नाजायज सम्बन्ध खुल्ने डरले आमाको हत्या गर्ने छोरी सहित ४ जनालाई जन्मकैदको फैसला

2019-12-27

काठमाडौं - भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीमा बस्दै आएकी ६१ वर्षीया सावित्री भट्टराईको हत्यामा संलग्न उनकै छोरी इश्वरीसहित चारै जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

जिल्ला अदालत भक्तपुरका न्यायाधीश डा प्रकाश उप्रेतीको इजलासले पक्राउ परेका सावित्रीकी छोरी इश्वरी, उनका प्रेमी मोहम्मद नौसाद, हत्यामा संलग्न भारतीय नागरिक भोला कुमार र भारतकै मोहम्मद रहिशलाई बिहीबार जन्मकैदको फैसला सुनाएको हो ।

गत असार १५ गते सावित्रीको हत्या भएको थियो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ घर भई भक्तपुरको चाँगुनारायण–७, बाँसबारीस्थित छोरी इश्वरी भट्टराईको घरमा आमा सावित्री बस्दै आएकी थिइन् ।
सोही बेला आफ्नो प्रेम खुल्ने डरले उनले इश्वरीकै योजनामा आमाको घाँटी रेटर हत्या गरिएको थियो ।

हत्या भएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरी इश्वरीले आफ्ना प्रेमी सिरहाको कल्याणपुर नगरपालिका–४ घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका २३ वर्षका मोहम्मद नौसादसँग मिलेर हत्या गरिएको भन्दै उनीहरुलाई पक्राउ गरेको थियो ।

२७ वर्षीया इश्वरीको मोहम्मदसँगको सम्बन्धका बारेमा आमा सावित्रीलाई थाहा भएपछि सो कुरा बाहिर नआओस् भन्न आमाको हत्या गराएको इश्वरीले स्वीकारेकी थिइन् ।

इश्वरीले आफ्ना प्रेमी मोहम्मदसँग सल्लाह गरी आमाको हत्या गर्न १२ लाख रुपैयाँको सुपारी दिएकी थिइन् । यसका लागि मोहम्मदले भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमारको सहयोग लिएका थिए। यी दुवैले भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई हत्या गर्न सुपारी दिएका थिए।

सावित्रीको असार १५ गते घाँटी रेटेर हत्या गरेको अवस्थामा छोरी इश्वरीको घरमा शव फेला परेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ