राजपा र समाजवादीबीच एकीकरण, नयाँ पार्टीको नाम 'जनता समाजवादी'

2020-04-23

काठमाडौं - राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकताको सहमतिपत्रमा हस्ताक्षर भएको छ। बुधबार दुवै पार्टीका शीर्ष नेताहरुको छलफलले एकीकरणको विषय टुंगो लगाएको हो। सरकारले दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएको पर्सिपल्टै दुई दलबीच एकता भएको छ।

एकताको सहमतिपत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख छ। त्यस्तै, एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल (People's Socialist Party, Nepal) हुने छ। एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातार हरियो रंगको बिचमा तारा हुने छ। साथै, एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुने छ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले मन्त्रिपरिषद् बैठक र पार्टीको सचिवालय बैठकमा यी दुई दललाई संकेत गर्दै अध्यादेश ल्याउनुपरेको बताएका थिए। त्यसलाई चिर्न दुवै दलका शीर्ष नेताहरुले एकताको कसरत गरेका थिए।

एकतालाई अन्तिम रुप दिन बुधबार साँझ दुवै पार्टीको बैठक बसेको थियो। राजपाका तर्फबाट अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महासचिव केशव झा बैठकमा सहभागी थिए। त्यस्तै, समाजवादीका तर्फबाट संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ अध्यक्ष अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी थिए।

प्रतिनिधिसभामा अहिले राजपा र समाजवादी दुवैको १७/१७ सिट छ। राष्ट्रियसभामा राजपाका २ र समाजवादीको १ सिट छ।

प्रदेश २ मा समाजवादी पार्टीको नेतृत्वमा दुई पार्टीको संयुक्त सरकार छ। कुल १ सय ७ सिटमध्ये समाजवादीको ३० र राजपाको २५ सिट छ।

लामो समयदेखि एकता प्रक्रियामा रहे पनि त्यसले मुर्तरुप पाएको थिएन।

मधेस केन्द्रित राजनीति गरिरहेका विभिन्न ६ दल मिलेर २०७४ बैशाख ७ गते राजपा गठन भएको थियो। त्यस्तै, संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर गत बैशाख २३ गते समाजवादी पार्टी गठन भएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ