एकलौटी ब्यपार खोल्ने निर्णय,प्रशासन र स्थानीय सरकार बेखबर

2020-05-31

दिवाकर पोख्रेल
देउखुरी, जेठ १८ । लामो समय लकडाउनको कारण व्यपार व्यवसाय धरासायी हुन थालेको भन्दै दाङको देउखुरी उद्योग बाणिज्य संघले लमही बजार खुला गर्ने निर्णय भएसंगै बजारमा ब्यापक चहलपहल शुरु भएको छ । आज आइतबार खाद्यान्न बाहेकका पसलहरु खुल्ने निर्णय बमोजिम लमहीका पसलमा बिना सावधानी किनबेच चलिरहेको छ । अधिकाश पसलमा भिडभाड बढेपनि पसलमा नत सावुन पानीको व्यवस्था गरिएको छ, नत स्यानेटाइजर नै । सुरक्षा सावधानी विना सामान्य परिस्थिती जस्तै फेन्सी, भाँडा,जुत्ता,कपडा,कस्मेटिक पसलहरुमा भिडभाड बढेको छ ।

देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले ब्यपारीहरुको ब्यापक दवाब आउन थालेपछि प्रशासन र स्थानीय सरकारसंग समन्वय गरेर पसल खुल्ने निर्णय गरेको बताउनुहुन्छ । ब्यापारी यतिकै मनै भएन घरभाडा, बैंक ब्याजले गाँजिएका ब्यपारीको ब्यापक दबाब पछि यो निर्णय गरिएको हो, श्रेष्ठले भन्नुभयो । उद्योग बाणिज्य संघका अध्यक्ष बाहेकका अन्य पदाधिकारीले पनि खुलेरै ब्यपार खोल्ने निर्णयको अपनत्व लिन सकेका छैनन् । महासचिव कमलजंग सिंह ठकुरीले अध्यक्ष र प्रमुख जिल्ला अधिकारीको समन्वयमा ब्यपार खोल्ने निर्णय भएको बताउनहुन्छ । ब्यपारीहरुको निवेदन अनुसार अध्यक्षले पहल कदमी लिनुभएको होला, हाम्रो बैठक बसेर निर्णय भएको छैन,कार्य समितिको बैठक बस्दै बसेको छैन,उहाँले भन्नुभयो ।
तर यता लमही नगरपालिका प्रमुख कुलवहादुर केसील सङ्क्रमणको जोखिम कायमै रहेको समयमा एकलौटी रुपमा माइकिङ गरेर ब्यपार खोल्ने निर्णय आत्मघाती रहेको बताउनुहुन्छ । हामीसंग कुनै पनि सहकार्य भएको छैन,हामी अहिल्यै हतार नगर्नु भनेका छौ, सम्पुर्ण ब्यपारी, उपभोक्ताको समस्या प्रति स्थानीय सरकार जगजाहेर छ, यसलाई विशेष परिस्थितीको रुपमा लिनुपर्ने हुन्छ,नगर प्रमुख केसीले भन्नुभयो । नगर प्रमुख केसीले सरकारले लकडाउन गर्ने तर लमहीमा उद्योग बाणिज्य संघका अध्यक्षले एकलौटी खोल्ने निर्णयलाई प्रशासनले साथ दिएको भन्दै आक्रोस पोख्नुभयो ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले ब्यपार खोल्ने निर्णय नभएको भन्दै उद्योग बाणिज्इ संघका अध्यक्षले एकलौटी गरेको बताउनुभयो । उद्योग बाणिज्य संघका ध्यक्षले आफ्नो मनोमानी गर्नुभएछ, अहिले हतारो नगर्नु भनेका थियौ, हामी बैठक बसेर यो बन्द गर्छौ,रिजालले भन्नुभयो । लकडाउन खोल्ने नखोल्ने निर्णय सरकारले गर्ने भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले लमहीमा ब्यापक भिडभाड भयो भन्ने गुनासो अएको भन्दै यसलाई नियन्त्रण गरिने बताउनुभयो । यसरी विना तयारी गरिएको निर्णयबाट स्वयम ब्यपारीहरुले भने चिन्ता व्यक्त गर्न थालेका छन । उद्योग बाणिज्य संघले कुनै निर्णय विना एकलौटी रुपमा ब्यपार खुला गरेको बताएका छन् । लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले आफुहरुसंग कसैले पनि समन्वय नगरेको भन्दै कसरी ब्यपार खुलेको हो आफुलाई थाहै नभएको बताउनुभयो । ब्यपारी मर्कामा छन् नगरपालिकाले उनिहरुलाई सम्बोधन गर्ने प्याकेज ल्यानुपर्छ भनेका छौ, सङक्रमण र रोगसंग भने सावधानी अपनाउनै पर्छ उहाँले भन्नुभयो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ