गेटाफेमाथिको जितसंगै बार्सिलोनासँग रियलको ४ अंकको अग्रता

2020-07-03

काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको रियल मड्रिडले बार्सिलोनासँग चार अंकको अग्रता बनाएको छ।

बिहीबार राति भएको खेलमा रियल मड्रिडले गेटाफेलाई १–० गोलअन्तरले पराजित गर्दै दोस्रो स्थानमा रहेको बार्सिलोनासँग चार अंकको अग्रता बनाएको हो। रियल मड्रिडलाई जित दिलाउन कप्तान सर्जियो रामोसले गोल गरे।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको रियललाई दोस्रो हाफमा भने रोक्न सकेन। खेलको ७८औं मिनेटमा गेटाफेका खेलाडीले डिबक्सभित्र फउल गरेपछि रियलले पेनाल्टी पाएको थियो। पेनाल्टीबाट गोल गर्दै रामोसले रियललाई १–० गोलको जित दिलाए।

यो जितसँगै रियल मड्रिडले ३३ खेलबाट ७४ अंक बनाएको हो। दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३३ खेलबाट ७० अंक छ। यी दुबै टिमले अब लिगमा अझै पाँच खेल खेल्न बाँकी छ। बार्सिलोनाको भन्दा शीर्ष स्थानमा रहेको रियलको उपाधि जित्ने सम्भावना बढि छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ