तत्काल स्थायी कमिटी बैठक बोलाउन दवाव दिने नेपाल समूहको निष्कर्ष

2020-04-27

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा बसेको नेकपा नेताहरुको बैठकले तत्काल स्थायी समितिको बैठक बोलाउनुको विकल्प नरहेको निष्कर्ष निकालेको छ। शनिबार साँझ नेपाल निवासमा भएको बैठकले यस्तो निष्कर्ष निकालेको हो। उनले आइतबारै दिउँसो आफू निकट स्थायी कमिटीका सदस्यहरुसँग पनि छलफल गरेका थिए।

करिब २ घन्टा चलेको छलफलमा स्थायी कमिटीका नेताहरुले प्रधानमन्त्री ओली पार्टी बैठक टार्ने खेलतिर लागेको निष्कर्षमा पुगेको बताएका थिए। छलफलमा सहभागी एक नेताका अनुसार तत्काल स्थायी कमिटी बैठक बोलाउनुपर्ने निष्कर्षमा भेला पुगेको छ।

स्थायी कमिटी बैठक ओलीले टार्दै गए अर्का अध्यक्षले बैठक बोलाउँदा हुन सक्ने संभावित राजनीतिक घटनाक्रमबारेमा छलफल भएको समेत उनले बताए। यसका साथै समसायिक राजनीतिक घटनक्रमका विषयमा समेत छलफल भएको थियो।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपाल निकटका २० स्थायी कमिटी सदस्यहरुले बैठक माग गरेका थिए। ४४ सदस्यीय स्थायी कमिटीमा नेपाल तथा प्रचण्डनिकटका ३४ सदस्य छन्।

कोरोना महामारीसँग जुध्ने बेला सरकारले बेमौसमी बाजाका रुपमा अध्यादेश ल्याएकाे र फिर्ता गरेकाले पार्टीको बदनाम भएको भन्दै नेताहरूले असन्तुष्टि प्रकट गरिरहेका छन्। यसअघि नेता वामदेव गौतमको निवासको भैंसेपाटी भेला पनि स्थायी कमिटी बैठक बोलाउनुपर्ने निष्कर्षमा पुगेको थियो। भेलामा प्रचण्ड-नेपाल समूहका नेताहरू उपस्थित थिए।

अहिले नेकपामा ओली समूह स्थायी कमिटी बैठक टार्दै आएको छ भने प्रचण्ड र नेपाल समूह बैठक राख्नुपर्ने माग राख्दै आएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ