दुई राप्रपा एक हुँदै, एकता घोषणा आज !

2020-03-11

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच बुधबार (आज) एकीकरणको औपचारिक घोषणा हुँदैछ। राष्ट्रियसभा गृहमा दिउँसो साढे १२ बजे विशेष कार्यक्रमका बीच एकता घोषणा हुन लागेकाे राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

शनिबार राति पार्टी एकताकाे सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले हस्ताक्षर गरेका थिए। लामो समयको छलफल र वार्तापछि दुइ पार्टीबीच एकता घोषणा हुन लागेको श्रेष्ठले बताए। घाेषणा सभालाई राप्रपाका तीनै जना नेताहरु कमल थापा, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेरले सम्बाेधन गर्ने छन्।

२०४७ साल जेठ १५ गते आधिकारीक रुपमा दर्ता भएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी बीचमा ५ पटक फुटेकाे छ भने ४ पटक जुटेकाे छ। २०७३ मंसिर ६ गते एकता भएकाे राप्रपा २ वर्ष नपुग्दै २०७४ साउन २२ मा फुटेकाे थियाे। याे दुई वर्षकाे अन्तरालमा राप्रपा फेरि एक ठाउँमा आएका छन्।

पार्टी एकतालाई लिएर राप्रपा नेताहरु उत्साहित देखिएका छन्। अब यो सहमति अनुसार राप्रपा शक्तिशाली भएर अर्को शक्तिको रुपमा आउने कमल थापा निकट र मस्यौदा कार्यदलका एक सदस्य दिपक बोहोराले बताए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ