म्यानचेष्टर सिटी प्रिमियर लिगमा लगातार तेस्रो पटक च्याम्पियन

2020-03-02

काठमाडौं - प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले लगातार तेस्रो पटक काराबाओ कप (लिग कप) को उपाधि जितेको छ । आइतबार राति वेम्लीमा भएको फाइनलमा एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै सिटीले उपाधिमा ह्याट्रिक गरेको हो ।

पछिल्लो पाँच वर्षमा सिटीको यो चौथो उपाधि हो । सर्वाधिक उपाधि जित्नेमा सिटी दोस्रो स्थानमा छ । लिभरपुलले ८ र सिटीले ७ पटक उपाधि जितेका छन् ।

सिटीको जितमा सर्जियो अगुएरो र रोड्रीले गोल गरे । एस्टन भिल्लाका लागि मबवाना समताले एक गोल फर्काए ।

प्रिमियर लिगको साविक विजेतासमेत रहेको सिटीले लिगमा भने यसपटक राम्रो प्रदर्शन गर्न सकेको छैन । लिग लिडर लिभरपुलभन्दा २२ अंले पछि रहेको सिटी उपाधि होडबाट लगभग बाहिरिसकेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ