नेपालको आर्थिक वृद्धिदरबारे विश्व बैंकको प्रक्षेपण के छ ?

2020-04-12

काठमाडौं - सन् २०२० नेपालको आर्थिक वृद्धिदरमा व्यापक कमी आउने विश्व बैंकले प्रक्षेपण गरेको छ। आइतबार विश्व बैंकले एक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस वर्षको आर्थिक वृद्धिदर १ दशमलव ५ प्रतिशतदेखि २ दशमलव ८ प्रतिशतसम्ममा सीमित हुने प्रक्षेपण गरेको हो। सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत कायम भएको थियो।

कोरोना भाइरसका कारण नेपालको आर्थिक वृद्धिमा ठूलो नकारात्मक असर पार्ने विश्व बैंकले उल्लेख गरेको हो। रेमिट्यान्समा आउने कमी, व्यापार र पर्यटन उद्योगमा परेको नकारात्मक असर र सीमा क्षेत्रबाट हुने व्यापारमा कमी आउने भएकाले नेपालको आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने भन्दै उसले चिन्ता प्रकट गरेको हो। नेपालको कूल गार्हस्थ्य उत्पादनको करिब एक चौथाइ योगदान रेमिट्यान्सको मात्र रहँदै आएको छ।

सन् २०२१ मा कोभिड-१९ को असर रहने तर सन् २०२२ देखि भने सुधार हुने विश्व बैंकको प्रक्षेपण छ।

'कोभिड-१९ ले पुर्‍याएको असरबारे हामीले नजिकबाट अध्ययन गरिरहेका छौं,' विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हादाद जेर्भोसले भने, 'सरकार, निजी क्षेत्र र विकास साझेदारसँग समन्वय गरी गरिब र जोखिमममा रहेका मानिसका लागि स्वास्थ्य सेवा पुर्‍याउन सबैभन्दा बढी प्राथमिकतामा राखिएको छ।'

कोरोना भाइरसको सबैभन्दा बढी असर आतिथ्यता क्षेत्र निम्न आम्दानी भएका मजदुर, साना व्यवसायी, यातायात क्षेत्रका मानिसका लागि बढी असर परेको समेत विश्व बैंकले उल्लेख गरेको छ। यसका साथै जनधनको क्षति कम गर्न सरकारले कार्ययोजना समेत ल्याउनुपर्ने विश्व बैंकको सुझाव छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ