कांग्रेस केन्द्रीय समिति बैठक आज

2020-02-10

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक सोमबारका लागि बोलाएको छ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाएको बैठकमा पार्टीको नियमावलीका साथै क्रियाशील सदस्यता छानविन समिति गठनका विषयमा छलफल हुनेछ।

त्यसका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा दायर मुद्दाका विषयमा पनि छलफल हुनेछ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता एवं तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलविरुद्ध मुद्दा दायर नगरेर अख्तियारले पूर्वाग्रह राखेको भन्दै कांग्रेसले सडक र सदन अवरुद्ध गर्दै आएको छ। त्यस विषयमा पनि सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ। बैठकले आगामी रणनीति तय गर्ने नेताले जनाएका छन्।

यसैबीच, पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको अगुवाइमा आइतबार पनि काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेका छन्। तरुण दलको अगुवाइमा कांग्रेसका भ्रातृ संगठनहरूले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा अख्तियार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लागाउँदै सहभागीले ‘दुईतिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो। विभेद गर्न पाइँदैन, कठपुतली अख्तियार चाहिँदैन। ‘नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार’सहितका नारा लगाइएका थियो। शुक्रबार नेपाल विद्यार्थी संघको अगुवाइमा विरोध प्रर्दशन गरेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ