चिनियाँ राष्ट्रपतिको आलोचना गर्ने प्राध्यापक पक्राउ

2020-07-07

एजेन्सी - चीनको राजधानी बेइजिङमा प्रहरीले सोमबार राष्ट्रपति सी जिनपिङका कडा आलोचक जू झंगरुनलाई उनको घरबाट पक्राउ गरेको छ । जू शिघुवा युनिभिर्सिटीमा कानूनका प्राध्यापक हुन् । उनका साथी गेंग जियोओनानले गत महिना जूको एउटा किताब न्यूयोर्कमा प्रकाशित भएको जानकारी दिए । यसमा जिनपिङ र उनको कम्युनिष्ट पार्टीको शासनको तिखो आलोचना गरिएको छ ।

किताबमा १० राजनीतिक निबन्ध छन् । यसै किताबका कारण जूलाई पक्राउ गरिएको हो । यसअघि स्थानीय मिडियामा जूलाई घरमा नजरबन्द गरिएको समाचार प्रकाशित भएको थियो । जूले आफ्नो एक निबन्धमा चीनमा जिनपिङको ‘वन म्यान सत्ता’ का कारण कोरोना बढेको आरोप लगाएका थिए ।

अर्को एक निबन्धमा चीन माओत्से तुङको अधिनायकवादी शासनतर्फ उन्मुख भएको उनले आरोप लगाएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ