हङकङसँग पनि नेपाल पराजित

2020-03-01

काठमाडौँ - थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बैङ्ककस्थित टेर्डथाइ क्रिकेट मैदानमा आइतबार भएको खेलमा हङकङसँग नेपाल ४३ रनले पराजित भएको हो ।

एक सय ५५ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरको खेलमा १९ औँ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै एक सय ११ रनमात्र बनाउन सक्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यसअतिरिक्त कुशल मल्लले १९, अविनाश बोहराले १२ र आरिफ शेखले १० रनको योगदान गरे ।

यसअघि पहिला ब्याटिङ गर्दै हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो ।

हङकङका लागि निजाकत खान मोहम्मदले सर्वाधिक ४८ रन बनाएका थिए । यस्तै मोहम्मद अजिज खानले २९, हारुन मोहम्मद अरशदले २७, शहिद वासिफले २६ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए भने कुशल मल्लले एक विकेट हात पारे ।

जारी प्रतियोगिताको पहिलो खेलमा मलेसियासँग नेपाल २२ रनले पराजित भएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ