साम्राज्ञीले मनगणन्ते कुरा गरेर आफ्नो चरित्रहत्या गरेको भन्दै भुवनले दिए उजुरी

2020-07-02

काठमाडौँ - अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफूमाथि नभएको आरोप लगाएर चरित्रहत्या गरेको भन्दै चलचित्र कलाकार संघमा उजुरी दिएका छन्। केही हप्तादेखि लगातार रूपमा नायिका शाहले युट्युब‚ इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा मनगढन्ते कुरा गर्दै आफ्नो चरित्रहत्या गरेको भन्दै उनले निवेदन दिएका हुन्।

केसीले निवेदनमा साम्राज्ञीले आफूविरूद्ध विभिन्न आक्षेप/आरोपहरू लगाई मनगढन्ते र निराधार चरित्र हत्या हुने कुरा गरेकाले त्यस विषयमा आवश्यक छानविन गर्न संघमा निवेदन दिएको उल्लेख गरेका छन्। केसीको चलचित्र ड्रिम्समा उनलाई अभिनय गराउँदा कुनैपनि किसिमको दुर्व्यवहार नगरेको भन्दै आवश्यक छानविन गर्न आग्रह गरेका छन्।

निवेदनमा उनले भनेका छन्‚ ‘भए नभएका कुरालाई सामाजिक सञ्जालमा राखी युट्युबलगायत विभिन्न सञ्चार माध्यममा मेरो चरित्र हत्या गर्ने दुस्साहसमात्र होइन सम्पूर्ण चलचित्र क्षेत्रकै बदनाम भएको अनुभव गरी त्यस सम्बनधमा छानबिन गरी आम दर्शक र चलचित्र क्षेत्रलाई जानकारी गराइदिन निवेदन गर्दछु।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ