नेकपा स्थायी कमिटी बैठक थप ७ दिनसम्मका लागि स्थगित

2020-07-10

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक थप सात दिनलाई स्थगित भएको छ। अघिल्लो बिहीबार बसेको बैठक पटकपटक स्थगित हुँदै आज बिहान ११ बजे बस्ने तय भएको थियो।

बैठक सात दिन स्थगित गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विटरमार्फत जानकारी दिएका छन्।

‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केकाको तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित’, श्रेष्ठले ट्विट गरेका छन्।

नेकपामा विवाद चर्किँदै जाँदा बैठक स्थगित गरेर संवाद गर्ने रणनीति अपनाइएको थियो। सोही अन्तर्गत नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिन लगातार एक्लाएक्लै संवाद गरिरहेका थिए। तर, गत बुधबारको बैठक तिक्ततापूर्ण बनेपछि बिहीबार भने बैठक बसेनन्।

नेकपाको पाँचौं स्थायी कमिटी बैठक असार १० गतेबाट सुरु भएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ