व्यापारिक महोत्सवले ठेकेदार-कलाकार मोटाउँदै

पर्यटन प्रर्वद्धन स्थानीयकरण शुन्य

2020-02-09

दिवाकर पोख्रेल
देउखुरी, माघ । दाङको घोराही र तुलसीपुर र सिहनियाँमा पर्यटन तथा व्यवहारीक महोत्सव भरखरै सकिएको छ । दाङको लमहीमामा पर्यटन तथा ब्यपारीक महोत्सव शुरु भएको छ । प्रत्येक बर्ष दाङ जिल्लाभर साना ठूला गरी दर्जनौ महोत्सव संचालन हुँदै आएका छन् । महोत्सव संचालन गर्दा स्थानीय स्थानीइ व्यवाहर, उद्यम,कला संस्कृति र पर्यटनको उजागर गर्ने भनिएपनि पछिल्लो सबैजसो ठाउँमा लामो समय सम्म आयोजना गरिने महोत्सवले उपलव्धी भन्दा स्थानीय ब्यपारलाई धरासायी पार्न थालेका गुनाशो आउन थालेका छन् ।
केहि बर्ष पहिले आयोजना गरिएका महोत्सव उदेश्य सहितका र सामाजिक सेवाको भावले लाग्ने गरेको भएपनि पछिल्लो पटक आयोजना गरिने महोत्सबाट खासै उपलव्धी भन्दा कमाउ भन्दामा केन्द्रित हुने गरेको ब्यापारीहरु नै बताउँछन । पहिले महोत्सवले दाङको हकमा सकरात्मक प्रभाव पारेको थियो, विश्वको होँचो व्यक्ति,अल्लो व्यवसाय लगायतको विषयलाई बाहिर ल्याउन महोत्सव सफल भए, अहिले त्यस्तो पाइदैन, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले भन्नुभयो ।

उदेश्य सहितको महोत्सवले सफलता हासिल गर्न सक्ने जानकारी दिदै दाङ उद्योग बाणिज्य संघका अध्यक्ष भुसालले महोत्सवको नाममा आयातित बस्तु तथा सेवाले स्थानीय व्यवहारको प्रवर्दनको सट्टा बिचलन ल्याउने दावी गर्नुभयो । वाहिरबाट सबै सामान ल्याउने, गाना बजाना गर्ने,पर्यटन बर्षको नारा लोगो बेच्न, उपलव्धी शुन्य पार्ने कामले शन्देश राम्रो दिदै, भुसालले भन्नुभयो ।


तयारी र उदेश्य विना गरिने महोत्सवले विकृति मौल्याएको स्वयम पहिले महोत्सव आयोजना गर्नेहरु नै बताउँछन । देउखुरी उद्योग बाणिज्य संघका महासचिव कमलजंग सिंह ठकुरीले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु पर्ने अवस्था महोत्सवबाट हुने गरेको बताउनुभयो । ठेगदार सिगारेर सस्थाको नाम भजाउने,केन्द्रिय नाम कमाएका कलाकार पोस्ने भन्दा उपलव्धी देखिएन यस्ता महोत्सवले राम्रो शन्देश दिदैन, महासचिव ठकुरीले भन्नुभयो । महोत्सवले स्थानीय कला संस्कृतिलाई पोत्साहन गर्ने उदेश्य राखेपनि व्यवहारमा तेसो पाइदैन बरु मेला आयोजकले कुम्ले र झोले ब्यवासयको प्रवद्र्धन गरेको पाइन्छ । देउखुरीमा हाल सम्म आयोजना गरिएका महोत्सवले पनि खासै उपलव्धी नदिएको स्वयम पहिले महोत्सव आयोजना गर्नेहरु बताउँछन । स्थानीय कलाकार भन्दा केन्द्रिय नाम चलेका कलाकार ल्याउँदा आर्थिक श्रोत बाहिर गएको अर्थविदहरु बताउँछन ।


महोत्सव आयोजना गर्नको लागि स्थानीय तहले अनुमति दिने र जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाको प्रत्भाभुत गर्ने गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाले जानकारी दिनुभयो । हामी सुरक्षा दिने हो, स्थानीय तहको सिफारीस र सम्बन्धित उद्योग व्यवसायी संघसंस्थाको निवेदन आएपछि सुरक्षा दिने गरेका छौ, रिजालले भन्नुभयो । आफुहरुको यसमा अन्य भूमिका नहुने जानकारी दिदै उहाँले हिसाव पादर्शीतामा विवाद भए मात्रै आफहरुले हेर्ने बताउनुभयो । यता स्थानीय जनप्रतिनिधिले आफुहरुलाई बाध्यता रहेको बताउँछन । हामीहरु अनुमति दिन बाध्य छौ, राजनीतिक दलहरु ,व्यवहारीहरु सबै अनुमति माग्न आएपछि जनप्रतिनिधिको हिसावले अनुमति दिने गरेका छौ, लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले भन्नुभयो । विगतको आर्थिक अवस्था पनि बुझ्न पाएका छैनौ, यो तपाइ हामी सबैको दायित्व पनि हो, सबै पारदर्शी हिसावले हुनुपर्छ प्रमुख केसीले भन्नुभयो ।


अहिले जारी रहेको तुलसीप्ुर महोत्सवमा १५ करोडको कारोबार गर्ने लक्ष्य राखिको थियो । घोराहीमा घोराही चेम्बर अफ कमर्सले आयोजना गरेको महोत्समा १० करोडको कारोबारको लक्षय राखिएको थियो भने लमहीमा यही माघ २४ गते देखी संचालन भइरहेको महोत्सवमा तीनकरोडको कारोबार हुने लक्ष्य राखिएको छ । सबै महोत्सवमा पर्यटन र कृषिलाई महत्व दिने बताइएपनि कृषि र पर्यटनसंग सम्बन्धित स्टलहरु खाली हुने गरेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ