दाङ पुगेर महराले भनेः राष्ट्रियताको पक्षमा उभिने आर्सिवाद दिनुस

2020-02-24

दिवाकर पोख्रेल
देउखुरी, फागुन १२ गते । पूर्वसभामुख कृष्णवहादुर महरालाई दाङमा पार्टी कार्यकर्ता एवं शुभचिन्तकहरुले भव्य स्वागत गरेका । दाङ प्रवेस गर्दा भालुवाङमा नेता कार्यकर्ताले बाजागाजा सहित स्वागत गरेका गरेका थिए । त्यसैगरी सिसहनियाँ र लमहीमा पनि नेता कार्यकर्ता सहित शुभचिन्तकहरुले फुलमाला लगाएर भव्य स्वागत गरिएको थियो ।
लमहीमा महरा आउँदा लाइनमा बसेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ता र शुभचिन्तक हरुले फुलमाला सहित स्वागत गरेका हुन । स्वागत पछी पुर्व सभामुख महराले आफु सधै दङगाली र नेपाली जनतासंग जोडिएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

म सधै दङगाली र नेपाली जनताको भावनासंग जोडिएको छु, आगामी दिनमा पनि यहाँरुसंगै जोडिन चाहान्छु, महराले भन्नुभयो । आफु माथि लगाइएको आरोपको जित भएका कारण अहिले त्यतातिर नलाग्ने भन्दै यो जित नेपाली जनताको जित भएको बताउनुभयो ।
आफु नेपाली भएका कारणले राष्ट्रिय स्वतन्त्रता, सार्भभौमिकता र राष्ट्रियताको पक्षमा रहेको जानकारी दिदै पुर्व सभामुख महराले आफुलाई सो विषयमा कटिबद्ध भएर लाग्ने आर्सिवाद दिन आग्रह गर्नुभयो ।

मलाई स्वागत गर्दा खुसी लागेको छ, म नेपाली नागरिक हुँ नेपालको मायाँ गर्छु ,राष्ट्रिय स्वाधिनता,राष्ट्रिय स्वतन्त्रता र नेपालको सार्भभौम देशको रक्षा गर्ने दायित्व ठान्छु, तपाइहरु र्आिवाद दिनुस म तेही अनुसार लाग्छु, महराले भन्नुभयो । प्रतिनिधिसभा दाङ क्षेत्र नम्बर २ का साँसद समेत रहनु भएका महराले विकास निर्माण, जनताको समस्या र जन जीवकासंग सधै जोडिरहने प्रतिबद्धता जनाउनुभएको थियो ।
महरालाई स्वागत गर्न आयोजित कार्यको अध्यक्षता नेकपामा नेता तिलक केसीले गर्नुभएको थियो भने स्वागत कार्यक्रमको सहजीकरण नेकपा लमही नगर सचिव बसन्त शर्मा विक्रान्तले गर्नुभएको थियो ।

यसैगरी महरालाई निर्वाचन क्षेत्र घोराहीमा मतदाताले भव्य स्वागत गरेका छन् । बलत्कारको आरोपमा लागेका पुर्वसभामुख महरा काठमाण्डौ जिल्ला अदालतबाट सफाइ पाएपछि पहिलोपटक निर्वाचन क्षेत्र दाङ आउनु भएको हो । यस क्रममा उहाँले आफ्ना मतदातालाई भेटने कार्यक्रम रहेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ