सन्तोष साहुखलको ए डिभिजन लिगमा सय गोल पूरा

2020-01-09

काठमाडौं - सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र विभागीय टिम नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।

दशरथ रंगशालामा बुधबार भएको खेलमा च्यासलले पुलिससँग २–२ गोलको बराबरी खेलेको हो। च्यासलका लागि सन्तोष साहुखलले २ गोल गरे। यता, पुलिसका लागि निरकुमार राई र सुमन लामाले गोल गरे।

खेलको पाँचौ मिनेटमा निरकुमारले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए। तर खेलको १८औं मिनेटमा सन्तोषले गोल गर्दै च्यासललाई १–१ गोलको बराबरीमा ल्याए। उनले बराबरी गोल मात्रै गरेनन् ए डिभिजन लिगमा १०० गोलको कीर्तिमान कायम पनि गरे।

खेलको ४०औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई पहिलो हाफसम्म २–१ गोलको अग्रता दिलाए। खेलको ४९औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै च्यासललाई २–२ गोलको बराबरी दिलाए। बाँकी समयमा गोल हुन नसकेपछि दुबै टिमले बराबरी खेल्दै १–१ अंक बाँडेका हुन्।

बराबरी पछि ५ खेलबाट ८ अंक बनाएको पुलिस लिगको छैटौं स्थानमा छ। पुलिसले २ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हार ब्यहोरेको छ। यता, च्यासलको भने ५ खेलबाट ५ अंक छ। नवौं स्थानमा रहेको च्यासलले १ खेलमा जित र समान २–२ खेलमा हार र बराबरी खेलेको छ।

लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ। मनाङको ५ खेलबाट ३ खेलमा जित र २ खेलमा बराबरी खेल्दै ११ अंक छ। लिगको दोस्रो स्थानमा रहेको मछिन्द्रको पनि समान ५ खेलबाट ३ खेलमा जित र २ खेलमा बराबरी खेल्दै १० अंक छ। गत वर्षको संस्करणमा लिगको १३औं स्थानमा रहेको मछिन्द्रको १ अंक भने काटिएको हो।

लिगको तेस्रो स्थानमा भने थ्रीस्टार क्लब छ। उसको ५ खेलमध्ये ३ खेलमा जित, १ खेलमा हार र १ खेलमा बराबरी खेल्दै १० अंक छ। लिगको चौथो स्थानमा रहेको आर्मीको भने ४ खेलबाट ९ अंक छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ