रधानन्यायाधीशमा दीपकराज जोशी अस्वीकृत

काठमाडौं - संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको छ ।

प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको हो ।

समितिमा रहेका कांग्रेसका चार सांसदले भने बहिस्कार गर्नुको चार कारण लिखित रुपमै राखेका छन् । ‘संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारका आभावमा नियुक्ति अस्वीकार गर्ने रायसँग हाम्रो गम्भीर असहमति रहेकाले बैठक बहिस्कार गरेका छौं’ उनीहरुले भनेका छन् ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन नहुने जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश हुन् ।

हेर्नुस् कांग्रेस सांसदको लिखित भनाइ


'यस गतिशील दुनियाँमा हामी कुद्न सकेनौँ भने हामीलाई कसैले पर्खेर बस्दैन' : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित “डिजिटल नेपाल कन्फरेन्स” को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गतिशील दुनियाँमा हामी कुद्न सकेनौँ भने हामीलाई कसैले पर्खेर नबस्ने उल्लेख गर्दै सरकार सुशासनमार्फत देशलाई विकसित र समृद्ध बनाउन सूचना प्रविधिको प्रयोग बढाउने प्रक्रियामा रहेको बताएका हुन् ।

सरकारले विद्युतीय भुक्तानी शुरु गरिसकेको र शिक्षा क्षेत्रमा डिजिटलको प्रयोग अस्वीकार गर्न ...


नयाँ कानुन जनतालाई बुझाउने जिम्मा सरकारी वकिल र प्रहरीको

काठमाडौँ - महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आगामी भदौ १ गतेदेखि लागू हुन गइरहेको संहिता कार्यान्वयनको जिम्मेवार पहिलो पक्ष सरकारी वकिल रहेको बताएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौज्दारी कार्यविधि (संहिता) ऐन २०७४ र फौज्दारी कुसर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ सम्बन्धी दुईदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘‘संहिताका बारेमा अधिकांश नागरिक अनभिज्ञ रहेकाले उनीहरुलाई जानकार गराउन पहिले सरकारी वकिल नै स्पष्ट हुन जरुरी छ ।’’

महान्यायाधिवक्ता खरेलले लागू हुन लागेको संहिताले आगामी दिनमा न्यायको क्षेत्रमा छिटो र प्रभावकारी परिवर्तन ल्याउने ...


उद्धार प्रक्रिया झण्झटिलो हुँदा पर्यटकको ज्यान गयो’ : टान

काठमाडौं - ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) र नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पर्यटक उद्धार प्रक्रियालाई सहज बनाउन माग गरेका छन् ।

टानका अध्यक्ष नवराज दाहाल र नाट्टाका अध्यक्ष सीएन पाण्डेले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटक उद्धार प्रक्रिया झण्झटिलो हुँदा समयमा उद्धार नभई कतिपय पर्यटकले ज्यान समेत गुमाउनु परेकाले यसलाई सहज बनाउन माग गरेका हुन् ।

नाट्टाका अध्यक्ष पाण्डेले सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइरहेका बेला पर्यटक उद्धार प्रक्रिया झन्झटिलो हुँदा समस्या उत्पन्न हुने बताए ।

‘यस्तो ...


राजदूत सिफारिस निष्क्रिय हुँदै, प्रमाणीकरण भएन मन्त्रिपरिषद्को निर्णय

काठमाडौं - पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई राजदूत नियुक्तिका लागि गरिएको सिफारिस निष्क्रिय हुने अवस्थामा पुगेको छ। ३२ असारको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई भारत र उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूतमा सिफारिस गरेको थियो।

निर्णय भएको १८ दिन बितिसक्दासमेत मुख्य सचिवले यसलाई प्रमाणीकरण गरेका छैनन्। लामो समयसम्म निर्णय प्रमाणीकरण नहुँदा यो निष्क्रिय हुने सम्भावना बढेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीले बताए।

सामान्यतया मन्त्रिपरिषद्का निर्णय २४ घण्टाभित्र प्रमाणीकरण गर्ने व्यवस्था छ। ‘राजदूत सिफारिस निर्णय १८ दिनसम्म प्रमाणीकरण नभएकाले करिबकरिब निष्क्रिय हुने अवस्थामा पुगेको छ,’ ती अधिकारीले भने।

राजदूत सिफारिससहित ...


भूकम्पपीडितसँग प्रविधिकले लिने ‘घूस’ यसरी मेयरसम्म पुग्छ

भक्तपुर - भूकम्पपीडितको नक्सापास गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकले लिने ‘घूस’ नगरपालिका मेयरसम्म पुग्ने आरोप लागेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले बिहीबार गरेको पुनर्निर्माणमा सदाचार विषयक अन्तरक्रियामा यस्तो आरोप लागेको हो।

कार्यक्रममा निजी आवास निर्माण गर्न नगरपालिकामा नक्सापास गर्न तथा किस्ता सिफारिस गर्न प्राधिकरणका प्राविधिकले भूकम्पपीडितसँग पचास हजारदेखि एकलाख रुपैयाँसम्म बुझ्ने गरेको बताइएको हो।

प्राविधिकले भूकम्प पीडितसँग रकम माग्दा नै नगरपालिकाका प्रमुखसम्म भाग पुर्‍याउनुपर्ने बताउने गरेको खुलेको हो। भूकम्पपीडितसँग प्राधिकरणका प्राविधिकले नै ‘हामीले लिने रकम हामीलाई मात्रै हुँदैन, मेयरसम्म भाग पुर्‍याउनुपर्छ’, भन्ने गर्छन्।

त्यस्तै भूकम्पपीडितले बोलाएको भरमा प्राविधिक घर ...


मन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै कांग्रेसद्वारा संसद् बहिष्कार

काठमाडौँ - मन्त्रीलाई प्रतिप्रश्न गर्न नपाएको भन्दै प्रमुख विपक्षी दल कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठक बहिष्कार गरेको छ । सभामुख कृष्णबहादुर महराले दलीय व्यवहार देखाएको आरोप लगाउँदै कांग्रेस नेताहरूलाई सुध्रिनसमेत सुझाब दिएका छन् ।

नियमावलीको विषय उठाएर कांग्रेस सांसदले मन्त्री बोलिसकेपछि प्रश्न गर्न पाउनुपर्ने माग गरेका थिए । प्रतिनिधिसभा नियावलीको नियम २१९ अनुसार मन्त्रीद्वारा कुनै विषयमा वक्तव्य वा जानकारी गराउँदा सांसदले प्रश्न सोध्न सक्ने व्यवस्था छ ।

सोही नियमअन्तर्गत कांग्रेसका डा. मीनेन्द्र रिजाललगायतले बोल्न समय मागे पनि सभामुख महराले नियमावलीकै नियम १५ अनुसार शून्य र विशेष समयमा उठेको प्रश्नको मन्त्रीले जवाफ दिएकाले ...


सातै प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारकाे घोषणा

काठमाडौँ - सरकारले सबै प्रदेशमा कम्तीमा एक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको विकासमा अपनाइने पाँचवर्षे कार्यदिशामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यक्रम समेटेको हो । अहिले प्रदेश ३ मा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छ । प्रदेश ४ मा पोखरा विमानस्थल निर्माणाधीन अवस्थामा छ भने प्रदेश ५ को भैरहवामा पनि गौतमबुद्ध विमानस्थल बनिरहेको छ ।

सरकारले बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया सुरु गरिसकेको छ । यसबाहेक प्रदेश १ को विराटनगर र प्रदेश ७ को धनगढी विमानस्थललाई पनि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा ...


जिल्लाको दरवन्दी देखाएर बढुवा, जागिर भने काठमाडौंमै

काठमाडौं - प्रदेश २ का अधिकांश जिल्ला र प्रदेश ५ र १ का केही जिल्लाका नापी कार्यालय कार्यालय प्रमुखविहीन छन्। नायब सुब्बाले कार्यालय चलाइरहेका छन्। तर ती जिल्ला देखाएर बढुवा भएका प्रमुख नापी अधिकृत भने काठमाडौंमै बसेर चलखेल गर्ने गरेका छन्।

अधिकृतबाट प्रमुख नापी अधिकृतमा बढुवा भएका १२ कर्मचारीमध्ये आधा कर्मचारी अझै पनि काठमाडौंमै बेरोजगार भएर बसेका छन्। तीमध्ये केही कर्मचारी केही दिन अघि मात्र जिल्ला गएका छन्। जबकि, निजामती सेवा ऐन २०४९ ले बढुवा भएको २१ दिनभित्र पदस्थापन गरिसक्नु पर्छ। ऐनको खिल्ली उढाउँदै १२ कर्मचारी ...


राज्यमन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश

जनकपुर/जलेश्वर - विभिन्न मुद्दामा संघीय प्रहरीसँग टकरावमा उत्रिएको प्रदेश सरकार र प्रहरीबीच एकपटक फेरि घम्साघम्सी पर्ने संकेत देखिएको छ ।

उच्च अदालतबाट प्रदेश सरकारका एक राज्यमन्त्रीसमेतलाई पक्राउ गर्न प्रहरीलाई परमादेश भएपछि विवाद अझ चुलिने खतरा बढेको हो । उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका असई थमनबहादुर विक हत्याका आरोपितलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा उक्त कार्यालयका प्रमुखका नाममा मंगलबार परमादेश जारी गरेको छ ।

जिल्ला अदालतको आदेशलाई बेवास्ता गर्दै महोत्तरी प्रहरीले आरोपितलाई पक्राउ गर्न आलटाल गरेको भन्दै मृतककी श्रीमती शोभा गहतराजले चार महिनाअघि उच्च अदालत जनकपुरमा ...


पोष्टमार्टम रिपोर्ट : बलात्कार पछि बालिकाको घाँटी थिचेर हत्या

काठमाडौं - कञ्चनपुरको भीमदत्तनगरमा बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साउन १० गते १३ वर्षकी निर्मला पन्तको हत्या भएको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको भन्दै परिवारले प्रहरीमा जाहेरी दिएको थियो ।

प्रहरीले पीडित परिवारले दिएको उजुरीको आधारमा कैलालीको मोहन्याल गाउँपालिका ५ का २२ वर्षीय जीवन घर्तीमगर र १७ वर्षीय दीपक नेगीलाई पक्राउ गरेको गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार संसदलाई जानकारी गराएका छन् ।

बिहीबार बसेको संसदको बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले कञ्चनपुर घटनाबारे सरकारको जवाफ माग गरेका थिए । संसदमा ...


९२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

काठमाडौं - बयानब्बे स्थानीय तहले साविकको नाम र केन्द्र परिवर्तन गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार अहिलेसम्म ९२ वटा स्थानीय तहले नाम र केन्द्र प्रदेश सरकारको सिफारिशमा संघले परिवर्तन गरिएको हो ।

अहिलेसम्म १६ वटा स्थानीय तहको नाम, ५० स्थानीय तहको केन्द्र र २१ स्थानीय तहको नाम र केन्द्र दुवै परिवर्तन भएको मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव प्रह्लाद कार्कीले जानकारी दिए ।

उनका अनुसार कानूनबमोजिम नाम र केन्द्र परिवर्तन गर्न आएका स्थानीय तहका निवेदनलाई परिवर्तन गर्न सिफारिश गर्ने र कानूनबमोजिम नआएकालाई फर्काइ दिने गरेको ...


राष्ट्रियसभामा बन्यो ४ समिति, कुन सांसद कुन समितिमा ?

काठमाडौँ - राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ ।

राष्ट्रियसभाको आजको बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको समितिमा रहने सांसदको नाम अनुमोदन गरेको हो । सभाले दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको हो ।

दिगो विकास तथा सुशासन समितिमा इन्दु कडरिया, कमलाकुमारी वली, कविता बोगटी, कालीबहादुर मल्ल, खिमकुमार विक, चक्रप्रसाद स्नेही, दीनानाथ शर्मा, प्रमिलाकुमारी, भैरवकुमार श्रेष्ठ, महेशकुमार महरा, मुक्ताकुमारी यादव, रमेशजंग रायमाझी, डा विमला ...


कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस आफ्नो नतिजा !

काठमाडौं - कक्षा १२ को परीक्षाफल आज प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले पहिलोपटक ग्रेडिङ प्रणाली अनुसार १२ कक्षाको नतिजा प्रकाशित गरेको हो ।

नतिजा वेभसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ । नतिजा शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेभसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले ...


सुनतस्करीमा ३ सय बढीको संलग्नता, केही नेताहरु पनि

काठमाडौं - ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानवीन गर्न गठित छानवीन समितिले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित छानवीन समितिले ७ सय ५२ पेज भन्दा लामो प्रतिवेदन बुझाएको छ । समितिले ७५ जना बिरुद्ध मुद्धा दायर गरेको छ भने ४५ जनालाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो ।

प्रधानमन्त्री ओलीलाई बुझाएको प्रतिवेदनमा नेपालमा लामो समयदेखि सुन तस्करी राजनीतिक दल, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका उच्च अधिकारीको संरक्षण हुने गरेको कारण सुन तस्करीकालागि ...


परराष्ट्रलाई थाहै नदिइ  मेयर विद्यासुन्दर शाक्य जापान उडे

काठमाडौं - निर्वाचित भएदेखि नै कार्यक्षमतालाई लिएर आलोचित बन्दै आएका काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य परराष्ट्र मन्त्रालयलाई थाहै नदिइ जापान उडेका छन् ।

परराष्ट्रलाई थाहै नदिई शाक्य मंगलबार सुटुक्क जापानतिर लागेका हुन् । सरकारले जनप्रतिनिधिहरुले विदेश जाँदा अनिवार्य परराष्ट्रको अनुमति लिनुपर्ने कार्यविधि बनाएको छ ।

परराष्ट्र मन्त्रालय सहसचिव तथा प्रवक्ता भरतराज पौडेलले मेयर शाक्य जापान गएकोबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘यो प्रधानमन्त्रीको कार्यालयको सरोकारको विषय हो', उनले भने, 'हामीलाई शाक्य जापान गएकोबारेमा कुनै जानकारी छैन ।’

उता प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् सहसचिव विनोद कुँवरले शाक्य ...


मनपरी विदेश भ्रमण गर्ने एक हजार ५०० कर्मचारी माथि छानविन शुरु

काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एक वर्षको अवधिमा विदेश भ्रमण गएका एक हजार पाँचसय भन्दा बढी कर्मचारीको भ्रमण औचित्यमाथि छानबिन थालेको छ।

गत आर्थिक वर्ष २०७४ साल १ साउनदेखि २०७५ असार मसान्तसम्म विदेश भ्रमणमा गएका कर्मचारीबारे छानबिन थालिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार एक वर्षको अवधिमा विदेश गएकामध्ये अधिकांशको विवरण प्राप्त भइसकेको छ भने केहीले विवरण दिन अटेर गरिरहेका छन्। यो संख्या अझै बढ्न सक्ने कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार सो अवधिमा निजामतीतर्फ झण्डै एक हजार र सुरक्षाकर्मी (प्रहरी र सेना) तर्फ ५ ...


४८ एसपी र ९५ जना डिएसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं - नेपाल प्रहरीका ४८ एसपी र ९५ जना डिएसपीको एकसाथ सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार साँझ सरूवाको सूचना निकालेको हो ।

साउन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

कसको कहाँ सरुवा भयो ?

https://drive.google.com/file/d/1oex8_Ess17TmSKSL1j6g_OjJHMxQ1_M5/view

...

कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठग्ने पक्राउ

काठमाडौं - महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।

पर्नेमा झापा शिवसताक्षी नगरपालिका –९ का २४ वर्षीय सुमन बस्नेत छन् । बस्नेतले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना रु एक लाख तलब हुने साथै अन्य सुविधा समेत पाइने प्रलोभन देखाई प्रतिव्यक्ति रु तीन लाख ५० हजार देखि रु छ लाखसम्मका दरले रु ८८ लाख ३९ हजार ठगी गरेको उजुरीका पक्राउ गरिएको हो । उनलाई काठमाडौँको माछापोखरीबाट पक्राउ गरिएको महाशाखाका प्रहरी निरीक्षक नरेन्द्रप्रसाद ...


संसदीय सुनुवाइ समितिको बैठक फेरि अनिर्णित, अर्को बैठक शुक्रवार

काठमाडौ - संसदीय सुनुवाइ समितिको बैठक फेरि पनि निर्णय नगरी स्थगित भएको छ । आजको बैठकले प्रधानन्यायाधीशमा सिफारिश भएका दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अनुमान गरिएको थियो। अर्को बैठक शुक्रबारलाई बोलाइएको छ ।

सहमतिमै निर्णयमा पुग्नका लागि समय माग भएकाले बैठक स्थगित गरिएको बताइएको छ । जोशीको गत बिहीबार सुनुवाइ भएको थियो। तर एक हप्तासम्मपनि उनको अनुमोदन नभइ बैठक स्थगित हुँदै आएको छ ।

जोशीको शैक्षिक प्रमाणपत्र, फैसला र उनका इजलाशले गरेका आदेशहरुमा देखिएका विवादका विषयमा उजुरी दर्ता भएका थिए। सैक्षिक प्रमाणपत्र लगाायतका विवादका ...


प्रधानन्यायाधीशको विषयलाई लिएर संसदीय सुनवाइका सदस्यलाई ज्यान मार्ने धम्की

काठमाडौँ - संसदीय सुनवाइ समितिका एकजना सदस्यलाई कञ्चटमा पेस्तोल राखेर धम्काएको तथ्य बाहिरिएको छ । मंगलबार साँझ बानेश्वस्थित आफ्नै निवासबाट दूध किन्न सडकमा निस्किएका बेला अज्ञात व्यक्तिहरुले आफूलाई कञ्चटमा पेस्तोल ताकेर धम्की दिएको सत्तारुढ दल नेकपाकी सांसद निरु पालले बताएकी छिन् ।

‘प्रधानन्यायाधीशमा अन्यथा गरे तेरो बाउ खड्गेले पनि बचाउन सक्दैन’ भन्दै अज्ञात धम्की दिएको र आफ्नो मोबाइलसमेत खोसेर लगेको सांसद पालले बताएकी छन् ।

दीपकराज जोशीको संसदीय सनुवाइलाई प्रभावित पार्नका लागि उनलाई धम्काइएको बुझिएको छ । समितिका सदस्यलाई हतियारधारीहरूले निशाना बनाउन खोजेपछि सुरक्षा समितिले सदस्यहरूलाई पिएसओको ...


आठ वटा कलेजको सम्बन्धन खारेज

काठमाडाैं - सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको आठ वटा कलेजको सम्बन्धन खारेज गरी दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले मन्त्रिपरिषद बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको ८ वटा कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको जानकारी दिनु भएको हो । गएको सोमबार बसेको मन्त्रिपरिषद बैठकले तत्काल सम्बन्धन दिने कार्य स्थगन गर्न पनि सबै विश्वविद्यालयलाई निर्देशन दिएको छ । अर्को निर्णय नभएसम्मका लागि सबै विश्वविद्यालयलाई कलेजको सम्बन्धन प्रक्रिया अघि नबढाउन निर्देशन दिइएको पनि सचिव बरालले बताए ।

सरकारले जनशक्ति प्रक्षेपण, विश्वविद्यालयको ...


मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री ओली, एक राज्यमन्त्री थपिंदै

काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सत्तारुढ दलबीच चित्त बुझाउन प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले यसै साताभित्र मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिए ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको नियुक्ति, भूमि व्यवस्था तथा गरिबी निवारकमन्त्रीको बढुवा र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको शपथ एकैपटक हुने महासचिव पौडेलले बताए । विवादास्पद अभिव्यक्तिका कारण शेरबहादुर तामाङले कानुनमन्त्रीबाट राजीनामा दिएपछि सो मन्त्रालय खाली छ ।

‘मन्त्रालयको जिम्मेवारी कसलाई के दिने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘तर ...


हिम्मतवालीका नायक सुदर्शन गौतम मानव तस्करीमा

काठमाडौँ - नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको खुलेको छ । अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द र पुष्प चन्दको जाहेरीपछि थापा मानव तस्करीमा संलग्न रहेको खुलेको हो । उनीहरूसँगै अमेरिका जान लागेकी भक्तपुरकी सुमित्रा कुँवरको भने जहाजमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार हाइटीस्थित पोर्ट अफ वेबाट समुद्री बाटो हुँदै अमेरिका छिर्न लागेका उनीहरू सवार पानीजहाज पाभोस्थित समुद्रमा बिग्रिएको थियो । जहाजमा उनीहरूसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानबाट लगिएका १५ ...


प्रधानन्यायाधीशका लागि अस्वीकृत हुँदै जोशी ! यस्तो रहेछ उनको शैक्षिक प्रमाणपत्रबारेको भित्रि नालीवेली !

काठमाडौँ - प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सर्वसम्मत गराउन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सर्टिफिकेट विवाददेखि विवादास्पद फैसला गरेको, सुनुवाइका क्रममा संसद्को गरिमालाई ख्याल नगरी प्रस्तुत भएकोजस्ता आरोप लागेका जोशीको नाम सर्वसम्मत अस्वीकृत गर्ने सत्तापक्षको तयारी छ । तर, विपक्षी कांग्रेस भने अझै स्पष्ट भइसकेको छैन ।

सुनुवाइ भएको ६ दिन पुगिसक्दासमेत संसदीय समिति निर्णयमा पुग्न सकेको छैन । प्रधानन्यायाधीश हुनुअघि नै शैक्षिक प्रमाणपत्रदेखि फैसलासम्मका विषयमा चौतर्फी विवाद भएको भन्दै सत्तारुढ नेकपा जोशीको नाम अनुमोदन नगर्ने पक्षमा छ । गत बिहीबार सुनुवाइ सकिए पनि पार्टीभित्र थप छलफल ...


सिक्टा सिँचाइको ब्यथा : वर्षेनी अर्बौंको लगानी, प्रतिफल निराशाजनक

नेपालगन्ज - सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर सिक्टा सिँचाइका लागि अहिलेसम्म करिब १५ अर्ब रूपैयाँ लगानी गरिसक्यो ।
२०६३ सालबाट बाँकेमा निर्माण कार्य सुरु भएको आयोजना दु्रत गतिले अघि बढेको भए, दुई वर्षअघि नै किसानको खेतबारीमा सिँचाइ सुविधा पुग्थ्यो । सरकार फेरबदलसँगै विभागीय मन्त्रीले आफ्नो अनुकूलका आयोजना निर्देशक सरुवा गर्ने, ठेकेदारले विभिन्न बहानामा काम अड्काउने जस्ता प्रवृत्ति सिक्टामा लामो समयसम्म रह्यो । यसले गर्दा सिक्टाले लक्ष्य अनुसार प्रतिफल प्राप्त गर्न सकेको छैन।

राष्ट्रिय गौरवको यो आयोजनालाई सबै पक्षबाट निर्माण सुरु नगर्दा समयमा आयोजना सम्पन्न हुन ...


राष्ट्रिय सुरक्षाको मामलामा गृह कमजोर, मानव तस्करको ट्रान्जिट बन्यो नेपाल !

काठमाडौ - गृह मन्त्रालयले राष्ट्रिय सुरक्षाको संवेदनशीलता नबुझ्दा नेपालको अध्यागमनको सुरक्षा अवस्था कमजोर भएको छ भने त्रिभुवन विमानस्थलको अध्यागमनलगायत अन्य नाकाहरू मानव तस्करको ट्रान्जिट बनेका छन्।

नेपाली अध्यागमनमा बायोमेट्रिक्ससहितको सफ्टवयेर प्रणाली नहुँदा विश्वव्यापी रूपमा फैलिएका मानव तस्करहरूको सञ्जालले नेपालको अध्यागमन र विमानस्थललाई ट्रान्जिटका रूपमा चिनाउन थालेका छन्।

पटकपटक बनेका गृहमन्त्रीहरूले सुधारका विभिन्न कार्यक्रम अघि सारे पनि सुरक्षाका दृष्टिले अत्यन्तै संवेदनशील मानिने अध्यागमनको अवस्था झन्झन् दयनीय बन्दै गएको छ। अर्काको राहदानीमा विदेशीहरूले सहजै यात्रा गर्न सक्ने अवस्था सिर्जना भएको छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले अध्यागमन सुधारका ...


एसियाका १० उत्कृष्ट गन्तव्यमा लुम्बिनी

काठमाडौं - संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले आगामी एक वर्षका लागि घुम्नैपर्ने एसियाका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपालको लुम्बिनी परेको छ।

लोन्ली प्लानेटले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार सन् २०१९ को जुलाई महिनासम्मका लागि ती गन्तव्यको सूची तयार पारिएको हो । यो सूचीको पहिलो स्थानमा दक्षिण कोरियाको बुसान परेको छ भने भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी सातौं स्थानमा परेको हो ।एसियाका ती गन्तव्य घुमेका आफ्ना लेखक, ट्राभल विज्ञ र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर सूची सार्वजनिक गरेको ...


धर्म परिवर्तनको असर : पुरै गाउँले क्रिष्टियनमा लागेपछि एक्लियो महादेव गुफा

राक्सिराङ - घना जंगल र भीरको झाडीमा बाटो हराइसकेको छ। जुका लाग्ने झाडी र जंगलको त्यो बाटोमा हिजोआज मान्छे हिँड्दैनन्। चराचुरुंगी कराउँछन्, जंगली जनावरको ओत लाग्ने ठाउँ भएको छ, भगवान् महादेवको गुफा। मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिका–७ दाराङस्थित जंगलमा रहेको भगवान् महादेवको शिवलिंगले भक्त देख्न नपाएको पनि ६ वर्ष बितिसक्यो।

कुनै समय मकवापनपुर, चितवन र धादिङका हिन्दू धर्मावलम्बीको पवित्र धार्मिक स्थल रहेको उक्त स्थानमा भक्तजन भगवान् महादेव पुजेपछि मात्र नयाँ बाली लगाउने र उब्जनी हुनेबित्तिकै चढाउन आउँथे। मंसिर पूर्णिमामा भव्य जात्रासमेत लाग्थ्यो।

महादेव गुफाको ...


जुम्लामा गोली लागेको भनिएका प्रहरी देखेर डाक्टर छक्क

काठमाडौं - डा. गोविन्द केसी जुम्लामा अनशन बसेको २०औं दिन । साउन ३ गते मध्याह्न । जब देशभरका सञ्चारमाध्यममा करिब एकै समयमा, एकै किसिमको ब्रेकिङ न्युज सार्वजनिक भयो- जुम्लामा डा. केसी पक्षधर र प्रहरीबीचको झडपमा गोली लागी एक प्रहरीको मृत्यु भयो ।

त्यो एक कान, दुई कान मैदान हुँदै सबैतिर केही मिनेटमै फैलियो पनि । उक्त समाचार पछि प्रहरी जवानको छातीमा चिर्पट लागेको र सिसाका टुक्रा गढेको भन्दै प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति नै जारी गर्‍यो । यद्यपि, सोही दिन दिउँसो जुम्ला प्रहरी प्रमुख डीएसपी तपनकुमार ...


घरधनीले तिर्दैनन् बहाल कर, बढाउँछन् मनपरी भाडा

काठमाडौं - घर बहालमा बस्नेका लागि अनिवार्य रूपमा सम्झौता गरी करको दायरामा ल्याइनु पर्ने सरोकारवालाले बताएका छन् । घरबहाल सरोकार महासंघ नेपालले सोमबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो माग गरिएको हो ।

भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ३८६ ९२० मा राष्ट्रपतिले प्रमाणीकरण गर्नुअघि १० रूपैयाँ हजारसम्मको बहालमा लिखत गर्नु नपर्ने भन्ने ठाउँमा २० हजार रुपैयाँ बनाइएको महासंघका महासचिव सीताराम खतिवडाले बताए ।

राजधानी शहरमै घरभाडा सम्झौता नहुने, घरधनीले बहालकर नतिर्ने, वार्षिक २० प्रतिशतसम्म भाडा बढाइनेलगायत समस्या रहेको भन्दै वार्षिक ...


गैरसरकारी संस्थामार्फत नेपालमा चिनियाँ लगानी

काठमाडौँ - उत्तरी छिमेकी चीनले गैरसरकारी संस्थाहरूमार्फत नेपालमा लगानी बढाउने भएको छ । पछिल्ला दिनमा नेपाल र चीन सरकारबीच द्वीपक्षीय सहकार्य र समझदारी बढिरहेका बेलामा सामाजिक संस्थाको माध्यमबाट पनि चीनले सहयोग बढाउने भएको हो ।

चिनियाँ गैरसरकारी संस्थाहरूले नेपालमा कार्य गर्ने सहमतिपत्रमा सोमबार दुई देशबीच हस्ताक्षर भएसँगै गैरसरकारी संस्थामार्फत पनि चिनियाँ लगानी नेपाल भित्रिने निधो भएको हो । छ सदस्यीय टोलीको नेतृत्व गर्दै तीनदिने नेपाल भ्रमणमा आइतबार काठमाडौँ आएका चिनियाँ उपविदेशमन्त्री वाङ वाजुङ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको उपस्थितिमा नेपालका तर्फबाट समाज ...


प्रधानन्यायाधिशबारे आज पनि कुनै निर्णय भएन, नेकपाले थाल्यो यस्तो तयारी

काठमाडौं - सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशी प्रधानन्यायधीश बन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रोक्ने भएको छ । सोमबार नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमामा बसेको अनौपचारिक बैठकले उक्त निर्णय गरेको हो ।

नेकपाले जोशीलाई प्रधानन्यायाधीश बन्नबाट रोक्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पनि सहायता लिएको छ । कांग्रेसका प्रमुख नेताहरूसँग नेकपाका नेताहरूले छलफल गर्दा पार्टीमा नै छलफल चलाउनुपर्ने बताएपछि अाज पनि जोशीको बारेमा टुंगो नलागको बैठकमा सहभागी एक नेताले बताए । उनकाअनुसार बैठक स्थगित भएको छ ।

शैक्षिक प्रमाणपत्रलगायतका विवाद जोशीमाथि लागेको थियो । त्यसो त सुनुवाइमा उनले ...


प्रचण्ड र चिनियाँ उपमन्त्री बिच भेटवार्ता

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ या चिङबीच भेटवार्ता गएको छ । सोमबार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो ।

भेटमा अध्यक्षले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले उपमन्त्री समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा ...


जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने सत्तारुढ दलको तयारी

काठमाडौं - संसदीय सुनुवाई विशेष समितिको बैठक तेस्रो दिन सोमबार २ बजे बस्दै छ। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाईका क्रममा रहेको संसदीय सुनुवाइ शुरु भएदेखि पहिलो पटक यति लामो समयसम्म अनुमोदन गर्ने वा नगर्ने विषयमा विवाद भएको हो।

यसअघि सुनुवाई समितिले सुनुवाई समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने गरेको थियो। तर, प्रस्तावित प्रधानन्यायाधीश जोशीको विषयमा भने सुनुवाइ भएको तेस्रो दिन बितिसक्दा पनि त्यससम्बन्धी निर्णय हुन सकेका छैन।

जोशीको शैक्षिक प्रमाणपत्र र कतिपय विवादास्पद फैसलाका कारण समय लागेको बताएपनि उनलाई अनुमोदन नगर्ने तयारीमा लागेको नेकपाका एक नेताले बताएका ...


१३ वर्षीय बालिकाको बलात्कार पछि हत्या, सिबिआईको टोली कञ्चनपुरमा

भीमदत्तनगर - कञ्चनपुरको भीमदत्तनगरपालिकामा १३ वर्षीय किशोरीको हत्यासम्बन्धमा छानबीन गर्न केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेको छ ।

१३ वर्षीय किशोरीको शव निम्बेखेडास्थित उखुबारीमा फेला परेको थियो ।

घटनाको चौतर्फी बिरोध भएपछि प्रहरीले तत्काल चासो लिँदै अनुसन्धान टोली पठाएको हो ।

व्युरोका डिएसपी अंगुर जिसीको नेतृत्वमा तीन सदस्यीय टोलीले घटनाको बिस्तृत छानबीन गर्ने बताएको छ ।

गत शुक्रबार भीमदत्त नगरपालिका– २ निवासी १३ वर्षीय निर्मला पन्तको शव भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा फेला परेको थियो । उनलाई बलात्कार गरी हत्या गरिएको भन्दै देशैभरी बिरोध शुरु भएको छ ।

स्थानीय सरस्वती उच्च ...


काभ्रेमा ९ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको खुलासा

काठमाडौं - कञ्चनपुरको भीदत्तनगरपालिकाकी १३ वर्षीया बालिकाको घटनाले चौतर्फि तरंग फैलाइ रहेका बेला काभ्रेमा पनि एक दुखद घटना बाहिर आएको छ । हिजो (आइतबार) सभामुख कृष्णबहादुर महराले भीमदत्तनगरपालिकाकी बालिका निर्मला पन्तमाथि बलात्कार पछि हत्या भएको घटनाको वास्तविक जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेकै दिन काभ्रेमा पनि बालिका बलात्कारपछि हत्या भएको घटना बाहिर आएको हो ।

कञ्चरपुर घटनाको चार दिन बित्दा पनि सरकारले बालिका पन्त हत्यामा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै सांसदहरूले चर्को आलोचना गरेपछि सभामुख महराले सरकारलाई रुलिङ गरेका थिए।

उता काभ्रेको तेमाल गाउँपालिका(१ स्थित देच्छेलिङ गुम्बा परिसरमा ...


बेपत्ता भएको ४७ वर्षपछि घर फिर्ता

लमजुङ - घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि एक वृद्ध घर फर्केका छन् ।

बेँशीशहर नगरपालिका–२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर फर्किएका हुन् । करीब पाँच दशकसम्म घर परिवारसँग सम्पर्कविहीन खड्का बुढ्यौलीसँगै अशक्त अवस्थामा पुगेपछि सोधखोज गर्दै गाउँसम्म आईपुगेका हुन् । खड्कालाई गाउँ आउँदा बूढापाकाले मात्र चिन्न सकेका थिए । उनले पनि थोरै मात्र बूढापाकालाई चिन्न सकेको बताए ।

खड्काले भारतको मेघालयको एउटा गाउँ नजिकै रहेको जंगलमा गाई फारममा काम गर्दै आएको बताए । “बाचेर गाउँ फर्कन्छु भन्ने सोचेको थिइन् जन्मथलो आए, सबैसँग भेटघाट भयो, खुशी ...


प्रधानन्यायाधीशको अनुमोदन गम्भीर मोडमा, एसएलसी प्रमाणपत्र तगारो

काठमाडौँ - विकल्प १
प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अनुमोदन गर्न संसदीय सुनुवाइ समिति उत्सुक छैन । यसअघि संसदीय सुनुवाइ औपचारिक प्रक्रियामा सीमित हुन्थ्यो र सुनुवाइकै दिन अनुमोदन पनि हुन्थ्यो । तर, यसपालि बिहीबार सुनुवाइ भए पनि निर्णय शुक्रबारलाई सारियो । शुक्रबार संसद् बैठक चल्ने भन्दै आइतबार सारियो ।

आइतबार सदस्यहरू अन्य काममा व्यस्त भएको भन्दै बैठक सारियो । सोमबारको बैठकले कुनै न कुनै निर्णय गर्ने समितिका सदस्यहरूको भनाइ छ । तर, जोशीलाई अस्वीकार गरेर विकल्पमा को ल्याउने भन्नेमा उत्साहजनक जवाफ नभएकाले उनकै नाम अनुमोदन गर्ने सजिलो बाटो पनि समितिले रोज्न सक्छ ।

विकल्प २

अस्वीकार


पशुपति क्षेत्रको सरसफाईमा आयल निगम, कोषलाई हाईड्रोलिक ट्रिपर उपहार

काठमाडौँ - नेपाल आयल निगमले पशुपति क्षेत्र विकास कोषलाई हाईड्रोलिक ट्रिपर उपहार दिएको छ । पशुपति क्षेत्रको सरसफाई सहित सुन्दरता कायम राख्न उक्त हाईड्रोलिक ट्रिपर प्रदान गरिएको निगमका निमित्त कार्यकारी निर्देशक ई. सुशील भट्टराईले जानकारी दिए ।

आज पशुपति विकास कोषमा आयोजित समारोहका बीच निगमका निमित्त कार्यकारी निर्देशक ई. सुशील भट्टराईले कोषका सदस्य–सचिव डा. प्रदीप ढकाललाई ट्रिपरको खरिदको भुक्तानी दिन आवश्यक पर्ने चेक तथा ट्रिपरको साँचो हस्तान्तरण गरे ।

निगमले ट्रिपरका लागि आवश्यक मासिक २१० लिटर डिजेल, २ जना ड्राइभर, २ जना कुचिकार र कृयापुत्री क्षेत्रको सरसफाईका ...


पेट्रोलियम पदार्थ र सिमेन्टमा यसरी ठगिइरहेका छन् जनता !

काठमाडौं - विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल स्टोरले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर ठग्यो ।

विसं २०७४ माघ २९ मा जोरपाटीमा रहेको वृज सिमेन्टको ॐ पशुपति डिपोले कम तौल भएको सिमेन्ट विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७४ माघ २९ मा किर्तिपुरस्थित हिमाल स्टिल कम्पनीले कम तौलको स्टिल बेचेर उपभोक्तालाई ठगेको थियो भने कनक ट्रेड सेन्टर टेकु, प्रशान्ति आयल डिस्टिब्युटर्स एकान्तकुना, ...


यसकारण विलम्ब हुँदैछ प्रधानन्यायाधीशमा जोशीको नियुक्ति, बैठक फेरी सर्यो !

काठमाडौँ - भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार दुई बजे बस्ने गरि सरेको छ ।

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

स्रोतका अनुसार सत्तारुढ दल नेकपाले जोशीको नाम अनुमोदन गर्ने-नगर्ने कुनै संकेत आफ्ना सांसदहरुलाई दिएको छैन । ‘अनुमोदन गर्ने हो भने हामी प्रमाणपत्र खोजविनतिर लाग्दैनौं । होइन भने खोज्छौं,’ सुनुवाई ...


पहिरोले बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध, यात्रु अलपत्र

बुटवल - पहिरो खसेपछि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा पाल्पा हुँदै विभिन्न जिल्लाबाट बुटवलतर्फ आइरहेका र बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र यात्रु बीचमै रोकिएका छन् ।

भारी वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको र डोजरले पहिरो पन्छाउन पनि समस्या भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवल–पाल्पा सडक खण्डको हेडबक्स भन्ने स्थानमा पटक पटक ...


पोलियो खोपका नाममा एफआइपिभी भ्याक्सिन, नेपाल पहिलो प्रयोगशाला !

काठमाडौँ - सरकारले पोलियो खोपका नाममा नयाँ भ्याक्सिन सुरु गर्ने भएको छ । विगतमा लगाउँदै आएको आइपिभी भ्याक्सिनको अभाव भएपछि सरकारले नयाँ भ्याक्सिन एफआइपिभी सुरु गर्ने भएको हो । आइपिभि खोप १४ महिना उमेरका बालबालिकलाई लगाइन्थ्यो भने एफआइपिभि खोप ६ साता र १४ महिनाको उमेरमा गरी दुईपटक लगाइन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बालस्वास्थ्य महाशाखाका अनुसार आइपिभी भ्याक्सिन विश्वभर अभाव भएपछि यस वर्षबाट एफआइपिभी नामक भ्याक्सिन सुरु गर्न लागिएको हो । ‘ सम्पूर्ण विश्व पोलियो उन्मूलनको अभियानमा लागेको छ,’ महाशाखाका खोप अधिकृत भरत भण्डारीले भने, ‘अभियान ...


न्याम्सको उपकुलपतिमा ६ चिकित्सकको दौडधुप

काठमाडौँ - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति बन्न आकांक्षीहरूको दौडधुप सुरु भएको छ । वर्तमान पदाधिकारीहरूको चारवर्षे कार्यकाल सकिन एक साता बाँकी रहँदा उपकुलपतिका आकांक्षीको दौडधुप राजनीतिक नेतृत्वसम्म हुन थालेको हो ।

स्रोतका अनुसार उपकुलपतिमा ६ जना चिकित्सकको नाम चर्चामा छ । हालका पदाधिकारीको चारवर्षे कार्यकाल २० साउनमा सकिँदै छ ।

स्वास्थ्यमन्त्रीको रोजाइमा शाह, न्याम्सका कर्मचारी चाहन्छन् गिरी
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार न्याम्सको उपकुलपतिमा प्रा.डा. श्रीकृष्ण गिरी र प्रा.डा. डिएन शाहको नाम बढी चर्चामा छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको रोजाइमा शाह छन् । तर, न्याम्सका पदाधिकारीहरू भने शाहको सम्भावना कम भएको बताउँछन् । ...


मन्त्रीहरूमाथि अनुगमन : महासेठ र पण्डित रेडजोनमा, अरु कसको कस्तो अवस्था ?

काठमाडौँ - सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कार्यक्षमता र शैलीप्रति असन्तुष्ट बनेका छन् । सरकारविरुद्ध प्रतिपक्षी दलले सडक र सदन तताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको कार्यक्षमता मूल्यांकन गर्न थालेको हो । मूल्यांकन राम्रो नआए मन्त्रिपरिषद् सदस्यहरूको जिम्मेवारी हेरफेर गर्ने मनस्थितिमा प्रधानमन्त्री पुगेको उनको सचिवालयका एक सदस्यले बताए ।

‘अहिले प्रधानमन्त्रीज्यूले मन्त्रीहरूलाई छुट्टाछुट्टै बोलाएर सचेत गराउने र परिणाम आउने गरी काम गर्न निर्देशन दिइरहनुभएको छ,’ ती सदस्यले भने, ‘दोस्रो चरणमा पनि कार्यशैलीमा सुधार आएन भने मन्त्रिपरिषद्का सदस्यहरूको जिम्मेवारी हेरफेर हुन ...


नारायणगढ-मुग्लिन सडक सम्पन्न : अब ३५ मिनेटमै सररर...

चितवन - ३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत (अप्रिल २०१५)मा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो । सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए ।

भूकम्प र नाकाबन्दीका कारण ११ महिना काम हुन नसक्दा तथा निर्माणाधीन अवस्थामा पनि यातायातका साधनसमेत सञ्चालन गर्नुपर्ने भएकाले तोकिएको समयभन्दा ढिलो सकिएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए ।

बिसुरालका अनुसार तीनवटा ठेक्कामा काम भएकोमा दुईवटाले काम सम्पन्न भएको प्रमाणपत्र पाइसकेका छन् । ‘त्यसमा पनि दोस्रो र तेस्रो नम्बरको ठेकेदारले प्रमाणपत्र पाइसकेका छन्,’ उनले भने, ...


यो वर्ष बाह्र सय आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्छौं : स्वास्थ्यमन्त्री यादव

काठमाडौं - ग्रामीण भेगका जनताको स्वास्थ्य सेवामा सहजता ल्याउने उद्देश्यले नेपाल–चीन हिमालयमैत्री समाजले विभिन्न पाँच जिल्लाका नगरपालिका तथा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गरेको छ ।

नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा खरिद गरिएका पाँच वटा एम्बुलेन्स क्रमशः मण्डन देउपुर नगरपालिका काभ्रेपलाञ्चोक, जुगल गाउँपालिका सिन्धुपाल्चोक, भीमेश्वर नगरपालिका दोलखा, खाँदबारी नगरपालिका संखुवासभा र निबुवाटारी सहकारी स्वास्थ्य केन्द्र मध्यनेपाल नगरपालिका (लमजुङ) लाई हस्तान्तरण गरेको हो ।

समाजकोतर्फबाट शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालका लागि चिनियाँ राजदूत यु होङको उपस्थितिमा एम्बुलेन्सको साँचो सम्बन्धित निकायका प्रमुखलाई प्रदान ...


आफ्नो निर्णयमाथि पुनर्विचार गर्न नेपाल सरकारलाई मलेसियाको आग्रह

काठमाडौं - मलेसिया सरकारले नेपालले केही समयअघि नेपाली कामदार मलेसिया नपठाउन गरेको निर्णयमाथि पुनर्विचार गर्न नेपाल सरकार समक्ष आग्रह गरेको छ ।

मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगर मेलेसियामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त ले निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन । मलेसिया नेपाली कामदारसहित विदेशी कामदारमै निर्भर रहेको भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन ।

नेपाली कामदारले मलेसिया जादा विभिन्न किसिमका शोषण र ठगी भोग परेको भन्दै सरकारले केही सयम अघि वैदेशिक रोजगारीका लागि मलेसिया पठाउन बन्द गरेको छ । मन्त्री कुलाशेगर नेपाली ...


सेवाग्राहीसंग लिएको ३६ लाख घुससहित इन्जिनियर पक्राउ

बुटवल - भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेेका छन् ।

सेवाग्राहीसंग ३६ लाख ७२ हजार ५ सय रुपैयाँ लिएर घर जाँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो ।

आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको अख्तियारका शाखा अधिकृत सुरेश भुसालले जानकारी दिए ।

...

प्रधान्मन्त्रीको कांग्रेसलाई कटाक्ष : 'राजनीति गर्ने एजेन्डा नभएपछि कांग्रेस तिल्मिलायो'

काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेस अरु एजेण्डा नभएर अधिनायकवाद आयो भन्दै हिँडेको आरोप लगाएका छन् ।

अन्टुफ र जिफन्ट एकता संयोजन समितिले राजधानीमा शनिबार गरेको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओली,ले भने, ‘सपनामा देखे कि, विपनामा देखे। खोइ, कता आयो अधिनायकवाद ? अरु एजेण्डा केही छैन। अधिनायकवाद आयो भनेर हुन्छ ?’

अनुभवी कम्युनिष्ट नेताले पार्टी र सरकार हाकेको प्रधानमन्त्री ओलीले कुनै एजेन्डा नभएपछि कांग्रेस तिल्मिलाएको बताए । मजदूर वर्गीय आन्दोलनलाई कांग्रेसले अधिनायकवाद नाम दिएको उनले ...


पहिरोले जाजरकोट–डोल्पा सडक अबरुद्ध

जाजरकोट- निरन्तर परेको अविरल वर्षाले जिल्ला सदरमुकाम खलंगाको सडक अवरुद्ध भएको छ ।

पहिराले सडक भत्काएपछि खलंगामा मोटरसाइकलसमेत चल्न सकिरहेका छैनन् । यातायातका साधन चल्न नसकेपछि यात्रु पैदल हिँड्न बाध्य छन् । जाजरकोट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो ।

शान्तिचौतारा बसपार्क नजीकै रहेका खहरेकोला, ठाँटीबजार, सिमलगैरीलगायत ठाउँमा पहिरो जाँदा आवतजावत गर्न समस्या भएको छ । गाउँबाट सदरमुकाम आउने र सदरमुकामबाट बाहिर जाने यात्रु पैदल हिँड्न बाध्य भएका छन् । वर्षात्मा हुने सडक अवरोध खोल्नका लागि भेरी नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट रु दुई ...


यस वर्ष देखि सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने

काठमाडौं - सरकारलाई वर्षौंदेखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रूपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको हालको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास छ ।

अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी एक लाख सात हजार छ । यसमध्ये करिब ७० हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् । अन्य शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन् । अस्थायी दरबन्दीमा कार्यरतलाई प्रक्रिया पु¥याएर स्थायी गरिनुपर्ने, सेवाको सुनिश्चितता गरिनुपर्नेलगायत माग राख्दै शिक्षक आन्दोलनमा थिए ।

जसका कारण विद्यालय तहको पढाइसमेत ...


रसुवागढीमा ठुला सवारी साधन सञ्चालन गर्न रोक

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा ठुला सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ घट्टेखोलामा बाढीले पुलमा क्षति पु-याएपछि पाँच टन भन्दा बढी क्षमता भएका सवारी सञ्चालनमा रोक लगाइएको हो। मालबाहक सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम उच्च हुने भएकाले शुक्रबारदेखि सवारी सञ्चालन रोकिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

बुधबार राति गएको पहिरोको कारण बिहीबार र शुक्रबार दिउँसोसम्म साना ठुला सवारी सञ्चालन हुन सकेको थिएन्। सामग्री आयातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ पुगेका सवारी रसुवागढी नाका पारी नै रोकिएका छन्।

केरुङ जाने तयारीमा ...


भुकम्पपिडितको पिडा : तिन वर्ष पछि बल्ल दोश्रो किस्ता

खोटाङ - महाभूकम्प गएको तीन वर्ष बितेपछि खोटाङका दुई हजारभन्दा बढी लाभग्राहीले दोस्रो किस्ता पाएका छन्। २०७२ साल जेठ १२ गतेको महाभूकम्प र परकम्पनका कारण घरविहीन बनेपछि पहिलो किस्ता लिएर घरको डिपिसी गरिसकेका दुई हजार ४०१ भूकम्पपीडितले दोस्रो किस्ता बुझेका हुन्। २०७४ जेठ १९ गतेदेखि पहिलो किस्ताबापतको ५० हजार बुझेर आवास निर्माण सुरु गरेका लाभग्राहीमध्ये दुई हजार ४०१ लाभग्राहीले दोस्रो किस्ता बुझेको राष्ट्रिय पुननिर्माण कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ आवास व्यवस्थापन तथा पूर्वाधार कार्यालयका प्रमुख सागर आचार्यले बताए। पहिलो किस्ता बुझेका खोटाङका आठ हजार ...


चुम्लिङटार बस दुर्घटना अपडेट : ८ को मृत्यु, १७ घाइते मध्ये ६ गम्भीर

चितवन - इच्छाकामना गाउँपालिकाअन्तर्गत पृथ्वी राजमार्गको चुम्लिङटार सडकखण्डमा शुक्रबार भएको बस दुर्घटनामा ८ यात्रुको मृत्यु भएको छ । १७ घाइते भएका छन् । काठमाडौंबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको बस विपरीत दिशाबाट गइरहेको ट्रकसँग ठक्कर खाँदा त्रिशूली नदी किनारमा खसेको हो ।

ना.६ख २५०६ नम्बरको बस काठमाडौंबाट पोखरा हुँदै वालिङ जाँदै थियो । मुग्लिनबाट मलेखुतर्फ जाँदै गरेको ना.५ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस सडकबाट २० मिटर तल त्रिशूली नदी किनारको खोँचमा खसेको चितवन प्रहरीका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

मृत्यु भएका ६ यात्रुको सनाखत
दुर्घटनामा मृत्यु भएका ६ यात्रुको सनाखत ...


१३ वर्षीया बालिकाको उखुबारीमा शव फेला, सामूहिक बलात्कारपछि हत्या गरेको आशंका

कैलाली - भीमदत्त नगरपालिका–२ महुलिया उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको निम्बुखेला खोलापारि उखु बारीमा शव फेला परेको छ । बिहीबार दिउँसो साथी रोशनी बमको घरबाट गृहकार्य गरेर फर्किएकी निर्मलाको शुक्रबार बिहान शव फेला परेको हो ।

स्थानीय सरस्वती मावि कक्षा ९ मा अध्ययनरत निर्मला गृहकार्य गर्न भन्दै बिहीबार भगतपुरस्थित साथी रोशनीको घर गएकी थिइन् । रोशनीको घरबाट उनी साइकलमा घर फर्किएकी थिइन् । निर्मलाकी साथी रोशनीका अनुसार उनी बिहीबार मध्याहन्न सबा ११ बजेतिर आएकी थिए । ‘दुवैजनाले गृहकार्य ग-यौँ । मैले उनलाई अम्बा दिएर घर पठाएकी थिएँ,’ रोशनीले भनिन्, ‘आज उनी मृत ...


दिपकराज जोशीबारे केहि निर्णय हुन सकेन, बैठक आइतवारसम्मका लागि स्थगित

काठमाडौं - कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गर्ने वा थप छानबिन गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको शुक्रवारको संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।

बैठक आगामी आइतबारसम्मका लागि स्थगित गरिएको समितिका एक सदस्यले जानकारी दिए ।

जोशीको शैक्षिक प्रमाणपत्रमा विवाद भएको र त्यसबारेमा अध्ययन चलिरहेकाले बैठक स्थगित गरिएको एक सदस्यले जानकारी दिए ।

...

पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो, ५ यात्रुको मृत्यु २३ घाइते

काठमाडौँ - काठमाडौँबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् । दुर्घटना स्थलबाट सबै घाइतेकाे उद्धार सकिएको र भरतपुर अस्पताल पथाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन् । एक बालकको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना ६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना ५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि एक सय मिटर तल ...


त्रिविका उपकुलपति खनियाँसहित ४३ जनालाई कारबाही हुने, यस्तो छ कारण !

काठमाडौं - बिहीबार सरकार र डा. गोविन्द केसीबीचको सहमतिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित ४३ जनालाई दुई महिनाभित्र कारबाही गर्ने बुँदा पनि समावेश छ ।

चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाहीको प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने सम्झौता भएको छ।

पूर्वाधार नपुगेका मेडिकल कलेजलाई नियमविपरीत सम्बन्धन दिन सिफारिस गरेको र दिएको आरोपमा त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाँ, शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठी, रजिस्ट्रार डिल्ली उप्रेतीलाई बर्खास्त गर्न र भविष्यमा सरकारी लाभका पदमा नियुक्त नगर्न सिफारिस गरेको छ। यस्तै ...


सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

नवलपरासी - भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ ।

सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत रेखदेखका साथै आपराधिक क्रियाकलाप, चोरी तथा तस्करी नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिए ।

करीब २८ किलोमिटर दूरीमा रहेको नवलपरासी पश्चिम जिल्लाको नेपाल– भारत क्षेत्रमा पश्चिममा सनईदेखि पूर्वमा सुस्तासम्म गरी कूल १६ वटा सीमा स्तम्भ छन् ।

नेपाल–भारत सीमा क्षेत्रमा देखिएको आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने स्थानीय ...


पहिरोले भक्तपुरमा चार घर विस्थापित

भक्तपुर - चाँगुनारायण नगरपालिका–८, सुडाल पुरीटोलका धर्मराज पुरीको दुई तले कच्ची घरलाई विसं २०७२ को भूकम्पले क्षति पु¥याएको थियो ।

भूकम्पले क्षति पु¥याएको माथिल्लो तल्लाको ममर्तपछि धर्मराजको चार जनाको परिवार सोही घरमा बस्दै आएपनि गत असार २७ गते परेको अविरल वर्षाका कारण घर अगाडिको डिलमा गएको पहिरोले सो घर उच्च जोखिममा परेपछि अहिले उनी घरबारविहीन बनेको हो ।

उनीजस्तै पुरी टोलका सानुकान्छा पुरी, विश्वनाथ पुरी र कुवेर पुरीको घर समेत पहिरोको उच्च जोखिममा परेको छ । कुवेरको निर्माणाधीन दुई तले घरसमेत पहिरोको जोखिममा परेपछि अहिले उन विचल्लीमा ...


सदरमुकाम जान भारतीय बाटो

काठमाडाैं - नेपालतर्फबाट सदरमुकाम आउने हुलाकी सडक खराब भएपछि जिल्लाको दक्षिण–पूर्वी भेगका बासिन्दा मलंगवा आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्ने गरेका छन् । वर्षामा हुलाकी सडकमा पैदल हिँड्नसमेत समस्या छ ।

दक्षिण–पूर्वी भेगमा पर्ने संग्रामपुर, पर्सा, जिंगडवा, नोकेल्वा, हरिपूर्वालगायत दर्जनौँ गाउँका बासिन्दा भारतीय बाटो प्रयोग गरेर सदरमुकाम आउँछन् । वर्षामा हुलाकी सडकमा गाडी नचल्ने संग्रामपुर बजारका व्यापारी पुनीत रायले बताए । सडकमा खाल्डाखुल्डी बढी भएको र हिलाम्मे हुँदा हिँड्न नसकिने उनको भनाइ छ ।

लामो समयदेखि निर्माणाधीन ब्रह्मपुरी गाउँपालिकामा पर्ने सखुवा खोलाको पुल अलपत्र हुँदा वर्षामा हुलाकी सडकमा गाडी गुड्न नसकेको हो । ...


दिपक जोशीको संसदीय सुनुवाइ सकियो, के निर्णय आउला आज ?

काठमाडौँ - संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका दीपकराज जोशीमाथिको संसदीय सुनुवाइ सकिएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा बिहीबार सुनुवाइ समितिमा उपस्थित भएर जोशीले सांसदहरूले दुई घन्टासम्म गरेको प्रश्न र उनीविरुद्ध परेका उजुरीसम्बन्धी जिज्ञासाबारे १२ मिनेटभित्र जवाफ दिए ।

जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने टुंगो लगाउन शुक्रबार संसद्को सुनुवाइ समितिको बैठक पुनः बस्दै छ । बिहीबारको सुनुवाइको प्रारम्भमै प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका जोशीले सुनुवाइ समितिमा १४ पृष्ठ लामो ४४ बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए । आफ्नो कार्यकालमा गर्ने न्यायिक सुधारको कार्ययोजना पेस गरेका जोशीमाथि सांसदहरूले उनीविरुद्ध परेका पाँचवटा उजुरीसहित ...


मन्त्रिपरिषद बैठक : कृषि मन्त्रालय फुटेदेखी प्रेस काउन्सिलको खारेजीसम्म

काठमाडौँ - सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर कृषि तथा पशुपक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो । योसँगै मन्त्रिपरिषद्को कार्यालयसँगै मन्त्रालयको संख्या २२ पुगेको छ ।

सरकारले नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई कायममुकायम प्रधानसेनापतिमा सिफारिस गरेको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले २५ भदौमा अनिवार्य अवकाश पाउने भएपछि सरकारले बलाधिकृत रथी थापालाई कायममुकायम प्रधानसेनापति तोक्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानसेनापतिले अवकाश हुनु एक महिनाअघि बिदा बस्ने प्रचलन छ ।

यस्तै, सरकारले लुम्बिनी ...


प्रसाईंलाई कारबाही गर्न माग गर्दै महिला आयोगमा उजुुरी

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल कांग्रेसको विद्यार्थी भ्रातृसंस्था नेविसंघले झापा बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाईंलाई कारबाही गर्न माग गर्दै राष्ट्रिय महिला आयोगमा उजुुरी दिएको छ ।

‘बिएन्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक पदमा रहेका दुर्गा प्रसाईंले पत्रकार सम्मेलनमै चिकित्सा शिक्षामा उच्च शिक्षा हासिल गर्न विदेश जाने छात्राहरूलाई त्यहाँका प्रोफेसरहरूले करणी गरी राख्ने’ भन्ने गलत अभिव्यक्तिले महिलाको अस्मितमा धावा बोलेको भन्दै उनीहरूले आवश्यक अनुसन्धान गरी कारबाहीको माग गर्दै आयोगमा चारबुँदे उजुरी दिएका हुन् ।

संघकी केन्द्रीय सदस्य जानुका पन्तले बुझाएको उजुरीपत्रमा प्रसार्इंलाई महिलाको चरित्र हत्या गर्ने किसिमले पत्रकार ...


सत्ताइसौँ दिनमा सहमति, २२ बुँदे सहमतिमा के छ? (पूर्ण पाठ)

काठमाडौं - प्रा डा गोविन्द केसी र सरकारबीच अनशनको २७ अौं दिनमा २२ बुँदे सहमति भएको छ। यो सहमतिसँगै गोविन्द केसीले अनशन तोडेका छन्। प्राध्यापक केदारभक्त माथेमा र नेकपाका नेता सुवासचन्द्र नेम्बाङले संयुक्तरुपमा जुस ख्वाएर केसीको अनसन तोडाएका थिए। सहमति पत्र र अनशन तोड्दाको छाँयाछवि यसप्रकार छन्।

...

सुनतस्कर समाउन सहयोग गरेकोमा युएइलाई गृहमन्त्रीको धन्यवाद

काठमाडौँ - गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि संयुक्त अरब ईमिरेट्स (युएई)का राजदुत साईद हम्दान मोहम्मद अल नाक्बिले आज गृहमन्त्रालयमा शिष्टचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–युयई द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकास तथा नेपाली कामदारलाई रोजगारीको सृजना अवसर गरेर युयईले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

यस्तै उनले युयईमा कार्यरत नेपालीहरुको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदुुतसँग आग्रह गरेका थिए ।
सुन तस्करी सम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युएई सरकारको ...


टिमुरे पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुग्यो, अझै १२ बेपत्ता

रसुवा - रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, टिमुरेमा गएको पहिरोमा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने अझै १२ जना हराइरहेका छन् । मृत्यु हुनेहरूमा सिन्धुपाल्चोक भोटेकोशी–४ का शुस खड्का, भोटेकोशी–५ का बिक्रम श्रेष्ठ, श्याम श्रेष्ठ र मंगल तामाङ तथा गोसाईकुण्ड–१, थुमनका मिंग्मर गोम्बो तामाङ रहेको जिल्ल प्रहरी कार्यालय रसुवाले जनाएको छ । प्रहरीका अनुसार देवबहादुर मगर, वोङ्सी तामाङ, डोल्मा तामाङ, सोनाम शेर्पा, लाक्पा बिन्दु तामाङ, तेन्जिङ डोल्मा, पासाङ डोल्मा तामाङ, नरमान तामाङ, सोनाम लामा, प्रेम घले, विमल घर्तीमगर, दावा तामाङ लगायतका व्यक्ति बेपत्ता छन् । घाइते ...


डा. केसी पक्ष र सरकारबीच सात बुँदे सहमति, आजै अनसन तोडिने

काठमाडौं - २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच ७ बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदबारमा भएको वार्ता ७ बुँदे सहमति गरेर टुंगिएको हो । सहमतिको मस्यौदालाई औपचारिकता दिने काम भइरहेको सरकारी वार्ता टोलीका सदस्य केदार न्यौपानेले जानकारी दिए ।

केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जाँदै छन् ।

सहमतिलाई अन्तिम रुप प्रधानमन्त्री निवास बालुवाटारमा दिइने छ । वार्ता टोली बालुवाटारतर्फ लागेका छन् ।

सहमतिपत्रमा औपचारिक हस्ताक्षरपछि डा. केसीले आजै अनसन तोड्ने छन् ।

...

डा. केसीको उपचार गर्न नौं सदस्यीय चिकित्सक टोली गठन

काठामाडौं - त्रिवि शिक्षण असपताल महाराजगञ्जमा २७ दिनदेखि आमरण अनसनरत प्राडा गोविन्द केसीको उपचारका लागि चिकित्सक टोली गठन गरिएको छ ।

बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले अनशनरत डा केसीको उपचारका लागि सामान्य चिकित्सा विभाग प्रमुख प्राडा प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभाग प्रमुख प्राडा दिव्या सिंह शाहको संयुक्त संयोजकत्वमा नौ सदस्यीय टोली गठन गरेको हो ।

शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक हुन् । उनले केसी र सरकार पक्षबीच सहमतिका लागि समन्वय पनि गरिरहेको बताइएको छ । साथै शाह डा केसीको समर्थक पनि हुन ।

स्वास्थ्य उपचार टोलीमा ...


नेपालको दोस्रो वाइडबडी विमान ‘मकालु’ काठमाडौँ आइपुग्यो

काठमाडौं - नेपाल वायु सेवा निगमले आफ्नो दोस्रो वाइडबडी विमान भित्र्याएको छ । निगमको ए ३३०–२०० सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमको नयाँ विमानलाई ‘मकालु’ नाम दिइएको छ भने विमानको कल साइन ९ एनएलजेट रहेको छ । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो ।

विमानको लागत २१ अर्ब ९० करोड रूपैयाँ छ । यसअघि गत असार १४ गते निगमले पहिलो वाइडबडी विमान भित्र्याएको ...


रसुवाको टिमुरेमा भिषण पहिरो, ४ जनाको मृत्यु, ११ जना सम्पर्कविहीन

काठमाडौं - रसुवाको गोसाइकुण्ड गाँउपालिका-२ टिमुरेमा बुधबार राति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । ११ जना सम्पर्कविहीन भएका छन् । पहिरोमा परी १२ जना घाइते छन् ।

पहिरोले गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको बताइएको छ । पहिरोमा ज्यान गुमाएका र हराइरहेकाहरूको पहिचना खुलेको छैन ।

बजार क्षेत्र भएकाले स्थानीयका अलावा यात्रु, यातायात व्यवसायीको मृत्यु भएको हनुसक्ने अनुमान गरिएको छ । पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरेको प्रहरीको भनाइ छ । अविरल वर्षापछि ...


फिराैती रकम बुझाए पनि फिरेनन् बालक

जीतपुर - एक करोडभन्दा बढी फिरौती तिरेपछि छोरा सकुशल फिर्ता आउनेमा बारा, जीतपुरका गोला व्यापारी ललन गुप्ता ढुक्क थिए । त्यसैले आफ्नो ९ वर्षीय छोरा अंकितको रिहाइका लागि अपहरणकारीको मागअनुसार उनले फिरौती रकम बुझाए ।

अपहरणकारीले थुप्रै शर्त तेर्साइरहँदा ललनले एउटै शर्त राखे ‘छोरालाई यातना नदिई सकुशल फिर्ता गर्नुपर्छ ।’ त्यसबापत अपहरणकारीका सबै शर्त मान्न उनी तयार भए र मागअनुसार एक करोड दुई लाखभन्दा बढी रकम फिरौती बुझाए ।

भारतको बेतिया पुगेर ६४ लाख भारतीय रूपैयाँ बुझाएपछि छोरा फिर्ता आउने आशमा थिए ललन र उनकी पत्नी संगीता ...


दुई हजार रुपैयाँ राहत पाउन ५ सय १० रुपैयाँको सिफारिस शुल्क

मोरङ - जिल्लाको रतुवामाई नगरपालिकाले घरसमेत बगेका बाढीपीडितसँग पाँच सय १० रुपैयाँ शुल्क लिएर जिल्ला प्रशासनलाई राहतको सिफारिस गरेको छ । प्रशासनले भने पीडितलाई अधिकतम दुई हजार मात्र राहत दिन सकिने जनाएको छ ।

वडा नम्बर ३ का अध्यक्ष कुसनदेवप्रसाद सिंह गनगार्इंले बाढीपीडित श्रीप्रसाद दास केवरतसँग सिफारिसपत्रका लागि चर्को शुल्क असुलेका हुन् । उनी बुधबार राहत लिन ३५ किलोमिटर टाढाको जिल्ला प्रशासन कार्यालय विराटनगर आएका थिए । ऋण खोजेर सिफारिस शुल्क तिरेको उनले बताए ।

केवरतले दुई हजारसम्म मात्र राहत पाउने सहायक सिडिओ उमेश पाण्डेले बताए । तर, प्रहरी रेकर्ड नभएका कारण उनले ...


भागबन्डा मिलाउन मन्त्रालय फुटाउने प्रधानमन्त्रीको तयारी, कानुनमन्त्रीमा कसको सम्भावना ?

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ ।

कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो ।

नयाँ बन्ने मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई फुलमन्त्री बनाएर ल्याउन लागिएको छ ।

‘पहिला राज्यमन्त्री अर्याललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फुलमन्त्री बनाउने योजना थियो,’ नेकपाका एक नेताले ...


यसकारण निष्कर्षविहिन बन्यो सरकार र डा. केसी बिचको वार्ता !

काठमाडौँ - चिकित्सा शिक्षा विधेयकमा सरकार र केसी पक्षबीच सहमति हुन नसक्दा वार्ता निष्कर्षविहीन भएको छ । केसी पक्षले विधेयकमा संशोधन गर्न २२ बुँदा प्रस्तुत गरेको छ जसमा सरकार सकारात्मक छैन । केसीका अरू ६ मागमा भने दुवै पक्ष लगभग सहमतिनजिक छन् ।

मंगलबारको वार्ता सकारात्मक भएको भन्दै दुवै पक्षले बुधबार सहमति हुने दाबी गरेका थिए । सहमतिको प्रारम्भिक खाका पनि तयार गरिएको थियो । तर, बुधबारको वार्तामा सरकारी टोली स्पष्ट खाकासहित नआएकाले छलफल अगाडि बढ्न नसकेको केसीका वार्ताटोली सदस्य डा. जीवन क्षेत्रीले बताए ।

विधेयकका विषयमा स्पष्ट म्यान्डेटसहित आए मात्रै सरकारी टोलीसँग ...


मेडिकल कलेजको औसत लागत एक अर्ब  ५० करोड तर दावी भने...

मन्त्रिपरिषदद्वारा गठित समितिको प्रतिवेदन :

औसत लागत एक अर्ब ५० करोड
निजी मेडिकल कलेजलाई सरकारीकरण गर्दा कति लगानी लाग्छ भन्नेमा विभिन्न अनुमान छन् । तर, एमबिबिएस र बिडिएस कक्षाको शुल्क पुनरावलोकन गर्न २६ असार ०७३ मा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा.डा. शिवकुमार राईको संयोजकत्वमा सरकारले गठन गरेको उच्चस्तरीय समितिले दुई वर्षअघि नै मेडिकल कलेजको सम्पत्ति मूल्यांकन गरिसकेको छ । जो अहिलेसम्म गोप्य थियो । समितिमा काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेजका एसोसिएट डिन डा. राजेन्द्रप्रसाद कोजू, त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का प्रतिनिधि प्रा.डा. रोहितकुमार पोखरेल, डा. भोला रिजाल, ...


डा. केसी र सरकार बिच वालुवाटारमा छलफल जारी, आजै सहमति गर्ने तयारी

काठमाडौं - २६ दिनदेखि आमरणरत प्राडा गोविन्द केसीको माग सम्बोधनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय छलफल शुरु भएको छ । प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमाबीच छलफल भइरहेको भइरहेको बताइएको छ ।

यसअघि संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक फिर्ताको माग गर्दै आएका डा केसीले मंगलबार २५ बुँदामा संशोधन गर्नुपर्ने बताएपछि ती बुँदाहरुमा अहिले बालुवाटारमा छलफल भइरहेको बताइएको छ ।

सरकारी वार्ता टोली र डा केसी पक्षबीच मंगलबार लामो वार्ता भएको थियो । उक्त वार्तामा केसी पक्षले ...


महिला आयोगमा एनजिओको हालिमुहाली

काठमाडौँ - राष्ट्रिय महिला आयोगमा गैरसरकारी संस्थाको हावी भएपछि क्षेत्राधिकारका सवालमा आयोग निकै खुम्चिएको छ । देशैभर कार्यक्षेत्र रहेको आयोग गैरसरकारी संस्थाको दबदबामा परेपछि सीमित जिल्लामा खुम्चिन पुगेको हो । देशैभर महिला अधिकारका विषयमा काम गर्ने गरी संवैधानिक आयोगका रुपमा राष्ट्रिय महिला आयोग गठन गरिएको थियो ।

यस आर्थिक वर्षमा महिला आयोगसँग ३ करोड रुपियाँ बजेट छ । तर, आयोगसँगै मिलेर काम गर्ने भनी विश्व बैंकको सहकार्यमा सञ्चालन भएको सम्बोधन नामक परियोजनासँग १३ करोड रुपियाँ बजेट छुट्याइएको छ । जुन रकम तीन बर्षमा सक्ने गरी विनियोजन ...


रानीपोखरी  पुनर्निर्माणको जिम्मा सेनालाई

काठमाडौं - भूकम्पछि ध्वस्त भएको सांस्कृतिक धरोहर रानी पोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनाले पाउने भएको छ । रानीपोखरी कसले पुनर्निर्माण गर्ने भने विषयमा विवाद बढ्दै गएपछि सेनालाई जिम्मा दिन थालिएको हो ।

रानी पोखरी निर्माणको जिम्मा सेनालाई दिने विषयमा मंगलबार रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच छलफल भएको थियो । रानी पोखरी निर्माणको जिम्मा सेनालाई दिन सरोकारवाला निकाय र मन्त्रीबीच छलफल भएको महानिर्देशक दाहालले जानकारी दिए ।

दाहालले भने, ‘रानी ...


मन्त्रीपछि अब दुर्गा  प्रसाईंको पालो, यथाशिघ्र कारवाही गर्न माग

काठमाडौं - बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राहरुले प्रमाणपत्र पाउनका लागि कतै न कतै आफूलाई बेचेकै हुन्छन भन्ने विवादित अभिव्यक्ति दिएपछि चौतर्फी आचोलना खेपेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएका छन्।

मन्त्रीको राजीनामाको सूचनाले बंगलादेशमा अध्ययनरत छात्राले सन्तोषको सास फेरे पनि पनि अर्का विवादित अभिव्यक्ति दिने अर्का मुख्य दोषी दुर्गा प्रसाईंलाई सरकारले कुनै काराबाही गर्न नसकेकोमा आक्रोसित छन । झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत नेपाली छात्राहरुले शैक्षिक योग्यताको प्रमाणपत्र लिनका लागि शिक्षकहरुसँग शारीरिक सम्बन्ध राख्ने ...


खानेपानी संस्थानमा २५ करोड भ्रष्टाचार, अख्तियारद्वारा छानविन सुरु

काठमाडौँ - दुई खानेपानी आयोजनाको पाइप खरिदमा करिब २५ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी संस्थानका पदाधिकारीहरूमाथि छानबिन सुरु गरेको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयद्वारा गठित छानबिन समितिले खानेपानी संस्थानद्वारा बुटवल र नेपालगन्ज कार्यालयमा आयोजना भइरहेको ५० करोडबराबरको आयोजनाको छानबिन गर्दा २५ करोड भ्रष्टाचार भएको प्रतिवेदन तयार पारेको थियो । खानेपानी मन्त्रालयले छानबिन प्रतिवेदनमा दोषी देखिएकालाई थप छानबिन गरी कारबाही गर्न सिफारिस गरेअनुसार अख्तियारले छानबिन प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयद्वारा गठित छानबिन समितिले भ्रष्टाचारमा खानेपानी संस्थान बुटवल शाखाका कायममुकायम सहायक प्रबन्धक मोहनदत्त भट्ट, योजनाका ...


यातायात निर्देशिकामा त्रुटि भेटियो, सिन्डिकेटधारीलाई रजांई

काठमाडौँ - सरकारले १८ चैत ०७४ मा जारी गरेको यातायात व्यवस्था कार्यविधि निर्देशिकामा रहेको त्रुटिका कारण सिन्डिकेटधारी व्यवसायीलाई यातायात सञ्चालनको वैधानिकता मिलेको नयाँ तथ्य फेला परेको छ ।

निर्देशिकामा सार्वजनिक सवारीसाधनको पञ्जीकरणसम्बन्धी गरिएको व्यवस्थामा ‘यो कार्यविधि निर्देशिका लागू भएपछि दर्ता हुने कुनै प्रकारका सार्वजनिक सवारीसाधनको पञ्जीकरण नभई रुट इजाजत जारी गरिनेछैन’ उल्लेख छ । यसले निर्देशिका कार्यान्वयन हुनुअघि अर्थात् १८ चैतअघि रुट अनुमति लिने सवारीसाधनलाई कम्पनीमा दर्ता हुन अनिवार्य गरेको छैन ।

यही नीतिगत त्रुटिलाई आधार बनाएर देशभरका ३ लाख ५० हजार सार्वजनिक सवारीसाधन अझै पञ्जीकरणमा आएका छैनन् । तर, रुट ...


वामदेवलाई डोल्पाबाट चुनाव उठाउने तयारी
सांसद धनबहादुर बूढालाई राजीनामा गराउने योजना

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ ।

सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । जसमा नेकपाले गौतमलाई उम्मेदवार बनाउनेछ । पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डले ‘संसद्मा तपाईंको आवश्यकता परेको’ भन्दै गौतमलाई प्रतिनिधिसभामा ल्याउने आश्वासन पनि दिइसकेका छन् ।

नेता गौतमले पनि अध्यक्षद्वयले आश्वासन दिएको बताए । ‘दुवै अध्यक्षले प्रतिनिधिसभामा तपाईंको आवश्यकता पर्‍यो, ल्याउँछौँ भन्नुभएको छ । थप कुरा अहिल्यै नभनौँ’, उनले नयाँ पत्रिकासँग भने ।

स्रोतका अनुसार सांसद बुढाको ...


डा. गोविन्द केसी र सरकार बिच वार्ता सुरु

काठमाडौं - लामो जुहारीपछि सरकार र आमरण अनसनरत डा गोविन्द केसीबीच औपचारिक वार्ता शुरुभएको छ । डा केसीको वार्ता टोलीले र सरकारी टोलीबीच वार्ता शुरु भएको हो ।

यसअघिको संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने अडानबाट डा केसी पक्षपछि हटेपछि मंगलबार अपरान्ह शिक्षा मन्त्रालयमा बार्ता शुरु भएको हो ।

वार्ताको वातावरण बनाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभामुख सुभाष नेम्बाङले माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेका थिए । त्यसपछि उनले नेकपाका अध्यक्ष प्रचण्ड र अध्यक्ष एवं प्रधानमन्त्री केपी ...


कानुनमन्त्री शेरबहादुर तामाङले दिए राजीनामा

काठमाडौं - कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी उनले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गरे ।

आफ्नो चारमहीने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उनले आफू जहाँ रहे पनि सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सहयोगी रहने बताए ।

गएको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री तामाङले नेपाली छात्राहरुले बंगलादेशमा एमबीबीएसको सर्टफिकेटका लागिका आफ्नो अस्मिता बच्ने गरेको ...


काँग्रेसको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ - राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ ।

बैठकको शुरु मै काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए ।

काँग्रेस सदस्यहरुले प्रमुख प्रतिपक्षीभन्दा अघि सत्ता पक्षका सदस्यलाई बोल्न समय दिएको भन्दै आपत्ति जनाएपछि केही समय प्रतिपक्षी दलका सदस्य र सत्तापक्षका सदस्यबीच बैठकमा भनाभन भएको थियो । अध्यक्ष तिमिल्सिनाको पटक पटकको आग्रपछि पनि काँग्रेसका सदस्यहरुले आसन ग्रहण नगरेकाले बैठक स्थगन गरिएको थियो ।

प्रतिपक्षले विरोधका जनाइरहँदा पनि नेकपाका प्रमुख ...


सरकारमा पठाउन राजपाले छान्यो तीन राज्यमन्त्री

धनुषा - राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा पठाउन तीन राज्यमन्त्री छानेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाएका हुन् । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा छन् ।

प्रदेश नं २ मा सरकार गठन भएको पाँच महिनापछि राजपाले तीन राज्यमन्त्री छानेको छ । बुधबार राज्यमन्त्रीले शपथ लिने तयारी छ । राजपाको बैठकले डा झालाई भौतिक पूर्वाधार, शर्मालाई सामाजिक विकास र मण्डललाई उद्योग, पर्यटन वन तथा वातावारण राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।

राजपाको बैठकले परमेश्वर साहलाई प्रमुख सचेतक ...


विवादमा मुछिएका कानुन मन्त्रीलाई राजिनामा दिन पार्टीको निर्देशन

काठमाडौं - कानुनमन्त्री शेरबहादुर तामाङले आज राजीनामा दिने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उनलाई राजीनामा दिन निर्देशन दिएपछि आज मन्त्री तामाङले राजीनामा दिने भएका छन् । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ ।

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए ।

यसको ...


चिकित्सा क्षेत्र सुधारको जिम्मा तपाईं लिनुहोस्, वार्तामा आउनुहोस : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले सरकार संवादमार्फत समस्या समाधानका लागि तयार रहेको भन्दै चिकित्सा शिक्षा सुधारबारे तर्कपूर्ण बहसमा आउन पनि डा. केसीलाई अनुरोध गरे।

‘म डा. केसीलाई भन्न चाहन्छु- स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्न सकिन्छ ? तर्कपूर्ण बहस गरौं’, प्रधानमन्त्रीले ओलीले भने, ‘तपार्इं नै जिम्मा लिनुहोस्, के के गर्नुपर्छ ? आयोग चाहिन्छ भन्नुहुन्छ ? तपार्इं नै अध्यक्ष भएर गर्नुहोस्। सरकार तपाईंलाई नै जिम्मा लगाउन तयार छ, आउनुहोस्।’

पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४०औं ...


८० वर्षीया आमाको आग्रहपछि डा. केसीको रगत जाँच

काठमाडौं - ८० वर्षीया आमा मित्रकुमारी शिक्षण अस्पतालको गणेशमान सिंह भवनको सिँढी उक्लँदै आफूलाई भेट्न आएको देखेर सोमबार डा.गोविन्द केसी केही क्षण अवाक् बने। दुवै बीच हेराहेर भयो। एक अर्काबीच हेराहेर भइरहँदा दुवैका आँखामा आँसु छचल्कियो।

आमा मित्रकुमारीकै आग्रहपछि सोमबारै डा. केसीको रगत परीक्षण भएको छ। उनको रगतमा सेता रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून देखिएको र अक्सिजनको मात्रा पनि कम देखिएको बताइएको छ।

रगतमा पोटासियम, म्याग्नेजियम र क्याल्सियमको मात्रा पनि नबढेको पाइएको छ। केसीको स्वास्थ्यस्थिति झन् कमजोर रहेको उनको उपचारमा संलग्न चिकित्सक डा. दिव्या सिंह शाहले बताइन्।

रगतमा ग्लुकोजको ...


...

भिड तितरबितर पार्ने ‘वाटर क्यानन’ किन्दै प्रहरी

काठमाडौं - भीड नियन्त्रणमा खटिने प्रहरीमाथि बारम्बार एउटै प्रश्न तेर्सिन्छ— प्रहरीले संयम नअपनाउँदा अत्यधिक बल प्रयोग भयो। उच्छृङ्खल प्रदर्शनकारी र निषेधित घेरा तोड्न नदिन खटिएका प्रहरीबीच हुने मुठभेडका कारण दुवैतर्फ घाइते हुँदै आएका छन्।

स्थानीय प्रशासन ऐनमा भएको व्यवस्था पनि अहिलेसम्म पूरा हुन सकेको छैन। उक्त ऐनले पानीको फोहरा लगाएर भीड नियन्त्रण गर्ने व्यवस्था गरेको छ। प्रहरीसँग पानीको फोहरा फाल्ने ‘वाटर क्यानन’ गाडीको अभावले ऐनमा भएको व्यवस्था कार्यान्वयन हुन नसकेको हो।

कांग्रेस भ्रातृसंगठन नेपाल तरुण दलले शनिबार गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्नुपर्‍यो। भीड नियन्त्रणमा उपयोगी ...


स्थानीय तहलाई दरबन्दी पठाउन १५ दिनको म्याद, कर्मचारीको मूल्यांकन गर्ने निकाय फेरियो

काठमाडौं - सरकारले अन्तरिम संगठन संरचना एवं दरबन्दीमा हेरफेर गर्न स्थानीय तहलाई १५ दिनको समय दिएको छ। स्थानीय तहका लागि संघीय सरकारले यसअघि पारित गरेको संगठन संरचना एवं दरबन्दी थपघट गर्न पर्ने भए १५ दिनको मौका दिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्र लेख्दै स्थानीय तहको कार्य प्रकृति, सेवाप्रवाह एवं विकास व्यवस्थापनको आवश्यकता, भौगोलिक स्थिति, सेवा पु-याउनुपर्ने जनसंख्यासमेतका आधारमा दरबन्दी हेरफेर गर्नपर्ने भए १५ दिनभित्र जानकारी गराउन भनेको छ। त्यसरी दरवन्दी हेरफेर गर्नका लागि स्थानीय तहले आफ्नो कार्यपालिकाबाट स्वीकृत गरी मन्त्रालयमा ...


डीआईजीको टोली जुम्लामा, डा. केसी घटनाको जांच गर्ने

जुम्ला - जुम्ला, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसन बसेको बेला डा. गोविन्द केसीलाई जबरजस्ती काठमाडौं ल्याएको घटनाको छानबिन गर्न डीआईजीको टोली जुम्ला पुगेको छ ।

नेपाल प्रहरीका डीआईजी सुरेन्द्रविक्रम शाह, एसपी केदार रजौरे र डीएसपी चुडामणी बुढाथोकीको तीन सदस्यीय टोली जुम्ला अस्पतालमा भएको घटना छानबिन गर्न पुगेको हो

अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरुले पनि घटनाको छानबिन गरि सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारवाहीको माग गरिरहेका छन्। अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रहरीले गोलीसम्म चलाएकाले घटनाको छानबिन गरि दोषीमाथि कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन्। भने प्रहरीले गोली नचलाएको दाबी ...


भरतपुरमा बस एकआपसमा जुध्दा २३ यात्रु घाइते

चितवन - भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् ।

काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस राति ११ः५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको छ ।

घाइतेमध्ये ११ जना भरतपुर अस्पतालमा र अन्य १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको ...


डा. गोविन्द केसीसँग प्रधानमन्त्री आफैले वार्ता  गर्ने

काठमाडौं - अनशनरत डा. गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सीधै वार्ता गर्ने भएका छन्। वार्ता टोली फेरिने तर समस्याको समाधान कहिल्यै नहुने भन्दै प्रधानमन्त्री ओलीले सोझै डा. केसीसँग वार्ता गरेर समस्या समाधान गर्ने भन्दै सन्देश पठाएका छन्। केसीले भने जबाफ दिइसकेका छैनन्।

‘पटकपटक वार्ता र सहमति हुने तर कार्यान्वयन नहुने अवस्था आएकाले प्रधानमन्त्रीले ‘वान इन वान’ वार्ता गर्न चाहनुभएको हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘अनशन छाडेर स्वस्थ हुनुहोस् अनि वार्ता गरौं भन्ने प्रधानमन्त्रीको भनाइ छ, त्यो सन्देश पठाइ सकिएको छ।’ उनका अनुसार डा. केसीको स्वास्थ्यलाई ...


मधेसको समस्याप्रति मुख्य नेताहरू गम्भीर भएनन् : पूर्वराष्ट्रपति यादव

काठमाडौँ - पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुख्य राजनीतिक दलका नेताले मधेस बुझ्न नसक्दा अहिलेसम्म संविधानमा देखिएको समस्या समाधान हुन नसकेको बताएका छन् । कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले मधेसको समस्या समाधानप्रति नेताहरू गम्भीर नभएको बताएका हुन् ।

‘संविधानसभाबाट संविधान जारी गर्ने वेलामा मधेसको समस्या समाधान गर्न सम्झाएको थिएँ,’ यादवले भने, ‘त्यतिवेला मधेसको समस्या समाधान गर्नुस् भन्दा मलाई अरूको इसारामा चलेको समेत आरोप लगाइयो । अहिले त्यसवेलाको परिस्थिति नबुझ्दा दलहरूले संविधानका विषयमा झमेला बेहोरिरहेका छन् ।’

तत्कालीन ...


दोलखा र सगरमाथाको विषयमा चीनसंग विवाद

काठमाडौँ - चीनले दोलखामा करिब ९ विघा नेपाली जमिन दाबी गरेको छ । नेपालले भने अस्वीकार गर्दै आएको छ । नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार दोलखा लामाबगर गाविसको लेप्चा गाउँस्थित कोर्लाङपारी हिमालको टिप्पा चुलीमा सीमा चिह्न चिनियाँले नेपालतिर सारेपछि उत्पन्न विवाद अझै समाधान भएको छैन ।

सो क्षेत्रमा सीमा चिह्न नम्बर ५७ नेपालतिर सरेको भेटिएको थियो । लामो समय फेला नपरेको सो सीमा चिह्न नेपालतिरको एउटा पहरोमा खोपिएको अवस्थामा ०६२ सालमा भेटिएको थियो । त्यहाँ ९ विघा नेपाली जमिनमा नेपाल र चीनबीच दाबीविरोध छ ।

चीनले सगरमाथाको उचाइ तीन दशमलब १६ मिटर ...


डा.केसीको पक्षमा सञ्चारमाध्यमका सम्पादकहरुको ऐक्यवद्धता

काठमाडौँ - अनशनरत डा. गोविन्द केसीको आन्दोलनमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले ऐक्यबद्धता जनाएका छन् । आइतबार विज्ञप्ती जारी गरी केसीको अनशन लम्बिएकोमा उनीहरुले चिन्ता जनाएका छन् ।

चिकित्सा शिक्षा सुधारका लागि डा. केसीले यस अघि राखेका मागमा सरकारले सहमति गरेर पनि कार्यान्वयन नगर्दा १५औं अनशन बस्नुपरेको विज्ञप्तीमा उल्लेख छ । पटकपटकको लामो अनशनले केसीको जीवन संकटमा परेको भन्दै उनका माग सम्बोधन गर्न सम्पादकहरुले सरकारसँग माग गरेका छन् ।

विज्ञप्तीमा लेखिएको छ ‘पटकपटकको अनशन र लम्बिदो उपक्रमले डा. केसीको जीवन नै संकटमा परेको छ । हामी डा.केसीको सत्याग्रहप्रति ऐक्यवद्धता ...


'कलंकी-नागढुंगा सडक सरकारले बनाएन हामी बनाउँछौं’ : स्थानीयवासी

काठमाडौं - लामो समयदेखि अलपत्र कलंकी–नागढुंगा सडक निर्माण रोकिएपछि स्थानीयले सांकेतिक विरोध गरेका छन् । कलंकी–नागढुंगा बाटो निर्माण दवाव समूह गठन गरि चन्द्रागिरिका स्थानियहरूले आइतबार बिहान सडकका खाल्डा पुरेर विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीयले ‘हाम्रो सडक हामी बनाउँछौं’ लेखिएका प्लेकार्ड बोकेर दुई घण्टा सडक जाम गरेर नाराबाजी समेत गरेका थिए ।

विरोध कार्यक्रममा वोल्दै कंलकी नागढुगां सडक छिटो वन नसक्दा लाखौ जनता मारमा परेको भन्दै स्थानीयहरू विरोधमा उत्रिएका हुन । बाटोकै कारण सडक जाम, दुर्घटना र बिरामीहरूको बाटैमा मृत्युु हुने गरेको कारण दबाब स्वरूप सडकका खाल्डा ...


फेरिदै मुक्तकमैयाको जीवनस्तर

धनगढी - मालिकको घरमा कमैया भएर बस्दाको समयमा काठ र फुसले बनेको कच्ची घर टहरोमा बसेकी मुक्तकमैया सुन्दरी चौधरीले आफ्नो जीवनमा पक्की घरमा बस्न पाइएला भनेर कहिल्यै सोच्नु भएको थिएन ।

तर मुक्तिपछिका दिनमा भएको सचेतनासँगै अहिले उहाँको जीवनशैली फेरिएको छ । मुक्तिपछिका दिनमा श्रीमान् नरेश चौधरीले सिकेको डकर्मी तालीमको व्यावहारिक उपयोग गर्दै गरिएको कामबाट राम्रै कमाइ हुन थालेपछि उहाँको परिवारको जीवनशैली पनि फेरिन थालेको हो ।

“कच्ची घर टहरामा बसेर मालिकले अह्राएको काम गर्नु पर्दा आफ्ना दिन फेरिन्छन् भन्ने सोचिएको थिएन, उहाँले खुशी हुँदै भन्नुभयो, “मुक्तिपछिका ...


ट्रककाे ठक्करबाट मोटरसाईकलमा सवार २ काे मृत्यु

बुटवल - बुटवलमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमैं मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाँउपालिका–३ दोभानबजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ट्रक १००८ ट्रकले अगाडि गुडिरहेको लु२१प ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवारी दुबै जनाको शव तिनाउ खोलाको छेउमा भटिएकाे छ ।

मोटरसाइकल भीरबाट दुई सय मिटर तल खोलाको छेउमा पुगेकाले निकाल्न केही कठिनाई भएको छ । डोरीको सहायताबाट शव निकाल्ने तयारी गरिएको छ । ठक्कर दिने ट्रक ...


आज बीपीको ३६औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं - आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३६ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मुलुकमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विसं २००३ मा कोइरालाको अग्रसरतामा नेपाल राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो । उहाँको नेतृत्वको क्रान्तिले विसं २००७ फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना गरेको थियो ।

विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । तर जननिर्वाचित सरकारले १८ महिना बिताउन नपाउँदै तत्कालीन राजा महेन्द्रले कोइरालालाई ...


उच्च अदालत तुलसीपुरमा धेरै करणीका मुद्दा

दाङ - उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०७४/७५मा ६०२ मुद्दा फछ्यौट गरेकोे छ । उक्त अदालतका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार सो अवधिमा अदालतमा दर्ता भएका ४१३ र अघिल्लो आवमा जिम्मेवारी सरेका ३७३ गरी जम्मा ७८६ थान मुद्दामध्ये ६०२ थान मुद्दा फछ्र्योट भई हाल १८४ थान मुद्दा विचाराधीन छन् ।

तुलसीपुरमा सबैभन्दा धेरै करणीका ८८ वटा मुद्दा दर्ता भएकामा ७० वटा मुद्दा फछ्र्योट भई १८ वटा मुद्दा विचाराधीन अवस्थामा छन् भने सम्बन्धबिच्छेदका २१ वटा मुद्दा दर्ता भएकामा १९ वटा फछ्र्योट भई दुई वटा मुद्दा विचाराधीन अवस्थामा छन् ...


डा. केसीको समर्थनमा बाबुरामसँगै सुशीला कार्की सडकमा

काठमाडौं - गएको असार १६ गतेदेखि अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । प्रदर्शनमा विद्यार्थी, पेशाकर्मी, नागरिक समाजका अगुवा र विभिन्न दल नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

शनिबार दिउँसो १२ बजेदेखि सुरु भएको प्रदर्शनमा पूर्वप्रभानमन्त्री बाबुराम भट्टरार्इ, विवेकशील साझा पार्टी नेपालका संयोजक रवीन्द्र मिश्र, पूर्वप्रधानन्यायाधिश सुशीला कार्की, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, कृष्ण पहाडी, श्याम श्रेष्ठ, साहित्यकार खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइराला लगायत व्यक्तित्वहरू पनि उपस्थित भएका छन् ।

स्वास्थ्य क्षेत्र सुधारका लागि चिकित्सा शिक्षा विधेयक ...


डा.केसीका समर्थक र प्रहरीबीच वानेश्वरमा झड्प, स्थिति तनावपूर्ण

काठमाडौं - डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भएको प्रदर्शनमा क्रममा प्रहरी प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप भएको छ ।

शुक्रबार दिउँसो माइतीघरबाट शुरु भएको प्रदर्शन बानेश्व पुगेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केहि राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

झडपका क्रममा एक प्रहरी र केहि प्रदर्शनकारी घाइते भएको बताइएको छ । प्रदर्शनकारीले तीन वटा गाडी पनि तोडफोड गरेकाछन् ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डाक्टर ...


जुम्लामा भएकाे प्रहरी दमनको छानविन गर्न माग

जुम्ला - बिहीवार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको प्रहरी दमनको सत्य तथ्य प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनसनरत डा. गोविन्द केसीलाई वलजफ्ती उठाउने क्रममा प्रहरीले दमन गरेको भन्दै तत्काल घटनाको छानविन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका कर्मचारी र चिकित्सकहरुले प्रेश विज्ञप्ती मार्फत माग गरेका हुन्। उनीहरुले घटनाको तिन दिन भित्र छानविन गरि सत्य तथ्य प्रतिवेदन सार्वजनिक गर्न माग समेत गरेका छन् ।अस्पतालमा ड्युटीमा रहेका चिकित्सक, नर्स र प्रतिष्ठानमा ...


सत्ताधारी नै मेडिकल कलेजका सञ्चालक

काठमाडौं - स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सामाजिक न्याय स्थापित गर्ने सोचमा आधारित केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनले दिएको सुझाव नै वाम सरकारका लागि सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको छ।

प्रतिवेदनको मर्म सिंगो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बोक्ने राजनीतिक दर्शनसँग मेल नखाने पनि हैन। तर पनि ऊ राजनीतिक दर्शन अनुकूलको नीति लागू गर्न प्रतिकूल हुनेगरी अमूक कलेजका पछाडि दौडिनुको एउटा कारण छ– नेता कार्यकर्ताको लगानी रहेका कलेजलाई सम्बन्धन दिनु। अघिल्लो सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशमा रहेका ‘काठमाडौं उपत्यकामा दस वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा ...


सरकारले सीधै डा. केसी सँग वार्ता गर्ने

काठमाडौँ - सरकारले सीधै अनशनरत डा. गोविन्द केसीसँगै वार्ता गर्ने भएको छ । यसअघि केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब प्रत्यक्ष केसीसँगै वार्ता गर्ने निष्कर्षमा पुगेको हो । बीचका व्यक्ति वार्तामा बस्दा समस्या समाधानतर्फभन्दा राजनीतिमा बढी केन्द्रित भएको ठहर सरकारको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सरकारले सीधै केसीसँगै वार्ता गर्न वातावरण बनाइरहेको बताए । केसीसँग वार्ता गर्दा सरकारको वर्तमान वार्ताटोली पनि हुनेछैन । केसीले मन्त्रीस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने बताइसकेकाले सरकार यही तयारीमा लागेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेकपाका नेता नारायणकाजी श्रेष्ठ अनौपचारिक तयारीमा लागिसकेको अर्यालले जानकारी दिए ।

यसअघि ...


पाँच महिनामा ओली सरकारले गरेका १६ काम

काठमाडौँ - प्रधानमन्त्री केपी ओली नेतृत्वमा बनेको दुईतिहाइ बहुमतको सरकारले ३ साउनमा पाँच महिना पूरा गरेको छ । सयदिने कार्यकाल पूरा गरेलगत्तै उपलब्धि सार्वजनिक गरेको सरकारले समृद्धिको नारा दिएर महत्वाकांक्षी लक्ष्यसहित पाँच महिनामा केही देखिने काम गरेको छ । बजेटको व्यापक आलोचनाका बाबजुद सरकारले आर्थिक वर्ष र पाँच वर्षमा सम्पादन गरिने कामको लक्ष्यसहित कार्ययोजना बनाएर १ साउनबाट नयाँ शैलीबाट काम सुरु गरेको हो ।

१. छिमेक नीतिमा सन्तुलन
गत ३ फागुनमा प्रधानमन्त्री बनेका केपी ओलीले पहिलो प्राथमिकता छिमेक सम्बन्धमा सन्तुलन कायम गर्न ध्यान केन्द्रित गरे । ...


वडा कार्यालयद्वारा पाँचसय घरलाई सिलिण्डर र चुल्हो वितरण

दाङ - जिल्लाको एक वडाले धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि ग्यास चुल्हो वितरण गरेको छ । राजपुर गाउँपालिका-५ ले ५०० घरमा ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो । वडा कार्यालयले रु २६ लाख ३२ हजार ८४ को लागतमा ५०० घरमा ग्यास सिलिण्डरसहित चुलो वितरण गरेको हो ।

चंगुवा, नयाँ बस्ती, सिमलखुट्टी, जंग्रहवा, सालभौरी, खैरभट्टी, नौसहरालगायतका टोलका बासिन्दाले ग्यास चुलो पाएका हुन् । धुवाँमुक्त समाज बनाउने उद्देश्यले ग्यास सिलिण्डिरसहित चुलो वितरण गरिएको वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीले जानकारी दिनुभयो ।

वडावासीले यसअघि भान्सामा दाउरा प्रयोग गर्दै आएका ...


पर्यटक आगमनमा तेह्र प्रतिशतले बढ्यो, छ महिनामा पाँच लाखको भ्रमण

काठमाडौं - सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिने बर्खा याममा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको तथ्यांकले देखाएको छ ।

पर्यटन प्रवद्र्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले ‘अफ सिजन’मा पनि पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले विभिन्न प्रवद्र्धनात्मक अभियान चलाएको थियो ।

तुलनात्मक रुपमा कम ...


पहिरोमा पुरिएर बालिकासहित दुईको ज्यान गयो, तीन घाइते

जाजरकोट - अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको छ ।

घरमुली भक्तबहादुर बुढाको बिहीबार राति ११ बजेतिर सुतिरहेको अवस्थामा घरमाथिबाट एक्कासि पहिरो आउँदा उक्त घटना भएको हो ।

घरमुली भक्तबहादुर, उनकै नाति १३ वर्षीय पारस बुढा र सात वर्षीया नातिनी खिमा बुढा घाइते भएका छन् । घाइतेमध्ये अन्यको अवस्था सामान्य भए पनि खिमाको अवस्था ...


त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशकद्वारा राजिनामा

काठमाडौं - त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देश प्रा.डा. दिपकप्रकाश महराले राजीनामा दिएका छन् । शुक्रबार कार्यकारी महानिर्देशकको भूमिकामा रहेका महराले राजीनामा दिएका हुन् । उनले पारिवारिक कारणले राजीनामा दिनुपरेको प्रतिक्रिया दिदैं उनले आफ्नो राजीनामालाई लिएर जारी आन्दोलनसँग नजोड्न पनि अपिल गरेका छन् ।

त्रिविले शिक्षण अस्पतालमा नयाँ निर्देशक चयन गर्नका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन जगदीश अग्रवालको अध्यक्षतामा समिति समेत बनाइसकेको छ । त्रिवि शिक्षण अस्पतालमा कार्यकारी निर्देशकको अवधि चार वर्षको हुन्छ । उनी सन् २०१४ मा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

...

मन्त्रीका कारण रोकियो बाहिरि चक्रपथ निर्माण

काठमाडौं - काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माणको चर्चा हुन थालेको बर्साैं बितिसके पनि अझै निर्माण सुरु हुन सकेको छैन। पछिल्लो समय विभागीय मन्त्रीले नै बाहिरी चक्रपथ निर्माण रोकेका छन्। काठमाडौं उपत्यका विकास प्राधिकरणले चक्रपथ निर्माणसम्बन्धी सबै विवरण मन्त्रालय पठाएको अवस्थामा सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण प्रक्रियामा थप छलफल गरी निर्णय लिनुपर्ने भन्दै प्रक्रिया रोकेका हुन्।

‘यसको थप अध्ययन आवश्यक परेको र तीन आनाभन्दा कमको टुक्रा बनाएर जग्गाको कित्ताकाट धेरै भएकाले यसबाट हुने समस्यालाई दृष्टिगत गरेरै हाललाई निर्माण रोकिएको हो’, मन्त्री राईले भने। राज्यलाई भार पर्ने ...


गरिबी सर्बेक्षण गर्न समेत बजेट अभाव

काठमाडौं - आगामी दुई बर्षभित्रमा बाँकी रहेका ५१ जिल्लाको गरिब घरपरिबारको सर्वेक्षण र परिचय वितरण कामका लागि बजेट अभाव भएको छ । सरकारले २०७५।७६ को बजेटमार्फत दुई बर्षभित्र बाँकी ५१ जिल्लामा गरिबी सर्वेक्षण सम्पन्न गरी परिचय पत्र बितरण गर्ने घोषणा गरेको थियो । यसका लागि उक्त बजेट तथा कार्यक्रमले ६३ करोड ७३ लाख बजेट छुट्टयाएको उल्लेख गरेको थियो । सरोकारवाला मन्त्रालयले भने दुई बर्षभित्रमा दो श्रो चरणमा ५१ जिल्लाको गरिब घरपरिबारको सर्वेक्षण गर्न तथा परिचय पत्र वितरण गर्न विनियोजन गरिएको बजेट निक्कै अपुग रहेको जनाएको ...


रुसी युवतीलाई लागूऔषध खुवाएर एक हप्तासम्म बलात्कार

नयाँ दिल्ली - भारतको चेन्नइमा एक रुसी युवतीलाई लागूऔषध खुवाएर एक सातासम्म बलात्कार गरेको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ भारतीयलाई पक्राउ गरेको छ ।

अधिकारीले बिहीबार दिएको जानकारीअनुसार २१ वर्षीय रुसी पर्यटक युवतीलाई लागू औषध खुवाएर बलात्कार गरिएको थियो ।

प्रहरीले ती महिलालाई बलात्कार गर्ने व्यक्तिको खोजी जारी राखेको थियो । यो कुकर्ममा संलग्न ६ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।

ती महिला बस्ने होटलकै कोठामा बलात्कृत भएकी थिइन् । २१ वर्षीय ती रुसी महिलाको अनुहारमा घाउ भएको र ...


अस्पतालमा प्रहरी हस्तक्षेप, अस्पताल बन्यो रणमैदान

अस्पताल बन्यो रणमैदान
पञ्चायत र शाहीकालमा समेत अस्पतालभित्र प्रहरीले बल प्रयोग गरेको थिएन । तर, लोकतान्त्रिक सरकारको आदेशमा प्रहरीको जत्था लाठी र बन्दुकसहित अस्पतालभित्र छिरेर डाक्टर, नर्स र विद्यार्थीलाई घाइते बनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र हतियारधारी कुनै अपराधी होइन, सत्याग्रही अनशनकारी थिए । तर, निहत्था डा. गोविन्द केसीलाई नियन्त्रणमा लिन बिहीबार अस्पतालभित्र लाठीचार्ज र अश्रुग्याससमेत प्रयोग गरेर सरकारले आफ्नो छवि धमिल्याएको छ ।

अस्पतालभित्र हतियारधारी अपराधी होइन, सत्याग्रही अनशनकारी थिए

मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग गरेर बिहीबार काठमाडौं लगेको छ । ...


डा. केसीको अनसनस्थलमा झडपको स्थिति, प्रहरीको बल प्रयोग

जुम्ला - डा. गोविन्द केसी अनसन बसिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपको स्थिति सिर्जना भएको छ । बिहिबार केसीलार्इ काठमाडाैं ल्याउन जुम्लामा हेलिकोप्टर पुगेपछि प्रहरीलाई प्रतिष्ठान प्रवेश गर्न दर्जनौँ विद्यार्थीहरूले अवरोध गरेपछि उनीहरूलाई हटाउन प्रहरीले बल प्रयोग गरेको हो ।

तर विद्यार्थी र केसीका समर्थकले केसी अनसन बसिरहेको कक्षको गेटमा बसेर अवरोध जारी राखेका छन् । प्रहरीले विद्यार्थीहरूलाई हटाउन खोज्दा केसीका समर्थकसँग धकेलाधकेल भएको थियो ।

सशस्त्र प्रहरी अवरोधको पहिलो घेरा तोडेर अनसनस्थलको गेटमा पुगेको छ जहाँ विद्यार्थीहरू बसिरहेका छन् । तर नेपाल प्रहरीको टोली भने भवन ...


डा. केसीलाई लिन जुम्ला पुग्यो हेलिकोप्टर, आउलान त केसी ?

काठमाडौं - अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर सहित कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, शिक्षा मन्त्रालयका सचिवसहितको टोली जुम्ला पुगेको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको आकस्मिक बैठकले डा. केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको थियो ।

तर केसी पक्षका चिकित्सकहरुले केसीलाई जबरजस्ती काठमाडौं लैजान लागिएको भन्दै प्रदर्शन गरिरहेका छन् । जुम्लामै वार्ता गरेर केसीको माग सम्बोधन हुनुपर्ने उनीहरूको माग छ ।

...

मेडिकल कलेजले विद्यार्थी पाएनन्, प्रवेश परीक्षा नै नदिएका भारतीय धमाधम भर्ना

काठमाडौँ - नेपालमा मेडिकल कलेज कम भएको भनेर नयाँ खोल्न होडबाजी चलिरहेको छ, तर चलिरहेका कलेजले विद्यार्थी पाइरहेका छैनन् । वीरगन्जमा सञ्चालित नेसनल मेडिकल कलेजले नेपाली विद्यार्थी नपाएपछि भारतबाट ओसारेको छ । तर, नियमविपरीत भारतीय विद्यार्थी ल्याएको विषय अदालतसम्म पुगेको छ । अझ जनकपुरको जानकी मेडिकल कलेजले त भारतीय विद्यार्थीसमेत नपाएकाले ३५ सिट खाली राखेको छ ।

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजका लागि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगन्ज र काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिएका कलेजका लागि स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलले प्रवेश परीक्षा लिन्छन् ।

दुवै विश्वविद्यालयले उत्कृष्ट ...


काठमाडौंको फोहोर अब निजि कम्पनीले उठाउने

काठमाडौँ - काठमाडौं जिल्लाको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिन भएको आयोजना विकास सम्झौता (पिडिए) लगानी बोर्डले स्वीकृत गरेको छ । प्रारम्भिक हस्ताक्षर भइसकेको पिडिए मंगलबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको ३१औँ बैठकले स्वीकृत गरेको हो । यो आयोजनामा कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन भने समेटिएको छैन ।

अबको पाँच महिनामा काठमाडौंका कीर्तिपुरबाहेक सबै नगरपालिकाको फोहोर निजी क्षेत्रले उठाउन थाल्नेछ । २३ फागुन ०७४ मा उक्त पिडिएमा प्रारम्भिक हस्ताक्षर भएको थियो । त्यसवेला बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले दुई महिनाभित्र अन्तिम हस्ताक्षर गर्ने गरी काम ...


डा. केसीलाई ‘बिरामी’का रूपमा बलजफ्ती काठमाडौं ल्याउँदै सरकार

काठमाडौं - वार्ता अवरुद्ध भएपछि १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई जुम्लाबाट सरकारले काठमाडौं ल्याउने तयारी गरेको छ। अनशनरत डा. केसीलाई सत्याग्रहीभन्दा ‘बिरामी’का रूपमा बलजफ्ती काठमाडौं ल्याउन लागिएको भन्दै उनी पक्षधरले विरोध जनाएका छन्।

डा. केसीपक्षको वार्ता टोली सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले सरकारको व्यवहार गैरजिम्मेवारपूर्ण रहेको बताए। उनले भने, ‘सरकारले डा. केसीलाई सत्याग्रहीका रूपमा लिनु पर्छ। तर बिरामी सम्झेको छ। उहाँलाई उपचार गर्न काठमाडौं ल्याउने र संसद्बाट विधेयक पारित गर्ने मनशाय राखेको छ।’

चिकित्सा शिक्षाबारे सरकार : न संविधान पालना, न आफ्नै घोषणापत्र
डा. केसीसँग वार्ता गर्न ...


नारायणघाट-मुग्लिन सडकमा पहिरो, यातायात अबरुद्ध

चितवन - नारायणघाट–मुग्लिन सडकखण्डको टोपे खोलामा पहिरो गएको छ। अविरल वर्षाका कारण बिहान सवा पाँच बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक धर्मबहादुर केसीका अनुसार बाटो खुलाउन चार घण्टा बढी लाग्ने बताइएको छ। ‘दुई वटा डोजरले पहिरो पन्छाउने काम भइरहेको छ तर अहिले पनि पहिरो गएकाले समस्या भइरहेको छ’ उनले भने।
पहिरो गएपछि जुगेडी र मुग्लिङमा गाडी रोकिएका छन्। जुगेडी र मुग्लिङबीचमा रहेका केही सवारी साधान समेत हटाउने काम भइरहेको केसीले बताए।

उक्त सडकखण्डको टोपे खोला र चारकिलोमा पहिरो ...


गोरखा, पर्वत र बागलुङमा पहिरो : ३ को मृत्यु, ६ बेपत्ता, ३ दर्जन घर पुरिए

काठमाडौं - अविरल वर्षापछि आएको पहिरोले गण्डकी प्रदेशका बिभिन्न जिल्ला प्रभावित भएका छन् । गोरखा, पर्वत र बागलुङमा बढी क्षति पुगेको छ । तीन जिल्लामा गएका तीन पहिरोमा तीनजनाको मृत्यु भएको छ भने ६ जना सम्पर्कविहीन छन् । पहिरोमा तीन दर्जन घर पुरिएका छन् ।

गोरखा : पहिरोमा घर पर्यो, ८ महिना बालकसहित तीनको ज्यान गयो
शहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेँरीमा पहिरोले घर पुर्दा आठ महिने बालकसहित तिनजनाको ज्यान गयो । बुधबार बिहान साढे ६ बजेतिर गएको पहिरोमा पुरिएर आठ महिने युनिक कुँवर, २० वर्षिय सरु ...


भोलिदेखि देशभरका अस्पतालमा सेवा ठप्प

काठमाडाैं - नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । भोलि बिहीबारदेखि आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि दबाब स्वरूप बन्द गर्ने घोषणा गरेको हो । चिकित्सक संघले भोलि देशभरका स्वास्थ्यसंस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतेघर मण्डलामा भेला हुने निर्णय गरेको छ ।

सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा. केसीलाई जबरजस्ती जुम्लाबाट काठमाण्डु ल्याउने परिस्थितिमात्र सजना गर्न वार्तामा बसेको हो कि भन्ने आशंका पैदा भएको संघले जनाएको छ ।

 

...

रुकुमको सिस्नेमा जिप दुर्घटना, ४ जनाको मृत्यु

रुकुम - पूर्वी रुकुमको सिस्ने गाउँपालिका –५ मा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । रुकुमकोटबाट सिस्ने गाउँपालिकाको धौलापैरामा जादै गरेको लु १ ज २५७३ नम्बरको जिप धारपानीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

दुर्घटना परि मत्यु भएकाहरुको पहिचान हुन सकेको छैन् । नेपाली सेना, प्रहरी र स्थानीय घाइतेहरूको उद्दारमा जुटेका छन् । घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको ...


अत्यन्तै रुखो, घमण्डी र गैह्रजिम्मेवार मेयर विद्यासुन्दर शाक्य !

विद्यासुन्दर शाक्य, मेयर, काठमाडौं महानगर

काठमाडौंको फोहोर उठेको छैन, सहर दुर्गन्धित भयो, रोगको प्रकोप बढ्ने डर भयो, महानगरपालिकाको मेयरको रुपमा तपाईं के गर्दै हुनुहुन्छ ?
मेरो कर्मचारी हरि कुँवर हुनुहुन्छ । उहाँसँग बुझ्नुहोस् । सबै कुरा थाहा हुन्छ ।

तर, भोट माग्न त हरि कुँवर होइन, तपाईं आउनुभएको थियो नि ? जनताले तपाईंलाई मत दिएका हुन्, त्यसैले तपाईं नै बोल्नुपर्ने होइन र ?
मैले यसको जिम्मा हरि कुँवरलाई दिएको छु । निरीक्षण गर्न भनेको छु । उहाँले गर्नुभयो होला । फोहोर संकलन किन रोकियो ? समस्या के ...


कमलपोखरीको २४ रोपनी जग्गा गायब, यी हुन् आफ्नो नाममा गराउनेहरु !

काठमाडौं - साविक काठमाडौं–१ स्थित कमलपोखरी अतिक्रमणको सिकार भएको छ । प्रहरी, सडकदेखि सर्वसाधारणले कमलपोखरी अतिक्रमण गरेका छन् । ४८ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरीको क्षेत्रफल हाल आधा पनि छैन ।

२०३४ सालको नापीदेखि नै कमलपोखरी अतिक्रमणको चपेटामा पर्दै आएको छ । एउटै व्यक्तिले २० रोपनी जग्गा आफ्नो नाममा दर्ता गराएका छन् । कि.नं ४०४ को २० रोपनी १० आना १ पैसा १ दाम मणिराज गुरुङको नाम दर्ता भएको छ । उक्त जग्गाका विषयमा गुरुङ र कृषि कार्यालयबीच विवादसमेत भएको थियो ।

विवाद अदालतमा पुगेर टुंगिएको थियो । ...


पहिरोले पर्वतमा पाँच घर बगायो, पाँच बेपत्ता

पर्वत - पर्वतको जलजला गाउँपालिका– ८ मा पहिरोले क्षति पुर्‍याएको छ । पहिरोले पाँच घर बगाएको छ भने करिब पाँच जना सम्पर्कविहीन भएको बुझिएको छ । प्रहरीका अनुसार राति १ बजेको समयमा लस्ती बेर्नेटा वनबाट आएको पहिरोले बम बहादुर परियारको घर बगाउँदा उनका छोरा विकास परियार बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीनन्द्रकुमार श्रेष्ठले पहिरोले घर बगाउनुका साथै केही मानिस सम्पर्कविहीन भएको जानकारी दिए । ‘पहिरो पन्छाउँदै हामी घटनास्थल पुगीरहेका छौं’ उनले भने,‘विस्तृत विवरण केहीबेरमा आउँला ।’ विस्तृत विवरण अाउन बाँकी रहेकाे ...


तिस हजार सरकारी कर्मचारी हटाइँदै

काठमाडौं - कुमार राउतले असार लागेपछि कार्यालयमा हाजिर गर्न पाएका छैनन्। महिला आयोगमा कार्यरत उनी नियमित कार्यालय जान्छन्, तर काम नगरी फर्कन्छन्। १७ वर्ष सवारी चालकको जिम्मेवारी निर्वाह गरेका राउतलाई यसरी कामबाट सरकारले हटाउला भन्ने लागेकै थिएन।

‘मैले धेरै हाकिमलाई गाडीमा घर र कार्यालय ओसारें तर मेरो पिरमर्का बुझ्ने आज कोही भएनन्’, उनले भने। परिवारमा एक्लो कमाउने राउतको जागिर नहुँदा छोराछोरी पाल्ने सुर्ताले उनी छटपटिएका छन्।

निर्मला भुजेलले पनि कार्यालयमा हाजिर गर्न पाएकी छैनन्। मुद्रण विभागमा कार्यालय सहयोगी भुजेलले कार्यालयका टेबल पुछ्ने, चियाले सत्कार गर्ने, कार्यालय चिटिक्क ...


कतारमा हुने विश्वकपमा नेपाली सुरक्षा गार्ड लैजान प्रस्ताव

काठमाडौं - नेपाली सुरक्षा गार्ड लैजान कतारले आग्रह गरेको छ । गृहमन्त्री रामबहादुर थापासँग मंगलबार भेट गर्दै नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मदले सन् २०२२ मा कतारमा हुने विश्वकपमा सुरक्षा व्यवस्थाका लागि नेपाली सुरक्षा गार्ड लैजाने प्रस्ताव गरेका हुन् ।

कतारमा अहिले नेपाली कामदार गए भन्दा फरक किसिमले सम्झौता गरेर सुरक्षा गार्ड लैजान पनि तयार रहेको राजदूत मोहम्मदले बताए । जवाफमा गृहमन्त्री थापाले सुरक्षा गार्डका साथै अरु क्षेत्रमा पनि कतारसँग सहकार्य गर्न तयार रहेको बताए । कतार नेपाली कामदारकाे मुख्य गन्तव्य मध्येकाे एक हाे।

...

एम्बाप्पेले विश्वकप खेलेर पाएको ५ करोड रुपैयाँ अनाथ बालबालिकालाई दिए

एजेन्सी - रसिया विश्वकप खेल्न आउनुअघि युवा खेलाडी केलियन एम्बाप्पे सुपरस्टार फुटबलर थिए । तर विश्वकपको उपाधिसँगै फर्किदा उनी मेगास्टार फुटबलर बनेका छन ।

१९ वर्षको उमेरमा नै विश्वकप जित्ने पेलेपछिका खेलाडी बनेका एम्बाप्पे राम्रा खेलाडीमात्र नभई एक समाजसेवी पनि हुन भन्ने दर्शाएका छन । उनले विश्वकप खेल्दा पाएको ५ लाख अमेरिकी डलर अर्थात झण्डै ५ करोड भन्दा बढी रुपैयाँ च्यारिटीलाई दिएका छन ।

फ्रान्सको प्रिमियर्स डी कोर्डी नामक संस्थालाई उनले अप्रिलमा नै केही रकम सहयोग गर्ने वाचा गरेका थिए । विश्वकपबाट फर्किएपछि उनले प्रतिखेल पाउने रकमका ...


सरकार र डा. केसी बिचको वार्ता आज पनि विना निष्कर्ष टुंगियो !

काठमाडौं - जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकार पक्षका प्रतिनिधिबीचको वार्ता आज पनि बिना निष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्रालयमा भएको वार्तामा अर्को वार्ता कहिले हुने भन्ने विषयमा समेत सहमति जुटेन । वार्तामा सरकारी प्रतिनिधिले पहिले केसीलाई काठमाडौं ल्याउनुपर्ने र उपचार गराउनुपर्ने बताएको थियो भने केसी पक्षले पहिले विधेयक फिर्ता हुनुपर्ने अडान राखेका थिए । दुवै पक्ष आ–आफ्नो अडानमा रहेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको हो ।

डा. केसीले राखेको पहिलो बुँदामै कुरा नमिलेपछि वार्ता स्थगित भएको डा. केसी पक्षबाट वार्तामा सहभागी डा. अभिषेक सिंहले ...


चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेलको पूर्नबहाली

काठमाडाैं - चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेलको पूर्नबहाली भएको छ । सर्वोच्चले उनको नियुक्ति बदर गर्ने सरकारको निर्णय अर्को आदेश नआएसम्म कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ती बदर गर्ने वर्तमान सरकारको निर्णयपछि उनी पदमुक्त भएकी थिइन् ।

निकिताले आफू प्रक्रियागत रुपमा नै बोर्डको अध्यक्ष पदमा नियुक्त भएको भन्दै सरकारको निर्णयप्रति असहमती जनाउँदै सर्वोच्चमा उजुरी दिएकी थिइन् ।

चलचित्र विकास बोर्डले मंगलबारबाट बक्स अफिस काठमाडौंमा लागू गराउने तयारी गरेको छ ।

...

धरान उपमहानगरका मेयर तारा सुब्बाको निधन

काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो ।

सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । उनलाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो ।

विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर थियो ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा सुब्बा तत्कालिन नेकपा एमालेका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा २० हजार ९ सय ७५ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

...

सरकार र डा. केसीका प्रतिनिधि बिच वार्ता हुँदै

काठमाडौ - बिगत १९ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारका बिचमा आज पुःन वार्ता हुने भएको छ । सोमबार साँझ बसेको वार्ता बिनानिष्कर्ष टुंगिएपछि मंगलबार पुःन वार्ता बस्न लागिएको हो ।

सोमबार शिक्षा मन्त्रालयमा भएको वार्तामा डा केसीले उठाएको प्रमुख माग चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार नै आउनुपर्ने विषयमा छलफल केन्द्रित भएको थियो। वार्तामा डा केसी पक्षधरले संसदमा दर्ता भएको विधेयक फिर्ता लिएर अध्यादेश अनुसारको विधेयक दर्ता गराउनुपर्ने अडान राखेका थिए।

सरकारी वार्ता टोलीले उक्त विषयको जानकारी शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई गराएका थिए। मन्त्री पोखरेलले प्रधानमन्त्रीसँग सल्लाह ...


जनताको पसिनामाथि सत्तासिनको फजुल  : अन्तिम दिन मात्रै ३३ अर्ब भुक्तानी

काठमाडौं - वर्षको अन्त्यमा अन्धाधुन्ध खर्च गरेर विनियोजित बजेट रित्याउने सरकारी कार्यालयहरुको पुरानो शैलीले यस वर्ष पनि निरन्तरता पाएको छ।

चालु वर्षको अन्तिम दिन असार ३१ (३२ गते चेक काट्न रोक) गते मात्र देशभरका सरकारी कार्यालयले ३३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। यसमध्ये पुँजीगत खर्च २७ अर्ब ६२ करोड र चालु खर्च ५ अर्ब ८३ करोड रुपैयाँ हो। एकै दिन यति ठूलो रकम खर्च भएको मुलुककै इतिहासमा पहिलोपटक हो।

सरकारले असार १ गतेसम्ममा पुँजीगत बजेट एक खर्ब ५९ अर्ब रुपैयाँ खर्च गरेको थियो। असार एक महिनामा ...


मंगलवारदेखि उपत्यकामा धुवाँ फाल्ने गाडी गुडाउन रोक

काठमाडौं - मापदण्डभन्दा बढी धुवाँ फाल्ने प्रदूषित चारपांग्रे सवारीसाधनलाई मंगलबारदेखि गुड्न रोक लगाइएको छ। वायु प्रदूषणको मुख्य कारण सवारी प्रदूषण नै रहेको अध्ययनले देखाएपछि यातयात व्यवस्था विभागले महानगर र उपमहानगरपालिकामा प्रदूषित सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको हो।

२०७४ फागुन १० गते विभागले सूचना प्रकाशन गरी प्रदूषण मापदण्डभित्र नपर्ने सवारी सञ्चालनमा रोक लगाइने जनाएको थियो। प्रदूषित गाडीलाई सडकमा बन्देज लगाउन २०७५ साल वैशाख १ गते मिति तय भए पनि प्रदूषण परीक्षण मेसिन आपूर्ति प्रक्रियामा केही ढिलाइ भएकाले साउन १ गतेदेखि लागू गर्ने संशोधित मिति तय भएको थियो। ...


कर्मचारी स्वेच्छिक अवकाश स्थगन बिरुद्ध सर्वोच्चमा रिट

काठमाडौं - सकारले ऐन नियम विपरित स्वेच्छिक अवकाश कार्यक्रम रोकेको भन्दै निजामती कर्मचारीले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। कर्मचारी समायोजन ऐनको व्यवस्था विपरित स्वेच्छिक अवकाश कार्यक्रम रोकेको भन्दै कर्मचारीले प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयविरुद्ध रिट दायर गरेका हुन्।

प्रदेश १ का मुख्यमन्त्री कार्यालयका नायब सुब्वा नारायणप्रसाद धमला, सर्वोच्च अदालतमा नासु शिवप्रसाद ढकाल, सञ्चार मन्त्रालयका नासु रेणुका लुईंटेललगायत १७ कर्मचारीले ऐन नियम अनुसार नै सरकारलाई स्वेच्छिक अवकाश कार्यक्रम अघि बढाउन परमादेशको माग गर्दै सर्वाेच्चमा रिट दिएका हुन्।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ...


नेपालले गण्डकी र कोशीमा पानीजहाज चलाउने

काठमाडौं - नेपाल र भारतका अधिकारीबीच पानी जहाज (जल यातायात) सञ्चालनका लागि काम–कारबाही तुरुन्त अगाडि बढाउन सहमति भएको छ । नेपाली टोलीले भारतको र भारतीय टोलीले नेपालको नदी प्राविधिक जाँचपडताल गरी स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा दुवै पक्षबीच संस्थागत संरचना गठन गर्ने सहमति भएको छ ।

काठमाडौंमा दुवै पक्षबीच सोमबार सम्पन्न बैठकपछि जारी जल तथा ऊर्जा आयोगले जारी गरेको विज्ञप्तिमा दुवै पक्षबाट आ–आफ्नो तर्पmको प्राविधिक टोली गठन गरी यथाशीघ्र दुवै पक्षलाई सुविधा हुने समयमा स्थलगत भ्रमण गर्ने उल्लेख छ ।

विज्ञप्तिअनुसार नेपाली प्राविधिक टोलीले भारतको गंगा नदी ...


दुई लाख ८० हजार घुससहित शिक्षा कार्यालयका प्रमुख पक्राउ

काठमाडौं - कपिलवस्तुका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सुरेन्द्र पराजुली २ लाख ८० हजार रुपैयाँ घुसहित पक्राउ परेका छन् ।

कर्मचारीको तलब निकासामा ढिलाइ गरी घुस मागेको सूचनाको आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार पराजुलीलाई घुस लिइसकेको अवस्थामा सरकारी निवासबाट पक्राउ गरिएको हो । यस विषयमा अनुसन्धान सुरु गरेको अख्तियारले जनाएको छ ।

...

डा. केसीको समर्थनमा उत्रेका पहाडीसहितका मानवअधिकारकर्मी पक्राउ

काठमाडौं - चिकित्सा शिक्षा सुधारको माग राखेर गएको १६ दिनदेखि जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि प्रदर्शन सरकारलार्य दवाव दिन उनीहरुले विरोध प्रदर्शन गरेका हुन ।

प्रदर्शनकारीहरुले स्वास्थ्य माफिया अन्त्य गर, स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, सत्याग्रही भोकै छन्, जनता रोएका छन् आदि लेखिएका प्लेकार्ड बोकेका थिए ।

संसदको ३ नम्बर गेटस्थित पानी ट्यांकी नजिक प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको छ ।

पछिल्लो ...


सरकारद्वारा भारत र मलेसियाका लागि राजदुत सिफारिस

काठमाडौं - मन्त्रीपरिषद् बैठकले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको छ । त्यसैगरी मन्त्रिपरिषद् बैठकले मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेलाई सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीको नाम सिफारिस गरेको हो ।

...

राजपा संसद पाण्डेले सपथ लिएसंगै प्रदेश ५ को प्रदेशसभाले पूर्णता पायो !

बुटवल - प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ महिनापछि प्रदेशसभामा प्रवेशसँगै प्रदेशसभाले पूर्णता पाएको हो । उनले आइतबार प्रदेशसभा सदस्यको शपथ लिएका छन् ।

प्रदेशका मन्त्रीहरू, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, सचेतकहरुको उपस्थितिमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले आइतबार प्रदेशसभा सचिवालयमा पाण्डेलाई शपथ गराएका हुन् ।

प्रदेश नं ५ मा ८७ जना सदस्यको व्यवस्था भए पनि राष्ट्रिय जनता पार्टीका एक सदस्यको पद खाली थियो । राजपाले यसअघि विन पन्तको नाम सिफारिस गरेको भए पनि ...


बाटोमा पानी बगाएको निहुँमा दुई समूहबीच झगडा, ३ महिलासहित ११ गम्भीर

गौशाला - महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ आगेपुरमा बाटोमा पानी बगाएको विषयमा दुई समूहबीच झै झगडा हुँदा तीन महिलासहित ११ जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा महिलातर्फ जलेश्वर–९ आगेपुर बस्ने २६ वर्षीया नगिना खातुन, १६ वर्षीया अप्सना खातुन, ४० वर्षीया रसिदा खातुन रहेका छन् ।

त्यस्तै, पुरुषतर्फ ३० वर्षीय साजिर कवारी, ५१ वर्षीय जैनुल कवारी, ११ वर्षीय सजिबुल राईन, २० वर्षीय महमुद राईन, ४० वर्षीय मुनिफ राईन, ४५ वर्षीय अजिम राईन, ५५ वर्षीय हलिम राईन र ४९ वर्षीय मुकिम राईन रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर ...


डा. केसीको स्वास्थ्य अवस्था नाजुक, भेन्टिलेटर तयारी अवस्थामा

जुम्ला - सोह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ। डा. केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिएकाले कुनै पनि बेला जीवनदायी उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै भेन्टिलेटर तयारी अवस्थामा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

‘उहाँ (डा. केसी) लाई विभिन्न समस्याले अट्याक गरिरहेको छ,’ उपचारमा संलग्न डा. पूजन रोकायाले भन, ‘उहाँलाई कुनै बेला पनि गाह्रो हुने देखिएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ।’ डा. रोकायाका अनुसार केसीको घाँटीमा संक्रमणको खतरा बढेर गएको छ। केसीलाई घाँटीमा निकै पीडा भइरहेको छ। ...


विमान दुर्घटनाका पीडित परिवारले डेढ करोडभन्दा बढी क्षतिपूर्ति पाउने


काठमाडौं - सरकारले विमान दुर्घटना क्षतिपूर्ति रकम बढाउने गरी मन्ट्रियल सन्धि सम्मेलन गर्ने बाटो खुला गर्ने भएको छ। योसँगै पीडितका परिवारले पाउने क्षतिपूर्ति रकम हालको २० हजार अमेरिकी डलरबाट वृद्धि भई करिब एक लाख ६० हजार डलर पुग्नेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पेस गरेको मन्ट्रियल सन्धि मन्त्रिपरिषद्को आर्थिक पूर्वाधार समितिले स्वीकृत गरेसँगै क्षतिपूर्ति बापत पाउने रकम बढ्ने निश्चित जस्तै भएको हो। बढेको रकम अन्तर्राष्ट्रिय उडानमा मात्र लागू हुनेछ। समितिले स्वीकृत गरेको क्षतिपूर्ति बढने सन्धिको विषय अब मन्त्रिपरिषदले स्वीकृत गर्ने सञ्चार ...


३३ केजी सुन प्रकरण: गोरेका भाई दुवइबाट पक्राउ

काठमाडाैं - साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती यूएईमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीले युएइ प्रहरीलाई पक्राउ गरी नेपाल पठाइदिन आग्रह गरेकोमा उनलाई त्यहांको प्रहरीले पक्राउ गरी नेपाल पठाइदिन लागेको हो ।

उप्रेतीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो। उप्रेती सो गिरोहका मुख्य अभियुक्त गोरेका भाई हुन् ।

उप्रेती दुबईमा व्यवसायको आवरणमा सुन तस्करी तथा हुन्डीको कारोबार गर्दै आएको प्रहरीले लामो अनुसन्धानपछि पत्ता लगाएको थियो । उनलाई त्यहाँबाट ‘डिपोर्ट’ गराएर नेपाल ल्याउने तयारी गरिएको प्रहरी ...


फ्रेन्च प्रशिक्षकको कीर्तिमानी : २० वर्ष अघि खेलेर जिताए, अहिले कोच बनेर जिताए !


एजेन्सी - २० वर्षको अन्तरमा तेस्रो पटक विश्वकपको फाइनल पुगेर दोस्रो उपाधि जितेको फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पले अर्को कीर्तिमान रचेका छन् ।

आज भएको फाइनलमा क्रोएसियालाई हराएसँगै उनी खेलाडी र प्रशिक्षक दुवैको भूमिकामा गोल गर्ने तेस्रो व्यक्ति बनेका छन् ।

सबै राम्रा खेलाडी राम्रा प्रशिक्षक बन्न सक्दैनन् भनिन्छ । तर, त्यस उक्तिमा उनी अपबाद बनेका छन् ।

सन् १९९८ मा घरमै भएको विश्वकपको ट्रफी डेसच्याम्पले उचालेका थिए । डिफेन्सिभ मिडफिल्डका उच्चस्तरीय खेलाडी डेसच्याम्प अहिले प्रशिक्षकका रुपमा फ्रान्सलाई दोस्रो विश्वकप उपाधि दिलाउन सफल भएका छन् ।

४९ वर्षीय डेसच्याम्प ...


सुनको जुत्ता ह्यारी केनलाई, लुका मोड्रिचलाई सुनको बल

मस्को - रुसमा २१औं संस्करणको विश्वकप फुटबल सम्पन्न भएको छ । फाइनलमा क्रोएसियालाई पराजित गरी फ्रान्सले उपाधि जितेको छ । २० वर्षको अन्तरमा फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो ।

यस पटक फ्रान्सले विश्वकप जित्दा १९ वर्षीय उदाउँदा सुपरस्टार केलियन एम्बाप्पेले शानदार प्रदर्शन गरे । उनले विश्वकपको उत्कृष्ट युवा खेलाडीको पुरस्कार पाए ।

विशेष गरी अर्जेन्टिनालाई पराजित गर्ने क्रममा शानदार दुई गोल गरेका एमबाप्पेले फाइनलमा क्रोएसियाविरुद्ध पनि एक गोल गरेका छन् । विश्वकप फाइनलमा गोल गर्ने उनी पेलेपछिका किशोर खेलाडी बनेका ...


बिश्वकप उपाधि फ्रान्सले जित्दा अरु उपाधि कस-कसले जिते ? हेर्नुहोस !

मस्को - बिश्वकपको उपाधि फ्रान्सले जित्दा फाइनल प्रतिद्वन्दी क्रोसियाका क्याप्टेन लुका मोड्रिजले गोल्डेन बल पाएका छन् । त्यस्तै फ्रेन्च स्टार किलियन एम्बाप्पेले उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका छन् । इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट प्राप्त गरेका छन् । बेल्जियमका गोल किपर थिबोउट कोउटियसले गोल्डेन ग्लोब पाएका छन् भने स्पेनले फेयर प्लेयर अवार्ड जितेको छ ।

...

विश्वकप फुटबलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले स्तब्ध

मस्को - २१ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ। रूसको लुज्निकी रंगशालमा आइतबार राति सम्पन्न खेलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै फ्रान्सले उपाधि उचालेको हो।

योसँगै फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको छ। पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ।

फ्रान्सको जितमा एन्टोनीयो ग्रिजम्यान, पाउल पोग्बा र किलियन एम बाप्पेले एक–एक गोल गर्दा अर्को एक गोल क्रोएसियाका मारियो मान्डुकिचले आत्माघाति गरेका थिए।

पराजित क्रोएसियाका लागि भने इभान पेरेसिच र मारियो मान्डुकिचले गोल गरेपनि टोलीको हार टार्न सकेनन्।

...

टेलिकमको सेवा शुल्क बढ्यो, ‘प्याक’ लिनेलाई थप आर्थिक भार नपर्ने

काठमाडौँ - नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा टेलिकम सेवा शुल्क समायोजन गर्ने भए तापनि ग्राहकहरुको सुविधाको लागि हाललाई विभिन्न सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने भएको छ ।

यस अनुरुप नेपाल टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । सो अफर आगामी साउन १ गते देखि लागू हुनेछ ।

नेपाल सरकारले आगामी साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥याएको छ । त्यसैगरी ...


चन्द्रागिरि पुगेर प्रधानमन्त्रीले कबिता लेखें जमर्को गरेपछि...

काठमाडौँ - “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ ?
देख्दैछौं किन जिन्दगी भन युवा के छैन नेपालमा ?”

प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र स्वदेश विदेशका वरिष्ठ साहित्यकारहरु सातै प्रदेशका प्रतिनिधि कविका समृद्धिका स्वरमा आफ्ना कानलाई अडेस लगाइरहका थिए ।

आफूले देखेको “समृद्ध नेपाल, सुखी नेपाली” को सपनालाई स्रष्टाका सिर्जनात्मक कविताका रुपमा आज “चन्द्रागिरिबाट समृद्धिका स्वर” सिर्जना यात्रामा प्रधानमन्त्री ओलीले अनुभूत गरेका थिए ।

कविता वाचन ...


नुवाकोटको डम्पिङ्ग साइट भरियो, कहिले उठ्छ काठमाडौँको फोहोर ?

काठमाडौँ - करीब एक महिनादेखि नियमित उठ्न नसकेको काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनका लागि अझै केही दिन लाग्ने भएको छ ।

नियमित रुपमा फोहर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा फोहर राख्ने स्थानको अभाव हँुँदा नियमित फोहर उठ्न नसकेको हो । व्यवस्थापन गर्ने स्थानको मात्र होइन, लैजानका लागि बाटो पनि बिग्रिएको छ । बाटोको मर्मत कार्य र सिसडोलमा पनि थप व्यवस्थापनका लागि प्रयास भइरहेको छ । त्यसका लागि अझै करीब एक हप्ता लाग्ने कामपाले जानकारी दिएको छ ।

कामपाका सहप्रवक्ता नवराज ढकाल यसपटक अन्य समयमा भन्दा छिटो पानी परेकाले, ...


फ्रान्स र क्रोएसियामध्ये को अब्बल ? यस्तो छ बिगत !

काठमाडाैं - आइतवार हुने विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसियाले दोस्रो पटक विश्वकप विजेता बन्न आतुर फ्रान्सको सामना गर्दैछ ।

तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्सले २० वर्षअघि प्यारिसमा प्राप्त सफलता दोहोर्‍याउन चाहेको छ।

फ्रान्सलाई नेतृत्व दिइरहेका डिडे डेसाँले तेस्रो ठूलो प्रतियोगितामा टोलीको जिम्मेवारी वहन गरिरहेका छन् र उनी खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बन्ने दाउमा छन्।

उनका समकक्षी ज्लाट्को डालिक जम्मा नौ महिनादेखि क्रोएसियाली टोलीका व्यवस्थापक छन्। उनी विश्व फुटबलको सबैभन्दा ठूलो सफलताबाट मात्रै ९० मिनेटको दूरीमा छन्। ...


कोशीमा पानीको वहाव यो बर्षकै उच्च, ५६ मध्ये २९ वटा ढोका खोलियो

सुनसरी - सप्तकोशी नदीको पानीको वहाव यो बर्षकै उच्च मापन भएको छ । आइतबार नदीमा पानीको वहाव बढेपछि कोशी व्यारेजका ५६ ढोका मध्ये २९ वटा ढोका खुला गरिएको छ ।

कोशीको बहाव २ लाख २२ हजार ६ सय ३२ क्युसेक प्रतिसेकेण्ड रहेको कोशी व्यारेजमा रहेको कन्ट्रोल रुम जनायो ।

शनिबार कोशीमा पानीको बहाव १ लाख ७३ हजार ८ सय २० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो । केही दिन यता तराई क्षेत्रमा भारी वर्षा नभएपनि वागमती पूर्वका अरुण, तमोर, भोटेकोशी, तामाकोशी, दुधकोशी, लिखु, बरुण नदीको मिलेर बनेको पहाडी ...


२० जना कर्मचारीलाई जापानको छात्रवृत्ति

काठमाडौँ - जापान सरकारको छात्रवृत्तिमा स्नातकोत्तर गर्न २० निजामती कर्मचारी त्यसतर्फ जाने भएका छन् । जापान र नेपालबीच उनीहरूको अध्ययनका लागि आवश्यक २७ करोड ४० लाख रुपैयाँ अनुदान सहयोग सम्झौता भएको छ ।

सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव राजन खनाल र जापान सरकारका तर्फबाट राजदूत मासामिची साइगोको उपस्थितिमा सम्झौता भएको हो । तीन वर्षदेखि जापानले यस्तो अनुदान उपलब्ध गराउँदै अध्ययनका लागि पठाउने गरेको छ । यसअघि छरपस्ट ढंगले छात्रवृत्ति दिइन्थ्यो ।

सम्झौताअनुसार जापानका विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका निमित्त २० जना सरकारी कर्मचारीले दुई वर्षको छात्रवृत्ति पाउनेछन् । पछिल्ला ...


कोशीमा पानीको बहाव बढ्याे, ५६ मध्ये २९ ढोका खोलिए

सुनसरी - सप्तकोशी नदीको वहाव आइतबार उच्च मापन भएको छ । कोशी व्यारेजमा रहेको कन्ट्रोल रुमले दिएको जानकारी अनुसार आइतबार बिहान कोशीको बहाव २ लाख २२ हजार ६ सय ३२ क्युसेक प्रतिसेकेण्ड छ । उक्त बहाव यो वर्षकै उच्च मानिएको छ ।

कोशी व्यारेजका ५६ ढोका मध्ये २९ वटा ढोका खुला गरिएको छ । शनिबार २३ ढोकामात्र खुलाइएको थियो ।

शनिबार कोशीमा पानीको बहाव १ लाख ७३ हजार ८ सय २० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो । केही दिन यता तराई क्षेत्रमा भारी वर्षा नभएपनि वागमती पूर्वका ...


डा. केसीको स्वास्थ्य अवस्था झनै जटिल

जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जटिल भएको अस्पतालले जनाएको छ । तर डा. केसीले आफ्नो स्वास्थ्य जाँच गर्न मानेका छैनन् ।

शुक्रबार साँझदेखि डा.केसी पटक–पटक अर्धचेत अवस्थामा जाने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले बताए । ‘स्वास्थ्य अत्यन्तै जटिल छ,’ उनले भने, ‘शरीरमा अक्सिजन र ग्लुकोजको मात्रा निकै कम छ । मस्तिष्कमा रक्तसञ्चार पनि निकै कम छ ।’

यसैबीच डा.केसीका मागप्रति समर्थन जनाउन नेपाल विद्यार्थी संघको टोली जुम्ला आइपुगेको छ । संघले आइतबार बृहत् विरोधसभा र धर्ना गर्ने कार्यक्रम छ ।

...

दैनिक सात घन्टा हिँडेर विद्यालय

तनहुं - ग्रामीण भेगका बालबालिका सात घन्टा हिँडेर विद्यालय आवतजावत गर्न बाध्य छन् । देवघाट गाउँपालिका–३ मा माध्यमिक तहको विद्यालय नहुँदा केही विद्यार्थी सात घन्टा हिँडेर आवतजावत गर्छन् भने केहीले बीचैमा छाड्ने गरेका छन् । वाटक गाउँका विद्यार्थी माध्यमिक तहको अध्ययनका लागि सराङघाटस्थित भृकुटी माविमा जान बाध्य छन् ।

अध्ययनका लागि विद्यालय जाँदा बाटो ओरालो भएकाले तीन घन्टा र घर फर्किंदा चार घन्टा लाग्ने गरेको छ । कक्षा १० मा अध्ययनरत बबिसरा थापाले विद्यालय जान बिहान सबेरै हिँड्नुपर्ने र घर पुग्दा रात पर्ने गरेको बताइन् । थापा भन्छिन्, ‘भात खाएर सुत्नका ...


हेपाटाइटिस बी र सीबारे बिमस्टेक सम्मेलनमा कुरा उठाउछु  : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीले कलेजो रोगसम्बन्धी विषयलाई जनस्वास्थ्य कार्यक्रमअन्तर्गत राखिने बताएका छन् । दुई दिनसम्म चल्ने कलेजो रोगसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको शनिबार उद्घाटन गर्दै ओलीले विशेषगरी हेपटाइटीस बी र सीलाई जनस्वास्थ्य कार्यक्रमअन्तर्गत राख्ने बताए ।
यसबारे जनचेतना जगाउन सरकारले विभिन्न कार्यक्रम ल्याएको उनले स्पष्ट पारे । ‘सरुवा रोगको संक्रमण फैलन कुनै भाषा र टिकटको आवश्यकता पर्दैन,’ ओलीले भने, ‘सार्क र बिमस्टेक सम्मेलनमा यसबारे छलफल हुनेछ ।’

दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा १५ देशका तीन सय चिकित्सक सहभागी रहेको कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्माले बताए । उनका अनुसार बढ्दो मादक ...


स्मार्ट लाइसेन्स नै नक्कली ! कहाँबाट वितरण हुन्छ नक्कली लाइसेन्स ?
लाइसेन्स बनाउने मद्रास सेक्युरिटीकै कर्मचारीमाथि शंका

काठमाडौँ - नक्कली सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नियन्त्रण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ नै नक्कली बन्ने गरेको भेटिएको छ । नक्कली ‘स्मार्ट लाइसेन्स’ प्रयोग गरी सवारीसाधन चलाउँदै आएका केही अभियुक्त पक्राउ परेपछि घटना पुष्टि भएको हो । नुवाकोटका मनोज गुरुङ र कालिकोटका चक्र नेपाली नक्कली स्मार्ट लाइसेन्ससहित पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो ।

मनोज बग्गीखानास्थित ट्राफिक प्रहरी महाशाखाबाटै पक्राउ परेका हुन् भने चक्र ललितपुरको ग्वार्कोमा समातिएका हुन् । महाशाखाका अनुसार मनोजले ९० हजार र चक्रले १२ हजार रुपैयाँमा नक्कली स्मार्ट लाइसेन्स खरिद गरेका थिए । नक्कली लाइसेन्स ...


गृहमन्त्री र उत्तर कोरियाली राजदूतबीच भेटवार्ता

काठमाडौँ - गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरेका छन् ।

उनले देशभक्तिको लागि उत्तर कोरिया सबैका लागि प्रेरणाको स्रोत भएको टिप्पणी गरेका थिए ।

गृहमन्त्री थापाले उत्तर कोरियाले गार्मेन्टलगायतको क्षेत्रमा नयाँ प्रविधिको विकास गरेको गरिरहेको आफूले सुनेको ...


दुई अर्व लागतमा भरतपुरमा रिङरोड बन्ने, दुई वर्षमा सक्ने लक्ष्य

चितवन - नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यय एवं पूर्वप्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको रिङरोड र लिङ्करोडको शुक्रबार एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् ।

शिलान्स कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले रिङरोड र लिङ्करोड चितवन विकासको कडी भएको बताए । रिङरोड र लिङ्करोडको विनियोजन भएको २ अर्ब बजेट पनि अघिल्लो सरकारकै पालामा विनियोजन भएको जानकारी दिए ।

बजेटले चितवनलाई सम्बोधन नसकेपनि चितवन केन्द्र भागमा रहेकाले विभिन्न परियोजना मार्फत सम्बोधन हुदै जाने उल्लेख गरे । चितवनमा धेरै सम्भावना रहेकाले देशको आवश्यकता अनुसार पुर्वधार विकास हुने ...


पाकिस्तानको चुनावी सभामा आईएसआईको आक्रमण, १२८ को मृत्यु

काठमाडौं - पाकिस्तानको चुनावी र्‍यालीमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १२८ जनाको मृत्यु भएको छ । कैयौं घाइते भएका छन् ।

पाकिस्तानको दक्षिण–पश्चिम बोलिचिस्तान प्रान्तमा आयोजित चुनावी र्‍यालीमा एक आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा यति ठूलाे मानवीय क्षति भएकाे हाे ।

इस्लामिक स्टेट (आईएस) ले विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएको छ ।

जुलाई २५ मा हुन लागेको निर्वाचनलाई लक्ष्य गरेर पाकिस्तानमा एकपछि अर्को हिंसात्मक घटना भइरहेका छन् । शुक्रबार नै बन्नुमा भएको विस्फोटमा ४ जनाले ज्यान गुमाएका थिए । २ दिनअघि पेशावरमा आयोजित कार्यक्रममा यस्तै आत्मघाती विस्फोट ...


टिचिङ अस्पतालका चिकित्सक हड्तालमा, आकस्मिकबाहेक सबै सेवा बन्द

काठमाडौ - जुम्लामा बिगत १४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै राजधानीमा रहेको त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का आवासायी चिकित्सकहरू हड्तालमा उत्रिएका छन्। त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए)ले शुक्रबार देखि आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प पारेको हो।

‘१३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको छ’, नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।’

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. ...


चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १० लाख

पोखरा - चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ जिल्लाको एक परिवारलाई चार महिनापछि राहत प्रदान गरिएको छ ।

तनहुँ, भानु नगरपालिकाका–३, तीनकुने टोलका छवर्षीय विशाल श्रेष्ठको परिवारलाई नेपाल सरकारका तर्पmबाट उपलब्ध गराइएको रु १० लाख राहत आज प्रदान गरियो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गाउँमा नै पुगेर बालकका बुबा वीरेन्द्र र आमा रुपालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै संरक्षण शिक्षाको विस्तार, सुरक्षित तारबार, पूर्वसूचना प्रणालीको विकास, प्रदेशमा वन्यजन्तु उद्धार केन्द्रको स्थापना, प्राणी उद्यान केन्द्र निर्माणलगायत नीति सरकारले ल्याउने तयारी गरेको जानकारी दिए।

उद्योग ...


मन्त्रिपरिषदकाे निर्णयविरुद्ध नेप्सेका पुर्वप्रमुख साउद सर्वोच्चमा

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका चन्द्रसिंह साउदले सर्वोच्चमा रिट हालेका छन् । गैरकानूनी हिसाबले पदबाट हटाइएको दाबी गर्दै उनी सर्वोच्च पुगेका हुन् ।

साउदले लोकसेवा आयोगको जस्तै परीक्षा दिएर कानूनसम्मत ढंगले सीईओमा नियुक्त भएको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएको जानकारी दिए ।

साउदको रिट निवेदनमाथि सर्वोच्चले शुक्रबार वा आइबार सुनुवाइ गर्ने सम्भावना छ ।

पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेका सबै नियुक्ति खारेज गर्ने मन्त्रिपरिषदको निर्णयसँगै साउदको नियुक्ति पनि बदर भएको थियो । साउदलाई पदबाट हटाएर अर्थमन्त्रालयले उपसचिव रमेश अर्याललाई नेप्सेको ...


पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी - पहिरोले अवरुद्ध मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पुनः सञ्चालन भएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दाना, तितरमा मंगलबार राति सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छाइएपछि बिहीबार साँझदेखि सडक पुनःचलेकोशर्मा गजुरमुखीका प्रोजेक्टका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

उनका अनुसार सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका थिए । पहिरो पन्छाइएलगत्तै सीधा यातायात सञ्चालन भइरहेको छ ।

चीनको तिब्बत जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणको जिम्मा लिएको ठेकेदारलाई पहिरो पन्छाउन प्रयोग गरिएको उनले बताए । गण्डकी प्रदेशको बेनी–जोमसोम–कोरला सडक आयोजना गण्डकी प्रदेशकोे जीवनरेखा मानिएको छ ...


बाढी-पहिरोले कहाँ कहाँ के क्षति गर्‍यो ?

काठमाडौँ - बुधबार रातिदेखिको निरन्तरको वर्षाले काभ्रेमा जताततै पहिरो गएको छ । सडकहरू भासिँदा तथा माथिबाट आएको पहिरोले पुरिँदा बिहीबार दिनभर यातायात आवागमन अवरुद्ध भयो । अरनिको र बिपी राजमार्गदेखि बेथानचोक, कोसीपारि र डाँडापारिलगायत ग्रामीण क्षेत्रका सडक अस्तव्यस्त बने । काठमाडौं–बनेपा यातायात बिहीबार दिनभर अवरुद्ध भयो । पुलबजारमा पार्किङ गरेर राखेका सवारीसाधन डुबे । पूर्णमाता खोलामा आएको बाढीका कारण पुलबजार डुबेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनीलजंग शाहले बताए ।

स्थानीय खोलाहरूमा आएको बाढी बस्तीतिर छिर्दा बनेपा र पानौतीका घरहरू डुबानमा परे । बनेपा बर्सेनि डुबानमा पर्दै आएका छ । बिहीबार बनेपाको धनेश्वर जाने ...


यसरी सुरु भएको थियो माफियाद्वारा कामदार ठगी धन्दा

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बद्ध चार संस्था (बायोमेट्रिक, भिएलएन, जिएससी, माइग्राम्स) खारेजी गरेपछि दुई महिनादेखि बन्द मलेसियाको रोजगारी अझै अनिश्चित छ ।

गोकर्ण विष्टले मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै ती संस्था खारेज गर्ने निर्णय गरेका थिए । उक्त निर्णयलगत्तै गृह मन्त्रालयको निर्देशनमा प्रहरीले खारेजीमा परेका संस्थाका ४० प्रतिनिधि-सञ्चालकलाई पक्राउ गरेको थियो । पक्राउ परेका ती संस्थाका प्रतिनिधि÷सञ्चालकले करिब ५ अर्ब ठगी गरेको भन्दै प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । तर, अदालतले अधिकांश अभियुक्तसँग दावी भन्दा निकै कम धरौटी लिएर ...


क्षतिपूर्तिको फैसलाले काठमाडौंका सडक अलपत्र

काठमाडौं - काठमाडौंं उपत्यकामा समयमा सडक नबन्दा सरकारलाई आर्थिक भार थपिने भएको छ। सडक विस्तार सुरु भएर रोकिएका यस्ता सडकको लम्बाई एक सय किलोमिटर छ।

काठमाडौंं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले चार लेनको पक्की सडक बनाउँदा औसतमा १८ करोडभन्दा बढी खर्च नहुने बताए।

काठमाडौंं उपत्यकामा रोकिएको एक सय किलोमिटर सडकको क्षतिपूर्ति मात्रै ५१ अर्ब रुपैयाँ छ। यो हिसाबले काठमाडौंको एक किलोमिटर सडकमा ६९ करोड रुपैयाँ खर्च हुने देखिन्छ।

अहिलेसम्म काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंमा चार सय किमि सडक विस्तार गरिसकेको छ। सडक विस्तारविरुद्ध परेको मुद्दामा अदालतको ...


बाढीले हजारौंको बिचल्ली, विज्ञ भन्छन : 'मान्छेले खोला मिचे खोलाले मान्छेलाई मिच्यो'

काठमाडौँ - बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको थियो ।

त्यस्तै, भाटभटेनी सुपर मार्केटको पहिलो तल्ला जलमग्न भएको थियो । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालका अनुसार ०२१ सालको नापी नक्सामा हनुमन्ते खोलाको चौडाइ ६ देखि १० मिटर थियो । तर, अहिले त्यसलाई घटाएर दुई मिटरसम्म साँघुरो बनाइएको छ । खोलाको दायाँ–बायाँ अनियन्त्रित बस्ती ...


उपत्यकामा बाढीमा फसेकाको उद्धार कार्य जारी (हेर्नुहोस फोटोमा)

काठमाडौं - बुधबार रातीदेखि परेको अविरल वर्षाले उपत्यकाका विभिन्न क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । भक्तपुर, ललितपुरका केही स्थान डुवानमा परेका छन् । डुवानका कारण घरबाहिर निस्कनै गाह्रो भइरहेको छ । अहिलेसम्म डुवान तथा पहिरोका कारण भक्तपुरमा तीन जनाको मृत्यु र १५० बढिको उद्धार गरिएको महानगरीय प्रहरी परिसय भक्तपुरका एसपी हिमालय श्रेष्ठले जानकारी दिए ।

अहिले डुबानमा परेका स्थानीयलाई उद्धार गर्ने कार्य भइरहेको छ । सबैभन्दा बढि भक्तपुरको राधे राधे, ठिमी, जगाती लगायत क्षेत्र डुबानमा परेका छन् । त्यस क्षेत्रका स्थानीयलाई अहिले सुरक्षित स्थानमा पुर्याउने कार्य ...


भक्तपुर डुब्यो, हेर्नुहोस फोटोमा

भक्तपुर - बुधबार साँझदेखि लगातार भएको वर्षाका कारण भक्तपुरका धेरै स्थान डुबानमा परेका छन् । अरनिको राजमार्ग अन्तर्गत पर्ने जगाती, सूर्यबिनयाक, सल्लाघारी, सिर्जनानगर, राधेराधे र ठिमी डुबानमा परेका छन् ।

साथै राधेराधेदेखि एसओएससम्म अरनिको राजमार्ग माथिबाट बाढी गएको छ । बाढीका कारण सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ ।

यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । ...


भोलिसम्मै भारी वर्षा हुने

काठमाडौं - देशका विभिन्न ठाउँमा भोलिसम्म भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले मध्य र पश्चिमी भू-भागहरुमा मध्यम देखी भारी वर्षा भइरहेको छ ।

बिहिबार दिउँसोको समयमा देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साँझ र राती पनि देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । अविरल वर्षाका कारण देशका पहाडी क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

...

बिपी राजमार्गको ठाउँ ठाउँमा पहिरो, सडक अबरुद्ध

बनेपा - बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ । यसबाट अरनिको राजमार्ग करीब तीन घण्टादेखि ठप्प छ । बाढीका कारण खोला छेउछाउका बजार क्षेत्रका घर, पसल र टहरा डुबानमा परेको शाहले बताए । मानवीय क्षति नभए पनि खोला बढेका कारण यातायातको कुनै पनि साधन चल्न नसकेको ...


भक्तपुरमा ८८ प्रतिशत खानेपानीको मुहानमा दिसामा पाइने कोलिफर्म भेटियो

भक्तपुर - भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले कार्यालयले केही दिन अघिमात्रै सम्पन्न गरेको खानेपानी मुहानको पानीको परीक्षणका क्रममा जिल्लाका खानेपानीका १८ मुहानको पानीको परीक्षणमा १६ मुहानका पानी प्रदूषित पाइएकाले भक्तपुर महामारीजन्य रोगको प्रकोपको उच्च जोखिममा रहेको बताए।

कार्यालयले चाँगुनारायण, नगरकोट, नंखेल र सूर्यविनायकमा रहेको खानेपानीको मूलबाट आउने पानीको परीक्षण गर्दा सूर्यवनायक नगरपालिका–६ कटुञ्जेस्थित तीनधारा र चाँगुनारायण नपा–६ नगरकोटस्थित स्वास्थ्यचौकी मूलको पानीमात्रै खानयोग्य पाइएको छ ।

भक्तपुर र ...


पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

पर्वत - अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।

सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । गए राति झण्डै १० बजेदेखि नै पहिरो खस्न शुरु गरेका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधान रातिदेखि नै बीचैमा अलपत्र परेका छन् ।

बाटो खुलाउनका लागि रातिदेखि ...


भक्तपुरमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

भक्तपुर - भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा बागेहिटीमा घर पछाडिबाट पहिरो खस्दा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

उक्त पहिरोमा परि ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र नातिनी २ वर्षीय सम्पदा लामाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

...

डुबानमा उपत्यका : भक्तपुरमा ३ को मृत्यु, १५० को उद्धार

काठमाडौँ - गएराती देखि परेको अविरल वर्षाको कारण उपत्यकाका काठमाडौं लगाएत भक्तपरका विभिन्न स्थानहरु डुबानमा परेको छ ।

महानगरीय प्रहरी परिसय भक्तपुरले दिएको जानकारी अनुसार चाँगुनारायण–७ मा माटोको ढिस्को खस्दा तीन जनाको मृत्यु भएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

अहिलेसम्म डुबानमा परेका १५० जनाको उद्धार गरेको छ । उद्धारको लागि नेपाली सेना, शस्शस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दालगायकाहरु उद्धारमा जुटेका छन् ।

उपत्यकाको सयौ घर, विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । भक्तपरको हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका ...


नारायणगढ-मुग्लिन सडक भाँसियो, सवारी आवागमन एकतर्फी

चितवन - नारायणगढ-मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ ।

नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताउनुभयो । भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भाँसिएको हो ।

सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ ...


प्रधानमन्त्री कार्यालयकै काम सुस्त, अरुको हालत के होला  ?

काठमाडौं - प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउने गरी यसको मातहत विभिन्न अनुसन्धानमूलक निकाय ल्याइए पनि ती निकाय प्रभावकारी बन्न सकेका छैनन्। प्रधानमन्त्री केपी ओलीकै रुचिका आधारमा चार महिनाअघि राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो।

तर ती निकायको कामकारबाहीलाई प्रभावकारी बनाउँदै शक्तिशाली निकायका रूपमा स्थापित गराउन सशक्त पहल थालिएको पाइएको छैन। प्रधानमन्त्री ओलीले पनि ती निकायलाई शक्तिशाली बनाउनेतर्फ खासै ध्यान दिन नसकेको बताइएको छ।

प्रधानमन्त्री मातहत ल्याइएका र रहेका अन्य सबै निकायलाई सशक्त एवं प्रभावकारी बनाउन आवश्यक कार्ययोजना छिट्टै ल्याइने ...


रोकिएन टिपर दादागिरी, किन संबेदनशील छैनन् टिपर चालकहरु ?

काठमाडौं - राजधानीको जडीबुटीमा जेब्राक्रसअगाडि टिपरले ठक्कर दिँदा मंगलबार मोटरसाइकलमा सवार भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको छ । तीव्र गतिमा भक्तपुरबाट कोटेश्वर आउँदै गरेको टिपरले ब्रेक लगाउन नभ्याउँदै मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीको बताए ।

बा८५प ७१६ नम्बरको मोटरसाइकल हाँकिरहेका भक्तपुरकै अमन ढुंगेल पनि सुवेदीसँगै सडकमा बजारिए । ढुंगेलको खुट्टा भाँचिएको छ भने सुवेदीको घटनास्थलमै मृत्यु भएको हो । बा४ख ८७२५ नम्बरको टिपरले लापरबाही ढंगले अन्य सवारीसाधनलाई पेल्ने गरी हाँकेको प्रत्यक्षदर्शी विशाल कर्णले बताए । उनले भने, ‘मोटरसाइकल जेब्राक्रस नजिकै पुग्दै थियो, एक्कासि टिपरले ...


तपाइंलाई पत्यार नलाग्ला ! तर चीनले धानेको छ रसिया विश्वकप !

मस्को - विश्व फुटबल महासंघ (फिफा) मा चरम भ्रष्टाचार र अनियमितता मौलाएपछि विश्वकप फुटबलको आयोजना र लगानीका विषयमा समेत ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू झस्किने वातावरण सिर्जना भयो । दुई वर्षअघि फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरसहित जम्बो टोलीलाई भ्रष्टाचारको अभियोगमा निलम्बन गरिएपछि विशेषगरी पश्चिमा मुलुकका बहुराष्ट्रिय कम्पनीहरूले विश्वकप फुटबलको प्रायोजन हात झिकेका थिए ।

त्यसपछि फिफालाई विश्वकपमा प्रायोजक फेला पार्न मुस्किल पर्‍यो । लगानीबाट झस्किएका पश्चिमा देशहरूलाई फकाउने फिफाको प्रयासले पनि सफलता पाएन । यही क्रममा फिफाको ध्यान एसियाली देश चीनले आकर्षित गरेको छ । विश्व मानचित्रमा जनसंख्या ...


डा. केसीको समर्थनमा देशभरका चिकित्सक आन्दोलनमा

काठमाडौं - एघार दिनदेखि अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दैे मुलुकभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बुधबारदेखि आन्दोलन गर्ने भएका छन् ।

चिकित्सकको छाता संस्था नेपाल चिकित्सक संघले देशभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आ–आफ्नो स्वास्थ्य संस्थामा बुधबारदेखि विरोध कार्यक्रम संचालन गर्न आव्हान गरेको हो ।

चिकित्सकले बिहान एक घण्टा कालोपट्टी बाँधेर धर्ना, र्‍याली लगायतका विरोध कार्यक्रम गर्ने भएका छन् । अर्को निर्णय नगर्दासम्म प्रत्येक दिन दैनिक कार्य सुरु हुने समयबाट एक घण्टा विरोध कार्यक्रम गरिने संघका महासचिव डा. लोचन कार्कीले बताए । चिकित्सक संघको ...


...

डा. गोविन्द केसी आइसीयू भर्ना

जुम्ला - अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी देखिएको छ । चिकित्सकहरूले रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा औंल्याएका छन् ।

डा. केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन समेत नमानेकाले अहिले ग्लुकोज नभएका अन्य आइभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सकत्रय प्रवीणकुमार गिरी, धिरज गुरुङ र सिद्धार्थ खातीले सोमबार जनाएका छन् । सेतो रक्तकोषको कमीले गर्दा अहिले संक्रमणबाट बचाउन उनलाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानको स्पेसल केयर युनिटमा राखिएको छ ।

रगतमा ग्लुकोज र अक्सिजनको कमी ...


पाँचथरमा जीप दुर्घटना,  १ जनाको मृत्यु ९ घाइते

काठमाडौं - पाँचथरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

जिल्लाको याङबर गाउँपालिका ३, चैतेभीरमा मे १ ज २०५१ नम्बरको जीप मंगलबार बिहान दुर्घटना हुँदा च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरको अनुसार जीपमा चालकसहित १० जना सवार थिए ।

प्रहरीका अनुसार घटनास्थलमै १ जनाको मृत्यु भएको छ भने घाइते ९ जनाको उद्धार गरेर अस्पताल लगिएको छ ।

...

हुन्डीकाण्डका फरार अभियुक्त १० किलो सुनसहित पक्राउ

काठमाडाैं - वीरगंजका सौरभ जैन १० किलो सुनसहित भारतको सिलिगुडीबाट पक्राउ परेका छन् । चर्चित ’हुन्डी र सुन कारोबारी’ सन्तोष जैनका छोरा ‘राजा’ भनिने सौरभ नेपाली रुपैयाँ सवा पाँच करोड मूल्य पर्ने १० किलो सुनसहित शनिबार पक्राउ परेका हुन् ।

वीरगंज महानगरपालिका वडा नं–६ रेशमकोठीका बासिन्दा सौरभ र उनका चालक दिलीप चौरसियालाई भारतको राजस्व निर्देशनालय (डिआरआई) को टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सिलीगुडीबाट मुज्जफरपुर आउने क्रममा फुलवाडी–घोषपुकुर सडकखण्डबाट दुबै जनालाई पक्राउ गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

पक्राउ परेका दुबैलाई आइतबार अदालतमा पेस गरी ...


बन्दले गण्डकी प्रदेशको  जनजीवन प्रभावित

पोखरा - तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ ।

बन्दका कारण बिहानैदेखि सार्वजनिक यातायात सेवा पूर्णरुपमा ठप्प छ भने शैक्षिक संस्थामा पठनपाठन हुन सकेको छैन । पोखरामा बिहानैदेखि अविरल पानी परे पनि बन्दकर्ता बजारका विभिन्न चोकमा बन्द सफल बनाउन परिचालित छन् ।

बन्द हालसम्म शान्तिपूर्ण नै रहेको कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताउनुभयो । प्रदेशसभा बैठकले साविक प्रदेश नं ४ को नाम गण्डकी राख्ने प्रस्तावलाई गत शुक्रबार दुइतिहाई बहुमतले ...


संसद बैठक बस्दै, यस्ता छन्  कार्यसूची !

काठमाडौं - संघीय संसदको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकका चारवटा कार्यसूची रहेका छन।

बैठकको शुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणको पत्र पढेर सुनाउने पहिलो कार्यसूची रहेको छ।

त्यसैगरी सभामुखले संसदीय सुनुवाई समितिमा रहने सदस्यको नाम मनोनयका लागि प्रस्ताव गर्ने दोस्रो कार्यसूची रहेको छ ।

आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको छ । जसमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले ‘चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान विसंगितलाई समाप्त गर्न सर्वसुलव ...


...

दुई तिहाई मत प्राप्त सरकारलाई कसले रोक्यो काम गर्न ?

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति आफ्नै पार्टीभित्रबाटै आलोचना सुरु भएको छ । दुई तिहाई बहुमतसहितको सरकार गठन भएको चार महिना बितिसक्दा समेत जनताले महसुस गर्ने गरी काम नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीको आलोचना सुरु भएको छ ।

पार्टीका नेताहरुले सरकारले काममा भन्दा पनि भाषणामा बढी जोड दिएको आरोप सरकारमाथि लगाएका छन् । स्थायी समितिको बैठकमा नेताहरुले सरकारको कार्यशैलीप्रति खुलेरै आलोचना गरेको बैठकमा सहभागी एक नेताले बताए ।

उनका अनुसार सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको विषयमा पार्टीभित्र आम धारणा नै बनिसकेको छ ।

सरकार ...


संविधान संशोधनका लागि दवाव दिन राजपाले उठाउने भयो यस्तो कदम

काठमाडौँ - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने भएको छ । राजपा अध्यक्ष मण्डलको आज बसेको बैठकले संविधान संशोधनका लागि सरकारलाई दबाबस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गर्ने निर्णय गरेको बुझिएको छ ।

यद्यपि, संविधान संशोधनबारे सरकारको ध्यानाकर्षणबारे आज छलफल भएपनि टुंगो नलागेको र भोलि सोमबार पुनः बस्ने अध्यक्ष मण्डलको बैठकले निर्णय गर्ने राजपा अध्यक्षमण्डलका सदस्य अनिल झाले राससलाई जानकारी दिए ।

उनले भने, “संविधान संशोधनको विषयमा छलफल भयो तर भोलि विमान संसदीय दलको बैठक बस्ने र लगत्तै अध्यक्षमण्डलको बैठकबाट निर्णय ...


७२ घन्टे अल्टिमेटम पाएपछि प्रधानमन्त्रीले थाले गोविन्द केसीसंग संवाद

काठमाडौं - अनसनमा रहेका डा. गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन संवाद गर्ने तयारी गरेका छन् । जुम्लामा अनसनरत डा.केसीसँग सम्वाद गर्न खोजेको वालुवाटार स्रोतले जानकारी दिएको छ ।

अाइतबार चिकित्सक संघले प्रधानमन्त्री ओलीलाई भेटेर डा. केसीको जीवन रक्षा गर्न माग गरेको थियो । त्यसपछि प्रधानमन्त्री अोली अाफैले डा. केसीसाग टेलिफोन संवाद गर्न खोजेका हुन् । तर त्यो अहिलेसम्म सम्भव भएको छैन् । प्रधानमन्त्री अोलीको निजी सचिवालयले डा. केसीसँग संवाद गर्नका लागि संघलाई आग्रह गरेको छ । संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले त्यो सन्देश डा. केसीसामू ...


पुनर्निर्माण प्राधिकरणका सीइओ भुसाल पदमुक्त

काठमाडौं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आफू जिम्मेवारीबाट मुक्त भएको बताएका छन् ।

गएको विहीबार सरकारले अघिल्लो सरकारले गरेका राजनीतिक निर्णय बदर गर्ने निर्णय गरेको थियो । निर्वाचन आचारसंहिता लागु भएपछि भएका नियुक्तिहरू खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय आफ्नो हकमा पनि लागु हुने सरकारको आशय पाएपछि आफूले यस्तो निर्णय गरेको उनको भनाइ छ ।

उनी गएको कार्तिक ६ गते नियुक्त भएका थिए । तीनमा प्राधिकरणको नेतृत्व चार पटक फेरिएको छ। प्राडा गोविन्द पोखरेल सांसदको उम्मेदवार गर्न गएपछि रिक्त पदमा भुसाल सीइयो नियुक्त भएका थिए ...


पूर्वराजाले नेपालगन्ज पुगेर यसरी मनाए आफ्नो ७२औं जन्मदिन

नेपालगन्ज - आफ्ना परिवार र शुभेच्छुकहरुको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन आज यहाँस्थित सोल्टी होटलमा मनाउनु भएको छ । होटल सोल्टीमा बिहानैदेखि उपस्थित परिवारका सदस्य, शुभेच्छुकहरुले पूर्व राजालाई ७२ औं जन्मदिनको शुभकामना र बधाई दिएका थिए ।

आफ्नो जन्मदिन मनाउन पत्नी कोमल, छोरा पारस, छोरी प्रेक्षा, बुहारी हिमानी, नातीनातिना सहित पूर्व राजा ज्ञानेन्द्र शाह बिहिवार नेपालगन्ज आउनु भएको थियो । आफ्नो जन्मदिनको अवसरमा पूर्व राजा शाह हिजो बिहान यहाँको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर जानु भई पूजाअर्चना पनि गर्नु भएको थियो । -रासस

...

गाउँपालिका अध्यक्षले कर्मचारीलाई कुटे ! यस्तो छ कारण !

जाजरकोट - शिक्षासम्बन्धी प्रतिवेदन मन नपरेपछि गाउँपालिका अध्यक्षले प्रतिवेदन तयार पार्ने कर्मचारीलाई कार्यालयमै कुटपिट गरेका छन् । जिल्लाको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले शुक्रबार शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्ति कमल बस्नेतलाई कुटपिट गरेका हुन् ।

प्रतिवेदन बुझाएपछि गाउँपालिका अध्यक्ष हरिचन्द्रले आफूमाथि कुटपिट गरेको बताए । शिक्षाको गुणस्तर उकास्नकमा लागि गाउँपालिकाले स्रोतव्यक्ति कमललाई अध्ययन प्रतिवेदन तयार गर्न लगाएको थियो ।

त्यसमा उनले विद्यालय नपढाउने, काम नगर्ने, छात्रवृत्ति वितरण नगर्ने शिक्षक र विद्यालयको सूची तयार पारेका थिए । सूचीमा अध्यक्ष हरिचन्द्रकै आफन्त देखिएपछि प्रतिवेदन तयार गर्ने व्यक्तिलाई नै कुटपिट ...


सवारी दुर्घटनामा तिन जनाको मृत्यु

काठमाडौं - काठमाडौंको चुच्चेपाटीमा दुईवटा मोटरसाइकल ठोक्किँदा बुबा छोरीको ज्यान गएको छ । बा ५७ प ५७०५ मोटरसाइकल र बा ९० प ३२८३ नम्बरको मोटरसाइकल ठोक्किँदा चुच्चेपाटीका कुमार श्रेष्ठ र उहाँकी ४ वर्षकी छोरी रियाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते एकजनाको ओम अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, काठमाडौंको भोटाहिटीमा राति १ बजे रोकिराखेको ना ७ ख ३५२० नम्बरको ट्रकमा बा ५८ प ६४५९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक भक्तपुर ठिमी नगरपालिकाका २६ वर्षका नरम वनको ज्यान गएको छ । दुर्घटनामा घाइते भएका ...


एउटा सचिवको जिम्मामा ९ वटा वडा, बैंक नहुँदा आर्थिक कारोबार गर्न समस्या

जाजरकोट - एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्म तर, जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडा सचिवले नौ वटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आएका छन् ।

स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । तत्कालीन गाविस सचिव सत्यदेव खनालले एक वर्षदेखि पूरै गाउँपालिकाका नौवटै वडाको कामकाज गर्दै आउनुभएको छ । लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । तर नौ वटा वडाको जिम्मेवारी एक्लैले कसरी सम्भव छ र ! उहाँले सदरमुकामस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा ...


श्रीमानको लिङ्ग सानो भएकै कारण सम्बन्ध विच्छेद !

सुनसरी - समाजमा सम्बन्ध विच्छेदका अनेकौं कारण हुन्छन् । अचेल प्रायः सम्बन्ध विच्छेद हुने पारिवारिक बेमेल, हिंसा, अनमेल बिवाहकासाथै इच्छा विपरित गरिएका विवाह जस्ता कारणहरु सुनिने गरेका छन् । तर, सुनसरीमा भने अचम्मको कारणले सम्बन्ध विच्छेद भएको छ ।

विवाह गरेको एक वर्षपनि नपुग्दै श्रीमानको लिङ्ग सानो भएको भन्दै श्रीमतीले सम्वन्ध विच्छेदको घटना बाहिर आएको छ । उक्त घटना छिनोफानो पञ्चभेलाले गरेको हो । विवाह भएको ६ महिना सम्म राम्रो सम्बन्ध रहेको जोडीमा तव खटपट सुरु भयो । जब श्रीमतीले आफुलाई यौन सन्तुष्टि नपुगेको भन्दै श्रीमानसँग ...


प्राण गए पनि अनसन तोड्दिनँ : डा. केसी

जुम्ला - अनशनरत डा. गोविन्द केसीले प्राण गए पनि चिकित्सा शिक्षा सुधारका लागि लिएको प्रण नतोड्ने बताएका छन् । जुम्लामा शुक्रबार पत्रकार सम्मेलन गर्दै डा. केसीले पुरानै सम्झौताअनुसार आएको अध्यादेश हुबहु कार्यान्वयन नगरेसम्म अनशन बसिरहने बताएका हुन् । सरकारले अध्यादेश तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन लागेपछि केसी विरोधमा अनशन बसेका हुन् ।

‘१५आैँ अनशनसम्म आइपुग्दा समेत पुरानै मागलाई बंगाएर सरकारले माफियामुखी विधेयक ल्याउन खोज्छ भने मेरो सत्याग्रह जारी रहन्छ, कदापि देशमा लुटतन्त्र मौलाउन दिन्नँ, बरु मेरो प्राण जाओस्, देश र जनताका लागि गरेको प्रण कुनै पनि हालतमा तोड्दिनँ,’ केसीले ...


सवारी दुर्घटना : पाँच वर्षमा १० हजारभन्दा बढीले ज्यान गुमाए

काठमाडौँ - सवारी दुर्घटनामा पछिल्ला पाँच वर्षमा देशभर १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । सरकारी तथ्यांकअनुसार प्रत्येक वर्ष दुई हजार सर्वसाधारणको ज्यान दुर्घटनामै जाने गरेको छ । यो संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेहरूको भन्दा झन्डै दुई गुणा धेरै हो । तथ्यांकअनुसार मुलुकभर प्राकृतिक विपत्तिबाट मात्रै प्रत्येक वर्ष ९ सय सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी सैलेश थापाले प्राकृतिक विपत्तिभन्दा सवारीसाधन दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या दुई गुणा धेरै रहेको बताए । उनले भने, ‘सडक दुर्घटना मानवनिर्मित संयन्त्रबाट हुने हुन् । यसबाट ज्यान गुमाउनेको संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेको ...


टाट पल्टियो साझा प्रकाशन

काठमाडौँ - सिसा चर्केका भवन । लेउ जमेका भित्ता । गोदाममा अस्तव्यस्त पुस्तक । भत्किएका भित्ता छेडेर उम्रिएका पीपल । परिवार बसाइँ सरेको घरमा जस्तै सन्नाटा छ, साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोकमा । एक सय पाँचवर्षे लामो र गौरवशाली इतिहास बोकेको संस्था जीवन र मरणको दोसाँधमा छ । एक समय साझाबाट पुस्तक छाप्न साहित्यकार पाण्डुलिपि बुझाएर वर्षौँ पालो पर्खिएर बस्थे । त्यही साझा अहिले लेखकबाट पाण्डुलिपि माग्नुपर्ने अवस्थामा पुगेको छ । साहित्यकारले साझाबाट निकालेका पुस्तक धमाधम निजी प्रकाशन गृहबाट छापिन थालेका छन् । ०६५ सम्म खातामा दुई करोडभन्दा बढी आम्दानी रहेको ...


एक लाख ३० हजार घूस लिंदालिंदै खानेपानीका इन्जिनियर पक्राउ

काभ्रे - जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय धुलिखेलका इन्जिनियर शेखरनाथ खनाल १ लाख ३० हजार रकम घूससहित पक्राउ गरिएको छ ।

इन्जिनियर खनाललाई धुलिखेलको एक होटलमा सेवाग्रहीसँग घूस लिंदै गरेको अवस्थामा अख्तियर दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेएको हो ।

पनौती नगरपालिका-११ बल्थली बृहत खानेपानी आयोजनाको डीप बोरिङ् मेसिन खरिद गर्नको लागि इन्जिनियरले सप्लार्यससँग कुरा गरिदिने भन्दै रकम लिएको जनाइएको छ ।

उक्त आयोजना कुल ३ करोड ४१ लाख ३५ हजार लागतमा निर्माण हुँदै गरेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय प्रमुख रामचन्द्र काफ्लेले बताए ।

...

प्रदेश ४ को नाम अब 'गण्डकी'

पोखरा- प्रदेश ४ को प्रदेशसभाको पहिलो बैठकको ठ्याक्कै ६ महिनापछि नामको टुंगो लागेको छ। अघिल्लो साल माघ २२ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो। शुक्रबारको प्रदेशसभा बैठकले दुईतिहाई बहुमतको आधारमा प्रदेशको नाम गण्डकी राख्ने निर्णय गरेको हो। यो प्रदेशले गत असार १८ गते पोखरालाई सर्वसम्मतिको आधारमा स्थायी राजधानी तोकेको थियो।

नाम र राजधानी तोक्ने यो देशकै दोश्रो प्रदेश बनेको छ । यसअघि प्रदेश ६ ले नाम कर्णाली र राजधानी सुर्खेत तोकेको थियो ।

...

माइतीघरमा प्रदर्शन गर्न रोक लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले माइतीघर मण्डलासहित सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उक्त विषयमा छलफलका गर्नकालागि सरकार र रिट दायरकर्ता दुबै पक्षलाई असार २९ गते बोलाएइएको छ ।

त्यसविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । साथै लिखित जवाफ पेश गर्न सरकारको नाममा आदेश पनि दिएको छ ।

स्थानीय प्रशासनले विरोध प्रदर्शन गर्ने ठाउँ तोक्दै माइतीघर मण्डला लगायतका ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

...

मुस्ताङमा ट्रिपर दुर्घटना, १५ जनाको मृत्यु, १७ घाइते

पोखरा - मुस्ताङको स्याङ्बोचेमा ट्रिपर दुर्घटना हुँदा सडक निर्माण गर्ने १५ जना मजदुरको मृत्यु भएको छ ।

बा २ क २२१९ नम्बरको ट्रिपर दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर दुर्घटना हुँदा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी हवल्लार कृष्णगोपाल परियारले जानकारी दिएका छन् ।

ती मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेका हुन् । उनीहरु चढेको चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ ...


पूर्व युवराज पारसले सार्वजनिक कार्यक्रमै धूमपान गरेपछि तहल्का !

हेटौडा - पूर्वयुवराज पारस शाहले फेरी अर्को विवाद आउने कार्य गरेका छन् । केही हप्ताअघि काठमाडौंमा ट्राफिक प्रहरीलाई थर्काएर विवादमा आएका पारस फेरी अहिले सार्वजनिक कार्यक्रममै धूमपान गरेर विवादमा आएका छन् ।

‘राष्ट्र र राष्ट्रियताको जगेर्ना तथा मौलिक पहिचान संरक्षण गर्ने’ अभियानका विषयमा जानकारी दिन भैरहवामा आयोजित पत्रकार सम्मेलनमै शाहले धूमपान गरेका हुन् । सम्मेलनका क्रममा उनले आफू देशप्रति चिन्तित हुँदै राष्ट्र अभियानमा लागेको बताए । जेठ २२ गते मनकामनाबाट सुरु भएको अभियानअन्तर्गत उनी पाल्पा, गोरखा र लमजुङ हुँदै भैरहवा आइपुगेका हुन् ।

अभियानबारे पत्रकारलाई जानकारी दिन निमन्त्रणा गरिए पनि ...


नेपालका कर्मचारी : भ्रमण कार्यक्रम कोरिया, घुम्ने चाहिँ सिंगापुर !

काठमाडौं - कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तर्गतका विभागका कर्मचारी विभाग नै खाली गराएर विदेश सयरमा लागेका छन् । असार मसान्त आउनै लाग्दा बजेट सिध्याउनका लागि कर्मचारी विदेश भ्रमणको कार्यक्रम बनाएर जाने गरेको पाइएको छ ।

भूमिसुधार तथा व्यवस्था विभागबाट मंगोलिया गएका महानिर्देशक मुक्तिप्रसाद आचार्य र निर्देशक रामदत्त भट्ट फर्कन नपाउँदै फेरि बुधबार विभागका ९ जनासहित नापी विभागबाट २ जना र मन्त्रालयबाट १ जना गरी १२ जना कोरिया उडेका छन ।

मन्त्रालयका अधिकारी तालिममा
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोपाल गिरीले मन्त्रालयका ...


मलेसियामा २ सय नेपाली पक्राउ

काठमाडौं - मलेसियामा २ सय नेपाली पक्राउ परेका छन् । बिनादर्ता बसेको भन्दै २ सय नेपाली पक्राउ परेका हुन् । मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ ।

स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो । ओपी मेगा ३ नाम गरिएको विदेशी नागरिक पक्राउ अभियानमा हालसम्म ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ गरिसकेको छन् ।


कारोवार

...

राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय पश्चात विवरण संकलन सुरु

काठमाडौँ - देउवा सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयपछि मात्रै सरकारले खारेज हुने नियुक्तिहरूको विवरण संकलन गर्न थालेको छ । बुधबारको निर्णय नीतिगत मात्र भएको र निर्णय कार्यान्वयनका लागि विवरण संकलनको काम सुरु भइसकेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

‘सरकारको निर्णयअनुसार अब कुन–कुन नियुक्ति/निर्णय खारेज हुनुपर्ने हो, मन्त्रालयले विवरण संकलन गरेर मन्त्रिपरिषद्मा पठाउँछन् र ती नियुक्तिहरू बदर हुनेछन्,’ प्रवक्ता बाँस्कोटाले भने ।

बदर हुने नियुक्तिहरूको विवरण मुख्य सचिव लोकदर्शन रेग्मीले संकलन गर्नेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने ...


डा. केसीले जचाउन मानेनन्

जुम्ला - जुम्लामा अनशनरत डा. गोविन्द केसीले काठमाडौंबाट आएका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन् । गत शनिबारदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य जाँच्न वीर अस्पतालबाट डाक्टरद्वय जीवन थापा र सुवास रेग्मी जुम्ला आएका थिए ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनपछि दुई विशेषज्ञ चिकित्सक जुम्ला आए पनि केसीले सरकारले खटाएका चिकित्सकबाट नजाँच्ने जवाफ दिएका थिए । त्यसपछि वीरका डाक्टरले उपचारमा संलग्न अन्य चिकित्सकलगायतबाट केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनीहरूले केसीको अवस्था सामान्य रहेको र आत्तिहाल्नुपर्ने नभएको ब्रिफिङ गरेका छन् ।

डा. केसीको उपचारमा संलग्न डा. प्रवीणकुमार गिरीले केसीको स्वास्थ्यमा अनशन बस्नुअघि र अहिले ...


कक्षाकोठामा विद्यार्थीको रुवाबासी : एक साता विद्यालय बन्द

नारीकोट(प्युठान) - घरबाट विद्यालय आउँदा विद्यार्थी ठिकै हुन्छन्। उनीहरूलाई पुरानो रोगले पनि सताएको छैन। टाउको दुख्ने, ज्वरो आउने, पखाला लाग्ने समस्या केही छैन। सबै साथीसँगै प्रार्थना गर्छन्। पहिलो घण्टी पढ्छन्। दोस्रो र तेस्रो घण्टी उनीहरूले पढ्नै सक्दैनन्। विद्यार्थीमा त्यसपछि एकोहोरो रुने, कराउने, काँप्ने, हल्लिने, पेट दुख्ने, छट्पटिने, मुटु दुख्नेजस्ता समस्या देखिन थाल्छ। जिल्लाको दुर्गम गाउँ गौमुखी गाउँपालिका–७ नारीकोट पिपलरुखास्थित अमृत जीवन माध्यमिक विद्यालयका ४७ जना विद्यार्थीमा यस्तै समस्या देखापरेको छ।

दैनिक दुई÷तीन घण्टा विद्यार्थी कक्षाकोठामै बस्नै सक्दैनन्। शिक्षकलाई सम्झाउनै समस्या परेको छ। असार ५ गतेबाट कक्षा ...


न्याय सेवाको जागिरमा अरुचि, मागको अनुपातमा आधा पनि दरखास्त परेन

काठमाडौं - अन्य सेवाको तुलनामा वृत्ति विकासको अवसर र सम्भावना कम भएपछि न्याय सेवाअन्तर्गत अदालततर्फको न्याय समूहमा दरखास्त दिनेको संख्या बर्सेनि घट्दै गएको छ । न्याय सेवा प्रवेशमा यसरी अरुचि हुँदा न्यायाधीश उत्पादनमा समेत धक्का पुग्ने देखिएको छ ।

न्याय सेवा आयोगको पाँच वर्षको तथ्यांकले न्यायाधीश र मुख्य रजिस्ट्रार (मुख्य सचिवसरह) सम्मको खुट्किलो मानिने अधिकृत तहकै सेवामा गम्भीर विकर्षण देखाएको हो । पाँच वर्षमा न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) मा खुलातर्फको पदपूर्तिको स्थिति भयावह देखाएको छ । कुनै वर्ष मागको अनुपातमा आधा पनि दरखास्त परेका ...


तिब्बती शरणार्थीबारे राष्ट्रसंघको चासो

काठमाडौं - संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्त (युएनएचसिआर) को कार्यालयले नेपालमा रहेका तिब्बती शरणार्थीबारे चासो व्यक्त गरेको छ। युएनएचसिआरको नेपालस्थित कार्यालयका प्रतिनिधि बुस्रा हालेपोताले गृहमन्त्री रामबहादुर थापासँग बिहीबार मन्त्रालयमै भटेर चासो व्यक्त गरेकी हुन्। भेटमा नेपालमा रहेका तिब्बती शरणार्थीका विषयमा छलफल भएको थियो। भेटमा भुटानी शरणार्थी र म्यान्मारबाट विस्थापित रोहिन्जा शरणार्थीबारे हालेपोताले कुनै विषय उठाएकी थिइनन्।

युएनएचसिआरका प्रतिनिधि हालेपोताले नेपालमा रहेका तिब्बती शरणार्थीको दर्ता तथा नवीकरण प्रक्रिया थाल्न आग्रह गरेकी थिइन् । गृह मन्त्रालयले लामो समयदेखि तिब्बती शरणार्थीको दर्ता गरेको छैन। युएनएचसिआरका प्रतिनिधि हालेपोताले शरणार्थीको पुनर्वास, पुनस्र्थापना ...


छोराको शव कोशीमा बगाउँदै गरेको तस्वीर बन्यो 'फोटो अफ द इयर'

काठमाडौं - आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् ।

श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा खिचेको बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउदै गरेको फोटो यो वर्षको आइएमई-ग्लोबल-आइएमई फोटो अफ द इयर घोषित भएको छ ।

यो उपाधिसँगै उनले १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । विजेता नरेन्द्र श्रेष्ठले आफूले पुरस्कारवापत पाएको रकम कमल सदा र यादव थपलियाको परिवारलाई दिने बताए । उनले सदाको परिवारलाई ७० हजार र थपलियाको परिवारलाई ३० हजार रुपैयाँ दिने बताए ।

यसैगरी दीपेन्द्र रोक्काको ...


पुनर्निर्माण  प्राधिकरणका सीइयो भुसालले प्रधानमन्त्रीलाई भेटेर धन्यवाद दिए !

काठमाडौ - बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुनर्निर्माण प्राधिकरणको परामर्श समितिको बैठक राखिएको थियो। अघिल्लो दिनको राति अबेर मन्त्रिपरिषद्ले शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ १४ गतेपछि गरेका सबै राजनीतिक नियुक्ति खारेज गरेसँगै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालको पद गुमेको थियो ।

बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले पद गुमे पछि भुषाल बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। पदमुक्त भएपछी बालुवाटार पुगेका भुसाललाई प्रधानमन्त्री ओलीले भेटे ।

भेटमा भुसालले प्रधानमन्त्रीलाई काम गर्ने मौका दिएकोमा धन्यवाद व्यक्त गरे । भुषालले प्रधानमन्त्रीसँग भने ‘ ल ...


भूकम्प आउंदै गरेको पुर्व जानकारी दिन काम लाग्न सक्छ अप्टिकल फाइबर !

एजेन्सी - विकास भइरहेको नयाँ प्रविधिको सहयोगमा अब भूकम्प पत्ता लगाउन पहिलेभन्दा सहज हुने सम्भावना देखिएको छ। आइस्ल्यान्डका अनुसन्धानकर्ताहरूले फाइबर–अप्टिक सञ्जालको प्रयोग गरी भूकम्पीय तरङ्गहरूको सफलतापूर्वक आकलन गरेका छन्।
इन्टर्नेट र टेलिभिजन सेवा प्रवाह गर्न संसारभरि भूमिमुनि फाइबर–अप्टिकको तार बिछ्याउने गरिन्छ।
भूकम्प मापन परीक्षणको क्रममा त्यस्तो तारको सञ्जाल भूमिमा कम्पन भएलगत्तै संवेदनशील हुने गरेको पाइएको छ। तर अहिले नै यो प्रविधि व्यापक रूपमा प्रयोगमा ल्याउनका लागि तयार भइसकेको छैन। भूकम्प पत्ता लगाउन स्मार्टफोन एपहरू र अन्य सस्ता हार्डवेयरहरू प्रयोगमा आइरहेको बेला अब त्यस ...


सशस्त्र प्रहरीका ५ एआईजीद्वारा सामुहिक राजीनामा

काठमाडौं - सशस्त्र प्रहरी बलका ५ अतिरिक्त महानिरीक्षकले राजीनामा दिएका छन् । बढुवा भएर पनि विगत ५ महिनादेखि जिम्मेवारी नपाएका एआइजीहरुले आज राजीनामा दिएका हुन् । एआइजीहरु जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारमविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले राजीनामा दिएका छन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले उनीहरुलाई बढुवा गरेको थियो । प्रदेशमा खटाउने योजनासहित पद थपेर उनीहरुलाई बढुवा गरिएको थियो । तर, हालसम्म उनीहरुले जिम्मेवारी पाएका थिएनन् । सरकारले उनीहरुलाई राजीनामा दिन दबाब दिँदै आएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत उनीहरुले राजीनामा ...


देउवाले गरेका राजनीति नियुक्ति खारेज गर्ने सरकारको तयारी

काठमाडाैं - तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्धाधुन्द गरेको राजनीतिक नियुक्त अहिले केपी शर्मा ओली नेतृत्वको सरकारले खारेज गर्ने भएपछि कांग्रेसभित्र ठूलो भूकम्प गएको छ । भदौदेखिको राजनीतिक नियुक्ती ओली सरकारले खारेज गर्न लागेको हो ।

देउवा प्रधामन्त्री भएका बेला नियुक्ति गरिएका क्षेत्रहरुमा संस्थान, प्रतिष्ठानदेखि पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्म छन् । बिहिबार राती बसेको मन्त्रीपरिषद बैठकले निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गते यता नेपाल सरकारका बिभिन्न मन्त्रालयय अन्तर्गतका प्राधिकरण, संस्थान, परिषद, बोर्ड, समिति, कम्पनी ऐनको अन्य संगठित संस्थामा आदि संस्थामा ...


एक बर्षमा उच्च शिक्षा अध्ययन गर्ने नाममा ५६ हजार नेपाली विदेशिए

काठमाडाैं - अध्ययनका लागि बार्षिक विदेश जानेको संख्यामा व्यापक वृद्धि भएको छ । गत बर्ष ३८ हजार नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक गएका थिए । गत बर्षका तुलनामा यो बर्ष निकै बढी विदेशिएका छन् । यो बर्ष ५६ हजार नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेशिएका छन् ।

शैक्षिक परामर्शदाता संस्थाहरूको अनुमानमा उच्च शिक्षाका लागि विदेश जाने नेपालीहरूका कारण वर्षेनी सवा खर्ब रूपियाँको हाराहरीमा रकम विदेशीएको देखिन्छ ।

तर नेपाल राष्ट्र बैंकका एक जना अधिकारीले यो आर्थिक वर्ष विद्यार्थीहरूका कारण ४० अर्ब रूपियाँ विदेशिने अवस्था रहेको ...


ओखलढुंगामा जीप दुर्घटना, दुईको मृत्यु

ओखलढुंगा - सुनकोसी गाउँपालिका वडा नं. ८ मा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मुलखर्कबाट ओखलढुंगा आउँदै गरेको बा १५च ८८४३ नम्बरको जीप रोकेको ठाउँबाट चिप्लिएर भीरमा खस्दा दुर्घटनामा परेको होे ।

दुर्घटनामा परेर सुनकोसी गाउँपालिका–८ का ललीमाया थापा मगर र डिल्ली दर्जीको ज्यान गएको हो । मगरको घटनास्थलमै र दर्जीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । जीपमा सवार चार जना घाइते भएका छन् । घाइतेको सनाखत हुन सकेको छैन । उनीहरुलाई उद्धार गरेर सामुदायिक अस्पताल ओखलढुंगामा ...


बंगलादेशसँग उर्जा सम्झौता गर्ने सरकारको तयारी

काठमाडौं - केहि साता मात्रै चीनसँग उर्जा सहयोग सम्झौता गरेको सरकारले बंगलादेशसँग पनि सम्झौता गर्ने तयारी गरेको छ ।

करिब ६ महिना अघि पत्र पठाएको थियो । तर, बंगलादेश सरकारले कुनै प्रतिक्रिया नदिएपछि पुनः सम्झौता गर्ने मिति तय गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले पत्र पठाएको मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार करिब २ वर्ष अघि नै बंगलादेशसँग उर्जा सहयोग सम्झौताको प्रक्रिया अघि बढाइएको हो । मन्त्रिपरिषद्ले बंगलादेशसँग गर्ने सम्झौतालाई पास गरिसकेको छ भने दुई देशबीच सम्झौताको मस्यौदा आदानप्रदान भइसकेको छ ।

‘बंगलादेश सरकारकै आग्रह ...


यस्तो छ विश्वकप प्रि-क्वाटरफाइनलका उत्कृष्ट खेलाडीहरुको ‘ड्रिम टिम’

एमिली विल्सन् - रुसमा चलिरहेको विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरु सकिएका छन् । यस क्रममा विश्वकपका दावेदार मानिएका केही टिमहरु घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीहरुले निराश बनाए ।

अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका रोनाल्डोलाई अब यो विश्वकपमा देख्न पाइने छैन । बरु केही कम चिनिएका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई अघि बढाएका छन् । यसरी उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुको मात्रै एउटा टिम बनाउँदा को–को पर्लान् त ? यो जिज्ञासा धेरैलाई हुन सक्छ ।

यसैबारेमा फुटबल सम्बन्धि समाचार सम्प्रेषण गर्दै आएको गोलडटकमले प्रथम नकआउट चरणमा उत्कृष्ट खेल प्रर्दशन ...


नुहाउन गएका २ जना बालकको डुबेर मृत्यु

कैलाली - कैलालीको गौरीगंगा नगरपालिका-११, शिवपुरमा रहेको कटैनी खोलामा नुहाउने क्रममा २ जना बालकको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका हर्क भुलको छोरा ८ वर्षीय सचिन भुल र बाधुराम चौधरीका छोरा १२ वर्षीय अमन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

मंगलबार साँझ पौने सात बजेतिर खोलामा नुहाउन गएका उनीहरु खोलामा डुबेका थिए । स्थानीयले देखेर उद्धार गरी सचिनलाई सुखडमा रहेको घोडाघोडी अस्पताल र अमनलाई धनगढीस्थित सेती अञ्चल अस्पताल पुर्‍याएका थिए । तर, उनीहरुको उपचार गर्दागर्दै ...


रसुवामा जीप दुर्घटना हुँदा २ को मृत्यु, २ घाइते

काठमाडौं - रसुवामा गएराति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् । जिल्लाको आमाछोदिङ गाउँपालिका– ५, सिम्बुबाट साञ्जेन हाइड्रोपावरको सामान बोकेर त्यसतर्फ जाँदै गरेको सिउचण्डी कन्ष्ट्रक्सनको बा १७ च ५३४५ नम्बरको जीप मंगलबार राति १० बजे सिम्बु भीरमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार दुर्घटनामा मोरङ स्थायी घर भएका ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङका २४ वर्षीय विकास घर्तीमगरको घटनास्थलमै मृत्यु भएको छ । राजवंशी स्काभेटर चालक हुन् भने घर्तीमगर हेल्थ असिस्टेन्ट हुन् ।

नवलपरासीका गौतम अर्याल र ...


कलंकी ‘अण्डरपास’ निर्माण अन्तिम चरणमा, साउन पहिलो सातादेखि सञ्चालन


काठमाडौँ - पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो ।

कलंकी चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डरपासको १५ मिटर वाल ‘फिनिसिङ’ र ४०० मिटर कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

साउन पहिलो सातासम्म सबै काम सकेर हस्तान्तरणको तयारी भएको आयोजना प्रमुख प्रकाश भण्डारीले राससलाई जानकारी दिनुभयो । कोटेश्वर–बल्खुपुल–कलंकी १० दशमलव चार किमी सडकलाई आठ लेनमा विस्तार गर्ने ...


पहिरोले मुग्लिङ सडक फेरी अवरुद्ध

चितवन - चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

आज बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ । अन्दाजी ५० मिटरभन्दा लामो पहिरो खसेको छ । पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ रहेको छ ।

अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ । रासस

...

मलेसियामा धरपकड सुरू, कति नेपाली जोखिममा ?

मलेसिया - नेपाली कामदारको प्रमुख वैदेशिक रोजगारीको गन्तव्य मलेसियाले अवैधानिक आप्रवासी कामदारविरुद्ध देशैभरि धरपकड थालेपछि नेपालीसहित सयौँ आप्रवासी कामदार पक्राउ परेका छन् । पक्राउ पर्ने कामदारहरूको यकिन संख्या थाहा नभएपनि आइतवारयता धरपकडलाई निरन्तरता दिइएको छ । कतिपय अधिकारवादी संस्थाहरूले उक्त कदमले कामदारलाई असुरक्षित बनाएको प्रतिक्रिया दिएका छन् ।

यसैबीच विदेशी कामदारहरूको निर्भरता हटाउन मलेसियाले नयाँ नीति अवलम्बन गर्ने तयारी गरिरहेको त्यहाँका अखबारहरूले जनाएका छन् । विदेशी कामदारमाथिको परनिर्भरता घटाउन भन्दै पटक पटक मलेसिया सरकारले अवैध कामदारहरूलाई कानूनी हैसियत कायम गर्ने अवसरहरू दिएको थियो ।

अढाई वर्ष अघिदेखि ...


यस्ता छन् विश्वकपमा आज हुने प्रि-क्वाटर फाइनलका अन्तिम खेलहरु


मस्को - रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज (मंगलबार) पनि दुई खेल हुनेछन् । प्रि-क्वाटर फाइनल अन्तर्गत आज अन्तिम दुई खेल हुनेछन्।

स्वीडेन भर्सेस स्वीट्जरल्याण्ड
अन्तिम ८ प्रवेशका लागि आज पहिलो खेल स्वीडेन र स्वीट्जरल्याण्डबीच हुने छ । यी दुई टिमबीचको खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समय अनुसार साँझ ७ः४५ बजे हुँदैछ ।

स्वीडेनले पहिलो खेलमा दक्षिण कोरियालाई १-० ले हराएको थियो, भने दोस्रो खेलमा भने जर्मनीसँग २-१ ले हारेको थियो । स्वीडेनले तेस्रो खेलमा मेक्सिकोमाथि ३-० को शानदार जित निकालेको थियो ।

यता, स्वीट्जरल्याण्ड भने पहिलो ...


प्रदेश ४ को राजधानी पोखरा बनाउने निर्णय, नाम अझै टुंगो लागेन

पोखरा - प्रदेश ४ को सभाले स्थायी राजधानी पोखरा बनाउने निर्णय गरेको छ । प्रदेशका ५९ मध्ये सोमबारको बैठकमा उपस्थित सम्पूर्ण ५२ सांसद राजधानी पोखरा बनाउने पक्षमा उभिए ।

नेकपाका सांसद कृष्णबहादुर थापाले प्रदेशको राजधानी पोखरा राख्न गरेको प्रस्तावलाई नेपाली कांग्रेसका सचेतक माणिभद्र शर्माले समर्थन गरेका थिए । त्यसपछि मतविभाजनका आधारमा राजधानी पोखरा बनाउने निर्णय भएको थियो । आइतबारदेखि प्रदेश राजधानीका विषयमा छलफल सुरु भएको थियो ।

आइतबार सुरु भएको छलफलमा १८ र सोमबार २१ सांसदले धारणा राखेका थिए । छलफलमा सहभागी सांसदहरूले पोखरा भौगोलिक, भौतिक, व्यापारिक, शिक्षा, स्वास्थ्य, पर्यटन, सबैको पायक पर्नेलगायतका ...


आफैँले ल्याएको कानुनविपरीत सम्बन्धन दिने शिक्षामन्त्रीको यस्तो तयारी !

काठमाडौँ - अघिल्लोपटक संविधान जारी भएलगत्तै केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री भएका वेला गिरिराजमणि पोखरेलले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका– २०७२ मार्फत फर्मान जारी गरे– ‘आफ्नै भवन र जग्गा नभएको निजी विद्यालय खारेज हुनेछ ।’ रोपनीका रोपनी जग्गा र भवन भएका निजी विद्यालयको प्रभावमा परेका शिक्षामन्त्रीले सानो लगानीका सञ्चालकलाई उठिबास लगाउन यो नीति ल्याएका थिए ।

तर, मेडिकल कलेज चलाउन अस्पताल नभए पनि हुने
यसपालि शिक्षामन्त्री भएका गिरिराजमणि पोखरेलले अर्को फर्मान जारी गर्न खोजेका छन्– ‘मेडिकल कलेज चलाउन पाइन्छ, तर अस्पतालको अनुभव नभए पनि हुन्छ ।’ केपी ओली ...


सर्वोच्चको आदेशविपरीत कान्ति बाल अस्पतालमा अमेरिकी खोप परीक्षण

काठमाडौँ - कान्ति बाल अस्पतालमा उपचाररत बालबालिकामा सर्वोच्च अदालतको आदेशविपरीत रोटा भाइरसविरुद्धको खोप परीक्षण भइररहेको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले झाडापखालको उपचारका लागि अस्पतालमा ल्याइएका बालबालिकामा झन्डै दुई वर्षदेखि उक्त भ्याक्सिन परीक्षण गर्दै आएको छ ।

तर, भ्याक्सिन परीक्षणबारे जिम्मेवार व्यक्तिलाई नै सामान्यबाहेक केही जानकारी छैन । कानुनतः अस्पतालका निर्देशक र विभागीय प्रमुखको स्वीकृति लिएर मात्र महत्वपूर्ण औषधिको परीक्षण गर्न पाइन्छ ।

सर्वोच्च अदालतले गत बिहिबार मात्रै परीक्षण नगरिएका खोप तथा औषधि प्रयोग नगर्न सरकारको नाममा आदेश जारी गरेको थियो । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले यस्तो ...


चार देशमा राजदूत नियुक्तिको तयारी, को-को छन् चर्चामा ?

काठमाडौँ - सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोग तथा तीन देशमा राजदूत नियुक्तिको तयारी गरेको छ । हाल रिक्त रहेका भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई)स्थित दूतावासमा राजदूत नियुक्तिको तयारी भएको हो । यसका लागि सरकारले संसदीय सुनुवाइ समिति पर्खेको छ ।

‘संसदीय सुनुवाइ समिति गठन भएलगत्तै हामी रिक्त रहेका नियोगमा राजदूत नियुक्त गर्छौं,’ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘त्यतिवेलासम्म सरकारले राजदूत नियुक्तिसम्बन्धी मापदण्ड पनि टुंग्याउनेछ ।’ उनका अनुसार परराष्ट्र मन्त्रालयले राजदूतको योग्यतालगायतको मापदण्ड तयार गरेको छ र मन्त्रिपरिषद्ले पारित गर्नेछ ।

न्युयोर्कस्थित नियोगका स्थायी प्रतिनिधि दुर्गा भट्टराईको म्याद सकिए ...


सुनसरीमा स्कारपियो जिप दुर्घटना, ६ जनाको मृत्यु

सुनसरी - पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक छ जनामध्ये दुईजनाको मात्र नाम खुलेको र बाँकी चारजनाको नाम खुल्न बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बि आर ०६ पी बी ६४१८ नंको स्कारपिओ जिप आफैँ अनियन्त्रित हुँदा छ जनाको मृत्यु ...


विप्लव समूहका ४० जना नेता तथा कार्यकर्तालाई पक्राउ, ७ जना केन्द्रीय नेतालाई मुद्दा

काठमाडौं - काठमाडौं प्रहरी परिसरले विप्लव समूहका ४० जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई नेपालटारमा संदिग्ध गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरलका अनुसार पक्राउ परेका मध्ये ७ जनाविरुद्ध सार्वजनिक अपराध मुद्दा चलाइएको छ ।

पोखरेलका अनुसार विलप्व समूहका सदस्य एवं पूर्वमन्त्री पदम राई, पोलिटब्यूरो सदस्य भरत बम, केन्द्रीय सदस्य रणसिंह पुन मगर, कानुनी सल्लाहकार ओमप्रकाश पाण्डे, काठमाडौं सेक्रेटरी धिरेन्द्र उपाध्याय, एकाराज राई र सिद्धान्त राईविरुद्ध मुद्दा चलाइएको हो ।

उपाध्यायमाथि यसअघि ललितपुरस्थित अयोधिप्रसाद यादवको ...


विरगंज, नेपालगंज र मिर्चैया डुबानमा, पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौ - मुलुकभर रातिदेखि भइरहेको अवरिल वर्षात्का कारण ठाउँठाउँमा डुबान तथा पहिरो गएको छ । मूख्य तथा सहायक राजमार्गमा पहिरोको कारण सडक आगमनमा बाधा पुगेको छ भने त।ाईका केही जिल्लामा डुबान सुरू भएको छ । अविरल वर्षाका कारण आर्थिक राजधानी वीरगञ्जको विभिन्न स्थान डुबानमा परेका छन् । वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् । वीरगञ्जको मुख्य बजार आदर्शनगर क्षेत्र, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्रमा समेत पानीको निकास रोकिएका कारण सर्वसाधारणले सास्ती ब्यहोरेका छन् ।

सडकमा पानी ...


झन् मौलायो सुन तस्करी : ६ किलो सुनसहित तेञ्जिङ लामा नागढुंगाबाट पक्राउ

काठमाडौं - काठमाडौंको नागढुंगाबाट प्रहरीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान रसुवागढीबाट काठमाडामौं तस्करीको सुन ल्याउँदै गरेको अवस्थामा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका तेञ्जिङ लामालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलार्इ नागढुंगा चेकपोस्टमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अाज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरे सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी मोहन थापालका अनुसार मोटरसाइलमा सवार लामाले कम्मरमा पेटी जस्तो बनाइ लुकाएर सुन ल्याउँदै गरेका थिए ।

 

...

नारायणगढ-मुग्लिन सडकमा पहिरो, सडक अवरुद्ध

चितवन – नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खस्दा सो सडक खण्ड अवरुद्ध भएको छ। पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो। पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ।

सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका ...


जनप्रतिनिधि नै क्रसर व्यवसायी, मिलेमतोमा नदीको दोहन

बिराटनगर - नदीजन्य पदार्थ उत्खननको विषयलाई लिएर केराबारी गाउँपालिकामा जनप्रतिनिधि र प्रहरीबीच द्वन्द्व बढेको छ । स्थानीय खदम खोलाबाट ढुंगा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थको निकासीको विषयलाई लिएर जनप्रतिनिधि र प्रहरीबीच द्वन्द्व बढेको हो । अवैध उत्खनन गरेको भन्दै प्रहरीले ट्र्याक्टर, ट्रिपर, जेसिभीलगायतलाई खोलाबाटै नियन्त्रणमा लिएपछि जनप्रतिनिधिले आपत्ति जनाएका छन् ।

केराबारी–८ मा नदी उकास भएको भन्दै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खननलाई छुट दिएको छ । तर, प्रहरीले भने तोकिएकोभन्दा बढी ढुंगागिट्टी उत्खनन भएको भन्दै सवारीसाधन नियन्त्रणमा लिन थालेको छ । प्रहरीले खोलाबाट ट्र्याक्टर, ट्रिपर, जेसिभीलगायत नियन्त्रणमा लिन थालेपछि गाउँपालिका अध्यक्ष कार्कीले माथिल्लो ...


रोकिएन सुन तस्करी, नागढुंगाबाट ९ किलो सुन सहित ६ पक्राउ

काठमाडौँ - प्रहरीले उपत्यका भित्रिने मुख्य नाका नागढुंगाबाट ९ किलो सुन बरामद गरेको छ । आइतबार ६ केजी र शनिबार ३ केजी सुन बरामद भएको हो ।

आइतबार सुनसहित सिन्धुपाल्चोकका २३ वर्षीय तेन्जिङ तामाङ पक्राउ परेका छन् । धादिङ हुँदै काठमाडौं आउँदै गरेको बा.९५प ८१६४ नं. को पल्सर मोटरसाइकल जाँच गर्दा सुन भेटिएको थियो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरी निरीक्षक केशव भट्टको टोलीले आइतबार साँझ ७ बजे सुन बरामद गरेको हो । प्रहरीका अनुसार तामाङले विशेष खालको पेटीको फल्स बटमभित्र सुन लुकाई काठमाडौं ल्याउँदै थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी ...


पश्चिम रुकुममा बस दुर्घटना, १४ जना घाइते

रुकुम - रुकुम(पश्चिम) मुसीकोट नगरपालिका १२ पितिवाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दाङको तुलसिपुरबाट रुकुम(पश्चिम)को सल्लेतर्फ आउँदै गरेको ना ४ ख ६३२६ नम्बरको बस दुर्घटना हुँदा चालक सहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)ले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये चारजनालाई गम्भिर चोट लागेको छ । चार मध्य दुई जनालाई नेपालगञ्ज रेफर गरिएको छ भने दुई जनालाई पनि रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

रेफर हुनेमा दाङ तुलसिपुर उपमहानगरपालिका ३ की १७ वर्षीया सृष्टी पुन र सल्यान त्रिवेणी ...


क्यानडा लीगमा सन्दीप महंगा सावित

काठमाडौं - क्यानेडीयन ग्लोबल टी—२० क्यानडा लीग क्रिकेटमा सन्दीप लामिछानेको टिम मोन्ट्रियल टाइगर्स विन्डिज बिसँग २ विकेटले पराजित भएको छ ।

शनिबार राति भएको खेलमा मोन्ट्रियलले दिएको १८४ रनको लक्ष्य पछ्याएको विन्डिजले १९.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । विन्डजका लागि निकोलस पुरानले ५८ र ब्रान्डन किङले ५६ रन बनाए ।

बलिङतर्फ मोन्ट्रियलका लासिथ मालिंगा र पिटर सिडलले समान २–२ विकेट लिए । मोन्ट्रियलका लागि ४ ओभर बलिङ गरेका नेपालका सन्दीप लामिछाने ५७ रन दिएर एक विकेट लिए । टोलीका लागि उनी महंगा सावित भए ।

यसअघि ...


यस्तो छ चाबहिल–बौद्ध सडक हविगत !

काठमाडौँ - चावहिल–बौद्ध–जोरपाटी–साँखु र जोरपाटी–सुन्दरीजल मूल सडकको दुरवस्थाविरुद्ध राजनीतिक दलका नेतासहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध मानिस सडकमा ओर्लिएका छन् ।

नागरिक दवाव अभियानको नेतृत्वमा शुरु भएको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै स्थानीयवासीले वर्षौंअघिदेखि सडक जीर्ण भई लाखौँ प्रयोगकर्ताले दुःख पाउँदा समेत सरोकार निकाय मूकदर्शक बनेको आरोप लगाए ।

जोरपाटी चोकमा आज भएको विरोधसभालाई सम्बोधन गर्दै अभियानका संयोजक दीपकसिंह भण्डारीले चाबहिल–बौद्ध–जोरपाटी–साँखु र जोरपाटी–सुन्दरीजल सडकखण्ड कालमार्गमा परिणत भएको आरोप लगाउँदै सडक बनाउन कसैले अग्रसरता नदेखाएकाले नागरिकस्तरबाटै दवाव अभियान थालिएको प्रष्ट पारे।

अभियानका सहसंयोजक कुमारराज सुवेदीले एक्काइसौँ शताब्दीमा महानगरवासी नारकीय जीवन बिताउन ...


११ बुँदे माग राख्दै पाँच जना वडाध्यक्ष अनशनमा

गौशाला - महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पाँच वडाध्यक्ष ११ बुँदे माग राख्दै आजदेखि नगरपालिकाविरुद्ध रिले अनशनमा बसेका हुन् ।

नगरपालिकामा भइरहेको अनियमितता, गैरकानूनी कार्य र भ्रष्टाचारको विरोधमा प्रमुख रामशंकर मिश्र र इञ्जिनीयर माधवेन्द्र चौधरीलाई लक्ष्य गर्दै नगरपालिका वडा नं २ का वडाध्यक्ष वरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह र १० का विकाउ दास नगरपालिका कार्यालय परिसरमै आज अपराह्न १२ः१५ बजेदेखि रिले अनशनमा बसेका छन् ।

नगरपालिकाका प्रमुख रामशंकर मिश्रले पनि आजै पत्रकार सम्मेलन गरी आफूले नियमसंगत सबै कामकाज गर्दै ...


अब जमीन बाँझो राख्नेलाई जरिवाना लगाइने

दाङ- तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाका भित्र आगामी साउन महिनादेखि कुनै पनि जमीन बाँझो राख्न नपाइने नीति ल्याएको छ ।

उक्त उपमहानगरपालिकाका उपप्रमुख मायाँ आचार्यले वर्षमा एक बाली पनि खेती नगर्ने, फलफूल नरोप्ने वा जमीनमा कुनै पनि संरचना नबनाई बाँझो राख्नेलाई निरुत्साहित गर्न सो नीति ल्याइएको बताए ।

उनले भने, “वर्षमा एक बालीसमेत नलगाउने बाँझो जमीन राख्नेलाई अतिरिक्त मालपोत शुल्क लगाइनेछ भने एक वर्षमा लगातार तीन बाली उत्पादन गर्ने कृषकलाई भने करमा छुट दिइनेछ ।”

उपमहानगरपालिकाको सो नीति ल्याएपछि आफू निकै खुशी भएको वडा नं ६ रजौराकी सुशीला भट्टराईले ...


छाडा चौपायाका कारण सडकमा दुर्घटना बढ्यो

ललितपुर - चक्रपथ निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीले सञ्चालन गरिरहेको अलकत्रा फ्याक्ट्रीमा परी तीनवटा चौपाया घाइते भएपछि छाडा पशुको व्यवस्थापनको विषय उठेको छ। छाडा चौपायाका कारण दुर्घटना बढेपछि कान्जि हाउस (छाडापशु व्यवस्थापन गर्ने घर) बनाउनु पर्ने माग उठेको छ।

ललितपुर महानगरपालिका-४ बागडोल मलपोखरीमा अलकत्रा फ्याक्ट्रीमा परी गम्भीर घाइते भएका तीनवटा बाच्छाको उपचार गरिरहेको ‘स्नेहा केयर’ का कार्यकारी निर्देशक कपिलमणि काफ्लेले चिनियाँ कम्पनीले निश्चित क्षतिपूर्ति दिन तयार भएपनि क्षतिपूर्ति लिन आफू सहमत नभएको अन्नपूर्णलाई बताए।

उनले भने ‘क्षतिपूर्ति लिएर यस्ता मुद्दा मिलाउँदा यस्ता घटना बारम्बार दोहोरिन सक्छन्।’

चिनियाँ कम्पनीमाथि ...


के छ ईपीजी समूहले तयार गरेको प्रतिवेदनमा ?

काठमाडौं - नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को अन्तिम बैठकले शनिबार साझा प्रतिवेदन तयार गरी आफ्नो कार्य सम्पन्न भएको जनाएको छ। ईपीजीको शुक्रबारदेखि काठमाडौंमा बसेको नवौं बैठकमा साझा प्रतिवेदन तयार पारिएको हो।

नेपाल भारतबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धिका साथै दुई देशबीचका अन्य असमान सन्धि सम्झौता समीक्षा गर्ने, अद्यावधिक गर्ने, आवश्यकताअनुसार संशोधन गर्ने र प्रतिस्थापन गर्नेसम्मको सुझाव दिन कार्यादेश दिई दुई वर्षअघि ईपीजी गठन गरिएको थियो।

‘बैठक सफलतापूर्वक सम्पन्न भएको छ,’ ईपीजीमा नेपालतर्फका सदस्य डा. राजन भट्टराईले भने, ‘हामीले साझा प्रतिवेदन तयार पारेका छौं, अब दुवै ...


सुनमा धातु मिसावट गर्ने १२ जना व्यवसायी पक्राउ

गुलरिया - बर्दियामा सुनमा धातु मिसावट गरेको भन्दै १२ जना व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दिया अन्र्तगतको अनुगमन समितिले संकलन गरेको सुनको नमूना परीक्षणका क्रममा सुनमा धातु मिसावट गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

बर्दियाका विभिन्न क्षेत्रको नमूना परिक्षण गर्दा ८ प्रतिशत सम्म अन्य धातु मिसावट भएको पाइएकाले व्यवसायीलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए । उनले भने ‘कालोबजारी तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन २०३२ अन्र्तगत पक्राउ गरी हामीले कारवाही प्रक्रिया अघि बढाएका हौं ।’

प्रहरीले बाँसगढी नगरपालिकाबाट ...


प्रचण्ड स्वदेश फर्कदै

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कने भएका छन् ।

झण्डै २ हप्तादेखि जिवन संगिनी सिता दाहालको उपचारका लागी सिंगापुर रहेका प्रचण्ड आइतबार विहान ९ बजे शिल्क एयरबाट काठमाडौंमा उत्रने छन् ।

‘जिवनभर साथ दिएकी जिवन संगिनीको उपचार आँफै बसेर गराउने’ बताएका प्रचण्डले सिता दाहालको १ हप्ता लामो वाटर थेरापी गराएका थिए ।

सचिवालयका अनुसार सिताको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

...

अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसी पक्राउ

काठमाडौं - आमरण अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले शनिबार दिउँसो डा. केसीलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका राख्दै डा. केसीले १५ असारदेखि आमरण अनसन बस्ने बताएका थिए । कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न भन्दै उनी जुम्ला पुगेका थिए ।

तर, स्थानीय प्रशासनले शुक्रबार मात्र प्रतिष्ठान र असपासका २०० मिटर लाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

डा. केसीले भने प्रतिष्ठानमै अनसन बस्न खोजेपछि ...


माइतिघरमा प्रदर्शन गर्ने विवेकशीलका उज्वल थापासहित ९ जना पक्राउ

काठमाडौं - सरकारद्वारा निषेधित माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने विवेकशील साझा पार्टीका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पार्टीका एक संयोजक उज्ववल थापासहित नियन्त्रणमा लिएर हिरासतमा राखिएको संयोजक रवीन्द्र मिश्रले जानकारी दिएका छन् ।

मिश्रले फेसबुकमा लेखेका छन्‘ बिनाकारण शान्तिपूर्णरुपमा विरोध गर्न पाउने अधिकार कुन्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत हो,’ ।

शनिबार दिउँसो माइतीघर मण्डलामा सो पार्टीले निषेधित क्षेत्रको घोषणा अवज्ञा गरेको थियो । पार्टीका नेता(कार्यकर्ताले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

सरकारले विरोध प्रदर्शनका लागि ७ वटा ...


नागढुंगाबाट तिन किलो सुनसहित दुई जना पक्राउ

काठमाडौँ - महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११:३० बजे चेकजाँचका क्रममा भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको हो ।

परिसरका प्रमुख विश्वराज पोखरेलले मारुती ८०० लेखेको गाडीको एयर फिल्टरबाट ल्याउँदै गरेको अवस्थामा उक्त सुन बरामद गरेको जानकारी दिए । सुन कहाँबाट कसरी आयो भन्ने बारेमा अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

...

ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना

काठमाडौं - ग्राण्डी अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ ।

विरामी लिएर आउने हेलिकोप्टर ल्याण्ड गर्न अस्पतालको छतमा हेलिप्याड बनाइएको छ । तर, शनिबार अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ ।

हेलिप्याडको छेउमा अवतरण गर्दा हेलिकोप्टर पल्टिएको हो । घटनाबारे थप विवरण अाउन बाँकी छ ।

...

त्रिभुवन विश्वविद्यालयको परीक्षा शुल्क घट्यो, ल क्याम्पसमा पढ्न सबै विद्यार्थीलाई खुला

काठमाडौं - त्रिभुवन विश्विद्यालयले देशव्यापी रुपमा बढाएको परीक्षा शुल्क घटाएको छ । विद्यार्थी संगठनहरुको दबावमा त्रिविले एक हजार शुल्क घटाएको हो ।

यसअघि स्नातकोत्तर पहिलो सेमेस्टरबाट लागू हुने गरी २ हजार ५०० रुपैयाँ शुल्क कायम गरिएको थियो । त्यसअघि एक हजार रुपैयाँ मात्र शुल्क थियो ।

आन्दोलनरत विद्यार्थी संगठनका पदाधिकारी र त्रिवि पदाधिकारीबीच शुक्रबार भएको वार्तामा शुल्क घटाउने सहमति भएको हो । ‘वृद्धि भएको शुल्क घटाउन हामी सफल भएका छौं,’ अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘अब त्रिविले १ हजार पाँच सय रुपैयाँ परीक्षा शुल्क लिने सहमति ...


मेलबर्नमा नेपाल-अस्ट्रेलिया बिजनेस फोरम सुरु

मेलबर्न - नेपाल-अस्ट्रेलिया विजनेस फोरम-२०१८ अस्ट्रेलियाको मेलबर्नमा सुरु भएको छ । नेपाली दूतावास क्यानबेरा र नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालय भिक्टोरियाको संयुक्त आयोजनामा नेपाली र अस्ट्रेलियाको समुदायमा यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल र अस्ट्रेलियाबीचको व्यापार, नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवसर, अस्ट्रेलियामा आयात गर्न सकिने वस्तुहरुको पहिचान लगायतका विषयमा छलफल हुनेछ ।

कार्यक्रममा नेपालबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, भिक्टोरियाका अर्थमन्त्री रविन स्कट, पररास्ट्र सम्बन्ध हर्ने डिफ्याटकी निर्देश फियोना म्यकग्रा, नेपाली मूलका अस्ट्रेलियाली सफल व्यवसायी एवं परोपकारी ब्यक्तित्व शेष घले, एनआरएनए आईसीसी अध्यक्ष भवन ...


जुम्ला पुगेर डा. केसीले थाले अनशन

काठमाडौँ - आजबाट डा. गाेविन्द केसीले १५ अाैं अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा तत्काल जारी गर्न माग गर्दै डा. केसी अनशन बस्न लागेका हुन् ।

यसपटक डा. केसीकाे अनशन स्थल जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेकाे छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले भने उनलार्इ अनशन बस्न रोक लगाएको छ । शुक्रबारबाट नै अनशन सुरू गर्ने तयारीमा रहेका उनी बाटोमा समस्या भएका कारण शनिबारका लागि मिति सारेका हुन् ।

चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म विपरित ल्याउन लागेकाे भन्दै त्यसो गर्न नदिन ...


शनिबारदेखि सोमबारसम्म भारी वर्षा हुने, यी ठाउँ बाढीको लागि खतरा !

काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि सोमबारसम्म देशका केही भागमा भारी वर्षा हुने भएकाले सचेत रहन आग्रह गरेको छ । महाशाखाले विशेष बुलेटिन निकालेर शनिबारदेखि सोमबारसम्म देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने बताएको हो ।

काठमाडौंसहित मध्यभागमा भने हल्कादेखि मध्यम खालको मात्र वर्षा हुने महाशाखाको अनुमान छ। आइतबार बागमती र रिउखोला, पश्चिमतर्फका सबै नदीहरु राप्ती, बबई, मोहना, मछेलीलगायतका नदीमा पानीको बहाब सतर्कता तह आसपास पुग्ने भएकाले सचेत हुनसमेत आग्रह गरेको छ ।

महाशाखाले मनसुन सुरु भएदेखि ...


विदेशी जेलमा रहेका नेपालीको कानुनी लडाइँ अब सरकारले लड्ने

काठमाडौं - रोजगारीको लागि विदेश गएका नेपालीहरु कुनै समस्यामा परेमा कानुनी लडाइँ सरकारले नै लडिदिने निर्देशिका बिहीबारको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाको अनुसार ‘कानुनी प्रतिरक्षा निर्देशिका’ मन्त्रिपरिषद बैठकबाट पारित भएको हो ।

यो निर्देशिकालाई १० दिनभित्रै कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ । श्रम तथा रोजगार मन्त्री विष्टले भने, ‘जुन जुन देशमा नेपाली कामदारहरु कानुनी झमेलामा परेका छन्, उनीहरुको विवरण अध्यावधिक गर्छौं र १० दिनभित्रै निर्देशिका कार्यान्वयनमा ल्याउँछौं ।’

कामको खोजीमा विदेश गएका नेपालीहरु बिभिन्न अभियोगमा जेलमा परेका भनेअनुसार काम ...


संसदमा बजेटबारे अर्थमन्त्रीको यस्तो जवाफ

काठमाडौँ - अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको प्रभावकारी कार्यान्वयका लागि तालिका बनाई अघि बढ्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट कार्यान्वयनका साझेदारहरू प्रदेश र स्थानीय तह पनि भएकाले उनीहरुको पनि क्षमता बढाउँदै केन्द्रले परिपूरकको भूमिका निर्वाह गर्ने बताए ।

राजश्वबाट प्रशस्त साधन र स्रोत तलका तहमा पठाइएको र सोही आधारमा योजना पनि हस्तान्तरण गरिएको जानकारी गराउँदै उनले बजेटमा पहिलोपटक आठ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ भने।

बजेटले ज्येष्ठ ...


संघीयतालाई कमजोर पार्ने षड्यन्त्र छ, प्रतिरोध हुन्छ : गगन थापा

काठमाडौं - संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल सम्बन्धी प्रतिनिधि सभा बैठकमा बोल्ने सांसदहरुले बजेटका कारण संघीयतामाथि नै गम्भिर प्रश्न उठाएउदै तत्काल बजेट सच्चाउन सुझाव दिएका छन् ।

प्रतिपक्षका संसदले सत्तापक्ष र सरकारलाई संविधान र संघीयताविरोधीको विल्ला भिराए भने प्रतिपक्षकै कतिपय सांसदले पनि बजेट विनियोजन विबेकसम्मत नभएको भन्दै मन्त्रीहरुको आलोचना गरे ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा नेकपाका सांसद खगराज अधिकारीले ‘देशभर निर्माणाधिन अवस्थामा रहेका चालु आर्थिक बर्ष २०७५ ७६ सम्म सरकारको छनौटका खानेपानी, सडक, ढल, पुलेसा, सिंचाई र अन्य आयोजनाहरु सम्पन्न गरी तत् तत् प्रदेश र स्थानीय ...


माइतीघर मण्डलमा विरोध प्रदर्शन गर्न रोक, तोकियो ६ स्थान !

काठमाडौं - सरकारले साउन १ गते देखि माइतीघर मण्डलमा विरोध प्रदर्शनको लागी रोक लगाएको छ । तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन तथा सभा गर्न नपाइने गरी ललितपुरमा ५ ठाउँ र भक्तपुरमा एक ठाउँमात्रै तोकिएको हो ।

ललिपुरमा च्यासलको खेलमैदान, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको ससमुचौर, धोविघाट नजिकैको मलपोखरीको खुला ठाउँलाई प्रदर्शन र सभास्थल तोकिएको छ ।

त्यसैगरी भक्तपुरमा प्रदर्शन र सभाका लागि सल्लाघारीको नेपाल ट्रष्टको खाली जग्गा तोकिएको छ । साउन १ देखि यो निर्णय कार्यान्वयन हुने र तोकिएको ठाउँबाहेक अन्य ...


काठमाडौँ आइपुग्यो निगमको पहिलो 'वाइड वडी' जहाज

काठमाडौं - राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमको पहिलो वाइड वडी जहाज काठमाडौ आइपुगेको छ ।
यूरोपेली जहाज निर्माता कम्पनी एयरवसले निमार्ण गरेको उक्त जहाज बिहीबार बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो।

२७४ सिट क्षमताको यो जहाजलाई निगमले अन्नपूर्ण नामाकरण गरेको छ भने नेपाल नागरिक उड्यान प्राधिकरणले ९ यन – एएल वाई कल फाइन दिएको छ ।निगमका अनुसार जहाजलाई १० करोड ४८ लाख अमेरिकी डलरमा किनिएको हो । यो जहाजलाई एक महिनाभित्र नियमित व्यापारिक उडानमा प्रयोग गरिने छ । पहिलो उडान कतारको ...


ठेकेदार कारवाहीमा मन्त्री महासेठ बने तगारो

काठमाडौं - दुई मन्त्रीबीच विवादका कारण समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया रोकिएको छ ।गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच ठेकेदारलाई कसले कारबाही गर्र्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो।

गृह मन्त्रालयले काम नगर्ने ठेकेदारको विवरण मागेर कारबाही प्रक्रिया अगाडि बढाउन खोज्दा भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले काममा विलम्ब हुनुमा ठेकेदारको दोष नभई सरोकारवाला निकायले काम नगरेको भन्दै बचाउ गरेपछि गृहले कारबाही अघि बढाउन सकेको छैन।

चीन जानुअघि भौतिक योजनामन्त्री महासेठले निर्माण व्यवसायी महासंघका पदाधिकारीसँगको भेटमा व्यवसायीको दोष ...


हनुमानढोकाको गद्दी बैठक उद्घाटन

काठमाडौँ -प्रधानमन्त्री केपी ओली र कार्यवाहक अमेरिकी राजदूत पिटर मालनाकले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित जीर्णोद्धार कार्य सम्पन्न भएका गद्दी बैठक र थप चार स्मारकको बुधबार उद्घाटन
गरेका छन् ।

मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा पुरातत्व विभागसँगको साझेदारीमा ०७२ को भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक गद्दी बैठकको भूकम्पीय प्रबलीकरण तथा पूर्ण जीर्णोद्धार भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । जीर्णोद्धारका लागि भूकम्पप्रतिरोधी विधिमा दक्षता भएका इन्जिनियरले सांस्कृतिक सम्पदा संरक्षण तथा जीर्णोद्धारसम्बन्धी अनुभवप्राप्‍त आर्किटेक्टसँग सहकार्य गरेका थिए । उनीहरूले संयुक्त रूपमा गद्दी बैठक भवनको जीर्णोद्धारको डिजाइन तथा निरीक्षण गरेका थिए ।

उक्त भवनको वास्तुशील्प ...


छात्रवृत्तिमा पढेका डाक्टरले अब दुर्गममा पाँच वर्ष सेवा गर्नुपर्ने

काठमाडौँ - सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकले दुर्गममा गर्नुपर्ने सेवा अवधि पाँच वर्ष तोकेको छ । दुर्गमका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक अभाव हुँदा पनि सरकारी कोटामा पढेका डाक्टरले समेत सेवामा खटिन नमानेपछि सरकारले कडा कार्यविधि बनाएको हो ।

यसअघि सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई दुर्गममा दुईवर्षे सेवा अवधि तोकिए पनि कार्यान्वयन भएको थिएन । स्वास्थ्य मन्त्रालयले दुर्गममा आवश्यकताअनुसार चिकित्सक खटाउन ‘छात्रवृत्ति व्यवस्थापन तथा परिचालनकार्यविधि २०७५’ बनाएर सेवा अवधि तोकेको हो । छात्रवृत्तिमा अध्ययन गरेबापत सरकारले खटाएको ठाउँमा गएर सेवा गर्ने प्रतिबद्धता जनाए पनि अध्ययन सकिएपछि नमानेका कारण कार्यविधि नै ...


कहाँ पुग्यो पुर्व-पश्चिम रेल ?

काठमाडौँ - रसुवागढी हुँदै काठमाडौं आउने रेलमार्गको लम्बाइ ७५ किलोमिटर मात्रै हो जसको लगानी तीन खर्ब नाघ्ने प्रारम्भिक अनुमान छ । तर, समृद्धिको मेरुदण्ड त्यही रेलमार्गलाई मानिएको छ ।

उत्तरी रेलको लगानी प्रतिकिमि करिब चार अर्ब हुने चिनियाँ टोलीकै प्रारम्भिक अनुमान छ । पूर्व–पश्चिम रेलको लगानी भने प्रतिकिमि ५० करोड छ । हजार किलोमिटर कुद्ने रेलको डिपिआर र निर्माणसमेत भइरहेको छ ।

१६० किमि प्रतिघन्टाका दरले कुद्ने पूर्व–पश्चिम रेल चढेर बुटवलको मान्छेले नेपालगन्जमा र विराटनगरको मान्छेले वीरगन्जमा जागिर खान सक्छन् । सात घन्टामा पूर्व–पश्चिम गर्न सकिन्छ । ...


सुन तस्करी प्रकरण : राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुल्यो

काठमाडाैं - साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका वीरगन्जका व्यापारी राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको छ । दारुका आफैँले अहिलेसम्म ६ क्विन्टल सुन तस्करी गरेको स्वीकार गरेका हुन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिसँग दारुकाले तस्करी स्विकार्दै बयान दिएका हुन् । नेपाली बजारमा अहिलेको भाउअनुसार ६ क्विन्टल सुनको मूल्य २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ पर्छ ।

समितिले उनलाई मंगलबार दरबारमार्गस्थित होटेल अन्नपूर्णबाट पक्राउ गरेको थियो । समितिका सदस्य एसएसपी वसन्त लामाका अनुसार उनले ...


धादिङको बस्तीमाथि मध्यरातमा पहिरो, ३ जनाको मृत्यु २ बेपत्ता, ५ घर बगे

धादिङ - धादिङको उत्तरी भेगमा पर्ने खनियाँबास र नेत्रावती डपजोङ गाउँपालिकामा पहिराेले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । दुवै घटनामा ५ जना घाइते छन् । घाइतेहरुको उद्धारका लागि हेलिकप्टर बोलाएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए ।

बुधबार राति नेत्रावती डपजोङ–५ मार्पाकमा पहिरोले पाँच घर बगाएको छ । मृत्यु हुनेमा खनियाँबास गाउँपालिका–५ का गोलेकी ३२ वर्षीय बुहारी वसुदा गुरुङ्ग, ८ वर्षीय नातिनी लक्ष्मी र ५ वर्षीय सरस्वती गुरुङ्गको सनाखत भएको छ ।

घाइते विकासको स्थानीय नेत्रावती हेल्थ केयर सेन्टरमा ...


जर्मनीको इतिहासकै खराब प्रदर्शन : विश्वकप विजेता पहिलो चरणबाटै घर फर्कियो

मस्को - विश्व विजेता जर्मनी रुस विश्वकपको पहिलो चरणबाटै बाहिरिएको छ। बुधबार भएको समूह चरणको अन्तिम खेलमा साविक विजेता जर्मनी दक्षिण कोरियाँसग २–० ले पराजित भएको हो। यो जर्मनीको इतिहासकै खराब प्रदर्शन हो। यसअघि जर्मनी सन् १९३८ मा विश्वकपको पहिलो चरणबाटै बाहिरिएको थियो।

विश्व विजेता टोली पहिलो चरणबाटै बाहिरिएको इतिहास भने लगातार तेस्रो पटक दोहोरिएको छ। यसअघि सन् २०१० मा इटाली, सन् २०१४ मा स्पेन पहिलो चरणबाटै बाहिरिएका थिए। जर्मनी २०१४ को विश्व विजेता हो। रुस विश्वकपमा खराब सुरुवात गरेको जर्मनी पहिलो चरणबाटै बाहिरिएपछि विश्व विजेता ...


रसिया विश्वकपमा बुधवार ८ टिमको महाभिडन्त, के होला जर्मन र ब्राजिलको भविष्य ?

काठमाडौ - रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा आज पनि समूह ई र एफ का अन्तिम चरणका चार खेलमा महाभिडन्त हुँदैछ । समूह एफ मा मेक्सिको, जर्मनी र स्विडेन अर्को चरणमा उक्लिने कसरतमा छन् भने समुह ई मा पौने १२ बजे ब्राजिल र सर्विया तथा स्विट्जरल्यान्ड र कोष्टारिका भिड्नेछन् ।

आज बेलुकी पौने ८ बजे हुने खेलमा जर्मनी र दक्षिण कोरिया तथा मेक्सिको र स्विडेन आमने सामने हुनेछन् । दुई खेलबाट ६ अंक जोडेको मेक्सिकोलाई स्विडेन विरुद्धको खेल बराबरी गरे पुग्नेछ । उता ३ अंक जोडेको स्विडेनलाई ...


वैदेशिक रोजगारीमा बीस दिनभित्र अनलाइन प्रणाली : मन्त्रि बिष्ट

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आगामी २० दिनभित्र सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सीपमूलक संस्थामा अनलाइन प्रणाली लागू गरिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नका जवाफ दिँदै मन्त्री विष्टले वैदेशिक रोजगारीमा भएका ठगी र विकृति नियन्त्रण गर्न उक्त प्रणाली प्रभावकारी हुने बताएको हो ।

वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन आवश्यक कानूनी सुधारको प्रक्रिया अन्तिम चरणमा पु¥याइएको जानकारी दिँदै ...


सुन्धाराको कारागारमा क्षमता भन्दा दोब्बर कैदी

काठमाडौँ - सुन्धारास्थित कारागार कार्यालय, जगन्नाथ देवलको क्षमताभन्दा बढी कैदी रहेको पाइएको छ ।

महान्यायाधिवक्ताको कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले गरेको अनुगमनमा उक्त कारागारमा क्षमताभन्दा बढी कैदी रहेको पाइएको हो ।

कारागारका प्रमुख गणेशप्रसाद भट्टराईले भौतिक संरचनाको अभावमा कारागारमा रहेका बन्दीलाई सुविधा दिन नसकिएको बताए । उनले प्रहरी अनुसन्धान र न्याय दिन ढिलो हुने गरेकाले बन्दीलाई समस्या भएको बताए ।

विसं १९७१ मा स्थापना भएको उक्त कारागारको क्षमता एक हजार २५० भए पनि अहिले कारागारमा करीब दुई हजार ७५० कैदी र थुनुवा रहेको कारागारका प्रमुख गणेशप्रसाद ...


प्रेस काउन्सिलका पदाधिकारीलाई ज्यान मार्ने धम्की दिने दुई पक्राउ

काठमाडौं - सामाजिक सन्जालमार्फत प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ परेका छन्

महानगरीय अपराध महाशाखाले इलाम घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षका विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका ३६ वर्षका विष्णु ढकाललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सीधा कुरा जनतासँगको विषयमा परेको उजुरीको छानबिनको घटनालाई आधार बनाई नेपाल प्रेस काउन्सिलका पदाधिकारीलाई सामाजिक सञ्जालमा आपत्तिजनक, अमर्यादित शब्दहरु प्रयोग गरी पोस्ट र कमेन्ट गरेको पाइएको छ ।

उनीहरुले काउन्सिलका पदाधिकारीहरुको व्यक्तिगत जीवन तथा मान प्रतिष्ठासमेतमा आघात पुर्‍याउने ...


विद्यालय जान निस्केका प्रधानाध्यपक दाहाल बेपत्ता

ताप्लेजुङ - जिल्ला शिक्षक संगठन ताप्लेजुङका सचिब मदनकुमार दाहाल २४ घण्टा देखि वेपत्ता भएका छन् । आठराई त्रिवेणी गाउँपालिका २ मा रहेको गुप्तेश्वर माध्यमिक विद्यालय फुलबारीका प्रधानाध्यपक समेत रहेका ४७ वर्षीय दाहाल २४ घण्टादेखि वेपत्ता भएको बताइएको छ ।

जिल्ला सदरमुकाम स्थित फुङलिङ नगरपालिका ६ निजी निवासबाट मंगलबार विहान विद्यालय जान निस्केका दाहाल सोही दिन बेलुका राति ७.३० बजे सम्म पनि कसैको सम्पर्कमा नआएपछि खोजी गरिएको थियो । दाहालका परिवार काठमाण्डौ बस्दै आएका छन् । परिवार कसैसँग पनि फोन स्वीचअफ भइ सम्पर्क नभएपछि साँझदेखि खोजिकार्य गरिएको ...


प्रधानमन्त्रीको भेटघाट : सांसदसंग पेरिसडांडामा, कार्यकतासंग धुम्बाराईमा

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले साप्ताहिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद र पाक्षिक रुपमा नेकपाका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् ।

साप्ताहिक रुपमा हरेक शुक्रबार उनले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म सांसदसँग भेटघाट गर्ने उहाँका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले क्रमशः सातवटै प्रदेशबाट प्रतिनिधित्व गरेका सांसदलाई भेट गर्ने व्यवस्था मिलाइएको उनले बताए । नेकपाका संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले प्रत्येक महिनाको पहिलो दिन र १५ गते कार्यकतासँग ...


बसले  कार र मोटरसाइकललाई ठक्कर दिंदा चार जनाको मृत्यु

तनहुँ - पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँवुखैरेनी गाउँपालिका-१ को बरादीमा बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ ।

पर्वत कुस्माकी तीन वर्षीय ममता लामिछाने र ३५ वर्षीय कमल लामिछाने, आँबुखैरेनी ४ का नुनबहादुर खवास र मोटरसाइकल चालक २६ वर्षीय दिलबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोही दुर्घटनामा परी घाइते हुने पाँच जनाको दमौली र पोखराका अस्पतालमा उपचार भइरहेको छ । आँवुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१ख ३०७३ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको वा१७च १८१४ नंको कार र ग५प ...


नारायणगढ मुग्लिन सडकमा फेरी पहिरो, सडक अबरुद्ध

चितवन - नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उहाँले थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा पन्छाउन सकिने बताए । सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो ।

बेलुका ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुले हैरानी बेहोरेका थिए । आजबिहान पुनः पहिरो खसेपछि यात्रु रोकिएका ...


चीन भ्रमणबारे संसदमा प्रधानमन्त्रीको जवाफ : 'छिमेकीविरुद्व कुनै कार्ड खेलिन्न'

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण सफल भएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले यही असार ५ गतेदेखि १० गतेसम्म आफूले गरेको ६ दिने औपचारिक चीन भ्रमणका बारेमा जानकारी दिँदैसरकारको प्रमुख कार्यसूचीका रुपमा रहेको आर्थिक समृद्धिलाई अगाडि बढाउन चीन सरकारसँग महत्वपूर्ण कुराकानी भएको बताएका हुन ।

नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको उनको भनाइ थियो । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङ, समकक्षी लि खछ्याङ, ...


लागू औषध ओसारपसार र प्रयोग निर्मुल पार्छौं : गृहमन्त्री

काठमाडौं - गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले लागू औषधरहित समाज निर्माणमा सरकार प्रतिवद्ध रहेको बताए बताएका छन् ।

मंगलबार लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुनको अवसरमा गृह मन्त्रालय राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोजना गरेको छ।

‘स्वास्थ, सवल र समृद्ध नेपालको प्रतिवद्धताः लागू औषध अपराध विरुद्धको ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन ।

देशको मेरुदण्डको रुपमा रहेका युवा कुलतमा फस्नु दुभाग्यपूर्ण रहेको बताउँदै गृहमन्त्री थापाले युवाहरुलाई उत्पादन मुलक क्षेत्रमा आफ्नो समय खर्चिन आग्रह गरे।

लागू पदार्थको सञ्चिति, ...


लगानी बोर्ड खारेज गर्न माग

काठमाडौं - सरकारसँग नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड नेपाल खारेज गर्नुपर्ने माग राखेका छन् ।

सुवालले मंगलबारको संसद बैठकमा विदेशीलाई श्रम र मुनाफा दिने नियतका साथ काम गरिरहेको लगानी बोर्ड नेपालका लागि उपयुक्त नदेखिएकाले तत्काल खारेज गर्न माग गरेका हुन् ।

सांसद सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सार्वजनिक निर्माण तथा अनुगमनको काममा पूर्णतः असफल भएको दावी गरे।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भ्रष्टाचार अन्त्य गरेर मुलुकमा सुशासन बहाल गर्न नसकेको गम्भीर आरोपसमेत लगाए ।

सांसद सुवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ...


साढे ३३ किलो सुन तस्करी प्रकरण : वीरगञ्जका  व्यवसायी पक्राउ

काठमाडौं - साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिन गरिरहेको विशेष अनुसन्धान समितिले वीरगञ्जका एक व्यवसायीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्जका व्यवसायी राजु द्धावरका छन् । प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंको होटल अन्नपूर्णमा छोराको विवाह स्थलबाटै पक्राउ गरिएको थियो ।

यसअघि पक्राउ परेका हुन्डी कारोबारीहरुले उनको नाम लिएपछि द्धावर पक्राउ परेको स्रोतको भनाइ छ । उनले तस्करीको सुन भारतमा लगेर विक्री गर्ने गरेको समितिको आशंका छ ।

...

देशभर मनुसुन सक्रिय

काठमाडौं - देशभर मनुसुन सक्रिय हुन थालेको छ । अब देशका धेरैजसो ठाउँमा वर्षा सुरु हुने मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय हुने क्रममा रहेकाले गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ ।

सिमरा, पोखरा, गोरखा, भैरहवा, काठमाडौं लगायत ठाउँमा जमिन भिज्ने गरी पानी परेको मौसमविद्ले बताएका छन् । मौसमवि सुवास रिमालका अनुसार आज देशभर मौसम बदली भएको छ । भोलि पनि मौसम यस्तै रहने अनुमान गरिएको मौसमविद् रिमालले बताए ।

यो वर्ष मनुसुन समयमा नै सुरु भए पनि पश्चिमी वायूको प्रभावका कारण सक्रिय हुन समय लागेको ...


पोर्चुगल र स्पेन नकआउट चरणमा प्रवेश, इरान घर फर्कियो

काठमाडौ - रसियामा जारी विश्वकप २०१८ अन्तरगत पोर्चुगल र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् भने एशियाली मुलुक इरानी टिम घर फर्किएको छ । स्पेन समुह विजेता बन्दै अकआउट चरणमा प्रवेश गरेको छ भने पोर्चुगल उपविजेता बनेको छ । पोर्चुगल इरानसँग १–१ गोलको बराबरी खेल्यो भने स्पेन मोरोकोुँग २–२ गोलको बराबरी खेल्यो । पोर्चुगलका कप्तान रोनाल्डोले इरानविरुद्ध पाएको पेनाल्टी मिस गरे पछि खेल बराबरीमा सकिएको थियो। फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरण अन्तिम खेलको ५३औं मिनेटमा पाएको पेनाल्टी रोनाल्डोले मिस गर्दै टिमको अग्रता दोब्बर पार्ने ...


यातायातमा क्षेत्रमा भद्रगोल : 'सिन्डिकेट गयो अराजकता आयो'
उपचार खर्च नपाउँदा अस्पतालले मृतक यात्रुको लास उठाउन दिएन

 

घटना १ : १८ दिनअघि चितवनको भरतपुरमा धर्मराज नेपाल टिपर दुर्घटनामा घाइते भए । दुई टिपर जुध्दा चालक धर्मराज घाइते भएका थिए । उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याइयो । उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भयो । तर, अस्पताल प्रशासनले उनको शव परिवारलाई दिएको छैन । कारण हो, उपचारमा लागेको खर्च बुझाउन नसक्नु । ‘अस्पतालमा तीन लाखजति बुझायौँ । अझै १७ लाख तिर्नु छ, कहाँबाट ल्याउनु ?’ मृतकका भाइ (काकाका छोरा) कृष्णप्रसाद नेपालले दुखेसो पोखे, ‘दाइ मरे भनेर रुनु कि लास छुटाउन पैसाका लागि भौँतारिनु ? पैसा नतिरी अस्पताल लाससमेत दिन ...


डिडिसि सहित २९ उद्योगबाट उत्पादित दुधमा कोलिफर्म

काठमाडौँ - प्रशोधित दूधको प्याकेट (पाउच)मा मानव स्वास्थ्यका लागि हानिकारक कोलिफर्म जीवाणु भेटिएको छ । उपभोक्ताले स्वास्थ्यका लागि उपभोग गर्ने दूधमा नै हानिकारक जीवाणु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणले देखाएको छ । विभागले २७ जेठमा राजधानीका विभिन्न डेरी उद्योगले उत्पादन गरेको प्याकेट दूधको नमुना संकलन गरी परीक्षण गरेको थियो । विभागले परीक्षण गरेको ३६ दूधको प्याकेटमध्ये ३३ मा कोलिफर्म भेटिएको विभागको रिपोर्टमा उल्लेख छ ।

दूधमा कोलिफर्म भेटिएपछि सम्बन्धित उद्योगलाई आवश्यक कारबाही प्रक्रिया सुरु भएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव योगेन्द्र कार्कीले जानकारी दिए । गर्मी ...


अब पुरुष पनि नर्स बन्न सक्ने

काठमाडौं - नर्स भन्नासाथ धेरैले सम्झन्छन्, यो महिलाको पेशा हो । यस्तो सम्झनु स्वाभाविक पनि छ, किनभने सबैजसो अस्पतालमा नर्सहरू महिला नै हुन्छन् ।

संसारभरि महिला नर्सकै संख्या अधिक छ । तर विदेशमा थोरै संख्यामा भए पनि पुरुषले नर्सिङ विषय पढेर बिरामीको सेवा गरिरहेका छन् । नेपालमा पनि केही समयदेखि प्रश्न उठ्न थालेको थियो– नर्स बनेर सेवा गर्न पुरुषले किन नपाउने ? के नर्स भनेको महिलाको मात्रै पेशा हो र ?

होइन, अब नेपालमा पनि पुरुषहरूको नर्स बन्ने धोको पूरा हुने भएको छ । पुरुषले पनि नर्सिङ ...


न्यायालयमा वैदेशिक सहयोग लिन नहुने निस्कर्षमा सर्वोच्च

काठमाडौं - वैदेशिक संस्थाहरुबाट आउने आर्थिक सहयोग लिन नहुने निष्कर्षमा सर्वोच्च अदालत पुगेको छ । सर्वोच्चद्वारा गठित उच्चस्तरीय छानबिन समितिले आईएनजीओ, एनजीओ र वैदेशिक संस्थाहरुबाट सर्वोच्चमा हुने आर्थिक सहयोग उपलब्धिमूलक नरहेको भन्दै अब त्यस्ता सहयोग लिन नहुने सुझाएको हो ।

न्यायपालिकामा आईएनजीओ र एनजीओको प्रभाव बढेको भन्दै आलोचना भइरहेका बेला सर्वोच्चले सहयोग स्वीकार गर्न हुने वा नहुने विषयमा निक्र्योलमा पुग्न छानबिन समिति गठन गरेको थियो । सर्वोच्चको फुलकोर्टले गत जेठ ९ गते न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । लामो समयदेखिको ...


एसइई परिक्षामा छात्र बढी पास

काठमाडौँ - माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा छात्रभन्दा छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा तुलनात्मकरुपमा छात्र बढी देखिएका छन् ।

परीक्षामा नियमिततर्फ कूल चार लाख ५१ हजार ५३२ विद्यार्थीमध्ये दुई लाख २७ हजार ९३१ जना छात्रा र दुई लाख २३ हजार ६०१ जना छात्र रहेकामा ग्रेड पोइन्ट एभरेज (जिपिए) ३ दशमलव ६५ देखि ४ दशमलव शून्यसम्म ल्याउने छात्राको प्रतिशत २ दशमलव ७ मात्र देखिएको छ भने सोही जिपिएमा छात्रको प्रतिशत ६ दशमलव ६ देखिएको छ । जिपिए २ भन्दा तल धेरै छात्रा देखिएका छन् ...


भेरी अस्पताललाई थप प्रविधियुक्त बनाइन्छ : मन्त्री यादव

नेपालगञ्ज - उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई ५, ६ नं र कर्णाली प्रदेशको नागरिकको आवश्यकताका आधारका विस्तार गरिने बताएका छन् ।

सो अस्पतालले आजदेखि प्रारम्भ गरेको डेक्सा स्क्यान तथा बोन हेल्थ ओस्टेकोप्रोसिस क्लिनिकको उद्घाटन गर्दै उनले भेरी अञ्चल अस्पतालको सेवालाई थप प्रविधियुक्त र प्रभावकारी बनाउन मन्त्रालयले प्रक्रिया अघि बढाएको बताए ।

“नेपालगञ्जमा एउटा ठूलो सुविधासम्पन्न अस्पताल आवश्यक रहेको बुझेर नै केन्द्रीय सरकारले आवश्यक प्रक्रिया अघि बढाएको हो”, उनको भनाइ थियो ।

त्यस अवसरमा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले यो अस्पतालको ...


गर्मीले तराइको जनजीवन प्रभावित

धनगढी - लगातार बढ्दै गएको गर्मीका कारण कैलाली कञ्चनपुरको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । बढ्दै गएको गर्मी र सुक्खा मौसमका कारण बालबालिका, वृद्धवृद्धा र मजदूर वर्गमा थप समस्या भएको छ ।

गर्मी बढेसँगै श्वासप्रश्वासको समस्या, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता बिरामीको चाप स्वास्थ्य संस्थामा बढेको स्वास्थ्यकर्मीले बताएका छन् । गर्मी बढ्दै जाँदा सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन् ।

गर्मी बढ्दै जाँदा कतिपय व्यक्ति गर्मी छल्नकै लागि कैलालीको चिसो मौसम रहने चुरेपहाडको बूढीतोला र खानीडाँडासम्म पुग्न थालेका छन् ।

वर्षा नभएको र गर्मी बढ्दै जाँदा आकाशको ...


यी हुन् चिनियाँ ऋणमा चुर्लुम्म डुबेका ८ देश, श्रीलङ्काले बन्दरगाह गुमायो

एजेन्सी - चिनियाँ सरकारी बैंकहरूले आफ्नो देशका नागरिकहरूलाई भन्दा बाह्य मुलुकलाई बढी ऋण दिइरहेका छन् । सरकारी बैंकहरूको यो कदमलाई चीनको सोचविचारपूर्ण रणनीतिको एउटा हिस्साका रूपमा हेरिँदैछ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘वान बेल्ट वान रोड’ परियोजना अन्तर्गत कैयौँ देशमा पूर्वाधार विकासका लागि सम्झौता गरेका छन् । हुन त कतिपयले ती सम्झौताहरूलाई एकपक्षीय भनिरहेका छन् ।

चीनले कैयौँ देशमा पूर्वाधार विकासको क्षेत्रमा काम गरिरहेको छ र त्यसमा बेइजिङले ठूलो मात्रामा लगानी गरेको छ । वाल स्ट्रीट जर्नलको रिपोर्ट अनुसार सन् २०१६ मा पहिलो पटक चीनका ठूला चारमध्ये ...


१२ यात्रु सवार मिनी ट्रक दुर्घटना हुँदा अागो लाग्यो

काभ्रे - मिनी ट्रक काभ्रेको बनेपा-५ रबिओपीमा दुर्घटना भएर आगो लागेको छ । सोमबार करिब १२ जना यात्रु सवार देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए ।

सो मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको छ ।

...

मलेसियामा नेपाली कामदार चढेको बस दुर्घटना

मलेसिया - पेनाङस्थित पया टेर्‍वोङमा नेपाली कामदार बोकेको बस दुर्घटना भएको छ । ६० जना यात्रु रहेको बसमा सोमबार बिहान स्थानीय समयनुसार साढे ५ बजे प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जाने क्रममा दुर्घटना हुदाँ ३६ जना नेपाली कामदार घाइते भएका छन् ।

घटना लगत्तै मलेसियाको उद्धार टोली आएर अस्पताल लगेको थियो । प्रत्यक्षदर्शी झापाका सागर उप्रेतीका अनुसार अधिका‌ंशको टाउको, हात र खु्ट्टामा चोट लागेको छ । केही गम्भीर घाइते छन् भने केहि सामान्य घाइते रहेका छन् । उनले तरकारी किन्न जाँदा घाईते नेपालीहरु सडक छेउमा ...


नेपालबाट उठ्ने फुटबल सट्टेबाजको रकम दाउदको खल्तीमा


काठमाडौं - नेपाल र बेलायतबाट सट्टेबाजको धन्दा चलाउने गिरोहका प्रमुख अमृत भनिने नथमल अग्रवाल (नागराज) अन्तर्राष्ट्रिय अन्डरवल्र्ड डन दाउद इब्राइमको नेपाल प्रतिनिधि भएको खुलेको छ। नागराजलाई गैरकानुनी बाजी सट्टेबाजको धन्दा चलाएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार राति पक्राउ गरेपछि उनी दाउदका प्रतिनिधि भएको स्पष्ट भएको दाबी प्रहरी अधिकारीहरूको छ। अग्रवाल दाउदले सञ्चालन गर्ने अवैध धन्दा सट्टेबाजको नेपाल प्रतिनिधि भएको प्रहरीले जानकारी दियो।

विश्वकप फुटबल चलिरहेका बेला नागराजका नाममा दुई करोड ४० लाख रुपैयाँ सट्टेबाजमा ठगी गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा उनी काठमाडौं ...


पूर्वपदाधिकारीलाई कानुन बनाएरै सुविधा दिने सरकारको चलखेल

काठमाडौँ - सरकारले पूर्वपदाधिकारीका रूपमा राष्ट्रपतिदेखि सभामुखसम्मलाई राज्यबाट नियमित सुविधा उपलब्ध गराउने गरी विधेयक ल्याउने तयारी गरेको छ । गृह मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा कानुन र अर्थ मन्त्रालयले सहमति दिइसकेका छन् । मस्यौदा मन्त्रिपरिषद्मा लैजाने तयारी भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले पूर्वपदाधिकारीका रूपमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री/मन्त्रिपरिषद्का अध्यक्ष, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख/संविधानसभा अध्यक्ष/राष्ट्रिय सभा अध्यक्ष भई निवृत्त भएका व्यक्तिलाई सुविधा दिने ऐन ल्याउन लागेको हो ।

केही पूर्वपदाधिकारीहरूले पहुँचका आधारमा सुविधा लिएर आलोचित बन्न थालेपछि सरकारले ऐन ल्याउन लागेको हो । यसअघि पनि पटक–पटक ऐनको मस्यौदा भए पनि पूर्वपदाधिकारीहरूलाई सेतो ...


एसइई नतिजामा गम्भीर भूल : पहिलो र दोस्रो दिन एउटै बिद्यार्थीको फरकफरक नतिजा

विद्यार्थीको ग्रेडिङ : शनिबार एउटा, आइतबार अर्कै
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले शनिबार प्रकाशित गरेको नजितामा आइतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ । पनिकाले तोकेका वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिबार प्राप्त गरेको जिपिए आइतबार बढेको हो ।

जिपिए बढेपछि विद्यार्थी, अभिभावक रशिक्षक अन्योलमा परेका छन् । कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए ग्रेड मात्रै देखायो । विषयगत रूपमा ए प्लस आउनुपर्नेमा ए मात्र आउनाले समग्र जिपिए घटेको थियो ।

मोक्षदा स्कुलकी ...


द्वन्द्वकालीन मुद्दामा मेलमिलापमुखी कानुन ल्याउने तयारी

काठमाडौं - सरकारले द्वन्द्वकालीन मुद्दामा मेलमिलापमुखी आसयसहितको नयाँ कानुन ल्याउने तयारी गरेको छ। बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा पीडित र पीडकबीच मेलमिलाप गराउने उद्देश्यसहितको व्यवस्था गरिएको हो।

विधेयकमा भएको व्यवस्थाले पीडितलाई भन्दा पीडक र अपराधीलाई सुविधा दिने हो कि भन्ने सरोकारवालाहरूले आशंका व्यक्त गरेका छन्।

‘मस्यौदाको नयाँ व्यवस्थाले पीडितलाई न्याय दिनेभन्दा पनि घुमाईफिराई माथिल्लो पहुँचमा हुनेलाई बचाउने रणनीति राखेको देखिन्छ। अपराधीलाई कैदमा पनि हदैसम्मको सुविधा दिन खोजिएको छ,’ द्वन्द्वकालमा राज्यबाट पीडित रहेका बर्दियाका भागीराम चौधरीले भने, ‘अन्तर्राष्ट्रिय ...


दार्चुला: भारतमा खसेको पहिरोले नेपालमा त्रास

खलङ्गा - पाँच वर्षअघि बाढीले क्षतिग्रस्त दार्चुला सदरमुकाम खलंगाका बासिन्दा असार लागेसँगै त्रसित बनेका छन् । यतिवेला भने भारतमा खसेको पहिरोले त्रसित बनाएको छ ।

महाकालीको पूर्वी किनारमा तटबन्ध निर्माण गरिएको भए पनि भारतको खोतिल क्षेत्रमा गएको सुक्खा पहिरोका कारण त्रास रहेको स्थानीय बासिन्दा बताउँछन् । असार लागेसँगै ढुक्कसँग निदाउन नसक्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । ‘पानी पर्न थाल्यो कि राति उठेर महाकालीतिर हेर्नैपर्छ,’ महाकाली नगरपालिका–४ का मदनसिंह धामीले भने ।

०७० मा आएको बाढीले खलंंगालाई तहसनहस पारेको थियो । त्यसपछि निर्माण थालिएको तटबन्धनको ८० प्रतिशत काम सकिएको जनाएको छ । जसमा ...


प्रधानमन्त्री ओलीद्धारा नेपाल–चीन मैत्रीपूर्ण दौडको उद्घाटन

बेइजिङ - नेपाल–चीन मैत्रीपूर्ण दौडको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । विहिबार बेइजिङ स्पोर्ट युनिर्भसिटीमा भएको दौडको उद्घाटन कार्यक्रममा नेपालका सबै मन्त्रीहरु सहभागी थिए ।

चीनका खेलकुद राज्य मन्त्री गाओ जिदानको उपस्थितीमा भएको दौडको उद्घाटन पेस्तोल पड्काएर गरिएको थियो । दौडमा नेपाल चीनका झण्डै ५० विद्यार्थी सहभागी थिए । प्रथम, द्धितीय र तृतीय चीनका विद्यार्थी नै भए । दौड ३ किलोमिटर दूरीमा भएको थियो ।

...

उपभोक्ता ठगेर कमाउ धन्दा गर्ने ७ व्यापारी पक्राउ

काठमाडौँ - बजार अनुगमनका क्रममा पसलमा मूल्यसूची नराख्ने र उपभोग्य मिति सकिएका खाद्यान्न बिक्री गर्ने सातजना व्यापारीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार पक्राउ गरेको छ । पक्राउ परेका व्यापारीलाई काठमाडौं र ललितपुर प्रहरीको जिम्मा लगाइएको छ ।

उनीहरूलाई बुधबार थुनामा राख्ने र बिहीबार दिउँसो आवश्यक अनुसन्धान सुरु गर्ने विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । ‘पक्राउ परेका सबैलाई प्रहरीको जिम्मा लगाएका छौँ, बिहीबार आवश्यक कागजात झिकाएर थप अनुसन्धान गर्नेर्छौं’ उनले भने । पक्राउ परेकामध्ये चारजना थोक बिक्रेता, एक खुद्रा विक्रेता, एक डिपार्टमेन्ट स्टोरका कर्मचारी र एकजना सुपर मार्टका ...


काठमाडौंसम्म रेल पुर्‍याउन चीन सहमत, लगानीको टुंगो आज

उत्तरी रेल काठमाडौं पुर्‍याउने विषयमा चीन र नेपाल सैद्धान्तिक रूपमा सहमत भएका छन् । तर, लगानी कसको हुने भन्ने विषयमा टुंगो आज मात्र लाग्नेछ । चीन भ्रमणको दोस्रो दिन बुधबार प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटमा रेलको विषयमा पनि संवाद भएको थियो । तर, लगानी कसको भन्ने विषयमा टुंगो लागेको छैन ।

रेल काठमाडौं पुर्‍याउन चीन सहमत छ । प्रधानमन्त्री ओलीसँगको भेटमा राष्ट्रपति सीले भने, ‘बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत चिनियाँ रेल तिब्बतको सिगात्सेसम्म पुगिसकेको छ । काठडमाडौं टाढा छैन, के गर्नुपर्छ, छलफल गर्न ...


अवैध धन लुकाउनेमा खेलाडीदेखि राजनीतिज्ञसम्म, हेर्नुहोस को-को छन् ?

काठमाडौं - खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह (आइसिआइजे) ले पनामा पेपर्स–२ बुधबार राति सार्वजनिक गरेको छ ।

विश्वका चर्चित व्यक्ति र तिनका कम्पनीहरूले आफ्नो अवैध सम्पत्ति लुकाउन र कर छली गर्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भनेर पनामा पेपर्स खुलासा भएको दुई वर्षपछि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट (आइसिआइजे) ले बुधबार राति अर्को खुलासा गरेको छ । २०७३ वैशाख २७ गते आइसिआइजेले पहिलोपल्ट पनामा पेपर्स सार्वजनिक गरेको थियो ।

मोसेक फोन्सेका नामको बिचौलिया ल फर्मबाट आइसिआइजेले पाएको विवरणअनुसार चर्चित फुटबल खेलाडी लियोनेल मेस्सी, अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो ...


चिनियाँ कम्पनीले सिमेन्ट फ्याक्ट्रीमा १४ अर्ब ४० करोड लगानी गर्ने

काठमाडौँ - दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिनका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरे ।

सो परियोजनामा हुवासिनले रु १४ अर्ब ४० करोड लगानी गर्नेछ । सो परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्नेछ । धादिङमा रहेको चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उद्योग स्थापना गर्ने सम्बन्धमा यसअघि नै बोर्ड र प्रवद्र्धक ...


राष्ट्रपति भण्डारीको निम्तो स्वीकार गर्दै सीले भने - 'उपयुक्त समयमा नेपाल आउनेछु'

बेइजिङ - छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरी नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् ।

बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गरेको निमन्त्रणापत्र हस्तान्तरण गरेको हो ।

राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सी ले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै भेटवार्ता भएको थियो । यस्तै प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता ४५ मिनेट ...


प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

बेइजिङ - प्रधानमन्त्री केपी शर्मा ओलीसंग बुधबार दिउँसो भएको भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्नका लागि चीन सधै साथमा रहने बताएका छन् ।

ग्रेट हल अफ दी पिपुलमा भएको दुई देशको प्रतिनिधि मण्डलसहितको बार्तामा राष्ट्रपति सीले नेपालले एक चीन नीति अख्तियार गरिहरेकोमा र नेपाली भूमिबाट कुनैपनि चीन विरोधी गतिविधि हुन नदिएकोमा आभार प्रकट गरे।

बार्ता करीब ५५ मिनेट भएको थियो भने यसैबीच प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच एकल बार्ता पनि भएको थियो। बार्तामा दुई पक्षीय हित र सहयोग अदानप्रदानका ...


उपत्यकाका ७४ प्रतिशत जारको पानीमा दिसामा पाइने जीवाणु

काठमाडौं - सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो ।

नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तका अनुसार ५० ब्रान्डका जारको पानीको नमुना परीक्षण गरिएको थियो। त्यसक्रममा कोलिफर्मसँगै इकोलाई पनि फेला परेको हो।

राष्ट्रिय खानेपानी मापदण्डअनुसार खानेपानीमा इकोलाई र कोलिफर्म शून्य हुनुपर्छ। नाष्टका अनुसार इकोलाईले हैजा हुन्छ। केही कोलिफर्म हानिकारक नभए पनि मापदण्डमा शून्य हुनुपर्ने भएकाले त्यसको प्रमाणीकरण गर्नतिर नलागिएको उनले जानकारी ...


खोलामा डुबेर बालिकाको मृत्यु

राजविराज - सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित सुन्दरी खोलामा डुबेर मंगलबार साँझ एक बालिकाको मृत्यु भएको छ ।

स्थानीय छ वर्षीया स्मृति विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ती बालिका कसरी डुबिन् भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

...

खानेपानी संस्थानमा २५ करोड घोटाला : निर्देशक माथी छानविन सुरु

काठमाडौं - खानेपानी पाईप खरिद प्रक्रियामा घोटाला भएको विषयमा खानेपानी मन्त्रालयले नेपाल खानेपानी संस्थानका निर्देशक भुपेन्द्र प्रसादमाथि छानबीन शुरु गरेको छ ।

गर्त वर्ष खानेपानी संस्थानका लागि पाइप खरिदा गर्दा २५ करोड घोटाला गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।

पाइप खरिद गर्दा किरण वैद्यको एक्जिम नेपाल र भाइराजा नकर्मीको फर्मसँग मिल्ने क्राइटेरिया बनाई २५, २५ करोड रुपैयाँको टेण्डर पारेको भन्दै अख्तियारमा उजुरी परेको थियो । दुबै टेण्डरलाई नियतवश १०, १० दिनको फरकमा निकालिएको र सार्वजनिक खरिद ऐन अन्तर्गत ग्लोबल टेण्डर नगरी उल्लिखित ...


पाकिस्तानी सेनाध्यक्ष नेपालमा : राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री र प्रधानसेनापतिसँग भेटवार्ता

काठमाडौँ - नेपाल भ्रमणमा रहेका पाकिस्तानी सुरक्षा फौज प्रमुखहरूका अध्यक्ष (प्रमुख सेनाध्यक्ष) जुबेइर मोहम्मद हायातले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गरेका छन् । सोमबार काठमाडौं आएका उनले मंगलबारै प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जंगी अड्डामा द्विपक्षीय वार्तासमेत गरेका छन् ।

प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएका कारण उनीसँग सेनाध्यक्ष हायातको भेट भएन । पाँच दिनका लागि आएका सेनाध्यक्ष हायात बुधबार पोखरा भ्रमणमा जान लागेका छन् । बुधबार पोखरा गएर बिहीबार काठमाडौं फर्किने र मौसमले साथ दिए उनलाई माउन्टेन फ्लाइटमा लैजाने सेनाको तयारी ...


बलात्कार आरोपी वडा सदस्यद्वारा आत्मसमर्पण

तनहुँ - बलात्कारका आरोपी तनहुँको घिरिङ गाउँपालिका–४ का वडा सदस्य शक्ति थापाले मंगलवार प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । गत ५ जेठमा अपाङ्गता भएकी एक महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेपछि थापा फरार थिए । थापाविरुद्ध महिलाले लिखित जाहेरी दिएकी थिइन् । महिलाको जाहेरीपछि प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरेको थियो । फरार रहेको एक महिनापछि थापाले आत्मसमर्पण गरेका हुन् ।

थापाले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले पुष्टि गरे । ‘उनी आफैँ जिल्ला प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेका ...


धादिङ मालपोतका पुरै कर्मचारी बिरुद्ध भ्रष्टाचार मुद्दा, कार्यालय सुनसान

काठमाडौं - मिलिभगतमा सामुदायिक वनको एक सय २५ रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगसहित जिल्ला मालपोत कार्यालय धादिङका तत्कालीन अधिकृत-कर्मचारीसहित ७१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ। भ्रष्टाचारमा एउटै मालपोत कार्यालयका १० अधिकृतसहित ३० जना कर्मचारी मुछिएका छन्।

अख्तियारले तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी ओमकुमार बस्नेत र सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीको समेत अनियमिततामा गठजोड रहेको दाबी गरेको छ। एउटै व्यक्तिबाट पाँच करोड ४० लाख रुपैयाँदेखि २२ हजार रुपैयाँसम्म भ्रष्टाचार भएको अख्तियारको दाबी छ। कब्जामा लिएको सार्वजनिक जग्गा फिर्ता गरी उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ ...


ओली-सी भेटवार्ता आज

बेइजिङ - चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गर्दैछन्। भेटवार्तामा दुई पक्षीय हितका विभिन्न विषयमा छलफल हुने बताइएको छ। बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसपटकको भ्रमण पहिलो प्रधानमन्त्रीकालमा चीनसँग भएका सहमति÷सम्झौताहरूको कार्यान्वयन अघि बढाउनेतर्फ केन्द्रित हुने छ।’

६ दिने औपचारिक भ्रमणका लागि मंगलबार साँझ ५ बजे चीनको राजधानी बेइजिङ आइपुगेका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुई र चीनस्थित नेपाली राजदूत लीलामणि पौडेलले बेइजिङस्थित क्यापिटल अन्र्तराष्ट्रिय विमानस्थलमा स्वागत ...


डा. उपेन्द्र देवकोटाको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं - दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दिएका छन् ।

उनको विद्युतीय प्रणालीबाट शवदाह गरिएको छ । देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्या पशुपति आर्यघाट पनि पुगेको थियो ।

डा. देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उनका विद्यालय तहका सहपाठी डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए ।

...

ज्वाइँ विदेश गएको माैकामा बाबुद्वारा छोरी बलात्कृत, ७ महिनाको गर्भ

बर्दिया - बढैयाताल—८ मा एक बाबुले छोरीलाई बलात्कार गरेकाे अभियोगमा पक्राउ परेका छन् । ६३ वर्षीय बाबुले १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

माईत आएकी छोरीलाई गत वर्ष कार्तिकदेखि उनले पटक पटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक गणेश सिंह महताले श्रीमान् विदेश गएको मौका छोपी माईत बसेकी छोरीलाई बाबुले जवरजस्ती करणी गर्दे आएका थिए ।

थाइराइडकी बिरामी छोरीलाई बलात्कार गरेपछि सात महिनाको गर्भ रहेको प्रनि महताले बताए । श्रीमान् विदेशबाट फर्केपछि बाबुविरुद्ध छोरीले जबरजस्ती ...


कार्यवाहक प्रमुखको जिम्मेवारी पाए यी तीन नेताले
नेकपाको कार्यवाहक अध्यक्षमा माधव नेपाल

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानु अघि तीन नेतालाई फरक-फरक मोर्चाको कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर गएका छन् । अर्का अध्यक्ष प्रचण्ड पनि पत्नी सीता दाहालको उपचारका सिलसिलामा सिंगापुरमा रहेकाले ओली हिँड्दा तीन नेताले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

नेकपाका महासचिव विष्णु पौडेलका अनुसार नेकपाको कार्यवाहक अध्यक्ष बरिष्ठ नेता माधवकुमार नेपाल बनेका छन् ।

ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा रहेका उपप्रधानमन्त्री पोखरेल यसअघि ओली भारत भ्रमणमा जाँदा पनि कार्यवाहक प्रधानमन्त्री थिए ।

महासचिव पौडेलका अनुसार ...


 प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका छन् ।

चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । साथै ऊर्जा, जलस्रोत र पुनर्निर्माणका विषयहरुमा दुई देशबीच सम्झौता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार अपराहृन चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा ११९ सदस्य छन् ।

...

यस्तो छ प्रधानमन्त्रीको ६ दिने चीन डायरी

काठमाडौँ - प्रधानमन्त्री केपी ओली ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार बेइजिङ जाँदै छन् । चीनका प्रधानमन्त्री ली खछियाङको निमन्त्रणामा उनी निजी क्षेत्रको हिमालयन एयरलाइन्सको उडान नम्बर ‘हिमालयन ००१’ बाट बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्दै छन् ।

निजी खर्चमा जाने व्यवसायी र पत्रकारसमेत गरी एक सय १९ सदस्यीय टोली ओलीसँगै चीन जाँदै छ । प्रधानमन्त्रीलाई पु-याएर हिमालयन एयरलाइन्स फर्किनेछ, प्रधानमन्त्री चिनियाँ विमानबाट ल्हासा हुँदै स्वदेश फर्कनेछन् ।

मंगलबार चिनियाँ समयअनुसार सवा ५ बजे प्रधानमन्त्री ओली बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । त्यहाँबाट हिल्टन ग्रुपको डबल ट्री होटेल पुग्नेछन्, जहाँ नेपाली ...


बेलायतको नक्कली पासपोर्टमा नेपाल छिर्ने ५ पाकिस्तानी पक्राउ

काठमाडौं - बेलायतको नक्कली राहदानीमा काठमाडौं छिरेका पाँच जना पाकिस्तानी नागरिक र एक एजेन्ट पक्राउ परेका छन् । त्रिवि अध्यामगन कार्यालयबाट बेलायतको नक्कली राहदानीमा नेपालको भिसा लिएर काठमाडौँ छिरेका उनीहरूसँग पाकिस्तानको समेत राहदानी भएको गोप्य सूचना पाएपछि प्रहरीको सहयोगमा त्रिवि अध्यागमन कार्यालयका कर्मचारीले ठमेलको एक होटलबाट आइतबार राति पक्राउ गरेका हुन् ।

पक्राउ परेका ६ जना पाकिस्तानी अहिले अध्यामगन विभागको हिरासतमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले प्रहरीको सहयोगमा ठमेलबाट चार र विमानस्थलबाट १ जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेका हुन् । अध्यागमन कार्यालयले बेलायतको ...


रहेनन् डा. उपेन्द्र देवकोटा, को हुन् उनी ?


काठमाडौं - प्रख्यात न्युरो सर्जन प्राध्यापक डा. उपेन्द्रप्रसाद देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको आफैले स्थापना गरेको बाँसवारीस्थित न्युरो अस्पताल (नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एप्लाइड साइन्स) को सघन उपचार कक्षमा सोमबार साँझ पाँच बजेर पैंतिस मिनेटमा निधन भएको हो ।

गत वैशाख १५ गते बेलायतमा उपचार गर्दागर्दै रोग निको नहुने थाहा पाएपछि उनी स्वदेशमै देह त्याग गर्ने इच्छाअनुसार नेपाल फर्केका थिए ।

पुख्र्यौली घर गोरखा पुगेर फर्किएको नौ दिनपछि डा. देवकोटाको निधन भएको हो ।२०१० साल पुस ४ ...


प्रधानमन्त्री आज चीन जाँदै, यस्ता छन् एजेन्डा !

काठमाडौं - प्रधानमन्त्री केपी ओली ६ दिने भ्रमणका लागि आज चीनको राजधानी बेइजिङ प्रस्थान गर्दै छन् । चिनियाँ समकक्षी ली खछियाङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली चीन प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा दुई पक्षीय सहयोग, सहकार्य र संयुक्त लगानीका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

आफ्नो चीन भ्रमणबारे सोमबार दुवै सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भ्रमण क्रममा चिनियाँ राष्ट्रपति सी चिङफिङ, प्रधानमन्त्री ली खछियाङलगायत चीनका उच्चस्तरीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए । ओलीले चिनियाँ जनकांग्रेसका अध्यक्षसँग पनि भेट्ने कार्यक्रम छ ।

भ्रमणका ...


अन्ततः हामीलाई छाडेर बिदा भए डा. उपेन्द्र देवकोटा, अलविदा डा. साब !

काठमाडौं - वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो। डा. देवकोटाका आफन्त काँशिराज घिमिरेले डा. देवकोटाको निधन भएको बताए।

बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो। त्यस पछि उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गरिएको थियो। पछिल्लो समय रोगले च्याप्दै लगेपछि देवकोटाको अधिकांश अंगले काम गर्न छोडिसकेको थियो।

नेपाल फर्किएदेखि नै देवकोटाको उपचारमा विभिन्न अस्पतालका विशेषज्ञहरु संलग्न थिए। ...


राष्ट्रियसभामा कुन महिला सांसदको कार्यकाल कति ?

काठमाडौँ - राष्ट्रियसभा महिला सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट सदस्यहरु बिना पोखरेल, प्रमिला कुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई र इन्दु कडरियालाई छ वर्षको पदावधि मिलेको छ ।

त्यस्तै, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली र तारादेवी भट्टको पदावधि चार वर्ष कायम भएको छ ।

यसैगरी सदस्यहरु सरिता प्रसार्इं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ र कमलाकुमारी ओलीको गोलाप्रथा छनोट प्रणालीबाट दुई वर्ष पदाधिकारी कायम भएको छ ...


चीन उड्नु अघि ओलीलेले बोलाए पुर्वप्रधानमन्त्रीको भेला, कसले के सुझाव दिए ?

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताएका छन् । चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उनले भने, ‘तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।’

पूर्वप्रधानमन्त्रीहरुसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गरेका थिए ।
परराष्ट्र मन्त्री ज्ञवालीसँगको भेटमा उनले भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा प्रवेश गर्ने र चीन– भारतबीचको बढ्दो समझदारीबाट नेपालले थप अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे।

भ्रमणका अवसरमा ...


नेपाल प्रहरीका ५० जना डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौं - प्रहरी प्रधान कार्यालयले ५० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा भएको सोमबार सूचना जारी गरेको हो ।

हेर्नुस् सूची

https://drive.google.com/file/d/1O8_0CIH1_om0HMqPzI10QmuHlqVTZmfi/view

...

नेपाल प्रहरीका १ हजार सईको सरुवा (सुचिसहित)

काठमाडौं - प्रहरी प्रधान कार्यालयले एक हजार १ सय १ जना प्रहरी नायब निरीक्षक (सई) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा सूची सोमबार प्रकाशित गरेको छ ।

हेर्नुहोस् सुची

https://drive.google.com/file/d/1O1gB_pYP1CIeq53HXqGh54qEw5kEnqWP/view

...

राष्ट्रियसभामा गोलाप्रथा : गृहमन्त्रीलाई ६ वर्षको चिट्ठा पर्दा अर्थमन्त्रीलाई २ वर्षको, अरु कसलाई कति ?

काठमाडौँ - राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा आज टुङ्गो लगाएको हो ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोला प्रथाबाट छ वर्षको कार्यकाल प्राप्त गर्नेमा रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरी छन् ।

त्यस्तै बिना पोखरेल, प्रमिलाकुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई, इन्दु कडरिया, नरपति लोहार, सिंहबहादुर विश्वकर्मा, प्रकाश पन्थ, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेलको पनि पदावधि ...


आज संसदमा प्रधानमन्त्रीले चीन भ्रमणबारे जानकारी गराउने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्दै आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउँदैछन् ।

स्रोतका अनुसार ओली मंगलबार जम्बो प्रतिनिधिमण्डलसहित चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदैछन् । भ्रमण टोलीमा एक सयभन्दा बढी सदस्य रहनेछन् ।

ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे संसदमा जानकारी गराउने छन् । चीनसँग ऊर्जा, कृषि, रेलवे लगायतका क्षेत्रमा सम्झौता गर्ने नेपालको तयारी छ ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा आइतबार पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श पनि गरेका थिए ।

...

गृह र भौतिक मन्त्रीबीच विवाद, मन्त्री महासेठ कामचोर ठेकेदारको पक्षमा उभिए

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया बढाएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन्। मन्त्री महासेठले आइतबार निर्माण व्यवसायीसमक्ष ‘कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने’ प्रतिबद्धता मात्रै जनाएनन्, पक्राउ परेमा छुटाउने आशयको अभिव्यक्तिसमेत दिएका छन्। यसरी ‘कामचोर ठेकेदार’ लाई कारबाही गर्ने विषयमा गृह र तालुक मन्त्रालयको कमान्ड समालेका दुई मन्त्रीबीच मतभेद देखिएको छ।

काम नगर्ने ठेकेदारलाई पक्राउ गर्ने गृहको चेतावनीविपरीत गई तालुक मन्त्रालयका मन्त्री महासेठले व्यवसायीलाई पक्राउ पर्नबाट जोगाउने प्रतिबद्धता जनाउँदै विरोधाभासपूर्ण टिप्पणी गरेका हुन्। ‘ठेकेदारलाई पक्राउ ...


राष्ट्रिय सभाका सांसदको कार्यकालको टुंगो आज

काठमाडौँ - राष्ट्रिय सभाका ५९ सांसदको कार्यकाल आज तय हुँदै छ । १९ सांसदको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल हुने गरी गोलाप्रथा गर्न लागिएको हो । प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सांसदको कार्यकाल सकिने संवैधानिक व्यवस्था छ ।

राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने, तर एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा सकिने संवैधानिक प्रावधान छ । संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाबाट गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार सोमबार गोलाप्रथा गर्न लागिएको संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयले आइतबार पत्रकार ...


न्यायालयमा २९ थरी बिचौलिया सक्रिय

काठमाडौं - न्यायालयमा सक्रिय धेरै थरी बिचौलियामध्ये राजनीतिक बिचौलिया विगतदेखि निरन्तर हाबी देखिएका छन् । झन्डै एक दशकअघि न्यायालय र बार आफैंले गरेको अनुसन्धानमा २९ थरी बिचौलिया किटान गरिएको थियो । तर अहिले साना प्रकृतिका बिचौलिया सुषुप्त देखिए पनि ठूला बिचौलिया अझै शक्ति आर्जन गर्दै नियुक्ति प्रक्रियादेखि न्यायिक निर्णयसम्म विचलन पार्ने कार्यमा सक्रिय रहेको बताइन्छ ।

सर्वोच्च अदालतले बिचौलियासँग सतर्क हुन र निगरानीमा राख्न मुलुकभरका अदालतमा सर्कुलरसमेत गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको निर्देशनअनुरूप यस्तो सर्कुलर गरिएको हो । न्यायालयमा बिचौलिया रहेको स्वीकार गर्दै आफूले ...


पटकपटक शैक्षिक संस्था बन्द, सरकार निरीह

काठमाडौं - विद्यार्थीको पढ्न पाउने अधिकार पटकपटक हनन हुँदा पनि सरकार भने निरीह देखिएको छ । राजनीतिक स्वार्थपूर्तिका लागि विद्यालय तथा कलेज बन्द गर्ने समूहलाई कारवाही गर्न नसक्दा यस्तो प्रवृत्ति झन्झन् मौलाइरहेको हो ।

आइतबार पनि मुलुकभरिका शैक्षिक संस्थामा पढाइ ठप्प भयो । स्कुल जान निस्केका विद्यार्थीहरू बीचबाटोबाटै घर फर्कन बाध्य भए ।राजनीतिक रूपमा आफूलाई स्थापित गराउन विभिन्न बहाना बनाएर विद्यार्थी संगठनहरूले आन्दोलन गर्ने गरेका छन् । झन्डै ८० लाख विद्यार्थीलाई पढाइबाट वञ्चित गराउने गरी भएको हडतालप्रति सरकार भने बेखबर जस्तै बन्यो ।

शिक्षा, विज्ञान तथा प्रविधि ...


३९ घण्टा सुरुङभित्र : 'परिवार र आफन्तको याद आयो, भगवानलाई सम्झिएँ'

खाँदबारी - ‘एक्कासि गड्याङगुडुङ गर्दै पहाड नै सुरुङको मुखतिर झर्‍यो । हामी अँध्यारो सुरुङमा फसिसकेका थियौं । चारैतिर अँध्यारो थियो, एकअर्कालाई छाम्यौं, भाग्यवश हाम्रो शरीरमा ठूलो चोट लागेको रहेनछ’, भारत झारखण्डका ५५ वर्षीय बुधन मुण्डाले भने, ‘मुटु चिसो भयो । मनमा अब जिन्दगी यत्तिकै रहेछ भन्ने भाव मात्र आयो । परिवार र आफन्तको याद आयो । भगवानलाई पनि सम्झिएँ ।’

बुमर (सुरुङ मार्ग खन्न प्रयोग गरिने मेसिन) का अपरेटर मुण्डासहित दुई भारतीय र दुई जना नेपाली संखुवासभाको अरुण तेस्रो जलविद्युत् परियोजनाको सुरुङभित्र चारजना थुनिएका थिए । ...


आज जर्मनी र मेक्सिको भिड्दै, जर्मनीको बेगलाई रोक्ला त मेक्सिकोले ?

काठमाडौ - २०१४ को विश्व बिजेता टिम जर्मनी आज बलियो प्रतिद्धन्द्धी मेक्सिकोसँग खेल्दैछ । २०१४ मा रहेको जर्मनीको टिममा अहिले धेरै परिवर्तन रहेको हुँदा जर्मनीलाई मेक्सिकोले कडा चुनौती दिने अनुमान गरिएको छ । सन् २०१४ को विश्वकप जितेका अनुभवी खेलाडीहरु टिममा छैनन्।

यस्तै सन् २०१४ को फाइनलमा अर्जेन्टिना विरुद्ध निर्णायक गोल गरेका मारियो गोट्जेले विश्वकप टिममा स्थान बनाउन सकेनन्। जर्मनीका लागि मेक्सिको समूह चरणको सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो। त्यसैले पहिलो खेलमा जर्मनी सचेत भएर खेल्नेछ। प्रशिक्षक लोका लागि पहिलो रोजार्इको टिममा राख्ने खेलाडीबारे निर्णय गर्नु कठिन ...


हरेक गोलमा किन यसो गर्छन मेस्सी ? बाल्यकालमा ‘ग्रोथ हर्मोन’को बिरामी मेस्सीको भाग्य यसरी खुल्यो !

काठमाडौं - विश्वकै नम्बर एक फुटबलरका रुपमा ख्याती कमाएका लियोनल मेस्सीको गोल कलामा लठ्ठिने विश्वमा लाखौं छन् । उनले आफ्नो ‘जेनेरेसन’मा फुटबलमा बाजी मारेकै हुन् । तर, मेस्सीको सफलताको कथा निमर्म छ । उनको फुलबल यात्रा कतिपय मोडमा भाग्यले डोहोर्याएको देखिन्छ । बाल्यकालदेखि उनको जीवन पछ्याउँदा मेस्सी भाग्य र संघर्षको बराबरी ‘इफोर्ट’मा यहाँसम्म आइपुगेका हुन् ।

निर्मम बाल्यकाल
१९८७ मा अर्जेन्टिनाको रोसारियो शहरमा जन्मिएका मेस्सीको जीवनको सुरुवाती दिन निकै निर्मम थिए । उनी ‘ग्रोथ हर्मोन’को बिरामी थिए । यतिसम्म की उनको शारीरिक विकास नै रोकिने अवस्थामा ...


मुखमा टेप लगाएर  डा. गोविन्द केसी माइतीघर मण्डलामा


काठमाडौं - स्थानीय प्रशासनले माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगाएको विरोधमा डा. गोविन्द केसीले मुखमा टेप लगाएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

मुखमा टेप लगाएर माइतीघर चोकमा उभिएका डा. केसीले एउटा हातमा ‘नागरिक स्वतन्त्रता खोस्न दिदैनौं । निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं’ र अर्को हातमा ‘म रैती होइन, सार्वभौम नागरिक हुँ’ भन्ने प्ले कार्ड बोकेका थिए ।

आफूहरुको आन्दोलनको बलमा लोकमान सिंह कार्की, गोपाल पराजुलीहरु ढलेको तर, उनीहरु त पात्र मात्र भएको बताए । मुख्य पात्र दलका नेताहरु भएको उनको दाबी छ ।

डा. ...


गोसाइँकुण्डमा जेठमा मात्रै तीन हजार भक्तजनले स्नान गरे

रसुवा - रसुवाको गोसाइँकुण्डमा तीन हजार भक्तजनले स्नान गरेका छन् ।

चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङका अनुसार गंगादशहरा र पुरुषोत्तम महिना परेका कारण जेठमा तीन हजारको हाराहारीमा भक्तजनले गोसाइँकुण्डमा स्नान गरेका हुन् ।

समुद्री सतहदेखि १४ हजार फिटको उचाइमा अवस्थित पौराणिक एवं धार्मिक तीर्थ गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्नाले अञ्जानमा भएगरेका सबै पाप मोक्ष हुने, नयाँ जोस जाँगर बढ्ने तथा घर परिवारमा सुख शान्ति मिल्ने धार्मिक विश्वस रहेको पुरोहित टंकप्रसाद ढकालले बताए।

सो समयमा यस वर्ष काठमाडौं भक्तपुर, ललितपुर, झापा, पाँचथर, कास्की, धादिङ, चितवन, मकवानपुर, धनुषा, बारा, पर्सा ...


मुस्लिम समुदायमा 'इद'को रौनक, यस्तो छ बिश्वास !

काठमाडौं - मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशिर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । अरबि पात्रोअनुसार दसौं महिनाको पहिलो दिन मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउने गर्दछन् । खुसीपूर्वक आफुले सकेको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले पनि मीठो मसिनो खाने गर्दछन् । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे ...


विश्वकपमा आज चार खेल, आजका खेलमा चम्किन सक्ने यस्ता छन् खेलाडी !

एजेन्सी - विश्वकप फुटबलमा नेपाली समयानुसार आज बेलुका ५:४५ मा समूह 'सी' का फ्रान्स र अष्ट्रेलिया भिड्दैछन् । त्यस्तै, ६:४५ मा समूह 'डि' का अर्जेन्टिना र आइसल्याण्ड भिड्दैछन् । त्यस्तै, राति ९:४५ मा समूह 'सी' कै पेरु र डेनमार्क भिड्दैछन् । त्यस्तै, राति १२:४५ बजे हुने खेलमा समूह 'डि' का क्रोएसिया र नाइजेरिया भिड्दैछन् ।

लियोनल मेसी अर्जेन्टिना, स्ट्राइकर

विश्वकपमा पहिलोपटक सहभागी भएको आइसल्यान्डमाथि अर्जेन्टिनी कप्तान लियोनल मेसी भारी पर्न सक्छन् । वर्तमान समयकै उत्कृष्ट खेलाडी मेसीले नवप्रवेशी वा अनुभवहीन खेलाडीविरुद्ध जादुमयी खेल देखाउन सक्छन् ।

उनले यो ...


बेतलबी बिदा बस्ने कर्मचारीमाथि यस्तो लगाम

काठमाडौं - बेतलबी बिदा लिएर विदेश जाने तर फर्केर कार्यालयमा हाजिर गर्न नआउने कर्मचारीलाई सरकारले लगाम लगाउने भएको छ। यसैगरी आफूखुसी अध्ययन बिदामा विदेश जाने कर्मचारीलाई पनि सरकारले लगाम लगाउने भएको छ।

सरकारले बेतलबी बिदा बसेका कर्मचारी बिदा अबधि सकिएपछि अनिवार्यरूपमा कार्यालयमा हाजिर हुन आउनुपर्ने प्रावधान राख्दै संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा तयार गरेको छ। मस्यौदामा कर्मचारीहरू आफूखुसी अध्ययन भ्रमणका नाममा विदेश जान नपाउने प्रावधान राखिएको छ।

सरकारले बेतलबी बिदा बसेका कर्मचारी बिदा अबधि सकिएपछि अनिवार्यरूपमा कार्यालयमा हाजिर हुन आउनुपर्ने प्रावधान राख्दै संघीय निजामती सेवा ...


आइतबारदेखि मेलम्चीको पाइप परीक्षण सुरु

काठमाडौं - मेलम्ची खानेपानी आयोजनाका लागि काठमाडौं उपत्यकाभित्र बिछ्याइएका पाइपको परीक्षण सुरु गरिने भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले सुन्दरीजलबाट थप चार करोड लिटर राजधानी ल्याउने र सुरुवातमा मेलम्चीका लागि बिछ्याइएका पाइपको आइतबारदेखि परीक्षण गर्ने भएको हो।

निर्देशनालयले हालसम्म ७० किलोमिटर थोक वितरणका लागि पाइप बिछ्याएको छ भने खुद्रा वितरणका लागि सात सय २० किलोमिटर बिछ्याइसकेको छ। काठमाडौं र ललितपुरका विभिन्न स्थानमा झन्डै ५५ किलोमिटर पाइप बिछ्याउन बाँकी छ। यसअघि सन् २०११ मै नमुना परियोजनाअन्तर्गत निर्देशनालयले नयाँ बानेश्वर, रातोपुल र कुसुन्तीमा करिब एक सय किलोमिटर पाइप ...


नेपालको १० बिघाभन्दा बढी जमिन भारतीय कब्जामा

बिर्तामोड - झापाको कचनकवल गाउँपालिका–४ स्थित पोक्लावाङको १० बिघाभन्दा बढी जमिन भारतीयले कब्जा गरेका छन्। स्थानीय रुपनी नदी धार परिवर्तन गरी उत्तरतर्फ सर्दा दक्षिणतर्फको नेपाली भूभाग भारतीयले कब्जा गर्ने गरेको स्थानीय मोहनप्रसाद राजवंशीले बताएका छन्।

‘रुपनी नदी पूर्व–पश्चिम भएर बगेको छ, धार परिवर्तन गरेर सरेको प्रस्ट सबैलाई थाहा हुन्छ’, उनले भने, ‘नदी नै सीमा हो भन्दै नेपालको १० बिघाभन्दा बढी जमिन वर्षौंदेखि भारतीयले भोगचलन गरिरहेका छन्।’

हरेक वर्ष नदी कटान गरी उत्तरतिर सर्ने गरेको र दक्षिणतिरको जमिन भारतीयले नै भोगचलन गर्दै आएको स्थानीयले बताएका छन्। नदीको धारभन्दा ...


पानीधारामा माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

चितवन - पृथ्वी राजमार्गअन्र्तगत चितवनको चुम्लिङटारमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् ।

काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई पानीधारा भन्ने स्थानमा आज बिहान ठक्कर दिँदा दुर्घटना भएको हो ।

चितवन प्रहरीका अनुसार, ३ जनाको दुर्घटनामा मृत्यु भए पनि सनाखत हुन सकेको छैन ।

घाइतेहरुको उद्धार गरेर उपचारका लागि भरतपुर ल्याइएको छ । घाइतेमध्ये ट्रकका चालक हेटौंडा उपमहानगरपालिका बासामाडीका सुरेश बलको मात्रै परिचय खुलेको छ ...


तातोपानी नाका आगामी वर्ष देखि संचालनमा आउने

काठमाडौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भुकम्पपछि बन्द नेपाल–चीनको पुरानो व्यापारिक नाका तातोपानी छिट्टै सञ्चालनमा आउने ताबी गरेका छन् । सन् २०१९ को मे महिनादेखि सञ्चालनमा आउने मन्त्री ज्ञवालीको दावी छ ।

मन्त्री ज्ञवालीले बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘तातोपानी नाका सञ्चालन प्रक्रियाबारे चीनसँग विस्तृतमा छलफल भएको छ। अर्को वर्ष मेदेखि सञ्चालनमा आउनेछ।’

मितेरी पुलसम्म पुग्न नेपालले आफ्नोतर्फ सडक निर्माण कार्यसकेपछि नाका खुला हुने मन्त्रीको भनाई छ । चीन तर्फको भन्सार कार्यालय भने न्यालममा हुनेछ। खासा वरपर भूकम्पले ठूलो क्षति पुर्याएका कारण चीनले त्यहाँको बस्ती नै सारेको ...


अाफ्नै श्रीमती बलात्कार गर्ने श्रीमानलाई ३ वर्ष जेल सजाय

ताप्लेजुङ - आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान्लाई तीन वर्ष जेल सजाय भएकाे छ । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमान्लाई ३ बर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिलाउन आदेश दिएका हुन् ।

पीडक श्रीमान्ले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएपछि उनको जायजेथा भए त्यसैबाट र नभए सरकारबाट पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाउन अदालतले आदेश दिएको हो ।

फुङलिङ नगरपालिका घर भई फक्ताङलुङ गाउँपालिका बस्दै आएका पीडकको नाम खोल्दा पीडित समेतलाई असर गर्ने भएकाले दुबैको नाम गोप्य राखिएको छ ।

२०७१ साउन ३० गते प्रहरीमा ...


२४ करोड ऋण उठाइदिन बैंकहरुले गरे न्यायाधिकरणमा उजुरी

काठमाडौं - विभिन्न बैंकले २४ करोड एक लाख ८३ हजार रुपैयाँ ऋण असुलीका लागि राजस्व असुली न्यायाधिकरणमा उजुरी गरेका छन्। प्रभु बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनआइसी एसिया बैंक र महालक्ष्मी विकास बैंकले न्यायाधिकरणमा २४ करोड एक लाख ८३ हजार रुपैयाँको ऋण असुल गर्न वैशाखमा उजुरी दिएका हुन्।

बैंक तथा वित्तीय संस्थाले ऋणी कर्जा बुझाउन नआएपछि न्यायाधिकरणलाई गुहार्ने गरेका छन्। बैंक तथा वित्तीय संस्थाले निवेदन दिँदा दाबी गरेको रकमको ०.२५ प्रतिशतले हुन आउने रकमसमेत ऋण असुली शुल्कबापत अग्रिम रूपमा न्यायाधिकरणमा बुझाउनुपर्नेछ। ऋण असुली भइसकेपछि बैंक ...


जनप्रतिनिधि र कर्मचारीबीच मर्यादाक्रम विवाद

काठमाडौं - सरकारले केही समयअघि लागू गरेको मर्यादाक्रमका विषयमा जनप्रतिनिधि र कर्मचारीबीच विवाद देखिएको छ । नगरपालिका, गाउँपालिका तथा प्रदेशका मन्त्रालय र निकायमा जनप्रतिनिधि र कर्मचारीबीच मर्यादाक्रममा विवाद बढेपछि सरकारले मर्यादाक्रम संशोधनको गृहकार्य थालेको हो ।

शेरबहादुुर देउवा नेतृत्वको तत्कालीन सरकारले अघिल्लो वर्षको २६ माघदेखि राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वको मर्यादाक्रम लागू गरेको थियो । सो मर्यादाक्रमले आफूहरूको अपमान गरेको जनप्रतिनिधिले गुुनासो गर्दै आएका छन् ।

केही दिनअघि दाङको घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत चक्रपाणी पाण्डेले उपमेयरभन्दा अगाडि आफू रहने भन्दै कार्यक्रममै विवाद गरेका थिए । सरकारले ...


गर्मीले बेच्न ठिक्क पारिएका ८० हजार माछा मरे, किसान मुर्छा

तौलिहवा - गर्मीका कारण विक्रीका लागि तयार भएका माछा मरेपछि कपिलवस्तुका किसान निराश भएका छन् । केही दिन यता बढेको गर्मीले पोखरीका माछा मरेपछि कपिलवस्तुका मदन यादव मुर्छा नै भए । दुई दिनपछि बिक्री गर्ने भन्दै उनले व्यापारीलाई खबर समेत गरेका थिए । तर २८ गतेको गर्मीले पोखरीमा रहेका ९६ प्रतिशत (८० हजार) माछा मरेका थिए । २७ र २८ गते जिल्लाको तापक्रम ४४ डिग्रीसम्म पुगेको जल तथा मौसम मापन बिज्ञान बिभागका कपिलवस्तु इकाई रामनगरका रामु रेग्मीले बताए ।

यादवले गत बर्षदेखी ४४ कठ्ठा जग्गामा व्यवसायिक ...


सडकमा टिपर अातंक आखिर कहिलेसम्म ?

काठमाडौं - श्रीमान् आशिष जोशीको कम्मर समाएर सुरक्षित महसुस गर्दै स्कुटरमा बसेको केही समयपछि नै अस्मिता बीच बाटोमै दुर्घटनामा परिन् । उनलाई टिपरले पछाडिबाट ठक्कर मात्र दिएन, लतार्दै अघिसमेत लग्यो । यसबाट भुइँमा लडेकी २४ वर्षीया अस्मिताको उपचारका क्रममा अस्पतालमै बुधबार ज्यान गयो । सिन्धुपाल्चोकबाट बालुवा लिएर आइरहेको टिपरले स्कुटर लडाएपछि ब्याक गरेर स्कुटर किचेको दाबी गर्दैै आक्रोशित स्थानीय बासिन्दाले घटनास्थलमै टिपरमा आगजनी गरेका थिए ।

टिपरको ठक्करबाट जेठमा उपत्यकाभित्र ज्यान गुमाउने अस्मिता चौथो व्यक्ति हुन् । यसअघि भक्तपुरमा तीन जनाको ज्यान गएको थियो । बा ...


वरिष्ठ कलाकार भीम बहादुर थापा 'मुखिया बा'को निधन

काठमाडौं - वरिष्ठ कलाकार भीम बहादुर थापा अर्थात 'मुखिया बा'को निधन भएको छ । बुधबार बिहान दुई बजेतिर ९२ वर्षीय थापाको निधन भएको हो ।

थापालाई मुटु, मृगौला, फोक्सो आदिमा स्वास्थ्य समस्या थियो। रोगका कारण थलिएका थापा केही समययता अभिनयमा कम सक्रिय थिए। थापा एक समय हिट्स एफएममा चर्चित आरजे समेत रहेका प्रकाश थापाका पिता हुन्।

उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि १० बजेदेखि १२ बजेसम्म आर्यघाटमा राखिने छ। आर्यघटामा उनलाई सेनाले अन्तिम सलामी दिनेछ। पोखरामा ‘छक्का पन्जा ३’को छायांकनको क्रममा रहेकी निर्देशक दीपाश्री निरौला आफ्ना ‘धर्म बा’को निधनपछि ...


दैनिक उपभोग्य वस्तुको मूल्य पसलपिच्छे फरकफरक

काठमाडौ - सरकारले दैनिक उपभोग्य वस्तुको बजार भाउ विश्लेषण गर्ने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको विश्लेषण सुरु गरेको हो। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि बजार भाउ आकासिएको छ। मूल्य विश्लेषणको प्रारम्भिक चरणमा व्यापारीले आफूखुसी एउटै वस्तुको फरकफरक मूल्य कायम गरी बिक्री गर्दै आएको फेला परेको छ।

विभागले अनुगमन तीव्र बनाए बजेट अघि र अहिलेको उपभोग्य वस्तुको मूल्य सूची संकलन गर्न सुरु गरेको हो। विभागले विभिन्न थोक र खुद्रा पसलबाट विभिन्न ब्रान्डका तोरीको तेल, सनफ्लावर तेल, सोयाविन तेल, ...


संस्थान प्रमुख नियुक्ति प्रावधान मिच्दै सरकार, आफु निकटका मान्छे राख्ने चलखेल

काठमाडौं - सार्वजनिक संस्थान निर्देशन बोर्डको प्रावधान विपरीत मन्त्रीका नजिकका व्यक्तिलाई संस्थानको प्रमुख बनाउने प्रकृया थालिएको छ । केही सार्वजनिक संस्थानमा अहिले महाप्रबन्धकको पद खाली छ ।

२०६८ सालमा सरकारले सार्वजनिक संस्थानमा कार्यकारी प्रमुखको नियुक्ति, नीति निर्धारण, पुनःसंरचना, अनुगमन तथा मूल्यांकन गर्न अधिकारसम्पन्न ‘सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन आदेश’ जारी गरेको थियो । यस्तो आदेशले सबै संस्थान बोर्डमा सदस्य हुनुपर्ने व्यवस्था थियो ।

नेपाल खाद्य संस्थानमा रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि सरकारले संस्थान निर्देशन बोर्ड गठन आदेशको सूूचीबाट यो संस्थानलाई हटाउन थालेको छ । जेठ २५ मा ...


काष्ठमण्डप पुनर्निर्माणको जिम्मा स्थानीयलाई, धरहरामा अझै किचलो

काठमाडौं - काष्ठमण्डप पुनर्निर्माणको जिम्मा स्थानीयलाई दिइएको छ । काठमाडौं महानगरपालिका र स्थानीयको अगुवाईमा गठन भएको काष्ठमण्डप पुनर्निर्माण समितिबीच मंगलबार निर्माण सम्झौतामा हस्ताक्षर भएको हो । काठमाडौं महानगरपालिका–२० मा अवस्थित ऐतिहासिक, पुरातात्विक तथा प्राचीन महत्वको स्मारक काठमण्डप २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति भएको थियो ।

काठमाडौं महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माण समितिबीच पुरातात्विक प्राचिन स्मारक काष्ठमण्डप पुनर्निर्माण गर्र्ने सहमति पत्रमा हस्ताक्षर भएको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिए ।

मौलिक स्वरुपमा काष्ठमण्डप पुनर्निर्माण गर्न संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, पुनर्निर्माण प्राधिकरण, पुरातत्व ...


मध्यरातमा अरुण तेस्रोमा बम विस्फोट

सखुवासभा - अरुण तेस्रो जलजिद्युत आयोजनाको कार्यालय परिसरमा बम विस्फोट भएको छ। मंगलबार राति पौने १ बजे तीन वटा सकेट बम विस्फोट भएको संखुवासभाका प्रहरी प्रमुख डीएपी श्याम सारु मगरले जानकरी दिए। बम विस्फाेटपछि सुरक्षाा व्यवस्था कडा पारिएकाे छ ।

विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। यस परियोजनामा केही समयअघि पनि विस्फोट भएको थियो । । यसअघि बैशाख १८ मा पनि भएको विस्फोटको घटनाको जिम्मा नेत्रविक्रम चन्द विप्लवले लिएको थियो । गयराति भएको विस्फोटको जिम्मा कसैले पनि लिएका छैनन् ।

...

प्रधानमन्त्रीको चीन भ्रमण असार ५ मा, तयार भए यस्ता एजेन्डा !

काठमाडौँ -
ऊर्जा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ । बैठकले दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न समझदारी गर्ने अख्तियारी ऊर्जामन्त्रीलाई दिएको छ ।

समझदारीपत्रमा हस्ताक्षरका लागि नेपाली पक्षबाट सबै तयारी पूरा भएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । समझदारीको मस्यौदाबारे नेपाल र चीनका जलस्रोत तथा ऊर्जा हेर्ने विभिन्न तहका निकायहरूबीच यसअघि नै सहमति भइसकेको छ । दुई देशबीच ऊर्जा र जलस्रोतसँग ...


भिएलएनद्वारा जनताको तिन अर्व ठगी, सरकारदेखि अख्तियारसम्मको संरक्षण

काठमाडौँ -

भिएलएनको ठगीमा नीतिगत भ्रष्टाचार

मलेसिया जाने कामदारबाट ०७० सालयता राहदानी संकलन, भिसा प्रोसेसिङका नाममा कामदारबाट करिब ३ अर्ब रुपैयाँ ठगिएको छ । भिएलएन नेपाल प्रालि र वन स्टप सेन्टर (ओएससी)बाट भएको ठगीमा सांसद, राजदूत, कर्मचारी, कुटनीतिक प्रतिनिधिलगायतको प्रत्यक्ष तथा परोक्ष साथ र सहयोग रहेको देखिएको छ । कतिपय जिम्मेवार सरकारी निकायले संस्थागत रूपमै ठगीलाई वैधानिकता दिने काम गरेको समेत खुलेको छ ।

संसदीय समितिको निर्देशनविपरीत भिएलएनको लुट
अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकले भिएलएनले श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति नलिई कामदारसँग शुल्क उठाएको ...


ट्रम्प र किम भेट हुँदाको त्यो क्षण, हेर्नुहोस १३ तस्विरमा

काठमाडौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता भएको छ । दुइ परस्पर विरोधी मुलुकका प्रमुखको भेटलाई विश्वभर चासोका साथ हेरिएको छ । बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच भएको यो नै पहिलो भेट हो । यो दुर्लभ क्षणलाई हेरौँ तस्विरमा ।

US President Trump shakes hands with North Korea leader Kim Jong Un during their first meetings at the Capella resort on Sentosa Island Tuesday, June 12, 2018 in Singapore.


नारायणगढ-मुग्लिङ सडकको सातभन्दा बढी ठाउँमा पहिरो

चितवन - सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ ।

राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भएपनि सवारी आवागमनमा भने समस्या भएको जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ ।

...

ट्रम्प र  किम जोङद्वारा संयुक्त दस्तावेजमा हस्ताक्षर

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ-उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । ऐतिहासिक वार्तासँगै उनीहरूले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन् । दुई नेताबीच ३८ मिनेट वार्ता भएको थियो ।

संयुक्त दस्तावेज हस्ताक्षर गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले निकै राम्रो कुराकानी भएको बताए । कोरियासँगको सम्वन्ध विगतभन्दा अर्को अवस्थामा पुगेको उनले बताए । उत्तर कोरियाली नेता किमले विगतलाई छाडेर अघि बढेको र विश्वले आश्चर्यजनक परिवर्तन पाएको बताए ।

केहीबेरपछि दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् ।

...

ट्रम्प र किमबीच वार्ता सकियो, किमले भने - 'यहाँसम्म आउन त्यति सजिलो थिएन'
क्याम्पेलामा करिब ५० लामो मिनेट भेटवार्ता

काठमाडौ - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीचको बहुप्रतीक्षित ऐतिहासिक शिखर वार्ता सिंगापुरमा सम्पन्न भएको छ। सेन्टोसा द्वीपमा अवस्थित होटल क्याम्पेलामा करिब ५० लामो मिनेट भेटवार्ता भएको सीएनएनले जनाएको छ ।

वार्तामा अमेरिकाको तर्फबाट विदेश मन्त्री माइक पोम्पियो र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन पनि थिए । तर, उत्तर कोरियाको तर्फबाट वार्तामा अरु कोको थिए भन्ने खुलेको छैन ।

सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा वार्ता सुरु हुनु अघि ट्रम्प र किमले एकअर्कासँग हात ...


विश्वकप हेर्न काठमाडौंमा १० बुँदे आचारसंहिता, के-के गर्न पाइदैन ?

काठमाडौं - फुटबलको महासंग्राम विश्वकप २०१८ नजिकिँदै गर्दा नेपालमा पनि रौनक छाएको छ। विश्वकप यही जेठ ३१ बाट रुसमा सुरु हुन लाग्दा नेपालीहरु भिन्न भिन्न टिममा विभाजित छन्। नेपालको टिम नभएपनि दर्शकहरु विश्वकप हेर्न विभिन्न तयारी गरिरहेका छन्।

यसैक्रममा जिल्ला प्रशासन कार्यालयले काठमाडौंका दर्शकलाई मर्यादित र संयमित बनाउन १० बुँदे आचारसंहिता जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार सार्वजनिक सूचनामार्फत काठमाडौंका दर्शकका लागि १० बुँदे आचारसंहिता सार्वजनिक गरेका हुन्। ‘विश्वकपका खेलहरु क्लब, संघसंस्था, तथा निजी व्यवसायीले आफ्नो परिसर, प्रतिष्ठानमा मनोरञ्जनका लागि प्रदर्शन गर्ने ...


सरकारी कर्मचारीले सरकारको आलोचना गर्न नपाउने कानुन बन्दै, गरे यस्तो कारवाही !

काठमाडौं - नेपाल सरकारको तलब, भत्तासहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागिय कारबाही गरिने भएको छ। काशीराज दाहाल नेतृत्वको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले कर्मचारी संयन्त्र प्रभावकारी बनाउन विभिन्न सुझाव दिएपछि सरकारले कर्मचारी प्रशासनमा कडाइ गर्न लागेको हो।

सोअनुसार सरकारको आलोचना गर्न नपाउनेदेखि बन्दहडताल गर्ने कर्मचारीबाट क्षतिपूर्ति भराउने पर्नेसम्मको सुझाव प्रधानमन्त्रीसमक्ष दिइएको छ। ‘नेपाल सरकारको नीतिविपरीत हुनेगरी वा नेपाल सरकार र जनताको पारस्परिक सबन्धमा वा कुनै विदेशी राष्ट्रसँगको सवन्धमा खलल पर्न सक्नेगरी कुनै निजामती कर्मचारीले आफ्नो वास्तविक वा काल्पनिक नामबाट वा बेनामी कुनै ...


राजेन्द्र शाक्यको सुन पसलबाट नौ करोडका गहना बरामद
आरके ज्वेलर्सका मालिक शाक्य थुनामा छन्

काठमाडौँ - सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानविन समितिले आज काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ ।

न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबारमार्गस्थित आर के डायमन्डमा छापा मारिएको हो । सो क्रममा तीनवटै पसलमा रहेको हिरा, सुन, चाँदीलगायत सबै गरगहना छानबिन समितिले नियन्त्रणमा लिएको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा सो छानबिन समिति गठन भएको थियो । उक्त पसलका मालिक शाक्य पक्राउ परी थुनामा रहेका छन् । सोही क्रममा अनुसन्धानमा थप प्रमाण ...


राष्ट्रिय सभाका सांसदको कार्यकाल ४ असारमा टुंगो लाग्ने

काठमाडौँ - राष्ट्रिय सभाका अध्यक्षसहित सबै सदस्यहरूको कार्यकाल टुंग्याउन ४ असारमा गोलाप्रथा हुने भएको छ । गोलाप्रथामा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सत्तापक्ष दलका नेता दीनानाथ शर्मा र प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेबीच रोचक प्रतिस्पर्धा हुने भएको छ ।

राष्ट्रपतिबाट मनोनीत हुने र प्रत्येक प्रदेशबाट प्रतिनिधित्व भएकाहरूको कार्यकालका लागि क्लस्टरअनुसार गोलाप्रथा हुन लागेकाले तिमल्सिना, शर्मा र पाण्डेमध्ये एकजनाको २ वर्ष, अर्कोको ४ वर्ष र तेस्रोको ६ वर्ष कायम हुनेछ । उनीहरू तीनैजना प्रदेश ४ बाट खुला समूहबाट राष्ट्रिय सभामा आएका हुन् ।

यसरी हुन्छ गोलाप्रथा
हाल राष्ट्रिय सभामा रहेका ५९ सदस्यमध्ये १९ ...


राजदूत बन्न अब स्नातकोत्तर पास, को-को फिर्ता हुँदैछन् ?

काठमाडौँ - सरकारले कूटनीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ । त्यतिवेला बहालवाला निर्वाचित जनप्रतिनिधिलाई मात्र समेटिएकोमा अब अवकाश पाइसकेका कर्मचारी तथा उच्चपदस्थ अधिकारीसमेत समेटिने गरी आचारसंहिता तयार भइरहेको छ ।

‘कूटनीतिक आचारसंहिता परिमार्जनका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ,’ परराष्ट्रमन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले नयाँ पत्रिकासँग भने । हाल लागू भएको आचारसंहिता सार्वजनिक पदधारण गरेका व्यक्ति र राज्यकोषबाट पारिश्रमिक वा सुविधा पाउने पदाधिकारीहरूले अनिवार्य लागू गर्नुपर्ने उल्लेख छ ।

विदेशी सरकार, कूटनीतिक नियोग तथा ...


ललितपुरको यूएन पार्कमा गोलि चल्यो, गुण्डा नाइके लामा घाइते

काठमाडौं - ललितपुरको यूएन पार्कमा गोली चलेको छ । सोमबार दिउँसाे करिब साढे १ बजे गोली चलेको हो । सर्च अपरेशनको क्रममा प्रहरीले गु्ण्डा नाइके अशोक लामामाथि गोली चलाएको हो । उनी घाइते भएको जानकारी प्राप्त भएको छ ।

सातदोबाटोलाई आधार मानेर गुण्डागर्दी गर्दै आएका लामाको साथबाट एक थान पेस्तोले र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ । उनको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको एसएसपी सिंहले बताएका छन् । उनलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्याएको छ । 

...

बालाजु औद्योगिक क्षेत्रमा मन्त्रीको छापा, तीन वटा गोदाममा शिलबन्दी

काठमाडौं - कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालसहित खाद्य प्रविधि विभागका पदाधिकारीसहितको टोलीले बालाजु औद्योगिक क्षेत्रमा रहेको आधुनिक डेरी प्रोडक्टमा छापा मारी तीन वटा गोदाममा शिलबन्दी गरेको छ ।

छापा मार्नेक्रममा आधुनिक डेरी प्रोडक्टको दूध पाउडरमा मिति उल्लेख नभएको भेटिएपछि गोदाममा शिलबन्दी गरिएको हो। टोलीले सामूहिक कृषक डेरी लिमिडेड र सुलभ दूधमा पनि अनुगमन गरेको थियो। मिति नभएका तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालसहित खाद्य प्रविधि विभागका पदाधिकारीसहितको टोलीले गुज्रिएका खाद्य पदार्थको बिक्री वितरण गरेको गुनासो बढ्दै गएपछि मन्त्री खनाल आफै ...


गोरेसहित एसएसपी र भुजुङलाई काठमाडौं झिकाइयो

काठमाडौँ - ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई काठमाडौ झिकाइएको छ । उप्रेतीसँगै एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई काठमाडौं ल्याउन लागिएको हो । गोरे र भुजुङलाई जिल्ला कारागार, मोरङमा राखिएको थियो भने खत्रीलाई क्षेत्रीय कारागार, झुम्कामा राखिएको थियो । तीनै जनालाई काठमाडौंमा ल्याएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी छ ।‘

१० जेठमा पक्राउ परेका गोरेले सुन तस्करी स्वीकार्नुका साथै श्याम खत्री र मोहनकुमार अग्रवाललाई पोलेका छन् । तर, अन्य लगानीकर्ताबारे बोलेका छैनन् । अनुसन्धान ...


दोलखामा जीप दुर्घटना, २ काे मृत्यु, ८ घाइते

दोलखा - दोलखाको लादुकमा आइतबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।

बा १४ च १६८१ नम्बरको बोलेरो सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा आइतवार साँझ भएको सो दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन् ।

घाइतेको सिङटीको अस्पतालमा उपचार भइरहेको छ भने तीन ...


राष्ट्रसंघीय राजनीतिक कार्यालय बन्द गर्न सरकारको पत्राचार

काठमाडौं - सरकारले संयुक्त राष्ट्रसंघको नेपालस्थित राजनीतिक मामिलासम्बन्धी कार्यालय (डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स) बन्द गर्ने निर्णय गरेको छ ।

सरकारको अनुमतिबिना सञ्चालन भइरहेको उक्त कार्यालयको उपादेयता नरहेको भन्दै बन्द गर्ने निर्णय गरिएको हो । छोटकरीमा ‘युएनडिपिए’ भनिने उक्त कार्यालय बन्द गर्न सरकारले राष्ट्रसंघलाई पत्र पठाइसकेको छ । युएनडिपिए नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयअन्तर्गत सञ्चालन हुँदै आएको छ।

‘सरकारले संयुक्त राष्ट्रसंघले नेपालको शान्तिप्रक्रियामा पु¥याएको योगदानको सराहना गर्दै राष्ट्रसघंको नेपालस्थित युएनडिपिएको कार्यालय बन्द गर्ने निर्णय गरेको छ । सरकारको निर्णयबारे राष्ट्रसंघलाई पत्र पठाइसकिएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले ...


कानुन लत्याउने १६ सय जनप्रतिनिधि कारबाहीमा

काठमाडाैं - तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका एक हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो। सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार नगद र सम्पत्ति विवरण दाखिला गर्न पत्र काटिएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले राष्ट्रिय सतर्कता केन्द्रले बुझाएको विवरणका आधारमा अख्तियारले ती जनप्रतिनिधिलाई चिठी काटेको बताए। उनले भने, ‘केन्द्रले पठाएको विवरणका आधारमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका जनप्रतिनिधिलाई कानुनबमोजिम ...


टिचिङ्ग अस्पतालको लकरमा भेटियाे पेस्तोल र गोली

काठमाडौँ - त्रिवि शिक्षण अस्पताल महाराजगन्जको लकर नम्बर ८१ मा पेस्तोल र गोली भेटिएको छ । अस्पतालमा बन्द रहेका लकर खोल्ने क्रममा लोड भएको एक थान पेस्तोल र तीनवटा गोली फेला परेको हो ।

सो लकर कसले प्रयोग गरेको थियो भन्ने खुलेको छैन । बन्द रहेका लकर खोली चाबी बुझाउन अस्पताल प्रशासनले कर्मचारीलाई १५ दिनको सूचना निकालेको थियो । ‘२२ वटा लकर समयसीमाभित्र नखुलेपछि हामीले फुटाएका हौँ,’ अस्पतालका प्रशासन प्रमुख मानबहादुर भट्टले भने।

चिकित्सकका लागि सामान राख्न लकर अभाव भएपछि बन्द रहेका २२ वटा लकर आइतबार तोडिएका हुन् । ‘लामो समयदेखि चिकित्सकले ...


डा. देवकोटाको अवस्थामा केहि सुधार, आइसियुबाट निकालियो

काठमाडौँ - पित्तथैलीको क्यान्सर भई उपचाररत वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई आइसियुबाट निकालिएको छ । स्वास्थ्य अवस्था गम्भीर, तर स्थिर रहेका उनको स्वास्थ्यमा सामान्य सुधार देखिएपछि आइतबार आइसियुबाट निकालिएको हो ।

अस्पतालका जनसम्पर्क अधिकृत काशीराज घिमिरेका अनुसार डा. देवकोटालाई भिआइपी वार्डमा राखिएको छ । शनिबार मात्रै हेलिकोप्टरमार्फत जन्मथलो गोरखा पुगेर आएका देवकोटाको अनुहारमा केही चमक देखिएको उनले बताए । ‘उहाँलाई सुविधासम्पन्न भिआइपी वार्डमा सारिएको छ, आवश्यक परे आइसियुमा लगिने छ,’ घिमिरेले भने ।

देवकोटाले आइतबार दिउँसो विभिन्न दलका नेताहरूलाई भेटेका छन् । शनिबारसम्म हातले इसारा गरेका उनले आइतबार भेट्न आउनेलाई नमस्कार फर्काएका ...


एक पटकलाई जोगियो टेलिकमकी निर्देशक कामिनीको पद

काठमाडौं - नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीराज भण्डारीको पद अन्ततः जोगिएको छ । कामिनी माथि व्यवस्थापकीय काम गर्न नसकेको र उनको नेतृत्व आएपछि संस्था उधोगति लागेको भन्दै सरकारले स्पष्टीकरण सोधेको थियो ।

सञ्चार मन्त्रालयले त कामिनिलाई हटाउने योजना समेत बनाइसकेको थियो । तर, स्पष्टीकरण सोधिएपछि राजभण्डारीलाई जोगाउन विभिन्न शक्तिकेन्द्रहरुमा चलखेल सुरु भएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कामिनीसहित टेलिकमका अधिकारीहरुलाई मौखिक प्रष्टीकरण पनि लिएका थिए । त्यसक्रममा उनले टेलिकमको इन्जिन फेर्ने चेतावनी पनि दिएका थिए ।

कामिनी माथि टेलिकमको सेवा र गुणस्तर प्रवाह गर्न नसकेको र ...


 प्रदेश २ को सरकार परिवर्तनबारे यसो भने प्रचण्डले

विराटनगर - नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा सरकार परिवर्तनको कुनै योजना नभएको बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफुहरू सरकार गिराउने र बनाउने खेलमा नभएको बताए । मुलुकले लामो समयपछि स्थिर सरकार पाएकाले सरकारको ध्यान विकास निर्माण र समृद्धि आर्जनमा केन्द्रित रहेको उनको भनाइ थियो। प्रदेश २ मा (ने क पा)को समर्थन फिर्ता र केन्द्र सरकारमा संघीय समाजवादी फोरम, नेपालको प्रवेशसँगै प्रदेश २ को सरकार धरापमा परेको चर्चा चलिरहेका बेला अध्यक्ष दाहालको ...


दूधको ट्याङ्कर त्रिशूलीमा खस्यो

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आज बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिका वडा नं ६, कालीखोलामा बिहान ६ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ४१५५ नंको दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खसेको हो ।

घाइते हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ७ बस्ने ३४ वर्षीय हरि सिलवाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार घाइते सिलवालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने ट्याङ्कर निकाल्ने कार्य जारी रहेको छ । खसेको ट्याङ्कर खाली रहेको ...


चितवनमा नेकपाका कार्यकर्ताद्वारा प्रहरी माथि ढुंगा-मुडा प्रहार, एक घाइते

चितवन - विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ गर्ने क्रममा चितवनमा एक प्रहरी जवान घाइते भएका छन् । नेकपाका जिल्ला इञ्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार प्रतिरोधका क्रममा ढुङ्गा लागेर प्रहरी जवान इसु मियाँ धोबी घाइते भएका छन् । ...


अब प्रहरीमा तीन र सशस्त्रमा दुई जना मात्र एआइजी, तिन हजार १ सय १ नयाँ दरबन्दी थपियो

काठमाडौं - सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआइजीको दरबन्दी घटाएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा अब ३ र सशस्त्र प्रहरीमा २ जना मात्र एआइजी राख्ने निर्णय गरेको हो।

गृह मन्त्रालयले प्रहरीमा ५ एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको हो । अब नेपाल प्रहरी मुख्यालयका २ विभाग तथा प्रहरी एकेडेमीमा एआइजी रहनेछन ।यसअघि व्यक्तिका लागि पद थप्दै नेपाल प्रहरीमा १५ जनासम्म ...


नोट देखाएर ललाईफकाई गरी बालिकाको करणी, दुइ पक्राउ

भोजपुर - भोजपुरमा १३ वर्षीया बालिका करणी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । बालिकामाथि करणी गरेको आरोपमा षडानन्द नगरपालिका १२, देउरालीका ३० वर्षीय भवानी कट्टेललाई प्रहरी चौकी देउरालीले नियन्त्रणमा लिएको हो ।

कट्टेलले जेठ १७ गते बालिकालाई कटहरे जंगलमा लगेर करणी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बालिकाको संखुवासभा खाँदबारीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गत जेठ २ गते १० वर्षीया बालिका करणी गरेकै आरोपमा प्रहरीले अर्का एक बृद्धलाई पनि नियन्त्रणमा लिएको छ । पौवादुङ्मा गाउँपालिका च्याङ्ग्रेस्थित बालिकालाई १ सय ...


मध्यपहाडी लोकमार्गमा धमाधम कालोपत्रे, स्थानिय खुसी

लम्जुङ्ग - राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङमा पर्ने चेपेनदी–पाउँदी खण्डमा अहिले धमाधम कालोपत्रे भइरहेको छ  । पाउँदी–ठाँटीपोखरी १६ किलोमिटर सडकखण्ड कालोपत्रे गर्ने काम मंगलबारबाट सुरु भएको हो ।

अहिले सडकको मोड र उकालो भागमा सेमी ग्राउटिङ र प्राइम कोर्ड गर्ने काम भइरहेको छ । मौसम राम्रो भएमा ५ सय मिटर कालोपत्रे ३ दिनमा सकिने कम्पनी बज्रगुरु–द कञ्चनजंघा–शंकरमाली जेभीका प्रतिनिधि सब इन्जिनियर नेत्र श्रेष्ठले बताए । उनका अनुसार सडकको भाग जमिन सतहदेखि २ सेन्टीमिटर उचाइ रहनेछ भने ७ मिटर चौडाइ कालोपत्रे गरिनेछ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेर प्राथमिकताका साथ ...


अनुसन्धानका नाममा शेर्पाको रगत विदेश तस्करी

काठमाडौँ - नेपालको हिमाली भेगमा बस्ने शेर्पा समुदायमाथि अनुसन्धानका नाममा विभिन्न विदेशी संघसंस्थाले उनीहरूको रगत आफ्नो देश पु-याउने गरेका छन् ।

शेर्पा समुदायको जिन संसारका अन्य भागमा बस्ने मानिसको भन्दा फरक भएको भन्दै त्यसको रहस्य पत्ता लगाउन नियमविपरीत उनीहरूले रगत लैजाने गरेका हुन् ।

हिमाली भेगका शेर्पा फरक–फरक अल्टिच्युटमा पनि कसरी सजिलै बस्न सक्छन् भन्दै क्षमता बुझ्न अनुसन्धान हुने गरेको छ ।

ती संघसंस्थाले शेर्पाको होलब्लड नै आफ्नो देश पु-याउने क्रम बढाएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अहिले कडाइ गरेको छ ।

यसकारण रोक्न थालियो विमानस्थलमा

विमानस्थलस्थित अध्यागमन विभाग र प्रहरीलाई समेत पत्राचार गरी रगत ...


सुन तस्करी काण्ड : एमकेका साझेदार खोज्दै प्रहरी

काठमाडौं - सुन तस्करीको मुख्य लगानीकर्ताको आरोपमा मुद्दा खेपिरहेका मोहनकुमार अग्रवाल (एमके) को घरमा छापा मारेलगत्तै उनका व्यापारिक साझेदारको खोजी सुरु भएको छ। ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन टोलीले उनको घरबाट शुक्रबार बरामद गरेको विभिन्न कागजातका आधारमा व्यापारिक साझेदारको खोजी सुरु भएको हो। अग्रवालको घरमा छापा मार्दा भटिएका महत्वपूर्ण विवरणले तस्करीमा संलग्न गिरोहबारे थप सूचना मिलेको छानबिन टोलीका एक सदस्यले बताएका छन्।

‘कम्प्युटर र कागजपत्र बरामद भएको छ, जसबाट तस्करीका अन्य व्यक्तिहरुको संलग्नताका विषयमा अनुसन्धान गर्ने बाटो ...


आयल निगम जग्गा खरिद प्रकरण : आरोपीलाई उन्मुक्ति दिन अख्तियारको चलखेल

काठमाडौं - एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको छ। अख्तियारकै विस्तृत अनुसन्धानमा एक अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गर्नेे प्रतिवेदन तयार भइसकेको अवस्थामा अभियोगपत्र सच्याएर मुद्दालाई ‘तामेली’ मा राख्ने प्रयास सुरु गरिएको हो।

यसै साता राजीनामा दिएका निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगायतलाई मुद्दा नचलाउने गरी फाइल तयार गर्न अख्तियार नेतृत्वले अनुसन्धान टोलीलाई निर्देशन दिएको छ।

स्रोतका अनुसार अनुसन्धानमा अनियमितता देखिए पनि आयोगका प्रमुख कार्यवाहक ...


जन्मथलो पुगेर फर्केपछि देवकोटाको प्रतिक्रिया :  ‘आई फिल अमेजिङ, वन्डरफुल !’

काठमाडौं - वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको शरीर रोगल गाल्दै लगेको छ। बाँसबारीस्थित न्युरो अस्पतालको आइसियू कक्षमा उपचार गराइरहेका उनलाई कार्डियाक मोनिटर र अक्सिजन सपोर्ट दिइराखिएको छ। असाध्ये रोगले ग्रसित उनको मुहारमा केही दिनयता अनौठो आत्मसन्तुष्टि झल्किएको आफन्त र चिकित्सकले सहजै अनुमान लगाउन सक्छन्। एनेस्थेसियोलोजिस्ट डा. मयुस मुनाकर्मीले शनिबार प्रश्न सोधिहाले, ‘डाक्टरसाप् कस्तो लाग्यो त?’

डा. देवकोटाले बिस्तारै ओठ खोले र भने, ‘आई फिल अमेजिङ, वन्डरफुल !’ नजिकै बसिरहेका आफन्तको अनुहारमा पनि चमक देखियो डा. देवकोटाको प्रतिक्रिया सुनेर। ‘घरको पिँढीमा बसेर सिस्नेपानीको पानी कलकल खाने ...


डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगियो

काठमाडौं - वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ ।

उनकै इच्छाअनुसार जन्मथलो लगिएको हो । हेलिकोप्टरबाट उनलाई उनको जन्मथलो बोहोरा गाउँ पुर्‍याइएको छ । । उक्त पुर्खौली घरमा केहीबेर राखिनेछ ।

डा. देवकाटाले पुर्खौली घरको पिँढीमा केहीबरे बस्ने र सिस्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेका थिए । चिकित्सक डा. तारा अधिकारीका अनुसार आजै देवकोटालाई काठमाडौं फर्काइने छ ।

देवकोटाको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । पाँच महिनाअघि बेलायतमा उपचार गर्न गएका उनको पित्तथैलीमा क्यान्सर भएको पुष्टि भएपछि नेपालमै उपचार गर्ने इच्छा व्यक्त ...


इन्टरनेटको दुरुपयोगले बालविवाह र महिला हिंसा बढ्दो

बैतडी- सञ्चार र प्रविधिको विकास तथा पहुँच पुगेसँगै यसको दुरुपयोग पनि हुने गरेका छन् । पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसाका घटना बढ्दै गएका छन् ।

मोबाइल, इन्टरनेट लगायतका प्रविधिको दुरुपयोगले बैतडीमा पनि बालविवाह चुनौतीपूर्ण बन्दै गएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृृत गणेश शाहीले जानकारी दिए ।

सञ्चार क्षेत्रको विकास भएसँगै पछिल्लो समयमा ग्रामीणस्तरमा पनि सबै नागरिकको हातहातमा मोबाइल फोन, इन्टरनेट सेवा पुगेको छ । मोबाइल इन्टरनेटले बैतडीका किशोर किशोरी उमेर नपुगेरै भागेर बिहे गर्ने चलन बढ्दै गएको छ । यसले गर्दा ...


जुम्लामा तारा एयरको विमान दुर्घटना

काठमाडौं - जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो ।

विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए । उनीहरु सबै सकुशल रहेको तारा एयरका भीमराज राईले जानकारी दिए ।

...

परराष्ट्रमन्त्री थिंक ट्याक बैठकमा सहभागी हुन मंगोलिया जाँदै

काठमाडौँ - परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भुपरिवेष्टित विकाससिल राष्ट्रहरुको थिंक ट्याक बैठकमा सहभागी हुन आज मंगोलिया जाँदैछन् । उलनबटारमा हुने सम्मेलनमा सहभागी हुन मन्त्री ज्ञवाली आज राती ११ बजे बेईजिङ्ग हुँदै मंगोलिया जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीन भएर मंगोलिया जाने मन्त्री ज्ञवालीले ट्रन्जीटका क्रममा चिनियाँ अधिकारीसँग बेईजिङमा प्रधानमन्त्री केपी शर्मा ओलीको तयारीबारे जानकारी लिनेछन । बेईजिङस्थित नेपाली दुतावासमा उनले असार पहिलो साता हुने भनिएको प्रधानमन्त्री ओलीको भ्रमणको तयारी, एजेण्डा लगायत बिषयमा जानकारी लिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

सम्मेलन अन्तराष्ट्रिय लगानी, सुचना, सञ्चार, प्रविधि र ...


प्रदेश १ को सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीले प्रदेश नम्बर १ को.प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दैछन् । प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा बस्ने प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले बिहान ११ बजेपछि सम्बोधन गर्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयन, सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता लगायतबारे जानकारी गराउँदै राष्ट्रिय मुद्दामा प्रदेश सरकारको सहयोग र सहकार्यबारे आग्रह गर्नुहुने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओली अहिले केहीबेरमा बिराटनगर बिमानस्थल ओर्लिनेछन । बिरानगर बसाईका क्रममा प्रधानमन्त्री ओलीले स्थानीय उद्योगी व्यापारीसँग छलफल ...


आधिकारिक स्रोत बाहेकको सूचनालाई विश्वास नगर्न देवकोटा परिवारको  आग्रह

काठमाडौँ - प्रोफेसर डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थितीबारे न्युरो अस्पताल र परिवारले दिएको आधिकारिक जानकारीबाहेक अन्य सूचनालाई विश्वास नगर्न परिवारले आग्रह गरेका छन् । शुक्रबारदेखि सामाजिक सञ्जालहरुमा देवकोटाको निधनको खबर बाहिर आएपछि अस्पताल र देवकोटाको परिवारले शनिबार बिहान संयुक्त विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालको सुचनालाई विश्वास नगर्न आग्रह गरेका हुन् ।

डा. देवकोटाको स्वास्थ्य स्थितीको बारेमा चिन्ता र चासो व्यक्त गर्ने सबैलाई धन्यवाद दिँदै अस्पताल र परिवारले देवकोटाको स्वास्थ्य अवस्था गम्भिर रहेकाले सघन उपचार भइरहेको विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

...

मेलम्चीका ठेकेदार क्षतिपूर्तिको माग दाबी गर्न असफल

काठमाडौं - मेलम्ची खानेपानी आयोजना निर्माण ठेकेदार कम्पनी सिएमसी रेभिना क्षतिपूर्ति वापत् दाबी गरेको दिन र रकमको प्रमाण पेश गर्न असफल भएको छ । आयोजना र ठेकेदारबीच आउने विवाद टुंग्याउन गठित समिति ‘डिस्प्युट बोर्ड’ को शुक्रबारको सुनुवाईमा सिएमसीले विविध कारणले पाँच सय ४० दिन लम्बिएको र सो वापत् आफूले एक अर्ब ६५ करोड रुपैयाँ भुक्तानी पाउनुपर्ने भनी गर्दै आएको दाबीमा पर्याप्त प्रमाण पेश गर्न नसकेको पाइएको हो ।

यसअघि विभिन्न सातवटा मुद्दा उक्त बोर्डमा पेश भएका थिए । सातमध्ये पाँचवटामा उसले नेपाल सरकारबाट क्षतिपूर्ति वापत् अर्बौं ...


सुन प्रकरण : अग्रवालको घरमा छापा, गोरेसहित चार जनालाई काठमाडौं झिकाइदै

काठमाडौं - साढे ३३ किलो सुन प्रकरणमा थप अनुसन्धान गर्न ‘गोरे’ भनिने चूडामणि उप्रेतिसहित चार जनालाई काठमाडौं झिकाइने भएको छ । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धिकरण विभागले आवश्यक छानबिन गर्न गोरे, निलम्बित एसएसपी श्याम खत्री, डेविट भनिने छिरिङ वाङ्दा घले र भुजुङ गुरुङलाई काठमाडौं पठाउन कारागार व्यवस्था विभागलाई पत्र लेखेको छ ।

शुद्धिकरणले काठमाडौं झिकाएकै मौका छोपेर गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको छानबिन समितिले उनीहरूलाई पुनः छुट्टाछुट्टै र सामूहिक बयान लिने तयारी गरेको समितिका एक सदस्यले बताए । उनका अनुसार गोरेले विमानस्थलबाट हुने ...


मानविकी संकाय संकटग्रस्त : त्यो समय र आज यो समय

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)को इतिहास विभाग यस वर्ष रित्तो रह्यो। विभाग सञ्चालनमा छ, विद्यार्थी छैनन्। भर्नाका लागि फाराम खुल्दा तीनचार जना विद्यार्थी बुझ्न आए पनि भर्ना हुन नआएको इतिहास विभागका प्रमुख शंकर थापा बताउँछन्। उनी भन्छन्, ‘गत सालसम्म थोरै विद्यार्थी भएपनि हामीले पढाएका थियौँ, अहिले कोही छैन।’

भाषाविज्ञानका चार सेमेस्टरमा जम्मा १८ विद्यार्थी छन्, पहिलो सेमेस्टरमा चार जना मात्रै। भाषविज्ञान विभागका प्रमुख दुबिनन्द ढकाल आफ्नो विभागमा विद्यार्थीको ठूलो चाप कहिल्यै नहुने भएपनि यति कम संख्या पढाएको अनुभव नरहेको बताउँछन्।

इतिहास विभागका प्रमुख थापालाई लागेकै थिएन- विद्यार्थीशून्य ...


डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भिर, गलत हल्लाले परिवारलाई पिडा

काठमाडौं - बाँसबारी स्थित न्युरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था एकदमै गम्भिर रहेकोरहेको चिकित्सकहरुले बताएका छन्।

पाँच दिनदेखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर)मा राखिएका देवकोटाको स्वास्थ्य सुधारको सम्भावना घट्दै गएको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ।

डा. देवकोटाको परिवारका एक सदस्यले मध्यरातमा देवकोटाको स्वास्थ्यलाई लियर विभिन्न अपवाह फैलिएको र त्यो निराधार भएको बताए।

कसरी फैलियो अफबाह ?

डा. अधिकारीका अनुसार शुक्रबार राति डा. देवकोटाको अवस्था अघिल्ला दिन भन्दा गम्भीर भएको थियो । आईसीयूमै रहेर पनि अघिल्ला डा. देवकोटा आफ्ना शुभेच्छु र साथीभाइलाई भेट गरिहेका थिए । 

शुक्रबार अवस्था ...


अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

बुटवल - गएराति परेको पानीको कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डका २ स्थानमा पहिरो खसेको थियो । दुर्वै स्थानका पहिरो हटाएपछि राजमार्ग एकतर्फी रुपमा सञ्चालन गरिएको हो ।

पाल्पाको मदनपोखरा नजिकै भालेबासमा लेदो माटोसहित खसेको पहिरो हटाएपछि अहिले यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।

सिद्धबाबामा बिहान ५ बजे र भालेबासमा ४ बजे पहिरो खसेको प्रहरीले जनाएको छ ।

...

ललितपुरको दुई स्थानमा बर्डफ्लू भेटियो

ललितपुर - ललितपुरको दुई स्थानमा बर्डफ्लू भेटिएको छ । शुक्रबार बडिखेल-४ स्थित रामप्रसाद पहारीको पोल्ट्री फार्ममा बर्डफ्लू देखिएको हो ।

त्यसैगरी गोदावरी नगरपालिका-२ महादेव डाँडामा रहेको अनु थापाको फार्मका कुखुरामा पनि बर्डफ्लू देखिएको जिल्ला पशु सेवा कार्यालयाका प्रमुख मोगलप्रसाद साहले जानकारी दिए ।

बडिखेलमा बर्डफ्लू भेटिएपछि सबै कुखुरा नस्ट गरिसकिएको साहले बताए । तर नष्ट गरिएका कुखुराको संख्या भने एकीन नभएको सातदोबटो प्रहरी बृत्तका डीएसपी बिनोद सिलवालले जानकारी दिए ।

बर्डफ्लू भएको पत्ता लागेपछि कुखुरा नष्ट गर्नका लागि बर्डफ्लू संक्रमित दुईवटै फार्ममा दुईवटा पशुस्वास्थ्यको टोली परिचालित भएको प्रमुख ...


कक्षा ११ र १२ बाट गणित विषय हट्यो

काठमाडौं - कक्षा ११ र १२ बाट गणित विषय हटाइएको छ । गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले यो विषयलाई पाठ्यक्रमबाट हटाइँदा अरु विषयहरुलाई पनि असर पर्ने तर्क सहित सरोकारवालाले विरोध गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा सबै समूहका विद्यार्थीहरुले अध्ययन गर्न पाउने गरी प्रस्ताव गरिएको प्रायोगिक गणित विषय हटाउने प्रस्तावसहितको मस्यौदा तयार पारेको छ । उक्त मस्यौदामा यसअघिको अनिवार्य गणितलाई ऐच्छिक बनाइएको छ । वायोलोजी र गणितलाई एउटै ...


बन्चरो प्रहार गरी श्रीमतीको हत्या

भक्तपुर - भोजपुर चरनदी घर भई हाल चागुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

खरिपाटीस्थित राममाया कार्कीको घरमा डेरा गरी बस्ने माझीले गएराति सुतिरहेको अवस्थामा २८ वर्षीया श्रीमती सलेना माझीको टाउकोमा बन्चरोले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बन्चरो प्रहारबाट सख्त घाइते सलेनाको उपचारका क्रममा न्यूरो अस्पताल बासबारीमा मृत्यु भएको बताएका हुन् ।

श्रीमतीलाई बन्चरो प्रहार गरी फरार रहेका उमेश माझीको खोजी कार्य जारी रहेको र ...


फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

काठमाडौं - फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने भएका छन् । अभियोग लागेका सांसद निलम्बन हुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवली पारित गर्न खोजिए संसद छाड्ने कांग्रेसको चेतावनीपछि सभामुख कृष्णबहादुर महराले मध्यमार्गी बाटो रोजेका हुन् । शीर्ष नेताहरुसँगको छलफलपछि निलम्बन भन्ने शब्द नराखी समितिले पेश गरेको मस्यौदा संसदका दुवै सदनमा पेश हुने भएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै नियमावली समितिमा कांग्रेस र राजपाको विरोधपछि फौजदारी अभियोग लागेर पक्राउ परेपछि सांसदको हैसियतमा काम कारबाही गर्न नपाउने र सेवा–सुविधा पनि नपाउने प्रावधान राखेर मस्यौदा बनाइएको थियो । ...


कुनै दलले पनि ३३ प्रतिशत महिला पु-याएनन

काठमाडौं - निर्वाचन आयोगमा बुधवार दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँगै संसद्मा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले पार्टीको केन्द्रीय कमिटीलगायतका सबै पदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने नियम पालना गरेका छैनन्।

राजनीतिक दलमा ३३ प्रतिशत महिला हुनैपर्ने राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान विपरीत संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलले ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने नियमको उल्लंघन गरेका हुन् ।बुधवार दर्ता भएको संसद्कै पहिलो दल नेकपासहित दोस्रो दल नेपाली कांग्रेस, तेस्रो तल राष्ट्रिय जनता पार्टी र चौथो दल संघीय समाजवादी फोरमले केन्द्रिय कमिटीसहित सबै विभाग र ...


संघीय संसद्को नियमावली बहुमतले पास गरिँदै

काठमाडौँ - संघीय संसद्को पहिलो अधिवेशन टुंगिएर बजेट अधिवेशन चलिरहँदासमेत दलहरूको विवादले प्रतिनिधिसभा र राष्ट्रिय सभाको नियमावली बन्न सकेको छैन । थुनामा रहेको सांसदलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्ष दल आ–आफ्नै अडानमा कायम छन् । निरन्तरको छलफलबाट समेत सहमति नजुटेपछि सभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष भए सहमति नभए प्रक्रियाबाटै नियमावली टुंगो लगाउने मनस्थितिमा पुगेका छन् ।

प्रतिनिधिसभाको शुक्रबार दिउँसो १ बजे बस्ने बैठकअघिसम्म सहमतिको प्रयास गर्ने गरी सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले शीर्ष नेतालगायत संघीय संसद्मा रहेका सबै ...


सर्वत्र सम्भाव्यता अध्ययन : कार्यान्वन भने नगन्य, यस्ता छन् आयोजनाहरु !

काठमाडौँ -
अध्ययन भइसकेका मुख्य ६ आयोजना
काठमाडौं–पोखरा रेलमार्ग
रेल्वे विभागमार्फत काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन भइसकेको छ । यस आयोजनाको लम्बाइ १८७.०८३ किलोमिटर, पुल ४२ वटा र ४४ वटा टनेल रहने अध्ययनले देखाएको छ । रेलमार्ग बने काठमाडौंबाट पोखरा २ घन्टामा पुगिनेछ ।

यस आयोजनाका लागि २,८३० मिलियन अमेरिकी डलर लागत आवश्यक पर्ने देखिएको छ । यो आयोजना निर्माण गर्दा १५१ हेक्टर जंगल अधिग्रहण गर्नुपर्नेछ । सन् २०१० मा सम्भाव्यता अध्ययन सकिएको आयोजनाको त्यसपछि कुनै प्रगति भएको छैन । सम्भाव्यता गर्दाको लागतसमेत रेल विभागसँग छैन ।

तम्सरिया–भरतपुर–आबुखैरेनी रेलमार्ग
यस रेलमार्गलाई पोखरा–काठमाडौं र ...


के के मा हुन सक्छ संशोधन ?

काठमाडौँ - संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि संविधान संशोधनको बहस सुरु भएको छ । फोरमले नेकपासँग संशोधन गर्नेसहित दुईबुँदे सहमति गरेपछि फेरि संशोधनको बहस सुरु भएको हो । राजपा र फोरमले ३ असोज ०७२ मा संविधान जारी भएदेखि नै संशोधनको माग राख्दै आएका थिए ।

आन्दोलनका क्रममा फोरम र राजपाले ११ वटा बुँदामा संशोधन खोजेका थिए । अहिले ३ वटा बुँदामा संशोधन भए हुनेमा पुगेका छन् । तर, संशोधनबारे अहिलेसम्म प्रयास भने केही पनि भएको छैन । सत्तापक्ष तत्काल संशोधन गर्ने पक्षमा देखिएको छैन । कार्यान्वयनका क्रममा जटिलता देखिए संशोधन गर्दै जाने ...


म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई सफाई

काठमाडौं - म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनाले सफाइ पाएका छन् । विशेष अदालतले राष्ट्रिय फुटवल टिमका तत्कालिन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री र अञ्जन केसी लगायतलाइ सफाई दिएको हो ।

अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले सफाइ दिने फैसला गरेको हो ।

म्याच फिक्सिङ गरेको भन्दै प्रहरीले उनीहरुविरुद्ध विशेष अदालतमा राज्यविरुद्धको अपराधमा मुद्दा चलाएको थियो ।

...

फेरि अनसन बस्ने डा.केसीको सरकारलाई चेतावनी


काठमाडौं - त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले फेरि आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

यसअघि भएका विभिन्न सम्झौताहरु कार्यान्वयन नभएको भन्दै डाक्टर केसीले आफ्ना ६ बुँदे माग गरेर अनसनसहित आन्दोलन गर्ने कडा चेतवन दिएका छन् ।

डाक्टर केसीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा अध्यक्षदेश दोस्रो पटक जारी भइसकेपनि उचितरुपमा त्यसको प्रतिस्थापन विधेयक ल्याउने काममा राजनीतिक दलहरुले आलटाल गरिरहेका आरोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ र शिक्षा मन्त्रालयले हचुवामा गरेका चिकित्सा शिक्षासम्बन्धी निर्णयहरुप्रति समेत डाक्टर केसीले ...


'देशी विदेशी शक्तिले केही मिडियालाई प्रयोग गरेर मलाई सिध्याए' : गोपाल खड्का

काठमाडौं - नेपाल आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गोपालबहादुर खड्काले ६ महिना कार्यकाल बाँकि छँदै पदबाट राजीनामा दिएका छन् । जग्गा खरिद भ्रष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका पत्रकार सम्मेलनमा अदालतले न्याय दिए पनि मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीविहीन बनाएको गुनासो गरेका छन् ।

आफूलाई गत कात्तिकमा मन्त्रालयमा तानेर जिम्मेवारीबिहीन बनाएकोले यो पदमा बसिरहन उपयुक्त नभएकाले राजीनामा दिएको बताए । ‘मलाई मन्त्रिपरिषद्ले हटाएपनि सर्वोच्चले मेरो लागि स्टे अडर जारी गरेको थियो । र, म हाजिर भएँ । हाजिर भएपछि पनि मलाई कुनै जिम्मेवारी दिइएन । मेरो मनोबल गिराउने ...


आयल निगमका विवादास्पद निर्देशक गोपाल खड्काले दिए राजीनामा

काठमाडौं - आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आजकै मितिबाट लागु हुने गरी राजीनामा दिएका हुन् ।

उनले कार्यकाल ६ महिना बाँकि हुँदा राजीनामाको घोषणा गरेका हुन् । उनि जग्गा खरिद भ्रष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका थिए । झापा, चितवन लगायतका स्थानमा इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका खड्कालाई निगममै राख्दा निगमको हित विपरित कार्य गर्न सक्ने भन्दै आपूर्ति मन्त्रालयले गत कार्तिकमा मन्त्रालयमा हाजिर गराउने निर्णय गरेको ...


१७ सय कामचोर र छाडा कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस

काठमाडौं - राष्ट्रिय सतर्कता केन्द्रले करिब १ हजार ७ सय निजामती कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । केन्द्रले गत साउनदेखि जेठ २२ सम्म देशभर ९ सय २१ सरकारी कार्यालयमा छड्के गरेको थियो । सो मध्ये १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिश गरेको छ ।

कारबाहीको सिफारिस गरिएकामध्ये ५ सय ४२ कर्मचारी पोसाक नलगाएको र १ हजार १ सय ५३ कर्मचारी समयमा कार्यालयमा नगएको केन्द्रले जनाएको छ । केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई चिठी लेखेर सिफारिस गरिएका कर्मचारीलाई विभागीय कारबाही गर्न चिठी पठाएको ...


बलात्कारका घटना वर्षेनी बढ्दो

काठमाडौं - विगत बीस वर्षमा झण्डै ६ गुनाले बलात्कारका घटना बढेको पाइएको छ । दुई दशकअघि देशभरि करीब २ सय बलात्कारका घटना हुने गरेकोमा पछिल्लो एक वर्षमा मात्रै झण्डै १२ सय घटना भएका छन् । ६ वर्षीया बालिकादेखि ७२ वर्षीया वृद्धासम्म बलात्कारका शिकार भएका घटना बेलाबेला सार्वजनिक भइरहेका छन् ।

नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०५४/०५५ मा देशभरि १ सय ८१ वटा बलात्कारको घटना भएका थिए भने आर्थिक वर्ष २०७३/०७४ मा आइपुग्दा यो संख्या ११ सय ३१ पुगेको छ ।

पछिल्लो तीन/चार वर्षमा बलात्कार घटनाको वृद्धिदर ...


दसैंअघि मेलम्चीको पानी आउन कठिन, ‘टिमलिडर’ बर्खास्त

काठमाडौं - ठेकेदारले एक अर्ब ६५ करोड क्षतिपूर्ति मागेर एक महिनादेखि काम ठप्प पारेको मेलम्ची खानेपानी आयोजनाका ‘टिमलिडर’लाई परामर्शदाता कम्पनी इप्टिसाले बर्खास्त गरेको छ। ठेकेदारले मागेको रकमबारे ‘डिस्प्युट बोर्ड’मा विचाराधीन रहेको र शुक्रबार सुनुवाइ हुने तय भएको अवस्थामा दुई दिनअघि बुधबार टिमलिडर थोमस बेर्बेरिचलाई बर्खास्त गरेपछि मेलम्चीको विषय थप पेचिलो बनेको हो।

धेरै पटक समय किटान गरेको सरकारले यो दसैंमा काठमाडौंमा पानी ल्याउने अन्तिम मिति तोके पनि ठेकेदारका कारण काम ठप्प भएपछि यसै भन्न नसकिने अवस्था सिर्जना भएको छ। मेलम्चीको सुरुङका लागि अम्बाथानको करिब तीन हजार ...


तेह्र सय बिघा सरकारी जग्गा सामाजिक संस्थाका नाममा अतिक्रमण

धनगढी - कैलालीको अत्तरिया आसपास वनक्षेत्रको १३ सय बिघा जग्गा विभिन्न संस्थाका नाममा अतिक्रमण भएको छ। कञ्चनपुुर जिल्लाको सिमाना चौकीडाँडादेखि चिसापानीसम्मको ९० किलोमिटर क्षेत्रमा अतिक्रमण भएको हो।

विभिन्न सामाजिक संस्थाहरूले पूर्वपश्चिम राजमार्गछेउ अत्तरियादेखि डडेलधुुरा जोड्ने भीमदत्त राजमार्ग, चुुरे क्षेत्रमा रहेका दर्जन बढी गाउँसँग जोडिएको जंगल क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गरेका छन्।

सबैभन्दा बढी गोदावरी नगरपालिका क्षेत्रमा मात्र ५ वर्षयता १३ सय बिघाभन्दा बढी सरकारी जग्गा अतिक्रमण भइसकेको छ। ५ वर्षअघि साविक गेटा गाविसको वडा नम्बर ३ मा ३ सय बिघा आबादी जग्गा तथ्यांकमा रहेको थियो। अहिले ...


स्याङ्जामा कुखुराको सुलीबाट बिजुली ! यसरी भयो सम्भव ?

स्याङ्जा - कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ ।

सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलीलाई प्रयोग गरिए पनि ठूला व्यावसायिक फर्मका लागि यसको व्यवस्थापन ठूलै चुनौतीका रुपमा रहेकामा अब त्यसबाट जैविक मलसँगै ग्यास र विद्युत् उत्पादन गरेर स्याङ्जाका एक व्यवसायीले नेपालमै पहिलो उदाहरण प्रस्तुत गरेका छन् ।

पुतलीबजार नगरपालिका–४ भालुपहाड नागडाँडामा खिलुङ–कालिका एग्रो फर्मले सञ्चालन गरेको तीन हजार ५१० घनमिटर क्षमताको अत्याधुनिक बायोग्यास पावर ...


‘संसद भित्रै रहेका ठुला ठेकेदारहरुलाई पनि कारबाही गर्छौं' : गृहमन्त्री

काठमाडाैं - गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम गर्न नगर्ने सबै ठेकेदारहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री थापाले यस्तो बताएका हुन् ।

‘प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीले धेरै आयोजना अलपत्र पारेका छन् । उनलाई कसरी कारवाही गर्नुहुन्छ ?’ भन्ने पत्रकारहरुको प्रश्नको उत्तरमा गृहमन्त्री थापाले भने, ‘सबै ठेकेदार घरधनी छन्, थुप्रै सांसद पनि ठेकेदार छन्, जसले समयमा काम पूरा गर्दैनन् । सम्झौताअनुसार काम नगर्नेलाई जो सुकैको घरधनीलाई कारवाही हुन्छ ।’

‘राज्यलाई धोका दिने र ...


एक सय १५  वर्ष पुरानो भक्तपुर अस्पतालमा एम्बुलेन्स छैन

भक्तपुर - स्थापनाको एक शताब्दी पार गरिसकेको उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा छैन भन्दा पत्यार नलाग्ला तर वास्तविकता यही हो ।

वीर अस्पतालपछि ११५ वर्षअघि स्थापना भएको भक्तपुर अस्पतालले केन्द्रीय अस्पतालको मान्यता पाए पनि एम्बुलेन्स सेवा भने उपलब्ध गराउन सकेको छैन ।

भक्तपुर अस्पतालमा विगतमा एम्बुलेन्स सेवा उपलब्ध थियो । अस्पतालमा भएको एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखालाई दिएपछि अस्पताल एम्बुलेन्सविहीन भएको हो । “विगतमा आफूसँग भएको एम्बुलेन्स रेडक्रसलाई किन दिइएको हो मलाई थाहा छैन,” अस्पतालका मेसु सुधा देवकोटाले भने, “अहिले एम्बुलेन्स नहुँदा ...


सरकारी अस्पतालबाट निजी फार्मेसी हटाउन सर्वोच्चको आदेश

काठमाडाैं - सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिन परमादेश जारी गरेको छ । सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्न सर्वोच्चको आदेशमा उल्लेख छ ।

निःशुल्क गरिएका औषधि आपूर्ति गर्न र तोकिएका अस्पतालबाट निःशुल्क वितरण गर्ने व्यवस्था गर्न सर्वोच्चले सरकारलाई आदेश दिएको छ ।

वीर अस्पतालले २०७२ सालमा फार्मेसी खोल्न सटर भाडामा दिन बोलपत्र आह्वान गरेको थियो । अस्पताल परिसरमा निजी फार्मेसी खोल्न दिने निर्णय र उक्त बोलपत्र आह्वानको सूचना बदर गर्न माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चका विष्णुप्रसाद तिमिल्सिनाले सर्वोच्चमा रिट दिएका थिए ...


शहीद परिवारलाई लागि उन्नत जातका गाई र भैँसी !

राजविराज - प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गरेका छन् ।

राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको मंगलबार उद्घाटन गर्दै मन्त्री साहले सो घोषणा गरेका हुन् । आगामी आर्थिक वर्षमा एक÷एक वटा उन्नत जातका गाई र भैँसी प्रत्येक शहीद परिवारलाई निःशुल्क उपलब्ध गराउने घोषणा उनले गर्नुभयो ।

प्रदेश नं २ का मधेश आन्दोलनका क्रममा शहीद भएकाका आमा, बुबा, छोरा, छोरी र श्रीमतीलाई समेट्ने गरी यसअघि नै प्रदेश ...


नारायणगढ-मुग्लिनको सबै खण्डमा कालोपत्रे सम्पन्न, दैनिक ६ घण्टा बन्द हट्यो

चितवन - नारायणगढ-मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रे गरेर सकिएको छ । यससँगै दिउँसोमा हुँदै आएको ६ घण्टा बन्द पनि हटेको छ । यस खण्डमा हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म गाडी रोकेरै काम हुँदै आइरहेको थियो ।

मंगलबार राति १२ बजे चेपाङ्ग डाँडाको घुम्तीको ६० मिटर सडकमा पहिलो तहको कालोपत्रे गरेपछि सबै सडक कालोपत्रेले जोडिएको हो । अब सडकखण्डमा कहिँ पनि खाल्डाखुल्डी, धुलो र हिलोको समस्या हुने छैन ।

गएको पुस १८ गतेबाट दैनिक विहान १० देखि ४ बजेसम्म नारायणगढ-मुग्लिन सडक खण्डमा यातायातका साधन चलाउन ...


खानेपानी नभएपछि धमाधम बसाइँसराइ


तानसेन - खानेपानीको संकट बढेपछि पाल्पाको गोठादी गाउँ रित्तिँदै गएको छ । तत्कालीन एउटा गाविस नै बसाइँसराइ गर्न बाध्य भएको हो । गोठादीमा अधिकांश मगर बस्ती छ ।

खेती उब्जनीको हिसाबले अत्यन्त उर्वर माटो भए पनि खानेपानी नभएपछि गाउँ नै खाली हुँदै गएको छ । माथागढी गाउँपालिका–५ गोठादीका बासिन्दा पानीको समस्याले बस्ती नै खाली गरी बसाइँसराइ गर्दै आएका छन् । उनीहरू पानीकै कारण सस्तोमा जग्गा बिक्री गर्ने, नबिके आफन्तलाई गरिखान दिने, आफन्तले नगरे बाँझै छाडेर भए पनि बसाइँ सराइ गर्दै आएका हुन् ।

पाँच सय घरपरिवार ...


युएनडिपीको अनुदानमा सांसदलाई दुईदिने तालिम

काठमाडौँ - संसद् सचिवालयले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को अनुदानमा सांसदलाई दुईदिने तालिम दिने भएको छ । बुधबार र बिहीबार सचिवालयले संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा प्रशिक्षण आयोजना गरेको हो ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) को प्रभावमा संसद् सचिवालयले विगतदेखि नै सांसदहरूलाई तालिम र भ्रमणको नाममा मुलुकभित्र र बाहिर लैजाने गरेको छ । मुलुकको नीति निर्माण गर्ने सर्वोच्च निकायमा समेत एनजिओ/आइएनजिओको प्रभाव बढेको भन्दै आलोचना भइरहेका वेला संसद् सचिवालयले दातृ निकायको प्रभाव रोकेको छैन । सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले दुईदिने संसदीय प्रक्रियासम्बन्धी जानकारीमूलक कार्यक्रम ...


मौलाउंदै मरिच तस्करी : १२ टन मरिच सहित चालक पक्राउ

वीरगञ्ज - पछिल्लो समय नेपालबाट मरिच तस्करी मौलाएको छ । दुई दिनअघिमात्र पर्साको विन्ध्यवासिनी गाउँपालिका ४ अमरपट्टीबाट तस्करी गरेर भारत लैजाँदै गरेको १८ सय किलो मरिच बरामद गरेको प्रहरीले पुःन तस्करी गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी १२ टन मरिच बरामद गरेको छ ।

मरिच बोकेको युपी ७८ बिटी ३८०४ नम्बरको भारतीय ट्रक वीरगञ्ज रक्सौल नाकामा रहेको शंकाराचार्य गेट कटिसकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चालक भारतको युपी कानपुर जिल्ला घर भएका ३२ वर्षीय धमेन्द्र कुमारलाई पनि प्रहरीले नियन्त्रणमा ...


सर्वसाधारणको १० अर्ब बुझाउन बाँकी छँदै जेलबाट छुटे सुधिर बस्नेत

काठमाडौं - घर जग्गा व्यवसाय र सहकारी बचतकर्ताको १० अर्ब ठगेको आरोपमा जेल सजाय भोगिरहेका व्यवसायी सुधीर बस्नेत सोमबार धरौटीमा रिहा भएका छन्। बस्नेत धरौटी तिरेर डिल्लीबजारको सदरखोर कारागारबाट रिहा भएका हुन् ।

काठमाडौं, भक्तपुर र स्याङजा जिल्ला अदालतमा मुद्दा खेपिरहेका बस्नेत तीनै अदातलले धरौटीमा रिहाको आदेशपछि सोमबार छुटेका हुन्।

सदरखोर डिल्लीबजारका प्रमुख उपसचिव अरुण पोखरेलले बस्नेत धरौटीमा रिहा भएको पुष्टी गरे । प्रहरीले सर्वोच्च अदालतको फैसला कार्यन्वयनका लागि १३ पुस ०७३ मा पक्राउ गरेको थियो ।

सहकारीको निक्षेप ठगी अभियोगमा काठमाडौं र भक्तपुर जिल्ला अदालतले बस्नेतलाई जेल ...


अख्तियारमा परेका चार हजार बढी उजुरी यसै थन्किए

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भ्रष्टाचार र भ्रष्टाचार जन्य उजुरीहरु मध्ये ४ हजार बढी उजुरी तामेलीमा परेको आयोगले जनाएको छ ।

यो आर्थिक वर्ष २०७४÷७५ को २०७४ साउन १ देखि २०७५ बैशाख मसान्तसम्मको उजुरी मध्ये तामेलीमा परेका उजुरी भएको आयोगका सहसचिव रामेश्वर दंगालले बताउनुभयो ।

आयोगले ४ हजार १ सय ६६ उजुरीलाई तामेलीमा राखेको उहाँले बताउनुभयो ‘चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आयोगले ४ हजार १ सय ६६ उजुरी तामेलीमा राखेको छ,’ उहाँले भन्नुभयो तथ्यहिन र आधारहिन भएकैले धेरै जसो उजुरीहरुलाई तामेलीमा राख्नुपरेको उहाँको भनाई छ ...


चितवनको चार किलोमा पहिरो, मुग्लिन सडक एकतर्फी

चितवन - चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो भन्ने स्थानमा आज बिहान ४ः५५ बजे पहिरो खस्दा सडक एकतर्फ मात्र सञ्चालन भएको छ ।

राति परेको पानीका कारण यहाँ पहिरो खसेको हो । अहिले पनि पानी पर्ने क्रम चितवनमा रोकिएको छैन । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अहिले पहिरो पन्छाउनका लागि स्काभेटर पठाइएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा दुई दिन अघि मात्रै पहिरो खस्दा तीनघण्टा यातायात अवरुद्ध हुन पुगेको थियो । यहाँ पटकपटक पहिरो खस्ने गर्छ ।

अहिले रात्रि गाडीको चाप रहेकाले सो ...


राष्ट्रपतिले एकैसाथ भेटिन ओली, प्रचण्ड, देउवा र पौडेललाई, दिइन यस्तो सुझाव !

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले साझा प्रतिबद्धताअनुसार मिलेरै संविधान कार्यान्वयनसहित समृद्ध नेपाल बनाउन सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेतालाई आग्रह गरेकी छिन् । सोमबार राति प्रधानमन्त्री केपी ओली, सत्तारूढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसँग शीतलनिवासमा भएको भेटमा भण्डारीले मिलेरै आर्थिक समृद्धिमा पुग्न आग्रह गरेकी हुन् ।

‘निर्वाचनपछि राष्ट्रपतिले समसामयिक विषयमा कुराकानी गर्न सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई बोलाउनुभएको हो,’ राष्ट्रपतिका सञ्चारविज्ञ भेषराज अधिकारीले नयाँ पत्रिकासित भने, ‘मिलेरै चुनाव गराएका दलहरूलाई राष्ट्रपतिले मिलेरै आर्थिक समृद्धि हासिल ...


स्वरूप फेरियो, शैली उस्तै : कतै पिच माथि अर्को पिच, कतै धुलोको डङ्गुर !

दाङ - घोराही बैंक रोडस्थित सडक कालोपत्रेको काम भइहेको थियो। घोराही उपमहानगरपालिकाले गर्न थालेको सडक कालोपत्रेको काम देखेर स्थानीय अचम्मित थिए। एक स्थानीय भन्दै थिए, ‘किन पिच गर्नु परेको होला?’ स्थानीयले सडक कालोपत्रे गर्दा अचम्म मान्नुको कारण थियो, सो सडकमा कालोपत्रेमाथि कालोपत्रे थपिँदै थियो। सडक मर्मतका नाममा उपमहानगरपालिकाले उक्त सडकमा कालोपत्रे थपिरहेको थियो। तर यो सडक मर्मत गर्नुपर्ने अवस्थामा भने थिएन। कालोपत्रे नउप्किएकै सडकमा फेरि पिच थपेर पुरानै विकासे शैलीलाई जनप्रतिनिधिले निरन्तरता दिएको अनभव स्थानीयहरुले गरिरहेका थिए। ‘यति राम्रो पिच सडकमा किन फेरि कालोपत्रे थप्नु ...


बढुवामा नेताका अंगरक्षक प्राथमिकतामा

काठमाडाैं – नेपाल प्रहरीमा केही दिनअघि भएको बढुवा सिफारिसमा प्रधानमन्त्रीदेखि दलका नेताहरुको सुरक्षामा खटिने प्रहरी अधिकृतहरु प्राथमिकतामा परेका छन्। प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) को बढुवा समितिले कार्य क्षेत्रमा खटिएका अधिकृतहरुलाई भन्दा अंगरक्षकलाई प्राथमिकता दिएर सिफारिस गरेको हो।

तीन वर्षको कार्यसम्पादन मूल्यांकनमा पनि अंगरक्षकहरुको अंक बढी देखिएपछि बढृुवा त्यहीअनुसार भएको नेपाल प्रहरीको उच्च स्रोतले बतायो। बढुवामा अंगरक्षकलाई प्राथमिकता दिँदा कार्यक्षेत्रमा खटिएका अधिकृतहरु मर्कामा परेका छन्। प्रहरी प्रधान कार्यालयले २८ जना डिएसपीलाई एसपी र ५५ जना इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको थियो।

एसपीको बढुवा सूचीमा ...


सिंहदरबारमा कर्मचारी थोपर्न ५४ विभाग

काठमाडौं – स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव भइरहेका बेला सरकारले केन्द्रमा कर्मचारी थोपर्न संघमा ५४ वटा विभाग राख्ने प्रस्ताव गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको प्रस्तावमा संघीय प्रशासनमा ५४ वटा विभाग बनाउन सिफारिस गरिएको छ।

संगठन तथा व्यवस्थापन (ओएनम) सर्वेक्षण रिपोर्टले ३४ विभाग स्वीकृत गरेको छ। बाँकी १९ विभागबारे छलफल भइरहेको मन्त्रालय स्रोतको भनाइ छ। यसैगरी वनस्पति विभागसमेत थप्ने तयारी भइरहेको पनि मन्त्रालयले जनाएको छ।

ओएनएम सर्भेमा देशभर करिब एक लाख १७ हजार कर्मचारी आवश्यक पर्ने देखिएको छ। तीमध्ये स्थानीय तहमा करिब ...


प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउन संबिधान संसोधनको तयारी

पोखरा - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरम पनि सरकारमा आएपछि कतिपयको मुख टालिएको बताएका छन् । उनले जरुरी पर्दा संविधान संशोधन गर्न बाटो खुलेको समेत बताए । उनले संविधान संशोधनमार्फत् प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्ने तयारी भएको पनि बताए ।

‘सरकारमा रहेका सबै पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउने कुरामा सहमत छन्’,पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो पूर्ण ध्यान कार्यकारी राष्ट्रपति नै हो।’ उनले राष्ट्रपतीय प्रणाली पक्षधर सबै शक्तिहरु सरकारमा रहेकोले आउँदो चुनाव अगाडि नै संविधान संशोधनमार्फत ...


दाङमा विमान सेवा फेरि बन्द

दाङ - यहाँको विमान सेवा फेरि बन्द भएको छ । जनप्रतिनिधिहरु निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले २०७४ पुस १९ गते बाजागाजासहित पहिलोपटक समिट एयरसँग सम्झौता गरी विमान सञ्चालन गरेको थियो ।

स्थानीय तहमा निर्वाचन अगाडी तुलसीपुर उद्योग वाणिज्य संघले केही समयसम्म निजी विमान कम्पनीसँग समन्वय गरी विमान सेवा सञ्चालन गरेको थियो । पटक पटक सञ्चालन र बन्द हुँदै आएको विमान सेवा बन्द भएपछि यहाँका स्थानीयवासीले फेरि नेपालगञ्जबाटै विमान सेवा लिनुपर्ने बाध्यता भएको स्थानीयवासी पवन बुढाथोकीले बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका र समिट एयरबीच गत पुसमा प्रतियात्रु रु सात ...


‘भिआईपी’ कैदी : जेलभित्र यसरी काटिरहेका दिन !

काठमाडाैं - डिल्लीबजार कारागारमा पूर्वप्रहरी महानीरिक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालगायत कैद जीवन बिताइरहेका छन्। जेल पर्नुअघि प्रतिष्ठित सामाजिक र सुविधाभोगी जीवन बिताइरहेका यी सबै पूर्व भिआइपी हुन्।

सुडान घोटाला काण्डमा दोषी ठहर भई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना सुनाइएका पूर्वआइजिपी राणा झन्डै एक वर्षदेखि जेलमा छन्। कारागारको ‘क’ ब्लकमा रहेका उनी अधिकांश समय टेलिभिजन हेरेर बिताउँछन्। ...


शिक्षकद्धारा विद्यार्थी बलात्कार, अभियुक्त फरार

स्याङ्जा - जिल्लाको चापाकोट न.पा ७ गंगालाल मा.वीका शिक्षकले सोही विद्यालयमा पढ्ने विद्यार्थीलाई बलात्कार गरेको खुल्न आएको छ । कक्षा ७ मा पढ्दै आएकी १४ वर्षीय सिमा नेपालीलाई शिक्षक रामभक्त आचार्यले जर्बजस्ती गरेको आरोप पीडित नेपालीको छ ।

चैत २ गते भएको कक्षा ७ को परीक्षा समयमा विद्यालय नजिकै शितलटार जंगलमा लगी ललाई—फकाई जर्बजस्ती करणी गरेको नेपालीले बताइन् । शिक्षक रामभत्त आचार्यले टि—सर्ट ,मोबाईल , १० हजार रुपैंया पैसा दिन्छु भन्दै करणी गरेको र कसैलाई भने चरम यातना दिने धम्किका कारण चैतको घटना अहिले बाहिर आएको ...


चितवनलाई प्रदेश ३ को स्थायी राजधानी बनाउन प्रस्ताव

हेटौडा - प्रदेश ३ को स्थायी राजधानी चितवनलाई बनाउन माग गर्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ । चितवनबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरूले सचिवालयमा आइतबार यस्तो प्रस्ताव दर्ता गरेका हुन् ।

सचिवालयमा प्रदेश सभा सदस्यहरू बलराम पौडेल, रामलाल महतो, कृष्णप्रसाद खनाल, मिलनबाबु श्रेष्ठ, कृष्णप्रसाद भुर्तेल, पार्वती सिलवाल, घनश्याम दाहाल, भावना सुवेदीले हस्ताक्षरसहित प्रस्ताव पेस गरेका छन् भने कञ्चन खनाल, गीता वाग्ले, विजय सुवेदी, रीना गुरुङको भने नाम मात्रै उल्लेख छ । राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सदस्यसमेत रहेका तत्कालीन एमाले सांसद विजय सुवेदी र ...


संसदमा अर्थमन्त्रीकाे जवाफ : 'संघीयता खर्चिलो भयाे'

काठमाडौँ - अर्थमन्त्री डा. युवराज खतिवडाले जनताको न्यूनतम आवश्यकता पूरा गर्दै समृद्धिको प्रस्थान बिन्दुकारुपमा आर्थिक वर्ष २०७५/०७६ को बजेट तयार पारिएको बताएका छन् ।

प्रतिनिधिसभाका सांसदले आजको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि उठाएका प्रश्नमा उनकाे जवाफ थियाे,’बजेट राष्ट्रिय अर्थतन्त्र निर्माणको पक्षमा छ, यो समृद्धिबाट समाजवादतर्फ उन्मुख छ ।’

सर्वाङ्गीण विकासमा बजेटले ध्यान दिएको जिकिर सुनाएका उनले नागरिकलाई उत्पादनसँग जोड्न बजेटले पहल गरेको दाबीसमेत गरे । अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षाका लागि सरकारले जिम्मा लिने बताए ।

सरकारले बजेटमार्फत नागरिकको न्यूनतम आवश्यकता पूरा गरेर समृद्धिको बाटोमा ...


नेकपामा ४४१ केन्द्रीय सदस्यले यस्तो जिम्मेवारी पाउँदै छन्

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटीका ४४१ केन्द्रीय नेतालाई जिम्मेवारी दिने गरी पार्टीको नियमावली तयार पारेको छ । महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलले सबै केन्द्रीय नेताको जिम्मेवारी बाँडफाँड हुने गरी नियमावलीलाई करिब–करिब अन्तिम रूप दिएको हो ।

एक चरण अनौपचारिक छलफलपछि कार्यदलले नियमावलीको अन्तिम मस्यौदा केन्द्रीय सचिवालयलाई बुझाउने तयारी गरेको छ । ‘जम्बो’ केन्द्रीय कमिटी भएका कारण सबैलाई जिम्मेवारी दिने मान्यताका आधारमा नियमावलीको मस्यौदा करिब–करिब टुंगो लगाइएको स्रोतले जनाएको छ ।


पार्टी विधानलाई थप स्पष्ट पार्न पौडेलको संयोजकत्वमा गत ७ जेठमा ४ सदस्यीय नियमावली मस्यौदा कार्यदल गठन ...


मन्त्रिपरिषद बैठक : बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने निर्णय

काठमाडौं - नेपालले बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ) संगठनको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले बिमस्टेकका सदस्य राष्ट्रहरुलाई आगामी भदौ दोश्रो या तेश्रो हप्ता चौथो शिखर सम्मेलन गर्ने प्रस्ताव राख्ने निर्णय गरेको सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यस्तै बैठकले केही महिना अघि सम्पन्न विद्यार्थी भर्ना अभियानलाई फेरि दोहोर्याउने निर्णय गरेको छ । अघिल्लो भर्ना अभियानमा मुलुकभरबाट ५९ हजार बालबालिका छुटेको जनाउँदै अभियानलाई पुन दोहोर्याउने निर्णय गरिएको सञ्चारमन्त्री बास्कोटाले बताए । मुलुकभर ...


वीर हस्पिटलमा अख्तियार पस्यो, यस्तो रहेछ भ्रस्टाचारको जालो !

काठमाडौं - कलाकार सीताराम कट्टेल (धुर्मुस)ले चलाएको वीर अस्पताल सफार्इ अभियान विवादमा परेका बेला अस्पताल प्रशासनका केही व्यक्तिसँग भने दुई अर्ब रुपैयाँको हिसाबकिताब खोजिँदैछ । अस्पतालका कर्मचारीमात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले समेत अस्पताल सुधारका लागि सरकारले दिएको दुई अर्बको खोजी गर्न थालेका हुन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल र ट्रमा सेन्टरमा भएका भ्रष्टाचार र अनियमितताको सुबत प्रमाण सहित ८४ बुँदाको उजुरी परेपछि अख्तियार र सतर्कताले छानविन अघि बढाएका हुन् । महालेखा परीक्षकको प्रतिवेदनले समेत वीर अस्पताल प्रशासनमा ...


पार्टी एकता देशको आर्थिक समृद्धिका लागि : प्रचण्ड

कास्की - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको एकता ठूलो पार्टी बनाउन नभई देशको आर्थिक समृद्धिका लागि भएको बताएका छन् ।

आज कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका लेवाडेस्थित जन्मस्थान पुगेका अध्यक्षले भने, ‘ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहना होइन, देशलाई समृद्धितिर लैजाने हाम्रो मुख्य उद्देश्य हो । ’

अध्यक्षले देश भित्रका र बाहिरका प्रतिक्रियावादीहरु पार्टी एकीकरण हुनेमा विश्वास नभएको बताउदै पार्टी एकताले उनीहरु आश्चर्यमा परेको बताए । अध्यक्षले भने, ‘हामीले पार्टी एकता नभनेको दिनमा गर्छौ भनेका थियौं त्यही नै गर्यौं । दिन तोकेर ...


खरिदार पद हट्यो, सुब्बामा अब ७० प्रतिशत खुल्ला विज्ञापन

 काठमाडौं - सरकारले निजामती सेवामा खरिदार पद हटाउने तयारी गरेको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख गरेको छ । अब खरिदार पदमा खुल्ला विज्ञापन नगरिने सामान्य प्रशासन मन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारी जानकारी दिए ।


कानुन मन्त्रालयमा सुझावका लागि पुगेको संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ मा खरिदार पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीको अनुसार ‘कार्यालय सहयोगीबाहेक खरिदार पदभन्दा तल अर्को ...


सुनकाण्डका अभियुक्त छिरिङद्वारा आत्मसमर्पण

काठमाडौं - ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् ।

उनको अदालतमा बयान सुरु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जानकारी दिएको छ ।

सुन तस्कर प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले अदालतमा नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वालेङ घले भएको बयान दिएका थिए । गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको दाबी गरेका थिए ।

उनले अाफू छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने गरेको बताएका थिए । छिरिङले एसएसपी श्याम खत्रीसँग ...


नेकपाका तल्ला कमिटीको मोडालिटी तयार, कहाँ कति सदस्यीय ?

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तत्कालीन दुई पार्टीका संगठनलाई प्रदेशदेखि गाउँ कमिटीसम्म समायोजन गर्न मापदण्ड तयार गरेको छ । नेकपाले जनवर्गीय संगठन र प्रदेशदेखि गाउँ कमिटीसम्म समायोजन गरी बनाइने नयाँ कमिटी छरितो बनाउने मापदण्ड तयार गरेको हो । सचिवालयले कमिटीमा कस्ता व्यक्तिलाई ल्याउने भन्ने मापदण्ड पनि बनाएको छ ।

सचिवालयले मापदण्ड तोक्दै तीन महिनाभित्र सबै कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया सक्न अन्तरपार्टी निर्देशन दिइसकेको छ । पार्टी कमिटीको एकताका लागि सातै प्रदेशमा तत्कालीन एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई सदस्य रहने गरी कार्यदल गठन गरिएका छन् । यस्तै दुबै ...


सांसद् नियमावली निर्माण ठप्प, यस्तो छ कारण !

काठमाडौं - प्रतिनिधिसभा र राष्ट्रियसभाको नियमावली निर्माण प्रक्रिया स्थगित भएको छ। सांसद फौजदारी अभियोगमा पक्राउ भएपछि निलम्बन गर्ने वा नगर्ने विषयमा विवाद भएपछि नियमावली निर्माण प्रक्रिया रोकिएको हो। नेपाल कम्युष्टि पार्टी(नेकपा)ले निलम्बन राख्नु पर्ने अडान लिएको छ भने कांग्रेसले निलम्बन राख्नु हुँदैन भन्ने अडान लिए पछि विवाद भएको हो।

गत चैतदेखि नियमावली निर्माण प्रक्रिया सुरु गरिएको थियो। नियमावली मस्यौदा समितिले वैशाख २३ गतेको प्रतिनिसिधसभा र राष्ट्रियसभामा बैठकमा नियमावलीका मस्यौदा टेबुल गरेको थियो। नियमावलीका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै नियमावली मस्यौदा गठन भएका थिए। प्रतिनिधिसभामाका नियमावली मस्यौदा ...


कामचोर ठेकेदार निगरानीमा, गृहमा तयार भयो यस्तो लिष्ट !

सुर्खेत – सम्झौताअनुसार तोकिएको समयमा काम नसक्ने ठेकेदारविरुद्ध कर्णाली प्रशासन कडा बन्दै गएको छ । कर्णाली प्रदेशभित्र सञ्चालित योजना सम्झौताअनुसार म्यादभित्रै सम्पन्न नगर्ने ठेकेदार र उनीहरू सम्बद्ध कम्पनीको विवरण संकलन गरेर गृह मन्त्रालयमा पठाउनेदेखि स्थानीयस्तरमै पनि कारबाही प्रक्रिया सुरु गरिएको क्षेत्रीय प्रशासक रामप्रसाद थपलियाले जानकारी दिए।

‘अधिकांश जिल्लाले सम्झौताअनुसार समयमै काम नगर्ने ठेकेदार र सम्बद्ध कम्पनीका नाम गृह मन्त्रालयमा पठाएर हामीलाई बोधार्थ दिएका छन्,’ कर्णाली प्रदेश सरकारका प्रमुख सचिवसमेत रहेका थपलियाले भने, ‘केही जिल्लाको विवरण दुई/तीन दिनमै संकलन गरेर गृहमा पठाउँदैछौं।’ दुई साताअघि वीरेन्द्रनगरमा भएको कर्णाली ...


जनशक्ति अभावले अदालत सुस्त, दुई वर्षअघि गरेका फैसलाको पूर्णपाठ अझै लेखिएन

काठमाडौं - सर्वोच्च अदालत नागरिकलाई न्याय दिने सर्वोच्च निकाय हो। तर, ढिलो फैसला लेखिने र धेरै मुद्दाको फैसला पनि ढिलो हुने सर्वोच्च नै हो। दुई वर्षअघि गरेका फैसलाको पूर्ण पाठ अझै लेखिएको छैन। ६० प्रतिशत फैसला कटाउने लक्ष्य अझै असफल छ। र, यो सबैको कारण बनेको छ– जनशक्तिको अभाव।

छिटो–छरितो र पहुँचयोग्य न्यायको अवधारणासहित २०६१ सालमा लागू भएको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना अन्तिम चरणमा छ। तर जनशक्ति अभावकै कारण योजनाअनुसार अदालतहरू गतिशील हुन सकेका छैनन्।

मुलुक संघीय संरचनामा गए पनि न्यायपालिका एकात्मक रहने संवैधानिक व्यवस्था छ। जसअनुरूप ...


राष्ट्रकवि घिमिरे उपचार सकेर स्वदेश फर्कदै

काठमाडौँ - भारतको मेदान्त अस्पतालमा स्वास्थ्य उपचारपछि राष्ट्रकवि माधवप्रसाद घिमिरे आज स्वदेश फर्कदै छन् । हरियाणामा रहेको मेदान्त अस्पतालमा उपचार पछि स्वास्थ्यमा सुधार आएपछि उनि बिहान साढे १० बजे नेपाल वायु सेवा निगमको नियमित उडानबाट काठमाडौं फर्कन लाग्नु भएको उनकी छोरी शान्ती शर्माले जानकारी दिइन ।

आन्तरिक रक्तश्राव नरोकिएपछि ९८ वर्षिय राष्ट्रकवि घिमिरेलाई गत जेठ ९ गते उपचारका लागि दिल्ली लगिएको थियो । काठमाडौंमा झण्डै २ साता लामो उपचारबाट पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि देल्ली लगिएको थियो । घिमिरेको उपचारको सम्पुर्ण खर्च सरकारले ...


गाडी चढ्ने रहरले गहना र जग्गा बन्धकी राखेर सडक निर्माण

बझाङ - तलकोट गाउँपालिकाका स्थानीयले सुनका गहना बिक्री र कमाइखाने जग्गा बन्धकी राखेर ६ किलोमिटर सडक निर्माण गरेका छन् । तलकोट –५ का खौला, बेतकाला, भण्डारी र कोट गाउँका स्थानीयले यसरी ६ किलोमिटर सडक निर्माण गरी गाउँमै गाडी पुर्याएका हुन् । सडक निर्माण खर्च जुटाउन सात तोला सुनका गहना बिक्री र जग्गा बन्धकी समेत राख्नुपरेको स्थानीयले बताए । एक सातादेखि सो सडकमा जिप गुड्न थालेका छन् ।

‘सडकका लागि जमिन कटान गर्न थालेको ४ वर्ष भएको थियो । गाउँलेले श्रमदान र चन्दा दिएकै थिए । तर ...


ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री : पोखरेल पहिलो र यादव दोस्रो वरीयतामा

 काठमाडौँ - प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री नियुक्त भएका छन् । यसअघि नै रक्षा मन्त्रालय सम्हाल्दै आएका ईश्वर पोखरेल र शुक्रबार सरकारमा गएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री नियुक्त भएका हुन् । यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । पोखरेल र यादवले शुक्रबारै शपथ लिए ।

फोरमकै मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटालाई पनि मन्त्री नियुक्त गरिएको छ । पुरानै मन्त्रालयमा उनलाई राज्यमन्त्रीबाट मन्त्रीको जिम्मेवारी दिइएको हो । राष्ट्रपतिको कार्यालयले संविधानको धारा ७६ उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति ...


ट्राफिक उल्लङ्घन गर्ने सवारीका लागि ह्वात्तै बढ्यो जरिवाना, हेर्नुहोस कुनमा कति ?

काठमाडौं - ट्राफिक प्रहरीले यात्रुवाहक सार्वजनिक सवारीदेखि निजी सवारी साधनसम्मका लागि बिभिन्न नियम तोकेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरेर बिभिन्न नियम लगाएको हो । उसले नियम नमान्ने सवारी साधनमाथि कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

कुनै पनि सवारी साधनले सिट संख्याभन्दा बढी यात्रु राखेको पाइए कडा कारबाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ । यस्ता यात्रुलाई १ हजार जरिवाना तिराउने महाशाखाका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले बताए ।

महाशाखाले सार्वजनिक सवारी साधनमा धुमपान गरे १ हजार जरिवान तिराउने व्यवस्था ...


पाल्पा बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो


पाल्पा - पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु भएका सबैको सनाखत भएको छ ।

मृत्यु हुनेमा सहकारीका अध्यक्ष तानसेन ४ का विष्णुमान बज्राचार्य, तानसेन-४ का कृष्णबहादुर बोहोरा, तानसेन-३ का छत्रराज शाक्य, तानसेन-६ का सुशिलप्रसाद श्रेष्ठ, तानसेन-६ का दुर्गाबहादुर सारु, तानसेन-३ का देवेन्द्रलाल प्रधान, तानसेन-३ का कृष्णमान बज्राचार्य, तानसेन-६ का सचिव बज्राचार्य, तानसेन-२ का लोकप्रसाद ढकाल, तानसेन-३ की बसन्ती खाँण, तानसेन- ६ का गीता बुढाथोकी, तानसेन-३ की ...


अभियानले उठाएको फोहर एक हप्तासम्म सडकमै

काठमाडौँ - सफाइ अभियानले फोहर उठाएर राखेको एक सातासम्म सडक किनारमै थुप्रिएको छ ।

जेठ १२ गते शनिबार २२४औँ हप्ताको गुह्येश्वरीमाथिको वाग्मती सफाइ सहायक नदी कोलमती किनारमा भएको थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख आशीष घिमिरेलगायत पनि सहभागी हुनुभएको थियो । अधिकार सम्पन्न वाग्मती समितिका अधिकारीहरु मुहानदेखिकै सफाइ अभियानमा सहभागी भएको स्थलको फोहर भने एक हप्तासम्म उठ्न सकेको छैन ।

गोकर्णेश्वर नगरपालिका वडा नं २ र ४ को सीमामा रहेका कोलमती सफाइ गरेर राखिएको फोहर नदी किनारस्थित बसपार्कमा ...


गोंगबुबाट एक किलो सुनसहित दुई पक्राउ

काठमाडौं - काठमाडौंको गोंगबुबाट एक किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ्ग–९ का २९ वर्षीय सोनाम भन्ने नेमजुङ्ग तामाङ्ग, सिन्धुलीको कमलामाई–३ का ३४ वर्षीय ओमनाथ देवकोटा र धादिङ्गको रुवी भ्याली–४ का ४३ वर्षीय देव भन्ने कोतबहादुर तामाङ् रहेका छन् ।

यसअघि उनीहरुको समूहले अघिल्लो साता विहीबार गोंगबुबाट पोखरा जान लागेका ओमनाथ देवकोटाको साथबाट एक किलो सुन लुटपाट गरेका थिए । अनुसन्धानका क्रममा सुन नक्कली भएको खुलेको छ ।

...

सरकारले खारेज गर्यो कम्प्युटर अपरेटर पद

काठमाडौं - सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर पद खारेज गर्ने भएको छ ।

पुराना कर्मचारीहरुलाई कम्प्युटर सम्बन्धी ज्ञान नहुने भएकाले कम्प्युटर चलाउन जान्नेहरुलाई नियुक्त गरी कार्यालयको कामकाजलाई सरल, छिटोछरितो र व्यवस्थित बनाउने उद्देश्यअनुसार कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटरमा कर्मचारीहरु नियुक्त गरिन्छ ।

सरकारी कार्यालयमा प्रशासनिक ज्ञान, निर्णय क्षमता, नेतृत्व क्षमता आदि चाहिन्छ जुन कम्प्युटर अपरेटर पदको परीक्षाको पाठ्यक्रमभित्र नै पर्दैन ।

त्यसैले प्रशासनिक नेतृत्व उनीहरुले गर्न पाउँदैनन् । उनीहरु आन्तरिक बढुवा हुँदै माथिल्लो पदमा पुग्न सक्छन् । तर, नेतृत्व तहमा पुग्दैनन् । त्यसैले कम्प्युटर ...


चौथो पटक मन्त्रिपरिषद विस्तार, फोरमले छान्यो दुई मन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । संघीय समाजवादी फोरमबाट दुई मन्त्री नियुक्त हुनेछन् ।

फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुनेछन् भने इस्तियाक राइन शहरी विकासमन्त्री बन्नेछन् । सपथ दिउँसो ३ बजे शीतल निवासमा हुनेछ ।

हालै मात्र नेकपा र फोरमबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने सहमति भएको थियो ।

...

भट्टाईलाई महानिर्देशको जिम्मेवारी दिइएन, दलालसंग मन्त्रि महासेठको साँठगाँठ

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक (डिजी) रुपनारायण भट्टाईलाई फालेर प्रेम सिंहलाई कामु महानिर्देशको जिम्मेवारी दिएका छन्।

सह–सचिव भट्टराईलाई मन्त्रालयमा जगेडा राख्दै मन्त्री महासेठले आफूलाई अनुकुल हुने गरी सिंहलाई कामु डिजीको जिम्मेवारी दिएका हुन्। यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न महत्वपूर्ण काम गरेका तत्कालीन डिजी भट्टराईलाई मन्त्री महासेठले मन्त्रालयमा तानेका थिए।

भट्टराईले मन्त्रालयमा हाजिर गर्न नजाने बताएपछि उनलाई फेरि सामान्य प्रशासन मन्त्रालयले श्रम मन्त्रालयमा सरुवा गरेको थियो। भट्टराई श्रम मन्त्रालयमा हाजिर नहँुदै फेरि केही दिनअघि उनलाई यातायात मन्त्रालयमै तानिएको थियो। बिहीबार ...


सुन तस्करी प्रकरण सुस्ताउने संकेत, फितलो छानविन

काठमाडौं - साढे ३३ किलो सुन गायब प्रकरण र विमानस्थलबाट हुने सुन तस्करी मुद्दामा पक्राउ परेका आरोपीबीच एकआपसमा पोलापोल मात्रै हुनुले अनुसन्धान दायरा खुुम्चिने संकेत देखिएको छ। तथ्यपरकको सट्टा परम्परागत शैलीको अनुसन्धान भइरहेका कारण अनुसन्धानको दायरा खुम्चिने सम्भावना बढ्दै गएको तर्क पूर्व सुरक्षा अधिकारी तथा अनुसन्धानका अनुभवीहरुको छ।

मुख्य आरोपी भनिएका चूडामणि उप्रेती ‘गोरे’ले एसएसपी श्याम खत्रीलाई पोलेका थिए। खत्रीले गोरे र पूर्वडीआईजी गोविन्द निरौलालाई पोलेका छन्। उनले समितिलाई दिएको बयान र जिल्ला अदालत मोरङमा दिएको बयान फरक देखिएको छ। पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘स्वतन्त्र छानविन ...


सिन्डिकेट खारेजी कागजमा, जनताको सास्ती भने उस्तै !

काठमाडौं – ‘यातायातमा सिन्डिकेट खारेज भयो’ माधव थापाले पत्रपत्रिकामा यस्तैयस्तै शीर्षकमा धेरै समाचार पढे। समाचार पढेपछि थापालाई लागेको थियो, ‘सिन्डिकेट खारेज भएछ। अब उपत्यकामा आवतजावत गर्न सहज हुने भयो।’ भक्तपुरका थापा काठमाडौंमा एक बहुद्देश्यी सहकारीमा काम गर्थे। उनी दिनहुँँ सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतामा थिए। सिन्डिकेट अन्त्य भएको समाचार पढेपछि उनी खुसीले गद्गद् भए– सहज तथा सुलभ यात्रा गर्न पाइने भयो भनेर।

सिन्डिकेट अन्त्य भएको समाचार पढेको एक–दुई दिन हुँदै महिना दिन पुग्नै लाग्यो। तर, थापाको यात्रामा भने सिन्डिकेट तोडिएको समाचार पढ्नुअघिभन्दा कुनै भिन्नता आएको ...


३३ केजी सुन तस्करी प्रकरण :  एयरपोर्टमा यसरी हुन्थ्यो सेटिङ


काठमाडौं – अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाइन मिलाउने काम गरेको खुलेको छ। महानगरीय प्रहरी अपराध महाशाखामा रहँदा उनी सुन तस्करको सम्पर्कमा पुगेका हुन् । त्यसयता उनले नै तस्करलाई प्रहरीको लाइन मिलाउँदै आएका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०७३ पुस २१ मा साढे ३३ किलो सुन बरामद गरेपछि सुनतस्करसँगको उनको सम्बन्ध खुलेको हो। त्यति बेला रञ्जितकुमार गुप्ताले सिआइबीलाई दिएको बयानअनुसार २०६८ देखि खत्री सुन व्यापारीसँगको संगतमा रहेका थिए। महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत रहँदा ...


'पानीजहाज सञ्चालन यसै वर्ष' ‘वे अफ बंगाल'बाट संचालन हुने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले जलमार्ग र रेलमार्गको कुरा गर्दा केहीलाई सह्य नहुने भन्दै यसै वर्ष वे बंगालबाट पानीजहाज सञ्चालन भए अनौठो मान्नु नपर्ने बताएका छन् । सरकारले युगान्तकारी परिवर्तन गर्ने कुरा बजेटमा ल्याएको भन्दै ओलीले रेलमार्ग र जलमार्गलाई हल्का रूपमा नलिन पनि आग्रह गरे ।

नेकपाको बुधबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘वे बंगालबाट पानीजहाज यही वर्षभित्र सुरु भए अनौठो मान्नुपर्दैन । आलोचकलाई उद्घाटनमा सँगै लैजानेछु ।’ जलमार्गबाट भारतको कोलकाताको ओसारपसार गर्ने काम निकट भविष्यमै सुरु हुने पनि उनले बताए । आफूले ...


काम नगर्ने ठेकेदार धमाधम पक्राउ

गोरखा - आफ्नै वडामा स्वास्थ्यचौकी निर्माण गर्ने ठेक्का लिएर काम नगरेका गोरखाका एक वडाध्यक्षलाई प्रहरीरले पक्राउ गरेको छ। म्याद सकिएको २ वर्षसम्म पनि काम सम्पन्न नगरेको भन्दै भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। अलपत्र पारेको काम तत्काल सम्पन्न गर्ने कागजमा सही गराएर बुधबार बिहान रिहा गरिएको प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिए।

श्रेष्ठले धुलिखेल निर्माण सेवाको ठेक्का फर्ममा बोर्लाङ स्वास्थ्यचौकी निर्माण गर्न सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयसँग सम्झौता गरेका थिए। ०७३ साल असार ३ गते भवन निर्माण सम्पन्न ...


एभरेष्ट पेन्टस् उद्योगमा लागेको आगो नियन्त्रणमा आउन सकेन

चितवन - भरतपुरको एभरेष्ट पेन्टस् उद्योगमा आज विहान आगलागी भएको छ ।

भरतपुर महानगरापलिका–४, शिवघाटमा पर्ने उद्योगमा बिहान ७ बजेबाट लागेको आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिकाको दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय परिचालित भएको जानकारी दिएको छ । ।

आगलागीको कारण भने खुल्न सकेको छैन ।

...

निर्दयी काल : भाइको शव लिएर घर जाँदै गरेका दाजुको मृत्यु

पाँचथर - पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ ।

मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

मंगलबार मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–७, टारीमा पुग्दा पिकअपबाट खसेर घाइते भएका उनको उपचारका लागि पाँचथर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो ।

उकालो बाटोमा पिकअपको पछाडि भागमा भाइको शवसँगै बसेका उनको गाडीको गियर परिवर्तन गर्दा खसेको प्रहरीले जनाएको छ । दुई ...


खेलकुदमा बजेट दोब्बर

काठमाडौँ - नयाँ आर्थिक वर्ष २०७५–७६ का लागि सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । २०७४–७५ को तुलनामा यो करिब दोब्बर बजेट हो ।

कुल बजेटको ०.३२६ प्रतिशत युवा तथा अर्थ मन्त्रालयलाई छुटयाइएको हो । त्यसमध्ये तीन अर्ब ३५ करोड खेलकुदलाई रहेको मन्त्रालयले जनाएको छ । गत वर्ष खेलकुदलाई १ अर्ब ६१ करोड दिइएको थियो । नयाँ बजेटमा चालु खर्च एक अर्ब ५१ करोड छुटयाएको छ भने पुँजीगततर्फ दुई अर्ब २५ करोड विनियोजन गरिएको छ । ...


तपाईंको स्थानिय तहलाई कति बजेट पर्यो ? यहाँ हेर्नुहोस (पूर्ण विवरण सहित)

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा स्थानीय तहको लागि बजेट छुट्याइएको हाे । यस्तो छ स्थानीय तहलाई छुट्याइएको बजेट

...

प्रधानमन्त्री कार्यालय झनै शक्तिशाली, १ खर्ब ५६ अर्ब बजेट

काठमाडौं - केन्द्र सरकारले सोमबार ल्याएको आर्थिक वर्ष २०७५÷७६ को बजेटले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रधानमन्त्रीलाई अझै शक्तिशाली बनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा मन्त्रालयगत रूपमा सबैभन्दा बढी रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०७५÷७६ को निकायगत बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई १ खर्ब ५६ अर्ब २८ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ । २०७४÷७५ को बजेटमा भने ७७ अर्ब २७ करोड ९३ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

यसअघि राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान ...


साउन १ गतेदेखि पेन्सन खारेज, यस्तो आयो नयाँ योजना !

काठमाडौं - सरकारले पेन्सनको भार थेग्न नसक्ने भएपछि आगामी आर्थिक वर्षबाट योगदानमा आधारित निवृत्तिभरण योजना लागू गर्ने भएको छ । अब २०७५ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीहरुले पेन्सन पाउने छैनन् । बरु उनीहरुको योगदानमा आधारित निवृत्तिभरण पाउने छन् ।

मंगलबार आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘संवत् २०७५ साउन १ गतेदेखि नियुक्त हुने राष्ट्रसेवकहरुलाई योगदानमा आधारित निवृत्तिभरण योजना अनिवार्य लागू गरिने छ ।’

सरकारलाई पेन्सनको भार प्रत्येक पाँच वर्षमा दोब्बर पर्दै गएको छ । गत वर्षसम्म नेपालको कुल बजेटको ...


घरजग्गा कारोवारमा कडाई, अब मान्यता प्राप्त कम्पनीहरुबाट मात्र किन्न पाइने

काठमाडौँ - अब सरकारबाट मान्यता प्राप्त गरेका कम्पनीहरुबाट मात्र घरजग्गा किन्न पाइने भएको छ ।सरकारले यसअघि जस्तो गरि अब घर जग्गा कारोबार गर्न नदिने भएको छ ।

साथै सरकारले अब सिंचित जमिनमा घर निर्माण गर्न नपाउने व्यवस्था गरको छ । मंगलबार संसदमा अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।

...

बजेट प्रति पूर्वमन्त्री डा. महतको प्रतिक्रिया

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले सरकारले मंगलबार संसदमा प्रस्तुत गरेको बजेट प्राथमिकता र लक्ष्य केन्द्रित नभएको बताएका छन् । उनले बजेटले वाम सरकारकाे चरित्र उदाङ्गियोकाे बताए ।

सरकार अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटको आकार वास्तविक भएपनि आर्थिक बृद्धिको लक्ष्य प्राप्तीमा कुनै योगदान गर्न सक्ने दाबी गरे ।

अर्थतन्त्रमा ७८ प्रतिशत योगदान गर्ने निजी क्षेत्रलाई बजेटले पूर्णरुपमा वेवास्ता गरेको महतका दाबी छ ।

वाम सरकारले ल्याएको बजेट अत्यान्तै साधारण भएको उनले बताए । चुनाबका घोषणापत्रमा चर्का नारासहितका आश्वान मतदातालाई बाडे पनि बजेटमा ...


प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइने

काठमाडौं - वर्षभित्र बैदेशिक रोजगारीमा जान नपर्ने उदेश्यअनुसार सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने भएको छ ।

स्वदेशमै रोजगारीमा अवसर सिर्जना गर्न उक्त कार्यक्रम गर्न लागेको हो ।

सो कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ छुट्याएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गराएका छन्।

...

बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्ने

काठमाडौं - बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि बजेट बिनियोजन गरिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले सदनमा बजेट प्रस्तुत गर्दै शहरी विकास अन्तर्गत यो घोषणा गरेका हुन ।

यसैगरी गरिबीको रेखामुनि रहेको परिवारलाई घर निर्माणका लागि सहयोग गर्न जस्तापाता सामग्रीका लागि प्रति परिवार ५० हजार दिइने कार्यक्रम समेत घोषणा गरिएको छ । छ । यो अभियानमा भूमिहीनलाई समेत समेटिने छ ।

परालको घरको छाना भएकालाई समेत जस्ता छाता भएका घर निर्माणका लागि सहयोग गरिने छ भने सुकुम्बासी समस्याको हल खोजिने घोषणा गरिने छ ।
भौगौलिक विकट भएका घर बसोबास ...


संसदमा बजेट : बाइक र कारको मूल्य आकाशियो

काठमाडौँ - सरकारले बाइक र कारमा लाग्ने अन्तश्ल्क कर बढाएको छ । योसँगै मोटरसाइकल र कारको मूल्य बढ्ने भएको छ ।

मंगलबार संसलमा आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्त्त गर्दै अर्थमन्त्री युवराज खतिवडाले निजी प्रयोजनका ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको घोषणा गरेका ह्न ।

अब नेपालमा ठूला सीसीका कार तथा मोटरसाइकल महंगिनेछन् । नयाँ बजेटमार्फत १००० सीसी भन्दा ठूला सवारीमा कर बढाइएको छ । सरकारले १२५० सीसीभन्दा बढीका मोटरसाइकलमा पनि अन्तःशूल्क बढाएको छ ।

सरकारले आयात नियन्त्रणको लागि विभिन्न नयाँ नीतिगत तथा करको संरचनागत ...


कर्मचारीको तलब बढेन, भत्ता जम्मा एक हजार रुपैयाँ

काठमाडौं - निजामति कर्मचारीहरुको तलबको साटो भत्तामा बृद्धि गरिएको छ । कर्मचारीलाई महंगी भत्ता भन्दै जम्मा एक हजार रुपैयाँ बढाइएको अर्थमन्त्री खतिवडाले संसदमा उल्लेख गरे ।

सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले तलब भत्ताका बारेमा अध्ययन गरी निष्कर्शमा पुग्न एक अध्ययन समिति गठन गर्ने घोषणा गरे ।

कर्मचारी र शिक्षकको पोशाक भत्ता भने बढेर १० हजार पुर्याइएको छ ।

 

...

चालु आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री (Live)

काठमाडौँ - सरकारले आज आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ ।

संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन् ।

अर्थमन्त्री खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू प्रस्तुत गर्नेछन् ।

संविधानबमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा ...


डडेल्धुरामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, आठ घाइते

डडेल्धुरा - डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–३, गजरौलामा जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना भएको छ ।

मृतकको सनाखत हुन नसकेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेको उपचार भैरहेको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

...

दलित बालकलार्इ भर्ना लिन नमान्ने गुरुकूलका अध्यक्ष पक्राउ

झापा - भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम (गुरुकूल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई बालकलाई छुवाछूत गरेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ ।

गुरुकूलमा इलाम नगरपालिका–५ बरबोटेका दलित बालक विकास कार्कीडोली (दर्जी) लाई भर्ना नलिएर जातीय छुवाछूत गरेको आरोपमा चापागाईंलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

चापागाईंमाथि जातीय छुवाछूत गरेको किटानी जाहेरी परेको थियो । प्रहरीले शनिबार राति नै गुरुकूलका शिक्षक राजन पौडेललाई पक्राउ गरे पनि असम्बन्धित भनी सोधपुछपछि छाडिदिएको थियो । गुरुकूलको शनिबार आयोजित विशेष साधारणसभाले ...


गणतन्त्र दिवसमा भीभीआइपीहरुको शुभकामना, टुँडिखेलमा औपचारिक समारोह

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताएकी छन् । सन्देशमा भनिएको छ, “मुलुकमा सुदृढ शान्ति कायम गर्ने, राजनीतिक स्थायित्व हासिल गर्ने र आर्थिक विकास गर्ने नेपाली जनताको उत्कृष्ट चाहनालाई साकार पार्ने अवसर प्राप्त भएको छ ।”

उपराष्ट्रपतिको ...


बालकृष्ण ढुंगेल जेलमुक्त

काठमाडौँ - बालकृष्ण ढुंगेल जेलमुक्त भएका छन् । सर्वोच्चको आदेशले कर्तव्य ज्यान मुद्दामा ढुंगेल १४ कात्तिक ०७४ देखि जेल चलान भएका थिए । ढुंगेलले सोही मुद्दामा यसअघि सात वर्ष जेल सजाय बिताइसकेका छन् ।उनी मंगलबार जेलमुक्त भएका हुन् ।

ढुंगेल ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यासम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका थिए ।शुभचिन्तक र आफन्तले खादा लगाएर उनकाे स्वागत गरेका छन् । उनको स्वागतको लागि देवी खड्का लगायत तत्कालीन माओवादी नेताहरु कारागार पुगेका थिए ।

...

फोरम सहभागी हुनेभए संगै सरकारलाई दुई तिहाई

काठमाडौं - संघीय समाजवादी फोरम नेपाल यसै साता सरकारमा सहभागी हुने भएको छ । नेकपा र फोरमबीच सोमबार भएको दुई बुँदे सहमतिसँगै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा जान फोरम तयार भएको हो ।

मधेस आन्दोलनको मागका रूपमा ‘आपसी सहमतिका आधारमा संविधान संशोधन’ गर्ने सहमतिमा उल्लेख छ । यसअघि संविधान संशोधनका लागि सरकाले लिखित सहमति गर्नुपर्ने फोरमले अडान राख्दै आएको थियो ।

दुई बुँदे सहमतिका साथ सरकारले फोरमलाई महत्वपूर्ण दुई मन्त्रालयको नेतृत्व र एक राज्यमन्त्री दिन तयार भएको बताइएको छ । आफ्नो पार्टीलाई तीन मन्त्रालयको नेतृत्व दिन फोरम ...


प्रदेश २ : राजपा-फोरम गठबन्धन संकटमा, यस्तो छ कारण !

जनकपुर - प्रदेश-२ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले सय दिन नकाट्दै सत्तारुढ संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको गठबन्धन धर्मराउन थालेको छ । संघीय सरकारमा उपेन्द्र यादव नेतृत्वको फोरम सहभागी हुने गरी प्रधानमन्त्री केपी ओलीसँग सोमबार लिखित सहमति गरेसँगै प्रदेश २ को गठबन्धन संकटमा परेको हो ।

काठमाडौंमा भएको सहमति सार्वजनिक भएलगत्तै प्रदेश २ को राजधानी जनकपुरमा फोरम-राजपा गठबन्धन रहने÷नरहनेबारे नेताबीच चर्चा हुन थालेको छ । प्रदेश २ मा पनि नेकपा-फोरम गठबन्धन सरकार बन्ने सम्भावना बढेको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले फोरम ...


निजामती सेवामा दलनिकट ट्रेड युनियन खारेजीको तयारी, कर्मचारीको उमेरहद ५८ वर्ष

काठमाडौँ - सरकारले निजामती सेवामा दलनिकट ट्रेड युनियन खारेज गर्ने तयारी गरेको छ । संघीय निजामती सेवा ऐनमार्फत निजामती सेवाभित्र रहेका विभिन्न ट्रेड युनियन खारेज गर्ने प्रक्रियामा सरकार लागेको हो ।

संघीय निजामती सेवा ऐनको मस्यौदामा निजामती सेवाभित्र आधिकारिक ट्रेड युनियन मात्र रहने व्यवस्था राखेर सरकारले कानुन मन्त्रालयमा प्रस्ताव पठाएको छ । कानुन मन्त्रालयले सहमति दिएलगत्तै उक्त मस्यौदा मन्त्रिपरिषद्मा पेस गर्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए ।

कानुन मन्त्रालयमा पठाएको मस्यौदामा निजामती सेवाभित्र एउटा मात्र आधिकारिक ट्रेड युनियन गठन हुन सक्ने व्यवस्था छ । मस्यौदा पारित भए विभिन्न नाममा ...


बालकृष्ण ढुंगेल रिहा हुँदै, राष्ट्रपतिले दिइन् स्वीकृति

काठमाडौं - जनयुद्धको समयमा व्यक्ति हत्याको मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर जेल गएका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेल गणतन्त्र दिवसका अवसरमा मंगलबार रिहा हुने भएका छन् । बालकृष्णलार्इ आममाफी दिने गरी सरकारले रिहाइका लागि गरेको सिफारिसलार्इ स्वीकृत गर्दै राष्ट्रपतिको कार्यालयले गृहमन्त्रालयलार्इ पत्र पठाएपछि ढुंगेल गणतन्त्र दिवसका दिन रिहा हुन लागेका हुन् ।

सर्वोच्च अदालतले द्वन्द्वकालिन घटनासम्बन्धी एक मुद्दामा जेलमा रहेका पूर्वसभासद बालकृष्ण ढुंगेलको सजाय माफी दिने विषयको सक्कल फाइल पेश गर्न सरकारलाई आदेश दिएकै दिन राष्ट्रपतिले ढुंगेलको रिहार्इका लागि स्वीकृति दिएकी छन् ।

सशस्त्र द्वन्द्वका बेला ...


नेकपाले निर्वाचन आयोगमा बुझायो केन्द्रीय सदस्यको हस्ताक्षर

काठमाडाैं - एमाले र माओवादी केन्द्र बिघटन भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजातहरु बुझाएको छ । नेकपाले जेठ ३ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ नेतृत्वको टोलीले सोमबार निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि आवश्यक केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित महत्वपूर्ण कागजात बुझाएको छ ।

निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि दल दर्ता भएको सूचना प्रकाशित गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाल कम्युनिस्ट पार्टीको नाममा अन्डरलाइन ...


फोरमलाई दुईवटा मन्त्रालय दिने सरकारको तयारी, यी हुन् मन्त्रालय !

काठमाडाैं - उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने सहमति भएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबबीच सरकारमा सहभागी हुन २ बुँदे सहमति भएको छ ।

फोरम शहरी विकास मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार उपेन्द्रलार्इ शहरी मन्त्री बनाउने पनि प्रचण्ड-अोली तयार रहेका छन् । त्यसैगरि फोरमलार्इ स्वास्थय मन्त्रालय पनि दिने सहमति भएको छ ।

प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने क्रममा संविधान संशोधन आवश्यकता र औचित्यका ...


यातायात महानिर्देशकमा रुपनारायणको ‘इन्ट्री’, मन्त्री महासेठ हेरेको हे-यै

काठमाडाैं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कारबाहीस्वरुप हटाइएका यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई श्रम मन्त्रालयबाट फेरि यातायात बिभागमै फर्काइएको छ ।

सार्वजनिक यातायातको सिन्डिकेट हटाउन निर्णायक भूमिका खेलेका भट्टराईलाई १० जेठमा यातायात मन्त्रालयबाट सरुवा गरेर श्रम मन्त्रालयमा पुर्‍याइएको थियो ।

महासेठले यातायात व्यवस्था विभागबाट मन्त्रालय तानेपछि त्यहाँ जान नमानेका भट्टराईलाई सरुवा गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुर्‍याइएको थियो ।

तर, सरुवा गरिएको केही दिनमै स‌ंघीय मामिला मन्त्रालयले सरुवामा संशोधन गरेर उनलाई यातायात मन्त्रालयमै तानिएको हो । सहसचिव रहेका उनले आइतवारदेखि यातायात मन्त्रालयमै ...


किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई अदालतको सफाई

पाँचथर - पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् । फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो ।

उनी एक किशोरीलाई ललाइ फकाइ पटकपटक करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका थिए । जिल्ला न्यायाधीश मनोज केसीको फैसलाबाट ठटालले सफाइ पाएका हुन् । एक विपन्न परिवारको किशोरीलाई गर्भवती बनाएका ठटालले किशोरीको अभिभावकलाई पैसा दिएर गर्भपतन गराउन खोजेपछि रहस्य सार्वजनिक भएको थियो ।

फिदिमस्थित औषधि पसलमा उनका बाबुले गर्भपतन गराउने औषधि मागेपछि पसल सञ्चालकले सोधखोज गरेका ...


उपभोक्ता ठग्ने दुई पेट्रोल पम्पमा शिल, तीनवटालाई चेतावनी

काठमाडौ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ ।

नाप तौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, मन्त्रीका स्वकीय सचिव सन्तोष विष्ट र नेपाल आयल निगमको प्राविधिकसहितको टोलीले आज बिहान गरेको अनुगमनमा कैफियत गर्ने ती पेट्रोलपम्ममा ‘सिल’ गरिएको हो ।

अनुगमनमा परेका एकान्तकुनाको प्रशान्ति आइल डिस्टिब्युटर र चापागाउँ दोबाटोको महालक्ष्मी विश्वकर्मा आयल सेन्टरले ठग्दै आएको भेटिएको सन्तोष विष्टले जानकारी दिए । उनका अनुसार प्रशान्तिले प्रति दश लिटरमा ३० एमएल र महालक्ष्मीले प्रति ...


धनगढी गोली काण्ड  : प्रहरी नियन्त्रणमा रहेका दुई रिहा

धनगढी - निर्मल कार्कीलाई गोली प्रहार गरी लुटपाट गरेको आशंकामा प्रहरी नियन्त्रणमा रहेका दुई जना रिहा भएका छन् । चाहेको अवस्थामा हाजिर हुने गरी दुवै जनालाई आइतबार राती नै छाडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनामा संग्लन भएको शंकामा प्रहरीले उनीहरुलाई हिजो धनगढीबाट नै नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट प्रहरीले नौं लाख रुपैयाँसमेत बरामद गरेको थियो ।

उक्त बरामत रकम लुटिएको हो या होइन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । बरामद नौ लाख रुपैयाँ भने प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ...


दाङमा फैलिएको झाडापखाला थामिएन, स्कुल बन्द

दाङ - पश्चिम दाङमा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रण बाहिर गएको छ । जिल्लाको पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल, चिराघाट एकली, कजेरी र हिरापुर गाउँमा शनिबारबाट झाडा पखालाको प्रकोप फैलिएको हो । शनिबारदेखि फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या बाह्र सय पुगेको छ। 

शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनका अनुसार आइतबारसम्म एक हजार जना बिरामीको उपचार गरिएको छ । सोमबार बिहानैदेखि पनि बिरामीहरु उपचार गर्न आइरहेका छन् । स्थानीय माइली खोला खानेपानी आयोजनाको पानी दुषित भएकाले झाडा पखाला फैलिएको उनले बताए ।

झाडा पखाला फैलिएपछि स्थानीय ...


अब विद्यार्थी फेल भए शिक्षकलाई कारवाही

काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिक शिक्षा सुधार गर्न विद्यार्थी अनुत्तीर्ण भएमा शिक्षकको तलब वृद्धि रोक्का गरिने प्रवधानसहितको शिक्षा नियमावली २०७४ कार्यन्वयनमा ल्याएको छ।

राजपत्रमा ‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४’ जारी गरी सो व्यवस्था गरिएको हो। नियमावलीमा कुनै पनि शिक्षकले अध्यापन गराएको विषयमा लगातार तीन वर्षसम्म १५ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्र्तीण भएमा त्यस्ता शिक्षकको तलब वृद्धि दुई वर्षसम्म रोक्का गरिने प्रावधान छ।

विद्यालय शिक्षा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा गएसँगै काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा ल्याएको शिक्षा नियमावलीको परिच्छेद ९ मा प्रधानाध्यापक र शिक्षकको नियुक्ति तथा काम, कर्तव्य र अधिकारमा प्रधानाध्यापकको ...


यस्तो आयो गोरेको बयान

मोरङ - गोरेले अदालतमा दिएको २७ पृष्ठ लामो बयानमा भारतीय ब्यापारीले झिकाएको सुन सम्बन्धित स्थानसम्म पुर्याउने भरियाको निगरानीको काम गर्दै आएको बताएका छन् ।

उनले दुबईबाट कसले सुन पठाउँथे भन्ने पनि आफूलाई थाहा नभएको दावी गरेका छन ।

दुबईबाट भारतीय ब्यापारीले मगाएको सुन हराएपछि सुन मालिकले बारम्बार ताकेता गर्न थालेको र आफैमाथि सुन चोरेको अरोप लगाउन थालको बताउँदै गोरेले विभिन्न ब्यक्तिसँग सुन चोरीका विषयमा अनुसन्धान
थालेको बयान दिएका छन् ।

सनम शाक्यलाई कुटपिट गरी करेन्ट लगाएर हत्या गरेको घटनामा पनि आफू संलग्न नभएको गारेको दावी छ ।

गारेले सनमलाई ...


'गोरे'को बयान सकियो, आजै थुनछेक बहस

विराटनगर - साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । 'गोरे' माथि सनम शाक्य हत्या गरेको समेत अभियोग छ ।

जिल्ला अदालत मोरङमा जारी बयान ४ दिनपछि सकिएको छ र आजै केहीवेर पछि थुनछेक बहस थालिने जिल्ला अदालत, मोरङले जानकारी दिएको छ ।

बयानका क्रममा गोरेलाई सनम शाक्यलाई यातना दिएको भिडियो समेत देखाइएको थियो ।

उनको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।

गोरे ...


छुवाछुत : दलितको हातको पानि खाएको निहुँमा मगर दम्पतिलाई गाउँ निकाला

बाजुरा - बाजुराको दुर्गममा रहेको हिमाली गाउँपालिका–२ मा बसोबास गर्दै आएका जयलाल बुढाका दम्पतीले दलितको हातको पानी खाएको भन्दै गाउँलेले पीडा दिने गरेकाले सो पीडा सहन नसकी गाउँ छाडेका छन् ।

वर्षोदेखि गाउँमै बसोबास गर्दै आएका भए पनि केहि वर्षदेखि भने ती दम्पतीले नातीखोला गाउँ छोड्न बाध्य भएका छन् । हिमाली गाउँपालिका–२ नातिखोलामा बस्ने ६० वर्षीय जयलाल बुढाको परिवारलाई दलितको हातको पानी खाएको निहुँमा गाउँबाट लखेटिएको बताइएको छ । स्थानीयवासीले बुढाका दम्पतीलाई हरेक सामाजिक क्रियाकलापमा अलग्याएर गाउँमा बस्न नदिएको बुढाले गुनासो गरे ।

सामाजिक परम्पराअनुसार दलितले छोएकाले ...


अमेरिका जान नपाएर छटपटिएका प्रदेश २ का मुख्यमन्त्रीले यसो गरे !

धनुषा - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अमेरिका जान नपाएपछि जनकपुरबाटै अमेरिकामा आयोजित मधेशी एशोसिएसन इन अमेरिकाको प्रथम सम्मेलनलाई सम्बोधन गरेका छन् ।

सम्मेलनको प्रमुख अतिथिकारुपमा आमन्त्रण गरिएका लालबाबुलाई संघिय सरकारले अमेरिका जान रोकेका थियो । प्रदेशमा कामको चाप बढी रहेकोले देश बाहिर जान उपयुक्त समय नहरेको भन्दै संघिय सरकारको मन्त्रिपरिषदले अमेरिका जान अनुमति नदिएपछि मुख्यमन्त्री राउतले प्रदेश मन्त्रिपरिषदकै कार्यालयबाट शनिबार साँझ सम्मेलनलाई भिडियो काफ्रन्सीङ गरेर सम्बोधन गरेका हुन् ।

मुख्यमन्त्री राउतले आयोजकलाई आभार प्रकट गर्दै कार्यक्रम सफलताकालागि शुभकामना दिए ।

नेपालकै भुमिबाट अमेरिकाको सम्मेलन सम्बोधन गर्न ...


अर्चना पनेरुका पति जेल चलान, यस्तो रहेछ भित्रि धन्दा !

काठमाडाैं - पोर्न स्टार बनेर चर्चामा आएकी मोडल एवं कलाकार अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइसलाई यौन दुरचारको अभियोगमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ ।

काठमाडाैं जिल्ला अदालतको आदेशअनुसार प्राइसलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए ।

को हुन् प्राइस ?
गत चैत २३ गते प्रहरीले प्राइस बस्ने घरबाट दुईसय ग्राम गाँजा र अन्य अवैध लागू औषधसमेत बरामद गरेको थियो । त्यस्तै दुई बालकलाई समेत उद्धार गरिएको थियो। प्राइस अमेरिकन नागरिक भए पनि उनका बाबु भने रसियन हुन्। ...


दिनदहाडै गोलि हानि ९ लाख लुट्ने दुई पक्राउ

धनगढी - प्रदेश ७ को अस्थायी राजधानी धनगढीको बीच बजारमा आइतबार एक जना व्यक्तिलाई दिनदहाडै गोली हानी भागेका दुइजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई नौ लाख रुपैयाँसहित कैलालीको गेटाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिको नाम अनुसन्धान भइरहेकोले खुलाउन नमिल्ने प्रहरीले जनाएको छ। उनीहरुबाट एक थान मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले उनले जानकारी दिए।

आज बिहान १० बजे धनगढीको चौराहास्थित सेन्चुरी बैंक अगाडि मुल सडकमै आईएमईका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी ९ लाख ५० हजार लुटेर भागेका थिए।

...

हाम्रा ठेकेदार : डनबाजी गरेर ठेक्का हात पार्ने समयमा काम नगर्ने

गोरखा - डनबाजी गरेर ठेक्का हात पार्ने ठेकेदारहरू समयमा काम भने गर्दैनन्। नेता र कर्मचारीको संरक्षणमा रहेका ती ठेकेदारका कारण गोरखाका अधिकांश विकास निर्माणको काम वर्षौंदेखि अलपत्र छन्।

अहिले गृहमन्त्रीले काम नगर्ने ठेकेदारमाथि निगरानी बढाएसँगै जिल्ला प्रशासन कार्यालय गोरखाले पनि त्यस्ता ठेकेदारको सूची तयार गरेको छ। पूर्वाधार निर्माणको काम गर्ने कार्यालयहरूबाट संकलन गरेको अभिलेख अनुसार १ सय पाँचवटा आयोजनाको ठेक्का सम्झौता म्याद सकिँदा पनि सम्पन्न भएका छैनन्।

कर्मचारीलाई दबाब र प्रभावमा पारेर ठेकेदारले मोबिलाइजेसन (पेश्की) रकम लिएर सम्पर्कविहीन हुँदा कतिपय कामको प्रगति शून्य देखिएको छ। काम नगरी ...


जेलका बालबालिकालाई मासिक दूध खर्च १० रुपैयाँ

काठमाडौं - डीडीसी दूध प्रतिपोका निलो प्याकेटको ३५ रुपैयाँ र हरियो प्याकेटको ४५ रुपैयाँ बजारमूल्य छ । तर, बाबुआमासँग जेलमा आश्रित बालबालिकाले दूधबापत् पाउँछन्, जम्मा १० रुपैयाँ !

जेलमा आश्रित बालबालिकाका बाबुआमालाई जेलरले प्रत्येक महिना दूधबापत् जम्मा १० रुपैयाँ दिने गरेको छ ।

२० वर्षअघि बजारमा १० रुपैयाँमा दूध किन्न पाइन्थ्यो । अहिलेको चरम महँगीमा दूधको त कुरै छाडौं, १० रुपैयाँमा एक कप कालो चिया पनि आउन छाडिसक्यो ।

तर जेलका निर्दोष बालबालिकाको हकमा राज्य तहबाटै बाँच्न पाउने न्यूनतम मानवाधिकारमा अर्घेल्याईं भइरहेको छ । राष्ट्रिय मानवअधिकार आयोगको जेल ...


एमबिबिएसमा प्रवेश परीक्षा आयोगले लिने, के हो एकीकृत प्रवेश परीक्षा पद्धति ?

काठमाडौं - चिकित्साशास्त्रतर्फ स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा पद्धति लागू हुने भएको छ। चिकित्साशास्त्र अध्ययन हुने विभिन्न शैक्षिक निकायमा फरकफरक मापदण्ड र क्यालेन्डरका आधारमा प्रवेश परीक्षा सञ्चालन हुँदै आएकाले मेडिकल शिक्षा व्यवस्थापनमै चुनौती थपिएको औंल्याउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।

अहिले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टाछुट्टै प्रवेश परीक्षा लिने गरेका छन्। शैक्षिक संस्थाहरूले एउटै शैक्षिक सत्रमा फरक समयमा परीक्षा लिँदा विद्यार्थीले मेडिकल स्नातक तह अध्धयनका लागि चारपटकसम्म ...


 प्रहरी प्रधान कार्यालयले गर्यो चार सय इन्सपेक्टरको सरुवा

काठमाडौँ – प्रहरी प्रधान कार्यालय नक्सालले चार सय प्रहरी निरीक्षक(इन्सपेक्टर)हरूको सरुवा गरेको छ।

उनीहरूकाे २०७५ साल जेठ महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने पाउनेगरी सरुवा गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अञ्जन कोइरालालाई महानगरीय प्रहरी वृत ठिमी, भक्तपुर सरुवा गरिएको छ। त्यस्तै जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका अनमोल खड्कालाई पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका अनिलकुमार उपे्रतीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय केशरगञ्ज, सर्लाहीका अनिल कुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय पाँचथर, इलाका प्रहरी कार्यालय हरिपुर, सर्लाहीका ...


चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीसंग सम्झौता

काठमाडौं - काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ । शुक्रबार चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच चक्रपथमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्न द्विपक्षीय समझदारी (एमओयू) भएको हो ।

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कर्पोरेशनका महाप्रवन्धक लि होङ्गकीले सम्भाब्यता अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार सीआरसीसीले अबको ७ महिनाभित्र सम्भाब्यता अध्ययन गरिसक्नु पर्ने छ ।

समझदारी कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालालगायत अधिकारी सहभागी ...


 चुनाव भयो जनप्रतिनिधि आए तर खानेपानी अहिलेसम्म आएन

बझाङ - स्थानीय तहको चुनाव हुँदा प्रत्येक गाउँमा खानेपानीका धारा हुनेछन् । खानेपानीका लागि घरभन्दा टाढा जानु पर्ने समस्याको अन्त्य गरिने छ ।

सडक, शिक्षा, स्वास्थ्यको सर्वसशुलभ व्यवस्था जस्ता धेरै नाराहरु लिएर उम्मेदवारहरु घर–घर पुगेको वर्ष दिन भइसक्यो । चुनाव भयो । जनप्रतिनिधि आए । तर पनि खानेपानीको समस्या उस्तै छ चिरविथ्थड गाउँपालिका वडा नंबर ५ मा ।

निकै लामो समयदेखि नै चिरवित्थड गाउँपालिका–५ को तल्ला भताडाका स्थानीय बासिन्दाले कुवाको धमिलो पानी पिउँदै आएकास्थानीय बासि मञ्जु महरले बताउनुभयो ।

गाउँमा खानेपानीको धारा नहुँदा यहाँका झण्डै ३० ÷३५ परिवार ...


नुहाउन गएका २ युवा कालीगण्डकीमा बेपत्ता

पाल्पा - कालीगण्डकीमा विहीबार नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् ।

त्यस्तै, उद्धार गरिएकामा सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।

उनीहरु बिहीबार नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६, यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। उनका अनुसार कूलपूजा सकेर नुहाउन गएका चारजनामध्ये दुईजना बेपत्ता भएको ...


छतबाट खसेर भारतीय मजदुरको मृत्यु

झापा - निर्माणाधीन घरको छतबाट खसेर बिहीबार झापामा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोड नगरपालिका–६, बुट्टाबारी निवासी गोपी प्रसाईको घर निर्माणका क्रममा उनी चारतला माथिबाट खसेका थिए । छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता मेचीनगर नगरपालिका–१०, शान्तिटोलमा करेन्ट लागेर स्थानीय २१ वर्षीया अनुजा मगर घाइते भएकी छिन् । पानी तान्ने मोटर पम्पबाट ...


बुहारीलाई करणी गर्न खोज्ने सांसदका श्रीमान पक्राउ

वीरगञ्ज - बुहारीलाई करणी गर्न खोज्ने सांसद् शेख चाँद ताराका श्रीमान् शेष मन्सुर बाबु पक्राउ परेका छन् ।

कानुन व्यावसायीसमेत रहेका मन्सुरबाबु ०७४ पुस २८ गते जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता भएपछि भागेका थिए ।

झड्केलो छोराको बुहारीलाई उनले मंसिर १८ गते जबर्जस्ती करणी गर्न खोजेका थिए । बुहारीले घटना भएको झण्डै २० दिनपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता गरेकी थिइन् । त्यसदिनदेखि नै मन्सुरबाबुलाई प्रहरीले खोजी गरिरहेको थियो । उनलाई बिहीबार अदालत चोकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

...

जुवा खालमा प्रहरीको छापा, एक महिलासहित १४ पक्राउ


म्याग्दी - म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् ।

सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद रु ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

पक्राउ पर्नेमा बेनी नगरपालिका–८ स्थित होटल नमस्तेबाट शेरबहादुर पाईजा, गमन छन्त्याल, भीम छन्त्याल, जीवन छन्त्याल र सोमबहादुर छन्त्याल रहेको प्रहरी निरीक्षक दीपक महत क्षेत्रीले जानकारी दिए ।

यसैगरी, बेनपा–८, को पिपलचोकस्थित ओमबहादुर छन्त्यालको घरबाट ओमबहादुर छन्त्याल, यामबहादुर छन्त्याल, ...


चट्याङ लागेर डडेल्धुरामा १३ जना घाइते

डडेल्धुरा - डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङबाट १३ जना घाइते भएका छन् ।

बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम नगरपालिका–६ छेलाका आठजना र सोही नपा वडा नं ७ साधनीका पाँचजना घाइते भएका प्रहरीले जनाएको छ ।

पर्शुराममा बिहीबार बेलुका दुई घरमा परेको चट्याङले उनीहरु घाइते भएका हुन् । चट्याङबाट पर्शुराम–६ छेलाका २३ वर्षीया रेग्मादेवी बोहरा, ४५ वर्षीय कर्ण धामी, २७ वर्षीया हरिना दमाई, १९ वर्षीया ललिता धामी, ४५ वर्षीया बेलादेवी धामी, २५ वर्षीया मायादेवी धामी, १२ वर्षीया सविना धामी र ७० वर्षीया धौलीदेवी धामी घाइते ...


पहिरोले विद्युतगृह बगाएपछि वर्षदिनदेखि अन्धकारमा लुलाङ गाउँ

म्याग्दी - म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एक वर्षदेखि अन्धकारमय बनेको छ ।

२०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजल विद्युत् परियोजनाको विद्युत्गृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो ।

विद्युत्को अभावमा गाउँको जनजीवन प्रभावित भएको वडाध्यक्ष गमप्रसाद विकले बताउनुभयो ।

उहाँले अधिकांश दलितको बसोबास रहेको लुलाङमा गरिबीका कारण सोलार र मैनबत्तीसमेत किन्न नसक्दा बालबालिकाले साँझपख पढ्नबाट वञ्चित हुँदा शैक्षिक गतिविधि प्रभावित भएको दुुखेसो गर्नुभयो ।

परियोजनाको अधिकांश संरचना पहिरोले क्षति पु¥याएपछि गाउँपालिकाले विनियोजन गरेको रु २३ लाख बजेटले परियोजना ...


सरकारलाई बाबुरामको सुझाव : लाखे र कालभैरवको 'मुखुण्डो' लगाएर निजी क्षेत्रलाई नतर्साउनुस

काठमाडौँ - नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले सरकालाई निजी क्षेत्रको लगानी आकर्षण गर्ने कार्यक्रम ल्याउन सुझाएका छन् ।
संघीय संसदमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा नीजि क्षेत्र आकर्षित हुने कार्यक्रम ल्याउन सुझाएका हुन् । आफूले काठमाडौं आउनु अघि कुनै जात्रा नदेखेको तर काठमाडौ आएपछि काल भैरव र लाखे नाच हेर्दा आफू तर्सेको बताउँदै उनले सरकारलाई पनि लाखे र कालभैरवको मुखुण्डो लगाएर निजी क्षेत्र तर्साउने काम नगर्न भने ।

देश विकास नहुनुको पछाडी भाग्यबादी र ब्राम्हणवादी संस्कारलाई गम्भीर भएर नसोचेको भन्दै उनले जातप्रणाली र ...


काठमाडौबाट धनगढीतर्फ जाँदै गरेको बस दुम्कीवासमा दुर्घटना

काठमाडौं - काठमाडौबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस नवलपरासीको दुम्कीवासमा दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेमध्ये ४ को अवस्था चिन्ताजनक रहेको छ भने अन्य घाइतेको अवस्था सामान्य छ । प्रहरीले दुर्घटनाको पुष्टि गर्दै घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भरहेको जनाएको छ ।

...

बलात्कार ढाकछोप गर्ने एसपी र इन्सपेक्टरमाथि यस्तो एक्सन

काठमाडाैं - प्रहरी प्रधान कार्यालयले बलात्कार घटनालाई ढाकछोप गर्ने प्रहरी अधिकारीलाई विभागीय कारबाही गरेको छ ।

गत पुस १६ गते सुनसरीको इटहरी–२ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षिया किशोरीलाई भएको बलात्कार काण्डलाई ढाकछोप गर्न खोजेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालीन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई कारबाहीका तानेको थियो ।

सो घटना छानबिन गर्न बनेको समितिको प्रतिवेदनका आधारमा प्रधान कार्यालयले एसपी माझी र इनिस्पेक्ट दाहाललाई विभागीय कारबाही गरेको हो ।

प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाका अनुसार एसपी माझीलाई रेकर्डमा जनिने गरी कारबाही गरेको ...


बालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारको तयारी

काठमाडौं - तत्कालीन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित ८५० कैदीलाई बाँकी कैद माफी दिई गणतन्त्र दिवसमा थुनामुक्त गर्ने कारागार व्यवस्था विभागले गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

विभागका महानिर्देशक हरिप्रसाद मैनालीले कार्यविधि अनुसार करिब ८५० कैदीलाई छाड्न सिफारिस गरिएको बताए।

‘सजाय माफी, मुलतबी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि २०७१’ अनुसार सिफारिस गरिएको हो।

तर मैनालीले भने यसबारेमा बताउन चाहाएनन् । उनले भने, ‘करिब ८५० केदीको सजाय माफीका लागि कानुन अनुसार नै सिफारिस भएको छ, व्यक्ति विशेषको नाम याद भएन ।’

स्रोतका अनुसार, ढुंगेलको नाम पनि कैद माफीका ...


सिमा सुरक्षाका बारेमा गृहमन्त्री र मुख्यमन्त्री भट्ट बिच छलफल

धनगढी - गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्रीको सरकारी निवासमा बुधबार विहान भएको भेटमा प्रदेश सरकारको सुरक्षा अबस्था, सिमा सुरक्षा, दार्चुलाको टिंकरस्थित त्रिदेशिय नाकामा १२ महिनै सुरक्षा पोष्ट राख्नुपर्ने तथा केन्द्र सरकार र प्रदेश सरकारबीचको आबश्यक समन्वयका बारेमा छलफल भएको छ ।

अहिले टिंकर नाकामा ६ महिना मात्र सुरक्षा पोष्ट राख्ने गरिएको छ । भारतसंग जोडिएका प्रदेश नं.७ का सबै सिमाक्षेत्र सुरक्षा चेक पोष्ट राख्ने बिषयमा समेत छलफल भएको छ ।

छलफलका क्रममा गृहमन्त्री बादलले प्रदेशको सुरक्षा अबस्था ...


माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारत लगिंदै

काठमाडौं - ग्राण्डी अस्पतालमा उपचार गराइरहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारत लगिने भएको छ । आज बेलुकी ५ बजे थप उपचारका लागि घिमिरेलाई भारतको मेदान्त अस्पताल लैजाने तयारी भएको उनकी बुहारी विजेता घिमिरेले जानकारी दिइन् ।

घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि डाक्टरको सल्लाहमा उनलाई थप उपचारका लागि भारत लैजान लागिएको बताइएको छ । गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तश्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका थिए ।

उनको उपचारमा संलग्न डाक्टर विवेक शर्माले सानो आन्द्राबाट रगत बगिरहेको तर त्यो ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारका ...


स्थानिय तहको असर : सुनसान भोजपुर सदरमुकाम

भोजपुर - सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि भोजपुर सदरमुकाम रित्तिँदै गएको छ ।

संघीयताको कार्यान्वयनसँगै स्थानीय तह बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार हुन थालेपछि गाउँ भरिन थालेका हुन् । मानिसको चहलपहल घट्न थालेपछि सदरमुकाममा सञ्चालित व्यवसाय भने ओरालो लाग्दो क्रममा देखिएको छ ।

व्यवसायीले दैनिक गर्ने लाखौँको कारोबार अहिले हजारमा झरेको छ । बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि भोजपुर सदरमुकाम अहिले सुनसानजस्तै देखिन थालेको छ । “सिंहदरबारको अधिकार गाउँगाउँमा आएसँगै गाउँको विकास र रौनक बढेको छ । जन्म दर्ताको सिफारिस लिनका लागि सदरमुकाम ...


सुन तस्करीको परिणामबारे मन्त्री लालबाबु पण्डितले गरे यस्तो खुलासा !

काठमाडाैं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सुन तस्करका संलग्न सबैलाई पक्राउ गर्ने बताएका छन् ।

सुन तस्करबारे छानबिन गर्नका लागि एक महिनाको समय थपिएको बताउँदै पण्डितले तस्करमा जोडिएका जोसुकैलाई कारबाही गरिने बताए । मन्त्री पण्डितले सुन तस्करमा संलग्न कसैलाई पनि छोड्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।

“कुनै रहस्य यदी छ भने पनि सबै रहस्यको पर्दाफास हुन्छ । जतिसुकै शक्तिशाली र ठूला मान्छे सुन तस्करमा संलग्न भए पनि जेल जान्छन् ।” पण्डितले भने । “कोही पनि राजनीतिकर्मीहरुको नाम आयो भने पनि छुट पाउने ...


गोरे भन्छन : 'मैले सनमलाई मारेको होइन, त्यस्तो भेटीए मलाइ झुण्डाएर मार्नु'

म चुडामणि उप्रेती ‘गोरे’
मेरो घर उर्लाबारी ।
म जन्मेको इटहरी ।

म हाल काठमाडाैंमा बस्छु ।

आज जुन यो दुई तीन महिनादेखि सनम हत्याकाण्ड, ३३ किलो सुनकाण्डको चर्चा भइरहेको छ, यसमा सबै गोरे ! गोरे !! गोरे !!! भनेर जुन समाचार आइरहेको छ, यसमा म विल्कुलै निर्दोष छु ।

विगत अढाई वर्षदेखि मेरो सम्पूर्ण काम सनमले गथ्र्यो ।

जुनबेला सामान चोरी भयो, म कलकतामा थिए । मलाई थाहा थिएन, म पुगेको दिन सामान हरायो भन्ने मैले सुने । सुनिसकेपछि म आफ्नो काम सकाएर फर्किएँ ।

फर्केर खोजी कार्य भयो, ...


सुनसरीका जिल्ला शिक्षा अधिकारी ५० हजार घुस लिंदा लिंदै पक्राउ

सुनसरी - जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

घुस लिँदै गरेको अवस्थामा सुवेदीलाई उनकै निवासबाट बिहीबार बिहान पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए ।

सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि बजेट मिलाइदिने भन्दै ५० हजार हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

घुस दिने विद्यालय र प्रअको नाम भने अख्तियारले गोप्य राखेको छ ।

...

सुन तस्करीका नाइके 'गोरे' सार्वजनिक, गौरीघाटबाट पक्राउ गरिएको प्रहरीको दावी

काठमाडौं - सनम शाक्य हतया काण्ड र ३३ किलो सुन काण्डका मुख्य अभियुक्त चुडामणी उप्रती अर्थात गोरेलाई प्रहरीले सार्वजनिक गरेको छ । अनुसन्धान गर्न गठन भएको समितिले मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर गोरेलाई सार्वजनिक गरेको हो ।

समितिका संयोजक ईश्वरराज पौडेलले गोरे काठमाडौंमा आएको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको बताएए। गोरेलाई काठमाडौंको गारिघाटबाट आज बिहान ५ः३४ बजे बिशेष सूचनाको आधारमा पक्राउ गरिएको संयोजक पौडेलले बताए ।

गत माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन गायब भएको थियो ।

...

नारायणगढ-मुग्लिन सडकखण्डको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

चितवन - गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताएका छन् ।

सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा मंगलबार बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी लिने क्रममा उनले यस्तो बताए ।

गृहमन्त्री थापाले सो सडकको अब समय थप गर्ने वा जरिवाना लगाएर काम गर्ने भन्ने विषयमा छानबिनपछि मात्र भन्न सकिने बताए । सो सडकको चौथो पटक समय थप गरी सकिएको छ । पछिल्लो समय पनि जेठ १६ गते सकिँदैछ ।

हालसम्म ८८ ...


बिराटनगरको फिल्ड अफिस बन्द गर्ने भारतको घोषणा

काठमाडौं - भारतले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ । जेठ ५ गते नेपाल कम्युनिष्ट पार्टीको ५ जेठमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका थिए । प्रधानमन्त्री ओलीले घोषणा गरेको तीन दिनपछि भारतले हटाउने औपचारिक जानकारी दिएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई फिल्ड अफिस बन्द गर्ने जानकारी गराइसकेका छन् ।

२ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने ...


३८ क्वीन्टल सुन तस्करीका मुख्य नाइके 'गोरे' पक्राउ

काठमाडौं - चुडामणि उप्रेती अर्थात् गोरे पक्राउ परेका छन् । ३८ क्वीन्टल सुन र सनम शाक्यको हत्या प्रकरणमा मुख्य योजनाकार गोरे परेका हुन् ।

गत माघमा यूएईबाट आएको ३३ किलो सुन गायब भएपछि गोरे आफ्ना पूर्वसहयोगी सनम शाक्यको फागुन १८ मा हत्या गरेको प्रहरीको आरोपपछि गोरे फरार रहेका थिए ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा पूर्व डिअार्इजी गोविन्द निरौला, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परेका छन् ।

एसएसपी श्याम खत्री अझै फरार ...


यी हुन् अब जिल्लामा रहने सरकारी कार्यालयहरु

काठमाडौं - जिल्लामा अब ९ वटा मात्र कार्यालय रहने तय भएको छ । अरु कार्यालय स्थानीय तह अन्तर्गत रहनेछन् ।

स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने सरकारी नीतिअन्तर्गत जिल्लाका अधिकांश कार्यालयहरु स्थानीय तहको मातहतमा ल्याइएको हो । सरकारी कार्यालयहरु कसको मातहत भन्ने निर्णय ढिलो हुँदा स्थानीय जनप्रतिनिधि र कर्मचारीहरु अन्यौलमा छन् ।

जिल्लामा वन कार्यालय नरहे पनि केही समयका लागि बन कार्यालयको इकाई भने रहनेछ । केही अवधिभित्रै वनको संरचना पनि डिभिजन कार्यलय वा स्थानीय तहमा गाभ्ने सरकारको तयारी छ ।

जिल्लामा रहने ९ सरकारी कार्यालय

जिल्ला प्रशासन कार्यालय
जिल्ला प्रहरी ...


 माधव प्रसाद घिमिरेको स्वास्थ्य अवस्था गम्भीर, भारत लैजाने तयारी

काठमाडौं - राष्ट्रकवि माधव घिमिरे बिरामी परेका छन् । अहिले उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । तर, स्वास्थ्यमा सुधार नआएपछि घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।

उनी तीन महिनादेखि बिरामी भएको पारिवारिक स्रोतले जनायो ।

९९ वर्षीय घिमिरेको मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको छ । तर, विगत दुई हप्तादेखि उनको दिसामै रगत देखिन थालेपछि स्वास्थ्य झन् बिग्रिएको हो । त्यसयता उनको दिसामा निरन्तर दिसा देखिएको छ । उपचार गर्दा पनि रोकिएको छैन ।

ग्राण्डी अस्पताल स्रोतका अनुसार नेपालमा उपलब्ध सबै प्रविधि प्रयोग ...


सन्दीपलाई खेलाउन किन ढिला गरियो ? यस्तो छ प्रशिक्षक रिकी पोन्टिङको जवाफ !

काठमाडौं - इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले सुरुआती ११ खेलमा सन्दीप लामिछानेलाई बेञ्चमा राख्यो । जब मौका पाए, सन्दीपले आफूलाई प्रमाणित गरे । १७ वर्षीय सन्दीपको बलिङबाट सबै प्रभावित भए ।

आइतबार दिल्लीको अन्तिम खेलमा ३६ रन खर्चेर ३ विकेट लिँदै टिमलाई जित मात्र दिलाएनन्, मुम्बई इन्डियन्सको अघिल्लो यात्रामा पूर्णविराम लगाउन महत्वपूर्ण भूमिका खेले ।

यससँगै दिल्ली डेयरडेभिल्समाथि प्रश्न उठेको छ, सन्दीपलाई खेलाउन किन ढिला गरियो ?

प्रशिक्षक रिकी पोन्टिङले स्पष्टीकरण दिँदै भने, ‘सन्दीपको प्रतिभामा हामीलाई शंका थिएन । तर, हामीसँग राबाडा, क्रिस मोरिस, ग्लेन म्याक्सवेल जस्ता अनुभवी ...


भुकम्पपीडितकोमा अझै पुगेन राहत, टहरा मुनि बास

पाल्पा - भूकम्प गएको तीन वर्ष भयो तर घर बनाउने राहत रकम नपाउँदा रम्भा गाउँपालिका–२ फोक्सिङकोट बस्ने लक्ष्मी गाहा अझै पनि टिनको टहरामा बास बस्दै आएका छन् ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले उनको घरमा पूर्ण क्षति पुगेको छ । भूकम्प गएको दिनदेखि उहाँको चार जनाको परिवार अहिलेसम्म चारैतिर टिनले बारेको टहरामा बसोबास गर्दै आएका छन् । सरकारले भूकम्प पीडितलाई घर निर्माणका लागि दिने भनिएको राहत रकम उनले नपाएको गुनासो गरे ।

उनी भन्छन् “भूकम्प गएको यतिका समय भयो तर घर बनाउन सकिएको छैन, स साना ...


प्रदेश २ का मुख्यमन्त्रीलाई अमेरिका जान रोक

काठमाडौं - आइएनजिओको निम्तामा अमेरिका जान खोजेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको भ्रमणलाई मन्त्रिपरिषदले रोक लगाएको छ। आइतबार साँझ बालुबाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले‘जनरल कन्भेन्सन अफ मधेसी एसोसियसन इन अमेरिका’भन्ने
एनजिओको निम्तामा मुख्यमन्त्री राउतलाई अमेरिका पठाउन प्रदेश २ को मन्त्रिपरिषदबाट आएको प्रस्ताव अस्वीकार गरेको हो ।

अहिले प्रदेश भित्रै आर्थिक वर्ष ०७५/७६ को नीति र बजेट निर्माण कार्य लगायतका संगठनात्मक संरचनाका महत्त्वपूर्ण काम गर्नुपर्ने समय परेकाले त्यहाँ जान अनुपयुक्त देखिएको भन्दै मन्त्रीपरिषद्ले भ्रमण रोकेको हो । त्यस्तै, मुख्यमन्त्री तथा प्रदेश मन्त्रालयहरुको परिमार्जित संगठन संरचना सम्बन्धी प्रस्ताव ...


त्रिभुवन विमानस्थल अब राती ३ बजेसम्म सन्चालन हुने

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारबाट दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ । दैनिक २१ घण्टा विमानस्थल सञ्चालन हुँदा उडान अवतरणको चाप घट्ने र आकाशमै जहाजलाई ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुने विश्वास छ ।

विमानस्थल हाल दैनिक १८ घण्टा सञ्चालन हुँदै आएकोमा थप तीन घण्टा बढी थपिएको हो । ‘हिजोसम्म साढे १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल आजबाट बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुन्छ' विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने ।


त्रिभुवन विमानस्थललाई २१ घण्टा सञ्चालन गर्न चाहिने एटीसीलगायत आवश्यक जनशक्ति व्यवस्थापन ...


झापा : वडाध्यक्षको घरमा बम विष्फोट

झापा - जिल्लाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा अज्ञात समूहले गएराति बम विष्फोट गराएका छन् । बिस्फोटबाट २ जना घाइते भएका छन् भने घरमा सामान्य क्षति पुगेको छ ।

बमको छर्रा लागेर सेमु राई र तिलोचन पोख्रेल घाइते भएका छन् । हातखुट्टामा चोट लागेका घाइते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।
बम इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा रहेको वडाध्यक्ष पौडेलको पक्की घरमा विस्फोट भएको हो ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले दमकको विवादित बजारस्थल क्षेत्रमा बसोबास गरिआएका सुकुम्वासीलाई प्रशासन लगाएर ...


हिन्दु धर्म यसरी मास्न खोज्दैछन क्रिष्टियनका अनुयायीहरु

रोल्पा – गाउँमा विद्यालय भवन अभावमा विद्यार्थी धुले कोठामा पढ्न बाध्य छन्। अझ सानासाना नानीसमेत धूलैधूलाले ढाकिएको कोठामा लेखपढ गर्दै आएका छन्। तर, विद्यालयछेउमा भने लाखौंको लगानीमा प्रभुका नाममा भजन मण्डली बनाइएका छन्। पक्की संरचनाका यी भजन मण्डली भवनका बारे कतैबाट सोधखोज गरिएको छैन।

देश धर्मनिरपेक्ष भएसँगै मौलाउन थालेका प्रभु अनुयायीहरूको आर्थिक चलखेलको लेखाजोखा गर्ने कुनै पनि निकाय सक्रिय देखिँदैन। उनीहरूको जीवनशैलीमा आएको अचाक्ली परिवर्तन, अप्रत्याशित आयवृद्धिका बारेमा चासो नलिने सम्बद्ध सरकारी निकाय प्रभुका नाममा गरिने आर्थिक कारोबारको लेखापरीक्षण र सार्वजनिक महत्वका ठाउँमा बनाइएका प्रभु भवन ...


 कमलरी अभियन्ता चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं- कमलरी अभियन्ता उर्मिला चौधरीले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन् । नेदरल्यान्ड्सका पूर्वरानी बिट्रिक्स र राजा विलियम एलेक्सन्डरले उर्मिलालाई ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित गरेका हुन् ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने यो अवार्ड मानव अधिकारको क्षेत्रमा निर्भिकरूपमा काम गर्नेहरुलाई प्रदान गरिन्छ । यसअघि विश्वका मलाला युसफजई, आङ साङ सुकी, हुसेन इब्राहिम सलेह अल, ग्रहेथ जोह्न इभानजस्ता व्यक्तिले यो अवार्ड पाइसकेका छन् ।

उर्मिलालाई थारु समुदायको कमलरी प्रथा उन्मुलनमा योगदान पु¥याएको भन्दै यो अवार्ड दिइएको हो । ‘कमलरी प्रथा अन्त्य र उनीहरुले पढ्न पाउनुपर्ने अधिकारको लागि ...


सभामुख र उपसभामुख एउटै दलबाट, तर कानुनमा भने यस्तो ब्यबस्था छ !

काठमाडौं – एमाले र माओवादी मिलेर एउटै पार्टी बनेपछि पार्टी एकीकरण भएपछि प्रतिनिधिसभामा एकै पार्टीका सभामुख र उपसभामुख भएका छन्। संविधानमा सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने व्यवस्था छ। प्रतिनिधिसभा सभामुखमा माओवादीबाट कृष्णबहादुर महरा र उपसभामुखमा एमालेबाट डा. शिवमाया तुम्बाहाम्फे निर्वाचित भएका थिए। एमाले र माओवादी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बनेपछि अब सभामुख र उपसभामुखका विषयमा के हुने भन्ने चर्चा सुरु भएको छ।

संविधानको धारा ९१ (२) ले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलबाट हुनुपर्ने व्यवस्था गरेको ...


सिन्डिकेटको ब्युताउने खेलमा मन्त्री रघुवीर महासेठ, जनताको पक्षमा काम गरेका महानिर्देशकलाई जबरजस्ती हटाए

काठमाडौं - सिन्डिकेट पक्षधर यातायात व्यवसायीसँगको दबाबमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सार्वजनिक यातायातको क्षेत्रमा ४० वर्षदेखि जरो गाड्दै आएको सिन्डिकेट अन्त्यका लागि कदम चाल्ने यातायात व्यवस्था विभाग महानिर्देशक रूपनारायण भट्टराईलाई मन्त्रालयमा तानेका छन्।

मन्त्री महासेठले गत बुधबार राति नै विभागका महानिर्देशक भट्टराईलाई मन्त्रालय तान्ने कोसिस गरेको थिए। सार्वजनिक सवारीको क्षेत्रमा व्याप्त सिन्डिकेट अन्त्यका लागि भट्टराईको कदममा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाको समेत सहयोग रहेको हुँदा मन्त्रालयका सचिव मधुसूधन अधिकारीले भट्टराईलाई मन्त्रालय तान्न नसक्ने भनेपछि मन्त्री महासेठ पछि हटेका थिए।

त्यसपछि मन्त्री महासेठले शुक्रबार ...


सिन्डिकेट हटाउने महानिर्देशकलाई मन्त्रीले दिए ‘दण्ड’, नजिकबाट चिन्नुहोस मन्त्री रघुविर महासेठलाई ?

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ठाडो आदेशले यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई विभागबाट हटाइएका छन् । यातायात सिन्डिकेट हटाउन विशेष भूमिका निभाएका भट्टराईलाई मन्त्रालय तानिएको छ ।

शुक्रबार सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको पत्र भट्टराईलाई दिएका छन् ।

मन्त्री महासेठले बुधबार राति विभागका महानिर्देशक भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरे पनि कर्मचारीको असहयोगका कारण पत्र थमाउन सकेका थिएनन् । ‘मलाई पत्र प्राप्त भएको छ । मन्त्रालयमा तानिएको छ। एक हप्ताको समय हुन्छ । अब सरकारले खटाएको ठाउँमा गइन्छ,’ उनले भने ।

को हुन् रघुबीर ...


सिन्डिकेट हटाउने महानिर्देशकलाई मन्त्रीले दिए यस्तो दण्ड, चिन्नुहोस देशद्रोही मन्त्री रघुविर महासेठलाई ?

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ठाडो आदेशले यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई विभागबाट हटाइएका छन् । यातायात सिन्डिकेट हटाउन विशेष भूमिका निभाएका भट्टराईलाई मन्त्रालय तानिएको छ ।

शुक्रबार सहसचिव ध्रुव जोशीले हस्ताक्षर गरेको पत्र भट्टराईलाई दिएका छन् । बुधबार नै भएको सरुवाको निर्णयमा सचिवले हस्ताक्षर गर्न नमानेपछि सहसचिव ध्रुव जोशीलाई लगाइएको हो ।

मन्त्री महासेठले बुधबार राति विभागका महानिर्देशक भट्टराईलाई मन्त्रालय तान्ने निर्णय गरे पनि कर्मचारीको असहयोगका कारण पत्र थमाउन सकेका थिएनन् । ‘मलाई पत्र प्राप्त भएको छ । मन्त्रालयमा तानिएको छ। ...


...

काम नगर्ने ठेकेदारलाई जेल हाल्ने सरकारको तयारी

काठमाडौँ - भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरबाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक साताभित्र पठाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनपछि गृह मन्त्रालयले प्रशासन कार्यालयहरूलाई यस्तो परिपत्र गरेको हो ।

निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका कामहरू पनि कमसल हुने गरेको गुनासो बढेपछि बुधबार विभिन्न मन्त्रालयका पदाधिकारीसहितको बैठकमा गृहमन्त्रीले सूची बनाउन निर्देशन दिएका थिए । गृहमन्त्री बादलको निर्देशनअनुरूप मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएको छ । ‘जिल्लास्तरमा सञ्चालित विकास निर्माण, ...


निजी क्षेत्रको तेल ओसार्न किन सेनाको हेलिकोप्टर ? यस्तो छ कमिसनको जालो !

काठमाडौं – विपत् व्यवस्थापन क्षमता अभिवृद्धिलगायत आपतकालीन अवस्थामा प्रयोग हुने नेपाली सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग हुने भएको छ। नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर शुक्रबार निजी क्षेत्रको तेल ओसार्न हुम्ला जान लागेको छ । निजी क्षेत्रका हेलिकोप्टरका लागि इन्धन बोकेर सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको हो।

यस्तो कामका लागि सामान्यतः निजी क्षेत्रलाई अवसर दिइने भए पनि सेनाले विशेष कामका लागि प्रयोग हुने आफ्नो हेलिकोप्टर प्रयोग गर्न लागेको हो। सेनाले हेलिकोप्टर खरिद गर्दा सैन्य गतिविधि तथा विपत् व्यवस्थापनका लागि प्रयोग गर्ने भनेर प्रस्ताव गर्छ। तर पछिल्लो ...


पोल गाडेको ७ वर्ष भयो तर तार तान्ने अत्तोपत्तो छैन


धनगढी - कैलालीको पहाडी गाउँपालिका मोहन्यालमा विद्युत् पोल गाडिएको सात वर्षसम्म पनि तार तानिएको छैन। गाउँपालिका सात वडामध्ये वडा नं ३ र ७ मा अझै विद्युत् नपुगेको हो। विद्युत् सेवा नपुग्दा त्यहाँका बासिन्दा अझै पनि टुकीको भरमा बस्न बाध्य छन्।

तराईको बर्दगोरिया गाउँपालिका भएर झगडपुर हुँदै फलेबिसौनासम्म विद्युत्का पोल गाडिएको सात वर्ष भएको वडाध्यक्ष नवीन गिरीले बताए। ‘सिंहदररबारेको अधिकार गाउँगाउँसम्म आएको छ, तर हाम्रा लागि न अधिकार आयो न सिंहदरबार नै’, वडाध्यक्ष गिरीले भने।

गाउँमा विद्युत् पु¥याउन स्थानीयले सात वर्षअघि झण्डै १० किमिसम्म पोल गाडेका थिए। ...


विदेशस्थित कूटनीतिक नियोगमा अध्यागमनका कर्मचारी खटाउने सरकारको तयारी

काठमाडौं - गृह मन्त्रालयले विदेशस्थित कूटनीतिक नियोगमा प्रवेशाज्ञा (भिसा) व्यवस्थापन र अध्यागमनलगायत मामिला हेर्न अध्यागमन कर्मचारी पठाउने तयारी गरेको छ। त्यसका लागि गृहले आवश्यक दरबन्दी सिर्जना गर्न सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरिरहेको छ।

गृहले पहिलेदेखि नै विदेशस्थित नेपाली नियोगहरूमा अध्यागमन हेर्ने छुट्टै कर्मचारी राख्ने तयारी गरे पनि परराष्ट्र मन्त्रालयका अधिकारीहरूको अवरोधले सम्भव भएको थिएन। गृहसचिव प्रेमकुमार राई र सामान्य प्रशासन सचिव शंकरप्रसाद कोइरालासमेत विदेशस्थित नेपाली नियोगमा अध्यागमनका कर्मचारी राख्न सकारात्मक छन्।

परराष्ट्रका कर्मचारीले नियोगहरूमा अध्यागमन कर्मचारी खटाउँदा आफ्नो दरबन्दी कटिने डरले विरोध गर्दै आएका छन्। सामान्यले विदेशस्थित ...


नेकपा बन्यो दक्षिण एसियाकै ठूलो कम्युनिस्ट पार्टी
विभाजनको २० हजार ४ सय ४० दिनपछि एकता

काठमाडौं - एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरण भई मुलुकमा बलियो एवम् सशक्त नेपाल कम्युनिस्ट पार्टी गठन भएको छ। नयाँ पार्टीको संघीय संसद्मा झन्डै दुईतिहाइ बहुमत छ भने ६ प्रदेश सरकारमा नेतृत्व छ। एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा एसियाकै तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको नेताहरूले दाबी गरेका छन्। उनीहरूका अनुसार चीन र भियतनामपछि नेपालको कम्युनिस्ट पार्टी तेस्रो ठूलो पार्टी हो। दक्षिण एसियामा भने पहिलो ठूलो कम्युनिस्ट पार्टी बनेको छ।

स्थानीय तहमा ठाउँ विशेष एवं संघ–प्रदेशसभा निर्वाचनसम्म गठबन्धन गरेका एमाले र माओवादी केन्द्रले एकआपसमा ...


विघटन भए एमाले र माओवादी, बन्यो 'नेपाल कम्युनिष्ट पार्टी'

 

काठमाडौं– पार्टी एकीकरणको जानकारी निर्वाचन आयोगलाई दिनुअघि दुवै पार्टीले आ–आफ्ना केन्द्रीय कमिटीको बैठक गरि पार्टी विघटनको निर्णय गरेका छन् ।

यसअघि पार्टी एकता संयोजन समितिको बैठकले निर्क्योल गरेअनुसार दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरण पछि बन्ने नेकपामा ९ सदस्यीय सचिवालय गठन गरिएको छ । ९ सदस्यमा एमालेबाट ६ जना र माओवादीबाट तीन जना रहनेछन् ।

एकीकृत पार्टीको उच्च इकाइ मानिएको सचिवालयमा दुई अध्यक्षको वरियता बराबरजस्तो रहने बनाइएको छ भने त्यसपछिको बरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहनेछन् ...


नेकपाको तत्कालिन कार्यदिशा 'जनताको जनवाद', 'मार्क्सवाद र लेनिनवाद' मार्गदर्शक सिद्धान्त

काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछिको दल ‘नेपाल कम्युनिष्ट पार्टी’को तत्कालीन कार्यक्रम जनताको जनवाद हुने निर्णय भएको छ।

दुवै दलको संयुक्त एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको र त्यसलाई एमालेको अन्तिम केन्द्रीय कमितिको बैठकले अनुमोदन गरेको नेता योगेश भट्टराईले बताए।

उनका अनुसार ‘समाजवाद उन्मुख जनताको जनवाद’ तत्कालीन कार्यक्रम हुने निर्णय भएको छ।

त्यस्तै मार्क्सवाद र लेनिनवादलाई पार्टीले मार्गदर्शक सिद्धान्तको रुपमा अंगिकार गर्नेछ।

नेता भट्टराईले भने, ‘माओवाद, एक्काइसौं शताब्दीको जनवाद र जनयुद्ध लगायतका थुप्रै विषयलाई पार्टीभित्र आन्तरिक छलफलको रुपमा अघि बढाउने निर्णय भएको छ।’

नेता भट्टराईले एकीकृत ...


नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले यसरी लिए बालुवाटारमा सामुहिक सपथ

काठमाडौं - एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका छन् ।

सबैले एकसाथ सपथ लिएका हुन् ।

त्यसअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराएका थिए ।

बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सर्ने निर्णय भएको छ ।

यस्तो छ सपथको ब्यहोरा

...

एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टीको महासचिवमा विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ

काठमाडौं - एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीको महासचिव विष्णु पौडले बन्ने भएका छन् ।

९ सदस्यीय सचिवालय बनाउने सहमति गरेका दलले पौडेलाई नयाँ पार्टीको महासचिव बनाउने सहमति गरेका हुन् । उनलाई सांगठनिक जिम्मेवारीसमेत दिइने छ । बिहान बालुवाटारमा बसेको पार्टी एकता संयोजन समिति बैठकको निर्णयअनुसार नारायणकाजी श्रेष्ठलाई नेकपाको प्रवक्ता बन्ने छन् ।

अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै रहने छन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

नेकपमाको ...


अबरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन - पहिराेले बिहीबार बिहानैदेखि अबरुद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ ।

यो सडक खण्डकाे इन्छाकामना गाउँपालिका–६, कालीखोलामा खसेको पहिराे पन्छाएपछि बन्द राजमार्गकाे अावागमन सुचारू भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको थियो । सो पहिरो बिहान ७ः४५ बजे पन्छाइएकाे छ ।

विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ । सडक विस्तार गर्ने क्रममा भित्तो काटिएको हुँदा पानी पर्नासाथ पहिरो खस्ने गरेको छ ।

...

नक्कली नोट काण्ड : फिल्म निर्माता वाग्ले सहित ६ जना पक्राउ

काठमाडौं - प्रहरीले ठूलो परिणाममा नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ ।

खाजा खाएर बिल तिर्ने क्रममा नक्कली नोटको आशंकामा होटल सञ्चालकले प्रहरीलाई खबर गरेपछि महेन्द्र बोगटी पक्राउ परेको र उनको वयानको आधारमा अन्य ५ जनालाई क्रमश पक्राउ गर्दै गएको जनाइएको छ ।

पक्राउ पर्नेहरुमा चलचित्र निर्माता माधवराज वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, दिकेश नापित र प्रकाश सुवेदी रहेका छन्। उनीहरुलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबु स्थानबाट पक्राउ गरिएको हो । वाग्लेको कोठाबाटमात्रै २ करोड ५२ लाख रुपैयाँ बरामद भएको ...


नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो, सडक अबरुद्ध

चितवन - नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ ।

विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ ।

...

ओलीको टिप्पणी : 'कांग्रेस अब प्रतिस्पर्धी रहेन सहयोगी मात्र रह्यो'

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नभइ सहयोगी मात्र भएको जिकिर गरेका छन् । एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र हुने बताए ।

मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने, ‘कांग्रेस अब प्रतिस्पर्धी पार्टी रहेन । सहयोगी पार्टी हो । कांग्रेसलाई पनि साथ लिएर जान चाहन्छौं । कांग्रेसले पनि योगदान गर्छ, गर्नुपर्छ ।’ उनले यो एकता शासन गर्न नभइ जनताको सेवा गर्न भएको बताए । प्रधानमन्त्री ...


मकालु बिमान दुर्घटना : दुई दुर्घटनामा अरुलाई बचाएका क्याप्टेनलाई तेस्रो दुर्घटनामा भाग्यले ठग्यो

काठमाडौं - बुधबार हुम्लाको खार्पुनाथमा दुर्घटना भएको महालु एअरलाइन्सको विमानका क्याप्टेन किरण भट्टराई यसअघि पनि दुईपटक दुर्घटनामा परेका थिए । दुवै दुर्घटनामा उनी भाग्यले बाँचे, आफ्नो सीप प्रयोग गरी विमानमा भएका अरुलाई पनि जोगाए । तर, आज भएको तेस्रो दुर्घटनामा उनी जोगिन सकेनन् । कोपाइलट आदित्यनाथ नेपाली र उनको ज्यान गयो ।

पहिलो दुर्घटना, तर जोगिए
१८ जेठ ०७० मा नेपालगञ्जबाट हुम्लाको सिमिकोटको उडान भने । त्यतिखेर उनी सीता एअरलाइन्समा कार्यरत थिए । नाइन एन एनएचबी कलसाइनको विमानमा ५ जना यात्रु बोकेर उनी सिमिकोट उडे । ...


दुई करोड ६३ लाख नेपाली नक्कली नोट सहित तिन पक्राउ

काठमाडौं - प्रहरी परिसर काठमाडौंले उपत्याकाका तीन विभिन्न स्थानबाट २ करोड ६३ लाख नक्कली नेपाली नोट सहित तीन जनालाई गरेको छ । बुधबार गोगंबु, ठाडोढुंगा र लुभुबाट त्यतिका धेरै रकम बरामद गरिएको हो । बरामद सबै नोटहरु एक हजार रुपैयाँका छन् । प्रहरीका अनुसार छापा मारिएको स्थानमा नक्कली नोट छापिएको तथ्य खुलेको छ ।

प्रहरीले नक्कली नोट छाप्ने र वितरण गर्ने गिरोहका सदस्यहरुलाई पनि पक्राउ गरेको छ ।

 

...

कंगोमा फेरी इबोला देखियो, नेपालमा सतर्कता

काठमाडौँ - पश्चिम अफ्रिकी मुलुक कंगोमा इबोला भाइरसको संक्रमण देखिएपछि नेपालमा सतर्कता अपनाइएको छ । शान्ति स्थापनार्थ नेपाली सेना खटिएको कंगोमा इबोला संक्रमण देखिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सतर्क गराएको हो ।

कंगोमा नेपाली सेनाबाहेक पछिल्लो समय गैरसरकारी संस्थामा काम गर्न जानेहरूको समेत आवतजावत बढेकाले सतर्कता अपनाउन निर्देशन दिएको महाशाखाका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले बताए ।

‘आज मात्रै हामीले अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कका इन्चार्जलाई एलर्ट गराएका छौँ,’ सेन्चुरीले भने, ‘कंगोलगायत पश्चिम अफ्रिकी मुलुक हुँदै भित्रिने सबै यात्रुको रेकर्ड राख्न ...


निजामती कर्मचारीको उमेरहद ६० वर्ष प्रस्ताव, पेन्सन हट्दै

काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको उमेरहद ६० वर्ष पु-याउने गरी संघीय निजामती सेवा ऐनको मस्यौदा प्रस्ताव गरेको छ । अहिले उमेरहद ५८ वर्ष छ ।

मन्त्रालयले ऐनको मस्यौदा सामान्य अध्ययनपछि एक हप्ताभित्र मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । मस्यौदामा ऐन स्वीकृत भएको एक वर्षपछि मात्र उमेरहद ६० वर्ष रहने व्यवस्था लागू हुने उल्लेख छ । ‘नेपालीको औसत आयु बढिरहेको छ र काम गर्न सक्ने उमेरमै कर्मचारीलाई घर पठाउँदा राज्यलाई फाइदा पुग्दैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘एक वर्षपछि उक्त व्यवस्था लागू हुने प्रावधानले सचिव हुनै लागेका ...


गुप्तचरलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउने निर्णय किन कार्यान्वयन भएन ?

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो कार्यालयमातहत ल्याउन दुई महिनाअघि गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन । गृह मन्त्रालय मातहतको अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउने निर्णय कानुन अभावमा कार्यान्वयन हुन नसकेको हो ।

ओलीले १६ फागुनमा निर्णय गरे पनि अनुसन्धान विभाग सञ्चालनसम्बन्धी ऐन संशोधन हुन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव केदार अधिकारीले ऐन संशोधन गर्नुपर्ने भएकाले अनुसन्धान विभाग तत्कालका लागि प्रधानमन्त्री कार्यालय ल्याउन नसकिएको बताए । तर, विभागले कार्य सम्पादन र दैनिक रिपोर्टिङ भने प्रधानमन्त्री कार्यालयमै गर्ने गरेको उनको भनाइ छ ।
अधिकारीले भने, ‘दैनिक ...


प्रदेश २ : मुख्यमन्त्रीको अभिव्यक्तिमा ‘दासत्वको गन्ध’ आएको आरोप

जनकपुरधाम - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा आयोजित नागरिक अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति प्रदेशसभा सदस्यहरूले व्यापक आलोचना गरेका छन् । प्रदेससभाको मंगलबारको बैठकमा कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदहरुले विशेष समय लिएर बोल्दै मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति आपत्ति जनाए । मुख्यमन्त्री राउतले नागरिक अभिनन्दनको क्रममा देखाएको प्रस्तुतिले ‘गुलामीको गन्ध’ दिएको आरोपसमेत सांसदहरुले लगाए ।

एमालेका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले संविधानलाई टेकेर मन्त्री तथा मुख्यमन्त्री बनेका व्यक्तिले आफ्नो पदस्य गरिमाविपरीत अभिव्यक्ति राख्नु निन्दनीय रहेको बताए । उनले भने, ‘संविधानप्रति असन्तुष्टी ...


डिभीको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । अमेरिकाले सन् २०१९ को इडीभी नतिजा सोमबार सार्वजनिक गरिएको हो ।

यस डीभी चिट्ठाको नतिजा यहाँ गएर हेर्न सकिन्छ । डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य हान्नु पर्नेछ । डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा प्राप्त हुँदैन ।

डिभीको नतिजा साँझ १२ बजेपछि हेर्न सकिनेछ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस

https://dvlottery.state.gov/

...

खुला दिसामुक्त क्षेत्र घोषणा कति प्रभावकारी ?  प्रत्येक घण्टा एकको मृत्यु !

विराटनगर - खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएकोे सोमबार यहाँ आयोजित कार्यक्रममा सहभागीले बताएका छन् ।

जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, मोरङद्वारा यहाँ आयोजित मोरङ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी जनप्रतिनिधिले खुला दिसाका कारण युवती यौन दुव्र्यवहार, बालबालिकामा विभिन्न रोग तथा बाढी र विषालु किराको टोकाइका कारण अकालमा मृत्यु हुने गरेको धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा जिल्ला समन्वय समिति, मोरङका अध्यक्ष नरेश पोखरेलले सबै स्थानीय निकायले गाउँ ठाउँमा सफाइका साथै महिला तथा युवती, बालबालिकाको हितका लागि प्रत्येक घरको ...


नेपाल-चीनको सीमा 'हिल्सा नाका'को अध्ययन गरिने

काठमाडौं - कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको ‘हिल्सा नाका’ को अध्ययन गर्ने भएको छ ।

हिल्सा हुँदै चीनको मानसरोवर आवतजावत हुने भएको हुँदा त्यस क्षेत्रमा हुने कारोबारलाई व्यवस्थित गर्नका लागि सो अध्ययन गर्न लागिएको छ । आयोगले विज्ञका रुपमा डा हरि रोकालाई छनोट गरेको जनाएको छ ।

उक्त स्थानमा पाइने प्राकृतिक सौन्दर्य, स्थानीय सम्पदा क्षेत्रलगायतको संरक्षण गरी पर्यटकीयस्थलका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

कर्णाली करिडोरका रुपमा कालीकोटको मान्मा-सिमीकोट- हिल्सा सडकखण्ड विकास हुन लागेका कारण त्यस क्षेत्रमा भन्सारको व्यवस्था गरी राजस्व विस्तार गर्ने ...


कञ्चनपुरमा आगलागीमा परि  घरपालुवा जनावर र कुखुरा जलेर मरे

कञ्चनपुर - हावाहुरीका कारण कञ्चनपुरका छुट्टाछुट्टै चार ठाउँमा विद्युत् शर्ट भई आगलागी हुँदा झण्डै रु सात लाख भन्दा बढी मूल्यका घरपालुवा जनावर र कुखुरा जलेर मरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार पुनर्वास नगरपालीका बलभद्रबस्तीका शुक्र तामाङको गोठमा आइतबार आगलागी हुँदा गोठमा बाँधिएका चारवटा बाख्रा र खोरमा राखिएका २० वटा स्थानीय जातका कुखुरा जलेर मरेका छन् ।

हावाहुरीका कारण विद्युत् सर्ट हुँदा गोठमा अगालागी भएको हो । बाख्रासँगै गोठ पूरै जलेको प्रहरी नायब उपरीक्षक सेटीले बताए ।

विद्युत् सर्ट भएर कुखुरा फार्ममा ...


​जाजरकोटमा बहुमुल्य खनिज पदार्थको चोरी निकासी तिब्र

जाजरकोट - जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ ।

सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको छ ।

जुनीचाँदे गाउँपालिकाको टालेगाउँ, अछार्नी, पजारु, दहलगायतका आधा दर्जन ठाउँमा पत्थर खानी रहेका छन् । खानी सञ्चालनमा सम्बन्धित निकायले वास्ता नगर्दा वर्षेनी करोडौँ मूल्यको पत्थर चोरी निकासी हुने गरेको छ ।

यसको चोरी निकासीमा संलग्न भएको भन्दै प्रहरीले अहिलेसम्म दर्जनभन्दा बढीलाई पक्राउ गरिसकेको छ । अर्छानी, ...


प्रधानमन्त्री ओलीको दावी : 'भ्रमणले नाकाबन्दीको तिक्तता अन्त्य भयो'

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले नेपाल-भारत सम्बन्ध समानता र बराबरीको हैसियतमा नयाँ उचाइमा पुर्‍याइएको दाबी गरेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने भ्रमणबारे आइतबार संसद्लाई जानकारी दिँदै ३ वर्षअघि उत्पन्न तिक्तता अन्त्य भई दुई देशबीच पारस्परिक लाभ र सम्मानका साथ अघि बढ्ने वातावरण बनेको दाबी गरे ।

‘नेपाल-भारत सम्बन्ध नयाँ दिशा, नयाँ उचाइ र नयाँ स्तरमा पुर्‍याइएको छ, प्रधानमन्त्री ओलीले संसद्मा भने, ‘दुई देशको समानता र बराबरीको हैसियतमा, सार्वभौमसत्ता र स्वाधिन राष्ट्रको हैसियतमा । अहस्तक्षेप, पारस्परिक लाभ र समानताका साथ अघि बढ्ने परिस्थिति र ...


साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेलाई सरकारी वकिल र प्रहरीकै संरक्षण

काठमाडौं - सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ। अघिल्लो वर्ष साढे ३३ किलो सुन बरामद हुँदा प्रहरीले गोरेलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझाए पनि उनले त्यहींबाटै उन्मुक्ति पाएको खुलेको हो। उनको गोरे, सिताराम खरेल र चूडामणि उप्रेती गरी तीनवटा नाम राखी व्यक्ति नै ‘यकीन नभएको र नाम, थर, वतन खुली आएमा वा पक्राउ परेको अवस्थामा अदालतमा पेस गरिने छ’ भन्दै सरकारी वकिलले अदालतमा राय पेस गरेर उन्मुक्ति ...


भारु नोटदेखि बुलेटसम्मका कुरा : भारतका कारण नेपालले खेपेका समस्या मोदीले सुन्नै चाहेनन्

काठमाडौं - नेपाल भ्रमणका क्रममा आतिथ्यका लागि नेपाली जनतालाई धन्यवाद दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका कारण नेपालले खेपेका कतिपय समस्या सुन्नै चाहेनन्। भारतले प्रतिबन्ध लगाएपछि नेपालको बैंकिङ क्षेत्रमा रहेका भारतीय नोट साट्ने विषयमा मोदी मौन रहेर भारत फर्के।

नेपाली बुलेटमा ग्यास बोक्न पाउनुपर्ने नेपालले राखेको विषयमा पनि मोदी मौन रहे। यसबाहेक चिया, अदुवा, अलैंचीको भारत निर्यातका विषयमा देखिएको समस्या समाधान गर्ने विषयमा भ्रमणको समयमा भारतीयले खासै चासो राखेनन्। शुक्रबार बेलुका भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले भारतीय नोटको भुक्तानीका विषयमा कुरा उठाए पनि मोदी ...


राजधानी र नाम राख्ने विषयमा प्रदेशहरुको यस्तो छ तयारी !


काठमाडौँ - प्रदेश ६ ले आफ्नो नाम र राजधानी टुंगाए पनि अन्य प्रदेश अन्योलमै छन् । प्रदेश सभाको दोस्रो बैठकले नै प्रदेश ६ को नाम कर्णाली र राजधानी वीरेन्द्रनगर राख्न सर्वसम्मत निर्णय गरेको थियो ।

नाम र राजधानी टुंगो लगाउन प्रदेश ३ र प्रदेश ४ ले समिति बनाएका छन् । प्रदेश १, प्रदेश २, प्रदेश ५ र प्रदेश ७ अहिलेसम्म औपचारिक छलफलमा समेत जुटेका छैनन् । प्रदेश सभाका दुईतिहाइ सदस्यले प्रदेशको नाम र राजधानी टुंगो लगाउने संवैधानिक व्यवस्था छ ।

नाम र राजधानी नहुँदा के–के समस्या

पूर्वाधार निर्माण
प्रदेशको स्थायी राजधानी टुंगो ...


नेपालको विषयमा यसो भन्दै बिदा भए मोदी !

काठमाडौं - दुईदिने भ्रमण सकेर स्वदेश फर्कनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नेपालका विभिन्न नेताहरूसँग भेटघाट गरेका छन् । मुक्तिनाथ र पशुपतिनाथको दर्शनपछि आफू बसेको होटल हायातमै मोदीले कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्षनेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका शीर्ष नेतासँग बेग्लाबेग्लै भेट गरे ।

कांग्रेस र राजपाका शीर्ष नेताहरू मोदीसँग सामूहिक वार्तामा थिए भने माओवादी अध्यक्ष दाहाल र फोरम अध्यक्ष यादवले भने एक्लाएक्लै भेट गरेका थिए । दाहाल र यादवसँगको एक्लाएक्लै भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

मोदीले शुक्रबार राष्ट्रपति ...


भाटभटेनी सुपरमार्केटमा बम विस्फोट

भरतपुर - चितवनस्थित भाटभटेनी सुपरमार्केटमा बम विस्फोट भएको छ । विस्फोटका कारण भाटभटेनीको अगाडिको भागको सीसा फुटेको छ ।

चितवनका प्रहरी प्रमुख दीपक थापाका अनुसार बिहान साढे ३ बजेतिर मोटरसाइकलमा आएका दुई जनाले ग्रिनेट बम विस्फोट गराएको थियो । उनीहरु विप्लव कार्यकर्ता भएको बताइएको छ ।

‘बम पड्काउनेको पहिचान भइसकेको छ । उनीहरुको खोजीकार्य तीव्र पारिएको छ,’ थापाले भने । उनीहरुको पहिचान सीसी क्यामेराबाट भएको प्रहरीले जनाएको छ ।

...

प्यूठानमा बस दुर्घटना : पाँच जनाको मृत्यु, २० भन्दा बढी घाइते

प्यूठान - महेन्द्रनगरबाट प्यूठान सदरमुकाम खलंगातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ । ना ४ र ख १८७६ नम्वरको महकाली यातायातको बस पाकुरी खाेला नजिकै दुर्घटना हुँदा २० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते पाँचजनालाई बुटवल र अन्यलाई जिल्ला अस्पताल विजुवार लगिएको छ ।

मृत्यु हुनेमा गाडी चालक कैलाली चौमालाका बिर बहादुर थारु लगायत रहेका छन् । अन्य मृतकको सनाखन हुन सकेको छैन् । उनीहरूकाे जिल्ला अस्पताल विजुवारमा आएपछि सनाखत हुने प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए ...


मोदीलाई किन काठमाडौ महानगरपालिकाको साँचो हस्तान्तरण गरिँदैछ  ?

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज काठमाडौ महानगरपालिकाले नागरिक अभिनन्दन गर्दै छ । नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिउँसो पौने ३ बजे राष्ट्रियसभा गृहमा विशेष समारोह आयोजना गरेर अभिनन्दन गर्न लागिएको हो । मोदीलाई जनकपुरमा जस्तै काठमाडौं महानगरको पनि साँचो हस्तान्तरण गरिने छ ।

मोदी पौने २ः४५ मा राष्ट्रियसभा गृह प्रवेश गर्ने छन् । त्यसैले अतिथी र अन्य सर्वसाधारणलाई २ बजेभित्रै सभागृह प्रवेश गर्न भनिएको छ । मोदीको अभिनन्दमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् । कार्यक्रममा महानगरपालिका र प्रधानमन्त्रीको तर्फबाट ...


भारतीय प्रधानमन्त्री मोदीले गरे मुक्तिनाथ मन्दिरमा पूजा

काठमाडौं - नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजा गरेका छन् ।

मोदीले शनिबार बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजा गरेका हुन् । मोदीलाई मन्दिरका मूल पुजारी कृष्णप्रसाद अधिकारीले २५ मिनेट पूजा–अर्चना गराएका थिए । मोदीले मुक्तिनाथ मन्दिरमा रहेका १०८ धारामा जल शेचनसमेत गरेका छन् ।

मोदीलाई बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम उपहार दिए ।

मोदीले आजै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम छ । उनलाई काठमाडौं महानगरपालिकाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखेको छ ।

...

रिहा भएका विप्लवका नेता–कार्यकर्ता पुनः पक्राउ

उदयपुर - जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् ।

सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई बिहीबार जिल्ला अदालत, उदयपुरले धरौटी राखी तारेखमा रिहा गरेपछि बिहीबार साँझ नै रिहा भएकाहरु पुनः पक्राउ गरेको प्रहरीले बताएको छ । यसरी रिहा भएर पुनः पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य किरण राई तथा सोही पार्टीका धनकुटा जिल्ला इन्चार्ज माधव पौडेल रहेका छन् ।

अन्यमा सो पार्टीका तेह्रथुम जिल्ला सदस्य दिप्शन लिम्बू, ...


तिवारी हत्या आरोपमा मेयर कुसवाह पक्राउ

रौतहट - रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुसवाह (फिरोज) हत्या आरोपमा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार काठमाडौंको अनामनगरबाट मेयर कुसवाहलाई पक्राउ परेको हो ।

हिन्दू युवा संघ पर्साका संस्थापक अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा मेयर कुसवाहलाई पक्राउ गर्न उच्च अदालत वीरगन्जले जिल्ला प्रहरी गौरलाई मंगलबार पत्र पठाएको थियो । तर, मेयर कुसवाह काठमाडौंमा रहेका कारण सिआइबीको टोलीले पक्राउ गरेको एसएसपी घनश्याम अर्यालले
जानकारी दिए ।

उच्च अदालत जनकपुरको वीरगन्जस्थित अस्थायी इजलासले तिवारीको हत्यामा दोषी ठहर गर्दै मेयर कुसवाहलाई फागुन २८ गते २० वर्ष जेल सजायको ...


यस्तो छ मोदीको आज दिनभरको कार्यक्रम

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन् । भारतीय वायुसेनाको हेलिकोप्टरबाट अहिले बिहान करिब सवा १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

मोदी जानकी मन्दिरमा पूजा र नागरिक अभिनन्दनपछि अाजै दिउँसो १ बजे काठमाडौं आउने तय भएकाे छ ।

मोदीलाई बस्ने व्यवस्था चुच्चेपाटीस्थित होटल हायातमा गरिएको छ । त्यसैले उनी एयरपोर्टबाट सीधै होटल हायात पुग्नेछन् ।

होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेल जानेछन् । त्यहाँ नेपाली सेनाले उनलाई सम्मानगारत अर्पण गर्ने कार्यक्रम छ ।

त्यसपछि मोदी उच्चस्तरीय ...


मोदी जनकपुर आउँदै : सुरक्षा कडा, हवाई गस्ती सुरु

जनकपुरधाम - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज जनकपुर आउँदैछन् । मोदीको भ्रमणलाई लक्षित गरी जनकपुरमा हवाई गस्ती सुरू गरिएको छ । मोदीको आउनु केही घण्टा समय बाँकी रहँदा जनकपुरमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको हो । शुक्रबार बिहानैदेखि दुईवटा हेलिकप्टरबाट नेपाली सेनाको टोलीले गस्ती गर्दै आएको छ। मोदी दुई घण्टासम्म रहुन्जेल हवाई गस्ती जारी रहने नेपाली सेनाले जनाएको छ ।

शुक्रबार बिहानैदेखि पसल र सवारी साधन ठप्प पारिएका छन् । आपतकालिन र भीआईपीका गाडी मात्रै चल्न दिइएको छ । मोदी पटनाबाट भारतीय वायुसेनाका हेलिकोप्टरबाट शुक्रबार बिहान ...


तिलगङ्गा क्षेत्रका करीब ४५ अस्थायी टहरा हटाइए


काठमाडौं - काठमाडौं महानगरपालिकाले तिलगङ्गा क्षेत्रमा निर्माण गरिएका करीब ४५ वटा अस्थायी टहरा भत्काएको छ।

नगर प्रहरी नायब उपरीक्षक दिनेशकुमार अर्यालका अनुसार सडकको केन्द्रबाट ३१ मिटर बाहिरको दूरी व्यक्तिगत लाभमा प्रयोग गर्न नपाइने भएकाले कामपाले यही मापदण्ड कार्यान्वयन गर्दै ४५ वटा टहरा भत्काएको हो ।

यसरी भत्काइएका टहराहरुमा कबाडी संकलन केन्द्र, सवारी मर्मत केन्द्र, चिया नास्ताको पसललगायत रहेको थियो ।

यसैगरी कामपाले अतिक्रमित सडक, सडक पेटी र हरियाली क्षेत्रलाई सार्वजनिक उपयोगमा रुपान्तरण गर्ने अभियानलाई पनि तीव्रता दिएको छ ।

कोटेश्वर, गौशाला, चाबहिल, बानेश्वरजस्ता सडक व्यापार हुने क्षेत्रलाई नियन्त्रणमा ...


उपल्लो मुस्ताङमा भारी हिमपात, मोदीको भ्रमणलाई के असर गर्छ ?

मुस्ताङ - उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ। साँझदेखि परेको भारी वर्षातसँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो। बैसाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीयले बताएका छन्। करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट स्थानीय अमित तुलाचनले जानकारी दिए। हिमपात र वर्षासँगै बढेको चिसोका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकलगायतका विकास आयोजनाको काममा समस्या भएको छ। जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावित भएको छ।

स्याउलगायत खेतीबालीमा बेमौसमी हिमपातले असर गर्ने भएकाले ...


यी हुन् नेपालमा बोलेर अझै पूरा नभएका मोदिका ५ वाचा

काठमाडाैं - करिब चार वर्षपहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू नेपालको औपचारिक भ्रमणमा आउँदा धेरै वाचा गरेका थिए ।कैयौं, दुई मुलुकको संयुक्त वक्तव्यमा लिपिबद्ध छन् त कति, तत्कालीन संविधानसभामा सम्बोधन गर्दा वा अन्य औपचारिक संवादका क्रममा उनले प्रतिबद्धता व्यक्त गरेका हुन् । यही शुक्रबार उनी नेपालको राजकीय भ्रमणमा आउँदै गर्दा समीक्षा गर्ने हो भने ती वाचामध्ये अधिकांश पूरा भएका छैनन् ।

प्रस्तुत छ, पूरा नभएका मोदीका पाँच वाचाहरू

तत्कालीन संसद्‌मा सम्बोधन गर्दै बहुचर्चित पञ्चेश्वर परियोजनाबारे मोदीले भनेका थिए, ‘म ठान्दछु कि, एक वर्षभित्र ५ हजार ६ सय ...


मोदीको स्वागतमा मुक्तिनाथ मन्दिर दुलहीजस्तै सिंगारियाे

म्याग्दी/मुस्ताङ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा प्राथमिकतामा परेको मुक्तिनाथ मन्दिरको दर्शनलाई लिएर मन्दिर दुलहीजस्तै सिंगारिएको छ । जोमसोमदेखि मुक्तिनाथ मन्दिरको प्रवेशद्धारसम्म सरसफाईसहित विभिन्न पूर्वाधार विस्तार गरिएको छ ।

मन्दिर आसपासका क्षेत्रमा नेपालीसहित भारतीय सुरक्षाकर्मीको समेत उपस्थिति छ । भारतीय प्रधानमन्त्रीको भ्रमणलाई भब्य र सभ्य बनाउन सरकारी निकाय र स्थानीयबासी उत्तिकै सक्रियता देखिन्छन् । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको चर्चा चलिरहेको बेला मुक्तिनाथलाई भारतीय तीर्थालुले नेपालमा दर्शन नगरी अपुरो हुने विश्वासका साथ प्रसिद्ध मुक्तिनाथ मन्दिरमा आउने गरेका छन् ।

नेपालका चार धाममध्ये एक मुक्तिनाथ मन्दिरमा वर्षेनि भारतका विभिन्न ...


मोदीको जनकपुरमा दुई घण्टा, तीन कार्यक्रम


काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार जनकपुरमा दुई घण्टा बिताउने छन् । निकै व्यस्त भ्रमण तालिकासहित प्रदेश २ को अस्थायी राजधानी जनकपुरबाट सुरु हुने दुईदिने भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा पूजापाठ, रामायण सर्किटको उद्घाटन र जनकपुर–अयोध्या बस सेवा उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्ने तय भएको वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास कार्यालयका महावाणिज्यदूत बीसी प्रधानले जानकारी दिए ।

जानकी मन्दिरका महन्थका उत्तराधिकारी (छोटे महन्थ) रामरोशनदास वैष्णवले दिएको जानकारीअनुसार, प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदी दुवै जनाले पूजा गर्नसक्ने गरी मन्दिरले तयारी गरेको ...


​मोदी भ्रमण : बुलेटप्रुफ गाडी, हतियार र कमाण्डो फोर्स राजधानी भित्रिए

काठमाडौ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि २ वटा बुटेल प्रुफ गाडी नेपाल ल्याइएको छ । कारसँगै उनलाई सुरक्षादिन ५९ जनाको कमाण्डो टोली पनि राजधानी आइसकेको छ । गाडी, सुरक्षाकर्मी र अन्य बन्दोवस्तीका सामाग्री बोकेर भारतीय बायु सेनाको चार्टर विमान मंगलबार ११ बजे काठमाडौं अवतरण गरेको छ। एउटा बुलेटप्रफ गाडी जनकपुर लगिनेछ भने अर्को गाडी मोदीले राजधानी काठमाडौमा प्रयोग गर्नेछन् ।

भारतीय वायु सेनाको आईएसजी २७१८ फ्लाइट नम्बर रहेको उक्त विमानमै सुरक्षाकर्मीका लागि आवश्यक हातहतियार, बन्दोबस्ती र आपत्कालिन अवस्थामा आवश्यक सामाग्री ल्याईएको हो। मोदीको ...


टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीलाई बर्खास्त गर्ने सरकारको तयारी, असक्षम भएको आरोप

काठमाडौं - सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनीराज भण्डारीलाई बर्खास्त गर्नेगरी प्रक्रिया अगाडी बढाएको छ । उनलाई व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै स्पष्टीकरण मागेको छ । मन्त्रिपरिषदको सोमवार साँझ बसेको बैठकले टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीलाई स्पष्टीकरण सोध्न सूचना तथा सञ्चार मन्त्रालयलाई स्वीकृति दिएको हो ।

टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किँदै गएको र प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयाँले ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न वर्तमान नेतृत्व असक्षम भएको आरोप लागेको छ ।

नेपाल टेलिकमको नेतृत्वमाथि युटीएल र सिजी कम्पनीबाट ...


जनकपुरमा मोदीलाई रक्षामन्त्री पोखरेलले स्वागत गर्ने, यस्तो छ भ्रमणतालिका !


काठमाडौ - नेपालको राजकिय भ्रमणमा आउन लागेका छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गर्ने भएका छन् । २८ बैशाखमा आउन लागेका मोदीलाई पोखरेलले स्वागत गर्ने निर्णय सोमबारको मन्त्रीपरिषद्को बैठकले गरेको हो ।

यसअघि ओली भारतको राजकीय भ्रमणमा दिल्ली जाँदा विमानस्थलमा भारतका गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए । मोदी पटनाबाट हेलिकोप्टरमा २८ वैशाख बिहान ९ः३० बजे जनकपुर विमानस्थल ओर्लिनेछन् । प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई जानकी मन्दिरमा स्वागत गर्नेछन् । लगत्तै दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा पूजापाठ गर्नेछन् । पूजापाठ सकिएपछि मोदीलाई जनकपुर ...


पुर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई मोदीको भ्रमणबारे दिए यस्तो सुझाव

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भारत भ्रमण तथा आगामी वर्षको नीति तथा कार्यक्रमबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरुले मोदी नेपाल आउँदा राष्ट्रिय हितलाई केन्द्रमा राखेर सहमति र सम्झौता गर्न सुझाव दिएका थिए ।

छलफलका क्रममा पूर्वप्रधानमन्त्रीहरुले मोदीको भ्रमणका बेला राष्ट्रिय हितविपरितका कुनै पनि ठुला सम्झौता नगर्न पनि ओलीलाई सचेत गरेका थिए ।

ओलीले पूर्वप्रधानमन्त्रीसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारेमा पनि छलफल गरेका छन् । त्यसक्रममा पूर्वप्रमहरुले नीति तथा कार्यक्रम समृद्ध नेपाललाई केन्द्रमा राखेर ...


सिन्डिकेटधारी यातायात व्यवसायी र सरकारबीच ५ बुँदे सहमति

काठमाडौं - सिन्डिकेटबिरुद्ध सरकारले चालेको कदमको विरोध गर्दै आएका यातायात व्यवसायीहरुसँग सरकारले आज ५ बुँदे सहमति गरेको छ ।

सरकार र व्यवसायीबीच सहमति भएसँगै यातायात क्षेत्रमा लामो समयदेखि रहँदै आएको सिन्डिकेट विधिवत् रुपमा अन्त्य भएको छ । आइतबार बेलुका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायीबीच भएको छलफलपछि सहमति जुटेको हो ।

विज्ञप्तीमा सार्वजनीक यातायात क्षेत्रमा विगत समयदेखि रहेका समस्या, अस्पष्टता, अब्यवस्था र सिण्डिकेटको अन्त्य गरी यस क्षेत्रलाई सक्षम, सुदृढ, प्रभावकारी एवं मर्यादित बनाउँदै देशमा दिगो यातायात मैत्री वातावरण सृजना गर्न ५ बुँदे सहमति गरेको उल्लेख ...


एउटै गाउँका तीन बालबालिका सुनकोसी नदीमा बेपत्ता

खोटाङ - एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएपछि खोटेहाङ गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाट गाउँ शोकमग्न भएको छ । स्थानीय धननारायण श्रेष्ठको १२ वर्षीय छोरा सुमन, जीवन माझीको १० वर्षीय छोरा समिन र धु्रव माझीको ११ वर्षीया छोरी अनिता माझी गत शनिबार दिउँसोदेखि सुनकोशी नदीमा डुबेर बेपत्ता भएपछि गाउँ शोकमग्न भएको हो ।

विद्यालय जाने बालबालिका शनिबार बिदाको दिन बाख्रा चराउन गएका र नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । “मध्याह्न १२ बजेको समयमा नदीमा ...


जुवाखालबाट ४९ हजार नगद सहित पांच जुवाडे पक्राउ

सुर्खेत - वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत भैरवस्थानस्थित प्रतीक होटलबाट आज प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रतीक होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएका प्रहरी टोलीले सो होटलमा खानतलासी गरेको थियो ।

आज बिहान खानतलासका क्रममा नगद रु ४९ हजार, तीन गड्डी तास, चार मोबाइल सेट र होटल सञ्चालकसहित चार जना जुवा खेलिरहेको अवस्थामा भेटिँदा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । जुवाको खालबाट प्रहरी हिरासतमा पुगेका उनीहरुको अनुसन्धान भइरहेको जनाइएको छ ।

यसैगरी जुवातास खेलिरहेको भन्ने विशेष सूचनाअनुसार प्रहरीले आज सुर्खेतको ...


आचार्य श्रीनिवासको यस्तो नाटकः आफैंले गोली हान्न लगाएको खुलासापछि पक्राउ

काठमाडौं - हिन्दु धर्मगुरु आचार्य श्रीनिवास अाफैले गोली हान्न लगाएको अनुसन्धान भेटिएपछि पक्राउ परेका छन् । सोमबार अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको भेटिएपछि आचार्यलाई प्रहरीले पक्राउ गरिएको हो । उनलार्इ मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

गोली प्रहारमा संलग्न भएको अभियोगमा पक्राउ परेका दुई जनाले आचार्य श्रीनिवासले नै योजना बनाएर आफूलाई गोली हान्न लगाएको बयान दिएका थिए ।

आचार्यमाथि २५ चैतमा गोली प्रहार भएको थियो । विरानगरको जतुवामा गोली प्रहार भएको थियो । तीन राउण्ड गोली प्रहार गरेकोमा एउटा गोली श्रीनिवासको ...


भारतीय वायु सेनाको विमान जनकपुरमा

जनकपुर - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालमा दिइने सुरक्षा शर्तकताको विषयलाई लिएर भारतीय सेनाले पनि आफ्नो काम थालेको छ ।

मोदीको भ्रमणको पूर्वसन्ध्यामा भारतीय वायु सेनाको विमान जनकपुरस्थित विमानस्थलमा ओर्लीएको छ । उक्त विमान सोमबार मध्यान्हपछि अवतरण गरेको हो ।

स्रोतका अनुसार मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मीसहित सुरक्षा अधिकारीहरूलाई लिएर भारतीय एयर फोर्सको विमान दिल्लीबाट सिधै जनकपुर आएका छन् ।

उक्त विमानलाई जनकपुर विमानस्थलमै पार्किङ गरेर राखिएको छ । यसअघि पनि मोदीको भ्रमणको तयारीस्वरूप केही दिनपहिले भारतीय हेलिकप्टर जनकपुरको बाह्रबिघामा आएर सुरक्षाका बारेमा भारतीय सुरक्षा जासुसलाई ...


सिहंदरबारमा कर्मचारी कटौती गर्न सरकारलाई सुझाव

काठमाडौं – अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले संघमा रहने प्रशासनिक संरचना कटौती गरी स्थानीय तहलाई बलियो बनाउन सरकारलाई सिफारिस गरेको छ। गत वर्ष जेठमा गठन गरिएको सो समितिले आफ्नो प्रतिवेदन तयार गरी एकदुई दिनमै प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ। समितिले यसअघि गत भदौ र कात्तिकमा दुईपटक प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। गत भदौमा बुझाइएको प्रतिवेदनमा केन्द्रमा रहने मन्त्रालयको संख्या १५ मा झार्न सिफारिस गरिएको थियो भने कात्तिकमा बुझाइएको प्रतिवेदनमा प्रदेशमा रहने मन्त्रालयको संख्या सात हुनुपर्ने सुझाव दिइएको थियो।

समितिका संयोजक काशीराज दाहालले समितिको अन्तिम प्रतिवेदन तयार ...


छोराले आफ्नै आमालाई करणी गरेको बुहारीले देखेपछि...

गोरखा– भिमसेन थापा गाउँपालिका–६ मा आफ्नै आमालाई करणी गरेको अभियोगमा प्रहरीले ३३ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । युवककी पत्नीले ६५ वर्षीया आमालाई करणी गरेको देखेपछि युवकविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् । पत्नीको उजुरीका आधारमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

बैशाख २० गते राति युवकले आमालाई करणी गरेको उनकी पत्नीले प्रहरीसँग बताएकी छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीसँगको बयानमा भने आमाले सबैकुरा सहमतिमै भएको उल्लेख गरेकी छन् । सहमतीमै भएपनि हाडनाता करणी अभियोगमा मुद्दा लाग्ने जिल्ला प्रहरी कार्यालयका सई रोशन ...


अन्ततः सिन्डिकेटलाई बिदाइ, सरकारले यसरी घुंडा टेकायो यातायात व्यवसायीलाई

काठमाडौँ - देशभर पक्राउ परेका सिन्डिकेट समर्थक यातायात व्यवसायी रिहा भएका छन् । नेपाल प्रहरीका अनुसार देशका विभिन्न ठाउँबाट १६० जना पक्राउ परेका थिए । उनीहरूले आफ्ना सवारीसाधनलाई कम्पनीअन्तर्गत दर्ता गरी सञ्चालन गर्ने र सिन्डिकेट नगर्ने कागजमा हस्ताक्षर गरेपछि प्रशासनले रिहा गरेको हो ।

नेपाल राष्ट्र बैंकले मुलुकभरका यातायात समितिका सबै बैंक खाता रोक्का गराएको छ । अर्थ मन्त्रालयको सिफारिसमा यातायात समितिका बैंक खाता रोक्का गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।

राष्ट्र बैंकले आइतबार सबै बैंक तथा वित्तीय संस्थामा परिपत्र गरी यातायात समितिको बैंक खाता रोक्का गर्न निर्देशन दिएको हो । ...


मोदीको नेपाल भ्रमण : १२ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालित हुने

काठमाडौँ - दुईदिने नेपाल भ्रमणमा रहने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘इन्डियन एयर फोर्स’को हेलिकोप्टरमा आउने भएका छन् । गृह मन्त्रालयका अनुसार मोदी फोर्सको हेलिकोप्टरमा आउनेछन् । बाँकी दुईवटा हेलिकोप्टरले मोदी सवार हेलिकोप्टरको दायाँ–बायाँ रहेर हवाई स्कर्टिङ गर्नेछन् ।

मोदी भ्रमण सुरक्षामा खटिएका नेपाल प्रहरीका डिआइजी ठुले राईले प्रधानमन्त्री मोदीको भ्रमण दल तीनवटा हेलिकोप्टरमा जनकपुर आउने जानकारी दिए । उनले भने, ‘भ्रमणभर सोही हेलिकोप्टर नै प्रयोग हुने जानकारी छ ।’

जानकी मन्दिर दर्शनपछि मोदी सोही हेलिकोप्टरबाट काठमाडौं आउनेछन् । तर, मुस्ताङको जोमसोम जाने क्रममा भने नेपाली सेनाको हेलिकोप्टर प्रयोग हुन सक्नेछ । भारतीय पाइलट मुस्ताङको ...


अब निजीमा पढेकाले सरकारी जागिरमा समावेशी कोटा नपाउने

काठमाडौं - अब निजामती सेवामा समावेशी (आरक्षण) सुविधा लिन सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गरेकै हुनुपर्ने गरी सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदा बनाउने गृहकार्य थालेको छ। विभिन्न सरोकारवाला निकाय र सरकारद्वारा गठित प्रशासनिक समितिको सुझावका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बोर्डिङ स्कुलमा पढेकालाई आरक्षण कोटामा बन्देज लगाउने गरी कानुनको मस्यौदा अघि बढाउने तयारी गरेको हो।

संघीय मामिला मन्त्रालयका सहसचिव सुरेश अधिकारीले विभिन्न सुझावका आधारमा समावेशी र आरक्षण कोटामा पुनर्विचार गर्ने गरी संघीय निजामती ऐनको मस्यौदा बनाउने गृहकार्य थालिएको जानकारी दिए। अब बन्ने मस्यौदाअनुसार ...


नयाँ बसपार्कबाट समितिका सबै काउन्टर हटाउने सरकारको निर्णय, कम्पनीका मात्रै राखिने

काठमाडौं - सरकारले नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ ।

यातायात मन्त्रालयको निर्णयअनुसार यातायात व्यवसथा विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सेवमा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट हटाउने निर्णय भएको जानकारी दिए । निर्णयअनुसार अब नयाँबसपार्कभित्र कम्पनीका बसहरुको मात्रै काउन्टर सञ्चालन हुनेछ ।

काउन्टर हटाउन लोत्सेले प्हरी सुरक्षा मागेको छ । त्यसअनुसार गृहमन्त्रालयले बसपार्कको सुरक्षाका लागि प्रहरीलाई निर्देशन दिइसकेको छ ।

अब बसपार्कभित्रका ...


सेनाले बनायो एक हजार ४८ किलोमिटर सडक

काठमाडौँ - नेपाली सेनाले हालसम्म मुलुकका २६ सडक आयोजनाको निर्माण (ट्रयाक खोल्ने) कार्य सम्पन्न गरेको छ ।

नेपाली सेनाको विकास निर्माण निर्देशनालयका अनुसार ती आयोजना सम्पन्न गर्ने क्रममा हालसम्म एक हजार ४८ किलोमिटर सडक निर्माण भएको छ । नेपाली सेनाले सडक निर्माणको जिम्मेवारी पाएका अधिकांश आयोजना दुर्गम एवं पहाडी जिल्ला रहेका छन् ।

नेपाली सेनाले सुर्खेत–जुम्ला, नाग्मा–गमगढी, बेँशीशहर–चामे, मुसीकोट–बुर्तिवाङ, बाग्लुङ–बेनी–जोमसोम, जोमसोम–कोरला, छिन्चु–जाजरकोट, सल्यान– मुसीकोट, अबुवा–भच्चेक, गोरखा–आरुघाट सडक निर्माण गरेको हो ।

काठमाडौँ–तराई मधेश द्रुतमार्ग, गोरखा–मनकामना, हिले–लेगुवा, कटारी ओखलढुंगा, त्रिशूली–सोमदाङ, सातदोबाटो–निवेलबालुवा, देवस्थल कैनाकाडा– चौरजहारी, वाग्मती क्षेत्र ढल निर्माण, चम्पापुर–बराहक्षेत्र ...


यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला पक्राउ, अरु को-को पक्राउ परे ?

काठमाडौं - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पक्राउ परेका छन् । शुक्रबार प्रहरीले महासंघका महासचिव सरोज सिटौलालाई भृकुटीमण्डपबाट पक्राउ गरेको हो ।

रिपोर्टस क्लबको कार्यक्रममा आउने क्रममा भृकुटीमण्डपबाट पक्राउ परेका सिटौलालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ ।

यसअघि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगर पक्राउ परेका छन् । प्रहरीकाअनुसार बन्जाडेलाई ट्राफिकचोकबाट र गाहालाई दीपनगरबाट पक्राउ गरिएको हो । त्यस्तै प्रहरीले बुटवल यातायात व्यवसायी संघका उपाध्यक्ष अशोककुमार श्रेष्ठलाई पक्राउ गरेको छ । त्यस्तै काभ्रे मिनीबस सेवा ...


गाडी नचलाउने यातायात व्यवसायीको रूट पर्मिट खारेज गर्ने तयारी

काठमाडाैं - सिन्डीकेटको विरोधमा यातायात बन्द गराएका व्यवसायीमाथि सरकारले कडा एक्सन लिने भएको छ । यातायात व्यवस्था विभागले सिन्डिकेटको पक्षमा आज गाडी नचलाउने व्यवसायीका रुट परमिट खारेज गर्ने बताएको छ । यातायात व्यवस्था विभागले देशभर गाडी नचलाउनेहरुको तथ्यांक संकलनको काम गरिरहेकाले विभागले आजै रुट परमिट खारेज गर्ने भएको हो ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले प्रशासन र प्रहरीबाट गाडी नचलाउनेको डाटा माग गरेको र सबै लगत आइसकेपछि आजै बेलुका विभागको बैठकले गाडी नचलाउनेको पर्मिट खारेज गर्ने बताएका छन् ।

विभागले यस अगाडि नै गाडी नचलाए एक दिनमै रुट ...


सिन्डिकेट पक्षधर यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन

काठमाडौं - व्यवसायीहरुले आन्दोलन घोषणा गर्दै यातायात सेवा बन्द गरेपछि सिन्डिकेट पक्षधर यातायात व्यबसायीबिरुद्ध सरकारले कडा कदम चाल्ने भएको छ ।

सरकारले सिन्डिकेटका पक्षमा रहेका यातायात समिति र समितिका पदाधिकारीको सम्पत्ति छानबिनको प्रक्रिया हगाडी बढाउने भएको छ । सरकारले शुक्रवार (आजी देखि नै पदाधिकारीको सम्पत्ति छानबिन र बैङ्क खाता रोक्ककाको प्रक्रिया अगाडि बढाउने भएको हो ।

यातायात समितिको सम्पत्ति छानबिनका विषयमा निर्णय गर्न गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षमा अर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारी बैठक बस्ने तयारी भएको छ। यातायात ...


३८ क्विन्टल सुन तस्करीमा एकै समूह, यी हुन् उब्जिएका सात प्रश्न ?

 ३७,९९,५६५ ग्राम सुन तस्करी

चूडामणि उप्रेती गोरेको समूहले जुलाई ०१५ अर्थात् ०७२ को असार/साउनयता खेप–खेप गरेर ३७ लाख ९९ हजार ५६५ ग्राम अर्थात् तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिको ठहर

१७,०१,८०,७१,४३० रुपैयाँ बिगो

गोरेको नेतृत्वमा सुन तस्करीमा संलग्न सात प्रहरी अधिकारी सहित ६३ जनाविरुद्ध मुद्दा, करिब तीन वर्षसम्म उनीहरूले तस्करी गरेको सम्पूर्ण सुनको मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ बिगो दाबी र सजाय माग

३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा ६ जना बहालवाला प्रहरी अधिकारीसहित ...


सुन तस्करी प्रकरण : ६३ जनाविरुद्ध मुद्दा दर्ता

विराटनगर - सुन तस्करी र सनम शाक्य हत्या घटनासम्बन्धी मुद्दा जिल्ला अदालत मोरङमा दर्ता भएको छ । सरकारी वकिल कार्यालयले बुधबार ६३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।

सुन तस्करी घटनामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ ९० पैसा बिगो मागदाबी गरिएको छ । प्रतिवादीविरुद्ध तीन प्रकारका मुद्दा दर्ता भएका छन्।

संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना तथा सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको अदालतले जनाएको ...


जागिर खाएको दुई वर्षमै करोडौं सम्पत्ति भेटिएपछि छानविन सुरु

काठमाडौं - वृद्धवृद्धा, एकल महिला, विकलांग, अशक्त, विपन्न र असहायलाई बाँडिने सरकारी रकम आफ्नो व्यक्तिगत खातामा स्थानान्तरण गर्ने एक लेखा अधिकृत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। सामान्य आर्थिक अवस्था भएको परिवारका लेखा अधिकृत रविनचन्द्र ढकालको खातामा सेवा प्रवेशको दुई वर्षमै करोडौं रकम देखिएपछि उनीमाथि छानबिन सुरु भएको हो।

कटारी नगरपालिकामा कार्यरत लेखा अधिकृत ढकालले भ्रष्टाचार गरेको सूचना पाएपछि अख्तियारले वैशाख १२ गते ज्ञानेश्वरबाट पक्राउ गरी हिरासतमा लिएको छ। उनी सिन्धुलीका हुन्। आर्थिक वर्ष ०७४÷७५ मा सामाजिक सुरक्षालगायत अन्य शीर्षकमा विनियोजित बजेटमा ठूलो घोटाला भएको ...


मोदीको सुरक्षामा सात हजार सुरक्षाकर्मी, यसरी हुँदैछ भ्रमणको तयारी !

प्रधानमन्त्री ओली पनि जनकपुर जाने, मोदीको सम्बोधनमा ५० हजार मान्छे उतार्न आठ जिल्लामा प्रदेश सरकारको सर्कुलर

भारतको चाहना : नाकाबन्दीअघिकै सम्बन्ध पुन: स्थापना

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध पुनस्र्थापित गर्न लक्षित गर्ने दिल्लीको तयारी छ । मोदीले आसन्न राजकीय भ्रमणमा नेपालसँग एकसाथ राजनीतिक, विकास साझेदारी र धार्मिक सम्बन्ध सुदृढ भएको सन्देश दिन चाहेका छन् । खासमा तीन वर्षअघि नेपाल आउँदाको सकारात्मक छवि पुनस्र्थापनामा उनले जोड दिनेछन् ।

२८ र २९ वैशाखमा मोदी नेपाल आउने तय भएको छ । नेपालसँग नाकाबन्दीपछि निम्तिएको तीतोपना पूर्ण रूपमा मेटाउने उपाय ...


वैदेशिक रोजगारीले पुरुष पिडित बढे, पत्नीपीडितका उजुरीको चाङ

बिर्तामोड - ‘म विदेशमा भएका बेला श्रीमतीले सम्बन्धविच्छेद गरिछन्, धनसम्पत्ति पनि सबै सकिछन्। मेरो त बिजोक नै भयो’, दुई महिनाअघि बिर्तामोड नगरपालिका–५ का एक युवक ब्रह्मलाल आचार्य बिर्तामोडको न्यायिक समितिमा पुगेर आफ्नो पीडा सुनाउँदै थिए।

न्यायिक समिति संयोजक नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले ती युवाको सबै कुरा सुनिन्। उपप्रमुख प्रसाईंले आचार्य बिरामी रहेको थाहा पाइन्। उपप्रमुखले ती युवालाई सल्लाह दिँदै भनिन्, ‘पहिले उपचार गरेर तपाईं निको हुनुस्। अनि समितिमा यसबारे कुरा गरौंला।’

उपप्रमुख प्रसाईंले दुःख मान्दै सुनाइन्, ‘मुटुका बिरामी ती युवकको उपचारकै क्रममा मृत्यु भयो। उनको समस्याबारे ...


३३ किलो सुन तस्करी प्रकरण : कहाँ पुग्यो अनुसन्धान ?

ap

काठमाडौं - ३३ किलो सुन तस्करी प्रकरणमा बनाइएको छानबिन समितिको म्याद गुज्रिँदै लाग्दा पनि अपराधमा जोडिएका कतिपय पक्ष प्रस्ट हुन नसकेको गुनासा सतहमा आउन थालेका छन् । प्रहरी उच्च अधिकारीसहितको संलग्नतामा गायब पारिएको भनिएको ३३ किलो सुनको सोधखोज गर्न अझैसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, विमानस्थलस्थित अध्यागमन कार्यालय र पर्याप्त रूपमा हवाई एजेन्सीलाई छानबिनको दायरामा ल्याइएको छैन । समितिले केही व्यापारी र प्रहरी नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।

प्रहरी मात्रैको मिलेमतोमा विमानस्थलबाट सुन बाहिरिने हो त ? , छानबिन समितिमाथि अहं प्रश्न तेर्सिएको ...


मजदुर दिवसको अवसरमा ​राष्ट्रपतिको शुभकामना संदेश

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न मजदुर दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले मजदुर र उद्योगबीच उपयुक्त सम्बन्ध स्थापित हुन सकोस् र श्रम अधिकार सुनिश्चित होस् भन्ने कामना पनि गरेकी छन् ।

मजदुर दिवसको अवसरमा राष्ट्रपतिबाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘सबै नेपाली श्रमिकहरुले स्वदेश तथा विदेशमा श्रम गर्दा अनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवम् सामाजिक सुरक्षा लगायतका सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भन्ने कामना गर्दछु ।’


उनले मजदुर दिवसको अवसरमा विश्वभर छरिएर ...


सरकार मजदुरको ज्याला बढाउने योजनामा छ : प्रधानमन्त्री

काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् ।

मजदूर दिवसको उपलक्ष्यमा आज दिएका सन्देशमा प्रधानमन्त्रीले प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जनलगायतका आधारभूत हकअधिकारको स्मरण गराउँदै आएको बताएका छन् ।

नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका बताउँदै प्रधानमन्त्रीले नेपालको राजनीतिमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पु¥याएको ...


मोदीको सुरक्षा बन्दोबस्त मिलाउन भारतीय सुरक्षा टोली जनकपुरमा

जनकपुर - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । उनको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेका छन् ।

भारतका उच्च ओहदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने डीआईजीको नेतृत्वमा आएका सुरक्षाकर्मीको टिमले मोदीको भ्रमणका बेला अपनाइने सुरक्षा घेराको स्केच तयार पारेको छ। नेपाली सुरक्षाकर्मीको सल्लाहमा तयार पारिएको मोदीको सुरक्षा घेराको स्केच अत्यन्तै गोप्य राखिएको छ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणका बेला पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको बताए।

काठमाडौंबाट हेलिकप्टरमा जनकपुर ...


३३ किलो सुन तस्करी प्रकरण : अनुसन्धानकर्ता नै आरोपित

काठमाडौं – आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई ‘ट्र्याप’ मा पार्न प्रायः अपराध अनुसन्धानकर्ता प्रहरीले प्रयोग गर्ने ‘फन्दा’ ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा आफ्नै विरुद्ध प्रयोग हुने खतराले नेपाल प्रहरीभित्र आतंक उत्पन्न भएको छ। यो प्रक्रियामा एकथरी प्रहरी अपराध अनुसन्धान र अभियुक्त गिरफ्तारीका निम्ति क्रियाशील छन् भने अर्काथरी त्यही प्रकरणका सहयोगी। तस्करी र हत्याका दुवै थरीमाथि शंकाको आधार भनेको सञ्चार सम्पर्क मात्र हो। अपराध अनुसन्धानकर्ताहरूले तिनलाई ‘फन्दा’ मा पार्न गरेको नाटकीय संवाद अन्ततः आफ्नै विरुद्ध प्रयोग हुने खतरा बढेको छ।

सरकारले गठन गरेको उच्चस्तरीय ...


अाज १२९ औं विश्व श्रमिक दिवस,  भव्यताका साथ मनाइँदै

काठमाडौँ- ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएकाे थियाे। अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्‍यो । प्रहरीको गोली लागी सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको ...


सुल्झिएन नेपाल–भारत सीमा विवाद

धनगढी - कञ्चनपुरको आनन्द बजारमा सीमा विवादकै कारण गोविन्द गौतम सहिद भएपछि गठन भएको चार नम्बर संयुक्त सीमा सर्वेक्षण टोलीले पनि विवादित क्षेत्रहरूमा सीमास्तम्भ खडा गर्न सकेको छैन।

कैलालीको खक्रौला क्षेत्रमा रहेको पिलर नम्बर ७ सयदेखि सीमास्तम्भहरूको मर्मतसम्भार र हराएका स्तम्भ खडा गर्ने कार्य थालेको नेपाल–भारत संयुक्त सीमा सर्भेक्षण टोलीले कैलालीकै दुई स्थानको विवाद समाधान गर्न नसकेको हो। कैलालीको खक्रौलानजिकै रहेको कालाकुण्डाबाहेक भजनी नगरपालिकाको मारियाघाट, धनगढी उपमहानगरपालिकाको नर्सरी भन्ने स्थान र कञ्चनपुरको पुनर्वास क्षेत्रको सीमा विवाद कायमै छ।

मंसिरमा नेपालका तर्फबाट प्रमुख नापी अधिकृत सुदर्शन धामी र ...


आज २५६२ औँ बुद्ध जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडाैं - प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागे । छ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति ...


३३ किलो सुन प्रकरण : अर्का डिएसपी समातिए, तस्करीमा संलग्न  प्रहरीको संख्या ६ पुग्यो

काठमाडौँ - तस्करीको ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा मोरङ प्रहरीले डिएसपी प्रजित केसीलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले आइतबार नियन्त्रणमा लिएका केसीलाई विराटनगरस्थित जिल्ला अदालतबाट संगठित अपराध तथा मानव अपहरण र कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि म्याद लिएको छ । उनी महानगरीय अपराध महाशाखामा कार्यरत छन् । डिएसपी केसीसहित सुन प्रकरणमा पक्राउ पर्ने प्रहरीको संख्या ६ पुगेको छ । हालसम्म केसीसहित पूर्वडिआइजी गोविन्द निरौला, मकवानपुरका एसपी विकासराज खनाल, इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत डिएसपी सञ्जयबहादुर राउत, सइ बालकृष्ण सञ्जेल र जवान ...


सर्वोच्चको आदेश :  'फेवाताल अतिक्रमण गरेर बनाइएका संरचना भत्काउनु'

काठमाडौँ - सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरेर बनाइएका भौतिक संरचना गैरकानुनी भएको ठहर गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले पोखराको फेवाताल अतिक्रमण गरी निर्माण भएका घर टहराहरू भत्काउनसमेत आदेश दिएको छ ।

फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलेपछि लालपुर्जा खारेज गर्न माग गर्दै अधिवक्ता खगेन्द्र सुवेदीले २३ असार ०६८ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।

नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको फेवातालको जग्गा व्यक्तिको नाममा दर्ता गराउँदै घर टहरा र भवन निर्माण हुने क्रम ...


यस्तो बन्दै छ संघीय सुरक्षा

काठमाडौं - सरकारले संघीय शासन व्यवस्था अनुकूल हुने गरी संघीय नेपालको सुरक्षा व्यवस्थाको मार्गचित्र (रोडम्याप) सहितको आन्तरिक सुरक्षा तथा व्यवस्थासम्बन्धी नयाँ कानुनको विधेयक स्वीकृत गरेको छ। गृह मन्त्रालयले तयार पारेको सुरक्षा मार्गचित्रसहितको विधेयकलाई कानुन मन्त्रालयमार्फत संसद्मा पेस गर्न शुक्रबारको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति प्रदान गरेपछि कानुन निर्माण प्रक्रिया अघि बढेको छ। गृह मन्त्रालयका अनुसार संघीय शासनमुताविक आन्तरिक सुरक्षासम्बन्धी नयाँ कानुन बन्न नसक्दा सुरक्षा व्यवस्थामा अन्योल र जटिलता थपिँदै आएको हो। अन्योल चिर्न गृहले पहिलो पटक आन्तरिक सुरक्षा तथा व्यवस्थासम्बन्धी नयाँ कानुन बनाउन सक्रियता देखाएको छ।

‘आन्तरिक ...


बाजुरामा पुजारी आफैंले भत्काए छाउगोठ

बाजुरा - बाजुराको बडिमालिका नगरपालिका–३ पीपल गाउँस्थित दह घटाल देवताका पुजारी रामबहादुर खड्काले छाउगोठ भत्काएका छन् ।

धार्मिक आस्था र विश्वासलाई बढावा दिने पुजारीले नै छाउगोठ भत्काएका हुन् । छाउगोठ भत्काएपछि खड्काको श्रीमती छोरी र बुहारी छाउ भएका बखत पनि एकै घरमै बस्न थालेका छन् । छाउ कुप्रथाविरुद्धको अभियानमा साथ दिन छाउगोठ भत्काएर घरमै बसाउने गरेको खड्काको भनाइ छ । वडा कार्यालय र संघसंस्थाले दबाब दिएकाले भत्काउन बाध्य भएको खड्काले बताएका छन् ।

नजिकै देवताको मन्दिर र घरमै पनि देवता राखिएकाले शुरुमा डर लाग्यो तर सबैतिरबाट दबाब ...


'दैविक शक्ति' देखाउने भन्दै कर्णालीमा हाम फालेका दुई झाँक्रीको मृत्यु

बाजुरा- दैविक शक्ति देखाउने भन्दै कर्णाली नदीमा हामफालेका दुई जना झाँक्रीको आइतबार विहान मृत्यु भएको छ। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का ६१ वर्षिय मानसिंह विष्ट र ५३ वर्षिय जय बहादुर विष्ट रहेका छन्।

ती मध्ये मानबहादुर विष्टको शव फेला परेको छ भने अर्का जयबहादुर विष्टको बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए। विष्टद्धयले कर्णालीमा आइतबार विहान हाम फालेको प्रहरीले बताएको छ।

दुवै जना काप्न थालेपछि दैवीक शक्ति देखाउने भन्दै कर्णाली नदीमा हाम फालेका थिए। स्थानीयले पनि काम्दै हाम फाल्न गएपछि विश्वास लागेर रोक्ने प्रयास नगरेको ...


बस र ट्रक ठोक्किँदा एकको मृत्यु

राजविराज - पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ स्थित मिलन चोकमा गएराति मोइक्रोबस र भारतीय ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोक नमोबुध नगरपालिका–२ फूलबारी बस्ने मोइक्रोबस चालक ३५ वर्षीय रामशरण गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

काठमाडौबाट सप्तरीको फतेपुर आउँदै गरेको बा४ख ८२४८ नम्बरको मोइक्रोबस (हायस) र विपरीत दिशाबाट जाँदै गरेको बीआर ०६ जीसी ७६६६ नम्बरको भारतीय ट्रक एकापसमा ठोकिएको थियो ।

ठक्कर दिने ट्रकको चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको इलाका प्रकरी कार्यालय कल्याणपुरले जनाएको छ ।

...

प्रदेश नं ४ को नाम 'गोर्खा प्रदेश' राख्न हस्ताक्षर अभियान

नवलपरासी - प्रदेश नं ४ को नाम गोर्खा प्रदेश राख्नका लागि दबाबस्वरुप पूर्वी नवलपरासीमा हस्ताक्षर अभियान शुरु गरिएको छ ।

प्रदेश नामकरणको विषयमा देशभरि चर्चा परिचर्चा चलिरहेका बेला प्रदेश नं ४ को नाम ‘गोर्खा प्रदेश’ हुनुपर्ने माग राख्दै नवलपुरको कावासोतीमा हस्ताक्षर संकलन गरिएको हो ।

नामकरणको विषयमा विभिन्न नाम आइरहेका बेला अन्य नामभन्दा गोर्खा नै विश्वसामु परिचित गराउन सहज र इतिहास जोडिएको नाम भएको भन्दै हस्ताक्षर संकलन गरिएको गोरखा प्रदेश अभियन्ता ईश्वरजङ्ग थापामगरले बताए । हस्ताक्षर संकलनलाई आगामी दिनमा प्रदेशका विभिन्न स्थानमा समेत गर्दै जाने अभियन्ता थापामगरले ...


प्रधानमन्त्रीको आक्रोश : 'भारतले जमीनमा मात्रै नभएर आकाशमा पनि कञ्जुस्याइँ गर्‍यो'

बुटवल - प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतले अहिलेसम्म जमीनमा मात्रै नभएर आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको भन्दै आक्रोश पोखेका छन् । प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताएका हुन् ।

भारतले नेपाललाई आकाशबाट एउटामात्रै बाटो दिएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणमासमेत सो कुरा उठाएको बताए । ‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ, भारतले हामीलाई रुट दिनुपर्छ । अस्ति मैले भारत भ्रमणमा जाँदा पनि यो कुरा भनेको ...


अरुण तेस्रोको कार्यालयमा बम विस्फोट

तुम्लिङटार - बहुप्रतिक्षित अरुण तेस्रोको प्रशासनिक भवनको कम्पाउन्ड पर्खालमा बम विस्फोट भएको छ। तुम्लिङटारमा रहेको अरुण तेस्रोको नव निर्मित प्रशासनिक भवनको कम्पाउन्डमा शनिबार राति बम विस्फोट भएको हो।

प्रहरीका अनुसार राति १२ बजे बम विस्फोट भएको हो। विस्फोटका कारण प्रर्खालमा सामान्य क्षति पुगेको प्रहरी निरिक्षक वेदप्रसाद गौतमले बताए। घटनाको जिम्मा कसैले लिएको छैन। अनुसन्धान भइरहेको गौतमले बताए।

यसअघि अरुण तेस्रोको पावरहाउस निर्माणस्थल पुखुवामा दुई पटक बम विस्फोट भइसकेको छ। दुवै घटनाको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको थियो।

...

काठमाडौंमा दुई वर्षभित्र मोनोरेल निर्माण गरीसञ्चालन गर्ने चिनियाँ प्रस्ताव

काठमाडौं - काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनीसीआरसीसीले काठमाडौं महानगरपालकाकालई प्रस्ताव गरेको छ ।

काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमख महेश काफ्लेले चिनियाँ सरकाको मताहतमा रहेको चिनियाँ रेलवे कम्पनी सीआरसीसीले राजधानको चक्रपथमा दुई वर्षभित्र मोनोरेल निर्माण गरीसञ्चालन गर्ने प्रस्ताव गरेको जानकारी दिए ।

चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ । सीआरसीसीले पेस गरेको उक्त प्रस्ताव अहिले महानगरपालिकाले आन्तरिक छलफल गरिरहेको जानकारी दिँदै काफ्लेले सम्बन्धित व्यक्ति र क्षेत्रसँगको आवश्यक छलफल र सुझाव सल्लाहसँगै महानगरको बार्डको अनुमोदनपछि यस प्रस्तावलाई अगाडि बढाइने बताए ।

सीआरसीसीले ुपीपीपीु र ुबीओओटीु ...


मोदी आउँदा अरुण तेस्रो शिलान्यास गराउने तयारी गर्दै ओली सरकार

काठमाडाैं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणक्रममा वैशाख २८ गते ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास गरिने भएको छ । शिलान्यास गर्ने तयारीका साथ लगानी बोर्डले आयोजनाबारे केही निर्णयसमेत गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शनिबार बसेको बोर्ड बैठकले भारतीय सरकारको लगानी रहेको आयोजना प्रवद्र्धक कम्पनी सतलजलाई ६ महिना वित्तीय स्रोत (फाइनान्सियल क्लोज) जुटाउने समय थप गरेको छ ।

प्रधानमन्त्री ओलीको गत चैतमा भएको भारत भ्रमणमा भारतीय प्रधानमन्त्रीसहित संयुक्त रूपमा उक्त आयोजना शिलान्यास गर्ने चर्चा चलेको थियो । तर उत्पादन अनुमतिपत्र नै ...


सांसदलाई साढे ६ अर्ब बाँड्ने सरकारको तयारी

काठमाडौं - सरकारले सांसद विकास कोषको नाममा फेरि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यमार्फत अर्बौ रुपैयाँ वितरण गर्ने तयारी थालेको छ।

सांसद विकास कोषको रकम चरम दुरुपयोग भएको आलोचना आइरहेकै बेला फेरि सरकारले सांसदलाई तजबिजीमा खर्च गर्न पाउने गरी ६ अर्ब ६२ करोड बाँड्ने तयारी गरेको हो। अघिल्लो संसद् सदस्यका लागि आएको रकम नयाँ सांसदका लागि बाँड्ने गृहकार्य सुरु भएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार सांसद विकास कोषको रकम अघिल्लो सांसदका लागि व्यवस्था भए पनि हाल संघीय संसद् स्थापना भई नयाँ सांसद आएकाले उक्त रकम ...


अनुसन्धान विभागलाई गृहमै फर्काउन चलखेल, भित्र भित्रै को-को छन् सक्रिय ?

काठमाडौं - गोप्य सूचना तथा जानकारी संकलन गर्ने निकाय राष्ट्रिय अनुसन्धान विभाग कुन मन्त्रालयमातहत राख्ने सत्तारुढ दल एमाले-माओवादीभित्रै विवाद देखिएको छ। गृह मन्त्रालयमातहत रहँदै आएको विभागसहित सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग सरकारले प्रधानमन्त्री कार्यालयमातहत राख्ने निर्णय फागुन तेस्रो साता गरेको थियो।

त्यही बेलादेखि माओवादीले अनुसन्धान विभाग आफ्ना पार्टीका रामबहादुर थापाले नेतृत्व गर्दै आएको गृह मन्त्रालयबाट झिकेर प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेकामा प्रधानमन्त्रीसँग प्रत्यक्ष÷अप्रत्यक्ष असन्तुष्टि राख्दै आएको थियो। तर, शनिबार भने प्रधानमन्त्री केपी ओली, गृहमन्त्री थापासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहसचिव प्रेमकुमार राईबीचको छलफलमा माओवादीले अनुसन्धानलाई गृहमातहत ...


पछिल्लो ९ महिनामा १ लाख ४० हजार नेपाली विदेशिए
मलेसिया जाने सबै भन्दा बढी, जापान जाने सबैभन्दा कम

काठमाडौं - आर्थिक वर्ष २०७४/७५ को पछिल्लो ९ महिनामा १ लाख ४० हजार नेपालीले देश छाडेका छन् । यो अवधिमा सबैभन्दा धेरै नेपाली मलेसिया पुगेका छन् भने जापान जाने कम छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे तथ्यांक अनुसार, ०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२ र महिला पाँच हजार ३७८ गरी जम्मा एक लाख ४० हजार १०० पूर्वस्वीकृति लिएर विदेश भासिएका छन् ।

रोजगार अनुमति प्रणाली (इपिएस) भएर पनि यो अवधिमा नेपालीहरु विदेश पुगेका छन् । ईपीएस परीक्षा उत्तीर्ण पुरुष ७१५ र महिला ५९ ...


बाँदर ब्यबस्थापन गर्न बजेट बिनियोजन

धनकुटा - धनकुटा नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि बाँदर समातेर स्थानान्तरण गर्न लागिपरेका छन् ।

बाँदरले अन्नबाली खाइदिएर सताउने गरेको स्थानीयको गुनासोपछि वडा कार्यालयले बजेट विनियोजन गरेरै बाँदर स्थानान्तरण गर्ने कार्यक्रम तय गरेको थियो ।

चालु आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन गरी बाँदर स्थानान्तरण अयिान सुरु गरिएको हो । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

बाँदर समात्न भारतबाट आएका तालिम प्राप्त व्यक्तिसहित जनप्रतिनिधि केही सातायता बाँदर खोज्दै जंगल चहारिरहेका छन् ।

वडाध्यक्ष नरेश श्रेष्ठ, सदस्य मिलन खड्गी, अन्य सदस्य र स्थानीयको टोली कचिडे, खाल्डे, सल्लेरी वन, ...


बिप्लवका नेता पक्राउ

उदयपुर - जनसरकार प्रमुख भनेर गैरराजनीतिक गतिविधि गरेको आरोपमा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जनसरकार प्रमुख पक्राउ परेका छन् ।

गए राति त्रियुगा नगपालिकाको चुहाडे क्षेत्रबाट जनसरकार जीतबहादुर पुलामी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मगर चुनावको बेला विद्युतीय धराप थाप्ने मुख्य योजनाकार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त प्ररही प्रमुख डीएसपी मेधराज अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार मगर प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुस थाप्ने मुख्य योजनाकार हुन् ।

...

अछाममा चट्याङ लागेर सात घाइते, गहुँबाली नष्ट

अछाम - मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् ।

असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको प्रहरीले जनाएको छ । छ जना सामान्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।

यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार गरिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभयो । किसानले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन् ।

यसैबीच असिनापानीले पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो ...


कसैसंग पनि हात नमिलाउन प्रधानमन्त्रीलाई किन दिए चिकित्सकले सुझाब ?

काठमाडौं - प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भिडभाडबाट जोगिन पनि उनीहरूको सल्लाह छ ।

दैनिक हुने भेटघाट र कार्यक्रमको भिडभाडले प्रधानमन्त्रीलाई संक्रमणको जोखिम बढाएको निजी चिकित्सक डा। दिलीप शर्माले बताए । ‘दैनिक अबेरसम्म हुने भेटघाटलाई केही कम गराउनुपर्ने सुझाब हामीले दिएका छौँ,’ उनले भने ।

अचेल प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या भने नरहेको डा। शर्माले बताए । तर, यो समय सरुवा रोग फैलिने भएकाले ...


३३ किलो सुन तस्करी काण्डः यस्तो छ गोरे-प्रहरी ‘कनेक्सन’

काठमाडौं - प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले यो तथ्य फेला पारेको हो।

मोरङ उर्लाबारीका गोरेले सुन तस्करीको जालो फैलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षा अधिकारीसँग राम्रै उठबस गरेर सम्भव बनाएको अनुसन्धान अधिकारीहरू बताउँछन्। गोरेले नेपाल बस्दा र भारतमा बस्दा प्रयोग गर्ने मोबाइल नम्बरको ‘कल ट्रेस’ गरेर अभिलेख हेर्दा छानबिन समितिका अधिकारीहरू चकित परेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाको टोली गोरे ...


 भारतका तीन पूर्वराजदूत १८ दिनदेखि के गर्दैछन नेपालमा ?

काठमाडौं - भारतका तीन पूर्वराजदूत १८ दिनदेखि नेपालमा छन् । उनीहरू कुनै राजनीतिक भेटघाटका लागि आएका भने होइनन् ।

पर्यटकका रूपमा आए पनि राजदूत भएर गइसकेकाले आफ्ना निकटस्थलाई मात्र भेट्दा पनि राजनीतिक भेटघाट नै हुने अधिकारीहरू बताउँछन् । उनीहरू अहिले राजनीतिज्ञ, पूर्वप्रशासक, पूर्वराजदूतहरूलाई भेट गरिरहेका छन् । उनीहरूले व्यापारिक समुदायलाई पनि भेटेको बताइएको छ ।

पूर्वराजदूतहरू देव मुखर्जी, श्यामशरण र रञ्जित रे यतिबेला काठमाडौंको द्वारिका होटलमा बसेर भेटघाटमा व्यस्त छन् । उनीहरू शनिबार स्वदेश फर्कंदै छन् । निजी भ्रमणमा आएकाले अनौपचारिक छलफल भएको भेटेर फर्कनेहरू बताउँछन् । संविधानपछिको अवस्था, वर्तमान सरकार र नेपाल–भारत सम्बन्ध लगायतको ...


'खटाएको ठाउँमा नजाने भए घर जानुस' - मन्त्री लालबाबु पण्डित

बुटवल - संघीय मामिला तथा सामन्य प्रशाशन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई जागिर छोडेर घर जान चेतावनी दिएका छन् ।

लुम्बिनी प्रेस क्लव भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आयोजनाको गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सरकारले खटाएको ठाउँमा जानै पर्ने बताए । कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाउँमा पनि जान्छु भनेर सपथ खाएको भन्दै निजी जीवन बिताउन जागिर छाड्नुपर्ने बताए ।

‘राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाउँमा जानु पर्दछ होइन भने जागिर छाडेर निजी जीवन बिताए हुन्छ,’ उनले भने, ‘कुुनैपनि कर्मचारी सरकारले ...


बन्ने भो २५ मेगावाटको सोलार प्लान्ट

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले शिलान्यास गरेका छन् ।

शुक्रबार देवीघाट जलविद्युत केन्द्र परिसरमा स्थापना हुन लागेको नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास भउएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण हुने प्लान्टको काम एक वर्षभित्रमा सकिने बताइएको छ ।

सोलार प्यालन राखी एक वर्षभित्र त्यसमार्फत दिउसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी छ ।

तीन करोड ८० लाख अमेरिकी डलरमा बन्ने नेपालकै सबैभन्दा ठूलो सोलार ...


आजदेखि कक्षा १२ को परीक्षा  सुरु

काठमाडौँ - माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसिई) कक्षा १२ को परीक्षा शुक्रबारदेखि सुरु हुँदै छ । साथै ३० वैशाखदेखि हुने कक्षा ११ को परीक्षाको पनि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गा अर्यालले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुने बताए ।

यस वर्षको परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेट वृद्धि एवं आंशिकतर्फको परीक्षाका लागि देशभरका एक हजार ५१ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

...

सांसदहरूले व्यापार–व्यावसाय गर्न नपाउने

काठमाडौ – सांसदहरूले पदभार ग्रहण गरे पछि कुनै व्यापार,व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायीक काम गर्न नपाउने,छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नु पर्ने जस्ता नीति बनाउदै सरकारले राष्ट्रिय सदाचार नीति ल्याउने तयारी गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले सदाचार नीतिको मस्यौदा तयार गरेको छ। सो मस्यौदा माथि प्रधानमन्त्रीको कार्यलयले एक दुइ दिनमै सरोकारवाला पक्षसंग छलफल गर्ने तयारी गरेको छ। छलफल पछि सदाचार नीति लागु गर्ने सरकारले तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलययले जनाएको छ। मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यलयका सचिव केदार अधिकारीले केही दिनमै ...


निर्माण पूरा नहुँदै  उद्घाटन गर्न मन्त्रीलाई हतारो

भक्तपुर - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निर्माण हुँदै गरेको भक्तपुरस्थित नेपाल व्यवसायिक प्रतिष्ठानको बिहीबार उद्घाटन गरेका छन्।

शिक्षामन्त्री पोखरेलले जर्मनस्थित सुलरहिल्फे फर नेपाल संस्थाको दुई करोड आर्थिक सहयोगमा भक्तपुर नगरपालिका १० नगान्चामा बन्दै गरेको एकेडेमीको भवन उद्घाटन गरेका हुन्।

भवन निर्माण गर्न युवा संरक्षणकर्मी रवीन्द्र पुरी अध्यक्ष रहेको आरपी फाउन्डेसनले करिब पाँच करोड मूल्य पर्ने एक रोपनी जग्गा उपलब्ध गराएको थियो।

सोही जग्गामा बनेको पाँचतले भवनको तल्लो चार तलाका प्रत्येक तलामा चारवटा कोठा छन्। तर बिहीबार भवन उद्घाटन गर्न तेस्रो तलामा दुई कोठामात्रै तयार गरिएका थिए। ...


लुम्बिनीमा यस्तो छ बुद्धजयन्तीको रौनक !

तौलिहवा - २५६२औं अन्तर्राष्ट्रिय बुद्धजयन्तीको अवसर पारेर कपिलवस्तुमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । भगवान् गौतम बुद्धले २९ वर्षको युवावस्था बिताएको कपिलवस्तुलाई विश्वमाझ चिनाउने उद्देश्यका साथ बुद्धजयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

बुद्धजयन्ती मूल समारोह समिति कपिलवस्तुले वैशाख १२ देखि १८ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । त्यसका लागि विभिन्न उपसमिति गठन गरिएको समिति संयोजक तथा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले जानकारी दिए ।

विकास कोषको अग्रसरतामा बुधबार र बिहीबार जिल्लाका ७ वटै पुराताŒिवक स्थल सरसफाइ गरिएको छ । यस्तै तौलिहवामा स्थानीयस्तरको क्रिकेट ...


सरकारी विद्यालयमा कक्षा १२ सम्मै अंग्रेजीमा पढाइ

तम्घास - गुल्मीको छत्रकोट गाउँपालिका ४ स्थित दिगाममा रहेको आदर्श माध्यमिक विद्यालयले १२ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरेको छ। सदरमुकामबाहिर माथिल्लो कक्षासम्म अंग्रेजी पढाउने यो पहिलो विद्यालय हो। माथिल्लो कक्षासम्म गाउँघरमै अंग्रेजीमा पढाइ हुनथालेपछि स्थानीय अभिभावकले समेत साथ दिएका छन्।

विद्यालयले २०६० सालमा कक्षा १ मा मात्र अंग्रेजीमा पढाइ सुरु गरेको थियो। क्रमशः बर्सेनि कक्षा थप्दै लगिएको प्रधानाध्यापक गुणाकर ज्ञवालीले जानकारी गराए। अभिभावकहरूको सहयोगले नै आफूहरूलाई थप हौसला मिलेको उनको भनाइ छ। ‘अभिभावक भेलाबाट अंग्रेजी पढाउने विषयमा निर्णय भएको हो’, उनले भने, ‘सहयोग जुटाउन साथ ...


३ करोड ७० लाख बाल श्रमिक जोखिमपूर्ण काममा

काठमाडौं - अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले १५ देखि २४ वर्ष समूहका ५४ करोड श्रमिकमध्ये तीन करोड ७० लाख बाल श्रमिक जोखिमपूर्ण काममा संलग्न रहेको जनाएको छ ।

२५ वर्ष माथिका श्रमिकले ४० प्रतिशतभन्दा बढी ज्यान जाने प्रकृतिका व्यवसायजन्य चोटपटक बेहोर्ने गरेका छन् । युवा श्रमिकमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा जोखिम बढी हुनुमा शारीरिक र मनोवैज्ञानिक विकास क्रम, काममा अनुभवको कमी, अपर्याप्त तालिम, कार्यस्थलमा आउनसक्ने जोखिमबारे सचेतना अभाव ,सौदाबाजीको सामथ्र्य नुहुनुलगायत कारण रहेको आईएलओले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१८ को सुरक्षा दिवस अभियानमार्फत यी ...


नेपाल इन्जिनियरिङ कलेजमा करोडौ अनियमितता : नेविसंघद्धारा आन्दोलनको घोषणा

काठमाडौं - भक्तपुरको चाँगुनारायणमा संचालन भइरहेको नेपाल इन्जिनियरिङ कलेज संचालकहरुका बीचमा चरम विवाद देखिएको छ । यो विवादसंगै सो कलेजमा व्यापक अनियमितता भएको तथ्य पनि सार्वजानिक भएको छ । संचालकहरुका बीचमा विवाद हुँदा अहिले कलेजको खातामा पैसा जम्मा हुन छोडेको छ भने शिक्षकहरुलाई तलब खुवाउन समेत समस्या देखिएको छ । संचालकहरुका बीचको विवादका कारण अहिले अध्ययन गरिरहेका झण्डै २२ सय बिद्यार्थीहरु अन्यौलमा परेका छन् ।

सामाजिक संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर संचालन भएको सो कलेज गैर– मुनाफा मुलक संस्थाका रुपमा संचालन ...


साढे ३३ केजी सुन काण्ड : आन्तरिक सर्कुलर जारी गरिएपछि फरार डिएसपी सम्पर्कमा

काठमाडौं - साढे ३३ केजी सुन प्रकरणमा मुछिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जय राउत छानबिन समितिको सम्पर्कमा आएका छन् ।

मंगलबार गृह मन्त्रालयमा बयान लिने क्रममा डिएसपी राउत ‘फरार’ भएका थिए । उनलाई खोज्न ७७ वटै जिल्ला र प्रदेश प्रहरी कार्यालयमा आन्तरिक सर्कुलर जारी गरिएपछि उनी सम्पर्कमा आएका हुन् ।

मंगलबार राउतसहित प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको समितिले बयान लिएको थियो । इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत् राउत भने बयानकै बीच गृहबाट निस्किएका थिए । लगत्तै, उनी समितिबाट सम्पर्कबिहीन बने भए ।

आइतबार पूर्व डिआईजी गोविन्द निरौलालाई समितिले ...


गृहको प्रधानमन्त्रीलाई ब्रिफिङ  : दुई वर्षमा ३ हजार ८ सय केजी सुन तस्करी

काठमाडौं - साढे ३३ केजी सुन बेपत्ता एवं सनम शाक्य हत्या छानवीन उच्च स्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रारम्भिक ब्रिफिङ गरेको छ। गृह सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित छानवीन समितिले अनुसन्धानको विवरणसहित प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गराएको हो ।

पछिल्लो २ वर्षमा ३ हजार ८ सय केजी सुन तस्करी मार्फत् मात्र भित्रिएको विवरण समितिको प्रारम्भिक अनुसन्धानबाट खुलेको सहसचिव पौडेलले प्रधानमन्त्री ओलीलार्इ जानकारी गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घण्टा लामो ब्रिफिङसहित समितिले बुझाएको विवरणमा सुन तस्करीको परिमाण, संलग्न माफिया एवं प्रहरी अधिकारीको समेत नाम ...


१४ किलो अबैध सुन काण्ड : चिनियाँ नागरिक एयरपोर्टबाट समातिए

काठमाडाैं - अबैध सुनको कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ परेका छन् । ४० वर्षीय चिनियाँ नागरिक जेझोंगलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

०७४ भदौ १४ गते काठमाडौं टोखा नगरपालिका–११ सामाखुशीमा भाडामा बस्दै आएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २७ वर्षीय पेम्बा दोर्जे शेर्पाको घर कोठाबाट १४ किलो अवैध सुन पक्राउ गरेको थियो । प्रहरीले तत्कालै खोजि गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट थप ४ जनाको साथबाट १ के.जी. सुन बरामद गरी ७ जना अवैध सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको थियो ।

उनीहरूलार्इ ...


गृह मन्त्रालयले गर्यो एकैपटक ६० सिडियोको सरुवा, को कहाँ पुगे ?

काठमाडाैं - सरकारले विभिन्न जिल्लाका ६० जना प्रमुख जिल्ला अधिकारी (सिडियो) को सरुवा गरेको छ । गृहमन्त्रालयले ६० जिल्लाका प्रमुख जिल्ला अधिकारीको एकै पटक सरुवा गरेको हो । सरुवा पर्नेमा सहसचिव र उपसचिवहरु छन् ।

...

मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा तयारी

काठमाडौँ - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ । यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन । प्रदेश २ सरकारले जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । जानकी मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने कार्यतालिका छ ।

‘भ्रमणको मिति औपचारिक रूपमा आएको छैन, तर हामी २८ वैशाख बिहानै मोदीजीलाई जनकपुरमा स्वागत गर्ने तयारीमा छौँ,’ प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनालले नयाँ पत्रिकासँग भने, ‘बिहान ९ बजे उहाँको सम्मानमा नागरिक अभिनन्दन गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ । ...


‘सरखार, टाठाबाठालाई मात्रै होइन, गरिबलाई पनि हेर्नू ’

भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक बाह्रबिसेका बिकमान थामीको टहरामा सम्झनलायक तीन दृश्य देखिए।

पहिलो दृश्य– चुनावको : १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन्। फरकफरक पार्टीका नेता उनको टहरामा आए। घर बनाइदिने बाचा गरे। भोट हालेर स्याँस्याँ गर्दै फर्किए बिकमान। केही दिनपछि सडकमा विजय जुलुस निस्कियो। मोटरसाइकल र पँजेरोको आवाजले बिकमानको टहरामा आउने जुरेली र भँगेरालाई धेरै दिनसम्म लखेट्यो। त्यसपछि शून्य भयो बाटो। देखिएनन् भोट माग्नेहरू। उनले भोटको बदलामा छातीमा झण्डा टाँसिएको एउटा टिसर्ट पाए। उनका छोरा भारी बोक्दा आजकाल त्यही टिसर्ट लगाउने गर्छन्।

बिकमानले झेलेको ...


उपत्यकामा एनालग टेलिभिजन पूर्णरुपमा विस्थापित, असार मसान्तसम्म देशैभर बन्द हुने

काठमाडौं - सरकारले लिएको डिजिटलाइजेशन नीति उपत्यकामा पूर्णरुपमा लागू भएको छ । उपत्यकामा एनालग प्रणालीका टेलिभिजन पूर्णरूपमा बन्द भएर डिजिटल प्रविधि प्रयोग गरिएको छ । सरकारले अब असार मसान्तसम्म मुलुकभरबाटै एनालग प्रविधि विस्थापित गर्ने नीति लिएको छ । अहिले सरकार कार्यान्वयनको तयारीमा जुटेको छ । सूचना तथा प्रविधि मन्त्रालयका एक अधिकारीले न्यूजसेवासँग कुरा गर्दै भने ‘हामी उपत्यकामा डिजिटलाइजेशन गर्न सफल भएका छौँ, अब असार मसान्तसम्म मुलुकबाटै जुनसुकै हालतमा पनि एनालग प्रविधि हटाएरै छाड्छौँ ।’

नेपाललाई टेलिकम्युनिकेसन क्षेत्रको प्रवद्र्धन तथा नियमन गर्ने संस्था इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटियू)को ...


निजी विद्यालयले आफूखुशी लिइरहेको शुल्क रोक्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संस्थागत (निजी) विद्यालयले आफूखुशी लिइरहेको शुल्क नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

जनप्रतिनिधिसहित मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पोखरेलले संस्थागत विद्यालय शुल्क निर्देशिका, २०७२ को सीमामा रहेरमात्र निजी विद्यालयले शुल्क लिनुपर्नेमा त्यसको सीमा उल्लङ्घन भएको पाइएकाले आवश्यक कारवाही गर्न निर्देशन दिए । जनप्रतिनिधिलाई संघीय सरकारको साथ रहेको भन्दै उनले संविधानतः विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहको भएको बताए।

उनले सामुदायिक विद्यालयको स्तरवृद्धि नगरी मुलुकको शिक्षामा परिवर्तन नहुनेतर्फ आफू सचेत रहेको र त्यससम्बन्धी नीति, कानून ...


छुटपूर्जी बिना नेपाली भुमिमा भारतीय गाडी सञ्चालन

वीरगञ्ज - छुटपूर्जी काट्ने व्यवस्था नहँदा पछिल्लो समय पर्साको सुदूर ग्रामीण क्षेत्रका भन्सार कार्यालयमा राजश्व नबुझाई भारतीय नम्बर प्लेटका सवारी साधन निर्वाध रुपमा चल्ने गरेको पाइएको छ

छुटपूर्जी काट्ने व्यवस्था छोटी भन्सार कार्यालयमा नहुँदा राजश्व नतिरी गाडी प्रयोग गर्ने चलन बढ्दै गएको छ । प्रहरीले भारतीय नम्बर प्लेटका गाडी चढ्नेलाई कारबाही गर्न सकेको छैन ।

स्थानीय निकायका निर्वाचित जनप्रतिनिधि, प्रदेश सभासद् र प्रतिनिधिसभाका सदस्यले समेत भारतीय नम्बरका गाडी बढी प्रयोग गर्ने गरेका छन् । छोटी भन्सार कार्यालयमा छुट पूर्जीको व्यवस्था नहुँदा भारतीय नम्बरका गाडी नेपाल प्रवेश गर्न ...


प्रदेश ३ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

हेटौँडा - प्रदेश नं ३ को मन्त्रिपरिषद्ले आफ्नो नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेश गरेको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गेकी हुन् ।

निजी तथा कार्यक्रममा संविधानसभाले सर्वाधिक लोकतान्त्रिक विधिबाट २०७२ असोज ३ गते जारी गरेको प्रगतिशील र लोकतान्त्रिक संविधनले सबैखाले राजनीतिक संक्रमणको अन्त्य गरी जननिर्वाचित प्रतिनिधिहरुको अगुवाइमा विकास, स्थिरता र समृद्धिको मार्ग खुल्ला गरेको उल्लेख छ ।

प्रदेश प्रमुख कोइरालाले देश स्थायित्व, समृद्धि, तीव्र विकास र आपसी एकताको वृद्धिको चरणमा प्रवेश गरेको र अब समतामूलक, समाजवादउन्मुख, पूर्ण लोकतान्त्रिक दिशामा ...


विदेशमा रहेका नेपालीले ईमेलबाटै पुलिस रिपोर्ट बनाउन मिल्ने

काठमाडौं - विदेशमा रहेका नेपालीले ईमेलबाटै पुलिस रिपोर्ट बनाउन मिल्ने भएको छ । विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै प्रहरीले ईमेलबाटै प्रहरी रिपोर्ट बनाउन मिल्ने व्यवस्था गरेको जनाएको छ ।

विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने चारित्रिक रिपोर्ट सहज रुपमा लिन पाउने व्यवस्था मिलाउन ईमेल सेवा विस्तार गरिएको केन्द्रीय प्रहरी प्रवक्ता मनोज नेउपानेले जानकारी दिए । उनका अनुसार प्रहरी प्रधान कार्यालयको चालचलन शाखाको ईमेल उयष्अिभचभउयचत२लभउबउियष्अिभ।नयख।लउ मार्फत आवश्यक कागजातसहित आवेदन दर्ता गर्न सकिने छ । सेवाग्रहीले सो ईमेलबाटै पुलिस रिपोर्ट प्राप्त गर्न ेछन् ।

यसअघि निश्चित ठाउँबाट मात्र पुलिस रिपोर्ट ...


भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउने

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैसाख २८ गते नेपाल आउने भएका छन् । यद्यपि भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।

दुई दिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर पनि जाने कार्यक्रम छ ।

नेपालले ११ जेठमा मोदीलाई स्वागत गर्ने तयारी गरेको थियो । तर, भारतले नयाँ मिति प्रस्ताव गरेको छ, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरेका छन् ।

मोदीको भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण भने पछाडि धकेलिएको छ । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हालै मात्र बेङजिङ पुगेर आएका ...


मिनिबस र ट्याक्सीको पनि सिण्डिकेट तोड्ने  यातायातमन्त्रीको उद्घोष

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्धघोष गरेका छन् । सोमबार राजधानीमा अायाेजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने,‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होईन नि, हामीले त कार्यान्वयन गराएका हौं, सम्मानित सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै सिण्डिकेट खारेजको निर्देशन दिएको हो, हामीले कार्यान्वयन गरेका छौं, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्र्तगर्त व्यवस्थित् गर्छौं।’

उनले पर्यटक र आम सर्वसाधारण जनताले निर्धक्क भएर सुविधाजनक यात्रा गर्न ...


चीनलाई नेपालको प्रस्ताव : रेलमार्गमा लगानी गर्नुस्

काठमाडौँ - नेपालले बहुचर्तित केरुङ–काठमाडौं, पोखरा–लुम्बिनी रेलमार्ग निर्माणमा सतप्रतिशत लगानी (अनुदान)का लागि चीनलाई प्रस्ताव गरेको छ । चिनियाँ समकक्षी वाङसँग ५ वैशाखमा बेइजिङमा भएको औपचारिक वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले ‘मित्रताको प्रतीक’का रूपमा चिनियाँ लगानीको प्रस्ताव गरेका हुन् । लगानीबारे चीनले जवाफ दिएको छैन, तर सम्भाव्यता अध्ययन गर्दै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सहमति जनाएको छ ।

‘हामीले नेपाल चीन मित्रताको प्रतीकका रूपमा रेलमार्गमा सम्पूर्ण लगानी गरिदिन चीनलाई आग्रह गरेका छौँ,’ चीनबाट फर्केका परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने । चीनले सन् १९६० को दशकमा खासा–तातोपानी नाका हुँदै कोदारी राजमार्र्ग मित्रताको ...


ठेकेदारले रोक्यो मेलम्चीको काम

काठमाडौं - सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दसैंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ। मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि अहिले आयोजनाको काम पूर्णरूपमा रोकिएको छ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले पैसा नभएर ठेकेदारले काम रोकेको जानकारी दिए। उनले भने, ‘हामीले दिनुपर्ने भुक्तानी दिइसकेका छौं। तर, काम रोकिएको छ। काम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल जारी छ।’

आयोजनाको सुरुङ खन्ने काम सकिए पनि ‘फिनिसिङ’ हुन सकेको छैन। अहिलेसम्म ३.६ किलोमिटर मात्र सुरुङ फिनिसिङ’ ...


जोर्डनमा बलात्कृत धनमाया गर्भ बोकेर स्वदेश फिर्ता, श्रीमान भन्छन - 'गर्भ बोकेकी श्रीमती स्विकार्न सकिदैन'

काठमाडौँ - धन कमाउने आसमा जोर्डन पुगेकी झापा बिर्तामोडकी ३२ वर्षीया धनमाया बस्नेत अहिले सडकमा छिन् । उनको पेटमा ८ महिनाको बच्चा छ । श्रीमान् र परिवारको अनुरोधमा घरेलु कामदारका लागि १९ महिनाअघि जोर्डन पुगेकी धनमाया काम गरेको कम्पनीमा बलात्कृत भइन् ।

गलैंचा फ्याक्ट्रीमा काम गर्ने धनमाया भारतीय सहकर्मीबाट बलात्कारको सिकार भएकी थिइन् । आफूलाई परेको कारुणिक पीडाबारे खुल्दै उनले थपिन्, ‘एकलासको बाटो थियो । पछाडिबाट एक जनाले अँगालो हाल्यो र लडायो अनि रुमालले मेरो मुख थुनेर बलात्कार ग¥यो । उसले मलाई जेजे गर्नु थियो सक्यो ...


आज त्रिभुवन विमानस्थल रातभर खुल्ने

काठमाडौं - आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४सै घण्टा खुल्ने भएको छ । बिहीबार राति मलेसियन एयरलाइन्स मालिन्दोको विमान धावनमार्गमै दुर्घटनामा परेपछि बन्द विमानस्थल आज मध्यान्नबाट खुलेको हो । आजका लागि २४सै घण्टा विमानस्थल खोल्ने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

टिआईए नियमित राति साढे ११ देखि १२ बजेभित्र बन्द हुन्छ । तर, आजका लागि यो नियम लागू नहुने भएको हो । रातैभरि खुल्नेछ । बिहीबारदेखि रोकिएका अन्तर्राष्ट्रिय उडानको आज चाप पर्न सक्ने भएकाले सहजताका लागि यस्तो व्यवस्थापन गरिएको हो ।

राति मलेसियाको क्वालालम्पुरका लागि उँड्न लागेको ...


​दिपक मनाङ्गे जेल चलान, कति वर्ष बस्नुपर्छ जेल ?

काठमाडौं - मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङ्गे उर्फ राजीव गुरुङलाई जेल चलान गरिएको छ । उनलाई डिल्लीबजारस्थित सदरखोर कारागारमा राखिएको छ ।

बिहीबार साँझ पक्राउ परेका मनाङ्गेलाई जिल्ला अदालत काठमाडौंको आदेशअनुसार कैद भुक्तानका लागि डिल्लीबजारस्थित सदरखोरमा पठाईएको महानगरीय प्रहरी परिसरले जानकारी दियो ।

२८ साउन ०६९ मा तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो ।

०६१ मा गुण्डा नाईके चक्रे मिलन समुहसँग खुकुरी हानाहान हुँदा मनाङ्गे समूहले चक्रेको हात दुई टुक्रा पारिदिएको घट्नामा ...


कमिसन खान गोपाल खड्काको यस्तो कर्तुत, पानबिनै सबा दुई अर्बको कारोबार

काठमाडौं - नेपाल आयल निगमले अर्बौ रुपैयाँको कारोबार गर्दा भ्याट र पान नियम उल्लंघन गरेको भेटिएको छ ।जुनसुकै सरकारी निकायले पाँच हजार रुपैयाँ भन्दा बढी कारोबार गर्दा मूल्य अभिवृद्धि कर(भ्याट) वा स्थायी लेखा नम्बर (पान) भएको व्यक्ति वा संस्थासंगमात्र कारोबार गर्नुपर्नेे नियम छ।

तर, निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले सवा दुई अर्ब रुपैयाँको जग्गा खरिद गर्दा पनि पान नम्बर नभएका व्यवसायीहरुसँग जग्गा खरिद गरेर राज्यलाई करोडौं रुपैयाँ नोक्सानी पुर्याएको तथ्य फेला परेको छ । खड्काले जग्गा खरिद गर्दा विचौलियाबाट करोडौं रुपैयाँ कमिसन खान भ्याट र ...


प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट


काठमाडौँ - एकता संयोजन समितिको बैठकमा प्रधानमन्त्री ओलीको एकलौटी निर्णयप्रति प्रचण्डले असन्तुष्टि पोखेका छन् । एकतापछि दुवै अध्यक्ष भनिए पनि ओलीले ‘सेरेमोनियल’ बनाउन सक्नेप्रति प्रचण्डले आशंका गरेका थिए । माओवादी मन्त्रीसँग सल्लाह नै नगरी ओलीले २३ चैतमा ३० जना सचिव सरुवा गरेका थिए । तुरुन्तै माओवादी मन्त्रीहरूले अध्यक्ष प्रचण्डलाई गुनासो गरेका थिए । त्यसपछि ओली र प्रचण्डको भेट भएको थिएन । मंगलबारको बैठकमा प्रचण्डले यी कुरा उठाएको एक नेताले बताए ।

समितिको अर्को बैठक अन्योलमा
असहमतिका विषयमा एकता संयोजन समितिको अर्को बैठकले निर्णय गर्ने ...


२५ वर्षे लामो यातायात सिन्डिकेटको अन्त्य, यसले जनतालाई के फरक पार्छ ?

काठमाडौँ - सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता भएका यातायात समिति दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । ‘अहिलेसम्म दर्ता भएका यातायात समिति नवीकरण हुने छैनन् भने नयाँ दर्ता गरिनेछैन,’ सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले भने । यससँगै देशमा अर्थव्यवस्थाले सिन्डिकेट अन्त्य गरेको २७ वर्ष र यातायात सिन्डिकेट कानुनी रूपमा अन्त्य भएको २५ वर्षपछि यथार्थमा सरकारले कानुनको कार्यान्वयन थालेको छ ।

सरकारको निर्णयले देशभरका ३ सय ७ वटा शक्तिशाली यातायात समितिको सिन्डिकेट तोडिनेछ । यसअघि सवारी यातायात व्यवस्था ...


अब मुद्दा लाग्ने सांसद स्वतः निलम्बनमा

काठमाडाैं - फौजदारी अभियोगमा कुनै पनि सासंदलाई मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा उक्त सासंदको पद स्वतः निलम्बन हुने व्यवस्था प्रतिनिधिसभा नियमवालीमा समावेश गरिने भएको छ ।

विगतमा मुद्दा लागिसकेर जेलमै रहे पनि ससंद पद रहिरहने व्यवस्था भए पनि अबका दिनमा मुद्दासम्बन्धमा अन्तिम फैसला नभएसम्म निलम्बन हुने व्यवस्था गर्न लागिएको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोखरेलको जानकारी दिए । उनका अनुसार फैसलाले सासंद निर्दोष ठहरिए निलम्बन फुकुवा हुने छ भने दोषी ठहरिए पदमुक्त हुने व्यवस्था कायम गर्ने तयारी छ ।

कुनै सासंद पदमुक्त भएको खण्डमा ...


महानगरीय अपराध महाशाखामा धीरजप्रताप सिंह

काठमाडौं - महानगरीय अपराध महाशाखामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंह अाएका छन् । गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत उनलाई अपराध महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघि अपराध महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी दिवेश लोहनीले सम्हाल्दै आएका थिए । साढे ३३ किलो सुनकाण्डमा लोहनीसहित प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रजित केसी र प्रहरी नायब निरीक्षक (सर्इ) बालकृष्ण सञ्जेल प्रहरी मुख्यालय तानिएका थिए ।

वैशाख २ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सिंहलाई अपराध महाशाखामा पठाउने निर्णय गरेको थियो ।

...

हेटौडाबाट अन्यत्र राजधानी नसार्न  देउवाको मुख्यमन्त्री पौडेललाई आग्रह

हेटौँडा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव तत्काल छलफलमा नल्याउन र त्यसबारे हाल निर्णय नगर्न पनि अनुरोध गरेका हुन्।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले पनि आज नेता देउवालाई भेटी अस्थायी राजधानी अन्यत्र नसार्नका लागि प्रमुख प्रतिपक्ष दलका ...


गोपाल पराजुलीको पेन्सन पट्टा बनेन

काठमाडौं – पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाश मितिमा विवाद हुँदा पेन्सन पट्टा बन्न सकेको छैन। दुईवटा जन्ममितिमा विवाद देखिएपछि उनको अवकास मिति दुईवटा हुँदा पेन्सन पट्टा तयार पार्ने निजामती किताबखाना अलमलमा देखिएको हो।

पराजुलीले चैत २ देखि लागू हुनेगरी पेन्सन पट्टा पाउनुपर्ने दाबी गर्दै किताबखानामा निवेदन दिएका थिए। न्यायपरिषद्बाट पठाइएको विवरणअनुसार पराजुलीको अवधि २०७४ साउन २१ सम्म रहेको उल्लेख छ।

दुइतर्फबाट फरक–फरक विवरण पठाइएकाले कुन मितिमा बनाउने भन्ने निक्र्यौलका लागि किताबखानाले कारण सोधेको छ। नागरिकता र शैक्षिक प्रमाणपत्रमा समेत जन्ममिति फरक–फरक लेखिएका कारण पराजुली प्रधानन्यायाधीश पदमा विवादित बनेका ...


स्वास्थ्यमा अर्बाैंको अनियमितता : एकातिर खरिद अर्कातिर भुक्तानी

काठमाडौं - स्वास्थ्य सेवा प्रवाहमा आवश्यक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यालयहरुले मनपरी खरिद गरी अर्बाैं रुपैयाँ अनियमितता गरेको पाइएको छ।

खरिद गरेको उपकरण बिग्रिएको थाहा हुँदाहुँदै भुक्तानी दिएको, बिनाप्रतिस्पर्धा करोडौंका सामान खरिद गरेको, लागत अनुमानभन्दा बढीको टेन्डर स्वीकृत गरेको, आपूर्तिकर्ताबाट कानुनअनुसार क्षतिपूर्ति नलिई भुक्तानी गरेर अनियमितता भएको महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनले आैंल्याएको छ। गुणस्तरहीन औषधि र पर्याप्त मौज्दात सामग्रीसमेत खरिद गरेर अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ।

सार्वजनिक खरिद नियमअनुसार कुनै पनि कम्पनीबाट सामान खरिद गर्दा आधिकारिक विक्रेताबाट गुणस्तर, मूल्य र ...


सांसदले गरे बजेटको दुरुपयोग, कार्यकर्तालाई साइकल किनेर बाँडे !

काठमाडौँ - सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा बुझेको रकम दुरुपयोग गरेका छन् । उनीहरूले साइकल किनेर कार्यकर्तालाई बाँड्नेदेखि योग शिविर चलाउनेसम्मका काममा बजेट खर्च गरेका छन् । सभा, सम्मेलन र गोष्ठीमा समेत बजेट खर्च गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

सार्वजनिक खरिद नियमावलीअनुसार विकासमा छुट्याइएको रकम वितरणमुखी कार्यक्रम, सभा, सम्मेलन वा गोष्ठीमा खर्च गर्न पाइँदैन । तर, निर्वाचन क्षेत्र पूर्वाधार विकासको बजेटले बारामा १७० र रौतहटमा ३१४ गरी ४८४ साइकल खरिद गरेर वितरण गरिएको छ । यसमा ३४ लाख २८ हजार खर्च गरिएको महालेखा परीक्षकको ५५औँ वार्षिक प्रतिवेदनमा ...


ट्रस्टको कार्यालयमा ५ अर्बको घोटाला, 'फेस'मा सहसचिव

काठमाडौं – नेपाल ट्रस्टको कार्यालयले दरबारमार्गको जग्गा भाडामा दिँंदा ५ अर्ब रुपैयाँ अनियमितता गरेको छ । ट्रस्टका सचिवले गरेको निर्णयलाई एक सहसचिवले लत्याउँदै ५ अर्ब रुपैयाँ घोटाला गरेको ठहर महालेखा परीक्षकको प्रतिवेदनले गरेको छ।

सचिव नेतृत्वको आर्थिक प्रस्ताव मूल्यांकन समितिले २०७३ असोज १९ मा निर्माण र लिज भाडासहित ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार रुपैयाँको प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको थियो। तर, ट्रस्टले १ अर्ब ५९ करोड ४० लाख ५२ हजार रुपैयाँमा सम्झौता गरी ५ अर्ब घोटाला गरेको हो।

जग्गा भाडामा दिनका लागि संरचना बनाउन ...


परराष्ट्रमन्त्री ज्ञवाली चीन जाँदै

काठमाडाैं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँचदिने भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन् । उनी राति ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । चीन उड्नुअघि मन्त्री ज्ञवालीले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

समकक्षी वाङ वीको निमन्त्रणामा चीन जान लागेका मन्त्री ज्ञवालीको यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने विश्वास गरिएको छ ।

ज्ञवालीको यो भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका रूपमा लिइएको छ । उनको भम्रणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका विषयमा समेत छलफल हुने बताइएको छ ...


सरकारबिरुद्ध आन्दोलन थाल्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी

काठमाडौ - संयुक्त विद्यार्थी संगठनले विद्यार्थी शुल्क निर्धारण निर्देशिका कार्यान्वयन नभएको भन्दै सरकारविरुद्व कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । सोमबार बिहान नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहित ९ विद्यार्थी संगठनहरुको संयुक्त बैठकले निजी विद्यालयहरुले गरेको शुल्कवृद्धि, सरकार र बिद्यार्थीबीच विगतमा भएका सहमतिबिरुद्ध भएको निष्कर्ष निकालेको छ । संयुक्त विद्यार्थी संगठनले विद्यालय शुल्क निर्धारण निर्देशिका कार्यान्वयनका लागि सरकारलाई ७२ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउने निर्णय गरेका छन् । मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने उनीहरुको तयारी छ ।

निजी विद्यालयहरुले जथाभावि शुल्क लिँदा पनि सरकार मौन बसेको भन्दै संयुक्त विद्यार्थी ...


'अधिनायकवाद शुरु भयो, मनोमानी बढ्यो' : देउवा

चितवन - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारअधिनायकवाद तर्फ लागेको आरोप लगाएका छन् । उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको समेत बताए ।

देउवाले भने,“सरकारले एकलौटी काम गर्न खोजेको छ र सुरु गरिसकेको छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” उनले अर्को प्रश्नमा भने “अब विकास गर्छन्, अधिनायकवादको ।”

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए । “शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” उनले व्यङ्ग्य गर्दै भने, “कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।”

पार्टी ...


ओली र प्रचण्ड वान टु वान वार्ता : के निकाल्यो निष्कर्ष ?

काठमाडौं - प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको वार्ता सकिएको छ । एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन दुई अध्यक्षबीच झण्डै साढे दुई घण्टा वार्ता भयो । वार्तापछि दुवै अध्यक्ष मंगलबार बिहान पार्टी एकता समितिको बैठक बोलाउन सहमत भएका छन् । नेताहरुबीच एकतामा देखिएका विवादबारे छलफल भएपनि कुनै सहमति हुन नसकेको बताइएको छ ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटाले भोलि विहान ९ नौ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयमा छलफल गर्ने दुबै नेता सहमत भएको बताए ...


सरकारले भर्ना अभियान मनाइरहँदा दुई प्रतिशत बालबालिका विद्यालय बाहिरै

नवलपरासी - नवलपरासी जिल्लामा हाल करीब दुई प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेको तथ्यांक रहेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई (शिक्षा कार्यालयको परिवर्तन भएको नाम) नवलपरासीका अनुसार सो तथ्यांक रहेको कार्यालयले जनाएको छ । पाठ्यपुस्तक, शैक्षिक सामग्री, पोशाक लगायतका आवश्यक सामग्रीको आभावले कुनै पनि बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर नहुने गरी यस वर्ष कार्य अघि बढाइएको जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमालले जानकारी दिए।

आधारभूत तहसम्म सामुदायिक विद्यालयका विद्यार्थीलाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने गरेको र उक्त रकम स्थानीय तहबाट निकासासमेत भइसकेकाले समयमै विद्यालयले पुस्तक उपलब्ध गराउनुपर्नेछ ...


सचिवका दुईवटा गाडी, चालक नराखी बुझ्छन् तलब

काठमाडाैं - संघीय संसद् सचिवालयका सचिव हिमलाल सुवेदीले २ वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । उनले प्रयोग गरेका गाडी एउटा नयाँ र अर्को पाँच वर्ष पुरानो छ ।

सुवेदीले चालकको नाममा समेत रकम बुझ्दै आएका छन् जबकि चालक भने राखेका छैनन् । आजको नयाँपत्रिका दैनिकमा खबर छ–स्रोतका अनुसार पुरानो गाडीको मर्मत खर्च बढी पाइने भएकाले उच्च ओहोदाका कर्मचारी पुरानो र नयाँ दुवै गाडी लिन्छन् ।

सचिवालयले पुरानो गाडीका लागि मर्मत खर्च बढी दिन्छ । सचिव सुवेदीले सवारीचालकको नाममा आउने पारिश्रमिक, मोबिल, मर्मत खर्च र इन्धनबापतको रकम आफैले बुझ्दै आएका छन् ।

ऐनविपरीत ...


स्वास्थ्य राज्यमन्त्रीद्वारा अख्तियारको दुरुपयोग, साढे २५ करोड रकमान्तर गर्न ठाडो आदेश

काठमाडौं - स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले योजनाविहीन विषयमा साढे २५ करोड रकमान्तर गरेपछि विवाद भएको छ । राज्यमन्त्री अर्यालले योजनाविहीन विषयमा रकमान्तर गर्न दबाब दिएको मन्त्रालयका अधिकारीको गुनासो छ ।

विभिन्न पाँच स्वास्थ्य संस्थालाई अत्यावश्यक उपकरण खरिदका लागि विनियोजित रकम फिर्ता गराई मन्त्रीले खाली चेक काट्न आर्थिक प्रशासन शाखालाई दबाब दिएको उनीहरूले बताए । २५ करोड ४९ लाख रकम फिर्ता गराई योजना र शीर्षकविनै मेसिनरी औजारमा रकमान्तर प्रक्रिया अघि बढाउन राज्यमन्त्रीले आदेश दिएकी हुन् ।

स्वास्थ्य मन्त्रालय नीति, योजना तथा कार्यक्रम शाखाबाट फाइल अगाडि बढाई उक्त रकम फिर्ता गराउन लेखामा दबाब ...


अपांगता भएकाले पढ्न नपाउने ? जसलाई प्रधानमन्त्री र मन्त्रीले नै सकेनन भर्ना गराउन

काठमाडौं - प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उच्च अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस वर्षको भर्ना अभियान सुरु गरे । शिक्षा कार्यालय मुगुले १६ बालबालिका (नौ छात्र र सात छात्रा) लाई भर्ना गराउन राराताल किनारमा भेला पारेको थियो । तीमध्ये एक थिए, छायानाथ धारा नगरपालिका–६ का अपांगता भएका सात वर्षीय पुन्नबहादुर कुलाल ।

प्रधानमन्त्री र मन्त्रीले १५ जनालाई पायक पर्ने विद्यालयमा भर्ना गराए । ६ वर्षीया थिल्नेसाङ तामाङलाई प्रधानमन्त्री ओलीले बुद्ध माविमा भर्ना गरे । छात्राको अभिभावकत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गर्दै उनले तामाङलाई पोसाक र पुस्तकसमेत प्रदान ...


प्रधानमन्त्रीदेखि कलाकारसम्मले गराए विद्यार्थी भर्ना , कसले कसलाई पढाउने जिम्मा लिए ?

काठमाडौं - विद्यालयबाहिर रहेकालाई विद्यार्थीलाई विद्यालय ल्याउने अभियानमा प्रधानमन्त्री केपी ओली नै सक्रिय भएका छन् । विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउन प्रधानमन्त्रीदेखि मन्त्री, सांसदसम्मले एक–एक विद्यार्थी पढाउने जिम्मेवारी लिएका छन् । प्रधानमन्त्री ओलीले मुगुका ठिन्लेसाँबु लामाको स्वेच्छिक अभिभावकत्व ग्रहण गरेका छन् । आर्थिक र अन्य अवस्था कमजोर रहेका बालबालिका विद्यालयबाहिर रहेकाले प्रधानमन्त्री र मन्त्रीहरूले अभिभावकत्व ग्रहण गरेका हुन् ।

बालबालिकालाई विद्यालय ल्याउन प्रधानमन्त्रीको नेतृत्वमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानका क्रममा मन्त्रीहरूले समेत अभिभावकत्व ग्रहण गरेका हुन् । १ वैशाखमा प्रधानमन्त्री तथा मन्त्रीहरूले विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिकालाई ...


को हुन पण्डित श्रीनिवास ? किन र कसले हान्यो उनलाई गोली ?

काठमाडौं - पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ । प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ । ‘अनुसन्धानमा जुटिरहेका छौँ । कलडिटेलको विश्लेषण गरी भारतीय प्रहरीसँग मिलेर अप्रेसन गर्ने तयारी गरिरहेका छौँ,’ मोरङका एसपी अरुण विसीले भने । त्यसका लागि भारत गएको विशेष टोलीले कलडिटेल पत्ता लगाउने र शंकास्पद व्यक्तिको खोजी गरिरहेको उनले बताए ।

सुनसरीको बराह नगरपालिका–६ चक्रघटीस्थित आश्रममा बस्दै आएका २६ वर्षीय श्रीनिवास भागवत पुराण वाचनका लागि ...


प्रहरीलाई आइजिपी खनालको निर्देशन : 'गुन्डागर्दी गर्नेसँग उठबस नगर्नुस '

काठमाडाैं - प्रहरी महानिरीक्षकमा बढुवा भएको पाँच दिनपछि सर्बेन्द्र खनालले उपत्यकाभरिका प्रहरी इकाइमा कार्यरत् कर्मचारीलाई निर्देशन दिएका छन् । अाइतबार प्रहरी क्लब, भृकुटीमण्डमा निर्देशन दिदैं खनालले प्रहरीहरूलार्इ कुनै लोभ, लालचमा नपरी नराम्रो काम गर्ने जो कोहिलाहिलार्इ पनि नछाडि काम गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।

व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको भन्दै उनले यसलाई अन्त्य गरी सबैलाई समान व्यवहार गर्न निर्देशन दिदैं गुन्डागर्दी गर्नेहरुसँग समेत उठबस नगर्न निर्देशन गरेका छन् ।

...

स्वेच्छिक अवकाशको निर्णय स्थगित गरिएको मन्त्री पण्डितको खुलासा

काठमाडाैं - संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई दिने भनिएको स्वेच्छिक अवकासको निर्णय अहिलेका लागि स्थगित भइसकेकाले कर्मचारीहरुलाई काममा फर्किने निर्णय गर्न सुझाब दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले धेरै सेवा सुविधा पाइन्छ भन्ने आशामा स्वेच्छिक अवकासका लागि निवेदन दिएको भए काम गर्नतिर मन फकाएन सुझाब दिएका हुन् ।

सरकारले स्वेच्छिक अवकासको निर्णय स्थगित गरे कर्मचारी अदालने जाने भन्ने कुारप्रति संकेत गर्दै मन्त्री पण्डितले अदालत जाने कुरा नागरिकको स्वतन्त्रताको कुरा भएको बताए ।

“अर्को निर्णय नभएसम्म स्वेच्छिक अवकास दिने ...


आचार्य श्रीनिवासमाथि गोली हानेको आशंकामा थप २ जना पक्राउ

विराटनगर - धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रहरीले मोरङका दुई जनालाई घटना भएकै दिन आइतबार पक्राउ गरेको थियो ।

मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले घटनामा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धानको क्रममा रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने उनले बताए ।

विराटनगर-१४ जतुवास्थित रामजानकी मन्दिरमा बास बसेका आचार्यलाई गत आइतबार बिहान २ बजेतिर शौचालय जाने क्रममा गोली प्रहार भएको थियो ...


सांसद खतिवडाकी छोरी श्रृंखलाले पहिरिन यसवर्षको 'मिस नेपाल' को ताज

काठमाडौं - यस वर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड २०१८’ श्रृङ्खला खतिवडाले हात पारेकी छिन् । उनी एमाले सांसदद्वय विरोध खतिवडा र मुनु सिग्देलकी छोरी हुन् ।

मिस नेपाल बनेकी श्रृङ्खलाका पिता एवं एमाले नेता विरोध खतिवडा प्रतिनिधिसभाका सदस्य हुन् भने आमा मुनु एमाले मकवानपुरकी अध्यक्षका साथै प्रदेश-३ कि सांसद हुन् ।

बुधबार राति सम्पन्न मिस नेपाल ग्राण्ड फिनालेमा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले मिस नेपाल बन्न सफल भएकी हुन् ।

बुधबार राति अन्नपूर्ण होटलमा आयोजना भएको मिस नेपाल २०१८ को ...


अबैध स्वास्थ्य शिविर सञ्चालन गर्ने तीन पक्राउ

इटहरी - गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी देवानगञ्ज गाउँपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयवासीबाट गैर कानुनी रुपमा पैसा असुल गर्ने तीन जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

हामी चिकित्सक हौँ, तपाईहरुको स्वास्थ्य जाँचका लागि हामी यहाँ आएका हौँ भनेर प्रतिव्यक्ति रु पाँच सय र रु एक हजारको रसिद काटेर स्थानीयवासीलाई ठग्ने कार्य गरिरहेका अवस्थामा उनीहरुलाई ठगीको आरोपमा नियन्त्रणमा लिई आवश्यक सोधखोज र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ ...


वाम एकता : कार्यदलका गोप्य दस्तावेजहरू 'रअ' को हातमा कसले पुर्यायो ?

काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि बनेका कार्यदलले तयार पारेका दस्तावेजहरू भारतीय राजदूतावासमा पुगेको छ । भारतीय दूतावास लैनचौरमा दुईवटा दस्तावेजहरू पुगेपछि वाम गठबन्धनभित्र बबण्डर भएको स्रोतले बतायो ।

एमालेका वरिष्ठ नेता माधव नेपाल संयोजकत्वको वैचारिक दस्तावेज निर्माण कार्यदल र माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल संयोजकत्वको कार्यदलले पार्टी एकीकरणका लागि दस्तावेज बनाएको थियो ।

ती दुई कार्यदलले अधिकांश विवाद सल्टाएपनि तीनवटा विवाद भने सुल्झाउन सकेको थिएन । तर, यी दुई कार्यदलले बनाएको दस्तावेज भारतीय राजदूतावासमा पुगेकोपछि वाम गठबन्धन भित्र ...


रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं - प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले दिएको राजीनामा स्वीकृत भएको छ । उनि सर्वेन्द्र खनालसंगै प्रहरी महानिरीक्षक (आईजीपी) का दाबेदार थिए ।

सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै उनले राजीनामा बुझाएका थिए । उनको राजीनामा गृह मन्त्रालयले बुधबारै स्वीकृत गरेको हो ।

खरेलले आफू अपमानित भएर काम नगर्ने बताउँदै राजीनामा दिएका थिए । उनी ०४५ सालबाट भलिबल खेलाडीका रुपमा सिपाहीबाट प्रहरी सेवा प्रवेश गरेका थिए ।

...

नक्कली प्रमाणपत्र बनाउने अड्डामा प्रहरीको छापा : १५ सयदेखि ४ लाखसम्ममा विक्री
पुलिस रिपोर्ट समेत नक्कली बनाउने गरेको भेटियो

काठमाडौं - काठमाडौंको नेपालटार स्थित एक घरमा नक्कली नक्कली कागजात बनाउने कारखाना भेटिएको छ । नेपाल प्रहरीले दिने चालचलन रिपोर्टदेखि शैक्षिक प्रमाणपत्र र विभिन्न सरकारी र तथा गैरसरकारी निकायको नक्कली कागजात बनाउने कारखाना भेटिएको हो ।

कारखानबाट नक्कली प्रमाणपत्र छाप्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीलेनियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाका अनुसार सल्यान स्थायी घर भएर नेपालटार बस्दै आएका बल बहादुर राउत, चितवन स्थायी घर भएर बागबजार बस्दै आएका अर्जुन अधिकारी र गुल्मी स्थायी घर भएका खुमानसिंह थापा पक्राउ परेका छन् ।

बल बहादुर राउतले विगत चार ...


दिल्लीबाट काठमाडौँ आउने बसमा अबैध मोबाइलको ओसारपसार, ३ पक्राउ

काठमाडौं - अवैध रुपमा मोवाइल सेट ओसारपसार गर्ने गिरोहलाई पक्राउ गरेको छ । दिल्लीबाट काठमाडौं आउने बसमा अवैध रुपमा सामान ल्याउने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

चैत २७ गते दिल्लीबाट काठमाडौं आएको टुरिस्ट बसमा लुकाएर ल्याएको विभिन्न कम्पनीका मोवाइलसहित उनीहरुलाइृ पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्जेमा बसचालक कृष्ण थापामगर र हरिबहादुर श्रेष्ठ तथा सहचालक भुवनबहादुर भुजेल रहेका छन् ।उनीहरुले १३० थान मोवाइल ड्राइभरको सिटमाथि फल्स बटम बनाएर लुकाउँदै भन्सार छल्ने तयारी गरेका थिए ।

उक्त बसमा सामसुङका ३९, एमआईका ३१, भिभोका १३, ...


माथिल्लो तामाकोशीको काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम जसरी भए पनि तोकिएको समयमै सक्न निर्देशन दिएका छन् ।

बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले समयमा पूरा गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले निर्माण अवधि लम्बिदा दैनिक १ करोड ब्याज र विद्युत उत्पादनपछि प्राप्त हुने साढे २ करोड रुपैयाँ आम्दानी गुम्ने भएकाले समयमै सक्नुपर्ने बताए।

२०७५ सालको पुस महिनामा पूरा हुने लक्ष्य राखिएको तामाकोशीमा ४ सय ५६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम अघि बढेको छ ।

प्रधानमन्त्रीसँगै स्थलगत निरीक्षणमा पुगेका ऊर्जामन्त्री वर्षमान पुन अनन्तले ...


डिआईजी रमेश खरेलले दिए पदबाट राजीनामा
'अब ह्युमिलेट भएर काम गर्न सकिँदैन'

काठमाडौं - डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् । उनि महानिरीक्षक पदको प्रबल दावेदार थिए । सहब्याची सर्वेन्द्र खनाल आईजीपी बनेपछि असन्तुष्ट खरेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् ।

राजीनामा दिनुअघि अनलाइनखबरसँग कुरा गर्दै खरेलले भनेका थिए, ‘म ह्युमिलेट (अपमानित) भएर काम गर्दिनँ, आज ११ बजे राजीनामा दिन्छु ।’

खरेलले आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो गरे । ‘म आईजीपी बन्ने मिसनअनुसार लागेको थिएँ । तर अब ह्युमिलेट भएर काम गर्न सकिँदैन ।’

उनले मुद्दा मामिला नगर्ने र बाहिरै ...


प्रहरी र सशस्त्रका प्रमुख बनेका को हुन् खनालद्वय ?

काठमाडौं- मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजिपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आइजिपिमा शैलेन्द्रलाई नियुक्त गरेको छ । सर्वेन्द्र नेपाल प्रहरी संगठनको २६अाैं महानिरीक्षक बनेका छन् भने शैलेन्द्र सशस्त्र प्रहरी बलको १०अाैं महानिरिक्षक बनेका छन् ।

को हुन् सर्वेन्द्र खनाल ?

प्रहरी महानिरीक्षकको दौडमा खनालसँगै डीआईजीद्वय रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धी थिए। २०४६ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेको सर्वेन्द्र खनालले आफ्नो करिअरमा कुख्यात भारतीय अपराधी बब्लु दुबेको पक्राउदेखि गुण्डानाइके कुमार घैंटेको इन्काउन्टर लगायत अन्य थुप्रै अपराधको सफल अनुसन्धान गरेका थिए। नेपाली फुटबल ...


प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र नियुक्त

काठमाडौं- नेपाल प्रहरीको आईजिपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आइजिपिमा शैलेन्द्र नियुक्त भएका छन्। सर्वेन्द्र नेपाल प्रहरी संगठनको २६अाैं महानिरीक्षक बनेका छन् भने शैलेन्द्र सशस्त्र प्रहरी बलको १०अाैं महानिरिक्षक बनेका छन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रहरीको महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत डिआइजी खनाललाई प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। खनालसँगै रमेश खरेल र पुष्कार कार्की आईजिपीको दौडमा थिए।

यता सशस्त्रको आईजीपीका लागि शैलेन्द्र खनालसँगै पुष्पराम केसीको नाम चर्चामा थियो। मंगलबार बिहान पनि मन्त्रिपरिषद बैठक बसेको थियो। यसअघि आइजिपी नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष ...


एकैपटक ठुलो संख्यामा रिक्त हुँदै नेपाल प्रहरी, आइजीपीसँगै १६ जना एआइजी र ९ जना डिआइजी घर फर्किंदै

काठमाडौं - नेपाल प्रहरीका प्रमुख (आइजीपी) प्रकाश अर्यालसहति २६ जना उच्च अधिकृतले यही चैत २८ गते (भोलि) देखि अवकाश पाउने भएका छन् । उनीहरु सबैले ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउने भएका हुन ।

आइजीपी अर्यालसँगै १६ जना एआइजी, ९ जना डिआइजी र एक जना एसएसपी नियमित अवकाशमा जान लागेका नेपाल प्रहरीका प्रवक्ता नेउपानेले जानकारी दिए ।

आइजीपी अर्यालसँगै अवकाश पाउने एआइजीहरु डा। दिनेशचन्द्र पोखरेल, बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे रहेका छन् ।

एआईजी माधवप्रसाद जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ, मिङमार लामा, ...


चूडामणी शर्माबिरुद्ध अर्को मुद्दा, ४ करोड २९ लाख भ्रष्टाचार गरेको आरोप

काठमाडौं - विवादास्पद छवीका निलम्बित सहसचिव चूडामणी शर्माविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा दायर गर्ने तयारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध ४ करोड २९ लाख ५४ हजार रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्ने तयारी गरेको हो।

आयोगले शर्मा र उनकी पत्नी कल्पना उप्रेतीविरुद्ध मुद्दा दायर गर्ने जनाएको छ । आयोगका अनुसार अनुसन्धानबाट शर्माले तीन करोड ६३ लाख रुपैयाँमात्रै बैध रुपमा आर्जन गरेको देखिएको छ भने ‘सम्पत्ति विश्लेषणमा सात करोड ९३ लाख रुपैयाँ खर्च गरेको देखिएको छ । वैध आम्दानी भन्दा खर्च धेरै ...


मन्त्रिपरिषदको दोस्रो बैठक बस्दै, आइजिपी नियुक्तिको तयारी

काठमाडौं - मंगलबार(आज) मन्त्रिपरिषदको दोस्रो बैठक बस्ने भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिका लागि आज मन्त्रिपरिषदको बैठक बस्न लागेको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको बैठकमा आइजिपी नियुक्तिबारे छलफल नभएपछि आकस्मिक बैठक बस्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । बिहान बसेको बैठकमा आइजिपी नियुक्तिको प्रस्ताव औपचारिक रुपमा आएको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक बस्न सक्ने भएकाले तयारी अवस्थामा रहन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा बादलबीच अलग्गै छलफल भएको माओवादी ...


पोखरामा यतीको विमान दुर्घटना हुनबाट जोगियो , विमानस्थल बन्द

पोखरा - काठमाडौंबाट उडेको यती एयरलाइन्सको ९–एनएएचयू कल साइनको जहाज दुर्घटना हुनबाट जोगिएको छ ।

अवतरणको क्रममा अगाडिको चक्का लक भए पछि विमान धावन मार्गमै रोकिएको छ । विमान रोकिएपछि विमानस्थल बन्द भएको छ ।

जहाज अवतरणको क्रममा पांग्रा ‘लक’ भएको बताइएको छ ।

...

प्रचण्डसामु माओवादी मन्त्रीहरुको गुनासो : प्रधानमन्त्रीले जानकारी नै नदिई सचिव सरुवा गरे

काठमाडौं - नेकपा माओवादी केन्द्रबाट मन्त्री भएकाहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुलाई जानकारी नै नदिई सचिव सरुवा गरेको भन्दै गुनासो गरेका छन् ।

माओवादी मन्त्रीहरुले सोमबार अध्यक्ष प्रचण्डसँग सामूहिक भेट गरेर गुनासो व्यक्त गरेका हुन् । उनीहरुले पार्टी नेतृत्वले सचिव सरुवाका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गर्न सुझाव समेत दिए ।

गठबन्धन सरकार भएको भन्दै मन्त्रीहरुले प्रधानमन्त्रीय प्रणाली भएपनि सामूहिक नेतृत्वबाट चल्न प्रधानमन्त्री ओलीलाइृ सम्झाउनु पर्ने सुझाव प्रचण्डलाई दिए । ‘भोलि जिम्मेवारी हामीले लिनुपर्छ,’ मन्त्रीहरुको भनाइ उद्धृत गर्दै एक माओवादी नेताले भने, ‘यसबारे ...


काभ्रेमा वडाध्यक्ष र व्यापारीबीच कुटाकुट ! यस्तो छ घटना !

काभ्रे - बनेपा नगरपालिका–६ का वडाध्यक्ष र व्यवसायीबीच कुटाकुट भएको छ । कुटाकुट हुँदा हार्डवयर पसलमा क्षति पुगेको छ भने एक स्थानीय घाइते भएका छन् । वडाध्यक्ष सचितानन्द केसी र खानीखोला हार्डवयरका प्रोपाइटार सुधिर श्रेष्ठबीच कुटाकुट भएको हो ।

कसरी भयो घटना ?

सडकमा गाडी रोकेको भन्दै वडाध्यक्ष केसीले आइतबार बिहान साढे ८ बजे हार्डवयरका सञ्चालकलाई गाडी हटाउन भनेका थिए । उनले नमानेको भन्दै अध्यक्ष केसीले हाडवर्यका सञ्चालकलाई धकेलेपछि सामान्य घटनाले उग्ररुप लिएको थियो ।

बनेपा नगरपालिकाले फुटपाथमा पार्किङ गर्ने गाडीहरु हटाउने अभियानस्वरूप बरम्बार सूचना जारी गरिरहेको थियो ...


मोबाइलबाट जोडिएको जोडीको संसार यसरी उजाडियो

काठमाडाैं - “तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?” पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क परिन् । विद्यालय विदाका दिन परेको हुँदा उनी त्यस दिन घरमै थिइन् । बुबाआमा बाहिर काममा गएको कारण फोनमा बोल्न उनलाई कुनै अवरोध भएन । पटक पटक यही वाक्य दोहो¥याएर सहपाठीले दिनभर करीब ७ पटक जति फोन गरिरहँदा उनी रिसाएजस्तो गरेपनि जवानीले उनलाई कुत्कुत्याउन थाल्यो । उनले पनि झन् मख्ख पर्दै फोनमै सवालजवाफ गर्न थालिन् । ...


‘हाइ प्रोफाइल’ बाल यौन दुराचारी पक्राउ

काठमाडौं - संयुक्त राष्ट्रसंघ (यूएन) का पूर्वउच्चअधिकारी पिटर जोन डालग्लिस बाल यौन दुराचार आरोपमा पक्राउ परेका छन् । बालबालिकाका क्षेत्रमा सामाजिक काम गरी अन्तर्राष्ट्रिय रूपमा ख्याति आर्जन गरेका पिटरलाई शनिबार काभ्रे मदनपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । ६० वर्षीय पिटर क्यानेडियाली हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी अधिकृत पिटरको प्रोफाइल हेर्दा आफैं आश्चर्यमा परेका छन् ।

पिटरले गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानी सहयोग गर्ने नाममा काभ्रेको मण्डन देउपुर नगरपालिकामा हिमालयन कम्युनिटी फाउन्डेसन नामको संस्था खोलेर बसेका थिए । प्रहरी अनुसन्धानबाट विपन्न बालबालिकालाई ...


३३ किलो सुन तस्करी काण्डमा संलग्न राप्रपा नेता पक्राउ

काठमाडौं - ३३ केजी तस्करी गरेको आरोपमा राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पक्राउ परेका छन् ।

मनाङ होटलका सञ्चालक समेत रहेका गुरुङलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो । यो सुन तस्करी प्रकरणमा गुरुङसँगै ११ जना पक्राउ परेका छन् । प्रहरीले यसअघि १० जनालाई पक्राउ गरेको थियो ।

गु्रुङ यसअघि राप्रपा नेपालमा थिए । पशुपति शमशेर राणाले पार्टी फुटाएपछि उनी राप्रपा प्रजातान्त्रिकमा लागेका हुन् ।

...

मुख्यमन्त्रीको तलब ६१ हजार, मन्त्रीहरुको कति ? (सूचीसहित)

काठमाडौं - प्रदेश ३ काे सरकारले प्रदेशसभामा मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब सुविधासम्वन्धी विधेयक पेश गरेको छ ।

विधेयकमा प्रस्ताव भएहनुसार मुख्यमन्त्रीले मासिक ६१ हजार रुपैयाँ तलब पाउने भएका छन् । सञ्चार लगायतका सुविधा जोड्दा मुख्यमन्त्रीले मासिक ७५ हजार पाउने छन् । सोमबार बस्ने प्रदेशसभा बैठकबाट सो विधेयक पास गर्ने कार्यसूची छ ।

प्रस्तावअनुसार कसले कति तलव पाउछन् ?

मुख्यमन्त्री– ६० हजार ९७० रुपैयाँ पारिश्रमिक, सञ्चार खर्च ५ हजार र अतिथि सत्कार खर्च १० हजार

मन्त्री– ५२ हजार, सञ्चार खर्च ३ हजार र अतिथि सत्कार खर्च ५ हजार

राज्यमन्त्री– ४९ ...


हिन्दुवादी धर्मगुरू आचार्य श्रीनिवासमाथि गोली प्रहार, घटनास्थलमा मंगोल आर्मीको पर्चा भेटियो

मोरङ - धर्म गुरू आचार्य श्रीनिवासलाई अज्ञात समुहले गोली प्रहार गरेको छ । विरानगरको जतुवामा बस्दै आएका आचार्य श्रीनिवासलाई गोली लागेपछि उनी घाइते भएका छन् । आइतबार बिहान तीन बजेतिर सौच गर्न निस्किएका बेला उनीमाथि गोली प्रहार भएको हो ।

उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो । केही दिनअघि पूर्वराजा विराटनगर आएका बेला आचार्य श्रीनिवाससँग भेटघाट गरेका थिए ।

सुनसरीको प्रकाशपुर आश्रममा बस्दै आएका आचार्य श्रीनिवास शनिवार साँझ विराटनगर ...


प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली भारतको भ्रमण सकेर आज स्वदेश फर्कँदै छन्। शुक्रबार ३ दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री ओली आज राती स्वदेश फर्कने कार्यतालिका छ ।

५४ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत गएका हुन् । प्रधानमन्त्री ओली राति ८ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको ओलीका भ्रमण दलका जानकारी दिए। उनका अनुसार ओली नेतृत्वको भ्रमण टोली नेपाल वायु सेवाको विमानबाट स्वदेश आउने तयारी छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा गत शुक्रबार भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीले राजनीतिक गरेका छन्।

...

चिनियाँ र भारतीय रेलको भेट अब यसरी हुनेछ काठमाडौंमा

काठमाडाैं - पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ । काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं बनेको छ ।

सन् २०१६ को मार्चमा चीन भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल सञ्चालन गर्ने सम्झौता गरेका थिए । चिनियाँ प्राविधिकको टोलीले यो रेल मार्गका लागि पौने तीन खर्ब रुपैयाँ खर्च लाग्ने जनाएको छ।

उत्तरको रेल काठमाडौं ल्याउने सम्झौता भएको दुई वर्षपछि दक्षिणको रेल पनि काठमाडौं ल्याउने ...


नेपालमा यसरी आउने भयो पानीजहाज

काठमाडाैं - नेपालका गण्डकी, कोसी र कर्णाली नदीबाट पानीजहाज चलाउन सकिने सम्भावना देखिएको छ । भारत र नेपालबीच शनिबार भएको इनल्यान्ड वाटरवेजको माध्यमबाट नयाँ कनेक्टिभिटीको सम्झौताअनुसार यी तीनवटै नदी भारतको गंगामा गएर मिसिने भएकाले यिनै नदीमा जहाज चलाउन सकिन्छ ।

भारतले गण्डकी नदी गएर मिसिने गंगाको कालुघाटमा पानीजहाजको निम्ति आवश्यक संरचना बनाइरहेको छ । यो स्थानमा भारतले दुई हजार टनसम्मका जहाज ल्याउने र सोही स्थानबाट नेपालले ४/५ सय टनसम्मको पानी जहाज छिराउन सक्ने जल तथा उर्जा आयोगका पूर्वसहसचिव केशवध्वज अधिकारीले जानकारी दिए ।

उनका अनुसार कालुघाट सिमाबाट ...


मन्त्रिपरिषद् निर्णय गुपचुप, के भएको थियो निर्णय ?

काठमाडाैं - तीव्र आलोचनापछि मन्त्रिपरिषद् विभिन्न तहका पदाधिकारी र सदस्यको सेवासुविधाबारे गुपचुपमै निर्णय गरेर विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गरेको थाहा भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र अन्य सुविधासम्बन्धी विधेयक, प्रदेशसभा सभामुख, उपसभामुख र सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी कानुन् र स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक स्वीकृत भएर प्रदेशसभा सचिवालयमा दर्ता भईसके पनि सरकारले निर्णय सार्वजनिक गरेको छैन ।

विधेयक पारित गर्न फास्ट ट्रयाकका नाममा सरकारले चोर बाटो प्रयोग गरेको हो ।


कान्तिपुरबाट

...

अोलीको कामप्रति प्रचण्ड नै असन्तुष्ट

काठमाडाैं - वर्तमान सरकारको काम कारबाहीप्रति सरकारको मुख्य सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै असन्तुष्ट देखिएका छन् । पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा सरकार गठन गरे पनि सरकार सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाएको समाचारमा उल्लेख छ ।

‘अहिले सरकार सञ्चालन सही तरिकाबाट भएको देखिन्न’, प्रेस सेन्टरका नेताहरुसँगको भेटघाटमा प्रचण्डले भने ‘सरकार सञ्चालनको विधि र तौरतरिका अपनाएर अघि बढ्नुपर्ने देखिन्छ ।’

प्रचण्डले प्रधानमन्त्री वा मन्त्रीहरुको कार्यशैली ठीक नभएको बारे भने विस्तृतमा नखुलाएको समाचारमा उल्लेख छ । तर ...


दुई समकक्षीद्वारा १२ बुँदे संयुक्त वक्तव्य जारी (पूर्णपाठ सहित)

नयाँदिल्ली - प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा शनिबार दुई देशको १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ ।

शनिबार दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि संयुक्त वक्तव्य जारी गरिएको हो ।

दुई प्रधानमन्त्रीहरु दुई देशबीच सम्बन्ध सुमधुर बनाइराख्न उच्चस्तरीय राजनीतिक छलफललाई निरन्तरता दिन पनि सहमत भएका छन् । संयुक्त वक्तव्यमा दुबै प्रधानमन्त्री नेपाल र भारतबीचको संयुक्त आयोजनाको कार्यान्वयनलाई तिब्रता दिन सहमत भएको विषय उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । मोदीले निमन्त्रणा स्वीकार गर्दै भ्रमणको मिति कुटनीतिक ...


प्रधानमन्त्री ओलीले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

नयाँदिल्ली - तिन दिने भारतको राजकीय भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

भ्रमणको दोस्रो दिन दुई देशको प्रतिनिधिमण्डलको भेटमा ओलीले छिटो भन्दा छिटो नेपाल भ्रमण गर्न ओलीलाई निमन्त्रणा गरेका हुन् । मोदीले निमन्त्रणा स्वीकार गर्दै भ्रमणको मिति कुटनीतिक च्यानलबाट टुंगो लगाउने बताएका छन् ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरिएको छ । त्यस्तै वीरगञ्जमा निर्माण भएको एकीकृत सुरक्षा जाँच चौकीको उद्घाटन गरिएको छ ।

ओलीको भारत भ्रमणका क्रममा ३ फरक विषयमा पनि ...


पशुपति क्षेत्रका मगन्तेलाई पुनर्स्थापित गरिंदै, एक हप्तामा ८० जनाको उद्धार

काठमाडौ - पशुपतिनाथ मन्दिर आसपास क्षेत्रलाई भिखारीमुक्त घोषणा गरिएपछि गत मंगलवारयता झण्डै १५० मगन्तेमध्ये ८० जनाभन्दा बढीलाई मानव सेवा आश्रममा पुनर्स्थापित गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार बाँकीमध्ये केहीलाई उपचार गराइ खर्च दिएर घर पठाइएको छ।
मानव सेवा आश्रमले २०८२ सालसम्ममा देशका प्रमुख शहरका सडक भिखारीमुक्त गराउने लक्ष्य लिएको छ। सडक किनार, पाटीपौवा तथा खासगरी मन्दिर आसपाससहित देशका मुख्य शहरमा मानसिक र शारीरिक रूपमा अशक्त भइ माग्न बसेकाहरूको संख्या झण्डै तीन हजार रहेको बताइन्छ।

पशुपति क्षेत्रबाट शुरू गरिएको उक्त अभियानबारे कोषका सदस्य सचिव ...


दिल्लीमा ओलीले भने : ‘अब दुबै देशको समृद्धि सँगसँगै'

नयाँदिल्ली - प्रधानमन्त्री केपी शर्मा ओलीले अब दुवै देशको समृद्धि संगसंगै अघि बढ्ने बताएका छन् । ३ दिने भारतीय भ्रमणका लागि हिजो दिल्ली पुगेका प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताए ।

दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताएका हुन् ।

‘हामी एउटा नमुना सम्बन्ध विकास गर्न चाहन्छौं, जसले दुबै देशको समृद्धि सँगसँगै हुनेछ’ प्रधानमन्त्री ओलीले भनेका छन् । उनले समृद्धि नेपाल र भारतको ...


यस्तो छ संयुक्त पत्रकार सम्मेलनमा मोदीले गरेको सम्वोधनको नेपाली अनुवाद (पूर्णपाठ सहित)

संयुक्त पत्रकार सम्मेलनमा मोदीले गरेको सम्वोधनको नेपाली अनुवाद यस्तो छः


भारतको छिमेकी र मित्रराष्ट्र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यू, भ्रमण दलका माननीय

सदस्यहरु, तथा उपस्थित मिडियाका प्रतिनिधिहरु,

तपाईहरु सबैलाई भारतमा हार्दिक स्वागत गर्दा मलाई धेरै खुशी लाग्दैछ ।

प्रधानमन्त्री ओलीजीको यो भारत यात्रा नेपालमा हालै सम्पन्न ऐतिहासिक लोकतान्त्रिक प्रक्रियाको पृष्ठभूमिमा भइरहेको छ । गतवर्ष नेपालका जनताले लोकतन्त्र एवं संघीय व्यवस्थामा विश्वास जनाए ।

स्थानीय निकाय, प्रान्त र संघीय संसदको चुनावको सफल आयोजन नेपालको सरकार र नेपाली जनताका तर्फबाट ठूलो उपलब्धि हो । र, सन् २००६ ...


मोदीले भने - ‘सगरमाथाको देशको अब सागरससम्म पनि पहुँच हुनेछ'

नयाँदिल्ली - नेपालका प्रधानमन्त्री केपी शर्मा अोली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन सकिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीको नेतृत्वमा तीन दिने भारत भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्न पाउँदा आफू खुशी रहेको बताएका छन् । मोदीले नेपालीमै संक्षिप्त सम्बोधन गरेका हुन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीमोदीबीचको भेटवार्तापछि दुई देशबीच भएको समझदारी र महत्वपूर्ण सरकारी घोषणाका लागि संयुक्त पत्रकार सम्मेलन गरिएको हो ।

संयुक्त पत्रकार सम्मेलनअघि दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र ...


मन्त्री स्थापितको घरमा चोर पस्यो

काठमाडाैं - एमाले नेता एवं प्रदेश नम्बर–३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितको निवासमा घरमा चोरी भएको छ । स्थापितको काठमाण्डुको बौद्ध महाँकालस्थित घरमा शुक्रबार दिउँसो चोर पसेको हो ।

ढोकाको ताला फुटाएर स्थापितको घरमा चोरी भएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौका छोपेर स्थापितको घरमा चोस पसेको हो । स्थापितको घरबाट सुन, चाँदी, लत्ताकपडा तथा इलेक्ट्रोनिक सामानसहित खाद्यान्नसमेत चोरी भएको बताइएको छ । घटना थाहापाएलगत्तै त्यहाँ पुगेका प्रहरी निरीक्षक कुमार पण्डित क्षेत्रीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पवक्राउ गरिएको जानकारी दिए ।

...

यी हुन् अाज छलफल हुने ओली र मोदीको एजेन्डा


काठमाडाैं - नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार दुई चरण वार्ता हुने तय भएको छ । हैदराबाद हाउसमा बिहान ११ः३० बजे रेस्ट्रिक्टेड वार्ता र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दिवाभोजसहित जम्मा अढाइ घन्टा मोदी र ओली सँगै रहनेछन् ।

रेस्ट्रिक्टेड वार्तामा ओलीसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्यमन्त्री मातृका यादव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्रसचिव शंकरदास बैरागी, कार्यबाहक राजदूत भरतकुमार रेग्मी तथा नेपाली दूतावासका राजनीतिक काउन्सिलर हरि ओडारी रहनेछन् ।

कार्यतालिकाअनुसार प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित १३ जना सहभागी रहनेछन् । ...


प्रधानमन्त्री ओली र मोदीबीच यसरी भयो ‘सरप्राइज’ भेट
दुई घण्टा लामो ‘वान टु वान’ वार्ता

काठमाडाैं - तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री केपी ओलीले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग डेढ घण्टा लामो कुराकानी गरेका छन् । शुक्रबार साँझ दिल्लीमा ओली र मोदीबीच साढे ६ बजेदेखि ८ बजेसम्म ‘वान टु वान’ वार्ता भएको हो ।

पूर्वनिर्धारित कार्यक्रमभन्दा अगाडि नै ओली र मोदीबीच दिल्लीको लोक कल्याणकारी मार्गस्थित सरकारी निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि पत्रकारसँग ओलीले भने, ‘नेपाल र भारतको सम्बन्धलाई थप ...


यस्तो छ प्रधानमन्त्री ओलीको भारत भ्रमणतालिका


काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार तीन दिने राजकिय भारत भ्रमणमा जाँदैछने । शुक्रबार भारत प्रस्थान गरी आइतबार फर्कने प्रधानमन्त्री ओलीको भारत भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ ।

यस्ताे छ भ्रमण कार्यतालिकाः

२३ चैत
–बिहान ९ः ०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्ने ।

–इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल झरेपछि सिधै राष्ट्रपति भवन पुग्ने ।

–केहीबेरको आरामपछि भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया हुने ।

–कार्यक्रमपछि दिवाभोजमा सहभागी हुने ।

–भारतीय राजनीतिक दलका नेताहरू भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी ...


'सीआइडीको श्रीमती हुँ' भनी ठग्दै हिड्ने महिला पक्राउ

 काठमाडौं - आफूलाई राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत् एआईजीको श्रीमति बताएर नेपाली सेनाका बहालवाला कर्मचारीलाइ ठग्ने युवती पक्राउ परेकी छिन् ।

सेनाका कर्मचारीलाई शान्ति सेनामा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ३ जनालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आफूलाई एआईजीको श्रीमति बनाउने तनहुँकी ४० वर्षीय यमुना खड्का, सेनाको बहालवाला जर्नेलको पिए भएको बताउने लमजुङकी २८ वर्षीय मोहन दुरा र कास्कीका ३९ वर्षीय रमेश कुमाल रहेका छन् ।

उनीहरुले राष्ट्रिय अनुसन्धान विभागका सिपाहीका लागि प्रति व्यक्ति दुई लाख रुपैयाँ, सेनाको सेकेण्ड लेफ्टिनेन्टका लागि ७ लाख रुपैयाँ, शान्ति ...


सरकारले गर्यो एकैपटक ३० जना सचिवको हेरफेर, को कहाँ पुगे ?

काठमाडौं - सरकारले एकै पटक ३० जना सचिवको हेरफेर गरेको छ । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयलगायत अन्य स्थानका ३० जना सचिवहरुको सरुवा गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा रहेका सचिव प्रेमकुमार राईलाई गृहसचिव बनाइएको छ । गृह मन्त्रालयमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री कार्यालयमै रहेका अर्का सचिव खगराज बराललाई शिक्षा सचिव बनाइएको छ ।

महेन्द्रमान गुरुङलाई सञ्चार सचिव बनाइएको छ । गुरुङ पनि यसअघि प्रधानमन्त्री कार्यालयमै थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव राजन खनाललाई अर्थसचिव ...


कार्यवाहक प्रधानमन्त्रीको जिम्मा र्इश्वर पोखरेललाई


काठमाडौं - शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली भारततर्फ प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री र्इश्वर पोखरेलले पाएका छन् । ओली तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत गएपछि दोश्रो बरियतामा रहेका रक्षामन्त्री पोखरेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

ओली आइतबार स्वदेश फर्किने छन् ।

ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी विद्यादेवी विद्यादेवी भण्डारीले तोकेको शितल निवासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

...

जबरजस्ती करणी गरी महिलाको हत्या प्रयास गर्ने युवक पक्राउ

विराटनगर - सुनसरीमा एक महिलालाई जबरजस्ती करणीपछि हत्या प्रयास गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

स्थानीय महिलालाई जबरजस्ती करणी गरी हत्याको प्रयास गरेको आरोपमा प्रहरीले सुनसरी बराह नगरपालिका ७ का २३ अजय वर्षीय झालाई बिहीबार विराटनगरबाट पक्राउ गरेको हो ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण विसीले बराह नगरपालिकाको स्थानीय होटलमा काम गर्ने युवतीलाई बिवाह गर्छु भनी ललाई फकाई पटक पटक जबरजस्ती करणी गर्दै आएका थिए ।

जबरजस्ती करणीबाट ३० वषर्ीया महिला गर्भवती भएपछि अजयले ती महिलालाई तीन साताअघि झापा दमकको डेरामा राख्ने भन्दै लगेर मोरङको भाउन्नेको ...


प्रधानमन्त्री अोली र मोदीबीच आजै साँझ अनौपचारिक वार्ता हुने


नयाँदिल्ली - नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आजै साँझ एकान्त वार्ता हुने बताइएको छ । त्यसैगरी साँझ नेपाली दूतावासको प्राँगनमा प्रवासी नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आजै साँझ नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा दि इम्पेरियल होटलमा आयोजना आयोजना गर्ने रात्रीभोजमा सहभागी पछि प्रधानमन्त्री ओलीको आजको कार्यक्रम सकिने छ ।

प्रधानमन्त्री ओली राजकीय भ्रमणका क्रममा आज बिहान पौने ११ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका छन् । ओलीलाई भारतका गृहमन्त्री एवं भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिंहले स्वागत ...


प्रधानमन्त्री अोलीलार्इ दिल्लीमा गृहमन्त्री राजनाथ सिंहको स्वागत
शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता हुने


काठमाडाैं - भारतको तीन दिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ गृहमन्त्रीले स्वागत गरेका छन् । शुक्रबार नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका हुन् ।

ओलीको स्वागतमा वित्तराज्यमन्त्री शिवप्रताव शुक्ला पनि विमानस्थल पुगेका थिए । प्रधानमन्त्री ओली शुक्रबार विहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् ।

ओलीले भोलि शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

...

मेयरविरुद्ध ५ जना वडाध्यक्ष अनशनमा !


काठमाडाैं - मेयरले मनोमानी ढंगले काम गरेको भन्दै त्यसको विरोधमा सर्लाहिको बलरा नगरपालिका वडाध्यक्षसहित स्थानीय सोमबारदेखि रिले अनशनमा बसेका छन् ।

मेयर अभय सिंहले आफ्नै भईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको तथा विकास निर्माण एवं नगरपालिकाबाट हुने कामकारवाहीमा आफुहरुसँग कुनै सल्लाह नै नगरी मानोमानी ढंगले अगाडि बढेको भन्दै ५ जना वडा अध्यक्ष सहित स्थानीयले कार्यालयमा तालाबन्दीसहित गत सोमबारबाट रिले अनसन् सुरु गरेका हुन् ।


नागरिकबाट

...

यौनहिंसाको डरलाग्दो आंकडा : चार महिनामा ७८ बालिका बलात्कृत


काठमाडौं - पछिल्लो समय नेपालमा बलात्कार र बाल यौनहिंसाका घटनाले डरलाग्दो रुप लिँदै गएका छन् । अवस्था दर्दनाक हुदै गइरहेको छ । आफन्त, छिमेकी, साथी र चिनेजानेकाबाट नै धेरै बलात्कारका घटना भइरहेका छन् ।

शिक्षकदेखि जन्म दिने बाबुबाट पनि बालिकाहरु हिंसामा परेका छन् । सुचना प्रविधिको बढ्दो दुरुपयोगसँगै बालबालिकामाथि बलात्कार र यौनजन्य हिंसा बढ्दै गएका हुन् । बालकलेसमेत बालिका बलात्कार गरी हत्या गरेका घटना बाहिर आएका छन् ।

बढेको बढ्यै

पछिल्लो चार महिनामा देश ७८ वटा बलात्कारका घटना सार्वजनिक भएका छन् । ६ बालिकाको त बलात्कारपछि हत्या ...


अवैध कलेजमाथि मन्त्रालयको छानबिन

काठमाडौं - चितवन भरतपुरस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको सम्बन्धमा स्वास्थ्य मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएको भनिएको ओएसिसले नेपाल नर्सिङ काउन्सिलबाट भने मान्यता नलिई बीएस्सी नर्सिङ र बीएनको कक्षा सञ्चालन गरिरहेको छ। नेपाल नर्सिङ परिषद् ऐन २०५२ को दफा ९ अनुसार शिक्षण संस्थाले काउन्सिलबाट मान्यता लिएकै हुनुपर्छ। तर, कलेजले आवश्यक मापदण्ड पूरा नगरेको जनाउँदै काउन्सिलले मान्यता दिएको छैन।

सोही कारण कलेजबाट बीएस्सी नर्सिङ अध्ययन गरेका विद्यार्थीद्वय शोभा अर्याल र तनुजा श्रेष्ठलाई काउन्सिलले नाम ...


हाकिमका नीजि काममा लगाइएका ७४ प्रहरी फिर्ता


काठमाडौं - प्रहरी प्रधान कार्यालयले नियमविपरीत पहुँचको भरमा निजी सुरक्षा गार्ड र चालकका रुपमा रहेका ७४ प्रहरीलाई फिर्ता बोलाएको छ ।

उनीहरुलाई पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, पूर्वमन्त्री, उच्चपदस्थ अधिकारीलगायतले बर्षौंदेखि गैरकानुनी रुपमा काममा लगाइरहेका थिए ।

फिर्ता आएकामा ५७ सुरक्षा गार्ड र १७ जना चालक छन् । प्रहरीका अनुसार पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, केशवप्रसाद उपाध्याय तथा मीनबहादुर रायमाझीको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाइएको छ ।

कांग्रेस नेतृ एवं पूर्वउपसभामुख चित्रलेखा यादव, पूर्वमन्त्रीहरु नरहरि अचार्य, रमेश लेखक, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाललगायत अन्य नेताहरुले गैरकानुनी रुपमा सुरक्षा गार्डका रुपमा राखेका ...


मुख्यमन्त्री शाहीको पत्नीलाई घरमै बसी-बसी तलब


कालिकोट - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी-बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ ।

पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी नियुक्ति लिएकी उनले ०६४ सालदेखि विद्यालयमा जान छोडे पनि तलब खाइरहेको खुलेको हो ।

मुख्यमन्त्री शाही, प्रधानाध्यापक अनिपाल शाही र जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीसँग छलफल गरी चन्दाले चालू आर्थिक वर्षको फागुनमा निकासा भएको दोस्रो चौमासिकसम्मको तलब बुझिसकेकी छिन् । तत्कालीन माओवादी विद्रोही शान्ति प्रक्रियामा आएपछि श्रीमानसँगै ब्यारेकमा बसेकी चन्दाकुमारी तलब लिने समयमा हाजिर गर्न ...


विप्लवलाई पक्राउ गर्न प्रहरीको खोजी तीव्र


काठमाडौं - प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न खोजी तीव्र पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेतालाई जनअदालतमा उपस्थित हुन उर्दी गरेलगत्तै प्रहरीले उनको खोजी तीव्र पारेको छ ।

एक महिना पहिले जिल्ला अदालत भोजपुरले विप्लवविरुद्ध ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा म्यादपुर्जि जारी गरेपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विप्लवलाई पक्राउ गर्न मातहतका निकायलाई आदेश दिएको थियो ।

तर पछिल्लो समय विप्लवले आफ्ना गतिविधिलाई तीव्रता दिन थालेपछि प्रहरीले देशभर नै उनको खोजी ...


नेता खुमबहादुरको स्वास्थ्य उपचारमा भारत सरकारको चासो

काठमाडौं – नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य उपचारका बारेमा भारत सरकारले चासो व्यक्त गरेको छ ।

नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खड्काको उपचारको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट सचिवालयले चासो राखेको हो ।

नेपालसँगै जोडिएको भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा रहेका खङ्काको आफन्तलाई फोन गरेर उपचारमा आफ्नो तथा प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आश्वस्त बनाएका छन् ।

एपोलोका प्रबन्ध निर्देशक वाजपेयीले योगीजीका तर्फबाट खड्काको उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए ।

खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कांग्रेस नेताहरू केन्द्रिय सदस्य शंकर भण्डारी ...


ओली-प्रचण्ड वान टु वान वार्ता : यस्तो भयो कुराकानी !

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। मंगलबार साँझ भएको भेटमा पार्टी एकता भन्दा फरक विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा शान्ति प्रक्रियाका बाँकी विषयको टुंगो लगाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार देशको समृद्धिका लागि बन्द भएका र बन्द हुन लागेका उद्योगलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमासमेत दुई नेताबीच छलफल भएको छ ।

दुई पार्टीको एकताका विषयमा छलफल नगरी शान्ति प्रक्रियाका बाँकी विषय मिलाउने र समृद्धि कसरी हासिल ...


ओलीको भारत भ्रमण : नेपालको राजनीतिक विषयमा कुराकानी नहुने

काठमाडौं – प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा नेपालको राजनीतिक विषयमा कुराकानी नहुने भएको छ ।

निर्वाचनमार्फत राजनीतिक संक्रमण सम्पन्न भइसकेको अवस्थामा अब ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आर्थिक विकासका मुद्दामा छलफल गर्ने गरी कूटनीतिक तयारी थालिएको छ । दुवै देशका परराष्ट्र मन्त्रालयले आपसी छलफलका बुँदामा आन्तरिक परिस्थितिबारे छलफल नगर्ने तयारी गरिरहेका छन् ।

‘भारतीय प्रधानमन्त्री मोदीले वाणिज्यमन्त्री मात्रिका यादब र भारतीय वाणिज्यमन्त्री सुरेश प्रभुसँग गत साताको संक्षिप्त कुराकानीमा राजनीतिक बिषय होइन, आर्थिक विकासका बिषयमा कुराकानी गर्ने इच्छा देखाउनुभएको छ । यो राम्रो संकेत हो,’ भेटबारे ...


अब वर्षमा १५ दिन मात्रै सार्वजनिक बिदा (सूचीसहित)
कुन–कुन बिदा काटियो ?

काठमाडाैं – सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो ।

यसअघिका सरकारले दिँदै आएको २२ वटा सार्वजनिक बिदा कटौती प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरी घोषणा गर्ने तयारी छ । वर्षौँदेखि सार्वजनिक बिदा दिने गरेको दिनमा पनि कार्यालय खोल्ने प्रस्ताव गृह मन्त्रालयले गरेको छ ।

गृह मन्त्रालय स्रोतले उपलब्ध गराएको ...


मलद्वारभित्र राखेको १ किलो सुन भेटियो

तस्करहरुका काइदा अनेक हुन्छन् । हुँदाहुँदा तस्करहरुले मलद्वारभित्र लुकाएर सुनको तस्करी गर्न थालेछन् ।घटना श्रीलंकाको हो । हालै एक श्रीलंकाली पुरुषलाई पुलिसले कोलम्बो एयरपोर्टमा पक्राउ गर्यो । एयरपोर्टको डिपार्चर कक्षबाट पक्राउ परेको ती व्यक्तिमाथि शंका लागेर खानतलासी गर्दा उनको मलद्वारभित्र छिराएको झण्डै एक किलो सुन बरामद भएको छ ।

४५ वर्षका ती पुरुष भारतका लागि उड्दै थिए । जब उनी निकै अप्ठेरो गरी हिँडिरहेको अधिकारीहरुले देखे तब उनीमाथि शंका उत्पन्न भयो र उनलाई नियन्त्रणमा लिइएको थियो । उनको मलद्धारबाट ९ सय ५ ग्राम सुन बरामद भयो ...


जुवा खेल्दै गरेको अवस्थामा माओवादी नेता वडाध्यक्ष तामाङ रंगेहात पक्राउ

चौतारा । राज्यले नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खालमा बसेका एकजना जनप्रतिनिधिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । बलेफी गाउँपालिका– ६ (साबिक माम्खा गाविस) का वडाध्यक्ष चित्रवहादुर तामाङलाई प्रहरीले अँधेरीस्थित एक जुवाखालबाट सोमवार राति पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय चौताराबाट गएको टोलीले अरनिको राजमार्गको अँधेरीस्थित सिन्धु क्याफेमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक मोहन पोखरेलले बताए ।

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष तामाङले प्रहरी फन्दामा परेपछि आफ्नो नाम ढाँटेर विजय तामाङ बताइका थिए । तर, सोधपुछ गर्ने क्रममा उनी ...


बाबा रामदेवको कर्तुत: प्रहरीले जतिबेला पनि पक्रन गर्न सक्ने

भारतका योग गुरु बाबा रामदेवविरूद्ध हरियाणाको एक अदालतले पक्राउ पूर्जी जारी गरेको छ । ‘भारत माताकी जय’ नारा लगाउन नमान्नेहरूको विरोधमा रामदेवले गरेको एक टिप्पणीको विषयलाई लिएर पूर्जी जारी गरिएको बिबिसीले उल्लेख गरेको छ ।

बिबिसीका अनुसार यो मुद्दाको आगामी सुनुवाई अगस्ट ३ तारिखका लागि तोकिएको छ। यसअघि तोकिएको समयमा उनी अदातलमा उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जी नै जारी गरेर त्यस्तो आदेश दिएको हो ।

...

 नर्सरी खेतीबाट आत्मर्भिर बन्दै मोरङ पथरीकी राजकुमारी राई

मिहिनेत र परिश्रम गरे स्वदेशमै केही गर्न सकिन्छ । सानो लगानीवाटै मनग्ये आम्दानी पनि गर्न सकिन्छ । यसको ज्वालन्त उदाहारण बनेकी छिन् पुर्वी मोरङको पथरी शनिश्चरे नगरपालिकाकी राजकुमारी राई । हिजो अर्काकोमा गएर श्रम गर्नुपर्ने बाध्यता रहेको उनको दैनिकी अहिले फेरिएको मात्र छैन लोभलाग्दो समेत बनेको छ । उनले शुरु गरेको नर्सरी खेती उनको प्रगतिको कारण बनेको हो ।

यो क्षितिज नर्सरी मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडानं. १ मा रहेको छ । यो नर्सरीमा दैनिक तीनजनाले रोजगारी गर्ने गर्दछन् । यही नर्सरीमा दैनिक विरुवा रेखदेख गर्दै ...


पर्यटकीय क्षेत्रको बिकास गरेर पलायन युवाहरुलाइ रोजगारी दिनुपर्छ : डा. खतिवडा

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले नेपालमा रहेका पर्यटकीय क्षेत्रको बिकास गरेर पलायन भएका युवाहरुलाइ रोजगारी दिनुपर्ने बताएका छन् ।
उनले नेपालमा वार्षिक २० लाख पर्यटक नेपालमा भित्र्याउन सके २० देखि २५ लाख युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन सकिने बताए ।
रुपन्देही व्यापार संघको मुख्य आयोजनामा बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो–२०७२, अन्तर्राष्ट्रिय व्यापार मेलाको मंगलबार आयोजित समापन समारोहलाई संबोधन गर्दै उपाध्यक्ष खतिवडाले हाल ४० लाख नेपाली कामका शिलशिलामा विदेशमा रहेकाले त्यो जनशक्तिलाई स्वदेशमै रोजगार उपलब्ध गराउन पर्यटकीय क्षेत्रको विकास अपरिहार्य रहेको उल्लेख गरे ।

यसका लागि ...


बोक्रासहित स्याउ खानुका यी हुन् फाइदा

बाह्रै महिना बजारमा पाइने स्याउ स्वास्थ्यका लागि फाइदाजनक छ । फाइबरयुक्त स्याउमा भरपूर फाइब्रोन्युटि्रएन्ट पाइन्छ, जुन हृदयका लागि फाइदाजनक मानिन्छ । स्याउमा एन्टि-अक्सिडेन्ट तत्व हुनुका साथै भरपूर मात्रामा क्याल्सियम पाइन्छ, जसले हड्डीलाई मजबुती प्रदान गर्नुका साथै टुट्नबाट समेत बचाउँछ ।

स्याउले शरीरमा कोलेस्टेरोलको मात्रा घटाउनुका साथै सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । शरीरमा रक्तप्रवाहलाई यथावत राख्न पनि स्याउको सेवन उपयोगी मानिन्छ ।

स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई केही मानिस छिल्कासहित खान रुचाउँछन् भने केही छिल्का झिकेर खान रुचाउँछन् ।

छिल्का निकाल्दा स्याउमा पाइने सबै पोषणतत्व त्यससँगै निस्केर जान्छ ...


यसरी हटाऊँ बच्चामा खानाको अरुचि

काठमाडौं । हरेक आमाको चाहना हुन्छ, बच्चाले राम्ररी खाना खाइदेओस् । बच्चाले भरपेट खाना खाएपछि आमाको मन पनि अघाउँछ ।

तर, अक्सर बच्चाहरु खाना खान मानिरहेका हुँदैनन् । र, आमा र उनका अभिभावक जबर्जस्ती खुवाउने प्रयास गरिरहेका हुन्छन् ।

बच्चालाई खानामा अरुचि र भोक नलाग्नुमा उनीहरुको गल्ति हुँदैन । अभिभावकको कमजोरीको परिणाम हो यो ।

अक्सर अभिभावक केवल खानाको मात्रामा ध्यान दिन्छन् । तर, त्यसको स्तरबारे ख्याल गर्दैनन् । किनभने, बच्चालाई सानै उमेरदेखि स्वस्थ बानीमा अभ्यस्थ गराउनुपर्छ । बच्चाको खानपानमा लापरवाही गर्नु हुँदैन ।

समय तालिका निश्चित गरौं

बच्चालाई सानै ...


कतै अण्डा बिग्रिएको त छैन ? यसरी पत्ता लगाउनुहोस्

अक्सर हाम्रो भान्सामा अण्डा पाक्छ । अण्डा पकाउन छिटो र खान उत्तिकै मीठो । तर, अण्डा खरिद गर्दा त्यो बिगि्रएको छ/छैन भन्ने कुराको हेक्का हामीलाई नहुनसक्छ ।

अण्डा बिगि्रएको छ/छैन भन्ने कुरा हेरेर थाहा पाउने कुरा भएन । यसको उत्पादन मिति पनि हुने कुरा भएन । यद्यपि, धेरै झण्झट मान्नु पर्दैन । केही काइदा छन्, जसले अण्डाको अवस्था बुझ्न सकिन्छ । त्यो पनि सजिलै ।

चिसो पानीमा डुबाउनुस्

अण्डालाई चिसो पानी राखेको कचौरामा हाल्नुस् । पानीको मात्रा अण्डाभन्दा दोब्बर हुनुपर्छ । ताजा अण्डा पानीमा डुब्छ र कचौराको भित्तामा ...


 गर्भवती हुने मन छ ? यी कुरा थाहा पाउनुस

हरेक महिलाका लागि आमा बन्नु जीवनकै सुखद अनुभूति हो । ईश्वरले महिलालाई अर्को जिन्दगी पैदा गर्ने अद्भूत शक्ति दिएका छन् ।

तर, आजको भागदौडपूर्ण जीवन र व्यस्त जीवनशैलीको असर महिलाहरुको प्रजनन्मा पर्न थालेको छ । त्यसैले महिलाहरुले गर्भधारण गर्न विभिन्न व्यवधानको सामना गर्नुपरिरहेको छ ।

स्वस्थ गर्भधारणका लागि जीवनशैली पनि स्वस्थ हुनु जरुरी छ ।

चिकित्सकलाई भेटौं

गर्भवती हुने योजना बनाउनुअघि चिकित्सकसँग सल्लाह लिनुस् र आफ्नो जाँच गराउनुस् । गर्भधारण गर्न कुनै मेडिकल समस्या भए/नभएको यसबाट पत्ता लाग्ने छ । जस्तैः एसटीडी अर्थात् सेक्सुअल्ली ट्रान्समिटेड डिजिज ।

जाँचबाट तपाईं शारीरिक ...


मधुमेह रोगीले तिहारमा यसरी खान सक्छन् मिठाइ

तिहार, झिलिमिली चाड । र, मिठाइको चाड । माघे संक्रान्तिमा तरुल, तिजमा खीर, दशैंमा मासु भनेजस्तै तिहारमा खाइने परिकार हो, मिठाइ । त्यसमा पनि सेलरोटी । मिठाइ, मीठो र गुलियो परिकार । तर, सबैका लागि यो उपयोगी नहुन सक्छ । चिनीजन्य परिकार भएकाले यसले रगतमा ग्लुकोजको मात्रा बढाउाछ । र, मधुमेहको जोखिम पनि निम्त्याउाछ । मधुमेह रोगीका लागि त मिठाइ उपयोगी हुादै हुादैन ।

के गर्ने त ?

मधुमेहका विरामीले अघिपछि खानपानमा विशेष ध्यान पुर्‍याउन आवश्यक छ । अझ, तिहारको समयमा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ ।

तिहारमा ...


बिदेशी पर्यटकलाई अश्लिल शब्द प्रयोग गरेर अंग्रेजीमै गाली गरेको भिडियो बन्यो भाईरल

बिदेशी पर्यटक नेपालको लागी पाहुना हुन् । उनीहरु नेपालमा बसिन्जेल हामीले सकेको सहयोग गर्नुपर्छ । पछि उनीहरु आफ्नो देश गएपछि नेपालको प्रशंसा गर्न सकुन । तर कोही कोही यस्ता व्यक्ति पनि हुन्छन् जसले देशको इज्जतसंग कुनै सरोकार नै राख्दैनन् । अन्नपूर्ण क्षेत्रका पर्यटकलाई डिस्काउण्टको निहुमा एक महिलाले अश्लिल शब्द प्रयोग गर्दै गरेको गाली भाईरल बनेको छ । नजानिदो अंग्रेजी भाषामै उनले गाली गरेकी छन् । बिदेशी पर्यटक नेपालको लागी पाहुना हुन् । उनीहरु नेपालमा बसिन्जेल हामीले सकेको सहयोग गर्नुपर्छ । पछि उनीहरु आफ्नो देश गएपछि ...


संसारकै तेज दिमाग भएका अर्पण शर्मा परे प्रयांकरको फेला

सन् २०१५ को सेप्टेम्बर २६ तारिखका दिन बेलायतको राजधानी लण्डनमा एउटा घोषणा भयो। गिनिज वर्ल्ड रेकर्डस्ले प्रमाणपत्र जारी गरेर भन्यो, ‘अर्पण शर्मा संसारकै सबैभन्दा तेज स्मरण शक्ति भएका व्यक्ति भएका छन्।’वि.सं. २०७१ साल असोज १० गतेका दिन नेपालमा आयोजना गरिएको कार्यक्रममा सम्पूर्ण अध्ययन सम्पन्न गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’ले अर्पणलाई विश्वकै सबैभन्दा तेजस्वी घोषणा गरेको हो। ‘अध्ययन अनुसन्धानकै लागि पनि १३ महिना लाग्दो रहेछ,’ शर्माले शुभदिनसँग भने, ‘अन्ततः एउटाको परीक्षा पास गरेको आभास भयो।’ ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’ले अर्पणको नाम विश्वकै तेज रहेको ...


बाढीपहिरो पीडितलाई ” प्रवासी मेमेङ समाज मलेसिया ” द्वारा राहत बितरण

बाढीपहिरो पीडितलाई “प्रवासी मेमेङ समाज मलेसिया ” द्वारा राहत बितरण – ‘ निसुम ‘ शुक्र चङ्बाङ – पाँचथरको फालेलुङ गाउँ पालिकाको मेमेङमा साउन २७ गते गएको भीषण बाढीपहिरोका कारण ताङ्लेपा स्थित निवा खोला लघु जलविद्युत आयोजना बगाउनुका साथै सोही आयोजनामा कर्मचारिको रुपमा रहेका स्थानिय बिष्णु भक्त राई , उहाँको छोरी गंगा राई र नातिनी प्रिया राई लाई बाढीपहिरोले बगाएको थियो । नातिनी प्रिया राईको लास भेटिए पनि २ जना अझै बेपत्ता छन । बाढीपहिरोका कारण मेमेङ्को विभिन्न स्थानमा गरि जम्मा १३३ घर भन्दा बढी बिस्थापित ...


थाइल्याण्ड जाँदैछन् ओली: यस्तो छ भित्री रहस्य

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (सोमबार) थाइल्याण्ड जाँदैछन् । नेपालमा प्रदेश र प्रतिनिधिसभा नजिकिरहेको र वाम गठबन्धन बनाएर राजनीति कोर्स बदलिरहेका बेला ओली एकाएक भोलि थाइल्याण्ड उड्न लागेका हुन् । उनी उपचारका लागि थाइल्याण्डको बैंकक जान लागेको ओलीको निजी सचिवालयले जनाएको छ । तर, स्रोतका अनुसार ओलीको उपचारका साथै भारतीय सुरक्षा अधिकारीसँग बैंककमा भेट्ने तय भएको छ । नेपालको माओवादीलाई टुक्रा टुक्रा पार्ने र वाम गठबन्धनका नाममा अहिले एमालेमा विलय गराएर माओवादी समाप्त पार्ने भारतीय मिसन सफल गरिदिएको भन्दै भारतीय सुरक्षा सल्लाहकार अजित ...





ट्रेन्डिङ