अमेरिकामाथि ८ विकेटको जित, विश्व कीर्तिमान बनाउनबाट थोरैले चुक्यो नेपाल !

2020-02-12

काठमाडौं - आइसिसी विश्वकप क्रिकेट लिग टु– अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ।

३६ रनको झिनो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ५.२ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित हात पारेको हो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शुन्यमै आउट भएका थिए।
तर तेस्रो र चौथो नम्बरमा आएका पारस खड्का र दीपेन्द्रसिंह ऐरीले नेपाललाई जित दिलाए। पारस २० र दीपेन्द्र १५ रनमा अविजित रहे।

योसँगै नेपालले विश्व कीर्तिमानी जित हात पार्न भने चुक्यो। यदि नेपालले ४.१ ओभरमा लक्ष्य भेटाएको भए विश्व कीर्तिमान हुने थियो। यसअघि श्रीलंकाले जिम्बाब्वेविरुद्ध ४.२ ओभरमा लक्ष्य भेटाएको थियो।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको अमेरिकाले खराब प्रदर्शन गर्दै १२ ओभरमा ३५ रन बनाउँदा सबै विकेट गुमाएको थियो। यो स्कोर एकदिवसीय क्रिकेटमा सबैभन्दा कम रनसँग बराबरी हो। यसअघि २००४ मा श्रीलंकाले जिम्बाब्वेलाई ३५ रनमै आउट गरेको थियो।

अमेरिकाका लागि एक खेलाडीले मात्रै दोहोरो स्कोर बनाए। पहिलो विकेटको रुपमा इयान होल्यान्डलाई शुन्य रनमा गुमाएको अमेरिकाले ज्याभियर मार्सललाई १६ रनमा गुमाएको थियो। १.६ ओभरमा होल्यान्डलाई शुन्यमै आउट गर्दै सन्दीपले नेपाललाई सुरुवाती विकेट दिलाएका थिए। त्यसपछि सुशनले २३ रन हुँदा मार्सललाई १६ रनमा आउट गराए। योसँगै अमेरिका दबाबमा आएको थियो।

त्यसपछि ७.२ ओभरमा सन्दीपले मोहम्मद पटेललाई ४ रनमा आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाए। यहि ओभरको पाँचौ बलमा सन्दीपले निसर्ग पटेललाई २ रनमा आउट गर्दै एकै ओभरमा २ विकेट लिए। योसँगै अमेरिकाले चौथो विकेट गुमाएको थियो।

त्यसपछि नवौं ओभर बलिङ गर्न सुशन भारीलाई दिए। सुशनले ८.३ ओभरमा आरोन जोन्सलाई ४ रनमा आउट गराए। अमेरिकाले २९ बनाउँदा महत्वपूर्ण ५ विकेट गुमायो। १०औं ओभर बलिङमा आएका सन्दीपले फेरि ९.५ ओभरमा विकेट लिए। यो पटक भने सन्दीपको बलमा तमिल पटेल एल्बिडब्लु धरापमा परे।

सन्दीपसँगै सुशन पनि रोकिएनन्। उनले पनि एकपछि अर्को ओभरमा विकेट लिदै गए। ११औं ओभर बलिङ लिएर आएका सुशनले यो ओभरमै २ विकेट लिदै नेपाललाई आठौं सफलता दिलाए। उनले १०.१ ओभरमा क्यामरन स्टेभनसनलाई १ रनमा आउट गराए। यहि ओभरको अन्तिम बलमा रुष्टली थोरनलाई शुन्यमा आउट गराउँदै सुशनले ४ विकेट लिए।

त्यस्तै, १२औं ओभरमा सन्दीपले २ विकेट लिदा अमेरिका अलआउट हुन पुग्यो। सन्दीपले ११.३ ओभरमा अक्षय होमराजलाई ४ रनमा आउट गराए भने यो ओभरको अन्तिम बलमा नस्टथस केन्जिकेलाई शुन्यमै आउट गराए।

सन्दीपले ६ विकेट लिए। उत्कृष्ट बलिङ गरेका सन्दीपले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चिएर ६ विकेट लिए। त्यस्तै, सुशनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चिएर ४ विकेट लिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ