2020-02-17 |
एजेन्सी - इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकी दबाबसामु आफ्नो मुलुक नझुक्ने बताएका छन्। तेहरानमा आयोजित पत्रकार सम्मेलनमा उनले बाध्य भएर अमेरिकासँग वार्ता नगर्ने पनि बताए।
अमेरिकाको कडा आर्थिक प्रतिबन्धका कारण इरानी अर्थव्यवस्था कमजोर स्थितिमा पुगेका बेला रुहानीले यस्तो अडान सार्वजनिक गरेका हुन्।
‘इरानविरुद्ध अमेरिकाको अधिकतम दबाब नीति असफल भइसकेको छ, हाम्रो शत्रु राम्ररी जान्दछ कि उसको रणनीति अप्रभावी भइसकेको छ, इरानको सहयोगविना मध्यपूर्वमा शान्ति र स्थिरता सम्भव छैन,’ उनले भने।
अमेरिकी प्रतिबन्धका कारण इरानले तेल बेच्न पाइरहेको छैन। इरानले अमेरिकासँग नयाँ परमाणु सन्धि गर्न चाहिरहेको छैन। इरानको भनाइ छ– जबसम्म अमेरिका २०१५ को परमाणु सम्झौता पुनर्बहाली गर्दैन र आर्थिक प्रतिबन्ध हटाउँदैन, तबसम्म वार्ता हुन सक्दैन।
गत ३ जनवरीमा अमेरिकाले इरानी प्रभावशाली सैन्य कमान्डर कासीम सुलेमानीलाई मारिदिएपछि दुई देशबीचको शत्रुता चरमस्थितिमा पुगेको छ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...