झन्डै ६ अर्बको आइपिओ आउंदै, कसको कति ?

2020-07-12

काठमाडौं - कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन्।

नेपाल धितोपत्र बोर्डका अनुसार कूल ५ अर्ब ८४ करोड ९१ लाख ४१ हजार २२० रूपैयाँ बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ। सोअनुसार ५ करोड ८४ लाख ९ हजार ८७१ कित्ता शेयर बिक्री गर्न लागिएको हो। त्यसमा १० जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीका लागि बोर्डसमक्ष अनुमति मागेका छन्। यस्तै चार बीमा कम्पनी, अन्य समूहका तीन कम्पनी, मर्चेन्ट बैंक र लघुवित्तका एक/एक कम्पनी रहेका छन्।

चार बीमा कम्पनीको साधारण शेयर आउँदै
बोर्डका अनुसार जनरल इन्सयोरेन्स कम्पनी नेपालले ३० करोड रूपैयाँ बराबरको तीस लाख कित्ता शेयर बिक्रीको माग गर्दै यही असार ५ गते बोर्डमा आवेदन दिएको छ। सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

सानिमा जनरल इन्स्योरेन्सले पनि ३० करोड रूपैयाँ बराबरको तीस लाख कित्ता साधारण शेयर बिक्रीको माग गर्दै यही असार १४ गते आवेदन दिएको छ। सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ। त्यस्तै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता शेयर बिक्रीको माग गर्दै यही असार २२ गते बोर्डमा आवेदन दिएको छ। सो कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर बिक्रीको माग गर्दै बोर्डमा आवेदन दिएका छ। सो कम्पनीको शेयर सानिमा क्यापिटलले बिक्री गर्नेछ।

बोर्डका अनुसार हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता र बिन्दाबासिनी हाइड्रोपावर कम्पनीले पनि २५ करोड रूपैयाँ बराबरको २५ लाख कित्ता शेयर बिक्रीका लागि आवेदन दिएका छन्। त्यस्तै रुरु जलविद्युत् परियोजनाले ८ करोड ९६ लाख ९५ हजार २२० रूपैयाँ बराबरको आठ लाख १५ हजार ४११ कित्ता साधारण शेयर बिक्रीका लागि आवेदन माग गरेको छ।

शुभम् पावर लिमिटेडले ५ करोड ८० लाख ५८ हजार रूपैयाँ बराबरको ५ लाख ८० हजार ५८० साधारण शेयर बिक्रीको अनुमति मागेको छ। सिइडिबी हाइड्रोपावर कम्पनीले २५ करोड १८ लाख २३ हजार रूपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता, तेह्रथुम पावर कम्पनीले १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता, मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ खर्ब ५० करोड रूपैयाँ बराबरको एक करोड ५० लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति माग्दै बोर्ड पुगेको छ।

त्यसैगरी मैलुङ खोला जलविद्युत् कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रूपैयाँ बराबरको ७ लाख ३६ हजार २८३ कित्ता, माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख पाँच हजार ४०० रूपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता र सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति मागेको छ।

यस्तै सिबिआइएल क्यापिटल लिमिटेडले ३ करोड बराबरको तीन लाख कित्ता र समाज लघुवित्त वित्तीय संस्थाले ८६ लाख रूपैयाँ बराबरको ८६ हजार कित्ता साधारण शेयर बिक्रीको तयारी गर्दै बोर्डबाट अनुमति मागेको छ। अन्यतर्फका दुई कम्पनीमा चन्द्रागिरी हिल्स लिमिटेड र इमर्जिङ नेपाल लिमिटेड छन्।

चन्द्रागिरी हिल्सले १८ करोड ४० लाख ९१ हजार रूपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता र इमर्जिङ नेपालले पाँच करोड बराबरको पाँच लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति मागेको छ।

बोर्डले चालू आवमा कुल नौ कम्पनीका ३ अर्ब ९९ करोड ४८ लाख चार हजार रूपैयाँ बराबरको ३ करोड ९९ लाख ४८ हजार ४० कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको थियो। त्यसमा शिवश्री हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलेपमेन्ट लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, लिवर्टी इनर्जी, युनाइटेड इदिमर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेड रहेका छन्। यस्तै केही दिनअघि मात्रै एनआइसी एशिया लुघवित्त वित्तीय संस्थाले साधारण शेयर बिक्री गरी नेपाल स्टक एक्सचेन्जमा समेत सूचीकृत भई कारोबार शुरु गरेको छ।

सो कम्पनीले ४७ करोड ५५ लाख रूपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको थियो। यस्तै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ करोड ७ लाख ८० हजार रूपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता साधारण शेयर बिक्री गरेको छ। सो कम्पनीको साधारण शेयर बाँडफाँड हुन बाँकी छ।

यस्तै अजोड इन्स्योरेन्स लिमिटेडको साधारण शेयर हाल बिक्री भइरहेको छ। सो कम्पनीको ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता शेयर बिक्री भइरहेको छ। उक्त कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ। बोर्डले माउन्टेन इनर्जी नेपाललाई आयोजना प्रभावित र सर्वसाधारणलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ। बोर्डले आयोजना प्रभावित र सर्वसाधारणका लागि समान १९ लाख ६८ हजार २७ कित्ता शेयर बिक्रीको अनुमति दिएको छ। रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ