वडालाई व्यापारी खानले दिए राहत

2020-05-21

देउखुरी समाचारदाता
देउखुरी, जेठ । लकडाउनका कारण दैनिक छाक बस्न थालेका परिवारलाई राहत वितरण गर्न अनुरोध गर्दै स्थानीय व्यपारीबाट राहत दिनेक्रम जारी छ । कोरोना सङ्क्रमणले विश्वभर नै विपद् निम्ताएको अवस्थामा दैनिक गुजारा गर्ने र सामान्य परिवारको छाक नबसोस भन्ने उद्देश्यका साथ दाङका एक ब्यपारीले ५० बोरा माला जातको चामल जनप्रतिनिधिलाई हस्तान्तरण गरेका हुन ।

लमही स्थित नविल फेन्सी स्टोर प्रोपाइटर लुकमान अलीले लमही नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष बिमबहादुर केसीलाई राहत स्वरुप चामल हस्तान्तरण गर्नुभएको हो । राहत ग्रहण गर्दै वडाअध्यक्ष केसीले वडाका प्रत्येक टोलविकास संस्था मार्फत दैनिक छाक बस्न सक्नेको तथ्याङ संकलन गरि एकद्धार प्रणाली मार्फत वितरण गरिने भएकाले बास्तबीक पिडितले मात्रै राहत पाउने बताउनुभयो । विपद्को समयमा स्थानीय ब्यपारीको सहयोगबाट अन्य व्यत्तिले गास पाउने भन्दै राहत उपलव्ध गराएको प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

राहत उपलव्ध गराउने लुकमान खानले बास्तबीक पिडितलाई राहत उपलव्ध गराउन आग्रह गर्दैसंकको समयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ