नगरपालिका स्तरीय दोस्रो रनिङ शिल्ड प्रतियोगिता शुरु

खेलले सबैलाई अनुशासित बन्न सिकाउँछ ः साँसद शर्मा

2020-01-24

दिवाकर पोख्रेल
देउखुरी, माघ । लमही नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । नगर क्षेत्रका सामुदायिक र संस्थागत गरि कुल २५ विद्यालयको सहभागिता रहने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहआयोजक रोजि बड्स बालबाटिका माध्यमिक विद्यालय प्रधानाध्यापक राजु यादवले जानकारी दिनुभयो ।
लमही नगरपालिका आयोजनामा शुरु हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिवल, कवडी, एथ्लेटिक्स लगायतका खेलहरु समावेश हुनेछ । प्रतियोगिताको उद्घाटन प्रदेश पाँचका प्रदेश साँसद रेवतिरमण शर्माले गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दे प्रदेश साँसद शर्माले खेल क्षेत्रले सबैलाई अनुशासित बनाउन मद्धत गर्ने बताउनुभयो । खेलका आफ्नै नियम हुन्छन, नियम तोडे पराजय हुने सम्भावना हुन्छ अनुशासनको राम्रो पाठ सिकाउँछ साँसद शर्माले भन्नुभयो । खेलकुदमा विकास गर्न नियमति अभ्यासको आवश्यकता पर्ने भन्दै साँसद शर्माले समग्र प्रदेश कै इज्जत राख्नेगरी खेलकुद प्रदर्शन गर्न आग्रह गर्नुभयो ।
लमही नगरपालिका प्रमुखको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बत्ताहरुले लमही क्षेत्रको खेलकुदको विकास गर्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ठूलो भूमिका रहने बताउनुभएको थियो । विद्यार्थी सफल हुने चौतर्फी ज्ञान आवश्यक रहेकाले विद्यालयमा अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिन पनि आग्रह गरिएको थियो । कार्यक्रममा लमही नगरपालिका प्रवक्ता बिमबहादुर केसी, ज्योतिष्मति विद्यापिठका प्रधानध्यापक नारायण भुसाल, एनप्याप्सन दाङका जिल्ला उपाध्यक्ष भुमाण्डव केसी प्रतियोगिताको सफलताको कामना गर्नुभएको थियो ।


उद्घाटनको क्रममा विद्यार्थीहरुले मार्चपास प्रस्तुत गरेका थिए । यस्तै लमहीको रोजि बड्स बालबाटिका विद्याथर््ी उत्कृष्ट कला प्रर्शन गरेका थिए । राष्ट्रियता, साँस्कृति कला सहितको नृत्य र योकलाबाट सहभागिको मन जितेको थियो । खेल तीन दिन सम्म संचालन हुने छ । पहिलो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता निमावी हस्नापुरमा भएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ