तीव्र उतारचढाव झेलेको शेयर बजारमा हल्का सुधार

2020-03-03

काठमाडौं - शेयर बजार तीव्र उतारचढाव सहित १४.३७ अंकको सुधार सहित रोकिएको छ। आइतबार र सोमबार दुई दिनमा १३६ अंकले घटेको शेयर बजारमा मंगलबार भने सुधार भएको हो। नेप्से सूचक ०.९६ प्रतिशतले सुधार भएर १५०९ अंकमा पुगेको छ।

मंगलबार पनि ब्रोकरहरुको संयुक्त सर्भरमा समस्या आउँदा एक घण्टा कारोबार बन्द भएको थियो। ब्रोकरको डाटा सेन्टर र टिएमएसबीचमा कनेक्सन हुन नसक्दा १२ बजेर ४२ मिनेटदेखि एक बजेर ३५ मिनेटसम्म कारोबार हुन सकेको थिएन।

उक्त समयमा हुन नसकेपछि नेप्सेले थप ५५ मिनेट समय थप गरेको छ। समय थप भएपछि दोस्रो बजारमा सुधार आएको थियो। सर्भरमा समस्या आउनुअघि बजार घटिरहेको थियो। तर सर्भर र ब्रोकरको टिएमएसबीचको कनेक्सन जोडिएपछि कारोबार सुरु भएसँगै बजार सुधार हुन थालेको थियो।

सूचकमा सुधारसँगै कारोबार रकम तीन अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। सोमबार ६ प्रतिशतले बजार घट्दा कारोबार नै रोकिएको थियो। विगत तीन महिनाको अवधिमा राम्रो नाफा आर्जन गरेका लगानीकर्ताहरुले एकै पटक नाफा बुक गर्न खोज्दा सेलिङ प्रेसर बढेको थियो।

अर्थमन्त्रीसँग जोडिएका समाचारले असर पार्ने शेयर बजारमा मंगलबार पनि केही प्रभावित पारिरहेको छ। खतिवडाले अर्थमन्त्री पदबाट राजीनामा दिने समाचारसँगै बजार एका एक सुधार भएको थियो।

तर उनले राजिनामा दिएसँगै सपथ लिने समाचार आएसँगै बजार पुनः रातो देखिएको हो।

गएका दुई दिनमा १३६ अंकले सूचक घट्दा अधिकांश कम्पनीको मूल्यमा भारि गिरावट आयो। गिरावट आएका कम्पनीको शेयर खरिद गर्ने पक्ष हाबी हुँदा मंगलबारको सेलिङ प्रेसर धान्न सक्ने अवस्था आएको हो।

नेपाल राष्ट्र बैंकले अर्धवार्षिक मौद्रिक समिक्षा मार्फत लघुवित्त वित्तीय संस्थाको नाफा वितरणमा अंकुश लगाउदा अधिकांश माइक्रोफाइनान्सको शेयर मूल्य घटेको छ। कारोबार सुरु भएलगत्तै ६ प्रतिशतसम्मले घटेकोमा अन्तिमसम्मा ४ प्रतिशतले तल झरेको छ।

मंगलबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै ४० करोड रुपैयाँको कारोबार भएको छ। गएका दिनमा धेरै अंकले मूल्य घट्दा मंगलबार कम्पनीको शेयरमा माग बढेको हो। मागसँगै दुई तीन महिनाअघि शेयर खरिद गरेकाले नाफा बुक गर्न भ्याएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ