2019-12-24 |
तीन वर्षदेखि जेलमा पत्रकार, जसले बावुलाई भेट्न पनि पाएनन्
कायरो : अलजजिराका पत्रकार महमुद हुसेन कुनै अभियोग विना तीन वर्षदेखि इजिप्टको जेलमा थुनिएका छन् । इजिप्का नागरिक समेत रहेका हुसेन २०१६ को डिसेम्बरमा व्यक्तिगत भेटघाटको क्रममा इजिप्ट पुग्दा पक्राउ परेका थिए ।
२०१९ मे महिनामा इजिप्टको अदालतले उनलाई रिहा गर्न राज्यअभियोजकको आदेश अस्वीकार गरेको थियो । अधिकारीहरुले हालै उनीमाथि नयाँ छानविन थालेका छन् । तर उनीमाथि प्रष्ट अभियोग समेत छैन ।
जेलमै रहँदा उनको हात भाँचिएको थियो । तर उचित उपचार समेत पाएका छैनन् । साथै अस्पतालमा गम्भीर अवस्थामा रहेका पिता हुसेन जुमालाई भेट्न उनले गरेको आग्रह समेत अस्वीकार गरिएको बताइएको छ ।
स्ट्रोकका कारण थलिएका जुमाको गत नोभेम्बरमा मृत्यु भइसकेको छ । अलजजिराले हुसेन पक्राउ परेदेखि नै रिहाइको लागि दबाव स्वरुप दिनगन्ती समेत गर्दैआएको छ ।
भारतको नागरिकता कानुनमा मुस्लिम मुलुकको आपत्ति
टर्की : भारतमा विवादास्पद नागरिकता संशोधन कानुनबारे इस्लामिक देशहरुको गठबन्धन संस्थाले आपत्ति जनाएको छ । 'अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन ( ओआईसी)'ले विज्ञप्ति निकाल्दै त्यसप्रति आपत्ति जनाएको हो ।
भारतमा विकसित घटनाक्रमलाई आफूहरुले नियाल्दैआएको ओआईसीको विज्ञप्तिमा छ । भारतको नयाँ कानुनका कारण त्यहाँका अल्पसंख्या समुदाय प्रभावित भएको उक्त संघठनले जनाएको छ ।
यसवाहेक बाबरी मस्जिदको मुद्दा र नागरिकता अधिकारको कुरामा चिन्ता व्यक्त गरिएको हो । यस्तै भारतमा मुस्लिम र उनीहरुको धार्मिक स्थल सुनिश्चित गर्न आग्रह गरेका छन् ।
चिनियाँ–कोरियाली राष्ट्रपति भेटवार्ता
बेइजिङ : चिनियाँ राष्ट्रपति सि जिनफिङ र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनबीच भेटवार्ता भएको छ । चीन–जापान–दक्षिण कोरियाका उच्चस्तरीय नेताहरुको बैठक चीनमा हुनुअघि दक्षिण कोरियाली नेतासँग सिले छुट्टै भेटघाट गरेका हुन् । उक्त बैठक मंगलबार छेन्दुमा हुँदैछ । रणनीतिक साझेदारीका विषय र मुख्य सरोकारका विषयमा सघाउने साथै आपसी सम्बन्ध सुधार्दै लैजाने बारे छलफल केन्द्रित हुने बताइएको छ ।
टु–टकलाई यूएइले दुरुपयोग गरेको खुलासा
यूएइ : टु–टक नामको च्याट तथा भ्वाइस कलिङ एपलाई यूएइले जासुसी उपकरणको रुपमा प्रयोग गरेको खुलासा भएको छ । न्युयोर्क टाइम्सको खोजका आधारमा यस्तो खुलासा भएको हो । ‘यही वर्षको सुरुमा सार्वजनिक भएको टुटकले हरेक फोनमा इन्सटल भएका कुराकानी, गतिविधि, सम्बन्ध, ध्वनी र चित्रहरु ट्र्याक गर्दैछ,’ न्युयोर्क टाइम्सले जनाएको छ ।
न्युयोर्क टाइम्सका अनुसार उक्त एप मध्यपूर्वी, यूरोप, उत्तर अमेरिका, एसिया र अफ्रिकामा गुगल र एपलको एप स्टोरबाट लाखौंपटक डाउनलोड भएको छ । इमिराती सरकारका प्रवक्ताले भने न्युयोर्क टाइम्सका कुनै प्रश्नको जवाफ दिन अस्वीकार गरेको बताइएको छ ।
साउदी पत्रकार खसोग्गी हत्याका दोषी पाँचजनालाई मृत्युदण्ड
साउदी : साउदी पत्रकार तथा लेखक जमल खसोग्गीको हत्याका दोषी पाँचजनालाई मृत्युदण्डको फैसला सुनाइएको छ । अरु तीनजनालाई २४ वर्षको जेल सजाय सुनाइयो । जमल खसोग्गीको हत्या गत वर्ष अक्टोबरमा इस्तानबुलमा भएको थियो । उक्त घटनामा साउदी राजपरिवारकै सदस्यहरुमाथि छानविन भएको थियो ।
तर छानविनको रिपोर्ट सार्वजनिक भएको छैन । खसोग्गी अमेरिकी नागरिक समेत थिए । साथै उनी साउदी राजकुमार मोहम्मद बिन सलमानका आलोचक थिए ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...