इरानको क्लिनिकमा विष्फोट हुँदा १३ जनाको मृत्यु

2020-07-01

काठमाडौं - इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।

इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दिएको समाचार अनुसार सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोट भएको हो । ती अधिकारीका अनुसार विष्फोटमा मृत्यु हुनेहरु धेरैजसो महिला छन् ।

विष्फोटपछि क्लिनिकमा आगो लागेको थियो । टेलिभिजन च्यानलहरुले विष्फोटपछि आकाशमा धुवाँको मुस्लो उडेको र दमकलहरुले आगो नियन्त्रणको प्रयास गरिरहेको दृष्य प्रसारण गरेका छन् ।

यसको केही दिन अगाडि पनि इरानको एक सैनिक इलाकामा पनि विष्फोट भएको थियो । त्यसको कारण पनि ग्यास लिक भनिएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ