एमसिसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

2020-06-14

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ। बेलुका ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमसिसीबारे छलफल हुने बताइएको एक नेताले जानकारी दिए।

नेकपाले एमसिसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलका सदस्यहरुलाई पनि आमन्त्रित गरिएको छ। गत माघ २० मा गठन भएको कार्यदलमा झलनाथ खनाल, प्रदीप कुमार ज्ञवाली र भीम रावल सदस्य थिए। खनाल सचिवालय सदस्य नै हुन् भने बाँकी दुई आमन्त्रित सदस्यको रुपमा सहभागी हुनेछन्।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडा पनि सहभागी हुनेछन्।

एमसिसी सम्झौतालाई संसदबाट अनुमोदन गर्नुपर्ने समय नजिकिँदै जाँदा सत्तारुढ दलभित्र विवाद कायम छ। प्रधानमन्त्री केपी ओली पक्षबाहेक अन्यले त्यसलाई परिमार्जनसहित पारित गर्नुपर्ने वा खारेज गर्नुपर्ने बताउँदै आएका छन्। एमसिसीको सन्दर्भमा प्रधानमन्त्रीलाई कांग्रेसको समर्थन रहे पनि नेकपाभित्रै सर्वसम्मत समर्थन पाउन सकेका छैनन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ