कांग्रेसले बोलायो शीर्ष नेताको बैठक, महाधिवेशनको नयाँ कार्यतालिका बनाउने

2020-06-28

काठमाडौं - नेपाली कांग्रेसले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका बनाउन शीर्ष नेताको बैठक बोलाएको छ।

कोभिड-१९ का कारण तल्लो तहका अधिवेशन प्रभावित भएपछि नयाँ कार्यतालिकामा छलफल गर्न शीर्ष तहका नेतालाई बैठकका लागि बोलाइएको छ। दिउँसो २ बजे बोलाइएको बैठकमा पदाधिकारी,पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्य सहभागी हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

२०७७ फागुन ७ देखि १० सम्मका लागि तय गरिएको १४ औं महाधिवेशनको कार्यतालिका कोभिड-१९ ले प्रभावित बनेको छ। यसअघि सक्नुपर्ने क्रियाशील सदस्यता वितरणको कार्य कोभिड-१९ कै कारण रोकिएको छ।

केन्द्रीय महाधिवेशन तोकिएको समयमै गर्ने गरि तल्लो कार्यसमितिको अधिवेशनको नयाँ मिति सार्वजनिक गरिने मुख्य सचिव पौडेलले जानकारी दिए। उनले भने, ‘१४ औं महाधिवेशन तोकिएको समयमा गर्न सभापति प्रतिबद्ध हुनुहुन्छ। तल्लो तहको अधिवेशनको कार्यतालिका परिवर्तन गर्ने बारेमा छलफल हुन्छ।’ सरकारका कामका विषयमा पनि छलफल हुने पौडेलले बताए।

बैठक केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ