बालुवाटारमा नेकपा अध्यक्षद्वयको वार्ता आज पनि विना निस्कर्ष सकियो

2020-07-15

काठमाडौं - बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वान टु वान वार्ता सकिएको छ। नेकपा भित्रको विवाद समाधान गर्न करिव ३ घण्टा लामो वार्ता भएपनि आज पनि कुनै सहमति भने जुट्न सकेन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बुधबार दुई अध्यक्षबीच हिजो अस्तिकै निरन्तरता स्वरुप छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

‘आज झण्डै ३ घण्टा वार्ता भयो । भोलि पुन बस्नेगरी अध्यक्षयद्वय उठ्नुभएको छ’, सापकोटाले भने, ‘भोलिका लागि समय भने तय भइसकेको छैन ।’

यसअघि नेकपाभित्रको विवाद समाधान गर्न भन्दै गत असार २६ गते बोलाइएको स्थायी समिति बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

तर, एक साता स्थायी समिति बैठक स्थगित गरेर दुई अध्यक्ष वार्तामा बसेपनि सहमतिको कुनै संकेत देखिएको छैन ।

नेकपाका अध्यक्ष प्रचण्डसहित बरिष्ठ नेताहरु माधवकुरमा नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले ओली पार्टी र सरकार सञ्चालनमा असफल भएको भन्दै राजीनामा दिनुपर्ने पक्षमा छन् ।

तर, ओली भने कुनै हालतमा राजीनामा नदिने अडानमा छन् । दुवै पक्षको यो अडानका कारण नेकपा विभाजन हुने हो कि भन्ने आशंका नेता कार्यकर्ताले गर्न थालेका छन् । यद्यपी दोस्रो तहका नेताहरु अध्यक्षद्वय ओली र प्रचण्डलाई मिल्न दवाव दिइरहेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ